Category: कलाप्रेस

  • स्वस्तिमाले अभिनय गरेको साउथ इन्डियन फिल्म ‘थिरिमाली’ ट्रेलर रिलिज

    स्वस्तिमाले अभिनय गरेको साउथ इन्डियन फिल्म ‘थिरिमाली’ ट्रेलर रिलिज

    काठमाडौं । नेपाली कलाकारहरु स्वस्तिमा खड्का र माओत्से गुरुङले अभिनय गरेको दक्षिण भारतीय फिल्म ‘थिरिमाली’को ट्रेलर रिलिज भएको छ ।

    राजीव सेठ्ठी निर्देशित फिल्मको ट्रेलरमा स्वस्तिमालाई आइटम डान्सरको रुपमा चित्रण गरिएको छ भने माओत्से पनि देखिएका छन् । साथै, कलाकारको नामम स्वस्तिमा र माओत्सेको पनि नाम छ ।

    मुख्य भूमिकामा बिपिन जर्ज, धर्माजन बोलगाटी छन् । फिल्मका दुई मुख्य पात्रहरु नेपाल घुम्न आएको कथा यसमा चित्रण छ । पोखरा, काठमाडौं, लुक्लाका रमणीय दृश्य यसमा समेटिएको छ ।

    हेर्नूस ट्रेलर :

  • राजेशपायलको रवाफ : अमेरिकाबाट फर्किँदा विमानस्थलमा अभूतपूर्व स्वागत (तस्बिरहरु)

    राजेशपायलको रवाफ : अमेरिकाबाट फर्किँदा विमानस्थलमा अभूतपूर्व स्वागत (तस्बिरहरु)

    काठमाडौं । अमेरिकाको सांगीतिक भ्रमणपछि स्वदेश फर्किएका गायक राजेशपायल राईलाई काठमाडौं बिमानस्थलमा नायकीय स्वागत भएको छ । उनको स्वागत कुनै राजनीतिक नेतालाई गरिएजस्तो लाग्थ्यो ।

    उनको स्वागतमा संगीतकर्मी र फ्यानहरु प्लेकार्ड, ब्यानर, राष्ट्रिय झण्डा र बाइकसहित विमानस्थलमा पुगेका थिए । मालाले पुरिएका राजेशपायलले हातले स्वागतमा जुटेकालाई धन्यवाद दिए ।

    कुनै कलाकार विदेश भ्रमणमा जानु र फर्कनु सामान्य प्रक्रिया हो । तर, राजेशपायलको यसपटक स्वदेश आगमन सामान्य कुरा चाहिँ थिएन । न्यूयोर्कमा आयोजित कन्सर्टमा एक फ्यानले दुब्र्यबहार गरेपछि चर्चामा आएपछि राजेशपायलसँग धेरै फ्यानको भावना जोडिएको थियो । सोही भावनाले डोर्‍याएका फ्यानहरु राष्ट्रियझण्डा बोकेर एयरपोर्टमा पुगेका थिए ।

     
     
     
     
     
  • ‘चपली हाइट’ निर्माताको आरोपबारे स्वस्तिमाको प्रष्टीकरण : मेरा लागि फिल्म र म्युजिक भिडिओ सबै समान छन्

    ‘चपली हाइट’ निर्माताको आरोपबारे स्वस्तिमाको प्रष्टीकरण : मेरा लागि फिल्म र म्युजिक भिडिओ सबै समान छन्

    काठमाडौं । चपली हाइट ३ शुक्रबारदेखि प्रदर्शन हुँदैछ । तर, फिल्म रिलिजभन्दा निर्माता र नायिकाबीचको विवाद अहिले चर्चामा छ । दुबै एकअर्कामा हार्दिक नदेखिँदा फिल्मको पब्लिसिटी प्रभावित बनेको छ ।

    निर्माता अर्जुन कुमारले नायिकाबिनै फिल्म पब्लिसिटी अघि बढाउन खोजे । स्वस्तिमाले साथ नदिँदा प्रवद्र्धन प्रभावित बनेको उनको गुनासो छ । ट्रेलरदेखि पोस्टर समेत सेयर नगरेको आरोप निर्माता समेत रहेका कुमारले स्वस्तिमामाथि लगाउँदै आएका छन् ।

    यस्तोमा, फिल्मको रिलिजको एकदिन अघि बिहीबार राजधानीमा स्वस्तिमा अभिनित एक म्युजिक भिडिओ प्रिमियर कार्यक्रम आयोजना गरिएको थियो । सो क्रममा संचारकर्मीले स्वस्तिमालाई निर्माताले लगाउँदै आएका आरोपबारे प्रश्न गरे ।

    स्वस्तिमाले आफ्ना लागि सबै काम उत्तिकै समान भएकाले कसैलाई काखा र कसैलाई पाखा नगर्ने बताइन् । ‘मेरा लागि आज यो गीत महत्वपूर्ण छ भने भोल फिल्म’ उनले भनिन्, ‘गीतलाई छाडेर फिल्मलाई समय दिने, फिल्मलाई छाडेर गीतलाई समय दिने भन्ने हुँदैन ।’

    आफूले ट्रेलर र गीत पनि सामाजिक संजालका भित्तोमा सेयर गरेको भन्दै स्वस्तिमाले हेर्न चुनौति समेत दिइन् । सो क्रममा उनीसँगै उभिएका अभिनेताद्धय हरिवंश आचार्य र किरण केसीले पनि सबै मिलेर चपली हाइटको सामूहिक प्रचार गर्ने बताए ।

    निर्माता समेत रहेका केसीले चपली हाइट ३ हेर्न हलसम्म पुग्न दर्शकलाई आग्रह गरे ।

  • चेलिबेटी बेचबिखनविरुद्ध हरिवंशले ल्याए गीत ‘कर्कलो कोक्याउने’ : स्वस्तिमा, मदनकृष्णदेखि आइजीपीसम्मले गरे प्रशंसा

    चेलिबेटी बेचबिखनविरुद्ध हरिवंशले ल्याए गीत ‘कर्कलो कोक्याउने’ : स्वस्तिमा, मदनकृष्णदेखि आइजीपीसम्मले गरे प्रशंसा

    काठमाडौं । हरिवंश आचार्यको संगीतमा तयार भएको गीत ‘कर्कलो कोक्याउला’ गीत इन्टरनेटमा रिलिज भएको छ । बिहीवार राजधानीमा आयोजित कार्यक्रममा गीत लन्च गरियो ।

    प्रहरी प्रमुख शैलेन्द्र थापा क्षेत्री, अभिनेता मदनकृष्ण श्रेष्ठ, माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला, अभिनेता किरण केसीले गीत लन्च गरे । गीतमा हरिवंश र समीक्षा अधिकारीले स्वर दिएका छन् ।

    मानव सुवेदीले निर्देशन गरेको म्युजिक भिडिओमा हरिवंश र स्वस्तिमा खड्काले अभिनय गरेका छन् । गीत लन्च कार्यक्रममा बोल्दै हरिवंशले गीत हेर्नेक्रममा आफू भावुक भएको बताए ।

    प्रहरी प्रमुख थापाले यो गीतले नेपाली समाजमा हुने बलात्कारजन्य अपराध र हिंसालाई चित्रण गरेको बताए । माइती नेपालकी अध्यक्ष पछिल्लो समय नेपालमा चेलिबेटी बेचबिखनका घटना बढेको भन्दै यस गीतले सचेतनाको कार्य गर्ने बताइन् ।

    अभिनेता मदनकृष्ण श्रेष्ठले चेलिबेटी बेचबिखन रोक्न सरकारको ध्यान जानुपर्ने बताए । गीतले सचेतनाको काम गर्ने उनको भनाई छ ।

    अभिनेत्री स्वस्तिमा खड्काले महजोडीसँग सहकार्य गर्न पाउँदा खुशि लागेको बताइन् । निर्देशक सुवेदीको प्रशंसा गर्दै उनले उनी नेपाली फिल्म उद्योगकै भविष्य र उदाहरणीय व्यक्ति भएको बताइन् । गीतले समाजमा सकारात्मक प्रभाव पार्ने उनको भनाई छ ।

  • खुल्यो ‘चपली हाइट ३’ र जापानी फिल्मको एड्भान्स बुकिङ : सोज राम्रै तर, अकुपेन्सीको चुनौति

    खुल्यो ‘चपली हाइट ३’ र जापानी फिल्मको एड्भान्स बुकिङ : सोज राम्रै तर, अकुपेन्सीको चुनौति

    काठमाडौं । कोरोनाभाइरसको तेस्रो लहरको जोखिम बीच रिलिज हुन लागेका दुई फिल्म ‘चपली हाइट ३’ र जापानी फिल्म ‘माइ हिरो अकाडेमिया’को एड्भान्स बुकिङ आज बिहानदेखि खुलेको छ ।

    क्यूएफएक्ससहितका मल्टिप्लेक्समा दुबै फिल्मले राम्रो सोज प्राप्त गरेपनि प्रि-बुकिङको ट्रेन्ड भने न्यून छ । गतसाता २४ वटा ओमिक्रोन भेरिएन्ट पुष्टि भएपछि ह्वात्तै बढेको कोरोना संक्रमणको असर नेपाली बक्सअफिसमा स्पष्ट देखिएको छ । सरकारले ५० प्रतिशत अकुपेन्सीमा हल खुलाउन र माघ ७ गतेदेखि खोप कार्ड देखाएर मात्र हल छिर्न अनुमति दिएको छ ।

    क्यूएफएक्सले स्वस्तिमा खड्का स्टारर चपली हाइटलाई शुक्रबार १३ सोज दिएको छ । एप्पल इन्टरटेनमेन्टको जापानी फिल्म ‘माइ हिरो अकाडेमिया : वल्र्ड हिरोज् मिसन’ले क्यूएफएक्समा ६ सोज पाएको छ ।

    बिग मूभिजले चपली हाइटलाई पाँच सोज र माइ हिरो अकाडेमियालाई २ सोज दिएको छ । यो समाचार तयार पारुञ्जेल वान सिनेमाज् र मिड टाउन मल्टिप्लेक्सले बुकिङ खोलेका छैनन् ।

    बरु, ‘पुष्पा’ले शुक्रबार क्यूएफएक्समा १२ सोज पाएको छ भने स्पाइडर म्यानले ६ सोज पाएको छ ।

    शुक्रबार नयाँ फिल्महरु प्रदर्शनमा आउने तयारी भएपनि यी दुईजनाको व्यवसायिक भविष्य चाहिँ यसैसाता पुनः बस्ने काठमाडौं जिल्ला कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (डीसीएमसी)को बैठकमा निर्भर हुनेछ । काठमाडौं उपत्यकामा बुधबार १५३८ जना संक्रमित थपिँदा देशभर ३०७५ संक्रमित थपिएका छन् ।

     

     

  • राजेशपायललाई एयरपोर्टसम्मै अमेरिकी सेक्युरिटी गार्डको ‘एस्कर्टिङ’ : आज नेपाल आइपुग्ने

    राजेशपायललाई एयरपोर्टसम्मै अमेरिकी सेक्युरिटी गार्डको ‘एस्कर्टिङ’ : आज नेपाल आइपुग्ने

    काठमाडौं । गायक राजेशपायल राईको हालैको अमेरिका भ्रमण ‘बहुचर्चित’ यसअर्थमा रह्यो कि उनी मिडिया हेडलाइन बने ।

    अंग्रेजी नयाँवर्ष सन् २०२२ को स्वागत गर्न न्यूयोर्कमा नेपाली समुदायले आयोजना गरेको कार्यक्रममा एक फ्यानले राईले गीत गाइरहँदा मञ्चमै दुव्र्यवहार गरेका थिए ।

    उक्त दुव्र्यवहारलाई लिएर नेपालसहित विश्वभर व्यापक विरोध मात्र भएन दोषी र आयोजकलाई कार्वाही गर्न माग गर्दै टाइमलाइन आक्रोशित बन्यो । घटनाको केही दिनमै पासाङदावा शेर्पाले रक्सी र खादा चढाएर शेर्पा संस्कृतिअनुसार माफी पनि मागे ।

    तर, उक्त घटनालाई लिएर आयोजक विवादित बनेको छ । घटना लगत्तै राईले न्यूयोर्क बाहेकका अन्य अमेरिकी राज्यमा कन्सर्ट पनि प्रस्तुत गरे ।

    न्यूयोर्क घटना भएपछि राईलाई अमेरिका लगेको आयोजकले उनको स्वदेश फिर्ती पनि भव्य ढंगले नै गरेको छ । जोनएफ केनेडी विमानस्थल पुग्दा राईलाई सुरक्षागार्डले एस्कर्टिङ पनि गरेका थिए । नेपाली समुदायले राईको लागि विमानस्थलसम्मै सुरक्षागार्ड उपलब्ध गराएका थिए ।

    गायक राई आजै अपरान्ह त्रिभुवन विमानस्थलमा अवतरण गर्दैछन् ।

     

  • अनिल कपुर र रणवीरको फिल्म ‘एनिमल’मा अभिनय गर्दै बिपिन कार्की

    अनिल कपुर र रणवीरको फिल्म ‘एनिमल’मा अभिनय गर्दै बिपिन कार्की

    काठमाडौं । रणवीर कपुर, अनिल कपुर, परिणिती चोपडा र बबी देओल स्टारर बलिउड फिल्म ‘एनिमल’मा नेपाली अभिनेता बिपिन कार्कीले समेत अभिनय गर्ने भएका छन् ।

    नेपाल प्रेससँग कुरा गर्दै अभिनेता कार्कीले सुटिङको लागि आगामी अगस्टमा आफूलाई मुम्बईमा बोलाइएको बताए । ‘जुलाईदेखि अगस्टसम्म मलाई बोलाइएको छ’ कार्कीले भने, ‘यसलाई मैले महत्वपूर्ण अवसरको रुपमा पनि लिएको छु ।’

    छोटो भूमिका भएपनि आफ्ना लागि यो फिल्म महत्वपूर्ण हुने कार्कीले बताए । ‘अगस्टमा बोलाइएपनि सुटिङ तालिका कोरोनाभाइरस महामारीमा निर्भर हुनेछ देखेको छु’ उनले भने ।

    कार्कीका अनुसार रणवीरको मुख्य भूमिका भएपनि फिल्ममा चाहिँ उनले अनिल कपुरसँग स्क्रिन सेयर गर्नेछन् ।

    ‘कविर सिंह’ फेम्ड सन्दीप रेड्डी भांगाले निर्देशन गर्ने उक्त फिल्मको अहिले दोस्रो सेड्युलको सुटिङ चलिरहेको छ । आगामी अगस्ट ११, २०२३ मा एनिमलको प्रदर्शन मिति घोषणा गरिएको छ ।

  • कांग्रेस नेतृसँग गायक यम बरालको गुपचुप बिहे

    कांग्रेस नेतृसँग गायक यम बरालको गुपचुप बिहे

    काठमाडौं । गायक यम बरालले दोस्रो बिहे गरेका छन् । कांग्रेस राजनीतिमा क्रियाशील गीता शिवाकोटी उर्फ गीताञ्जली शर्मासँग उनले हालै लगनगाँठो कसेका हुन् ।

    गत मंसिरमा बिहे गरेर काठमाडौंको नयाँ घरमा भित्र्याएको उनीनिकट स्रोतले बताएको छ । यद्यपि, गायक बरालले विवाह गरेको सार्वजनिकरुपमा स्वीकारेका छैनन् ।

    नेपाल प्रेसले विवाहको विषयमा प्रश्न गर्दा बरालले ठाडै इन्कार गरे । ‘यो हल्ला मात्रै हो,’ उनले भने, ‘विहे गरेँ भने त सबैलाई खबर दिएरै गर्छु नि ।’

    तर, उनीहरुले विवाह गरेको भिडियो नै सार्वजनिक भइसकेको छ । टेलिभिजन कार्यक्रम रजतपटले प्रशारण गरेको भिडिओमा दुवै दुलाहा र दुलहीको रुपमा नाचगान गरिरहेको देखिन्छन् ।

    गीता हालै सम्पन्न नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महिला खुल्लातर्फ बागमती प्रदेश अधिवेशनमा प्रतिनिधिको उम्मेदवार थिइन् । तर, उनी चुनावमा पराजित भइन् । उनी नेता ख्याम तिवारी प्यानलकी उम्मेदवार थिइन् ।

    गायक बरालको पूर्वपत्नी आकृति राणासँग सन् २०११ मा सम्बन्ध विच्छेद भएको थियो । १० वर्षसम्म एकल जीवन बिताएका गायक केही समय अमेरिका बसेर फर्किएका थिए ।

  • नेपाली डिजाइनरको पहिरनमा हट एन्ड स्टाइलिस काजोल !

    नेपाली डिजाइनरको पहिरनमा हट एन्ड स्टाइलिस काजोल !

    काठमाडौं । रातो रङलाई प्रेम र स्नेहको रङ पनि भनिन्छ । यो रङलाई परिभाषित गर्ने मामिलामा सम्भवतः फेसन डिजाइनर सँधै अगाडि हुन्छन् ।

    त्यही रातो रङको आउटफिट लगाएर बलिउड अभिनेत्री काजोलले सौन्दर्य छर्ने प्रयास गरेकी छिन् । त्यो पनि अरु कोही नभएर नेपाली फेसन डिजाइनर प्रबल गुरुङको पहिरनमा ।

    गुरुङको आउटफिटमा काजोल स्टाइलिस र हट देखिएकी छिन् । हुन त उनी बलिउडकी रोमान्टिक नायिका पनि हुन् जसले चर्चित रोमान्टिक फिल्महरु पस्किएकी छिन् ।

    काजोलले यसैसाता गुरुङले डिजाइन गरेको चम्किलो कोल्ड-सोल्जर गाउन पहिरिइन् । थिग-हाइ-स्लिट गाउनमा काजल हट पनि देखिएकी छिन् । पहिरनसँगै मेकअप र हेयर स्टाइलमा पनि सन्तुलन मिलाउने प्रयास भएको छ । काजोल र प्रबल निकै मिल्ने साथी पनि हुन् ।

     

  • ‘स्पाइडरम्यान’ आठौं स्थानमा, यी हुन् धेरै कमाउने संसारका दश फिल्म

    ‘स्पाइडरम्यान’ आठौं स्थानमा, यी हुन् धेरै कमाउने संसारका दश फिल्म

    लस-एन्जल्स । सोनी पिक्चर्सको ‘स्पाइडरम्यान : नो वे होम’ले अहिले पनि विश्व बक्सअफिसमा उधुम मच्चाइरहेको छ । टम हल्यान्ड स्टारर यो फिल्मले अहिलेसम्म विश्वभर १.५३ बिलियन अमेरिकी डलर कमाएको छ ।

    उक्त कमाइसँगै ‘स्पाइडरम्यान’ अहिलेसम्म सर्वाधिक कमाउने फिल्मको आठौं स्थानमा सूचीकृत भएको छ । पछिल्लो सप्ताहन्तमा मात्र फिल्मले अन्तर्राष्ट्रिय बजारमा ६४ मिलियन डलर कमायो ।

    स्पाइडरम्यानले एभेन्जर्स : एन्डगेम (१.५१८ बिलियन डलर), फ्युरियस ७ (१.५१५ बिलियन डलर), फ्रोजन २ (१.४५ बिलियन डलर), एभेन्जर्स : एज अफ अल्ट्रन (१.४ बिलियन)लाई समेत उछिनेको भेराइटी म्यागजिनले जनाएको छ ।

    जुरासिक वल्र्ड (१.६७ बिलियन डलर) र द लायन किङ (१.६६ बिलियन) डलरसहित छैटौं र सातौं स्थानमा छन् । विश्व बक्सअफिसलाई नियालिरहेका ट्रेड विश्लेषकका अनुसार स्पाइडरम्यानले अझै आफ्नो दबदबा कायम राख्न सके जुरासिक वल्र्ड र लायन किङलाई पनि उछिन्न सक्छ ।

    उत्तर अमेरिकी बक्सअफिसमा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमणले जनजीवनलाई प्रभावित तुल्याएको बेलामा पनि स्पाइडरम्यानले राम्रो प्रदर्शन गरिरहेको छ ।

    विश्व बजारमा अहिलेसम्म सर्वाधिक कमाउने फिल्मको सूचीमा अवतार पहिलो स्थानमा छ । एभेन्जर्स एन्डगेम दोस्रो स्थानमा छ । टाइटानिक, स्टार वार्स सातौं र एभेन्जर्स इन्फिनिटी वार क्रमशः तेस्रो, चौंथो र पाँचौमा छन् ।

  • फिल्म हललाई ५० प्रतिशत अकुपेन्सीमा चल्न दिने काठमाडौं प्रशासनको निर्णय

    फिल्म हललाई ५० प्रतिशत अकुपेन्सीमा चल्न दिने काठमाडौं प्रशासनको निर्णय

    काठमाडौं । कोभिड-१९ संक्रमण रोकथामबारे काठमाडौं, भक्तपुर र ललितपुरका तीनै जिल्ला प्रशासनको संयुक्त बैठकले मंगलबार मध्यरातदेखि लागू हुने गरी आदेशहरु जारी गरेका छन् ।

    आदेशको पाँच नम्बर बुँदामा फिल्म हल, रेष्टुरेन्ट, रंगशाला, हवाइयात्रा, पार्क, कार्यालय र होटलमा प्रवेश गर्दा माघ ७ गतेदेखि खोप कार्ड अनिवार्य देखाउनुपर्ने भएको छ ।

    आदेशको चौंथो नम्बर बुँदामा २५ जनाभन्दा बढी मानिसको उपस्थिती हुने गरी कुनै पनि किसिमको मेला, भेला तथा महोत्सवहरु एवं सामाजिक लगायतका कार्यहरु गर्न र नगराउन भन्ने छ ।

    जिल्ला प्रशासन कार्यालयका यी आदेशलाई लिएर नेपाली फिल्म वृत्तमा देखिएको अन्यौलतलाई प्रशासनले स्पष्ट पारेको छ । बैठकपछि नेपाल प्रेससँग कुरा गर्दै काठमाडौंकी सहायक सीडीओ सुप्रभा खनाल ढुंगेलले २५ जनाभन्दा बढी भेला हुन नपाइने प्रावधान फिल्म हलको लागि लागू नहुने बताइन् ।

    फिल्म हलको क्षमताको ५० प्रतिशत दर्शकको उपस्थितीमा मात्र फिल्म देखाउन पाइने प्रशासनको नियम रहेको उनले बताइन् । ‘२५ जनामात्र भेला हुने नियम फिल्म हललाई लागू हुँदैन । ५० प्रतिशत दर्शक क्षमतामा मात्र फिल्म देखाउन पाइन्छ । अनुगमन गर्दा यो नियम पालना नगरेको पाइए हल संचालकलाई कार्वाही हुन्छ’ ढुंगेलले भनिन् ।

    उनका अनुसार माघ ७ गतेदेखि फिल्म हलभित्र प्रवेश गर्ने जोसुकैले अनिवार्य खोप कार्ड देखाउनुपर्ने भएको छ । अनुगमनमा कुनै दर्शक खोप कार्ड बिना प्रवेश गरेको पाइए हल संचालकलाई कोभिड कानूनअनुसार कार्वाही गर्ने समेत उनले जनाइन् ।

    ‘हामीले प्रहरी र प्रतिनिधिमार्फत हलको नियमित अनुगमन गर्नेछौं । कोभिड मापदण्डसहित अकुपेन्सी र खोप कार्डको नियम पालना नभए कार्वाही गर्छौं’ ढुंगेलले नेपाल प्रेससँग भनिन् ।

    ‘चपली हाइट ३’ लाई राहत

    उपत्यका जिल्ला प्रशासनले फिल्म हल संचालनलाई निरन्तरता दिने निर्णय गरेपछि रिलिज तयारीमा रहेको ‘चपली हाइट ३’लाई तत्कालको लागि राहत मिलेको छ ।

    तर, कोभिडको महामारीबीच दर्शक हलसम्म पुग्ने त्रास चाहिँ चपली हाइटको चुनौति बन्नसक्छ । अर्जुन कुमारले निर्माण गरेको फिल्म चपली हाइट ३ पुस ३० गते रिलिज तयारीमा छ ।

    मंगलबार काठमाडौं उपत्यकामा कोभिडका १२८६ संक्रमित थपिएका छन् । फैलँदो संक्रमणलाई लिएर आगामी साता पुनः बस्ने सीडीओहरुको बैठकले थप प्रतिबन्धहरु लगाउने अपेक्षा गरिएको छ ।

  • थारु फिल्म ‘ओ सजन’मा अभिनय गर्दै पल, कवितासँग जोडी बाँध्ने

    थारु फिल्म ‘ओ सजन’मा अभिनय गर्दै पल, कवितासँग जोडी बाँध्ने

    काठमाडौं । अभिनेता पल शाहले थारु फिल्म ‘ओ सजन’मा अभिनय गर्ने भएका छन् ।

    थारु भाषामा बनेको चर्चित गीत ‘ओ सजन’को दोस्रो सिक्वेल हिट भएपछि निर्माता कम्पनी पिके फिल्मसले पल र मोडल कविता रायलाई लिएर फिल्म बनाउने घोषणा गरेको हो ।

    फिल्मका दुई मुख्य कलाकार फाइनल भएको संगीतकार समेत रहेका पिके फिल्मसका नरेश जोगीले नेपाल प्रेसलाई बताए । सोमबार इन्टरनेट रिलिज भएको उक्त थारु गीत ‘ओ सजन २’मा समेत पल र कविताले जोडी बाँधेका छन् ।

    मधेशी समुदायबाट उदाएकी मोडल कविता र पलको केमेस्ट्री उक्त गीतमा देख्न सकिन्छ ।

    थारु, नेपाली र भोजपुरी भाषामा निर्माण हुने फिल्मको टाइटल चाहिँ ‘ओ सजन’ राखिने भएको छ । थारु भाषामा प्रिय मान्छे अर्थात प्रेमीप्रेमिकालाई ओ सजन भनेर सम्बोधन गरिन्छ ।

    सोही बोलको गीत हिट भएपछि पिके फिल्म्सले यसमाथि फिल्म निर्माणको घोषणा गरेको हो ।

    थारु संस्कृतिक झल्काउने गरी बन्ने यो प्रेमकथानक फिल्मको छायांकन कोरोनाभाइरस महामारीको स्थितीमा सुधार भएपछि अघि बढ्ने भएको छ । फिल्म निर्माणको औपचारिक घोषणा चाँडै हुने जानकारी जोगीले दिए । पिके फिल्म्सले निर्देशकसहितको टीम सार्वजनिक गर्ने भएको छ ।

    हेर्नूस थारु गीत ‘ओ सजन २’ :

  • अभिनेता पुष्पा खड्कालाई सर्वोत्कृष्ट मोडल अवार्ड

    अभिनेता पुष्पा खड्कालाई सर्वोत्कृष्ट मोडल अवार्ड

    काठमाडौं । अभिनेता पुष्प खड्का हिमालयन इन्टरनेसनल अवार्डबाट सम्मानित भएका छन् । ‘पार्‍यो माया जालैमा’ म्युजिक भिडिओबाट उनले सर्वोत्कृष्ट मोडलको अवार्ड हात पारेका हुन् ।

    वुमेन्स एरा मिडिया ग्रुप प्रालि नेपालको आयोजनामा ‘हिमालयन अन्तर्राष्ट्रिय अवार्ड’ को दोस्रो संस्करणमा अभिनेता खड्काले ‘बेस्ट मोडल’तर्फ अवार्ड हात पारेका हुन् ।

    राजधानीको बानेश्वरस्थित एभरेष्ट होटलमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा अवार्ड वितरण गरिएको थियो ।

    अवार्ड समारोहमा वरिष्ठ सङ्गीतज्ञ गुरुदेव कामतलाई दीर्घ साधना सम्मान प्रदान गरिएको थियो भने नेपाली कांग्रेसकी सबैभन्दा कान्छी केन्द्रीय सदस्य तथा लोकगायिका विद्या तिमल्सिनालाई सम्मान प्रदान गरिएको थियो । समारोहमा ‘रङ्ग पत्रकारिता सम्मान’ बाट पत्रकारत्रय तुलसी गिरी ‘भावुक’, लक्ष्मण सुवेदी र विष्णु सुवेदीलाई सम्मान गरिएको थियो ।

    युवा उद्यमी ऋषिराम कँडेल, युवा व्यवसायी विकास श्रेष्ठ, पर्यटन व्यवसायी रामप्रसाद श्रेष्ठ, महिला उद्यमी कल्पना थापा, सामाजिक अभियन्ता राजन थापा, वरिष्ठ चलचित्रकर्मी विनोद सेरेङ, प्रेरक वक्ता अर्पण शर्मा, सामाजिक अभियन्ता विकासकुमार दास, नृत्य निर्देशक नारायण रिजाल, छायाकार तथा सम्पादक वीरेन्द्र भाट ‘विपिन’, ध्वनि सम्पादक मनोज परियार, भिडिओ निर्देशक कुमार आचार्य र गायक सुरज पौडेललाई दोसल्ला, माला र सम्मान पत्रद्वारा प्रमुख अतिथि मन्त्री रेग्मीले सम्मान गरेकी थिइन् ।

  • बलिउड गायिका कौरले नेपाली गीत गाउने, भन्छिन् : अर्कोपटक पशुपति र पोखरा घुम्न आउँछु

    बलिउड गायिका कौरले नेपाली गीत गाउने, भन्छिन् : अर्कोपटक पशुपति र पोखरा घुम्न आउँछु

    काठमाडौं । बलिउड गायिका असिस कौर यसैसाता सांगीतिक कार्यक्रमको लागि काठमाडौंमा थिइन् । दरबारमार्गस्थित क्लब प्लाटिनममा कन्सर्ट गरेपछि उनी स्वदेश फर्किएकी छिन् ।

    मुम्बई फर्कनुअघि केही नेपाली संचारकर्मीसँग कुरा गर्दै गायिका कौरले नेपाली गीत गाउने आफ्नो योजना रहेको बताइन् । ‘मैले काठमाडौंमा रहँदा पाएको माया महसुस गर्दा लाग्यो, म पहिले नै नेपाल आउनुपथ्र्यो’ उनले भनिन्, ‘नेपाली गीत गाउने पनि मेरो तयारी छ ।’

    केही नेपाली कलाकारसँग यसबारे कुरा भएपनि गायनबारे विस्तृत उनले खुलाइनन् । ‘मैले नेपाली गीत पक्कै गाउनुपर्छ र यसबारे तयारी पनि भएको छ’ उनले भनिन् ।

    उनले कोरोनाको स्थितीमा सुधार भए पारिवारिक भ्रमणको लागि आफू पुनः नेपाल आउने र पोखरा भ्रमणमा जाने तयारी भएको बताइन् । ‘कार्यक्रमको तयारीमा लाग्दा मैले पशुपति दर्शन र पोखरा घुम्न जाने समय पाइँन’ उनले भनिन्, ‘अर्कोपटक पक्कै आउनेछु र घुम्नेछु ।’

    नेपालमा रहेका गुरुद्धारको भ्रमण गर्ने पनि उनले सुनाइन् ।

    गुगल सर्च गरेर आफूले पोखराको सौन्दर्यबारे थाहा पाएको उनले सुनाइन् । आफ्नो गीतमा नेपाली कलाकारले प्रस्तुति दिएको देख्दा हर्षविभोर भएको बताउँदै कौरले आफूलाई माया गर्ने नेपाली देख्दा नेपाल आफ्नै घरजस्तो महसुस भएको उनले सुनाइन् ।

    कौरको गीत ‘रात लम्बिया’ नेपाली टीकटक प्रयोगकर्तामाझ अहिले निकै हिट छ ।

  • कोभिड संक्रमणपछि लता मंगेशकर अस्पताल भर्ना

    कोभिड संक्रमणपछि लता मंगेशकर अस्पताल भर्ना

    दिल्ली । कोरोनाभाइरस संक्रमण भएपछि बरिष्ठ भारतीय गायिका लंता मंगेशकारलाई अस्पताल भर्ना गरिएको छ । भारतीय संचारमाध्यमका अनुसार कोभिड पुष्टि भएपछि उनलाई मंगलबार बिहान मुम्बईस्थित ब्रिच क्यान्डि अस्पतालमा भर्ना गरिएको हो ।

    ९२ वर्षिया गायिकालाई कोभिड निमोनिया भएको जनाइएको छ । अहिले आइसीयूमा राखिएकी गायिकाको उपचारमा चिकित्सक प्रतीत सामदानी र उनको टोली खटिएको छ ।

    श्वासप्रश्वासमा कठिन भएपछि सन् २०१९ नोभेम्बर ११ मा पनि मंगेशकारलाई सोही अस्पतालमा भर्ना गरिएको थियो । छातीमा संक्रमण देखिएपछि गायिका मंगेशकरलाई अस्पताल लगिएको हो ।

    सवाना आजमी र हेमा मालिनीसहितका बलिउड सेलेव्रिटी अस्पताल पुगेर गायिकाको स्वास्थ्यलाभको कामना गरेका छन् । सन् २००१ मा मंगेशकरलाई भारत रत्नबाट सम्मान गरिएको थियो । उनले ३६ वटा भारतीय भाषामा गीत रेकर्ड गराएकी छिन् ।

  • नायिका दीया पुन आगामी अप्रिलमा सगरमाथा आरोहण गर्दै

    नायिका दीया पुन आगामी अप्रिलमा सगरमाथा आरोहण गर्दै

    काठमाडौं । अभिनेत्री दीया पुनले आगामी अप्रिल महिनामा सगरमाथा आरोहण गर्ने भएकी छिन् । यसअघि ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल चढेकी ‘वीर विक्रम’ नायिकाले निजी खर्चमा सगरमाथा चढ्न लागेकी हुन् ।

    उनले सन् २०१८ मा अर्जेन्टिनाको ६ हजार ९६१ मिटर उचाइको हिमाल माउन्ट ओकनकागुवा आरोहण गरेकी थिइन् । सगरमाथा आरोहणमार्फत उनले तीनवटा सामाजिक परियोजनाको लागि सहयोग संकलन गर्ने भएकी छिन् ।

    सगरमाथा आरोहणका लागि नेपालमा रहेको कीर्तिमानी आरोही निर्मल पूर्जाको कम्पनी एलिट एक्स्पिडिसनले प्रक्रियाहरु पुरा गरेको दीयाले बताइन् । ‘अहिलेसम्म मेरो आरोहणका लागि कुनै स्पोन्सर छैन’ उनले भनिन्, ‘म आफैले सबै खर्च तिर्ने योजना बनाएकी छु । कोही स्पोन्सरको रुपमा आउन चाहनुहुन्छ भने स्वागत छ ।’

    कोरोना महामारी सुरु भएदेखि आफू कतै नगएको र पैसा बचत भएको उनले जनाइन् । त्यही बचत भएको पैसाबाट हिमाल चढ्न लागेको दीयाको कथन छ । उनले पर्वतारोहण आफ्नो पेशा भएको समेत बताइन् । सातै महादेशका हिमाल चढ्ने र वर्षमा एउटा हिमाल आरोहणको योजना रहेको उनको तयारी छ ।

    दीयाले वीर विक्रम, ह्याप्पी डेज, दयारानी, मन्त्र लगायतका फिल्ममा अभिनय गरेकी छिन् । दयारानी र मन्त्र रिलिज तयारीमा छन् ।

     

     

  • वर्षा र आसिफलाई लिएर सिरिज ‘किन मायामा’ बन्ने : असिम शाह निर्देशन गर्दै

    वर्षा र आसिफलाई लिएर सिरिज ‘किन मायामा’ बन्ने : असिम शाह निर्देशन गर्दै

    काठमाडौं । जी-ट्वान्टी वान डिजिटल र कान्तिपुर टेलिभिजनले सामाजिक र परिवारिक कथावस्तुमा निर्माण हुने टिभी सिरिज ‘किन मायामा’मा सहकार्य गर्ने भएका छन् ।

    असिम शाहले निर्देशन गर्ने सिरिजको मुख्य भूमिकामा आसिफ शाह र वर्षा राउत अनुबन्धित भएका छन् । अन्य कलाकारहरु चाँडै तय गरिने जानकारी निर्देशक शाहले नेपालप्रेसलाई दिए ।

    १३ एपिसोडमा बन्ने सिरिजको छायांकन कोरोनाभाइरस महमारीको अवस्थामा सुधार भएपछि सुरु हुने भएको छ । कान्तिपुर टिभीबाट प्रसारण हुने र जी-ट्वान्टी वानको डिजिटल प्लेटफर्मबाट सिरिज स्ट्रिमिङ हुनेछ ।

    ‘मान्छेहरु अहिले रियालिटी सोको पछाडि दौडिरहेका छन्’ नेपाल प्रेससँग निर्देशन शाहले भने, ‘हामीकहाँ सोसल र फेमिली ड्रामा हेर्न भारतीय टेलिभिजनमा निर्भर हुनुपर्ने बाध्यता छ । नेपाली टिभी दर्शकमा सोसल ड्रामा हेर्ने बानी बसाल्न पनि सिरिज बनाउने निर्णय गरेका हौं ।’

    सोसल ड्रामा सिरिजको रुपमा प्रयोग गर्न खोजिएको जानकारी निर्देशक शाहले दिए । अहिले प्रि-प्रोडक्सनमा चरणमा काम भैरहेको छ र लकडाउन भैहाले पनि सानो समूहमा छायांकन गर्ने तयारी रहेको असिमले बताए ।

    सिरिज ‘किन मायामा’ले पति पत्नीबीचको सम्बन्धमा आउने उतारचढाव र चिसोपनको कथा भन्छ ।

  • ‘पुष्पा’ बन्यो महामारीयता नेपालमा धेरै कमाउने फिल्म : चौंथो सप्ताहन्तसम्म १२ करोड ग्रस

    ‘पुष्पा’ बन्यो महामारीयता नेपालमा धेरै कमाउने फिल्म : चौंथो सप्ताहन्तसम्म १२ करोड ग्रस

    काठमाडौं । अल्लु अर्जुन स्टारर दक्षिण भारतीय फिल्म ‘पुष्पा : द राइज’ कोरोना महामारीयता नेपाली बक्सअफिसमा सर्वाधिक कमाउने फिल्म बनेको छ ।

    नेपाल प्रेसलाई प्राप्त विवरणमा सुकुमार निर्देशित फिल्मले चौंथो सप्ताहन्तसम्म झन्डै १२ करोड रुपैयाँ ग्रस कमाइ गरेको छ । यो फिल्मलाई दोहोर्‍याएर हेर्ने दर्शक पनि बढेका छन् ।

    हलिउड फिल्म ‘स्पाइडरम्यान : नो वे होम’ले तीन सातासम्म नेपाली बक्सअफिसमा झन्डै ७ करोड ग्रस कमाएको छ । ‘स्पाइडरम्यान’को तुलनामा पुष्पाको हलसंख्या दोब्बर थियो ।

    बलियोे वर्ड अफ माउथको प्रभावले फिल्मले क्रमशः पिकअप लिँदै आएको थियो । पुष्पाले विश्व बक्सअफिसमा चौंथो सप्ताहन्तसम्म ३२५ करोड ग्रस कमाइ गरेको छ ।

    पुष्पा र स्पाइडरम्यानले कोरोनाले थलिएको नेपाली बक्सअफिसलाई चलायमान बनाउन भूमिका खेलेका थिए । कोरोनाको तेस्रो लहरले हलहरु बन्द नभए पुष्पा र स्पाइडरम्यानले थप कमाइ गर्नसक्ने आशा हल संचालकले गरेका छन् ।

  • राजसँगको ‘ब्रेकअप’लाई बल मिल्ने गरी वर्षाको टिप्पणी : लभ त कहिले नै परेको थियो र ?’

    राजसँगको ‘ब्रेकअप’लाई बल मिल्ने गरी वर्षाको टिप्पणी : लभ त कहिले नै परेको थियो र ?’

    काठमाडौं । अभिनेत्री वर्षा शिवाकोटी र अभिनेता राज कटुवाल केही समयदेखि ‘रिलेसनसिप’मा थिए । उनीहरुले टाइमलाइनमा समेत सम्बन्धलाई खुलाएका थिए ।

    तर, यी दुईबीचको सम्बन्धलाई लिएर अहिले टाइमलाइन गर्माएको छ । इन्स्टाग्राममा राजलाई वर्षाले अनफलो गरेको भनेर टिप्पणीहरु पनि भैरहेका थिए । यो जवाफलाई वर्षाले खासै ठूलो कुरा नभएको भनेर समेत बताएकी थिइन् ।

    भलै, दुबैले खुलेर ब्रेकअप भएको बताएका छैनन् । यद्यपी, राजसँगको ब्रेकअपको अनुमानलाई बल मिल्ने गरी वर्षाले ‘कहिले नै लभ परेको थियो र’ भन्ने जवाफ दिएकी छिन् ।

    एक युट्युव अन्तवार्तामा वर्षा भन्छिन्, ‘लभ त कहिले परेको थियो र ? जबसम्म मेरो बिहेको कार्ड छापिँदैन दुईजनाको नामसहित, तबसम्म केही पनि निश्चित हुँदैन ।’

    वर्षाको यो टिप्पणीले उनीहरुबीच सम्बन्ध हार्दिक नभएको भन्ने अनुमानलाई भने बल मिल्छ ।

  • सन् २०२२ को गोल्डेन ग्लोब्स घोषणा : विल स्मिथले जिते पहिलो अवार्ड

    सन् २०२२ को गोल्डेन ग्लोब्स घोषणा : विल स्मिथले जिते पहिलो अवार्ड

    लस-एन्जल्स । कोरोनाभाइरस महामारीबीच गोल्डेन सन् २०२२ को गोल्डेन ग्लोब्स अवार्ड आज घोषणा भएको छ ।

    हलिउड फरिन प्रेस एसोसिएसनले सामाजिक संजालबाट विजेता घोषणा गरेको हो । अभिनेता विल स्मिथले पहिलोपटक गोल्डेन ग्लोब्स अवार्ड जितेका छन् । हेर्नूस विजेता सूची ः

    बेस्ट मोसन पिक्चर ड्रामा

    द पावर अफ दी डग

    बेस्ट मोसन पिक्चर म्युजिकल कमेडी

    वेस्ट साइड स्टोरी

    उत्कृष्ट निर्देशक

    जेन क्याम्पियन, द पावर अफ दी डग

    अभिनेत्री, मोसन पिक्चर ड्रामा

    निकोल किडम्यान, बेइङ द रिकार्डोस

    अभिनेत्री, मोसन पिक्चर म्युजिकल अर कमेडी

    रचेल जेगलर, वेस्ट साइड स्टोरी

    अभिनेता मोसन पिक्चर ड्रामा

    विल स्मिथ, किङ रिचर्ड

    अभिनेता मोसन पिक्चर, म्युजिकल अर कमेडी

    एन्ड्रिउ गारफिल्म, टीक टीक बुम

    उत्कृष्ट पटकथा

    केनेथ ब्रानग, बेलफास्ट

    उत्कृष्ट पाश्र्वध्वनी

    हानस जिमर, ड्युन

    उत्कृष्ट पाश्र्वगायन

    नो टाइम टु डाइ

    उत्कृष्ट मोसन पिक्चर एनिमेटेड

    इनकान्टो