Category: कलाप्रेस

  • मिस नेपाल नर्थ अमेरिका-२०२१ को उपाधि गरिमा ज्ञवालीलाई

    मिस नेपाल नर्थ अमेरिका-२०२१ को उपाधि गरिमा ज्ञवालीलाई

    न्यूयोर्क । मिस नेपाल नर्थ अमेरिका-२०२१ को उपाधि गरिमा ज्ञवालीले जितेकी छन् । न्यूयोर्कमा आज बिहान भएको ग्रान्ड फिनालीमा १८ जना प्रतिस्पर्धीलाई उछिन्दै उनले क्राउन पहिरिएकी हुन् ।

    फस्टरनर अप याङ्गछेन लामा र सेकेन्ड रनरअप शुभेच्छा निरौला घोषित भएका छन् । अमेरिका र क्यानडामा बसोबास गर्ने नेपाली युवतीहरुले प्रतिस्पर्धामा भाग लिएका थिए ।

    ग्रान्ड फिनालीमा पूर्वमिस नेपालहरु मलिना जोशी, श्रृंखला खतिवडा, सदीक्षा श्रेष्ठ समेत उपस्थित थिए । सुरजसिंह ठकुरी, बासु फुलारा, मलिना जोशी, सवु गदाल कार्की निर्णायक थिए । नेपाली महिलाहरुलाई सशक्त तुल्याउन कार्यक्रमको उद्देश्य रहेको आयोजक संस्थाका संस्थापक सभापति शैलेश श्रेष्ठले बताए ।

    कसले कुन विधामा जिते ?

    मिस ट्यालेन्ट : रोशिका गजमेर
    मिस कम्युनिटी आउटरिच : एलिना राई
    मिस पपुलर : नग्मा गुरुङ्ग
    मिस स्माइल : निमिका थापा
    मिस बेस्ट ड्रेस : सेलिषा नेपाल
    मिस पर्सोनालिटी : गरिमा ज्ञवाली
    मिस डिसीप्लेन : सुप्रिता फुयाल
    मिस क्याटवाक : दिना केसी
    मिस पर्सोनालिटी : गरिमा ज्ञवाली
    मिस राईजिगं स्टार : अलिशा गुरुङ्ग
    मिस स्किन : चाँदनी लामा
    मिस बेस्ट हेयर : मुना नेपाल
    उत्कृष्ट शरीर : उर्जा केसी
    उत्कृष्ट हेरिटेज : जेनी रावत

     

  • सेलेव्रिटीले लगाए कोभिडविरुद्धको खोप (तस्विरहरु)

    सेलेव्रिटीले लगाए कोभिडविरुद्धको खोप (तस्विरहरु)

    काठमाडौं । फिल्म तथा संगीत क्षेत्रका सेलेव्रिटीलाई कोभिड-१९ विरुद्धको खोप लगाउन सुरु गरिएको छ । आइतबार पाटन खोप केन्द्रमा सेलेव्रिटीले भेरोसेल खोपको पहिलो मात्रा लगाए ।

    चलचित्र विकास बोर्डको समन्वयमा आयोजना गरिएको खोप लगाउन कलाकार, प्राविधिक, निर्माता, निर्देशकदेखि जनजाति फिल्मकर्मी खोप केन्द्र पुगेका थिए ।

    धिरेन शाक्य, पल शाह, दुर्गेश थापासहित दर्जनौं कलाकारले खोप लगाए । कतिपय फिल्मकर्मीले चाहिँ यसअघि नै खोप लगाइसकेका छन् । बोर्ड अध्यक्ष दयाराम दाहालका अनुसार तीन हजारभन्दा बढी फिल्मकर्मीलाई खोप लगाउने कार्यक्रम छ ।

    खोप लगाउन सकिए फिल्म गतिविधिलाई पनि लयमा फर्काउन सकिने आशामा विकास बोर्ड छ । अहिले फिल्म गतिविधि पूर्णरुपमा ठप्प छ ।
    तस्विरहरु : उमेश कार्की

     

  • महंगो मूल्यमा अनमोल केसी फिल्म ‘एक्स-नाइन’मा अनुबन्धित

    महंगो मूल्यमा अनमोल केसी फिल्म ‘एक्स-नाइन’मा अनुबन्धित

    काठमाडौं । मुकुन्द भट्टले निर्माण गर्न लागेको नयाँ फिल्म ‘एक्स-नाइन’मा अनमोल केसी औपचारिकरुपमा अनुबन्धित भएका छन् ।

    राजधानीको मेरियट होटलमा शनिबार अभिनेता केसी र फिल्म निर्माता कम्पनी गोल्डेन हिल्स पिक्चर्सबीच लिखित सम्झौता भएको छ । जनवरीदेखि सुरु हुने फिल्मको सुटिङ क्यानडा, युरोप र नेपालमा हुने जनाइएको छ ।

    किङ योगी र मुकुन्द भट्टको पटकथा हुनेछ । राजीव तामाङ, वीरेन कुँवर, सोनु खत्री र सुबोध भट्ट निर्माता हुन् । दिनेश भट्ट कार्यकारी निर्माता हुन् । अन्य कलाकारसँग अनुबन्धनको तयारीमा निर्माताहरु जुटेका छन् ।

    अनमोल महंगो पारिश्रमिकमा फिल्ममा अनुबन्धित भएको जनाइएको छ ।

  • भ्वाइस अफ नेपाल सिजन–३ को विजेता बने किरण गजमेर

    भ्वाइस अफ नेपाल सिजन–३ को विजेता बने किरण गजमेर

    काठमाडौं । चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–३’ को विजेता किरण गजमेर बनेका छन् । दर्शकबाट सबैभन्दा बढी भोट पाएको आधारमा गजमेर ‘द भ्वाइस अफ नेपाल सिजन–३’ घोषणा भएका हुन् । उनी टिम प्रमोद खरेलबाट विजयी भएका छन् ।

    टीम राजुका तारा श्रीस मगर, टीम दीप श्रेष्ठका आर्यन तामाङ, टीम तृष्णा गुरुङका ज्वाला राई भने टप फोरमा मात्र अटाउन सकेका छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेबाट विजेता बनेका किरणले गोल्डेन ट्रफीसहित २५ लाखको चेक प्राप्त गरेका छन् ।

    विजेता भएका किरण गजमेर ‘द भ्वाइस अफ नेपाल सिजन–३’का लागि नै अमेरिकाबाट नेपाल आएका थिए । भुटानी शरणार्थी उनी अमेरिका पुर्नस्थापित भएका थिए ।

  • तीनहजार फिल्मकर्मी र कलाकारलाई आजदेखि कोरोनाको खोप लगाइने

    तीनहजार फिल्मकर्मी र कलाकारलाई आजदेखि कोरोनाको खोप लगाइने

    काठमाडौं । तीनहजार भन्दा बढी फिल्मकर्मीलाई आजदेखि कोरोनाभाइरस विरुद्धको भेरोसेल खोप लगाइने भएको छ ।

    चलचित्र विकास बोर्डका अनुसार ललितपुर पाटनस्थित खोप केन्द्रमा फ्रन्टलाइनमा खटिने फिल्मकर्मीलाई खोप लगाउन लागिएको हो ।

    बिहान ९ बजे कलाकारहरुलाई, ११ बजे निर्मातालाई, १ बजे प्राविधिकलाई, २ बजे नृत्य र द्वन्द्व कलाकारलाई, ४ बजे निर्देशक र संगीतकर्मीलाई र बेलुका जनजाति फिल्मकर्मीलाई समय निर्धारण गरिएको छ ।

    चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहालले संस्थाको सदस्यता परिचत्रपय लिएर खोप लगाउन पाइने व्यवस्था मिलाइएको जानकारी दिए । ‘फ्रन्टलाइनमा खटिने फिल्मकर्मीलाई खोप लगाउन सकिए कामलाई पनि लयमा ल्याउन सकिन्छ’ दाहालले भने ।

    कोरोना महामारीको कारण अहिले फिल्म क्षेत्र ठप्प छ भने फिल्मकर्मीले खोप लगाउन पाउनुपर्ने माग गरेका छन् ।

  • नीर शाह अभिनित ‘मेरा आकाशका तारा’ गीत रिलिज (भिडिओ)

    नीर शाह अभिनित ‘मेरा आकाशका तारा’ गीत रिलिज (भिडिओ)

    काठमाडौं । यो उमेरमा पनि वरिष्ठ अभिनेता नीर शाह उत्तिकै फुर्तिला लाग्छन् । कोरोनाकालमा शाहको दैनिक केही निजी कामसँगै म्युजिक भिडिओमा अभिनय गर्दै बितिरहेको छ । गायक सनुप पौडेलको नयाँ गीत ‘मेरा आकाशका तारा’मा शाह फिचर्ड छन् । शुक्रबार राजधानीमा आयोजित प्रेसमिटमा गीत लन्च गरियो ।

    बाबु र छोराको प्रेम र विछोडको कथा प्रस्तुत गर्ने गीतमा शाह र गौरव विष्टको अभिनय छ । सन्दिप बस्नेतको शब्दमा तयार भएको यो गीतमा राज सागरको संगीत छ । गीतकार सन्दिपले आफ्नो पिताको संझनामा यो गीत कोरेका हुन् । अनुप योञ्जनको निर्देशनमा तयार भएको यो गीतको भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाँइको छायांकन, डिन्सन शाहको सम्पादन छ ।

    हेर्नूस गीत :

  • यस साता युट्युवमा सर्वाधिक हेरिएका टपटेन नेपाली गीत (भिडिओसहित)

    यस साता युट्युवमा सर्वाधिक हेरिएका टपटेन नेपाली गीत (भिडिओसहित)

    काठमाडौं । सम्राट चौलागाईद्वारा संगीतबद्ध तीजको गीत ‘सम्झिनी पानी छम्किनी’ साता युट्युवमा सर्वाधिक हेरिने नेपाली गीत बनेको छ । यसलाई सात दिनमा ५७ लाख ४५ हजारले हेरेका छन् ।

    भुवन केसी, दीपाश्री निरौला, आकाश श्रेष्ठ र स्वस्तिमा खड्का फिचर्ड गीत गतसाता इन्टरनेट रिलिज भएको थियो ।

    दोस्रो स्थानमा मेलिना राई र विष्णु घिमिरेको जोखौं माया छ । कार्टुन्ज क्रिउ फिचरिङ गीतलाई एक सातामा २६ लाख ८९ हजार पटक हेरिएको छ । यसको कूल भ्यूज ३० लाख ११ हजार छ ।

    तेस्रो स्थानमा निकिता थापाद्वारा स्वरबद्ध र पल शाह तथा मलिका महत फिचर्ड तिम्रो मनमा ए कान्छाको फिमेल भर्सन छ । यो गीतलाई पछिल्लो सात दिनमा १५ लाखले हेरेका छन् । रुटिन अफ नेपाल बन्दको साप्ताहिक अध्ययनको आधारमा उत्कृष्ट दश गीतको सूची तयार पारिएको हो ।

    यस साता सर्वाधिक हेरिएका नेपाली गीत भ्यूजको क्रमानूसार :

    १) सम्झिनी पानी छम्किनी :

    २) जोखौं माया :

    ३) तिम्रो मनमा ए कान्छा :

    ४) सोल्टी राजाको टुम्लेट :

    ५) ससुराली जाने हो :

    ६) माया बिरानी २ : तातो गोली

    ७) नाची देऊ पुतली :

    ८) कुरा काट्ने :

    ९) तिम्रो मन बदलिएछ :

    १०) सानी माया :

     

  • एक दिन बिराएर आकाश र पूजाले किने एउटै कार : प्रतिस्पर्धा कि सल्लाह ?

    एक दिन बिराएर आकाश र पूजाले किने एउटै कार : प्रतिस्पर्धा कि सल्लाह ?

    काठमाडौं । अभिनेत्री पूजा शर्मा र नायक आकाश श्रेष्ठबीचको निकटता केही समयदेखि पेज थ्री गसिपको विषय बनिरहेको थियो । उनीहरुले आफूहरुलाई साथी मात्र बताए पनि धेरैले प्रेमी–प्रेमिकाको रुपमा हेरेका थिए । तर, अहिले उनीहरुको सम्वन्धमा बदलाव आएको छ ।

    आकाशले गत बिहीबार हुन्डाइ कम्पनीको क्रेटा कार आफ्नो घरमा भित्र्याए । ७० लाख मूल्यमा उनले कार किनेको समाचार मिडियामा सार्वजनिक भयो । त्यसको दुई दिनपछि पुजा पनि हुन्डाइको शोरुममा पुगिन् । उनले पनि सोही क्रेटा कार किनेर आफ्नो नयाँ घर लगिन् ।

    पुजा र आकाशले सल्लाह गरेर एउटै कार किनेका हुन् त ? त्यस्तो देखिँदैन । न आकाशले कार किन्दा पुजा साथमा थिइन्, न पुजाले कार किन्दा आकाश साथ थिए । दुवैले एक–अर्कालाई थाहा नदिइकन आ–आफ्नो कार किनेको बताइन्छ । पहिले–पहिले जुनसुकै हरेक निर्णय आपसी सल्लाहमा गर्ने उनीहरुको सम्वन्धमा निकै चिसोपना आएको छनक यो घटनाबाट मिल्छ ।

    जुन कार आकाशले किने पुजाले पनि त्यही किन छनोट गरिन् ? के यो माया हो ? या प्रतिस्पर्धा ? धेरैको अन्मानमा यो प्रतिस्पर्धा हो । पछिल्लो समय पुजाको नाम अर्कै पुरुषसँग जोडिएको छ । आकाशसँग उनको दुरी बढेको छ । त्यही भएर उनीहरुबीच ‘तँ भन्दा म के कम ?’ को होड सुरु भएको एकथरिको बुझाइ छ । हामीले यस विषयमा जान्न खोज्दा दुवैजनाको फोन रिसिभ भएन ।

  • प्रकाश सपुतको तीज गीत ‘कुरा बुझ्न पर्च’ सार्वजनिक (भिडियो)

    प्रकाश सपुतको तीज गीत ‘कुरा बुझ्न पर्च’ सार्वजनिक (भिडियो)

    काठमाडौं । सर्जक तथा गायक प्रकाश सपुतको यो वर्षको तीज गीत ‘कुरा बुझ्न पर्च’ सार्वजनिक भएको छ । महिलामाथी हुने गरेको हिंसा र दक्ष महिला बन्नतिर उत्प्रेरणा दिने खालको तीज गित सार्वजनिक भएको हो । सपुतको तीज गीतमा चर्चित गायिका शान्ती श्री परियार र समीक्षा अधिकारीले आवाज दिएका छन् ।

    गीतले युवतीको कथालाई कलात्मक रुपमा उठाइएको छ । सपुतको आफ्नै निर्देशनमा तयार पारिएको गीतमा चर्चित नायिका स्वस्तिमा खड्का, आँचल शर्मा, लक्ष्मी गिरी, कालु राना, कमला रेग्मी, अनिता बस्ने र सुनिल विकको अभिनय रहेको छ । प्रकाश सपुतको आफ्नै युट्युब च्यानलबाट शुक्रबार मात्र सार्वजनिक भएको हो । सार्वजनिक भएको एक दिनको अवधिमा मात्र १० लाखले हेरिसकेका छन् भने ट्रेडिङको एक नम्बरमा छ ।

    सामाजिक सञ्चाल फेसबुक पेजमार्फत गीत शेयर गर्दै सर्जक एवम गायक सपतुले लेखेका छन्, ‘वर्तमान युवतीमा कम्तीमा यत्तिको आत्मविश्वास हुन जरुरी छ। गीत र भिडियोमा आवद्द यो टिमसँग मिलेर मैले आफ्नो दृष्टिकोण राखेको छु । अब तपाइँले आफ्नो दृष्टिकोण राख्नुहोला । धन्यबाद धेरै माया ।’

    गत वर्ष पनि गायक सपुतले बलात्कारसँग सम्बन्धित तिज गित ‘बदला बरिलै’ सार्वजनिक गरेका थिए । उक्त गीत अघिल्लो वर्ष एकदमै चर्चा कमाएको थियो ।

  • नयाँ घरपछि पूजा शर्माले ७० लाखमा किनिन् नयाँ कार

    नयाँ घरपछि पूजा शर्माले ७० लाखमा किनिन् नयाँ कार

    काठमाडौं । पछिल्लो समय महंगा गाडी सेलेव्रिटी सिम्बोल समेत बन्न थालेको छ । कारका सौखिन सेलेव्रिटी टन्नै छन् नेपालमा । तर, आफ्नै कमाइमा गाडी चढ्नु र घर किन्नुले भने केही अर्थ राख्छ ।

    अभिनेत्री पूजा शर्मा यस्तै एक पात्र हुन् जसले हालै आफ्नै कमाइमा घर निर्माण गरिन् । बिहीबार भने उनले हुन्डाइको क्रेटा कार खरिद गरेकी छिन् । ७० लाख नगद तिरेरै उनले गाडी किनिन् ।

    सोरुमबाट गाडी निकालेपछि पूजाले आफैले कार हाँक्दै आमालाई घरसम्म चढाएर लगिन् । तीनवर्ष अघि पनि पूजाले आफ्नै कार चढ्थिन । तर, कारकी सौखिन पूजाले नयाँ कार किनेकी हुन् ।
    पूजा पछिल्लो समयकी व्यस्त कलाकार हुन् । पछिल्लो पटक पुष्प खड्का, प्रकाश सपुत लगायतले कार किनेका छन् ।

    तस्विर सौजन्य : रमाइलो छ

  • लभ, सेक्स र धोका : नाजिर स्टारर ‘लभ सर्कल’ ट्रेलर रिलिज

    लभ, सेक्स र धोका : नाजिर स्टारर ‘लभ सर्कल’ ट्रेलर रिलिज

    काठमाडौं । नाजिर हुसेन, मुकुन भुषाल, रविन्द्र झा अभिनित फिल्म ‘लभ सर्कल’को अफिसियल ट्रेलर रिलिज भएको छ । फिल्म साउन २९ गते ओटीटी प्लेटफर्ममा रिलिज हुने जनाइएको छ ।

    २ मिनेट ४६ सेकेन्ड लामो ट्रेलरमा प्रेम, यौन, अपराध र धोका चित्रण गरिएको छ । बसन्त निरौला निर्देशित फिल्मको ट्रेलरमा सुमन कोइराला, पवित्रा आचार्य र रिस्ता बस्नेत समेत फिचर्ड छन् ।

    रहस्य र अपराधको कथा बुनिएको फिल्मलाई ओमप्रकाश अग्रवाल र रोशन पौडेलले निर्माण गरेका हुन् । फिल्ममा अभिमन्यु निरवीद्वारा लिखित पटकथा, दिव्य सुवेदीको छायांकन समावेश छ ।

    कोरोनाभाइरस महामारीको कारण फिल्मले ओटीटीमा रिलिज योजना बुनेको हो । मीटीभको प्रस्तुतिमा ओएसआर डिजिटल प्रालिले फिल्म निर्माण गरेको हो । हेर्नूस ट्रेलर :

    https://www.youtube.com/watch?v=5f12gY6sE5Y

  • नवीन के भट्टराईको कमब्याक गीतमा राज र वर्षाको रोमान्स (भिडिओ)

    नवीन के भट्टराईको कमब्याक गीतमा राज र वर्षाको रोमान्स (भिडिओ)

    काठमाडौं । पछिल्लो समय कलाकारहरु म्युजिक भिडियो निर्माणमा केन्द्रित हुन थालेका छन् । यही मेसोमा गायक नवीन के भट्टराईले आफ्नो कमब्याक गीत लन्च गरेका छन् ।

    ‘सम्झिरहन्छु’ बोलको यो ट्रयाक उनका अघिल्ला गीतभन्दा केही पृथक लाग्छ । नवीनको गायकीका प्रशंसकलाई यो गीत निकै मनपर्न सक्छ । किनभने धेरैपछि नवीन आफ्ना ब्रान्डेड आवाजमा फर्किएका छन् ।

    धर्मपत्नी समेत रहेकी नवीनाले नवीनको यो गीतलाई निर्देशन गरेकी छिन् । राज कट्वाल र वर्षा शिवाकोटी गीतमा फिचर्ड छन् । अहिले रिलेसनसिपमा रहेको यो जोडीले गीतको भिडिओमा पनि जोडी बाँधेका छन् ।

    हेर्नूस गीत :

  • फिल्म तथा मनोरञ्जन क्षेत्रलाई विशेष आर्थिक प्याकेजको व्यवस्था गर्न कार्यदलको सुझाव

    फिल्म तथा मनोरञ्जन क्षेत्रलाई विशेष आर्थिक प्याकेजको व्यवस्था गर्न कार्यदलको सुझाव

    काठमाडौं । कोभिड-१९ महामारीले संकटग्रस्त फिल्म तथा मनोरञ्जन उद्योगलाई विशेष आर्थिक प्याकेजको व्यवस्था गर्न सरकारको न्यूनतम साझा कार्यदलले सरकारलाई सुझाव दिएको छ ।

    आज बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुलाई बुझाइएको प्रतिवेदनमा कोरोना महामारीले असर पुगेको क्षेत्रलाई प्याकेज र महामारी नियन्त्रणलाई केन्द्रमा राखिएको छ ।

    संयुक्त सरकारका प्राथमिकता शीर्षकको ८ नम्बर बुँदामा लेखिएको छ : कोभिडका कारण सङ्कटग्रस्त उद्योगधन्दा, पर्यटन व्यवसाय, सञ्चार, यातायात, पार्टी प्यालेस, सिनेमा तथा मनोरञ्जन उद्योगलगायतका क्षेत्रहरू तथा श्रमजीवी, विपन्न, बेराजगार आदिको उत्थानका लागि बिशेष आर्थिक प्याकेजको व्यवस्था गर्ने ।

    कांग्रेस नेता पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलले प्रधानमन्त्री देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल लगायतका गठबन्धनका शीर्ष नेतालाई प्रतिवेदन बुझाएको हो ।

    बजेटमा फिल्म क्षेत्रलाई गरिएको सम्बोधन पर्याप्त नभएको भन्दै न्यूनतम साझा कार्यक्रममा समावेश गर्न फिल्म सम्बद्ध निकायले माग गर्दै आएका थिए । अहिले फिल्म तथा मनोरञ्जन क्षेत्र ठप्प छ ।

  • ४० लागेकी माल्भिकाको स्वीकारोक्ती : शरिरको बनावट जस्तो छ, म त्यसलाई प्रेम गर्छु

    ४० लागेकी माल्भिकाको स्वीकारोक्ती : शरिरको बनावट जस्तो छ, म त्यसलाई प्रेम गर्छु

    काठमाडौं । गएको महीनादेखि पूर्वमिस नेपाल माल्भिका सुब्बा ४० वर्ष लागिन् । उनका छोरा रियोको उमेर नै ५ वर्ष पुग्यो । यो उमेरमा पनि माल्भिकाको सौन्दर्यमा कमी आएको छैन । उनी अहिले पनि फिट एन्ड फाइन लुक्समा देखिन्छिन् ।

    बुधबार इन्स्टाग्राममा उनले पोस्ट गरेको एउटा तस्विरको चर्चा चलेको छ जहाँ उनी अहिले पनि हट देखिन्छिन् । नगरकोटको होटल मिस्टिक माउन्टेनको पुलमा खिचिएको तस्विरमा माल्भिकाले महिला हुनु र महिलाको शारीरिक बनावटमा आउने परिवर्तनको चर्चा गरेकी छिन् ।

    उनी लेख्छिन्, ‘महिलाको शरिर धेरैखाले चरणबाट गुज्रने गर्छ जसमध्ये प्यारेन्टहुड पनि एक हो । प्रेगनेन्सी बम्प देखाउँदा सहनुपरेको आलोचना होस् या जन्मिएदेखि महसुस गरेको आफ्नै असुरक्षादेखि– लामो समयपछि मैले आफ्नो शारिरीक बनावट र ढाँचालाई जस्तो छ त्यस्तैरुपमा स्वीकार्ने निधो गरेकी छु ।’

    ‘शरिरमा बसेका धर्साहरु, चाउरीन थालेको छाला, असन्तुलिन ब्रेस्टहरु र बच्चा जन्माउन बसेको दाग म सबैलाई प्रेम गर्छु । म आफ्नो शरिरलाई प्रेम गर्छु ।’ माल्भिकाको यो पोस्टले एकैसाथ महिला हुनु, आमा बन्नु र त्यसलाई स्वीकार्नुपर्ने सकारात्मक सन्देश दिएको छ । उनको यो पोस्टमा अन्य सेलेव्रिटीले पनि समर्थन जनाएका छन् ।

  • ‘रोडिज’ चौंथो सिजनको निर्देशकमा हेरफेर : अमनले छाडेपछि सिमोस अनुबन्धित

    ‘रोडिज’ चौंथो सिजनको निर्देशकमा हेरफेर : अमनले छाडेपछि सिमोस अनुबन्धित

    काठमाडौं । तन्नेरी पुस्तामाझ चर्चित टेलिभिजन रियालिटी सो हिमालय रोडिजको चौंथो सिजनलाई सिमोस सुनुवारले निर्देशन गर्ने भएका छन् । ‘मिसन पैसा’ फेम्ड सुनुवार नेपाली फिल्ममा एक्सन निर्देशकको रुपमा चर्चित छन् ।

    अघिल्ला तीनवटै सिजन निर्देशन गरेका अमनप्रताप अधिकारीले हात झिकेपछि निर्माण युनिटले सिमोसलाई निर्देशकमा अनुबन्धित गरेको हो । नयाँ टीमसहित कन्सेप्ट आएको र आफू प्राइम टिभीमा व्यस्त हुनुपर्ने भएको भन्दै अमनले सो छाडेका हुन् ।

    सोका निर्णायकमध्येका एक अनुपविक्रम शाहीले भदौ दोस्रो सातादेखि डिजिटल अडिसन सुरु हुने र सम्भवतः दशैं अघि प्रसारण आरम्भ हुने तयारी रहेको नेपाल प्रेसलाई दिए ।

    स्रोतका अनुसार सिमोसले नयाँ कन्सेप्टसहित रोडिज निर्देशन गर्ने तयारी गरिरहेका छन् । निर्णायकहरु भने यथावत रहने जनाइएको छ । अनुपसहित आशिष राना लाउरे, दिया मास्के, समन श्रेष्ठ, रेमनदास श्रेष्ठ रोडिजका निर्णायक रहेका छन् ।

     

  • पपगायिका रिहाना अर्बपतिको सूचीमा, १.७ बिलियन डलरसहित विश्वकै धनी सेलेव्रिटी

    पपगायिका रिहाना अर्बपतिको सूचीमा, १.७ बिलियन डलरसहित विश्वकै धनी सेलेव्रिटी

    काठमाडौं । पप गायिका रिहाना अर्बपतिको सूचीमा समावेश भएकी छिन् । फोर्ब्स म्यागजिनका अनुसार उनी विश्व मनोरञ्जनकै दोस्रो सर्वाधिक धनी सेलिव्रेटी समेत बनेकी छिन् ।

    रिहानाको कूल सम्पति १.७ बिलियन डलर पुगेको छ । यो यति सम्पति संगीतबाट भने कमाइ गरेकी हैनन्, उनको कस्मेटिक ब्रान्ड फेन्टी ब्यूटी कस्मेटिक कम्पनीबाट रिहानाले यति कमाइ गरेकी हुन् ।

    उक्त कम्पनीबाट रिहानाले २७० मिलियन डलर कमाइ गरेको जनाइएको छ । संगीत र अभिनयबाट हुने थप कमाइ जोड्दा रिहानाको कूल सम्पति १.७ बिलियन डलर पुगेको हो ।

    मनोरञ्जन क्षेत्रमा विश्वकै धनी सेलिव्रेटी ओफ्रा विन्फ्रेपछि रिहाना सम्पतिको हिसाबले दोस्रो स्थानमा छिन् । वास्तविक नाम रोविन फेन्टी रहेकी रिहानाले सन् २०१७ मा लक्जरी गुड निर्माता कम्पनी एलभीएमचसँग मिलेर फेन्टी ब्यूटी स्थापना गरेकी थिइन् ।

    सबै उमेर समूहका महिलालाई लक्षित गर्दै रिहानाले ४० विभिन्न मेकअप प्रसाधनहरुको सेवा सुरु गरेकी थिइन् जसले छोटो समयमै ख्याति कमायो । यसले अन्य प्रतिस्पर्धी ब्रान्डलाई पनि उछिन्न सक्यो ।

  • ४५ करोड भारुमा अमेजनले किन्यो अक्षयकुमारको ‘बेलबटम’

    ४५ करोड भारुमा अमेजनले किन्यो अक्षयकुमारको ‘बेलबटम’

    मुम्बई । अमेजन प्राइमले अक्षय कुमार स्टारर ‘बेलबटम’लाई ओटीटी प्लेटफर्म रिलिजको लागि ४५ करोड भारुमा खरिद गरेको छ । यसअघि ९० करोड भारुमा डील भएपनि भारतीय संचारमाध्यमका अनुसार ओटीटीमा आउने भएपछि उक्त मूल्यमा फिल्मको राइट किनिएको हो ।

    अब दक्षिण भारतीय फिल्म मास्टरजस्तै बेलबटम पनि हलमा रिलिज भएको दुई सातामा ओटीटी प्लेटफर्ममा रिलिज हुने भएको छ । फिल्म निर्माता तथा बजार विज्ञ गिरीश जौहरका अनुसार बेलबटम रिलिज हुने बेलासम्म महाराष्ट्र राज्यमा जारी लकडाउनमा केही खुकुलो हुनसक्छ ।

    उनका अनुसार गोवा, महाराष्ट्र र गुजरातका फिल्म हलहरु केही अकुपेन्सीसहित खुल्न सक्छन् । केही ठाउँमा विकेन्डमा फिल्म हल खोल्न रोक लगाइएको अवस्था छ । यसैबीच, निर्देशक रोहित सेठ्ठीले डिजिटल प्लेटफर्ममै फिल्म रिलिज गर्नेबारे नेटफिल्क्ससँग अन्तिम छलफल थालेका छन् । नेटफिल्क्सले थप प्रतीक्षा नगर्ने संकेत दिएपछि रोहितले छलफल चलाएका हुन् ।

  • मिस सुप्रान्यासनलमा नेपालले गोर्खाली सैनिकप्रति पोशाक समर्पित गर्ने

    मिस सुप्रान्यासनलमा नेपालले गोर्खाली सैनिकप्रति पोशाक समर्पित गर्ने

    काठमाडौं । मिस सुप्रान्यासनलमा नेपालले प्रदर्शन गर्ने पोशाक गोर्खाली सैनिकलाई समर्पित गरिने भएको छ । मिस नेपाल आयोजक संस्था हिडन ट्रेजरले आधिकारिक पोशाक सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।

    कोरियोग्राफर रचना गुरुङ शर्माको कन्सेप्टमा तयार पारिएको पोशाकमा मिस नेपाल सुप्रान्यासनल सिमल कनौजिया आकर्षक देखिएकी छिन् । गोर्खा आर्मीको पोशाकमा नेपाली बहादुरीका प्रतीकहरु खुकरी र पोशाकसहित राष्ट्रिय झण्डालाई पनि चित्रण गरिएको छ ।

    ‘यो राष्ट्रिय पोशाकले हामीलाई गौरवान्तित र सुरक्षित राख्न प्राणोत्सर्ग गर्ने गोर्खाली सैनिकप्रति सम्मान र माया प्रस्तुत गर्नेछ’ हिडन ट्रेजरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अगस्ट २१ मा पोल्यान्डमा आयोजना हुने सुप्रान्यासनलमा भाग लिन सम्बन्धित विधाकी विजेता मिस नेपाल कनौजिया यसैसाता त्यहाँ पुगेकी छिन् ।

  • दुर्गेशले गीतमार्फत बहिस्कारको जवाफ दिने, ‘बहिस्कार’ बोलको गीत ल्याउने घोषणा

    दुर्गेशले गीतमार्फत बहिस्कारको जवाफ दिने, ‘बहिस्कार’ बोलको गीत ल्याउने घोषणा

    काठमाडौं । यतिबेला गायक दुर्गेश थापा चर्चाको केन्द्रमा छन् । ‘ख्यास्स पुतली’ बोलको तीज गीत रिलिज गरेपछि उनको चर्चा चुलिएको छ । राष्ट्रिय लोकगीत तथा दोहोरी प्रतिष्ठानले संस्थागतरुपमै बहिस्कार गर्ने निर्णय गरेपछि त दुर्गेशको चर्चा यत्तिकैमा सीमित छैन ।

    दुर्गेशका प्रशंसकले भने, उनी गीत गाउन स्वतन्त्र हुनुपर्ने र सेन्सरसिप जरुरी नभएको बताउने गरेका छन् । दुर्गेश स्वयमले पनि आफ्नो गीत हीपहप भएको र दोहोरी भएकाले बहिस्कारको कुनै अर्थ नरहेको बताएका छन् ।

    उनले गीतमार्फत आलोचकलाई जवाफ दिने बताएका छन् । उनले केही साताभित्रै ‘बहिस्कार’ बोलको गीत रिलिज गर्ने तयारी गरेका छन् । ‘यही गीतमार्फत म आलोचकलाई जवाफ दिन चाहन्छु’ नेपाल प्रेससँग उनले भने, ‘म आफूमा इमान्दार छु र बहिस्कारले कुनै अर्थ राख्दैन ।’

    प्रतिष्ठानका निवर्तमान अध्यक्ष र सल्लाहकारले पनि अश्लिल लाग्ने शब्दहरु प्रयोग गरेर गीत ल्याएको स्मरण गर्दै दुर्गेशले उनीहरुलाई पनि कार्वाही गर्नुपर्ने अडान राखेका छन् ।

  • अक्षय कुमार स्टारर ‘बेलबटम’ ट्रेलर रिलिज, १९८४ को विमान अपहरणमाथि आधारित छ फिल्म

    अक्षय कुमार स्टारर ‘बेलबटम’ ट्रेलर रिलिज, १९८४ को विमान अपहरणमाथि आधारित छ फिल्म

    मुम्बई । बलिउड खेलाडी अक्षय कुमार नयाँ फिल्म ‘बेलबटम’ ट्रेलरसहित पुनः फर्किएका छन् । १९ अगस्टमा रिलिज हुने फिल्ममा अक्षय एक जासूसको चरित्रमा देखिनेछन् ।

    उनीसहित फिल्ममा वाणी कपुर, हुमा कुरेशी, लारा दत्ता पनि फिचर्ड हुनेछन् । सामाजिक संजालमार्फत अक्षयले ट्रेलर सेयर गरेका छन् ।

    सन् १९८४ मा भएको विमान अपहरण घटनामा फिल्म आधारित छ । लगातार पाँचपटक विमान अपहरणको घटनापछि छानविन गर्न भारतले एक जासूसलाई जिम्मा लगाएको थियो ।

    जसको कोड नाम बेलबटम थियो र उक्त अपहरणमा २१० जनालाई बन्दी बनाइएको थियो । फिल्ममा वाणीले अक्षयकी पत्नीको भूमिका निर्वाह गरेकी छिन् । हुमा कुरेशी छानविनमा सघाउने एक सहयोगीको भूमिकामा छिन् । रञ्जित तिवारी निर्देशित फिल्म अगस्ट १९ मा रिलिज तयारीमा छ ।