Category: कलाप्रेस

  • राजेशले ‘सत्यम’मा नीलमसँग अनस्क्रिन रोमान्स गर्ने

    राजेशले ‘सत्यम’मा नीलमसँग अनस्क्रिन रोमान्स गर्ने

    पोखरा । फिल्म ‘सत्यम’ यसको स्टारकास्टले चर्चामा छ । किनभने यो फिल्ममा राजेश हमालदेखि पल शाहसम्मका स्टार छन् ।

    फिल्ममा कास्टको समीकरणले करिब पूर्णता पाएको छ । पल र यसमा मलिका महतसँग अनस्क्रिन रोमान्स गर्नेछन् । हमालले पनि रोमान्सका लागि जोडी भेटेका छन् ।

    राजेश र भिजे तथा मोडल नीलम चन्दले यसमा जोडी बाँध्नेछन् । नीलम राजेशकी गर्लफ्रेन्डको रुपमा चित्रण हुने निर्देशक शंकर कार्कीले नेपाल प्रेसलाई बताए ।

    नीलमले कान्तिपुर टेलिभिजनमा कल कान्तिपुर कार्यक्रमकी होस्टसमेत हुन् ।

    राजेशकी पत्नीको अनस्क्रिन भूमिकामा निरुता सिंह हुने सम्भावना छ तर, यसबारे फाइनल गरिएको छैन । फिल्ममा अनुपविक्रम शाही भिलेनको भूमिकामा देखिनेछन् ।

    मुस्ताङ र पोखरामा खिचिने फिल्मलाई रेशम सापकोटाले निर्माण गर्नेछन् ।

     

     

  • एन्जेलिना जोलीको ‘इटर्नल्स’ शुक्रबार नेपालमा रिलिज हुँदै

    एन्जेलिना जोलीको ‘इटर्नल्स’ शुक्रबार नेपालमा रिलिज हुँदै

    काठमाडौं । एन्जेलिना जोली स्टारर हलिउड फिल्म ‘इटर्नल्स’ शुक्रबार नेपालमा रिलिज हुने भएको छ । अस्कर अवार्ड विजेता निर्देशक केओल झाओ निर्देशित सुपरहिरो फिल्मलाई एप्पल इन्टरटेनमेन्टले रिलिज गर्न लागेको हो ।

    भारतमा गतसाता प्रदर्शनमा आएको यो फिल्म मार्भल स्टुडियोको प्रतीक्षित प्रोेजेक्ट हो । फिल्ममा जोलीसहित गेम्मा चेन र रिचर्ड म्याडनको समेत मुख्य भूमिका छ ।

    पृथ्वीमा आइपरेको संकटलाई जोगाउन सुपरहिरोहरुले खेल्ने भूमिका यसको कथावस्तु हो । भारतमा यो फिल्मले पहिलो दिनमा झन्डै ८ करोड कमाइ गरेको छ ।

    कोरोना महामारीपछि हलहरु खुलेसँगै हलिउड फिल्महरु नो टाइम टु डाइ, एफ-नाइन, ड्युन र भेनमले राम्रो प्रदर्शन गरिरहेको बेला इटर्नल्स प्रदर्शन हुन लागेको हो । नेपालमा जोलीका फ्यानहरु प्रशस्तै भएकाले यो फिल्मले राम्रो कमाइ गर्ने अपेक्षा हल संचालकले गरेका छन् ।

  • छक्कापञ्जा ४ : निर्माता र अभिनेताको रुपमा निर्मल शर्माको रि-इन्ट्री

    छक्कापञ्जा ४ : निर्माता र अभिनेताको रुपमा निर्मल शर्माको रि-इन्ट्री

    काठमाडौं । अभिनेता एवं निर्माताको रुपमा निर्मल शर्मा छक्कापञ्जा सिरिजसँग पुनः जोडिएका छन् । यसैसाता फिल्म हलहरुमा रिलिज भएको छक्कापञ्जा चारको टीजर ट्रेलरमा निर्मलको अभिनय पनि छ ।

    नेपाल टेलिभिजनमा प्रसारण हुने गरेको तीतो सत्य सिरिजबाट निर्मल गैंडा पात्रको नामले चर्चित थिए । छक्कापञ्जा एकको निर्माता र अभिनेता समेत रहेका उनी दोस्रो र तेस्रो सिक्वेलमा सहभागी भएनन् । चार निर्माण हुने भएपछि सिरिजमा उनको पुनः प्रवेश भएको छ । ‘निर्माताकै रुपमा प्रवेश गरेको हुँ’ नेपाल प्रेससँग निर्मलले भने, ‘फिल्मले मेरो आवश्यकता देखेपछि म फर्किएको हुँ ।’

    निर्मलसँगै अब दीपकराज गिरी, दीपाश्री निरौला र केदार घिमिरे छक्कापञ्जा चारका निर्माता हुनेछन् । चौंथो सिरिजमा अभिनेता जितु नेपाल सहभागी हुनेछैनन् ।

    फिल्मको छायांकन माघको अन्तिम सातादेखि हुने भएपनि प्रचारप्रसारका लागि यसैसातादेखि टीजर लन्च गरिएको हो । दीपाश्री निरौलाले निर्देशन गर्ने चौंथो सिरिजको बटमलाइन पनि सार्वजनिक भएको छ । ‘छक्का पञ्जा ४ राजा हैन, प्रजाको कथा हुनेछ’ टीजरमा माग्ने बुढाको भूमिकामा देखिएका अभिनेता घिमिरले भनेका छन् ।

  • विमान दुर्घटनामा ग्रामी अवार्ड विजेता गायिकाको निधन, दुर्घटनाअघिको भिडिओ भाइरल

    विमान दुर्घटनामा ग्रामी अवार्ड विजेता गायिकाको निधन, दुर्घटनाअघिको भिडिओ भाइरल

    रियो द जेनेरियो । ग्रामी अवार्ड विजेता ब्राजिली गायिका मारिलिया मेन्डोन्साको विमान दुर्घटनामा मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । २६ वर्षिया मेन्डोन्सासहित उक्त दुर्घटनामा उनका काका, निर्माता र दुई चालकको समेत मृत्यु भएको छ । 

    ब्राजिलको दक्षिण-पूर्वी मिनास गेराइस राज्यको एक ग्रामीण क्षेत्रमा उक्त दुर्घटना भएको जनाइएको छ । मेन्डोन्काले आफ्ना गीतहरुमा महिलाहरुको असफल सम्बन्धहरूको अनुभवहरूमा ध्यान केन्द्रित गरेकी थिइन् ।

    ब्राजिलको कन्ट्री संगीतको सबैभन्दा ठूलो नाम मध्ये एक सेर्टानेजो भनेर चिनिने, मेन्डोन्साले किशोरावस्थामा आफ्नो क्यारियर सुरुवात गरिन् । उनले २०१६ मा ‘नेशनल स्टार’ को उपमा समेत पाइन् । उनलाई ‘दुःखको रानी’ भनेर समेत चिनिन्थ्यो ।

    गत वर्ष कोरोनाभाइरसका कारण कन्सर्टहरू रोकिएकाले उनले अनलाइनबाट नै गिगहरूको प्रदर्शन गरेकी थिइन् । त्यसमध्ये युट्युवमा प्रत्यक्ष प्रसारण गरिएको उनको एउटा गिगलाई ३.३ मिलियन दर्शकले हेरेका थिए । सन् २०२० मा उनी ब्राजिलमा स्पटीफाइमा सबैभन्दा सुनिने गायिका बनेकी थिइन् ।

    दुईवर्षे छोराकी आमा समेत रहेकी गायिका मेन्डोन्साले त्यहाँको सहर काराटिंगामा यो शुक्रबार कन्सर्ट प्रस्तुत गर्ने योजना बनाएकी थिइन् जुन थलो विमान दुर्घटनाभएको ठाउँभन्दा १२ किलोमिटर टाढा पर्छ । विमान दुर्घटना हुनु एकघण्टाअघि उनले सामाजिक संजालमा पोस्ट गरेको भिडियो अहिले भाइरल बनेको छ ।

  • नेपालमा सूर्यवंशीको ‘ब्लकबस्टर’ ओपनिङ, तीन दिनमै २ करोडमाथि कमाइको प्रक्षेपण

    नेपालमा सूर्यवंशीको ‘ब्लकबस्टर’ ओपनिङ, तीन दिनमै २ करोडमाथि कमाइको प्रक्षेपण

    काठमाडौं । अक्षयकुमार-कट्रिना क्याफ स्टारर ‘सूर्यवंशी’ले नेपाल र भारतीय बक्सअफिसमा ‘ब्लकबस्टर’ ओपनिङ गरेको छ ।

    बलिउड ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार फिल्मले रिलिजको पहिलो दिन शुक्रबार भारतमा २६.२९ करोड कमाइ गरेको छ । यो कमाइसँगै ‘सूर्यवंशी’ अक्षयकुमारको दोस्रो सर्वाधिक कमाउने फिल्म बनेको छ ।

    यसअघि अक्षयको ‘मिसन मंगल’ले २९.१६ करोड कमाएको छ । कोभिड-१९ महामारीपछि लयमा फर्कन संघर्ष गरिरहेको भारतीय फिल्म बजारमा यो कमाइ अपेक्षित नरहेको व्यापार समीक्षकले जनाएका छन् ।

    भारतको महाराष्ट्रमा अहिले पनि ५० प्रतिशत अकुपेन्सीमा हल खोल्न प्रशासनले अनुमति दिएको छ । सूर्यवंशीको उक्त भारतीय कलेक्सनको ५० प्रतिशत हिस्सा महाराष्ट्र राज्यको छ । २० प्रतिशत कलेक्सन चाहिँ कोभिड-प्रोटोकल (५० प्रतिशत अकुपेन्सी)ले रोकिएको छ ।

    नेपाली बक्सअफिमा समेत उछाल

    कोरोना महामारीको कारण झन्डै २० महीनापछि हल खुलेपछि उछाल कमाइ गर्ने पहिलो फिल्म बनेको छ ‘सूर्यवंशी’ । बहुप्रतीक्षित फिल्म र तिहारको बिदाको कारण रिलिजको पहिलो दिन शुक्रबार नेपाली बक्सअफिसमा दर्शकको घुइँचो लाग्यो ।

    नेपालका सय हलबाट रिलिज भएको ‘सूर्यवंशी’को ओपनिङ अकुपेन्सी ७० देखि ८० प्रतिशत थियो । नेपाली प्रशासनले हलहरुलाई ५० प्रतिशत अकुपेन्सीमा खुलाउन अनुमति दिएका छन् । शनिबार भाइटीकाको दिनमा समेत अपरान्हको सोजहरु हाउसफूल छन् ।

    नेपालमा रिलिजको पहिलो दिनमा फिल्मले लगभग ७० देखि ८० लाखको बीचमा कमाइ गरेको अनुमान गरिएको छ । शनिबार पनि ‘सूर्यवंशी’को नेपाल कमाइ यही अनुपातमा रहनेछ । पहिलो सप्ताहन्त फिल्मले नेपाली बक्सअफिसमा २ करोड ग्रसको बिन्दू पार गर्न सक्ने आंकलन छ ।

    वितरक व्यांकटेस फिल्मले आगामी साता सूर्यवंशीको नेपाल कमाइको आधिकारिक कारोबार सार्वजनिक गर्ने भएको छ । वितरक मनोज राठीले पहिलो सप्ताहन्त सकिएपछि कमाइ सार्वजनिक हुने जनाए ।

  • फोटोमा हेर्नूस सेलेव्रिटी भाइटीका

    फोटोमा हेर्नूस सेलेव्रिटी भाइटीका

    काठमाडौं । तिहारको अन्तिम दिन आज भाइटीका लगाएर सेलिव्रेसन गरिएको छ । दाजुभाइ तथा दिदीबहिनीले आज एक आपसमा मखमली माला र टीका लगाएर भाइटीका मनाए ।

    यमपञ्चकको अन्तिम दिन भगवान सूर्यका छोरा यमराजलाई बहिनी यमुनाले टीका लगाएर दीर्घायुको आशिर्वाद दिएको स्मरणमा भाइटीका मनाउने गरिन्छ ।

    नेपाली संगीत, फिल्म र फेसन क्षेत्रका कलाकार आज आ-आफ्ना दिदीबहिनीबाट भाइटीका लगाए । सामाजिक संजालमा उनीहरुले टीकाको तस्बिरहरु पोस्ट गरेका छन् ।

  • फिल्म हलमा फर्किए दर्शक, ‘सूर्यवंशी’लाई पहिलो दिनमै ७० प्रतिशत अकुपेन्सी (तस्बिरहरु)

    फिल्म हलमा फर्किए दर्शक, ‘सूर्यवंशी’लाई पहिलो दिनमै ७० प्रतिशत अकुपेन्सी (तस्बिरहरु)

    काठमाडौंं । अक्षय कुमार र कट्रिना क्याफ स्टारर फिल्म ‘सूर्यवंशी’ले शुक्रबार नेपाली बक्सअफिसमा उत्साहजनक ओपनिङ गरेको छ । मुलुकका सय हलमा रिलिज भएको फिल्मको पहिलो दिनको अकुपेन्सी ६० देखि ८० प्रतिशत छ ।

    सामाजिक दूरी कायम गर्नुपर्ने प्रावधानका कारण अहिले ५० प्रतिशत अकुपेन्सीमा फिल्म खुलाउन प्रशासनहरुले अनुमति दिएका छन् । वितरक कम्पनी व्यांकटेस इन्टरटेमेन्टले पहिलो दिनको ओपनिङ उत्साहजनक भएको जनाएको छ ।

    पचास प्रतिशत अकुपेन्सीलाई हाउसफूल मान्ने हो भने मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्ससहित काठमाडौं र पोखराका हलहरु लगभग हाउसफूल (शतप्रतिशत अकुपेन्सी) छन् । क्यूएफएक्सले मुलुकका आफ्ना फ्रेन्चाइजमा सूर्यवंशीलाई ५८ सोज दिएको छ ।

    क्यूएफएक्सले सूर्यवंशी रिलिजसँगै दमौलीमा एपेक्स मल्टिप्लेक्स संचालनमा ल्याएको छ । सीइओ रोशन अडिगाले उक्त हल शुभारम्भ गरे । ‘हाम्रो हलहरुमा सूर्यवंशीको उत्साहजनक ओपनिङ छ’ नेपाल प्रेससँग उनले भने, ‘कन्टेन्ट राम्रो पनि हुनु र तिहारको बिदा पनि भएका दर्शकहरु आउनुभएको छ ।’

    वितरक कम्पनी ब्यांकटेसका निर्देशक मनोज राठीले देशभरबाट उत्साहजनक ओपनिङ भएको बताए । ‘अब हामी दर्शकको समीक्षा कस्तो आउँछ भन्ने पर्खाइमा छौं’ उनले भने, ‘कम्तीमा दर्शकलाई मनोरञ्जन दिने र हलसम्म फर्काउने हाम्रो उद्देश्य हो ।’

    कोरोना महामारीको कारण पाँच महीनापछि खुलेका हलहरुमा दर्शक फर्काउन निर्माताहरु स्टार कास्टसहित ठूलो ब्यानरको बलिउड फिल्मको पर्खाइमा थिए । फिल्म उद्योगलाई चलायमान बनाउन पनि सूर्यवंशीमा सबैको नजर र अपेक्षा थियो । सूर्यवंशी हेरेका नेपाली दर्शकले यसलाई मिश्रित प्रतिक्रिया दिएका छन् ।

    रोहित सेठ्ठी निर्देशित सूर्यवंशीमा अक्षय, कट्रिना, अजय देवगण, रणवीर सिंह, ज्याकी श्रोफ, गुल्सन ग्रोवरको मुख्य भूमिका छ । भारत-पाकिस्तानबीचको सीमापार आतंकवादको मुद्दा र त्यसलाई रोक्न भारतीय प्रहरीको भूमिका यसमा चित्रण छ ।

    शुक्रबार हलिउड फिल्म ‘साङ ची एन्ड द लिजेन्ड अफ द टेन रिङ्स’ रिलिज भएको छ ।

    तस्वीरहरु नेपाल प्रेस :

  • भिटेन युट्युव ट्रेन्डिङको शीर्षस्थानमा, नयाँ गीतमा सत्ताविरुद्ध आक्रामक

    भिटेन युट्युव ट्रेन्डिङको शीर्षस्थानमा, नयाँ गीतमा सत्ताविरुद्ध आक्रामक

    ‘अपराधी सरकारले पाल्या छ
    भात खुवाउँदै मजाले राख्या छ
    बिग्रेको समाजको दोष
    मेरो टाउकोमा खन्याउँदै हाल्या छ
    के गर्न खोजेको हो थाहा छैन
    जेल हाल्छ मलाई समातेर
    के फाइदा छ र मलाई यहाँ
    बिग्रिसकेको समाज बिगारेर ?’

    गायक समीर घिसिङ उर्फ भिटेन आफ्नो पछिल्लो र्‍याप नम्बर ‘गल्ली सडक’मा सरकारप्रति क्रुद्ध देखिएका छन् । ४ मिनेट १३ सेकेन्ड लामो उनको यो ट्रयाक प्रहरी, प्रशासन र सत्ताविरुद्ध आक्रामक सुनिन्छ ।

    गीतमार्फत अश्लिलता फैलाएको आरोपमा भिटेन अक्टोबर २४, २०१९ मा पक्राउ परेका थिए । आइन्दा अश्लिलता नफैलाउने र सीमसिमे पानी नामक गीतलाई प्राइभेट तुल्याउने सर्तमा उनलाई प्रहरीले छाडेको थियो ।

    गतसाता युट्युवमा रिलिज भएको नयाँ गीत ‘गल्ली सडक’मा पनि भिटेन प्रहरीप्रति आक्रोशित छन् । सात दिनमा यो गीतलाई १७ लाख २७ हजारभन्दा बढी पटक युट्युवमा हेरिएको छ ।

    यो गीतमा प्रयुक्त लिरिक्स सुन्दा लाग्छ, प्रहरीले आफूप्रति गरेको व्यवहारको जवाफ भिटेनले गीतमार्फत दिएका छन् । आफ्नै कम्पोज, आवाज र शब्दमा भिटेनले ल्याएको यो गीतमा उनले तन्नेरीमा रहेको फ्रस्टेसन पोखेका छन् ।

    गल्ली सडक बोलको यो गीत एकसातादेखि नेपालमा युट्युव ट्रेन्डिङ (म्युजिकतर्फ)को शीर्षस्थानमा छ ।

  • फिल्म हलमा अबदेखि महिला दर्शकलाई निःशुल्क स्यानिटरी प्याड

    फिल्म हलमा अबदेखि महिला दर्शकलाई निःशुल्क स्यानिटरी प्याड

    काठमाडौं । महिला दर्शकलाई लक्षित गर्दै अब राजधानीका मल्टिप्लेक्स फिल्म हलहरुमा स्यानिटरी प्याड निःशुल्क उपलब्ध हुने भएको छ ।

    छायाँ मलस्थित क्यूएफएक्स सिनेमाजले शुक्रबारदेखि यस्तो सुविधा ल्याएको हो । ‘महिनावारी भएका महिलालाई समस्या पनि नहोस् र सुविधा पनि मिलोस भन्ने उद्देश्य हाम्रो हो’ छायाँ फिल्म हलका म्यानेजर सुनिल श्रेष्ठले नेपाल प्रेसलाई भने ।

    फिल्म हेर्न हल पुगेका महिला दर्शकले मागेको खण्डमा निःशुल्क स्यानिटरी प्याड दिइने उनले बताए । हलमा जाँदा प्याडकै कारण फिल्म आधा छुटाउनुपर्ने र झन्झट व्योहोर्नुपर्ने समस्या महिला दर्शकले भोगिरहेको गुनासोको आधारमा यस्तो सुविधा ल्याइएको हो ।

    मल्टिप्लेक्स फिल्म हलहरु संचालनमा आएसँगै पछिल्ला वर्षमा महिला दर्शकको संख्या बढिरहेको नेपाल चलचित्र संघले जनाएको छ ।

  • आलोकश्रीले ल्याए कुमार कान्छाको अन्तिम गीत ‘नैना रेशम’

    आलोकश्रीले ल्याए कुमार कान्छाको अन्तिम गीत ‘नैना रेशम’

    काठमाडौं । गायक कुमार कान्छाको स्वर रहेको अन्तिम गीत ‘नैना रेशम’ इन्टरनेट सार्वजनिक भएको छ । संगीतकार आलोकश्रीले गायक कान्छाको निधनको झन्डै एक दशकपछि गीत लन्च गरेका हुन् ।

    ‘साइनो’ एल्मबमा संग्रहित गीत रेकर्डको क्रममा गायक कान्छाको निधन भएको थियो । ‘उहाँको अन्तिम निशानीस्वरुप यो गीत श्रोतामाझ ल्याएका हुँ’ आलोकश्रीले नेपाल प्रेसलाई भने ।

    शब्द तथा संगीत समेत आलोकश्रीको रहेको गीत रोमान्टिक जनरमा बनेको छ । गीतमा प्रेमीले आफ्नी मायालुको प्रशंसा बुनेका छन् । आमुल कार्की ढलीको संगीत संयोजन र गुन्जन रेकडिङ स्टुडियोमा रेकर्ड भएको उक्त गीतको भिडिओ पनि निर्माण भएको छ ।

    आधुनिक गीतकोबाहेक ‘बतासैले उडाइ लग्यो माया मेरो’, ‘जिन्दगीको के भर छ र’जस्ता मर्मस्पर्शी गीत पनि कान्छाले गाएका छन् । बलिउडका ख्यातीप्राप्त गायक कान्छाले केही नेपाली फिल्ममा समेत पाश्र्वगायन गरेका छन् । एक समय बलिउडमा उनको ख्याती उचाइमा थियो । उदितनारायण झा बलिउड भित्रिएपछि भने कुमार कान्छाको बलिउड क्रेज केही खस्किएको थियो ।

  • कसको रंगोली राम्रो (तस्बिरहरु)

    कसको रंगोली राम्रो (तस्बिरहरु)

    काठमाडौं । बिहीबार मुलुकभर धनधान्यकी देवी लक्ष्मीको पूजा आराधान गरी तिहार मनाइएको छ । घरपरिवारदेखि कार्यालयसम्म लक्ष्मीको पूजा र रंगोली बनाएर लक्ष्मी भित्राइयो । नायिकाहरुले लक्ष्मी पूजा गरेकोदेखि आकर्षक रंगोली बनाएका तस्बिर सामाजिक संजालमा सेयर गरेका छन् ।

    करिश्मा मानन्धर, रेखा थापा, वर्षा शिवोकाटी, नीता ढुंगाना, केकी अधिकारी, अनु शाह लगायतका अभिनेत्री घरमा लक्ष्मी पूजा मनाए । हिन्दू धर्मावलम्बीले विश्वभर शान्ति, समृद्धी र सुस्वास्थ्यको कामना गर्दै लक्ष्मीपूजा सेलिव्रेसन गरे । हेर्नूस तस्बिरहरु :

  • नेपालका सय हलबाट रिलिज हुँदै अक्षय-कट्रिनाको ‘सूर्यवंशी’, क्यूएफएक्समै ५८ सोज

    नेपालका सय हलबाट रिलिज हुँदै अक्षय-कट्रिनाको ‘सूर्यवंशी’, क्यूएफएक्समै ५८ सोज

    काठमाडौं । अक्षय-कट्रिना स्टारर ‘सूर्यवंशी’लाई नेपाली मल्टिप्लेक्स फिल्म हलहरुले उत्साहजनक सोज प्रदान गरेका छन् । मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सले शुक्रबार पहिलो दिनमै ५८ सोज दिएको छ ।

    कोभिड-१९ महामारीको दोस्रो लहरपश्चात हल खुलेपछि कुनै फिल्मले पाएको यो सर्वाधिक सोज संख्या हो । नेपाली फिल्म पण्डितहरुले ‘सूर्यवंशी’लाई कोरोनाले थलिएको नेपाली फिल्मलाई चलायमान बनाउने ‘ट्रेन्ड-सेटर’को रुपमा व्याख्या गरेका छन् ।

    बिग मूभिजले शुक्रबार सूर्यवंशीलाई ११ सोज दिएको छ । वान सिनेमाज्ले ६ सोज दिएको छ । पोखराको मिडटाउन सिनेमाजले सात सोज, आइएनआइ सिनेमाजले ९ सोज, एफक्यूब सिनेमाजले १२ सोज दिएका छन् ।

    ब्यांकटेस इन्टरटेनमेन्टले यो फिल्मलाई मुलुकका १ सयवटा फिल्म हलबाट प्रदर्शन गर्दैछ । कम्पनी निर्देशक मनोज राठीले महामारीले देखिएको खडेरीलाई सूर्यवंशीले तोड्ने आशा व्यक्त गरे । क्यूएफएक्समा मात्र लाबिम, छायाँ र सिभिल मलस्थित हलमा एड्भान्स बुकिङ राम्रो देखिएको छ ।

    ‘दशैंपछि रिलिज भएका केही अंग्रेजी फिल्मले खास दर्शकलाई तानेका थिए । अब भने सूर्यवंशीले फेमिली दर्शकलाई आकर्षण गर्न सक्ने विश्वास हामीले लिएका छौं’ वान सिनेमाज प्रमुख प्रज्वल राणाले नेपाल प्रेसलाई भने, ‘पारिवारिक दर्शकलाई हलसम्म तान्न सूर्यवंशी महत्वपूर्ण हुनसक्छ ।’

    शुक्रबार नै मार्भल स्टूडियोको हलिउड फिल्म ‘साङ ची एन्ड द लिजेन्ड अफ दी टेन रिङ्स’ प्रदर्शनमा आउनेछ भने आज बिहीवार लक्ष्मीपूजाको दिनदेखि नेपाली फिल्म धुम–४ केही सिंगल स्क्रिनमा प्रदर्शनमा आएको छ ।

  • पत्नी मधुलाई लिएर बिदा मनाउन राजेश हमाल दुबईतर्फ

    पत्नी मधुलाई लिएर बिदा मनाउन राजेश हमाल दुबईतर्फ

    काठमाडौं । अभिनेता राजेश हमाल पत्नी मधुलाई लिएर विदेश घुम्न कमै निस्कन्छन् । स्वदेशमा चाहिँ मधुसँग उनले विभिन्न ठाउँ घुमिसकेका छन् । हमाल दम्पत्ति बुधबार युएईको दुबई सहरतर्फ बिदा मनाउन निस्केको छ ।

    दुबईमा नेपाली समुदायले आयोजना गर्ने सांस्कृतिक कार्यक्रममा शुक्रबार उनीहरुले सहभागिता जनाउनेछन् । यो कार्यक्रममा हमालले नाचगान गर्ने समेत जनाइएको छ ।

    त्यसबाहेक दुबईका विभिन्न पर्यटकीय ठाउँमा हमाल दम्पत्तिले घुमघाम गर्ने जनाइएको छ । प्रायः चाडपर्वमा विदेशस्थित नेपाली समुदायले आयोजना गर्ने कार्यक्रममा हमालले भाग लिने गरेका छन् । यसपटक चाहिँ मधुलाई लिएर राजेश विदेश हानिएका हुन् ।

    प्रायः तिहारमा हमाललाई टीका लगाउनका दिदीहरु काठमाडौंस्थित घरमा आउने गर्थे तर, यसपटक भने हमालले दुबईतिरै तिहार मनाउने बुझिएको छ । हमालको मुख्य भूमिका रहने फिल्म सत्यमको छायांकन तिहार लगत्तै पोखरामा सुरु हुँदैछ ।

  • ‘रेड सुटकेस’मा पनि जोडी बाँध्दै सौगात र सृष्टि

    ‘रेड सुटकेस’मा पनि जोडी बाँध्दै सौगात र सृष्टि

    काठमाडौं । केहीवर्षदेखि सौगात मल्ल र सृष्टि श्रेष्ठ रिलेसनसिपमा छन् । यो जोडीले रियलसँगै रिल लाइफमा पनि जोडी बाँधिरहेको छ । उनीहरु निकट भविष्यमै बिहे तयारीमा छन् ।

    सौगातको आफ्नै निर्माण रहेको फिल्म ‘राधा’मा समेत उनीहरुलाई जोडीको रुपमा देख्न पाइनेछ । सुवर्ण थापा निर्देशित यो फिल्म अहिले पोस्ट-प्रोडक्सनमा व्यस्त छ ।

    सौगात र सृष्टिलाई लिएर नयाँ खबर छ । स्रोतका अनुसार फिडेल देवकोटाले निर्देशन गर्ने सोसल ड्रामा फिल्म ‘रेड सुटकेस’मा सौगात र सृष्टिले जोडी बाँध्ने भएका छन् ।

    सौगात अहिले मुस्ताङमा ‘कबड्डी ४’ को सुटिङमा व्यस्त छन् । कबड्डी सकिएपछि ‘रेड सुुटकेस’को छायांकन सुरु हुने जनाइएको छ । यो फिल्मको हालै काठमाडौंमा कार्यशाला पनि सकिएको छ ।

  • नेपाली डिजाइनरको पहिरनमा ‘सूर्यवंशी’ प्रमोसन गर्दै कट्रिना

    नेपाली डिजाइनरको पहिरनमा ‘सूर्यवंशी’ प्रमोसन गर्दै कट्रिना

    मुम्बइ । कट्रिना क्याफ र अक्षयकुमार भोलिदेखि विश्वव्यापी रिलिज हुने फिल्म ‘सूर्यवंशी’ प्रवद्र्धनमा व्यस्त छन् । कोरोना महामारीले बल्ल रिलिज हुने मौका पाएको फिल्म शुक्रबारदेखि नेपाली हलमा समेत प्रदर्शन हुनेछ ।

    यसैसाता सूर्यवंशी जोडी कपिल शर्माको कमेडी सोमा फिल्मको प्रमोसन गर्न पुगेका थिए । उक्त अवसरमा कट्रिनाले लगाएको आउटफिटले सबैको ध्यान तान्यो । उनले ब्लू डाइ प्रिन्टेड पहिरन लगाएकी थिइन् ।

    उक्त पहिरनलाई नेपाली फेसन डिजाइनर प्रबल गुरुङले डिजाइन गरेका हुन् । स्लिभ्समा कट्रिना आकर्षक देखिएकी छिन् । प्रबलले सन् २०२२ को लागि यो स्कर्ट तयार पारेका थिए ।

     

    View this post on Instagram

     

    A post shared by Katrina Kaif (@katrinakaif)

    ‘ब्यूटीफुल इन ब्लू’ प्रबलले कट्रिनाको तस्बिर सेयर गर्दै इन्स्टाग्राममा लेखेका छन् । फिल्म सूर्यवंशीमा कट्रिना र अक्षयकुमारले झन्डै दशकपछि स्क्रिन सेयर गरेका छन् ।

    सूर्यवंशीमा अजय देवगण र रणवीर सिंहको पनि मुख्य भूमिका छ भने रोहित सेठ्ठीले निर्देशन गरेका हुन् ।

  • नेपाल प्रेसमा कलाकारले खेले देउसी : बद्री पंगेनीदेखि शिला आलेसम्मले दिए प्रस्तुुति (तस्बिरहरु)

    नेपाल प्रेसमा कलाकारले खेले देउसी : बद्री पंगेनीदेखि शिला आलेसम्मले दिए प्रस्तुुति (तस्बिरहरु)

    काठमाडौं । आजदेखि तिहार यमपञ्चक सुरु भएको छ । बुधबार कागतिहार र कुकुरतिहार मनाइँदैछ । पाँचदिनसम्म हर्षोल्लासपूर्वक मनाइने तिहारको प्रमुख आकर्षण नाचगान र देउसीभैलो पनि हो ।

    तिहारको अवसरमा नेपाल प्रेसले मंगलबार बेलुका आफ्नो कार्यालय परिसरमा देउसीभैलो कार्यक्रमको आयोजना गर्‍यो । लोकदोहोरी गायक बद्री पँगेनी र शीला आलेले देउसी–दोहोरी पनि प्रस्तुत गरे ।

    पछिल्लो छिमलका कलाकार युवराज चौलागाइँ, डिजराज पौडेल, अनिता चलाउने, सिर्जु अधिकारी, सुरेश रावलले गायकी प्रस्तुत गरे । कमेडियन राजा राजेन्द्रले पनि हाँस्यव्यंग्य प्रस्तुति गरे । नेपाल प्रेस आज बेलुका सात बजे आफ्ना सामाजिक संजालमार्फत देउसीभैलो कार्यक्रम प्रिमियर गर्ने भएको छ ।

  • यस्तो छ राजेश हमालको स्वरमा रहेको पहिलो गीत ‘मन बुढो भएन (भिडिओ)

    यस्तो छ राजेश हमालको स्वरमा रहेको पहिलो गीत ‘मन बुढो भएन (भिडिओ)

    काठमाडौं। अभिनेता राजेश हमालको स्वरमा रहेको गीत ‘मन बुढो भएन’को भिडिओ रिलिज गरिएको छ । बुधवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै भिडिओ रिलीज गरिएको हो । यो गीत नै हमालले गाएको पहिलो अफिसियल गीत हो । गीतमा दीपक शर्माको शब्द तथा संगीत छ ।

    गीतमा हमालको साथमा गायक सुवास पुरी तथा गायिकाद्वय एलिना चौहान र बेनिशा पौडेलको स्वर छ । देवेन्द्र पाण्डेले निर्देशन गरेको गीतको भिडिओमा हमालसँग रेश्मा घिमिरेले अभिनय गरेकी छन् । उत्सव दाहालले छायांकन गरेको भिडिओलाई विकास दाहालले सम्पादन गरेका छन् ।

    फिल्म करिअरको तीन दशकपछि आएर हमालले गीत गाएका हुन् । केहि फिल्मका गीतमा आवाज दिएको भएता पनि सुरमा रहेर गाएको यो नै पहिलो भएको हमालले बताए । संगीतकार दीपक शर्माले दिएको हौसलाले आफूले यो गीत गाउन सफल रहेको उनको जिकिर थियो । कार्यक्रममा हमालले आफ्नो स्कुले जीवनमा गाउने गीत सम्झना गरे ।

    ‘विद्यालयमा संगीतको कक्षा हुँदा म अगाडिको सिटमा बस्थें । त्यो बेला सर, मिसहरुले मलाई गीत गाउनका लागि भन्नुहुन्थ्यो र म गीत गाउँथे । मैले कक्षा ५, ६ मा पढ्दा राम्रै गीत गाउँथे । तर त्यसपछि के कारणले हो गीत गाउनै सकिएन’, उनले बताए । कुनै संगीतकारले बिश्वास गरे आफुले अन्य गीत गाउन तयार रहेको पनि उनले बताए ।

    गीतको शीर्षक सम्बन्धित प्रश्नमा हमालले आफुलाई जिस्क्याउने गीत बनेको बताए । ‘उमेर आफ्नो रफ्तारमा गईरहेपनि मन बुढो भने कहिल्यै हुँदैन । यो गीतको पोस्टर शेयर गरेपछि उमेर धेरै भएका शुभचिन्तकहरुले हौसला मिलेको बताउनुभयो । मलाई पनि लाग्छ मन बुढो कहिल्यै हुँदैन’, उनले भने, ‘आफ्नो उमेर घटाएर कहिल्यै घट्दैन तर उमेर भन्दा बढि नदेखिन आफ्नो जीवनशैली मिलाउनै पर्छ’ ।

    अभिनेत्री रेश्मा घिमिरेले हमालसँग काम गरिसकेपछि आफ्नो जीवन मोडिएको बताईन् । भनिन्, ‘यदि मैले उहाँको जस्तै जीवनशैलीलाई लगातार अँगाल्न सकेँ भने मैले राम्रो जीवन बाँच्नेछु’ । एक दिनमा नै आफुले हमालबाट धेरै कुरा सिकेको उनले बताईन् ।

    संगीतकार दीपक शर्माले राजेश हमालको स्वरबाट आफु प्रसन्न रहेको बताए । हमालसँग काम गर्न पाउनु अवसर र चुनौती दुवै रहेको उनले बताए । यस अघि हमालसँग चारवटा म्यूजिक भिडियोमा काम गरिसकेका निर्देशक देवेन्द्र पाण्डेले हमाललाई यो गीतमा अरुभन्दा फरक तरिकाले अभिनय गराएको बताए ।

    गायिकाद्वय एलिना चौहान र बेनिशा पौडेलले हमालको स्वरमा रहेको गीतमा आफुले पनि गाउन पाउनु भाग्यले पाएको बताए ।

  • नेपाल प्रेसमा तिहार विशेष सांस्कृतिक साँझः हेर्नुस् राष्ट्रिय कलाकारहरुको प्रस्तुति

    नेपाल प्रेसमा तिहार विशेष सांस्कृतिक साँझः हेर्नुस् राष्ट्रिय कलाकारहरुको प्रस्तुति

    काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारलाई स्वागत गर्दै हिजो साँझ नेपाल प्रेसले विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरुले देउसी-भैलोदेखि विविध मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए ।

    मिनभवनस्थित नेपाल प्रेस प्रधान कार्यालयको प्रांगणमा कार्यक्रम आयोजना गरिएका थियो । प्रख्यात लोकगायक बद्री पंगेनीको नेतृत्वमा कलाकारहरुले देउसी-भैलो खेले । अन्य सांगीतिक प्रस्तुतिसहित नृत्य र कमेडीको समेत प्याकेज कलाकारहरुले प्रस्तुत गरेका छन् ।

    उक्त कार्यक्रमको रेकर्डेड भिडियो हामीले अहिले प्रिमियर गरेका छौं । यस भिडियोबाट कुनै पनि अंश काँटछाट गरी सामाजिक सञ्जालमा राख्न अनुमति नरहेको जानकारी गराउँछौं ।

  • अनमोलको प्रिय साथी कोको, घरदेखि फिल्मसम्म एकसाथ !

    अनमोलको प्रिय साथी कोको, घरदेखि फिल्मसम्म एकसाथ !

    काठमाडौं । यमपञ्चक अन्तर्गत आज कुकुर तिहार । मान्छेको सबैभन्दा पुरानो साथी मानिने कुकुर पूजा तिहारको मुख्य आकर्षण हो ।

    आधा शताब्दी इतिहास बोेकेको नेपाली फिल्ममा कुकुरको समेत योगदान छ । केही हिट नेपाली फिल्म यस्ता छन् जसमा कुकुरको मुख्य भूमिका छ । राजेश हमालले धेरैवटा फिल्ममा कुकुरसँग अभिनय गरेका छन् ।

    राजेश र कुकुरले भरपर्दा मित्रको भूमिकामा केही फिल्ममा अभिनय गरेका छन् । विश्वासिलो र इमान्दार प्राणीको रुपमा कुकुरलाई निर्देशले ती फिल्ममा चित्रण गर्ने गरेका छन् ।

    धेरैलाई थाहा नहुनसक्छ, झरना थापाले निर्देशन गरेको आगामी फिल्म ए मेरो हजुर ४’मा समेत कुकुरको मुख्य भूमिका छ । भुवन केसीले घरपालुवाको रुपमा लामो समयदेखि पाल्दै आएको कोको नामक कुकुरले उक्त फिल्ममा मुख्य भूमिकामा अभिनय गरेको छ ।

    फिल्ममा समेत अनमोल र कोकोलाई साथीको रुपमा हेर्न पाइन्छ । कोको र अनमोल घरमा समेत मिल्ने साथी हुन् । निर्देशक झरना थापाले कोकोलाई मुख्य भूमिकामा लिइएको बताइन् । ‘पात्रको रुपमा कोकोको भूमिका महत्वपूर्ण छ’ झरनाले नेपाल प्रेसलाई भनिन् ।

    यति मात्र हैन, कोकोले एनसेलको विज्ञापनमा समेत अभिनय गरेको छ । कुकुरलाई अनमोलले नै तालिम दिएका हुन् । आफूले भनेको बाहेक कोकोले अरुले भनेको नमान्ने अनमोल बताउँछन् । जेहोस्, मानिसको पुरानो साथी फिल्मको पर्दामा समेत साथीकै रुपमा देख्न पाइनु रोचक कुरा हो ।

     

  • निर्मल पूर्जाको नेट्फिल्क्स फिल्म ट्रेलर रिलिज : बिहेदेखि १४ हिमाल विजयसम्मको चित्रण

    निर्मल पूर्जाको नेट्फिल्क्स फिल्म ट्रेलर रिलिज : बिहेदेखि १४ हिमाल विजयसम्मको चित्रण

    काठमाडौं । आठ हजार मिटरभन्दा अग्ला १४ हिमाल आरोहण गर्ने नेपाली आरोही निर्मल पूर्जामाथि नेट्फिल्क्सले निर्माण गरेको फिल्म ‘फोर्टिन पिक्स : नथिङ इज इम्पोसिबल’को अफिसियल ट्रेलर रिलिज भएको छ ।

    नोभेम्बर २९ मा स्ट्रिमिङ हुने फिल्म ट्रेलरमा आरोही पूर्जाका जीवनका अधिकांश क्षणलाई कैद गरिएको छ ।

    सात महीनाकै अन्तरमा कसरी पूर्जाले अग्ला १४ हिमाल आरोहण गरेर सफलता हासिल गरे भन्ने चित्रण यसमा छ । बेलायती सेनाको जागिर छाडेर हिमाल चढ्ने योजनासाथ अघि बढेका म्याग्दी जिल्लाका पूर्जाको संघर्षलाई पनि चित्रण गरिएको छ ।

    ट्रेलर रिलिज लगत्तै पूर्जाले खुशि व्यक्त गर्दै बाल्यकालिन क्षणको स्मरण गरेका छन् । ‘हामी बच्चा हुँदा टेलिभिजन समेत थिएन । हामी छिमेकीको घरमा गएर झ्यालबाट चिहाएर फिल्म हेथ्र्यौ । छिमेकीले देखे हामीलाई निस्केर जा भन्थे’ उनले स्मरण गरे ।

    फिल्म निर्माण गर्ने नेटफिल्क्स युनिटलाई आरोही पूर्जाले धन्यवाद पनि दिएका छन् । हेर्नूस ट्रेलर :