Category: कलाप्रेस

  • यस्तो छ करिनाको प्रेगनेन्सी फोटोसुट : बेबी–बम्प फोटोमा योगा आसन

    यस्तो छ करिनाको प्रेगनेन्सी फोटोसुट : बेबी–बम्प फोटोमा योगा आसन

    काठमाडौं । बलिउड सेलेब्समाझ गर्भवती फोटोसुट सामान्य हुन थालेको छ । प्रेगनेन्ट नायिकाले बेबी–बम्पसहितको फोटोसुट गर्न थालेका छन् । अनुष्का शर्मापछि अब दोस्रोपटक ममी बन्न लागेकी करिना कपुर खानको कुरा गरौं ।

    करिनाको बेबीबम्प फोटोसुट हेर्दा लाग्छ, प्रेगेनेन्ट फोटो पनि सुन्दर र प्लेफूल लाग्छ । इन्स्टग्राम एकाउन्टमार्फत करिनाले यस्तै केही तस्विर सार्वजनिक गरेकी छिन् ।

    तस्विरमा करिनालाई शान्त मुद्रामा योग गरेको देख्न सकिन्छ । ट्रेनिङ अटायरमा करिनालाई देख्न सकिन्छ । बम्बर ज्याकेट र ट्रेनिङ ब्रामा उनी हट देखिन्छिन् । प्रेगेनेन्सी पिरियड देखि नै उनले आफ्ना स्टाइलिस लुक्स सार्वजनिक गरेकी छिन् ।

  • धनगढीकी यी हुन् प्रदीप खड्काकी लभलेडी, ‘प्रकाश’मा जोडी बाँध्ने

    धनगढीकी यी हुन् प्रदीप खड्काकी लभलेडी, ‘प्रकाश’मा जोडी बाँध्ने

    काठमाडौं । फिल्म ‘प्रकाश’मा प्रदीप खड्कासँग धनगढीकी रेनु योगीले अनस्क्रिन रोमान्स गर्ने भएकी छिन् । दिनेश राउतले निर्देशन गर्ने रोमान्टिक ड्रामाले डेब्यु गर्ल रेनुलाई लिड लेडीको रुपमा सार्वजनिक गरेको हो ।

    रेनुलाई फिल्मका कास्टिङ निर्देशक अनुप बरालले तय गरेका हुन् । फागुन दोस्रो सातादेखि छायांकन सुरु हुने फिल्मको लिड ब्वाइमा चाहिँ प्रदीप यसअघि नै अनुबन्धित भैसकेका छन् ।

    प्रस्तुति र क्यारेक्टर मिल्ने भएकाले रेनुलाई फिल्ममा लिने निर्णय गरिएको निर्देशक राउतले बताए । नाटककी अभिनेत्री रेनु स्नातक अध्ययनरत हुन् । सन् २०१३ मा उनले दयाहाङ राईसँग ‘मितज्यू’ नाटक गरेकी थिइन् ।

    उनले अहिलेसम्म १० भन्दा बढी नाटक, सर्ट मूभि र एसिड काण्ड नामक छोटो फिल्म गरेकी थिइन् । ४५ दिनसम्म जुम्लामा फिल्मांकन गरिने भएको छ । विनिस इन्टरटेनमेन्टको ब्यानरमा बन्ने फिल्मलाई महेन्द्र अधिकारीले निर्माण गर्नेछन् ।

  • ‘मिर्मिरे आँखा…’ अब खुल्दैनन्

    ‘मिर्मिरे आँखा…’ अब खुल्दैनन्

    पोखरा । निधारमा चट्ट मिलेको ढाका टोपी, सर्टमाथि इस्टकोट, सधैंको हँसिलो अनुहार र साथमा एउटा सारंगी । पोखरामा हुने साना तथा ठूला कार्यक्रममा प्रायः पुगिरहने र मिठास धुन निकाल्न अगुवाई गरिरहने एउटा अनुहार थियो त्यो ।

    दायाँबायाँ ससाना बालबालिकालाई उनीहरुकै रुचि अनुसार वाद्यवादन सुम्पिएर आफू सारंगी रेट्थे । कसैले केही सोधिहाले मुसुक्क मुस्कुराउँदै जवाफ दिन्थें, ‘गन्धव जाति, पेशामात्रै होइन, यो संस्कृति हो । बचाउनुपर्छ ।’

    प्रविधिको विकाससँगै गन्धर्व संस्कृति छायाँमा पर्दै गएपछि त्यसलाई जोगाउन पोखरा १६ बाटुलेचौरमा पाठशाला नै खोलेर उनले वाद्यवादन, संगीत सिकाउन थाले । त्यसरी गन्धर्व संस्कृतिलाई चिनाउन लागिपर्ने गन्धर्व संस्कृतिका धरोहरमध्येका एक धनबहादुर गन्धर्व सोमबार छकालै अस्ताएका छन् ।

    उच्च रक्तचापका कारण ५९ वर्षीय गन्धर्व शनिबार अस्पताल भर्ना भएका थिए । उपचारकै क्रममा सोमबार बिहान ८ बजे उनको निधन भएको हो । २०२१ सालमा जन्मिएका गन्धर्वको नाम पोखरा महानगरले गठन गर्न लागेको ‘प्रज्ञा प्रतिष्ठान’का लागि पनि सिफारिस गरिएको थियो ।

    गन्धर्व संस्कृतिलाई चिनाउन लागिपर्ने गन्धर्व संस्कृतिका धरोहरमध्येका एक धनबहादुर गन्धर्व सोमबार छकालै अस्ताएका छन् ।

    गन्धर्व चर्चित गीत ‘यो दाजुको मिरमिरे आँखा, बेली चमेली, फूल मायामा नभुल..’ लगायत सयभन्दा चर्चित गीतका सर्जक हुन् । प्रविधिको विकाससँगै गन्धर्व संस्कृति लोप हुँदै गएपछि उनले नयाँ पुस्तालाई सारंगी लगायत वाद्यवादन सिकाउन पाठशाला नै सञ्चालन गरेका छन् ।

    चर्चित गायक तथा संगीतकार मामा झलकमान गन्धर्वको नाममा २०६६ सालमा ‘झलकमान गन्धर्व राष्ट्रिय लोकबाजा सारंगी संरक्षण पाठशाला’ स्थापना गरेका थिए । पाठशालाबाट अहिलेसम्म करिब ८ सय जनाले संगीत शिक्षा लिइसकेको छोरा दिलिप गन्धर्व सुनाउँछन् ।

    ‘हाम्रो मौलिक संस्कृतिलाई बचाउनुपर्छ भन्ने उहाँमा थियो । त्यही भएरै पाठशाला खोल्नु भएको हो,’ नेपाल प्रेससँग कुरा गर्दै गन्धर्वले भने, ‘अहिले पनि २२ जना बालबालिकाले संगीत शिक्षा लिइरहेका छन् ।’ पाठशालामा नेपाली मात्रै नभई अहिलेसम्म ९ जना विदेशीले संगीत शिक्षा लिइसकेको उनले जानकारी दिए ।

    चर्चित गायक तथा संगीतकार मामा झलकमान गन्धर्वको नाममा २०६६ सालमा ‘झलकमान गन्धर्व राष्ट्रिय लोकबाजा सारंगी संरक्षण पाठशाला’ स्थापना गरेका थिए ।

    पाठशालामा सारंगी, मादल लगायतका मौलिका वाद्यवादन बजाउन सिकाउने गर्दछ । दिलिप स्वयं पनि त्यही पाठशालामा वाद्यवादन सिकाउने गर्दछन् । ‘नेपाली मौलिक संगीत अझ त्यसमा पनि सारंगीको चिनारी विकास गर्न उहाँ सधैं तत्पर हुनुहुन्थ्यो,’ उनले भने ।

    गन्धर्वको निधनले नेपाली संगीत क्षेत्रमा अतुलनीय क्षति पुगेको उनलाई नजिकबाट नियालेका कलाकार बताउँछन् ।

    ‘नेपाली लोकसंगीतको क्षेत्रमा उहाँ एउटा चिनारी नै हो । उहाँको प्रस्थान भनेको हाम्रो लागि ठूलो दुर्घटना नै हो,’ गायिका हरिदेवी कोइरालाले नेपाल प्रेससँग भनिन्, ‘पुर्खाको पहिचानलाई जोगाउन उहाँ सधैं लागिपर्नु भो । सारंगीको क्षेत्रमा उहाँले गरेको प्रयास त नेपाली संगीत इतिहासमा स्वर्ण अक्षरले नै लेखिन्छ ।’

    गन्धर्वले संकलन र सिर्जना गरेका गीत, संगीत नेपाली संगीताकाशमा अजरअमर रहने कोइराला बताउँछिन् । ‘सारंगीलाई विश्वसामु चिनाउन उहाँले जुन प्रयत्न गर्नुभो त्यो अतुलनीय नै छ । केही काम अपूरा, अधुरा रहे होलान् अब त्यो पूरा गर्ने जिम्मेवारी हामीलाई दिनु भएको छ,’ उनले भनिन्, ‘उहाँको निधनको खबर हामी संगीतकर्मी अत्यन्तै दुखी छौं ।’

    गन्धर्वको निधनले नेपाली मौलिक संगीत क्षेत्रले एउटा पोख्त कलाकार गुमाएको कलाकार संघ, गण्डकीका अध्यक्ष सुनिल थापा सुनाउँछन् । ‘हामीले चिनेदेखि नै उहाँले सारंगीलाई आफ्नो जीवन सुम्पिनु भएको हो । त्यसैमा अनवरत लाग्नु भयो । जीवनको अन्तिम क्षणसम्म पनि उहाँले सारंगी लगायत मौलिक वाद्यवादनलाई कसरी बिकास गर्नेमै सोचमग्न हुनुहुन्थ्यो,’ उनले भने ।

    मौलिक संगीतको एउटा ‘लेजेन्ड’ लाई पोखराले असमयमै गुमाउनु परेको गायक विनोद बानियाँ बताउँछन् । भन्छन्, ‘पोखरामै बसेर पनि देशको नाम चिनाएको हो उहाँले । तर, नेपाली संगीत क्षेत्रले जति चिन्नुपर्ने हो त्यति नचिन्दा उहाँमाथि राजनीति भएको हो कि भन्ने पनि लाग्छ ।’

  • ‘गडजिला भर्सेस कङ’को नेपाल रिलिज डेट घोषणा, अफिसियल ट्रेलर लन्च

    ‘गडजिला भर्सेस कङ’को नेपाल रिलिज डेट घोषणा, अफिसियल ट्रेलर लन्च

    काठमाडौं । बहुप्रतीक्षित हलिउड फिल्म ‘गडजिला भर्सेस कङ’को नेपाल रिलिज मिति तय भएको छ । एप्पल इन्टरटेनमेन्टका अनुसार वार्नर ब्रोजको यो फिल्म जेठ ७ गते (मे २१)मा प्रदर्शन हुनेछ ।

    कोरोनाभाइरस महामारीले हलिउडका ठूला फिल्म रिलिज पोस्टपोन्ड भैरहँदा किङ कङको श्रृंखलाले मिति तय गरेको हो । फिल्मले अफिसियल ट्रेलर पनि सार्वजनिक गरेको छ ।

    गडजिला भर्सेस किङ हलिउडको शाष्त्रीय राक्षसको युद्ध कथा हो । ट्रेलरमा अजंग एक राक्षस र ठूलो एपको लडाइ समेटिएको छ । यो एउटा शक्तिको कथा हो । ‘विश्वमा आउने संकटलाई रोक्न एउटा किङ हामीलाई चाहिन्छ’ निर्देशक एडम विंगडले भने ।

    फिल्मचाहिँ हलिउडमा एचबीओ म्याक्ससहित फिल्म हलमा रिलिज हुनेछ । यो फिल्म भारत र नेपालमा एकसाथ प्रदर्शन हुनेछ । वितरक कम्पनी वार्नर ब्रोजले सन् २०२१ सम्मका सबै ठूला फिल्मलाई हाइव्रिड प्रणालीअन्तर्गत रिलिज गर्दैछ ।

    ठूला फिल्म (हलिउड, नेपाली र बलिउड) नहुँदा यतिबेला नेपाली बक्सअफिसको पाइपलाइन रित्तो छ । झन्डै शुन्य अकुपेन्सीमा यतिबेला नेपाली थिएटर चलिरहेका छन् ।

    यसैबीच, बाहुबली फेम्ड निर्देशक एसएम राजा मौलीको प्रतीक्षित फिल्म आरआरआरको प्रदर्शन मिति १३ अक्टोबरलाई तय भएको छ । पाँच दिने सप्ताहन्त विदासहित फिल्म रिलिज हुन लागेको हो ।

  • मलेसियामा ज्यान गुमाउनेको कथामाथि फिल्म ‘चिसो मान्छे’, दीपेन्द्र खनालले निर्देशन गर्ने

    मलेसियामा ज्यान गुमाउनेको कथामाथि फिल्म ‘चिसो मान्छे’, दीपेन्द्र खनालले निर्देशन गर्ने

    मलेसियामा मृत्यु भएका १७ नेपालीको शव शनिबार स्वदेश ल्याइयो । अझै २० भन्दा बढी शव ल्याउन बाँकी रहेको सरकारी तथ्यांक छ ।

    शनिबार काठमाडौं विमानस्थलको दृश्य भने अन्य दिनभित्र भिन्न र भावुक देखियो । मलेसिया श्रमबजारमा ज्यान गुमाउने नेपालीका परिवारको कारुणिक रोदनका दृश्य गम्भिर थियो ।

    पैसा कमाउन विदेश गएका नेपाली श्रमिकको यो दुःखान्त दृश्यले एकैसाथ नेपाली अर्थतन्त्र, समाज र राजनीतिलाई प्रश्न फ्याँक्छ । यो विषयवस्तुलाई अब फिल्मको पर्दामा चित्रण गरिने भएको छ ।

    मान्छे रुवाउन खप्पीस निर्देशक दीपेन्द्र के. खनालले निर्माण एवं निर्देशन गर्न लागेको फिल्म ‘चिसोमान्छे’ शनिबार काठमाडौं एयरपोर्टमा देखिएको दृश्यलाई पोएट्रे गर्छ । लकडाउन पछाडिको सेटिङमा नेपाली समाजको अँध्यारो पाटो फिल्ममा चित्रण हुनेछ ।

    नेपालप्रेससँग कुरा गर्दै निर्देशक खनालले काठमाडौंदेखि बझाङसम्म एउटा शवलाई लिएर गरिएको यात्राको कथा फिल्मले पेश गर्ने जनाए । एयरपोर्टमा उतारिएको एउटा शव बाकसको तस्विर पोस्ट गर्दै उनले लेखे –उहि गाडी, त्यही बाकस, त्यस्तै कविता… चिसो मान्छेको एउटा दृश्य हुबहु । हार्दिक श्रद्धाञ्जली ।

    एयरपोर्टको उक्त दृश्य फिल्म ‘चिसो मान्छे’को कथावस्तु र दृश्यसँग दुरुस्तै रहेको उनले जनाए । फागुन पहिलो सातादेखि छायांकन सुरु हुने फिल्ममा अर्पण थापा, स्वस्तिमा खड्का र देशभक्त खनालको मुख्य भूमिका हुनेछ ।

  • शेरधन र जाङ्मुलाई दयाहाङ र तक्मे बुढाको बधाइ, लेख्छन्- भाउजुलाई किराँती चुलामा स्वागत छ

    शेरधन र जाङ्मुलाई दयाहाङ र तक्मे बुढाको बधाइ, लेख्छन्- भाउजुलाई किराँती चुलामा स्वागत छ

    काठमाडौं । प्रदेश एकका मुख्यमन्त्री शेरधन राई र पूर्वमिस मंगोल जाङमु शेर्पाको विहे अहिले नेपाली नेटिजनमाझ चर्चामा छ । सामाजिक संजालदेखि चिया पसलसम्म यो जोडीको विहेले चर्चा बटुल्यो ।

    आइतबार नेता राईले जाङ्मुलाई सिउँदो भरेर आफ्नी बनाए । जारी तस्विरहरुमा यी दुईलाई हँसिलो र रमाइलो मुद्रामा देख्न सकिन्छ । यी दुईजनाको विहेलाई राजनीतिदेखि कलाकारिता क्षेत्रसम्मले स्वागत गरेको छ ।

    आइतबार वैवाहिक समारोहपछिको रिसेप्सनमा अभिनेता दयाहाङ राई र विल्सनविक्रम राई तक्मेबुढा समेत पुगे अनि जोडीलाई बधाइ एवं शुभकामना दिए । तक्मले फेसबुकमा लेखेका छन् –आरदणीय व्यक्तित्व श्री शेरधन राईज्यूलाई बधाइ साथै मोडेल समाजसेवी ज्याङमु शेर्पा भाउजुलाई किराँती चुलामा स्वागत गर्दै सुखद दाम्पत्य जीवनको हार्दिक शुभकामना ।

    दयाहाङ र विल्सन दुबै प्रदेश एकका बासिन्दा हुन् ।

  • बरुण र नतासा विहे बन्धनमा बाँधिए, विहेमा करण जोहरदेखि आलिया भाटसम्म

    बरुण र नतासा विहे बन्धनमा बाँधिए, विहेमा करण जोहरदेखि आलिया भाटसम्म

    मुम्बइ : बलिउड अभिनेता वरुण धवन र प्रेमिका नतासा दलाल आज विहे बन्धनमा बाँधिएका छन् । अलिबगको पाँचतारे होटल द म्यानिसनमा भव्य बैबाहिक समारोहको आयोजना गरिएको छ जहाँ बलिउडका ‘हु इज हु’ सहभागि छन् ।

    आइतबार दिउँसादेखि वैवाहिक कार्यक्रम सुरु भएको थियो । तर, विहेमा निम्तो गरिएका अतिथिलाई मोबाइल फोन लैजान प्रतिबन्ध लगाइएको छ । कोभिड–१९ प्रोटोकलको कारण जम्मा ५० जनामात्र विहे समारोहमा उपस्थित छन् ।

    यतिबेला सबैको ध्यान विहेको फोटो कतिबेला सार्वजनिक हुन्छ भन्नेमा छ । फेबु्रअरी २ मा मुम्बइको पाँचतारे होटल सबरबनमा रिसेप्सन पार्टी आयोजना हुने जनाइएको छ ।

    वैवाहिक समारोहमा भाग लिन फिल्म निर्माता करण जोहर, फेसन डिजाइनर मनिष मलहोत्रा लगायत अलिबग पुगेका छन् । करणसँगै अभिनेता रणवीर कपुर र प्रेमिका आलिया भाट पनि सहभागि हुने जनाइएको छ ।

    सलमान खान र शाहरुख खानलाई पनि विहेमा बोलाइएको छ । बरुण र नतासाको परिवारले विहे कार्यक्रमलाई सार्वजनिक हुनबाट टाढा राखेका छन् । वरुण र नतासा लामो समयदेखि डेटिङमा थिए ।

  • राजेश हमालको कमब्याक फिल्मले माग्यो कलाकार, ‘सत्यम’को स्केच पोस्टर लन्च

    राजेश हमालको कमब्याक फिल्मले माग्यो कलाकार, ‘सत्यम’को स्केच पोस्टर लन्च

    काठमाण्डौ। अभिनेता राजेश हमालको कमब्याक फिल्म ‘सत्यम’को ‘स्केच पोस्टर’ लन्च गर्दै बाँकी कलाकारको लागि अडिसन आह्वान गरिएको छ । पोस्टरमा हमाललाई ‘महानायक’ लेख्दै स्केच फोटो राखिएको छ । ‘सत्यम’ शीर्षकसँगै ‘राईजिंग अफ दि हिरोज्’को बटमलाइन उल्लेख गरिएको छ ।

    पोस्टरमा हमालको अपोजिट अर्थात खलपात्रमा अभिनय गर्ने अनुपबिक्रम शाहीको भने नाम मात्र उल्लेख छ । ‘ह्यान्डसम भिलेन’ अनुपको लुक्ससहित छिट्टै नयाँ पोस्टर रिलिज गरिने निर्देशक शंकर कार्कीले बताए ।

    फिल्ममा हमाल र शाहीसँगै पल शाह र उपासना सिंह ठकुरीले पनि काम गर्न सहमति जनाएको निर्माता रेशम सापकोटाले नेपालप्रेसलाई बताए ।

    ‘रोमियो’ फेम्ड निर्देशक शंकर कार्कीले निर्देशन गर्ने फिल्ममा सहमति जनाउन हमालले आठ महिला कुराएका थिए । निर्देशक कार्कीका अनुसार हमालकै अनुरोधमा फिल्मालई टुडी प्रविधिमा खिचिनेछ ।

    चार वर्षपछि अभिनयमा फर्किएका हमाल यसमा मुख्य पात्र सत्यमको भूमिकामा चित्रित हुनेछन् । स्केचले फिल्मको मनोविज्ञान र चरित्र चित्रणलाई दर्शाउने प्रयास गरेको छ । यसअघि फिल्म ँसिया र सौर्यमा हमाल र शाही एकसाथ देखिएका थिए ।

    काम गर्न राजी भएका पल र उपासनाको भूमिका भने खुलाइएको छैन । अन्य २२ कलाकार अडिसनबाट छानिनेछन् । चार जना मुख्य चरित्र अभिनेता, दुई जना मुख्य चरित्र अभिनेत्री, तीन सहायक चरित्र अभिनेता, दुई सहायक चरित्र अभिनेत्री, सहायक कलाकार दुई पुरुष तथा दुई महिला साथै दुई जना बाल कलाकार र अन्य छोटो भूमिकाका कलाकारहरु पाँच जनाको लागि अडिशन हुनेछ ।

    काठमाण्डौमा यहि माघ १९ गते, पोखरामा माघ २३ गते, बुटवलमा माघ २५ गते र झापामा माघ २७ गते अडिशन हुने जनाइएको छ । कार्कीले निर्देशन गर्ने ‘सत्यम’लाई रेशम सापकोटाले लेखेका हुन् ।

    निर्माता समेत सापकोटा नै हुन् भने एशोसियट निर्माता श्याम मल्ल र गणेश पौडेल हुन् । सह– निर्माता रेशम गौतम र कृष्ण अधिकारी हुन् । कुटुम्ब ब्याण्डसँगै योगेश काजी र गणेश पौडेलले संगीत दिएका छन् भने दुई गीतमा रेशम सापकोटा र एक गीतमा बिष्णु निरिशको शब्द रचना रहेको छ ।

  • मिस नेपाल सुन्दरीले बसन्तपुरमा गरे ‘हेरिटेज वाक’

    मिस नेपाल सुन्दरीले बसन्तपुरमा गरे ‘हेरिटेज वाक’

    काठमाडौं । ताज जितेसँगै पछिल्लो समय मिस नेपाल सामाजिक अभियानमा पनि सक्रिय हुन थालेका छन् । यो वर्ष चारैवटा टाइटल जितेका मिस नेपालले काठमाडौंको बसन्तपुर दरबार स्क्वायरमा रहेका सम्पदा अवलोकन गरे ।

    पर्यटन बोर्डले मिस नेपाल टाइटल विजेताका लागि हेरिटेज वाक आयोजना गर्‍यो । मिस नेपाल वल्र्ड नम्रता श्रेष्ठ, मिस नेपाल अर्थ सुप्रिया श्रेष्ठ, मिस नेपाल सुप्रान्यासनल सिमल कनौजिया, मिस नेपाल इन्टरनेसनल सन्ध्या शर्मा र मिस टुरिजम रिया श्रेष्ठले काठमाडौंका सम्पदा अवलोकन गरे ।

    जीवितदेवी मानिने कुमारी घरदेखि सुन्दरीले हेरिटेज वाक सुरु गरे । यी सुन्दरीलाई सम्पदा बुझाउने व्यक्ति थिए सम्पदा जोगाऊ अभियन्ता आलोकसिद्धी तुलाधर ।

    कालभैरव मन्दिर छेउको तरबार, तत्कालिन राजा प्रताप मल्लले १५ भाषामा लेखेको शिलालेख, इन्द्रचोकमा रहेको कान्तेश्वर मन्दिर र पोते बजार पनि उनीहरुले अवलोकन गरे ।

    चारैजना सुन्दरीले सँधै हिँड्ने गरेको यो क्षेत्रको इतिहास र किंबदन्ती थाहा पाउँदा खुशि लागेको बताए । हरित तारा, ससुनानी, श्रीघलरको विहार हुँदै ठमेलको छुस्याबहामा पुगेर सुन्दरीको हेरिटेज वाक सकियो । मिस नेपालले सम्पदाबारे बोल्दा पर्यटनमा टेवा पुग्ने ठम्याइ पर्यटन बोर्डको छ ।

    हेरिटेज वाकमा मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकार, पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी, म्युजियम अफ नेपाली आर्टकी निर्देशक सगुनी सिंह शाह लगायतले पनि हेरिटेज वाकमा भाग लिए ।

  • ‘सेक्सी नभइरहन सक्दिनँ’ भन्दै ज्योतिले देखाइन् ‘भल्गर’ फोटो

    ‘सेक्सी नभइरहन सक्दिनँ’ भन्दै ज्योतिले देखाइन् ‘भल्गर’ फोटो

    काठमाडौं । लोकगायिका ज्योति मगर आफ्नो गायकीले भन्दा उच्छृङ्खल हर्कतले बढि चर्चामा आउँछिन् । सामाजिक सञ्जालमार्फत पनि उनी मिडियालाई गसिपका खुराक दिइरहन्छिन् ।

    पछिल्लो समयमा कोरोनाका कारण स्टेज शोहरु भएका छैनन् । ज्योति फुर्सदमा छिन् । उनको चर्चा पनि मत्थर भएको छ । सायद यसैले झ्याउ लागेर होला, उनले फेसबुकमा आफ्नो ‘हट’ तस्वीर पोष्ट गरेकी छन् । ज्योतिले पोष्ट गरेको तस्वीरमा उनको वक्षस्थलको तल्लो भाग देखिएको छ ।

    तस्वीरको क्याप्सनमा पनि अश्लील शब्द प्रयोग गरेकी छन् । सायद उनी आफ्नो तस्वीरलाई लिएर प्रशस्त विवाद होस् भन्ने चाहन्छिन्।

    क्याप्सनमा ज्योतिले लेखेकी छन्, ‘म सेक्सी नबनिरहन सक्दिनँ, यो मेरो रगतमा छ… यदि तिमी यसलाई सहजरुपमा लिन सक्दैनौ भने यो तिम्रो समस्या हो । आइ डोन्ट रियल्ली …. केयर…’

    कमेन्टमा कतिले उनलाई भद्दा गाली गरेका छन् भने कतिले ‘बोल्ड’ भन्दै सराहना पनि गरेका छन् ।

    रवि कार्की लेख्छन्, ‘कपडा थोरै माथि उचाल्नुको अर्थ के हो दिदी बुझिनँ मैले । यस्तै-यस्तै उपद्रोवाला तस्विरले गर्दा हो नि बलात्कारका घटना बढ्ने ।’

  • भाइरल बालक सचिन : गीत, म्युजिक भिडियोदेखि टेलिश्रृंखलासम्म

    भाइरल बालक सचिन : गीत, म्युजिक भिडियोदेखि टेलिश्रृंखलासम्म

    सामाजिक सञ्जालको जमानामा कतिबेला कसको भाग्य बदलिन्छ थाहै हुँदैन । हिजोसम्म अपरिचित अनुहार रातारात चर्चित हुन्छ र मानिसहरु उसकै पछि दौडिन्छन् । जस्तो कि बालक सचिन परियारकै कुरा गरौं ।

    उमेरले १० वर्ष पुगेका यी बालक औसतभन्दा अलिक होचो कदका छन् । तर, उनको रमाइलो तरिकाले बोल्ने शैली र आनीबानीले धेरैको मन जितिरहेको छ । पहिलो अन्तरर्र्वाता एउटा यूट्यूव च्यानलमा आएपछि उनी भाइरल भएका थिए । उनले बोलेका डाइलगहरु टिकटकमा खुबै चलिरहेका छन् । यसका अतिरिक्त गीत गाउने कला पनि छ उनीसित । यति भएपछि के चाहियो ?

    इन्द्रेणीमा पुगेर सचिनले दुई बालगायिकाहरु रबिना बसेल र आयूषा गौतमसँग मस्तिसाथ गीत गाए । अनि उनको स्वरमा गीत रेकर्ड पनि भयो । सचिनले गाएको पहिलो गीत ‘ओठ खोलेर…’ २० दिनअघि रिलिज भएको थियो । उनले रविना बसेलसँग मिलेर गाएको गीत हिट भयो । यो गीतले हालसम्म ६० लाख भ्यूज कटाइसकेको छ भने सात हजारभन्दा बढि प्रतिक्रिया आएका छन् । अहिलेसम्म पनि ट्रेन्डिङबाट हटेको छैन ।

    सचिन र रविनाकै स्वर रहेको दोस्रो गीत ‘रातो रबर’ तीन दिनअघि युट्युवमा रिलिज भएको छ, जुन अहिले युट्युवमा ३ नम्बर ट्रेन्डिङमा छ । यो गीतलाई पनि दर्शक-स्रोताले रुचाएकै छन् ।

    त्यसो त यी दुवै गीत हिट हुनुमा रविनाको पनि उत्तिकै हात छ । उनी पनि भाइरल गायिका हुन्् । ७ वर्षको उमेरमै दिग्गज गायकहरुसँग दोहोरी भिडिसकेकी उनलाई भविष्यको स्टारको रुपमा हेरिएको छ । रविनाले खेम सेन्चुरीसित गाएको ‘धोवी बगर…’ ले पनि बजार पिटिरहेको छ ।

    सचिनको आगामी गीतमा महानायक राजेश हमालले समेत अभिनय गरेका छन् । सो गीत केही दिनमा रिलिज हुँदैछ । यतिले नपुगेर सचिन हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ मा समेत देखिएका छन् । मेरी बास्सैको अघिल्लो श्रृंखलामा उनको अभिनय रहेको छ ।

    यसरी म्युजिक भिडियोदेखि टेलिसिरियलसम्म छाइरहेका यी बालक कहिलेसम्म चल्छन् भन्ने चाहिँ निधो छैन । यसरी भाइरल भएर चर्चामा आउनेहरु कमैले मात्रै दिगो करिअर बनाएका छन् । सचिन उमेरले सानै भएकाले पनि उनको भविष्यबारे यसै अड्कल गर्न सकिन्न ।

  • प्रसिद्ध टेलिभिजन होस्ट ल्यारी किङको कोरोना संक्रमणले निधन

    प्रसिद्ध टेलिभिजन होस्ट ल्यारी किङको कोरोना संक्रमणले निधन

    अमेरिका- प्रसिद्ध टेलिभिजन कार्यक्रम संचालक ल्यारी किङको ८७ वर्षको उमेरमा कोरोनाभाइरस संक्रमणले निधन भएको छ ।

    उनी कार्यरत टिभी ओरा मिडियाले वक्तव्य जारी गर्दै किङको निधन शनिबार विहान लस एन्जल्सस्थित सिडर्स सिनाइ मेडिकल सेन्टरमा भएको जनाएको हो ।

    केही वर्षदेखि उनी फोक्सोको क्यान्सरबाट पीडित थिए । साथै, मुटुको बाइपास सर्जरी पनि गरिएको थियो । सन् १९९९ मा उनलाई प्रोटेस्ट क्यान्सरको लक्षण देखिएको थियो ।

    सन् २०१९ मा उनलाई बायाँ खुट्टाले हिँड्न नमिल्ने गरि पक्षघात पनि भयो जसले गर्दा उनी कहिलेकाहिँ विह्लचियरको मद्दत लिन्थे । जनवरी २ मा कोरोनाभाइरस संक्रमण भएपछि उनलाई सिडर्स सिनाइ मेडिकल सेन्टरमा भर्ना गरिएको थियो ।

    उनले एउटा अन्तर्वार्तामा भनेका थिए –म ८६ वर्षको हुन्छु भनेर मलाई लागेको थिएन । ४३ वर्षको उमेरमा मेरा बुवा बित्नुभो । मैले त्यतिबेला सोचेँ, म पनि चाँडै बित्छु होला ।’

    ‘मलाई केही गुनासो छैन । मसँग जे आइपर्छ, त्यसप्रति म आभार व्यक्त गर्छु’ उनले भनेका थिए, ‘त्यो कुरा सुन्दा अस्वभाविक लाग्न सक्छ तर, वास्तवमै त्यो मेरा लागि सहि कुरा हो ।’

    कार्यक्रम होस्टको रुपमा थुप्रै टेलिभिजन अवार्ड समेत जितेका किङ आफ्नो आवाज, सीधा र निडरतापूर्वक सोधिने प्रश्न र दशौं हजार इन्टरभ्यूज लिएर बनाएको अलग खालको छविले चर्चित थिए । न्यूयोर्ककको ब्रुकलिनमा जन्मिएका किङ सानैदेखि रेडियो जक्की बन्न चाहन्थे ।

    उनको वास्तविक नाम लरेन्स हार्भे जिगर हो । तर, सन् १९५० मा मायामीमा रेडियो होस्टको रुपमा करियर सुरु गरेपछि भने उनी ल्यारी किङको नामले चिनिए । सन् १९७८ देखि उनले ल्यारी किङ सो कार्यक्रम चलाउन सुरु गरे । यही समयमा उनले टेलिभिजन करियर पनि सुरुवात गरे ।

    सन् १९८५ देखि २०१० सम्म उनले सीएनएनमा ल्यारी किङ लाइभ सो चलाए । उक्त सोमा ओफरा विन्फ्रेले सन् २००८ को राष्ट्रपतिय चुनावी अभियानमा बाराक ओबामालाई चिनारी दिलाएकी थिइन् । पछिल्लो समय उनी हुलु टिभीमा कार्यक्रम चलाउँथे ।

    उनी दुईवटा पिबडी अवार्ड र एक एमी अवार्डबाट सम्मानित भए । सन् १९८९ मा नेसनल रेडियो हल अफ फेम प्राप्त गरे । उनले केही पुस्तक पनि लेखेका छन् । घोस्टबस्टर्स, स्रेक २ र बी मूभिमा उनले आवाज पनि दिएका छन् ।

    उनले आठपटक विहे गरे जसबाट पाँच सन्तान जन्मिए ।

  • अञ्जु पन्तको ‘झम्के माया’मा स्वस्तिमाको ठुम्का (भिडियो)

    अञ्जु पन्तको ‘झम्के माया’मा स्वस्तिमाको ठुम्का (भिडियो)

    काठमाडौं । स्वस्तिमा खड्काको करियर रजतपट र रंगमंचमा मात्र सीमित रहेन । यी क्यूट एक्ट्रेस म्युजिक भिडियोमा पनि सक्रिय छिन् ।

    अञ्जु पन्तको गायन समावेश नयाँ म्युजिक भिडियो ‘झम्के माया’मा स्वस्तिमाको डान्सिङ अवतार देख्न सकिन्छ । राहुल साहसँग मिलेर उनले स्क्रिन सेयर गरेकी छिन् ।

    गायिका अञ्जु पन्तलाई गायनमा समीर आचार्यले सघाएका छन् । आशिष अविरलको संगीत कम्पोज रहेको गीतलाई एकनारायण भण्डारीले लेखेका हुन् । स्वस्तिमाले यसैसाता नाटक ‘पल्पसा क्याफे’मा डेब्यु गर्ने घोषणा गरेकी थिइन् ।

    हेर्नूस गीत :

  • एक नम्बर ट्रेन्डिङमा उक्लियो ‘छ माया छपक्कै’, दीपकले दिए दर्शकलाई धन्यवाद

    एक नम्बर ट्रेन्डिङमा उक्लियो ‘छ माया छपक्कै’, दीपकले दिए दर्शकलाई धन्यवाद

    काठमाडौं । दीपक लामाले निर्देशन गरेको राजनीतिक-सामाजिक विषयवस्तुमा आधारित चलचित्र ‘छ माया छपक्कै’ युट्युवको १ नम्बर ट्रेन्डिङमा उक्लेको छ । अपलोड गरिएको चौथो दिनमा १५ लाखभन्दा बढि भ्यूजसहित चलचित्रले शीर्ष स्थान कब्जा गरेको हो ।

    गत वर्ष हलमा रिलिज गरिएको यो चलचित्र सुपरहिट भएको थियो । युट्युवमा पनि चलचित्रले सकारात्मक प्रतिक्रिया पाइरहेको छ । चलचित्रले उठान गरेको विषयवस्तुलाई धेरैले रूचाएका छन् । ‘छक्का पञ्जा’ सिरिजको हल्का मनोरञ्जनबाट माथि उठाएर दिपराज गिरीको समूहले यो चलचित्रमा गम्भीर विषयवस्तु समातेको थियो । तथापि कमेडीको पाटोलाई भने मर्न दिइएको छैन ।

    दीपेन्द्र लामाको निर्देशनले चलचित्रलाई बजनदार बनाएको छ । चलचित्रको कथावस्तु पनि उनैले लेखेका हुन् । चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्ट, विष्णु सापकोटा लगायतका कलाकारको अभिनय रहेको छ । युट्युवमा धेरैले केदार घिमिरे माग्नेबुढाको तारिफ गरेका छन् ।

    दीपकराजको समूहले एक महिनाअघि मात्रै ‘छक्का पञ्जा ३’ युट्युवमा रिलिज गरेको थियो । सो चलचित्रले एक करोड भ्यूज कटाइसकेको छ । त्यसको दाँजोमा ‘छ माया छपक्कै’को गति केही धिमा भए पनि दर्शक प्रतिक्रियाले टिम उत्साहित छ ।

    ट्रेन्डिङ १ मा आएपछि टिम मेम्बरहरूले फेसबुकमा खुशी साटेका छन् । दीपकले स्टाटस लेख्दै दर्शकलाई धन्यवाद दिएका छन् ।

  • इन्द्रेणी रङको खोजीमा एक श्यामश्वेत जिन्दगी

    इन्द्रेणी रङको खोजीमा एक श्यामश्वेत जिन्दगी

    नेपाल प्रेसको बुइँगलमा हामी ‘इन्द्रेणी गफ’ गरिरहँदा ११ हजार किलोमिटर पर वासिङ्टनमा कमला ह्यारिस इन्द्रेणी सपना देख्दै थिइन् । जो बाइडेन ‘इन्द्रेणी’ मन्त्रिमण्डल बुन्दै थिए ।

    युनिभर्सल अपिलिङ बोकेको शब्द ‘इन्द्रेणी’ को खोजी पछिल्लो समय विश्व राजनीति, समाज, लोकतन्त्र र मानवीय मूल्यमा भैरहेको छ । पपुलिज्म मौलाइरहेको विश्वमा यो खोजी अस्वभाविक पनि होइन ।

    ‘इन्द्रेणी’ शब्दको गुरुत्व सबैभन्दा बढी समाइरा श्रेष्ठलाई भन्दा अरु कसलाई महसुस होला र ? ह्यारिस र समाइराले देख्ने ‘इन्द्रेणी’मा सातै रङ हुन्छन् । यिनै रङको खोजीमा समाइराले आफ्नै सपनाको कथ्य खोजि गरिरहेकी छिन् ।

    त्यो कथ्यको खोजीका लागि उनले के–के मात्र गरिनन् ? क्वारेन्टाइनमा बलात्कार भएकी चेलीको लागि आवाज उरालिन् । बसन्तपुर डबलीमा ९ दिन भोकै बसेर सत्याग्रह गरिन् । इनफ–इज–इनफ आन्दोलनमा प्रहरीले वर्षाएको पानीको फोहोरा खेपिन् ।

    ‘ट्रान्सवुमन’ देह लिएर उनी समय र समाजविरुद्ध लडिरहेकी छिन् । सबैभन्दा कठिन युद्धचाहिँ आफैसँग हो । प्रत्येक विहानी आफैलाई प्रश्न गर्छिन् –म शरिर हूँ कि आत्मा ? दार्शनिकले ठम्याउन नसकेको गहिरो प्रश्नको उत्तरको खोजीको सुरुआतसँगै उनको दिन आरम्भ हुन्छ ।

    यो उत्तरको खोजी गर्दै समाइराले २१ हिउँदको सिरेठो खेपिन् । ‘इन्द्रेणी’को अर्थ खोज्दै दुःखको सगरमाथा आरोहण गरिन् । जीवन र यसको सौन्दर्यलाई लिएर समाइराको डिस्नेरीमा आफ्नै खाले अर्थ छन् । भन्छिन् –म अरुको लागि हाँसिरहेकी हुन्छु । तर, दिमागमा त्यो हाँसो फेक मात्र हो । जुन चस्मा लगाएर हेर्‍यो, जिन्दगी त्यही रङको देखिन्छ ।’ रङले गर्ने सबैभन्दा निर्मम राजनीति हो यो ।

    समाइराको जीवन श्यामश्वेत छ । उनको इन्द्रेणीमा दुःखको कालो रङ छ र आशावादको सेतो रङ पनि । उनलाई थाहा छ– निष्ठाको लडाइमा ‘ग्रे जोन’ हुँदैन । यो श्यामश्वेत नै हुन्छ ।

    समाइराको जिन्दगी बाहिरदेखि हेर्दा खैरो देखिन्छ । तर, वास्तविक लडाइ इन्द्रेणीका लागि हो । समाइराले चाहेको सात रङ र बाँचिरहेको समयको श्यामश्वेत रङबीचको द्वन्द्व यथार्थ हो । संसारका करोडौं समाइरा अहिले यही महसुस गरिरहेका होलान् ।

    यही महसुसले अहिले समाइराको परिचयको प्वाँखमा ‘राजनीति’ उनिदिएको छ । उनी एकसाथ नेतृ, अभियन्ता, ट्रान्सवुमन, मोडल र नृत्यांगना हुन् । गएको साता उनको परिचय शब्दकोषमा ‘नेतृ’ थपिएको छ । उनले रविन्द्र मिश्र नेतृत्वको विवेकशिल साझा पार्टीको केन्द्रिय सदस्यमा डेब्यु गरेकी छिन् ।

    आफूलाई वैकल्पिक राजनीति शक्ति ठान्ने विवेकशिल साझाले गतसाता गठन गरेको इन्द्रेणी विभागको प्रमुख हुन् समाइरा । उनी साझा पार्टीभित्र आफूलाई सुरक्षित र आत्मविश्वासी ठान्छिन् । उनलाई लाग्छ –साझा पार्टी एउटा इन्द्रेणीजस्तै रङहरुको समूह हो जसले असमानतालाई निलिदिन सक्छ ।

    कुनै दिन थियो– समाइराका लागि जीवन लेखिका पारिजातले व्याख्या गरेजस्तै ‘शुन्य’ थियो । आफूमाथि समुदायले गर्ने तिरस्कारयुक्त व्यवहारको आत्मबोधमा उनले तीनपटक आफैंलाई सिध्याउने प्रयास गरिन् ।

    विवेकशील पार्टीले उनलाई मूलधारका दलले अंगाल्दै आएको मूल्य–मान्यतालाई अवज्ञा गर्ने मौका दिएको छ । सरकारसँग एलजीबीटीआइक्यू समुदाय (लैंगिक अल्पसंख्यक) को अधिकारका लागि लड्ने प्लेटफर्म दिएको छ । वैकल्पिक राजनीतिसँग साक्षात्कार गर्ने अवसर दिएको छ । के तपाइँ यसका लागि तयार हुनुहुन्छ ? नेपाल प्रेससँग उनी खुलिन् –मेरो जीवन नै यिनै भ्वाइसका लागि समर्पित हुनेछ ।

    कुनै दिन थियो– समाइराका लागि जीवन लेखिका पारिजातले व्याख्या गरेजस्तै ‘शुन्य’ थियो । आफूमाथि समुदायले गर्ने तिरस्कारयुक्त व्यवहारको आत्मबोधमा उनले तीनपटक आफैंलाई सिध्याउने प्रयास गरिन् । देह विक्री गर्न भारत जाने तयारी गरिन् । उनी डिप्रेसनसँग लड्दै थिइन् । त्यही बेला देशमा लकडाउन भयो र लकडाउनले जीवनको आयाम युटर्न गरिदियो । क्वारेन्टाइनमा महिला बलात्कार भएको घटना उनको जीवनमा ‘केही गर्ने’ एउटा उत्प्रेरक बन्यो ।

    अनि सुरु भयो –इनफ इज इनफको सिलसिला । असमानताविरुद्ध भद्र विद्रोह गर्ने सिलसिला । शरिर र आत्माको दार्शनिक उत्तर खोज्ने सिलसिला । एलजीबीटीआइ समुदायको हितमा काम गर्ने सिलसिला । सिलसिलाको यो श्रृंखलामा समाइराको लडाइ लैंगिक अल्पसंख्यकको हितको पक्षमा उभिएको छ ।

    हामीसँगको क्यान्डिड गफमा उनी विद्रोही सुनिइन् । टीकटकमा रमाउने पुस्ताकी एक ठिटी समकालिन पुस्ताभन्दा एकसय असी डिग्री विपरित सुनिइन् । ह्यारिसले देख्ने इन्द्रेणीको सपना समाइराले देख्नु तन्नेरी पुस्तामा विकसित राजनीतिक चेतनाको एउटा संकेत हो । हुनसक्छ, व्यवस्थाविरुद्ध तन्नेरी पुस्ताको एउटा असन्तुष्टि पनि ।

    समाइरासँगको पूर्ण संवाद भिडिओमा :

  • नयाँ फिल्मलाई रेखाको तयारी : घटाइन् २० किलो तौल, नयाँ हिरो लन्च गर्ने

    नयाँ फिल्मलाई रेखाको तयारी : घटाइन् २० किलो तौल, नयाँ हिरो लन्च गर्ने

    काठमाडौं । रेखा थापा र रेनशा बान्तवा राईबीचको सहकार्य तत्काल नहुने भएको छ । अभिनेत्री एवं निर्मात्री थापाले आउँदो बैशाखदेखि होमप्रोडक्सन फिल्मलाई छायांकनमा लैजाने घोषणा गरेकी छिन् ।

    रेनशासँगको फिल्मलाई थाँती राखेर थापाले आफ्नै निर्देशनमा एक्सन फिल्म बनाउन लागेकी हुन् । अहिले रेखा यही फिल्मको गृहकार्यमा छिन् । फिल्मका लागि रेखाले २० किलो वजन घटाएकी छिन् । स्क्रिप्ट पनि उनी स्वयमले लेखेकी हुन् ।

    यो फिल्ममार्फत रेखा नयाँ हिरो लन्च गर्न चाहन्छिन् । हुनेवाला हिरोलाई गोप्य राखेकी छिन् । ‘मेरो यो फिल्मबाट नयाँ हिरोको डेब्यु हुनेछ’ उनले भनिन् । यही फिल्मको लागि भनेर रेखाले तौल ५० किलो बनाएकी छिन् । लकडाउनको समय तौल घटाउने व्यायाममा व्यतित गरिन् ।

    व्यक्तिगतरुपमा प्रशिक्षक राखेरै उनले एक्सन कला सिकिरहेकी थिइन् ।

    ‘बदलिएको दर्शकको चाहनाअनुसारको फिल्म बन्नेछ’ रेखा भन्छिन्, ‘आउने फिल्ममा दर्शकले मलाई बिल्कुल फरक अवतारमा देख्न पाउनुहुनेछ ।’ पछिल्लो फिल्म मालिकामा उनी एक मोटिभेटर पात्रको भूमिकामा देखिएकी थिइन् ।

    लकडाउनअघि रेखाको फिल्मको निर्देशकमा रेनशा राई अनुबन्धित थिइन् । यो फिल्मको निर्माणमा ढिलाइ हुने भएको छ । रेखा र सविन श्रेष्ठले एक अर्को नयाँ फिल्ममा पनि सहकार्य गर्ने चर्चा थियो ।

  • को हुन् ओलीले प्रचण्ड-माधवसँग तुलना गरेका मुंगेरीलाल ?

    को हुन् ओलीले प्रचण्ड-माधवसँग तुलना गरेका मुंगेरीलाल ?

    काठमाडौंमा शुक्रबार आयोजित पेशागत संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड र माधव नेपाललाई हिन्दी टेलिभिजन सिरिजको एउटा पात्रसँग तुलना गरेका छन् ।

    उनले कार्यकर्तालाई युट्युवमा खोजेर ‘मुंगेरीलालके हँसिन सपने’ नामको सिरिज हेर्न समेत सुझाए । सन् १९९० मा रिलिज भएको प्रकाश झा निर्देशित यो सिरिजले काम नगर्ने तर दिवास्वप्न मात्र देख्ने मुख्य पात्रको मानसिक स्थितीलाई चित्रण गर्छ ।

    अफिसमा जागिर गर्ने मुंगेरीलाल घरमा पत्नी र अफिसमा हाकिमबाट आजित छ । एकदिन मुंगेरीलालको ससुराले आफू प्रहरीको इन्सपेक्टर भएको झूठो सूचना ज्वाइँलाई दिन्छन् । आफ्नै ससुरा पुलिस भएको भन्दै मुंगेरीलालले एकदिन बोसलाई नै बदला लिन्छ । आफ्नै राम्री साथीलाई डेटिङ गर्छ तर सपनामा ।

    जब उसकी पत्नीले निद्राबाट ब्युँझाइदिन्छिन्, तब ऊ झल्याँस्स हुन्छ र सबै अवास्तविक थिए भन्ने कुरा बुझ्छ । यो सिरिज हलिउडको चर्चित फिल्म ‘सेक्रेट लाइफ अफ वाल्टर’बाट प्रभावित छ । मुंगेरीलालको भूमिकामा रघुवीर यादवले अभिनय गरेका छन् ।

    यसको अर्थ, प्रधानमन्त्री केपी ओलीले पनि प्रचण्ड–माधवलाई मुंगेरीलाल पात्रसँग तुलना गर्दै उनीहरुले दिवास्वप्न मात्र देखेको भन्न चाहेका हुन् । उनको यो अभिव्यक्ति संसद विघटनविरुद्ध प्रचण्ड–माधव पक्षले गरेको सडक आन्दोलनतर्फ लक्षित थियो भन्ने बुझ्न कठिन छैन ।

  • जेम्स बन्ड फिल्म ‘नो टाइम टु डाइ’ रिलिज डेट घोषणा, गडजिला सिक्वेलको पोस्टर लन्च

    जेम्स बन्ड फिल्म ‘नो टाइम टु डाइ’ रिलिज डेट घोषणा, गडजिला सिक्वेलको पोस्टर लन्च

    काठमाडौं । जेम्स बन्ड सिरिजको प्रतीक्षित फिल्म ‘नो टाइम टु डाइ’को रिलिज मिति पुनः पोस्टपोन्ड भएको छ । डेनियल क्रेग स्टारर यो एक्सन–स्पाइ–थ्रिलर फिल्म अब अक्टोबर ८ मा रिलिज हुनेछ ।

    यसअघि २ अप्रिलको रिलिज मिति पूर्वनिर्धारित थियो । कोरोनाभाइरस महामारीको कारण फिल्मको रिलिज मितिलाई पुनः धकेल्नुपरेको जानकारी जेम्स बन्ड निर्माताले दिएका छन् ।

    जेम्स बन्ड श्रृंखलाको २५ औं फिल्म भाइरसले प्रभावित हुने ठूलोमध्येको एक हलिउड फिल्म हो । हलिउडका अन्य ब्लकबस्टरमा मार्भलको ब्ल्याक विडो, युनिभर्सलको फास्ट एन्ड फ्युरियस ९ र प्यारामाउन्टको ‘टम गन म्याभेरिक’ लगायत छन् ।

    वार्नर ब्रोजको वन्डर वुमन १९८४ ले भने हल र ओटीटी प्लेटफर्ममा हाइव्रिड रिलिज गरेको छ । वार्नर ब्रोजले आफ्नो नयाँ फिल्म ‘गडजिला भर्सेस कङ’को अफिसियल पोस्टर लन्च गरेको छ । आउने आइतबार फिल्मको ट्रेलर समेत लन्च हुँदैछ । सन् २०२१ भित्रै फिल्म रिलिज हुने जनाइएको छ ।

  • दुई नेपाली फेसन डिजाइनरको पहिरनमा कमला ह्यारिस, प्रबल गुरुङ भन्छन् सपना- पुरा भयो

    दुई नेपाली फेसन डिजाइनरको पहिरनमा कमला ह्यारिस, प्रबल गुरुङ भन्छन् सपना- पुरा भयो

    काठमाडौं । कमला ह्यारिस उपराष्ट्रपतिमा निर्वाचित भए लगत्तै विश्व फिल्म र फेसन उद्योगले स्वागत गरेको छ । फेसनको बाइबल भनिने प्रतिष्ठित भग म्यागजिनले कभर स्टोरी नै छाप्यो ।

    सपथ ग्रहण समारोह होस् या ह्वाइट हाउस प्रवेशमा, ह्यारिसको पहिरन फेसन स्टेटमेन्ट नै बन्यो । उनले लगाएको कोटको अहिले विश्वव्यापी चर्चा भैरहेको छ । त्यो चर्चा नेपाली फेसन डिजाइनरमाझ व्यापक छ ।

    भर्चुअल सपथ ग्रहण समारोहमा ह्यारिसले प्रबलले डिजाइन गरेको उल क्रिप ह्यान्ड टेलर्ड कोट लगाइन् ।

    ह्यारिसले न्यूयोर्कस्थित नेपाली फेसन डिजाइनर प्रबल गुरुङ र पहिरन उत्पादक कम्पनी तारा ओरेन्टियलको डिजाइन लगाएर सपथ ग्रहण पछाडिका केही समारोहमा भाग लिइन् । यी दुबै नेपाली फेसन डिजाइनरले ह्यारिस आफूहरुको डिजाइनमा सजिँदा सपना पुरा भएको उल्लेख गरेका छन् ।

    भर्चुअल सपथ ग्रहण समारोहमा ह्यारिसले प्रबलले डिजाइन गरेको उल क्रिप ह्यान्ड टेलर्ड कोट लगाइन् । ‘यो मेरा लागि सम्मानको कुरा हो’ प्रबलले इन्स्टाग्राममा लेखेका छन्, ‘यो मेरा लागि अमेरिकी सपनाको एउटा अध्याय हो ।’

    एउटा आप्रवासी महिला उपराष्ट्रपति पदमा पुग्नुसँग आफ्नो संघर्ष र सपना पनि जोडिएको गुरुङले उल्लेख गरेका छन् । प्रबलको यो भनाइलाई ह्यारिसकी छोरी मीना ह्यारिसले पनि समर्थन व्यक्त गर्दै लभ रियाक्ट गरेकी छिन् ।

    यसैगरि, लिंकन मेमोरियलमा आयोजना गरिएको ‘सेलेव्रिटिङ अमेरिका’ नामक इन्योगुरेसन कन्सर्टमा ह्यारिसले काठमाडौंमा निर्माण भएको कस्मिरी स्कार्फ पनि लगाएकी थिइन् । यो स्कार्फलाई नेपाली फेसन डिजाइनिङ कम्पनी तारा ओरेन्टियलले डिजाइन गरेको हो ।

    इन्योगुरेसन कन्सर्टमा ह्यारिसले काठमाडौंमा निर्माण भएको कस्मिरी स्कार्फ पनि लगाएकी थिइन् ।

    तारा ओरेन्टियलले आफ्नो इन्स्टाग्राम पृष्ठमा आफ्ना लागि यो क्षण गर्विलो भएको उल्लेख गरेको छ । यसअघि प्रबल गुरुङको डिजाइनमा फस्टलेडी मिसेल ओबामा लगायत सजिइसकेका छन् ।

  • शिव श्रेष्ठ र करिश्माका छोरा-छोरीलाई डेब्यू फिल्ममै धक्का

    शिव श्रेष्ठ र करिश्माका छोरा-छोरीलाई डेब्यू फिल्ममै धक्का

    काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा लामो समय राज गरेकी नायिका करिश्मा मानन्धर । अहिले पनि उनको चर्चा अरु जल्दाबल्दा अभिनेत्रीको तुलनामा कम छैन । उनै करिश्माकी छोरी कविताले पनि चलचित्रमा करिअर सुरु गरेकी छन् ।

    कविताले अभिनय गरेको पहिलो चलचित्र ‘एउटा यस्तो प्रेम कथा’ हालै रिलिज भयो । कोभिडका कारण लामो समय बन्द रहेका हलहरु खुलेपछि नयाँ रिलिज भएको चलचित्र यही थियो । तर, यसले दर्शक तान्न सकेन । चलचित्र फ्लप भएको छ । तसर्थ करिश्मापुत्रीको डेब्यू सुखद भएन ।

    करिश्माकै समकालीन नायक शिव श्रेष्ठले निर्माण गरेको चलचित्र फ्लप हुनुमा कारण धेरै छन् । मुख्य त अहिलेको परिस्थिति नै हो । हलहरु खुले पनि कोरोनाको त्राश सकिएको छैन । दर्शकहरु हलमा जान अझै डराइरहेका छन् । तसर्थ यो चलचित्र जोखिम मोलेर नै रिलिज गरिएको थियो । दर्शक नआउने खतराकै बीच रिलिज गरिएको चलचित्रले कुनै चमत्कार गर्न सकेन ।

    मल्टिस्टारर चलचित्रमा शिव श्रेष्ठ, प्रियंका कार्की, आयूष्मान देशराज जोशी, वर्षा राउत, सञ्जोग कोइराला, मिथिला शर्मा लगायतका दिग्गज कलकारको भिड थियो । कविताको भूमिका पनि सामान्य थियो । त्यस हिसाबले चलचित्र फ्लप हुनुमा उनी मुख्य भागिदार होइनन् । र पनि यसको ठूलो घाटा चाहिँ उनलाई भएको छ । पहिलो चलचित्र फ्लप भएपछि कुनै पनि नयाँ कलाकारलाई माथि उठ्न सकस हुन्छ ।

    छोेरीको डेब्यू असफल भएपछि करिश्माले सामाजिक सञ्जालमा उनलाई सहानुभूति दर्शाएकी छन् । ‘एउटा यस्तो प्रेमकथा’ को गीत सेयर गर्दै फेसबुकमा उनले लेखेकी छन्, ‘अरुलाई दोष दिएर महत्वपूर्ण बनाउन चाहन्नँ, तर बच्चा त राम्रो थियो ।’

    शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठले पनि यही चलचित्रबाट डेब्यू गरेका थिए । चलचित्रमा शक्ति र कविताको जोडी छ । कवितालाई जस्तै शक्तिलार्ई पनि पहिलो फिल्मबाट निराशा हात परेको छ ।

    अब आगामी दिनमा उनीहरू दुवैले चलचित्र क्षेत्रमा स्थापित हुन निकै पापड बेल्नुपर्ने निश्चित छ । स्टार किड हुँदा चलचित्रमा इन्ट्री गर्न त सहज हुन्छ, तर यहाँ स्थापित बन्न चाहिँ आफैंले क्षमता देखाउनुपर्छ ।

  • फिल्म साउथ एसिया डिसेम्बरमा काठमाडौंमा, विश्वभरबाट आवेदन आह्वान

    फिल्म साउथ एसिया डिसेम्बरमा काठमाडौंमा, विश्वभरबाट आवेदन आह्वान

    काठमाडौं । फिल्म साउथ एसिया–२०२१ को आयोजना मिति घोषणा भएको छ । ललितपुरमा हुने फेस्टिभल डिसेम्बर २ देखि चार दिनसम्म संचालन हुने जारी वक्तव्यमा उल्लेख छ ।

    कोरोना महामारीले २०२० को संस्करण रोकिएको थियो । तर, भौतिक उपस्थिती वा भर्चुअल माध्यममा फेस्टिभल गर्ने भन्ने निधो उक्त समयको संक्रमणको अवस्था हेरेर गरिने भएको छ ।

    फेस्टिभलले फिल्म आवेदन आह्वान समेत गरेको छ । आफूहरुले भौतिक उपस्थितीमै फेस्टिभल गर्ने योजना बनाएपनि संक्रमणको स्थिती बढेमा भने भर्चुअलरुपमा फेस्टिभल गरिने भएको छ । आयोजकले विश्वभरबाटै फिल्म दर्ताको लागि आग्रह गरेको छ ।

    भाइरस महामारीले गतवर्ष धर्मशाला, मुम्बई, इन्दुस भ्याली, किम्फ, फोटो काठमाण्डू लगायतका फेस्टिभल भर्चुअल रुपमा भएको समेत उल्लेख छ । फिल्म साउथ एसिया दक्षिण एसियाकै ठूलो मध्येको डकुमेन्ट्री फिल्म फेस्टिभल हो ।

    फेस्टिभलमा उत्कृष्ट फिल्मलाई रामबहादुर ट्रफी, रनर अप अवार्ड, तारेख मसुद डेब्यु फिल्म अवार्ड, युनिसेफ नेपाल अवार्ड, स्टुडेन्ट फिल्म अवार्डको व्यवस्था गरिएको छ । जनवरी १, २०१९ पछि बनेका फिल्मलाई मात्र समावेश गरिने जनाइएको छ । ३१ जुलाई, २०२१ सम्म फिल्म आवेदन गर्न सकिने भएको छ ।

  • अनुपविक्रम शाही सेलेव्रिटी एपका ब्रान्ड एम्बेसडर

    अनुपविक्रम शाही सेलेव्रिटी एपका ब्रान्ड एम्बेसडर

    सेलिब्रेटीलाई फ्यानसँग साक्षात्कार गराउने लक्ष्यसहित एप लञ्च भएको छ । वेभसाइट र एप्लिकेसन दुबैमा एकसाथ आएको ‘सेलेब्स ग्रिट्स’ले सेलिब्रेटी र फ्यानबीचको दूरी नजिक बनाउने जनाइएको छ ।

    राजधानीमा विहिबार आयोजित कार्यक्रममा एप लन्च गरियो । उक्त एपको दूतमा अभिनेता अनुपबिक्रम शाही अनुबन्धित भएका छन् । एप निर्माता टीम र अभिनेता शाहीबीच कार्यक्रममा सम्झौतापत्र आदान प्रदान गरियो भने अनुपले नै एपको औपचारिक थालनी गरे ।

    हाल यो एपमा ३० भन्दा बढि सेलिब्रेटी जोडिएको र भोलीको दिनमा अन्य सेलिब्रेटीलाई पनि जोड्दै लैजाने सिइओ इन्जिनियर समुल खड्काले बताए । उक्त एपमा आवद्ध सेलिब्रेटीबाट न्युनतम शुल्कमा फ्यान तथा शुभचिन्तकले चाहेको सन्देश प्राप्तिको लागी अनुरोध गर्न सक्नेछन् । त्यहाँ जम्मा हुने शुल्क सेलिब्रेटीले सामाजिक कार्यको लागी खर्चिनेछन् ।

    एप तथा वेबसाइटबाट रोजेको सेलिब्रेटीलाई अनुरोध गरेपछि सम्वन्धित टिमले सेलिब्रेटीलाई नोटिस् पठाउनेछ, त्यसपछि आवेदकले आवश्यक सन्देश आफ्नै नाममा प्राप्त गर्ने जनाइएको छ ।

    फ्यानहरुले आइडल सेलिब्रेटीसँग आफु र आफ्नो परिवार तथा नजिकका व्याक्तिहरुको जीवनको विशेष उत्सवमा शुभकामना माग्न सक्नेछन् । विदेशमा यो अभ्यास पहिलेदेखि रहेतापनि नेपालमा भने यो प्रकारको एपलाई पहिलो भनिएको छ ।

    हालसम्म यो फिचर्डमा नेपाली फिल्मका अभिनेता, अभिनेत्री, गायक, संगीतकार, निर्देशक, खेलाडी कमेडियन, मोडल जोडिएका छन् । मनोरञ्जनमात्र नभइ देशको अग्रपंक्तिमा आउने हरेक विधासँग सम्वन्धित सेलिब्रेटीलाई आफूहरुसँग कनेक्ट गराउँदै अघि बढ्ने इन्जिनियर खड्काले बताए ।

  • दलहरुलाई करिश्माको कटाक्ष- जनतालाई मर्का पर्दा नबोल्ने, आफैंलाई परेपछि सडकमा ?

    दलहरुलाई करिश्माको कटाक्ष- जनतालाई मर्का पर्दा नबोल्ने, आफैंलाई परेपछि सडकमा ?

    अभिनेत्री करिश्मा मानन्धरले सरकारविरुद्ध सडकमा उत्रेका राजनीतिक दलहरुप्रति तीव्र असन्तुष्टि व्यक्त गरेकी छन् । जनतालाई मर्का पर्दा मौन बसेका दलहरु आफैंलाई मर्का पर्दा कोरोना बिर्सेर सडकमा भिडभाड गर्न निस्केको उनको टिप्पणी छ ।

    फेसबुकमा लामो स्टाटस लेख्दै करिश्माले आफ्नो भनाइ सार्वजनिक गरेकी हुन् । हिजो मात्रै उनले पार्टी सिस्टम काम नभएको भन्दै राजा राख्नुपर्ने पक्षमा वकालत गरेकी थिइन् । यही सिलसिलामा उनले आज अर्को स्टाटस लेखेकी हुन् । ‘के मैले स्वतन्त्र नागरिकको हैसियतमा मेरो कुरा राख्नै नपाउने हो त ?’ भन्दै करिश्माले प्रश्न गरेकी छन् ।

    ‘जनतालाई मर्का पर्दा सडकमा नआउने तर संसद विघटन भएर आफैंलाई मर्का परेपछि सडकमा आउने, भिडभाड बढाएर भाषण गर्ने दल र नेतालाई म कसरी राो काम गरिरहेका छौ भनेर भनौं ? राजनीतिक दलहरुको कार्यशैली, व्यवहार र चिन्तन जनपक्षीय छ भनेर कसरी झूट बोलुँ ?’

    उनी आफू नेपाल राज्यको स्वतन्त्र नागरिक भएको बताउँदै राजनीतिक दल र नेताको भन्दा देश र राष्ट्रियताको माया लाग्ने उल्लेख गरेकी छन् ।

  • चारवर्षपछि फिल्ममा फर्किए हमाल, ‘सत्यम’ फिल्ममा अनुबन्धित

    चारवर्षपछि फिल्ममा फर्किए हमाल, ‘सत्यम’ फिल्ममा अनुबन्धित

    काठमाडौं । अभिनेता राजेश हमालका फ्यानलाई खुशिको खबर छ । घरेलु फिल्मका लिजेन्ड चारवर्षपछि ठूलो पर्दामा कमब्याक गर्दैछन् । २०१६ मा रिलिज भएका दुई फिल्म ‘बागमती’ र ‘शकुन्तला’ फ्लप भएपछि उनी फिल्मबाट टाढिएका थिए ।

    लकडाउनपछि म्युजिक भिडियो र टेलिभिजन कार्यक्रममा व्यस्त हमाल अब भने ठूलो पर्दामा फर्कने तयारीमा छन् । शंकर कार्कीले निर्देशन गर्न लागेको नयाँ फिल्म ‘सत्यम’मा हमाल अनुबन्धित भएका छन् । कार्कीले यसअघि ‘रोमियो’ निर्देशन गरेका थिए ।

    निर्देशक कार्कीका अनुसार हमाल लिखितरुपमै फिल्ममा अनुबन्धित भएका छन् । फिल्ममा अनुपविक्रम शाही खलपात्रको रुपमा खेल्ने पक्का भएका छन् । यसअघि मिलन चाम्सको ‘हँसिया’मा हमाल र अनुप अपोजिटमा खेलेका थिए ।

    उपासनासिंह ठकुरी हमालकी लभलेडीको रुपमा फिल्ममा देखिने सम्भावना छ । अहिले पोखरामा ‘डिसेम्बर फल्स’ गरिरहेकी अभिनेत्रीलाई लिने अन्तिम तयारी भएको निर्देशक कार्कीले बताए । कथा चित्त बुझेपछि हमालले फिल्म साइन्ड गरेको बुझिएको छ ।

  • नेपाली साउन्ड इन्जिनियरलाई विश्व फिल्मको सम्मान, अस्करमा मतदान गर्ने बाटो खुल्यो

    नेपाली साउन्ड इन्जिनियरलाई विश्व फिल्मको सम्मान, अस्करमा मतदान गर्ने बाटो खुल्यो

    काठमाडौं । विश्व फिल्म र टेलिभिजनको सर्वोच्च निकाय सिनेमा अडियो सोसाइटी (सीएएस)ले नेपाली ध्वनी प्राविधिक (साउन्ड इन्जिनियर) उत्तम न्यौपानेलाई सदस्यता प्रदान गरेको छ ।

    सदस्यमा नियुक्त भएसँगै न्यौपानेले हलिउडको अस्कर फिल्म अवार्डमा समेत मतदान अधिकार प्राप्त गरेका छन् । नेपाली प्राविधिक विश्व फिल्म र टेलिभिजन टेक्निसियन संस्थाको उचाइमा पुगेको यो पहिलोपटक हो ।

    नेपाल प्रेससँग कुरा गर्दै न्यौपानेले आफ्नो आवाज र मतलाई अस्करसहितका अवार्डले सुन्ने बताए । ‘म निकै खुशि छु किनकी मलाई अवार्डेड गरिएको छ’ उनले खुशि बाँडे ।

    अब न्यौपानेले आफ्नो नामको पछाडि सीएएस लेख्न पाएका छन् । उनको सदस्यता नम्बर ३३५० हो । सीएएस फिल्म र टेलिभिजनमा काम गर्ने साउन्ड इन्जिनियर र मिक्सरको छाता संस्था हो । पछिल्लो समय अस्कर अवार्डमा सीएएसका प्राविधिकको दबदबा छ ।

    ८० भन्दा बढी फिल्ममा साउन्ड इन्जिनियरिङको काम गरिसकेका उत्तमले विदेशी फिल्ममा पनि अनुभव बटुलेका छन् ।

  • मनिषापछि करिश्मा पनि राजावादी कित्तामा, भन्छिन् -धेरै दल खारेज गरौं

    मनिषापछि करिश्मा पनि राजावादी कित्तामा, भन्छिन् -धेरै दल खारेज गरौं

    काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर पछिल्लो समयको राजनीतिक कोर्सलाई लिएर चिन्तित छिन् । नेपाली फिल्मकी यी डीभाले बुधबार सामाजिक संजालमार्फत राजनीतिक प्रणालीप्रति टिप्पणी गरेकी हुन् ।

    उनी लेख्छिन् –धेरै कमेन्ट हेरेँ । यो कामै छैन । पार्टी सिस्टम काम छैन । दुई विचार काम छ । राजा राख्ने । दुई विचारले नेपाल चलाउने ।

    मुलुकमा धेरै राजनीतिक दल हुँदा अस्थिरता र निराशा चुलिएको करिश्माको चिन्ता छ । उनी मुलुकमा राजासहितको डेमोक्र्याट र समाजवादी कम्युनिष्ट हुनुपर्ने तर्क गर्छिन् ।

    ‘राजासहितको लोकतन्त्रवादी र समाजवादसहितको कम्युनिष्ट पार्टीबाहेक अरु काम छैन । खारेज गर्नुपर्छ’ बाबुराम भट्टराईको पूर्व पार्टी नयाँ शक्तिकी नेतृ समेत रहिसकेकी करिश्माले भनिन्, ‘जहिले सम्म धेरै पार्टी हुन्छन्, तबसम्म यो भाँडभैलो रहन्छ ।’

    राजाको पक्षमा आएको करिश्मा अभिव्यक्ति चाहिँ पहिलोपटक हो । अर्की अभिनेत्री मनिषा कोइराला पनि राजाको पक्षमा पहिल्यदैखि खुलेर लागेकी हुन् । गतसाता पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउने कार्यक्रमको नेतृत्व पनि मनिषाले गरेकी थिइन् ।

  • १० एसियाली फिल्म जसले अस्करमा बाजी मार्न सक्छन्

    १० एसियाली फिल्म जसले अस्करमा बाजी मार्न सक्छन्

    काठमाडौं । गतवर्ष दक्षिण कोरियाली फिल्म ‘प्यारासाइट’ले सर्वोत्कृष्ट फिल्म बनेर अस्कर अवार्डमा इतिहास रच्यो । विश्व मिडियाले यसलाई एसियाको उदयको रुपमा व्याख्या गरे ।

    भलै, नेपालले यसवर्षको संस्करणमा भाग लिने त छैन तर, केही एसियाली प्रतिस्पर्धी छन् जसले अस्करमा पुनः छलाङ मार्न सक्छन् ।

    यसपटक एसिया महादेशबाट २७ फिल्म अन्तराष्ट्रिय विधातर्फ समावेश छन् । यसअघि एसियाले १२ पटक अस्करमा जितेको इतिहास छ । जापानले मात्र चारपटक जित्यो । यसवर्षदेखि अस्करले अन्तराष्ट्रिय फिचर विधातर्फ फिल्मको संख्यामा वृद्धि गरेर १५ पुर्‍याउँदैछ ।

    फेब्रुअरी ९ मा यस विधाको मनोनयन घोषणा हुनेछ । पुरस्कार वितरण भने २५ अप्रिलमा हुनेछ । यस संस्करणमा १० एसियाली फिल्मले बाजी मार्न सक्ने अनुमान गर्न सकिन्छ ।

    १) एसिया –इजरायल
    लेखक एवं निर्देशक रुथी प्राइबरको फिल्म ‘एसिया’ले एउटी एकल आमाले बिरामी किशोरी छोरी हुर्काउन जेरुसेलेम सहरमा गरेको संघर्ष पेश गर्छ । इजरायली एकेडेमी अवार्डमा यसले ९ विधामा जितेको थियो । इजरालले १० पटक अस्करमा मनोनयन जनायो तर, एउटा पनि जितेको छैन ।

    २) बेटर डेज –हङकङ
    हङकङेली निर्देशक डेरेक साङको फिल्म ‘बेटर डेज’ले दक्षिणपश्चिम चीनको चोङकिङ नगरस्थित एउटा विद्यालमा हुने विद्यार्थीमाथि हुने बुलिङ र परिक्षाको दबाबको कथा भन्छ । चिनियाँ स्टारद्धय झोउ दोंगु र ज्याक्सन यीले अभिनय गरेका छन् । चिनियाँ भाषामा फिल्म छ । हङकङ फिल्म अवार्डमा यसले उत्कृष्ट फिल्मसहित आठ अवार्ड जितेको थियो ।

    ३) ब्रोकन किज –लेबनान
    यो विधामा मध्यपूर्वी फिल्मले औषत प्रदर्शन गरिरहेका छन् । जिम्मी किरोज निर्देशित फिल्मले संगीतलाई बर्जित गरिएको समुदायमा एउटा पियानोबादकले गरेको संघर्ष चित्रण गर्छ । कान्समा छानिएको यो फिल्मले विश्व राजनीति र मानवीय जितलाई सन्तुलनपूर्वक चित्रण गर्छ । मानवीय आधारभूत पक्षमा भएकाले अस्करका मतदातालाई यसले आकर्षित गर्न सक्छ ।

    ४) जालीकट्टु –भारत
    लिजो जोस निर्देशित भारतीय फिल्म ‘जाली कट्टु’ अर्को एउटा बलियो प्रतिस्पर्धी हो । अस्कर मतदाताले यसअघि हेरेका भारतीय फिल्मभन्दा यो फिल्म भिन्न छ भनेर कन्भिन्स गर्नु निर्देशकका लागि चुनौति छ । बलिउडभन्दा धेरै पर रहेर यसले एउटा गाउँको कथा भन्छ । एउटा बाक्लो जंगलमा मध्यरात हुने भागदौड र हिंसाको घटनालाई यसले चित्रण गर्छ ।

    ५) लीप –चीन
    चीनले अहिलेसम्म दुईपटक मात्र अस्करमा मनोनयन दर्ता गर्न सक्यो । जु दोउ र हिरो नामक यी दुबै फिल्मलाई झाङ योमुले निर्देशन गरेका हुन् । स्पोर्ट्स ड्रामा लीप अस्कर जित्ने खालको फिल्म महसुस हुँदैन तर, निर्देशक पिटर चानले एउटा गाउँको थ्रीलरलाई यसमा पस्किएका छन् । अभिनेता गो लिङको स्टारपावर दर्शक तान्ने आकर्षण बन्न सक्छ ।

    सन् २०१६ को आलम्पिकमा चिनियाँ महिला भलिबल टीमले गरेको संघर्ष यसको कथा हो । सन् १९८० देखि चीनको विकास र राजनीतिमा आएको ठूलो परिवर्तनको कथा यसले चित्रण गर्छ ।

    ६) लुनाना : अ याक इन द क्लासरुम –भुटान
    पाओ छ्योनिङ दोर्जी निर्देशित भुटानी फिल्म ‘लुनाना : अ याक इन द क्लासरुम’ अर्को बलियो प्रतिस्पर्धी हो । २० वर्षपछि भुटानले अस्करमा प्रतिस्पर्धा गर्दैछ । तर, फेस्टिभलमा चाहिँ यो देशको बलियो सहभागिता छ । एउटा तन्नेरी शिक्षक जसलाई उसको चाहना विपरित एउटा दुगर्म ठाउँको स्कुलमा पठाइन्छ । यसको कथा निकै महत्वपूर्ण छ ।

    ७) द म्यान स्ट्यान्डिङ नेक्स्ट –दक्षिण कोरिया
    दक्षिण कोरियाली निर्देशित उ मिङ हो निर्देशित ‘द म्यान स्ट्यान्डिङ नेक्स्ट’ अर्को बलियो प्रतिस्पर्धी हो । ‘प्यारासाइट’के जितपछि अहिले सबैको ध्यान दक्षिण कोरियाको यो फिल्ममाथि छ । सन् १९७९ मा पूर्वराष्ट्रपति पार्क चङ हीको हत्याकाण्डमाथि फिल्म आधारित छ । जब कथा सियोल हुँदै वासिङ्टन हुँदै पेरिससम्म पुग्छ, फिल्मले पटकथा शीतयुद्ध वरपर घुम्छ ।

    ८) अ सन् –ताइवान
    ताइवानी निर्देशक चुङ मोङ होङ निर्देशित ‘अ सन्’ यसपटक अस्करमा प्रतिस्पर्धा गर्दैछ । ताइवानबाट आङ लीका दुई फिल्म ‘क्राउचिङ टाइगर’ र हिडन ड्रागनले मात्र अस्कर जितेका छन् । ट्रयाजेडीले एक परिवारमा आएको विचलन यसको कथा हो । बाबु –छोरा वरपर फिल्म घुम्छ । गोल्डेन हर्स अवार्डमा फिल्मले फिल्म र निर्देशन विधामा जित दर्ता गरेको छ ।

    ९) द सन–इरान
    इरानी निर्देशिक माजिद माजिदी निर्देशित ‘द सन’ अर्को प्रतीक्षित फिल्म हो । सन् १९९८ को माजिदी निर्देशित फिल्म ‘चिल्ड्रेन अफ हेभन’ पनि अस्करमा मनोनयन भएको थियो । इरानले अघिल्लो दशकमा अस्गर फरादीको ‘अ सेप्रेसन’ र ‘द सेल्सम्यान’बाट पनि अस्कर जितेको छ । गतवर्ष भेनिसमा द सन्ले तीन अवार्ड जितेको छ । यसवर्षको हेभिवेट प्रतिस्पर्धीको रुपमा यसलाई लिन सकिन्छ ।

    १०) ट्रु मदर्स –जापान
    नाओमी कावासी निर्देशित जापानी फिल्म ‘टु्र मदर्स’ सम्भावित विजेता हो । कान्समा रुचाइएको यो फिल्म जापानबाट यसवर्ष अस्करमा समावेश छ । विश्वव्यापी प्रवृत्तिको रुपमा रहेको बच्चा एडप्टेसनको विषयवस्तुलाई फिल्मले चित्रण गर्छ । हिरोमी नागासाकु र अजु माकिताको बलियो अभिनय यो फिल्मको दर्शनीय पक्ष हो । यी दुई पक्षले गर्दा अस्करका मतदाता आकर्षित हुनसक्ने सम्भावना छ ।

  • सलमान स्टारर ‘राधे’ हलमै रिलिज हुने, भन्छन् –अब दर्शकको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी लिनूस

    सलमान स्टारर ‘राधे’ हलमै रिलिज हुने, भन्छन् –अब दर्शकको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी लिनूस

    काठमाडौं । अन्ततः बलिउड अभिनेता सलमान खानले आफ्नो बहुप्रतीक्षित फिल्म ‘राधे’लाई हलमै रिलिज गर्ने भएका छन् । सामाजिक संजालमा एक वक्तव्य जारी गर्दै उनले सन् २०२१ को इदमा फिल्म प्रदर्शन गर्ने निर्णय गरेका हुन् ।

    सलमान लेख्छन –यो कठिन समयमा यस्तो निर्णय लिनु ठूलो कुरा हो । मलाई अहिले प्रदर्शक र वितरक कसरी आर्थिक संकटसँग जुधिरहेका छन् भन्ने कुराको ज्ञान छ र यही कारण फिल्मलाई हलमा रिलिज गर्ने निधो गरेको हुँ ।’

    राधे हेर्न हल पुग्ने दर्शकको सुरक्षा सुनिश्चित गर्न पनि सलमानले प्रदर्शकलाई आग्रह गरेका छन् । यसै महिनाको सुरुआतमा भारतीय फिल्म निर्माताले राधेलाई हलमा रिलिज गर्न आग्रह गरेका थिए । राधे रिलिज गर्दा कोरोनाले थलिएको फिल्म उद्योग उकासिने अनुमान गरिएको छ ।

    नेपाली निर्माता पनि राधेलाई हलमै रिलिज गर्नुपर्छ भन्ने पक्षमा थिए । कतिपय निर्माता हलमै रिलिज गर्दा यसले नेपाली फिल्म हल पनि लयमा फर्किने विश्वासमा छन् ।

  • पल्पसा क्याफेमाथि नाटक मंचन हुने, स्वस्तिमा खड्का बन्ने भइन् पल्पसा

    पल्पसा क्याफेमाथि नाटक मंचन हुने, स्वस्तिमा खड्का बन्ने भइन् पल्पसा

    काठमाडौं । मदन पुरस्कार विजेता उपन्यास ‘पल्पसा क्याफे’माथि नाटक मंचन हुने भएको छ । नारायण वाग्ले लिखित पुस्तकलाई थिएटर भिलेजले मंचन गर्न लागेको हो ।

    मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइयो । १५ वर्षअघि प्रकाशित औपन्यासिक कृतिको मुख्य पात्रमा स्वस्तिमा खड्काले अभिनय गर्दैछिन् । ‘बुलबुल’ फेम्ड एक्ट्रेसका लागि यो पहिलो नाटक हो । जसमा उनले पल्पसा नामकी मुख्य पात्रको भूमिकामा अभिनय गर्दैछिन् ।

    विमल सुवेदीले नाटक निर्देशन गर्नेछन् । ‘पर्खिरहेको र हराइरहेको एउटा पात्रको कथा हो यो’ प्रेसमिटमा निर्देशक सुवेदीले भने, ‘द्धन्द्धले छोडेको डोबहरुलाई यसले उत्खनन् गर्नेछ ।’

    सुवेदी भन्छन् –द्धन्द्धमा बेपत्ता पारिएका परिवारको पीडाले मलाई छोयो । द्वन्द्वको कालखण्डका यी चीजलाई त्यत्तिकै छाड्नुहुन्न । जुन कुराले मलाई छुन्छ, त्यही कुरा भन्छु म । हिट पुस्तकलाई नाटकमा रुपान्तरण गर्नु अवश्य पनि चुनौतिपूर्ण छ ।’

    उपन्यास लेखक वाग्लेले द्धन्द्ध कालखण्डको समयलाई आजको पुस्ताले जान्नुपर्ने र पढ्नुपर्ने बताए । ‘प्रतिगमनविरुद्धको आन्दोलनमा जाँदा पनि मेरै उपन्यासका पात्रलाई भेट्छु’ उनी भन्छन्, ‘ती पात्रले नेपालको परिवर्तित समयलाई जहिले पनि नियालेर बसिरहेका हुन्छन् जस्तो लाग्छ ।’

    अभिनेत्री खड्काले नाटक आफ्ना लागि नौलो अनुभव हुने बताइन् । ‘रिहर्सल सुरु हुँदैछ र पल्पसा पात्रका लागि आफूलाई मानसिक र भौतिक रुपमा ट्रान्सफर्म गर्नुपर्ने जरुरी छ’ उनले भनिन् । पल्पसाको संघर्ष र बेचैनीलाई स्वस्तिमाले न्याय गर्ने आशा लेखक वाग्लेले गरे ।

    राजनीतिक स्थिरता भए आगामी बैशाखमा नाटक मंचन गर्ने तयारी थिएटर भिलेजको छ । नाट्य रुपान्तरण चाहिँ सुरज सुवेदीले गरेका हुन् । भाइरस महामारीले रंगमंचलाई लयमा ल्याउने आशा पनि थिएटर भिलेजले ल्याएको छ ।

    नाटकमा स्वस्तिमासहित समापिका गौतम, साजनकुमार सुनुवार, जेनी सुनुवार, दिपेश राई, बच्चु हिमान्स, रामकृष्ण परियार, निमा शेर्पा, पूर्णिमा आचार्य, सुष्मा राई, रोशन निरौला र कपिल राईले समेत अभिनय गर्ने भएका छन् ।

  • ‘पारस’ छाडेका वाग्लेले ‘हिमानी’ निर्देशन गर्ने, लिड रोलमा स्वस्तिमाको सम्भावना कति ?

    ‘पारस’ छाडेका वाग्लेले ‘हिमानी’ निर्देशन गर्ने, लिड रोलमा स्वस्तिमाको सम्भावना कति ?

    काठमाडौं । ‘लुट’ फेम्ड निर्माता एवं निर्देशक माधव वाग्लेले फिल्म ‘हिमानी’ निर्माणको घोषणा गरेका छन् । गतसाता पूर्वनिर्धारित फिल्म ‘पारस’लाई स्थगन गरेका वाग्लेले रोमान्टिक लभस्टोरी फिल्म निर्देशन गर्न लागेको बताएका हुन् ।

    नेपाल प्रेससँग कुरा गर्दै वाग्लेले चैतदेखि फिल्म छायांकन सुरु हुने बताए । आउँदो महिनादेखि मुख्य कलाकारका लागि अडिसन सुरु हुँदैछ । गतसाता चलचित्र विकास बोर्डमा उनले ‘हिमानी’ टाइटल दर्ता भएको र निश्चल बस्नेत, स्वस्तिमा खड््का लगायतलाई औपचारिकताको लागि कलाकारको रुपमा उल्लेख गरेका छन् ।

    लिड रोलमा स्वस्तिमा हुने सम्भावनालाई उनले अस्वीकार गरे । ‘अडिसनबाटै सबै कलाकार तय हुनेछन्’ उनले भने । डेढ करोड बजेटमा बन्ने फिल्मको पटकथा स्वयम वाग्लेले लेखेका हुन् । पोखरा, काठमाडौं र चितवनमा फिल्म सुट हुनेछ ।

    फिल्मको निर्देशन पनि स्वयमले गर्नेछन् । गतसाता भुवन केसीसँग मिलेर गर्ने भनिएको फिल्म पारसबाट उनले हात झिकेका थिए ।

    तर, यो फिल्म चाहिँ पूर्वयुवराज्ञी हिमानी शाहबारे आधारित नहुने वाग्लेले प्रष्ट पारे । ‘कुनै व्यक्तिमाथि फिल्म आधारित हुनेछैन’ उनले भने, ‘यो काल्पनिक कथावस्तु हो ।’ फिल्मलाई चाहिँ वाग्लेले होमप्रोडक्सन प्रिन्सेस मूभिजको ब्यानरमा बनाउनेछन् ।

  • फेसन : कमला ह्यारिसले सारी लगाएर सपथ ग्रहण गर्ने

    फेसन : कमला ह्यारिसले सारी लगाएर सपथ ग्रहण गर्ने

    काठमाडौं । बुधबार हुने सपथग्रहण समारोहमा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले सारी लगाएर उपस्थित हुने हलिउडका फेसन मिडियाले जनाएका छन् । दक्षिण एसियाको संस्कृतिलाई झल्काउन ह्यारिसले उक्त पहिरन लगाउने सोच बनाएको सीएनएनले उल्लेख गरेको छ ।

    जनवरी २० मा राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति ह्यारिसले सपथ ग्रहण गर्दैछन् । गतसाता चर्चित फेसन म्यागजिन भगले ह्यारिसको फोटोसुटलाई कभर स्टोरी नै बनाएर छापेको थियो । यो फोटोसुट चर्चित र विवादित दुबै बन्यो । निर्वाचित भएलगत्तै ह्यारिसलाई फेसन र फिल्म क्षेत्रबाट स्वागत भैरहेको छ ।

    युवा अवस्थामा सारीमा सजिएकी कमला ह्यारिस (बायाँ) ।

    ह्यारिस भारतीय मूलकी हुन् । उनकी आमा भारतीय हुन् । सन् २०१९ को राष्ट्रपतिय चुनावी अभियानअन्तर्गत एसियन अमेरिकन समूहको एक कार्यक्रममा ह्यारिसले आफू विजयी भए सारी लगाउने बताएकी थिइन् । ‘मेरी आमाले मलाई निकै बलियो सांस्कृतिक पृष्ठभूमिमा हुर्काउनुभएको हो’ ह्यारिसले भनिन्, ‘यदि मैले सारी लगाएँ भने यो एउटा सौन्दर्य हुनेछ ।’

    विश्व पल्टिकल फेसन जगतमा चर्चित नेपाली मूलका हलिउड फेसन डिजाइनर प्रबल गुरुङले पनि ह्यारिसलाई सारी लगाउन सुझाएका छन् । यसअघि पनि ह्यारिसले गुरुङका डिजाइन लगाएकी थिइन् । ह्यारिसको विजयीले कोही फेसन डिजाइनर बढी खुशि छ भने त्यो हो प्रबल गुरुङ । अमेरिकाको उच्च पदमा ह्यारिसको आरोहणले अल्पसंख्यक आप्रवासीलाई सपना देख्न प्रेरित गरेको गुरुङले बताए ।

  • ‘मास्टर’ले ल्यायो विश्व बक्सअफिसमा उछाल, नेपाली बक्सअफिस उकालो लाग्न थाल्यो

    ‘मास्टर’ले ल्यायो विश्व बक्सअफिसमा उछाल, नेपाली बक्सअफिस उकालो लाग्न थाल्यो

    काठमाडौं । दक्षिण भारतीय फिल्म ‘मास्टर’ले विश्व बक्सअफिसमा उत्साहजनक कलेक्सन गरेको छ । पहिलो सप्ताहन्त भारतभर ९२.५ करोड भारु कमाएको फिल्मले हिन्दी भाषामा मात्र १.६ करोड कमायो ।

    भारतका चार भाषामा फिल्म रिलिज भएको छ ।

    डेडलाइन हलिउड म्यागजिनका अनुसार विजय स्टारर यो तामिल थ्रीलर फिल्मले भाइरस महामारीले थलिएको अन्तराष्ट्रिय बजारमा सुरुआती उछाल ल्याएको छ । अष्ट्रेलिया, सिंगापुर, न्यूजिल्यान्ड, युएई र अमेरिकामा फिल्मले राम्रो कमाइ गरेको छ ।

    अष्ट्रेलियामा शनिबार ४७० हजार डलर, न्यूजिल्यान्डमा ८९ हजार डलर, सिंगापुरमा पहिलो सप्ताहन्त ७५० हजार डलरको कमाइ भयो । युएईले पहिलो दिन १.३ मिलियन डलरको टिकट बेच्यो । मंगलबार सुरु हुनु अगाडि नै अमेरिकी बक्सअफिसमा ३५० हजार डलरको टिकट एड्भान्स विक्री भएको छ ।

    कोरोनाभाइरस महामारीपछि भारत र अन्तराष्ट्रिय बजारमा रिलिज भएको यो ठूलो फिल्म हो । लकडाउनले १० महिनादेखि बन्द रहेको नेपाल र भारतीय बक्सअफिसलाई यो फिल्मले उकास्ने अपेक्षा छ । नेपालमा समेत लगभग जिरो रहेको अकुपेन्सीलाई मास्टर रिलिजले राहत दिएको छ ।

    लगभग शुन्य अकुपेन्सी रहेको नेपाली बक्सअफिस मास्टर रिलिजसँगै उकालो लाग्न थालेको छ । फिल्मको नेपाल वितरक मनोज राठीका अनुसार महामारीको समयमा पनि नेपालमा भएको मास्टर प्रदर्शनले राहत दिएको छ । ‘बक्सअफिस ग्राफ उकालो लाग्ने संकेत मिलेको छ’ नेपाल प्रेससँग उनले भने ।

    विजय स्टारर यो फिल्मलाई समीक्षकले पनि रुचाएका छन् । एउटा जड्याहाँ प्रोफेसरले ग्याङस्टर बालबालिकालाई कसरी आशावादी र सुन्दर जीवन दिलाउँछ भन्ने कथा यसमा छ ।

  • प्रदीप सापकोटाको ‘यात्राका इन्द्रेणी रङ’ सार्वजनिक

    प्रदीप सापकोटाको ‘यात्राका इन्द्रेणी रङ’ सार्वजनिक

    काभ्रे ।  नियात्राकार प्रदीप सापकोटाको ‘यात्राका इन्द्रेणी रङ’ काभ्रेकाे पनौती नगरपालिकामा बिमोचन भएको छ ।

    पनौती नगर प्रमुख  भिम न्यौपानेको प्रमुख आतिथ्य एवं विशिष्ट अतिथि  मोहन दुवाल,  श्रीओम श्रेष्ठका साथै डा. विदुर चालिसे, डा. सुमनराज ताम्राकार, जय छाङ्छा, रामहरि सुवेदी, इन्द्र प्रसाद अधिकारी, दीपक सापकोटा लगायतले पुस्तकको बिमोचन गरेका थिए ।

    नियात्रा सङ्ग्रह लोकार्पण कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले नगरपालिकाले विकास निर्माणका साथै साहित्य, कला, संस्कृतिको क्षेत्रमा समेत काम सुरु गरेको बताए । उनले आगामी दिनमा पनि नगरले यी क्षेत्रहरुमा निरन्तर काम गर्ने प्रतिवद्धता जनाए ।

    कार्यक्रममा बरिष्ठ साहित्यकार मोहन दुवालले काभ्रे साहित्यकार उत्पादन गर्ने जिल्लाको रुपमा परिचित बनेको बताए । उनले काभ्रे साहित्यकार, कवि, गायक जन्माउने जिल्ला रहेको बताए ।

    कार्यक्रममा बरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ ले सापकोटाले पहिलो कृतिको रुपमा नियात्रा सङ्ग्रह ल्याएपनि त्यसमा अब्बल नियात्रामा हुनुपर्ने गुणहरु रहेको बताए ।

    शाब्दिक बुक्सले प्रकाशन गरेको नियात्राकार प्रदीप सापकोटाको ‘यात्राका इन्द्रेणी रङ’ माथि निबन्धकार, पत्रकार दीपक सापकोटाले समीक्षात्मक टिप्पणी गरेका थिए । उनको नजरमा यो नियात्रासङ्ग्रहले पूजीवादहरुलाई व्यङ्ग्य प्रहार गर्दै यात्राको मीठो स्वाद पस्केको पुष्टी भएको बताए ।

    जय छाङ्छाले यात्रा र नियात्राको विशेषतामाथि प्रष्ट पार्दै सापकोटाको नियात्राले पाठकलाई सत्यताको उज्यालो देखाएको बताए ।

  • नाटककार बालकृष्ण समको घर पुननिर्माण थालियो

    नाटककार बालकृष्ण समको घर पुननिर्माण थालियो

    काठमाडौं । राजधानीको ज्ञानेश्वरस्थित नाटककार बालकृष्ण समको जन्मघरलाई पुननिर्माण थालिएको छ । मल्लकालिन शैलीको दरबारजस्तो देखिने यो घरलाई गायक लोचन रिजालको पहलमा पुननिर्माण सुरु गरिएको हो ।

    विक्रम संवत १९५९ सालख माघ २४ गते सम यही घरमा जन्मिएका थिए । ज्ञानेश्वरको यो घरमै समले बाल्यकाल समेत बिताए । काठमाडौं विश्वविद्यालयका संगीत विभाग प्रमुख डा. लोचन रिजाल घरको जिर्णोदारमा खटेका छन् ।

    समकी भान्जी त्रिपुरा सुन्दरीले उक्त घरलाई पुननिर्माण गरेर संग्रहालय र बौद्धिक थलो बनाउनुपर्ने प्रस्ताव गरेपछि विश्वविद्यालयले अग्रसरता लिएको हो । रिजालका अनुसार समले प्रयोग गरेका केही सामाग्री फेला पारिएको र तिनलाई संग्राहलयमा सुरक्षित राखिने जनाएको छ ।

    पुननिर्माणबारे रिजाल भन्छन् –कला, साहित्य, गीत, संगीत, नाटक, संस्कृति, सम्पदालाई एक पुस्ताबाट अर्कोमा हस्तान्तरण गर्ने उद्देश्यले घरको पुननिर्माण थालेका हौं ।’

    चार तले घर पुननिर्माण गर्न केयुले एक करोड बजेट विनियोजन गरेको छ । पहिलो चरणमा साढे चार करोड र दोस्रो चरणमा ५ करोड खर्च हुने केयुको भनाई छ ।

  • ‘अचेल मायाको’ लिएर आए गायक निर्मल

    ‘अचेल मायाको’ लिएर आए गायक निर्मल

    काठमाडौं । गायक तथा फोटो पत्रकार निर्मल दाहालको नयाँ गीत ‘अचेल मायाको’ भिडियो सार्वजनिक भएको छ । रंगकर्मी सन्दिप डंगोलको शब्द तथा संगीत रहेको उक्त गीतमा चर्चित गायक नविन के भट्टराईको संगीत संयोजन छ ।

    भिडियोमा गायक निर्मलसंगै मनोज सापकोटा र आस्था बस्नेतको अभिनय छ । राजिब थापा र मिलन तामाङले छायाँकन गरेको उक्त भिडियोलाई रितेश जंग छेत्री र बिशाल लामाले सम्पादन गरेका हुन् । भिडियोको निर्देशन मन्दिप बखुंचेले गरेका हुन् ।

    गीतको भिडियो गायक निर्मल दाहालकै अफिसियल युट्युवमार्फत् हेर्न सकिन्छ भने संसार भरका स्ट्रिमिङ प्लेटफार्मबाट सुन्न सकिने जानकारी गायकले दिएका छन् ।