Category: कलाप्रेस

  • पल शाहले सार्वजनिक गरे काउण्टर अडिओ, दुर्गेशलगायतले षड्यन्त्र रचेको आरोप

    पल शाहले सार्वजनिक गरे काउण्टर अडिओ, दुर्गेशलगायतले षड्यन्त्र रचेको आरोप

    काठमाडौं । प्रहरीबाट पक्राउ पुर्जी जारी भएपश्चात नायक पल शाहले आफ्नो बचाउमा विभिन्न अडिओहरू सार्वजनिक गरेका छन् । नाबालिग गायिकालाई आफूविरुद्ध आफ्नै साथीहरूले उक्साएको भन्दै उनले संवेदनशील विषयमा कुराकानी भएका अडिओ बाहिर ल्याएका हुन् ।

    फेसबुकमा स्टाटस लेख्दै पलले आफूविरुद्ध गायिकालाई प्रयोग गरेर नियोजित षड्यन्त्र गरेको भन्दै चार व्यक्तिको नामसमेत सार्वजनिक गरेका छन् । पलको भनाइअनुसार साथी दुर्गेश थापा, ठुल्दाइ सरोज ओली, भाइ कृष्ण जोशी र सम्राट चौलागार्ईं उनीविरुद्धको षड्यन्त्रमा संलग्न छन् ।

    कुल मिलाएर पलले सार्वजनिक गरेको अडिओ करिब ४५ मिनेटको छ । उनले नाम उल्लेख गरेका व्यक्तिहरूसहित गायिकाको आवाज अडिओमा सुन्न सकिन्छ । उनीहरूले पललाई कसरी विवाहका लागि वाध्य पार्ने भनेर विभिन्न रणनीति बुनेका छन् । प्रमाण जुटाउनका लागि पललाई के-के भनेर म्यासेज लेख्ने भनेर अन्य व्यक्तिहरूले गायिकालाई सिकाइरहेको सुनिन्छ ।

    एउटा अडिओमा पललाई उनीविरुद्ध षड्यन्त्र भइरहेको भनेर अरु कसैले पोल लगाइरहेका छन् । अडिओमा सुनिएअनुसार पलसँग एक करोड लिएर गायिकालाई थामथुम पारिदिने आश्वासन सरोज ओलीले दिएका थिए । त्यसबाट ५० लाख रूपैयाँ आफू खाने र ५० लाख गायिकालाई दिएर उनीहरूको विवाद सल्टाउने योजना सरोजको रहेको एक व्यक्तिले अडिओमा बताएका छन् ।

    दुर्गेशलगायतले समीक्षालाई आफूहरूको नाम कतै नआउने गरी अगाडि बढ्न सिकाएका छन् । यो अडिओ सुनिसकेपछि पलले गायिकासँग सहमतिमा सम्वन्ध राखेको तर पछि विवाह गर्न नमानेको निस्कर्षमा पुग्न सकिन्छ । यो अडिओले पललाई मुद्दाबाट बचाउन सहयोग गर्ने भने देखिँदैन । नेपालको कानूनले सहमतिमा पनि १८ वर्षमुनिको किशोरीसँग सम्बन्ध राख्दा बलात्कार मान्छ । तथापि, पलको पक्षमा सहानुभूति बढाउनका लागि यो अडिओले सहयोग पुग्ने उनका फ्यानको विश्वास छ ।

    यता गायिकाले निजी जीवनका संवेदनशील विषयहरू अन्य व्यक्तिहरूसँग छताछुल्ल बनाएर आफ्नो अपरिपक्वताको पुनः पुष्टी गरेकी छन् ।

    पल-दुर्गेश सम्बन्ध

    पल र दुर्गेशबीच विगतमा निकै बलियो सम्बन्ध थियो । दुर्गेशका धेरै गीतमा पलले अभिनय गरेका छन् । उनीहरू पारिवारिक रूपमासमेत नजिक थिए । पलकी बहिनीले दुर्गेशलाई भाइटिका लगाउने गर्थिन् ।

    जब पल र गायिकाबीचको सम्वन्धमा दरार आउन थाल्यो, त्यसपछि गायिकाले दुर्गेशलाई विश्वास गरेर सबै कुरा सेयर गरिन् । दुर्गेश, सरोज ओली लगायतले सिकाएबमोजिम नै उनले गर्दै गएकी थिइन् । दुर्गेशले समीक्षालाई आफूविरुद्ध उक्साइरहेको भन्दै पल उनीसँग बिच्किए ।

    कुनै समय जिग्री दोस्तका रूपमा रहेका पल र दुर्गेशबीच पछिल्लो समय बोलचालसमेत छैन । यसपालीको भाइटिकामा पलकी बहिनीले दुर्गेशलाई टिका लगाइनन् ।

    त्यसो त इन्डष्ट्रीमा दुर्गेश पनि पल शाहभन्दा कम प्लेव्वाई मानिँदैनन् । विवाहित दुर्गेशका केही विवाहित/अविवाहित मोडलहरूसँग नाम जोडिएको छ ।

  • भूपि शेरचनको कविताबाट प्रभावित ‘चिसो एस्ट्रे’को ट्रेलर सार्वजनिक

    भूपि शेरचनको कविताबाट प्रभावित ‘चिसो एस्ट्रे’को ट्रेलर सार्वजनिक

    काठमाडौँ । चैत ४ गतेबाट सार्वजनिक हुने फिल्म ‘चिसो एस्ट्रे’को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौँको कुमारी हलमा आयोजित एक औपचारिक कार्यक्रममा फिल्मको तीन मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो ।

    दिन्स पाल्पालीले निर्देशन गरेको फिल्ममा दिव्य देव, सृष्टि श्रेष्ठ, सुशील पाण्डे, निकुन श्रेष्ठ, नविन लम्साल र रबिन तामाङको मुख्य भूमिका रहेको छ ।

    ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक दिन्स पाल्पालीले आफूले भूपि शेरचनको ‘चिसो एस्ट्रे’ शीर्षकको कविताबाट प्रभावित फिल्म तयार गरेको जानकारी गराए ।

    दिन्सले भने, ‘शंकर लामिछानेले विम्ब प्रतिविम्ब भन्ने लेखमा शेरचनका कविताका बारेमा लेख्ने क्रममा भन्नु भएको छ, भूपिको लेखनको प्रभाव यो पुस्तामा मात्र होइन आउँदा धेरै पुस्तामा देखिन्छ । अब त्यो पुस्तामा म पनि परेँ ।’

    उनले गाउँबाट सहरमा आउने मानिसका सपना कसरी एस्ट्रेको चुरोटझैँ निभ्दै जान्छन्, फिल्मले यही विषयलाई प्रस्तुत गरेको जानकारी गराए ।

    फिल्म निर्माता महेशबाबु तिमल्सिनाले भने आफूले नेपालमा हेर्न चाहेका सिनेमा बनाउने अभिलाषामा फिल्म निर्माणमा संलग्न भएको बताए ।

    ‘नेपाली सिनेमा हेर्दा सधैँ केही न केही छुटेजस्तो भइरहन्थ्यो । नछुट्ने गरी बनाउन त भन्ने सपनामा यो फिल्म तयार भएको हो,’उनले भने, ‘यो फिल्ममा पनि कमजोरी छैनन् भनेर भन्दिन म । तर हामीले एउटा ईंटा थप्ने मनसायले नै यो फिल्म बनाएका छौँ ।’

    फिल्मका मुख्य अभिनेता दिव्य देवले फिल्म निर्माणका रोचक कथा सुनाउँदै आफूले गाउँबाट सहर आउने मदन नामको चरित्र निर्वाह गरेको जानकारी दिए ।

    थ्रिएटरबाट फिल्ममा आएका उनले कतिपय फिल्म गर्दा सहकर्मीबीच आत्मीयता स्थापित गर्ने मौका नपाएको स्मरण गर्दै उनले यो फिल्ममा भने त्यो मौका पाएको र सम्पूर्ण सहकर्मीसँग परिवारको जस्तो सम्बन्ध स्थापित भएको स्मरण गरेका थिए ।

    ‘यो फिल्ममा म ड्राइभरको भूमिकामा पनि छु । सुटिङ सेटमा यस्तो भयो कि म साथीहरू सबलाई घरमा छाड्थेँ र आफू अन्तिममा घर जान्थेँ । यो रमाइलो फिल्ममा पनि देख्न सकिन्छ,’ उनले भने ।

    सृष्टि श्रेष्ठले फिल्मभित्र शालीनताको चरित्रको निर्वाह गरेकी छिन् । उनले फिल्ममा काम गर्दा व्यक्तिगत रुपमा पनि आफ्नो व्यक्तित्वमा परिवर्तन महसुस गरेको बताएकी थिइन् ।

    फिल्म भित्र सृष्टि इन्स्टेलसन आर्टिस्टको भूमिकामा छिन् । यसैगरी फिल्मका अन्य अभिनेता सुशील पाण्डे, नविन लम्साल र निकुन श्रेष्ठले पनि फिल्मको हिस्सा हुन पाउँदो खुसी लागेको अनुभव सुनाएका थिए । निकुन श्रेष्ठले सात वर्षपछि पर्दामा आउन लागेको बताउँदै आफूलाई डाउनलोड गल्लीको रैथानेको रुपमा पर्दामा देख्न सकिने जानकारी गराए ।

    ‘म त्यस्तो युवाको प्रतिनिधित्व गर्छु जसका सपना पनि पाइरेट छन्,’ उनको भनाइ थियो । दिन्स पाल्पालीकै लेखन रहेको फिल्ममा अजर जंगमको संगीत छ । कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित चलचित्रलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् ।

    निर्माणमा भने महेशबाबुलाई प्रवीण स्याङ्बा र सुष्मिता पराजुलीले सघाएका छन् । चलचित्रको सहनिर्मातामा भने रुपेश ढुंगाना, नवीन ढुंगाना र सुजन खतिवडा रहेका छन् । निर्माणमा क्रिएटिभ ह्यान्डस् नेपालको पनि सहभागिता रहेको छ । उज्जल बस्ताकोटीको छायांकन रहेको चलचित्रमा उज्ज्वल ढकालले सम्पादन र प्रशान्त रसाइलीले क्रिएटिभ हेडको जिम्मेवारी निर्वाह गरेका छन् ।

     

  • कलाकार जयनन्द लामाको बिदाई (तस्बिर/भिडिओ)

    कलाकार जयनन्द लामाको बिदाई (तस्बिर/भिडिओ)

    काठमाडौं । गायक तथा कलाकार जयनन्द लामालाई शुभचिन्तक तथा आफन्तजनले श्रद्धाञ्जली दिएका छन् । जमलस्थित राष्ट्रिय नाचघरमा श्रद्धाञ्जलीका लागि लामाको शव राखिएको थियो ।

    उनको पार्थिव शरीरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका छन् ।

    कलाकार लामालाई श्रद्धाञ्जली अर्पणका लागि कलाकार, सर्वसाधारण, शुभचिन्तक राष्ट्रिय नाचघर पुगेका थिए ।

    लामाको शवलाई आज दिउँसो स्वयम्भुमा बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिने आफन्तले बताएका छन् ।

    भक्तपुर लोकन्थलीस्थित आफ्नै घरननजिक कलाकार लामा बुधबार बिहान मृत भेटिएका थिए ।

    तस्बिरहरू : उमेश कार्की । 

  • धरधरी रुँदै पुजाले भनिन्- हामीमाथि बज्रपात पर्याे (भिडिओ)

    धरधरी रुँदै पुजाले भनिन्- हामीमाथि बज्रपात पर्याे (भिडिओ)

    काठमाडौं । आफ्नो नयाँ चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियर कार्यक्रममा नायिका पुजा शर्मा धरधरी रोएकी छन् । चलचित्रका नायक पल शाहविरुद्ध जाहेरी परेपछि उनी कार्यक्रममा उपस्थित हुन नसक्दा पुजा भावुक बनेकी हुन् ।

    थुप्रै कलाकारहरुको भिडभाड रहेको प्रिमियर कार्यक्रममा पुजा सुरुदेखि मलिन अनुहारमा थिइन् । फिल्म हेरिसकेपछि सबै अतिथि कलाकारले प्रशंसा गरे । यस फिल्मले नेपाली दर्शकलाई फेरि हलमा फर्काउने आशा धेरैले व्यक्त गरेका छन् । तर, सबैको सुखद प्रतिक्रियाले पनि पुजाको अनुहारमा उत्साह थिएन ।

    सञ्चारकर्मीसँगको कुराकानीमा पुजाले पल शाहको नाम नलिइकन आफ्नो फिल्मको टिमलाई बज्रपात गरेको बताइन् ।

    भक्कानिँदै उनले भनिन्, ‘जोडी मनकामना जानुहुन्न भन्ने बुढापाकाले भन्थे । हामी रियल जोडी त होइनौं, तर रिल जोडी हौं । हाम्रो लागि यो भनाइ सत्य भएको छ । आज हाम्रो टिमलाई बज्रपात परकोे छ ।’

    पुजाले अगाडि थपिन्, ‘राम्रो फिल्म बनाउन कोशिष गर्दा यस्तो होला भन्ने कहिले पनि सोचिएन । राम्रो मनले फिल्म बनाएका थियौं । त्यही बेला लकडाउन भयो । हाम्रो सपना चकनाचुर बन्यो । त्यसपछि हल खुल्यो र फेरि बन्द भयो । अब १३ गते फिल्म रिलिज हुने भनेर उत्साहित थियौं । तर खोई के हुन्छ थाहा छैन ।’

    ‘राम्रो फिल्म बनाएका छौं, तपाईंहरुको साथ भयो भने बाँच्छौं । तर, यदि आँखा लागेकै हो भने सायद म यो इन्डष्ट्रीबाट आउट नै हुनुपर्छ जस्तो लाग्छ ।’

    यद्यपि, आफूले हिम्मत नहारिसकेको पुजाले बताइन् ।

    उनले भनिन्, ‘यति संघर्ष गरेँ । जहिले पनि मिठाई खान्छु भन्दा ढुंगा परेको हुन्छ । तर, हिम्मत हारिसकेको छैन ।’

     

    कार्यक्रममा बोल्ने अरु कलाकारहरुले पनि पललाई सम्झिएका थिए । निर्देशक सुदर्शन थापाले पल शाहको विषयमा कुरा गर्दै कानूनले निस्पक्ष भएर न्याय दिने आशा व्यक्त गरे ।

    फिल्मको प्रिमियरका क्रममा एक जोडी प्रहरी पल शाह खोज्दै हलभित्रै छिर्दा स्तब्धता छाएको थियो ।

  • ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियरमा पल शाह अनुपस्थित, को-को कलाकार आए ? (तस्बिरहरु)

    ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियरमा पल शाह अनुपस्थित, को-को कलाकार आए ? (तस्बिरहरु)

    काठमाडौं । जबर्जस्ती करणीमा जाहेरी परेपछि नायक पल शाह आफ्नो चलचित्रको प्रिमियरमा अनुपस्थित बनेका छन् ।

    आज कीर्तिपुरमा भइरहेको ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियर पलले ‘स्किप’ गरेका हुन् ।

    चलचित्रको प्रिमियरमा अतिथि कलाकारहरुको भने कमि थिएन । प्रियंका कार्की आफ्नो श्रीमान आयुष्मान देशराजसहित उपस्थित थिइन् ।

    यस्तै, दिपकराज गिरी, दिपाश्री निरौला, गौरी मल्ल, निरुता सिंह, वर्षा राउत, संजोग कोइराला, सरोज खनाल, सुनिल कुमार थापा लगायत कलाकारहरु प्रिमियरमा आएका थिए ।

    चलचित्रकी निर्मात्री तथा नायिक पुजा शर्मा कार्यक्रममा अलि ढिला गरी आएकी थिइन् । उनको अनुहार मलिन देखिएको थियो । औपचारिक कार्यक्रममा बोल्दै उनले सबैको जीवनमा सुख र दुःख आइपर्ने बताइन् ।

     

  • पल शाह अभिनित ‘म यस्तो गीत गाउँछु’ को प्रिमियर आज, के होला व्यापार ?

    पल शाह अभिनित ‘म यस्तो गीत गाउँछु’ को प्रिमियर आज, के होला व्यापार ?

    काठमाडौं । नायक पल शाहका लागि आजको दिनमा नमिठो संयोग परेको छ । उनीविरुद्द जबरजस्ती करणीमा जाहेरी परेको दिन उनको नयाँ चलचित्रको प्रिमियर हुँदैछ । कीर्तिपुरको एउटा हलमा बेलुकी ६ बजे ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियर राखिएको हो ।

    फिल्मको प्रिमियर हुनुभन्दा करिब एक घन्टा अघि सञ्चारमाध्यममा पलमाथि एक गायिकाले जाहेरी दिएको समाचार छ्याप्छ्याप्ति भएका छन् । यसले प्रिमियर कार्यक्रम खल्लो त हुने नै छ, चलचित्रको व्यापार पनि सन्देहमा परेको छ ।

    सुदर्शन थापा र पुजा शर्माद्वारा निर्मित म यस्तो गीत गाउँछु २ मा पल शाह मुख्य भूमिकामा छन् । नायक नै गम्भीर अपराधका आरोपि भएपछि चलचित्र हेर्न दर्शक आउलान् त भन्ने सन्देहमा परेको छ निर्माण पक्ष । यो चलचित्र कोरोनाका कारण २ वर्ष रोकिएको थियो । कोरोनाको दोस्रो लहर सकिएर हलहरु खुलेसँगै आगामी १३ गते फिल्म रिलिजको मिति तोकिएको छ ।

    यस चलचित्रमा पल शाहको जोडीका रुपमा निर्मात्री पुजा स्वयम्ले अभिनय गरेकी छन् । चलचित्रको पब्लिसिटीका लागि निकै खटिएका थिए । निर्माण पक्षका अनुसार २ वर्ष अगाडि नै फिल्मको पब्लिसिटीका लागि ५० लाख खर्च भइसकेको थियो । तर, समयमा रिलिज हुन नसक्दा ठूलो आर्थिक क्षति भयो ।

    यस चलचित्रले हलमा दर्शक फर्काउन सक्छ वा सक्दैन भन्नेमा सिंगो चलचित्र जगतले चासोका साथ हेरिरहेको थियो । यसअघि भारतीय चलचित्रहरुमा दर्शकको भिड लागे पनि कोरोनापश्चात नेपाली चलचित्र क्षेत्र भने बौरित सकेको छैन ।

  • गाडीमा समेत दुर्व्यवहार गरेका थिए पलले ! यस्तो छ जाहेरी

    गाडीमा समेत दुर्व्यवहार गरेका थिए पलले ! यस्तो छ जाहेरी

    काठमाडौं । कास्की घर भएकी गायिका दाङ घर भएका नायक पल शाह विरुद्द जाहेरी दिन तनहुँ किन पुगिन् ? धेरैले चासो व्यक्त गरिरहेका छन् ।

    ती गायिकाले प्रहरीमा दिएको जाहेरीमा उल्लेखित विवरण अनुसार अन्तिमपटक घटना भएको स्थान तनहुँ भएकाले उनी त्यहाँ पुगेकी हुन् । याे जाहेरी उनले गत माघमा जिल्ला प्रहरी कार्यालय कास्कीमा दर्ता गर्न खाेजेकी थिइन् । तर त्यसबेला प्रहरीले घटनास्थल तनहु भएकाले त्यहीँ जान भनेकाे थियाे ।

    त्यही बेलाकाे जाहेरीलाई सामान्य  संसोधन गरेर आज उनले बुझाएकी हुन् । जाहेरीमा उल्लेख भए अनुसार पल र ती गायिकाको पहिलो भेट २०७७ सालमा असोज २२ गते काठमाडौंमा पिपलु वर भन्ने बोलको गीतको भिडियो सुटिङका क्रममा भएको थियो । त्यसपश्चात फेसबुक आइडी र फोन नम्बर आदानप्रदान भयो ।

    पहिलो भेटपश्चात नै पलले ती गायिकालाई बनावटी माया दर्शाउने गरेको जाहेरीमा उल्लेख छ । म्युजिक भिडियोहरुमा सँगै का मगर्ने क्रममा पोखरा, चितवन, बाग्लुङ, तनहुँ लगायतका स्थानमा सुटिङ सकेर राति होटलहरुमा बास बस्ने क्रममा पटक–पटक करणी गर्न खोजेको तर सफल हुन नसकेको उनको दावी छ ।

    गाडीमा एउटै सिटमा यात्रा गर्दा समेत संवेदनशील अंगमा चलाउने कार्य गरेको पनि जाहेरीमा जनाइएको छ । जाहेरीका अनुसार गत वैशाख १४ गते तनहुँको शुक्लागण्डकी नगरपालिका ४ दुलेगौंडा स्थित पलको चिजानको व्यक्ति प्रदीप थापाको घरमा उनीहरु बास बसेका थिए । त्यस क्रममा राति १२ बजे उनको कोठामा छिरेर विवाहको विश्वास दिलाएर जबर्जस्ति करणी गरेका थिए । त्यसपछि पनि विभिन्न स्थानमा पटक–पटक जबरजस्ति गरेको जाहेरीमा उल्लेख छ ।

  • जब बीसौं वर्षपछि श्रीमान् फिर्दा श्रीमतीले स्मृति गुमाइसक्छिन्

    जब बीसौं वर्षपछि श्रीमान् फिर्दा श्रीमतीले स्मृति गुमाइसक्छिन्

    गत वैसाखमा खोटाङका विज्ञान कोइराला बेपत्ता भएको १९ वर्षपछि घर फर्किए । १७ वर्षको उमेरमा ०५८ सालमा काठमाडौंबाट बेपत्ता भएका विज्ञानको घरमा हर्षोल्लास थियो, तर पीडा र दुःखको फेहरिस्त पनि उस्तै थियो । घर छाड्दा शरीर र मानसिक अवस्था स्वास्थ्य रहेका उनी घर पुग्दा अस्वस्थ्य थिए ।

    दुःखको क्यानभासमा कोइराला परिवारको खुसी धमिलो–धमिलो बनेको थियो । विज्ञानले आफ्नै बहिनीलाई चिनेनन् । विज्ञानले आफ्नै आमालाई चिनेनन् । उनले आफ्नै परिवारलाई चिनेनन् । सिर्फ मावली हजुरआमाको तस्बिरलाई मात्रै बल्लतल्ल ठम्याए ।

    माओवादी शसस्त्र द्वन्द्वको समयमा सेना र माओवादी दुवैको निशाना परेका विज्ञानलाई बन्दुक त दागिएन, तर घर छाड्न विवश बनाइयो । भारत हिँडेका उनी कसोकसो काठमाडौं पुगे र अपहरणमा परे । अपहरणपछि शोषण र यातनाबाट छुटकारा पाउन सशस्त्र द्वन्द्वमा बेपत्ता बनेका विज्ञानलाई करिब दुई दशक कुर्नुपर्यो । दुई दशकपछि छाला र हड्डी मात्रै बोकेर घर फिरे ।

    विज्ञान त प्रतिनिधि मात्रै हुन् । दशवर्षे सशस्त्र द्वन्द्वकालमा तीन हजारभन्दा ज्यादा मानिस बेपत्ता बनेको सत्य निरुपण तथा मेलमिलाप आयोगको रिपोर्टमा छ ।

    द्वन्द्व सकिएको डेढ दशक बढी भइसक्यो । अझै पनि बेपत्ता पारिएकाहरु फर्कने आशामा आफन्तहरु बाटो कुरेर बसेका छन् । घरको ढोका खुल्लै राखेर निदाएका छन् । कुनै दिन कोही त फिर्लान्, तर विज्ञान जसरी फिरे भने ?

    सशस्त्र जनयुद्ध सकियो, नयाँ व्यवस्था आयो । तर, बेपत्ताहरु अझै फर्किएका छैनन् । बेपत्ताहरुलाई कुरेर अझैं थाकेका छैनन् आफन्तहरु । उनीहरुको पर्खाइकोे समय घर्कँदो छ, तर आशाको दीयो ननिभ्दो छ ।

    एउटा चिनियाँ सिनेमा छ, ‘कमिङ होम’ (२०१४) । सन् १९६६–७६ सम्म दश वर्ष चलेको चिनियाँ सांस्कृतिक क्रान्तिको समयलाई आधार बनाएर गेलिङ यानले लेखेको उपन्यासमा आधरित रहेर चाङ यिमोउले निर्देशन गरेको सिनेमा हो यो । यिमोउ आफैंमा ऐतिहासिक पृष्ठभूमिमा रहेर सम्बन्ध, प्रेम, मानवीयतालाई मसिनो गरी दृश्यकरण गर्न पोख्त निर्देशक हुँदै हुन् । कडा सेन्सरसिप छलेर चिनियाँ कम्युनिस्ट सत्तालाई खुसी बनाउन विम्ब, प्रतीकहरुमा खेल्ने निर्देशक पनि हुँदै हुन् । सृजनामा लाग्ने अंकुशेहरुलाई विम्ब, प्रतीकले पन्छाउनु उनको कौशल हुँदै हो ।

    जति धेरै संकटका बीच बाँचिन्छ, उति धेरै सृजनाको गुरुत्व बढी हुन्छ– यिमोउ यसको उदाहरण हुन् । तर, चिनियाँ संस्थापन पक्षको गुनगान गाउनबाट उनका सिनेमाहरु अलग्गिएका भने छैनन् ।

    २०१४ मा प्रदर्शित ‘कमिङ होम’ले चिनियाँ सांस्कृतिक क्रान्तिको समयमा एक परिवारको प्रेम, सम्बन्ध र त्यागको कथा भन्छ ।

    दक्षिणपन्थविरोधी आन्दोलन र पछि सांस्कृतिक क्रान्तिको समयमा विचार अभिव्यक्त गरेकाले प्रोफेसर लु यान्सी (चेन डेओमिङ)लाई श्रम शिविरमा राखिएको छ । एक दिन श्रम शिविरबाट भाग्न सफल हुन्छ ऊ । घरमा श्रीमती र छोरी छिन् । तीन वर्षकी हुँदा बाबुसँग छुटेकी छोरीलाई बाबुसँगको अलिकति सम्झना पनि छैन ।

    सशस्त्र जनयुद्ध सकियो, नयाँ व्यवस्था आयो । तर, बेपत्ताहरु अझै फर्किएका छैनन् । बेपत्ताहरुलाई कुरेर अझैं थाकेका छैनन् आफन्तहरु । उनीहरुको पर्खाइकोे समय घर्कँदो छ, तर आशाको दीयो ननिभ्दो छ ।

    लु यान्सी सिधै घर जान सक्दैन । घर जानसाथ पक्राउ पर्नेछ र झनै ठूलो सजायको भागिदार हुनुपर्नेछ । छोरी आफ्नो बाबुसँग सकरात्मक छैनन् । लुक्दै लुक्दै घर पुगेका लुले घरको ढोकाको चेपमा राखेको चिर्कटोमा श्रीमती फ्रेङ वान्यु (गोङ ली)लाई भोलि बिहान स्टेसनमा भेट्न आउनु भनेर लेख्छन् । त्यो सूचना छोरीले थाहा पाएपछि सरकारी प्रतिनिधिलाई खबर गर्छिन् । र स्टेसनमा फ्रेङलाई भेट्नै नपाइए त्यहाँबाट भाग्न सफल हुन्छ । त्यही बेला फ्रेङ लडेर घाइते हुन्छिन्, टाउकोमा चोट लाग्छ ।

    लु यान्सीको दोस्रो घर फिर्ती सांस्कृतिक क्रान्ति सकिएपछि हुन्छ । ऊ जेलबाट छुट्छ र घर आउँछ । तर, घरमा श्रीमती फ्रेङले पहिचान गर्न सक्दिनन् । बढी इमोसनल भएका कारण विस्मृतिकी बिरामी भएकी छन् ।

    लुकै पर्खाइमा बसेकी फ्रेङले आफ्नै श्रीमान्लाई नचिनेपछि लुले स्मृति फर्काउन अनेक उपाय लगाउँछ । सरकारी प्रतिनिधि आएर कागज देखाउँदा पनि फ्रेङले चिन्दिन । लुले चिठी लेखेर महिनाको पाँच तारिखमा स्टेसन आउँछु भनेर पठाउँछन् । यसपछि फ्रेङ हरेक महिनाको पाँच तारिखमा रेल स्टेसन जान्छिन् लुलाई लिन । सबै–सबै आउँछन् स्टेसनमा, तर लु आउँदैन ।

    एक दिन लु नै स्टेसनमा आउनेहरुको समूहबाट घर फर्कन्छ, तर पनि फ्रेङले चिन्दैन । फ्रेङले त्यही लु खोजिरहेको हुन्छ, जो उनीहरु छुट्नुअघि थियो । तर, समय र अनुहार बदलिइसकेको छ दुवैको । पुराना चिठीहरुको बाकस नै फ्रेङको घरमा लगिदिन्छ छोरीले । लुले नै पढिदिन्छ । अन्ततः चिठी पढ्दापढ्दा आजित भएर लुले छोरीसँग बोल्छ, ‘अब चिठी पढ्न जाँदिनँ । चिठी पढिरहेँ भने म फ्रेङको श्रीमान् हुँदिनँ, चिठी पढ्ने मान्छे मात्रै हुन्छु ।’

    लु फ्रेङको घर छेवैमा बसेको छ । फ्रेङ एक्लै बसेकी छे लुको पर्खाइमा । पहिला लु श्रम शिविरबाट भागेर आउँदा ढोका बन्द गरेका कारण फ्रेङको भेट भएको हुँदैन, त्यही भएर फ्रेङले घरको ढोका खुल्लै राखेकी छे । तर, लु घरमै पुग्दा पनि फ्रेङले चिन्दिन ।

    वर्षौंपछि लु पनि वृद्ध भएको हुन्छ । फ्रेङ पनि वृद्धा भएकी हुन्छिन् । तर, फ्रेङको बिरामी निको हुँदैन । वृद्धा हुँदा पनि हरेक महिनाको पाँच तारिखमा स्टेसन पुग्छिन् । लुको नामसहितको पमप्लेट र लुका लागि बनाएका खाजा बोकेर लुलाई लिन पुगेकी वृद्धा फ्रेङलाई वृद्ध लुले नै स्टेसन पु¥याउँछ ड्राइभर बनेर । फ्रेङ पमप्लेट बोकेर उभिन्छिन् लुलाई पर्खेर । वृद्ध लु फ्रेङ छेवैमा उभिन्छन् ।

    अहिले पनि भनिन्छ, सांस्कृतिक क्रान्तिका कारण निम्तिएको मानसिक ट्रमाहरु अझै पनि छन् । त्यस समयमा परिवारमा आएको विचलन, सम्बन्धहरुमा आएको उतारचढावको असर आधा शताब्दीपछि अहिले पनि देखिन्छन् । त्यसबेलाको घाउको दागले अहिले पनि मानिसहरु पीडित छन् भनिन्छ ।

    त्यही घाउलाई एकदमै चहराउने गरी यिमोउले आधा शताब्दीपछि सिनेमा बनाए । सिनेमामा सम्बन्धको उज्यालो खोजे, सम्बन्धको अँध्यारो खोजे । पर्खाइको वेचैनीलाई खोजे । पर्खाइको दुर्दान्त समाप्तीलाई खोजे । राजनीतिक क्यानभासमा प्रेम, विस्वास र त्यागको पोट्रेट बनाए ।

    यिमोउका प्रायः सिनेमा चिनियाँ क्रान्ति र क्रान्तिपछिको पुर्नजागरणको परिवेशमा छन् । अधिकांश सिनेमाले ती समयको पृष्टभूमिमा रहेर संवेदित कथा भन्छन् । माओको गुनगान गाएझैं गर्दै चिनियाँ सेन्सरसिपबाट ‘स्किप’ भइदिन्छन् यिमोउ । तर, यिमोउका कथा नौला भने हुँदैनन् ।

    लुकै पर्खाइमा बसेकी फ्रेङले आफ्नै श्रीमान्लाई नचिनेपछि लुले स्मृति फर्काउन अनेक उपाय लगाउँछ । सरकारी प्रतिनिधि आएर कागज देखाउँदा पनि फ्रेङले चिन्दिन । लुले चिठी लेखेर महिनाको पाँच तारिखमा स्टेसन आउँछु भनेर पठाउँछन् । यसपछि फ्रेङ हरेक महिनाको पाँच तारिखमा रेल स्टेसन जान्छिन् लुलाई लिन । सबै–सबै आउँछन् स्टेसनमा, तर लु आउँदैन ।

    हो, कथा नौलो या नवीन नै हुनुपर्छ भन्ने हुँदैन, कथा हामीले सुनिआएकै भए पनि हुन्छ, तर त्यसलाई भन्न जान्नुपर्छ । त्यो कथालाई बुन्न जान्नुपर्छ । कथा भन्न, उधिन्न र बुन्न पोख्त मेकर हुन् यिमोउ । उनको कथा भन्ने तरीका र कथालाई उनले दिने पृष्ठभूमि सधैं शानदार हुने गर्छ ।

    यिमोउका अन्य सिनेमाभन्दा ‘कमिङ होम’ चाहिँ मेकिङको हिसाबले अलि फरक छ । प्रायजसो रङहरुमा खेल्न रुचाउँछन् यिमोउ । सिनेम्याटोग्राफरबाट करियर सुरु गरेका यिमोउको सिनेम्याटोग्राफीको शैली आफ्नै छ । यिमोउको यस्तै शैलीले ‘कमिङ होम’को मुड र सुस्त गति अनि उदास–उदास दृश्यहरुलाई अर्थपूर्ण बनाउन सहयोग गरेको छ ।

    रङहरुमा पनि थोरै फरक तरीकाले खेलेका छन् यस सिनेमामा यिमोउले । अलि बढी नै दबाबसहित ‘गे्र’ कलरलाई प्रयोग गरेका छन् । बढीजसो मौनतामा खेलेका छन् । यसले पात्रको उदासी मुडलाई स्थिर राखिरहन सहयोग पनि गरेको छ । खुसीको सानो औंशसम्म नभएको सिनेमालाई यिमोउले जति सुस्त र धिमी बनाएका छन्, उत्ति नै गोङ लीले आफ्नो पात्रलाई गजबले निभाउन पाएकी छन् । साथमा यिमोउले प्रयोग गरेको ग्रे कलरले गोङ लीको अन्तरनिहित उदासी र गहिरो दुःखको निस्वासलाई दर्शक समक्ष गज्जबले प्रस्तुत गरिदिएको छ ।

    सम्पादनमा एकदमै धेरै जम्पकटहरुलाई प्रयोग गरिएको छ । प्रायजसो कट–अन–एक्सनको प्रयोग फाइट सिनहरुमा प्रयोग हुने गर्दछ । दर्शकले त इमेजहरुमा आउने डिसकन्टिन्युटिलाई ख्याल गर्दैनन् । उनीहरु कथामा के ट्वीस्ट आउँछन् भनेर मात्रै कुरेर बसेका हुन्छन् । क्लोजअपदेखि मिडियम सटहरुमा चलाइएको जम्पकटहरुले डिस्टर्ब महसुस गराउँछ ‘कमिङ होम’मा । तर, यिमोउले यस्ता कटहरुको प्रयोग पात्रहरुमा भएको मानसिक विचलन र अस्थिरतालाई देखाउन पनि प्रयोग गरेका हुनसक्छन् । तर, अलि अनावश्यक र झिँजोलाग्दा जम्पकटहरु भने छन् ।

    यिमोउले सांस्कृतिक क्रान्तिको पृष्ठभूमिमा निर्माण गरेको प्रेमको उदेकलाग्दो र दुःखलाग्दो कथालाई बडो सुन्दर तरीकाले दृश्यपान गराएका छन् दर्शकलाई । हुन त प्रेम, सम्बन्ध भन्ने चिज फुल्छ नै संकटमा । फक्रन्छ नै अप्ठ्यारोमा । सहजतामा त त्यही चिजले मानिसविरुद्ध प्रतिकार गर्न थाल्छ किनभने मानिसले सहजतामा सम्बन्ध, प्रेमलाई बेवास्ता गर्न थाल्छ ।

    नेपालको दशवर्षे सशस्त्र युद्धकमा कति प्रेम, सम्बन्धहरु फुले, फक्रिए अथवा निमोठिए, त्यसको हिसाबकिताब छैन । भौतिक क्षतिको क्षतिपूर्तिका लागि अझैं पीडितहरु लडिरहेका छन्, मानसिक क्षतिको कुरा त परको रह्यो । तर, यिमोउको ‘कमिङ होम’ हेर्दै गर्दा दिमागमा भने सशस्त्र युद्धमा बेपत्ता पारिएका हजारौं मानिसहरु र उनीहरुलाई पर्खिरहेका आफन्तहरुको सम्झना आइरह्यो । पक्कै एक दिन त विज्ञान जसरी उनीहरु फिर्लान् नै, तर लु र फ्रेङको जस्तो अवस्था बनिदियो भने ?

  • गीति संग्रह ‘जनता के गीत गावत रहेम’को लोकार्पण

    गीति संग्रह ‘जनता के गीत गावत रहेम’को लोकार्पण

    काठमाडौं । लेखक डा. गोपाल ठाकुरको भोजपुरी भाषामा लेखिएको ‘जनता के गीत गावत रहेम’ गीत संग्रहको लोकार्पण गरिएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रबीच नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले उक्त गीति संग्रहको लोकार्पण गरेका हुन् ।

    पुस्तकको लोकार्पण गर्दै अध्यक्ष प्रचण्डले गीत संग्रहमा श्रमजीवी वर्ग र उनीहरुको विचारलाई केन्द्रीत गरेर लेखिएका गीतहरु समावेश गरिएको आफूले पाएको बताए ।

    पार्टी र संगठनको जिम्मेवारी इमान्दारिपूर्वक पूरा गर्ने ठाकुरले रचना सिर्जनाको माध्यामबाट जनचेतना जगाउन महत्वपूर्ण भूमिका खेलिरहेको पनि अध्यक्ष प्रचण्डको भनाइ छ ।

    भोजपुरी भाषामा रहेको पुस्तक ‘जनता के गीत गावत रहेम’को अर्थ ‘म जनताको गीत गाइरहनेछु’ भन्ने हो । पुस्तकमा २०३९ सालदेखि अहिलेसम्म लेखिएका ६१ वटा गीतहरु समावेश गरिएको छ। अधिकांश गीतहरु लोक लयमा आधारित रहेको र केही गीतहरु आफूले संगीत राखेर रेकर्ड गर्ने तयारी भइरहेको ठाकुरले बताए ।

  • पल शाह प्रकरणले तनावमा पुजा शर्मा, के होला ‘म यस्तो गीत गाउँछु’ को व्यापार ?

    पल शाह प्रकरणले तनावमा पुजा शर्मा, के होला ‘म यस्तो गीत गाउँछु’ को व्यापार ?

    काठमाडौं । नायक पल शाह यौन दुर्व्यवहारको गम्भीर आरोपमा मुछिएपछि यसका सम्भावित साइड इफेक्टबारे चर्चा सुरु भएको छ । यो स्क्यान्डलबाट कोही तेस्रो व्यक्ति बढी तनावमा छ भने त्यो नायिका पुजा शर्मा नै हुन् ।

    पुजाले निर्माण गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ आउँदो १३ फागुनमा रिलिज हुँदैछ । कोरोनाका कारण यो चलचित्रको रिलिजमा करिब दुई वर्ष ढिलाई भएको थियो ।

    कोरोनाको तेस्रो लहर साम्य भएर चलचित्रघरहरु खुलेसँग रिलिजको नयाँ डेट तोकिएको हो । पुजा शर्मा चलचचित्रको पब्लिसिटीका लागि निकै मिहिनेत गरिरहेकी छिन् । चलचित्रका नायक पल शाहलाई साथमा लिएर केही दिनदेखि उनी पब्लिसिटीमा दौडिरहेकी थिइन् ।

    अहिले पल शाह गम्भीर विवादमा मुछिएपछि पुजालाई तनाव भएको हो । कलाकारका स्क्यान्डलले कहिले फिल्मको व्यापारलाई मद्दत गर्छन् त कहिले हानी पुर्याउँछन् ।

    कतिपय चलचित्रका निर्माता–निर्देशकले फिल्म रिलिज हुँदा चर्चाका लागि बनावटी स्क्यान्डल पनि खडा गरिरहेका हुन्छन् । तर, पल जुन प्रकारको स्क्यान्डलमा मुछिएका छन्, त्यसले चलचित्रको व्यापारमा धक्का पुग्ने चिन्ता पुजाको छ ।

    चलचित्र रिलिज हुन ४ दिन मात्र बाँकी छ । तर, मिडियामा आइरहेका विवादले पल शाह पहिलेझैं खुलेर फिल्मको पब्लिसिटीमा उत्रिन सहज छैन । अर्कोतर्फ उनको इमेजमा पनि गम्भीर क्षति पुगेको छ ।

    ‘रियल हिरो’ को उपमा पाएका उनी अहिले ‘प्ले व्वाई’ का रुपमा चर्चित भएका छन् । उनीमाथि अनेकन ट्रोलहरु बनिरहेका छन् । यसर्थ पलको समग्र स्टारडम खस्केकाले यसको असर चलचित्रको व्यापारमा पर्न सक्ने पुजाको चिन्ता पनि अस्वाभाविक होइन ।

    उनी अहिले विभिन्न युट्यूवरलाई अन्तर्वार्ता दिएर पलको बचाउ प्रयास गरिरहेकी छन् ।

  • पल शाहलाई करिश्माको सान्त्वना : भगवान् तिम्रो साथमा हुनुहुन्छ

    पल शाहलाई करिश्माको सान्त्वना : भगवान् तिम्रो साथमा हुनुहुन्छ

    काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले नाबालिग गायिकामाथि यौन दुर्व्यवहारको आरोप लागेका नायक पल शाहलाई हिम्मत नहार्न सुझाव दिएकी छन् । पल शाहको स्टाटसमा कमेन्ट गर्दै उनले यस्तो सुझाव दिएकी हुन् ।

    पल शाहले आज स्टाटस लेख्दै आफूमाथि लागेका आरोपहरुबारे स्पष्टिकरण दिएका थिए । उनको स्टाटसको पक्ष र विपक्षमा व्यापक प्रतिक्रिया आइरहेका छन् । नायिक करिश्मा चाहिँ पलको समर्थनमा उभिएकी हुन् ।

    पलको स्टाटसमा कमेन्ट गर्दै करिश्माले भनेकी छन्, ‘स्टे स्ट्रङ भाइ । भगवान् तिम्रो साथमा हुनुहुन्छ । सँधै सुखी र खुशी रहनु ।’

    पलको स्टाटसमा ५ हजारभन्दा बढी कमेन्ट आइसकेका छन् । गायिका सुनीता दुलालले पनि पललाई हिम्मत नहार्न भन्दै सान्त्वना दिएकी छन् ।

    अधिकांस कलाकारहरुले भने पल–समीक्षा काण्डमा मुख खोलेका छैनन् । कलाकारहरु पनि यो विषयमा दुई कित्तामा बाँडिएको बुझिएको छ । एकथरि पलमाथि कारबाही हुनुपर्ने पक्षमा छन्, तर बोल्न चाहेका छैनन् । अर्काथरि, समीक्षालाई नै दोषी देखिरहेका छन् ।

  • आलियाको ‘नमस्ते’ सामाजिक सञ्जालमा भाइरल

    आलियाको ‘नमस्ते’ सामाजिक सञ्जालमा भाइरल

    दिल्ली । पछिल्लो समय बलिउड अभिनेत्री आलिया भाटको ‘नमस्ते’को चर्चा भारतीय सञ्चार माध्यमहरुमा भइरहेको छ ।

    आलिया भाट र अजय देवगण स्टारर बहुप्रतीक्षित बलिउड फिल्म ‘गंगुबाइ कठियावाडी’ २५ फेब्रुअरीमा हलमा रिलिज हुँदैछ । यो फिल्म बर्लिन इन्टरनेशनल फिल्म फेस्टिभलमा हालै प्रिमियर भएको छ । उनले प्रिमियरमा स्टेप ब्याकबाट नमस्ते गरेका तस्बिरहरु भाइरल नै बनेका छन् ।

    आलियाले फिल्म फेस्टिभलका तस्विरहरु इन्स्टाग्राममा सेयर गरेकी छिन् । उनले गंगुबाई स्टाइलमा फोटो खिचेकी छिन् । उनी सेतो रंगको साडीमा त्याहाँ पुगेकी थिइन् । आलियाले आफ्ना फ्यानहरुको मन समेत जितीन् । आलियका कारण नमस्तेको लोकप्रियता अझै बढेको छ ।

    ‘गंगुबाई काठियावाडी’ संजयलीला भन्सालीको निर्माण र निर्देशन रहेको फिल्म हो । फिल्ममा आलियासँगै अजय देवगन, विजय राज र शान्तनु महेश्वरी महत्वपूर्ण भूमिकामा रहेको छ ।

  • पल शाहको आरोप : मेरा पुरुष सहकर्मीले गायिकालाई मेरोविरुद्ध उकासे

    पल शाहको आरोप : मेरा पुरुष सहकर्मीले गायिकालाई मेरोविरुद्ध उकासे

    काठमाडौं । आफूमाथि लागेको ‘प्ले व्वाई’ को आरोप र सार्वजनिक भएको अडिओका विषयमा नायक पल शाहले मुख खोलेका छन् । फेसबुकमा उनले गायिकालाई आफ्ना पुरुष सहकर्मीले आफूविरुद्ध उकासेको आरोप लगाएका छन् ।

    भाइरल भएको अडिओमा सुनिएको आवाज आफ्नो भएकोमा पनि शंका रहेको पलको दाबी छ । प्रविधिको प्रयोगमार्फत आफ्नो जस्तो आवाज बनाइएको हुन सक्ने आशंका उनले व्यक्त गरेका छन् ।

    उनले लेखेका छन्, ‘फरक प्रसंग तथा चलचित्रमा अभिनय गर्ने भन्ने क्रममा रेकर्ड गरिएका सम्वादहरुलाई हाम्रो बास्तविक जिवनसँग जोड्ने प्रयासमा रहनु भएका मेरा केही पुरुष सहकर्मी (व्यवसायिक प्रतिस्पर्धि)ले निज गायिकालाई मेराविरुद्ध बोल्न, प्रमाण सिर्जना गर्न लगातार उकास्ने गरेको जानकारी मलाई थियो, निज निर्दोष गायिकाले मेरा पुरुष सहकर्मीहरुले उकासे बमोजिम नै गर्दै गएको भन्ने कुरा पछिल्लो मिडिया रिर्पोटले थप पुष्टि गरेको छ ।’

    उनी थप्छन्, ‘मेरा सम्पुर्ण दर्शक महानुभावहरुको म प्रतिको भरोसालाई अक्षुण राख्न, निज गायिकालाई मेरा प्रतिस्पर्धि साथिहरुले उकासेको अडिओलगायत अन्य प्रमाणहरु मसँग सुरक्षित रहेको र ती सवुत प्रमाणहरु आधिकारिक निकायले माग गरेको खण्डमा पेश गर्नेछु भन्ने प्रतिवद्धता व्यक्त गर्दै म र मसँग नाम जोडेर प्रकाशित उल्लेखि समाचारहरु वास्तविकता भन्दा धेरै टाढा रहेको हुँदा सोबाट भ्रमित नहुन हार्दिक अपिल गर्दछु ।’

    प्ले व्वाई छविका नायक पल शाहको नाबालिग गायिकासँगको सम्बन्धबारे नेपाल प्रेसले खुलासा गरेको थियो । त्यस लगत्तै पलले गायिकालाई साथमा राखेर अन्तरवार्ता दिँदै समाचार खण्डन गरेका थिए । उक्त खण्डनपश्चात नेपाल प्रेसले गायिका पलसँगको सम्बन्धका विषयमा दिएको अडिओसहित समाचार हिजो प्रकाशित गर्‍यो ।

    (पल शाहले ‘फेक’ आशंका गरेको अडियो यस्तो छ)

    तर, उक्त अडिओ हटाइदिन गायिकाले बारम्बार आग्रह गरेपछि हामीले अडिओ हटायौं । तर, विभिन्न पोर्टलहरुले नेपाल प्रेसबाट डाउनलोड गरेर त्यसलाई भाइरल गराइरहेका छन् । यही विषयमा पलको स्पष्टीकरण आएको हो ।

    सार्वजनिक एउटा अडिओमा पल, समिक्षा, दुर्गेश थापालगायतका व्यक्तिहरूको आवाज स्पष्टै चिनिन्छ । अडिओमा पलले गायिकासँग सम्बन्ध राखेको स्वीकारेका छन् । अहिले उनले आफ्नो गल्ति स्वीकार्ने भन्दा पनि उक्त आवाजमै आशंका व्यक्त गरेर हास्यास्पद बचाउ गर्न खोजेका छन् ।

    नाबालिगसँग सम्बन्धबारे कानूनमा के छ ?

    नेपालको कानूनले १८ वर्षभन्दा कम उमेरको व्यक्तिलाई नाबालिग मान्छ । नाबालिग किशोरी÷बालिकालाई सहमतिबेगर वा सहमतिमा यौनसम्बन्ध राख्नु गैरकानूनी हो ।

    मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा २ मा भनिएको छ,‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करण गरेको मानिनेछ ।’

    पलले अडिओमा समिक्षासँग सहमतिमा सम्वन्ध राखेको स्वीकार गरेकाले उनीमाथि गम्भीर कसुर लाग्ने निश्चित छ ।

  • समीक्षा अधिकारीको बयान : पलबाट यसरी पीडित भएँ

    समीक्षा अधिकारीको बयान : पलबाट यसरी पीडित भएँ

    काठमाडौं । मीठो आवाजकी धनी समीक्षा अधिकारी अहिले केही नमिठा पलहरूबाट गुज्रिरहेकी छन् । कलिलो उमेरमै उनी यस्तो व्यक्तिसँग प्रेममा परिन्, जो प्रेमलाई क्षणिक मनोरञ्जनको विषय ठान्छन् ।

    समीक्षाको स्वरका लाखौं प्रशंसक छन् । सुन्दरतामा पनि कुनै नायिकाभन्दा कम छैनन् । आवाज र रूपको यस्तो संगम थोरै कलाकारलाई नसिब हुन्छ । तर, कहिलेकाहीँ आफैंले आफ्नो गुणवत्ता नचिन्दा चाहिँ जीवनमा हण्डर र धोका खानुपर्छ, जस्तो समीक्षालाई भइरहेको छ ।

    नेपाली चलचित्रका ‘प्ले व्वाई’ का रूपमा परिचित पल शाहसँग एक वर्षअघिदेखि समीक्षाको रिलेसनसीप सुरू भएको थियो । यो एक वर्षमै उनीहरूको सम्वन्धमा तीव्र उतारचढाव आइरहेको छ । केही समय प्रेमपछि पलले समीक्षालाई पन्छाउन खोजे । समीक्षाले कानूनी उपचारका निम्ति पाइला चालिन् । पलले फकाए । समीक्षा ब्याक भइन् । पलले फेरि पन्छाउन खोजे । समीक्षा फेरि कानूनी उपचारमा जान तयार भइन् । पलले फेरि फकाए । यस्तै सिलसिला चलिरहेको छ ।

    पछिल्लो दिनको कुरा गर्ने हो भने पल र समीक्षा फेरि मिलेका छन् । नेपाल प्रेसले पलका ‘मल्टिपल रिलेसनसीप’ बारे शनिबार समाचार प्रकाशन गरेसँगै पलले समीक्षालाई अर्को एक राउण्ड फकाएका छन् । उनीहरूले आफूनिकट एउटा युट्यूव च्यानलमार्फत अन्तर्वार्ता दिएर समाचार खण्डन गरे । आफूहरूबीच असल मित्रता मात्रै भएको भन्दै उनीहरूले एकस्वरमा भने- अफेयरको कुरा झुट्टा हो ।

    एकोहोरो प्रेममा परेकी नाबालिग समीक्षालाई पलको समूहले ‘होस्टाइल’ बनाइरहेको छ । होस्टाइल भन्ने शब्द अदालती भाषामा प्रयोग हुन्छ । त्यो भनेको कुनै पीडितलाई दबाब, प्रभाव वा धाकधम्की दिएर बयान फेर्न बाध्य पार्ने वा पीडकको पक्षमा उभिन लगाउने काम हो । समीक्षाका यसबीचका फेसबुक स्टाटस र उनले यो अडिओमा बोलेका कुरा सुन्दा उनी होस्टाइल भएको पुष्टि हुन्छ ।

    यो पनि पढ्नुहोस् : ‘रियल हिरो’ कि प्ले-ब्वाई ?

    त्यसो त केही समयअघि उनी पलविरुद्ध जाहेरी दिन कास्की प्रहरीको शरणमा पुगेकी थिइन् । उनले यो अडिओमा पनि आफूलाई एसपीले छोरीजस्तै व्यवहार गरेर कानूनी लडाइँको लागि हौसला र आइडिया दिएको बताएकी छन् । तर, जाहेरी लिनका लागि कास्की प्रहरीको कार्यक्षेत्र नभएकाले उनलाई तनहुँ जिल्ला प्रहरी कार्यालयमा पठाइएको थियो । तर, पलले उनलाई पुनः होस्टाइल बनाएर कानूनी कारबाहीबाट जोगिएका थिए । नाबालिगसँगको सम्बन्धलाई कानूनले सहमतिमै भए पनि दण्डनीय अपराध मान्छ, त्यसका लागि पीडितले नै जाहेरी दिनु पनि पर्दैन ।

    पाँच दिनअघिसम्म समीक्षा पलबाट आफू अन्यायमा परेको भन्दै हारगुहार गरिरहेकी थिइन् । गत विहीबार उनले महिला अधिकारकर्मी जस्मिन ओझालाई भेटेर आफ्नो सबै कथा सुनाउँदै न्यायको पहल गरिदिन आग्रह गरेकी थिइन् । जस्मिन र समीक्षाबीच भएको कुराकानीको अडिओ नेपाल प्रेसलाई प्राप्त भएको छ । समीक्षाले यस कुराकानीमा पलले आफूलाई यौन दुर्व्यवहार गरेकोदेखि पलकी अर्की प्रेमिका कवितासँग आफ्नो झगडासम्मको विवरण सुनाएकी छन् ।

    समीक्षाले पलबाट पीडित बनेको भन्दै आफूले चिनेका केही मिडियाकर्मीहरूसँग पहिलेदेखि सहयोग मागेकी थिइन् । तर, नेपालको मनोरञ्जन पत्रकारितामा एक प्रकारको सिन्डिकेट छ । पलले मुलधारका थुप्रै मनोरञ्जन पत्रकार र युट्यूवर गोजीमै राखेका छन् । आर्थिक वा अन्य प्रभावमा परेर यस्ता पत्रकारले अहिले पनि पलको महिमा गाउँदै बोलिरहेको/लेखिरहेको पाइन्छ ।

    धेरै पत्रकारले पलका विरुद्ध प्रशस्त प्रमाण भेटेर पनि कार्पेटमुनि लुकाएका थिए । त्यसैले यो सिन्डिकेटभन्दा बाहिर निस्किएर आफ्नो वास्तविकता बाहिर ल्याउन समीक्षालाई निकै सकस भइरहेको थियो । नेपाल प्रेसले गत ५ कात्तिकमा समाचार प्रकाशित गरेपछि यो विषय पहिलोपटक बाहिर आएको हो ।

    शनिबार ‘रियल हिरो कि प्ले व्वाई’ शीर्षकको अर्को समाचार प्रकाशित भएपछि पल र उनको गोजीका पत्रकारबीच खैलाबैला मच्चिएको छ । समाचारलाई झूटो सावित गर्न उनीहरू जति लागिपरे पनि सत्य सत्य नै हुन्छ । हामी बिनाआधार-प्रमाणका काल्पनिक कथा छाप्ने ‘मनोरम कहानियाँ’ होइनौं । समाचार प्रकाशित भएपछि पलका थप दुई प्रेमिकाहरूबारे हामीलाई जानकारी प्राप्त भएको छ । यद्यपि, उनका प्रेमिकाहरू गनेर बस्नेभन्दा पनि ‘पल प्रवृत्ति’ लाई एक्सपोज गर्ने मात्रै हाम्रो ध्येय भएकाले धेरै खोजीनीति गरिएन ।

    अधिकारकर्मी ओझासँगको कुराकानीमा समीक्षाले पलबाट आफू अन्याय परेको भन्दै उनलाई सजाय दिन चाहेको स्पष्ट शब्दमा बताएकी छन् । न्यायका लागि लड्ने समझदारीका आधारमा समीक्षाले उक्त कुराकानी गरेकी थिइन् । तर, समीक्षाको पछिल्लो अन्तर्वार्ताले ओझा आश्चर्यमा परेकी छन् ।

    उनी भन्छिन्, ‘मैले समीक्षा बहिनीसँग कुरा गर्दा हिंसामा परेको महसुस गरेकी थिएँ । तर, दुई दिनपछि नै बयान फेरिनुमा उनलाई दबाब र प्रभावमा पारिएको हुनसक्छ । यस विषयमा महिला र मानवअधिकारमा काम गर्ने निकायहरूको ध्यान जानुपर्छ ।’

    (समीक्षाको आग्रहमा अडिओ हटाइएको छ । असुविधाका लागि क्षमाप्रार्थी छौं । )

  • गीतकार शान्तिराम भट्टराईको गीति एल्बम ‘भाग्य लेख्ने मसी’ सार्वजनिक

    गीतकार शान्तिराम भट्टराईको गीति एल्बम ‘भाग्य लेख्ने मसी’ सार्वजनिक

    काठमाडौं । गीतकार शान्तिराम भट्टराईको पहिलो सांगीतिक एल्बम ‘भाग्य लेख्ने मसी’ को सार्वजनिक भएको छ ।

    प्रजातन्त्र दिवसको अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा उक्त गीति एल्बम सार्वजनिक भएको हो । गीतकार संघका पूर्वअध्यक्ष वरिष्ठ गीतकार चुडामणि देवकोटा र वरिष्ठ संगीतकार शक्ति बल्लभले एल्बमको विमोचन गरेका हुन् ।

    उक्त एल्बममा पाँच गीत समावेश छन् । सबै गीतलाई भट्टराईले लेखेका हुन् भने संगीत संयोजन मनाेहर सुनाम र निरज श्रेष्ठकाे रहेकाेछ । संगीतकार शक्तिबल्लभ हुन् । शिशिर योगी, प्राश्ना शाक्य, सुमित खड्का, रुपक डोटेल, निशान भट्टराई आदिको सुमधुर आवाज छ । रेडियो कान्तिपुरको ‘सेलेव्रिटी आवर’ कार्यक्रममार्फत एल्बम विमोचन गरिएको हो ।

    उक्त एल्बममा भाग्य लेख्ने मसी, एैसेलुको बोट, आज मलाई यही माटोमा, अनायासै मेरा हात र पिपलको शितल छायाँले गरि पाँच सांगीतिक कोसेली समावेश छन् ।

  • ‘रियल हिरो’ कि प्ले-ब्वाई ?

    ‘रियल हिरो’ कि प्ले-ब्वाई ?

    काठमाडौं । सिनेमाको रंगीन दुनियाँमा ‘रिलेसनसीप’ लाई साह्रै हल्कारुपमा लिने गरिन्छ भन्ने धेरैले सोच्छन् । तर, त्यति हल्कारुपमा पनि लिइँदैन, जति नायक पल शाहले सोच्छन् ।

    भाइरल पत्रकार प्रकाश सुवेदीले केही परोपकारी काम गरेका पललाई ‘रियल हिरो’ को उपाधि भिराइदिएका थिए । यद्यपि फिल्मी सर्कलमा भने उनलाई धेरैले ‘प्ले–ब्वाई’ का रुपमा चिने गरेका छन् । किशोरी गायिका समिक्षा अधिकारीसँगको स्क्यान्डलपछि उनी निकै विवादित बने । उक्त स्क्यान्डलले अझै निकास नपाइरहँदा पलले अरु युवतीहरुसँग पनि विवाहको वाचा गरेर समानान्तर रिलेसनसीपमा बसेको प्रमाणहरु हामीले भेटेका छौं ।

    हुन त यो व्यक्तिगत जीवनको मामला हो । आममानिस भइदिएको भए चर्चाको विषय नै बन्थेन । तर, पल एक पब्लिक फिगर हुन् । चर्चित सेलिब्रिटी हुन् । युवायुवतीका आइडल पनि । त्यसैले उनको निजी जीवनका उतारचढावमा धेरैको चासो रहन्छ र ती मिडियाका विषयवस्तु पनि बन्न पुग्छन् । बाहिर ‘रियल हिरो’ को पगरीसमेत गुथेर हिँडिरहेका उनी भित्र कस्तो दूषित जीवन बाँचिरहेका छन् भन्ने पर्दाफास जरुरी भएको छ ।

    तपाईंलाई विश्वास गर्न कठिन होला, ‘रियल हिरो’ एकैसाथ कम्तिमा चारजना युवतीहरुसँग अफेयरमा थिए । यो पछिल्लो दुई वर्षभित्रको कुरा हो ।

    त्यसो त जुन फिल्म वा म्युजिक भिडियोमा काम गर्यो, त्यसकै महिला कलाकारसँग पलको नाम जोडिने गरेको छ । उनको बारेमा निकटस्थहरु भन्ने गर्छन्, नयाँ–नयाँ युवतीहरुसँग हिमचिम बढाउने र सम्वन्ध राख्ने लतमा परेका छन् उनी । विगतमा नायक भुवन केसी यस्तो मामलामा विवादित थिए । तर, पलले भुवनलाई धेरै पछाडि छोडिसकेको बताउने गरिन्छ ।

    कुनै बेला टेलिभिजनमा भिडियो एडिटरका रुपमा काम गर्ने पूर्णविक्रम शाह उर्फ पल शाह म्युजिक भिडियो हुँदै फिल्ममा आएका हुन् । भिडियोमा अत्यधिक सफलता पाएपश्चात ‘नाई नभन्नु ल’ सिरिजबाट उनले चलचित्रमा डेब्यू गरे । दोस्रो चलचित्र ‘सत्रु गते’ मा काम गर्दैगर्दा सो चलचित्रकी नायिका आँचल शर्मासँग पलको नाम जोडियो । उनीहरुको अफेयरको चर्चा मिडियामा छ्याप्छ्याप्ती बनेको थियो । यद्यपि, उनीहरुले आफूहरु सम्बन्धमा रहेको सार्वजनिकरुपमा स्वीकार गरेनन् । पछि आँचलले अर्कै युवकसँग विवाह गरी घरजम गरिसकेकी छन् ।

    आँचलसँग अलग भएसँगै पलको सम्बन्ध जोडियो अंकिता गुरुङसँग । उनी पहिले फ्यानको हिसाबले पलसँग नजिकिएकी थिइन् । फ्यान र स्टारको सम्बन्ध चाँडै ‘अफेयर’ मा बदलियो । दुई वर्षअघि नै अंकिताले पललाई आफ्नो परिवारसँग भेटाएर विवाहको निधो गराएकी थिइन् । पलले अंकिताको परिवारसँग आफूहरुबीचको प्रेम स्वीकार्दै विवाह गर्ने वाचा गरे । त्यो वाचामा अंकिता अहिले पनि ढुक्क छिन् । योबीचमा उनी अध्ययनका लागि केही समय विदेश बसिन् । अहिले नेपाल फर्किएकी छन् । पल र अंकिताबीच अफेयर जारी छ ।

    अंकितासँग सम्बन्धमा हुँदाहुँदै पल समिक्षासँग नजिकिए । समिक्षा पनि पहिल्यैबाट पलकी फ्यान थिइन् । करिब १० महिना अगाडि ‘सुर्ति माड्दै’ बोलको गीतको सुटिङका क्रममा उनीहरुबीच मित्रता भएको थियो । मित्रतालाई प्रेममा परिणत हुन समय लागेन । समिक्षा पलसँग छुट्नै नसक्ने गरी गहिरो प्रेममा डुबिन् ।

    यता, समिक्षासँगै पलले म्युजिक भिडियोकी एक मोडलसँग पनि हिमचिम बढाइरहेका थिए । यो थाहा पाएपछि समिक्षा र ती मोडलको झगडा परेको थियो । भिडियो सुटिङका लागि एउटा होटलमा सँगै बस्दा यो घटना भएको हो । आक्रोशमा आएर समिक्षाले आफ्नो हातसमेत काटेको र पछि त्यो घाउ छोप्न ट्याटु बनाएको अपुष्ट कुरा सुनिएको छ । समिक्षाको स्क्यान्डल बाहिरिएसँगै ती किशोरी मोडल पलसँग टाढा भइन् ।

    केही समयको निकटता पछि पल पनि समिक्षासँग टाढिने प्रयासमा लागे । फोन र म्यासेजको रेस्पोन्स नगर्ने र भेट्न पनि इन्कार गर्न थालेपछि समिक्षा निकै छट्पटाइन् । केही नलागेपछि पलविरुद्ध प्रहरीमा सप्रमाण उजुरी गर्ने र आफूसँग भएको फोटो/भिडियो सार्वजनिक गरिदिने चेतावनी उनले दिइन् । त्यसपछि पलले समिक्षासँग दुई वर्षपछि बिहे गर्ने गरी परिवारको रोहबरमा सम्झौता गरेका थिए ।

    समिक्षासँग पलको सम्बन्ध सामाजिक र कानूनीरुपमा समेत यसकारण गलत थियो कि समिक्षा उमेरले नाबालिग (हाल १७ वर्ष) नै छिन् । यदि समिक्षाले प्रमाणसहित प्रहरीमा उजुरी गरेको खण्डमा पललाई जेल जानबाट कसैले रोक्न सक्दैन । त्यसैले उनी समिक्षासँग प्रेम नभए पनि बिहेको सम्झौता गर्न वाध्य भएका थिए ।

    पलले समिक्षासँग दुई वर्षपछि विवाह गर्ने सहमति गरेको विषयमा नेपाल प्रेसले गत कात्तिक ५ गते खुलासा गरेको थियो । समाचार प्रकाशित भएपछि पलले खण्डन गरेका थिए भने समिक्षालाई पनि फकाएर खण्डन हाल्न लगाएका थिए । फेसबुकमा स्टाटस राख्दै दुवैले आफूहरुबीच प्रेम सम्बन्ध नरहेको दावी गरेका थिए ।

    तर, त्यसबेला लेखेको स्टाटस समिक्षाका घाँडो भयो । फलतः गत माघ ६ गते उनले पहिलेको स्टाटसमा लेखेका कुराहरु वास्तविकताभन्दा टाढा रहेको भन्दै अर्को स्टाटस लेखिन् । त्यसमा उनले चाँडै यथार्थ सार्वजनिक गर्ने घोषणा गरेकी थिइन् । समिक्षाले पललाई रियल हिरोको उपाधि भिराउने उनै भाइरल पत्रकार प्रकाश सुबेदीलाई अन्तरवार्ता दिएकी छन्, जुन आज प्रशारण हुँदैछ ।

    यथार्थ यही नै हो कि पल र समिक्षा अन्तरंग सम्बन्धमा थिए । तर, उनीहरु दुवैका लागि यो सम्बन्धका आयामहरु फरक भइदिए । समिक्षा पललाई दिलोज्यानले चाहन्थिन् र चाहन्छिन् । तर, पलको लागि यो फगत ‘टाइम पास’ थियो । क्षणिक मनोरञ्जनका लागि मात्र उनी समिक्षासँग नजिक भएका थिए ।

    सुरुमा समिक्षालाई पलले अंकितासँग पनि विवाहको वाचा गरेका छन् भन्ने मालुम थिएन । यसर्थ उनले पललाई सहजै विश्वास गरेकी थिइन् । पल–अंकिताको सम्बन्ध थाहा पाएपश्चात उनी विक्षिप्त बनिन् । डिप्रेसनकै अवस्थामा पुगेकी समिक्षाले केही समय गीत रेकर्डिङसमेत गर्न सकिनन् ।

    पछि समिक्षाले अंकितालाई समेत सम्पर्क गरेर पल र आफ्नो सम्बन्धबारे सुनाइन् । फेसबुक म्यासेञ्जरमा भएको कुराकानीमा समिक्षाको कुरा अंकिताले अपत्यार गरेको वा अपत्यारको अभिनय गरेको देखिन्छ । अंकिताले पल र समिक्षा दुवैलाई सँगै राखेर आफूले कुरा गर्ने आश्वासन दिएकी छन् । यद्यपि, पलले दुवैसँग एकैसाथ कुराकानी गर्न अस्वीकार गरे ।

    यता, समिक्षा र अंकितासँगै पल म्युजिक भिडियोकी मोडल कविता रायसँग पनि अफेयरमा थिए । कविता र पलको अफेयर पनि करिब एक वर्षअघि सुरु भएको हो । उनीहरुले केही म्युजिक भिडियोमा सँगै काम गरेका छन् ।

    कवितालाई पनि अंकिता र पलको सम्बन्धबारे सुरुमा थाहा थिएन । समिक्षाले जस्तै उनले पनि पललाई चरम विश्वास गरेकी थिइन् । पलसँग विवाहको सपना बुन्दै थिइन् उनी पनि ।

    कविताले ६ महिनाअगाडि किनेको कार प्राय: पलले नै चलाउने गर्थे । कविताले पललाई कार उपहार दिएको चर्चासमेत चलेको थियो । तर, पल र अंकिताको सम्बन्ध थाहा पाएपछि एक महिनादेखि कविता पलसँग टाढिएकी छिन् । पलकै अनुनयमा उनले अंकितालाई भेटेर आफूहरुबीच कुनैखाले सम्बन्ध नरहेको भनि स्पष्टीकरण दिन तयार भइन् । कविताले यति गरेपछि पलले केही दिनअघि कविताको गाडी फिर्ता गरिदिएका छन् ।

    सार्वजनिक रुपमा पलले कहिले पनि कसैसँग आफ्नो सम्बन्ध रहेको स्वीकारेका छैनन् । तर, हामीलाई एउटा अडियो प्राप्त भएको छ, जसमा पलले समिक्षा र अर्की युवतीसँग आफ्नो सम्बन्ध रहेको स्वीकार गरेका छन् । उक्त अडियोमा पल र समिक्षासँगै गायक दुर्गेश थापा, सरोज ओली लगायतका व्यक्तिहरुको आवाज सुनिएको छ । गत जेठतिरको हुनसक्ने यो कुराकानीमा दुर्गेश र सरोजले पल र समिक्षाबीच मध्यस्थता गर्न खोजेको देखिन्छ ।

    अडियोमा पलका भनाइ यस्ता छन्ः

    – पुलिस केस गर्यौ भने मलाई त मात्र होइन, तिमीलाई पनि नराम्रो हुन्छ । तिम्रो होल फेमिलीलाई नराम्रो हुन्छ । यो समस्याको भागीदार हामी दुवै हौं ।

    – हाम्रो खासमा भेटै नहुनुपर्ने रहेछ । उसले यति डिपली ट्रु लभ गर्दोरहेछ । तर मैले उसलाई कहिल्यै नराम्रो बोलेको छैन । तँ पनि भनेको छैन ।

    – विहे मात्र अप्सन हो त ? तिमी मसित बिहे गरेर खुशी हुन्छौ ? तिमी खुशी हुन्छौ होला म त हुन्न नि । मेरो अर्को (प्रेमिका) सित प्रोब्लम हुन्छ… उता पनि झगडा भइराखेको छ ।

    – हामी रिलेसनमा हुँदाखेरि तिमीलाई केही नराम्रो भएर प्रोब्लम भएको भए स्वीकार्ने भन्ने कुरा हुन्थ्यो । हामीले एकदम सल्लाहमा… दिमाग नबिगांरिन… मेरो गल्ति छ भने सरी भन्छु.. जिन्दगीभरि हामी सँगै हुन्छौं । तिमीले मलाई माया गर्छौं भने ठिक छ । तर, बिहे मात्रै त अप्सन नहोला नि ।

    समिक्षा भन्छिन् – म तपाईंलाई साँचो माया गर्छु । मैले तपाईंलाई सोधेको हो, यदि तपाईंको अर्को गर्लफ्रेन्ड छ भने रिलेसनमा नबसौं भनेर । अहिले आएर यस्तो कुरा भन्न मिल्छ ?

    दुर्गेश र सरोजले पनि निर्णय लिन दबाव दिन्छन् ।

    त्यसपछि पल भन्छन्– यसमा डिसिजन लिनुपर्ने के छ र ? यदि उनी प्रेग्नेन्ट भएको भए समस्या हुन्थ्यो, बच्चा भएको भए स्वीकार्ने कि नस्वीकार्ने भन्ने कुरा आउँथ्यो । गर्लफ्रेन्ड–व्वाइफ्रेन्डबीच अन्डरस्टयान्डिङमा केही भयो होला.. यति सेफ हिसाबले हुँदा पनि लास्टमा बिहे नै गर्नुपर्छ भन्न मिल्दैन । हामी जिन्दगीभरि सँगै हुन्छौं । म सँधै तिमीसँग बोल्छु, रिप्लाई गर्छु भइहाल्यो नि ।

    समिक्षा भन्छिन्– तर, यो सानो गल्ति होइन नि त । ठूलो कुरा हो मेरो लागि ।

    पल जवाफ दिन्छन्– मैले मात्रै गरेको होइन नि त गल्ति ।

    अन्त्यमा समिक्षालाई बेवास्ता नगर्ने र विगतको सम्झौतामा कायम रहने समझदारीमा उक्त छलफल टुंगेको थियो । तर, पलले फेरि पनि समिक्षालाई पन्छाउन खोजिरहेपछि समिक्षा विक्षिप्त बनेकी छन् । करिब एक महिनाअगाडि उनले प्रहरीमा उजुरीको तयारी गरिन् । यसका लागि पोखरा पुगेर एक वकिललाई उजुरी समेत लेखाइसकेकी थिइन् ।

    आफूसँग भएका प्रमाणसहित उनले उजुरी गर्न आँटेको सुईंको पाएपछि पल केही कलाकार र पत्रकारलाई लिएर पोखरा पुगे । त्यहाँ भएको कुराकानीमा पनि फेरि पहिलेकै जस्तो सहमति भयो । तर, निकटस्थहरुको भनाइमा पलले समिक्षासँग विवाह गर्ने सम्भावना एक प्रतिशत पनि छैन ।

    प्रेम वास्तवमै अजिव चिज हो । पलको सबै वास्तविकता थाहा पाइसक्दा पनि समिक्षाको आँखा उघ्रेको छैन । अहिले पनि उनी पललाई पाउन सके संसारै जित्थेँ जसरी मरिहत्ते गरिरहेकी छन् । कलिलो उमेरमै लोभलाग्दो उडान भरिरहेको समिक्षाको करिअरलाई अपरिपक्व प्रेमले गञ्जागोल पार्ने त होइन भन्ने चिन्ता पैदा भएको छ ।

    निकटस्थहरु पल शाहलाई परोपकारी भावना भएका र असाध्यै मिहिनेति कलाकारको रुपमा चित्रित गर्छन् । उनले चलचित्र र म्युजिक भिडियोबाट राम्रै नाम र दाम कमाइरहेका छन् । तर, अति भएपछि खति हुन्छ भनिन्छ । आफ्नो स्टारडम र क्रेजको दुरुपयोग गरेर अरुका छोरीचेली बिगार्दै हिँड्दा पल आगामी दिनमा गम्भीर समस्यामा फस्न सक्ने र करिअरको जहाज डुब्न सक्ने चिन्ता उनका हितचिन्तकहरुको छ ।

    -यस कथामा उल्लेखित विवरण पुष्टि हुने अडियाे तथा अन्य प्रमाण हामीसँग सुरक्षित छन् ।

    (चर्चित सेलिब्रिटीसँग अफेयरमा रहेका व्यक्तिको नाम/तस्वीर सार्वजनिक हुनु राष्ट्रिय-अन्तर्राष्ट्रिय पत्रकारितामा सामान्य नै मानिन्छ । यद्यपि, हामीसँग पल शाहकी एक प्रेमिकाले आफू एक आम व्यक्ति भएको भन्दै तस्वीर र नाम प्रयोग नगर्न आग्रह गरेकाले यो समाचारमा उनको नाम परिवर्तन गरी तस्वीरसमेत हटाएका छौं ।)

     

  • फिल्म साउथ एसियामा छानिए ९ नेपाली फिल्म, अप्रिल २१-२४ सम्म फेस्टिभल काठमाडौंमा हुँदै

    फिल्म साउथ एसियामा छानिए ९ नेपाली फिल्म, अप्रिल २१-२४ सम्म फेस्टिभल काठमाडौंमा हुँदै

    काठमाडौं । फिल्म साउथ एसियाको १३ औं संस्करण आगामी अप्रिल २१ देखि २४ अप्रिलसम्म काठमाडौंमा आयोजना हुने भएको छ ।

    ५५ वटाले मुख्य र विद्यार्थी खण्डमा ९ फिल्मले प्रतिस्पर्धा गर्ने शनिबार सार्वजनिक लाइनअपमा उल्लेख छ । प्राप्त तीनहजार आवेदन मध्येबाट ती फिल्म छनौट गरिएको जनाइएको छ ।

    नेपालबाट ८ फिल्म मुख्य विधामा छानिएका छन् । जसमा ग्रीष्मा गिरी निर्देशित ‘ब्लूज अफ पिंक’, गणेश पाण्डे निर्देशित ‘को-हजबेन्ड’, सिकुमा राई निर्देशित ‘कम ओभर फर अ ड्रींक कान्छी’, विष्णु कल्पित निर्देशित ‘गड्ज बफेलो’, विशाल रोका मगरको ‘गोर्खा गर्ल’ छानिएका छन् ।

    साथै, विभूषण बस्नेत र पूजा गुरुङ निर्देशित ‘द बिग हेडेड ब्वाइ, सामन्स एन्ड सामुरिज’, अनिल बुढा मगरको ‘द आइरन डिगर’, प्रणय लिम्बुको ‘उर्मी’ छनौट भएका छन् ।

    विद्यार्थी खण्डतर्फ प्रदीप ढकालको ‘गाइने’ छानिएको छ ।

  • अमेरिकी सहर एक्रोनमा पौडेलले थाले ‘रबर सिटी’ छायांकन

    अमेरिकी सहर एक्रोनमा पौडेलले थाले ‘रबर सिटी’ छायांकन

    काठमाडौं । नेपालको भुटानी शरणार्थी शिविरमा रहँदा नाचगान गर्दै हुर्किएको दिनहरु निर्पाङ घलेको मानस्पटलमा अझै ताजा छन् । जन्मथलो भुटानभन्दा टाढा नेपालमा छँदा उनले समुदायको लागि नाटक देखाए अनि त्यसमै इन्जोय महसुस गरे ।

    तर, सन् २०१२ मा अमेरिका पुगेपछि सबथोक रोकियो ।

    ‘मेरो हृदयभित्र अहिले पनि अभिनय छ’ उनी भन्छन्, ‘तर, जहिलेदेखि म यहाँ आएँ, त्यसबेलादेखि बाँच्नको लागि दुःख गरिरहेको छु ।’

    फिल्मको पर्दामा कुनैदिन प्रस्तुत हुनेछु भनेर घलेले कहिल्यै सोचेनन् । तर, यो महिनादेखि उनी अन्य साथीहरुसँगै एक्रोन सहरमा आएपछि बाँच्नको लागि आफ्नो पुस्ताको भुटानी शरणार्थीले गर्नुपरेको संघर्षमा आधारित फिल्ममा चित्रण हुँदैछन् ।

    फेव्रुअरी १५, मंगलबारदेखि एक्रोनमा ‘रबर सिटी’ छायांकन सुरु भएको छ जसलाई विनोद पौडेल निर्देशन गरिरहेका छन् । घलेजस्ता एक्रोनमा बसोबास गर्दै आएका आप्रवासीसँगको भलाकुसारी र अनुसन्धानपछि विनोदले फिल्म छायांकन थालेका हुन् ।

    अमेरिकामा पुनर्वासमा पुगेका भुटानी शरणार्थीबारे लेखिएको आलेख पढेपछि फिल्म लेख्न सुरु गर्दा विनोदले एक्रोनका भुटानी शरणार्थीको पीडालाई नजिकबाट महसुस गरे ।

    ‘म छक्क परेको थिएँ । मैले अमेरिकालाई सँधै एउटा विकसित मुलुकको रुपमा मात्र हेरेँ’ विनोद भन्छन्, ‘मैले सोचेँ कि तपाईँले देखेको सपनाका सबै कुरा अमेरिकामा छ । तर, म यसबारे थप जान्न चाहन्थेँ ।’

    सन् २०१९ मा ‘बुलबुल’ लेख्दादेखि नै विनोद अमेरिकास्थित आफ्नो नेटवर्कसँग सम्पर्कमा थिए । ठूलो संख्यामा भुटानी शरणार्थीलाई आश्रय दिएको अमेरिकी सहर एक्रोनको महिनौं लामो अध्ययनपछि उनी फिल्म बनाउने निधोमा पुगेका थिए ।

    उनी पहिलोपटक एक चिसोयाममा एक्रोन पुगेका थिए जहाँ उनले बन्द गरिएका कारखाना र हिउँले ढाकिएका र खाली गराइएका स्टोर रुमहरु अवलोकन गरे ।

    फिल्म रबर सिटीले एक्रोन सहरमा बसोबास गर्दै आइरहेको भुटानी शरणार्थीको तीन पुस्ताको कथा भन्छ । फिल्म आख्यानात्मक भएपनि राम्रोसँग अध्ययन गरेर कथावस्तु लेखिएको निर्देशक पौडेल बताउँछन् ।

    पौडेलले फिल्ममा एक्रोनमै बसोबास गर्ने स्थानीय कलाकार र प्राविधिकलाई लिएका छन् । सन् २०१६ मा नर्थहिलबाट एक्रोनमा आइपुगेकी शरणार्थी शान्ता गजमेर पनि फिल्ममा जोडिन उत्साहित छिन् ।

    आगामी मार्चमा छायांकन सक्ने लक्ष्य छ । छायांकनपछि केही अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा भाग लिने विनोदको योजना छ । ‘यो मेरो लागि स्वप्न प्रोजेक्ट हो’ विनोद भन्छन्, ‘म यहाँका मानिसलाई संस्कृतिको कथा बाँड्न चाहन्छु । सिनेमा त्यो भन्ने शक्तिशाली माध्यम हो ।’

     

  • रामजीले ल्याए ‘हनिमुन’ : सुहागरातमा पति-पत्नीबीच हुने मनमुटावको कथा (भिडिओ)

    रामजीले ल्याए ‘हनिमुन’ : सुहागरातमा पति-पत्नीबीच हुने मनमुटावको कथा (भिडिओ)

    काठमाडौँ । संचारकर्मी समेत रहेका रामजी ज्ञवालीको लेखन तथा निर्देशनमा निर्माण भएको छोटो फिल्म ‘हनिमुन’ इन्टरनेट रिलिज भएको छ । १७ मिनेट छोटो फिल्मले हनिमुनमा पति-पत्नीबीच हुने असमझदारी र द्वन्द्वको कथा पेश गर्छ ।

    बिहे गर्न केटा र केटी सहमत हुँदै गर्दा पार्टनरको अतितलाई स्वीकार नगर्दा यसले दाम्पत्य जीवनमा ल्याउने तनाव र अमसझदारी यसको मुख्य कथावस्तु हो । निर्देशक ज्ञवालीले नेपाली समाजमा बिहेलाई लिएर व्याप्त समस्या र रिलेसनसिप उतारचढावलाई यो फिल्ममार्फत प्रस्तुत गरेका छन् ।

    फिल्ममा विशाल कटवाल र प्रतिभा केसीको मुख्य भूमिकामा छन् । निर्देशक ज्ञवालीले जन्मदिन छेकोमा यो फिल्मलाई इन्टरनेट लन्च गरेका हुन् । यसअघि उनले डार्क मुन, एक लभर, लकडाउन लगायतका छोटा फिल्म समेत निर्माण गरेका छन् ।

    फिल्म ‘हनिमुन’मा विजय अर्यालको आवाज, बिशाल निरौलाको संगीत, योगेश काजीको ब्याकग्राउन्ड स्कोर तथा मिक्सिङ, राजेन्द्र मोक्तानको कलरग्र्रेडिङ, शाहिल खान र मिलन श्रेष्ठको सम्पादन छ । फिल्मलाई संकल्प भुजेलले खिचेका हुन् ।

    काठमाडौंको नक्सालस्थित लिसरा रिसेप्सनमा आयोजित कार्यक्रममा फिल्म रिलिज गरिएको हो । युट्युवदेखि सार्वजनिक कार्यक्रमसम्म यो फिल्मलार्ई दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् भने कतिपयले नेपाली समाजको वास्तविकतालाई उजागर गरेको भन्दै निर्देशक ज्ञवालीलाई बधाई समेत दिएका छन् ।

    https://www.youtube.com/watch?v=U5dOupozplM&t=5s

  • बागमती सफाइ र वृक्षारोपणमा जुटे पल र पूजा (भिडिओ)

    बागमती सफाइ र वृक्षारोपणमा जुटे पल र पूजा (भिडिओ)

    काठमाडौं । फागुन १३ गतेदेखि रिलिज हुने फिल्म ‘म यस्तो गीत गाउँछु २’लाई लिएर नायक पल शाह र नायिका पूजा शर्माको व्यस्तता बढ्दो छ । उनीहरुले प्रचारप्रसारलाई तीव्र तुल्याएका छन् ।

    फिल्मको व्यवसायिक प्रवद्र्धनसहित सामाजिक कार्यमा पनि उनीहरु सक्रिय भएका छन् । शनिबार राजधानीको शंखमूल दोभानमा पुगेर उनीहरुले बागमती सरसफाइ अभियानमा भाग लिए र नदी तटमा वृक्षारोपण समेत गरे ।

    आफूले रोपेको कपुरको वृक्षलाई पूजाले ‘छायाँ’ नाम दिइन् । यतिबेला बागमती सफाइ महाअभियानको ४५८ साता चलिरहेको छ । बागमती किनारमा संचारकर्मीसँग कुरा गर्दै पल र पूजाले बिहेदेखि फिल्मसम्मको गफ गरे ।

    अभियन्तालाई हौसला दिन आफूहरु बागमती सफाइमा आएको पलले बताए । सातामा दुई घण्टा सामाजिक कार्यमा खट्न उनले दर्शकलाई आग्रह समेत गरे । यसअघि बागमती किनारमा आफूले रोपेका बोटलाई बाढीले बगाएको स्मरण गर्दै ती रुखलाई अन्यत्र स्थानमा पुनः रोपिने बताए ।

    २० दिनको लागि म्युजिक भिडिओ सुटिङ र रिलिज रोकेको बताउँदै उनले पूजाको बिहे फागुन १३ गते हुने भन्दै ठ्टटा समेत गरे । ‘म यस्तो गीत गाउँछु २’को प्रवद्र्धनको लागि पल र पूजाले आइतबारदेखि मोफसल दौडाहा थाल्ने भएका छन् । आइतबार पोखरा पुगेर कार्यक्रम गर्ने उनीहरुको तयारी छ ।