





काठमाडौं । कोरोनाभाइरसको पहिलो लहरमा धक्का खाएको नेपाली फिल्म उद्योगलाई दोस्रो लहरले उठ्नै नसक्ने गरी प्रहार गर्यो । निर्माण, वितरण र प्रदर्शनको चक्रमै कोभिड महामारीले प्रहार गरेपछि कहिलेदेखि यो उद्योग महामारी अगाडिको परिस्थितिमा फर्किन्छ भन्ने कुराको टुंगो छैन ।
१७ महिना लामो समय फिल्म हेर्ने परम्परागत संस्कृति ठप्प हुँदा दर्शकले फिल्म हलको विकल्प खोज्नु स्वभाविक थियो । यस्तोमा डिजिटल प्लेटफर्मले मौलाउने अवसर पाए । यस क्रममा ओटीटी, डीटीएच र इन्टरनेटका अन्य माध्यममा दर्शकको आकर्षण बढ्यो । फलस्वरुप पछिल्लो समय केही नेपाली फिल्मसमेत डिजिटल प्लेटफर्ममा रिलिज गरिएका छन् ।
यतिबेला इन्टरनेट र स्मार्टफोनको पहुँच भएका अधिकांश नेपाली नागरिकसँग नेटफिल्क्स, स्पटीफाइ, अमेजन प्राइमजस्ता ओभर दी टप प्लेटफर्मको खाता छ । घरमै बसेर विश्व फिल्मको स्वाद चाख्न अभ्यस्त बनेका छन् दर्शक । तर, यो प्रक्रियामा एकातर्फ सरकारले ठूलो राजश्व गुमाइरहेको छ भने अर्कोतर्फ सेन्सरबिनै स्वदेशी तथा विदेशी फिल्महरु दर्शकसम्म पुगिरहेका छन् ।
महामारीमा मौलाएको ओटीटी र डीटीएच प्लेटफर्मतर्फ नेपालका फिल्म निर्माताहरुको पनि मोह बढेको छ । कतिपयले यही प्लेटफर्ममार्फत फिल्म रिलिज गरेका छन् । हल खुल्ने भएपनि व्यवसायिक लगानी र नाफा कमाउने परिस्थिति सामान्य हुने नदेखेपछि केही फिल्म निर्माता अहिले पनि ओटीटी रिलिजमै अडिग छन् ।
महामारीको पहिलो र दोस्रो लहरमा ओटीटी मौलाए पनि यसले दर्शकमा डिजिटल विभाजन ल्याएको आरोप कतिपय निर्माताको छ । यस्तो विभाजनले दर्शकीय वर्ग विभाजन हुने र भविष्यमा उद्योगलाई नै घाटा पुग्ने तर्क उनीहरुको छ । तर, ओटीटीले अभिव्यक्ति स्वतन्त्रता, कम लगानी र सिनेम्याटिक अभ्यासलाई बढावा दिने अन्य कतिपय निर्माताको छ ।
फिल्म भर्सेस ओटीटीको यो बहस अहिले पनि फिल्मकर्मीबीच चलिरहेको मात्र छैन, फिल्म रिलिजको नयाँ प्लेटफर्मलाई लिएर हुने साइवर सुरक्षा, लगानीको सुनिश्चितता र दर्शकीय सन्तुष्टिका प्रश्न पनि छेडिएका छन् ।
![]()
मोबाइल सेवा प्रदायक एनसेलले सुरुमा ल्याएको आइफिल्क्स ओटीटी सेवाप्रति सुरुमा फिल्म निर्माताको आकर्षण थियो । बक्सअफिसमा हिट फिल्ममाथि ठूलै मूल्य लगानी गरेर एनसेलले केही फिल्मको डिजिटल राइट खरिद ग¥यो । २०७५ मा एनसेलले आइफिल्क्ससँग सहकार्य गरेको थियो ।
निर्माताले पनि एनसेलको पैसाको लोभमा फिल्मको राइट्स प्रदान गरे । जात्रै जात्रा, यात्रा, प्रसाद, क्याप्टेन, छक्का पञ्जा २, कबड्डी कबड्डी कबड्डी लगायतका सुपरहिट फिल्म आइफिल्क्समा प्रदर्शन भैसकेका छन् । तर, फिल्म हलमा जस्तो उछाल कमाइ यी फिल्मले ओटीटीमा गर्न सकेनन् । विडम्वना जेठ २४ गते आइफिल्क्सले सेवा बन्दको घोषणा गर्यो ।
एनसेलले एक वर्ष नपुग्दै सेवा बन्द गर्नु ओटीटी प्लेटफर्मप्रति ठूलो सेटब्याक थियो । ओटीटीमा एनसेल असफल भएपछि केही फिल्म निर्माताहरुको अगुवाइमा अन्य केही प्लेटफर्म त आए तर, तिनीहरु दिगोरुपमा अगाडि बढ्न सकेनन् ।
ओटीटीमा कन्टेन्ट धेरै नराखेसम्म र आफ्नै कन्टेन्ट नआएसम्म सब्सक्राइबर बढाउन सकिँदैन । हरेक पटक पैसा तिरेर दर्शकले फिल्म हेर्न झन्झट मान्नुहुँदो रहेछ ।’ यसकारण उनी आफ्नै कन्टेन्ट नभएसम्म दर्शकलाई प्लेटफर्ममा आकर्षित गर्न नसकिने निधोमा पुगेकी छिन् ।
अभिनेत्री ऋचा शर्मा र उनको टीमले निकै हल्ला गरेर चलचित्र घर नामक ओटीटी प्लेटफर्म लन्च गरे । लन्च भएको एकवर्ष नबित्दै अहिले ऋचाको ओटीटी सेवा गुमनामजस्तै छ । झन्डै ३० हजारले मात्र यो एपमा रजिस्टर गरेका छन् । तर, रजिस्टरको एक चौंथाइ पनि सब्सक्राइब भएको छैन । रजिस्टर मात्र गर्ने तर, सब्सक्राइब नहुने भएपछि यो प्लेटफर्म अहिले घाटामा छ ।
ऋचाले दीपकराज गिरीको समूहसँग सेयरिङमा फिल्म लिने सहमति गरेकी थिइन् । जसअनुसार गिरीको आमा सरस्वती मूभिजलाई पहिलो महीनामै दुई लाख रुपैयाँ दिएकी थिइन् । जुन उद्देश्यले ऋचाले ओटीटीले लन्च गरिन्, त्यसले गति लिन सकेन ।
ऋचा स्वयमको अनुभव छ : ओटीटीमा कन्टेन्ट धेरै नराखेसम्म र आफ्नै कन्टेन्ट नआएसम्म सब्सक्राइबर बढाउन सकिँदैन । हरेक पटक पैसा तिरेर दर्शकले फिल्म हेर्न झन्झट मान्नुहुँदो रहेछ ।’ यसकारण उनी आफ्नै कन्टेन्ट नभएसम्म दर्शकलाई प्लेटफर्ममा आकर्षित गर्न नसकिने निधोमा पुगेकी छिन् । ‘हामी ६ महीनाभित्रमै ओरजिनल कन्टेन्ट बनाउने तयारीमा छौं,’ उनले भनिन् ।
‘युट्युवभन्दा एप केही झन्झटिलो छ । हामीमा युट्युवमा चलचित्र हेर्ने संख्या ठूलो छ’ ऋचा भन्छिन्, ‘म के भन्न सक्छु भने दर्शकलाई युट्युब जसरी नै सहज ढंगले हेर्न मिल्ने तरिकाले एपलाई अगाडि बढाउने हो भने दर्शक यो माध्यममा पनि उल्लेख्य हुनुहुन्छ ।’
‘फिल्मकर्मीले फिल्म बनाएर राख्नुभएको छ । तर हामीले उहाँहरुको लगानी बराबरको रकम दिएर फिल्म किन्न सक्दैनौं । अब डिजिटल प्लेटफर्मले आफ्ना प्रयोगकर्ता बढाउनुपर्छ’ उनी भन्छन्, ‘भारतमा कोही कलाकारको फिल्म हेर्ने भएपनि डिजिटल प्लेटफर्म प्रयोग गर्छन् तर, हाम्रोमा त्यो छैन । हाम्रो त पाइरेसी गर्ने संस्कृति छ । पाइरेसी गरेर फिल्म हेर्नुहुन्न भन्ने ज्ञानको विकास नभएसम्म हामीजस्तो प्लेटफर्मले राम्रो विकास गर्न सक्छ जस्तो लाग्दैन ।’
लकडाउन केही खुकुलो भएपछि अभिनेता खगेन्द्र लामिछाने र सागर खरेल मिलेर ‘सिनेमा घर’ ओटीटी एप लन्च गरे । सुरुआतमा १८ वटा फिल्म रिलिज गर्ने घोषणासँगै लन्च भएको यो ओटीटी एपमा अहिले १४ फिल्म रिलिज भैसकेका छन् र ४ फिल्म रिलिज पर्खाइमा छन् । दशैं घटस्थापनामा मनोज पण्डितले निर्देशन गरेको फिल्म ‘एक’ रिलिज तयारीमा उनीहरु छन् । अहिलेसम्म यो एपमा डमरुको डन्डिबियो, कोहलपुर एक्सप्रेस, सरौंतो, ब्लाइन्ड रक्स, मंगलम र कागजपत्र लगायतका फिल्मलाई सिनेमा घर ओटीटीले रिलिज गरिसकेको छ ।
खगेन्द्र अहिलेको अवस्थामा ओटीटीप्रति ढुक्क छैनन् । उनले आफ्नो ड्रीम प्रोजेक्ट बताउने फिल्म ‘पानीफोटो’ लाई रिलिजका लागि फिल्म हल नै कुरेका छन् । ‘हामी हलमा दर्शक जाने अनुकूल समयको पर्खाइमा छौं र अहिले हेर्ने तथा पर्खने मुडमा छौं’ खगेन्द्र भन्छन्, ‘ओटीटीमा रिलिज गर्ने तयारी छैन । कोरोनाको परिस्थिती ठीक भएर दर्शक हलसम्म फर्कने वातावरण भएमात्र रिलिजबारे सोच्न सकिन्छ ।’
खगेन्द्रका अनुसार यो एपमा वर्षमा डेढ दर्जन फिल्म, वेबसिरिज, स्ट्यान्डअप कमेडी र छोटो फिल्म ५ सय रुपैयाँमा हेर्न पाइने सुविधा छ । सन् २०१६ मा बेटा भर्सनबाट ओटीटी ल्याएका खगेन्द्रले सिनेमा घर ब्रान्डमा ओटीटी लन्च गरेको चाहिँ सात महीना मात्र भयो ।
सिनेमा घरकै प्रमुख कार्यकारी अधिकृत सीइओ सागर खरेल युट्युवका कारण ओटीटीमा दर्शक बढ्न नसकेको बताउँछन् । ‘नेपाली दर्शकमाझ पैसा तिरेर हेर्ने संस्कृतिको विकास भैसकेको छैन । युट्युवमा फिल्म निःशुल्क हेर्ने बानी छ । हाम्रा फिल्मकर्मीले यो बानी नै बिगारिदिए,’ खरेल भन्छन्, ‘फिल्म युट्युवमा राख्ने चलनले हलको व्यापारलाई पनि असर पारिरहेको छ । दर्शक हलमै फिल्म नहेरी युट्युवमा फिल्म कुर्छन् । त्यसैले उनीहरु निःशुल्क फिल्म हेर्न खोज्छन् ।’
फोपी ओटीटी प्लेटफर्मका बरदान पोखरेलको भनाइ पनि लगभग समान छ । ‘फिल्मकर्मीले फिल्म बनाएर राख्नुभएको छ । तर हामीले उहाँहरुको लगानी बराबरको रकम दिएर फिल्म किन्न सक्दैनौं । अब डिजिटल प्लेटफर्मले आफ्ना प्रयोगकर्ता बढाउनुपर्छ’ उनी भन्छन्, ‘भारतमा कोही कलाकारको फिल्म हेर्ने भएपनि डिजिटल प्लेटफर्म प्रयोग गर्छन् तर, हाम्रोमा त्यो छैन । हाम्रो त पाइरेसी गर्ने संस्कृति छ । पाइरेसी गरेर फिल्म हेर्नुहुन्न भन्ने ज्ञानको विकास नभएसम्म हामीजस्तो प्लेटफर्मले राम्रो विकास गर्न सक्छ जस्तो लाग्दैन ।’
नेट टिभीका अध्यक्ष मनोज अग्रवाल महामारीकै समयमा डिजिटल प्लेटफर्मको विकास सम्भव हुने बताउँछन् । ‘चुनौतिलाई अवसरको रुपमा परिणत गर्न हाम्रो ध्यान जानुपर्छ’ उनी भन्छन्, ‘मनोरञ्जनको आयाम नै अहिले बदलिएको छ । अहिले त कोठाबाट हातहातमा पुगिसकेको छ फिल्म । बरु त्यही अनुसारको कन्टेन्ट बनाउनुपर्यो ।’ निर्माताले ओटीटीको वैकल्पिक बाटो अपनाउनुपर्ने उनको सुझाव छ ।
नेपालमा ओटीटीको इतिहास निकै छोटो छ जसले गर्दा अहिलेसम्म यसले फिल्म निर्माताबीच विश्वास बटुल्न सकेको छैन । यसको सबैभन्दा पीडा सुदर्शन थापा र सन्तोष सेनलाई थाहा छ जो फिल्म रिलिज हुने आशामा १७ महीनादेखि ४ करोडभन्दा बढी लगानी फसाएर बसिरहेका छन् । फिल्म रिलिजको प्रचारकै लागि मात्रै आफ्नो फिल्म ‘म यस्तो गीत गाउँछु २’ले ५० लाख खर्च गरेको सुदर्शनको भनाई छ ।
‘हल कुर्नुबाहेक तत्काल अर्को विकल्प छैन’ निर्देशक थापा भन्छन्, ‘ओटीटीबाट रिलिज गर्दा लगानी उठ्ने सुनिश्चित हुँदैन । नेपालमा दुईतीन वटा मात्र ओटीटी प्लेटफर्म छन् । तिनको बजार पनि छैन । ओटीटीमा तीन करोडको फिल्म दिँदा भोलि १० हजार मात्र उठ्यो भने के गर्ने ? पाइरेसी भयो भने के गर्ने ? कम्तीमा रिलिज गर्न सुरक्षित ठाउँ त चाहियो नि ।’

ओटीटी प्लेटफर्म मात्र खोल्नु ठूलो कुरा नभएको बताउँदै सुदर्शन निर्माताको लगानी सुरक्षित गर्नुलाई महत्वपूर्ण मान्छन् । ‘विदेशमा जसरी उहाँहरुले फिल्म किन्न सक्नुपर्यो । नेपालमा जतिसुकै भरपर्दो प्लेटफर्म आएपनि फिल्म नकिनेसम्म हामीले दिने कुरा हुँदैन ।’
किरण केसीको निर्माण र शिवहरि पौडेलको निर्देशन रहेको फिल्म ‘लक्का जवान’ पनि रिलिज तयारीमा छ । ‘ओटीटीमा लैजाने विचार गरेको हो तर भोलि चलेन भने के गर्ने ? प्रचार गरेर हलमा रिलिज गर्दा बरु अलिकति भएपनि चल्ने सम्भावना हुन्छ । त्यसैले अहिलेको अवस्थामा पर्खेर हेर्नुको उपाय छैन’ केसीले नेपाल प्रेसलाई भने ।
भाइरस महामारीको कारण ४ करोड लगानीमा बनेको प्रेमगीत ३ लाई होल्डमा राखेका सन्तोष सेनलाई पनि ओटीटीमा विश्वास छैन । फिल्मको पोस्टप्रोडक्सन गत महीना मुम्बईको स्टुडियोमा सकेका निर्माता सेन नेपालमा ओटीटीको पहुँच नभएको बताउँछन् ।
‘नेपाली दर्शकको ओटीटीमा पहुँच नै छैन । नेपालमा धेरै लगानी भएको फिल्मलाई ग्यारेन्टी दिएर जोखिम मोल्न सक्ने ओटीटी नै छैन । कम्तीमा पनि ओटीटीले ५० प्रतिशत न्यूनतम ग्यारेन्टी दिन सक्नुपर्छ’ निर्माता सेनको कथन छ । फिल्म रिलिजका लागि आफूले केही अन्तर्राष्ट्रिय ओटीटी प्लेटफर्म खोजिरहेको सेन बताउँछन् ।
लकडाउनकै कारण रिलिज हुन नपाएको फिल्म ‘नीरफूल’का फिल्म निर्देशक फूलमान बल फिल्म हलभन्दा पहिले अन्तर्राष्ट्रिय बजारमा फिल्मलाई लैजाने तयारीमा छन् । तर, विश्वका अधिकांश मुलुकमा कोभिड लकडाउन कायमै भएकाले उनको यो योजना तत्काल पुरा हुने सम्भावना कम छ । नेपालमा ओटीटीमा फिल्म लैजान सम्भव नभएकाले अन्तर्राष्ट्रिय बजारमा लैजाने तयारी रहेको बताउँछन् । ‘अहिले कमाउने वातावरण छैन । लामो समय यसरी नै बित्यो भने विकल्प भने सोच्नुपर्छ । किनकी दर्शकहरुको बानी परिवर्तन भैसकेको हुन्छ’ बल भन्छन् ।
खासगरि दृश्यभाषामा फिल्म बनाउन रुचाउने निर्माता तथा निर्देशक, इन्डिपेन्डेन्ट फिल्ममेकर र कम लगानीमा फिल्म बनाउने निर्माता चाहिँ ओटीटीको भविष्यप्रति आशावादी छन् । कम लगानीका फिल्मलाई ओटीटीमा रिलिज गर्दा आर्थिक जोखिम पनि नहुने भएकाले यस्ता निर्माताको आकर्षण ओटीटीप्रति छ ।

यस्तै अपवाद हुन् निर्देशक मनोज पण्डित । उनी निर्देशित पल्टिकल ड्रामा ‘एक’ दशैं घटस्थापनामा सिनेमा घर, नेटटिभीजस्ता एप तथा म्याक्स, डीसहोमजस्ता डीटीएचबाट रिलिज हुँदैछ । हल खुल्न थालेपनि पण्डित ओटीटी र डीटीएच रिलिजमै अडिग छन् । किन त ? उनी भन्छन् : हल एकदमै स्टारकास्ट केन्द्रित ठाउँ हो । मेरो फिल्म स्टारडमको संरचनाभन्दा बाहिर छ । मेरो फिल्म निर्माण शैलीका लागि वैकल्पिक माध्यम नै उपयुक्त छ ।’
फिल्म हलका दर्शक र ओटीटी दर्शकले गर्ने अपेक्षा फरक हुने भएकाले पनि आफू ओटीटीमै प्रतिबद्ध भएको पण्डितको तर्क छ । ‘हलको अकुपेन्सीले प्रमोसनका लागि लाखौं पैसाको डिमान्ड गर्छ । हल भनेको निरंकुश संरचना हो । अर्कोतर्फ, हलमा फिल्म रिलिज गर्नुमा सेन्सरको लामो प्रक्रिया पुरा गर्नुपर्छ । हामीजस्ता वैकल्पिक निर्मातालाई डिजिटल प्लेटफर्म उत्कृष्ट माध्यम हो’ पण्डित भन्छन् ।
नेपालमा कुनै पनि फिल्म हलमा रिलिज गर्नुपूर्व अनिवार्य सेन्सर बोर्डबाट स्वीकृति लिनुपर्छ । तर, डिजिटल प्लेटफर्ममा रिलिज गर्ने विषयमा कुनै कानूनी व्यवस्था छैन । केही महीनाअघि रिलिज भएको बलिउड फिल्म ‘राधे’ केही नेपाली ओटीटी र डीटीएच प्लेटफर्मबाट रिलिज भयो । फिल्मको नेपाल प्रदर्शन अधिकार खरिद गरेका गोपिकृष्ण मूभिजका प्रमुख निरज पौडेलले सेन्सरबिनै फिल्मलाई डिजिटल प्लेटफर्ममा रिलिज गरे ।
सेन्सरबिनै फिल्म रिलिज गरेको भन्दै विरोध भएपछि सञ्चार मन्त्रालयले सेन्सर प्रक्रियामा आउन निर्देशन दियो । सेन्सरपछि सो फिल्म पुनः रिलिज गरियो । ‘राधे’ विवाद ओटीटीमा सेन्सरबिनै फिल्म रिलिज हुने एउटा प्रतिनिधि घटना मात्र हो । नेपालमा नेटफिल्क्स, अमेजन प्राइम, युट्युवजस्ता विदेशी प्लेटफर्ममा प्रकाशित हुने कन्टेन्टको कतै जाँचपास हुँदैन । यस्ता कन्टेन्ट सेन्सर गर्ने नेपालमा कानून पनि छैन ।
‘यही समस्या बुझेरै हामीले ओटीटी प्लेटफर्मलाई पनि सेन्सरको दायरमा ल्याउने कानून बनाउनेबारे योजना बनाएका छौं,’ सञ्चार मन्त्रालयमा श्रव्यदृश्य शाखा हेर्ने प्रमुख शिव त्रिपाठीले नेपाल प्रेससँग भने ।
कानूनबाहेक ओटीटी प्लेटफर्मलाई करको दायरामा ल्याउनुपर्छ भन्ने आवाज पनि ठूलो छ । चलचित्र विकास बोर्डले हालै ओटीटी र डीटीएच प्लेटफर्मलाई पनि करको दायरामा ल्याउन माग गर्दै अर्थ मन्त्रालय र राष्ट्र बैंकलाई पत्र लेखेको छ । सरकारले ल्याउन लागेको प्रतिस्थापन बजेटमा ओटीटीलाई करको दायरामा ल्याउने प्रावधान समेट्न भन्दै अर्थ मन्त्रालयलाई पत्र लेखिएको चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बताए ।
‘ओटीटीप्रति दर्शक र निर्माता अहिले पनि ढुक्क हुन नसकिरहेकोले यो प्लेटफर्म मौलाउन नसकेको हो,’ अध्यक्ष दाहाल भन्छन्, ‘कर र कानूनको दायरामा लिएर राज्यले अब प्लेटफर्मबाट फाइदा लिन सक्नुपर्छ ।’

पोखरा । कोभिड-१९ को संक्रमणदर र मृत्युदर घटेको बताउँदै जिल्ला प्रशासन कार्यालय कास्कीले असोज १ गतेदेखि सर्तसहित फिल्म हल खुलाउने जनाएको छ । नेपाल प्रेससँग कुरा गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले भदौ ३१ गते बस्ने डीसीसीएमसीको बैठकले यस्तो निर्णय गर्ने बताए ।
‘संक्रमण र मृत्युदर घटेकाले हामीले सर्तसहित फिल्म हल खुलाउनेबारे छलफल गरिरहेका छौं । यसबारे ३१ गते बस्ने बैठकले निर्णय गर्नेछ’ सीडीओ गौतमले भने, ‘आर्थिक क्षेत्र चलायमान बनाउने पनि हाम्रो उद्देश्य छ ।’ फिल्म हलसँगै दोहोरी साँझ र क्लबहरु खुलाउने पनि कास्की प्रशासनको तयारी छ ।
काठमाडौं उपत्यकापछि पोखरा नेपाली फिल्मको दोस्रो ठूलो बजार हो । चलचित्र संघको आइतबारको बैठकले कास्की डीसीसीएमसीलाई फिल्म हल खुलाउनेबारे आग्रह गर्ने निर्णय गरेको थियो । तर, चलचित्र संघले भने देशव्यापी रिलिज र शतप्रतिशत अकुपेन्सीको माग पुरा नभएसम्म हलहरु नखोल्ने जनाएको छ । काठमाडौं उपत्यकामा भने गतसाता नै फिल्म हलहरु सर्तसहित खुलाउन अनुमति दिइएको छ ।
प्रशासनले ५० प्रतिशत अकुपेन्सीमा फिल्म हल खुलाउने तयारी गरेपछि हल व्यवसायीले भने असन्तुष्टि व्यक्त गरेका छन् । मिडटाउन ग्यालरी फिल्म हलका निकेश द्धाले प्रशासनको निर्णयले व्यवसायीलाई फाइदा नहुने बताए । ‘शतप्रतिशत ओपनिङ नहुँदासम्म फिल्म हल खुलाउनुको अर्थ हुँदैन’ द्धाले नेपाल प्रेसलाई भने ।

काठमाडौं । नेपाल चलचित्र संघले तत्काल फिल्म हलहरु नखोल्ने निर्णय गरेको छ । मुलुकभर हल खोल्ने र शतप्रतिशत अकुपेन्सीमा संचालनको अनुमति नपाएसम्म फिल्म हल नखोल्ने निर्णय भएको संघले जनाएको छ ।
संघका महासचिव अशोक शर्माले काठमाडौं उपत्यकामा मात्र हल खोल्ने अनुमति दिनु अव्यवहारिक भएको बताए । ‘जबसम्म देशव्यापी र शतप्रतिशत अकुपेन्सीको अनुमति पाइँदैन, तबसम्म हल खोल्ने कुरा हुँदैन’ संघको बैठकपछि शर्माले भने ।
एकैदिन देशव्यापी फिल्म रिलिजको अभ्यास रहेको बताउँदै उनले कुनै जिल्लामा अनुमति दिने र कुनै जिल्लामा नदिनु फिल्म व्यापारको प्रकृति विपरित रहेको बताए । ‘देशव्यापी हल खुलाउने बारे हामीले चलचित्र विकास बोर्ड र सीसीएमसीसँग पनि छलफल गर्नेछौं’ शर्माले नेपाल प्रेसलाई भने ।
चलचित्र संघका पूर्वअध्यक्ष तथा क्यूएफएक्स निर्देशक नकिम उद्दिनले पनि फिल्म रिलिजको लाइनअप तयार नभएकाले पनि तत्काल हल खोल्ने सम्भावना नरहेको बताए । चलचित्र संघका अध्यक्ष मधुसुधन प्रधानले देशव्यापी हल खोल्नुपर्ने मागमा संघ अडिग रहेको बताए ।
सीसीएमसी प्रवक्ता नूरहरि खतिवडाले स्थानीय तहमा फिल्म हल खुलाउने र नखुलाउने निर्णय गर्ने जिम्मा जिल्ला प्रशासनहरुलाई दिइएको बताए । ‘हामीले स्मार्ट लकडाउनको कार्यविधिअनुसार हल खुलाउन अनुमति दिएका हौं’ प्रवक्ता खतिवडाले भने, ‘उहाँहरुले खुलाउन सक्नुहुन्न भने यो उहाँहरुको कुरा भयो ।’
चलचित्र संघका अध्यक्ष प्रधानले अझै तीन साता फिल्म हल नखुल्ने बताएपनि महासचिव शर्माले आफूहरुको बटमलाइन देशव्यापी रिलिज र शतप्रतिशत अकुपेन्सी मुख्य रहेको बताए । चलचित्र संघको यो निर्णयपछि दशैंमा फिल्म हल खुलाउने वा नखुलाउनेबारे अन्यौल भएको छ ।

काठमाडौं । आगामी १७ देखि २५ सेप्टेम्बरसम्म दशौं नेपाल-युरोपियन युनियन भर्चुअल फिल्म फेस्टिभल आयोजना हुने भएको छ । आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइयो ।
फेस्टिभल अन्तर्गत ११ वटा युरोपेली र पाँचवटा नेपाली फिल्म प्रदर्शन गरिने भएको छ । २३ वटा वातावरणीय विषयवस्तुमा आधारित फिल्म पनि देखाइने भएको छ ।
लैंगिकता सम्बन्धी दुईवटा छोटा फिल्म पनि प्रदर्शन गरिने जानकारी दिइयो । प्रदर्शन गरिने फिल्महरुमा अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल १५ वटा फिल्म पनि समावेश छन् ।
‘महामारीको कारण हामी भर्चुअल माध्यमबाट फिल्ममार्फत सांस्कृतिक आदानप्रदान गर्न गइरहेका छौं’ युरोपियन डेलिगेसनका कार्यवाहक राजदूत स्टेफेन माइकनले भने । महामारीको अवस्था सामान्य भए अर्कोवर्ष भौतिकरुपमै फेस्टिभल गर्ने उनले जनाए ।
‘युरोपेली डेलिगेसनले नेपालको मानवअधिकार, वातावरणीय अध्ययन र महिलाहरुको सशक्तीकरणको क्षेत्रमा कार्य गर्दै आइरहेको छ र तिनै मुद्दाहरुलाई चित्रण गरिएका फिल्म प्रस्तुत हुनेछन्’ माइकनले भने ।
फेस्टिभलका ब्रान्ड एम्बेसडर अभिनेता दयाहाङ राईले दुई मुलुकबीचको सांस्कृतिक सम्बन्ध आदानप्रदानका लागि फेस्टिभल महत्वपूर्ण हुने बताए । फेस्टिभलमा नेपाली फिल्मको कलात्मक र वित्तिय अवस्थाबारे समेत छलफल हुने जनाइयो ।
फिल्ममा महिला शीर्षकमा फिल्म फेस्टिभल आयोजक तथा निर्माताबीच भर्चुअल अन्तक्रिया समेत हुने भएको छ । साथै, हरित फिल्म निर्माणबारे समेत छलफल हुने जनाइएको छ ।

काठमाडौं । महिला प्रोटागोनिस्ट फिल्म ‘ग्रीन बर्ड’ निर्माण घोषणा भएको छ । योङ स्टार सिनेमा र निर्वाणा फिल्म स्कुलले संयुक्तरुपमा निर्माण गर्ने फिल्म आगामी सातादेखि छायांकनमा जाने भएको छ ।
सुरक्षा पन्त, कमलमणी नेपाल र अफरान अलीको मुख्य भूमिका रहेको फिल्म छायांकन चितवनमा हुने भएको छ । कार्यशाला भैरहेको घरमै फिल्म छायांकन हुने क्रिएटिभ डाइरेक्टर निगम श्रेष्ठले नेपाल प्रेसलाई जानकारी दिए ।

मुम्बईमा फिल्म अध्ययन गरेर नेपाल आएका प्रमोद कँडेलले फिल्म निर्देशन गर्नेछन् । यो उनको डेब्यु फिचर प्रोजेक्ट हुनेछ । कात्तिक कर्नाटकले खिच्ने फिल्ममा मेथड एक्टिङको प्रक्रियालाई आत्मसात गरिने भएको छ ।
मेथड एक्टिङलाई चित्रण गर्नकै लागि सबै कलाकारलाई सुटिङ हुने घरमै राखिएको क्रिएटिभ निर्देशक श्रेष्ठले जनाए । परिवार र विश्वकै मूल्य मान्यताविरुद्ध गएर आफ्नै जीवन जिउन चाहने एक युवतीको संघर्ष फिल्मको कथ्य हो ।

सेप्टेम्बर १० देखि सुटिङ हुने फिल्मको सबै छायांकन चितवनमै हुने भएको छ । कोरोनाभाइरस महामारी रोकथामका लागि लागू गरिएको निषेधाज्ञा खुकुलो भएपछि अहिले काठमाडौं लगायतका केही जिल्लाले २५ जनाको उपस्थितीमा फिल्म छायांकनको अनुमति दिएका छन् ।

काठमाडौं । नायिकाबाट गायिका समेत बनेकी परमित राज्यलक्ष्मी राणाले आफ्नै स्वरमा ‘मायाको भूल’ बोलको गीत सार्वजनिक गरेकी छिन् । यो गीतको भिडियो शुक्रबार रिलिज भएको छ ।
यो गीतमा परमिताको स्वर, पिरो राना र परमिताकै शब्द छ । गीतले प्रेममा बारम्बार धोका पाएपछि एक यूवतीले लिएको बदलाको कथालाई उठाएको छ । गीतको भिडियो आकर्षक छ । भिडिओमा परमिता आफै देखिएकी छिन् । साथमा मोडलद्धय करुणा श्रेष्ठ र आशिष केसीलाई पनि भिडियोमा हेर्न सकिन्छ ।
यो गीतको भिडियोमा सम्पादन, भीएफएक्स तथा निर्देशन जेम्स लामाको छ । नेपालमा बनिरहेका भिडियो भन्दा विल्कुलै नयाँ सोच र मेकिङमा यो भिडियो निर्माण भएको छ । परमिता गायिका समेत हुन् । उनले यसअघि पनि अंग्रेजी गीत गाइसकेकी छिन् भने यसअघि कन्सर्ट पनि आयोजना गरेकी छिन् ।
‘चपली हाइट २’ फिल्मबाट ठूलो पर्दामा डेब्यु गरेकी परमिता सांगीतिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छिन् ।

काठमाडौं । विष्णु माझीद्धारा स्वरबद्ध तीज गीत ‘चरी जेलैंमा’ लगातार दोस्रो साता पनि युट्युवमा सर्वाधिक हेरिने नेपाली गीत बनेको छ । यो साता मात्रै उक्त गीतलाई ६३ लाख ७८ हजार २४६ पटक हेरिएको छ । गीतको कूल भ्यूज संख्या १ करोड ३३ लाख ९६ हजार ६४६ छ ।
प्रकाश सपूतद्धारा संगीतबद्ध गीत ‘कुरा बुझ्न पर्च’ दोस्रो सर्वाधिक हेरिने गीत बनेको छ । यो साता मात्र गीतलाई २१ लाख ६७ हजार २५१ पटक हेरिएको छ भने कूल १ करोड ४७ लाख ७६ हजार ५१ पटक हेरिएको छ ।
देवी घर्ती मगरको स्वरमा रहेको गीत ‘ए नि बरै’ तेस्रो स्थानमा छ । यो गीतलाई एक हप्तामा मात्र १३ लाख ८५ हजार ८१७ पटक हेरिएको छ भने कूल भ्यूज संख्या २० लाख ४३ हजार ५०४ छ ।
रुटिन अफ नेपाल बन्दले तयार पारेको पछिल्लो सूचीमा यो साता नयाँ गीतहरु समावेश भएका छन् ।
हेर्नूस् साताको भ्यूज सूची :
१. ‘चरी जेलैंमा’ ( विष्णु माझी) : ६३ लाख ७८ हजार २४६
२. ‘कुरा बुझ्न पर्च’ (प्रकाश सपूत) : २१ लाख ६७ हजार २५१
३. ‘ए नि बरै’ ( देवी घती) मात्र १३ लाख : ८५ हजार ८१७
४. ‘आयो तीजको लहर’ (मेलीना राई) : ९ लाख २० हजार ८२७
५. ‘जोखौं माया’ (मेलीना राई र विष्णु घिमिरे) : ८ लाख ३६ हजार ४८०
६. ‘माया बिरानी–२’ महेश काफ्ले : ७ लाख ९३ हजार ७२०
७. ‘लाहुरे–३’ (छेवाङ लामा) : ७ लाख ३९ हजार ९८७
८. ‘तिम्रो मनमा ए कान्छा’ (निकिता थापा) : ७ लाख ५ हजार ३३८
९. ‘ससुराली जाने हो’ (जिवेश सिंह) : ६ लाख ३२ हजार ५७७
१९. ‘ए माया’ (प्रमोद खरेल) : ५ लाख ७७ हजार ४०४

काठमाण्डौं । न्यूयोर्कमा सेप्टेम्बर २३ देखि २५ सम्म आयोजना हुने मिस नेपाल युएसले अमेरिकामा औपचारिक रुपमा ट्रेडमार्क प्राप्त गरेको छ । अमेरिकामा नेपाली सम्बन्धित सौन्दर्य प्रतियोगिता गर्न ट्रेडमार्क पाउने मिस नेपाल युएस पहिलो र एकमात्र हुन सफल भएको हो । सन् २०१७ को अक्टोबरमा आवेदन दिइए पनि अहिलेमात्र मिस नेपाल युएसले अमेरिकी सरकारको ट्रेडमार्क अफिसबाट औपचारिक रुपमा ट्रेडमार्क पाउन सफल भएको हो ।
सौन्दर्य प्रतियोगिताको प्रकृतिमा मनोरञ्जनमुलक श्रेणी ४१ मा मिस नेपाल युएसले ट्रेडमार्क पाएको हो । पहिलोपटक सन् २०११ को जुनमा प्रयोग भएको र अगस्टमा व्यवसायिक रुपमा प्रयोग भएको इतिहाससहित ट्रेडमार्क प्रमाणपत्र प्रदान गरिएको हो । प्रमाणपत्र नम्बर ६४५११७६ रहेको छ ।
यस अगाडी मिस नेपाल युएसएका नाममा सन् २०११ मा ट्रेडमार्क लिन प्रयास गरिए पनि मिस युसएएले दाबी गरेका कारण उक्त प्रयास सफल हुन सकेको थिएन । तर पछि मिस युएसएले ए अक्षर हटाएर मिस नेपाल युएसमात्र कायम हुने गरी ट्रेडमार्कका लागि सहमति दिएको थियो । त्यसपछि सन् २०१२ को फ्रेब्रअरीमा मिस नेपाल युएसमात्र रहने गरी ट्रेडमार्क दर्ताको प्रयास भए पनि सफल हुन सकेन ।
सन् २०१७ को जुनमा मिस नेपाल युएबाट फुटेर गएको एउटा टिमले ड्रिम युनिभर्सल एलएलसीका तर्फबाट ट्रेडमार्क दर्ता गर्ने प्रयास गरेको थियो । तर सफल हुन सकेन । त्यसपछि उक्त टिमले सन् २०१८ मा मिस नेपाल नर्थ अमेरिकाका रुपमा ट्रेडमार्क दर्ता गर्ने प्रयास गरेको थियो । उक्त प्रयास पनि सफल हुन सकेन । मे ३१ मा मिस नेपाल नर्थ अमेरिकाका नाममा खारेजी पत्र जारी भएको थियो । त्यसपछि पनि सन् २०१९ र २०२१ मा मिस नेपाल नर्थ अमेरिका प्रतियोगिता भने गरिएको थियो ।
अमेरिकामा नेपाली सम्बन्धित सौन्दर्य प्रतियोगिताका लागि मिस नेपाल एलएलसीले मिस नेपाल युएसको ट्रेडमार्क प्राप्त गर्न सफल भएकोमा यसका संस्थापक अमित शाहले खुशी व्यक्त गरेका छन् । साथै १० बर्ष लामो आफ्नो प्रयास सफल भएको समेत उनले बताएका छन् ।
मिस नेपाल अमेरिकाको १० औं वार्षिकोत्सवका अवसरमा न्यूयोर्कमा सेप्टेम्बर २३ देखि २५ सम्म न्यूयोर्कमा मिस नेपाल अमेरिकाको वार्षिकोत्सव समारोहका साथ मिस नेपाल अमेरिका आयोजना गरिने भएको छ ।
अमेरिकामा बसोबास गर्दै आएका नेपाली युवतीले मिस नेपाल युएसको आधिकारिक वेबसाइट वा मिस नेपाल यूएस २०२१ का आयोजकसँग सम्पर्क गरेर आफ्नो आवेदन बुझाउन सक्नेछन् । आवेदन दर्ता गर्ने समय सीमा सेप्टेम्बर १, २०२१ सम्म रहेको छ ।
नेपाली−अमेरिकी सामाजिक उद्यमी अमित शाहद्वारा शुरू गरिएको मिस नेपाल युएस प्रतिस्पर्धा अमेरिकामा बसोबास गर्दै आएका नेपाली युवाका लागि नेटवर्कीङ, सशक्तिकरण, क्षमता प्रस्फुटन र पहिचानका लागि उचित मञ्च बनेको छ । साथै यस प्रतिस्पर्धाले नेपाल र अमेरिका दुवै देशको सांस्कृतिक विविधतालाई समेत उजागर गरेको छ ।
मिस नेपाल यूएस प्रतिस्पर्धाले हालसम्म नेपाली−अमेरिकी महिलालाई शिक्षा र सशक्तिकरणका निमित्त विभिन्न च्यारिटीमार्फत् ८० हजार डलर बराबरको सहयोग प्रदान गरिसकेको छ । यो कार्यक्रमले महिलालाई छात्रवृत्ति प्राप्त गर्न, आफ्नो नेटवर्क बृद्धि गर्न, जीवनोपयोगी कला अभिवृद्धि गर्न र आफ्नो समुदायमा केही योगदान पुर्याउने अवसर जुटाइदिएको छ ।
मिस नेपाल युएसको इतिहास २०११ मा न्यूयोर्क शहर बाट सुरु भएको थियो । जसमा सुजिता बस्नेतले पहिलो मिस नेपाल युएसको ताज पहिरिएकी थिइन् । आफ्नो समुदाय र संस्कृतिका पक्षमा वकालत गर्नसक्ने साथै नेतृत्व लिन सक्ने युवाको उत्पादनमा यस कार्यक्रमले विगत १० वर्षदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको कार्यक्रमका संस्थापक तथा अध्यक्ष अमित शाह जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले रात्रीक्लब र दोहोरी साँझहरुको समय निर्धारण गरेको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको व्यवसायी र डीसीसीएमसीको बैठकले समय निर्धारण गरेको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार दोहोरी साँझ मध्यरात १२ बजे र क्लबहरु राती २ बजेसम्म संचालन हुन पाउने भएका छन् । तर, भीडभाड गर्ने र काभिड प्रोटोकल उल्लंघन गर्न नपाइने सर्त राखिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित अनुगमन समितिले दोहोरी साँझ र रात्री क्लबको पनि अनुगमन गर्ने र कोरोना रोकथामको मापदण्ड उल्लंघन गरेको पाइए कार्यविधि अनुसार कार्वाही हुने समेत जनाइएको छ ।

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले २५ जना उपस्थित भएर फिल्म छायांकन गर्न अनुमति दिएको छ ।
शुक्रबार बसेको प्रमुख जिल्ला अधिकारी र चलचित्र विकास बोर्डका पदाधिकारीको बैठकले उक्त निर्णय गरेको हो । बैठकपछि नेपाल प्रेससँग कुरा गर्दै काठमाडौंका सीडीओ कालिप्रसाद पराजुलीले फिल्म छायांकनका गतिविधि खुला गर्ने निर्णय गरेको जानकारी दिए ।
‘तोकिएको संख्यामा उपस्थित भएर फिल्म छायांकन गर्नुपर्नेछ नत्र कानूनी कार्वाही गर्न बाध्य हुन्छौं’ सीडीओ पराजुलीले भने, ‘सहायक सीडीओ नेतृत्वको समितिले निरन्तर फिल्म हल र सुटिङको अनुगमन गर्नेछ ।’
फिल्म हल खुलाउन अनुमति दिइएपनि हल खुल्न अझै केही दिन लाग्ने भएकाले खुलेपछि फिल्म चल्ने समय निर्धारण गर्ने जानकारी पनि सीडीओ पराजुलीले दिए । बिहीबारदेखि फिल्म हल खुलाउन काठमााडौं उपत्यकाका तीनै जिल्ला प्रशासनले अनुमति दिएका छन् ।

काठमाडौं । गायिका स्मिता दाहालले पहिलो पटक हिन्दी गीतमा आवाज दिएकी छन् । भारतको सांगीतीक कम्पनी टी–सिरिजको ‘पप चार्टबस्टर्स’ नामक यूट्युब च्यानलबाट उनको आवाजमा रहेको हिन्दी गीत ‘इबादत बन गए हो’ रिलिज भएको छ । गायनमा उनलाई ‘जलते दिए, हुँड हुँड दबंग, राधा नाचेगी’ जस्ता गीतका गायक शबाब सबरीले साथ दिएका छन् ।
रोमान्टिक गीतमा गायक सबरीको संगीत र केआर वाहीको शब्द छ । भिडिओमा स्मिता आफैं फिचर्ड छिन् भने उनको जोडी भारतीय टेलिभिजनका कलाकार अर्जुन बिज्लानीसँग छ । स्मिता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी समेत हुन् ।
भिडिओलाई राजीव एस. रुयाले निर्देशन गरेका हुन् । गीतको भिडियोलाई नेपालकी पुनम यादवले निर्माण गरेकी हुन् ।
भिडिओमा भारतको देहरादूनको मसुरी र उत्तराखण्डको ऋषिकेशको सुन्दरतालाई कैद गरिएको छ । नेपाली राजनीतिमा समेत सक्रिय रहेकी निर्मात्री यादव भन्छिन्, ‘नेपालका प्रतिभावान कलाकारलाई विश्वमाझ चिनाउनका लागि म मनोरञ्जन क्षेत्रमा आएको हुँ । पहिलो गीत नै हिन्दी बनाउनुको उद्देश्य पनि यही हो । अब म निरन्तर गीत निर्माण गर्नेछु र नेपाली कलाकारलाई अवसर दिनेछु ।’ उनी चाँडै नेपाली चलचित्र निर्माण गर्ने तयारीमा समेत रहेकी छन् ।
हेर्नूस गीत :

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले ५० प्रतिशत अकुपेन्सीमा मात्र फिल्म हल संचालन गर्न निर्देशन दिएको छ । आज दिउँसो कार्यालयमा बोलाएर सीडीओ कालिप्रसाद पराजुलीले चलचित्र विकास बोर्डलाई उक्त निर्देशन दिएका हुन् ।
कोभिड संकट व्यवस्थापन केन्द्रले जारी गरेको स्मार्ट लकडाउनको कार्यविधिलाई पालना गर्दै हल संचालन गर्न प्रशासनले निर्देशन दिएको हो । बोर्ड अध्यक्ष दयाराम दाहालसहित चलचित्र संघका पदाधिकारी जिल्ला प्रशासन कार्यालय पुगेका थिए । प्रशासनले बुधबार नै फिल्म हल लगायतका मनोरञ्जन स्थल खुलाउने अनुमति दिएको थियो । तर, अकुपेन्सी र कसरी हल खुलाउने भन्ने निर्देशिकाबारे प्रशासनले केही बताएको थिएन ।
सीडीओ पराजुलीको अध्यक्षतामा बसेको बैठकमा कोभिड मापदण्ड पालना गरी हल चलाउनेबारे छलफल भएको थियो । ‘ उपत्यकाको संक्रमण दर अझै स्थिर भएकाले आफूले ठूलो रिस्क लिएर हल खुलाएको सीडीओ साबले जानकारी दिनुभयो’ बोर्ड अध्यक्ष दाहालले नेपाल प्रेससँग भने ।
प्रशासनले सामाजिक दूरी, मास्क र स्यानिटाइजरको अनिवार्य व्यवस्था गर्न र भीडभाड नगर्न समेत भनेको छ । साथै, बिरामी मानिसलाई हलमा नलैजान समेत प्रशासनले भनेको छ । यसैबीच, काठमाडौं उपत्यकाबाहिरका फिल्म हल खुलाउनेबारे चलचित्र विकास बोर्डले सीसीएमसीसँग केही दिनमै छलफल गर्ने भएको छ ।

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर अहिले फिल्मसँगै व्यापारमा समेत सक्रिय भएकी छिन् । समाजसेवा, फोटोसुट र अन्य व्यवसायिक गतिविधिमा उनको सक्रियता लोभलाग्दो छ । यसैसाता करिश्माले अन्तर्राष्ट्रिय ब्रान्ड इन्टेक्सलाई नेपाल भित्राउँदै व्यापार व्यवसायमा समेत हात हालेकी छिन् ।
योसँगै करिश्माको व्यस्तता अहिले पठनपाठनमा पनि छ । उनी अहिले भदौ ३० गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षाको तयारीमा छिन् । परीक्षा नजिकिएपछि अहिले करिश्माले व्यापारको जिम्मा छोरी कवितालाई दिएकी छिन् ।
फिल्म र घरको जिम्मा पति विनोदले हेर्छन् । ‘अब फोन अफ गरेरै भएपनि एक्जामको तयारीमा जुट्न सुरु गर्छु’ नेपाल प्रेससँग उनले भनिन्, ‘अब बल्ल घोटिएर पढ्नुपर्नेछ । दशैंपछि मात्र व्यापार र फिल्मलाई समय दिन पाउँछु ।’
कोभिड–१९ महामारीका कारण स्थगित भएको कक्षा १२ को परिक्षा यही भदौ ३० गतेदेखि हुने भएपछि उनी तयारीमा व्यस्त हुनेछिन् । दशैंपछि केही फिल्मको कममा पनि लाग्ने करिश्माको योजना छ ।

काठमाडौं । बहुप्रतीक्षित क्राइम थ्रीलर सिरिज ‘मनी हाइस्ट’को पाँचौ सिजन सुरु भएको छ । नेपाली समयानुसार शुक्रबार दिउँसो १२ बजेदेखि नेटफिल्क्समा यसको स्ट्रिमिङ सुरु भएको हो ।
दुई भागमा स्ट्रिमिङ हुने सिजनको पहिलो भागदेखि आजदेखि सुरु भएको छ भने दोस्रो भाग डिसेम्बरमा हुनेछ । ‘ला कासा दे पापेल’ नामले विश्व चर्चित यो स्पेनी सिरिज नेटफिल्क्सले खरिद गरेपछि झनै चर्चित भएको थियो ।
नेटफिल्क्सले हिन्दी, तामिल, तलेगु भाषामा समेत यसलाई रिलिज गरेको छ । अन्तिम एपिसोड अर्थात पाँचौ सिजनमा कूल १० वटा एपिसोड छन् । एपिसोड १ को शीर्षक द इन्ड अफ दी रोड, एपिसोड २ को शीर्षक डु यु बिलिभ इन रि-इनकार्नेसन राखिएको छ ।
Rendirse no es una opción.
Surrendering is not an option. #LCDP5 pic.twitter.com/WOc1gz0Vxu— La Casa de Papel (@lacasadepapel) August 2, 2021
तेस्रो एपिसोडको वेलकम टु द सो अफ लाइफ, चौंथो एपिसोडको योर प्लेस इन हेभन र पाँचैं एपिसोडको नाम लिभ मेनी लिभ्स राखिएको छ । भाग दुईमा पनि पाँचवटा एपिसोड छन् । यसको नाम चाहिँ सार्वजनिक भएको छैन ।
चौंथो सिजनको अन्तिम एपिसोड मुख्य पात्र प्रोफेसर (अल्भारो मोर्टे)लाई प्रहरीले पक्राउ गरेको कथासँगै टुंगिएको थियो । नेपालमा समेत यो सिरिजको निकै क्रेज छ । काठमाडौंस्थित केही रेष्टुरेन्टले सिरिजको स्क्रिनिङ गर्ने भएका छन् ।

काठमाडौं । पछिल्लो समय अभिनेता राजेश हमाल म्यूजिक भिडिओमा व्यस्त छन् । टीकटक बनाउने, लाइभ आउने र तस्विर पोस्ट गर्ने काममा उनी सक्रिय छन् । साथै, उनी यतिबेला पत्नी मधुसँग पोखरा घुमघाममा समेत व्यस्त छन् ।
दर्शकमाझ बौद्धिक कलाकारको छवि बनाएका राजेश हमाललाई उनका फ्यानले माया गरेर महानायक पनि भन्छन् । यद्यपी, उनलाई महानायक मान्ने वा नमान्ने विवाद सँधै हुनेगर्छ । यतिबेला भने उनै महानायक एउटा ¥याप गीतको कारणले विवादमा तानिएका छन् । ‘नाचन कान्छी’ बोलको गीत युट्युवमा सार्वजनिक भएपनि हमाललाई प्रशंसा गर्नेभन्दा गालीको ओइरो लागेको छ । हिपहप गीतमा हमालले केही मोडेलसँग फिचर्ड छन् ।
भिडिओलाई लिएर फ्यानहरु हमालप्रति आक्रोशित छन् । महानायक भएर आफ्नो हैसियतलाई बिर्सिएको र स्टेटस मेन्टेन गर्न नसकेको आरोप उनीमाथि लगाइएको छ । यो प्रतिक्रियाको सूचीमा लामै छ र यसबारे हमालले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

कुमार श्रेष्ठ नामक एक प्रयोगकर्ता लेख्छन् : महानायक जस्तो मान्छेले अहिले यो उमेरमा आएर, जबकी कुनै फिल्म आउन छाडिसकेको अबस्थामा, यस्तो नेपाली समाजमा सजिलै नपच्ने पोशाक लगाएको गीतमा अभिनय गर्दा तपाइको शुभेच्छुकहरुमा राम्रो सन्देश भने पक्कै जाने छैन ।’

यस्तै कमल आचार्य लेख्छन् : यो गीत हेरेपछि मलाई लाग्छ हमालले आफ्नो हैसियत नै बिर्सिएका छन् । अर्का एक प्रयोगकर्ताले त महानायकले आफ्नो सम्मान र इज्जत गुमाएको टिप्पणी गरेका छन् । प्रायःजसो विवादमा आफूलाई रिजर्भ राख्न रुचाउने हमालले भने यसबारे अहिलेसम्म केही बोलेका छैनन् । केही वर्षयता जस्तोपायो त्यस्तै टीकटक बनाउने र म्युजिक भिडिओमा खेलेर मर्यादा बिर्सिएको भन्दै उनको आलोचना हुने गरेको छ ।
युवापुस्तालाई सकारात्मक बन्न र आदर्शवान बन्न मोटिभेसनल स्पिकर समेत रहेका हमालले देश दौडाहा सुरु गर्दैछन् । कतिपयले हमालको भनाई र गराईमा एकरुपता नभएको भन्दै आलोचना पर्ने गर्ने गरेका छन् ।

काठमाडौं । कलाकार तथा मोडल निशा घिमिरेको शवलाई आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरमा बुबा प्रेमप्रसाद घिमिरेले दागबत्ती दिएका थिए ।
आर्यघाटमै उनको पार्थिव शरिरलाई एक घण्टा राखिएको थियो । चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहाल, कलाकार संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौला, नृत्य निर्देशक शिव विक, नृत्यकार संघका अध्यक्ष जनक कार्की, कलाकार संघका पदाधिकारी श्रद्धाञ्जली दिन आर्यघाट गएका थिए ।

कलाकार संघको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएको कार्यक्रममा कलाकारको उपस्थिती भने न्यून थियो । कलाकर्मीको न्यून उपस्थिति थियो ।
कलाकारको उपस्थिती नै कम भएपनि कलाकार संघका प्रवक्ता निरौलाले दुःख व्यक्त गरेका छन् । साथै उनले भारतको देहरादूनमा भएको निशाको सडक दुर्घटनाको छानविन गर्न सरकारसँग माग गरेका छन् ।
‘कूटनीतिक च्यानलबाट उनको दुर्घटनाको छानविन हुनुपर्छ’ उनले भने । नर्भिक अस्पतालमा उपचाररत निशाको निधन बिहीबार साँझ भएको थियो । निधन भएको हो । ३ महिना अगाडि नर्भिक अस्पतालले निशालाई घरबाटै उद्धार गरेको थियो ।

सबै वैकल्पिक विधिबाट उपचार गर्दा पनि उनको स्वास्थ्यमा सुधार नआएको अस्पतालले जनाएको थियो । ठूलो पर्दाको फिल्म ‘मधेसी पुत्र २’, टेलिश्रृखंला ‘डियर जिन्दगी’लगायतका टिभी सिरियलमा उनले अभिनय गरेकी छिन् ।
साथै लोक दोहोरी गीत सानु माया हाँसेर बोल, ट्याक्सी मोटर कार, आज निष्ठुरीको फोटोलगायत दुई दर्जन बढी म्यूजिक भिडिओमा पनि काम गरेकी थिइन् ।




काठमाडौं । कोभिड-१९ मापदण्ड पालना गर्दै काठमाडौं उपत्यकास्थित फिल्म हल अब खुल्न पाउने भएका छन् । कोरोनाका कारण लामो समयदेखि ठप्पप्राय रहेको चलचित्र क्षेत्रमा अब चहलपहल सुरु हुने आशा फिल्मकर्मीहरुमा पलाएको छ ।
काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रशासनको संयुक्त बैठकले भदौ १७ गतेदेखि लागू हुने गरि हल खुलाउन अनुमति दिएका हुन् । कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसीले उपत्यकाको संक्रमण दर १५ प्रतिशतमा झरे फिल्म क्षेत्र खुलाउन अनुमति दिने नियमसहितको स्मार्ट लकडाउन कार्यविधि भदौ १ गतेदेखि कार्यान्वयनमा ल्याएको थियो । सोही कार्यविधिअनुसार प्रशासनले सर्तसहित फिल्म हल खुलाउन अनुमति दिएको हो ।
‘सर्तसहित अनुमति दिएका हौं र अनुगमनमा प्रोटोकल पालना नभएको पाइए कार्वाही गर्छौं,’ काठमाडौंका सीडीओ कालिप्रसाद पराजुलीले नेपाल प्रेससँग भने, ‘संक्रमण दर पुनः बढे बन्द गर्नुपर्ने हुनसक्छ । चाडपर्व पनि नजिकिएको अवस्थालाई मध्यनजर गर्दै आर्थिक क्षेत्र चलायमान गराउन पनि यो निर्णय जरुरी थियो ।’
कोभिडको दोस्रो लहर रोकथाम गर्न लागू गरिएको निषेधाज्ञाको कारण फिल्म हलहरु गत वैशाख १६ गतेदेखि बन्द थिए । झन्डै पाँच महीनापछि हलसहितका फिल्म गतिविधि खुल्ने भएपछि यसले फिल्म वृत्तमा उत्साह सिर्जना गरेको छ । फिल्मकर्मीले प्रशासनको निर्णयलाई स्वागतयोग्य भन्दै दशैंको छेकोमा फिल्मको माहौल बनाउन कस्सिने बताएका छन् ।
लगातारका दुईपटकको लकडाउनले थिलाथिलो भएको फिल्म तथा मनोरञ्जन क्षेत्रलाई प्रशासनको यो निर्णयले नयाँ रक्तसञ्चार गर्ने आशा छ । दशैं आउन ४० दिन बाँकी रहँदा भएको हल खुलाउने निर्णय लगत्तै फिल्म निर्माता र हल सञ्चालक गतिविधिलाई सक्रिय तुल्याउन जुटेका छन् ।
प्रशासनले अनुमति दिए पनि बिहीवारदेखि नै भने हलहरु खुल्ने छैनन् । पाँच महीनादेखि बन्द रहेका हलमध्ये ३० प्रतिशत सँधैको लागि बन्द भैसकेका छन् भने सयौं जनाले जागिर गुमाएका छन् । कतिपय पेशाबाटै पलायन भएर वैकल्पिक पेशामा लागेका छन् ।

चलचित्र संघका महासचिव अशोक शर्माले प्रशासनको निर्णय स्वागतयोग्य रहेको र अब हलको सरसफाइ तथा मेन्टिनेन्सपछि मात्र सञ्चालनमा ल्याइने बताए । ‘दशैंसम्म फिल्मको माहौल बनाउन हामी सक्रिय हुन्छौं,’ नेपाल प्रेससँग शर्माले भने, ‘अझै एकसातामा काठमाडौंका सबै हल खुल्नेछन् र हामीले उपत्यकाबाहिर पनि हल खुलाउन प्रशासनलाई आग्रह गर्नेछौं ।’
शर्माले अर्को सातादेखि हल खुलेसँगै सम्भवतः पुरानै फिल्मलाई रिलिज गरिने बताए । ‘केही दिनमा रिलिज पाइपलाइन सार्वजनिक गर्नेछौं,’ उनले भने, ‘सुरुमा पहिले चलेका र हिट फिल्मलाई वार्मअपका लागि भए पनि रिलिज गर्नेछौं ।’
मुलुकको मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सले आउने सातादेखि फिल्म हल खोल्ने तयारी गरेको छ । क्यूएफएक्स निर्देशक नकिम उद्दिनले हल मेन्टिनेन्स र सरसफाइपछि मात्र सम्भवतः मंगलबार तथा बुधबारदेखि हल खुला गरिने बताए । उद्दिन प्रमुख रहेको विदेशी फिल्म वितरक कम्पनी एप्पल इन्टरटेनमेन्टले हलिउडको प्रतिक्षित फिल्म ‘फास्ट एन्ड फ्युरियस ९’ (एफ-नाइन) लाई रिलिज गर्ने तयारी गरेको छ ।
फास्ट एन्ड फ्युरियससहित अन्य फिल्मको पाइपलाइन घोषणा गर्ने तयारीमा एप्पल छ । केही दिनमै एप्पलले अर्को सातादेखि दशैंसम्म रिलिज हुने फिल्मको सूची तयार पार्नेछ । अर्को फिल्म वितरक कम्पनी बैंकटेस इन्टरटेनमेन्टले पनि रिलिजको बारेमा तयारी गर्ने भएको छ । कम्पनीका निर्देशक मनोज राठीका अनुसार यसअघि रिलिज भएको सलमान खान स्टारर ‘राधे’ लाई पुनः रिलिज गरिने भएको छ । राधे प्रदर्शन हुँदै गर्दा निषेधाज्ञा सुरु भएपछि यसले पूर्णरुपमा प्रदर्शनको मौका पाएको थिएन । ‘अर्को सातासम्म हाम्रो तर्फबाट रिलिज हुने फिल्मको सूची तयार हुन्छ’ उनले भने ।
कोरोना महामारीको कारण रोकिएका ६० भन्दा बढी फिल्म प्रदर्शनको पर्खाइमा छन् भने तीन दर्जन फिल्म सुटिङमा जाने तयारीमा छन् । २० वटा भन्दा बढी फिल्मको छायांकन निषेधाज्ञाले बीचमै रोकिएको छ । नाम चलेका कलाकार र सेलेव्रिटीले वैकल्पिक पेशा व्यवसाय थालेका छन् ।
अर्का वितरक करण श्रेष्ठ क्रेजीसँग ६ वटा फिल्म पाइपलाइनमा छन् । जसमध्ये म यस्तो गीत गाउँछु २, चिसो मान्छे, तीन जन्तु, माइकल अधिकारी, चिसो एस्ट्रे र सुस्केरा हुन् । उनी आगामी दशैंमा यीमध्ये कुनै एक फिल्मलाई रिलिज गर्ने तयारीमा छन् । ‘हल खुल्ने वित्तिकै रिलिज गर्ने फिल्मबारे सोचिसकेको छैन । निर्मातासँग छलफलपछि मात्र यसबारे टुंगो लाग्छ’ वितरक श्रेष्ठले भने ।
चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहालले काठमाडौं उपत्यकासहित बाहिरका फिल्म हललाई पनि खुलाउन सरकारलाई आग्रह गरिएको बताए । ‘काठमाडौंभन्दा बाहिरका ठाउँमा पनि अब संचालन अनुमति दिनुपर्छ भन्ने हाम्रो भनाई हो’ दाहालले भने, ‘सोहीअनुुसार हामीले खुलाउन पहल गरेका छौं ।’

क्रमशः दशैंसम्म माहौल बन्ने र त्यसले केही हदसम्म भएपनि उद्योगलाई आर्थिकरुपमा चलायमान बनाउने आशा दाहालले व्यक्त गरे । फिल्महरु रिलिज हुने भएपछि राजस्व पनि संकलन हुने भएकाले बोर्डलाई सजिलो हुने छ ।
नेपाली फिल्मको ७० प्रतिशत व्यापार हिस्सा काठमाडौंले ओगट्छ । पछिल्लो समय पोखरा, चितवनजस्ता सहर पनि ठूला फिल्म बजार हुन् । चलचित्र संघका महासचिव अशोक शर्माका अनुसार काठमाडौंबाहेक उपत्यकाबाहिरका पोखरा, नारायणगढ, धरानजस्ता ठूला फिल्म बजारलाई खुलाउन स्थानीय प्र्रशासनलाई दबाब दिने तयारी भएको छ ।
‘कम्तीमा काठमाडौंसहित मोफसलका एकाध बजार खुले भने हामीलाई माहौल बनाउन खासै कठिन हुँदैन’ शर्माले भने, ‘दशैंसम्म हामीलाई त्यो पर्याप्त समय छ र हामी त्यहाँका सीडीओहरुलाई आवश्यक दबाब पनि दिन्छौं ।’
कोरोना महामारीको कारण रोकिएका ६० भन्दा बढी फिल्म प्रदर्शनको पर्खाइमा छन् भने तीन दर्जन फिल्म सुटिङमा जाने तयारीमा छन् । २० वटा भन्दा बढी फिल्मको छायांकन निषेधाज्ञाले बीचमै रोकिएको छ । नाम चलेका कलाकार र सेलेव्रिटीले वैकल्पिक पेशा व्यवसाय थालेका छन् । मुख्य क्षति फिल्म प्राविधिकलाई भएको छ उठ्नै नसक्ने गरी थलिएका छन् र चलचित्र प्राविधिक संघले फिल्म हल खुलाउने प्रशासनको निर्णयलाई स्वागतयोग्य बताएको छ ।
संघका अध्यक्ष पुष्कर लामाले हल खुलाउने निर्णयले केही राहतको श्वास फेरेको बताए । ‘अब फिल्म हल खुल्नु र फिल्महरु छायांकनमा जानुले प्राविधिकलाई राहत मिल्नेछ’ लामाले भने, ‘कोरोनाको तेस्रो लहर नआए आगामी चाडपर्वसम्म फिल्मको माहौल बनाउने तयारी गर्नेछौं ।’
सानो लगानीका फिल्महरु दशैं, तिहार छठ चाडमा फिल्म रिलिज गर्ने तयारी भएपनि बिग बजेटका फिल्महरु भने तत्काल रिलिज नहुने सम्भावना छ । यो सबै भाइरसको तेस्रो लहरसँग निर्भर देखिन्छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेल दोस्रो लहरको संक्रमण दरमा गिरावट आएको कारण निषेधाज्ञा खुकुलो भएपनि जोखिम भने नटरेको बताउँछन् ।
हल खुलाउने खबरले जति फिल्मकर्मी उत्साहित छन् उति नै तेस्रो लहर आउने सरकारी प्रक्षेपणले चिन्तित पनि । स्वास्थ्य मन्त्रालयले आगामी असोज १५ गतेदेखि तेस्रो लहर आउने सक्ने मिति नै तोकेको अवस्था छ । भारतमा अक्टोबरमा तेस्रो लहर उत्कर्षमा पुग्ने बताइएको छ । कोरोनाको यो ग्राफको कारण कतिपय निर्माताहरु ठूलो लगानीका फिल्मलाई तत्काल रिलिज गर्ने मुडमा छैनन् । ४ करोड रुपैयाँ फसाएर बसेको प्रेमगीत ३ होस् र सुदर्शन थापाको म यस्तो गीत गाउँछु २ जुन फिल्मका निर्माता अझै पनि पर्ख र हेरको मनस्थितिमा छन् ।
‘हामी अझै पनि पर्ख र हेरको मनस्थितिमा छौं’ प्रेमगीत निर्माता सन्तोष सेनले नेपाल प्रेससँग भने, ‘फिल्म बनाउन ४ करोड खर्च भएको अवस्था छ र कहिले रिलिज गर्ने भन्नेमा हामी परिस्थितिलाई हेरिरहेका छौं ।’
सानो लगानीका फिल्महरु दशैं, तिहार छठ चाडमा फिल्म रिलिज गर्ने तयारी भएपनि बिग बजेटका फिल्महरु भने तत्काल रिलिज नहुने सम्भावना छ । यो सबै भाइरसको तेस्रो लहरसँग निर्भर देखिन्छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेल दोस्रो लहरको संक्रमण दरमा गिरावट आएको कारण निषेधाज्ञा खुकुलो भएपनि जोखिम भने नटरेको बताउँछन् ।
‘अझै पनि २० वटा जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमण छ । यसमा पनि डेल्टा भेरिएन्ट मिसिएको छ’ प्रवक्ता पौडेल भन्छन्, ‘निषेधाज्ञा खुकुलो हुनुको अर्थ जनस्वास्थ्यका मापदण्डलाई बिर्सने होइन । अझै सतर्क भएर तेस्रो लहर आउन नदिनेतर्फ अघि बढ्नुपबर्छ ।’
छिमेकी मुलुक भारतमा अहिले ५० प्रतिशत अकुपेन्सीमा फिल्म हल संचालनको अनुमति दिइएको थियोे । नेपालमा पनि बिहीबारदेखि ५० प्रतिशत अकुपेन्सीमा हल खुलाउन ससर्त अनुमति दिइएको हो ।

काठमाडौं । हृदयघातका कारण भारतीय अभिनेता सिद्धार्थ शुक्लाको सोमबार निधन भएको छ । लोकप्रिय रियालिटी सो बिग बोस १३ का विजेता समेत रहेका शुक्लाको निधन भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
उनी पछिल्लोपटक ओटीटीमा प्रसारण भएको बिग बोस र डान्स दिवानेको तेस्रो सिजनमा पनि देखिएका थिए । बिग बोसको कारण उनी चर्चित भएका हुन् । उनले ठूलो पर्दाको फिल्म हम्पटी शर्माकी दुल्हानियाँमा पनि अभिनय गरेका थिए ।
उत्तर प्रदेशको प्रयागराजबाट मुम्बई पुगेका शुक्ला भारतीय टेलिभिजनका चर्चित अभिनेता हुन् । उनी पछिल्लोपटक एकता कपुरको लोकप्रिय सो ‘ब्रोकन बट ब्यूटीफुल थ्री’मा देखिएका थिए ।
शुक्लाको निधनले विश्वभरका उनका प्रशंसकलाई दुःखित तुल्याएको छ ।

काठमाडौं । टीभी रियालिटी शो कमेडी च्याम्पियनको अघिल्लो एपिसोडमा अत्यधिक चर्चामा आएका प्रतियोगी विक्की अग्रवाल अन्ततः फाइनलमा पुगेका छन् । दर्शकको भोटबाट विक्कीसहित सन्तोष थापा फाइनलका लागि छानिए भने हिक्मत महरा आउट भए ।
यसअघि टप ४ को प्रतिस्पर्धाबाट निर्णायकहरुको छनोटका आधारमा भरतमणि पौडेलले फाइनलमा स्थान बनाइसकेका छन् । अब उपाधिका लागि भरतमणि, विक्की र सन्तोषको त्रिपक्षीय प्रतिस्पर्धा निश्चित भएको छ । यद्यपि, यसबारे कमेडी च्याम्पियन टिमले औपचारिक जानकारी भने दिएको छैन ।
कमेडी च्याम्पिसन सिजन २ को फाइनल आगामी २ असोजमा हुने छ । त्योभन्दा अघि तीनैजना प्रतियोगीहरु आ-आफ्नो गृहनगरको भ्रमणमा जानेछन् । भरतमणि ताप्लेजुङका हुन् भने सन्तोष गोर्खाका र विक्की सिक्कमका हुन् ।
टप ४ को प्रतिस्पर्धामा भरतमणि र विक्कीको सर्वाधिक चर्चा भएको थियो । भरतमणिले पूर्वयुवराज पारसको नक्कल उतारेर वाहवाही बटुलेका थिए । विक्कीले चाहिँ ‘पेन्टोमाइम’ प्रस्तुति दिए, जसमाथि सामाजिक सञ्जालमा निकै बहस भयो । उनको प्रस्तुतिमा आलोचनात्मक टिप्पणी गरेका निर्णायक सन्तोष पन्त विवादमा परेका थिए ।

काठमाडौं । नायिका करिश्मा मानन्धर फिल्मसँगै व्यवसायमा पनि सक्रिय भएकी छिन् । चर्चित अन्तर्राष्ट्रिय इलेक्ट्रोनिक्स ब्रान्ड इन्टेक्सलाई नेपाल भित्राउँदै करिश्माले व्यवसायको थालनी गरेकी हुन् । करिश्माको कम्पनी रिसिक टेडिङ कन्सर्न प्रालिले यो ब्रान्ड भित्र्याएको हो ।
उक्त कम्पनीकी म्यानेजिङ डिरेक्टर समेत रहेकी मानन्धरले घरायसी रुपमा प्रयोग हुने इलोक्ट्रोनिक्स सामान खरिद गर्दा उपभोक्ताले अबदेखि यो ब्राण्डलाई नै रोज्नेमा आफु विश्वस्त रहेको समेत बताइन् । बुधबार राजधानीमा आयोजित प्रेसमिटमा करिश्मा र उनकी छोरी कविताले संयुक्तरुपमा ब्रान्डको घोषणा गरे ।

इक्टेक्स कम्पनीले परिवारका लागि आवश्यक पर्ने इलोक्ट्रोनिक्सका सामानहरु बिश्व बजारमा उपलब्ध गराउदै आएको छ । २५ वर्ष अघिबाट यस ब्राण्डका सामानहरु विश्व बजारमा आएपनि नेपालमा भने होम अप्लायन्स र स्मल होम अप्लायन्सका सामान आधिकारिक रुपमा पहिलो पटक नेपाल भित्रिएको हो ।
८ वर्ष अघि यस कम्पनीले उत्पादन गरेको मोवाइल नेपाल भित्रिएको र सन २०१५ मा नेपाल र भारतमा नम्वर एक ब्राण्डको रुपमा स्थापित भएको थियो । क्वालिटी र गुणस्तरमा प्रश्न उठाउने ठाउँ नरहेको इन्टेक्स ब्राण्डका अन्तराष्ट्रिय व्यापार प्रमुख विश्वास अग्रवालले बताएको छ । रिसिककी म्यानेजिङ डाइरेक्टर समेत मानन्धरले घरायसी रुपमा प्रयोग हुने इलेक्ट्रोनिक्स सामान खरिद गर्दा उपभोक्ताको रोजाई इन्टेकमा हुने विश्वास गरेको सुनाइन् ।

काठमाडौं । नायिका वर्षा शिवाकोटी अहिले फिल्मभन्दा अन्य कुराले पनि चर्चामा छिन् । प्रेमी राज कट्वालसँगको उनको म्युजिक भिडिओको चर्चा अहिले फिल्म नगरीमा व्याप्त छ ।
यही क्रममा वर्षालाई चर्चित बनाउने काम गरेको छ उनले यसैसाता खरिद गरेको महंगो अपार्टमेन्टले । वर्षाले ललितपुर हात्तीवनस्थित सिटी स्केपमा २ करोड ५० लाख मूल्य तिरेर अपार्टमेन्ट खरिद गरेकी छिन् ।
गतसाता खरिद गरेको उक्त अपार्टमेन्टमा साइत हेराएर आज बुधबारदेखि उनी गृहप्रवेश गरिन् । अपार्टमेन्टमा उनले पूजापाठ गरेर सामान पनि सारेकी छिन् । अहिले भक्तपुर कौशलटारमा बस्दै आएकी वर्षा आजदेखि आमासँग उक्त अपार्टमेन्टमा बस्नेछिन् ।

‘लामो समयदेखिको मेरो सपना पुरा भएको छ’ नेपाल प्रेससँग वर्षाले भनिन् । केही समयअघि कार समेत किनेकी वर्षाले निषेधाज्ञा सुरु भएपछि अपार्टमेन्ट खरिद प्रक्रिया थालेकी थिइन् ।
वर्षा अभिनित चार फिल्म अहिले रिलिजको तयारीमा छन् । जसमा लक्का जवान, परदेशी २, मनसँग मन र ए साथी सुन छन् ।

काठमाडौं । काठमाडौं उपत्यकाका फिल्म हलहरु भोलिदेखि खाेल्न पाइने भएकाे छ। आज बसेको काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओहरुको बैठकले कोभिड प्रोटोकल पालना गर्दै फिल्म हल खुलाउन अनुमति दिने निर्णय गरेको हो ।
नेपाल प्रेससँग कुरा गर्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले स्वास्थ्य मापदण्ड पालना गर्दै फिल्म हल खुलाउन अनुमति दिइएको बताए ।
‘स्मार्ट लकडाउनको कार्यविधिअनुसार फिल्म हल खुलाउन अनुमति दिएका हौं’ सीडीओ पराजुलीले भने ।
उनले प्रशासनको आदेशको पालना भए नभएको अनुगमन गर्ने समेत निर्णय भएको जनाए । सीडीओको बैठकले जारी निषेधाज्ञालाई भदौ मसान्तसम्म थप्ने निर्णय पनि गरेको छ । प्रशासनले निर्णय गरेपनि फिल्म हलहरु तत्काल खुल्ने अवस्था नरहेको क्यूएफएक्स संचालक नकिम उद्दिनले बताए ।

काठमाडौं । बलिउड अभिनेताहरु अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी र परिणिती चोपडा फिल्म सुटिङका लागि अक्टोबर पहिलो साता नेपाल आउने भएका छन् । सुरज वर्जत्यले निर्देशन गर्ने फिल्म ‘उचार्ई’ छायांकनका लागि उनीहरु नेपाल आउन लागेको फिल्मको नेपाल व्यवस्थापन हेर्ने कम्पनी थ्री ह्विलर्सले नेपाल प्रेसलाई जानकारी दिएको छ ।
अक्टोबर ५ मा काठमाडौंदेखि सुरु हुने सुटिङ लुक्ला, नाम्चे, लाङटाङ र मनाङमा समेत हुने भएको छ । सुटिङ अनुमतिका लागि नेपाल व्यवस्थापन हेर्ने कम्पनीले संचार मन्त्रालयसँग अनुमति मागेको छ । अमिताभ बच्चन काठमाडौंसम्म आइपुग्ने भएपनि स्वास्थ्यका कारण हिमाली भेगमा सुटिङका लागि जाने वा नजाने निश्चित नभैसकेको कम्पनीका एक सदस्यले जानकारी दिए ।
सुटिङ र यात्रा गरेर फिल्म युनिट एक महीना नेपालमा रहने भएको छ । फिल्म छायांकन नेपालमा हुने जानकारी दुई बलिउड वेबपोर्टल कोइमोइ र पिंकभिल्लाले पनि दिएका छन् । फिल्ममा नीना गुप्ताको पनि मुख्य भूमिका हुने जनाइएको छ ।
मित्रताको कथा प्रस्तुत गर्ने फिल्मको सम्पूर्ण छायांकन र पोस्टप्रोडक्सन २०२२ जनवरीमा सक्ने लक्ष्य छ । यो फिल्ममार्फत सुरज र अमिताभले पहिलोपटक सहकार्य गर्न लागेका हुन् । अर्को वर्षको मध्यदेखि फिल्मलाई हलमै रिलिज गर्ने तयारीमा सुरज छन् ।

काठमाडौं । र्यापर रेडक्याप (गौरब शर्मा)ले ‘ताल न बेताल’ शीर्षकमा दोहोरी र र्यापको मिश्रण शैलीको नयाँ गीत बजारमा ल्याएका छन् ।
रेडक्यापको शब्द रहेको उक्त गीतमा दृष्टि पौडेलले आवाज दिएकी छन् । गीतको र्याप भागमा रेडक्यापले नै स्वार भरेका छन् ।
गीत टिकटकले ल्याएको विकृतिमाथि केन्द्रित भएको रेडक्यापले बताए । टिकटकमा लाइक र भ्यूजका लागि जे पनि गर्ने प्रचलनलाई व्यंग्य गर्दै गीत ल्याइएको उनको भनाइ छ ।

काठमाडौं । विष्णु माझीद्वारा स्वरबद्ध गीत ‘चरी जेलैमा’ भिडिओ साझेदारी साइट युट्युवमा सबैभन्दा छिटो १ करोड पटक हेरिने नेपाली गीत बनेको छ । १३ दिनमा यसलाई १ करोड भ्यूज प्राप्त भयो ।
सुरुआती पाँच दिनमा २५ लाख भ्यूज प्राप्त गरेको यो गीतलाई ७ दिनमा ७५ लाख पटक हेरिएको छ । यो गीतलाई पछिल्लो सात दिनमा हरेक दिन औषत १० लाख पटक हेरिएको छ ।
‘सुरुआती भ्यूज सुस्त भएपनि चर्चाको कारण पछिल्लो समय यसको भ्यूजसँग उकालो लागेको छ’ युट्युव एनालिस्ट कुमार व्यञ्जनकारले नेपाल प्रेसलाई भने, ‘यसले कुरा बुझ्न पर्च र टाढा भएपनि गीतको रेकर्डलाई पनि उछिनेको छ ।’
चरी जेलैमालाई मंगलबारसम्म १ करोड ३१ लाखभन्दा बढी पटक हेरिएको छ । प्रकाश सपुतको कुरा बुझ्न पर्च र पल शाह अभिनित टाढा भएपनिले १५ दिनमा १ करोड भ्यूज प्राप्त गरेका थिए ।

काठमाडौं । पूजा शर्मासँगको प्रेमबाट अलग भएपनि नायक आकाश श्रेष्ठलाई अहिले विगतले पछ्याइरहेको छ । पूजासँगको सम्बन्धलाई लिएर अहिले पनि मिडियाको प्रश्नले आकाशलाई छाडेको छैन ।
मंगलबार राजधानीमा आयोजित म्युजिक भिडिओ लन्च कार्यक्रममा आकाशले यस्तै प्रश्नको सामना गर्नुपर्यो । पूजा अहिले युद्ध बानियाँ नामक नयाँ युवकको प्रेम सम्बन्धमा रहेको चर्चा छ ।


प्रेमको आकाशमा युद्ध किन हुन्छ ? एक संचारकर्मीले घुमाउरो ढंगले सोधेको यो जवाफमा आकाशले कूटनीतिक जवाफ दिए । ‘माया प्रेममा अल्झनु हुन्न, अगाडि बढ्नुपर्छ’ उनले भने । उनको यो जवाफ सुन्दा लाग्छ, उनी विगतबाट टाढिने प्रयासमा छन् ।
स्वरुपराज आचार्यको स्वर समावेश गीत ‘तिम्रो नग्मा’ उक्त कार्यक्रममा लन्च गरियो । दीपक सिलवालको शब्द तथा संगीत रहेको गीतमा जुम्ल्हाया दिदीबहिनी जोडी प्रिन्सी र प्रिज्मा खतिवडा र आकाशले अभिनय गरेका छन् । माइकल चन्दले भिडिओ निर्देशन गरेका छन् ।

काठमाडौं । नेपाल तथा अमेरिकामा छायांकन गरिएको फिल्म ‘लाइफ इन एलए’को गीत लन्च भएको छ । मंगलबार राजधानीमा आयोजित प्रेसमिटमा ‘पागल प्रेमी’ बोलको गीत सार्वजनिक भयो ।
फिल्मका मुख्य कलाकारहरु अकेशा विष्ट, ब्यास विस्सु र शिल्पा मास्के गीतमा फिचर्ड छन् । एलिस कार्की र प्रतीक पौडेलको संगीत रहेको गीतमा प्रताप दास र कविता श्रेष्ठको स्वर समावेश छ ।
सूर्य एन श्रेष्ठले निर्देशन गरेको फिल्मले त्रिकोणात्मक प्रेमकथा पेश गर्छ । गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक लगायतको मुख्य भूमिका छ ।
ब्यास इन्टरटेनमेन्टको प्रस्तुतिमा तयार भएको फिल्मलाई ब्यास विस्सुले निर्माण गरेका हुन् । नेपालबाहेकका विदेशी मुलुकमा फिल्म आगामी दशैंमा रिलिज हुने जनाइएको छ । हेर्नूस गीत :

काठमाडौं । हिन्दू राष्ट्र र एकीकृत नेपालको नारासहित एकीकृत शक्ति नेपाल नामक मोर्चा घोषणा भएको छ । सोमबार राजधानीमा आयोजित कार्यक्रममा मोर्चाको घोषणा भयो ।
अभिनेता निखिल उप्रेतीले मोर्चाको घोषणापत्र पढेर सुनाएका थिए । मोर्चाका एक सदस्यका अनुसार पत्रकार देवप्रकाश त्रिपाठी संयोजक रहेको यो मोर्चालाई भविष्यमा राजनीतिक दलको रुपमा गठन गर्ने तयारी भैरहेको छ ।
मोर्चाको सक्रिय सदस्यको रुपमा निखिल समेत छन् । अभिनेत्री मनीषा कोइरालालाई पनि समूहमा ल्याउन छलफल भैरहेको तर, उनले कुनै निर्णय नदिएको ती सदस्यले नेपाल प्रेसलाई जानकारी दिए ।
मोर्चाको घोषणा सभामा आफूलाई निम्तो आएपनि आफू नगएको र भविष्यमा राजनीतिक पार्टीमा लाग्ने इच्छा नरहेको अभिनेत्री श्वेता खड्काले नेपाल प्रेसलाई जानकारी दिइन् ।
मोर्चा घोषणा लगत्तै त्रिपाठी र नायक निखिलसहितका पदाधिकारी भद्रकाली मन्दिरमा गएर सपथ खाएका थिए । घोषणापत्र पढेर सुनाउँदै नायक उपे्रतीले मूलधारका राजनीतिक दलले गर्दा देशको हालत बिग्रिएको भन्दै आलोचना गरेका थिए ।
मोर्चाको उद्देश्य जातिय राजनीति हुन नदिने, राष्ट्रवादी शक्तिलाई एकढिक्का बनाएर लैजाने, संघीयता खारेजी गर्नुपर्ने र हिन्दू राष्ट्र कायम गर्नुपर्ने लगायतका माग छन् । डा. रामहरि उप्रेती महासचिव रहेको मोर्चालाई पार्टीकै रुप दिने वा मोर्चाकै रुपमा निरन्तरता दिनेबारे कुनै निर्णय नभएको ती सदस्यले जनाए ।

काठमाडौं । सडक दुर्घटनामा गम्भिर घाइते भएर नर्भिक अस्पतालमा उपचाररत नायिका तथा मोडल निशा घिमिरेको अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।
मंगलबार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा निशाको अवस्थामा खासै सुधार नभएको जानकारी दिइयो । दुर्घटनापछि घिमिरेको ब्रेनमा ड्यामेज भएको र लामो समय उपचारविहिन अवस्थामा राखिएकाले समेत अहिले कोसिसका बाबजुद उनको अवस्थामा सुधार हुन नसकेको अस्पतालले जनाएको छ ।
निशाको उपचारको नेतृत्व गरेका डा. पंकज जलानले सबै विकल्पमा गएर उपचार गरिएको तर, सुधार नआएको बताए । उनका अनुसार निशाको दुर्घटनामा ब्रेन इन्जुरी भएको र त्यसको अवस्था निकै जटिल रहेको पूर्णरुपमा सामान्य हुने अवस्था छैन ।
केही म्युजिक भिडिओ र केही फिल्ममा समेत अभिनय गरेकी निशाको उद्दार गरि अस्पतालले निःशुल्क उपचार गर्दै आएको थियो । हालसम्म निशाको उपचारमा ५० लाखभन्दा बढी रकम खर्च भएको र उपचारका लागि नर्भिकले कसैबाट पनि सहयोग नलिएको समेत अस्पतालले जनाएको छ ।
निशाको उपचारका लागि संकलन गरिएको रकमबारे अस्पताल अनभिज्ञ रहेको समेत बताइएको छ । पत्रकार सम्मेलनमा निशाका बुवा प्रेम घिमिरेले छोरीलाई लिएर टीकटक लगायतका सामाजिक संजालमा भ्रामक भिडिओ पोस्ट भएको भन्दै कार्वाहीको माग गरेका छन् ।

काठमाडौं । ‘दुनियाँ बेग्लै छ, पिच रोड’ लगायतका गीतका गायक समिर आचार्यको स्वरमा समावेश नयाँ गीत ‘मै मरी जाउँ’ सार्वजनिक भएको छ ।
वसन्त विवस आचार्यको शब्दमा समावेश यो गीतमा समिर आचार्यकै संगीत छ । यो गीतलाई समिरले केही फरक शैलीमा बनाउने कोशिश गरेका छन् ।
यो गीतको भिडियोमा गायक तथा मोडल चक्र बम र श्रेया सिटौलाको अभिनय छ ।
भिडियोमा शान थापाको निर्देशन, अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन छ । गायक समिर आचार्यले यसपटक आफूले केही फरक स्वादमा गीत सार्वजनिक गरेकाले पनि दर्शक तथा श्रोताले मन पराउने विश्वास व्यक्त गरे ।

काठमाडौंँ । ‘मिसेस नेपाल ग्ल्याम २०२१’को उपाधि काठमाडौकी उर्मिला कार्कीले जितेकी छन् । दर्जन प्रतिस्पर्धीलाई पछि पार्दै उनले शीर्षसहित मिसेस ट्यालेन्ट, मिसेस पपुलर, भ्यूअर च्वाइस, बेस्ट हेयर उपाधि समेत हात पारिन् ।
उर्मिलाले सिंगापुरमा आयोजना हुने ‘मिसेस इन्टरनेशलन २०२१’ प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्नेछिन् । फस्ट रनरअपको उपाधि रमिता यादव र सेकेन्ड रनरअप सरिता श्रेष्ठले जिते । रमिताले मस्ट डिसिप्लेन उपाधिसमेत जित्दा सरिताले बेस्ट र्याम्प वाक, फिगर र फोटोजेनिकको उपाधि हात पारिन् ।


बिजेतालाई पूर्वमहिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री चन्दा चौधरी, अभिनेता धिरेन शाक्य, आयोजक संस्थाकी अध्यक्ष प्रीति कार्कीले प्रमाणपत्र प्रदान दिएका थिए । प्रतियोगितामा बवी शाह बेष्ट स्माइल, रंगलक्ष्मी फुयाँल बेस्ट स्किन, मलिसा शर्मा फेसबुक च्वाईस, शान्ति मगर लिम्बुले मिसेस ब्युटीफुल, सुनिता श्रेष्ठ बेष्ट फिगर, अन्जना खड्का बेस्ट डान्स, शोभा शाही बेष्ट कन्फिडेन्ट चुनिए ।
महिलाहरुमा अत्मविश्वास बढाउँदै उनीहरुको व्यक्तित्व विकाससहित नेपालको प्रतिनिधित्व अन्तराष्ट्रिय क्षेत्रमा बढाउन कार्यक्रमले सहयोग पुग्ने कार्यक्रम संयोजक आकाश गिरीले बताए । प्रतियोगिताको यो तेस्रो संस्करण हो ।

काठमाडौं । मनोज पण्डित निर्देशित फिल्म ‘एक’को अफिसियल ट्रेलर रिलिज भएको छ । दशैं घटस्थापना छेकोमा असोज २१ मा रिलिज हुने फिल्मले मधेशमा भूराजनीतिको कथा पेश गर्छ । ग्रेटर नेपाल, बधशाला र छायाँ निर्देशक पण्डितले पल्टिकल ड्रामास्वरुप यो फिल्म ल्याएका हुन् । प्रायः फिल्ममा राजनीति, समाज र मानवीयतालाई चित्रण गर्ने पण्डितले यसमा चाहिँ नेपाल-भारत सीमावर्ती भूगोललाई उठाएका छन् ।
विदेशी षड्यन्त्रबाट नेपाललाई जोगाउन विशेष गुप्तचर निकाय जतिसक्दो चाँडो स्थापित गर्नुपर्छ भन्ने तथ्यलाई स्थापित गर्न यो फिल्मले सीआइएस नामक एउटा जासूसी निकायको परिकल्पना गरेको छ । देश जोगाउन एउटा इमान्दार एजेन्टको संघर्ष यसको द्वन्द्व हो । मुख्य भूमिकामा विशाल पोखरेल छन् जसले इमान्दार एजेन्टको भूमिका निर्वाह गरेका छन् । ज्योत्सना योगीले उनको सहयोगी एजेन्टको चरित्र चित्रण गरेकी छिन् ।
‘मधेश विकास र शान्तिको पक्षमा अगाडि बढ्ने प्रक्रियामा रहँदा यसलाई विथोल्न स्वतन्त्र मधेशको अवधारणा स्थापित गरेर नेपाललाई सँधै अस्थिर तुल्याइराख्ने षड्यन्त्रको शिकार भएको नेपाली यथार्थलाई फिल्म एकले सिनेम्याटिक चुनौति दिएको छ’ जारी विज्ञप्तिमा उल्लेख छ ।
फिल्ममा स्वतन्त्र मधेशको नारा बोक्ने पात्रको भूमिका अभिनेता प्रमोद अग्रहरिले निर्वाह गरेका छन् । स्क्रिप्ट फ्याक्ट्रीको ब्यानरमा बनेको फिल्मको निर्माता आत्मा गुरागाइँ र सोफिया थापा छन् । छायांकन दीपक बज्राचार्य, सम्पादन भरत रेग्मी, संगीत गोविन्द मधुर आचार्य, पुष्कर महतो र हरि लम्सालको छ ।
फिल्ममा प्रमोद खड्का, रामशरण पाठक, मदन ठाकुर, सुरेश शाह, सविर चुरौटे, हरुन अली, रमेश महर्जन, रिसिका घिमिरे तथा बालकलाकार विश्वन्त पोखरेलले अभिनय गरेका छन् ।
कोरोना महामारीको कारण नेपाली ओटीटी प्लेटफर्ममार्फत फिल्मलाई रिलिज गरिने भएको छ । असोज २१ गतेदेखि सिनेमा घर एप, म्याक्स टीभ, नेट टीभी, डीस होमको च्यानल नम्बर ५५५, भायनेट तथा ओहो मूभिजबाट फिल्म प्रदर्शनमा आउने भएको छ ।

काठमाडौं । दशवर्षे सशष्त्र द्वन्द्वका क्रममा भएका बेपत्ता, हत्या, विस्थापित, यातना, अपांगता, यौन हिंसाको घटनालाई स्मरण गर्दै सोमबार मण्डला थिएटरमा ‘युद्धका घाउहरु’ नाटक मञ्चन गरिएको छ ।
मण्डला थिएटर र जर्मनी दूतावास मिलेर गरिएको मञ्चनलाई युट्युव, फेसबुकमार्फत भर्चुअल प्रस्तुत गरिएको थियो । मण्डला नाटक स्कुलको पहिलो वर्षका विद्यार्थी मिलेर नाटक प्रसतुत गरेका हुन् ।
नाटकले धादिङको जोगिमारा गाउँका १७ जना व्यक्तिको कालिकोटमा विमानस्थल निर्माण गर्दैगर्दा तत्कालिन शाही नेपाली सेनाले हत्या गरेको थियो विषयलाई चित्रण गरेको छ ।








जीविकोपार्जन गर्ने घरकै सदस्य राज्यबाट अनाहकमा मारिएपछि गाउँको एउटा गरिब परिवारले भोगेको भोगाइलाई नाटकमा समेट्ने प्रयास गरिएको छ ।
सरिता कठायतको लेखन, आकाश नेपालीको निर्देशन, हाङ्गा ओ हाङ्ग राईको मंच परिकल्पना र दिक्षा चौधरीको प्रकाश परिकल्पना रहेको नाटकको नेपाली शीर्षक जिउँदा लास र अंग्रेजी नाम युद्धका घाउ राखिएको छ ।

काठमाडौं । कालजयी संगीतकार गोपाल योञ्जनको सम्मान र स्मरणमा दार्जिलिङको भानु भवनमा प्रतिमा अनावरण गरिएको छ ।
त्यहाँका संगीतकार आनन्द राईका अनुसार एक कार्यक्रमका बीच योञ्जनको प्रतिमा अनावरण गरिएको हो । मित्र लामाको अगुवाइमा योञ्जन प्रतिमा स्थापना थालिएको थियो ।

‘मूर्तिकारको जति प्रशंसा गरे पनि अपुग हुनेछ, सहृदय नमन’, संगीतकार राईले फेसबुकमा लेखेका छन्– ‘यस कार्यलाई मूर्त रूप दिन आर्थिक सहयोग तथा साथ दिनुहुने महान हृदयहरूलाई नमन ।’