Category: कलाप्रेस

  • ‘प्रकाश’को विदेश राइटस् महँगो मूल्यमा बिक्री

    ‘प्रकाश’को विदेश राइटस् महँगो मूल्यमा बिक्री

    काठमाडाैं । दिनेश राउत निर्देशित सिनेमा ‘प्रकाश’को विदेश राइटस् महँगो मूल्यमा बिक्री भएको छ । आगामी भदौ १० गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमाको अस्ट्रेलिया, क्यानडा, अमेरिका र युरोपमा महँगो मूल्यमा विदेश अधिकार बिक्री भएको हो ।

    निर्देशक राउतले केही समयअघि सार्वजनिक सिनेमाको टिजरप्रति दर्शकको सकारात्मक प्रतिक्रिया आएपछि विदेशका लागि मात्र सिनेमाको प्रदर्शन अधिकार बिक्री गरिएको बताए । निर्देशक राउतले भने, ‘नेपालमा सिनेमा रिलिज भएकै मितिमा यी देशमा पनि रिलिज हुनेछ ।’

    सिनेमाले एक युवाले शिक्षक बन्न गर्ने संघर्षको कथा प्रस्तुत गरेको छ । विकास सुबेदीको लेखन रहेको सिनेमाले जनयुद्धमा सहभागी बेपत्ता योद्धाको परिवारको कथा देखाएको बुझ्न सकिन्छ । जुम्लामा छायाङ्कन भएको सिनेमाले त्यहाँको परिवेशलाई टिपेको छ ।

    सिनेमामा प्रदीप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, नीरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाही लगायतका कलाकारको अभिनय रहेको छ । सिनेमाको डिजिटल राइट्स डिएआर मुभिजले खरिद गरेको छ ।

    बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको सिनेमामा राजेश श्रेष्ठको छायाङ्कन, जीवन थापाको सम्पादन, सुवास भुसाल, दीपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन र शैलेश श्रेष्ठको पार्श्व संगीत रहेको छ ।

    महेन्द्र अधिकारीको लगानी रहेको सिनेमालाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।

  • गायक रबिन लिम्बुको ‘मेरी सानी’को म्युजिक भिडियो सार्वजनिक

    गायक रबिन लिम्बुको ‘मेरी सानी’को म्युजिक भिडियो सार्वजनिक

    काठमाडौं । गायक रबिन लिम्बुको ‘मेरी सानी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

    डिपी खनाल र सदु खनालको शब्द रहेको गीतमा शंकर थापा स्माइलको संगीत रहेको छ भने विश्व अधिकारीको संगति संयोजन रहेको छ ।

    गीतको म्युजिक भिडियोमा नायक अfर्यन सिग्देल र रुबिना थापाले अभिनय गरेकी छन् ।

    सौरभ लामाले छयांकन तथा निर्देशन गरेको भिडियोमा अर्जुन जिसीको भिडियो सम्पादन रहेको छ ।

    गीत दश म्युजिक मार्फत युट्युबमा सार्वजनिक भएको हो ।

  • जि-बबको घमण्ड- म सुपरस्टार हुँ, बाबुआमा चाहिँदैन (भिडिओ)

    जि-बबको घमण्ड- म सुपरस्टार हुँ, बाबुआमा चाहिँदैन (भिडिओ)

    काठमाडौं । र्‍यापर जि-बब यतिबेला तीब्र विवादमा छन् । आफ्नै बुबाआमाविरुद्ध जिल्ला प्रशासनमा दिएको उजुरी र अन्तर्वार्ताका कारण उनको चर्को आलोचना भइरहेको छ ।

    आफूमाथि लागेका आरोपहरूबारे स्पष्टीकरण दिन जि-बबले आज एउटा प्रेस मिट आयोजना गरे । यो उनको जीवनकै पहिलो प्रेस मिट थियो । तर, हाउभाउ र अभिव्यक्ति हेर्दा कुनै सुपरस्टारको भन्दा कम थिएन ।

    त्यसो त पत्रकार सम्मेलनमा जि-बब आफैंले आफूलाई सुपरस्टार घोषणा पनि गरे ।

    उनले भने, ‘म सुपर स्टार नै हो । आज तपाईंहरू ८०-५० जना मिडिया आउनुभएको छ । मैले चाहेँ भने ३-४ सय जना मिडिया पनि जम्मा पार्न सक्छु ।’

    जि-बब यतिमा रोकिएनन् । उनले आफू ब्रम्हान्डकै सर्वोत्कृष्ट ब्याटल र्‍यापर भएको अर्को घोषणा गरे ।

    ‘आई एम बेस्ट अफ दी बेस्ट ब्याटल र्‍यापर एभर अलाइभ इन द युनिभर्स’ उनले भने, ‘यो मैले घमण्ड गरेर भनेको होइन ।’

    आजको पत्रकार सम्मेलनको मुख्य विषय चाहिँ जि-बबको व्यक्तिगत र पारिवारिक विवाद थियो । उनले बुबाआमाविरुद्ध आफूले स्वतन्त्रता खोजेको कुरालाई गलतरूपमा बुझिएको गुनासो गरे । जिप्रकामा आफूले बुबाआमाविरुद्ध मुद्दा दिएको नभइ निवेदन मात्रै हालेको उनले पटक-पटक दोहोर्‍याए ।

    हिजो एक अन्तर्वार्तामा जि-बबले आफ्नी आमामाथि चारित्रिक आरोप लगाएका थिए । आज प्रेसमिटमा उनले त्यसबारे पनि बोले ।

    उनले भने, ‘मलाई घरको गोप्य कुरा बाहिर ल्याउन मन थिएन । तर, उहाँहरू (बुबाआमा) ले नै बाहिर ल्याएकाले मैले अन्तर्वार्ता दिएको हुँ । मैले रियालिटी बोलेको हो । तर, आमालाई दोष लगाउँदिन । हाम्रो सम्बन्ध पहिल्यैदेखि समस्याग्रस्त थियो ।’

    आमाले आफू एएनटीएफको कब्जामा रहेको भनेर गलत आरोप लगाएको जि-बबले बताए ।

    उने भने, ‘म उहाँसँग कन्ट्याक्टमा नबसेको भएर यस्तो आरोप लगाउनुभएको होला । हो म मम्मीसँग कन्ट्याक्टमा बस्दिनँ । मलाई उहाँसँग बोल्नै मन लाग्दैन त के गर्ने ? म ठूलो भएको छोरा हो । मेरो पनि लाइफ हुन्छ नि । तपाईंहरू पनि मेरो ठाउँमा आएर सोच्नु न । मेरो लागि मेरो फेमिली र एएनटीएफ एउटै हो । एएनटीएफ थिएन भने जि-बब हुन्थेन ।’

    बाबु भने सानैदेखि आफूसँग टाढा रहेको जि-बबले बताए ।

    ‘म सानै छँदा दुबई जानुभयो । फोटो देखेको हो । बेलाबेलामा फोनमा कुरा गर्नुहुन्थ्यो । जहिले पनि आईटी पढ भन्नुहुन्थ्यो । मेरो र्‍यापमा बुबाआमाको कुनै सहयोग भएन,’ उनले भने ।

    अस्ति भर्खर दुबईबाट फर्केर आएको बुबासँग आफू नबस्ने उनले बताए । आमाबुबासँगको सम्बन्ध समाप्त नै गर्न चाहेको उनको भनाइ थियो ।

    ‘मैले सिध्याउनै खोज्या हो । आई क्यान लिभ अलोन । म अब फेमिलीसँग बस्दिनँ । डेन्जर प्लान बनाइराको छु । म मेरो नयाँ फेमिली बनाउँछु,’ जि-बबले भने ।

    पत्रकार सम्मेलनको अन्त्यमा जि-बबले आफूलाई सही लागेको कुरा जे पनि बोल्न पाउनुपर्ने बताए । व्यक्तिगत स्वतन्त्रता भन्दै उनले माइकमै अश्लिल शब्द बोले ।

    उनले भने, ‘हामीलाई यदि दुई प्लस दुई पाँच हो भन्ने लाग्छ भने हामी दुई प्लस दुई पाँच भनिरहन्छौं । त्यो त स्वतन्त्रता हो नि हाम्रो । हामी माइक अगाडि जे पनि भन्न पाउँछौं । हामी मुखै छाड्न पनि पाउँछौं । माइकअगाडि ‘मा…’ भन्नु स्वतन्त्रता हो क्या र्‍याप आर्टिस्टको । कुरा बुझ्नु हुन्न ?’

  • २५ मिनेटको पत्रकार सम्मेलन सकेर रिह्याबमै फर्किए जी-बब

    २५ मिनेटको पत्रकार सम्मेलन सकेर रिह्याबमै फर्किए जी-बब

    काठमाडौं । चर्चित र्यापर सुदिप भण्डारी उर्फ जी-बबले आज पहिलो पटक पत्रकार सम्मेलन आयोजना गर्दै आफ्नो व्यक्तिगत र पारिवारिक विषयमा प्रस्टीकरण दिए ।

    पत्रकार सम्मेलनमा जी-बबको अभिव्यक्तिको मुख्य सार आफू ठूलो भइसकेकाले पारिवारिक बन्देज स्वीकार नगर्ने भन्ने थियो ।

    जीबबले आफूलाई परिवारले पटक–पटक रिह्याब सेन्टरमा बस्न दबाब दिएको गुनासो गरे । र्याप ब्याटल आयोजक कम्पनी अल नेपाल थग फेमिली (एएनटीएफ) लाई समेत बुबाआमाले विभिन्न आरोप लगाएको भन्दै उनले आपत्ति जनाए ।

    ‘एएनटीएफले मलाई कब्जा गरेको भन्ने कुराहरू उहाँहरूले गर्नुभएको छ, त्यो गलत हो,’ जी-बबले भने ।

    तस्बिर : उमेश कार्की/नेपाल प्रेस
    तस्बिर : उमेश कार्की/नेपाल प्रेस

    उनले आफू ड्रग्स एडिक्ट भएको स्वीकार गरे । सुरुमा आफ्नै इच्छाले रिह्याब सेन्टर गएको उनले बताए ।

    ‘म नखाने होइन डेन्जर खाने मान्छे हो । स्वास्थ्यमा समस्या आएको फिल भएपछि आफैँ रिह्याबमा पुगेर फर्म भरेको थिएँ,’ उनले भने ।

    पत्रकार सम्मेलनमा समर्पण समाज नामक रिह्याब सेन्टरका सञ्चालक टासी लामा पनि उपस्थित थिए । लामाले जीबबलाई अझै उपचार आवश्यक भएको बताए ।

    तस्बिर : उमेश कार्की/नेपाल प्रेस

    जीबबको बारेमा उनको भनाइ यस्तो थियो :

    ‘बिरामी भएर स्वयम् उ आएर मलाई ट्रिटमेन्ट चाहियो भनेपछि ठिकै छ, बस न त भाइ भनेको थिएँ । पछि आउँछु भनेर गएको थियो । त्यस बेला फर्म भरिदिएको हो । यो बीचमा के कति खायो थाहा भएन, हिजो फेरि एक्कासि फोन गरेर, दाइ म त रिह्याब बस्नुपर्ने भयो भन्यो । मैले ठिकै छ, आऊ न त भाइ भनेँ । हिजो बस्यो भन्दैमा आज रिकभर भयो भन्न मिल्दैन । कुलतमा फसिसकेपछि समय चाहिन्छ । यो एउटा प्रोसेस हो । उ मेन्टल्ली प्रिपेयर छैन । डिस्टर्व छ । उसलाई केही समय दिनुस् । अहिले पनि मेन्टल्ली विक नै छ ।’

    २५ मिनेटका लागि रिह्याबबाट ल्याइएका जीबबलाई पत्रकार सम्मेलन सकिएपछि समर्पण समाजका व्यक्तिहरूले लिएर गए ।

  • खुट्टा लागेको छोरा हुँ, आमा-बुबाबाट स्वतन्त्रता चाहन्छुः जि-बब (भिडिओ)

    खुट्टा लागेको छोरा हुँ, आमा-बुबाबाट स्वतन्त्रता चाहन्छुः जि-बब (भिडिओ)

    काठमाडौं । चर्चित र्‍यापर सुदीप भण्डारी ‘जि-बब’ ले आफूलाई परिवारबाट स्वतन्त्रता चाहिएको बताएका छन् । बुबाआमाविरुद्ध आफूले मुद्दा हालेको नभइ स्वतन्त्रताका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको उनको भनाइ छ ।

    जि-बब र बाबुआमाले एक-अर्काविरुद्ध उजुरी दिएको सार्वजनिक भएपछि जि-बबले आज पत्रकार सम्मेलन आयोजना गरी आफ्नो प्रष्टीकरण दिएका हुन् । उनले आफूले बुबाआमाविरुद्ध मुद्दा दिएको नभइ निवेदन दिएको बारम्बार दोहोर्‍याए ।

    जि-बबले भने, ‘मैले स्वतन्त्रता खोजिरहेको हो । त्यसैका लागि कपीमा लेखेर सिडीओमा निवेदन दिएको हुँ । तर सबैले मुद्दा हाल्यो भन्दा समस्या भयो । मेरो भनाइ यत्ति हो कि म खुट्टा लागेको छोरा हुँ । मेरो बुवाआमाले मेरो काममा हस्तक्षेप गर्नुभएन । तर, मैले मुद्दा हालेको होइन । निवेदन दिएको हुँ । निवेदन भन्छ यसलाई । नि…वे…द..न…’

  • पुष्पा फिल्मका नायक अल्लु अर्जुनविरुद्ध उजुरी

    पुष्पा फिल्मका नायक अल्लु अर्जुनविरुद्ध उजुरी

    मुम्बई । दक्षिण भारतीय फिल्मका प्रख्यात अभिनेता अल्लु अर्जुन केही समययता फिल्म ‘पुष्पा’का कारण चर्चामा थिए । उनको यो फिल्मले स्वदेशमा मात्र होइन, विदेशमा पनि लोकप्रियता पाएको थियो । अहिले यिनै अर्जुन पुनः चर्चामा छन् । उनको यो चर्चा फिल्मले मात्र नभई एक विज्ञापनका कारणले हो ।

    अल्लु एक शैक्षिक संस्थानले उत्पादन गरेको विज्ञापनमा अभिनय गरेपछि विवादमा तानिएका छन् । सामाजिक कार्यकर्ता कोठा उपेन्द्र रेड्डीले एक संस्थानको विशेष विज्ञापनमा अल्लुको अनुहारको प्रयोग गरी भ्रामक प्रचार गरिएको भन्दै अल्लुलाई कारबाहीको माग गरेका छन् ।

    उनले अल्लुविरुद्ध विज्ञापनमा अभिनय गर्नका लागि र चैतन्य शैक्षिक संस्थाविरुद्ध गलत सूचना दिएको भन्दै अम्बरपेट प्रहरीमा उजुरी दिएका हुन् । उनले आम मानिसलाई गलत सूचना दिएको भन्दै अल्ल र शैक्षिक संस्थानविरुद्ध मुद्दा चलाउनुपर्ने बताएका छन् ।

    यसअघि अल्ल एक फूड डेलिभरी एपको मार्केटिङका लागि आलोचित भइसकेका छन् ।

  • ५ वर्षकाे उमेरदेखि संघर्ष गर्दै बनेकी गायिका ब्रिट्नी – जसको पहिलो विवाह ५५ घण्टामै टुटेको थियो

    ५ वर्षकाे उमेरदेखि संघर्ष गर्दै बनेकी गायिका ब्रिट्नी – जसको पहिलो विवाह ५५ घण्टामै टुटेको थियो

    न्यूयोर्क । चर्चित अमेरिकी पप गायिका ब्रिट्नी स्पीयर्सले प्रेमी साम असघारीसँग विवाह गरिन् । क्यालिफोर्नियामा भएको यो गोप्य विवाहमा उनका पूर्वपति जेसन एल्कजेन्डरले उनीहरुको विडिङ पार्टी बिगार्नेसमेत प्रयास गरेका थिए ।

    ब्रिट्नीको प्रेम जीवन सधैं हेडलाइनमा रहने गरेको छ । ब्रिट्नीको सामसँग यो तेस्रो विवाह हो। यसअघि उनले दुई पटक विवाह गरिसकेकी छन् । ब्रिट्नीले सन् २००४ मा आफ्नो बाल्यकालको साथी जेसनसँग विवाह गरेकी थिइन् । तर, ब्रिट्नीले ५५ घण्टामै यो विवाह तोडिन् ।

    त्यसपछि ब्रिट्नीले र्यापर केभिन फेडरलाइनसँग विवाह गरिन्, जससँग उनका दुई छोराछोरी छन्, सन प्रेस्टन र जेडेन जेम्स। यो विवाह पनि लामो समय टिक्न सकेन र सन् २००७ मा दुवैको सम्बन्धविच्छेद भयो ।

    यस्तै, ब्रिट्नीको जीवन निकै विवादास्पद रह्यो। कयौं पटक उनी अनौठो व्यवहारका कारण चर्चित पनि भइन् । मानसिक सन्तुलनका कारण उनले एकपटक सबै कपाल पनि काटेकी थिइन् । यति मात्र होइन, छोराछोरीलाई धेरै लापरवाहीपूर्वक ह्यान्डल गरेकोसमेत आरोप उनीमाथि छ । बुवा जेमीसँगको खराब सम्बन्धका कारण पनि ब्रिट्नी चर्चामा छिन् ।

    सन् १९८१ मा मिसिसिपीको म्याककम्बमा जन्मिएकी ब्रिट्नीले तीन वर्षको उमेरदेखि नै नृत्य सिक्न थालेकी थिइन् । पाँच वर्षको उमेरमा उनले पहिलो पटक स्टेज परफॉर्मन्स दिएकी थिइन्। उनको पहिलो एल्बम ‘बेबी वन मोर टाइम’ सन् १९९९ मा रिलिज भएको थियो र निकै हिट भयो। सन् २००० मा, ‘उप्स आई डिड इट अगेन’को दोस्रो एल्बमले उनलाई चर्चा ल्यायो ।

    पप गायिकाको नेटवर्थ हेर्दा ४१ वर्षको उमेरमा उनी करिब २०० मिलियन डलर कमाएकी छन् । ग्रामी बाहेक उनले धेरै म्यूजिक अवार्ड पनि जितेकी छिन् ।

  • पल शाहकी बहिनी भन्छिन्- मुद्दा लड्न पैसा उठाएका छैनौँ

    पल शाहकी बहिनी भन्छिन्- मुद्दा लड्न पैसा उठाएका छैनौँ

    काठमाडौं । नाबालिग गायिकाको बलात्कारको आरोपमा ४ महिना देखी पुर्पक्षका लागि तनहुँ कारागारमा रहेका अभिनेता पूर्ण विक्रम शाह उर्फ पल शाहकी बहिनी रोशनी राज्यलक्ष्मी शाहले मुद्दा लड्नका लागि भनेर हालसम्म कसैसँग पनि आर्थिक सहयोग नमागेको बताएकी छिन् ।

    विभिन्न युट्युब च्यानल तथा सामाजिक सञ्जालमा पल शाहको मुद्दा लड्नको लागि भनेर मोटो रकम असुल गरिएको भन्ने सन्देश प्रवाह भएको र उक्त खबरले शाह परिवारको ध्यान आकर्षण भएको भन्दै रोशनीले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो परिवारले कुनै आर्थिक सहयोग नमागेको जानकारी गराएकी हुन् ।

    उनले लेखेकी छन्, ‘केही युट्युब च्यानल र सञ्जालमा पल शाहको मुद्दा लड्नका लागि मोटो रकम उठाएको भन्ने खबरहरू आएकोले उक्त खबरले हाम्रो ध्यानाकर्षण गराएको छ । पल शाह न्यायिक हिरासतमा बसे देखी अहिले सम्म परिवारका सदस्य कसैले पनि कसैबाट आर्थिक साहयता लिएका छैनौँ र आर्थिक सहयोगका लागि कतै पनि आग्रह गरेका छैनौँ ।’

    उनले पल शाहको नाममा पैसा नउठाउन पनि सबैलाई आग्रह गरेकी छन् ।

  • पप गायक जस्टिन बिबरको अनुहारमा प्यारालाइसिस

    पप गायक जस्टिन बिबरको अनुहारमा प्यारालाइसिस

    काठमाडौं । हलिउडका प्रख्यात गायक जस्टिन बिबरलाई प्यारालाइसिस भएको छ । जस्टिनलाई रामसे हन्ट सिन्ड्रोम नामको एक दुर्लभ रोगले छोएपछि उनलाई अनुहारको आधा भागमा प्यारालाइसिस भएको हो ।
    यो रोग लागेपछि जस्टिन केही समयका लागि आराममा छन् । उनले एक भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्दै आफ्नो कन्सर्टको शो क्यान्सिल गरेको बताएका छन् ।

    भिडियोमा जस्टिन निकै कमजोर देखिएका छन् । उनी बोल्न पनि झन्झट मानिरहेका छन् । ‘एक भाइरसको कारण मलाई खतरनाक रोग लागेको छ । यो भाइरस यति खतरनाक छ कि मेरो अनुहारको नशामा आक्रमण गरिरहेको छ । यसकारण मेरो अनुहारको आधा भागमा प्यारालाइसिस भएको छ’,उनले भनेका छन् ।

    भिडियोमा उनले आफ्नो अनुहार फ्यानलाई पटक पटक देखाएका छन् । उनले कसरी आफ्नो एक भागको आँखा झिम्कन सकेको छैन भनिरहेका छन् । उनी एक भागमा हास्नसमेत सकेका छैनन् । उनको नाक पनि हल्लिएको छैन ।

    ‘यो समय म स्टेज प्रस्तुती दिन सकेको छै, किनकी मेरो शरीरले काम नै गरेको छैन । यो भाइरस निकै गम्भीर किसिमको छ । तपाईंहरु मेरो शरीरलाई देख्न सक्नुहुन्छ’, उनले भनेका छन् ।

     

  • ‘पानीफोटो’को फर्स्टलुक पोस्टर सार्वजनिक

    ‘पानीफोटो’को फर्स्टलुक पोस्टर सार्वजनिक

    काठमाडौं । साउन १३ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘पानीफोटो’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।

    शुक्रबार सार्वजनिक गरिएको एक पोस्टरमा अभिनेता अनुप बराल, खगेन्द्र लामिछाने, मेनुका प्रधान र मलिका महतलाई चरित्र लुक्समा प्रस्तुत गरिएको छ । अर्को पोस्टरमा दुई पात्रलाई बाटोमा हिड्दै गरेको देख्न सकिन्छ ।

    अभिनेता खगेन्द्र लामिछानेले यही सिनेमाबाट निर्देशनमा डेव्यु गरेका छन् । सिनेमाको लेखक पनि स्वयंम खगेन्द्र नै हुन् । खगेन्द्रले आफू लिखित नाटक ‘पानीफोटो’लाई सिनेमाको स्वरुपमा ढालेका हुन् । माओवादी जनयुद्धको समयमा झन्डै डेढ दशक अगाडि बेपत्ता भएको छोराको पर्खाइमा बसेका बा(आमाको कथालाई प्रस्तुत गरिएको छ ।

    सिनेमामा खगेन्द्र लामिछाने, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ्ग, मलिका महत, अशान्त शर्मालगायतको अभिनय रहेको छ । टुकी आट्र्स र मन्जुश्री फिल्म्सले निर्माण गरेको सिनेमालाई रोजिना सिटौला र रविन्द्र बज्राचार्यले मिलेर निर्माण गरेका हुन् ।

    काठमाडौं, बर्दिया, रोल्पा र स्याङ्गजामा छायांकन भएको सिनेमालाई दीपक बज्राचार्यले छायांकन गरेका हुन् । सिनेमामा निमेष श्रेष्ठ र अर्जुन कार्कीको सम्पादन र पुष्पा संगमको पाश्र्व संगीत छ ।

     

  • सन्तोष खनालको निर्देशनमा कमेडी सिरियल मालामाल नियमित प्रसारण

    सन्तोष खनालको निर्देशनमा कमेडी सिरियल मालामाल नियमित प्रसारण

    काठमाडौं । कमेडी सिरियल मालामाल प्रसारण शुरु भएको छ । ओ यस आर डिजिटलको प्रस्तुति रहेको उक्त सिरियलको नियमित प्रसारण ओ एस आर मुभिजमा हरेक शुक्रबार राति ८ बजे हुनेछ ।

    सामाजिक तथा समसामयिक बिषय उठान गरेको हाँस्यव्यङ्ग्य शैलीमा आधारित यस सिरियलले चाँडै नै दर्शकको मन जित्ने दाबी यसका परिकल्पनाकार तिलक कोइरालाको रहेको छ ।

    यसमा अभिनय गर्ने कलाकारहरु राजु भुजु, श्याम राई, सन्तोष खनाल, एलिस राई, कञ्चन खड्का, सुदर्शन आचार्य, निशा पाख्रिन तामाङ, ठाकु गुरुङ, चन्द्र पाण्डेय, तिलक कोइराला आदि रहेका छन् भने नेपालकै कान्छी स्ट्यान्डप कमेडियन सुयशा खनालको पनि अभिनय रहने छ ।

    दिलिप विष्टको छायाङ्कन रहेको यस सिरियलमा सङ्गीत संयोजन विनय कार्कीले गरेका छन् भने सम्पादन सन्दिप चौधरीको रहेको छ । तिलक कोइराला र चन्द्र पाण्डेयको लेखन रहेको यस सिरियलका निर्देशक सन्तोष खनाल हुन् ।

  • जिल्ला प्रशासनमा जी-बब र आमाबुबाले दिए एक अर्काविरुद्ध उजुरी, प्रहरीमा छलफल भए पनि टुङ्गिएन

    जिल्ला प्रशासनमा जी-बब र आमाबुबाले दिए एक अर्काविरुद्ध उजुरी, प्रहरीमा छलफल भए पनि टुङ्गिएन

    काठमाडौं । चर्चित र्‍यापर सुदिप भण्डारी (जी-बब)ले काठमाडौं जिल्ला प्रशासन कार्यालयमा शान्ति सुरक्षा माग गर्दै आफ्नै बुबा आमाविरुद्ध उजुरी दिएका छन्।

    आमा बुबाले पनि जी-बबविरुद्ध उजुरी दिएपछि प्रशासनले काठमाडौं प्रहरी कार्यालयलाई दुवै पक्षलाई राखेर छलफल गराउन निर्देशन दिएको थियो।

    काठमाडौं प्रहरी प्रवक्ता दिनेश मैनालीले शुक्रवार दुवै पक्षलाई राखेर छलफल गरिए पनि टुंगोमा नपुगेको बताए।

    ‘अब छलफल सोमबार हुन्छ’, एसपी मैनालीले भने।

    मैनालीका अनुसार भण्डारीले बुबा आमाले जबरजस्ती आफूसँग राख्न खोजेको भन्दै उजुरी दिएका छन्।

    आफू बेग्लै बस्दा हस्तक्षेप भएको उनको गुनासो छ। यता उनका बुबा आमाले भने छोरा आफूसँगै बस्नुपर्ने भन्दै उजुरी दिएका हुन्।

    लागू औषधको कुलतमा रहेका र्‍यापरलाई पटक पटक सुधार गृहमा राखिए पनि उनी त्यहीँबाट भागेका थिए।

    काठमाडौं जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी दीपक पौडेलले शुक्रवार दिउँसो जी-बबले उजुरी लिएर आएको र लगत्तै उनका बुबा आमाले उजुरी लिएर आएपछि छलफलका लागि प्रहरीकहाँ पठाइएको बताए।

    ‘हाम्रो सहमतिबिना जी-बबलाई रिह्याबमा राखिएको भन्ने बाबुआमाको गुनासो रहेछ। जी- बबले भने बुबाआमाले यातना दिएको उल्लेख गरेका छन्’ उनले भने ।

  • सलमान खानलाई गोली हानेर मार्ने प्रयास भएको खुलासा

    सलमान खानलाई गोली हानेर मार्ने प्रयास भएको खुलासा

    काठमाडौं । बलिउड स्टार सलमान खानको हत्या गर्ने असफल प्रयास गरिएको खुलासा भएको छ । लरेन्स विष्णोइ नामको संगठनले सलमानको घरमै सार्पसुटर पठाएर उनलाई मार्न खोजेको हो ।

    सिद्दु मुसेवालाको हत्या गर्ने विष्णोइ समूहले सलमानको समेत हत्या गर्ने प्रयास गरेको टाइम्स नेटवर्कले जनाएको छ । यो घटना कहिलेको हो भन्ने चाहिँ खुलाइएको छैन । समाचारअनुसार अन्तिम समयमा सलमानलाई गोली हान्ने निर्णयबाट सार्पसुटरले पछि हटेका थिए ।

    त्यस दिन बिहान सलमान सधैँझै आफ्नो निवासको कम्पाउन्डमा साइक्लिङ गरिरहेका थिए । उनको छेउछाउ कुनै बडीगार्ड पनि थिएनन् । हक्कीको ब्यागमा बन्दुक बोकेका सार्पसुटर सलमानमा बाहिर ढुकेर बसेका थिए । सलमान गेटबाट निस्कनासाथ गोली हान्ने उनीहरूको तयारी थियो ।

    तर, ठिक त्यही बेला मुम्बई पुलिसको एउटा टिम सलमानको गेटमै आइपुग्यो । त्यस दिन सलमानको एउटा कन्सर्ट भएकाले उनलाई स्कर्टिङका लागि प्रहरीको टोली आएको थियो । अचानक प्रहरीलाई देखेपछि सार्पसुटर हच्किए । उनीहरूले अहिले गोली नहान्ने निर्णय गरेर फर्किएको समाचारमा जनाइएको छ ।

    केही दिन अगाडि मात्रै सलमान खान र उनका पितालाई ज्यान मार्ने धम्कीसहितको पत्र भेटिएको थियो ।

    सलमानका पिता सलिम खानले मर्निङ वाकपछि आराम गर्ने क्रममा बेन्चमै सो पत्र भेटेका थिए । यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । उक्त पत्र पनि विष्णोइ समूहले नै पठाएको बताइएको छ ।

  • ‘कन्जरभेटरशिप’ बाट छुटेको ७ महिनामा ब्रिट्नी स्पियर्सले गरिन बिहे

    ‘कन्जरभेटरशिप’ बाट छुटेको ७ महिनामा ब्रिट्नी स्पियर्सले गरिन बिहे

    काठमाडौं । अमेरिकी गायिका तथा मोडल ब्रिट्नी स्पियर्सले ‘कन्जरभेटरशिप’ बाट छुटेको ७ महिनामा आफ्ना प्रेमी स्याम अस्घारीसँग बिहे गरेकी छिन् ।

    अन्तर्राष्ट्रिय संचार माध्यम बीबीसीका अनुसार ब्रिट्नी बिहीबार आफ्ना नजिकका केही इष्टमित्रहरुको सहभागितामा प्रेमी स्यामसँग वैवाहिक सम्बन्धमा बाधिएकी हुन् ।

    बिहेको केही समय अगाडि उनका पूर्व पती जेसन एल्कजेन्डरले उनको घर ‘गेटक्र्यास’ गर्न खोजेको र उनलाई प्रहरीले पक्राउ गरेको मिडिया रिपोर्टमा उल्लेख छ । ब्रिट्नी र जेसनले सन् २००४ मा बिहे गरेका थिए । उनीहरुको वैवाहिक सम्बन्ध मात्र ५५ घण्टा टिकेको थियो । ४० वर्षिया गायिका ब्रिट्नीले गत वर्षमात्र ‘कन्जरभेटरशिप’ को कारण आफूले विवाह गर्न पाउने र सन्तान प्राप्त गर्न पाउने अधिकार समेत हनन भएको बताएकी थिइन् । उनी विगत १३ वर्ष देखी ‘कन्जरभेटरशिप’ मा थिइन् ।

    अमेरिकी कानुन अनुसार आफ्नो व्यक्तिगत निर्णय आँफै लिन नसक्ने अवस्थाका वयस्क व्यक्तीहरुलाई कुनै संस्था वा विशेष गरी सोही व्यक्तीको परिवारका सदस्यहरुलाई उक्त व्यक्तीको तर्फबाट निर्णय लिनका लागि चुनिने प्रावधान रहेको छ जसलाई ‘कन्जरभेटरशिप’ भनेर भन्ने गरिन्छ भने विगत लामो समय देखी ब्रिट्नी सोही कन्जरभेटरशिप प्रावधानमा थिइन् ।

    उनका पितालाई नै उनको कन्जरभेटरको रुपमा नियुक्त गरिएको थियो । ‘कन्जरभेटरशिप’मा रहेका व्यक्तीले आफूले कुनै पनि व्यक्तिगत निर्णय लिन पाउँदैन् भने आफ्नै धन सम्पत्तिमा पनि उनिहरुको हक हुँदैन । ब्रिट्नीले बेला बेलामा आफू कन्जरभेटरशिपको कारण यातना झेल्न बाध्य भएको बताउँदै आएकी थिइन भने उनका समर्थकहरुले ‘ह्यासट्याग फ्री ब्रिट्नी’ नामक अभियानसमेत चलाउँदै आएका थिए । लागूपदार्थ सेवन , तथा मानसिक अवस्था ठीक नभएको लागयतका कारण देखाउँदै उनलाई ‘कन्जरभेटरशिप’ मा राखिएको थियो ।

  • ससुरालीमा राजेश हमालले मनाए ५८ औं जन्मदिन

    ससुरालीमा राजेश हमालले मनाए ५८ औं जन्मदिन

    काठमाडौं । अभिनेता राजेश हमालले आफ्नो ५८ औं जन्मदिन मनाउँदै आफू अभिनित नयाँ म्युजीक भिडियो ‘गुन्द्रुक तिउन’ सार्वजनिक गरेका छन् ।

    झक्तपुरको ससुराली रेष्टुरेन्टमा पत्रकार भेटघाट गर्दै गीतको सार्वजनिक गरिएको हो । सोहि कार्यक्रममा अभिनेता हमालको जन्मदिनको उपलक्ष्यमा म्युजीक भिडियो टिमको तर्फबाट केक काटियो ।

    कार्यक्रममा ससुराली रेष्टुरेन्टको तर्फबाट पोष्टरमा अभिनेता हमालको १८ औं जन्मदिन भनेर लेखिएको थियो । त्यसै प्रसंगमा सञ्चारकर्मिले आज तपाईको कतिऔं जन्मदिन भन्ने प्रश्नमा हमालले ठट्टा गर्दै भने, ‘म जब १८ बर्ष पुगेको थिएँ त्यो समयदेखी उमेर गन्न छाडिदिएँ । त्यसैले १८ लेखिएको होला ।’

    जन्मदिनकै अवसरमा ‘गुन्द्रुक तिउन’ गीतको सार्वजनिक गर्न पाएकोमा खुसी ब्यक्त गर्दै हमालले भने, ‘नेपाली मौलिक लोकगीतमा अभिनय गर्ने अवसर पाएँ त्यसका लागी टिमप्रति आभार ब्यक्त गर्छु ।’

    राजु परियार र करुणा राईको स्वर रहेको गीतमा शब्द र संगीत गोविन्द पराजुलीको रहेको छ । यस्तै गीतको भिडियोमा अभिनेता हमालसँगै गायिका करुणा आफैले अभिनय गरेकी छिन् । भिडियोको निर्देशन देवेन्द्र पाण्डेयले गरेका हुन् ।

    गायिका करुणाले आफूले ‘गुन्द्रुक तिउन’ सहित अभिनेता हमालसँग तीनवटा भिडिओमा काम गर्न पाएको बताइन् । उनले आफ्नो सानैदेखीको चाहाना पुरा भएको भन्दै खुसी ब्यक्त गरिन् । ‘मैले कहिल्यै सोचेकी पनि थिइन राजेश दाईसँग यसरी भिडिओमा काम गर्न पाउँछु । यो मेरोलागी ठुलो अवसर हो ।’

  • प्रख्यात पाकिस्तानी टिभी होस्ट आमिर लिआकतको मृत्‍यु

    प्रख्यात पाकिस्तानी टिभी होस्ट आमिर लिआकतको मृत्‍यु

    काठमाडौं । प्रख्यात पाकिस्तानी टिभी होस्ट तथा राजनितिज्ञ आमिर लिआकत आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् ।

    उनका सहयोगी संचार माध्यम जिओ न्युजलाई जानाकारी गराए अनुसार हिजो देखी उनको स्वास्थ्यमा समस्या देखिएको थियो यधप्पी उनी अस्पातल जान भने मानेका थिएनन् ।

    लिआकत इमरान खान नेतृत्व पार्टी तारिखे ए इन्साफ बाट निर्वाचित सांसद पनि हुन् यधप्पी उनले हालै मात्र पार्टीबाट रजिनामा घोषणा गरेका थिए ।

  • ‘चोरको स्वर’ : मथिंगल हल्लाउन होइन, लिम्बूको बिहे हेर्न आउनुस् (भिडिओ)

    ‘चोरको स्वर’ : मथिंगल हल्लाउन होइन, लिम्बूको बिहे हेर्न आउनुस् (भिडिओ)

    काठमाडौं । मण्डला थिएटर थापागाउँमा नाटक ‘चोरको स्वर’ मञ्चन भइरहेको छ । लिम्बू समुदायको भागी विवाहलाई केन्द्रीय विषयवस्तु बनाइएको यस नाटकले लिम्बू समुदायमा हुने विवाहको सौन्दर्य, त्यसको सांस्कृतिक र ऐतिहासिक जग, संस्कार र संस्कृतिको व्यापकतालाई पस्कँदैछ ।

    पाँचथरमा हुर्के बढेका ‘तीनपाते’, ‘घुमी घुमी’ फेम्ड निर्देशक नवीन चौहानको कथा रहेको यस नाटकको निर्देशन तथा परिकल्पना अनिल सुब्बा र अन्वेष थुलुङले गरेका हुन् । यस नाटकको कथालाई चौहानले म्युजिक भिडियोमा खिचिसकेका पनि छन् ।

    नाटक सकिएपछि म्युजिक भिडियो सार्वजनिक गर्ने तयारीमा रहेका चौहानले कथालाई नाट्यकरण गर्न साथीहरुसित सल्लाह गरेका थिए । म्युजिकल फिल्म बनाइरहेका उनको कथालाई नाट्यकरण गरेर मञ्चमा उतार्दा पनि गज्जब हुने सल्लाह पाएपछि साथीहरुसँग जुटेर नाटकको तयारीमा लागेका थिए ।

    २० गतेबाट प्रदर्शन भइरहेको नाटक २५ दिनसम्म मञ्चन हुनेछ । म्युजिक भिडियोमा पनि र रंगमञ्चको स्टेजमा पनि दुईपटक हेर्न मिल्ने यस कथाका लेखक सर्जक चौहान र निर्देशक थुलुङले नेपाल प्रेससँग नाटक निर्माण यात्राको अन्तरकुन्तर साझा गरेका छन् ।

    ‘सधैँ दर्शकलाई सिकाइरहन जरुरी छ र ?’

    – नवीन चौहान, लेखक

    नाटक एकदमै मेहनत चाहिने क्षेत्र हो । यसले शारीरिक श्रम पनि उत्तिकै माग्छ । सृजनशील दिमाग पनि उत्तिकै माग गर्छ । मैले गीतमार्फत् कथा भनिरहेको थिएँ । गीतबाट कथा भन्नुमा एक खालको कनेक्सन हुन्छ । तर, गीतबाट, फिल्मबाट अथवा रंगमञ्चबाट भन्नु पनि कथा भन्नु नै हो । त्यसैले रंगमञ्चबाट पनि भनौं न त भन्ने भएपछि हामीले नाटकको तयारी गरेका थियौं ।

    दर्शकसँग प्रत्यक्ष बसेर अनुभव साट्टै त्यसको प्रभाव र पहुँच कस्तो हुन्छ भनेर जाँच्न मन लागेर पनि नाटकमा हाम फालेको हुँ । फेरि मैले मेरो यात्रा पनि रंगमञ्चबाटै सुरु भएको हो । आज अर्को क्षेत्रमा अलिकति स्थापित हुँदै गर्दा यो क्षेत्रलाई चटक्कै किन छाड्ने भनेर दूरी नबढाउन पनि यता आएको हो ।

    यो कथामा मैले भिडिओ पनि बनाइसकेको छु । यसपछि लाग्यो कि यो कथामा नाटक पनि बन्नसक्छ । साथीहरुसँग नाटक बन्न सक्छ कि भनेर सल्लाह पनि गरेँ । अलि पृथक खालको नाटक बन्छ भन्ने भएपछि नाटकमा लागियो ।

    म जातले क्षत्री हुँ । मैले लिम्बूको कथा ल्याएँ । हामी विविधतापूर्ण समाजमा बसेपछि आफ्नैमात्र कुरा गर्ने, ममात्रै अथवा मेरोमात्रै भन्ने सोच राखिरहनु उपयुक्त हुँदैन । म लिम्बू समुदायमा हुर्के बढेको हो । लिम्बू समाजभित्रै हुर्कने बढ्ने क्रममा उहाँहरुको रीति, संस्कार, संस्कृतिमा चाख लाग्थ्यो । रमाइलो लाग्थ्यो । विवाह, जन्म, मृत्युको संस्कार राम्रो लाग्थ्यो ।

    पछि काठमाडौं आएँ । यसपछि लाग्यो, लिम्बूका कति कुरा मान्छेलाई थाहा छैन । थाहा नहुनेलाई त्यसको एउटा माध्यम म हुन सक्छु । यसपछि काम गर्ने निधो गरेको हो ।

    लिम्बू समाजमा ‘चोरको स्वर’ भन्नाले एउटा प्रक्रिया हो । कोही लिम्बू केटाले केटी भगायो भने भगायो, सकियो भन्ने हुँदैन । केटाको पक्षले केटी पक्षलाई ‘ल है तपाईंहरुको छोरी हाम्रो साथमा छ, हाम्रो छोरा भतिजले माया गरेर राखेको छ’ भनेर रीत स्वीकारिदिनुपर्‍यो भनी अनुरोध गर्छन् । अनि वैवाहिक प्रक्रिया सुरु हुन्छ । त्यसलाई ‘चोरको स्वर’ भनिन्छ । जसको छोरीचेली चोरेर लगेको छ, उसैलाई अनुरोध गर्न आएपछि ‘चोरको स्वर’ भनिने हो ।

    केटा पक्ष आएपछि त्यहाँ भीषण कुरा आइलाग्छ, छलफल बहस हुन्छ । त्यहाँ जोशिला कुरा हुन्छन् । केटी पक्षले छरछिमेकलाई भनेर सबैले स्वीकारेपछि विवाहको प्रक्रिया अगाडि बढ्छ ।

    म लिम्बूको विवाह भन्नासाथ रोमाञ्चित हुन्छु । यो प्रसंगले रोमाञ्चकतातिर लगिहाल्छ । गाउँघरतिर कसैको बिहेकार्जेतिर निम्तो नआई नजानू भन्ने हुन्छ । तर, लिम्बूको बिहे भनेपछि हामीलाई निम्तो चाहिँदैन थियो । पारि गाउँमा विवाह हुँदा उडेर पुगिहाल्ने ।

    लिम्बूको विवाहको सन्दर्भमा समुदायकै सहयोग हुन्छ । अहिले त बिहे महंगो भयो । तर, कोही लिम्बूको कसैको घरमा विवाह हुँदा सघाउन जाने, बैदार बसेर सहयोग टिप्ने चलन हुन्छ । पछि अर्कोको घरमा बिहे हुँदा बैदारले लेखेको खाता पल्टाएर गच्छेअनुसार सहयोग गर्ने चलन हुन्छ । त्यो बीमा गरेजस्तो हो । एउटालाई पर्दा धेरैले सहयोग गर्ने हुन्छ । त्यो अनुकरणीय हो । लिम्बूको विवाहमा पाहुनापाछा धेरै बोलाउनुपर्छ । तर उनीहरुले आफ्नो व्यवस्था आफै गरेर आउँछन् । पहाडको घरमा अहिलेको जस्तो ठूलो कोठा हुँदैन । सानो घरमा दुई तीनजना पाहुनालाई पुग्ने व्यवस्था हुन्छ । तर, पाहुनाका लागि डेरा बनाइदिने हुन्छ । कसैको बिहे सक्नभन्दा पनि बिहेमा सरिक हुन पुगेका हुन्छन् । खुसी बाँड्न गएका हुन्छन् ।

    लिम्बू समुदायमा अधिकजसो मागी विवाह कम भएको देखेको छु । धेरै भागी विवाह नै हुन्छ । केटाकेटीको अनेक प्रसंगमा चिनजान हुन्छ, माया बस्छ । अनि भाग्छन् । मागी विवाहमा भन्दा भागीमा धेरै प्रक्रिया हुन्छ । भागी विवाह गरेपछि ‘चोरको स्वर’ आएन भने खोज्न जाने चलन पनि हुन्छ । अनि विवाहमै अरु विवाह हुने सम्भावना पनि हुन्छ । बिहेमा च्याब्रुङ, धान नाचलगायत लिम्बू संस्कृति देख्न पाइन्छ ।
    हामीले यही कथालाई ‘चोरको स्वर’ नाटक बनाउँदा नाटकबाट के भन्ने भयो । बिहेको कथा त भन्ने तर, अरु के भन्ने ? मलाई लाग्यो, सधैंभरि दर्शकलाई सिकाउन जरुरी छ र ? देखाउन पनि जरुरी छ ।

    ‘अन्त्यमा काठमाडौंका दर्शकले दिने सरप्राइजसित डर छ’

    – अन्वेष थुलुङ, निर्देशक

    म आफै इलाममा नाटकमाथि काम गर्दै आएको हो । मोफसलमा काम गर्नुका चुनौती आफ्नै खाले थिए । अहिले काठमाडौंमा नाटक गर्नु मेरा लागि ठूलो अनुभव हो । साथमा अनिल सुब्बा हुनुहुन्छ । उहाँ इलामकै हुनुहुन्छ । उहाँ यतै लामो समय काम गरिसक्नुभएकाले सहज पनि भइरहेको छ ।

    तर, काठमाडौंमै गर्ने भनेपछि अलि नर्भस चाहिँ होइनेरहेछ । यहाँको बजार मेरा लागि नयाँ हो । नयाँ क्षेत्र हो । नयाँ काम हो । यसको चुनौती हामीलाई छँदैछ । त्यसैले काठमाडौंले नाटकको अन्तिमसम्ममा दिने सरप्राइजसँग चाहिँ अलिअलि डर छ ।

    अहिले रंगमञ्चलाई हेर्दा म चाहिँ सम्भावनाको हिसाबबाट हेर्छु । रंगमञ्चको नतिजा पनि प्रत्यक्ष नै हुन्छ । कति दर्शक आए, कति टिकट बिक्री भएर भनेर प्रत्यक्ष देखिने क्षेत्र भयो । रंगमञ्चमा ठूलो समूहले रोजगारी पाउने सम्भावना पनि जीवित देख्छु । फिल्मको हिसाबमा लगानीको जुन रिटर्न हुन्छ, त्यसअनुसार रंगमञ्चमा अधिक सम्भावना देख्छु । यहाँको रंगमञ्चमा पाँच हजार दर्शक पोटेन्सियल दर्शक हो । दुई सय जना दर्शक एउटा शोमा भएको दरले २५ दिन चल्नु पोटेन्सियल बजार हो । यसले ठूलो रोजगारी पनि सृजना गर्छ ।

    अन्य मुलुकमा नाटकमाथि काम गर्दैगर्दा उनीहरुले फेदैबाट गरेका छन् । उनीहरुले फेदैबाट आफ्नो कथ्य शैलीको विकास गरेका छन् । युरोपियन थिएटरको कुरा गर्दा उनीहरुको कथावाचन र अभिनय शैली फेदैबाट विकास भएको छ । उनीहरुले हिजोको एरिस्टोटलीन शैलीलाई छाडेका पनि छैनन् । र, नयाँ अभ्यास पनि गरिरहेका छन् । भारतमा पनि उनीहरुको फेद राम्रो छ । तर, हामी चाहिँ हामीले खोजेको संरचना यही बनाएर जाने भनेर भन्न सक्दैनौं होला । हामीले खोजेको कुरा त आउला । तर, कथा यही हो भनेर छुट्याउन सक्दैनौं होला । परिवेश र घटनाले मात्रै समग्रमा नेपाली नाटक नबनाउला जस्तो लाग्छ ।

    म आफूलाई चाहिँ निर्देशकभन्दा पनि कथावाचक भन्न रुचाउँछु । प्राविधिक रुपमा निर्देशन पनि गरेको छु । ‘चोरको स्वर’मा हामीले कथा यसरी भनौं भनेर सल्लाह गरेर काम गर्‍यौं । कलाकारलाई कथा बुझाएर, पात्रहरुलाई आफै मिलाउँदै/छाँटकाँट गर्दै काम गरेका हौं ।

    नाटक स्टेजमा गइन्छ, हेरिन्छ भन्ने स्टेरियोटाइपको मनसाय छैन हाम्रो । कहिलेकाहीँ नाटक हेर्न सामान्य व्यक्ति गएर बुझ्न पनि सक्दैन होला । हामीले चाहिँ लिम्बू समुदायमा भएको भागी विवाह भन्ने अभिप्रायमात्रै राख्यौं । नाटक हेरेपछि दर्शकलाई बौद्धिक खुराक पाएँ भन्दा पनि लिम्बूको बिहेमा गएँ भन्ने होस् भन्ने हो ।

  • गीतकाे छायांकन गर्न ललितपुरकाे श्रीकाली चौरमा ‘झिँगेदाउ’को टिम

    गीतकाे छायांकन गर्न ललितपुरकाे श्रीकाली चौरमा ‘झिँगेदाउ’को टिम

    काठमाडाैं । ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘झिँगेदाउ’को एक गीतबाहेकको छायांकन कोरोना महामारी अगाडि नै सकिएको थियो । निर्देशक देउजाले गीतबाहेकको पोष्ट-प्रोडक्सनको काम पनि सकाइसकेका छन् ।

    केही दिनयता निर्देशक देउजा ललितपुरकाे श्रीकाली चौरमा सिनेमाको बाँकी रहेको एक गीतको छायांकन गरिरहेका छन् । बुधबार सिनेमाको इन्डक्ल्याप राखिएको थियो । तर, वर्षातका कारण छायांकन लम्बिएकाे छ । निर्देशक देउजाले सिनेमाको गीतमा मात्रै १५ लाख बढी खर्च भएको बताए ।

    सिनेमाको कथाको डिमाण्डअनुसार कुनै पनि कम्प्रमाइज नगरी गीतको छायांकन गर्दा बजेट राम्रै खर्च भयो । काम निकै राम्रो भइरहेकाले बजेट बढ्दा पनि कुनै गुनासो नरहेको निर्देशक देउजाले सुनाए । केही दिनमा सिनेमाको गीत रिलिज गर्दै सिनेमाको प्रचार आरम्भ गर्ने तयारी निर्माता तथा निर्देशक देउजाको छ । सिनेमा आगामी भदौ अन्तिम साता रिलिज हुनेछ ।

    सिनेमामा समावेश गीतको कोरियोग्राफी रामजी लामिछानेले गरिरहेका छन् । गीतमा सिनेमाका मुख्य कलाकार केकी अधिकारी आँचल शर्मा, मुकुन भुसाल र कुशल बिष्टलाई फिचर्ड गरिएको छ । गीतमा नाचिरहेका कलाकारले गीत निकै मीठो भएको हुँदा भिडियोमा पनि सोहीअनुसार मेहनत गरिरहेको सुनाए । ‘ए माया तिमीविना जीवन चल्दैन’ बोलको गीतमा प्रवीन बेडवाल र शान्ति श्री परियारको स्वर छ ।

    कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको सिनेमा भीमनिधि तिवारीको कथा ‘झिँगेदाउ’मा आधारित छ । प्रदीप भारद्वाजको पटकथा तथा संवाद रहेको सिनेमामा अर्जुन पोखरेलको संगीत, विष्णु घिमिरेको छायांकन, मित्र डी गुरुङको सम्पादन छ । सिनेमाकाे निर्माता सुलभ, समीक्षा र सुशील रहेका छन् ।

  • वरिष्ठ चलचित्रकर्मीलाई विमानस्थलमा भीभीआईपी कक्षको सुविधा दिन गृहलाई पर्यटन मन्त्रालयको पत्र

    वरिष्ठ चलचित्रकर्मीलाई विमानस्थलमा भीभीआईपी कक्षको सुविधा दिन गृहलाई पर्यटन मन्त्रालयको पत्र

    काठमाडौं । लामो समयदेखि चलचित्र क्षेत्रमा क्रियाशील वरिष्ठ कलाकारहरुलाई विदेश यात्रा गर्दा विमानस्थलको अति विशिष्ट कक्ष प्रयोग गर्न दिने तयारी भएको छ । पर्यटन मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरी यस्तो सुविधा दिन आग्रह गरेको हो ।

    चलचित्र विकास बोर्डले २०७७ साल चैत १ गते पर्यटन मन्त्रालयलाई यस विषयमा पत्राचार गरेको थियो । एक वर्षदेखि यत्तिकै थन्किएको उक्त पत्रलाई पर्यटनमन्त्री प्रेम आलेले सुनुवाइ गरेका हुन् । उक्त पत्रमा विशिष्ट श्रेणीको परिचयपत्र प्राप्त गरेका चलचित्रकर्मीलाई ‘फिल्म इम्पोर्टेन्ट पर्सन’ को रुपमा विदेश प्रस्थान गर्दा र फर्किँदा विमानस्थलको अति विशिष्ट/विशिष्ट कक्ष प्रयोग गरी आवतजावत गर्न दिने व्यवस्थाका निम्ति समन्वय गर्न पर्यटन मन्त्रालयलाई आग्रह गरिएको थियो ।

    सोहीबमोजिम मन्त्रालयका शाखा अधिकृत प्रवीनहाङ योङहाङले गृह मन्त्रालयलाई २४ जेठमा पत्र पठाएर यस सम्बन्धमा आवश्यक व्यवस्थाका लागि आग्रह गरेका छन् ।

    यस विषयमा गृह मन्त्रालयले भने निर्णय लिइसकेको छैन । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले पर्यटनको पत्रबारे आफूलाई जानकारी नरहेको बताए ।

    ‘दैनिक थुप्रै पत्र आउँछन् । त्यो पनि आएको होला । मैले हेर्न पाएको छैन । यो विषयमा कुनै निर्णय पनि भएको छैन’, उनले भने ।

  • ‘घनचक्कर’को नेपालभाषाको प्रोमोसनल गीत सार्वजनिक (भिडिओसहित)

    ‘घनचक्कर’को नेपालभाषाको प्रोमोसनल गीत सार्वजनिक (भिडिओसहित)

    काठमाडाैं । असार १० गते रिलिजको तयारीमा रहेकाे सिनेमा ‘घनचक्कर’को नेपालभाषाको प्रोमोसनल गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा सिनेमाका मुख्य पात्रबीचको प्रेम र पैसा चक्कर देखाइएको छ ।

    बिजेन श्रेष्ठको संगीत रहेको गीतमा भुपेन्द्र बज्राचार्यको शब्द रचना तथा स्वर छ । हरि भट्ट र सूर्यनाथ प्रस्तुतकर्ता रहेको कमेडी जनराको सिनेमामा करुना अर्याल र संगम भट्टको लगानी छ । भट्ट एण्ड सन्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई जीतेन्द्र राजोपाध्यायले निर्देशन गरेका हुन् ।

    सिनेमामा अनुपम द्विवेदी, अनुपजंग खड्का र सन्तोष सेढाई सहनिर्माता रहेका छन् । सिनेमामा सौगात मल्ल, सलोन बस्नेत, सरोज खनाल, कस्मिरा लामा, शिशिर भण्डारी, आशान्त शर्मा, ईश्वरी खड्का, कृष्णभक्त महर्जन, घनश्याम जोशी, प्रभन भुसाल, जनक घर्तीमगर, दामोदर पौडेललगायतको पनि अभिनय रहेको छ ।

    सुसन प्रजापतिले खिचेको सिनेमामा अर्जुन सिंहको कथा, काजी लिम्बूको पटकथा तथा संवाद, अष्ट महर्जनको द्वन्द्व निर्देशन, प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी, विपीन आचार्य र देव कोइमीको संगीत, मित्र डी गुरुङको सम्पादन रहेको छ । सिनेमालाई सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्ले वितरण गर्दैछ ।