Category: कलाप्रेस

  • अन्ततः कोरोना त्रासमा पोस्टपोन्ड भयो ‘सूर्यवंशी’, बलिउडलाई अर्को धक्का

    अन्ततः कोरोना त्रासमा पोस्टपोन्ड भयो ‘सूर्यवंशी’, बलिउडलाई अर्को धक्का

    मुम्बइ । अन्ततः कोरोनाभाइरसको दोस्रो लहरको त्रासमा प्रतीक्षित बलिउड फिल्म ‘सूर्यवंशी’ अनिश्चितकालका लागि पोस्टपोन्ड भएको छ ।

    बलिउड ट्रेड एनालिस्ट सुमित कँडेलले पोस्टपोन्डको पुष्टि गरेका छन् । औपचारिक पोस्टपोन्डबारे जानकारी दिने तयारी छ । उनका अनुसार अक्षय कुमार स्टारर फिल्म २९ अप्रिलमा रिलिज हुनेछैन ।

    भारतमा कोरानाको दोस्रो लहर सुरु भएपछि यसअघि तीनवटा फिल्म पोस्टपोन्ड भैसकेका छन् जसमा चेहेरे, बन्टी और बब्ली २ र हाथी मेरे साथी छन् ।

    सूर्यवंशी यसअघि दुईपटक पोस्टपोन्ड भैसकेको छ ।

  • ‘थ्री इडियट्स’ फिल्मका सोनम वाङ्चुक काठमाडौंमा, महावीरसँग सहकार्य गर्ने

    ‘थ्री इडियट्स’ फिल्मका सोनम वाङ्चुक काठमाडौंमा, महावीरसँग सहकार्य गर्ने

    काठमाडौं । भारतको लद्दाखका इन्जिनियर सोनम वाङ्चुक शैक्षिक अभियन्ता पनि हुन् । सन् २०१८ मा उनले एसियाको नोबेल पुरस्कार भनिने रोमन म्यागासेसे पनि जितेका थिए ।

    उनै सोनम अहिले नेपाली राजधानी आइपुगेका छन् । उनले मंगलबार काठमाडौंको कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्र पुगेर नेपाली रोमन म्यागासेसे विजेता महावीर पुनसँग भेट गरे ।

    महावीर र सोनमले आविष्कारको क्षेत्रमा सहकार्य गर्ने बताएका छन् । आमिर खानले अभिनय गरेको फिल्म ‘थ्री इडियट्स’ सोनमकै जीवनबाट प्रभावित छ । ‘थ्री इडियट्स’कै कारण सोनम निकै चर्चित भएका थिए ।

    सोनमसँगको भेटपछि पुनले भिडियो जारी गरेका छन् । जहाँ सोनमले आविष्कार भन्ने कुरा न्यूयोर्क र दिल्लीबाट आउने नभई माटो सुहाउँदो तरिकाले हुनुपर्ने बताएका छन् ।

  • २७ लागे अनमोल, भुवन-निरुताले चखाए केक (तस्विरहरु)

    २७ लागे अनमोल, भुवन-निरुताले चखाए केक (तस्विरहरु)

    काठमाडौं । अभिनेता अनमोल केसी मंगलबार २७ औं जन्मदिन सेलिव्रेट गर्दैछन् । ‘होस्टेल’बाट अभिनेताको रुपमा डेब्यु गरेका अनमोल पछिल्लो छिमलका लोकप्रिय एक्टर हुन् ।

    जन्मदिनमा उनलाई बाबु अभिनेता भुवनले शुभकामना दिँदै चाहना र सपना पुरा गर्न आशिर्वाद दिएका छन् । ‘प्यारो छोरा, तिम्रो जति उमेर बढेपनि हामीलाई जहिल्यै प्यारो र स्मार्ट लाग्छ । जन्मदिनको शुभकामना’ भुवनले फेसबुकमा लेखेका छन् ।

    अनमोलले पुरानो बानेश्वरस्थित घरमै जन्मदिन सेलिव्रेट गरे । भुवन, निरुता सिंह, जिया केसी उपस्थितीमा उनले केक काटे । अनमोल अभिनित जेरी, ड्रीम्स, गाजलु, कृ, क्याप्टेन, ए मेरो हजुर ३ हिट रहे । उनी अभिनित ए मेरो हजुर ४ छायांकनमै छ ।

  • नेपाल संसारकै उत्कृष्ट र सुरक्षित फिल्म छायांकन गन्तव्यको सूचिमा

    नेपाल संसारकै उत्कृष्ट र सुरक्षित फिल्म छायांकन गन्तव्यको सूचिमा

    काठमाडौं । फिल्म छायांकनका लागि संसारकै आकर्षक गन्तव्य मुलुकको रुपमा नेपाल सूचीकृत भएको छ । हलिउड इन्साइडर म्यागजिनले सुटिङलाई योग्य साना मुलुकको सूची तयार पारेको छ ।

    जसमा नेपालसहित जर्जिया, श्रीलंका, ट्रिनिडाड एन्ड टोबागो, क्रोएसिया समावेश छन् । म्यागजिन सम्पादक डेभिड सिनसेजले हिमाल, राष्ट्रिय निकुञ्ज, पार्क, तालतलैया, वास्तुकला, मुस्ताङी ल्यान्डस्केप, पोखरेली विविधता नेपालका लागि आकर्षक गन्तव्य रहेको लेखेका छन् ।

    सांस्कृतिक र भौगोलिक विविधताको साथै नेपालीको आतिथ्य संस्कारको कारण फिल्म छायांकन अझै सजिलो हुने उल्लेख छ । नेपालले एलजीबीटीआइक्यूलाई समानता प्रदान गरेर मानव अधिकार र प्रगतिमा पाइला चालेको उल्लेख गर्दै म्यागजिनले स्वतन्त्रताका साथ फिल्म छायांकन गर्न अनुरोध गरेको छ ।

    ‘नेपालमा छायांकन गर्नको लागि हामी सुझाव दिन्छौं’ म्यागजिनले लेखेको छ । चलचित्र विकास बोर्डका अनुसार अहिलेसम्म ३१ विदेशी फिल्म नेपालमा छायांकन भएका छन् । जसमध्ये हलिउडको डक्टर स्ट्रेन्ज र एभरेस्ट थ्रीडी ठूला फिल्म हुन् ।

    तस्विर : हलिउड फिल्म एभरेस्ट छायांकन सगरमाथा आधार शिविरमा । तस्विर –हलिउड रिपोर्टर

  • ६ वर्षपछि अकेशाको कमब्याक, फिल्म ‘लाइफ इन एलए’ बन्ने

    ६ वर्षपछि अकेशाको कमब्याक, फिल्म ‘लाइफ इन एलए’ बन्ने

    काठमाडौं । अमेरिकामा बसोबास गर्ने नेपाली समुदायको जीवनशैली चित्रण गर्ने फिल्म ‘लाइफ इन एलए’ निर्माण हुने भएको छ । अमेरिकी सहर लस-एन्जल्समा छायांकन सुरु हुने फिल्मलाई सूर्य श्रेष्ठले निर्देशन गर्ने भएका छन् ।

    निर्माताले पोस्टर टीजर पोस्टर सार्वजनिक गरेका छन् । अप्रिल पहिलो साताबाट लस-एन्जल्समा फिल्म छायांकन हुने जनाइएको छ । अमेरिकासहित नेपालको पर्यटकीय नगरी पोखरामा समेत फिल्म सुटिङ हुनेछ ।

    बाश इन्टरटेनमेन्टको प्रस्तुतीमा निर्माण हुने फिल्ममा अकेशा बिष्ट, बाश विष्शु, जरेद बिल्लुप्स, साम भुजेल, आयुस केसी र बिशाल ढकालको अभिनय हुने जनाइएको छ । ६ वर्षअघि रिलिज भएको ‘जिन्दगी रक्स’ अभिनेत्री विष्ट यो फिल्मबाट कमब्याक हुँदैछिन् ।

    ‘जिन्दगी रक्स’ रिलिजपछि अकेशा अमेरिका हानिएकी थिइन् । फिल्मका अन्य कलाकार पनि अमेरिकामै बसोबास गरिरहेका छन् । कार्यकारी निर्माता संसार सुवेदी हुन् ।

    राजेन्द्र ठकुराठी निर्माता रहेको फिल्मलाई सुदीप बरालले खिच्नेछन् । फिल्ममा श्रीकृष्ण बम मल्लको संगीत, उज्वल ढकालको सम्पादन रहनेछ ।

  • चलचित्र समीक्षक समाज (फिक्सन) अध्यक्षमा लामा

    चलचित्र समीक्षक समाज (फिक्सन) अध्यक्षमा लामा

    चलचित्र समीक्षक समाज नेपाल (फिक्सन)को अध्यक्षमा दीपेन्द्र लामा चुनिएका छन् । काठमाडौंमा शुक्रबार सम्पन्न साधारण सभाले लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । विभिन्न सञ्चारमाध्यममा चलचित्र समीक्षा गर्नेहरु सदस्य रहेको ‘फिक्सन’ नेपाल पत्रकार महासंघमा आवद्ध एसोसियट संस्था पनि हो ।

    पत्रकार महासंघका कोषाध्यक्ष राजेश मिश्रको उपस्थितिमा सम्पन्न साधारण सभाले उपाध्यक्षमा सामीप्यराज तिमल्सेना र स्मृति ढुंगाना, महासचिवमा सजना बराल, सचिवमा विष्णु शर्मा र केदार श्रेष्ठ तथा कोषाध्यक्षमा प्रभाकर गौतमलाई निर्वाचित गरेको छ ।

    केन्द्रिय सदस्यमा लेनिन बञ्जाडे, नरेश फुयाल, अभिमन्यु दीक्षित र रक्षा थापा चयन भएका छन् । महासंघका कोषाध्यक्ष राजेश मिश्र तथा निवर्तमान अध्यक्ष यज्ञसले नयाँ कार्यसमितिको सफलताको कामना गरे ।

    चलचित्र समीक्षा गर्ने संस्कृतिलाई थप स्थापित र फराकिलो बनाउन विभिन्न कार्यक्रम आयोजना गर्ने लक्ष्य ‘फिक्सन’ले लिएको नवनिर्वाचित अध्यक्ष लामाले बताए ।

  • कोरोना त्रास : फिल्म ‘मनसँग मन’को रिलिज पनि स्थगित

    कोरोना त्रास : फिल्म ‘मनसँग मन’को रिलिज पनि स्थगित

    काठमाडौं । कोरोनाभाइरसको जोखिम बढ्न थालेपछि फिल्म गतिविधि पुनः प्रभावित हुन थालेको छ । रिलिज तयारीमा रहेका फिल्मले प्रदर्शन स्थगित गर्न थालेका छन् ।

    चैत २७ गते रिलिज तयारीमा रहेको ‘लप्पन छप्पन २’ ले स्थगित गरेको थियो । कोरोना त्रासको यो मेसोमा थपिएको छ फिल्म- ‘मनसँग मन’ ।

    भीडभाड नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन र सरकारले ५० प्रतिशत अकुपेन्सी कायमै राखेकाले पोस्टपोन्ड गर्नुपरेको निर्माता कम्पनी सौरभ इन्टरटेनमेन्टले जनाएको छ ।

    वितरकसँगको सल्लाहमा फिल्मको नयाँ मिति घोषणा गरिने जनाइएको छ । प्रदर्शन मिति सारिएपनि फस्टलुक भने सार्वजनिक गरिएको छ । फस्टलुकमा नायक पुष्प खड्का र नायिका वर्षा शिवाकोटीलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।

    फिल्ममा वुद्दि तामाङ, चाँदनी प्रधान, महेन्द्र बागदास, सन्ते दाको पनि मुख्य भूमिका छ । साथमा, एक गीतमा पल शाह र पूजा शर्माले नृत्य गरेका छन् ।

    चैत २७ गते रिलिज हुने फिल्म ‘कृष्णलीला’को प्रदर्शन पनि अन्यौल छ । निर्देशक दीपक ओलीले केही दिनमा रिलिजबारे टुंगो लगाउने जानकारी दिए । नेपाली नयाँवर्षमा फिल्मको लाइनअप रित्तो हुने सम्भावना बढेको छ ।

  • इरफानलाई मरणोपरान्त फिल्मफेयर अवार्ड, तपसी पन्नु सर्वश्रेष्ठ अभिनेत्री

    इरफानलाई मरणोपरान्त फिल्मफेयर अवार्ड, तपसी पन्नु सर्वश्रेष्ठ अभिनेत्री

    मुम्बइ । बलिउडको प्रतिष्ठित अवार्ड फिल्म फेयरको ६६ औं संस्करण मुम्बइमा सम्पन्न भएको छ ।

    इरफान खानले ‘अग्रेजी मिडियम’ फिल्मबाट मरणोपरान्त सर्वश्रेष्ठ अभिनेताको अवार्ड जिते । गत अप्रिल २९ मा निधन भएका यी ५३ वर्षे अभिनेतालाई दीर्घसाधना सम्मान पनि दिइयो ।

    इरफानका छोरा बबिलले दिवंगत बाबुको तर्फबाट ट्रफी ग्रहण गरे । तपसी पन्नुले फिल्म ‘थप्पड’बाट सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड जितिन् ।

    फिल्म ‘थप्पड’ले सर्वोत्कृष्ट फिल्म, कथा र सम्पादन विधामा जित दर्ता गर्‍यो । ‘गुलाबो सिताबो’का लागि अमिताभ बच्चनले क्रिटिक्स अवार्ड जिते । ‘तान्हाजी’बाट सैफअली खानले सहायक अभिनेताको अवार्ड जिते ।

    फिल्म ‘तान्हाजी’बाटै ओम राउत सर्वश्रेष्ठ निर्देशक घोषित भए ।

  • गायिका अन्जु पन्तकी छोरी परितोषिका मोडल हन्टमा सेकेन्ड रनरअप घोषित

    गायिका अन्जु पन्तकी छोरी परितोषिका मोडल हन्टमा सेकेन्ड रनरअप घोषित

    काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२१’को उपाधि प्रविण चापागाईँ र अनिशा शाक्यले जितेका छन् । होटल सोल्टी क्राउन प्लाजामा सम्पन्न प्रतिस्पर्धामा चापागाइँ पुरुष र शाक्य महिलातर्फको शीर्ष विजेता घोषित भएका हुन् ।

    यो छैठौं सिजनमा ३४ युवा एवं ३२ युवती वीच प्रतिस्पर्धा भएको थियो । पुरुषतर्फ फस्टरनर अप मिनाल्ड लामिछाने र सेकेन्ड रनरअप अनुप कार्की भए भने महिलातर्फ श्रेयशी श्रेष्ठ फस्टरनरअप र गायिका अञ्जु पन्तकी छोरी परितोषिका पन्त सेकेन्ड रनर अप घोषित भए ।

    प्रतिस्पर्धीले आईसी कलेज अफ आर्ट एण्ड फेसनका १७ औं ब्याचका ३४ जना विधार्थी डिजाइनरले तयार पारेका विविध आकर्षक एवं मनमोहक पहिरनमा सजिएर र्‍याम्प शो गर्दै कला प्रस्तुत गरेका थिए ।

    आईसी ग्रुप नेपालका प्रबन्ध निर्देशक शैलजा अधिकारी, संचारकर्मी सुरजसिंह ठकुरी, पूर्वमिस नेपाल माल्भिका सुब्बा, डा. आयुष्मान घिमिरे तथा फेसन डिजाइनर इन्टा श्रेष्ठ निर्णायक रहेको प्रतियोगिताको आयोजक नेक्स्ट मोडल्स नेपाल रहेको छ ।

    प्रतियोगिताका विजेताले दक्षिण कोरियामा आयोजना हुने एलबीएमए अवार्डस्, गोवामा संचालन हुने इन्टरनेसनल फेसन वीक लगायत फेसन, मोडलिङ र मिडियामा विशेष अवसर प्राप्त गर्ने आयोजकले जनाएको छ ।

  • तस्विरमा सेलेव्रिटी होली : भुवन, करिश्मा, निरुतादेखि अनमोलसम्मले मनाए रङको पर्व

    तस्विरमा सेलेव्रिटी होली : भुवन, करिश्मा, निरुतादेखि अनमोलसम्मले मनाए रङको पर्व

    काठमाडौं । कोरोनाभाइरस महामारीको जोखिम कायम भएपनि आइतबार पहाडी भूभागमा फागु पर्व मनाइयो । सोमबार मधेशसहित तराईका जिल्लामा होली सेलिव्रेट गरिँदैछ ।

    सेलेब्सले पनि आ–आफ्नै तरिकाले होली मनाएका छन् । महामारीले होलीको कार्यक्रम सीमित तुल्याएपनि केही सेलेव्रिटीले भने जम्मा भएर रङको पर्व मनाए ।

    राजधानीमा भुवन केसी, करिश्मा मानन्धर, निरुता सिंह, अनमोल केसी, रमेश उप्रेती, जिया केसी, कविता मानन्धर, आकाश अधिकारी लगायतले होली मनाए ।

  • जनकपुरमा महजोडीलाई ‘महामूर्ख’ उपाधि, प्रदेशमन्त्री ‘मुर्ख’ शिरोमणी

    जनकपुरमा महजोडीलाई ‘महामूर्ख’ उपाधि, प्रदेशमन्त्री ‘मुर्ख’ शिरोमणी

    जनकपुरधाम । प्रसिद्ध हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको जोडीलाई जनकपुरमा यस वर्षको ‘महामूर्ख’ उपाधि दिइएको छ । होली पर्वको अवसरमा जनकपुरस्थित जानकी मन्दिर परिसरमा आयोजित ‘महामूर्ख सम्मेलन’ मा महजोडीलाई सो उपाधि दिइएको हो ।

    प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल ‘मुर्ख’ सिरोमणीको उपाधी पाएका छन् । यस्तै प्रदेश सांसद प्रमेश्वर साहलाई बज्रकीट, वडाध्यक्ष सुदर्शन सिंहलाई बैशाखनन्दन, जसपा नेता राजिव झालाई वंश कुरहरी, व्यवसायी शंकर साहलाई मुसरीलाल, जसपा नेतृ विन्दु ठाकुरलाई खुबसुरती र जसपा नेता शेषनारायण यादवलाई चौपटानन्दको उपाधी दिइएको छ ।

    यस्तै चित्रकार एससी सुमनलाई घरघुसका, यूवा रुपेश शर्मालाई हराशेख, पत्रकार सुजित झालाई सिलौटानन्द, साहित्यकार अशोक दत्तलाई बोतलानन्द, पत्रकार शितल साहलाई ढोरबा, जीवनाथ चौधरीलाई पटमूर्ख, प्राध्यापक विरेन्द्र साहलाई लोढाशंकर र युवा वीरेन्द्र कर्णलाई बज्रकीटको उपाधी प्रदान गरिएको छ ।

    जनकपुरमा मिथिला नाट्यकला परिषद् (मिनाप) ले २०६१ सालबाट महामूर्ख सम्मेलन गर्दै आएको छ । २०६१ सालमा महामूर्खको उपाधी मैथिली कवि नरेश ठाकुरलाई दिइएको थियो । त्यसयता चर्चामा रहेका विभिन्न राजनीतिक दल, समाजसेवी र साहित्यकारहरुले महामूर्खको उपाधी पाइसकेका छन् । गत वर्ष मुख्यमन्त्री लालबाबु राउतलाई महामूर्ख घोषणा गरिएको थियो ।

    होलीमा विकृति घटाउन र मनोरञ्जन प्रदान गर्न होली महोत्सवको आयोजना गरी महामूर्ख घोषणा गर्ने गरिएको मिनापका सचिव सन्दिप साह बताउँछन् । उनका अनुसार समाजका लागि विभिन्न सकारात्मक कार्य गरी चर्चा बटुलेकामध्ये उत्कृष्ट व्यक्तिलाई महामूर्खको उपाधीले सम्मान गर्ने गरिन्छ ।

    यस वर्ष पहिलोपटक पहाडी समुदायका व्यक्तिलाई महामूर्खको उपाधी प्रदान गरिएको छ । यसले मधेस र पहाडबीच सद्भाव बढाउने आयोजकको विश्वास छ ।

    होली महोत्सव अन्तर्गत हिजो शनिबार जोगिरा प्रतियोगिता आयोजना गरिएको थियो । १० होरैया समूह प्रतियोगितामा भाग लिएकामध्ये तीन जनालाई प्रथम, द्वितीय र तृतीय घोषित गरी चाँदी, नगद र प्रमाणपत्रले सम्मान गरियो । लोप हुन लागेको जोगिरा संरक्षणका लागि प्रतियोगिता आयोजना गरिएको हो ।

  • न्यूयोर्कमा प्रियंका चोपडाले खोलिन् रेष्टुरेन्ट (तस्वीरहरु)

    न्यूयोर्कमा प्रियंका चोपडाले खोलिन् रेष्टुरेन्ट (तस्वीरहरु)

    बलिउड अभिनेत्री प्रियंका चोपडाले न्यूयोर्कमा खोलेको रेष्टुरेन्ट शनिबारदेखि संचालनमा आएको छ । इन्स्टाग्राममा रेष्टुरेन्टका तस्विर सेयर गर्दै प्रियंकाले संचालनमा आएको जानकारी दिएकी हुन् ।

    उनले रेष्टुरेन्टको नाम सोना राखिदिएकोमा गायक पति निक जोनसलाई धन्यवाद पनि दिएकी छिन् । अहिले लन्डनमा रहेकी प्रियंकाले रेष्टुरेन्टको शुभारम्भमा न्यूयोर्कमा उपस्थित हुन नपाउँदा दुःखित भएको बताएकी छिन् ।

  • जोन सेना स्टारर ‘सुसाइड स्क्वाड’ ट्रेलर : फिल्मको नेपाल रिलिज साउन २२ मा

    जोन सेना स्टारर ‘सुसाइड स्क्वाड’ ट्रेलर : फिल्मको नेपाल रिलिज साउन २२ मा

    काठमाडौं । यसवर्षकै प्रतीक्षित हलिउड फिल्म ‘द सुसाइड स्क्वाड’ ट्रेलर इन्टरनेट रिलिज भएको छ । जेम्स गन निर्देशित फिल्ममा पूर्व रेस्लर समेत रहेका जोन सेनाको मुख्य भूमिका छ ।

    सन् २०१६ को फिल्म ‘सुसाइड स्क्वाड’को रिमेक बताइएको यो फिल्ममा नयाँ कलाकार समावेश छन् । फिल्ममा भायोला डेभिस, मार्गोट रोबी, जय कार्टेनी, जोएल किनाम्यानको समेत अभिनय छ ।

    अघिल्लो सिक्वेलमा समावेश भएका अमान्डा वालर लगायत पनि छन् । यो रिमेकमा एड्रिस अल्बाले ब्लडस्र्पोट पात्रको भूमिका निर्वाह गरेका छन् । अघिल्लो फिल्ममा यो चरित्र विल स्मिथले चित्रण गरेका थिए ।

    आउने अगस्ट ६ मा फिल्म रिलिज हुँदैछ ।

  • जनजाति फिल्मकर्मीका लागि बेग्लै विकास बोर्ड स्थापनाको माग

    जनजाति फिल्मकर्मीका लागि बेग्लै विकास बोर्ड स्थापनाको माग

    बनेपा । हेटौँडा घर भएका माझी चलचित्रकर्मी सङ्घका विवश माझी आदिवासी जनजाति चलचित्र क्षेत्रमा लागेको एक दशक भयो । माझी भाषाको पहिलो चलचित्र ‘मोङोजोवान’ (मेरो जिन्दगीं)मा नायकको भूमिकामा चलचित्र क्षेत्रमा प्रवेश गरेका उनी अहिले आदिवासी जनजाति चलचित्रलाई कसरी आदिवासी पनमा सशक्त र प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा गहनरुपमा छलफलमा जुटेका छन् ।

    आदिवासी जनजाति चलचित्र महासङ्घको आयोजनामा काभ्रेपलाञ्चोकको पात्लेखेतमा सञ्चालन भएको आदिवासी चलचित्रमा प्रतिबद्धतासहितको सहकार्य’ विषयक पाँच दिवसीय कार्यशाला गोष्ठीले उनलाई सो अवसर जुराएको हो । भाषा संस्कृति लोप भइरहेका अवस्थामा त्यसलाई जोगाउने संरक्षण गर्ने माध्यम नै श्रव्यदृश्य भएकाले त्यसका लागि सशक्त माध्यम भनेको नै चलचित्र क्षेत्र हो भन्ने सोचेर त्यसतर्फ लागेको उनको भनाइ छ ।

    शुरुमा छोटो चलचित्र, बृत्तचित्र निर्माण गरेको भए पनि पर्दामा देखाउन सकिने लामो र पहिलो ‘मोङोजोवान’बाट आफूले यात्रा शुरु गरेको उनले बताए । अहिलेसम्ममा माझी भाषामा निर्माण भएको बृत्तचित्र र फिचर चलचित्र गरी नौ वटा निर्माण भइसकेको उनले बताए । “आर्थिक स्रोतको कमी र मूलधारको चलचित्र बनाएर बजार नभएका कारण अति सिमान्तकृत समुदायका मानिसले त्यसलाई व्यावसायिकरुपमा लानसक्ने अवस्था रहेका अवस्थामा पनि त्यसलाई कसरी व्यवस्थित र व्यावसायिक बनाउन सक्छौँ भन्ने विषयमा छलफल गरिरहेका छौँ”, उनी भन्छन् ।

    भाषा, धर्म, संस्कार संस्कृति र वेषभूषा नै लोप भइसकेका अवस्थामा चलचित्रका माध्यमबाट पनि त्यसको जगेर्ना गर्न सकिने रहेछ भनेर अहिले चलचित्र हेरेर नयाँपुस्तामा जागरण पैदा गराउने काम भएको उनको भनाइ छ । माझी भन्छन्, “त्यसका लागि सामूहिकरुपमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा छलफल गरिरहेका कारण त्यसले चाँडै नै पूर्णता पाउउने आशामा छु ।”

    किराँत राई चलचित्रकर्मी सङ्घका अध्यक्ष सुमन बाङ्देलले पहिचानको संरक्षण, सम्वद्र्धन र विकासमा चलचित्रका माध्यमबाट लागिरहेको बताउँछन् । हालसम्ममा एक दर्जन जति किराँत राई भाषामा फिचर चलचित्र बनाइसकेका उनले आत्मसम्मानका लागि भाषा, संस्कार, संस्कृतिको संरक्षण र ऐतिहासिकताका लागि मात्रै चलचित्र क्षेत्रमा लगानी गरिरहेको अवस्था रहेको बताए ।

    “एक्लाएक्लै चलचित्र बनाएर आइरहेका अवस्थामा पछिल्लो समयमा सङ्गठित भएर सामूहिकतामा काम गर्दै आएको अवस्था भएकाले त्यसलाई थप व्यवस्थित गर्दै अगाडि बढिरका छौँ”, उनी भन्छन्, “त्यसको अलावा प्राविधिक जनशक्ति, शैली, दक्षता, रुपान्तरण हुनुपर्ने त्यो खालको क्षमता, दक्षता र ज्ञानमा कमी भएकालाई स्थानीय, प्रदेश, सङ्घीय सरकार र चलचित्र विकास बोर्डसँग निरन्तर सहकार्य गरेर सिक्ने र सिकाउने प्रयत्नमा लागिपरेका छौँ ।”

    अहिलेसम्ममा बनेको चलचित्रको पहिलो बजार आफ्नै समुदाय र त्यसपछि बाहिर बजार जाने भएकाले अब हिजोका दिनमा कसरी चलचित्र बनाउने भन्ने अवस्थामा रहेका अब कसरी बजारीकरण गर्ने भन्ने अवस्थामा सोच बनाएर अगाडि बढिरहेकाले छलफलबाट नयाँ पाठ सिकेको माझीले बताए ।

    पछिल्लो समयमा आदिवासी जनजाति चलचित्रलाई कसरी गुणात्मकता दिने, त्यसको महत्व, आफ्नो वास्तविक पहिचान बोकेको कथावस्तुमा आधारित रहेर अन्तरराष्ट्रियस्तरको चलचित्र कसरी निर्माण गर्न सकिन्छ भन्ने विषयमा काभ्रेपलाञ्चोकको पात्लेखेतमा आदिवासी जनजाति चलचित्र महासङ्घको नेतृत्वमा १५ वटा जातीय संस्थाका करीब ७० जना चलचित्रकर्मी सहभागी रहेको छलफलमा सो छलफल भएको हो । यसलाई आदिवासी चलचित्रकर्मी नवीन सुब्बाले त्यसमा आफ्नो ज्ञान र सीप आदिवासी चलचित्रकर्मीलाई बाँड्ने र आगामी दिनमा कस्तो खालको चलचित्र बनाउने, कस्तो विषयवस्तु, कथा र वातावरणलाई ध्यान दिनुपर्छ भन्ने विषयमा सहजीकरण गरेका थिए ।

    नेपाली चलचित्र उद्योगलाई बढी समावेशी बनाउन र अन्तरराष्ट्रियरुपमा नेपाली चलचित्रलाई प्रतिस्पर्धी र गुणात्मक बनाउन राष्ट्रिय जीवनका सबै क्षेत्रको अनुहार र आवाज लिएर जान आवश्यक रहेका कारण त्यसतर्फ ध्यान दिन चलचित्रकर्मीलाई उनको सुझाव छ । “नेपाली चलचित्र उद्योगलाई समावेशी बनाउन अझै पनि चलचित्र उद्योगमा एक आपसलाई बुझ्ने र अस्तित्वलाई स्वीकार गर्ने काम गरेको छैन”, उनी भन्छन्, “चलचित्रको आवाज एकापसमा पक्षपाती रहेको छ, त्यसलाई सुधार गरेर सबैको आवाज र अस्तित्वलाई स्वीकारेर जान सक्नुपर्छ ।”

    आदिवासी जनजाति चलचित्रको प्रवद्र्धन, मौलिक भाषा संस्कृतिको संरक्षणका विषयमा आदिवासी जनजाति साहित्यकार महासङ्घका अध्यक्ष राजन मुकारुङ भन्छन्, “चलचित्रमा देखाएको एउटै चिन्तन, दर्शन र सौन्दर्यले मात्रै राष्ट्रको विकास हुन सकेन ।” अहिलेसम्म एउटै मात्र जाति, धर्म व्यवस्था र दर्शनलाई आधार बनाएर निर्माण भइरहेको सौन्दर्य चेतबाट नै चलचित्र निर्माण गरेर शिक्षा दिइरहनुले पनि आदिवासी जनजातिको उत्थान र विकास हुन नसकेको उनको भनाई छ । “त्यसका लागि समाजलाई बुझ्ने र आदिवासी जनजातिको दर्शनबाट पनि सबैले हेर्न र बुझ्न आवश्यक छ ।”

    चलचित्र विकास बोर्डले आदिवासी जनजातिलाई समेट्न नसकिएको अवस्थामा आदिवासी जनजातिका लागि छुट्टै चलचित्र बोर्ड आवश्यक रहेको र त्यसका लागि आदिवासी जनजातिले निर्माण गर्न तयार हुनुपर्ने उनी बताउँछन् ।

    मानवशास्त्री डा कृष्ण भट्टचन भन्छन्, “आदिवासीको गुण भनेको नै सामूहिक जीवनपद्धति र सामूहिक अधिकारका विषयमा केन्द्रित हुने व्यवहार छोडेर व्यक्तिगत अधिकारको पछि लाग्दा सोचेजस्तो विकास गर्न सकेको छैन ।” आदिवासी जनजाति चलचित्र बनाउनेले जुन समुदायको बनाउने हो, त्यसैको नेतृत्वमा बनाउन सकेमा मात्रै वास्तविक पहिचान झल्किने भएकाले त्यसतर्फ ध्यान दिनु पहिलो आवश्यक भएको उनको भनाइ छ ।

    आदिवासीको कथा कथ्यमा रहेको र त्यसको इतिहास नै लेख्यले सिध्याएका कारण अब नयाँ आएको डिजिटल (श्रव्य÷दृश्य) प्रविधिले त्यसलाई बचाउने भएकाले त्यसतर्फ ध्यान दिन उनले आदिवासी जनजाति चलचित्रकर्मीलाई आग्रह गरे ।

    नेपाली चलचित्र क्षेत्रका वरिष्ठ चलचित्रकर्मी नीर शाहले नेपाली चलचित्रमा आदिवासी संस्कार, चेतना र लोकसंस्कृतिका बारेमा नेपाली चलचित्र उद्योगले नै ध्यान दिन आवश्यक रहेको बताउँछन् । “लोक चेनता, आदिवासी चेतना, साहित्य संस्कार र सङ्गीतलाई पर राखेर एक प्रकारको मात्रै सीप र कलालाई माथिल्लोस्तरमा राख्नु भनेको अन्याय हो, त्यो हामीले गरेका छौँ ।”

    उनी भन्छन्, “वास्तवमा प्राथमिकतामा नपारेर आदिवासी संस्कृति र लोकसंस्कृतिलाई दोस्रो जर्दामा राख्ने काम विगतमा भयो, त्यसैले आदिवासी जनजातिको दर्शन, सौन्दर्यशास्त्र र सबैखाले पहिचान समेट्ने खालको काम गर्न आदिवासी चलचित्र विकास बोर्ड माग गर्नु स्वभाविक छ ।” कि त अहिले भएको चलचित्र विकास बोर्डबाट सबै कुराको सम्बोधन गर्नुप¥यो, कि त अर्को गठन गर्नुपर्‍यो भन्नु कुनै अनौठो कुरा नभएको उनको भनाइ छ ।

    आजको दिनसम्म पहिलो नेपाली चलचित्र कुन हो भनेर अठोटका साथ भन्न नसक्नुको कारण एकात्मक सोच र चिन्तनले भूमिका खेलेको उनले बताए । एउटै मात्र भाषा, चेत, संस्कार, संस्कृतिलाई अगाडि बढाएर कुनै पनि विषय र प्रसङ्ग राष्ट्रिय हुनै नसक्ने भएकाले त्यसका लागि अब आदिवासी जनजाति चलचित्रकर्मीले आफ्नो स्क्रिप्टमा पर्याप्त मात्रामा आफ्नोपनलाई समेट्न र विचारलाई नजिक राखेर काम गर्न सक्नुपर्ने उनको सुझाव छ ।

    आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्तीमगर आदिवासी जनजाति चलचित्रकर्मीले कथावस्तुलाई आफ्नो पनमा जोड दिन आवश्यक रहेको बताउँछन् । आदिवासी जनजातिको विविधतालाई राज्यले सम्बोधन गर्न सकेन भने नेपाली राष्ट्रियता बलियो नहुने उनको तर्क छ । रासस

  • श्रवण मुकारुङको कविता ‘बिसे नगर्चीको बयान’ नाटकमा

    श्रवण मुकारुङको कविता ‘बिसे नगर्चीको बयान’ नाटकमा

    काठमाडौं ।  कवि श्रवण मुकारुङको चर्चित कविता ‘बिसे नगर्चीको बयान’लाई नाटकमा प्रस्तुत गरिने भएको छ । शनिबार विश्व रङ्गमञ्च दिवसको अवसर पारेर बत्तीसपुतलीस्थित शिल्पी थियटरमा कविताको नाट्यरुपान्तरण प्रस्तुत गरिने भएको हो ।

    नाटक मञ्चनसँगै ओस्कार विजेता रङ्गकर्मी हेलेन मिरेनको विश्व रङ्गमञ्च सन्देश प्रसारण गर्ने कार्यक्रम छ । नाट्यकर्मी अभि सुबेदीको रङ्गमञ्च सन्देश र कवि श्रवण मुकारुङको कविता वाचन पनि रहेको छ । शिल्पी थियटरका १२औं सत्रका प्रशिक्षार्थीहरुद्वारा अभिनित नाटकको मञ्चन साँझ ५ बजेबाट शुरु हुनेछ ।

    प्रत्येक वर्ष मार्च २७ लाई विश्वभरका रङ्गकर्मीहरुले विश्व रङ्गमञ्च दिवसको रुपमा मनाउँदै आएका छन् ।

    बिसे नगर्चीको बयान

    मालिक !
    म यो गोरखा राज्यमा
    अढाई सय वर्षपछि बौलाएँ
    मेरो टाउको फन्फनी घुमिरहेछ
    जमिन आकाशतिर
    आकाश जमिनतिर भइरहेछ
    आँखा तिर्मिरतिर्मिर भएर
    हजुरको शीर दशवटा देखिरहेछु
    खोइ मेरो पैताला कहाँनिर छ ?
    कहाँनिर छ बिसे नगर्ची ?
    मालिक ! म बौलाएँ

    मैले त महाराजको सेवा गर्नुपर्ने
    इतिहासको रक्षा गर्न
    यो गोरखकालीको पाउ छोएर
    नुनको सोझो हुनुपर्ने
    अढाई सय वर्षपछि –
    आज के भयो मलाई ?
    यो बिसेलाई दशा लाग्यो मालिक !
    म बौलाएँ
    नाथे मेरी स्वास्नी न हो मारिएकी
    नाथे छोरी न हो बलात्कृत भएकी
    नाथे यो बिसेको झुप्रो न हो जलाइएको
    यतिमै यो बिसे उफ्रिनुपर्ने ?
    थुइक्क बिसे…
    म बौलाएँ मालिक !
    म बौलाएँ
    मेरो हात भाँच्चियो
    अब म हजुरका भारदारहरुलाई
    लवेदा सिउन सक्दिनँ
    नर्सिङ्गा फुक्न, सनई बजाउन
    अथवा, कुनै मङ्गलगान
    वा ऋतुगान गाउन सक्दिनँ
    मेरो खुट्टा भाँच्चियो
    अब म हजुरको राज्यको पहरा गर्न सक्दिनँ
    मेरो दिमागै ठीकमा छैन
    अब म ठीक्कले बोल्नै सक्दिनँ
    मालिक ! म बौलाएँ
    मालिक !
    यो गोरखा राज्यअघि उभिएका
    हिजोका ती अग्ला–अग्ला पहाडहरु
    आज कसरी यस्तरी होचा–होचा भए ?
    हिजोका ती सग्ला र कल्कलाउँदा यहाँका मानिसहरु
    आज कसरी यस्तरी खुनी र कुरुप भए ?
    यो दरौँदी किन उल्टो बगेको देख्छु ?
    यो दरबारै किन खण्डहरजस्तो देख्छु ?
    मालिक! म बौलाएँ
    मालिक !
    हजुरको तरवारले
    टाउको काट्छ कि फूल ?
    भ्रममा परेँ म
    हजुरको बन्दुकले
    विचार ढाल्छ कि मान्छे ?
    भ्रममा परेँ म
    यस राज्यलाई
    प्रजाले बनायो कि राजाले ?
    भ्रममा परेँ म
    अढाई सय वर्षदेखि म तपाईंसमक्ष छु
    मालिक !
    म कसरी आतङ्ककारी हुनसक्छु ?
    म केवल बौलाएँ मालिक !
    बौलाएँ
    हो मैले–
    मालिकको दिव्योपदेश पालन गरिनँ हुँला
    रक्सी खाएर–
    यो देश मैले पनि आर्जेको हुँ भनेँ हुँला
    भानुभक्त बाजेको गीत र मेरो सियो
    बराबर हो भने हुँला
    मैले सिएको सुकिला लुगा ओढेकाहरुलाई
    मेरो नाङ्गो आङ देखाएँ हुँला
    बौलाएपछि मैले
    मेरै भगवानलाई पनि गाली गरेँ हुँला
    मालिक !
    मान्छे बौलाएपछि
    आफैंसँग निहुँ खोज्दोरहेछ
    अढाई सय वर्षदेखि
    मैले तुनेका थाङ्नामा हुर्केका
    मेरा दरसन्तानहरु कहाँकहाँ पुगे ?
    मैले खोज्न चाहेँ हुँला
    मेरा औंलामा खोपिएका छ्यान्द्रा
    र बगेका रगतहरुले मलाई उक्सायो
    तरवारले आर्जेको मुलुकभन्दा मैले
    धागोले उनेको मुलुक विशाल ठानेँ हुँला
    मालिक !
    यस माटोको इतिहाससँगै
    म हजुरको राष्ट्रमा छु
    म कसरी अराष्ट्रिय हुनसक्छु ?
    म साँच्चै बौलाएँ मालिक !
    साँच्चै बौलाएँ
    मेरो टाउको फनफनी घुमिरहेछ
    जमिन आकाशतिर
    आकाश जमिनतिर भइरहेछ
    आँखा तिर्मिर–तिर्मिर भएर
    हजुरको शीर दशवटा देखिरहेछु
    खोइ मेरो पैताला कहाँ छ ?
    कहाँ छ बिसे नगर्ची ?
    मालिक ! म बौलाएँ ।

  • गीत गाउन सिक्दै मनीषा, रिलिज भयो ‘नाइन्टीनाइन सङ्स’ ट्रेलर

    गीत गाउन सिक्दै मनीषा, रिलिज भयो ‘नाइन्टीनाइन सङ्स’ ट्रेलर

    काठमाडौं । आफ्नो आवाजमा यसै महिना ‘महामृत्युञ्जय’ भजन रेकर्ड गरेकी अभिनेत्री मनीषा कोइराला पछिल्लो समय गायकीमा व्यस्त छिन् । उनी गायन अभ्यासका लागि रियाज गरिरहेकी छिन् ।

    आफ्नै आवाजमा भजन रेकर्डिङ गरेकी मनीषाको गायकीलाई निकै रुचाइएको थियो । पहिलो प्रयासमै उनलाई दर्शक एवं श्रोताले सकारात्मक प्रतिक्रिया दिएका छन् । यसले उनलाई थप प्रेरणा मिलेको छ ।

    अभिनय करियरसँगै उनले पछिल्लो समय आफूलाई गायनमा अभ्यस्त तुल्याउन समय दिइरहेकी छिन् । उनी भन्छिन् –जसले गीत गाउन चाहन्छ, उसले गीत भेट्टाउँछ । गीत गाउन सिक्दैछु ।’

    मनीषाले आफ्ना आवाजमा अन्य गीतमा पनि स्वर दिने तयारी गरिरहेकी छिन् । साथै, मनीषाले अभिनय गरेको फिल्म नाइन्टीनाइन सङ्सको ट्रेलर पनि रिलिज भएको छ । विश्वेश कृष्णमूर्तिले निर्देशन गरेको यो फिल्म १६ अप्रिलमा रिलिज हुने तयारीमा छ ।

  • जहाजभित्र साङ्गीतिक एल्बम विमोचन गरेर विश्व कीर्तिमान

    जहाजभित्र साङ्गीतिक एल्बम विमोचन गरेर विश्व कीर्तिमान

    काठमाडौं । गीतकार हरिगोपाल प्रधानले हवाइजहाजभित्र साङ्गीतिक एल्बम विमोचन गरेर विश्व कीर्तिमान कायम गरेका छन् ।

    फेब्रुअरी १, २०२१ मा काठमाडौँदेखि नयाँ दिल्लीका लागि उडेको नेपाल वायु सेवा निगमको जहाजभित्र तीन हजार ६०० फिट उचाइमा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरमार्फत ‘मुटुमा सधैँभरी’ साङ्गीतिक एल्बम विमोचन गरेर उनले विश्व कीर्तिमान कायम गरेका हुन् ।

    उपराष्ट्रपति नन्दबहादुर पुनले वरिष्ठ गीतकार प्रधानलाई आज वर्ल्ड बुक अफ रेकर्डस् नेपालको तर्फबाट सम्मान गरेका छन् ।

    कार्यक्रममा उपराष्ट्रपति पुनले विश्व कीर्तिमानले नेपाली र नेपालको शिर ठाडो बनाएको बताए । “संसारमा कसैले नगरेको काम गरेर नयाँ रेकर्ड बनाउने काम आफैँमा गाह्रो काम हो, तपाईले रेकर्ड राखेर नेपालीको शिर ठाडो पार्नुभएको छ,” उनले भने ।

    शहरी विकास राज्यमन्त्री मानन्धरले साङ्गीतिक क्षेत्रको नमूना देश नेपाल भएको जनाउँदै यसलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन जरुरी रहेको बताए । नेपालीहरुले धेरै क्षेत्रमा वर्ल्ड रेकर्ड बनाइसकेको उनको भनाइ थियो ।

    गीतकार प्रधानले सबैको साथ, सहयोगका कारण आफूले विश्व रेकर्ड बनाउन सफल भएको बताए। सोही अवसरमा वर्ल्ड रेकर्ड बनाउन विभिन्न क्षेत्रबाट सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।

  • चलचित्र विकास बोर्डलाई अझै प्रभावकारी बनाउँछु : मन्त्री गुरुङ

    चलचित्र विकास बोर्डलाई अझै प्रभावकारी बनाउँछु : मन्त्री गुरुङ

    काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले फिल्म क्षेत्रको विकासका लागि सहकार्य जरुरी भएको बताउँदै चलचित्र विकास बोर्डलाई प्रभावकारी गराइने बताएका छन् ।

    आदिवासी जनजाति चलचित्र महासंघले काभ्रेको धुलिखेलमा आयोजना गरेको ‘आदिवासी चलचित्रमा प्रतिवद्धतासहितको सहकार्य’ विषयक पाँच दिवसीय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै मन्त्री गुरुङले उक्त कुरा बताएका हुन् ।

    आदिवासी चलचित्रकमीलाई पनि राष्ट्रको समृद्धिमा योगदान पुु¥याउने गरी चलचित्र निर्माणमा ध्यान दिन उनले आग्रह गरे । विगतमा आदिवासी जनजातिको अवस्था र भविष्यमा अपनाउनुपर्ने योजनाबारे गम्भिर भएर लाग्न उनले आदिवासी फिल्मकर्मीलाई आग्रह गरे ।

    उनले समाजमा जाति, भाषा, धर्म र संस्कृतिबीच द्धैष फैल्याउने खालका गतिविधि हुन नदिन सचेत हुनुुपर्ने समेत स्पष्ट पारे । मन्त्री गुरुङले सबै जाति, भाषा, धर्म र संँस्कृतिको विकासमा योगदान पुुग्ने गरी सरकारी सञ्चार माध्यमलाई परिचालन गर्ने बताए ।

    नेपाल टेलिभिजनका महानिर्देशक फूलमान वलले आदिवासी जनजाति फिल्मसँग सहकार्य गर्न महासंघले नयाँ नीति ल्याउनुपर्ने बताए । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल र पूर्वअध्यक्ष राजकुमार राईले पनि जनजाति फिल्मको विकास हुनुपर्ने धारणा राखे ।कार्यशालामा विभिन्न १५ आदिवासी जनजाति फिल्म संघसंस्थाका ७० फिल्म निर्माता सहभागि छन् ।

  • सरोज खनाल र दीपाश्रीको फेसबुक एकाउन्ट ह्याक, ह्याकरले मागे एक लाख

    सरोज खनाल र दीपाश्रीको फेसबुक एकाउन्ट ह्याक, ह्याकरले मागे एक लाख

    काठमाडौं । पछिल्लो समय सेलेव्रिटीको सामाजिक संजाल ह्याकरको कब्जामा पुग्न थालेको छ । नाम चलेका सेलेव्रिटीको फेसबुक र इन्स्टाग्राम ह्याक भएपछि ह्याकरले पैसा माग्न थालेका छन् ।

    विहिबार अभिनेत्री एवं निर्देशक दीपाश्री निरौला र अभिनेता सरोज खनालको फेसबुक खाता ह्याक भएको छ । ह्याकरले फिल्मकर्मीलाई मेसेज गर्दै पैसा माग्न थालेका छन् ।

    निरौलाको फेसबुक एकाउन्टबाट उनका ‘छक्का पञ्जा’ सह-निर्माता सुमन गिरी भाञ्जालाई पैसा मागिएको छ । ह्याकरले आफ्नो बच्चा बिरामी भएर उपचारका लागि अस्पतालमा रहेको र पैसा जरुरी भएको सन्देश नेपालीमा पठाएको अभिनेता दीपकराज गिरीले जानकारी दिए ।

    भरतपुरबाट किशार शाह नाम गरेका व्यक्तिले मेसेज गर्दै पैसा मागेको दीपाश्रीले जानकारी दिइन् । दीपाश्री उजुरीका लागि महानगरीय अपराध महाशाखा पुगेकी छिन् ।

    यसैगरि, अभिनेता खनालको समेत फेसबुक ह्याक भएको छ । उनको एकाउन्टबाट ह्याकरले मेसेज गर्दै पैसा माग्न थालेको जनाइएको छ । बेलायतस्थित नेपाली समाजसेवी इशा गुरुङले सरोजको एकाउन्टबाट मेसेज गरेर आफूसँग पैसा मागिएको जानकारी दिएकी छिन् ।

  • तस्विरमा हेर्नूस एलिजाको जन्मदिन, उद्धव भट्टराईलाई २५ हजार सहयोग

    तस्विरमा हेर्नूस एलिजाको जन्मदिन, उद्धव भट्टराईलाई २५ हजार सहयोग

    काठमाडौं । नायिका तथा मोडल एलिजा गौतमले बुधबार राजधानीको एभरेस्ट होटलमा जन्मदिन मनाइन् । उनको बर्थडे समारोहमा नेपाली फिल्म कलाकार पनि सहभागि थिए ।

    अभिनेत्री आँचल शर्मा पति उदिपसँगै पुगेकी थिइन् । गायक प्रकाश सपुत, दुर्गेश थापा, अभिनेता निर्मल शर्मा पनि थिए । व्यवसायी दुर्गा प्रसाइँ समेत केक काट्ने समारोहमा उपस्थित थिए ।

    सो अवसरमा एलिजाले बरिष्ठ फिल्म प्राविधिक उद्धव भट्टराई (जुँगे)लाई २५ हजार रुपैयाँ आर्थिक सहयोग पनि प्रदान गरिन् । एलिजाका पति पत्रकार ऋषि धमला लगायत उपस्थित थिए ।