Category: कलाप्रेस

  • सौगात मल्लको फिल्म ‘लाखे’मा अडिसनबाट छानिए १० कलाकार

    सौगात मल्लको फिल्म ‘लाखे’मा अडिसनबाट छानिए १० कलाकार

    काठमाडौंँ । फिल्म ‘लाखे’ का लागि १० जना कलाकार छनौट भएका छन् । निर्माण युनिटले हालै थापागाउँस्थित कान्तिपुर फिल्म कलेजमा एक अडिसन गर्दै फिल्मका लागि एक सह–अभिनेत्री, एक बालकलाकार सहित विभिन्न चरित्रका लागि १० कलाकार छानेको हो ।

    फिल्मका निर्देशक सम्राट बस्नेतले भने, ‘फिल्मको पात्र अनुसार अहिले अडिसन दिने मध्यबाट १० कलाकार छानिएका छन् । थप छानिने कलाकारको सुचि फिल्मको आधिकारिक फेसबुक पेज तथा इस्टाग्राम मार्फत सार्वजनिक गरिनेछ ।’

    फिल्मका लागि अडिसनमार्फत पहिलो चरणमा सह–नायिका रक्षा बुढाथोकी, अजय पन्त, उमेश सुनाम, रुपेश झा, चक्र बहादुर बिष्ट, सुजन ए.परियार, श्रवण कुमार राणा, राजन भुजेल, अन्विशा खड्गी र बालकलाकार सिष्टम भण्डारी रहेका छन् । २०० बढी ब्यक्तिले फिल्मका लागि अडिसन दिएको कार्यकारी निर्माता हरि मल्ल ठकुरी कार्यकारीले बताए ।

    सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल, सुनिल थापा लगायतका कलाकारको अभिनय रहने फिल्मका लागि मुख्य अभिनेत्री भने छनौट हुन बाँकी रहेको छ ।

    ठुलो बजेटमा निर्माण हुने बताइएको फिल्मको नाम ‘लाखे’ राखिएपनि नेपाली संस्कृतिमा रहेको लाखे परम्परा बिषयबस्तुमा पुरै नसमेटिएको निर्देशक बस्नेतले बताए । ‘नेपालको संस्कृतिमा रहेको ‘लाखे’ परम्पराको प्रचार गर्ने उदेश्यले फिल्मको नाम लागेको जुर्याइएको हो’ निर्देशक बस्नेत भने । दिलिप पन्त प्रोडक्सन डिजाइनर रहेको फिल्मको छायांकन पुसको दोस्रो साताबाट सुरु हुनेछ ।

    ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर प्राली र औरियन प्रोडक्सन प्रालीको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता सिजन अर्याल हुन् । कथा समेत निर्माता अर्यालकै रहेको फिल्मको गणेश मल्ल ठकुरीको प्रस्तुकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेका छन् ।

     

  • मन्त्री आलेद्वारा नेपालकै पहिलो नृत्य सूत्रको पुस्तक सार्वजनिक

    मन्त्री आलेद्वारा नेपालकै पहिलो नृत्य सूत्रको पुस्तक सार्वजनिक

    काठमाडौँ । नृत्य अन्वेषक तथा अध्येता शिवराम कासुला लिखित ‘नृत्य सूत्र तथा लिपी’ शीर्षकको पुस्तक सार्वजनिक भएको छ । थापागाउँस्थित लेखनकुञ्जमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पुस्तकको लोकार्पण गरे ।

    लोकार्पण समारोहमा लेखकसँगै संगीत तथा नाट्य प्रतिष्ठानका सदस्य श्याम तमोट, यही प्रतिष्ठानकी नृत्य विभाग प्रमुख नमुना शर्मा, जगदम्बाश्री सम्मान विजेता भैरवबहादुर थापा र गोस्ट राइटिङका अध्यक्ष कमल ढकालको सहभागिता रहेको थियो ।

    पुस्तक लोकार्पण समारोहमा बोल्दै नेपाल संगीत तथा नाट्य प्रतिष्ठानकी नृत्य विभाग प्रमुख नमुना शर्माले शिवराम कासुलाले दुर्लभ काम सम्पन्न गरेको धारणा राखेकी थिइन् । ‘दुई वर्षअघि हाम्रै संस्थाको नेतृत्वमा यो विषयमा छलफल पनि भएको थियो । त्यतिबेला पनि मलाई उहाँले कठिन मेहनतको काम गर्नुभएछ भन्ने लागेको थियो’ उनले भनिन्, ‘अहिले हेर्दा पनि त्यही लाग्छ । यसले नेपाली नृत्यको अभिलेखीकरणमा मद्दत पु¥याउला नै , यो विदेशीका लागि पनि उत्तिकै महत्वपूर्ण दस्तावेज बन्छ भन्ने विश्वास छ ।’

    भर्खरै ‘नृत्याक्षर विज्ञान’बाट जगदम्बाश्री प्राप्त गरेका ९० वर्षीय भैरवबहादुर थापाले कासुलाको कृतिलाई विश्वकै पहिलो भनेर दाबी गरिहाल्न नमिल्ने भए पनि नृत्य विधामा यस्तो किताब आउनु सुखद रहेको धारणा राखेका थिए । उनले ६१ वर्ष लगाएर आफूले किताब निकालेको जानकारी गराउँदै शिवरामको किताबले नृत्य व्याकरणको कमीलाई पूरा गर्ने विश्वास व्यक्त गरे ।

    पुस्तक विश्वकै पहिलो हो कि हैन भन्ने कुरा आफूले निक्र्यौल गर्न नसकेपनि कमेसकम नेपालमा यस्तो किताब पहिलोपल्ट प्रकाशित भएको संगीत तथा नाट्य प्रतिष्ठानका सदस्य सचिव श्याम तमोट दाबी थियो । ‘चित्र लिपिमा धेरै किताब होलान् तर अक्षर लिपिमा नृत्यसम्बन्धी अर्को यस्तो किताब मैले नेपालमा देखेको छैन । विश्वमा न सही कमसेकम नेपालको चाहिँ पहिलो पुस्तक नै हो,’ उनले भने ।

    लेखक शिवराम कासुलाले भने आफूलाई किताब तयार गर्न ३० वर्ष लागेको बताउँदै पुस्तकले अभ्यासमा रहेका नृत्यलाई भविष्यका लागि संग्रहित गर्न महत्वपूर्ण योगदान गर्न सक्ने विश्वास व्यक्त गरे ।
    ‘नृत्यको लिपि हुनु आफैँमा ऐतिहासिक कुरा हो । तर कोरियोग्राफ गरेको नृत्यलाई कसरी सूत्रमा राख्ने ? यही प्रयासमा किताबको जन्म भएको हो । योबाहेक नृत्य साधकका लागि महत्वपूर्ण दस्तावेज बनोस् भन्ने अप्रिप्राय पनि राखेको छु,‘ उनले भने, ‘यसले लोक, आधुनिक र शास्त्रीय सबै खाले नृत्यलाई सूत्रमा बाँध्ने उपाय बताउँछ । यो किताबबाट भावी पुस्ता लाभान्वित हुने विश्वास लिएको छु ।’

    प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले विश्वभर नै पहिचानको लहर चलेको बेलामा नेपालबाट नृत्यको आफ्नै लिपि आविष्कार हुनु र सार्वजनिक हुनु गर्वको विषय रहेको बताए । उनले भने, ‘नेपाल धर्म, संस्कृति र चाडपर्वका कारण विश्व मानचित्रमा छुट्टै देशको रुपमा प्रख्यात छ । यिनै कुरालाई अभिव्यक्त गर्ने गीत र नृत्यको लिपि बन्नु खुसीको कुरा हो । यसलाई अंग्रेजीमा अनुवाद गरेर व्यापक बनाउनु पर्छ ।’

    कार्यक्रममा मन्त्री आलेले सातैवटै प्रदेशका संस्कृति समेटिने पुस्तक प्रकाशनका लागि मन्त्रालयबाट पहल गर्ने घोषणा पनि गरेका थिए । समारोहमा पद्यकन्या क्याम्पसका नृत्य विभागका विद्यार्थीले समूहमा दुई थरी नृत्य पनि प्रस्तुत गरेका थिए ।

  • घुम्टो ओढेर राजा कुमारी जब मध्यरातमा स्टेज चढिन् (तस्बिरहरु)

    घुम्टो ओढेर राजा कुमारी जब मध्यरातमा स्टेज चढिन् (तस्बिरहरु)

    काठमाडौं । ग्रामी अवार्ड मनोनित अमेरिकन-इन्डियन र्‍यापर राजा कुमारीले आफ्ना विश्वचर्चित गीतमार्फत काठमाडौंलाई तताएकी छिन् ।

    ठमेलस्थित फरेनहाइट क्लबमा उनलाई सुन्न तन्नेरीको भीड उर्लिएको थियो । उनी मध्यरातमा हेलोे काठमाडौं सन्चै हुनुहुन्छ भन्दै घुम्टो ओढेर स्टेजमा उक्लिएकी थिइन् ।

    चिसिएको काठमाडौंलाई तताउन राजा कुमारीको हट ड्रेसअप र एकसे एक र्‍याप गीतहरु पर्याप्त थिए । ८ बजेदेखि नै उनलाई सुन्न उर्लिएको भीड शनिबार बिहानसम्म भेला भएको थियो ।

     

    सेतो पहिरनमा अनुहार छोपेर स्टेज चढेकी राजा कुमारीले एकदर्जन गीत गाइन् । अन्त्यमा उनले गाएको सिटी स्लम गीत नेपाली श्रोतामाझ ब्लकबस्टर नै छ । उनले यो गीतमा डिभाइनसँग सहकार्य गरेकी छिन् ।

    दर्शकको वान्स मोर हुटिङमा उनले सिटी स्लम गीत दुईपटक गाइन् । फरेनहाइट सीइओ मिलन श्रेष्ठले कन्सर्ट भव्यरुपमा सफल भएको बताए । रातको २ बजेसम्म कन्सर्ट चलेको थियो ।

    कन्सर्टका लागि बिहीबार नेपाल आएकी राजा कुमारी स्वदेश फर्किएकी छिन् । उनको यो दोस्रोपटकको नेपाल भ्रमण थियो ।

     

     

  • अदितीको ‘बाबरी’ र लक्ष्मीको ‘बिच्छेद’ छायांकन इन्ड-क्ल्याप

    अदितीको ‘बाबरी’ र लक्ष्मीको ‘बिच्छेद’ छायांकन इन्ड-क्ल्याप

    काठमाडौं । कोरोना महामारीको दोस्रो लहरले रोकिएका दुई फिल्मको छायाकन यसैसाता सकिएको छ । अदिती बुढाथोकी र धीरज मगर स्टारर फिल्म ‘बाबरी’को सुटिङ सिक्किममा पुरा भएको हो ।

    सुरेन्द्र पौडेल निर्देशित फिल्म ३८ औं दिनमा इन्ड-कल्याप भएको हो । मोरङ, झापा र उत्तरी सिक्किममा छायांकन गरिएको फिल्मलाई रोमान्टिक ड्रामा जनरमा राखिएको छ ।

    मुकुन भुषाल र लक्ष्मी बर्देवाको मुख्य भूमिका रहेको फिल्म ‘बिच्छेद’को छायांकन पनि सकिएको छ । सत्यराज चौलागाइँले निर्देशन गरेको फिल्मको छायांकन रामेछापको एक गाउँमा गरिएको हो ।

    यो फिल्ममा सुष्मा निरौला, प्रिया रिजाल, लय संग्रौला र हिउँवाला गौतमको मुख्य भूमिका छ । लकडाउनले फिल्म सुटिङ रोकिँदा निर्मातालाई आर्थिक क्षति भएको निर्देशक चौलगाइँले बताए ।

    कोरोनाको स्थितीमा सुधार भए फिल्मलाई प्रदर्शनमा ल्याउने जानकारी सम्बन्धित फिल्मका निर्माताले दिएका छन् ।

  • ज्याकलिनलाई भारत छोड्न रोक, २०० करोड भारुको मनी लाउन्ड्रिङ विवादमा तानिइन्

    ज्याकलिनलाई भारत छोड्न रोक, २०० करोड भारुको मनी लाउन्ड्रिङ विवादमा तानिइन्

    मुम्बइ । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई भारत छोड्न रोक लगाइएको छ । २०० करोड भारुको मनी लाउन्ड्रिङ केसमा जारी गरिएको आउटलुक सर्कुलरअन्तर्गतलाई उनलाई मुम्बइ एयरपोर्टमा रोकिएको हो ।

    उनी सलमान खानले आयोजना गरेको दबङ टुर कार्यक्रममा भाग लिन दुबई जाने तयारीमा थिइन् । उनलाई एयरपोर्टबाट रोकेर घरतर्फ फिर्ता गरिएको थियो । उनलाई एयरपोर्टका सुरक्षा अधिकारीले अपरान्ह ४ बजे दुबइतर्फ जान रोक लगाएका थिए ।

    अहिले २०० करोडको मनी लाउन्ड्रिङ केसमा ज्याकलिनसँग सोधपुछ चलिरहेको छ । यो मामिला धोखधडी मुद्दाको आरोप लागेका सुकेश चन्द्रशेखरसँग जोडिएको छ ।

    यो घटनाबारे अनुसन्धान गरिरहेका अधिकारीहरुका अनुसार ज्याकलिनको विरुद्ध लुकआउट सर्कुलर जारी गरिएको छ । यस मामिलामा इडीले अभिनेत्री नोरा फतेहीसँग पनि सोधपुछ गरिरहेको छ ।

    इडीका अनुसार २०० करोड भारु असुली मामिलामा ज्याकलिन मुख्य साक्षी हुन् । सुकेश अहिले पनि दिल्लीको तिहाड जेलमा छन् । ज्याकलिनले सुकेशसँग डेट गरेको आरोप पनि छ । यस दौरान सुकेशले ज्याकलिनलाई महंगा उपहार पनि दिएका छन् जसमा ९ लाख भारु बराबरको बिरालु पनि छ ।

    सुकेशले प्रहरीसँगको बयानमा आफूले ज्याकलिनलाई ५२ लाख भारु पर्ने घोडा र चारवटा फारसी प्रजातिका बिरालु पनि उपहार दिएको बताएका थिए । जसमा एउटा बिरालुको मूल्य ९ लाख छ । दिल्ली पुलिसले सुकेशविरुद्ध उजुरी दर्ता गरेको छ ।

  • किम्फ मंसिर २३ देखि काठमाडौंमा हुँदै : २८ देशका ६० फिल्म देखाइने

    किम्फ मंसिर २३ देखि काठमाडौंमा हुँदै : २८ देशका ६० फिल्म देखाइने

    काठमाडौं । काठमाडौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ)को १९ औं संस्करण आगामी मंसिर २३ देखि २७ गतेसम्म आयोजना हुने भएको छ ।

    आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइयो । डकुमेन्ट्री, फिक्सन, प्रयोगात्मक, छोटा फिल्म र एनिमेसन गरी विभिन्न २८ देशका ६० भन्दा बढी फिल्म अनलाइन र दर्शकको प्रत्यक्ष उपस्थितीमा देखाइने भएको छ ।

    कोरोनाभाइरस महामारीको जोखिम कायमै रहेकाले यसपटकको किम्फ हाइब्रिड शैलीमा गर्न लागिएको हो । यसवर्षको किम्फको उपशीर्षक ‘जलवायु कर्म’ राखिएको छ ।

    उक्त उपशीर्षकको माध्यमबाट दर्शकलाई मानिसहरु वातावरणसँग कसरी सम्बन्धित छन् र स्थानीय तथा विश्वव्यापीरुपमा भइरहेका जलवायु परिवर्तनका प्रतिकूल प्रभावलाई कसरी कम गर्न सकिन्छ भन्ने सन्देश दिनु फेस्टिभलको उद्देश्य रहेको जनाइएको छ ।

    किम्फको उद्घाटन समारोहमा भारतको लद्दाखका चर्चित वातावरणविद् र रोलेक्स पुरस्कार विजेता सोनम वाङ्चुकको मुख्य सम्भाषण (किनोट) प्रस्तुत हुने भएको छ । चर्चित बलिउड फिल्म ‘थ्री इडियट्स’ सोनमकै जीवनमा आधारित रहेको बताइन्छ ।

    यसवर्ष किम्फ र युरोपेली संघद्वारा नेपाली फिल्म निर्माताका लागि ग्रीन ग्रोथ–ग्रीन रिकभरी शीर्षकमा छोटा फिल्मका प्रतिस्पर्धा पनि गरिने भएको छ । किम्फ र सेभ द चिल्ड्रेनले वातावरणका लागि कल टू एक्सनमा टीकटक च्यालेन्ज प्रस्तुत गर्नेछन् भने नेपाली फिल्ममेकरले बनाएका फिल्महरु नेपाली पानोरममा हेर्न पाइनेछ ।

    फेस्टिभलमा अनलाइन देखाइने फिल्महरु किम्फको अफिसियल वेबसाइटमा दर्शकले महोत्सव अवधिभर हेर्न सक्नेछन् ।

    किम्फ २०२१ को निर्णायक मण्डलमा स्विस पत्रकार तथा पर्वतारोही मारियो कासेला, स्वीस पत्रकार तथा फिल्म निर्माता क्यारोलिन फिङ्क र नेपाली अभिनेता तथा निर्देशक अनुप बराल छन् । निर्णायक मण्डलले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट हुने तीन फिल्म (छानिएा ४० मध्येबाट) र नेपाल पानोरमामा उत्कृष्ट वृत्तचित्र र फिक्सन फिल्म (छानिएका १३ वटा मध्येबाट) निर्णय गर्नेछन् ।

    अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलो हुनेलाई २ लाख रुपैयाँ, द्धितिय हुनेलाई डेढलाख र तृतीय हुनेलाई १ लाख रुपैयाँ नगद पुरस्कार दिइने भएको छ । नेपाली पानोरमामा उत्कृष्ट हुने वृत्तचित्रले ७५ हजारको पुरस्कार र उत्कृष्ट आख्यानात्मक फिल्मले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

    उत्कृष्ट माउन्टेन फिल्मले १ हजार अमेरिकी डलर प्राप्त गर्नेछ ।

    यसपटकको संस्करणमा फिल्म निर्माता, फिल्मप्रेमी, समीक्षक, विद्धान, पत्रकार, कलाकार र पर्वतारोहीको उपस्थितीमा छलफल, व्याख्यान र तस्बिरहरुको प्रदर्शनी र कलार परियोजना संचालन हुने भएका छन् ।

    अमेरिकाकी फोटोग्राफर सिरा क्रोवेलद्वारा मास्टर क्लास प्रस्तुत हुनेछ । नेपालमा मेरो खोज यात्रा नामक स्विस भूवैज्ञानिक टोनी हेगनको बिल्डिङ ब्रिजज टु द थर्ड वल्र्डको नेपाली अनुवाद तथा सस्टेनेबल समिट्स–क्लाइमेट सोलुसन्स फ्रम द टप अफ दी वल्र्ड लगायत फिल्म स्क्रिनिङ हुने जनाइएको छ ।

    किम्फमा ब्रेकिङ कोड रेड– डिग्निटी विथ डेन्जर शीर्षकमा नेपालमा महिनावारीको अभ्यास र कोपिङ विथ क्लाइमेट कर्म शीर्षकमा वातावरणसम्बन्धी संवाद र छलफल पनि प्रस्तुत हुने जनाइएको छ ।

    महोत्सव अन्तर्गत नेपाल पर्यटन बोर्डमा विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले सिरा क्रोवेलको पर्वतीय फोटोग्राफी तथा हिउँ चितुवाका फोटाहरु प्रस्तुत गर्ने भएको छ । क्लाइमेट कर्म विषयक पोस्टर प्रदर्शनी समेत हुने भएको छ ।

    किम्फका अध्यक्ष बसन्त थापाले महोत्सवमा देखाइने फिल्म र यसमा समाविष्ट कार्यक्रमले दर्शकलाई मनोरञ्जन दिनुका साथै वातावरण र जलवायु परिवर्तनका बारेमा विशेष जोडका साथ नेपाली जनतालाई असर गर्ने मुद्दाको बारेमा हुने संवादमा संलग्न गराउने बताए ।

    हिमाल एसोसिएसनले आयोजना गर्ने किम्फ २०२१ को सहआयोजक काठमाडौं महानगरपालिका रहेको छ भने यसको प्रवद्र्धन नेपाल पर्यटन बोर्डले गर्ने भएको छ । यसपटकको किम्फ चावहिलस्थित चलचित्र विकास बोर्डको सभाकक्षमा हुनेछ ।

    आयोजित प्रेसमिटमा किम्फको ट्रेलरसहित हिमालय क्षेत्रमा चितुवाको संरक्षण र फोहोर व्यवस्थापनबारेका दुई छोटा फिल्म पनि प्रदर्शन गरियो ।

  • नारायण गोपालको सम्झनामा गुञ्जियो चितवन

    नारायण गोपालको सम्झनामा गुञ्जियो चितवन

    चितवन । नारायणी कला मन्दिरमा स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यका कालजयी जीवन्त गीतहरु गुञ्जिएका छन् ।

    नारायणी कला मन्दिरले आज ३१ औँ पुण्य स्मृतिको अवसरमा पारेर गरेको ग्लोबल नारायण गोपाल स्मृति साँझमा एक दर्जन बढी गायक-गायिकाले नारायणगोपालका गीतहरु प्रस्तुत गरेका हुन् ।

    प्रविणकुमार श्रेष्ठ र महेन्द्रराज बरालले ‘म मरेपनि मेरो देश बाँचिरहोस्’, भावना देवानले ‘मेरो बेहोसी आज’, मधु लामाले ‘वीरताको चिनो’, विश्व प्रधानले ‘तिमिलाई के भनौं’, कविता शर्माले ‘यति धेरै माया दिई’ बोलको गीत गाए ।

    कलामन्दिरको प्रेक्षालयमा रहेका दर्शकहरु नारायणगोपालका गीतहरुमा मन्त्रमुग्ध बने। देशभक्ति, पीरती, वियोगका गीतहरुमा सहभागी रमाए । रिदम व्याण्डले संगित दिने काम गरेको थियो ।

    तबलामा श्यामकृष्ण मानन्धर, रिदम गीतारमा कमल थापा, किबोर्डमा निरेन मोक्तान, बाँसुरीमा प्रकाश पौडेल र अक्टोप्याडमा विवेक सिलवालले संगित भरे । मर्मस्पर्शी गीतमा सबै उनेरसमुहका दर्शक झुम्मिएका थिए ।

    कला मन्दिरका अध्यक्ष उद्वव जोशीले २०५८ देखि नारायणगोपाल स्मृति साँझ गर्दै आइरहेको बताए । २०१९ मा स्थापना भएको कलामन्दिरले कलासंस्कृतिको जगेर्ना गर्दै आइरहेको छ । जारी स्मृति साँझमा अन्य कलाकारहरुले गीत प्रस्तुत गर्दैछन् ।

  • भुवन केसी अभिनित ‘घरमा आइसियोस् न’को म्युजिक भिडिओ सार्वजनिक

    भुवन केसी अभिनित ‘घरमा आइसियोस् न’को म्युजिक भिडिओ सार्वजनिक

    काठमाडौं । नेपाली चलचित्रका सदाबहार नायक भुवन केसी अभिनित नयाँ म्युजिक भिडिओ सार्वजनिक भएको छ ।

    सुशिल पौडेल र तिलक प्रताप चन्दको शब्द रचना, रानी शाक्य र कृष्ण भारद्वाजको स्वर रहेको गीत ‘घरमा आइसियोस् न’ मा भुवन के सी र मोडेल सृष्टि खड्काको अभिनय रहेको छ । प्रेमिल शैलीको उक्त गीत भिडिओमा नायक के सी मैसाव सृष्टिलाइ भेट्न घोडाचडी दरवारसम्म पुगेको कथावस्तु प्रस्तुत गरिएको छ ।

    ‘घरमा आइसियोस् न’ गीतमा कृष्ण भारद्वाजको म्युजिक कम्पोज र बिशम आचार्यको एरेन्जमेन्ट रहेको छ । सन्तोष राजबाहकको निर्देशन र कोरियोग्राफी रहेको भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी र विकास दाहालको सम्पादन रहेको छ ।

  • सैं पनि एमालेकी गायिका प्रिया भण्डारी दाम्पत्य जीवनमा प्रवेश

    सैं पनि एमालेकी गायिका प्रिया भण्डारी दाम्पत्य जीवनमा प्रवेश

    बुटवल । लोकगापियका प्रिया भण्डारीले अमेरिकामा बस्ने युवकसँग बुटवलमा विवाह गरेकी छन् । सैं पनि एमाले, मै पनि एमाले बोलको गीतमा बद्री पंगेनीसँगै स्वर दिएपछि चर्चामा आएकी गायिका भण्डारीले दर्जनौं व्यवसायिक गीतहरु पनि गाएकी छन् ।

    तर उनको अहिलेसम्मकै लोकप्रिय गीत भने एमालेको चुनावी गीत नै हो । नेकपा विभाजनको बेला ‘एकता तोडेर नजाउ साथी हो’ भन्ने बैकुण्ठ महत र उनको स्वर रहेको गीत पनि लोकप्रिय बनेको थियो ।

    पछिल्लो पटक एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा सार्वजनिक भएको बैकुण्ठ भण्डारीको ‘हाम्रो नेपालमा राम्रो एमाले’ बोलको गीतमा पनि उनले स्वर दिएकी छन् ।

    पाल्पाका प्रभात अधिकारीसँग उनको आइतबार विवाह भएको हो । प्रियालाई आशिर्वाद दिन एमालेका नेताहरु खिमलाल भट्टराई, लिला गिरी, भुमिश्वर ढकाल, अनेरास्ववियुका उपाध्यक्ष यमराज पाण्डे लगायत बुटवल पुगेका थिए ।

     

     

  • केबीसीको एक हजार एपिसोड पूरा, भावुक बन्दै अमिताभले सुनाए यस्तो किस्सा

    केबीसीको एक हजार एपिसोड पूरा, भावुक बन्दै अमिताभले सुनाए यस्तो किस्सा

    दिल्ली । भारतीय टेलिभिजनको चर्चित क्विच रियालिटी शोे ‘कौन बनेगा करोडपति’ ले एक हजार एपिसोड पार गरेको छ । भारतमा शुक्रबार केबीसीको एक हजार एपिसोड पूरा भएको खुसि मनाउन भव्य कार्यक्रमको आयोजना गरियो ।

    शुक्रबार आयोजित कार्यक्रममा साधारणदेखि विषेश सबै प्रतियोगी हटसिटमा बसेका थिए । शुक्रबार प्रसारण भएको विशेष एपिसोडमा धेरै विशेष पलहरु देखिएका छन् ।

    यस विशेष अवसरमा अमिताभ बच्चनकी छोरी श्वेता र नातिनी नवीन नवेली नन्दा विशेष अतिथिको रूपमा देखिएका थिए । बच्चनकी पत्नी जया बच्चन पनि यो विशेष अवसरमा अनलाइन शोको हिस्सा बनिन् । कार्यक्रममा बच्चनले रोचक कथाहरु सुनाए । शोको उपलब्धि देखेर उनले खुसी व्यक्त गरे ।

    शोको २१ वर्ष पूरा भएको अवसरमा निर्माताले भिडियोमार्फत दर्शकसँग यो यात्रा सेयर गरेका हुन् । झण्डै दुई दशकदेखि चल्दै आएको यो शोले सफलताका धेरै नयाँ आयामहरू हासिल गरेको छ । कार्यक्रममा अमिताभ बच्चन भावुक बनेका थिए । बच्चनले शोको होस्ट बन्नुको पछाडि एउटा अचम्मको कारण बताए ।

    अमिताभले भने, ‘जब म फिल्मबाट टिभीमा आएको थिएँ, धेरैले मलाई त्यसो नगर्न समेत भनेका थिए । धेरैले मेरो छविलाई हानि पुग्छ भनेका थिए तर त्यसबेला मेरो पनि केही बाध्यता थियो । फिल्ममा काम पाइनँ । त्यसैले टिभीतिर लाग्नुपर्‍यो । तर पहिलो प्रशारणपछिको प्रतिक्रिया आउन सुरु भयो, त्यसपछि सारा संसार परिवर्तन भएको महसुस भयो ।’

    उनले थपे, ‘मलाई मन परेको सबैभन्दा राम्रो कुरा के हो भने हरेक दिन आएका हाम्रा सबै प्रतियोगीहरूबाट मैले केही न केही सिक्ने मौका पाएँ ।

  • रेखालाई जिताउन भोट माग्दै रेजिना (तस्बिरहरु)

    रेखालाई जिताउन भोट माग्दै रेजिना (तस्बिरहरु)

    काठमाडौं । अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा जारी छ । दोस्रो दिन शनिबार चुनावी प्रक्रिया सुरु भएको छ र उम्मेदवारहरु महाधिवेशन प्रतिनिधिसँग भोट माग्न व्यस्त देखिन्छन् ।

    नायिका रेखा थापा यसपटक राप्रपा महाधिवेशनकी आकर्षण बनेकी छिन् । अध्यक्षका प्रत्यासी राजेन्द्र लिङ्देनको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएकी रेखा भोट माग्न समेत व्यस्त छिन् ।

    दुई दशक लामो फिल्मी करियरबाट राजनीतिक लडाइमा होमिएकी रेखा आफूले जित्ने दावी पनि पेश गरिरहेकी छिन् । रेखालाई भोट माग्न अहिले लिङ्देन प्यानलका प्रतिनिधि मात्र हैन, फिल्म क्षेत्रका अन्य सेलेव्रिटी समेत व्यस्त देखिन्छन् ।

    रेखासँग निकट मानिएकी नायिका रेजिना उप्रेती शनिबार महाधिवेशन थलो भृकुटीमण्डपमा रेखालाई भोट माग्दै गरेको बेला भेटिइन् । फिल्म लाइनको रेखा र रेजिनाको दोस्ती अहिले राप्रपाको महाधिवेशनमा देखिएको छ ।

    यी दुई नायिकाको फिल्मी करियर लगभग समान छ । रेजिना अहिले चलचित्र कलाकार संघको कार्यसमितिमा पनि सक्रिय छिन् ।

  • पूजा र आकाशकोे डान्सिङ नम्बर ‘झुम्कावाली’ रिलिज (भिडिओ)

    पूजा र आकाशकोे डान्सिङ नम्बर ‘झुम्कावाली’ रिलिज (भिडिओ)

    काठमाडौं । गायक मिलन अर्याल र गायिका मेलिना राइको स्वर, सुजन रेग्मीकोे शब्द तथा मिलनकै संगीतमा तयार भएको गीत ‘झुम्कावाली’ रिलिज गरिएको छ । डान्सिङ नम्बरकोे यो गीतका गायक अर्याल र गीतकार रेग्मी दुबै इन्जिनियर हुन् ।

    यो गीतको भिडिओमा नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्माको डान्स हेर्न सकिन्छ । गीतको भिडिओेलाई निकेश खड्काले निर्देशन गरेका हुन् । भिडिओमा सुबोल थापाको कोरियोेग्राफी, वुद्ध थापाको छायांकन, विकास धमलाको सम्पादन छ । भिडिओमा निवेश अर्याल, कृष अर्याल र निकिता तिमिल्सिनाको लगानी छ ।

  • थानेश्वरको गजल भित्र कोरिएको ‘तिम्रा यादहरु मलाई’ (भिडिओ)

    थानेश्वरको गजल भित्र कोरिएको ‘तिम्रा यादहरु मलाई’ (भिडिओ)

    काठमाडौं । गजल गीतमा अगाडि रहेका गायक थानेश्वर गौतमकोे नयाँ गजल गीत ‘तिम्रा यादहरु मलाई’ सार्वजनिक गरिएकोे छ । यो गीतमा थानेश्वरकोे शब्द तथा संगीत छ । गीतले प्रेमिकाको यादमा तड्पिएकोे एक यूवकको भावनालाई भनेको छ ।

    गीतको भाव अनुसार, भिडिओका निर्देशक रामजी लामिछानेले भिडियो तयार पारेका छन् । भिडियोमा मानकृष्ण श्रेष्ठको छायांकन, बन्दे प्रसादको सम्पादन छ । भिडिओमा रोेहन नेपाली, अल्का सुवेदी, सलिना खत्री र सुरज पोखरेलको अभिनय हेर्न सकिन्छ । कलाकारले गीतको भाव अनुसार जिवन्त अभिनय गरेका छन् ।

  • अस्मिता शीर्षस्थानमा हुँदा भिटेन चौंथोमा, यी हुन् पछिल्लो साता युट्युवमा बढी हेरिएका नेपाली गीत

    अस्मिता शीर्षस्थानमा हुँदा भिटेन चौंथोमा, यी हुन् पछिल्लो साता युट्युवमा बढी हेरिएका नेपाली गीत

    काठमाडौं । खेम सेन्चुरी र अस्मिता अधिकारीको स्वरमा रहेको गीत रम रम मरौटी पछिल्लो दुई सातादेखि युट्युवमा सर्वाधिक हेरिने नेपाली गीत बनेको छ ।

    यो गीतलाई पछिल्लो सातामात्रै १२ लाख ५३ हजार पटक हेरिएको छ । शनिबार बिहानसम्म यसको कूल भ्यूज १ करोड ५० लाख पुगेको छ । गीतमा पूजा शर्मा र ओबी रायमाझी फिचर्ड छन् ।

    दोस्रो स्थानमा समिक्षा अधिकारीको स्वरमा रहेको गीत ‘धनगढीको बस’ छ र यो गीतलाई पछिल्लो साता ९ लाख ९६ हजार पटक हेरिएको छ । यसको कूल भ्यूज ९५ लाखभन्दा बढी छ ।

    कालिप्रसाद बाँस्कोटाको ‘सुन बटौली’लाई पछिल्लो साता ७ लाख ८३ हजार पटक हेरिएको छ । यसको कूल भ्यूज ८ लाख ९६ हजार छ ।

    भिटेनको गल्ली सडक गीत चौंथो सर्वाधिक हेरिने गीत बनेको छ । यसलाई ६ लाख ८३ हजार पटक हेरिएको र यसको कूल भ्यूज ५३ लाख ७१ हजार छ ।

    खेम सेञ्चुरीको अर्को गीत मन परेको मान्छे पाँचौं स्थानमा छ । रेवत राईको तारे भीर छैटौं, दिनेश ढकालको कालो केशमा रेलीमाइ सातौं, प्रकाश दूतराजको जाम भो माइली आठौं, एलिना चौहानको ए जिन्दगी नवौं र मेक्सम खातीको करिमाको दोस दसौं स्थानमा छन् ।

  • जुम्ल्याहा दाजुभाइसँग प्रिन्सी र प्रिज्माको रोमान्स (भिडिओ)

    जुम्ल्याहा दाजुभाइसँग प्रिन्सी र प्रिज्माको रोमान्स (भिडिओ)

    काठमाडौं । गायक सरोेज सुजन श्रेष्ठ र गायिका दुर्गा खरेलको स्वरमा समावेश ‘छल छल’ बोेलकोे गीतको भिडिओ सार्वजनिक भएको छ । गीतमा दिनेशराज पुरीको शब्द, अर्जुन पोेखरेलको संगीत छ ।

    भिडिओमा ट्विन्स दिदी बहिनी प्रिज्मा र प्रिन्सी खतिवडाले ट्विन्स दाजुभाई अमर र अमृत दाहालसँग रोेमान्स गरेका छन् । भिडिओको निर्देशन विधान कार्कीले गरेका हुन् । भिडिओेमा दीपकमान सिंहको कोरियोेग्राफी, नवराज उप्रेतीको छायांकन छ ।

    भिडिओमा माधव शर्मा एसोसियट निर्देशककोे रुपमा छन् । विधानले यो भिडियोलाई डान्सिङ शैैलीमा तयार पारेको छन् ।

  • विश्वचर्चित र्‍यापर राजा कुमारी काठमाडौंमा (तस्बिरहरु)

    विश्वचर्चित र्‍यापर राजा कुमारी काठमाडौंमा (तस्बिरहरु)

    काठमाडौं । ग्रामी अवार्ड मनोनित विश्वचर्चित र्‍यापर राजा कुमारी कन्सर्टका लागि शुक्रबार नेपाल आइपुगेकी छिन् । उनले भोलि काठमाडौंको ठमेलस्थित क्लब फरेनहाइटमा आयोजना हुन लागेको कन्सर्टमा भाग लिनेछिन् ।

    शुक्रबार दिउँसो १ बजे भारतबाट नेपाल आइपुगेकी राजा कुमारीले काठमाडौं एयरपोर्टमा ‘नमस्ते नेपाल’भन्दै संचारकर्मीलाई अभिभावदन गरिन् ।

    नेपाली दर्शकमाझ आफूले नयाँ एल्बमबाट गीत सुनाउने पनि उनले बताइन् । उनको यो दोस्रो नेपाल भ्रमण हो । यसअघि सन् २०१७ मा नेपाल आएकी उनले पशुपतिनाथ मन्दिरमा दर्शन गरेकी थिइन् ।

    फरेनहाइट क्लबका सीइओ मिलन श्रेष्ठले राजा कुमारीलाई नेपाल ल्याउन कठिन भएपनि आफूहरु यसमा सफल भएको बताए । कोरोनाभाइरस महामारीबाट नेपाल सामान्य अवस्थामा फर्किएको सन्देश दिन राजा कुमारीको कन्सर्ट सफल हुने उनले बताए ।

    वास्तविक नाम स्भेता यल्लाग्रगढा राओ रहेकी उनको स्टेज नाम राजा कुमारी हो । संगीतको सर्वोच्च ग्रामी अवार्ड मनोनित उनले विश्व संगीतका ठूला नामहरु गिवेन स्टेफानी, फिफ्थ हार्मोनी, फलआउट ब्वाइ र डिभाइनसँग सहकार्य गरेकी छिन् ।

     

  • बलिउड अभिनेता केके मेनन काठमाडौंमा, विजय सेतुपाथी भोलि आउने

    बलिउड अभिनेता केके मेनन काठमाडौंमा, विजय सेतुपाथी भोलि आउने

    काठमाडौं । वेब सिरिज सुटिङको लागि बलिउड अभिनेता केके मेनन शुक्रबार नेपाल आइपुगेका छन् । कृष्णदशारा कोथापालीले निर्देशन गर्ने ‘फेक’ नामक वेबसिरिज आइतबारदेखि काठमाडौंमा सुरु हुँदैछ ।

    नेपाल एयरलाइन्सको विमानबाट अभिनेता मेनन १२ः३० बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । यही सिरिजका लागि दक्षिण भारतीय सुपरस्टार विजय सेतुपाथी शनिबार दिउँसो काठमाडौं आउँदैछन् ।

    गत महिना उचाइ फिल्म छायांकनपछि बलिउडको अर्को ठूलो प्रोजेक्ट काठमाडौं आउन लागेको हो । चारदिने नेपालको छायांकन सेड्युल रहेको सिरिजको सुटिङ त्रिभुवन विमानस्थल र बसन्तपुरमा हुनेछ ।

    सुटिङको नेपाल व्यवस्थापन हेरेको थ्री ह्विलर्स पिक्चर्सका अनुसार चारदिने सुटिङमा झन्डै ४ करोड रुपैयाँ खर्च हुने जनाइएको छ । यसअघि उक्त कम्पनीले नै बलिउड फिल्म ‘उचाइ’ छायांकनको नेपाल व्यवस्थापन हेरेको थियो ।

  • कक्षा १२ को रिजल्टपछि करिश्माले भनिन् : सोचेअनुसारकै भयो, सन्तुष्ट छु

    कक्षा १२ को रिजल्टपछि करिश्माले भनिन् : सोचेअनुसारकै भयो, सन्तुष्ट छु

    काठमाडौं । नायिका करिश्मा मानन्धरले कक्षा १२ काे खुड्किलाे पार गरेकी छन् ।

    आज प्रकाशित नतिजाअनुसार उनले ‘बी प्लस’ ग्रेडसहित १२ कक्षा उत्तिर्ण गरेकी हुन् ।

    आफुले सोचेअनुसारकै नतिजा आएको करिश्माले नेपाल प्रेससँग बताइन् । उनका अनुसार दुईवटा विषयमा एप्लस आएको छ भने समग्रमा बी प्लस आएको छ ।

    ‘औसत नतिजा आएको छ, मैले त्यति नै अपेक्षा गरेको थिएँ,’ करिश्माले भनिन् ।

    करिश्माको जीपीए २.४१ रहेको छ । उनले अब पढाइलाई निरन्तरता दिने बताइन् ।

    करिश्माले गोदावरीस्थित किटिनी माविबाट १२ कक्षाको परीक्षा दिएकी थिइन् । आफूले चाहेको विषय उपलब्ध भएमा त्यही कलेजमा स्नातक तह अध्ययन गर्ने उनको सोच छ ।

    करिश्माले भनिन्, ‘मलाई पायक त त्यहीँ पर्छ । सकेसम्म यसमै पढ्छु । तर, चाहेको विषय मिलेन भने अन्यत्र पनि जान सक्छु ।’

  • १२ पास भएपछि गायिका रचना रिमालको योजना : काठमाडौंमा बस्छु, संगीत पढ्छु !

    १२ पास भएपछि गायिका रचना रिमालको योजना : काठमाडौंमा बस्छु, संगीत पढ्छु !

    काठमाडौं । पछिल्लो समयकी हिट गायिका रचना रिमालको जीवनमा शुक्रबार नयाँ खुशि आएको छ । उनले झापा भद्रपुरको प्रज्ञा एकेडेमीबाट कक्षा १२ पास गरेकी छिन् ।

    ‘निकै खुशि छु, अब संगीत विषय लिएर ब्याचलर पढ्छु’ उत्साहित मुद्रामा सुनिएकी रचनाले नेपाल प्रेसलाई भनिन् ।

    रचनाले शुक्रबार सार्वजनिक भएको नतिजामा जीपीए ३.४४ ल्याएकी छिन् । कक्षा १२ पास गरेपछि उनलाई सबैतिरबाट बधाइको ओइरो लागेको छ ।

    अबदेखि काठमाडौंमा रहेर गीत गाउने र स्नातक पढ्ने आफ्नो योजना रहेको उनले सुनाइन् । ‘काठमाडौंमा बस्ने र गीत गाउने’ योजनालाई लिएर उनको संक्षिप्त टिप्पणी थियो ।

    अध्ययनसँगै सांगीतिक करियरलाई अघि बढाउने योजना उनको छ । ‘जति करियरको महत्व छ, उति नै अध्ययन महत्वपूर्ण छ’ उनले भनिन्, ‘संगीत विषयमा पढेर यसबारे धेरै बुझ्न मन लागेको छ ।’

    लकडाउनकै समयमा उनले ६० भन्दा बढी गीत रेकर्ड गराएकी थिइन् । उनको स्वरको पहिलो चर्चित गीत भने फोटो फिरिममा हो । शिशिर भण्डारीको शब्द तथा संगीतमा रहेको यो गीत हिट भएपछि उनलाई अफरको ओइरो लाग्यो ।

    नेपाल आइडलको तेस्रो संस्करणमा उनी उत्कृष्ट आठसम्म पुगेकी थिइन् ।

  • फ्राइडे रिलिज : नेपाली फिल्म हलमा आजदेखि ‘ओभरडोज’ र ‘तडप’देखि ‘एनकान्टो’सम्म

    फ्राइडे रिलिज : नेपाली फिल्म हलमा आजदेखि ‘ओभरडोज’ र ‘तडप’देखि ‘एनकान्टो’सम्म

    काठमाडौं । शुक्रबार नेपाली फिल्म हलहरुमा नेपाल, हलिउड र बलिउडका तीन नयाँ फिल्म रिलिज भएका छन् । जसमा नेपालको ‘ओभरडोज’, बलिउडको ‘तडप’ र हलिउडको ‘एनक्यान्टो’सम्म छन् ।

    सुमन पौडेल निर्देशित ओभरडोजले अमेरिकामा बसोबास गर्ने नेपाली युवाको लागूऔषध र अपराधको सम्बन्धको कथा भन्छ । प्रनिशराज पन्तको मुख्य भूमिका रहेको फिल्ममा सबिन थापा र बिना श्रेष्ठ पनि छन् ।

    काठमाडौं र मोफसलका केही साना मल्टिप्लेक्समा यो फिल्म रिलिज भएको छ ।

    एक्सन-ड्रामा र रोमान्स जनरामा राखिएको फिल्म तडपमा तारा सुतरिया र आहान सेठ्ठीको मुख्य भूमिका छ । बलिउड अभिनेता सुनिल सेठ्ठीका छोरा आहानको यो डेब्यु फिल्म हो ।

    मिलन लुथरिया निर्देशित यो फिल्मले उत्तराखण्डको कथा भन्छ । इसान (आहान) विदेशबाट फर्किएकी रमिशा (तारा)को प्रेममा पर्छ । उनीहरुबीच रोमान्स र प्रेम निकै हुन्छ । यी दुईको सम्बन्ध टिकाउ हुन्छ या हुँदैछ भन्ने कुरा जान्न फिल्म हेर्नुपर्छ ।

    डिज्ने स्टुडियोले निर्माण गरेको फिल्म एनकान्टो एनिमेटेड र म्युजिक फ्यान्टासी फिल्म हो । जेरर्ड बुस र बेरन होवार्ड निर्देशित यो फिल्म वाल्ट डिज्नेको ६० औं फिल्म हो ।