Category: कलाप्रेस

  • चलचित्र ‘लण्डन टु पेरिस’को छायाङ्कन सुरु

    चलचित्र ‘लण्डन टु पेरिस’को छायाङ्कन सुरु

    काठमाडौं । चलचित्र लण्डन टु पेरिसको शुभ मुहूर्त हिजो भएको छ । लण्डनको ग्रिनउडमा शुभ मुहूर्त गर्दै छायाङ्कनको शुभारम्भ भएको हो ।

    घनश्याम लामिछानेको निर्देशनमा बन्ने उक्त चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, गरिमा शर्मा, निश्चल खड्का र कबिर खड्का लगायतका कलाकारहरू रहेका छन् ।

    लण्डनमा फिल्म ३० दिन सुटिङ गर्ने र त्यसको केही समयपछि पेरिसमा ७ दिनको सुटिङ सेड्युल रहेको एक क्रु मेम्बरले जानकारी दिए ।

    चलचित्रमा ५० प्रतिशतभन्दा बढी प्राविधिकहरू भारतबाट रहेका छन् ।

    चलचित्र गौतम प्रडक्सोन र ए बि इन्टरनेशनलको संयुक्त ब्यानरमा बन्न लागेको हो ।

    चलचित्रमा अमित बस्नेत , अजित कुमार थापा र परि राणाको लगानी रहेको छ ।

  • मलाइकाको अनौठो फेसन : झट्ट हेर्दा निर्वस्त्र !

    मलाइकाको अनौठो फेसन : झट्ट हेर्दा निर्वस्त्र !

    काठमाडौं । बलिउड अभिनेत्री मलाइका अरोरा बोल्ड फेसनका कारण बारम्बार चर्चामा आइरहन्छिन् । पाको उमेरका बाबजुद उनी उत्तेजक र अर्धनग्न लुगा लगाएर हिँड्न हिचकिचाउँदिनन् ।

    यी डिभोर्सी नायिकाको पछिल्लो फेसनले भने फ्यानहरूको पसिना छुटाइदिएको छ । एक कार्यक्रममा जाने क्रममा उनले छाला रंगको टाइट पाइन्ट लगाएकी थिइन् । झट्ट हेर्दा केही पनि नलगाएको जस्तो देखिन्थ्यो । उनको फोटो र भिडियो अहिले भारतमा भाइरल बनिरहेको छ ।

    यो फेसनलाई लिएर अभिनेत्रीलाई व्यापक ट्रोल गरिरहेका छन् भारतीय दर्शकले । यद्यपि, उनलाई कुनै परवाह छैन ।

    मलाईका अरोरा बलिउड सुपरस्टार सलमान खानकी भाउजू थिइन् । सलमानका दाजु अरवाज खानसँग डिभोर्सपछि उनी अहिले सिंगल छिन् । उनको अर्जुन कपुरसँग चक्कर चलिरहेको छ ।

     

    View this post on Instagram

     

    A post shared by Instant Bollywood (@instantbollywood)

  • भाइरल भिडिओ : ‘नेपहपको श्रीपेच’ को फाइनलमा झ्याप थिए बालेन्द्र ?

    भाइरल भिडिओ : ‘नेपहपको श्रीपेच’ को फाइनलमा झ्याप थिए बालेन्द्र ?

    काठमाडौं । काठमाडौंका मेयर बालेन्द्र साहको केही सेकेन्डको भिडियो एकाएक टिकटकमा भाइरल बनेको छ । उक्त भिडियोमा साहको बोली र हाउभाउलाई हेरेर धेरैले ‘मेयर झ्यापमा’ भन्दै टिप्पणी गरिरहेका छन् ।

    र्‍याप संगीतको रियालिटी शो ‘नेपहपको श्रीपेच’ को गत शनिवार भएको ग्रान्ड फाइनलमा चिफ गेस्टको रूपमा उपस्थित भएका थिए साह । उनी उक्त रियालिटी शोका एक निर्णायक पनि हुन् ।

    फाइनलमा स्टेज पटक पटक उभिँदा बालेनको बडी ल्याङ्वेज अलिक अस्वाभाविक देखिएको थियो । उनको बोली केही लरबराएको र शरीर पनि अलि असन्तुलित थियो । त्यसैले उनी त्यसबेला रक्सीले मातेको अनुमान धेरैले गरेका छन् ।

    कुनै पनि सार्वजनिक कार्यक्रम होस वा अन्तरवार्ता, बालेन शिष्ट र अनुशासित रूपमा पेश हुने गर्छन् । कहिले पनि उनले अमर्यादित वा उत्ताउलो व्यवहार गरेको देखिँदैन ।

    यस कार्यक्रममा भने उनी स्वभाव विपरीत केही अस्थिर र चञ्चल देखिएका थिए । एक पटक उद्घोषिकाले बोल्दै गर्दा बालेन बिना प्रसंग अचानक उनीसामु आएर माइक तान्न खोजे । उद्घोषिकाले केही भनेपछि ब्याक हटे र दुवै हात अगाडि राखेर आफ्नो सिग्नेचर पोजमा उभिए । साथै, उनी जोसित पनि आलिंगन र कानेखुसी गरिरहेका देखिन्थे ।

    बालेनको प्रस्तुतिमाथि विभिन्न टीकाटिप्पणी भएका छन् । कार्यक्रमको लाइभ प्रशारण हुँदा नै ‘मेयर झ्यापमा’ भन्दै अत्यधिक कमेन्ट आएका थिए ।

    बालेनका सबैभन्दा निकट सहयोगी कुमार बेन भने सो कार्यक्रममा सहभागी हुँदा मेयरले मदिरा सेवन नगरेको बताउँछन् । उनले थकानका कारण शरीर र आवाज अलिकति असन्तुलित भएको हुन सक्ने दाबी गरे ।

    उनले भने, ‘त्यस दिन आधि सुटिङ बिहानै भइसकेको थियो । फाइनल रिजल्ट चाहिँ राति ११ बजेपछि सुरु भयो । दिनभरि बजेटको धपेडी पनि थियो । त्यसमाथि कार्यक्रम धेरै ढिला भएकाले स्ट्रेसले गर्दा बोली अलिकति लर्बरिएको हो । चर्चा भएजस्तो अरू त्यस्तो केही पनि होइन ।’

  • ‘परदेशी-२’ को टिजर रिलिज, फिल्म असोज १४ मा

    ‘परदेशी-२’ को टिजर रिलिज, फिल्म असोज १४ मा

    काठमाडौं । नारायण रायमाझी निर्देशित प्रतिक्षित चलचित्र ‘परदेशी-२’को टिजर सार्वजनिक गरिएको छ ।

    निर्माण टिमले शुक्रबार दिउँसो ‘रीमा ईन्टरटेन्मेन्ट’ युट्युवमार्फत टिजर सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मिति समेत तय गरेको हो । दशैंको टिकाको पाँच दिनअघि असोज १४ गतेबाट चलचित्रले प्रदर्शन थालनी गर्ने भएको छ ।

    २ मिनेट ३९ सकेन्डको टिजरमा चलचित्रका मुख्य कलाकारहरु अभिनेता प्रकाश सपूत, दीलिप रायमाझी, प्रशान्त तामाङ्ग, अभिनेत्रीद्धय केकी अधिकारी, वर्षा शिवाकोटीलगायतलाई प्रस्तुत गरिएको छ । ‘परदेशी-२’ लोकप्रिय गायक प्रकाशको डेब्यू चलचित्र हो ।

    यसअघि ‘परदेशी’मा वैदेशिक रोजगारीको कथा बुनिएकोमा यसपटक भने नेपाली विद्यार्थीमा रहेको विदेश मोहलाई मुख्य कथावस्तु बनाईएको छ । नेपाली युवापुस्ता माझ हुर्किएको विदेश सपनालाई टिजरमा प्रस्तुत गरिएको हो ।

    अध्ययनसँगै अन्य परिवेशमा परदेश पुगेकाहरुको कथा–व्यथालाई समेत चलचित्रमा प्रस्तुत गरिएको कुरा पनि टिजरबाट बुझन् सकिन्छ । प्रेम, वियोग, संवेदना, द्धन्द्ध, गीत सबैको अंश टिजरमा मिश्रित छ ।

    नारायण इन्टरनेशनल प्रा.लि.को प्रस्तुतीमा राजेश बंशल र नारायण रायमाझी मिलेर चलचित्रको निर्माण गरेका हुन् । चलचित्रको कथा भने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्षसमेत रहेका गीतकार रमेश बिजीले लेखेका हुन् ।

    चलचित्रमा नीर शाह, सुशील पोखरेल, सविन बास्तोला, रमा थपलिया, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्की लगायतका कलाकारहरूको समेत अभिनय छ ।

    बि.बि. अनुरागीको संगीत रहेको चलचित्रमा रामजी लामिछाने र गोबिन्द राईको कोरियोग्राफी रहेको छ भने गीतमा निर्देशक रायमाझीसँगै, प्रशान्त तामाङ्ग, निशान भट्टराई, प्रताप दास, तेजेन्द्र गुरुङ, मीना निरौला, टीका पुन, देवी घर्ती, थानेश्वर गौतम, जय देवकोटालगायतको स्वर छ । सुदीप कुँवरको सह-निर्देशन, अष्ट महर्जनको द्वन्द्व रहेको चलचित्रलाई मानकृष्ण महर्जनले छायाँकन गरेका हुन् भने यसमा दीर्घ खड्काको सम्पादन तथा नकुल खड्का र मिराज अर्यालको सह-सम्पादन छ ।

    ईश्वर घिमिरे÷रामहरि डंगोलको पोष्ट प्रोडक्सन, मनोज श्रेष्ठ र दिनेश विष्टको भी.एफ.एक्स, मिराज अर्यालको टाइटल डिजाइन, राजेन्द्र मोक्तानको कलर, श्यामश्वेत रसाइलीको साउण्ड डिजाइन र ५।१ मिक्सिङ रहेको चलचित्रको डबिङ र फोले मनोज खड्काले गरेका छन् ।

    ‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्तो हिट चलचित्र दिएको ब्यानर, हिट चलचित्रको सिरिज,प्रकाशको डेब्यू चलचित्र, स्टार कलाकारहरुको अभिनय लगायतका कारण निर्माण घोषणादेखि नै ‘परदेशी २’ प्रतिक्षित छ । चलचित्रको वितरकमा काठमाडौंका लागि डिसीएन र काठमाडौं बाहिर एफडी कम्पनी रहेको छ ।

  • नीता र हरिहरले कसे लगनगाँठो

    नीता र हरिहरले कसे लगनगाँठो

    काठमाडौं । नायिका नीता ढुंगाना अभिनेता तथा ज्योतिष हरिहर अधिकारीसँग विवाहबन्धनमा बाँधिएकी छन् । काठमाडौंको याक यति होटलमा उनीहरुको वैवाहिक समारोह आज जारी छ ।

    केही सम्बन्धदेखिको प्रेमलाई पूर्णता दिँदै नीता र हरिहरले लगनगाँठो कसेका हुन् । उनीहरुको विवाहमा परिवार, आफन्त र साथीभाइ उपस्थित रहेका छन् ।

    वैवाहिक कार्यक्रममा सञ्चारकर्मीलाई प्रवेश दिइएको छैन । चार वर्षअघिदेखि नीता र हरिहरको प्रेम सुरु भएको थियो ।

  • पत्रकार विष्टको ‘छेलिएका अनुहार’ बजारमा

    पत्रकार विष्टको ‘छेलिएका अनुहार’ बजारमा

    हेटौँडा । अल्पसंख्यक समुदाय चेपाङ तथा वनकरीया र राणाकालीन समयमा गाडी बोकेर काठमाडौं लानेहरूबारे पत्रकार प्रताप विष्टले लेखेको पुस्तक ‘छेलिएको अनुहार’ बजारमा आएको छ । पुस्तक सार्वजनिकको औपचारिक कार्यक्रम भने असार ३२ मा राखिएको छ ।

    हेटौँडामा रहेर ३५ वर्ष बढी पत्रकारितामा क्रियाशील विष्टले ती अल्पसंख्यको जातीबारे खोज तथा अनुसन्धानत्मक रिर्पोटिङ गरेको अनुभवलाई पुस्तकमा उतारेका छन् ।

    चेपाङ, वनकरिया र गाडी बोक्नेको विषयलाई पुस्तकमा तीन खण्डमा बाँडिएको उनले बताए । विष्टले अहिलेसम्म ती विषयमा लेखेका समाचारलाई पुस्तकको रूपमा दस्तावेज गरेका हुन् ।

    पत्रकार विष्ट लामो समयदेखि कान्तिपुर दैनिकमा आबद्ध छन् ।

  • चलचित्र ‘बाबरी’मा सुजन चाँपागाईको स्वर र संगित रहेको ‘चुलबुल चुलबुल’ बोलको गीत सार्वजनिक (भिडियाे)

    चलचित्र ‘बाबरी’मा सुजन चाँपागाईको स्वर र संगित रहेको ‘चुलबुल चुलबुल’ बोलको गीत सार्वजनिक (भिडियाे)

    काठमाडैं । भाद्र ३१ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘बाबरी’ को ‘चुलबुल चुलबुल’ बोलको गीत सार्वजनिक भएको छ । केन्द्र मोशनबाट रिलिज भएको उक्त गीतमा अभिनेत्री अदिती बुढाथोकी र धिरज मगरलाई फिचर्ड गरेका छन् ।

    सुजन चाँपागाईको संगीत तथा रविन्द्र लामिछानेको शब्द रचना रहेको गीतमा संगीतकार चापागाई र सुनिता थेगिमको स्वर रहेको छ। ‘बाबरी रंगमा’ बोलको गीतले दर्शकमाझ राम्रो हाइट बनाएकाले यो गीतले पनि दर्शकको मन जित्नेमा निर्माण टिम विश्वस्त देखिन्छ ।

    त्रिकोणात्मक प्रेमकथामा आधारित सिनेमालाई सुरेन्द्र पौडेलको निर्देशन गरेका हुन् भने पटकथा तथा संवाद रित सिंह बोहोरा, सिजन दाहाल, मनोज त्रिपाठी र किशोर नेपालले मिलेर लेखेका हुन् । सिनेमा भाद्र ३१ गतेबाट नेपालभर रिलिज हुनेछ ।

    सिनेमामा अभिनेत्री अदिती बुढाथोकी र धिरज मगरसहित धिरज नाडकर, बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दीलिप गुरुङ लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

  • दुई वर्षको ग्यापपछि सेटमा नायिका प्रियंका कार्कीकाे कमब्याक

    दुई वर्षको ग्यापपछि सेटमा नायिका प्रियंका कार्कीकाे कमब्याक

    काठमाडौं । करिब दुई वर्षको ग्यापपछि नायिका प्रियंका कार्की सेटमा कमब्याक गरेकी छन् । आमा बनेपछि ह्वात्तै तौल बढे तापनि केही महिनामा नै अप्रत्याशित तौल घटाएर कार्की सेटमा ब्याक भएकी हुन् ।

    उनको भनाइअनुसार उनी आमा बनेपछि ९७ केजीको थिइन् । लकडाउनको समयमा आमा बनेकी प्रियंका केही समय यतासम्म छोरीको हेरचाहमा व्यस्त देखिन्थिन् ।

    तिजको गीतमा थुम्का लगाइरहेकी प्रियंकाले आफू लामो समयपछि फर्के तापनि हिजो र आजमा केही फरक नपाएको भन्दै आफ्नो सामाजिक सञ्जालमा स्टा्टससमेत लेखेकी छन् । उनी लेख्छिन, ‘२ वर्षपछि फिल्म सेटमा फर्किएँ तर यत्रो समयपछि फर्किँदा पनि यस्तो लाग्यो कि मैले कहिल्यै सेट छाडेकै थिइनँ, मैले सेटलाई धेरै मिस गरेको रैछु । मेरो प्यारी मायासँग शूटिङ गर्न पाउँदा धेरै रमाइलो लाग्यो ।’

    आफ्नो तौल बढेपछि धेरैले आफूप्रति आत्मविश्वास नै घटाएको भन्दै एक अन्तर्वार्तामा गुनासोसमेत पोखेकी छन् ।

    ‘२,३ महिना अगाडीसम्म मेरो तौल धेरै नै थियो। कतिजनालाई चाहिँ बिहे गरेर बच्चा पाइहाल्यो, अब घरमै बस्ने त हो नि भन्ने रहेछ मनमा’, उनी भन्छिन्, ‘मप्रतिको एउटा आत्मविश्वास नै घटेको रहेछ मैले बुझ्दा । तर, मलाई मैले सक्छु र म केही समयमा नै पुरानो तौलमा आउँछु भन्ने विश्वास थियो । कसैलाई प्रुफ गर्न जरुरी पनि थिएन । यत्रो समयपछि ब्याक हुँदा पनि पुरानै दिनजस्तो र त्यहीँ इनर्जी महसुस भइरहेको छ। ’

  • तस्बिरमा हेर्नुहोस् अभिनेत्री नीता ढुंगानाको मेहन्दी समारोह

    तस्बिरमा हेर्नुहोस् अभिनेत्री नीता ढुंगानाको मेहन्दी समारोह

    काठमाडौं । ज्योतिष तथा अभिनेता हरिहर अधिकारीसँग असार २४ मा बिहेको तयारी गरिरहेकी अभिनेत्री नीता ढुंगानाको मेहन्दी समारोह आयोजना भएको छ ।

    बुधवार उनले मेहन्दी समारोहका तस्बिरहरू सार्वजनिक गरेकी छन् ।

    नीता र हरिहर लामो समयदेखि प्रेममा रहेका थिए । उनीहरुले आफ्नो प्रेमलाई यहि असारमा विवाहमा परिणत गर्न लागेका हुन् ।

  • ‘सोचे झैं जिन्दगी रैनछ…’ की गायिकाले गरिन् दोस्रो विवाह, संगीतसँग ‘सम्बन्धविच्छेद’ गरेर अष्ट्रेलिया जाँदै

    ‘सोचे झैं जिन्दगी रैनछ…’ की गायिकाले गरिन् दोस्रो विवाह, संगीतसँग ‘सम्बन्धविच्छेद’ गरेर अष्ट्रेलिया जाँदै

    काठमाडौं । दुई वर्षअघि आएको बहुचर्चित गीत ‘सोचे झैं जिन्दगी रैनछ’ की गायिका मधु क्षेत्रीको जिन्दगीले नयाँ मोड लिएको छ । उनले हालै विवाह गरेकी छन् ।

    अष्ट्रेलियामा बसोबास गर्ने प्रेमीसँग मधुले केही दिनअघि कुनै समारोहविना कोर्ट म्यारिज गरेकी हुन् । यो उनको दोस्रो विवाह हो । पहिलो श्रीमानसँग सम्बन्धविच्छेद भएपछि उनी एकल जीवन बिताउँदै आएकी थिइन् । मधुकी १७ वर्षीया एक छोरी छन् ।

    दोस्रो विवाहसँगै मधुले संगीत क्षेत्रसँग ‘सम्बन्धविच्छेद’ गर्ने भएकी छन् । चाँडै अष्ट्रेलिया गएर श्रीमानसँगै आनन्दको जीवन बिताउने उनको तयारी छ ।

    एक अन्तर्वार्तामा मधुले भनेकी छन्, ‘हो, मैले अब संगीत क्षेत्रलाई छोडेँ । दुईवटा नाउँमा खुट्टा राख्दा डुबिन्छ । यहाँका यादहरु बोकेर विदेश जाँदैछु ।’

    विदेशिनुअघि अन्तिमपटक आफ्नो श्रीमान र परिवारसहित राखेर अन्तिम गीत गाउने इच्छा उनले व्यक्त गरिन् । ‘मलाई लोकसंगीतले धेरै चिज दिएको छ । दोहोरी क्षेत्रमा लागेर नै छोरीलाई १७ वर्षकी बनाएँ । अब मेरो सांगीतिक यात्रा टुंगियो’, उनले भनिन् ।

    उनले एकल महिलाहरुलाई हेर्ने समाजको दृष्टिकोण अझै राम्रो नभएकाले पुरुषको सहारा चाहिने पनि बताएकी छन् ।

    ‘एकल महिला भन्नेबित्तिकै फरक दृष्टिकोणले हेरिन्छ । तर म एउटा डिभोर्सी र १७ वर्षीया छोरीकी आमालाई उहाँले श्रीमतीका लागि स्वीकार्नुभयो । यो मेरो लागि धेरै ठूलो कुरा हो । मैले भगवान जस्तै श्रीमान पाएकी छु’, उनले भनिन् ।

  • ‘झिंगेदाउ’ को ‘आगोविना बिँडी जल्दैन’ बोलको गीत सार्वजनिक (भिडिओसहित)

    ‘झिंगेदाउ’ को ‘आगोविना बिँडी जल्दैन’ बोलको गीत सार्वजनिक (भिडिओसहित)

    काठमाडौं । केकी अधिकारी र आँचल शर्मा अभिनित चलचित्र ‘झिंगेदाउ’ को ‘आगोविना बिँडी जल्दैन’ बोलको गीत सार्वजनिक भएको छ। भिडियोमा नेपालीपन झल्काउने भाका, पोशाक र दृश्यलाई सुन्दर तरिकाले प्रस्तुत गरिएको छ ।

    शान्ति श्री परियार र प्रवीण बेडवालको स्वर रहेको उक्त गीत मुक्त उदासले लेखेका हुन् । संगीत अर्जुन पोखरेलले भरेका छन् ।

    भाद्र १७ देखि देशभर रिलिज हुने चलचित्र ‘झिंगेदाउ· का निर्देशक ज्ञानेन्द्र देउजा हुन् । चलचित्रको कथा र संवाद प्रदीप भारद्वाजले लेखेका छन् ।

    चलचित्रमा केकी र आँचलसँगै मुकुन्द भुसाल, हिउवाला गौतम, संगम भण्डारी, विजय देउजा, आयन खड्का, अभयराज बराल, कुशल विष्ट र आशा भुसालको अभिनय देख्न सकिनेछ ।

  • पूर्वमिस नेपाल सदीक्षा र राहुलले कसे लगनगाँठो (तस्वीरहरुसहित)

    पूर्वमिस नेपाल सदीक्षा र राहुलले कसे लगनगाँठो (तस्वीरहरुसहित)

    काठमाडौं । पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ र राहुल मोक्तान विवाह बन्धनमा बाँधिएका छन् । यी दुईले आफ्नो लामो समयको प्रेम सम्बन्धलाई असार २१ गते वैवाहिक जीवनमा परिणत गरेका हुन् ।

    मंगलबार गैरीधारास्थित सिल्भर ओक पार्टी प्यालेसमा नेवारी रीतिरिवाजअनुसार स्वागत समारोहको आयोजना गरिएको थियो । स्रोतका अनुसार यो जोडीले आफ्नो विवाह समारोह पनि त्यही रात नै सम्पन्न गरेको थियो । विवाहमा आफन्त र नजिकका इष्टमित्रहरुमात्र उपस्थित थिए ।

    पढाइमा अब्बल सदीक्षाका प्रेमी राहुल इतिहास रच्ने नेपाली खेलाडी हुन् । इन्डियन किक बक्सिङ च्याम्पियनसिपमा उनले तीनपटक स्वर्णपदक जितेका छन् ।

    राहुल सन् २०१० को ‘विश्व पान एमेच्वोर किक बक्सिङ एसोसिएन’ को ६५ केजी समूहको विश्व च्याम्पियनसमेत हुन् । सन् २०१७ देखि उनले ‘मुएथाई’ नामक आफ्नै जिमखाना सञ्चालन गर्दै आएका छन् ।

    राहुलमात्र नभएर सदीक्षा पनि गोल्ड मेडलिस्ट हुन् । थाइल्यान्डबाट एमबीए सकाएकी श्रेष्ठले थुप्रै गोल्डमेडलसहित राष्ट्रपतिको हातबाट विद्याभूषण पदकसमेत प्राप्त गरेकी छिन् ।

  • नेपाल-चीन साहित्य सम्मेलनमा नेपाली कविताको चिनियाँ संस्करण सार्वजनिक

    नेपाल-चीन साहित्य सम्मेलनमा नेपाली कविताको चिनियाँ संस्करण सार्वजनिक

    काठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठान र चिनियाँ लेखक संघको संयुक्त आयोजनामा नेपाल-चीन अनलाइन साहित्य सम्मेलन सम्पन्न भएको छ ।

    ‘रेसम मार्गमा साहित्यिक कल्पना’ विषयक उक्त सम्मेलनमा नेपाल र चीनका विद्वान् एवम् साहित्यकार भर्चुअलरूपमा सहभागी भएका थिए । सम्मेलनमा बोल्दै प्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रेतीले रेसम मार्गको अवधारणा सांकेतिक भए पनि यसले आर्थिक, सामाजिक एवम् राजनीतिक जस्तै साहित्यिक र सांस्कृतिक विकासमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

    चिनियाँ लेखक संघका अध्यक्ष थाइ निङले नेपाल प्रज्ञा-प्रतिष्ठान र चिनियाँ लेखक संघबीको संयुक्त पहलबाट दुई देशबीच साहित्यिक आदानप्रदानमा टेवा पुगेको बताए ।

    सम्मेलनमा प्रतिष्ठानका उपकूलपति डा. जगमान गुरुङ, सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय, प्राज्ञ परिषद् सदस्य प्रा.डा. हेमनाथ पौडेल र प्राज्ञ सभा सदस्य शशी लुमुम्बूलगायत उपस्थित थिए । नेपालका तर्फबाट प्रा.डा. अभि सुवेदी, प्रा. डा. योगेन्द्रप्रसाद यादव, प्रा.डा. रुद्र पौडेल, प्रा.डा. कृष्णचन्द्र शर्मा र उपप्राध्यापक महेश पौड्यालले गोष्ठीपत्र प्रस्तुत गरे भने चीनका तर्फबाट निङ खन, चाङ छिङह्वा, लिउ चियान, पेई था, वाङ लिउछीलगायतले मन्तव्य राखे ।

    सो अवसरमा एक सयभन्दा बढी नेपाली कविता समेटिएको कविता संग्रह चिनियाँ संस्करण सार्वजनिक गरिएको थियो । प्रतिष्ठानले अंग्रेजी भाषामा अनुवाद गरेको ‘दि भ्वाइस अफ नेपाल’ नामक उक्त कृतिलाई चिनियाँ लेखक संघले चिनियाँ भाषामा अनुवाद एवम् प्रकाशन गरेको हो ।

  • अफेयर चर्चा नकार्दै महेश र अस्मिता सँगै उडे अष्ट्रेलिया

    अफेयर चर्चा नकार्दै महेश र अस्मिता सँगै उडे अष्ट्रेलिया

    काठमाडौं । अहिलेका अत्यधिक चर्चित र सफल दुई तन्नेरी गायक-गायिका अस्मिता अधिकारी र महेश काफ्ले निकै मिल्ने साथी हुन् । केही समयदेखि उनीहरू ‘रिलेसनसीप’ मा रहेको गाइँगुइँ पनि चल्न थालेको छ ।

    अस्मिता र महेशले अहिलेसम्म बाहिरको  गसिपका विषयमा प्रतिक्रिया दिएका थिएनन् । आज उनीहरू एकसाथ म्युजिकल टुरका लागि अष्ट्रेलिया उडे । उड्नुअघि विमानस्थलमा सञ्चारकर्मीसँग उनीहरूले आफूहरूको सम्बन्धका विषयमा मुख खोलेका छन् ।

    दुवैले एक स्वरमा आफूहरू राम्रो साथी मात्र भएको बताए ।

    महेशले भने, ‘हामीलाई सांगीतिक कामको सिलसिलामा धेरै ठाउँमा मिडियाकर्मीले सँगसँगै देखिरहनुभएको हुन्छ । सायद त्यसैले यस्तो अनुमान लगाउनुभयो होला । तर, हामीबीच असल मित्रताबाहेक अरू केही छैन ।’

    महेशले अस्मिताको निकै प्रशंसा गरे । अस्मिता आफूभन्दा उच्चस्तरकी गायिका भएको र उनीबाट धेरै सिकेको महेशको भनाइ थियो ।

    अस्मिताले पनि यस्तो गसिप आउँदा अचम्ममा परेको बताइन् ।

    ‘खोइ कसरी यस्तो गसिप सुरु भयो । सहकार्य गर्ने क्रममा एक अर्काको सोच विचार मिल्छ । एज अ फ्रेन्डको जोनमा त बस्न सकिहालिन्छ । त्यति मात्रै हो,’ उनले भनिन् ।

    केही समयअघि अस्मिताले छिन्नलता पुरस्कार प्राप्त गर्दा महेशले सामाजिक सञ्जालमा बधाई दिएका थिए । त्यसमा अस्मिताले धन्यवाद भनेकी थिइन् र महेशले लभ रियाक्ट गरेका थिए । त्यस लगत्तै उनीहरू एक साथ फिल्म हेर्न गएको समाचार आएको थियो । तर, उनीहरूले आफूहरू मात्रै हलमा गएको नभएर अरू कलाकारसँग गएको बताएका छन् ।

    अस्मिता र महेशले केही गीतहरूमा सहकार्य गरेका छन् । उनीहरूले गाएको युगल गीत ‘अलि वर आऊ’ निकै हिट भएको थियो । अस्मिताले छोटो समयमै गायन क्षेत्रमा निकै उचाइ लिइसकेकी छन् । उनलाई अहिलेकी नम्बर १ गायिका मान्न थालिएको छ ।

    महेश पनि ब्याक टु ब्याक हिट गीत दिइरहेका गायक हुन् । अष्ट्रेलिया उनको पहिलो अन्तर्राष्ट्रिय म्युजिकल टुर हो । अस्मिताले भने कोरोना सुरु हुनुअघि धेरै देशहरूमा पुगेर प्रस्तुति दिइसकेकी थिइन् । उनी नेपाल आइडलमा तेस्रो भएपछि वर्ल्ड टुरमा गएकी थिइन् । तर, कोरोना सुरु भएपछि भने उनको यो पहिलो विदेश भ्रमण हो ।

    अष्ट्रेलियाका चार वटा शहरमा महेश र अस्मिताले सांगीतिक प्रस्तुति दिनेछन् । ७ देखि १८ जुलाइसम्म कन्सर्टहरू हुने छन् । यो टुरमा उनीहरूसँग मुक्ति एन्ड रिभाइबल पनि सहभागी छ ।

  • तस्बिरमा हेर्नुस् निता ढुंगानाको ब्यचलरेट पार्टी

    तस्बिरमा हेर्नुस् निता ढुंगानाको ब्यचलरेट पार्टी

    काठमाडौं । नेपाली सिने जगतकी चर्चित अभिनेत्री निता ढुंगाना र युवा ज्योतिष तथा अभिनेता हरिहर अधिकारी यहीँ असार २४ गते विवाह बन्धनमा बाँधिने भएका छन् ।

    विगत ३ वर्षदेखि प्रेम सम्बन्धमा रहेको यो जोडीले शुक्रवार होटेल याक एण्ड यतिमा आफ्नो विवाह समारोह सम्पन्न गर्ने भएका हुन ।

    करिब १० बजेदेखि सुरु हुने विवाह कार्यक्रममा निता र हरिहरको आफन्त र परिवारजनबाहेक उनीहरूको करिबका केही कलाकार इस्टमित्रहरुहरु मात्र सामेल हुनेछन् । तर असार २६ गते हुने रिसेप्सन पार्टीमा भने सबै कलाकारसहित आफ्नै ब्यानरमा बन्न लागेको चलचित्र ‘ह्रस्व दीर्घ’ मा अनुबन्धित भएका भारतीय कलाकारहरू पनि उपस्थित हुने भएका छन् ।

    निता र हरिहरको २०७६ साल कार्तिकमा वीरगन्जमा भएको एक कार्यक्रममा भेट भएको थियो । नेपाली चलचित्र स्वर्णिम महोत्सवपछि यी दुई नजिकिएको स्रोतको दाबी छ।

    विवाहको मिति नजिकिँदै गर्दा निताले भने आफ्नो ब्याच्लर पार्टी धूमधामसँग मनाइसकेकी छिन् ।

    निताको ब्याच्लर पार्टीको केही झलकहरू

  • जोनी डेप-एम्बर हर्ड प्रकरण : एम्बरले गरिन् अदालतको फैसला रद्द गर्न माग

    जोनी डेप-एम्बर हर्ड प्रकरण : एम्बरले गरिन् अदालतको फैसला रद्द गर्न माग

    काठमाडौं । हलिउड अभिनेत्री तथा प्रख्यात हलिउड सुपरस्टार जोनी डेपकी पूर्वपत्नी एम्बर हर्डले जोनी डेप विरुद्धको मानहानिको मुद्दा हारेपछि अदालतको फैसला रद्द गरी नयाँ ट्रायलको माग गर्दै अदालतमा निवेदन दिएकी छिन् ।

    जोनी डेपको पक्षमा फैसला आउनका लागि डिपसँग कुनै प्रमाण नभएको र बहसको क्रममा आफूले पेस गरेको प्रमाणलाई अदालतले नजरअन्दाज गरेको भन्दै एम्बरले नयाँ ट्रायलको माग गरेकी हुन् ।

    एम्बरले सन् २०१८ मा जोनी डेपको नाम नखुलाई आफू घरेलु हिंसामा परेको भन्दै एक लेख सार्वजनिक गरेकी थिइन् जसका कारण आफ्नो निजी तथा व्यावसायिक जीवनमा असर परेको भन्दै जोनी डेपले सन् २०१८ मा एम्बर विरुद्ध ५० मिलियन डलर क्षतिपूर्ति माग गर्दै मानहानिको मुद्दा दायर गरेका थिए ।

    गत जुन १ मा अदालतले जोनीको पक्षमा फैसला सुनाउँदै एम्बरलाई १५ मिलियन डलर क्षतिपूर्ति तिर्न आदेश दिएको थियो । मिडिया रिपोर्टमा उल्लेख भए अनुसार सन् २०१८ मा प्रकाशित उक्त लेखको शीर्षकबारे एम्बरलाई थाह नै नभएको उनका वकिलले दाबी गरेका छन् भने अदालतद्वारा तोकिएको जरिवाना पनि अस्वाभाविक रूपमा बढी भएको उनको भनाई छ ।

  • महानगरलाई करिश्माको प्रश्नः मकै पोलेर तारे होटलमा बेच्ने ?

    महानगरलाई करिश्माको प्रश्नः मकै पोलेर तारे होटलमा बेच्ने ?

    काठमाडौं । अभिनेत्री तथा एमाले नेतृ करिश्मा मानन्धरले सडक व्यापारलाई नियन्त्रण गर्ने काठमाडौं महानगरपालिकाको नीतिप्रति असहमति व्यक्त गरेकी छन् । केही दिनअघि मकै पोलेर बेच्ने दम्पत्तिलाई नगरप्रहरीले गरेको कारवाहीका सन्दर्भमा उनले सामाजिक सञ्जालमार्फत आफ्नो असहमति उजागर गरेकी हुन् ।

    कुनै पनि नागरिकलाई देशको समग्र भूमिमा टेक्ने अधिकार रहेको करिश्माको तर्क छ । उनले प्रश्न गरेकी छन्, ‘यदि उ अशिक्षित छ, गरिब छ, लाचार छ भनेर जे पनि गर्न मिल्छ ? जे पनि भन्न मिल्छ ? ऊ मान्छे हो कुरा बुझ्छ सम्झाएर भन ।’

    उनले स्ट्रिट फुड र सामान बेच्ने चलन हरेक मुलुकमा हुने भन्दै आममानिस र पर्यटकहरुले यसबाट आनन्द उठाउने दाबी समेत गरेकी छन् ।

    करिश्माको प्रश्न छ, ‘व्यवस्थापन गर्नतर्फ लाग्ने कि प्रतिबन्ध र विरोधतर्फ लाग्ने ? कि मकै पोलेर चटपटे बनाएर तारे होटलमा बेच्ने ?’

    सडकमा खानेकुरा बेचेर पेट भर्ने तथा सडकको खाएर पेट भर्ने जमात यही सहरमा रहेको उनी बताउँछिन् ।

    ‘बाटोमै बेचेको कपडाले तन डाक्ने जमान पनि त छन् होला, जो तपाईंको भारी बोक्छन् वा अन्य काम गर्छन् । सबै बिदेश गएर गल्फको गर्मीमा काम गर्न नसक्ने पनि त छन् होला । के तिनले आफ्नो र आफ्ना छोराछोरीको मुहारमा खुसी भएको सपना देख्न नपाउने ?’ करिश्माको थप प्रश्न छ ।

    हेर्नुस उनको स्टाटस

     

  • ‘मिस इण्डिया २०२२’ को ताज सिनी शेट्टीलाई

    ‘मिस इण्डिया २०२२’ को ताज सिनी शेट्टीलाई

    काठमाडौं । कर्नाटककी सिनी शेट्टीले ‘मिस इण्डिया २०२२’ को ताज जितेकी छन् । मुम्बईमा भएको प्रतियोगितामा उनले १३ प्रतियोगीलाई पछि पार्दै यो उपाधि जितेकी हुन् ।

    सिनी २१ वर्षकी छिन् । उनी हाल चार्टेड फाइनेन्स एनालिस्टको कोर्ष गरिरहेकी छन् ।

    प्रतियोगितामा राजस्थानकी रुबल शेखावत फस्ट रनर अप र उत्तर प्रदेशकी शिनाता चौहान सेकेण्ड रनर अप बने ।

    बलिउडका सेलिब्रेटीहरु नेहा धूपिया, कृति सेनन, मलाइका अरोडा, मनीष पल, राजकुमार राव, डिनो मोरेया, मिथाली, राजलगायत प्रतियोगितामा उपस्थित थिए ।

  • ‘नेपहपको श्रीपेच’ माथि उठ्यो प्रश्न, आयोजक भन्छ- मुकुटको धार्मिक विशेषताबारे अञ्जान थियौँ

    ‘नेपहपको श्रीपेच’ माथि उठ्यो प्रश्न, आयोजक भन्छ- मुकुटको धार्मिक विशेषताबारे अञ्जान थियौँ

    काठमाडौं । र्‍याप संगीतमा आधारित रियालिटी शो ‘नेपहपको श्रीपेच’ को पहिलो संस्करण शनिवार सकियो । विजेता बनेका साइमन विष्ट उर्फ भाइवरले ‘नेपहपको श्रीपेच’ पहिरिन सफल भए ।

    काठमाडौंका मेयर तथा कार्यक्रमका एक निर्णायक बालेन्द्र साहले विजेतालाई विशेष खालको मुकुट लगाइदिएका थिए । अहिले उक्त मुकुटका विषयमा विवाद उब्जिएको छ ।

    एक सम्पदाकर्मीले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै रियालिटी शोका विजेतालाई लगाइएको यस्तो मुकुट लगाइदिन नमिल्ने तर्क गरेका छन् ।

    मिलन रत्न बज्राचार्यले फेसबुकमा लेखेका छन्, ‘यो मुख: (मुकुट) र्‍याप ब्याटल जितेर पाउने पुरस्कार होइन । यो मुख: मा पञ्चतथागत रहेका हुनाले बज्रयान बुद्ध धर्मअनुसार गुरुबाट बज्राचार्य अभिषेक पाएपछि लगाउने पाउने मुख: हो । यसको महत्त्वलाई ध्यान राखिदिनुहोला । यस्तो काम फेरि नहोस् ।’

    नेपाल प्रेससँग यस विषयमा थप कुराकानी गर्दै बज्राचार्यले यस्तो बताए :

    पहिला त मैले त्यति ध्यान दिइनँ । तर जब पछि नियालेर हेरेँ, अनि मलाई महसुस भयो कि यो त हाम्रो मुकुट हो । म एक बुद्धिस्ट भएको नाताले मलाई चाहिँ अलिक नराम्रो लाग्यो । हामी बज्राचार्यहरूको पूजामा गुरुहरूले पञ्चअभिशेक दिँदा दिने अभिषेक हो यो श्रीपेच । नेवारीमा यसलाई मुख: भनिन्छ । यो जुनसुकै पूजामा प्रयोग हुने श्रीपेच होइन । यसको लागि एउटा छुट्टै खास पूजा हुन्छ । गुरुहरूबाट मात्र नभएर लामाहरूले पनि एउटा निश्चित ज्ञान प्राप्त भएपछि आफ्नो ज्ञानी शिष्यलाई मात्र लगाइदिने ताज हो यो । यो पञ्चबुद्धवाला श्रीपेच गुरुहरूबाहेक अरूको हातबाट हस्तान्तरण हुँदैन । त्यसैले यदि त्यो त्यही श्रीपेच हो भने त्यसरी प्रयोग नगरौँ । एउटा धार्मिक मान्यता बोकेको चिजलाई यसरी दुरुपयोग गर्न हुँदैन । यो हामी सबै नेपालीदेखि लिएर मुख्यतः बौद्ध धर्माबलम्बीहरुको लागि नराम्रो खबर हो ।

    ‘नेपहप को श्रीपेच’ का आयोजकले भने कुनै जाति वा धर्मको अनादर गर्न नखोजिएको प्रस्ट पारेको छ । कार्यक्रम निर्माता रोशन श्रेष्ठले झट्ट हेर्दा मन परेपछि यो श्रीपेच प्रयोग गरेको बताए ।

    उनको थप भनाइ यस्तो छ:

    हाम्रो नेपहप अथवा हिपहपको दुनियाँमा लिडरलाई राजा मान्ने गरिन्छ । यही कारण र प्रोग्रामको थिम पनि ‘नेपहपको श्रीपेच’ भएकोले गर्दा विजेतालाई श्रीपेच लगाइदिनु स्वाभाविक थियो । हामीले पहिला चाहिँ क्राउन प्रयोग गर्ने कि भन्ने पनि सोचेका थियौँ । तर कार्यक्रमको थिमसँग नमिल्ने र क्राउन प्रायः सौन्दर्य प्रतियोगितामा प्रयोग हुने भएकोले गर्दा हामीले त्यो सोच परिवर्तन गर्‍यौँ ।

    अहिले प्रयोग गरेको श्रीपेच चाहिँ हामीले देखिसकेपछि ठिक छ नि त भन्ने सोचले ल्याएका थियौँ । खासमा त्यहाँ पाँच वटा बुद्धको मूर्ति पनि भएकोले गर्दा संस्कृतिसमेत झल्किन्छ भन्ने विचारले प्रयोग गरेका हौँ । हामीले आफैँले सोचेर र डिजाइन दिएर त्यो बनाएका पनि होइनौँ । झट्ट हेर्दा मन परेर र प्राचीन संस्कृति झल्किने भएर हामी पनि मोहित भएका थियौँ । हाम्रो थिम र डिजाइन त अर्कै थियो, जुन हाम्रो व्यस्तता र कार्यक्रमको धपेडीले गर्दा बनाउन सकेनौ ।

    हामीले कुनै पनि जात, धर्म र संस्कृतिलाई अनादर गर्ने सोचले यो गरेका होइनौँ । अञ्जानमा भएको कुरा हो । हामीलाई त्यतिखेर नै थाहा भएको भए अर्को विकल्प खोज्थ्यौँ । त्यतिखेर कसैले केही भन्नु पनि भएन । अहिले आएर यो कुराहरू आयो । नराम्रो नियतले हामीले एक प्रतिशत पनि केही गरेका छैनौँ ।

    यदि गल्ती भएको भए हामी माफी माग्छौँ पनि । कसैलाई बेइज्जत गरौँ, धर्म तोडौँ र अपमान गरौँ भनेर त हामी पनि काम गर्दैनौँ ।

  • ‘भस्मे डन’ मा आउँदै विपिन

    ‘भस्मे डन’ मा आउँदै विपिन

    काठमाडौं । चलचित्र ‘पशुपति प्रसाद’ बाट ‘भस्मे डन’ को परिचय बनाएका अभिनेता विपिन कार्कीले सोही फिल्म रिलिजपछि ‘राष्ट्रिय फिल्म अवार्ड’ सहित धेरै अवार्ड हात पारे ।

    कार्कीले अन्तत: ‘भस्मे डन’ नामक चलचित्रमा पनि अभिनय गर्ने भएका छन् ।

    ‘एनिमल’ मार्फत बलिउडमा समेत डेब्यू गर्न आँटेका विपिन यतिबेला ‘प्रसाद २’ को छायांकनमा व्यस्त छन् । निर्देशक दीपेन्द्र के. खनालद्वारा निर्देशित चलचित्र ‘प्रसाद २’ को छांयाकन सुरू नभई ‘भस्मे डन’ बन्ने खबर सार्वजनिक भएसँगै दर्शकमाझ कुन पहिला बन्ला भन्ने कौतुहल जागेको छ ।

    ‘भस्मे डन’ पात्र अत्यधिक रुचाइएकोले गर्दा होला निर्देशक खनालले नै यो चलचित्र पनि अभिनेता विपिन कार्कीसँग सहकार्य गरेर बनाउन आटेका हुन् ।