Category: कलाप्रेस

  • बेलायतबाट दीपक मैथानेले ल्याए रोमान्टिक गीत ‘बैगुनी’ (भिडिओ)

    बेलायतबाट दीपक मैथानेले ल्याए रोमान्टिक गीत ‘बैगुनी’ (भिडिओ)

    काठमाडौं । कलाकार दीपक मैथाने मगरले नयाँ सांगीतिक कोसेली ‘बैगुनी’ सार्वजनिक गरेका छन् । साउथ ह्यारोमा आयोजित समारोहमा तमु समाज युकेका संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङले भिडिओ सार्वजनिक गरेका हुन् ।

    बेलायतमा छायांकन गरिएको भिडिओमा कलाकार मनिष श्रेष्ठ, पूर्व मिसेस युके नेपाल आस्था जोशी, सन्तोष राई, समिर भट्टराई र अर्जुन लिम्बूको अभिनय छ । गायक प्रमोद खरेलको स्वर रहेको गीतमा मैथानेकै शब्द श्रृजना छ भने म्यूजिक र अरेन्ज बिलन थापा मगरले गरेका छन् । गुल्मीमा जन्मिएर बेलायतलाई कर्मथलो बनाएका मैथाने संगीतमा सक्रिय छन् ।

    गीतको भिडिओ निर्देशन संचारकर्मी कुशल श्रेष्ठले गरेका हुन् । बेलायतका रमणीय र प्रसिद्ध स्थानहरुमा छायांकन गरिएको भिडिओमा प्रेम विछोडमा हुने भावनालाई चित्रण गरिएको छ । भिडिओलाई कलाकार मैथानेकै अफिसियल च्यानल मैथाने इन्टरटेनमेन्ट मार्फत युट्युवबाट रिलिज गरिएको हो ।

  • ब्रेकअपपछि प्रिज्मासँग आकाशले बाँधे जोडी (भिडिओ)

    ब्रेकअपपछि प्रिज्मासँग आकाशले बाँधे जोडी (भिडिओ)

    काठमाडौं । ब्रेकअपपछि आकाश श्रेष्ठ अहिले सिंगल छन् । पूजा शर्मासँग अलग भएपछि आकाश एक्लो छन् । तर, आकाशलाई प्रिज्मा खतिवडाले साथ दिने वचन दिएकी छिन् ।

    स्वरुपराज आचार्य र अस्मिता अधिकारीको नयाँ गीत ‘तिम्रै नगमा गुनगुनाइरहेको…’मा यही भाव समावेश छ । आकाश, प्रिज्मा र प्रिन्सी गीतमा फिचर्ड छन् । गीत र संगीत दीपक सिलवालको छ । सोमबार यो गीतको छायांकन काठमाडौं सम्पन्न भएको छ ।

    माइकल चन्दले निर्देशन गरेको यो भिडिओलाई इन्टरनेटमा रिलिज तयारी भएको छ । गीत छायांकन गर्दै यी तीनैजना कलाकारले नेपाल प्रेससँग भलाकुसारी गरेका छन् ।

    हिजोआज इमोसनल गीतहरु बढी सुन्ने गरेको अनुभव सुनाउँदै आकाशले पूजासँगको ब्रेकअपबारे भने केही बोलेनन् । इमोसनल गीत कहिलेदेखि सुन्न थाल्नुभयो भन्दै पत्रकारले आकाशलाई जिस्काएका थिए । गीतलाई चाँडै युट्युवमा रिलिज तयारी छ ।

    
    
     
     
    
     
     
     
    

  • फिल्म सुटिङको गाडी दुर्घटनामा : एकको घटनास्थलमै मृत्यु, आठजना गम्भीर

    फिल्म सुटिङको गाडी दुर्घटनामा : एकको घटनास्थलमै मृत्यु, आठजना गम्भीर

    काठमाडौं । म्युजिक भिडिओ छायांकन सकेर पोखरादेखि काठमाडौंतर्फ फर्किरहेको गाडीलाई विपरित दिशाबाट आइरहेको भारतीय नम्बर प्लेटको गाडीले ठक्कर दिएको छ ।

    धादिङको गजुरीमा राती साढे १ बजे भएको उक्त दुर्घटनामा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना फिल्म प्राविधिक गम्भीर घाइते भएका छन् । १४ जना फिल्म प्राविधिक चढेको बा ३ ख ४०१४ नम्बरको उक्त ह्याचरलाई ठक्कर दिएको हो ।

    चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाका अनुसार दुर्घटनामा २६ वर्षिया रेनु कुलुङ राईको घटनास्थलमै मृत्यु भएको छ । मृतक युवती म्युजिक भिडिओ निर्देशक परी कुलुङ राईकी बहिनी समेत हुन् ।

    अन्य घाइतेहरुमा फिल्म प्राविधिकहरु दीर्घ गुरुङ, रमेश सुनुवार, श्याम तामाङ, विनोद लामा, नारायण गुरुङ, दीपेन्द्र थपलिया, चालक विजय र सोनी कुलुङ राई गम्भीर छन् ।

    घाइते सबैको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भैरहेको छ । प्राविधिक संघ नेफ्टाले उपचारमा आर्थिक सहयोग गरेको छ । ठक्कर दिने गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • ब्रिटिस गोर्खाको माग तत्काल पुरा गर्न अभिनेत्री लुम्लेको आग्रह

    ब्रिटिस गोर्खाको माग तत्काल पुरा गर्न अभिनेत्री लुम्लेको आग्रह

    लन्डन । अभिनेत्री जोआना लुम्लेले ब्रिटिस गोर्खाको समस्या तत्काल समाधान गर्न बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई आग्रह गरेकी छिन् । बेलायती गोर्खाको अफिसियल वेबसाइटका अनुसार लुम्लेले असमान पेन्सनको नीति अन्त्य गर्न समेत भनेकी छिन् ।

    ७५ वर्षिया हलिउड अभिनेत्रीले दश दिनदेखि बेलायती प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङ स्ट्रिट अघि आमरण अनसन बसेका गोर्खाहरुलाई समेत भेटेकी छिन् ।

    लुम्लेले भनिन्, ‘बहादुर र इमान्दार गोर्खाहरु यसरी भोक हड्तालमा बस्नु निकै दुःखद कुरा हो । सबै गोर्खा भेट्रानहरु हाम्रो मन र मस्तिष्कमा छन् । सरकारले तत्काल माग सुन्नुपर्छ ।’

    ‘अन्यायलाई महसुस गर्ने यो गहिरो अनुभूतिले पक्कै पनि सम्मानित र बहादुरी आत्माहरुलाई यस्तो निर्णय गर्न बाध्य तुल्याएको हुनुपर्छ’ उनले भनिन् । सरकारले तत्काल आन्दोलनकारी गोर्खालाई भेटेर माग पुरा गर्नुपर्ने उनको भनाई छ ।

    लुम्ले लामो समयदेखि गोर्खाली हकाधिकारप्रति क्रियाशिल छिन् । उनका बाबुले गोर्खा रेजिमेन्टमा रहेर लामो समय बेलायती सेनामा सेवा दिएका थिए ।

  • ध्रुव दत्त स्टारर फिल्म ‘उल्झन’ महामारीले डिजिटल प्लेटफर्ममा रिलिज

    ध्रुव दत्त स्टारर फिल्म ‘उल्झन’ महामारीले डिजिटल प्लेटफर्ममा रिलिज

    काठमाडौं । विदेशमा नेपाली युवाले पाउने पीडा र दुःखका कथा समेटिएको फिल्म ‘उल्झन’ युट्युबमा रिलिज भएको छ । राजु अधिकारी निर्देशित यो फिल्म थिएटरमा रिलिज नभई कोभिड महामारीका कारण युट्युबमा रिलिज गरिएको हो ।

    आशुतोष फिल्मसको व्यानरमा निर्माण भएको फिल्ममा स्वदेश फर्किएपछि एक युवाले भोग्ने व्यथालाई प्रस्तुत गरिएको छ । तेजेन्द्र कँडेलको प्रस्तुति र नारायण ढुंगाना कार्यकारी निर्माता रहेको फिल्ममा ध्रुव दत्त, रजनी केसी, रामचन्द्र अधिकारी, विबेनी ढुङगाना, लगायतका कलाकारको अभिनय रहेको छ ।

    सन्तोष अधिकारी र हरि कार्कीले संयुक्त रुपमा निर्माण गरेको फिल्ममा हिरामणि न्यौपाने र दिनेश गौतमको संगीत, रामप्रसाद कँडेलको गीत, कुमार महर्जनको द्वन्द्व, शिव विकको नृत्य, लक्ष्मण घिमिरेको छायांकन र आरती अधिकारी आचार्यको लेखन छ ।

    निर्देशक अधिकारीको अर्को फिल्म ‘माया बस्छ कि के हो’ रिलिजको तयारीमा छ । फिल्म म्यूजिक नेपाल मुभिजको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो । युरोपका विभिन्न स्थानमा छायांकन भएको फिल्म युरोपका विभिन्न देश र लण्डनमा रेडकार्पेट प्रिमियर गरिएको थियो ।

    https://www.youtube.com/watch?v=0PtQKOPkXes

  • हेर्ने हो र देखाइदिम, पुष्प र जिसुको यो कस्तो गीत ?

    हेर्ने हो र देखाइदिम, पुष्प र जिसुको यो कस्तो गीत ?

    काठमाडौं । नेपाली लोकसंगीतमा प्रयोग हुने गरेका शब्दमा बेला बखत विवाद हुने गर्दछ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले पनि दोहोरो अर्थ दिने शब्दहरु प्रयोग नगर्नका लागि कलाकारलाई बारम्बार आग्रह गर्दै आएको छ ।

    तर, गायिका शान्तीश्री परियार र यज्ञ विकको स्वर, राजु सुनामको शब्द तथा संगीतमा तयार भएको ‘हेर्ने हो र देखाइदिम’ बोलको गीतले दुई अर्थ दिने शब्दलाई प्राथमिकता दिएको पाइन्छ ।

    ‘हेर्ने हो र देखाइदिम के के’ भन्दै गायक र गायिकाले गीत गाएका छन् । टीकटकमा अहिले यही हरफ चर्चामा छ । दुई अर्थ दिने भएकाले पनि यो गीत टीकटकमा भाइरल भएको हो । मौसम हिमालको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको यो गीतको भिडियोमा पुष्प खड्का र जिसु कोइरालाको अभिनय छ । भिडियोमा नवराज उप्रेतीको छायांकन, प्रविण भट्टको सम्पादन छ ।

    हेर्नूस गीत :

  • नेपाली हुनुको अर्थ खोज्दै धिरेन शाक्य, ‘मनमनमा’ गीत रिलिज (भिडिओ)

    नेपाली हुनुको अर्थ खोज्दै धिरेन शाक्य, ‘मनमनमा’ गीत रिलिज (भिडिओ)

    काठमाडौं । अभिनेता धिरेन शाक्य अब फिल्मसँगै म्युजिक भिडिओमा व्यस्त हुने तयारीमा छन् । कुनैबेलाका यी हिट अभिनेताको हातमा अहिले केही फिल्म र भिडिओ छन् ।

    धिरेनद्वारा फिचर्ड राष्ट्रिय भावनाले ओतप्रोत गीत ‘मनमनमा माया’ इन्टरनेट रिलिज भएको छ । आइतबार राजधानीमा आयोजित प्रेसमिटमा गीत लन्च गरियो ।

    सुरजकुमार थापाद्वारा संगीतबद्ध गीतमा धिरेन र रीना थापा मगरले अभिनय गरेका छन् । नितिन चन्दले म्युजिक भिडिओ निर्देशन गरेका छन् । वानिका प्रधान र सुरज थापाकै स्वर समावेश छ ।

    हेर्नूस गीत :

  • पवनदीप राजन बने इण्डियन आइडल

    पवनदीप राजन बने इण्डियन आइडल

    एजेन्सी । सवैको अनुमानअनुसार भारतको नेपाली सीमावर्ती क्षेत्र उत्तराखण्डको चम्पावतका पवनदीप राजन इण्डियन आइडल बनेका छन् ।

    हिजो १२ घण्टासम्म चलेको सिजन १२ को फाइनल एपिसोडपछि ६ अन्तिम प्रतिस्पर्धीबीच राजनलाई विजेता घोषणा गरिएको हो ।

    सुरुआतदेखि नै परिपक्व गायनका कारण पवनदीप जजहरुको मात्रै होइन देशभर लोकप्रिय भइसकेका थिए ।

    चम्पावतका २५ वर्षीय राजत गायनका साथसाथै सबै प्रकारका बाजाहरु प्नि बजाउने क्षमता राख्छन् । उनको युट्युव च्यालन हेर्दा उनले नेपालमा आएर समेत प्रस्तुति दिएका छन् ।

    कोरोना महामारीका कारण इण्डियन आईडलको यो सिजन पूरा १ वर्षको रह्यो । एक वर्षअघि स्वतत्रता दिवसका दिन सुरु भएको थियो ।

    यसबीचमा आइडलका प्रतिस्पर्धीहरुसमेत कोरोना संक्रमित भएका थिए । पवनदीप आफैं पनि कोरोनाका कारण दुई सातासम्म आइसोलेसनमा बस्नुपरेको थियो ।

     

  • ग्लोबल एनआरएन गायन आइडलमा छानिए २० उत्कृष्ट प्रतिस्पर्धी

    ग्लोबल एनआरएन गायन आइडलमा छानिए २० उत्कृष्ट प्रतिस्पर्धी

    काठमाडौँ । ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को पहिलो संस्करणमा विश्वका विभिन्न देशबाट भाग लिएका प्रतिभामध्ये उत्कृष्ट २० जना छानिएका छन् ।

    ‘नेपाली कला संस्कृति संरक्षण र पहिचान, एनआरएनए दोस्रो पुस्ताको अभियान’ भन्ने नाराका साथ आयोजित ग्लोबल एनआरएन सिंगिङ आइडल सेकेन्ड जेनेरेसन सिजन–१ को गाला राउन्डको दोस्रो चरणबाट ती उत्कृष्ट २० जना छनौट भएका हुन् ।

    गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्, मध्यपूर्व क्षेत्रीय यूवा समितिले आयोजना गरेको प्रतिस्पर्धाको डिजिटल अडिसन अन्तर्गत ओपनिङ राउन्डको अन्तरा, सारेगमा र पियानो राउन्ड पार गर्दै छनोट भएका २५ जनामध्येबाट उनीहरु छानिएका हुन् ।

    २० जना उत्कृष्ट प्रतिस्पर्धाहरूमा युवराज गुरुङ (क्यानडा), बीबी मल्ल ठकुरी (कुवेत), नरेन्द्र मल्ल (कतार) सन्देश गुरुङ (अमेरिका), गोविन्द गुरुङ (कतार), आकाश न्यौपाने ९जापान०, कविता आरबिएम (युएई), वामदेव भाट (बहराइन), सुरेन घताङ ‘शिव’ (कोरिया), किशोर लम्साल (कतार) रहेका छन् ।

    त्यसैगरी, कपिल पाइजा पुन मगर (आयरल्याण्ड), सागर विश्व सेञ्चुरी (कुवेत), दीपेश सिग्देल (नर्वे), राधिका कुमारी गोले (कोरिया), रामचन्द्र राई (कतार), अमित बिष्ट (युएई), कृष्ण खबास (युएई), प्रतिक सिडब्ल्यूए परियार (बहराइन), सतिश थापा (कतार) र रेशु स्याङतान (बहराइन) उत्कृष्ट २० मा परेका छन् ।

    एनआरएनए मध्यपूर्व युवा विभागका संयोजक राज रेग्मीले निर्णायकको मत र भोटिङमार्फत प्रतिस्पर्धाहरूलाई अघिल्लो चरणका लागि अघि बढाइएको बताए । एनआरएनए मध्यपूर्व युवा संयोजक राज रेग्मीको अध्यक्षतामा शुक्रबार सम्पन्न गाला राउन्डको दोस्रो चरणमा २५ जना प्रतिस्पर्धीहरुले प्रस्तुति दिएका थिए ।

    गैरआवासीय नेपाली संघको काठमाडौंस्थित मुख्यालयमा औपचारिक कार्यक्रम गरेरै डिजिटल अडिसनका लागि छानिएका प्रतिस्पर्धीको घोषणा गर्ने तय भए पनि कोरोना महामारीलाई दृष्टिगत गरी भर्चुअलमार्फत गरिएको रेग्मीले बताए । रेग्मीका अनुसार ग्लोबल एनआरएन सिंगिङ आइडलमा निर्णायकको मत ६० प्रतिशत र भोटिङमार्फत ४० प्रतिशत अंक प्राप्त गर्नेछन् । सोही आधारमा प्रतिस्पर्धी अघिल्लो चरणमा प्रवेश गर्नेछन् ।

    ‘नेपाली कला र संस्कृतिलाई विश्वमा चिनाउनुपर्छ र गैरआवासीय नेपालीहरूलाई नेपालसँग जोड्नुपर्छ भन्ने अभिप्रायले नै हामीले ग्लोबल एनआरए सिंगिङ आइडलको आयोजना गरेका हौं,’ रेग्मीले भने । ग्लोबल एनआरएन सिंगिङ आइडलका विजेताले ७ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।

    त्यसैगरी, दोस्रो पुरस्कार चार लाख रुपैयाँ, तेस्रो पुरस्कार दुई लाख रुपैयाँ, चौथो पुरस्कार एक लाख रुपैयाँ र पाँचौं पुरस्कार ५० हजार रुपैयाँ तोकिएको छ । ग्राण्ड फिनालेमा प्रवेश पाउने ५ जना प्रतियोगीहरूलाई गीति एल्बममा गीत गाउने अवसर प्रदान गरिने छ ।

    ग्लोबल एनआरएन सिंगिङ आइडलका निर्णायकहरू गायक उदय सोताङ, विजय लामा, गायिका प्रश्ना शाक्य र सुनिता दुलाल छन् ।

    ‘गैरआवासीय नेपालीहरू कला र संगीतप्रति प्रतिबद्ध’

    गैरआवासीय नेपाली संघ एनआरएनए आइसिसीका अध्यक्ष कुमार पन्तले नेपाली भाषा, कला र संस्कृति असाध्यै धनी रहेको बताउँदै यसलाई विश्वभरि फैलाउनका लागि दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरूको भूमिका महत्त्वपूर्ण रहने बताए । ग्लोबल एनआरएन सिंगिङको विजेता जो भए पनि कार्यक्रम सफल हुँदा सबै गैरआवासीय नेपालीहरूले जित्ने धारणा राख्दै अध्यक्ष पन्तले नेपाली संगीतको विश्वव्यापीकरणका लागि दोस्रो पुस्ताले अझै रचनात्मक कार्यहरू गर्न सक्ने धारणा व्यक्त गरे ।

    त्यसैगरी गैरआवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामाले कला र संस्कृति देशको पहिचानसँग जोडिने भएकाले जो–जहाँ पुगे पनि यसको श्रीवृद्धिमा लाग्नु पर्ने सुझाव दिए । उपाध्यक्ष लामाले देशभन्दा बाहिर रहे पनि नेपालीहरू आफ्नो देशको कला र संगीतलाई अघि बढाउन प्रतिबद्ध छन् भन्ने पुष्टि ग्लोबल एनआरएन सिंगिङ आइडलको उपस्थितिले पुष्टि गरेको बताए ।

  • पछिल्लो साता युट्युवमा सर्वाधिक हेरिएका टपटेन नेपाली गीत (सूची तथा भिडिओसहित)

    पछिल्लो साता युट्युवमा सर्वाधिक हेरिएका टपटेन नेपाली गीत (सूची तथा भिडिओसहित)

    काठमाडौं । प्रकाश सपूतद्वारा संगीतबद्ध तीज गीत ‘कुरा बुझ्न पर्च’ यो साता युट्युवमा सबैभन्दा बढी हेरिने नेपाली गीत बनेको छ । आँचल शर्मा र स्वस्तिमा खड्का फिचर्ड गीतले महिला सशक्तीकरणको सन्देश दिन्छ । पछिल्लो सात दिनमा मात्र यसलाई युट्युवमा ५३ लाख ७० हजार ४२६ पटक हेरीएको छ भने अहिलेसम्म ५७ लाख ३१ हजार ४०९ पटक हेरिएको छ ।

    सम्राट चौलागाईको स्वरमा रहेको गीत ‘सम्झिनी पानी छम्किनी’ दोस्रो सर्वाधिक हेरिने गीत बनेको छ । यो गीतलाई एक सातामा ४५ लाख ५३ हजार १९३ पटक हेरिएको छ भने कूल भ्यूज १ करोड २९ लाख ८ हजार ७३६ छ ।

    मेलीना राईको स्वरमा रहेको ‘आयो तीजको लहर’ यो सातामा १८ लाख ३ हजार ४४ पटक हेरिएको छ भने कूल भ्यूज संख्या १८ लाख ३ हजार ४४ रहेको छ । रुटिन अफ नेपाल बन्दले तयार पारेको पछिल्लो सूचीमा यो साता नयाँ गीतहरु समावेश भएका छन् ।

    हेर्नूस् साताको भ्यूज सूची :

    १. ‘कुरा बुझ्न पर्च’ (प्रकाश सपूत)  : ५३ लाख ७० हजार ४२६

    २. ‘सम्झिनी पानी छम्किनी’ (समराट चौलागाई) : ४५ लाख ५३ हजार १९३

    ३. ‘आयो तीजको लहर’ (मेलीना राई) : १८ लाख ३ हजार ४४

    ४. ‘जोखौं माया’ (मेलीना राई – विष्णु घिमिरे) : १७ लाख ४६ हजार ६४६

    ५. ‘बिच्च बिच्चमा–५’ ( दुर्गेश थापा) : १३ लाख ७४ हजार ७७८

    https://www.youtube.com/watch?v=FKhAWKUk-xI

    ६. ‘तिम्रो मनमा ए कान्छा’ (निकीता थापा) : १० लाख ६४ हजार ७०७

    ७. ‘माया बिरानी –२’ (महेश काफ्ले) : ९ लाख ५९ हजार २९७

    ८. ‘सोल्टी राजाको टुम्लेट’ (प्रीति आले) : ९ लाख ४१ हजार ६२

    ९. ‘नाँची देउ पुतली’ (खुमन अधिकारी–सुनिता दुलाल) : ७ लाख ६३ हजार ७७६

    १०. ‘कुरा काटन’ (खुमन अधिकारी)  :  ७ लाख ५ हजार १४२

  • फिल्म क्षेत्रको ऋण तिर्ने भाखा एक वर्षलाई थपियो, निर्माता र हल संचालकलाई राहत

    फिल्म क्षेत्रको ऋण तिर्ने भाखा एक वर्षलाई थपियो, निर्माता र हल संचालकलाई राहत

    काठमाडौं । कोभिड-१९ महामारीले प्रभावित भएर ऋणको सावाँब्याज तिर्न नसकेका चलचित्र क्षेत्रका ऋणीलाई पनि सरकारले भुक्तानीको अवधि थप गरेको छ । शुक्रबार सार्वजनिक गरिएको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा उल्लेख भएको यो व्यवस्थाले केही हदसम्म भएपनि फिल्म क्षेत्रलाई राहत मिलेको छ ।

    कोभिड-१९ बाट अति प्रभावित चलचित्र क्षेत्रमा प्रवाह भएको कर्जा बैंक तथा वित्तीय संस्थाले मूल्याङ्कन गरी २०७८ पुस मसान्तसम्ममा पुनरसंरचना तथा पुनरतालिकीकरण गर्न सक्ने व्यवस्था मिलाइने जनाइएको छ । यस्तै, मनोरञ्जन व्यवसायका ऋणीले २०७८ पुससम्म भुक्तान गर्नुपर्ने साँवा तथा ब्याज दायित्वको समयावधि एक वर्षसम्म थप गरी कम्तिमा चार किस्तामा भुक्तानी गर्न सक्ने व्यवस्था गरिने जनाइएको छ ।

    यसअघि सरकारले असार मसान्तसम्म ऋण तिर्नुपर्ने जनाएको थियो । तर, मौद्रिक नीतिमा भाखा एकवर्षलाई थप गरिएपछि यसले फिल्म निर्माता र हल संचालकलाई ठूलो राहत मिलेको छ । महामारीको दोस्रो लहरको कारण अहिले मुलुकभरका ११० वटा भन्दा बढी फिल्म हल बन्द छन् भने कतिपयले ऋण लिएर पनि व्यवसाय थालेका थिए ।

  • सुरेन्द्र बसेलको निर्देशन एंव कोरियोग्राफीमा ‘मार्सी चामल’ भिडियो सार्वजनिक (भिडियो)

    सुरेन्द्र बसेलको निर्देशन एंव कोरियोग्राफीमा ‘मार्सी चामल’ भिडियो सार्वजनिक (भिडियो)

    काठमाडौं । गायक दुर्गा पराजुली र गायिका सुनिता थेगिमको स्वरमा रहेको पुर्वेली लोक भाका ‘मार्सी चामल’ म्युजिक भिडियो सार्वजनिक भएको छ । दुर्गा पराजुलीको शब्द तथा संगीत रहेको गीत पुर्बेली भाकामा बनेको छ ।

    सुरेन्द्र बसेलले निर्देशन तथा कोरियोग्राफी गरेको ‘मार्सी चामल’ गीतको भिडियोमा स्वयम सुरेन्द्र बसेल, हरिश निरौला (कक्रोच), अञ्जली अधिकारी र जुना सुन्दासको अभिनय रहेको छ । दिनेश पराजुलीले छायाँकन गरेको भिडियोको सम्पादन विकाश धमलाले गरेका छन्।

    भिडियो द डिभाइन म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

  • ‘रोडिज’ अवतारमा लाउरे र अनुपदेखि दियासम्म (तस्विरहरु)

    ‘रोडिज’ अवतारमा लाउरे र अनुपदेखि दियासम्म (तस्विरहरु)

    काठमाडौं । नेपाली टेलिभिजनमा तन्नेरी पुस्ताले निकै रुचाएको एड्भेन्चर रियालिटी सो ‘रोडिज’को चौंथो संस्करण आरम्भ भएको छ । शुक्रबार राजधानीको एक पाँचतारे होटलमा चौंथो सिजनको घोषणा गरियो ।

    फिल्म निर्देशकको रुपमा कहलिएका सिमोस सुनुवारले निर्देशकीय जिम्मेवारी लिएपछि रोडिजको आउँदो सिजनलाई लिएर निकै आशा राखिएको छ । सिमोसले आफ्नो प्राविधिक कला र प्रतिभालाई प्रस्तुत गर्ने तयारी गरेका छन् ।

    अबको दुई सातामा बीपी राजमार्गदेखि छायांकन सुरु हुने सोजलाई नेपालका विभिन्न स्थानमा सुट गरिनेछ । यसपटक पनि आशिष राना लाउरे, दिया मास्के, अनुपविक्रम शाही र अघिल्लो रोडिजका विजेता समन श्रेष्ठ निर्णायक छन् । आयोजित प्रेसमिटमा चारैजना जज् आफ्नो रोडिज अवतारमा देखिए ।

    होस्टको रुपमा रेमनदास श्रेष्ठ प्रस्तुत हुनेछन् । रोडिज इन्डियाको फ्रेमवर्कभित्रै रहेर कार्यक्रम संचालन गरिने निर्देशक सुनुवारले बताए । यसपटक पनि रोडिज इन्डियाका विजेतालाई अतिथिको रुपमा ल्याउने तयारी भएको छ ।

  • ‘रोडिज’ चौंथो सिजनको औपचारिक घोषणा, यस्ता छन् नयाँ सिजनका विशेषता

    ‘रोडिज’ चौंथो सिजनको औपचारिक घोषणा, यस्ता छन् नयाँ सिजनका विशेषता

    काठमाडौं । नेपाली एड्भेन्चर रियालिटी सो हिमालय रोडिजको चौंथो सिजन सुरु भएको छ । शुक्रबार राजधानीमा आयोजित प्रेसमिटमा सोको औपचारिक घोषणा गरियो ।

    कोरोनाभाइरस महामारीको कारण ढिला सुरु भएको चौंथो सिजनको डिजिटल अडिसन पनि सुरु भएको छ । कोभिड-१९ संक्रमणलाई ध्यानमा राख्दै यसपटक डिजिटल अडिसन आयोजना गरिएको हो ।

    चौंथो सिजनको नारा ‘सिजन अफ सर्भाइभल’ राखिएको छ । एन्ड्रोइड अपरेटिङ सिस्टम रहेको मोबाइलबाट एप डाउनलोड गरी अडिसन फर्म भर्न सकिने भएको छ ।

    हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले महामारीबाट बच्दै सोजको कामलाई अगाडि बढाइने बताए । यसपटकको सिजनलाई फिल्म निर्देशक समेत रहेका सिमोस सुनुवारले निर्देशन गर्ने भएका छन् । यसअघिका तीन सिजनलाई अमनप्रताप अधिकारीले निर्देशन गरेका थिए ।

    नयाँ सिजन युवापुस्ताको संघर्षमा केन्द्रित रहने निर्देशक सुनुवारले बताए । नयाँ पात्र र नयाँ विषयवस्तुमार्फत नेपाली युवाको संघर्षलाई चित्रण गर्ने उनले जनाए ।

    यो सिजनको निर्णायकमा अनुपविक्रम शाही, दिया मास्के, आशिष राना लाउरे र समन श्रेष्ठ रहेनछन् । होस्टमा चाहिँ रेमनदास श्रेष्ठ रहने भएका छन् ।

    भारतको भायकम-१८ को लाइसेन्स लिएर हिमालय टेलिभिजनले कार्यक्रम उत्पादन र प्रसारण गर्दै आएको छ । डिजिटल अडिसनको समय दुई साता राखिएको छ र त्यसपछि फिजिकल अडिसन बोलाउने तयारी छ । असोजको पहिलो साताबाट कार्यक्रम प्रसारण हुने जनाइएको छ । ।

  • अन्ततः गायिका ब्रिट्नी स्पियर्सलाई मिल्यो अभिभावकत्वबाट उन्मुक्ति

    अन्ततः गायिका ब्रिट्नी स्पियर्सलाई मिल्यो अभिभावकत्वबाट उन्मुक्ति

    लस-एन्जल्स । गायिका ब्रिट्नी स्पियर्सका बुवा जेमी छोरीको अभिभावकत्व (कन्जरभेटर)बाट हट्न सहमत भएका छन् । स्पियर्सका न्यायिक वकिलले जेमीलाई उक्त भूमिकाबाट हटाउन दायर गरेको एउटा याचिकाको दुई सातापछि उनले हट्ने निर्णय गरेका हुन् ।

    तर, कुन समयदेखि अभिभावकत्वबाट हट्नेछन् भन्ने कुराको यकिन भएको छैन । हलिउड रिपोर्टर म्यागजिनले समाचारको पुष्टि गरेको छ । १३ वर्षदेखि स्पियर्सको कन्जरभेटर बनेका बुबा पछिल्लो दुई महीनामा उत्पन्न विवादकै कारण हट्न सहमत भएका हुन् ।

    आफ्ना बुवाले अभिभावकत्व ग्रहण गरेर आफ्नो स्वतन्त्रता र खुशि लुटेको भन्दै मिडियामा अन्तर्वार्ता दिएपछि स्पियर्स चर्चामा थिइन् । जुन २३ को अदालती सुनुवाईमा स्पियर्सले निकै भावुक बयान दिएकी थिइन् जहाँ आफ्ना पिताले विहे, करियर लगायतका काममा अवरोध गरेको बताएकी थिइन् । कन्जरभेटरको नाममा आफूलाई शोषण गरेको र आफू खुशि नभएको गायिकाले बताएकी थिइन् ।

  • स्वास्थ्य मन्त्रालयको आयोजनामा भर्चुअल म्युजिकल कन्सर्ट आयोजना (भिडिओ)

    स्वास्थ्य मन्त्रालयको आयोजनामा भर्चुअल म्युजिकल कन्सर्ट आयोजना (भिडिओ)

    काठमाडौं । कोभिड-१९ संक्रमण रोकथामका लागि मास्कको प्रयोगबारे जनचेतना जगाउन स्वास्थ्य मन्त्रालयले भर्चुअलरुपमा लाइभ कन्सर्टको आयोजना गरेको छ ।

    अहिले लाइभ भैरहेको कन्सर्टमा नेपालका चर्चित कलाकारहरुले गायकी प्रस्तुत गरिरहेका छन् । नेपाली फिल्म, संगीत र खेलकुदका हस्तीले मास्कको उचित प्रयोगका लागि समेत आह्वान गरिरहेका छन् ।

    स्वास्थ्य मन्त्रालयले अहिले मास्क सप्ताह मनाइरहेको छ । ‘म जिम्मेवार नेपाल’ नारासहित भर्चुअल म्युजिक कन्सर्टको आयोजना गरिएको हो ।

  • टीका प्रसाईको तीज गीतमा दाइजो कूप्रथाको चित्रण (भिडिओ)

    टीका प्रसाईको तीज गीतमा दाइजो कूप्रथाको चित्रण (भिडिओ)

    ‘दाइजोको निहुँमा
    गाली खाँदै
    मरेतुल्य भइसकेँ म…

    सहनु नै मेरो भाग्य हो कि
    हे दैव मलाई
    मलाई सहने शक्ति देऊ’

    प्रस्तुत शब्दहरु गायिका टीका प्रसाईद्वारा स्वरबद्ध गीत ‘दाइजो’मा समावेश छन् । हारितालिका तीज छेकोमा रिलिज गरिएको यो गीतले दाइजो कूप्रथाको पीडालाई प्रस्तुत गर्छ ।

    राजु सिंहद्वारा संगीतबद्ध गीतमा आनन्द बज्राचार्यका शब्द र प्रसाइका शब्द समावेश छन् । यसअघि युट्युवमा हिट तथा रोमान्टिक गीत पस्किएकी गायिका प्रसाईले यसपटक भने नारी पीडाको यथार्थलाई उजागर गर्ने गीत पस्किएकी छिन् ।

    ‘तीज पर्व संयोग मात्र हो । दाइजोको समस्या समाजमा सँधै भरि हुने गरेको छ र यसलार्ई चित्रण गरेकी हुँ’ प्रसाईले नेपाल प्रेसलाई भनिन्, ‘तीज भनेकै महिलाहरुको पर्व भएकाले यसले पनि महिलाकै समस्यालाई प्रस्तुत गरेको छ ।’

    हेर्नूस् गीत :

  • एकसातामा श्रीनिवासका दुई थारु गीत सार्वजनिक

    एकसातामा श्रीनिवासका दुई थारु गीत सार्वजनिक

    रूपन्देही । पत्रकारिता र साङ्गीतिक क्षेत्रलाई मुख्य पेशा बनाएका गायक श्रीनिवास थारुले एकपछि अर्को धमाकेदार गीत ल्याएका छन्।

    ‘चोरी चोरी से’ बोलको गीत एक हप्ताअघि भिडिओ सार्वजनिक गरेका उनले नागपञ्चमीको दिन पारेर अर्को ‘लेहेंगावाली के चक्करमे’ गीत सावर्जनिक गरेका छन्।

    उनको पहिलो गीतमा थारु सुपर स्टार नरेश चौधरी र छोटो समयमै निकै नै चर्चा बटुल्न सफल मोडल मधु चौधरीको युगल जोडीले नृत्य गरेका छन्। स्वरमा भने श्रीनिवासलाई चर्चित गायिका अन्नु चौधरीले साथ दिएकी थिइन्।

    सेबिल ईन्टरटेन्मेन्ट च्यानलले निर्माण गरेको सो गीत रिलिज भएको एकसातामा २ लाख बढी पटक हेरिएको छ। गीतका निर्माता अमेरिका निवासी कलाकार तथा समाजसेवी लोकेन्द्रराज चौधरी रहेका छन्।

    नागपञ्चमीसंगै थारु समुदायको गुरही पर्वको अवसर पारेर ‘लेहेंगावाली के चक्करमे’ बोलको गीत सार्वजनिक गरेको चौधरीले बताए। यो गीतमा पनि चर्चित गायिका अन्नु चौधरीले साथ दिएकी छन् । एक बर्षअघि ‘लेहेंगावाली ओए छैली’ गीतको भाग २ को रुपमा यो गीतलाई प्रस्तुत गरिएको उनले बताए।

    उमेश मुस्कानको शब्द सङ्गित, केशव बडुको संगीत संयोजन रहेको गीतलाई विक्रम चौहानले निर्देशन गरेका छन्। कपिलवस्तुका विष्णु चौधरी र दाङ्ग देउखुरीकी सिरु चौधरीले यो गीतमा डेब्यु गरेका छन्। टीकटकमा निक्कै भाइरल भैरहेको यो गीत पनि सेबिल ईन्टरटेन्मेन्ट च्यानलमार्फत युट्युबमा रिलिज गरिएको छ।

  • तीज गीत ‘दिदी-बहिनी’मा दीपाश्री र रजनीको छमछमी (भिडियो)

    तीज गीत ‘दिदी-बहिनी’मा दीपाश्री र रजनीको छमछमी (भिडियो)

    काठमाडौं । हिन्दु नारीहरुको महान पर्व तीज नजिकिए संगै बजारमा तीज गीत निकाल्ने लहर बढ्दै गएको छ । कोभिड-१९ ले फिल्म क्षेत्र ठप्प भएपछि कलाकारहरु म्युजिक भिडियोतर्फ आकर्षित भएका छन् ।

    पछिल्लो समय कलाकर एबम निर्देशक दिपाश्री निरौला पनि म्युजिक भिडियोतर्फ देखिन थालेकी छिन् । दिपाश्री निरौला निर्देशित र अभिनित तीज गीत ‘दिदी-बहिनी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।

    श्रीकृष्ण बम मल्लको शब्द र संगीत रहेको ‘दिदी-बहिनी’मा दिपाश्री निरौला, निर्मल शर्मा, गजीत विष्ट, सुमन गिरी र रजनी केसी लगायतका कलाकारले अभिनय गरेका छन् ।

    शान्तीश्री परियार, लक्ष्मी मल्ल र श्रीकृष्ण बम मल्लको स्वर रहेको गीतमा योगेश काजीको एरेन्ज रहेको छ ।

  • आँचलले भनिन् : पुरुष कलाकारभन्दा स्वस्तिमासँग मेरो जोडी जम्यो

    आँचलले भनिन् : पुरुष कलाकारभन्दा स्वस्तिमासँग मेरो जोडी जम्यो

    काठमाडौं । युट्युव ट्रेन्डिङको शीर्षस्थानमा पुगेको गीत ‘कुरा बुझ्न पर्च’ अहिले चर्चामा छ । त्यो भन्दा अर्को चर्चा यी गीतमा सँगै फिचर्ड भएका दुई नायिका स्वस्तिमा खड्का र आँचल शर्मालाई लिएर भैरहेको छ ।

    प्रकाश सपुतद्वारा संगीतबद्ध गीतमा आँचल र स्वस्तिमाले जोडी बाँधेका छन् । बिहीबार राजधानीमा आयोजना गरिएको गीतको सक्सेस-सेलिव्रेसन प्रेसमिटमा आँचल र स्वस्तिमा दुबै खुलेर प्रस्तुत भए ।

    गीतमा पुरुषसँग जोडी बाँध्नुभन्दा स्वस्तिमासँग जोडी बाँध्दा आफूलाई रमाइलो लागेको र राम्रो प्रतिक्रिया मिलेको आँचलले बताइन् । ‘केटाभन्दा स्वस्तिमासँग जोडी बाँध्दा रमाइलो भयो’ आँचलले भनिन्, ‘मनमाया र फूलमायाको यो जोडीलाई दर्शकले पनि रुचाउनुभएको छ ।’

    साथै, लिरिक्सको कारण आफूले गीतमा फिचर्ड हुने सोच बनाएको आँचलले बताइन् ।

    प्रायः म्युजिक भिडिओमा केटा र केटीलाई जोडी बाँध्ने गरिएपनि गायक तथा संगीतकार सपुतले यसमा चाहिँ केटी–केटीको जोडी बाँधेका छन् । प्रेसमिटमा दुई विवाहित नायिका समेत रहेका आँचल र स्वस्तिमाले आफूहरुको वैवाहिक जीवन रमाइलोसँग बितिरहेको बताए ।