Category: कलाप्रेस

  • विगत सम्झँदै दिपकराज गिरीले लेखे- ‘महानायक राजेश हमाल दाइलाई नरसिंहा: अवतार’को शुभकामना

    विगत सम्झँदै दिपकराज गिरीले लेखे- ‘महानायक राजेश हमाल दाइलाई नरसिंहा: अवतार’को शुभकामना

    काठमाडौं । राजेश हमालसँग काम गरेको विगत कोट्याउँदै अभिनेता दीपकराज गिरीले भोलिबाट प्रदर्शनमा आउने चलचित्र ‘नरसिंहा : अवतार’लाई शुभकाना दिएका छन् ।

    गिरीले फेसबुकमा एक पोस्ट लेख्दै आफूले ठूलो पर्दामा डेव्यु गरेको चलचित्र ‘चोर’देखि आफूले निर्माण गरेको ‘छ एकान छ’मा समेत हमालले अभिनय गरिदिएर गुण लगाएको उल्लेख गरेका छन् ।

    आफ्नो चलचित्रले सफलता हात पार्दा हलमा आएर बधाई समेत दिएको उल्लेख गर्दै गिरीले लेखेका छन्, ‘कोभिडको महामारीको बेला मेरो सहकर्मीबाट यस्तो वेला समाजले अभिभावकत्व खोजिरहेको छ भन्ने आशयको अभिव्यक्ति दिँदा केही त्रुटि हुन गयो । जसलाई संजालले यसरी ट्वीस्ट गरिदियो कि उहाँलाई जनताले दिएको पदविमै हाम्रो आपत्ति छ वा दाबी छ भन्ने भाष्य निर्माण हुन गयो । जुन उदेकलाग्दो, अपत्यारिलो र असहज थियो ।’

    तर आफूहरूको हमालप्रति कुनै रिसिबी या उनले पाएको ‘महानायक’को पदविप्रति कुनै दाबी या आपत्ति नभएको बताएका छन् । आजका दिनसम्म पनि हमाललाई भेट्दा आदरभावले भेटेको बताएका छन् ।

    ‘कुछ तो लोंग कहेंगे’ भन्दै उनले अन्तिममा लेखेका छन्, ‘आठ वर्षपछि रजतपटमा आफ्नो चलचित्र लिएर फर्किनुभएक आदरणीय महानायक राजेश हमाल दाईलाई न’रसिंहा : अवतार’को धेरै शुभकामना ।’

    गिरी र छक्कापन्जा टिमले हमाललाई महानायक नमानेको भन्दै संजाल प्रयोगकर्ताले निरन्तरजसो गाली गरिरहने गरेका थिए । चार वर्षअघि एक अन्तर्वार्तामा अभिनेत्री दीपाश्री निरौलाले हमालमाथि गरेको टिप्पणीका आधारमा उनीहरू संजाल प्रयोगकर्ताको निशानामा पर्ने गरेका छन् ।

  • चलचित्र पत्रकारिता- घोडाले घाँससँग मीत लगायो भने के हुन्छ ?

    चलचित्र पत्रकारिता- घोडाले घाँससँग मीत लगायो भने के हुन्छ ?

    शीर्षकका तीन प्रश्नको घेराभित्र आज पनि चलचित्र पत्रकारिता कैद छ । उक्त विधामा काम गर्ने पत्रकार संगठित चलचित्र पत्रकार संघले जेठ ७ मा २६ औं स्थापना दिवस मनायो । यसै सन्दर्भमा यी जीवित प्रश्न फेरि उठाइएको हो ।

    २०५५ सालमा उक्त संघ स्थापना गर्ने र त्यसलाई प्रशासनिक वैधतासहित अगाडि बढाउने अवधारणा बनाइँदा पंक्तिकार त्यसको सक्रिय सहभागी र पदका हिसाबले संस्थापक सचिव हो । त्यसअघिबाटै प्रश्नहरु ज्यूँका त्यूँ थिए, पत्रकार किन हुने ? को हुने ? कसरी हुने ? ती प्रश्नको हल आजसम्म पनि भएको छैन ।

    चलचित्र पत्रकार संघ स्थापना गर्दा त्यसको अलग्गै कार्यालय थिएन । संस्थापक महासचिव शान्तिप्रियको डिल्लीबजारस्थित कार्यालयमा जमघट भएर स्थापना भयो । केही समय त्यहीँ कार्यालय रह्यो । पछि रेडियोकर्मी रवि श्रेष्ठले नक्सालस्थित आफ्नो स्टुडियोमा सानो ठाउँ दिए, त्यहीँ कार्यालय भयो ।

    यसपालि पूर्वको सुन्दर नगरी इलाममा भव्यसँग स्थापना दिवस मनाएको उक्त संघको प्रारम्भकालीन स्थापना दिवसका दुःख अलग्गै थिए । चलचित्र स्तम्भ लेखेर पत्रकारिता चलाउनेका दुःख भनिसाध्ये थिएन । पारिश्रमिक प्रायः हात पर्दैन थियो । उल्टै ‘फिल्मका विज्ञापन भए ल्याऊ, सबै पैसा लैजाऊ’ भन्ने सम्पादक र प्रकाशक भेटिन्थे । त्यो स्थितिमा पहिलो, दोस्रो र तेस्रो वर्षका स्थापना दिवसहरु कसरी मनाइयो भन्ने कुरा यहाँ लेख्दा सिंगो संस्था र पेशाकै धज्जी उड्छ । भो, नलोखौं ।

    वर्षमा २२-२५ वटा फिल्म बन्थे । तीमध्ये १-२ फिल्म हिट हुन्थे । निर्माण लगात कम थियो । ३० देखि ३५ र ४० लाखसम्ममा फिल्म तयार हुन्थे । आजजस्तो प्रविधिको विकास भइसकेको थिएन । प्रायः ३५ एमएमको पर्दामा देखाइने फिल्म बन्थे । ७० एमएममा हेरिने सिनेमास्कोप छिटपुटमात्रै बन्थे । सिनेमास्कोपमा जति फिल्म बने, सबै डुबे ।

    नेपाली पत्रकारले नेपाली चलचित्रको श्रीवृद्धि र उत्थानकै पक्षमा काम गर्नुपर्छ । तर, घोडाले घाँससँग मीत लगायो भने घोडा भोकै मर्छ भनेजस्तो पत्रकारले पत्रकारिता छोडेर चलचित्रकारिता गर्दा पत्रकारिता क्रमशः मर्दै जान्छ । आजको चलचित्र पत्रकारिताको अर्को चुनौतीको विषय हो यो ।

    चलचित्र पत्रकारले पेशामा आश्रित हुनका लागि व्यवसायिक तथा उल्लेख्य लगानीका सञ्चार माध्यम थिएनन् । दैनिकमा गोरखापत्र, कान्तिपुर, हिमालय टाइम्समात्र थिए । नेपाल टेलिभिजन र रेडियो नेपालको एकछत्र उपस्थिति थियो । एफएम शुरू भइसकेका थिए । तर, रेडियो नेपालकै १०० मेगाहर्जभित्र समय किनेर कान्तिपुर, इमेज, क्लासिक, अध्यात्म ज्योतिसहितका एफएम चल्थे । उनीहरु २०५६-०५७ सालपछि मात्रै आफ्नै फ्रिक्वेन्सी र स्टेशनबाट चल्न थाले । त्यसअघि चलचित्र विधाका पत्रकारका दिन कष्टदायक थिए । र, त्यही कष्टका बीच चलचित्र पत्रकार संघ स्थापना भएको थियो ।

    छोटकरीमा बुझौं कि, चलचित्र पत्रकार संघले आफ्नै हैसियत र क्षमताले स्थापना दिवसहरू धेरै पछिमात्रै मनायो ।

    दुःखहरू जस्ता भए पनि चलचित्र पत्रकारिता फाँटका प्रश्नहरु उही र उस्तै छन् । जतिबेला संघ स्थापनाका तयारी भइरहेका थिए, प्रश्नहरू त्यही बेला जन्मिए ।

    २०५५ साल जेठ ७ को संघ स्थापनाताकाको ऐतिहासिक दस्तावेज ।

    संघको स्थापनाकालमा ‘शान्तिप्रिय अड्डा’ मा मोहन निरौला, दिनेश डीसी, दिपकराज गिरी, जितु नेपाल, दमन रुपाखेती, दीपाश्री निरौला, श्रीषा कार्की, उत्तम केसीहरुको बाक्लो आवतजावत चल्थ्यो । तीमध्ये डीसी चलचित्र आधारित टेलिभिजन कार्यक्रम चलाउँथे । दिपकराज गिरी पहिला रेडियो नेपाल र पछि कान्तिपुर एफएममा त्यस्तै कार्यक्रम चलाउँथे ।

    चलचित्रमा आधारित पत्रकारिता गर्ने वा विभिन्न सञ्चारमाध्यममा आवद्ध रही चलचित्र प्रवद्र्धनको भूमिका खेल्ने व्यक्तिलाई चलचित्र पत्रकार संघको सदस्य बनाउने भन्ने नीति थियो । तर, त्यो नीतिले पत्रकारभन्दा बढी चलचित्रकर्मी सदस्य हुने भए । किनभने, दिनेश डीसी, दिपकराज गिरीहरु जस्ता चलचित्रआश्रित व्यक्तिहरु रेडियो र टेलिभिजनमा चलचित्र प्रवद्र्धनात्मक कार्यक्रमको निर्माण र प्रस्तुतिमा सक्रिय थिए । यी प्रतिनिधि नाम हुन्, यस्ता थुप्रै थिए ।

    त्यसैले चलचित्र पत्रकार संघलाई पत्रकारमात्रैको संस्था बनाउने कुरा निकै पेचिलो थियो । त्यसबेला काठमाडौंबाट तीन राष्ट्रिय दैनिक, करिव एक दर्जन सन्ध्याकालीन दैनिक, एक-एक वटा रेडियो र टेलिभिजन स्टेशन थिए । हामीले अनेकपटक गन्दा पनि क्रियाशील चलचित्र पत्रकारको संख्या ७०-७५ भन्दा बढी निस्किएन । यद्यपि, संघलाई पत्रकारमात्रैको बनाउने कुरा प्रकारान्तरमा सम्भव भयो ।

    किनभने, एफएम स्टेशन खुल्न थाले । त्यसका थुप्रै कार्यक्रम प्रस्तोता पत्रकारिताअन्तर्गतको शैलीमा पेश हुन थाले । चलचित्र, संगीत र त्यसमा पनि दोहोरीका कार्यक्रम प्रस्तोतालाई पत्रकार मान्ने भनेपछि त्यहाँबाट उत्पादित थुप्रै व्यक्ति आज पनि चलचित्र पत्रकारितामा संलग्न छन् ।

    पछि दैनिक र व्यवसायिक अखबार प्रकाशनको क्रम बढ्यो । त्यससँगै पत्रकारले तलब र सुविधा पाउने क्रम बढ्यो । टेलिभिजन स्टेशन थपिए । यो क्रम केवल काठमाडौंमा मात्र सिमित रहेन, जिल्ला–जिल्लामा पुग्यो । हामीले कास्कीबाट शुरु गरेको शाखा स्थापना गर्ने क्रम अहिले देशव्यापी भएको छ ।

    यद्यपि, चलत्रिच पत्रकारितामाथिका केही प्रश्न जीवित रहे ।

    किन हुने चलचित्र पत्रकार ?

    पत्रकारिता विषयभित्र चलचित्र अलग्गै विषय होइन । वा, अरु कुनै विधागत पत्रकारिता पनि अलग्गै विषय हैनन् । पत्रकारिताको ‘कखरा’ भनेकै ‘फाइभ डब्ल्यु वन एच’ हो, चाहे जुनसुकै विषय, विधा वा क्षेत्रमा आधारित भएर गरिएको पत्रकारिता किन नहोस् ।

    विषयगत विज्ञता र विशिष्टताका आधारमा जो पत्रकार जे कुराको जानकार वा विज्ञ छ, उसले त्यो क्षेत्र रोज्ने क्रममा विधागत पत्रकारिता संस्थागत हुँदै गएको हो । चलचित्र पनि त्यसरी नै पत्रकारिताको अलग्गै विधा बनेको हो ।

    एउटा पत्रकारले चलचित्र पक्षको वा त्यो क्षेत्रमा आधारित भएर काम गर्दैमा त्यसबाहेकका काम किन गर्दैन ? कोही मान्छे किन चलचित्र पत्रकारमात्रै भइरहन चाहन्छ ? चलचित्रप्रतिको समर्पण, त्यो क्षेत्रको उत्थानप्रति प्रतिवद्ध भएर हो वा अर्को विधाप्रति आकर्षण नभएर ?

    यस्ता प्रश्नको निरुपण चलचित्र पत्रकार संघले गर्नुपर्ने छ । संघका कूल सदस्यभित्र पत्रकारिताका जुनकुनै विधामा काम गर्नसक्नेको संख्या कति छ ? सदस्यमध्ये चलचित्रपक्षीय कति छन्, पत्रकारितापक्षीय कति छन् ? यो खुट्याउनुपर्छ । त्यसै पनि चलचित्र पत्रकार संघ पत्रकारिताको आँखाबाट हेर्दा चलचित्रपक्षीय र चलचित्रकर्मको आँखाबाट हेर्दा पत्रकारपक्षीय हो नै । यसको चरीत्र, उद्देश्य र कार्य प्रकृति नै त्यस्तो हो । यद्यपि, चलचित्र पत्रकारिता चलचित्र कर्म हैन, पत्रकारिताअन्तर्गतको कर्म हो भन्ने कुरालाई स्थापित र प्रमाणित गर्ने चुनौति आज पनि चलचित्र पत्रकार संघसँग छ ।

    को हुने चलचित्र पत्रकार ?

    मोहन निरौला पत्रकार थिए । पछि कलाकार, लेखक र निर्देशक भए ।

    नारायण पुरी, प्रकाश सायमी, केपी पाठक र यस्ता थुप्रै व्यक्ति पहिला पत्रकारमात्रै थिए । त्यही आवरण र पृष्ठभूमिका आधारमा उनीहरु क्रमशः चलचित्रकर्ममा रुपान्तरित भए । पत्रकारिता उनीहरुका लागि चलचित्रकर्मी बन्ने माध्यममात्र थियो, पत्रकारिताका लागि पत्रकार भएका होइन रहेछन् ।

    किशोर नेपाल कुनै बेला तिख्खर चलचित्र समीक्षक थिए । गीतकार नै भए पनि रमण घिमिरेको पहिचान पत्रकारकै रुपमा छ । नारायण वाग्ले, सुधीर शर्माहरुले ‘पर्दा’ नामक म्यागेजिनमा चलचित्र पत्रकारिता नै गर्थे । उनीहरू पत्रकारितापक्षीय भए । कामको विधा फेरे पनि आजसम्म पत्रकार नै रहे ।

    यसपालि पूर्वको सुन्दर नगरी इलाममा भव्यसँग स्थापना दिवस मनाएको उक्त संघको प्रारम्भकालीन स्थापना दिवसका दुःख अलग्गै थिए । चलचित्र स्तम्भ लेखेर पत्रकारिता चलाउनेका दुःख भनिसाध्ये थिएन । पारिश्रमिक प्रायः हात पर्दैन थियो । उल्टै ‘फिल्मका विज्ञापन भए ल्याऊ, सबै पैसा लैजाऊ’ भन्ने सम्पादक र प्रकाशक भेटिन्थे ।

    त्यसैले चलचित्र पत्रकारिताको अर्को चुनौति भनेको त्यो क्षेत्रमा काम गरेका पत्रकारले केबल पत्रकारकै रूपमा काम गर्ने कि त्यो आडमा चलचित्रकर्मीका रूपमा रुपान्तरण हुने ? भन्ने हो । जस्तो कि, पछिल्लो समय लक्ष्मण सुवेदीले पत्रकारिता छाडे, चलचित्रकर्मी भए ।

    ‘घोडाले घाँससँग मित लगायो भने के हुन्छ ?’ चलचित्र क्षेत्रमा पत्रकारिता गर्न गएको मान्छेले त्यहाँ सूचना र समाचार पर्गेल्न छोडेर त्यो परिवेशभित्र आफूलाई समेट्न खोज्दा पत्रकारिता मर्छ । फिल्मकारिता फस्टाउँछ । फिल्मकारिता नफस्टाउनुपर्ने कारण छैन । नेपाली पत्रकारले नेपाली चलचित्रको श्रीवृद्धि र उत्थानकै पक्षमा काम गर्नुपर्छ । तर, घोडाले घाँससँग मीत लगायो भने घोडा भोकै मर्छ भनेजस्तो पत्रकारले पत्रकारिता छोडेर चलचित्रकारिता गर्दा पत्रकारिता क्रमशः मर्दै जान्छ । आजको चलचित्र पत्रकारिताको अर्को चुनौतीको विषय हो यो ।

    कसरी हुने चलचित्र पत्रकार ?

    विधागत पत्रकारिता भनेको विषय विज्ञतामा आधारित हुनु हो । चलचित्रका विभिन्न पक्षको ज्ञान नभएको व्यक्ति सही अर्थमा चलचित्र पत्रकार हुन सक्दैन । चलचित्रकर्मी चिनेका भरमा र तिनका गतिविधि सम्प्रेषण गरेका आधारमा मात्रै चलचित्र पत्रकार चलन नेपालमा विद्यमान छ । एउटा चलचित्र पत्रकार वा समीक्षकले चलचित्रको समीक्षा लेख्दा कलाकारका चालढाल, डाइरेक्टर र लेखकका चर्चा, परिचर्चामात्रै लेख्ने कि त्यसका प्राविधिक विषयमा पनि टिप्पणी गर्ने ?

    २०५५ सालमा उक्त संघ स्थापना गर्ने र त्यसलाई प्रशासनिक वैधतासहित अगाडि बढाउने अवधारणा बनाइँदा पंक्तिकार त्यसको सक्रिय सहभागी र पदका हिसाबले संस्थापक सचिव हो । त्यसअघिबाटै प्रश्नहरु ज्यूँका त्यूँ थिए, पत्रकार किन हुने ? को हुने ? कसरी हुने ? ती प्रश्नको हल आजसम्म पनि भएको छैन ।

    क्यामेरा, लाइट र साउण्डका प्राविधिक ज्ञान भएका चलचित्र पत्रकार थोरै छन् । चलचित्रका सूत्र वा व्याकरण के हो ? कुन चलचित्र त्यसको सूत्र वा व्याकरणभित्र निर्मित छन् ? अभिनयकला, त्यसका भाव र भंगिमाको विश्लेषण कत्तिको हुन्छ ? संगीतको समीक्षा हुन्छ । तर, शब्दमा केन्द्रित भए । सुरताल खुट्याउने क्षमताका पत्रकार कति छन् ? राग, लय र ताल जान्ने वा बुझ्ने पत्रकार कति छन् ? ती कुरा नजानी वा त्यसमा भएका राम्रा वा नराम्रा कुरा खुट्याउन सक्ने नभई कोही कसरी चलचित्र पत्रकार भइरहेका छन् ?

    चलचित्र पत्रकार संघ र सम्वद्ध व्यक्तिहरु यस्ता विषयमा गम्भीर हुनुपर्छ ।

    साँचो कुरा भन्नुपर्दा, पंक्तिकार यी र यस्ता विषयमा अल्मलिएर वा विषय विज्ञता आर्जन गर्न इच्छुक नभएका कारण त्यो क्षेत्रबाट अर्कै विधाको पत्रकारितामा संलग्न भएको यस पंक्तिका पाठक स्पष्ट हुनुपर्छ ।

    हामीले चलचित्र पत्रकार संघ स्थापना गर्दा ‘मर्यादित पत्रकारिता’ भनेका थियौं । आजको चलचित्र पत्रकारिता मर्यादित छ । तर, पत्रकारिता कति पत्रकारिताको पक्षमा र कति चलचित्रकारिताको पक्षमा छ भन्ने कुरामा गम्भीर हुनुपर्छ । यो भनेको पत्रकारिता चलचित्रप्रति पूर्वाग्रही हुनुपर्छ भनिएको होइन । तर, पत्रकार चलचित्रप्रति भन्दा पत्रकारिताप्रति बढी इमान्दार हुनुपर्छ भन्ने बहस हो ।

  • प्रचण्ड भाष्करलाई साथीहरूको सम्झना : कच्ची रोडसँगैका पक्की चोटहरु

    प्रचण्ड भाष्करलाई साथीहरूको सम्झना : कच्ची रोडसँगैका पक्की चोटहरु

    काठमाडौं ।

    पीडाको हद हेर्न
    निस्किएको हुँ नरकको बाटो
    कृपया !
    मेरो मृत्युमा
    श्रद्धाञ्जली नलेखिदिनु होला ।

    उसो त उल्लेखित कविता कवि प्रचण्ड भाष्करले रोस्टममा उभिएर आफैँ वाचन गरिरहेको हुनुपर्ने थियो । जीवन र मृत्युको संघारमा उभिएर उज्यालोको पक्षमा लेखिएका उनका अन्य कविताहरू पनि प्रचण्ड स्वयंले वाचन गरिरहेको हुनुपर्ने थियो ।

    आफ्नो कविता संग्रहको विमोचनमा आफैँ उपस्थिति हुनुपर्ने थियो । समृद्ध काव्यचेतमार्फत् राज्यसत्तामाथि आम मानिसको गुनासोको प्रतिनिधित्व गरिरहेको हुनुपर्ने थियो । आफ्ना प्रिय पाठकलाई आफैँले अटोग्राफ दिँदै गरेको हुनुपर्ने थियो ।

    तर, समय यति कठोर भएर आयो कि प्रचण्ड भाष्करका सृजनशीलतालाई सदाको लागि लिएर गयो । मुखको क्यान्सरका कारण २०८० कात्तिक ९ गते उनको मृत्यु भयो । साथीभाइ, शुभचिन्तक र प्रिय पाठकहरू राडारबाट सदाको लागि बाहिरिए, कहिल्यै नफर्किने गरी ।

    तीन दशक पनि राम्रोसँग पूरा नगरेका कञ्चनपुरका कवि प्रचण्डको भौतिक शरीर संसारमाझ रहेन । तर, उनले पाठकहरूको मन मस्तिष्कमा सधैँभरि बाँचिरहने गरी सुन्दर कविताहरू भने छाडेर गए । आफ्नो सृजनशीलताको ओज र शक्तिलाई कविताप्रेमीहरुको अँजुलीमा थमाएर गए ।

    यही कारण दिवंगत प्रचण्डको सम्झनामा उनका साथीहरूले एक कविता संग्रह बजार ल्याउँदै छन्, ‘कच्ची रोडसँगैका पक्की चोटहरू’ । यसको नेतृत्व गरिरहेका छन् अर्का कवि दोस्ताज महेशले ।

    महेश सुनाउँछन्, ‘प्रचण्ड जी र हाम्रो चिनजान कविताले गराएको हो । कविता थिएन भने उहाँ र हामीबीचमा यति गहिरो भावनात्मक सम्बन्ध निर्माण नै हुने थिएन । त्यसैले साथीको सम्मान स्वरूप हामी साथीहरू मिलेर यो संग्रह ल्याउने कोसिस गरेका हौँ ।’

    दोस्ताजसँगै युनिक धमला, इन्दु धामी, अहमद शाहील लगायत प्रचण्डका साथीहरू मिलेर यो संग्रह ल्याउन लागेका छन् । संग्रहमा प्रचण्डका ६० भन्दा बढी कविताहरू छन् । नेपालीको अलावा उनले लेखेका हिन्दी कविताहरू पनि समावेश गरिएका छन् ।

    मुखको क्यान्सर भएपछि प्रचण्डको उपचार नेपालमा भयो । साथै उनलाई भारतसम्म लगेर उपचार गरियो । तर, क्यान्सर निको भएन । त्यही क्यान्सरले प्रचण्डलाई लिएर गयो । पारिवारिक स्रोतका अनुसार प्रचण्डको उपचारमा मात्रै ५०–६० लाख रुपैयाँ खर्च भएको थियो ।

    आर्थिक स्थिति कमजोर भएकाले उनका साथीहरूले सञ्जालमा सहयोग अभियान समेत चलाएका थिए । उक्त अभियानबाट केही रकम समेत उठेको थियो । दोस्ताज महेशले आफ्नै कविताहरूको पीडिएफ फाइल बनाएर प्रचण्डको उपचार सहयोगार्थ बिक्री पनि गरेका थिए ।

    ‘मेरो कविताहरूको पीडिएफ बनाएर अनलाइनमा बेचेको थिएँ । मूल्य ६१ रुपैयाँ राखेको थिएँ । मोबाइल बैंकिङको स्क्यानर चाहिँ प्रचण्ड जीको राखिदिएको थिएँ । त्यहाँबाट केही सहयोग रकम उठ्यो,’ दोस्ताज सुनाउँछन्, ‘अन्य साथीहरूले पनि सहयोग गरेका थिए । तर, सहयोग उठेको रकम केही साथीहरूले खाइदिए भन्ने गुनासो समेत आयो । अस्पतालको बेडमा लडिरहेको बिरामीको सहयोगमा उठेको रकम त्यसो नगरिदिएको भए हुने । त्यो बेइमानी भयो ।’

    प्रचण्ड बितेपछि दोस्ताज उसकै घरमा गए । घरबाट प्रचण्डले लेखेका कविताहरू उठाएर ल्याए । प्रचण्डको सम्झनामा कविता संग्रह निकाल्ने योजना बनाए । साथीहरूसँग सल्लाह गरेर प्रक्रिया अगाडि बढाए ।

    ‘सुरुमा छाप्ने भनेर काबु क्रियसनले हामीलाई धोका दियो । पछि माया पब्लिकेसनले छापिदिने बतायो । दशैं तिहारको छेकोमा आउने बताएपछि हामी ढुक्क भयौँ, खुसी पनि भयौँ । तर, किताब आएन । प्रकाशन गृहलाई फोन गर्दा फोन उठेन । म्यासेजको रिप्लाई आएन,’ दोस्ताज सुनाउँछन्, ‘कतैबाट हुन्न भन्ने लागेपछि हामी कस्सियौँ । अहिले हामी केही साथीहरू मिलेर व्यक्तिगत हिसाबले संग्रह निकाल्न लागेका हौँ ।’

    किताबबाट उठेको पैसा प्रचण्डको परिवारलाई थोरै भए पनि सहयोग हुने गरी केही गर्ने योजनामा छन् दोस्ताजहरु । जे जति संकलन हुन्छ, लगेर बुवाआमालाई हस्तान्तरण गर्ने योजनामा छन् । सुरुमा प्रचण्डको नाममा ट्रस्ट खोल्ने कि भन्ने योजना भए पनि परिवारले आर्थिक सहयोगकै अपेक्षा गरेकाले सकेको सहयोग गर्ने कि भन्ने योजनामा रहेको दोस्ताजले बताए ।

    उनले भने, ‘किताब प्रकाशनदेखि विमोचनसम्म निकै खर्च भइसकेको अवस्था छ । अब केही रकम किताबबाट आएमा परिवारलाई हस्तान्तरण गर्ने योजना हो । अब हेरौँ के हुन्छ ।’

    प्रचण्डका दुई दाजु, एक बहिनी र बाआमा छन् । उनी अविवाहित थिए । उनको केही कविताहरू :-

    तिम्रो एक आँसुले
    कतै ठूलो युद्ध हुनसक्छ
    तिम्रो एक मुस्कानले
    जगत नै बुद्ध हुनसक्छ

    ०००

    नपुगे हुन्थ्यो तर चाँडै नै पुग्ने
    दुःखको खबरजस्तो रोग बोकेर

    चाँडै पुग्नुपर्ने तर, ढिलो मात्रै पुग्ने
    खुसीको खबरजस्तो औषधि बोकेर
    आफ्ना दिनमा भड्किरहेको विपत्ति हुँ म
    म हुनुपर्ने सबथोक बाहेकको भएको छु

    ०००


    त्यो ईश्वरलाई
    पटक्कै मान्दिनँ
    जसले मेरो भाग्यमा ‘दुःख’
    र तिम्रो भाग्यमा ‘म’ लेखिदियो ।

  • चलचित्र पत्रकार संघको २६ औं वार्षिकोत्सवमा यी पत्रकार सम्मानित

    चलचित्र पत्रकार संघको २६ औं वार्षिकोत्सवमा यी पत्रकार सम्मानित

    इलाम । चलचित्र पत्रकार संघ नेपालको २६ औं वार्षिकोत्सव भेला आजदेखि इलामको श्री अन्तुमा सुरु भएको छ । संघले २६ औं वार्षिक उत्सवको अवसरमा राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार प्रदान समारोह तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवस एवं दोस्रो राष्ट्रिय भेलाको पनि आयोजना गरेको छ ।

    जेठ ६ गते देखि ९ गते सम्म हुने राष्ट्रिय चलचित्र पत्रकारिता दिवस एवै दोस्रो राष्ट्रिय भेलाको पहिलो दिनमा सिनेमा संवाद र मिडियामा मन्थन कार्यक्रम भएको थियो ।

    त्यस्तै, चलचित्र पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने पत्रकारहरुलाई सम्मान पनि गरिएको थियो ।

    सम्मान पाउनेहरुमा निम्नलिखित छन्ः

    १. ध्रुव लम्साल : ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८२

    २. विष्णु सुवेदी : राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८२

    ३. नरेन्द्र बस्नेत : (कोशी) राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८२

    ४. जीवन कुमार पराजुली : राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८२

    ५. वर्षा बस्नेत : राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८२

    ६. रश्मी थापा : राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०८२

    ७. तुलसी प्र. निरौला : (कोशी राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०८२

  • जन्ते बाख्रो’ को तेस्रो गीत ‘मुकु मुकु म्या’सार्वजनिक

    जन्ते बाख्रो’ को तेस्रो गीत ‘मुकु मुकु म्या’सार्वजनिक

    काठमाडौं । आगामी जेठ २३ मा प्रदर्शन हुने फिल्म ‘जन्ते बाख्रो’ को तेस्रो गीत सार्वजनिक गरिएको छ । डिजिटल पार्टनर जी टूवान डिजिटलमार्फत आज सार्वजनिक गरिएको तेस्रो गीत ‘मुकु मुकु म्याु यस फिल्मको शिर्ष गीत हो ।

    नेपाली ग्रामीण परम्परा र सांस्कृतिक चलनलाई चित्रण गरिएको गीतमा फिल्मका मुख्य पात्रहरू सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, लोकेन्द्र लेखक, विशाल पहाडी लगायत फिचर्ड छन् ।

    सार्वजनिक गीतमा कृष्ण भारद्वाज र निर्भिकल्पमको शब्द, कृष्ण भारद्वाजको स्वर र रिकेश गुरुङको सङ्गीत रहेको छ । प्रदीप लामाको कोरियोग्राफीमा तयार भएको गीतलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् ।

    यो फिल्म विशेषगरी विवाह समारोहमा बेहुली पक्षले जन्तीलाई बारी वा खुला ठाउँमा खुवाउने चलन अर्थात् ‘जन्ते बाख्रो’ खुवाउने परम्परामाथि आधारित रहेको निर्देशक सिमोश सुनुवारले बताएका छन् ।

    फिल्ममा रमेश शाह, कमल देवकोटा, रुषा न्यौपाने, रमा थपलिया, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । यसअगाडि फिल्मको सार्वजनिक गरिएको दुई गीत ‘घामै राजा’ र ‘अङ्गुरको झुप्पो’ लाई दर्शकले रुचाईसकेका छन् ।

    मुईन इन्टरटेनमेन्टको प्रस्तुतीमा तयार भएको फिल्म ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा आधारित छ । सन्तोष गौतमको निर्माण रहेको फिल्मलाई प्रदीप भारद्वाजले लेखेका हुन् । यस फिल्ममा हरि हुमागाईंको छायांकन निर्देशन, उत्तम हुमागाईंको छायांकन, सुनिल शिवभक्तिको सम्पादन रहेको छ ।

    टिफल्क फिल्मस्ले वितरण गर्ने फिल्मको डिजिटल राइट्स जी टु वान डिजिटलले खरिद गरेको छ । फिल्म आगामी जेठ २३ मा नेपालसहित विश्वभर एकसाथ प्रदर्शनमा आउने निर्माण पक्षले जनाएका छन् ।

    https://www.youtube.com/watch?fbclid=IwY2xjawKaiVBleHRuA2FlbQIxMABicmlkETE2aDJ6WmN4U3ZEMTM2R3JEAR7Iib2OJeth-9yYdQo8z10MjgZblu_Q2T0t3RFe17ovGHbl1VJTnVfTgNcObg_aem_1HEWBPX9C5c4iV01QTSQQQ&v=DR6Xlrm6fy8&feature=youtu.be

  • सगरमाथा शिखर चुमेपछि कविता नेपालीले लेखिन्- म जितभन्दा माथि थिएँ

    सगरमाथा शिखर चुमेपछि कविता नेपालीले लेखिन्- म जितभन्दा माथि थिएँ

    काठमाडौं । विश्वकै अग्लो हिमाल सगरमाथाको सफल आरोहणपछि डान्सर तथा नायिका कविता नेपालीले सामाजिक सञ्जालमा आफ्ना तस्बिरहरु शेयर गरेकी छन् । उनले आइतबार सगरमाथा र सोमबार विश्वको चौथो अग्लो हिमाल ८,५१६ मिटर रहेको ल्होत्से आरोहण गरेकी हुन् ।

    एक दिनको अन्तरमा दुई अग्ला हिमाल आरोहण गरेपछि अहिले सामाजिक सञ्जालमा उनको निकै प्रशंसा भइहेको छ । धेरैले उनलाई ‘साहसी नारी’ भन्दै कमेन्ट गरिरहेका छन् ।

    हिमाल आरोहणपछि मंगलबार कविताले सगरमाथा र ल्होत्सेमा खिचेका दुई तस्बिर सार्वजनिक गरेकी हुन् । दुवै हिमालको चुचुरोमा उनले राष्ट्रिय झण्डा फहराएकी छन् ।

    हिमाल आरोहणको तस्बिरसँगै कविताले लेखेकी छन्, ‘यो यात्रा केवल शिखरहरू चुम्नको लागि मात्र थिएन । यो यात्रा सपना देख्नेहरू, गर्नेहरू र सीमाहरूभन्दा माथि उठ्ने साहस गर्नेहरूका लागि हो । सबैभन्दा महत्वपूर्ण कुरा मैले यसलाई जितिनँ, म यो जितभन्दा माथि थिएँ । म एक व्यक्तिको रूपमा हुर्किएँ, धेरै कुरा सिकें र मैले आफ्ना ती टुक्राहरू फेला पारेँ, जुन कतै हराएका छन् भन्ने म आफैंलाई थाहा थिएन ।’

    कविताले निर्मल पुर्जाको आरोही दल ‘एलिट एक्सिपिडिसन’मार्फत हिमाल चढेकी हुन् ।

    उनी अहिलेकी डिमान्डेड मोडल हुन् । कविताले चलचित्रमा पनि डेब्यु गरेकी छन् । उनी अभिनित पहिलो चलचित्र ‘एक्लो’ अहिले कान्स फिल्म फेस्टिभलको कान्स मार्केटमा सहभागी छ ।

  • कलम थाम्दै जिन्दगीसँग लडेका कवि प्रचण्ड भाष्करका शब्दहरू अब पुस्तकमा

    कलम थाम्दै जिन्दगीसँग लडेका कवि प्रचण्ड भाष्करका शब्दहरू अब पुस्तकमा

    काठमाडौं । अल्पायुमै दिवंगत भएका कवि प्रचण्ड भाष्कर कलौनी (गुणाकर)को काव्यकृति सार्वजनिक गर्ने तयारी उनका साथीहरूले गरेका छन्। उनका रचनालाई संकलन गरिएको कविता संग्रह ‘कच्ची रोड सँगैका पक्की चोटहरु’ आगामी जेठ १० गते काठमाडौंको सर्वनाम थ्रियटरमा औपचारिक रूपमा विमोचन गरिने भएको हो।

    वि.सं. २०५१ साल पुस १० गते बैतडीको शिवनाथ गाउँपालिका–२, शर्मालीमा जन्मिएका भाष्करको निधन गत कात्तिक ९ गते २९ वर्षको उमेरमा भएको थियो। घाँटीको क्यान्सरबाट एक वर्षदेखि पीडित उनी कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ मझगाउँस्थित आफ्नै घरमा निधन भएका थिए।

    छोटो जीवनयात्रामै नेपाली, डोट्याली र हिन्दी भाषामा कवितामार्फत पहिचान बनाएका उनले थालेको साहित्यिक यात्रा समयसँगै ओझेलमा पर्न नपाओस् भन्ने उद्देश्यले उनका साथीहरूले श्रद्धाञ्जलिस्वरूप उक्त कृति प्रकाशनमा ल्याएका हुन्।

    जीवनपानीको सम्पादन, भिष्म प्रसाद उपाध्यायको लेआउट र रसिक राजले डिजाइन गरेको आवरणसहित प्रकाशित यस काव्यकृतिमा कविको संवेदना, युवावस्थाको संघर्ष र समयको चपेटामा परेका भावनाहरू उजागर भएका छन्।

    ‘कच्ची रोड सँगैका पक्की चोटहरु’ संग्रहमा जीवन, समाज र सम्बन्धका गहिरा पाटोलाई सरल तर गम्भीर भाषामा प्रस्तुत गरिएको छ। कविको लेखनीमा आम मानिसको कथा, ग्रामीण परिवेश र आत्मसंघर्ष स्पष्ट रूपमा झल्किन्छ।

    पुस्तकको मूल्य ४९० रुपैयाँ राखिएको छ। कवि प्रचण्ड भाष्करको स्मृतिमा आयोजना गरिने यो विमोचन कार्यक्रमले उनको सिर्जनशीलता साहित्यिक वृत्तमा जीवन्त बनाइराख्ने अपेक्षा गरिएको छ।

  • इलामको श्रीअन्तुमा आजदेखि चलचित्र पत्रकारहरूको राष्ट्रिय भेला

    इलामको श्रीअन्तुमा आजदेखि चलचित्र पत्रकारहरूको राष्ट्रिय भेला

    इलाम । चलचित्र पत्रकार संघको राष्ट्रिय भेला इलामको श्रीअन्तुमा सुरू हुँदैछ । संघको २६ औं स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको भेला ३ दिनसम्म चल्नेछ ।

    भेलामा पत्रकार ध्रुव लम्साल, विष्णु सुवेदी, नरेन्द्र बस्नेत (कोशी), जीवनकुमार पराजुली, वर्षा बस्नेत, रश्मी थापा, तुलसीप्रसाद निरौला (कोशी) लाई विभिन्न विधामा नगदसहित सम्मान गरिँदैछ ।

    कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, वरिष्ठ कलाकार वसुन्धरा भूसाल, नायक शिव श्रेष्ठ, कलाकार गौरी मल्ल, अभिनेता दिपकराज गिरी, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, नेपाल चलचित्र निर्दशक समाजका अध्यक्ष जनकदीप पराजुली, चलचित्र निर्माता पुनम क्षेत्री, निर्देशक तथा कोरियोग्राफर रेनासा वान्तावा राई, निर्माता प्रज्वल राणा, निर्देशक मिलन चाम्स, नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, निर्माता प्रेम कुमार श्रेष्ठ आउने आयोजकले जनाएको छ ।

    भेलामा सिनेमा पर्यटन महोत्सव, कार्यशाला, मिडिया मन्थन सिनेमा संवाद र अन्तरक्रिया कार्यक्रम हुने संघका महासचिव रघुनाथ सापकोटाले जानकारी दिए ।

    अतित योङहाङ

  • चलचित्र ‘द ब्ल्यू लाइट’ निर्माण घोषणा, थिम पोस्टर सार्वजनिक

    चलचित्र ‘द ब्ल्यू लाइट’ निर्माण घोषणा, थिम पोस्टर सार्वजनिक

    काठमाडौं । निर्देशक बलिराम चौहानको निर्देशनमा चलचित्र ‘द ब्ल्यू लाइट’ बन्ने भएको छ। मङ्गलवार निर्माण पक्षले एक थिम पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरेको हो ।

    ‘द ब्ल्यू लाइट’लाई निर्देशन गर्न लागेका चौहान चलचित्र ‘बलिदान’को लेखक तथा मुख्य सहायक निर्देशक हुन् । मुख्य निर्देशनमा भने यो उनको डेब्यु चलचित्र हो ।

    चलचित्रको सार्वजनिक थिम पोस्टर नामजस्तै निलो कलरले पोतिएको छ। पोस्टरको बीचमा एक बालिका उभिएकी छिन् । जुङरुङ कपाल भएको उनको शरीरको कम्मरदेखि माथिको पछिल्लो भाग मात्र पोस्टरमा देखाइको छ।

    स्काइफल पिक्चर्सको प्रस्तुति रहने ‘द ब्ल्यू लाइट’को को-प्रोडुसरको रुपमा रमन ग्रे रहनेछन् । नरेन्द्र मैनालीले खिच्ने यो चलचित्र यहीँ वर्ष प्रदर्शनमा आउने निर्देशक चौहानको भनाई छ। केही समयपछि कलाकारको लाइनअप पनि सार्वजनिक गर्ने निर्देशक चौहान बताउँछन् ।

    उनी भन्छन्, ‘हामी विस्तारै चलचित्रबारे थप जानकारी दिँदै जानेछौँ। केहीसँग अझै कुरा भइरहेकाले, फाइनल हुनासाथ जानकारी दिनेछौँ। अहिले बजारमा नाम चलेका प्रमुख कलाकारहरू नै हाम्रो चलचित्रमा हुनुहुनेछ।’

  • ‘कमेडी दरबार इन अमेरिका’का लागि आर्यन फिल्म्ससँग सम्झौता

    ‘कमेडी दरबार इन अमेरिका’का लागि आर्यन फिल्म्ससँग सम्झौता

    काठमाडाैं । अमेरिकामा ‘कमेडी दरबार इन अमेरिका’ हुने भएको छ । शनिबार पत्रकार सम्मेलन गर्दै आर्यन फिल्म्स प्रोडक्सन प्राइभेट लिमिटेडले यसको जानकारी दिएको हो ।

    कम्पनीले शनिबार बिहान ‘कमेडी दरबार’ निर्माता कम्पनी माया इन्टरटेन्मेन्ट स्टुडियोसँग औपचारिक सम्झौता गरेको हो ।

    कार्यक्रमका लागि आर्यन फिल्मस्का तर्फबाट सिइओ गोपाल कटुवाल तथा ‘कमेडी दरबार’को कार्यक्तमको निर्माण कम्पनीकी श्रद्धा प्रसाईंले हस्ताक्षर गरेकी थिइन् ।

    कार्यक्रम सम्झौताको हस्ताक्षरपछि बोल्दै आर्यन फिल्मस्का सिइओ कटुवालले आफ्नो कम्पनीले फिल्म तथा म्यूजिक भिडियो निर्माणमा लामोसमयदेखि सक्रिय रहँदै आएको भएपनि अन्तराष्ट्रिय स्तरमा पहिलोपटक काम गर्न लागेको बताउँदै अमेरिकाका बढिभन्दा बढि नेपालीका माझमा पुग्ने लक्ष्य राखेको बताए।

    यसैगरी ‘कमेडी दरबार’की निर्देशक श्रद्धा प्रसाईंले आफ्नो कार्यक्रमको अन्तराष्ट्रिय यात्रालाई लिइर उत्साहित रहेको बताइन्।

    ‘सेप्टम्बर अक्टोबरमा ‘कमेडी दरबार इन अमेरिका’ लिएर हामी अमेरिका आउँदैछौं । हामी एकदमै उत्साहित भएर पर्खिरहेका छौं ।‘, उनले भनिन् ।

    यसैगरी आर्यन फिल्मसका अध्यक्ष रमेश एमके पौडेलले हाँसो एउटा औषधीसमेत रहेको उल्लेख गर्दै नेपालीभाषीको मनोरञ्जनको चाहानालाई पूरा गर्न अमेरिकामा कार्यक्रम गर्न लागिएको बताए। पौडेल अमेरिका १० वटा राज्यका १६ स्थानमा कार्यक्रम गर्ने योजना रहेको जानकारी दिए।

    ‘अमेरिकामा बसोबास गर्ने हाम्रा नेपाली दाजुभाइका लागि हाम्रो कार्यक्रमले हाँसोको औषधीको काम गर्नेछ । अमेरिकाका १० राज्यका १६ भिन्न स्थानमा कार्यक्रम गर्ने हाम्रो योजना छ’, उनले भने ।

    कार्यक्रम टेक्सास, न्यूयोर्क, ओहायो, मेरिल्याण्ड, भर्जिनिया, क्यालिफोर्निया, कोलोराडो, न्यू जर्सी, फ्लोरिडा र ओक्लोहामामा आयोजना हुनेछ ।

    अमेरिकाको कार्यक्रमको व्यवस्थापनका अमेरिका बस्दै आएका चर्चित नेपाली व्यवसायी तथा समाजसेवी पासाङ लामा जोडिएका छन् । लामा सन् २०२० मा रिटेल व्यवसायीमा नम्बर एक अवार्ड पाउन सफल व्यवसायीसमेत हुन् । लामाका अमेरिकाका विभिन्न राज्यमा डेढ सय वढी ग्यास स्टेसन तथा रिटेल स्टोर संचालनमा छन् ।

    कार्यक्रमका लागि डेढदेखि दुई करोड नेपाली रुपैयाँ खर्च हुने अनुमान पौडेलले गरेका छन् ।

    कार्यक्रममा ‘कमेडी दरबार’का अधिकाशं कलाकार सहभागी थिए । उनीहरुले पनि अमेरिकामा कार्यक्रम हुन लागेको खुशी व्यक्त गर्दै पूर्ण मनोरञ्जनका लागि तयार रहन अमेरिकावासी नेपालीहरुलाई आग्रह गरे।

    कार्यक्रममा सुजाता श्रेष्ठ, विश्वास तिम्सिना, पवित्रा साकी,सुन्दर खनाल, हिमेश पन्त तथा विकास अर्याल उपस्थिति थिए ।

    आर्यन फिल्मस् सिनेमा तथा म्यूजिक भिडियो निर्माणमा संलग्न कम्पनी हो । कम्पनीले आफ्नो व्यानरमा ‘रुद्रप्रिया’, ‘राज्जा रानी’, ‘तिम्रो मेरो साथ’ लगायतका सिनेमा निर्माण गरिसकेको छ ।

    कम्पनीले बोधी एचडी च्यानलमार्फत डिजिटल प्लेटफर्मसमेत संचालन गर्दै आएको छ ।

  • ‘आ बाट आमा’ निर्माण घोषणा, थिम पोस्टर सार्वजनिक

    ‘आ बाट आमा’ निर्माण घोषणा, थिम पोस्टर सार्वजनिक

    काठमाडौं । निर्देशक चन्द्र पन्तले नयाँ चलचित्र ‘आ बाट आमा’ निर्माण गर्ने भएका छन् । पन्तले सोमबार एक थिम पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माण घोषणा गरेका हुन्। निर्माण घोषणासंगै उनले चलचित्र प्रदर्शन मिति पनि तय गरेका छन् । यो चलचित्र फागुन १५ गते प्रदर्शनमा आउनेछ।

    सार्वजनिक गरिएको थिम पोस्टरमा बच्चाले आमाप्रतिको माया दर्शाएको छ। पोस्टरमा रोइरहेकी आमालाई बच्चाले आँसु रोक्ने प्रयत्न गरेको देख्न सकिन्छ।

    आर्या इन्टरटेन्टमेन्टको प्रस्तुतीमा निर्माण हुने यस चलचित्रको छायांकन आउने भदौबाट हुनेछ। यो चलचित्रमा कोको कलाकार रहनेछन् भन्ने बारे भने निर्माण पक्षले अहिले खुलाएको छैन। निर्देशक पन्तका अनुसार अहिले चलचित्रको थिम पोस्टर मात्रै सार्वजनिक गरिएको हो। केहि दिनमा कलाकारका साथै यस फिल्मको प्राविधिक पक्षको नाम सार्वजनिक गरिने छ।

    निर्देशक चन्द्रले यसअघि चलचित्र ‘ह्रस्व दीर्घ’ निर्देशन गरेका थिए।’आ बाट आमा’ पन्तको दोश्रो निर्देशकिय चलचित्र हो। यो चलचित्र अभिमन्यु निरवीले लेखेका हुन।

  • व्यस्त दिव्याः ‘राम नाम सत्य’मा विराज भट्टसँग स्क्रिन शेयर गर्ने

    व्यस्त दिव्याः ‘राम नाम सत्य’मा विराज भट्टसँग स्क्रिन शेयर गर्ने

    काठमाडौं । अभिनेता दिलीप रायमाझीकी छोरी नायिका दिव्या रायमाझीलाई अहिले चलचित्रमा खेल्न भ्याईनभ्याई छ । चलचित्र ‘एक्टर’बाट सिने क्षेत्रमा डेव्यु गरेकी दिव्या अहिले धमाधम फिल्म साइन गरिरहेकी छन् ।

    यसैबीच उनले नेपाली फिल्म क्षेत्रका दुई एक्सन नायकसँग पर्दा शेयर गर्ने भएकी छन् । दिव्या चलचित्र ‘राम नाम सत्य’ को लागि फाइनल भएकी छन् ।

    माइकल चन्दको निर्देशनमा बन्न लागेको चलचित्र ‘राम नाम सत्य’को टीम र दिव्याबीच आइतबार सम्झौता भएको छ । चलचित्र साइन गरेपछि दिव्याले भनिन्, ‘यो चलचित्रको कथा दमदार छ । मेरो भूमिका पनि निकै राम्रो छ, त्यही भएर पनि म काम गर्न तयार भएकी हुँ ।’

    यस चलचित्रमा यसअघि नै नायक विराज भट्ट र सुशील श्रेष्ठ फाइनल भइसकेका छन् । चलचित्रको छायांकन साउनबाट सुरु गर्ने निर्माण पक्षको योजना छ । माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा तयार हुन लागेको यस चलचित्रमा माइकल चन्दकै लेखन छ । उपेन्द्र शाही, श्वेता विमली र उत्तम गुरुङ चलचित्रका निर्माता हुन् ।

    चलचित्रमा डाक्टर डीआर उपाध्याय र नरेन्द्र शाह कार्यकारी निर्माता छन् । अर्जुन पोखरेल र वावुल गिरीको संगीत रहने चलचित्रमा सुशन प्रजापतिको छायांकन रहनेछ ।

  • ‘महाराजधिराज’मा दुई वर्षाले स्क्रिन सेयर गर्दै, वर्षा सिवाकोटीपछि चलचित्रमा वर्षा राउत अनुबन्धित

    ‘महाराजधिराज’मा दुई वर्षाले स्क्रिन सेयर गर्दै, वर्षा सिवाकोटीपछि चलचित्रमा वर्षा राउत अनुबन्धित

    काठमाडौं । चलचित्र ‘महाराजधिराज’मा नायिका वर्षा राउत अनुबन्धित भएकी छन् । निर्माण पक्षले सोमबार राउतलाई चलचित्रमा अनुबन्ध गरेको हो ।

    यसअघि ुमहाराजधिराज’मा नायिकामा वर्षा शिवाकोटी अनुबन्ध भइसकेकी छन् । यो चलचित्रमा दर्शकले दुई वर्षालाई एकसाथ देख्न पाउने भएका छन। दुई वर्षाअघि चलचित्रमा नायकद्वय आर्यन सिक्देल, रमेश उप्रेती र पल शाह अनुबन्ध भइसकेका छन् । चलचित्रमा जयकिशन बस्नेतको पनि अभिनय रहनेछ ।

    ‘महाराजधिराज’लाई परिच्छेद सेनले निर्देशन गर्दैछन् । चलचित्रको पोस्टर केही समयअघि रिलिज भइसकेको छ । फूलपातीमा प्रदर्शन हुने यो चलचित्रको कथा निर्देशक सेन स्वयंले लेखेका छन् ।

    छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने ‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज बिष्ट हुन् । उनले यसअघि ‘बुलाकी’ निर्माण गरेका थिए, जसले राष्ट्रिय अवार्ड समेत जितेको थियो । चलचित्रको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन् ।

  • ‘कान्स फिल्म फेस्टिभल’ मा सहभागी भए प्रदीप खड्का

    ‘कान्स फिल्म फेस्टिभल’ मा सहभागी भए प्रदीप खड्का

    काठमाडौं । अभिनेता प्रदीप खड्का विश्वप्रसिद्ध ‘कान्स फिल्म फेस्टिभल’ मा सहभागी भएका छन् । फ्रान्समा आयोजना भइरहेको यो फिल्म फेस्टिभलमा प्रदीप चलचित्र ‘एक्लो’ लाई प्रतिनिधित्व गर्दै पुगेका हुन । त्यहाँ उनले चलचित्रको प्रवर्द्धन गर्नेछन् । संगसंगै उनी त्यहाँ कान्स कार्पेट र एक फ्रान्सेली चलचित्रको रेडकार्पेट प्रिमियरमा पनि सहभागी हुनेछन् ।

    कान्सको ७८ औं संस्करणका लागि प्रदीप शनिबार राति नै फ्रान्स उडेका थिए । उनी अभिनित चलचित्र ‘एक्लो’ कान्स मार्केट (मार्चे दु फिल्म) मा सहभागी छ । यो चलचित्रका निर्देशक प्रदीप शाही र निर्माताहरू स्टल खडा गरेर कान्स मार्केटमा सहभागी भएका छन् ।

    यसबाहेक, थिएरी क्लिफा निर्देशित फ्रान्सेली भाषाको चलचित्र ‘ला फेम्मे ला प्लस रिच डु मोन्ड’ को रेडकार्पेट र स्क्रिनिङमा पनि प्रदिप सहभागी हुनेछन् । प्रदीपले त्यहाँ नेपालका छायांकन थलोको प्रवर्द्धन समेत गर्नेछन् । यसका लागि उनले चलचित्र विकास बोर्डले तयार पारेका ब्रोसर त्यहाँ सहभागीलाई वितरण गर्नेछन् ।

  • अधिकृत हुँदा ‘मोनालिसा र मार्च ८’, उपसचिव हुँदा ‘सायद किनाराहरू’

    अधिकृत हुँदा ‘मोनालिसा र मार्च ८’, उपसचिव हुँदा ‘सायद किनाराहरू’

    काठमाडौं । जो हल्लाखल्ला रुचाउँदैनन् । जो हल्लाखल्ला गर्दैनन् । सृजनाको ओज र शक्तिमा विश्वास गर्ने त्यस्ता मानिसहरू भिडभन्दा अलग्गै रहन्छन् । उनीहरूलाई थाहा हुन्छ कि सृजनात्मक दुनियाँमा चर्को हल्लाखल्लाले दीर्घकालीन दख्खल दिन सक्दैन ।

    अनावश्यक हल्लाखल्ला र अनावश्यक प्रचारप्रसार गरेर क्षणिक रूपमा माहोल बनाउन सजिलो होला, तर सृजनामार्फत मानिसहरूको मन जित्न सजिलो छैन । सृजनामार्फत मानिसहरूको निश्चल र निष्कपट प्रेम पाउन त्यति सजिलो छैन ।

    कवि उमेश अकिन्चनलाई पनि लाग्छ, संसारमा सबैभन्दा महँगो कुरा नै मानिसहरूको प्रेम हो, जुन त्यति सजिलै प्राप्त हुनसक्दैन ।

    यही विश्वासको धरातलमा उभिएर साढे दुई दशकदेखि निरन्तर लेखनमा सक्रिय छन्, उमेश । अग्लाअग्ला हल्लाले सृजात्मक दुनियाँमा प्रदूषण ल्याइरहेको समयमा उमेश भने चुपचाप लेखिरहेका छन् । न हल्लाकै पछाडि कुदेका छन्, न हल्लामा मिसिएका छन् न त हल्ला गर्नेहरूप्रति उनको कुनै ठोस धारणा नै छ । सिर्फ आफ्नै लय र रफ्तारमा बहिरहेका छन् ।

    लेखनलाई मन्त्र जस्तो बनाएका उमेश आफ्नै खाले साधनामा लिप्त छन् । उनी भन्छन्, ‘कविता फारो गरी लेख्ने विषय हो । गम्भीर साधना र चिन्तनको विषय हो । कम्प्युटर र प्रिन्टरमा कमान्ड दिए जस्तो होइन । आज लेखेर भोलि नै देश दुनियाँ खाने सोच्नेहरूले कविता लेख्न सक्दैनन् ।’

    उमेशका लागि कविता लेखन यस्तो चिज हो, जहाँबाट असली उमेश मुखरित हुन्छ । त्यसैले त उमेश भन्छन्, ‘म आफू अभिव्यक्त हुनलाई कविता लेख्छु । कुनै पनि विषयलाई अभिव्यक्त गर्ने कलात्मक माध्यम मेरा लागि कविता हो ।’

    ०००

    २०६७ सालको कुरा हो, उमेश लोकसेवा अयोगअन्तर्गत अधिकृतको जाँच दिएर बसेका थिए । नतिजा कस्तो आउने हो, उनैलाई पत्तो थिएन । लोकसेवा पास गर्नु त्यति सहज थिएन । यद्यपि उमेशसँग भने विकल्पहरू प्रशस्तै थिए ।

    दोस्रो विश्वयुद्ध लडेका हजुरबा ब्रिटिस आर्मी थिए । बुवा पनि ब्रिटिस आर्मी नै थिए । आफन्तहरू कोही यूकेतिर त कोही हङकङतिर थिए । विदेश जानलाई कुनै बाधा व्यवधान थिएन । चाहेको देश सजिलै उड्न सक्थे । लोकसेवाको कमाइभन्दा विदेशको कमाइ कहाँ हो कहाँ माथि हुन्थ्यो !

    यी सबै सुविधाको बावजुद उमेशले लोकसेवा छनोट गरे । उमेशको यो छनोटमा बुवाको इच्छासमेत गाँसिएको थियो । उमेशका बुवा छोराहरू लाहुर जाऊन् भन्ने मनस्थितिमा थिएनन् । चाहन्थे, सकेसम्म नेपालमै केही गरून् ।

    सकेसम्म नेपालमै सरकारी जागिर खाओस् भन्ने बुवाको चाहना आखिरीमा पूरा भएरै छाड्यो । सबैभन्दा पहिला उमेशका जेठो दाइ निजामती सेवामा प्रवेश गरे ।

    ‘मलाई पनि जागिर खाँदा निजामतीमै खाउँ, पोलिसी लेभलको कुरा पनि बुझिन्छ भन्ने थियो’, उमेश सुनाउँछन् ।

    अनि लोकसेवाको तयारी गरेर जाँच दिए । बसाइ कीर्तिपुरमा थियो । जाँच दिइसकेकाले केही फुर्सदमा थिए । यहीवेला चिनेका भाइहरूले कान्तिपुर पत्रिका ल्याएर भने, ‘दाइ यस्तो अवसर रैछ, कविता पठाउनुस् ।’

    कान्तिपुर पत्रिकामा बढीमा १२० शब्दको, प्रथम पुरस्कार एक हजार डलर भनेर आह्वान गरिएको रहेछ । नेपाली कविता प्रतियोगिताको इतिहासमै सबैभन्दा ठूलो राशिको पुरस्कार रहेको प्रतियोगिताको आयोजक थियो, अनेसास उत्तर अमेरिका । कविता पठाउनलाई इमेल आईडी दिइएको थियो ।

    उमेशले पनि कविता पठाइदिए, ‘मोनालिसा र मार्च ८’ । अलि पछि इमेल आयो, ‘तपाईंको कविता शीर्ष ५० मा पर्‍यो ।’ अलि पछि अर्को इमेल आयो, ‘तपाईंको कविता शीर्ष १० मा पर्‍यो ।’

    अलि पछि फेरि इमेल आयो, ‘तपाईंको कविता प्रथम भयो ।’

    कविता प्रथम भएको इमेल आए पनि चालचुल थिएन । उमेशले नागरिक पत्रिकामा काम गरिरहेका लेखक बुद्धिसागरलाई भने, ‘यस्तो इमेल आएको छ यार ।’ बुद्धिसागरले इमेल हेरेर समाचार लेखिदिए ।

    अलि पछि वरिष्ठ कवि वैरागी काइँलाको हातबाट उमेशले एक हजार डलर राशिको पुरस्कार थापे । जजहरू थिए– तुलसी दिवस, बेञ्जु शर्मा, मञ्जुल, विक्रम सुब्बा र मोमिला ।

    लगत्तै केही समयपछि उमेशको अधिकृतमा नाम निस्कियो । अलि पछि कविता प्रतियोगिताको आयोजकले नै उमेशको पहिलो कवितासंग्रह निकालिदिए, ‘मोनालिसा र मार्च ८’ ।

    पहिलो कवितासंग्रह ल्याएको झण्डै डेढ दशकपछि अर्को कवितासंग्रह ल्याउने सुर कसेका छन् उमेशले । किताबको नाम राखेका छन्, ‘सायद किनाराहरू’ । संयोग के छ भने उनी भर्खरै मात्र उपसचिवमा बढुवा भएका छन् । सँगै किताब पनि ल्याउँदैछन् ।

    उमेश हाँस्दै बोल्छन्, ‘अब चाहिँ वन मुद्दा लाग्दैन कि भनेर किताब ल्याउने सोचेको हुँ । ’

    ०००

    लेखनको सुरुवाती दिनतिर उमेशले हुलाकमार्फत मधुपर्क, विमोचन जस्ता पत्रिकाहरूमा आफ्ना रचना पठाउँथे । मेसो मिलाएर पत्रिकाहरूले छाप्थे । पाठकहरूको माया पाउँथे । मायाले पुलकीत हुन्थे ।

    २०५५ सालमा मधुपर्कको आँकुरामा पहिलो पटक छापिएको गीत उमेशको स्मृतिमा अहिले पनि तजोताजा छ । अलि पछि वीरगञ्जमा भएको राष्ट्रिय कविता गोष्ठीमै उनी छनोट भए । त्यहाँ अभय श्रेष्ठ, विमला तुम्खेवा जस्ता कविहरू पनि सहभागी थिए । प्रथम चाहिँ पोखराका रमेश श्रेष्ठ भए ।

    उमेश आईएस्सी सकाएर महेन्द्र मोरङ क्याम्पस विराटनगरमा बीएमा भर्ना भए । एक दिन कलेजमा स्ववियुले कविता प्रतियोगिता गर्‍यो । रिजर्भ स्वभावका उमेश प्रथम भए । तेस्रो चाहिँ कलाकार जीवन भए ।

    उमेश सुनाउँछन्, ‘त्यसवेला जीवनको साहित्यिक नाम ‘बैसाखी’ थियो ।’

    विस्तारै साहित्यिक माहोलमा उमेश घुस्न थाले । पूर्वकै अग्रणी साहित्यकारहरूको जंक्सन वाणी प्रकाशनमा ठोक्किन पुगे । त्यहाँ उनको भेट भयो, परशु प्रधान, विवश पोखरेल, कृष्णभुषण बललगायत साहित्यकारसँग ।

    उमेश सम्झिन्छन्, ‘मलाई कवि बनाउन अग्रजहरूको ठूलो भूमिका छ । वाणी प्रकाशनमा पाक्षिक कविता गोष्ठी हुन्थ्यो । गन्यमान्य साहित्यकारको जमघट हुन्थ्यो । राम्रो लेख्नेहरूलाई किताबहरू पुरस्कार दिइन्थ्यो । म त वाणी प्रकाशनलाई कविताको स्कुल भन्न रुचाउँछु ।’

    ठूल्ठूला कवि, लेखकहरूको संगतमा रहे पनि मदिराबाट भने उमेश सधैं दूर रहे । चुरोटबाट सधैं टाढा रहे । मदिरा र चुरोटबाट टाढा रहनुमा एउटा घटनाले ठूलो भूमिका खेलेको थियो उमेशको जीवनमा ।

    उमेश आईएस्सी पढ्दै थिए । एक दिन कलेजका केटाहरूले हल्ला फैलाइदिए, ‘उमेशले त चुरोट उडाउँदै हिँडेछ । रक्सी पनि खान्छ रे !’

    ‘खाँदै नखाएको, छुँदै नछोएको चिजमा मलाई त्यस्तो आरोप लाग्यो । जातीय रूपमा पनि राई भएकाले मान्छेले विश्वास गरे होलान्’, उमेश सुनाउँछन्, ‘म कहिल्यै पनि यी दुई चिज खान्नँ भनेर त्यही वेला प्रण गरेँ । जीवनमा अनुशासित भएर बाँचे । मेरो विवाह नै मदिरा नखाने भएका कारण भएको हो ।’

    अहिले ४० हाराहारीको संख्यामा कविताहरूको कलेक्सन ‘सायद किनाराहरू’ ल्याउन लागेका उमेश सुनाउँछन्, ‘मैले आफ्ना लागि भनेर निश्चित नियमहरू बनाएको छु । अनुशासनमा बसेन भने मान्छे उद्दण्ड र अराजक बनेर जान्छ । अनुशासनले मलाई लेखनमा पनि निकै सहयोग गरेको छ । त्यसैले ‘सायद किनाराहरू’ मेरो पछिल्लो लेखनको दस्तावेज पनि हो ।’

  • ‘दर्शकको मनमा बस्ने गरी कथा भन्ने कोसिस गरेको छु’ (भिडिओ)

    ‘दर्शकको मनमा बस्ने गरी कथा भन्ने कोसिस गरेको छु’ (भिडिओ)

    ‘पशुपतिप्रसाद’पछि मैले ‘आमा’, ‘चिसो मान्छे’मा काम गरेको थिएँ । त्यसपछि लामो समयको ग्यापमा मेरै आफ्नै आत्मालाई नडाँटीकन मनैदेखि बनाएको चलचित्र हो ‘के घर के डेरा : घर नम्बर २’

    यो चलचित्र घरभित्रका अनेकन् घरहरूको कथा हो । एउटा घरभित्रको साँघुरो कोठा पनि घर हो । कोठामा बस्ने हरेक मान्छेले ती कोठालाई पनि घरमा परिणत गरेका हुन्छन् । त्यस्ता घरमा सम्बन्धहरूले कसरी सुवास फैलाएको हुन्छ ? सम्बन्धको सीमा र परिधि के के हुन् ? यिनै कुरा चलचित्रमा खोतल्ने कोसिस गरेको छु ।

    मलाई जहिल्यै पनि सम्बन्धको कथाले तान्छ । म त्यसमा रमाउँछु । मेरा प्रायः चलचित्रमा दुई वटा कुरा सधैँ पाइन्छ,– मृत्यु र सम्बन्ध । यो चलचित्र पनि यही धरातलमा अडिएको छ ।

    सम्बन्धको कथा भन्नसाथ त्यहाँ मिलन हुन्छ । बिछोड हुन्छ । स–साना घटनाले सम्बन्धमा धेरै नै माइने राख्छ । हरेक घटनाले मान्छेलाई नयाँ दिशामा लैजान्छ । नयाँ परिवेशमा लैजान्छ ।

    एउटा घरभित्रको एउटा कोठालाई आफ्नो घर सम्झिएर बसेका मान्छेहरू एकै ठाउँमा थुप्रिँदा ती मान्छेबीच बन्ने सम्बन्ध र छुट्टिने आयामहरू सुन्दर हुन्छ भन्ने लाग्छ । काठमाडौंमा घरहरू जोडिने, तर मन नजोडिने कुरा आइरहेको हुन्छ । फरक फरक घरको कुरा अलग भयो, तर एउटै छानोभित्र बस्ने मान्छेको मन चाहिँ कसरी जोडिन्छ होला भन्ने जहिल्यै लाग्थ्यो । कहिलेकाहीँ ‘तँ तँ, म म’ हुन्छ होला । कहिले दुःख, सुखमा साथ पाइन्छ होला । यस्तै सोचले मलाई कथा भन्न सहयोग गर्‍यो ।

    चलचित्रले भन्न खोजेको कुरा हो, ‘घर भनेको इँटा, ढुंगा, बालुवाले बन्दैन, स्मृतिहरूले बन्छ ।’ अहिलेको भाग दौडको जिन्दगीमा घर भनेको प्रतिष्ठाको विषय बनेको छ । घरमा हामीले बालुवा, सिमेन्ट, रड थुपारिरहेका छौँ । तर जति नै कच्चा पदार्थ थुपारे पनि त्यहाँ स्मृतिहरू छैन भने त्यो घर नै घरजस्तो बन्दैन । त्यहाँ आत्मीयता रहेन भने त्यो घरको अर्थ रहेन ।

    मैले चलचित्रमा बाबुबाजेबाट पाएको ज्ञान, सिप र मानवीयताको पुस्तान्तरणलाई समेत देखाउने कोसिस गरेको छु । मूल घरभेटी रौनकले बाबुबाट सिकेको कुरा छोरीलाई सिकाउँदै गेटमा घरको बोर्ड फेर्छ । यो दृश्य चाहिँ मेरो व्यक्तिगत भावना थियो । यो स्क्रिप्टमा थिएन ।

    यो फिल्ममा मलाई मेरी छोरीले निर्देशन डिपार्टमेन्टमा सहयोग गरेकी थिइन् । मैले चलचित्र खिच्दै जाँदा एउटा बिन्दुमा पुगेपछि मलाई लाग्यो, म नरहेपछि मेरो घर पनि यस्तै हुन्छ होला । अनि लाग्यो, मेरो शेषपछि मेरी छोरीले पनि आफ्नो सन्तानलाई यसरी नै सिकाए हुन्थ्यो ।

    यो चलचित्रमा मल्टिपल पात्र र कथा थियो । त्यसैले चलचित्रको प्रि–क्लाइमेक्समा आउँदा कथाको ल्याण्डिङमा चुनौती थियो । लेखक बुद्धि सागरले मलाई ३५ हजार शब्दको स्क्रिप्ट दिनुभएको थियो । यसपछि मैले निर्देशकको रूपमा के के गर्न सक्छु भनेर स्क्रिप्टमा थप काम गरेँ । उहाँलाई भनेँ, ‘बुद्धि जी, सबै कुरा सिनेमामा अटाउन गाह्रो हुन्छ । यसरी काम गर्दा राम्रो होला कि !’

    मैले उहाँलाई ३५ हजारबाट घटाएर १४ हजार शब्दको ‘निर्देशक–कपी’ बुझाएँ । मैले भनेँ, ‘मैले बनाउन खोजेको चलचित्र यो हो, यसमा तपाईँको राय के छ ?’ उहाँले स्क्रिप्ट पढेर मलाई फोन गर्नुभयो, ‘म सहमत छु, खुसी लाग्यो ।’ अनि मैले चलचित्रको काम अगाडि बढाएँ ।

    म जहिल्यै काठमाडौंको कथा भन्न रुचाउँछु । जनघनत्व धेरै भएको ठाउँमा भन्नका लागि कथाहरू थुप्रा हुन्छन् । किनभने यहाँ अनेक समस्या छन् । बिहान १०/११ बजेतिर जाममा बस्दा यसो अरू मान्छेहरूलाई हेर्छु, सबै कुदिरहेका हुन्छन् । म पनि कुदिरहेको हुन्छु । हामी सबैको यो कुदाइ कहाँसम्मको होला ? कहिलेसम्मको होला ? यस्तै यस्तै जिज्ञासाले मलाई यो खाल्डोभित्रको कथा भन्नलाई प्रेरित गर्छ । मेरो कर्मथलो पनि यहीँ हो । यही कारण अझैँ नजिक रहेर सहरभित्रको कथामा काम गर्न सक्छु कि भन्ने लाग्छ ।

    अहिलेको पुस्ताले राजनीतिलाई ‘आइ हेट डर्टी पोलिटिक्स’ भन्छ । तर, हाम्रो जीवनका स–सानो कुरामा पनि राजनीतिले ठूलो असर गरेको हुन्छ । हामीलाई राजनीतिमा रुचि नभए पनि राजनीतिले हामीलाई घुमाइरहेको हुन्छ । राजनीतिलाई जति गाली गरे पनि हाम्रो जीवन राजनीतिमै अडिएको हुन्छ । लकडाउनका कारण करोडौँको फलफूल र प्याज कुहिएपछि सडकमा आएको व्यापारीमार्फत राजनीतिले एउटा आम मान्छे कुन हालतमा पुग्न बाध्य हुनुपर्छ भनेर देखाउने कोसिस गरेको छु ।

    मूल रूपमा यथार्थबाट टाढा नगईकन चलचित्र बनाउने कोसिस गरेको छु । चलचित्रमा माथिल्लो तलामा घरभेटी छ । घरभेटीसँग सोफा छ । सफा किचन छ । तल्लो तलामा कोठाभाडामा बस्नेहरूले अवस्था फरक छ । एउटै घरभित्रको अनेक तह र वर्गमाथि काम गर्ने कोसिस गरेको छु ।

    जमानामा एलिट वर्गको मान्छे गरिब हुँदाको अवस्था, परिवार गुमाउँदाको अवस्थालाई देखाउने कोसिस गरेको छु । एउटा दृश्यमा माथि घरभेटीहरुको झगडा परिरहेको हुन्छ । तल कोठाभाडामा बस्नेहरूले घरभेटीको झगडा मज्जाले सुन्छन् । कोही चुरोट तान्दै सुन्छन् त कोही खाना खाएपछि टोलाएर बसिरहेको अवस्थामा सुन्छन् । समस्या कोठाभाडामा बस्नेहरूको मात्रै छैन नि ! घरभेटीको पनि छ ।

    मलाई त के लाग्छ भने मैले कथालाई सरल तरीकाले भन्नमा बढी ध्यान दिएको छु । दर्शकको मनमा बस्ने गरी कथा भन्ने कोसिस गरेको छु । जसले चलचित्र हेर्नुहुन्छ, उहाँले कुनै न कुनै पात्रमध्ये एक पात्रमा कहीँ न कहीँ आफूलाई पाउनुहुन्छ जस्तो लाग्छ ।

    (प्रदर्शनरत चलचित्र ‘के घर के डेरा : घर नम्बर २’ का निर्देशक दीपेन्द्र के खनालले नेपाल प्रेसकर्मी नवीनकाजी राईसँग गरेको कुराकानीको सम्पादित अंश)

  • मोफसल यात्रामा ‘ऊनको स्वीटर’ कलाकारसहितको निर्माण टोली

    मोफसल यात्रामा ‘ऊनको स्वीटर’ कलाकारसहितको निर्माण टोली

    रुपन्देही । उत्साहजनक व्यापारसँगै वैशाख २६ गते रिलिज भएको फिल्म ‘ऊनको स्वीटर’को निर्माण टोली कलाकारसहित मोफसल यात्रामा निस्केको छ । फिल्म ‘ऊनको स्वीटर’ ले रिलिज भएको दोस्रो सातासम्म पनि बक्स अफिसमा आक्रामक व्यापार गरिरहेको छ ।

    मोफसल यात्राअन्तर्गत आइतबार बुटवल आएको चलचित्रका कलाकार तथा निर्माण टोलीले दर्शकहरुसँग भेट गरेका छन् । कलाकारसहितको निर्माण टोलीले बुटवलका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेको हो ।

    यसैबीच नेपाल चलचित्र पत्रकार संघ रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अभिनेता विपीन कार्कीले दर्शकबाट उत्साहजनक माया प्राप्त भएको उल्लेख गरे ।

    उनले बच्चादेखि बुढा उमेरसम्मका दर्शक हलसम्म पुग्ने गरेको र सबैबाट उत्तिकै माया र सकारात्मक प्रतिक्रिया पाउन सफल भएको दाबी गरे ।

    ‘ऊनको स्वीटर’बाटा डेव्यु गरेका नायक एलेक्स पारसले मोफसल यात्राले आफूलाई उत्साह थपिदिएको बताएँदै फिल्म हलमा पुग्दा दर्शकले देखाउने प्रतिक्रियाहरुबाट आनन्द प्राप्त गरिरहेको उल्लेख गरे ।

    अभिनेत्री परीक्षा लिम्बू, गायक सुजन चापागाईं तथा कार्यकारी निर्माता मिलन खत्रीले मोफसल यात्राको अनुभव सुनाउँदै आफूहरुले अपेक्षा गरेकोभन्दा बढी उत्साह दर्शकमा देखिएको उल्लेख गरे ।

    नवीन चौहान निर्देशित फिल्म आर्टमान्डु प्रालिले निर्माण गरेको हो । निर्देशक चौहानकै लेखन रहेको फिल्म पाँचथर र नेपाल भारत सिमाना फालेलुङमा छायाङ्कन गरिएको सथयो । चिन्तन राजभण्डारीको छायाङ्कन रहेको फिल्मको सम्पादन कृष्ण भण्डारीले गरेका हुन् ।

    सागर बुढाथोकी र मिलन खत्री कार्यकारी निर्माता रहेको फिल्मको वितरण काफिया फिल्मस प्रालि र कुबेर सिने डिस्ट्रिब्युसनले गरिरहेका छन् ।

    फिल्म युनिटले बुटवलपछि चितवन, पोखरा हुँदै पूर्वमा विर्तामोडसम्म पुगेर मोफसल यात्रा समापन गर्ने जनाएको छ ।

  • घरभित्रका घरहरूको कथा- ‘के घर के डेरा : घर नम्बर २’

    घरभित्रका घरहरूको कथा- ‘के घर के डेरा : घर नम्बर २’

    काठमाडौं । माया, प्रेम, उल्लास र उमंगविनाको घर पनि के घर ? एउटा सुन्दर घर बन्नलाई सबैभन्दा पहिला स्मृतिहरू चाहिन्छ । अनिमात्रै इँटा, सिमेन्ट, रोडागिटी र फर्निचर इत्यादि चाहिन्छ ।

    जति नै रंगरोगन गरे पनि सुमधुर सम्बन्धले लतपतिएको छैन भने त्यो घर मृत पर्खालको चौघेरो मात्रै हो । अनि त्यो चौघेरोभित्र बस्ने मानिस ? उनीहरू सिर्फ दुःख र तनावका पट्यारलाग्दा कहानीमात्रै हुन् ।

    उसोभए घर बनाउनलाई सबैभन्दा पहिले के-के मजबुद हुनुपर्छ ?

    अहिले हलमा चलिरहेको ‘के घर के डेरा : घर नम्बर २’ ले भन्छ,- घरको जग खन्नुअघि सम्बन्धको जगलाई मजबुद बनाउनुस् । भूकम्प प्रतिरोधी पिल्लर ठडाउनुअघि विश्वासको पिल्लर ठडाउनुस् । घरको तला थप्नुअघि प्रेमको तला थपेर हेर्नुस् । घर यसै मजबुद बनेर जान्छ ।

    दिपेन्द्र के खनालकृत यो चलचित्रले सिमेन्टको चिसोले चिसिएको घरमा न्यानोको खोजिरहेका मानिसहरूको कथा भन्छ । आफ्नोपनले दिने मीठो आभास नपाएर छटपटिएका मानिसहरूको अनुभूतिबारे भन्छ । घर भएर पनि घरजस्तो नलाग्नेहरूको कथा भन्छ । जहाँ बस्यो त्यही ठाउँलाई घर बनाउनेहरूको कथा भन्छ । समग्रमा चलचित्रले यो चिसो सहरभित्र मानवीयतालाई जेनतेन बचाइरहेका मानिसहरूको कथा भन्छ ।

    ‘के घर के डेरा’ एउटा सिंगो घरको कथा हो ।

    यो घरभित्र ऋणमा चुर्लुम्म डुबेका घरभेटी रौनक र उसकी श्रीमती छन् । यो घरभित्र डेरामा बस्ने टाट पल्टिएका व्यापारी र मैनबत्ती बनाएर बेच्ने उसकी छोरी पूजा छन् । यो घरभित्र मिटरब्याज साहुले र्‍याखर्‍याख्ती पारेर भागिरहेको दिवाकर छन् । यो घरभित्र बस दुर्घटनामा बाआमा र बहिनी गुमाएर जाने ठाउँ कतै नभएका राजाराम छन् ।

    चलचित्रमा खनालले उठाएको अर्को गम्भीर पाटो चाहिँ बच्चाहरूले घरमा पाउने माहौल हो । बा-आमाको घरझगडाको साक्षी बस्न बाध्य बच्चाहरूको मानसिक हालत के होला ?

    यी सबै पात्रको आ-आफ्नै कथाव्यथा छन् । आ-आफ्नै संघर्ष छन् । सम्बन्धमाथि सबैले आ-आफ्नै खाले उतारचढाव भोगेका छन्/भोगिरहेका छन् ।

    ‘के घर के डेरा’ एउटा घरभित्रका साँघुरा कोठाहरूमा धिपधिप गरिरहेका अन्य घरहरूको कथा हो । ती कोठामा थन्किएका सपनाको कथा हो । ती कोठामा खसेका आँसुको कथा हो । ती कोठामा फक्रिएको प्रेमको कथा हो । साँघुरो कोठाको चिसो भित्ताले छेक्न नसकेको विश्वास र मानवीयताको कथा हो ।

    पैसालाई सबथोक मान्ने र पैसालाई सबथोक नमान्नेहरूको कथा पनि हो ‘के घर के डेरा’ । चलचित्रमा ठूलो मात्रामा पैसा गुमाएर सडकमा आएकाले बिरामी भएका व्यापारी र बैंकको किस्ता तिर्न नसकेर बिजोग अवस्थामा पुगेका घरभेटी रौनक छन् । परिवार गुमाएपछि त्यही बिमाको पैसाले सम्बन्धहरू किन्दै हिँडेका राजाराम छन् । जति जोर चलाए पनि जीवनमा केही तरक्की गर्न नसकेका दिवाकर छन् ।

    कथाको डिजाइन र कथावाचनको सरलतालाई केन्द्रमा राखेर हेर्ने हो भने ‘के घर के डेरा’ निर्देशक खनालको ‘पशुपतिप्रसाद’ पछि उत्कृष्ट चलचित्र हो । सम्भवतः ‘पशुपतिप्रसाद’ पछि कथावाचनमा यही चलचित्रमार्फत् खनालले आफूलाई प्रमाणित गरेका छन् ।

    यो चलचित्र हेरिरहँदा के लाग्छ भने खनाललाई कथा भन्न सानो र साँघुरो लोकेसन भए पुग्छ । सानो लोकेसनमा उनी कथाको पत्रपत्र केलाउन खप्पिस छन् । ठूलो क्यानभासमा उनी सायद अलमलिन्छन् । अलमलिएका उदाहरण खोज्ने हो भने भेटिएलान् पनि !

    ‘के घर के डेरा’ मा वर्गलाई देखाउन घरको माथिल्लो तलामा बस्ने घरभेटीसँग सोफा छ, सफा किचन छ । तल्लो तलातिर कोठामा बस्नेहरूसँग सामान्य खाट छ, सामान्य किचन छ । अनि उनीहरूले झेलिरहेको तनावमा आकाश-जमिनको अन्तर छ ।

    वर्ग फरक भए पनि सबैजना भित्रभित्रै भत्किएका छन् । टुटेका छन् ।

    घरभेटीसँग घर भएर के गर्नु, सम्बन्ध भग्नावशेषमा परिणत हुन मात्रै बाँकी छ । कोठाभाडामा बस्नेहरू पनि समस्यामा थिचिएर सख्त घाइते छन् । यसरी खनालले एउटा घरभित्रका अनेकन आयामका घरहरूको कथा भन्ने यत्न गरेका छन् ।

    चलचित्रमा हरेक पात्रहरू एक अर्कासँग कनेक्टेड छन् । सबै पात्रहरू संयोगले एकै ठाउँमा जोडिएका छन् । चलचित्र हेरुन्जेल कुनै पनि पात्र अनावश्यक लाग्दैन । पात्रहरूलाई चाहिने जति मात्रै स्पेश दिइएको छ । कुनै पनि पात्र अचानक आएर एक सूरमा बगिरहेको कथालाई धमिल्याउँदैनन् । बरु संयोगले कथामा प्रवेश गरेका पात्रहरू विस्तारै कथाको मूलप्रवाहमा मिसिँदै जान्छन् ।

    चलचित्रमा खनालले मीठोसँगले राजनीति पनि मिसाएका छन् । वर्षौंको मिहनेत बर्बाद भएपछि पूजाको बुवा सडकमा आउनुको एकै कारण छ,- राजनीति । भारतीय नाकाबन्दीका बेला करोडौंको प्याज र फलफूल नाकामै थुनिएर कुहिन्छ । कुहिएपछि उसको सबथोक सकिन्छ । सडकमा आउँछ । आममानिसको जीवनलाई राजनीतिले कसरी असर गरिरहेको छ भन्ने कुरा व्यापारीमार्फत् खनालले मीठोसँगले भनेका छन् । राजनीतिका कारण नाकाबन्दी हुन्थेन भने उसको जीवन अर्कै हुने थियो । यद्यपि त्यसरी करोडौंको व्यापार गर्ने व्यापारी एकैपटकमा होइन, पटकपटकमा चाहिँ सडकमा आएको देखाएको भए गज्जब हुन्थ्यो ।

    कथाको डिजाइन र कथावाचनको सरलतालाई केन्द्रमा राखेर हेर्ने हो भने ‘के घर के डेरा’ निर्देशक खनालको ‘पशुपतिप्रसाद’ पछि उत्कृष्ट चलचित्र हो । सम्भवतः ‘पशुपतिप्रसाद’ पछि कथावाचनमा यही चलचित्रमार्फत् खनालले आफूलाई प्रमाणित गरेका छन् ।

    यसपटक खनालले कथामा बढी ध्यान दिएका छन् । लेखक बुद्धिसागरको कथा लेखन भएर पनि हुनसक्छ, मीठा मीठा संवादले चलचित्रमा स्वाद थपेको छ । ‘आमा’, ‘चिसोमान्छे’ जस्ता चलचित्रमा जसरी खनालले सिनेम्याटोग्राफीम धेरै प्रयोग गर्न खोजेका छैनन्, त्यसले पनि कथामा मिठास थपेको छ । अथवा ‘भष्मे डन’ मा जसरी धेरै नै प्राविधिक हुन नखोज्दा पनि ‘के घर के डेरा’ मन छुने बनेको छ । यति चाहिँ भन्न सकिन्छ कि यस चलचित्रमा खनालले दिमाग मात्रै होइन, आफ्नो आत्मा पनि मिसाएका छन् ।

    चलचित्रमा साउण्डको प्रयोग अझै राम्रोसँग गरेको भए झनै गज्जब हुने थियो । अलि भावनात्मक दृश्यहरूमा बज्ने ब्याकग्राउण्ड स्कोर अलि बढी लाउड छ । यसमा छिसिक्क मात्रै काम गरेको भए अझै समृद्ध हुने थियो ।

    आर्यन सिग्देल र केकी अधिकारीको अभिनय समृद्ध लाग्छ । अधिकारीले निर्वाह गरेको पात्रले भोग्ने मानसिक तनाव र मनोवैज्ञानिक उतारचढाव हेर्नलायक छ । निश्चल बस्नेको अभिनय स्वभाविक लाग्छ । खगेन्द्रको अभिनय भने ‘पशुपतिप्रसाद’कै निरन्तरता हो कि झैँ लाग्छ ।

    चलचित्रमा खनालले उठाएको अर्को गम्भीर पाटो चाहिँ बच्चाहरूले घरमा पाउने माहौल हो । बा-आमाको घरझगडाको साक्षी बस्न बाध्य बच्चाहरूको मानसिक हालत के होला ? खनालले घरभेटी रौनक र श्रीमतीको झगडाको बीचमा सानी बच्ची (रुविना घिमिरे) लाई उभ्याएर सबै अभिभावकलाई सोधेको प्रश्न हो यो । ती बच्चीले सामना गरिरहेको एन्जाइटी वा अन्य मानसिक तनावलाई पनि देखाएको भए अझै गज्जब हुने थियो ।

    खनालले चलचित्रमार्फत् मानवीयता, प्रेम र सद्भावको पुस्तान्तरणलाई समेत देखाएका छन् । ‘यी सिमेन्ट र इँटाका घर होइनन्, मेरा करङले बनेका घर हुन्’ भन्ने बाबुले घरको गेटमा रौनकको नाममा ‘रौनक निवास’ भन्ने बोर्ड टाँस्छ । चलचित्रको अन्त्यमा रौनकले पनि छोरीलाई सम्झाउँदै ‘के घर क डेरा’को बोर्ड गेटमा टाँगिदिन्छ । बाउबाजेबाट ‘भौतिक सम्पत्ति’ मात्रै होइन, अनुभव, ज्ञन, सिप पनि पुस्तान्तरण भइरहेको हुन्छ भन्नलाई खनालले गरेको यो कोसिस प्रशंसालायक छ ।

    समग्रमा ‘के घर के डेरा : घर नम्बर २’ घरभित्रको दर्जनौं घरहरूको कथा हो ।

  • नोरा फतेहीको अंगालोमा भ्वाइस अफ नेपाल प्रोसेस, लेख्छन्- के चाहियो र यो भन्दा ?

    नोरा फतेहीको अंगालोमा भ्वाइस अफ नेपाल प्रोसेस, लेख्छन्- के चाहियो र यो भन्दा ?

    काठमाडौं । बलिउड अभिनेत्री नोरा फतेही अहिले काठमाडौंमा छिन् । ‘नोरा फतेही लाईभ इन नेपाल’ का लागी शनिबार नेपाल आएकी नोराको शनिबार नै कार्यक्रम थियो, जहाँ उनले आफ्नो भव्य प्रस्तुति दिएकी थिइन् । उनलाई हेर्न ठुलो संख्यामा दर्शक उपस्थित थिए ।

    कार्यक्रममा उनीसंगै नेपालका केही कलाकारले पनि आफ्नो प्रस्तुती दिएका थिए । नोराका अलावा कार्यक्रममा दुर्गेशदेखि ‘भ्वाइस अफ नेपाल’ को छैटौं सिजनका विजेता प्रोसेस पाण्डे, फाइनलिस्टरू अर्पणा आचार्य, रोशन राई, प्रमेश राई, इन्द्रकला राई र डान्सर तेरिया मगरको प्रस्तुति रहेको थियो ।

    कार्यक्रममा नोराले ’भ्वाईस अफ नेपाल’ का विजेता प्रोसेस पाण्डेलाई स्नेहपूर्वक अंगालो मार्दै उनको प्रस्तुतिको लागि धन्यवाद दिएकी थिइन् । नोराले अंगालो हालेको उक्त फोटो प्रोसेसले आफ्नो टिकटकमा शेयर गरेका छन् जसले अहिले सामाजिक संजालमा निकै चर्चा बटुलिरहेको छ । प्रोसेसको यो ‘फ्यानडम मोमेन्ट’ निकै भावुक र स्नेहपूर्ण देखिएको छ, जसले दर्शकहरूलाई प्रभावित गरेको छ ।

    नोरासँगको उक्त फोटोमा प्रोसेसले ‘के चाहियो र यो भन्दा’ लेखेर भिडिओ पोस्ट गरेका छन् । यो तस्वीरसहितको भिडियोले अहिले ‘टक अफ द टाउन’ भएको छ ।

    कतिले उनको भिडियोेमा सकारात्मक कमेन्ट्स गरेका छन् भने धेरैले ‘बडी सेमिङ’ पनि गरेका छन् । कतिले नोराको उक्त मोमेन्टको खुलेर तारिफ गरेका छन् भने कतिले प्रोसेसलाई समेत नकारात्मक कमेन्ट्स गरेका छन् ।

  • निर्देशक दीपेन्द्र के खनालको लागि आफ्नो प्रोजेक्ट छाडेका खगेन्द्र भन्छन्- अरुले बोलाएको भए म जाँदिन थिएँ

    निर्देशक दीपेन्द्र के खनालको लागि आफ्नो प्रोजेक्ट छाडेका खगेन्द्र भन्छन्- अरुले बोलाएको भए म जाँदिन थिएँ

    काठमाडौं । अभिनेता खगेन्द्र लामिछानेको नाम एक भए पनि परिचय अनेक छ । पर्दामा हेर्दा उनी कलाकारमात्रै हुन्, तर खगेन्द्रको परिचय यतिमा मात्र सीमित छैन । उनी सक्षम कलाकारसँगै, अब्बल लेखक अनि निर्देशक पनि हुन ।

    उनले लेखेका र निर्देशन गरेका ‘पशुपतिप्रसाद’, ‘टलकजंग भर्सेस टुल्के’, ‘हजुरबाको कथा’, ‘धनपती’, ‘जय भोले’ आदि थुप्रै चलचित्र हिट छन् । सम्रगमा भन्नुपर्दा सिने क्षेत्रका लागि उनी एक कम्प्लिट प्याकेज हुन् ।

    खगेन्द्र अहिले आफ्नो अर्को प्रोजेक्ट ‘विमान’ मा व्यस्त छन् । सँगै उनी हिजोबाट रिलिज भएको आफ्नो चलचित्र ‘के घर के डेरा–घर नं २’ को लागि पनि कुदिरहेका छन् । ठूलो संख्यामा स्टारकास्ट रहेको यस चलचित्रमा उनी कलाकारमात्र भएर खेलेका छन् । यस चलचित्रमा दीपेन्द्र के खनालको निर्देशन रहेको छ ।

    खगेन्द्र यस चलचित्रमा अचानक जोडिएका थिए । ‘चलचित्र ‘विमान’को काममा व्यस्त रहेको बेला निर्देशक खनालले सम्पर्क गरी यस क्यारेक्टरमा आफूबाहेक अरु कोही राख्न नमिल्ने बताएपछि ‘विमान’को काम छोडेर यता आवद्ध भएको थिएँ’, खगेन्द्र सुनाउँछन, ‘अरु निर्देशकले बोलाएको भए सायद म एउटा काम छोडेर अर्को काममा हाम फाल्दिन थिएँ । दीपेन्द्रसँग छुट्टै खालको सम्बन्ध भएकाले उनलाई नाईं भन्न मलाई आँट आएन ।’

    उनी दिउँसो ‘के घर के डेरा’को काम सकेर राति विमानको काम गर्थे । क्यारेक्टरका लागि काम गर्ने समय धेरै नरहेकाले उनले आफ्नो चरित्र निर्माणको सबै काम निर्देशक खनाललाई छोडिदिएका थिए ।

    उनी भन्छन, ‘म विमानको कामको प्रेसरमा थिएँ । त्यसैले क्यारेक्टरमा लामो समय लिएर काम गर्न सम्भव थिएन । मैले यो कुरा दीपेन्द्रलाई भनेको थिएँ । मैले यस चलचित्रमा उहाँले जसरी काम लगाउनुभयो, त्यसैगरी नै काम गरेको छु ।’

    यस चलचित्रमा धेरै पात्रको कथा भए पनि त्यसको उठान सरल र कुशल हिसाबले भएको खगेन्द्र बताउँछन् । निर्देशक खनालले चलचित्रमा सबै पात्रलाई सहज ल्यान्डिङ गराएको देखेर आफैं छक्क परेको उनको भनाइ छ ।

    ‘म आफैँ पनि लेखक हो, तर हरेक पटक चलचित्रमा धेरै पात्र हुँदा कसरी हरेक चरित्रलाई सहज ल्यान्डिङ गराउने भन्नेमा म अलमल पर्छु, तर यो चलचित्रमा लेखक र निर्देशकले निकै मेहनत गर्नुभएको छ । जसका कारण हरेक क्यारेक्टरको सहज ल्यान्डिङ छ’, उनले भने ।

    ‘के घर के डेरा–घर नं २’ घरभेटी, डेरावाल र घर अनि डेरा दुवै नभएको व्यक्तिहरुको कथा हो । यस चलचित्रले सबैको मन छुनेमा खगेन्द्र ढुक्क छन् ।

    साहित्यकार बुद्धिसागरले लेखेको यस चलचित्रमा खगेन्द्र लामिछानेसँगै निश्चल बस्नेत, उपासनासिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, सृजना नापित, सञ्जोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायतका कलाकारको अभिनय छ । एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जनको लगानी छ ।