Category: कलाप्रेस

  • कृष्ण र शान्तीको ‘जोर धाराको पानी’ बजारमा (भिडिओ)

    कृष्ण र शान्तीको ‘जोर धाराको पानी’ बजारमा (भिडिओ)

    काठमाडौं । कृष्ण देवकोटा र शान्ती श्री परियारको स्वरमा रहेको ‘जोर धाराको पानी’ बोलको गीत सार्वजनिक गरिएको छ । कृष्ण देवकोटाको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको गीतमा कृष्णकै शब्द तथा संगीत छ ।

    लोकलयमा तयार पारिएको यो गीतले दर्शकलाई छमछमी नचाउने विश्वास देवकोटाको छ ।

    यो गीतको भिडिओलाई मौसम हिमालीले निर्देशन गरेका हुन् भने उनले भिडियोलाई गीतको मर्म अनुसार नै पर्दामा उतारेका छन् । नवराज उप्रेतीको छायांकन रहेको भिडिओमा नविन घर्ती मगरको सम्पादन छ ।

    भिडियोमा नायक पुष्प खड्कालाई मोडल जुना सुन्दासले साथ दिएकी छिन् ।

  • लागुऔषध मुद्दामा शाहरूखका छोरा आर्यनले पाए सफाइ

    लागुऔषध मुद्दामा शाहरूखका छोरा आर्यनले पाए सफाइ

    काठमाडौं । बलिउडका सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानलाई नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले हाई प्रोफाइल मुम्बई क्रुज ड्रग्स केसमा सफाइ दिएको छ ।

    आर्यन खानलाई गत वर्ष ड्रग एजेन्सीले मुम्बईको तटमा एक क्रुजमा छापा मारेर लागूऔषध फेला पारेपछि अन्य कैयौं व्यक्तिहरूसँग पक्राउ गरेको थियो। उनी अक्टोबर २०२१ मा पक्राउ परेका थिए र २० दिन भन्दा बढी जेलमा बिताएका थिए। पछि उनलाई जमानत दिइयो ।

    घटनाको छानबिन गर्न विशेष अनुसन्धान टोली गठन गरिएको थियो जसले आर्यन र क्रुजमा रहेका अर्का एक व्यक्ति बाहेक सबै अभियुक्तबाट लागुऔषध बरामद भएको बताएका थिए ।

    भारतीय मिडियाका अनुसार आर्यन खानसँग लागुऔषध नभेटेपछि विशेष अनुसन्धान टोलीले उनलाई सफाइ दिएको हो । अक्टोबर २,२०२१ बाट चलेको यो केसले मे २०२२ मा आएर क्लिन चिट पाएको छ।

  • ट्रोल गर्नेप्रति करिश्माको आक्रोशः बिहान फोन हेर्नासाथ तपाईंहरुको जे पायो त्यही भनाइ पढ्नुपर्ने ?

    ट्रोल गर्नेप्रति करिश्माको आक्रोशः बिहान फोन हेर्नासाथ तपाईंहरुको जे पायो त्यही भनाइ पढ्नुपर्ने ?

    काठमाडौं । चर्चित नायिका करिश्मा मानन्धरले २०७९ को स्थानीय चुनाव नजिकिँदै गर्दा एमालेमा प्रवेश गरिन् । पार्टीको प्रचार र उम्मेदवारलाई जिताउन वा भोट माग्न घरदैलो अभियानमा समेत लागिन् । एमालेको एक चुनावी सभामा उनले, ‘मेरो न्वारनको नाम सूर्जेकुमारी हो र एमालेको चुनाव चिन्ह पनि सूर्य नै हो’ भन्दै भाषण गर्दा निकै चर्चा पनि भएको थियो । उनले अहिले पनि आफ्नो भेरिफाइड फेसबुक पेजमा करिश्मा मानन्धर ९सुर्यकुमारी० भनेर नै राखेकी छन् ।

    अहिले चुनाव सकिएर मतगणना लगभग अन्तमा आइपुग्दा धेरैले करिश्मालाई ट्रोल गरिरहेका छन् । ‘करिश्मा जता जान्छिन्, त्यही पार्टीलाई अशुभ’ भन्ने खालका समाचार र कमेन्टहरुले करिश्मालाई दुःखी बनाएको छ । उनले यस विषयमा स्टाटस लेखेर गुनासो गरेकी छन् ।

    उनले यस्तो कोणबाट समाचार लेख्ने मिडियाको स्क्रिनसटसहित आफ्नो पेजमा हालेकी हुन् । यत्रो वर्ष चलचित्र क्षेत्रमा काम गरेर देश र जनतालाई पस्किँदासम्म पनि कहिल्यै यस्तो तल्लोस्तरको टिप्पणी भोग्नु नपरेको उनको भनाइ छ । उनले आफूलाई मानसिक पीडा दिने शब्द धेरै प्रयोग गरेमा कानुनी उपाय खोज्नेसम्मको चेतावनी दिएकी छन् ।

    उनको स्टाटस यस्तो छः
    ‘जीवनमा कसैको नराम्रो चिताएको छैन । कसैको नराम्रो गरेको छैन । सके बरु आफूसँग भएको बाँडेको छु । यत्रो वर्ष चलचित्र क्षेत्रमा काम गरेर देश र जनतालाई पस्किएँ । कुनै चलचित्र चले, कुनै चलेनन् । तर कहिल्यै यस्तो तल्लोस्तरको टिप्पणी भोग्नु परेन । राजनीतिमा कुनै गलत अभिप्रायले पाइला राखेको होइन । मलाई जीवनभर पुग्ने सबै छ मसँग । सबैको आवाज बन्न सकुँ । उहाँहरुको लागि केही गर्न सकुँ भनेर नै हो ।
    मानसिकतालाई पीडा दिने शब्द प्रयोग गर्ने कसैलाई अधिकार छैन । नत्रभने कानुनी उपाय खोज्नुपर्ने हुन्छ । हो एक–दुई पटकसम्म सहनु ठीक छ । तर बारम्बार गर्दा अति हुन्छ । के आधारमा यो गाली गर्दै हुनुहुन्छ तपाईंहरु मलाई ? बिहान उठेर फोन हेर्नासाथ यहाँहरुको जे पायो तेइ भनाइ हेर्नु पर्ने ?

    राम्रो सोच्नुस्, राम्रो बोल्नुस्, राम्रो हुन्छ र यी मिडियाका साथीहरूलाई सुझाव, अलि तथ्य समाचार लेख्नुस् । यस्तो पनि समाचार हुन्छ ? आधारविहीन आरोप लगाउनेहरु अँध्यारोमा हिँडिरहेका मानिस जस्तै हुन् ।’

    उनले आफ्नो स्टाटस केहीबेरमा हटाएकी थिइन् ।

  • म्युजिक भिडियोबाट चम्केकी गरिमा फिल्ममा डेब्यु गर्दै, ‘लन्डन टु पेरिस’मा अनुबन्धित

    म्युजिक भिडियोबाट चम्केकी गरिमा फिल्ममा डेब्यु गर्दै, ‘लन्डन टु पेरिस’मा अनुबन्धित

    काठमाडौं । टिकटक पछिल्लो समय बच्चादेखि वृद्धसम्म चर्चित बन्दै गएको एप हो । यही टिकटकबाट चर्चामा आएकी कलाकार हुन् गरिमा शर्मा । टिकटक र म्युजिक भिडियोहरुबाट आफ्नो अभिनयले सबैको मन जित्न सफल शर्माले अब भने नेपाली सिनेमामा डेव्यु गर्ने भएकी छन् । एबी इन्टरनेशनलको ब्यानरमा निर्माण हुने सिनेमा ‘लण्डन टु पेरिस’मा अभिनेत्री गरिमा अनुबन्धित भएकी छन् । केही समयअघि नै निर्माण टिम र अभिनेत्री शर्माबीच लिखित सम्झौता भएको थियो ।

    आधुनिक प्रेमकथामा निर्माण हुने सिनेमामा यसअघि नै अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह फाइनल भैसकेकी छन् । निर्माण टिमले दिएको जानकारीअनुसार सिनेमामा गरिमाको पनि महत्वपूर्ण भूमिका रहेको छ । सिनेमाको मुख्य अभिनेता पनि फाइनल भैसकेका छन् । तर, सार्वजनिक भने गरिएको छैन । चाँडै नै एक फर्स्टलुक पोस्टरसहित अभिनेता सार्वजनिक गर्ने तयारी निर्माण टिमको छ ।

    घनश्याम लामिछानेको निर्देशनमा निर्माण हुने सिनेमाको कान्तिपुर फिल्म एकेडेमीमा वर्कसप चलिरहेको छ । निर्देशक लामिछानेले यसअघि ‘धौली, अग्निदहन र पञ्चेबाजा’ जस्ता समीक्षकले रुचाएका सिनेमा निर्देशन गरिसकेका छन् । सिनेमाको कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । सिनेमा असारको दोस्रो साताबाट फ्लोरमा जानेछ ।

    अमित बस्नेत, अजितकुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल निर्माता रहेको सिनेमाका सह–निर्माता अजित सिंह हुन् । एबी इन्टरनेशनलले निर्माण गरेको सिनेमा ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको तयारीमा छ भने यही टिमले अहिले बेलायतका विभिन्न सहरमा ‘हनी बनी’को छायांकन गरिरहेको छ ।

  • सुरक्षाको प्रोफाइलमा धरानका मेयर हर्क साम्पाङको तस्विर

    सुरक्षाको प्रोफाइलमा धरानका मेयर हर्क साम्पाङको तस्विर

    काठमाडौं । अहिले अभिनेत्री सुरक्षा पन्त कान्स फिल्म फेस्टिभलमा सहभागी हुने र रेड कार्पेटमा हिँड्ने पहिलो नेपाली कलाकार भएको विषयले चर्चामा छिन् । रातो पहिरनमा धपक्क सजिएकी पन्तको कपडा र सुन्दरताको चौतर्फी तारिफ भइरहेको छ। कान्समा प्रिमियर हुन लागेको उनको अन्तर्राष्ट्रिय प्रोजेक्ट ‘द एट माउन्टेन्स’ का लागि उनी बुधबार फ्रान्समा आयोजित कार्यक्रममा पुगेकी थिइन् ।

    यो चर्चा सेलाउन नपाउँदै उनको अर्को एउटा कार्यले धेरैलाई चकित तुल्याएको छ । पन्तले आफ्नो भेरिफाइड फेसबुक पेजमा आफ्नो फोटो हटाएर धरानका नवनिर्वाचित मेयर हर्क साम्पाङको प्रोफाइल पिक्चर राखेकी छन् । उनले तस्विर सगँसँगै ‘धरानका मेयर, हर्क साम्पाङ राई, एक क्रान्ति’ भनेर स्टाट्स राखेकी छन् । यसपालिको स्थानीय चुनावमा हर्क साम्पाङ राई धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

    प्रोफाइलमा नै मेयरको फोटो राख्नु सायद यो नेपाली कलाकारहरुको इतिहासमा पहिलो कार्य होला । उनले अहिले राखेको तस्विर हेर्दा र पछिल्लो समय धेरैजसो नेपाली कलाकारहरु तथा जनताले स्वतन्त्रबाट उठेका उम्मेदवारलाई समर्थन गरेको देख्दा राजनीतिक पार्टीहरुमाथि जनताको विश्वास घट्दै गएको सहजै अनुमान लगाउन सकिन्छ ।

  • धितालले ल्याए ‘हावाको लहर’ म्युजिक भिडियो

    धितालले ल्याए ‘हावाको लहर’ म्युजिक भिडियो

    काठमाडौं । गायक निशेष धितालले ‘हावाको लहर’ नामक म्युजिक भिडियो ल्याएका छन् । उनले युट्युब पेज ‘तृप्त अफिसियल’ बाट आएको हो । गीतको लेखन र गायनसँगै म्युजिक भिडियो कम्पोज पनि धितालले नै गरेका छन् ।

    ‘हावाको लहर’ गीतमा सोनिया श्रेष्ठ ९सुशी० को पाश्र्व स्वर रहेको छ । सिजेन सापकोटाले निर्देशन गरेको गीतको भिडियोमा श्रेयांश स्थापित, सुलभ स्थापित, सुमन कोइराला र सीता विष्टले अभिनय गरेका छन् ।

    गीतले ‘आफूलाई मृत्युको संसारमा नराख्न तर आत्मसाक्षात्कारको अमरताको संसारमा लैजान’सन्देश दिएको छ ।

  • बेनिशा भन्छिन्- बलात्कारीलाई सजाय यस्तो होस कि गलत नियत राख्नेको सोच पनि कामोस्

    बेनिशा भन्छिन्- बलात्कारीलाई सजाय यस्तो होस कि गलत नियत राख्नेको सोच पनि कामोस्

    काठमाडौं । लामो समयको ग्यापपछि नायिका बेनिशा हमाल एउटा आइटम गीतमा देखिएकी छिन् । चलचित्र ‘प्रेमगञ्ज’ को ‘तरबार’ बोलको आइटम गीतमा उनले नृत्य गरेकी हुन् । आज एक कार्यक्रममा उक्त आइटम डान्स लन्च गरियो ।

    ग्ल्यामरस् र सेक्सी लुक्समा प्रस्तुत भएकी हमालको कम्मर मर्काइले सबैको तारिफ पाइरहेको छ । दीक्षा जे थापा र सुरज शाही ठकुरीको स्वर रहेको यो गीतको दृश्य र नृत्य झट्ट हेर्दा भारतीय शैलीको आइटम गीत जस्तो देखिन्छ ।

    भिडियो सार्वजनिक गर्न आयोजित प्रेस मिटमा बेनिशालाई अहिलेको चर्चामा रहेको बलात्कारको मुद्दामाथि प्रश्न गरियो ।

    उनले यसरी जवाफ दिइन्:

    अहिले जताततै यही कुरा छाएको छ । एक छिन फ्री हुने बित्तिकै वा प्रोग्राम सकिने बित्तिकै पनि के भयो होला भनेर हेर्ने गर्छु । यो एकदमै गहन र संवेदनशील कुरा छ । खुसी पनि छु कि कति दबिएका र दबाइएका आवाजहरू बाहिर निस्किरहेका छन् । जति पनि सर्भाइवरहरु हुनुहुन्छ, उहाँप्रति मेरो हृदयदेखि नै धेरै सम्मान छ । आँट गरेर आवाज उठाउनुभएको छ अहिले । त्यसमा मेरो साथ छ । अझै धेरै पावर मिलोस् । अझै धेरै माया ।

    मान्छे सुरक्षित नै कहाँ छ र ? यहाँ सुरक्षा नै छैन । यो हप्ताको मात्र समाचारहरू नै हेरौँ न । शिक्षकबाट यौन हिंसाहरू भइरहेका छन् । स्कुलमा सुरक्षा छैन ।

    हस्पिटलमा सुरक्षा छैन । सुरक्षाकर्मीबाट सुरक्षित छैनन् चेलीहरू । आफ्नै मान्छेबाट सुरक्षित छैनन् । हामी छोरी भएर जन्मिसकेपछि लाइफको कहीँ न कहीँ, कुनै न कुनै पलमा चाहे शारीरिक हिसाबले होस् या मानसिक हिसाबले, यौन दुर्व्यवहार वा उत्पीडनको सिकार भइरहेको हुन्छौँ । शारीरिक मात्र होइन मानसिक शोषण पनि शोषण हो ।

    कसैले सुनिदिएन वा विश्वास गरिदिएन भने आफैँलाई म नै पो गलत हो कि जस्तो लाग्छ । मैले यसरी खुलेर बोलेकाले वा सबैसँग मिलेकाले पो यस्तो घटना घटेको हो कि जस्तो लाग्छ ।

    आशा भन्ने कुरा धेरै नै खतरनाक चिज हो । संसारमा कोही मान्छे नभए पनि यसले चाहिँ मलाई न्याय दिन सक्छ, यसले चाहिँ सुनिदिन्छ भन्ने मान्छेबाट आफूले आशा गरे अनुरूपको रिजल्ट वा रेस्पोन्स नपाउँदा जसलाई पनि दुख लाग्छ ।

    यदि त्यतिखेर त्यो मान्छेले मेरो कुरा सुनिदिएको भए यत्रो वर्षसम्म पटक पटक मैले यही पिडामा बाच्नुपर्ने थिएन भन्ने हुन्छ । यस्तो बेलामा मनभित्र खुम्चिएको कुरा निक्लिनु स्वाभाविक हो ।

    यही भन्न चाहन्छु, यति कडा सजाय होस् कि त्यो व्यक्तिलाई, गलत नियतको सोच राख्नेको सोच पनि कामोस् ।

  • किन रोकियो सलमान खानको बहु प्रचारित कन्सर्ट ?

    किन रोकियो सलमान खानको बहु प्रचारित कन्सर्ट ?

    काठमाडौं । तीन महिना अगाडिदेखि नै व्यापक प्रचारप्रसार भएको भारतीय अभिनेता सलमान खानको नेपाल भ्रमण अन्तिम समयमा रोकिएको छ । आयोजक संस्था ओडीसी इन्टरनेसनले यसबारे औपचारिक जानकारी भने दिइसकेको छैन ।

    सलमानसहितको टिमले आउँदो शनिवार दशरथ रंगशालामा कन्सर्ट गर्ने कार्यक्रम थियो । आयोजकले सलमानसहितको टिमलाई अग्रिम पारिश्रमिकसमेत दिइसकेको छ । तर, अहिले तयारी नपुगेको र अन्य कारण देखाएर कार्यक्रम स्थगन गरिएको हो ।

    ओडीसी इन्टरनेसनलका प्रमुख सीमान्त गुरुङले सलमानको दबंग टुर स्थगित भए पनि रद्द नभएको बताए । भारतबाट ल्याउन लागिएको साउन्ड सिस्टमका सामानको ट्रकको समयै भन्सार क्लियरेन्स हुन नसकेको उनको भनाइ छ । साथै, स्थानीय चुनावले प्रभाव परेको, अभिनेत्री ज्याकलिन फर्नान्डिसले नेपाल आउने अनुमति नपाएको अन्य विविध कारणले अहिले गर्न नसकिएको उनले बताए ।

    ‘हामी केही सकेसम्म तीन–चार हप्ताभित्र यो कार्यक्रम गर्ने प्रयासमा छौँ,’ उनले भने ।

    गुरुङका अनुसार अहिलेसम्म ५–६ लाख रुपैयाँको टिकट अनलाइनबाट विक्री भएको छ । उक्त टिकट काटेकाहरूले टिकट फिर्ता गर्न वा त्यसैबाट अर्को मितिमा हुने कन्सर्ट हेर्न सक्ने उनले जानकारी दिए ।

    कन्सर्टका लागि ५ हजारदेखि २५ हजार रुपैयाँको टिकट मूल्य तोकिएको छ । यसै कार्यक्रमको सन्दर्भमा पर्यटनमन्त्री आलेले सलमानसँग भर्चुअल संवाद गरेका थिए ।

    अघिल्लो पटक के भएको थियो ?

    यसअघि २०७४ सालमा सलमानलाई ‘दबंग टुर’ का लागि नेपाल ल्याउने पहिलो प्रयास भएको थियो । तर, विप्लव समूहको थ्रेटका कारण अन्तिम समयमा कार्यक्रम स्थगित गरियो ।

    ‘द दबंग टुर’ का लागि ११० जनाको दलबलसहित नेपाल आउन लागेका थिए । सलमानसहित सोनाक्षी सिन्हा, प्रभु देवा, मनिष पलसहितको टोलीले २०७४, फागुन २६ गते दशरथ रंगशालामा प्रस्तुति दिने कार्यक्रम थियो ।
    तर, विप्लव माओवादीको विरोधपछि कार्यक्रम बिथोलियो । सुरक्षा थ्रेट देखाउँदै सलमानले कार्यक्रममा नआउने सन्देश पठाए ।

    आयोजक ओडीसी इन्टरनेटमेन्टले ५ हजार टिकट बेचिसकेको र सलमानको टिमलाई ५ करोड रुपैयाँ अग्रिम भुक्तानी गरिसकेपश्चात् कार्यक्रम स्थगित गरेको थियो ।

    स्थगनपछि दुई पटक मिति सरे पनि कार्यक्रम हुन सकेन । त्यस बेला ओडीसीले १० करोड रुपैयाँ घाटा व्यहोरेको बताइएको छ ।

  • सलमान खान नेपाल आउने कार्यक्रम स्थगित

    सलमान खान नेपाल आउने कार्यक्रम स्थगित

    काठमाडौं । भारतीय अभिनेता सलमान खानले नेपालमा प्रस्तुत गर्ने भनिएको कन्सर्ट स्थगित भएको छ । आगामी जेठ १४ गते दशरथ रंगशालामा हुन लागेको दबंग टुर रिलोडड अन्तिम समयमा रोकिएको हो ।

    ओडीसी इन्टरटेनमेन्टको आयोजनामा हुने कार्यक्रमका लागि सलमान खानलाई नेपाल ल्याउन लागिएको थियो ।

    कार्यक्रम रोकिएको बारे आयोजकले औपचारिक जानकारी दिएको छैन । तर, शनिबार कार्यक्रम नहुने निधो भइसकेको स्रोतले बतायो । स्थगित हुनुको प्रष्ट कारण खुलाइएको छैन ।

  • बिहे गर्न तयार भएकी राखीलाई प्रेमीको घरबाट अस्वीकार

    बिहे गर्न तयार भएकी राखीलाई प्रेमीको घरबाट अस्वीकार

    काठमाडौं । राखी सावन्तले आफ्नो वर्तमान प्रेमी आदिललाई पूर्व प्रेमिका दुर्रानीको फोन आए लगत्तै आदिलसँग विवाह गर्ने घोषणा गरेकी छिन् । राखीले यसै महिनाको सुरुवातमा आफ्नो नयाँ सम्बन्ध सार्वजनिक गर्नुका साथै आफूभन्दा ६ वर्ष कान्छो भएको खुलासा पनि गरेकी थिइन् ।

    रोशिना डेल्वरी राखीको वर्तमान प्रेमी आदिल दुर्रानीको पूर्व प्रेमिका हुन । रोशिना र आदिल चार वर्षसम्म रिलेसनशीपमा थिए । आदिलको पूर्व प्रेमिकाले एक्कासि फोन गरेको बारे राखी भन्छिन्, ‘रोशिनाले मलाई गरेको कल गरेकी थिइन् तर आदिल सिर्फ मेरो मात्र हो। आदिल र म छिट्टै बिहे गर्न जाँदै छौँ।’

    अर्को अन्तर्वार्तामा राखीले आदिलको परिवारले आफूलाई अझै स्वीकार नगरेको खुलासा गरेकी छिन। ‘म एकदमै ग्ल्यामरस व्यक्ति हुँ। उसको परिवारलाई मेरो पहिरन मन पर्दैन,’उनले थपिन्।

    राखीले गत वर्ष सलमान खानको रियालिटी शो ‘बिग बोस १५’ मा देखा पर्दा आफूले रितेशसँग विवाह गरेको दाबी गरेकी थिइन्। रितेश र राखीको सन् २०१९ मा विवाह भएको बताइएको छ । रितेश सिंह बिग बोस १५ को घरमा वाइल्ड कार्ड प्रतियोगीका रूपमा प्रवेश गरेका थिए । यद्यपि चाँडै नै रितेशकी पहिलो पत्नीले उनीमाथि घरेलु हिंसाको आरोप लगाएको खुलासा भयो। राखीले त्यो आरोपमा उनको बचाउ पनि गरिन् तर केही समयपछि आफू रितेशबाट अलग भएको र उनीहरूको विवाह कहिल्यै मान्य नभएको घोषण गरिन।

    राखीले अप्रिलको अन्त्यमा एक भिडियो पोस्ट गर्दै आफ्ना फ्यानहरूलाई आफ्नो शरीरमा हानेको ट्याटु ‘रितेश’ हटाएको जानकारी गराएकी थिइन्। उक्त भिडियोलाई ट्याटु स्टुडियो भित्र नै खिचिएको थियो।

  • नेपाली दर्शकलाई अर्को कमेडी ‘सो’, माग्ने बुढाको निर्देशनमा कमेडी हब

    नेपाली दर्शकलाई अर्को कमेडी ‘सो’, माग्ने बुढाको निर्देशनमा कमेडी हब

    काठमाडौं । कमेडी सोहरुले नेपाली दर्शकमाझ दिनदिनै लोकप्रियता बढाइरहेको समयमा अनुभवी कलाकारहरुले ‘कमेडी हब’ ल्याएका छन्।

    केदार घिमिरे ‘माग्ने बुढा’ले निर्देशन गर्ने उक्त कार्यक्रममा नाटक, प्रहसन, स्ट्यान्ड अप,प्यारोडी, हाँस्य कवितासहित हास्यका सबै विधाहरु समेटिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

    राजा राजेन्द्र पोखरेलले परिकल्पना गरेको यो कार्यक्रममा उनी र माग्ने बुढासहित सुवोध गौतम, हिमेश पन्त, दीपेन्द्र प्रसाई, राजेन्द्र नेपाली ‘लट्टे’, जानुका पौडेल ‘प्याकुली’, दीलिप तामाङ ‘हुरहुर’, खड्ग बहादुर पुन ‘खबपु’, प्रभात लामा, संगम राई ‘लब्ली’, नारिया गिरी, राधिका कँडेल, बेदना राई ‘मैना’, सीता न्यौपाने, अनिल राई ‘आम्बो’, दीपेन्द्र प्रसाईँ, कल्पना खतिवडा, दीपेश घिमिरेलगायतको नियमित प्रस्तुती रहने छ।

    कार्यक्रम मिडिया हबले उत्पादन गरेको हो। निर्देशक घिमिरेले कमेडि नेपाली जनजीवनका अनुभव, भोगाई, समस्या र समाधान सहित सबै उमेर, वर्ग, क्षेत्रलाई पूर्ण मनोरन्जन प्रदान गर्ने पारिवारिक कार्यक्रमका रुपमा कमेडी हब रहेको बताए।

    कार्यक्रम एपी वान टेलिभिजनबाट हरेक बुधबार साँझ ८ बजेदेखि एक घण्टासम्म प्रशारण हुने छ। पहिलो प्रशारण बुधबार हुँने छ।

  • बालेनसँग चलचित्र बोर्डका अध्यक्षको माग : ५ प्रतिशत मनोरञ्जन कर हटाइदिनुस् (भिडिओ)

    बालेनसँग चलचित्र बोर्डका अध्यक्षको माग : ५ प्रतिशत मनोरञ्जन कर हटाइदिनुस् (भिडिओ)

    काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले काठमाडौंका भावी मेयरका रूपमा हेरिएका बालेन साहसँग नेपाली चलचित्रको स्थानीय मनोरञ्जन कर हटाउन माग राखेका छन् । बालेन मेयरमा निर्वाचित नहुँदै उनले यस्तो माग गरेका हुन् ।

    राजधानीमा आज आयोजित चलचित्र ‘चिसो मान्छे’को ट्रेलर रिलिज कार्यक्रममा अतिथिका रूपमा बोर्ड अध्यक्ष र बालेनलाई निम्त्याइएको थियो । उक्त कार्यक्रममा अध्यक्ष दाहालले बालेनलाई ‘मेयर सा’ब’ भन्दै सम्बोधन गरेका थिए ।

    दाहालले भने, ‘तपाईँ चलचित्र प्रेमी मान्छे हो । नेपाली चलचित्रमा स्थानीय कर लाग्छ, त्यो हटाइदिनु होला । मैले विद्यासुन्दरको पालामा पनि धेरै पहल गरेको थिएँ । तर, भएन । अब तपाईँबाट अपेक्षा छ । चलचित्र निर्माताले फिर्ता पाउने सर्तमा ५ प्रतिशत स्थानीय मनोरञ्जन कर छुट गरिदिनुहोला ।’

    उनले नेपाली चलचित्रका लागि काठमाडौंका ३२ वटै वडामा ६४ वटा होडिङ बोर्ड राख्नुपर्ने अर्को माग पनि अघि सारे । होडिङ बोर्डको खर्चका लागि बोर्डले महानगरसँग सहकार्य गर्ने उनको प्रस्ताव छ ।

    ‘त्यसो भयो भने चलचित्रका पोस्टरहरूले सहर फोहर हुने समस्याबाट मुक्ति मिल्छ,’ उनले भने ।

    दाहालले नेपालका उत्कृष्ट कलाकारहरूलाई बाहिरका सिनेमाहरूको भिजिट गर्न पठाउनुपर्ने र यसका लागि पनि महानगरसँग आफूले सहकार्य गर्न चाहेको बताए ।

    ‘तपाईँको स्पिरिटमा म सहकार्य गर्नेछु । हामी मिलेर नेपाली चलचित्रलाई माथि उठाऔँ,’ दाहालले भने ।

    दाहालले विभिन्न मागहरू राख्दा बालेन गम्भीर देखिएका थिए । कर हटाउनुपर्ने प्रस्तावमा आफू सकारात्मक रहेको उनले बताए ।

    नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा बालेनले जोड दिए ।

    ‘नेपालको कला–संस्कृति विश्वलाई चिनाउनुपर्छ,’ उनले भने, ‘यसका लागि मेरोतर्फबाट सबै प्रयास हुन्छ ।’

  • स्वस्तिमाको तारिफ गर्दै बालेनले भने : उहाँको एक्सप्रेसन नै बबाल

    स्वस्तिमाको तारिफ गर्दै बालेनले भने : उहाँको एक्सप्रेसन नै बबाल

    काठमाडौं । काठमाडौं महानगरको भावी मेयरमा आफ्नो जित सुनिश्चित देखिएसँगै बालेन साह यति बेला तनावमुक्त छन् । चुनावको धपेडी सकिएको तर निर्वाचित भएर नयाँ जिम्मेवारी आई नसकेको संक्रमणकालीन समयमा केही फुर्सदिला पनि छन् उनी । यही फुर्सदको सदुपयोग गर्दै सोमबार एउटा फिल्मी कार्यक्रममा भाग लिन पुगे ।

    दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘चिसो मान्छे’ को प्रिमियरमा बालेनलाई निम्त्याइएको थियो गेस्टको रूपमा । कार्यक्रममा उनले छोटो भाषण पनि दिए ।

    चलचित्रकी नायिका स्वस्तिमा खड्काको उनले खुलेर प्रशंसा गरे ।

    ‘उहाँको एक्सप्रेसन मलाई कति बबाल लाग्छ,’ बालेनले भने, ‘नबोल्दा पनि अनुहारले मात्रै पनि एक्टिङ गरिरहेको हुन्छ । उ यो पोस्टमा पनि कस्तो राम्रो एक्सप्रेसन छ ।’

    स्वस्तिमाले स्थानीय चुनावमा बालेनलाई खुलेर सपोर्ट गरेकी थिइन् । उनका श्रीमान् निर्देशक निश्चल बस्नेतले पनि बालेनलाई मेयरमा जिताउन जोडतोडले लागेका थिए ।

    कार्यक्रममा बालेनले चलचित्रका अभिनेता अर्पण कार्कीको पनि प्रशंसा गरे । कार्कीको कुनै पनि चलचित्र नछुटाई हेरेको उनको दाबी थियो ।

    उनले नेपाली कला–संस्कृतिलाई विश्वमाझ पुर्‍याउनुपर्नेमा जोड दिए । विभिन्न भाषामा डबिङ गरेर नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरण गर्नुपर्ने उनको सुझाव छ ।

    ‘हाम्रो पनि चलचित्र उत्तिकै राम्रा छन्, भाषा मात्रै फरक हो,’ बालेनले भने, ‘हामीले नेपाली चलचित्रलाई नेटफ्लीक्स, अमाजोनसम्म पुर्‍याउन सक्छौँ ।’

  • करण जोहरमाथि चोरीको आरोप !

    करण जोहरमाथि चोरीको आरोप !

    काठमाडौं । पाकिस्तानी गायक अबरार उल हकले करण जोहरले आफ्नो आगामी भारतीय चलचित्र ‘जुगजुग जियो’ मा आफ्नो गीत ‘नाच पञ्चाबन’ गैरकानूनी रूपमा प्रयोग गरेको आरोप लगाएका छन् ।

    अनिल कपुर, नीतु कपूर, वरुण धावन र कियारा अडवाणी अभिनित नयाँ फिल्म ‘जुग्जग जीयो’ ले आफ्नो गीत कपी गरेको खुलाएका हुन् ।

    अबरारले सामाजिक सञ्जालमार्फत आफ्नो गीतको राइट्स कुनै पनि भारतीय चलचित्र वा निर्मातालाई बिक्री नगरेको बताए । उनले करण जोहर जस्तो निर्माताले गीतको नक्कल गर्नु अस्वाभाविक भएको र आफ्नो गीतको अवैध प्रयोग गरेमा कानुनी कारबाही गर्ने धम्की समेत दिएका छन् ।

    अबरार उल हकले आफ्नो ट्विटरमार्फत दुई वटा कुरा बताएका छन् । पहिलो, ‘मैले मेरो गीत ‘नाच पञ्जाबन’ कुनै पनि भारतीय चलचित्रलाई बेचेको छैन र क्षतिपूर्तिको लागि अदालत जाने अधिकार सुरक्षित राखेको छु। करण जोहर जस्ता निर्माताहरूले प्रतिलिपि गीतहरू प्रयोग गर्नु हुँदैन। यो मेरो छैटौँ गीत नक्कल गरिँदै छ जसलाई कुनै हालतमा पनि अनुमति दिइने छैन ।’

    उनले अर्को ट्विटमा लेखेका छन्, ‘नाच पञ्जाबन गीतको कसैलाई पनि लाइसेन्स दिइएको छैन । यदि कसैले दाबी गरिरहेको छ भने सम्झौता पेस गर्नुहोस् । कानुनी कारबाही गर्छु ।’

  • नग्न तस्बिर सेयर गरेको भन्दै म्याडोनालाई इन्स्टाग्राममा लाइभ आउन रोक

    नग्न तस्बिर सेयर गरेको भन्दै म्याडोनालाई इन्स्टाग्राममा लाइभ आउन रोक

    काठमाडौं । चर्चित अमेरिकी गायिका, गीतकार तथा अभिनेत्री म्याडोना लुइस सिकोनलाई इन्स्टाग्रामले प्रतिबन्ध लगाएको छ ।

    आफ्नो नग्न तस्बिर सेयर गरेको भन्दै इन्स्टाग्रामले उनलाई लाइभ आउन प्रतिबन्ध लगाएको हो ।

    पप आइकन म्याडोनाले इन्स्टाग्राममा लाइभ आउने प्रयास गर्दा उनलाई सामुदायिक दिशानिर्देशहरू उल्लङ्घन गरेको सूचना प्राप्त भएपछि आफू निःशब्द भएको बताएकी छिन ।

    इन्स्टाग्रामले पप मेगास्टारलाई यो प्लेटफर्ममा अन्य प्रयोगकर्तालाई सम्मान गर्न र सधैँ कानूनको पालना गर्न चेतावनी दिएको छ।

    प्रतिबन्धको बारेमा थाहा पाएपछि उनी भन्छिन्, ‘मैले मेरो जीवनमा धेरै लुगाहरू कहिल्यै लगाएकै छैन। ’

    इन्स्टाग्रामले म्याडोनालाई सेन्सर गर्ने प्रयास गरेको यो पहिलो पटक भने होइन ।

    नोभेम्बर २०२१ मा पनि इन्स्टाग्रामले गायिकाले सेयर गरेको ‘लाइक अ भर्जिन’ को तस्बिरमा उनको निप्पल खुला देखिएको भन्दै उनको सो पोस्ट हटाएको थियो ।

  • माल्भिकाको पक्षमा बोलेको भन्दै सेलिब्रिटीहरुप्रति ‘पीडित’ युवतीको आक्रोश

    माल्भिकाको पक्षमा बोलेको भन्दै सेलिब्रिटीहरुप्रति ‘पीडित’ युवतीको आक्रोश

    काठमाडौं । ८ वर्ष अगाडि आफूमाथि यौन शोषण भएको घटना सार्वजनिक गरेर चर्चामा आएकी सुस्मिता रेग्मीले पूर्वमिस नेपाल माल्भिका सुब्बामाथि थप आक्रोश पोखेकी छन् । माल्भिकाको समर्थन गरेको भन्दै उनले केही सेलिब्रिटीहरुलाई पनि निशाना बनाएकी छन् ।

    टिकटकमा नयाँ भिडियोहरु पोष्ट गर्दै उनले आफ्नो थप भनाइ सार्वजनिक गरेकी हुन् । माल्भिकाले गरेको फेसबुक पोष्टमा कमेन्ट गरेका प्रियंका कार्की, निशा अधिकारी, नीति शाहलगायतका सेलिब्रिटीहरुको नाम नै लिएर रेग्मीले आलोचना गरेका छन् ।

    उनको भनाइ जस्ताको तस्तैः

    ‘।।।म माल्भिकाको विरुद्ध छैन, तर मोर पावर टु यु दिदी भनेर लेखेको दैख्दा चैं मलाई तपाईंहरुको दिमागमा ।।। आई नो तपाईंहरुले बुझ्न सक्नुहुन्न किनकि तपाईंहरुको त्यो लेभलको अन्डरस्ट्यान्डिङ छैन । तर यदि उहाँले त्यो घटना भएको थाहा पाइसकेपछि मानौं क्लीयर हुनु हुन्नथ्यो रे । ३३ वर्षको आईमाईले मलाई थाहा थिएन भनेको म विश्वास गर्न सक्दिनँ ।

    के भाको नेपाली सेलिब्रिटीहरु ? यता पनि ठिक्क, उता पनि ठिक्क । बोल्न मन छैन भने नबोल के । यो निशा अधिकारी मल्ल समथिंग, यो प्रियंका, नीति शाह।।। । मोडल्सहरु जसले माल्भिकाकोमा कमेन्ट गरेको छ नि, के भाको ? पढ्यालेख्या छैन ? बेसिक ह्युमानिटी भन्या थाहा छैन ?

    जति पनि मान्छेले ‘सी इज ह्युमन, समटाइम्स पिपुल मेक मिस्टेक’ भनिरहेका छन्, ठीक छ । उहाँ पनि डिप्रेसनमा हुनुहुन्थ्यो । म बुझ्छु डिप्रेसन हुँदा कस्तो हुन्छ । तर यत्रो आठ वर्षको अन्तरालमा तपाईंले मलाई खोज्ने प्रयास गर्नुभयो ? म पनि त्यसमा इन्भल्भ थिएँ त्यसमा, म कोरियोग्राफर थिएँ, मेरो अन्डरमा २५ जना केटीहरु थिए, के चैं भएको रहेछ र त्यो बेलामा भनेर तिमीले खोज्ने प्रयास गरेउ ?

    मेरो रिस माल्भिकासँग किन छ भने उसले मलाई अलिकति हेल्प गरेको भए म आज यति थोकबाट गुज्रिनुपर्थेन । माल्भिका, इफ यु आर वाचिङ दिस तिम्रो गल्ती के थियो भने तिमी त्यो पोस्टमा पुगिसकेको मान्छे, मेरो भ्वाइसले धेरै प्रभाव पार्छ भन्न सक्ने मान्छेले, त्यो बेला सिभियर डिप्रेसनमा थियौ रे, ठीक छ।।। डिप्रेसन भएको बेला अरुको लफडामा पर्दा आफूलाई ट्रिगर हुन्छ, आई टोटली अन्डरस्ट्यान्ड, तर त्यो आठ वर्षको अन्तरालमा त्यो १६ वर्षको बच्चीले मलाई यस्तो रेप भएको छ भनेर फोन गरेकी थिइ, मैले रेस्पोन्ड गरिनँ, कहाँ छे त्यो, जिउँदो छे कि सुसाइड गरेर मरिसकी भन्ने सोच्यौ ?

    तिमीसँग टाइम थियो नि त यार माल्भिका । मैले तिमीलाई फोन गरेँ, तिमीले सपोर्ट गर्छौ कि भनेर । तिमीले के रहेछ भनेर छानीबन गरिदिएको भए मेरो कन्फिडेन्स बढ्थ्यो नि त । तिमीले पनि नपत्याएपछि यो कुरा त कसैलाई भन्नुहुँदैन रहेछ भन्ने म १६ वर्षको बच्चालाई पर्यो नि । यस्तो कुरा त कसैले पनि नपत्याउँदो रहेछ भन्ने भयो ।

    जति पनि मान्छेले तिमीले आमाबुबालाई भन्नुपर्थ्यो भनिरहेका छन्, मलाई डर थ्यो के । मेरो आमाबुबाले ह्यान्डल गर्न सक्नुहुन्न भनेर । हार्ट अट्याक आयो भने के गर्ने ? समाजले के भन्ला ? समाजले के–के गरेको छ भनेर हामी सबैले सुन्दै आएका छौं । त्यसैले यो ‘रबिस’ लिएर मसँग नआउ, मेरो कमेन्ट्समा । हुन त तिमीहरुको नराम्रो कमेन्ट्सले मलाई फरक पनि पर्दैन ।

  • बलात्कार घटनालाई लिएर फेसबुकमा निशा र आसिफको बाझाबाझ, एक-अर्कालाई लेखे ‘श्रद्धाञ्जली’

    बलात्कार घटनालाई लिएर फेसबुकमा निशा र आसिफको बाझाबाझ, एक-अर्कालाई लेखे ‘श्रद्धाञ्जली’

    काठमाडौं । आठ वर्ष अगाडि सौन्दर्य प्रतियोगितामा रनर अप भएकी एक युवतीमाथि भएको यौन उत्पीडन सार्वजनिक भएसँगै सेलिब्रिटीहरु उनको लागि न्याय माग्दै जुर्मुराएका छन् । यसै क्रममा पीडितलाई सहयोग नगरेको भनेर पूर्व मिस नेपाल माल्भिका सुब्बा समेत विवादमा मुछिइन् ।

    माल्भिकामाथि गालीगलौजको वर्षा हुन थालेपछि केही सेलिब्रिटी उनको बचाउमा उत्रिए । केही अभिनेत्री र पूर्व मिस नेपालहरुले उनलाई हिम्मत नहार्न हौसला दिए ।

    तर, यसरी माल्भिकाको बचाउ गर्नेहरु पनि आलोचनाको तारो बन्न थालेका छन् । प्रस्तुतकर्ता, अभिनेता तथा गायक असिफ साहले फेसबुकमा स्टाटस नै लेखेर उनीहरुप्रति आफ्नो आक्रोश पोखे । यस विषयमा अभिनेत्री निशा अधिकारीसँग उनको बाझाबाझ नै भएको छ ।

    आसिफले गल्ति स्वीकार्दैमा गल्ति कम नहुने र नामको मात्र नारीवादी हुन बन्द गरौँ भन्ने आशयको स्टाटस हालेका थिए ।

    उक्त स्टाटस हालेको केहीबेरमै निशाले उनलाई दिग्गज व्यक्ति भएर यस्तो पोष्ट हालेको नसुहाएको भन्दै कमेन्ट गरिन् । दुईबीचको बादप्रतिवाद जस्ताको तस्तै :

    असिफ साहको पहिलो पोस्ट : डबल स्टयान्डर्ड । नेपाली सेलिब्रेटी भनाउँदाहरु ‘मोर पावर टु यु दिदी’ को नारा लाउँदैछन् । वाईयातहरु । गल्ति स्विकार्दैमा गल्ति कम हुन्छ ? शून्य शहनसिलताका नाटकीहरु । नो पावर टू यू ।

    निशा अधिकारीको कमेन्टः यो संवेदनशील विषयमा बोलेर हाम्रो असिफ दाईले पनि मास पोइन्ट र ब्राउनी पोइन्ट कमाइरहनु भएको छ । बलात्कारको कुरामा माफीको पछाडी लाग्नुभएको छ यस्तो दिग्गज व्यक्ति । एक वर्षभित्र रिपोर्ट गर्नुपर्ने कानुनी व्यवस्था संशोधनको माग भइराख्दा खोइ तपाईलाई त कतै देखिन त ? तर असिफ दाईलाई सेलिब्रेटीको कमेन्ट बाहेक अरु कुनै पनि कुरा नजर आएन । त्यसमा कमेन्ट गर्न पो अझ रमाईलो ? अझ लाईक्स, अझ फलोअर्स ! जिरो रेस्पेक्ट !

    अहिले त्यो पीडितको हात समाएर कानूनी व्यवस्था र नीतिबारेको ज्ञान राखेर बोल्न सक्ने क्षमता छैन भने त चुप लाग्नु नै ठीक होला । अहिलेसम्मको रेप केसहरु बिग्रेको यस्तै ब्राउनी पोइन्टहरु कलेक्ट गर्नाले हो । मिडियामा यत्रो लागेर यति ज्ञान नभएकोमा तपाईको संवेदनशीलतालाई ‘रेस्ट ईन पिस’ ।

    असिफ साहको जवाफः तिमीहरु आफ्नो सहुलियत र अनुकुलताअनुसार नारीवादको कवच लगाउँछौ । यस्ता पाखण्डीबाद सोचलाई हार्दिक श्रद्धाञ्जली ।

  • ‘मिस ग्लोबल’को त्यो सक्सेस पार्टी

    ‘मिस ग्लोबल’को त्यो सक्सेस पार्टी

    काठमाडौं । यौन उत्पीडनमा परेकी एक युवतीको दर्दनाक बयानले यति बेला सामाजिक सञ्जाल र समाजलाई हल्लाइदिएको छ । स्थानीय निर्वाचनलाई नै ओझेलमा पार्ने गरी सडकदेखि सांसदसम्म उनलाई न्यायको माग गर्दै आवाजहरू गुन्जिएका छन् ।

    आठ वर्ष अगाडि सन् २०१४ मा आयोजना भएको मिस ग्लोबल इन्टरनेसनल प्रतियोगिताका आयोजक मनोज पाण्डेले आफूमाथि बलात्कार गरेको आरोप युवतीले लगाएकी छन् । ती युवतीको भनाइअनुसार सक्सेस पार्टीको बहानामा बोलाएर एभरेस्ट होटेलको एउटा कोठामा उनीमाथि बलात्कार गरिएको थियो । त्यसपछि आफूसँग शारीरिक सम्बन्धको फोटो\भिडियोहरू रहेको भनेर ब्ल्याकमेलिङ गर्दै पिडकले ६ महिनासम्म निरन्तर यौन शोषण गरेको युवतीको बयान छ ।

    उनको कथा यति मात्र छैन । युवतीका अनुसार उनी जो–जो पुरुषसँग नजिक भइन्, उसैबाट यौन शोषणमा परिन् । २०१४ यता ४ जना ब्वाइफ्रेन्ड बनाएको र उनीहरू सबैले आफूसँग शारीरिक सम्बन्ध राखेर ‘एब्यूज’ गरेको उनले बताएकी छन् । निरन्तर यौन शोषणका कारण आफू डिप्रेसनमा परेको र आत्महत्या प्रयाससमेत गरेको उनको भनाइ छ । भिडियोमा निकै ‘एरोगेन्ट’ देखिएकी युवतीले आवेशमा प्रशस्त अमर्यादित शब्दहरू पनि प्रयोग गरेकी छन् ।

    अब प्रवेश गरौँ मिस ग्लोबल इन्टरनेसनलमा । यो प्रतियोगिताको पाचौं संस्करण आर्मी अफिसर्स क्लबमा २०१४ को सेप्टेम्बर ३ मा आयोजना भएको थियो । त्यही नै अन्तिम संस्करण बन्यो । आयोजकमाथि नै यौन शोषणको गम्भीर आरोप लागेपछि अर्को वर्षदेखि प्रतियोगिता बन्द भयो ।

    पाचौं तथा अन्तिम संस्करणमा निशा पाठक विजेता बनेकी थिइन् भने सुस्मिता रेग्मी फर्स्ट रनरअप र अर्चना पन्थी सेकेन्ड रनरअप भएका थिए । प्रतियोगिताको केही दिनपछि एभरेस्ट होटेलमा सक्सेस पार्टी आयोजना गरिएको थियो । उक्त पार्टीमा पूर्व मिसनेपाल माल्भिका सुब्बा उपस्थित थिइन्, जोमाथि युवतीले आफूलाई सहयोग नगरेको गुनासो पोखेकी छन् । पारस खड्का लगायतका केही क्रिकेटर पनि पार्टीमा थिए ।

    हेर्नुहाेस् सक्सेस पार्टीका केही तस्बिरहरू :

    सोही पार्टीको दिन आफूमाथि प्रतियोगिता आयोजक पाण्डेले बलात्कार गरेको आरोप पिडित युवतीले लगाएकी छन् । करिब ६ महिनासम्म ब्ल्याकमेलिङ गर्दै आफूमाथि पटक–पटक पाण्डेले बलात्कार गरेको युवतीले बताएकी छन् ।

    त्यस रातको घटना युवतीले यसरी बयान गरेकी छन् :

    ‘विनर भइसकेपछि एक दिन पिडकले मलाई फोन गरेर भन्यो कि तिमी रेडी भएर आऊ, किनकि हामी सक्सेस पार्टी आयोजना गर्न गइरहेका छौँ । म रेडी भएर एभरेस्ट होटेलमा पुगेँ । तर, त्यहाँ कोही पनि देखिनँ । खोइ त सबै जना भन्दा उसले भन्यो– तिमी चाँडै आयौँ, ६–७ बजे पार्टी स्टार्ट हुन्छ । अहिले बस्दै गर ।

    धेरै बेरपछि वेटरले आएर मलाई लेमनेड (कागतीको जुस) अफर गर्‍यो । लेमनेड विथ आइस । यो कुनै ड्रिंक पनि थिएन । उसले वेलकम ड्रिंक हो भन्यो र मैले पिएँ । त्यसको १०–१५ मिनेटपछि मलाई अलि झुम्म भयो । ‘मलाई अलिक कस्तो भयो, घर जान चाहन्छु’ भनेँ । तर उसले गाली गर्‍यो । तिमी विनर भएर पार्टीमा नबसेर हुन्छ ? अरूले के भन्छन् ? मिडियाले के भन्छन् ? भनेर प्रेसर गरेपछि मलाई पनि कुरा ठिकै लाग्यो । त्यसपछि उसले भन्यो– पार्टीमा केटीहरूले ड्रिंक गरेर बेहोस हुन सक्छन् भनेर एउटा रुम लिएर राखेको छु, तिमी त्यहीँ गएर रेस्ट गर्दै गर । सबै जना आएपछि उठाउन कसैलाई पठाउँछु भन्यो ।

    म त्यो रुममा गएँ । त्यसपछि म सम्झिन्छु, मेरो घरीघरी मात्र होस खुलिरहेको थियो । उ मभित्र छ । मलाई त्यस्तो गरिरहेको छ । घरीघरी मात्रै होसमा आउँथे म । उ त्यस्तो गरिरहेको हुन्थ्यो । एकदमै पिडा भइरहेको थियो बेहोसीमा पनि । बिहान साढे चार–साढे ५ बजेतिर मेरो पूरा होस खुल्यो । त्यो व्यक्ति मेरो छेउमा नांगै सुतिरहेको देखेँ । म पनि नग्न छु । ओछ्यानमा रगत लतपतिएको छ । म चिच्याएँ, कराएँ । त्यो मान्छेले मलाई ब्यागमा २० हजार रुपैयाँ राखिदिएको छु, लैजाऊ भन्यो । म ऐना हेर्दै रोइरहेकी थिएँ । उसले नै ट्याक्सी बोलायो । म लुगा लगाएर ब्याग बोकेर हिँडेँ ।

    युवतीको यो दर्दनाक बयानमा एउटा गम्भीर विरोधाभास भने भेटिन्छ । उनले प्रतियोगिताको सक्सेस पार्टीका दिन घटना भएको बताएकी छन् । यद्यपि, एभरेस्ट होटेलमा भएको सक्सेस पार्टीमा उनी सकुशल सहभागी भएकी थिइन् । मिस ग्लोबलले २०१४ को सक्सेस पार्टी भनेर फेसबुकमा राखेका तस्बिरहरू अहिले पनि यथावत् छन्, जसमा उनलाई पनि देख्न सकिन्छ । उनी पार्टीमा सामान्य अवस्था नै प्रस्तुत भएको त्यस बेलाका एक प्रत्यक्षदर्शीले बताए । सक्सेस पार्टी सकिएपछि घटना भएको उनको बयानबाट बुझिँदैन ।

    प्रश्न उठ्छ सक्सेस पार्टी त्यस दिन नभएर बलात्कारको घटनाभन्दा अघि वा पछि भएको हो त ? यदि त्यसअघि नै पार्टी भइसकेको थियो भने सक्सेस पार्टी भनेर उनलाई बोलाइने थिएन । पछि भएको थियो भने उनी जाने थिइनन् । साथै, बलात्कारीले दिएको २० हजार रुपैयाँ उनले फिर्ता नगरी किन बोकेर हिँडिन् भन्ने पनि खुलेको छैन । यस्ता अप्रष्टतालाई उनले प्रहरीलाई प्रस्ट्याउलिन् नै ।

    अफेयर र शोषणका श्रृंखला

    एक महिना चलेको मिस ग्लोबल इन्टरनेसनल प्रतियोगिताका क्रममा युवती आयोजक संस्थाका पाण्डेसँग नजिकिएकी थिइन् । त्यस बेला उनीहरूबिच अफेयरको हल्ला पनि चलेको थियो । युवतीले पाण्डे विवाहित भएको कुरा केही पछि मात्रै थाहा पाएकी थिइन् । तर, युवती आफैँले बताएअनुसार उनी त्यस बेला खड्का थरका युवकसँग औपचारिक रिलेसनसीपमा थिइन् ।

    आफूमाथि भएको यौन उत्पीडनबारे प्रेमीलाई बताएपछि उनले साथ दिएको युवतीको भनाइ छ । उनी आफ्नो प्रेमीलाई लिएर पाण्डेको कन्सल्टेन्सीमा पुगेकी थिइन् । त्यहाँ उनका प्रेमीले पाण्डेलाई कुटेका थिए । त्यसपछि पाण्डेले अब आइन्दा यो प्रतियोगिता नै आयोजना नगर्न सहमति जनाएका थिए ।

    युवतीका अनुसार उनले सुरुमा कानूनी प्रक्रियामा जाने सोच बनाए पनि खड्का प्रेमीले नजान सल्लाह दिएका थिए । पछि खड्काले नै आफूमाथि शंका गरेपछि प्रेमी बदलेको उनले बताएकी छन् । त्यसपछि बनाएका तीन प्रेमीबाट पनि उनलाई राहत मिलेन । एक प्रेमीले त आफूलाई पब्लिक रेस्टुरेन्टमा नै अप्राकृतिक क्रियाकलाप गर्न लगाउने गरेको पीडा उनले उजागर गरेकी छन् ।

    सचेतनाको आवश्यकता

    बयानमा तलमाथि हुन सक्ला, तर आफूमाथि भएको यौन शोषण सार्वजनिक गर्ने हिम्मत गर्नु नै ठूलो कुरा हो । यस्तो विषयलाई बाहिर ल्याउनका निम्ति कुनै पनि केटी मान्छेले ठूलो साहस जुटाउनुपर्छ । समाज जति आधुनिक बने पनि एउटी बलात्कृत केटीलाई सम्मानित नजरले हेर्ने चेतनास्तर अझै विकास भइसकेको छैन ।

    उमेरगत अपरिपक्वता र लोकलाजका कारण पीडित युवती समयमै कानूनी लडाइँमा जान सकिनन् । अहिले आएर उक्त घटनामाथि मुद्दा चल्ने आधार कमजोर बनेको छ, किनकि नाबालिग बलात्कारको हदम्याद एक वर्ष मात्र हुन्छ । यद्यपि कम्तीमा उनले आफूलाई हलुका बनाइन् र समाजलाई झकझक्याइन् ।

    यो भिडियो श्रृंखला हेरिसकेपछि हरेक बाबुआमालाई चिन्तित र व्यग्र बनाउँछ । के बुबाआमाले आफ्ना छोरीहरूलाई एक्लै घरबाट बाहिर पठाउनै नसक्ने अवस्था आइसकेको हो त ? के समाज यति विद्रूप भइसक्यो ? प्रश्नहरू उब्जिन्छन् । एक नाबालिग गायिकामाथि चर्चित सेलिब्रिटीबाट भएको यौन शोषणको घटना सेलाएको छैन । उक्त घटनामा समाज पीडित र पिडकको पक्षमा विभाजित थियो । तर, अहिलेको घटनामा भने पीडित युवतीतिर सबैको सहानुभूति सोहोरिएको छ । बलात्कारको मुद्दामा हदम्याद राख्नु ठिक हो कि होइन भन्ने पनि बहस भइरहेका छन् ।

    नेपालको संविधान र कानून महिलाको पक्षमा निकै कठोर छ । यौनजन्य अपराधका घटनाहरूमा कडाभन्दा कडा सजायको व्यवस्थाहरू गरिएका छन् । त्यसका बाबजुद पनि महिला हिंसाका घटनाहरूमा कमी आएको छैन । त्यसैले समस्या कानूनको भन्दा पनि चेतनाको हो । यदि यी पीडितलाई आफूमाथि भएको अपराध विरुद्ध बेलैमा कानूनी उपचारमा जानुपर्छ भन्ने चेतना र ज्ञान भएको भए पक्कै पनि ८ वर्षसम्म पिडा लुकाएर बस्ने थिइनन् । पिडक अहिले जेलमै हुन्थे । यो घटनाले बालिका र किशारीहरुलाई यौन अपराध सम्बन्धी कानूनी शिक्षाको टड्कारो आवश्यकता देखाएको छ । साथै, उमेर नपुगेसम्म सकभर प्रेम नपर्न र परेको खण्डमा पनि शारीरिक सम्बन्धबाट टाढा रहने सचेतना हरेक बाबुआमाले आफ्ना सन्तानलाई दिनु आवश्यक देखिएको छ ।

  • नेपाली सेलिब्रेटीहरुलाई नाटककर्ताहरुको संज्ञा दिएका असिफ शाहको प्रश्न– स्वीकार्दैमा गल्ती कम हुन्छ ?

    नेपाली सेलिब्रेटीहरुलाई नाटककर्ताहरुको संज्ञा दिएका असिफ शाहको प्रश्न– स्वीकार्दैमा गल्ती कम हुन्छ ?

    काठमाडौं । सुन्दरी प्रतियोगितामा भाग लिएर केही गर्ने र अभिनेत्री वा मोडल बन्ने सपनाले मनोरञ्जनको दुनियाँमा छिरेकी एक युवतीलाई कार्यक्रम आयोजकले नै ६ महिनासम्म बारम्बार बलात्कार गरेको घटनाले अहिले चारैतिर माहोल तातिरहेको छ।

    उक्त घटनामा पूर्वमिस नेपाल माल्भिका सुब्बा पनि जोडिएपछि यो केशले झन् ठूलो मोड लिएको छ। आफू बारम्बार बलात्कृत भएपछि मद्दतको लागि फोन गर्दा माल्भिकाले ‘यो मेरो समस्या होइन। मलाई किन सुनाइरहेको छौं ? तिमी रेप भएको हो, त्यो तिम्रो समस्या हो’ भनेर फोन राखेको भन्ने पीडितको भनाइ छ ।

    यतिबेला पीडितलाई न्यायको माग गर्दै कलाकार र विभिन्न व्यक्तिहरुले आफ्नो सामाजिक सञ्जालमार्फत आवाज उठाइरहेका छन् । यता पीडितलाई न्याय मागिराख्दा धेरै कलाकारहरुले माल्भिका पक्षबाट पनि आफ्नो भनाइ राखिरहेका छन् ।

    अभिनेत्रीहरु प्रियंका कार्की, उषा रजक, पूर्वमिस नेपालहरु श्रृङ्खला खतिवडा, जेनिसा मोक्तान, सीताश्मा चन्द, सुगरिका केसी, नीति शाहलगायतले सुब्बालाई नआत्तिन र हिम्मत नहार्न पावर मिलोस् भन्दै उनलाई कमेन्ट र आफ्नो पोष्टमार्फत प्रेरित गरिरहको छन् ।

    तर, अभिनेता तथा गायक असिफ शाहले भने नेपाली सेलिब्रेटीले सुब्बालाई प्रोत्साहन गर्नु गलत भएको जिकिर गरेका छन् ।

    उनले आफ्नो सामाजिक सञ्जालमा नाटककर्ताहरु भन्दै पोष्ट लेखेका छन् । उनी लेख्छन, ‘डबल स्ट्यान्डर्ड नेपाली सेलिब्रेटी भनाउँदाहरु ‘मोर पावर टु यु दिदी’ को नारा लाउदैछन् । वाइयातहरु ! गल्ती स्वीकार्दैमा गल्ती कम हुन्छ ? जिरो टोलेरेन्स (शून्य सहनशीलता) का नाटककर्ताहरु । नो पावर टु यु ।’

    उनको यो भनाइमा टिकटक क्विन रेश्मा घिमिरेसहित धेरैले सहमति जनाएका छन् । नारीवादको नारा लाएर हिँडने तर बलात्कार भएको थाहा हुँदा पनि वास्ता नगर्ने व्यक्तिलाई नै धेरैले सहानुभूति दिएको अपाच्य भएको र माफ माग्दा वा गल्ती स्वीकार्दा कोही सानो हुँदैन भन्ने उनको पोष्टको आशय देखिन्छ ।

  • बेरोजगारीका पीडा बोकेको ‘रहरले परदेशी कोही हुन्न’ गीत सार्वजनिक

    बेरोजगारीका पीडा बोकेको ‘रहरले परदेशी कोही हुन्न’ गीत सार्वजनिक

    काठमाडौं । अभाव, आवश्यकता र बाध्यताले देश छोडेर विदेशिन विवश लाखौँ नेपाली युवाको साझा अनि सत्य कथा गीतको रूपमा सार्वजनिक भएको छ ।

    गुरिल्ला रक क्रियसनको पहिलो प्रस्तुतिस्वरूप साईराम पिक्चर्स युट्युब च्यानलमार्फत ‘रहरले परदेशी कोही हुन्न’ सार्वजनिक भएको हो । गीतले शैक्षिक बेरोजगार अनि स्वदेशमा व्याप्त बेरोजगारी समस्याले उत्पन्न गरेको परिस्थितिलाई उजागर गरेको छ ।

    आफ्नै देशमा कामको अवसर भए कसैलाई विदेशिने रहर नहुने गीतका शब्दहरूमा उल्लेख छन् । गीतमा गणेश खड्काको शब्द, राजनराज शिवाकोटीको सङ्गीत, स्वरूपराज आचार्य र रचना रिमालको स्वर तथा नरेन्द्र वियोगीको सङ्गीत संयोजन छ ।

    सेसेल्स र नेपालमा छायांकन गरिएको गीतको भिडिओ सुरेश पाण्डेले निर्देशन र पंकज श्रेष्ठले सह-निर्देशन गरेका छन् ।