Category: कलाप्रेस

  • ठगसँगको प्रेम सम्बन्धले ज्याक्लिन तनावमा , ७ करोड बढीको सम्पत्ति जफत

    ठगसँगको प्रेम सम्बन्धले ज्याक्लिन तनावमा , ७ करोड बढीको सम्पत्ति जफत

    काठमाडौं । भारतको आयकर विभागले बलिउड सुपरस्टार ज्याक्लिन फर्नान्डिसको ७ करोड २३ लाख बराबरको सम्पत्ति जफत गरिदिएको छ ।

    भारतीय सञ्चार माध्यमका अनुसार उक्त सम्पत्ति उनका भूपू प्रेमी सुकेश चन्द्रशेखरले उपहार स्वरूप दिएका थिए । चन्द्रशेखर हाल ठगी आरोपमा जेलमा छन् ।

    सुकेशमाथि रानब्याक्सीका पूर्व प्रमोटर शिवेन्द्र सिंह र मालविन्दर सिंहका श्रीमतीहरूलाई जेलबाट छुटाउने बहानामा २०० करोडभन्दा बढी ठगी गरेको आरोप छ ।

    उनलाई गत डिसेम्बरमा देश छोडेर भाग्ने क्रममा पक्राउ गरिएको थियो भने उनको बङ्गला बाट ८२.५ लाख रुपैयाँ, २ किलो सुन र १२ वटाभन्दा बढी लक्जरी कारहरू समेत बरामद गरिएको थियो ।

    भारतीय आयकर विभागले ज्याक्लिन र चन्द्र शेखर बिच घनिष्ठ सम्बन्ध रहेको बताएको छ भने अनुसन्धानको क्रममा चन्द्र शेखरले ज्याक्लिन माथि १० करोड रुपैयाँ बराबरको खर्च गरेको देखिएको छ ।

    चन्द्र शेखरले ज्याक्लिनलाई हिराका गहनाहरू, ५५ लाखको घोडा, ९ लाखका ४ वटा पर्सियन बिराला लगायतका कुराहरू उपहार दिएको बताइएको छ ।

    यस बाहेक पनि चन्द्र शेखरले धेरै पटक ज्याक्लिनका लागि फ्लाइट नै चार्टर गरिदिने गरेको पनि बताइन्छ ।

  • लैंगिक अल्पसंख्यकलाई संरक्षण गर्नुपर्ने दायित्वबाट चुकेको भन्दै सुहानाले मागिन् माफी

    लैंगिक अल्पसंख्यकलाई संरक्षण गर्नुपर्ने दायित्वबाट चुकेको भन्दै सुहानाले मागिन् माफी

    काठमाडौं । अधिकांश नेपाली सिनेमाहरुमा लैंगिक अल्पसंख्यक समुदायलाई मजाकको पात्रकोरुपमा मात्र प्रस्तुत गरिने परिपाटी नौलो होइन । त्यसैको ज्वलन्त उदाहरण हो नेपालमा सर्वाधिक सफल मानिएको चलचित्र सिरिज ‘ए मेरो हजुर’।

    ‘ए मेरो हजुर’को हालै प्रदर्शनमा आएको सिक्वुएल ‘ए मेरो हजुर ४’ मात्र नभई ए मेरो हजुरका पहिला प्रदर्शनमा आएका अन्य २ भागहरुमा पनि लैंगिक अल्पसंख्यक समुदायका पात्रलाई केवल हासोको पात्र र पुरुषसँग जबर्जस्ती टासिँदै हिंड्न खोज्ने पात्रको रुपमा मात्र प्रस्तुत गर्दै आएको थियो ।

    यस् सन्दर्भमा एकाध फिल्म समिक्षकले प्रश्न उठाउँदै आएता पनि फिल्म निर्माण टोलीले भने उक्त कुरालाई खाँसै ध्यान दिएको थिएन भने अन्य फिल्मकर्मीले यस विषयमा हालसम्म मुख खोलेका थिएनन् ।

    यद्यपी ३ चलचित्रमा लैंगिक अल्पसंख्यक समुदायलाई खिसीट्यौरी गरे पछि फिल्मको मुख्य अभिनेत्री सुहाना थापाले लैंगिक अल्पसंख्यक समुदायसँग माफी मागेकी छिन् ।

    थापाले आफ्नो इन्स्टाग्राममा स्टोरी सेयर गर्दै आफू अभिनित चलचित्रहरुमा लैंगिक अल्पसंख्यक समुदायलाई मजाकको पात्रकोरुपमा चित्रण गर्ने लक्ष्य नरहेता पनि अन्जानमा यस्तो गल्ती भएको भन्दै माफी मागेकी हुन् ।

    ‘लैंगिक अल्पसंख्यकलाई सुन्ने र संरक्षण गर्नुपर्ने दायित्वबाट चुकेकोमा म र मेरो टिमको तर्फबाट माफी चाहन्छु।’ उनले लेखेकी छिन् । उनले आगामी दिनमा आफूहरुबाट यस्तो गल्ती नदोहोरिनेसमेत बताएकी छिन् ।

  • नेपालीलाई आफ्नो चलचित्र हेर्न आग्रह गर्दै टाइगर श्रोफकाे भिडिओ सन्देश

    नेपालीलाई आफ्नो चलचित्र हेर्न आग्रह गर्दै टाइगर श्रोफकाे भिडिओ सन्देश

    काठमाडौं । पछिल्लो समय भारतिय चलचित्र निर्माणकर्ताहरुले नेपाललाई उत्कृष्ट व्यपारिक गन्त्वयको रुपमा लिँदै आएको देख्न सकिन्छ । फल्स्वरुप भारतिय कलाकारहरुले नेपालीहरुलाई आफ्नो चलचित्र हेरिदिन आग्रह गर्दै भिडिओ सन्देश जारी गर्ने परिपाटी पनि बढ्दै गएको छ ।

    केही समय अगाडी आफ्नो चलचित्र हेरिदिन आग्रह गर्दै भारतिय कलाकार यश, वरुण धवन, अक्षय कुमार लगायतका कलाकारहरुले भिडिओ सन्देश जारी गरेका थिए भने हालै मात्र बलिउड कलाकार टाइगर श्रोफले पनि आफ्नो चलचित्र ‘हिरोपन्ती २’ हेरिदिन आग्रह गरेका छन् ।

    उनले भिडिओ सन्देशमा भनेका छन्, ‘नमस्ते नेपाल मेरो फ्लिम हिरोपन्ती २, यही अप्रिल २९ देखी नेपालमा रिलिज हुँदै छ म सबैलाई सो फ्लिम हेर्दिन आग्रह गर्छु , म वाचा गर्छु कि यो फ्लिम हेरेर तपाईंले भरपुर मनोरन्जन प्राप्त गर्नु हुनेछ।’

    टाइगर श्रोफ अभिनित उक्त चलचित्रमा तारा सुतारिया, नवजुद्दिन सिदिकी, अमृता सिङ्गलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

  • सुदीपबाट सुरु भएको भाषा विवादमा अजयदेखि मुख्यमन्त्रीसम्मको इन्ट्री

    सुदीपबाट सुरु भएको भाषा विवादमा अजयदेखि मुख्यमन्त्रीसम्मको इन्ट्री

    मुम्बई । भारतमा केही कुराहरु विवादमा तानिनु कुनै नौलो घटना होइन । जातिय मुद्दादेखि कलाकारका वक्तव्यसम्म भारतमा धेरै कुराहरु विवादमा तानिन्छन् । ति मध्ये कतिपय विवाद आम मानिसहरुकै सामाजिक संजालमा सिमित हुन्छन् भने कतिपय विवादहरुले राष्ट्रिय तहमा नै तरगं उत्पन्न गराइदिन्छन् ।

    वर्तमान समयमा आफ्नो एक वक्तव्यमार्फत भारतभर तरंग उत्पन्न गराइरहेका अभिनेता हुन् किच्चा सुदीप । सुदीपले हालै मात्र एक कार्यक्रममा अब हिन्दी भारतको राष्ट्रिय भाषा नभएको टिप्पणी गरेका थिए । केजीएफ २ को प्रशंसा गर्ने क्रममा अब हिन्दी राष्ट्रिय भाषा नरहेको र हालको समयमा बलिउडले पनि क्षेत्रिय सिनेमाहरुको नै डबिङ गरेर सफल हुने प्रयास गरिरहेको उनले धारणा व्यक्त गरेका थिए ।

    उनको सो वक्तव्य हाल भारतिय संजालमा भाइरल बनिरहेको छ भने धेरै मानिसले उनको पक्ष विपक्षमा तर्क दिइरहेका छ्न् । उनको सो वक्तव्यको जवाफ दिने मध्येका एक हुन् बलिउड सुपरस्टार अजय देवगन । देवगनले सुदीपको विचारलाई खण्डन गर्दै यदी हिन्दी भाषा भारतको राष्ट्रिय भाषा नभए किन उनका चलचित्र हिन्दी भाषामा डब हुन्छन् ? भनेर प्रश्नसमेत गरेका छन्।

    सुदीपले सुरु गरेको भाषा विवादमा अजयमात्र नभई कर्नाटकका मुख्यमन्त्री कुमार स्वामी पनि संलगन भएका छन् । स्वामीले सुदीपको पक्ष लिदैँ अजय देवगनको टिप्पणीलाई हास्यासपद बताएका छन् भने हिन्दी भारतको राष्ट्रिय भाषा कहिल्यै पनि नरहेको बताएका छन् । यस्तै बलिउड फिल्म निर्माता राम गोपाल बर्माले पनि सुदीपको साथ दिदै क्षेत्रिय सिनेमाको सफलता देखेर बलिउड अभिनेताहरुले डाह गरिरहेको बताएका छन् ।

  • नाबालिग गायिकाको स्टाटस- तिम्रो लागि सधैँ म हार्न सक्छु

    नाबालिग गायिकाको स्टाटस- तिम्रो लागि सधैँ म हार्न सक्छु

    काठमाडौं । पल शाहविरुद्ध जबर्जस्ती करणीको जाहेरी दिएर अदालतमा बयान फेरेकी नाबालिग गायिका लामो समयपछि सामाजिक सञ्जालमा झुल्किएकी छन् । फेसबुकमा कवितात्मक स्टाटस लेख्दै उनले आफू कसैको मायामा डुबेको भाव पोखेकी छन् ।

    उनको स्टाटस हेर्दा पल शाहमाथि नै लक्ष्यित रहेको अनुमान गर्न सकिन्छ, जसलाई उनैले जाहेरी दिएर जेल पुर्‍याएकी थिइन् । पल पक्षले दबाब र प्रभावमा पारेर होस्टाइल बनाएपछि उनले अदालतमा बयान फेरेको विश्वास गरिएको छ ।

    गायिकाले आफ्नो स्टाटसमा पललाई जिताउनका लागि आफू हार्न पनि सक्ने आशय व्यक्त गरेकी छन् । स्टाटससागै उनले भावुक मुद्राको तस्बिरसमेत शेयर गरेकी छन् ।

    उनको स्टाटस यस्तो छ-

    तिमीलाई माया गर्छुरत मर्न सक्छु मार्न सक्छु
    तिम्रो लागि आफैलाई दुखमा पार्न सक्छु
    तिम्रो जितमा उत्सव मनाउने मान्छे हु म
    त्यसैलेत तिम्रो लागि सधै म हार्न सक्छु

  • गायक प्रमोद खरेल कार दुर्घटनामा घाइते

    गायक प्रमोद खरेल कार दुर्घटनामा घाइते

    काठमाडौं । गायक प्रमोद खरेल गाडी दुर्घटनामा परेर घाइते भएका छन् । उनी सवार कार आज राति १ बजे तुल्सीपुरमा दुर्घटना भएको हो ।

    गायक खरेल हिजो साँझ तुल्सीपुरमा हुने कार्यक्रममा सहभागी हुन नेपालगञ्ज अवतरण गरेका थिए । राति १ बजे होटल पुग्न १० मिनेटअघि आयोजकले चलाएको कार गम्भीर दुर्घटनामा परेको खरेलले जानकारी दिएका छन् । उनका अनुसार कार सडकको पर्खालमा बज्रिएको थियो ।

    आफू अर्धनिद्रामा भएका बेला कार दुर्घटना हुँदा त्यहीँ होस गुमेको उनले बताएका छन् । दुर्घटनापश्चात उनलाई कसैले आफ्नो गाडीमा नजिकको अस्पताल पुर्‍याएका थिए । करिब ४५ मिनेटपछि होश आयो ।

    गाडीको एयर ब्याग र सिट बेल्टले ज्यान जोगाएको खरेलले बताएका छन् । राति ४ बजे अस्पतालबाट डिस्चार्ज भएर उनी काठमाडौं आए । काठमाडौंको अस्पतालमा सबै चेक जाँच गर्दा बाहिरी चोटबाहेक भित्री रिपोर्ट नेगेटिभ आएको छ । अहिले आफू बेड रेस्टमा रहेको खरेलले जानकारी दिएका छन् । उनले केही दिनका लागि आफ्नो सबै कार्यक्रम स्थगित गरेका छन् ।

  • पल्पसा क्याफे : भव्य सेटमा मध्यम वर्गीय उवाचहरु

    पल्पसा क्याफे : भव्य सेटमा मध्यम वर्गीय उवाचहरु

    स्थानीय चुनावको रनाहमा छन् राजनीतिक पार्टी, नेता, कार्यकर्ताहरू । चर्का अनि अत्यास लाग्दा घोषणापत्र, एक अर्काप्रतिको छेडखानी, नेता कार्यकर्ताको तानातान र तथानाम हर्कतले सामाजिक सञ्जालदेखि पत्रिकाका पन्नाहरू भरिएका छन् । अनलाइनका साइटदेखि छापाखानाका पर्चा–कागजहरू रंगीन बनेका छन् । जनताको साँघुरो आँगनदेखि सडकको चौडा प्राङ्गणसम्म कोणसभामा परिणत भइसकेको छ ।

    चुनावले तातेको यी दृश्यहरू बिचमा काठमाडौंमा अर्को दृश्य पनि उत्तिकै गुलजार देखिन्छ । बानेश्वरको थापागाउँस्थित मण्डला थिएटरमा नारायण वाग्लेको उपन्यासमा आधारित नाटक ‘पल्पसा क्याफे’ मञ्चन भइरहेको छ । टेकुस्थित कौसी थिएटरमा नयनराज पाण्डेको उपन्यासमा आधारित नाटक ‘उलार’ मञ्चन भइरहेको छ । सिनामंगलस्थित पुरानो घरमा ‘खत’ मञ्चन भइरहेको छ । बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा ‘एस्फिक्सिया’ मञ्चन भइरहेको छ ।

    कोभिडले थलिएको रङ्गमञ्चलाई कलापारखीहरुले पुनः ब्युँताइदिएका छन् । केही समयअघि कीर्तिपुरस्थित थिएटर मलमा केदार श्रेष्ठ र अन्जान प्रदीपले बहुचर्चित उपन्यास ‘शिरीषको फूल’माथि नाटक मञ्चन गरे । यसपछि यो टोली देश दौडाहामा निस्किएको छ । अहिले काठमाडौंको दुई स्टेजमा दुई ब्लकबस्टर उपन्यास ‘उलार’ र ‘पल्पसा क्याफे’माथि बनेका नाटक मञ्चन भइरहेका छन् ।

    बहुचर्चित उपन्यासहरूको फेर समातेर उठ्न खोजेको छ रङ्गमञ्च । डेढ दशक, दुई दशक, पाँच दशक पुराना कथाहरू टिपेर जुरमुराएको छ रङ्गमञ्च । खैर, नयाँ कथा र विषयवस्तुको खडेरी परेरै रंगकर्मीले पुराना बहुचर्चित पुस्तकको पयर समातेका हुन सक्छन् ।

    यस्ता चर्चित पुस्तकका पाठक भइहाल्छन्, चर्चित पुस्तक भएपछि दर्शकको ध्यान पनि आकृष्ट भइजान्छ । रंगकर्मीको गुनासो पनि सुनिन्छ, ‘नयाँ कथा लेख्ने लेखक नै छैनन् ।’ यसै उसै जे भनिए पनि पुरानै पुस्तकको सहाराले रङ्गमञ्चमा रंगकर्मीको अटेन्डेन्स भइरहेकै छ । उनीहरू अहिलेसम्म गयल भइसकेका छैनन् ।

    मण्डलामा मञ्चन भइरहेको वाग्लेकृत उपन्यास ‘पल्पसा क्याफे’ पछिल्ला दशकमा पाठकको औधी माया पाएको नेपाली उपन्यास हुँदै हो । सुन्दर शब्द शिल्पीमा कुँदिएको उपन्यासलाई पाठकले डेढ दशकपछि पनि मन पराइरहेका छन् । यही उपन्यासलाई सुरज सुवेदीले नाट्य रूपान्तरण गरिदिए । विमल सुवेदीले निर्देशन गरे । निर्देशक सुवेदी, सृष्टि श्रेष्ठ, संगीता थापा, दिपेश राई, बच्चु हिमांशु लगायत कलाकारले अभिनय गरे ।

    भव्य सेटमा निर्माण भएको नाटक जनयुद्धको भेल छेउछाउ बगेर सकिएको छ । जनयुद्धको भेलमा कोको समाहित भए, कोको किनारमा रहे, क–कसले उक्त परिवर्तनकारी भेललाई परैबाट हेरे अनि कोको त्यही भेलमा बगेर गए, अहिले डेढ दशकपछि पनि समीक्षा भइरहेकै छ ।

    कवि श्रवण मुकारुङको कविता ‘ल्याम्पपोस्टमुनि आगो तापिरहेछन् नानीहरू’बाट सुरु भएको नाटक बन्दुकको नालमा आँखालाई राखेर हिँडेका क्रान्तिकारी योद्धाहरूसम्म पुग्छ । रातो धागोले जेलिएकी हजुरआमा अन्तमा सेतो धागोमा उनिन्छिन् । रातै पल्पसाको रङ बिस्तारै गायब पारिँदै जान्छ । छापामार झैँ देखिने पेन्टर दृश्यको कुची रङको बट्टामा होइन, जनयुद्धमा उजाडिएको मानवीयतामा चोबलिन्छ । स्कुल हिँड्नुपर्ने नानीको हातमा बन्दुक थमाइन्छ । अनि क्रान्तिमा होमिइन बाध्य बनाइन्छ ।

    गोवामा रुमानी र विलासी गफ छाँट्ने पात्रहरूको आँखाबाट देखिने जनयुद्ध कस्तो होला ? शताब्दीदेखि उत्पीडनमा परेकाहरू भूइँमान्छेहरुलाई ती रुमानी आँखाहरूले कस्ता देख्लान् ? युद्धमा होमिएका आम जनताका अघिल्तिर अमेरिकाबाट फिरेकी डकुमेन्ट्री मेकर पल्पसा र सहरको चित्र बनाइबस्ने दृश्यको प्रेमकथा कस्तो देखिएला ? भव्य सेटमा तयार पारिएको नाटकले यिनै सवालहरूले उत्तर दिन्छ ।

    उत्कृष्ट विम्बहरूको प्रयोगले नाटकलाई कलात्मक बनाएको छ । लाइटहरूले दर्शकलाई पात्रको नजिक पुर्‍याइरहन्छ । ब्याकग्राउण्ड स्कोरमा हलिउडी फिल दिने ध्वनिले हलिउड तिरै लगिरहन्छ, रुकुम रोल्पातिर लाँदैन । पेन्टर गाउँतिर जान्छ, तर गाउँ पुगेको फिल हुँदैन । दृश्यले गाउँमा सानी बालिकालाई भेटेको दृश्यमा पनि सहरकै कुनै गल्लीको क्याफेमा बसेर पश्चिमेली संगीतमा चुरोटको धुवाँ उडाइरहेजस्तै लाग्छ ।

    एक सानी बालिकालाई माओवादीले जबरजस्ती उठाएर लगेको छ । हो, सेना समायोजनको समयमा पनि बाल सैनिकको विषय उठेको थियो । तर, यसरी कम उमेरमै सेना, प्रहरीमा भर्ती गराइएकाहरू पनि कम थिएनन् त्यस वेला । तर, राज्यले गरेका हर्कतलाई नाटकले पारदर्शी पछ्यौराले छोपिदिएको छ ।

    सानी बालिकालाई पिताबाट खोसेर माओवादीले लगेको दृश्यले माओवादी जनयुद्ध गलत सिवाय केही थिएन भन्छ । तर्क गरेर जनतालाई जागृत गराउने सिद्धार्थलाई सालिक बनाइएको छ । के माओवादी जनयुद्ध यति विद्रुप थियो त ? नाटकले सवाल गर्ने ठाउँहरू प्रशस्त दिएको छ ।

    जनयुद्धमा बेपत्ता पारिएका, छोराछोरी गुमाएकाहरूमाथि दृश्यको अनावश्यक भावुकता छ । दृश्य भावुक हुँदै गर्दा जनयुद्धले उठाएको मुद्दा, स्वतःस्फूर्त युद्धमा होमिएकाहरूको जोश, उमंग र परिवर्तनप्रतिको दृढतालाई नजरअन्दाज गरेको छ ।

    दृश्यले मध्यम वर्गीय वर्गको प्रतिनिधित्व गज्जबले गरेका छन् । साथमा अनपढ हजुरआमाकी पढेलेखेकी अमेरिकीबासी नातिनीले पनि मध्यम वर्गीय आचरण र स्वभावलाई न्यायपूर्ण तवरले पकडिएकी छन् ।

    नाटकको अन्तिमसम्म आइपुग्दा दृश्य हिप्पीजस्तै लाग्छन् । तर, कहाँ ती हिप्पीहरू, कहाँका यी दृश्य ! जनयुद्धको उत्कर्षको वेला हिप्पीजस्तो हुने, रुमानी जीवन बाँच्ने सुविधा युगौँदेखि अन्यायमा पारिएकाहरूलाई थिएन । उनीहरूसँग परिवर्तनको पक्षमा वा सामन्तवादको पक्षमा बन्दुक बोक्नुपर्ने बाहेक विकल्प नै थिएन ।

    मोनालिसा कि ‘टाइटानिक’को केट विन्सलेट बन्ने ? अनि रुमानी प्रेम कसले गर्ने ? रुमानी संवादहरू कसले छाँट्ने ? युगौँदेखि राज्यद्वारा अन्यायमा पारिएका वर्गलाई यो सुविधा थिएन । यो सुविधा मध्यम वर्गलाई थियो, उच्च वर्गलाई थियो । परिवर्तन नचाहनेहरूलाई थियो ।

    जनयुद्धको समीक्षा अझैँ सकिएका छैनन् । भोलिका दिनमा पनि हुँदै जानेछन् । जनयुद्धको नेतृत्व गरेकाहरू कसरी भ्रष्टीकरण हुँदै गए, प्रश्नोत्तर बाँकी नै छन् । जनयुद्धमा विद्रोही पक्ष र राज्य पक्षबाट भएका अमानवीय हत्कण्डाहरुको समीक्षा जरुरी नै छ । तर, जनयुद्धकै जगमा दोस्रो जनआन्दोलन भएको तथ्य र सत्यलाई नकार्न मिल्दैन । दोस्रो जनआन्दोलनले स्थापित गरेको मुद्दाहरूलाई नजरअन्दाज गर्न मिल्दैन ।

    समग्रमा नाटकको सुन्दर सेटिङमा कलाकारको अभिनयले लोभ्याउँछ । करिब दुई घण्टा दर्शकलाई अड्याएर राखिदिन्छ । जनयुद्धको छेउछेउ भएर अगाडि बढेको नाटकले त्यस वेलाको मध्यम वर्गको चित्रलाई राम्रोसँग न्याय गरेको छ, जनयुद्धलाई होइन ।

  • ‘लाइफ इन एलए’ को ट्रेलर सार्वजनिक

    ‘लाइफ इन एलए’ को ट्रेलर सार्वजनिक

    काठमाडौं । आगामी जेष्ठ ६ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘लाइफ इन एलए’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो ।

    २ मिनेट ५५ सेकेण्ड लामो टेलरमा ब्यास, अकेशा र शिल्पाको प्रेममा आउने उतार(चढाव र विदेशमा बस्ने नेपालीको लाइफ स्टाइल समावेश गरिएको छ ।

    त्रिकोणात्मक प्रेमकथा ‘लाइफ इन एलए’मा ब्यास बिस्सु, आकेशा बिस्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकका साथै अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको पनि अभिनय छ । सुर्य एन श्रेष्ठको निर्देशनमा निर्माण भएको सिनेमामा एलिस कार्की र प्रतिक पौडेलको संगीत र प्रताप दास र कविता श्रेष्ठ स्वर छ ।

    ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको सिनेमालाई ब्यास बिस्सुले निर्माण गरेका हुन् । संसार सुवेदी कार्यकारी निर्माता रहेको सिनेमामा अमेरिकाको लागि राजेन्द्र ठकुराथी निर्माताको रुपमा छन् । दीपक वली एसोसियट निर्देशक रहेको सिनेमाका प्रोडक्सन म्यानेर प्रदीप आचार्य र प्रदीप खत्री हुन् ।

    भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन रहेको सिनेमामा कविराज गहतराज र सुरज श्रेष्ठको करियोग्राफी छ । अमेरिकाको विभिन्न राज्यमा प्रदर्शन भैसकेको सिनेमालाई दर्शकले निकै रुचाएले नेपाली दर्शकबाट पनि राम्रो साथ पाउने विश्वास निर्माण टिमले राखेको छ ।

    https://www.youtube.com/watch?v=t4RAqxCrUXY

  • ‘कबड्डी ४’ को ट्रेलर सार्वजनिक

    ‘कबड्डी ४’ को ट्रेलर सार्वजनिक

    काठमाडौं । नेपाली सिनेमा कबड्डी ४ को नयाँ ट्रेलर सार्वजानिक भएको छ । आगामी जेष्ठ १३ गते बाट प्रदर्शनमा आउन लागेको यो चलचित्र नेपालमा अत्याधिक सफल चलचित्र सिरिज कबड्डी अन्तिम तथा चौथो भाग हो ।

    अघिल्ला भागहरुमा अनेकन प्रयासका बाबजुत पनि फिल्मका मुख्य पात्र काजी (दयाहाङ राई) को विवाह हुन नसकेकोमा अबको यस् अन्तिम भागमा के काजीक विवाह होला त भन्ने विषयले दर्शकहरु माझ कौतुहलता जगाई रहेको अवस्थामा भर्खरै रिलिज भएको फिल्मको ट्रेलरले पनि काजीको विवाहहोला वा नहोला भन्ने कौतुहलतालाई थप बढाएको देख्न सकिन्छ ।

    चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, बुद्दी तामाङ , बिजय बराल , गौमाया गुरुङ , कमलमणी नेपाल उपेन्द्र सुब्बा लागयतका कलाकारहरुको भूमिका रहेको छ ।

    राम बाबु गुरुङको निर्देशनमा बनेको यस् चलचित्र ४ महिना अगाडि टिजर रिलिज भएसँगै चर्चामा छाएको छ भने चलचित्रको केशरी बोलको गीतलाई पनि दर्शकहरुले राम्रो प्रतिक्रिया दिइरहेका छन् ।

  • बिहेपछि पार्टीमा पनि सेलिब्रेटीको ओइरो, प्रकाश सुवेदी र स्वस्तिमाको यस्तो घोचपेच (तस्बिरहरू)

    बिहेपछि पार्टीमा पनि सेलिब्रेटीको ओइरो, प्रकाश सुवेदी र स्वस्तिमाको यस्तो घोचपेच (तस्बिरहरू)

    काठमाडौं । ‘रजतपट अंकल’ का रुपमा परिचित सञ्चारकर्मी प्रकाश सुवेदीले आफ्नी छोरीको विवाह धुमधामले गरे ।

    धुलिखेलको रिसोर्टमा शनिबार विवाह समारोह भएको थियो भने हिजो काठमाडौंको एभरेस्ट होटलमा वरवधुको तर्फबाट प्रितिभोज आयोजना गरियो ।

    यो बिवाह सामान्य विवाह मात्र नभएर पत्रकार सुवेदीको ‘शक्ति प्रदर्शन’ जस्तै थियो । विवाह र पार्टीमा नेपाली चलचित्रका सेलिब्रेटीहरुको ओइरो नै लाग्यो । विवाहमा पुग्न नसकेका हस्तिहरु पार्टीमा सहभागी भएका थिए ।

    वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य सुवेदीको निम्तो मान्न पुगेका थिए । विसञ्चो भएको कारण देखाएर विवाहमा नगएका अभिनेता राजेश हमाल श्रीमती मधु भट्टराईसहित पार्टीमा सहभागी भएर वरवधुलाई आशिर्वाद दिए ।

    यस्तै, नायिका स्वस्तिमा खड्का र उनका निर्देशक श्रीमान निश्चल बस्नेत पनि पार्टी खान पुगे ।

    हास्यकलाकारहरु किरण केसी र शिवहरी पौडेल, नायक प्रदिप खड्कादेखि ट्विनी गल्र्स प्रिज्मा र प्रिन्सी खतिवडाको पनि पार्टीमा उपस्थिति थियो ।

    सुवेदीसँग चिसो सम्वन्ध भएका अभिनेता तथा निर्माता दिपकराज गिरी पनि निम्तो मान्न एभरेस्ट होटल पुगे । उनकी अनस्क्रिन जोडी तथा निर्देशक दिपाश्री निरौला भने गइनन् । यस्ता कार्यक्रममा प्राय दिपकराज र दिपाश्री एकसाथ पुग्ने गर्छन् ।

    प्रकाश सुवेदीलाई दिएको अन्तरवार्तामा राजेश हमालका विषयमा गरेको टिप्पणीले दिपाश्री चरम विवादमा परेकी थिइन् । त्यसबेलादेखि प्रकाश सुवेदीसँग बिग्रिएको दिपाश्रीको सम्वन्ध अझै सुधार नभएको देखिएको छ ।

    हास्यकलाकार केदार घिमिरे माग्नेबुढासँग पार्टीमा पुगेका दिपकराजको राजेश हमालसँग आमनेसामने भएको थियो । उनीहरुले हात मिलाएर फोटोसोटो खिचाए ।

    पार्टीका क्रममा स्वस्तिमासँग आयोजक सुवेदीको घोचपेचसमेत चल्यो । स्वस्तिमाले प्रकाशलाई भेट्नासाथ ‘बुढोलाई बोकेर आउँछु भन्ने सोचेको थिएँ बिर्सेछु’ भन्दै ठट्टा गरिन् । लकडाउनका बेला स्वस्तिमाले श्रीमान निश्चललाई बाकेर हिँडेको भिडियाे सामाजिक सञ्जालमा पोष्ट गरेकी थिइन् । उक्त तस्विरलाई लिएुर सुवेदीले रजतपटकमा कडा टिप्पणी गर्दै भनेका थिए, ‘नायिकाहरुको काम छैन, बुढो बोक्यो हिँड्यो ।’

    सुवेदीको उक्त टिप्पणीमा स्वस्तिमाले आपत्ति जनाएकी थिइन् ।

    सोही प्रसंगलाई कोट्याउँदै पार्टीमा स्वस्तिमाले उक्त ठट्टा गरेका थिइन् । पछि प्रकाशले उनलाई जवाफ दिन खोजे, तर राजेश हमालको हस्तक्षेपका कारण भनाइ पुरा गर्न पाएनन् ।

    प्रकाश माइकमै भन्दै थिए, ‘स्वस्तिमाजीले डाइलग पेलाइहाल्नुभो । निश्चलजीले पछि कुरा गरौंला भन्नुभएको छ । पछि नै कुरा गरौंला यसबारेमा । तर एकदमै खुशी लाग्यो । चलचित्र क्षेत्रमा कोही कसैको सत्रु वा कोही कसैको मित्र हुँदैन । कलाकार र पत्रकार कहिले पनि सत्रु वा मित्र हुँदैनन् । केही दिनका लागि टाढिँदा पनि फेरि हामी अन्तरंग बन्छौं…’

    प्रकाशले यसो भन्दै गर्दा राजेश हमालले ‘यस्तो खुशीयाली माहोलमा किन यस्तो कुरा ?’ भन्दै रोकेका थिए । त्यसपछि प्रकाशले विषय अन्यत्र मोडे ।

    सञ्चारकर्मी सुवेदीका एक छोरा र एक छोरी छन् । डेनमार्क बस्दै आएकी छोरी उतै बस्ने युवकसँग प्रेममा थिइन् ।

    उनीहरुले नेपालमा आएर परिवारको सहमतिमा विवाह गरेका हुन् । उनीहरुको विवाह अन्तरजातीय हो ।

    तस्बिर साैजन्य : अनुप भट्टराई

  • बालेन शाहको समर्थनमा रवि लामिछाने: कांग्रेस र एमालेका उम्मेदवारबाहेक अरुलाई मैदान छोड्न आग्रह

    बालेन शाहको समर्थनमा रवि लामिछाने: कांग्रेस र एमालेका उम्मेदवारबाहेक अरुलाई मैदान छोड्न आग्रह

    काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेले काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहप्रति समर्थन जनाएका छन् । कांग्रेस र एमालेबाहेकका दल र उम्मेदवारले बालेनलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिन उनको आग्रह छ ।

    सामाजिक सञ्जालमा स्टाटस लेख्दै लामिछानेले आफ्नो पक्षधरता खुलाएका हुन् । चुनावमा कांग्रेस एमाले र बालेन शाहबीच त्रिपक्षीय भिडन्त हुनुपर्ने उनले बताएका छन् ।

    लामिछानेले लेखेका छन्, ‘ठूला दल कांग्रेस र एमाले एकातिर अनि विकल्प भन्दै वा खोज्दै राजनीति गरिरहेका अन्य दल र व्यक्तिहरु अर्कातिर। जनताको म्यासेज क्लियर कट रूपमा देखिनका लागि पनि काठमाडौँमा कांग्रेस र एमालेबाहेकका दल र उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएर स्वतन्त्र युवा उम्मेदवार बालेन शाहलाई समर्थन गरी त्रिपक्षीय भिडन्तका लागि मैदान खाली गरिदिन हुन म व्यक्तिगत रुपमा अनुरोध गर्दछु।’

  • केकी र वर्षा : सुटुक्क बिहेपछि किस्ता-किस्तामा फोटो सार्वजनिक गर्दै

    केकी र वर्षा : सुटुक्क बिहेपछि किस्ता-किस्तामा फोटो सार्वजनिक गर्दै

    काठमाडौं । नायिकाद्वय केकी अधिकारी र वर्षा शिवाकोटीले एक दिन अघिपछि उस्तै शैलीमा विवाह गरे । कुनै हल्लाखल्लाबिना नजिकका साथीभाईलाई पनि थाहा नदिई उनीहरुले सट्याकसुटुक लगनगाँठो कसेका थिए ।

    विवाहपछि उनीहरु सामाजिक सञ्जालमा किस्ता-किस्तामा तस्वीरहरु सेयर गरिरहेका छन् । विवाहमा कुनै पनि मिडियालाई पहुँच नदिएका र आगन्तुकलाई मोबाइलबाट फोटो खिच्नसमेत निषेध गरेका थिए उनीहरु दुवैले । केकीले विवाहको अघिल्लो दिन मेहेन्दी लगाएको फोटो भने भाइरल भएको थियो ।

    विवाहपछि दुवै नायिकाले आफ्नो अफिसियल फोटोग्राफरहरुले खिचेको फोटो र भिडिओ लगातार सार्वजनिक गरिरहेका छन् । दुवैका तस्वीरहरुमा पर्याप्त लाइकर कमेन्टहरु पनि आइरहेका छन् ।

    यी दुई नायिकाको विवाहमा अरु पनि समानता देखिएका छन् । उनीहरु दुवैले विवाहमा भारतीय संस्कृतिलाई महत्व दिए । हल्दी र मेहेन्दी समारोह नेपाली कल्चर होइनन् । यस्तै, विवाहमा उनीहरुको पहिरन, गहना र श्रृंगारले पनि भारतीय बेहुलीको झल्को आएको थियो । नेपाली चलचित्रलाई माया गरौं भनेर नथाक्ने कलाकारहरुले विवाहमा भारतीय संस्कृतिलाई महत्व दिएको भनेर पनि कतिपयले सामाजिक सञ्जालमा आलोचना गरेका छन् ।

    केकी र वर्षा दुवै शालिन छविका नायिका हुन् । उनीहरुले विवाहमा धेरै मानिसहरु बोलाएर ठूलो तडकभडक देखाउन चाहेनन् । यद्यपि, वर्षाको भारीभर्कम गहनाले भने चर्चा बटुलेको छ ।

    विवाहपछि वर्षा हनिमुनका लागि पोखरातिर लागिसकेकी छन् । केकीको भने हनिमुन योजना सार्वजनिक भएको छैन ।

    May be an image of 1 person and indoor

  • पाेखरामा वर्षाको ‘हनीमुन मुड’

    पाेखरामा वर्षाको ‘हनीमुन मुड’

    काठमाडौं । आफ्ना इन्जिनियर प्रेमी आशीष गेलालसँग बैशाख ९ गते लगनगाँठो कसेकी अभिनेत्री वर्षा शिवाकोटी हनीमुनमा निस्किएकी छन् । अमेरिका बस्दै आएका इन्जिनियर गेलालसँग बिहे गरेकी वर्षा हनीमुन मनाउन पोखरा पुगेकी हुन् ।

    वर्षाले सामाजिक सञ्जाल इन्स्टाग्राममा स्टोरी सेयर गर्दै श्रीमानसँग पोखरा गएको जनाएकी छन् । स्टोरी सेयर गर्दै वर्षा लेख्छिन्, ‘आफ्नी श्रीमतीसँग जीवनमा पहिलो पटक पोखरा घुम्न पाएर मिस्टर गेलल उत्साहित छन् ।’

    वर्षाले लगनगाँठाे कसेकाे एक दिनअघि केकी अधिकारीले पनि स्याटकसुटुक बिहे गरेकी थिइन् ।

  • सदावहार आफूलाई ‘फिट’ राख्ने ४० काटेका यी १० बलिउड अभिनेत्री

    सदावहार आफूलाई ‘फिट’ राख्ने ४० काटेका यी १० बलिउड अभिनेत्री

    मुम्बई । बलिउड अभिनेत्रीहरुको फिल्म बाहेक आफ्नो सौन्दर्य र फिटनेसको लागी एक अलग पहिचान छ। केही अभिनेत्रीहरु ४० वर्षभन्दा माथिका धेरै छन् तर उनीहरु युवा अभिनेत्रीलाईसमेत प्रतिस्पर्धा दिइरहेका छन् ।

    पछिल्ला केही वर्षहरूमा बलिउड अभिनेत्रीहरूमा फिटनेसको ठूलो क्रेज छ। केही यस्ता अभिनेत्रीहरु छन् जुन ४० वर्ष नाघे पनि हेर्दा २६ वर्षका देखिन्छिन् ।

    तस्बिरमा हेर्नुुस यी १० अभिनेत्रीहरु :

    १‍‍. शिल्पा शेठ्ठी 

    उमेर : ४७

    २. मलाइका अराेरा

    उमेर : ४८

    ३. रेखा 

    उमेर : ६७

    ४. माधुरी दीक्षीत

    उमेर : ५४

    ५. करिना कपुर 

    उमेर : ४१

    ६. सुष्मिता सेन

    उमेर : ४६

    ७. मल्लिका शेरावत

    उमेर : ४५

    ८. सनी लियाेनी 

    उमेर : ४०

    ९. एश्वर्या राय

    उमेर : ४८

    १०. अनुष्का सेठ्ठी

    उमेर : ४०

  • बलिउडका यी ७ सेलिब्रेटीहरू जसले स्टार भएपछि छोडिदिए आफ्ना पार्टनर

    बलिउडका यी ७ सेलिब्रेटीहरू जसले स्टार भएपछि छोडिदिए आफ्ना पार्टनर

    मुम्बई । फिल्मका काम बाहेक धेरै बलिउड सेलिब्रेटीहरू आफ्नो सम्बन्धका कारण पनि चर्चामा रहने गर्छन् । ती मध्ये आज यी ७ कलाकारहरुको चर्चा गरौँ जसले बलिउडमा सफलता पाउनासाथ आफ्ना पार्टनरलाई छाडिदिए ।

    १) दीपिका पादुकोण र निहार पाण्ड्या

    आफ्नो मोडलिङका दिनमा बलिउडकी मस्तानी दीपिका पादुकोणले मोडल तथा अभिनेता निहार पाण्ड्यासँग केही समय डेट गरिन्। दुबैको पहिलो भेट मुम्बईको एक्टिङ्ग स्कुलमा भएको थियो। उनीहरुले चर्चित गायक हिमेश रेशमियाको एल्बम ‘आप का सुरुर’ गीतमा सगैँ अभिनय पनि गरेका थिए । विभिन्न रिपोर्टका अनुसार, यो जोडी अलग हुनु अघि लिभईन सम्बन्धमा पनि थिए। निहारसगँ छुटेपछि दीपिकाले रणवीर कपूरसँग डेट गर्न थालिन् तर त्यो सम्बन्ध पनि धेरै टिक्न सकेन र नोभेम्बर १४ र १५,२०१८ मा इटालीको लेक कोमोमा दीपिका पादुकोणले रणवीर सिंहसँग विवाह गरिन्।पादुकोणसँग ब्रेकअप पछि, निहार पाण्ड्याले लोकप्रिय गायिका नीती मोहनसँग फेब्रुअरी १६,२०१९ मा हैदराबादको फलकनुमा प्यालेसमा विवाह गरे।

    २) रणवीर कपूर र अवन्तिका मलिक

    अभिनेता इमरान खानकी पत्नी अवंतिका मलिक रणवीर कपूरको पहिलो क्रस थिइन्। यो भन्ने गरिन्छ कि रणवीरले उनलाई चर्चित सिरियल जस्ट मोहब्बतको सेटमा पनि भेट्ने गर्थे जसमा उनले बाल कलाकारको रूपमा काम गरेकी थिइन्। केही समयपश्चात दुवै अलग भए र अलग भएलगत्तै अवंतिकाले जनवरी १०,२०११ मा इमरान खानसँग प्रेम विवाह गरिन्। इमरान र अवन्तिका अहिले केही असमझदारीका कारण अलग भएका छन् भने अभिनेत्री दीपिका पादुकोण र कट्रिना कैफसँगको खट्टा डेटिङ अनुभव पछि रणवीर कपूरले यहीँ अप्रिल १४ मा उनको बान्द्रा घर वास्तुमा आफ्नो प्रेमिका आलिया भटसगँ विवाह गरेका हुन्।

    ३) प्रियंका चोपडा र असीम मर्चेन्ट

    प्रियंकाले स्टारडम प्राप्त गर्नु अघि असीम मर्चेन्टसँग डेट गरिरहेकी थिइन्। सन् २०१४ मा मिस वर्ल्ड बनेपछि उनले असीमलाई छोडिदिईन्। खबर अनुसार असिमले प्रियंकाको ६७ दिन नामक बायोपिक बनाएर बदला लिने योजना समेत बनाएका थिए भने प्रियंकाले बायोपिक बनाउने बिरुद्ध अदालतमा कानूनी नोटिस समेत दायर गरेकी थिईन्। केही समयको डेटिङ पछि प्रियंका चोपडाले अन्तराष्ट्रिय पप गायक निक जोनसमा आफ्नो जीवनसाथी पाईन् र डिसेम्बर १ र २,२०१८ मा उम्मेद भवन प्यालेसमा यी दुईले विवाह गरे।

    ४) अनुष्का शर्मा र जोहेब युसुफ

    अनुष्का शर्मा र जोहेब युसुफ आफ्नो मोडलिङको समयमा एकअर्कालाई डेट गर्थे। बलिउडमा भाग्य आजमाउन यी दुई मुम्बई आएका थिए। ‘रब ने बना दी जोडी’ बाट डेब्यू गरेकी अनुष्का भाग्यशाली भईन भने जोहेबले सोचेजस्तो सफलता पाउन सकेन्नन् र यसरी नै उनीहरुको सम्बन्धको अन्त्य भयो। सन् २०१३ मा अनुष्का शर्माको क्रिकेटर विराट कोहलीसँग पहिलो पटक टिभी विज्ञापनको सुटिङका ​​क्रममा भेट भएको थियो। त्यसपछि दुवै ‘असल साथी’ बने र डेटिङ गर्न थाले। लगभग चार वर्षसम्म डेटिङ गरेपछि, यो जोडीले अन्ततः डिसेम्बर ११,२०१७ मा इटालीको टस्कनीमा आफ्नो विवाह सम्पन्न गरे।

    ५) सोनाक्षी सिन्हा र आदित्य श्रफ

    १०० करोडको आँकडा पुग्ने वा पार गर्ने फिल्महरूको लागि भाग्यशाली मस्कट बन्नु अघि सोनाक्षी सिन्हा फेम सिनेमाका पूर्व प्रबन्ध निर्देशक आदित्य श्रफसँग डेट गरिरहेकी थिइन्। पछि केही व्यक्तिगत कुरालाई लिएर उनीहरु बिच मनमुटाव भयो र उनीहरु अलग भए। आदित्य श्रफले पछि टेलिभिजन अभिनेत्री मेघा गुप्तासँग विवाह गरे तर विवाहको चार वर्षपछि उनीहरु पनि अलग भए।

    ६) ज्याकलिन फर्नान्डेज र हसन बिन राशिद अल खलिफा

    बलिउडमा आउनुअघि ज्याकलिन फर्नान्डेज बहराइनका राजकुमार हसन बिन रसिद अल खलिफासँग दुई वर्ष लामो सम्बन्धमा थिईन्। तर यो कुरा तब समाप्त भयो जब ज्याकलिनलाई निर्देशक साजिद खानसँग जोडेको हल्ला मिडियामा आउन थाल्यो। हसनपछि ज्याकलिनले सिद्धार्थ मल्होत्रालाई डेट गरिरहेकी थिइन् तर न त ज्याकलिन र न सिद्धार्थले उनीहरूको समीकरणको बारेमा टिप्पणी गरेका छन्। हाल उनी आफ्नो एक्लो जीवनको आनन्द उठाइरहेका छिन र बलिउडमा आफ्नो व्यावसायिक करियरमा ध्यान केन्द्रित भएर लागिरहेकी छिन्।

    ७) कंगना रनौत र अध्यायन सुमन

    कंगना रनौतले हिन्दी फिल्म उद्योगमा अभिनेत्री बन्नको लागि सानै उमेरमा घर छोडेकी थिइन्। उनी चलचित्र क्षेत्रसँग सम्बन्धित थिईनन् त्यसैले बलिउडमा आफ्नो खुट्टा बलियो बनाउन उनलाई एक जडानको आवश्यकता थियो। र उनको लागी त्यो व्यक्ति बने शेखर सुमनका छोरा,अध्यायन सुमन। तर ‘ग्याङ्स्टरमा’ डेब्यू गरेपछि जब उनले आफूले चाहेको र योग्यको लाइमलाइट पाईन् तब उनले अध्यायनलाई छाडिदिइन।

    अध्यायनले पछि एक मिडिया पोर्टललाई ‘कंगनाले आफूलाई उद्योगमा आउनको लागि प्रयोग गरेको र आफ्नो जीवन बर्बाद गरिदिएको’ भने टिप्पणी समेत दिएका थिए। पछि अध्यायन सुमन र स्प्लिट्सभिलाकी माइरा मिश्रा करिब दुई वर्ष डेटमा रहेको हल्ला चल्यो। यो जोडीले सन् २०२० मा लकडाउनपछि आफ्नो सम्बन्धको पुष्टि गरेपनि पछि टाइम्स अफ इन्डियासँगको उनको अन्तर्वार्तामा माइरा मिश्राले आफू र अध्यायन अलग भएको कुरा पुष्टि गरिन्।

     

  • आमाकाे सम्मानमा  रानीको ‘मेरी आमा’ सार्वजनिक

    आमाकाे सम्मानमा  रानीको ‘मेरी आमा’ सार्वजनिक

    काठमाडाैं । मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन नजिकिँदै जाँदा गीतसंगीतमा पनि आमाको माया र मर्म बोल्ने भावहरु व्यक्त हुन थालेका छन् ।

    यसैबीच अमेरिकामा रहेर गीतसंगीतमा सक्रिय गायिका रानी शाक्यले ‘मेरी आमा’ बोलको गीत सार्वजनिक गरेकी छिन् । यो गीतमा सन्तोष आलेको शब्द तथा संगीत रहेकाे छ । गीतमा छोरीले आफ्नी आमालाई गर्ने प्रेम र आमाको महिमालाई प्रस्तुत गरिएको छ ।

    गीतको भिडिओमा कलाकार गौरी मल्ल, मोडल गीता ढुंगानालाई आमा–छोरीको भूमिकामा देख्न सकिन्छ । साथमा भिडिओमा विजयराज भुर्तेल, निरिस्का स्थापितको पनि अभिनय छ ।

    नमराज घिमिरेको छायांकन रहेको भिडियोमा विजयराजको सम्पादन छ । देव धिमालले यो गीतको भिडियोलाई निर्देशन गरेका हुन् ।
    भिडियोलाई निर्देशक देवले मार्मिक बनाएका छन् ।

    एक बिरामी आमालाई छोरीले गरेको मायालाई भिडिओमा प्रस्तुत गरिएको छ ।

  • आफूभन्दा कान्छो उमेरकाे पुरुषलाई डेट गर्नु समाजमा अपवित्र मानिन्छ : मलाइका

    आफूभन्दा कान्छो उमेरकाे पुरुषलाई डेट गर्नु समाजमा अपवित्र मानिन्छ : मलाइका

    मुम्बई । अभिनेत्री मलाइका अरोरा र अर्जुन कपुर लामो समयदेखि डेट गरिरहेका छन् । दुवैको उमेरमा करिब १२ वर्षको अन्तर छ । यस विषयमा मलाइकाले सामाजिक सञ्जालमा बारम्बार ट्रोलिङको सामना गर्नुपरिरहेको छ ।

    मलाइकाले हालैको एक अन्तर्वार्तामा ट्रोलर्सलाई जवाफ दिएकी छिन् । भारतीय समाजमा महिलाले आफूभन्दा कम उमेरका पुरुषसँग डेट गर्नु अपवित्र मानिएको उनले बताइन् ।

    मलाइका र अर्जुन आफ्नो बीचको उमेरको अन्तरलाई लिएर कुनै आपत्ति छैन । ब्रेकअप र डिभोर्सपछि महिलाको जीवनको महत्वबारे कुरा गर्दै मलाइका अरोराले भनिन्, ‘ब्रेकअप वा डिभोर्सपछि पनि महिलाको जीवन जिउन धेरै महत्त्वपूर्ण हुन्छ, महिलाको सम्बन्धलाई लिएर समाजमा गलत धारणा रहेको छ । आफूभन्दा कान्छो पुरुषलाई डेट गर्ने महिलालाई अपवित्र मानिन्छ ।’

    उनी आफूलाई आमाको प्रतिबिम्बको रूपमा वर्णन गर्ने गर्छिन्। मलाइकाले भनिन्, ‘म हरेक दिन बलियो, फिट र खुसी रहनका लागि आफैंमा काम गर्छु। म मेरी आमाको प्रतिबिम्ब हुँ, किनकि म उनको शक्ति र धैर्यताको प्रतीक हुँ। र उनको जीवन अवचेतन रूपमा बिताउँछु। म आफ्नै शर्तमा जीवन बिताउन र स्वतन्त्र हुन चाहन्छु।’

    अर्जुन कपुर र मलाइका अरोराले २०१९ मा आफ्नो सम्बन्धको आधिकारिक घोषणा गरेका थिए । यी दुई धेरै वर्षदेखि डेटिङ गर्दै आएका छन् र सार्वजनिक रूपमा आफ्नो प्रेम व्यक्त गर्न कहिल्यै पछि परेका छैनन्।

     

  • विवाद पछि अस्कर विजेता विल स्मिथ भारतमा

    विवाद पछि अस्कर विजेता विल स्मिथ भारतमा

    मुम्बई । अस्कर विजेता हलिउड स्टार विल स्मिथ थप्पड प्रकरण पछि पहिलो अन्तर्राष्ट्रिय भ्रमणमा भारत पुगेका छन् । रिपोर्टका अनुसार उनी यहाँ सद्गुरु जग्गी वासुदेवसँग आध्यात्मिक भेटघाटका लागि आएका हुन् ।

    अस्कर अवार्डमा होस्टलाई थप्पड हाने पछि उनको व्यक्तिगत जीवनलाई लिएर समेत चर्चामा आएको छन् । उनको भारत भ्रमण पनि यसैसँग जोडिएको छ ।

    थप्पड प्रकरणपछि विल स्मिथ पहिलोपटक मुम्बई पुगेका हुन् । उनी मुम्बईको जुहु मेरियट होटलमा बसेका छन् ।

    अन्तराष्टि«य सञ्चारमाध्यमका अनुसार उनले सद्गुरुसँग केही समय बिताउने जनाइएको छ । सद्गुरुसँग विल निकट पनि छन् । यसअघि पनि यी दुईको भेटघाट भइसकेको छ ।

    विल र उनकी श्रीमती जाडा पिन्केटबीचको सम्बन्ध अहिले राम्रो चलिरहेको छैन । समाचारका अनुसार अस्कर अवार्डमा भएको विवाद दुवैको सम्बन्धविच्छेदको कारण बनिरहेको छ । स्रोतका अनुसार विल र जाडाबीच लामो समयदेखि विवाद चलिरहेको थियो । तर अस्कर अवार्डको घटनापछि यो विवाद भने गहिरिएको छ ।

    दि यो रिपोर्टका अनुसार विल र जाडा अलग भएमा जाडाले विलको आधा सम्पत्ति पाउँनेछिन् । यदि यस्तो भयो भने यो उद्योगमा संसारको सबैभन्दा महँगो सम्बन्धविच्छेद हुनेछ।

  • ‘के सारो’ भन्दै क्यान इन्फोटेकमा बले

    ‘के सारो’ भन्दै क्यान इन्फोटेकमा बले

    काठमाडाैं । भृकुटीमण्डपमा जारी कम्प्युटरसम्बन्धी प्रदर्शनी क्यान इन्फोटेकमा आइतबार हाँस्य कलाकार सागर लम्साल बले देखापरे । उनी त्यहाँ कुनै सामान खरिदका लागि भने आएका थिएनन् ।

    आफू अभिनित गीत ‘के सारो’ को प्रमोशनका लागि बलेको टिम क्यान इन्फोटेक पुगेको थियो । उक्त गीतमा इन्टरनेट सेवा प्रदायक कम्पनी भायनेट पनि एसोसिएट पार्टनर रहेकाे छ । सोही कम्पनीले उनलाई त्यहाँ लगेको हो ।

    भायनेटले खेलाएको क्वीजका विजेतालाई बलेले उपहार वितरण गरेका थिए । त्यहाँ उनले करिब एक घन्टा बिताए ।

    दुई दिनअघि रिलिज भएको ‘के सारो’ गीतमा उर्गेन दोङ, एलिना चौहान र मिस्टर आरजेले स्वर दिएका छन् । भिडिओमा सागरलाई आकृति शर्माको साथ छ । गीतले दुई दिनमा झण्डै दुई लाख भ्यूज पाएको छ ।

  • सगरमाथालाई नजिकबाट हेरेर दङ्ग परे पवनदीप: भन्छन्- सबैले एकपटक सगरमाथालाई नजिकबाट हेर्नुपर्छ

    सगरमाथालाई नजिकबाट हेरेर दङ्ग परे पवनदीप: भन्छन्- सबैले एकपटक सगरमाथालाई नजिकबाट हेर्नुपर्छ

    काठमाडौं । सांगीतिक प्रस्तुतिको लागि काठमाडौं आएका भारतीय गायक इन्डियन आइडल विजेता पवनदीप राजनले सगरमाथालाई नजिकबाट नियाल्न पाउँदा अत्यन्तै हर्षित भएको बताउँदै सबैलाई सगरमाथाको माउन्टेन फ्लाइट लिन आग्रह गरेका छ्न् ।

    विश्वकै अग्लाे हिमश्रृङ्खलामा चढ्नु सबैको लागि सम्भव नभए तापनि जीवनमा एकपटक सगरमाथा हेर्नकै लागि पनि सबैले माउन्टेन फ्लाइट लिनुपर्ने पवनदीपको भनाइ छ ।

    पवनदीपले यसअघि आफू घर जान वा सांगीतिक कार्यक्रममा जानमात्र फ्लाइट लिने गरेको भए तापनि हिमश्रृङ्खलालाई नियाल्न पहिलो पटक लिएको माउन्टेन फ्लाइट आफ्नो जीवनमा सदैव याद रहने फ्लाइटको रुपमा स्थापित हुन गएको बताए ।

    पवनदीपले आइतबार काठमाडौंको ठमेलस्थित एक क्लबमा प्रस्तुति दिने कार्यक्रम रहेको छ ।