Category: कलाप्रेस

  • हरिवंशद्वारा ‘कर्कलो कोक्याउला म्युजिक भिडिओ प्रहरीलाई हस्तान्तरण

    हरिवंशद्वारा ‘कर्कलो कोक्याउला म्युजिक भिडिओ प्रहरीलाई हस्तान्तरण

    काठमाडौं । हरिवंश आचार्यको शब्द, सङ्गीत र स्वरमा रहेको गीत ‘कर्कलो कोक्याउला’को श्रव्यदृश्य (अडियोभिडिओ) प्रहरी प्रधान कार्यालयलाई हस्तान्तरण गरिएको छ ।

    प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई वरिष्ठ हास्य कलाकार तथा गायक हरिवंश आचार्यले हस्तान्तरण गरेका हुन् । उक्त गीतले चेलीबेटी बेचबिखनविरुद्ध सचेतना जगाउने सन्देश दिन्छ ।

    समाजमा चेलीबेटी बेचबिखनका घटनाक्रम बढिरहेको र गरिबी, बेरोजगारीलगायत कारणले चेलीबेटी बेचबिखन भइरहेको बताउँदै प्रहरीले उक्त गीतलाई सन्देशमूलक भएकाले प्रयोगमा ल्याइने जनाएको छ ।

    शुभमिडिया होम प्रालिले तयार गरेको उक्त म्युजिक भिडिओ प्रहरी कार्यालयका विभिन्न कार्यक्रमका साथै समुदाय प्रहरी साझेदारी कार्यक्रममा प्रचारप्रसार गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

  • मलाई दोस्रो भारतीय भाषाको सिनेमाको अफर मिलिरहेको छैन : अल्लु अर्जुन

    मलाई दोस्रो भारतीय भाषाको सिनेमाको अफर मिलिरहेको छैन : अल्लु अर्जुन

    काठमाडौं । साउथ अभिनेता अल्लु अर्जुनको भर्खरै प्रदर्शन भएको सिनेमा ‘पुष्पा’ले धमकेदार कमाइ गर्‍योे । ‘केजीएफ’, ‘बाहुबली’ जस्ता साउथ सिनेमाले मूलधार भनिएका स्वयं बलिउडलाई नै चुनौती थपिदिएको छ र पछिल्लो चुनौती बनेर आएका छन्, अल्लु अर्जुन ! अल्लुले सानैदेखि अभिनय यात्रा सुरु गरेका थिए भने ‘गोपी’बाट मुख्य अभिनेताको रुपमा डेब्यु गरेका थिए ।

    यसैबीच भारतीय पत्रिका अमर उजालाका सल्लाहकार सम्पादक पंकज शुक्लले अल्लुसँग भारतीय सिनेमाको बदलिइरहेको परिदृश्य, हिन्दी सिनेमामा उनको कदम र प्रदर्शनको तयारीमा रहेका उनका सिनेमाबारे गरेको कुराकानीलाई हामीले भावानुवाद गरेका छौं ।

    ‘पुष्पा’ले त्यस्तो सफलतता प्राप्त गर्‍यो, जो तपाईं चाहनुहुन्थ्यो । शानदार कमाइ गर्‍यो, अन्य भाषामा डबिङ भएर पनि धमाका मच्यायो । मलाई लाग्छ, यो तपाईंका लागि एकदमै खुसीको पल हो ।

    हाे, यो सिनेमा मेरा लागि करियरकै शानदार सिनेमा रह्यो । मेरो जीवनमा एकै लक्ष्य छ, त्यो हो धेरैभन्दा धेरै दर्शकलाई मनोरञ्जन प्रदान गरुँ । मेरा दर्शकको विस्तार जति धेरै हुन्छ, मलाई त्यति नै आनन्द हुने नै भयो र एक कलाकारको हैसियतमा सबै यही नै चाहन्छन् ।

    ‘पुष्पा पार्ट १’ हिन्दी भाषामा रिलिज भएको पहिलो सिनेमा हो । तपाईंका ‘सन अफ सत्यमूर्ति’ तथा ‘डिजे’जस्ता सिनेमाहरुले नै दर्शकको ध्यान खिचिसकेका थिए । तपाईंका सिनेमाहरुले युट्युब र टिभी च्यानलहरुमा हंगामा मच्याउन सुरु गरिसकेका थिए । सायद, पुष्पाको सफलताको कथा यही लोकप्रियतामा छुपेको थियो कि !

    पक्कै पनि । मलाई पनि लाग्थ्यो कि यति धेरै मान्छेले मलाई युट्युब र स्याटेलाइट च्यानलमा हेरिरहेका छन् । मान्छेहरु पनि मलाई सोध्थे, तपाईंका सिनेमा हिन्दी सिनेमाघरमा किन प्रदर्शन हुँदैनन् ? यही कारण हामीले पुष्पालाई हिन्दी सिनेमाघरमा प्रदर्शन गर्‍यौं ।

    यो सिनेमा नै हिन्दीमा ल्याउनुका कारण चाहिँ के थियो ?

    मेरो अनुमानमा यस सिनेमामा धेरै मान्छेहरुलाई आकर्षित गर्ने लक्षणहरु छन् । यसलाई बनाउने तरीका बहुत गज्जब र शैली पनि विश्वव्यापी छ । ‘अला बैकुण्ठपुरमुलू’ तेलगु केन्द्रित सिनेमा हो । पुष्पालाई पनि तेलेगु केन्द्रित सिनेमाकै शैलीमा बनाइएको छ, तर हरेक क्षेत्रको मान्छेलाई मनपर्न सकोस् भनेर बनाइएको छ ।

    ‘पुष्पा’ले तपाईंको ‘अला बैकुण्ठपुरमुलू’को कमाइको रेकर्ड तोडिसकेको छ । तर, ‘अला बैकुण्ठपुरमुलू’को पनि रिमेक हिन्दीमा आउँदै छ नि ?

    यो त राम्रो कुरा हो । मलाई सधैं लाग्छ, हाम्रा कामहरु अघिल्लोभन्दा पछिल्लो झनै गज्जबको हुनुपर्छ । कुनै सिनेमाको रिमेक हुनु ओरिजिनल सिनेमाको कलाकारलाई मिलेको साँचो प्रशंसा हो ।

    यश, प्रभास र अब अल्लु अर्जुन । तपाईंहरु आफ्नो सिनेमालाई हिन्दी मुल भाषाको साथमा हिन्दीमा डब गरेर पनि प्रदर्शन गर्न थाल्नुभएको छ । यसको मतलव दक्षिण भारतीय कलाकारलाई पूरै संसारभरका दर्शकलाई खुसी राख्ने नयाँ चुनौती थपिएको हो अहिले ?

    म त यसलाई ठूलो अवसरको रुपमा देख्छु । दर्शकहरु हाम्रो सिनेमालाई हात फैलाएर स्वागत गरिरहेका छन् । दर्शकहरु भाषा, क्षेत्र भुलेर हरेक भाषाको सिनेमा हेरिरहेका छन्, यो सिनेमाका लागि स्वर्णिम समय हो । ओटीटीले पनि प्रमाणित गरेको छ कि राम्रो कथा जुनसुकै भाषाको होस्, दर्शकहरुले यसलाई हेर्नेछन्, बुझ्नेछन् ।

    तपाईं हिरोको रुपमा पर्दामा देखिएको २० वर्ष हुँदैछ । अहिले हिन्दी भाषाको दर्शकका लागि पनि पर्दामा उत्रिनुभयो । के यो आवश्यक थियो ?

    पुष्पालाई दोस्रो भाषाहरुमा प्रदर्शन गर्ने प्रेरणा हामीलाई टिभीको टिआरपी आँकडाबाट मिलेको हो । युट्युबमा रेकर्ड बनेको देखेर मिलेको हो । ‘अला बैकुण्ठपुरमुलू’ सबैभन्दा बढी हेरिने सिनेमाको रेकर्ड बनिसकेको छ, त्यो पनि दुई–दुई पटक । मलाई लाग्यो कि दर्शकहरु मलाई हेर्न चाहन्छन्, त्यसका लागि सिनेमालाई राम्रोसँग प्रदर्शन गर्नुपर्छ । मलाई विस्वास थियो, दर्शक मलाई हेर्न हलमा जरुर आउनेछन् र यो विश्वास सत्यमा परिणत पनि भयो ।

    ‘पुष्पा’को टिकट ब्ल्याकमा पनि बिक्री भए । ब्ल्याकमा टिकेट बिक्री हुनु चलचित्र उद्योगका लागि कस्तो लक्षण हो ?

    हलमा दर्शकको संख्या राम्रो देखियो भने बाँकी दर्शकमा पनि हौसला बढ्छ । यस्तो अवस्थाले हिन्दी सिनेमा प्रदर्शन गर्ने निर्माता, वितरकमा भरोसा बढाउँछ कि मान्छेहरु स्याटेलाइटमा मात्रै सिनेमा हेर्न जाँदैनन्, हलमा पनि जान्छन् । यसलाई ‘पुष्पा’ले प्रमाणित पनि गरिदियो ।

    तपाईंलाई विदेशी सिनेमामा प्रस्ताव आएको छ ?

    मलाई मान्छेहरुले दोस्रो भारतीय सिनेमामा त प्रस्ताव गरिरहेका छैनन्, तपाईं बाहिरको कुरा गर्नुहुन्छ ।

    २०२१ ‘पुष्पाा’सँगै सकियो । २०२२ को सुरुवात मा ‘आरआरआर’ र ‘राधेश्याम’ बाट हुँदै थियो, तर भएन । यी सिनेमा पनि हिन्दी सिनेमा होइनन्, तर हिन्दी भाषामा प्रदर्शन हुँदैछन् । यसको संकेत के हो ?

    यसको संकेत यही हो कि अब भाषा कुनै ठूलो बाधा होइन । पहिला उत्तर भारतमा दक्षिण भारतका सिनेमा चल्दैन थियो । दक्षिणमा हिन्दी सिनेमा चल्दैन थियो । तर, अब यो सीमा सकिएको छ ।

    पुष्पा पार्ट दुई यही वर्ष प्रदर्शन भएर यसपछि ‘एए २१’ प्रदर्शन हुने हो ?

    होइन, अहिले त म पुष्पाको पार्ट दुईमाथि मात्रै ध्यान केन्द्रित गरिरहेको छु । यो प्रोजेक्टको काम पूरा भएपछि अन्य विकल्पबारे सोच्न सुरु गर्नेछु ।

    हिन्दी सिनेमामा डेब्यु गर्ने विषयमा के सोच्नुभएको छ ?

    वास्तवमा मैले हिन्दी सिनेमाका लागि ढोला खुल्लै राखेको छु । कोही हिन्दी सिनेमाका लागि शानदार प्रस्ताव लिएर आएमा काम गर्न तयार छु ।

  • वर्षा शिवाकोटी र राजबीच प्याचअप : टेरिस रिसोर्टमा पुगेर कफी डेट !

    वर्षा शिवाकोटी र राजबीच प्याचअप : टेरिस रिसोर्टमा पुगेर कफी डेट !

    काठमाडौं । यो माया भन्ने चीज यस्तै हो । यो वाक्य नायिका वर्षा शिवाकोटी र प्रेमी राज कट्वालमा पनि लागू हुन्छ ।

    केहीमहिना सम्बन्धबाट अलग बसेका वर्षा र राजबीच प्याचअप भएको खबर छ । इन्स्टाग्रामबाट पनि एकअर्कालाई अनफलो गरेका यी दुईजना अहिले भने पुनः फलोअस समेत बनेका छन् ।

    फलोअर मात्र भएका हैन्, लाकुरी भञ्ज्याङस्थित ‘द टेरिस रिसोर्ट एन्ड स्पा’मा उनले डेट पनि गरेका छन् । उक्त रिसोर्टमा पुगेको तस्बिर दुबैले पोस्ट पनि गरेका छन् ।

    रिसोर्टमा पुगेर कफी पिएको वर्षाको तस्बिरलाई राजले लाइक पनि गरेका छन् । फलो र लाइकको यो तथ्यबाटै पुष्टि हुन्छ, उनीहरु पुनः सम्बन्धमा बसेका छन् ।

    नेपाल प्रेससँग कुरा गर्दै अभिनेता समेत रहेका राजले प्याचअप भएको खबरलाई पुष्टि गरे । ‘हामी कहिले नै अलग भएका थियौं र’ राजले भने, ‘हामी सम्बन्धमा छौं र खुशि छौं ।’

  • मिस इको इन्टरनेसनल २०२२ मा नेपालबाट सोफियाले प्रतिनिधित्व गर्ने

    मिस इको इन्टरनेसनल २०२२ मा नेपालबाट सोफियाले प्रतिनिधित्व गर्ने

    काठमाडौँ । इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेसनल २०२२’ मा नेपालको प्रतिनिधित्व सोफिया भुजेलले गर्ने भएकी छन् । राजधानीमा आयोजित कार्यक्रममा ग्रिनआर्ट मिडियाले प्रतिस्पर्धी सार्वजनिक गरेको हो ।

    भुजेललाई मिस इको इन्टरनेशनल नेपाल २०२०’ विजेता अनुष्मा रायमाझीले उनलाई ताज लगाइदिइन् । रायमाझीले ‘मिस इको इन्टरनेशनल २०२०’ मा ‘मि इको एशिया’ उपाधि नेपाल ल्याउन सफल भएकी थिइन् । भुजेल मार्चमा इजिप्टमा आयोजना हुने ‘मिस इको इन्टरनेशनल २०२२’ मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

    उक्त पेजेन्टमा ६० बढी देशका इको सुन्दरीले भाग लिने भएका छन् । भुजेलले इजिप्टबाट ‘मिस इको इन्टरनेशनल २०२२’ को शीर्षउपाधि जित्न सक्ने विश्वास आफुलाई लागेको ग्रिन आर्ट मिडियाका सीइओ लाकौलले बताए ।

    मिस इको इन्टरनेशनल एक प्रतिष्ठित अन्तराष्ट्रिय सुन्दरी प्रतियोगिता हो । जसको एल.टी.सि.पि. अर्गनाईजेशनले ब्युटी फर इको’ जागृत गर्दै टुरिजम् र वातावरणको विषयलाई मुख्य कार्यक्षेत्र बनाई इजिप्टबाट २०१५देखि सुरु गरेको हो । यसको मुख्य उद्देश्य विश्वभरीका पर्यावरण, संस्कृतिलाई अन्तराष्ट्रिय नेटवर्कमार्फत सुचना प्रवाह गर्ने रहेको छ ।

  • आलिया र जुनियर एनटीआरले अर्को एक तेलुगु फिल्ममा सहकार्य गर्ने

    आलिया र जुनियर एनटीआरले अर्को एक तेलुगु फिल्ममा सहकार्य गर्ने

    मुम्बई । निर्देशक एसएस राजामौलीको ‘आरआरआर’मा केमियो भूमिका निर्वाह गरेपछि आलिया भाटको आकर्षण तेलुगु फिल्मप्रति देखिएको छ ।

    हैदराबादमा चलेको हल्लाअुनसार आलियाले अर्को एक तेलुगु फिल्म साइन गरेकी छिन् जसमा उनी जुनियर एनटीआरको अपोजिटमा देखिने भएकी छिन् ।

    सन् २०१६ मा जुनियर एनटीआरलाई लिएर ‘जेनेथा ग्यारेज’ निर्देशन गरेका कोर्टाला सिभाले निर्देशन गर्ने उक्त अनटाइटल फिल्म फेब्रुअरीदेखि छायांकनमा जाने भएको छ ।

    हैदराबाद स्रोतका अनुसार जुनियर एनटीआर र कोर्टालाबीच दोस्रो सहकार्य हुन लागेको हो । आलिया र एनटीआर आरआरआरको छायांकनको क्रममा मिल्ने साथी बनेका थिए ।

  • आँचललाई मुख्य भूमिकामा लिएर ‘बर एन्ड बधु’ निर्देशन गर्दै मिलन चाम्स

    आँचललाई मुख्य भूमिकामा लिएर ‘बर एन्ड बधु’ निर्देशन गर्दै मिलन चाम्स

    काठमाडौं । निर्देशक मिलन चाम्स एकपछि अर्को फिल्मको निर्देशनमा व्यस्त छन् । उनी, अहिले फिल्म ‘गोर्खा वारियर २’को छायांकन गरिरहेका छन् । यस्तै, उनी एक फुटबलरको बायोपिक चलचित्र निर्देशन गर्ने तयारी पनि गरिरहेका छन् ।

    यसैविच, मिलनले कमेडी र लभस्टोरी कथामा तयार हुन लागेको फिल्म ‘बर एन्ड बधु’लाई निर्देशन गर्ने तयारी पनि गरेका छन् । यो फिल्मको छायांकन फागनको तेस्रो सातादेखि सुरु हुने मिलनले जानकारी दिए ।

    उनले भने : ‘कथावस्तु रोचक छ । कोरोनाको तेस्रो लहर कम भयो भने हामी फागनाबाट छायांकन सुरु गर्छौ ।’ फिल्ममा नायिका आँचल शर्मा मुख्य भूमिकामा रहनेछिन् । आँचल ‘बधु’को भूमिकामा देखिने मिलनको भनाई छ ।

    आँचलले लकडाउनपछि काम गर्न लागेको यो पहिलो नेपाली फिल्म हो । उनले, लकडाउनपछि साउथको फिल्म ‘हिटम्यान’मा भने काम गरिसकेकी छिन् । आँचलले यो फिल्मका लागि आफू उत्साहित भएको बताइन् ।

    एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा फिल्म निर्माण हुन लागेको मिलनको भनाई छ । प्रोजेक्टको लागि नायकको खोजी गरिएको छ । फिल्ममा काम गर्न चाहने नयाँ अनुहारले निर्माण टिमसँग सम्पर्क गर्न सक्ने मिलनले बताए । फिल्मका अन्य कलाकार र प्राविधिक केही दिनमै फाइनल हुने र सम्पूर्ण जानकारी पत्रकार सम्मेलन मार्फत दिने निर्माणपक्षले बताएको छ ।

  • लाउरेलाई थप ११ दिन हिरासतमा राख्न अनुमति

    लाउरेलाई थप ११ दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं । ब्राउन सुगर कारोबार गर्ने समूहसहित पक्राउ परेका चर्चित र्‍यापर आशिष राना ‘लाउरे’ लाई थप ११ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

    कास्की जिल्ला अदालतले आइतबार थप ११ दिनको म्याद दिएको जिल्ला प्रहरी प्रमुख रमेश थापाले जानकारी दिए । अदालतले पहिलोपटक ८ दिन र दोस्रोपटक १८ दिनको समय दिएको थियो । यससँगै लाउरे कम्तीमा ३७ दिन प्रहरी हिरासतमा रहने छन् ।

    लागु औषध मुद्दामा प्रहरीले बढीमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्छ। प्रहरीले लाउरेसहित चारजनालाई पक्राउ गरेको थियो । लाउरे सेवनकर्तामात्र भएको अनुसन्धान अधिकारीहरू बताउँछन् ।

    कास्की प्रहरी प्रमुख थापाले ब्राउन सुगरको परीक्षण प्रतिवेदन नआइसकेकाले ढिला भएको बताए । ‘हामीले परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला पठाएका थियौं तर प्रतिवेदन अझै आइपुगेको छैन’, एसपी थापाले भने ।

  • गीतलाई प्रतिबन्ध लगाउन माग भएपछि दुर्गेशको प्रष्टीकरण : कुनै नारीलाई तोकेर गीतमा भनेको छैन

    गीतलाई प्रतिबन्ध लगाउन माग भएपछि दुर्गेशको प्रष्टीकरण : कुनै नारीलाई तोकेर गीतमा भनेको छैन

    काठमाडौं । यस्तो लाग्छ, दुर्गेश थापा र विवाद एकअर्काका पर्याय हुन् । कुनै न कुनै कारणले उनी हरेक गीतबाट ‘कन्ट्रोभर्सी’मा आइरहन्छन् ।

    उनीद्वारा संगीतबद्ध नयाँ गीत ‘पैसा’ पुनः अहिले विवादमा तानिएको छ । यसैसाता रिलिज भएको उक्त गीतमा छाडा र अश्लिल शब्द प्रयोग भएको भन्दै चौतर्फी विरोध भएको छ ।

    दुर्गेशको उक्त गीतप्रति आपत्ति जनाउँदै वैज्ञानिक समाजवादी महिला संगठन केन्द्रिय समितिले गीतलाई तत्काल प्रतिबन्ध लगाउन माग गरेको छ । संयोजक धनकुमारी सुनारले विज्ञप्ति जारी गर्दै म्युजिक भिडिओको प्रसारण गर्न माग गरेकी छिन् ।

    महिलामाथि हुने बलात्कारजस्ता मानसिक र शारिरीकजन्य हिंसा वृद्धिमा फिल्म, साहित्य र गीतमा महिलाद्धेषी तत्व प्रयोग गरिएको संगठनको आरोप छ । सामाजिक संजालमा पनि दुर्गेशको उक्त गीतको ब्यापक टीकाटिप्पणी भएको छ ।

    यसैबीच, नेपाल प्रेससँग कुरा गर्दै गायक थापाले आफ्नो गीत ‘महिला लक्षित’ नभएको दावी गरेका छन् । उनले आफ्ना भोगाइ र अनुभवलाई मात्र गीतमा उतारेको बताए ।

    दुर्गेश के भन्छन् ?

    मैले कुनै नारीलाई तोकेर ठोकेर पैस लिनुपर्छ भन्या छैन यसमा । मेरो आँखाले देख्दै र भोग्दै आएको दृश्यलाई कैद गरेर लेखेको शब्द हुन् । यसमा आपत्ति जनाउनुपर्छ जस्तो केही लाग्दैन मलाई । गाउँघरमा पनि हाम्रा बाउआमा कसैले पनि ट्वाइलेट भन्दैन । हग्दा मुत्दा भनेको गाउँघरमा बोलिने टिपिकल शब्द नै हुन् ।

    काठमाडौंजस्ता ठूला ठाउँका महलमा पाँचरुपैयाँ दशरुपैयाँ तिर्नुपर्ने हुन्छ । यिनै कुरालाई लिएर मैले गीत बनाएको हो । गाउँघरमा जा त्यसलाई ठोकेर आइज भन्ने कुरा हुन्छ । सहरतिर एउटा नाइकेले अर्को नाइकेलाई ठोकेर आइज भन्ने कुरा हुन्छ । पैसा लिएर कारोबार गरिन्छ । यिनै कुरालाई मैले गीतमा ल्याएको हो ।

    तर, उहाँहरुले कसरी लिनुभयो । मैले महिलाहरुलाई टार्गेट गरेर ठोक्दा हुन्छ भनेर भन्या छैन । त्यसलाई लिएर गलत बुझिएको छ ।

     

  • तेजस्वी प्रकाश बनिन् नयाँ ‘बिग बोस’

    तेजस्वी प्रकाश बनिन् नयाँ ‘बिग बोस’

    एजेन्सी । भारतीय टेलिभिजनबाट प्रशारण हुने लोकप्रिय रियालिटी शो ‘बिग बोस’को १५औं सिजनमा टिभी सिरियलकी नायिका तेजस्वी प्रकाश नयाँ विजेता बनेकी छन् । तेजस्वीले ट्रफीका साथ ४० लाख भारु पुरस्कार जितिन् ।

    शोमा प्रतीक सहजपाल उपविजेता बने । तेजस्वीका प्रेमी करण कुन्द्रा तेस्रो भए । आइतबार राती निशान्त भाट, तेजस्वी, करण, प्रतीक र शमिता शेट्टीबीच फाइनल प्रतिस्पर्धा भएको थियो ।

    तर, निशान्त १० लाख भारु लिएर शोबाट बाहिरिएका थिए । जसलाई शोका सन्चालक सलमान खानले पनि सही निर्णय भनेका थिए । यसपछि भोटको कमीका कारण शमितालाई अगाडि बढ्न अवरोध भएको थियो ।

    अन्ततः तेजस्वी, करण र प्रतीकबीच भएको निर्णायक स्पर्धामा तेजस्वीले उपाधि पोल्टामा पारिन् । शोको विजेता बनेसँगै तेजस्वीले एकता कपूरको लोकप्रिय टेलिभिजन सिरियल ‘नागिन’को मुख्य भूमिकाका लागि प्रवेश पाइन् ।

  • राजेश हमालको ‘जंगबहादुर’ अवतार : ‘वसन्ती’ रिलिजको २० वर्षपछि राणा प्रधानमन्त्रीको गेटअपमा

    राजेश हमालको ‘जंगबहादुर’ अवतार : ‘वसन्ती’ रिलिजको २० वर्षपछि राणा प्रधानमन्त्रीको गेटअपमा

    काठमाडौं । दुई दशकअघि रिलिज भएको फिल्म ‘वसन्ती’मा राजेश हमाल गगनसिंह भूमिकामा थिए । डायमण्ड शमशेरले लेखेको पुस्तकमा आधारित उक्त फिल्मको मुख्य पात्र गगनलाई जंगबहादुर राणाबाट प्रभावित चरित्र पनि भनिन्छ ।

    वसन्तीमा गगनसिंह बनेका हमालको चरित्रलाई खुबै रुचाइयो । नीर शाह निर्देशित यो बायोपिक फिल्मले समीक्षा र पैसा रामै कमायो । वसन्ती रिलिजको दुई दशकपछि म्युजिक भिडिओमै सहि, हमाल दुरुस्तै चरित्रमा फर्किएका छन् ।

    सुटिङ हुन लागेको एक म्युजिक भिडिओमा हमालले राणाकालिन प्रधानमन्त्रीको झल्को दिने चरित्र निर्वाह गर्दैछन् । शनिबार बिहान इन्स्टाग्राम र फेसबुकमार्फत फस्टलुक सार्वजनिक गर्दै उनले दर्शकमाझ चाँडै आउने जनाएका छन् ।

    ‘म्युजिक भिडिओका लागि उहाँको गेटअप तयार भएको हो । राणाकालिन प्रधानमन्त्रीलाई विम्वपरक ढंगले प्रस्तुत गर्न लागेका हौं’ हमालका सहयोगी रोशन हमालले नेपाल प्रेसलाई भने, ‘यो भिडिओले तत्कालिन राणा प्रधानमन्त्रीको जीवनशैली र दृष्टिकोणलाई पेश गर्नेछ ।’

    तर, ठ्याक्कै जंगबहादुर राणा भनेर गेटअप तयार नपारिएपनि जंगबहादुरकै गेटअपमा हमाललाई देख्न पाइनेछ । ‘वसन्ती हेरेका दर्शकले यो भिडिओमा हमाललाई त्यतिबेलाकै रुपमा महसुस गर्न पाउनुहुनेछ’ रोशनले भने ।

  • तीन विधामा भैरव पुरस्कार घोषणा : नरनाथ लुइँटेल, तेजेश्वरबाबु ग्वंग र बिमल भौकाजीलाई दिइने

    तीन विधामा भैरव पुरस्कार घोषणा : नरनाथ लुइँटेल, तेजेश्वरबाबु ग्वंग र बिमल भौकाजीलाई दिइने

    काठमाडौं । ‘भैरव पुरस्कार गुठी’ले विभिन्न पुरस्कारको घोषणा गरेको छ । भैरव अर्यालको स्मृतिमा स्थापित संस्था समेत रहेको उक्त गुठीले जनाएअनुसार २०७८ सालको ‘भैरव पुरस्कार’ व्यंग्यकार नरनाथ लुँइटेललाई प्रदान गर्ने निर्णय भएको छ । पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रुपैयाँ छ ।

    यसवर्षदेखि घोषित ‘भैरव वाङ्मय पुरस्कार’ संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगलाई प्रदान गरिने गुठीले जनाएको छ । यस पुरस्कारमा १ लाख १ हजार १ सय ११ रुपैयाँ नगद राशी प्रदान समावेश छ ।

    नेपाली कला, साहित्य, संस्कृति, संगीत, पत्रकारितालगायतका क्षेत्रमा विशिष्ट योगदान दिने जो कोहीलाई बर्सेनि प्रदान गरिने गुठीका अध्यक्ष रोचक घिमिरले बताएका छन् ।

    साथै, गुठीले ‘भैरव प्रतिभा पुरस्कार’ साहित्यकार विमल भौकाजीलाई प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारका साथ नगद राशी ५५ हजार ५ सय ५५ रुपैयाँ ।

    पुरस्कार छनौट गर्न गुठीले व्यंग्यकार लक्ष्मण गाम्नागेको संयोजकत्वमा साहित्यकार श्रीओम श्रेष्ठ रोदन र युवराज मैनाली सदस्य रहेको समिति गठन गरेको थियो ।

  • डिजिटल प्लेटफर्ममा अजय देवगनको डेब्यु : यस्तो छ ‘रुद’ ट्रेलरमा पुलिसगिरी

    डिजिटल प्लेटफर्ममा अजय देवगनको डेब्यु : यस्तो छ ‘रुद’ ट्रेलरमा पुलिसगिरी

    काठमाडौं । अजय देवगन स्टारर वेब-सिरिज ‘रुद्र : द इज अफ डार्कनेस’को ट्रेलर लन्च भएको छ ।

    राजेश मपुसकर निर्देशित यो सिरिज एड्रिस अल्बा स्टारर बीबीसीको चर्चित सिरिज लुथरको रिमेक हो । ओरजिन सिरिजमा अल्बालाई इमान्दार, कर्तव्यनिष्ठ र चलाख प्रहरी अधिकृतको रुपमा हेर्न पाइन्छ ।

    जागिरको क्रममा आइलाग्ने एक अपराधलाई सामना गर्न पर्दा उक्त पात्र मानसिकरुपमा विक्षिप्त र हिंसात्मक समेत हुन्छ । रुद्रले पनि यही कथावस्तुलाई पछ्याएको देख्न पाइन्छ ।

    तर, अल्बाभन्दा अजय केहीरुपमा नरम देखिएका छन् । सिरिजको प्रोडक्सन भ्यालु आकर्षक देख्न सकिन्छ । यसअघि सिंघम र गंगाजलमा अजयको प्रहरी चरित्रले दर्शकको मन जितेको छ ।

    देवगनका फ्यानलाई रुद्र निकै मनपर्नसक्छ । इशा देओल, अतुल कूलकर्णी, आश्विनी कलाशेखर र आशिष विद्यार्थीको समेत अभिनय छ । ट्रेलर रिलिजअघि विज्ञप्तिमार्फत अजयले आफूलाई सुरुदेखि नै डिजिटल प्लेटफर्मले आकर्षित गरेको बताएका छन् ।

    ‘रुद्र पात्रको रुपमा मैले डिजिटल प्लेटफर्म त्यसमा पनि लामो कथावस्तुमा डेब्यु गर्न पाउँदा खुशि लागेको छ’ अजयले भनेका छन् ।

  • मिस नेपाल र मिस नेपाल नर्थ अमेरिकाबीच सम्झौता : उत्तर अमेरिकी विजेताले सीधै मिस नेपालमा भाग लिन पाउने

    मिस नेपाल र मिस नेपाल नर्थ अमेरिकाबीच सम्झौता : उत्तर अमेरिकी विजेताले सीधै मिस नेपालमा भाग लिन पाउने

    काठमाडौं । मिस नेपाल नर्थ अमेरिकाको विजेताले अब सीधै मिस नेपाल प्रतिस्पर्धामा भाग लिन पाउने भएका छन् । मिस नेपाल आयोजक द हिडन ट्रेजर र मिस नेपाल नर्थ अमेरिकाबीच यस सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

    हस्ताक्षर भएको उक्त एमओयू अनुसार अब मापदण्ड गरेर मिस नेपाल नर्थ अमेरिकाको प्रतिस्पर्धीले मिस नेपालमा भाग लिन पाउने बाटो खुलेको छ । हिडन ट्रेजर निर्देशक दीवाकर राजकर्णिकार र मिस नेपाल नर्थ अमेरिकाका प्रमुख शैलेश श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

    हिडन ट्रेजर निर्देशकलाई मिस नेपाल नर्थ अमेरिकाको निर्णायक बनाउने र मिस नेपाललाई अतिथि बनाउने सहमति पनि भएको छ । मिस नेपालको सामाजिक परियोजनालाई नर्थ अमेरिकाले दाता खोज्ने सम्झौता पनि भएको छ ।

    हिडन ट्रेजरको प्रतिनिधि उत्तर अमेरिकामा जाँदा सघाउने, मिस नेपाललाई सद्भावना दूत बनाउने लगायतका सम्झौता पनि भएको द हिडन ट्रेजरले जनाएको छ । पहिलोपटक डायस्पोराको नेपाली ब्यूटी पेजेन्ट र मिस नेपालबीच यस्तो सम्झौतामा हस्ताक्षर भएको हो ।

    यसपटकको विश्व सुन्दरी प्रतियोगिता अमेरिकाको पुएर्तो रिकोमा हुँदैछ । फिनालीमा भाग लिन मिस नेपाल नम्रता श्रेष्ठ मार्च १२ तारिखमा कार्यक्रम स्थल पुग्नुपर्ने भएको छ । नम्रतालाई त्यहाँ रहँदा मिस नेपाल नर्थ अमेरिकाले नै सघाउने भएको छ ।

  • ‘फास्ट एन्ड फ्युरियस १०’ ले पायो भिलेन : जेसन मोमाआ भिन डिजेलको अपोजिटमा

    ‘फास्ट एन्ड फ्युरियस १०’ ले पायो भिलेन : जेसन मोमाआ भिन डिजेलको अपोजिटमा

    काठमाडौं । विश्वचर्चित हलिउड फिल्म सिरिज ‘फास्ट एन्ड फ्युरियस’को दशौं श्रृंखलालाई लिएर नयाँ खबर छ । फिल्मको आगामी सिक्वेलमा ‘आक्वाम्यान’ स्टार जेसन मोमोआलाई देख्न पाइने भएको छ ।

    भेराइटी म्यागजिनका अनुसार मोमाआले भिन डिजेलको अपोजिटमा भिलेनको भूमिकामा फिल्म खेल्नेछन् । फिल्मको अफिसियल ट्वीटर एकाउन्टबाट पनि अभिनेता मामोआलाई स्वागत छ भनिएको छ ।

    ‘द फास्ट परिवार अझै बृहत हुँदैछ’ फिल्मको ट्वीटर ह्यान्डलमा उल्लेख गरिएको छ ।

    जस्टिन लिनले निर्देशन गर्ने आगामी सिक्वेलको नाम ‘फास्ट एन्ड फ्युरियस १०’ रहने भएको छ । मिसेल रोड्रिग्युज, टायरिज गिब्सन, लुडाक्रिस, सुङकाङ र चार्लिज थेरोनले पनि नयाँ भागमा निरन्तरता पाउने भएका छन् ।

    नयाँ सिक्वेल मे १९, २०२३ मा रिलिज लक्ष्य राखिएको छ ।

    गत समरमा रिलिज भएको नवौं श्रृंखलाले कोभिड-१९ महामारीको बाबजुद विश्व बक्सअफिसमा ७२६ मिलियन डलर कमाएको थियो ।

  • नीर शाह अभिनित ‘माइ वाइफ इज एलियन’ ट्रेलर रिलिज : फिल्म ‘सुपर धने’ निर्माण घोषणा

    नीर शाह अभिनित ‘माइ वाइफ इज एलियन’ ट्रेलर रिलिज : फिल्म ‘सुपर धने’ निर्माण घोषणा

    काठमाडौं । साइन्स फिक्सन वेब सिरिज ‘माई वाइफ इज एन एलियन’ र सुपरहिरो फिल्म ‘सुपर धने’ निर्माण घोषणा गरिएको छ । उक्त सिरिजको शुक्रबार छायांकन इन्ड-कल्याप गरिएको हो । सिरिजको ट्रेलर समेत आजै इन्टरनेट लन्च गरिएको छ ।

    वेब सिरिजमा नीर शाह, प्रज्ञा जोशी, बुद्धि तामाङ, गौरव पहारी, रिस्ता बस्नेत, सरोज दाहाल, मनिष दोलखाली, रविना वस्ताकोटी, तलिसा गुरुङ, आरजे सिंह लगायतका कलाकारको अभिनय छ ।

    सिरिजमा बालकलाकार प्रिया वाइवा, गुष्मा मोक्तान, सिजन पन्ती, युकी उलकको समेत अभिनय छ । आरजे सिंह कार्यकारी निर्माता रहेको सिरिजको छायांकन, सम्पादन र भएफएक्स जोन राईको रहनेछ ।

    सिरिजमा विकास चौधरीको संगीत, निर्देशक सिंहको कविता र गीत रचना, प्रिया नगरकोटी र सञ्जु ढकालको मेकअप र हेयर डिजाइन, सरोज दाहालको मुख्य सहायक निर्देन र इश्वर घिमिरेको व्यावस्थापन छ ।

    जम्मा ५ एपिसोड निर्माण गरिएको वेब सिरिज र फिल्मको निर्माण घोषणा कार्यक्रममा अभिनेत्री करिष्मा मानन्धर र निर्देशक घनश्याम लामिछाने अतिथिको रुपमा उपस्थित थिए । उनीहरुले कार्यक्रममा बोल्दै नेपालमा पहिलो पटक फरक विषयमा फिल्म र वेब सिरिज निर्माण गर्ने चुनौती मोलेको भन्दै सफलताको शुभकामना दिए ।

    यही टिमको सहकार्यमा बन्ने सिनेमा ‘सुपर धने’को छायांकन अर्को वर्षको कार्तिक अर्थात नोभेम्वरबाट छायांकन हुने भएको छ । अहिले पटकथा लेखन कार्य भैरहेको निर्माण टिमले जानकारी दिएको छ । फिल्म छायांकन नेपाल र युरोपमा गरिनेछ । यसका लागि चाँडै कलाकार छनोट काम सुरु हुने निर्देशक सिंहले बताए ।

  • भिटेनलाई बिर्साउने दुर्गेशको ‘छाडा’ गीत

    भिटेनलाई बिर्साउने दुर्गेशको ‘छाडा’ गीत

    काठमाडौं । विवादित छविका गायक दुर्गेश थापाले नयाँ गीत युट्यूवमा रिलिज गरेका छन्, जसको बोल छ– पैसा । यो गीतले उनलाई थप विवादमा पार्न सक्छ ।

    गीतका शब्दहरु सुन्दा दुर्गेशले भिटेनलाई आदर्श मान्न थालेको प्रतित हुन्छ । र्याप स्टाइमा उनले गाएको गीतमा आपत्तिजनक र छाडा शब्दहरु प्रयोग भएका छन् । सबै कुरा गर्न ‘पैसा’ चाहिने सन्देश दिने क्रममा उनी अनर्गल तरिकाले प्रस्तुत भएका छन् ।

    यो गीतको रचना र संगीत पनि दुर्गेशकै हो । गीतको भिडियोलाई रुपेश थापाले निर्देशन गरेका छन् । गीतको भिडियोमा पनि दुर्गेशले अश्लिल हाउभाउ देखाएका छन् ।

    दुर्गेशको गीत छाडा मात्रै छैन, उनले चोरी पनि गरेका छन् । हरिवंश आचार्यले ‘जात्रा’ फिल्मका लागि गाएको ‘नोट–नोट’ बोलको गीतबाट उनले एक लाइन चोरेका हुन् ।

    हरिवंशले गाएको गीतमा भनिएको छ– हेर्दा जाबो कागत, यसको कत्रो तागत
    दुर्गेशले गाएको गीतमा भनिएको छः जाबो यत्रो कागत, यसको कत्रो तागत

    दुर्गेशले विवादमा आउने चेष्टा गरेरै यो गीत गाएको देखिन्छ । यसअघि उनले गाएका सबैजसो गीतहरु कुनै न कुनै विवादमा आएका छन् र हिट पनि भएका छन् । सम्भवतः फेरि पनि उनी विवादकै बलमा हिट हुन चाहन्छन् ।

  • सलमान खानलाई नेपाल ल्याउँदै निर्मल पूर्जा : मुम्बइ पुगेर दिए बायोग्राफी पुस्तक उपहार

    सलमान खानलाई नेपाल ल्याउँदै निर्मल पूर्जा : मुम्बइ पुगेर दिए बायोग्राफी पुस्तक उपहार

    काठमाडौं । कीर्तिमानी नेपाली आरोही निर्मल पूर्जाले बलिउड अभिनेता सलमान खानलाई उपहारस्वरुप आफ्नो बायोग्राफी पुस्तक हस्तान्तरण गरेका छन् ।

    आफ्नो जीवनी बारेको पुस्तक हस्तान्तरण गर्दै आरोही पूर्जाले नेपाल आउन सलमान खानलाई निम्तो समेत दिएका छन् ।

    इन्स्टाग्राममा निर्मलले लेखेका छन्, ‘सलमान भाइसँगै आनन्ददायक भेटघाट रह्यो । मेरो देशमा चाँडै भेट हुनेछ ।’ निर्मल पछिल्लो समय नेटफिल्क्सको चर्चित डकुमेन्ट्री ‘फोर्टिन पिक्स : नथिङ इज इम्पोसिबल’बाट चर्चित बनेका छन् ।

    चौधरी ग्रुपका निर्देशक निर्वाण चौधरीमार्फत पूर्जाले सलमानलाई भेटेका हुन् । सलमान र निर्वाणबीच राम्रो सम्बन्ध छ ।

    ७ महिनाभित्र संसारका १४ अग्ला हिमाल आरोहण गरेर विश्व कीर्तिमान राखेका म्याग्दीका आरोही पूर्जाले संसारका चर्चित सेलेव्रिटीलार्ई जुटाएर काठमाडौंमा भव्य कार्यक्रम आयोजना गर्ने तयारी गरेका छन् ।

    उक्त कार्यक्रमका लागि सलमानलाई नेपाल आउन निम्तो दिएका हुन् । सोही कार्यक्रममा आउन निर्मलले विश्वचर्चित डिस्कभरि च्यानलका होस्ट बियर ग्रिल्जलाई पनि निम्तो दिएका छन् ।

    निर्मल निकट स्रोतका अनुसार सलमानले नेपाल आउने वचन निर्मललाई दिएका छन् । यसअघि दबङ रिलोेडेड कार्यक्रममा नेपाल आउने भनिएपनि विवाद सिर्जिएपछि सलमानको नेपाल कार्यक्रम स्थगित भएको थियो ।

  • ‘भिखारी कलाकार’ भन्नेलाई वर्षाको जवाफ : ‘म टीकटकबाटै कमाउँछु’

    ‘भिखारी कलाकार’ भन्नेलाई वर्षाको जवाफ : ‘म टीकटकबाटै कमाउँछु’

    काठमाडौं । टीकटक लाइभमा बसेर पैसा कमाउने कुरा अब नयाँ रहेन । तर, जतिबेलासुकै टीकटकमा बसेर उपहार माग्ने र पैसा कमाउने कलाकारहरु प्रशस्तै छन् । सर्वसाधारणसम्मले कलाकारको सिको गर्दै टीकटकमा घन्टौं बिताउने गर्न थालेका छन् ।

    आदर्श मानिएका कलाकार नै टीकटक लाइभमा बसेर पैसा कमाउन थालेको भन्दै आलोचना पनि सुरु भएको छ । मिडियादेखि सर्वसाधारणसम्मले कलाकारको यस्तो हर्कतको खुलेर विरोध पनि गर्न थालेका छन् । तर, लाइभमा बस्ने कलाकारको ब्याख्या चाहिँ भिन्न छ । उनीहरुको दावी हुने गर्छ : हामी दर्शक र फ्यानसँग अन्तक्रिया गर्न बसेका हौं, पैसा माग्न हैन ।’

    अभिनेत्री वर्षा राउत पनि टीकटकमा निकै सक्रिय छिन् । टीकटकमात्र हैन, उनको ‘सन्सा’ नामक युट्युव च्यानल पनि छ जहाँ उनले अभिनेता पति संजोग कोइरालासँगका भ्लग पनि पोस्ट गर्छिन् । यो दम्पत्तिलाई युट्युवमा समेत राम्रै भ्यूज मिल्ने गरेको छ साथै गाली र ताली पनि ।

    वर्षाको आम्दानीको अर्को स्रोत टीकटक पनि हो । टीकटकमा १० लाख फलोर्स कमाएकी वर्षाले दिनहुँजसो भिडिओ अपलोड गर्ने गरेकी छिन् । उनका भिडिओलाई दर्शकले रुचाउने गरेका छन् । उनी टीकटक लाइभमा समेत बस्ने गरेकी हुन्छिन् र फ्यानहरुले उनलाई गिफ्टहरु पठाउँछन् ।

    वर्षाले एउटा भिडिओमा एक युवकको स्वरमा लिप्सिङ गर्दै भनेकी छन्, ‘कसले भन्यो सबै केटीहरुलाई पैसा चाहिन्छ ? कोही कोहीलाई माया मात्र भए पुग्छ । तर, मलाई पैसा नै चाहिन्छ नि फेरि ।’ उक्त भिडिओमा ‘तर, म त टिकटकबाटै कमाउँछु नी’ भनेर क्याप्सनमा लेखेकी छिन् ।

    पछिल्लो समय कलाकारहरुले टीकटक लाइभमा बसेर भिख मागेको भन्दै व्यापक आलोचना भएपछि उनले भिडिओमार्फत बताएकी हुन् । मिडियामा कलाकारले भिख मागेको भन्दै टिकाटिप्पणी हुन थालेपछि जयकिशन बस्नेतसहितका केही कलाकारहरु एक टिभी कार्यक्रमविरुद्ध आक्रोशित समेत बनेका थिए ।

  • प्रिज्मा-प्रिन्सीसँग टाढिएपछि समारिका-स्मारिकासँग बलेको टिमअप

    प्रिज्मा-प्रिन्सीसँग टाढिएपछि समारिका-स्मारिकासँग बलेको टिमअप

    काठमाडौं । मोडल तथा कलाकार सागर लम्साल बले पछिल्लो समय चर्चाको केन्द्रमा छन् । जुम्ल्याहा दिदीबहिनी प्रिन्सी र प्रिज्मा खतिवडासँग उनको सम्बन्धमा दरार आएको धेरै भएको छैन ।

    प्रिज्मासँग त उनको ब्रेकअप नै भयो । बिहेमा कुरा नमिल्दा प्रिज्मा र बलेको सम्बन्धमा दरार आएको बताइन्छ । बलेको विहेको प्रस्ताव प्रिज्माले नमानेपछि यी दुई अलग भएका थिए ।

    अलग भएसँगै उनीहरुले व्यवसायिक सहकार्य पनि तोडेका छन् । कुनैबेला साथीभन्दा माथिको सम्बन्ध भएको बताउने प्रिज्मा र बले अहिले एकअर्कालाई नकार्ने अवस्थामा छन् ।

    यस्तोमा, प्रिज्मा र प्रिन्सीसँगको सम्बन्धको अध्याय सकिएपनि बलेको नाम अहिले अर्को एक जुम्ल्याहा दिदीबहिनी जोडी समारिक र स्मारिकासँग जोडिएको छ । यी ट्वीनसँग बलेले नयाँ म्युजिक भिडिओमा समेत काम गरिसकेका छन् ।

    शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बले, समारिका र स्मारिक सँगै देखिए । बलेले आफ्नै गाडीमा राखेर ती ट्वीन सिस्टर्सलाई सँगै प्रेसमिटमा लगेका थिए ।

    मिडियाले प्रिन्सी प्रिज्माको नामसँग जोडेर बलेलाई प्रश्न तेस्र्याए पनि उनले प्रश्न छल्ने प्रयास गरे । प्रिन्सी प्रिज्मालाई ‘देखाउनै’को लागि भएपनि बलेले नयाँ ट्वीन जोडीसँग सहकार्य तोडेको बुझ्न कठिन छैन ।

  • आलियाको ‘गंगुबाई कठियावाडी’ शिवरात्रीमा रिलिज हुने, आउला ‘लप्पन छप्पन २’ ?

    आलियाको ‘गंगुबाई कठियावाडी’ शिवरात्रीमा रिलिज हुने, आउला ‘लप्पन छप्पन २’ ?

    मुम्बई । नेपाली फिल्म निर्माताका लागि असहज खबर छ । आगामी शिवरात्री छेको अर्थात फागुन १३ गते सञ्जयलीला भन्सालीको निर्माण तथा निर्देशन रहेको ‘गंगुबाई कठियावाडी’ रिलिज हुने भएको छ ।

    आलियाभाट स्टारर उक्त फिल्मसँग सोही मितिमा प्रदर्शनमा आउने नेपाली फिल्मले प्रतिस्पर्धाको सामना गर्नुपर्नेछ । सो मितिमा यसअघि रिलिज डेट घोषणा गरेको ‘प्रेमगीत ३’ ले प्रदर्शन स्थगित गरिसकेको अवस्था छ ।

    ‘प्रेमगीत ३’ नआउँदा ‘लप्पन छप्पन २’ रिलिज हुने अनुमान गरिएपनि यसको औपचारिक मिति घोषणा भएको छैन ।

    ‘गंगुबाइ कठियावाडी’ यसअघि कोरोनाको दोस्रो लहरको बेला जनवरी ६ मा आउने तयारीमा थियो । त्यसको एकदिनपछि आरआरआर आउने भएपछि पुनः सरेर फेब्रुअरी १८ मा पुगेको थियो । तर, त्यसको एकसातापछि २५ मा आउन लागेको हो ।

    भन्साली निर्देशित फिल्ममा आलियासहित अजय देवगणको मुख्य भूमिका छ । भारतीय स्वतन्त्रताअघि कठियावाडीमा यौन व्यवसाय गर्ने महिलाको कथा यसले भन्छ ।

    भन्सालीको फिल्म गंगुबाई आउने भएपछि रिलिज तयारीमा रहेको ‘लप्पन छप्पन २’ आउने वा नआउने निश्चित छैन । यसअघि सरकारले हल खोलेमा उक्त फिल्म शिवरात्रीमा आउने दावी निर्देशक मुकुन्द भटट्ले गरेका थिए ।