Category: कलाप्रेस

  • नेपाल युरोपेली फिल्म फेस्टिभल अन्तर्गत शुक्रबार ग्रीन फिल्म मेकिङबारे मास्टरक्लास हुँदै

    नेपाल युरोपेली फिल्म फेस्टिभल अन्तर्गत शुक्रबार ग्रीन फिल्म मेकिङबारे मास्टरक्लास हुँदै

    काठमाडौं । काठमाडौंमा नेपाल युरोपेली युनियन फिल्म फेस्टिभल भर्चुअलरुपमा जारी छ । युरोपियन युनियन नेपालको डेलिगेसनले आयोजना गरेको यो फेस्टिभल अन्तर्गत शुक्रबार हरित फिल्म निर्माण अर्थात ग्रीन फिल्म मेकिङबारे मास्टरक्लास आयोजना हुने भएको छ ।

    शुक्रबार दिउँसो २ बजे भर्चुअलरुपमा कार्यक्रम आयोजना हुने जारी विज्ञप्तिमा उल्लेख छ । श्रव्यदृश्य सामाग्री निर्माण गर्दा वातावरणमा पर्ने असरलाई कम गर्नेबारे मास्टरक्लासमा छलफल हुने जनाइएको छ । साथै, सार्वजनिक तथा निजी निकायहरुले तयार गरेका नीति तथा व्यवस्थालाई समेत उक्त भर्चुअल कक्षामा छलफल हुने जनाइएको छ ।

    मास्टरक्लासका प्रशिक्षकको रुपमा भ्यालरियो कारुसो रहने भएका छन् । साइकोलोजीमा स्नातकोत्तर र ह्युमन कम्प्युटर इन्टरेक्सनमा पीएचडी गरेका डा. अल्बर्टो बाट्टाचीले हरित फिल्म निर्माणका विधि र फाइदाबारे आफ्नो अनुभव सुनाउँदैछन् ।

    इटलीको ट्रेन्टिनो क्षेत्रको लोकेसन स्काउटको रुपमा काम गर्ने अल्बर्टोले थुप्रै फिल्ममा सहायक निर्देशकको रुपमा पनि काम गरेका छन् । सन् २०१९ देखि अडियो भिज्युवल प्रडक्सनमा हरित फिल्म निर्माणको अभियानमा संलग्न ट्रेन्टिनो फिल्म फन्ड एन्ड कमिसनमा पनि आबद्ध छन् ।

    मास्टरक्लासमा हरित फिल्म मुल्यांकन प्रणालीका निर्देशिका बमोजिम फिल्म निर्माणस्थललाई कसरी दिगो बनाउन सकिन्छ भन्ने बिषयमा निर्माताहरुले व्यवहारिक रुपमा के गर्न सक्छन् भनेर जान्ने मौका पाउने आयोजकले बताएको छ ।

    मास्टरक्लासमा फिल्म निर्माता संघका अध्यक्ष आकाश अधिकारीले वक्ताको रुपमा बोल्नेछन् । मास्टरक्लासमा फिल्म क्षेत्रका विभिन्न विधामा काम गर्ने व्यक्तिहरु पनि सहभागि हुने आयोजकले जनाएको छ ।

     

  • मिडियाबाट पन्छिन खोज्दै गायिका समीक्षा, पलसँगको गसिप छल्न प्रेसमिट बङ्क !

    मिडियाबाट पन्छिन खोज्दै गायिका समीक्षा, पलसँगको गसिप छल्न प्रेसमिट बङ्क !

    काठमाडौं । अभिनेता पल शाहसँगको सम्बन्धका प्रश्नले पछ्याउन थालेपछि गायिका समीक्षा अधिकारी मिडियाबाट पन्छिन थालेकी छिन् । हुनसक्छ यही कारण उनले राजधानीमा आयोजना गरिएको प्रेसमिट बङ्क गरिन् ।

    बुधबार राजधानीको अनामनगरस्थित एक रेष्टुरेन्टमा नेत्र भण्डारी र समीक्षाको स्वरमा समावेश गीत रिलिज तथा गायकको जन्मदिन सेलिव्रेट गर्ने कार्यक्रम आयोजना गरिएको थियो । उक्त समारोहमा गायिका अधिकारी पनि पुगिन् । कार्यक्रम रिपोर्टिङ गर्न संचारकर्मी पनि त्यहाँ पुगेका थिए ।

    कार्यक्रम सुरु हुनु अगाडि नै आयोजकले समीक्षालाई नायक पल शाहसँग सम्बन्धित कुरा नसोध्न पहिल्यै आग्रह गरेका थिए । यसका लागि मिडियाकर्मी पनि तयार थिए । तर, कार्यक्रममा पुगेकी समीक्षा भने समारोह सुरु नहुँदै बाहिरिइन् । उनी सुटुक्क निस्किएपछि आयोजक समेत बिलखबन्दमा परे ।

    पत्रकारले दुई घण्टा समीक्षालाई कुरे तर उनी आइनन् । उनी नआएपनि मिडियाकर्मी पनि त्यहाँबाट उठेर हिँडे । मोडल एलिसा राइले आफू १० मिनेटका लागि भए पनि आउने जानकारी दिएपनि त्यहाँ गइनन् । दुबै गायिका तथा मोडल नआएपछि गायक भण्डारीले आफूहरुलाई जानकारी नदिइ सुटुक्क हिँडेको भन्दै दुःख व्यक्त गरे ।

    पछिल्लो समय नायक पल र गायिका समीक्षाको निकटतालाई लिएर चर्चा छ । प्रेसमिट नै बङ्क गरेर हिँड्नुले उनी पलसँगको सम्बन्धलाई लिएर मिडियाले गर्ने प्रश्नबाट तर्किन खोजेजस्तो देखिन्छ । यसबारे चर्चा व्यापक भएपछि समीक्षाले फेसबुकमा स्टाटस लेख्दै आरोपको खण्डन गरेकी छिन् । स्टुडियोलाई पहिले नै समय दिइसकेकाले आफू निस्किएर हिँडेको जवाफ उनले दिएकी छिन् । स्टुडियो कामले मात्र बाहिरिएको तर, अनर्गल प्रचार हुँदा आफू दुःखित भएको उनको भनाई छ ।

    समीक्षाले यसो हुनुमा अन्य कारण नभएको दावी पनि गरेकी छिन् ।

  • दीपक-दीपा नयाँ फिल्म ‘कालो कोट’ बनाउँदै, सौगात मल्ल भिलेनको भूमिकामा देखिने

    दीपक-दीपा नयाँ फिल्म ‘कालो कोट’ बनाउँदै, सौगात मल्ल भिलेनको भूमिकामा देखिने

    काठमाडौं । दीपकराज गिरी र दीपाश्री निरौलाले नयाँ फिल्म ‘कालो कोट’ निर्माण गर्ने भएका छन् । ‘छ माया छपक्कै’का सह-निर्माता रोहित अधिकारीसँग मिलेर उनीहरुले फिल्म निर्माणको तयारी गरेका हुन् । केही दिनयता उनीहरुले छ माया छपक्कैको श्रृंखला बनाउने हल्ला व्यापक थियो । तर, उनीहरुले नयाँ फिल्म निर्माणको लागि तयारीलाई तीव्र तुल्याएका हुन् ।

    अहिले यो फिल्मको लेखन तथा कलाकार छनौटको काम (कास्टिङ) चलिरहेको छ । ‘सोसल-कमेडी’ विधाको यो फिल्ममा निर्माण टिमले सौगात मल्ललाई लिने भएको छ । यो फिल्ममा सौगात खलपात्रको भूमिका देखिने भएका छन् । निर्माण सुरु हुन लागेको अनमोल केसीको मुख्य भूमिका रहने फिल्म ‘एक्स नाइन’मा पनि सौगात भिलेनको भूमिकामा देखिने तयारीमा छन् ।

    फिल्म कालो कोटलाई कसले निर्देशन गर्छ भन्ने निधो भैसकेको छैन । छ माया छपक्कैको निर्देशन दीपेन्द्र लामाले गरेको भएपनि कालो कोट निर्देशकमा सिमोस सुनुवार हुने सम्भावना छ । सिमोस अहिले टिभी रियालिटी सो हिमालय रोडिज निर्देशनमा व्यस्त छन् ।

    कालो कोट फिल्ममा दीपक-दीपाको समूहबाट दीपक-दीपा र माग्ने बूढा (केदार घिमिरे) मात्र सोझदारको रुपमा रहने जनाइएको छ । जितु नेपाल भने यो फिल्ममा नरहने स्रोतको भनाई छ ।

    दीपक-दीपाको समूहभन्दा बाहिर रहेर नयाँ फिल्म बनाउन जितुले हिरोइनमा साम्राज्ञी शाहलाई लिएर सम्झौता गरिसकेका छन् । कालो कोट फिल्म कहिलेदेखि छायांकनमा जानेछ भन्ने कुराको निधो चाहिँ कोरोना महामारीको सम्भावित तेस्रो लहरमा निर्भर हुनेछ । स्वास्थ्य मन्त्रालयले चाडपर्वको छेकोमा सम्भावित लहर आउने प्रक्षेपण गरिसकेको छ । यो फिल्ममा तीन अभिनेत्री रहने र उनीहरुसँग अनुबन्धनबारे छलफल भैरहेको जनाइएको छ ।

  • सचिन तेन्दुलकरकी छोरी सारा बलिउड डेब्युको पर्खाइमा

    सचिन तेन्दुलकरकी छोरी सारा बलिउड डेब्युको पर्खाइमा

    काठमाडौं । भारतीय क्रिकेटका महान सचिन तेन्दुलकर र पत्नी अञ्जलीकी छोरी पछिल्ला दिनमा सामाजिक संजालमा निकै प्रशंसा कमाइरहेकी छिन् । २३ वर्षिया साराको सामाजिक संजालमा निकै बलियो फ्यान फलोइङ छ ।

    इन्स्टाग्राममा उनी हट एन्ड बोल्ड तस्विर सेयर गर्छिन् । उनको सौन्दर्यमा लठ्ठिने धेरै छन् । आज मात्र साराले इन्स्टामा आफ्नो जिम लुक्स सेयर गरेकी छिन् । जसलाई लिएर फ्यानदेखि बलिउड सेलेब्स सम्मले उनको प्रशंसा गरेका छन् ।

    साराले एक स्पोर्टस् वियर व्रान्डको प्रवद्र्धन गर्ने क्रममा उनले तस्बिर सेयर गरेकी हुन् । सारा जिम वियरमा निकै आकर्षक देखिएकी छिन् । जुन तस्विरलाई बलिउडका अर्जुन कपुर, कात्तिक आर्यन र अनन्या पाण्डेजस्ता कलाकारले पनि सेयर गरेका छन् ।

    यति मात्र हैन, उनको तस्विरमा अभिनेत्री सैयामी खेर, गायिका कनिका कपुर, टाइगर श्रफकी बहिनी कृष्णा श्राफले इमोजीसहित कमेन्ट गरेका छन् । उनको तस्विरमा ४ लाख ३० हजारभन्दा बढीले लाइक गरेका छन् ।

    बलिउड संचारमाध्यमका अनुसार सारालाई फिल्ममा ल्याउन करन जोहर लगायतका निर्माताले पहल गरिरहेका छन् । तर, उनले यसबारे कुनै निर्णय दिएकी छैनन् ।

  • सगरमाथा बेसक्याम्‍पमा आज फेसन सो : इटाली र डच राजकुमारीसहित संसारका १४ सुपरमोडल सहभागी

    सगरमाथा बेसक्याम्‍पमा आज फेसन सो : इटाली र डच राजकुमारीसहित संसारका १४ सुपरमोडल सहभागी

    काठमाडौं । नेपाललाई दिगो फेसनको राजधानी बनाउने उद्देश्यले आज सगरमाथा आधार शिविरमा फेसन सो प्रतिस्पर्धा आयोजना हुँदैछ । संसारकै उच्चस्थानमा आयोजना गरिने फेसन सोको रुपमा केही वर्षअघि कीर्तिमान राखेको फेसन सोको दोस्रो संस्करण आयोजना हुन लागेको हो ।

    आज हुने फेसन सोमा नेदरल्यान्डकी राजकुमारी एलिसा क्याटेरिना इगर र इटालीका राजकुमार सहभागी भएका छन् । हुने भएका छन्। फेसन सोको उद्देश्य हिमालको संरक्षण गर्ने विषयमा तथा जैविक संरक्षण गर्न विश्‍वको ध्यानाकर्षण गर्नु रहेको जनाइएको छ ।

    फेसन शोमा विश्‍वका चर्चित १४ जना सुपरमोडलले भाग लिने भएका छन् । इटाली, डेनमार्क, बेलायत, पोल्यान्ड, रसिया, नेदरल्यान्ड, नेपाल र फिनल्यान्डका सुपर मोडलहरु सहभागि भएका छन् । सोही फेसन शोमा क्याप्टेन विजय लामाले र्‍याम्प वाक गर्ने भएका छन्।

    कोभिड-१९ महामारीले पर्यटन क्षेत्रमा परेको असरलाई फेसन सोले पर्यटक आगमनमा थप प्रोत्साहन गर्ने आयोजकले विश्‍वास गरेको छ। नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा हुन लागेको कार्यक्रम कासा बुटिक डिजाइन, आरबी डायमन्ड र के फिल्मसले आयोजना गर्न लागेका हुन्।

  • ‘माग्ने बुढा’को संवादमा हाँस्य सिरियल ‘उकुसमुकुस’को प्रसारण सुरु

    ‘माग्ने बुढा’को संवादमा हाँस्य सिरियल ‘उकुसमुकुस’को प्रसारण सुरु

    काठमाडौं । डिजिटल प्लेटफर्ममा लघु फिल्म, हाँस्य सिरियल, सर्ट फिल्म लगायतकोे निर्माण ह्वात्तै बढेको छ । युट्युबमा दर्शकको आकर्षण बढेपछि कमेडी सिरियलको निर्माणमा पनि निर्माताको ध्यान गएको छ । यसबीच, हाँस्य सिरियल ‘उकुसमुकुस’को प्रशारण सुरु भएको छ । यो सिरियलको पहिलो भाग बुधबार आमा अग्नीकुमारी मिडिया नामक युट्युब च्यानलबाट प्रशारण भएकोे छ । अब, हरेक साताको बुधबार बेलुकी यो सिरियलको प्रशारण हुने निर्माता नहकुल भट्टराइले जानकारी दिए ।

    दिलिप तामाङ् ‘हुरहुर’को निर्देशनमा तयार भएको यो सिरियललाई गोेल्ड फिल्मस्ले प्रस्तुत गरेको हो । केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’को संवाद रहेको सिरियलमा दिलिपको नै कथा छ । सिरियलको श्रृङ्खला निर्देशक सितादेवी तिमल्सेना हुन् । राहुल राइले छायांकन गरेको सिरियलको पहिलो भागमा टीकटक एपको क्रेजसँगै यसको राम्रा र नराम्रा दुबै पाटोलाई देखाउन खोजिएको छ ।

    सिरियलमा जयनन्द लामा, भुइसाल लामा, दिलिप तामाङ, देवी आले, धनराम मुस्कान, प्रकाश लिम्बु, बेदना राई, नहकुल भट्टराई, दिपक लम्साल, टुल्कु तामाङको साथमा बाल–कलाकार सोहन थापाको अभिनय छ ।

  • प्रशान्त तामाङको मृत्युको हल्ला फैलिएपछि पत्नीको खण्डन : मेरो श्रीमान जीवित र स्वस्थ हुनुहुन्छ

    प्रशान्त तामाङको मृत्युको हल्ला फैलिएपछि पत्नीको खण्डन : मेरो श्रीमान जीवित र स्वस्थ हुनुहुन्छ

    काठमाडौं । अभिनेता तथा गायक प्रशान्त तामाङको मृत्युको हल्ला मंगलबार दार्जिलिङ, कालिम्पोङ, सिक्किम लगायतका क्षेत्रमा फैलियो । सामाजिक संजालबाट यस्तो खबर फैलिएपछि यो कुराले उनका प्रशंसकलाई दुःखी तुल्यायो ।

    हल्ला निकै फैलिएपछि प्रशान्त र उनकी पत्नी मार्था तामाङले विज्ञप्ति नै जारी गर्नुपर्‍यो । सितिमिति सार्वजनिकरुपमा नआउने उनकी पत्नी मार्थाले मृत्यु हल्लाको खण्डन गर्दै आफ्नो श्रीमान जीवित र स्वस्थ रहेको कुरा बताएकी छिन् ।

    मार्था लेख्छिन् : सामाजिक संजालमा फेक न्यूज फैलिएपछि म यो लेख्न बाध्य छु । मेरो श्रीमान भगवानको आशिर्वादले जीवित र स्वस्थ हुनुहुन्छ । मेरो परिवार, आफन्त र साथीभाइले फोन र म्यासेज गरेर चासो दिनुभएको छ । चासो र मायाप्रति धन्यवाद ।’

    उनले हल्ला फैलाउने त्यहाँका स्थानिय मिडियालाई उजुरी गर्ने समेत बताएकी छिन् । आफ्नै मृत्युको हल्ला फैलिएपछि प्रशान्तले पनि लेखेका छन् : मेरो आयु अझै लामो होस् भनी शुभकामना दिनुभएकोमा हजुरलाई धेरैभन्दा धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु ।’

     

  • योगेशले भरतमणीलाई ९ लाख दिँदा सँगै चेक समातेका विक्की र सन्तोष खाली हात ! (भिडिओसहित)

    योगेशले भरतमणीलाई ९ लाख दिँदा सँगै चेक समातेका विक्की र सन्तोष खाली हात ! (भिडिओसहित)

    काठमाडौं । आफ्ना जिल्लावासी भरतमणी पौडेल कमेडी च्याम्पियन बनेपछि एमाले नेता योगेश भट्टराई निकै खुशी छन् । भरतमणीलाई जिताउन उनले सुरुदेखि खुलेर लविङ गर्दै आएका थिए ।

    योगेशको सक्रियतामा गठित ‘भरतमणि सहयोग समिति ताप्लेजुङ’ ले आज एक कार्यक्रम गरी भरतमणिलाई ९ लाख ५ हजार रुपैयाँ प्रदान गर्यो । समितिका तर्फबाट उनले नै चेक हस्तान्तरण गरेका थिए । भरतमणीलाई जिताउने अभियानका क्रममा संकलन गरिएको रकम थियो यो ।

    अमिल्दो चाहिँ के भयो भने यस कार्यक्रममा कमेडी च्याम्पियनमा दोस्रो र तेस्रो भएका विक्की अग्रवाल र सन्तोष थापालाई पनि निम्त्याइएको थियो । तर, उनीहरुलाई कुनै नगद पुरस्कारको व्यवस्था थिएन । उनीहरु दुवैलाई खादा ओढाएर सम्मानपत्र मात्र दिइयो । भरतमणीको दायाँ र बायाँ उभिएर बिक्की र सन्तोषले उनलाई ठूलो आकारको ‘चेक’ समात्न सहयोग गरे । आफूहरुले एक रुपैयाँ पनि पाएनन् ।

    उक्त दृष्य देख्दा कार्यक्रममा उपस्थित सञ्चारकर्मीहरुले समेत असहज मानेका थिए । एकजनालाई मात्र पुरस्कार दिने कार्यक्रममा अरु प्रतिस्पर्धीलाई बोलाएर अनि चेक समात्न लगाएर बिल्ला गरिएको टिप्पणी पनि सुनियो ।

    कार्यक्रममा तीनैजनालाई मन्तव्य दिन लगाइएको थियो । विक्की र सन्तोष दुवैले व्यंग्यात्मक तरिकाले असन्तोष पोखे ।

    विक्कीले भने, ‘यहाँ तीनजना विजेता लेखेको छ, तर भरतमणिले २५ लाख पनि पायो, ९ लाख पनि पायो, गाडी पनि छ । हाम्रो त भाको पैसा पनि गइसक्यो ।’

    उनको यस्तो व्यंग्यात्मक भनाइमा सहभागीहरु गललल हाँसेका थिए ।

    सन्तोष थापाले पनि ठट्यौली शैलीमा ‘यहाँ किन आएछु जस्तो लागेको’ बताए ।

    ‘कमेडी च्याम्पियन जितेर हामीलाई यहाँ ल्याएको चाहिँ मेरो यति धेरै पावर छ भनेर रैछ,’ उनले हाँस्दै भने, ‘अहिले यहाँ किन आइयो जस्तो भइरहेको छ ।’

    आफ्नो भरतमणीलाई कमेडी च्याम्पियनमा जिताउन योगेशले सुरुदेखि नै खुला लविङ गरिरहेका थिए । उनले व्यक्तिगतरुपमा पनि भरतमणिलाई एक लाख रुपैयाँ प्रदान गरेका छन् । आज दिएको ९ लाख चाहिँ ताप्लेजुङबासीबाट संकलित हो । भरतलाई भोट गरेर उब्रेको पैसा हस्तान्तरण गरिएको एक सदस्यले बताए ।

  • शोभित, शिव र भुवनको सल्लाहमै ‘महानायक’ विवाद झिकिएपछि सलोन असन्तुष्ट !

    शोभित, शिव र भुवनको सल्लाहमै ‘महानायक’ विवाद झिकिएपछि सलोन असन्तुष्ट !

    काठमाडौं । यसैसाता राजधानीमा फिल्म ‘डाँडाको बरपीपल’को गीत रिलिज गर्न प्रेसमिट आयोजना भएको थियो । सलोन बस्नेतको निर्माण र उनका बुवा शोभित बस्नेतको निर्देशन मात्र हैन, शिव श्रेष्ठ र भुवन केसीले धेरैपछि एकसाथ अभिनय गरेकाले पनि चर्चा थियो ।

    यो फिल्मको प्रचारप्रसारका लागि कुनै मसलाको कमी थिएन तर भैदियो उल्टो । नसोचेको विवाद सिर्जिएपछि फिल्मको मुख्य कार्यक्रम नै ओझेलमा पर्‍यो । भुवन र शिवले महानायक र महानायिका विवाद झिकेपछि फिल्मको मूल कुरो विषयान्तर भैदियो ।

    आफैले लगानी गरेको फिल्म महानायक विवादले ओझेलमा परेपछि यतिबेला सलोन असन्तुष्ट छन् । उनी बुवा शोभितप्रति रुष्ट छन् । नेपाल प्रेससँग कुरा गर्दै सलोनले अनावश्यक कुरा उठाएर फिल्मलाई ओझेलमा पारेपछि आफू दुःखित भएको बताए ।

    स्रोतका अनुसार निर्देशक बस्नेत, भुवन केसी र शिव श्रेष्ठले सल्लाह गरेरै महानायक र महानायिका विवाद झिकेका थिए । उनीहरुले कार्यक्रम अघिदेखि नै यस्तो सल्लाह गरेको स्रोत बताउँछ । फिल्मलाई चर्चामा ल्याउन उनीहरुले यस्तो गरेपनि उल्टै फिल्म ओझेलमा परेपछि सलोनले चित्त दुःखाएका हुन् ।

    सलोनले डाँडाको बरपीपललाई आगामी दशैं फूलपातिमा रिलिज गर्ने तयारी गरेपनि हल खुल्ने तत्काल सम्भावना देखिएको छैन ।

  • कमेडी च्याम्पियन भरतमणीलाई योगेशले दिए ९ लाख (भिडिओसहित)

    कमेडी च्याम्पियन भरतमणीलाई योगेशले दिए ९ लाख (भिडिओसहित)

    काठमाडौं । पूर्वमन्त्री तथा एमाले सांसद योगेश भट्टराईले टेलिभिजन रियालिटी सो कमेडी च्याम्पियन सिजन २ का विजेता भरतमणी पौडेललाई ९ लाख रुपैयाँ हस्तान्तरण गरेका छन् ।

    राजधानीमा बुधबार आयोजित कार्यक्रममा भरतमणी सहयोग समिति ताप्लेजुङको तर्फबाट सो रकम प्रदान गरे । समितिले भरतमणीलाई जिताउन सुरुदेखि नै रकम संकलन गरेको थियो ।

    सोका फस्ट रनरअप विक्की अग्रवाल र सेकेन्ड रनरअप सन्तोष थापालाई खादा ओढाएर सम्मान गरिएको थियो ।

  • जन्मनासाथ प्रियंकाकी छोरीको इन्स्टाग्राम अकाउन्ट, आयो यस्तो स्टाटस !

    जन्मनासाथ प्रियंकाकी छोरीको इन्स्टाग्राम अकाउन्ट, आयो यस्तो स्टाटस !

    काठमाडौं। नायिका प्रियंका कार्कीको गर्भवती अवस्थाबारे मिडियामा अनगिन्ति गसिपहरु आए । सोसल मिडियामा दिनहु ट्रोलहरु बने । प्रियंका आफैंले मनग्गे मसला दिइरहिन् । आज उनी गर्भवती भएकी छन् ।

    धेरैलाई लागेको छ, बच्चा जन्माएपछि उनको चर्चा केही समय थामिएला । तर, त्यस्तो छाँट देखिँदैन । छोरी जन्मिएपछि पनि प्रियंकाले पेज ३ गसिपमा छाइरहने सम्भावना देखाएकी छन् । जस्तो कि, उनीले आजै छोरीको नाममा इन्स्टाग्राम अकाउन्ट खोलिदिइन् ।

    इन्स्टाग्रामको नियमअनुसार १३ वर्षभन्दा कम उमेरको व्यक्तिले अकाउन्ट खोल्न पाइँदैन । यस्तोमा अभिभावक अरु कसैले यसको सञ्चालन गर्नुपर्ने भनेर बायोमा नै उल्लेख गर्नुपर्ने प्रावधान रहेको छ । प्रियंका–आयूष्मानले छोरीको अकाउन्ट आफूहरुले ह्यान्डल गर्ने बायोमा जनाएका छन् ।

    गर्भवती हुनासाथै प्रियंका र आयूष्मानले छोरी जन्मने भन्दै ‘आयांका’ नामाकरण गरिसकेका थिए । छोरीका लागि दर्जनौं लुगाफाटा र खेलौना किनेर प्रियंकाले दराजमा सजाइसकेकी छन् प्रियंकाले । नभन्दै उनले छोरी नै पाइन् । स्मरणीय छ कि नेपालमा पेटमा रहेको बच्चाको भ्रुण पहिचान गर्नु कानूनसम्मत मानिँदैन ।

    आज आयांका कार्की जोशी नाममा एक दिनकी प्रियंका पुत्रीको इन्टाग्राम एकाउन्ट खुलेको छ । जन्मिनासाथ आयांकाको पहिलो स्टाटस यस्तो छ, ‘ड्याडी र मम्मीले मलाई उहाँहरुको मायाको पोको भन्नुहुन्छ, र म असहमत छैन ।’

    आयांकाको अकाउन्टलाई ३ हजारभन्दा बढीले फलो गरिसकेका छन् । आगामी दिनमा अब यसै अकाउन्टमार्फत प्रियंकाले गसिपका मसलाहरु उपलब्ध गराउन सक्छिन् । ट्रोलरहरु चनाखो रहनुपर्ने भयो ।

  • ‘महानायक’ विवादमा राजेश हमालको जवाफ : कर्म सहि गर, फल प्राप्त हुनेछ !

    ‘महानायक’ विवादमा राजेश हमालको जवाफ : कर्म सहि गर, फल प्राप्त हुनेछ !

    काठमाडौं । महानायक विवाद पुनः सुरु भएको छ । यसैसाता राजधानीमा आयोजित डाँडाको बरपीपल फिल्मको गीत रिलिज कार्यक्रममा शिव श्रेष्ठ र भुवन केसीले अभिनेत्री गौरी मल्ललाई महानायिकाको संज्ञा दिएपछि यो विषयले पुनः चर्चा पाएको हो ।

    यो विषयलाई लिएर सामाजिक संजालमा करिश्मा मानन्धरका प्रशंसक र भुवन केसी पक्षधर फ्यानहरु बाझाबाझमा ओर्लिएका छन् । केही मिडिया र निजी संस्थाले राजेश हमाल र करिश्मा मानन्धरलाई कार्यक्रममार्फत महानायक र महानायिकाको उपाधि बाँडेका थिए ।

    उक्त कार्यक्रममा भुवनले शिव श्रेष्ठलाई महानायक र गौरी मल्ललाई महानायिकाको उपाधि दिएका थिए । विवादमा पर्ने डरले गौरी मल्लले भने आफूलाई पदभन्दा दर्शकको माया ठूलो भएको जवाफ दिएकी थिइन् ।

    महानायकको चर्चाबीच राजेश हमालले बुधबार फेसबुकमार्फत लेखेका छन् : कर्म सहि गर,  फल प्राप्त हुनेछ ।’ महानायक विवादको टाइम एन्ड स्पेसलाई हेर्ने हो भने राजेश हमालको यो स्टेटस सोही विवादलाई लिएर लक्षित देखिन्छ ।

    सुरुआतदेखि नै शिव श्रेष्ठ र भुवन केसीसँग महानायक विवादकै कारण राजेशको सम्बन्ध हार्दिक छैन । यस्तोमा, हमालको उक्त फेसबुक स्टेटस यही विवादतर्फ लक्षित भएको बुझ्न कठिन छैन । उनको यो डिप्लोमेटिक जवाफलाई लिएर अहिले फिल्मवृत्तमा चर्चा चलेको छ ।

     

  • आमा बनिन् प्रियंका कार्की

    आमा बनिन् प्रियंका कार्की

    काठमाडौं । नायिका प्रियंका कार्कीलाई पुत्रीलाभ भएको छ । उनले छोरीसहितको तस्वीर फेसबुकमा सार्वजनिक गरेकी छन् । सामाजिक संजालमार्फत प्रियंका र पति आयुष्मान देशराज जोशीले शिशुको तस्विर पोस्ट गरेका छन् । उनले छोरीको नाम आयन्का कार्की जोशी नामाकरण गरेकी छिन् । 

    गर्भवती भएपछि प्रियंकाले आफ्नो गर्भावस्थालाई लिएर सामाजिक संजालमा बेबी बम्प, बेबी सावर लगायतका तस्विर सार्वजनिक गरेकी थिइन् । उनका यी तस्विरलाई लिएर सामाजिक संजालमा निकै चर्चा हुने गथ्र्यो ।

  • पूर्वाञ्चल फिल्म एन्ड टेलिभिजनको अध्यक्षमा दीपाश्री निरौला नियुक्त

    पूर्वाञ्चल फिल्म एन्ड टेलिभिजनको अध्यक्षमा दीपाश्री निरौला नियुक्त

    काठमाडौं । पूर्वाञ्चल इन्स्टिच्युट अफ फिल्म एन्ड टेलिभिजनको अध्यक्षमा निर्देशक एवं अभिनेत्री दीपाश्री निरौला नियुक्त भएकी छिन् । इटहरीमा भएको कार्यक्रममा निरौलालाई अध्यक्षमा नियुक्त गरिएको हो ।

    चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईलाई इन्स्टिच्युटको संरक्षकको रूपमा राखिएको छ । इन्स्टिच्युटको सल्लाहकार समितिको संयोजकमा फिल्मकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुणकुमार प्रधानलाई चयन गरिएको छ ।

    संघका महासचिव तथा अभिनेता दिनेश कोइराला र महासंघ उपाध्यक्ष प्रकाश सुब्बालाई पनि सल्लाहकार समितिमा चयन गरिएको जनाइएको छ । ‘अध्यक्षमा नियूक्त हुन पाउँदा हर्षित छु’ निरौलाले नेपाल प्रेसलाई भनिन् । उक्त कार्यक्रमको मुख्य अतिथिको रुपमा अभिनेता तथा निर्माता दीपकराज गिरी पनि सहभागि थिए । उनले अध्यक्षसहितको सल्लाहकार समूहलाई बधाई दिएका छन् ।

    ‘पहिले हामीले परेर सिकेका थियौं तर अहिले पढेर सिक्ने मात्रै प्रतिस्पर्धी बजारमा उत्तिर्ण हुनसक्छन्’ दीपकले भने । अहिले छोटा फिल्म निर्माणमा इन्स्टिच्युट सक्रिय छ । जसले गर्दा त्यहाँ पढ्ने विद्यार्थीले कलालाई उपभोग गर्ने अवसर पाएका छन् ।

    नृत्य कक्षा समेत सञ्चालन गरिरहेको उक्त इन्स्टिच्युटमा फिल्म निर्माणसँगै निर्देशन, पटकथा लेखन, छायांकन, अभिनय र सम्पादन लगायतका विषय पढ्न पाउने भएका छन् । फिल्म मेकिङ सँगै डिरेक्सन, स्क्रिप्ट राईटिङ, सिनेमाटोग्राफी, अभिनय, एडिटिङ लगायतका कोर्सहरू पढाई हुने जनाइएको छ ।

  • एमी अवार्ड रेडकार्पेटमा चम्किए विश्व स्टारहरु, नेटफिल्क्स सिरिज ‘द क्राउन’ सर्वोत्कृष्ट (तस्बिरहरु)

    एमी अवार्ड रेडकार्पेटमा चम्किए विश्व स्टारहरु, नेटफिल्क्स सिरिज ‘द क्राउन’ सर्वोत्कृष्ट (तस्बिरहरु)

    न्यूयोर्क । कारोना महामारीका कारण गतवर्ष स्थगित भएको एमी अवार्ड २०२१ यसवर्ष भौतिकरुपमै सम्पन्न भएको छ । अवार्डको ७३ औ संस्करण गएराति अमेरिकाको लस एन्जलल्समा खुलारुपमा भएको थियो जहाँ दर्शक र सेलेव्रिटी सहभागि रहे । एमीलाई विश्व टेलिभिजनकै सर्वोच्च अवार्ड मानिन्छ ।

    कोरोनाविरुद्धको खोप लगाएका दर्शकलाई प्रवेशको अनुमति दिइएको उक्त अवार्डमा नेटफिल्क्स सिरिज ‘द क्राउन’ सर्वोेत्कृष्ट ड्रामा सिरिज घोषित भयो । यो सोले बेस्ट ड्रामा सिरिज, बेस्ट एक्टर, बेस्ट सर्पोटिङ एक्टरको अवार्ड पनि प्राप्त गरेको छ ।

    यसका साथै यही सिरिजले सर्वोकृष्ट निर्देशकको अवार्ड समेत हासिल गरेको छ । यस ड्रामा सिरिजबाट ओलिविया कोलम्यान र ओकनरले उत्कृष्ट अभिनेत्री र सर्वश्रेष्ठ अभिनेताको उपाधि पाएका छन् ।

    यस वर्ष ‘टेड लास्सो’ कमेडि रियालीटी सोे १३ विधामा मनोनयन भएको थियो । यो सोले बेस्ट कमेडी सिरीजको अवार्ड समेत हासिल गर्‍यो । हन्ना वाडिंगमले यसबाट सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड पाएकी छिन् । एमीलाई विश्व टेलिभिजन क्षेत्रकै सर्वोच्च अवार्ड मानिन्छ ।

    एमी अवार्ड रेडकार्पेट यसको फेसनको कारणले पनि चर्चित मानिन्छ । यसपटक लस एन्जल्स र लन्डनको फेसन पर्सपेक्टिभ एमीमा देखिएको द भग म्यागजिनले जनाएको छ । द क्राउन सिरिजका कलाकारहरु रेडकार्पेटमा प्रस्तुत भएका थिए ।

            

     

     

     

  • कर्णदासको पाइला पछ्याउँदै छोरा मर्कुश : यस्तो छ डेब्यु सांगीतिक भिडिओ

    कर्णदासको पाइला पछ्याउँदै छोरा मर्कुश : यस्तो छ डेब्यु सांगीतिक भिडिओ

    काठमाडौं । कर्ण दास गम्भीर गीत गाएर चिनिएका गायक हुन्। उनका छोरा मर्कुश दास भने रोमान्टिक गीतका साथ पहिलो म्युजिक भिडिओ लिएर आएका छन्। युट्युब मार्फत ‘थाहा छैन’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा शब्द र संगीत कुशल पोखरेलको छ।

    मर्कुशले चार वर्षअघि मेलिना राईसँग ‘जिन्दगी ओराली उकाली’ बोलको गीत गाएका थिए। गीतले युगल गायनतर्फबाट इमेज अवार्डसमेत जितेको थियो।

    स्तरीय गीत भए पनि त्यसको म्युजिक भिडिओ बन्न सकेन। त्यसबाहेक पनि गायक मर्कुशले दुई गीत गाएका छन् जसको अडियो र लिरिकल भिडियो मात्र सार्वजनिक भयो। पहिलो पटक भिडिओसहितको गीत सार्वजनिक गरेका मर्कुश यस गीतका म्युजिक भिडिओ निर्देशक पनि हुन्।

    पोखराबाट मध्याह्नु ब्यान्डका गायकका रुपमा उदाएका कर्ण दासले पछि आधुनिक गायनमा पनि विशिष्ट छाप छोडे। बुबाजस्तै मर्कुशको संगीत यात्रा पनि ब्यान्डबाटै सुरु भएको हो। उनी प्लस टुको पढाइपछि ‘प्रतिविम्ब’ ब्यान्डमा सक्रिय भए। पाँच सदस्य रहेको ब्यान्डले पोखराका कन्सर्ट र रेस्टुरेन्टहरुमा प्रस्तुति दिने गर्दथ्यो।

    बिबिएको पढाइ छोडेर काठमाडौं आएका मर्कुशले गायनभन्दा बढी संगीतको प्राविधिक पाटोमा बढी समय दिए। दुई वर्ष ‘अकस्टिक स्टुडियो’मा साउन्ड इन्जिनियरका रुपमा काम गरेका उनले नेपाल म्युजिक स्कुलमा केही समय पियानो सिके। त्यसयता स्वअध्ययन र स्वअभ्यासबाट उनी संगीत क्षेत्रको नजिक छन्।

    तर, गीत सार्वजनिक गर्ने उनको रहर पूरा भएको थिएन। केही अडिओ र लिरिकल भिडिओ सार्वजनिक भए पनि गीत बाहिर ल्याउन सकेका थिएनन्। जिन्दगी ओराली उकाली सार्वजनिक हुँदा मर्कुश नेपालमै थिए। हाल उनी अष्ट्रेलियामा छन्। हस्पिटालिटीमा डिप्लोमा सकाएका उनी भविष्यमा संगीतको औपचारिक अध्ययन गर्ने सोच रहेको बताउँछन्।

    मर्कुशका अनुसार यो गीत एक वर्षअघि नै सार्वजनिक गर्ने तयारी भएको थियो। तर, कोरोना महामारीका कारण ढिलाइ भयो। ढिलै भए पनि पहिलो पटक गीतको भिडियो सार्वजनिक भएपछि उत्साह बढेको उनले बताए। उनले भने, ‘भिडियोसहित नयाँ गीत आउँदा खुसी त छ नै। पहिलो पटक म्युजिक भिडिओ निर्देशन गरेकोले पनि उत्साहित छु।’

    २५ वर्षीय मर्कुशको मात्र नभई भिडियोमा सम्बद्ध धेरै जनाका लागि नयाँ अनुभव बनेको छ। अष्ट्रेलियामा छायांकन भएको भिडिआमा सुबिर भन्डारी र हिलारी रावलले अभिनय गरेका छन्। प्रयुष मानन्धरको सिनेमेटोग्राफीको भिडियोलाई सुदीप विष्टले सम्पादन गरेका छन्।

    ‘थाहा छैन’ शिक्षा सदन एजुकेसन एन्ड भिसा सर्भिसेज, सानो क्याफे र लाखे इभेन्टसको सहयोगमा निर्माण भएको हो। विदेशमा बसेर पनि संगीतमा सक्रिय हुने बताएका उनले चाँडै नयाँ गीत संगीत लिएर स्रोतामाझ आउने बताए। हेर्नूस गीत :

  • प्रधानमन्त्रीलाई भेट्दै फिल्मकर्मी : दशैंअघि फिल्म रिलिजको वातावरण बनाउन माग

    प्रधानमन्त्रीलाई भेट्दै फिल्मकर्मी : दशैंअघि फिल्म रिलिजको वातावरण बनाउन माग

    काठमाडौं । दशैंअघि फिल्म रिलिजको वातावरण गराउन फिल्म निर्माता र प्रदर्शकले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने भएका छन् । यसअघि सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका उनीहरुले कांग्रेस सभापति समेत रहेका देउवालाई भेट्न लागेका हुन् ।

    फिल्म क्षेत्रलाई चलायमान बनाउन सरकारले ३ देखि ६ महीनासम्म रिलिज हुने फिल्मको कूल लगानीको ५० प्रतिशत सुनिश्चित गर्नुपर्ने मुख्य माग प्रधानमन्त्रीलाई पेश गर्ने तयारी छ ।

    ‘कम्तीमा ३ देखि ६ महीनासम्म हलमा लाग्ने फिल्मको लगानीको आधा रकम सरकारले ग्यारेन्टी गर्नुपर्छ र सोहीअनुसार यो क्षेत्रलाई चलायमान बनाउन सकिन्छ’ निर्माता संघका अध्यक्ष आकाश अधिकारीले नेपाल प्रेसलाई भने ।

    ‘हामी दशैंलाई मिस गर्न चाहँदैनौं र यसका लागि सरकारले उपयुक्त वातावरण तयार गर्नुपर्छ’ अधिकारीले भने, ‘हामीले प्रधानमन्त्रीसँग फिल्म छायांकनको लागि अनुदानसहित फिल्म हलको लागि डिमान्ड शुल्कको माग पनि प्रस्तुत गर्नेछौं ।’

    दिनुहँजसो हुने छलफलमा निर्माताले यिनै माग राखेकाले अहिले हल खुलाउन सरकारले अनुमति दिएपनि फिल्म नभएकाले हल संचालन हुन सकेका छैनन् । भोलि प्रधानमन्त्रीसँग भेटपछि दशैंमा फिल्म रिलिजका लागि टुंगो लाग्न सक्ने चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले जानकारी दिए ।

    दशैं फूलपाति सुरु हुन २० दिन बाँकी रहेपनि अहिलेसम्म लाइनअप तयार नहुँदा रिलिज नहुने सम्भावना बढ्दै गएको छ । सरकारले हल खुलाउन अनुमति दिएपनि उत्साहित फिल्मकर्मी अहिले भने रिलिजकै टुंगो नलाग्दा निराश बनेका छन् ।

     

  • ‘ह्याप्पी दशैं’ बोलको नयाँ गीत सार्वजनिक (भिडियो)

    ‘ह्याप्पी दशैं’ बोलको नयाँ गीत सार्वजनिक (भिडियो)

    काठमाडौं । दशैको माहोल नजिकिँदै गर्दा ‘ह्याप्पी दशैं’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । दशैं नजिकिएसँगै स्माइल नेपाल अनलाइन टिभीको युट्युब च्यानलबाट नयाँ गीत सार्वजनिक भएको हो । देवी घर्ती, राजु ढकाल, अस्मिता डल्लाकोटी र रविन लामिछानेको स्वरमा सजिएको गीतको भिडियोमा सन्तोष पन्त, सुष्मा ढकाल, फिलिप देवकोटा र अस्मिता डल्लाकोटीको पनि अभिनय रहेको छ । डल्लाकोटी दोहोरी च्याम्पियनको उत्कृष्ट ८ मा पर्न सफल गायिका पनि हुन् ।

    एकआपसमा माया र सदभाव साटेर दशैं मनाऔं भन्ने सन्देश गीतमार्फत दिन खोजिएको गायीका डल्लाकोटीले बताईन । उनका अनुसार गीतमा विदेश पुगेका नेपाली दशैं मनाउन गाउँघर नै फर्किन्छन् भन्ने कथालाई प्रस्तुत गरिएको छ ।

    गीतको शब्द सन्तोष पन्तले लेखेका हुन्  भने गीतमा संगीत पनि पन्तले नै भरेका छन् । गीतमा संगीत संयोजन चेतन गोतामेको छ भने गीतको भिडियो मदन खड्काले निर्देशन गरेका हुन् । वीरेन्द्र भट्टले छाँयाकन गरेको भिडियोलाई अविनास डिसीले सम्पादन गरेका हुन् ।

  • ५० हजार धरौटीमा शिल्पाका पति राज कुन्द्रा रिहा

    ५० हजार धरौटीमा शिल्पाका पति राज कुन्द्रा रिहा

    काठमाडौं । बलिउड अभिनेत्री शिल्पा शेठ्ठीका पति राज कुन्द्रालाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । पोर्न फिल्मको धन्दा गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो ।

    हिन्दूस्तान टाइम्सका अनुसार मेट्रोपोलिटन म्याजिस्ट्रेट कार्टले सोमबार कुन्द्र र उनका सूचना प्रविधि प्रमुख रिया थोर्पेलाई मात्र ५० हजार भारु धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

    मुम्बइ प्रहरीले कुन्द्रालाई गत जुलाइमा पक्राउ गरेको थियो र उनीमाथि गत साता मात्रै १ हजार ४ सय ६७ पेजको चार्ज सिट दायर गरिएको थियो । कुन्द्राले आफूलाई साधारण धरौटीमा छोड्न अदालतमा अपिल गरेका थिए । आफुविरुद्ध प्रहरीसँग कुनै बलियो प्रमाण नभएको उनले दावी गरेका छन् ।

    उनको तर्फबाट दायर अपिलमा भनिएको छ, स्वेच्छाले कथित भिडिओहरुमा अभिनय गरेको पनि कुन्दाको दावी छ ।

  • भुवनले दिए गौरीलाई ‘महानायिका’ उपाधि, शिवलाई ‘महानायक’ संज्ञा

    भुवनले दिए गौरीलाई ‘महानायिका’ उपाधि, शिवलाई ‘महानायक’ संज्ञा

    काठमाडौं । नेपाली फिल्म क्षेत्रमा उपाधिलाई लिएर विवाद हुनु नयाँ होइन । प्रत्येक व्यक्ति र संस्थाले निजी तवरबाटै उपाधि वितरण गरिरहेका हुन्छन् । यसलाई लिएर एकरुपता पनि पाइँदैन ।

    केही वर्षपहिले एक टेलिभिजन कार्यक्रम संचालकले राजेश हमाललाई महानायक र करिश्मा मानन्धरलाई महानायिका भएको बताए । उनले टिभी कार्यक्रमबाटै राजेश र करिश्मालाई यस्तो उपाधि दिएपछि दर्शकले पनि हमाललाई महानायक र करिश्मालाई महानायिका भन्न थाले ।

    यसबीचमा धेरैपटक यो उपाधिलाई लिएर पटक–पटक विवाद समेत हुने गरेको छ । यसैसाता काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमा अभिनेताद्धय भुवन केसी र शिव श्रेष्ठले नायिका गौरी मल्ललाई महानायिकाको उपाधि दिए ।

    शोभित बस्नेतले निर्देशन गरेको फिल्म डाँडाको बरपीपलमा भुवन र शिवले गौरीजस्तो अभिनेत्री अझै केही पुस्तामा नआउने दावी गर्दै गौरीलाई अभिनयकी वास्तविक महारानी र महानायिका भएको बताए । भुवनले त अझै शिवलाई महानायक भन्न समेत भ्याए ।

    जवाफमा अभिनेत्री मल्लले आफूलाई पद र सम्मानभन्दा दर्शकको माया ठूलो हुने बताइन् । ‘काम सुरु गर्दा महानायिका हुन्छु र पद पाउँछु भनेर गरेको होइन । यो देशमा उपधिको कुनै औचित्य छैन’ गौरीले भनिन्, ‘विभिन किमिसको उपाधिले मान्छेहरुलाई सिंगारेको देख्छु । मलाई उपाधि चाहिँदैन । हामीलाई श्रम गर्र्ने मौका दिनूस । पदभन्दा दर्शकको माया र स्नेह नै माथि छ ।’

    हालैको एक टिभी कार्यक्रममा करिश्मा मानन्धरलाई भुवन र राजेश हमालमध्ये कसलाई रोज्नुहुन्छ भनेर सोधिएको थियो । जवाफमा करिश्माले हमाललाई छनौट गरेकी थिइन् । अर्कोतर्फ, भुवन र राजेशबीच पहिलेदेखि नै महानायक इस्युमा मतभिन्नता छ ।

    भुवनले यस्तो जवाफमा दिनुलाई अस्वभाविकरुपमा लिन मिल्दैन । बस्नेत निर्देशित फिल्म डाँडाको बरपीपलमा भुवन र शिवले दशकपछि सहकार्य गरेका छन् । उक्त फिल्मको एउटा गीत लन्च कार्यक्रममा गरिएको थियो ।