Category: कलाप्रेस

  • पोष्टर रिलिजपछि बढ्यो ‘२ नम्बरी’को माग, विदेशमा बिक्री सुरु

    पोष्टर रिलिजपछि बढ्यो ‘२ नम्बरी’को माग, विदेशमा बिक्री सुरु

    काठमाडौं । कार्तिकको ४ गतेबाट रिलिज हुन लागेको नेपाली फिल्म ‘२ नम्बरी’ को विदेशमा माग बढेको छ । फिल्मका प्रस्तुतकर्ता किरण नेपालीका अनुसार फस्टलुक सार्वजनिक भएसँगै विभिन्न देशमा फिल्म बिक्री भैसकेको छ ।

    यो फिल्म कार्तिक ४ गते नै दक्षिण कोरिया, दुबई, कतार, कुवेत, साउदी अरब, बहराइन, जोर्डन लगायतका देशमा रिलिज हुने पक्का भएको छ । यो फिल्मलाई निप फिल्मस्का लागि रमेश ढकालले किनेका हुन् ।

    अन्य देशमा पनि फिल्मको लागि कुरा भैरहेको किरणले जानकारी दिए । दुई साथीको मित्रताको कथामा बनेको यो फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । फिल्ममा, दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेन लगायतका कलाकारको अभिनय छ ।

    किरणले भने–‘फिल्मको फस्टलुकले दर्शकको मन जितिरहेको छ । यसैले, विदेशमा पनि फिल्म धमाधम विक्री हुन थालेको छ ।’ सौगात र दयाका फिल्मले ओभरसिजमा राम्रो व्यापार गर्ने भएकाले पनि बिक्री सुरु भएको बुझ्न सकिन्छ ।

  • भारतीय कमेडियन कपिल शर्मा विरुद्ध न्यूयोर्क कोर्टमा उजुरी

    भारतीय कमेडियन कपिल शर्मा विरुद्ध न्यूयोर्क कोर्टमा उजुरी

    नयाँ दिल्ली । भारतका चर्चित कमेडियन कपिल शर्मा विरुद्ध न्यूयोर्क कोर्टमा उजुरी परेको छ ।

    अमेरिकाका लोकप्रिय शो प्रोमोटर अमित जेटलीले २०१५ मा ६ वटा शो गर्नका लागि भएको सम्झौता अनुसार काम नभएको भन्दै उजुरी गरेका हुन् ।

    सम्झौताअनुसार कपिलले ६ मध्ये एक शोको कुनै प्रस्तुति नदिएको र कुनै रेस्पोन्स पनि नगरेको भन्दै उनले उजुरी दिएका हुन् ।

    अमित जेटलीले सामाजिक सञ्जालमार्फत पोस्ट सेयर गर्दै सो जानकारी दिएका हुन् ।

    उनले पोस्टको क्याप्सनमा लेखेका छन्, ‘साई युएसए इंकले कपिल शर्मा विरुद्ध २०१५ मा अनुबन्ध उल्लंघन गरेकोमा मुद्दा दायर गरेको छ।’

    मिडिया रिपोर्टका अनुसार जेटलीले कपिलले आफूलाई भएको क्षतिको क्षतिपूर्ति दिने वाचा गरेको बताएका छन् ।

    उनले भने, ‘कपिलले प्रदर्शन गरेनन् र हामीले उनलाई अदालतमा मुद्दा अघि धेरै पटक सम्पर्क गर्ने प्रयास गरेका थियौँ, तर कुनै प्रतिक्रिया आएन ।’

    कपिल हाल द कपिल शर्मा शोको लाइभ प्रदर्शनको लागि आफ्नो टोलीसँग उत्तर अमेरिकामा छन् ।

    कपिलले सुमोना चक्रवर्ती, राजीव ठाकुर, किकु शारदा, चन्दन प्रभाकर र कृष्णा अभिषेकसँग भ्यानकुभर र टोरन्टोमा प्रदर्शन गरेका थिए ।

  • भाइबर साइमनलाई नेपहपको श्रीपेचको उपाधि

    भाइबर साइमनलाई नेपहपको श्रीपेचको उपाधि

    काठमाडौं । नेपालकै पहिलो हिपहप संगीतको रियालिटी शो ‘नेपहपको श्रीपेच’को उपाधि भाइबर साइमनले जितेका छन् । शनिबार काठमाडौस्थित सोल्टी होटेलको प्रिभेमा भएको फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई पछाडि पार्दै उनले उपाधि हासिल गरेका हुन् ।

    उपाधिका लागि भाइबरसँगै काठमाडौँका बाबु बिलिभर, नवलपरासीका एमसी किङ्ग, पोखराका जेनिस क्षेत्री र झापाका विशेष भट्टराई प्रतिष्पर्धी थिए ।

    उपाधि विजेता भाइबरले नगद १० लाख रुपैयाँको साथमा रिलायन्स लाइफ इस्योरेन्सबाट ५० लाख रुपैयाँको विमा, अनर मोबाइलको तर्फबाट एउटा स्मार्टफोन र विश्व भ्रमण गर्ने मौका पाएका छ ।

    दोस्रो भएका जेनिसले नगद पाँच लाख रुपैयाँ र विश्व भ्रमण गर्ने अवसर पाएका छन् भने तेस्रो भएका बाबु बिलिभरले १ लाख नगदसँगै विश्व भ्रमण गर्ने मौका जितेका छन् । ८ हजार जनाको डिजिटल अडिसनपछि निर्णायकले ५ सय जनालाई भौतिक अडिसनको लागि छानेका थिए । भौतिक अडिसन पोखरा, चितवन, बुटवल, इटहरी र काठमाडौँमा भएको थियो ।

    भौतिक अडिसनबाट निर्णायकले उत्कृष्ट १७ छानेर त्यसलाई पनि उत्कृष्ट १२ मा झारेका थिए । त्यसपछि भने भने हप्तामा १–१ जना गर्दै शोबाट प्रतिस्पर्धीहरू बाहिरिएका थिए ।

    शोको निर्णायक गिरिस खतिवडा, मानस घले र बालेन शाह थिए । साथै ‘नेपहपको श्रीपेच’को सफलता सँगै यस समूहले नयाँ ब्याटल शो ‘ब्याटल भूमि’को घोषणा गरिसकेका छन् ।

  • अनिल र रचनाको ‘हे माया’मा सुधिर, श्रद्धा, विना र प्रजाको रोमान्स

    अनिल र रचनाको ‘हे माया’मा सुधिर, श्रद्धा, विना र प्रजाको रोमान्स

    काठमाडौं । सेभेन ११ म्युजिक फ्याक्ट्रीको निर्माणमा तयार भएको ‘हे माया’ बोलको गीतको म्युजिक भिडियो आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ ।

    अष्ट्रेलियामा बस्दै आएका गायक अनिल जोशी र गायिका रचना रिमालको स्वरमा समावेश यो गीतमा बिष्णु भट्टको शब्द तथा संगीत छ ।

    सार्वजनिक गीतले यूवतीहरुलाई यूवाहरुले जिस्काएको भाव बोकेको छ । भिडियोलाई पछिल्लो पुस्ताका सर्वाधिक लोकप्रिय र सफल निर्देशक माइकल चन्दले निर्देशन गरेका हुन् । माइकलले डान्सिङ शैलीमा यो भिडियोलाई तयार पारेका छन् ।

    भिडियोमा सुधिर श्रेष्ठ, श्रद्धा क्षेत्री, विना राउत र सरोज प्रजाको साथमा बाल–कलाकार आर्या रेग्मीको अभिनय छ ।

    निर्देशक चन्दले सुधिर र श्रद्धा, विना र सरोजको जोडीलाई भिडियोमा उतारेका छन् । नवराज उप्रेतीको छायांकनमा तयार भएको भिडियोमा शिलन लम्सालको सम्पादन छ । अन्जान रेग्मीले यो भिडियोमा लगानी गरेका छन् । गीत सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक चन्दले हतारमा यो भिडियो तयार पार्नुपरेपनि सबैको साथले राम्रो बनेको प्रतिक्रिया दिए ।

  • वर्तमान अवस्था उजार गर्ने ‘ढाड सेक्ने महँगी’ (भिडिओ)

    वर्तमान अवस्था उजार गर्ने ‘ढाड सेक्ने महँगी’ (भिडिओ)

    कैलाली । पेट्रोलियम पदार्थ तथा दैनिक उपभोग्य बस्तुमा भइरहेको महँगीले नेपाली जनता आक्रान्त बनेका छन् ।

    महँगी नियन्त्रण गर्न अहिले सबैले आ–आफ्नो क्षेत्रबाट दबाब दिइरहेका छन् । यसैबिच गायक तथा सङ्गीतकार रामप्रसाद अवस्थीले आफ्नो सङ्गीत मार्फत सरकारलाई व्यङ्ग गरेका छन् ।

    उनले सार्वजनिक गरेको ‘ढाड सेक्ने महँगी’ले वर्तमान अवस्था उजागर गरेको छ । आफ्नै शब्द, सङ्गीत र स्वरमा उनले केही दिन पहिले ‘ढाड सेक्ने महँगी’ सार्वजनिक गरेका थिए । अहिले गीतले चर्चा पाइरहेको छ ।

    गीतमा पेट्रोलियम पदार्थ तथा दैनिक उपभोग्य बस्तुमा भएको मूल्यवृद्धि, एमसीसी परियोजना, सरकारको आश्वास र किसानमा समस्याहरू विषयमा व्यङ्ग गरिएको छ ।

    जनतामा मारमा पर्दा पनि सरकार गम्भीर नभएको सन्देश दिने गरी गीत बजारमा ल्याइएको हो ।
    अहिलेको अवस्था अनुसार गीत सार्वजनिक गरिएका गायक अवस्थी बताउँछन् ।

    ‘जनता अहिले निकै समस्यामा छन् । हामीले त्यही समस्या सम्बोधन होस् भनेर गीत बजारमा ल्याएका हौँ’ उनले भने ‘सरकार यो विषयमा गम्भीर बन्न आवश्यक छ ।’

    अवस्थीलाई स्वरमा पूर्णकला बिसीले साथ दिएकी छन् । सङ्गीत संयोजन विनोद बाजुरेलीको छ । छायाङ्कन हरिस महरा,सम्पादन लोकेश भाट रहेको गीत भूमिराज म्युजिक प्रालीले बजारमा ल्याएको हो ।

    अवस्थीले यस अघि पनि जनताका गुनासा र समस्यामा विषयमा दर्जनौँ गीत बजारमा ल्याइसकेका छन् ।

  • पूजा शर्माको ड्रिम प्रोजेक्टमा भित्रिए अनमोल, पहिलोपटक अनस्क्रिन जोडी बन्दै

    पूजा शर्माको ड्रिम प्रोजेक्टमा भित्रिए अनमोल, पहिलोपटक अनस्क्रिन जोडी बन्दै

    काठमाडौं । नायिका पुजा शर्माले निर्माण गर्ने होम प्रोडक्सन फिल्ममा सुपरस्टार अनमोल केसीको इन्ट्री भएको छ । हिजो अबेर सामाजिक सञ्जालमार्फत पुजाले यो सरप्राइज न्यूज दर्शकहरुलाई बाँडेकी हुन् ।

    यस चलचित्रमा पुजाले अनमोलको जोडीका रुपमा स्क्रिन सेयर गर्ने छिन् । उनीहरुले पहिलोपटक एकै चलचित्रमा काम गर्न लागेका हुन् । अनमोलले कुनै स्थापित नायिकासँग जोडी गाँस्न लागेको पनि पहिलोपटक हो ।

    चलचित्रको निर्देशन सुदर्शन थापाले गर्ने छन् । पुजाले चलचित्रको नाम भने सार्वजनिक गरेकी छैनन् । अनमोललाई आफ्नो टिममा भित्र्याउन पाउँदा पुजाको खुशीको सीमा छैन । पहिलोपटक आफ्नो होम प्रोडक्सन फिल्म निर्माण गर्न लाग्दा डर र उत्साह दुवै भएको उनले बताएकी छन् । यो आफ्नो सपनाको प्रोजेक्ट भएको उनको भनाइ छ ।

    ‘मेरो सपनाको प्रोजेक्टमा जोडिन आइपुगेका प्रिय नायक अनमोल केसीको साथले झनै उत्साह मिलेको छ,’ पुजाले लेखेकी छन् । आनमोलसँग एउटै चलचित्रमा काम गर्न यसअघि पनि जमर्को गरे पनि सफल नभएको पुजा बताउँछिन् । उनी लेख्छिन्, ‘तर समय नआइकन कुनै प नि कुरा नहुने रहेछ । अब भने समयले अनमोल र मलाई एउटै चलचित्रमा जोडिदिएको छ । अनमोलले मेरो निर्माणमा गरेको विश्वासप्रति निक्कै आभारी छु ।’

  • ‘के घर के डेरा’ निर्माताको छलछाम : डिजिटल र वितरण अधिकार दुई-दुई वटा कम्पनीलाई विक्री !

    ‘के घर के डेरा’ निर्माताको छलछाम : डिजिटल र वितरण अधिकार दुई-दुई वटा कम्पनीलाई विक्री !

    काठमाडौं । दीपेन्द्र के खनालद्वारा निर्देशित चलचित्र ‘के घर के डेरा’ को हालै छायांकन सकियो । यही वर्ष रिलिज गर्ने लक्ष्य राखिएको चलचित्रमा आर्थिक विवाद चर्किएको छ । यदि विवाद समाधान नभएको खण्डमा चलचित्र सहजै रिलिज हुने अवस्था देखिँदैन ।

    विवादको चुरो खोतल्न तीन वर्ष अगाडि फर्किनुपर्छ ।

    २०७६ सालमा पत्रकार सम्मेलन गर्दै चलचित्र ‘के घर के डेरा’ निर्माणको घोषणा गरिएको थियो । सो चलचित्रमा कार्यकारी निर्माता थिए– सिंगे लामा । निर्माण घोषणा गरिए पनि कोरोनाका कारण चलचित्रको काम अघि बढ्न सकेन । चलचित्रको स्क्रिप्ट लेखन लगायत प्रि प्रोडक्सनका थुप्रै कामहरू भने भइसकेका थिए ।

    तीन वर्षपछि फेरि निर्माण समूह चलचित्रलाई अघि बढाउन तम्सियो । तर, चलचित्रमा सिंगे लामाको हैसियत ‘कार्यकारी निर्माता’ बाट ‘कथाकार’ मा परिवर्तन गरिएको छ । अहिले कार्यकारी निर्माता युवराज कार्की छन् । यस्तै, निर्देशकमा पनि सुब्रत आचार्यलाई दीपेन्द्र के खनालले प्रतिस्थापन गरेका छन् ।

    सिंगे लामालाई कार्यकारी निर्माताबाट किन हटाइयो वा उनी आफैँ हटे ? निर्माण समूह जानकारी दिन चाहँदैन । तर, उनै लामाले कार्यकारी निर्माताको हैसियतले विगतमा गरेका विभिन्न सम्झौता भने यति बेला अलपत्र परेका छन् । ‘के घर के डेराका निर्माता’ हरुले उक्त सम्झौताको जबाफदेहिता लिन मानेका छैनन् भने लामा सम्पर्कविहीन छन् ।

    लामाले कार्यकारी निर्माताको हैसियतमा सो चलचित्रको डिजिटल राइट र डिस्ट्रिब्यूसन राइट विक्री गरेका थिए । बुढासुब्बा डिजिटल प्रालीसँग उनले २०७६ साल फागुन १२ गते डिजिटल राइट विक्रीको सम्झौता गरेको नेपाल प्रेसलाई प्राप्त कागजातमा देखिन्छ । बुढासुब्बाका तर्फबाट सञ्चालक नवराज गिरी र शुभलाभ फिल्म्सका तर्फबाट कार्यकारी निर्माता सिंगे लामाले हस्ताक्षर गरेका छन् । सम्झौतामा चलचित्रका तत्कालीन निर्देशक सुब्रत आचार्य साक्षी बसेका छन् ।

    सम्झौता पत्रमा चलचित्रको डिजिटल राइट खरिद गरेबापत बुढासुब्बाले शुभलाभ फिल्म्सलाई कुल ३८ लाख रुपैयाँ दिनुपर्ने उल्लेख गरिएको छ । यसमध्ये ६ लाख रुपैयाँ करार गर्दाको बखत र १४ लाख रुपैयाँ छायाँकनमा जानुअघि दिनुपर्ने सर्त राखिएको थियो । गिरीले लामालाई दुई पटक गरी १० लाख रुपैयाँ चेकमार्फत उपलब्ध गराएका थिए ।

    तर, अहिले निर्माण पक्षले चलचित्रको डिजिटल राइट आसिफ साहको कम्पनी जि ट्वान्टी वान डिजिटललाई भर्खरै बेचेको छ । उनीहरूबिच सम्झौता भएको समाचार आएपछि गिरी झस्किएका छन् । उनले आसिफलाई फोन गरेर आफूहरुले पहिल्यै डिजिटल राइट किनिसकेको भनेर जानकारी गराएका थिए । आसिफले त्यस विषयमा आफूलाई जानकारी नभएको जवाफ दिएको उनले बताए ।

    चलचित्रको कुनै पनि अधिकार एउटा भन्दा बढी कम्पनीलाई बेच्ने मिल्दैन । विगतमा बुढासुब्बालाई बेचिसकेको डिजिटल अधिकार अहिले के आधारमा अर्को कम्पनीलाई विक्री गरियो त ? हामीले यो प्रश्न चलचित्रका एक निर्माता श्रेष्ठलाई सोध्यौं । उनले विगतमा गरिएको सम्झौतामा आफूहरू जबाफदेही नरहेको ठाडो जवाफ दिए ।

    ‘कार्यकारी निर्माता भनेको फिल्मको लगानीकर्ता होइन,’ उनले तर्क गरे, ‘उसँग फिल्मलाई लिएर कुनै पनि सम्झौता गर्ने अधिकार हुँदैन । यति पनि नबुझ्नेसँग कसको के लाग्छ ?’

    यति बेला सिंगे लामा आफूहरूको पनि सम्पर्कमा नरहेको श्रेष्ठले दाबी गरे ।

    ‘उहाँ चलचित्रको कथाकार हो, त्योबाहेक यस चलचित्रमा उहाँको कुनै पनि संलग्नता अहिले छैन,’ उनले भने, ‘उहाँले कोको सित केके सम्झौता गर्दै हिँड्नुभएको छ, त्यसको जिम्मा हामी लिन सक्दैनौं ।’

    लामाले लिएको पैसा उसैसँग माग्नुपर्ने श्रेष्ठको भनाइ छ । तर, यदि सम्झौता अनधिकृत थियो भने त्यसै बेला सम्बन्धित कम्पनीहरूलाई किन जानकारी गराउनुभएन भन्ने प्रश्नमा श्रेष्ठ नाजवाफ रहे ।

    ‘के घर के डेरा’ चलचित्रकै निर्देशक आचार्यकै रोहबरमा उक्त सम्झौता भएकाले पनि निर्माण पक्ष जवाफदेहिताबाट उम्किन सक्ने अवस्था देखिँदैन । निकट साथीसमेत रहेका निर्देशक आचार्य साक्षी भएपछि गिरीले ढुक्क भएर सम्झौता गरेका थिए । दुई पटक गरी १० लाख पैसा पनि दिए । तर कालान्तरमा आचार्य नै चलचित्रबाट अलग भएपछि गिरी अप्ठेरोमा परेका थिए ।

    आचार्यले लामालाई आफूले राम्रो निर्माताको रूपमा चिनेको र निर्देशकको जिम्मेवारी स्वीकारेको तर पछि लामाले गलत नियत देखाएको बताए ।

    उनी भन्छन्, ‘सिंगे लामाले यसअघि जात्रा, हरि, जात्रैजात्राजस्ता राम्रा चलचित्र निर्माण गर्नुभएको थियो । उहाँ मसित नयाँ चलचित्रको प्रस्ताव लिएर आएपछि खुशी भएर निर्देशकको जिम्मेवारी सम्हाल्न तयार भएको थिएँ । मैले नै उहाँलाई नवराज गिरीसँग भेट गराएर डिजिटल राइटको सम्झौताका लागि समन्वय गरेको हो । तर लामाको नियत ठिक रहेनछ ।’

    उनले जुन कम्पनीका नाममा लामो सम्झौता गरेका थिए, त्यो कम्पनीका नाममा फिल्म दर्ता नरहेको उल्लेख गरे ।

    ‘यसमा नवराजजी र मेरो तर्फबाट पनि कमजोरी भएकै हो । हामीले राम्ररी अध्ययन नगरीकन सम्झौतामा हस्ताक्षर ग¥यौं । सो चलचित्र शुभलाभ फिल्म्सको नाममा नभएर ए प्लस इन्टरटेनमेन्ट कम्पनीको नाममा दर्ता रहेछ भन्ने पछि थाहा भयो,’ उनी भन्छन् ।

    आचार्यका अनुसार गत वर्षको साउनसम्म लामा उनीसँग सम्पर्कमा नै थिए । साउनबाट सबैतिरबाट पैसाको कुरा सोध्न थालिएपछि फोन, म्यासेज केहीको पनि रेस्पोन्स गर्न छोडेको र सामाजिक सञ्जाल खाताहरूसमेत बन्द गरेको उनले बताए । लामा अहिले रसुवाको चिलिमेमा लुकेर बसिरहेको आचार्यको आशंका छ ।

    ‘विवाद आएपछि फिल्म निर्माताहरुले तत्काल उनलाई झिकाउनुपर्थ्यो र विवाद सल्टाउनुपर्थ्यो । तर उनीहरूले कुनै पहल गरेनन् । त्यसैले लामासँग उनीहरूको मिलेमतो हुन सक्ने आधारहरू देखिन्छन्,’ उनले भने ।

    आचार्यले यस फिल्ममा आफू पनि पीडित बनेको बताए ।

    ‘मैले प्रि प्रोडक्सनको काममा डेढ वर्षभन्दा बढी फिल्मका लागि समय दिएँ । तर मलाई दूधबाट झिँगा निकालिएको जसरी निकालियो । यो फिल्मबाट मैले पाएको भनेको तकरिबन १ लाख मात्रै हो,’ उनले भने ।

    बुढासुब्बाका गिरी भने निर्देशक आचार्यबाट समेत धोका पाएको महसुस गरिरहेका छन् ।

    ‘मैले उहाँकै विश्वासमा सम्झौता गरेको हो, यस्तो धोका होला भन्ने अनुमानै भएन,’ गिरीले भने ।

    उनै लामाले चलचित्रको हलमा वितरणका लागि पनि एउटा कम्पनीसँग २०७६ सालमै सम्झौता गरेका थिए । उक्त कम्पनीले ५ लाख रुपैयाँ त्यसबेला नै दिइसकेको थियो । तर, अहिले चलचित्रको निर्माण पक्षले वितरण अधिकार पनि अर्कै कम्पनीलाई बेचेको छ । उक्त कम्पनीका सञ्चालकले आफू पहिले सम्झौता गरेको भन्दा दोब्बर रकम दिन तयार रहेको बताइरहेका छन् । तर, त्यसमा पनि निर्माता तयार भएनन् ।

    लामाको बदमासी यतिमा मात्रै सीमित छैन । उनले के घर के डेराको घोषणाका लागि पत्रकार सम्मेलन गर्ने पैसा समेत नभएको भन्दै किरण नेपाली नामका निर्मातासँग पैसा लिएका थिए । नेपालीले लामालाई आफूले १० लाख रुपैयाँ सापटीका रूपमा दिएको दाबी गरे ।

    ‘पत्रकार सम्मेलन गर्न भनेर एकमुष्ट पाँच लाख र पछि सानो–सानो अमाउन्टमा ५ लाख रुपैयाँ दिएको छु,’ उनले भने, ‘अहिलेसम्म एक रुपैयाँ फिर्ता पाएको छैन ।’

    पाँच लाख रुपैयाँ दिएको भौचर भए पनि अरू पैसाको कुनै प्रमाण नरहेको नेपालीले बताए । लामा सम्पर्कविहीन भएपछि उनले निर्माण समूहसँग आफ्नो पैसा तिर्न ताकेता गरिरहेका छन् । तर, निर्माताहरुले भने तिर्न नसक्ने बताइरहेका छन् ।

    ‘चलचित्रकै लागि भनेर कार्यकारी निर्माताले नै पैसा लगेका हुन् । त्यसैले हामीलाई थाहा छैन भनेर निर्माताहरू उम्किन मिल्दैन,’ नेपालीले भने । उनले आफू चलचित्रको रिलिज रोक्न माग गर्दै अदालत जाने तयारीमा रहेको बताए ।

    ‘हाम्रो पैसा नतिरेसम्म यो चलचित्र रिलिज हुन सक्दैन,’ उनले भने ।

    बुढासुब्बाका गिरी पनि कानूनी परामर्शमा छन् । उनले पैसा फिर्ता लिएर चुप नबस्ने बताए ।

    ‘१० लाख रुपैयाँ फिर्ता गर्छु भन्दैमा म मान्दिनँ,’ गिरीले भने, ‘३ वर्षअगाडि दिएको १० लाख अहिलेसम्म जतिको त्यति हुन्छ ?’

    को हुन् सिंगे लामा ?

    निकै कमजोर र संघर्षशील पृष्ठभूमिबाट चलचित्र क्षेत्रमा अगाडि बढेका व्यक्ति हुन् सिंगे लामा ।

    उनी कुनै समय कुल्ली काम गर्थे । चलचित्र क्षेत्रमा पनि उनले स्पट ब्वाइबाट काम सुरु गरेका थिए ।

    पछि आर्ट डाइरेक्टरका रूपमा स्थापित भए । उनी मह सञ्चारमा पनि आर्ट डाइरेक्टरका रूपमा आबद्ध थिए ।

  • देउडाको सुगन्धमा चक्र र अनिताले ल्याए– खेल मेरी दर्कादरी -(भिडियाे)

    देउडाको सुगन्धमा चक्र र अनिताले ल्याए– खेल मेरी दर्कादरी -(भिडियाे)

    काठमाडौं । ‘ओइ काजल…’ गीतबाट नाम कमाएका सुदुरपश्चिमेली गायक चक्र बमले दर्शक-स्रोतालाई अर्को मिठो सौगात दिएका छन् । उनले गायिका अनिता चलाउनेसँग देउडा भाकामा गाएको गीत ‘खेल मेरी दर्कादरी’ भर्खरै युट्यूवमा रिलिज गरिएको छ ।

    यो गीतमा चक्र बमकै रचना र संगीत रहेको छ । भोकलमा चक्र र अनितालाई केही कोरस गायक–गायिकाले सहयोग गरेका छन् ।

    डोटेली भाषा नबुझ्ने पनि गीतको कर्णप्रिय संगीत र मिठासपूर्ण स्वरबाट मोहित बन्न सक्छन् । यद्यपि, दर्शक-स्रोताको सहजताका लागि युट्यूवमा गीतको पुरा लिरिक्स पनि राखिएको छ ।

    देउडा भाका रुचाउनेले यो गीत रिपिट गरिगरी सुन्नेछन् । गीतको भिडियोमा पनि चक्र र अनिता नै फिचर्ड छन् । भिडियोको निर्देशन शिव बिकेले गरेका छन् ।

    चक्र बमको आफ्नै युट्यूव च्यानलबाट अपलोड गरिएको यो गीतलाई २४ घन्टाभित्र ८० हजारभन्दा बढी भ्यूज प्राप्त भएको छ । गीतमा आएका प्रतिक्रिया अत्यधिक सकारात्मक रहेका छन् ।

  • चलचित्रकर्मीलाई धमाधम परिचयपत्र : के हो उद्देश्य ? के के छन् मापदण्ड ?

    चलचित्रकर्मीलाई धमाधम परिचयपत्र : के हो उद्देश्य ? के के छन् मापदण्ड ?

    काठमाडौं । चलचित्र विकास बोर्डले थप ६२ जना चलचित्रकर्मीलाई विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र वितरण गरेको छ । बोर्डको २२औं वार्षिकत्सवको अवसरमा बिहीवार सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चलचित्रकर्मीलाई परिचयपत्र वितरण गरेका हुन् ।

    यसअघि ४० जना चलचित्रकर्मीलाई पहिलो चरणमा विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र वितरण गरिसकेको बोर्डले दोस्रो चरणमा ६२ जनालाई थपेको हो । पहिलो चरणमा विशिष्ठ चलचित्रकर्मी परियचपत्र प्राप्त गर्नेमध्ये चार जनाको मृत्यु भइसकेको छ । बोर्डका अनुसार मृत्यु हुनेमा गेहेन्द्र धिमा, चेतन कार्की, हरिप्रसाद रिमाल र सुभद्रा अधिकारी रहेका छन् ।

    पहिलो चरणमा विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्राप्त गर्नेको सूची

     

    किन दिइन्छ चलचित्रकर्मी परिचयपत्र ?

    चलचित्रकर्मी परिचयपत्र वितरण सम्बन्धि कार्यविधि, २०७२ अनुसार चलचित्रको कलाकर्ममार्फत राष्ट्रमा पुर्याएृको योगदानको कदर स्वरुप चलचित्रकर्मी परिचयपत्र वितरण गर्न थालिएको हो । चलचित्र कर्ममा संलग्न व्यक्तित्वलाई कलाकर्मका माध्यमबाट समाज, राष्ट्रिय एवम अन्तराष्ट्रिय जगमा देशको पहिचान गराए वापत कदर गर्ने उद्देश्इ लिइएको छ । यस्तै चलचित्र क्षेत्रमा पुर्याएको योगदानको कदर गर्नका लागि राज्यका तर्फबाट सम्मान एवम सुविधा उपलब्ध गराउन सिफारिस गर्ने उद्देश्यले पनि चलचित्रकर्मी परिचयपत्र बाँडिएको हो ।

    चलचित्रकर्मीको वर्गीकरण

    कार्यविधि अनुसार चलचित्रकर्मीको ११ प्रकारले वर्गीकरण गरिएको छ । जसमा निर्माता, निर्देशक, कलाकार, प्रदर्शक, वितरक, प्राविधिक, लेखक, नृत्यकार, द्धन्द्धकार, पत्रकार (चलचित्र), र चलचित्रको गीतकार, संगितकार, गायक र गायिका रहेका छन् । परिचयपत्रको ३ वटा श्रेणी विभाजन गरिएको छ । जसमा विशिष्ट चलचित्रकर्मी, वरिष्ठ चलचित्रकर्मी र चलचित्रकर्मी रहेका छन् ।

    परिचयपत्र वितरणका तीनवटा न्यूनतम मापदण्ड बनाइएको छ । जसमा विशिष्ट चलचित्रकर्मीको परिचयपत्र प्राप्त गर्नका लागि चलचित्रको कुनै एक विधामा स्वदेश वा विदेशमा रहेर स्वदेशी चलचित्र क्षेत्रमा कम्तीमा निरन्तर २५ वर्ष योगदान पु¥र्याइ आफुले योगदान पुर्याएको विधामा सर्वोत्कृष्टता हासिल गरेको व्यक्ति हुनुपर्नेछ भने वरिष्ठ चलचित्रकर्मी भएर पाँच वर्ष काम गरेको व्यक्ति हुनुपर्नेछ ।

    वरिष्ठ चलचित्रकर्मीको परिचयपत्र प्राप्त गर्नका लागि चलचित्रको कुनै एक विधामा स्वदेश तथा विदेशमा रहेर स्वदेशी चलचित्र क्षेत्रमा कम्तीमा निरन्तर २० वर्ष योगदान पुर्याएको व्यक्ति वा परिचयपत्र प्राप्त गरेर १० वर्ष काम गरेको व्यक्त हुनुपर्नेछ । यस्तै चलचित्रकर्मी परिचयपत्र प्राप्त गर्नका लागि चलचित्रको कुनै पनि विधामा स्वदेश वा विदेशमा रहेर स्वदेशी चलचित्र क्षेत्रमा कम्तीमा निरन्तर १० वर्ष योगदान पु¥याएको व्यक्ति हुनुपर्ने भनिएको छ ।

    पाँच सदस्यीय परिचयपत्र सिफारिस समिति

    परिचयपत्र प्राप्त गर्नका लागि तोकिएको ढाँचामा बोर्डमा दरखास्त दिनुपर्छ । परिचय पत्र सिफारिस गर्नका लागि बोर्डले तोको बोर्ड सदस्यको संयोजकत्वमा ५ सदस्यीय परिचयपत्र सिफारिस समिति रहने व्यवस्था छ । विशिष्ट चलचित्रकर्मी परिचयपत्रको समयावधी तोकिएको छैन भने वरिष्ठ चलचित्रकर्मी परिचयपत्रको समयावधि परिचयपत्र जारी भएको ५ वर्षको हुनेछ । यस्तै चलचित्रकर्मी परिचयपत्रको समयमावधी जारी भएको मितिले ५ वर्षको हुनेछ ।

    परिचयपत्रको म्याद सकिएको मितिले ३५ दिनभित्र सिफारिस समिति समक्ष नवीकरणका लागि निवेदन दिनुपर्नेछ र समितिको सिफारिसमा पुन ५ वर्षका लागि नवीकरण गर्न सकिने व्यवस्था छ ।

    विशिष्ठ श्रेणी चलचित्रकर्मी परिचयपत्र बाहक व्यक्ति बाहेक अन्य श्रेणीको परिचयपत्र रद्द हुने व्यवस्था छ । जसमा परिचयपत्र प्राप्त गर्ने व्यक्ति चलचित्र कर्ममा निष्कृय रहेको पाइएमा, परिचयपत्र अन्य व्यक्तिलाई प्रयोग गर्न दिएमा वा अन्य व्यक्तिले प्रयोग गरेको पाइएमा, परिचयपत्रको दुरुपयोग भएमा, परिचयपत्र बाहकको मृत्यु भएमा र परिचयपत्र बाहक नैतिक पतन देखिने कसूरमा संलग्न भएमा परिचयपत्र रद्द हुनसक्नेछ ।

  • बच्चाबारे प्रश्न सोध्दा लजाइन् इन्दिरा, भनिन् मेहेन्दीको रगं पनि उत्रेको छैन

    बच्चाबारे प्रश्न सोध्दा लजाइन् इन्दिरा, भनिन् मेहेन्दीको रगं पनि उत्रेको छैन

    काठमाडौं । केही हप्ता अगाडि मात्र विवाह बन्धनमा बाधिएकी चर्चित नेपाली गायिका इन्दिरा जोशीले बाह्र वर्ष पछि एकल गीतमार्फत गायनमा ‘बोल्ड कमब्याक’ गरेकी छिन् ।

    उनले आज राजधानीको राइजिङमलमा एक कार्यक्रम आयोजना गर्दै ‘पछ्यौरी’ बोलको गीत सार्वजनिक गरेकी हुन् ।

    विवाह पश्चात बालेन्द्र शाहको चुनावी अभियानमा बाहेक अन्त खासै नदेखिएकी इन्दिरा आजको गीत सार्वजनिक कार्यक्रममा भने रातो सारी र सिउँदोमा धपक्क सिन्दुर लगाएरनै उपस्थित थिइन् ।

    विवाह पछिको पहिलो औपचारिक ‘पब्लिक अपिरियन्स’ भएको कारण पनि पत्रकार तथा युटुबरहरु उनलाई विवाह अघी र पछीको अनुभवको बारेनै प्रश्न गरेका थिए । तपाईंको जीवनमा सिन्दुरको के महत्व छ भन्ने पत्रकारको प्रश्नमा इन्दिरा सिन्दुर लगाउँदा आफ्ना श्रीमान सधैं आफूसँगै भएको अनुभुती हुने बताएकी छिन् ।

    ‘बोल्ड एन्ड कन्फीडेन्ट’ गायिकाको छवी बनाएकी इन्दिरा आज पत्रकारहरुले बच्चाको सन्धर्भमा प्रश्न गर्दा भने केही लजाइन् । ‘फेमिली प्लानिङ्’ बारे सोधिएको प्रश्नमा उनले भनिन् ‘ओ हो स्विट हार्ट के को हतार ? मेहेन्दीको रंग पनि उत्रेको छैन, बच्चा बारे त हामीले केही सोचेका पनि छैनौँ ।’

    इन्दिराले हालसम्म हनिमुनको लागि पनि कतै नगएको तर श्रीमानले जता लगे पनि आफू जान तयार रहेको पनि बताएकी छिन् ।

  • अमेरिकाबाट राजवल्लभ कोइरालाको प्रश्नः मेरो पनि परिचयपत्र बनेको छ कि निवेदन दिनुपर्ने हो ?

    अमेरिकाबाट राजवल्लभ कोइरालाको प्रश्नः मेरो पनि परिचयपत्र बनेको छ कि निवेदन दिनुपर्ने हो ?

    काठमाडौं । चलचित्र विकास बोर्डले आज चलचित्र क्षेत्रका ६२ जना कलाकारलाई विशिष्ट श्रेणीको परिचयपत्र बाँडेसँगै यसमाथि विभिन्न टीकाटिप्पणी हुन थालेका छन् । कसैले परिचयपत्र बाँड्नुको आधार र मापदण्डलाई लिएर प्रश्न उठाएका छन् त कसैले यसबाट प्राप्त हुने सुविधाको विषयमा चासो व्यक्त गरेका छन् ।

    लामो समयदेखि अमेरिकामा रहेका अभिनेता राजवल्लव कोइरालाको सरकारी परिचयपत्रमा ध्यान तानिएको छ अर्ध–व्यंग्यात्मक स्टाटस लेख्दै उनले आफ्नो पनि परिचत्रय बने–नबनेको जिज्ञासा राखेका छन् ।

    सामाजिक सञ्जालमा चलचित्रकर्मी परिचयपत्र देखेको भन्दै उनी प्रश्न गर्छन्, ‘कलाकारहरुको श्रेणी कसरी छुट्याइएको छ, काम संख्या, उमेर वा अन्य केही ?’

    अनुहार नचिन्नेलाई परिचयपत्र देखाउने हो कि यसका अरु पनि उद्देश्य छन् भन्ने उनको व्यंग्यात्मक प्रश्न छ । ‘मेरो पनि बनेको छ कि निवेदन दिनुपर्ने हो ? मेरो मूल्यांकन कुन हिसाबले हुन्छ ?’, कोइरालाले सोधेका छन् ।

    थुप्रै नेपाली चलचित्रमा अभिनय गरेका कोइराला कुनै समय चल्तीकै नायक थिए । तर, एक दशकअघि उनी अमेरिका भासिएका थिए । अमेरिकाबाटै उनले परिचयपत्रमा आफ्नो दावेदारी पेश गरेका हुन् ।

  • इन्दिराको ‘पछ्यौरी’ सार्वजनिक

    इन्दिराको ‘पछ्यौरी’ सार्वजनिक

    काठमाडौं । गायिका इन्दिरा जोशीले ‘पछ्यौरी’ बोलको गीत सार्वजनिक गरेकी छन् । उक्त गीत काठमाडौंमा कार्यक्रम आयोजना गरी सार्वजनिक गरेकी हुन् । गीतमा इन्दिराकै शब्द तथा संगीत छ ।

    उनले गीत रिलिज कार्यक्रममा दर्शकको माया पहिलेको जस्तै पाउने विश्वास व्यक्त गरिन् ।

    गीतलाई इन्दिराले लोक र पप शैलीमा तयार पारेकी छिन् । गीतको भिडियोलाई प्रविण सिंहले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् भने कोरियोग्राफी पनी उनकै छ ।

    भिडिओमा हरि हुमागाँइको छायांकन, प्रविण श्रेष्ठको सम्पादन छ ।

    गायिका जोशीले भिडिओ खिच्नका लागि केही गाह्रो भएपनि दर्शकको चाहना अनुसारको काम गरेको बताइन् । यस्तै, मोडल निराजन प्रधानले इन्दिरासँग पहिलो पटक काम गर्दा आफूलाई खुशी लागेको प्रतिक्रिया दिए ।

    भिडिओमा इन्दिरा बोल्ड, ब्यूटिफूल र आकर्षक देखिएकी छिन् । नेपाली गायन क्षेत्रमा आफ्नो स्थान उच्च बनाएकी यी गायिकाले केही हप्ता अगाडि मात्र बिहे गरेकी थिइन् ।

    हेर्नुस् भिडिओ :

  • दिलमाया… दिलमाया… खोइ कसको भूल !

    दिलमाया… दिलमाया… खोइ कसको भूल !

    काठमाडौं । मंगलबार दिउँसो काठमाडौंबाट आएको एम्बुलेन्स कच्ची सडकमा धुलो उडाउँदै खजुरामा पस्यो । गाउँवासीहरू आफलताफल गर्दै भिड लागे ।

    एम्बुलेन्सभित्रबाट निकालियो एउटा रातो बाकस, जसमा थियाे लोकगायिका दिलमाया सुनारकाे प्राणहीन देह । शव निकाल्नासाथ वातावरण कोलाहलपूर्ण बन्यो । दिलमायाका परिवार र आफन्तहरू रुन-कराउन थाले । आमा बेहोस भइन् ।

    गत शनिबार काठमाडौंमा मृत भेटिएकी दिलमायाको शव ५ दिनपछि बाँके जिल्लाको खजुरा गाउँ पुर्‍याइएको थियो । यो गाउँमा दिलमायाकी साहिँली बहिनीको घर छ, जहाँ उनीहरूका बुबाआमा बस्छन् । दिलमायाकी साहिँली बहिनी वैदेशिक रोजगारीका लागि कुवेतमा थिइन् । दिदीको मृत्युको खबरपछि उनी भावविव्हल बन्दै घर फर्किएकी छन् । उनको पर्खाइमा दिलमायाको अन्त्येष्टि बुधबारलाई सारिएको थियो ।

    नजिकैको आर्यघाटमा शवको अन्त्येष्टी हिजो गरियो । १३ वर्षिय छोराले गह्रुंगा हातले आमालाई दागबत्ती दिए । अहिले उनी क्रियामा बसेका छन् ।

    स्थानीय सञ्चारकर्मी दीपक जलनका अनुसार परिवारका सदस्यहरूको अवस्था अझै पनि नाजुक छ । आमा पूर्णरूपमा होसमा आउन सकेकी छैनन् । बुवा विक्षिप्त छन् । आफैं बेदनामा रहेका दिदीबहिनीहरूले बयोवृद्ध आमा-बुबा सम्हालिरहेका छन् ।

    घर बिग्रियो, मन बिग्रियो

    सुर्खेत जिल्लाको साविक मालापानी गाउँपालिमा जन्मेकी हुन् दिलमाया । उनका बुबाआमाका ५ छोरी छन् भने छोरा छैनन् । दिलमाया माइली हुन् ।

    दिलमायाका बुबाआमाको आर्थिक अवस्था कमजोर छ । उनीहरूले सुर्खेतमा भएको जग्गा-जमिन बेचबिखन गरिसकेका छन् । पाँचवटै छोरीहरू बिहे गरेर गइसके । साहिँली छोरीको पनि दिलमायाको जस्तै घर बिग्रिएको छ । उनका श्रीमान् ५-६ वर्षदेखि सम्पर्क छैनन् । आफ्नो र सन्तानको भरणपोषणका लागि वैदेशिक रोजगारी गर्न उनी कुवेत गएकी हुन् । उनै छोरीले खजुरामा बनाएको घरमा बुबाआमा बसिरहेका छन् ।

    दिलमायाका पहिलो विवाह आफ्नै नाताभित्रको व्यक्तिसँग भएको थियो । नाताले फुपूको छोरासँग विवाह गरेपश्चात एक छोरा जन्मिए । तर, श्रीमान् र श्रीमतीको सम्वन्ध भने राम्रो हुन सकेन । दिलमाया पहिल्यैदेखि कलाकारितामा आउन चाहिन्थन् । तर, यसमा श्रीमानको समर्थन थिएन । अन्ततः उनले वैदेशिक रोजगारी रोजिन् र कुवेत पुगिन् ।

    कुवेतमा दिलमायाले करिब डेढ वर्ष काम गरिन् । तर, सोचेजस्तो नभएपछि स्वदेश फर्किइन् । फर्केपछि पनि श्रीमान्‌सँग सम्बन्धमा सुधार आएन । श्रीमान् रक्सीको कुलतमा रहेको र आफूलाई सधैँ पिट्ने गरेकाले सम्बन्ध बिग्रिएको दिलमायाले साथीभाइहरूसँग बताएकी छन् । साथै, श्रीमान्‌को अरु केटीहरूसँग पनि सम्बन्ध रहेको उनको आरोप छ । अन्ततः उनीहरूले औपचारिक सम्बन्धविच्छेद गरे । श्रीमान्‌ले अहिले दोस्रो श्रीमती बिहे गरेका छन् ।

    श्रीमानसँग अलग्गिएपछि छोरालाई उनकै जिम्मामा सुम्पेर दिलमाया फेरि वैदेशिक रोजगारीका लागि ओमान गइन् । त्यहाँ उनलाई झन् घात भयो । यहाँबाट जे कामका लागि भनेर लगिएको थियो, त्यो पाइनन् । एउटा परिवारले उनलाई बन्धकजस्तो बनाए । बहिनीले उद्धार गरेर नेपाल फर्काइन् ।

    दिलमायामा सानैदेखि गायनको सोखिन थियो । उनको स्वर मिठो थियो । तर, पहिले बुबाआमाले र पछि श्रीमान्‌ले कलाकारितामा आउन उनलाई रोकावट गरे । बुबाआमा छोरीले ‘घर गरेर खाएको’ हेर्न चाहन्थे । अर्को बिहे गरेर छोरा रेखदेख गरेर बसुन् भन्ने उनीहरूको इच्छा थियो । उनीहरूले काठमाडौं नबस्न छोरीलाई सुझाव दिएका थिए । तर, दिलमायाले मानिन् । उनले लोकदोहोरीमै सक्रिय रहने अठोट लिइन् ।

    करिब ३ वर्षदेखि काठमाडौंमा दिलमायाको कलाकारिता संघर्ष सुरू भयो । उनी दोहोरी साँझमा गाउन थालिन् । कमाइ सीमित थियो । त्यसबाट जोगाएर पूर्वपतिसँग रहेका छोरालाई पनि उनी बेलाबखत पैसा पठाइदिने गर्थिन् ।

    नेपालटारमा एउटा कोठा भाडामा लिएर कठीन जीवनयापन गरिरहेकी थिइन् । उनीसँग निकट कलाकार कमल सरगमका अनुसार दिलमायामा डिप्रेसनका स्पष्ट लक्षणहरू थिए । यद्यपि औषधि सेवन गरेको वा नगरेको जानकारी नरहेको सरगमले बताए ।

    ‘हामीसँग पटकपटक आफूलाई बाँच्न मन नभएको भन्दै मर्ने कुरा गर्नुहुन्थ्यो, कहिले फेसबुकमा पनि लेख्नुहुन्थ्यो । हामीले गाली गरेपछि हटाउनुहुन्थ्यो,’ उनले भने ।

    गत भदौमा दिलमायाले विष खाएर आत्महत्या प्रयास गरिन् । उनले गायिका टीका पुनलाई फोन गरेर विषको बोतलसमेत देखाएकी थिइन् । त्यसपछि टिकाले घरबेटीलाई फोन गरेकी थिइन् । घरबेटीले बेहोस अवस्थामा भेटेर तत्काल ग्रीनसिटी अस्पताल पुर्‍याए । त्यहाँबाट टिचिङ लगियो । बल्लतल्ल उनको ज्यान जोगिएको थियो ।

    दोस्रो बिहे पनि असफल

    करिब दुई वर्षदेखि दिलमाया सिन्धुपाल्चोकका सूर्य श्रेष्ठसँग नजिक भइन् । गत भदौमा उनीहरूले दक्षिणकालीमा गोप्य तरिकाले विवाह गरे । तर, अहिले विवाहका प्रमाणहरू कसैसँग छैनन् ।

    दिलमायाका दोस्रो श्रीमान् विवाहित हुन् । श्रीमतीसँग छोडपत्र नगरिकन उनले दिलमायाको सिउँदो भरेका थिए । पहिलो श्रीमतीबाट दुई सन्तान हुर्किसकेका छन् । अहिले उनी गोठाटारमा श्रीमती र छोराछोरीहरूसँगै बस्छन् ।

    सरगम भन्छन्, ‘हामीलाई पनि थाहा नदिइकन विवाह गर्नुभएको थियो । पछि मात्रै भन्नुभयो । विवाहका तस्बिरहरू उहाँको मोबाइलमा हुन सक्छन् । तर, मोबाइल अहिले हराइरहेको छ ।’

    दिलमायाको परिवारले प्रहरीमा दिएको जाहेरीमा सूर्यलाई दिलमायाका श्रीमान् भनिएको छैन । विवाहको प्रमाण नभएको र विवाहित व्यक्तिसँग अवैधरूपमा विवाह गरेको देखिने भएकाले ‘श्रीमान्’ नलेख्न प्रहरीले सुझाव दिएका थिए । त्यसैले जाहेरीमा उनीहरू करिब २ वर्षदेखि रिलेसनसिपमा रहेको मात्र उल्लेख गरिएको छ ।

    प्रहरीसँग श्रेष्ठले पनि आफू दिलमायाको श्रीमान् नभइ साथी मात्र भएको बताइरहेका छन् । तर, दिलमायाका घरबेटीका अनुसार विष खाएपछि ग्रीनसिटी अस्पतालमा भर्ना गर्दा उनले श्रीमान् भनेर हस्ताक्षर गरेका थिए ।

    त्यसो त दिलमायाको सिउँदो रंगाए पनि श्रेष्ठले उनलाई श्रीमतीको दर्जा दिएका थिएनन् । सम्भवतः पहिलो श्रीमतीसँग डिभोर्स गर्ने आश्वासन दिएर श्रेष्ठले दिलमायालाई दुलही बनाएका थिए । तर उनले उक्त आश्वासन पूरा गरेनन् । बरु दिलमायालाई नै पन्छाउने प्रयास थाले । विवाह गरे पनि आफूसँग बस्नै इन्कार गरेपछि दिलमाया उनीसँग निराश बन्दै गएकी थिइन् । श्रेष्ठ महिनामा एकाधपटक राति-राति दिलमायाको कोठामा गएर बस्थे । उनले दिलमायालाई आफ्नो परिवारमा भित्र्याएनन् । दिलमाया श्रीमान्‌प्रति समर्पित थिइन्, तर श्रेष्ठले उनीसँग केवल आफ्नो कामवासना पूर्तिका लागि सम्बन्ध राखिएको निकटस्थहरूको भनाइ छ ।

    सून व्यवसायी श्रेष्ठले दिलमायालाई आर्थिक सहयोग भने गरिरहेका थिए । दिलमायाको कोठाभाडा प्राय उनले नै तिरिदिने गरेको घरबेटीले बताएका छन् । तर, पछिल्लो समय उनी दिलमायासँग छुट्कारा पाउने प्रयासमा थिए । उनले दिलमायालाई दोहोरी साँझ छोड्न दवाव दिन थाले । उनले दोहोरी साँझमा काम गर्दा आफ्नो ‘इमेज बिग्रिने’ श्रेष्ठको भनाइ थियो । अन्ततः श्रीमानको दबाबमा परेर दिलमायाले करिब ६ महिनाअघि दोहोरी साँझको काम छोडिन् ।

    त्यसयता उनी प्राय घरमै हुन्थिन् । बिहान अबेला उठ्थिन् । दिनभरि ढोकामा चुकुल लगाएर कोठाभित्र बस्ने गर्थिन् । कहिलेकाहीँ तल ओर्लिएर घरबेटीसँग वात मार्थिन् । प्राय दु:खकै कुरा सेयर गर्थिन् ।

    गायन क्षेत्रमा विस्तारै पाइला अघि बढाउँदै थिइन् दिलमाया । उनको स्वरबाट प्रभावित बनेर संगीतकार कमल सरगमले पहिलो अवसर दिएका थिए उनलाई । राजु परियारसँग मिलेर उनले गाएको देउसी भैलो गीत आठ महिनाअघि युट्यूवमा सार्वजनिक भएको थियो । यो गीतले करिब आठ लाख भ्यूज पाएको छ । त्यसयता उनले ५-६ वटा गीत गाएकी थिइन् ।

    हेर्नुस् गीत

    मृत्यू हुनुभन्दा ३ दिन अगाडि मात्रै उनले एउटा नयाँ गीतको सुटिङ गरेकी थिइन् । सो गीतमा उनको आफ्नै रचना र संगीत छ । भिडिओमा पनि आफैं फिचर्ड छिन् । दुई दिनअघि सार्वजनिक भएको गीतले अढाईलाख भ्यूज पाइसकेको छ । यो गीतमा दिलमायाले आफ्नै वास्तविक जीवनको वेदना पोखेकी छन् ।

    हेर्नुस् गीत

    गत फागुनमा भएको टुबोर्ग दोहोरी गीत प्रतियोगितामा उनले भाग लिएकी थिइन् । १६० जना सहभागी त्यस प्रतियोगितामा दिलमायाले उत्कृष्ट आवाजकी गायिकाको अवार्ड जितिन् । त्यसले उनको करिअरमा अलिकति उत्साह थपेको थियो ।

    पछिल्लो समय आर्थिकरूपमा समस्या पर्न थालेपछि दिलमायाले फेरि विदेशिने योजनामा बनाएकी थिइन् । उनले आफूसँग अलग हुने भए १० लाख रूपैयाँ दिनुपर्ने सर्त श्रीमान्‌सँग राखिन् । श्रीमान्‌ले ५ लाख रूपैयाँ दिन सक्ने बताए । तर, पछि पाँच लाख पनि नदिएपछि विवाद बढेको निकटस्थहरूले प्रहरीसँगको बयानमा बताएका छन् ।

    एक अन्तर्वार्तामा दिलमायाले आफ्नो माइती परिवारप्रति पनि दु:खेसो गरेकी छन् । श्रीमान्‌ले आफूलाई प्रताडित गरिरहँदा माइतीले पनि साथ नदिएको उनको गुनासो छ । तर, दिलमायाका बुबा भने आफूले सबै छोरीहरूलाई उत्तिकै माया गरेका बताउँछन् ।

    उनले स्थानीय सञ्चारकर्मीसँगको कुराकानीमा भनेका छन्, ‘मेरा लागि पाँचवटै छोरी हातका पाँच औंला सरह हुन् । सबैलाई उस्तै माया गर्छु । हामी आफैं बुढाबुढी छौं । छोरीहरूको सहारामा बाँच्नुपरेको छ । हामीले चाहेर पनि उनलाई सहयोग गर्न सक्ने अवस्था थिएन ।’

    हत्या कि आत्महत्या ?

    दिलमायाले आत्महत्या गरेकी हुन् कि हत्या भन्नेमा प्रहरीको अनुसन्धान जारी छ । परिवारले भने हत्या भएको भन्दै सुर्य श्रेष्ठविरुद्ध किटानी जाहेरी दिएका छन् ।

    प्रहरी स्रोतका अनुसार यो घटना आत्महत्या वा हत्या हुन सक्ने सम्भावना ५०/५० प्रतिशत देखिएको छ । यसअघि पनि आत्महत्याको प्रयास गरेको, निकटस्थहरूसँग बारम्बार मर्ने कुरा गरेको र मृत्यूअघि फेसबुकमा ‘सुसाइड’ नोट लेखेको कारणले आत्महत्या हुनसक्ने अड्कल काट्न सकिन्छ ।

    अर्कोतर्फ मृत्यु हुँदा श्रीमान् कोठामै रहेको, मृत्युपछि दिलमायाको मोबाइल हराएको, कोठाभित्रको वस्तुस्थितिले आत्महत्याको संकेत नगरेको लगायत कारणले शंकाको सुई श्रेष्ठतर्फ तेर्सिएको छ । पोस्टमार्टम रिपोर्टले ‘ह्याङ्गिङ’ अर्थात् झुण्डिएर मृत्यु भएको देखाएको छ ।

    त्यसरात दुईजनाबीच लडाइँ-झगडा भएकोजस्तो कुनै अवस्था देखिएको छैन । पल्लो कोठामा बस्ने महिलाले पनि राति कराएको-चिच्याएको आवाज नसुनेको बताएकी छन् । प्रहरी पुग्दा कोठाभित्र पाकेको मासुभात र रक्सीका बोतलहरू यत्तिकै थिए । अरु सामानहरू सरक्कै थिए ।

    श्रेष्ठले त्यस रात दुवैले रक्सी पिएर सुतेको र आफू ब्युझिँदा दिलमाया झुण्डिरहेको देखेपछि भागेको बयान दिएका छन् । दिलमायाको शवलाई ओछ्यानमा झारेर उनी झुण्डिएको सल बोकेर हिँडेको उनको दाबी छ । त्यो सललाई चक्रपथको नालीमा फ्याँकेको उनले बताएका छन् ।

    तर, सरगमका अनुसार भने दिलमाया कहिले पनि रक्सी पिउँथिनन् ।

    ‘त्यस राति पिएको भए बेग्लै कुरा, तर उनले रक्सी मुखमा हालेको मलाई थाहा छैन,’ उनले भने, ‘जातले पाएको भनेर हामीले जिस्क्याए पनि उनले कहिल्यै खान मान्थिनन् ।’

    त्यसरात श्रेष्ठ करिब ६-७ बजे श्रेष्ठ दिलमायाको कोठामा आएको प्रत्यक्षदर्शीको भनाइ छ । उनीसँगै टाँसिएको कोठामा बस्ने महिलाले राति २ बजेतिर श्रेष्ठको चप्पल कोठाबाहिर र उनी चढ्ने पल्सर २२० मोटरसाइकल गेटबाहिर देखेको बयान दिएकी छन् ।

    राति करिब १ बजेतिर दिलमायाको फेसबुक अकाउन्टमा ‘सुसाइड नोट’ पोस्ट भएको थियो । उक्त पोस्ट देखेपछि उनीसँग निकट गायिका टीका पुनले दिलमायाको कोठा नजिकै बस्ने महिला (जसलाई दिलमाया भाउजू भन्छिन्) लाई फोन गरेकी थिइन् । ‘यस्तो स्टाटस आएको छ, एकपटक कोठामा गएर हेरिदिनुस न’ भनेपछि करिब ८ बजेतिर भाउजूले दिलमायाको घरबेटीलाई फोन गरेर उनको कोठामा हेरिदिन भनिन् । घरबेटी सुस्माले तत्काल कोठामा गएर हेर्दा ओछ्यानमा लडिरहेको देखिन् । सुरूमा सुतिरहेको सोचे पनि बोलाउँदा नबोलेपछि उनी आत्तिएर भाउजूलाई फोन गरेकी थिइन् । त्यसपछि भाउजू आइपुगेर प्रहरीलाई खबर गरेका थिए ।

    प्रहरीले दिलमायाको अनुसन्धान जारी रहेको जनाएको छ । आत्महत्या हो वा हत्या भन्ने प्रहरी अनुसन्धानले नै निर्क्यौलमा पुग्ने हो । अहिले चाहिँ गायक यम बरालले लेखेको एउटा गीत उनकै निम्ति रचिएको त थिएन भन्ने भान हुन्छ ।

    दिलमाया… दिलमाया… खोइ कस्को भूल….

    तस्बिरहरू : दीपक जलन ।

  • ‘अर्थर गन’ नेपाल आउँदै

    ‘अर्थर गन’ नेपाल आउँदै

    काठमाडौं । प्रख्यात गायन रियालिटी शो ‘अमेरिकन आइडल’ फाइनलिस्ट बन्न सफल प्रथम नेपाली युवा दिवेश पोख्रेल उर्फ ‘अर्थर गन’ सांगितिक प्रस्तुतीका लागि नेपाल आउने भएका छन् ।

    अमेरिकन आइडलको १८ औं सिजनका उपविजेता रहेका दिवेश १९ औँ सिजनमा पनि टप सेभेन सम्म पुग्न सफल भएका थिए । कोरोना भाइरसका कारण केही प्रतिस्पर्धीले ठूलो स्टेजमा कार्यक्रम गर्ने पर्याप्त मौका नपाएको भन्दै १८औँ सिजनका दश प्रतिस्प्रर्धीलाई अमेरिकन आइडल दोस्रो मौका दिएको थियो जसमा उनी टप सेभेनसम्म पुगेका थिए ।

    दर्शक र निर्णयाक दुवैबाट राम्रो प्रतिकृया पाएका दिवेशको ‘टेक मी होम कन्ट्री रोड’, रिमेम्बर मी लगायतका बोलका गीतको प्रस्तुती अत्याधिक चर्चित भएको थियो ।

    अर्थरले सामाजिक संजाल फेसबुकमार्फत सांगितिक प्रस्तुतीको लागि आफूहरु नेपाल आउन लागेको जानाकारी गराएका हुन् । ‘लामो प्रतिक्षा पश्चात म सांगितिक प्रस्तुतीको लागि नेपाल आउन लागेको छु , आफ्नो जन्मभुमीमा आएर तपाईंहरु समक्ष आफ्नो प्रस्तुती दिनको लागि म अत्यन्तै उत्साहित छु’ उनले भनेका छन् ।

    हालसम्म उनले कुन–कुन ठाउँमा प्रस्तुती दिदै छन् भन्ने भने खुलाइएको छैन ।

  • विपुल क्षेत्रीले पाए ग्रामी अवार्डमा मतदान गर्ने अधिकार

    विपुल क्षेत्रीले पाए ग्रामी अवार्डमा मतदान गर्ने अधिकार

    काठमाडौं । साङ्गीतिक क्षेत्रको सबै भन्दा सर्वोच्च अवार्डको रूपमा रहेको ग्रामी अवार्डमा नेपाली भाषी गायक विपुल क्षेत्रीले मतदान गर्ने अधिकार प्राप्त गरेका छन् ।

    रेकर्डिङ एकेडेमीले ग्रामी अवार्डको सदस्यताको रूपमा मोनोनीत गरेसँगै विपुलले सो अवसर प्राप्त गरेका हुन् ।

    एकेडेमीले विपुल सहित अन्य दुई हजार संगीतकर्मीलाई पनि सदस्य मनोनीत गरेको छ ।

    उनीहरूले सन् २०२२ को ग्रामी अवार्डमा मतदान अधिकार प्राप्त गर्नेछन् । विपुल क्षेत्री युवा पुस्ता माझ चर्चित गायक हुन् ।

    उनले सन् २०१४मा ‘स्केच अफ दार्जिलिङ’ नामक गीति एल्बम मार्फत आफ्नो साङ्गीतिक यात्रा सुरु गरेका थिए ।

    उनका देउराली डाँडा, राम साइली, जुनकिरी, सिन्डिकेट, नौ लाखे तारा, कतै उसलाई, गहिरो गहिरो बोलका गीतहरू बजारमा चर्चित छन् ।

  • ‘झिँगेदाउ’को टाइटल टिजर सार्वजनिक

    ‘झिँगेदाउ’को टाइटल टिजर सार्वजनिक

    काठमाडौं । ज्ञानेन्द्र देउजा निर्देशित सिनेमा ‘झिँगेदाउ’को टाइटल टिजर सार्वजनिक गरिएको छ । निर्देशन देउजाले सार्वजनिक टाइटल टिजरबाट सिनेमाको कथासार बुझाउन खोजेकोे बताए । सार्वजनिक ३० सेकेण्डको टिजरमा झिँगा, सिक्का र मुख्य अभिनेत्री केकी अधिकारीको स्वर सुन्न सकिन्छ ।

    निर्देशक तथा निर्माता देउजाले झिँगेदाउको अर्थ बुझाउन पनि आफुने टाइटल टिजर सार्वजनिक गर्नु परेको खुलाए । आगामी भदौ १७ गतेबाट सिनेमा नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ । सिनेमाको पोस्ट प्रोडक्सनको सम्पुर्ण काम सकिएकाले अब आफु पुर्ण रुपमा सिनेमाकको प्रचारमा केन्द्रित रहेको निर्देशक देउजाले बताए ।

    कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको सिनेमा भिमनिधि तिवारीको कथा ‘झिँगेदाउ’मा आधारित रहेको छ । प्रदीप भारद्वाजको पटकथा तथा सम्वाद लेखेको सिनेमामा अर्जुन पोखरेलको संगीत, बिष्णु घिमिरेको छायांकन, मित्र डि गुरुङको सम्पादन छ । सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता रहेको सिनेमाका सह-निर्माताको रुपमा सुशिल दाहाल र ईश्वर घिमिरे रहेका छन् ।

    सिनेमामा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल र कुशल बिष्टको मुख्य भुमिका रहेको छ । सिनेमामा केही र आँचल जेठानी देउरानीको भुमिकामा देखिने छन् । रामजी लामिछानेकको कोरियोग्राफी रहेको केहीदिन अघि श्रीकाली चौरमा खिचिएको सिनेमाको गीत आगामी हप्ता रिलिज गर्ने तयारी भैरहेको छ ।

  • ह्रस्व दीर्घमा ब्रह्मानन्दम अनुबन्धित

    ह्रस्व दीर्घमा ब्रह्मानन्दम अनुबन्धित

    काठमाडौं । नीता फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘ह्रस्व दीर्घ’ मा लोकप्रिय साउथ कलाकार ब्रह्मानन्दम अनुबन्धित भएका छन् । अभिनेत्री निता ढुङ्गानाले पहिलो पटक होम प्रोडक्सनबाट निर्माण गर्न लागेको फिल्ममा ब्रह्मानन्दम अनुबन्धित भएका हुन् ।

    निता र ज्योतिषी अभिनेता हरिहर अधिकारी मुख्य भुमिकामा रहने फिल्ममा चन्द्र पन्तको निर्देशन रहनेछ । निर्देशक पन्तले ब्रह्मानन्दमसँग सम्झौता गरेका छन् ।

    कमेडी भूमिकामा सर्वाधिक रुचाइएका ब्रह्मानन्दम संसारकै सर्वाधिक धेरै फिल्म खेल्ने जीवित कलाकारको गिनिज वल्ड रेकर्ड होल्डर हुन् । तामिल र तेलुगु भाषामा मध्य ८० को दशकदेखि बन्दै आएका प्रायः फिल्ममा उनले लगातार आफ्नो जबरजस्त उपस्थिति देखाउँदै आएका छन् ।

    ब्रहमानन्दमले धेरै फिल्म अभिनयको गिनिज रेकर्ड समेत कायम गरिसक्दा सन् १९९९ मा अमिताभ बच्चनसँग ’सूर्यवंसम’ गरेयता बलिउडका समेत कुनै फिल्ममा खेल्न तयार भएका छैनन् ।

    यसअघि यो फिल्ममा सुप्रसिद्ध भारतीय कलाकार ९पुष्पाका ‘सिनुभाई’० सुनिल वर्मा, स्टार अभिनेता गजिनी भिलेन प्रदीपराज रावत, दक्षिण भारतका चर्चित कमेडी एक्टर ’अली’समेत अनुबन्धित भइसकेका छन् । फिल्मलाई वलिउड सिनेमाटोग्राफर कवीरलालले खिच्ने पक्का भइसकेको छ ।

    नेपाल र भारतमा खिचिने ’ह्रस्व दीर्घ’मा धनन्जय घलानी कास्टिङ डाइरेक्टर छन् । यो फिल्ममा सरोज खनाल र सलोन बस्नेत पनि मुख्य कलाकार हुन् । फिल्मको हाल स्कृप्ट लक भएसँगै प्रि–प्रोडक्सन काम चलिरहेको निर्देशक पन्तले बताए । दशैंपछाडि असोज महिनाबाट फिल्म फ्लोरमा जाने बताइएको छ । यो फिल्मलाई संसारकै ठुलो फिल्म सिटी ’रामोजी स्टुडियो’मा छायांकन गरिने समेत निर्माण टिमले सार्वजनिक गरिसकेको छ ।

  • ‘नाई नभन्नु ल ६’ बाट अनुभव रेग्मी बाहिरिए, को आउला बालकलाकार ?

    ‘नाई नभन्नु ल ६’ बाट अनुभव रेग्मी बाहिरिए, को आउला बालकलाकार ?

    काठमाडौं । उमेर बढेसँगै बालकलाकारको भूमिकामा फिट नभएको भन्दै चलचित्र ‘नाई नभन्नु ल ६’ बाट अनुभव रेग्मी बाहिरिएका थिए ।

    अनुभव बाहिरिएसँगै चलचित्रमा बालकलाकारको रुपमा को आउँला भन्ने सबैमा उत्सुकता थियो। सबैको उत्सुकतालाई पन्छाउँदै चलचित्रमा अभिनेता निखिल उप्रेती र अभिनेत्री सञ्चिता लुइँटेलका १० वर्षीय छोरा अथर्वले अभिनय गर्ने खबर बाहिरिएको छ।

    चलचित्र निर्माता एवं निर्देशक विकासराज आचार्यले उप्रेती परिवारलाई प्रस्ताव पठाएता पनि अहिलेसम्म फाइनल निष्कर्ष भने आइसकेको छैन। चलचित्रमा दुई बालकलाकारहरुको अभिनय रहने छ जसमध्ये टिकटकस्टार एभेलिना खड्का भने फाइनल भइसकेकी छन्। एक लाख बढी फलोअर्स भएकी एभेलिनालाई अथर्वले साथ दिन्छन या दिँदैनन् भन्ने कुराको निष्कर्ष केही दिनमा आउने छ।

    दशैंपछिबाट छायांकन सुरु हुने चलचित्र ‘नाइ नभन्नु ल ६’ मा नायिका आँचल शर्मालाई नवनायक आशीर्वाद बरालले साथ दिने भएका छन्।

  • गर्भवती भइन् आलिया, सामाजिक सञ्जालमा बधाईको ओइरो

    गर्भवती भइन् आलिया, सामाजिक सञ्जालमा बधाईको ओइरो

    काठमाडौं । बलिउड सुपरस्टार आलिया भट्ट गर्भवती भएकी छन् । गत अप्रिल २४ मा रणवीर कपूरसँग विवाह बन्धनमा बाँधिएकी आलियाले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक पोस्ट सेयर गर्दै आफू गर्भवती भएको जानकारी गराएकी हुन् ।

    ‘हाम्रो सन्तानको छिट्टै आगमन हुँदैछ’, उनले लेखेकी छिन् ।

    अस्पतालको बेडमा सुतेर सोनोग्राफी गरिरहेको तस्वीर सेयर गरेकी आलियाले कम्प्युटर स्क्रिनलाई भने ब्लर गरेर ‘हार्ट’ को इमोजी बनाएकी छिन् ।

    आलियाले आफ्नो प्रेगनेन्सीको खबर पोस्ट गरेसँगै उनका नजिकका इस्टमित्रदेखि शुभचिन्तकहरुले रणवीर र आलियालाई बधाई दिएका छन् । आलिया भट्टसँग अत्यन्तै नजिक रहेका तथा बलिउडमा आलियाका ‘गड फादर’ को रुपमा चिनिने करण जोहर, बलिउड अभिनेत्री कृति सेनोन, परिणिती चोपडा, रकुल प्रीत, डायना पेन्टी, प्रियंका चोपडालगायतले रणवीर र आलियालाई बधाई दिएका छन् ।

     

    View this post on Instagram

     

    A post shared by Alia Bhatt 🤍☀️ (@aliaabhatt)

  • लोक दोहोरी गायिका दिलमाया मृत्यु प्रकरण : ‘सँगै थिएँ तर हत्या गरेको होइन’

    लोक दोहोरी गायिका दिलमाया मृत्यु प्रकरण : ‘सँगै थिएँ तर हत्या गरेको होइन’

    काठमाडौं। काठमाडौंको नेपालटारस्थित आफ्नै कोठामा मृत भेटिएकी लोक दोहोरी गायिका दिलमाया सुनारको मृत्यु, हत्या वा आत्महत्या केबाट भएको हो भन्नेबारे प्रहरी अझै पनि निश्कर्षमा पुग्न सकेको छैन।

    पक्राउ परेका सुर्य श्रेष्ठले शुक्रबार राती दिलमायासँगै भएको स्विकारपनि उनले आत्महत्या गरेको दावी गरेका छन्। सुरुमा राती १२ बजे दिलमायाको कोठाबाट निस्किएको बताएका सुर्यले प्राविधिक अनुसन्धानपछि  सँगै सुतेको स्वीकारेको प्रहरीले दावी गरेको छ।

    तर ब्युँझदा दिलमाया झुन्डिएको देखेपछि उनलाई झारेर आफु राती नै त्यहाँबाट हिडेको प्रहरीसँगको प्रारम्भिक अनुसन्धानमा भनेका छन्। दिलमाया सलमा झुन्डिएको भन्दै उक्त सल आफुले फ्याँकेको ठाउँ सुर्यले प्रहरीलाई देखाएका थिए।

    ढोका खुलै भएको अवस्थामा दिलमाया शनिबार कोठामा उत्तानो परेर लडिरहेको अवस्थामा मृत भेटिएकी थिइन्। प्रहरीका अनुसार दिलमायाको घाँटीमा निलडामबाहेक अन्य चोटपटक छैन। दिलमायाको फेसबुक अकाउन्टमा शुक्रबार राती आफु मर्न लागेको र त्यसको दोष कसैलाई नदिन भन्दै स्टाटस लेखेकाले घटना रहस्यमय बनेको हो।

    ‘हत्या हो भनौँ भने दिलमायाको फेसबुकमा आफु मर्न लागेको र कसैलाई दोष नदिन भन्दै स्टाटस लेखेको देखिन्छ। आत्महत्या भनौँ भने सँगै सुतेका व्यक्ती राती नै भागेका छन्’, एक अनुसन्धान अधिकारीले भने। मृतकका बुबा आइतबार अपरान्ह सुर्खेतबाट काठमाडौं आईपुगेपछि ज्यान मुद्धामा अनुसन्धान गर्न सुर्यविरुद्ध किटानी जाहेरी दिएका छन्।