Category: कलाप्रेस

  • विदेशी फिल्म जुनसुकै डेटमा रिलिज हुन पाउने, ‘चपली हाइट ३’ पोस्टपोन्ड

    विदेशी फिल्म जुनसुकै डेटमा रिलिज हुन पाउने, ‘चपली हाइट ३’ पोस्टपोन्ड

    काठमाडौं । चलचित्र संघ र चलचित्र निर्माता संघको आइतबार बसेको बैठकले महामारीपछिको फिल्मबारे केही महत्वपूर्ण निर्णय गरेको छ ।

    महामारी प्रभावित फिल्मलाई रिलिज र सेयरमा दिइँदै आइएको राहतको समयावधीलाई लम्बाइएको छ भने चपली हाइट फिल्म पोस्टपोन्ड भएको छ । अबदेखि विदेशी फिल्म भने जुनसुकै मितिमा रिलिज हुन पाउनेछन् भने नेपाली फिल्मलाई जुधाउन पाइनेछैन ।

    राहत सुविधा चैत मसान्तसम्म

    चलचित्र निर्माता संघ र चलचित्र संघको संयुक्त कार्यदलको बैठकले कात्तिक १० गते केही निर्णय गरेको थियो । माघसम्म रिलिज हुने फिल्मलाई पहिलो साता ५५ प्रतिशत र दोस्रो साता ५० प्रतिशत सेयर दिइने निर्णय गरेको थियो ।

    अब यो सुविधालाई चैत मसान्तसम्म लम्बाइएको छ । तर, यो सुविधा पाउनको लागि नेपाली फिल्म अर्को नेपाली फिल्मसँग जुध्न पाउनेछैनन् । एकल रिलिज हुने फिल्मलाई मात्र यो सुविधा दिइने भएको छ ।

    ‘चपली हाइट’ पोस्टपोन्ड, ‘कठ्पुतली’ पुस १५ मै

    दुबै कार्यकारी संस्थाको दबाबपछि निर्माता अर्जुन कुमारले आफू निर्मित फिल्म ‘चपली हाइट ३’को प्रदर्शन मिति पोस्टपोन्ड गरेका छन् । अब यो फिल्म पुस ३० गते रिलिज हुने भनिएपनि उक्त मितिमा आउने सम्भावना पनि कम छ ।

    नेपाल प्रेससँग कुरा गर्दै, निर्माता अर्जुन कुमारले पुस ३० मा पनि फिल्म रिलिज हुने सम्भावना न्यून रहेको बताए । कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण वृद्धि हुँदै जान थालेपछि आफूले पुस ३० गतेको रिलिज मितिबारे पुनर्विचार गरिरहेको उनले बताए । महामारीलाई निर्माताले कारण देखाएपनि फिल्मलाई लिएर अपेक्षित हाइप सिर्जना हुन नसक्नुलाई मुख्य कारण मानिएको छ ।

    कठ्पुतली भने पुस १५ मै रिलिज हुने सहमति भएको छ ।

    विदेशी फिल्म जुनसुकै डेटमा

    गत कात्तिक १० गते बसेको कार्यदलको बैठकले फिल्म जुध्न नपाइने र नेपाली रिलिजको समयमा पनि विदेशी पनि आउन नपाइने निर्णय भएको थियो । तर, वितरकको दबाबपछि भोलिपल्टै अर्थात कात्तिक ११ गते यो निर्णय उल्टियो ।

    त्यसपछि यो निर्णयलाई गोप्य राखिएको थियो । तर, आइतबार बसेको बैठकमा कार्यदलले माफी मागेको छ । बैठकमा सहभागी चलचित्र संघका उपमहासचिव गोपाल कायस्थले अबदेखि विदेशी फिल्म जुनसुकै मितिमा रिलिज हुन पाउने बताए ।

     

  • सौगात र सृष्टिको फिल्म ‘राधा’ जेठमा रिलिज हुने : टीजर पोस्टर लन्च

    सौगात र सृष्टिको फिल्म ‘राधा’ जेठमा रिलिज हुने : टीजर पोस्टर लन्च

    काठमाडौं । सौगात मल्ल र सुवर्ण थापाले मिलेर निर्माण गरेको फिल्म ‘द सेक्रेट्स अफ राधा’ कोरोना महामारीको स्थितीमा सुधार भए आगामी जेठमा प्रदर्शन हुने भएको छ ।

    सोमबार फिल्मको टीजर पोस्टर लन्च गर्दै निर्देशक एवं निर्माता थापाले फिल्मबारे जानकारी गराएका हुन् । पोस्टरमा पूर्वमिस नेपाल समेत रहेकी सृष्टि श्रेष्ठ चित्रण छिन् । फिल्ममा उनी एकल महिलाको भूमिकामा प्रस्तुत भएकी छिन् ।

    ‘सुरुआतमा कान्स, भेनिस र अन्य युरोपेली फिल्म फेस्टिभलमा एप्रोचपछि नेपाल रिलिज गर्ने तयारीमा छौं’ निर्देशक थापाले नेपाल प्रेसलाई भने, ‘मे अन्तिमतिर नेपालमा रिलिज गर्ने हाम्रो तयारी छ ।’

    फिल्मको प्रदर्शन कोरोनाभाइरसको स्थितीमा निर्भर हुने समेत उनले जनाए । अहिले फ्रान्समा सम्पादक, ओरजिनल म्युजिक र मिक्सिङको काम भैरहेको उनले जनाए ।

    नारी सशक्तीकरणको सन्देश दिने फिल्मले एकल महिलाको संघर्ष चित्रण गर्ने जनाइएको छ । सोसल ड्रामा फिल्मले सन् २०१७ मा दक्षिण कोरियाको बुसान फिल्म फेस्टिभलबाट १० लाख रुपैयाँको ग्रान्ट समेत जितेको थियो ।

  • ५६ लागे सलमान खान, सर्पदंशको उपचारपछि डिस्चार्ज भएका भाइजानले भने : म अहिले ठीक छु !

    ५६ लागे सलमान खान, सर्पदंशको उपचारपछि डिस्चार्ज भएका भाइजानले भने : म अहिले ठीक छु !

    काठमाडौं । बलिउड अभिनेता सलमान खानलाई क्रिसमसको दिनमा विषालु सर्पले टोकेको थियो । उनी पनवेल फार्म हाउसमा क्रिसमस सेलिव्रेट गर्न पुगेका थिए । यो जानकारी बाहिर आएपछि फ्यानहरु उनको स्वास्थ्य स्थितीलाई लिएर चिन्तित हुन पुगे ।

    सोमबार बिहान एक विज्ञप्ति जारी गर्दै सलमानले आफूले स्वास्थ्य लाभ गरिरहेको बताएका छन् । यसअघि पनि आफूलाई तीनपटक विषालु सर्पले टोेकेको बताउँदै सलमानले उपचारपछि स्वास्थ्य अवस्था राम्रो रहेको बताएका छन् ।

    उपचारपछि सलमान अहिले घरमा पुगेका छन् । तर, उनी अस्पतालमा रहँदाको फोटो अहिले इन्टरनेटमा भाइरल बनेको छ । यो तस्बिर भाइरल हुन थालेपछि उनका प्रशंसकले स्वास्थ्य लाभको कामना गरिरहेका छन् । उनको आज ५६ औं दिन पनि हो । यो छेकोमा उनलाई स्वास्थ्य लाभको कामना मिलिरहेको छ ।

    सर्पले टोकेपछि आफू ६ घण्टा अस्पतालमा रहेको र स्वास्थ्य अवस्था ठीक रहेको उनले बताएका छन् । आइतबार राती आफ्नो मुम्बइस्थित निवास ग्यालेन्सी अपार्टमेन्टमा सलमान देखिएका थिए । उनले त्यहाँबाट फ्यानलाई जन्मदिनको शुभकामनास्वरुप अभिवादन दिएका थिए।

    सलमान नेपालमा समेत लोकप्रिय छन् र उनका सबैजसो फिल्मले राम्रो व्यवसायिक प्रदर्शन गरेका छन् ।

  • ‘कठ्पुतली’ दोस्रो ट्रेलर रिलिज : युवराज कार्मको राजा बन्ने सपना होला पूरा ?

    ‘कठ्पुतली’ दोस्रो ट्रेलर रिलिज : युवराज कार्मको राजा बन्ने सपना होला पूरा ?

    काठमाडौं । साइकोलोजिकल थ्रीलर जनरामा निर्माण भएको फिल्म ‘कठपुतली’ को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । तीन हप्ता अगाडि सार्वजनिक भएको पहिलो ट्रेलरलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको छ ।

    निर्माण टिमले पहिलो ट्रेलर रिलिजको समयमा नै दोस्रो ट्रेलर पनि सार्वजनिक गर्ने घोषणा गरेको थियो । पहिलो ट्रेलरमा तर्साउने दृश्यहरु नभएको टिप्पणी भएको थियो, यद्यपी ट्रेलरको चौतर्फी तारिफ भइरहेको छ । दोस्रो ट्रेलरमा तर्साउने दृश्यहरु समावेश छन् ।

    दोस्रो ट्रेलर हेर्दा फिल्मको मूल कथा अभिनेता कार्मको वरपर घुमेको बुझ्न सकिन्छ । विविध परिस्थितिका कारण एक राजकुमारले एक विकट ठाउँको दरबारभित्र सामना गर्नुपरेका रहस्यहरु तथा अदृश्य शक्तिहरूबाट बच्नको लागि गरेको संघर्षको कथा ट्रेलरमा देखाइएको छ । २ मिनेट ९ सेकेण्डको ट्रेलरमा कार्मको अभिनयले ध्यान खिच्छ ।

    भीमसेन लामा निर्देशित फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, शिल्पा माष्के, कार्म, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइराला लगायतको अभिनय छ । पुष १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मलाई पृथ्वी राना मगरले निर्माण गरेका हुन् भने सम्पदा मल्लले लेखेकी हुन् । अष्ट्रेलियाली छायांकार जोएल फ्रूमले खिचेको फिल्मको सह-निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् ।

  • क्यानभासमा समाजवादको सपना (तस्बिर/भिडिओ)

    क्यानभासमा समाजवादको सपना (तस्बिर/भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशनमा अहिले बन्दसत्र जारी रहेको छ ।

    आइतबारबाट सुरु भएको महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

    बिहीबारसम्म चल्ने र यसले १५ पदाधिकारीसहित २९९ जना केन्द्रीय सदस्य चयन गर्ने माओवादीले जनाएको छ ।

    माओवादीको महाधिवेशनस्थलमा कला प्रदर्शनी गरिएको छ । अब समाजवाद कस्तो हुनुपर्छ भन्ने सन्देश दिने खालका चित्रकलाहरु प्रदर्शनमा राखिएका हुन् ।

    महाधिवेशनस्थलमा राखिएका चित्रकलाहरु देवेन्द्र थुम्केली, साङपाङ लामा लगायत देशभरीका दर्जनबढी कलाकारले बनाएका हुन् ।

    विभिन्न कलाकारले कोरेका एक्रेलिक, मिश्रित, प्रकृतिक रङ, डिजिटल, प्रिन्ट, पेन एण्ड इन्क, पोखरा, तेलरङ, जलरङ माध्यमबाट चित्र कोरेका हुन् ।

    थुम्केली र लामाकाे शब्दमा सुन्नुहोस् अबको समाजवाद कस्तो हुनुपर्छ ? क्यानभासकाे व्याख्यासहित भिडिओ :

     

  • सलमान खानलाई सर्पले टोक्यो

    सलमान खानलाई सर्पले टोक्यो

    नयाँ दिल्ली । वलिउड अभिनेता सलमान खानलाई सर्पले टोकेको छ ।

    आइतबार बिहान पानभेलस्थित आफ्नै फार्म हाउसमा खानलाई सर्पले टोकेको हो । सर्पले टोकेपछि उनलाई अस्पताल लगिएको थियो ।

    उनलाई विष नभएको सर्पले टोकेको जनाइएको छ । उपचारपछि उनी आइतबार विहानै डिस्चार्ज गरिएको थियो । खान अहिले घरमै आराम गरिरहेका छन् ।

    सलमानको फार्म हाउस ठूलो छ । फार्म हाउसमा बोटबिरुवा र झाडी छन् । त्यहाँ विभिन्न वनस्पति र चराचुरुङ्गी तथा जनवारसमेत छन् ।

    उनको भोली अर्थात २७ डिसेम्बरमा जन्म दिन हो ।

  • पुस ३० गतेदेखि आरोहण गुरुकुल पुनः संचालनमा आउँदै : पाँचवटा नाटक मञ्चनको तयारी

    पुस ३० गतेदेखि आरोहण गुरुकुल पुनः संचालनमा आउँदै : पाँचवटा नाटक मञ्चनको तयारी

    काठमाडौं । एक दशकभन्दा पहिले बन्द रहेको चर्चित नाटक घर आरोहण गुरुकुल पुनः संचालनमा आउने भएको छ । काठमाडौं महानगरपालिकाले एकवर्षको भाडा ब्योहोर्ने भएपछि थापागाउँस्थित गुञ्ज थिएटरको हलमा गुरुकुल संचालन हुने भएको छ ।

    पुस ३० गते गुरुकुलले औपचारिकरुपमा नाटकको रिहर्सल सुरु गर्ने भएको छ । गुरुकुल संस्थापक सुनिल पोखरेलले विगतका गल्तीलाई सच्याएर गुरुकुललाई अघि बढाइने बताए । ‘‘गुरुकुल’ बन्द हुनुको पछाडि मेरै गल्ती थियो । त्योवेला मैले भविष्य सोचिनँ । यसैगरी चल्दै जान्छ, जे भइरहेको छ त्यो ठिकै छ जस्तो लाग्यो । मैले वर्तमानलाई मात्रै सोचेछु, भविष्यका बारेमा सोचिनछु’ पोखरेलले भने ।

    उनले अगाडि भने, ‘मैले आफ्नो सीमा थाहा पाइसकेको छु । मेरो काम नाटक गर्ने मात्रै हो । टिकट कति बिक्री भइरहेको छ रु अरू के–के भइरहेको छ चासो राख्ने मेरो काम होइन ।’ तत्कालै पाँचवटा नाटक मंचनको तयारी भैरहेको उनले बताए । गुरुकुलका पुराना नाटक ‘डल्स हाउस’, ‘ताराबाजी लै लैै’,‘जात सोध्नु जोगीको’, ‘अग्निको कथा’ र एउटा नयाँ नाटक मञ्चन गरिने भएको छ ।

    कलाकारका रूपमा पुराना विद्यार्थीसँग पनि छलफल भइरहेको र केही नयाँ कलाकार पनि हुने पोखरेलले जानकारी दिए ।

  • भवानी र पुजासँगै फेसियल हाउसको वार्षिकोत्सव

    भवानी र पुजासँगै फेसियल हाउसको वार्षिकोत्सव

    काठमाडौं । विगत १४ बर्षदेखि लोेकप्रियता हासिल गर्दै संचालन भैरहेकोे ‘फेसियल हाउस’ले आफ्नोे वार्षिकोत्सव सम्पन्न गरेको छ । नयाँ डिजाइनका साथ तयार पारिएकोे काठमाडौं मलकोे चौैथों तल्लामा अवस्थित ‘फेसियल हाउस’कै कार्यकक्षमा शनिबार भव्यताका साथ बार्षिकोेत्सव सम्पन्न गरिएकोे होे ।

    बार्षिकोेत्सवमा उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणा, नायिका पुजा शर्मा, निर्देशक शोभित बस्नेत, नायकद्धय दिकपाल कार्की र यशराज गाराच पुगेका थिए । उनीहरुले, केक काट्दै फेसियल हाउसलाई शुभकामना दिए । नायिका पुजा शर्माले भनिन्- ‘म नायिका बन्नु अगाडिदेखि नै फेसियल हाउसमा आइरहेकी छु । यहाँको सर्भिस उत्कृष्ट भएकाले पनि बारम्बार आउन मन लाग्छ ।’

    यस्तै, व्यवसायी भवानी राणाले सुष्मा महराकोे मिहिनेत र ग्राहककोे विश्वास जित्न सकेकाले पनि ‘फेसियल हाउस’ १४ बर्षदेखि अगाडि बढिरहेकोे बताइन् ।

    फेसियल हाउसकी संचालीका सुष्मा महराले १४ बर्षदेखि आम मानिसकोे विश्वास जित्दै अगाडि बढ्न सहज नभएपनि आफूहरुले चुनौती सामना गर्दै काम गरेको बताइन् । उनका अनुसार, काठमाडौैं भित्र ३ वटा र मोेफसलमा २ वटा शाखा संचालनमा छन् ।

    फेसियल हाउसलाई नयाँ डिजाइनमा ढालेपछि सुष्माले भनिन्– ‘जसरी परिवार बढेपछि बाबु–आमाले घर पनि ठूलो बनाउनुहुन्छ, हामीले पनि आफ्नोे क्षेत्रलाई फराकिलोे बनाएका छौैं । अब, फेसियल हाउसमा हामी एकैपटकमा ५५ देखि ६० जना ग्राहकलाई सेवा दिन सक्छौं ।’

    बजारमा ब्युटी पार्लरकोे प्रतिस्पर्धा बढ्दैै गएपनि आफूहरुले ग्राहककोे विश्वास जितेकाले खासै फरक नपरेकोे उनको भनाई छ । नेपालकै नम्बर १ ब्यूटी पार्लरकोे अवार्ड समेत जितेकोे योे हाउसबाट पैसा कमाउन भन्दा पनि यसलाई निरन्तरता दिन सकेको खण्डमा आफू सफल हुने उनको भनाई थियोे ।

    काठमाडौं मलमा दुई दर्जन भन्दा बढी ब्यूटी पार्लरहरु संचालनमा छन् । बजारमा स्वस्थ प्रतिस्पर्धा हुन आवश्यक रहेको भन्दै महराले पछिल्लो समय अस्वस्थ प्रतिस्पर्धा सुरु भएको गुनासो गरिन् । कार्यक्रममा फेसियल हाउसमा काम गरिरहेका कर्मचारीहरुलाई विभिन्न विधामा अवार्ड समेत प्रदान गरिएकोे थियो ।

  • क्रिसमसमा दीवाकरले घोषणा गरे फिल्म ‘हनी बनी’ : लन्डनमा फिल्म छायांकन हुने

    क्रिसमसमा दीवाकरले घोषणा गरे फिल्म ‘हनी बनी’ : लन्डनमा फिल्म छायांकन हुने

    काठमाडौं । घरेलु बक्सअफिसमा ‘ऐश्वर्या’ र ‘क्याप्टेन’जस्ता हिट फिल्म निर्देशन गरिसकेका दीवाकर भट्टराईले क्रिसमस छेकोमा शनिबार नयाँ प्रोजेक्ट घोषणा गरेका छन् ।

    रोमान्टिक-कमेडी विधामा राखिएको फिल्म ‘हनी बनी’ निर्देशनमा उनले लन्डनको कम्पनी एबी इन्टरनेसनलसँग सहकार्य गर्ने भएका छन् । ‘हिरोइज्मभन्दा पनि चरित्रमुखी फिल्म हो यो’ नेपाल प्रेससँग भट्टराईले भने, ‘मार्च-अप्रिलदेखि हामी सुटिङमा जानेछौं ।’

    कोरोनाभाइरस महामारीको अवस्था ठीकठाक रहे निर्धारित मितिमै फिल्मलाई छायांकन गर्ने तयारी छ । यसअघि स्पाइ-ड्रामा ‘पासवर्ड’ निर्माण गरेको एबी इन्टरनेसनलले अर्को बिग प्रोजेक्टको लागि भट्टराईसँग सहकार्य गरेको हो ।

    ६ करोड रुपैयाँ बजेट निर्धारण गरिएको फिल्मको छायांकन बेलायतका विभिन्न स्थानमा गर्ने तयारी छ । लोकेसन खोजीका लागि निर्देशक भट्टराई चाँडै त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । आगामी सातादेखि कास्टिङ कल आह्वान गरिने भएको छ ।

    ‘फिल्ममा दुईजना शक्तिशाली पात्र छन् । सो पात्रलाई न्याय दिन सक्ने अभिनेता मलाई चाहिएको छ’ भट्टराईले नेपाल प्रेससँग भने, ‘यो हिरोभन्दा पनि चरित्रमुखी फिल्म हो । क्षमतावान जोसुकैले पनि कास्टिङमा भाग लिन सक्नुहुन्छ ।’

    लन्डनमा बसोबास गर्ने दुई पात्रको सम्बन्ध र उतारचढाव यसको कथावस्तु हो ।

    पटकथा र कथा फिल्मको सर्वाधिक बलियो पक्ष रहेको उनले बताए । दुईवर्षअघि नै फिल्म दर्ता भएपनि कोरोना महामारीको कारण प्रोजेक्ट अवरुद्ध भएको थियो । महामारीकै कारण दिवाकरकै अर्को फिल्म ‘तिमीसँगै हुने मन छ’ पनि अहिले अवरुद्ध छ । यी दुबै फिल्मको छायांकन मार्चदेखि जुनभित्र सम्पन्न हुने उनले जनाए ।

    नेपाली फिल्ममा स्टाइलिस, ग्लसी र महंगा फिल्म निर्देशन गर्ने निर्देशकको रुपमा दीवाकर परिचित छन् । निर्माता कम्पनी एबी इन्टरनेसनलले पनि फिल्म ‘पासवर्ड’लाई दृश्यात्मकरुपमा फराकिलो बनाउने प्रयास गरेको थियो ।

    फिल्म निर्माणमा एबी इन्टरनेसनलले नेपालकै गौतम प्रोडक्सन र भ्वाइस फिल्म लिमिटेडसँग सहकार्य गर्ने भएको छ । निर्माताको रुपमा अमित बस्नेत, अजित थापा र परी राना छन् । कार्यकारी निर्माताको रुपमा अंकित गौतम छन् ।

     

  • तयार भयो गोपीकृष्णको डिजिटल म्याप : मल्टिप्लेक्स फिल्महलदेखि १४ तले होटलसम्म बन्दै

    तयार भयो गोपीकृष्णको डिजिटल म्याप : मल्टिप्लेक्स फिल्महलदेखि १४ तले होटलसम्म बन्दै

    काठमाडौं । २५ वर्ष पुरानो गोपिकृष्ण फिल्म हललाई भत्काएर अहिले सो स्थानमा नयाँ व्यवसायिक संरचना निर्माण भैरहेको छ ।

    फिल्म हलको इतिहास बोकेको यो ठाउँमा अहिले १४ तले होटेल बन्दै छ भने नयाँ प्रोजेक्टमार्फत चावहिललाई मनोरञ्जन, हस्पिटालिटी र सपिङ कम्प्लेक्सको नयाँ हब बनाउने गोपीकृष्णले जनाएको छ ।

    गोपिकृष्ण सेन्ट्रल कम्प्लेक्स अर्थात जिकेसिसी नामाकरण गरिएको छ । अब गोपीकृष्णको नयाँ डिजिटल नक्सा तयार भएको छ । जिकेसीसी प्रबन्ध निर्देशक तथा फिल्म निर्माता नीरक पौडेल आफ्नो प्रोजेक्ट क्रिएटिभ हुनुपर्ने धारणा राख्छन् ।

    सोहीअनुसार गोपीकृष्णको नयाँ डिजाइन सकिएको छ । गोपीकृष्णको आर्किटेक्ट डिजाइनदेखि संरचना निर्माणसम्मको काम चिनियाँ कम्पनीलाई दिइने भएको छ । आर्किटेक्ट डिजाइनको काम चिनियाँ कम्पनीले गरिरहेको छ ।

    जिकेसिसी नाममै १४ मंसिर २०७८ मा उद्योग विभागमा कम्पनी पनि दर्ता भैसकेको छ । फेब्रुअरीदेखि सुरु हुने निर्माण दुईवर्षमा पुरा हुने भएको छ ।

    चिनियाँ कम्पनीले तयार पारेको गोपिकृष्णको नयाँ आर्किटेक्ट डिजिटल नक्सा ।

    जिकेसिसिको नयाँ ब्रान्डिङ अनुसार अब अहिले भैरहेका ओम, नमः र शिवायको नाम बदलिने भएको छ । हलको डेकोरेसन मात्र नभएर नाम पनि बदलिने भएको छ । नयाँ नाम रेड, ब्लू र ग्रीन हुनेछ । रेड हलमा सिट, कार्पेट, बाथरुम, फ्लोर, रेष्टुरेन्ट, लबी र लाइनिङ सबै रातो हुने भएको छ ।

    ब्लूमा सबै नीलो र ग्रीनमा सबै हरियो तुल्याइने भएको छ ।

    अब गोपिकृष्णको १४ तले भवनको नयाँ संरचना सबै स्टिल प्रविधिबाट बन्ने भएको छ । नेपालमा पहिलोपटक स्टिलबाटै यति ठूलो संरचना पहिलोपटक बन्न लागेको जनाइएको छ ।

    नयाँ प्रोजेक्टबारे नीरक भन्छन् : मान्छेले पहिलो यस्तो ठाउँमा पनि फिल्म हल चल्छ र भन्थे । हामीले चलाएर देखायौं । नयाँ प्रोजेक्टमार्फत चाबहिललाई हस्पिटालिटी, मनोरञ्जन र सपिङको प्रिमियम डेस्टिनेसन बनाउनेछौं ।’

  • क्रिसमस थिममा भरतपुरमा फेसन सो (तस्बिरहरु)

    क्रिसमस थिममा भरतपुरमा फेसन सो (तस्बिरहरु)

    चितवन । भरतपुरमा फेसन सो आयोजना गरिएको छ । चितवन स्कुल अफ फेसनको आयोजनामा गरिएको नाइट अफ वुइसेजमा २० जनाभन्दा बढी मोडलले र्‍याम्प वाक गरेका छन् ।

    फेसन डिजाइनिङ अध्ययन गरिरहेका १८ जना डिजाइनरले तयार पारेका पहिरन प्रस्तुत गरिएको हो । भरतपुर-३ क्षेत्रपुरस्थित सनसिटी वेन्क्विटमा गरिएको फेसन सो हेर्न अभिभावक पनि सहभागी थिए ।

    चितवन स्कुल अफ फेसनका प्रमुख कार्यकारीअधिकृत रञ्जित क्षेत्रीले विद्यार्थीलाई प्रोत्साहन गर्न फेसन सो गरिएको बताए । क्रिसमस डे लाई लक्षित गरेर क्रिसमस थिम, क्याजुअल, लोलिता, रेडि टु वेयर, कलर, फेब्रिक लगायतका थिममा आकर्षक पहिरन बनाएर प्रस्तुत गरिएको उनले जनाए ।

    फेसन सोमा चितवनका विभिन्न ब्यूटी पेजेन्टमा सहभागी मोडलले ¥याम्प वाक गरेका थिए । कोरियोग्राफी मनिष तामाङले गरेका थिए । तीनवर्ष पहिले स्थापना भएको स्कुलबाट पहिलो व्याचमा १७ जना उर्तिण भैसकेका छन् ।

    सीटीइभिटीबाट मान्यता पाएको यो स्कुलमा अहिले १८ जना अध्ययनरत छन् । १ वर्षे डिप्लोमा कोर्स पढ्न चितवन र आसपासबाट आउने गर्छन् । डिजाइनिङ पढ्दै गरेका केही विद्यार्थीले आफ्नै गार्मेन्ट समेत सञ्चालनमा ल्याएका छन् । बजारमा माग बढ्दो रहेकाले रोजगारीको अवसर सजिलै पाउने भएकाले डिजाइनिङ कोर्ष पढ्न चाहनेहरु बढेका छन् ।

  • क्रिसमस बिदामा नेपाल आएकी श्रृंखला प्रेमीसँग रमाउँदै

    क्रिसमस बिदामा नेपाल आएकी श्रृंखला प्रेमीसँग रमाउँदै

    काठमाडौं । क्रिसमस बिदाको छेको पारेर पूर्वमिस नेपाल श्रृंखला खतिवडा अमेरिकादेखि नेपाल आइपुगेकी छिन् ।

    चार महिनाअघि हावर्ड विश्वविद्यालयमा अध्ययनलाई गएकी श्रृंखला यसैसाता काठमाडौं आइपुगेकी हुन् । काठमाडौं आइपुगेको खबरलाई उनले गोप्य राख्ने प्रयास गरिन् ।

    बिहीबार हजुरबुबाको पुस्तक बिमोचन कार्यक्रममा भेटिएपछि मात्र उनी नेपाल आइपुगेको खबर बाहिरिएको हो । अघिल्लो पटकका विदेश भ्रमणमा उनले यसबारे सामाजिक संजालमा जानकारी दिने गर्थिन् ।

    मिडिया हाइपबिनै काठमाडौं आइपुगेकी श्रृंखला अहिले साथीभाइ र पारिवारिक भेटमा व्यस्त छिन् । बिहीबार प्रेमी सिसन बानियाँसग रमाउँदै गरेको इन्स्टाग्राम स्टोरी पोस्ट गरेकी छिन् ।

    डिनर डेटमा श्रृंखला प्रेमीसँग हर्षित भावमा देखिएकी छिन् । श्रृंखला अमेरिका गएपछि सिसनको सम्बन्ध गायिका त्रिशला गुरुङसँग गाँसिएको हल्ला थियो । तर, बिहीवारको उनीहरुको उक्त डिनर डेटले उक्त हल्लालाई खण्डन गरेको अपेक्षा गरिएको छ ।

    श्रृंखला र सिसन केहीवर्षदेखि सम्बन्धमा छन् । सार्वजनिकरुपमा प्रेमलाई नस्वीकारेपनि मायालाई उनीहरुले लुकाउन सकेका छैनन् ।

  • साउथ इन्डियन फिल्म ‘हिटम्यान’मा आँचल, प्रशंसा गर्दै निर्देशकले भने : बोर्डमा स्वागत छ

    साउथ इन्डियन फिल्म ‘हिटम्यान’मा आँचल, प्रशंसा गर्दै निर्देशकले भने : बोर्डमा स्वागत छ

    काठमाडौं । पछिल्लो समय नेपालमा दक्षिण भारतीय फिल्महरुको दबदबा बढ्न थालेको छ । फिल्म रिलिजदेखि छायांकनका गतिविधिसम्म वृद्धि हुन थालेका छन् । पछिल्लो साता रिलिज भएको तेलुगु फिल्म ‘पुष्पा’को क्रेज त्यसकै एउटै उदाहरण हो ।

    केही नेपाली अभिनेत्रीले पनि दक्षिण भारतीय फिल्ममा अभिनय गर्न थालेका छन् । स्वस्तिमा खड्काले साउथ इन्डियन फिल्म ‘थिरिमाली’मा अभिनय गरेकी थिइन । यो सूचीमा थपिएकी छिन् नायिका आँचल शर्मा ।

    हालै नेपालमा छायांकन गरिएको तेलुगु फिल्म हिटम्यानमा आँचलले छोटो भूमिकामा अभिनय गरेकी छिन् । ११ दिनसम्म नेपालका विभिन्न थलोमा सुटिङ गरिएको फिल्ममा आफूले अभिनय गरेको जानकारी आँचलले दिएकी छिन् । नेपालसहित भारतमा समेत यो फिल्मको सुट गरिएको छ । नेपालतर्फको भागमा आँचललाई देख्न सकिने भएको छ । पोखरा र काठमाडौंका रमणीय स्थानमा हिटम्यान छायांकन भैसकेको छ ।

    यसबारे उनले भनिन्, ‘निर्माण टिमले अन्य नायिकासँग पनि कुरा गरिरहेको रहेछ । तर, मेरो अनुहार उताका कलाकारसँग मिल्ने भएपछि काम गरेकी हुँ ।’

    विष्णु अधिकारीले निर्देशन गरेको फिल्ममा आँचल स्वयमले संवाद भरेकी छिन् । ‘भारतबाट नेपाल आउने टिमसँग मेरो भेट भएपछि कथा अगाडि बढ्छ । भारतमा प्रदर्शन गर्दा मेरो संवादमा सब टाइटल समावेश हुन्छ’ उनले भनिन् । फिल्मले नेपालको पर्यटनमा मद्दत मिल्ने आशा उनले व्यक्त गरिन् । दीपक अधिकारी फिल्मका निर्माता हुन् । आँचलले निर्देशक विष्णु अधिकारीसँग सँगै अभिनय गरेकी छिन् ।

    फिल्मको प्रिमियर हैदराबादमा हुने र सहभागी हुन आफू त्यसतर्फ आफू जाने उनले बताइन् । आफ्नो कामको प्रशंसा फिल्म युनिटले गर्ने बताउँदै उनले भनिन्, ‘नेपाली कलाकार पनि यति गम्भीर भएर काम गर्ने रहेछन् भनेर सिंगो टिमले नै प्रशंसा गर्नुभयो ।’ एउटा गीतमा पनि आँचल पनि देखिएकी छिन् । यो गीतलाई नेपाली र तेलुगु भाषामा हेर्न पाइने भएको छ ।

    निर्देशक तथा अभिनेता अधिकारीले फेसबुकमार्फत हिटम्यान स्पाइ जनराको फिल्म भएको बताएका छन् । उनले नायिका आँचलको प्रशंसा गर्दै तलिउड फिल्मको बोर्डमा स्वागत गरेका छन् ।

  • इन्जिनियर थापाको ‘मुठीभरको योगदान’ विमोचन

    इन्जिनियर थापाको ‘मुठीभरको योगदान’ विमोचन

    काठमाडौं । शहरी विकास तथा भवन निर्माण विभागका पूर्वमहानिर्देशक इन्जिनियर शशिबहादुर थापाको ‘मुठीभरको योगदान’ पुस्तक विमोचन भएको छ ।

    पूर्व प्रधानन्यायाधीश दिलिप पौडेल, शताब्दी पुरुष सत्यमोहन जोशी, पूर्वमन्त्री बुद्धिराज बज्राचार्य, प्रधानमन्त्री कार्यालयका सचिव शिशिर ढुंगाना, प्राडा रमेशचन्द्र अधिकारीले संयुक्त रुपमा विमोचन गरेका हुन् ।

    विमोचन कार्यक्रममा पूर्वप्रधान न्यायाधीश पौडेलले लेखक थापाले सरकारी सेवामा गरेको योगदानको प्रशंसा गरे ।

    उनले भने, ‘शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशकको कार्यकालमा होस वा उपत्यकाको फोहोर व्यस्थापन प्रमुखको भुमिका निर्वाह गर्दा होस उहाँले सरकारले जिम्मा दिएको सबै सरकारी निकायमा रहदा सफलता पुर्वक काम गर्न सक्ने इन्जिनियर थापाले ३३ वर्षे सरकारी सेवा अवधिमा गर्नुभएको योगदान प्रशंसनीय छ ।’

    संस्कृतिविद् सत्यमोहन जोशीले इन्जिनियर थापाले पुस्तकमा उल्लेख गरेका सबै काम प्रशंसा गर्न योग्य रहेको बताए । उनले भने, टुंडिखेलदेखि रत्नपार्कसम्मको बाटो बिस्तार गरी घेरबार लगाउने, वि.सं २०४५ सलाको भुकम्प पछिको पुनःनिर्माणमा उहाँले गर्नुभएको काम प्रशंसा योग्य रहेको छ ।’

    विष्णुमतीलिंक रोडको परियोजनाकारको रुपमा रहेको थापाले सरकारी सेवामा रहँदा देशलागि दर्जनौ सम्झनयोग्य काम गरेको आफुलाई जानकारी भएको जोशीको भनाई थियो ।

    पूर्वमन्त्री बुद्धीराज बज्राचार्यले ऐतिहासिक नगरी ललितपुर विशेषगरी पाटन क्षेत्रको विकास गर्ने मुख्य व्यक्तिको रुपमा परिचय कमाएका भएका इन्जिनियर थापाबाट आफूले धेरै विषयमा जान्न पाएको बताए ।

    प्राडा रमेशचन्द्र अधिकारीले लेखक थापाले सरकारी सेवामा कार्यरत रहँदाको अवस्था बारेमा लेखिएको पुस्तक अध्ययन गर्न लायक रहेको बताए ।

    लेखक थापाले आफुले २ वर्ष लगाएर तयार गरेको पुस्तकको वाल्यकाल, अध्ययन र कामको शिलशिलामा गरेका विषय लाई केन्द्रीत गरेको बताए । उनले राजा वीरेन्द्रको निजी निवास, श्री सदनदेखि नागार्जुन दरबारको इन्जिनियरिङ काम पछिको दरबारका संरचना निर्माण गरेको बारेमा जानकारी गराएका थिए ।

  • तक्मे बुढाको फिल्म ‘आकाशे खेती’ फागुन २७ मा : तिब्बती शरणार्थीको कथावस्तु समावेश

    तक्मे बुढाको फिल्म ‘आकाशे खेती’ फागुन २७ मा : तिब्बती शरणार्थीको कथावस्तु समावेश

    काठमाडौं । उदय सुब्बाको निर्देशन रहेको फिल्म ‘आकाशे खेती’ को पोस्टर लन्च भएको छ । फागुन २७ गते प्रदर्शन मिति तोक्दै फिल्मले प्रचारप्रसारको पहिलो सामग्रीको रुपमा दुई पोस्टर बाहिर ल्याएको हो ।

    गौरव पहारी, विल्सनविक्रम राई ‘तक्मे बुढा’, बुद्धी तामाङ, नीता ढुङ्गाना, रविन्द्र झा, रमा लिब्बु, जयनन्द लामा, शिशिर वाङ्देलको मुख्य भूमिका फिल्ममा छ । बिना मिहिनेत पैसा कमाउने सपना र तिब्बती शरणार्थीको विषयमा निर्माण भएको यो निर्देशक सुब्बाको १८ औं फिल्म हो । यस अगाडि सुब्बाले थुप्रै सफल फिल्म दिएका छन् ।

    फिल्मले तिब्बती शरणार्थी कसरी अवैधरुपमा नेपाल प्रवेश गर्छन् र उनीहरुलाई कसरी नेपालको बाटो हुँदै भारत लगिन्छ भन्ने कथावस्तु फिल्ममा छ ।

    केदार उप्रेती, जीवन सुब्बा, राजेन्द्र चोङ्वाङ, दीलप्रकाश याक्सो निर्माता रहेको फिल्मको कथा निर्देशक आफैले तयार पारेका हुन् । फिल्मको संवाद भने विल्सन स्वयमले लेखेका हुन् । एसएस इन्टरनेशनल फिल्मस् र तक्मे प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा बिक्रम डिसीको छायांकन, सुजन बडालको सम्पादन, राजु किरातीको द्धोन्द, रामजी लामिछाने र राजिवको नृत्य, विकाश चौधरी र बादल लिब्बुको संगीत छ ।

  • अनुमति बिना आफ्ना गीत प्रयोग नगर्न रेखा शाहको चेतावनी

    अनुमति बिना आफ्ना गीत प्रयोग नगर्न रेखा शाहको चेतावनी

    काठमाडौं । यस्तो लाग्छ, रिलिजको ३० वर्षसम्म पनि सिमसिमे पानी र रेखा शाह एकअर्काका पर्याय लाग्छन् । उनकै शब्द, लय र स्वरमा समावेश उक्त गीत अहिले पनि कालजयी लाग्छ ।

    गायिका शाहले सामाजिक संजालमार्फत आफ्ना गीतहरुको अनाधिकृत प्रयोग गर्न चेतावनी दिएकी छिन् । बिहीबार बेलुका फेसबुकमार्फत उनले आफ्ना सिर्जनालाई अनुमतिबिना टेलिभिजन रियालिटी सोमा गाइएकोप्रति उनले ध्यानाकर्षण गराएकी हुन् ।

    आफ्नो अनुमतिबिना म्युजिक ट्रयाक बनाएर गाइएकाले सर्जक र सर्जकमाथि अन्याय तथा हेपाह ब्यवहार भएको उनले बताएकी छिन् । ‘आगामी दिनमा यसरी व्यवसायिक प्रयोजनका निम्ति मेरो गीत प्रयोग नगरिदिनुहुन अनुरोध छ’ उनले भनेकी छिन् ।

    उनले अगाडि लेखेकी छिन्, ‘मेरो अनुरोधलाई बेवास्ता गरि प्रयोग गरिएमा प्रतिलिपि अधिकारको कानून र कसैको सम्पत्ति भोगचलन बापतको ठगी मुद्दाअनुसारको कानूनी कार्वाही गरिने जानकारी गराउँछु ।’

    ३० वर्षअघि सिमसिमे पानीमाको ओरजिनल गीत रिलिज भएपछि ६ वर्षअघि यसलाई पुनः एरेन्जसहित रिलिज गरिएको थियो ।

     

  • करोड क्लबमा प्रकाश दूतराजको ह्याट्रिक : ‘जाम भो माइली’लाई पनि करोड पटक हेरियो

    करोड क्लबमा प्रकाश दूतराजको ह्याट्रिक : ‘जाम भो माइली’लाई पनि करोड पटक हेरियो

    काठमाडौं । प्रकाश दूतराजद्वारा संगीतबद्ध ‘जाम भो माइली’ करोड क्लबमा प्रवेश गरेको छ । यसअघि उनका दुई गीत ‘बैनी झ्यालैमा’ र ‘घर कता हो बैनीको’लाई पनि युट्युवमा करोड पटक हेरिएको छ ।

    यो समाचार तयार पार्दासम्म शुक्रबार २ बजेसम्म जाम भो माइली गीतको कूल भ्यूज १ करोड २० हजार छ । टीकटकजस्ता सामाजिक संजालको कारण गीतको लोकप्रियतामा वृद्धि भएको मूल्यांकन गरिएको छ ।

    शान्तिश्री परियारसँग मिलेर प्रकाशले यो गीत गाएका हुन् । उनकै शब्द र संगीत यस गीतमा छ । दुईवर्षअघि रिलिज भएको उनकै ‘बहिनी झ्यालैमा’ १ करोड ४ लाख भन्दा बढी पटक हेरिएको छ ।

    अप्रिल २०, २०२१ मा रिलिज भएको ‘घर कता हो बैनीको’लाई १ करोड ४१ लाखभन्दा बढी पटक हेरिएको छ । तीनवटै गीत करोड क्लबमा प्रवेश गरेपछि नेपाल प्रेससँग कुरा गर्दै दूतराजले नेपाल प्रेससँग भने, ‘एकदमै खुशि छु । मिहेनतको फल मिलेको छ । चर्चा र भाइरलभन्दा पनि गुणस्तरको लागि गाएको हुँ ।’

    म्याग्दी घर भएका दूतराजले विदेश जानको लागि दलाललाई खुवाउन पैसा नभएपछि संगीततर्फ लागेको र संगीतले आफ्नो बाटो मोडिदिएको बताएका थिए ।

  • फ्राइडे रिलिज : चुरीफुरी, अतरंगी रेदेखि म्याट्रिक्ससम्म

    फ्राइडे रिलिज : चुरीफुरी, अतरंगी रेदेखि म्याट्रिक्ससम्म

    काठमाडौं । शुक्रबारको नेपाली बक्सअफिसको भीडन्त रोचक हुने प्रक्षेपण गरिएको छ । ‘स्पाइडरम्यान : नो वे होम’ र ‘पुष्पा : द राइज’को दबदबा कायमै रहेको बेला थप तीन फिल्म रिलिज भएका छन् ।

    नेपालको ‘चुरीफुरी’, बलिउडको ‘अतरंगी रे’ र हलिउडको ‘द म्याट्रिक्स : रिसुरेक्सन’ प्रदर्शनमा आएका छन् । रविन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य र सुरविर पण्डित अभिनित ‘चुरीफुरी’लाई मल्टिप्लेक्सले सोज दिएका छैनन् भने एकल पर्दामा मात्र यो रिलिज भएको छ ।

    ऋषिराज आचार्य निर्देशित कमेडी फिल्म ‘चुरीफुरी’ले मानिसले कसरी हैसियत र औकातभन्दा बाह्य देखावटीमा विश्वास गर्छ र यसबाट सिर्जना हुने असरलाई यसले चित्रण गरेको छ ।

    युट्युव र टीकटकमा हिट अनुहारहरु यसमा सामेल छन् । म्याकुरी नामले चर्चित पवन खतिवडादेखि युट्युवर शिशिर भण्डारी चर्चित नाम हुन् ।

    आनन्द एल राय निर्देशित बलिउडको ‘अतरंगी रे’ कमेडी, ड्रामा र रोमान्स जनरामा निर्माण भएको छ । अक्षयकुमार, सारा अली खान र धनुषको मुख्य भूमिका यसमा छ ।

    तामिल युवक र बिहारी युवतीबीचको प्रेम सम्बन्ध र विभिन्न कालखण्डमा देखिएको उतारचढाव यसको कथावस्तु हो ।

    लाना वाचोस्की निर्देशित हलिउड फिल्म ‘द म्याट्रिक्स सुरेक्सन पनि आजैदेखि प्रदर्शनमा आएको छ । केनु रिभ्स, क्यारी एन मोस, जोनाथन ग्रोफको मुख्य भूमिका रहेको फिल्ममा दुईवटा फरक संसारको परिकल्पना गरिएको छ । एउटा बाहिर देखिने संसार र अर्को स्वैरकाल्पनिक संसार । कुन संसार यथार्थ हो भन्ने थाहा पाउन मुख्य पात्रले गर्नुपरेको संघर्ष यसको कथावस्तु हो ।

    एक्सन, साइन्स र फिक्सन जनरामा यसलाई राखिएको छ ।

     

  • बक्सअफिस : ‘स्पाइडरम्यान’लाई नेपालमा पहिलो साता ४.७० करोड ग्रस

    बक्सअफिस : ‘स्पाइडरम्यान’लाई नेपालमा पहिलो साता ४.७० करोड ग्रस

    काठमाडौ । मार्भल स्टूडियो र सोनी पिक्चर्सको सुपरहिरो फिल्म ‘स्पाइडरम्यान’ले कोरोना महामारीयताकै सर्वाधिक कमाइ गरेको छ ।

    टम हल्यान्ड र जेन्डाया स्टारर फिल्मले पहिलो साता नेपाली बक्सअफिसमा ४ करोड ७० लाख ग्रस कलेक्सन गरेको छ । सुरुआती दुई दिनमै २ करोड २५ लाख ग्रस कमाएको फिल्मले दोस्रो साता पनि उत्साहजनक कमाइलाई निरन्तरता दिने अनुमान छ ।

    पहिलो साता मुलुकका प्रमुख मल्टिप्लेक्समा शतप्रतिशत प्रदर्शन गरेको फिल्मले रिलिजअघि नै ७६ लाख बराबरको टिकट विक्री गरेको थियो । हल संचालकका अनुसार स्पाइडरम्यानलाई दोहोर्‍याएर हेर्ने दर्शक बढेका छन् ।

    दोस्रो साता पनि क्यूएफएक्स, वान सिनेमाज्, बिग मूभिजसहितका मल्टिप्लेक्सले स्पाइडरम्यानलाई उच्च सोज दिएका छन् । तर, शुक्रबारदेखि प्रदर्शनमा आएका हलिउडकै म्याट्रिक्स : रिसुरेक्सन र अतरंगी रे केही चुनौति बन्न सक्ने अनुमान छ ।

    ‘दोस्रो साता पनि मार्भलको स्पाइडरम्यानले राम्रै कमाइ गर्न सक्ने आशा राखिएको छ’ वितरण कम्पनी एप्पलका रुबेन श्रेष्ठले नेपाल प्रेसलाई भने । स्पाइडरले भारत, युरोप र अमेरिकी बक्सअफिसमा समेत उछाल कमाइ गरेको विवरण प्राप्त भएका छन् ।

    स्पाइडरम्यानसँगै प्रदर्शनमा आएको भारतको तेलुगु फिल्म ‘पुष्पा : राइज अफ हिरो’ले पनि बक्सअफिसमा राम्रो कमाइ गरेको छ । स्पाइडरम्यानको ओभरफ्लोको कारणले पनि पुष्पालाई लाभ मिलेको ठानिएको छ ।

     

  • ‘उही बाटो’मा सुधीर र स्मारिका (भिडिओ)

    ‘उही बाटो’मा सुधीर र स्मारिका (भिडिओ)

    काठमाडौं । गायक टीकाराम कट्टेल र गायिका अञ्जु पन्तको स्वर रहेको गीत ‘उही बाटो’को भिडिओ सार्वजनिक भएको छ । गीतमा रवी मल्लको शब्द, अर्जुन पोखरेलको संगीत, फणिन्द्र राईको एरेञ्ज र सुमन खड्काको मिक्सिङ तथा मास्टरिङ छ ।

    विधान कार्की निर्देशित भिडिओमा सुधीर श्रेष्ठ र स्मारिका ढकालको अभिनय छ । भिडिओमा नबिना थापाको विशेष अभिनय छ । हिमालय दृश्य रिसोर्ट धुलिखेलमा छायांकन गरिएको भिडिओमा नवराज उप्रेतीको छायांकन, विकास दाहालको सम्पादन, मनीषा पोखरेलको कला निर्देशन, माधव शर्माको सहायक निर्देशन छ ।

    भिडिओका निर्माता गायक टिकाराम कट्टेल नै हुन् । भिडिओ द डिभाइन म्यूजिकबाट सार्वजनिक गरिएको हो ।