Category: कलाप्रेस

  • कोरोना त्रास : यशराजको ‘बन्टी और बब्ली २’ पोस्टपोन्ड, ‘सूर्यवंशी’ समेत अन्यौलमा

    कोरोना त्रास : यशराजको ‘बन्टी और बब्ली २’ पोस्टपोन्ड, ‘सूर्यवंशी’ समेत अन्यौलमा

    काठमाडौं । भारतमा कोरोनाभाइरसको दोस्रो लहर सुरु भएसँगै फिल्म रिलिजमा पुनः अनिश्चितता देखिएको छ । रिलिज घोषणा भएका फिल्मले समेत पुनः पोस्टपोन्ड वा रिलिज स्थगन गर्न थालेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

    विहिबार मात्र यशराज ब्यानरको प्रतीक्षित फिल्म बन्टी और बब्लीको दोस्रो सिक्वेलले प्रदर्शनलाई पोस्टपोन्ड गरेको छ । ट्रेड एनालिस्ट सुमित कँडेलका अनुसार नयाँ प्रदर्शन मिति पछि घोषणा हुनेछ ।

    यसअघि यो फिल्म अप्रिल २३ मा रिलिज हुने पूर्वनिर्धारित योजना थियो । फिल्ममा सैफअली खान, रानी मुखर्जी, सिद्धान्त चतुर्वेदी लगायतको अभिनय थियो ।

    भाइरस संक्रमण ह्वात्तै बढेपछि अप्रिल ३० मा रिलिज हुने तयारीमा रहेको अक्षय कुमार स्टारर सूर्यवंशी समेत पोस्टपोन्ड हुने खतरा बढेको छ । विश्लेषक कँडेलका अनुसार सूर्यवंशीसँग या त पोस्टपोन्ड या ओटीटी प्लेटफर्ममा आउने दुई विकल्प छन् ।

    रोहित सेठ्ठीको यो फिल्मलाई नेटफिल्क्सले महंगो मूल्यमा डिजिटल राइट पनि खरिद सकेको छ ।

  • फोक्सुण्डोमा सुहाना-अनमोल रोमान्स, ‘ए मेरो हजुर-४’ टाइटल गीत छायांकन

    फोक्सुण्डोमा सुहाना-अनमोल रोमान्स, ‘ए मेरो हजुर-४’ टाइटल गीत छायांकन

    काठमाडौं । फिल्म ‘ए मेरो हजुर ४’को छायांकन अन्तिम चरणमा पुगेको छ । दुई साताभित्र झरना थापा निर्देशित फिल्मको सुटिङ सकिने तयारीमा छ ।

    फिल्मको शीर्ष गीतको छायांकन डोल्पास्थित फोक्सुण्डो तालमा गरिएको छ । समुन्द्री सतहबाट ३,६११ मिटर उचाइमा रहेको पर्यटकीय थलो फोक्सुण्डोमा दस दिन लगाएर गीत खिचियो ।

    गीत छायांकन सेटबाट अनमोल केसी र सुहाना थापासहित क्रिउका तस्विर सार्वजनिक भएका छन् । उनीहरुको यो अनस्क्रिन जोडीले तेस्रो सिक्वेलमा पनि चर्चा बटुलेको थियो ।

    आगामी भदौ १८ गते फिल्म रिलिजको तयारी गरिएको छ ।

  • आमिरलाई कोरोना संक्रमण, घरमै सेल्फ क्वारेन्टिनमा

    आमिरलाई कोरोना संक्रमण, घरमै सेल्फ क्वारेन्टिनमा

    काठमाडौं । बलिउड अभिनेता आमिर खानलाई कोरोना संक्रमण पुष्टि भएको छ । गत सातामात्र सामाजिक संजाल छाड्ने घोषणा गरेका अभिनेताबारे यस्तो जानकारी उनको सचिवालयले दिएको हो ।

    आमिरलाई कुनै लक्षण नदेखिएको र उनी अहिले घरमा क्वारेन्टिनमा रहेको जनाइएको छ । जारी विज्ञप्तीमा उनले जनस्वास्थ्यको मापदण्ड पनि पालना गरेको जनाइएको छ ।

    यसअघि बलिउड अभिनेता रणवीर कपुर लगायतलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

  • कोरोनाको दोस्रो लहरको त्रासमा रोकियो ‘लप्पन छप्पन २’ रिलिज

    कोरोनाको दोस्रो लहरको त्रासमा रोकियो ‘लप्पन छप्पन २’ रिलिज

    काठमाडौं । स्वास्थ्य मन्त्रालयले गतसाता कोभिडको जोखिम कायमै रहेकाले भीडभाडजन्य बैठक, जुलुस, कार्यक्रम र व्यापार नगर्न भन्यो ।

    छिमेकी मुलुक भारतमा दोस्रो लहर सुरु भएकाले नेपालमा जोखिम बढेको भन्दै मन्त्रालयले उक्त आग्रह गरेको थियो । केही दिनयता नेपालमा भाइरस संकट पुनः बढेको छ ।

    दोस्रो वेभ आउन सक्ने चेतावनीको सीधा असर पुनः नेपाली फिल्म क्षेत्रमा देखिएको छ । चैत २७ गते रिलिज हुने तयारीमा रहेको मुकुन्द भट्ट निर्देशित फिल्म ‘लप्पन छप्पन २’को विश्वव्यापी प्रदर्शन पुनः रोकिएको छ ।

    नेपाल प्रेससँग कुरा गर्दै निर्देशक भट्टले पूर्वनिर्धारित मितिमा फिल्म रिलिज नहुने बताए । यो प्रतीक्षित फिल्ममा सौगात मल्लको मुख्य भूमिका छ । उक्त मितिमा यो फिल्म नेपालसहितका अन्य मुलुकमा रिलिज हुने तयारी थियो ।

     

  • पल र मलिकाले गरे केन्द्र मोसनसँग सम्झौता : ६ महिनासम्म अन्य म्युजिक भिडियोमा काम गर्न नपाउने

    पल र मलिकाले गरे केन्द्र मोसनसँग सम्झौता : ६ महिनासम्म अन्य म्युजिक भिडियोमा काम गर्न नपाउने

    काठमाडौं । ६ महिनासम्म अन्य कम्पनीका म्युजिक भिडियोमा जोडीको रुपमा अभिनय गर्न नपाउने सर्तमा पल शाह र मलिका महतले केन्द्र मोसन पिक्चर्ससँग सम्झौता गरेका छन् ।

    कम्पनी निर्देशक अरविन्द पोमु लिम्बुका अनुसार पल र मलिकालाई जोडीको रुपमा लिएर कम्पनीले १० वटा म्युजिक भिडियो निर्माण गर्दैछ । ती सबै भिडियो ६ महिनाभित्र निर्माण हुनेछन् ।

    कम्पनीले पल र मलिकालाई मुख्य कलाकारको रुपमा लिएर एक लभस्टोरी फिल्म निर्माणको तयारी थालेको छ । माओत्से गुरुङसहितको टोलीले उक्त स्क्रिप्टमा काम गरिरहेको र लेखन सकिए लगत्तै छायांकन सुरु हुने जनाइएको छ ।

    ‘खासमा फिल्म सुरु नहुँदैको समयलाई उपयोग गर्न १० वटा म्युजिक भिडियो बनाउने कन्सेप्ट ल्याएका हौं’ उनले भने, ‘६ महिनासम्म जोडीको रुपमा उहाँहरुले अन्य कम्पनीको प्रोजेक्टमा काम गर्न नपाउने सहमति भएको छ र उहाँहरु यसमा सहमत हुनुहुन्छ ।’

    अन्य कम्पनीको भिडियोमा काम गर्नुपूर्व कम्पनीको अनुमति लिनुपर्ने पनि उनले जानकारी दिए । पल र मलिकाले हालै उक्त कम्पनीले निर्माण गरेको ‘फूलबुट्टे सारी’ गीतको भिडियोमा अभिनय गरेका थिए ।

  • कंगना स्टारर ‘थालाबी’ ट्रेलर : जयललिता बायोपिकमा एक्टिङ भर्सेस राजनीति

    कंगना स्टारर ‘थालाबी’ ट्रेलर : जयललिता बायोपिकमा एक्टिङ भर्सेस राजनीति

    मुम्बइ । बलिउड बायोपिक थालाबीको ट्रेलर लन्च भएको छ । अभिनेता कंगाना रनावतको ३४ औं जन्मदिन अवसरमा ट्रेलरलाई सार्वजनिक गरिएको हो ।

    तामिलनाडुकी पूर्वमुख्य मन्त्री जय ललिताको जीवनमा आधारित फिल्ममा कंगनाले मुख्य भूमिकामा अभिनय गरेकी छिन् । फिल्मदेखि राजनीतिसम्म उनको करियरलाई चित्रण गरिएको छ ।

    जयललिता ६ पटक मुख्यमन्त्रीमा निर्वाचित भएकी थिइन् । एएल विजय निर्देशित फिल्मले अभिनयको पृष्ठभूमिबाट राजनीतिमा आएको कारण पुरुष राजनीतिज्ञले जयललितालाई गर्ने आशंका चित्रण गर्छ ।

    ट्रेलरमा हेर्दा कंगनाले आफूलाई जय ललिताको पात्रमा गरेको रुपान्तरण महत्वपूर्ण लाग्छ । उक्त पात्रमा अनुबन्धित भएलगत्तै कंगनाले भरतनाट्यमको कक्षा पनि लिएकी थिइन् ।

    हलिउड अभिनेता क्याप्टेन मार्भल र ब्लेड रनर अभिनेता जेसन कलिन्सले कंगनालाई पात्रको लुक्स रुपान्तरणमा सहयोग गरेका थिए । उनकै सल्लाहमा कंगनाले केही महिनामै २० किलो तौल घटाएकी थिइन् ।

    अरविन्द स्वामी, प्रकाशराज, भाग्यश्री, जिसु सेनगुप्ता समेत मुख्य भूमिकामा छन् । आगामी २३ अप्रिलमा फिल्म प्रदर्शन हुँदैछ ।

  • राज सागरले ल्याए विभेदविरुद्धको गीत ‘ए मान्छे…’ (भिडियोसहित)

    राज सागरले ल्याए विभेदविरुद्धको गीत ‘ए मान्छे…’ (भिडियोसहित)

    काठमाडौं ।  गजल र आधुनिक संगीतमा नाम कमाएका गायक राज सागरले विभेद विरुद्धको सांगीतिक कोशेली ‘ए मान्छे…’ मान्छे सार्वजनिक गरेका छन् । ५६ औँ अन्तर्राष्ट्रिय रङ्गभेद तथा सबैखाले जातीय विभेद उन्मूलन दिवस २१ मार्चको सन्दर्भ पारेर गायक राज सागरले सन्देशमूलक सांगीतिक भिडियो सार्वजनिक गरेका हुन् ।

    चर्चित लेखक आहूतिको शब्द रहेको ‘ए मान्छे…’मान्छे २१ ओँ शताब्दीमा मान्छेले ब्यहोर्नुृ परिरहेको विभेद विरुद्धको रचनात्मक आवाज रहेको गायक राज सागरको ठम्याई छ ।  मर्यादा मिडियाको प्रस्तुती रहेको सांगीतिक भिडियो  राजसागरकै संगीतमा तयार कोशेली हो । अझै पनि जातले नेपाली समाजमा मानिसको सामाजिक हैसियत नाप्ने तुलोको काम गर्दै आईरहेको सन्दर्भमा असमानता र अन्यायको जरो–जातलाई हल्लाउने र उखेलेर फाल्ने प्रयास स्वरुप गीति कोशेली ल्याएको गायक राज सागर बताउँछन् ।

    ‘माया पिरतीका धेरै गीत गाईयो, ताली पनि पाईयो नाम र दाम सबै पाईयो तर समाजलाई के दिन सकियो भन्ने आफै भित्रको प्रश्नको उत्तर हो यो मेरो  ‘ए मान्छे…’  गायक राज सागर रोमान्चित हुँदै थप्छन्, ‘मान्छे जातकै कारण मारिनेक्रम नरोकिँदा आफूले सांगीतिक क्षेत्रवाट सानो प्रयास किन नगर्ने भन्ने हुटहुटीले आज पूर्णता पाएको छ।’

    संजीब बराईलीको संगीत संयोजनमा प्रस्तुत गीत भ्वाईस अफ नेपालमा रेकर्ड गरिएको हो । भिडियोको निर्देशन श्याम नेपालले गरेका हुन् भने सम्पादन युसब सापकोटाले गरेका हुन् ।

     

  • नेपाल-भारतको संयुक्त लगानीमा बन्ने ‘जार’ छायांकन सुरु, गीताञ्जली र सौगात लिडमा

    नेपाल-भारतको संयुक्त लगानीमा बन्ने ‘जार’ छायांकन सुरु, गीताञ्जली र सौगात लिडमा

    सिक्किम । इन्द्रबहादुर राईको चर्चित कथा ‘जार’माथि फिल्म निर्माण सुरु भएको छ । फुर्वा छिरिङ लामाले निर्देशन गर्ने यो सोसल ड्रामा फिल्मबारे सोमबार सिक्किममा आयोजित प्रेसमिटमा जानकारी दिइयो ।

    सिक्किमकी नेपाली भाषी अभिनेत्री गीताञ्जली थापा, सौगात मल्ल र अनुपविक्रम शाहीको मुख्य भूमिका हुने फिल्मलाई आगामी तिहारमा प्रदर्शन लक्ष्य राखिएको छ ।

    पत्रकार सम्मेलनमा बोल्दै निर्देशक लामाले सन् ८० को दशकलाई दृश्यमा उतार्नु आफ्ना लागि चुनौति रहेको बताए । कथा आफूलाई मनपरेको र राईको चर्चित कथा पनि भएकाले फिल्ममा एडप्ट गर्न लागेको बताए । उनका अनुसार ९५ प्रतिशत छायांकन सिक्किममा हुनेछ ।

    अभिनेत्री थापाले पहिलोपटक उत्तरपूर्वी भारतमा निर्माण हुन लागेको फिल्ममा आफू खेल्न लागेको बताइन् । ‘मैले पहिलोपटक नेपाली भाषा बोलैर फिल्म गर्न लागेकी छु’ थापाले भनिन्, ‘इन्द्रबहादुर राईको खीर कथा पढेकी थिएँ । अहिले उहाँकै कथामा गर्न लागेकोमा खुशि छु ।’

    यसअघि ‘कथा’ फेम्ड प्रशान्त रसाइलीको छोटो फिल्ममा अभिनय गरेको स्मरण गरिन् ।

    अभिनेता सौगात मल्लले आफ्ना अघिल्ला फिल्म ‘कथा’ र ‘आचार्य’ छायांकन पनि सिक्किममै गरेको सम्झिए । आठवर्षदेखि आफू फिल्म जारको तयारीमा रहेको लकडाउनले ढिला भएको बताए । ‘कथालाई न्याय दिन कठिन थियो र त्यसलाई पुरा गर्ने जमर्कोमा हामी थियौं’ सौगातले भने ।

    सिक्किम फिल्म बोर्डकी अध्यक्ष पूजा शर्माले फिल्म निर्माणमा सरकारले सहयोग गर्ने वचन दिइन् । सिक्किमको पर्यटनमा फिल्मले सघाउने विश्वास गर्दै उनले अन्य फिल्मलाई पनि छायांकनको लागि आउन आग्रह गरिन् । सोमबार मात्रै भारतको राष्ट्रिय फिल्म अवार्डमा सिक्किम उत्कृष्ट फिल्म गन्तव्यको रुपमा पुरस्कृत भएको थियो । फिल्मको छायांकनमा डेढसय क्रिउ सदस्य खटिने जनाइएको छ ।

    ‘लायर्स डाइस’ फिल्मबाट गीताञ्जलीले भारत सरकारले प्रदान गर्ने राष्ट्रिय फिल्म अवार्डबाट सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी थिइन् । यो फिल्म ८७ औं अस्कर अवार्डमा समेत भारतबाट सिफारिस भएको थियो । उनले अस्कर अवार्ड विजेता निर्देशक डेनिस टानोभिक निर्देशित टाइगर्समा पनि अभिनय गरेकी थिइन् ।

  • निश्चलको ‘जिन्दाबाद’मा दयाहाङ र सौगात, लोकेसन खोज्दै रारा

    निश्चलको ‘जिन्दाबाद’मा दयाहाङ र सौगात, लोकेसन खोज्दै रारा

    काठमाडौं । ‘लुट’ले निश्चल बस्नेत, दयाहाङ राई र सौगात मल्ललाई एक ठाउँमा ल्यायो । उनीहरुले अनस्क्रिन-अफस्क्रिन धेरै प्रोजेक्टमा पनि सहकार्य गरेका छन् ।

    यी तीनजनाबीच पुनः सहकार्य हुने भएको छ । निश्चल बस्नेतले निर्देशन गर्ने फिल्म ‘जिन्दाबाद’मा सौगात र दयाहाङलाई मुख्य भूमिकामा देख्न पाइने भएको हो ।

    फिमेल लिड यो फिल्ममा तय नभैसकेको निश्चलले जानकारी दिए । अहिले उनी कर्णालीको रारा तालमा छायांकन गर्नको लागि आवश्यक लोकेसन खोज्दै त्यसतर्फ पुगेका छन् । उनले जुम्ला र मुगुमा फिल्म सुटिङ हुने जानकारी दिए ।

    आगामी बैशाखदेखि छायांकन तयारी थालिएको जिन्दाबादलाई साहित्यकार बुद्धि सागरले लेखेका हुन् । अभिनयमा सक्रिय निश्चल ‘लुट’को दोस्रो सिक्वेलपछि उपयुक्त निर्देशकीय स्क्रिप्टको खोजीमा थिए । उनले आफूलाई मन खाने स्क्रिप्ट भेटिएमात्र निर्देशन गर्ने बताएका थिए ।

    जिन्दाबादको फिमेल लिडमा स्वस्तिमा खड्का हुनसक्ने अड्कल काटिएपनि नेपाल प्रेससँग कुरा गर्दै स्वस्तिमाले आफू अहिलेसम्म निश्चित नभैसकेको जानकारी दिइन् ।

  • गुरुङ फिल्मको रजत-यात्रा : पार्टी प्यालेसबाट हलतिर छलाङ !

    गुरुङ फिल्मको रजत-यात्रा : पार्टी प्यालेसबाट हलतिर छलाङ !

    पोखरा । २०५२ सालमा ‘पातें’ नामक फिल्म बनेपछि गुरुङ फिल्मले नेपाली सिने क्षेत्रमा पहिलो पाइला टेक्यो । त्यसयता गुरुङ फिल्म निर्माणको यात्रा ठीक २५ वर्ष भइसकेको छ ।

    गुरुङ फिल्मले आफ्नो रजत दिवस मनाइरहँदा नेपाली भाषाको फिल्मी क्षेत्रपछि दोस्रो ठूलो क्षेत्र बन्न सफल भयो । लगानी, गुणस्तर, कथा र दर्शकका हिसाबले पनि नेपाली भाषाको फिल्मपछि दोस्रोमा गुरुङ फिल्म नै आउने यससँग सम्बन्धित चलचित्रकर्मीको दाबी छ ।

    तर, नेपाली फिल्म आकासमा दोस्रो ठूलो फिल्म क्षेत्र दाबी गरिरहँदा पनि गुरुङ फिल्म च्यारिटी शोहरुमै सीमित हुन पुगेको छ । गुरुङ फिल्मकर्मी आत्मसमीक्षा गर्छन्, ‘सधैं पार्टी प्यालेस, बैठक हल, समाजघरमा मात्रै सीमित भयौं । सर्वसाधारणसम्म पुग्न सकेनौं ।’

    करोडौं लगानीमा गुरुङ फिल्म बन्ने तर, लक्षित वर्गसम्म नपुगेर विशेष शोका नाममा ‘भिआइपी र भिभिआइपी’ वर्गमै सीमित हुनु परेको छ । यसले गुरुङको मौलिक कथा र संस्कृति बाहिर आउन सकेको छैन ।

    ‘नेपाली फिल्मको ६० वर्षे यात्रामा बल्ल मौलिकताको खोजी हुँदैछ । तर, हामी सुरुआती चरणदेखि नै आफ्नो मौलिकता पस्किँदै आएकाछौं,’ गुरुङ फिल्म एसोसिएन अध्यक्ष भोजबहादुर गुरुङ भन्छन्, ‘तर, विशेष शोमै अल्झिरहँदा एक त नेपाली भाषाका चलचित्रसँग प्रतिस्पर्धा गर्न सकेनौं अर्को आफ्नो अनुहार स्थापित गर्न सकेनौं ।’

    गण्डकी प्रदेशमा गुरुङ भाषीको बाहुल्यता छ । गण्डकी प्रदेशको राजधानी पोखरालाई केन्द्रित गरेर गुरुङ भाषाको फिल्मलाई सर्वसाधारणसम्म पुर्‍याउन यसअघि प्रयास नभएका भने होइनन् । तर, ती कतै हलका कारण रोकिए त कतै निर्माताकै कारण ।

    ‘हलमा गुरुङ फिल्म चलाउन भनेर हामीले पटक पटक हल धनीसँग आग्रह नगरेका पनि होइनौं । तर, उनीहरुले चल्दैन भनेर प्राथमिकतामा नराख्नाले उपेक्षित भइरह्यौं,’ जिफान अध्यक्ष गुरुङ भन्छन्, ‘विशेष शोबाट राम्रो आम्दानी हुने भएपछि निर्माताले पनि यसतर्फ कहिल्यै ध्यान दिएनन् ।’

    कोभिड महामारीले अवसर !

    कोभिड महामारीले नेपाली सिने क्षेत्र नराम्ररी थला पर्‍यो । यसको प्रत्यक्ष मारमा फिल्म हल सञ्चालक परे ।

    सरकारले हालैमात्र ‘आधा संख्या’मा दर्शक राखेर फिल्म चलाउन स्वीकृति दियो । तर, विश्वभर कोरोना भाइरस मत्थर नभएकाले हलमा फिल्म पाउनै मुस्किल भयो । यत्तिकैमा हल सञ्चालकले आफैं जिफानसँग फिल्म दिन गुहार माग्नुपर्ने अवस्था आयो ।

    ‘हलमा पुगेपछिमात्रै फिल्म आम मान्छेमा पुग्छ भन्ने हाम्रो मान्यता हो । तर, कोभिड अघिसम्म हल पाउन सकेका थिएनौं,’ गुरुङ भन्छन्, ‘कोभिडपछि त हल सञ्चालकले आफैं फोन गरेर फिल्म मागे । आफूलाई सावित गर्ने यो राम्रो अवसर बन्यो ।’

    अहिले पोखराका ठूला लगानी र सुविधासम्पन्न फिल्म हलले पनि गुरुङ भाषाको फिल्म प्रदर्शनका लागि छलफल अघि बढाइरहेको गुरुङ बताउँछन् ।

    हलमा गुरुङ फिल्म: अवसरसँगै चुनौती पनि !

    ६० वर्षे नेपाली फिल्म इतिहासमै पहिलो पटक माघ फागुन १ बाट पोखराको मिडटाउन ग्यालेरियामा नियमित फिल्म प्रदर्शनमा आयो । हलमा अहिले ‘कर्म क्याः’ र ‘रिंजे नासा’पछि अहिले ‘शिरसुबा’ प्रदर्शन भइरहेको छ ।

    पार्टी प्यालेसबाट हलमा गुरुङ फिल्म प्रदर्शन हुँदै गर्दा आफूहरुलाई अवसर र चुनौती दुवै रहेको जिफानका संस्थापक अध्यक्ष माओत्से गुरुङ बताउँछन् ।

    ‘अहिले त हामी हलमा गुरुङ फिल्म पनि चलाउन सकिन्छ है भनेर बाटो खुला गर्न सकेका छौं । यसको भविष्य के हुन्छ अहिले नै भन्न सकिँदैन,’ गुरुङ भन्छन्, ‘यो अवसर र चुनौती दुवै हो हाम्रा लागि ।’

    पार्टी प्यालेस वा सभाहलतिर फिल्म प्रदर्शन गर्दा सीमित वर्गले मात्रै फिल्म हेर्ने, फिल्मको आवाजदेखि दृश्य गुणस्तरियता घट्ने तर, हलमा देखाउँदा गुणस्तरियता बढ्ने भएकाले फिल्मको ‘खास समीक्षा’ हुने दाबी जिफान अध्यक्ष भोजबहादुर गुरुङको छ ।

    ‘पहिले हातहातमा महंगा टिकट भिराइदिएर फिल्म हेराउने, आफैं रमाउने स्थिति थियो,’ गुरुङ भन्छन्, ‘तर अब फिल्म साँच्चिकै सबै दर्शकको माझमा पुगेको छ । अब बल्ल आफ्ना फिल्मको खास समीक्षा हुन्छ ।’

    पोखराका फिल्ममा गुरुङ फिल्मले सफलता पाए अन्य ठाउँमा पनि प्रदर्शन गर्ने योजना रहेको अध्यक्ष गुरुङ सुनाउँछन् । ‘पोखरामा दर्शकको साथ राम्रै पायौं भने अब बन्ने गुरुङ फिल्म काठमाडौं, चितवन लगायतका गुरुङ बाहुल्यता भएको ठाउँमा पनि नियमित फिल्म प्रदर्शन गर्ने योजना छ,’ उनले भने ।

    यसअघि हलमा प्रदर्शन भएका ‘कर्म क्याः’ र ‘रिंजे नासा’ पहिले नै प्रर्दशन भएकाले हलमा दर्शकको उतिसारो साथ नपाए पनि ‘शिरसुबा’ले राम्रो साथ पाइरहेको जिफान अध्यक्ष भोजबहादुर गुरुङ बताउँछन् । ‘तेस्रो दिनसम्मको दर्शकको उपस्थिति हेर्ने हो भने अत्यन्तै राम्रो ग्रस कलेक्सन भइरहेको छ,’ उनले भने ।

    शिरसुबा जिफान संस्थापक अध्यक्ष माओत्से गुरुङको निर्देशनमा बनेको फिल्म हो । यसमा घान्द्रुक गाउँ वरिपरि रहेर वैदेशिक रोजगारीले पारिवारिक सम्बन्धमा पारेको प्रभावलाई समेटिएको छ ।

    गुरुङ फिल्म निर्माण हुन थालेको करिब १५ वर्षपछि अर्थात् २०५६ सालमा पहिलो पटक जिफान स्थापना भएको थियो । जिफान स्थापना भएपछिमात्रै संस्थागत रुपमा गुरुङ फिल्म दर्ता हुन थालेको हो । जिफानका अनुसार अहिलेसम्म करिब १ सय ४४ को हाराहारीमा गुरुङ फिल्म बनिसकेका छन् ।

    जिफानका अनुसार वर्षमा औषतमा ५ वटा गुरुङ फिल्म बन्ने र प्रतिफिल्म करिब ३० लाख रुपैयाँ लगानी गरिँदै आइएको छ ।

    ‘यसरी हेर्दा वर्षमा करिब १ करोड ५० लाख हाराहारीमा गुरुङ फिल्ममा लगानी हुँदै आएको छ,’ अध्यक्ष गुरुङले भने, ‘यो भनेको नेपाली भाषाका फिल्मसँग सबै हिसाबले हामी सजिलै प्रतिस्पर्धा गर्न सक्ने अवस्था हो ।’

     

  • हरिहरको टेलिभिजन सोको निर्देशकमा नीता ढुंगाना

    हरिहरको टेलिभिजन सोको निर्देशकमा नीता ढुंगाना

    काठमाडौंं । अभिनेता एवं ज्योतिष हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगानाबीचको प्रेम लुकेको चीज रहेन अब । यो जोडीले अब व्यवसायिक सहकार्य पनि गर्दैछ ।

    एक टेलिभिजनमा प्रसारण हुने भनिएको ‘द हरिहर अधिकारी सो’लाई नीताले निर्देशन गर्ने भएकी छिन् । यो सोमा सेलेव्रिटीको वर्तमान र भविष्यको जोखानासहितको चर्चा हुने भएको छ ।

    नीताको निर्देशनमा उक्त सोको केही एपिसोड छायांकन भैसकेको जनाइएको छ । जसमा रेखा थापा, कोमल ओली र स्वयं नीताले अतिथिको रुपमा भाग लिइसकेका छन् ।

    हरिहरले यसअघि कान्तिपुर टेलिभिजनमा मार्गदर्शन कार्यक्रम संचालन गरेका थिए । यो जोडीले पछिल्लो समय खुलेरै प्रेम सम्बन्ध अघि बढाइरहेको छ ।

  • भारतमा राष्ट्रिय फिल्म पुरस्कारको घोषणा : कंगना सर्वश्रेष्ठ अभिनेत्री, बाजपेयी अभिनेता

    भारतमा राष्ट्रिय फिल्म पुरस्कारको घोषणा : कंगना सर्वश्रेष्ठ अभिनेत्री, बाजपेयी अभिनेता

    दिल्ली । भारत सरकारले प्रदान गर्ने ६७ औं राष्ट्रिय पुरस्कार घोषणा भएको छ । सन् २०१९ मा निर्माण भएका फिल्म र कलाकारलाई समेटेर सरकारले पुरस्कार घोषणा गरेको हो ।

    दिवगंत अभिनेता सुशान्तसिंह राजपूत अभिनित फिल्म ‘छिछोरे’ उत्कृष्ट हिन्दी फिल्म घोषित भएको छ । कंगान रनावतले मर्णिकर्णिका र पंगाबाट सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड जितेकी छिन् ।

    मनोज वाजपेयीलाई फिल्म भोसेलबाट सर्वश्रेष्ठ अभिनेताको अवार्ड मिलेको छ । कोरोनाभाइरसको कारण अवार्ड घोषणामा ढिलाइ भएको थियो । सिक्किमलाई फिल्म छायांकनका लागि लोकप्रिय राज्यको रुपमा अवार्ड दिइएको छ ।

    सूचना तथा प्रसारण मन्त्रालय मातहतको फिल्म फेस्टिभल निर्देशनालयले अवार्ड घोषणा गर्छ । सोहिनी चटोपाध्यायालाई उत्कृष्ट फिल्म समीक्षकको अवार्ड दिइएको छ ।

    राष्ट्रपतिले पुरस्कार प्रदान गर्ने परम्परा छ ।

  • ३१ लागिन् अनु : सविनसँग विहेबारे सोध्दा दिइन यस्तो जवाफ !

    ३१ लागिन् अनु : सविनसँग विहेबारे सोध्दा दिइन यस्तो जवाफ !

    काठमाडौं । अभिनेत्री अनु शाह आजदेखि ३१ लागिन् । यी क्यूट एक्ट्रेस फिल्मसँगै सांगीतिक भिडियोमा समेत चर्चित छिन् । ‘द युगदेखि युगसम्म’ अभिनेत्री पछिल्लो समय प्रेम सम्बन्धले पनि चर्चामा छिन् ।

    सोमबार बिहान पशुपतिमा पूजा गरेर अनुले दिनको शुरुवात गरिन् । धर्मा, नागरिक, बाजिगर, लक्ष्य, भैरव लगायतका फिल्ममा उनको लिड अभिनय छ ।

    मृदुभाषी स्वभावकी अनु प्रायः आफ्ना नीजि जीवनलाई लिएर मौन हुन्छिन् । हालै उनले सामाजिक संजालमार्फत अभिनेता सविन श्रेष्ठसँगको आफ्नो सम्बन्धलाई खुलाइन् ।

    सविनले काठमाडौंमा संचालनमा ल्याएको मोबाइल पसलको शुभारम्भ गर्न अनु पुगेकी थिइन् जहाँ उनलाई विहेबारे सोधियो । सविन आफ्नो नजिकको साथी भएको भन्दै उनले खुलेर विहे गर्ने कुरा गरिनन् । तर, उनको शब्दावली र बडि ल्यांग्वेजले सविनप्रतिको प्रेम दर्शाउँथ्यो ।

    ठट्यौलीरुपमा प्रस्तुत हुँदै अनुले सविनसँग आफूले कफि सेयर गर्ने गरेको बताइन् । सार्वजनिक रुपमा खुलेर प्रेम व्यक्त नगरेपनि सविन र अनु चाँडै विहे गर्ने तयारीमा छन् । जुन कुरालाई उनीहरुले घुमाउरो तरिकाले स्वीकार्छन् पनि ।

  • फिल्म उपकरण व्यवसायी अध्यक्षमा गौचन, भुक्तानी नदिने निर्मातालाई कार्वाहीसम्मको तयारी

    फिल्म उपकरण व्यवसायी अध्यक्षमा गौचन, भुक्तानी नदिने निर्मातालाई कार्वाहीसम्मको तयारी

    काठमाडौं । विश्व गौचन नेतृत्वमा नेपाल चलचित्र उपकरण व्यवसायीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

    राजधानीमा सम्पन्न १३ औं साधारण सभाले नयाँ नेतृत्व चयन गरेको हो । उपाध्यक्षमा रमेश बुढाथोकी, महासचिवमा केशव घिमिरे, कोषाध्यक्षमा जीवन थापा निर्वाचित भएका छन् ।

    सदस्यहरुमा माधव थापा, विश्व कल्पित, रुद्र गुरुङ, मनोज राजभण्डारी, राजन पुरी, शान्तिराम थापा, चेतनाथ तिमल्सिना निर्वाचित छन् ।

    अध्यक्षमा चुनिएलगत्तै नेपाल प्रेससँग कुरा गर्दै अध्यक्ष गौचनले आफ्नो पाँचवर्ष कार्यकाल मुख्यतः दुई कुरामा केन्द्रित हुने बताए ।

    उपकरणको मूल्य निर्धारण र भुक्तानी दिन बाँकी निर्मातालाई कार्वाही गर्नेसम्मका उनका एजेन्डा छन् । उपकरण व्यवसायीले लामो समयदेखि भुक्तानी नपाउँदा समस्या भएकाले पैसा नतिर्दासम्म उपकरण नदिने संघको योजना छ ।

  • टंक तिमिल्सिना र पशुपति खनालको ‘ए प्यारु छिटो बिहे गरु’ सार्वजनिक (भिडियो)

    टंक तिमिल्सिना र पशुपति खनालको ‘ए प्यारु छिटो बिहे गरु’ सार्वजनिक (भिडियो)

    काठमाडौं । गायक टंक तिमिल्सिना र गायिका पशुपति खनालको ‘ओए प्यारु छिटो बिहे गरु’ बोलको गीत सार्वजनिक भएको छ। गायक तिमिल्सिनाकै शब्द संगीत र एरेन्ज रहेको गीत टंक तिमिल्सिना युट्यूब च्यानलबाट सार्वजनिक भएको हो । गीतमा पुष्पा बोहरा, स्मृती शाही, हेमराज थापा (बाबुराजा) र सुवास कार्की (कार्की जि), को गीतमा सामूहिक स्वर रहेको छ ।

    गीतको म्यूजिक भिडियोमा अभिनय पनि गायक तिमिल्सना र खनालले नै गरेका छन् । बिक्रम चौहानले भिडियोको निर्देशन गरेको गीतको सम्पादन भने लक्ष्मण चौहानले गरहेका हुन् । नेपाली गित संगीतको बजारमा एक पछि अर्को गीत बजारमा आईरहदा नयाँ सृजना पनि उत्तिकै बजारमा आइरहेका बेला ‘ए प्यारु छिटो बिहे गरु’ सार्वजनिक भएको हो ।

    नेपाली गीत संगीतको बजारमा युवा पुस्ता माझ गायक तिमिल्सनाको चर्चा धेरै छ । बहुप्रतिभाशाली गायक तिमिल्सिनालाई पछिल्लो समय देशभरका विभिन्न ठाउँमा भइरहेका मेला महोत्सवमा भ्याइ नभ्याई छ । यस्तै गायिका खनालको स्वरलाई पनि युवाले खुवै रुचाएका छन् ।

  • शाकिराको ‘आलु लेलो…’ नेपालमा एकाएक किन भयो भाइरल ?

    शाकिराको ‘आलु लेलो…’ नेपालमा एकाएक किन भयो भाइरल ?

    काठमाडौं । कोलम्बियन पप गायिका शाकिरा र नेपालको सत्तारुढ कम्युनिष्ट पार्टी एमालेबीच के साइनो छ ? तपाईं भन्नुहोला केही पनि छैन । त्यसो भए तपाईंले टिकटक हेर्ने गर्नुभएको छैन ।

    गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलाले नेकपा एमालेलाई ब्यूँताइदियो । त्यसलगत्तै नेपालमा टिकटक प्रयोगकर्ताहरुले शाकिराको आवाज भाइरल बनाइरहेका छन् । कारण रमाइलो छ । शाकिराको एउटा गीतका शब्दहरुलाई अन्धाधुन्ध नेपालीकरण गर्दै भाइरल बनाइएको हो ।

    साकिराको सुपरहिट गीत ‘हिप्स डोन्ट लाइ…’ को बम्बु भर्सनबाट शुरूआती कोरस आवाजलाई झिकिएको छ । यो भर्सन शाकिराले सन् २००६ मा जर्मनीमा भएको विश्वकप फुटबलको उद्घाटन समारोहमा गाएकी थिइन् ।
    नेपालका टिकटक प्रयोगकर्ताले शाकिराको आवाजलाई यसरी नेपालीकरण गरेका छन् ।

    ओ…ओ….ओ….ओ…

    एमाओवादी भालु हो

    आलु लेलो आलु लेलो

    एमाले भातमारा हो

    यसको अन्तिम लाइन ‘एमाले भातमारा हो…’ टिकटकमा अत्यधिक चर्चित बनेको छ । रमाइला-रमाइला प्रतिक्रियाहरू आएका छन् । कतिले कांग्रेसले शाकिरालाई घुस ख्वाएर एमालेविरुद्ध गीत गाउन लगाएको बताएका छन् त कतिले एमालेले साकिरालाई कारबाही गर्न सक्ने भन्दै मजाक गरेका छन् ।

    हुन पनि झट्ट सुन्दा ‘एमाले भातमारा हो’ भने झैं सुनिन्छ ।

    गीतको लिरिकल भिडियोमा भने यी शब्दहरुलाई अंग्रेजीमा यसरी प्रस्तुत गरिएको छः

    BambooooOOOooo

    Tembaleuoluwaaluweee

    Anubaleee le balooo

    Levanlevaaandaa laoooo

  • युगाण्डाकी गायिकाले गाइन् फुलबुट्टे सारीको कभर, मदनकृष्णले गरे प्रशंसा

    युगाण्डाकी गायिकाले गाइन् फुलबुट्टे सारीको कभर, मदनकृष्णले गरे प्रशंसा

    काठमाडौं । पछिल्लो समय नेपाली संगीतप्रेमीमाझ तहल्का पिटिरहेको गीत हो, राजनराज सिवाकोटीकृत फुलबुट्टे सारी । यूट्युवमा भ्युजको बाढीसँगै यो गीतका थरिथरि संस्करणहरु सार्वजनिक भइरहेका छन् । हुँदा–हुँदा यो गीतले विदेशीलाई पनि आकर्षित गरेको छ ।

    युगान्डाकी गायिका दे क्याप्टेन वियोन्स फमासीले गाएको फुलबुट्टे सारीको कभर गीत हालै सार्वजनिक भएको छ । उनको गीतलाई नेपाली दर्शक–स्रोताले मन पराएका छन् । टिकटकमा गीतको भिडियोले लाखौं भ्यूज बटुलिसकेको छ ।

    शब्दोच्चारणको सुद्धतामा धेरै त्रुटी भए पनि गीतको लयमा भने वियोन्सले निकै ध्यान दिएकी छन् । यो गीत उनले नेपालमा नै बनाएकी हुन् । डिजिटल काठमाडौंमा गीत रेकर्ड गरिएको छ भने पोष्ट प्रोडक्सन हाम्रो म्युजिकमा गरिएको छ । डिका गुरुङले भिडियो डाइरेक्सन गरेका छन् । भिडियोमा वियोन्स स्वयम् फिचर्ड छिन् ।

    वियोन्सले यसअघि एउटा नेपाली म्युजिक भिडियो र एउटा टेलिसिरियलमा समेत अभिनय गरेकी थिइन् ।

    मदनकृष्णले गरे प्रशंसा

    वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठले फुलबुट्टे सारीको कभर गीतका लागि वियोन्सलाई धन्यवाद दिएका छन् । उनको आवाजको पनि श्रेष्ठले तारिफ गरेका छन् ।

    कभर गीत सेयर गर्दै उनले रमाइलो शैलीमा फेसबुकमा लेखेका छन्, ‘यी युगाण्डाकी गायिकाले सपक्क फुलबुट्टे लुगा नै लगाइवरी कभर संगको रुपमा गायकी कति राम्रो कति मिठो । सुहाएको पनि उस्तै … आम्मामामा… बाब्बाबाबा… ओहोहोहो…’

    नेपाली गीत संगीतलाई मन पराइदिएकोमा वियोन्सलाई भेटेरै धन्यवाद दिन चाहेको मदनकृष्णले उल्लेख गरेका छन् ।

    ‘तर घर कहाँ हो, युगाण्डाको कुन टोलमा बस्छिन्, जाने बाटो कतबााट हो, केही थाहा छैन….हाहा ।

    फुलबुट्टे सारीको लिजेन्ड भर्सन मदनकृष्णले गाएका छन् । यसअघि यो गीतका विभिन्न भर्सनहरु मार्मिक लामा, मिलन अमात्य र आरिश्मा शिवाकोटीको स्वरमा तयार भएको छ । मिलनले गाएको लेडी भर्सन सबैभन्दा चर्चित छ ।

    यसलाई चार करोडभन्दा बढीपटक हेरिसकिएको छ । वियोन्सले गाएको कभर सङले पनि राम्रो भ्युज बटुलिरहेको छ । दुई दिनमा यसलाई ४३ लाखपटक हेरिएको छ ।

  • रंगले रंगियो कञ्चनवन, जहाँ भगवान रामले खेलेका थिए होली

    रंगले रंगियो कञ्चनवन, जहाँ भगवान रामले खेलेका थिए होली

    जनकपुरधाम । महोत्तरीको भंगहा नगरपालिका ९ मा पर्ने कञ्चनवन रंगले रंगिएको छ । फागुन २९ गते फागुन औंसीको दिन धनुषाको मिथिलाबिहारी नगरपालिकास्थित ठेरा कचुरी मठबाट भगवान् राम र जनकपुरको अग्नीकुण्डबाट जानकीको डोलासहित सुरु भएको मिथिला माध्यमिकी परिक्रमाका यात्रीले शनिबार होली खेलेपछि कञ्चनवन रंगिएको हो ।

    कञ्चनवन– जहाँ त्रेतायुगमा भगवान रामले होली खेलेको किंवदन्ती छ । यहाँ इच्छावती गंगा र वीरजा गंगाको संगमस्थल रहेको र त्यहाँ रामसीताले होली उत्सव मनाएको स्मरणमा होली समारोह आयोजना गरी परिक्रमा यात्रीले होली खेलेका छन् । शनिबारबाट होलीको विधिवत रुपमा सुरुवात भएको मानिन्छ ।

    कञ्चनवनमा भगवान रामले होली खेलेको हुनाले यहाँको माटो अहिले पनि रातो छ । त्यसैले परिक्रमाका यात्रीले यहाँ हरेक वर्ष यस दिन धुमधामसँग होली खेल्छन् । कञ्चनवनमा होली समारोहको आयोजना भंगहा नगरपालिकाले गरेको हो ।

    प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव र जनकपुरका अधिकांश मन्दिरका महन्थ कञ्चनवनमा रंगअविर खेलेर शुभकामना साटासाट गरेका छन् । होली समारोह हेर्न परिक्रमावासीबाहेक छिमेकी गाउँघरबाट समेत हजारौंको संख्यामा सर्वसधारण कञ्जनवन पुगेका थिए ।

    भगवान रामले होली खेलेको ठाउँमा आएर होली खेल्न पाउँदा अत्यन्त गौरब महशुस भएको महेन्द्रनगरका रामदेव पण्डितले बताए । उनले भने, ‘हामी हरेक वर्ष यहाँ आएर होली खेल्छौं ।’

    परिक्रमाका यात्रु शनिबार कञ्चनवनमा विश्राम गरी पर्वता पुग्छन् । १५ दिनको यात्रामा महोत्तरी जिल्लामा पाँच, धनुषामा छ र मित्रराष्ट्र भारतको मधुवनी जिल्लाका चार स्थानमा परिक्रमा टोली विश्राम गर्छन् । कूल १ सय ३३ किलोमीटरको वृत्तमा यात्रा पूरा गरेपछि फागुन पूर्णिमाका दिन जनकपुरको अन्तगृह परिक्रमा गरेर मिथिला माध्यमिकी यात्रा समापन गर्ने गरिन्छ ।

  • क्यानभासमा बाल मनोविज्ञान प्रतियोगितामा सुनार प्रथम

    क्यानभासमा बाल मनोविज्ञान प्रतियोगितामा सुनार प्रथम

    पोखरा । ‘क्यानभााषमा बाल मनोविज्ञान’ विषयक गण्डकी प्रदेशको पोखरामा भएको विद्यालयस्तरीय चित्र प्रतियोगितामा युकेश सुनार प्रथम भएका छन् । इन्द्रेणी थिएटर पोखरा र लायन्स क्लबको संयुक्त आयोजनामा शनिबार भएको दुइ चरण प्रतियोगितामा कुमदिनी होम्स माध्यामिक विद्यालयका सुनार प्रथम भएका हुन् ।

    प्रतियोगितामा हिल प्वाइन्ट माविका सपना नेपाली द्वितीय, कास्की मोर्डनाइज्ड एकेडेमीका जेसिका तिलिजा पुन तृतीय र गण्डकी बोर्डिङ स्कुलका स्वरुप माकाजुले सान्त्वना स्थान लिए । उनीहरुले क्रमशः नौ हजार, छ हजार, तीन हजार र एक हजार रुपैयाँ प्राप्त गरेका छन् ।

    पहिलो चरणमा एक सय ९७ जना कलाकारले सहभागिता जनाएका थिए । उनीहरुबाट उत्कृष्ट १२ प्रतियोगीलाई दोस्रो चरणका लागि छनोट गरिएको थियो । छनोटमा परेका प्रतियोगीलाई कार्यक्रमस्थल मै चित्र बनाएका थिए । तत्स्थानमा चित्र कोरिरहँदा नै त्यसको मुल्यांकन गरी उत्कृष्ट छनोट गरिएको आयोजकले जनाएको छ । विजेताबाहेकका प्रतियोगीलाई मायाको चिनो र प्रमाणपत्र दिइएको छ ।

    कार्यक्रममा कवि तथा कलाकार रमेश श्रेष्ठले विद्यालयले कलाक्षेत्रलाई प्राथमिकतामा राखेर अध्ययन, अध्यापन गराउनु प्रशंसनीय काम भएको बताए । ‘कला र शिक्षा फरक भएको र शिक्षाले भन्दा पनि बढी जिवनको ज्ञान कलाले दिनसक्छ,’ उनले भने ।

    प्रतियोगितामा निर्णायकको भूमिकामा वरिष्ठ चित्रकार कृष्ण मर्सानी र मनोज तामाङ रहेका थिए । निर्णायक संयोजकसमेत रहेका मर्सानीले कलालाई निरन्तर साधना गर्न सक्ने हो भने व्यक्तित्व विकास र जीवन भोगाइमा निकै असरदार काम गर्ने बताए ।

  • सुगम पोखरेलले ल्याए नयाँ गीत ‘तिम्रो लागि’ (भिडियो)

    सुगम पोखरेलले ल्याए नयाँ गीत ‘तिम्रो लागि’ (भिडियो)

    काठमाडौं । लोकप्रिय गायक सुगम पोखरेल एउटा नयाँ गीतमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् ।

    चलचित्रको पाश्र्व गायनमा समेत रुचाइएका यी गायक स्थापित गीतकार मनिष वशिष्ठद्वारा रचना गरिएका शब्दहरुको गीत ‘तिम्रो लागि‘’ मार्फत स्रोतामाझ आएका हुन् ।

    अमेरिकामा बसोबास गरिरहेका गीतकार वशिष्टले पनि यसपटक फरक शैलीको गीतका लागि शब्दहरु रचना गरेका छन् । यो गीतलाई लोकप्रिय संगीतकार कल्याण सिंहले संगीतबद्ध गरेका छन् ।

    संगीतकार सिंहको संगीत सिर्जनामा पनि नयाँपन सुन्न पाइएको छ । रिदम कँडेल यो गीतका संगीत संयोजक हुन् भने प्रदीप जोशी यो गीतका साउण्ड इन्जिनियर हुन् ।

    गीतको म्युजिक भिडियो पनि आकर्षक बनेको छ ।गम्भिर विष्टको अवधारणा तथा पटकथामा तयार भएको यो भिडियोमा गम्भिर विष्ट तथा गीता ढुंगाना फिचर्ड छन् ।

    नवराज उप्रेतीद्वारा छायांकन गरिएको उक्त गीतको म्युजिक भिडियोमा सुबोल थापाको कोरियोग्राफी तथा सहनिर्देशन छ भने नबिन निरौलाको सम्पादन, भिएफएक्स तथा रंग संयोजन छ ।

    गम्भिर विष्टले यो भिडियोलाई निर्देशन गरेका हुन् । यो भिडियो एमबि क्रिएसनको यूट्युब च्यानलमा अपलोड गरिएको छ । हेर्नूस गीत :