नया दिल्ली । इन्डियन प्रिमियर लिगका पूर्वअध्यक्ष ललित मोदीले बिहीबार राति अभिनेत्री सुस्मिता सेनसँगको आफ्नो सम्बन्धलाई औपचारिक रुपमा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे । उनीहरुको सम्बन्धबारे भएका अनेकन टिका टिप्पणी भारतमा मात्र हैन नेपालमा पनि त्यती नै छ्याप छ्याप्ती बने ।
सामाजिक संजालमा उनिहरुको सम्बधबारे केहीले बधाई दिए त केहीले उनिहरुको ट्रोल गरे । ललित मोदीको घोषणा पछि धेरै जनाले उनीहरुको सम्बन्धको बारे सुस्मिता सेनको औपचारिक धारणाको व्यग्रताका साथ प्रतिक्षा गरेका थिए ।
यस्तो अवस्थामा सुस्मिता सेनले पहिलो पटक ललित र आफ्नो सम्बन्धबारे आफ्नो धारणा व्यक्त गरेकी छिन् । ललित मोदीसँग माल्दिभ्समा रोम्यान्टिक होलिडे मनाएर फर्केसँगै उनले आफ्नो इन्स्टाग्राम मार्फत ललितसँगको प्रेम सम्बन्धलाई सार्वजनिक रुपमा स्विकार गरेकी हुन् ।
इन्सटाग्राममा आफ्ना छोरीहरुसँगको तस्विर सेयर गर्दै उनी लेख्छिन् ‘निस्चित रुपमा म खुशी हुने ठाउँमा छु, बिहे गरेकी छैन तर मायाले भरिएकी छु यस् विषयमा मैले धेरै स्पष्टीकरण दिइसके अब म काममा फर्किने बेला हो । जो जो मेरो खुशीमा खुशी हुनुभयो सबैलाई धन्यबाद खुशी हुन नसक्नेहरुलाई भन्न चाहन्छु ‘इट्स नन अफ योर बिजनेस’ सबैलाई धेरै माया ।
नयाँ दिल्ली । आईपीएलका पूर्वअध्यक्ष ललित मोदीले बिहीबार अभिनेत्री सुस्मिता सेनसँगको आफ्नो सम्बन्ध खुलासा गरेपछि सामाजिक सञ्जालमा हेडलाइन नै बनेका छन् । ललितले सुस्मितासँग छिट्टै विवाह गर्ने ट्वीटमार्फत घोषणा पनि गरेका छन् । यो घोषणाले सबैलाई चकित मात्रै बनाएन, सामाजिक सञ्जालमा सुस्मिता सेन र ललित मोदीको चर्चा चुलियो ।
अधिकांश नायिकाहरु धनी केटाहरुसँग डेट गरेर चर्चामा आएका छन् । यो सूचीमा सोनम कपूर, आसिन, जुही चावला र सेलिना जेट्लीलगायत अभिनेत्रीको नाम पनि परेको छ । यी हुन् धनी व्यक्तिसँग डेटिङ वा विवाह गरेर चर्चामा आएका अभिनेत्रीहरू:
सोनम कपूर
सोनम कपूरले लामो समय डेट गरेर प्रेमी आनन्द आहुजासँग ८ मे २०१८ मा विवाह गरेकी थिइन् । आनन्द व्यवसायी हुन् । उनको सम्पत्ति करिब ४ हजार ७३३ करोड भारु रहेको छ । उनको घरको मूल्य १७३ करोड भारु पर्छ । सोनम अहिले गर्भवती छिन् र दुवै बच्चाको प्रतीक्षामा छन् ।
रानी मुखर्जी
रानी मुखर्जीले सन् २०१४ अप्रिल २१ मा फिल्म निर्माता आदित्य चोपडासँग विवाह गरेकी थिइन् । दुबैको एक छोरी आदिरा छिन् । जसको जन्म सन् २०१५ डिसेम्बर ९ मा भएको थियो । आदित्यको सम्पत्ति करिब ६ हजार ३५० करोड भारु रहेको छ ।
शिल्पा शेट्टी कुन्द्रा
शिल्पा शेट्टीले सन् २००९ नोभेम्बर २२ मा बेलायती व्यापारी राज कुन्द्रासँग विवाह गरेकी थिइन् । राज धेरै व्यवसायका मालिक हुन् । उनले आईपीएल टीम पनि किनेका छन् । राज र शिल्पाका दुई सन्तान वियानराज कुन्द्रा र समिशा शेट्टी कुन्द्रा छन् । राज लगभग ४ हजार करोड भारु सम्पत्तिका मालिक हुन् ।
असिन थोट्टुम्कल
गजनी फेम असिन थोट्टुम्कलले सन् २०१६ जनवरी १९ मा माइक्रोम्याक्सका सह–संस्थापक राहुल शर्मासँग विवाह गरेकी थिइन् । दुवैको एक छोरी छिन् । राहुलको सम्पत्ति करिब एकहजार ४६० करोड भारु रहेको छ ।
काठमाडौं। चलचित्र ‘बिजुली’ निर्माणको औपचारिक घोषणा गरिएको छ। राजधानी काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरेर चलचित्रको फर्स्ट लुक सार्वजनिकसंगै चलचित्र निर्माणको घोषणा गरिएको हो।
विकास गिरिको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘बिजुली च्याप्टर १’ को निर्माता लुना केसी हुन्। विकास गिरीको यो डेब्यु निर्देशन हो। लामो समयको तयारी पश्चात गिरीले निर्देशनमा पाइला चाल्न लागेका हुन्।
बासुकी फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्रमा मुकुन भुसाल,बेनिषा हमाल,कालु राना अनुबन्ध भएका छन् भने बाँकी कलाकार छनोट हुन बाँकी रहेको छ।
क्रियटिभ प्रोडूसर केदार भुसाल रहने चलचित्रको छायाकन भदौ तेस्रो साताबाट सुरु गरिने लक्ष्य निर्माण टिमको रहेको छ। हरि घले लामाले छायाँकन गर्ने चलचित्रमा एसोसियट निर्देशक आयुष बिसी,मुख्य सहायक निर्देशक शंकर धिताल,प्रोडक्सन मेनेजर नेत्र बिष्ट रहेका छन्।
चार युग सत्य,त्रेता,द्वापर र कलियुग युगको प्रतिनिधि पात्रको कथामा बन्न लागेको चलचित्रको अर्को भाग पनि निर्माण गरिने लेखक तथा निर्देशक गिरीले जानकारी दिए। ‘यो हिन्दू धर्मग्रन्थका पात्रको मोडर्न एडप्टेसन हो,’निर्देशकले भने । हिन्दू धर्मग्रन्थहरु रामायण, महाभारत र भागवत गीतका चरित्रलाई समेटेर फिल्म बनाउन लागिएको हो ।
चलचित्रको कथा अनुसार आफुले आफ्नो भूमिकाको लागि निकै नै मेहनत गर्नु पर्ने अभिनेता मुकुन भुसालले बताए। यस चलचित्रमा आफुले अहिले सम्म गरि रहेको काम,आफ्नो लुक्स तथा रोलमा निकै भिन्नता दर्शकले पाउने भुसालले बताए। अभिनेत्री बेनिषा हमालले नयाँ र जोश जाँगर बोकेर नेपाली चलचित्र क्षेत्रमा केहि गरौँ भनेर लागेको टिमसंग काम गर्न पाउँदा आफुलाइ एकदम खुसी लागेको बताइन् ।
काठमाडौं । इन्डियन प्रिमियर लिगका प्रथम अध्यक्ष ललित मोदीले बिहीबार राति अभिनेत्री सुस्मिता सेनसँगको आफ्नो सम्बन्धलाई औपचारिक रुपमा सामाजिक सञ्जालमार्फत साझा गरेका छन् । मिस युनिभर्स सेनसँगको तस्वीर उनले ट्विटर र इन्स्टाग्राममा पोस्ट गरेका हुन् ।
५६ वर्षका मोदीले ट्वीटमा सुस्मितालाई आफ्नो ‘बेटर हाफ’ भनेर उल्लेख गरेका छन् । ट्विटमा भनिएको छ, ‘भर्खरै परिवारसँगको माल्दिभ्स र सार्डिनिया भ्रमणपछि लन्डन फर्कियो । मेरो ‘बेटर हाफ’ सुस्मिता सेन- नयाँ जीवनको नयाँ सुरुवात। -चन्द्रमा भन्दा माथि।’
उनले अर्को ट्विटमा लेखेका छन्, ‘विवाह गरिएको छैन, त्यो पनि एकदिन हुनेछ, अहिले केवल एक अर्कालाई डेट गर्दै ।’
सन् २०१० मा पनि मोदी र सेन सम्बन्धमा रहेको चर्चा चलेको थियो । त्यो समय दुवैजनाले आफ्नो सम्बन्ध मात्र एक हल्ला भएको दाबी गरेका थिए । सुस्मिताले हालसम्म पनि ललित मोदीसँगको सम्बन्धबारे पुष्टि भने गरेकी छैनन् । गत वर्षमात्र उनले आफ्नो इन्स्टाग्राम पोस्टमार्फत आफ्नो र मोडल प्रेमी रोहमनको ब्रेकअपको घोषणा गरेकी थिइन् ।
सेन सन् १९९४ को मिस युनिभर्सको विजेता हुन् । उनी मिस युनिभर्स जित्ने पहिलो भारतीय महिलासमेत हुन् । उनले सन् १९९६ मा आएको फिल्म दस्तकबाट बलिउडमा डेब्यू गरेकी थिइन् । छोरीहरू अलिसा र रेनीकी एकल आमा सेन अहिले ४७ वर्षकी भइन् ।
सुस्मिताले सन् २००० मा रेनीलाई धर्मपुत्री ग्रहण गरेकी थिइन् भने एलिसा सन् २०१० मा परिवारसँग जोडिएकी थिइन् ।
नयाँदिल्ली । आईपीएलका पूर्वअध्यक्ष ललित मोदीले बिहीबार अभिनेत्री सुस्मिता सेनसँगको आफ्नो सम्बन्ध खुलासा गरेका छन् । उनले सुस्मितासँग छिट्टै विवाह गर्ने घोषणा पनि गरेका छन् । यो खबर बाहिर आएपछि सुस्मिता-ललित सामाजिक सञ्जालमा हेडलाइन नै बनेका छन् ।
ललित सुस्मिताभन्दा ९ वर्ष जेठा छन् । ललित ५६ वर्षका छन् । सुस्मिता ४७ वर्षकी भइन् ।
सुस्मिताले केही महिनाअघि रोहमन शालसँग ब्रेकअप गरेकी थिइन् । रोहमनअघि पनि सुस्मिताको १०-११ जनासँग अफेयर भइसकेको अन्तर्राष्ट्रिय सञ्चरमाध्यमले जनाएको छ ।
विक्रम भट्ट
सुस्मिताको फिल्म निर्देशक विक्रम भट्टसँग अफेयर रहेको खबर बाहिर आएको छ । फिल्म ‘दस्तक’को सुटिङका क्रममा यी दुईको पहिलो भेट भएको र त्यही समयमा दुवैले एकअर्कालाई डेट गर्न थालेको बताइएको छ । विक्रम सुस्मिताभन्दा ७ वर्ष जेठा छन् । रिपोर्टका अनुसार अभिनेत्रीको विक्रमसँग विवाहेत्तर सम्बन्ध थियो, जुन केही समयपछि ब्रेकअप भयो ।
वसीम अक्रम
मिडिया रिपोर्टका अनुसार सुस्मिताको पाकिस्तानी पूर्वक्रिकेटर वसीम अक्रमसँगको अफेयरको खबर पनि बाहिर आएको थियो । दुवैले बिहे गर्न लागेको चर्चा पनि थियो । सुस्मिता पनि अक्रमको शोमा सामेल भएकी थिइन् । दुवैको उमेरमा १० वर्षको अन्तर थियो ।
रणदीप हुड्डा
सुस्मिताको नाम रणदीप हुड्डासँग पनि जोडिएको छ । दुबैले करिब तीन वर्ष एक-अर्कालाई डेट गरेका थिए । दुबैको अफेयरको निकै चर्चा भएको थियो । ब्रेकअपपछि एक अन्तर्वार्तामा रणदीपले सुस्मितासँगको सम्बन्धलाई आफ्नो जीवनको सबैभन्दा बेकार समय भनेका थिए । रणदीप अभिनेत्रीभन्दा एक वर्ष कान्छा छन् ।
इम्तियाज खत्री
सुस्मिता र इम्तियाज खत्रीको प्रेम जीवनको पनि निकै चर्चा भएको थियो । इम्तियाज उमेरमा सुस्मिताभन्दा १४ वर्ष कान्छा छन् । मिडियामा उनीहरुको अफेयरको निकै चर्चा भएको थियो । तर, सुस्मिताले यी खबरमा कुनै प्रतिक्रिया दिएकी छैनन् ।
बंटी सजदेह
सुस्मिताको नाम उनका पूर्वम्यानेजर बंटी सजदेहसँग पनि जोडिएको छ । बंटी अभिनेत्रीभन्दा करिब २ वर्ष कान्छा छन् । म्यानेजर भएकाले दुवैले यो खबरलाई अफवाह भनेका छन् ।
ऋतिक भासिन
सुस्मिताको नाम रेस्टुरेन्ट मालिक ऋतिक भासिनसँग पनि जोडिएको छ । रिपोर्टका अनुसार ऋतिक अभिनेत्रीभन्दा करिब २ वर्ष कान्छा छन् । दुवैको अफेयर करिब ४ वर्षसम्म चलेको थियो । यसै क्रममा जहीर खान र सागरिका घाटगेको विवाहको रिसेप्शनमा पनि दुबै सँगै थिए । तर, सुस्मिताको यो प्रेम पनि असफल भयो र ब्रेकअप भयो ।
सञ्जय नारङ
अभिनेत्रीको लामो समयदेखि होटल सञ्चालक सञ्जय नारङसँग अफेयर थियो । सुस्मिताले नारङसँगको सम्बन्ध सामाजिक सञ्जालमार्फत आधिकारिक रुपमा सार्वजनिक गरेकी थिइन् । उनले यो सम्बन्धलाई सुन्दर भनेकी थिइन् । दुवैले बिहे गर्ने खबर पनि आएको थियो । तर, त्यो हुन सकेन र उनीहरु छुट्टिए । रिपोर्टका अनुसार सञ्जय अभिनेत्रीभन्दा ८ वर्ष जेठा छन् ।
मुदस्सर अजिज
निर्देशक मुदस्सर अजीज पनि सुस्मितासँग अफेयर भएकामध्ये एक थिए । सुस्मिताले निर्देशकको रुपमा मुदस्सरको पहिलो फिल्म ‘दुल्हा मिल गया’ मा काम पनि गरेकी थिइन् । जुन फ्लप भएको थियो । मुदस्सर अभिनेत्रीभन्दा ७ वर्ष कान्छा हुन् ।
रोहमन शाल
अभिनेत्रीभन्दा १५ वर्ष कान्छा रोहमन शालसँग पनि सुस्मिता सेनको अफेयर थियो । सुस्मिता ४७ वर्षमा पुग्दा रोहमन ३२ वर्षका भए । गत वर्ष डिसेम्बरमा दुवैको ब्रेकअप भएको थियो । दुवैले एकअर्कालाई साढे दुई वर्ष डेट गरेका थिए । सुस्मिता रोहमनसँग लिभ-इन गर्थिन् ।
लण्डन । बेलायतमा सम्पन्न ‘युके ब्युटी एण्ड ब्रेन’ प्रतियोगितामा नेपालकी प्रतिस्पर्धी प्रसुन्ना कँडेलले तेस्रो उपाधि जितेकी छन् । द प्रिन्सेस रिजेन्ट होटलमा भएको प्रतियोगितामा उनी तेस्रो बनिन् ।
मिस, मिसेस र क्लासिकल गरी तीनवटा विधामा भएको प्रतिस्पर्धामा कँडेलले मिस क्याटगोरीको विधामा आफूलाई प्रस्तुत गरेकी थिइन् । प्रतियोगिताअन्तर्गतको ‘आर्टिस्ट अफ द एयर अवार्ड २०२२’ पनि उनले जितिन् ।
कुल ४५ जना सहभागी रहेको प्रतियोगिताको प्रत्येक विधामा १५ जना प्रतिस्पर्धी थिए । प्रसुन्नाले आफ्नो सो रिलमा अंग्रेजी, नेपाली, पाकिस्तानी र बलिउडमा काम गरेका लीड रोल र सपोर्टिङ रोलमा अभिनयका दृश्य देखाएकी थिइन् । साथै अंग्रेजी, नेपाली, इटालियन र अफ्रिकन मेजर भिडिओ, अंग्रेजी, नेपाली सट मुभि, पाकिस्तानी प्ले, यु टिभीका व्यवसायिक दृश्यहरु पनि उनले राखेकी थिइन् । उनी भर्सटाइल कलाकार अफ यूके ब्युटी एन्ड ब्रेनको रूपमा पनि सम्मानित भएकी थिइन ।
प्रसुन्ना बेलायतको एचएचएस (राष्ट्रिय स्वास्य सेवा) की सिनियर नर्ससमेत हुन् । विभिन्न संघसंस्थामार्फत उनले सामाजिक सेवाको काम पनि गर्दै आएकी छन् ।
काठमाडौं । कवि तथा चर्चित गीतकार बसन्त चौधरीले २०७८ सालको ‘छिन्नलता गीत पुरस्कार’ पाएका छन् । वरिष्ठ गीतकार रमोलादेवी शाह (छिन्नलता)को १०० औं जन्मजयन्ती तथा ४० औं छिन्नलता गीत पुरस्कार समर्पण समारोहका बीच गीत रचनाको विधातर्फको पुरस्कार तथा सम्मान चर्चित गीतकार चौधरीलाई प्रदान गरिएको हो ।
प्रमुख अतिथि नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गीतकार चौधरीलाई दोसल्ला ओढाई सम्मान गर्दै पुरस्कार प्रदान गरेका थिए । गीतकार चौधरी प्रेमलाई केन्द्रीय भाव बनाएर गीत तथा कविता लेख्न खप्पीस स्रष्टा हुन् । नेपाली भाषाका ६ वटा र हिन्दी भाषाका २ वटा गरी उनले आठवटा एल्बम ल्याइसकेका छन् ।
कविता रचनामा विशेष रुचि भएका चौधरीले नेपाली संस्कृति र कलाको विस्तारमा विश्वका २१ वटा शहरमा गीत तथा कविताका कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरेका छन् । उनलाई देशको समृद्धिका निम्ति गरेका योगदानका कारण स्वदेश तथा विदेशका महत्वपूर्ण सम्मान तथा पुरस्कारहरु प्राप्त भइसकेका छन् ।
नेपाली गीत-संगीतप्रति श्रद्धाभाव राखी देश सेवामा समर्पित चौधरीको गीतिकारिताको उच्च सम्मान गर्दै २०७८ सालको ‘छिन्नलता गीत पुरस्कार’बाट उनलाई सम्मान गरिएको छिन्नलता गीत पुरस्कार गुठीले जनाएको छ ।
सो समारोहका बीच गुठीले २०७६, २०७७ र २०७८ सालका छनोट भएका स्रष्टा तथा सर्जकहरुलाई छिन्नलता गीत पुरस्कार तथा सम्मानहरु पनि प्रदान गरेको थियो ।
२०७८ सालको छिन्नलता पुरस्कार पाउनेमा गीतकार चौधरीसहित संगीत रचनातर्फ आनन्द राई र गायनतर्फ पवित्र सुब्बा रहेका छन् । यो वर्षका लागि लोकप्रिय युवा प्रतिभाको पुरस्कार गायिका एलिना चौहानले पाएकी छन् । विशेष सम्मान वरिष्ठ संगीतकार कर्म योञ्जनलाई गरिएको छ ।
यसैगरी, २०७६ सालका लागि छिन्नलता गीत पुरस्कारतर्फ गीत रचना विधामा जसयोञ्जन प्यासी, संगीत रचनातर्फ हरि लम्साल, गायनतर्फ सुनिता सुब्बालाई सम्मान गरिएको छ । यो वर्षका लागि लोकप्रिय युवा प्रतिभा पुरस्कार गायिका अस्मिता अधिकारीले पाएकी छन् ।
२०७७ सालका लागि गीत रचना विधामा आनन्द अधिकारी, संगीत रचनातर्फ शान्तिराम राई र गायनतर्फ शम्भु राई पुरस्कृत भएका छन् । यो वर्षका लागि लोकप्रिय युवा प्रतिभा पुरस्कार मिलन नेवारले पाएको गुठीका सचिव दिनेश अधिकारीले जानकारी दिए ।
इटहरी । मंगरबार बिहान साढे १० बजे विराटनगरको हाटखोलास्थित आरोहण गुरुकुलमा सरकारी कार्यक्रम थियो । प्रदेश १ सरकारको पर्यटन तथा संस्कृति मन्त्रालयले आयोजना गरेको ‘स्रष्टा सम्मान कार्यक्रम- २०७९’ मा प्रमुख अतिथि थिए मुख्यमन्त्री राजेन्द्र राई ।
गुरुकुलको भारतले बनाइदिएको नयाँ वातानुकुलित भव्य भवनमा कार्यक्रमको सुरसार हुँदै थियो । पर्यटन तथा संस्कृतिमन्त्री खिनु लङ्वा लिम्बुदेखि प्रदेश १ भरिका सम्मानित स्रष्टाहरू कार्यक्रममा सहभागी भएका थिए । तर, कार्यक्रमस्थलको गेटमा भने केही मैथिल स्रष्टाहरू कालो ब्यानर बोकेर उभिएका थिए ।
उनीहरूको विरोध सम्मानित स्रष्टाहरूप्रति नभएर सरकारप्रति थियो । उनीहरूको आपत्ति मधेशी-पहाडी भनेर गरिने राजनीतिक कोटाको पक्षमा थिएन । प्रदेश १ मा पाँच लाखभन्दा बढीले बोल्ने मैथिलि भाषा, साहित्य, कला, संस्कृतिको सम्मान नभएकोमा आपत्ति थियो ।
एउटा व्यानरमा लेखिएको थियो, ‘मैथिली भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान दिने मधेशी-पहाडी होइन नेपालीलाई सम्मान-पुरस्कार दिनुपर्छ ।’ प्रदेश १ का करिब साढे पाँच लाख मैथिली भाषाका स्रष्टाले सम्मान नपाउनु अपमान र विभेद भएको उनले दुःखेसो पोखे ।
विरोध कार्यक्रमका एक सहभागी तथा नेतृत्वकर्ता प्रविणनारायण चौधरीले भने, ‘हामीले मैथिली मातृभाषिलाई नै सम्मान गर्नु भनेको हैन । लजिना सुवेदीदेखि सरिता गिरी जस्ता स्रष्टालाई सम्मान दिए पनि हुन्छ । मुलतः मैथिली भाषा, साहित्य, कला र संस्कृतिमा काम गर्ने वा गरेका जसलाई सम्मान गरे पनि भयो ।’
मैथिली एसोसिएसन नेपालका अध्यक्ष, मैथिली सेवा समितिको पूर्वमहासचिव, मैथिली जिन्दावाद डटकम अनलाइनका सम्पादक समेत रहेका उनले मैथिलीलाई मात्रै नभएर सबै भाषाका स्रष्टालाई प्रदेश १ सरकारले माया नगरेको गुनासो गरे ।
उनले भने, ‘नेपाली भाषा नेपालको भाषा हो, तर यो मात्रै त भाषा हैन । मैथिली भाषा बोल्ने स्रष्टालाई नै सम्मान गर्नुपर्छ भन्ने होइन । मैथिली भाषाकै क्षेत्रमा काम गर्ने गैरमैथिलीभाषीलाई पनि सम्मान गरे भयो ।’ प्रदेश सरकारले समानुपातिक समावेशीताको नीति स्रष्टा सम्मानमा लागू नगरेर संविधानकै अपमान गरेको उनले बताए ।
विरोध कार्यक्रममा सहभागी मैथिली भाषाको चलचित्र निर्माणमा २५ वर्षबाट सक्रिय तथा सात चलचित्र निर्माण गरिसकेका सन्तोष सरकारले पनि यही कुरा दोहोर्याए । उनले भने, ‘राज्यले यो देशको दोश्रो महत्वपुर्ण भाषालाई अस्वीकार गरेर हुन्छ ? यो राम्रो भएन ।’
संघीयता आएपछिको जुन सहुलियत हुनुपर्ने हो त्यो काम नभएको र खासगरि मैथिली क्षेत्रमा कामै नगरिएको सरकारले गुनासो गरे ।
उनले भने, ‘हामीले जातीय विभेद गरेका छैनौँ । मैथिली चलचित्रमा सबैलाई स्थान दिएका छौँ । राज्यले भने मैथिल भाषालाई भने राम्रो व्यवहार गरेन । राज्यले सबै भाषालाई माया गर्नुपर्यो ।’
गायक वीरेन्द्र झाले पनि मैथिली भाषालाई अपमान गर्दा राज्यमा सिके राउतहरुको जन्म हुनसक्ने भन्दै समयमै सजग हुनुपर्ने तर्क गरे ।
उनले भने, ‘हाम्रो मैथिलीलाई कतै मञ्च छैन । न राज्यले न संरक्षण गरेको छ । न सम्मान गरेको छ । हामीलाई भेदभाव र सौतेनी व्यवहार भएकै रहेछ । यस्तो नगर्दिन म राज्यसँग आग्रह गर्दछु । राज्यले सौतेनी व्यवहार गर्दा हामीले पनि गर्न सक्छौँ ।’
मैथिली अभियानकर्मी वसुन्धरा झाले प्रदेश १ सरकारले धेरै विभेद गरेको बताइन् ।
उनले भनिन्, ‘भाषा आयोगले लिम्बू र मैथिलीलाई कामकाजी भाषाको रूपमा मान्यता दिन गरेको सिफारिस समेत लागू गरिएको छैन ।’
अपन विराटनगर परोपकार समाजकी अध्यक्षसमेत रहेकी वसुन्धरा झाले मैथिली भाषा पनि नेपालकै ऐतिहासिक भाषा भएको र नेपाली भाषा भएको अनुभव राज्यले नगरेर विभेद गरेकोले विरोधमा आएको बताइन् ।
विरोध कार्यक्रममा सहभागी आभा अनुपमाले एउटा आमाले दुई सन्तानलाई फरकफरक व्यवहार गर्दा जस्तो महसुस हुन्छ, ठीक त्यस्तै व्यवहार मैथिलीलाई भएको बताइन् । नेपालको प्राचिन र समृद्ध भाषा मैथिली भएपनि राज्यले अपमान महसुस गराएको उनको भनाइ छ ।
उनले प्रश्न गरिन्, ‘हामी यस्तो अयोग्य भाषाको मान्छे हौँ र जसको भाषामा काम गरेका स्रष्टा सम्मान लायकै छैनन् ?’
प्रदेश १ सरकराले सम्मान गरेकाहरू सबै योग्य भएको तर मैथिली भाषा क्षेत्रका स्रष्टा नपर्दा दुःख लागेको आभा अनुपमाले दुःखेसो गरिन् ।
उनले भनिन्, ‘हामीलाई यस्तो विरोध गर्ने र कालो व्यानर बोक्ने रहर हैन । मैथिलीलाई विभेद गरिएकोले हामी बाध्य भएका हौँ ।’
काठमाडौं । अँध्यारोबाट उज्यालो तर्फ डोर्याउने जीवनका मार्गदर्शक गुरुहरूमा समर्पित गीत ‘गुरु तिमी हाम्रा मार्गदर्शक’सार्वजनिक भएको छ ।गुरु पूर्णिमाको अवसरमा भक्तपुरको कौशलटारमा रहेको आदर्श जनप्रेमी स्कुलले गीत निर्माण गरेर आज सार्वजनिक गरेको हो ।
गीतमा संजय खड्का र गोपाल खड्काको शब्द, सन्तोष सानुको आवाज, भूपेन्द्र रायमाझीको संगीत र विक्रम बस्नेतको दृश्य सम्पादन रहेको छ ।आदर्श जनप्रेमीका प्रधानाध्यापक निलेश आचार्यले जीवनका मार्गदर्शक सम्पूर्ण गुरुहरूको सम्मानमा गीत निर्माण गरिएको बताए ।
गीतले गुरु र गुरुत्वप्रति कृतज्ञता प्रकट गर्नुका साथै जीवनोपयोगी, व्यावहारिक र वैज्ञानिक शिक्षण प्रणाली तर्फ उन्मुख हुन पनि उत्प्रेरित गरेको प्रधानाध्यापक आचार्यको भनाइ छ ।
काठमाडौं । आज गुरुपूर्णिमा । सबैले सामाजिक सञ्जालमा आ-आफ्ना गुरुलाई सम्झिरहेका छन् । आभार प्रकट गरिरहेका छन् ।
नायिका पूजा शर्माले पनि बिहानै सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफ्नो ‘गुरु’लाई सम्झिइन् ।
उनले सम्झिएका गुरु अरु कोही नभएर निर्देशक सुदर्शन थापा हुन् । थापालाई आफ्नो जीवनको ‘आशिर्वाद’ भन्दै पूजाले आभार प्रकट गरेकी छिन् ।
उनले अंग्रेजीमा लेखेको स्टाटसको नेपाली भावानुवाद यस्तो छः तिमीले मलाई एटा शिक्षकजसरी सिकायौ, मेरो बुवाआमाजसरी संरक्षण गर्यौ र मेन्टरजसरी बाटो देखायौ । तिमीले साँच्चिकै आजको दिन धेरै डिजर्भ गर्छौ । तिमीले मलाई ठूलो सपना देख्ने सबै कारणहरु दियौ र त्यसलाई प्राप्त गर्ने स्रोत–साधन पनि । तिमी मेरो जीवनको आशिष हौ । म तिम्रो विद्यार्थी हुनुमा अनुग्रहित छु । तिमीले मेरो उत्कृष्टतामा पुग्ने चुनौति दिएकोमा र मभित्र सिक्न हुटहुटी पैदा गराएकोमा धन्यवाद छ । ह्याप्पी गुरु पूर्णिमा काजी ।
सुदर्शन र पूजा लामो समयदेखि नेपाली चलचित्रमा सहकार्य गर्दै आएका छन् । खासमा पुजालाई चलचित्र क्षेत्रमा डोहो¥याएको सुदर्शनले हो । केही म्युजिक भिडियो खेलेकी पूजालाई सुदर्शनले चलचित्र ‘मधुमास’ मा लिड हिरोइन बनाएका थिए । त्योभन्दा ठीक अगाडि सुदर्शनको नायिका सुश्मा कार्कीसँग ब्रेकअप भएको थियो ।
ब्रेकअपको पीडामा रन्थनिएका सुदर्शन पुजासँग छिट्टै अट्याच भए । त्यसपछि उनले निरन्तर आफ्ना फिल्ममा पुजालाई नै नायिका बनाइरहेका छन् । सुदर्शन र पुजा मिलेर केही फिल्म निर्माण पनि गरेका छन् ।
विगतमा यो जोडी प्रेम सम्वन्धमा रहेको बारे व्यापक चर्चा हुने गथ्र्यो । उनीहरुले सार्वजनिकरुपमा आफूहरुलाई प्रेमी–प्रेमिकाका रुपमा स्वीकारेका थिएनन् । तर, अरुले उनीहरुलाई प्रेम जोडीकै रुपमा लिएका थिए ।
पुजाको नायक आकाश श्रेष्ठसँग हिमचिम बढेपछि सुदर्शनसँग उनको प्रेम टुटेको बताइन्छ । यद्यपि, आकाशलाई पनि पूजालाई बाइबाइ गरिसकेकी छन् । पुजा अहिले युद्ध बानियाँ नामका युवकसँग रिलेसनसीपमा छिन् । उनीहरुले आफूहरु प्रेममा रहेको स्वीकार्दै चाँडै विहे गर्ने योजना सार्वजनिक गरेकी छन् ।
यता पुजाका पूर्वप्रेमी सुदर्शन थापाले यसै वर्ष सुप्रिया कटवाल नामकी युवतीसँग विवाह गरे । विहेमा पूजा पनि सुदर्शनको निम्तो मान्न गएकी थिइन् । आज उनले सुदर्शनलाई गुरु पूर्णिमाको शुभकामना दिँदै सम्मानित स्थानमा राखेकी छन् ।
काठमाडौं । यतिवेला नायिका नीता ढुंगानाको बिहेका भिडियो फुटेजहरुले टिकटक भरिएका छन् । नीता र उनका श्रीमान हरिहर अधिकारीलाई बधाईको ओइरो लागिरहेको छ ।
नीताको बिहेसँगै टिकटकमा चर्चित बनेका छन् उनका पूर्वप्रेमी आमेश भण्डारी । उनका भिडियोहरुलाई अनेक किसिमले सम्पादन गरेर ट्रोल गर्ने काम भइरहेको छ । आमेश स्वयम् नीताको बिहेपछि टिकटकमा सक्रिय देखिएका छन् ।
नीताको बिहे भएकै दिन आमेशले एउटा भिडियो पोष्ट गरेका थिए । उक्त भिडियोमा उनले एउटा गीतमा एक्ट गरेका थिए, जसको बोल थियो– सपनीमा आयौ तिमी विपनीमा गयौ, माया लाग्छ तिम्रो अझै निष्ठूरी किन भयौ…। यही भिडियोपछि आमेशको ट्रोल सुरु भएको हो । नीतालाई नै ‘डेडिकेट’ गर्दै आमेशले यो भिडियो हालेको धेरैले अनुमान गरेका छन् ।
यससँगै आमेशको पुरानो भिडियोहरुलाई नीताको बिहेको भिडियोहरुमा जोडेर रमाइला–रमाइला टिकटकहरु आइरहेका छन् । एकप्रकारले भन्दा टिकटक नै नीता र आमेशमय भएको छ । यसरी पूर्वप्रेमीको भिडिओ भाइरल गराउँदा नीतालाई चाहिँ कस्तो महसुस होला कुन्नि !
हरिहरभन्दा अघि नीता चार वर्ष आमेशसँग रिलेसनसीपमा थिइन् । उनीहरुले आफूहरुबीचको सम्बन्ध लुकाएका पनि थिएनन् । मिडियामा प्रेमी–प्रेमिकाकै रुपमा प्रस्तुत हुन्थे । एकपटक एउटा चलचित्रको प्रेसमिटमा नै नीताले आमेशलाई किस गरेकी थिइन् ।
तर, उनीहरुको सम्बन्ध दिगो रहन सकेन । आपसी असमझदारीपछि ६ वर्षअघि उनीहरु अलग भएका हुन् ।
गायन क्षेत्रमा सक्रिय आमेशले नीतासँग प्रेममा परेपछि चलचित्रमा पनि इन्ट्री गरेका थिए । दिनेश डिसीले निर्देशन गरेको चलचित्र ‘फूलैफूलको मौसम तिमीलाई’ मा नीता र आमेशले अनस्क्रिन जोडीको रुपमा अभिनय गरे । तर, यो फिल्म नराम्ररी डुब्यो । फिल्म असफल भएसँगै उनीहरुको सम्बन्धमा पनि दरार आउन थालेको चर्चा चलेको थियो ।
नीतासँग ब्रेकअपपछि आमेश लामो समय गुमनाम भए । उनी मिडियासँग पनि टाढिएका थिए । बीचमा कोरोनाको कारण आफ्नो बिजनेसमा संकट आएकाले पनि केही समयसम्म सार्वजनिक जीवनबाट टाढा बनेको आमेशले बताएका छन् ।
चलचित्रमा खासै सक्रिय नरहेका आमेश आजकाल टिकटकमा बाक्लै देखिन्छन् । एक वर्षअघि दिएको एउटा अन्तर्वार्तामा आमेशले आफू रिलेसनसीपमा रहेको खुलाएका थिए । यद्यपि, उनले अहिलेसम्म आफ्नो प्रेमिका सार्वजनिक गरेका छैनन् ।
काठमाडौं । नायिका नीता ढुंगाना र ज्योतिष/अभिनेता हरिहर अधिकारीले भव्य तरिकाले गत शनिबार विवाह गरे । विवाहको दुई दिनपछि आयोजित प्रितिभोजको रौनक झनै बयान गरिनसक्नु थियो ।
विवाह र प्रितिभोज दुवै राजधानीको महंगो पाँचतारो हाटेल याक एन्ड यतिमा भएका हुन् । प्रितिभोजमा होटलको सजावटमा नै लाखौं खर्च गरिएको थियो । चलचित्र क्षेत्रका हस्तिहरुदेखि एकाध राजनीतिकर्मीसमेत समारोहमा देखिएका थिए । काठमाडौंमा मेयर बालेन्द्र साह पनि वरबधुलाई शुभकामना दिन पुगेका थिए ।
पार्टीमा दुलही नीताको पहिरन र श्रृंगारले पनि निकै चर्चा पाइरहेको छ । उनी सेता लेहेंगा र सेतै गरगहनाहरुले झरिझट्ट परेकी थिइन् । उनले घाँटीमा हार, कानमा झुम्का र हातमा बाला एउटै सेटको लगाएकी थिइन् । खासगरि घाँटीमा लगाएको मोटो हिराजडित हारले धेरैको ध्यान खिच्यो ।
सञ्चारकर्मीले नीतालाई सोध्न पनि भ्याए, ‘यो हार हरिहर दाइकै उपहार हो ?’
नीताले मुस्कुराउँदै भनिन्, ‘अरु कसले दिन्छ र ?’ उनले आफ्नो हाइट कम भएकाले मोटो हारका कारण केही असहज भएको गुनासो समेत गरिन् ।
नीताले लगाएको हार नै २५ लाख मूल्यको भएको चर्चा चलेको छ । यद्यपि, उनीहरुले मूल्य बताएका छैनन् । पारिवारिक स्रोतले भने २५ लाखकै हाराहारीको भएको बतायो । नीताले लगाएका अन्य गहना र लुगा पनि उत्तिकै महंगा थिए । हालसालमा विवाह गरेका नायिकाहरुबीच महंगा गहनाको होडजस्तै चलेको छ ।
केही वर्ष प्रेम सम्वन्धमा बसेपछि नीता र हरिहरले लगनगाँठो कसेका हुन् । विहेअघिसम्म उनीहरुले सार्वजनिकरुपमा एक अर्कालाई प्रेमी–प्रेमिकाको रुपमा स्वीकारेका थिएनन् । आफूहरु राम्रो साथी भएको बताउने गर्थे ।
आर्थिकरुपमा सम्पन्न परिवारका हरिहर पेशाले पूर्णकालीन ज्योतिष हुन् । उनी ज्योतिष पेशाबाटै मनग्गे कमाइ गर्छन् । फिल्ममा खासै सफल नभए पनि ज्योतिषका रुपमा उनको हाइप्रोफाइल छवि छ । नक्सालमा अफिस राखेर उनले आगन्तुकहरुको चीना हेर्दै आएका छन् । उनलाई चीना हेराउनका लागि अग्रीम अप्वाइन्टमेन्ट लिनुपर्छ । उनी दैनिक ८–१० जनाको चीना हेर्छन् ।
अभिनेता राजेश हमालले हरिहरलाई नै चीना हेराएर बिहे गरेका थिए । उनले हरिहरलाई चीना हेराउन आफ्नै घरमा लगेका थिए ।
काठमाडाैं । नेपाली सेना अधिकृत क्याडेट पदको खुला प्रयोगात्मक लिखित परीक्षामा कान्सको बारेमा प्रश्न सोधिएको छ । आफ्नाे बारे लाेकसेवा लिने परीक्षामा प्रश्न छापिएपछि सुरक्षाले खुसी व्यक्त गरेकी छन् ।
असार २३ गते भएको नेपाली सेना, अधिकृत क्याडेट पदको खुला प्रयोगात्मक लिखित परीक्षामा सुरक्षालाई लिएर यो वर्षको कान्सको प्रश्न सोधिएको थियो ।
लोकसेवाको प्रश्न नं १९ मा चारवटा विकल्पसहित सोधिएको छ, ‘फ्रान्समा भएको कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा हिंड्ने मौका पाउने पहिलो नेपाली अभिनेत्री को हुन् ?’ विकल्पहरू- प्रियंका कार्की, सुरक्षा पन्त, गौरी मल्ल र करिश्मा मानन्धर ।
लोकसेवाजस्तो महत्त्वपूर्ण प्रश्नमा आफू एक उत्तर हुन पाएकोमा सुरक्षाले आफ्नो सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गर्दै सो प्रश्न पत्र सेयर गरेकी छिन ।
मे १७ मा फ्रान्समा आयोजना भएको फिल्म फेस्टिभलमा पन्त फ्रान्सेली फिल्म ‘द एट माउन्टेन्स’ लाई प्रतिनिधित्व गरेर पुगेकी थिइन। कान्समा उक्त चलचित्रको प्रिमियर गरिएको थियो। यो पन्तले अभिनय गरेको पहिलो विदेशी चलचित्र पनि हो ।
नायिका सुरक्षा पन्त ‘कान्स फिल्म फेस्टिभल’ को रेड कार्पेटमा हिँड्ने पहिलो नेपाली कलाकार हुन। ‘कान्स फिल्म फेस्टिभल’ संसारको सबैभन्दा ठूलो चलचित्र महोत्सव मध्ये एक मानिन्छ ।
काठमाडौं । तीज आउन करीब डेढ महिना बाँकी रहे पनि युट्युबको बजारमा तीजको रौनक सुरु भएको छ । यस वर्षको तीज सुरु नहुँदै युट्युबमा तीज लक्षित गीत आउन थालेका छन् । युवा सर्जक तथा गायक भागीरथ चलाउनेको नयाँ तीज गीत ‘झमझम झुम्काना’ छोटो समयमै युट्युबमा सबैभन्दा चर्चाको शिखरमा पुगेको छ ।
४ दिनअघि मात्रै सार्वजनिक ‘झमझम झम्काना’ बोलको तीज गीतले दर्शकको मन जितेको छ । यो गीतको भिडिओले युट्युब ट्रेडिङको चार दिनमा नै पहिलाे स्थान ओगट्न सफल भएको छ । गीत अहिले सामाजिक सञ्जाल टिकटकमा पनि निकै भाइरल छ । यसै गीतमा करीब एक लाखले टिकटकमा भिडियो पनि बनाइसकेको गायक चलाउनेको दाबी छ ।
गीतलाई युट्युबमा अहिलेसम्म ६ लाखले हेरिसकेका छन् । गीतमा भागीरथ चलाउने र सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ । बोमबहादुर गाहा मगरले शब्द सिर्जना गरेका हुन् । गीतको लय भने गायक चलाउनेकै रहेको छ ।
प्रकाश भट्टले निर्देशन गरेको गीतमा गायक चलाउने र चर्चित मोडल गीत ढुङ्गानाको अभिनय रहेको छ । म्युजिक भिडियोलाई राजेश घिमिरेले छायाँकन एवम् विष्णु शर्माले सम्पादन गरेका हुन् । गीत भागीरथ चलाउनेको व्युट्युब च्यानबाट सार्वजनिक भएको हो ।
गायक चलाउने र बुढा क्षेत्रीकाे योभन्दा अघि अघिल्लो वर्ष ‘थोपडाले धोका दियो बरिलै’ बोलको गीतले पनि चर्चा कमाएको थियो । उक्त गीत करिब ५० लाख दर्शकले हेरिसकेका छन् ।
काठमाडौं । युवा ज्योतिष हरिहर अधिकारी र अभिनेत्री नीता ढुङ्गाना (हनी जोडी) यही असार २४ गते विवाह बन्धनमा बाँधिए । परिवार र सीमित आफन्तमाझ सम्पन्न विवाह समारोहपश्चात आइतबार असार २६ गते दरबार मार्गस्थित होटल याक एण्ड यतीमा रिसेप्सन कार्यक्रमको आयोजना गरिएको थियो । रिसेप्सनमा भने अधिकतम कलाकारदेखि मिडियासम्मलाई निम्तो दिइएको थियो ।
एकै कलरको सुट र लेहेङगामा सजिएर आएका हनी जोडीलाई देख्नेबित्तिकै मिडियाकर्मीले घेरिहाले । विवाहदेखि हनिमुन अनि बच्चासम्मको प्रश्नोत्तर गर्दागर्दै अभिनेता, निर्देशक तथा निर्माता भुवन केसीको प्रवेश भयो । केसीले सञ्चारकर्मीसँग हरिहर र नीताको जोडी सुपरडुपर हिट भएको बताए ।
भुवनलाई मिडियाकर्मीले हनी जोडीलाई विवाहको टिप्स दिन प्रस्ताव गरे । उत्तरस्वरुप उनले सो जोडीलाई ‘अनमोल केसीजस्तो छोरा पाउन’ टिप्स दिए । उनको सुझाव थियो, ‘छिट्टै अनमोलजस्तो छोरा पाउनु । अनि फिल्ममा हिरो बनाउनु ।’
लाग्छ भुवन केसीलाई आफ्नो छोरा अनमोलप्रति ठूलो गर्व छ । नहोस् पनि किन, जसले नेपाली सिनेमामा सबैभन्दा ठूलो स्टारडम हासिल गरेका छन् । यद्यपि अनमोललाई नेपोटिज्मको सहारामा हिरो बनेको, अभिनयमा कमजोर रहेको आरोपहरु नलागेका होइनन् ।
नेपाली सिने जगतमा नेपोटिज्मको प्रडक्ट अनमोलमात्र छैनन् । सलोन बस्नेत, सुहाना थापा आदि कलाकारहरु पनि परिवारको सहारामै सिने जगतमा प्रवेश गरेका हुन् । नातावादकै माध्यमबाट आए तापनि स्टारडमको हिसाबमा भने अनमोललाई अरुभन्दा माथि राखेर हेर्ने गरिन्छ । अनमोल नेपाली चलचित्र उद्योगमा सबैभन्दा धेरै पारिश्रमिक लिने कलाकार पनि हुन् ।
शिक्षण पेशामा १४ वर्षदेखि सक्रिय छु । साथै सानैदेखि कलाकारितामा पनि रुचि थियो । सन्दीप क्षत्री दाइसँग ह्वाट द फ्लप कार्यक्रममा लामो समय काम गरेँ । राजा राजेन्द्रसँग कमेडी क्लबमा पनि काम गरेँ । अहिले कमेडी शो कमेडी हबमा काम गरिरहेको छु ।
यो १४ वर्षमा मैले कति विद्यार्थीलाई पढाएँ होला, मलाई नै थाहा छैन । कति विद्यार्थी त ग्राजुएट भएर अहिले मेरै सहकर्मी भएका छन् । तर, शिक्षण पेशामा लागेको १४ वर्षपछि मैले नसोचेको घटनाको सामना गर्नुपर्यो । विगत पाँच वर्षदेखि मैले पढाइरहेको बागमती कलेजले मलाई अचानक जागीरबाट हटायो । कलेजमा राम्ररी नपढाएको वा अरु कमि-कमजोरी देखाएर होइन कि मैले कमेडी हबमा गरेको कमेडीका कारण म निष्कासनमा परेको छु ।
यो घटनाले मेरो आत्मसम्मानमा ठूलो ठेस पुर्याएको छ । त्यसैले म आज मिडियामार्फत् आफ्नो कुरा राख्न बाध्य भएको छु ।
कमेडी हब कार्यक्रमको पहिलो एपिसोडमा मैले ‘यमराज’ शीर्षकको प्रहसन देखाएको थिएँ । त्यसमा मैले यमराजको भूमिका निभाएको थिएँ । प्रहसनको स्क्रिप्ट पनि म आफैंले लेखेको हुँ ।
त्यस प्रस्तुतिमा मैले निजी कलेज, स्कुलले कसरी चर्को फी असुल्छन् भन्ने विषयमा व्यंग्यात्मक प्रस्तुति दिएको थिएँ । फी जति लिए पनि सुविधा चाहिँ पर्याप्त हुँदैन भन्ने सन्देश थियो । अभिभावकको ढाड सेक्ने समग्र शैक्षिक संस्थाहरुमाथि प्रहार थियो ।
पाँच वर्षअघिदेखि मैले बागमती कलेज सुकेधारामा पढाउन थालेको हो । पछिल्लो समयमा म अकाउण्ट विषयको हेड अफ द डिपार्टमेन्टको भूमिकामा थिएँ । कमेडी हबको मेरो प्रस्तुति मेरो कलेजका स्टाफ तथा प्रिन्सिपल नारायण सिटौलाले पनि हेर्नुभएछ । उहाँहरुलाई त्यो प्रस्तुतिले बिझाएछ । मैले त समग्र शैक्षिक क्षेत्रको विकृतिलाई चित्रण गरेको थिएँ । कुनै पनि स्कुल कलेजको नाम लिएको थिइनँ । तर, उहाँहरुले त मानौं आफ्नै कलेजलाई प्रहार गरेको अर्थमा लिनुभयो, जुन मैले सोचेकै थिइनँ ।
गएको जेठ ११ गते कमेडी हबमा मेरो प्रस्तुति सार्वजनिक भएपछि म कलेज गएँ । १५, १६ गतेबाट कलेजका विद्यार्थीको फाइनल परीक्षा हुँदै थियो । परीक्षाका लागि म कलेज गएँ । कलेजमा मेरो प्रस्तुति राम्रै रहेछ भन्ने कुरा भयो ।
उता परीक्षा चल्दै गर्दा प्रिन्सिपल नारायण सिटौला सरले मलाई बास्केटबल कोर्ट नजिकै आएर कलेजको विरुद्धमा यस्तो कुरा देखाउने हो ? भनेर थर्काउन खोज्नुभयो । मैले समग्र शैक्षिक क्षेत्रको बेतिथिमाथि व्यंग्य गर्न खोजेको जवाफ दिएँ । तर, मेरो जवााफले उहाँ कन्भिन्स्ड हुनुभएन ।
परीक्षा सकिएपछि विद्यार्थीको कपी लिएर आएँ । यता कमेडी हबमा मेरो नयाँ प्रस्तुतिको रिहर्सल भइरहेको थियो । तर, यही असार ३ गते शुक्रबार प्रिन्सिपल सरले फोन गरेर कलेज बोलाउनुभयो । मैले म आज भ्याउँदिनँ भनेर भनेँ । कलेज पनि लागेको छैन, आइतबार आउँछु भनेँ । र, आइतबार बिहान ७ बजेतिर कलेज पुगेँ ।
कलेजको बाहिरपट्टि डाइनिङ टेबलजस्तोमा बसेँ । भित्र जाऔं भनेर मलाई भन्नुभयो । भित्र गएपछि उहाँले सीधै भन्नुभयो, ‘तपाईं नयाँ काममा लाग्नुभएछ, त्यसका लागि बधाई । तर, तपाईंलाई कलेजले चाहिँ यो वर्षपछि डिसकन्टिन्यु गरेको छ ।’
‘मैले के गल्ती गरेँ त’ भनेर सोधेँ । उहाँले ‘तपाईं बुझ्ने मान्छे, बुझ्नु न’ भन्ने जवाफ दिनुभयो । अनि आफैंले थपे- तपाई भ्याउनुहुन्न होला ।
नभ्याउने कुरा उहाँले भन्ने कि मैले ? यो बहानामात्र थियो । खास विषय कमेडी शोको प्रस्तुति हो भन्ने मलाई एकिन भइसकेको थियो । यसले मलाई आहत तुल्यायो । ‘यो कसले गरेको निर्णय हो ? भनेर सोधेँ । उहाँले ‘म्यानेजमेन्टले गरेको’ जवाफ दिनुभयो । अब म्यानेजमेन्टमा को-को छन्, उहाँलाई नै थाहा होला ।
त्यो कलेजमा विगत पाँच वर्षदेखि मैले आफ्नो श्रम योगदान गरेको छु । विद्यार्थीलाई पढाउँदा होस् या सहकर्मीसँगको व्यवहारमा कतै कमजोरी र कम्प्लेन थिएन । कलाकारितालाई पनि सँगसँगै अगाडि बढाइरहेको छु । कलेजको जागीर खाएर कमेडी हबमा काम गर्न मलाई कुनै समस्या परेको छैन ।
मैले जागीर गुमाएँ भनेर यसरी पीर पोखेको होइन । जागीर त अन्यत्र पाउँछु नै । मलाई जुन तरिकाले निकालियो, त्यो प्रवृत्तिप्रति दुःख लागेको छ । मैले एउटा कलाकारका रुपमा समग्र शैक्षिक क्षेत्रको बेथितिलाई उजागर गर्न खोज्दा मेरो कलेज सञ्चालकको टाउको दुख्नुपर्ने केही थिएन । मैले आफ्नो कलेजलाई मात्र निशाना बनाएको पनि थिइनँ ।
आज मैले शिक्षासँग सम्बन्धित नाटक बनाउँदा कलेजले मलाई निकाल्यो । भोलि स्वास्थ्यको क्षेत्रमा भएको विकृतिमाथि प्रस्तुति दिँदा मेरो उपचार नै नहोला । हामीले त जे देख्यो, त्यही देखाउने हो । समाजलाई त्यसबाट लिनुपर्ने शिक्षा अर्कै थियो होला, तर मेरो कलेजले चाहिँ अर्कै रुपमा लिइदियो ।
यदि मैले राम्रो गर्न नसकेको भए प्रमाण देखाउनुपर्छ । कलेजलाई हानि-नोक्सानी हुने काम गरेको भए त्यसको ठोस कारण देखाउनुपर्छ । तर, अचानक डिसकन्टिन्यु गरिएको सुनाउँदा म स्तब्ध भएँ ।
यति लामो समयदेखि काम गरेको भए पनि मलाई अहिलेसम्म नियुक्तिपत्र दिइएको थिएन । अहिले पनि बर्खास्त गरिएको कुनै पत्र दिइएको छैन । विद्यार्थीबाट चर्को शुल्क असुल्ने नेपालका प्रायः कलेजहरुले शिक्षकहरुलाई नियुक्तिपत्रसमेत नदिइकन काम गराउने परिपाटी छ । प्रायःले पार्ट टाइम शिक्षक राख्छन् । अनि चाहेको बेलामा विनाकुनै प्रक्रिया घर फर्काइदिन्छन् । भोलिबाट नआउनुस् भन्यो सकियो । यही प्रवृत्तिविरुद्ध पनि मैले आवाज उठाउन खोजेको हुँ ।
यसबारे बोलिदिने कुनै संगठन छैन । भए जति सबै पार्टीगत संगठन छन् । उनीहरुले शिक्षकहरुमाथि परेको अन्यायविरुद्ध बोलेको मलाई अहिलेसम्म याद छैन । उनीहरु शिक्षकको हक–अधिकारको पक्षमा उभिएको मलाई थाहा छैन ।
वर्षमा १२ दिन अतिरिक्त बिदा पाउँछन् शिक्षकले । त्यो बिदा म बसेको हुँला । तर, त्योबाहेक थप दुई दिन बिदा बस्दा पनि तलब काट्छ कलेजले । मेरो अहिलेसम्म तलब काटिएर आएको छैन । म बिदा नै एकदमै कम बसेको छु । त्यसैले मैले कलेजलाई समय दिन नसकेको आरोप पूर्णतया मिथ्या छ ।
अब म कानूनी उपचार खोज्नुपर्ने अवस्थामा आइपुगेको छु । कानुनी उपचारमात्रै नभएर सामाजिक रुपमा पनि त्यस्ता कलेजको मनोमानी र रवैयालाई ठेगान लगाउनुपर्छ भन्ने मेरो माग छ । मन परे राख्ने, नपरे निकाल्ने गर्दा व्यक्तिले भोग्ने मानसिक तनाव, उसको परिवारमा पर्ने आर्थिक, मानसिक असरबारे कलेजको प्रिन्सिपल नै गम्भीर हुँदैन भने अरुको के आश गर्नु ।
(शिक्षक तथा कलाकार दीपेन्द्र प्रसाईंको उल्लेखित गुनासोहरुबारे हामीले बागमती कलेजका प्रिन्सिपल नारायण सिटौलासँग बुझ्न खोज्यौं । उनले प्रसाईंको आरोप स्वीकार गरेनन् । आफूले प्रसाईंलाई कलाकारितामा पनि सक्रिय भएकाले फुल टाइम नगरेर पार्ट टाइम गर्नुस् मात्र भनेको उनको भनाइ छ । प्रसाईं हप्तामा तीन–चार दिन नै कलेज नआउने गरेको दाबी पनि सिटौलाले गरे । तर, प्रसाईं भने आफू हप्तामा तीन–चार दिन कलेज नआएको भए कलेजले किन तलब काटेन भन्दै आफ्नो बैंक स्टेटमेन्ट देखाउन तयार रहेको बताएका छन् ।)
नेपाल प्रेस सहकर्मी नवीनकाजी राईसँगको कुराकानीमा आधारित
काठमाडौं । नायिका नीता ढुंगानाको विवाह पार्टीमा भाग लिन काठमाडौंका मेयर बालेन्द्र साह याक एन्ड यति होटल पुगेका छन् । होटलमा पुग्नासाथ उनीसँग फोटो र सेल्फी खिचाउन तँछाडमछाड सुरु भएको थियो ।
बेलुकी साढे सात बजेतिर बालेन सहयोगीसहित विवाह पार्टीमा आएका हुन् । होटल प्रवेश गर्ने क्रममा सञ्चारकर्मीले उनको ‘बाइट’ लिने प्रयास गरेका थिए । तर, सञ्चारकर्मीसँग तर्किँदै उनी सिधै पार्टी हलभित्र पुगे । भित्र पुग्नासाथ उनीसँग फोटो/सल्फी खिच्ने क्रम सुरु भएको हो ।
नायिका नीता ढुंगाना र अभिनेता तथा ज्योतिष हरिहर अधिकारी हिजो विवाह बन्धनमा बाँधिएका थिए । उनीहरूको पार्टीमा सेलिब्रेटीहरुको ताँती लागेको छ ।
पत्रकारहरूसँग कुरा गर्दै सेलिब्रेटीहरुले नीता–हरिहरलाई शुभकामना दिए । मेयर साहले भने पत्रकारसँग बोल्न चाहेनन् ।
काठमाडौं । एनआर क्रियशनको प्रस्तुतिमा तयार भएको ‘शिरको फूल शिरैमा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
राम अविरल विष्टको शब्द रहेको यो गीतमा प्रकाश रेग्मी र रेश्मा पुनको स्वर, एसडी योगीको संगीत छ ।
यो गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल तनुजा वलीको अभिनय छ ।
शिव विकको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको भिडियोमा अजय रेग्मीको छायांकन, मिलन विश्वकर्माको सम्पादन छ ।
भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल तनुजा वलीलाई राजा–रानीको भेषमा पनि देख्न सकिन्छ । लोक शैलीको यो गीतमा युवा–युवतिको प्रेमलाई फरक तरिकाले प्रस्तुत गरिएको छ ।
काठमाडौं । भाद्र ३ गते रिलिजको तयारीमा रहेको चलचित्र ‘प्रेमगञ्ज’ को आधिकारिक गीत सार्वजनिक भएको छ । पुरुषोत्तम ढुङ्गेलको शब्द र सङ्गीत रहेको उक्त भिडियोमा तेज गिरी, बेनिशा हमाल, राइडर प्रसान र सुप्रिया खनालको प्रस्तुति रहेको छ । भिडियोमा स्वर किरण भुसालले दिएका छन् ।
केही समयअगाडि यो चलचित्रको अर्को गीत ‘तरबार’ पनि साझा भएको थियो । चलचित्रलाई परिच्छेद सेनले निर्देशन गरेका हुन् । फिल्मको लेखक पनि परिच्छेद नै हुन् । यो परिच्छेदको डेब्यु निर्देशकीय फिल्म हो ।
नेपाललगायत भारतका केही शहरमा एकसाथ प्रदर्शन हुने यो चलचित्रमा दुई जेनेरेसनको प्रेमकथा देख्न सकिनेछ । टिनएजरको प्रेमकथाका पात्रका रुपमा टिकटकर प्रसान श्रेष्ठ र सुप्रिया खनाल प्रस्तुत भएका छन् ।
विराटनगर । प्रदेश १ सरकारले १९ जना स्रष्टाहरूलाई सम्मान गर्ने भएको छ । भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा योगदान पुर्याएका आधारमा पर्यटन तथा संस्कृति मन्त्रालयले नगद राशीसहित उनीहरूलाई सम्मान तथा पुरस्कृत गर्न लागेको हो ।
स्रष्टा सम्मानका लागि मन्त्रालयद्वारा गठित छनौट समितिले पुरस्कृत हुने स्रष्टाको नाम छनौट गरेको मन्त्रालयका पुरातत्व शाखा प्रमुख भेषराज न्यौपानेले जानकारी दिए । स्रष्टा सम्मान समारोह भोलि (मंगलबार) विराटनगरस्थित आरोहण गुरुकुलमा राखिएको छ ।
सम्मानित तथा पुरस्कृत हुने स्रष्टाहरूः
क. बालकृष्ण पोखरेल भाषा, साहित्य, कला र संस्कृति स्रष्टा सम्मान- २०७९
१. प्रा. डा गोविन्द तुम्वाङ- सुनसरी (भाषा, साहित्य, अनुसन्धान)
२ प्रा. डा. कालुराम खम्बु- (के.आर. खम्बु)-झापा(अनुसन्धान, संस्करण)
ख. प्रदेश भाषा, साहित्य, कला र संस्कृति स्रष्टा सम्मान- २०७९
१. टंकबहादुर खुलाल (मनु मन्जिल)
२. गोवर्द्धन तामाङ-उदयपुर (साहित्य)
३. विजय श्रेष्ठ- इलाम (मूर्तिकला)
४. भरत गुरागाईं-मोरङ (नाट्यकर्मी)
५. ममता गिरी-सुनसरी (साहित्य, लघुकथा)
६. गोपाल देवान-सुनसरी(नाटककार, निर्देशन)
७. वीरबहादुर लाप्चा- इलाम (लोक संस्कृति, संस्कृति संरक्षण)
८.हरि कट्टेल-सोलुखुम्बु(साहित्य)
९. मानसिंह थुलुङ-इलाम (संगीत)
१०. महेन्द्र राई-सुनसरी (चित्रकला)
११. जयन्तीरमण कण्ठ-सुनसरी (नाट्य अभिनयकर्मी)
१२. नवराज राई (नवराज वर्तमान)-भोजपुर (साहित्य, कथाकार, कवि)
ग. नवोदित भाषा, साहित्य, कला र संस्कृति स्रष्टा सम्मान पुरस्कार- २०७९