Category: कलाप्रेस

  • ‘टीकटक क्वीन’ रेश्माको लगनगाँठो कसियो

    ‘टीकटक क्वीन’ रेश्माको लगनगाँठो कसियो

    काठमाडौं । टीकटकबाट ख्याति कमाएकी मोडल रेश्मा घिमिरे विवाह वन्धनमा बाँधएिकी छन् । प्रेमी प्रभाव बाबुसँग आज उनको लगनगाँठो कसिएको हो ।

    रेश्मा र प्रभातबीच गत वर्षको मंसिर १८ गते टीकाटालो भएको थियो । टीकाटालो भएको १ वर्षपछि उनीहरुले विवाह गरेका हुन् । उनीहरुको विवाह विराटनगरमा भएको हो ।

    प्रभाव अमेरिकामा बसेर चिकित्साशास्त्र पढिरहेका छन् । रेस्मा म्युजिक भिडिओमा मोडलिङ तथा प्रोग्राम होस्टिङमा व्यस्त छिन् । उनी ‘टीकटक क्वीन’ भनेर पनि चिनिन्छिन् ।

  • नेटफिल्क्सले आजदेखि नेपाली फिल्म ‘फोर्टिन पिक्स’लाई २१ करोड दर्शकमाझ स्ट्रिमिङ गर्दै

    नेटफिल्क्सले आजदेखि नेपाली फिल्म ‘फोर्टिन पिक्स’लाई २१ करोड दर्शकमाझ स्ट्रिमिङ गर्दै

    काठमाडौं । नेटफिल्क्सले पहिलोपटक नेपाली पात्र र कथामाथि निर्माण गरेको फिल्म ‘फोर्टिन पिक्स : नथिङ इज इम्पोसिबल’ आज विश्व प्रिमियर हुँदैछ ।

    नेटफिल्क्सले आजदेखि ११९ मुलुकका आफ्ना २१ करोड पेड मेम्बरमाझ फिल्म स्ट्रिमिङ गर्दैछ । दर्शकले ३१ भाषाबाट यो फिल्म हेर्न सक्नेछन् ।

    गतसाता काठमाडौंमा प्रिमियर गरिएको उक्त फिल्म नेपाली कीर्तिमानी आरोही निर्मल पूर्जाको जीवनमाथि आधारित छ । कसरी उनले ६ महिनाभित्रै संसारका अग्ला ८ हजार मिटरमाथिका १४ हिमाल चढे भन्ने चित्रण यसमा छ ।

    नेपाल प्रिमियरमा फिल्मले राम्रो प्रतिक्रिया बटुलेको छ । पर्यटनमन्त्री प्रेमबहादुर आलेले यो फिल्मले नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमै प्रवद्र्धन गर्ने बताइसकेका छन् । ३८ वर्षअघि धौलागिरी हिमालको फेदीमा जन्मिएका म्याग्दीका पूर्जाले २०७६ बैशाख १० मा अन्नपूर्ण हिमालबाट आरोहण थालेका थिए । उनको प्रोजेक्ट पोसिबल अभियान ०७६ कात्तिक १२ गते चीनको सिसापांगा हिमाल आरोहण सँगै सकिएको थियो ।

  • सन् २०२२ को बलिउड रिलिज क्यालेन्डर सार्वजनिक (सूचीसहित)

    सन् २०२२ को बलिउड रिलिज क्यालेन्डर सार्वजनिक (सूचीसहित)

    मुम्बई । कोरोना महामारीपछि ठूला बलिउड फिल्महरुले धमाधम प्रदर्शनको तयारी थालेका छन् । ठूला बलिउड फिल्म निर्माताहरु दुईवर्षदेखि हल खुल्ने प्रतिक्षामा छन् । कोरोनाभाइरसको परिस्थिती सामान्य भए सन् २०२२ फिल्म प्रेमीको लागि एकदमै रोचक हुने छ । केही ठूला फिल्मले प्रदर्शन मिति घोषणा गरिसकेका छन् । सन् २०२२ को बलिउड फिल्म रिलिज क्यालेन्डर सार्वजनिक गरिएको छ ।

    हेर्नूस् सूची :

    भारतको गणतन्त्र दिवसमा रिलिज हुनेछ जोनको फिल्म ‘अट्याक’

    २०२२ को सुरुआतमा एसएस राजामौलीको फिल्म आरआरआर प्रदर्शन हुँदैछ । यसबाहेक पान इन्डियाका फिल्म ‘राधे–श्याम’ र ‘पृथ्वीराज’ पनि जनवरीमा रिलिज हुँदैछन्। जोनको फिल्म ‘अट्याक र कश्मीर फाइल्स’ जनवरीमा गणतन्त्र दिवसको अवसरमा सँगै थिएटरमा आउनेछन् ।

    फेब्रुअरीमा रिलिज हुँदैछ ‘गंगूबाई काठियावाडी’

    ‘आरआरआर’सँग बक्स अफिसको टक्करबाट बच्न आलिया भट्टद्धारा अभिनित फिल्म ‘गंगुबाई काठियावाडी’ अब फेब्रुअरी १८ मा रिलिज हुनेछ । यसको साथै ‘बिफोर यू डाइर्’ ‘मैजर’ र रणवीर सिंहको फिल्म ‘जयेशभाई जोरदार’ पनि यसै महिना सिनेमाघरमा रिलिज हुनेछ ।

    मार्चमा रिलिज हुँदैछ चार ठूला फिल्म

    रणविर कपूरको मोस्ट वान्टेड फिल्म ‘शमशेर’ मार्च १८ मा रिलिज हुँदैछ भने कार्तिकको ‘भुल भुलैया २’ र आयुष्मान खुरानाको ‘अनेक भी’ पनि यसै महिना रिलिज हुनेछन् । अक्षयको ‘बच्चन पाण्डे’ पनि मार्च ४ मा रिलिज हुँदैछ ।

    अप्रिलमा ठूलो भीडन्त हुनेछ

    कंगना रनावतको धक्कड अप्रिल ८ मा रिलिज हुनेछ, त्यसपछि लालसिंह चड्डा र केजीएफ च्याप्टर २ अप्रिल १४ मा सँगै रिलिज हुनेछ । दुवै फिल्म ठूला स्टारका भएकाले फिल्मको सङ्कलनमा फरक पर्न सक्छ । यी बाहेक अमिताभ बच्चन, अजय देवगनको मेडे, रकेटरी र हिरोपन्ती २ पनि यसै महिना आउनेछन् ।

  • कट्रिना-विक्कीको बिहेमा कोरोना भेरिएन्ट बन्यो बाधक : गेस्ट लिस्ट छोट्याइने, कोर्ट म्यारिजको तयारी

    कट्रिना-विक्कीको बिहेमा कोरोना भेरिएन्ट बन्यो बाधक : गेस्ट लिस्ट छोट्याइने, कोर्ट म्यारिजको तयारी

    मुम्बइ । बलिउड जोडी कट्रिना क्याफ र विक्की कौशल बिहे तयारीमा छन् । तर, यी दुईको बिहेमा कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन बाधक बन्ने संकेत देखिएको छ ।

    बिहे नजिक हुँदै जाँदा निम्तो गर्ने अतिथिको नाम पनि सार्वजनिक हुन थालेको छ । अनुष्का शर्मा र बिराट कोहलीलाई विशेष अतिथिको रुपमा निम्तो गर्ने तयारी भएको छ ।

    डिसेम्बर ९ मा सवाई माधोपुरको पास फोर्ट बरवाडामा विक्की र कट्रिनाले हुने बिहे समारोहलाई लिएर नयाँ योजना बनाएका छन् । यो प्लानअनुसार अब उनीहरुले बिहेमा निम्तो दिइने अतिथिको सूची छोट्याउन थालेका छन् ।

    गेस्टको सूची छोट्याउनुपछाडि विश्वभर फैलिएको कोभिडको नयाँ ओमिक्रोन भेरिएन्टलाई कारण मानिएको छ । बेलायती मूलकी कट्रिनाको बिहेमा अन्तर्राष्ट्रिय पाहुनालाई पनि निम्तो दिइएको थियो ।

    ओमिक्रोन संक्रमण पुष्टि भएसँगै भारत सरकारले अन्तर्राष्ट्रिय यात्रुका लागि नयाँ मापदण्ड लागू गरेको छ । अन्तर्राष्ट्रिय गेस्टको सूचीमा कट्रिनाको परिवारसहित पेरुका फोटोग्राफर मारियो टेस्टिनाको नाम पनि सहभागी छ ।

    विक्की र कट्रिनाको बिहेमा भारतीय क्रिकेट कप्तान बिराट कोहली र अभिनेत्री पत्नी अनुष्का शर्मा छोरी वकिकासहित राजस्थानमा हुने बिहे समारोहमा जाने तयारीमा छन् ।

    करन जोहर, फराह खान, जोया अख्तरसहित निर्देशक सशांक खेतान पनि बिहेमा सहभागी हुँदैछन् । विक्की र कट्रिनाले बिहेको लागि जयपुरमा जानुअघि मुम्बईमा कोर्ट म्यारिज गर्नेछन् ।

     

  • ‘हाम्रो माया फुल्छ जहाँ’ भन्दै पूजालाई फकाउँदै आकाश (भिडिओ)

    ‘हाम्रो माया फुल्छ जहाँ’ भन्दै पूजालाई फकाउँदै आकाश (भिडिओ)

    काठमाडौं । नायक तथा मोडल आकाश श्रेष्ठ र नायिका तथा मोडल पूजा शर्माकोे जोेडीलाई दर्शकले पर्दामा खुबै रुचाउँछन् । म्युजिक भिडिओमा पनि यो जोेडी जमेको छ । यही जोडीले अभिनय गरेको नयाँ गीत ‘कहाँ जाने हो कहाँ’कोे भिडिओ सार्वजनिक भएको छ ।

    मेलिना राई र प्रविण वेदवालको स्वर रहेको गीतमा अर्जुन पोेखरेलको शब्द तथा संगीत छ ।

    यो गीतलाई अर्जुनले फिल्मी शैैलीमा तयार पारेका छन् । अर्जुनको गीतकोे भाव अनुसार निर्देशक माइकल चन्दले पनि भिडिओ तयार पारेका छन् । भिडिओमा माइकलले आकाश र पुजाविचको अन्तर्जातिय प्रेम देखाउन खोेजेका छन् । साथै, भिडिओको पहिलोे दृश्यलाई ३६० डिग्रीमा खिचिएको माइकल बताउँछन् ।

    भिडिओेमा शिलन लम्सालकोे सम्पादन, उत्सव दाहालकोे छायांकन, स्टेप अप एन्ड आर्टस् एकेडेमीको कोेरियोेग्राफी छ ।

  • मिस युनिभर्समा भाग लिन सुजिता इजरायलतर्फ प्रस्थान

    मिस युनिभर्समा भाग लिन सुजिता इजरायलतर्फ प्रस्थान

    काठमाडौं । मिस युनिभर्सको विश्व प्रतिस्पर्धामा भाग लिन मिस युनिभर्स नेपाल’ सुजिता बस्नेत इजरायल प्रस्थान गरेकी छिन् । मिस युनिभर्सको ७०औँ संस्करणमा भाग लिन युनिभर्स’ उनी शनिबार राती त्यसतर्फ प्रस्थान गरेकी हुन् । काठमाडौं विमानस्थलमा उनलाई आयोजक संस्थाकी निर्देशक नग्मा श्रेष्ठ लगायतले बिदाइ गरिन् ।

    इजरायलतर्फ प्रस्थान गर्नुअघि नेपाल प्रेससँग कुरा गर्दै उनले ताज जित्न अधिकतम प्रयत्न गर्ने बताइन् । उत्कृष्ट प्रस्तुति दिने उद्देश्यसहित आफूले भाग लिन लागेको उनको भनाई छ ।

    गत महिना राजधानीमा आयोजित ‘मिस युनिभर्स नेपाल’ को ग्रान्ड फिनालीमा उनले उपाधि जितेकी थिइन् । अन्तर्राष्ट्रिय स्पर्धाका लागि सुजिताले नेपालको चिनारी झल्कने कस्ट्युम प्रस्तुत गर्ने भएकी छिन् । ‘मिस युनिभर्स’ १२ डिसेम्बरमा आयोजना हुँदैछ । प्रतियोगितामा ७० बढी देशमा सुन्दरीहरूको सहभागिता रहनेछ ।

  • त्रिशलासँग सिसनको मूभी-डेट, रेडकार्पेटदेखि हलसम्मै देखिए प्रफुल्ल !

    त्रिशलासँग सिसनको मूभी-डेट, रेडकार्पेटदेखि हलसम्मै देखिए प्रफुल्ल !

    काठमाडौं । भ्लगर सिसन बानियाँ र पूर्वमिस नेपाल श्रृंखला खतिवडाको प्रेम सम्बन्ध लुकेको छैन । तर, माया लुकाएर लुक्ने चीज होइन ।

    यी दुईजनाले रिलेसनसिपलाई सार्वजनिकरुपमा स्वीकार नगरेपनि कतिपय ठाउँमा चाहिँ खुलारुपमै उनले प्रेमलाई प्रदर्शन गरेका छन् ।

    यस्तोमा, श्रृंखला अहिले उच्च शिक्षा अध्ययनका लागि अमेरिकामा छिन् । सिसन नेपालमै रहेर कामलाई निरन्तरता दिइरहेका छन् । सिसन अहिले भने नयाँ कारणले चर्चामा छन् ।

    कीर्तिमानी आरोही निर्मल पूर्जामाथि नेटफिल्क्सले निर्माण गरेको फिल्म ‘फोर्टिन पिक्स’को प्रिमियरमा सिसन चर्चाका कारण बने । उनी गायिका त्रिशला गुरुङसँग स्पट भएका थिए ।

    रेडकार्पेटदेखि २ घण्टा लामो फिल्म पनि उनीहरुले सँगै हेरे । चिकित्साकी विद्यार्थी समेत रहेकी २६ वर्षिया त्रिशला र भ्लगर सिसनको मूभी डेट उक्त समारोहमा चर्चायोग्य बन्यो ।

    त्रिशलाले सामाजिक संजालबाट समेत सिसनको तस्बिरलाई सेयर गरेकी छिन् । तस्बिरमा यी दुईजना प्रफुल्ल मुद्रामा देखिन्छन् । जेहोस्, सिसन र त्रिशलाको यो मूभी–डेट अहिले निकै चर्चामा छ ।

  • फेसन सो ‘आइसी डिजाइनर रनवे ’ मा ७३ डिजाइनरले प्रतिस्पर्धा गर्ने

    फेसन सो ‘आइसी डिजाइनर रनवे ’ मा ७३ डिजाइनरले प्रतिस्पर्धा गर्ने

    काठमाडौँ । यस वर्ष ‘आइसी डिजाइनर रनवे १०’ फेसन शो आयोजना हुने भएको छ । आइसी डिजाइनर रनवे १० आगामी २४ डिसेम्बर (९ पुस) मा आयोजना हुने भएको हो । यो सोको आयोजना नेक्स्ट मोडल्स नेपालले म्यानेजमेन्ट गर्न लागेको हो ।

    फेसन सोका लागि ३६ मोडल छानिएका छन् । नेक्स्ट मोडल्सले हालै अडिसन मार्फत २८ फिमेल र ८ मेल मोडल गरेर फेसन शोका उत्कृष्ट ३६ मोडल छनौट गरेको छ ।

    होटल हायात रिजेन्सीमा आयोजना हुने फेसन शोमा ७३ जना डिजाइनरले तयार पारेका बिभिन्न आकर्षक पहिरन २१ सिक्वेलमा मोडलहरुले र्याम्पमा प्रस्तुत गर्नेछन् । ७३ जना फेसन डिजाइनर नै आइसी कलेजका १८ औं ब्याजका पास आउट बिद्यार्थी हुन् ।

    ‘आइसी डिजाइनर रनवे’ धेरै बर्षदेखि नियमित आयोजना हुँदै आएको सो हो । यस वर्ष उत्कृष्ट तरिकाबाट प्रस्तुत गर्ने तयारी भइरहेको नेक्स्ट मोडल्स नेपालका सीइओे रवि धमलाले बताए ।
    सो को मुख्य उदेश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरुले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तराष्ट्रिय स्तरमा पुर्याउनु रहेको आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले जानकारी दिइन् ।

  • अस्मितालाई उछिन्दै रेवत शीर्षस्थानमा : हेर्नूस् पछिल्लो साता युट्युवमा सर्वाधिक हेरिएका टपटेन नेपाली गीत (सूचीसहित)

    अस्मितालाई उछिन्दै रेवत शीर्षस्थानमा : हेर्नूस् पछिल्लो साता युट्युवमा सर्वाधिक हेरिएका टपटेन नेपाली गीत (सूचीसहित)

    काठमाडौं । रेवत राईको स्वरमा रहेको गीत ‘तिमी तारे भीर’ यो साता युट्युवमा सर्वाधिक हेरिने नेपाली गीत बनेको छ । यो सातामा मात्र यो गीत १५ लाख ४७ हजार ४३८ पटक हेरिएको छ भने कूल १५ लाख ६० हजार ६६२ पटक हेरिएको छ ।

    यस्तै अस्मिता अधिकारी र खेम सेञ्चुरीको स्वरमा रहेको गीत ‘रमरम मरौटी’ दोस्रो शीर्ष स्थानमा परेको छ । यो गीतलाई एक सातामा मात्र १३ लाख ६६ हजार ३४२ पटक हेरिएको छ भने कूल १ करोड ३७ लाख ३२ हजार ८२५ पटक हेरिएको छ ।

    समिक्षा अधिकारीको स्वरमा रहेको गीत ‘धनगढीको बसमा’ लाई एक सातामा ११ लाख ८ हजार ४८८ पटक हेरिएको छ । यो गीतको कुल भ्यूज संख्या ८५ लाख ९ हजार ९५३ रहेको छ । रुटिन अफ नेपाल बन्दको सहयोगमा यो सूची तयार पारिएको हो ।

    हेर्नूस् सूची :

    १. रेवत राई ‘तिमी तारे भीर’ : १५४७४३८

     

    २. अस्मिता अधिकारी र खेम सेञ्चुरी ‘रम रम मरौटी’ : १३६६३४२

     

    ३. समिक्षा अधिकारी ‘धनगढीको बसमा’ : ११८४८८

     

    ४. खेम सेञ्चुरी ‘मन परेको मान्छे’ : ७८७१६६

     

    ५. भिटेन ‘गल्ली सडक’ : ७७३३७९

     

    ६. प्रकाश दूतराज ‘जाम भो माइली’ : ७२५६५९

     

    ७. दिनेश ढकाल ‘कालो केशमा रेलिमई’ : ७१३८०९

     

    ८. मोहित वंश आचार्य ‘हाम्रो माया’ : ७०९९३५

     

    ९. रमेश राज भट्टराई र रचना रिमाल ‘भन साईला’ : ६७८०४०

     

    १०. साहिमा श्रेष्ठ र सन्दिप न्यौपाने ‘ओकल दोकल-२’ : ६७२०६७

     

  • नेटफिल्क्स फिल्म ‘फोर्टिन पिक्स’लाई काठमाडौंमा प्रिमियर (तस्बिरहरु)

    नेटफिल्क्स फिल्म ‘फोर्टिन पिक्स’लाई काठमाडौंमा प्रिमियर (तस्बिरहरु)

    काठमाडौं । कीर्तिमानी नेपाली आरोही निर्मल पूर्जामाथि नेटफिल्क्सले निर्माण गरेको फिल्म ‘फोर्टिन पिक्स : नथिङ इज इम्पोसिबल’लाई शुक्रबार बेलुका काठमाडौंमा प्रिमियर गरिएको छ ।

    २ घण्टा लामो यो फिल्मलाई अमेरिका र बेलायतपछि नेपालमा प्रिमियर गरिएको हो । क्यूएफएक्सको लाबिम हलमा आयोजित प्रथम प्रदर्शनीमा पर्यटनमन्त्री प्रेमबहादुर आले, कूटनीतिज्ञ, व्यवसायी र सेलेव्रिटी सहभागी थिए ।

    मन्त्री आलेसहितका अतिथिले फिल्म हेरिसकेपछि पूर्जालाई ‘स्ट्यान्डिङ ओभेसन’ दिएका थिए । ‘निकै इन्जोय गरेँ, धेरै राम्रो फिल्म बनेको रहेछ’ फिल्म हेरेपछि नेपाल प्रेसलाई प्रतिक्रिया दिँदै मन्त्री आलेले भने, ‘पक्कै पनि यो फिल्मले नेपाल र नेपाली पर्यटनलाई अन्तर्राष्ट्रियरुपमा राम्रो सन्देश जानेछ ।’

    बेलायती राजदूत निकोला पोलिटले पनि फिल्म असाध्यै राम्रो बनेको बताउँदै यसले नेपाली पर्यटनलाई अझै प्रचारप्रसार गर्ने बताइन् । आठ हजारमाथिका अग्ला १४ हिमाललाई पूर्जाले ६ महिनामै कसरी सफलतापूर्वक आरोहण गर्न सफल रहे भन्ने कथा यसले भन्छ ।

    राजेश हमाल र पत्नी मधु आरोही निर्मल पूर्जासँग ।
    पर्यटनमन्त्री प्रेमबहादुर आले र निर्मल पूर्जा ।
    बायाँबाट फिल्म उद्यमी नकिम उद्दिन, अभिनेत्री शिल्पा मास्के र पूर्जा ।
    पूर्वमिस नेपाल माल्भिका सुब्बा र पूर्जा ।
    बायाँबाट अभिनेता कार्म, पूर्जा र विनय श्रेष्ठ ।

    चौधरी ग्रुपका निर्देशक निर्वाण चौधरी र पूर्जा ।

    अभिनेता राजेश हमालले नेटफिल्क्सजस्तो विश्व चर्चित ओटीटीले नेपाली कथा र पात्रमाथि फिल्म बनाउँदा यसले नेपाली फिल्म र पर्यटनलाई फाइदा पुग्ने बताए । ‘मधु र मैले निकै इन्जोय गर्‍यौं । धेरैपटक म भावुक पनि भएँ’ हमालले नेपाल प्रेसलाई भने ।

    यो फिल्म विश्वका ३१ भाषासहित नेटफिल्क्सबाट सोमबारदेखि विश्वभर रिलिज हुँदैछ । नेटफिल्क्सले ११९ मुलुकका आफ्ना २१ करोड पेड मेम्बरमाझ फिल्म स्ट्रिमिङ गर्दैछ ।

    ३८ वर्षअघि धौलागिरी हिमालको फेदीमा जन्मिएका म्याग्दीका पूर्जाले २०७६ बैशाख १० मा अन्नपूर्ण हिमालबाट आरोहण थालेका थिए । उनको प्रोजेक्ट पोसिबल अभियान ०७६ कात्तिक १२ गते चीनको सिसापांगा हिमाल आरोहण सँगै सकिएको थियो ।

    निर्मल पूर्जा आगामी साता अन्टार्कटिकातर्फ जाँदैछन् । उनी त्यसतर्फ जानुअघि मिडियाकर्मीको लागि फिल्मको प्रिमियर गर्ने योजना छ ।

     

  • मंगलबार बिहे गर्दै रेश्मा : टीकाटालो भएको एकवर्षपछि कसिँदैछ लगनगाँठो

    मंगलबार बिहे गर्दै रेश्मा : टीकाटालो भएको एकवर्षपछि कसिँदैछ लगनगाँठो

    काठमाडौं । नायिका तथा रियालिटी सो होस्ट रेश्मा घिमिरेले गतवर्ष प्रेमी प्रभात बाबुसँग टीकाटालो गरेकी थिइन् । गएको मंसिर १८ गते यी दुईबीच इन्गेजमेन्ट भएको थियो ।

    इन्गेजमेन्ट एनिभर्सरीकै छेकेमा मंसिर १४ गते रेश्मा र प्रभातबीच बिहे हुने भएको छ । प्रभात अमेरिकामा रहेर डाक्टर पढिरहेका छन् भने रेश्मा अहिले नेपाल आइडलको नयाँ सिजनको होस्ट गरिरहेकी छिन् ।

    रेश्मा निकट स्रोतका अनुसार उनीहरु १४ गते वैवाहिक जीवनमा बाँधिदैछन् । बिराटनगरमा बिहे कार्यक्रम हुने र काठमाडौंमा बिहे रिसेप्सन आयोजना गर्ने उनीहरुको तयारी रहेको बुझिएको छ ।

    रेश्मा सामाजिक संजाल टीकटकमा समेत उत्तिकै चर्चित छिन् ।

  • मिस वर्ल्डको हेड-टु-हेड च्यालेन्ज सुरु, मिस नेपालको जवाफ : मानिसको जीवनसँग जोडिन चाहन्छु (भिडिओ)

    मिस वर्ल्डको हेड-टु-हेड च्यालेन्ज सुरु, मिस नेपालको जवाफ : मानिसको जीवनसँग जोडिन चाहन्छु (भिडिओ)

    काठमाडौं । विश्व सुन्दरी प्रतियोगिता (मिस वर्ल्ड)को हेड-टु-हेड च्यालेन्ज गएरातिदेखि प्रारम्भ भएको छ । अमेरिकी राज्य पुएर्तो रिकोमा सुरु भएको प्रतिस्पर्धाको ग्रुप-१ मा मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठसहितका सुन्दरीले प्रश्नोत्तरमा भाग लिएका छन् ।

    मिस वर्ल्डले सार्वजनिक गरेको हेड-टु-हेडको ग्रुप–१ च्यालेन्जमा सोधिएको प्रश्नमा नम्रताले आत्मविश्वासपूर्वक उत्तर दिएकी छिन् । प्रश्नकर्ताले नम्रतालाई सोधेकी छिन् : तपाईंले यसअघि नै सफलता हासिल गर्नुभएको छ, अब चाहिँ के ?’

    नम्रताले भनेकी छिन्, ‘अब मिस वर्ल्डको माध्यममार्फत विश्वसामु आफ्नो प्रभाव छाड्दै जीवन बाँच्न चाहन्छु ।’

    अन्य प्रश्नकर्ता भन्छिन् : मिस वर्ल्ड टाइटलसहित के गर्न चाहनुहुन्छ ?’ नम्रता भन्छिन् : म जहाँ जान्छु, जुन काम गर्छु र जसलाई म भेट्छु उसको जीवनमा प्रभाव पार्ने मेरो लक्ष्य छ । मिस वर्ल्डमा भाग लिन पाउँदा निकै खुशि छु । म धेरै मानिस र जीवनसँग जोडिएकी छु र उनीहरुको जीवनमा गाँसिन चाहन्छु अनि सकारात्मक छाप छोड्न चाहन्छु ।’

    डिसेम्बर १६ मा ग्रान्ड फिनाली हुँदैछ ।

  • फ्राइडे रिलिज : नेपाली बक्सअफिसमा सलमान खान भर्सेस जोन अब्राहम

    फ्राइडे रिलिज : नेपाली बक्सअफिसमा सलमान खान भर्सेस जोन अब्राहम

    काठमाडौं । शुक्रबार नेपाली हलहरुमा दुई नयाँ फिल्म रिलिज भएका छन् । यी दुबै फिल्ममा बलिउडका दुई ठूला स्टारकास्ट छन् र दुबैको जनरा एक्सन ड्रामा हो ।

    सलमान खान फिल्मसको ‘अन्तिम : द फाइनल ट्रुथ’ र जोन अब्राहमको ‘सत्यमेव जयते २’ छन् । जोनको फिल्म बिहीबार नै नेपाल र भारतमा प्रदर्शनमा आएको हो ।

    मराठी फिल्म ‘मुल्सी पार्टन’को रिमेक रहेको सलमानको फिल्म ‘अन्तिम’मा सलमानसहित आयुश शर्मा र महिमा मकवानाको मुख्य भूमिका छ ।

    शिख प्रहरी अधिकृत (सलमान) र ग्याङस्टर (आयुश)को कथा वरपर घुम्ने यो फिल्मले अपराधको कारण किसानहरुले भोग्नुपरेको दारुण अवस्थालाई चित्रण गर्छ । महेश मञ्जेरकरले यसलाई निर्देशन गरेका हुन् ।

    टी सिरिज र एमे इन्टरटेनमेन्टले निर्माण गरेको फिल्म सत्यमेव जयतेको दोस्रो सिक्वेलमा जोनसहित दिव्या खोसला कुमारको मूख्य भूमिका छ । अन्याय र शक्तिको दुरुपयोगविरुद्धको कथा यसमा छ । जोनले यस फिल्ममा तेहेरो भूमिका निर्वाह गरेका छन् ।

    नेपालमा सलमान र जोनका प्रशंसक भएकाले ती वर्गका दर्शकले रुचाउने अनुमान गरिएको छ ।

  • राजेश हमालले खरिद गरे जिप कम्पास गाडी !

    राजेश हमालले खरिद गरे जिप कम्पास गाडी !

    काठमाडौं । अभिनेता राजेश हमाल गाडीका सौखिन हुन् । उनले बिहीबार नक्सालस्थित जिप सोरुमबाट लिजेन्डरी कम्पासको जिप खरिद गरे ।

    बाल्यकालदेखि नै जिपबारे सुनेको र केही फिल्म छायांकनमा विलिस जीप चलाएको अनुभव रहेको उनले सुनाए । ‘म जीपको अफरोड क्षमताबाट प्रभावित थिएँ’ उनले भने ।

    गाडी खरिद गर्न हमाल पत्नी मधुलाई लिएर जिपको नक्साल आउटलेटमा पुगेका थिए ।

    केही महीनादेखि नेपाली बजारमा जिपको विक्री सुरु भएको थियो भने यो ब्रान्डको जिपका ग्राहक बढिरहेका छन् ।

    एमएडडब्लु लाइफका प्रमुख अनिश लामिछानेका अनुसार पछिल्लो समय जीपले नेपाली अटो मार्केटमा सफलता हासिल गरिरहेको छ । अटो ब्रान्डहरुले पनि पछिल्लो समय सेलेव्रिटी ग्राहकलाई प्राथमिकता दिइरहेका छन् ।

    नेपालमा जिपको नयाँ मोडेल कम्पास स्पोर्ट, लंगिच्युड, लिमिटेड र एस मोडेलमा उपलब्ध रहेको जनाइएको छ । यसको मूल्य ८४ लाख ९० हजारदेखि एक करोड ३६ लाख रुपैयाँसम्म रहेको कम्पनीले जनाएको छ ।

  • बले र प्रिज्मा अलग बाटोमा ! ‘ब्रेकअप’बारे प्रिज्माको यस्तो प्रष्टीकरण

    बले र प्रिज्मा अलग बाटोमा ! ‘ब्रेकअप’बारे प्रिज्माको यस्तो प्रष्टीकरण

    काठमाडौं । पछिल्लो समय सागर लम्साल बले र प्रिज्मा खतिवडा पुनः चर्चामा छन् । टीकटकबाट उदाएकी प्रिज्मा र भद्रगोल टिभी सिरियलबाट उदाएका बले केही वर्षदेखि प्रेममा रहेको चर्चा थियो ।

    उनीहरुले म्युजिक भिडिओ पनि सँगै गरेका छन् । फागुनमा बिहे गर्ने चर्चा पनि थियो । प्रेममा रहेको चर्चा चलेपनि यी दुईले आफूहरु प्रेममा रहेको खबरलाई स्वीकार गरेनन् । यतिबेला भने यी दुई अलग भएको चर्चा चलेको छ ।

    प्रायः सामाजिक संजालमा सँगै देखिने उनीहरु पछिल्लो समय भने एकअर्कासँगको भिडिओ पोस्ट गरेका छैनन् । उनीहरु म्युजिक भिडिओमा पनि सँगै देखिन छाडेका छन् ।

    उनीहरु अहिले अलग भएको जनाइएको छ । स्रोतले बिहेको कुरा नमिल्दा सम्बन्धमा दरार आएको दावी गरेको छ । तर, यी दुईजना अहिले पनि आफूहरुको सम्बन्धलाई स्वीकार्न तयार छैनन् ।

    ब्रेकअपको हल्लाबारे सोधिएको जिज्ञासामा प्रिज्माले नेपाल प्रेसलाई भनिन्, ‘ब्रेकअप हुन त पहिले रिलेसनमा बसेको हुनुपर्‍यो नि । उहाँसँग को-आर्टिस्टको सम्बन्ध मात्र हो । उहाँ (बले)लाई सँधै सर भनेर बोलाएकी छु । नभएको सम्बन्ध कसरी ब्रेकअप भयो ? म्युजिक भिडिओ आयो भनेर भविष्यमा नगर्ने कुरै छैन ।’

  • ग्रामी मनोनित र्‍यापर राजा कुमारीले काठमाडौंमा कन्सर्ट गर्ने

    ग्रामी मनोनित र्‍यापर राजा कुमारीले काठमाडौंमा कन्सर्ट गर्ने

    काठमाडौं । ग्रामी अवार्ड मनोनित र्‍यापर राजा कुमारीका प्रशंसकलाई खुशिको खबर । विश्वचर्चित यी अमेरिकन-इन्डियन गायिकाले आफ्ना र्‍याप तथा हिपहप गीतमार्फत चिसिएको काठमाडौंलाई तताउने भएकी छिन् । मंसिर १८ गते काठमाडौंको फरेनहाइट क्लबमा उनले प्रस्तुति दिने भएकी हुन् ।

    विश्व संगीतका चर्चित नामहरु गिवेन स्टेफानी, फिफ्थ हार्मोनी, फलआउट ब्वाय, डिभाइनसँग सहकार्य गरेकी राजा कुमारीले पछिल्लोपटक बलिउड फिल्म ‘गल्ली ब्वाय’मा केमियो भूमिका पनि निर्वाह गरेकी थिइन् । रणवीर कपुर र आलिया भाट स्टारर यो फिल्मले नेपाली बक्सअफिसमा समेत राम्रो कमाइ गरेको थियो ।

    वास्तविक नाम स्भेता यल्लाप्रगढा राओ रहेकी उनको स्टेज नाम चाहिँ राजा कुमारी हो । उनलाई ल्याउँदा नेपाल कोरोनाभाइरस महामारीबाट सामान्य अवस्थामा फर्किएको र नेपाली पर्यटनलाई टेवा पुग्ने आशा समेत क्लब फरेनहाइटले लिएको छ । राजा कुमारी डिसेम्बर ३ मा दिल्ली हुँदै नेपाल आउनेछिन् । उनलाई त्रिभुवन विमानस्थलमा समेत भव्य स्वागत गरिने आयोेजकले जनाएको छ ।

    यो कन्सर्ट हेर्नका लागि दर्शकले १ हजार र २ हजारका टिकट खरिद गर्न सक्नेछन् । क्लब फरेनहाइटका संचालक मिलन श्रेष्ठका अनुसार, नेपालमा समेत राजा कुमारीका युवा फ्यान धेरै भएकाले उनलाई नेपाल ल्याउन लागिएको हो ।

    केही वर्षअघि राजा कुमारीसँग र्‍याप गायनमा सहकार्य गरेका चर्चित भारतीय र्‍यापर डिभाइनले पनि काठमाडौंमा प्रस्तुति दिएका थिए । क्लब फरेनहाइटले यसअगाडि पनि भारतका चर्चित कलाकार ल्याएर कन्सर्टको आयोेजना गरिसकेको छ । यसअघि फरेनहाइटमा आदित्य नारायण झा, टोेनी कक्कड जस्ता गायकहरुले प्रस्तुति दिइसकेका छन् ।

  • मानव अधिकार चलचित्र महोत्सवमा ‘जुलुङ्गो’ उत्कृष्ट

    मानव अधिकार चलचित्र महोत्सवमा ‘जुलुङ्गो’ उत्कृष्ट

    काठमाडौं । ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को नवौं संस्करण बिहीबार सम्पन्न भएको छ । मानव अधिकार चलचित्र केन्द्रले आयोजना गरेको महोत्सव चार दिनसम्म भर्चुअल रुपमा सञ्चालन भएको थियो ।

    महोत्सवमा नेपाललगायत २४ देशका ४२ चलचित्र प्रदर्शन गरिएको थियो । महोत्सवमा प्रदर्शन भएका तीन विधाका तीन चलचित्रले पुरस्कार जितेका छन् । महोत्सवमा राजेशप्रसाद खत्रीको ‘जुलुङ्गो’, मीरा खड्का र ज्योति बेलबासेको ‘नो स्कुल टुडे’ र एन्जिला चौधरी र पुष्पा जोशीको ‘ललित’ ले उत्कृष्ट बन्दै पाँच सय अमेरिकी डलर पुरस्कार पाएका छन् ।

    जुलुङ्गो’ले फिक्सन तर्फबाट उकृष्ट, ‘नो स्कुल टुडे’ले उत्कृष्ट वृत्तचित्र र महिला फिल्मेकरतर्फको उत्कृष्ट चलचित्रका रुपमा ‘ललिता’ लाई पुरस्कृत गरिएको हो । महोत्सवमा आशा मगराती, मनोजबाबु पन्त र लिना रञ्जितले निर्णायक मण्डलको भूमिका निर्वाह गरेका थिए ।

    महोत्सवको पहिलो गत सोमबार बिहान ७ बजेदेखि छनोट भएका चलचित्रहरू ‘मुभी डटकम’ वेबसाइटमा प्रदर्शन भएका थिए । महोत्सवमा लघु चलचित्र, वृत्तचित्र, फिचरलगायत सबै विधाका चलचित्रहरु प्रर्दशन गरिएका थिए ।

    महोत्सवको सहआयोजक राष्ट्रिय मानव अधिकार आयोग र नेपालका लागि क्यानाडाको राजदूतावास रहेको थियो । यस्तै महोत्सवका लागि युरोपियन युनियन, आईओएम, आइसिजे, प्लान इन्टरनेसनल, मोबाइल आर्ट फर पिसले सहयोग गरेका थिए । चलचित्र विकास बोर्ड र मानव अधिकार चलचित्र सन्जालले महोत्सवलाई प्रवद्र्धन गरेका थिए ।

     

  • इजरायली फिल्म फेस्टिभल सुरु : नेपालमा फिल्म सुटिङ गर्न आउन पर्यटनमन्त्रीको आग्रह

    इजरायली फिल्म फेस्टिभल सुरु : नेपालमा फिल्म सुटिङ गर्न आउन पर्यटनमन्त्रीको आग्रह

    काठमाडौं । नेपाल र इजरायलबीचको जनस्तरको सम्बन्धलाई कला-संस्कृतिको माध्यमबाट समेत प्रवद्र्धन गर्ने उद्देश्यले राजधानीमा तीनदिने इजरायली फिल्म महोत्सव नयाँ ढाँचामा शुरु भएको छ ।

    कोभिड महामारी मत्थर नभइसकेकाले आफ्नै सवारीसाधनमा बसेर चलचित्रको आनन्द लिन पारखीहरूलाई इजरायली दूतावासले १३ औँ संस्करणको महोत्सव ‘ड्राइभ इन फिल्म सोज्’ ढाँचामा प्रस्तुत गरेको हो । एफएम रेडियो जडित सवारीसाधनमा बसेर सोल्टी होटलको सवारी बिसौनीमा ९०.६ मेगाहर्जमा ‘ट्युन’ गरेपछि विशाल पटाङ्गिनीको ठूलो पर्दामा दृश्य हेर्दै आवाज सुन्दै महोत्सवको मजा लिन सकिनेछ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले महोत्सवको बिहीबार साँझ उद्घाटन गर्दै इजरायली फिल्म निर्माता तथा लगानीकर्तालाई नेपालको मनोहर दृश्य र सौन्दर्यको छायाङ्कन गर्न आह्वान गरे ।

    विदेशी फिल्म निर्माताहरूलाई छायाङ्कनका लागि नेपालमा आकर्षित गर्न आफ्नो मन्त्रालयले सूचना तथा सञ्चार प्रविधि र अर्थ मन्त्रालयसँग सिनेमा बनाउनेहरूलाई सहुलियत दिन आग्रह गरेको जानकारी उनले दिए । मुलुकको पर्यटन प्रवद्र्धनमा छायाङ्कनबाट सकारात्मक प्रभाव पर्ने वास्तविकतालाई दृष्टिगत गरी त्यस निम्ति अन्तरसरकारी निकायसँग समन्वय गरिएको उनले बताए ।

    नेपालका लागि इजरायली राजदूत हनान गोडेरले इजरायली संस्कृति, कला र परम्पराको प्रवद्र्धनका साथै दुई देशबीचको जनस्तरको सम्बन्धलाई थप सुदृढ एवं सुमधुर तुल्याउन महोत्सव आयोजना गरिएको बताए । अभिनेता राजेश हमालले फिल्महरु सिमानारहित र तिनको सन्देश सार्वभौमिक हुने भएकाले गुणस्तरीय फिल्मप्रति आफ्नो लगाव र आकर्षण सधै रहेकाले कलाक्षेत्रमा नै आफू रमाइरहेको बताए ।

    महोत्सवमा काठमाडौंस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, पूर्वराजदूत, परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, वरिष्ठ सञ्चारकर्मीका साथै इजरायलमा उच्च शिक्षा हासिल गरेका नेपालीहरूको संस्था सलोम क्लबका पदाधिकारीहरूको उपस्थिति थियो । शनिबारसम्म जारी रहने महोत्सवमा सवारीसाधन भएका चलचित्र पारखीलाई निःशुल्क सिनेमा हेर्ने व्यवस्था मिलाइएको छ ।

  • गोर्खा वारियर-२ : बाँकी छायांकन सिन्धुलीदेखि सुरु, २०२२ को अन्त्यमा प्रदर्शन तयारी

    गोर्खा वारियर-२ : बाँकी छायांकन सिन्धुलीदेखि सुरु, २०२२ को अन्त्यमा प्रदर्शन तयारी

    काठमाडौं । कोरोनाभाइरस महामारीको दोस्रो लहरले रोकिएका फिल्मको छायांकन अहिले धमाधम सुचारु हुँदैछन् । मिलन चाम्सको निर्माण एवं निर्देशन रहेको ‘गोर्खा वारियर २’ सुटिङ बिहीबारदेखि सिन्धुलीमा सुरु भएको छ ।

    त्यहाँको माडीस्थित कालीगाउँमा पूजाआजासहित दोस्रो सेड्युलको छायांकन सुरु भएको जानकारी निर्देशन चाम्सले दिए । कोरोनाको दोस्रो लहरअघि फिल्मको ४० प्रतिशत छायांकन सकिएको छ ।

    सिन्धुलीसहित दमौली, मलेसिया र बेलायतमा बाँकी भाग खिचिने जानकारी चाम्सले दिए । ब्रिटिस गोर्खा सैनिकको वीरता र संघर्षको गाथा चित्रण गर्ने फिल्मको मुख्य भूमिकामा रितेश चाम्सले अभिनय गरिरहेका छन् ।

    ११७ जनाको क्रिउसहित सुचारु भएको बाँकी छायांकन अझै एक महिना निरन्तर हुने जनाइएको छ ।

    सिन्धुलीमा रितेश र विजय लामाले मुख्य दृश्यहरुको लागि फिल्म खिचिरहेका छन् । सन् २०२२ को अन्त्यमा रिलिज लक्ष्य राखिएको फिल्ममा रेविका गुरुङ, रियर राई, शिशिर वाङ्देल, भुवनसिंह राई, बुद्धि तामाङ, कविता आले, विरुद्ध घले, सारा राईको समेत अभिनय छ ।

    ‘गोर्खा वारियर-२’ रिलिजपछि मात्र फिल्म हलमा प्रिक्वेल प्रदर्शन गर्ने निर्देशक चाम्सको तयारी छ । फिल्मको छायांकनलाई २ वटा क्यामेरा प्रयोगमा आएको छ । यसले दृश्यको आयामलाई फराकिलो तुल्याउने र समयको बचत हुने आशा पनि निर्देशकले लिएका छन् ।

  • नेपाली हरर फिल्म ‘कठ्पुतली’ अंग्रेजी नयाँवर्षको पूर्वसन्ध्यामा रिलिज हुँदै

    नेपाली हरर फिल्म ‘कठ्पुतली’ अंग्रेजी नयाँवर्षको पूर्वसन्ध्यामा रिलिज हुँदै

    काठमाडौं। कोरोना संक्रमणदर कम भएसँगै निर्माताहरुले फिल्मको प्रदर्शन मिति घोषणा गर्न थालेका छन् । यसबीच नेपाली हरर फिल्म ‘कठपुतली’ अंग्रेजी नयाँ बर्षको दिन आउँदो पुष १५ गते (डिसेम्बर ३०) मा प्रदर्शन हुने भएको छ ।

    निर्माण टिमले तमु ल्होसारको सार्वजनिक विदा भएकाले फिल्म बिहीवारबाटै प्रदर्शन गर्न लागेको हो । कठपुतली फिल्मका निर्माता एवम् निर्देशक भीमसेन लामाले रिलिज मिति घोषणा गरेका हुन् ।

    ‘कठपुतली’ ले हालै अमेरिकाको प्रतिष्ठित इन्टरनेसनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’ मा दुईवटा अवार्ड जितेको छ । फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा लगायतको अभिनय छ ।

    पृथ्वी राना मगर निर्माता रहेको फिल्मको कार्यकारी निर्माता सम्पदा मल्ल, सह–निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् । पोस्ट-प्रोडक्सनको सम्पूर्ण काम लन्डन स्टूडियोमा भएको हो । पृथ्वी राना प्रोडक्सनको ब्यानरमा निर्मित ‘कठपुतली’ नेपालमा बनेका अन्य हरर फिल्मभन्दा एकदमै भिन्न रहेको निर्देशक लामाले दाबी गरेका छन् । उनी यो फिल्मलाई आफ्नो ड्रिम प्रोजेक्ट बताउँछन् ।