Category: कलाप्रेस

  • बिदा मनाउन अमेरिकादेखि नेपाल आइन् श्रृंखला (भिडिओ)

    बिदा मनाउन अमेरिकादेखि नेपाल आइन् श्रृंखला (भिडिओ)

    काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडा अहिले काठमाडौंमा छिन् । दुई कारणले उनको आगमन जुरेको छ । पहिलो : क्रिसमसको छुट्टी सेलिव्रेसन गर्ने र दोस्रो : हजुरबुबा बद्रीप्रसाद खतिवडाको पुस्तक बिमोचन ।

    बिहीवार राजधानीमा आयोजित हजुरबुबाको पुस्तक विमोचन कार्यक्रममा श्रृंखला पनि उपस्थित थिइन् ।

    सो अवसरमा नेपाल प्रेससँग कुरा गर्दै श्रृंखलाले विश्वविद्यालयमा क्रिसमसको बिदा हुनु र नेपालमा हजुरबुबाको पुस्तक बिमोचन एकैपटक हुनु सुखद संयोग भएको बताइन् ।

    ‘सायद हजुरबुबाले नातिनीलाई पनि समेट्न चाहनुभएको थियो होला’ उनले भनिन्, ‘म असाध्यै खुशि छु । उहाँले मनका धेरै कुरा पब्लिक सामु राख्न चाहनुभएको थियो । दुईवर्षदेखि उहाँले मिहेनत गर्नुभएको थियो ।’

    सादा जीवनको मन्त्र हजुरबुबाबाट सिकेको बताउँदै श्रृंखलाले उहाँको जीवनशैलीबाट सबैले सिक्नुपर्ने बताइन् ।

    उनी हावर्ड विश्वविद्यालयमा अध्ययन गर्न चार महिनाअघि अमेरिका प्रस्थान गरेकी थिइन् । त्यहाँ रहँदा आफूले नेपाल र नेपालका विषयलाई सार्ने गरेको बताइन् ।

    अमेरिका जानुअघि र फर्केपछि घरको माहौल बदलिएको अनुभव सुनाउँदै घरमा फर्कँदा बुवा विरोध खतिवडालाई मन्त्रीको रुपमा भेटेको उनले सुनाइन् । ‘बाब बिजी हुनुभएको पाएँ । जाँदा उहाँ सांसदमात्र हुनुहुन्थ्यो । फर्कँदा उहाँ मन्त्री हुनुभएको छ’ उनले भनिन् ।

  • प्रकाश सुवेदीले ‘चरित्र हत्या’ गरेको भन्दै प्रेस काउन्सिलमा वर्षा शिवाकोटीको ध्यानाकर्षण

    प्रकाश सुवेदीले ‘चरित्र हत्या’ गरेको भन्दै प्रेस काउन्सिलमा वर्षा शिवाकोटीको ध्यानाकर्षण

    काठमाडौं । एपीवान टेलिभिजनमा प्रसारण हुने कार्यक्रम ‘रजतपट’ले आफू लगायतका कलाकारको चरित्र हत्या गरेको आरोप लगाउँदै नायिका वर्षा शिवाकोटीले पे्रस काउन्सिलमा ध्यानाकर्षण पत्र बुझाएकी छिन् ।

    शिवाकोटीले बुझाएको पत्रमा कार्यक्रम संचालक प्रकाश सुवेदीले मानमर्दन गर्ने खालका समाचार प्रसारण गरेको भन्दै काउन्सिलसमक्ष ध्यानाकर्षण गराएको उल्लेख छ ।

    ‘ममात्र होइन, उद्योगकै हितको लागि पनि ध्यानाकर्षण गराउनु जरुरी थियो’ नेपाल प्रेससँग वर्षाले भनिन्, ‘तर, उहाँलाई कार्वाही गर्नुपर्छ भनेर उजुरी दिएको चाहिँ होइन ।’

    रजतपटमा यसअघि प्रसारित समाचारमा उल्लेख भएजस्तो ‘अरु कसैको लगानीमा अपार्टमेन्ट खरिद गरेको भन्ने समाचारमा आफ्नो असहमति रहेको वर्षाले बताएकी छिन् ।

    ‘मुख्य कुरा अरु कसैको लगानीमा अपार्टमेन्ट खरिद गरेको भन्ने न्यूजमा मेरो आपत्ति हो’ नेपाल प्रेससँग उनले भनिन् ।

    यसअघि पनि सुवेदीको कार्यक्रमलाई लिएर केही निर्मात्री र नायिकाले काउन्सिलमा उजुरी दिएका थिए । एपीवानले केही महिनाअघि सुवेदीले होस्ट गर्ने कार्यक्रमलाई निलम्बन समेत गरेको थियो ।

    वर्षाले यसअघि ललितपुर हात्तीवनस्थित सिटी स्केपमा २ करोड ५० लाख रुपैयाँ तिरेर अपार्टमेन्ट खरिद गरेकी थिइन् । भक्तपुर कौशलटारमा बस्दै आएकी वर्षा अहिले भने उक्त अपार्टमेन्टमा बस्दै आएकी छिन् ।

     

  • मुस्कान खातुनमाथि बायोपिक फिल्म बन्ने, रमित ढुंगाना निर्देशन गर्दै

    मुस्कान खातुनमाथि बायोपिक फिल्म बन्ने, रमित ढुंगाना निर्देशन गर्दै

    काठमाडौं । यसैवर्ष अमेरिकी सरकारबाट साहसी महिलाको पुरस्कार जितेकी नेपाली एसिड सर्भाइभर किशोरी मुस्कान खातुनको जीवनमाथि फिल्म निर्माण हुने भएको छ ।

    अभिनेता तथा निर्माता रमित ढुंगानाले फिल्म निर्माण गर्न लागेको जानकारी नेपाल प्रेसलाई दिए । रमित स्वयमले यस फिल्मलाई निर्देशन गर्ने भएका छन् भने मुस्कान स्वयमले यसमा अभिनय गर्ने भएकी छिन् ।

    फिल्मको नाम ‘मुस्कान’ राखिएको छ ।

    ‘जतिसक्दो चाँडो हामी छायांकनमा जाने तयारीमा छौं र मुस्कानलाई पनि अभिनयबारे सिकाइरहेका छौं’ ढुंगानाले भने, ‘यसले किशोरी र महिलाविरुद्ध हुने एसिड आक्रमणविरुद्ध सन्देश दिनेछ ।’

    अहिले स्क्रिप्ट लेखन र प्रि-प्रोडक्सनमा काम भैरहेको र सन् २०२२ को सुरुआतदेखि छायांकनमा लैजाने तयारी भैरहेको रमितले बताए । निर्माण, लगानी, तालिका र अन्य कलाकारबारे चाँडै जानकारी गराउने रमितले जनाए ।

    यसवर्ष अमेरिकी विदेश मन्त्रालयले प्रदान गर्ने साहसी महिलाको अवार्ड खातुनले जितेकी थिइन् ।

  • पारिश्रमिक नपाएको भन्दै फेसबुकमा हिरोको गुनासो : स्वस्तिमा र लक्ष्मीले गरे यस्तो कटाक्ष !

    पारिश्रमिक नपाएको भन्दै फेसबुकमा हिरोको गुनासो : स्वस्तिमा र लक्ष्मीले गरे यस्तो कटाक्ष !

    काठमाडौं । आगामी पुस १५ गते रिलिज हुने फिल्म ‘चपली हाइट ३’ विभिन्न कारणले चर्चामा छ । नायिका स्वस्तिमा खड्का र निर्माता अर्जुन कुमारबीचको सम्बन्धमा देखिएको चिसोपनले फिल्मको पब्लिसिटी पनि प्रभावित बनेको छ ।

    फिल्म रिलिज हुनै लाग्दा पनि पब्लिसिटीमा स्वस्तिमाको सक्रिय सहभागिता छैन । अभिनेता महेश त्रिपाठी र निर्देशक निकेश खड्कालाई लिएर निर्माता कुमार दौडधुप गरिरहेका छन् ।

    यसैबीच, फिल्मका कलाकारले पारिश्रमिक नपाएको कुरा अहिले बाहिरिएको छ । फिल्मको पहिलो सिक्वेलदेखि नै संलग्न अभिनेता आमिर गौतमले पारिश्रमिक नपाएको कुरा सामाजिक संजालमै लेखेर असन्तुष्टि पोखेका छन् । अभिनेत्री लक्ष्मी बर्देवाले पनि त्यसमा टिप्पणी गर्दै आफूले पनि पारिश्रमिक नपाएकोतर्फ संकेत गरेकी छिन् ।

    गौतम लेख्छन्, ‘३ दिन जाडोमा भिजेर सुटिङ सक्काएको फिल्मको पैसा त आउँदैन भने अरुको के हालत होला ।’ यो स्टेटसमा अभिनेत्री बर्देवाको टिप्पणी छ, ‘लक्की चार्मको त यो हालत छ झन् हाम्रो के होला ?’

    अभिनेत्री स्वस्तिमा खड्काको टिप्पणी छ, ‘लक्की चार्म आमिर गौतम भिजेपछि चार्म हराएजस्तो छ ।’ स्वस्तिमाले घुमाउरो ढंगले आमिर र निर्मातालाई व्यंग्य गरेकी छिन् । फिल्ममा स्वस्तिमाको मुख्य भूमिका छ ।

     

  • ब्रुसलीका को-स्टारले अभिनय गरेको नेपाली फिल्म ‘फाइट एन्ड फ्युरी २’ गीत लन्च (भिडिओ)

    ब्रुसलीका को-स्टारले अभिनय गरेको नेपाली फिल्म ‘फाइट एन्ड फ्युरी २’ गीत लन्च (भिडिओ)

    काठमाडौँ। नेपाली कलाकार तथा मार्सल आर्ट्सका खेलाडी सन्नी बी केसीको फिल्म ‘फाइट एण्ड फ्युरी २’को गीत लन्च भएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा शीर्ष गीत रिलिज गरिएको हो ।

    पूर्वडीआइजी रमेश खरेल, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का लगायतले गीत सार्वजनिक गरे । चर्चित अभिनेता ब्रुसलीको फिल्म ‘इन्टर द ड्रागन’मा काम गरिसकेका अभिनेता बब वालको समेत अभिनय रहेको फिल्ममा लियो फ़ोङ्ग, जोस्फ़ माइकल, एमएमए फाइटर लगायतका अमेरिकी कलाकारको अभिनय छ ।

    सार्वजनिक शीर्ष गीतमा अभिनेता सन्नी बीलाई मात्र चित्रण गरिएको छ ।

    अंग्रेजी भाषामा बनेको फिल्म नेपालीमा डब गरेर नेपालमा समेत प्रदर्शन गरिने निर्देशक तथा कलाकार सन्नीले बताए । कार्यक्रममा बोल्दै उनले अमेरिकामा रहे पनि नेपाली फिल्मको लागि आफू खटिरहेको बताए । चाँडै नेपाली फिल्म निर्माणको तयारी गरिरहेको उनले जनाए ।

    पूर्वडीआईजी रमेश खरेलले कलेज पढ्दाको समयको शन्नी बिको बारेमा सुनेको बताए। ‘कलेज पढ्दा देखि नै उनले फिल्ममा रुचि राख्थे । ब्रुस्लीको फिलम हेरेर एक्सन गर्थे । मार्शल आर्टका खेलाडी समेत रहेका सन्नीले अहिले आएर हलिउडमा समेत काम गरेकोमा निकै नै खुशि छु’ उनले भने । शरिन बिको छायाँकन रहेको फिल्मको सम्पादक बनिश शाह हुन्।

    एक्सन जनराको यस फिल्ममा मानव बेचबिखनको कथावस्तुलाई प्रस्तुत गरिएको छ । गोबिन्दा, मिथुनका फिल्ममा पनि काम गरिसकेका केसीले एक दशकअघि गोर्खा रक्षक फिल्म रिलिज गरेका थिए । ‘फाइट एण्ड फुरी २’ लाई अमेरिकी फिल्म हल तथा केही ओटीटी प्लेटफर्ममा रिलिज गरिने भएको छ ।

  • नेपाली हरर फिल्म ‘कठपुतली’को ओर्जिनल साउन्ड ट्रयाक रिलिज (भिडिओ)

    नेपाली हरर फिल्म ‘कठपुतली’को ओर्जिनल साउन्ड ट्रयाक रिलिज (भिडिओ)

    नेपाली हरर फिल्म ‘कठपुतली’को ओरजिनल साउन्ड ट्रयाक रिलिज (भिडिओ)काठमाडौं। पुष १६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘कठपुतली’ को ओरजिनल साउन्ड ट्रयाक (ओएसटी) रिलिज भएको छ । ‘यो ज्यान कठपुतली’ बोलको गीत लोक लयमा आधारित छ । मेलिना राईको स्वर, दयाराम पाण्डेको शब्द र सुरेश अधिकारीको संगीत रहेको गीतमा फिल्मका दृश्य समावेश छन् ।

    यस गीतको भिडिओ भीएफएक्स र एनिमेशन प्रयोग गरी बनाइएको छ । फिल्मको कथावस्तुअनुसा तयार पारिएको गीतलाई दर्शकले रुचाउनेमा निर्माण टिम विश्वस्त छ ।

    परिवार त्यागेका राजकुमार दरबारमा रहँदा सामना गर्नुपरेका विभिन्न रहस्य तथा अदृश्य शक्तिबाट बच्नको लागि गरेको संघर्षको हरर कथा यो फिल्ममा पाईनेछ । फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, शिल्पा माष्के, कार्म, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइरालाको अभिनय छ ।

    हरर जनरामा निर्माण भएको फिल्मलाई भीमसेन लामाले निर्देशन गरेका हुन् । पृथ्वी राना मगर फिल्मका निर्माता हुन् भने सम्पदा मल्लले कथा लेखेकी हुन् ।

    केही दिन अगाडि सार्वजनिक भएको फिल्मको ट्रेलरलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको छ । फिल्मलाई अष्ट्रेलियाका सिनेम्याटोग्राफर जोएल फ्रूमले छायांकन गरेका हुन् । उनी फिल्म खिच्न अष्ट्रेलियाबाट नेपाल आएका थिए । फिल्मको सह-निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् ।

  • ६ बर्षपछि सागरले ल्याए ‘पोखरेली शहर’ (भिडिओ)

    ६ बर्षपछि सागरले ल्याए ‘पोखरेली शहर’ (भिडिओ)

    काठमाडौं । गायक सागर बुढाथोेकीकोे स्वर, शब्द तथा संगीतमा तयार भएकोे ‘पोेखरेली शहर’ बोेलको गीतकोे भिडिओ मधुर आर्ट नामक युट्युब च्यानलबाट सार्वजनिक भएको छ । पोेखरामा एक यूवती देखेपछि यूवककोे मनमा उठ्ने विभिन्न भावना र प्रेमको कथालाई भिडिओमा प्रस्तुत गरिएकोे छ ।

    भिडिओमा सागर वुढाथोकी र शिवानी कुँवरले अभिनय गरेका छन् । पोेखरा र लमजुङमा खिचिएकोे भिडिओमा अशोक भुजेलकोे निर्देशन छ । भिडिओमा राजकुमार श्रेष्ठको छायांकन र सम्पादन छ । सागरले ६ बर्ष अगाडि ‘डुम्रे काँटेर लमजुङकोे बाटोे’ सार्वजनिक गरेका थिए ।

    हेर्नूस गीत :

  • ‘काफल कमला’को फिमेल भर्सन रिलिज : स्वस्तिमा र अस्मिताको सहकार्य

    ‘काफल कमला’को फिमेल भर्सन रिलिज : स्वस्तिमा र अस्मिताको सहकार्य

    काठमाडौं । चर्चित गीत ‘काफल कमला’ रिलिजको चारवर्षपछि बुधबार यसको फिमेल भर्सन रिलिज भएको छ । अस्मिता अधिकारी र जनक ताम्राकारको स्वर रहेको गीतमा स्वस्तिमा खड्काको अभिनय छ ।

    निर्देशक निश्चल बस्नेतको अतिथि भूमिका रहेको गीतमा महेश ताम्राकारको शब्द तथा संगीत छ । असिम शाहको निर्देशन रहेको भिडिओमा सौरभ लामिछानेको छायांकन तथा सम्पादन छ ।

    सुदुरपश्चिमको भाखामा गाइएको यो फिमेल भर्सनलाई दर्शक तथा श्रोताले रुचाउने विश्वास लिइएको छ । जी-ट्वान्टीवान डिजिटलको युट्युव च्यानलबाट गीत लन्च भएको हो । हेर्नूस गीत :

  • आइकोरले नेपालमा विदेशी फिल्मको वितरण थाल्यो : शुक्रबार ‘म्याट्रिक्स’ श्रृंखला रिलिज हुँदै

    आइकोरले नेपालमा विदेशी फिल्मको वितरण थाल्यो : शुक्रबार ‘म्याट्रिक्स’ श्रृंखला रिलिज हुँदै

    काठमाडौं । मुलुकको अग्रणी फिल्म निर्माण कम्पनी आइकोर फिल्म्सले विदेशी फिल्म वितरणको थालनी गरेको छ । कम्पनीको वितरण रहने हलिउड फिल्म ‘द म्याट्रिक्स रिसुरेक्सन’ शुक्रबारदेखि मुलुकका प्रमुख मल्टिप्लेक्समा प्रदर्शनमा आउने भएको छ ।

    कम्पनीले बुधबार विज्ञप्ति जारी गर्दै फिल्मको वितरण सुरु भएको जानकारी दिएको छ । हलिउडको म्याट्रिक्स सिरिजकै पछिल्लो श्रृंखला रहेको फिल्मको प्रमुख भूमिकामा किनु रिभ्स र क्यारी एने मोस छन् । श्रृंखलाको पछिल्लो फिल्म द म्याट्रिक्स रिभोलुसन सन् २००३ मा रिलिज भएको थियो ।

    व्यवसायिकरुपमा हिट नेपाली फिल्महरु मेरो लभस्टोरी, मेरो एउटा साथी छ, इन्टुमिन्टु लन्डनमा निर्माण गरेको आइकोरले वान सिनेमाज् मल्टिप्लेक्समार्फत प्रदर्शनमा हात हालेसँगै वितरणलाई पनि अघि बढाएको हो ।

    साथै, आइकोरले भेनिस र टोरन्टो फिल्म फेस्टिभलमा प्रिमियर गरिएको र अवार्ड जितेको चर्चित छोटो फिल्म दाद्या पनि निर्माण गरेको थियो । आइकोरकै फिल्म ‘आइएम ट्वान्टीवान’ रिलिज तयारीमा छ ।

    आइकोर प्रालि तथा वान सिनेमाज् निर्देशक प्रज्वल जबराले म्याट्रिक्स सिरिज आफ्नो मनपर्ने साइन्स फिक्सन भएको र चौंथो श्रृंखलाले सम्बन्धित फिल्मको जनराको स्वाद दिने तथा दर्शकलाई नोस्टाल्जिक (विगतलाई लिएर भावुक तुल्याउने) बनाउने बताए ।

    साइन्स फिक्सन, एक्सन र एड्भेन्चर जनरामा राखिएको फिल्मलाई लाना वाचाओक्सीले निर्देशन गरेकी हुन् । फिल्मबारे आइकोरले जारी गरेको विज्ञप्तिमा निर्देशक लानाले भनेकी छिन्, ‘धेरैका लागि कला ऐन हो र धेरैजना सतहमै देखिने कुरामा रमाउन खोज्छन् । तर, केही मानिस यस्ता हुन्छन् जो ऐना पछाडिको कुरामा रमाउन चाहन्छन् । मैले उनीहरुको लागि यो फिल्म बनाएकी हुँ ।’

    हलिउडमा पछिल्लो समय भिजिनरी निर्देशक मानिने लाना निर्देशित यो फिल्मको मुख्य भूमिकामा रहेका कलाकारहरु रिभ्स र मोस क्रमशः दुई चर्चित पात्रहरु नियो र ट्रिनिटीको भूमिकामा देखिएका छन् ।

    वार्नर ब्रोज पिक्चर्स स्टुडियोको प्रस्तुति रहेको फिल्मलाई भिलेज रोड सो पिक्चर्सले निर्माण गरेको हो । पछिल्लो समय हलिउड फिल्म स्पाइडरम्यान ः नो वे होमले नेपाली बक्सअफिसमा उछाल कमाइ गरिरहेको बेला रिलिज हुन लागेको द म्याट्रिक्स रिसुरेक्सनलाई पनि दर्शकले रुचाउने आशा आइकोरले लिएको छ ।

     

  • अनमोल केसी अम्पायर कन्सलटेन्सीका दूत नियुक्त, फिल्म परियोजनामा पनि सहकार्य गर्ने

    अनमोल केसी अम्पायर कन्सलटेन्सीका दूत नियुक्त, फिल्म परियोजनामा पनि सहकार्य गर्ने

    काठमाडौं । अम्पायर कन्सलटेन्सी एन्ड भिजा सेन्टरले अभिनेता अनमोल केसीलाई व्यवसायिक दूतको रुपमा नियुक्त गरेको छ । बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सेन्टरका प्रमुख स्वतन्त्रप्रताप शाह र केसीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

    ब्रान्ड एम्बेसडरमा नियुक्त भएबापत केसीले कम्पनीको व्यवसायिक गतिविधिमा भाग लिनेछन् । साथै, भविष्यमा फिल्म निर्माणसहितका परियोजनामा समेत सहकार्य गर्ने जानकारी समेत दुबैजनाले दिए ।

    थप सहकार्यबारे चाँडै जानकारी दिने कम्पनी प्रमुख शाहले बताए । दूत नियुक्त भएकोमा आफूलाई खुशि लागेको र अभिनेता समेत रहेका शाहसँग व्यवसायिकभन्दा पनि ब्रदरहुडको कारण पनि संलग्न भएको अनमोलले बताए ।

    अनमोलसँग सम्झौतापत्र आदानप्रदान गदै शाहले भने, ‘केसीलाई एम्बेसडरको रुपमा नियुक्त गर्न पाउँदा खुशि लागेको छ । हामी थप प्रोजेक्टमा पनि सहकार्य गर्न तयार छौं ।’

    उनका अनुसार अनमोलले विदेशमा अध्ययन गर्न जाने विद्यार्थीको लागि बजारीकरणमा सघाउने, वैदेशिक अध्ययनका चुनौतिबारे सचेतना जगाउने, अध्ययनपछि स्वदेश फर्कनुपर्छ भन्ने धारणाको विकास गराउने कार्यमा भूमिका खेल्ने भएका छन् ।

    अम्पायर कन्सलटेन्सीले काठमाडौंसहित पोखरा, चितवन, दमक तथा विदेशका भुटान र फिलिपिन्समा समेत शाखा विस्तार गरेको छ । २० वटा मुलुकमा फैलिएको नेपाली उद्यमी संस्था फिनेका अध्यक्ष समेत रहेका शाहले विदेश र नेपालमा एकैपटक फिल्म रिलिज गर्ने वातावरण बनाउन तयारी भैरहेको बताए ।

  • जी र सोनी पिक्चर्सबीच मर्जर : १.५७५ बिलियन डलरसहित भारतकै ठूलो मनोरञ्जन कम्पनी

    जी र सोनी पिक्चर्सबीच मर्जर : १.५७५ बिलियन डलरसहित भारतकै ठूलो मनोरञ्जन कम्पनी

    दिल्ली । भारतका दुई ठूला मिडिया तथा मनोरञ्जन कम्पनीहरु सोनी पिक्चर्स र जि इन्टरटेनमेन्ट इन्टरप्राइजबीच मर्जर भएको छ । यो बहुचर्चित मर्जरपछि अब यी दुई कम्पनी आम्दानी तथा फिल्म, टिभी र स्ट्रिमिङ कन्टेन्टका हिसाबले अब भारतकै दोस्रो ठूलो इन्टरटेनमेन्ट कम्पनी बनेका छन् ।

    गते सेप्टेम्बर २१ मै मर्जरको घोषणा भएपनि बुधबार बिहानमात्रै उनीहरुबीच लिखित सम्झौता भएको हो । मर्जरपछि सोनी पिक्चर्स इन्टरटेनमेन्टले बढी हिस्सा प्राप्त गर्नेछ । यो कम्पनी अब भारतमा सार्वजनिक कम्पनीको पनि सूचीकृत हुनेछ ।

    मर्जरबीच कम्पनीसँग ७५ वटा टिभी च्यानल, सोनी लाइभ र जीफाइभजस्ता स्ट्रिमिङ प्लेटफर्म, दुईवटा ठूला फिल्म स्टूडियो, डिजिटल कन्टेन्ट स्टूडियो, हजारौं फिल्म तथा सिरिजका संयुक्त लाइब्रेरी उपलब्ध हुने भएका छन् ।

    मर्जरपछि जी कम्पनीका सीइओ पुनित गोएन्काले व्यवस्थापकीय निर्देशकको रुपमा कम्पनीको नेतृत्व गर्नेछन् । दुबै कम्पनीले बोर्ड निर्देशकहरु चयन गर्नेछन् र तिनै निर्देशकले कम्पनीका सदस्यहरु चुन्ने जनाइएको छ ।

    दुबै कम्पनीको मर्जरपछि कम्पनीको पूँजी १.५७५ बिलियन डलर हुने जनाइएको छ । कम्पनीको अबको ध्यान डिजिटल प्लेटफर्म र खेल प्रसारण अधिकारतर्फ हुने जनाइएको छ ।

  • मिस वर्ल्डको ग्रान्ड फिनाली चैत २ मा हुने, प्रतिस्पर्धी पुनः अमेरिका जानुपर्ने

    मिस वर्ल्डको ग्रान्ड फिनाली चैत २ मा हुने, प्रतिस्पर्धी पुनः अमेरिका जानुपर्ने

    काठमाडौं । कोरोनाभाइरस महामारीले स्थगित भएको मिस वर्ल्डको ग्रान्ड फिनाली आगामी चैत २ गते (मार्च १६, २०२२)मा अमेरिकाको पुएर्तो रिकोमा हुने भएको छ ।

    मिस वर्ल्ड आयोजकले मंगलबार बिहान प्रेस वक्तव्य जारी गर्दै फिनालीको मिति घोषणा गरेको हो । फिनाली स्थगित भएपछि स्वदेश फर्किएका प्रतिस्पर्धी पुनः अमेरिका जानुपर्ने भएको छ ।

    अन्तिम ३० मा प्रवेश गरेकी मिस नेपाल नम्रता श्रेष्ठ सोमबार नेपाल आइपुगेकी छिन् र उनी अहिले होम आइसोलेसनमा छिन् । गतसाता प्रतिस्पर्धी र आयोजकमा कोरोना संक्रमण भएपछि फिनाली स्थगित गरिएको थियो ।

    मिस वर्ल्ड लिमिटेडकी प्रमुख जुलिया मोर्लेले फिनालीको तयारी पुरा भएको बताइन् । फिनालीलाई टेलिभिजनमार्फत विश्वभर प्रसारण गरिने जानकारी पनि दिइएको छ ।

    अहिले अमेरिकामा कोरोनाभाइरस संक्रमण तीव्र भएपछि त्यहाँका कतिपय राज्यले प्रतिबन्धहरु लगाउन थालेका छन् ।

  • १० विधामा अस्कर अवार्ड मनोनयन घोषणा : भुटानको फिल्म पनि छानियो

    १० विधामा अस्कर अवार्ड मनोनयन घोषणा : भुटानको फिल्म पनि छानियो

    लस एन्जल्स । विश्व फिल्मको सर्वोच्च अवार्ड अस्करले १० विधाको मनोनयन घोषणा गरेको छ ।

    आज बिहान डकुमेन्ट्री फिचर, डकुमेन्ट्री सर्ट सब्जेक्ट, अन्तर्राष्ट्रिय फिचर फिल्म, मेकअप एन्ड हेयरस्टाइलिङ, म्युजिक (ओरजिनल स्कोर), म्युजिक ओरजिनल सङ, एनिमेटेड सर्ट फिल्म, लाइभ एक्सन सर्ट फिल्म, साउन्ड एन्ड भिजुअल इफेक्ट विधाको मनोनयन सार्वजनिक भएको छ ।

    अन्तर्राष्ट्रिय फिचर विधातर्फ १५ फिल्म मनोनित भएका छन् । ९२ वटा मुलुकका फिल्ममध्येबाट यी फिल्म छानिएका हुन् । दक्षिण एसियाली मुलुक भुटानको ‘लुनाना : अ याक इन द क्लासमरुम’ मनोनित भएको छ ।

    यसवर्ष नेपालले अस्करमा कुनैपनि फिल्म पठाएको थिएन । १५ वटा फिल्म डकुमेन्ट्री फिचर, डकुमेन्ट्री सब्जेक्टमा १५ फिल्म, मेकअप एन्ड हेयर स्टाइलिङमा १० फिल्म, ओरजिनल स्कोर म्युजिकतर्फ १५ फिल्म, म्युजिक ओरजिनल सङतर्फ १० गीत छानिएका छन् ।

    ध्वनी विधातर्फ ड्युन, द म्याट्रिक्स, नो टाइम टु डाइसहितका १० फिल्म मनोनित भएका छन् । भिजुअल इफेक्टतर्फ ब्ल्याक विडो, ड्युन, इटर्नल्स, म्याट्रिक्स, स्पाइडरम्यान नो वेम होम लगायत मनोनित भएका छन् ।

    जनवरी २७ देखि मनोनित फिल्ममाथि मतदान हुनेछ र समापन चाहिँ फेब्रुअरी १, २०२२ मा हुने भएको छ । अस्कर अवार्डको मनोनयन घोषणा चाहिँ फेब्रुअरी ८, २०२२ मा हुने भएको छ ।

    ९४ औं अस्कर अवार्ड वितरण मार्च २७, २०२२ मा हलिउडको डल्बी थिएटरमा आयोजना हुनेछ ।

     

  • मिस वर्ल्ड स्थगित भएपछि काठमाडौं फर्किइन् नम्रता, एकसाता होम आइसोलेसनमा बस्ने

    मिस वर्ल्ड स्थगित भएपछि काठमाडौं फर्किइन् नम्रता, एकसाता होम आइसोलेसनमा बस्ने

    काठमाडौं । मिस वर्ल्डको ग्रान्ड फिनाली अन्तिम समयमा स्थगित भएपछि मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ स्वदेश फर्किएकी छिन् ।

    टर्किस एयरलाइन्सको जहाजबाट सोमबार अपरान्ह काठमाडौं आइपुगेकी नम्रतालाई त्रिभुवन विमानस्थलमा द हिडन ट्रेजरका निर्देशक प्रमोद कंसकार लगायतले स्वागत गरे ।

    अमेरिकामा कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण तीव्ररुपमा फैलिएकाले मिस वल्र्डका स्टाफ, प्रतिस्पर्धी र आयोजक समेत संक्रमण भएपछि फिनाली स्थगित गरिएको थियो ।

    संक्रमणको अवस्था सामान्य भए ९० दिनभित्र पुनः फिनाली आयोजना गर्ने जनाइएको छ । तर, अमेरिकामा पछिल्लो समय ओमिक्रोन संक्रमण उच्च दरमा फैलिइरहेको छ ।

    मिस वर्ल्डका अन्य प्रतिस्पर्धीमा कोरोना संक्रमण पुष्टि भएपनि मिस नेपाल नम्रताको परीक्षण भने नेगेटिभ पुष्टि भएको थियो । काठमाडौं आइपुगेकी नम्रता एकसाता घरमै आइसोलेसनमा बस्ने भएकी छिन् ।

    मिस वर्ल्डको यो संस्करणमा नम्रता अन्तिम ३० भित्र प्रवेश गरिसकेकी छिन् । मल्टिमिडिया र ब्यूटी विथ पर्पस विधामा नेपालको दाबेदारी कायमै छ ।

     

  • ‘दी प्रेमपूजा–२’को घोषणा, छिट्टै छायांकन

    ‘दी प्रेमपूजा–२’को घोषणा, छिट्टै छायांकन

    काठमाडौं । तीन दशकअघि ‘प्रेमपूजा’मार्फत अभिनयमा प्रवेश गरेका विमल पौडेलले नयाँ चलचित्र ‘दी प्रेमपूजा–२’ घोषणा गरेका छन् ।
    मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी पौडेलले नेपाल र बेल्जियममा छायाकन हुने जानकारीसहित कलाकार तथा प्राविधिक टिम घोषणा गरेका हुन् ।

    ‘बि कम्पनी’को निर्माण तथा ‘क्याराभान नेपाल’को प्रस्तुति रहेको चलचित्रमा सफल पौडेल, एलिजा श्रेष्ठ र रजनी केसीको मुख्य भूमिका रहेको छ । अन्य कलाकारहरूमा सुवास गजुरेल, बबि रोजा ढकाल, सविता कार्की, मनिषा केसी, दिनेश कुँवर, लक्ष्मण नेपाल रहेका छन् ।

    यस्तै गीत–संगीत दयाराम दाहाल र हरि भूषालको रहेको छ भने छायाकनमा महेन्द्र थापा तथा सहनिर्देशकको रुपमा विनय गौतम रहेका छन् ।

    ‘तीन दशकपछि आफ्नो पुरानो टोली र नयाँ कलाकारसहित दी प्रेमपूजा– २ घोषणा गरेको छु’ लेखन तथा निर्देशक दुवैको भूमिकामा रहेका पौडेलले भने, ‘कोभिड महाकारीले गर्दा संकटमा परेको चलिचत्रि क्षेत्रमा नयाँ उर्जा र आधार दिने उद्देश्यले यो चलचित्र बनाउन लागेको हुँ ।’

    वरिष्ठ कलाकार सुवास गजुरेलले दी प्रेमपूजा–२ विदेशमा छायाकन गर्ने भनिए पनि मूल कथावस्तु नेपाली समाज र संस्कृति रहेको बताए । उनले भने, ‘मौलिक नेपाली स्वादको स्तरीय सिनेमा बनाउन सक्यो भने नेपाली सिनेमाको उत्थान हुन्छ । प्रेमपूजाले त्यो पुरा गरोस् भन्ने शुभकामना दिन चाहन्छु ।’

    तीन दशकदेखि नेपाली चलचित्रमा सक्रिय विमल पौडेलको निर्देशनमा यसअघि किसान, जनयुद्ध, नागरिक, पोखराकी कालीलगायत चलचित्र प्रदर्शन भइसकेका छन् ।

     

  • ‘मुन्द्रेको कमेडी क्लब’ पुनः प्रसारण हुँदै : दिनेश डीसीसँग जितुले सहकार्य गर्ने

    ‘मुन्द्रेको कमेडी क्लब’ पुनः प्रसारण हुँदै : दिनेश डीसीसँग जितुले सहकार्य गर्ने

    काठमाडौं । फुलन्देकी आमा अर्थात उमेश राईसँग विवाद भएपछि कात्तिकमा बन्द भएको ‘मुन्द्रेको कमेडी क्लब’ पुनः प्रसारणमा आउने भएको छ । नेपाल प्रेससँग कुरा गर्दै संचालक जिुत नेपालले सोलाई चाँडै नयाँ ढाँचा र टीमसँग ल्याउने तयारी भैरहेको बताए ।

    ‘प्रसारणको लागि केही टेलिभिजनसँग कुरा भैरहेको छ । त्यो कुरा तय हुने वित्तिकै प्रसारण मिति टुंगो लाग्छ’ नेपालले भने, ‘अहिले हामीले विभिन्न टिभीसँग छलफल गरिरहेका छौं ।’

    सोसँग मिडियाकर्मी तथा निर्देशक दिनेश डीसी पनि आबद्ध हुने जानकारी नेपालले दिए । डीसी अहिले कान्तिपुर टेलिभिजन र रेडियो कान्तिपुरका स्टेसन म्यानेजर समेत छन् । ‘दिनेश दाई आबद्ध त हुनुहुनेछ तर, कुनरुपमा उहाँसँग सहकार्य हुनेछ भन्ने कुरा निधो भैसकेको छैन’ जितुले भने ।

    तर, डीसी निर्देशकको रुपमा मुन्द्रेको कमेडी क्लबसँग आबद्ध हुने सम्भावना रहेको निकट स्रोतहरु बताउँछन् । सोमा अभिनेत्री करिश्मा मानन्धर पनि अध्यक्षको रुपमा निरन्तर हुने सम्भावना रहेको जानकारी जितुले दिए ।

    अर्कोतर्फ, ‘छक्कापञ्जा ४’ फिल्ममा जोडिनेबारे दीपकराज गिरीको समूहसँग छलफल भैरहेको जानकारी पनि जितुले दिए ।

  • घाइते हिरो फर्किएपछि ‘गोर्खा वारियर २’ छायांकन सुचारु

    घाइते हिरो फर्किएपछि ‘गोर्खा वारियर २’ छायांकन सुचारु

    काठमाडौं । भीरबाट खसेर गम्भिर घाइते अभिनेता सुटिङ सेटमा फर्किएपछि अवरुद्ध ‘गोर्खा वारियर २’को छायांकन सोमबारदेखि सुचारु भएको छ ।

    गतसाता फिल्मका मुख्य अभिनेता रितेश चाम्स सिन्धुलीमा भइरहेको छायांकनको क्रममा भीरबाट खसेका थिए । उनको घाँटीमा गहिरो चोट लागेको थियो । घाउ केही निको भएपछि उनले सोमबारदेखि नै सुटिङ सेट ज्वाइन गरेका हुन् ।

    निर्देशक मिलन चाम्सका अनुसार मेकअपले अभिनेता चाम्सको घाँटीको घाउलाई पुरेर सुटिङ सुचारु गरिएको हो । सिन्धुलीको सेड्युल यसैसाता सकिने भएपनि रितेश घाइते भएपछि ढिलिएको थियो ।

    आगामी साता छायांकन दमौलीमा हुने भएको छ । सुटिङ सेटमा फर्कनुअघि अभिनेता चाम्सले नयाँ जीवन पाएको भन्दै आफ्नो स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

    ‘हजुरहरुको आशिर्वादले गर्दा स्वास्थ्यमा सुधार भई सुटिङको काममा फर्किएको छु’ उनले लेखेका छन्, ‘आफूले के पाएँ भन्दा पनि के दिन सकेँ भन्ने कुरा महत्वपूर्ण हुन्छ भन्ने मेरो मान्यता हो ।’

  • नेपालमा ‘स्पाइडरम्यान’को कीर्तिमान : दुई दिनमै सवा दुई करोड ग्रस कलेक्सन

    नेपालमा ‘स्पाइडरम्यान’को कीर्तिमान : दुई दिनमै सवा दुई करोड ग्रस कलेक्सन

    काठमाडौं । सोनी र मार्भल स्टूडियोको ‘स्पाइडरम्यान : नो वे होम’ले नेपाली बक्सअफिसमा सर्वाधिक ओपनिङ गर्ने हलिउड फिल्मको कीर्तिमान राखेको छ । नेपाल प्रेसलाई प्राप्त विवरण र वितरकले दिएको जानकारी अनुुसार फिल्मले सुरुआती दुई दिनमै २ करोड २५ लाख ग्रस कलेक्सन गरेको हो । आइतबारको सार्वजनिक बिदाको कमाइ जोड्दा फिल्मको पहिलो सप्ताहन्तको कूल कमाइ सवा तीन करोड नेरु ग्रस हुने अपेक्षा छ ।

    रिलिजअघि नै ७६ लाख अग्रिम टिकट विक्री गरेर अहिलेसम्मकै प्रि-सेल टिकेटिङको कीर्तिमान राखेको फिल्मको पहिलो दिनको कमाइ झन्डै १ करोड ग्रस बताइएको छ । अपेक्षा अनुसार नै शनिबारको कमाइमा उछाल आउँदै एक करोडभन्दा बढी ग्रस कलेक्सन छ ।

    स्पाइडरम्यानले एभेन्जर्स : एन्डगेमको दुई दिने कमाइलाई पनि उछिनेको बताइएको छ । मार्भलकै एन्डगेमले लकडाउनअघि दुई दिनमै २ करोड १५ लाख ग्रस कमाइ गरेको थियो ।

    वितरक कम्पनी एप्पल इन्टरटेनमेन्टकी प्रबन्ध निर्देशक जेनिश पहारी र फिल्मको कारोबारमा संलग्न अन्य निकायले पनि दुई दिने कमाइको पुष्टि गरे । थ्रीडी प्रविधिमा रिलिज भएकाले पनि स्पाइडरम्यानको कमाइमा बढोत्तरी देखिएको हो ।

    ‘सात वर्षमा पहिलोपटक यस्तो कमाइ देख्न पाएँ । मैले हल संचालनमा ल्याएपछि पहिलोपटक यस्तो भव्य कमाइ भयो’ क्यूज सिनेमाज् प्रमुख सुमित मैनालीले नेपाल प्रेसलाई भने, ‘अझै केही साता स्पाइडरम्यानले राम्रो कमाइ गर्नसक्छ ।’

    क्यूएफएक्स प्रमुख तथा रेगल सिनेमाज्का प्रमुख नकिम उद्दिनले स्पाइडरम्यानले वितरकलाई मात्र नभएर चलचित्र घर र उद्योगलाई नै फाइदा पुगेको बताए । ‘महामारीले थलिएको उद्योगलाई यसले चलायमान बनाउने काम गरेको छ’ उद्दिनले नेपाल प्रेसलाई भने, ‘ब्रान्डको कारणले पनि यसले राम्रो कमाइ गर्न सकेको हो ।’

    फिल्म समीक्षक तथा निर्देशक मनोज पण्डितले स्पाइडरम्यानको ब्रान्ड यो आक्रामक कमाइ गर्न सक्षम रहेको बताए । ‘हलिउडले अहिले ब्रान्ड प्रवद्र्धन गर्दै नेपाल र भारतजस्ता मुलुकमा आक्रामक कमाइ गरिरहेको छ’ पण्डितले भने, ‘यस्तो अवस्थामा नेपाली फिल्मले आफ्नो स्पेस खोज्नुपर्ने आवश्यकता छ । अब अन्तर्राष्ट्रियरुपमै अघि बढ्ने फिल्म बनाउन नेपालले ढिलाइ गर्नुहुँदैन ।’

    काठमाडौं र पोखराजस्ता ठूला सहरका मल्टिप्लेक्समा सुरुआती तीन दिनमा स्पाइडरम्यानको उछाल ब्यापक थियो । दर्शकलाई पहिलो सप्ताहन्तमा टिकट पाउन निकै सकस पुग्यो ।

    भारतमा आइतबारसम्मको स्पाइडरम्यान कमाइ ७९.१४ करोड ग्रस छ । हलिउडमा समेत स्पाइडरम्यानले कीर्तिमान राखेको छ । उत्तर अमेरिकी बक्सअफिसमा पहिलो सप्ताहन्तमा २५३ मिलियन डलर कमाउँदै यो फिल्मले अहिलेसम्मकै सर्वाधिक ओपनिङ गर्ने तेस्रो फिल्म बनेको छ ।

    चीनबाहेक विश्व बजारमा स्पाइडरम्यान कमाइ ५८७.२ मिलियन डलर छ । विश्व बजारमा यो कमाइ अहिलेसम्मकै तेस्रो भएको हलिउड रिपोर्टरले जनाएको छ । उत्तर अमेरिकी बक्सअफिसमा अहिलेसम्म एभेन्जर्स ः एन्डगेम सर्वाधिक ओपनिङ गर्ने फिल्मको शीर्षस्थानमा छ । एन्डगेमले पहिलो सप्ताहन्त ३५७ मिलियन डलर ओपनिङ गरेको थियो । दोस्रो स्थानमा एभेन्जर्स : इन्फिनिटी वार (२५७.६) मिलियन डलर छ ।

    सूर्यवंशीले केही राहत दिएको नेपाली फिल्म उद्योगमा स्पाइडरम्यानको यो सुनामीले सिनेमा घरलाई ठूलै राहत मात्र दिएको छैन, दर्शकलाई हलसम्म फर्काउने आधारभूमि पनि तयार पारेको छ ।

    स्पाइडरम्यानसँगै दक्षिण भारतीय फिल्म पुष्पाले पनि नेपाली बक्सअफिसमा दुई दिनमा डेढकरोडभन्दा बढी कमाइ गरेको छ । अल्लु अर्जुन स्टारर यो साउथ इन्डियन फिल्म पनि मुख्य मल्टिप्लेक्सहरुमा हाउसफूल प्रदर्शन भैरहेको छ ।

  • ‘कबड्डी ४’ बैशाख २३ गते रिलिज हुँदै : टीजर ट्रेलर रिलिज

    ‘कबड्डी ४’ बैशाख २३ गते रिलिज हुँदै : टीजर ट्रेलर रिलिज

    काठमाडौं । रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी ४ : द फाइनल म्याच’ बैशाख २३ गते रिलिज हुने भएको छ ।

    नयाँ प्रदर्शन मिति घोषणा गर्दै फिल्मको अफिसियल टीजर ट्रेलर सोमबार इन्टरनेट रिलिज भएको छ ।

    कबड्डीको चौंथो सिरिजको टीजरमा नायिकाको रुपमा मिरुना मगर र गौमाया गुरुङको प्रवेश भएको छ । दयाहाङको जोडीको रुपमा मिरुनालाई प्रस्तुत गरिएको छ ।

    मैंयाबाट धोका पाएको काजीको भेट यो फिल्ममा मिरुनासँग हुन्छ । उनीहरुको प्रेम अघि अघि बढ्छ या बढ्दैन ? के बमकाजी उनीहरुको प्रेममा भिलेन बन्ला ? यी प्रश्न वरपर कबड्डीको चौंथो सिक्वेल घुम्नेछ ।

    बुद्धि तामाङ, विजय बराल, पुष्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, शारदा अधिकारी, प्रकाश घिमिरे र कमलमणी नेपाल पनि फिल्ममा देख्न सकिन्छ । हेर्नूस टीजर :

  • सेन्सरबिनै युएईमा फिल्म रिलिज हुने : नेपाली निर्माता उत्साही

    सेन्सरबिनै युएईमा फिल्म रिलिज हुने : नेपाली निर्माता उत्साही

    दुबई । संयुक्त अरब इमिरेट्सले आफूलाई उदार देखाउन सोमबार अर्को एक बोल्ड निर्णय गरेको छ । अब जाँचपास बिनै बिदेशी फिल्मलाई सिनेमा घरमा रिलिज गरिने भएको छ । त्यहाँको मिडिया नियामक निकायले सोमबारदेखि नै यो निर्णय लागू भएको जनाएको छ । अब त्यहाँको सरकारले २१ वर्षभन्दा बढी उमेरका नागरिकको लागि नयाँ वर्गीकरण गर्ने भएको छ ।

    मिडिया विवरणका अनुसार सेन्सर बिनै फिल्म प्रदर्शन गर्दा विदेशी पर्यटकलाई आकर्षित गर्न सकिने युएई सरकारको उद्देश्य छ । अहिलेसम्म एउटा कमिटीले नियमितरुपमै फिल्म सेन्सर गर्दै आइरहेको थियो । इस्लाम विरोध विषयवस्तुलाई हटाउने गरिन्थ्यो ।

    अब बिना कुनै काँटछाँट बिना फिल्मलाई हलमा रिलिज गर्न पाइने भएको छ । सामाजिक संजालको पोस्टमार्फत मिडिया नियामक निकायले यस्तो जानकारी दिएको हो ।

    युएई सरकारको एक आँकडाअनुसार त्यहाँ विदेशी फिल्मका १० जना दर्शकमध्ये ९ जना विदेशी हुन्छन् । युएईले पछिल्लो समय विदेशीलाई आकर्षित गर्न केही नियमहरु लागू गर्न थालेको छ । हालै त्यहाँ साढे चार दिनको वर्किङ पिरियड लागू गरिएको छ ।

    युएई नेपाली फिल्मको ठूलो बजार समेत हो । कोभिड महामारीअघि नेपाली फिल्म निर्माताले युएईका ठूला बजार दुबई र अबुधाबीबाटै राम्रो रकम संकलन गर्थे । नेपाल चलचित्र प्राविधिक संघले दुबईमा नेफ्टा फिल्म अवार्ड पनि आयोजना गरेको थियो ।

    युएई सरकारको उक्त निर्णयले नेपाली फिल्मको बजारीकरण र प्रदर्शनमा सजिलो हुने चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले बताए । ‘महामारीअघि नेफ्टा अवार्डले त्यहाँ राम्रो बजार सिर्जना गरेको थियो’ लामाले नेपाल प्रेसलाई भने, ‘युएई सरकारकै निर्णयले अब नेपाली फिल्म बजारलाई सहज पहुँच दिने आशा गरिएको छ ।’

    महामारीअघि खाडी मुलुकहरुमा फिल्म प्रदर्शन गर्नको लागि संयुक्तरुपमा प्रदर्शन अधिकार विक्री गर्ने अभ्यास पनि थियो । तर, कोभिड–१९ सुरु भएपछि त्यो अभ्यास रोकिएको छ ।