Category: कलाप्रेस

  • शृङ्खलाको नजरमा काठमाडौंका उम्मेदवार- स्थापितले जातीय राजनीति गरे, सिर्जनाको बारेमा सुनेकै थिइनँ

    शृङ्खलाको नजरमा काठमाडौंका उम्मेदवार- स्थापितले जातीय राजनीति गरे, सिर्जनाको बारेमा सुनेकै थिइनँ

    काठमाडौं । पूर्व मिस नेपाल शृङ्खला खतिवडाले आसन्न स्थानीय चुनावमा काठमाडौं महानगरको मेयरका लागि उम्मेदवार बनेकाहरूको बारेमा टिप्पणी गरेकी छन् ।

    उनले नेकपा एमालेबाट मेयरको उम्मेदवार बनेका केशव स्थापितले जातीय राजनीति गरिरहेको टिप्पणी गरेकी छन् ।

    स्थापितले आफूमाथि लागेका आरोपहरूको सही ढगंले प्रष्टीकरण नदिएको खतिवडाको भनाइ छ ।

    यसै गरी २५ वर्ष अगाडी स्थापितले केही राम्रो काम गरेको भए पनि अहिले समय परिवर्तन भइसकेको खतिवडाले बताइन् ।

    आफ्नो टिममा युवा महिलालाई समावेश गराउनु चाहिँ उनको सबल पक्ष रहेको र शिष्ट तरिकाले आफ्नो एजेण्डालाई जनता सामु पुर्‍याउनबाट केशव स्थापित चुकेको उनको भनाई छ ।

    गठबन्धन तर्फबाट मेयर उम्मेदवार रहेकी सिर्जना सिंहलाई भने आफूले पहिला नचिनेको र नसुनेको बताएकी छन् । ‘उम्मेदवारी धेरै पछि आए जस्तो लाग्छ, मैले उहाँको बारेमा त्यति सुनेको र चिनेको छैन’, उनले लेखेकी छन् । यद्यपि उनका चुनावी एजेण्डाहरु भने राम्रो रहेको खतिवडाको भनाई छ ।

    खतिवडाले बालेनको बारेमा पनि आफ्नो धारणा राखेकी छन् । बालेनले काठमाडौंको नेवा समुदायको मन जित्नको लागि चुनौती रहेको उनको धारणा रहेको छ ।

    स्वतन्त्र उम्मेदवार भएको कारण बालेनले जिते पनि उनलाई आगामी दिनमा नगर सभामा ठुलो चुनौती हुने शृङ्खलाको भनाई छ ।

    बालेनले चुनावको लागि पर्याप्त तयारी गरेका छन् वा छैनन् भन्ने विषयमा पनि शङ्का व्यक्त गरेकी छिन् ।

    उनले विवेकशील साझा पार्टीबाट मेयरकी उम्मेदवार समीक्षा बास्कोटालाई भने चलाख , आत्मविश्वासी र राम्रो योजनका साथ मैदानमा उत्रिएकी उम्मेदवारको रूपमा व्याख्या गरेकी छन् ।

    बालेन, सिर्जना र समीक्षाले तुलनात्मक रूपमा राम्रो उम्मेदवार रहेको भए पनि केशव स्थापितले बढी भोट ल्याउन सक्ने उनको आकलन छ ।

  • विमलराज क्षेत्री र राधिका हमालको स्वरमा कांग्रेसको चुनावी गीत सार्वजनिक

    विमलराज क्षेत्री र राधिका हमालको स्वरमा कांग्रेसको चुनावी गीत सार्वजनिक

    काठमाडौं । विमलराज क्षेत्री, बद्री सापकोटा, राधिका हमाल र अन्जु पोखरेलको स्वरमा नेपाली कांग्रेसको चुनावी गीत सार्वजनिक भएको छ ।

    ‘जय नेपालको नाराले’ बोलको गीत मङ्गलवार युट्युबमा सार्वजनिक गरिएको हो ।

    जसमा प्रवास मिडिया समन्वय सञ्जालको प्रस्तुति रहेको छ। गीतको लय बद्री सापकोटाको रहेको छ ।

  • रेनु दाहालको पक्षमा खुले सन्दीप क्षेत्री

    रेनु दाहालको पक्षमा खुले सन्दीप क्षेत्री

    भरतपुर । चर्चित हास्य कलाकार सन्दीप क्षेत्री भरतपुर महानगरपालिकामा गठबन्धन उम्मेदवार रेनु दाहालको पक्षमा खुलेका छन् ।

    गठबन्धनले भरतपुरमा आयोजना गरेको चुनावी सभामा सम्बोधन गर्दै क्षेत्रीले आफू कुनै पार्टीको सदस्य नभए पनि भरतपुरमा रेणुको जितको कामना गर्ने बताए ।

    ‘म कुनै झण्डाको मान्छे होइन, कुनै पार्टीको मान्छे होइन । तपाईँको कामबाट प्रभावित भएर आएको हुँ । तपाईँलाई मेरो कुल, मेरो इष्टको आशीर्वाद लागोस्’, क्षेत्रीले भने ।

    उनले भरतपुरको सभामा आउनुअघि आफ्नी आमालाई सोधेको र रेनुको पक्षमा बोल्दा फरक पर्दैन भनेकोले सभामा उपस्थित भएको बताए ।

    रेनुलाई ‘दिदी’ भनेर सम्बोधन गरेका क्षेत्रीले माओवादी अध्यक्ष प्रचण्डलाई छोरीको चिन्ता नगर्न सुझाए ।

    ‘अब तपाई यो पार्टीको अध्यक्षको हैसियतले चिन्तित हुनुहुन्छ भने स्वाभाविक छ तर छोरीका हिसाबले चिन्ता नगर्नुस् । तपाईँले गज्जबको छोरी पाउनुभएको छ’, क्षेत्रीले भने ।

  • करण जोहरको चर्चित शो ‘कफी वीथ करण’ बन्द

    करण जोहरको चर्चित शो ‘कफी वीथ करण’ बन्द

    काठमाडौं । भारतीय चलचित्र क्षेत्रका सुप्रसिद्ध चलचित्र निर्माता तथा निर्देशक करण जोहरले १९ वर्षदेखि सञ्चालन गर्दै अाइरहेको बहुचर्चित टेलिभिजन टक शो ‘कफी वीथ करण’ सदाको  बन्द भएको छ ।

    जोहरले सामाजिक सञ्जालमार्फत कार्यक्रम  बन्द भएको घोषणा गरेका हुन् ।

    स्टार वर्ल्ड इन्डियाले नोभेम्बर १९,२००४ मा कफी वीथ करणको पहिलो एपिसोड प्रिमियर गरेको थियो । करण जोहरले आयोजना गरेका यो शोको सिजन–६ को अन्तिम एपिसोड मार्च १७, २०१९ मा प्रसारित भएको थियो । सिजन–७ मा नव विवाहित रणवीर कपूर र आलिया भट्ट शोमा पहिलो अतिथि हुने अपेक्षा गरिएको थियो । तर, करणको यो ‘महत्त्वपूर्ण घोषणा’ले सबै अनुमानलाई अन्त्य गरिदिएको छ ।

    उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् ‘कफी वीथ करण मेरो र तपाईँको जीवनको ६ सिजनको महत्त्वपूर्ण हिस्सा बनेको छ। मलाई थाहा छ कि कि हामीले यो शो द्वारा धेरै प्रभाव पारेका छौँ र पप संस्कृतिको इतिहासमा पनि आफ्नो स्थान पाएका छौँ। त्यसैले भारी हृदयका साथ म यो घोषणा गर्छु कि कफी वीथ करण अब फिर्ता हुने छैन ।’

    यो घोषणाले कफी वीथ करणका धेरै फ्यानहरूलाई निराश बनाएको छ ।

    स्टाटस देखेपछि चर्चित भारतीय–अमेरिकी र्‍यापर राजाकुमारीले पनि ‘द इन्ड अफ द इरा’ भनेर कमेन्ट गरेकी छिन्।

  • ५८ करोडको गाउनमा खुलेकी किम !

    ५८ करोडको गाउनमा खुलेकी किम !

    न्यूयोर्क । विश्वको सबैभन्दा लोकप्रिय फेसन इभेन्ट ‘मेट गाला–२०२२’ सोमबार न्यूयोर्कमा भएको थियो । हलिउडको लोकप्रिय फेसन इभेन्ट ‘मेट गाला २०२२’ मा धेरै सेलिब्रेटीहरू शानदार र अनौठो पोशाकमा रेड कार्पेटमा देखिएका थिए।

    यसैबीच हलिउड सेलेव्रिटी किम कार्दसियन अहिले चर्चामा छिन् । किम आफ्ना प्रेमी पीट डेभिडसनसँग मेट गाला २०२२ मा पुगिन् । यसपटक किमको ग्ल्यामरभन्दा पनि उनको तौल घटाउने विषयमा चर्चा भयो । किमले मेट गालामा मर्लिन मुनरोको लुक्स दिएकी थिइन् ।

    उनले तीन हप्तामा १६ पाउण्ड (लगभग साढे ७ किलो) तौल घटाएकी छन् । यो टाइट स्क्वीज साइजको गाउनमा किम एकदम फिट देखिएकी छिन् । किमले आफ्नो गाउनसँगै सेतो फर कोट लगाएकी थिइन् । गोरो कपालको रंगलाई स्लीक बन आकारको हेयरस्टाइल दिइएको थियो।

    किम कार्दसियनले पनि इन्स्टाग्राममा आफ्नो तस्बिर सेयर गर्दै लेखेकी छिन्, ‘म मार्लिन मुनरोको यो प्रतिष्ठित पोशाक लगाउन पाउँदा सम्मानित महसुस गर्छु।यो आश्चर्यजनक स्किनटाइट गाउन कोस्टुमियर जीन लुइसले ६ हजार क्रिस्टलले सजाइएको हो।’

    रिपोर्टहरूका अनुसार, यस पोशाकको मूल्य ४.८ मिलियन डलर अर्थात् नेपाली ५८ करोड रुपैयाँ रहेको छ ।

     

  • कता अलप भइन् ‘तारे भिरमा प्रितिको फूल रोपेकी’ पवित्रा ?

    कता अलप भइन् ‘तारे भिरमा प्रितिको फूल रोपेकी’ पवित्रा ?

    ‘तिमी तारे भीर म त लहरा
    तिमी मैमा लहराउँछौं, म त सहरा’

    पचासको दशकमा यो गीत नबजेको रेडियो कमै भेटिन्थे । यो गीत नसुन्ने स्रोता पनि कमै भेटिन्थे । यो गीतसँगको धूमिल सम्झनाहरुमा रुमल्लिएका मान्छे अझैं पनि प्रशस्तै भेटिन्छन् । गायिका पवित्रा सुब्बाको लागि त यो गीत सांगीतिक करियरकै थोरै उत्कृष्ट गीतमध्ये एक गीत बनिदियो ।

    ‘शैली’ एल्बममा समावेश यो गीतसँगै अर्को गीत पनि छ, ‘प्रितीको फूल’ । यी दुई गीतले पवित्रालाई सेलिब्रेटीको आसनमा पुर्यायो । यी दुई गीतले नै पवित्रालाई स्टेज चढायो । यी दुई गीतले नै पवित्रालाई हजारौं स्रोतामाझ पुर्यायो । अहिले पनि पवित्रा भन्छिन्, ‘मैले उतिधेरै गीत गाइनँ । जति गीत गाएँ, तीमध्ये यी दुई गीत मेरो सांगीतिक करियरकै विशेष गीत रह्यो ।’

    २०४६–४७ तिर पवित्रा आफ्नो सोलो एल्बमको तयारीमा थिइन् । उनलाई राम्रो गीतहरु चाहिएको थियो । गीतकै खोजी गर्ने क्रममा फिल्म निर्देशक नवीन सुब्बाले सुझाए, ‘दुईजना युवा संगीतकार र गीतकार हुनुहुन्छ । उहाँहरुसँग एकपटक छलफल गर्नु ।’

    गीतकार श्रवण मुकारुङ र संगीतकार शान्तिराम राई सहरमा संघर्षरत थिए । पवित्राले भने फाट्टफुट्ट गीतहरु गाइसकेकी थिइन् । नवीन सुब्बाको सुझाव अनुसार पवित्राले श्रवण र शान्तिरामसँग चिनापर्ची गरिन् । भेटकै क्रममा शान्तिरामले नयाँ गीत सुनाए, ‘तिमी तारे भिर’ । पवित्रा भन्छिन्, ‘मलाई त गीत सुन्नसाथ यति साह्रो मनपर्यो कि यो गीत चाहिँ म नै गाउँछु भनेर उहाँहरुलाई भनेँ । पछि गीत रेकर्ड हुँदा थाहा भयो, मन परेको गीत गाउन त एकदमै सजिलो हुनेरहेछ ।’

    त्यसबेला कुपण्डोलमा साङ स्टुडियो थियो । त्यस समयकै राम्रो स्टुडियो । उनले त्यहीँ गीत रेकर्ड गराइन् । र गीतकार–संगीतकारलाई गीत सुन्न निम्ता दिइन् । दुवै आए, गीत सुने ।

    झण्डै साढे तीन दशकको त्यो पल सम्झिन्छिन् पवित्रा, ‘उहाँहरु गीत सुनेपछि बोल्नै सक्नुभएन । तारिफ गर्न पनि सक्नुभएन । शान्तिराम जीले ‘एकदमै राम्रो छ’ भन्नुभयो । श्रवण जी त कम बोल्नुहुन्थ्यो, उहाँले टाउको मात्रै हल्लाउनुभयो ।’

    पवित्राको अर्को गीत छ, ‘प्रितीको फूल’ । यो गीत गीतकार तथा संगीतकार सरोज कार्थकबाट लिएकी थिइन् । कार्थकबाट गीत सुन्नसाथ पवित्रालाई एकदमै मन परेपछि सुनेकै ठाउँमा पक्का गरेकी थिइन् ।

    पवित्रा सुनाउँछिन्, ‘अरुको अनुरोधमा गाउँदा कहिले राम्रा गीत पर्थे, कहिले नराम्रा पर्थे । तर, आफैंले एल्बम ल्याउने भएपछि मन परेको गीत मात्रै ल्याउने सोच आयो । त्यही मेसोमा यी दुई गीत भेटिएका थिए ।’

    ०००

    अहिले त पवित्रा उमेरले म्युच्युर्ड भइसकिन् । लामो समय विदेश बसिन् । आजभन्दा १८ वर्षअघि विवाह गरेपछि यस क्षेत्रमै सुनसान बनिन् । क्लोज सर्कलका साथीभाइको सम्पर्कबाट टाढा भइन् । खासमा सांगितिक दुनियाँबाटै अलप भइन् ।

    पवित्रा अलप भए पनि उनको गीतहरु स्रोताले खोजिरहेकै थिए, सुनिरहेकै थिए । बीचमा आफू अचानक अलप हुनुको पीडाले थिच्थ्यो उनलाई । तर, पारिवारिक र नीजि जीवनको वासलात मिलाउँदा मिलाउँदै समय यस्सै बितेर गयो ।

    अहिले एक नयाँ गीतको तयारी गरिरहेकी पवित्रा सांगीतिक दुनियाँमा भने उस्तो सक्रिय छैनन् । आफ्नै पुराना गीतहरु खोजेर आफ्नै युट्युब च्यानलमा अपलोड गरिरहेकी छन् । पुराना गीतसँगै पुराना दिनहरुमा पुग्छिन् । ती स्वर्णिम दिनहरुमा पवित्राको जिन्दगी पनि कति स्वर्णिम थियो भने स्रोताहरुको अथाह माया पाएकी थिइन् ।

    २०५० सालमा पवित्रा आफ्नो सोलो एल्बमको तयारीमा थिइन् । उनलाई राम्रो गीतहरु चाहिएको थियो । गीतकै खोजी गर्ने क्रममा फिल्म निर्देशक नवीन सुब्बाले सुझाए, ‘दुईजना युवा संगीतकार र गीतकार हुनुहुन्छ । उहाँहरुसँग एकपटक छलफल गर्नु ।’

    गीतहरु रेकर्ड गर्नलाई भ्याइनभ्याइ थियो । पवित्रा सुनाउँछिन्, ‘विवाह गरेपछि गाउने काम चटक्कै छाडेँे । घर व्यवहारमा बिजी भइयो । तर, जति अलप भए पनि संगीतप्रतिको जुनुन र मोह जाँदैन रहेछ, अहिले पनि उस्तै जोश छ ।’

    अहिले पनि वेलावेला पुराना फ्यानहरुले म्यासेजहरु गर्छन् उनलाई सामाजिक संजालमा । उनीहरुले गर्ने म्यासेजले पनि पवित्रालाई झस्काइदिन्छ । पुराना साथीभाइहरुसँग बेलाबेला गफ गर्छिन् । ती गफहरुले पनि पवित्रालाई झस्काइदिन्छ । र पुग्छिन्, पचासको दशकका ती दिनहरुमा ।

    ‘अहिले हुने हरेक घटनाले फ्लासब्याकमा लगिदिन्छ । त्यो बेला यस्तो थियो, उस्तो थियो लाग्छ । आफूले गरेका दुःख, कष्टहरुको याद आउँछ । करियर पिकमा थियो । अहिले सम्झँदा त सपनाजस्तो लाग्छ,’ पवित्रा भन्छिन्, ‘विवाह अचानक भयो । विवाहपछि विदेशमा बस्नुपर्यो । त्यसबेला यो क्षेत्र छाड्नुमा खासै दुःख लागेको थिएन । स्रोतालाई चाहिँ ढाँटे कि जस्तो लाग्छ । तर पनि अब चाहिँ ब्रेक लिन्छु भन्ने पनि लागेको थियो । मेरो स्वभाव पनि होहल्लाभन्दा अलि परै बस्ने खालको छ ।’

    ०००

    त्यसबेला पवित्रा पद्मकन्या क्याम्पस पढ्थिन् । मैतीदेवीमा डेरा लिएर बस्थिन् । र बाँकी समय धून र सूर खोज्नमा लगाउँथिन् । पैदल हिँडेरै कलेज–कोठा गर्थिन् । पैदल हिँडेरै कोठा–स्टुडियो गर्थिन् । रेडियो नेपालसम्म हिँडेरै पुग्थिन् घट्टेकुलोको बाटो हुँदै ।

    धरानबाट गायिका हुन आएकी पवित्राले २०४६ सालमा पहिलो गीत दिनेश सुब्बाकाे ‘थाहा नपाइ मेराे माया’ र शक्ति बल्लभकाे ‘चन्द्रमा र चखेवाको मिलन’ रेकर्ड गराइन् । उनी कलेज पढ्दै संगीत सिकिरहेकी थिइन् । त्यसैबेला धर्मेन्द्र सुब्बाले गीत गाउन अफर गरे । धर्मेन्द्रले नयाँ एल्बम ल्याउन लागेका थिए ।

    पवित्रा सुनाउँछिन्, ‘काठमाडौं भर्खरै आएकी थिएँ । म डिल्ली बजार बस्थेँ । चारपाँचजना मिलेर रुम सेयर गरेर बसेका थियौं । धर्मेन्द्र सुब्बासँग साइनो पनि लाग्ने भएकाले उहाँले संगीतप्रतिको मेरो चासो देखेर अफर गर्नुभएको थियो ।’

    म्युजिक नेपालमार्फत् आएको गीतलाई स्रोताहरुले रुचाइदिए । साथै यसको भिडियो पनि बनाउनका लागि नेपाल टेलिभिजनले अफर गर्यो । भिडियो निर्माण पनि भयो । २०४६ सालमा रेकर्ड भएको यस गीतको पारिश्रमिक स्वरुप दुई सय पचास रुपैयाँ पनि पाएकी थिइन् ।

    यसपछि पवित्राको सांगितिक करियरले उडान लिन सुरु गर्यो । ‘शैली’ एल्बम ल्याएपछि पवित्रा सांगितिक क्षेत्रमा झनै फैलिई । सुकमित गुरुङ, कुन्ति मोक्तान, सुनिता सुब्बा, मिरा राणासँग स्टेज सेयर गर्न थालिन् ।

    धरानबाट गायिका हुन आएकी पवित्राले पहिलो गीत रेकर्ड गराइन्, ‘चन्द्रमा र चखेवाको मिलन कहिले हुने’ । उनी कलेज पढ्दै संगीत सिकिरहेकी थिइन् । त्यसैबेला धर्मेन्द्र सुब्बाले गीत गाउन अफर गरे । धर्मेन्द्रले नयाँ एल्बम ल्याउन लागेका थिए ।

    धरानमै हुँदा सुकमितको गीतहरु स्कुलदेखि गाउँतिर हुने कार्यक्रममा गाएकी पवित्रा काठमाडौं आएपछि सँगसँगै कार्यक्रममा भेट हुन थालिन् । भन्छिन्, ‘उहाँहरुसँग छोटो समयमै संगत गर्न पाएँ । तारा थापा, सुकमित दिदीहरुसँग सँगै गाउन पाउँदा खुसी भएकी थिएँ । साथसाथै नर्भस पनि भएकी थिएँ ।’

    अहिले पनि बेलाबेला संजालमा सुकमित, तारा, विमला राईहरुसँग पवित्राको कुराकानी हुन्छ । पवित्रा सुनाउँछिन्, ‘उहाँहरुसँग कुरा गर्दा जमाना बदलिएजस्तो लाग्छ । पुरानो चिनेको मान्छे भेट्दा अर्कै खालको अनुभूति हुन्छ ।’

    सन् २०१५ मा पवित्रा नेपाल फिरिन् । अब नेपाल नै बस्ने योजनामा छिन् । तर, यसबीचमा सांगितिक क्षेत्रबाट गुमनाम नै बनिन् । उनकै समकालीन साथीहरुले सांगितिक यात्रालाई निरन्तरता पनि दिए । पवित्राले भने क्षेत्र नै चटक्कै छाडिन् । पवित्रा सुनाउँछिन्, ‘विवाहित र एक्लो जीवन फरक भइहाल्छ । विवाहित जीवनमा त्यति फुर्सद हुँदैन । त्यसैले म ब्याक भएँ । फेरि संघर्ष गर्न पनि चाहिनँ । जति गरेँ, आफ्नो समयमा गरेँ ।’

  • फिल्म उद्योग र फेसन उद्योगमा यौन शोषण सामान्य हो : कगंना रनौत

    फिल्म उद्योग र फेसन उद्योगमा यौन शोषण सामान्य हो : कगंना रनौत

    मुम्बई । यौन दुर्व्यवहार र उत्पीडनको अनुभवहरू सार्वजनिक गर्ने सामाजिक आन्दोलन हो ‘मिटु’ अभियान।

    पहिले भारतमा मीटु आन्दोलन असफल भएको बताएकी कंगना रनौतले अहिले आफ्नो शो ‘लक अप’ मा आफ्नो यौन दुर्व्यवहारका कथाहरू साझा गर्ने महिलाहरूलाई समर्थन गर्दा आफूलाई फिल्म उद्योगले प्रतिबन्ध लगाएको कुरा खुलासा गरेकी छिन्।

    बलिउड अभिनेत्रीले यसका साथसाथै आफूले सपोर्ट गरेको महिलाहरु अहिले हराएको समेत बताइन् ।

    रनौत भन्छिन, ‘जुन महिलाहरु आरोप लगाएर अगाडि आएका थिए, ती सबै अहिले हराए । मलाई उद्योगबाट प्रतिबन्ध लगाइएको थियो भने मैले समर्थन गरेका महिलाहरू सबै गायब भए।’

    उनीले भनिन्, ‘मलाई लाग्छ फिल्म उद्योग र फेसन उद्योगमा युवाहरूको यौन शोषण धेरै सामान्य हो। हामीले उद्योगलाई जतिसुकै रक्षा गरे पनि यो सत्य हो । यो उद्योगले धेरैलाई अवसरहरू दिएको छ तर यसले धेरैको सपनाहरू चकनाचुर पार्नुका साथसाथै मानिसहरूलाई स्थायी रूपमा नमिठो दाग पनि दिएको छ। र यहीँ कालो सत्य हो।’

  • मदनकृष्णको जन्मदिनमा ‘एउटा सपना छ’को लेजेन्डरी भर्सन उनकै स्वरमा

    मदनकृष्णको जन्मदिनमा ‘एउटा सपना छ’को लेजेन्डरी भर्सन उनकै स्वरमा

    काठमाडौं । गीतकार तथा संगीतकार पुष्पन प्रधानले आफ्नो चर्चित गीत ‘एउटा सपना छ’को लेजेन्डरी भर्सन पनि सार्वजनिक गरेका छन् । यो गीतको पुरुष र महिला भर्सन सुपरहिट भैसकेको छ । क्रियटिभ ह्याट्सले तयार पारेको यो गीतमा कलाकार तथा गायक मनदकृष्ण श्रेष्ठको स्वर छ ।

    गीतको भिडियोमा मदनकृष्ण र नायिका आँचल शर्माले अभिनय गरेका छन् । जहाँ, आँचल मदनकृष्णकी नातिनीको भूमिकामा देखिएकी छिन् । बिरामीका कारण सबै कुरा विर्सिएका आफ्ना हजुरबुबालाई भेट्न गाउँ फर्किएकी नातिनी र हजुरबुबाको कथामा यो गीतको भिडियो तयार पारिएको छ ।

    सराना श्रेष्ठको कथा र निर्देशनमा तयार भएको भिडियोमा हरि हुमागाँइको छायांकन र सम्पादन छ । हरिको क्रियटिभ हेट्सले बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको ७२ औं जन्मदिनको अवसर पारेर भिडियो नै उपहार दिएको हो । कार्यक्रममा भिडियो हेरेर नायिका आँचल शर्मा रोएकी थिइन् । मदनकृष्णले पनि आफूले जिन्दगीमा धेरै गीत गाउन नसकेको भन्दै यो गीत आफ्ना लागि सधै नै विशेष रहने बताए ।

    गायक तथा संगीतकार पुष्पन प्रधानले यो गीत सय करोड दर्शक पाउने आफ्नो जीवनको पहिलो गीत भएको बताउँदै यसले मदनकृष्णको स्वर पाउनु थप उपलब्धिको रुपमा व्याख्या गरेका थिए । एक वर्ष अघि सार्वजनिक भएको यो गीत उसबेला पनि खुब रुचाइएको थियो । मदनकृष्णले यसअघि अरु कसैको स्वरमा हिट भइसकेको फूलबुट्टे सारी पनि आफ्नो स्वरमा रेकर्ड गराएका थिए ।

  • टर्कीका चर्चित अभिनेता दुज्यातान पोखरामा

    टर्कीका चर्चित अभिनेता दुज्यातान पोखरामा

    पोखरा । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निमन्त्रणामा सोमबार काठमाडौं आएका विश्व चर्चित टर्कीका अभिनेता उनगिनअल्टान दुज्यातान (अर्तुग्रुल गाजी)आज पोखरा आएका छन् ।

    उनलाई पोखरा विमानस्थलमा पोखरा पर्यटन परिषद्, नेपाल टुर्स एण्ड ट्राभल्स एशोसिएसन नेपाल (नाटा) का पदाधिकारी, पर्यटन व्यवसायी तथा इस्लाम धर्मावलम्बी प्रसंशकहरुले स्वागत गरे कोरोनापछि शिथिल बनेको नेपालको पर्यटन क्षेत्र प्रवद्र्धन गर्नाका साथै टर्कीका पर्यटक नेपाल भित्र्याउने उद्देश्यले मन्त्रालयको निमन्त्रणमा आठ सदस्यीय टोलीको नेतृत्व गर्दै कलाकार दुज्यातान नेपाल आएको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेका सहायक प्रेस संयोजक जैनव खातुनले जानकारी दिए ।

    उनका अनुसार कलाकार दुज्यातान इद पर्वका अवसरमा पोखरा–१३स्थित मियाँपाटनमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन् । दुईदिने पोखरा बसाइका क्रममा उनले यहाँका पर्यटकीय गन्तव्यहरु फेवाताल, बेगनासताल तथा सराङकोटको दृश्यावलोकन गर्ने कार्यक्रम छ । विश्व चर्चित अभिनेताको आगमनले यहाँको पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले बताए ।

    उनले भने, ‘टर्की र मथ्यपूर्वी देशका पर्यटकहरु हिमाल आरोहणलगायत साहसिक गतिविधिका लागि आउने गरेका छन् । पछिल्लो समय कोरोनापछि यहाँको पर्यटन उकालो लाग्दै आएकोे अवस्थामा चर्चित कलाकारको आगमनले यसको प्रवद्र्धनमा थप मद्दत पुग्ने विश्वास लिएका छौँ ।’

    टर्कीको ८०० वर्ष पुरानो राजनीतिक घटनामा आधारित टेलिफिल्म ‘अर्तुग्रुल गाजी’ मा दुज्यातानले मुख्य कलाकारको भूमिकामा निर्वाह गर्नुभएको छ । सोही चलचित्रमार्फत उनी विश्वभर चर्चित भको हो । सो चलचित्र विश्वका धेरै भाषामा अनुवाद गरिएको छ ।रासस

  • सगरमाथामा राजु लामाको एकल कन्सर्ट

    सगरमाथामा राजु लामाको एकल कन्सर्ट

    काठमाडौं । जलवायु परिवर्तनको असरबारे सन्देश दिन गायक राजु लामाले सगरमाथाको ६ हजार ५७४ मिटरको उचाइमा एकल कन्सर्ट सम्पन्न गरेका छन् ।

    १८ अप्रिल २०२२ मा बिहान ८ बजेर ९ मिनेटमा लोबुचे ईस्टको ६ हजार ११९ मिटरमा सफलतापूर्वक आरोहण गरेका लामाले आफूलाई सगरमाथामा ६००० मिटरभन्दा माथीको उचाईमा कन्सर्ट गर्न रहर भएको बताएका थिए।

    लामाले ६ हजार ५७४ मिटरमा आफ्नो रिलिज हुन बाकीँ भएको ‘हिमालले डाक्यो मलाइ, पहाडले डाक्यो मलाई’ बोलको गीत गाएका छन्।

    उनले सगरमाथाको क्याम्प–३ पुगेर लामाले मंगोलियन हार्ट ब्याण्डका चर्चित गीतहरु गाए ।

    कन्सर्ट सकेपछि उनले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘सगरमाथाको ६,५७४ मिटरको उचाइमा (क्याम्प २ र ३ को बीचमा) प्रदर्शन गर्नु ठूलो सफलता थियो। यो सजिलो त थिएन तर पातलो हावा र चुनौती मलाई मनपर्यो। र यो सम्भवतः जमिनबाट सबैभन्दा उच्च प्रदर्शन थियो। मेरो मुख्य मिसन भनेको जलवायु परिवर्तन र दैनिक जीवनमा विश्वभरि यसको प्रभाव बारे सचेतना सन्देश पुर्‍याउने हो। हामी मानव जलवायु परिवर्तनको लागि १०० प्रतिशत जिम्मेवार छौं र यो पनि तथ्य हो कि हामी ग्लोबल वार्मिंग र जलवायु परिवर्तन विरुद्ध लड्न योगदान गर्न सक्छौं। हरेक कार्य जतिसुकै सानो किन नहोस त्यसको महत्व हुन्छ। आउनुहोस् आज कार्य गरौं ताकि हामी हाम्रा बच्चाहरू र उनीहरूका नातिनातिनाहरूका लागि यो सुन्दर ग्रह छोड्न सकौं।’

    यसअघि बेलायती गायक ओज बेल्डोनले १६ मे २०१२ मा मेरापिक हिमालको ६ हजार ४७६ मिटर उचाइमा कन्सर्टको गिनिज विश्व रेकर्ड राखेका थिए ।

  • अभिनेता भुवन केसी र र श्वेता खड्का कांग्रेस प्रवेश, देउवाले गरे स्वागत

    अभिनेता भुवन केसी र र श्वेता खड्का कांग्रेस प्रवेश, देउवाले गरे स्वागत

    काठमाडौं । अभिनेता भुवन केसीसहित केही कलाकार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

    प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले केसीसहित कलाकार रवीन्द्र खड्का र नायिका श्वेता खड्कालाई कांग्रेस प्रवेश गराएका हुन् ।

    ९ वर्षअघि अभिनेता केसी नेकपा एमालेमा प्रवेश गरेका थिए । काठमाडौं १ बाट संसदको टिकटको लागि सिफारिस भएपनि विरोधका कारण टिकट भने पाएनन् ।

  • छोरी हुर्काउन अनुष्काले छाडिन् प्रोडक्सन कम्पनी

    छोरी हुर्काउन अनुष्काले छाडिन् प्रोडक्सन कम्पनी

    मुम्बई । अनुष्का शर्माले मे १ मा आफ्नो ३४ औं जन्मदिन मनाइन् । अनुष्का अभिनेत्री मात्र होइनन् फिल्म निर्माता पनि हुन् । उनले २०१२ मा फोर्ब्स इन्डियाको टप १०० मा पनि स्थान पाइन् र २०१८ मा उनको नाम फोर्ब्स एसियाको टप ३० मा पनि परेकी थिइन् ।

    अनुष्का उत्तर प्रदेशको अयोध्यामा जन्मिएकी थिइन् भने बेङ्लोरमा हुर्किइन् । उनका बुबा कर्णेल अजयकुमार शर्मा सेनामा अधिकृत थिए। अनुष्काका भाइ कर्णेश शर्मा पनि फिल्म निर्माता हुन् । अनुष्काले फिल्मी करियरमा हालसम्म २२ फिल्ममा काम गरिसकेकी छिन् ।

    अनुष्काले आफ्नो करियर मोडलिङबाट सुरु गरिन् । उनले आफ्नो पहिलो मोडलिङ असाइनमेन्ट सन् २००७ मा फेसन डिजाइनर वेन्डेल रोड्रिक्सका लागि गरेकी थिइन्। त्यसपछि उनले एकपछि अर्को धेरै ब्राण्डको विज्ञापनमा काम गरिन् । उनले सिल्क एण्ड साइन, व्हिस्पर, नथाला भूषण र फिएट पालियो जस्ता ब्रान्डका लागि काम गरिसकेकी छन्।

    अनुष्काले २००८ मा आदित्य चोपडाको रोमान्टिक फिल्म ‘रब ने बना दी जोडी’ बाट आफ्नो फिल्म डेब्यु गरेकी थिइन्। यस फिल्ममा शाहरुख खान मुख्य भूमिकामा थिए । यस फिल्ममा अनुष्का तानी साहनीको भूमिकामा देखिएकी थिइन् । यो फिल्मका लागि उनी उत्कृष्ट महिला अभिनेत्री र उत्कृष्ट महिला डेब्यू जस्ता अवार्डका लागि मनोनित भएकी थिइन् ।

    मोडलिङसँगै उनी फिल्म क्षेत्रमा प्रवेश गरिन् । सुरुवातमा उनले ३ फिल्म ‘रब ने बना दी जोडी’, ‘बदमाश कपन्नी’ र ‘ब्यान्ड बाजा बारात’ मा साइन गरिन् । अनुष्काले २००८ मा आदित्य चोपडाको रोमान्टिक फिल्म ‘रब ने बना दी जोडी’ बाट आफ्नो फिल्म डेब्यु गरेकी थिइन्। यस फिल्ममा शाहरुख खान मुख्य भूमिकामा थिए । यस फिल्ममा अनुष्का तानी साहनीको भूमिकामा देखिएकी थिइन् । यो फिल्मका लागि उनी उत्कृष्ट महिला अभिनेत्री र उत्कृष्ट महिला डेब्यु जस्ता अवार्डका लागि मनोनित भएकी थिइन् ।

    उनको फिल्मी करियरमा ‘जब तक है जान’, ‘पीके’, ‘सुल्तान’, ‘ए दिल है मुश्किल’ जस्ता हिट फिल्महरू छन्, जबकि ‘मत्र’ ‘की बिजली का मन डोला’, ‘बम्बे वेल्वेट’, ‘फिलौरी’ जस्ता फिल्महरू असफल भए। ‘फिल्म जब तक है जान’ सन् २०१२ को तेस्रो सबैभन्दा धेरै कमाउने बलिउड फिल्म थियो।

    सन् २०१३ मा उनको भारतीय क्रिकेटर विराट कोहलीसँग भेट भयो । दुवैले एक स्याम्पुको विज्ञापनमासँगै काम गरे । केही वर्ष एकअर्कालाई डेट गरे पछि उनीहरुले इटालीमा एक निजी समारोहमा विवाह गरे । अहिले दुवैको वामिका नामकी छोरी छिन् ।

    सन् २०१५ मा अनुष्काले भाइ कर्णेश शर्मासँग मिलेर प्रोडक्सन कम्पनी खोलिन् । यही निर्माण कम्पनीको ब्यानरमा उनले एनएच १०, फिलौरी, परी जस्ता चलचित्र बनाएका छन् । तर हालै अनुष्काले छोरी हुर्काउन भने यो प्रोडक्सन कम्पनी छोडेकी छिन् ।

     

     

  • इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्स भएका ७ नेपाली कलाकारहरु

    इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्स भएका ७ नेपाली कलाकारहरु

    काठमाडौं ।  नेपालमा फेसबुक र टीकटक पछिकाे लोकप्रिय सामाजिक सञ्जाल हो इन्स्टाग्राम । फेसबुक र टीकटक सबै उमेर समूहका इन्टरनेट उपभोक्ताहरूमाझ लोकप्रिय छ भने इन्स्टाग्राम युवाहरूमाझ बढी लोकप्रिय देखिन्छ । आज हामी हजुहरुमाझ हाम्रो अनुसन्धानको आधारमा इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्सहरू भएका शीर्ष नेपाली कलाकारहरुको जानकारी गराउँदछौं ।

    १) अदिती बुढाथोकी

    इन्स्टाग्राममा २.०३ मिलियन अर्थात २३ लाख फलोअर्स भएकी अभिनेत्री अदिती बुढाथोकी सबैभन्दा धेरै फलो हुने नेपाली इन्स्टाग्राम प्रभावकारी मध्ये एक हुन् । झापा, दमकमा जन्मिएकी बुढाथोकीले नेपाली चलचित्र ‘कृ’ बाट आफ्नो करियरको सुरुवात गरेकी थिइन् । उनको इन्स्टाग्राममा धेरै भारतीय र अन्य देशका फलोअर्सहरु छन् ।

    २) प्रियंका कार्की

    लोकप्रिय नेपाली अभिनेत्री प्रियंका कार्की सामाजिक सञ्जालमा पनि उत्तिकै लोकप्रिय छिन् । उनी टप नेपाली फेसबुक पेजको लिस्टमा पनि छिन् । १.०९ अर्थात १९ लाख फलोअर्स बनाएर हाल प्रियंका कार्की सबैभन्दा धेरै फलो हुने नेपाली इन्स्टाग्राम इन्फ्लुएन्सरको सूचीमा तेस्रो स्थानमा छिन् ।

    ३) श्रृङ्खला खतिवडा

    श्रृङ्खला खतिवडा २०१८ की मिस नेपाल हुन् । मिस वर्ल्ड २०१८ को टप १२ मा पर्न सफल खतिवडा इशानी श्रेष्ठ पछि ब्यूटी विथ पर्पस अवार्ड जित्ने दोस्रो नेपाली सुन्दरी हुन् । मिस नेपालको प्रतिस्पर्धादेखि नै राम्रो लोकप्रियता पाएकी खतिवडाले आफ्नो इन्स्टाग्राम पोस्टमार्फत प्रसिद्ध भ्लगर सिसन बानियासँगको आफ्नो गोप्य सम्बन्धको खुलासा गरेकी थिईन् । त्यसपछि उनको चर्चा डबल भयो । अहिले इन्स्टाग्राममा उनको १ मिलियन अर्थात १० लाख फलोअर्स छन् ।

    ४) मनिषा कोइराला

    बलिउडमा मुख्यतया आफ्नो कामका लागि लोकप्रिय नेपाली अभिनेत्री मनिषा कोइराला १९९० र प्रारम्भिक २००० मा व्यावसायिक र स्वतन्त्र सिनेमा दुवैमा मुख्य भूमिकामा काम गर्नका लागि परिचित छिन् जसले गर्दा उनले चारवटा फिल्मफेयर अवार्डसहित धेरै प्रशंसा प्राप्त गरिन् । हाल उनको इन्स्टाग्राममा १० लाख फलोअर्स रहेका छन्।

    ५) स्वस्तिमा खड्का

    ९ लाख ९१ हजार फलोअर्स भएकी प्रतिभाशाली नेपाली अभिनेत्री स्वस्तिमा खड्काले विभिन्न चर्चित चलचित्र र म्युजिक भिडियोमा मुख्य भूमिका निर्वाह गरेकी छिन् । युट्युवमा सबैभन्दा धेरै हेरिएको नेपाली भिडियो ‘कुटुमा कुटु’ मा पनि उनी प्रमुख भूमिकामा छिन् ।

    ६) सिम्पल खरेल

    सिम्पल खरेल लोकप्रिय गायिका, अभिनेत्री, निर्देशक तथा टीकटक स्टार हुन् । यदि तपाइँ टीकटक हेर्नुहुन्छ भने सिम्पल खरेल तपाइँहरुको लागि नयाँ नाम होइन । उनी नेपालको सबैभन्दा लोकप्रिय टीकटक भिडियो युजर हुन्। हाल उनको इन्स्टाग्राममा ८ लाख ३७ हजार फलोअर्स छन् ।

    ७) आँचल शर्मा

    आँचल शर्मा नेपालकी चर्चित नायिका हुन् । उनले नेपाली चलचित्र ‘नाई नभन्नु ल ४’ बाट डेब्यू गरेकी हुन् । उदिप श्रेष्ठसँग विवाह गर्नु अघिसम्म उनको नाम पल शाहसँग बारम्बार जोडिन्थ्यो । ‘नाई नभन्नु ल ५’ मा ग्याप भएकी आँचल अब ‘नाई नभन्नु ल ६’ मा फेरि लिड रोलमा देखिने भएकी छिन् । हाल उनको इन्स्टाग्राममा ६ लाख ९८ हजार फलोअर्स छन् ।

    ८)नम्रता श्रेष्ठ : ६ लाख ६३ हजार
    ९)साम्राज्ञी राज्यलक्ष्मी शाह : ६ लाख ५४ हजार
    १०)बर्षा राउत : ६ लाख २८ हजार
    ११)सृष्टि श्रेष्ठ : ६ लाख २० हजार
    १२)केकी अधिकारी : ५ लाख ७३ हजार
    १३)सुनिता थापा मगर : ५ लाख ४६ हजार
    १४)अस्मि श्रेष्ठ : ४ लाख ८१ हजार
    १५इन्दिरा जोशी : ४ लाख ६६ हजार
    १६नीति शाह : ४ लाख २८ हजार
    १७)वर्ष शिवाकोटी : ४ लाख १७ हजार
    १८)दयाहाङ राई : ४ लाख १४ हजार

  • विवाहको ११ दिनमै विछोड ! अमेरिका उडिन् केकी

    विवाहको ११ दिनमै विछोड ! अमेरिका उडिन् केकी

    काठमाडौं । हरेक जोडीहरू विवाहपछि बढीभन्दा बढी समय एकसाथ बिताउन चाहन्छन् । त्यही भएर हनिमुनको प्रचलन चलेको हो । तर, सबैले यस्तो समय निकाल्न सक्दैनन् ।

    नायिका केकी अधिकारीको हकमा त्यही भएको छ । उनी हनिमुन मनाउन नभ्याईकन श्रीमानसँग केही दिनका लागि छुट्टिनु परेको छ ।

    विवाहको ११ दिनपछि उनी एउटा कार्यक्रमका लागि अमेरिका प्रस्थान गरेकी छन् । नव विवाहित श्रीमानलाई छोडेर मुटुमाथि ढुंगा राखी केकी अमेरिका लागेकी हुन् ।

    अमेरिकामा आयोजना हुन गइरहेको मेरो डान्स कप युएसए र मेरो भ्वाइस कप यूएसका लागि अमेरिका हिँडेकी हुन् केकी । यो यात्रामा श्रीमानलाई मिस गर्ने भए पनि केकीले एक्लो महसुस भने गर्नुपर्ने छैन । किनकि उनको साथमा बेस्ट फ्रेन्ड रिमा विश्वकर्मा पनि छिन् ।

    अमेरिका उड्ने क्रममा केकीलाई श्रीमान् रोहित तिवारीले त्रिभुवन विमानस्थल पुर्‍याएका थिए । गलामा मंगलसुत्र र आँखमा कालो चस्मा लगाएकी केकी निकै खुलेकी थिइन् । उनले अमेरिकाबाट फर्केपछि आफ्नो विवाहको कथा मिडियालाई सेयर गर्ने बताएकी छन् ।

    केकीले गत वैशाख ९ गते प्रेमी रोहितसँग सुटुक्क बिहे गरेकी थिइन् । बिहेमा रिमाबाहेक अरू सेलिब्रिटीको उपस्थिति थिएन । केकी रोहितको प्रेम सम्बन्ध बारे नै धेरै कलाकार जानकार थिएनन् ।

    बिहेको भोलिपल्टैबाट केकी विश्रामबिना काममा फर्केकी थिइन् । उनले हनिमुनलाई भन्दा आफ्नो करिअरलाई नै प्राथमिकतामा राखिरहेकी छन् ।

    तस्बिर सौजन्य :- मदन रिजाल

  • दुर्गेशले श्रीमती र छोरासहित जेलमै पुगेर पल शाहलाई भेटे, यस्तो भयो कुराकानी

    दुर्गेशले श्रीमती र छोरासहित जेलमै पुगेर पल शाहलाई भेटे, यस्तो भयो कुराकानी

    काठमाडौं । गायक दुर्गेश थापाले कारागारमै पुगेर बलात्कार आरोपि अभिनेता पल शाहलाई भेटेका छन् । पललाई भेट्न दुर्गेश आफ्नी श्रीमती र छोरालाई समेत लिएर जिल्ला कारागार कार्यालय तनहुँमा पुगेका थिए ।

    पल प्रकरणमा नाबालिग गायिकालाई उक्साएको आरोप दुर्गेशमाथि लागेको थियो । पल स्वयम्ले दुर्गेशसहितका केही साथीहरुले आफूविरुद्ध षडयन्त्र गरेको भन्दै भिडियो सार्वजनिक गरेका थिए । त्यसयता पलका समर्थकहरु दुर्गेससँग आक्रोशित छन् । उनीमाथि ‘साथीमाथि घात गरेको’ आरोप लागेको छ ।

    जिल्ला अदालत तनहुँमा नाबालिग गायिका र उनका पिताले बयान फेरेसँगै यो प्रकरणमा ट्वीस्ट आयो । दुर्गेशले पनि अदालतमा पललाई सहयोग पुग्ने गरी बयान दिए । उक्त बयानले फेरि दुर्गेश र पलबीच सम्वन्ध सुधारको ढोका खोलेको हो । त्यसो त दुर्गेशले प्रहरीलाई दिएको बयानमा पनि पलमाथि कुनै आरोप लगाएका थिएनन् ।

    हिजो कारागारमा भएको भेटमा दुर्गेश र पलबीच करिब ३० मिनेट अन्तरंग कुराकानी भएको थियो । भावुक माहोलमा भएको कुराकानीमा दुवैले मन माझामाझ गरे ।

    दुर्गेशले आफू सपरिवार बाग्लुङ जाने क्रममा तनहुँ कारागारमा पललाई भेट्न गएको नेपाल प्रेसलाई बताए । आफूले भेट्दा पल प्रफुल्लित र आत्मविश्वासी मुद्रामा देखिएको उनले जानकारी दिए ।

    ‘उहाँमा निराशापन केही पनि थिएन, जेलबाट चाँडै निस्किनेमा ढुक्क देखिएका थिए,’ दुर्गेशले भने ।

    तपाईंसँग के–कति चित्तदुखाइ रहेछ ? भन्ने प्रश्नमा दुर्गेशले जवाफ दिए, ‘त्यस्तो केही पनि रहेनछ । यदि मसित रिसाएको भए त भेट्नै नमान्नुपर्ने हो नि ।’
    आफूसँग कहिल्यै भेट्न नचाहेको भनेर एक मिडियामा आएको समाचारबारे पललाई सोधेको दुर्गेशले बताए ।

    ‘उहाँले मैले त्यस्तो कहिल्यै भनेको छैन, झुटो समाचार हो भन्नुभयो,’ उनले भने ।

    दुर्गेशका अनुसार अरुले ५–१० मिनेट मात्रै भेट्ने पलले उनीसँग लामो कुराकानी गरेका थिए । भेटका क्रममा दुर्गेशका छोराले पलको कानमा फुल सिउरिदिएका थिए ।

    ‘हाम्रो सम्वन्ध कहिले पनि बिग्रेको थिएन, अरुले बीचमा गेम खेलेर हामीलाई लडाइदिएका मात्र हुन् । म उहाँलाई पहिले जति माया गर्थेँ, अहिले पनि त्यति नै माया गर्छु,’ दुर्गेशले भने, ‘जेलबाट निस्केपछि सबै कुरा उहाँले नै क्लीयर गर्नुहुनेछ, मैले अहिले भनेर कसैले पत्याउँदैन ।’

    बाग्लुङबाट काठमाडौं फर्किँदा फेरि पललाई भेट्न जाने उनले बताए । अर्कोपाली भेट्दा केही उपहार पनि लैजाने उनले सोच बनाएका छन् ।

    ‘बाहिरबाट खानेकुराहरु लैजान सकिने रहेछ, हिजो थाहा भएन,’ उनले भने, ‘अर्को चोटि भेट्दा चाहिँ केही खानेकुरा उपहारका रुपमा लैजानेछु ।’

  • केशव घिमिरेको उपन्यास ‘रूपिका’ बजारमा

    केशव घिमिरेको उपन्यास ‘रूपिका’ बजारमा

    काठमाडौं । युवा लेखक केशव घिमिरेको उपन्यास ‘रूपिका’ सार्वजनिक भएको छ ।

    आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा लेखक टेकनाथ दाहाल, दिल पौडेल, निर्भीकजंग रायमाझी र निबन्धकार दीपक सापकोटाले उपन्यास सार्वजनिक गरे ।

    कार्यक्रममा बोल्दै लेखक टेकनाथ दाहालले रूपिका उपन्यासले युवावयको कथालाई स्थानीय स्वादसहित पस्कन सफल भएको बताए । ‘लेखक स्वयं युवा भएकाले त्यस जीवनको चित्रण उपन्यास स्वभाविक रुपमा आएको छ । सँगै शोषण, विभेद र सामाजिक कुरीतिलाई पनि उपन्यासले सान्दर्भीक ढंगले उठाएको छ’, दाहालले भने ।

    निबन्धकार दीपक सापकोटाले भने आख्यानमा पात्रको उपस्थिति सघन हुनुपर्नेमा जोड दिए । ‘पात्र जति बलियो उपन्यास त्यति नै पठनीय हुन्छ । पात्रहरूको विविधता र सबलीकरण गर्न नसक्नु आजको आख्यानको चुनौती हो’, सापकोटाले भने ।

    इन्डिगो इन्कले प्रकाशन गरेको ‘रूपिका’को मूल्य ३ सय ४९ रुपैयाँ रहेको छ ।

  • रेडक्यापले ल्याए ‘खत्रा’ र्‍याप (भिडिओसहित)

    रेडक्यापले ल्याए ‘खत्रा’ र्‍याप (भिडिओसहित)

    काठमाडौं । उदीयमान कलाकार गौरव पौडेल (रेडक्याप)को ‘खत्रा’ र्‍याप गीत सार्वजनिक भएको छ । पौडेलको उक्त र्‍याप गीत हिजो युट्युवमार्फत् सार्वजनिक भएको हो ।

    उनले यसअघि ‘ताल न बेताल’, ‘हाँस’लगायत दर्जन बढी गीत गाइसकेका छन् । नयाँ गीतमा पौडेलकै शब्द छ भने कम्पोज पनि उनी आफैंले गरेका हुन् । गीतमा संगीत पनि पौडेलले नै भरेका हुन् ।

    गीतको भिडिओमा उनी आफैंले अभिनय गरेका छन् ।

    ‘खत्रा’ गीतको म्युजिक एरेन्ज लुप रेकर्डसले गरेको हो भने दृश्य सम्पादन जोक फिलिम्सले गरेको हो ।

  • चलचित्र क्षेत्रमा श्रम शोषणः पीडामा कलाकारदेखि प्राविधिकसम्म

    चलचित्र क्षेत्रमा श्रम शोषणः पीडामा कलाकारदेखि प्राविधिकसम्म

    आज मे १ । विश्वभरका मजदुरहरुले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस) मनाइरहेका छन् । आफ्नो हक स्थापित भएको गौरवमय दिनका रुपमा मजदुरहरुले मे दिवस मनाउने गर्छन् ।

    अमेरिकाको सिकागो सहरका मजदुरहरुले १ मे, १८८६ मा काम गर्ने न्यूनतम समयको माग राख्दै आन्दोलन चर्काएका थिए । जसको नतिजास्वरुप आन्दोलनको ४ वर्षपछि अमेरिकी सरकार माग पूरा गर्न बाध्य भएको थियो । यसपछि १ मेलाई विश्वभर मजदुरहरुले हक–अधिकार सुनिश्चित भएको ऐतिहासिक दिनको रुपमा मनाउन सुरु गरेका थिए ।

    संसारभर १३३ औं मजदुर दिवस मनाइरहँदा श्रमिकहरुको हक–अधिकारलाई झनै कुल्चँदै आएको छ, मजदुरहरुलाई झनै अन्यायमा पारिएको छ । उनीहरुको श्रम र पसिनामा लुट मच्चाइएको छ । यो श्रृंखला ठूल्ठूला उद्योगदेखि सडकका स–साना होटलसम्म, ठूल्ठूला कर्पोरेट हाउसदेखि ग्ल्यामर क्षेत्रसम्म फैलिएको छ ।

    बाहिरबाट हेर्दा भव्य र चमकदमकपूर्ण देखिने ग्ल्यामर क्षेत्रको अवस्था पनि फरक छैन । यहाँभित्रको अँध्यारो पाटो छिटफुट बाहिरिने गर्छ । जसरी ती बाहिरिन्छन्, त्यसरी नै त्यसलाई दबाइन्छ । उनीहरुको भविष्यमाथि संशय पैदा गरेर नबोल्न म्यानुपुलेट गरिन्छ । भोलि करियर नै सकिने हो कि, काम नै नपाइने हो कि भन्ने भयले उनीहरु बोल्न हिच्किचाउँछन् । त्यहाँभित्रको सिन्डिकेटले उनीहरुको आवाजलाई झनै निम्छरो बनाइदिन्छ ।

    ग्ल्यामर क्षेत्रमा अभिनयमार्फत् आफ्नो करियर बनाउन खोजिरहेकाहरुको आवाजलाई जसरी दबाइएको छ, उनीहरुभन्दा क्रूर तरिकाले दैनिक श्रम गर्ने प्राविधिकहरुलाई दबाइएको छ । लाइटम्यान, स्पटब्वाइ, मेकअप आर्टिस्टलगायतलाई न दर्शकले चिन्छन् न त उनीहरुले भनेजस्तो पारिश्रमिक नै पाउँछन् । दैनिक ज्यालादारीमा काम गर्ने उनीहरुले काम नपाउँदाको अवस्था जति दयनीय छ, गरिसकेको कामको पारिश्रमिक नपाउँदाको अवस्था उति नै पीडादायी छ ।

    भर्खरैमात्र एउटा फिल्म मजदुरहरुलाई पाँच लाख पारिश्रमिक नदिइकनै प्रदर्शन गर्न खोजिएपछि मजदुरहरुले आन्दोलनको तयारी गरेका थिए । उनीहरुले चलचित्र प्राविधिक संघमा उजुरी हाले । उजुरीपछि संघले सहजीकरण गर्‍यो र श्रमिकहरुले बाँकी पारिश्रमिक पाए । यस्ता उदाहरण बग्रेल्ती रहेको प्राविधिक संघका अध्यक्ष पुष्कर लामा बताउँछन् ।

    उनी भन्छन्, ‘थुप्रै प्राविधिकहरु पारिश्रमिक पाउनबाट बञ्चित छन् । सरकारले निर्धारण गरेको पारिश्रमिक पनि पाउन सकेका छैनन् । अस्तिमात्रै रिलिज हुन लागेको फिल्मलाई पारिश्रमिक नदिएकै कारण रोकिदिएको छ ।’

    पुष्करले फिल्मको नाम भने खुलाउन चाहेनन् । यस्ता उदाहरण प्रशस्त रहेको र प्राविधिकहरु आन्दोलनमा जाने अवस्थामा पुगेको उनको भनाइ छ ।

    एकातिर फिल्म नै कममात्र बनिरहेका छन् । अर्कातिर ३५ सयको हाराहारीमा रहेका दक्ष प्राविधिकहरु पलायन हुने अवस्थामा छन् । सयौं प्राविधिक यस क्षेत्रबाट पलायन भइसकेका पनि छन् । ‘यस क्षेत्रमा बीसौं वर्ष रगत र पसिना बगाएका श्रमिकहरु अर्को क्षेत्रमा गएर कसरी स्थापित हुने हुन् ?’, पुष्कर भन्छन्, ‘सम्झँदामात्रै पनि डर लाग्छ ।’

    अर्जुन तिमिल्सिना २०४४ सालदेखि फिल्म क्षेत्रमा काम गरेका लाइटम्यान हुन् । ६० वर्षका अर्जुन अहिले पनि कामकै खोजीमा भौतारिन्छन् । उनले राजेश हमालदेखि विराज भट्टसम्म, आर्यन सिग्देलदेखि अनमोल केसीको पुस्तासम्म लाइटम्यानको काम गरे । उनले काम गरेका फिल्मबाट कति कलाकार सेलिब्रेटी बने, कति कलाकार ग्रीनकार्ड लिएर विदेश पलायन भए, लेखाजोखा छैन । तर, अर्जुनको हालत भने २०४४ सालमा जस्तो थियो, अहिले पनि उस्तै छ ।

    अर्जुन भन्छन्, ‘मैले गलत क्षेत्रमा हात हालेछु । यो क्षेत्रमा त पाखुरामा तागत भइञ्जेलसम्म मात्रै रहेछ ।’

    न्युरोडको साँघुरो कोठामा बस्ने अर्जुनसँग लकडाउनयता न काम छ न त बैंक ब्यालेन्स नै । साथीभाइसँग सरसापट गरेर जीवन चलाइरहेका छन् ।

    अध्यक्ष पुष्कर भन्छन्, ‘अर्जुनजस्ता सयौं छन्, जसको श्रमले यो क्षेत्रमा धेरै कलाकार चम्किए । तर, अर्जुनहरुको हालत जहिल्यै अँध्यारो छ ।’

    चलचित्र प्राविधिकहरुको मात्रै होइन, यस क्षेत्रमा अभिनयको माध्यमबाट नाम र दाम कमाउने सपनासहित आइपुगेका धेरै कलाकारको पनि उस्तै छ हालत । उनीहरुले पनि कामअनुसारको पारिश्रमिक पाएका छैनन् । कतिपय कलाकार त सित्तैमा काम गर्न बाध्य छन् । पाए पनि एकदमै न्यून पारिश्रमिकमा चित्त बुझाउनुपर्छ ।

    पारिश्रमिकमा भएको विभेदबारे बोलौं, भोलि फेरि काम नपाइने डर । नबोलौं, जहिल्यै पारिश्रमिकमा शोषण । हल्का रमाइलो सिरियलबाट ‘नेप्टी’ नामले चिनिएकी अभिनेत्री ईस्टु कार्की भन्छिन्, ‘बाहिरबाट मान्छेले हेर्दा हाम्रो क्षेत्रमा धेरै नै कमाइ हुन्छ भनेर सोच्छन् । तर, यथार्थमा त्यस्तो हुँदैन ।’

    कलाकारहरु पारिश्रमिकको मामलामा प्रायः शोषणमै पर्ने गरेको ईस्टुको अनुभव छ । उनका अनुसार भनेजस्तो पारिश्रमिक नपाउनु यस क्षेत्रमा नौलो विषय होइन । कतिपय अवस्थामा त सित्तैमा काम गरेर हिँडेको तीतो अनुभव पनि ईस्टुसँग छ ।

    करिब एक दशकदेखि कलाकारितामा सक्रिय ईस्टु भन्छिन्, ‘सुरुसुरुमा रहरले आएको हुन्छ । प्यासनले गर्दा सित्तैमा पनि काम गरियो । पछिपछि विस्तारै बुझ्दै जाँदा पो थाहा हुने रहेछ, आफू शोषणमा परेको । तर, शोषणमा परेको थाहा पाएर पनि भोलि काम नपाइएला कि भनेर नबोल्ने सिनियर कलाकारहरु नै टन्नै हुनुहुन्छ ।’

    ईस्टुका अनुसार गर्न सक्ने जति काम नपाउनु पनि शोषण हो । जसको एउटा कारण सम्बन्ध, पीआर कम हुनु पनि हो ।

    ‘घामड शेरे’ फिल्ममा काम गरिसकेकी अभिनेत्री सुष्मा निरौलालाई पनि जहिल्यै खट्किने कुरा श्रमअनुसारको पारिश्रमिक नै हो ।

    उनी भन्छिन्, ‘यहाँ काम गरेरै काठमाडौंमा हामीले टिक्नुपर्छ । सिनियरहरुसँग भेट हुँदा हामीसँग बजेट छैन, सहयोग गर्नुपर्छ भनेजस्तो कुरा पनि आउँछ । उहाँहरुले हाम्रो पीडालाई नबुझेको जस्तो लाग्छ ।’

    सुष्मा आफू सहरमा अरुजस्तै सपना बोकेरै आएको बताउँछिन् । यसका साथसाथै बाँच्नुपर्ने बाध्यता पनि एकातिर हुन्छ, अर्कातिर सपनाप्रतिको भोक हुन्छ । कामकै सिलसिलामा मान्छेहरुले तीनचार महिना यतिकै अल्झाइदिने, म्यानुपुलेसन गरिदिने गरेको अनुभव सुष्मासँग छ । भन्छिन्, ‘फलानो कलाकारले हामीसँग यति पैसामा काम गरिरहेको छ । हामीसँग काम गरिरहेको मान्छे हो, क्षेत्र कति नै ठूलो छ र, फेरि भेट भइहाल्छ भनेर म्यानिपुलेसन पनि गर्दा रहेछन् ।’

    ‘मास्टरनी’ पात्रले परिचित अनिता बस्नेतलाई भने पहिलाभन्दा अहिले धेरै सुधार भएको लाग्छ । उनी भन्छिन्, ‘अहिलेको अवस्थामा रेट तोकेर काम गर्न पाइन्छ । तर समस्या नै नभएको चाहिँ होइन । सेटमा पुगेपछि कहिलेकाहीँ यतिमात्रै लिँदै गर्नु भनेर पनि भनिदिन्छन् । कार्यक्रममा जाँदा पेमेन्ट हाल्दिन्छु भनेर महिनौं हालिदिँदैनन् । यस्ता घटनाहरुले दुःखी बनाउँछ ।’

    पारिश्रमिकको सवालमा अन्यायमा परेका कलाकारहरुको सूची लामो रहेको चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काको भनाइ छ । उनका अनसार वर्षौंदेखि काम गरेका कलाकारहरु ‘पारिश्रमिक पाइनँ, सहयोग गरिदिनुस्’ भन्नेहरु थुपै्र छन् । तर, रवीन्द्रकै तीतो अनुभव छ, ‘मलाई पनि कतिले सित्तैमा खेलिदिनुस् भन्छन् । राष्ट्रका नाममा बनाएका गीत, भिडियोमा त पैसाको कुरै गर्दिनँ । तर, व्यापारिक हिसाबले बनाउँछन् भने पारिश्रमिक दिनुपर्छ ।’

    कलाकार संघमा पनि पारिश्रमिक पाइएन भनेर उजुरीहरु थुप्रो पर्छन् । रवीन्द्रहरुले संघको तर्फबाट सहजीकरण गरिदिन्छन् । निर्माता, निर्देशक र कलाकारबीचमा अन्डरस्टान्डिङको वातावरण बनाइदिन्छन् । भन्छन्, ‘तर, अन्यायमा कोही पनि पारिनु हुँदैन । कसैलाई पारिश्रमिकमा मार्ने काम गर्नु हुँदैन ।’

  • पूजाको जन्मदिनमा तामझाम, फ्यानले दिए सुनका गरगहना उपहार

    पूजाको जन्मदिनमा तामझाम, फ्यानले दिए सुनका गरगहना उपहार

    काठमाडौं । विभिन्न स्क्यान्डलमा मुछिएर बारम्बार चर्चा र विवादमा आइरहने नायिका हुन् पुजा शर्मा । अभिनय र सुन्दरता दुवैमा औसत भए पनि उनको फ्यान फलोइङ लोभलाग्दो छ ।

    उनै पूजाले हिजो आफ्नो जन्मदिन मनाइरहँदा फ्यानहरुको गज्जब उत्साह देखियो । पूजा शर्मा फ्यान क्लबले काठमाडौंमा एउटा होटल नै भाडामा लिएर पूजाको जन्मदिन तामझामपूर्वक मनाइदिएका थिए । यदि त्यहाँको दृष्य ‘फेक’ होइन भने पूजालाई फ्यानहरुले सुनका महंगा गरगहना उपहारसमेत दिएका छन् ।

    उनलाई हिजो बिहानैदेखि जन्मदिन मनाउन भ्याइनभ्याइ थियो । बिहानै कालभैरव मन्दिर पुगेर पूजाले पूजा गरिन् । त्यसपछि आमासँग जन्मदिन र मातातिर्थ औंसीको केक काटिन् । दोस्रो केक उनले कोरियन फेसियल हाउसमा पुगेर काटिन जहाँ उनको साथमा प्रेमी युद्ध बानियाँ समेत थिए ।

    तेस्रो केक पुजाले फ्यानहरुका बीचमा काटेकी हुन् । उनको जन्मदिन मनाउन फ्यानक्लबले आनन्द होटलमा भव्य सजावट गरेको थियो । पूजा कालो कारमा सवार भएर आमासँग आइन् र फ्यानहरुले उनलाई फुल वर्षाएर स्वागत गरे । त्यसपछि जन्मदिनमा उपहार दिने र केक काट्ने काम भएको थियो ।

    फ्यानहरुले दिएका गिफ्टलाई पुजाले क्यामराहरुकै अगाडि खोलेकी थिइन् । केही फ्यानको उपहार बाकसमा सुन (?) का गहना भेटिएका थिए । फ्यानले दिएको औंठी र नेकलेस लगाउँदा पूजा भावुक देखिएकी थिइन् । उनले आफूले चलचित्र क्षेत्रमा नसोचेको माया पाएको बताइन् ।

     

  • हलिउड अभिनेत्री एन्जिलिना जोली पुगिन् युक्रेन

    हलिउड अभिनेत्री एन्जिलिना जोली पुगिन् युक्रेन

    काठमाडौं । हलिउड स्टार एन्जिलिना जोली युक्रेन पुगेकी छन् । संयुक्त राष्ट्रसंघ कि सदभावना दूतको रुपमा एन्जिलिना युक्रेन पुगेकी हुन् ।

    एन्जिलिनाले युक्रेनको लिभिभमा पुगेर द्वन्द पीडित परिवार र बालबालिकसँग भेट गरेकी छिन् । यस्तै एन्जिलिनाले कर्माट्रोस्क ट्रेन स्टेशनमा भएको बम विस्फोटनमा परी घाइते भएकाहरुसँग पनि भेट गरेकी छन् ।

    एन्जिलिना रुस–युक्रेन युद्धको सुरुवात देखीनै युक्रेनको पक्षमा रहेकी छन् । उनले गत फेब्रुअरीमै सामाजिक सञ्जालमार्फत संसारका अन्य व्यक्तीहरु जस्तै आफू पनि युक्रेनका वासिन्दाहरुको लागि प्राथना गरिरहेको बताएकी थिइन् ।