Category: कलाप्रेस

  • पलसँगै अवार्ड जितेपछि भावुक बन्दै पूजाले लेखिन् : रियल हिरोलाई धेरै मिस गरिरहेँ

    पलसँगै अवार्ड जितेपछि भावुक बन्दै पूजाले लेखिन् : रियल हिरोलाई धेरै मिस गरिरहेँ

    काठमाडौं । म यस्तो गीत गाउँछु २ बाट अवार्ड जितेपछि नायिका पूजा शर्माले भावुक स्टाटस लेखेकी छन् । उनले अवार्ड लिँदा सो चलचित्रका नायक पल शाहलाई औधी मिस गरेको बताएकी छन् ।

    आज वितरण गरिएको बक्स अफिस फिल्म अवार्डमा म यस्तो गीत गाउँछु २ बाट पल शाह सर्वोत्कृष्ट नायक र पूजा शर्मा सर्वोत्कृष्ट नायिका घोषित भएका थिए । सोही चलचित्रबाट सुदर्शन थापाले सर्वोत्कृष्ट निर्देशकको अवार्ड पाए । पलले पाएको अवार्ड भने चलचित्रको निर्मात्रीसमेत रहेकी पूजाले थापेकी थिइन् ।

    अवार्ड लिएको तस्बिर फेसबुकमा पोस्ट गर्दै पूजाले प्रसव पीडामा चिच्याएकी आमा सन्तान जन्माएपछि मुस्कुराएको जस्तै आफू मुस्कुराएको बताएकी छन् । यद्यपि दिल खोलेर हाँस्न नसकेको उनको भनाइ छ । पूजाले आफूहरूले पाएको अवार्ड पललाई समर्पित गरेकी छन् ।

    ‘म यस्तो गीत गाउँछु २’बाट उत्कृष्ट नायकको अवार्ड पल शाहले जित्दै गर्दा मेरो प्यारी साथी र हाम्रो रियल हिरोलाई धेरै मिस गरिरहेँ । पल, तिम्रा लागि यो अवार्ड समर्पित गर्न चाहन्छौँ ।’

    हेर्नुस् पूजाको स्टाटसः

  • पल शाहलाई सर्वोत्कृष्ट नायकको अवार्ड, नायिकामा पूजा शर्मा

    पल शाहलाई सर्वोत्कृष्ट नायकको अवार्ड, नायिकामा पूजा शर्मा

    काठमाडौं । जबरजस्ती करणीको आरोपमा जेल जीवन बिताइरहेका पल शाहले सर्वोत्कृष्ट नायकको अवार्ड पाएका छन् ।

    चलचित्र विकास बोर्डमा आज बाँडिएको बक्स अफिस फिल्म अवार्डमा पल सर्वोत्कृष्ट नायक ठहरिएका हुन् ।

    ‘म यस्तो गीत गाउँछु २’ बाट पलले सर्वोत्कृष्ट नायकको अवार्ड पाउँदा सोही चलचित्रबाट पूजा शर्मा पनि सर्वोत्कृष्ट नायिका बन्न सफल भइन् । यस्तै, सोही चलचित्रबाट सुदर्शन थापाले सर्वोत्कृष्ट निर्देशकको अवार्ड जितेका छन् ।

    चलचित्रले वर्षकै सफल चलचित्रको अवार्डसमेत जितेको छ ।

    अवार्ड समारोहमा निर्देशक थापा र नायिका पूजा उपस्थित थिए । उनीहरूले पललाई मिस गरेको बताए । जेलमा रहेका पल शाह उपस्थित नरहेकाले उनकाे अवार्ड पनि पुजाले थापेकी थिइन् ।

  • भारतीय चलचित्रको मारमा ए मेरो हजुर ४ : मल्टिप्लेक्समा पाएन पर्याप्त शो

    भारतीय चलचित्रको मारमा ए मेरो हजुर ४ : मल्टिप्लेक्समा पाएन पर्याप्त शो

    काठमाडौं । प्रदशोन्मूख चलचित्र ‘ए मेरो हजुर ४’ दक्षिण भारतीय चलचित्रको पेलाईमा परेको छ ।

    आगामी १ वैशाखबाट रिलिज हुन लागेको यस चलचित्रलाई हल सञ्चालकहरूले न्यून शो उपलब्ध गराएका छन् ।

    वैशाख १ मा नै दक्षिण भारतीय चलचित्र केजीएफ च्याप्टर २ रिलिज हुँदै छ । मल्टिप्लेक्सहरुमा उक्त चलचित्रलाई ठूलो स्पेस दिइएपछि ए मेरो हजुर ४ मारमा परेको हो । अपेक्षित संख्यामा शो नपाउँदा चलचित्रको व्यापारिक सफलतामा शंका उत्पन्न भएको छ ।

    क्युएफएक्सले केजीएफका लागि देशभर ८४ शो दिएको छ भने ए मेरो हजुर ४ लाई २८ शोमा खुम्च्याएको छ ।

    उपत्यकाको मल्टीप्लेक्स चेन बिग सिनेमाले पनि केजीएफको लागि १३ वटा शो छुट्याउँदा ए मेरो हजुर लाई जम्मा ४ शो दिएको छ । यसै गरी एफक्युबमा केजिएफले १४ शो र ए मेरो हजुर ३ शो पाएका छन् ।

    क्युएस, सिडीसी, वान सिनेमा र बिएसआरमा पनि ए मेरो हजुर ४ ले पर्याप्त शो पाउन सकेन । प्राप्त गरेका शोमा पनि यस चलचित्रको प्रि–बुकिङ कमजोर देखिएको छ ।

    भारतीय सिनेमा भने ३ दिनसम्मको लागि हाउसफुल भइसकेको काठमाडौंका एक हल सञ्चालकले नेपाल प्रेसलाई जानकारी दिए ।

    दर्शकहरूको माग अनुसार नै शोहरुको बाँडफाँड हुने ती हल सञ्चालकको दाबी गर्छन् ।

    अहिले भारतीय सिनेमाको बढ्दो आकर्षण हेर्दा दोस्रो दिनबाटै ए मेरो हजुरको शो थप घटाउन सकिने उनको भनाइ छ ।

  • शाहरुख खानका छोरा आर्यन वेब सिरिज निर्देशन गर्दै

    शाहरुख खानका छोरा आर्यन वेब सिरिज निर्देशन गर्दै

    काठमाडौं । बलिउड सिने क्षेत्रमा किङ खानको रूपमा परिचित शाहरुख खानका छोरा आर्यन खान फिल्म क्षेत्रमा प्रवेश गर्ने भएका छन् ।

    आर्यनले पछिल्लो समय आइपिएल अक्सनमा शाहरुख खानको टिम कोलकत्ता नाइट राइडर्सको प्रतिनिधित्व गरेका थिए भने हाल आर्यनले नै टिमको सम्पूर्ण जिम्मेवारी उठाउँदै आएको बताइएको छ ।

    उनी अब भने फिल्म क्षेत्रमा समेत प्रवेश गर्ने बताइएको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार आर्यनले अमेजन प्राइमको एक वेब सिरिजको निर्देशक तथा लेखकको रूपमा फिल्म क्षेत्रमा प्रवेश गर्ने भएका हुन् ।

    आर्यनले गत हप्ता उक्त वेब सिरिजको लागि डेमो सुट समेत गरिसकेका छन् ।

    उक्त वेब सिरिजको नाम तथा अन्य जानकारी भने हालसम्म सार्वजनिक भइसकेको छैन ।

  • रणवीर र आलियाको ब्याचलर पार्टी स्थगित

    रणवीर र आलियाको ब्याचलर पार्टी स्थगित

    काठमाडौं । बलिउड सुपरस्टार रणवीर कपुर र आलिया भट्ट यही अप्रिल १४मा वैवाहिक बन्धनमा बाँधिने भएका छन् ।

    विवाहपूर्व रणवीर र आलियाले छुट्टा छुट्टै ब्याचलर पार्टी आयोजना गर्ने बताइएको थियो ।

    यद्यपि उनीहरूको कार्य व्यस्तताको कारण उक्त पार्टी स्थगित गरिएको बताइएको छ ।

    हाल रणवीर लभ रञ्जनको एक गीतको छायकंनमा व्यस्त रहेका छन् ।

    आलिया रक्की और रानीकी लभ स्टोरीको छायकंनमा व्यस्त रहेको कारण उनीहरूको ब्याचलर पार्टी स्थगित हुने भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

  • विदेशी फिल्ममाथि कडाइ गर्न माग गर्दै विकास बाेर्डमा चलचित्रकर्मीको ज्ञापनपत्र

    विदेशी फिल्ममाथि कडाइ गर्न माग गर्दै विकास बाेर्डमा चलचित्रकर्मीको ज्ञापनपत्र

    काठमाडौं । विदेशी फिल्मका कारण नेपाली फिल्म हलमा प्रदर्शन हुने अवस्था नै नबनेपछि फिल्मकर्मीले चलचित्र विकास बोर्डमा ज्ञापनपत्र बुझाएका छन् । फिल्मकर्मीले बोर्डका अध्यक्ष दयाराम दाहाललाई भेटेर ९ बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।

    ज्ञापनपत्रबारे निर्देशक सोभित बस्नेतले सामाजिक संजालमा लेखेका छन्, ‘छिमेकीको घरमा आगो लाग्दा रमिता हेर्ने हामी । आफ्नै घरमा आगो लाग्दा पनि हेरी नै रहने हो त ? आज नेपाल चलचित्र विकास बोर्डमा हामी चलचित्रकर्मीले चलचित्रसम्बन्धी अतिआवश्यक मागहरु सहित ज्ञापनपत्र बुझाएका छौं ।’

    ज्ञापनपत्रमा बोर्डलाई स्वयत्त बनाउनुपर्ने, राष्ट्रिय चलचित्र नीति २०७१ कार्यान्वयन गरिहनुपर्ने, चलचित्र विधेयक स्वयत्त २०७७ संसदबाट अनुमोदन गरिनुपर्ने, विदेशी चलचित्रको नेपालमा प्रदर्शनमा कडाइ गरिनुपर्ने लगायतका माग रहेका छन् ।

    बस्नेत, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, निर्माता उदय सुब्बा लगायतले दाहाललाई ज्ञापनपत्र बुझाएका हुन् ।

  • महजोडीको मुख्य भूमिका रहने ‘महापुरुष’को निर्माण घोषणा

    महजोडीको मुख्य भूमिका रहने ‘महापुरुष’को निर्माण घोषणा

    काठमाडौं । वरिष्ठ हास्य कलकार महजोडीको मुख्य भूमिका रहने सिनेमा ‘महापुरुष’को निर्माण घोषणा गरिएको छ ।

    वैशाख दोस्रो साताबाट फ्लोरमा जाने सिनेमालाई प्रदीप भट्टराईले निर्देशन गर्दै छन् ।

    षट्कोण आर्ट्सको प्रस्तुतिमा निर्माण हुने ‘महापुरुष’मा म्याक्स् दीपेश खत्री निर्माताको रूपमा छन् । सिनेमाका कार्यकारी निर्माता रवीन्द्र सिंह बानिया हुन् । उनले प्रदीप भट्टराईको निर्देशनमा यसअघि ‘जात्रा र जात्रै जात्रा’ जस्ता सफल सिनेमामा सहकार्य गरिसकेका छन् । यो उनीहरूको तेस्रो सहकार्य हो ।

    निर्देशक भट्टराई र निर्माता बानियाँले यसअघि सिनेमा निर्माण र निर्देशनको सफलतामा ह्याट्रिक गरिसेकाका छन् ।

    सिनेमामा मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी र अरुण क्षेत्रीको अभिनय रहने छ । अरुण यही सिनेमाबाट अभिनेताको रूपमा डेव्यु गर्दै छन् ।

    यस्तै, निर्माण टिमले दिएको जानकारी अनुसार सिनेमामा अभिनेय गर्ने अन्य कलाकार अभिनेत्री छनोट प्रक्रिया चलिरहेको छ । सिनेमालाई नरेन्द्र मैनालीले खिच्ने छन् ।

  • डि सिने अवार्डमा पुष्प र केकी उत्कृष्ट, कसले के पाए ? (नामावलीसहित)

    डि सिने अवार्डमा पुष्प र केकी उत्कृष्ट, कसले के पाए ? (नामावलीसहित)

    काठमाडौं । काभ्रेको धुलिखेलमा विशेष कार्यक्रम गरेर डि सीने अवार्डको १२औँ संस्करणले अवार्ड वितरण गरिएको छ । छाया छवि क्रियसनको आयोजनामा हुँदै आएको डि सीने अवार्ड यसअघि कोरोना भाइरसको महामारीका कारण रोकिएको थियो । २०७६ सालभर प्रदर्शनमा आएका फिल्म मध्येबाट दर्ता भएका फिल्महरूको आधारमा निर्णायक मण्डलले उत्कृष्ट छनौट गरेको हो ।

    शनिवार धुलिखेलमा सम्पन्न अवार्डमा ‘छ माया छपक्कै’ले सर्वाधिक ८ विधामा अवार्ड जित्न सफल भएको छ । यस्तै , मारुनी र साङ्लो फिल्मले ६ विधामा अवार्ड जितेका छन् । प्रतिस्पर्धामा रहेका २७ विधासहित जुरीले थप ६ विधामा अवार्ड प्रदान गरिएको थियो । वर्षको उत्कृष्ट फिल्ममा मारुनीसँगै निर्देशक नबल नेपाल र अभिनेता पुष्प खड्काले पनि अवार्ड जित्न सफल भए ।

    यस्तै अभिनेत्रीतर्फ छ माया छपक्कैबाट केकी अधिकारीले अवार्ड जित्न सफल भइन् । यस्तै, जुरी अवार्डतर्फ यहीँ फिल्मले पपुलर फिल्मको अवार्डसँगै निर्देशकमा दीपेन्द्र लामाले पनि अवार्ड जित्न सफल भए । यसै फिल्मतर्फ निर्देशनमा दीपेन्द्र लामा र पपुलर फिल्ममा छ माया छपक्कैले जुरी अवार्ड जित्यो । लेखक, निर्देशक तथा कलाकार मोहन निरौलाको संयोजकत्वमा निर्देशक राजेन्द्र उप्रेती, संगीतकार सन्तोष श्रेष्ठ एवं अभिनेत्री तथा मोडल शोभीता सिम्खडा निर्णायक रहेको टोलीले अवार्डमा दर्ता भएका फिल्म मध्येबाट उत्कृष्ट चयन गरेका हुन् ।

    अवार्डको १२ औँ संस्करणमा आइपुग्दा डिजिटल फिल्मको विकल्प नरहेको अवार्ड अध्यक्ष शान्तिप्रियले बताए । उनले आफूसहित आफ्नो टिम सात प्रदेश चौध सहरमा फिल्म प्रमोसनका विविध कार्यक्रम लिएर पुग्नेसमेत बताए ।

    समीर लामाको संयोजकत्वमा भएको १२ औँ संस्करणको अवार्डमा छाया छवि लाइफ टाइम लिजेन्ड्री अवार्ड नेपालकै पहिलो फिल्म ‘आमा’बाट नेपाली रजतपटमा प्रवेश गरी प्रथम नायिकाको उपमा पाएकी भुवन चन्दलाई प्रदान गरियो । उनलाई नगद पच्चीस हजार एक रुपैयाँसहित सम्मान गरिएको हो ।

    त्यस्तै, छाया छवि चलचित्रकर्मी रजत सम्मान ९पुरुष तर्फ० अभिनेता विजय लामा र छाया छवि चलचित्रकर्मी रजत सम्मान ९महिला तर्फ० झरना थापालाई प्रदान गरियो । छाया छवि चलचित्र पत्रकारिता पुरस्कार विष्णुप्रसाद सुवेदीलाई प्रदान गरिएको छ । उनलाई नगद १२ हजार २ सय २२ रुपैयाँसहित पुरस्कार प्रदान गरिएको हो ।

    यस्तै, नेपाली फिल्मको प्रवर्द्धनमा योगदान दिएको भन्दै मोडल सागर घिसिङ, गीतकार सुरेन्द्र महर्जन, निर्माता विनोद गुरुङ, मोडेल नन्दा बस्याल, संगीतकार राजेन्द्र बजगाईँ, मोडेल गौतम खाती, कलाकार इन्द्र दोङ तामाङ, निर्माण नियन्त्रक यमप्रसाद ओली र फोटो पत्रकार च्याङवा लामालाई डि सीने अवार्डमा आयोजक संस्था छाया छवि क्रियसनले सम्मान गरेको थियो ।

    कार्यक्रममा प्रतिस्पर्धामा रहेका बाहेक चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, चलचित्र संघका पूर्व अध्यक्ष प्रदीपकुमार उदय, चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, वरिष्ठ फिल्मकर्मी कृष्ण मल्ल, निर्देशक तथा निर्माता अशोक शर्मा, चलचित्र पत्रकार संघका अध्यक्ष दिनेश सिटौला, निर्देशक दीपक श्रेष्ठ, कलाकार गजित विष्ट, निर्देशक शोभित बस्नेतलगायत फिल्मकर्मीको उपस्थिति थियो ।

    कार्यक्रममा जितु नेपालले आफ्नो हाँस्य प्रस्तुति दिँदै बढ्दो सामाजिक सञ्जालको विकृतिमाथि व्यङ्ग्य गरेका थिए भने दीपशा विसीले नृत्य प्रस्तुत गरेकी थिइन् ।

    अवार्ड विजेताको सूची

    १. उत्कृष्ट पार्श्व संगीत : एलिस कार्की : साङ्लो

    २. उत्कृष्ट ध्वनीमिश्रण : अमित श्रेष्ठ : जात्रै जात्रा

    ३. उत्कृष्ट गीतकार : राजेन्द्र थापा – जुनको जुनेली : छ माया छपक्कै

    ४. उत्कृष्ट पार्श्व गायिका : इतु जोजीजु – बिर्सन सकिन : मखमली मखमली

    ५. उत्कृष्ट पार्श्व गायक : कृष्ण काफ्ले – हाने मैले झटारो : मारुनी

    ६. उत्कृष्ट चलचित्र लोक संगीत संगीतकार : वसन्त थापा – जुनको जुनेली : छ माया छपक्कै

    ७. उत्कृष्ट संगीतकार : अर्जुन पोखरेल – सुन्यौ की सुनेनौ : लभ डायरीज

    ८. उत्कृष्ट नृत्य निर्देशक : कविराज गहतराज – एम जी रोडैमा : हजार जुनीसम्म

    ९. उत्कृष्ट द्वन्द्व निर्देशक : श्री श्रेष्ठ : साङलो

    १०. उत्कृष्ट हाँस्यकलाकार : केदार प्रसाद घिमिरे : छ माया छपक्कै

    ११. उत्कृष्ट खलपात्र : प्रकाश शाह : साङ्लो

    १२. उत्कृष्ट कथा : गोविन्द फुयांल : मारुनी

    १३. उत्कृष्ट पटकथा : आशुतोष राज श्रेष्ठ : जाईरा

    १४. उत्कृष्ट सम्वाद : रामबाबु गुुरुङ-उपेन्द्र सुब्बा : कबड्डी कबड्डी कबड्डी

    १५. उत्कृष्ट नव–नायिका : रुवीना थापा : लभ डायरीज

    १६. उत्कृष्ट नव–नायक : अंकीत शर्माः रातो टीका निधारमा

    १७. उत्कृष्ट नव–निर्देशक : विराज भट्ट : साङ्लो

    १८. उत्कृष्ट चरित्र अभिनेत्री : मिथिला शर्मा : आमा

    १९. उत्कृष्ट चरित्र अभिनेत ः माओत्से गुरुङ : कबड्डी कबड्डी कबड्डी

    २०. उत्कृष्ट सह–अभिनेत्री : स्वस्तीमा खड्का : हजार जुनीसम्म

    २१. उत्कृष्ट सह–अभिनेता : जितु नेपाल : छ माया छपक्कै

    २२. उत्कृष्ट छायाँकार : सञ्जय लामा : मारुनी

    २३. उत्कृष्ट सम्पादक : बिपिन मल्ल : छ माया छपक्कै

    २४. उत्कृष्ट अभिनेत्री : केकी अधिकारी : छ माया छपक्कै

    २५. उत्कृष्ट अभिनेता : पुष्प खड्का : मारुनी

    २६. उत्कृष्ट निर्देशक : नबल नेपाल : मारुनी

    २७. उत्कृष्ट फिल्म : मारुनी : पुनम इन्टरटेनमेन्ट प्रा.लि.

    जुरीद्वारा थप गरिएको ६ विधामा दिइएको अवार्ड यस्तो छ

    प्रोत्साहन अवार्ड : क्षितिज सुवेदी : वीर विक्रम २

    साउण्ड एडिटर : किशोर आचार्य : सानो मन

    भिएफएक्स आर्टिस्ट : समीर मियाँ : साङ्लो

    वर्षको पपुलर गायिका : मिलन नेवार : चरीले काफल : साङ्लो

    निर्देशक : दीपेन्द्र लामा : छ माया छपक्कै

    पपुलर फिल्म : छ माया छपक्कै : रोहित अधिकारी फिल्म्स् एण्ड आमा सरस्वती मूभिज् प्रा.लि.

  • जी-बबले गाएको ‘ए मेरो हजुर ४’ को गीत एक नम्बर ट्रेन्डिङमा, फिल्मको व्यापारलाई पनि ‘बुस्ट’ गर्ला ?

    जी-बबले गाएको ‘ए मेरो हजुर ४’ को गीत एक नम्बर ट्रेन्डिङमा, फिल्मको व्यापारलाई पनि ‘बुस्ट’ गर्ला ?

    काठमाडौं । प्रदर्शनउन्मुख चलचित्र ‘ए मेरो हजुर ४’ का लागि जी-बबले गाएको र्‍याप गीतले छोटो समयमा युट्यूवको नेपाल ट्रेन्डिङको शीर्षस्थान कब्जा गरेको छ । हिजो रिलिज भएको गीत केही घण्टामै एक नम्बर ट्रेन्डिङमा उक्लेको हो ।

    अनमोल केसी-सुहाना थापा स्टारर रोमान्टिक मुभी नयाँ वर्षमा रिलिज गरिँदैछ । फिल्म प्रदर्शनको छेकोमा जी-बबको स्वरमा प्रमोसनल गीत रेकर्ड गरिएको थियो । उक्त गीतको एउटा अंश हिजो बुढासुब्बा डिजिटलको च्यानलबाट सार्वजनिक गरिएको थियो । सार्वजनिक गरिएको १७ घण्टामा गीतले झण्डै आठ लाख भ्यूज बटुलिसकेको छ ।

    र्‍याप ब्याटलका क्रममा गाएको ‘मिलेन लेभल तेरो बाउ बोला ए…’ बाट जी-बब भाइरल भएका थिए । उनले ‘ए मेरो हजुर ४’ का लागि गीत रेकर्ड गरेको खबरसँग फ्यानहरू यसको व्यग्र पर्खाइमा थिए । फिल्मको गीत भए पनि जी-बबले आफ्नै स्टाइमा गाएको हुँदा फ्यानहरूको तिर्खा मेटिएको छ । गीतको भिडिओमा पनि जी-बब देखिएका छन् ।

    गीतमा आएका रियाक्सनहरू पनि निकै उत्साहजनक छन् । अहिलेसम्म गीतले करिब १ लाख १० हजार लाइक्स र ५ हजारभन्दा बढी प्रतिक्रिया पाइसकेको छ । प्रतिक्रियाहरू अधिकांश सकारात्मक छन् र जी-बबको प्रशंसामा केन्द्रित छन् ।

    प्रदर्शनको ठीकअघि आएको गीत ‘ए मेरो हजुर ४’ का लागि निकै ठूलो प्लस प्वाइन्ट बनेको छ । युवापुस्तालाई हलसम्म तान्नका लागि यो गीतले थप मद्दत गर्ने विश्वास निर्माण पक्षले लिएको छ । हिट सिक्वेल र अनमोल केसीको उपस्थितिले गर्दा फिल्म पहिल्यैबाट प्रतिक्षित थियो । जी-बबको पनि इन्ट्री भएपछि दर्शकहरुको कौतुहल थप बढेको छ ।

    ‘ए मेरो हजुर ४’ सँगै एउटा दक्षिण भारतीय चलचित्र पनि नेपालका हलहरुमा रिलिज हुँदैछ । महँगोमा खरिद गरिएको उक्त चलचित्रका कारण ‘ए मेरो हजुर ४’ ले पर्याप्त शो नपाउने खतरा भने देखिन्छ ।

  • विदेशी फिल्म मालामाल, स्वदेशी फिल्मको बेहाल

    विदेशी फिल्म मालामाल, स्वदेशी फिल्मको बेहाल

    केही दिनअघि ‘ए मेरो हजुर ४’ को ट्रेलर सार्वजनिक कार्यक्रममा फिल्मका निर्माता सुनिलकुमार थापाले भने, ‘मलाई एउटै मात्र डर छ । नौ सय करोडमा बनेको भारतीय चलचित्र नेपालमा तीन करोडमा बनेको चलचित्रसँग भिड्दै छ ।’

    थापाले दक्षिण भारतीय फिल्म ‘केजीएफ च्याप्टर २’ लाई संकेत गरिरहेका थिए, जुन ए मेरो हजुर ४ सँगसँगै वैशाख १ मा रिलिज हुँदै छ । पछिल्लो समय नेपाली दर्शकमाझ दक्षिण भारतीय फिल्मले जसरी दबदबा बनाइरहेका छन्, त्यसलाई हेरेर निर्माता थापा पहिल्यै आतंकित बनेका हुन् ।

    अहिले व्यापक प्रमोसन भइरहेको ‘ए मेरो हजुर ४’ नेपाली दर्शकका लागि प्रतीक्षित सिरिज हो । यसका अघिल्ला तीन वटै सिरिज दर्शकले मन पराए र निर्मातालाई पनि फाइदाजनक रह्यो । तेस्रो र चौथो सिक्वेलमा अहिलेका सर्वाधिक चर्चित र महँगा सुपरस्टार अनमोल केसी छन्, जसले अहिलेसम्म कुनै पनि फिल्ममा असफलताको स्वाद चाख्नु परेको छैन । र पनि, यसपाला दक्षिण भारतीय फिल्मले आफूलाई अप्ठेरोमा पार्न सक्ने संशयमा छन् निर्माता थापा ।

    नेपालका वितरकले अहिलेसम्मकै महँगो मूल्य तिरेर ‘केजीएफ’ नेपालमा ल्याएको बताइन्छ । यसको मतलब उनीहरूले ‘ए मेरो हजुर ४’ लाई पर्याप्त शो नै नदिन सक्ने खतरा समेत छ । विगतदेखि नै नेपालका मल्टिप्लेक्सहरुले स्वदेशी चलचित्रलाई विभिन्न बहानामा हेपाहा र पेलाहा व्यवहार गर्दै आइरहेका छन् । ‘केजीएफ’ का निर्माताका लागि नेपाली बजारले ठूलो महत्त्व अर्थ नराख्न सक्छ, तर नेपालका वितरकका लागि राख्छ ।

    यता, ‘ए मेरो हजुर ४’ का लागि नेपाली बजारबाहेक अर्को विकल्प छैन । तीन करोडमा बनेको फिल्मले लगानी उठाउनकै लागि मात्रै साढे आठ करोडभन्दा बढीको ग्रस कलेक्सन गर्नुपर्छ । दर्शकको ठूलो उभार सिर्जना नगरीकन फिल्मले लगानी उठाउन सम्भव छैन । यही भएर निर्माण पक्षले फिल्मको पक्षमा माहोल सिर्जना गर्न अनेक हत्कण्डा अपनाइरहेको छ । हालै युवा पुस्ताका चर्चित र्यापर जी–बबको स्वरमा नयाँ गीत रेकर्ड गराउनु पनि यस्तै एक हत्कण्डा हो ।

    भारतीय फिल्मको बढ्दो दबदबा

    नेपालमा बलिउड चलचित्रहरूले प्रभुत्व कायम गर्नु कुनै नौलो कुरा होइन । भारतका ठूला स्टारका फिल्म रिलिज हुँदा नेपालका हलहरूमा आफसे आफ भीड जम्मा हुन्छ । स्वदेशी चलचित्रले पनि दर्शक तान्न निकै पापड बेल्नुपर्छ ।

    पछिल्लो समय बलिउड मात्र नभएर दक्षिण भारतीय फिल्महरूले पनि नेपालमा मालामाल व्यापार गर्न थालेका छन् । गतिलो र तार्किक स्क्रिप्ट नहुने असामान्य मारधाडबाला फिल्महरूले नेपालका दर्शकहरूलाई लोभ्याउन थालेपछि नेपाली फिल्म निर्मातालाई चुनौती थपिएको छ ।

    कोरोनाका कारण लामो समय लकडाउन भएपछि फिल्म उद्योग बन्दजस्तै थियो । हलहरू पनि ठप्प थिए । अहिले भर्खरै हलहरू खुलेर नयाँ चलचित्र रिलिज हुन थालेका हुन् । तर, स्वदेशीभन्दा विदेशी फिल्मले नै नेपाली दर्शकको पैसा गुटमुट्याइरहेका छन् । नेपाली फिल्म दर्शक नपाएर तड्पिरहेका छन् ।

    ‘बाहुबली २’ले मात्रै नेपालबाट करिब २० करोड हाराहारी ग्रस कलेक्सन गरेको समीक्षक सुशील पौडेल बताउँछन् । यस्तै, गत १७ डिसेम्बरमा प्रदर्शन भएको ‘पुष्पा ः द राइज’ ले १२ देखि १४ करोड ग्रस कलेक्सन गरेको थियो । आलिया भाट स्टारर ‘गंगुबाई काठियावाडी’ले पनि राम्रै कलेक्सन गरेको थियो भने अहिले प्रदर्शन भइरहेको साउथ फिल्म ‘आरआरआर’ ले १० करोड कलेक्सन कटाइसकेको छ । हलमा अझै पनि ‘आरआरआर’ को दबदबा कायम छ ।

    यो बीचमा रिलिज भएका नेपाली चलचित्र भने अपवादलाई छोडेर असफल छन् । पल शाह प्रकरणका कारण ‘म यस्तो गीत गाउँछु २’ ले सन्तोषजनक कमाइ गर्यो । अर्को चलचित्र कठपुतलीको व्यापार पनि तैविसेक रह्यो । यसबाहेक कुनै पनि नेपाली चलचित्र बक्स अफिसमा चम्किन सकेका छैनन् । नेपाली चलचित्र कहिले हलमा लाग्छन् र कहिले उत्रिन्छन् भन्नेसमेत पत्तो हुँदैन ।

    ‘आरआरआर’ भन्दा एक साताअघि प्रदर्शन भएको नेपाली फिल्म ‘चिसो एस्ट्रे’ ले मिडियामा राम्रो समीक्षा पाएको थियो । यसबाट निर्माताहरू पनि आशावादी बनेका थिए । तर, र, दर्शक फिल्म हेर्न हलमा गएनन् । फिल्मले पहिलो सप्ताहान्तमै घुँडा टेक्यो । आइतबारसम्म आइपुग्दा हलबाट उठिसकेको थियो । दर्शकले अब युट्यूवमा यो फिल्म हेरेर प्रशंसा गर्नेछन् । विदेशी फिल्म पैसा तिरेर हेर्न र स्वदेशी फिल्म युट्यूवमा हेर्न बानी पर्दै गएका छन् नेपाली दर्शक ।

    ‘चिसो एस्ट्रे’ मात्रै होइन, पछिल्लो समय प्रदर्शन भएका अरू फिल्मको पनि यही अवस्था छ । अहिले भर्खरै प्रदर्शनमा आएको ‘हेल्लो जिन्दगी’ को व्यापार दयनीय छ । फिल्मले पोस्टर खर्चसमेत उठाउन नसकेको बताइन्छ ।

    साथै सुदर्शन थापा निर्देशित ‘म यस्तो गीत गाउँछु २’ले हलमा राम्रो दर्शक पायो । यी दुई फिल्म बाहेक अन्य फिल्मले अपेक्षित व्यापार गरेनन् । धेरै फिल्म प्रदर्शन भए, तर काठमाडौंका गल्लीमा पोस्टर टाँस्ने काम बाहेक केही गर्न सकेनन् । न हलमा दर्शकलाई तान्न सके, न राम्रो कमाइ नै गरे ।

    दर्शक हलमा आउन् या नआउन्, तर हलमा प्रदर्शन मिति तय गर्न तँछाडमछाड गरिरहेका छन् नेपाली मेकरहरु । कोभिडका कारण दुई तीन वर्षदेखि थन्किएर बसेका फिल्महरू प्रदर्शनको पर्खाइमा छन् । उपयुक्त प्रदर्शन मितिका लागि हानथाप चलिरहेकै छ । तर, ती फिल्मले दर्शक पाउलान् त ? ती फिल्म हेर्न दर्शक आउलान् त ? खासै आशालाग्दो अवस्था छैन ।

    फिल्म वितरक मनोज राठी विदेशी फिल्मले नेपालमा राम्रो व्यापार गरिरहेको बताउँछन्, तर कुन फिल्मले कति ग्रस ग¥यो भनेर चाहिँ खुलाउन चाहँदैनन् ।

    उनले भने, ‘राम्रो फिल्मले दर्शक त पाइहाल्छ नि । सुदर्शन थापाको फिल्म ‘म यस्तो गीत गाउँछु २’ले कमाएकै हो । मुख्य कुरा त दर्शकलाई फिल्म मनपर्नुपर्‍यो । मेकरहरुले दर्शकको रुचिको फिल्म बनाउनुपर्‍यो ।’

    किन चल्दैनन् नेपाली फिल्म ?

    पछिल्लो समय नेपालमा थुप्रै प्रतिभा वान निर्देशकहरू जन्मेका छन् । परम्परागतभन्दा पृथक् शैलीका मौलिक चलचित्रहरू पनि बनिरहेका छन् । तर, ती फिल्ममा दर्शकको खडेरी छ । आखिर किन ?

    निर्देशन दीपेन्द्र लामा नेपाली मेकरले दर्शक रिझाउन नसकेको स्वीकार्छन् । लामाका अनुसार नेपाली दर्शकलाई रिझाउन एकदमै सजिलो छ, तर त्यही सजिलोपनालाई पनि बेवास्ता गर्दा हलमा दर्शक तानिन सकेका छैनन् ।

    ‘हाम्रोमा साढे दुई घण्टाको फिल्म हेर्दा टाउको नदुख्ने मात्रै भए पुग्छ । तर, दर्शकको टाउको दुखाउने खालका फिल्महरू बनेकाले दर्शक हलमा नआएका हुन्,’ लामा भन्छन्, ‘फर्मुलामा बनेका सिनेमा हुन् ‘पुष्पा’, ‘आरआरआर’ जस्ता फिल्महरू । रोहित सेट्टीकोभन्दा थोरै स्तरीय फिल्म हुन् । ‘छक्का पन्जा’, ‘कबड्डी’, ‘ए मेरो हजुर’ सिरिज राम्रै चलेको हो । मोटामोटी नेपाली दर्शकलाई तर्साउने खालका नभएर ती फिल्म चलेका हुन् ।’

    नेपाली मेकरको चेतना कमजोर हुनु नै कमसल फिल्महरू बन्नुको कारक मान्छन् लामा । उनी फिल्मकर्मीको चेतनामै प्रश्न गर्दै भन्छन्, ‘हामी जस्तो फिल्मबारे सोच्छौँ, बुझ्छौँ, त्यो सोचाइ, बुझाइ नै निम्न स्तरको छ । त्यही भएकाले दर्शक नआएका हुन् ।’

    ‘ए मेरो हजुर ४’ सिरिजका निर्माता थापा एक्ला निर्माता होइनन्, जो विदेशी फिल्मसँग डराए । प्रायः सबै नेपाली निर्माताहरू विदेशी फिल्मसँग डराउने गरेका छन् । उनीहरू याचना गरिरहन्छन्, ‘नेपाली फिल्मलाई माया गरिदिनुस् ।’

    तर, यसरी याचना गर्नेभन्दा फिल्मको स्तरोन्नतिमा ध्यान दिनुपर्ने बताउँछन् विज्ञहरू । मेकिङदेखि विषयवस्तु छनोटसम्मको आत्मसमिक्षा हुनुपर्ने उनीहरूको तर्क छ ।

    निर्देशक मनोज पण्डित नेपाली मेकरले अझै दर्शकलाई नबुझेको बताए । उनका अनुसार ‘दर्शक भनेका मानिस हुन्’ भनेर नबुझ्नु नै मेकरहरुको ठूलो गल्ती हो । दर्शकप्रतिको सम्मान, उत्तरदायित्व भन्ने पाटोबाट मेकरहरु विमुख भइरहनु नै प्रमुख समस्या देख्छन् पण्डित ।

    ‘हाम्रा केही स्वार्थ र निश्चित चाहनाका लागि मात्रै फिल्म बनाइरहेका छौँ । फिल्म भनेको आफैँलाई बनाउने हो भन्ने अवधारणामा रमाइरहेका छौँ । तर, आफू पनि दर्शक हो भन्ने बिर्सिरहेका छौँ । दर्शकलाई बेवास्ता गरिरहेका छौँ,’ पण्डितको तर्क छ, ‘दर्शक चेतनशील प्राणी हो भनेर स्वीकार गरेका छैनौँ । दर्शक भनेको प्रश्न हो, चेतना हो । दर्शकलाई के कुराको आवश्यकता हो वा उक्त फिल्म हेर्न किन आवश्यक छ भनेर स्वीकारेका फिल्महरूले दर्शकलाई रिझाएका छन्, कमाएका छन् ।’

    आफूले जे दियो, दर्शकले त्यही स्वीकार्नुपर्छ भन्ने चेतनाले निर्माण गरिएका फिल्मलाई दर्शकले पनि उस्तै जवाफ फर्काउने पण्डितको बुझाइ छ । नेपाली फिल्मले दर्शक नपाउनुका कारण पनि दर्शकलाई फिल्म हेर्न बाध्य पार्न खोजिनु नै रहेको बताउँछन् ।

    उनी भन्छन्, ‘हामी दर्शकलाई बेवास्ता गर्छौँ, अनि दर्शकले हाम्रो सिनेमा किन हेर्ने ?’

    आर्थिक नोक्सानी र सांस्कृतिक अतिक्रमण

    हरेक देशले स्वदेशी उद्योगधन्दाको संरक्षणका लागि आयातित वस्तु तथा सेवाहरूमा विभिन्न प्रकारका बन्देजहरू लगाउने गर्छन् । देशको व्यापार घाटा चुलिएको भन्दै हालै नेपाल राष्ट्र बैंकले विभिन्न ३०० वटा वस्तुहरूको आयातमा आवधिक बन्देज लगाउन निर्देशन जारी गरेको छ । तर, विदेशी फिल्महरू नेपालमा अनियन्त्रित आयात भएर ठूलो परिमाणमा नेपाली पैसा विदेशिएकोमा भने कसैको ध्यान पुगेको छैन ।

    भारत बन्ने ठूला बजेटका चलचित्रहरू नेपालमा तत्कालै रिलिज हुन्छन् । यसमा कुनै पनि क्राइटएरिया निर्धारण गरिएको छैन । नेपालमा बनेका सानो बजेटका फिल्मले महँगा विदेशी फिल्महरूसँग भिड्नुपर्ने चुनौती छ । ठूला विदेशी फिल्म आएका बेला त नेपाली फिल्मले हल नै पाउन मुस्किल हुन्छ । यसले गर्दा नेपाली चलचित्र उद्योग नै संकटमा परेको छ ।

    समस्या यो मात्र होइन । फिल्म भनेका व्यापारिक बस्नु मात्र नभएर कुनै पनि देशको संस्कृति र सम्पदाका प्रतिनिधि पनि हुन् । भारतले आफ्ना फिल्महरूमार्फत विश्बजारमा आफ्नो भाषा संस्कृति विस्तार गरिरहेको छ । नेपालमा पनि पछिल्लो समय भारतीय भारतीय संस्कृतिले व्यापक अतिक्रमण गरिसकेको छ । कस्तो विदेशी फिल्म नेपालमा चलाउन दिने र कस्तो नदिने भन्ने कुनै मापदण्ड नभएकाले भारतीय इतिहास र संस्कृतिको बखान गर्ने, अन्य देशको मानमर्दन गर्ने फिल्महरू पनि नेपालमा निर्बाध चलिरहेका हुन्छन् । कतिपय नेपाल र नेपालीकै बदख्वाइँ गरिएको चलचित्रहरू पनि नेपालमा मज्जाले चलेका छन् ।

    बेलाबखत केही क्रान्तिकारी पार्टीहरूले भारतीय फिल्म रोक्नुपर्ने माग उराले पनि यो पक्षबाट अहिलेसम्म गम्भीर बहस कतै भएको छैन । एकातर्फ नेपालीको ठूलो परिमाणमा पैसा विदेशिने, स्वदेशी उद्योग संकटमा पर्ने र अर्कोतर्फ भारतीय भाषा–संस्कृतिले नेपाली समाजलाई लपेट्ने चिन्ताजनक अवस्थालाई चिर्न राज्यले ठोस नीति निर्धारण गर्न ढिलाइ भइसकेको छ ।

  • यस्तो छ ‘ए मेरो हजुर ४’ मा जी-बबको धमाकेदार र्‍याप, तीन घन्टामै आए तीन हजार प्रतिक्रिया !

    यस्तो छ ‘ए मेरो हजुर ४’ मा जी-बबको धमाकेदार र्‍याप, तीन घन्टामै आए तीन हजार प्रतिक्रिया !

    काठमाडौं । युवापुस्ता माझ सनसनी बनेका र्‍यापर जी–बबले पहिलोपटक चलचित्रका लागि ‘ए मेरो हजुर ४’ मा स्वर दिएका छन् । चलचित्र रिलिजको पूर्वसन्ध्यामा जीबबले गाएको र्‍यापको एउटा अंश सार्वजनिक गरिुएको छ ।

    जी–बबले ए मेरो हजुरका लागि गाएको समाचार सार्वजनिक भएसँगै उनका फ्यानहरु यस गीतको व्यग्र प्रतिक्षामा थिए । गीत रिलिज हुनासाथै भ्यूज र कमेन्टको बाढी आएको छ । तीन घन्टामै तीन हजार प्रतिक्रियाहरु आइसकेका छन् । अधिकांस प्रतिक्रियामा जीबबको तारिफ गरिएको छ । रिलिज भएकाे एकछिनमै गीत ट्रेन्डिङमा उक्लिसकेकाे छ ।

    ¥याप ब्याटलका क्रममा गाएको ‘मिलेन लेवल तेरो बाउ बोला ए…’ बाट जी–बब भाइरल भएका थिए । यस चलचित्रमा गाएको ¥यापमा पनि जी–बबले सोही फ्लेवर प्रस्तुत गरेका छन् । गीतका केही अंशमा ‘मिलेन लेबल…’ कै रिमिक्स जस्तो सुनिन्छ । यद्यपि, केही नयाँ स्वाद पनि थपेका छन् जीबबले ।

    गीतका सुरुआती शब्द यस्ता छन्ः

    सुहाउँदैन तँलाई कस्तो धाक देको

    अर्कैसँग तँ हेरेर हाँस्देको

    पूरा गरिराथेँ इच्छा अनि माग तेरो

    तेरो बिहेमा गीत गाउँदै नाच्ने हो

    जीबबले उनले आफ्नै स्टाइलमा गाएको र्‍यापले फ्यानहरुको तिर्खा पक्कै मेट्ने छ । अहिले र्‍यापको आधाजति पार्ट मात्र युट्यूवमा हालिएको हो । पूरा हेर्नलाई चलचित्रको नै प्रतिक्षा गर्नुपर्छ ।

    गीतको भिजुअलमा पनि जीबब देखिएका छन् । साथै, चलचित्रका नायक नायिका अनमोल केसी र सुहाना थापालाई पनि देख्न सकिन्छ । एउटा क्लवभित्र जीबबले र्‍याप गाइरहेको देखाइएको छ ।

    ए मेरो हजुर ४ को प्रमोसनल गीत हो यो । चलचित्रको अन्त्यमा यो गीतलाई एड्जस्ट गरिएको छ । जीबबले महंगो पारिश्रमिक लिएर यो ¥याप गाएका हुन् । यसले चलचित्रको व्यापारलाई समेत बुस्ट गर्ने निर्माण पक्षको विश्वास छ ।

  • टुँडिखेलमा ‘राष्ट्रिय लोक दोहोरी महोत्सव’, ६७ समूहबीच प्रतिस्पर्धा

    टुँडिखेलमा ‘राष्ट्रिय लोक दोहोरी महोत्सव’, ६७ समूहबीच प्रतिस्पर्धा

    काठमाडौं । ‘राष्ट्रिय लोक दोहोरी महोत्सव–२०७८’ शनिवारदेखि काठमाडौंमा सुरु भएको छ ।

    टुँडिखेलमा सुरु भएको महोत्सव चैत ३० गतेसम्म चल्नेछ । खुला दोहोरीमध्ये अहिलेसम्मकै ठूलो पुरस्कार राशिको प्रतियोगितासहितको महोत्सवलाई डिएआर मुभिज एण्ड फिल्मस् ईण्डष्ट्रिजले आयोजना गरेको हो ।

    महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले उद्घाटन गरे । उद्घाटन गर्दै उपराष्ट्रपति पुनले लोकगीतमा हाम्रो इतिहास, हाँसो, आँसु, पीडा, परिस्थिति कलात्मक तरिकाले प्रस्तुति हुने भएकाले लोकगीत जीवनको वास्तविक अभिव्यक्ति भएको बताए ।

    उनले विभिन्न जातजाति, भूगोल, धर्म संस्कृतिमा गाइने लोकगीत सङ्गीत देशको अमूल्य सम्पत्ति भएको बताए ।

    टुबोर्गको प्रस्तुति एवं बागेश्वरी खड्का हाउजिङ डेभलपर्सको मुख्य प्रायोजन रहेको महोत्सवको पहिलो दिन विभिन्न लोक भाका एवं गीतहरू चर्चित गायक÷गायिकाहरूले प्रस्तुत गरेका थिए । पूर्वेली गीतदेखि सुदूरपश्चिमको देउडा भाकासम्म एउटै मञ्चबाट गुन्जिएको थियो ।

    उपराष्ट्रपति पुनकै आग्रहमा बागलुङ, म्याग्दी जिल्लामा गाइने लोपोन्मुख यानीमाया भाकासँगै रोल्पा जिल्लातिर गाइने मौलिक लोक भाका ‘साइँला बरै’समेत टुँडिखेलमा प्रस्तुत गरियो ।

    वीरन्द्रकुमार झाले मैथली गीत प्रस्तुत गरे भने कमलीकान्त भेटवालले पूर्वेली गीत प्रस्तुत गरे । त्यस्तै, मणिराम करिया मगरियाले थारु गीत प्रस्तुत गरे भने सरोज लामिछाने र रामकुमार नेपालीले काठे लोक भाका प्रस्तुत गरे । नन्दकृष्ण जोशी र पुष्पा बोहराले देउडा भाका प्रस्तुत गरे भने टिका बमजनले तामाङ सेलो गीत गाए ।

    महोत्सवको पहिलो दिन लोक गीतमार्फत योगदान पुर्‍याउने अग्रज देउडा गायक नन्दकृष्ण जोशी, भोजपुरी गायक ध्रुवसिंह ठकुरी, थारु गायक मणिराम करिया मगरिया, अग्रज गायिका तीर्थ कुमारी थापा, मैथली गायक वीरेन्द्रकुमार झा, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्मर विरही गुरुङलाई सम्मान गरिएको थियो ।

    स्वर्गीय बुद्धिकृष्ण लामिछाने, रत्न बानिया, जङ्गबहादुर गन्धर्व, भगवती दंगाललाई मरणोपरान्त सम्मान प्रदान गरियो । उद्घाटनसँगै शनिवारबाटै दोहोरी प्रतिस्पर्धा सुरु भएको छ ।

    देशभरका विभिन्न जिल्लाबाट सहभागी ६७ समूहबिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने समूहलाई ५ लाख रुपैयाँसहित पदक तथा अन्य पुरस्कार प्रदान गरिनेछ ।

    त्यस्तै, द्वितीय, तृतीय र सान्त्वना हुने समूहलाई क्रमशः तीन लाख, दुई लाख र एक लाख रुपैयाँसहित अन्य पुरस्कार प्रदान गरिनेछ ।

    दोहोरी प्रतियोगितामा खातीप्राप्त गायक–गायिकाहरू निर्णायकका रूपमा रहेका छन् । पुरुषोत्तम न्यौपाने, घमेश दुलाल, हरि थापा, सीता थापा, रीता थापा, कमलीकान्त भेटवाल र शिव हमाल निर्णायकका रूपमा छन् ।

    त्यस्तै, गायक–गायिकाहरू अमृत खाती, मिना मैया थापा, भिमसेन खतिवडा, सरोज लामिछाने, रविन लामिछाने, कल्पना दाहाल र राम कुमार नेपाली सम्मिलित निर्णायक मण्डल समेत रहेको छ ।

    महोत्सवमा उत्कृष्ट गायक–गायिकालाई २५ हजार नगद पुरस्कार एवं २० हजार राशिको नव–प्रतिभा पुरस्कार समेत प्रदान गरिनेछ । महोत्सवमा हरेक दिन विभिन्न विधाका चर्चित कलाकारहरूको समेत प्रस्तुति रहनेछ ।

  • दुर्गेशको प्रतिक्रिया : मेरो सिन काटेर फिल्म चल्छ भने चलोस्, सुनिल थापा भन्छन्- काट्ने निर्णय भएको छैन

    दुर्गेशको प्रतिक्रिया : मेरो सिन काटेर फिल्म चल्छ भने चलोस्, सुनिल थापा भन्छन्- काट्ने निर्णय भएको छैन

    काठमाडौं । ए मेरो हजुर ४ का निर्माता सुनिल कुमार थापाले उक्त चलचित्रबाट गायक दुर्गेश थापाको सिन काट्ने निर्णय नभएको बताएका छन् ।

    पल शाह प्रकरणका कारण दुर्गेशको सिन काटिएको भनेर आएका समाचार उनले खण्डन गरे ।

    नेपाल प्रेससँग कुरा गर्दै थापाले भने, ‘खोइ कसरी समाचार लेखिएका हुन् थाहा भएन । सिन काट्ने निर्णय भएको छैन ।’

    उक्त चलचित्रमा दुर्गेशको गीत हटाएर जी बबको थपिएको चर्चा पनि असत्य भएको उनले बताए । थापाका अनुसार फिल्ममा दुर्गेशको करिब डेढ मिनेटको केमियो भूमिका मात्रै थियो ।

    ‘दुर्गेशले ए मेरो हजुर ४ मा कुनै गीत गाएका थिएनन् । खाली एउटा छोटो सिनमा अभिनय गरेका थिए, जसमा उनी गायककै रूपमा देखिएका छन् । अब चलचित्रको प्रिमियममा कस्तो प्रतिक्रिया आउँछ, सिचुयसन कस्तो हुन्छ भन्ने हेरेर मात्रै उनको सिन राख्ने नराख्ने निर्णयमा पुग्छौँ,’ उनले भने ।

    दुर्गेश भन्छन् : मेरो फिल्म काटेर फिल्म चल्छ भने चलोस्

    यता गायक दुर्गेश भने फिल्ममा आफ्नो सिन काटिएको/नकाटिएको बारे अन्योलमा देखिए । उनले आफूले पनि विभिन्न मिडियामा यो खबर पढेको बताए ।

    ‘मलाई निर्माण पक्षबाट कुनै जानकारी आएको छैन । यदि मिडियामा आएका कुरा सत्य हुन् भने पनि त्यसमा मेरो कुनै आपत्ति हुँदैन । आखिर सबैले बलेको आगो नै ताप्ने हुन् । मेरो सिन काटेर फिल्म चल्छ भने त्यसमा म खुसी नै हुन्छु,’ दुर्गेशले भने ।

  • पल शाहको भिडियोलाई चुम्दै पूजाले लेखिन् : आइ जस्ट लभ हिम (भिडिओ)

    पल शाहको भिडियोलाई चुम्दै पूजाले लेखिन् : आइ जस्ट लभ हिम (भिडिओ)

    काठमाडौं । नायिका पूजा शर्माले फेरि एक पटक कारागारमा रहेका अभिनेता पल शाहप्रति खुल्ला प्रेम व्यक्त गरेकी छन् । उनले इन्टाग्राममा एउटा स्टोरी राख्दै पलप्रति प्रेम दर्साएकी हुन् ।

    इन्स्टा स्टोरीमा पूजाले स्क्रिनमा प्ले भइरहेको पलको भिडियोमा चुम्बन गरेको देखिन्छ । आफ्नै चलचित्र ‘म यस्तो गीत गाउँछु २’ मा पलले गीत गाइरहेको दृश्यमा उनले पलको गालामा चुमेकी छन् । र, क्याप्सन लेखेकी छन्– आइ जस्ट लभ हिम ।

    त्यसो त पूजाको औपचारिक प्रेम अर्कै व्यक्तिसँग छ । उनले युद्ध बानिया नामका युवकलाई आफ्नो प्रेमीका रूपमा चिनाएकी छन् र उनीसँग बिहेको तयारीमा रहेको समेत बताएकी छन् ।

    पल र पूजाको गहिरो निकटता रहे पनि उनीहरूले प्रेम सम्बन्धमा रहेको स्वीकारेका छैनन् । तर, पल जबरजस्ती करणीको मुद्दामा पक्राउ गरेसँगै पुजा उनीप्रति लगातार प्रेम दर्साइरहेकी छन् ।

    हुन त प्रेम एक पटकमा एक जनासँग मात्रै गर्नुहुन्छ भन्ने कहाँ लेखेको छ र ? पहिले पनि उनी आकाश श्रेष्ठ र सुदर्शन थापासँग समानान्तर प्रेममा थिइन् ।

    पूजाले पलसँगका दर्जनौं मुभी सिनहरु एकसाथ स्टोरीमा सेयर गर्दै अन्तिममा पललाई चुमेको भिडियो राखेकी हुन् ।

    स्टोरीको ब्याकग्राउन्डमा उनले ‘मै फिर भि तुमको चाहुंगा’ बोलको हिन्दी गीत बजाएकी छन् ।

  • ‘ह्यान्डसम’ पारिश्रमिक लिएर जी–बबले गाए ‘ए मेरो हजुर’को गीत, यसरी भयो ६ घन्टाको सुटिङ

    ‘ह्यान्डसम’ पारिश्रमिक लिएर जी–बबले गाए ‘ए मेरो हजुर’को गीत, यसरी भयो ६ घन्टाको सुटिङ

    काठमाडौं । एएनटीएफ र्‍याप ब्याटलका क्रममा गाएको ‘मिलेन लेवल तेरो बाउ बोला ए..’ बाट एक र्‍यापर युवाहरुमाझ रातारात फेमस बने । वास्तविक नाम सुदिप भण्डारी, तर कहलिएको नाम जी–बब । उनको र्‍याप युवाहरुको ओठ–ओठमा झुण्डिएको छ, तर जी–बब कसैको सम्पर्कमा छैनन् ।

    मिडियाकर्मीदेखि युट्यूवरदेखि उनलाई खोज्दा–खोज्दा हत्तु भइसके । लागूऔषधको दुव्र्यसनमा फसेका जी–बब एएनटिएफको फाइनल नै हापेर ‘फरार’ भएका थिए । हाल उनी एउटा रिह्याब सेन्टरमा बसेर आफूलाई करेक्सन गरिरहेका छन् । पछिल्लोपटक उनी अष्ट्रेलियामा कन्सर्टका लागि जान लागेको समाचार आएको छ ।

    यसैबीच फ्यानहरुका निम्ति खुशीको खबर के छ भने जी–बबले एउटा नेपाली चलचित्रका लागि गीत रेकर्ड गराएका छन् । आगामी १ वैशाखमा रिलिज हुन लागेको ‘ए मेरो हजुर ४’ को प्रमोसनल गीत जी–बबको स्वरमा रेकर्ड गरिएको हो ।

    फिल्मको गीत भए पनि यसलाई जीबलले आफ्नै शैलीमा गाएका छन् । गीतको लिरिक्स पनि उनी आफैंले लेखेका हुन् ।
    चलचित्र निर्माता सुनीलकुमार थापाका अनुसार जी–बबले करिब २ घन्टामा लिरिक्स तयार पारेका थिए । उनको सिर्जनशीलता र गायिकीबाट आफू अचम्भित बनेको थापा बताउँछन् ।

    ‘वास्तवमै गज्जब प्रतिभा रहेछन्,’ थापाले भने, ‘उनको बारेमा सुनेको थिएँ, भेटेपछि झन् प्रभावित बनेँ ।’
    फिल्मका लागि एउटा फरक खालको प्रमोसनल गीत रेकर्ड गर्ने पहिल्यैबाट तयारी थियो । तर जी–बबलाई नै गाउन दिने योजना चाहिँ पछि बनेको हो । जी–बबको र्‍याप टिकटकमा भाइरल भएपछि निर्माण पक्षले उनको खोजी गरेको थियो । तर, उनलाई भेट्टाउन सजिलो थिएन ।

    निर्माता थापाका अनुसार लामो प्रयासपछि जी–बबलाई भेटाउने सूत्र फेला पर्‍यो । अष्ट्रेलियाको भिसा लिन गएका बेला भेटेर आफूले प्रस्ताव राखेपछि भने उनी सहजै गीत रेकर्ड गराउन तयार भएको थापाले बताए । ‘हेर्दाखेरि एकदम सानो फुच्चे र क्यूट रहेछन्, मलाई त आफ्नै छोराजस्तो लाग्यो’ उनले भने, ‘भयंकर ट्यान्टेन्ट रहेछन्, दुई घन्टा बसेर गज्जबको लिरिक्स लेखे ।’

    यसअघि थापाले अरुलाई नै गीतको लिरिक्स लेखाएका थिए । तर, जी–बब अरुको लिरिक्समा नगाउने भनेर आफैंले लेखेका हुन् । करिब तीन मिनेटको यो र्‍यापमा जी–बब आफैं देखिनेछन् । सुहाना इन्टरटेनमेन्टको कमलपोखरीस्थित स्टुडियोमा उनले करिब ६ घन्टामा गीतको रेकर्डिङ र सुटिङ सकेका थिए ।

    गीतको भिजुअलमा जी–बब चलचित्रका मुख्य कलाकारहरु अनमोल केसी र सुहाना थापासँग देखिनेछन् । यस गीतको डेढ मिनेटको एउटा पार्ट आज रिलिज गरिँदैछ । पूरा गीतका लागि भने चलचित्र नै हेर्नुपर्छ ।

    जी–बबले कति पारिश्रमिक लिएर यो गीत गाए भन्ने थापाले खुलाउन चाहेनन् । उनका अनुसार जी–बब एएनटीएफ नामक कम्पनीसँग आवद्ध रहेकाले सोही कम्पनीसँग सम्झौता गरिएको छ । सम्झौतामै पारिश्रमिक बाहिर नखुलाउने शर्त रहेको थापाले बताए ।

    ‘राम्रो मात्र होइन, एकदम ह्यान्डसम पारिश्रमिक दिएर जी–बबलाई गाउन लगाएका हौं, तर अमाउन्ट भन्न मिल्दैन,’ उनले भने ।युवापुस्तामा जी–बबको क्रेज देखेर आफू अचम्ममा परेको समेत थापाको भनाइ छ । उनले सुनाए, ‘यस्तो क्रेज रहेछ कि मैले उनलाई ड्रेस किन्नका लागि बाहिर लिएर जाँदा एकैछिनमा ठूलो क्राउड भयो । मलाई त फ्यानहरुबाट बचाउनै गाह्रो भयो ।’

    आफूले जी–बबलाई बाहिर चर्चा भएको भन्दा एकदमै फरक र सुधारिएको रुपमा पाएको पनि थापा बताउँछन् ।
    ‘हामीले टिकटकतिर देखेको भन्दा अर्कै भएका रहेछन् । ८० प्रतिशत सुध्रिसकेको पाएँ । उनको भविष्य एकदमै उज्ववल देखेको छु मैले,’ उनले भने ।

    जीबब आफ्नो पहिलो वैदेशिक कन्सर्टका लागि चाँडै अष्ट्रेलिया जाँदैछन् । नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा १३ अप्रिलमा सिड्नी र अप्रिल १९ मा व्रिसबेनमा उनको कन्सर्ट आयोजना हुँदैछ ।

  • धरानमा ‘बन्द बाक्सा’ मञ्चन हुने

    धरानमा ‘बन्द बाक्सा’ मञ्चन हुने

    काठमाडौं । रङ्गकर्मीहरुको उदगम स्थल भनेर चिनिने धरानमा केही वर्षयता नाटक मञ्चन लगभग बन्द भएको स्थितिमा रहेको बेला पछिल्लो समय भने नयाँ पुस्ताका रङ्गकर्मीहरुको सकृयता बढेको छ ।

    केही वर्ष अघिदेखि धरानको रंगभूमी एकेडेमीले नाटय गतिविधिलाई चलायमान बनाउँदै आएको छ । यही क्रममा यही चैत्र २७ गतेदेखि रंगभूमि एकेडेमीकै आयोजनामा वैदशिक रोजगारीमा गएका नेपाली तथा उनीहरुको परिवार र सिंगो समाजले व्यहोर्नु परिरहेको परिवेश र स्थितिलाई यथार्थ चित्रण गर्ने नाटक ‘बन्द बाकस’ मञ्चन हुने भएको छ ।

    लीलबहादुर क्षेत्रीको उपन्यास ‘बसाइँ’ लाई नाटय कथामा रुपान्तरण गरी निर्देशन मिलन चाम्लिङ राईले गरेका हुन् । नाटक धरान १० स्थित सैनिक भवनमा चैत्र २७ देखि बैशाख ३ गतेसम्म मञ्चन हुने निर्देशक राईले बताएका छन् ।

    तुलसा थापा, सन्देश दाहाल र अस्मिन सुवदीको व्यवस्थापन रहने नाटकमा हरी इवाहाङ लिम्बु, सम्झना राई, रमिता राई, विशाल नाल्बो, उदिप इवाहाङ, एसिका राई, दिपेन्द्र राई, बलबहादुर राई, सपना तामाङ, प्रीयङ्का राई र इन्द्र राईको अभिनय रहनेछ । एक घण्टा २० मिनेटको नाटकको टिकट शूल्क तीन सय र दुई सय रहेको छ ।

  • सुस्माले जंगिदै भनिन्ः फेसबुक पेज बेचेको होइन, फेक न्यूज बनाउनेलाई पिट्दिन्छु

    सुस्माले जंगिदै भनिन्ः फेसबुक पेज बेचेको होइन, फेक न्यूज बनाउनेलाई पिट्दिन्छु

    काठमाडौं । चलचित्रमा खासै सक्रिय नभए पनि नायिका सुस्मा कार्कीलाई गसिपको कमि हुँदैन । उनी प्राय कलाकारिताभन्दा बाहिरका कुराहरुबाट चर्चा अनि विवादमा आउने गर्छिन् ।

    सुस्माको बारेमा आज एउटा समाचार भाइरल छ- उनले आफ्नो भेरिफाइड फेसबुक पेज बेचिदिइन् । साथै, इस्टाग्राममा राखेका सबै फोटोहरु पनि हटाइन् ।

    सुस्माको अफिसियल फेसबुक पेजमा ९ लाख ४० हजार फलोअर्स थिए । उनको आफ्नै नामको सो पेज अहिले खुल्दैन । उनको पेज ‘पूर्णपाठ’ नामक एक न्यूज पोर्टलको फेसबुक पेजमा कन्भर्ट भएको पाइएको छ । पूर्णपाठको फेसबुक पेजको इन्ट्रोमा ‘सुस्मा कार्की इज पपुलर एक्ट्रेस अफ नेपाल’ लेखिएको छ भने फलोअर्सको संख्याले पनि सुष्माको पुरानो पेज यही भएको छनक मिल्छ ।

    उक्त समाचारको सत्यताबारे नेपाल प्रेसले प्रश्न गर्दा उनले उत्तेजित प्रतिक्रिया दिएकी छन् । आफ्नो बारेमा फेक न्यूज बनाउनेहरुलाई ‘पिट्दीने’ र पक्राउ गराउने उनको चेतावनी छ । पूर्णपाठ अनलाइन आफ्नै भएको सुस्माले दावी गरिन् । इन्टाबाट तस्वीरहरु हटाएको भने उनले स्वीकारेकी छन् ।

    सुस्मासित गरिएको संक्षिप्त संवाद:

    यत्रो फलोअर्स भएको फेसबुक पेज किन बेच्नु भएको ?

    कसले भन्यो बेचेको ? मैले बेचेकै छैन । अनलाइनहरुले जेपायो त्यही न्यूज हालिरहेका छन् ।

    तर, तपाईंको पेज त खुल्दैन अहिले ? बरु पूर्णपाठ भन्ने पेजमा तपाईंको इन्ट्रो देखिन्छ नि ?

    पूर्णपाठ भन्ने त मेरै होनि ।

    तपाईं अनलाइन पोर्टल पनि चलाउनुहुन्छ ?

    हो त । चलाइरहेको छु । मैले आफ्नो फेसबुक पेजमा पोष्ट गर्न छोडेको त एक वर्ष भइसक्यो ।

    तर, तपाईंले फेसबुक पेज नै बिक्री गर्नुभएको भनेर समाचार आइरहेका छन् त ?

    त्यो सबै फेक न्यूज हो । म छोड्दिन यस्तो न्यूज बनाउनेहरुलाई । दुईजनालाई त मैले साइबर ब्यूरोमा पनि पठाइसकेको छु । उनीहरुलाई पक्राउ गराउँछु ।

    अनि, इन्स्टाग्राममा भएको फोटोहरु सबै किन हटाउनुभएको ?

    मेरो आफ्नो पेजमा मैले जे गरे पनि किन अरुको टाउको दुख्यो । म मेरो मेन्टल… पर्सनल कुराले डिस्टर्व छु… त्यसैले झ्याउ लागेर डिलिट गरेको हो ।

    भनेपछि अब फेसबुक इन्स्टा केही पनि चलाउनुहुन्न ?

    फेसबुक चलाउँदिन इन्स्टा चलाउछु । अहिले पनि इन्स्टामा एक्टिभ नै छु । चलाइराख्या छु । ।अब नयाँ फोटोहरु हाल्छु नि ।

    तपाईंले नेगेटिभ कमेन्ट सहन नसकेर यस्तो गरेको पनि भनिरहेका छन् ?

    पिट्दिन्छु म त तिनीहरुलाई । किन ममाथि नेगेटिभ कमेन्ट आउने ? दिमाग त ठिक ठाउँमा छ तिनीहरुको ? मलाई स्क्रिनसट गरेर ह्वाट्सएपमा पठाइदिनु त कोकोले लेखेको छ ? मैले आफ्नो फेसबुक जेसुकै गरौं के मतलब अरुलाई ? सबलाई ठिक लगाउँछु ।

    -प्रस्तुतिः तपस्या राणा

  • रचना रिमालसँग क्रिकेट संवाद : क्रिकेटरसँग डेटिङ जान्न, मन पर्ने खेलाडी करण

    रचना रिमालसँग क्रिकेट संवाद : क्रिकेटरसँग डेटिङ जान्न, मन पर्ने खेलाडी करण

    काठमाडौं । खेल प्रेमी गायिका हुन् रचना रिमाल । फुटबल भनेपछि हुरुक्क हुने उनी पछिल्लो समय क्रिकेटतिर पनि लोभिन थालेकी छन् ।

    तीन दिनअघि उनी नेपाल र पपुवान्यूगिनीबीचको टी–२० फाइनल म्याच हेर्न कीर्तिपुर क्रिकेट मैदानमै पुगिन् । दर्शकदिर्घामा बसेर हुटिङ गरिन् । कप्तान सन्दीप लामिछानेसँगै ट्रफी समातेर फोटो सेसन गरिन् । यस विषयमा विभिन्न गसिपहरु पनि बने । उनलाई नेपाल क्रिकेट संघले स्पष्टीकरण सोधेको भनेर फेक न्युजहरू पनि फैलिए । यसबाट दुखी बनेकी छिन् रचना ।

    आफू विशुद्ध रूपमा नेपाली क्रिकेट टिमको हौसला बढाउन मैदान पुगेको उनले बताइन् । रचनाको भनाइमा उनले नेपालबाहेक अरू देशबीचको क्रिकेट हेर्ने गरेकी छैनन् । फुटबलमा भने उनी अर्जेन्टिनालाई समर्थन गर्छिन् ।

    रचनासँग पहिलो पटक मैदानमा पुगेर क्रिकेट हेर्दाको अनुभव र उनको खेल प्रेममाथि केन्द्रित भएर गरिएको कुराकानी :

    नेपाल र पपुवा न्यूगिनीबीचको फाइनल म्याच मैदानमै पुगेर हेर्दा कस्तो महसुस भयो ?

    – एकदम रमाइलो भयो । फोटो खिच्न मान्छेहरू धेरै आइराख्नुभएको थियो । भीड धेरै भएर मलाई भित्रबाट बोलाउनुभयो अनि म भीआइपी बक्समा गएँ । खेल सकिएपछि अरूसँगै मैदानमा आएर फोटो खिचाएँ ।

    गेम हेरिराख्दा स्पेसल लागेको पल कुनै छ ?

    चौका, छक्का हान्दा रमाइलो लागिहाल्छ । अरू त स्पेसल त्यस्तो केही छैन ।

    योभन्दा अगाडि पनि गेमहरू हेर्न जानुहुन्थ्यो ?

    फुटबल धेरै हेरेको छु, तर क्रिकेट प्रत्यक्ष हेरेको पहिलो पटक हो । नजिकबाट हेर्दा कस्तो हुन्छ भन्ने कौतुहलता थियो । त्यही भएर गएकी थिएँ ।

    पहिलो चोटि हेर्न जाँदा नै गसिपको सिकार हुनुभयो, के भन्न चाहनुहुन्छ ?

    यो कुरामा चैँ अलिकति मलाई नराम्रो लाग्यो । कति जनालाई मसँग रिस उठेको थियो । होला त्यसैले समाचार बनाइदिनुभयो । म त मात्र नेपाली क्रिकेट टिमलाई समर्थन गर्न गएको थिएँ । फुटबल हेर्न जाँदा कहिल्यै यस्तो भएको थिएन । अब फेरि कसरी जाने होला भइराखेको छ ।

    अब फेरि जानुहुन्छ कि जानुहुन्न हेर्न ?

    म त भ्याएसम्म सधैँ जान्छु, सधैँ टिमलाई सपोर्ट गर्छु ।

    क्यानले स्पष्टीकरण सोध्यो भन्ने फेक न्युज कसरी थाहा पाउनुभयो ?

    मलाई थाहा छैन यो कसले पहिला हाल्नुभयो । तर हाल्ने जति जो–जो पनि हुनुहुन्छ, उहाँहरूमाथि चैँ म प्रेस काउन्सिलमा निवेदन पठाउँदै छु ।

    तपाईँले क्रिकेट फलो गर्न थाल्नु भएको कति भयो ?

    नेपालले ओडिआई खेल्न थालेदेखि फलो गरेको हुँ ।

    अन्तर्राष्ट्रिय क्रिकेटमा कुन राष्ट्रलाई धेरै सपोर्ट गर्नुहुन्छ ?

    म त नेपाल खेल्यो भने मात्र हेर्ने हो, अरूको वास्ता छैन ।

    तपाईँलाई मन पर्ने नेपाली खेलाडी को हो ?

    मलाई करण केसी एकदमै मन पर्छ ।

    विदेशीमा ?

    अरू देशको क्रिकेट म फलो गर्दिनँ । फुटबलमा चैँ रोनाल्डो र मेस्सी मन पर्छ ।

    नेपालका क्रिकेट खेलाडीहरूलाई कत्तिको चिन्नुहुन्छ ?

    म भर्खर चिन्न थालेको छु ।

    कोहीसँग पर्सनलि नजिक हुनुहुन्छ ?

    त्यसरी पर्सनली नजिक त कोहीसँग छैन ।

    आफूले कहिल्यै क्रिकेट खेल्नुभएको छ ?

    अहिले त छैन, बच्चा हुँदा चैँ खेल्थे ।

    टिभी, मोबाइलमा कत्तिको हेर्नुहुन्छ क्रिकेट ?

    भर्खर–भर्खर हेर्न थालेको हो । पहिला त के हेरेको होला मान्छेले छ्या भनेजस्तो लाग्थ्यो ।

    तपाईँलाई सबैभन्दा मन पर्ने खेल कुन हो ?

    मलाई फुटबल एकदमै मन पर्छ ।

    फुटबलमा कुन देशलाई सपोर्ट गर्नुहुन्छ ?

    म वर्ल्ड कप हुँदा अर्जेन्टिनालाई सपोर्ट गर्छु ।

    खेलाडी र सेलिब्रिटीहरुको प्रेम सम्बन्धबारे धेरै सुनिन्छ । तपाईँको त कोही खेलाडीसँग अफेयर छैन नि ?

    मेरो कोहीसँग केही छैन । एक–दुई जना खेलाडी मात्र चिनेको छु । त्यो पनि सबै दाहीहरू हो । मैले फलो गरिराखेको देखेर चैँ धेर जनाले नाम जोडिदिनुहुन्छ । पहिला फुटबल हेर्न जाँदा फुटबलकै खेलाडीसँग नाम जोडिदिनुहुन्थ्यो । अस्ति सन्दीप दाइसँगको फोटो देखेर उहाँसँग नै नाम जोडेर कमेन्ट गरिराख्नुभएको छ ।

    नाम जोडेर कमेन्टहरू गर्दा कस्तो लाग्छ ?

    मलाई वास्ता नै लाग्दैन ।

    आउने दिनमा तपाईँको कोही खेलाडीसँग फेयर हुन सक्ला ?

    त्यस्तो हुँदैन । सबै मेरो दाहीहरू हुन् ।

    तपाईँलाई नेपाल क्रिकेट टिमको सदस्य मध्ये कोही एक जनासँग डेट जाने अफर आयो भने कसलाई रोज्नुहुन्छ ?

    म कसैलाई पनि रोज्दिनँ । त्यस्तो डेटिङ नै मन पर्दैन मलाई ।

    प्रस्तुति: तपस्या राना

  • केजीएफ सुपरस्टार यशको नेपालीहरुलाई सन्देश : केजीएफ २ हेर्नुस् मजा लिनुहोस्

    केजीएफ सुपरस्टार यशको नेपालीहरुलाई सन्देश : केजीएफ २ हेर्नुस् मजा लिनुहोस्

    काठमाडौं । दक्षिण भारतीय सिनेमाका सुपरस्टार यशले नेपालीहरुलाई आफ्नो चलचित्र हेरिदिन आग्रह गर्दै भिडिओ सन्देश जारी गरेका छन् ।

    नेपालमा पनि बहुप्रतिक्षित सिनेमाको रुपमा लिदैँ आइएको यश अभिनित चलचित्र केजीएफ २ आगामी अप्रिल १४ देखि नेपालमा पनि प्रदर्शनमा आउने भएको छ ।

    उनले भिडिओमा भनेका छन्, ‘नमस्ते नेपाल। मेरो फिल्म केजिएफः च्याप्टर २ अप्रिल १४ मा नेपालमा प्रदर्शन हुँदैछ। हेर्नुहोस्, अनि खुब मज्जा लिनुहोस् ।’

    पछिल्लो समय भारतीय सिनेमाहरुले नेपाललाई उत्कृष्ट व्यपारिक स्थलकोरुप लिदैँ नेपाल केन्द्रित भिडिओ सन्देशहरु सम्प्रेषण गर्दै आएका छन् ।

    यसअघी बाहुबली नायक प्रभास ,वरुण धवनलगायतका कलाकारहरुले पनि नेपालीहरुलाई आफ्नो फिल्म हेरिदिन आग्रह गर्दै भिडिओ सन्देश जारी गरेका थिए । अप्रिल १४ गतेकै दिन नेपाली सिनेमा ‘ए मेरो हजुर ४’ पनि प्रदर्शनमा आउने भएको छ ।

  • दीपेन्द्रको निर्देशनमा ‘के घर के डेरा’ बन्दै

    दीपेन्द्रको निर्देशनमा ‘के घर के डेरा’ बन्दै

    काठमाडौं । कमेडी तथा सोसल ड्रामा सिनेमा के घर के डेराको निर्माण घोषणा गरिएको छ । दीपेन्द्र के खनालको निर्देशनमा निर्माण हुने सिनेमामा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत र रविन्द्र झाको मुख्य भूमिका रहनेछ ।

    कोरोना महामारी अघि यही शीर्षकमा सिनेमा निर्माणको घोषणा गरिएपनि हाल निर्देशक र कलाकार हेरेफेर गरेर छायांकन गर्न लागिएको मंलबार राजधानी आयोजित कार्यक्रममा निर्माण टिमले जानकारी दिएको हो । निर्देशक खनालले कथावस्तु र नयाँ टिमसहित सिनेमालाई अघि बढाइएको जानकारी दिए ।

    वैशाख तेस्रो सातादेखि सुरु हुने सिनेमाको सम्पुर्ण छायांकन काठमाडौं उपत्यकाभित्रै गरिनेछ । निर्देशक खनालले ‘झोले’पछि दयाहाङ, ‘पशुपति प्रसाद’पछि विपिन र ‘चंगा चेट’पछि रविन्द्रसँग सहकार्य गर्न लागेका छन् । ‘म उहाँहरुसँग पुनः काम गर्न पाउँदा निकै उत्साहित छु,’ निर्देशक खनालले भने ।

    प्रेसमिटमा निर्देशक खनालले भने, ‘घर भएका र घर नभएका दुवै वर्गको कथामा हास्य ढंगले सिनेमा निर्माण हुनेछ ।’ अभिनेता राईले धेरै समयपछि आफ्नो सिनेमा काठमाडौंमै छायांकन हुन लागेको भन्दै मनोवैज्ञानिक रुपमा आफ्नो चरित्र नयाँ भएको बताए ।

    अभिनेता कार्कीले निर्देशक खनाल र को९स्टारसँग सहकार्य हुनुले सिनेमाको गुणस्तर राम्रो हुने बताए । शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता युवराज कार्की हुन् ।

    सिंगे लामाको कथा, महेश दवाडीको पटकथा र संवाद, दीर्घ गुरुङको छायांकन रहेको सिनेमालाई आगामी वर्षमा नै प्रदर्शनमा ल्याउने तयारी निर्माण टिमको रहेको जानकारी दिइयो । यसअघि यो सिनेमालाई रंग पत्रकार सुब्रत राज आचार्यले निर्देशन गर्ने गरी निर्माण घोषणा गरिएको थियो ।