Category: कलाप्रेस

  • सेलेव्रिटी तीज : घरमै दर खानेदेखि भर्चुअल गेट-टुगेदरसम्म

    सेलेव्रिटी तीज : घरमै दर खानेदेखि भर्चुअल गेट-टुगेदरसम्म

    काठमाडौं । कोरोनाभाइरस महामारीले चाडपर्व मनाउने स्टाइलमा परिवर्तन आएको छ । भीडभाड गर्ने, दर खाने, नाचगान गर्नेजस्ता विगतका शैलीमा यसपटक बदलाव देखिएको छ । सीमित संख्यामा उपस्थित भएर नाचगान गर्नेदेखि भर्चुअलरुपमा तीज मनाउने ट्रेन्ड कोरोना महामारीपछि देखिएको छ ।

    स्वास्थ्य मन्त्रालयले भीडभाड नगरी तीज मनाउन आग्रह गरेको छ । महामारीले गर्दा पर्व मनाउने विगतको शैली खलबलिएको छ । कुनैबेला नेपाली फिल्म र संगीत क्षेत्रमा धुमधामपूर्वक तीज मनाउने, दर खाने र नाचगान गर्ने कार्यक्रम आयोजना हुन्थे । तीजमा फिल्म रिलिज गर्न निर्माताहरुबीच होड हुन्थ्यो । तर, महामारीले गर्दा यसबेला तीज सुस्ताएको छ ।

    फिल्म क्षेत्रको यसवर्षको तीज भर्चुअलदेखि सीमित आयाममा खुम्चिएको छ । कुनैबेला आफ्नै घर र ब्यांक्वेटमा तीज कार्यक्रम आयोजना गर्ने सेलेव्रिटीसँग अहिले कुनै योजना छैन । विगतका तीजमा करिश्माको गोदावरीस्थित घरमा भव्य जमघट हुन्थ्यो । सेलेव्रिटी भेला भएर दर खान्थे र हर्षोल्लास मनाउँथे । यसपटक करिश्मासँग न त तीजको योजना छ न त तीज सेलिव्रेसन गर्ने परिस्थिती पनि ।

    नेपाल प्रेससँग कुरा गर्दै कलाकारले आफूहरुको तीज योजना सामान्य रहेको र घरपरिवारमै सीमित भएर मनाउने बताएका छन् । कतिपयले भर्चुअलरुपमा मनाउने योजना बुनेका छन् । कोरोना कहरमा तीजको रौनकतमा उत्साह आउन नदिन कलाकारले सानोतिनो गेट-टुगेदर पनि बोलाएका छन् । तीज मनाउनेबारे केही सेलेव्रिटीले नेपाल प्रेससँग कुरा गरेका छन् ।

    करिश्मा मानन्धर

    यसअघि तीजमा करिश्माले गोदावरीस्थित घरमा कलाकार र नजिकका साथीहरुलाई बोलाएर तीज मनाउँथिन् । प्रायः पर्वमा उनको घरमा कलाकारको जमघट हुन्थ्यो । यसवर्ष भने उनले तीज मनाउने कुनै योजना बनाएकी छैनन् । भदौ ३० गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षा तयारीमा करिश्मा जुटेकी छिन् । बिजनेसको जिम्मा छोरी कविता र घरको काम पति विनोदलाई दिएर करिश्मा अहिले परीक्षा तयारीमा छिन् । तीजको दिनमा आफू निकट साथीभाइलाई बोलाउने र दर खाने उनको तयारी छ ।

    दीपाश्री निरौला

    महामारीको कारण घरपरिवारसँगै तीज मनाउने दीपाश्रीको योजना छ । विराटनगरबाट उनका बुवा र दिदी काठमाडौं आइपुगेकाले यसपटक घरमै रहेर मनाउने दीपाको तयारी छ । नेपाल प्रेससँग कुरा गर्दै उनले यसपाली भर्चुअल माध्यमबाट तीज मनाउने बताइन् । ‘पशुपतिनाथको दर्शन गरेर तीज मनाउने योजना गरिरहेकी छु । पहिला तीज आउनु अगाडि नै दर खाने कार्यक्रम आयोजना गरिन्थ्यो भने यस वर्ष भर्चुअलमा सीमित हुनेछौं’ दीपाश्रीले बताइन् ।

    वर्षा शिवाकोटी

    कोरोना महामारीले गर्दा वर्षाले तीजको कुनै योजना बनाएकी छैनन् । घरमा बसेर आफन्तसँग भेट्घाट गरेर तीज मनाउने उनको योजना छ । ‘विगतको जस्तो भेटघाट गर्ने समय पनि छैन । त्यसकारण कतै नगई परिवारसँग बसेर सेलिब्रेट गर्ने योजना रहेको छ’ उनले भनिन् ।

    टीका प्रसाईं

    तीज मनाउने तयारी नगरे पनि परिवारसँग दर खाने, व्रत बस्ने र आफन्तसँग भेटघाट गर्ने तयारीमा गायिका टीका छिन् । ‘धेरैजनासँग भेटघाट गर्ने योजना छैन । कोरोना महामारीले गर्दा टाढा जान सक्ने अवस्था पनि छैन । जो जहाँ छौं त्यही बसेर भर्चुअल माध्यमबाट कुराकानी गरेर तीज मनाउने योजना छ’ नेपाल प्रेससँग उनले भनिन् ।

  • वाइसीएलले दुर्गेश थापा र भिटेनलाई भित्र्याउने

    वाइसीएलले दुर्गेश थापा र भिटेनलाई भित्र्याउने

    काठमाडौं । माओवादी केन्द्र निकट युवा संगठन वाइसीएल इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले गायकद्धय दुर्गेश थापा र भिटेनलाई भित्राउने बताएका छन् ।

    वाइसीएल र अखिल क्रान्तिकारीको चितवनमा आयोजित संयुक्त भेलामा बोल्दै दीपशिखाले उक्त कुरा बताएका हुन् । ‘हामी भिटेन र दुर्गेश थापालाई पनि वाइसीएलमा ल्याउँछौं’ उनले भने ।

    जनयुद्धमा बन्दुक बोकेर हिँड्ने युवाहरुको दस्ता वाइसीएल रहेकोमा परिवर्तित सन्दर्भमा प्रविधिको उपयोग हुने अत्याधुनिक युवाहरुलाई पनि संगठनमा ल्याउने तयारी रहेको दीपशिखाको भनाई थियो ।

    दुर्गेश र भिटेनजस्ता युवाहरुलाई युवामा ल्याएर अब्बल दस्ता निर्माण गर्ने उनको भनाई छ । वाइसीएललाई सहरमा लोकप्रिय र सबैभन्दा ठूलो संगठन बनाइने उनको भनाई छ ।

    ‘समाजका सबै युवाहरुलाई हामी वाइसीएलमा ल्याउँछौं’ उनले भने, ‘एउटा राम्रो खेलाडी, राम्रो कलाकार, उत्कृष्ट विद्यार्थी वा समाजमा योगदान गरेका व्यक्तिलाई वाइसीएल बन्न लामो समय कुरेर क्रियशिल भइरहन जरुरी हुन्न ।’

    सो इच्छाकामना भेलाले वाइसीएल अध्यक्षमा झलक गुरुङ र अखिल क्रान्तिकारी अध्यक्षमा सुमित्रा प्रजाको नेतृत्वमा नयाँ टीम निर्वाचित गरेको छ ।

  • पिताको सम्झनामा आमेशले ल्याए गीत, शोभितसँग मिल्यो बाबुको यस्तो केमेस्ट्री (भिडिओ)

    पिताको सम्झनामा आमेशले ल्याए गीत, शोभितसँग मिल्यो बाबुको यस्तो केमेस्ट्री (भिडिओ)

    काठमाडौं । अभिनेता आमेश भण्डारीले दिवंगत पिताको सम्झञनामा गीत सार्वजनिक पारेका छन् । मंगलवार बुबाको मुख हेर्ने दिनको अवसर पारेर उनले ‘बाबा’ बोलको गीत सार्वजनिक गरेका हुन् । गीतमा आमेशकै स्वर, शब्द र संगीत रहेको छ । भिडिओमा उनी आफै फिचर छन् भने उनको पिताको भूमिका शोभित बस्नेतले निभाएका छन् । त्यस्तै, आमेशको बाल्यकालको भूमिकामा अबश्य भण्डारी फिचर छन् ।

    यसै बर्ष आमेशका पिताको निधन भएको थियो । उनी पिताकै साथ, हौसला र प्रेरणाले फिल्म क्षेत्रमा आएका थिए । पितासँग उनको साथीको जस्तो सम्बन्ध थियो । पिताको निधनपछि विक्षिप्त भएका आमेश लामो समय आँशुमा डुबेका थिए । गीतको भिडियोमार्फत उनले पिताले आफूलाई गर्ने प्रेम देखाएका छन् । गीतका शब्द निकै मर्मस्पर्शी छन् ।

    गीत सार्वजनिक गर्दै आमेशले भनेका छन्, ‘मैले बुबालाई समर्पित गरेर बुबाको सम्झनामा यो गीत बनाएको हुँ । म जस्तै धेरैले आफ्नो बुबा गुमाउनुभएको छ । सबैलाई मेरो जस्तै पीडा हो । हिम्मत हार्नु हुँदैन, अगाडि बढ्न छाड्नु हुँदैन बुबा सधैं साथमा हुनुहुन्छ भन्ने सन्देश गीतमार्फत दिन खोजेको छु ।’ भिडियोमा पिता र सन्तानबीचको भावनात्मक सम्बन्धलाई निकै मनछुने ढंगबाट देखाइएको छ ।

    सुरेश न्यौपानेको कन्सेप्ट र निर्देशन रहेको भिडियोलाई संकल्प भुजेलले खिचेका हुन् । दिन्सन शाहको सम्पादन र कलर, करिश्मा केसीको आर्ट डिरेक्सन, केवलमान सिंह बस्नेत प्रोडक्सन म्यानेजर रहेको गीतको भिडियोका क्रियटिभ हेड सलोन बस्नेत हुन् । आमेशले यसअघि ‘मेरो लागि तिमी’, नम्बर १०८’ गीत पनि गाइसकेका छन् । ‘फूलै फूलको मौसम तिमीलाई’ बाट नायकको रुपमा डेब्यू गरेका उनले ‘तँ म र ऊ’ र ‘मेला’ चलचित्रमा पनि अभिनय गरेका छन् ।

  • लोकेसन हन्टिङ गर्न बलिउड निर्देशक सुरज वर्जत्य नेपाल आइपुगे

    लोकेसन हन्टिङ गर्न बलिउड निर्देशक सुरज वर्जत्य नेपाल आइपुगे

    काठमाडौं । बलिउड फिल्म ‘उचाई’ छायांकनको लागि ‘लोकेसन हन्टिङ’ गर्न बलिउड निर्देशक सुरज वर्जत्यसहितको टोली नेपाल आइपुगेको छ ।

    निर्देशक वर्जत्सयसहित निर्माण युनिटको टोली आज हिमालपारिको जिल्ला मनाङको सदरमुकाम चामे पुगेको छ ।

    मनाङ पछि उक्त टोली मुस्ताङ जाने कार्यक्रम रहेको फिल्मको नेपाल व्यवस्थापनको जिम्मा लिएको कम्पनी थ्री ह्विलर्सले जनाएको छ ।

    अक्टोबर ५ देखि नेपालको हिमाली जिल्लाहरुमा फिल्म सुटिङ हुँदैछ । अमिताभ बच्चन, डेनी डेनजोङ्पा, अनुपम खेर, बोमन इरानी र परिणिती चोपडा लगायतका कलाकार नेपाल आउने कार्यक्रम छ ।

    मित्रताको कथा प्रस्तुत गर्ने फिल्मलाई नेपालको लुक्ला, नाम्चे, लाङटाङमा छायांकन गरिने भएको छ ।

  • कमेडी च्याम्पियनका फाइनलिस्ट भरतमणिको समर्थनमा झापामा मोटरसाइकल र्‍याली

    कमेडी च्याम्पियनका फाइनलिस्ट भरतमणिको समर्थनमा झापामा मोटरसाइकल र्‍याली

    काठमाडौं । टिभी रियालिटी शो कमेडी च्याम्पियनका एक फाइनलिस्ट भरतमणि पौडेलको पक्षमा झापामा मोटरसाइकल र्‍याली आयोजना गरिएको छ । भद्रपुर एयरपोर्टंदेखि विर्तामोडसम्म निकालिएकाे र्‍यालीका क्रममा समर्थकहरुले उनलाई कमेडी च्याम्पियनमा जिताउन आह्वान गरे ।

    र्‍यालीमा सहभागीहरुले ‘भोट फर भरतमणि’ भन्दै नारा लगाएका थिए । गलाभरी माला र खादा भिरेका भरतमणिले अभिवादन गर्दै हात हल्लाएइरहेका थिए । उनले पनि आफूलाई कमेडी च्याम्पियन बनाउन भोट अपिल गरे ।

    मोटरसाइकल र्‍यालीमा भाग लिएर भरतमणि आफ्नो गृहजिल्ला ताप्लेजुङतिर लागेका छन् । कमेडी च्याम्पियनको फाइनल आगामी २ असोजमा हुँदैछ । फाइनलमा भरतमणिसहित सन्तोष थापा र विक्की अग्रवाल भिड्दैछन् ।

  • निर्देशक सुदर्शन थापाले गरे भिजे सुप्रियासँग इन्गेजमेन्ट

    निर्देशक सुदर्शन थापाले गरे भिजे सुप्रियासँग इन्गेजमेन्ट

    काठमाडौं । निर्देशक सुदर्शन थापाले भिजे समेत रहेकी मोडल सुप्रिया कट्वालसँग इन्गेजमेन्ट गरेका छन् । जन्मदिनको अवसरमा सुदर्शनले सोमबार एपीवान टेलिभिजनकी समाचारवाचिका सुप्रियासँग इन्गेजमेन्ट गरेका हुन् । उनीहरु केही समयदेखि प्रेममा थिए ।
    जन्मदिनमा सुदर्शनले सरप्राइजस्वरुप इन्गेजमेन्टको खबर सार्वजनिक गरेका हुन् । यद्यपी, उनले इन्गेजमेन्ट गर्ने भनेर केही दिनदेखि फिल्म बजारमा चर्चा फैलिएको थियो ।
  • ओटीटी प्लेटफर्ममा नेपाली फिल्म : न सरकारलाई कर, न निर्मातालाई भर

    ओटीटी प्लेटफर्ममा नेपाली फिल्म : न सरकारलाई कर, न निर्मातालाई भर

    काठमाडौं । कोरोनाभाइरसको पहिलो लहरमा धक्का खाएको नेपाली फिल्म उद्योगलाई दोस्रो लहरले उठ्नै नसक्ने गरी प्रहार गर्‍यो । निर्माण, वितरण र प्रदर्शनको चक्रमै कोभिड महामारीले प्रहार गरेपछि कहिलेदेखि यो उद्योग महामारी अगाडिको परिस्थितिमा फर्किन्छ भन्ने कुराको टुंगो छैन ।

    १७ महिना लामो समय फिल्म हेर्ने परम्परागत संस्कृति ठप्प हुँदा दर्शकले फिल्म हलको विकल्प खोज्नु स्वभाविक थियो । यस्तोमा डिजिटल प्लेटफर्मले मौलाउने अवसर पाए । यस क्रममा ओटीटी, डीटीएच र इन्टरनेटका अन्य माध्यममा दर्शकको आकर्षण बढ्यो । फलस्वरुप पछिल्लो समय केही नेपाली फिल्मसमेत डिजिटल प्लेटफर्ममा रिलिज गरिएका छन् ।

    यतिबेला इन्टरनेट र स्मार्टफोनको पहुँच भएका अधिकांश नेपाली नागरिकसँग नेटफिल्क्स, स्पटीफाइ, अमेजन प्राइमजस्ता ओभर दी टप प्लेटफर्मको खाता छ । घरमै बसेर विश्व फिल्मको स्वाद चाख्न अभ्यस्त बनेका छन् दर्शक । तर, यो प्रक्रियामा एकातर्फ सरकारले ठूलो राजश्व गुमाइरहेको छ भने अर्कोतर्फ सेन्सरबिनै स्वदेशी तथा विदेशी फिल्महरु दर्शकसम्म पुगिरहेका छन् ।

    महामारीमा मौलाएको ओटीटी र डीटीएच प्लेटफर्मतर्फ नेपालका फिल्म निर्माताहरुको पनि मोह बढेको छ । कतिपयले यही प्लेटफर्ममार्फत फिल्म रिलिज गरेका छन् । हल खुल्ने भएपनि व्यवसायिक लगानी र नाफा कमाउने परिस्थिति सामान्य हुने नदेखेपछि केही फिल्म निर्माता अहिले पनि ओटीटी रिलिजमै अडिग छन् ।

    महामारीको पहिलो र दोस्रो लहरमा ओटीटी मौलाए पनि यसले दर्शकमा डिजिटल विभाजन ल्याएको आरोप कतिपय निर्माताको छ । यस्तो विभाजनले दर्शकीय वर्ग विभाजन हुने र भविष्यमा उद्योगलाई नै घाटा पुग्ने तर्क उनीहरुको छ । तर, ओटीटीले अभिव्यक्ति स्वतन्त्रता, कम लगानी र सिनेम्याटिक अभ्यासलाई बढावा दिने अन्य कतिपय निर्माताको छ ।

    फिल्म भर्सेस ओटीटीको यो बहस अहिले पनि फिल्मकर्मीबीच चलिरहेको मात्र छैन, फिल्म रिलिजको नयाँ प्लेटफर्मलाई लिएर हुने साइवर सुरक्षा, लगानीको सुनिश्चितता र दर्शकीय सन्तुष्टिका प्रश्न पनि छेडिएका छन् ।

    लकडाउनमै खुले, लकडाउनमै बन्द भए

    मोबाइल सेवा प्रदायक एनसेलले सुरुमा ल्याएको आइफिल्क्स ओटीटी सेवाप्रति सुरुमा फिल्म निर्माताको आकर्षण थियो । बक्सअफिसमा हिट फिल्ममाथि ठूलै मूल्य लगानी गरेर एनसेलले केही फिल्मको डिजिटल राइट खरिद ग¥यो । २०७५ मा एनसेलले आइफिल्क्ससँग सहकार्य गरेको थियो ।

    निर्माताले पनि एनसेलको पैसाको लोभमा फिल्मको राइट्स प्रदान गरे । जात्रै जात्रा, यात्रा, प्रसाद, क्याप्टेन, छक्का पञ्जा २, कबड्डी कबड्डी कबड्डी लगायतका सुपरहिट फिल्म आइफिल्क्समा प्रदर्शन भैसकेका छन् । तर, फिल्म हलमा जस्तो उछाल कमाइ यी फिल्मले ओटीटीमा गर्न सकेनन् । विडम्वना जेठ २४ गते आइफिल्क्सले सेवा बन्दको घोषणा गर्‍यो ।

    एनसेलले एक वर्ष नपुग्दै सेवा बन्द गर्नु ओटीटी प्लेटफर्मप्रति ठूलो सेटब्याक थियो । ओटीटीमा एनसेल असफल भएपछि केही फिल्म निर्माताहरुको अगुवाइमा अन्य केही प्लेटफर्म त आए तर, तिनीहरु दिगोरुपमा अगाडि बढ्न सकेनन् ।

    ओटीटीमा कन्टेन्ट धेरै नराखेसम्म र आफ्नै कन्टेन्ट नआएसम्म सब्सक्राइबर बढाउन सकिँदैन । हरेक पटक पैसा तिरेर दर्शकले फिल्म हेर्न झन्झट मान्नुहुँदो रहेछ ।’ यसकारण उनी आफ्नै कन्टेन्ट नभएसम्म दर्शकलाई प्लेटफर्ममा आकर्षित गर्न नसकिने निधोमा पुगेकी छिन् ।

    अभिनेत्री ऋचा शर्मा र उनको टीमले निकै हल्ला गरेर चलचित्र घर नामक ओटीटी प्लेटफर्म लन्च गरे । लन्च भएको एकवर्ष नबित्दै अहिले ऋचाको ओटीटी सेवा गुमनामजस्तै छ । झन्डै ३० हजारले मात्र यो एपमा रजिस्टर गरेका छन् । तर, रजिस्टरको एक चौंथाइ पनि सब्सक्राइब भएको छैन । रजिस्टर मात्र गर्ने तर, सब्सक्राइब नहुने भएपछि यो प्लेटफर्म अहिले घाटामा छ ।

    ऋचाले दीपकराज गिरीको समूहसँग सेयरिङमा फिल्म लिने सहमति गरेकी थिइन् । जसअनुसार गिरीको आमा सरस्वती मूभिजलाई पहिलो महीनामै दुई लाख रुपैयाँ दिएकी थिइन् । जुन उद्देश्यले ऋचाले ओटीटीले लन्च गरिन्, त्यसले गति लिन सकेन ।

    ऋचा स्वयमको अनुभव छ : ओटीटीमा कन्टेन्ट धेरै नराखेसम्म र आफ्नै कन्टेन्ट नआएसम्म सब्सक्राइबर बढाउन सकिँदैन । हरेक पटक पैसा तिरेर दर्शकले फिल्म हेर्न झन्झट मान्नुहुँदो रहेछ ।’ यसकारण उनी आफ्नै कन्टेन्ट नभएसम्म दर्शकलाई प्लेटफर्ममा आकर्षित गर्न नसकिने निधोमा पुगेकी छिन् । ‘हामी ६ महीनाभित्रमै ओरजिनल कन्टेन्ट बनाउने तयारीमा छौं,’ उनले भनिन् ।

    ‘युट्युवभन्दा एप केही झन्झटिलो छ । हामीमा युट्युवमा चलचित्र हेर्ने संख्या ठूलो छ’ ऋचा भन्छिन्, ‘म के भन्न सक्छु भने दर्शकलाई युट्युब जसरी नै सहज ढंगले हेर्न मिल्ने तरिकाले एपलाई अगाडि बढाउने हो भने दर्शक यो माध्यममा पनि उल्लेख्य हुनुहुन्छ ।’

    ‘फिल्मकर्मीले फिल्म बनाएर राख्नुभएको छ । तर हामीले उहाँहरुको लगानी बराबरको रकम दिएर फिल्म किन्न सक्दैनौं । अब डिजिटल प्लेटफर्मले आफ्ना प्रयोगकर्ता बढाउनुपर्छ’ उनी भन्छन्, ‘भारतमा कोही कलाकारको फिल्म हेर्ने भएपनि डिजिटल प्लेटफर्म प्रयोग गर्छन् तर, हाम्रोमा त्यो छैन । हाम्रो त पाइरेसी गर्ने संस्कृति छ । पाइरेसी गरेर फिल्म हेर्नुहुन्न भन्ने ज्ञानको विकास नभएसम्म हामीजस्तो प्लेटफर्मले राम्रो विकास गर्न सक्छ जस्तो लाग्दैन ।’

    लकडाउन केही खुकुलो भएपछि अभिनेता खगेन्द्र लामिछाने र सागर खरेल मिलेर ‘सिनेमा घर’ ओटीटी एप लन्च गरे । सुरुआतमा १८ वटा फिल्म रिलिज गर्ने घोषणासँगै लन्च भएको यो ओटीटी एपमा अहिले १४ फिल्म रिलिज भैसकेका छन् र ४ फिल्म रिलिज पर्खाइमा छन् । दशैं घटस्थापनामा मनोज पण्डितले निर्देशन गरेको फिल्म ‘एक’ रिलिज तयारीमा उनीहरु छन् । अहिलेसम्म यो एपमा डमरुको डन्डिबियो, कोहलपुर एक्सप्रेस, सरौंतो, ब्लाइन्ड रक्स, मंगलम र कागजपत्र लगायतका फिल्मलाई सिनेमा घर ओटीटीले रिलिज गरिसकेको छ ।

    खगेन्द्र अहिलेको अवस्थामा ओटीटीप्रति ढुक्क छैनन् । उनले आफ्नो ड्रीम प्रोजेक्ट बताउने फिल्म ‘पानीफोटो’ लाई रिलिजका लागि फिल्म हल नै कुरेका छन् । ‘हामी हलमा दर्शक जाने अनुकूल समयको पर्खाइमा छौं र अहिले हेर्ने तथा पर्खने मुडमा छौं’ खगेन्द्र भन्छन्, ‘ओटीटीमा रिलिज गर्ने तयारी छैन । कोरोनाको परिस्थिती ठीक भएर दर्शक हलसम्म फर्कने वातावरण भएमात्र रिलिजबारे सोच्न सकिन्छ ।’

    खगेन्द्रका अनुसार यो एपमा वर्षमा डेढ दर्जन फिल्म, वेबसिरिज, स्ट्यान्डअप कमेडी र छोटो फिल्म ५ सय रुपैयाँमा हेर्न पाइने सुविधा छ । सन् २०१६ मा बेटा भर्सनबाट ओटीटी ल्याएका खगेन्द्रले सिनेमा घर ब्रान्डमा ओटीटी लन्च गरेको चाहिँ सात महीना मात्र भयो ।

    सिनेमा घरकै प्रमुख कार्यकारी अधिकृत सीइओ सागर खरेल युट्युवका कारण ओटीटीमा दर्शक बढ्न नसकेको बताउँछन् । ‘नेपाली दर्शकमाझ पैसा तिरेर हेर्ने संस्कृतिको विकास भैसकेको छैन । युट्युवमा फिल्म निःशुल्क हेर्ने बानी छ । हाम्रा फिल्मकर्मीले यो बानी नै बिगारिदिए,’ खरेल भन्छन्, ‘फिल्म युट्युवमा राख्ने चलनले हलको व्यापारलाई पनि असर पारिरहेको छ । दर्शक हलमै फिल्म नहेरी युट्युवमा फिल्म कुर्छन् । त्यसैले उनीहरु निःशुल्क फिल्म हेर्न खोज्छन् ।’

    फोपी ओटीटी प्लेटफर्मका बरदान पोखरेलको भनाइ पनि लगभग समान छ । ‘फिल्मकर्मीले फिल्म बनाएर राख्नुभएको छ । तर हामीले उहाँहरुको लगानी बराबरको रकम दिएर फिल्म किन्न सक्दैनौं । अब डिजिटल प्लेटफर्मले आफ्ना प्रयोगकर्ता बढाउनुपर्छ’ उनी भन्छन्, ‘भारतमा कोही कलाकारको फिल्म हेर्ने भएपनि डिजिटल प्लेटफर्म प्रयोग गर्छन् तर, हाम्रोमा त्यो छैन । हाम्रो त पाइरेसी गर्ने संस्कृति छ । पाइरेसी गरेर फिल्म हेर्नुहुन्न भन्ने ज्ञानको विकास नभएसम्म हामीजस्तो प्लेटफर्मले राम्रो विकास गर्न सक्छ जस्तो लाग्दैन ।’

    नेट टिभीका अध्यक्ष मनोज अग्रवाल महामारीकै समयमा डिजिटल प्लेटफर्मको विकास सम्भव हुने बताउँछन् । ‘चुनौतिलाई अवसरको रुपमा परिणत गर्न हाम्रो ध्यान जानुपर्छ’ उनी भन्छन्, ‘मनोरञ्जनको आयाम नै अहिले बदलिएको छ । अहिले त कोठाबाट हातहातमा पुगिसकेको छ फिल्म । बरु त्यही अनुसारको कन्टेन्ट बनाउनुपर्‍यो ।’ निर्माताले ओटीटीको वैकल्पिक बाटो अपनाउनुपर्ने उनको सुझाव छ ।

    ओटीटीप्रति निर्माताको छैन विश्वास

    नेपालमा ओटीटीको इतिहास निकै छोटो छ जसले गर्दा अहिलेसम्म यसले फिल्म निर्माताबीच विश्वास बटुल्न सकेको छैन । यसको सबैभन्दा पीडा सुदर्शन थापा र सन्तोष सेनलाई थाहा छ जो फिल्म रिलिज हुने आशामा १७ महीनादेखि ४ करोडभन्दा बढी लगानी फसाएर बसिरहेका छन् । फिल्म रिलिजको प्रचारकै लागि मात्रै आफ्नो फिल्म ‘म यस्तो गीत गाउँछु २’ले ५० लाख खर्च गरेको सुदर्शनको भनाई छ ।

    ‘हल कुर्नुबाहेक तत्काल अर्को विकल्प छैन’ निर्देशक थापा भन्छन्, ‘ओटीटीबाट रिलिज गर्दा लगानी उठ्ने सुनिश्चित हुँदैन । नेपालमा दुईतीन वटा मात्र ओटीटी प्लेटफर्म छन् । तिनको बजार पनि छैन । ओटीटीमा तीन करोडको फिल्म दिँदा भोलि १० हजार मात्र उठ्यो भने के गर्ने ? पाइरेसी भयो भने के गर्ने ? कम्तीमा रिलिज गर्न सुरक्षित ठाउँ त चाहियो नि ।’

    ‘प्रेमगीत ३’ फिल्मबाट लिइएको दृश्यमा प्रदीप खड्का । चार करोड बजेटको यो फिल्म दुईवर्षदेखि रिलिज तयारीमा छ तर कहिले रिलिज हुने हो टुंगो छैन ।

    ओटीटी प्लेटफर्म मात्र खोल्नु ठूलो कुरा नभएको बताउँदै सुदर्शन निर्माताको लगानी सुरक्षित गर्नुलाई महत्वपूर्ण मान्छन् । ‘विदेशमा जसरी उहाँहरुले फिल्म किन्न सक्नुपर्‍यो । नेपालमा जतिसुकै भरपर्दो प्लेटफर्म आएपनि फिल्म नकिनेसम्म हामीले दिने कुरा हुँदैन ।’

    किरण केसीको निर्माण र शिवहरि पौडेलको निर्देशन रहेको फिल्म ‘लक्का जवान’ पनि रिलिज तयारीमा छ । ‘ओटीटीमा लैजाने विचार गरेको हो तर भोलि चलेन भने के गर्ने ? प्रचार गरेर हलमा रिलिज गर्दा बरु अलिकति भएपनि चल्ने सम्भावना हुन्छ । त्यसैले अहिलेको अवस्थामा पर्खेर हेर्नुको उपाय छैन’ केसीले नेपाल प्रेसलाई भने ।

    भाइरस महामारीको कारण ४ करोड लगानीमा बनेको प्रेमगीत ३ लाई होल्डमा राखेका सन्तोष सेनलाई पनि ओटीटीमा विश्वास छैन । फिल्मको पोस्टप्रोडक्सन गत महीना मुम्बईको स्टुडियोमा सकेका निर्माता सेन नेपालमा ओटीटीको पहुँच नभएको बताउँछन् ।

    ‘नेपाली दर्शकको ओटीटीमा पहुँच नै छैन । नेपालमा धेरै लगानी भएको फिल्मलाई ग्यारेन्टी दिएर जोखिम मोल्न सक्ने ओटीटी नै छैन । कम्तीमा पनि ओटीटीले ५० प्रतिशत न्यूनतम ग्यारेन्टी दिन सक्नुपर्छ’ निर्माता सेनको कथन छ । फिल्म रिलिजका लागि आफूले केही अन्तर्राष्ट्रिय ओटीटी प्लेटफर्म खोजिरहेको सेन बताउँछन् ।

    लकडाउनकै कारण रिलिज हुन नपाएको फिल्म ‘नीरफूल’का फिल्म निर्देशक फूलमान बल फिल्म हलभन्दा पहिले अन्तर्राष्ट्रिय बजारमा फिल्मलाई लैजाने तयारीमा छन् । तर, विश्वका अधिकांश मुलुकमा कोभिड लकडाउन कायमै भएकाले उनको यो योजना तत्काल पुरा हुने सम्भावना कम छ । नेपालमा ओटीटीमा फिल्म लैजान सम्भव नभएकाले अन्तर्राष्ट्रिय बजारमा लैजाने तयारी रहेको बताउँछन् । ‘अहिले कमाउने वातावरण छैन । लामो समय यसरी नै बित्यो भने विकल्प भने सोच्नुपर्छ । किनकी दर्शकहरुको बानी परिवर्तन भैसकेको हुन्छ’ बल भन्छन् ।

    जसलाई ओटीटीमा विश्वास छ

    खासगरि दृश्यभाषामा फिल्म बनाउन रुचाउने निर्माता तथा निर्देशक, इन्डिपेन्डेन्ट फिल्ममेकर र कम लगानीमा फिल्म बनाउने निर्माता चाहिँ ओटीटीको भविष्यप्रति आशावादी छन् । कम लगानीका फिल्मलाई ओटीटीमा रिलिज गर्दा आर्थिक जोखिम पनि नहुने भएकाले यस्ता निर्माताको आकर्षण ओटीटीप्रति छ ।

    मनोज पण्डित निर्देशित फिल्म एक आगामी दशैं घटस्थापनामा सिनेमाघर एपमा रिलिज तयारीमा छ ।

    यस्तै अपवाद हुन् निर्देशक मनोज पण्डित । उनी निर्देशित पल्टिकल ड्रामा ‘एक’ दशैं घटस्थापनामा सिनेमा घर, नेटटिभीजस्ता एप तथा म्याक्स, डीसहोमजस्ता डीटीएचबाट रिलिज हुँदैछ । हल खुल्न थालेपनि पण्डित ओटीटी र डीटीएच रिलिजमै अडिग छन् । किन त ? उनी भन्छन् : हल एकदमै स्टारकास्ट केन्द्रित ठाउँ हो । मेरो फिल्म स्टारडमको संरचनाभन्दा बाहिर छ । मेरो फिल्म निर्माण शैलीका लागि वैकल्पिक माध्यम नै उपयुक्त छ ।’

    फिल्म हलका दर्शक र ओटीटी दर्शकले गर्ने अपेक्षा फरक हुने भएकाले पनि आफू ओटीटीमै प्रतिबद्ध भएको पण्डितको तर्क छ । ‘हलको अकुपेन्सीले प्रमोसनका लागि लाखौं पैसाको डिमान्ड गर्छ । हल भनेको निरंकुश संरचना हो । अर्कोतर्फ, हलमा फिल्म रिलिज गर्नुमा सेन्सरको लामो प्रक्रिया पुरा गर्नुपर्छ । हामीजस्ता वैकल्पिक निर्मातालाई डिजिटल प्लेटफर्म उत्कृष्ट माध्यम हो’ पण्डित भन्छन् ।

    कर र कानूनको दायराबाहिर

    नेपालमा कुनै पनि फिल्म हलमा रिलिज गर्नुपूर्व अनिवार्य सेन्सर बोर्डबाट स्वीकृति लिनुपर्छ । तर, डिजिटल प्लेटफर्ममा रिलिज गर्ने विषयमा कुनै कानूनी व्यवस्था छैन । केही महीनाअघि रिलिज भएको बलिउड फिल्म ‘राधे’ केही नेपाली ओटीटी र डीटीएच प्लेटफर्मबाट रिलिज भयो । फिल्मको नेपाल प्रदर्शन अधिकार खरिद गरेका गोपिकृष्ण मूभिजका प्रमुख निरज पौडेलले सेन्सरबिनै फिल्मलाई डिजिटल प्लेटफर्ममा रिलिज गरे ।

    सेन्सरबिनै फिल्म रिलिज गरेको भन्दै विरोध भएपछि सञ्चार मन्त्रालयले सेन्सर प्रक्रियामा आउन निर्देशन दियो । सेन्सरपछि सो फिल्म पुनः रिलिज गरियो । ‘राधे’ विवाद ओटीटीमा सेन्सरबिनै फिल्म रिलिज हुने एउटा प्रतिनिधि घटना मात्र हो । नेपालमा नेटफिल्क्स, अमेजन प्राइम, युट्युवजस्ता विदेशी प्लेटफर्ममा प्रकाशित हुने कन्टेन्टको कतै जाँचपास हुँदैन । यस्ता कन्टेन्ट सेन्सर गर्ने नेपालमा कानून पनि छैन ।

    ‘यही समस्या बुझेरै हामीले ओटीटी प्लेटफर्मलाई पनि सेन्सरको दायरमा ल्याउने कानून बनाउनेबारे योजना बनाएका छौं,’ सञ्चार मन्त्रालयमा श्रव्यदृश्य शाखा हेर्ने प्रमुख शिव त्रिपाठीले नेपाल प्रेससँग भने ।

    कानूनबाहेक ओटीटी प्लेटफर्मलाई करको दायरामा ल्याउनुपर्छ भन्ने आवाज पनि ठूलो छ । चलचित्र विकास बोर्डले हालै ओटीटी र डीटीएच प्लेटफर्मलाई पनि करको दायरामा ल्याउन माग गर्दै अर्थ मन्त्रालय र राष्ट्र बैंकलाई पत्र लेखेको छ । सरकारले ल्याउन लागेको प्रतिस्थापन बजेटमा ओटीटीलाई करको दायरामा ल्याउने प्रावधान समेट्न भन्दै अर्थ मन्त्रालयलाई पत्र लेखिएको चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बताए ।

    ‘ओटीटीप्रति दर्शक र निर्माता अहिले पनि ढुक्क हुन नसकिरहेकोले यो प्लेटफर्म मौलाउन नसकेको हो,’ अध्यक्ष दाहाल भन्छन्, ‘कर र कानूनको दायरामा लिएर राज्यले अब प्लेटफर्मबाट फाइदा लिन सक्नुपर्छ ।’

     

  • पोखरामा असोज १ गतेदेखि सर्तसहित फिल्म हल खोलिने, तर हल संचालक छैनन् खुशि

    पोखरामा असोज १ गतेदेखि सर्तसहित फिल्म हल खोलिने, तर हल संचालक छैनन् खुशि

    पोखरा । कोभिड-१९ को संक्रमणदर र मृत्युदर घटेको बताउँदै जिल्ला प्रशासन कार्यालय कास्कीले असोज १ गतेदेखि सर्तसहित फिल्म हल खुलाउने जनाएको छ । नेपाल प्रेससँग कुरा गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले भदौ ३१ गते बस्ने डीसीसीएमसीको बैठकले यस्तो निर्णय गर्ने बताए ।

    ‘संक्रमण र मृत्युदर घटेकाले हामीले सर्तसहित फिल्म हल खुलाउनेबारे छलफल गरिरहेका छौं । यसबारे ३१ गते बस्ने बैठकले निर्णय गर्नेछ’ सीडीओ गौतमले भने, ‘आर्थिक क्षेत्र चलायमान बनाउने पनि हाम्रो उद्देश्य छ ।’ फिल्म हलसँगै दोहोरी साँझ र क्लबहरु खुलाउने पनि कास्की प्रशासनको तयारी छ ।

    काठमाडौं उपत्यकापछि पोखरा नेपाली फिल्मको दोस्रो ठूलो बजार हो । चलचित्र संघको आइतबारको बैठकले कास्की डीसीसीएमसीलाई फिल्म हल खुलाउनेबारे आग्रह गर्ने निर्णय गरेको थियो । तर, चलचित्र संघले भने देशव्यापी रिलिज र शतप्रतिशत अकुपेन्सीको माग पुरा नभएसम्म हलहरु नखोल्ने जनाएको छ । काठमाडौं उपत्यकामा भने गतसाता नै फिल्म हलहरु सर्तसहित खुलाउन अनुमति दिइएको छ ।

    प्रशासनले ५० प्रतिशत अकुपेन्सीमा फिल्म हल खुलाउने तयारी गरेपछि हल व्यवसायीले भने असन्तुष्टि व्यक्त गरेका छन् । मिडटाउन ग्यालरी फिल्म हलका निकेश द्धाले प्रशासनको निर्णयले व्यवसायीलाई फाइदा नहुने बताए । ‘शतप्रतिशत ओपनिङ नहुँदासम्म फिल्म हल खुलाउनुको अर्थ हुँदैन’ द्धाले नेपाल प्रेसलाई भने ।

  • फिल्म हल तत्काल नखोल्ने चलचित्र संघको निर्णय, देशव्यापी रिलिज र शतप्रतिशत अकुपेन्सीको माग

    फिल्म हल तत्काल नखोल्ने चलचित्र संघको निर्णय, देशव्यापी रिलिज र शतप्रतिशत अकुपेन्सीको माग

    काठमाडौं । नेपाल चलचित्र संघले तत्काल फिल्म हलहरु नखोल्ने निर्णय गरेको छ । मुलुकभर हल खोल्ने र शतप्रतिशत अकुपेन्सीमा संचालनको अनुमति नपाएसम्म फिल्म हल नखोल्ने निर्णय भएको संघले जनाएको छ ।

    संघका महासचिव अशोक शर्माले काठमाडौं उपत्यकामा मात्र हल खोल्ने अनुमति दिनु अव्यवहारिक भएको बताए । ‘जबसम्म देशव्यापी र शतप्रतिशत अकुपेन्सीको अनुमति पाइँदैन, तबसम्म हल खोल्ने कुरा हुँदैन’ संघको बैठकपछि शर्माले भने ।

    एकैदिन देशव्यापी फिल्म रिलिजको अभ्यास रहेको बताउँदै उनले कुनै जिल्लामा अनुमति दिने र कुनै जिल्लामा नदिनु फिल्म व्यापारको प्रकृति विपरित रहेको बताए । ‘देशव्यापी हल खुलाउने बारे हामीले चलचित्र विकास बोर्ड र सीसीएमसीसँग पनि छलफल गर्नेछौं’ शर्माले नेपाल प्रेसलाई भने ।

    चलचित्र संघका पूर्वअध्यक्ष तथा क्यूएफएक्स निर्देशक नकिम उद्दिनले पनि फिल्म रिलिजको लाइनअप तयार नभएकाले पनि तत्काल हल खोल्ने सम्भावना नरहेको बताए । चलचित्र संघका अध्यक्ष मधुसुधन प्रधानले देशव्यापी हल खोल्नुपर्ने मागमा संघ अडिग रहेको बताए ।

    सीसीएमसी प्रवक्ता नूरहरि खतिवडाले स्थानीय तहमा फिल्म हल खुलाउने र नखुलाउने निर्णय गर्ने जिम्मा जिल्ला प्रशासनहरुलाई दिइएको बताए । ‘हामीले स्मार्ट लकडाउनको कार्यविधिअनुसार हल खुलाउन अनुमति दिएका हौं’ प्रवक्ता खतिवडाले भने, ‘उहाँहरुले खुलाउन सक्नुहुन्न भने यो उहाँहरुको कुरा भयो ।’

    चलचित्र संघका अध्यक्ष प्रधानले अझै तीन साता फिल्म हल नखुल्ने बताएपनि महासचिव शर्माले आफूहरुको बटमलाइन देशव्यापी रिलिज र शतप्रतिशत अकुपेन्सी मुख्य रहेको बताए । चलचित्र संघको यो निर्णयपछि दशैंमा फिल्म हल खुलाउने वा नखुलाउनेबारे अन्यौल भएको छ ।

  • असोज १ गतेदेखि नेपाल-युरोपियन फिल्म फेस्टिभल हुँदै

    असोज १ गतेदेखि नेपाल-युरोपियन फिल्म फेस्टिभल हुँदै

    काठमाडौं । आगामी १७ देखि २५ सेप्टेम्बरसम्म दशौं नेपाल-युरोपियन युनियन भर्चुअल फिल्म फेस्टिभल आयोजना हुने भएको छ । आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइयो ।

    फेस्टिभल अन्तर्गत ११ वटा युरोपेली र पाँचवटा नेपाली फिल्म प्रदर्शन गरिने भएको छ । २३ वटा वातावरणीय विषयवस्तुमा आधारित फिल्म पनि देखाइने भएको छ ।

    लैंगिकता सम्बन्धी दुईवटा छोटा फिल्म पनि प्रदर्शन गरिने जानकारी दिइयो । प्रदर्शन गरिने फिल्महरुमा अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल १५ वटा फिल्म पनि समावेश छन् ।

    ‘महामारीको कारण हामी भर्चुअल माध्यमबाट फिल्ममार्फत सांस्कृतिक आदानप्रदान गर्न गइरहेका छौं’ युरोपियन डेलिगेसनका कार्यवाहक राजदूत स्टेफेन माइकनले भने । महामारीको अवस्था सामान्य भए अर्कोवर्ष भौतिकरुपमै फेस्टिभल गर्ने उनले जनाए ।

    ‘युरोपेली डेलिगेसनले नेपालको मानवअधिकार, वातावरणीय अध्ययन र महिलाहरुको सशक्तीकरणको क्षेत्रमा कार्य गर्दै आइरहेको छ र तिनै मुद्दाहरुलाई चित्रण गरिएका फिल्म प्रस्तुत हुनेछन्’ माइकनले भने ।

    फेस्टिभलका ब्रान्ड एम्बेसडर अभिनेता दयाहाङ राईले दुई मुलुकबीचको सांस्कृतिक सम्बन्ध आदानप्रदानका लागि फेस्टिभल महत्वपूर्ण हुने बताए । फेस्टिभलमा नेपाली फिल्मको कलात्मक र वित्तिय अवस्थाबारे समेत छलफल हुने जनाइयो ।

    फिल्ममा महिला शीर्षकमा फिल्म फेस्टिभल आयोजक तथा निर्माताबीच भर्चुअल अन्तक्रिया समेत हुने भएको छ । साथै, हरित फिल्म निर्माणबारे समेत छलफल हुने जनाइएको छ ।

  • सुरक्षाको मुख्य भूमिका हुने फिल्म ‘ग्रीन बर्ड’ निर्माण घोषणा

    सुरक्षाको मुख्य भूमिका हुने फिल्म ‘ग्रीन बर्ड’ निर्माण घोषणा

    काठमाडौं । महिला प्रोटागोनिस्ट फिल्म ‘ग्रीन बर्ड’ निर्माण घोषणा भएको छ । योङ स्टार सिनेमा र निर्वाणा फिल्म स्कुलले संयुक्तरुपमा निर्माण गर्ने फिल्म आगामी सातादेखि छायांकनमा जाने भएको छ ।

    सुरक्षा पन्त, कमलमणी नेपाल र अफरान अलीको मुख्य भूमिका रहेको फिल्म छायांकन चितवनमा हुने भएको छ । कार्यशाला भैरहेको घरमै फिल्म छायांकन हुने क्रिएटिभ डाइरेक्टर निगम श्रेष्ठले नेपाल प्रेसलाई जानकारी दिए ।

    मुम्बईमा फिल्म अध्ययन गरेर नेपाल आएका प्रमोद कँडेलले फिल्म निर्देशन गर्नेछन् । यो उनको डेब्यु फिचर प्रोजेक्ट हुनेछ । कात्तिक कर्नाटकले खिच्ने फिल्ममा मेथड एक्टिङको प्रक्रियालाई आत्मसात गरिने भएको छ ।

    मेथड एक्टिङलाई चित्रण गर्नकै लागि सबै कलाकारलाई सुटिङ हुने घरमै राखिएको क्रिएटिभ निर्देशक श्रेष्ठले जनाए । परिवार र विश्वकै मूल्य मान्यताविरुद्ध गएर आफ्नै जीवन जिउन चाहने एक युवतीको संघर्ष फिल्मको कथ्य हो ।

    सेप्टेम्बर १० देखि सुटिङ हुने फिल्मको सबै छायांकन चितवनमै हुने भएको छ । कोरोनाभाइरस महामारी रोकथामका लागि लागू गरिएको निषेधाज्ञा खुकुलो भएपछि अहिले काठमाडौं लगायतका केही जिल्लाले २५ जनाको उपस्थितीमा फिल्म छायांकनको अनुमति दिएका छन् ।

  • धोका पाएपछि परमिताले लिइन् प्रेमीसँग बदला (भिडिओ)

    धोका पाएपछि परमिताले लिइन् प्रेमीसँग बदला (भिडिओ)

    काठमाडौं । नायिकाबाट गायिका समेत बनेकी परमित राज्यलक्ष्मी राणाले आफ्नै स्वरमा ‘मायाको भूल’ बोलको गीत सार्वजनिक गरेकी छिन् । यो गीतको भिडियो शुक्रबार रिलिज भएको छ ।

    यो गीतमा परमिताको स्वर, पिरो राना र परमिताकै शब्द छ । गीतले प्रेममा बारम्बार धोका पाएपछि एक यूवतीले लिएको बदलाको कथालाई उठाएको छ । गीतको भिडियो आकर्षक छ । भिडिओमा परमिता आफै देखिएकी छिन् । साथमा मोडलद्धय करुणा श्रेष्ठ र आशिष केसीलाई पनि भिडियोमा हेर्न सकिन्छ ।

    यो गीतको भिडियोमा सम्पादन, भीएफएक्स तथा निर्देशन जेम्स लामाको छ । नेपालमा बनिरहेका भिडियो भन्दा विल्कुलै नयाँ सोच र मेकिङमा यो भिडियो निर्माण भएको छ । परमिता गायिका समेत हुन् । उनले यसअघि पनि अंग्रेजी गीत गाइसकेकी छिन् भने यसअघि कन्सर्ट पनि आयोजना गरेकी छिन् ।

    ‘चपली हाइट २’ फिल्मबाट ठूलो पर्दामा डेब्यु गरेकी परमिता सांगीतिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छिन् ।

  • पछिल्लो साता युट्युवमा सर्वाधिक हेरिएका दश नेपाली गीत (भिडिओसहित)

    पछिल्लो साता युट्युवमा सर्वाधिक हेरिएका दश नेपाली गीत (भिडिओसहित)

    काठमाडौं । विष्णु माझीद्धारा स्वरबद्ध तीज गीत ‘चरी जेलैंमा’ लगातार दोस्रो साता पनि युट्युवमा सर्वाधिक हेरिने नेपाली गीत बनेको छ । यो साता मात्रै उक्त गीतलाई ६३ लाख ७८ हजार २४६ पटक हेरिएको छ । गीतको कूल भ्यूज संख्या १ करोड ३३ लाख ९६ हजार ६४६ छ ।

    प्रकाश सपूतद्धारा संगीतबद्ध गीत ‘कुरा बुझ्न पर्च’ दोस्रो सर्वाधिक हेरिने गीत बनेको छ । यो साता मात्र गीतलाई २१ लाख ६७ हजार २५१ पटक हेरिएको छ भने कूल १ करोड ४७ लाख ७६ हजार ५१ पटक हेरिएको छ ।

    देवी घर्ती मगरको स्वरमा रहेको गीत ‘ए नि बरै’ तेस्रो स्थानमा छ । यो गीतलाई एक हप्तामा मात्र १३ लाख ८५ हजार ८१७ पटक हेरिएको छ भने कूल भ्यूज संख्या २० लाख ४३ हजार ५०४ छ ।

    रुटिन अफ नेपाल बन्दले तयार पारेको पछिल्लो सूचीमा यो साता नयाँ गीतहरु समावेश भएका छन् ।

    हेर्नूस् साताको भ्यूज सूची :

    १. ‘चरी जेलैंमा’ ( विष्णु माझी) : ६३ लाख ७८ हजार २४६

     

    २. ‘कुरा बुझ्न पर्च’ (प्रकाश सपूत)  : २१ लाख ६७ हजार २५१

     

    ३. ‘ए नि बरै’ ( देवी घती) मात्र १३ लाख : ८५ हजार ८१७

     

    ४. ‘आयो तीजको लहर’ (मेलीना राई) : ९ लाख २० हजार ८२७

     

    ५. ‘जोखौं माया’ (मेलीना राई र विष्णु घिमिरे) : ८ लाख ३६ हजार ४८०

     

    ६. ‘माया बिरानी–२’ महेश काफ्ले : ७ लाख ९३ हजार ७२०

     

    ७. ‘लाहुरे–३’ (छेवाङ लामा) : ७ लाख ३९ हजार ९८७

     

    ८. ‘तिम्रो मनमा ए कान्छा’ (निकिता थापा) : ७ लाख ५ हजार ३३८

     

    ९. ‘ससुराली जाने हो’ (जिवेश सिंह) : ६ लाख ३२ हजार ५७७

     

    १९. ‘ए माया’ (प्रमोद खरेल) : ५ लाख ७७ हजार ४०४

  • मिस नेपाल अमेरिकालाई ट्रेडमार्क

    मिस नेपाल अमेरिकालाई ट्रेडमार्क

    काठमाण्डौं । न्यूयोर्कमा सेप्टेम्बर २३ देखि २५ सम्म आयोजना हुने मिस नेपाल युएसले अमेरिकामा औपचारिक रुपमा ट्रेडमार्क प्राप्त गरेको छ । अमेरिकामा नेपाली सम्बन्धित सौन्दर्य प्रतियोगिता गर्न ट्रेडमार्क पाउने मिस नेपाल युएस पहिलो र एकमात्र हुन सफल भएको हो । सन् २०१७ को अक्टोबरमा आवेदन दिइए पनि अहिलेमात्र मिस नेपाल युएसले अमेरिकी सरकारको ट्रेडमार्क अफिसबाट औपचारिक रुपमा ट्रेडमार्क पाउन सफल भएको हो ।

    सौन्दर्य प्रतियोगिताको प्रकृतिमा मनोरञ्जनमुलक श्रेणी ४१ मा मिस नेपाल युएसले ट्रेडमार्क पाएको हो । पहिलोपटक सन् २०११ को जुनमा प्रयोग भएको र अगस्टमा व्यवसायिक रुपमा प्रयोग भएको इतिहाससहित ट्रेडमार्क प्रमाणपत्र प्रदान गरिएको हो । प्रमाणपत्र नम्बर ६४५११७६ रहेको छ ।

    यस अगाडी मिस नेपाल युएसएका नाममा सन् २०११ मा ट्रेडमार्क लिन प्रयास गरिए पनि मिस युसएएले दाबी गरेका कारण उक्त प्रयास सफल हुन सकेको थिएन । तर पछि मिस युएसएले ए अक्षर हटाएर मिस नेपाल युएसमात्र कायम हुने गरी ट्रेडमार्कका लागि सहमति दिएको थियो । त्यसपछि सन् २०१२ को फ्रेब्रअरीमा मिस नेपाल युएसमात्र रहने गरी ट्रेडमार्क दर्ताको प्रयास भए पनि सफल हुन सकेन ।

    सन् २०१७ को जुनमा मिस नेपाल युएबाट फुटेर गएको एउटा टिमले ड्रिम युनिभर्सल एलएलसीका तर्फबाट ट्रेडमार्क दर्ता गर्ने प्रयास गरेको थियो । तर सफल हुन सकेन । त्यसपछि उक्त टिमले सन् २०१८ मा मिस नेपाल नर्थ अमेरिकाका रुपमा ट्रेडमार्क दर्ता गर्ने प्रयास गरेको थियो । उक्त प्रयास पनि सफल हुन सकेन । मे ३१ मा मिस नेपाल नर्थ अमेरिकाका नाममा खारेजी पत्र जारी भएको थियो । त्यसपछि पनि सन् २०१९ र २०२१ मा मिस नेपाल नर्थ अमेरिका प्रतियोगिता भने गरिएको थियो ।

    अमेरिकामा नेपाली सम्बन्धित सौन्दर्य प्रतियोगिताका लागि मिस नेपाल एलएलसीले मिस नेपाल युएसको ट्रेडमार्क प्राप्त गर्न सफल भएकोमा यसका संस्थापक अमित शाहले खुशी व्यक्त गरेका छन् । साथै १० बर्ष लामो आफ्नो प्रयास सफल भएको समेत उनले बताएका छन् ।

    मिस नेपाल अमेरिकाको १० औं वार्षिकोत्सवका अवसरमा न्यूयोर्कमा सेप्टेम्बर २३ देखि २५ सम्म न्यूयोर्कमा मिस नेपाल अमेरिकाको वार्षिकोत्सव समारोहका साथ मिस नेपाल अमेरिका आयोजना गरिने भएको छ ।

    अमेरिकामा बसोबास गर्दै आएका नेपाली युवतीले मिस नेपाल युएसको आधिकारिक वेबसाइट वा मिस नेपाल यूएस २०२१ का आयोजकसँग सम्पर्क गरेर आफ्नो आवेदन बुझाउन सक्नेछन् । आवेदन दर्ता गर्ने समय सीमा सेप्टेम्बर १, २०२१ सम्म रहेको छ ।

    नेपाली−अमेरिकी सामाजिक उद्यमी अमित शाहद्वारा शुरू गरिएको मिस नेपाल युएस प्रतिस्पर्धा अमेरिकामा बसोबास गर्दै आएका नेपाली युवाका लागि नेटवर्कीङ, सशक्तिकरण, क्षमता प्रस्फुटन र पहिचानका लागि उचित मञ्च बनेको छ । साथै यस प्रतिस्पर्धाले नेपाल र अमेरिका दुवै देशको सांस्कृतिक विविधतालाई समेत उजागर गरेको छ ।

    मिस नेपाल यूएस प्रतिस्पर्धाले हालसम्म नेपाली−अमेरिकी महिलालाई शिक्षा र सशक्तिकरणका निमित्त विभिन्न च्यारिटीमार्फत् ८० हजार डलर बराबरको सहयोग प्रदान गरिसकेको छ । यो कार्यक्रमले महिलालाई छात्रवृत्ति प्राप्त गर्न, आफ्नो नेटवर्क बृद्धि गर्न, जीवनोपयोगी कला अभिवृद्धि गर्न र आफ्नो समुदायमा केही योगदान पुर्याउने अवसर जुटाइदिएको छ ।

    मिस नेपाल युएसको इतिहास २०११ मा न्यूयोर्क शहर बाट सुरु भएको थियो । जसमा सुजिता बस्नेतले पहिलो मिस नेपाल युएसको ताज पहिरिएकी थिइन् । आफ्नो समुदाय र संस्कृतिका पक्षमा वकालत गर्नसक्ने साथै नेतृत्व लिन सक्ने युवाको उत्पादनमा यस कार्यक्रमले विगत १० वर्षदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको कार्यक्रमका संस्थापक तथा अध्यक्ष अमित शाह जानकारी दिए ।

  • दोहोरी साँझ राती १२ बजेसम्म र डान्स क्लब २ बजेसम्म खुल्न पाउने

    दोहोरी साँझ राती १२ बजेसम्म र डान्स क्लब २ बजेसम्म खुल्न पाउने

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले रात्रीक्लब र दोहोरी साँझहरुको समय निर्धारण गरेको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको व्यवसायी र डीसीसीएमसीको बैठकले समय निर्धारण गरेको हो ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार दोहोरी साँझ मध्यरात १२ बजे र क्लबहरु राती २ बजेसम्म संचालन हुन पाउने भएका छन् । तर, भीडभाड गर्ने र काभिड प्रोटोकल उल्लंघन गर्न नपाइने सर्त राखिएको छ ।

    सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित अनुगमन समितिले दोहोरी साँझ र रात्री क्लबको पनि अनुगमन गर्ने र कोरोना रोकथामको मापदण्ड उल्लंघन गरेको पाइए कार्यविधि अनुसार कार्वाही हुने समेत जनाइएको छ ।

  • २५ जनाको उपस्थितीमा फिल्म छायांकन गर्न काठमाडौं प्रशासनको अनुमति

    २५ जनाको उपस्थितीमा फिल्म छायांकन गर्न काठमाडौं प्रशासनको अनुमति

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले २५ जना उपस्थित भएर फिल्म छायांकन गर्न अनुमति दिएको छ ।

    शुक्रबार बसेको प्रमुख जिल्ला अधिकारी र चलचित्र विकास बोर्डका पदाधिकारीको बैठकले उक्त निर्णय गरेको हो । बैठकपछि नेपाल प्रेससँग कुरा गर्दै काठमाडौंका सीडीओ कालिप्रसाद पराजुलीले फिल्म छायांकनका गतिविधि खुला गर्ने निर्णय गरेको जानकारी दिए ।

    ‘तोकिएको संख्यामा उपस्थित भएर फिल्म छायांकन गर्नुपर्नेछ नत्र कानूनी कार्वाही गर्न बाध्य हुन्छौं’ सीडीओ पराजुलीले भने, ‘सहायक सीडीओ नेतृत्वको समितिले निरन्तर फिल्म हल र सुटिङको अनुगमन गर्नेछ ।’

    फिल्म हल खुलाउन अनुमति दिइएपनि हल खुल्न अझै केही दिन लाग्ने भएकाले खुलेपछि फिल्म चल्ने समय निर्धारण गर्ने जानकारी पनि सीडीओ पराजुलीले दिए । बिहीबारदेखि फिल्म हल खुलाउन काठमााडौं उपत्यकाका तीनै जिल्ला प्रशासनले अनुमति दिएका छन् ।

  • हिन्दी गीत ‘इबादत’ मा अर्जुन बिज्लानीसँग प्रचण्डकी नातिनीकाे रोमान्स (भिडिओ)

    हिन्दी गीत ‘इबादत’ मा अर्जुन बिज्लानीसँग प्रचण्डकी नातिनीकाे रोमान्स (भिडिओ)

    काठमाडौं । गायिका स्मिता दाहालले पहिलो पटक हिन्दी गीतमा आवाज दिएकी छन् । भारतको सांगीतीक कम्पनी टी–सिरिजको ‘पप चार्टबस्टर्स’ नामक यूट्युब च्यानलबाट उनको आवाजमा रहेको हिन्दी गीत ‘इबादत बन गए हो’ रिलिज भएको छ । गायनमा उनलाई ‘जलते दिए, हुँड हुँड दबंग, राधा नाचेगी’ जस्ता गीतका गायक शबाब सबरीले साथ दिएका छन् ।

    रोमान्टिक गीतमा गायक सबरीको संगीत र केआर वाहीको शब्द छ । भिडिओमा स्मिता आफैं फिचर्ड छिन् भने उनको जोडी भारतीय टेलिभिजनका कलाकार अर्जुन बिज्लानीसँग छ । स्मिता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी समेत हुन् ।

    भिडिओलाई राजीव एस. रुयाले निर्देशन गरेका हुन् । गीतको भिडियोलाई नेपालकी पुनम यादवले निर्माण गरेकी हुन् ।

    भिडिओमा भारतको देहरादूनको मसुरी र उत्तराखण्डको ऋषिकेशको सुन्दरतालाई कैद गरिएको छ । नेपाली राजनीतिमा समेत सक्रिय रहेकी निर्मात्री यादव भन्छिन्, ‘नेपालका प्रतिभावान कलाकारलाई विश्वमाझ चिनाउनका लागि म मनोरञ्जन क्षेत्रमा आएको हुँ । पहिलो गीत नै हिन्दी बनाउनुको उद्देश्य पनि यही हो । अब म निरन्तर गीत निर्माण गर्नेछु र नेपाली कलाकारलाई अवसर दिनेछु ।’ उनी चाँडै नेपाली चलचित्र निर्माण गर्ने तयारीमा समेत रहेकी छन् ।

    हेर्नूस गीत :

  • ५० प्रतिशत अकुपेन्सीमा फिल्म हल खुलाउन काठमाडौं प्रशासनको निर्देशन

    ५० प्रतिशत अकुपेन्सीमा फिल्म हल खुलाउन काठमाडौं प्रशासनको निर्देशन

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले ५० प्रतिशत अकुपेन्सीमा मात्र फिल्म हल संचालन गर्न निर्देशन दिएको छ । आज दिउँसो कार्यालयमा बोलाएर सीडीओ कालिप्रसाद पराजुलीले चलचित्र विकास बोर्डलाई उक्त निर्देशन दिएका हुन् ।

    कोभिड संकट व्यवस्थापन केन्द्रले जारी गरेको स्मार्ट लकडाउनको कार्यविधिलाई पालना गर्दै हल संचालन गर्न प्रशासनले निर्देशन दिएको हो । बोर्ड अध्यक्ष दयाराम दाहालसहित चलचित्र संघका पदाधिकारी जिल्ला प्रशासन कार्यालय पुगेका थिए । प्रशासनले बुधबार नै फिल्म हल लगायतका मनोरञ्जन स्थल खुलाउने अनुमति दिएको थियो । तर, अकुपेन्सी र कसरी हल खुलाउने भन्ने निर्देशिकाबारे प्रशासनले केही बताएको थिएन ।

    सीडीओ पराजुलीको अध्यक्षतामा बसेको बैठकमा कोभिड मापदण्ड पालना गरी हल चलाउनेबारे छलफल भएको थियो । ‘ उपत्यकाको संक्रमण दर अझै स्थिर भएकाले आफूले ठूलो रिस्क लिएर हल खुलाएको सीडीओ साबले जानकारी दिनुभयो’ बोर्ड अध्यक्ष दाहालले नेपाल प्रेससँग भने ।

    प्रशासनले सामाजिक दूरी, मास्क र स्यानिटाइजरको अनिवार्य व्यवस्था गर्न र भीडभाड नगर्न समेत भनेको छ । साथै, बिरामी मानिसलाई हलमा नलैजान समेत प्रशासनले भनेको छ । यसैबीच, काठमाडौं उपत्यकाबाहिरका फिल्म हल खुलाउनेबारे चलचित्र विकास बोर्डले सीसीएमसीसँग केही दिनमै छलफल गर्ने भएको छ ।

     

  • छोरीलाई बिजनेसको जिम्मा दिएर कक्षा १२ को परीक्षा तयारीमा करिश्मा

    छोरीलाई बिजनेसको जिम्मा दिएर कक्षा १२ को परीक्षा तयारीमा करिश्मा

    काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर अहिले फिल्मसँगै व्यापारमा समेत सक्रिय भएकी छिन् । समाजसेवा, फोटोसुट र अन्य व्यवसायिक गतिविधिमा उनको सक्रियता लोभलाग्दो छ । यसैसाता करिश्माले अन्तर्राष्ट्रिय ब्रान्ड इन्टेक्सलाई नेपाल भित्राउँदै व्यापार व्यवसायमा समेत हात हालेकी छिन् ।

    योसँगै करिश्माको व्यस्तता अहिले पठनपाठनमा पनि छ । उनी अहिले भदौ ३० गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षाको तयारीमा छिन् । परीक्षा नजिकिएपछि अहिले करिश्माले व्यापारको जिम्मा छोरी कवितालाई दिएकी छिन् ।

    फिल्म र घरको जिम्मा पति विनोदले हेर्छन् । ‘अब फोन अफ गरेरै भएपनि एक्जामको तयारीमा जुट्न सुरु गर्छु’ नेपाल प्रेससँग उनले भनिन्, ‘अब बल्ल घोटिएर पढ्नुपर्नेछ । दशैंपछि मात्र व्यापार र फिल्मलाई समय दिन पाउँछु ।’

    कोभिड–१९ महामारीका कारण स्थगित भएको कक्षा १२ को परिक्षा यही भदौ ३० गतेदेखि हुने भएपछि उनी तयारीमा व्यस्त हुनेछिन् । दशैंपछि केही फिल्मको कममा पनि लाग्ने करिश्माको योजना छ ।

  • विश्वचर्चित क्राइम सिरिज ‘मनी हाइस्ट’को अन्तिम सिजन आजदेखि

    विश्वचर्चित क्राइम सिरिज ‘मनी हाइस्ट’को अन्तिम सिजन आजदेखि

    काठमाडौं । बहुप्रतीक्षित क्राइम थ्रीलर सिरिज ‘मनी हाइस्ट’को पाँचौ सिजन सुरु भएको छ । नेपाली समयानुसार शुक्रबार दिउँसो १२ बजेदेखि नेटफिल्क्समा यसको स्ट्रिमिङ सुरु भएको हो ।

    दुई भागमा स्ट्रिमिङ हुने सिजनको पहिलो भागदेखि आजदेखि सुरु भएको छ भने दोस्रो भाग डिसेम्बरमा हुनेछ । ‘ला कासा दे पापेल’ नामले विश्व चर्चित यो स्पेनी सिरिज नेटफिल्क्सले खरिद गरेपछि झनै चर्चित भएको थियो ।

    नेटफिल्क्सले हिन्दी, तामिल, तलेगु भाषामा समेत यसलाई रिलिज गरेको छ । अन्तिम एपिसोड अर्थात पाँचौ सिजनमा कूल १० वटा एपिसोड छन् । एपिसोड १ को शीर्षक द इन्ड अफ दी रोड, एपिसोड २ को शीर्षक डु यु बिलिभ इन रि-इनकार्नेसन राखिएको छ ।

    तेस्रो एपिसोडको वेलकम टु द सो अफ लाइफ, चौंथो एपिसोडको योर प्लेस इन हेभन र पाँचैं एपिसोडको नाम लिभ मेनी लिभ्स राखिएको छ । भाग दुईमा पनि पाँचवटा एपिसोड छन् । यसको नाम चाहिँ सार्वजनिक भएको छैन ।

    चौंथो सिजनको अन्तिम एपिसोड मुख्य पात्र प्रोफेसर (अल्भारो मोर्टे)लाई प्रहरीले पक्राउ गरेको कथासँगै टुंगिएको थियो । नेपालमा समेत यो सिरिजको निकै क्रेज छ । काठमाडौंस्थित केही रेष्टुरेन्टले सिरिजको स्क्रिनिङ गर्ने भएका छन् ।