Category: कलाप्रेस

  • ‘प्रांक’ गर्नेलाइ गृहको चेतावनीपछि कलाकार खुशी, कसले के लेखे ?

    ‘प्रांक’ गर्नेलाइ गृहको चेतावनीपछि कलाकार खुशी, कसले के लेखे ?

    काठमाडौं । गृह मन्त्रालयले बिहीबार बेलुका विज्ञप्ति जारी गर्दै ‘व्यक्तिको अनुमतिबिना कुनै पनि प्रकारको तस्बिर र भिडिओ लिन र सामाजिक संजालमा प्रकाशन प्रसारण गर्न नपाइने’ निर्णय सुनायो ।

    सार्वजनिक स्थानमा मजाक, ख्यालठट्टा वा मस्करीको नाममा सर्वसाधारण व्यक्तिलाई शारीरिक र मानसिकरुपमा सास्ती दिने, हैरानी पार्ने र दिक्दार लगाउनेजस्ता क्रियाकलापबारे गुनासो आएको सरकारको भनाई थियो ।

    सरकारको यो निर्णय आएलगत्तै सामाजिक संजालमा मिश्रित प्रतिक्रिया प्राप्त भएको छ । कतिपयले अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाएको गुनासो गरेका छन् भने कतिपयले स्वागतयोग्य भनेका छन् ।

    नेपाली कलाकार र सेलेव्रिटीले भने सरकारको निर्णयलाई स्वागतयोग्य भनेका छन् । गृह मन्त्रालयको विज्ञप्तिलाई सामाजिक संजालमार्फत सेयर गर्दै उनीहरुले स्वागतयोग्य र जनहितमा जारी भनेका छन् ।

    अभिनेत्री रेखा थापाले विज्ञप्ति जारी गर्दै स्वागतयोग्य भनेकी छिन् । वर्षा शिवाकोटी, केकी अधिकारी, मनोज गजुरेल, राज कट्वाल, निर्देशक शोभित बस्नेत लगायतले जनहितमा जारी भन्दै सेयर गरेका छन् । गजुरेलले ब्लग लेख्दै स्थानीय चुनाव र निर्वाचन आयोगलाई व्यंग्य समेत गरेका छन् ।

    निर्देशक बस्नेतले प्रकाश सुवेदीले संचालन गर्ने टेलिभिजन कार्यक्रम रजतपटलाई लक्षित गर्दै गृह मन्त्रालयको विज्ञप्ति सेयर गर्दै ‘अब अंकललाई गाह्रो पर्ने भयो’ भनेर टिप्पणी गरेका छन् ।

    आखिर कलाकारले गृह मन्त्रालयको निर्णयलाई स्वागतयोग्य भन्नुपर्ने अवस्था किन आयो ? कलाकारले गृहको विज्ञप्तिलाई स्वागतयोग्य भन्नुको पछाडि युट्युवरप्रति उनीहरुको असन्तुष्टिको रुपमा बुझ्न सकिन्छ ।

    युट्युवरप्रति कलाकारको वितृष्णा र उनीहरुले खेपेको हैरानी नयाँ कुरा हैन । जुन जुन कलाकारले जनहितमा जारी भन्दै गृहको विज्ञप्ति सेयर गरेका छन् धेरैपटक युट्युवरसँग उनीहरुको लफडा देखिनेगरि भएको छ ।

    हालैमात्र, प्रकाश सुवेदीको टिभी कार्यक्रमप्रति असन्तुष्टि जनाउँदै शोभित बस्नेत र उनका भाई पर्ने अभिनेता जयकिसनले आक्रोश जनाएका थिए । अभिनेत्री वर्षा शिवाकोटीले त पे्रस काउन्सिलमै ध्यानाकर्षण पत्र बुझाएकी थिइन् ।

    वैवाहिक सम्बन्ध र निजी जीवनलाई लिएर युट्युवर आफूविरुद्ध खनिएपनि अभिनेता गजुरेल पहिल्यैदेखि क्रुद्ध थिए । यतिसम्मकी दोस्रो बिहे गरेको घोषणा गर्दा पनि गजुरेलले आफ्नो निजी जीवनलाई सम्मान गर्न आग्रह गरेका थिए ।

    यी त भए सेलेव्रिटीका असन्तुष्टिको कुरा । युट्युवमा खुलेका प्रशस्तै प्रयांक च्यानलमा पनि बेला बखतमा यस्ता समस्या पनि आइरहेका थिए जसलाई लिएर प्रहरीकहाँ उजुरी पनि पर्ने गथ्र्यो ।

  • सिसनसँग श्रृंखलाको पडकास्ट :  शहरी व्यवस्थापनबारे सुनाइन् आफ्नो भिजन

    सिसनसँग श्रृंखलाको पडकास्ट : शहरी व्यवस्थापनबारे सुनाइन् आफ्नो भिजन

    काठमाडौं । पूर्वमिस नेपाल वर्ल्ड श्रृंखला खतिवडा अहिले अध्ययन बिदाको सिलसिलामा काठमाडौंमा छिन् । हावर्ड विश्वविद्यालयमा सहरी व्यवस्थापन पढिरहेकी यी सुन्दरी इन्जिनियर पनि हुन् ।

    बिदामा नेपाल आएदेखि नै मिडिया हेडलाइन बनिरहेकी श्रृंखला अहिले स्वदेश घुमघाममा व्यस्त छिन् । उनले इन्स्टाग्राममा हाइकिङ र ट्रेकिङका सुन्दर तस्बिर सेयर गर्दै विदेशी साथीहरुलाई आफ्नो देश घुम्न आउन सन्देश दिइरहेकी छिन् ।

    यस्तोमा, सार्वजनिक प्रेमलाई स्वीकार नगरेपनि श्रृंखला र भ्लगर सिसन बानियाँको प्रेम चाहिँ लुकेको छैन । यसबीच, उनीहरुले गेट-टुगेदरदेखि घुमघाम पनि सँगै गरेका छन् । भिडिओ निर्माणलाई थाँती राखेर सिसन हिजोआज पडकास्ट निर्माणमा व्यस्त छन् ।

    साप्ताहिकरुपमा उनले संचालन गर्ने पडकास्टमा सेलेव्रिटीहरु कुरा सुनाउन पुग्छन् । पछिल्लो साताको पडकास्टमा चाहिँ सिसनले अतिथिको रुपमा श्रृंखलालाई निम्ताए । ३ घण्टा २३ मिनेट लामो पडकास्टमा श्रृंखलासँग उनले कुरा गरेका छन् ।

    कस्ता छन् श्रृंखलाका योजना ?

    तीनघण्टा लामो भिडिओ पडकास्टमा श्रृंखला र सिसनबीच निजी कुरा चाहिँ भएन । इन्जिनियरको रुपमा श्रृंखलाको सहरी व्यवस्थापनको योजना, हावर्डमा पढाइको अनुभव, उनका रुचिहरु, विदेश बस्दाका भोगाइहरुबारे उनीहरुबीच कुरा भएको छ ।

    आफू काठमाडौंको मेयर भए मुख्यतः सार्वजनिक यातायात व्यवस्थापन र वायु प्रदूषण सुधारमा काम गर्ने श्रृंखलाले बताइन् । साथै, फोहोरमैला व्यवस्थापन र पानीको सुविधाबारे पनि काम गर्ने उनको भनाई छ । यसका लागि तथ्यांक संकलनमा लगानी गर्ने उनको भनाई छ ।

    हलिउड फिल्म ‘इन्टरस्टेलर’ आफ्नो फेभरेट फिल्म भएको बताउँदै उनले खगोलशाष्त्रमा रुचि राख्नेलाई पनि यो फिल्म उत्तिकै ज्ञानमूलक र प्रेरणादायी भएको बताइन् ।

    अध्ययन बिदामा घरमा आएपनि युनिभर्सिटी फर्किन आफू उत्सुक रहेको उनको भनाई छ । बिदाको समयलाई सिक्ने र अझै कुरालाई बुझ्ने समयको रुपमा आफूले लिने श्रृंखलाको भनाई छ ।

    (असावधानीवस यसअघिकाे समाचार शीर्षकमा  त्रुटी हुन गएकाले क्षमायाचनासहित सच्याइएकाे छ)

  • कसले जित्ला ‘बिगबोस १५’ : यी हुन् अन्तिम सात प्रतिस्पर्धी

    कसले जित्ला ‘बिगबोस १५’ : यी हुन् अन्तिम सात प्रतिस्पर्धी

    मुम्बई । भारतको चर्चित टिभी सिरिज ‘बिगबोस १५’ समाप्तीको नजिक पुगेको छ । सो सकिन केही दिनमात्र बाँकी रहँदा यसमा थुप्रै ट्वीस्ट देखिएका छन् ।

    यसैसाता दुईजना प्रतिस्पर्धी एकैपटक घरबाट बाहिरिएका छन् जसमा अभिजित बिचुकाली र डेभालिना भटाचार्जी छन् ।

    ती दुईजना बाहिरिएपछि अहिले हाउसमा करण कुन्द्रा, समिता सेट्टी, प्रतीक सेहजपाल, निशान्त भाट, तेजस्वी प्रकाश, रश्मी देसाइ र राखी सावन्त छन् ।

    घरमा रहेका सातमध्ये ६ जनामात्र अन्तिम चरणमा प्रवेश गर्नेछन् । यससाता अर्को एकजना आउट हुनेछन् । फिनाली प्रवेश गर्ने ६ जनाको भाग्य त्यहाँ उपस्थित हुने दर्शकमा निर्भर हुनेछ जसलाई विशेष अधिकार पनि दिइएको छ ।

     

    View this post on Instagram

     

    A post shared by ColorsTV (@colorstv)

    फिनाली हुन दुई दिन बाँकी रहँदा जारी गरिएको नयाँ प्रोमोमा दर्शकहरुलाई घरभित्र पठाइएको देख्न सकिन्छ । जनवरी २७ तारिखको नेपाली समयानुसार बेलुका ९ बजेर १५ मिनेटमा कलर्स टिभीबाट फिनाली प्रसारण हुनेछ ।

  • हल खुलेलगत्तै रिलिज हुनेछन् यी तीन फिल्म : ‘चपली हाइट ३’ रि-रिलिजदेखि हलिउड सुपरहिरोसम्म

    हल खुलेलगत्तै रिलिज हुनेछन् यी तीन फिल्म : ‘चपली हाइट ३’ रि-रिलिजदेखि हलिउड सुपरहिरोसम्म

    काठमाडौं । कोरोनाभाइरसको तेस्रो लहर रोकथाम गर्न सरकारले प्रतिबन्धात्मक आदेश लागू गरेपछि अहिले फिल्म हलसहित मनोरञ्जन गतिविधि ठप्प छन् ।

    रिलिजको दुई दिनमै सरकारले हल बन्द गर्ने निर्णय गरेपछि यसको सबैभन्दा ठूलो मार ‘चपली हाइट ३’लाई परेको छ । तर, निर्माताले चाहिँ हल खुलेलगत्तै रिलिज गरिने जनाएका छन् ।

    निर्माता अर्जुनकुमारका अनुसार हल खुलेलगत्तै चपली हाइटको तेस्रो श्रृंखला पुनः रिलिज हुनेछ ।

    हल खुले लगत्तै रिलिज हुने तयारीमा रहेको अर्को फिल्म हो हलिउडको किङ्स म्यान । एप्पल इन्टरटेनमेन्टले लगत्तै रिलिज गर्ने पुष्टि गरेको छ । हल खुले लगत्तै आउने अर्को फिल्म हो ‘द ब्याटम्यान’ ।

    चपली हाइट पुनः रिलिज हुने भएपनि त्यसपछि रिलिज हुने अन्य फिल्मबारे भने निश्चित छैन । यद्यपी, चैतदेखिका फिल्मले भने निर्धारित मितिमै रिलिज गर्ने बताइरहेका छन् । स्वास्थ्य मन्त्रालयले माघ अन्त्यदेखि भाइरस संक्रमणदर घट्दै जाने प्रक्षेपण गरेकाले फागुनदेखि फिल्म हलहरु खुल्ने अपेक्षा गरिएको छ । तर, यो सबै कुरा संक्रमण दरमा निर्भर हुनेछ ।

  • पल र मलिका पुनः म्युजिक भिडिओमा एकसाथ : सम्बन्धमा सुधारको संकेत

    पल र मलिका पुनः म्युजिक भिडिओमा एकसाथ : सम्बन्धमा सुधारको संकेत

    काठमाडौं । सुटिङ सुरु हुनु ठीक अघि अभिनेत्री मलिका महतले फिल्म ‘सत्यम’ नखेल्ने निधो गरिन् । उनको यस्तो निर्णय पछाडि पल शाहलाई कारण मानिएको छ । फिल्ममा पल र मलिकालाई जोडीको रुपमा अनुबन्धित गरिएको थियो ।

    गायिका समीक्षा अधिकारीसँगको ‘अन्तरंग’ सम्बन्धलाई लिएर पलको विवाद चर्किएपछि मलिकाले ‘सत्यम’ छाडेको फिल्म निकट स्रोतको दावी छ । अहिलेसम्म मलिकाको ठाउँमा अन्य कुनै नायिकालाई कास्ट पनि गरिएको छैन ।

    त्यतिमात्र हैन, मलिकाले पल-समीक्षा विवादकै ‘साइड-इफेक्ट’को रुपमा पनि अन्य केही म्युजिक भिडिओ छाडेको पनि चर्चा छ । पलसँगको भिडिओमा अप्रोच गर्दा उनले प्रोजेक्ट अस्वीकार गरेको बताइन्छ । त्यतिमात्र हैन, केन्द्र मोसन पिक्चर्सले पललाई लिएर म्युजिक भिडिओ मात्र हैन, फिल्म नबनाउने निर्णय नै गर्नुपरेको थियो ।

    तर, पछिल्लो समय म्युजिक भिडिओको हिट जोडी पल र मलिका सँगै काममा फर्किएका छन् । यसलाई पलप्रति मलिकाको असन्तुष्टि मत्थर भएको अर्थात सम्बन्धमा पुनः सुधार भएको रुपमा बुझ्न सकिन्छ । यी दुईजनाले यसैसाता निकेश खड्का निर्देशित म्युजिक भिडिओमा काम गरेका छन् ।

    अर्कोतर्फ, ६ महिना केन्द्र मोसन बाहेकको म्युजिक भिडिओमा काम गर्न नपाइने उनीहरुको सर्त पनि सकिएको छ । स्रोत भन्छ :  केन्द्र मोसनको सम्झौता पनि सकिएको छ र पल-मलिकाको सम्बन्धमा सुधार पनि आएको छ जसले गर्दा पुनः उनीहरु भिडिओमा फर्किएका हुन् ।

  • को बन्ला नयाँ जेम्स बन्ड : एड्रिस अल्बादेखि टम हार्डीसम्मको चर्चा

    को बन्ला नयाँ जेम्स बन्ड : एड्रिस अल्बादेखि टम हार्डीसम्मको चर्चा

    काठमाडौं । हलिउडको लोकप्रिय पात्र जेम्स बन्ड को होला ? यसबारे अन्तर्राष्ट्रिय संचारमाध्यममा विभिन्न चर्चा सुरु भएको छ ।

    हलिउड रिपोर्टरले ००७ नामक पात्र पहिलोपटक अश्वेत वर्णको अभिनेता हुनसक्ने जनाएको छ । ‘द सुसाइड स्क्वाड’ फेम्ड अभिनेता एड्रिस अल्बा नयाँ जेम्स बन्ड बन्न सक्ने अनुमान गरिएको छ ।

    यदि यसो भयो भने ४९ वर्षिय अभिनेता अल्बा जेम्स बन्ड भूमिका निर्वाह गर्ने ७ औं अभिनेता बन्नेछन् । जेम्स बन्ड सिरिज निर्माताहरु बारबरा ब्रोकोली र माइकल जि विल्सनले हालैका अन्तवार्ताहरुमा यस्तो संकेत गरेका छन् ।

    एड्रिस अल्बाबाहेक आगामी भागमा एमआइ६ चरित्र निर्वाह गर्ने अभिनेता टम हार्डी, रिचर्ड मैडेन, सिलियन मर्फी, लसाना लिन्च, हेनरी काविल, टम हिडलस्टन र साम ह्यूगनको नाम पनि चर्चामा छन् ।

    तर, आगामी श्रृंखलाको लागि अहिलेसम्म औपचारिकरुपमा कास्टिङ चाहिँ सुरु भैसकेको छैन । फ्रेन्चाइजको पछिल्लो श्रृंखला ‘नो टाइम टु डाइ’ ३० सेप्टेम्बर २०२१ मा प्रदर्शन भएको थियो जुन श्रृंखलाको २५ औं भाग थियो । सन् २००६ मा रिलिज भएको क्यासिनो रोयलबाट डेनियल क्रेगले जेम्स बन्ड चरित्र निर्वाह गरेका थिए ।

    तर, जेम्स बन्ड पात्र छनौटको जिम्मा छनौट समितिले तय गर्छ ।

  • नेपाली म्युजिक भिडिओले राख्यो गिनिज वर्ल्ड रेकर्ड

    नेपाली म्युजिक भिडिओले राख्यो गिनिज वर्ल्ड रेकर्ड

    काठमाडौं । ५०२० मिटर उचाइमा छायांकन गरिएको नेपाली म्युजिक भिडिओले विश्व कीर्तिमान राखेको छ । गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले सोलुखुम्बुको खारेमा सुटिङ गरिएको गीतलाई मान्यता दिएको हो ।

    गिनिज बुकले सन् २०२१ को सेप्टेम्बरमा कीर्तिमानको मान्यता प्रदान गरेको जनाएको छ । नेपालका पाँचजना कलाकारहरु बुद्धिराज राई, टेकबहादुर राई, शिखरजंग श्रेष्ठ, सृजना किराँती र माया गुरुङको गीतले मान्यता पाएको हो ।

    यी पाँचजनाले निर्माण गरेको म्युजिक भिडिओमा यसअघि नेपालीले नै निर्माण गरेको गीत ‘सुन्दर हिमाल’को रेकर्डलाई भंग गरेको हो । पछिल्लो तीनवर्षमा सफलतापूर्वक तेस्रोपटक रेकर्ड ब्रेक भएको गिनिज बुकले जनाएको छ ।

    बुद्धिराज राई (दुर्लभ जन्तरे) निर्देशित कीर्तिमान राख्न सफल यो गीतलाई केही दिनमै युट्युवमार्फत रिलिज गर्ने तयारी भएको छ ।

  • चुम्बन प्रकरणमा १५ वर्षपछि शिल्पाले पाइन् अदालतबाट सफाइ !

    चुम्बन प्रकरणमा १५ वर्षपछि शिल्पाले पाइन् अदालतबाट सफाइ !

    मुम्बई । बहुचर्चित चुम्बन प्रकरणमा बलिउड अभिनेत्री शिल्पा सेठ्ठीले १५ वर्षपछि अदालतबाट सफाइ पाएकी छिन् । हलिउड अभिनेता रिचर्ड गेरलाई सार्वजनिक थलोमा चुम्बन गरेपछि अश्लिलता फैलिएको आरोप उनीमाथि थियो ।

    सन् २००७ मा दिल्लीमा आयोजित एचआइभी एड्ससम्बन्धी एक जनचेतना कार्यक्रममा अभिनेता गेरले शिल्पालाई चुम्बन गरेको भिडिओ सार्वजनिक भएको थियो । अनावश्यक कुराको सिकार भएको भन्दै अदालतले सेट्टीमाथि लगाइएका आरोपलाई अहिले आएर ‘आधारहीन’ भनेको छ।

    कट्टरपन्थी हिन्दू समूहले अभिनेत्री सेट्टीलाई गरिएको चुम्बनबाट भारतीय मूल्यमान्यताको अपमान भएको बताउँदै विरोध प्रदर्शन गरेका थिए। भारतमा सार्वजनिक स्थलमा चुम्बन गर्नुलाई कतिपय धार्मिक संगठनले अवाञ्छित गतिविधिका रूपमा लिने गर्ने गरेका छन् ।

    झन्डै १५ वर्षअघि अभिनेता गेरले दिल्लीमा अभिनेत्री सेट्टीलाई अङ्कमाल गर्दै उनको गालामा चुम्बन गरेका थिए। पछि उनले त्यसका लागि क्षमायाचना गरेका थिए। चुम्बनबाट एचआईभी सर्दैन भन्ने सन्देश पुर्‍याउन आफूले त्यसो गरेको उनले स्पष्ट पनि पारेका थिए।

    घटनापछि अभिनेता गेरविरुद्ध जारी गरिएको पक्राउपुर्जी सर्वोच्च अदालतले तत्कालै खारेज गरिदिएको थियो। लामो अदालती प्रक्रियापछि गत साता मात्रै सोही चुम्बन प्रकरणलाई लिएर लगाइएका आरोप मुम्बईमा खारेज भएको हो।

    सो समयमा शिल्पा बेलायती टिभी रियालिटी सो बिग ब्रदरले पनि चर्चामा आएकी थिइन् । त्यस क्रममा आफू जातिवादी मजाक र अपमानको शिकार भएको उनले बताएकी थिइन्।

  • दीपकराज गिरीको कटाक्ष : भ्रष्टाचार र महंगी देखेर होला जनसंख्या बढ्न डराएको !

    दीपकराज गिरीको कटाक्ष : भ्रष्टाचार र महंगी देखेर होला जनसंख्या बढ्न डराएको !

    काठमाडौं । सरकारले आज नेपालको नयाँ जनसंख्या सार्वजनिक गरेको छ । जसअनुसार मुलुकको प्रारम्भिक जनसंख्या २ करोड ९१ लाख छ । तर, राजनीतिक दल र आमसर्वसाधारणले वर्षौंदेखि बोलीचालीमा ३ करोड जनसंख्या बताउँदै आएका छन् ।

    जनसंख्याको पछिल्लो आँकडालाई लिएर कलाकारिता क्षेत्रबाट कटाक्ष समेत हुन थालेको छ । समसामयिक परिस्थितीमा आफ्नो धारणा राख्ने अभिनेता दीपकराज गिरीले नेपालको नयाँ जनसंख्यालाई लिएर कटाक्ष गरेका छन् ।

    उनी लेख्छन्, ‘१० वर्ष भो ३ करोड जनसंख्या भनेको छ । आज पनि २ करोड ९१ लाख मात्रै रहेछ । देशमा भ्रष्टाचार महंगी, गरिबी, हत्याहिंसा बढेको देखेर होला जनसंख्या पनि बढ्न डराएछ गाँठे ।’

    दीपकराजको उक्त अभिव्यक्तिमा अभिनेता निर्मल शर्मासहितका कलाकारले पनि समर्थन जनाएका छन् ।

  • निफ फिल्म फेस्टिभल चैत १० देखि काठमाडौंमा हुने : ३८ देशका ८९ फिल्म प्रतिस्पर्धामा (लाइनअपसहित)

    निफ फिल्म फेस्टिभल चैत १० देखि काठमाडौंमा हुने : ३८ देशका ८९ फिल्म प्रतिस्पर्धामा (लाइनअपसहित)

    काठमाडौं । ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) आगामी चैत १० गतेदेखि चारदिनसम्म काठमाडौंमा आयोजना हुने भएको छ । ‘विश्वभरिका कथाहरुको उत्सव, नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नाराका साथ पाँचौं संस्करण हुन लागेको आयोजक संस्था नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले जानकारी दिएको छ ।

    ५५ देशबाट चारसयभन्दा बढी फिल्म प्राप्त भएकोमा ती मध्येबाट ३८ देशका ८९ फिल्म छानिएको आयोजक संस्थाका अध्यक्ष केपी पाठकले जनाएका छन् ।

    अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा फिचर, एनिमेटेड, वृत्तचित्र, सर्ट र राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गतका विधामा आवेदन मागिएको थियो । यो वर्ष नेपाली प्रतिस्पर्धामा ५० हजार रुपैयाँ नगद पुरस्कारसहितको ‘वेष्ट डकुमेन्ट्री अवार्ड’ थप गरिएको आयोजकले जनाएको छ ।

    अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिका डलर राशीसहितको गौतमबुद्ध अवार्ड दिइने भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिचर फिल्मबाट एकलाई ‘चलचित्र समाजहरुको अन्तर्राष्ट्रिय महासंघ, आईएफएफएस डन क्विजोट अवार्ड’ प्रदान दिइने भएको छ ।

    महोत्सवमा सर्वोत्कृष्ट हुने डकुमेन्ट्रीलाई एक हजार डलर राशीको माउण्ट एभरेष्ट अवार्ड, सर्वोत्कृष्ट एनिमेटेड फिल्मलाई ५ सय डलर राशीको मञ्जुश्री अवार्ड,सर्वोत्कृष्ट लघु फिल्मलाई ५ सय राशीको बागमती अवार्ड प्रदान गरिने भएको छ । नेपाली प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचरलाई १ लाख नगद र ट्रफी, उत्कृष्ट सर्ट फिल्म र उत्कृष्ट वृत्तचित्रलाई ५० हजार नगद र ट्रफी प्रदान गरिनेछ ।

    सर्टफिल्ममध्येबाट उत्कृष्ट निर्देशकलाई ट्रफी प्रदान गरिनेछ भने फिचर फिल्म तर्फका उत्कृष्ट निर्देशक, लेखक, छायांकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

  • साम्राज्ञी र जितुको लभस्टोरी कमेडी फिल्म ‘ह्यारी कि प्यारी’ सुटिङ सुरु

    साम्राज्ञी र जितुको लभस्टोरी कमेडी फिल्म ‘ह्यारी कि प्यारी’ सुटिङ सुरु

    काठमाडौं । जितु नेपाल र साम्राज्ञी शाहको मुख्य भूमिका रहने कमेडी फिल्म ‘ह्यारी कि प्यारी’ छायांकन पर्वतदेखि सुरु भएको छ ।

    त्यहाँको भूक देउराली गाउँबाट सुरु भएको छायांकन दुई महिना चल्ने अभिनेता नेपालले जानकारी दिए । सोमबार मुहूर्तसहित फिल्म सुटिङ गरिएको थियो ।

    पर्वतपछि पोखरा र काठमाडौंमा समेत छायांकन सुरु हुने फिल्मलाई सिचुएसनल कमेडी जानरामा निर्माण गर्न लागिएको हो । कपिल रिजालको डेब्यु निर्देशन रहेको फिल्मलाई सुदीप बरालले छायांकन गरिरहेका छन् ।

    ‘कोभिड प्रोटोकल पालना गर्दै छायांकन गरिरहेका छौं’ जितुले टेलिफोनबाट नेपाल प्रेसलाई भने, ‘बाँकी छायाँकन पोखरा र काठमाडौंमा गर्ने तयारी छ ।’ फिल्म छायांकन सेटमा भाग लिन अभिनेत्री शाह यसैसाता त्यसतर्फ जाने भएकी छिन् ।

    कमेडी विधाबाटै स्थापित अभिनेता जितुका लागि यो त्यसकै निरन्तरता भएपनि साम्राज्ञीको लागि भने यो पहिलो कमेडी जानराको फिल्म हो । ‘फिल्मलाई लिएर म उत्साहित छु र रोल मेरा लागि एक किसिमले चुनौतिपूर्ण पनि छ’ साम्राज्ञीले भनिन्, ‘दर्शकले मलाई नयाँ भूमिकामा देख्न सक्नुहुनेछ ।’

    फिल्ममा साम्राज्ञी जितुको प्रेमिकाको भूमिकामा देखिने भएकी छिन् ।

    फिल्ममा जितु र साम्राज्ञीसँगै विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, डिल्ली खनालको समेत मुख्य भूमिका छ । यही फिल्मको लागि साम्राज्ञीले महंगो पारिश्रमिक समेत बुझेकी छिन् ।

    छक्कापञ्जा सिरिजमा रहने वा नरहने अन्यौलताको बीचमा जितुले यो फिल्मलाई अघि बढाएका हुन् ।

     

  • नेपालको एप्पल इन्टरटेनमेन्ट र हलिउडको वार्नर ब्रोजबीच सम्झौता : एप्पललाई फिल्म वितरण लाइसेन्स

    नेपालको एप्पल इन्टरटेनमेन्ट र हलिउडको वार्नर ब्रोजबीच सम्झौता : एप्पललाई फिल्म वितरण लाइसेन्स

    काठमाडौं । नेपाली फिल्म वितरण कम्पनी एप्पल इन्टरटेनमेन्ट हलिउड कम्पनी वार्नर ब्रोजको आधिकारिक नेपाल वितरक बनेको छ । दुबै कम्पनीबीच यसैसाता सम्झौता पत्रमा हस्ताक्षर भएको कम्पनीले जनाएको छ ।

    सम्झौतापछि अब वार्नर ब्रोजका सबै फिल्मको नेपाल रिलिज एप्पल इन्टरटेनमेन्टले गर्नेछ । जसअन्तर्गत एप्पलले वार्नर ब्रोजको पहिलो फिल्म ‘द ब्याटम्यान’ रिलिज गर्र्नेछ ।

    ‘दुबै कम्पनीबीच यसै महिना सम्झौता भएको छ र जसअनुसार हामीले ब्याट रिलिज गर्नेछौं’ एप्पलकी जेनिश पहारीले नेपाल प्रेसलाई भनिन्, ‘हलिउडको अर्को प्रतिष्ठित स्टुडियोसँग सहकार्य गर्न पाउँदा हामी खुशि छौं ।’

    एप्पल हलिउडका डिज्ने, युनिभर्सल, ट्वेन्टिथ सेन्चुरी फक्स र जापानी एनिमे फिल्मका आधिकारिक नेपाल वितरक समेत हो । कोरोनाको तेस्रो लहरअघि एप्पलले पहिलोपटक जापानी एनिमे फिल्म रिलिज गरेको थियो ।

    ब्याटम्यान आगामी मार्च ४ (फागुन २०)मा देशव्यापी प्रदर्शनमा आउँदैछ । फिल्ममा रोबर्ट प्याटिसन ब्याटम्यानको रुपमा देखिएका छन् ।

  • ‘बधाइ दो’ ट्रेलर रिलिज : होमोसेक्सुअल सम्बन्धको कथामा राजकुमार र भूमिको रोमान्स

    ‘बधाइ दो’ ट्रेलर रिलिज : होमोसेक्सुअल सम्बन्धको कथामा राजकुमार र भूमिको रोमान्स

    मुम्बई । राजकुमार राव र भूमी पेड्नेकर अभिनित बलिउड कमेडी फिल्म ‘बधाई दो’ इन्टरनेट रिलिज भएको छ ।

    भारतको राष्ट्रिय अवार्ड समेत जितेको फिल्म बधाई होको सिरिज रहेको यो फिल्मले भारतीय समाजमा बिहेमा उत्पन्न हुने एक अवस्थाको चित्रण गर्छ । नेपाली बक्सअफिसमा समेत यो फिल्मले राम्रो कमाइ गरेको थियो ।

    सुमन सिंह नामक गरेको ३१ वर्षिय भौतिक शिक्षाको शिक्षकको रुपमा भूमिले यसमा अभिनय गरेकी छिन् । उक्त पात्रको रुचि विपरित लिंगीतर्फ नभएर महिलातर्फ नै हुन्छ ।

    पारिवारिक दबाबबाट भाग्न उनले शार्दुल ठाकुर (राजकुमार राओ) नामक एक प्रहरी अधिकृतसँग बिहे गर्छिन् । सुमन र शार्दुलबीच रुममेट भएर सँगै बस्ने सहमति त हुन्छ तर, उसको प्रेमिका बस्न आउँदा भने समस्या खडा हुन्छ ।

    परिस्थिती थप जटिल हुन्छ जब उनका परिवारले बच्चा जन्माउन उनीहरुलाई दबाब दिन्छन् । तर, ट्रेलरको अन्त्यमा एउटा सिक्रेट सार्वजनिक हुन्छ । अर्थात, ऊ स्वयम पनि होमोसेक्सुअल हो ।

    बधाई दोको मुख्य कथावस्तुको मुख्य सार भनेको होमोसेक्सुआलिटीलाई लुकाउन पुरुष र महिलाबीच हुने बिहे सम्बन्ध हो । अभिनेता रावले वर्तमान परिस्थितीमा यो कथावस्तु सान्दर्भिक हुने र दर्शकले इन्जोय गर्ने बताउँछन् । फिल्मलाई हर्षवद्र्धन कुलकर्णीले निर्देशन गरेका हुन् ।

    फेब्रुअरी ११ मा रिलिज मिति घोषणा भएको छ ।

    हेर्नूस ट्रेलर :

     

     

  • विवादपछि ‘थिरिमाली’ले हटायो आइटम डान्स भिडिओबाट जसिता र अदितीको फोटो

    विवादपछि ‘थिरिमाली’ले हटायो आइटम डान्स भिडिओबाट जसिता र अदितीको फोटो

    काठमाडौं । केही दिनअघि दक्षिण भारतीय फिल्म थिरिमालीको आइटम गीत ‘रंग बिरंगी’ इन्टरनेट रिलिज भयो । सो गीतमा नेपाली अभिनेत्री स्वस्तिमा खड्का फिचर्ड छिन् । तर, स्वस्तिमाको उक्त नृत्यलाई ओझेलमा पार्ने गरि अर्को एक कुराले चर्चा पायो । उक्त गीतमा अन्य दुई नेपाली नायिका जसिता गुरुङ र अदिती बुढाथोकीको तस्बिर समेत फिचर्ड थियो ।

    तर, सो गीतमा अदिती र जसिताको तस्बिर प्रयोगलाई ‘दुरुपयोग’ भन्दै चर्चा सुरु भएपछि एकाएक उक्त गीतले बहस निम्तायो । स्वस्तिमाको आइटम डान्स रहेको उक्त भिडिओलाई लिएर विवाद भएपछि अहिले भने निर्माताले सो गीतबाट अदिती र जसिताको फोटो हटाएका छन् । यद्यपी, नेपालकै हिट नायिका समेत रहेकी स्वस्तिमाले उक्त गीत गर्नु हुने थियो वा थिएन भनेर पनि सामाजिक संजालमा बहस चाहिँ भैरहेको छ ।

    उक्त गीतमा आफूहरुको फोटो प्रयोग गरिएको भन्दै जसिता र अदितीले कानूनी उपचार खोज्ने समेत बताएका थिए । यद्यपी, निर्माताले पनि उनीहरुबीच तस्बिर प्रयोग गर्न अनुमति लिएका थिएनन् । सार्वजनिक फिगरको तस्बिरलाई प्रयोग गर्न पाइने अन्तर्राष्ट्रिय अभ्यास रहेको तर्क उनीहरुको थियो । तर, फिल्मको नेपाली टिमले दक्षिण भारतीय कम्पनीसँग यस विषयमा कुरा गरेपछि अहिले गीतको भिडिओमा उक्त विवादित तस्बिरलाई हटाइएको छ ।

    मलायलाम भाषाको उक्त दक्षिण भारतीय फिल्मको केही हिस्सा नेपालमा पनि छायांकन भएको छ । पदयात्रामा आउने केही भारतीय पात्रहरुको कथावस्तुमा आधारित रहेको उक्त फिल्मको ट्रेलरमा समेत नेपालका दृश्य समावेश छन् र स्वस्तिमा तथा माओत्से गुरुङले समेत यसमा अभिनय गरेका छन् । यस फिल्मको नेपाल निर्माताको रुपमा सरोज न्यौपाने हुन् ।

  • टिकटक स्टार बिनुले प्रेमीसँग कसिन् लगनगाँठो

    टिकटक स्टार बिनुले प्रेमीसँग कसिन् लगनगाँठो

    काठमाडौं । चर्चित टिकटक स्टार बिनु अधिकारी विवाह वन्धनमा बाँधिएकी छन् । आफ्नो प्रेमी रमेश रमण पराजुलीसँग आज उनले लगनगाँठो कसेकी हुन् ।

    झापाकी विनु र उदयपुरका रमेश केही समयदेखि अफेयरमा थिए । काठमाडौंको नेपाल कमर्स क्याम्पसमा सँगै पढ्दा उनीहरु प्रेममा परेका हुन् । उनीहरु दुवै पेप्सीकोलामा बस्छन् । रमेशले काठमाडौंमा कपडा व्यवसाय गरिरहेका छन् ।

    उनीहरुको विवाह भने झापाबाटै सम्पन्न भएको हो । कोरोनाका कारण सानो जमघटमा विवाह भएको बुझिएको छ ।

    टिकटकबाट ख्याति कमाएकी बिनु खासगरि नृत्य र कमेडीमा पोख्त छन् । उनले आफ्नी बहिनीसँग मिलेर टिकटक र युट्यूवका लागि भिडियोहरु बनाउने गर्छिन् । टिकटकमा उनीहरुका पाँच लाखभन्दा बढी फलोअर्स छन् ।

  • रियालिटी सो ‘सिंगर’ घोषणा : नेपालभित्रका ६ भाषामा गीत गाउनुपर्ने, विजेतालाई २५ लाख र कार

    रियालिटी सो ‘सिंगर’ घोषणा : नेपालभित्रका ६ भाषामा गीत गाउनुपर्ने, विजेतालाई २५ लाख र कार

    काठमाडौँ। पछिल्लो समय विभिन्न विधामा आधारित रहेर टेलिभिजन रियालिटी सो निर्माणको क्रम बढिरहेको छ । गायन, डान्सिङ, कमेडी र एड्भेन्चर रियालिटी सो अहिले नेपाली टिभी पर्दामा प्रसारण भैरहेका छन् ।

    यही मेसोमा अर्को एउटा फरक रियालिटी सो निर्माण सुरु हुने भएको छ । ‘सिङ्गर’ सोलफुल भ्वाइस’ नामक रियालिटी शो सुरु हुने भएको छ । आयोजकले यो सो चल्तीको भन्दा भिन्न हुने दावी गरिरहेका छन् ।

    रोचक कुरा के छ भने यो सोका प्रतिस्पर्धीले नेपालभित्र बोलिने चल्तीका ६ वटा भाषामा गीत गाउनुपर्नेछ । अंग्रेजी र हिन्दी भाषामा भने गाउन नपाइने भएको छ । यसअघि नै चर्चा बटुलिसकेका २० जना गायकगायिकालाई यसमा भाग गराइने र अडिसन नगरिने आयोजकले जनाएको छ । बैशाखदेखि प्रसारण सुरु हुने यो सोका निर्णायक केही दिनमा सार्वजनिक गरिने भएको छ ।

    डीएआर मुभिज एन्ड फिल्म इन्डस्ट्रीज प्रालीका संचालक श्याम धितालले मौलिक शैलीमा सो सुरुआतको तयारी भएको बताए । ‘भाषाको दायरा तोडेर परिचित गायकगायिकालाई नेपालमा चलीआएका ६ भाषामा गायन प्रतिस्पर्धा गर्नेछौ’ धितालले नेपाल प्रेसलाई भने ।

    विजेताले नगद पुरस्कार २५ लाख सहित कार र गीति एल्बमको सम्झौता प्राप्त गर्ने भएका छन् । ‘नेपाल नेटवर्क टेलिभिजन’ को शुभारम्भसँगै प्रसारण सुरु गरिने रियालिटी शो ‘सिङ्गर’ सोल फुल भ्वाइस एउटा फरक शो हुने धितालले जानकारी दिए ।

  • कोरोनाले रोकेन फिल्म सुटिङ : दुई युनिट बनाएर ‘लाखे’ छायांकन धमाधम

    कोरोनाले रोकेन फिल्म सुटिङ : दुई युनिट बनाएर ‘लाखे’ छायांकन धमाधम

    काठमाडौँ । कोरोनाभाइरस तीव्ररुपले बढेपछि अहिले फिल्म हलहरु बन्द छन् तर स्वास्थ्य सावधानी अपनाउँदै छायांकन गतिविधि भने जारी छ । सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाइने र सार्वजनिक ठाउँमा हिँड्दा खोप अनिवार्य लगाउनुपर्ने नियम ल्याएको छ । यस्तोमा कतिपय फिल्मको छायांकन भने स्थगित भएको छ ।

    अनमोल केसीको फिल्म ”एक्स-नाइन’ र ‘सत्यम’सहितका केही फिल्मले छायांकन रोकेका छन् । तर, फिल्म लाखेको छायांकन भने अहिले काठमाडौंको गौशाला क्षेत्रमा धमाधम भैरहेको छ ।

    ‘भब्य मुहूर्त गरेर फिल्मलाई फ्लोरमा लैजाने तयारी थियो । तर, कोरोनाको बढ्दो संक्रमणले गर्दा सरकारले २५ जनाबढी एकै स्थानमा सहभागी हुन रोक लगायो’ निर्देशक बस्नेतले भने ‘कोरोनाको कारण हामीले सीमित कलाकारको उपस्थितीमा मन्दिरमा पुजा गर्दै फिल्मको छायांकन सुरु गरेका छौं ।’

    फिल्म युनिट ठूलो भएकोले अहिले दुई युनिट बनाएर फिल्म छायांकन भैरहेको जानकारी निर्देशक बस्नेतले दिए । ‘एक निर्देशकले एकै समय दुई युनिटसँग काम गर्नु निकै कठिन रहेछ’ निर्देशक बस्नेतले अनुभव सुनाए ।

    एउटा फिल्म छायांकनका लागि दुई युनिटले फरक-फरक काम गरेको नेपालको हकमा सम्भवत यो पहिलो हो । ‘फिल्म सुटिङका लागि दुई युनिट बनाउनु पर्दा आर्थिक भार बढ्नुको साथै झन्झट पनि रहेछ’ कार्यकारी निर्माता हरि मल्ल ठकुरीले भने ‘आर्थिक कुरो त दोस्रो हो । महत्वपुर्ण कुरो त कलाकार र युनिटको सुरक्षा हो ।’

    ‘हामीले ५ करोड माथि बजेटमा फिल्म निर्माण गर्न लागेका हौ । दुई युनिट गर्दा ५ को ठाउँमा ६ पुग्ला’ निर्माता हरिले थपे ‘यसले कलाकारको सुरक्षा पनि गर्छ नि ।’

    ‘लाखे’ सम्राट बस्नेतको निर्देशनमा बनिरहेको फिल्म हो । ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर तथा औरियन प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता सिजन अर्याल हुन् । गणेश मल्ल ठकुरीको प्रस्तुकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, बर्षा राउत, रोहित रुम्बा, सुनिल थापालगायत कलाकारको अभिनय रहनेछ ।

    निर्माण युनिटले फिल्म छायांकनका फोटो भने अहिले बाहिर ल्याएको छैन । फिल्ममा रहेको कलाकारको लुक बाहिरिने डरले तस्बिर नल्याएको हो । फिल्मका लागि सबै कलाकारको लुक्समा निकै ध्यान दिइएको छ ।

  • ‘स्पाइडरम्यान’ बन्यो छैटौं सर्वाधिक कमाउने फिल्म, ‘जुरासिक वर्ल्ड’ र ‘लायन किङ’लाई उछिन्यो

    ‘स्पाइडरम्यान’ बन्यो छैटौं सर्वाधिक कमाउने फिल्म, ‘जुरासिक वर्ल्ड’ र ‘लायन किङ’लाई उछिन्यो

    काठमाडौं । नेपालमा समेत व्यवसायिक कीर्तिमान राखेको हलिउड फिल्म ‘स्पाइडरम्यान : नो वे होम’ले विश्व बक्सअफिसमा समेत रेकर्ड राखेको छ । भेराइटी म्यागजिनका अनुसार अहिलेसम्म विश्वभर १.६९ विलियन अमेरिकी डलर कमाउँदै यो फिल्म अहिलेसम्म सर्वाधिक कमाउने छैटौं फिल्म बनेको छ ।

    पछिल्लो सप्ताहन्तमा सोनी र मार्भल स्टुडियोको फिल्म नो वे होमले जुरासिक वर्ल्ड (१.६७ बिलियन डलर) र द लायन किङ (१.६६ बिलियन डलर)लाई समेत उछिन्यो ।

    पछिल्लो साताको उत्तर अमेरिकी बक्सअफिसमा समेत स्पाइडरम्यान पहिलो स्थानमा छ । शुक्रबार र शनिबार फिल्मले त्यहाँ १४.१ मिलियन डलर कमायो । ओभरसिजनमा चाहिँ २७.७ मिलियन डलर कमाइ भएको छ ।

    टम हल्यान्ड स्टारर सुपरहिरो फिल्म डिसेम्बरमा रिलिज भएको थियो । अमेरिकी बक्सअफिसमा मात्र यसले ७२१ मिलियन डलरको ओपनिङ गरेको थियो । विश्वभर यसको ओपनिङ ९७०.१ मिलियन डलर थियो ।

    अमेरिकाभन्दा बाहिरी बजारमा चाहिँ स्पाइडरम्यान अहिलेसम्म सर्वाधिक कमाउने चौंथो फिल्म बनेको छ । फिल्मका मुख्य अभिनेता टम हल्यान्डको जन्मथलो बेलायतमा मात्र यसले अहिलेसम्म ११६ मिलियन डलर कमाएको छ । नेपालमा कोरोनाभाइरसको दोस्रो लहरअघि फिल्मले झन्डै सात करोड ग्रस कमाइ गरेको छ ।

  • राष्ट्रिय कविता प्रतियोगितामा अस्मित भुषाल प्रथम

    राष्ट्रिय कविता प्रतियोगितामा अस्मित भुषाल प्रथम

    ‘लगइन बुक्स’ले आयोजना गरेको राष्ट्रिय कविता प्रतियोगितामा स्याङ्जाका अस्मित भुषाल प्रथम भएका छन् । भुषालको छन्द कविता ‘म मरेको दिन’ दुई दर्जन कवितामध्येबाट पहिलो भएको हो ।
    यस्तै दोस्रो स्थानमा दिव्या अधिकारीको अंग्रेजी कविता ‘डेथ’ चुनिएको छ । प्रथम हुनेले नगद दश हजार रुपैयाँ तथा दोस्रोले पाँच हजार रुपैयाँ पाउने प्रतियोगिताका संयोजक रविन श्रेष्ठले बताए । प्रतियोगिताको निर्णायक निर्भीकजंग रायमाझी रहेका थिए ।
    ‘लगइन बुक्स’ले पुस्तक प्रकाशन तथा इबुक प्रकाशनमा काम गर्दै आएको छ । कृष्ण जि मूल, गौरव जि हिमाली लगायत युवाहरूको सोचमा यो संस्था सुरु भएको हो ।
  • साम्राज्ञीले पनि थालिन् भ्लग : युट्युवमार्फत दर्शकसँग अन्तक्रिया गर्ने

    साम्राज्ञीले पनि थालिन् भ्लग : युट्युवमार्फत दर्शकसँग अन्तक्रिया गर्ने

    काठमाडौं । नेपाली सेलेव्रिटीको लागि कोरोना कालखण्ड वैकल्पिक पेशा व्यवसाय सुरु गर्ने र रुचिलाई आकार दिने समय पनि बन्यो ।

    यसबीच धेरै कलाकारले विभिन्न उद्यममा हात हाले भने, कतिपयले आफ्ना रुचिका क्षेत्रमा जम्ने अवसर पनि पाए । प्रियंका कार्की, करिश्मा मानन्धर, रीमा विश्वकर्मा, केकी अधिकारी, सविन श्रेष्ठ, अनु शाह, पल शाह, विनय श्रेष्ठ, ऋचा शर्माले युट्युव च्यानलमा खाता खोलेर भ्लग चलाइरहेका छन् ।

    यो सूचीमा अभिनेत्री साम्राज्ञी शाह पनि थपिएकी छिन् । जनवरी २२ देखि साम्राज्ञीले साम्राज्ञी राज्यलक्ष्मी शाहको छोटकरी रुप एसआरएलएस नामक युट्युव च्यानल संचालनमा ल्याएकी छिन् ।

    सोही दिन उनले आफ्नो काम, जीवनशैली र नायिका प्रियंका कार्कीको अन्तर्वातालाई समेटेर पहिलो भ्लग रिलिज गरेकी छिन् । यसअघि आफूले संचालनमा ल्याएको अनलाइन ब्यापारबारे पनि साम्राज्ञीले यसमा जानकारी दिएकी छिन् ।

    कोरोना महामारी सुरु भएको दुईवर्षयता फिल्मको गतिविधि प्रभावित भैरहेको बेला सेलेव्रिटीले आफ्नो रुचिलाई अघि बढाउने र दर्शकसँग अन्तक्रिया गर्ने माध्यमको रुपमा समेत भ्लगलाई लिएका छन् ।