Category: कलाप्रेस

  • सोनी पिक्चर्सद्वारा १७ ब्लकबस्टर फिल्मको रिलिज लाइनअप घोषणा

    सोनी पिक्चर्सद्वारा १७ ब्लकबस्टर फिल्मको रिलिज लाइनअप घोषणा

    मुम्बई । सोनी पिक्चर्स इन्डियाले आगामी १२ महीनासम्मको नयाँ फिल्म १७ वटा फिल्म रिलिजको लाइनअप घोषणा गरेको छ ।

    लाइनअपमा स्पाइडरम्यान, भेनम, बुलेट ट्रेन, म्यान फ्रम टोरन्टो, डन्ट ब्रीथ टु, रेसिडेन्ट एभिलसहितका ब्लकबस्टर फिल्म छन् । सोनी पिक्चर्सले नेपालको एप्पल इन्टरटेनमेन्टसँग मिलेर नेपालमा फिल्म रिलिज गर्छ ।

    भारतमा यी फिल्महरु रिलिज निर्धारित मितिमै हुने भएपनि नेपालमा भने हलहरु नखुल्दा लाग्ने योजना अन्यौलपूर्ण छ । कोरोनाभाइरस महामारीले भारतीय फिल्मलाई चलायमान बनाउन सोनी पिक्चर्सले ब्लकबस्टर फिल्महरु रिलिज गर्न लागेको हो ।

  • विवाहित महिलाहरुको ब्यूटी पेजेन्ट मिसेस नेपाल वर्ल्ड आयोजना हुँदै

    विवाहित महिलाहरुको ब्यूटी पेजेन्ट मिसेस नेपाल वर्ल्ड आयोजना हुँदै

    काठमाण्डौ । विवाहित महिलाको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल इन्टरनेसनल’ आयोजना हुने भएको छ । कोरोनाभाइरस महामारीले रोकिएको पेजेन्टको नयाँ संस्करण परिमार्जित भई मिसेस नेपाल वर्ल्डको रूपमा आयोजन हुन लागेको आयोजक संस्था रिबन इन्टरटेनमेन्टले जनाएको छ ।

    पहिलो संस्करणको घोषणासंगै यस पेजेन्टका बिजेताले सन् २०२२ को जनवरीमा अमेरिकाको लस भेगासमा आयोजना हुने मिसेस वर्ल्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने भएकी छिन्। यसवर्ष देखि रिबनले आयोजना गर्ने कार्यक्रममा एकै मन्चबाट मिसेस नेपाल वर्ल्ड र मिसेस नेपाल इन्टरनेसनलका साथै एमएस नेपाल इन्टरनेसनल गरी तीन जना बिजेताको छनोट गरिने भएको छ ।

    मिसेस इन्टरनेसनल नेपाल तथा एमएस नेपाल इन्टरनेसनलका विजेताले नेपाललाई प्रतिनिधित्व गरी सन् २०२२ मा सिङ्गापुरमा आयोजना हुने मिसेस इन्टरनेसनल तथा एम। एस। इन्टरनेसनलमा सहभागिता जनाउने छन। यो वर्ष मिसेस वर्ल्डमा नेपालको पहिलो सहभागिता हुनेछ।

    बिगतको वर्षहरुमा झैँ सामाजिक मुद्दालाई आफ्नो कार्यक्रमको नारा तथा वर्षभरी विजेताले उक्त मुद्दामा केन्द्रित रही काम गर्नुपर्ने हुँदा यस वर्षलाई मिसेस नेपालले क्यान्सर बिरुद्धको जनचेतना अभियानलाई वर्षको मुद्दा बनाएको छ।

    यस अघि सम्पन्न मिसेस इन्टरनेसनलमा सबिता लामिछाने, अनुपमा राई, सुरुची पाण्डे, चन्दा थापा गिरी र भाविषा कोइराला चटौतले उपाधी जितेका थिए। मिसेस इन्टरनेसनलमा यसअघि नेपालबाट सुरुचि पाण्डे, एलाईजा महर्जन, चन्दा थापा गिरीका साथै स्नेहा थापाले प्रतिनिधित्व गरेका थिए ।

  • गायन रियालिटी सो ‘सारेगम लिटिल च्याम्प्स’ घोषणा, जजमा इन्दिरा, न्यूह र कालिप्रसाद रहने

    गायन रियालिटी सो ‘सारेगम लिटिल च्याम्प्स’ घोषणा, जजमा इन्दिरा, न्यूह र कालिप्रसाद रहने

    काठमाडौं । नेपाली गायन रियालिटी सो ‘सारेगमप लिटिल च्याम्प्स’को घोषणा भएको छ । सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराइएको हो ।

    नेपाल आइडलका तीन निर्णायकहरु न्यूह बज्राचार्य, इन्दिरा जोशी तथा कालीप्रसाद बाँस्कोटा यसमा पनि जजको रुपमा रहने भएका छन् । कार्यक्रमको सञ्चालन रीमा विश्वकर्मा र मदनकृष्ण श्रेष्ठका छोरा यमनले संचालन गर्ने भएका छन् ।

    पहिलो पटक नेपालमा हुन लागिरहेको अन्तर्राष्ट्रिय गायन रियालिटी सोलाई नोबडी प्रोड्युसनले उत्पादन गरेको हो । कार्यक्रमको निर्देशन एलिन श्रेष्ठले गर्नेछन् । यो रियालिटी सो साताको शुक्रवार र शनिवार बेलुका ९ बजे ग्यालेक्सी फोर के र डोको युट्युब च्यानल बाट प्रसारण हुने जनाइएको छ ।

    आफ्नो गायन करियर नै रियालिटी सोबाट सुरु भएकाले यसलाई लिएर आफू उत्साहित भएको इन्दिराले बताइन् । विशेषगरि बच्चाहरुसँग मिलेर काम गर्नुपर्ने भएकाले आफू रोमाञ्चक रहेको समेत उनले बताइन् ।

  • राष्ट्रिय गीतमा पृथ्वीनारायण शाहदेखि बुद्धसम्म : २० भन्दा बढी चरित्रमा सन्तोषले देखाए कौशल

    राष्ट्रिय गीतमा पृथ्वीनारायण शाहदेखि बुद्धसम्म : २० भन्दा बढी चरित्रमा सन्तोषले देखाए कौशल

    काठमाडौं । फिल्म निर्माता समेत रहेका सन्तोष अधिकारीले निर्माण गरेको राष्ट्रिय गीत ‘म नेपाल हो’को सांगीतिक भिडिओ इन्टरनेट रिलिज भएको छ । अधिकारी स्वयम फिचर्ड म्युजिक भिडिओलाई संविधान दिवसको अवसर पारेर राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक गरियो ।

    गीत रिलिज कार्यक्रममा अवकाश प्राप्त उपरथी जगदीश चन्द्र पोखरेल, डीआजी ज्ञानेन्द्र महत, क्याप्टेन तथा अभिनेता विजय लामा, निर्देशक दीपेन्द्रकुमार खनाल, देवकुमार श्रेष्ठ, अभिनेता प्रशान्त ताम्राकार लगायतको उपस्थीति थियो ।

    निशान कश्यपको निर्देशन रहेको गीतमा सह-कलाकारको रुपमा कञ्चन भुजेल र जस्मिन मुसेओटले अभिनय गरेका छन् । बादल थापा मगर र सुविन सेञ्चुरीको संगीत रहेको गीतमा स्वर पनि दुवैजनाले मिलेर दिएका छन् । भने गीतलाई सुविन सेञ्चुरीले एरेञ्ज गरेका हुन् ।

    सार्वजनिक गीतमा अभिनेता अधिकारीले २० भन्दा बढि चरित्र चित्रण गरेका छन् । गीति भिडिओ हेरेपछि उपस्थित पाहुनाले अधिकारीको अभिनयको प्रशंसा गरेका थिए ।

    निर्माता अधिकारीको लगानी रहेको फिल्म तीन जन्तु प्रदर्शनको पखाइमा छ । उनले फिल्महरु आमा र घरमा सह निर्माताको रुपमा काम गरेका छन् । उनले फेसन शोको पनि आयोजना गर्दै आएका छन् । कोरोना महामारीका कारण हेरिटेज अफ फेसन सिजन २ को मिति पटक पटक सर्दै आएको छ ।

  • ओकिलीको कमब्याक गीतमा यशराज र प्रनिमाको ठुम्का (भिडिओसहित)

    ओकिलीको कमब्याक गीतमा यशराज र प्रनिमाको ठुम्का (भिडिओसहित)

    काठमाडौं । कुनै बेलाको लोकप्रिय साङ्गीतिक समूह ओकिलीका गायक अनिष ओकिली लामो समयपछि दर्शक तथा श्रोतामाझ आएका छन् । उनले आफ्नो अफिसियल युट्युब च्यानलमार्फत सरिताको दिदी शीर्षकको गीत सार्वजनिक गरेका छन्।

    गीतमा अनीश ओकिलीको स्वर शब्द तथा सङ्गीत छ । शब्दमा उनलाई अयोध्या पी उपाध्यायले साथ दिएका छन् । यस्तै गीतमा सङ्गीत संयोजन भने चाँद सिंहको छ । गीतलाई सङ्गीतकार राजन इशानले मास्टरिङ गरेका हुन् ।

    राजन इशानकै कन्सेप्टमा तयार पारिएको गीतको म्युजिक भिडिओमामा अभिनेता यशराज गराच तथा प्रनिमा दाहालका साथमा सन्दीप क्षेत्रीलाई फिचर गरिएको छ । सन्तोष भुजेलको कोरियोग्राफी, शिवराम श्रेष्ठको छायाङ्कन तथा बिजेश पौडेलको सम्पादनमा तयार भएको उक्त भिडिओलाई बिजेश तथा राजनले निर्देशन गरेका हुन् ।

    ३ दशकदेखि नेपाली साङ्गीतिक क्षेत्रमा सक्रिय रहेका अनीश ओकिली एक परिचित नाम हो । उनको मेरी ओकिली, गुलाबी जाडो, झ्यालबाट हेरी लगायतका चर्चित गीत छन् ।

  • अनमोल केसी, विष्णु माझीदेखि केकीसम्मलाई राष्ट्रपतिले मानपदवीद्वारा विभूषित गर्ने (सूचीसहित)

    अनमोल केसी, विष्णु माझीदेखि केकीसम्मलाई राष्ट्रपतिले मानपदवीद्वारा विभूषित गर्ने (सूचीसहित)

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा नेपाली कलाकारिता क्षेत्रका विभिन्न व्यक्तिहरुलाई योगदान पुर्‍याएबापत मान-पदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छिन् ।

    स्वरसम्राट नारायणगोपाललाई मरणोपरान्त महाउज्वल राष्ट्रदीपको घोषणा भएको छ । पछिल्लो छिमलमा रुचाइएका अनमोल केसी, प्रकाश सपुत, विष्णु माझी, केकी अधिकारी लगायतको नाम पनि विभूषण तालिकामा उल्लेख छ । सूची :

    महाउज्वल राष्ट्रदीप :
    नारायणगोपाल, संगीतज्ञ

    सुप्रबल जनसेवाश्री :
    कालीप्रसाद रिजाल, गीतकार
    गौरी मल्ल, कलाकार

    कीर्तिमय राष्ट्रदीप :
    शम्भुजित बाँस्कोटा, संगीतकार

    प्रबल जनसेवाश्री :
    रमेश बुढाथोकी, कलाकार
    दीपाश्री निरौला, कलाकार
    हेमन्त बुढाथोकी, कलाकार
    चन्द्रप्रसाद शर्मा, दाहोरी गायक
    कुलेन्द्र विश्वकर्मा, दोहोरी गायक
    देविका प्रधान, गायिका
    विष्णु माझी, लोकगायिका
    नवल खड्का, चलचित्र कलाकार
    प्रकाश घिमिरे, कलाकार
    कस्तुप पन्त, संगीतकार

    जनसेवाश्री :
    हेमन्त शर्मा, गायक
    प्रकाश सपुत, गायक
    केकी अधिकारी, कलाकार
    अनमोल केसी, कलाकार
    मिलन चाम्स, निर्देशक
    अन्ना स्टिर, अमेरिकी नेपाली दोहोरी गायिका
    शिवशंकर रिजाल जोगिन्दर, कलाकार
    तेरिया मगर, नृत्यांगना
    राजकुमार राई, फिल्म निर्माता
    रञ्जु झा, मैथिली कलाकार
    राधिका हमाल, कलाकार

  • कमेडी च्याम्पियन सिजन-२ को उपाधि भरतमणी पौडेललाई (तस्विर तथा भिडिओ)

    कमेडी च्याम्पियन सिजन-२ को उपाधि भरतमणी पौडेललाई (तस्विर तथा भिडिओ)

    काठमाडौं । कमेडी च्याम्पियन सिजन २ को उपाधि ताप्लेजुङका भरतमणी पौडेलले जितेका छन् । आज भएको ग्राण्ड फिनालीमा पौडेलले नेपालकै लोकप्रिय कमेडी रियालिटी सो च्याम्पियन जितेका हुन् ।

    सिक्किमका विक्की अग्रवाल फस्ट रनरअप र गोरखाका सन्तोष थापा सेकेन्ड रनरअप घोषित भए । जितसँगै भरतमणीले कार र २५ लाख रुपैयाँ जितेका छन् । 

    उपाधि जितेपछि नेपाल प्रेससँग कुरा गर्दै दोस्रो कमेडी च्याम्पियन भरतमणीले भविष्यमा पनि कमेडीलाई निरन्तरता दिन आफूलाई प्रेरित गरेको बताए । उनको समर्थनमा प्रशंसकले हर्षोल्लास मनाउँदै नाराबाजी गरेका छन् ।

    विश्वभरका दर्शकको मतदानको आधारमा विजेता चुनिएको थियो । अन्तिम प्रतिस्पर्धामा विक्की, सन्तोष र भरतमणीबीच कडा प्रतिस्पर्धा भएको थियो । पौडेलले पूर्वयुवराज पारससहितका नेताहरुको क्यारिकेचर गर्दै चर्चा बटुलेका थिए ।

    घरबेटी र पूर्वयुवराज पारश शाहको चरित्र चित्रणलाई दर्शकले रुचाएको बताउँदै उनले जिताउने दर्शकलार्ई धन्यवाद समेत दिए । भरतलाई अघिल्लो सिजनका बिजेता हिमेश पन्त लगायतले पनि बधाई दिएका थिए ।

  • कमेडी च्याम्पियन भरतमणीले साटे रनरअपद्वय विक्की र सन्तोषसँग खुशि (तस्विरहरु)

    कमेडी च्याम्पियन भरतमणीले साटे रनरअपद्वय विक्की र सन्तोषसँग खुशि (तस्विरहरु)

    काठमाडौं । आज राती भएको कमेडी च्याम्पियनको दोस्रो सिजनको उपाधि नेपालको पूर्वीजिल्ला ताप्लेजुङका भरतमणी पौडेलले जिते । उनलाई गोरखाका सन्तोष थापा र सिक्किमका विक्की अग्रवालले कडा टक्कर दिएका थिए ।

    राती १० बजेसम्म भोटिङ खुल्ला थियो । दर्शकीय मतको आधारमा भरतमणी सर्वोत्कृष्ट ठहरिए । जितसँगै उनले एउटा कार र २५ लाख रुपैयाँ पनि जितेका छन् ।

    फस्टरनरअप विक्की भए भने सन्तोष सेकेन्ड रनरअप घोषित भए । भरतमणीको जितसँगै उनका समर्थकले हर्षोल्लास मनाएका थिए । फस्ट र सेकेन्ड रनरअप विक्की र सन्तोषले पनि भरतलाई बधाई दिएका थिए । हेर्नूस तस्विरहरु :

  • ‘एनआरएन द सिङ्गर’ प्रसारण नोभेम्बरदेखि सुरु हुँदै, १५ अन्तिम प्रतिस्पर्धी घोषणा

    ‘एनआरएन द सिङ्गर’ प्रसारण नोभेम्बरदेखि सुरु हुँदै, १५ अन्तिम प्रतिस्पर्धी घोषणा

    काठमाडौं । गैरआवासीय नेपाली सङ्घले उत्पादन गर्न लागेको साङ्गीतिक कार्यक्रम ‘एनआरएन द सिङ्गर’ लाई कान्तिपुर टेलिभिजनले प्रसारण गर्ने भएको छ । दुवै पक्षबीच उक्त ‘शो’ प्रसारण गर्न सम्झौता गरिएको छ ।

    कार्यक्रम आगामी नोभेम्बरदेखि हरेक शुक्रबार राति ९ः०० देखि १०ः०० बजेसम्म प्रसारण गरिने सम्झौतामा उल्लेख छ । आयोजकका अनुसार यो प्रतियोगिताको फाइनल कार्यक्रम काठमाडौँमै हुनेछ र त्यसको प्रत्यक्ष प्रसारण पनि कान्तिपुर टेलिभिजनबाटै हुनेछ ।

    एनआरएनए आइसीसीअन्तर्गत संस्कृति तथा सम्पदा उपसमितिले डायस्पोराका नेपालीभाषी अग्रज र अनुजका स्वर प्रतिभाको पहिचान गर्ने उद्देश्यले टेलिभिजन रियालिटी शो ‘एनआरएन द सिङ्गर’ सुरू गरेको हो ।

    संस्कृति तथा सम्पदा उपसमितिका संयोजक गोविन्दप्रसाद गौतमले ‘प्रि अडिसन’ तयारी लगभग सकिएको बताए । गत जुन २७ देखि ‘प्रि अडिसन’ खुला गरिएको थियो । कोरोना महामारीका कारण ‘भर्चुअल अडिसन’ पठाउन आग्रह गरिएको एनआरएनए आइसीसीको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिका संयोजक हिक्मत थापाले बताए ।

    दक्षिण एशियाबाहेक विश्वभर छरिएर रहेका सबै नेपाली भाषीले यो प्रतियोगितामा भाग लिन पाउनेछन् । ‘खोजी : एउटा उत्कृष्ट प्रवासी नेपाली आवाजको’ नारा दिइएको यो प्रतियोगिताको निर्णायक मण्डलमा वरिष्ठ सङ्गीतकार शम्भुजित बाँस्कोटा, गायक शम्भु राई, गायिका शर्मिला बर्देवा तथा एनआरएनएका पूर्वअध्यक्ष जीवा लामिछाने छन् ।

    यो सांगीतिक रियालिटी सोका अन्तिम १५ प्रतिस्पर्धी छानिएको छ ।

  • सहरमा रिसाइकल लुगाको ट्रेन्ड : १० देखि १०० रुपैयाँमा छानीछानी !

    सहरमा रिसाइकल लुगाको ट्रेन्ड : १० देखि १०० रुपैयाँमा छानीछानी !

    काठमाडौं । घरमा थुप्रिएका पुराना लुगाहरुको व्यवस्थापन सहरीया घरपरिवारको साझा समस्या बन्दै गएको छ । फेसनेवल युवायुवतीहरु त पुराना लुगाहरु सद्दे नै भए पनि लगाउन रुचाउँदैनन् । तर, समस्या पर्छ यतिका लुगा कहाँ थन्क्याउने ?

    अनि यही समाजभित्र त्यस्ता घरपरिवार पनि उत्तिकै छन्, जसलाई एकजोर नयाँ कपडा किन्न पनि दशैं पर्खिनुपर्छ । उनीहरुका लागि जिउ ढाक्नु नै ठूलो कुरा हुन्छ । त्यसैले फाटेका, च्यातिएका र थोत्रिएका लुगाले नै काम चलाउँछन् । पुराना लुगा थन्क्याउन समस्या भोगिरहेका र नयाँ लुगा किन्ने क्षमता नभएका मानिसहरुबीच पुलको काम किन नगर्ने ? यही सोचले सुरु भयो, रिसाइकल लुगाको व्यवसाय ।

    संसारका विभिन्न सहरमा पुराना लुगाहरु संकलन गरेर सस्तो मूल्यमा बेच्ने पसलहरु धेरै भेटिन्छन् । पेरिस र मिलानजस्ता युरोपका फेसन सहरदेखि सुरु भएको यस्तो अवधारणा अहिले नेपालमा पनि मौलाउँदो छ । केही व्यवसायीले काठमाडौंमै यस्ता पसलहरु सञ्चालन गरिरहेका छन् ।

    अघिल्लो लकडाउनअघि काठमाडौंको अनामनगर, बानेश्वर र ललितपुरको जावलाखेल क्षेत्रमा केही फेसन डिजाइनरले पुराना लुगाको संकलन थालेका थिए । संकलित ती लुगालाई पुनः प्रयोगमा आउने किसिमले सफा र चिटिक्क तुल्याएर विक्री गर्ने आउटलेट पनि उनीहरुले खुलाए । अहिले काठमाडौंमा यस्ता आउटलेटको संख्या एक दर्जन पुगेको छ ।

    सहर बजारका घरबाट संकलन गरिएका सेकेन्ड-ह्यान्ड लुगालाई पुनः लगाउन मिल्ने गरी धोएर र आइरन गरेर यस्ता आउटलेटमा लुगाहरु बेच्न राखिएको हुन्छ । बिपन्न ग्राहकले खरिद गर्न सक्ने गरी १० देखि ५०० रुपैयाँसम्म छानेर लुगाहरु यी आउटलेटमा किन्न पाइन्छ । प्रायः सुकुम्बासी बस्ती र निम्न वर्गका मानिस यस्ता पसलका ग्राहक हुने गरेका छन् । वातावरणीय, आर्थिकरुपमा मितव्ययी, सामाजिकजस्ता धेरै कोणबाट लुगाहरुको पुनःप्रयोग स्वागतयोग्य कुरा रहेको फेसन डिजाइनर बताउँछन् ।

    फास्ट फेसनले बढायो चुनौति

    रिसाइकल लुगामा काठमाडौंका दुई मोडल ।

    बजार ट्रेन्डअनुसार अघि बढ्ने फेसनको प्रवृत्तिलाई आमरुपमा फास्ट फेसनको रुपमा बुझने गरिन्छ । तीव्ररुपमा बदलिने फास्ट फेसनले गर्दा कुनै एउटा स्टाइल लामो समय रहँदैन । जसले गर्दा एउटा ट्रेन्ड हेरेर किनिएको लुगा अर्को महीना पुरानो हुनसक्छ । फेसनअनुसार नयाँ नयाँ लुगा किन्दै जाँदा पुराना लुगा थुप्रिने समस्या बढी हुने गर्छ ।

    नेपाली फेसन बजार फास्ट फेसनमा आधारित छ । नेपालको फास्ट फेसन हङकङ, चीन र थाइल्यान्डजस्ता बजारमा निर्भर छ । युरोपबाट एसियामा भित्रिएको फेसनको यो प्रवृत्तिले एकातर्फ आर्थिकरुपमा चुनौति सिर्जना गरेको छ भने अर्कोतर्फ वातावरणीयरुपमा । फेसन डिजाइनर यस्तो बेला फास्ट फेसनसँगै लुगाको पुनः प्रयोग हुनु वातावरणीयरुपमा महत्वपूर्ण हुने बताउँछन ।

    थुप्रिएर बसेका लुगालाई पुनः प्रयोगमा ल्याउन खुलेका यस्ता पसलमा सर्वसाधारणले निकै कम मूल्यमा छानीछानी लुगा किन्ने गर्छन् । नेपालमा पनि सेकेन्ड ह्यान्ड कपडाको बिक्री-वितरण गरिदै आएको छ । यसरी लगाइने लुगाको फाइदा धेरै हुने जानकार बताउँछन् । उनीहरुको बुझाइमा पुराना कपडाको पुनःप्रयोग हुँदा खर्चमा पनि बचत हुन्छ र लुगाको मूल्य पनि सस्तो हुँदा विपन्न मानिसलाई फाइदा पुग्छ ।

    साथै, सँधै पानीको अभाव हुने काठमाडौंजस्ता ठूला सहरमा लुगाको पुनःप्रयोगले पानीको बचत हुने र लुगा धुन प्रयोग हुने रसायनमा पनि कमी आउने उनीहरुको भनाई छ । यिनै कारणले गर्दा नेपालमा लुगाको पुनःप्रयोग गर्ने ट्रेन्डमा वृद्धि भएको देखिन्छ ।

    जसले पहिलोपटक यस्तो अवधारणा ल्याए

    लुगाको रिसाइकल अवधारणा ल्याएर पहिलोपटक नेपालमा थ्रीप्ट पसल संचालन गर्ने व्यक्ति हुन् चिजमान गुरुङ ।  चिजमान गुरुङले सन् २०१४ देखि काठमाडौंकाे सामाखुशीमा यस्तो आउलेट सञ्चालनमा ल्याएका थिए । उनले थन्किएर बसेका लुगाहरुलाई संकलन गरेर पुनः प्रयोगमा ल्याउने व्यवसाय संचालन गरेका थिए । सुरुमा लुगाहरु दान गर्न रुची राख्ने उनले लुगाहरु बेच्ने सोच बनाएर थ्रीप्ट पसल चलाउन थालेका हुन् ।

    ‘पुनः प्रयोगको फाइदा बुझेपछि मैले पसल नै संचालन गर्ने सोच बनाएको हुँ । अहिले राम्रैसँग चलिरहेको छ’ नेपाल प्रेससँग उनले भने । सुरुमा बसुन्धारा, बसपार्क, टुँडिखेल र महोत्सवमा गएर लुगा बेच्ने उनी अहिले सामाखुशिमा ‘सुखावती स्टोर’ संचालन गरिरहेका छन् । सुरुमा साथीहरुसँग लुगा संकलन गरेर व्यवसाय थालेका उनलाई अहिले लुगा डोनेसन गर्नेको घुइँचो छ । संकलन भएका लुगालाई धोएर तथा रिसाइकल गरेर पुनः प्रयोग गर्न मिल्ने रुपमा उनले पसलमा राखेका छन् ।

    अहिले उनको व्यवसायलाई ९ जनाले सहयोग गरिरहेका छन् जसमा ६ जना महिलाहरु छन् । उनको एक सहयोगीले भनिन् ‘सुरुमा समाजसेवा गर्ने तरिकाले व्यापार गरेका थियौं । पैसा नपरेको सामानको महत्व हुँदैन भनेर सस्तोमा दिने भनेर पसल खोल्ने निर्णय भएको हो ।’ लुगा अभाव भएका निम्न वर्गको मानिसहरुलाई लक्षित गर्दै  खोलिएको उक्त स्टोरमा अहिले १० रुपैयाँदेखि ५०० रुपैयाँसम्म लुगा किन्न पाइन्छ । ‘दैनिक श्रम गरेर खानेहरुले दिनहुँ लुगा फेर्न खोज्छन्, काठमाडौंमा पानीको अभाव भएकाले दिनहुँ कपडा फेरेर लगाउन खोज्नेहरुको लागि लक्षित गरेर खोलेका हौ’ उनले भनिन् ।

    पसल सुरु गर्दा दैनिक ३०० देखि ५०० रुपैयाँ व्यापार गर्ने उक्त पसलले अहिले भने दैनिक पाँच हजारसम्मको व्यापार गर्छ । ‘एउटा कपडाको लाइफ साइकल बढ्नु भनेको वातावरणको लागि पनि धेरै राम्रो कुरा हो,’ उनी भन्छिन्, ‘सस्तोमा कपडा पाउनु भनेको पैसा बचत हुनु पनि हो ।’

    यो संस्थाले संचालनमा आएको ६ वर्षमा ३० हजार टनभन्दा बढी लुगालाई पुनः प्रयोग गरेको छ । ‘यी सबै लुगा ल्यान्डफिलमा जाने थियो । कपडा कुहिने वस्तु नभएकाले वातावरण प्रदुषण त गथ्र्यो नै’ उनको कथन छ । उनीहरुले व्यापार मात्र गर्दैनन् । यहाँबाट संकलन भएको रकम गरिबलाई खुवाउने काम पनि गर्दै आएका छन् ।’

    पसल सुरु गर्दा दैनिक ३०० देखि ५०० रुपैयाँ व्यापार गर्ने उक्त पसलले अहिले भने दैनिक पाँच हजारसम्मको व्यापार गर्छ । ‘एउटा कपडाको लाइफ साइकल बढ्नु भनेको वातावरणको लागि पनि धेरै राम्रो कुरा हो,’ उनी भन्छिन्, ‘सस्तोमा कपडा पाउनु भनेको पैसा बचत हुनु पनि हो ।’

    दैनिक ज्यालादारीमा काम गर्ने र आर्थिक स्थिती कमजोर भएका ग्राहक पसलमा जान्छन् । ‘कपडा रियुज गर्दाको फाइदा बुझ्ने र पैसाको बचत गर्न चाहने ग्राहक आइरहेका छन्’ उनी भन्छिन्, ‘४/५ वर्ष अघि निम्न वर्गका मानिस मात्र आउने गर्दथे भने अहिले हुनेखाने युवा पनि आउने गर्छन् ।’

    यति मात्र हैन, यो स्टोरले सातजनालाई रोजगारी दिएको छ । ‘यहाँ काम गर्नेहरु सीप पनि सिकिरहेका छन्,’ उनी भन्छिन् ।

    अहिले सुखावती स्टोरले लुगाको विक्रीबाट हुने आम्दानीबाट  निम्न वर्गाका २३ जना बालबालिकालाई तीन वर्षदेखि पढाइरहेको छ । २ जना बच्चालाई भुकम्पदेखि पढाउने र खुवाउने काम पनि स्टोरले गरिरहेको छ । साथै, विद्यालय र कलेजमा पुगेर गुरुङसहितका व्यवसायीले लुगाको पुनःप्रयोगबारे चेतना जगाउने काम पनि गरिरहेका छन् ।

    दशैं आउन लाग्यो, थ्रीप्ट स्टोर जानूस

    फेसन डिजाइनर अलिया गिरी

    यस्तो शैली वातावरणदेखि लिएर सबै पक्षलाई राम्रो हो । नेपालमा अरुले लगाएको लुगा लगाउन मान्दैनन्, तर लुगा एकचोटी रिसाइकल गर्‍यो भने त्यो नयाँ नै हुन्छ । आफूले युज नगरेको लुगा अरुले नै प्रयोग गर्न पाउँछ ।

    आर्थिक स्थिती न्यून भएकाले थ्रिप्ट स्टोरमा गएर किन्न सक्छन् । हामीले प्रयोग गर्न नमिल्ने कपडा भयो भने त्यसलाई रिसाइकल गरेर व्यागहरु बनाउन विभिन्न काममा प्रयोग गर्न सकिन्छ । नेपालमा मात्र होइन यो फास्ट फेसनको ट्रेन्ड जुन चलिरा’को छ, त्यो एकदम राम्रो हो । फास्ट फेसनले थ्रिप्ट स्टोरहरु खुल्ने क्रम बढिरहेको छ । लुगा अभाव हुनेलाई एकदमै राम्रो हुन्छ ।

    हामीले प्रयोग गरेका कपडा ल्याण्डफिल हुन धेरै समय लाग्छ । यसले वातावरणमा असर गर्दछ । फेसन ट्रेन्ड भन्ने कुरा एक ठाउँमा सीमित हुँदैन । जमानामा चलेका फेसन अहिले नेपालमा फास्ट फेसनले ट्रेन्ड भइरहेको छ । फास्ट फेसनले धेरै छिटो डिजाइन चेन्ज गर्छ त्यसले गर्दा थ्रिप्ट स्टोर एकदमै प्रभावकारी हुन्छ ।

    यस्तो लुगाहरु सबैले किन्न सक्छन् । हामीले लुगा धुन धेरै पानी र केमिकल खर्च हुन्छ । बिजुली खर्च हुन्छ । त्यसको लागि पनि फाइदा हुन्छ । ल्याण्डफिलमा कपडाहरु धेरै गैरहेको हुन्छ । हामीले लुगा फाल्नै पर्‍यो भने कहीँ न कहीँ फाल्नैपर्ने हुन्छ । थ्रिप्ट स्टोर भन्ने बित्तिकै पुराना लुगा मात्र पाइने होइन, कतिपय ब्रान्डेड लुगाहरु पनि पाइन्छ ।

    आर्थिकरुपमा हेर्दा मैले कुनै एउटा लुगा २ हजार रुपैयाँमा किनेँ भने थ्रीप्ट स्टोरमा त्यति मूल्य पर्दैन । बजारमा नभेटिएका कुरा थ्रीप्ट स्टोरमा भेटिन्छन् । चाडबाड आउन लागेको छ । सस्तोमा लुगा किन्नुपरेको छ भने थ्रिप्ट स्टोरमा जाँदा राम्रो हुन्छ । आर्थिक अवस्था कमजोर भएका मानिसहरुको लागि यो सर्वोत्तम विकल्प हो ।

  • म्युजिक भिडिओ छायांकनस्थलमा कलाकार रमेश केसी ‘मट्टारे’ को निधन

    म्युजिक भिडिओ छायांकनस्थलमा कलाकार रमेश केसी ‘मट्टारे’ को निधन

    काठमाडौं । कलाकार रमेश केसी मट्टारेको हृदयघातका कारण निधन भएको छ । सुटिङका क्रममा अचानक ढलेका उनलाई गंगालाल हृदयरोग केन्द्र पुर्‍याउँदा डाक्टरले मृत घोषित गरेका थिए ।

    आइतबार बिहान ‘हर्के हवल्दार’ टिमको एउटा म्युजिक भिडिओ सुटिङ लागि उनी आइतबार बिहानै मोटरसाइकल चढेर छन्दे स्टुडियो पुगेका थिए । तारकेश्वर नगरपालिका–६ महाँकालमा रहेको स्टुडियोमा पुगेको केही समयपछि उनी एक्कासी बेहोस भएर ढलेको एक कलाकारले बताए । त्यसपछि उनलाई तुरुन्त गंगालाल अस्पताल पुगे पनि ज्यान जोगिन सकेन ।

    ६९ वर्षिय केसी केसी लामो समयदेखि मुटुसम्बन्धी समस्याबाट पीडित थिए । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ । रंगमञ्चबाट अभिनय थालेका केसीले थुप्रै थुप्रै टेलिसिरियल र फिल्मसमेतमा अभिनय गरेका छन् । उनी पछिल्लो समय ‘एकादेशको चुरिफुरी’, ‘हर्के हवल्दार’ लगायत सिरियलमा देखिँदै आएका थिए । उनका श्रीमती, ३ छोरी र २ छोरा छन् ।

  • पछिल्लो साता युट्युवमा सर्वाधिक हेरिएका टपटेन नेपाली गीत (भिडिओसहित)

    पछिल्लो साता युट्युवमा सर्वाधिक हेरिएका टपटेन नेपाली गीत (भिडिओसहित)

    काठमाडौं । विष्णु माझीको स्वरमा रहेको गीत ‘चरी जेलैमा’ यो साता पनि युट्युवमा शीर्ष स्थानमा परेको छ । यो गीतले २६ दिनभित्रै २ करोड भ्यूज पार गरेर कीर्तिमान कायम गरेको छ । पछिल्लो साता यो गीतलाई ३० लाख २० हजार २१८ पटक हेरिएको छ भने कूल २ करोड १९ लाख ७५ हजार ९०९ छ ।

    प्रकाश सपूतको शब्दमा रहेको गीत ‘कुरा बुझ्न पर्च’ दोस्रो सर्वाधिक हेरिने नेपाली गीत बनेको छ । एक सातामा मात्र यो गीतलाई १३ लाख ९५ हजार १९० पटक हेरिएको छ भने कूल १ करोड ८४ लाख ४३ हजार ३१५ पटक युट्युवमा हेरिएको छ ।

    यस्तै प्रमोद खरलेको स्वरमा रहेको गीत ‘ए जिन्दगी’ तेस्रो स्थानमा छ । पछिल्लो सातामा यो गीतलाई ८ लाख ६१ हजार १२ पटक हेरिएको छ । यो गीतको कूल भ्यूज संख्या २४ लाख ३४ हजार ४२९ छ । हेर्नूस सूची :

    विष्णु माझी ‘चरी जेलैमा’ : ३,०२०,२१८

    प्रकाश सपूत ‘कुरा बुज्न पर्च’  : १,३९५,१९०

     

    प्रमोद खरेल ‘ए जिन्दगी’ : ८६१,०१२

     

    बसन्त थापा ‘साल को पात उडायो’ : ७१८,१६१

     

    महेश कफ्ले ‘माया बिरनी-२ ततो गोली’ :  ७१५,०२९

     

    मेलिन राइ ‘आयो तीज को लहर’ :  ६२७,७९७

     

    मेलिन राइ ‘जोखौ माया’ :  ६१८,२३०

     

    निकिता थापा  ‘तिम्रो मन मा ए कान्छा’ : ६१३,१९८

     

    रमेश राज भट्टराई /रचना रिमाल  ‘भन भन साइला’ : ५८४,३२३

     

    छेवाङ लामा ‘लाहुरे –३’ : ५३६६९८

  • भरतमणीलाई बधाई दिँदै योगेशले भने : नेपाली कमेडीमा सशक्त पुस्ताको उदय

    भरतमणीलाई बधाई दिँदै योगेशले भने : नेपाली कमेडीमा सशक्त पुस्ताको उदय

    काठमाडौं । दोस्रो कमेडी च्याम्पियन बनेका आफ्नो गृहजिल्ला ताप्लेजुङका भरतमणी पौडेललाई एमाले नेता योगेश भट्टराईले बधाई दिएका छन् ।

    बधाई दिँदै उनले भरतमणीको जितले नेपाली हाँस्य कलाकारितामा नयाँ र सशक्त पुस्ताको उदय भएको बताएका छन् ।

    फस्टरनर अप विक्की अग्रवाल र सेकेन्ड रनरअप सन्तोष थापालाई पनि बधाई दिएका छन् । नेता भट्टराई सुरुदेखि नै भरतमणीलाई जिताउन भोट माग्न व्यस्त थिए ।

  • ‘कमेडी च्याम्पियन २’ को ग्रान्ड फिनाली आज : कसले जित्ला उपाधि ?

    ‘कमेडी च्याम्पियन २’ को ग्रान्ड फिनाली आज : कसले जित्ला उपाधि ?

    काठमाडौं । टेलिभिजन रियालिटी सो कमेडी च्याम्पियन सिजन दुईको ग्रान्ड फिनाली आज बेलुका हुँदैछ । आज राती ११ बजेसम्म सोले नयाँ विजेता पाउनेछ ।

    ताप्लेजुङका भरतमणी पौडेल, सिक्किमका विक्की अग्रवाल र गोरखाका सन्तोष थापाबीच उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ ।

    निर्देशक विशाल भण्डारीका अनुसार विजेता घोषणाको लाइभ प्रसारण बेलुकी साढे १० बजेदेखि सुरु हुनेछ । साढे ११ बजेसम्म दर्शकले कमेडी च्याम्पियन सिजन दुईको विजेता पाउनेछन् ।

    विभिन्न नेता तथा कलाकारको क्यारिकेचर गरेर ताप्लेजुङका पौडेल चर्चामा छन् । सिक्किमका अग्रवाल भने कमेडीमा नयाँ प्रयोगहरु गरिरहेका छन् । उनी क्यारिकेचर गर्दैनन् ।

    दर्शकले गोरखाका थापालाई पौडेल र अग्रवालको संयोजनको रुपमा लिने गर्छन् । ग्रान्ड फिनाली चाहिँ कान्तिपुर टेलिभिजन र ओएसआर डिजिटलमा हेर्न पाइने भएको छ ।

  • ग्रान्ड फिनालीअघि कमेडी च्याम्पियनका तीनैजना प्रतिस्पर्धीले भने : जसले जितेपनि हाम्रो जित हो (भिडिओसहित)

    ग्रान्ड फिनालीअघि कमेडी च्याम्पियनका तीनैजना प्रतिस्पर्धीले भने : जसले जितेपनि हाम्रो जित हो (भिडिओसहित)

    काठमाडौं । कमेडी च्याम्पियन सिजन २ को ग्रान्ड फिनाली आज राती ९ बजेदेखि सुरु हुँदैछ । ग्रान्ड फिनाली अघि तीनजना अन्तिम प्रतिस्पर्धीले नेपाल प्रेससँग भलाकुसारी गरेका छन् । प्रतिस्पर्धीहरु भरतमणी पौडेल, विक्की अग्रवाल र सन्तोष थापाले आफूहरुले जित्ने आत्मविश्वास व्यक्त गरे । संक्षिप्त भिडिओ अन्तर्वार्तामा कुन प्रतिस्पर्धीले के भने ?

    भरतमणी : ढुकढुक भैरहेको छ । हामी सबैलाई ढुकढुक भैरहेको छ । अरुले जित्दा पनि हामी खुशि नै हुन्छौं । हामीले सकेको गरेका छौं । यसको मूल्यांकन दर्शकले गर्नुहुन्छ । कमेडी च्याम्पियनजस्तो बेस्ट प्लेटफर्म भेटेको हो । जसरी पनि जित्छु भन्ने आशा थियो ।

    जसले जितेपनि खुशि नै हुन्छु । इमान्दारीपूर्वक भएर भन्दा अघिल्ला साथीहरुलाई फलो गरेर आएका हौं हामी । भोलिको दिनमा पनि हामी केही गर्न चाहन्छौं कमेडी क्षेत्रमा । जानेको र बुझेको कुरालाई प्रस्तुत दिनेनै छौं । हामीलाई पनि डर लागेको छ । दर्शकले विजेता छानिसक्नु भएको होला । म डराउनु भनेको सबै दर्शक डराउनु हो ।

    हामी कारको लागि लडेको होइन । यो त प्राइज मात्र हो । हामीले निखारता देखाउन पाएका छौं । जसले कार जितेपनि हामीले हामीले सँगै कुदाउने निर्णय गर्‍यौं । सहकार्य गर्दा यो कार हामीले नै युज गर्छौै ।

    विक्की : रिजल्टले माइन्ड अकुपाइड भएको छ । टाढाबाट फस्ट टाइम जित्छु भनेरै आएको हो । भाग्य पल्टिने कुरा म गर्दिन । क्वालिटी अनुभव पाएको छु । जसले जितेपनि जित्ने नै हो । मोटिभेट भएर आएँ गाउँ पुग्दा । सबैको माया र मोटिभेटसनले हामी यहाँ छौं ।

    सन्तोष : हामी तीनको जितभन्दा पनि कमेडीको जित हो । म सिकारु हुँ । दाईहरुले भोगेका अनुभव सेयर गरेका हौं । जित एउटाको भएपनि हामीले हाम्रो यात्रालाई रमाइलो तरिकाले अघि बढ्न र कमेडीलाई चिन्ने मौका पाइयो । जिल्लामा जाँदा सोचेको भन्दा फरक भेटियो । त्यहाँ भेट्दा उहाँहरुको माया पाइयो । उहाँहरुको समर्थन देख्दा राम्रै काम गरेको महसुस भयो । गर्व महसुस भयो ।

  • सोनु सुदले २० करोड भारु कर छलेको आयकर विभागको खुलासा

    सोनु सुदले २० करोड भारु कर छलेको आयकर विभागको खुलासा

    मुम्बई । भारतको आयकर विभागले बलिउड अभिनेता सोनु सुदले २० करोड भारुभन्दा बढी कर छलेको जनाएको छ । सुदको मुम्बईस्थित घरमा लगातार तीन दिन छापा मार्दै विभागले शनिबार विज्ञप्ति सार्वजनिक गरेको हो ।

    विदेशी दाताबाट अभिनेता सुदले क्राउड फन्डिङ प्लेटफर्मबाट २.१ करोड ननप्रोफिट सम्पत्ति जुटाएको र यो कार्य भारतीय कानूनको विपरित भएको विभागले जनाएको छ । पछिल्लो साता दिल्ली मुख्यमन्त्री अरविन्द केजरीवालसँग सहकार्य घोषणा भएको केही दिनमै आयकर विभागले सुदको घरमा छापा मारेको हो ।

    भारतमा सुरु भएको कोरोनाको पहिलो लहरको बेला सुदले स्थापना गरेको सोनु सुद फाउन्डेसनलाई अहिलेसम्म १८.९४ करोडको डोनेसन मिलेको छ । जसमध्ये १.९ करोड विभिन्न कार्यमा खर्च भएको छ भने १७ करोड अहिले पनि खातामै छ ।

    स्रोतका अनुसार लखनउको एक रियल स्टेट कम्पनीसँग सोनु सुदको फाउन्डेसनले हालै एउटा व्यापार सम्झौता गरेको र यसमा पनि कर छलिएको अनुमान गरिएको छ ।

    महाराष्ट्रमा सत्तारुढ शिव सेना र दिल्लीमा सत्तारुढ आम आदमी पार्टीले यो समयमा भएको छापालाई लिएर प्रश्न उठाएका छन् । तर, बीजेपीले चाहिँ छापामारी र समयबीच कुनै सम्बन्ध नरहेको बताएको छ ।

  • गायक सुवेदीको सिन्कौलीको पात बोलको गीत सार्वजनिक (भिडियो)

    गायक सुवेदीको सिन्कौलीको पात बोलको गीत सार्वजनिक (भिडियो)

    काठमाडौं । गायक बुद्धी सुवेदीले पुर्वेली भाकामा आधारित, सिन्कौलीको पात बोलको गीत बजारमा ल्याएका छन् । गायक सुवेदीकै शब्द र संगीतमा तयार भएको गीतको संगीत संयोजन बरिष्ठ संगीतकार शिला बहादुर मोक्तानले गरेका हुन् ।

    पुर्वी पहाडी जिल्लाहरुमा जात्रा तथा पर्वका बेला प्रख्यात पुर्वेली भाकामा आधारित गीतमा चर्चित कलाकार, सुरविर पण्डित (दारी बा), रिया लामा, एम बी गुरुङ तथा कृष्ण विके लगायतका कलाकारको नृत्य हेर्न सकिन्छ । दिपक गुरुङको सिनेमाटोग्राफी रहेको सो भिडियोको निर्देशन एमबी गुरुङले गरेका हुन् ।

  • करिश्मालाई ओलीकाे फाेन : परीक्षा कस्ताे भैराकाे छ ?

    करिश्मालाई ओलीकाे फाेन : परीक्षा कस्ताे भैराकाे छ ?

    काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर अहिले कक्षा १२ को परीक्षामा व्यस्त छिन् । परीक्षाको चटारोले उनी सितिमिति फोन उठाउँदिनन् । नयाँ नम्बरबाट फोन आयो भनेपनि उनी ट्रु कलर एपबाट जानकारी लिएर मात्र उठाउँछिन् ।

    शुक्रबार राती ९ बजेर ५३ मिनेटमा आएको फोनले भने उनलाई छक्क तुल्याइदियो । करिश्मालाई यो फोन थियो एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको ।

    ओलीले करिश्मालाई फोन गरेर परीक्षाबारे सोधेका थिए । करिश्माले ओलीसँगको संवादबारे सामाजिक संवादमा पनि उल्लेख गरेकी छिन् । ‘सुरुमा मजाक हो कि भन्ने लाग्यो तर उहाँ हाम्रो देशको पूर्वप्रधानमन्त्री हुनुहुन्थ्यो’ करिश्मा लेख्छिन्, ‘उहाँको आवाज सुन्दा घरको मुलीले छोराछोरीलाई गरेजस्तो सुनिन्थ्यो ।’

    सुरुमा ओली बोलेको भनेर करिश्मालाई विश्वास लागेन । अनि ओलीले डुंगाको कथा सुनाए । यो कथा सुनेर मात्र आफूलाई ओली भन्ने लागेको सन्दर्भ पनि करिश्माले उल्लेख गरेकी छिन् ।

    ‘आधुनिताको यो दौडमा सद्भाव र मायाको दूरी मेटाउन यत्रो ठूलो भएर पनि सामान्य कलाकारलाई कल गरिदिनुभएकोमा धन्यबाद केपी बुवा ।’ करिश्माले ओलीको फोनलाई पुष्टि गर्न मोबाइलको स्क्रिनसट समेत सेय गरेकी छिन् ।

     

  • नेपालका प्रबल गुरुङको डिजाइनमा हट एन्ड बोल्ड भेनस विलियम्स (तस्बिरहरु)

    नेपालका प्रबल गुरुङको डिजाइनमा हट एन्ड बोल्ड भेनस विलियम्स (तस्बिरहरु)

    न्यूयोर्क । टेनिस स्टार भेनिस विलिम्यस फेसनको कारणले पनि चर्चामा आउँछिन् । यसैसाता सम्पन्न विश्व फेसन मेला मेट गालामा भेनस आफ्नो पहिरनले पुनः चर्चामा आइन् ।

    भेनसको यो पहिरनमा नेपाल जोडिएको थियो । नेपाली फेसन डिजाइनर प्रबल गुरुङले डिजाइन गरेको एटेलियर पहिरनमा भेनस आकर्षक देखिएकी थिइन् । गुरुङको क्रिमसन सिल्क र सिल्क डचेज गाउनमा भेनस हट एन्ड सेक्सी देखिएकी थिइन् ।

    भग म्यागजिनले प्रबल र भेनसको यो फेसन दोस्तीलाई सिनेम्याटिक ग्ल्यामर भनेको छ । मेट गालाको लेक्जिअन फेसन खण्डमा प्रबलको डिजाइनको प्रस्तुति थियो । आगामी स्प्रिङ र समरका लागि प्रबलले डिजाइन गरेको एटेलियर गाउनलाई भेनले पहिरिएकी थिइन् ।

    ‘फेसन डिजाइनरको रुपमा पनि मैले निकै क्षमतावान प्रबल गुरुङसँग काम गर्दा महान अनुभव महसुस गरेँ’ भेनले भगसँग मेट गालापछिको इभेन्टमा भनिन्, ‘म कति खुशि छु, वर्णन गर्न सक्दिन ।’

    गुरुङले सन् १९३० देखि १९६० सम्मको हलिउड फिल्ममा रहेको फेसन शैलीलाई यो डिजाइनमा प्रस्तुत गरेका थिए ।

           
  • नेपाल-युरोपियन फिल्म फेस्टिभल भर्चुअल्ली सुरु, पाँच नेपालीसहित ११ युरोपेली फिल्म देखाइने

    नेपाल-युरोपियन फिल्म फेस्टिभल भर्चुअल्ली सुरु, पाँच नेपालीसहित ११ युरोपेली फिल्म देखाइने

    काठमाडौं । दशौं नेपाल-युरोपियन फिल्म फेस्टिभल आजदेखि भर्चुअलरुपमा सुरु भएको छ । फेस्टिभललाई सम्बोधन गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले कोरोना महामारीले थलिएको नेपाली फिल्म क्षेत्रलाई चलायमान बनाउन फेस्टिभल महत्वपूर्ण हुने बताए ।

    आठ दिनसम्म भर्चुअलरुपमा संचालन हुने फेस्टिभलमा ११ वटा युरोपेली फिल्म, पाँच नेपाली फिल्म र २३ वटा वातावरण संरक्षण तथा जलवायु परिवर्तनबारे बनेका फिल्म प्रदर्शन हुनेछन् ।

    युरोपेली डेलिगेसनका कार्यवाहक राजदूत स्टेफन माइकनले फेस्टिभलको माध्यमबाट नेपाल र युरोप थप नजिक हुने बताए । फेस्टिभल स्कोप प्लेटफर्मबाट भर्चुअलरुपमा फिल्म प्रिमियर गरिने भएको छ ।

    फेस्टिभलका सद्भावना दूत समेत रहेका अभिनेता दयाहाङ राईले आगामी वर्ष भौतिकरुपमै फेस्टिभल आयोजना हुने पर्खाइमा आफूहरु रहेको बताए । युरोप र नेपालका जीवनशैली र संस्कृति आदानप्रदान हुने उनले बताए ।

    उक्त प्लेटफर्ममा खाता खोलेर दर्शकले निःशुल्करुपमा फिल्म हेर्न पाउनेछन् । भर्चुअल शुभारम्भ कार्यक्रममा फिल्म निर्देशक, निर्माता र फिल्म पदाधिकारीहरु सहभागि थिए ।

    फेस्टिभलमा देखाइने नेपाली फिल्महरुमा धोन्डुप छिरिङको ‘आमा खान्डो’, विनोद पौडेलको बुलबुल, सहायक श्रीमानको को-हजब्यान्ड, सर्जियो बासोको सरिता : टेल मी हु आइएम, राजन कठेतको ‘स्प्लिट इन्ड्स’ छन् ।

    कार्यक्रममा लैंगिक समानताबारे निर्माण भएका छोटो फिल्मका विजेताहरु घोषणा गरिएको थियो । फिल्म प्रदर्शनसँगै फेस्टिभल अवधिभर नेपाली फिल्म क्षेत्रका विभिन्न व्यक्तिहरुबीच विभिन्न आयामबारे छलफल समेत हुने कार्यक्रम छ ।