Category: कलाप्रेस

  • स्वस्तिमाको प्रशंसा गर्दै योगेशले भने : उहाँ आर्मी बन्नुपर्ने मान्छे, टीकटकमा पनि फलो गरेको छु

    स्वस्तिमाको प्रशंसा गर्दै योगेशले भने : उहाँ आर्मी बन्नुपर्ने मान्छे, टीकटकमा पनि फलो गरेको छु

    काठमाडौं । केन्द्र मोसन पिक्चर्सको नयाँ गीत ‘सरकारी अड्डा’ सार्वजनिक भएको छ । रचना रिमाल र पदम राईको स्वर रहेको गीतमा निश्चल बस्नेत र स्वस्तिमा खड्का फिचर्ड छन् ।

    बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा एमाले नेता योगेश भट्टराई पनि उपस्थित थिए । नेता भट्टराईले गीत हेरेपछि महिला सैनिकको रुपमा फिचर्ड भएकी स्वस्तिमाको भूमिकाको प्रशंसा गरे ।

    ‘निश्चल र स्वस्तिमाजीलाई मैले टीकटकमा पनि फलोे गरेको छु । उहाँहरुको वास्तविक जीवन पनि प्रेरणादायी छ । स्वस्तिमाजी आर्मीमा गएपनि स्ट्रिक्ट हुने मान्छे हो । उहाँले निकै राम्रो काम गर्नुभएको छ’ योगेशले भने ।

    तस्बिरहरु : उमेश कार्की

    गायिका रचना रिमाललाई पनि टीकटकबाट चिनेको बताउँदै योगेशले उनका प्रस्तुति अर्गानिक भएको र बनावटी नलाग्ने बताए । सन्देशमूलक गीत बनेको भन्दै उनले सबैले सुन्नुपर्ने गीत बनेको बताए ।

    तलबले पेट पाल्छु भनेर सकारात्मक सन्देश दिएको बताउँदै भट्टराईले दाईजोभन्दा माया र प्रेम नै ठूलो सन्देश भएको बताए । ‘हाम्रो सरकारी अड्डामा नेगेटिभ मात्र हैन, पजेटिभ पाटो पनि छ’ उनले भने ।

    अभिनेत्री खड्काले सेनाप्रति आफ्ना विशेष लगाव रहेको बताइन् । आफूले कक्षा ८ सम्म सैनिक स्कुलमै पढेको र बुवा पनि सेना भएकाले यस्तै थिमको गीतमा काम गर्न पाउँदा खुशि लागेको बताइन् । निश्चलले चाहिँ भिडिओ हेर्दा आफू हल्का मोटाएकोजस्तो महसुस भएकाले डान्स प्राक्टिस गरिरहेको बताए ।

    पछिल्लो समय म्युजिक भिडिओ निर्माणमा चर्चा बटुलेको केन्द्र मोसन पिक्चर्स गीत निर्माण गरेको हो ।

     

  • सागर, प्रिज्मा र प्रिन्सीको ‘चकलेटी स्याउँ’ गीत रिलिज (भिडिओ)

    सागर, प्रिज्मा र प्रिन्सीको ‘चकलेटी स्याउँ’ गीत रिलिज (भिडिओ)

    काठमाडौं । गायक समिर आचार्य र गायिका स्वस्तिका ढकालको स्वरमा समावेश ‘चकलेटी स्याउँ’ बोलको गीतको भिडिओ सार्वजनिक गरिएको छ । दिनेशराज पुरीको शब्द रहेको यो गीतमा अर्जुन पोखरेलको संगीत छ ।

    यो गीतलाई अर्जुनले रोमान्टिक शैलीमा तयार पारेका छन् । गीतका केही शब्दहरुले दर्शक तथा श्रोताको ध्यान तान्न सक्छ । यो गीतको भिडिओमा कलाकार सागर लम्साल, प्रिज्मा र प्रिन्सी खतिवडाको अभिनय छ । तीनैजना कलाकार भिडिओमा डान्सिङ मुडमा देखिएका छन् ।

    शान थापाले भिडिओ निर्देशन गरेका हुन् । मनोज बस्नेतको लगानीमा बनेको भिडिओमा हरि हुमागाँइको छायांकन, सुप्रिम पराजुलीको सम्पादन, राजिभ समरको कोरियोग्राफी छ । हेर्नूस गीत :

  • प्रकाश सपुत रोयल पेन्ट्सको ब्रान्ड एम्बेसडरमा नियुक्त, दशैंतिहार गीतमा गरिमासँग फिचर्ड

    प्रकाश सपुत रोयल पेन्ट्सको ब्रान्ड एम्बेसडरमा नियुक्त, दशैंतिहार गीतमा गरिमासँग फिचर्ड

    काठमाडौं । गायक तथा मोडल प्रकाश सपुत रोयल पेन्ट्सको ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन् । राजधानीमा आज आयोजित दशैंतिहार गीत लन्च कार्यक्रममा सपुतलाई उक्त ब्रान्डले दुई वर्षको लागि अनुबन्धित गरेको हो ।

    दुईवर्षसम्म सिर्जना र गायकीमार्फत आफू रोयल पेन्ट्ससँग आबद्ध हुने जानकारी उनले दिए । पैसाको पछि लागेको भन्ने आरोपहरुको उनले खण्डन गरे ।

    मोडल गरिमा शर्माले पनि प्रकाश सपुत लगायका कलाकारसँग काम गर्न पाउनु खुशिको कुरा भएको बताइन् ।

    सो अवसरमा रचना रिमाल र महेन्द्र बरालको स्वरमा रहेको दशैंतिहार गीत सार्वजनिक गरियो । उक्त म्युििजक भिडिओमा सपुतसहित गरिमा शर्मा, रमेश बुढाथोकी, रस्मी भट्ट लगायतको अभिनय छ ।

  • साम्राज्ञीको कमब्याक गीत ‘माया पिरेम’ लन्च (भिडिओ)

    साम्राज्ञीको कमब्याक गीत ‘माया पिरेम’ लन्च (भिडिओ)

    काठमाडौं । म्युजिक भिडिओमार्फत अभिनेत्री साम्राज्ञी शाह सोसल प्लेटफर्ममा कमब्याक भएकी छिन् । सांगीतिक भिडिओमा कमै देखिने उनी अभिनित डान्सिङ ट्रयाक माया पिरेम आज इन्टरनेट रिलिज भएको छ ।

    राजधानीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा गीत लन्च गरियो । साम्राज्ञीले महंगो पारिश्रमिक लिएको कारणले पनि यो गीत निर्माण अघिदेखि नै चर्चामा थियो । बक्सअफिस सफलता प्राप्त गरेकी हिरोइन अभिनित भएकाले पनि यो भिडिओ पर्खाइमा थियो ।

    ट्री इन्टरटेनमेन्टको निर्माण रहेको उक्त भिडिओमा साम्राज्ञीसहित एलिसा शर्मा, डेलविस र राजको समेत अभिनय छ । यो डान्सिङ ट्रयाकमा विश्व नेपाली र अस्मिता परियारले स्वर दिएका छन् ।

    शंकर स्माइलको संगीत, डीपी खनालको शब्द रहेको गीतलाई भिडिओ निर्देशन चाहिँ माइकल चन्दले गरेका छन् । दिनेश दर्शनधारी र यशोधा राईले निर्माण गरेको भिडिओलाई ट्री इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो ।

    उक्त कार्यक्रममा नेकपा एसका नेता मेटमणी चौधरी र अभिनेता शिव श्रेष्ठले सारंगी भिलेज फाउन्डेसनद्वारा प्रकाशित नेपालका रैथाने गन्धर्ब पुस्तक बिमोचन तथा ट्री मिडिया न्यूजद्वारा प्रकाशित विजनेस दर्शन मासिक पत्रिका समेत विमोचन गरिएको थियो ।

    हेर्नूस गीत :

    https://www.youtube.com/watch?v=ifHLg_1KLTI

  • हृदयघातले ‘रावण’को निधन, मोदीले भने : एक असाधारण अभिनेता

    हृदयघातले ‘रावण’को निधन, मोदीले भने : एक असाधारण अभिनेता

    काठमाडौं । टेलिभिजनमा लोकप्रिय सिरिज ‘रामायण’मा लंकाधिपति रावणको भूमिकामा अभिनय गर्ने कलाकार अरविन्द त्रिवेदीको हृदयघातले निधन भएको छ ।

    गएराति ८३ वर्षिय त्रिवेदीको मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन् । उनका भतिजा कौस्तुभ त्रिवेदीले अभिनेताको मृत्युको पुष्टि गरेका हुन् ।

    अभिनेता त्रिवेदीको मृत्युपछि रामायणका सहअभिनेताहरु अरुण गोविल, सुनिल लहरी, दीपिका चिखलिया र फ्यानहरुले सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि त्रिवेदीको निधनमा शोक व्यक्त गरेका छन् । मोदी लेख्छन् : हामीले अरविन्द त्रिवेदीलाई गुमाएका छौं । उनी एक असाधारण अभिनेता थिए । जनसेवाप्रति उनी समर्पित थिए । भारतको आगामी पुस्ताले पनि उनलाई सम्झनेछ । ओम शान्ति ।

    रामानन्द सागरको रामायणमा अरुण गोविलले राम, सुनील लहरीले लक्ष्मण र दीपिका चिखलियाले सीताको भूमिका निर्वाह गरेका थिए ।

  • म्युजिक अवार्ड २०२१ : पल र लक्ष्मी पपुलर मोडल, दुर्गेश र पूजा उत्कृष्ट मोडल घोषित

    म्युजिक अवार्ड २०२१ : पल र लक्ष्मी पपुलर मोडल, दुर्गेश र पूजा उत्कृष्ट मोडल घोषित

    काठमाडौं । नेपाल बेष्ट म्युजिक अवार्ड-२०२१’ चन्द्रागिरीमा गरिएको छ । अवार्डमा ३५ रेगुलर विधासँगै जुरी अवार्ड तथा पत्रकारिता पुरस्कार वितरण गरिएको हो ।

    जसमा उत्कृष्ट भिडिओ निर्देशकको अवार्ड बिधान कार्कीले पाए भने पपुलर मोडल पुरुषको अवार्ड ‘फुलबुट्टे सारी’बाट पल शाह पाए । पपुलर मोडल महिलाको अवार्ड ‘जेल पनि सहुँला’बाट लक्ष्मी बर्देवाले कब्जा गरिन् ।

    उत्कृष्ट मोडल आधुनिक पुरुषतर्फको ट्रफी भने अवार्ड ‘बहुला २’ बाट दुर्गेश थापाले जिते । उत्कृष्ट मोडल आधुनिक महिलाको अवार्ड ‘पुरानो घाउ’बाट पूजा शर्माले जितिन् भने पपुलर सिङ्गर पुरुषको अवार्ड ‘फुटेका चुरा’बाट प्रकाश सपूतले जिते । पपुलर सिङ्गर महिलाको अवार्ड ‘फुलबुट्टे सारी’बाट मिलन नेवारले जितिन् ।

    चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख रहेको अवार्ड कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी, उद्योग बाणिज्य संघका उपाध्यक्ष चन्द्र ढकाल, अभिनेता कृष्ण मल्ल, अभिनेत्री शर्मिला मल्ल लगायतका कलाकार सहभागि थिए ।

    ‘पत्रकारिता पुरस्कारबाट लक्ष्मण सुवेदी, कुबेर गिरी र रमेश बस्नेतलाई नगद, दोसल्ला र सम्मानपत्र सहित सम्मानित गरियो । गरिएको थियो । नायिकाहरु पूजा शर्मा, आँचल शर्मा, लक्ष्मी बर्देवा, गायक प्रकाश सपूत, दुर्गेश थापा, मोडल अन्जली अधिकारी, संगीतकार अर्जुन पोखरेल, गायिका दुर्गा खरेल, गायक प्रताप दास, मोडल सुधिर श्रेष्ठ, गायिका एलिना चौहान पनि सहभागी थिए ।

    हेर्नूस अवार्ड विजेताको सूची :

    बेस्ट भिडिओ निर्देशक –बिधान कार्की (नबोली नबोली)

    बेस्ट भिडिओ कोरियोग्राफर– सन्तोष राजबाहक (पहिलो माया)

    बेस्ट भिडियो सम्पादक– धुर्बराज पराजुली ‘प्रज्वलित’

    बेस्ट सिनेम्याटोग्राफर– नवराज उप्रेती (फुटेका चुरा)

    बेस्ट लोकगायक– युवराज मगर (गोरखपुरे रेल)

    बेस्ट लोकगायिका– अनिता चलाउने (फुटेका चुरा)

    बेस्ट लोकगीत कम्पोजर– प्रभावन जे (माछी भुल्यो)

    बेस्ट लोक फिमेल मोडल– अन्जली अधिकारी (उखु गुलियो)

    बेस्ट लोक मेल मोडल– महेन्द्र गौतम (निष्ठुरे)

    बेस्ट रचना लोक– गणेश चौलागाईं (मायाको झण्डा)

    बेस्ट रचना पप– सिन्चुरी सुरेश घमाल (संगैको साथी)

    बेस्ट पप सिंगर मेल– राहुल रक्स (तिमी रिसाउँदा)

    बेस्ट पप सिंगर फिमेल– रानी शाक्य (सालघारी)

    बेस्ट पप कम्पोज– नागेन्द्र श्रेष्ठ (तिमी बिना)

    बेस्ट पप मोडल मेल– सुधिर श्रेष्ठ (भन के गरम)

    बेस्ट पप मोडल फिमेल– रेबिका गुरुङ (बाटोको काँडा)

    बेस्ट प्लेब्याक सिंगर मेल– प्रताप दास (हर युग होस्– प्रेमगीत)

    बेस्ट प्ले ब्याक सिंगर फिमेल– प्रविशा अधिकारी (हर युग होस्–प्रेमगीत)

    बेस्ट कम्पोजर फिल्म – अर्जुन पोखरेल (तिम्रो घरको वरपरी– म यस्तो गीत गाउँछु २)

    न्यु फेस सिङ्गर फिमेल– अस्मिता परियार (आकाशै को)

    न्यु फेस सिङ्गर मेल– दुर्गा बिसी (झ्यालै मा)

    डेब्यु मोडल मेल– डिमन क्षेत्री (तिमी रिसाउँदा)

    डेब्यु मोडल फिमेल– प्राची लामा (तिमी यति राम्री किन)

    बेस्ट गायक आधुनिक मेल– युवराज चौलागाईं (देउता भाकी)

    बेस्ट गायीका आधुनिक फिमेल – समीक्षा अधिकारी (नबोली नबोली)

    बेस्ट मोडल आधुनिक मेल – दुर्गेश थापा (बहुला २)

    बेस्ट मोडल आधुनिक फिमेल – पूजा शर्मा (पुरानो घाउ)

    बेस्ट कम्पोज आधुनिक – सुभाष भुषाल (दोबाटोमा चौतारी)

    बेस्ट लिरिक्स आधुनिक –उषा केसी पोखरेल (पैसा पैसा)

    बेस्ट गीत – बिमल डाँगी/सरिता डाँगी

    पपुलर सिङ्गर मेल – प्रकाश सपूत (फुटेका चुरा)

    पपुलर सिङ्गर फिमेल – मिलन नेवार (फुलबुट्टे सारी)

    पपुलर म्युजिक कम्पोजर– राजनराज शिवाकोटी (फुलबुट्टे सारी)

    पपुलर मोडल मेल – पल शाह (फुलबुट्टे सारी)

    पपुलर मोडल फिमेल – लक्ष्मी बर्देवा (जेल पनि सहुँला)

    जुरी अवार्ड

    बेस्ट गायक – सचिन रौनियार

    बेस्ट गायिका – दुर्गा खरेल

    बेस्ट गायक – कमल राई

    बेस्ट गायिका – एलिना चौहान

    बेस्ट नव गायक – आर सी सापकोटा

    बेस्ट नव गायक – बिबेक चौलागाईं

    बेस्ट गायक – पदम भट्टराई

    बेस्ट गीतकार – महेश आचार्य

    बेस्ट गायक –मंगल बिक

    बेस्ट गायक – पूर्ण लिम्बु

    बेस्ट मोडल – चाँदनी प्रधान

    पब्लिक च्वाइस डायस्पोरा – धन किरण गुरुङ

    तुलसी मिडिया बिशेष निर्देशक अवार्ड – खिल बहादुर गुरुङ

    तुलसी मिडिया बिशेष कलाकार – बिरबल घले

    तुलसी मिडिया भर्सटाइल अवार्ड – नरेश भट्टराई

    पब्लिक च्वाइस अवार्ड – आँचल शर्मा

     

  • जब ‘थ्री इडियट्स’का प्रोफेसर काठमाडौंको भाटभटेनीमा भेटिए (भिडिओ)

    जब ‘थ्री इडियट्स’का प्रोफेसर काठमाडौंको भाटभटेनीमा भेटिए (भिडिओ)

    काठमाडौं । बलिउड फिल्म उचाइ छायांकनलाई अहिले अनुपम खेर, बोमन इरानीसहितका कलाकार नेपाली राजधानीमा छन् । सोमबार स्वयम्भु र मंगलबार काठमाडौं विमानस्थलमा सुटिङ भएको छ ।

    फिल्म युनिट बुधबार लुक्लातर्फ प्रस्थान गर्दैछ । काठमाडौंमा रहँदा अनुपम खेर पशुपतिनाथ मन्दिरमा पूजा गर्न पुगे भने बोमन इरानी भाटभटेनीमा सपिङ गर्न । उनीहरु आमसर्वसाधारणजस्तै रुपमा त्यहाँ पुगेका थिए ।

    थ्री इडियट्स फिल्ममा प्रोफेसरको चरित्रमा अभिनय गरेका बोमन आज अपरान्ह भाटभटेनी डिपार्टमेन्टल स्टोर पुगेका थिए । त्यहाँ उनले त्यहाँ केही सामग्री किनमेल पनि गरे ।

    मास्कमा त्यहाँ पुगेका इरानीलाई चिनेपछि तस्बिर खिचाउनेको घुइँचो लाग्यो । भाटभटेनीमा आफूले प्रशंसकबाट निकै माया पाएको इरानीले बताएका छन् । उनीसँग सेल्फी खिच्न फ्यानहरु घेरिएका थिए ।

    अर्कोतर्फ, अभिनेता खेरले पशुपतिमा पूजा गर्दा आफूलाई राम्रो लागेको र भगवान पशुपतिनाथको आशिर्वादको कामना गरेका छन् । यसअघि काठमाडौं आउँदा पनि खेर पशुपति पुगेका छन् ।

    सुरज वर्जत्य निर्देशित फिल्म उचाइ छायांकन गर्न आइतबार नेपाल आइपुगेको बलिउड टोली ४० दिन नेपालमा बस्नेछ । मुम्बई फर्कनुअघि फिल्म युनिटले नेपाली पत्रकारहरुलाई भेट्ने कार्यक्रम छ ।

     

     

  • फिल्म छायांकन गर्न रुसी निर्देशक र नायिका अन्तरीक्षतर्फ प्रस्थान, स्पेसमा १२ दिन सुटिङ हुने

    फिल्म छायांकन गर्न रुसी निर्देशक र नायिका अन्तरीक्षतर्फ प्रस्थान, स्पेसमा १२ दिन सुटिङ हुने

    मस्को । अन्तरीक्षको कथामा ग्राभिटी, स्टोअवे, इन्टरस्टेलरजस्ता चर्चित फिल्म बनेका छन् । तर, अहिलेसम्म कुनैपनि फिल्म अन्तरीक्षमा छायांकन भएका छैनन् ।

    तर, हलिउड अभिनेता टम क्रुजलाई उछिन्दै रुसी निर्देशक क्लिम सिपे पहिलोपटक अन्तरीक्षमा छायांकन गर्न जाँदैछन् । निर्देशक सिपेंले आफ्नो आगामी फिल्म च्यालेन्जलाई अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्रमा छायांकन गर्दैछन् ।

    नासाले यो जानकारी सामाजिक संजालमा पोस्ट गरेको छ । अक्टोबर ५ तारिखमा रुसी निर्देशक सिपेसहितको क्रिउ स्पेस स्टेसनतर्फ प्रस्थान गर्ने उल्लेख गरेको छ ।

    योसँगै रुस अन्तरीक्षमा फिल्म छायांकन गर्ने विश्वकै पहिलो मुलुक बन्नेछ । नासाले आफ्नो पोस्टमा रुसी अभिनेत्री यूलिया पेरसिल्ड, निर्देशक सिपेको र अन्तरीक्ष यात्री एंटोन स्काप्लेरोवको लन्चिङ समयबारे पनि जानकारी दिएको छ ।

    नासाका अनुसार यूलिया पेरेसिल्ड र क्लिम सिपेकोले अन्तरीक्षयात्री एन्टोन स्काप्लेरोवसँग ५ अक्टोबरमा अन्तरीक्षतर्फ उडान भरेका छन् । नेपाली समयअनुसार उनीहरु आज अपरान्ह २ बजेर ४० मिनेटमा उनीहरु अन्तरीक्षतर्फ प्रस्थान गरेका छन् ।

    रुसी अन्तरीक्ष एजेन्सी रोस्कोस्मोसद्वारा चालक दलको सोयुज एमएस-१९ अन्तरीक्ष यानबाट उनीहरुलाई स्पेस स्टेसनतर्फ पठाइएको थियो । च्यालेन्ज फिल्म टोलीले स्पेसमा १२ दिन बिताउनेछ भने उनीहरुलाई अन्तरीक्ष तालिम पनि दिइएको छ ।

    स्पेसमा यो टोलीले ३५ देखि ४० मिनेटसम्म फिल्म छायांकन गर्नेछ । फिल्मले एक महिला चिकित्सकको कथा भन्छ जसले अन्तरीक्ष यात्रलाई बचाउन त्यसतर्फको उडान भर्छिन् ।

    अमेरिकी फिल्म अभिनेता एवं निर्माता टम क्रुजले पनि अन्तरीक्षमा फिल्म छायांकन गर्ने तयारी गरिरहेका छन् । तरपनि क्रुज र नासाले अहिलेसम्म यसबारे कुनै औपचारिक जानकारी सार्वजनिक गरेका छैनन् ।

  • कवि केसीको ‘भेन्टिलेटरमा आमा’ सार्वजनिक

    कवि केसीको ‘भेन्टिलेटरमा आमा’ सार्वजनिक

    काठमाडौं । कवि तथा निबन्धकार विनोदविक्रम केसीको निबन्ध सङ्ग्रह ‘भेन्टिलेटरमा आमा’ सार्वजनिक भएको छ।

    प्रकाशक संस्था बेला पब्लिकेसन्सका अनुसार सोमबारदेखि केसीको पहिलो निबन्ध संग्रह बजारमा पुगेको हो । निबन्ध संग्रहमा २९ वटा निबन्धहरू सङ्गृहित छन्।

    केसीले कविताका अलवा लामो समयदेखि व्यंग्य, संस्मरण, निबन्धमा कलम चलाउँदै छन्। उनको यसअघि ‘भोकको क्षेत्रफल’कविता सङ्ग्रह प्रकाशित छ।

  • पाँच नेपाली र दुई बिदेशीसहित सात फिल्म रिलिज लाइनअप घोषणा

    पाँच नेपाली र दुई बिदेशीसहित सात फिल्म रिलिज लाइनअप घोषणा

    काठमाडौं । बिहीवार घटस्थापनादेखि फिल्म हलहरु खुल्ने भएपछि पाँच फिल्म तत्काल प्रदर्शन हुने भएका छन् । चलचित्र विकास बोर्डले आज पत्रकार सम्मेलन आयोजना गर्दै पाँच नेपाली र दुई विदेशी फिल्मको लाइनअप घोषणा गरेको छ ।

    जसअनुसार २१ गते बिहीवार हलिउड फिल्म ‘फास्ट एन्ड फ्युरियस ९’, असोज २६ गते मंगलबार ‘डाँडाको बरपीपल’, २८ गते बिहीवार महानवमीमा जेम्स बन्ड फिल्म ‘नो टाइम टु डाइ’ रिलिज हुनेछन् ।

    नेपाली फिल्म ‘डाँडाको बरपीपल’ हलबाट उत्रिएपछि अन्य नेपाली फिल्महरु धन्दागिरी, चोर पुलिस, धुम ४ र चुरीफुरी प्रदर्शन हुने भएका छन् । गठित चलचित्र प्रदर्शन व्यवसायिक समितिले अन्य फिल्म पनि रिलिजका लागि आउने क्रम जारी रहेको जनाएको छ ।

    आगामी तीन महीनासम्म प्रदर्शन हुने फिल्मको प्रचारप्रसार, भीपीसी लगायतको खर्च चलचित्र विकास बोर्डले व्योहोर्ने भएको छ । बोर्डले तय गरेको फिल्म प्रदर्शन कार्यविधिमा समेटिने सबै फिल्मले तीन महीनासम्म यस्तो सुविधा पाउने आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दयाराम दाहालले जानकारी दिए ।

    यो अवधिसम्म छायांकनमा जाने फिल्मको पनि डेढलाख सम्म प्रोजेक्ट बीमा हुने जनाइएको छ । साथै, पहिलो साता निर्माताले ५५ प्रतिशत र दोस्रो सातादेखि ५० प्रतिशतसम्म सेयर पाउने भएका छन् ।

    कोरोना महामारीको कारण गत बैशाख दोस्रो सातादेखि पुनः लकडाउन भएपछि फिल्म हलहरु बन्द थिए । अध्यक्ष दाहालले फिल्म क्षेत्रलाई चलायमान बनाउन सरकारले अग्रसरता लिएको र औपचारिकरुपमा २० महीनापछि फिल्म हल खुल्ने तयारी भएको बताए ।

    चलचित्र संघ महासचिव तथा कार्यदल संयोजक अशोक शर्माले नेपाली फिल्म २०२२ साल अगाडिकै परिस्थितीमा भएकाले फिल्म क्षेत्रलाई चलायमान बनाउन चुनौति भएको बताए । ‘फिल्म राम्रो भए दर्शक हलसम्म आउँछन् भन्ने हाम्रो विश्वास छ’ शर्माले भने, ‘घटस्थापना महत्वपूर्ण दिन पनि हो ।’

  • पूर्वनवयुवराज हृदयेन्द्रसँगै सेलेव्रिटीले उडाए चङ्गा (तस्बिरहरु)

    पूर्वनवयुवराज हृदयेन्द्रसँगै सेलेव्रिटीले उडाए चङ्गा (तस्बिरहरु)

    काठमाडौं । दशैं पर्वलाई सेलिव्रेसन गर्न काइट्स नेपालले सोमबार चङ्गा चेट कार्यक्रम आयोजना गरेको छ । ललितपुर झम्सीखेलमा आयोजना गरिएको कार्यक्रममा पपगायक नवीन के भट्टराई, ब्लगर सिसन बानियाँलगायतले चंगा उडाए ।

    ९ समूहबाट २७ जना प्रतिस्पर्धीले चंगा उडाए । आयोजक काइटस् नेपालका विकल चौलागाईले नेपालमा हराउँदै गएको चङ्गा उडाउने संस्कृति जोगाउन र नयाँ पुस्तालाई यसबारे जानकारी गराउन चंगाचेट कार्यक्रम गरिएको बताए ।

    यस्तो कार्यक्रमले नयाँ पुस्तालाई संस्कृति जोगाउन उत्प्रेरित गर्ने बताए । प्रतिस्पर्धामा काइट्स नेपालको समूह प्रथम भयो भने प्रतियोगिता जित्दै उसले २५ हजार रुपैयाँ नगद पनि प्राप्त गर्‍यो । विजेतालाई पुरस्कार बाँड्दै गायक नविन के भट्टराईले अहिले हराउँदै गएको चङ्गा उडाउने संस्कृतिलाई जोगाउन आफू उपस्थिति भएको बताए ।

     
     
     
     
     
     
     
     
     
     
     

  • बलिउड कलाकारहरु अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा काठमाडौं आइपुगे

    बलिउड कलाकारहरु अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा काठमाडौं आइपुगे

    काठमाडौं । फिल्म ‘उचाइ’ छायांकनको लागि बलिउड कलाकारहरु अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा, सारिका हसन आज बिहान काठमाडौं आइपुगेका छन् ।

    इन्डियन एयरलाइन्सको विमानबाट उनीहरु बिहान १० बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए । निर्देशक सुरज वर्जत्यसहितको कास्ट एन्ड क्रिउ टोली झन्डै ४० दिन नेपालमा रहने नेपाल व्यवस्थापन हेरेको थ्री ह्विलर्सले जनाएको छ ।

    भोलिदेखि काठमाडौंबाट छायांकन सुरु हुने फिल्मलाई लुक्ला, लाङटाङ, मनाङ र मुस्ताङ लगायतमा सुटिङ गरिने जनाइएको छ । फिल्मका अन्य कलाकारहरु अमिताभ बच्चन र डेनी डेनजोङपा भने आइपुगेका छैनन् ।

    आज काठमाडौं ल्यान्ड गरेको जानकारी दिँदै अनुपमले आकाशबाट काठमाडौं उपत्यकाको भिडिओ सेयर गरेका छन् । मित्रताको कथा पेश गर्ने फिल्म निर्देशक वर्जत्यको सातौं निर्देशकीय फिल्म हुनेछ ।

     

    View this post on Instagram

     

    A post shared by Anupam Kher (@anupampkher)

  • नेट्फिल्क्सद्वारा सर्वाधिक हेरिने फिल्म र टेलिभिजन सिरिजको सूची सार्वजनिक, ‘एक्सट्रयाक्सन’ फिल्मलाई ८ करोडले हेरे

    नेट्फिल्क्सद्वारा सर्वाधिक हेरिने फिल्म र टेलिभिजन सिरिजको सूची सार्वजनिक, ‘एक्सट्रयाक्सन’ फिल्मलाई ८ करोडले हेरे

    काठमाडौं । स्ट्रिमिङ जायन्ट नेटफ्लिक्सले आफ्नो प्लेटफर्ममा सबैभन्दा बढी हेरिएका फिल्म र टेलिभिजन कार्यक्रमको सूची सार्वजनिक गरेको छ । सूचीअनुसार क्रिस हेम्सवर्थ र रणदीप हुड्डा स्टारर एक्सन ड्रामा ‘एक्सट्रयाक्सन’लाई सबैभन्दा बढी पटक हेरिएको छ ।

    सबैभन्दा धेरै हेरिएको टेलिभिजन कार्यक्रममा ब्रिजर्टनको पहिलो सिजन भएको छ । नेटफिल्क्सका अनुसार प्रिमियर भएको २८ दिनमै यो कार्यक्रमलाईआठ करोड २० लाख सब्सक्राइबरले हेरेका छन् । दोस्रो सर्वाधिक हेरिएको सिरिजमा फ्रेन्च सिरिज ‘लुपिन’ छ ।

    ‘एक्स्ट्रयाक्सन’लाई रिलिज भएको २८ दिनमै नौ‌ करोड ९० लाख सब्सक्राइरले हेरेका छन् । अर्को सर्वाधिक पटक हेरिएको फिल्ममा थ्रिलर फिल्म ‘बर्ड बक्स’ र कमेडी फिल्म ‘स्पेन्सर कन्फिडेन्सियल’ छन् । सबैभन्दा बढी समय हेरिएको मुभी भने ‘बर्ड बक्स’ रहेको नेटफ्लिक्सले जनाएको छ ।

    यस्तो छ नेटफिल्क्सले सार्वजनिक गरेको सूची:

    सिरिज

    ब्रिड्जटन सिजन-१

    लुपिन पार्ट-१

    दि वीचर सिजन-१

    सेक्सरलाइफ सिजन-१

    स्ट्रेन्जर थिङ्स सिजन-३

    मनी हाइस्ट पार्ट-४

    टाइगर किङ सिजन-१

    दि क्विन्स ग्यामबिट

    स्वीट टुथ सिजन-१

    एम्ली इन पेरिस सिजन- १

    फिल्म

    एक्स्ट्रयाक्सन

    बर्ड बक्स

    स्पेन्सर कन्फिडेन्सियल

    सिक्स अन्डरग्राउण्ड

    मर्डर मिस्ट्री

    दि ओल्ड गार्ड

    इनोला होम्स

    प्रोजेक्ट पावर

    आर्मी अफ दि डेड

    फादरहुड

    सबैभन्दा धेरै समय हेरिएका १० मुभि र सिरिजहरू

    सिरिज

    ब्रिड्जटनः सिजन १

    मनी हाइस्टः पार्ट ४

    स्ट्रेन्जर थिङ्सः सिजन ३

    दि विचरः सिजन १

    थर्टिन रिजन्स ह्वाइः सिजन १

    थर्टिन रिजन्स ह्वाइः सिजन २

    ‘यु’स् सिजन २

    स्ट्रेन्जर थिङ्सस् सिजन २

    मनी हाइस्टस् पार्ट ३

    गिन्नी एण्ड जर्जिया सिजन १

    मुभी

    बर्ड बक्स

    एक्सट्रयाक्सन

    दि आइरिस म्यान

    दि किसिङ बुथ २

    सिक्स अन्डरग्राउण्ड

    स्पेन्सर कन्फिडेन्सियल

    इनोला होम्स

    आर्मी अफ दि डेड

    दि ओल्ड गार्ड

    मर्डर मिस्ट्री

  • अस्कर अवार्डद्वारा नेपाली फिल्मलाई आवेदन खुला, अनलाइन रिलिज भएका फिल्मले पनि भाग लिन पाउने

    अस्कर अवार्डद्वारा नेपाली फिल्मलाई आवेदन खुला, अनलाइन रिलिज भएका फिल्मले पनि भाग लिन पाउने

    काठमाडौं । अस्कर अवार्डको ९४औं संस्करणका लागि नेपालस्थित अस्कर कमिटीले अन्तर्राष्ट्रिय फिचर विधाका लागि फिल्म आवेदन खुलाएको छ । समितिले सोमबार सूचना जारी गर्दै अस्करमा प्रतिस्पर्धा गर्न इच्छुक नेपाली फिल्मकर्मीले असोज १९ गतेदेखि कात्तिक ४ गतेभित्र नेपालको अस्कर कमिटीलाई फिल्म बुझाउन आग्रह गरेको छ ।

    द एकेडेमी अफ मोशन पिक्चर आर्टस् एन्ड साइन्सेसले सन् २०२२ मार्च २७ तारिखका दिनमा अमेरिकाको लस्एन्जेल्सस्थित डल्बी थिएटरमा ९४ औं एकेडेमी अवार्डस् ‘द अस्कर’ प्रदान गरिने जनाएको छ ।

    प्रत्येक वर्ष फेब्रुअरीमा हुँदै आएको अस्कर अवार्ड कोरोना महामारीका कारण गत वर्ष दुई महिना पछाडि धकेलिएको थियो । यो वर्ष भने एक महिना मात्र पर सरेको छ अर्थात फेब्रुअरीमा हुँदै आएको अवार्ड मार्चमा हुनेछ । महामारीकै कारण अस्करले सहभागिताका लागि अघिल्लो साल केही नियममा पनि परिवर्तन गरेको थियो जुन यो साल पनि निरन्तर रहेका छन् ।

    अघिल्ला वर्षहरुमा कुनै पनि फिल्म हलमा रिलिज भएर हप्ता दिनसम्म चलेकै हुनुपर्ने नियम थियो । तर, अघिल्लो वर्ष झैं यसपटक पनि महामारीका कारण रिलिज गर्ने समय तोकेर पनि रिलिज हुन नसकेका फिल्मले पनि अस्करमा सहभागिता जनाउन पाउनेछन् । यसका लागि सम्बन्धित फिल्मले सरकारबाट मान्यता प्राप्त फिल्म हलबाट रिलिज रोकिएको पत्र बुझाउनुपर्नेछ । त्योसँगै यसरी रोकिएका फिल्महरू सिनेमा हलमा नलागी अनलाइन स्थापित व्यवसायिक स्ट्रिमिङ साइट वा भिडियो अन डिमाण्डमा आएका छन् भने तिनले पनि सहभागिता जनाउन सक्ने भएका छन् ।

    कोरोनाको दोस्रो लहरले बन्द रहेका फिल्म हलहरु आगामी घटस्थापनादेखि खुल्ने भएपनि तत्कालै नेपाली फिल्महरु रिलिज हुने सम्भावना कम छ । नेपालमा विमल पौडेलको अध्यक्षतामा आठ सदस्यीय इन्टरनेशनल फिचर फिल्म कार्यकारी समिति रहेको छ ।

  • सलोन बस्नेत स्टारर ‘डाँडाको बरपीपल’ ट्रेलर लन्च

    सलोन बस्नेत स्टारर ‘डाँडाको बरपीपल’ ट्रेलर लन्च

    काठमाडौं । शोभित बस्नेत निर्देशित फिल्म ‘डाँडाको वरपीपल’को ट्रेलर रिलिज भएको छ । राजधानीमा आयोजित कार्यक्रममा ट्रेलर लन्च गरिएको हो । प्रेममा जातिय अवरोध हुँदाको समस्यालाई यसमा चित्रण गरिएको छ । सलोन बस्नेत, रुबिना थापा, शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्लको मुख्य भूमिका छ ।

    काठमाडौं र चित्लाङ आसपासका रमणीय स्थानमा छायांकन गरिएको फिल्म असोज २६ गते रिलिज हुनेछ । ओटीटी प्लेटफर्ममा भने तिहारमा रिलिज हुने जनाइएको छ ।
    बुढासुब्बा ओर्जिनलको प्रस्तुतिमा निर्माण भएको फिल्ममा नवराज गिरीको लगानी छ ।

    रामकाजी घिमिरेको लेखन रहेको फिल्ममा सुशान्त प्रजापतिको छायांकन, शिव मुखिया/एलिस कार्कीको संगीत, रोशन श्रेष्ठको द्वन्द्व गोविन्द राई, रामजी लामिछानेको कोरियोग्राफी, नवराज, गिरीको गीत, मित्रदेव गुरुङको सम्पादन, रामजी राउतको मुख्य सहायक निर्देशन र आकाश बुढाथोकीको सहायक निर्देशन रहेको छ ।

  • राजेशको फोटोलाई प्रमुख अतिथि बनाउँदै शोभितले भने : आजदेखि राजेश महानायक र भुवनलाई सुपरस्टार भन्छु

    राजेशको फोटोलाई प्रमुख अतिथि बनाउँदै शोभितले भने : आजदेखि राजेश महानायक र भुवनलाई सुपरस्टार भन्छु

    काठमाडौं । निर्देशक शोभित बस्नेतको योजनामा दुई साताअघि महानायक विवाद झिकियो । उनी आफैले निर्देशन गरेको फिल्म ‘डाँडाको बरपीपल’को गीत रिलिज कार्यक्रममा यो विवाद झिकिएपछि फिल्मको मुख्य कार्यक्रम नै ओझेलमा पर्‍यो ।

    शोभित र भुवनले उक्त कार्यक्रममा शिव श्रेष्ठलाई महानायक र गौरी मल्ललाई महानायिकको उपाधि दिए । फिल्म चलाउन मसला चाहिने भन्दै शोभित र भुवनले यो विवाद झिकेका थिए । एकातर्फ फिल्म रिलिजको मुखमा आफ्नै बदनामी हुने र अर्कोतर्फ सलोन बस्नेत समेत असन्तुष्ट भएपछि शोभितलाई नसोचेको आपत आइलाग्यो ।

    तर, उनी यो विवादलाई साम्य पार्न चाहन्छन् । आइतबार राजधानीमा आयोजित फिल्मको ट्रेलर रिलिज प्रेसमिटमा शोभितले राजेश हमाल नै महानायक भएको भन्दै विगतको अभिव्यक्तिप्रति माफी मागे । हमालकै तस्बिरलाई सांकेतिकरुपमा प्रमुख अतिथि बनाएर शोभितले ट्रेलर रिलिज कार्यक्रम आयोजना गरेका थिए ।

    ट्रेलर रिलिज कार्यक्रममा शोभितले शिव, भुवन र गौरीलाई बोलाएनन् । फिल्मभन्दा अन्य विवादले मुल कुरो नै ओझेलमा परेको भन्दै पहिलोपटक निर्माता बनेका छोरा सलोनको दबाबपछि शोभितले यो विवादलाई थामथुम पार्ने प्रयास गरेका हुन् । उनले माफी माग्दै हमालका फ्यानको पनि मन जित्ने प्रयास गरेका छन् ।

    शोभितले भनेका छन् : मलाई लाग्थ्यो, केही व्यक्तिले दिएको महानायक भन्दा सुपरस्टारको उपाधि ठूलो हो । तर, म गलत रहेछु । आजदेखि म राजेश हमाललाई महानायक र भुवन केसीलाई सुपरस्टार भन्नेछु ।’

  • उषालाई फकाउँदै सुनिल, कृष्ण समीपको गीत ‘ओ माया बोलन’ इन्टरनेट रिलिज (भिडिओ)

    उषालाई फकाउँदै सुनिल, कृष्ण समीपको गीत ‘ओ माया बोलन’ इन्टरनेट रिलिज (भिडिओ)

    काठमाडौं । कृष्ण समीप सुवेदीद्वारा संगीतबद्ध गीत ‘ओ माया बोलन’ इन्टरनेट रिलिज भएको छ । सुनिल गुरुङ र उषा उप्रेती फिचर्ड म्युजिक भिडिओमा प्रेमिकालाई फकाउन प्रेमीले गर्ने प्रयत्नलाई चित्रण गरिएको छ ।

    संगीतकार समेत रहेका सुवेदी र अनु चौधरीको स्वर समावेश गीतलाई सुवेदीले नै लेखेका हुन् । सिर्जना बराल ऋषिले निर्देशन गरेको भिडिओलाई करण शिशिरले खिचेका हुन् ।

  • शाहरुख खानका छोरा आर्यन पक्राउ

    शाहरुख खानका छोरा आर्यन पक्राउ

    भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले शनिबार मुम्बईबाट गोवा जाँदै गरेको क्रुजमा एक ड्रग्स पार्टीमा छापा मारेको छ ।

    ब्यूरोले छापा मारेर बलिउड स्टार शाहरुख खानका छोरासहित ८ जनालाई हिरासतमा लिएको छ । पक्राउ पर्नेमा महिलाहरु पनि छन् । तर  उक्त पार्टीमा कति महिला  थिए भन्ने  खुलाइएकाे छैन ।

    ब्युरोका अधिकारीहरु यात्रु बनेर क्रुज सिपमा छापा मारेको बताइएको छ । प्रहरीका अनुसार उक्त क्रुज सिपमा ड्रग्स पार्टी चलिरहेको थियो । भारतीय सञ्चारमाध्यमहरुका अनुसार बलिउड स्टार शाहरुख खानका छोरा आर्यन खानसँग सोधपुछ गरिरहेको छ ।

    एनसीबीले क्रुज भित्र पार्टी चलिरहेको एक भिडियो फेला पारेको छ, जसमा आर्यन देखिएको छ। सोधपुछको क्रममा आर्यनले आफू उक्त पार्टीमा अतिथिको रूपमा गएको बताएका छन् ।

    र उनले पार्टीमा सामेल हुन कुनै पैसा नतिरेको बताए । आयोजकले पार्टीमा आमन्त्रित गर्न आफ्नो नामको प्रयोग गरेको आर्यनको दावी छ । भारतीय सञ्चारमाध्यमका अनुसार एनसीबीले आर्यनको मोबाईल फोन पनि जफत गरेको छ र उनको च्याट खोजी गरिरहेको छ।

    यस पार्टीमा बलिउड, फेसन र ब्यापारीहरु सहभागी भएका थिए।

     

     

  • राज्यले परम्परागत गीतसंगीतको संरक्षण गर्न सकेनः सत्यमोहन जोशी

    राज्यले परम्परागत गीतसंगीतको संरक्षण गर्न सकेनः सत्यमोहन जोशी

    काठमाडौं । वाङमय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीले देशमा कला र कलाकर्मीका नाममा प्रज्ञा प्रतिष्ठान बने पनि ती प्रतिष्ठान वाद्यवादक, गुरु र कलाकर्मीलाई नचिनेको गुनासो गरेका छन् ।

    शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा शताब्दी पुरुष जोशीले देशको अमूर्त सम्पदाको रुपमा रहेका परम्परागत गीत संगीतको संरक्षणमा जनस्तरबाट ठूलो योगदान रहे पनि राज्यबाट अपेक्षाकृत रुपमा केही हुन नसकेको आरोप लगाए ।

    कार्यक्रममा ८९ वर्षीय गायक गुह्येश्वरी राज मानन्धरबाट स्वरबद्ध परम्परागत दाफा गीतहरु सार्वजनिक गरिएको थियो । शताब्दी पुरुष जोशीको साथमा नेपालभाषा साहित्यका जनकवि दुर्गालाल श्रेष्ठ, वौद्ध विद्वान फणिन्द्र रत्न बज्राचार्य, चर्या गुरु यज्ञमान पति बज्राचार्यले संयुक्त रुपमा मानन्धरबाट गाइएको दाफा गीतको एल्बमको विमोचन गरे ।

    कार्यक्रममा मानन्धरका ७ वटा गीत सार्वजनिक गरिएको थियो । गीतमा संगीतकार हरिशरण साय्मीले संगीत संयोजन गरेका छन् । सार्वजनिक गरिएका गीतहरु गायक मानन्धरकै युट्युब च्यानलमार्फत सार्वजनि गरिएको छ । सोही कार्यक्रममा मानन्धरको गीत ‘श्याम सुन्दर’ म्यूजिक भिडियोसमेत सार्वजनिक गरिएको थियो ।

  • बलिउडमा हेभिवेट भीडन्त तय : जनवरी ७ मा भन्साली भर्सेस राजामौली

    बलिउडमा हेभिवेट भीडन्त तय : जनवरी ७ मा भन्साली भर्सेस राजामौली

    काठमाडौं । सन् २०२२ को पहिलो साता बलिउडमा अहिलेसम्मकै ठूलो बक्सअफिस आमनेसामने हुने भएको छ ।

    यो हेभिवेट भीडन्त एसएस राजामौली भर्सेस र संजयलीला भन्साली हुनेछ । भारतीय संचारमाध्यमका अनुसार जनवरी ७ मा गांगुबाइ कटीवाली र आरआरआर प्रदर्शन निश्चित भएका छन् ।

    संयोगवश यी दुबै फिल्ममा अजय देवगण र आलिया भाटको मुख्य भूमिका छ । यी दुई फिल्मसँग सोही मितिमा जयन्ती लाल गेंडा समेत प्रदर्शन हुने भएको छ ।

    कात्तिक ६ गतेदेखि मुम्बईका फिल्म हलहरु खुल्ने भएपछि अहिले बलिउडमा फिल्म प्रदर्शनको मिति घोषणाको वर्षा भएको छ । कात्तिक ६ गते अक्षयकुमार स्टारर सूर्यवंशी प्रदर्शन हुनेछ ।