Category: कलाप्रेस

  • वान एक्स बेटको ‘बल्छी’ मा परेका बल्छी ध्रुवे ५ हजार धरौटीमा छुटेपछि के भन्छन् ?

    वान एक्स बेटको ‘बल्छी’ मा परेका बल्छी ध्रुवे ५ हजार धरौटीमा छुटेपछि के भन्छन् ?

    काठमाडौं । नेपालमा अवैध रहेको ‘वान एक्स बेट’ को प्रचार गरेको आरोपमा पक्राउ परेका ८ जना कलाकार एक महिना हिरासतबासपछि छुटेका छन् । सर्वोच्च अदालतले उनीहरुलाई ५ हजार धरौटीमा छोड्ने आदेश दिएको थियो ।

    पक्राउ परेकामध्ये सबैभन्दा धेरै चिनिएका कलाकार थिए, मरिचमान श्रेष्ठ (बल्छी धु्रवे) र राजु पौडेल (राजु मास्टर) । टेलिसिरियल ‘जुठे’बाट निकै प्रशंसा बटुलिरहेका उनीहरु एकाएक पक्राउ परेको खबरले ठूलै तरंग उब्जिएको थियो । उनीहरुले वान एक्स बेटबाट करोडौं कमाएको चर्चाहरु पनि सुनिए । तर, अदालतले नगण्य धरौटीमा छोडेपछि कलाकारहरुले भयंकर ठूलो आर्थिक अपराध गरे जसरी प्रहरीले गरेको प्रचारबाजी पानीको फोका भएको छ ।

    नेपाल प्रेससँगको कुराकानीमा जुठेका कलाकार मरिचमान श्रेष्ठले वान एक्स बेटको विज्ञापन आफूहरुले केही एपिसोडमा बजाएको तर कुनै आर्थिक लाभ प्राप्त नगरेको बताए ।

    ‘हामीले दुईचार वटा एपिसोडमा बजाएका हौं । तर, पैसा आएको थिएन’, उनले भने, ‘बाहिर चाहिँ करोडौं खाएको जसरी प्रचार गरियो ।’

    त्रिवि मैदानमा वान एक्स ब्याटको होडिङ बोर्ड राखेको देखेपछि आफूहरु झुक्किएको उनको भनाइ छ । मरिचमान श्रेष्ठसँग गरिएको कुराकानीः

    – वान एक्स बेटको पासोमा परेर एक महिना हिरासत बस्नुभयो, जानाजान यसमा फस्नुभएको हो कि अञ्जानमा ?

    हामी त अञ्जानमै परेका हौं ।

    – यो अवैध हो भन्ने थाहा थिएन ?

    खासमा हामी झुक्कियौं । त्रिवि क्रिकेट मैदानमा नेपाल र यूएईबीचको खेल हुँदा 1xbat को होडिङ बोर्ड राखिएको देखेका थियौं । त्यो खेल हेर्न प्रधानमन्त्रीसमेत जानुभएको थियो । हामीलाई 1xbet र 1xbat दुई वटा छन् भन्ने थाहा थिएन । हामीले एउटै सोच्यौंं । प्रधानमन्त्री नै सहभागी भएको ठाउँमा राखिएको विज्ञापन वैध नै होला भन्ने ठानियो । यसैमा हामी अल्मलियौं ।

    तर, अहिले बुझ्दा 1xbat र 1xbet एउटै हुन् भन्ने पनि सुनेको छु । नेपालमा अवैध भएकाले एउटा अक्षर फरक बनाएर प्रचार गरिएको भन्ने कुराहरु छन् । हामी प्रुफ पनि खोज्दैछौं । यदि त्यसो हो भने त हामीलाई अनाहकमा दुःख दिइयो नि ! राज्यले नै प्रचार गरिरहेको कुरा हामीले प्रचार गर्दा किन कारबाही गरियो भन्ने प्रश्न उठ्छ ।

    १५-२० हजार दिन्छु भनेर भनेको हो । तर, एक सुको पनि आएको थिएन । उसले पैसा नै दिन भ्याएको थिएन । पैसा लिएको भए विगो देखिन्थ्यो । त्यसैअनुसारकै धरौटी हुन्थ्यो होला । हाम्रो त पैसा नै थिएन ।

    – तपाईंहरुलाई यो विज्ञापनको प्रस्ताव चाहिँ कसले गरेको थियो ?

    हामीसँगै परेका एकजना सरोज घिमिरे भन्ने भाइले प्रस्ताव गरेका थिए । ऊ पनि कलाकार नै हो । उसलाई पनि बाहिरबाट त्यस्तो अफर आएको हो । सरोज भाइ पनि 1xbat र 1xbet एउटै होला भनेर झुक्कियो ।

    – तपाईंहरुले करोडौं आर्थिक लाभ लिनुभएको भन्ने सुनिएको थियो । खासमा कति कमाउनुभयो वान एक्स बेटबाट ?

    एकदमै गलत प्रचार भएको छ । एकजना दिनेश खड्का भन्ने मान्छे हामीभन्दा अघिल्लो दिन पक्राउ परेका थिए । उनले ६४ करोडको कारोबार गरेको देखिएको रहेछ । मिडियामा चाहिँ कलाकार टीमले नै ६४ करोड खाएको भन्ने हिसाबले आयो ।

    दिनेश खड्कालाई हामीले चिनेका नै थिएनौं । हिरासतमै भेट भएको हो । उसले पनि हामीलाई कलाकारका रुपमा मात्रै चिनेको भनेको छ । प्रहरीले तपाईंहरुबीच केही छ कि भन्दा हामीले छानबिन गर्नुस् न त भन्यौं । तर, प्रहरीले सबै छानबिन गर्दा त्यस्तो केही पनि देखिएन । ऊ हामीसँग सम्बन्धित मान्छे नै थिएन । उनीरुलाई अघिल्लो दिन समातेर लग्या रहेछ । हामी कलाकार ग्रुपलाई भोलिपल्ट समातेर छ्यासमिस बनाइयो र भ्रमपूर्ण तरिकाले प्रचार गरियो ।

    – विज्ञापन चाहिँ कति समय बजाउनुभएको थियो ?

    खोइ, एक-डेढ महिना त्यस्तै गर्‍यौं होला । जुन त्यो टीयूमा गेम भयो, त्यहाँदेखि नै सुरु गरेको हो । प्रधानमन्त्री नै गएको भए अवैध होइन होला भन्ने पर्‍यो । त्यसबाट करोडौं, अर्बौं खाएजसरी न्यूज आए । हामीलाई नराम्रो तरिकाले पब्लिसिटी गरिरहेका थिए मिडियाले । तर, अदालतका न्यायमूर्तिले राम्ररी अध्ययन गरेर खासै कसुर नदेखेपछि पाँच हजार धरौटीमा छोड्नुभयो । हामीले अलिकति न्याय पाएको महसुस गरेका छौं ।

    – विज्ञापन गरेपछि अलिअलि पैसा त हात पार्नुभएको थियो होला नि ?

    खासमा हामीले पैसा नै पाएका थिएनौं । नेपालमा तपाईंलाई थाहै छ, असार मसान्त भन्ने हुन्छ । उनीहरुले पनि त्यही हिसाबले कुरा गरेका थिए । तर, हामी जेठको अन्तिममा समातियौं । त्यो भाइ पनि सम्पर्कविहीन भइसकेका थिए । पैसा केही आएको होइन ।

    – कति दिने समझदारी थियो ?

    १५-२० हजार दिन्छु भनेर भनेको हो । तर, एक सुको पनि आएको थिएन । उसले पैसा नै दिन भ्याएको थिएन । पैसा लिएको भए विगो देखिन्थ्यो । त्यसैअनुसारकै धरौटी हुन्थ्यो होला । हाम्रो त पैसा नै थिएन । प्रहरीले हाम्रो सबै अनुसन्धान गरेको हो नि !

    – तपाईंहरुलाई कहाँबाट पक्राउ गरिएको हो ?

    म र राजू दाइ साँगामा ‘हल्का रमाइलो’ को सुटिङमा थियौं । प्रहरी चौकीबाट फोन आयो । ‘अपराध महाशाखाबाट बोलेको हो, तपाईंहरु कहाँ हो ?’ भन्दा सुटिङमा छौं भन्यौं । त्यसपछि सल्लाह गर्नुछ आउनुपरो भन्नुभयो । त्यसपछि त्यहाँ सुटिङमा रहेका २० जना कलाकारलाई ‘ल हाम्रो सानो काम परो’ भनेर निस्कियौं ।

    पहिलोचोटि हामी यस्तो फन्दामा परेका हौं । अलिकति डर पनि लाग्यो । खुरुखुरु काम गरिरहेको मान्छे, कानूनी विषय केही पनि थाहा थिएन । कोही २४ दिनमा छुटिन्छ भन्थे । कोही संगठित अपराधमा पनि हाल्न सक्छ भन्थे । धेरै मान्छेका धेरै तर्क थिए ।

    हामी चौकीमा पुगेपछि फोन राखिहाले । घर आउन दिएनन् । हामीले धेरै रिक्वेस्ट गर्दा पनि छोड्नुभएन । कहाँ-कहाँ साइनहरु हाल्न लगाए । सुरुको दिन ४ जनालाई कोटेश्वर, अर्को ४ जनालाई दरवारमार्ग लगियो । मलाई कोटेश्वरमा राखियो ।

    – हिरासत बस्दा के सोच्नुभएको थियो ? यति छिटो छुटिएला भन्ने थियो कि थिएन ?

    पहिलोचोटि हामी यस्तो फन्दामा परेका हौं । अलिकति डर पनि लाग्यो । खुरुखुरु काम गरिरहेको मान्छे, कानूनी विषय केही पनि थाहा थिएन । कोही २४ दिनमा छुटिन्छ भन्थे । कोही संगठित अपराधमा पनि हाल्न सक्छ भन्थे । धेरै मान्छेका धेरै तर्क थिए । प्रहरीले चाहिँ २४ दिनमा छुट्नुहुन्छ होला भन्ने कुरा सुनाउनुहुन्थ्यो ।

    – बाहिर आफूहरुका विषयमा केकस्ता समाचार आइरहेका छन् भन्ने थाहा हुन्थ्यो ?

    आफन्तहरु जाँदा यस्तो यस्तो भइरहेको छ भनेर सुनाउनुहुन्थ्यो ।

    – प्रहरीले कलाकार भनेर सम्मानित व्यवहार गरे कि अरु जस्तै ?

    हिरासत बस्दा प्रहरीसँग गुनासो छैन । उहाँहरुले हामीसँग मीठो बोल्नुभयो । कहिले नि तँ भन्नुभएन । कलाकार भएकाले अरुलाई भन्दा अलिकति प्राथमिकता दिएको हो कि भन्ने महसुस चाहिँ गराउनुभयो ।

    – मुद्दा विचाराधीन छ । सफाइ पाउनेमा कत्तिको आशावादी हुनुहुन्छ ?

    मलाई के लाग्छ भने अदालतबाट न्याय पाउनेछौं । अञ्जानमा गरिएको काम र हामीले कुनै आर्थिक लाभ नलिएको हुँदा सम्मानित अदालतले त्यसलाई पक्कै पनि विचार गर्नेछ ।

    हाम्रो ‘हल्का रमाइलो’ ४ एपिसोड रोकियो । ‘जुठे’ दुई एपिसोड आएन । अहिले पनि हामी मेन्टल्ली स्ट्रेसमा नै छौं । अब एक-डेढ हप्ता नयाँ हाल्दैनौं । त्यसपछि गर्छौंं ।

    – यो प्रकरणबाट के पाठ सिक्नुभयो ?

    केही न केही सिकाइ त भइहाल्यो । कति कुरा बोल्न हुने, बोल्न नहुने भन्ने सिकाइ भयो । तर, हामीलाई नर्मल हिसाबले एउटा कागज गरेर छोडेको भए पनि हुन्थ्यो होला जस्तो लाग्छ ।

    – अब कहिलेबाट नियमित काममा फर्किनुहुन्छ ?

    हाम्रो ‘हल्का रमाइलो’ ४ एपिसोड रोकियो । ‘जुठे’ दुई एपिसोड आएन । अहिले पनि हामी मेन्टल्ली स्ट्रेसमा नै छौं । अब एक-डेढ हप्ता नयाँ हाल्दैनौं । त्यसपछि गर्छौंं ।

    – अरु केही भन्न चाहनुहुन्छ ?

    मेरो एउटा गुनासो के छ भने नेपालमा चलेका यूट्युबर ९० प्रतिशतले वान एक्स बेटको विज्ञापन गरेका छन् । ३ सयभन्दा बढीले विज्ञापन गरेका होलान् । तर, हामी ८ जनालाई मात्रै किन टार्गेट गरियो ? कि सबैलाई समाएको भए हुन्थ्यो । कसैलाई उन्मुक्ति र कसैलाई सजाय गर्ने कुरा ठीक हो त ? अहिले त सबै हटाइसके । तर, प्रहरीले छानबिन गर्दा त भेटिएला नि !

    अर्को कुरा, अनलाइन जुवा खेलाएर देश कंगाल बनाइयो भन्ने कुराहरु पनि छन् । तर, हामीभन्दा धेरै विकसित राष्ट्रहरुले यस्ता गेमहरुलाई वैधानिकता दिएका छन् । उनीहरु किन डुबेनन् त ? विश्व डिजिटल मार्केट भइसक्यो । कि ड्याम्मै बन्द गर्नुपर्छ । होइन भने कसैले खेल्छ भने राज्यलाई ट्याक्स तिरेर खेल्न पाओस् न ! देशलाई के क्षति हुन्छ ? विश्व कहाँबाट कहाँ पुगिसक्यो ? हाम्रोमा यस्तो छ ।

  • ‘एक भगवत् गीता’को टिजरमा कमलामाई अवतारमा विपीन

    ‘एक भगवत् गीता’को टिजरमा कमलामाई अवतारमा विपीन

    काठमाडौं । फिल्म ‘भगवत् गीता’ शीर्षकको अगाडि ‘एक’ शब्द थप्दै टिजर सार्वजनिक गरिएको छ । शुक्रबार युट्युबमा सार्वजनिक १ मिनेट ३२ सेकेण्डको टिजरमा अभिनेता विपीन कार्कीको लुक्स र भूमिकाले ‘सरप्राइज’ बनाउन सक्छ ।

    ट्रान्सजेन्डर महिलाको भूमिकामा उनी प्रस्तुत छन् । टिजरमा उनलाई कमलामाई अवतारमा चित्रण गरिएको छ । विपीनको चरित्र हिंसात्मक भावको देखिएको छ ।

    टिजर जनकपुरधामस्थित जानकी मन्दिरबाट सुरु छ । अभिनेत्री सुहाना थापा डराएको भावमा देखिएकी छन् । अभिनेता धिरज मगर गुरुङ परिहनमा प्रस्तुत छन् । उनीहरुले कम ‘स्क्रिन स्पेश’ पाएको टिजरमा विपीन कार्की हाइलाइटमा छन् । वेश्यालयको कथालाई फिल्मले उठाएको हुनसक्ने टिजरबाट बुझाउँछ । विपीनको लुक्सले नै फिल्मप्रति दर्शकमा कौतुहल बढाउन सक्छ ।

    झरना थापाद्वारा निर्देशित फिल्ममा कविर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, रामकैलाश ठाकुर, धिरज ठाकुरलगायतको अभिनय छ । सुनिलकुमार थापाको निर्माण रहेको फिल्मको कथा निर्देशक थापा स्वयंको हो । झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा रहेको फिल्ममा परिक्षेद र पुरुषोत्तमको संवाद छ ।

    राजेश श्रेष्ठको छायांकन, मित्र डि गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी तथा शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर रहेको फिल्मको निर्माता सुहाना थापा हुन् । झरनालाई ‘ए’ शब्द फापेको छ । उनी निर्देशित ‘ए मेरो हजुर’का तीनटै सिरिज सफल भएका थिए । यसैले उनले ‘भगवत् गीता’मा पनि ‘ए’ शब्द आउने एक राखेकी हुन् । फिल्म भदौ २९ गते प्रदर्शन हुँदैछ ।

  • ‘हामी तीन भाइ’ को स्क्रिप्ट पूजा, साउन १० बाट छायांकन

    ‘हामी तीन भाइ’ को स्क्रिप्ट पूजा, साउन १० बाट छायांकन

    काठमाडौं । निर्देशक मधुसुदन भट्टराईको निर्देशनमा निर्माण हुने सिनेमा ‘हामी तीन भाई’ को स्क्रिप्ट पूजा गरिएको छ । आगामी साउन १० गतेबाट छायांकनमा जाने सिनेमाको गोर्खाको मनकामना मन्दिरमा स्क्रिप्ट पूजा गरिएको हो ।

    सिनेमामा अभिनेता विनोद न्यौपाने, कुशल बिष्ट र अभिनेत्री जाहान्वी बस्नेतको मुख्य भुमिका रहनेछ । सिनेमाको मुख्य भुमिकाको लागि दुई अभिनेत्री छनोटको चरणमा रहेको जानकारी निर्माण टिमले दिएको छ । निर्देशक भट्टराईको कथा रहेको सिनेमाको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् ।

    यसअघि स्वर्गिय निर्देशक शिव रेग्मीले ‘हामी तीन भाई’ नाममा सिनेमा निर्माण गरेका थिए । नेपाली बक्सअफिरमा सुरपहिट सिनेमाको नाम सापटी लिएर डेढ दशकपछि पुनः सिनेमा निर्माण हुन लागेको हो । ‘दौंतरी’ नामक सिनेमालाई केही समयलाई स्थगित गर्दै ‘हामी तीन भाई’ निर्माण गर्न लागेका निर्देशक भट्टराईले जानकारी दिएका छन् ।

    प्रसिद्ध सिने आर्टस्को ब्यानरमा निर्माण हुने सिनेमामा विनोद, कुशल र जाहान्वीका अलवा राजाराम पौडेल, रवीन्द्र झा, बिष्णु सापकोटा हर्के हवल्दार, दीपक बिडारी, फलित राई, तारा शर्मा, भुवन कुमार काफ्ले, नयन कला फुयाँल र पवन केसीको पनि अभिनय रहनेछ । साजित महत प्रस्तुतकर्ता रहेको सिनेमाका कार्यकारी निर्माता विक्रम तामाङ हुन् ।

    त्रिरत्न श्रेष्ठ निर्माता रहेको सिनेमामो सह-निर्मातामा प्रतिमा थापा पोखरेल, भक्तलाल श्रेष्ठ बिशेष सहयोगीमा शम्भु कुमार केसी र मनोज श्रेष्ठ रहेका छन् । शिव ढकालको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्धन्द्व निर्देशन, एसबी सापकोटाको संगीत, अशोक रोक्काको मेकअप, रेनिश फागोको कलर, एलिस कार्कीको पाश्र्वसंगीत, मिक्सिङ मुकेश शाह, भिएफएक्स समिर मियाँ, बनिष शाहको सम्पादन रहेको सिनेमाका मुख्य सहायक निर्देशक रामजी राउत र ज्ञान कुमार कट्टेल तथा सहायक निर्देशक दिनेश कार्की हुन् ।

  • ‘नाङ्गो गाउँ’को फस्ट लुक सार्वजनिक

    ‘नाङ्गो गाउँ’को फस्ट लुक सार्वजनिक

    काठमाडौं । भदौ २९ गते रिलिज हुने फिल्म ‘नाङ्गो गाउँ’को फस्टलुक सार्वजनिक गरिएको छ । आज सार्वजनिक गरिएको फिल्मको पोष्टरलाई राजनीतिक पृष्ठभूमिमा तयार पारिएको छ ।

    हिमाल शर्माको प्रस्तुतिमा तयार भएको यो फिल्मलाई दीपेन्द्र लामाले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा जय श्रेष्ठ निर्माताको रुपमा छन् । राम श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्ममा आलोक शुक्लाको छायांकन छ ।

    यो फिल्ममा दयाहाङ राई, मिरुना मगर, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका छ । फिल्मको पोष्टरमा यी सबै कलाकारहरुको साथमा शिशिर वाङ्देल, बुद्धि तामाङ, विशाल पहारी, रवीन्द्र झालगायतका कलाकारहरुलाई पनि देख्न सकिन्छ ।

    फिल्ममा राज थापा, कमलमणि नेपाल, अंकित खड्का, पुष्कर गुरुङलगायतका कलाकारको पनि अभिनय हेर्न सकिन्छ ।

    बनिष शाहको सम्पादन रहेको यो फिल्ममा एसडी योगी र दीपक शर्माको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ । राजनीतिको कारणले एउटा गाउँमा कति ठूलो समस्या उत्पन्न हुँदैछ र त्यसले कस्तो प्रभाव पारेको छ भन्ने कथालाई फिल्मले प्रस्तुत गरेको छ ।

    गत वर्ष सुपर हिट फिल्म ‘२ नम्बरी’ दिएका निर्देशक लामाको ‘नाङ्गो गाउँ’ वर्षकै प्रतिक्षित फिल्म हो ।

  • ‘देव वाणी’को गीत भारतको राजस्थानमा छायांकन

    ‘देव वाणी’को गीत भारतको राजस्थानमा छायांकन

    काठमाडौं । बाबु साहेब बलामीको निर्देशनमा निर्माण भैरहेको सिनेमा देव वाणीको एक गीतको छायांकन भारतको राजस्थानमा गरिएको छ । गायक प्रताप दास र गायिका सुनिता कार्कीको स्वर तथा मनोहर सुनामको संगीत रहेको गीतको छायांकन राजस्थानमा गरिएको हो ।

    सिनेमाको निर्माण टीम केही दिनअघि भारतको राजस्थानमा ४ दिन लगाएर एक गीतको छायांकन गरेर नेपाल फर्किएको छ । अब सिनेमाको एक गीत र केही सीनमात्र खिच्न बाँकी रहेको जानकारी निर्माण टीमले दिएको छ ।

    राजस्थानमा खिचिएको गीतमा सिनेमाका मुख्य कलाकार कुन्दन भारद्वाज र अनुजा लेप्चा फिचर्ड छन् ।

    सिनेमामा कुन्दन र अनुजासँगै सुनिल थापा, रवीन्द्र झा, ध्रुव कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, काजोल राघवाणी, मौसम पौडेल, लक्ष्मीनाथ तिमल्सिनालगायतको अभिनय रहनेछ । सिमरा, वीरगञ्ज, र काठमाडौंमा सिनेमाको छायांकन गरिएको छ ।

    निर्देशक बलामीले सिनेमा नेपाली र हिन्दी भाषामा बन्ने जानकारी दिए । सिनेमालाई भारतका हलमा प्रदर्शन गर्ने उनको योजना छ । मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टले निर्माणमा सहकार्य गरेको सिनेमाको कथा निराजन मेहता मन्जिलले तयार पारेका हुन् ।

    हरिबहादुर घलेको छायांकन र श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहने सिनेमाको प्रस्तुतकर्ता मौसम पौडेल हुन् । मीना खड्का र हिराबहादुर लेप्चा निर्माता रहेको सिनेमाका कार्यकारी निर्मातामा महेन्द्र यादव छन् । सिनेमामा तेञ्जु योञ्जनको कोरियोग्राफी र तर्कराज न्यौपानेको मुख्य सहायक निर्देशन रहेको छ ।

  • राति १ बजे लाइभ आएर जिया केसीले भनिन्- मेरो कारणले भुवन केसीलाई गाली आयो, बाँच्न मन छैन

    राति १ बजे लाइभ आएर जिया केसीले भनिन्- मेरो कारणले भुवन केसीलाई गाली आयो, बाँच्न मन छैन

    काठमाडौं । अभिनेता भुवन केसीलाई आफ्ना कारणले गाली आएको बताउँदै जिया केसीले टिकटक लाइभमार्फत गुनासो पोखेकी छन् । बुधबार राति १ बजे लाइभ आएर भुवनकी प्रेमिका जिया केसीले टिकटकमा दुःख व्यक्त गरेकी हुन् ।

    उनले भनेकी छन्, ‘मलाई यो विषयमा बोल्न त मन थिएन । तर कतिपय कुराहरु नबोलौ भन्दा पनि बोल्न बाध्य हुनुपर्दो रहेछ । सामाजिक सञ्जाल हेरे। भुवन केसीले गाली खाएको देखेँ । त्यो देखेर एकदमै दुःख लाग्यो ।’

    भुवनले आफ्ना कारणले गाली खानु परेको उनको आशय छ । उनले अगाडि भनिन्, ‘उहाँले न केही भन्नु भएको छ न केही गर्नु नै । नभएको कुराहरुमा यति धेरै आगोहरु थपिरहनुभएको छ । यो सब मेरो कारणले हो । किनभने ड्रिम्स फिल्ममा जो अभिनेत्री हुनुहुन्छ, उहालाई त्यस चलचित्रमा मेरै कारणले हुनुहुन्थ्यो । मैले नै उहाँ(साम्राज्ञी) राम्रो हुनुहुन्छ र उहाँलाई नै लिनुपर्छ भनेर प्रेसर दिएकी थिएँ । मेरो वचन राखेर उहाँलाई त्यस चलचित्रको नायिका बनाइएको थियो ।’

    ४० वर्षदेखि चलचित्र क्षेत्रलाई ज्यान दिएको व्यक्तिलाई तथानाम गाली र बेइज्जती आउँदा आफूलाई दुःख लागेको उनले बताएकी छन् ।

    ‘चलचित्र राम्रो अनि सफल भयो । तर धेरै वर्ष बितिसकेपछि भने उहाँँ(साम्राज्ञी)ले तथानाम गाली गर्न थाल्नुभयो । भन्न चाहिँ भुवन केसीलाई केही भनेकी छैन भन्नुहुन्छ तर अप्रत्यक्ष रुपमा मेरो पहिलो चलचित्रको निर्देशक अनि निर्माता भन्नुहुन्छ। सोही कारणले भुवनजीले कमेन्ट्समार्फत धेरै गाली खानुहुन्छ’, उनले थपिन् ।

    धेरै गाली आएपछि सहन नसकेर भुवनले अदालतमा केस दर्ता गरेको जियाको भनाइ छ । उनले भनिन्, ‘गालीको वर्षा हुँदा उहाँले एकचोटी त्यो व्यक्ति भुवन केसी होइन भनेर भन्नुभएन । विचरा भुवनजीले सहन नसकेर अदालतमा केस दर्ता गर्नुभयो । केस फाइल भएपछि भने उहाँले मैले भुवन केसीलाई भनेको होइन, मैले त चलचित्र क्षेत्रको विकृतिको विषयमा आवाज उठाएका होे, के आवाज नै उठाउन नपाउने भन्नुहुन्छ । कस्तो बिडम्वना ?’

    ‘मिडियामा तथानाम गाली गर्ने अनि अदालत पुगेपछि भने मैले उहाँलाई भनेकै होइन भन्ने ? ४ दशक चलचित्र क्षेत्रमा योगदान दिएको व्यक्तिलाई तथानाम गाली र बेइज्जती आउँदा कस्तो हुन्छ होला ? त्यहीँ पनि मेरो कारणले । आज मलाई एकदमै नराम्रो लागिरहेको छ । म एकदमै दुःखी छु । म त आत्महत्या गर्छु होला जस्तो अनुभव गरिरहेकी छु,’ उनले भनेकी छन् ।

    अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले आफूमाथि भुवन केसीले शोषण र दुर्व्यवहार गरेको आरोप लगाएपछि केसीले २०७७ साउन ९ गते १० करोड क्षतिपूर्ति माग गर्दै शाहविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेका थिए । केसीले दायर गरेको मुद्दामा तीन वर्षपछि अन्तत काठमाडौं जिल्ला अदालतले दाबी नपुग्ने फैसला गरेको छ ।

    गाली बेइज्जतीको मुद्दामा अदालतले दाबी नपुगेको ठहर गरेसँगै केसीले मुद्दा हारेका छन् । अदालतले फैसला सुनाएपछि यतिबेला सामाजिक सञ्जालमा साम्राज्ञीप्रति सहानुभूति र भुवनप्रति आलोचना वर्षिन थालेको छ । गाली र आलोचनाको वर्षात हुन थालेपछि जिया केसीले लाइभ आएर आफ्ना गुनासा पोखेकी हुन् ।

  • ‘हात्तीछाप’ को सेटबाट बाहिरियो सौगातको लुक्स

    ‘हात्तीछाप’ को सेटबाट बाहिरियो सौगातको लुक्स

    काठमाडौं । असारको २४ गतेबाट छायांकन प्रारम्भ भएको फिल्म ‘हात्तीछाप’को सेटबाट नायक सौगात मल्लको लुक्स बाहिरिएको छ ।

    सौगातको लुक्स बाहिरिएसँगै फिल्मप्रति आम मानिसको कौतुहलता र उत्साह अझै बढ्ने देखिन्छ ।

    सौगात मल्लको लुक्स राजाको छ । राजाको गेटअपमा देखिएका सौगातको लुक्सले फिल्मको कथा के हो भन्ने अनुमान लगाउन आम मानिसहरूलाई अझै गाह्रो पर्ने देखिन्छ ।

    किनकि, सौगातले फिल्ममा राजाको भूमिकामा काम गर्दै गर्दा फिल्मको पहिलो दिनमा अर्का नायक दयाहाङ राई ग्यारेजमा भेटिएका थिए ।

    निर्माता किरण नेपालीका अनुसार फिल्मको सेटमा नायक सौगात मल्ल र नायिका उपासना सिंह ठकुरी आजबाट जोडिएका छन् ।

    फिल्मको पहिलो दिन नायक दयाहाङ राई र कलाकार कमलमणी नेपालले टेक दिएका थिए ।

    प्रदीप भारद्धाजको लेखन रहेको यो फिल्मलाई सिमोस सुनुवारले निर्देशन गरिरहेका छन् । फिल्ममा सुशान्त प्रजापतिको छायांकन छ ।

    सामाजिक कथावस्तुमा बनिरहेको यो फिल्मलाई १५ दिन काठमाडौं र १५ दिन पोखरामा खिचिनेछ ।

    फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्दि तामाङ, विजय बराल, विल्सन विक्रम राई, कमलमणी नेपाल, राजन खतिवडा, पुष्कर गुरुङ, प्रकाश घिमिरे, विनोद न्यौपाने, कविता आले, रविन्द्र झा, रियर राई, सुष्मा निरौला लगायतको अभिनय छ ।

  • अन्तरजातीय प्रेम कथामा ‘श्रद्धा-सुमन’ निर्माणको घोषणा, बन्दीपुरमा वर्कशप सुरु

    अन्तरजातीय प्रेम कथामा ‘श्रद्धा-सुमन’ निर्माणको घोषणा, बन्दीपुरमा वर्कशप सुरु

    काठमाडौं । अन्तरजातीय प्रेम कथामा नयाँ फिल्म निर्माणको घोषणा भएको छ । के.डी प्रशितको लेखन तथा निर्देशनमा तयार हुन लागेको फिल्मको नाम ‘श्रद्धा–सुमन’ राखिएको छ । यो फिल्मको आजबाट बन्दिपुरमा वर्कशप समेत सुरु भएको छ ।

    के.डी फिल्मस् प्रालिको पहिलो प्रस्तुतिको रुपमा निर्माण हुन लागेको यो फिल्मलाई अमर सिंह खातीले निर्माण गर्दैछन् । फिल्मको प्रस्तुतकर्तामा सोनिया नेपाली र सुप्रिया सिंह खाती छन् ।

    यो फिल्ममा अधिकांश नयाँ कलाकारको अभिनय रहनेछ । फिल्ममा दीपक अधिकारी र आकांक्षा तामाङ शिर्ष भूमिकामा देखिदैछन् । एक ब्रम्हाण यूवक र एक तामाङ यूवतीको प्रेम कथामा यो फिल्म बन्न लागेको निर्देशक प्रशितले जानकारी दिए ।

    फिल्ममा दीपक र आकांक्षाको साथमा कमलमणी नेपाल, सुवर्ण बस्ताकोटी, सुरविर पण्डित, विमल पौडेलको मुख्य भुमिका रहनेछ । यो फिल्ममा चिरञ्जिवी भण्डारीको संगीत, उत्सव दाहालको छायांकन रहनेछ ।

    फिल्मको छायांकन भने भदौको १५ गतेबाट सुरु गर्ने निर्देशक प्रशितले जानकारी दिए । यो फिल्मको छायांकन बन्दिपुर, चितवन, पोखरामा हुनेछ । साथै, नेपाल बाहिर पनि यो फिल्मको छायांकन गर्ने तयारी गरिएको निर्माणपक्षले बताएको छ ।

  • सट्टेबाजी प्रकरणमा कलाकारहरुलाई धरौटीमा छोड्न जिल्ला अदालत काठमाडौंको आदेश

    सट्टेबाजी प्रकरणमा कलाकारहरुलाई धरौटीमा छोड्न जिल्ला अदालत काठमाडौंको आदेश

    काठमाडौं । काठमाडौं जिल्ला अदालतले वान एक्स प्रकरणमा पक्राउ परेका कलाकारहरुलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।

    अदालतले बुधबार यस्तो आदेश दिएको हो । कलाकारहरु मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), राजु पौडेल (राजु मास्टर), पवन खतिवडा (म्याकुरी)सहितका ८ जना कलाकारहरुलाई जनही पाँच हजार रुपैयाँ धरौटी माग गरिएको छ ।

    त्यस्तै, अदालतले दिनेश खड्कासँग १० र अनिता धितालसँग ५ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

    कलाकारहरु बल्छी ध्रुवे, राजु मास्टरसहित बेगम नेपाली, एलिस राई, दिनेश खड्का, जलन घर्तीमगर, गणेश देवकोटा, अनिता धिताल, रोशन खतिवडा, सरोज घिमिरेविरुद्ध सट्टेबाजी गर्ने वेबसाइटको प्रचार गरेको आरोप लगाइएको थियो ।

    यस प्रकरणमा एकजना फरार रहेका छन् ।

     

  • अदालतको फैसलापछि भावुक हुँदै साम्राज्ञीले भनिन्- मान्छेले आफ्नो कुरा बोल्न पाउने रहेछ

    अदालतको फैसलापछि भावुक हुँदै साम्राज्ञीले भनिन्- मान्छेले आफ्नो कुरा बोल्न पाउने रहेछ

    काठमाडौं । काठमाडौं जिल्ला अदालतले आफ्नो पक्षमा फैसला गरेपछि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले भावुक हुँदै आफूले लडाइँ जितेको बताएकी छन् । इन्स्टाग्राममा एक भिडिओ सार्वजनिक गर्दै उनले भनेकी छन्, ‘मान्छेले आफ्नो कुरा बोल्न पाउने रहेछ ।’

    अभिनेत्री शाहविरुद्ध अभिनेता भुवन केसीले १० करोड क्षतिपूर्ति माग गर्दै गाली बैज्जतीको मुद्दा हालेका थिए । उक्त मुद्दा उपर अदालतले दाबी नपुगेको फैसला गर्दै शाहको पक्षमा आज फैसला सुनाएको थियो ।

    इन्स्टाग्रामको भिडिओमार्फत केसीले आफूलाई कति पावरफूल छु भनेर देखाउन खोजेको तर अदालतले त्यसलाई बदर गरिदिएको बताएकी छन् । उनले थप भनेकी छन्, ‘मेरो फिल्मी करियरको यात्रा बडो गज्जबको थियो । तर, यात्राका क्रममा यस्तै भयो । तैपनि कसैलाई हर्ट गर्ने मेरो नियत भने थिएन ।’

    उनले फिल्म क्षेत्रमा करियर खोजिरहेकाहरूलाई सम्बोधन गर्दै भनेकी छन्, ‘योङस्टरहरूले आफूले काम गर्ने स्थानमा आफ्नो सुरक्षा आफैंले गर्नुपर्छ । र यस्ता घटनादेखि सचेत पनि हुनुपर्छ ।’

    केसीले २०७७ साउन ९ गते शाहविरुद्ध गाली बैज्जतीको मुद्दा दयर गरेका थिए । त्यसबेला चलचित्र क्षेत्रमा नेपोटिजमको बहस उठेको थियो । केसी र शाह वाक युद्धमा उत्रिएका थिए । केसीले ‘जुन थालमा प्वाल पार्यो त्यही थालमा दुलो पार्ने’ भनेर आरोप लगाएका थिए भने शाहले आफूमाथि केसीले शोषण र दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।

  • कमेडी च्याम्पियनका विशाल र विक्कीविरुद्ध निर्देशक गिरीको उजुरी, किन मागे जीउधनको सुरक्षा ?

    कमेडी च्याम्पियनका विशाल र विक्कीविरुद्ध निर्देशक गिरीको उजुरी, किन मागे जीउधनको सुरक्षा ?

    काठमाडौं । फिल्म निर्देशक राजु गिरीले टिभी रियालिटी शो ‘कमेडी क्लब विथ च्याम्पियन’ का होस्ट विशाल भण्डारी र निर्देशक विक्की अग्रवालविरुद्ध उजुरी दिएका छन् । जीउधनको सुरक्षा गरिपाउँ भन्दै उनले जिल्ला प्रशासन कार्यालयमा आज लिखित निवेदन दिएका हुन् ।

    कमेडी च्याम्पियनको तीन दिनअघि प्रशारित ६९ औं एपिसोडमा आफ्नो चलचित्रलाई घोचपेच गरिएकोमा गिरीको आक्रोश छ । उनले काठमाडौंका मेयर बालेन्द्र साहमाथि आधारित रहेर फिल्म ‘मेयर साब’ निर्माण गर्ने तयारी गरेका छन् ।

    गिरीले निर्देशन गर्ने भनेको सो चलचित्रलाई लिएर सो कार्यक्रममा कमेडियन सुन्दर खनालले व्यंग्य गरेका थिए । उनको कमेडी यस्तो थियो ।

    ‘निर्देशक राजु गिरीले बालेन साहको कथामा चलचित्र मेयर साब बनाउने भएका छन् । कल्ले ? राजु गिरीले १(रोक्किएर अनुहारको हाउभाउ बिगार्दै) । यसमा बालेन साह भन्छन्– हिन्दी फिल्म त रोकेँ रोकेँ, यस्तै फिल्म बन्न थाले भने नेपाली पनि रोक्दिन्छु लुजा ।’

    खनालको यो व्यंग्यमा दिपाश्री निरौलाले ‘आगो आगो…’ भन्दै हौस्याउँछिन् भने कार्यक्रमकी अतिथि करिश्मा मानन्धरले पनि थम्स अप गरेर समर्थन जनाउँछिन् । तर, यस्तो प्रस्तुतले आफ्नो मानमर्दन भएको निर्देशक गिरीको टिप्पणी छ । ‘हामीले एउटा फिल्म बनाउन धेरै रिसर्च र मिहिनेत गरेका हुन्छौं । यस्तो हचुवा व्यंग्यले हामीलाई धेरै असर गर्छ । फिल्मकर्मीहरुले त्यसै आत्महत्या गरिरहेका छैनन्,’ उनले नेपाल प्रेससँग भने ।

    तर, टेलिभिजन कन्टेन्टको विषयमा असन्तुष्ट हुँदा उनले शान्ति सुरक्षा दिलाइपाउँ भनेर निवेदन किन दिए ? गिरीले वकिलको सल्लाहअनुसार गरेको बताए ।

    ‘हुन त अदालतमै गएको भए पनि हुन्थ्यो । तर, एउटै इन्डष्ट्रीभित्र रहेको मानिसलाई जेलै हालौं भन्ने मेरो मनसाय होइन । त्यसैल वकिलसँगको सल्लाहमा जिप्रकामा उजुरी दिएको हुँ,’ उनले भने ।

    तपाईंलाई सुरक्षा खतरा छ र ? भन्ने प्रश्नमा उनले अक्मकाउँदै भने, ‘अँ, नचिनेको नम्बरबाट फोनहरु पनि आइरहेका छन् ।’

    राजु गिरी उनै निर्देशक हुन् जसले अर्चना पनेरुलाई लिएर फिल्म ‘जिस्म’ बनाएका थिए । अहिले उनले बालेनमाथि फिल्म बनाउने घोषणा गरेका छन्, तर यस विषयमा बालेनसँग स्वीकृति भने लिएका छैनन् ।

    गिरीले भने, ‘बालेनमाथि आधारित फिल्म हो तर उहाँको बायोपिक होइन । एउटा मेयर यस्तो हुनुपर्छ भनेर देखाउन खोजेको हुँ ।’

  • १० करोड क्षतिपूर्ति मागेका भुवन केसीले हारे साम्राज्ञीविरुद्धको मुद्दा

    १० करोड क्षतिपूर्ति मागेका भुवन केसीले हारे साम्राज्ञीविरुद्धको मुद्दा

    काठमाडौं, १० करोड क्षतिपूर्ति माग गर्दै अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध अभिनेता भुवन केसीले दायर गरेको गाली बेइज्जत्ती मुद्दामा काठमाडौं जिल्ला अदालतले दाबी नपुग्ने फैसला गरेको छ । गाली बेइज्जतीको मुद्दामा अदालतले दाबी नपुगेको ठहर गरेसँगै केसीले मुद्दा हारेका छन् ।

    केसीले २०७७ साउन ९ गते शाहविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेका थिए । त्यसवेला चलचित्र क्षेत्रमा नेपोटिजमको बहस उठेको थियो । केसी र शाह वाक युद्धमा उत्रिएका थिए ।

    केसीले ‘जुन थालमा खायो, त्यही थालमा दुलो पार्ने’ भनेर आरोप लगाएका थिए भने शाहले आफूमाथि केसीले शोषण र दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।

  • ट्रोल गर्नेहरुसँग सिसन बानियाँको आग्रह- मेरो ‘एक्स’ लाई नराम्रो नभन, सबैले सहन सक्दैनन्

    ट्रोल गर्नेहरुसँग सिसन बानियाँको आग्रह- मेरो ‘एक्स’ लाई नराम्रो नभन, सबैले सहन सक्दैनन्

    काठमाडौं । भ्लगर सिसन बानियाँ पछिल्लो समय टिकटकमा अत्यधिक ‘ट्रोल’ भइरहेका छन् । पूर्वमिस नेपाल श्रृंखला खतिवडासँग नाम जोडिएपछि लाइमलाइटमा आएका उनी श्रृंखलाको विवाह चर्चासँगै ‘ट्रोल’को शिकार बनेका हुन् ।

    श्रृंखला मिस नेपालपछि मिस वर्ल्डमा भाग लिने क्रममा सिसनले धेरै सहयोग गरेका थिए । त्यसयता उनीहरुबीच अफेयर रहेको चर्चा चल्दै आएको थियो । टिकटकमा आएका धेरै भिडिओहरुले पनि गसिपलाई मलजल ग¥यो । यद्यपि उनीहरु दुवैले आफूहरुको प्रेम सम्बन्ध रहेको सार्वजनिक स्वीकारोक्ति भने गरेका थिएनन् ।

    केही समयअघि देखि श्रृंखला र सिसन टाढिएका छन् । उनीहरु दुवैको नाम फरक फरक व्यक्तिसँग जोडिन थालेको छ । श्रृंखलाले कान्तिपुर पब्लिकेसन्सका सम्भव सिरोहियासँग विवाह गर्न लागेको खबरले बजार तताएको छ । त्यससँगै सिसन र श्रृंखलाका पुराना फोटो-भिडियो राखेर ट्रोल गर्न थालिएको हो । केही दिनअघि श्रृंखलाले एउटा स्टाटस लेख्दै सामाजिक सञ्जालप्रति आफ्नो असन्तुष्टि पोखेकी थिइन् ।

    अहिले सिसनको एउटा अडियो टिकटकमा भाइरल भइरहेको छ । सो अडियोमा उनले आफूहरुमाथि भइरहेको ट्रोललाई लिएर गुनासो गरेका छन् । उनले श्रृंखलाको नाम नलिइकन आफ्नो ‘एक्स’ लाई नराम्रो नभन्न आग्रह गरेका छन् ।

    उनले भनेका छन्, ‘मजाक गर्नुस्, उडाउनुस्, म त्यसलाई तपाईंको रचनात्मक हिसाबले सम्मान गर्छु । तर, त्यो मजाक र नकारात्मक टिप्पणीहरूले मान्छेमा अर्कै प्रभाव पारिरहेको हुन्छ ।’

    ‘मलाई च्यालेन्ज गर, मलाई भन । म सहिदिन्छु । सहनलाई त म प्रो-म्याक्स हो । म सहन सक्छु । ट्रोल लिन सक्छु । तर, सबैले लिन सक्दैनन् । मेरो एक्सलाई केही नभन्नु ।’

    ‘ऊ नेपाललाई चाहिने मान्छे हो, ऊ सबैलाई चाहिने मान्छे हो । पढेलेखेर कस्तो दामी मान्छे भइसक्यो । ऊ सहानुभूति भएको मान्छे हो । हामी सबै सामाजिक सञ्जालबाट जज गर्दिन थाल्यौं धेरै । सी इज सच अ ब्युटिफुल पर्सन’, उनले जोडेका छन् ।

    कसैसँग अनलाइन दुर्व्यवहार र मानसिक स्वास्थ्यको बारेमा कुरा गर्ने क्रममा उनले यी कुराहरु गरिरहेका थिए । त्यसको अडियो रेकर्ड गरेर कसैले टिकटकमा हालेका हुन् । उनको भनाइलाई धेरैले समर्थन गरिरहेका छन् ।

  • पोखराका मेयरलाई पत्र लेख्दै लाउरेले भने- पोखराका सडक बत्ती नागरिकको भविष्य जस्तै धमिलो छन्

    पोखराका मेयरलाई पत्र लेख्दै लाउरेले भने- पोखराका सडक बत्ती नागरिकको भविष्य जस्तै धमिलो छन्

    पोखरा । र्‍यापर आशिष रानामगर (लाउरे) ले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई ११ बुँदे खुलापत्र लेखेका छन् । लाउरेले बुधबार सामाजिक सञ्जालमार्फत पोखराका मेयर आचार्यलाई खुलापत्र लेखेका हुन् ।

    उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ जस्तै काम गर्न सुझाव दिएका छन् ।

    ¥यापर लाउरेले पोखराका लगभग हरेक सडक बत्ती नेपाली नागरिकको भविष्य जस्तै धमिलो भएको बताएका छन् । ‘कुनै पनि सडक बत्तीहरू रातको समयमा सुरक्षित र निर्धक्क भएर सवारी साधन चलाउन पर्याप्त उज्यालो छैन,’ उनले लेखेका छन् ।

    बजारबाट कुहिएको माछा र तरकारीको दुर्गन्धले पर्यटकलाई यस्तो नराम्रो माहोल दिने ¥यापर लाउरेले उल्लेख गरेका छन् । ‘पोखरा नेपालको सुन्दर, सफा र पर्यटकीय सहर भनेर चिनिन्छ तर पोखराको प्रवेशद्वार (रंगशाला, चाइनिज पुल) नजिकैको बजारबाट कुहिएको माछा र तरकारीको दुर्गन्धले पर्यटकलाई यस्तो नराम्रो माहोल दिन्छ । जसरी उनीहरुले सबै फोहोर बेवास्ता गरेर सडकमा फाल्छन्,’ उनले लेखेका छन् ।

    उनले मेयरलाई व्यक्तिगत रूपमा पोखराका प्रत्येक टोलमा खेल मैदान वा जनस्वास्थ्य तथा फिटनेस सेन्टर खोल्न आग्रह गरेका छन् ।

    युवाहरूलाई खेलकुद र फिटनेसमा संलग्न गराउने जसले गर्दा बेचैन र उत्साही युवाहरूलाई उनीहरूको ऊर्जा र यो सानो पहलहरूले भविष्यका खेलकुद च्याम्पियनहरूलाई जन्मदिन सक्छ । र सबैभन्दा महत्वपूर्ण कुरा, यसले समाजमा लागुऔषधको समस्या, युवाहरूमाझ हुने गिरोह हिंसा उन्मूलन गर्नेछ,’ लाउरेले लेखेका छन् ।मेयरलाई सघाउन आफूसमेत तयार रहेको लाउरेले स्पष्ट पारेका छन् ।

  • म त मर्छु कि क्या हो: धुर्मुस-सुन्तलीको जोडदार ‘कमब्याक’

    म त मर्छु कि क्या हो: धुर्मुस-सुन्तलीको जोडदार ‘कमब्याक’

    काठमाडौं । एक समय टेलिभिजनमा निकै तहल्का पिटेको हास्य टेलिश्रृंखला हो- मेरी बास्सै । यही टेलिश्रृंखलाबाट सीताराम कट्टेल र कुञ्जना घिमिरेको जोडी धुर्मुस-सन्तुलीका रुपमा स्थापित भयो र रियल लाइफमा समेत उनीहरुले जोडी बाँधे ।

    मेरी बास्सै छोडेपछि पनि देश-विदेशमा उनीहरुको डिमान्ड उच्च थियो । जहाँ पनि उनीहरुलाई दर्शकले धुर्मुस-सुन्तलीकै क्यारेक्टरमा हेर्न चाहन्थे । आजपर्यन्त उनीहरुलाई वास्तविक नामले भन्दा धुर्मुस-सुन्तलीकै रुपमा धेरैले चिन्छन् ।

    तर, पछिल्लो समय सामाजिक अभियानमा बढी केन्द्रित भएपछि यो जोडीको कलाकारिता ओझेलमा परिरहेको छ । खासगरी चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा होमिएपछि उनीहरुले आफ्नो मुख्य पेशामा समय नै दिन सकेनन् । फाट्टफुट्ट यूट्युबमा छोटा भिडियो हालेर आफ्नो तलतल मेट्न खोजे पनि दर्शकको तिर्खा भने मेटिएन ।

    यसबीचमा उनीहरुले एउटा फिल्म पनि खेलेका हुन् । तीन वर्षअघि रिलिज भएको चलचित्र ‘सेन्टी भाइरस’ मा उनीहरुले मुख्य भूमिकामा अभिनय गरेका थिए । तर, त्यसमा ‘धुर्मुस-सुन्तली’ थिएनन् । दुवैले गम्भीर भूमिकामा अभिनय गरेको चलचित्रले दर्शकलाई खासै अपिल गर्न सकेन । रामबाबु गुरुङ निर्देशित चलचित्र व्यापारिक रुपमा असफल भयो ।

    कोरोना भाइरसका कारण देशव्यापी लकडाउन भएपछि चितवनमा रंगशालाको काम पनि रोकियो । उक्त फुर्सदको समयलाई सदुपयोग गर्दै उनीहरुले बनाए एउटा वेब सिरिज । तीन एपिसोडमा बनाइएको यो वेब सिरिज ओटीटी एपमा रिलिज गर्ने तयारी थियो । तर, विविध कारणले हुन सकेन । अन्ततः यो वेब सिरिजलाई एउटै चलचित्रको रुप दिएर यूट्युबमै केही दिनअघि रिलिज गरिएको छ । दुई घन्टाको वेब फिल्म ‘म त मर्छु कि क्या हो’ ले भने ‘धुर्मुस-सुन्तली’ का फ्यानहरुको तिर्खा अवश्य मेट्नसक्छ ।

    यदि कन्टेन्ट बलियो छ भने सीमित बजेट, थोरै कलाकार र सानो लोकेसनमा पनि गज्जबको चलचित्र बन्न सक्छ भन्ने उदाहरण हो- म त मर्छु कि क्या हो । पुरानै क्यारेक्टरमा धुर्मुस-सुन्तलीले प्रशस्त नयाँपन दिएका छन् । चलचित्रले धेरै ठाउँमा पेट मिचिमिची हसाउँछ । भावुक पनि बनाउँछ ।

    पूर्ण मनोरञ्जनात्मक बनेको छ चलचित्र । हेरुञ्जेल आनन्द दिन्छ यसले । यद्यपि पहिलो हाफ जति उत्कृष्ट छ, अन्त्यसम्म त्यही लय कायम रहन भने सकेको छैन । उत्तरार्द्धपछि चलचित्र अलि बहकिएको छ ।

    फरक तरिकाले कथाको उठान गरिएको छ । एउटा फ्याक्ट्रीका सीईओका रुपमा सुटबुट र कालो चस्मामा धुर्मुसको इन्ट्री हुन्छ र जब उनले डाइलग बोल्न थाल्छन्, तत्काल हाँसो सिर्जना भइहाल्छ । सुन्तलीको पनि त्यस्तै छ । हेर्दा आधुनिक तर ‘पाखे’ लवजमा उनीहरु बडो ‘हिलारियस’ लाग्छन् ।

    पूर्ण मनोरञ्जनात्मक बनेको छ चलचित्र । हेरुञ्जेल आनन्द दिन्छ यसले । यद्यपि पहिलो हाफ जति उत्कृष्ट छ, अन्त्यसम्म त्यही लय कायम रहन भने सकेको छैन । उत्तरार्द्धपछि चलचित्र अलि बहकिएको छ । दोस्रो हाफमा ल्याइएका ‘फिल्मी’ ट्विस्टहरु परम्परागत छन् । धुर्मुस-सुन्तलीबाट जतिबेला पनि कमेडी नै खोज्ने दर्शक भावुक दृश्यहरुमा बाँधिन सक्दैनन् । कथाको इन्डिङ खासै मजबुत छैन । अन्तिममा समावेश गरिएको गीत पनि नायकनायिका बन्ने रहर पूरा गर्न नै जबरजस्ती राखिएको प्रतित हुन्छ ।

    फार्ममा सबै चल्लाहरु मरेपछि धुर्मुसले आफ्नो स्वभाव बदलेको र कृषिकर्ममै फरक तरिकाले संघर्ष गरेर त्यो स्थानमा पुगेको देखाइएको भए चलचित्र सन्देशमूलक पनि बन्न सक्ने थियो । तर, दुर्घटनामा आफूलाई जोगाएपछि एउटा धनाढ्यले छोराका रुपमा अपनाएको देखाएर भाग्यवादलाई प्रश्रय दिइएको छ । कृषि तथा पशुपालन क्षेत्रका मुद्दा उठाउन खोजिएको भए पनि त्यो प्रभावकारी बनेको छैन ।

    अभिनयको कुरा गर्दा सबै कलाकारहरुले आआफ्नो भूमिकामा न्याय गरेका छन् । सबैभन्दा अब्बल धुर्मुस र सुन्तली नै छन् । धुर्मुसको अभिनय जति जोडदार छ, सुन्तली पनि लगभग उनको हाराहारीमा नै छिन् । टेलिभिजनमा कैयौंपटक निभाइसकेको चरित्रलाई दोहोराउँदा पनि उनीहरुले दर्शकलाई मोनोटोनस हुन दिएका छैनन् । यस्तो लाग्छ कि धुर्मुस-सुन्तलीका रुपमा उनीहरुको एक्सप्रेसन र संवाद सम्प्रेषण कहिल्यै पुरानो हुनेवाला छैन ।

    धुर्मुस-सुन्तलीपछि दर्शकलाई आकर्षण पर्ने पात्र हुन्, प्रमिला खनाल र पुष्पा आचार्य । धुर्मुस-सुन्तलीको छिमेकीको रुपमा प्रमिलाको भूमिका र अभिनय दुवै टेसिलो छ । पुष्पाले चलचित्रमा ग्ल्यामर थपेकी छन् । विजय बराल आफ्नै लयमा छन् । बुद्धि तामाङको अभिनयमा भने नयाँपन छैन । सुमन कार्की र सुमन कोइराला जस्ता अहिलेका चर्चित कमेडीयनलाई पनि चलचित्रमा देख्न सकिन्छ । तर, छोटो भूमिका दिइएकाले उनीहरुले आफ्नो क्षमता देखाउने अवसर पाएका छैनन् । अन्य कलाकारहरुको अभिनय सामान्य छ ।

    अहिले यूट्युबमा यो चलचित्रले निकै राम्रो रियाक्सन पाइरहेको छ । धेरैले धुर्मुस-सुन्तलीलाई आफ्नो कलाकारितालाई नियमितता दिन आग्रह गरेका छन् । समग्रमा भन्दा यो चलचित्र धुर्मुस-सुन्तलीका लागि एउटा बलियो कमब्याक हो । आगामी दिनमा उनीहरु पुरानै रफ्तारमा कलाकारितामा अगाडि बढेको देख्न पाइयोस् ।

  • पल शाहको बचाउमा ज्योती लेख्छिन् : कानूनीरुपमा सकिएका कुराहरु कति कोट्याइरहन्छौ ?

    पल शाहको बचाउमा ज्योती लेख्छिन् : कानूनीरुपमा सकिएका कुराहरु कति कोट्याइरहन्छौ ?

    काठमाडौं । फेरी एकपटक सामाजिक सञ्जाल पल शाहमय भएको छ । नाबालिग बलात्कार मुद्दामा सफाइ पाएका अभिनेता शाहले जेलबाट निस्किएपछि दिएको पहिलो अन्तरवार्ताले हंगामा नै सिर्जना गर्यो ।

    सन्दीप क्षेत्रीको टेलिभिजन शो ‘ह्वाट द फ्लप’ मा पलले दिएको अन्तर्वार्ता यति आलोचित र विवादित बन्यो कि कान्तिपुर टेलिभिजनले उक्त अन्तर्वार्ता युट्यूबबाटै हटाउनुपर्यो ।

    अन्तरवार्तामा पल शाहले आफ्नो जेल अनुभव सुनाएका थिए । सो अन्तरवार्तामा पलको जेल यात्रालाई बहादुरीपूर्ण कार्य जसरी चित्रित गरिएको थियो । पलले रोमाञ्चित हुँदै जेल बसाईको विवरण सुनाउँदा सन्दीप क्षेत्रीले लगातार अट्टहाँस गरेका थिए । दर्शकले उनको यस्तो प्रस्तुतिलाई पचाएनन् । अन्तर्वार्ता विवादित बन्यो र अन्तत हटाईयो।

    आफूले दिएको अन्तर्वार्ता विवादित बनेपछि र चारैतिरबाट आलोचनाको सिकार भएपछि पलले मुख खोले । उनले सामाजिक सञ्जालमा आक्रोश पोख्दै लामो स्टाट्स लेखे । उनको अन्तर्वार्ता र स्टाटसपछि अहिले केही कलाकारहरुले पनि उनको पक्ष वा विपक्षमा तर्क गर्न थालेका छन् । प्रायले घुमाउरो र सांकेतिकरुपमा स्टास लेखेका छन् । तर, गायिका ज्योती मगर भने स्ट्रेट फरवार्ड पल शाहको पक्षमा उभिएकी छन् ।

    मिडियाले पल शाहको अन्तरवार्ता लिन नपाएको झोकमा पिडितको आँशु बेचेको आरोप ज्योतीको छ । कानूनरुपमा टुंगिसकेको विषयलाई कोट्याइरहेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेकी छन् ।

    ज्योती लेख्छिन्, ‘हिजो पल शाह नम्बर वान स्टार हुँदै गर्दा, उनले त्यहीँ काण्डवाला मिटिङमा बोल्दै गर्दा रेकर्ड गरिएको अडियो सार्बजनिक गर्नको लागि पैसाको डिल गर्नेहरु आज पललाई फेरी जिरोमा झार्नु पर्छ है भनेर लागेका छन् । बाँकी आफूलाई विवेकी ठान्नेहरु पनि ब्यक्तिगत रिस साँध्दै छन। अरुको त के कुरा गर्ने ?’

    ‘मिन्स भएन भन्दिउ ? झोला बोकाएर दाङ लखेटौं ? के गरौं ? यो गरौं, उ गरौं ? भन्दै जाल बुनेका कुराहरु पनि हामी सबैले सुनेकै हो क्यारे’, उनले जोडेकी छन् ।

    पल जेलबाट रिहा हुँदै गर्दा र चर्को लाइमलाइटमा परिरहँदा अन्तर्वार्ता दिन नमानेकाले उनलाई गिराउन पीडितको आँसु बेचेर अन्तरवार्तालाई भाइरल गराएको उनको आरोप छ । उनले लेखेकी छन्, ‘कठै हाम्रा मिडिया । लागिपर्नुस केही छैन । तपाईंहरुले बेच्ने त हेड्लाइन नै त हो । कानुनीरुपमा सकिएका कुराहरु कति कोट्याइरहन्छौ ? ओ म्याथ सिक्नेहरु १’

    उनले सबै कलाकारहरुलाई कहीँ कतै अन्तर्वार्तामा जाँदा रोइदिन भन्दै कटाक्ष गरेकी छन् । उनले भनेकी छन्, ‘मेरा प्यारा कलाकारहरु, तपाईहरु कहीँकतै अन्तवार्ता दिन जाँदा रोइदिनुस् । अनि बल्ल सबैले विचरा भन्छन् । सही हो भन्छन् । हाँस्नुलाई त मजाक भन्छन् ।’

    ‘बाइ द वे, सन्दिप क्षेत्रीको सो हाँस्ने हँसाउने सो हो । रुने सो होइन भेडा हो । तपाईंहरु कानुन सिकाउनुहुन्छ । गलत र सत्यको प्रवचन दिनुहुन्छ । नेपालको सर्वज्ञानी सोच्नुहुन्छ तर तपाईंहरुको सोच कति दरिद्र छ त्यो तपाईं–हामी सबैलाई थाहा छ । अब आउनुस मुनिबाट गाली गर्न । म त सहानुभूति खोज्ने वाहवाहीको भोको केटी होइन । म मान्छे हुँ । जे सत्य हो, त्यही बोल्छु,’ उनले थपेकी छन् ।

  • हट अवतारमा ‘फूलमाया’, टिकटकमा गाली आएपछि भिडिओ डिलिट गर्न आग्रह

    हट अवतारमा ‘फूलमाया’, टिकटकमा गाली आएपछि भिडिओ डिलिट गर्न आग्रह

    काठमाडौं । प्रकाश सपुतको गीत ‘फूलमाया…’ मा अभिनय गरेर रातारात हिट भइन् नवयौवना कुसुम शर्मा । अहिले उनलाई आफ्नो वास्तविक नामले भन्दा ‘फूलमाया’ भनेर नै धेरैले चिन्छन् ।

    ह्वात्तै उब्जिएको फ्यान फ्लोइङलाई सम्हाल्न फूलमायालाई सहज भइरहेको छैन । उनका हरेक गतिविधिलाई फ्यानहरूले नजिकबाट नियालिरहेका छन् र सानो गल्तीमा पनि उनले ठूलो प्रतिक्रिया खेप्नुपर्ने अवस्था छ । जस्तो कि अहिले टिकटकमा राखिएको एउटा भिडिओ क्लिपले दुख दिइरहेको छ । यो भिडिओ क्लिप उनी स्वयम्ले हालेकी भने होइनन् ।

    ‘भाइरल नेपाली’ नामक आइडीबाट हालिएको भिडिओमा फुलमाया ‘हट’ अवतारमा देखिन्छिन् । माथि ह्वाङ्गै खुलेको लुगा लगाएकी छिन्, उनले । तर, उनको यो पहिरन फ्यानहरूले पनि रुचाएको देखिएन । धेरैले भद्दा कमेन्ट गरेका छन् भने कतिपयले उनलाई उच्छृङ्खल पहिरन लगाएर आफ्नो छवि नबिगार्न सुझाव दिएका छन् ।

    कुसुम अब साँच्चै प्रकाश सपुतको गीतकी ‘फुलमाया’ पात्रजस्तै बन्न थालेको टिप्पणी पनि केहीको छ ।

    नकारात्मक टिप्पणीहरूको वर्षा भएपछि कुसुमले कमेन्ट बक्समै आफ्नो भिडिओ हटाइदिन आग्रह गरिन् । उनले लगातार ६ वटा कमेन्ट लेख्दै भिडिओ हालेकोमा असन्तुष्टि जनाएकी छन् ।

    तर, उनको भिडिओ भने हटेको छैन ।

    कुसुमले लेखेकी थिइन्, ‘मेरो अनुमति बिना यसरी अर्कालाई डोमिनेट गर्ने काम ठिक हो त ? सबैले सामना गर्न सक्छ भन्ने हुन्छ र भन्या के ?’
    उनको अर्को कमेन्ट छ, ‘डिलिट गर्नु भनेसि हुँदैन दाइ ? राम्रोसँग भनेर लाग्दैन ? मेरो अकाउन्टबाट पोस्ट भाको छ र यो ? ड्रेस ट्राई गर्दाको भिडिओ कसरी आयो के था ?’

  • ‘मेसो मिलाएर’ पछि राजको ‘माया केही बोलन’ रिलिज, शिल्पाले दिइन् साथ

    ‘मेसो मिलाएर’ पछि राजको ‘माया केही बोलन’ रिलिज, शिल्पाले दिइन् साथ

    काठमाडौं । गीतसंगीतमा नयाँ नयाँ सिर्जनाको माध्यमबाट दर्शकको मन जितिरहेका गायक तथा संगीतकार बाबुल गिरीले फेरि अर्को कर्णप्रिय गीत सार्वजनिक गरेका छन् ।

    बाबुलकै युट्युब च्यानलबाट सार्वजनिक भएको ‘माया केही त बोलन’ सार्वजनिक गरिएको हो ।

    यो गीतमा बाबुलको स्वर तथा संगीत, ध्रुव कटुवालको शब्द छ । गीतका शब्दहरू निकै नै कर्णप्रिय छन् । यो गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन् । भिडियोमा माइकलले मोडल राज कटुवाल र नायिका शिल्पा पोखरेललाई फिचरिङ गरेका छन् ।

    असारको महिनामा धानको बिउ रोप्ने समयमा माइकलले सोही परिवेशलाई भिडियोमा उतारेका छन् । भिडियोलाई ध्रुव न्यौपानेले निर्माण गरेका हुन् । भिडियोमा नवराज उप्रेतिको छायांकन, शिलन लम्सालको सम्पादन छ ।

    माइकल स्टेप अप डान्स एन्ड एकेडेमीको कोरियोग्राफीमा तयार भएको भिडियोले ‘मेसो मिलाएर’ जस्तै चर्चा पाउने विश्वास गरिएको छ ।

  • ‘अदृश्य’को पहिलो गीत सार्वजनिक

    ‘अदृश्य’को पहिलो गीत सार्वजनिक

    काठमाडौं । आगामी साउन १९ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘अदृश्य’को पहिलो गीत एक चोटी सार्वजनिक भएको छ ।

    सार्वजनिक गीतमा सिनेमाका मुख्य कलाकार प्रमोद अग्रहरी र रिस्ता बस्नेत फिचर्ड छन् । गीतको भिडियोमा अभिनेता अग्रहरी र अभिनेत्री बस्नेतलाई रोमान्टिक अवतारमा नृत्य गरिरहेको देख्न सकिन्छ ।

    विशाल पौडेलको शब्द रचना तथा संगीत रहेको सार्वजनिक गीतमा संगीतकार पौडेल र सीमा संग्रौलाको स्वर सुन्न सकिन्छ । सिनेमाको सार्वजनिक गीतको भिडियो तथा अडियो पक्ष औसत छ ।

    प्रल्हाद काफ्लेको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमामा मिना बस्नेत र उमारुद्रा काफ्लेको लगानी रहेको छ । रविन अधिकारी र रिकेश खत्री सिनेमाका सह९निर्माता हुन् ।

    पिताम्बर फिल्मसको प्रस्तुतिमा निर्माण भएको सिनेमामा प्रमोद र रिस्ताका अलवा सोहित मानन्धर, प्रविन खतिवडा, छुल्ठिम गुरुङ, रवी गिरी, सिएम भारद्धाज सुवेदी, विकेश प्रजापती, गीत विष्ट, सुरज विष्ट, जसिता घिमिरे, सन्दीप बाबु लोहनी, रुपेश दाहाल, सुजन बज्राचार्य, अजित रेग्मी, रुपेश थापा, अभिमान सिंह बस्नेत र प्रतिक भुजेल लगायतका कलाकारको अभिनय रहेको छ ।

    राकेश रनपालको कथा, आकाश उखेडाको पटकथा तथा संवाद, उत्तम हुमागाईँ र मोहन कुमार झिल्लुको छायांकन, विशाल पौडेलको संगीत, शिशिर खातीको कोरियोग्राफी, मुकेश शाहको पाश्र्व संगीत, निशान घिमिरेको कलर, बनिश शाहको सम्पादन रहेको सिनेमाका प्रोडक्सन म्यानेजर प्रकाश बुढाथोकी र दिलीप पन्त हुन् । सिनेमालाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।

  • पल शाहकाे आक्राेश: निधारमा बलात्कारी लेखेर देश छाेडाैं कि आत्मदाह गराैं ?

    पल शाहकाे आक्राेश: निधारमा बलात्कारी लेखेर देश छाेडाैं कि आत्मदाह गराैं ?

    काठमाडौँ। नायक पल शाहले अदालतबाट सफाई पाएपछि पनि आफूमाथि लागेको बलात्कारीको ट्याग नहटाइएको भन्दै दुख व्यक्त गरेका छन्।

    कान्तिपुर टेलिभिजनबाट प्रसारित ह्वाट द फ्लपमा आफूसँग गरिएको कुराकानी विवादित बनेर हटाइएपछि शाहले सोमबार साँझ सामाजिक सञ्जालमा लामो स्ट्याटस लेख्दै अदालतबाट सफाई पाएपछि पनि आफूले निधारमा ‘म बलात्कारी हुँ’ लेखेर हिँड्नु पर्ने हो भन्दै प्रश्न गरेका छन्।

    ‘म के गरौँ? कसरी बाचौँ?कसरी हिँडौँ,कसरी बोलौँ, कसरी खाउँ? कसरी लाउँ ? कि मैले निधारमा म बलात्कारी हुँ लेखेर देश छाडौँ?  कि मैले खुल्लमखुल्ला रत्नपार्कमा गएर आत्मदाह गरौँ’, शाहले लेखेका छन्।

    आफूले विगतमा कानुनलाई सम्मान गरेर एक वर्षसम्म जेल बसेको र अदालतबाट सफाई पाएकै कारण निस्किएको भन्दै उनले अगाडि लेखेका छन्, ‘कानुनले तँ सही छस् भनेर सफाई दिएको विषयलाई जोडेर बारम्बार प्रहार हुँदा जीवन जिउने अभिलाषा सकिँदो रहेछ ।

    उनी लेख्छन् ‘मानवीय जीवन हो उतार चढाव हुन्छ । म नि मानव हो । म भित्र पनी मानवीय संवेदना छ । म रुन्छु हाँस्छु । तपॉईहरु जस्तै ……म माथि आरोप लाग्यो, मैले कानुनलाई सघाउन सम्बन्धित निकायमा पुगे र १ वर्ष कारागारमा रहे । सम्मानित अदालतबाट उक्त आरोपबाट “सफाई” पाएर म तपॉईहरु जस्तै सामान्य जीवन यापन र कर्म गर्दै आइरहेको छु ।

    मलाई थाहा छ, बुझेको पनी छु म एक सार्वजनिक व्यक्ति हुँ । मैले गर्ने हरेक गतिविधि समाजसँग जोडिएको हुन्छ । म साना साना कुरामा संवेदनशील हुनु पर्दछ र मेरो सेन्स अफ ह्युमरले सक्ने जति म संवेदनशील बन्ने कोसिसमा छु । पछिल्लो समय कान्तिपुर टिभी बाट प्रसारित “What The Flop Show” मा मैले अन्तरवार्ता दिएको थिए । उक्त अन्तर्वार्ता प्रसारण भई सकेपछि सामाजिक सञ्जालमा हाम्रो शैलीको चर्को विरोध भई रहेको छ । प्रसारित कार्यक्रममा “हासि हासि बोल्यो बलात्कारी, जेलका कुरालाई मजाकमा उडायो” जस्ता आरोप लागेका छन् ।

    म एक्लै यो धर्तीमा कहिबाट उत्पत्ति भएको हैन । मेरो पनी एउटा परिवार छ । परिवार भित्र आमा, बाबा, बहिनी, इष्टमित्रहरू पनी छन् । उनीहरूमा के बित्छ होला जहिल्यै बलात्कारीको ट्याग दिदा ? कहिल्यै सोच्नु भएको छ परिवारमा पर्ने आघातका बारेमा ? उनीहरूलाई मानसिक, व्यक्तिगत, सामाजिक जीवनमा कस्तो असर पर्ला कस्तो दाग रहला ? कहिल्यै त्यो ठॉउमा आफ्नो परिवार राखेर सोच्नु भएको छ ? म स्पष्ट पार्न चाहन्छु । मेरो तर्फबाट मृत या जीवित, आरोपित होस या अपराधी सबैप्रति मेरो सम्मान छ । म मेरो देशको कानुनलाई शिरोपर गरी कानुनलाई सघाएको मानिसले कानुन उल्लङ्घन या कसैको अवहेलना गर्नेबारे सोच्न सम्म सक्दिन ।

    मेरो जीवनको एक वर्ष म युनिभर्सिटीमा थिए । त्यो युनिभर्सिटीमै देखेका सिकेका कुराहरू मैले रोएर मात्र बोल्नु पर्ने हो र ? मैले कसैको नाम नलिईकन त्यहाँ भित्र मैले भोगेका देखेका कुरा हाँसेरै सरकार सामु अपिल गर्दा पनी मैले गाली खानु पर्ने हो ? म मेरा दुखका अनुभव हाँसेर कसैसँग शेयर गर्नै नपाउने हो ? मैले कसलाई मजाकको पात्र बनाएको छु ? म रुँदै अन्तर्वार्ता दिनु पर्ने हो ? म मेरो दुखमा सधैँ रुनु पर्ने हो या मैले मेरा दुखका अनुभव हाँसी हासि साट्न र जित्न पनी पाउँछु ? धेरै कुरा अनुत्तरित छन् र मैले बुझ्न सकेको छैन मेरो जीवनमा मैले गर्नु पर्ने के हो नगर्नु पर्ने के हो ? समाजका तपाईंहरु जान्ने बुझ्नेले मलाइ उत्तर दिनु होला !!!
    अदालतबाट “सफाई” पाइसकेपछि पनि मैले निधारमा “म बलात्कारी हुँ” लेखेर हिडौ कि दुख पिडालाई मुस्कान हाँसोले जितेर मेरो नर्मल जीवन यापन गरौँ ? मलाई पल शाह बनाएको तपॉईहरुले हो यस कारण म प्रश्न पनी तपॉईहरु समक्ष नै गर्न चाहन्छु म के गरौँ ? कसरी बॉचौ ? कसरी हिडौ ? कसरी बोलौँ ? कसरी खाऊ ? कसरी लाऊ ? कि मैले निधारमा म बलात्कारी हुँ लेखेर देश छोडौँ ? कि मैले खुल्लमखुल्ला रत्नपार्कमा गएर आत्मदाह गरौँ ?

    एक बर्षे कारागार बसॉईमा मैले पाएका दुखलाई आशुले छिपिक्क भिजाएको छु । पिडाको पहाड छ । तर ती सबै भुलेर मैले कसैको अपमान नगरी, कसैको नाम समेत उच्चारण नगरी दुखलाई खुसी मुद्रामा साट्दा तपॉईहरुमा परेको असर प्रति क्षमा चाहन्छु । कानुनले “ तँ “ सही छस् भनेर “सफाई” दिएको विषय जोडेर बारम्बार प्रहार हुदॉ जीवन जिउने अभिलाषा सकिँदो रहेछ ……. सबैमा माया सम्मान र धन्यवाद । ‘