Category: कलाप्रेस

  • अभिनेता सारुकको पशुपति आर्यघाटमा अन्त्येष्टि

    अभिनेता सारुकको पशुपति आर्यघाटमा अन्त्येष्टि

    काठमाडौं । अभिनेता सारुक ताम्राकारको पशुपतिको आर्यघाटमा अन्त्येष्टि गरिएको छ । झुण्डिएको अवस्थामा मृत भेटिएका ताम्राकारको त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरिसकेपछि आजै दाहसंस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

    रातोपुलस्थित आफ्नै घरमा बिहीबार राति ताम्राकार झुण्डिएको अवस्थामा मृत भेटिएको थिए । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले घटनास्थलको प्रकृति हेर्दा उनको मृत्यु शंकास्पद नदेखिएको पछि उनको अन्तिम संस्कार गरेको बताए । उनकाे अन्त्येष्टिमा  थ्रुपै कलाकारहरु सहभागी भएका थिए ।

    सारुकले ‘ईन्टु मिन्टु लण्डनमा’, ‘मेरी मामु’, ‘रानी’ , ‘नमरी बाचे’ लगायत चलचित्रमा अभिनय गरेका छन् । हाल छायांकन भइरहेको ‘ह्यासट्याग माया’ अभिनय गरिरहेका उनी अपरान्ह सुटिङबाट घर फर्किएका थिए ।

    तस्बिर: गोपि कृष्ण चापागाईं

  • फिल्म बनाउँदा मानसिक स्वास्थ्य परामर्श विभाग राखौं: केकी अधिकारी

    फिल्म बनाउँदा मानसिक स्वास्थ्य परामर्श विभाग राखौं: केकी अधिकारी

    काठमाडौं । अभिनेत्री केकी अधिकारीले फिल्मकाे याेजना बनाउने क्रममै मानसिक स्वास्थ्य परामर्शको विभाग पनि राख्न जरुरी भइसकेको बताएकी छन् ।

    बिहीबार राति अभिनेता सारुक ताम्राकारले आत्महत्या गरेको खबर बाहिरिएपछि उनले फिल्म निर्माणको समयमा सबै कलाकारहरुको मानसिक स्वास्थ्यबारे ध्यान दिनुपर्ने बताएकी हुन् । कलाकार तथा प्राविधिकहरुले आत्महत्या गर्ने क्रम बढ्दै गएपछि उनले चिन्ता व्यक्त गरेकी छन् ।

    उनले  चलचित्र बनाउँदै गर्दा कलाकार तथा प्राविधिक सदस्यहरूका लागि मानसिक स्वास्थ्य परामर्शको विभाग पनि राख्न जरुरी भइसकेकाे  उल्लेख गर्दै सार्वजनिक स्पटलाइटमा हुनुको लागत अकल्पनीय हुन सक्ने  भन्दै सचेत गराइन् ।

    उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्,‘हामीले चलचित्र निर्माता र मिडिया उद्योगका प्रतिनिधिको रूपमा हाम्रो बजेट योजना बनाउँदा वा चलचित्र हस्ताक्षर गर्दा, निर्माणको समयमा सम्पूर्ण कलाकार तथा प्राविधिक सदस्यहरूका लागि मानसिक स्वास्थ्य परामर्शको विभाग पनि राखिन जरुरी भइसकेको छ । सार्वजनिक स्पटलाइटमा हुनुको लागत अकल्पनीय हुन सक्छ, बेलैमा सबै मिली यसलाई गम्भीरताका साथ लिऔं ।’

  • बाबुआमा पार्टीमा गएकाे बेला झुण्डिएका थिए अभिनेता सारुक

    बाबुआमा पार्टीमा गएकाे बेला झुण्डिएका थिए अभिनेता सारुक

    काठमाडौं । अभिनेता सारुक ताम्राकार घरमा कोही नभएको बेला झुण्डिएको पाइएको छ। अभिनेता ताम्राकार आमाबुबासहित  रातोपुलस्थित आफ्नै घरमा बस्थे । घरमा आमाबुबा नभएको बेला पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएको थियो ।

    ३१ वर्षीय ताम्राकार घरको भर्‍याङको रेलिङमा प्लास्टिकको पाइपको पासो लगाई झुण्डिएको अवस्थामा राति ११ बजे मृत फेला परेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी रिजालले नेपाल प्रेसलाई जानकारी दिए ।

    उनका अनुसार परिवारमा उनका बाबुआमा मात्र थिए । बाबुआमा बिहीबार दिउँसाे पार्टीमा गएका थिए । उनी एक्लै घरमा थिए । सोही समयमा आत्महत्या गरेको हुन सक्ने एसपी रिजालको भनाइ छ । प्रहरीका अनुसार बाबुआमा राति ९ बजे पार्टीबाट फर्केका थिए ।  त्यतिबेला  ताम्राकारकाे माेवाइल स्विच अफ थियाे । घर आएर हेर्दा  मुल ढाेकापनि भित्रैबाट बन्द भएकाे  पाइएपछि उनीहरु आत्तिएका थिए । केही समयसम्म  भित्रबाट कुनै प्रतिक्रिया नआएपछि  स्थानीयहरु जम्मा भएर प्रहरीलाई खबर गरेका थिए ।

    एसपी रिजालले भने,‘ बुबाआमा पार्टीमा जानुभएको रहेछ । राति घरमा आउँदा  भित्रैबाट लक भएकाे ढाेका लामाे समयसँग नखाेलेपछि प्रहरीलाई  खबर  गरेकाे देखिन्छ ।’

    एसपी रिजालले घटनास्थलको प्रकृति हेर्दा उनको मृत्यु शंकास्पद नदेखिएको बताए । ‘यद्यपि अहिलेसम्म आत्महत्या नै भन्नेछ । त्यही पनि हामीले थप अनुसन्धान गर्दैछौं’, उनले भने ।

    ताम्राकारको शव अहिले पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

    सारुकले ‘ईन्टु मिन्टु लण्डनमा’, ‘मेरी मामु’, ‘रानी’ , ‘नमरी बाचे’ लगायत चलचित्रमा अभिनय गरेका छन् । हाल छायांकन भइरहेको ‘ह्यासट्याग माया’ अभिनय गरिरहेका उनी अपरान्ह सुटिङबाट घर फर्किएको बताइएको छ ।

  • अभिनेता सारुक झुण्डिएको अवस्थामा मृत भेटिए

    अभिनेता सारुक झुण्डिएको अवस्थामा मृत भेटिए

    काठमाडौं । अभिनेता सारुक ताम्राकार झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । रातोपुलस्थित आफ्नै घरमा बिहीबार राति उनी झुण्डिएको अवस्थामा मृत भेटिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले नेपाल प्रेसलाई जानकारी दिए ।

    एसपी रिजालले घटनास्थलको प्रकृति हेर्दा उनको मृत्यु शंकास्पद नदेखिएको बताएका छन् । ‘अहिलेसम्म आत्महत्या नै भन्नेछ । त्यही पनि हामीले थप अनुसन्धान गर्दैछौं’, उनले भने ।

    ताम्राकारको शव अहिले पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

    सारुकले ‘ईन्टु मिन्टु लण्डनमा’, ‘मेरी मामु’, ‘रानी’ , ‘नमरी बाचे’ लगायत चलचित्रमा अभिनय गरेका छन् । हाल छायांकन भइरहेको ‘ह्यासट्याग माया’ अभिनय गरिरहेका उनी अपरान्ह सुटिङबाट घर फर्किएको बताइएको छ ।

  • ‘मुटु खाने भो’ मा दिवान्सीसँग दुर्गेशको अभिनय (भिडिओ)

    ‘मुटु खाने भो’ मा दिवान्सीसँग दुर्गेशको अभिनय (भिडिओ)

    काठमाडौं । गायिका जया छन्त्याल पुनले ‘मुटु खाने भो’ बोलको गीतको भिडिओ सार्वजनिक गरेकी छिन् । जसमा गायिका पुनलाई गायक नविन रानाले स्वरमा साथ दिएका छन् । सार्वजनिक गीतमा प्रल्हाद सुवेदीको शब्द रहेको छ भने लय शिव कनौजे मगरको रहेको छ ।

    एचबिएन किस्मतको एरेन्ज तथा मिक्सिङ र मास्टरिङ रहेको गीतमा चर्चित मोडल तथा गायक दुर्गेश थापाको सशक्त अभिनय रहेको छ । भिडिओमा दुर्गेशलाई दिवान्सी रोका मगरले अभिनयमा साथ दिएकी छिन् । भिडिओले वैँशालु उमेरमा चोखो माया लगाउने एक प्रेमील जोडीको रोमाञ्चक प्रेम कहानीलाई देखाएको छ । जसमा माया प्रेममा आउने उतार चढावलाई निर्देशक मौसम हिमालीले कलात्मक शैलीमा भिडिओमा देखाएका छन् ।

    भिडिओको छायाकंन राजेश घिमिरेले गरेका हुन् भने सम्पादन र कलर मनोज कार्कीले गरेका हुन् । गायिका पुनका यसअघि झ्याम्मै बस्यो साईली, बाग्लुङ पञ्चकोट, लगायतका डेढ दर्जन बढी गीतका भिडिओहरु बजारमा आइसकेका छन् । सार्वजनिक गीतको भिडिओ पनि गायिका पुनकै अफिसियल च्यानल जया छन्त्याल पुनबाट बजारमा आएको हो ।

  • एलिजाले अब सक्रिय राजनीति नगर्ने, हर्क साम्पाङलाई १० वटा साबेल दिँदै समाजसेवामा लाग्ने घोषणा

    एलिजाले अब सक्रिय राजनीति नगर्ने, हर्क साम्पाङलाई १० वटा साबेल दिँदै समाजसेवामा लाग्ने घोषणा

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय सदस्य एलिजा गौतमले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेकी छन् । एलिजा पत्रकार ऋषि धमलाकी पत्नीसमेत हुन् । धरान पुगेकी उनले मेयर हर्क साम्पाङको कामबाट प्रभावित भएको भन्दै आगामी दिन समाजसेवामा सक्रिय हुने उल्लेख गरेकी छन् ।

    एलिजा कलाकार पनि हुन् । २०७९ माघ १४ गते उनी नागरिक उन्मुक्तिमा प्रवेश गरेकी थिइन् ।

    हर्क साम्पाङको श्रम शिविरस्थल पुगेकर उनले केही साबेल पनि सहयोग गरेकी छन् ।

    हर्कको तारिफ गर्दै उनले लेखेकी छन्, ‘उहाँप्रति सधैँ उच्च सम्मान छ । देश र जनताको लागि केही गर्छु भन्ने जो कोहीलाई पनि हर्कजी प्रेरणाको स्रोत हुनुहुन्छ । आज उहाँको श्रम शिविरस्थल पुगेर प्रत्यक्ष भेटवार्ता गर्ने अवसर मिलेको छ । म निकै खुशी छु ।सो अवसरमा मेयर साहेबसँगै मैले पनि वृक्षरोपण गर्ने अवसर पाएँ । श्रम शिविरको लागि मैले आफ्नो व्यक्तिगत तर्फबाट १० वटा साबेल पनि प्रदान गरेकी छु । यहाँहरूले पनि आफ्नो तर्फबाट साथ र सहयोग गरिदिनुहुन अपिल गर्दछु ।’

    उनले थपेकी छन्, ‘दलको सक्रिय राजनीति गर्नेहरूलाई एकचोटी धरान आएर मेयर हर्कजीको काम हेर्न अनुरोध गर्दछु । यसपटक म सामाजिक कामको सिलसिलामा धरान आएकी हुँ । मेरा आगामी दिन समाजसेवामा नै सक्रिय रहनेछन् । अहिलेलाई सक्रिय राजनीतिबाट विश्राम लिएको पनि यसै पोष्टमार्फत घोषणा गर्दछु ।’

    गौतम पछिल्लो समय ‘एलिजा फाउण्डेसन’ बाट सामाजिक काममा सक्रिय देखिन्छिन् ।

  • हिमेशले परीक्षा दिँदै गर्दाको फोटो सामाजिक सञ्जालमा हालेपछि…

    हिमेशले परीक्षा दिँदै गर्दाको फोटो सामाजिक सञ्जालमा हालेपछि…

    काठमाडौं । चर्चित टिभी रियालिटी शो कमेडी च्याम्पियनको पहिलो सिजनका विजेता हिमेश पन्तले आज सामाजिक सञ्जालमा एउटा तस्वीर पोस्ट गरे, जसलाई लिएर उनीमाथि धेरैले प्रश्न उठाएका छन् । यो तस्वीर थियो, उनले परीक्षा दिँदै गर्दाको ।

    ‘स्नातकोत्तर राजनीतिशास्त्रको परीक्षा हुँदै गर्दा…’ भन्दै हिमेशले फोटो शेयर गरेका थिए । तस्वीरमा उनी प्रश्नपत्र नियालिरहेका देखिन्छन् ।

    सामान्यतया कुनै पनि परीक्षामा परीक्षार्थीलाई मोबाइल बोक्न अनुमति हुँदैन । त्यसो भए हिमेशले कसरी परीक्षा दिइरहेको फोटो खिचे भन्ने प्रश्न उठेको छ ।

    यस विषयमा हामीले हिमेशलाई सोध्दा उनले यो कुनै महत्वपूर्ण परीक्षा नभएको बताए ।

    ‘यो कलेजको आन्तरिक परीक्षा मात्रै थियो, मोबाइल बोक्न रोकटोक थिएन’, उनले भने, ‘उत्तर लेख्न थाल्नुभन्दा अगाडि स्मरणका लागि फोटो खिचेर राखेको हुँ ।’

    हिमेश अहिले आरआर कलेजमा अध्ययनरत छन् । उनी राजनीतिमा समेत व्यस्त छन् । गत संसदीय चुनावमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेर पराजित भएका थिए ।

     

  • दुलही सासुलाई ‘प्रेमिका’ भन्दै प्रियंकाको लिपकिस, सामाजिक सञ्जालमा रमाइला कमेन्ट

    दुलही सासुलाई ‘प्रेमिका’ भन्दै प्रियंकाको लिपकिस, सामाजिक सञ्जालमा रमाइला कमेन्ट

    काठमाडौं । नायिका प्रियंका कार्कीकी ५३ वर्षीया सासु रविना देशराज श्रेष्ठ हालै बेहुली बनिन् । विवाह पनि उनले दुईपटक गरिन्, पहिलोपटक हिन्दू परम्परागतअनुसार तामझामसहित र दोस्रोपटक अदालतमा श्रीमानसँग लिपकिस साट्दै ।

    रविनाका श्रीमान-श्रीमतीका लिपकिसका तस्वीरहरु त पहिल्यैदेखि सामाजिक सञ्जालमा छ्यालब्याल नै छन् । यतिबेला चाहीँ सासुबुहारीको लिपकिस चर्चामा छ ।

    अदालती विवाहपश्चात सासुसँगको लिपकिसको तस्वीर दुई दिनअघि प्रियंकाले सेयर गरेकी थिइन् । उनले सासुका नाममा भावुक पोस्टसमेत गरेकी छन् । खोइ कुन अर्थमा हो, उनले रविना आफ्नो आफ्नी ‘प्रेमिका’ समेत भएको बताएकी छन् ।

    प्रियंका लेख्छिन्, ‘यो एउटा सुन्दर यात्रा थियो । तिमीलाई मैले पहिले एउटा मेन्टर (मेघा बैंकमै हाम्रो परिचय भएको), त्यसपछि आफ्नो ब्वाइफ्रेन्डको आमा र मेरो ‘मदर इन लभ’ अनि मेरो प्रेमिकाको रुपमा समेत पाएँ ।’

    यता रविनाले पनि प्रियंकाका लागि उस्तै भावुक शब्द खर्चेकी छन् । बुहारी प्रियंकाले आफ्नो विवाहमा निकै उत्साहपूर्वक भाग लिएको भन्दै उनले खुशी व्यक्त गरेकी छन् ।

    ‘म भुल्न सक्दिनँ, हाम्रो सुहागरातमा तिमीले नै हाम्रो कोठा सजाइदिएकी थियौ र सुहागरातको कुरालाई लिएर हामी खित्खिताएर हाँसेका थियौं,’ उनले प्रियंकालाई लेखेकी छन् ।

    सासुबुहारीको यो प्रेम र सौहार्दतालाई कतिले प्रशंसा गरेका छन् भने कतिले नौटंकी देखाएको भन्दै आलोचनासमेत गरेका छन् । सासु–बुहारीको लिप किसको तस्वीरमा भने धेरै नकारात्मक प्रतिक्रिया आएका छन् । आधुनिकताका नाममा छाडापन देखाएको मानिसहरुको टिप्पणी छ ।

    केही प्रतिक्रियाः

    हे भगवान के हो यस्तो ? हाम्रो नेपाल र नेपालीको समाजमा यस्तो हुँदैन हौ । तिमीहरु नेपालमा छौ गोरे मान्छे हुनु सुहाउँदैन पनि । तिमीहरुजस्ताले आफ्नो संस्कार संस्कृति भुलेर के सिकाको आउने पिँढीलाई ? थुक्क ।

    मनिता राई

    वास्तवमा भन्नुपर्दा इन्लाई चाहीँ बोर्डर कटाउनुपर्ने हो । कहीँ नभाको विकृति त इनले पो सिकाउने रहेछन् । अलिकति लाज सरम छैन । नौटंकी जात्रा मञ्चन, अति नगर्नु नि, संस्कार र सामाजिक सीमा पनि हुन्छन् । कुन दिन कुटपिट गरेको समाचार आउँछ ।

    सिद्धान्त कोइराला

    के तिमीहरु समलिंगी हौ ? आफ्नो सम्वन्धलाई अलिकति सम्मान देउ । ओठमा किस गर्नुभन्दा नमस्ने गर्नु बढी सम्मानजनक र मर्यादित हुन्छ ।

    सञ्जय वान्तवा राई

    हाम्रोमा त सासुको खुट्टा ढोगेर सम्मान दिने चलन छ, यो ओठ जोडेर सम्मान दिने चलन मोडर्न होला है सायद ?

    दिपेन अधिकारी

    सासुलाई घरबाट विदा गर्न पाउँदा कुन चाहीँ बुहारी खुशी हुन्न होला र ? तर यसरी मुखमुखै लागेर खेदाउन त नहुने हो ।

    विजय घिमिरे

     

     

     

     

     

     

  • समीक्षाले रुँदै भनिन्- पलसँग १० लाख लिएको छैन, घरको तला थप्दा टर्चर दिए

    समीक्षाले रुँदै भनिन्- पलसँग १० लाख लिएको छैन, घरको तला थप्दा टर्चर दिए

    काठमाडौं। गायिका समीक्षा अधिकारीले एक अन्तर्वार्तामा दिएको अभिव्यक्ति पुनः चर्चामा छ ।

    बलात्कारको आरोपमा एक वर्ष जेल जीवन बिताएर फर्केका नायक पल शाहसँग धरौटीको पैसा नलिएको बताउँदै उनी अन्तर्वार्तामै धरधरी रोएकी थिइन् । समीक्षा रोएको उक्त क्लिप अहिले सामाजिक सञ्जालमा गसिपको विषय बनेको छ ।

    नायक शाहलाई अदालतले पीडितलाई दस लाख धरौटी दिन आदेश दिएको थियो । तर उक्त रकम आफूले नलिएको समीक्षाले अन्तर्वार्तामा बताएकी छन् ।

    उनले भनेकी छन, ‘दश लाख धरौटी अदालतले गरेको निर्णय हो । मैले मागेकी हैन । न मैले लिएकी नै छु । तपाईंहरुले यसबारे सोध्न सक्नुहुन्छ ।’

    धरौटीको दस लाख आफूले नलिए तापनि मान्छेहरुले भने त्यही कुरा गरेर आफ्नो परिवारलाई टर्चर दिएको उनको गुनासो छ ।

    उनले भनेकी छन्, ‘दाइले दुई-तीन वर्ष दुबईमा बसेर दुःख-संघर्ष गरेर कमाएको पैसाले घरको तल्ला थप्यौं । तर, मान्छेहरुले भने मेरी ममीलाई छोरीले पाएको दश लाखले घरको तल्ला थपेको भनेर यातना दिए । त्यस्तो सुन्दा मेरो बुवाआमालाई कति पीडा हुन्थ्यो होला ?’

    यति कुरा सुनाइरहँदा समीक्षाले आफूलाई सम्हाल्न सकिनन् । उनी अन्तर्वार्ताको बीचमै रोइन् ।

    उनले रुँदै भनेकी छन्, ‘अर्को जन्ममा छोरी भएर जन्मिन नपरोस् ।’

  • अष्ट्रेलिया पुगेर आकाश श्रेष्ठको खुलासा- म सिंगल छैन

    अष्ट्रेलिया पुगेर आकाश श्रेष्ठको खुलासा- म सिंगल छैन

    काठमाडौं । अष्ट्रेलिया पुगेका नायक आकाश श्रेष्ठले आफू अब सिंगल नभएको खुलाएका छन् । एसएनएस सेलिब्रेटी नाइट २०२३ मा सहभागी हुन एसएनएस माइग्रेसन एण्ड एजुकेसनका ब्राण्ड एम्बेसेडर बनेर अष्ट्रेलिया पुगेका नायक श्रेष्ठले आफू सिंगल नरहेको प्रतिक्रिया दिएका हुन् ।

    आकाश अष्ट्रेलियन हार्बर इन्टरनेशनल कलेज अवलोकन गर्न पुगेका थिए । त्यहाँ उनले विद्यार्थीहरूसँग कुराकानी पनि गरे । उक्त कुराकानीको क्रममा उनलाई विद्यार्थीहरूले उनको व्यक्तिगत र व्यवसायिक जीवनबारे प्रश्नहरु गरेका थिए । त्यही क्रममा उनलाई एक विदेशी विद्यार्थीले उनको प्रेम जीवनबारे सोधेकी थिइन् ।

    उनले सोधेकी थिइन, ‘म नेपाली त बुझिदनँ । मात्र एउटा प्रश्न सोध्छु । हो या होइनमा जवाफ दिनुहोला । तपाईं सिंगल हुनुहुन्छ ?’

    उनको प्रश्न सुनेपछि आकाशले मुस्कुराउँदै उनलाई पनि सिंगल भए नभएको प्रश्न सोधे । उक्त विद्यार्थीले आफू सिंगल भएको बताएपछि आकाशले भने आफू सिंगल नभएको बताए ।

    आकासको उत्तर सुनेपछि ती विद्यार्थीले उनलाई पुनः किन भनेर सोधेकी थिइन् । जवाफ दिँदै उनले भने, ‘कुनै कारण नै छैन । म मेरो व्यक्तिप्रति प्रतिबद्ध छु । त्यसैले म लोयल (बफादार) भएर भनिरहेको छु । म अब सिंगल छैन ।’

    आकाशले आफू सिंगल नभएको बताए पनि उनी कोसँग प्रेममा छन् भन्नेबारे भने खुलाएका छैनन् ।

    नायिका पूजा शर्मासँगको सम्बन्धमा खटपट आएपछि आकाशले आफ्नो सम्बन्धबारे कहींकतै खुलेर बोलेका थिएनन् । आफू प्रेममा रहे–नरहेकोबारे समेत उनले कतै खुलाएका थिएनन । अष्ट्रेलिया पुगेर पहिलोपटक उनले आफू प्रेममा रहेको स्वीकारेका हुन् ।

  • रोविनको निधनबारे के भन्छ प्रहरी ?

    रोविनको निधनबारे के भन्छ प्रहरी ?

    काठमाडौं । गायक तथा कलाकार रोविन तामाङको आकस्मिक निधन भएको छ । प्रहरीका अनुसार उनको शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको छ ।

    तामाङको निधन कसरी भयो भन्ने खुलेको छैन । हिजो बुढानीलकण्ठस्थित आफ्नै घरको कोठामा तामाङको शव भेटिएको हो । प्रहरीका अनुसार कोठाको ढोका भित्रबाट लागेको थियो । शवको प्रकृति र अवस्था हेर्दा आत्महत्याजस्तो नदेखिएको बुढानीलकण्ठ प्रहरीका इन्स्पेक्टर दीपेन्द्र चन्दले नेपाल प्रेससँग बताए ।

    तामाङकी पत्नी काम विशेषले घरबाहिर थिइन् । उनले २ घण्टासम्म लगातार श्रीमानलाई फोन गर्दा पनि नउठेपछि रोविनकी दिदीलाई फोन गरेर घरमा हेर्न पठाएकी थिइन् ।

    दिदी घर पुग्दा भित्रबाट गेट लगाइएको थियो। धेरै बेर बोलाउँदा पनि ढोका नखोलेपछि दिदीले प्रहरीलाई खबर गरेकी थिइन् ।

    ‘प्रहरी घरमा पुगेर ढोका खोलेर हेर्दा खाटको बायाँतर्फ उहाँ घोप्टो परेर लडिरहनु भएको थियो’, चन्दले बताए ।

    प्रहरीले घटनास्थलमा निरीक्षण गर्दा वरिपरि कुनै सुसाइड नोट भेटिएन। झट्ट हेर्दा हृदयघात वा मस्तिष्क घात भएकोजस्तो देखिएको प्रहरीको भनाइ छ । पोस्टमार्टम रिपोर्टबाट मृत्युको कारण खुल्न सक्ने प्रहरीले जनाएको छ ।

    तामाङको मृत्युबारे उनकै आधिकारिक फेसबुक पेजबाट जानकारी सार्वजनिक भएको थियो । स्रोतका अनुसार उनकी पत्नीले नै सो पोस्ट गरेकी हुन् ।

  • गायक तथा कलाकार रोबिन तामाङको निधन

    गायक तथा कलाकार रोबिन तामाङको निधन

    काठमाडौं । गायक तथा कलाकार रोबिन तामाङको निधन भएको छ । आज बूढानीलकण्ठस्थित घरमा तामाङकाे शव भेटिएकाे हाे । मृत्युकाे कारण खुलेको छैन ।

    रोबिनकै आधिकारिक फेसबुक पेजमा उनको मृत्यु भएको खबर पोस्ट भएको थियाे । निकट स्राेतले साे खबर आधिकारिक भएकाे पुष्टि गर्‍यो ।

    प्रहरीले घटनाकाे अनुसन्धान गरिरहेकाे छ । प्रहरी स्राेतका अनुसार घरकाे काेठाभित्र घाेप्टाे परिरहेकाे अवस्थामा परिवारका सदस्यले झ्यालबाट देखेका थिए । काेठाकाे ढाेका भित्रबाट लगाइएकाे थियाे । त्यसपछि परिवारले प्रहरीलाई खबर गरेका थिए ।

    तामाङले थुप्रै चर्चित गीत गाउनुका साथै दर्जनौं फिल्महरूमा समेत अभिनय गरेका छन् । चिसो चिसो हावामा , जति माया लाए पनि, भुलमा भुलियो लगायतका गीतहरु उनका हिट् गीतहरू हुन् ।

    रोबिनले छड्के, मुखौटा , जय पर्शुराम, चिसो एस्ट्रेलगायत दर्जनौं फिल्महरूमा पनि अभिनय गरेका छन् ।

  • ८ स्रष्टालाई दियो राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले ‘सम्मानार्थ सदस्यता’

    ८ स्रष्टालाई दियो राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले ‘सम्मानार्थ सदस्यता’

    काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले ८ जना लोक स्रष्टालाई ‘सम्मानार्थ सदस्यता’ प्रदान गरेको छ ।

    सोमबार बिजी ब्याङ्क्वेट गंगबुमा एक कार्यक्रमकाबीच प्रतिष्ठानले सम्मान सहित सदस्यता प्रदान गरेको हो ।

    ‘सम्मानार्थ सदस्यता’ प्राप्त गर्नेमा नन्द कृष्ण जोशी, प्रेमदेव गिरी, हरिदेवी कोइराला, कुमार बस्नेत, शम्भु राई, प्रेमराजा महत, कृष्ण गन्धर्व र रामप्रसाद खनाल रहेका थिए ।

    कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्बर बिरही गुरुङ, पूर्वअध्यक्ष तथा संरक्षक प्रजापती पराजुली, दुर्गा रायमाझी, पुरुषोतम न्यौपाने, चन्द्र शर्मा, सल्लाहकार नारायण रायमाझी उज्वलजंग ठकुरी, रामचन्द्र कोइराला, आरसि कोइराला, रमेश बाबु श्रेष्ठ, कृष्ण कडेल, राधाकृष्ण पाठक, लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगर लगायतले सम्मान ‘सम्मानार्थ सदस्यता’ प्रदान गरे ।

    गायिका हरिदेवी कोइराला अस्वस्थता र रामप्रसाद खनाल अमेरिकामा रहेकोले कार्यक्रममा सहभागी हुन सकेनन् ।

    कार्यक्रममा सम्मानित गायक कुमार बस्नेत, शम्भु राई, प्रेमराज महत लगायतले सम्मानका लागि प्रतिष्ठानलाई धन्यवाद दिँदै आफ्नै घर ठानेको प्रतिष्ठानमा औपचारिक रुपमै भित्रिन पाउँदा खुशी मिलेको धारणा राखे ।

    त्यस्तै, प्रमुख अतिथि अम्बर विरही गुरुङले प्रतिष्ठानको बर्तमान कार्यसमितिले उल्लेख्य रचनात्मक काम गरेको र यसरी अग्रजलाई सम्मान गर्दै प्रतिष्ठानको ओझिलो परिवार बनाउन तल्लिन अध्यक्ष लगायत सिंगो कार्यसमितिलाई धन्यवाद दिए ।

    पूर्व अध्यक्ष एवं संरक्षक प्रजापती पराजुली, दुर्गा रायमाझी, पुरुषोत्तम न्यौपाने, चन्द्र शर्मा, नारायण रायमाझीले प्रतिष्ठान र लोक गीतसंगीतको विषयमा धारणा राखेका थिए ।

    गायक कृष्ण गन्धर्व र प्रेमदेव गिरीले गीत गाएर खुशी व्यक्त गरेको कार्यक्रममा सम्मानार्थ सदस्यहरुको कालजयी गीत गायक गायिका पशुपति शर्मा, रामजी खांड, राधिका हमाल, कृष्ण रेउले, रमेशराज भट्टराई, पूर्णकला बिसी, शिरीष देवकोटा, जुना श्रीष, शान्ती श्री, रेशम निर्दोश लगायतले प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरले अग्रजको सम्मान हामीले नगरे कस्ले गर्ने भन्दै अग्रजको सम्मान बुवाआमा र भगवानको सम्मान भएको बताइन् ।

    लोक तथा दोहोरीगीत प्रतिष्ठानका थुप्रै सदस्यहरुको उपस्थिती कार्यक्रममा रहेको थियो ।

    लोक स्रष्टालाई ‘सम्मानार्थ सदस्यता’ बितरण निर्णय प्रतिष्ठानले केही अगाडि कास्कीको मादी गाउँपालिकास्थित पर्यटकीय गाउँ ताङतिङमा भएको प्रतिष्ठानको केन्द्रीय कार्यसमितिको घुम्ती बैठकले गरेको थियो ।

    उक्त बैठमा प्रतिष्ठानले अग्रज संगीतकार नारायण रायमाझीको ‘सांगीतिक साँझ’ समेत आयोजना गर्ने निर्णय गरेको थियो । रायमाझीको सांगीतिक साँझ आगामी भदौं महिनामा आयोजना हुनेछ ।

  • ‘गुराँस’को वर्ल्ड प्रिमियरका लागि चेक रिपब्लिक उडिन् अभिनेत्री मेनुका प्रधान

    ‘गुराँस’को वर्ल्ड प्रिमियरका लागि चेक रिपब्लिक उडिन् अभिनेत्री मेनुका प्रधान

    काठमाडौं। अभिनेत्री मेनुका प्रधान ‘दि कार्लोभी भारी इन्टरनेशनल फिल्म फेस्टिभल’मा सहभागी हुन मङ्गलवार चेक रिपब्लिक प्रस्थान गरेकी छिन् ।

    उनी अभिनीत ‘गुराँस’ जुलाई ५ अर्थात् यही बुधवार ‘दि कार्लोभी भारी फिल्म फेस्टिभल’मा वर्ल्ड प्रिमियर हुँदै छ।

    ‘दि कार्लोभी भारी इन्टरनेशनल फिल्म फेस्टिभल’ युरोपको प्रतिष्ठित फेस्टिभल मानिन्छ। अन्तर्राष्ट्रिय फेस्टिभलमा मेनुकाको यो पहिलो अनुभव हो।

    ‘मेरो इन्टरनेशनल फेस्टिभलमा यो पहिलो अनुभव हो। त्यसैले स्वभाविक रूपमा खुसी लाग्ने नै भयो। अर्को कुरा चाहिँ म उत्सुक छु किनकि पढेको, सुनेको कुरा प्रत्यक्ष रूपमा अनुभव गर्दैछु,’ उनले भनिन्, ‘तर मलाई त्यहाँ गएर अरूभन्दा धेरै फिल्म हेर्न मन छ। गुराँस पनि हेरेकी छैन, त्यो पनि हेर्न मन छ ।’

    चलचित्रमा मेनुकाले गुराँसको आमाको भूमिका निर्वाह गरेकी छिन् । आमाको भूमिका भए पनि कथा रोचक भएकाले गर्न राजी भएको उनले बताइन्।

    ‘म कहिले पनि फिल्म गर्दा आमा हो कि छोरी हो भनेर हेर्दिन। आफ्नो भूमिका हेर्छु। यसमा पनि मेरो भूमिका रोचक छ’ उनले सुनाइन् ।

    मेनुका जुलाई १५ मा नेपाल फर्किनेछिन्। नेपाल र भारतको संयुक्त प्रस्तुतिमा बनेको चलचित्रलाई सौरभ राईले निर्देशन गरेका हुन्। फेस्टिभलमा निर्देशक राई पनि सहभागी हुनेछन्।

    कलकत्ताको ‘सत्य जित रे फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट’बाट डिप्लोमा गरेका निर्देशक राईले यसअघि चलचित्र ‘निम्तो’को निर्देशन गरेका थिए।

    नेदरल्यान्डको रोट्रेड्याम इन्टरनेसनल फिल्म फेस्टिभलमा छनौट हुन सफल फिल्मले मुम्बई फिल्म फेस्टिभलमा जुरी अवार्ड जित्न सफल भएको थियो ।

    ‘गुराँस’ले पनि निर्माण अगावै नेदरल्यान्डको ‘हुबेर्ट बल्स फन्ड’ जितेको थियो भने यो चलचित्र हङकङ फिल्म मार्टको ‘वर्क इन प्रोग्रेस ल्याब’मा पनि छनौट हुन सफल भएको थियो ।

    हराएको कुकुरको खोजीमा निस्किएकी १० वर्षीय बालिकाको आँखाबाट वाचन गरिएको चलचित्रले दार्जिलिङको बदलिँदो आर्थिक र सामाजिक सम्बन्धको कथा प्रस्तुत गर्छ।

    ‘गुराँस’लाई लोआइक्यू प्रोडक्सनसँगै रामकृष्ण पोखरेल र सञ्जय गुलाटीले मिलेर निर्माण गरेका हुन् ।

    चलचित्रमा तुलसी खवासले ‘गुराँस’को शीर्ष भूमिका निर्वाह गरेकी छन्। चलचित्रमा खगेन्द्र लामिछानेको पनि अभिनय रहेको छ।

    चलचित्रको प्राविधिक काम मुम्बईमा भइरहेको छ । ‘गुराँस’को छायांकन सुबल केआरले गरेका हुन् भने सम्पादन सौरभ राई र अंकिता पुरकायस्थले गरेका हुन् ।

    अंकिता फिल्मको साउन्ड डिजाइनर पनि हुन् । उनले यसअघि नेटफ्लिक्स सिरिज ‘बेताल’, ‘टाइपराइटर’, ‘कोटा फ्याक्ट्री’ र अमेजन प्राइमबाट प्रसारण भएको ‘पञ्चायत’ मा पनि काम गरेकी छिन् ।

    चलचित्रलाई निर्माता रामकृष्ण पोखरेलले निर्माण गरेका हुन। उनी नेपालबाट अस्करका लागि गत वर्ष सिफारिस चलचित्र ‘ऐना झ्यालको पुतली’ तथा भर्खरै प्रदर्शन भएको ‘हल्कारा’का पनि निर्माता हुन् ।

    उनको निर्माण रहेको लघु चलचित्र ‘साइलेन्ट इको’ ‘लघु चलचित्र’ विधामा अस्करमा सिफारिसमा परेको थियो भने यो चलचित्रले भारतमा ‘क्रिटिक्स च्वाइस अवार्ड’ समेत जित्न सफल भएको थियो ।

  • राज सिग्देलको स्वरमा ‘कति पीडा यस्ता हुन्छन् मुटुभरी सजाऊ जस्तो’ भिडिओ रिलिज

    राज सिग्देलको स्वरमा ‘कति पीडा यस्ता हुन्छन् मुटुभरी सजाऊ जस्तो’ भिडिओ रिलिज

    काठमाडौं । गायक राज सिग्देलको स्वरमा ‘कति पीडा यस्ता हुन्छन् मुटुभरी सजाऊ जस्तो’ बोलको म्यूजिक भिडिओ रिलिज भएको छ ।

    भिडिओमा विजय पुन, सचिन परियार, आयुषा गौतम लगायतका कलाकारले अभिनय गरेका छन् ।

    सुप्रिम राज विश्वकर्माको संगीत र महेश श्रेष्ठको शब्द रचना बनेको म्यूजिक भिडिओ चित्र मास्की मगरले निर्देशन गरेका हुन् ।

    भिडिओ आज ‘सुप्रिम क्रियशन’ नामक यूट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

    भिडिओ:

  • सिनेमा ‘अदृश्य’को फर्स्टलुक पोस्टर सार्वजनिक, साउन १९ देखि प्रदर्शन हुने

    सिनेमा ‘अदृश्य’को फर्स्टलुक पोस्टर सार्वजनिक, साउन १९ देखि प्रदर्शन हुने

    काठमाडौं । अभिनेता प्रमोद अग्रहरी, सोहित मानन्धर र रिस्ता बस्नेतको मुख्य भूमिका रहेको सिनेमा ‘अदृश्य’को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ ।

    प्रल्हाद काफ्लेको निर्माण तथा निर्देशनमा निर्माण भएको सिनेमा आगामी साउन १९ गतेबाट प्रदर्शनमा आउने भएको हो ।

    सिनेमाको सार्वजनिक पोस्टरमा अभिनेता प्रमोद अग्रहरीलाई लामो दाह्री, कपालमा हेल्मेट र हातमा पेस्तोलसहित भिन्न अवतारमा प्रस्तुत गरिएको छ ।

    उनको लुक्सले दर्शकमाझ कौतुहल्ता पैदा गर्ने देखिन्छ, भने पोस्टरमा सोहित र रिस्ताले कुनै अकल्पनिय घटना देखेर अचम्मीत भएको भावमा देखिन्छन् ।

    पिताम्बर फिल्मस्को प्रस्तुतीमा निर्माण भएको सिनेमामा प्रविन खतिवडा, छुल्ठिम गुरुङ, रवी गिरी, सिएम भारद्धाज सुवेदी, विकेश प्रजापती, गीत बिष्ट, सुरज बिष्ट, जसिता घिमिरे, सन्दीप बाबु लोहनी, रुपेश दाहाल, सुजन बज्राचार्य, अजित रेग्मी, रुपेश थापा, अभिमान सिंह बस्नेत र प्रतिक भुजेल लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

    आकाश उखेडाको कथा, पटकथा तथा संवाद, उत्तम हुमागाई र मोहन कुमार झिल्लुको छायांकन, विशाल पौडेलको संगीत, संगीतकार पौडेल र सिमा संग्रौलाको गायन, शिशिर खातीको कोरियोग्राफी, मुकेश शाहको पाश्र्व संगीत, निशान घिमिरेको कलर, बनिश शाहको सम्पादन रहेको सिनेमाका प्रोडक्सन म्यानेजर प्रकाश बुढाथोकी र दिलिप पन्त हुन् ।

    मिना बस्नेत निर्माता र सिएम भारद्धाज सुवेदी सहनिर्माता रहेको सिनेमालाई आरआर फिल्मसले वितरण गर्दैछ ।

     

  • दीपकको नयाँ गीत ‘एक्लो‘’ सँगै नयाँ सांगीतिक अभियान ‘प्रोजेक्ट नजिक’ को घोषणा

    दीपकको नयाँ गीत ‘एक्लो‘’ सँगै नयाँ सांगीतिक अभियान ‘प्रोजेक्ट नजिक’ को घोषणा

    काठमाडौं । गायक तथा संगीतकार दीपक बज्राचार्यले नयाँ गीत ‘एक्लो’ रिलिज गर्दै ‘प्रोजेक्ट नजिक’ को घोषणा गरेका छन् । नयाँ सांगीतिक अभियान ‘प्रोजेक्ट नजिक’ मार्फत उनले नयाँ तथा पुराना ९ गीतलाई एक–एक गरी फरक स्वादमा दर्शक तथा श्रोतामाझ ल्याउन लागेका हुन् । हाल तयार पारिसकेका नयाँ तथा पुराना ९ गीतलाई एक–एक गरी फरक स्वादमा दर्शक तथा श्रोतामाझ ल्याउने दीपकको तयारी छ । जसमा १२ वटासम्म गीत रहने छन् ।

    दीपकले यो अभियान स्वदेश तथा विदेशमा सञ्चालन गर्ने तयारी गरेका छन् । जसको पहिलो प्रारुपको रुपमा नयाँ गीत ‘एक्लो’लाई लिइएको छ । गीतलाई म्युजिक भिडियोमा मात्र सीमित नगरेर सिधै दर्शकमाझ प्रस्तुत गर्ने सोचअन्तर्गत उनले ‘प्रोजेक्ट नजिक’को थालनी गरेको गायक तथा संगीतकार दीपक बताउँछन् ।

    ‘प्रोजेक्ट नजिक’ एक डिजाइनिङ शो हो, जुन तीन भागमा विभाजन हुने दीपक बताउँछन् । जसमध्ये पहिलो भागलाई अनप्लग लाइभ अर्थात् स्पट लाइभ इभेन्ट , दोस्रो भागमा मीट एण्ड ग्रीट तय गरिएको छ भने तेस्रो भाग अपबिट कन्सर्ट अर्थात् ईडीएम हो । जसमा कार्यक्रमको मजा लिंदै नाच्दै, गाउँदै रमाउँदै नयाँ र पुराना गीतको प्रस्तुतिमा रमाउन सकिने दीपक बताउँछन् ।

  • मिस नेपाल निकिता चाण्डकले चलचित्र ‘राजागन्ज’मा खेल्ने पक्का

    मिस नेपाल निकिता चाण्डकले चलचित्र ‘राजागन्ज’मा खेल्ने पक्का

    काठमाडौं । सन् २०१७ की मिस नेपाल निकिता चाण्डकले ‘साङ्लो’पछि अर्को नेपाली सिनेमामा गर्ने पक्का भएको छ । उनी ‘राजागन्ज’बाट पुनः सिनेमामा फर्किन लागेकी हुन् । सिनेमालाई ‘हाईवे’ तथा ‘ह्वाइट सन’ फेम निर्देशक दिपक रौनियारले निर्देशन गर्नेछन् ।

    रौनियार तिनै निर्देशक हुन जसको पछिल्लो रिलिज ‘ह्वाइट सन’को प्रशंसा विश्वविख्यात ब्राजिली लेखक पाउलो कोहेलो समेतले प्रशंसा गरेका थिए ।

    यस्तै, यो सिनेमालाई ‘द न्यूयोर्क टाइम्स’ले हेर्नुपर्ने ९ नव निर्देशकको सूचिमासमेत राखेको थियो । सिनेमालाई ‘कबड्डी’ सिरिजका निर्देशक रामबाबु गुरुङले निर्माण गर्नेछन् ।

    सिनेमामा निकिताका अलावा अर्की एक अभिनेत्रीले मुख्य भूमिका निर्वाह गर्नेछिन् । यो सिनेमालाई पुलिस थ्रिलरको जनरामा राखिएको छ ।

    सिनेमामा निकिताका अलवा दयाहाङ राई र अभिनेत्री आशा मंगरातीको प्रमुख भूमिका रहनेछ । सिनेमामा ऋचा शर्मा, पशुपति राई, विजय बराल, गौमाया गुरुङ, घनश्याम मिश्रा, आरती मण्डल तथा पुष्पा यादवको अभिनय रहनेछ ।

    यसै सिनेमाबाट निर्माता बनेका रामबाबुले निर्देशक रौनियारसँग आफू सिनेक्षेत्रमा काम सुरु गर्दाको सुरुवाती समयदेखि साथी रहेको उल्लेख गर्दै सँगै काम गर्ने अवसर जुरेकोमा खुशी व्यक्त गरेका छन् ।

    ‘यो सिनेमा नेपाली सिनेमा क्षेत्रका लागि कोशेढुङ्गा हुनेछ र म यो सिनेमाले बाँसुरी फिल्मस्को गरिमा बढाउन सहयोग गर्ने कुराले खुशी छु’, उनले भनेका छन् ।

    आदि फिल्मस् र बासुरी फिल्मस् प्रोडक्सनको संयूक्त प्रस्तुति रहने सिनेमाको सुटिङ जुलाइ २८ अर्थात साउन १२ गतेदेखि सुरु हुनेछ । त्यस्तै अभिनेत्री निकिताले दयाहाङ र आशाजस्ता दिग्गज कलाकारसँग अभिनय गर्न पाउँदा आफू उत्साहितसँगै र थोरै डरको महशुस गरिरहेको प्रतिक्रिया दिएकी छन् ।

  • परिवारबाट प्रस्ताव आए समीक्षासँग विवाह गर्न तयार छु : आमेश भण्डारी

    परिवारबाट प्रस्ताव आए समीक्षासँग विवाह गर्न तयार छु : आमेश भण्डारी

    काठमाडौं । केही समय अघि भ्रमणका लागि अष्ट्रेलिया पुगेकी गायिका समीक्षा अधिकारीको एकाएक प्रेम चर्चा सुरु भयो ।

    अष्ट्रेलियामै भएका नायक आमेश भण्डारीसँगको ब्याक टु ब्याक टिकटक देखेपछि दर्शकहरुले यी दुई प्रेममा भएको हुनसक्ने अड्कल काट्न थाले । टिकटकमात्र नभई एकअर्काको जन्मदिनमा समेत जोडी तस्विर राखेर बर्थडे विस गरेको देखेपछि दर्शक झनै अलमलमा परे ।

    केही समयको अष्ट्रेलिया बसाईपछि समिक्षा नेपाल फर्किइन् । यतिबेला आमेश पनि घर फर्किएका छन् । नेपाल फर्किएलगत्तै उनले एक टेलिभिजनलाई अन्तर्वार्ता दिएका छन् । अन्तर्वार्तामा उनले समिक्षाको परिवारबाट प्रस्ताव आए आफू समीक्षासँग विवाह गर्न तयार भएको बताएका छन् ।

    ‘समीक्षाको बुबाआमा केटा माग्न तपाईको घर आउनुभयो भने तपाईँ समिक्षासँग विवाह गर्नुहुन्छ?’ भन्ने प्रश्नको उत्तर दिँदै उनले भनेका छन, ‘त्यस्तो भयो भने त म एकदम लक्की हुन्छु। मेरो उमेर पनि भईसक्यो। म विवाह गर्छु ।

    उनले दिएको यो अभिव्यक्तिको क्लिप्स अहिले टिकटकमा भाइरल छन् । उनले कार्यक्रममै समिक्षाको लागि ‘तिमी रोएको पल तिमीलाई हँसाउन नसकौला’ बोलको गीत पनि गाईदिएका छन् ।

    प्रेम चर्चाबीच आमेशले दिएको यस्तो अभिव्यक्तिले दर्शकलाई यी दुईबीच निकटता बढेको हुनसक्ने संकेत मिलेको छ ।

    ‘तर उनले आफू र समीक्षा प्रेममा नरहेको बताएका छन। विवाह गर्न तयार भए तापनि हाल समीक्षा आफ्नो मिल्ने साथी मात्र भएको उनको भनाइ छ’, उनले भनेका छन्, ‘टिकटकमा हाम्रो जोडी राम्रो देखेकाले दर्शकले यस्तो ठान्नु भएको होला तर अहिले हामी प्रेममा छैनौं । पछि के हुन्छ थाहा छैन । जे पनि हुनसक्छ ।’

     

  • वेब सिरिज ‘प्रितको रीत’ सार्वजनिक

    वेब सिरिज ‘प्रितको रीत’ सार्वजनिक

    काठमाडौं । डिनेस्ट इन्टरटेनमेन्टको ब्यानरमा निर्मित नयाँ वेब सिरिज ‘प्रितको रीत’ सार्वजनिक भएको छ ।

    सार्वजनिक सिरिजलाई शंकर कोइरालाले निर्देशन गरेका हुन् । सिरिजको कथा पनि कोइरालाले नै लेखेका छन् । ओएसआर डिजिटल यूट्युब च्यानलमार्फत सिरिजको पहिलो एपिसोड सार्वजनिक गरिएको हो ।

    एक युवतीलाई दुई युवकले मन पराए पनि प्रेम व्यक्त गर्न नसकेको कथालाई पहिलो श्रृंखलामा उतारिएको छ । सिरिजमा न्यौपानेसँगै अमरप्रताप श्रेष्ठ मुख्य भूमिकामा देखिएका छन् । अमरले यसै सिरिजबाट डेव्यु गरेका हुन् ।

    कविताले भने थुप्रै म्युजिक भिडियोहरुमा काम गरिसकेकी छन् । तर, सिरिज भने यो नै पहिलो हो। यसै सिरिजबाट रोबिन सुवेदीले अभिनयको दुनियाँमा पाइला टेकेका छन् ।

    सिरिजमा अनामिका लामिछाने, रश्मि भट्ट, समिना महर्जन, उमादेवी बस्नेत कार्की, विजय महर्जन, शीतल श्रेष्ठ, आनन्दविक्रम क्षेत्री, परिचित गिरी, अनुजा जीसीलगायतका अन्य कलाकारको पनि अभिनय रहेको छ । बाल कलाकारमा डिआन्स केसी छन् ।

    सिरिजलाई दिलीप केसीले निर्माण गरेका हुन् । दुर्गा पौडेल, अमृत सुनुवार र अंकुर गुरुङले मिलेर छायांकन गरेको सिरिजमा एसआरके (शंकरराज कोइराला)को सम्पादन, एसआरके र दिलीप केसीको संवाद तथा टेकेन्द्र शाहको कलर करेक्सन रहेको छ ।

    वे एण्ड बीट्सको शब्द र कम्पोज रहेको सिरिजको गीतमा गायकहरु अन्तर गीत, बिरजु शाही र राजकुमार सहसंहारले स्वर दिएका छन् ।