Category: कलाप्रेस

  • पोर्न फिल्म बनाएको आरोपमा शिल्पा सेट्टीका श्रीमान पक्राउ

    पोर्न फिल्म बनाएको आरोपमा शिल्पा सेट्टीका श्रीमान पक्राउ

    बलिउड अभिनेत्री शिल्पा सेट्टीका श्रीमान राज कुन्द्रालाई अश्लिल फिल्म निर्माणमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । उनले अश्लिल फिल्महरु बनाएर केही एपहरुमार्फत बेच्ने गरेको प्रहरीले जनाएको छ ।

    यसै वर्षको फेबु्रअरीमा मुम्बई क्राइम ब्रान्चमा उजुरी परेको थियो । यथेष्ट प्रमाण जुटाइसकेपछि राजलाई पक्राउ गरिएको मुम्बइ प्रहरी बताउँछ ।

    ‘यो प्रकरणलाई राज कुन्द्रा मुख्य अभियुक्तका रुपमा देखा परेपछि हामीले उनलाई पक्राउ गरेका हौं । हामीसँग उनीविरुद्ध पर्याप्त प्रमाणहरु छन्,’ मुम्बइ प्रहरी आयुक्त हेमन्त नाग्रालेले एक विज्ञप्ति जारी गरी भनेका छन् ।

    कुन्द्राले सोमबारको रात हिरासतमा बिताएका छन् । उनले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै जमानतका लागि आग्रह गरेका छन् ।

    समाचार अनुसार गत साता नौ व्यक्तिहरुमाथि कलाकारहरुलाई पोर्न फिल्मका लागि नग्न दृष्यहरु सुट गर्न दवाव दिएको भन्दै दुईवटा एफआइआर दायर भएका थिए । यी फिल्महरु विभिन्न मोइबाइ एप्लिकेसनमार्फत सशुल्क बेच्ने गरिएको दावी एपआइआरमा गरिएको छ ।

    मोडल पुनम पाण्डेले पनि राज कुन्द्रा र उनका सहयोगीहरुमािथ बम्बे उच्च अदालतमा मुद्दा दायर गरेकी थिइन् । कुन्द्रासँग आफ्नो सम्झौताको म्याद सकिए पनि कुन्द्राले आफ्ना तस्वीर भिडियोहरु गैरकानूनीरुपमा प्रयोग गरिरहेको उनको आरोप छ ।

  • नेपाल आइडलको चौंथो सिजन सुरु हुँदै, निर्णायकहरु पनि परिवर्तन गर्ने तयारी

    नेपाल आइडलको चौंथो सिजन सुरु हुँदै, निर्णायकहरु पनि परिवर्तन गर्ने तयारी

    काठमाडौं । टेलिभिजन गायन रियालिटी प्रतिस्पर्धा नेपाल आइडलको चौंथो सिजन संचालन हुने भएको छ ।

    तीन सिजनका लागि फ्रेन्चाइजको अनुमति पाएको आयोजकले चौंथो सिजनलाई पनि अनुमति पाएपछि प्रतिस्पर्धा पुनः हुन लागेको हो ।

    लिखित अनुमति प्राप्त भएपछि चौंथो सिजनको काममा अघि बढ्ने आइडलका संचालक सुरेश पौडेलले जानकारी दिए । अनुमति पत्र प्राप्त हुनासाथ चौंथो सिजनको प्रोमो सार्वजनिक गर्ने तयारी भएको छ ।

    चौंथो सिजनमा निर्णायकहरु पनि परिवर्तन हुने जनाइएको छ । केही समयदेखि सोज बन्द थियो ।

  • कार किनेपछि नायक पुष्प खड्का र प्रकाश सपुत लेख्छन् : कलाकार भएर पनि कार चढ्न सकिन्छ है

    कार किनेपछि नायक पुष्प खड्का र प्रकाश सपुत लेख्छन् : कलाकार भएर पनि कार चढ्न सकिन्छ है

    काठमाडौं । मनोरञ्जन क्षेत्रका सेलेव्रिटीका लागि कार प्रतिष्ठाको सूचक पनि हो । आम्दानीमा वृद्धि हुन थालेपछि बढेको लिभिङ स्ट्यान्डर्ड सँगै कलाकार महंगा सवारी साधनप्रति आकर्षित हुन थालेका छन् ।

    पछिल्लो साता गायक प्रकाश सपुत र नायक पुष्प खड्का यही कुराले चर्चामा रहे । ५० लाखभन्दा बढी मूल्यको कार किनेपछि यी दुई समकालिन कलाकार चर्चामा छन् । अहिलेका कलाकारले कार चढ्ने हैसियत पनि राख्छन् भन्ने सन्देश सामाजिक संजालमा हुने गरेको छ ।

    ‘मारुनी’ फेम्ड अभिनेता खड्काले सोमबार ७० लाख मूल्य पर्ने कार खरिद गरे । क्रेटाको उक्त मूल्यको कार किनेपछि पुष्पले आफ्नो सपना पुरा भएको बताएका छन् ।

    कैलाली जन्मथलो भएका पुष्पले मिहेनतले कार किनेको भन्दै खुशि बाँडेका छन् । उनले यसका लागि दर्शक र निर्मातालाई धन्यवाद समेत दिएका छन् । कोरोना कहरले फिल्मको काम ठप्प भएपछि पुष्पका लागि म्युजिक भिडिओ आम्दानीको प्लेटफर्म बनेको छ ।

    गत महीना कार चढ्ने सेलेव्रिटीको सूचीमा अटाए गायक प्रकाश सपुत । उनले ५० लाख मूल्य पर्ने हुन्डाइ क्रेटाको कार खरिद गरे । त्यसपछि उनले फेसबुकमा स्टेटस लेखे, ‘कलाकार भएर पनि कार चढ्न सकिन्छ है ।’

    हुन त, सेलेव्रिटीको लागि सवारी साधनको कुरा नयाँ हैन, यद्यपी संघर्ष र सिर्जनशिलताले सफल हुने कलाकारका लागि यो एउटा हौसला पनि हो ।

  • कपिल शर्मा सो पुनः प्रसारण हुँदै, पुरानै टीमसँग कपिलले गरे सो छायांकन

    कपिल शर्मा सो पुनः प्रसारण हुँदै, पुरानै टीमसँग कपिलले गरे सो छायांकन

    मुम्बई । लामो समयको पर्खाइपछि अन्ततः भारतीय टेलिभिजनमा कपिल शर्मा सो फर्किएको छ । चाँडै प्रसारण हुने सोका लागि कपिलले आफ्नो पुरानो टीमसँग सोको छायांकन पनि पुरा गरेका छन् ।

    आउने सिजनमा पनि कपिलसँगै भारती सिंह, कृष्णा अभिषेक, कीकू शारदा, चंदन प्रभाकर र सुदेश लहरी पनि हुनेछन् ।

    कपिलले हालै सोसल मिडिया एकाउन्टमा टीमसँग एउटा सुन्दर तस्विर सेयर गरेका छन् । ‘पुराना अनुहारसँग नयाँ सुरुआत’ उनले क्याप्सन लेखेका छन् ।

    दोस्रोपटक बुवा बनेका कपिलले सोबाट ब्रेक लिएका थिए । लकडाउन सुरु भएसँगै उनले सो बन्द गर्ने निर्णय गरेका थिए । अब एक महीनापछि सोनी टिभीमा कपिलको सो फर्कनेछ । तर, यसबारे औपचारिक घोषणा भने हुन बाँकी छ ।

  • साउने सोमबारको गेटअपमा अनु र दीपिका : कुर्था, मेहेन्दी र उपवास !

    साउने सोमबारको गेटअपमा अनु र दीपिका : कुर्था, मेहेन्दी र उपवास !

    काठमाडौं । साउन महीनालाई भगवान शिवको मनपर्ने महीना पनि भनिन्छ । यो महीना हिन्दू महिलाबीच उपासनाको समय पनि हो । हरियो लगाउने र शिवको पूजा गर्ने महीनाको रुपमा यसलाई लिइन्छ ।

    अर्कोतर्फ साउन महीना अभिनेत्रीहरुको लागि हरियो कुर्ता र फेसनमा सजिने छेको पनि हो । महीनाको पहिलो सोमबार अभिनेत्रीहरु कोरोना महामारीकै बीचमा पनि पशुपति लगायतका मन्दिरमा गए र पूजाआरधाना गरे ।

    नायिका अनु शाह, दीपिका प्रसाइँ, करिश्मा मानन्धरलाई यसपटक साउन महीना लागेको छ । करिश्माले गतसातादेखि नै मेहेन्दी लगाउन थालेकी थिइन् । अभिनेत्रीहरु हरियो कुर्ता, आउटफिट र मेहेन्दीमा सजिन थालिसकेका छन् ।

    फेसन डिजाइनर अवानीसिंह ठकुरीको डिजाइनमा अनुलाई रातो र हरियो कुर्ता तथा हरियो चुरामा देख्न सकिन्छ । अनु केही समयदेखि अभिनेता सविन श्रेष्ठसँगको सम्बन्धमा छिन् ।

    अभिनेत्री दीपिका प्रसाइँ पनि पहेँलो कुर्था र हरियो चुरामा गर्जियस देखिएकी छिन् । केही वर्षअघि निर्देशक दिवाकर भट्टराईसँग विहे गरेकी दीपिका फिल्मसँगै पारिवारिक व्यवसायमा पनि उत्तिकै सक्रिय छिन् ।

    सूर्य मिथुन राशी भएर कर्कट राशीमा प्रवेश गरेको र दक्षिणायन शुरु भएको यो महिनामा भक्तजनहरु महादेवका मन्दिरमा गएर पूजा आराधना गर्दछन् ।

  • ब्रेकअपपछि पहिलो भेटमा रोइन् पूजा, एकघण्टा सँगै बसे पनि आकाशसँग भएन बोलचाल !

    ब्रेकअपपछि पहिलो भेटमा रोइन् पूजा, एकघण्टा सँगै बसे पनि आकाशसँग भएन बोलचाल !

    काठमाडौं । सन्दर्भ थियो : धर्ती आकाश बोलको गीत रिलिज गर्ने कार्यक्रम । मञ्चमा अतिथि थिए पूजा शर्मा र आकाश श्रेष्ठ । झन्डै एकघण्टा उनीहरु सँगै रहे र एकापसमा बोलेनन् ।

    शुक्रबार चावहिलस्थित केएल टावरको फिल्म हलमा देखिएको दृश्य हो यो । गत महीनासम्म गहिरो प्रेममा रहेको यो जोडी अहिले अलग भएजस्तो देखिएको छ । यो अनुमान किनपनि सहि छ भने उक्त कार्यक्रममा सँगै भएरपनि पूजा र आकाश दुबैजना बोलेनन् ।

    उनीहरुबीच ब्रेकअप भएको यो भन्दा बलियो प्रमाण हुन सक्दैन । किनभने, परिस्थिती बताउन दृश्य नै काफी छ । पूजा पछिल्लो सिट र आकाश अघिल्लो सिटमा बसेका थिए । यतिसम्मकी एकापसमा मुखामुख पनि गरेनन् ।

    अर्जुन पोखरेलद्वारा संगीतबद्ध यो गीतमा पूजा र आकाशले नै अभिनय गरेका छन् । जब गीतलाई पर्दामा देखाउन थालियो, तब पूजा रुन थालिन् । उनी छेउ बसेका साथीहरुले उनको छचल्किएको आँसु पुछिरहेको देखिन्थ्यो । तर, पूजाले आकाशसँग सीधै नबोलेपनि आफ्नो सास रहेसम्म मित्रता रहिरहने बताइन् ।

    यसैमहीना रजतपटका प्रकाश सुवेदीले संचालन गरेको एक राहत बाँड्ने कार्यक्रममा आकाश गएपछि पूजासँगको सम्बन्ध बिग्रिएको हो । सुवेदीसँग पूजा यसअघि नै क्रुद्ध छिन् । सुवेदीकै कारण आकाश र पूजाको सम्बन्धमा दरार देखिएको हो ।

  • दुई दिनमै १० लाख भ्यूजको रेकर्डपछि यशकुमारले काटे केक !

    दुई दिनमै १० लाख भ्यूजको रेकर्डपछि यशकुमारले काटे केक !

    काठमाडौं । बीस वर्षपछि भिडिओ प्लेटफर्ममा रिलिज भएको यशकुमारको हिट गीत ‘तिम्रो मन बदलिएछ’ले अहिले पनि राम्रो प्रशंसा बटुलेको छ ।

    दुई दिनमै १० लाख भ्यूजको रेकर्ड राखेपछि गायक यशकुमार अहिले मख्ख छन् । उनको खुशि यत्तिकैमा सीमित रहेन । भिडिओको कास्ट एन्ड क्रिउसँगै उनले खुशियालीमा केक समेत काटे ।

    यशकुमारसँगै निर्देशक निकेश खड्का, अभिनेता सागर लम्साल, जुम्ल्याहा दिदीबहिनी प्रिन्सी र प्रिज्माले टीमसँग मिलेर केक काटे । सोमबार मध्यान्हसम्म १२ लाख ६२ हजारले गीतलाई हेरेका छन् । यो गीतमा फिमेल भोकल चाहिँ मिलन अमात्यको छ । यसअघि चाहिँ सपनाश्रीले स्वर दिएकी थिइन् ।

  • ३९ लागिन् प्रियंका चोपडा, नेपालका माओवादी द्वन्द्वको असरबारे बनाएकी थिइन् फिल्म

    ३९ लागिन् प्रियंका चोपडा, नेपालका माओवादी द्वन्द्वको असरबारे बनाएकी थिइन् फिल्म

    काठमाडौं । अभिनेत्री प्रियंका चोपडा आजदेखि ३९ वर्ष लागेकी छिन् । उनी पछिल्ला दिनहरुमा लन्डनमा आफ्नो वेबसिरिज सिटाडेलको छायांकनमा व्यस्त छिन् । सो सिरिज भारत, इटाली र मेक्सिकाको ज्वाइन्ट प्रोजेक्ट पनि हो ।

    प्रियंका आफ्नो फेसन स्टाइलले चर्चामा रहन्छिन् । कान्स रेडकार्पेट होस् या अस्कर अवार्डको मञ्च, प्रियंकाको आउटफिट सँधै चर्चामा रहने गर्छ ।

    जन्मदिनमा पति निक जोनससहित बलिउड तथा हलिउडका अन्य सेलेव्रिटी पनि प्रियंकालाई बधाई दिएका छन् । नेपालमा समेत फ्यान फलोइङ भएकी प्रियंकाले सन् २०१८ मा नेपाली भाषाको फिल्म ‘पाहुना : द लिटल भिजिटर्स’ निर्माण गरेकी थिइन् ।

     

    View this post on Instagram

     

    A post shared by NICK JONɅS (@nickjonas)

    नेपालको माओवादी सशष्त्र द्वन्द्वले विस्थापित भएर भारत पुगेका एक दम्पत्ति र सन्तानको विछोडको कथा पेश गर्ने यो फिल्म नेपाली सिनेमा घरमा समेत रिलिज भएको थियो । टोरन्टो लगायतका अन्तर्राष्ट्रिय फेस्टिभलमा रिलिज भएको यो फिल्मलाई समीक्षकले समेत रुचाएका थिए ।

    सन् २००० मा विश्व सुन्दरीको ताज समेत जितेकी प्रियंका बलिउडमा सर्वाधिक कमाइ गर्ने अभिनेत्रीको सूचीमा पर्छिन् । गतवर्ष उनले लेखेको बायोग्राफी पुस्तक ‘अनफिनिस्ड’ न्यूयोर्क टाइम्सको बेस्ट सेलिङ पुस्तकमा समेत परेको थियो ।नेपाली सिनेमा घरमा रिलिज भएका प्रियंकाका फिल्महरुले बक्सअफिस सफलता पनि प्राप्त गरेका छन् ।

  • पल्पसा डंगोल ‘चम्सुरी’ को दुवै मृर्गौला फेल, तत्काल प्रत्यारोपण गर्नुपर्ने

    पल्पसा डंगोल ‘चम्सुरी’ को दुवै मृर्गौला फेल, तत्काल प्रत्यारोपण गर्नुपर्ने

    काठमाडौं । ‘चम्सुरी’ नामले सुपरिचित हास्य कलाकार पल्पसा डंगोलको दुवै मिर्गौला फेल भएको छ । उनी हाल टिचिङ अस्पताल महाराजगञ्जमा उपचाररत छिन् ।

    एक महिनाअगाडि स्वास्थ्य खराब भएपछि पल्पसा टिचिङ अस्पताल भर्ना भएकी थिइन् । सहकलाकार तथा नजिककी साथी दिपाश्री निरौलाका अनुसार पाँच वर्षअघि नै पल्पसाको मिर्गौलामा समस्या देखिएको थियो । तर छोरीहरुले थाहा नपाउन् भनेर आफ्नो रोग लुकाउँदै आएकी थिइन् ।

    दिपाश्रीले भनिन्, ‘उहाँले डाक्टरको सल्लाहअनुसार औषधि र खानेकुरामा परहेज गर्दै आउनुभएको थियो, तर आफूलाई युरिक एसिड मात्रै भएको भनेर भन्नुभएको थियो । एक महिनाअघि अस्पताल भर्ना भएपछि पनि उहाँले धेरैलाई थाहा दिन चाहनुभएन ।’

    अस्पतालमा डाइलसीस चलिरहँदा अस्तिदेखि पल्पसाको स्वास्थ्यमा समस्या आएको चिकित्सकले बताएका छन् । पछिल्लोपटक गरिएको डाइलसीसका क्रममा समस्या आएकाले डाक्टरले चाँडोभन्दा चाँडो मिर्गौला प्रत्यारोपण गर्न सुझाव दिएका छन् ।

    स्वास्थ्य गम्भिर भएपछि आत्तिएकी पल्पसाले कलाकार सुरवीर पण्डितमार्फत केही साथीहरुलाई खबर गर्न लगाएकी थिइन् । सुरवीरबाटै थाहा पाएर आफू आज अस्पताल पुगेको दिपाश्रीले बताइन् ।

    ‘उहाँले यतिबेला हिम्मत हार्नुभएको छ, मसित अब बाँच्दिन भनेर निकै बिलौना गर्नुभयो,’ दिपाश्रीले भनिन्, ‘उहाँलाई सबै दर्शकको हौसला र सहयोगको आवश्यकता छ ।’

    पल्पसा केही वर्षअघि नै श्रीमानसँग अलग भएर दुई छोरीहरुसँग बस्दै आएकी छन् । कलाकारिता गरेर नै उनले आफ्ना दुई छोरीहरुको पालनपोषण र शिक्षादिक्षाको जिम्मेवारी वहन गर्दै आएकी थिइन् । उनका छोरीहरु कमाउन सक्ने भइसकेका छैनन् । काठमाडौंको बालाजुमा पल्पसाको घर छ । मिर्गौला प्रत्यारोपणका लागि ठूलो खर्च लाग्ने भएकाले आर्थिक सहयोगको अह्वान गरिएको छ ।

    पल्पसा केही समयअघिसम्म अभिनयमा सक्रिय नै थिइन् । उनले हास्य टेलिश्रृंखला मेरीबास्सैमा सुरुदेखि नै अभिनय गर्दै आएकी छिन् । लकडाउनका कारण सो टेलिश्रृंखलाको छायांकन रोकिनुअघिसम्म उनले त्यसमा काम गरिरहेकी थिइन् ।

  • विहे नगरीकनै बच्चा पाउन चाहन्छु : नम्रता सापकोटा

    विहे नगरीकनै बच्चा पाउन चाहन्छु : नम्रता सापकोटा

    काठमाडौं । अभिनेत्री नम्रता सापकोटाले आफूलाई विहे नगरीकनै बच्चाको चाहना भएको बताएकी छिन् । एक टेलिभिजनसँगको अन्तर्वार्तामा मोडल तथा अभिनेत्रीले आफू सिंगल मदर बन्न चाहेको बताएकी हुन् ।

    उनले भनिन्, ‘अहिले म विवाह चाहँदिन तर, बच्चा चाहिँ चाहन्छु । दुई चार वर्षमा मेरो विहे भएन भने बच्चा चाहिँ पाउँछु होला ।’

    विहे नै नगरीकन पनि बच्चा पाउन सकिने उनको भनाई छ । विहेभन्दा आफूलाई बच्चा पाउन मन लागेको उनले बताइन् । समाज र समय विस्तारै परिवर्तन भएको बताउँदै नम्रताले सिंगल मदरको ट्रेन्ड बढेको पनि जनाएकी छिन् ।

    आमाको माध्यममार्फत बच्चा जन्माउनुले वैधानिक पाएको बताउँदै नम्रताले बच्चा पाउनु आफ्नो इच्छा भएको बताइन् ।

  • खोप र बजेट माग्दै फिल्म कलाकारले भेटे अर्थमन्त्री

    खोप र बजेट माग्दै फिल्म कलाकारले भेटे अर्थमन्त्री

    काठमाडौं । फिल्म कलाकारले अर्थमन्त्री जनाद्र्धन शर्मालाई भेट् गर्दै कोभिड-१९ विरुद्धको खोप र कलाकार संघको भवनका लागि बजेट मागेका छन् ।

    अध्यक्ष रविन्द्र खड्कासहितको कलाकार संघको टोलीले शुक्रबार मन्त्री शर्मालाई भेट्दै तत्काल खोप दिलाउन माग गरेको हो ।

    सो अवसरमा कलाकार टोलीले मन्त्री शर्मालाई सफल कार्यकालको बधाई तथा शुभकामना दिएको थियो । महामारीको कारण कलाकार तथा उक्त क्षेत्रलाई परेको समस्याबारे पनि अवगत गराइएको थियो ।

    मन्त्री शर्माले जवाफमा आफू सकारात्मक रहेको बताउँदै माग पुरा गर्न पहल गर्ने प्रतिबद्धता जनाएका थिए । अध्यक्ष खड्का, उपाध्यक्ष मोहन निरौलासहित भुवन केसी, धीरेन शाक्य, गोविन्द शाही लगायतले मन्त्रीलाई भेटेका थिए ।

  • यी हुन् पछिल्लो साता युट्युवमा सर्वाधिक हेरिएका टपटेन नेपाली गीत (सूची र भिडिओसहित)

    यी हुन् पछिल्लो साता युट्युवमा सर्वाधिक हेरिएका टपटेन नेपाली गीत (सूची र भिडिओसहित)

    काठमाडौं । प्रीति आलेको स्वरमा रहेको गीत ‘सोल्टी राजाको टुम्लेट’ यो साता युट्युवमा सबैभन्दा बढी हेरिने नेपाली गीत बनेको छ । एक सातामै यसलाई २० लाख ६ हजार ९८८ पटक हेरिएको छ । यसलाई अहिलेसम्म ३० लाख ९६ हजार १४९ पटक हेरिएको छ ।

    खुमन अधिकारीको संगीतमा रहेको तीजको गीत ‘कुरा काटन’ दोस्रो शीर्ष स्थानमा छ । यो गीतलाई पछिल्लो सात दिनमा १७ लाख ३८ हजार ४०६ पटक हेरिएको छ ।

    महेश काफ्लेको स्वरबद्ध गीत ‘माया बिरानी २’ तेस्रो स्थानमा छ । यसलाई पछिल्लो साता १४ लाख ९७ हजार २१५ पटक हेरिएको छ । रुटिन अफ नेपाल बन्दले तयार पारेको पछिल्लो सूचीमा यो साता नयाँ गीतहरु समावेश भएका छन् ।

    हेर्नूस साताको भ्यूज सूची :

    १) ‘सोल्टी राजाको टुम्लेट’ (प्रीती आले) : (२० लाख ६ हजार ९८८)

    २) ‘कुरा काटन’ (खुमन अधिकारी) : (१७ लाख ३८ हजार ४०६)

    ३) ‘माया विरानी २-तातो गोली’ (महेश काफ्ले) : (१४ लाख ९७ हजार २१५)

    ४) ‘मायाले संसार चल्दैन’ (बबुल गिरी) : (११ लख ८८ हजार ५४९)

    ५) ‘हङकङको साडीले’ (तिलक वली र समिक्षा अधिकारी) : (१० लाख ६९ हजार ८८)

    ६) ‘रुदाँ रुदैँ’ (बादल थापा) : (९ लाख ३ हजार १३१)

    ७) ‘छम्की देउ पानी’ (सुकादेव अधिकारी र सुनिता ठकुरी) : (७ लाख ९२ हजार ५२)

    ८) ‘हैन र माया’ (पशुपति शर्मा) : (७ लाख ८७ हजार २३७)

    ९) ‘को होला त्यो–२’ (अस्मिता अधिकारी) : (७ लाख ७७ हजार १६०)

    १०) ‘डाँडाँ घरे साईली’ (स्वरुपराज आचार्य) : (७ लाख ४ हजार ७३७)

  • समाचारवालीसँग पलको रोमान्स, राजनराज शिवाकोटीले ल्याए ‘फूलकुमारी’ (भिडिओ)

    समाचारवालीसँग पलको रोमान्स, राजनराज शिवाकोटीले ल्याए ‘फूलकुमारी’ (भिडिओ)

    काठमाडौं । नेपाली संगीतका ब्लकबस्टर कम्पोजर राजनराज शिवाकोटीको नयाँ ट्रयाक ‘फूलकुमारी’ शुक्रबार इन्टरनेट रिलिज भएको छ ।

    समाचारवालीको रुपमा चर्चित श्री पाण्डे र अभिनेता पल शाहको रोमान्स समावेश गीतमा राजनले आफ्नो सांगीतिक स्वाद मिसाएका छन् । एकपछि अर्को हिट गीत पस्किरहेका पल र राजनको यो जुगलबन्दीलाई पनि दर्शकले रुचाउने अपेक्षा छ ।

    गीतमा टच्ची शब्दको प्रयोग गर्न माहिर राजनराजले यसमा प्रेमिकालाई फकाउन प्रयोग हुने शब्दावलीको भरमार प्रयोग गरेका छन् । डा. प्रकाश पौडेलद्वारा लिखित शब्दमा राजन स्वयमको गायन तथा संगीत छ ।

    एसियन म्युजिकले रिलिज गरेको यो गीतलाई तन्नेरी दर्शक तथा श्रोताले रुचाउन सक्ने आशा संगीतकार शिवाकोटीले लिएका छन् । हेर्नूस गीत :

  • २० वर्षपछि फर्कियो ‘तिम्रो मन बदलिएछ’, यशकुमार भन्छन् : बाउ र छोराको पुस्ताको लागि अझै ताजा

    २० वर्षपछि फर्कियो ‘तिम्रो मन बदलिएछ’, यशकुमार भन्छन् : बाउ र छोराको पुस्ताको लागि अझै ताजा

    काठमाडौं । दुई दशकअघिको त्यो गीत चर्चित गीतलाई कण्ठ पार्ने श्रोता धेरै थिए । उक्त ट्रयाजेडी गीत प्रेमीप्रेमिकाको रोजाइमा थियो । २० वर्षपछि पनि यो गीत सुन्दा उत्तिकै ताजा लाग्छ ।

    यो गीत हो यशकुमारद्वारा स्वरबद्ध ‘तिम्रो मन बदलिएछ ।’

    २०५८ सालमा रिलिज भएको उक्त गीतको अडियोले अन्ततः २०७८ सालमा आएर भिडिओ प्राप्त गरेको छ । शुक्रबार इन्टरनेटमा रिलिज भएको यो गीतमा टीकटकमा हिट जुम्ल्याहा दिदीबहिनी प्रिज्मा र प्रिन्सी खतिवडासहित सागर लम्साल बले फिचर्ड छन् ।

    यशकुमार आफै र गायिका मिलन नेवार पनि गीतमा फिचर्ड छन् । निकेश खड्काद्वारा निर्देशित गीत हेर्दा २० वर्ष अगाडिको गीत सुन्दाको याद ताजा हुन्छ ।

    दुई दशकपछि यो गीतले भिडिओ पाउनु पछाडि पनि रोचक कुरा छ । अभिनेता बलेकै अनुरोधमा यशकुमारले भिडिओ निर्माणको अनुमति दिएका हुन् । सुरुमा यशकुमारले पाँच गीत दिएपनि सागरले सोबाट छनौट गरेर यसमाथि भिडिओ बनाउने जमर्को गरेका थिए ।

    ‘यो गीत अहिले पनि समयसापेक्ष लाग्छ । त्यतिबेला यो गीत सुन्ने बाउहरुका छोरा अहिले जवान भैसके । दुबै पुस्तालाई यो गीत मनपर्नेछ’ यशकुमारले नेपाल प्रेसलाई भने, ‘अहिले सुन्दा पनि गीत उत्तिकै ताजा लाग्छ ।’

    हेर्नूस गीत :

  • कमेडी च्याम्पियनका प्रतिस्पर्धी विक्की अग्रवाललाई जिताउन सिक्किमका मुख्यमन्त्रीले गरे ५ लाख भारु सहयोग

    कमेडी च्याम्पियनका प्रतिस्पर्धी विक्की अग्रवाललाई जिताउन सिक्किमका मुख्यमन्त्रीले गरे ५ लाख भारु सहयोग

    काठमाडौं । कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने रियालिटी शो ‘द कमेडी च्याम्पियन’मा प्रतिस्पर्धा गरिरहेका विक्की अग्रवाललाई जिताउन सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ (गोले)ले पाँच लाख भारु सहयोग गरेका छन् । कमेडी च्याम्पियनमा उत्कृष्ट छाप छोडिरहेका विक्की सिक्किमका युवा हुन् ।

    जनताको भोटबाट सर्वोत्कृष्ट छनोट हुने भएकाले प्रतिस्पर्धीहरुका लागि आर्थिक संकलन महत्वपूर्ण हुन्छ । सिक्किममा विक्कीलाई भोट गर्न अभियान नै चलाइएको छ । यसै सिलसिलामा गोलेले विक्कीका अभिभावकलाई भेटेर पाँच लाख दिएका हुन् ।

    मुख्यमन्त्री गोले तथा सिक्किम चलचित्र विकास बोर्डले अग्रवाललाई प्रतियोगितामा सफलताका लागि शुभकामना दिएका छन् । विक्की कमेडी च्याम्पियनको टप ७ मा पुगिसकेका छन् ।

  • २२ फिल्ममा बलिउडको १७ सय करोड भारु फस्यो, हिन्दी फिल्म ‘पर्ख र हेरको मनस्थितीमा (सूचीसहित)

    २२ फिल्ममा बलिउडको १७ सय करोड भारु फस्यो, हिन्दी फिल्म ‘पर्ख र हेरको मनस्थितीमा (सूचीसहित)

    मुम्बई । भाइरस महामारीको तेस्रो लहरको कारण बलिउडको रिलिज क्यालेन्डर पुनः एकपटक असफल हुने देखिएको छ । अक्षयकुमारको ‘बेल बटम’ जुलाई २७ मा रिलिज तयारी थियो तर, अगस्ट १५ मा ल्याउने तयारी छ । बलिउड पुनः एकपटक पर्ख र हेरको मनस्थितीमा छ ।

    बलिउडका २२ फिल्ममा अहिले १७०० करोड भारुभन्दा बढी पैसा फसेको छ । अर्कोतर्फ निर्माण कार्य पनि तीव्ररुपमा सुरु हुन सकेको छैन । नयाँ फिल्म घोषणा त भएका छन् तर, कहिले सम्पन्न हुने हो, टुंगो छैन ।

    कुन-कुन फिल्मको रिलिज रोकिएको छ ?

    ट्रेड एनालिस्ट कोमल नाहटाका अनुसार धेरै फिल्म रिलिजको लाइनअपमा रहेकाले ज्यादा आपूर्तिको परिस्थिती आउनेछैन । किनभने यीमध्ये केही फिल्म ओटीटीमा रिलिज हुनसक्छन् । बलिउडमा केही फिल्म हल खुलेका छन् र केही खुलेका छैनन् ।

    कुन-कुन फिल्मको निर्माण भैरहेको छ ?

    ठूला फिल्महरुले ८० प्रतिशत अकुपेन्सी हुने परिस्थितीसम्म प्रतीक्षा गरिरहेका छन् । यसकारण हल खोल्न अनुमति दिइएका स्थानका संचालकले पनि हल खोल्न मानेका छैनन् ।

    अहिले फिल्म निर्माण जम्मा ५ प्रतिशतले भैरहेको छ । मुम्बई अहिले पनि आंशिक लकडाउनमै छ जसले गर्दा यसको असर देखिएको छ । प्रत्येक अभिनेता वा अभिनेत्रीले एकभन्दा सोभन्दा बढी फिल्ममा काम गरेका छन् । उनीहरुको तालिका प्रभावित भएको छ ।

    कुन-कुन फिल्मको घोषणा भयो ?

    तेस्रो लहर आउने सम्भावित कारण निर्माताहरुले नयाँ मिति घोषणा गरेका छैनन् । ट्रेड एनालिस्ट नाहटाका अनुसार बलिउडको चक्र रोकिएको छ र निर्माण पनि धिमा छ ।

    ओटीटीमा कुन-कुन फिल्म आउँदैछन् ?

  • आजदेखि म्याक्स टेलिभिजनमा गुरुङ फिल्म रिलिज हुँदै, पहिलो दिन ‘मैंरिमो’ प्रिमियर

    आजदेखि म्याक्स टेलिभिजनमा गुरुङ फिल्म रिलिज हुँदै, पहिलो दिन ‘मैंरिमो’ प्रिमियर

    पोखरा । आजदेखि म्याक्स टेलिभिजनमा गुरुङ फिल्महरुको प्रिमियर सुरु भएको छ । शुक्रबार फिल्म हलमा समेत व्यवसायिक सफलता हासिल गरेको मैंरिमो रिलिज भएको छ ।

    कोरोना महामारीको कारण हलहरु बन्द हुँदा दर्शकलाई घरमै बसेर फिल्मको मनोरञ्जन दिलाउन गुरुङ फिल्म वितरक कम्पनी मुनाल फिल्म्स र म्याक्स टिभीले यस्तो सुविधा ल्याएका हुन् ।

    पोखरामा आयोजित पत्रकार सम्मेलनमा गुरुङ फिल्म एसोसिएसनका अध्यक्ष भोजबहादुर गुरुङ र म्याक्स टिभीका अध्यक्ष ध्रुव शर्माले यसबारे जानकारी गराए । अध्यक्ष गुरुङले महामारीको समयमा पनि दर्शकलाई घरमै बसेर फिल्म हेराउन आफूहरुले जमर्को गरेको बताए ।

    म्याक्स टिभी अध्यक्ष शर्माले यो प्रयास सफल भए गण्डकी प्रदेशका अन्य भाषिक र व्यवसायिक फिल्मलाई पनि रिलिज गर्ने सोच बनाएको बताए । मैंरिमोपछि गोरे गुरुङको ‘हेर्बै च्ह’ र मनोज गुरुङको गेटपास प्रदर्शन हुने भएका छन् ।

    म्याक्स टिभीको च्यानल नम्बर ७७७ मा दर्शकले पे–पर–भ्यूको आधारमा ३२५ रुपैयाँ तिरेर फिल्म हेर्न सक्नेछन् । मैंरिमो दिनमा ४ पटक प्रदर्शन हुने भएको छ । दिउँसो १२, अपरान्ह ३, बेलुका ६ र राती ९ बजे सो टाइम राखिएको छ । महामारीको कारण सिनेमा घर बन्द हुँदा जिफानले फिल्म रिलिजको लागि यस्तो व्यवस्था गरेको हो । अध्यक्ष गुरुङले निकट भविष्यमा ओटीटी प्लेटफर्ममा पनि फिल्म रिलिजको तयारी भैरहेको बताए ।

  • राजेश हमाल पनि म्युजिक भिडिओमा व्यस्त

    राजेश हमाल पनि म्युजिक भिडिओमा व्यस्त

    काठमाडौं । निषेधाज्ञाले अहिले पनि फिल्मसहितको मनोरञ्जन क्षेत्र ठप्प छ । कहिलेदेखि फिल्म क्षेत्र पुनः चलायमान हुन्छ भन्ने निधो पनि छैन । यस्तोमा, कलाकारहरु फुर्सदिला पनि छन् ।

    कुनैबेला बेफुर्सदी कलाकारहरु फुर्सदिलो बनेपछि अहिले टेलिभिजन सिरिज, रियालिटी सो र म्युजिक भिडिओमा व्यस्त हुन थालेका छन् । राजेश हमालदेखि पछिल्लो छिमलका चल्तीका कलाकारको दैनिकी म्युजिक भिडिओमा व्यस्त छ ।

    तीज पर्व नजिकिँदै गर्दा पनि अहिले कलाकारलाई भ्यानभ्याइ छ । अभिनेता राजेश हमाल पनि म्युजिक भिडिओमा व्यस्त हुन थालेका छन् । फिल्म ‘सत्यम’ साइन्ड गरेका हमाल फिल्म क्षेत्र कहिलेदेखि फर्किने टुंगो नलागेपछि अहिले भिडिओ छायांकनमा लागेका छन् ।

    सोमबारदेखि छायांकन सुरु भएको ‘हामी देश बचाऊँ’ बोलको गीतमा हमालले अभिनय गरेका छन् । साथै, हमाल थप केही म्युजिक भिडिओमा व्यस्त हुने तयारीमा छन् । निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला पनि अहिले तीजको एक गीत छायांकनमा व्यस्त छिन् । उनीसहित अन्य कलाकार पनि अहिले सांगीतिक भिडिओमै व्यस्त छन् ।

  • राजेश हमाल र पत्नी मधु म्युजिक भिडिओमा सँगै !

    राजेश हमाल र पत्नी मधु म्युजिक भिडिओमा सँगै !

    काठमाडौं । निषेधाज्ञा खुकुलो भएपछि अहिले कलाकार धमाधम सांगीतिक भिडिओमा व्यस्त हुन थालेका छन् । यस्तोमा अभिनेता राजेश हमालको हातमा पनि केही म्युजिक भिडिओ छन् ।

    रोचक कुरा, हमाल मात्र हैन, पत्नी मधु पनि अहिले म्युजिक भिडिओमा देखिन थालेकी छिन् । विहे अघि केही म्यागजिनमा मोडलिङ गरेको अनुभव पनि छ मधुलाई । हमालकै आग्रहमा मधुले पनि भिडिओमा मोडलिङ गरेकी छिन् ।

    मधु र आफूले भिडिओमा मोडलिङ गरेको जानकारी हमालले सामाजिक संजालमार्फत दिएका छन् । ‘काम सँगसँगै’ हमालले फेसबुकमा लेखेका छन् । मधुले पनि हमाललाई यस्तो काममा साथ दिएकी छिन् ।

    निषेधाज्ञा खुकुलो भएपछि हमाललाई लिएर केही म्युजिक भिडिओको छायांकन धमाधम भैरहेको छ ।

  • अमिताभ बच्चनले पिताद्वारा लिखित पुस्तकलाई आफ्नो आवाजमा रेकर्ड गर्ने !

    अमिताभ बच्चनले पिताद्वारा लिखित पुस्तकलाई आफ्नो आवाजमा रेकर्ड गर्ने !

    मुम्बई । अमिताभ बच्चनले आफ्ना फ्यानका लागि एउटा ठूलो घोषणा गरेका छन् जसलाई उनले ट्वीटरमा पोस्ट गरे । उनको घोषणाअनुसार उनले आफ्ना साहित्यकार पिता हरिवंशराय बच्चनका सबै पुस्तकलाई आफ्नो आवाजमा रेकर्ड गर्ने तयारी गरेका छन् ।

    उनी लेख्छन्, ‘म आफ्नो पूजनीय पिताजीको लेखनीलाई आफूबाट टाढा राख्न सक्दिन । अब उनका गम्भीर कुराहरु मेरो आवाजमा सुन्नूस ।’

    अमिताभले आफ्नो ट्वीटरमा पोस्ट गरेको एक तस्विरमा उनी आफ्ना पिता हरिवंश राय बच्चनद्वारा लिखित एक पुस्तक ‘प्रतिनिधि कविताहरु’सहित देखिएका छन् ।

    तरपनि उनले यो प्रोजेक्टलाई गोप्य राखेका छन् । तर, उनले हरिवंश राय बच्चनको कुन पुस्तकलाई आधिकारिकरुपमा रेकर्ड गरिएको छैन भनेर खुलाएका छैनन् । अमिताभका फ्यानले उनको यो घोषणालाई प्रचारप्रसार गर्न सुरु गरेका छन् ।