Category: कलाप्रेस

  • पनामा पेपर्स प्रकरण : ऐश्वर्यासँग दुईघण्टा सोधपुछ, अमिताभलाई बयानमा बोलाउने तयारी

    पनामा पेपर्स प्रकरण : ऐश्वर्यासँग दुईघण्टा सोधपुछ, अमिताभलाई बयानमा बोलाउने तयारी

    काठमाडौं । बहुचर्चित पनामा पेपर्स प्रकरणमा बलिउडको अमिताभ बच्चन परिवारलाई मुस्किल पर्ने देखिएको छ । यो प्रकरणमा बच्चन बुहारी अर्थात अभिनेत्री ऐश्वर्या रायलाई इन्फोर्समेन्ट डिरेक्टरिए (ईडी)ले दुई घण्टा सोधपुछ गरेको छ ।

    ४८ वर्षिया अभिनेत्रीले ब्रिटिस भर्जिन आइल्यान्डमा सम्पत्ति लुकाएको आरोप ईडीले लगाएको छ । ईडीले यसअघि दुईपटक ऐश्वर्यालाई बयानका लागि बोलाएको थियो तर, उनले केही समय माग्दै टारेकी थिइन् ।

    पनामा पेपर्समा भारतका ५०० जनाको नाम मुछिएको थियो । जसमा नेता, अभिनेता, खेलाडी, व्यापारीसहित विभिन्न क्षेत्रका व्यक्तिहरुको नाम समेत सामेल छ । यी व्यक्तिहरुलाई कर छलेको आरोप लगाइएको छ । यो आरोपको प्रमाण जुटाउन ईडी लागिपरेको हो ।

    ईडीले सन् २०१७ देखि यस घटनामा छानविन गरिरहेको छ । एक महिना पहिले अभिषेक बच्चनलाई पनि ईडीले सोधपुछ गरेको थियो । स्रोतका अनुसार यो प्रकरणमा सोधपुछका लागि अमिताभ बच्चनलाई पनि बोलाउने तयारी भएको छ ।

    सन् २०१६ मा बेलायतमा एक पनामा ल फर्मका १.१५ करोड कागज लिक्ड भएका थिए । भारतबाट ५०० जनाको नाम यसमा सामेल थियो जसमा बच्चन परिवारको नाम पनि सामेल थियो । यो रिपोर्टका अनुसार अमिताभ बच्चनलाई चार कम्पनीको निर्देशक बनाइएको थियो ।

    जसमध्ये तीन कम्पनी बहमासमा थिए । एउटा चाहिँ भर्जिन आइल्यान्डमा थियो । यी कम्पनीको पूँजी ५ हजारदेखि ५० हजार डलरको बीचमा थियो । ऐश्वर्यालाई यसअघि पनि एक कम्पनीको निर्देशक बनाइएको थियो ।

  • पुष्प र शिल्पा स्टारर ‘मंगलम’ इन्टरनेट रिलिज : केही घण्टामै नेपाल ट्रेन्डिङमा

    पुष्प र शिल्पा स्टारर ‘मंगलम’ इन्टरनेट रिलिज : केही घण्टामै नेपाल ट्रेन्डिङमा

    काठमाडौं । फिल्म हलहरुमा राम्रो व्यवसायिक प्रदर्शन गरेको फिल्म मंगलम इन्टरनेट रिलिज भएको छ । लन्च भएको छोटो समयमै फिल्मले युट्युव ट्रेन्डिङमा प्रवेश गरेको छ । हाइलाइट्स नेपालको युट्युव च्यानलबाट रिलिज भएको मंगलमले नेटिजनबाट सकारात्मक प्रतिक्रिया बटुलेको छ ।

    फिल्ममा शिल्पा पोखरेल, पुष्प खड्का, साम्राज्ञी शाह, मिथिला शर्मा, पृथ्वीराज प्रसाइँ, नीर शाहको मुख्य अभिनय छ । छविराज ओझा प्रोडक्सन र गुण सिनेमाले मिलेर निर्माण गरेको फिल्मलाई नवल नेपालले निर्देशन गरेका हुन् । गोविन्द फुयाँलको कथा, नवल नेपाल र गोविन्द फुयाँलको संवाद छ । फिल्मलाई विष्णु कल्पितले छायांकन गरेका हुन् । दीपक शर्माको संगीत र मित्र डी गुरुङको सम्पादन छ ।

    यही फिल्मबाट अभिनेता खड्काले २०७४ सालमा सर्वोत्कृष्ट अभिनेताको राष्ट्रिय पुरस्कार जितेका थिए । पर्ख पर्ख मायालू बोलको गीतले यो फिल्मको सफलतामा साथ दिएको थियो । यो गीतले फिल्मलाई पब्लिसिटीलाई निकै मद्दत गरेको बताइन्छ ।

  • कभर गीतबाट चम्केकी ईशा अब आफ्नै सिर्जनातिर

    कभर गीतबाट चम्केकी ईशा अब आफ्नै सिर्जनातिर

    काठमाडौं । पछिल्लो समय कभर गायनमा नेपाली तन्नेरीको आकर्षण लोभलाग्दो देखिन्छ । युट्युव र टीकटकजस्ता भिडियो साझेदारी प्लेटफर्मले कभर गायनको रुचिलार्ई आकार दिइरहेका छन् ।

    यो रुचिलाई आत्मसात गर्दै गायनमा भविष्य खोज्ने तन्नेरीको संख्यामा वृद्धि भैरहेको छ । धरानकी २३ वर्षिया ठिटी इशा तामाङ यस्तै रुचि पाल्ने कभर गीत गायिका हुन् जसले २५ वटा चर्चित गीतमा कभर गाएकी छिन् ।

    अब भने इशालाई आफ्नै सिर्जनामा गीत रिलिज गर्नुछ । यसका लागि उनी अहिले गीत रेकर्डको तयारीमा छिन् । सम्भवतः आगामी एक महिनाभित्र इशाले पहिलोपटक आफ्नै सिर्जना र आवाजमा ‘बनिदेऊ मेरो’ गीत इन्टरनेट रिलिज गर्नेछिन् ।

    पवन भट्टराई र जेसन योञ्जनको संगीतमा इशाले गीत रेकर्ड गर्न लागेकी हुन् । गीतको स्थायी पनि मीठो छ :

    आज लाखौं ताराको बीच छु
    तर, एउटै जुनको कमी छ
    शीतल किरण बनिदेऊ मेरो…’

    इशा यो गीतलाई सेमी-क्लासिकल स्वादको भन्न रुचाउँछिन् । यो स्वाद उनको मनपर्ने सांगीतिक जनरा पनि हो । ‘म आफूलाई कम्फर्ट जनरामा गाउन रुचि राख्छु’ हालैको एक चिसो दिउँसो नेपाल प्रेसको पटांगिनीमा तातो कफी पिउँदै इशा सुनिइन्, ‘म मेरा गीतहरुमा जीवन, प्रेम र सम्बन्धलाई सेलिव्रेट गर्न चाहन्छु । मलाई लाग्छ, त्यो गीतलाई दर्शक एवं श्रोताले रुचाउनुहुनेछ ।’

    हुन त, सन् २०१९ मा इशाले अभया सुब्बाको चर्चित गीत ‘हावाहुरी’माथि कभर गायन गरेकी हुन् । एक किसिमले यो उनको डेब्यु गायन थियो । नेपाली रक स्टारमाथि इशाले गीत गाउनु र यसले उनलाई प्रेरणा प्रदान गर्नु पछाडि नै हुनसक्छ उनको गायन यात्राको हुटहुटी ।

    गृहनगर धरानमा भएको कन्सर्टमा अभयालाई पहिलोपटक भेटेकी इशाले उनकै गीतबाट गायनको प्रेरणा जागेको बताइन् । ‘त्यो वुमन कन्सर्ट थियो र म आफैले भाग लिएकी थिएँ । उहाँलाई नजिकबाट चिन्ने मौका पाएँ’ इशाले नेपाल प्रेसलाई भनिन् ।

    तर, उनको हिट कभर गायन चाहिँ कालजयी गायक भक्तराज आचार्यको ‘हजार आँखा हेर्ने’ रह्यो । यो गीतबाट उनले निकै प्रशंसा बटुलिन् । युट्युव र टीकटकबाट इशालाई मीठो दर्शकीय प्रतिक्रिया मिल्यो ।

    गायनमा भविष्यको राजमार्ग कोर्न चाहने नयाँ तन्नेरीहरुप्रति नेपाली समाज र परिवारको सहयोग कस्तो छ ? यसलाई लिएर इशाका आफ्नै भोगाइ छन् । उनलाई पनि लाइभ म्युजिक गर्न लाग्छ, उनलाई पनि पुरुष समकक्षीजस्तै सार्वजनिक ठाउँमा प्रस्तुति दिन मन लाग्छ र अबेरसम्म गीतमा डुब्न मन लाग्छ ।

    तर, एउटै कुराको डर छ : बत्तमिज ।

    उनले कभर र लाइभ म्युजिक गायनको दौरनामा यस्ता कैंयन बत्तमिज हर्कत भोगेकी छिन् । ‘तर, मलाई परिवारको सपोर्ट छ र त अघि बढिरहेकी छु’ उनी आशावादी सुनिइन् । यस्तो लाग्छ, इशा गायनमा भविष्य बनाउन चाहने पछिल्ला नेपाली युवतीहरुकी एक प्रतिनिधि पात्र हुन् जो समाजका यिनै बत्तमिज तत्वहरुसँग संघर्ष गरिरहेकी छिन् ।

    इशाको गायन यात्रा बल्ल त सुरु भएको छ । ब्यापारकी विद्यार्थी अहिले म्युजिक करिअर बनाउन काठमाडौं खाल्डोमा आइपुगेकी छिन् । ब्यापार र संगीतका दुईवटा डुंगालाई कसरी सन्तुलन मिलाएर उनी अघि बढ्लिन् ? इशाको सामु यो मिलियन डलरको प्रश्न समेत हो ।

    जेहोस्, आउने एक महिनामै हामीले इशाको डेब्यु गीत सुन्न पाउँनेछौं । उनकै रोमान्टिक आवाजमा :

    ‘आज लाखौं ताराको बीच छु
    तर, एउटै जुनको कमी छ
    शीतल किरण बनिदेऊ मेरो…’

  • जब ‘अमर बान्तु काव्य साँझ’ मा गुञ्जिए

    जब ‘अमर बान्तु काव्य साँझ’ मा गुञ्जिए

    काठमाडौं । पुसको आरम्भ । चिसो साँझ । राजधानीको होटल शंकरमा मुलुकका चर्चित कवि, कलाकार तथा समाजसेवीहरूको बाक्लो जमघट हुँदै थियो । कार्यक्रम हलमा एकाएक नेपथ्यबाट कविता गुञ्जियो

    फक्रिँदै रहरहरू निभ्नै लाग्यो जिन्दगी
    अलिक वरै रोकिएछ घात भयो जिन्दगी ।’

    नेपथ्यबाट कवि तथा गीतकार अमर बान्तुद्वारा रचित यो कविता गुञ्जिनुसाथ मञ्चमा देखा परिन् कार्यक्रम सञ्चालिका भावना केसी । त्यसपछि सुरु भयो, ‘अमर बान्तु काव्य साँझ’को औपचारिक आरम्भ । नेपाल प्रज्ञा(प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गरे ।

    समुद्घाटनपछि कवि तथा प्राज्ञ शशी लुमुम्बूले कवि अमर बान्तुका बारेमा प्रकाश पारे । उनले भने, ‘माझ किरातको एक ऐतिहासिक भूमि, नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको उर्वर बगैँचा भोजपुरको दिल्पा(नागीमा आमा वृन्दालक्ष्मी तथा बुबा लक्ष्मीप्रसाद राईका सातौँ सन्तानमध्येका काइँला सन्तानका रूपमा यस सुन्दर धरतीमा उदाउनुभएका स्रष्टा अमर बान्तु भोजपुरका मात्रै नभएर राष्ट्रकै एक अनमोल रत्न हुनुहुन्छ ।’ उनले थपे, ‘काव्य-नायक अमर बान्तुका बारेमा केही बोल्ने प्रयत्न गर्नु भनेको सूर्यको अगि बत्ती देखाउनुजस्तो मात्रै हो । म यहाँ त्यही सूर्यलाई बत्ती देखाइरहेको छु । बत्ती देखाउनु भनेको पूजा गर्नु हो, अर्थात् अभिनन्दन गर्नु हो । स्रष्टा बान्तुलाई सादर अभिनन्दन गर्दछु ।’

    त्यसपछि कवि अमर बान्तुलाई कार्यक्रम सञ्चालिकाले कवितारकाव्य प्रस्तुतिका लागि मञ्चमा निम्त्याए । हँसिलो र फुर्तिलो भावमा मञ्चमा प्रवेश गर्नुभएका बान्तुले थोरै भूमिका बाँध्दै काव्य साँझको माहोल जगाए शिव ताण्डव स्त्रोत प्रस्तुत गरेर । अनि कविता सुनाउन सुरु गरे ।

    ‘मेरी प्रिय कविता
    किन किन घुमाउरो भए पनि
    तिम्रै घरको बाटो हिँड्न मन लाग्छ
    एक तर्फी प्रेममा परेछु कि कसो
    सधैँ सधैँ तिम्रै याद आइरहन्छ
    अघोरै माया लागिरहन्छ ।’

    मिलाप मासिकले आयोजना गरेको काव्य साँझमा करिब एक घन्टाको समयमा स्रष्टा बान्तुले ‘होची मिन्ह’ र ‘पोलपोट’ शीर्षकको कविता सुनाएर मुलुकका लागि हिंसा, विभेद तथा अत्याचार कहिल्यै र कसैलाई पनि सह्य नहुने भाव प्रकट गरे । त्यसपछि उहाँले गजल सुनाए – ‘नजरैले घाइते पर्ना माहिर हजुर’ । प्रेमिलो गजलबाट माहोललाई नै प्रेमिल बनाउनुभएका उनले मनको भावना सुनाए, गजलमै । त्यसपछि आफ्नै जिन्दगीका बारे रचना गरिएको गजल- ‘ए जिन्दगी’ सुनाएर उनले माहोललाई नै स्तब्ध बनाए । अन्त्यमा ‘घरबेटी’ र ‘चोकमा गफिनेहरू’को जगल सुनाएर कवितारकाव्य प्रस्तुतिको मैझारो गरे । दशकदीर्घाबाट आएको ‘वान्समोर‘वान्समोर’लाई स्वीकार गर्दै पुनः सुनाए – ‘मेरी प्रिय कविता ।’

    प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बान्तु बहुमखी प्रतिभाका धनी भएको बताए । उनले साहित्य साधनाका साथै व्यावसाय र समाजसेवामा उत्तिकै लगावका साथ लागिपरेका स्रष्टा बान्तुका रचनाहरूले समाज रूपान्तरणका लागि योगदान पुग्ने विचार व्यक्त गरे । उनले भने, ‘बान्तुजीका रचनाहरू जस्तै उहाँमा कविता कण्ठस्त सुनाउने कला पनि बेजोड रहेछ । यो कवितालाई लोकप्रिय बनाउने सन्दर्भमा नयाँ र अनुकरणीय कुरा हो ।’

    मिलाप मासिकका सम्पादक कृष्ण भुसालको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व मन्त्री तथा कवि एस्पी कोइराला, कवि श्रवण मुकारुङ र लायन्स क्बलका तर्फबाट लायन अनन्त भेटवालले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्दै स्रष्टा बान्तुको निरन्तर र सार्थक काव्य सृजनाको कामना गरे । कार्यक्रममा बान्तुलाई मिलाप सम्मान अर्पण गरिएको थियो ।

    काव्य साँझलाई माई पे, सुनकोशी कन्स्ट्रक्सन प्रा. लि, ५ नं. वडा ललितपुर महानगरपालिका, लायन्स क्लब अफ काठमाडौं, ग्लोबल आई, लायन्स क्लब अफ काठमाडौं, अन्नपूर्ण, लायन्स क्लब आफ आङ्ग्ना, पाँचथर, लायन्स क्लब अफ काठमाडौं, ग्लोबल सर्भिस र लायन्स क्लब अफ काठमाडौं, शुभम् तथा लायन्स हरि दाहाल, चाटर प्रेसिडेन्ट लायन्स क्लब अफ काठमाडौं, ग्लोबल आईले प्रयोजन गरेका थिए ।

    अमर बान्तुको कविता तथा गीतसङ्ग्रह ‘परिभाषाका राँटाहरू’ र उत्कृष्ट गीतहरूका दुई एल्बम ‘अमर भावना’ र ‘अमर भावना-२’ प्रकाशित छन् भने उहाँका धेरै गीत स्रोतारदर्शकमाझ लोकप्रिय रहेका छन् ।

  • बहुआयामीक व्यक्तित्व विकलको स्मरण गर्दै स्रष्टाहरू पुरस्कृत

    बहुआयामीक व्यक्तित्व विकलको स्मरण गर्दै स्रष्टाहरू पुरस्कृत

    काठमाडौं । विशिष्ट आख्यानकार रमेश विकलको १४ औं स्मृति सभाका अवसरमा आज राजधानीमा स्रष्टाहरूलाई पुरस्कृत गरिएको छ ।

    रमेश विकल साहित्य प्रतिष्ठानले गरेको कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ पत्रकार भैरव रिसालले साहित्य सहित विविध क्षेत्रमा योगदान दिने स्रष्टाहरूलाई सम्मान प्रदान गरे  । जसअनुसार ५० हजार रुपैयाँ राशिको विकल वाङ्मय पुरस्कार साहित्यकार प्राध्यापक डाक्टर चुडामणि बन्धुलाई प्रदान गरिएको छ ।

    १५ हजार रुपैयाँ राशिको विकल समाजसेवा पुरस्कार डाक्टर रविन्द्र समीरलाई प्रदान गरिएको छ । विकल सृजना पुरस्कार विमल निभा, विकल—सुशीला सङ्घर्षशील नारी पुरस्कार लक्ष्मी प्रतिष्ठान, विकल बालसाहित्य पुरस्कार कार्तिकेय घिमिरे तथा विकल कलासङ्गीत पुरस्कार पूर्ण हेजुलाई प्रदान गरिएको छ । यी सबै पुरस्कारको राशि नगद १० हजार रुपैयाँ रहेको छ ।

    प्रतिष्ठानले विकलका रचनामा आधारित रही ‘बाल साहित्यमा नैतिक चेतना’ शीर्षकमा नेपाल संस्कृत विश्वविद्यालयबाट विद्यावारिधी गर्ने देवकी आचार्यलाई ‘चन्द्र शेखर विकल शोध सम्मान’ अर्पण गरेको छ ।

    त्यस्तै त्रिभुवन विश्वविद्यालयबाट दर्शनाचार्य (एमफिल) तहमा ‘विकलका कथामा अनुभूतिको संरचना’ शीर्षकका शोधकर्ता योगेश काफ्ले र ‘विकलका कथामा समाख्यानात्मक वाच्यत्व’ शीर्षककी शोधकर्ता शान्ति न्यौपाने (रिसाल) लाई पनि ‘चन्द्र शेखर विकल शोध सम्मान’ अर्पण गरिएको छ ।

    सोही अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि रिसाल सहित वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे, प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष के के कर्माचार्य, उपाध्यक्ष प्राध्यापक डाक्टर हेमनाथ पौडेल, महासचिव विजय चालिसे, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, पुरस्कृत स्रष्टा प्राध्यापक डाक्टर चुडामणि बन्धु लगायतले विकलको बहुआयामीक व्यक्तित्वबारे चर्चा गरेका थिए ।

    यसैबीच आजै सम्पन्न प्रतिष्ठानको १५ औं साधारण सभाले वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेको अध्यक्षतामा रहेको अघिल्लो कार्य समितिलाई नै आगामी दुई वर्षका लागि निर्विरोध चयन गरेको छ ।

  • बिहेमा सालीले भिनाजुको जुत्ता लुकाएपछि : ‘लुम्ले काँडे’मा एलिना, रचना र समीक्षाको ठुम्का (भिडिओ)

    बिहेमा सालीले भिनाजुको जुत्ता लुकाएपछि : ‘लुम्ले काँडे’मा एलिना, रचना र समीक्षाको ठुम्का (भिडिओ)

    काठमाडौं । गायक कृष्ण केसीले गायिकाहरु एलिना चौहान, रचना रिमाल र समीक्षा अधिकारीकोे साथमा गाएको ‘लुम्ले काँडेमा’मा बोेलको गीत रिलिज गरिएको छ । यो गीतमा कृष्ण केसीको शब्द तथा संगीत छ ।

    गायक कृष्ण केसी अमेरिकामा रहेर पनि गीतसंगीतमा निरन्तर सक्रिय छन् । उनले, यसअघि पनि थुप्रै गीत सार्वजनिक गरिसकेका छन् । उनले, आफूले नेपाली गीतसंगीतलाई अगाडि बढाउनका लागि प्रयास मात्र गरेको बताए । गायक केसीले यसलाई मासुप गीत बताएका छन् । गीतलाई डान्सिङ शैैलीमा तयार पारिएकोे छ ।

    यो गीतको भिडियोमा कृष्ण केसीकै कन्सेप्ट तथा निर्देशन छ । उनले, भिडियोलाई नयाँ शैैलीमा बनाएका छन् । भिडियोमा मोेडलहरु सुधिर श्रेष्ठ, अनु पराजुली, करिश्मा ढकाल, सकुना खत्रीको डान्स हेर्न सकिन्छ । बिहेमा सालीले भिनाजुको जुत्ता लुकाएको बिषयलाई भिडियोमा रमाइलो तरिकाले उठाइएको छ । मौैसम हिमालीकोे कोेरियोेग्राफी रहेकोे भिडिओमा अनिल के मानन्धरकोे छायांकन, प्रविण भट्टकोे सम्पादन छ ।

  • भारतमा ‘पुष्पा’को ओपनिङ ५२ करोड भारु, ‘स्पाइडरम्यान’लाई एकैदिनमा ४१ करोड

    भारतमा ‘पुष्पा’को ओपनिङ ५२ करोड भारु, ‘स्पाइडरम्यान’लाई एकैदिनमा ४१ करोड

    मुम्बइ । तेलुगु सुपरस्टार अल्लु अर्जुन र रस्मिका मंदाना स्टारर ‘पुष्पा : द राइज स्टार’ कोरोनाभाइरस कालखण्डमा सर्वाधिक कमाइ गर्ने भारतीय फिल्म बनेको छ ।

    भारतीय संचारमाध्यमका अनुसार यो फिल्मले पहिलो दिन शुक्रबार भारतीय बक्सअफिसमा ५२.५० करोड भारुको ओपनिङ गरेको छ । यो फिल्मलाई दर्शक र समीक्षकले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

    भारतमा ५० प्रतिशत अकुपेन्सीमा रिलिज भएको फिल्म पुष्पाले ३० देखि ३५ करोड भारुको ओपनिङ गर्ने अपेक्षा थियो । तर, कमाइ चाहिँ अपेक्षाभन्दा बढी देखिएको छ ।

    भारतीय फिल्म मास्टरले दोस्रो लहरअघि ४२ करोड भारु कमाएको थियो । स्पाइडरम्यानले भारतीय बक्सअफिसमा ४१ करोड भारु कमाएको छ । अक्षय कुमारको सूर्यवंशीले २६ करोड ओपनिङ गरेको थियो ।

    कोरोनाकालमा मुम्बइभन्दा दक्षिण भारतीय फिल्मको कमाइ राम्रो देखिएको छ । नोभेम्बर ४ मा रिलिज भएको रजनीकान्तको फिल्म अन्नाथेले तामिलनाडुमा ३४.९२ करोड भारु कमाएको थियो ।

    भारतीय बक्सअफिमा सुपरस्टार अल्लु अर्जुन र सुकुमारको जोडी सँधै हिट रहेको छ । यी दुबैजनाले सन् २००४ मा आर्या र २००९ मा यसको सिक्वेल आर्या–२ मा काम गरेका थिए ।

    १४ वर्षपछि अल्लु र सुकुमारले पुष्पाको दोस्रो सिक्वेल ल्याएर आएका हुन् । यो फिल्ममा रस्मिका मंदाना मजदूर युवतीको भूमिकामा छिन् । जसको प्रेममा पुष्पराज परेपछि कथाले रोमाञ्चक रुप लिन्छ ।

  • नेपाली गीतको सूचीमा टीकटकको दबदबा : ‘डाँडाघरे’ साहिँली बन्यो पछिल्लो साता सर्वाधिक हेरिने गीत

    नेपाली गीतको सूचीमा टीकटकको दबदबा : ‘डाँडाघरे’ साहिँली बन्यो पछिल्लो साता सर्वाधिक हेरिने गीत

    काठमाडौं । धन्यवाद टीकटकलाई ! भिडियो साझेदारी एपकै कारण पाँच महिनाअघि रिलिज भएको श्रीकृष्ण बम मल्लद्वारा संगीतबद्ध गीत ‘डाँडाघरे साइँली’ पछिल्लो साता युट्युवमा सर्वाधिक हेरिने नेपाली गीत बनेको छ ।

    स्वरुपराज आचार्य र लक्ष्मी मल्लको स्वर समावेश गीतलाई पछिल्लो साता १३ लाख २५ हजार पटक हेरिएको छ । यसको कूल भ्यूज १ करोड ४१ लाख रहेको छ ।

    खेम सेन्चुरी र अस्मिता अधिकारीको राम राम मरौटीलाई पछिल्लो साता दोस्रो धेरैपटक हेरिएको छ । यसलाई पछिल्लो सातदिनमा १० लाख ७६ हजार पटक हेरिएको छ भने यसको कूल भ्यूज १ करोड ७२ लाख छ ।

    समीक्षा अधिकारीको धनगढीको बस बोलको गीतलाई ८ लाख ४४ हजार पटक हेरिएको छ भने यसको कूल भ्यूज १ करोड १२ लाख छ ।

    कालिप्रसाद बाँस्कोटाको सुन बटौली चौंथो सर्वाधिक हेरिने नेपाली गीत बनेको छ । यो गीतलाई ६ लाख ९७ हजार पटक हेरिएको छ । भीटेनको गल्ली सडकलाई ५ लाख ८८ हजार पटक हेरिएको छ ।

    खेम सेन्चुरीको मन परेको मान्छेलाई पछिल्लो साता ५ लाख ८६ हजार पटक हेरिएको छ । महेश काफ्लेको बाया बिरानी २ (तातो गोली)लाई ५ लाख ५१ हजार पटक हेरिएको छ ।

    दिनेश ढकालको कालो केशमा रेलीमाइ पछिल्लो साता सर्वाधिक हेरिने नेपाली गीतको आठौं स्थानमा छ । यसलाई सात दिनमा ५ लाख २२ हजार पटक हेरिएको छ ।

    प्रेमराजा महतको नयाँ गीत बन्दीपुरैमालाई ५ लाख १६ हजार पटक हेरिएको छ । सूचीको पुछारमा मिलन नेवारको फूलबुट्टे सारी छ । यो गीतलाई पछिल्लो साता ४ लाख ७६ हजार पटक हेरिएको छ । टीकटककै कारण पहिले नै रिलिज भएका गीतहरु पछिल्लो समय बढी हेरिने सूचीमा उक्लिएका छन् ।

  • नेपाली तन्नेरीलाई अमेरिकी कलाकारले सिकाए हिपहप संगीत (तस्बिरहरु)

    नेपाली तन्नेरीलाई अमेरिकी कलाकारले सिकाए हिपहप संगीत (तस्बिरहरु)

    काठमाडौं । कलाको माध्यमबाट लोकतन्त्र र संस्कृति प्रवद्र्धन गर्ने उद्देश्यले अमेरिकी दूतावासले नेक्स्ट लेभल कार्यशाला सम्पन्न गरेको छ । दुई साता लामो वर्कसपमा नेपालका ७० जना किशोरकिशोरीले चर्चित अमेरिकी हिपहप कलाकारद्वारा विशेष भर्चुअल कक्षा लिए ।

    महाराजगञ्जस्थित शिवपुरी कलेजमा दुई साता चलेको विशेष कार्यशालाको अन्तिम दिन शुक्रबार सहभागीले प्रस्तुति दिए । सहभागीलाई हिपहप संगीतका चारवटा तत्वहरु डीजे, र्‍याप, बिट मेकिङ र डान्स शैली सिकाइएको थियो ।

    न्यूयोर्कका दृश्य कलाकार एडम, बीब्वाइ एवं डीजे लिन रक, डान्सर-कोरियोग्राफर एवं निर्मात्री लिसा एंजेलकेन, अभियन्ता तथा कलाकार वान बिलो, भिडिओगाफ्रर जुआन गोमेज र पुएर्तो रिकोकी एमसी, शैक्षिक अभियन्ता, अभिनेत्री एवं लेखिका पिंकी रिङले भर्चुअल माध्यममार्फत हिपहप संगीत सिकाएका थिए ।

    आवेदनमार्फत छानिएका मुलुकका विभिन्न थलोबाट राजधानी आइपुगेका ७० जना तन्नेरीले अमेरिकी कलाकारबाट संगीतको हिपहप विधाबारे ज्ञान हासिल गरेका थिए । दुई साता चलेको विशेष कार्यशालाको पहिलो अध्यायमा भर्चुअल अभिमुखीकरण कला र दोस्रो अध्यायमा हाइव्रिड शैलीमा संगीत सिकाइएको थियो ।

    अमेरिकी दूतावासको प्रस्तुतिमा नेक्स्ट लेभल नेपाल र नेपाल हिपहप फाउन्डेसनले कार्यक्रम आयोजना गरेका थिए । कार्यशालाको अन्तिम दिन शिवपुरी कलेज प्रागंणमा प्रशिक्षार्थीले बी–ब्वाइ तथा गर्ल, डीजेइङ, गायन लगायतका कला प्रस्तुत गरे ।

    सो अवसरमा बोल्दै अमेरिकी दूतावासकी सांस्कृतिक मामिला अधिकृत सारा जेसमिन नाइटले नेपालको लोकतन्त्र प्रवद्र्धनमा नेक्स्ट लेभल कार्यक्रम सहायकसिद्ध हुने बताइन् ।

    ‘नेपालजस्तो लोकतान्त्रिक मुलुकको लोकतन्त्र तथा संस्कृति प्रवद्र्धनमा कलाको योगदान महत्वपूर्ण हुन्छ र हामीले युवाहरुको क्षमतामार्फत त्यसलाई प्रवद्र्धन गर्न चाहेका हौं’ नाइटले भनिन् ।

    नेपाल हिपहप फाउन्डेसनका संस्थापक निर्देशक दिपेश थापाले यस्तो खाले कार्यक्रम नेपालमा पहिलो पटक भएको बताए । ‘यसले नेपालमा हिपहप संगीतलाई प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेलेको छ’ उनले भने, ‘पछिल्लो समय नेपाली तन्नेरीमा देखिएको यस्तो क्रेजको आफ्नै खाले अर्थ छ ।’

    कार्यशालामा सहभागी २८ वर्षिया प्रशिक्षार्थी जेनिशा महर्जनले पछिल्लो समय नेपालका मानिसले हिपहपको अर्थ बुझ्न थालेको र नेपालमा यसको भविष्य सुन्दर रहेको बताइन् । सानैदेखि हिपहपप्रति आफ्नो रुचि रहेपनि नेक्स्ट लेभल वर्कसपले क्षमता तिखार्नु फाइदा पुगेको उनले सुनाइन् ।

    अमेरिकी स्टेट डिपार्टमेन्ट, नर्थ क्यारोलिना विश्वविद्यालय र मेरिडियन इन्टरनेसनल सेन्टरसको संयुक्त पहलमा नेक्स्ट लेभल कार्यक्रम आयोजना भैरहेको छ । वैविध्य समाजमा अन्तरसांस्कृतिक सिर्जना आदानप्रदान गर्ने र लोकतन्त्र प्रवद्र्धन गर्न हिपहप संगीत र नृत्यको प्रयोग गर्ने उद्देश्य राखिएको छ ।

    सन् २०१४ देखि नेक्स्ट लेभलले ६ वटा महादेशका ३५ भन्दा बढी मुलुकमा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आइरहेको छ । सन् २०२१ र २०२२ मा नेपालसहित संयुक्त अरब इमिरेट्स, बारबाडोस, ताइवान, इक्वेडर, पोल्यान्ड, लाओस, युक्रेन, हाइटी र घानामा नेक्स्ट लेभलले कार्यक्रम आयोजना गर्दैछ । सोही कार्यक्रमअन्तर्गत नेपालमा कार्यशाला संचालन गरिएको हो ।

    अमेरिकी दूतावासले नेपालको सांस्कृतिक प्रवद्र्धनको लागि यसअघि मासिकरुपमा फिल्म प्रदर्शन कार्यक्रम पनि आयोजना गर्दै आइरहेको थियो ।

  • केकीको जन्मदिनमा सार्वजनिक भयोे ‘रेडी भएर बस्नु’ (भिडिओ)

    केकीको जन्मदिनमा सार्वजनिक भयोे ‘रेडी भएर बस्नु’ (भिडिओ)

    काठमाडौं । आर.के श्रेष्ठकोे प्रस्तुतिमा तयार भएकोे ‘रेडी भएर बस्नु’ बोेलकोे गीत ओएसआर डिजिटल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । आरके श्रेष्ठ र तारा श्रीश मगरकोे स्वर रहेको गीतमा राजेन्द्र थापाकोे शब्द, राजनराज शिवाकोटीकोे संगीत छ ।

    भिडिओमा केकी अधिकारी र विजु पार्कीकोे अभिनय छ । भिडिओेलाई विधान कार्कीले निर्देशन गरेका हुन् । माधव शर्मा एसोेसियट निर्देशक रहेको भिडिओमा विकास दाहालको सम्पादन, दीपकमदन सिंहको कोरियोेग्राफी, उत्सव दाहालको छायांकन छ ।

    नायिका केकी अधिकारीको आज परेको जन्मदिनको अवसरमा यो भिडिओ सार्वजनिक गरिएकोे हो । भिडिओमा निर्देशक कार्कीले युवा र युवतीविचकोे रोेमान्टिक पललाई डान्सिङ शैैलीमा प्रस्तुत गरेका छन् ।

  • सांस्कृतिक संस्थानले नाटक मञ्चन शुरु गर्ने

    सांस्कृतिक संस्थानले नाटक मञ्चन शुरु गर्ने

    काठमाडौं । सांस्कृतिक संस्थानले विद्यालय शिक्षालाई सहयोग गर्न नाटक शुरु गर्ने भएको छ । संस्थानका महाप्रबन्धक अशोककुमार राईले बिभिन्न पाठ्यक्रममा भएका कृतिहरुमा माथि नाटक मंचन गरेर देखाइने बताए ।

    अध्ययन अध्यापनमा हप्तादिन लाग्ने एक चिहान उपन्यास नाटक २ घण्टामा हेरेर बुझ्न सकिने उनले बताए । नाटक हेरेका विद्यार्थीहरुको मन मस्तिष्कमा पनि चाँडो यसको छाप बस्ने भएकोले शैक्षिक पाठ्यक्रममा भएका कृतिहरुमा नाटक शुरु गर्न लागिएको उनले बताए ।

    महाप्रवन्धक राईले सांस्कृतिक संस्थानप्रतिको विश्वासलाई मध्यनजर गरेर विद्यार्थी, शिक्षक र विद्यालयहरुले हृदयचन्द्र सिंह प्रधानको उपन्यास ‘एक चिहान’ बाट नाटक शुरु गर्ने बताए ।

    पुस ३ गतेदेखि नाटक नियमित मञ्चन हुने उल्लेख गर्दै राईले सांस्कृतिक संस्थानले विभिन्न नाटक, कथा, उपन्यासहरुलाई नाट्य रुपान्तरण गरेर काठमाडौंमा मात्रै नभइ बाहिर पनि विद्यार्थीहरुलाई देखाउने तयारी गरिरहेको बताए ।

    महाप्रवन्धक राईले कक्षा १२ सम्मका नाट्यकृतिहरुलाई मात्र नभइ मास्टर, डिग्रिसम्म अध्ययन गर्नुपर्ने कृतिहरुलाई नाटकमा प्रश्तुत गर्ने लक्ष्य बनाएको पनि बताए ।

  • साथी मार्ट’को दूतमा राजेश हमाल नियुक्त, भन्छन् : स्वदेशी उत्पादन विदेशीभन्दा गुणस्तरीय

    साथी मार्ट’को दूतमा राजेश हमाल नियुक्त, भन्छन् : स्वदेशी उत्पादन विदेशीभन्दा गुणस्तरीय

    काठमाडौं। छोटो समयमा देशका विभिन्न ठाउँमा ८५ भन्दा बढी आउटलेट विस्तार गरिसकेको ‘साथी मार्ट’ को ब्रान्ड एम्बेस्डरमा अभिनेता राजेश हमाल नियुक्त भएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा ‘साथी मार्ट’ का फाउन्डर तथा सीइओ सागर पोखरेल र हमालबीच कागजी सम्झौता भएको हो । अब हमालले विभिन्न माध्यमबाट ‘साथी मार्ट’ को प्रचारप्रसार गर्नेछन् ।

    मार्टका सीइओ पोखरेलले हमालका कारण ‘साथी मार्ट’ लाई ब्रान्डिङ गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले भने- ‘रिटेल व्यवसायको एउटा ब्रान्डले फिल्म क्षेत्रको एउटा ब्रान्डससँग सहकार्य गर्न पाउनु खुसीको कुरा हो । नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरको रिटेल व्यवसायको बजार छ भन्ने सन्देश दिनका लागि पनि उहाँ राजेश हमालको माध्यमबाट ठूलो सहयोग पुग्छ भन्ने हामीले विश्वास लिएका छौं ।’

    त्यस्तै, अभिनेता हमालले सार्वजनिक व्यक्ति भएपछि कुनै उत्पादन र कम्पनीमा जोडिँदा त्यसको विश्वसनियता र उद्देश्य के हो भन्ने कुराले महत्त्व राख्ने बताए । ‘साथी मार्ट’सँग आफू जोडिनुको कारणबारे उनले कार्यक्रममा भने, ‘यो कम्पनीको उद्देश्य र विश्वसनियता राम्रो भएकाले नै म ब्रान्ड एम्बेस्डरको रुपमा आवद्ध भएको हुँ । अहिलेको अवस्थामा रिटेलिङ सपिङ्ग हरेक व्यक्तिको आवश्यकतामा पर्छ । कसरी सबैको आवश्यकतालाई सहज र सजिलोसँग परिपूर्ति गर्ने भन्नेमा ‘साथी मार्ट’ को उद्देश्यबाट म प्रभावित छु ।’

    ‘स्वदेशी उत्पादन भनेपछि क्वालिटीमा कम्प्रोमाइज हुन्छ भन्ने हामी नेपालीहरुको सोचाइ छ । तर, त्यो धेरै ठूलो भ्रम हो । स्वदेशमा उत्पादन हुने कति चिजहरु विदेशमा उत्पादन हुने चिजभन्दा धेरै गुणस्तर हुन्छन् । यसैले हामी सबैले स्वदेशी उत्पादनलाई प्राथमिकतामा राख्नुपर्छ,’ हमालले भने ।

    काठमाण्डौमा मात्र मार्ट सफल हुन सक्छ भन्ने परम्परालाई हटाउँदै ‘साथी मार्ट’ सुरुवातको १६ महिनामा सातै प्रदेशका शहरमा सात दर्जन बढी आउटलेट सञ्चालन गर्दै काकडभित्तादेखि जिरीसम्म पुग्न सफल भएको ‘साथी मार्ट’ ले यस वर्षभित्र तीन सय प्रतिशत विक्री बढाउने लक्ष्य लिएको छ । आगामी तीन वर्षभित्र एक हजार आउटलेट खोल्ने लक्ष्य राखेको यो मार्टले ‘मेड इन नेपाल’ कलेक्सनलाई जोड दिएको सिइओ पोखरेलले बताए ।

    ‘साथी मार्ट’ ले विनालगानी व्यापार गर्न सकिने गरी ‘साथी मार्ट एफिलिट स्टार्टअप’ प्लान पनि सुरु गरेको छ । यसबाट कम्तीमा ३० हजारदेखि ५० हजार युवालाई स्वरोजगार बनाउने लक्ष्य ‘साथी मार्ट’ को छ । जस अन्तर्गत साथी प्रडक्सनका उत्पादन र साथीमार्टमा उपलब्ध अन्य सामान रेफर गरि तिस प्रतिशतसम्म आम्दानी गर्न सकिन्छ ।

  • फ्राइडे रिलिज : ‘स्पाइडरम्यान’द्वारा नेपाली बक्सअफिसमा महामारीयताकै आक्रामक ओपनिङ

    फ्राइडे रिलिज : ‘स्पाइडरम्यान’द्वारा नेपाली बक्सअफिसमा महामारीयताकै आक्रामक ओपनिङ

    काठमाडौं । हलिउड फिल्म ‘स्पाइडरम्यान : नो वे होम’ले नेपाली बक्सअफिसमा शुक्रबार कोरोनाभाइरस महामारीयताकै सबैभन्दा ठूलो ओपनिङ गरेको छ ।

    काठमाडौं उपत्यकाका सबै ठूला मल्टिप्लेक्समा शुक्रबार र शनिबारका सोज लगभग सोल्डआउट छन् । अकुपेन्सी, टिकट विक्री र क्रेजको आधारमा स्पाइडरम्यान ओपनिङ गत महिना रिलिज भएको सूर्यवंशीभन्दा उच्च हो ।

    रिलिज नहुँदै २६ हजारभन्दा बढी टिकट विक्री भैसकेको स्पाइडरम्यानको पहिलो दिनमा उच्च ग्रस कलेक्सन हुने अनुमान छ । क्यूएफएक्सले मुलुकभरका आउटलेटमा यसलाई पहिलो दिन ५७ सोज दिएको छ ।

    विश्वचर्चित पात्र र ब्रान्ड भएकाले पनि स्पाइडरम्यान ओपनिङ आक्रामक हुने अपेक्षा थियो । थ्रीडी र टुडी दुबै संस्करणमा रिलिज भएको स्पाइडरम्यानलाई नेपाली प्रदर्शकले महामारीअघिको एभेन्जर्स एन्ड गेमकै ओपनिङसँग तुलना गरेका छन् ।

    क्यूएफएक्सका सबै सोजहरु शनिबार बेलुकासम्म पूर्णतः हाउसफूल छन् । यसपटक क्यूएफएक्सले एड्भान्स बुकिङ नभएर एड्भान्स टिकट बिक्री गरेको थियो । पोखरा, चितवन, नेपालगंज र बिराटनगरका क्यूएफएक्स आउटलेट समेत हाउसफूल छन् ।

    शुक्रबारै रिलिज भएको दक्षिण भारतीय फिल्म ‘पुष्पा’ पनि शुक्रबार लगभग हाउसफूल प्रदर्शन भैरहेको छ । अल्लु स्टारर यो फिल्मले मल्टिप्लेक्ससहित मोफसलका एकल पर्दामा राम्रो प्रदर्शन गर्ने अनुमान गरिएको छ ।

     

  • रंगकर्मी प्रचण्ड मल्लको निधन

    रंगकर्मी प्रचण्ड मल्लको निधन

    काठमाडौं । वरिष्ठ रंगकर्मी प्रचण्ड मल्लको शुक्रबार निधन भएको छ । केही समयदेखि अस्वस्थ रहेका उनको शुक्रबार उपचारका क्रममा निधन भएको हो । अस्वस्थ भएपछि उनी सिभिल अस्पतालमा भर्ना भएर उपचार गराइरहेका थिए ।

    नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माका अनुसार मल्लको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ । मल्ल नेपाल प्रज्ञा प्रतिष्ठानको संस्थापक उपकुलपति पनि हुन् । न्यूज कारखाना

  • फेवाताल किनारमा पुस १२ गतेदेखि चलचित्र महोत्सव : संसारका ९४ वटा फिल्म देखाइने

    फेवाताल किनारमा पुस १२ गतेदेखि चलचित्र महोत्सव : संसारका ९४ वटा फिल्म देखाइने

    पोखरा । पर्यटकीय सहर पोखराको फेवाताल किनारमा यही पुस १२ देखि १६ गतेसम्म ‘पामे चलचित्र महोत्सव’ हुने भएको छ । नेपाली चलचित्रको स्वदेश तथा विदेशमा प्रवद्र्धन गरी कला, साहित्य, सङ्गीतलाई विश्वभर पुर्‍याउने लक्ष्यसहित नेपाल संस्कृति केन्द्रले महोत्सव आयोजना गरेको हो ।

    महोत्सवमा ख्यातिप्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र प्रदर्शनी, कलाका सम्पूर्ण विधा, सङ्गीत, साहित्य, विभिन्न सांस्कृतिक कार्यक्रमका साथमा नेपाली खानाका विभिन्न परिकारसमेत प्रवद्र्धन गरिने आयोजकले जनाएको छ ।

    महोत्सवमा विश्वका २० राष्ट्रका २०० भन्दा बढी चलचित्र एवं कला क्षेत्रका हस्ती, उद्यमी, साहित्यकार, सङ्गीतकार, लेखक सहभागी हुनुहुने भएको छ । उहाँहरूका बीचमा कला क्षेत्रलाई अन्तर्राष्ट्रियकरण र स्तरीकरण गर्नेबारेमा छलफल गरिने र चलचित्र बजारका सम्भावनालगायत विविध विषयमा मन्थन हुने महोत्सवका संयोजक प्रवीण कार्की टक्कीले बताए ।

    उनका अनुसार महोत्सवमा चलचित्रको विश्व रङ्गमञ्चका उत्कृष्ट विधाहरूमा उत्कृष्ट, कलात्मक सिर्जना, प्रस्तुति पस्कने चलचित्रकर्मीको प्रोत्साहन र विश्व बजारमा पहिचान निर्माणका लागि पुरस्कृतसमेत गरिने छ । उनले भने, “पोखराको पर्यटन एवं नेपालको रङ्ग क्षेत्रलाई चलायमान गराउने अभियानमा पामे अन्तर्राष्ट्रिय चलचित्र महोत्सव निरन्तर अगाडि बढेको छ । महोत्सवमा विश्वभरबाट आएका लामा चलचित्र, छोटा चलचित्र एवं बृत्तचित्र गरी ९४ वटा दृश्यचित्रको प्रस्तुति रहन्छ ।”

    साहित्यकारहरूका प्रस्तुति, विभिन्न सांस्कृतिक कार्यक्रमअन्तर्गत थारू नाच, ¥याम्प वाक, वेषभूषा सो, गुरुङ नाच, खत्रीहरूको खुकुरी नाचलगायत नेपाली आकर्षक मौलिक प्रस्तुति महोत्सवका आकर्षण रहेका छन् । महोत्सवका अवसरमा कथानक चलचित्र पुरस्कार, लघु चलचित्र पुरस्कार, वित्तचित्र पुरस्कार, विद्यार्थी चलचित्र पुरस्कार, चलचित्र क्रिटिक पुरस्कार र अडियन्स चोइस विधामा अवार्ड र पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।

    कथानक चलचित्र पुरस्कार राशि रु एक लाख ५० हजार तथा अन्यको रु ६० हजार रहेको छ । महोत्सव कला, साहित्य र चलचित्रको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकलाई भित्र्याउन भूमिका खेल्ने विश्वास आयोजकको छ ।

  • मिस वर्ल्डको ग्रान्ड फिनाली स्थगित, सबैजना सुन्दरीलाई आइसोलेसनमा राखियो

    मिस वर्ल्डको ग्रान्ड फिनाली स्थगित, सबैजना सुन्दरीलाई आइसोलेसनमा राखियो

    काठमाडौं । प्रतियोगी, आयोजक र अन्य कर्मचारीमा कोरोनाभाइरस संक्रमण भएपछि भोलि हुने भनिएको विश्व सुन्दरी प्रतियोगिता (मिस वर्ल्ड)को ग्रान्ड फिनाली अश्चितकालिन रुपमा स्थगित भएको छ । सहभागि हुन गएका प्रतियोगीहरु कोभिड परीक्षणपछि अब स्वदेश फर्कने भएका छन् ।

    मिस वर्ल्ड आयोजकले प्रेस विज्ञप्ति जारी गर्दै सबैजना स्टाफमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि स्वास्थ्य विज्ञहरुको सल्लाहमा इभेन्ट पोस्टपोन्ड गरिएको जनाएको छ । आयोजक स्थल पुएर्तो रिकोमा कोरोनाको स्थितीमा सुधार भए ९० दिनभित्र कार्यक्रम गर्न सकिने जनाइएको छ । मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरले पनि ग्रान्ड फिनाली रोकिएको पुष्टि गरेको छ ।

    सुरुमा सातजना प्रतिस्पर्धीमा कोरोना संक्रमण भएपछि अन्यमा पनि परीक्षण गर्दा संक्रमण पुष्टि भएपछि पुएर्तो रिकोको स्वास्थ्य विभागले प्रतियोगिता रोक्न निर्देशन दिएको हो । आगामी ९० दिनभित्र प्रतियोगिता गर्ने भनिएपनि कोरोना संक्रमणको स्थितीमा सुधार नआए प्रतियोगिता हुन सक्नेछैन । अहिले विश्वभर कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन तीव्ररुपमा फैलिएपछि यसले सन्त्रास फैलाएको छ ।

    सुरुआतमा ड्रेसिङ रुमबाट फैलिएको भाइरस संक्रमण सबैजनामा देखिएपछि केहीलाई आइसोलेसनमा समेत राखिएको थियो । अन्यमा पनि कोरोना देखिएपछि आयोजकले प्रतियोगितालाई पोस्टपोन्ड गर्नेबारे विज्ञसँग छलफल गरेको थियो । सहभागी प्रतिस्पर्धीको कोभिड परीक्षण गरेपछि मात्र उनीहरुलाई सम्बन्धित देशमा फर्काइने भएको छ । नेपालबाट नम्रता श्रेष्ठ त्यहाँ पुगेकी छिन् ।

  • भिटेन र पुलिसको मन मिलेपछि : जब प्रहरीले नै भिटेनको फ्यान भन्दै फोटो खिचाए !

    भिटेन र पुलिसको मन मिलेपछि : जब प्रहरीले नै भिटेनको फ्यान भन्दै फोटो खिचाए !

    काठमाडौं । र्‍यापर समीर घिसिङ उर्फ भिटेन र प्रहरीको सम्बन्ध कहिल्यै ‘हार्दिक’ रहेन । भिटेनलाई देखिनसहने प्रहरी र प्रहरीलाई देखिनसहने भिटेनले एकअर्कालाई सँधै आरोप-प्रत्यारोप गर्दै आइरहे ।

    छाडा गीत गाएर समाज बिगारेको आरोप लगाउँदै प्रहरीले भिटेनलाई पक्राउ मात्र गरेन, मुद्दा समेत चलायो । आइन्दा त्यस्तो नगर्ने सर्तमा उनी धरौटीमा समेत रिहा भए ।

    गत महिना रिलिज भएको ट्रयाक ‘गल्ली सडक’ भिटेनले आफ्नै वास्तविक जीवनलाई गीतमा उतारेका थिए । सो गीतमा उनले राजनीतिक व्यवस्था र प्रहरीप्रति आक्रोश पोखेका थिए । उनका अधिकांश गीतमा प्रहरीलाई गाली गरिएका हुन्छन् ।

    तर, प्रहरीभित्रै उनै भिटेनका फ्यान पनि प्रशस्तै रहेछन् । जुन दृश्य हालै उनले सेयर गरेका केही तस्बिरबाट पुष्टि हुन्छ । हालै एक कार्यक्रममा पुगेका भिटेनलाई प्रहरीले रोकेर फोटो समेत खिचाए । यो तस्बिर सामाजिक संजालमा भाइरल हुन बेर लागेन ।

    सुरुआतदेखि नै पुलिसविरोधी गीत गाउँदै हिँड्ने भिटेनले अकस्मात पुलिससँगकै फोटो खिचाएर पोस्ट गर्दा स्वभाविक नहुने पनि भैहाल्यो । उनका फ्यानले भिटेनसँग यो तस्बिरको कारण सोधे र कतिपयले आश्चर्य पनि जनाएका छन् ।

    उक्त तस्बिरको यथार्थबारे नेपाल प्रेसले भिटेनसँग जिज्ञासा राखेको थियो । जवाफमा भिटेनले एक कार्यक्रममा पुगेको बेला प्रहरीहरुले आफूसँग फोटो खिचाउन चाहेपछि खिचेको बताएका छन् । ‘सबै प्रहरी गलत हुनुहुन्न । असल प्रहरी दाजुहरु पनि हुनुहुन्छ । मैले सिस्टम र केही प्रवृत्तिलाई गीतमार्फत विरोध गरेको हुँ’ भिटेनले भने, ‘असल र राम्रो पुलिस फोर्स भए देशलाई पनि फाइदाको कुरा हो ।’

    पछिल्लो गीत ‘गल्ली सडक’मा भिटेनको एउटा लाइन थियो : के फाइदा छ र मलाई बिग्रिसकेको समाज बिगारेर ?’ उनले कुन मुडमा यो गीत लेखे, उनैले जानून तर, भिटेन र प्रहरीको यो दोस्तीले पक्कै पनि फ्यानमाझ सकारात्मक सन्देश प्रवाह गरेको छ ।

  • प्रियंका चोपडा संसारमै प्रशंसा कमाउने सेलेव्रिटी : शीर्षस्थानमा मिसेल ओबामा !

    प्रियंका चोपडा संसारमै प्रशंसा कमाउने सेलेव्रिटी : शीर्षस्थानमा मिसेल ओबामा !

    काठमाडौं । यसवर्ष संसारका सबैभन्दा बढी प्रशंसा कमाउने ‘मस्ट एडमायर्ड’ सेलेव्रिटीको सूची सार्वजनिक भएको छ ।

    युगभ अमेरिकाले ३८ मुलुकका ४२ हजार मानिसबीच गरेको सर्वेक्षणमा पुरुषतर्फ बराक ओबामा र महिलातर्फ मिसेल ओबामा शीर्षस्थानमा छन् । महिला तर्फको सूचीमा बलिउड अभिनेत्री प्रियंका चोपडा समेत उत्कृष्ट दशभित्र अटाएकी छिन् ।

    सबैभन्दा बढी प्रशंसा कमाउने महिलाको सूचीको दोस्रो स्थानमा हलिउड अभिनेत्री एन्जेलिना जोली, बेलायती महारानी एलिजाबेथ द्धितिया, ओफ्रा विन्फ्रे, स्कारलेट जोहान्सन, एम्मा वाट्सन, टेलर स्वीफ्ट, एन्जेला मर्केल, मलाल युसुफजाइ, प्रियंका चोपडा, कमला ह्यारिस छन् ।

    अभिनेत्री चोपडा यतिबेला नयाँ सो ‘सिटाडेल’को सुटिङमा छिन् । उनी अभिनित हलिउड फिल्म द म्याट्रिक्स रेसुरेक्सन रिलिज तयारीमा छ । प्रियंकाको पछिल्लो फिल्म द ह्वाइट टाइगर थियो ।

    हेर्नूस सूची :

  • अनमोल र स्वतन्त्रले आगामी प्रोजेक्टमा सहकार्य गर्ने

    अनमोल र स्वतन्त्रले आगामी प्रोजेक्टमा सहकार्य गर्ने

    काठमाडौं । अभिनेता अनमोल केसी र कलाकार एवं उद्यमी स्वतन्त्रप्रताप शाहले नयाँ प्रोजेक्टमा सहकार्य गर्ने भएका छन् । यसैसाता भएको मिटिङमा स्वतन्त्रले अनमोललाई लिएर प्रोजेक्ट अघि बढाउन चाहेका हुन् ।

    यसैमहिना अन्तर्राष्ट्रिय युवा उद्यमी संघको अध्यक्षमा चुनिएका स्वतन्त्रले नेपालमा फिल्म र शैक्षिक परामर्श कम्पनीहरुमा लगानी गरिरहेका छन् । मेरो भ्यालेन्टाइन, फेसबुकजस्ता फिल्ममा अभिनय गरेका स्वतन्त्रले नयाँ फिल्म निर्माणको तयारी पनि गरिरहेका छन् ।

    स्वतन्त्र र अनमोलले फिल्म वा अन्य व्यवसायिक क्षेत्रमध्ये कुनमा सहकार्य गर्न लागेका हुन् भन्नेबारे खुलाइएको छैन । तर, पनि चाँडै उनीहरुले भविष्यको प्रोजेक्टबारे सार्वजनिक गर्ने तयारी गरिरहेका छन् । ‘उनीहरुले प्रोजेक्टमा काम गर्ने तयारी गरिरहेका छन् र यसबारे विस्तृत जानकारी आउनेछ’ स्रोतले नेपाल प्रेसलाई भन्यो ।

  • ‘अवतार’ सिक्वेलका सबै छायांकन पानीमुनी, विशाल पौडीपोखरीमा यसरी हुँदैछ सुटिङ

    ‘अवतार’ सिक्वेलका सबै छायांकन पानीमुनी, विशाल पौडीपोखरीमा यसरी हुँदैछ सुटिङ

    काठमाडौं । विश्व फिल्म इतिहासमै सर्वाधिक कमाइ गर्ने फिल्म अवतारको दोस्रो श्रृंखलालाई लिएर अहिले विश्व नै पर्खाइमा छ ।

    यो उत्सुकताको बीच निर्देशक जेम्स क्यामरुन फिल्म छायांकन ताजा तस्बिरलाई सामाजिक संजालमा सेयर गरेका छन् । यसपटक फिल्मको छायांकन पूर्णरुपमा पानीमुनि हुनेछ ।

    पहिलो तस्बिरमा निर्देशक क्यामरुन ड्रयागन गनसिपको फ्लाइट डेकमा एडी फाल्कोका जनरल अडमोरसँगै देखिएका छन् । क्यामरुनद्वारा सेयर गरिएका तस्बिरमा सुटिङ चाहिँ ठूलो पौडीपोखरीमुनि हुँदैछ ।

    हलिउड म्यागजिन इन्टरटेनमेन्ट विक्लीसँग कुरा गर्दै निर्देशक क्यामरुनले डिसेम्बर १६, २०२२ मा दोस्रो सिक्वेल रिलिज गर्ने बताएका छन् । सन् २०१२ देखि उनले अवतारका सिक्वेल निर्माण थालेका थिए ।

    अहिले एकैसाथ २, ३, ४ र ५ सिक्वेल सुट भैरहेको छ । यी सबै सिक्वेल बनाउन करिब १ बिलियन डलर खर्च हुने अनुमान छ । सन् २०२० को सेप्टेम्बरमै दोस्रो सिक्वेलको छायांकन सकिएको थियो ।