Category: कलाप्रेस

  • नीताको ‘ह्रश्व दिर्घ’मा निर्देशक चन्द्र पन्त फाइनल, बलिउड कलाकार खेलाउने दावी

    नीताको ‘ह्रश्व दिर्घ’मा निर्देशक चन्द्र पन्त फाइनल, बलिउड कलाकार खेलाउने दावी

    काठमाडौं । नायिका नीता ढुंगानाले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्व दिर्घ’ को निर्देशकमा चन्द्र पन्तलाई अनुवन्धित गरिएको छ । यसअघि निर्देशन पनि नीता आफैंले गर्ने चर्चा थियो ।

    पन्तलाई आजै नीताले निर्देशकका रुपमा साइन गराएकी हुन् । चलचित्रमा आफ्नो निर्माणसँगै अभिनय पनि हुने भएकाले निर्देशनको चाहनालाई भने उनले थाँति राखेकी छन् । यो चलचित्रमा उनी प्रेमी हरिहर अधिकारीको जोडी भएर अभिनय गर्दैछिन् ।

    ह्रस्व दिर्घ हिन्दी भाषामा पनि बनाउने तथा भारतको बनारसदेखि युरोपसम्म पुगेर सुटिङ गर्ने बताइएको छ । चलचित्रमा बलिउड कलाकारसमेत खेलाइने निर्माण पक्षको दावी छ ।

    बलिउडको ठूलो प्रोडक्सन हाउससँग सहकार्यका लागि प्रक्रिया चलिहरेको निर्माण स्रोतले बतायो । चलचित्रलाई भारतीय ओटीटी प्लेटफर्ममा पनि रिलिज गर्ने भनिएको छ ।

    यो चलचित्र ६ देखि ८ करोड रुपैयाँको भिषण लागतमा बन्न लागेको हो ।

    ८५ दिनसम्मको सुटिङ सेड्यूल हुने र भारतीय कम्पनीबाट धेरै प्राविधिकहरु ल्याइने पनि बताइएको छ ।

  • दिपक मनाङेको फिल्म ‘दुई नम्बरी’ बाट वर्षा बाहिरिइन्, उपासना भित्रिइन्

    दिपक मनाङेको फिल्म ‘दुई नम्बरी’ बाट वर्षा बाहिरिइन्, उपासना भित्रिइन्

    काठमाडौं । दिपेन्द्र लामा निर्देशित फिल्म ‘दुई नम्बरी’ बाट वर्षा राउत बाहिरिएपछि नयाँ नायिकाको रुपमा उपासना सिंह ठकुरीलाई फाइनल गरिएको छ । वर्षाले व्यस्तताको कारण देखाउँदै सो चलचित्रबाट अलग भएकी थिइन् ।

    चलचित्रको प्रस्तुतकर्ता किरण नेपालले वर्षाको स्थानमा उपासनालाई अनुवन्धित गरिएको पुष्टी गरे । चलचित्रको छायांकन १५ चैतबाट हुने उनले जानकारी दिए ।

    यस चलचित्रमा पल शाहको मूख्य भूमिका रहने भनिएको थियो । तर, पल पक्राउ परेपछि उनको स्थानमा सौगात मल्ललाई राखिएको छ । पललाई रिप्लेस गर्ने निर्माण पक्षको निर्णयसँगै वर्षाले पनि सो चलचित्र नखेल्ने निर्णय लिएकी थिइन् ।

    ‘दुई नम्बरी’ का एक निर्मातामा गण्डकी प्रदेशका खेलकुदमन्त्री दिपक मनाङे पनि रहेका छन् । फिल्ममा दयाहाङ राई र भुटानी अभिनेत्री उगेन छोदेनको पनि महत्वपूर्ण भूमिका छ ।

  • ‘मुस्लिमविरोधि’ फिल्म ‘कश्मिर फाइल्स’ को प्रशंसा गर्दै आमिर खानले भने : हरेक भारतीयले हेर्नुपर्छ

    ‘मुस्लिमविरोधि’ फिल्म ‘कश्मिर फाइल्स’ को प्रशंसा गर्दै आमिर खानले भने : हरेक भारतीयले हेर्नुपर्छ

    काठमाडौं । इतिहासलाई तोडमोड गर्दै मुस्लिमलाई भड्काएको भनेर भारतमा चरम विवादित बनिरहेको फिल्म हो, कश्मिर फाइल्स । हिन्दूवादी सत्तारुढ दल भारतीय जनता पार्टीले समर्थन गरेको फिल्मले व्यापारिक रुपमा भने उच्च सफलता पाइरहेको छ ।

    यो फिल्मलाई स्वतन्त्र समिक्षकहरुले पनि ‘मुस्लिम विरोधी’ मानेका छन् र मुस्लिम समुदायले फिल्मको विषयवस्तुलाई लिएर आपत्ति जनाइरहेको छ । तर, यही माहोलमा एक मुस्लिम अभिनेताले भने कश्मिर फाइल्सको प्रशंसा गरेका छन् । यो फिल्म हरेक हिन्दूस्तानीले हेर्नुपर्ने उनले बताए ।

    आज आयोजित एक प्रेसमिटमा आमिरलाई यस फिल्मको विषयमा प्रतिक्रिया मागिएको थियो । आमिरले सबैलाई आश्चर्यमा पार्दै फिल्मको खुलेर प्रशंसा गरेका हुन् । उनले यो फिल्म आफूले पनि हेर्ने बताए ।

    आमिरले भने, ‘कश्मिर फाइल्स म अवश्य हेर्ने छु । यो इतिहासको यस्तो हिस्सा हो, जसले हाम्रो दिल दुख्छ । कश्मिरका पण्डितहरुलाई जे भएको थियो, त्यो दुखद थियो । यस्तो विषयमा फिल्म बनेको छ, जुन हरेक हिन्दूस्तानीले हेर्नुपर्छ । हरेकले सम्झिनुपर्छ कि एउटा मानिसमा अत्याचार भयो भने के हुन्छ । यो फिल्म बनेको छ, जसले विश्वभरका मानिसको मन छोएको छ, जसले मानवतामा विश्वास गर्छन् । त्यसैले म यो फिल्म हेर्नेुछ ।’

    उनले फिल्मले व्यापारिक सफलता पाएकोमा आफूलाई निकै खुशी लागेको समेत बताउन भ्याए ।

  • पत्रकार जीवन पराजुलीले ल्याए चलचित्रसम्बन्धी पुस्तक ‘क्लोज–अप’

    पत्रकार जीवन पराजुलीले ल्याए चलचित्रसम्बन्धी पुस्तक ‘क्लोज–अप’

    काठमाडौं । चलचित्र पत्रकार जीवन पराजुली गैर आख्यान पुस्तक ‘क्लोज–अप’ लिएर पाठकमाझ आएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उक्त पुस्तक सार्वजनिक गरिएको थियो ।

    पुस्तकलाई अभिनेत्री करिश्मा मानन्धर, निर्देशक तथा अभिनेत्रीद्वय दीपाश्री निरौला र झरना थापा, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, निर्देशक नारायण पुरी, कवि एवं फिल्म निर्देशक राजेन्द्र शलभ लगायतले संयुक्त रूपमा विमोचन गरेका हुन् ।

    फिल्म निर्देशक तथा समीक्षक दीपेन्द्र लामाले सम्पादन गरेको पुस्तक ३ सय ६३ पृष्ठको छ । ‘अनि सुरु भयो नेपाली चलचित्र उद्योग’, ‘राजेश हमालः युगदेखि युगसम्म’, ‘भारतबाट नेपाली चलचित्र: सिमानाले अलग, भाषा र सिर्जनाले एक’, ‘साँघुरो छ आधा आकाश’, ‘चलचित्र निर्देशनमा चौथौँ अंग’ र ‘अन्त्यमा’ गरी ६ खण्डमा विभाजित पुस्तकमा विभिन्न कालखण्ड र ती कालखण्डका चलचित्रकर्मीहरूको अनुभव, भोगाई र संघर्षलाई समेटिएको छ ।

    कार्यक्रममा निर्देशक राजेन्द्र शलभले पुस्तकमाथि टिप्पणी गरेका थिए । उनले ‘क्लोज–अप’ एउटा राम्रो दस्ताबेज भएको बताउँदै नेपाली चलचित्रलाई नजिकबाट जान्न र बुझ्न चाहनेहरूका लागि उपयोगी हुने धारणा राखे ।

    उनले पुस्तकको अर्को भाग पनि आउन आवश्यक रहेको र छुटेका अन्य पात्रहरूका अनुभवलाई समेट्न लेखकलाई सुझाएका छन् ।

    कार्यक्रममा अभिनेत्री करिश्मा मानन्धरले डिजिटल युगमा धेरै कुराहरू इन्टरनेटबाट थाहा पाउन सकिने भए पनि किताबमा जस्तो विश्वास आफूलाई अरुवा नलाग्ने बताइन् ।

    ‘किताबको आफ्नै महत्त्व छ । आजका दिनमा पनि म विश्व सिनेमाको बारेमा जान्न किताब नै खोज्ने गर्छु । किनकि, किताबमा म वास्तविकता भेट्छु । ‘क्लोज–अप’ले पनि नेपाली चलचित्रलाई थप नजिकबाट चिनाउनेछ भन्नेमा विश्वस्त छु,’ उनले भनिन् ।

    कार्यक्रममा लेखक पराजुलीले पुस्तकमा धेरै पाटो र पात्रहरू समेटिन छुटेको भए पनि चलचित्रको इतिहास झल्किने घटना र सम्बन्धित पात्रका व्यक्तित्वलाई समेट अरू पुस्तकहरू पनि क्रमशः लेख्दै जाने बताए ।

    उनले भने, ‘मैले लेखनको एउटा तिर्खा मेटाउन चलचित्र क्षेत्रको केही अंशलाई मात्रै टिपेर पुस्तकको आकार दिएको छु । यो एउटा सुरुवात मात्र हो । त्यस्ता धेरै व्यक्तित्वहरू हुनुहुन्छ, जसले नेपाली चलचित्रलाई आजको स्थानसम्म पुर्‍याउन योगदान दिनुभएको छ । उहाँहरूका बारेमा लेख्न बाँकी नै छन् ।’

    ठुलोपर्दा मिडियाले प्रकाशन गरेको पुस्तकलाई किताब यात्राले अनलाइन बजार व्यवस्थापन गरेको छ ।

    युरोपका विभिन्न देशहरू र थाइल्यान्ड, भारत, दक्षिण कोरिया, अस्ट्रेलिया लगायतका देशहरूमा पनि सार्वजनिक गर्ने तयारी गरिएको कार्यक्रममा बताइयो ।

  • ‘चिसो एस्ट्रे’ मा निभेका-ननिभेका ठुटाहरू

    ‘चिसो एस्ट्रे’ मा निभेका-ननिभेका ठुटाहरू

    काठमाडौं । सहर चिसो छ कि न्यानो ? तापमान नाप्ने काम त मौसमविद्को भयो । तर, सहरमा फ्रजाइल भएका मानवीयता, सम्बन्ध र सपना त पक्कै न्याना छैनन् । डी–फ्रिज जस्तो सहरमा मानिसहरू पक्कै ताता छैनन् । सयौँको भिडमा हिँडेर पनि एक्लो भइरहेकाहरू पक्कै बाफिला छैनन् ।

    दिनेश पाल्पालीले यही चिसो सहरको चिसो कथाका ठुटाहरूलाई ‘चिसो एस्ट्रे’ मा निभाउन खोजेका छन् । केही ठुटाहरू एस्ट्रेमै निभेका छन् । केही ठुटाहरू औँलोले किचिमिची पार्दा पनि निभेका छैनन्, धुवाँ पुत्पुताइरहेका छन् । केही ठुटाहरू एस्ट्रेको परिधिभन्दा निक्कै पर निभेका छन् । केही ठुटाहरू ‘चिसो एस्ट्रे’ भन्दा निकै परको भुइँमा खुट्टोले किचिमिची पार्दा पनि निभिसकेका छैनन् ।

    यस्तै ‘ठुटा’ हरूको कथा बोकेर आएका छन् पाल्पाली ।

    चुरोटको अम्मलीलाई थाहा हुन्छ, ठुटाहरूको उपदेयता । आधा मात्रै सल्किएर निभेका ठुटाहरू पुनः सल्काएर खानुपर्ने स्थितिमा पनि पुग्छन् अम्मलीहरू । मध्यराति ब्युँझिदा चुरोटको तलतल लागेपछि त्यही ठुटो सल्काएर लामो सर्को तान्छन् र पुनः निदाउँछन् ।

    ‘चिसो एस्ट्रे’का पात्रहरू यस्तै ठुटाहरू हुन् । कुनै स्पष्ट उद्देश्य छैन सल्किनुको । कुनै स्पष्ट गन्तव्य छैन । अस्पष्ट मन्जिलको खोजीमा भड्किएका छन् । पात्रहरू ब्लर जिन्दगी बाँचिरहेका छन् ।

    फिल्ममा कथा छैन र छ पनि । फिल्ममा कथा छ र छैन पनि । कथाभन्दा निकै पर पाल्पालीले फिल्मको प्रस्तुतिलाई पृथक बनाउन भूमिका खेलेका छन् । उनले जसरी पात्रहरूलाई प्रस्तुत गरेका छन्, जसरी फिल्मलाई अगाडि बढाएका छन्, त्यहाँ गुनासो गर्ने ठाउँ नै दिएका छैनन् । प्रत्येक सट र सिनको आफ्नै महत्व रहेको छ ।

    ब्राउन सुगरको ट्रिपमा मजा छैन । चुरोट र गाँजाको पफमा मजा छैन । वियरको चुस्कीमा कुनै आनन्द छैन । र, पनि सबै चिज लिइरहेका/पिइरहेका छन् ।

    ‘चिसो एस्ट्रेमा जो आउँछन्, मुटुभरि आगो, ओंठभरि ज्वाला बोकेर आउँछन् । चिसो एस्ट्रेमा जो बस्छन्, हत्केलाभरि खरानी र आँखाभरि धुवाँ बोकेर बस्छन् । र, ‘चिसो एस्ट्रेबाट जो जान्छन्, पोल्टाभरि निभेका विश्वास र ठुटा सपनाहरू सोहोरेर जान्छन् ।’

    कवि भूपी शेरचनले ‘काठमाडौं खाल्डो’ लाई ‘एस्ट्रे’ को मेटाफरमा कुँदेको यो कविता आफैंमा काफी छ, यो जगजगी बलिरहेजस्तो देखिने, तर भित्रभित्रै निभिरहेको सहर नियाल्न ।

    भूपीले त्यो समयमा देखेको चिसो सहर र अहिलेकोमा कुनै बदलाव छैन । सहर उस्तै छ । भौतिक संरचना बदलिएका छन् । पात्रहरू बदलिएका छन् । पात्रहरूले बाँच्ने जीवनशैली बदलिएका छन् । तर, सहर उस्तै चिसो छ, जसरी भूपीले ‘चिसो एस्ट्रे’ मा उनेका थिए सहरको चिसोलाई ।

    यही बदलिएको संरचना, बदलिएका पात्र र बदलिएको जीवनशैलीलाई पाल्पालीले कलात्मक तवरले फिल्ममा उनेका छन् । मदनको भूमिकामा रहेका दिव्य देवले आफूलाई फिट राखेका छन् । पाल्पालीले जस्ता फ्रेम र सटहरूमा उसलाई राखे, ती ठाउँमा गज्जबले उभिएका छन् । अग्ला दिव्य देवको अग्लो अभिनयले दर्शकलाई खिचिरहन्छ । पुतलीहरूसँग रुखतिर टाँस्सिएको बेला होस् या वियरको बोतलहरूसँग गिलासभित्र पसेको वेला होस्, उसले खिचिरहन्छ ।

    मदनसँगै आइरहने शालीनताको भूमिकामा रहेकी सृष्टि श्रेष्ठ स्वयं पुतलीझैं छिन् । उनको आफ्नै दुनियाँ छ, मदनले उसलाई पर्दासम्म ल्याउँछ । पर्दामा आउँछिन्, आफ्नो अभियानबारे बताउँछिन् र जान्छिन् । पर्दामा आउँछिन्, पेरिसमा पढेको बताउँछिन् र जान्छिन् । मदनका साथीहरूले गरेको दुर्व्यवहारमा पनि चुप बस्छिन् । बरु त्यहाँबाट अलप हुन्छिन् । कसैसँग सवाल-जवाफको ध्येय नराखेकी शालीनता आफ्नै व्यवहार र बुझाइहरूको गुहराममा फसेकी पात्र हुन् ।

    चर्चित गायक हुने, ठूल्ठूला कन्सर्ट गर्ने चाहनाले थिचिएका रोनी (निकुन श्रेष्ठ) भूपी गल्ली र डाउनलोड गल्लीका मसिना घरका चेपहरूमा दौडेरै सकिएका छन् । अन्तसम्म पनि त्यो दौड सकिएको छैन । सपनालाई एकातिर थन्काएर गल्लीतिर बरालिएका रोनीको सपना पूरा गर्ने प्रयासमा जहिल्यै झिँजो आइपुग्छ । त्यतै कतै अलमिलिन्छन् । रोनीको भूमिकाले भन्छ,- सपना देखेर मात्रै हुँदैन, सपना पूरा गर्न प्रयास गरेर मात्रै हुँदैन, त्यसलाई पूरा गर्न हिँडेको बाटो पनि सही हुनुपर्छ । तर, सपनाप्रतिको त के आफैंप्रतिको बुझाइहरू गलत भएमा रोनी भइन्छ ।

    ‘चिसो एस्ट्रेमा जो आउँछन्, मुटुभरि आगो, ओंठभरि ज्वाला बोकेर आउँछन् । चिसो एस्ट्रेमा जो बस्छन्, हत्केलाभरि खरानी र आँखाभरि धुवाँ बोकेर बस्छन् । र, ‘चिसो एस्ट्रेबाट जो जान्छन्, पोल्टाभरि निभेका विश्वास र ठुटा सपनाहरू सोहोरेर जान्छन् ।’

    ज्याकी (नवीन लम्साल)सँग उस्तो सपना छैन, ज्यान बनाउनु छ । बनाएको ज्यानलाई काम लगाउनु छ । झगडा गर्दा बाहेक त्यो ज्यान कुनै बडी बिल्डिङको प्रतिस्पर्धामा काम लाग्ने खालको छैन ।

    बिक्की भेजा (सुुशीलराज पाण्डे)को चरीत्र आकर्षक छ । कम बोल्छन्, तर चाहिँदो बोल्छन् । उनको ङिच्च हाँस्ने, बिनाकाम बरालिने, नाकको प्वाल भरिने गरी चुरोटको धुवाँ फाल्ने चरीत्रले खिच्छ । बीचबीचमा आइपुग्ने रविन तामाङ पनि आकर्षक छन् ।

    फिल्ममा कथा छैन र छ पनि । फिल्ममा कथा छ र छैन पनि । कथाभन्दा निकै पर पाल्पालीले फिल्मको प्रस्तुतिलाई पृथक बनाउन भूमिका खेलेका छन् । उनले जसरी पात्रहरूलाई प्रस्तुत गरेका छन्, जसरी फिल्मलाई अगाडि बढाएका छन्, त्यहाँ गुनासो गर्ने ठाउँ नै दिएका छैनन् । प्रत्येक सट र सिनको आफ्नै महत्व रहेको छ । पात्रले लाउने कपडाको औचित्य र अर्थहरूमाथि खेलेका छन् । चाहे मदनले लगाउने ज्याकीको ज्याकेट होस् या पुतलीहरूको भीडमा पुग्दा उसैले लगाउने सेतो कमिज, प्रत्येक कस्ट्युमले आफ्नै रङ र डिजाइनको अर्थ खोजेका छन् ।

    पाल्पालीले खोजेको र चाहेको दृश्य अनि त्यसको सम्पादनमा सिनेम्याटोग्राफर उज्वल बस्ताकोटी र सम्पादक उज्वल ढकालको भूमिका थिएन भने अधुरै रहने थियो । साथमा ब्याकग्राउण्ड स्कोरले घरी यूरोप-अमेरिका पुर्‍याउँछ, पप कल्चरमा पुर्‍याउँछ, घरि लाखे नाच्दा यतैकतै असन, हाँडीगाउँ पुर्‍याउँछ । यो फ्युजन नै फिल्मको चित्तार्षक पाटो हो । साथमा संवादहरूको जुन खालको कवितात्मक वजन छ, त्यो सीधै छाती र दिमागमा अडेसिन्छ ।

    विम्ब र प्रतीकहरूको भूमरीमा फँसेका मदनका मोनोलगहरूले शब्दहरूको जादुयी दुनियाँमा पुर्‍याउँछ । कविताको भाषा छुट्टै हुन्छ, कविताको आफ्नै खाले मजा हुन्छ, त्यो संवादहरूमा छन् । जति मीठा संवाद छन्, उति नै मीठा दृश्यहरू छन् । दृश्यहरू जति मीठा छन्, उति नै मीठा पात्रहरूको प्रस्तुति छन् । तर, फिल्मलाई अगाडि बढाउन थोरै हतार नगरेको भए झनै गज्जब हुने थियो । हतार गर्दा डिटेलिङ छुटेका छन्, चाहिने छुटेका छन् ।

    दिनेश पाल्पालीले यही चिसो सहरको चिसो कथाका ठुटाहरूलाई ‘चिसो एस्ट्रे’ मा निभाउन खोजेका छन् । केही ठुटाहरू एस्ट्रेमै निभेका छन् । केही ठुटाहरू औँलोले किचिमिची पार्दा पनि निभेका छैनन्, धुवाँ पुत्पुताइरहेका छन् । केही ठुटाहरू एस्ट्रेको परिधिभन्दा निक्कै पर निभेका छन् । केही ठुटाहरू ‘चिसो एस्ट्रे’ भन्दा निकै परको भुइँमा खुट्टोले किचिमिची पार्दा पनि निभिसकेका छैनन् ।

    लामो समयपछि हिमालका फेदहरूमा खिचिएका चम्किला दृश्य र पहाडको टुप्पोमा पुग्दा लगाइएका पार्टी सुजबाट आजित भएका दर्शकका लागि ‘चिसो एस्ट्रे्’ औषधि हो । रङ्गीचङ्गी दृश्यहरू राखेर दर्शकलाई धुमधुमी बनाएका नेपाली फिल्महरूको भीडमा ह्याङओभर मेटाउने चिसो कागती पानी हो ‘चिसो एस्ट्रे’ ।

    यो फिल्म कथा होइन, प्रस्तुति हो । यो फिल्म कहानी होइन, यथार्थ हो । यो फिल्म दर्शकलाई नैतिकता र आदर्श पढाउन होइन, यथार्थ देखाउन हलमा लागेको हो ।

  • ‘मन्त्र’ को ट्रेलर सार्वजनिक, चलचित्र वैशाख १६ बाट प्रदर्शन हुने

    ‘मन्त्र’ को ट्रेलर सार्वजनिक, चलचित्र वैशाख १६ बाट प्रदर्शन हुने

    काठमाडौं । सौगात मल्ल, बुद्धि तामाङ र दिया पुन स्टारर चलचित्र ‘मन्त्र’को ट्रेलर सार्वजनिक गरिएको छ ।

    गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रा. लि. को ब्यानरमा डिभाइन इन्टरटेन्टमेन्ट र डि. एस प्रोडक्सनको सहकार्यमा चलचित्र निर्माण भएको हो ।

    खिल बहादुर गुरुङले गरेका सो चलचित्र २०७९ साल वैशाख १६ गते बाट देश भरी प्रदर्शनमा आउनेछ ।

    हिमाली भेगको सुन्दर दृश्यहरु कैद गरिएको चलचित्र करिब ५१०० मिटर भन्दा माथिको उचाइ मनास्लु हिमालको बेस क्यामसम्म पुगेर छायाङ्कन गरिएको निर्देशक गुरुङले बताए ।

    चलचित्र ट्रेलरले दर्शकलाई एक पटक हल सम्म तान्नेमा गुरुङ विश्वस्त छन् ।

    अभिनेता सौगात मल्लले आफूले काम गरेको पछिल्लो चलचित्रहरू मध्येमा ‘मन्त्र’ आफूलाई एक दम मन परेको चलचित्र हो सौगातले भने ।

    चलचित्र गोरखाको मनास्लु क्षेत्र आसपासको कथावस्तुलाई आधार बनाएर निर्माण गरिएको छ । गोर्खा जिल्लाको चुमनुब्री सामा गाउँ,वीरेन्द्र ताल र पुङ्गिन गुम्बा लगायतका रमणीय दृश्यहरु कैद गरिएको छ ।

    मनास्लु क्षेत्रमा पहिलो पटक छायाङ्कन गरिएको चलचित्रका दृश्यहरूले दर्शकको मन जित्नेमा निर्माण पक्ष ढुक्क छ ।

    यस चलचित्र मार्फत सौगात र दियाले पहिलो पटक स्क्रिन शेयर गरेका छन् । चलचित्रमा नमिता घिसिङ्ग, वीरबहादुर लामा, पासाङ्ग टि शेर्पाको पनि मुख्य भूमिका रहेको छ ।

    देवेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको ‘मन्त्र’मा रविराज कार्की,सुरेश कार्की र सुभ श्रेष्ठको लगानी रहेको छ ।

    राजेश जंगको सह निर्देशन रहेको चलचित्रमा सह निर्माताको रूपमा भिमसेन केसी र बिसेष सहयोगी अमृत थापा रहेका छन् ।

    चलचित्रको डिजीटल राइट्स एट के एभरेस्ट मोसन पिक्चर्सले लिएको छ।

    https://youtu.be/7m8-sDZvQ-c

  • क्रिप्टोकरेन्सीमा प्रियंकाको लगानी ? सीआईबीले थाल्यो अनुसन्धान

    क्रिप्टोकरेन्सीमा प्रियंकाको लगानी ? सीआईबीले थाल्यो अनुसन्धान

    काठमाडौं । नायिका प्रियंका कार्की क्रिप्टोकरेन्सीको अनुसन्धानमा तानिएकी छन् ।

    क्रिप्टोकरेन्सीमा उनले पनि लगानी गरेको आशयको एउटा विज्ञापन भेटिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) उनीमाथि अनुसन्धान सुरु गरेको हो ।

    सीआइबीको बोलावटपछि नायिका कार्की आज बयान दिन पुगेकी छिन् । सीआइबी प्रमुख धिरजप्रताप सिंहले राज्यले प्रतिबन्ध लगाएको काममा संलग्नता देखिएकाले बोलाएर सोधपुछ गरिएको जानकारी दिए ।

    ‘राष्ट्र बैंकले बारम्बार प्रतिबन्धित भनिरहेको क्रिप्टोकरेन्सीमा लगानीका लागि प्रोत्साहित गर्ने तरिकाले विज्ञापनमा देखिएकाले उनलाई बोलाइएको हो’, डीआईजी सिंहले नेपाल प्रेससँग भने ।

    सिंहका अनुसार ‘बिनान्स’ भन्ने किप्टोकरेन्सीको सामाजिक सञ्जालका पेजहरूमा राखिएको पाेस्टमा प्रियंकाकाे पनि लगानी रहेकाे उल्लेख छ ।

    डीआईजी सिंहले थप अनुसन्धानपछि मात्रै निष्कर्षमा पुग्न सकिने बताए ।

    नायिका कार्कीले नेपाल प्रेससँग कुरा गर्दै सीआईबीलाई क्रिप्टोकरेन्सीको अनुसन्धानमा सहयोग गर्न आफू त्यहाँ पुगेको बताइन् । आफू क्रिप्टोकरेन्सीमा संलग्न भने नरहेको उनको भनाइ छ ।

    उनले भनिन्, ‘कसैले मेरो तस्बिर प्रयोग गरेर क्रिप्टोकरेन्सीको विज्ञापन गरेको रहेछ । यसबारे मलाई जानकारी छैन । तर, अनुसन्धानमा सहयोग गर्न बोलाइएकाले उपस्थित भएको हुँ ।’

  • क्रिप्टोकरेन्सीको प्रचार गरेको विषयमा प्रियंका कार्कीसँग सीआइबीले गर्‍यो सोधपुछ

    क्रिप्टोकरेन्सीको प्रचार गरेको विषयमा प्रियंका कार्कीसँग सीआइबीले गर्‍यो सोधपुछ

    काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले क्रिप्टोकरेन्सीको प्रचार गरेको विषयमा नायिका प्रियंका कार्कीलाई बोलाएर सोधपुछ गरेको छ । आज उनलाई ब्युरोमै बोलाएर सोधपुछ गरिएको हो ।

    नायिका कार्कीले ब्युरोले सहयोग मागेपछि आफू अनुसन्धानमा सहयोग गर्न गएको बताइन् । आफ्नो जानकारीबिना तस्बिर राखेर कसैले क्रिप्टोकरेन्सीको एप बनाएको उनको भनाइ छ ।

    ‘मेरो तस्बिर प्रयोग गरेर एक जनाले क्रिप्टोकरेन्सीको एप बनाएको रहेछ । हाम्रो देशमा जसले जे पनि गर्न पाउँछ के गर्ने ?’ उनले भनिन् ।

    उक्त एपको विषयमा आफूलाई जानकारी नरहेको कार्कीले बताइन् ।

  • विमल सिटौलाको उपन्यास ‘निर्दोष डेरावाल’ बजारमा

    विमल सिटौलाको उपन्यास ‘निर्दोष डेरावाल’ बजारमा

    काठमाडौं । विमल सिटौलाको उपन्यास ‘निर्दोष डेरावाल’ विमोचन भएको छ । शनिवार त्रिभुवन विश्वविद्यालयमा पुस्तकको विमोचन गरिएको हो ।
    पुस्तकको वरिष्ठ साहित्यकारद्वय पूर्व प्रा. डा. गोविन्दराज भट्टराई, अञ्जना वस्ती भट्टराई, साहित्यकार तथा शिक्षाविद् डा. सुरेन्द्र सिटौला, समालोचक साधना प्रतीक्षा र महेश पौडेललगायतले संयुक्त रूपमा विमोचन गरेका हुन् ।
    पुस्तक विमोचनपछि पूर्व प्रा. डा. भट्टराईले विश्वविद्यालयमा लामो समयपछि एक विलक्षण प्रतिभा भएको हस्तीको जन्मभएको बताए ।
    उनले मुग्लान उपन्यास निकाल्दा आफू २१ वर्षको ठिटो भएको स्मरण गर्दै लेखकले यो उमेरमा यति सशक्त कृति निकालेकोमा हर्षले विभोर भएको बताए ।
    करिब ४८ वर्षपछि क्याम्पसमा उदाएको लेखकमा प्रचुर कल्पनाशिलता भएको उनको भनाइ थियो ।
    समालोक महेश पौडेलले उपन्यास एउटा तिलस्मी भएको ठहर गरे । समाजमा बदनाम भइसकेपछि त्यसबाट कसरी छुटकारा पाउने भन्ने प्रश्न उपन्यासले गरेको उनले बताए ।
    समीक्षक साधना प्रतीक्षाले बौद्धिक चोरीमा आफ्नो पीडा व्यक्त गर्न नसकेका आम बौद्धिक वर्गको पीडालाई उपन्यासले उतारेको बताइन् ।
    त्यस्तै, अञ्जना वस्ती भट्टराईले लेखकमा गोविन्दराज भट्टराईको अनुहार देखेको धारणा राखिन् । साहित्यकार तथा शिक्षाविद् सुरेन्द्र सिटौलाले एक सशक्त लेखकको जन्म भएकोमा बधाई दिए ।
    लेखक विमल सिटौलाले विश्वविद्यालयमा एक सेमेस्टरको अवलोकन र अनुभवपश्चात् यो उपन्यास लेख्न सुरु गरेको बताए । आफू जापनिज राइटर हारुकी मुराकामीको लेखनबाट प्रभावित भएको उनको भनाइ छ ।
    पैरवी बुक हाउसले बजारमा ल्याएको उपन्यासको मूल्य ३७५ रुपैयाँ रहेको छ ।
  • प्रकाश सपूतको विवशता कि चतुर्‍याइँ ?

    प्रकाश सपूतको विवशता कि चतुर्‍याइँ ?

    काठमाडौं । एक हप्तामै करोड भ्यूजको रेकर्ड राखेको गीत ‘पीर’ को भिडिओलाई गायक प्रकाश सपूतले हिजो अचानक ‘प्राइभेट’ गरिदिए । उनले दृष्य सम्पादनसहित नयाँ भिडिओ अपलोड गरेका छन्, तर मौलिक भिडिओ हटाउनु उनको बाध्यता हो या चतुर्‍याइँ भन्ने प्रश्न उब्जेको छ ।

    तीन करोडभन्दा कम जनसंख्या भएको देशको एउटा सर्जकले सात दिनमै एक करोड भ्यूज पाउनु चानचुने सफलता होइन । विश्वव्यापी दर्शक भएका अंग्रेजी र हिन्दी भाषाका चर्चित गीतहरूले पनि करोड भ्यूजका लागि केही दिन कुर्नुपर्छ । योभन्दा पहिले विष्णु माझीको ‘चरी जेलैमा’ ले १२ दिनमा करोड भ्यूज पाउँदाखेरि त्यसलाई आश्चर्यजनक उपलब्धी मानिएको थियो । तर, ‘चरी जेलैमा’ को उक्त रेकर्डलाई ‘पीर’ ले सहजै निलिदिएको छ ।

    अपलोड गरिएको भोलिपल्टैदेखि गीत निरन्तर नेपाल ट्रेण्डिङको शीर्षस्थानमा थियो । भ्यूज मात्र होइन, गीतमा आएका लाइक्स र कमेन्टहरूको संख्या पनि कीर्तिमानी थिए । साता दिनमा ३८ हजारभन्दा बढी प्रतिक्रिया आउनु पनि अविश्वसनीय हो । भिडिओ प्राइभेट गरिएसँगै दर्शकका ती सबै प्रतिक्रिया ओझेल परेका छन् । दृष्य सम्पादनसहित नयाँ अपलोड गरिएको गीतले ६ लाखभन्दा बढी भ्यूज पाएको छ भने चार हजारभन्दा बढी कमेन्ट आएका छन् । यसअघिजस्तै अहिले आएका कमेन्टहरू पनि प्रकाश सपूतको पक्षमा नै छन् ।

    यति धेरै रुचाइएको भिडिओलाई प्राइभेट गर्ने तीतो निर्णय गायक सपूतले किन लिए त ? गीत पुनः अपलोड गर्ने क्रममा फेसबुकमा स्टाटस लेख्दै उनले कुनै दबाब वा प्रभावमा यो निर्णय नलिएको दाबी गरेका छन् ।

    छोटो समयका लोकप्रियताको शिखरमा पुगेका गायक सपूतलाई ‘पीर’ ले नयाँ उचाइ दिएको छ । उनका हरेक सिर्जना जबरजस्त हुन्छन् भन्ने मान्यता थप बलियोसँग स्थापित बनेको छ । यो उनका लागि चुनौती पनि हो । सपूतका आगामी सिर्जनाहरूबाट पनि निकै ठूलो अपेक्षा राखिनेछ ।

    सपूतले लेखेका छन्, ‘नियोजितरूपमा माओवादी आन्दोलनलाई बदनाम गर्न खोजिएको भन्ने बुझिने र त्यसले उठाएको अन्य यथार्थ विषयहरू विषयान्तर भैरहने जस्तो भयो । त्यसैले कुनै दबाब र प्रभावले नभएर यो बीचमा आएका तपाईंको प्रतिक्रिया, अग्रज स्रष्टा सर्जकहरूको सुझाव, लेखक, पत्रकार, समिक्षकहरूको समीक्षा र सम्बन्धित समूहको आत्मसम्मानलाई मनन गर्दै त्यो दृश्य सम्पादन गरिएको छ र नयाँ भिडिओ रि- अपलोड गरिएको छ ।’

    यद्यपि, निकटस्थहरूका अनुसार सपूतले यो निर्णय लिनुमा उनलाई आएको दबाब र थ्रेट नै प्रमुख कारण हो । दोस्रो कारण चाहिँ कसैलाई दु:खी नतुल्याउने उनको भित्री चाहना ।

    गीत अपलोड भएलगत्तै माओवादी जनयुद्धलाई विद्रूपीकरण गरेको भनेर सो पार्टीका केही नेता-कार्यकर्ताले सार्वजनिक आलोचना गरेका थिए । आलोचना मात्रै होइन, कतिले घुमाउरो धम्की नै दिए । दुई दिनपछि माओवादीनिकट जनसंगठनहरूले संयुक्त विज्ञप्ति जारी गरी गीतमाथि आपत्ति जनाए । तर, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गीतलाई लिएर उत्तेजनामा आउनुपर्ने कारण नभएको भन्दै नरम अभिव्यक्ति दिए । प्रचण्डको अभिव्यक्तिपछि विवाद साम्य भएको जस्तो देखिएको थियो ।

    यति धेरै रुचाइएको भिडिओलाई प्राइभेट गर्ने गर्ने तीतो निर्णय गायक सपूतले किन लिए त ? गीत पुनः अपलोड गर्ने क्रममा फेसबुकमा स्टाटस लेख्दै उनले कुनै दबाब वा प्रभावमा यो निर्णय नलिएको दाबी गरेका छन् ।

    बाहिरीरूपमा विवाद साम्य भएको देखिए पनि गायक सपूतलाई भित्रभित्र ‘थ्रेट’ जारी रहेको बुझिएको छ । विभिन्न माध्यमबाट उनलाई गीत हटाउन चेतावनी आइरहेपछि सपूतले दृष्य सम्पादन गर्ने निर्णयमा पुगेका हुन् । गीतको भिडिओबाट यौनकर्मीको दृष्य हटाइएको छ । अरू दृष्यहरू यथावत छन् ।

    सर्प मर्‍यो, लठ्ठी भाँच्चिएन !

    लिरिक्सका आधारमा यो कुनै राजनीतिक गीत होइन । शब्दहरूले यस्तो भिडिओको माग पनि गरेका थिएनन् । तर, गीतसँगै भिडियोले छुट्टै कथा भन्ने शैली सपूतले विकास गरेका छन् । भिडियोमा उनले माओवादी जनयुद्धमा ज्यानको बाजी लगाएर लडेकाहरू अहिले कस्तो दुरावस्थामा छन् भन्ने चित्रित गरिदिएका थिए । बहस सिर्जना भएको भिडिओले हो, गीतले होइन ।

    यस गीतलाई लिएर माओवादीका पूर्वनेता डा. बाबुराम भट्टराईले भने गीतलाई लिएर सकारात्मक प्रतिक्रिया दिएका थिए । तर, माओवादी केन्द्रका कतिपय नेता-कार्यकर्ताले गीतलाई पचाउन सकेनन् । देहव्यापारको दृष्यले जनयुद्ध लडेका महिला कार्यकर्ताहरूको अपमान भएको बुझाइ उनीहरूको थियो । यो भिडियोले सन्निकट चुनावमा माओवादीलाई क्षति पुर्याउन सक्ने चिन्तासमेत उनीहरूमा थियो । कतिले त माओवादीलाई चुनावमा हराउने ग्राण्ड डिजाइनअनुरूप सपूतको काँधमा राखेर बन्दुक चलाइएको समेत दाबी गरे ।

    गीतको दृष्य सम्पादन गरेर सपूतले एकप्रकारले ‘सेफल्यान्डिङ’ गरेका छन् । उनी नचाहिँदा स्क्यान्डलमा रमाउने गायक होइनन् । चर्चाका लागि उनले स्क्यान्डलको सहारा लिनु पनि पर्दैन, सिर्जनशीलता नै काफी छ । ‘पीर’ विवादमा आउँदा उनी साँच्चै पिरोलिएका थिए, भलै दर्शक/स्रोताको अधिकतम समर्थन उनलाई थियो । उनले विवादबाट फाइदा लिनेभन्दा पनि बाहिर निस्किनु ठीक ठाने ।

    सपूतले गीतको भिडिओ सम्पादन गरेपश्चात माओवादीहरू उनीसँग खुसी भएका छन् । उनीहरूले ‘जित’ को महसुस गरेका छन् । खासमा यो प्रकाश सपूतकै जित हो । एक कदम व्याक भएर उनले उत्पन्न विवादलाई साम्य गरे भने गीतलाई थप प्रचारमा ल्याउन सफल भए ।

    त्यसो त व्यवसायिकरूपमा उनलाई अझै पनि घाटा छैन । एक हप्तामा करोड भ्यूज जाँदा गीतले युट्यूवबाट मात्रै अनुमानित १५ लाख रूपैयाँ आम्दानी गरिसकेको छ । नयाँ भिडिओ अपलोड भएपछि फेरि गीतले नयाँ रफ्तार लिइसकेको छ । दोस्रो भिडिओ पनि केही दिनमा करोड भ्यूज पुग्नेमा शंका छैन । टिकटकमा यो गीत उधुम भाइरल छ । त्यताबाट जेनेरेट हुने अम्दानीको बेग्लै पाटो हुन्छ । यसप्रकार पीरले पैसा छापेको छ भन्दा फरक पर्दैन । करोड भ्यूज गइसकेको गीतबाट आउने पैसा र फेरि नयाँ भिडिओ राख्दा आउने पैसाको हिसाबकिताबमा सपूतलाई अलिकति घाटा लागेको हुन सक्छ । तर, त्यो ठूलो कुरा होइन ।

    कलाकार सबैको साझा हुन चाहन्छन् । एउटा राजनीतिक दलसँग वैरभाव बोकेर हिँड्नु कुनै पनि कलाकारका निम्ति सुखद कुरा हुँदैन । त्यस हिसाबले सपूतले सुरक्षित अवतरण गर्न चाहेका हुन् । उनले दिन खोजेको सन्देश गइसकेको पनि छ । युट्यूवका अधिकांश नेपाली दर्शकले भिडिओ कम्तीमा एकपटक हेरिसकेका थिए । देहव्यापारको दृष्य हटाइए पनि माओवादी जनयुद्ध लडेकाहरूको दुरावस्थाबारे नयाँ भिडिओले पनि प्रशस्त चित्रण गरेकै छ ।

    सपूतले गीतको भिडिओ सम्पादन गरेपश्चात माओवादीहरू उनीसँग खुसी भएका छन् । उनीहरूले ‘जित’ को महसुस गरेका छन् । खासमा यो प्रकाश सपूतकै जित हो । एक कदम व्याक भएर उनले उत्पन्न विवादलाई साम्य गरे भने गीतलाई थप प्रचारमा ल्याउन सफल भए ।

    छोटो समयका लोकप्रियताको शिखरमा पुगेका गायक सपूतलाई ‘पीर’ ले नयाँ उचाइ दिएको छ । उनका हरेक सिर्जना जबरजस्त हुन्छन् भन्ने मान्यता थप बलियोसँग स्थापित बनेको छ । यो उनका लागि चुनौती पनि हो । सपूतका आगामी सिर्जनाहरूबाट पनि निकै ठूलो अपेक्षा राखिनेछ ।

  • समुद्री तटमा विकिनीमा वर्षा, फेसबुकमा कमेन्टको वर्षा !

    समुद्री तटमा विकिनीमा वर्षा, फेसबुकमा कमेन्टको वर्षा !

    काठमाडौं । शालिन छविकी नायिकाको रुपमा चिनिन्छिन् वर्षा शिवाकोटी । पर्दाभित्र वा बाहिर अंगप्रदर्शन गरेर गसिपमा छाउने चेष्टा उनले विगतमा गरेकी थिइनन् ।

    तर, आज फेसबुकमा सार्वजनिक गरेको तस्वीरले उनको अर्कै छवि देखिएको छ ।                                           

    वर्षाले समुद्री तटमा ‘टु पीस’ लगाएर पोज दिएको फोटोहरु फेसबुकमा सेयर गरेकी हुन् ।

    हाल अमेरिकामा रहेकी उनले फ्लोरिडाको समुद्री तटमा रमाएका बेला आफूलाई तस्वीरमा कैद गरेकी थिइन् । हरियो विकिनीमा उनी निकै हट देखिएकी छन् ।

    पहिलोपटक वर्षालाई यस्तो अवतारमा देख्दा उनका धेरै फ्यानहरु भने भड्किएका छन् । वर्षाले यसमा धेरै भद्दा प्रतिक्रियाको सामना गर्नुपरेको छ ।                               

    फेसबुकमा तस्वीर राखेको एक घन्टाभित्रै एक हजारभन्दा बढी प्रतिक्रिया आइसकेका छन् । धेरैले उनलाई अंग प्रदर्शनमार्फत चर्चाको लोभ नगर्न सुझाव दिएका छन् ।

  • भुपेन्द्र थापामगर बने नेपाल आइडल सिजन- ४ को विजेता

    भुपेन्द्र थापामगर बने नेपाल आइडल सिजन- ४ को विजेता

    काठमाडौं । नेपाल आइडल सिजन- ४ को उपाधी भुपेन्द्र थापामगरले जितेका छन् ।
    आज भएको फिनालेमा थापामगरले सर्वाधिक भोट ल्याउदै आइडलको उपाधी जितेका हुन् ।

    उनले ३० लाख नगदसँगै ट्रफी उचाल्दा फस्ट रनरअप झापाका नाम्गेल तामाङ भए। उनले ५ लाख नगद र ट्रफी हात पारे ।

    यस्तै सेकेन्ड रनरअप रामेछापका रञ्चित नेपाली भएका छन् । उनले ३ लाख नगद प्राप्त गरे ।

    यस्तै झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल क्रमशः चौथो र पाँचौं भए ।

  • देहव्यापारको दृष्य हटाएर सपुतले पुनः अपलोड गरे ‘पीर’

    देहव्यापारको दृष्य हटाएर सपुतले पुनः अपलोड गरे ‘पीर’

    काठमाडौं । गायक प्रकाश सपुतले आफ्नो चर्चित गीत ‘पीर’को केही दृश्य हटाएर युट्युमा पुनः अपलोड गरेका छन् ।

    शनिबार पौने ६ बजे साँझतिर पुनः अपलोड गरिएको गीतबाट माओवादीकी पूर्व लडाकुले देहव्यापार गर्न बाध्य भएको दृश्य हटाइएको छ ।

    माओवादीबाट आपत्ति व्यक्त भएको मुख्य दृश्य हटाएर गीतका अरू दृश्य तथा शब्द भने यथावत राखेर पुनः अपलोड गरिएको हो ।

    सपुतले पीरमा प्रतिकात्मक रुपमा राखिएको एउटा दृश्यले पात्रले चित्रण गरेको सम्बन्धित समूहको आत्मसम्मानमा चोट पुगेको र गीतको अन्य सौन्दर्यलाई समेत छायामा पारेको भन्दै हटाएको बताएका छन् ।

    उनले पूरानो भिडिओ सेयर नगरिदिन समेत आग्रह गरेका छन् ।

    उनले गीतलाई थप राजनीतिकरण नगर्न आग्रह समेत गरेका छन् ।

  • ‘पीर’ को किर्तिमानः एक हप्तामै करोड भ्यूज

    ‘पीर’ को किर्तिमानः एक हप्तामै करोड भ्यूज

    काठमाडौं । अत्यधिक चर्चा र विवादसँगै गायक प्रकाश सपुतको पछिल्लो गीत ‘पीर’ ले युट्यूवमा किर्तिमानी भ्यूज बटुलेको छ । छोटो समयमा एक करोड पटक हेरिएको नेपाली गीतको रुपमा पीरले किर्तिमान राखेको हो ।

    गत शुक्रबार मात्रै युट्यूवमा अपलोड गरिएको गीत सात दिनकै अन्तरालमा करोड क्लवमा प्रवेश गरेको छ । यसअघि छिटो करोड क्लवमा पुगेको नेपाली गीतको किर्तिमान विष्णु माझीले गएको ‘चरी जेलैमा’ को नाममा थियो । उक्त गीतले १२ दिनमा करोड भ्यूज कटाएको थियो । तर, पीरले अविश्वसनीय रुपमा त्योभन्दा ५ दिन चाँडो यो सफलता हासिल गरेको हो ।

    अपलोड भएको भोलीपल्टै युट्यूवको नेपाल टे«ेन्डिङमा शीर्षस्थान ओगटेको पीर अहिले पनि डग्मगाएको छैन । अहिले पनि एक नम्बर ट्रेन्डिङमा कायम रहेको गीतमा कमेन्टको पनि वर्षा भइरहेको छ । अहिलेसम्म करिब ४० हजार कमेन्ट गीतमा आइसकेका छन् । यस्तै, गीतले एक हप्तामा पाँच लाखभन्दा बढी लाइक्स पाएको छ । यो पनि आफैंमा अभूतपुर्व हो ।

    प्रकाश सपुत रचना, संगीत र स्वर दिएको गीत भिडियोका कारण अत्यधिक चर्चा र विवादमा आएको छ । गीतको भिडियोमा माओवादी जनयुद्धले सिर्जना गरेको दुरावस्थालाई चित्रित गरिएको छ ।

    माओवादी कार्यकर्ताले जनयुद्धलाई विद्रुपीकरण गरेको भनेर गीतको विरोध गरेका छन् । दर्शक÷स्रोतले भने गीत अत्यधिक रुचाएका छन् । टिकटकमा पनि यो गीत भाइरल छ ।

  • पल प्रकरणमा मुछिएका दुर्गेश र सरोज ! यस्तो छ दुवैको बयान

    पल प्रकरणमा मुछिएका दुर्गेश र सरोज ! यस्तो छ दुवैको बयान

    काठमाडाैं । पल शाहविरुद्ध जाहेरी परेसँगै उनका फ्यानहरुको तारो बनिरहेका दुई पात्र हुन् गायकद्वय दुर्गेश थापा र सरोज वली । उनीहरुले नाबालिग गायिकालाई उक्साएर पलविरुद्ध षडयन्त्र रचेको भन्दै फ्यानहरु आक्रोशित छन् ।

    आफू पक्राउ पर्नुअघि पल स्वयमले दुर्गेश र सरोज लगायतलाई आरोपित गरेका थिए । उनीहरुले आफूविरुद्ध षडयन्त्र रचेको प्रमाण भन्दै पलले केही अडियोहरु पनि सार्वजनिक गरेका थिए । उक्त अडियोमा दुर्गेश, सरोज लगायतले नाबालिग गायिकासँग कसरी पललाई विहेका लागि वाध्य पार्ने भनेर रणनीति बनाइरहेका सुनिन्छन् ।

    पल पक्राउ परेसँगै प्रहरी अनुसन्धानमा सरोज र दुर्गेश पनि स्वभाविकरुपमा तानिए । यद्यपि, उनीहरु दुवैसँग प्रहरीले बयान लियो । तर, दुवैले घटनाबारे कुनै नयाँ रहस्योद्घाटन गरेका छैनन् । नाबालिगले सुनाएका आधारमा मात्रै आफूहरुले न्यायका लागि लड्न सल्लाह दिएको भनाइ उनीहरुको छ ।

    नवलपुर जिल्ला अदालतमा सरकारी वकिलको कार्यालयले दायर गरेको अभियोगपत्रमा सरोज र दुर्गेशको बयान पनि समेटिएको छ । उक्त बयानमा उनीहरुले जबरजस्ति करणी र आर्थिक बार्गेनिङ लगायतका विषयमा जानकारी नरहेको बताएका छन् ।

    ‘तामा पितलु’ गीतको सुटिङपछि आफू लगायतको सुटिङ युनिट गैंडाकोट रिसोर्टमा आएको र दिनभरको कामले थाकेको हुँदा आफू सरासर कोठामा गई सुतेको दुर्गेशले बताएका छन् । उनको भनाइ अनुसार गायिका आफूलाई बुकिङ गरेको कोठामा सुत्न गएकी थिइन् भने पल लायतका व्यक्तिहरु मादक पदार्थ सेवन गरी बाहिर बसिरहेका थिए ।

    ‘निजहरु कुन कोठामा सुते मलाई थाहा भएन,’ दुर्गेशले भनेका छन् ।

    अर्को दिन काम विशेषले आफू काठमाडौं फर्किएको उनले बताएका छन् । आफूलाई पलका म्यानेजर बताउने कृष्ण जोशीले प्रतिवादी र पीडितको सम्वन्धको बारेमा जानकारी गराएको उनको भनाइ छ । पीडितले पनि जबरजस्ति करणी गरेको भनि बताएको हुँदा आफू लगायत सम्राट चौलागाईं, सरोज वली, योगेश काजी लगायतले कानूनी कारवाहीको सुझाव दिएको दुर्गेशले बताएका छन् ।

    ‘अन्य आर्थिक कुराको बार्गेनिङका बारेमा मलाई केही जानकारी भएन,’ उनलाई उद्वृत गर्दै अभियोगपत्रमा भनिएको छ ।

    यस्तै सरोज ओलीले पनि प्रतिवादी तथा पीडितको सम्बन्धको विषयमा आफूलाई कृष्ण जोशीले नै बताएको उल्लेख गरेका छन् ।

    ‘पीडित गायिका डिप्रेसनमा गएको र मर्छ भनेर कृष्ण जोशीले मलाई २०७८ सालको असारमा बताएका थिए,’ उनले भनेका छन् । पछि पिडितले पनि आफूहरुसँग प्रतिवादीले यौन शोषण र ह्यारेसमेन्ट गरेको बताएको सरोजले जानकारी दिएका छन् ।

    ‘प्रतिवादीले पीडितलाई वास्ता नगरेपछि पीडित रुंदै हिँडेको र पीडितलाई बिभिन्न वहाना बनाई गाली गरेर बेईजत गर्दिन्छु भनि ह्यारेशमेन्ट समेत गर्दा रहेछन्,’ वलीले भनेका छन्, ‘पछि पीडितले सहन नसकी आफ्ना साथीहरुलाई उक्त पीडा सुनाएकी रहेछिन ।’

    त्यसपछि आफूहरुले कानूनी कारवाही गर्दा राम्रो हुन्छ भनि सल्लाह दिएको सरोजको भनाइ छ ।

    दुर्गेश र सरोज दुवै पहिले पलसँग सन्निकट थिए । दुर्गेशलाई पलकी बहिनीले भाइटिकासमेत लगाइदिएकी थिइन् । सरोजले निर्देशन गरेका थुप्रै म्युजिक भिडियोमा पलले काम गरेका छन् । तर पछिल्लो समयमा विभिन्न कारणले उनीहरुबीच दुरी बढेको थियो ।

    दुर्गेश थापाको बयानः

    म बिगत १०/१२ बर्षदेखि म्युजिक भिडियो समेतमा काम गर्दै आईरहेको छ । कामको शिलशिलामा प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाह र पीडित परिवर्तित नाम २०७८ गैडाकोट ५ (क) सँग चिनजान भएको थियो ।

    म प्राय म्युजिक भिडियो सुटिङको लागि हिँडिरहने भएकोले म काठमाडौंबाट मिति २०७७।१२।०७ गते चितवन जिल्लाको सौराहा भन्ने स्थानमा आई प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाह तथा पीडितसँग भेट भई ‘तामा पित्तलू गीतको भिडियो सुटिङ सकेर हामीलगायत पीडित समेतको सुटिङ्ग युनिट बेलुका गंैडाकोट रिसोर्टमा आई दिनभरी सुटिङको कामले थाकेको हुँदा म कोठामा गई सुतेको हो । पीडित आफुलाई बुकिङ गरेको कोठामा सुत्न गएकी हुन् । काजीश श्रेष्ठ, पल शाह भन्ने पूर्णविक्रम शाह समेतका व्यक्तीहरु मादक पदार्थ सेवन गरी वाहिर बसिरहेका थिए ।

    निजहरु कुन कोठामा सुते मलाई थाहा भएन । अर्को दिन ८ गते बिहान म काम विशेषले काठमाडौं गएको हो । २०७८ सालको अषाढ महिनामा प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहको म्यानेजर कृष्ण जोशीले प्रतिवादी र पीडितको सम्बन्धको वारेमा जानकारी गराएकोमा सो सम्बन्धमा पीडितसँग बुझ्दा मलाई प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहले विवाह गर्छ भनि फकाई फुल्याई सुटिङको समयमा अन्यत्र गएको अवस्थामा समेत जवरजस्ती करणी गरेको भनि बताएकी हुँदा म सम्राट चौलागाई, सरोज ओली, योगेश काजी समेतले हामी न्यायको पक्षमा छौं । तिमीलाई निजले जवरजस्ती करणी गरेको भए कानूनी कारवाही गर्दा राम्रो हुन्छ भनि सल्लाह दिएको मात्र हो । अन्य आर्थिक कुराको बार्गेनिङको बारेमा मलाई केही जानकारी भएन ।

    सरोज वलीको बयान

    प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाह र पिडित नाम परिवर्तित २०७८ गैडाकोट ५ (क) मेरो कम्पनीले उत्पादन गरेको म्युजिक भिडियो तथा गीतहरुमा अभिनय तथा स्वर दिएका छन् । यसै क्रममा प्रतिवादी तथा पिडितको सम्बन्धको बिषयमा मिडियाहरुमा हल्ला चलेको थियो । पीडित गायिका डिप्रेशनमा गएको र मर्छ भनि कृष्ण जोशीले मलाई २०७८ सालको अषाढमा बताएका थिए ।

    केही दिनमा कृष्ण जोशी, सम्राट चौलागाई, र पिडित अनामनगरको सिलौटो रेष्टुरेन्टमा बसेका रहेछन् । उक्त स्थानबाट कृष्ण जोशीले मलाई फोन गरी हामी पिडितसँगै छौं । दुर्गेश थापालाई लिएर हामी भएको ठाउँमा आउनु, पिडितलाई समस्या परेको रहेछ भनि बोलाएकोले म र दुर्गेश थापा सोही स्थानमा गई निजहरुलाई भेटी कुराकानी हुँदा प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहले पीडितलाई काठमाडौंमा १÷२ दिनमा हुने सुटिङलाई काठमाडौंबाहिर कहिले पोखरा कहिले नवलपरासी (पूर्व) मा लगि हेरचाह र ख्याल गरेजस्तो गरी आफुमाथि यौन शोषण गरेको भनि पीडितले बताएकी थिइन् ।

    प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहले पीडितलाई वास्ता नगरेपछि पीडित रुंदै हिँडेको र पिडितलाई बिभिन्न वहाना बनाई गाली गरेर बेईजत गर्दिन्छु भनि ह्यारेशमेन्ट समेत गर्दा रहेछन् । पछि पीडितले सहन नसकी आफ्ना साथीहरुलाई उक्त पीडा सुनाएकी रहेछिन् । त्यसपछि हामीले कानुनी कारवाही गर्दा राम्रो हुन्छ भनि सल्लाह दिएको हो ।

  • को हुन् मिस वर्ल्ड विजेता क्यारोलिना  ?

    को हुन् मिस वर्ल्ड विजेता क्यारोलिना ?

    काठमाडौं । पोल्याण्डकी क्यारोलिना बेल्वास्काले भर्खरै पोर्टो रिकोमा सम्पन्न मिस वर्ल्ड २०२१ प्रतियोगिताको उपाधि जितिन् । मार्च १७ मा जमैकाकी टोनी–एन सिंहले उनलाई मिस वर्ल्ड २०२१ को ताज पहिराइन्।

    फर्स्ट रनरअप अमेरिकाकी मिस्टर सैनी र सेकेन्ड रनरअप कोटे डी आइभोरकी ओलिभिया एस भइन् ।

    पोर्टो रिकोको सान जुआनस्थित कोका–कोला म्युजिक हलमा राज्याभिषेक प्रतियोगिता आयोजना गरिएको थियो।

    यस मिस वर्ल्डको दौडमा नेपालबाट नम्रता श्रेष्ठले पनि प्रतिस्पर्धा गरेकी थिइन् । नेपालको प्रतिनिधित्व गरेकी मिस नेपाल नम्रता श्रेष्ठ अन्तिम १२ मा छनोट हुन सकिनन् ।

    मिस वर्ल्ड अर्गनाइजेसनका अनुसार क्यारोलिना हाल व्यवस्थापनमा स्नातकोत्तरको लागि अध्ययन गरिरहेकी छिन् र उनी पीएचडी गर्ने तरखरमा छिन् । मोडलिङसँगै करोलिनाले आफ्नो पढाइलाई पनि निरन्तरता दिँदै उनी घरबारविहीन र समस्यामा परेका मानिसहरूलाई मद्दत गर्ने प्रोजेक्टहरुमा पनि काम गर्दै आएकी छिन् ।

    उनी आफ्नो जीवनमा एक प्रेरक वक्ता बन्न चाहन्छिन् । उनी स्विमिङ र स्कुबा डाइभिङका साथै टेनिस र ब्याडमिन्टन खेल्न मन पराउँछिन्।

    मिस वर्ल्ड अर्गनाइजेसनले हालै आफ्नो इन्स्टाग्राममा एक पोस्ट सेयर गर्दै लेखिएको छ, ‘क्यारोलिना सामाजिक कार्यमा संलग्न छिन्। उनको यो प्रोजेक्टको नाम जुपा ना पिट्रिनी हो, जसको माध्यमबाट उनले घरबारविहीनहरूलाई मद्दत गर्छिन् । समाजमा फैलिएका विकृति विरुद्ध लड्छिन् र मानिसहरूलाई यस बारे सचेत गराउँछिन्। उनको परियोजनाको उद्देश्य पोल्याण्डको लोड्ज सहरमा खाँचोमा परेका मानिसहरूलाई खाना, लत्ताकपडा र आवश्यक सेवाहरू उपलब्ध गराउनु हो।’

  • ‘लाइफ इन एलए’ को रिलिज सर्‍यो

    ‘लाइफ इन एलए’ को रिलिज सर्‍यो

    काठमाडौं । अमेरिका र नेपालमा छायांकन गरिएको फिल्म ‘लाइफ इन एलए’ को रिलिज मिति पोस्टपोन्ड भएको छ । सिनेमाको निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै नयाँ रिलिज मिति घोषणा गरेको हो ।

    अमेरिकाको विभिन्न सहरमा भने यो फिल्म प्रदर्शन भैसकेको छ । यसअघि फिल्म बैशाख ९ गतेबाट प्रदर्शनमा आउने भनिएको फिल्म अब नेपालमा जेष्ठ ६ गतेबाट प्रदर्शनमा आउनेछ ।

    फिल्ममा ब्यास बिस्सु, अकेशा बिस्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकका साथै अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतकोअभिनय रहेको छ ।

    सुर्य एन श्रेष्ठको निर्देशनमा निर्माण भएको फिल्ममा एलिस कार्की र प्रतिक पौडेलको संगीत र प्रताप दास र कविता श्रेष्ठ स्वर छ । ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मलाई ब्यास बिस्सुले निर्माण गरेका हुन् ।

    संसार सुवेदी कार्यकारी निर्माता रहेको फिल्ममा अमेरिकाको लागि राजेन्द्र ठकुराथी निर्माताको रुपमा छन् । दीपक वली एसोसियट निर्देशक रहेका छन् भने प्रोडक्सन म्यानेर प्रदीप आचार्य र प्रदीप खत्री हुन् ।

    भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन छ भने कविराज गहतराज र सुरज श्रेष्ठको करियोग्राफी छ । निर्माण टिमले सार्वजनिक विज्ञप्ती अनुसार अमेरिका भन्दा पहिले नेपाल रिलिज लक्ष्य भएतापनि कोरोना महामारीका कारण ढिलो भएको उल्लेख गरिएको छ । अमेरिकामा दर्शकले रुचाएको सिनेमाले नेपाली दर्शकबाट पनि राम्रो साथ पाउने विश्वास राखेको छ ।

  • सलमानले साउथ फिल्म खेल्ने, पारिश्रमिक नलिने

    सलमानले साउथ फिल्म खेल्ने, पारिश्रमिक नलिने

    मुम्बई । बलिउड सुपरस्टार सलमान खानले साउथ चलचित्र ‘गडफादरमा’ काम गर्ने भएका छन् ।

    उनी तेलुगु सुपरस्टार चिरञ्जीवीसँग विशेष केमियो भूमिकामा देखिदैँछन् ।

    सलमान र चिरञ्जीवीकाे घनिष्ट मित्रता छ । जसका कारण सलमान उनीसँग फिल्ममा काम गर्न तयार भएका हुन् ।

    सलमानले ‘गडफादर’मा आफ्नो क्यामियोको सुटिङ सुरु गरिसकेका छन् । र यसका लागि सलमानले फिल्ममा काम गर्न एक पैसा पनि पारिश्रमिक नलिने भएका छन् ।

    चिरञ्जीवीसँग सलमानको मित्रतालाई लिएर अहिले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा चर्चा भइरहेको छ ।

    चिरञ्जीवीको गडफादरमा २० मिनेटको भूमिकाका लागि सलमान खानले २० करोड रुपैयाँ अस्वीकार गरेका छन् ।

    फिल्मको नजिकको स्रोतले भने, ‘द गडफादरमा विशेष क्यामियोका लागि चिरञ्जीवीका निर्माताहरूले सलमानलाई १५ देखि २० करोड रुपैयाँ तोकेका थिए । तर सलमानले यसलाई लिन मानेनन् ।’

    सलमानले आफूलाई पारिश्रमिक दिए फिल्ममा कामै नगर्ने अडान समेत लिएका छन् ।

    सलमानले चिरञ्जीवीलाई यदि मैले तिमीलाई मेरो फिल्ममा केमियो गर्न भने भने त्यसको शुल्क लिन्छौँ ? भनेर प्रश्न गरे । सलमानको यो प्रश्नले चिरञ्जीवी मौन भएका थिए ।

    ‘गडफादर’ फिल्मका लागि सलमानले एक साता मुम्बईमा सुटिङ गर्नेछन् ।

  • पल शाहलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

    पल शाहलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

    काठमाडौं । तनहुँ जिल्ला अदालतले बलात्कार सम्बन्धी मुद्धाको अनुसन्धानमा पल शाहलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

    शुक्रबार अदालतले पाँच दिनको समय दिएको तनहुँ जिल्ला प्रहरी प्रवक्ता युवराज खड्काले जानकारी दिए ।

    यसअघि पहिलोपटक ८ दिन र दोस्रोपटक १२ दिनको समय दिइएको थियो ।

    यसपटक दिइएको समयभित्र प्रहरीले सरकारी वकिल कार्यालयमार्फत अदालतमा अभियोग पत्र दर्ता गरिसक्नुपर्ने छ ।

    तनहुँ अदालतबाट म्याद लिइरहेकै समयमा पू्र्वी नवलपरासी प्रहरीले पनि शाहविरुद्ध अनुसन्धान सकेर बिहीबार अदालतमा मुद्धा दर्ता गरेको थियो ।

    एक नाबालिग गायिकाले बलात्कार गरेको भन्दै शाहविरुद्ध तनहुँ र पूर्वी नवलपरासी प्रहरीमा उजुरी दिएकी थिइन् ।

    थुनछेकको बहस कहाँ पहिला हुने भन्ने यकिन छैन ।

  • पल शाहविरूद्धको अभियोगपत्र : के-के छन् १४ वर्षसम्मको कैद सजाय हुन सक्ने आधार ?

    पल शाहविरूद्धको अभियोगपत्र : के-के छन् १४ वर्षसम्मको कैद सजाय हुन सक्ने आधार ?

    काठमाडौं । एक नाबालिगमाथि बलात्कार गरेको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालय पूर्वी नवलपरासीले बिहीबार जिल्ला अदालतमा अभिनेता पल शाहविरुद्ध अभियोगपत्र दर्ता गरायो । यससँगै शाहमाथि हुन सक्ने सम्भावित सजायबारे आँकलन सुरू भएको छ ।

    नेपालको कानूनले जबर्जस्ती करणीको घटनामा कठोर सजायको व्यवस्था गरेको छ । त्यसैले यदि अभियोग प्रमाणित भएको खण्डमा पलले घटना हुँदा ‘पीडित’ भनिएकी बालिकाको उमेर १६ वर्षभन्दा कम देखिएको अभियोग पत्रमा उल्लेख छ । १६ वर्ष पुगिसकेको भए १० देखि १२ वर्षको कैद सजाय हुन सक्थ्यो । तर, घटना हुँदाका बखत १६ वर्षभन्दा कम भएको प्रमाणित भएमा कैद सजाय झन् बढ्ने देखिन्छ ।

    एक म्युजिक भिडिओको सुटिङ गर्न जाँदा शाहले नाबालिगलाई २०७७ चैत ७ गते राति गैँडाकोट रिसोर्टमा बलात्कार गरेको आरोप अभियोगपत्रमा लगाइएको छ । नाबालिगको बयान, पलको बयान र एक अडिओ सामग्रीलाई प्रमाणका रूपमा पेस गरिएको छ । बयानका लागि बोलाइएका अन्य कसैले पनि घटना भएको भनिएको दिन पल मादक पदार्थ सेवन गरी आफ्नो कोठामा सुत्न गएकोबाहेक अन्य विवरण खुलाउन सकेका छैनन् ।

    रिसोर्ट सञ्चालिका सुलोचना कुँवर जिसी, वेटर भोजराज वस्ती, क्यामेराम्यान अर्जुनप्रसाद तिवारी, गायकद्वय दुर्गेश थापा र सम्राट चौलागाई, संगितकर्मी भीमबहादुर विष्ट र योगेश विकले पल र नाबालिग एउटै रिसोर्टमा बसेको देखेको बताए पनि एउटै कोठामा बसेको बयान दिएका छैनन् ।

    नाबालिगले दिएको बयानअनुसार मिति २०७७/१२/६ गते खेम सेञ्चुरीले सिर्जना गरेको सुर्ती माड्दै माड्दै’ बोलको गीत सुटिङका लागि उनी र प्रतिवादी पूर्णविक्रम शाह सुटिङ युनिटसँगै आएका थिए । उक्त दिन सुटिङ नभएकाले उनीहरू थारु भिलेज भन्ने स्थान बसे । अर्को दिन चैत ७ गते उक्त स्थानमा केही भाग सुटिङ गरी पुनः सम्पूर्ण कलाकारसहितको टिम गैडाकोट रिसोर्टमा आएर बेलुकाको खाना खाएका थिए ।

    बयानमा भनिएको छ, ‘सुत्ने बेलामा सुटिङ युनिटले मलाई गैँडाकोट रिसोर्टको १०२ नम्बर कोठा बुकिङ गरिदिएकाले म उक्त कोठामा आराम गरिरहेको थिएँ । प्रतिवादीलगायत सुटिङ युनिटका अन्य व्यक्तिहरू बाहिर खाजा खाँदै रमाइरहेका थिए । राति अन्दाजी ११ बजेको समयमा प्रतिवादि मेरो फेसबुक म्यासेन्जरमा म्यासेज गरी म आउँछु ढोका खुल्ला राख्नु भनेको हुँदा मैले उक्त म्यासेजको कुनै प्रतिवाद नगरी बसिरहेको अवस्थामा म सुतेको कोठा बाहिर ढोका ढक-ढक गरेको आवाज सुनी मैले ढोका खोल्दा प्रतिवादी रहेछन् ।’

    प्रतिवादीले मलाई पहिलादेखि नै मायाको नाटक गरी यौन शोषण गर्दै आइरहेकामा आफूहरूबीच भएको सम्बन्धका बारेमा कसैलाई नभन्न भनेको नाबालिगकको दाबी छ । पीडित भनिएकी नाबालिग र पल दुवैको मोबाइल फरेन्सिक परिक्षणका लागि पठाइएकाले त्यसभित्र रहेका प्रमाणहरू आउन बाँकी रहेको अभियोग पत्रमा उल्लेख छ ।

    यस्तो छ शाहको बयान

    अभियोगपत्रमा उल्लेख भएअनुसार प्रतिवादी पूर्णविक्रम शाहले दिएको बयान यस्तो छः

    म विगत १० वर्षदेखि कलाकारिता क्षेत्रमा प्रवेश गरी मोडल तथा नायकको भूमिकामा काम गर्दै आइरहेको छु । यसैक्रममा २०७७ साल चैत महिनाको पहिलो हप्ता काजिश श्रेष्ठ, शान थापा, शिव विकले निर्देशन गरेको सुर्ती माड्दै माड्दै, चरीले, तामा पित्तल, छड्के सलाम भन्ने गीतको म्युजिक भिडिओ सुटिङको लागि सम्झौता भएको थियो ।

    २०७७ चैत ४ गते काठमाडौंबाट नवलपरासीको कावासोती आइ लोकेशन (भिडिओ सुटिङ गर्ने ठाउँ) हेरी बसेको हो । अर्को दिन चैत ५ गते ‘चरी’ भन्ने गीतको म्युजिक भिडिओको सुटिङ गरिसकेपश्चात हाल पीडित भनिएकी गायिका सुर्ती माड्दा माड्दै गीतको म्युजिक भिडिओ सुटिङको लागि आएकी थिइन् । उनी थारु कल्चर भन्ने ठाँउमा अरु केटी मोडलसँग बास बसेकी थिइन् ।

    अर्को दिन ६ गते सुटिङ गर्दै जाँदा नभ्याइएकाले सुटिङ युनिट सबैजना चितवन जिल्लाको सौराहा भन्ने ठाउँमा गई बसेको हो । ७ गते बिहान सौराहामा ‘तामा पित्तल’ भन्ने गीतको म्युजिक भिडिओ सुटिङ गरी बेलुका खाना खाइ राति १२:१५ बजे सुटिङको टिममध्ये क्यामराम्यान, निर्देशक, म र गायिका गैँडाकोट रिसोर्टमा आयौं । त्यहाँ म समेतले रक्सी सेवन गरेको हो । उक्त समयमा पीडित कोठामा सुतेकी थिइन् । पछि सुटिङ युनिट आइपुगेपछि हामी आ-आफ्नो कोठामा सुत्न गएका हौं ।

    अर्को दिन ८ गते ‘छड्के सलाम’ गीतको सुटिङका लागी सुटिङस्थल जाने क्रममा होटलका साहूले पीडित भनिएकी गायिका राति आफ्नो छोरीसँग सुतेको बताएका थिए । त्यसपछि हामी नारायणी पुलमा गइ सुटिङ गरेका हौं । सोही दिन अन्दाजी रातको साढे १० बजेको समयमा सुटिङ युनिटसहित गैँडाकोट रिसोर्टमा आइ बसेको हो ।

    म उक्त रिसोर्टको कोठा नम्बर १०१ मा बसेको थिएँ भने पीडित कोठा नम्बर १०२ मा बसेकी थिइन् । म र पीडित सुत्ने कोठा सँगसँगै भएको कारणले म रातको साँढे ११ बजेतिर पीडितको कोठामा जाँदा हिजो उनलाई एक्लै सुत्दा डर लागेको र होटल सञ्चालकको छोरीसँग सुतेको कुरा मैले थाहा पाएकोले तिमीलाई हिजोको जस्तो डर त लागेको छैन ? ल राम्रोसँग सुत् भनी म आफ्नो कोठामा गइ सुतेको हो ।

    अर्को दिन ९ गते विहान उक्त रिसोर्टमा सुर्ति माड्दा माड्दै गीतको केही अंश सुटिङ्ग गरी नारायणी पुल नदी किनारामा ‘छड्के सलाम’ गीतको भिडिओ अञ्जली अधिकारी, सुधीर श्रेष्ठ र म समेतका कलाकारले सुटिङ सकेर काठमाडौं फर्किएको हो ।

    काठमाडौं फर्किएपछि म र पीडितले भिडिओ प्रोमोशनको लागि अन्तर्वार्ता दिने गरेका थियौं । हामीहरूबीच राम्रै म्यासेजहरू आदान-प्रदान भइरहेको थियो । २०७८ सालको वैशाख महिनामा तनहुँमा म्युजिक भिडिओहरूको सुटिङ सकेपछि त्यसको करिब एक, दुई महिनापछि गायिकाले मलाई फोन गरी तपाईंको र मेरो बारेमा बाहिर स्टुडियोहरूमा कुरा काटिरहेका छन् भनेकी थिइन् । त्यसपछि हामी बीचमा विवाद सिर्जना हुँदै जाँदा गज्जब टिभीका सञ्चालक सरोज वली, दुर्गेश भन्ने दुर्गाबहादुर थापा, योगेश काजीसँग यो विवादको विषयमा सल्लाह लिएको हो ।

    सोही विवादको विषयमा २०७८ साल असार महिनामा मध्यबानेश्वरस्थित होटलमा निजहरू तथा म र पीडितसमेत बसी छलफल गर्दा आजै गायिकासँग विवाह गर्ने भनि जोड गरेको हुँदा तीन बर्षसम्म हामिसँगै मिली काम गर्ने र गायिका २० बर्ष पुगेपछि विवाह गर्ने भनी हामीबीच मौखिक सहमती भएको हो । पुनः गायिकाले मलाईं तपाईको ग्रलफ्रेन्ड वा श्रीमतीको रूपमा चिनाउनु पर्‍यो भनी बारम्बार म्यासेज गर्न थालेपछि मैले तिमी आफ्नो तरिकाले गर भनि वादविवाद भएको थियो ।

    त्यसको केही समयपछि निज पीडितको तर्फबाट जिल्ला प्रहरी कार्यालय तनहुँमा मउपर उजुरी परेको हुँदा म मिति २०७८ फागुन १५ गते प्रहरी कार्यालयमा उपस्थित भएकोमा इलाका प्रहरी कार्यालय गैँडाकोटमा समेत मविरुद्द उजुरी परेकोले मलाई मिति फागुन २३ गते उक्त कार्यालयमा ल्याइएको हो ।

    पलविरुद्धका बलिया प्रमाण

    सरकारी वकिल कार्यालयका अनुसार पलले मादक पदार्थ सेवन गरी चैत ८ गते राती पिडित भनिएकी नाबालिग सुतिरहेको कोठामा गएको स्वीकारे पनि शारीरिक सम्वन्धको आरोप आरोप अस्वीकार गरेका छन् । तर, उनले नाबालिगसँग सम्वन्ध राखेको बलिया आधार-प्रमाणहरू रहेकाले पलको दाबी कमजोर देखिएको छ ।

    अभियोगपत्रमा पेस गरिएको सबैभन्दा बलियो प्रमाण भनेको अडिओ नै हो । अडिओमा पलले गायिकासँग शारीरिक सम्बन्ध रहेको स्पष्ट आशय व्यक्त गरेका छन् । त्यो जबर्जस्ती थियो वा थिएन भन्नेले अर्थ राख्दैन । गायिका नाबालिग भएकाले उनीसँग शारीरिक सम्वन्ध राखेको पुष्टि हुनु नै पलमाथि सजायका लागि काफी हुन्छ ।

    अडिओमा पलले भनेका छन् ‘…यति ठूलो डिसिजन लिनुपर्छ नै भन्ने छैन किनभने उ प्रेगनेन्ट भएको भए…समस्या भएको भए वा बच्चा भएको भए कुरा गर्न मिल्थ्यो…बिहे गर्ने, स्वीकार्ने की नस्वीकार्ने… अब गर्लफ्रेन्ड, ब्वाइफ्रेन्डमा… अन्डरस्ट्यान्डिङमा भयो होला…हामी सँगै हुँदा केही भयो होला… तर यति कुरामा एकदम राम्रो सेफ तरिकाले… यति अन्डरस्ट्यान्डिङ हिसाबमा हुँदा पनि लास्टमा स्वीकार्नै पर्छ ? विवाह गर्नै पर्छ ?’

    बयानमा पलले उक्त अडिओमा सुनिएको स्वीकार गरे पनि केही अंश सम्पादन गरिएको आशंका व्यक्त गरेका छन् ।

    उनले भनेका छन्, ‘म र पीडितबीच प्रेम सम्बन्ध थिएन । बाहिर आएको अडिओ क्लिप मिति २०७८ असार महिनामा हामीबीच भएको छलफलको अडिओ क्लिप हो । उक्त अडिओमा भएको आवाज मेरो हो । तर, त्यसमा भनिएको कुनै आवाज मेरो नभएजस्तो लाग्छ । उक्त अडिओ क्लिपमा भएको शब्द मैले प्रतिवाद गर्दा उच्चारण भएको हो । मलाई पीडितले स्वीकार गर्नुपर्छ भनेको हुँदा मैले केही ठोस प्रमाण भएमा देखाउनुस् भन्दै अरु प्रेमी-प्रेमिकाको उदाहरणसहित स्पष्ट पारेको हो ।’

    यदि शारीरिक सम्बन्ध भएको थिएन र प्रेम सम्बन्धनसमेत थिएन भने उनले गायिकासँग तीन वर्षपछि विवाह गर्ने मौखिक सहमतिका लागि किन वाध्य भए त भन्ने प्रश्न उठ्ने ठाउँ शाह स्वयम्‌ले छोडेका छन् ।

    प्रहरी तथा सरकारी वकिलसँग भएको बयानलाई अदालतले दुरुस्तै स्वीकार भने गर्दैन । अन्य प्रमाणले सघाउ पुर्‍याउने भएमा मात्रै त्यस्तो बयानलाई अदालतले हेर्छ । नत्र भने अदालतसमक्ष हुने बयानलाई मात्र प्रमाणका रूपमा हेरिन्छ । थुनछेकको बहसअघि अब अदालतले शाहसँग बकपत्र लिने छ । फैसलाअघि पीडित र अन्य साक्षीहरूसँग पनि अदालतले बकपत्र लिन्छ ।

    अभियोग पत्रमा घटना भएको दिनबारे अन्योल देखिएको छ । नाबालिगले चैत ७ गते घटना भएको बताएपनि पलले भने चैत ८ गते राति मदिरा सेवन गरेर आफू उनको कोठामा पुगेको उल्लेख गरेका छन् । तर, उनले आफ्नो बयानमा उल्लेख गरेका होटल मालिककी छोरी भनिएकी बालिकाले चैत ७ गते राती १२ बजे गायिका आफूसँग आएर सुतेको तर कतिबेला उठ‍ेर गईन् भन्ने चाल नपाएको बताएको अभियोग पत्रमा उल्लेख छ । गैँडाकोट रिसोर्टको इन्ट्री बुकको प्रतिलिपिमा चैत ७ र ८ गते ६ वटा कोठा बुक भएको पाइएको प्रहरी प्रतिवेदनमा जनाइएको छ ।

    मुलुकी अपराध संहिताअनुसार १४ वर्षभन्दा माथि र १६ वर्षभन्दा मुनिको नाबालिगसँग शारीरिक सम्वन्ध राख्ने पुरुषलाई १२ देखि १४ वर्षको जेल सजाय हुन सक्छ । घटना हुँदा नाबालिगकको उमेर १६ वर्षभन्दा कम भएको र शारीरिक सम्बन्ध रहेको पुष्टि भयो भने पलमाथि १४ वर्षसम्मको जेल सजाय हुन सक्ने सम्भावना टड्कारो छ ।