Category: कलाप्रेस

  • नेटफिल्क्स फिल्म हेर्न प्रधानमन्त्रीलाई निम्तो, ‘फोर्टिन पिक्स’ पहिलो सातामै बढी हेरिने सातौं स्थानमा

    नेटफिल्क्स फिल्म हेर्न प्रधानमन्त्रीलाई निम्तो, ‘फोर्टिन पिक्स’ पहिलो सातामै बढी हेरिने सातौं स्थानमा

    काठमाडौं । कीर्तिमानी नेपाली आरोही निर्मल पूर्जाले आफूमाथि नेटफिल्क्सले निर्माण गरेको फिल्म ‘फोर्टिन पिक्स : नथिङ इज इम्पोसिबल’ हेर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई निम्तो दिएका छन् ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा पूर्जाले देउवालाई फिल्मबारे बताएका थिए । पूर्जामाथि बनेको उक्त फिल्मबारे आफूले पनि मिडियाबाट सुनेको र समय मिलेसम्म फिल्म हेर्ने वचन देउवाले दिएका थिए ।

    आफू र प्रधानमन्त्रीबीचमा फिल्म र त्यसले नेपालको पर्यटनमा विश्वभर पारेको सकारात्मक प्रभावबारे छलफल भएको पूर्जाले नेपाल प्रेसलाई बताए । पूर्जाले सो अवसरमा आफ्नो बायोग्राफी पुस्तक बियोन्ड पसिबल पनि प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका थिए ।

    ‘प्रधानमन्त्रीज्यू र मबीच फिल्म र यसको सकारात्मक प्रभावबारे छलफल भयो’ निम्सदाइ उपनामले समेत चर्चित पूर्जाले नेपाल प्रेसलाई भने, ‘नेपालको पर्यटन र विश्वभर कसरी प्रवद्र्धन गर्न सकिन्छ भन्नेबारे पनि छलफल भयो ।’

    नोभेम्बर २९ देखि पूर्जाको फिल्म फोर्टिन पिक्स नेटफिल्क्समा रिलिज भएको छ । रिलिज भएको केही दिनमै यो फिल्म पछिल्लो साता सर्वाधिक हेरिने नेटफिल्क्स फिल्मको सातौं स्थानमा सूचीकृत भएको छ । यो फिल्मले २०१ ओभरभ्यू प्राप्त गरेको छ ।

     

  • महंगो मूल्यमा बिक्री भयो फिल्म ‘प्रकाश’को डिजिटल अधिकार, भारतमा समेत रिलिजको तयारी

    महंगो मूल्यमा बिक्री भयो फिल्म ‘प्रकाश’को डिजिटल अधिकार, भारतमा समेत रिलिजको तयारी

    काठमाडौं । दिनेश राउतको निर्देशन तथा प्रदीप खड्काको मुख्य भूमिका रहेको फिल्म ‘प्रकाश’को डिजिटल अधिकार विक्री भएको छ । महंगो मूल्यमा डीएआर मूभिजले राइट्स खरिद गरेको जनाइएको छ ।

    निर्माता महेन्द्र अधिकारी, वितरक रोहित कट्टेल र डीएआर मुभिजका तर्फबाट संचालक श्याम धितालको उपस्थितिमा फिल्म खरिद सम्झौता भएको छ । अहिलेसम्मकै महँगो रकममा डिजिटल राइट्स बिक्री भएको निर्माता अधिकारीले बताए ।

    फिल्मलाई हिन्दी भाषामा डब गरेर भारतमा प्रदर्शनको तयारी गरिएको जानकारी निर्माताले दिए । भारतका विभिन्न सहरमा समेत नेपाली भाषामै फिल्म प्रदर्शन हुने जनाइएको छ । नेपाल सीमावर्ती भारतीय राज्यहरुमा नेपाली भाषी समुदायको उल्लेख्य बसोबास छ । बजारको हिसाबले पनि यो समुदायलाई नेपाली फिल्मको लाभदायक थलो मानिन्छ ।

    बिनिस इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्ममा प्रदीपसहित रेणु योगी, दीया मास्के, प्रकाश घिमिरे, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाही लगायतको अभिनय छ ।

    विकास सुवेदीको कथा रहेको फिल्ममा राजेश श्रेष्ठको छायांकन र जीवन थापाको सम्पादन छ । फिल्ममा दीपक शर्मा, ताराप्रकाश लिम्बु र एलिस कार्कीको संगीत छ । गाउँले युवाले सरकारी जागिरको लागि गरेको संघर्ष फिल्मको कथावस्तु हो ।

    फिल्मको प्रदर्शन मिति सार्वजनिक नगरिएपनि आगामी वैशाखमा रिलिज गर्ने तयारी रहेको निर्देशक राउतले नेपाल प्रेसलाई बताए । चाँडै फिल्मको पोस्टर तथा टीजर सार्वजनिक गरिने भएको छ । सोही प्रेसमिटमा फिल्मको प्रदर्शन मिति घोषणा हुने भएको छ ।

  • धरहराको टुप्पाबाट’ नेपाल आइडल सिजन-४’ प्रसारणको डेट घोषणा (भिडिओ)

    धरहराको टुप्पाबाट’ नेपाल आइडल सिजन-४’ प्रसारणको डेट घोषणा (भिडिओ)

    काठमाडौं । राणाकालमा तत्कालिन शासक र राजाले धरहरा चढेर बिगुल फुक्ने र उपत्यकाबासीलाई जम्मा पार्ने इतिहास नयाँ कुरा हैन । नेपाल राज्यको इतिहासदेखि नै धरहरा र सूचनाको सम्बन्ध प्रगाढ रहँदै आएको छ ।

    नेपाली इतिहासको यो किस्सालाई सांगीतिक रियालिटी सो नेपाल आइडलले पछ्याउने जमर्को गरेको छ । नेपाल आइडलले आफ्नो चौंथो सिजन प्रसारणको घोषणा पुनःनिर्मित धरहराको टुप्पोबाट गरेको छ ।

    सोका होस्ट आसिफ साहले धरहरा चढेरै चौंथो सिजन प्रसारणको मिति घोषणा गरेका छन् । मंसिर २३ गते राती ८ः३० बजे एपीवान टेलिभिजन च्यानलबाट नेपाल आइडलको चौंथो सिजन प्रसारण सुरु हुने भएको छ ।

    धरहरा नै किन ? नेपाल प्रेसको जिज्ञासामा होस्ट साहले भने, ‘यसअघि पनि धरहराबाट विगुल फुकेर जम्मा पार्ने इतिहास थियो । त्यही सोचमा चौंथो सिजनको घोषणा स्तम्भ चढेर गरेका हौं । जेका लागि धरहरा बनेको थियो, हामीले पनि त्यही गरेका हौं ।’

    कार्यक्रम निर्देशक लक्ष्मण पौडेल र आफ्नो गफगाफमा यस्तो आइडिया आएको आसिफले बताए । चार महिना चल्ने आइडलको चौंथो सिजनको अडिसनमा झन्डै सय प्रतिस्पर्धी छानिएका थिए भने गाला राउन्डसम्म पुग्दा १२ जनाले प्रतिस्र्धा गर्नेछन् ।

    यसपटक शम्भुजित बाँस्कोटा, सुगम पोखरेल र शिवानी मोक्तान निर्णायकको रुपमा छन् । अर्को एक प्रश्नमा होस्ट आसिफले पछिल्लो समय नेपाली टेलिभिजनहरुमा बढिरहेका रियालिटी सोले स्वस्थ प्रतिस्पर्धाको सिर्जना गर्ने बताए । उनले भने, ‘हेल्दी कम्पिटिसन आवश्यक पर्छ । यसले अलग्गै ऊर्जा दिन्छ । यो चीज जरुरी पनि छ ।’

  • भृकुटीमण्डपमा ‘रेखा थापा वि लभ यू’ भन्दै समर्थकले मागे भोट !

    भृकुटीमण्डपमा ‘रेखा थापा वि लभ यू’ भन्दै समर्थकले मागे भोट !

    काठमाडौं । फिल्म नायिका समेत रहेकी अभिनेत्री रेखा थापाले काठमाडौंमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिएकी छिन् ।

    अध्यक्षका उम्मेदवार राजेन्द्र लिङ्देनको पक्षबाट उम्मेदवारी दिएकी रेखाले आफूलाई जिताउन आग्रह गर्दै महाधिवेशन प्रतिनिधिहरुसँग भोट मागिरहेकी छिन् । भृकुटीमण्डपमा रेखालाई भोट मागिरहेको दृश्य देख्न सकिन्छ ।

    उनको पक्षका महाधिवेशन प्रतिनिधिले पनि रेखाको लागि भोट मागिरहेका छन् । ‘पूर्वपश्चिम के भन्छ : रेखा थापा ले भन्छ’ र ‘रेखा थापा वी लभ यू’ भन्दै प्रतिनिधिले भोट मागिरहेका छन् । रेखाका समर्थकले भोट माग्दै प्रदर्शनीमार्गमा जुलुस पनि निकालेका छन् ।

    राप्रपामा एक महिलासहित तीनजना महामन्त्री रहने विधानको व्यवस्था छ । नेपाल प्रेससँग कुरा गर्दै रेखाले आफूले जित्ने विश्वास व्यक्त गरिन् ।

  • मिस्टर नेपाल २०२२ हुँदै : विश्वभरदेखि नेपाली युवाले आवेदन दिन सक्ने

    मिस्टर नेपाल २०२२ हुँदै : विश्वभरदेखि नेपाली युवाले आवेदन दिन सक्ने

    काठमाडौं । कोरोनाभाइरस महामारीले रोकिएका सौन्दर्य प्रतियोगिता धमाधम सुरु हुन थालेका छन् । युवाहरुको सहभागिता हुने मिस्टर नेपाल पनि आयोजना हुने भएको छ । एक्सपोज नेपालले आयोजना गर्दै आएको यो प्रतियोगिता यस बर्षदेखि नेक्स्ट मोडल्सले गर्ने भएको हो । आयोजकले पेजेन्टको नयाँ संस्करणको आवेदन खुला समेत गरेको छ ।

    जारी विज्ञप्तिमा १८ बर्षदेखि ३२ बर्ष ननाघेका युवाले आवेदन दिन सक्ने भएका छन् । संसारभर रहेका ५ फिट ८ इन्चभन्दा माथिको उचाइ भएका नेपाली नागरिकले भाग लिन पाउने भएका छन् । अडिसन माघको दोस्रो सातादेखि सुरु हुँदैछ । यो बर्षबाट आयोजकले बिभिन्न जिल्लामा आयोजना हुने स्थानिय सौन्दर्य प्रतियोगिताका विजेतालाई समेत भाग लिने अवसर दिने भएका छन् ।

    ‘मिस्टर वर्ल्ड’ मा मुलुकको सहभागितालाई बलियो तुल्याउन र प्रतिस्पर्धालाई उचाइ दिन यो पेजेन्टमा जोडिएको नेक्स्ट मोडल्स नेपालका सीइओ रवि धमलाले बताए । ‘यो बर्ष मिस्टर नेपाल’ मुलुकमा आयोजना हुने सबै सौन्दर्य प्रतियोगिताभन्दा भव्य हुनेछ’ धमलाले भने । शीर्ष विजेताले ‘मिस्टर वर्ल्ड २०२२’ मा भाग लिनेछन् ।

    अडिसनबाट छानिएका प्रतियोगीलाई पौडी, फुटबल, रक क्लाम्बिङ, समाजसेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायतका दर्जन बढी बिषयको नेक्स्ट मोडल्स नेपालको वेभसाइट तथा इ-सेवाबाट समेत आवेदन दिन सकिने भएको छ ।

  • टेलर स्वीफ्ट, एड सिरन र ब्याड बनी यसवर्ष संसारमै बढी सुनिने संगीतकर्मी, कुन गीत धेरै सुनियो ?

    टेलर स्वीफ्ट, एड सिरन र ब्याड बनी यसवर्ष संसारमै बढी सुनिने संगीतकर्मी, कुन गीत धेरै सुनियो ?

    काठमाडौं । पपस्टारहरु एड सिरन, टेलर स्वीफ्ट र ब्याड बनी सन् २०२१ मा सबैभन्दा बढी सुनिने संगीतकर्मी बनेका छन् । विश्वसंगीतका दुई ठूला स्ट्रिमिङ प्लेटफर्महरु स्पटीफाइ र एप्पल म्युजिकले बिहीबार यस्तो घोषणा गरेका हुन् ।

    पप-पंक एन्थम ‘गुड फर यू’मार्फत ओलिभिया रोड्रिगो ती दुबै प्लेटफर्मममा सर्वाधिक सुनिने नयाँ गायिका बनेकी छिन् । स्पटीफाइ प्रयोगकर्तामाझ संसारभर उनको पहिलो गीत ‘ड्राइभर लाइसेन्स’ धेरै सुनिएको छ ।

    एप्पल म्युजिकका प्रयोगकर्ताले चाहिँ दक्षिण कोरियाली पपब्यान्ड बीटीएसलाई रुचाएका छन् । उक्त ब्यान्डको गीत डायनामाइट यो वर्ष उक्त प्लेटफर्मममा सर्वाधिक सुनिने गीत बनेको छ ।

    सन् २०२० मा रिलिज भएको बीटीएसको डायनामाइट गीत स्पटीफाइ प्लेटफर्ममा सर्वाधिक सुनिने उत्कृष्ट पाँच गीतको सूचीमा अटाएन किनभने उक्त सेवा दक्षिण कोरियामा मात्र लन्च गरिएको थियो ।

    ओलियो रोड्रिग्युजको सावरपछि डुआ लिपाको डिस्को-पप ओडिसी गीत ‘फ्युचर नोस्टालजिया’ दोस्रो बढी सुनिएको गीत बनेको छ । एड सिरनको ब्याड ह्याबिट्स स्पटीफाइमा तेस्रो सर्वाधिक सुनिने गीत बनेको छ ।

    स्पटीफाइका अनुसार पुएर्तो रिकाका र्‍यापर ब्याड बनी यसवर्ष सर्वाधिक लोकप्रिय गायक बनेका छन् । उनको गीत चाहिँ ९.१ बिलियन पटक सुनिएको छ । यसवर्ष आफ्ना दुई क्लासिक एल्बमहरु फियरलेस र रेड रिलिज गरेकी गायिका टेलर स्वीफ्टलाई स्पटीफाइमा दोस्रो सर्वाधिकपटक सुनिएको छ ।

    एप्पल र स्पटीफाइले संयुक्तरुपमा यसवर्ष विश्व स्ट्रिमिङ बजारमा ४८ प्रतिशत हिस्सा ओगटेका छन् । पछिल्ला १२ महीनामा स्पटीफाइका उत्कृष्ट पाँच गीतलाई १ बिलियनभन्दा बढी पटक सुनिएको छ ।

  • भुटानी शरणार्थीको कथामा ‘बुलबुल’ निर्देशकले फिल्म ‘रबर सिटी’ बनाउने

    भुटानी शरणार्थीको कथामा ‘बुलबुल’ निर्देशकले फिल्म ‘रबर सिटी’ बनाउने

    काठमाडौं । सन् २०१९ मा ‘बुलबुल’ फिल्म निर्देशन गरेर राष्ट्रिय अवार्ड जितेका विनोद पौडेलले दोस्रो फिल्म निर्देशनको घोषणा गरेका छन् । उनले निर्देशन गर्ने नयाँ फिल्म ‘रबर सिटी’को टीजर पोस्टर सार्वजनिक भएको छ ।

    उक्त फिल्मको पोस्टर सार्वजनिक गर्दै निर्माता अविरल थापाले आगामी मार्चमा फिल्मको छायाँकन अमेरिकामा हुने जनाए । थापासँगै यस फिल्मका अन्य निर्मातामा राजु पौडेल, भक्त रिजाल, किर्तना बाँस्कोटा र यातिन पर्खानी छन् । फिल्मको तयारीको लागि निर्देशक पौडेल अमेरिकामै रहेको र अनुमानित पाँच लाख डलर (६ करोड रुपैयाँ) बजेट खर्च हुनसक्ने जनाइएको छ ।

    फिल्ममा अहिलेसम्म मुख्य भूमिकामा ‘साँघुरो’ फिल्ममा काम गरिसकेका सुशांक मैनाली र राधा लम्साल ‘भावु’ तय भएको र बाँकी कलाकार भने नयाँ नै हुने विनोद पौडेलले बताएका छन् । अमेरिकाको ओहायो राज्य अन्तर्गतको एक्रोन सहरलाई पहिले रबर सिटी भनिन्थ्यो र भुटानी शरणार्थीलाई पुनर्वास गराएपछि सो सहर पुन गुलजार बनेको थियो । फिल्मले भुटानी शरणार्थीको पुनर्वासपछिको कथा भन्नेछ ।

    फिल्मको कथा पटकथा पनि निर्देशक पौडेलले नै लेखेका हुन् भने अमेरिकामै रहेका अंकित पौडेलले छायाँकन गर्नेछन् । फिल्मले विश्वबजारमा नेपाली फिल्मलाई स्थापित गराउने विश्वास लिएको र निर्माण कार्यलाई तीव्र गति दिन फेब्रुअरीमा अमेरिका प्रस्थान गर्न लागेको निर्माता थापाले जानकारी दिएका छन् ।

  • निखिल उप्रेतीले गरे जेठी पत्नीसँग औपचारिकरुपमै सम्बन्ध विच्छेद

    निखिल उप्रेतीले गरे जेठी पत्नीसँग औपचारिकरुपमै सम्बन्ध विच्छेद

    भक्तपुर । नायक निखिल उप्रेती (दिनेश उप्रेती) र जेठी पत्नी कोपिलाबीच औपचारिकरुपमा सम्बन्ध विच्छेद भएको छ । कोपिलालाई छाडेको झन्डै १३ वर्षपछि उनीहरुले सम्बन्धलाई टुंग्याएका हुन् ।

    जिल्ला अदालत भक्तपुरको अभिलेखअनुसार गत साउन ३२ गते उनीहरुको सम्बन्ध विच्छेद भएको हो ।

    जिल्ला न्यायाधीश उमेश कोइरालाको इजलासमा उनीहरुबीच सहमतीमै सम्बन्ध विच्छेद भएको हो । मिलापत्रमा भनिएको छ : ‘यसमा दुवै पक्षले मिलापत्र गरी पाउँ भनी दिएको संयुक्त दरखास्त र सोही दरखास्त बमोजिम लेखिएको मिलापत्रको कागजी व्यहोरा समेत दुवै पक्षलाई बाची सुनाइ सोको मतलब र परिणाम समेत सम्झाउँदा बुझाउँदा समेत लेखिए बमोजिम सुनाइ सोको मतलब सम्बन्ध विच्छेद हुने गरी मुद्दा मिलापत्र गर्न दुवै पक्ष मञ्जुर भई दुवै पक्षले सही क्षापसमेत गरेकोले प्रस्तुत मुद्दा मुलुकी देवानी कार्यसंहिता २०७४ को दफा १९३ ‘४०’ बमोजिम मिलापत्र प्रमाणित गरिएको छ ।’

    निखिलले नायिका सन्चिता लुइँटेलसँग सन् २००८ मा दोस्रो विवाह गरेका थिए।

    निखिलको कोपिलातर्फबाट एक छोरा छन् भने सञ्चितातर्फ एक छोरा र छोरी छन्। कोपिलासँग भने निखिलले संघर्षका दिनमा नै विवाह गरेका थिए। दुवै पक्षले सहमतिमा सम्बन्ध विच्छेद गरेको जनाइएको छ।

  • मिस वर्ल्डमा हट देखिइन् नम्रता : स्वीमसुटमा खिचाइन् फोटो

    मिस वर्ल्डमा हट देखिइन् नम्रता : स्वीमसुटमा खिचाइन् फोटो

    काठमाडौं । यसवर्षको मिस वर्ल्ड अमेरिकी राज्य पुएर्तो रिकोमा सुरु भएको छ । नेपालसहित संसारका दर्जनौं मुलुकका सुन्दरी विश्व सुन्दरी उपाधि जित्ने लक्ष्यसहित उक्त थलोमा भेला भएका छन् ।

    गतसातादेखि सुरु भएको मिस वर्ल्डका विभिन्न विधाहरुको कम्पिटिसन रोचक देखिएको छ । हेड–टु–हेड च्यालेन्ज र ट्यालेन्ट अडिसन सकिएको छ भने ब्यूटी विथ पर्पसको प्रोजेक्ट प्रस्तुति पनि सकिएको छ ।

    गएराति स्वीमसुटमा सुन्दरीहरुले फोटोसेसन गरे । मिस नेपाल नम्रता श्रेष्ठले पनि ब्लु स्वीमसुटमा फोटो खिचाइन् । यो बिचवेयर सुटिङमा नम्रता हट र स्पाइसी देखिएकी छिन् ।

    नम्रताको मुख्य जोड यतिबेला ब्यूटी विथ पर्पस र मल्टिमिडिया विधामा देखिएको छ । किनभने यी दुबै विधामा नेपालको दबदबा रहँदै आएको छ । जसले गर्दा पनि उनले यी विधामा जित हासिल गर्ने संकल्प लिएकी छिन् ।

    गतवर्ष कोरोना महामारीले रोकिएको मिस वर्ल्ड प्रतियोगिता यसवर्ष अमेरिकी राज्य पुएर्तो रिकोमा सुरु भएको छ । डिसेम्बर १६ मा हुने ग्रान्ड फिनाली हुँदैछ ।

  • विश्वचर्चित टिभी होस्ट बेयर ग्रिल्सलाई नेपाल ल्याउँदै निर्मल पूर्जा

    विश्वचर्चित टिभी होस्ट बेयर ग्रिल्सलाई नेपाल ल्याउँदै निर्मल पूर्जा

    काठमाडौं । विश्व कीर्तिमानी आरोही निर्मल पूर्जा (निम्सदाइ) अहिले विश्वव्यापी चर्चामा छन् । नेटफिल्क्सले उनीमाथि निर्माण गरेको फिल्म ‘फोर्टिन पिक्स : नथिङ इज इम्पोसिबल’ हिजोदेखि विश्वभर स्ट्रिमिङ सुरु भएको छ ।

    नेटफिल्क्स प्रिमियरको पूर्वसन्ध्यामा फिल्मको हाइप्रोफाइल काठमाडौं प्रिमियर आयोजना गरिएको थियो जहाँ पर्यटनमन्त्री प्रेमबहादुर आलेले उनलाई स्ट्यान्डिङ ओभेसन समेत दिएका थिए । संसारका चर्चित मिडियाले फिल्मको राम्रो समीक्षा लेखेका छन् ।

    यस्तोमा, निम्सदाइले आफूलाई बलिउड अभिनेता अक्षयकुमारले एउटा एड्भेन्चर रियालिटी सोका लागि प्रस्ताव गरेको तर, पारिश्रमिकमा चित्त नबुझेपछि आफूले अस्वीकार गरेको खुलासा गरेका छन् ।

    ‘जंगलमा सुटिङ गर्ने साहसिक रियालिटी सोका लागि अक्षयकुमारले बोलाएका थिए तर म गइँन’ उनले भने, ‘म अक्षयकुमारको फ्यान हुँ तर, पारिश्रमिकमा चित्त बुझेन ।’

    यसैबीच, आरोही पूर्जाले अबको आफ्नो समय नेपालको पर्यटनमा खर्चिने बताएका छन् । उनले काठमाडौंमा आयोजना हुने एक कार्यक्रमका लागि डिस्कभरी च्यानलका बेयर ग्रिल्सलाई काठमाडौं ल्याउने भएका छन् ।

    ग्रिल्जले संचालन गर्ने कार्यक्रम म्यान भर्सेस वाइल्ड नेपालमा समेत हिट छ । ग्रिल्जले लकडाउनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामालाई पनि कार्यक्रममा सहभागी गराएका थिए । ‘बेयर ग्रिल्सलाई पनि चाँडै नेपाल ल्याउने तयारी भएको छ । उनीसँग कुरा भैसकेको छ’ पूर्जाले भने ।

  • प्रदीपसँग पूजाको सहकार्य, सार्वजनिक भयो ‘जुलेबी’ (भिडिओ)

    प्रदीपसँग पूजाको सहकार्य, सार्वजनिक भयो ‘जुलेबी’ (भिडिओ)

    काठमाडौं । नायिका पूजा शर्मा चलचित्रसँगै म्यूजिक भिडिओमा पनि निक्कै व्यस्त छिन् । उनले, लकडाउनपछि दर्जनौै भिडिओमा काम गरेकी छिन् । उनै, पूजाले मोेडल प्रदीप लामासँग नयाँ भिडिओमा सहकार्य गरेकी छिन् ।

    ‘जुलेबी’ बोेलको गीतकोे भिडिओमा पूजा र प्रदीपको रोमान्स हेर्न सकिन्छ । यो गीतमा अस्मिता अधिकारी र अमृत घोेले लामाकोे स्वर, शंकर थापा ‘स्माइल’को शब्द, गणेश शाहीकोे संगीत छ ।

    भिडिओमा प्रदीप लामाको कोेरियोेग्राफी तथा निर्देशन, सुशन प्रजापतिकोे छायांकन, कृष्ण भण्डारीकोे सम्पादन छ । भिडिओमा गायक लामाकोे लगानी छ । हेर्नूस गीत :

  • गुपचुपरुपमा किन सिन्धुली पुगे सौगात र सृष्टि ?

    गुपचुपरुपमा किन सिन्धुली पुगे सौगात र सृष्टि ?

    काठमाडौं । एकसातादेखि सौगात मल्ल र सृष्टि श्रेष्ठ सिन्धुलीमा छन् । उनीहरुले गुपचुप ढंगले नयाँ फिल्म ‘रेड सुटकेस’ छायांकन गरिरहेका छन् ।

    अहिले सिन्धुलीका विभिन्न स्थानमा यो फिल्मको छायांकन भैरहेको छ । काठमाडौंदेखि सिन्धुलीसम्मको यात्रामा आधारित हुने यो फिल्ममा सौगात र सृष्टिकै मुख्य भूमिका छ ।

    कबड्डी ४ को छायांकन सकेर सौगात यो फिल्मको सुटिङमा ज्वाइन भएका हुन् । फिडेल देवकोटाले यसलाई निर्देशन गरिरहेका छन् । बिना हल्ला रेड सुट्केस छायांकन सुरु भएको हो ।

    अझै एकसाता त्यहाँका विभिन्न स्थानमा फिल्म सुट हुने जानकारी सौगातले नेपाल प्रेसलाई दिए । त्यहाँबाट फर्किएपछि काठमाडौंमा सुट हुने तयारी छ ।

     

    View this post on Instagram

     

    A post shared by Shristi Shrestha (@shristishrestha)

    सामाजिक संजालमा सृष्टिले सिन्धुलीबाट रोमान्टिक भिडियो तथा तस्बिर सेयर गरेकी छिन् । सिन्धुलीले आफ्नो हृदय चोरेको भन्दै उनले भिडिओ पनि इन्स्टाग्राममा पोस्ट गरेकी छिन् ।

  • नयाँ भेरिएन्टको कारण देखाउँदै सिक्किम फिल्म फेस्टिभलमा नेपालीलाई रोक

    नयाँ भेरिएन्टको कारण देखाउँदै सिक्किम फिल्म फेस्टिभलमा नेपालीलाई रोक

    काठमाडौं । आगामी साता भारतको सिक्किममा आयोजना हुने ग्लोबल फिल्म फेस्टिभलमा नेपाली पाहुनाले भाग लिन नपाउने भएका छन् ।

    कोरोनाभाइरसको नयाँ भेरिएन्टको संक्रमण रोकथामका लागि सिक्किमको राज्य सरकार र त्यहाँको केन्द्रीय गृह मन्त्रालयले डिसेम्बर १८ सम्म विदेशीलाई प्रवेश गर्न नदिन आदेशसहितको पत्र पठाएपछि नेपालीले भाग लिन नपाउने भएका हुन् ।

    राज्य र केन्द्र सरकारको कोभिड-१९ मापदण्डसहितको पात्र आएपछि फेस्टिभलमा नेपाली र भुटानीले भाग लिन नपाउने सिक्किमको फिल्म प्रवद्र्धन बोर्डकी अध्यक्ष पूजा शर्माले नेपाल प्रेसलाई बताइन् ।

    सरकारको पत्रपछि अब नेपाली र भुटानी फिल्मकर्मी र पाहुनाले भाग लिन पाउनेछैनन् । डिसेम्बर १ देखि १८ डिसेम्बरसम्म प्रवेश अनुमति नदिन दुबै सरकारले बोर्डलाई निर्देशन दिएको जानकारी अध्यक्ष शर्माले दिइन् ।

    ‘विदेशीले भाग लिन नपाउने भएपछि मैले अभिनेता भुवन केसीलाई टेलिफोनमार्फत यसबारे जानकारी गराएकी छु’ शर्माले नेपाल प्रेसलाई भनिन् ।

    डिसेम्बर १० देखि १४ सम्म आयोजना हुने तयारीमा रहेको ग्लोबल फिल्म फेस्टिभल कोरोनाको नयाँ भेरिएन्टसँगै अन्यौलमा परेको छ । नेपाली र भुटानी पाहुनाबिनै फेस्टिभल आयोजना गर्ने वा नगर्ने भन्नेबारे निर्णय गर्न आज सिक्किम सरकार र फिल्म बोर्डको बैठक बस्ने तयारी छ ।

    फेस्टिभलमा भाग लिन भुवन केसी, अनमोल केसी, नम्रता श्रेष्ठसहितका दुई दर्जन सेलेव्रिटी र नेपाली संचारकर्मी सिक्किम जाने तयारीमा थिए । नेपाली र भुटानी फिल्मलाई लक्षित गर्दै सिक्किमले सोही फेस्टिभलमार्फत फिल्म पर्यटनको पनि थालनी गर्दै थियो ।

     

  • फिल्म हल नवीकरण मिनाहा गर्ने सरकारको निर्णय, ५० भन्दा बढी हल लाभान्वित हुने

    फिल्म हल नवीकरण मिनाहा गर्ने सरकारको निर्णय, ५० भन्दा बढी हल लाभान्वित हुने

    काठमाडौं । सरकारले कोरोना महामारी प्रभावित फिल्म हलहरुको नवीकरण मिनाहा गर्ने निर्णय गरेको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चलचित्र निर्माण, प्रदर्शन र वितरण सातौं संसोधन नियमावली २०७८ संसोधन स्वीकृत गर्दै सो निर्णय गरेको हो ।

    मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सूचना तथा संचार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो कुरा बताएका हुन् ।

    शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रतिस्थापन बजेटमार्फत महामारी प्रभावित फिल्म हलहरुको नवीकरण शुल्क मिनाहा गर्ने योजना ल्याएको थियो ।

    सरकारको यो निर्णयबाट ५० भन्दा बढी हल लाभान्वित हुने चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले नेपाल प्रेसलाई बताए । प्रत्येक ४ वर्षमा फिल्म हल नवीकरण गर्नुपर्ने प्रावधान छ ।

     

  • ‘हे संगीता’को रिमेक बनाउँदै शम्भुजित, फिल्म ‘लप्पन छप्पन २’ मा देखाइने

    ‘हे संगीता’को रिमेक बनाउँदै शम्भुजित, फिल्म ‘लप्पन छप्पन २’ मा देखाइने

    काठमाडौं । सन् १९९७ मा रिलिज भएको फिल्म सुनचाँदीमा समावेश आइटम गीत ‘…हे संगीता’को अडियो तथा भिडियो रिमेक हुने भएको छ । फागुन १३ गते प्रदर्शन हुन लागेको फिल्म ‘लप्पन छप्पन २’ मा शम्भुजित बाँस्कोटाको यो चर्चित गीतलाई पुनःप्रयोग गर्न लागिएको हो । बाँस्कोटाकै स्वरमा गीतको रेकर्ड भैसकेको छ ।

    आगामी महिना छायांकन हुने यो गीतमा कसले आइटम डान्स गर्नेछ भन्ने तय चाहिँ भैसकेको छैन । निर्देशक मुकुन्द भट्टले गीतमा उपयुक्त हुने आइटम गर्लको खोजी भैरहेको जनाएका छन् ।

    नेपाल प्रेससँग कुरा गर्दै संगीतकार एवं गायक बाँस्कोटाले नेपाली दर्शक तथा श्रोताले रुचाउने गरी गीत तयार भएको बताए । ‘रिमिक्स र रिमेक भएर यो गीत आए यसले नयाँ जीवन पाउनेछ र नयाँ पुस्ताको दर्शकले पनि रुचाउनेछन्’ उनले भने ।

    फिल्म सुनचाँदीमा शम्भुजित र देविका बन्दनाले यो गीत गाएका थिए । श्रीकृष्ण श्रेष्ठ र सारंगा श्रेष्ठको उक्त आइटम गीत त्यतिबेला निकै रुचाइएको थियो । ‘गीतको मर्म नमर्ने गरी आइटम डान्समा कास्ट गर्ने तयारी छ’ निर्देशक भट्टले भने ।

  • २६ वर्षपछि कमब्याक तयारीमा सुधांशु जोशी, फिल्म ‘एक्स-नाइन’ मा अनुबन्धित

    २६ वर्षपछि कमब्याक तयारीमा सुधांशु जोशी, फिल्म ‘एक्स-नाइन’ मा अनुबन्धित

    काठमाडौं । सन् १९९४ को सुपरहिट फिल्म ‘जालीरुमाल’ अभिनेता सुधांसुु जोशी अन्ततः अभिनयमा फर्कने निश्चित भएको छ ।

    मुकुन्द भट्टले निर्माण एवं निर्देशन गर्न लागेको एक्सन-ड्रामा ‘एक्सन-नाइन’बाट जोशी कमब्याक हुने भएका हुन् । २६ वर्षपछि जोशी फिल्म ‘एक्स-नाइन’बाट फर्कन लागेका हुन् ।

    निर्माण कम्पनीसँग उनको सम्झौतापत्रमा औपचारिक हस्ताक्षर भैसकेको छ । आफूले निर्माण गरेको फिल्म नेपाल बक्सअफिसमा असफल भएपछि जोशी अमेरिका पलायन भएका थिए ।

    उनी अमेरिका हानिएपनि बेलाबखत चाहिँ वैवाहिक जीवनजस्त नीजि कारणले भने चर्चामा रहे । अनमोल केसी, सौगात मल्ल, पुष्प खड्का, अनुपविक्रम शाही, राज कट्वालको समेत यसमा मुख्य भूमिका छ ।

    यो ग्याङस्टर फिल्ममा सुधाशुंको भूमिकाबारे खुलाइएको छैन । आगामी फागुन १३ गते भट्ट निर्देशित अर्को फिल्म ‘लप्पन छप्पन २’ रिलिज तयारीमा छ ।

  • सौगात र दीयाको लभस्टोरीमा ‘हैट’ बने भिलेन ! फिल्म ‘मन्त्र’को पोस्टर र रिलिज डेट सार्वजनिक

    सौगात र दीयाको लभस्टोरीमा ‘हैट’ बने भिलेन ! फिल्म ‘मन्त्र’को पोस्टर र रिलिज डेट सार्वजनिक

    काठमाडौँ । सौगात मल्ल, बुद्धि तामाङ र दीया पुन स्टारर फिल्म ‘मन्त्र’को पोस्टरसहित प्रदर्शन मिति तय सार्वजनिक भएको छ । कोरोना महामारीले रिलिजमा ढिलाइ भएको फिल्मले अन्ततः माघ २८ गतेलाई रिलिज डेटको रुपमा घोषणा गरेको छ ।

    गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रालिको ब्यानरमा बनेको फिल्मले हिमाली भेगको प्रेमकथालाई चित्रण गर्छ । ५१०० मिटरभन्दा माथिको उचाइ मनास्लु हिमालको आधार शिविर क्षेत्रमा छायांकन गरिएको फिल्मका निर्देशक खिलबहादुर गुरुङले गरेका हुन् ।

    ‘फिल्म निर्माण भएको चारवर्ष बितिसकेको थियो । दर्शकले पनि धेरै कुर्नुभयो । सोही कारण जतिसक्दो चाँडो रिलिज गर्ने निधो गरेका हौं’ निर्देशक गुरुङले नेपाल प्रेसलाई भने । उनका अनुसार फिल्मले केटीलाई जबर्जस्ती भगाएर बिहे गर्ने हिमाली परम्परामाथि फिल्म आधारित छ ।

    सार्वजनिक पोस्टरमा सौगात, बुद्धि र दीयालाई चित्रण गरिएको छ । मनास्लु क्षेत्रमा छायांकन गरिएको फिल्मका दृश्यले दर्शकको मन जित्नेमा निर्माण पक्ष ढुक्क छ । गोर्खा जिल्लाको चुम नुब्री सामा गाउँ, बीरेन्द्र ताल र पुङ्गिन गुम्बा लगाएतका रमणीय दृश्यहरु कैद गरिएको छ।

    यो फिल्ममा सौगात र दीयाले पहिलो पटक स्क्रिन सेयर गरेका छन् । यसबाहेक फिल्ममा नमिता घिसिङ, वीरबहादुर लामा, पासाङ टी शेर्पाको पनि मुख्य भूमिका छ । देवेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको ‘मन्त्र’मा रविराज कार्की, सुरेश कार्की र सुभ श्रेष्ठको लगानी छ ।

    साम्तेन भुटियाले लेखेको फिल्ममा सन्तोष सुनारको संगीत, संजय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन, सुजिल कर्माचार्यको पार्श्व संगीत छ । आगामी साता पत्रकार सम्मेलनमार्फत फिल्मको ट्रेलर र प्रवद्र्धन अभियान थालिने निर्देशक गुरुङले जानकारी दिए ।

  • रणवीर-दीपिका स्टारर ‘८३’ फिल्म ट्रेलर लन्च, हेर्नूस रणवीरको कपिलदेव अवतार

    रणवीर-दीपिका स्टारर ‘८३’ फिल्म ट्रेलर लन्च, हेर्नूस रणवीरको कपिलदेव अवतार

    मुम्बई । रणवीर सिंह र दीपिका पादुकोण स्टारर फिल्म ‘८३’को अफिसियल ट्रेलर लन्च भएको छ । ट्रेलरमा रणवीर कपिल देवकै दुरुस्तै पात्रका देखिएका छन् ।

    कपिलको भूमिकामा रणवीरको रुपान्तरण र उनको अभिनयको प्रशंसा भएको छ । भारतीय क्रिकेट टीमको खेलमार्फत ट्रेलर सुरु भएको छ ।

    भारतीय टीमका खेलाडीहरु एकपछि अर्को गरी आउट हुन्छन् र टीमको आशा कपिल देवमा टिकेका हुन्छन् । सन् १९८३ मा भारतीय क्रिकेट टोलीले खेलेको विश्वकपलाई लिएर फिल्म निर्माण भएको हो ।

    यो फिल्ममा पंकज त्रिपाठी तत्कालिन भारतीय क्रिकेट टीमका व्यवस्थापक पीआरमान सिंहको चरित्रमा छन् । ३ मिनेट ४९ सेकेन्ड लामो ट्रेलरमा रणवीरमार्फत कपिल देवको जीवन यात्रालाई चित्रण गरिएको छ ।

    फिल्ममा दीपिका पादुकोणले कपिलदेवकी पत्नी रोमी भाटियाको भूमिका निर्वाह गरेकी छिन् । फिल्ममा ताहिर राज भासिन, जीवा सलिम, जतिन सराना, चिराग पाटिलको पनि मुख्य भूमिका छ ।

    आगामी डिसेम्बर २४ मा यो फिल्म रिलिज हुँदैछ ।

  • विनालाई ‘मेरो संसार’ भनेर बोलाउँदै सरोज (भिडिओ)

    विनालाई ‘मेरो संसार’ भनेर बोलाउँदै सरोज (भिडिओ)

    काठमाडौं । अमेरिकामा बस्दै आएका गायक विन्तीकुमार गुरुङ र गायिका शान्ता अर्यालको स्वर रहेको गीत ‘होई मेरो संसार’ आज युट्युब मार्फत विश्वव्यापी रिलिज गरिएको छ । यो गीतमा दीपक शर्माकोे शब्द तथा संगीत छ ।

    गायक विन्तीकुमार अमेरिकामा रहेर पनि नेपाली गीतसंगीतमा निरन्तर सक्रिय छन् । उनले, गीतसंगीतलाई निरन्तर अगाडि बढाउने र दर्शकका लागि उत्कृष्ट सिर्जना सार्वजनिक गर्ने बताए ।

    भिडिओेलाई निर्देशक विधान कार्कीले निर्देशन गरेका हुन् । विधानले गीतको भिडिओमा सरोज प्रजा र विना राउतले प्रेम झल्काएका छन् । गीतको भिडिओमा विधानले गाउँबाट शहर जान खोज्ने केटा र उनलाई रोक्ने केटीको कथा भनेका छन् । भिडिओमा सुभाष कार्की ‘बेलबासे’को पनि अभिनय हेर्न सकिन्छ ।

    नवराज उप्रेतीको छायांकन रहेको गीतको भिडिओलाई विकास दाहालले सम्पादन गरेका हुन् ।

  • फिल्म निर्माता अर्जुन कुमारलाई प्रश्न : के ‘चपली हाइट ३’ ले बक्सअफिस चलायमान बनाउला ?

    फिल्म निर्माता अर्जुन कुमारलाई प्रश्न : के ‘चपली हाइट ३’ ले बक्सअफिस चलायमान बनाउला ?

    काठमाडौं । आगामी पुस २ गते रिलिज हुने फिल्म ‘चपली हाइट ३’को उद्देश्य हुनेछ : बक्सअफिसलाई चलायमान बनाउनू । कोरोना महामारीको कारण थलिएको नेपाली बक्सअफिस लयमा फर्कन संघर्ष गरिरहेको बेला हिट फिल्मको तेस्रो सिक्वेल रिलिज हुँदैछ ।

    के बक्सअफिसलाई चलायमान बनाउन अर्जनु कुमारको क्राइम थ्रीलर फिल्म सफल रहला ? नेपाल प्रेससँग कुरा गर्दै निर्माता कुमारले चपली हाइट तीनको बक्सअफिस सफलताबारे तीनवटा आधारहरु प्रस्तुत गरे । पहिलो : यो हिट फिल्मको फ्रेन्चाइज हो । दोस्रो : यसले प्रशस्त मनोरञ्जन दिनसक्छ र तेस्रो : दर्शक हलसम्म फर्किन अधैर्य छन् । निर्माता अर्जुन कुमारले प्रस्तुत गरेका यी आधार कत्तिको सशक्त छन् भन्ने कुरा रिलिजकै मितिमा थाहा हुनेछ ।

    दर्शकले यस्तो खाले क्राइम थ्रीलर फिल्ममा इन्जोय गर्न सक्ने दावी उनको छ । फिल्मको ट्रेलरबाट दर्शकले सकारात्मक प्रतिक्रिया दिएकोमा निर्माता खुशि छन् । तर, महामारीको समयमा ओटीटीमा विश्वस्तरीय फिल्मको स्वाद चाखेका दर्शकलाई हलसम्म फर्काउन सक्नु यो फिल्मको प्रमुख चुनौति हो ।

    कोरोनाकै कारण यसअघि रिलिज स्थगन गरेको चपली हाइटको यो श्रृंखलालाई हलमै रिलिज गर्न बनाएको निर्माता कुमारको दावी छ । उनी ओटीटी विरोधी देखिए । उनले भने, ‘नेपालमा ओटीटी प्लेटफर्म तयार छैन । ओटीटी टिक्छ भन्नु सपना मात्र हो ।’

    निर्माता अर्जुन कुमारलाई एउटै डर छ । त्यो हो : कोरानाभाइरसको नयाँ भेरिएन्टको कारण पुनः प्रतिबन्धहरु लागू हनसक्छन् कि भन्ने । महामारी कालको फिल्म निर्माणमा स्टुडियो शैलीको अवधारणा लागू हुनसके पैसा उठाउन सकिने उनको ठम्याइ छ । ‘डर भनेको फेरि आउन सक्ने प्यान्डेमिक नै हो’ उनी सुनिए । यस्तो बेला, हिन्दी डब गरिएका फिल्म ल्याएर नेपाली निर्मातालाई तर्साउन नहुने उनी बताउँछन् ।

    निर्देशक निकेश खड्का पनि निर्माता कुमारकै भनाइमा सहमत छन् । भन्छन्, ‘म आफ्नो कन्टेन्टमा विश्वस्त छु । क्राइम थ्रीलर जनरामै फिल्म बनाउनु रिस्क थियो तर, फिल्म रिलिजको टाइमिङलाई लिएर रिस्क महसुस गरेको छु ।’ महामारीको समयमा नेपाली दर्शकले नेटफिल्क्सजस्ता अन्तर्राष्ट्रिय ओटीटी प्लेटफर्मममा मनी हेइस्टजस्ता सिरिजलाई रुचाएकाले चपली हाइट तीन पनि रुचाउलान् कि भन्ने आशा निर्देशक खड्कालाई छ ।

    अर्कोतर्फ, नेपाली हिट फिल्मको टाइटललाई लिएर सिक्वेल बनाउनु सजिलो काम हुँदै होइन । ‘अहिले पनि मैले टाइटलबाटै दबाब महसुस गरेको छु’ निकेश भन्छन्, ‘भाग्यमानी यसअर्थमा छु कि चपली हाइटको ब्रान्ड र लिगेसीलाई निर्देशन गर्ने मौका पाएको छु ।’

    यसै महिना नेपाली बक्सअफिसमा सुपरहिट बलिउड फिल्म सूर्यवंशी र यसैसाता प्रदर्शन भएको सलमान खानको अन्तिम फिल्मको कमाइमा केही भिन्नता देखिन्छ । यस्तोमा, चपली हाइटले यी दुबै फिल्मबाट मध्यमार्गी बाटो पछ्याउन सक्ने ठम्याइ उनको छ ।

    निर्माता अर्जुन कुमार र निर्देशक निकेश खड्काले यसअघि फाटेको जुत्ता प्रोेजेक्टमा सहकार्य गरेका छन् । निकेशको निर्देशकीय कामबाट आफू सन्तुष्ट रहेको निर्माता कुमार बताउँछन् ।

    नेपाली फिल्म समीक्षकमाझ चर्चा कमाएका अभिनेता महेश त्रिपाठी चपली हाइट तीनको प्रमुख भूमिकामा छन् । फिल्ममा उनलाई अपराध अनुसन्धानमा सक्रिय प्रहरी अफिसरको भूमिकामा देख्न सकिन्छ । ‘फिल्मभित्र रहेको ग्रे क्यारेक्टरलाई दर्शकले रुचाउनुहुनेछ । यसमा मानवीय पक्षका धेरै आयाम लुकेका छन्’ नेपाल प्रेसलाई उनले भने ।

    फिल्मभित्र कलाकारको भीड भएपनि दर्शकलाई भने अन्यौल नतुल्याउने उनको भनाई छ । ‘दर्शकलाई कन्फ्युज तुल्याउनु नै फिल्मको मुख्य उद्देश्य हो’ त्रिपाठी सुनिए, ‘यो फिल्मसँग काम गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको छु । यसले मेरो करियरमा फाइदा पुग्ने सम्भावना देख्छु ।’

    महिला पात्र नै फिल्मका हिरो

    चपली हाइट यसको प्रिक्वेलदेखि नै नारीप्रधान रहँदै आएको छ । केन्द्रीय द्वन्द्वमा महिला रहेकाले निर्माता अर्जुन कुमारले फिल्मको हिरो नै महिला पात्र रहेको बताए । स्वस्तिमा खड्का र सुपुष्पा भट्ट मुख्य भूमिकामा छन् ।

    ‘महिलाहरु शक्तिशाली भएको फिल्म बनाउने निर्माता म मात्र हुँ’ निर्माता अर्जुन कुमार भन्छन्, ‘हाम्रो फिल्मको हिरो नै महिला हो ।’ ट्रेलरमा देखाइएजस्तो र चर्चा गरिएजस्तो महिलालाई कमजोर तुल्याउने उद्देश्य फिल्ममा नरहेको बरु परिस्थितीअनुसार चित्रण गरिएको उनको भनाई छ ।

     

     

  • ‘टीकटक क्वीन’ रेश्माको लगनगाँठो कसियो

    ‘टीकटक क्वीन’ रेश्माको लगनगाँठो कसियो

    काठमाडौं । टीकटकबाट ख्याति कमाएकी मोडल रेश्मा घिमिरे विवाह वन्धनमा बाँधएिकी छन् । प्रेमी प्रभाव बाबुसँग आज उनको लगनगाँठो कसिएको हो ।

    रेश्मा र प्रभातबीच गत वर्षको मंसिर १८ गते टीकाटालो भएको थियो । टीकाटालो भएको १ वर्षपछि उनीहरुले विवाह गरेका हुन् । उनीहरुको विवाह विराटनगरमा भएको हो ।

    प्रभाव अमेरिकामा बसेर चिकित्साशास्त्र पढिरहेका छन् । रेस्मा म्युजिक भिडिओमा मोडलिङ तथा प्रोग्राम होस्टिङमा व्यस्त छिन् । उनी ‘टीकटक क्वीन’ भनेर पनि चिनिन्छिन् ।

  • नेटफिल्क्सले आजदेखि नेपाली फिल्म ‘फोर्टिन पिक्स’लाई २१ करोड दर्शकमाझ स्ट्रिमिङ गर्दै

    नेटफिल्क्सले आजदेखि नेपाली फिल्म ‘फोर्टिन पिक्स’लाई २१ करोड दर्शकमाझ स्ट्रिमिङ गर्दै

    काठमाडौं । नेटफिल्क्सले पहिलोपटक नेपाली पात्र र कथामाथि निर्माण गरेको फिल्म ‘फोर्टिन पिक्स : नथिङ इज इम्पोसिबल’ आज विश्व प्रिमियर हुँदैछ ।

    नेटफिल्क्सले आजदेखि ११९ मुलुकका आफ्ना २१ करोड पेड मेम्बरमाझ फिल्म स्ट्रिमिङ गर्दैछ । दर्शकले ३१ भाषाबाट यो फिल्म हेर्न सक्नेछन् ।

    गतसाता काठमाडौंमा प्रिमियर गरिएको उक्त फिल्म नेपाली कीर्तिमानी आरोही निर्मल पूर्जाको जीवनमाथि आधारित छ । कसरी उनले ६ महिनाभित्रै संसारका अग्ला ८ हजार मिटरमाथिका १४ हिमाल चढे भन्ने चित्रण यसमा छ ।

    नेपाल प्रिमियरमा फिल्मले राम्रो प्रतिक्रिया बटुलेको छ । पर्यटनमन्त्री प्रेमबहादुर आलेले यो फिल्मले नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमै प्रवद्र्धन गर्ने बताइसकेका छन् । ३८ वर्षअघि धौलागिरी हिमालको फेदीमा जन्मिएका म्याग्दीका पूर्जाले २०७६ बैशाख १० मा अन्नपूर्ण हिमालबाट आरोहण थालेका थिए । उनको प्रोजेक्ट पोसिबल अभियान ०७६ कात्तिक १२ गते चीनको सिसापांगा हिमाल आरोहण सँगै सकिएको थियो ।

  • सन् २०२२ को बलिउड रिलिज क्यालेन्डर सार्वजनिक (सूचीसहित)

    सन् २०२२ को बलिउड रिलिज क्यालेन्डर सार्वजनिक (सूचीसहित)

    मुम्बई । कोरोना महामारीपछि ठूला बलिउड फिल्महरुले धमाधम प्रदर्शनको तयारी थालेका छन् । ठूला बलिउड फिल्म निर्माताहरु दुईवर्षदेखि हल खुल्ने प्रतिक्षामा छन् । कोरोनाभाइरसको परिस्थिती सामान्य भए सन् २०२२ फिल्म प्रेमीको लागि एकदमै रोचक हुने छ । केही ठूला फिल्मले प्रदर्शन मिति घोषणा गरिसकेका छन् । सन् २०२२ को बलिउड फिल्म रिलिज क्यालेन्डर सार्वजनिक गरिएको छ ।

    हेर्नूस् सूची :

    भारतको गणतन्त्र दिवसमा रिलिज हुनेछ जोनको फिल्म ‘अट्याक’

    २०२२ को सुरुआतमा एसएस राजामौलीको फिल्म आरआरआर प्रदर्शन हुँदैछ । यसबाहेक पान इन्डियाका फिल्म ‘राधे–श्याम’ र ‘पृथ्वीराज’ पनि जनवरीमा रिलिज हुँदैछन्। जोनको फिल्म ‘अट्याक र कश्मीर फाइल्स’ जनवरीमा गणतन्त्र दिवसको अवसरमा सँगै थिएटरमा आउनेछन् ।

    फेब्रुअरीमा रिलिज हुँदैछ ‘गंगूबाई काठियावाडी’

    ‘आरआरआर’सँग बक्स अफिसको टक्करबाट बच्न आलिया भट्टद्धारा अभिनित फिल्म ‘गंगुबाई काठियावाडी’ अब फेब्रुअरी १८ मा रिलिज हुनेछ । यसको साथै ‘बिफोर यू डाइर्’ ‘मैजर’ र रणवीर सिंहको फिल्म ‘जयेशभाई जोरदार’ पनि यसै महिना सिनेमाघरमा रिलिज हुनेछ ।

    मार्चमा रिलिज हुँदैछ चार ठूला फिल्म

    रणविर कपूरको मोस्ट वान्टेड फिल्म ‘शमशेर’ मार्च १८ मा रिलिज हुँदैछ भने कार्तिकको ‘भुल भुलैया २’ र आयुष्मान खुरानाको ‘अनेक भी’ पनि यसै महिना रिलिज हुनेछन् । अक्षयको ‘बच्चन पाण्डे’ पनि मार्च ४ मा रिलिज हुँदैछ ।

    अप्रिलमा ठूलो भीडन्त हुनेछ

    कंगना रनावतको धक्कड अप्रिल ८ मा रिलिज हुनेछ, त्यसपछि लालसिंह चड्डा र केजीएफ च्याप्टर २ अप्रिल १४ मा सँगै रिलिज हुनेछ । दुवै फिल्म ठूला स्टारका भएकाले फिल्मको सङ्कलनमा फरक पर्न सक्छ । यी बाहेक अमिताभ बच्चन, अजय देवगनको मेडे, रकेटरी र हिरोपन्ती २ पनि यसै महिना आउनेछन् ।

  • कट्रिना-विक्कीको बिहेमा कोरोना भेरिएन्ट बन्यो बाधक : गेस्ट लिस्ट छोट्याइने, कोर्ट म्यारिजको तयारी

    कट्रिना-विक्कीको बिहेमा कोरोना भेरिएन्ट बन्यो बाधक : गेस्ट लिस्ट छोट्याइने, कोर्ट म्यारिजको तयारी

    मुम्बइ । बलिउड जोडी कट्रिना क्याफ र विक्की कौशल बिहे तयारीमा छन् । तर, यी दुईको बिहेमा कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन बाधक बन्ने संकेत देखिएको छ ।

    बिहे नजिक हुँदै जाँदा निम्तो गर्ने अतिथिको नाम पनि सार्वजनिक हुन थालेको छ । अनुष्का शर्मा र बिराट कोहलीलाई विशेष अतिथिको रुपमा निम्तो गर्ने तयारी भएको छ ।

    डिसेम्बर ९ मा सवाई माधोपुरको पास फोर्ट बरवाडामा विक्की र कट्रिनाले हुने बिहे समारोहलाई लिएर नयाँ योजना बनाएका छन् । यो प्लानअनुसार अब उनीहरुले बिहेमा निम्तो दिइने अतिथिको सूची छोट्याउन थालेका छन् ।

    गेस्टको सूची छोट्याउनुपछाडि विश्वभर फैलिएको कोभिडको नयाँ ओमिक्रोन भेरिएन्टलाई कारण मानिएको छ । बेलायती मूलकी कट्रिनाको बिहेमा अन्तर्राष्ट्रिय पाहुनालाई पनि निम्तो दिइएको थियो ।

    ओमिक्रोन संक्रमण पुष्टि भएसँगै भारत सरकारले अन्तर्राष्ट्रिय यात्रुका लागि नयाँ मापदण्ड लागू गरेको छ । अन्तर्राष्ट्रिय गेस्टको सूचीमा कट्रिनाको परिवारसहित पेरुका फोटोग्राफर मारियो टेस्टिनाको नाम पनि सहभागी छ ।

    विक्की र कट्रिनाको बिहेमा भारतीय क्रिकेट कप्तान बिराट कोहली र अभिनेत्री पत्नी अनुष्का शर्मा छोरी वकिकासहित राजस्थानमा हुने बिहे समारोहमा जाने तयारीमा छन् ।

    करन जोहर, फराह खान, जोया अख्तरसहित निर्देशक सशांक खेतान पनि बिहेमा सहभागी हुँदैछन् । विक्की र कट्रिनाले बिहेको लागि जयपुरमा जानुअघि मुम्बईमा कोर्ट म्यारिज गर्नेछन् ।

     

  • ‘हाम्रो माया फुल्छ जहाँ’ भन्दै पूजालाई फकाउँदै आकाश (भिडिओ)

    ‘हाम्रो माया फुल्छ जहाँ’ भन्दै पूजालाई फकाउँदै आकाश (भिडिओ)

    काठमाडौं । नायक तथा मोडल आकाश श्रेष्ठ र नायिका तथा मोडल पूजा शर्माकोे जोेडीलाई दर्शकले पर्दामा खुबै रुचाउँछन् । म्युजिक भिडिओमा पनि यो जोेडी जमेको छ । यही जोडीले अभिनय गरेको नयाँ गीत ‘कहाँ जाने हो कहाँ’कोे भिडिओ सार्वजनिक भएको छ ।

    मेलिना राई र प्रविण वेदवालको स्वर रहेको गीतमा अर्जुन पोेखरेलको शब्द तथा संगीत छ ।

    यो गीतलाई अर्जुनले फिल्मी शैैलीमा तयार पारेका छन् । अर्जुनको गीतकोे भाव अनुसार निर्देशक माइकल चन्दले पनि भिडिओ तयार पारेका छन् । भिडिओमा माइकलले आकाश र पुजाविचको अन्तर्जातिय प्रेम देखाउन खोेजेका छन् । साथै, भिडिओको पहिलोे दृश्यलाई ३६० डिग्रीमा खिचिएको माइकल बताउँछन् ।

    भिडिओेमा शिलन लम्सालकोे सम्पादन, उत्सव दाहालकोे छायांकन, स्टेप अप एन्ड आर्टस् एकेडेमीको कोेरियोेग्राफी छ ।

  • मिस युनिभर्समा भाग लिन सुजिता इजरायलतर्फ प्रस्थान

    मिस युनिभर्समा भाग लिन सुजिता इजरायलतर्फ प्रस्थान

    काठमाडौं । मिस युनिभर्सको विश्व प्रतिस्पर्धामा भाग लिन मिस युनिभर्स नेपाल’ सुजिता बस्नेत इजरायल प्रस्थान गरेकी छिन् । मिस युनिभर्सको ७०औँ संस्करणमा भाग लिन युनिभर्स’ उनी शनिबार राती त्यसतर्फ प्रस्थान गरेकी हुन् । काठमाडौं विमानस्थलमा उनलाई आयोजक संस्थाकी निर्देशक नग्मा श्रेष्ठ लगायतले बिदाइ गरिन् ।

    इजरायलतर्फ प्रस्थान गर्नुअघि नेपाल प्रेससँग कुरा गर्दै उनले ताज जित्न अधिकतम प्रयत्न गर्ने बताइन् । उत्कृष्ट प्रस्तुति दिने उद्देश्यसहित आफूले भाग लिन लागेको उनको भनाई छ ।

    गत महिना राजधानीमा आयोजित ‘मिस युनिभर्स नेपाल’ को ग्रान्ड फिनालीमा उनले उपाधि जितेकी थिइन् । अन्तर्राष्ट्रिय स्पर्धाका लागि सुजिताले नेपालको चिनारी झल्कने कस्ट्युम प्रस्तुत गर्ने भएकी छिन् । ‘मिस युनिभर्स’ १२ डिसेम्बरमा आयोजना हुँदैछ । प्रतियोगितामा ७० बढी देशमा सुन्दरीहरूको सहभागिता रहनेछ ।

  • त्रिशलासँग सिसनको मूभी-डेट, रेडकार्पेटदेखि हलसम्मै देखिए प्रफुल्ल !

    त्रिशलासँग सिसनको मूभी-डेट, रेडकार्पेटदेखि हलसम्मै देखिए प्रफुल्ल !

    काठमाडौं । भ्लगर सिसन बानियाँ र पूर्वमिस नेपाल श्रृंखला खतिवडाको प्रेम सम्बन्ध लुकेको छैन । तर, माया लुकाएर लुक्ने चीज होइन ।

    यी दुईजनाले रिलेसनसिपलाई सार्वजनिकरुपमा स्वीकार नगरेपनि कतिपय ठाउँमा चाहिँ खुलारुपमै उनले प्रेमलाई प्रदर्शन गरेका छन् ।

    यस्तोमा, श्रृंखला अहिले उच्च शिक्षा अध्ययनका लागि अमेरिकामा छिन् । सिसन नेपालमै रहेर कामलाई निरन्तरता दिइरहेका छन् । सिसन अहिले भने नयाँ कारणले चर्चामा छन् ।

    कीर्तिमानी आरोही निर्मल पूर्जामाथि नेटफिल्क्सले निर्माण गरेको फिल्म ‘फोर्टिन पिक्स’को प्रिमियरमा सिसन चर्चाका कारण बने । उनी गायिका त्रिशला गुरुङसँग स्पट भएका थिए ।

    रेडकार्पेटदेखि २ घण्टा लामो फिल्म पनि उनीहरुले सँगै हेरे । चिकित्साकी विद्यार्थी समेत रहेकी २६ वर्षिया त्रिशला र भ्लगर सिसनको मूभी डेट उक्त समारोहमा चर्चायोग्य बन्यो ।

    त्रिशलाले सामाजिक संजालबाट समेत सिसनको तस्बिरलाई सेयर गरेकी छिन् । तस्बिरमा यी दुईजना प्रफुल्ल मुद्रामा देखिन्छन् । जेहोस्, सिसन र त्रिशलाको यो मूभी–डेट अहिले निकै चर्चामा छ ।

  • फेसन सो ‘आइसी डिजाइनर रनवे ’ मा ७३ डिजाइनरले प्रतिस्पर्धा गर्ने

    फेसन सो ‘आइसी डिजाइनर रनवे ’ मा ७३ डिजाइनरले प्रतिस्पर्धा गर्ने

    काठमाडौँ । यस वर्ष ‘आइसी डिजाइनर रनवे १०’ फेसन शो आयोजना हुने भएको छ । आइसी डिजाइनर रनवे १० आगामी २४ डिसेम्बर (९ पुस) मा आयोजना हुने भएको हो । यो सोको आयोजना नेक्स्ट मोडल्स नेपालले म्यानेजमेन्ट गर्न लागेको हो ।

    फेसन सोका लागि ३६ मोडल छानिएका छन् । नेक्स्ट मोडल्सले हालै अडिसन मार्फत २८ फिमेल र ८ मेल मोडल गरेर फेसन शोका उत्कृष्ट ३६ मोडल छनौट गरेको छ ।

    होटल हायात रिजेन्सीमा आयोजना हुने फेसन शोमा ७३ जना डिजाइनरले तयार पारेका बिभिन्न आकर्षक पहिरन २१ सिक्वेलमा मोडलहरुले र्याम्पमा प्रस्तुत गर्नेछन् । ७३ जना फेसन डिजाइनर नै आइसी कलेजका १८ औं ब्याजका पास आउट बिद्यार्थी हुन् ।

    ‘आइसी डिजाइनर रनवे’ धेरै बर्षदेखि नियमित आयोजना हुँदै आएको सो हो । यस वर्ष उत्कृष्ट तरिकाबाट प्रस्तुत गर्ने तयारी भइरहेको नेक्स्ट मोडल्स नेपालका सीइओे रवि धमलाले बताए ।
    सो को मुख्य उदेश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरुले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तराष्ट्रिय स्तरमा पुर्याउनु रहेको आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले जानकारी दिइन् ।

  • अस्मितालाई उछिन्दै रेवत शीर्षस्थानमा : हेर्नूस् पछिल्लो साता युट्युवमा सर्वाधिक हेरिएका टपटेन नेपाली गीत (सूचीसहित)

    अस्मितालाई उछिन्दै रेवत शीर्षस्थानमा : हेर्नूस् पछिल्लो साता युट्युवमा सर्वाधिक हेरिएका टपटेन नेपाली गीत (सूचीसहित)

    काठमाडौं । रेवत राईको स्वरमा रहेको गीत ‘तिमी तारे भीर’ यो साता युट्युवमा सर्वाधिक हेरिने नेपाली गीत बनेको छ । यो सातामा मात्र यो गीत १५ लाख ४७ हजार ४३८ पटक हेरिएको छ भने कूल १५ लाख ६० हजार ६६२ पटक हेरिएको छ ।

    यस्तै अस्मिता अधिकारी र खेम सेञ्चुरीको स्वरमा रहेको गीत ‘रमरम मरौटी’ दोस्रो शीर्ष स्थानमा परेको छ । यो गीतलाई एक सातामा मात्र १३ लाख ६६ हजार ३४२ पटक हेरिएको छ भने कूल १ करोड ३७ लाख ३२ हजार ८२५ पटक हेरिएको छ ।

    समिक्षा अधिकारीको स्वरमा रहेको गीत ‘धनगढीको बसमा’ लाई एक सातामा ११ लाख ८ हजार ४८८ पटक हेरिएको छ । यो गीतको कुल भ्यूज संख्या ८५ लाख ९ हजार ९५३ रहेको छ । रुटिन अफ नेपाल बन्दको सहयोगमा यो सूची तयार पारिएको हो ।

    हेर्नूस् सूची :

    १. रेवत राई ‘तिमी तारे भीर’ : १५४७४३८

     

    २. अस्मिता अधिकारी र खेम सेञ्चुरी ‘रम रम मरौटी’ : १३६६३४२

     

    ३. समिक्षा अधिकारी ‘धनगढीको बसमा’ : ११८४८८

     

    ४. खेम सेञ्चुरी ‘मन परेको मान्छे’ : ७८७१६६

     

    ५. भिटेन ‘गल्ली सडक’ : ७७३३७९

     

    ६. प्रकाश दूतराज ‘जाम भो माइली’ : ७२५६५९

     

    ७. दिनेश ढकाल ‘कालो केशमा रेलिमई’ : ७१३८०९

     

    ८. मोहित वंश आचार्य ‘हाम्रो माया’ : ७०९९३५

     

    ९. रमेश राज भट्टराई र रचना रिमाल ‘भन साईला’ : ६७८०४०

     

    १०. साहिमा श्रेष्ठ र सन्दिप न्यौपाने ‘ओकल दोकल-२’ : ६७२०६७

     

  • नेटफिल्क्स फिल्म ‘फोर्टिन पिक्स’लाई काठमाडौंमा प्रिमियर (तस्बिरहरु)

    नेटफिल्क्स फिल्म ‘फोर्टिन पिक्स’लाई काठमाडौंमा प्रिमियर (तस्बिरहरु)

    काठमाडौं । कीर्तिमानी नेपाली आरोही निर्मल पूर्जामाथि नेटफिल्क्सले निर्माण गरेको फिल्म ‘फोर्टिन पिक्स : नथिङ इज इम्पोसिबल’लाई शुक्रबार बेलुका काठमाडौंमा प्रिमियर गरिएको छ ।

    २ घण्टा लामो यो फिल्मलाई अमेरिका र बेलायतपछि नेपालमा प्रिमियर गरिएको हो । क्यूएफएक्सको लाबिम हलमा आयोजित प्रथम प्रदर्शनीमा पर्यटनमन्त्री प्रेमबहादुर आले, कूटनीतिज्ञ, व्यवसायी र सेलेव्रिटी सहभागी थिए ।

    मन्त्री आलेसहितका अतिथिले फिल्म हेरिसकेपछि पूर्जालाई ‘स्ट्यान्डिङ ओभेसन’ दिएका थिए । ‘निकै इन्जोय गरेँ, धेरै राम्रो फिल्म बनेको रहेछ’ फिल्म हेरेपछि नेपाल प्रेसलाई प्रतिक्रिया दिँदै मन्त्री आलेले भने, ‘पक्कै पनि यो फिल्मले नेपाल र नेपाली पर्यटनलाई अन्तर्राष्ट्रियरुपमा राम्रो सन्देश जानेछ ।’

    बेलायती राजदूत निकोला पोलिटले पनि फिल्म असाध्यै राम्रो बनेको बताउँदै यसले नेपाली पर्यटनलाई अझै प्रचारप्रसार गर्ने बताइन् । आठ हजारमाथिका अग्ला १४ हिमाललाई पूर्जाले ६ महिनामै कसरी सफलतापूर्वक आरोहण गर्न सफल रहे भन्ने कथा यसले भन्छ ।

    राजेश हमाल र पत्नी मधु आरोही निर्मल पूर्जासँग ।
    पर्यटनमन्त्री प्रेमबहादुर आले र निर्मल पूर्जा ।
    बायाँबाट फिल्म उद्यमी नकिम उद्दिन, अभिनेत्री शिल्पा मास्के र पूर्जा ।
    पूर्वमिस नेपाल माल्भिका सुब्बा र पूर्जा ।
    बायाँबाट अभिनेता कार्म, पूर्जा र विनय श्रेष्ठ ।

    चौधरी ग्रुपका निर्देशक निर्वाण चौधरी र पूर्जा ।

    अभिनेता राजेश हमालले नेटफिल्क्सजस्तो विश्व चर्चित ओटीटीले नेपाली कथा र पात्रमाथि फिल्म बनाउँदा यसले नेपाली फिल्म र पर्यटनलाई फाइदा पुग्ने बताए । ‘मधु र मैले निकै इन्जोय गर्‍यौं । धेरैपटक म भावुक पनि भएँ’ हमालले नेपाल प्रेसलाई भने ।

    यो फिल्म विश्वका ३१ भाषासहित नेटफिल्क्सबाट सोमबारदेखि विश्वभर रिलिज हुँदैछ । नेटफिल्क्सले ११९ मुलुकका आफ्ना २१ करोड पेड मेम्बरमाझ फिल्म स्ट्रिमिङ गर्दैछ ।

    ३८ वर्षअघि धौलागिरी हिमालको फेदीमा जन्मिएका म्याग्दीका पूर्जाले २०७६ बैशाख १० मा अन्नपूर्ण हिमालबाट आरोहण थालेका थिए । उनको प्रोजेक्ट पोसिबल अभियान ०७६ कात्तिक १२ गते चीनको सिसापांगा हिमाल आरोहण सँगै सकिएको थियो ।

    निर्मल पूर्जा आगामी साता अन्टार्कटिकातर्फ जाँदैछन् । उनी त्यसतर्फ जानुअघि मिडियाकर्मीको लागि फिल्मको प्रिमियर गर्ने योजना छ ।

     

  • मंगलबार बिहे गर्दै रेश्मा : टीकाटालो भएको एकवर्षपछि कसिँदैछ लगनगाँठो

    मंगलबार बिहे गर्दै रेश्मा : टीकाटालो भएको एकवर्षपछि कसिँदैछ लगनगाँठो

    काठमाडौं । नायिका तथा रियालिटी सो होस्ट रेश्मा घिमिरेले गतवर्ष प्रेमी प्रभात बाबुसँग टीकाटालो गरेकी थिइन् । गएको मंसिर १८ गते यी दुईबीच इन्गेजमेन्ट भएको थियो ।

    इन्गेजमेन्ट एनिभर्सरीकै छेकेमा मंसिर १४ गते रेश्मा र प्रभातबीच बिहे हुने भएको छ । प्रभात अमेरिकामा रहेर डाक्टर पढिरहेका छन् भने रेश्मा अहिले नेपाल आइडलको नयाँ सिजनको होस्ट गरिरहेकी छिन् ।

    रेश्मा निकट स्रोतका अनुसार उनीहरु १४ गते वैवाहिक जीवनमा बाँधिदैछन् । बिराटनगरमा बिहे कार्यक्रम हुने र काठमाडौंमा बिहे रिसेप्सन आयोजना गर्ने उनीहरुको तयारी रहेको बुझिएको छ ।

    रेश्मा सामाजिक संजाल टीकटकमा समेत उत्तिकै चर्चित छिन् ।

  • मिस वर्ल्डको हेड-टु-हेड च्यालेन्ज सुरु, मिस नेपालको जवाफ : मानिसको जीवनसँग जोडिन चाहन्छु (भिडिओ)

    मिस वर्ल्डको हेड-टु-हेड च्यालेन्ज सुरु, मिस नेपालको जवाफ : मानिसको जीवनसँग जोडिन चाहन्छु (भिडिओ)

    काठमाडौं । विश्व सुन्दरी प्रतियोगिता (मिस वर्ल्ड)को हेड-टु-हेड च्यालेन्ज गएरातिदेखि प्रारम्भ भएको छ । अमेरिकी राज्य पुएर्तो रिकोमा सुरु भएको प्रतिस्पर्धाको ग्रुप-१ मा मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठसहितका सुन्दरीले प्रश्नोत्तरमा भाग लिएका छन् ।

    मिस वर्ल्डले सार्वजनिक गरेको हेड-टु-हेडको ग्रुप–१ च्यालेन्जमा सोधिएको प्रश्नमा नम्रताले आत्मविश्वासपूर्वक उत्तर दिएकी छिन् । प्रश्नकर्ताले नम्रतालाई सोधेकी छिन् : तपाईंले यसअघि नै सफलता हासिल गर्नुभएको छ, अब चाहिँ के ?’

    नम्रताले भनेकी छिन्, ‘अब मिस वर्ल्डको माध्यममार्फत विश्वसामु आफ्नो प्रभाव छाड्दै जीवन बाँच्न चाहन्छु ।’

    अन्य प्रश्नकर्ता भन्छिन् : मिस वर्ल्ड टाइटलसहित के गर्न चाहनुहुन्छ ?’ नम्रता भन्छिन् : म जहाँ जान्छु, जुन काम गर्छु र जसलाई म भेट्छु उसको जीवनमा प्रभाव पार्ने मेरो लक्ष्य छ । मिस वर्ल्डमा भाग लिन पाउँदा निकै खुशि छु । म धेरै मानिस र जीवनसँग जोडिएकी छु र उनीहरुको जीवनमा गाँसिन चाहन्छु अनि सकारात्मक छाप छोड्न चाहन्छु ।’

    डिसेम्बर १६ मा ग्रान्ड फिनाली हुँदैछ ।

  • फ्राइडे रिलिज : नेपाली बक्सअफिसमा सलमान खान भर्सेस जोन अब्राहम

    फ्राइडे रिलिज : नेपाली बक्सअफिसमा सलमान खान भर्सेस जोन अब्राहम

    काठमाडौं । शुक्रबार नेपाली हलहरुमा दुई नयाँ फिल्म रिलिज भएका छन् । यी दुबै फिल्ममा बलिउडका दुई ठूला स्टारकास्ट छन् र दुबैको जनरा एक्सन ड्रामा हो ।

    सलमान खान फिल्मसको ‘अन्तिम : द फाइनल ट्रुथ’ र जोन अब्राहमको ‘सत्यमेव जयते २’ छन् । जोनको फिल्म बिहीबार नै नेपाल र भारतमा प्रदर्शनमा आएको हो ।

    मराठी फिल्म ‘मुल्सी पार्टन’को रिमेक रहेको सलमानको फिल्म ‘अन्तिम’मा सलमानसहित आयुश शर्मा र महिमा मकवानाको मुख्य भूमिका छ ।

    शिख प्रहरी अधिकृत (सलमान) र ग्याङस्टर (आयुश)को कथा वरपर घुम्ने यो फिल्मले अपराधको कारण किसानहरुले भोग्नुपरेको दारुण अवस्थालाई चित्रण गर्छ । महेश मञ्जेरकरले यसलाई निर्देशन गरेका हुन् ।

    टी सिरिज र एमे इन्टरटेनमेन्टले निर्माण गरेको फिल्म सत्यमेव जयतेको दोस्रो सिक्वेलमा जोनसहित दिव्या खोसला कुमारको मूख्य भूमिका छ । अन्याय र शक्तिको दुरुपयोगविरुद्धको कथा यसमा छ । जोनले यस फिल्ममा तेहेरो भूमिका निर्वाह गरेका छन् ।

    नेपालमा सलमान र जोनका प्रशंसक भएकाले ती वर्गका दर्शकले रुचाउने अनुमान गरिएको छ ।

  • राजेश हमालले खरिद गरे जिप कम्पास गाडी !

    राजेश हमालले खरिद गरे जिप कम्पास गाडी !

    काठमाडौं । अभिनेता राजेश हमाल गाडीका सौखिन हुन् । उनले बिहीबार नक्सालस्थित जिप सोरुमबाट लिजेन्डरी कम्पासको जिप खरिद गरे ।

    बाल्यकालदेखि नै जिपबारे सुनेको र केही फिल्म छायांकनमा विलिस जीप चलाएको अनुभव रहेको उनले सुनाए । ‘म जीपको अफरोड क्षमताबाट प्रभावित थिएँ’ उनले भने ।

    गाडी खरिद गर्न हमाल पत्नी मधुलाई लिएर जिपको नक्साल आउटलेटमा पुगेका थिए ।

    केही महीनादेखि नेपाली बजारमा जिपको विक्री सुरु भएको थियो भने यो ब्रान्डको जिपका ग्राहक बढिरहेका छन् ।

    एमएडडब्लु लाइफका प्रमुख अनिश लामिछानेका अनुसार पछिल्लो समय जीपले नेपाली अटो मार्केटमा सफलता हासिल गरिरहेको छ । अटो ब्रान्डहरुले पनि पछिल्लो समय सेलेव्रिटी ग्राहकलाई प्राथमिकता दिइरहेका छन् ।

    नेपालमा जिपको नयाँ मोडेल कम्पास स्पोर्ट, लंगिच्युड, लिमिटेड र एस मोडेलमा उपलब्ध रहेको जनाइएको छ । यसको मूल्य ८४ लाख ९० हजारदेखि एक करोड ३६ लाख रुपैयाँसम्म रहेको कम्पनीले जनाएको छ ।

  • बले र प्रिज्मा अलग बाटोमा ! ‘ब्रेकअप’बारे प्रिज्माको यस्तो प्रष्टीकरण

    बले र प्रिज्मा अलग बाटोमा ! ‘ब्रेकअप’बारे प्रिज्माको यस्तो प्रष्टीकरण

    काठमाडौं । पछिल्लो समय सागर लम्साल बले र प्रिज्मा खतिवडा पुनः चर्चामा छन् । टीकटकबाट उदाएकी प्रिज्मा र भद्रगोल टिभी सिरियलबाट उदाएका बले केही वर्षदेखि प्रेममा रहेको चर्चा थियो ।

    उनीहरुले म्युजिक भिडिओ पनि सँगै गरेका छन् । फागुनमा बिहे गर्ने चर्चा पनि थियो । प्रेममा रहेको चर्चा चलेपनि यी दुईले आफूहरु प्रेममा रहेको खबरलाई स्वीकार गरेनन् । यतिबेला भने यी दुई अलग भएको चर्चा चलेको छ ।

    प्रायः सामाजिक संजालमा सँगै देखिने उनीहरु पछिल्लो समय भने एकअर्कासँगको भिडिओ पोस्ट गरेका छैनन् । उनीहरु म्युजिक भिडिओमा पनि सँगै देखिन छाडेका छन् ।

    उनीहरु अहिले अलग भएको जनाइएको छ । स्रोतले बिहेको कुरा नमिल्दा सम्बन्धमा दरार आएको दावी गरेको छ । तर, यी दुईजना अहिले पनि आफूहरुको सम्बन्धलाई स्वीकार्न तयार छैनन् ।

    ब्रेकअपको हल्लाबारे सोधिएको जिज्ञासामा प्रिज्माले नेपाल प्रेसलाई भनिन्, ‘ब्रेकअप हुन त पहिले रिलेसनमा बसेको हुनुपर्‍यो नि । उहाँसँग को-आर्टिस्टको सम्बन्ध मात्र हो । उहाँ (बले)लाई सँधै सर भनेर बोलाएकी छु । नभएको सम्बन्ध कसरी ब्रेकअप भयो ? म्युजिक भिडिओ आयो भनेर भविष्यमा नगर्ने कुरै छैन ।’