Category: कलाप्रेस

  • भिटेन पाँचौमा झर्दा अस्मिता शीर्षस्थानमा : हेर्नूस पछिल्लो साता युट्युवमा सर्वाधिक हेरिएका नेपाली गीत

    भिटेन पाँचौमा झर्दा अस्मिता शीर्षस्थानमा : हेर्नूस पछिल्लो साता युट्युवमा सर्वाधिक हेरिएका नेपाली गीत

    काठमाडौं । खेम सेञ्चुरी र अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘रम रम मरौटी’ लगातार दोस्रो साता पनि युट्युवमा सर्वाधिक हेरिने गीत बनेको छ । सात दिनमा मात्र यो गीतलाई १४ लाख ६२ हजार ५५० पटक हेरिएको छ । यो गीतको कूल भ्यूज संख्या १ करोड २३ लाख ६६ हजार ४८३ छ ।

    सहिमा श्रेष्ठ र सन्दिप न्यौपानेको स्वरमा रहेको गीत ‘ओकल दोकल २’ यो साता दोस्रो स्थानमा परेको छ । यो गीतलाई सातामा ११ लाख २४ हजाार ४९९ पटक हेरिएको छ भने कूल भ्यूज संख्या १३ लाख ५९ हजार १८६ छ ।

    यस्तै प्रकाश दूतराजको स्वरमा रहेको गीत ‘जाम भो मार्ईली’ यो साता तेस्रो सर्वाधिक हेरिने नेपाली गीत बनेको छ । एक सातामा मात्र यो गीतलाई ९ लाख ११ हजार ३९० पटक हेरिएको छ भने कूल ७४ लाख ३० हजार ८२७ रहेको छ ।

    भिटेनको गीत ‘गल्ली सडक’ पाँचौ स्थानमा छ । यो गीतलाई पछिल्लो साता ८ लाख ९९ हजार पटक हेरिएको छ भने कूल भ्यूज ३९ लाख नाघेको छ । रुटिन अफ नेपाल बन्दले तयार पारेको साताको सूची यस्तो छ :

    १. खेम सेञ्चुरी र अस्मिता अधिकारी ‘रम रम मरौटी’ : १४६२५५०

    २. सहिमा श्रेष्ठ र सन्दिप न्यौपाने ‘ओकल दोकल २’ : ११२४४९९

     

    ३. प्रकाश दूतराज ‘जाम भो माईली’ : ९११३९०

     

    ४. खेम सेञ्चुरी ‘मन परेको मान्छे’ : ९०३९४३

     

    ५. भिटेन ‘गल्ली सडक’ : ८९९२६३

     

    ६. दिनेश ढकाल ‘कालो केशमा रेलिमई’ : ७७३८३२

     

    ७. महेश काफ्ले ‘माया बिरानी–२’ : ५७५७३०

     

    ८. सजन राज वैद्य ‘नगण्य माया’ : ५१८२५०

     

    ९. मिलन नेवार ‘फूलबुट्टे सारी’ : ४८५३७३

     

    १०. मोहित वंश आचार्य ‘हाम्रो माया’ : ४७६०००

     

  • ‘चपली हाइट’बारे स्वस्तिमाकाे जवाफ : स्टारडमको दबाब लिएकी छैन, राम्रो छ चल्छ-नत्र चल्दैन

    ‘चपली हाइट’बारे स्वस्तिमाकाे जवाफ : स्टारडमको दबाब लिएकी छैन, राम्रो छ चल्छ-नत्र चल्दैन

    काठमाडौं । ‘चपली हाइट’ तीन कोरोना महामारीपछि रिलिज हुन लागेको प्रतीक्षित नेपाली फिल्म हो । आगामी पुस २ गते रिलिज हुने फिल्म स्टारकास्टले पनि चर्चामा छ ।

    स्वस्तिमा खड्का, अर्पण थापा लगायतका कलाकारहरु समावेश मल्टिस्टारर फिल्मका अघिल्ला दुईवटा प्रिक्वेलहरु व्यवसायिकरुपमा हिट भैसकेका छन् । के ‘चपली हाइट’को तेस्रो सिक्वेलले दर्शकलाई फर्काउन सक्ला भन्ने प्रश्न अहिले सबैजनामा छ ।

    फिल्म रिलिज हुने सोही मितिमा हलिउडको बहुप्रतीक्षित फिल्म स्पाइडरम्यान : नो वे होम पनि प्रदर्शन हुँदैछ । ‘स्पाइडरम्यान’ ‘चपली हाइट’को व्यापारमा चुनौति हुनसक्छ । हलिउड सुपरहिरोको उक्त ट्रेलरले राम्रै चर्चा बटुलेको छ भने चपली हाइटको ट्रेलर आजमात्र रिलिज भएको छ ।

    यस्तोमा, के ‘चपली हाइट’ले जबर्जस्त ओपनिङ गर्ला ? आयोजित पत्रकार सम्मेलनमा निर्माता अर्जुनकुमारले भने, ‘अन्य फिल्मसँग जुध्दा फरक पर्दैन । यो ‘चपली हाइट’ हो । फिल्महरु आउँछन् जान्छन् ।’ उनले ‘स्पाइडरम्यान’ ठूलै फिल्म भएपनि त्यसले आफ्नो फिल्मलाई असर नपार्ने दावी गरिरहेका थिए । यी त भए फिल्म जुध्दा व्यापारमा असर पर्ने कुरा ।

    अर्कोतर्फ, फिल्मको व्यापार स्टारकास्टमा पनि निर्भर हुनेगर्छ । चपली हाइटमा दर्शक तान्न स्वस्तिमा खड्काको स्टारपावर चल्नुपर्छ । सुरुमा स्टारपावर अनि त्यसपछि कन्टेन्ट । स्वस्तिमा यसबारे के भन्छिन ?

    पत्रकार सम्मेलनमा उनले भनिन, ‘स्टारडमको प्रेसर लिएको छैन । राम्रो छ भने चल्छ । छैन भने छल्दैन । प्रेसर छैन ।’ उनले यसअघि फ्लप भएका फिल्म पनि कन्टेन्टकै कारण असफल भएकोतर्फ संकेत गरिन् ।

    नौ वर्षपछि चपली हाइटको तेस्रो सिक्वेल रिलिज हुन लागेको हो । निकेश खड्काले निर्देशन गरेको फिल्मलाई अर्जुन कुमारले निर्माण गरेका हुन् ।

  • ‘चपली हाइट-३’ ट्रेलर : प्रेम, सेक्स र बदला !

    ‘चपली हाइट-३’ ट्रेलर : प्रेम, सेक्स र बदला !

    काठमाडौं । नौवर्षअघि ‘चपली हाइट’ रिलिज हुँदा दुई कारणले सहर हल्लिएको थियो । पहिलो : बिनिता बरालको सेमिन्यूड फोटोसुट र दोस्रो : नेपाली फिल्ममा मनोवैज्ञानिक थ्रीलर जनराको फिल्म सुरुआत ।

    नौ वर्षपछि ‘चपली हाइट’कै तेस्रो श्रृंखलाको फिल्म ट्रेलर रिलिज भएको छ । यस्तो लाग्छ, सन् २०२१ सम्म आइपुग्दा चपली हाइटको गुदी साइकोलजिकल थ्रीलर कम र मर्डर थ्रीलर ज्यादा देखिन्छ ।

    यी दुई जनराबीच खास प्रकारको भिन्नता छ । साइकोलोजिकल थ्रीलरमा दर्शक र पात्रबीच अन्तक्रिया हुन्छ भने मर्डर थ्रीलरमा हिंसाको प्रयोग ज्यादा ।

    म्युजिक भिडिओमा समेत चलेका निकेश खड्काले तेस्रो सिरिजको निर्देशकीय पारी सम्हालेका छन् । खड्काले दीपेन्द्र खनालकै निर्देशकीय लिगेसीलाई निरन्तरता दिएका छन् वा छैनन् भन्ने कुरा पुस २ गते सिनेमा घरमा पुग्दा थाहा हुन्छ ।

    ‘चपली हाइट’को तेस्रो सिक्वेलको ट्रेलरले मुख्यतः फिल्मको कथावस्तु के हो भन्ने चीजको स्थापना गर्छ । श्रद्धा नामक युवतीको हत्या कसरी भयो भन्ने रहस्य पत्ता लगाउने संघर्ष यसको कथावस्तु हो । हत्या गरिएकी पात्रकी निकट साथी रहेकी स्वस्तिमालाई पक्राउ गरेर यथार्थ बुझ्न प्रहरीले गरेको केरकार र अर्कोतर्फ नेपथ्यमा अर्पण थापा र आमिर गौतमको चलखेललाई ट्रेलरमा चित्रण गरिएको छ ।

    मुख्यतः हत्या घटनामा आरोपित तीनजना फरार अभियुक्तलाई पक्राउ गर्न प्रहरीले चालेको अप्रेसन यसको कथावस्तु हो । दीपाश्री निरौला प्रहरी अधिकृतको भूमिकामा देखिएकी छिन् । मुख्यतः अर्पणलाई सिरियल किलरको रुपमा चित्रण गर्न खोजिएको जस्तो देखिन्छ ।

    २ मिनेट ३६ सेकेन्ड लामो फिल्मको ट्रेलरमा पात्रको भीड देखिन्छ । ट्रेलरमा एकैपटक धेरै पात्र र सोही गतिमा सम्पादन हुँदा कतिपय दर्शक कन्फ्युजन हुनसक्छन् । तर, मर्डर थ्रीलर रुचाउने दर्शकलाई ट्रेलर मनपर्नसक्छ । किनभने, कतिपय दर्शकको रुचि ‘लाउड’ फिल्म रुचाउने हुन्छ ।

    ‘चपली हाइट’को तेस्रो सिक्वेलमा स्वस्तिमासहित सुपुष्पा भट्ट कँडेल, महेश त्रिपाठी, प्रतीकमान श्रेष्ठ, अर्पण थापा, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुस्मा निरौलाको मुख्य अभिनय छ । आमिर गौतम निर्माता अर्जुन कुमारका लक्की चार्म भैहाले ।

    गायक समेत रहेका अर्जुन कुमारको निर्माण रहेको फिल्म पुस २ गते देशव्यापी प्रदर्शन तयारीमा छ ।

  • मिस वर्ल्डको लागि भोट माग्दै नम्रता, हेर्नूस उनको परिचयात्मक भिडिओ

    मिस वर्ल्डको लागि भोट माग्दै नम्रता, हेर्नूस उनको परिचयात्मक भिडिओ

    काठमाडौं । मिस नेपाल नम्रता श्रेष्ठ विश्व सुन्दरी प्रतियोगितामा भाग लिन भोलि अमेरिका प्रस्थान गर्दैछिन् । कोरोना महामारीपछि हुन लागेको पेजेन्टलाई लिएर उनी उत्साहित पनि छिन् ।

    उनको सो उत्साह हिडन ट्रेजरले राजधानीमा बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा पनि देखियो । विगतदेखि नै ब्यूटी विथ पर्पस र मल्टिमिडिया विधामा रहेको नेपालको दबदबालाई यसपटक पनि निरन्तरता दिने तयारीमा नम्रता छिन् ।

    मल्टिमिडिया विधामा भोटिङ खुला भएको छ र नम्रताले आफूलाई भोट गर्न नेपालीहरुलाई आग्रह गरेकी छिन् । यो विधामा छानिए सीधै अन्तिम १२ मा प्रवेश गर्ने मौका मिल्नेछ । मबस्टर एप डाउनलोड गरेर नम्रतालाई मतदान गर्न सकिनेछ ।

    अर्कोतर्फ, ब्यूटी विथ पर्पस विधाको लागि नम्रताको परियोजना रहेको धादिङको पुल पनि संचालनमा आएको छ । सो पुल र त्यहाँका बासिन्दाको संघर्षलाई लिएर नम्रताले तयार पारेको भिडिओ पनि तयार भएको छ । यो भिडियोलाई उनले मिस वर्ल्डमा पेश गर्नेछिन् ।

    यसैबीच, मिस वर्ल्डमा नम्रताले पेश गर्ने परिचयात्मक भिडिओ आज सार्वजनिक भएको छ । यो भिडियोमा नेपाली कलासंस्कृति, वातावरण, महत्व र हिमालय चित्रण गरिएको छ । हेर्नूस भिडिओ:

  • मुस्ताङी सौन्दर्यमा रोमान्टिक पूजा र रोशन (भिडिओ)

    मुस्ताङी सौन्दर्यमा रोमान्टिक पूजा र रोशन (भिडिओ)

    काठमाडौं । अमेरिकामा रहँदै आएका रोशन अधिकारी भर्सटायल छन् । उनी गीतमा आफै स्वर भर्छन् भने भिडिओमा पनि अभिनय गर्छन् । उनै, रोशनको स्वरमा समावेश ‘रित्तो रित्तो’ बोेलको गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ । यो गीतमा दिग्गज धौरालीको शब्द, अर्जुन पोखरेलको संगीत छ ।

    द डिभाइन म्युजिकको प्रस्तुतिमा तयार भएको यो गीतमा नेपः सिनेको सहकार्य छ । गीतको भिडिओमा नायिका पूजा शर्मा र मोडल तथा गायक रोशन अधिकारीले अभिनय गरेका छन् । मुस्ताङको रमणीय स्थानमा खिचिएको भिडियोमा रोशन र पुजा रोमान्टिक देखिएका छन् । विधान कार्कीले निर्देशन गरेको भिडियो आकर्षक छ ।

    विकास दाहालको सम्पादन रहेको भिडिओलाई उत्सव दाहालले खिचेका हुन् । गायक तथा मोडल रोशनले पत्रकार सम्मेलनमा बोल्दै आफू निरन्तर रुपमा नेपाली सांगीतिक क्षेत्रको विकासमा लागिपर्ने बताए ।

  • ‘तेन्जिङ’ फिल्मबाट नेटफिल्क्सले हात झिक्यो, अब वाल्ट डिज्नेले बनाउने

    ‘तेन्जिङ’ फिल्मबाट नेटफिल्क्सले हात झिक्यो, अब वाल्ट डिज्नेले बनाउने

    काठमाडौं । पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाबारेको फिल्म ‘तेन्जिङ’बाट नेटफिल्क्सले हात झिकेको छ । गतवर्ष उक्त अमेरिकी स्ट्रिम कम्पनीले कलाकार खोज्दै ‘कास्टिङ कल’ पनि आह्वान गरेको थियो ।

    अब नेटफिल्क्सले फिल्म निर्माणलाई स्थगित गरेपछि वाल्ट डिज्ने स्टुडियोले फिल्मलाई निर्माण गर्ने भएको छ । डिज्ने प्लसमा रिलिज हुने फिचर लेङ्थ फिल्मको लागि भन्दै वाल्ट डिज्नेले गतसाता विश्वव्यापी कास्टिङ कल जारी गरेको छ ।

    सन् २०२२ मा नेपाल र न्यूजिल्यान्डमा छायांकन सुरु हुने फिल्मको मुख्य पात्र तेन्जिङसहितका विभिन्न सहायक कलाकार खोजी गरिएको छ । २५ वर्षदेखि ४० वर्ष उमेरको तेन्जिङ पात्र मागिएको छ ।

    तेन्जिङसहित थप चारवटा सहायक कलाकारको समेत कास्टिङ कल आह्वान गरिएको छ । मुख्य पात्रको लागि शेर्पा, तिब्बती अर्थात हिमालमा बसोबास गर्ने पुरुष वा महिला हुनुपर्ने सर्त छन् ।

    अष्ट्रेलियाली कम्पनी डेनीलङले अहिले वाल्ट डिज्नेको लागि कास्टिङ कल आह्वान गरेको छ । नेपालको कास्टिङ भने निर्देशक छिरिङरितार शेर्पाको मिला प्रोडक्सनले हेर्ने भएको छ । मिलाले यसैसाता तिब्बती, नेपाली र अंग्रेजी भाषामा कास्टिङ कल गरेको छ ।

    ‘सुरुमा नेटफिल्क्सले बनाउने भनेर तयार भएको फिल्म अन्तिम समयमा उसले हात झिकेपछि अहिले डिज्नेले बनाउँदैछ’ नेपाल प्रेससँग निर्देशक शेर्पाले भने, ‘त्यतिबेला पनि कुनै कलाकारलाई कास्ट गरिएको थिएन । त्यही भएर हुनसक्छ डिज्नेले यो प्रोसेसलाई अघि बढायो होला ।’

    निर्देशक शेर्पाका अनुसार सन् २०२२ को मध्यतिर यो फिल्म नेपालमा समेत छायांकन हुनेछ । शेर्पाले सन् १९५३ को मे २९ मा न्यूजिल्यान्डका एडमन्ड हिलारीसँगै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए । टाइम म्यागजिनले शेर्पालाई २० औं शताब्दीका सय प्रभावशाली व्यक्तिको सूचीमा राखेको थियो ।

     

     

  • गायिका प्रविशा र प्रेमी निर्माणबीच ‘इन्गेजमेन्ट’

    गायिका प्रविशा र प्रेमी निर्माणबीच ‘इन्गेजमेन्ट’

    काठमाडौं । गायिका प्रविशा अधिकारीले प्रेमी निर्माण सिटौलासँग टीकाटालो गरेकी छिन् । आइतबार झापास्थित घरमा उनीहरुले इन्गेजमेन्ट गरे । उनीहरुबीच आगामी आइतबार बिहे हुँदैछ ।

    लामो समय अमेरिकामा रहेका निर्माण प्रविशासँग बिहे गर्न दशैंँअघि नेपाल आएका थिए । निर्माण झापा चारपानेका हुन् । बिहेकै लागि दुबैजना अहिले झापा पुगेका छन् ।

    पारिवारिक सहमतीमा यी दुबैजनाको बिहे अघि बढेको हो । लामो समयदेखि भर्चुअलरुपमा सम्बन्धमा बसेपनि निर्माण काठमाडौं आएपछि उनीहरुको पहिलोपटक भेट भएको हो ।

    मंसिर ५ गते प्रविशाले आफ्न परिवार र आफन्तलाई साक्षी राखेर निर्माणसँग बिहे गर्न लागेकी हुन् । प्रविशा द भ्वाइस किड्स कोच बनेपछि अहिले चर्चामा छिन् । उनी युवापुस्तामा रुचाइएकी गायिका हुन् ।

  • विश्व सुन्दरी प्रतिस्पर्धाको लागि मिस नेपालहरु तयार (तस्बिर)

    विश्व सुन्दरी प्रतिस्पर्धाको लागि मिस नेपालहरु तयार (तस्बिर)

    काठमाडौं । कोरोना महामारीले रोकिएका ब्यूटी पेजेन्टहरु अब धमाधम हुने तयारीमा छन् । यी प्रतिस्पर्धामा भाग लिन नेपाली सुन्दरीहरु पूर्णरुपमा तयार छन् । कोही भौतिकरुपमै भाग लिन जाने अन्तिम तयारीमा छन् भने कतिपयले भर्चुअल माध्यमबाट प्रतिस्पर्धा गर्नेछन् ।

    मिस नेपाल आयोजक द हिडन ट्रेजरले बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्ना ताज विजेताहरु तयार भएको जनाएको छ । अमेरिकाको पुएर्तो रिकोमा डिसेम्बर १६ मा हुने मिस वर्ल्डमा भाग लिन मिस नेपाल नम्रता श्रेष्ठ सप्ताहन्तमा त्यसतर्फ जाँदैछिन् ।

    नोभेम्बर तेस्रो साता सुप्रिया श्रेष्ठले फिलिपिन्समा भर्चुअल रुपमा हुने मिस अर्थ प्रतियोगितामा भाग लिनेछिन् । कोरोना महामारीको कारण टोकियोमा पूर्वनिर्धारित मिस इन्टरनेसनल नहुने भएको छ ।

    तस्बिरहरु : गौरब पौडेल

    यसैवर्षको अगस्ट महीनामा पोल्यान्डको वार्सामा भएको मिस सुप्रान्यासनलमा सिमल कनौजियाले भाग लिइन् । सबैको आँखा यतिबेला विश्व सुन्दरी प्रतियोगितातिर छ । यसपटक मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठले मुलुकको प्रतिनिधित्व गर्दैछिन् ।

    मिस वर्ल्डमा नेपालको तयारी कस्तो छ ?

    उक्त प्रेसमिटमा नम्रताले तयार पारेका दुई भिडिओ प्रस्तुत भयो । पहिलो- उनको परिचयात्मक भिडियो र दोस्रो- ब्युटी विथ पर्पस विधाका लागि उनले धादिङमा निर्माण गरेको झोलुंगे पुलको भिडियो । यी दुबै भिडियोमार्फत नम्रताले प्रशंसा बटुलेकी छिन् ।

    ५० लाख लगानीमा धादिङमा उनले उक्त विधाका लागि तयार पारेको झोलुंगे पुल यसैसातादेखि प्रयोगमा आएको छ र २० हजार भन्दा बढी बासिन्दा यसबाट लाभान्वित हुनेछन् । ‘अब खोला तर्दा कसैको पनि मृत्यु नहोस् र कसैले पनि ज्यान गुमाउनु नपरोस्’ नम्रताले भनिन् । उनको भिडियो निकै मर्मस्पर्शी छ ।

    उपाधि जित्न राम्रो प्रयास गर्ने बताउँदै उनले गिभअप नगर्ने बताइन् । कस्ट्युमदेखि नेपालले पहिलेदेखि जित्दै आएका विधाहरु जित्न पनि प्रयासहरु भैरहेको उनले बताइन् । नेपालले यसअघि मल्टिमिडिया र व्यूटी विथ पर्पस विधामा जित्दै आएको छ ।

    मबस्टार एप डाउनलोड गरेर आफूलाई भोट गर्न नम्रताले आग्रह गरेकी छिन् । डिसेम्बरसम्मै नम्रतालाई भोट गर्न सकिनेछ । मल्टिमिडियामा जित्न सके अन्तिम १२ मा प्रवेश गर्ने बाटो खुल्नेछ ।

    अर्कोतर्फ, व्यूटी विथ पर्पसमा पनि बाजी पर्ने संकल्प उनको छ । सन् २०१३, २०१८ र २०१९ मा नेपालले यो परियोजना जितिरहेको छ । हिडन ट्रेजर प्रमुख दिवाकर राजकर्णिकारले सिंगो नेपाल साथमा रहेको बताउँदै नम्रतालाई ढुक्क साथ अघि बढ्न आग्रह गरे ।

    ढुंगेधाराको संरक्षणमा मिस अर्थ सुप्रिया

    सुप्रिया श्रेष्ठले फिलिपिन्समा हुने मिस अर्थमा भर्चुअलरुपमा भाग लिनेछिन् । मिस नेपालको कार्यकाल सकिएपनि आफू नेपालको ढुंगेधारा संरक्षणमा क्रियाशिल हुने उनले बताइन् । ढुंगेधारा परम्परागत पानीको स्रोत भएको र पछिल्लो संरक्षण पनि हुन छाडेको भन्दै उनले यसतर्फ लाग्ने बताइन् ।

    उनको सामाजिक परियोजनाका लागि रोजिएको काठमाडौं महानगरपालिका-१७ स्थित धोविचौरमा रहेको पुरानो ढुंगेधारा संरक्षणमा उनी अहिले जुटेकी छिन् ।

     

  • रिस्ताको एक्सन अवतार : ‘पासो’को फस्टलुकसँगै रिलिज डेट घोषणा

    रिस्ताको एक्सन अवतार : ‘पासो’को फस्टलुकसँगै रिलिज डेट घोषणा

    काठमाडौं । नायिका रिस्ता बस्नेत केही समयदेखि ठूलो पर्दाबाट हराएकी थिइन् । उनले अभिनय गरेका पछिल्ला केही फिल्म व्यवसायिक रुपमा सफल हुन नसकेपछि रिस्ता आफूलाई नयाँ स्वरुपमा ढाल्नका लागि समय लिएकी थिइन् ।

    उनै, रिस्ता दर्शकमाझ फरक अवतारको साथमा आउँदैछिन् । उनको मुख्य भूमिका रहेको फिल्म ‘पासो’को फस्टलुकसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । यो फिल्म चैत १८ अर्थात अप्रिल १ तारिखबाट देशभर रिलिज हुने वितरक करण श्रेष्ठ ‘क्रेजी’ले जानकारी दिएका छन् ।

    सरु र प्रमिला नाम गरेका दुई जना साथी एक अपराधिक गिरोहद्धारा कुनै उच्च पदस्थ व्यक्तिको शारीरिक तृष्णा मेटाउनका लागि अपहरणमा परेको कथामा यो फिल्म निर्माण भएको छ । यी दुईले आफूलाई खतरनाक परिस्थितीबाट जीवीत राख्न गरेको संघर्षको कथामा यो फिल्म निर्माण भएको निर्देशक आरबी पुनले जानकारी दिए ।

    फिल्ममा पुनको नै कथा, पटकथा तथा संवाद छ । फिल्मलाई भगवान भुजेलले निर्माण गरेका हुन् । क्राइम र सर्भाइभल जनरामा निर्माण गरिएको निर्माणपक्षले जानकारी दिएको छ । बसन्त घिमिरे, अनु मुस्कान, अनुराग ढुंगाना, सरस्वती गुरुङ चलचित्रका सह-निर्माता हुन् । फिल्ममा रिस्ताको साथमा सुनिसा बजगाँई, रामकुमार बस्ताकोटी, प्रतिक दुलाल, प्रणव आकाशको मुख्य भूमिका छ । फिल्ममा सूर्य दयालुको संगीत, उत्तम हुमागाँइको छायांकन, भूपेन्द्र अधिकारीको सम्पादन छ ।

    फिल्मको फस्टलुकबाटै नायिका रिस्ताको मिहिनेत झल्किएको छ । दर्शकले फरक स्वादको फिल्म हेर्न पाउने विश्वास निर्माणपक्षले गरेको छ । नायिका बस्नेतले पनि लामो समयपछि आफूले खोजेजस्तो कथामा काम गर्न पाएको बताइन् । फिल्मलाई जीजीए गु्रप र एफडी कम्पनीले वितरण गर्दैछन् ।

  • महंगो मूल्यमा भारतीय कम्पनीले किन्यो ‘प्रेमगीत ३’को हिन्दी राइट

    महंगो मूल्यमा भारतीय कम्पनीले किन्यो ‘प्रेमगीत ३’को हिन्दी राइट

    काठमाडौं । मुम्बइको फिल्म वितरण कम्पनी ‘इम्पोसिबल फिल्म्स’ले महंगो मूल्यमा ‘प्रेमगीत ३’को हिन्दी संस्करणको अधिकार खरिद गरेको छ ।

    निर्माता सन्तोष सेनले भारतीय साझेदार कम्पनीले भारु ४ करोडमा आफनो फिल्मको हिन्दी राइट खरिद गरेको बताए । अब फिल्मको रिलिज मिति पनि चाँडै टुंगो लाग्ने भएको छ ।

    रिलिजबारे निधो गर्न निर्माता सेन शनिबार मुम्बई जाँदैछन् । ‘मेरो पहल भनेकै सकेसम्म चाँडो नेपाली भाषामा फिल्मलाई नेपालभर रिलिज गर्नु हो । यसबारे आउने साता हामी इन्डियन पार्टनरसँग बसेर टुंगो लगाउनेछौं’ सेनले नेपाल प्रेसलाई भने ।

    सकेसम्म नेपाल र भारतमा एकैपटक फिल्म रिलिजबारे पहल गर्ने तर, भारतीय रिलिज ढिलो हुने परिस्थिती आए नेपालमा चाँडो गर्ने तयारीमा निर्माता सेन छन् । कोरोना महामारीको कारण यसअघि प्रेमगीत-३ पोस्टपोन्ड भैसकेको छ ।

    इम्पोसिबल फिल्मसले ७० प्रतिशत लाभांश आफूले लिने र ३० प्रतिशत नेपाली निर्मातालाई दिने गरी सहमती गरेको जनाइएको छ । प्रेमगीत-३ मा प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका छ ।

  • ‘स्पाइडरम्यान’ पुस २ मा काठमाडौंमा रिलिज हुँदै, हेर्नूस् ट्रेलर

    ‘स्पाइडरम्यान’ पुस २ मा काठमाडौंमा रिलिज हुँदै, हेर्नूस् ट्रेलर

    काठमाडौं । मार्भल सिनेम्याटिक युनिभर्सको २७ औं फिल्म ‘स्पाइडरम्यान : नो वे होम’ आगामी पुस २ गते नेपालमा रिलिज हुने भएको छ ।

    कोरोना महामारीले यसअघि दुईपटक रिलिज स्थगित गरेको फिल्मले अन्ततः प्रदर्शन मिति तय गरेको फिल्मको नेपाल वितरक एप्पल इन्टरटेनमेन्टले जनाएको छ ।

    टम हल्यान्ड र जेन्डायाको मुख्य भूमिका रहेको फिल्म सोही मितिमा भारतमा समेत प्रदर्शन हुने भएको छ । बुधबारै फिल्मले नयाँ पोस्टर र ट्रेलर समेत लन्च गरेको छ ।

    नेपालमा स्पाइडरम्यान श्रृंखलाको रामो फ्यान फलोइङ भएकाले पनि यो फिल्म नेपाली दर्शकमाझ प्रतीक्षित बनेको छ । यसअघि एप्पलले स्पाइडरम्यानका प्रत्येक श्रृंखलाको काठमाडौं प्रिमियर गथ्र्यो तर, यसपटक भने नहुने जनाइएको छ ।

  • नायिका एलिजाले साइन गरिन् दोस्रो फिल्म ‘घुइँचो’, जुम्लादेखि न्यूयोर्कसम्मको कथा भन्ने

    नायिका एलिजाले साइन गरिन् दोस्रो फिल्म ‘घुइँचो’, जुम्लादेखि न्यूयोर्कसम्मको कथा भन्ने

    काठमाडौं । नायिका तथा मोडल एलिजा गौतमले करिअरको दोस्रो फिल्म साइन गरेकी छिन् । क्यानडाबाट फर्किएको केही समयपछि एलिजाले नयाँ फिल्म साइन गरेकी हुन् । एलिजाले रामजी दैलेखीको निर्माणमा बन्न लागेको चलचित्र ‘घुँइचो’मा काम गर्ने पक्का भएको छ ।

    निर्माता दैलेखी र नायिका गौतमले संझौता पत्रमा हस्ताक्षर गरे । आरजे म्यूजिक एण्ड मिडियाको ब्यानरमा बन्ने यो चलचित्रले एउटा दुर्गम गाउँको यूवाको अमेरिकासम्मको यात्राको कथा भन्नेछ ।

    एलिजाले फिल्म साइन गरेपछि खुशी हुँदै भनिन्- ‘मैले लामो समयदेखि यस्तै कथाको प्रतिक्षा गरिरहेको थिएँ । घुँइचोमा खोजे जस्तै कथा पाएपछि काम गर्न तयार भएको हुँ ।’ निर्माता दैलेखीले नायिका गौतमसँग संझौता भएको र अन्य कलाकार पनि चाडै फाइनल गर्ने जानकारी दिए ।

    यो फिल्मको बिषयमा दैलेखीले भने -‘नेपालका हरेक क्षेत्रमा मानिसहरुको केही न केही प्राप्त गर्ने आशामा घुँइचो देखिन्छ । जुम्लाको एक सामान्य परिवारको यूवाको अमेरिका जानका लागि देखिएको आशक्ती र त्यहाँको भिडमा प्रवेश गरेपछि आउने परिवर्तनको कथामा चलचित्र बन्नेछ ।’

    फिल्म ‘अनुराग’मा काम गरेकी एलिजाले केही महिना अगाडि चलचित्र ‘घिन्ताङ’ साइन गरेकी थिइन् । तर, विविध कारणले उनले यो फिल्म छाडेकी थिइन् ।

  • बलिउडमा हेभिवेट भीडन्त निश्चित : ‘लालसिंह चड्डा’ भर्सेस ‘केजीएफ २’ (सूचीसहित)

    बलिउडमा हेभिवेट भीडन्त निश्चित : ‘लालसिंह चड्डा’ भर्सेस ‘केजीएफ २’ (सूचीसहित)

    मुम्बइ । कोरोना महामारीपछि पुनः एकपटक फिल्म हलहरुमा ठूला फिल्महरुको भीडन्त सुरु हुँदैछ । बलिउडका ठूला फिल्महरुले प्रदर्शन मिति घोषणा गरेका छन् ।

    रिलिजको हतारोमा केही फिल्मको भीडन्त अर्को ठूलो फिल्मसँग हुने निश्चित भएको छ । यस्तोमा आमिर खान स्टारर ‘लालसिंह चड्डा’को भीडन्त १४ अप्रिलमा यशको फिल्म केजीएफ-२ सँग हुनेछ ।

    यसबाहेक पनि केही बहुप्रतीक्षित फिल्मको प्रदर्शन मिति तय भएको छ जसको भीडन्त अर्कोसँग हुनेछ । रिलिज डेट जुधेका केही फिल्महरुको यहाँ प्रस्तुत छ :

    आरआरआर- राधेश्याम

    सन् २०२२ को सुरुआत एसएस राजामौली निर्देशित ‘आरआरआर’को प्रदर्शनसगै हुनेछ । जनवरी ७ मा रिलिज हुने फिल्ममा आलिया भाट, राम चरण, एनटीआरको मुख्य भूमिका हुनेछ ।

    १४ जनवरीमा प्रभास र पूजा हेग्डेको फिल्म राधेश्याम रिलिज हुँदैछ । बिग बजेटमा निर्माण भएका यी दुबै फिल्म सात दिनको अन्तरमा प्रदर्शन हुन लागेका हुन् । जसले गर्दा दुबै फिल्मको कमाइमा असर पर्ने अनुमान छ ।

    पृथ्वीराज- अट्याक

    अक्षयकुमार र जोन अब्राहमका फिल्महरु पृथ्वीराज र अट्याक जनवरीमा एकापसमा भिड्दैछन् । चन्द्रप्रकाश द्धिवेदीको निर्देशनमा बनेको पृथ्वीराज २१ जनवरीमा रिलिज हुँदैछ । लक्ष्यराज आनन्दको फिल्म अट्याक त्यसको तीनदिनपछि मात्र रिलिज हुनेछ । पृथ्वीराजमा अक्षयकुमार, मानुषी छिल्लर, सोनु सूद र संजय दत्त लिडरोलमा छन् । यो फिल्मको स्टारकास्ट अट्याकभन्दा बढी दमदार छ । अट्याकमा जोनसहित ज्याकलिन फर्नान्डिजले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । यी दुईको तुलनामा पृथ्वीराजको पल्ला भारी छ ।

    बधाइ दो- बिफोर यु डाई

    चार जनवरीमा राजकुमार राव र भूमि पेड्नेकरको फिल्म बधाइ दो र पुनितराज शर्मा र काव्या कश्यपको फिल्म बिफोर यु डाइ रिलिज हुँदैछ । स्टारकास्टको हिसाबले हेर्दा बिफोर यु डाइभन्दा बधाइ दोको पल्ला भारी हुनसक्छ ।

    गंगुबाइ कठियाबाडी- जयेशभाइ जोरदार

    संजयलीला भन्सालीको बहुप्रतीक्षित फिल्म गंगुबाइ कठियाबाडी १८ फेब्रुअरीमा रिलिज हुँदैछ । यसको एकसातापछि रणवीर सिंहको फिल्म जयेशभाइ जोरदार रिलिज हुँदैछ । दुबै फिल्म बजेट र स्टारकास्टको हिसाबले ठीकठाक छन् । यस्तोमा दुबै फिल्मबीच टक्कर हुनसक्छ । एकसाताअघि नै रिलिज हुँदै गंगुबाइलाई केही फाइदा पुग्नसक्छ । गंगुबाइ कठियाबाडीमा आलियासहित सान्तुन महेश्वरी, विजयराज मुख्य भूमिकामा छन् । जयेशभाइ जोरदामा रणवीरसहित शालिनी पान्डे र बोमन इरानी मुख्य भूमिकामा हुनेछन् ।

    बच्चन पाण्डे- शमशेरा

    अक्षयकुमारको बच्चन पाण्डे र रणवीर कपुरको शमशेरा फेब्रुअरीमा दुई साताको अन्तरमा प्रदर्शन हुनेछन् । बच्चन पाण्डे ४ मार्च र शमशेरा १८ मार्चमा प्रदर्शन हुनेछन् । बच्चन पाण्डेलाई कमाइको लागि दुई साता प्राप्त हुनेछ । शमशेराको व्यापारमा पनि असर पर्ने सम्भावना कम छ ।

    भुलभुलैया २ -अनेक

    कात्तिक आर्यन, कियारा आडवाणी र तबु स्टारर फिल्म हरर कमेडी फिल्म भुलभुलैया–२ २५ मार्चमा प्रदर्शन हुने तयारीमा छन् । आउने साता आयुष्मान खुरानाको फिल्म अनेक ३१ मार्चमा रिलिज हुँदैछ । आयुष्मान र कात्तिक दुबैका फिल्मले बक्सअफिसमा राम्रो प्रदर्शन गरिरहेका छन् । तर, दुबै फिल्म आमनेसामने हुँदाखेरी कलेक्सनमा असर पर्न सक्छ ।

    लालसिंह चड्डा- केजीएफ च्याप्टर २

    आमिर खानको फिल्म लालसिंह चड्डा अब अप्रिल १४ मा रिलिज हुनेछ । यसदिनमा कन्नड स्टारको केजीएफ च्याप्टर २ रिलिज हुँदैछ । केजीएफको पहिलो भागले बक्सअफिसमा राम्रो कमाइ गरेको थियो । यस्तोमा आमिर खानको फिल्ममा असर पुग्न सक्छ ।

     

  • जर्मुराउँदै रंगमंच : सास अभियानले थाल्यो गाउँगाउँमा नाटक मञ्चन

    जर्मुराउँदै रंगमंच : सास अभियानले थाल्यो गाउँगाउँमा नाटक मञ्चन

    काठमाडौं । कोरोना महामारीले सिथिल भएको रंगमंच जुर्मुराउन थालेको छ । रंगमंचलाई चलायमान बनाउने उद्देश्यले नाट्य अभियान सासले गाउँगाउँमा नाटक मंचन थालेको छ । अभियानको पहिलो चरणअन्तर्गत ललितपुर, भक्तपुर र काभ्रेमा तीनवटा नाटकलाई मंचन गरिएको छ ।

    ती ठाउँमा क्रमशः भाउजुको ब्यथा, नाङ्गो बस्ती र आरुवारिको फूल लघुनाटक प्रदर्शन गरियो । सास अभियानले अब दोस्रो चरण अन्तर्गत धादिङ, चितवन, मकवानपुर, सिन्धुली र दोलखामा पनि नाटक मंचन गर्ने भएको छ । जसको लागि अहिले काठमाडौंमा रिहर्सल भैरहेको छ ।

    अभियान संचालक एवं निर्देशक ठण्डबहादुर अधिकारी सासको रुपमा छन् भने हुङ्गकर्मी प्रल्हाद खरेलले उनलाई सहयोग गरिरहेका छन। नेपाली समाजलाइ रंगमञ्चसँग जोड्न सास अभियान थालिएको निर्देशक अधिकारीले बताए ।

    वरिष्ठ लेखक, निर्देशक कलाकार मोहन निरौला र निर्देशक बिश्वदीप घिमिरेको प्रमुख सल्लाहमा शुरु भएको नाट्य अभियान चौथो चरणसम्म चल्ने र भिन्न स्थानहरुमा यसलाई मंचन गरिने सासको तयारी छ ।

    मञ्चन गरिएका नाटकमा समाजमा एकल महिलाहरुले भोग्नुपरेको पीडालाई समेटिएको छ भने उनीहरुको संघर्षलाई पनि चित्रण गरिएको छ । सास उपनामले परिचित निर्देशक अधिकारी लामो समयको यूरोप र अमेरिका बसाईपछि नेपाली रङ्गमंच र फिल्ममा काम गर्ने तयारीसहित फर्किएका हुन् ।

    सासको नाट्य अभियानमा रङ्गकर्मी बिश्वदीप घिमिरे, प्रल्हाद खरेल, मन्जु गिरी, अशोक पहारी, प्रिया भुजेल, शशीशेखर बुढाथोकी, पूर्णिमा थामी, शान्ती भट्टराई लगायत सहभागी छन् ।

  • उत्तर अमेरिकाका नेपाली भाषी लक्षित डान्स र गायन रियालिटी सो घोषणा

    उत्तर अमेरिकाका नेपाली भाषी लक्षित डान्स र गायन रियालिटी सो घोषणा

    काठमाडौं । दुई नयाँ गायन र नृत्यसम्बन्धी टेलिभिजन रियालिटी सोको घोषणा भएको छ । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा मेरो डान्सकप युएसए र मेरो भ्वाइसकप युएसए सिजन दुई सो आयोजना हुन लागेको जानकारी दिइयो ।

    दुबै सोको अडिसन नोभेम्बर २७ देखि अमेरिकामा सुरु हुने भएको छ । मेरो डान्सकप युएसए जनवरीबाट सुरु हुने भएपछि मिति तोकिएको छैन । यो सोको निर्णायकमा दिलिप रायमाझी, केकी अधिकारी, शंकर विसी र नरमान राई रहने भएका छन् ।

    मेरो भ्वाइस कप सिजन २ को निर्णायकमा भने गायक प्रमोद खरेल हुने भएका छन् । अमेरिका र क्यानडामा बसोबास गर्ने नेपाली भाषीले यी दुबै रियालिटी सोमा भाग लिन पाउने भएका छन् ।

    इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले सोको आयोजना गर्न लागेको हो । संस्थाका अध्यक्ष डिल्ली अधिकारीले ती सोले नेपाली भाषाबीच सांस्कृतिक निकटता ल्याउने बताए ।

    उक्त संस्थाले नेपालमा रहेका ज्येष्ठ भुटानी शरणार्थीलाई राहत सामाग्री प्रदान गर्दै आएको छ ।

    तस्बिरहरु : गौरब पौडेल/नेपाल प्रेस

  • स्वास्थ्य लाभपछि ‘मेरी बास्सै’ सुटिङमा फर्किइन् पल्पसा डंगोल

    स्वास्थ्य लाभपछि ‘मेरी बास्सै’ सुटिङमा फर्किइन् पल्पसा डंगोल

    काठमाडौं । स्वास्थ्य लाभपछि अभिनेत्री पल्पसा डंगोल ‘चम्सुरी’ काममा फर्किएकी छिन् । झन्डै ६ महीनापछि उनी हाँस्य टिभी सिरियल ‘मेरी बास्सै’को छायांकन सेटमा फर्किएकी हुन् ।

    यो हाँस्यसिरियलको नयाँ एपिसोडमा चम्सुरीलाई पनि देख्न पाइने भएको छ । नेपाल प्रेससँग कुरा गदै अभिनेत्री डंगोलले नयाँ जोश र खुशिसाथ सुटिङ सेटमा फर्किएको बताइन् ।

    चम्सुरी सेटमा फर्किँदा कास्ट एन्ड क्रिउले स्वागत गरेका थिए । तर, उनले मिर्गौला प्रत्यारोपण गर्न भने बाँकी नै छ । त्यतिञ्जेलसम्म उनले सिरियलमै काम गर्ने भएकी छिन् ।

    उनले आफू सुटिङ सेटमा फर्कन लागेको जानकारी दिँदै फेसबुकमा लेखेकी छिन्, ‘आज बेलुका मेरीबास्सै हेर्नुहोला । म हजुरहरुलाई भेट्न आउँदैछु ।’

    परिवारकै एकजना सदस्यले उनलाई मिर्गौला दिनेछन् भने यसका लागि सरकारी प्रक्रिया पनि पुरा हुँदैछ । माघमा मिर्गौला प्रत्यारोपण हुने जानकारी उनको परिवारका एक सदस्यले दिए ।

    गत जेठमा लकडाउनकै समयमा उनलाई अस्पताल भर्ना गरिएको थियो । डाक्टरको सुझावअनुसार उनले दुबै मिर्गौला फेर्नुपर्ने हुन्छ ।

  • केन्द्र मोसनले पल र मलिकालाई लिएर फिल्म नबनाउने, प्रदीप भट्टराईसँग सहकार्य गर्ने

    केन्द्र मोसनले पल र मलिकालाई लिएर फिल्म नबनाउने, प्रदीप भट्टराईसँग सहकार्य गर्ने

    काठमाडौं । केन्द्र मोसन पिक्चर्सले ६ महीनाअघि पल शाह र मलिका महतलाई लिएर फिल्म बनाउने घोषणा गरेको थियो । म्युजिक भिडिओमा हिट जोडीलाई लिएर फिल्म बनाउने घोषणा गरिरहँदा केन्द्र मोसन सुरुमा उत्साहित पनि सुनिएको थियो तर, परिस्थिती अहिले उल्टिएको छ ।

    पल र मलिकालाई लिएर उसले बनाउने भनेको फिल्म अनिश्चितकालका लागि स्थगित भएको छ । गायिका समीक्षा अधिकारीसँगको सम्बन्धमा पल विवादित भएपछि केन्द्र मोसनले उनीमाथि जोखिम लिन नचाहेको हो ।

    केन्द्र मोसनसँग मिलेर हिट म्युजिक भिडिओहरु पस्किएका पललाई यो निर्णयले धक्का पुगेको छ । निकट स्रोतका अनुसार समीक्षासँगको विवादमा पल मुछिनु र विवादित हुुनलाई फिल्म स्थगनको मुख्य कारण मानिएको छ । साथै पछिल्लो समय पलको व्यवहारलाई लिएर केन्द्र मोसन असन्तुष्ट समेत रहेको बुझिएको छ ।

    ‘पलजीमा पछिल्लो समय मपाइत्व बढी देखियो र उहाँ एकपछि अर्को विवादमा मुछिँदै जानुभयो’ केन्द्र मोसन निकट स्रोतले नेपाल प्रेसलाई भन्यो । बजारमा पलको स्टार भ्यालू सोचेजस्तो ठूलो नरहेको पाइएकाले समेत फिल्म बनाउने योजना रोकिएको केन्द्र मोसनले जनाएको छ ।

    फिल्मको स्क्रिप्ट तयार भएपनि भविष्यमा यसमाथि फिल्म बनेपनि पल र मलिकालाई नलिइने केन्द्र मोसनले जनाएको छ ।

    पलमात्र होइन, उक्त निर्माण कम्पनी मलिकासँग पनि असन्तुष्ट रहेको स्रोतले बतायो । सुरुमा केन्द्र मोसनकै फिल्ममा काम गर्ने सहमती विपरित मलिकाले सल्लाहबिनै सत्यम फिल्म साइन्ड गरेकोप्रति कम्पनी असन्तुष्ट रहेको बुझिएको छ ।

    व्यक्तिगत कारण देखाउँदै मलिकाले यसैसाता पलसँगको फिल्म सत्यम नखेल्ने निर्णय गरेकी थिइन् । सत्यम फिल्म छाड्ने उनको निर्णयलाई पल–समीक्षा विवादकै एउटा साइड–इफेक्ट मानिएको छ ।

    अर्कोतर्फ, पल र मलिकाबीच सुखद सम्बन्ध नरहेकाले पनि फिल्म निर्माणको योजना त्यागिएको स्रोतको दावी छ । तर, केन्द्र मोसनले सहमतीअनुसार पल र मलिकासँग एउटा म्युजिक भिडिओ बनाउने तर, यो अन्तिम हुनसक्ने दावी पनि स्रोतको छ ।

    पल र मलिकाले सत्यम फिल्ममा सहकार्य नगर्ने निश्चित भएपछि अब केन्द्र मोसनले प्रदीप भट्टराईले निर्देशन गर्ने एक फिल्मको निर्माणमा सहकार्य गर्ने भएको छ । तर, यो फिल्ममा पल र मलिका दुबै हुनेछ्रैनन् ।

     

  • राष्ट्रिय फुटबल टोलीकी गोलकिपर एन्जिलाको बायोपिक फिल्म बन्ने

    राष्ट्रिय फुटबल टोलीकी गोलकिपर एन्जिलाको बायोपिक फिल्म बन्ने

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीकी गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बालाई लिएर बायोपिक फिल्म निर्माण हुने भएको छ । नेपाली राष्ट्रिय टोलीकी पहिलो रोजाइकी गोलकिपरसमेत रहेकी एन्जिलाको जीवनमा आधारित रहेर केन्द्र मोसन पिक्चर्सले बायोपिक बनाउने भएको हो ।

    पूर्वाञ्चलको क्षेत्रीय टोली-उमेर समूह हुँदै राष्ट्रिय टोलीसम्मको यात्रा तय गरेकी एन्जिलाले श्रीलंकाविरुद्ध यु-१४ मा डेब्यु गरेकी थिइन् । सन् २०१४ देखि राष्ट्रिय टोलीमा परेकी एन्जिलाले दुई वर्ष बेन्चमै बस्नु परेको थियो । यद्यपि, त्यसयता भने एन्जिला नै नेपाली टोलीकी निर्विकल्प गोलकिपर सावित हुँदै आएकी छन् ।

    २५ वर्षीया एन्जिलाले पनि आफ्नो बायोपिक फिल्म बन्ने करिब निश्चित भएको प्रतिक्रिया दिइन् ।

    ‘बायोपिक बनाउने भनेको छ, कुरा भइरहेको छ’ उनले नेपाल प्रेससँग भनिन्, ‘खेलको तालिका र पढाईको समय पनि मिलाएर सुटिङ सुरु गर्ने भनेको छ ।’ केन्द्रमोसन पिक्चर्सका कम्पनी निर्देशक अरबिन्द पोमु (लिम्बु)ले पनि दोस्रो प्रोजेक्टको रूपमा एन्जिलाको बायोपिक बन्न लागेको बताए ।

    ‘हामीले प्रदीप भट्टराईसँग एउटा प्रोजेक्टमा काम गर्न लागिरहेका छौं’ पोमुले भने, ‘त्यो सकेर लगभग यस वर्षको अन्त्यतिर बायोपिकको कार्य सुरु गर्ने योजना बनाएका छौं ।’ उनले अहिले बायोपिकका लागि स्क्रिप्ट तयार भइरहेको समेत जानकारी दिए ।

  • राजकुमार र पत्रलेखाबीच कसियो लगनगाँठो !

    राजकुमार र पत्रलेखाबीच कसियो लगनगाँठो !

    मुम्बइ । ११ वर्षको रिलेसनसिपपछि बलिउड अभिनेता राजकुमार राव र प्रेमिका पत्रलेखाले आज चण्डीगढमा बिहे गरेका छन् । ठूलो एकादशीको मौकामा उनीहरुले बिहे गरेको तस्बिर सामाजिक संजालमा सेयर गरेका छन् ।

    राजकुमारले इन्स्टाग्राममा लेखेका छन्, ‘अन्ततः ११ वर्षको प्रेम, रोमान्स, मित्रता र रमाइलोपछि आज मैले यी सबै चीजसँग बिहे गरेको छु । मेरो आत्मा, मेरो सबैभन्दा प्रिय साथी, मेरो परिवार । आज मेरो लागि तिमीले पति भन्नुभन्दा अर्को ठूलो खुशि छैन । पत्रलेखा तिमी सँधैका लागि हौ । त्यो भन्दा अगाडि पनि…।’

     

    View this post on Instagram

     

    A post shared by RajKummar Rao (@rajkummar_rao)

    पत्रलेखाले पनि बिहेको तस्बिर सेयर गरेकी छिन् । उनको क्याप्सन पनि ठीक उस्तै छ । उनी लेख्छिन्, ‘मैले पनि प्रत्येक चीजसँग बिहे गरेकी छु । मेरो प्रेमी, मेरो क्राइम पार्टनर, मेरो परिवार, मेरो सोलमेट । पछिल्लो ११ वर्षयता मेरो सबैभन्दा प्रिय साथी । तपाईंको पत्नी हुनुभन्दा अर्को ठूलो खुशि अर्को छैन । यो हाम्रो हो । सँधैभरका लागि…।’

     

    View this post on Instagram

     

    A post shared by 🌸 Patralekhaa 🌸 (@patralekhaa)

    बिहेका तस्बिर सार्वजनिक हुने वित्तिकै बलिउडकर्मीले बधाइ दिन थालेका छन् । प्रियंका चोपडा, तपसी पन्नु, आथिया सेट्टी र नुसरत भरुचाले पनि बधाइ दिएका छन् । गत शनिबार अर्थात १३ नोभेम्बर र राजकुमार र पत्रलेखाबीच इन्गेजमेन्ट भएको थियो ।

  • ‘बबी’ अभिनेत्रीले ल्याइन् अटो-बायोग्राफी, भन्छिन् : फिल्ममा छुटेका कुरालाई बुकमा समेटेकी छु (भिडिओ)

    ‘बबी’ अभिनेत्रीले ल्याइन् अटो-बायोग्राफी, भन्छिन् : फिल्ममा छुटेका कुरालाई बुकमा समेटेकी छु (भिडिओ)

    काठमाडौं । सन् २०१८ मा रिलिज भएको फिल्म बबी अभिनेत्री कविता गुरुङले आत्मकथा प्रकाशित गरेकी छिन् । सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनीद्वारा लिखित ‘म अनि मेरो’ बायोग्राफी लोकार्पण भयो ।

    निर्देशक मिलन चाम्सले गुरुङको उक्त अटो-बायोग्राफी लन्च गरेका थिए । फिल्ममा नसमेटिएका प्रसंग र तथ्यलाई पुस्तकमा समेटिएको जानकारी गुरुङले दिइन् ।

    नेपाल प्रेससँग उनले भनिन्, ‘फिल्ममा समेटिन नसकेका कुराहरुलाई पुस्तकमा समेटेकी छु । टीकटकको जमानामा बुक कसले पढ्छ र ? मैले विक्री गर्न बुक लेखेकी होइन । तरपनि पाठकले यसमा इन्जोय गर्नुहुन्छ ।’

    उनले भनिन्, ‘फिल्म बनाउँदा साढे २ घण्टामा धेरै कुरा छुटेको छ । पुस्तक लेख्दा त्यतिबेलाको म भएर लेखेकी छु । जुन बेला म बुहारी भएर आएँ, त्यो बेलाको कुरा लेखेकी छु ।’

    जीवन यात्रामा भेटिएका पात्र र भोगेका घटनालाई पुस्तकमा उतारेको जानकारी उनले दिइन् । ‘म व्यवसायिक लेखक होइन तर, म बुक लेखक भएँ । ४० वर्ष लाग्दासम्म मैले फिल्म बनाउँछु भनेर सोचेकी थिइँन न त बुक लेख्छु भन्ने नै लागेको थियो’ गुरुङले भनिन् ।

    पुस्तकमा अन्तरजातिय बिहे गर्दाको भोगाइ, अनुभवसहित नेपालदेखि नर्वेसम्मको यात्राका अनुभव समेटिएको उनले जनाइन् । पति उमेश थापाको मद्दतले पुस्तक लेख्न सकेको कविताको कथन छ ।

    ‘म बेस्ट छोरी होइन । बेस्ट बुहारी पनि होइन । बेस्ट आमा बन्ने प्रयास गर्दैछु’ उनले भनिन् ।

    तीनवर्ष अघि प्रदर्शनमा आएको उमेश र कविताको बायोपिक फिल्म बबीले नेपाली बक्सअफिसमा राम्रो कमाइ गरेको थियो ।