Category: कलाप्रेस

  • साढे दुई दशकपछि आफूले भने जस्तो काम गर्न पाएँ : गायिका झुमा लिम्बू

    साढे दुई दशकपछि आफूले भने जस्तो काम गर्न पाएँ : गायिका झुमा लिम्बू

    काठमाडौं । गायिका तथा संगीतकार झुमा लिम्बू अहिले चर्चामा रहेकी गायिका हुन् । उनले गाएको गीत सामाजिक संजालमा भाइरल छ । सांगीतिक क्षेत्रमा दुई दशक भन्दा बढी समय खर्चिएकी गायिका झुमाले अहिले भने आफूले चाहेजस्तो खुलेर काम गर्न पाएको बताएकी छन् ।

    साढे दुई दशकपछि चलचित्र ‘जार’ मा आफूले भनेजस्तो काम गर्न पाएको उनको भनाइ छ । उनी भन्छिन् ,’म्युजिक र काम गर्दै जाँदा, मैले भने जस्तो काम गर्न पाएको प्लेटफर्म हो, चलचित्र ‘जार’। मैले चाहेको र गरिरहेको म्युजिक, मैले यो चलचित्रमा गरेको छु।’

    ‘२५ वर्षमा आएपछि जारमा गरेको काम चित्त बुझेको छ । अझै पूरै चित्त बुझ्दो त छैन, तर यो चलचित्रमा काम गर्ने ठाउँ पाएँ भन्ने लागेको छ’, उनी थप्छिन।

    जारमा झुमाले लिम्बू समुदायको गीत-संगीतमा काम गरेकि छिन् । मंगलबार भएको चलचित्रको प्रिमियरमा पनि उपस्थित अधिकांशले उनको गीत र संगीतको खुलेर तारिफ गरेका थिए। लिम्बू समुदाय रहेको पूर्वी पहाडी जिल्ला, लिम्बू समुदायको संस्कृति, संस्कार, लय र तालमा झुमाले यस चलचित्रको गीत र संगीत तयार पारेकी छन् ।

    १८०० को दशकको वास्तविक घटनामा आधारित यो चलचित्र यहीँ वैशाख २६ गतेबाट प्रदर्शनमा आउँदैछ । उनले गीत र संगीत भरेको यो चलचित्र साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित छ। चलचित्रलाई फुर्वा छिरिङ लामाले निर्देशन गरेका हुन।

     

  • ‘ऊनको स्वीटर’को भव्य प्रिमियर सम्पन्न, निर्देशक भन्छन्- आत्मिक प्रतिक्रियालाई शब्दमा व्यक्त गर्न सक्दिन’

    ‘ऊनको स्वीटर’को भव्य प्रिमियर सम्पन्न, निर्देशक भन्छन्- आत्मिक प्रतिक्रियालाई शब्दमा व्यक्त गर्न सक्दिन’

    काठमाडौं । यहीँ शुक्रवारदेखि विश्वव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘ऊनको स्वीटर’को बुधबार साँझ राजधानी भव्य प्रिमियर गरिएको छ। काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा चलचित्रको प्रिमियर सम्पन्न भएको हो।

    एक हजारभन्दा बढी अतिथि उपस्थिति भएको प्रिमियरमा उपसभामुख इन्दिरा राना मगर, राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देल, सांसद शोबिता गौतम, सांसद विनीता कठायत, कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, अभिनेता दयाहाङ राई, अभिनेत्रीहरू केकी अधिकारी, अञ्जना बराइली लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।

    चलचित्र युनिटबाट प्रमुख कलाकारहरू विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, निर्देशक नवीन चौहानलगायत सबैको सहभागिता रह्यो।

    कार्यक्रममा बोल्दै उपसभामुख राना मगरले चलचित्रले प्रेमको गहिरो भाव प्रस्तुत गरेको बताइन् । उनले भनिन्, ‘मन जितेर मात्र प्रेम हुन्छ भन्ने कुरा चलचित्रले सुन्दर तरिकाले देखाएको छ।सबै कलाकारको काम उत्कृष्ट छ।’

    त्यस्तै, सांसद शोबिता गौतमले पनि चलचित्रको दृश्य, सामाजिक प्रसङ्ग र कथावस्तुलाई मनमोहक भएको बताइन् । चलचित्र हेर्न पुगेका अभिनेता दयाहाङ राईले ुउनको स्वीटरु लाई उत्कृष्ट कृति भन्दै सबै पक्ष दमदार रहेको प्रतिक्रिया दिए ।

    अभिनेत्री केकी अधिकारीले ‘ऊनको स्वीटर’ आफूले हेरेका उत्कृष्ट प्रेमकथामध्ये एक भएको उल्लेख गर्दै निर्देशक नवीन चौहानको कामको विशेष प्रशंसा गरिन् । कार्यक्रममा चलचित्रका कलाकारहरू पनि भावविह्वल देखिए । विपिन कार्कीले दर्शकको माया देखेर मन भारी भएको बताए भने मिरुना मगरले दर्शकलाई न्यानो माया दिन सफल भएको प्रतिक्रिया जनाइन्

    यता एलेक्स पारस भने पहिलो चलचित्रबाट यस्तो प्रतिक्रिया पाउँदा उत्साहित थिए। परीक्षा लिम्बुले आफू पात्रमै ढल्किएको अनुभव सुनाइन् । गीत निर्देशक तथा गायक सुजन चापागाईँले प्रिमियरमा उपस्थित सबैलाई धन्यवाद दिँदै शुक्रवारदेखि चलचित्र दर्शकको जिम्मामा रहेको बताए । त्यस्तै, निर्देशक नवीन चौहानले पनि उपस्थित दर्शकको प्रतिक्रियाले मलाई न्यानोपन दिएको र सबै आत्मिक प्रतिक्रियाहरूलाई शब्दमा व्यक्त गर्न गाह्रो छ भएको बताए।

    आर्टमाण्डू प्रा.लि.को ब्यानरमा बनेको चलचित्र ‘ऊनको स्वीटर’ मा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राईसँगै सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमु, शारदा देवी सिलवाल, भावना खपाङ्गी मगरजस्ता कलाकारको अभिनय छ । पाँचथर र फालेलुङ क्षेत्रमा छायाङ्कन गरिएको चलचित्रले नेपाली समाजको विविधता र प्रेमकथालाई समेटेको छ।

  • ‘मिसेस टुरिजम क्विन इन्टरनेशनल-२०२५’ मा डा. मल्लले जितिन् दुई अवार्ड

    ‘मिसेस टुरिजम क्विन इन्टरनेशनल-२०२५’ मा डा. मल्लले जितिन् दुई अवार्ड

    काठमाडौं । हाउस अफ फेसन नेपालले गत फागुनको पहिलो साता काठमाडौंमा आयोजना गरेको दोस्रो संस्करणको ‘मिसेस भोग नेपाल–२०२५’ डा.सुमी मल्लले बैंककमा आयोजित एक अन्तर्राष्ट्रिय प्रतियोगितामा दुई महत्त्वपूर्ण उपाधि जितेकी छिन् । काठमाडौंमा हाउस अफ फेसन नेपालले पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो ।

    गत साता बैंककमा आयोजित ‘मिसेस टुरिजम क्विन इन्टरनेशनल–२०२५’ डा.मल्लले दुई महत्त्वपूर्ण उपाधि जितेकी हुन् । वरिष्ठ दन्त चिकित्सकको रूपमा कार्यरत डा.मल्लले उक्त प्रतियोगितामा मिसेस इन्स्पिरेश्नल तथा सेकेण्ड रनर्स अपको उपाधि जित्न सफल भएकी छिन् । मल्लले विश्वका विभिन्न २५ देशका प्रतिस्पर्धिहरुसंग प्रतिस्पर्धा गरेर दुई महत्त्वपूर्ण उपाधि जित्न सफल भएर नेपालको नाम राख्न सफल भएको बताइन् ।

    ‘मुख्य उपाधि रसियाकी प्रतिस्पर्धीले जित्नु भयो, त्यो क्षण उहाँको पक्षमा रह्यो, तर नेपाली प्रतिस्पर्धीको रूपमा मैले पनि उत्कृष्ट प्रस्तुति दिन सफल भएँ, मुख्य उपाधि जित्न नसके पनि सेकेण्ड रनर्स अप तथा मिस इन्स्पिरेश्नल (सबैभन्दा प्रेरणादायी)को अवार्ड जित्नु आफैँमा उपलब्धिमूलक रहेको ठानेकी छु’, मल्लले भनिन् ।

    ‘मिसेस भोग नेपाल २०२५’ को आयोजक संस्था हाउस अफ फेसन नेपालकी संस्थापक निर्देशक ओशिमा बानुले उक्त प्रतियोगितामा आफूले पठाएको नेपाली प्रतिनिधिले नेपालका लागि दुई महत्त्वपूर्ण उपाधि जित्न सफल हुनुमा डा।सुमी मल्लको समर्पण, सौन्दर्य र अदम्य आत्माले अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई गर्वित तुल्याएको धारणा व्यक्ति गरिन् ।

    ‘मिसेस टुरिजम क्विन इन्टरनेशनल–२०२५’ को ग्राण्ड फिनाले गत मे १ अर्थात् वैशाख १८ गते थाईल्यान्डको जीवन्त सहर बैंककमा आयोजना भएको थियो । हाउस अफ फेशन नेपालको विशेषज्ञ मार्गदर्शनमा विश्वस्तरीय प्रशिक्षण र ग्रुमिङ प्राप्त गरेकी डा.सुमी मल्ल आत्मविश्वास, सौन्दर्य र दृढतासहित अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि बैंकक पुगेकी थिइन् ।

  • ‘राम नाम सत्य:’ मा विराजपछि सुशील फाइनल

    ‘राम नाम सत्य:’ मा विराजपछि सुशील फाइनल

    काठमाडौं । म्युजिक भिडियो निर्देशनमा सफलता हात पारेपछि निर्देशनमा पाइला चाल्न लागेका माइकल चन्द आफ्नो सपनाको प्रोजेक्ट ‘राम नाम सत्य’को प्रि–प्रोडक्सनमा व्यस्त छन् ।

    यो फिल्मको स्क्रिप्ट फाइनल भइसकेको छ । अहिले धमाधम कलाकारहरू अनुबन्धित गर्ने काम चलिरहेको छ ।

    यो फिल्ममा नायक विराज भट्ट फाइनल भइसकेका छन् । फिल्ममा विराजको भूमिका के हुनेछ भन्ने खुलाइएको छैन ।

    अब, फिल्मको मुख्य भूमिकामा नायक सुशील श्रेष्ठ पनि अनुबन्धित भएका छन् । सुशीलसँग निर्माणपक्षले बुधवार कागजी सम्झौता गरेको छ ।

    फिल्मको स्क्रिप्ट सुनेपछि आफू निकै नै उत्साहित भएको सुशीलले बताए । एक्सन, लभ स्टोरी र सस्पेन्स कथामा निर्माण हुन लागेको ‘राम नाम सत्य: पर्दा पछाडिको पर्दा’मा सुशीलको रोमान्स र एक्सन हेर्न सकिनेछ ।

    फिल्मका लागि अब नायिका र केही कलाकारहरू फाइनल गर्न बाँकी रहेको निर्माणपक्षले बताएको छ ।

    माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा उपेन्द्र शाही, स्वेता विमली र उत्तम गुरुङको लगानी रहनेछ ।

    फिल्मका कार्यकारी निर्माता डा. डी आर उपाध्याय, टी आर गौडेल र नरेन्द्र शाह हुन् । फिल्मको छायांकन केही महिनामै गर्ने तयारी निर्माणपक्षको छ ।

  • `ऊनको स्वीटर´काे प्रिमियरमा राजेन्द्र लिङदेनदेखि इन्दिरा रानासम्म (तस्बिरहरू)

    `ऊनको स्वीटर´काे प्रिमियरमा राजेन्द्र लिङदेनदेखि इन्दिरा रानासम्म (तस्बिरहरू)

    काठमाडौं । यही शुक्रवार (वैशाख २६) बाट देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘ऊनको स्वीटर’को प्रीमियर भएको छ ।

    काठमाडौंको बिग मुभिजमा आयोजित प्रीमियरमा विभिन्न कलाकार को उपस्थिति रहेको थियो । प्रीमियरमा नायक अनुप विक्रम शाही , सौगात मल्ल , नायिका रिमा विश्वकर्मा , केकी अधिकारी, निर्देशक प्रदीप भट्टराई , सन्दीप क्षेत्री , कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कार्की , उप सभामुख इन्दिरा राणा मगर , सांसद असिम शाह , गायक अस्मिता अधिकारी , महेश काफ्ले , विक्की अग्रवाल लगायतको उपस्थिति रहेको थियो ।

    आर्टमाण्डू प्रा.लि. को ब्यानरमा निर्माण भएको चलचित्र ‘ऊनको स्वीटर’ मा अभिनेता विपिन कार्की,  मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस र विल्सन विक्रम राई मुख्य भूमिकामा देखिँदै छन् ।

    उनीहरूका साथमा अनुभवी कलाकारहरू सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमु, शारदा देवी सिलवाल, र भावना खपाङ्गी मगर लगायतको दमदार अभिनय रहनेछ ।

    सङ्गीतमा सुजन चापागाईँ र झुमा लिम्बुको निर्देशनमा बनेका “फूल”, “मखमली”, र “काफ्ले” जस्ता गीतहरूले दर्शकमाझ निकै लोकप्रियता हासिल गरिरहेका छन् । सामाजिक सञ्जालमा भाइरल भइरहेको ट्रेलरले पनि चलचित्रको प्रतीक्षा उत्साहजनक बनाएको छ ।

    निर्देशक नवीन चौहानको पहिलो फिचर चलचित्र ‘ऊनको स्वीटर’को कथा पाँचथरदेखि भारतको वेस्ट बङ्गालको सीमासम्म फैलिएको छ । चौहानले यसअघि ‘घुमी घुमी’, ‘देखेर तिमीलाई – तीनपाते’, ‘फूलथुङ्गे रानी’, ‘चन्द्रमा’ जस्ता चर्चित सङ्गीतमूलक चलचित्र निर्देशन गरिसकेका छन् ।

    चलचित्रको छायाङ्कन पूर्वी नेपालको पाँचथर र भारतको सीमा क्षेत्र फालेलुङमा गरिएको हो । यो चलचित्रले सांस्कृतिक विविधता, सामाजिक अन्तर्विरोध, र नेपाली समाजको जीवन्त रङ्गहरूलाई एउटै कथामा समेट्ने प्रयास गरेको निर्देशक चौहानले बताएका छन् । चलचित्रलाई सेन्सर बोर्डले युनिभर्सल प्रमाणपत्र प्रदान गरेको छ ।

  • शुक्रबार रिलिज हुने ‘ऊनको स्वीटर’ र ‘जार’ को अग्रिम टिकट बुकिङ खुला, कसलाई कति शो ?

    शुक्रबार रिलिज हुने ‘ऊनको स्वीटर’ र ‘जार’ को अग्रिम टिकट बुकिङ खुला, कसलाई कति शो ?

    काठमाडौं । यही शुक्रबार देशभर प्रदर्शनमा आउन लागेका दुई चलचित्र ‘ऊनको स्वीटर’ र ‘जार’को अग्रिम टिकट बुकिङ खुला भएको छ । मल्टिप्लेक्स हलहरूले मंगलबार बेलुकै चलचित्रको शो तय गर्दै बुकिङ खुलाएका हुन् ।

    सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले ‘ऊनको स्वीटर’लाई पहिलो दिन देशभरका हलमा गरेर ४८ शो दिएको छ । काठमाडौंभित्र मात्र क्यूएफएक्समा यो चलचित्रले २१ शो पाएको छ । यो चलचित्रलाई आईएनआई सिनेमाजले १८ शो र बिग मुभिजले ५ शो दिएको छ ।

    यता अर्को चलचित्र ‘जार’लाई क्यूएफएक्सले काठमाडौंमा १३ शोसहित देशभर जम्मा २४ शो दिएको छ । यो चलचित्रलाई आईएनआई सिनेमाजले ८ शो र बिग मुभिजले २ शो दिएको छ ।

    यी चलचित्रहरुको अन्य केही मल्टिप्लेक्सहरुमा पनि बुकिङ खुलेको छ भने केहीमा खुल्ने तयारी छ ।

    आर्टमाण्डू प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र ‘ऊनको स्वीटर’ मा कलाकारहरु विपीन कार्की, मिरुना मगर, परीक्षा लिम्बू, एलेक्स पारस र विल्सनविक्रम राईको मुख्य भूमिका छ । निर्देशक नवीन चौहानको निर्देशनमा बनेको यस चलचित्रको कथा पाँचथरदेखि भारतको वेस्ट बङ्गालको सीमासम्म फैलिएको छ ।

    त्यस्तै फुर्वा छिरिङ लामा निर्देशित चलचित्र ‘जार’मा भने कलाकारद्वय सौगात मल्ल, अनुपविक्रम शाही र गीताञ्जली थापाको मुख्य भूमिका छ । २२५ वर्ष अगाडिको कथामा आधारित यो चलचित्र साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित छ ।

  • शर्मिलाको फिल्ममा प्रदीप र गौरव

    शर्मिलाको फिल्ममा प्रदीप र गौरव

    काठमाडौं । निर्मात्री शर्मिला पाण्डेले नयाँ फिल्म बनाउने तयारी गरेकी छन् । छोरा सुरज पाण्डेले नै निर्देशन गर्ने नयाँ फिल्मको काम अगाडि बढेको निर्मात्री पाण्डेको भनाई छ ।

    यसअघि उनले फिल्म ‘लभ लभ लभ, आमा, परस्त्री’ लगायत निर्माण गरिसकेकी छन् ।

    उनले, निर्माण गर्न लागेको नयाँ फिल्मलाई उनकै छोरा निर्देशक सुरज पाण्डेले निर्देशन गर्नेछन् । सुरजले फिल्म ‘परस्त्री’ निर्देशन गर्दै निर्देशनमा डेब्यू गरेका थिए ।

    यो फिल्मका लागि आज नायक प्रदीप खड्का र गौरव बिष्टसँग कुराकानी गरिएको छ । प्रदीपसँग भेटपछि निर्मात्री पाण्डेले भनिन्, ‘प्रदीपजीले ६ महिनापछि समय दिन सक्छु भन्नुभयो । केही समयपछि अमेरिका गएर सुरजसँग भेट गर्ने र स्क्रिप्ट पनि सुन्ने कुरा गर्नुभएको छ । हामी फिल्मको सम्पूर्ण छायांकन अमेरिकामा नै गर्छौ ।’

    शर्मिलाका अनुसार, यो फिल्ममा २ जना नायक हुनेछन् । गौरवलाई लिएर शर्मिलाले फिल्म ‘परस्त्री’ निर्माण गरेकी थिइन् । यस्तै, गौरव र प्रदीपले फिल्म ‘पिताम्बर’मा पनि सहकार्य गरेका थिए ।

    शर्मिला पाण्डे नेपाली फिल्म क्षेत्रका लागि स्थापित नाम हो । केही फिल्म बनाएसँगै उनी चर्चामा छिन् । अब, प्रदीप र गौरवलाई लिएर उनी फिल्म बनाउन तम्सिएकी छिन् ।

  • चलचित्र ‘मितज्यू’मा स्मिता लामिछाने अनुबन्धित

    चलचित्र ‘मितज्यू’मा स्मिता लामिछाने अनुबन्धित

    काठमाडौं । अनिल बुढा मगरको निर्देशनमा निर्माण हुने सिनेमा ‘मितज्यू’मा अभिनेत्री स्मिता लामिछाने अनुबन्धित भएकी छन् । अभिनेत्री लामिछानेको जन्मदिनको अवसर पारेर सिनेमामा अनुबन्धित गरिएको निर्माण टिमले जानकारी दिएको छ ।

    निर्मात्री समेत रहेकी लामिछानेले ‘१२ सत्ताइस’बाट नेपाली सिनेमामा मुख्य अभिनेत्रीको रुपमा डेव्यु गरेकी हुन् । उनको निर्माण तथा अभिनय रहेको सिनेमा ‘आँखा’ गतवर्षको असोजमा प्रदर्शनमा आएको थियो । यससँगै उनको मुख्य भूमिका रहेको सिनेमा ‘म राजेश हमाल’ प्रदर्शनको तयारीमा छन् ।

    गतवर्षको सुपरहिट सिनेमा ‘घरज्वाइँ’ निर्माण टीमले बनाउन लागेको ‘मितज्यू’को छायांकन आगामी मंसिरबाट सुरु हुनेछ ।

    गतवर्षको असार अन्तिममा प्रदर्शनमा आएको ‘घरज्वाइँ’ले ५१ औं दिन मनाउनुका साथै दर्शक तथा समीक्षकबाट उत्कृष्ट प्रतिक्रिया पाएको थियो । हाल कथा लेखनको चरणमा रहेको ‘मितज्यू’को मुख्य भूमिकामा यसअघि नै अभिनेता दयाहाङ राई र तेरिया फौजा मगर अनुबन्धित भैसकेका छन् ।

    जिएम मूभिज प्रोडक्सन र एबीएम सिने प्रोडक्सनको ब्यानरमा सिनेमा निर्माण हुनेछ । आगामी चैत २७ गते नेपाली नयाँ वर्षलाई सिनेमाको प्रदर्शन मिति घोषणा भैसकेको छ । महेश राईको लेखन रहेको सिनेमाका प्रोडक्सन कन्ट्रोलर धन बहादुर राई हुन् ।

     

     

  • ‘जार’ को ग्राण्ड प्रिमियर सम्पन्न, चलचित्र हेरेर कसले के भने ?

    ‘जार’ को ग्राण्ड प्रिमियर सम्पन्न, चलचित्र हेरेर कसले के भने ?

    काठमाडौं । वैशाख २६ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्र ‘जार’को राजधानीमा भव्य प्रिमियर गरिएको छ । मंगलबार ललितपुरको लबिम महलस्थित क्यूएफएक्समा चलचित्रको प्रिमियर गरिएको हो ।

    प्रिमियरमा उपस्थित अधिकांशले निर्देशक लामा र कलाकारहरुको सशक्त अभिनयको तारिफ गरेका थिए। मगर समुदायको संस्कृति झल्किने नृत्यसहित सुरु भएको प्रिमियरमा नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराई, ललितपुरका सांसद उदय शमशेर जबरा, अभिनेत्री मनिषा कोइराला, नेतृ हिसिला यमील, अभिनेता विपिन कार्की, अभिनेत्री केकी अधिकारी, निर्देशकद्वय प्रदिप भट्टराई, ज्ञानेन्द्र देउजा, दिपेन्द्र लामा, नवल नेपाल लगायत साहित्यकार र पत्रकारको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।

    चलचित्र हेरेर निस्किएका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले इन्द्रबहादुर राईको कथामा बनेको दुई सय वर्ष पुरानो चलचित्र ‘जार’ पूर्ण रूपमा मौलिक चलचित्र बनेको बताउँदै नेपालमा जार प्रथाको इतिहास बुझ्न भएपनि अहिलेको पुस्ताले यो चलचित्र हेर्नु पर्ने सुझाव दिए ।

    उनले भने,‘पाठकले रुचाएको कथालाई निर्देशकले उही मर्ममा कलात्मक शैलीले प्रस्तुत गर्नुभएको छ । नयाँ पुस्ताले नेपालको इतिहास बुझ्नका लागि भएपनि यो चलचित्र हेर्नुपर्छ। आफूले आईएसीमा पढेको इन्द्रबहादुर राईको कथालाई आज चलचित्रमा हेर्न पाउँदा निकै आनन्द लागेको छ ।’

    यस्तै, ललितपुरका सांसद उदय शमशेर जबराले ‘जार’ आफूलाई एकदम फरक र पूर्ण मौलिक चलचित्र लागेको बताए । उनले जारको टिमलाई बधाई दिँदै ’जार’ राम्रो चलचित्र निर्माणको उदाहरण बनेको बताए ।

    नेतृ हिसिला यामीले पनि ’जार’ अहिलेको समसामयिक सन्दर्भको सशक्त चलचित्र भएको बताइन् । अहिले आर्थिक र राजनीतिक समस्या नै नेपाली युवा–युवतीको घाँटीमा जार बनेर झुन्डिएको उनले बताइन् ।

    चलचित्र हेर्न पुगेकी अभिनेत्री मनिषा कोइराला पनि चलचित्रको तारिफ नगरी बस्न सकिनन। उनले ‘जार’ नेपाली चलचित्रको बढ्दो स्तरको प्रमाण भएको बताइन् ।

    उनले भनिन्, ‘जारले हाम्रो इतिहास र साहित्यलाई चलचित्रको माध्यमबाट जीवन्त बनाएको छ । प्राविधिक पक्षमा केही चुनौती भए पनि कथा भन्ने शैलीमा भने हामी विश्व स्तरमा प्रतिस्पर्धा गर्न सक्छौँ ।’

    त्यस्तै, अभिनेता विपिन कार्कीले ‘जार’ नेपाली चलचित्रको विकासमा एउटा महत्वपूर्ण पाइला भएको बताए भने अभिनेत्री केकी अधिकारीले निर्देशक फुर्वा छिरिङ लामाको दृढ आत्म विश्वासको प्रशंसा गरिन् । यता निर्देशक दिपेन्द्र लामाले पनि ‘जार’ हेरेपछि निर्देशकको कलात्मक उत्कृष्टता र नेपाली सिनेमा एउटा नयाँ उचाइमा पुगेको प्रतिक्रिया दिए।

    प्रिमियरपछि अभिनेता सौगात मल्लले आफूले २६–२७ वर्ष देखि कल्पना गरेको चलचित्रमा काम गर्न पाउँदा निकै खुसी लागेको बताए । त्यस्तै, अर्का अभिनेता अनुपविक्रम शाहीले ’जार’ ले इतिहासलाई पर्दामा उतार्ने प्रयास गरेको बताउँदै दर्शकको साथ पाउनेमा आशावादी रहेको बताए ।

    १८०० को दशकको वास्तविक घटनामा आधारित यो चलचित्र साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित चलचित्र हो। चलचित्रलाई फुर्वा छिरिङ लामाले निर्देशन गरेका छन् । फेरि टेल पिक्चर्सले निर्माण गरेको ‘जार’ मा अभिनेताद्वय सौगात मल्ल, अनुपविक्रम शाही र अभिनेत्री गीताञ्जली थापाको मुख्य भूमिका छ ।

    होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको चलचित्रको छायांकन सिक्किममा गरिएको छ ।

    चलचित्रको कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योति क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् । सरवानन इलावार्सुको छायांकन रहेको चलचित्रमा अखिलेश राईको सम्पादन र झुमा लिम्बू र गंगा थापाको संगीत छ ।

  • भर्चुअल अटिजममाथि निर्मित ‘झिल्को’ : बालबालिका र अभिभावक सँगै बसेर हेर्नैपर्ने फिल्म

    भर्चुअल अटिजममाथि निर्मित ‘झिल्को’ : बालबालिका र अभिभावक सँगै बसेर हेर्नैपर्ने फिल्म

    काठमाडौं । गत शुक्रबारदेखि हलमा लागेको फिल्म ‘झिल्को’ अहिले ६८ शोहरुमा चलिरहेको छ । यादव कुमार भट्टराई निर्देशित यस फिल्मले दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ ।

    फिल्मले डिजिटल कुलतले बालबालिकाको जीवन, पारिवारिक सम्बन्ध र सामाजिक स्वास्थ्यमा पारेको असर र कसरी मोबाइलको दुरुपयोगले एउटा परिवार दुर्घटनासम्म पुग्छ भन्ने गम्भीर मुद्दा उठाएको छ ।

    ‘झोला’, ‘भोर’ जस्ता सामाजिक मुद्दामा आधरित फिल्म बनाइसकेका निर्देशक भट्टराईले बालबालिकामा देखापर्ने भर्चुअल अटिजममाथि ‘झिल्को’ बनाउनुको कारण भने उनको आफ्नै भोगाई रहेको बताएका छन् ।

    उनका अनुसार भट्टराईको एक जना पत्रकार साथीको छोरालाई मोबाइलको लत थियो । सानैदेखि मोबाइल चलाएकाले तीन वर्षको उमेरसम्म पनि केही शब्द मात्रै बोल्थे ।

    बोलीमै समस्या आएपछि बच्चालाई अस्पताल लगियो । अस्पताल लगेपछि थाहा भयो, ती बालकलाई भर्चुअल अटिजम रहेछ । त्यो घटनाले हिर्काएपछि निर्देशक भट्टराईलाई लाग्यो, यसमाथि फिल्म बनाएदेखि सामाजिक सचेतनाको रुपमा पनि अर्थपूर्ण काम गर्न सकिन्छ ।

    अनि उनी कथा खोज्नतिर लागे । पटकथा लेखक अरुणदेव जोशी र देवव्रतसँग मिलेर भर्चुअल अटिजम भएका बालबालिका, मनोचिकित्सक, अटिजम सेन्टरलगायत धेरै विषयहरूको अध्ययनमा लागे । एक वर्ष लामो समयपछि स्क्रिप्ट तयार भयो । र ‘झिल्को’ बनाए ।

    संसारमा ८ अर्ब २ करोड जनसंख्या रहेकोमा ५ अर्ब ८१ करोडको पहुँचमा मोबाइल फोन रहेको विभिन्न रिपोर्टहरुले देखाउँछ । यता नेपालमा भने प्रविधिले मानिसलाई जति सहज बनाएको, छ यसको दुरुपयोगले त्यति नै कठिन पनि । आजको दिनमा परिवार, प्रेम, समाज र संवदेना क्रमशः क्षय हुँदै गइरहेको छ । ‘झिल्को’ले यही कथा देखाउने प्रयास गरेको छ ।

    फिल्मको मुख्य पात्र स्क्रिन लतमा फसेको बालिका हो, जसको जीवनमा भर्चुअल संसार वास्तविक संसारभन्दा शक्तिशालि बन्न पुगेको छ । फिल्ममा बालिकाको फोन लत, उदासी र पुनर्स्थापनाको मनोवैज्ञानिक यात्रा छ । यसले बालबालिकामा प्रविधिको दुरुपयोगले हुन सक्ने बर्बादीहरू सिकाउन मद्दत गर्छ । डिजिटल युगमा हामी कसरी आफ्ना बालबालिका र आफूलाई बचाउन सक्छौं भन्ने सन्देश दिइएको छ ।

    टिकटकलगायत प्रविधिको भाइरल मोहले कसरी परिवारमा विचलन आउँछ भन्ने फिल्ममा देखाइएको छ । यसको अर्काे सशक्त पक्ष भनेको कोरोना कालपछि विद्यार्थीमा देखिएको भर्चुअल अटिजमको असर र त्यसबाट अहिले विद्यालयमा गुज्रिएको समस्यालाई देखाइएको छ ।

    फिल्ममा आयुषी ढकाल, वर्षा शिवाकोटी, सुनिल पोखरेल लगायत कलाकारको अभिनय रहेछ ।

     

     

  • चलचित्रकर्मी कल्याणकारी कोषबाट आर्थिक सहयोग

    चलचित्रकर्मी कल्याणकारी कोषबाट आर्थिक सहयोग

    काठमाडौं । चलचित्र विकास वोर्डअन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषले विभिन्न विधाका चलचित्रकर्मीलाई आर्थिक सहयोग गरेको छ ।

    वोर्डका अध्यक्ष दिनेश डिसीका अनुसार निधन भएका प्राविधिक श्रीकृष्णप्रसाद तिमिल्सिनाको परिवारलाई मृत्यु संस्कार खर्चका रुपमा ५० हजार दिइएको छ । प्राविधिक तथा छायांकार उमेश श्रेष्ठलाई लिभर डायलासिसका लागि कोषबाट १ लाख दिइएको छ ।

    ब्रेन ह्यामरेज भई ग्रीनसिटी अस्पतालमा उपचार गराइरहेका निर्देशक सन्तोष ढकालको उपचारका लागि कोषबाट १ लाख दिइएको छ । कलाकार गोकुल सुवेदीलाई उपचारका लागि ४० हजार दिने निर्णय भएको अध्यक्ष डिसीले बताए ।

  • ‘जुठे’ सिरियलबाट बाहिरिए राजु मास्टर

    ‘जुठे’ सिरियलबाट बाहिरिए राजु मास्टर

    काठ्माडौं । टिभी सिरियल ‘जुठे’ बाट हाँस्यकलाकार राजु मास्टर बाहिरिएका छन् । उनी यो सिरियलमा ‘गोथे’ नामक पात्रको भूमिकामा देखिदै आएका थिए । सिरियलबाट बाहिरिएको खवर राजु मास्टर आफैले सामाजिक संजालमार्फत जानकारी दिएका हुन् ।

    आफ्नो सामाजिक संजालमा एक पोष्ट राख्दै उनले लेखेका छन्, ‘जुठे सिरियलको एक पात्र अझै भनौं, साना साना भाइबहिनीहरू र बुढाबुढी भएका बा–आमाहरूको अनुहारमा हाँसो छर्ने एक पात्र । ‘गोथे’ । गोथेको यात्रा जुठेमा भने अब टुङ्गिएको छ । आजसम्मको यात्रामा साथ दिने सम्पूर्ण कलाकारज्यू र भगवान रुपी दर्शकहरुलाई मुरीमुरी धन्यवाद दिन चाहेँ ।’

    ‘जुठेमा गोथे खोज्ने सबै मेरा सानासाना भाइबहिनीहरू र गोथे मन पराउने सम्पूर्ण दर्शकहरुसँग क्षमा माग्न चाहेँ । किनकि अब जुठेमा गोथे हुने छैन । आगामी नयाँ भागहरूको लागि जुठे परिवारलाई शुभकामना,’उनले जोडेका छन् ।

    अभिनयसँगै राजु मास्टर यो सिरियलको लेखन र निर्देशनमा पनि सक्रिय थिए । उनले अर्का कलाकार मरिचमान श्रेष्ठ ‘बल्छीधुर्वे’सँग मिलेर सिरियलको लेखन र निर्देशन गर्दै आएका थिए ।

     

  • ‘सतीदेवी’ बाट प्रशंसित निर्देशक भन्छन्- फिल्म राम्रो बनाउन जानेँ, हिट बनाउन जानिनँ

    ‘सतीदेवी’ बाट प्रशंसित निर्देशक भन्छन्- फिल्म राम्रो बनाउन जानेँ, हिट बनाउन जानिनँ

    काठमाडौं । यस वर्ष प्रदर्शनमा आएको लक्ष्मण सुवेदी निर्देशित चलचित्र ‘सतीदेवी’ बक्स अफिसमा असफल भयो, तर समीक्षात्मक रूपले उत्कृष्ट प्रतिक्रिया पायो । चलचित्र हेरेका अधिकांशले ‘सतीदेवी’ मार्मिक भएको प्रतिक्रिया दिए ।

    ‘सतीदेवी’मा सुवेदीले महिलाको मुद्दा उठाएका छन् । सामाजिक कुरीति र अन्धविश्वासको चौघेरोमा महिलाले घरभित्र भोग्ने मानसिक र शारीरिक हिंसा चलचित्रको केन्द्रीय विषय हो ।

    चलचित्रको विषयवस्तुबारे सुवेदी भन्छन्, ‘मैले काठमाडौंको थापागाउँमा बस्दा देखेको वास्तविक घटनालाई गाउँको सेटअप दिएर चलचित्र बनाएको हो ।’

    दुई छोरीका पितासमेत रहेका सुवेदी थप्छन्, ‘छोराको खोजीमा लगालग चार छोरी जन्मिएको घर कस्तो हुन्छ ? जहाँ वंश धान्नलाई, अंश खानलाई छोरै चाहिन्छ भन्ने सामाजिक अन्धविश्वासले जरा गाडेको हुन्छ । यही विषयलाई उठाउँदै छोरी कुनै मामलामा पनि कमजोर हुन्न, परेको बेला जुनसुकै जिम्मेवारी उठाउन तयार हुन्छ भन्ने सन्देश दिनलाई ‘सतीदेवी’ बनाएको हुँ ।’

    अहिले ‘सतीदेवी’ पुनः प्रदर्शनको मनस्थितिमा रहेका सुवेदी दुई दशक बढी समयदेखि चलचित्र पत्रकारितामा सक्रिय छन् । ‘नयाँ पत्रिका’ दैनिकमा मात्रै ११ वर्ष काम गरे । किशोरकालदेखि नै नेपाली चलचित्रको मोहमा परेका सुवेदी चलचित्र क्षेत्रसँगै जोडिन सुर्खेतबाट काठमाडौं आएका थिए । काठमाडौंमा पत्रकारिता विषय पढ्दै चलचित्र पत्रकारिता सुरु गरेका थिए ।

    सुवेदी सुनाउँछन्, ‘पत्रकारिता सुरु गर्दाताकै एक दिन चलचित्र बनाउँछु भन्ने सपना थियो । अहिले त्यही सपना पूरा गरिरहेको छु ।’

    पत्रकारिता सँगसँगै सुवेदी पटकथा लेखनमा पनि जोडिए । ‘आरोप’, ‘कृष्णलीला’ जस्ता चलचित्र लेखे । कतिपय चलचित्रको पटकथामा ‘एड्भाइजर’ बनेर काम गरे । उनले लेखेको चलचित्र ‘डल्लेले इन्ट्री मार्‍यो’ अहिले निर्माणाधीन छ । ‘एउटा साथी’, ‘लालजोडी’ र ‘सतीदेवी’ निर्देशन नै गरे ।

    अहिले पत्रकारितालाई थाँती राख्दै चलचित्र निर्माणमा लागेका छन् । यसको पछाडिको कारण चाहिँ चलचित्रप्रतिको जुनून नै रहेको उनको ठहर छ । ‘एक दिन चलचित्र बनाउँछु’ भन्ने सुषुप्त चाहनाको मूर्त रूप नै अहिलेको निर्देशकीय अवतार रहेको उनको भनाइ छ ।

    ‘चलचित्रमा लाग्नुका पछाडि चलचित्रसँगको मेरो लामो अनुभव र स्वअध्ययन हो’, सुवेदी पत्रकारितातिर फर्कन्छन्, ‘मैले लामो समय सक्रिय पत्रकारिता गरेँ । कतिपय ब्रेकिङ मै गर्थें । मैले लेखेको समाचारको खण्डन कहिल्यै भएन । किनभने तथ्यभन्दा बाहिर रहेर कहिल्यै समाचार लेखिनँ । चलचित्र निर्माणमा पनि मैले मौलिक र अर्गानिक कथाभन्दा बाहिर कहिल्यै गइनँ, जानेवाला पनि छुइनँ ।’

    दिलासा क्रियसन प्रालि खोलेर चलचित्र निर्माणमा होमिएका सुवेदीका चलचित्रले बक्स अफिसमा कमाल गर्न सकेका छैनन् । यसको एकै कारण देख्छन् सुवेदी, मार्केटिङमा कमजोर ।

    ‘म मार्केटिङमा एकदमै कमजोर रहेछु । मिडियामा न्युज आउनुलाई मात्रै हामी मार्केटिङ भन्छौं, तर त्यतिमात्रै मार्केटिङ होइन रैछ’, सुवेदी सुनाउँछन् । आफूले ‘लालजोडी’मा पनि न्यायालयको ढिलासुस्तीले गर्दा आमनागरिकले कुन हदसम्मको दुःख पाउँछ भनेर देखाएको बताउँछन् । भन्छन्, ‘यो समस्या त आमनागरिकको समस्या हो नि, तर मैले मार्केटिङ गर्नै जानिनँ ।’

    सुवेदी थप्छन्, ‘आर्थिक रूपमा मुनाफा कमाउन सकेको छैन । अब चलचित्र हेरेर सबैजना रोएँ भन्नुहुन्छ । रुवाउनलाई मात्रै चलचित्र बनाएको त होइन, तर सबैले राम्रो भनिरहँदा पनि चलचित्र चलेन, अचम्म लाग्छ ।’

    हामीले सुवेदीलाई सोध्यौं:

    – तपाईं त लामो समय चलचित्र पत्रकारिता गरेर सबैलाई सहयोग गरेको मान्छे । आफैंले चलचित्र बनाउँदा चाहिँ कत्तिको साथ सहयोग पाउनुभयो ?

    (लामो हाँसो) जति जनाले साथ दिनुभएको छ, म खुसी छु, तर जति जनाले साथ दिनुपर्थ्यो, उहाँहरूले दिनुभएन । कतिपय त मेरो चलचित्र हेर्न आइदिनुस् भन्दा पनि आएनन् । दोहोरो सम्बन्ध भएको, कुनै समय सहकार्य गरेको मान्छेलाई निम्तो दिँदा पनि आएनन् ।

    म त शक्तिविना, पैसाविना चलचित्र क्षेत्रमा आएको मान्छे हो, तर दाबीका साथ भन्छु मैले कसैको कथा चोरेर चलचित्र बनाएको छैन । यहाँ त हिन्दी, टर्किस, कोरियन चलचित्रको कथा चोरेर बनाउँछन् । म गर्वका साथ भन्छु, मैले एउटा फ्रेमसम्म कसैको चोरेको छैन ।

    – तपाईंले साथ नपाउनुको पछाडिको कारण के हो ?

    त्यो त मलाई थाहा छैन । मैले कसैको केही बिगारिदिएको पनि छैन । मेरो चलचित्रले २०८० सालमा चलचित्र विकास बोर्डबाट पुरस्कार नै जितेको हो । मैले मेरो चलचित्रमा नेपाली माटोको सुगन्ध मिसाएको छु, तर खै किन हो, मैले पर्याप्त रूपमा साथ पाइनँ ।

    – तपाईंले साथ दिएको मान्छेले तपाईंलाई साथ दिएनन् । ती मान्छेहरूलाई कुनै कालखण्डमा दिएको साथ सम्झँदा कस्तो लाग्छ ?

    मैले कलम बिसाएकोमात्रै हो । पत्रकारिता गर्दिनँ भनेर घोषणा गरेको छैन । दुई करोड लगानी गरेर फिल्म बनाउन सक्छु भने मिडिया नै चलाउन पनि सक्छु । फेरि उहाँहरूलाई पहिले जस्तै साथ दिन तयार छु । पत्थरको जवाफ पत्थरले होइन, फूलले दिने खालको मान्छे हो म ।

    – चलचित्र पत्रकारहरूले पैसा नलिई समाचार लेख्दैन भन्छन्, हो र ?

    खै ! त्यो त थाहा छैन । अहिले चलचित्र पत्रकारहरूको आआफ्नै मिडिया हाउस छ । स्टाफ पाल्नैपर्‍यो । अफिसको भाडा तिर्नैपर्‍यो । अनि चलचित्रको विज्ञापन लिने कुरा अलग हो । सीधै पैसा लिने कुरा त छैन होला । अब एउटा बोरामा एक दुइटा कुहिएको आलु हुनु अलग कुरा हो ।

    – अनि चलचित्र निर्माणमै लाग्दा चलचित्र पत्रकारबाट कतिको साथ पाउनुभयो ?

    पर्याप्त पाइनँ । खै, मलाई मन नपराएर साथ नदिनुभएको हो वा मलाई फिल्ममेकर नै मान्न नखोज्नुभएको हो कि ! मैले कति सिनियरहरूलाई चलचित्र हेर्न आइदिनु भनेर अनुरोध गरेँ । बरु म्यारिज खेलेर बसे, आएनन् । सायद यसको चलचित्र के हेर्नु भनेर नआउनुभएको होला ।

    – ‘सतीदेवी’ले कति घाटामा पुर्‍यायो तपाईंलाई ?

    लगानी नउठेपछि घाटा नै हुने भयो । त्यसको लेखाजोखा विस्तारै हुँदै जाला ।

    – तपाईंका दुई चलचित्रलाई तपाईंले नै निर्माण समेत गर्नुभयो । अरु निर्माता नपाएर तपाईं आफैं निर्माता भएको हो ?

    सुरुको निर्देशकीय चलचित्र त अरु निर्माताले नै लगानी गरेको हो । त्यो चलचित्रमा दुईतीन जना निर्माता थिए । उहाँहरूको किचलो देखेर पार्टनरसिपमा म काम गर्दिनँ भनेर आफैं कस्सिएको हो । मैले निर्माता नपाएर आफैं लगानी गरेको होइन । यहाँ २०-५० लाख लगाउने मान्छे आउनुहुन्छ, तर फलानोलाई हिरो वा हिरोइन बनाउनुपर्छ भन्ने सर्त राख्नुहुन्छ । एउटा भूमिका म आफैं खेल्छु भन्नुहुन्छ । त्यस्तो गर्न म सक्दिनँ ।

    – अनि करोडौं रूपैयाँको जोखिम आफैंले उठाउँदा डर लाग्दैन ?

    अहिले डिजिटल राइट्सहरू हुन्छन् । आफूलाई भन्न मन लागेको कथामा काम गर्ने हो । त्यस्तो कथामा काम गर्दा अहिले त घाटा नै भइरहेको छ, तर एक दिन कसो रिकभर नहोला !

    – ‘सतीदेवी’ रि-रिलिज गर्ने मनस्थितिमा पनि हुनुहुन्छ हैन त ?

    पहिले चलचित्र हेर्न छुटाउनुभएकाहरूले अहिले विशेष शोहरू हेरिरहनुभएको छ । उहाँहरूको सुझाव छ, ‘राम्रोसँग मार्केटिङ गरेर फेरि चलचित्र चलाउनू ।’ उहाँहरूको सुझावमा म सकारात्मक छु । रि-रिलिजबारे साथीभाइसँग सल्लाह पनि लिँदैछु ।

    – दुई फिल्ममा व्यहोरेको आर्थिक क्षतिलाई कसरी व्यवस्थापन गर्ने सोच्नुभएको छ ?

    ‘लालजोडी’को रिकभरी त समयले गरिहाल्यो । ‘सतीदेवी’को चाहिँ रि-रिलिज गर्ने कुरा भएको छ । विदेशमा पनि शो गर्ने भनेर साथीहरूले छलफल गरिरहनुभएको छ ।

    – अब पाइपलाइनमा के छ ?

    मसँग तीन वटा स्क्रिप्ट छन् । ‘डल्लेले इन्ट्री मार्‍यो’ लेखिसकेँ । एउटा स्क्रिप्ट बिक्री भइसकेको छ । एउटा चाहिँ आफैंले बनाउँदैछु । आफैंले बनाउने यो प्रोजेक्टमा चाहिँ अरु निर्माताहरूसँग पनि सहकार्य गर्छु होला ।

  • क्रिस्चियन धर्मप्रचारको गीतले विवादमा तानिए सुरवीर र रामचन्द्र

    क्रिस्चियन धर्मप्रचारको गीतले विवादमा तानिए सुरवीर र रामचन्द्र

    काठमाडौं । टेलिश्रृंखला प्रख्यात दुई वरिष्ठ अभिनेता सुरवीर पण्डित (दाह्री बा) र रामचन्द्र अधिकारी (गोक्ते काजी) धार्मिक विवादमा तानिएका छन् । उनीहरूले एउटा क्रिस्चियन धर्मप्रचारको गीतमा गरेको अभिनयलाई लिएर सामाजिक सञ्जालमा आलोचना र गालीगलौजको सामना गर्नुपरेको छ ।

    ‘बेला छँदै आऊ’ बोलको भक्तिगानमा सुरवीर र रामचन्द्र क्रिस्चियन धर्मप्रचारकको भूमिकामा अभिनय गरेका छन् । उनीहरूले बाइबलको किताब बोकेर गाउँ-गाउँमा क्रिस्चियन धर्मको प्रचार गरिरहेको देखाइएको छ । भिडिओको उत्तरार्द्धमा उनीहरूमाथि अन्य धर्म मान्ने व्यक्तिहरूले दुर्व्यवहार र आक्रमण गर्छन् । अनुहारमा कालोमोसो दल्छन् र किताब च्यातिदिन्छन् ।

    धार्मिक विद्वैष उत्पन्न गर्ने खालको गीतमा पैसाकै लागि अभिनय गर्न तयार भएको भन्दै सुरवीर र रामचन्द्रको आलोचना भएको हो । सिवा ब्रदर्श नामक युट्यूव च्यानलबाट अपलोड भएको यो क्रिस्चियन गीत अनिल सिवाले गाएका हुन् ।

  • चलचित्र विधेयक: विकास बोर्डको स्वायत्तता र क्षेत्राधिकार खुम्च्याउने प्रयास

    चलचित्र विधेयक: विकास बोर्डको स्वायत्तता र क्षेत्राधिकार खुम्च्याउने प्रयास

    काठमाडौं । नेपाल सरकारले चलचित्र विकास बोर्डको भूमिकालाई खुम्च्याइएको नयाँ विधेयक राष्ट्रियसभामा दर्ता गराएको छ । बोर्डले गर्ने कुनै पनि निर्णय मन्त्रालयले चाहेको खण्डमा सीधै खारेज गर्नसक्ने गरी नयाँ विधेयक ल्याइएको हो ।

    विकास बोर्ड स्वायत्त ढंगले काम गर्नसक्ने अधिकार सम्पन्न हुनुपर्ने माग चलचित्रकर्मीले लामो समयदेखि राख्दै आएका थिए । बोर्डले लिने निर्णयहरूमा मन्त्रालयले अंकुश लगाउने गरेकोप्रति चलचित्रकर्मीहरूको असहमति थियो, तर उनीहरूको विरोधलाई नजरअन्दाज गर्दै सरकारले बोर्डलाई थप कस्न आँटेको छ ।

    नयाँ विधयकलाई लिएर पनि चलचित्रकर्मीहरू असन्तुष्ट छन् । केही समयअघि निर्देशक मनोज पण्डित, निर्माता रवीन्द्रसिंह बानियाँ, निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीसहित १३ जना चलचित्रकर्मीले संसद सचिवालयमा सुझावसमेत पेश गरेका थिए ।

    बोर्डलाई चलचित्र दर्ता शाखाको रूपमा मात्रै परिणत गर्न खोजिएको भन्दै निर्देशक मनोज पण्डितले आपत्ति जनाए । उनले भने, ‘यो विधेयकले त बोर्डलाई झनै साँघुरो बनाउँदै लगेको देखियो । यो विधेयक चलचित्रकर्मीको पक्षमा छैन ।’

    प्रस्तावित विधेयकको परिच्छेद २ को बुँदा नम्बर ४ (१) मा लेखिएको छ– ‘(१) बोर्ड अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र संगठित संस्था हुनेछ र यसले कानूनी व्यक्तित्व प्राप्त गर्नेछ । (२) बोर्डले कानूनी व्यक्तित्वको हैसियतले प्रचलित कानूनबमोजिमको अधिकारको प्रयोग, कर्तव्यको पालना र दायित्व निर्वाह गर्नेछ ।

    तर यही बुँदालाई बुँदा नम्बर ६ को खण्ड (क)ले चटक्कै काटिदिएको छ । त्यहाँ लेखिएको छ– ‘उपदफा १ को खण्ड (क) बमोजिम बोर्डले दीर्घकालीन योजना, वार्षिक कार्यक्रम तथा बजेट स्वीकृत गर्नुभन्दा पहिले मन्त्रालयको सहमति लिनुपर्नेछ ।’

    चलचित्र घरहरूको जाँच गर्ने अधिकार विधेयकले प्रदेश सरकारको मन्त्रालयलाई दिइएको छ । परिच्छेद ५ को बुँदा नम्बर ४० मा भनिएको छ– ‘चलचित्र घर वा प्रदर्शनस्थल निर्माण गर्दा दफा ३८ बमोजिमको मापदण्ड पालना भए वा नभएको सम्बन्धमा चलचित्रसम्बन्धी विषय हेर्ने प्रदेश सरकारको मन्त्रालयले आवश्यक जाँचबुझ वा निरीक्षण गर्न, गराउन सक्नेछ ।’

    दर्ता भएको विधेयकमा त्यस्ता धेरै बुँदा छन्, जसले बोर्डलाई अधिकारविहीन बनाउन खोजेको छ । विधेयकले बोर्डलाई थपेको एउटा अधिकार छ, डिजिटल प्ल्याटफर्ममा चलचित्र प्रदर्शन गर्दा इजाजत लिनुपर्ने । परिच्छेद ३ को १७ नम्बर बुँदामा भनिएको छ, ‘डिजिटल प्ल्याटफर्ममार्फत चलचित्र वा चलचित्रजन्य सामग्रीको प्रदर्शन गर्न चाहेमा त्यस्तो प्ल्याटफर्म, व्यक्ति वा निकायले बोर्डबाट इजाजतपत्र लिनुपर्नेछ ।’

    यसको पनि कतै सृजनामाथिको अंकुश भन्दै चलचित्रकर्मीहरूले विरोध गरिरहेका छन् ।

    अंकुश नै अंकुश

    विधेयकको परिच्छेद ४ मा चलचित्र जाँच तथा प्रदर्शनसम्बन्धी व्यवस्था गरिएको छ । यहाँ चलचित्रमात्रै नभएर स्क्रिप्टसम्म सेन्सर बोर्डलाई अनिवार्य बुझाउनुपर्ने उल्लेख छ । यसै पनि प्रहरीको कथामाथि चलचित्र बनाउँदा प्रहरीकै अनुमति लिनुपर्ने नियमले प्रहरी प्रशासनलाई ‘सही’ मात्रै देखाउनुपर्ने चिन्तामा चलचित्रकर्मी छन् ।

    सेन्सर बोर्डमा सरकारले तोकेको सहसचिव, गृह मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधि (रा.प द्वितीय श्रेणी) अनि मन्त्रालयले नै मनोनयन गरेको चलचित्र क्षेत्रका तीन जना प्रतिनिधि हुन्छन् । अनि बोर्डको एक जना प्रतिनिधि र बोर्डकै सदस्य सचिव हुने विधेयकमा उल्लेख गरिएको छ ।

    सेन्सर बोर्डमा चलचित्र अध्ययन गरेको, चलचित्र बुझेको मान्छेहरू हुनुपर्ने चलचित्रकर्मीको आवाजलाई विधेयकले सीधै खारेज गरिदिएको देखिन्छ । सँगै (२) उपदफा १ मा भनिएको छ– ‘जाँच समितिको सचिवालय मन्त्रालयमा हुनेछ ।’

    यस विषयमा भने विकास बोर्डका सदस्य सचिव राजेशकुमार थापा भन्छन्, ‘सेन्सर बोर्डको काम भनेको राष्ट्र, राष्ट्रियता, भाषा, संस्कृति र समुदाय हेरेर सेन्सर गर्नुपर्ने भएकाले यसलाई सरकारअन्तर्गत नै राख्ने अन्तर्राष्ट्रिय अभ्यास हो ।’

    परिच्छेद ४ बुँदा ३० को (५) उपदफा (१) मा सेन्सर बोर्डबाट पास भएर प्रदर्शन भएको खण्डमा पनि जुनसुकै वेला चलचित्रको प्रदर्शन रोक्ने वा छाँटकाँट गरेर प्रदर्शन गर्ने अधिकारसमेत मन्त्रालयलाई दिइएको छ । मन्त्रालयले अनुगमन गरेर चलचित्र प्रदर्शन तुरुन्त बन्द गराउन सक्ने समेत उल्लेख छ ।

    साथै बुँदा ३१ मा सरकारले चलचित्र प्रदर्शनमा रोक लगाउनसक्ने समेत बताएको छ । यसले आफूहरूमाथि असुरक्षा प्रदान गरेको चलचित्रकर्मीको भनाइ छ । पण्डित भन्छन्, ‘यो त सेन्सरको नाममा अभिव्यक्ति स्वतन्त्रतामाथि नै अंकुश भयो ।’

    विधेयकले सेन्सर बोर्डलाई शक्तिशाली बनाउन खोजेको देखिन्छ ।

    परिच्छेद ४ को बुँदा नम्बर २९ मा भनिएको छ– ‘जाँच समितिले सर्त तथा मापदण्ड तोकी टेलिचलचित्र प्रदर्शन गर्ने सम्बन्धित टेलिभिजन प्रशारण संस्थाबाट टेलिचलचित्रको जाँच गराउन सक्नेछ ।’

    साथै जाँच भएको टेलिचलचित्रको विवरण प्रशारण संस्थाले जाँच समितिलाई पठाउनुपर्ने पनि उल्लेख छ ।

    ‘विधेयकको सैद्धान्तिक कुरामै हाम्रो असहमति छ’

    मनोज पण्डित
    निर्देशक

    विधेयकलाई अक्षरशः केलाउँदा हाम्रा असहमति थुप्रा छन्, तर यो विधेयकको सैद्धान्तिक कुरामै हाम्रो असहमति छ । यहाँ त सेन्सर बोर्ड र विकास बोर्डको मूल अवधारणामै समस्या छ । विकास बोर्डलाई झनै खुम्च्याइएको छ भने सेन्सर बोर्डलाई लगेर मन्त्रालयको सचिवालयमा राखिएको छ ।

    विदेशी चलचित्रको कुरामा विधेयक स्पष्ट छैन । संघीयताको कुरामै स्पष्ट छैन । अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाइएको छ । नागरिकलाई सार्वभौम भनिएको छ, तर उसले सुन्ने, हेर्ने कुरामा सेन्सर नै सेन्सर लगाइएको छ ।

    अहिले बोर्डको स्वायत्तताको कुरा उठिरहेको छ, तर अहिलेसम्म हामी चलचित्रकर्मीबीचमै बोर्डको स्वायत्ततालाई लिएर स्पष्ट धारणा बनिसकेको छैन । यहाँ बोर्डको प्रशासनिक स्वायत्तताको मात्रै कुरा उठिरहेको छ । यो हाम्रो कमजोर माग हो । बार्डले त आफ्नो नीति, कार्ययोजना आफैं बनाउन पाउँ भन्ने हो । यी कुरा पनि अहिले मन्त्रालयले नै निर्धारण गरिदिन्छ । उसलाई चित्त बुझेन भने तत्काल काटिदिन सक्छ ।

    त्यसैले हामीले कस्तो खाले स्वायत्तता खोजेका हौं ? लामो छलफल नगरिकन हुन्न । हामी स्पष्ट नभएकैले मन्त्रालयले आफ्नो अनुकूल विधेयक लिएर आयो । चलचित्र क्षेत्र स्पष्ट नभएकैले यस्तो विधेयक आएको हो । यसले के स्पष्ट पार्छ भने हाम्रो चलचित्र क्षेत्रको राजनीतिक ग्राउन्ड एकदमै कमजोर रहेछ । हाम्रो बौद्धिक लेभल कुन तहको रहेछ भन्ने प्रमाणित भयो ।

    हाम्रो लडाइँको उद्देश्य एकै हो– मन्त्रालयको निर्देशनमा बोर्डले काम गर्ने होइन, मन्त्रालयको सहजीकरणमा चलचित्र क्षेत्रले आफू अनुकूल काम गर्न पाउने खालको ऐन बन्नुपर्छ ।

    ‘अलिअलि नियमन गर्ने माथिल्लो निकाय त चाहिन्छ’

    राजेशकुमार थापा
    सदस्यसचिव, चलचित्र विकास बोर्ड

    विधेयकले चलचित्र विकास बोर्डलाई पूरा काम गर्ने अधिकार दिएकै छ । मन्त्रालयलाई त्यस्तो अधिकार दिएको विधेयकमा देखिएको छैन ।

    अब सेन्सर बोर्डको काम भनेको राष्ट्र, राष्ट्रियता, भाषा, संस्कृति र समुदाय हेरेर सेन्सर गर्नुपर्ने भएकाले यसलाई सरकारअन्तर्गत नै राख्ने अन्तर्राष्ट्रिय अभ्यास हो । चलचित्रको पटकथा हेरेर, अश्लील शब्दहरू राखिएको छ भने, बहुभाषिक देशमा अर्कै भाषालाई अपमान गर्ने काम गरेको छ भने, अर्को समुदायलाई अपमान गरेको छ भने सेन्सर बोर्डले चलचित्र पास नगर्ने हो ।

    विकास बोर्डले बजेट स्वीकृत गर्ने काम आफैं गर्छ । यो काम मन्त्रालयको सहमतिमा गर्ने भन्ने छ । जे पनि गर्ने भन्ने त हुँदैन होला । अलिअलि नियमन गर्ने माथिल्लो निकाय चाहिन्छ होला नि त !

    तर विकास बोर्डले आजसम्म बनाएको कार्यक्रममा मन्त्रालयले हस्तक्षेप गरेको नजीर छैन । सरकारको नीति तथा कार्यक्रमसँग मिल्दैन भने अलग कुरा भयो ।

    जहाँसम्म सेन्सर गरेपछि पनि हलमा चलिरहेको चलचित्र रोक्ने कुरा छ, यहाँ चाहिँ समाजमा वितृष्णा फैलाउने, हुलदङ्गा मच्चाउने अवस्था आएमा त्यसलाई रोक्न त्यो अधिकार दिऔं भनेर राखिएको हो, तर अहिलेसम्म त्यसरी रोकिएको भने छैन । अब सरकारको तर्फबाट विधेयक गएको छ, त्यसमाथि संसदमा छलफल हुन्छ । यो विधेयकभन्दा अझै राम्रो कानून बनाएर काम गर्न सकिने बाटो त खुलै छ नि !

  • दुई महिनाअघि प्रेस पास खोसिएका युट्यूवर ‘महाभोज’ को प्रेसमिटमा छिरेपछि…

    दुई महिनाअघि प्रेस पास खोसिएका युट्यूवर ‘महाभोज’ को प्रेसमिटमा छिरेपछि…

    काठमाडौं । दुई महिना अगाडि कारवाहीमा परेका एक युट्यूवरले आज प्रदर्शोन्मुख चलचित्र ‘महाभोज’ को प्रेसमिटमा छिरेर निर्माण पक्षलाई हैरानीमा पारेका छन् । उनले दिक्क पार्ने गरी बेतुकका प्रश्न सोधेपछि चलचित्रका निर्देशक दिनेश राउत र अभिनेता निश्चल बस्नेत भड्किए ।

    गत फागुनमा संसद भवन परिसरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमर्यादित प्रश्न सोधेको भन्दै संसद सचिवालयले दुई युट्यूवरको पास एक महिनाका लागि निलम्बन गरिदिएको थियो ।

    उनीहरु थिए, ‘सुनौलो नेपाल’ नामक युट्युव च्यानलका प्रकाश ओली र ‘युवा मन नेपाल’ नामक च्यानलका किशोर श्रेष्ठ । उनीहरुलाई संसद भवन प्रवेशमा एक महिनाका लागि रोक लगाइएको थियो । उनीहरुले निलम्बनको अवधि गुजारिसकेका छन् ।

    यी दुईमध्ये एक किशोर आज चलचित्र महाभोजको कार्यक्रममा देखा परेका हुन् । चलचित्रको एउटा गीत रिलिज कार्यक्रममा राउत र बस्नेत सहित कलाकारहरु दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने लगायतको उपस्थिति थियो । युट्यूवर श्रेष्ठले ‘अन्टसन्ट’ प्रश्न सोध्ने आफ्नो शैलीलाई यहाँ पनि निरन्तरता दिए ।

    ‘चलचित्रले समस्या मात्रै देखाएर हुन्छ ? समाधान दिनु पर्दैन ? तपाईंहरुले फिल्ममा खेलेको क्यारेक्टरले सडकमा गएर कहिलेकाहीँ अर्धनग्न भएका छोरीचेलीलाई हामी छौं साथमा भन्नुभएको छ ? तपाईंहरुले समाजका मुद्दा उठाएर पैसा कमाउन खोज्नुभएको हो ?’ ह्यान त्यान प्रश्न उनले एकैपटक सोधेका थिए ।

    यो चलचित्र सहकारी ठगीको विषयवस्तुमा निर्माण भएको छनक ट्रेलरले दिएको छ । सहकारीको पैसा अपचलन भएपछि त्यसले ल्याउने सामाजिक र पारिवारिक विग्रहको कथामा चलचित्र आधारित छ । अहिले सहकारी प्रकरणले देश तताइरहेको बेला, सोही माहोललाई पक्ड्दै निर्देशकले यो विषयमा चलचित्र बनाएका हुन् ।

    युट्यूवरले ‘समाजका मुद्दा देखाएर पैसा कमाउन खोजेको’ भनेपछि निश्चल बस्नेत तात्तिए । निर्देशकलाई सोधिएको भए पनि उनले माइक मागेर जवाफ दिए ।

    उनले प्रतिप्रश्न गरे, ‘तपाईं यहाँ हामीलाई प्रश्न सोधेर पैसा मात्र कमाउन आउनुभएको हो ?’ निश्चलको यो प्रतिप्रश्नमा युट्यूवरले आपत्ति जनाए । उनले आफूलाई यस्तो भन्न नमिल्ने बताएपछि निश्चलले थप थर्काए ।

    उनले भने, ‘चलचित्र नै नहेरी तपाईलाई कथा अगाडि चाहिएको रहेछ । म तपाईलाई नै प्रश्न गर्छु, तपाई यहाँ हामीले बोलेको भिडियो खिचेर पैसा कमाउन आएको हो ?’

    उनको प्रश्न सकिनासाथ पत्रकारले जवाफ दिए, ‘हैन ।’

    निश्चलले पनि उनको जवाफ आउनासाथ उत्तर फर्काए, ‘हामीलाई त त्यस्तै लागिरहेको छ ।’
    कार्यक्रममा उपस्थित अन्य पत्रकारले निश्चलते जवाफमा ताली बजाए ।

    तर, युट्यूवर श्रेष्ठ सन्तुष्ट भएनन् ।

    उनले भन्न थाले, ‘यो गम्भीर विषय उठान गर्दैगर्दा खेरि……’

    निश्चलले उनलाई रोके र जवाफ दिए, ‘तपाई चलचित्रलाई चलचित्रजस्तो गरेर किन हेर्नुहुन्न ? तपाई किन साँच्चै चलचित्रले नै देश बदल्छ सोचेर हेर्नुहुन्छ ्र? चलचित्रले प्रश्न उठाउँछ ।’
    युट्यूवरले फेरि बिचमै केही बोल्न लागेका थिए, निश्चलको छेउमा उभिएका अर्का अभिनेता दयाहाङ राईले मुख खोले, ‘चलचित्रले प्रश्न मात्र उठाउने हो । चलचित्रले यो बाहेक अरु केही गर्न मिल्दैन ।’

    दुई अभिनेताले उत्तर दिँदा पनि युट्यूवर अझै सन्तुष्ट भएनन् । उनले फेरि प्रश्न तेस्र्याए, ‘त्यसो भए चलचत्रिले समाधान दिनु पर्दैन ?’

    अन्ततः निर्देशक राउत आफै बोले ।

    उनले भने, ‘सिनेमाप्रतिको बुझाइ कम भएपछि हामीले यस्तो प्रकारको प्रश्नको समाधान गर्नु पर्ने हुन्छ । यो तपाईंको बुझाइको कमजोरी हो । कथावाचकको रुपमा मैले भन्नुपर्दा, म समाजको समस्या देखाउन सक्छु तर त्यसको समाधान दिन सक्दिनँ । त्यो मेरो कामै होइन ।’
    युट्यूवर फेरि पनि बोलि नै रहे ।

    त्यसपछि अर्का अभिनेता खगेन्द्र लामिछानेले पनि मुख खोले ।

    उनले भने, ‘समाधान अदालतले दिने हो। तपाईको यो प्रश्नै भएन।’ खगेन्द्रको समर्थन गर्दै निर्देशक राउतले भने, ‘पहिला तपाईको बुझाई कत्तिको सही वा गलत छ, त्यो विश्लेषण गर्नु ।’

    बिचमै युट्यूवरले निश्चलसँग गुनासो पोखे, ‘तपाईले हामीलाई भिडियो खिचेर पैसा कमाउन आएको भन्नुभयो । त्यस्तो हैन हेर्नु ।’

    निश्चलले जवाफ फर्काइहाले, ‘तपाईंले हामीलाई फिल्म देखाएर पैसा कमाउन आउनुभएको हो ? भनेर सोधेको भएर त्यसको उत्तर मैले तपाईकै भाषामा दिँदा तपाईंको चित्त दुख्यो ?’

    निश्चलले आक्रोशित हुँदै थपे, ‘काम गरेपछि मान्छेलाई पैसा कमाउँ भन्ने लाग्दैन ? सर्वप्रथम, तपाईंले सोध्नुभएको प्रश्न जायज छ कि छैन भनेर तपाईंको छेउमा भएको अरु पत्रकार साथीलाई सोध्नु ।’

    जति उत्तर दिएपनि उही कुरा दोहोर्याएको दोहोर्याइ गरेपछि निश्चल भने दिक्क भईसकेका थिए । उनी बोल्नै छाडे । उपस्थित अरु कलाकार पनि यो सवालजवाफमा खासै खुसी देखिएनन् । कुरा जति गरेपनि नटुंगिएपछि, अन्तत कार्यक्रम सञ्चालकले समय छोटो भएकाले यो विषय यहीँ टुंग्यायाउन अनुरोध गरे ।

  • निर्देशक तथा अभिनेता निश्चल बस्नेतको स्वर र अभिनय रहेको ‘महाभोज’को ‘लालुमै’ सार्वजनिक

    निर्देशक तथा अभिनेता निश्चल बस्नेतको स्वर र अभिनय रहेको ‘महाभोज’को ‘लालुमै’ सार्वजनिक

    काठमाडौं । यही जेठ १५ गतेबाट रिलिज हुने चलचित्र ‘महाभोज’को ‘लालुमै’ बोलको गीत सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमका बीच यो गीत सार्वजनिक गरिएको हो। आयोजित कार्यक्रममा चलचित्रको निर्देशक, कलाकारहरु र पत्रकारहरूको बाक्लो उपस्थिति थियो ।

    सार्वजनिक गीतमा निर्देशक तथा अभिनेता निश्चल बस्नेत र गायिका अस्मिता अधिकारीको आवाज छ। हर्क साउदको शब्द रहेको यो गीतमा कोसिस क्षेत्री र केतन क्षेत्रीको सङ्गीत, पुष्कर खत्रीको एरेञ्ज र केतन क्षेत्रीकै रेकर्ड प्रोडक्सन रहेको छ ।

    गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ र निश्चल बस्नेत स्वयंको नृत्य देख्न सकिन्छ । गीतको भिडियाेलाई कोरियोग्राफर सुनिल क्षेत्रीले कोरियोग्राफी गरेका हुन।

    गीतमा स्वर दिएका तथा नृत्य गरेका निश्चल बस्नेत र चलचित्रका निर्देशक दिनेश राउतले वर्ष २०१२ मा एकै वर्ष चलचित्र निर्देशन सुरु गरेका थिए ।

    त्यसपछि यी दुईले २०१७ मा चलचित्र ‘पर्व’मा सहकार्य गरे। सो चलचित्रको चर्चित गीत ‘काले दाइ’मा निश्चल स्वयंले स्वर दिएका थिए भने भिडियाेमा पनि उनी आफैले अभिनय गरेका थिए ।

    क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त ब्यानरमा निर्माण भएको ‘महाभोज’ नेपालसहित विभिन्न देशहरूमा एकसाथ प्रदर्शनमा आउँदैछ ।

    हिमाल कडरिया निर्माता रहेको चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, र वीरेन्द्र सिंह कुशवाहलगायत कलाकारहरूको अभिनय छ ।

  • ‘विवाह नगरी आमा बन्छु’ भनेपछि गजलकार स्मारिकामाथि साइबर बुलिङ

    ‘विवाह नगरी आमा बन्छु’ भनेपछि गजलकार स्मारिकामाथि साइबर बुलिङ

    काठमाडौं । एक युट्युब च्यानलमा दिएको अभिव्यक्तिका कारण अहिले सामाजिक सञ्जालमा गजलकार सुमन स्मारिकाले साइबर बुलिङको सामना गर्नु परिरहेको छ । केही दिन अघि सार्वजनिक पोडकास्टमा विवाहको सन्दर्भमा दिएको धारणाले गर्दा साइबर बुलिङको सिकार भएकी हुन् ।

    उनले उक्त पोडकास्टमा भनेकी थिइन्, ‘विवाह मेरो प्राथमिकतामा छैन । जीवनमा अरू धेरै उद्देश्यहरू छन् । यद्यपि आमा चाहिँ बन्छु । तर, विवाह गरेर होइन । अहिले प्रविधिले हामीलाई यस्तो राम्रो सुविधा दिइरहेको छ । त्यो अवसरको फाइदा उठाउँछु नि म !’

    स्मारिकाले आईभीएफ प्रविधिको सहयोगले विवाह नगरे पनि आमा बन्न सकिने सम्भावनातर्फ इंगित गरेकी थिइन् । तर, उनको यस्तो भनाइप्रति विमति राख्दै सञ्जाल प्रयोगकर्ताले उनीमाथि गाली गर्ने र लाञ्छना लगाउने काम गरिरहेपछि उनले निरन्तर जसो स्पष्टीकरण दिइरहेकी छन् । कतिपय स्पष्टीकरण सञ्जालमा लेख्दै, डिलेट गर्दै गरिरहेकी छन् । ‘अब म मर्नुपर्ने हो ?’ भन्दै लेखिएका उनका स्टाटसहरु अहिले गायब छन् ।

    उनले दुई दिनअघि मात्रै अर्को एक स्पष्टीकरण दिएकी थिइन् । त्यहाँ उनले लेखेकी थिइन्, ‘मलाई बारम्बार आक्रमण गर्न बन्द गर्नुहोस् ।’

    उनले थप लेखेकी थिइन्, ‘तपाईंहरुसँग मप्रति कुनै शत्रुता छ भने मसँग सीधै कुरा गर्नुहोस्, म तयार छु । तर, महिलामाथि महिलाहरू नै हाबी हुन बन्द गर्नुहोस् । म तपाईँहरूको अनावश्यक ज्यादती सहन यहाँसम्म आइपुगेको होइन । र म अब कसैको कुनै प्रकारको दुर्व्यवहार सहनेवाला छैन ।’

    स्मारिका युवापुस्तामाझ लोकप्रिय गजलकार हुन् । उनी सुदूरपश्चिम टिकापुरबाट गजल लेखनमा भविष्य खोज्दै काठमाडौं आएर स्थापित भएकी गजलकार हुन् । ‘होलटाइकर’ गजलकारको परिचय बनाएकी स्मारिकाको मुख्य आय श्रोतमध्ये गजलका कार्यक्रमहरू पनि हुन् । उनका दर्जनौँ गजलहरू चर्चित छन् ।

  • ‘जार’बारे अनुपविक्रम- यसको पात्रमा तयार हुन मैले अन्य फिल्ममा भन्दा १० गुणा बढी मेहनत गरेको छु

    ‘जार’बारे अनुपविक्रम- यसको पात्रमा तयार हुन मैले अन्य फिल्ममा भन्दा १० गुणा बढी मेहनत गरेको छु

    काठमाडौं । सन् १८०० को दशकमा नेपाली समाजको यथार्थ घटनामा आधारित चलचित्र ‘जार’ प्रदर्शनको तयारीमा छ । चलचित्रमा अभिनेताद्वय सौगात मल्ल र अनुप विक्रम शाहीसँगै अभिनेत्री गीताञ्जली थापाले प्रमुख भूमिका निभाएका छन् ।

    चैतमा रिलिज भएको ‘पिताम्बर’पछि ‘जार’मा देखिएका अभिनेता अनुपविक्रम यो चलचित्रको हिस्सा बन्न पाउनु आफ्नो करियरको ठूलो उपलब्धि रहेको बताउँछन् ।

    चलचित्रको प्रचारप्रसारको क्रममा भारतको दार्जिलिङ पुगेका शाहीले स्थानीय पत्रकारहरूसँग कुरा गर्दै इन्द्रबहादुर राईद्वारा लिखित नेपाली समाजको ऐतिहासिक कृतिमाथिको चलचित्रमा अभिनय गर्न पाउनु नै आफ्नो लागि गर्वको कुरा रहेको बताए ।

    उनी भन्छन, ‘यो चलचित्र मेरो लागि थप विशेष छ । मैले विगतमा गर्दै आएको पात्रबाट बाहिर निस्केर यो पटक बिलकुलै फरक पात्रलाई बोकेको छु । जारको पात्रमा तयार हुन मैले अन्य फिल्ममा भन्दा १० गुणा बढी मेहनत गरेको छु ।’

    सिक्किम र दार्जिलिङका स्थानीय दर्शकसँग नजिकबाट साक्षात्कार गर्न पाउँदा खुशी लागेको बताउँदै उनले गोर्खाली पुर्खाको वास्तविक विगतलाई नजिकबाट थाहा पाउन ‘जार’ उपयुक्त विकल्प रहेको बताए ।

    त्यस्तै निर्देशक फुर्वाछिरिङ लामाले ‘जार’ले सयौँ वर्ष पुरानो गोर्खाली समाजको कथा बोलेको बताउँदै नयाँ पुस्तालाई नै आफ्नो फिल्म समर्पित गरिएकाले हेरेर साथ दिन आग्रह गरे ।

    ‘यो चलचित्र हामीले गोर्खालीकै लागि तयार गरेका हौँ। आईबी राईज्यूको कथालाई जस्ताको तस्तै पर्दामा उतार्ने कोसिस गरेका छौँ’, उनले भने ।

    कार्यकारी निर्माता ज्योति क्षेत्रीले पनि एउटा उत्कृष्ट चलचित्र तयार गर्न लगानीमा कुनै कम्प्रमाइज नगरिएको बताइन् । सिक्किम प्रिमियरमा प्राप्त दर्शक समीक्षाले उत्साहित बनाएको बताउँदै उनले यही वैशाख २६ गते चलचित्र प्रदर्शनमा आउँदा सिक्किम, दार्जिलिङ र नेपाल सबै ठाउँका दर्शकबाट साथ र माया पाउने विश्वास व्यक्त गरिन् ।

  • अभिनेत्री उषा पौडेलले अमेरिकामा गरिन् दोस्रो विवाह

    अभिनेत्री उषा पौडेलले अमेरिकामा गरिन् दोस्रो विवाह

    काठमाडाै‌ं । लामो समयदेखि अमेरिका बस्दै आएकी अभिनेत्री उषा पौडेलले विवाह गरेकी छन्। उनले गत २८ अप्रिल अर्थात वैशाख १५ मा राहुल केसीसँग कोर्ट म्यारिज गरेकी हुन्। नेपाली परम्परा अनुसार भने उनले आगामी मे ११ अर्थात बैशाख २८ गते राहुलसँग लगनगाँठो कस्न लागेकी हुन् ।

    उनले अमेरिका बस्ने नजिकका साथीभाईहरुलाई निम्तो कार्ड समेत पठाइसकेकी छिन् ।

    उषाजस्तै राहुल पनि अमेरिका नै बस्दै आएका छन् । उनी नेपाली सिने क्षेत्रका एक समयका कलाकार तथा मोडल हुन्। कुनै समय नेपाली फिल्म क्षेत्रको चर्चित कम्पनी ‘कालीगण्डकी सिनेम्याक्स’का सञ्चालक समेत रहेका राहुलले किसान र नागरिक फिल्म सहित दर्जन जति म्यूजिक भिडियोहरुमा काम गरिसकेका छन् ।

    राहुल अहिले ईनाश अमेरिका नेशनल कमिटिका अध्यक्ष हुन। दुवैको यो दोश्रो विवाह हो ।