Category: कलाप्रेस

  • ‘बगान’ हेरेपछि पूर्वराष्ट्रपति भण्डारीसहित कलाकर्मी र राजनीतिज्ञले गरे प्रशंसा

    ‘बगान’ हेरेपछि पूर्वराष्ट्रपति भण्डारीसहित कलाकर्मी र राजनीतिज्ञले गरे प्रशंसा

    काठमाडौँ । गत शुक्रबारदेखि देशभर प्रदर्शनमा रहेको नेपाली चलचित्र ‘बगान’ले सफलतामा नयाँ सङ्केत दिइरहेको छ । मंगलबार देशभर राम्रो अकुपेन्सीसहित चलेको यो चलचित्रले काठमाडौं उपत्यका बाहिरका हलहरूमा पनि व्यापारको नयाँ सम्भावना देखाएको छ । मंगलबारका शोहरूमा दर्शकको उपस्थिती उच्च देखिएको थियो । यसैबीच पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सहित कलाकर्मी, राजनीतिज्ञ, साहित्यकार तथा विश्लेषकहरूले मंगलबार साँझ ‘बगान’ हेरेका छन् ।

    अभिनयमा सदावहार लोकप्रिय सरोज खनालको निर्देशनमा एकल आमा र उनले हुर्काएकी छोरीको कथामा बनेको यो चलचित्र हेरेपश्चात पूर्वराष्ट्रपति भण्डारीले चलचित्रको कथावस्तु राम्रो रहेको र समाजमा नयाँ सन्देश दिने प्रतिक्रिया दिईन् ।

    वरिष्ठ पत्रकार तथा राजनीतिज्ञ रवीन्द्र मिश्रले जुन विषयवस्तुलाई प्रोत्साहित गर्नुपर्छ सो विषय ‘बगान’ले उठाएको बताए । उनले पुरुष महिला दुवैले मुखले अधिकारको कुरा गरेपनि भित्री मनले आफुसँग सम्बन्धित एकल महिलाले विवाह नगरेहुन्थ्यो भन्ने सोच समाजमा अहिले पनि विद्यमान रहेको र यो विषयलाई शसक्त रूपमा चलचित्रमा प्रस्तुत गरिएको प्रतिक्रिया दिए । पूर्वमन्त्री हिसिला यमीले अभिनेत्री करिश्मा मानन्धर आफै पनि तमाम् महिलाहरूको लागि प्रेरणा रहेको बताउँदै उस्तै प्रकृतिको चलचित्र हेर्न पाएको बताईन् ।

    वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले यो चलचित्र आमा छोरी नै आएर हेर्नुपर्ने बताए । ‘नारीमाथी भईरहेको अन्यायको विषय उठेको छ । समाजको लागि राम्रो सन्देश दिएको छ । जे जति देखाईएको छ, सबै मनले स्विकारेको छ’, श्रेष्ठले भने, ‘महिलाहरूले सतिप्रथा जस्तो सुन्दै डरलाग्ने अन्याय पनि भोगेका थिए । अहिले पनि श्रीमान वितेपछि समाजमा जिउँदै जलेर बस्नुपर्ने बाध्यता छँदैछ । यो कथा उठाएकोमा सरोज खनाललाई धन्यवाद छ ।’

    वरिष्ठ कलाकार हरिवंश आचार्यले यो चलचित्रको विषय नै मुटु छुने रहेको बताए । ‘जो मानिसले एक्लो जीवन बिताउनुपर्छ उसले मुटुमा भएको कुरा छैन है भनेर बाहिर राखेर हिँड्नुपर्छ । यो विषय नै त्यस्तै छ’, आचार्यले भने । उनले निर्देशनमा हात हालेका खनालले राम्रो काम गरेको बताउँदै नव अभिनेत्री प्रमिला कार्की र अभिनेत्री मानन्धरको तारिफ गरे । कलाकार किरण केसीले चलचित्रमा धेरैपटक रुवाएको भन्दै अभिनेत्री कार्कीको प्रशंसा गरे । प्रमिलालाई साथमा राख्दै उनले भने, ‘तपाईंलाई भगवानले अभिनय गर्न नै भनेर पठाएको हुन् । भविष्य उज्जव छ ।’ यो चलचित्रमा अभिनयका माहिरहरूले अभिनय गरेको बताउँदै उनले यो चलचित्र सबै नेपालीले हेर्नैपर्ने रहेको जिकिर गरे ।

    निर्देशक तुलसी घिमिरेले यो विषय एकदम सुनौलो र समाजको लागि बलियो सन्देश रहेको बताए । यो चलचित्रले मानिसको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने उल्लेख गरे । संविधानविद् भिमार्जुन आचार्यले नेपाली समाजमा संवेदना हराउँदै गएको अवस्थामा हाम्रै समाजको संवेदनशिल विषय उठान भएको बताए । नेपाल प्रहरीका पूर्व डिआईजी रमेश खरेलले आम नेपालीले यो चलचित्र हेर्न अनुरोध गरे ।

    विशिष्ट व्यक्तिहरूबाट प्रशंसा पाएकी अभिनेत्री प्रमिला कार्कीले नयाँ आएको कलाकारको लागि उत्कृष्ट रहेको प्रतिक्रियाहरू आउँदा केही भन्नै नसक्ने अवस्था आएको जनाईन् । उनले भनिन्, ‘मैले सँधै कोहीपनि व्यक्ति पुरुष वा महिला भएरभन्दा पनि मान्छे भएर बाँच्न पाउनुपर्छ भन्ने आवाज उठाउने गरेको छु । यो चलचित्रमा मेरो पात्र पनि त्यस्तै मैले आगामी दिनमा पनि मैले निभाएका भूमिकाले समाज परिवर्तनको बाटो देखाउने हुनुपर्छ र त्यस्तै चाहन्छु ।’

    मंगलबार बगान हेर्न दर्जनौँको सङ्ख्यामा विशिष्ट व्यक्तिहरू काठमाडौं सुन्धाराको सिभिल मलस्थित क्युएफएक्स सिनेमा हल पुगेका थिए ।

    अभिनयका पारङ्गत अभिनेता सरोज खनालले प्रथम पटक निर्देशन गरेको चलचित्र ‘बगान’मा करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको अभिनय रहेको छ । निर्देशक खनालको पनि यसमा प्रमुख भूमिका छ । अभिनेत्री कार्कीले यहि चलचित्रबाट अभिनयमा डेब्यु गरेकी हुन् ।

    स्वप्निल नीरवको कथामा आधारित रहि बनेको यो चलचित्र नेपाली वेबसाइट डटकमको प्रस्तुतीमा बनेको हो । ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् । यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ । ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ । हरि लम्साल र सुवास भुषालको संगीत रहेको चलचित्रका गीतमा अञ्जु पन्त, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको छ ।

    यो चलचित्र नेपाल रिलिजपछि अमेरिकासहित नेपालीको बसोबास रहने विभिन्न देशहरुमा फिल्म प्रदर्शन हुनेछ । ‘बगान’को वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र बाहिर एफडी कम्पनीले गरेको छ ।

  • चलचित्र ‘हामी तीन भाइ’मा लक्ष्मी बर्देवा र आश्मा गिरी अनुबन्धित

    चलचित्र ‘हामी तीन भाइ’मा लक्ष्मी बर्देवा र आश्मा गिरी अनुबन्धित

    काठमाडौं । मधुसुदन भट्टराईको निर्देशनमा निर्माण हुने सिनेमा ‘हामी तीन भाइ’को मुख्य भूमिकामा दुई अभिनेत्री लक्ष्मी बर्देवा र आश्मा गिरी अनुबन्धित भएका छन् ।

    सिनेमामा लक्ष्मीको जोडी विनोद न्यौपानेसँग बाँधिनेछ भने आश्माले अभिनेता कुशल विष्टसँग रोमान्स गर्नेछिन् ।

    निर्माण टीमले दिएको जानकारी अनुसार सिनेमा जाहान्वीको जोडी डेब्यु अभिनेता फलित राईसँग बाँधिएको छ । गत शुक्रबार गोर्खास्थित मनकामना मन्दिरमा सिनेमाको स्कृप्ट पूजा गरिएको थियो ।

    आगामी साउनबाट छायांकनमा जाने सिनेमामा राजाराम पौडेल, रवीन्द्र झा, विष्णु सापकोटा हर्के हवल्दार, दीपक बिकाश चापागाईं, बिडारी, तारा शर्मा, भुवन कुमार काफ्ले, नयन कला फुयाँल, पवन केसीको पनि अभिनय रहनेछ ।

    निर्देशक भट्टराईको कथा रहेको सिनेमाको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् । साजित महत प्रस्तुतकर्ता, विक्रम तामाङ कार्यकारी निर्माता, त्रिरत्न श्रेष्ठ निर्माता र प्रतिमा थापा पोखरेल र भक्तलाल श्रेष्ठ सिनेमाको सह–निर्मातामा छन् ।

    विशेष सहयोगीमा शम्भु कुमार केसी र मनोज श्रेष्ठ रहेका छन् ।

    प्रसिद्धि सिने आर्टसको व्यानरमा निर्माण हुने सिनेमामा शिव ढकालको छायांकन, बनिष शाहको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन तथा एसबी सापकोटाको संगीत रहनेछ ।

     

  • केयू कथा: वीरेन्द्र विश्वविद्यालय बनाउन राजावादीको र मेडिकल सम्बन्धनमा गिरिजाको दबाब !

    केयू कथा: वीरेन्द्र विश्वविद्यालय बनाउन राजावादीको र मेडिकल सम्बन्धनमा गिरिजाको दबाब !

    काठमाडौं । नेपालमा सबैभन्दा राम्रो ‘गुडविल’ भएको विश्वविद्यालय हो काठमाडौं विश्वविद्यालय (केयू) । केयूका पायोनियर हुन् सुरेशराज शर्मा । उनै शर्माले विश्वविद्यालय स्थापनाको इतिहासको कथा किताब बजारमा ल्याएका छन् । ‘अ जर्नी अपहिलः दि मेकिङ अफ काठमाडौं युनिभर्सिटी’को नाममा बजारमा आएको पुस्तक केयूले नै प्रकाशन गरेको हो ।

    सन् १९६४ मा भारतको कर्नाटका विश्वविद्यालयबाट शर्माले रसायनशास्त्रमा स्नातकोत्तर गर्दा नेपालको पहिलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय भर्खर वामे सर्दै थियो । त्यो बेला शर्माले आफैं कुन दिन अर्को एक नामी विश्वविद्यालयको संस्थापक हुने कल्पना गरेका थिएनन् । त्रिभुवन विश्वविद्यालयमा लेक्चररको रुपमा सन् १९६४ मा प्रवेश गरेका शर्मा सन् १९८० मा प्राध्यापक भए ।

    बेलायतको लण्डन साउथ बैंक विश्वविद्यालयबाट विरुवा रसायनशास्त्रमा विद्यावारिधि गरेका शर्माले नेपालको शिक्षा क्षेत्रमा शिक्षा मन्त्रालयअन्तर्गतको राष्ट्रिय शिक्षा समितिको सदस्य सचिव भएर काम गरेका छन् । सीटीईभीटीदेखि धरानको केन्द्रीय प्रविधि क्याम्पस स्थापनामा पनि उनको उत्तिकै सक्रिय योगदान छ । शर्माले हालसम्म १५ पुस्तक लेखेका छन् । सबैभन्दा कान्छो पुस्तक यही विश्वविद्यालयको इतिहास कथाको हो ।

    पुस्तकमा उनले विश्वविद्यालय स्थापनाको सोचाइ, आर्थिक जोहोदेखि विभिन्न कथाहरु समेटेका छन् । पञ्चायतकालमा विश्वविद्यालय स्थापनाको काम थालनी भएर बहुदलमा कार्यान्वयन भएको थियो । पञ्चायत, कांग्रेसदेखि पहिलो नेपाली कम्युनिष्ट सरकार सबैसँग जोडिएर स्थापना भएको केयू इतिहासका तीतामीठा कथाहरु शर्माले आफ्नो पुस्तकमा इमानदारीपूर्वक अटाएका छन् ।

    काठमाडौं भ्याली क्याम्पसबाट जग बसेको केयू

    केयू स्थापनामा सुरेशराज शर्मा, डाक्टर सीताराम अधिकारी, भद्रमान तुलाधर र रमेशनाथ ढुंगेल मिलेर नयाँ विश्वविद्यालय खोल्ने योजना बनाए । नेपालका विद्यार्थीहरु प्राविधिक तथा गुणस्तरीय उच्च शिक्षा लिन भारत, सोभियत संघ, बंगलादेश र फिलिपिन्स आदि देश जाने प्रचलन रोक्न नयाँ विश्वविद्यालय स्थापनाको सोच ल्याइएको थियो ।

    काठमाडौं भ्याली क्याम्पसको १२० कोटामा भर्ना गर्न सोर्सफोर्स धेरै आयो । यस्तै आउने क्रममा तत्कालीन धुलिखेलका मेयर बेलप्रसाद श्रेष्ठ तत्कालीन शिक्षामन्त्री केशरबहादुर विष्टकहाँ पुगे । विष्टले काठमाडौंमा आएर कोटा माग्नुभन्दा विश्वविद्यालय नै धुलिखेलमा स्थापना गर्न सुझाए । यसमा उनले शर्मालाई पनि मनाए ।

    सन् १९८५ तिर एक राम्रो क्याम्पस खोल्ने, त्यसबाट राम्रो छाप छोडेर क्रमशः विश्वविद्यालय खोल्ने योजनामा यो टीम लाग्यो । सन् १९८५ को सेप्टेम्बरमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन पाएर काठमाडौं भ्याली क्याम्पस स्थापना भयो । इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोकको हातामा बिहान ६ देखि १० बजेसम्म कक्षा सञ्चालन हुने गरी क्याम्पस स्थापना भयो ।

    प्रारम्भिक दिनमा १२० कोटामा ९७ जनामात्रै भर्ना भएको क्याम्पसले पछिल्ला दिनहरुमा धेरै ख्याति पायो । १२० कोटाका लागि हजार आवेदन आउन थाल्यो । देशका प्रधानमन्त्री, सभामुखदेखि प्रधानसेनापतिसम्मका लब्ध प्रतिष्ठित सबैले आफ्ना छोराछोरीलाई काठमाडौं भ्याली क्याम्पसमा पढाउन थाले । क्याम्पसमा शर्माको काम सरकारी निकाय र विश्वविद्यालयसँग समन्वय गर्ने थियो । अधिकारीको शैक्षिक कार्यक्रमको नेतृत्व र ढुंगेलको आर्थिक व्यवस्थापन तथा तुलाधरको दैनिक प्रशासन हेर्ने थियो । इञ्जिनियरिङ अध्ययन संस्थानका पुल्चोक क्याम्पस प्रमुखलाई सन् १९८८ को होलीमा काठमाडौं भ्याली क्याम्पसका विद्यार्थीले हानेको लोला लागेपछि भने हाता खालीको उर्दी आएको थियो । तत्कालीन भारतीय नाकाबन्दीले गर्दा भएको बन्दले अर्को स्थान खोज्न सहज भएको भन्दै शर्माले कमलमणि दीक्षित व्यवस्थापन समिति अध्यक्ष भएको मदन स्मारक कन्या हाई स्कुलमा २४० विद्यार्थीहरुलाई स्थानान्तरण गरिएको उल्लेख गरेका छन् ।

    विश्व सम्पदा क्षेत्रको कारणले गुमेको चाँगुनारायण र अन्तिममा पाएको धुलिखेल

    केयूको मुख्यालय चाँगुनारायण क्षेत्रमा बन्ने पक्कापक्की भएको थियो । भक्तपुर जिल्ला पञ्चायतका तत्कालीन प्रधान पञ्च गणेशबहादुर खत्रीले तीन क्षेत्र देखाए । अहिले ठिमीमा बनेको क्षयरोग निवारण केन्द्र भएको क्षेत्र, नलिञ्चोक र चाँगुनारायण देखाए । शर्माको टोलीले चाँगुनारायण क्षेत्र मन परायो । सुरुमा ९७ रोपनी जग्गा पाउने र पछि थप ४० रोपनी पाउने आश्वासन पायो । डेनिस आर्किटेक्ट निल्स एक्सेलले नक्सांकन पनि गरे । गुरुयोजनाअनुसार एक हजार २०० सम्म विद्यार्थी अटाउने गरी तयारी गरियो । अचानक पुरातत्व विभागले एक पत्र पठाएर जंगल क्षेत्र भएको तथा विश्व सम्पदा क्षेत्र भएको भन्दै क्याम्पस बन्न नदिने भन्यो । शर्मालगायतको टोलीले राजा वीरेन्द्रसँग गुहारे । वीरेन्द्रले पनि नयाँ ठाउँ खोज्न सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिए । यसरी चाँगुनारायण क्षेत्रको सम्भावना टर्‍यो ।

    काठमाडौं भ्याली क्याम्पसको १२० कोटामा भर्ना गर्न सोर्सफोर्स धेरै आयो । यस्तै आउने क्रममा तत्कालीन धुलिखेलका मेयर बेलप्रसाद श्रेष्ठ तत्कालीन शिक्षामन्त्री केशरबहादुर विष्टकहाँ पुगे । विष्टले काठमाडौंमा आएर कोटा माग्नुभन्दा विश्वविद्यालय नै धुलिखेलमा स्थापना गर्न सुझाए । यसमा उनले शर्मालाई पनि मनाए । र, धुलिखेलमा विश्वविद्यालय बन्ने बाटो खुल्यो । शर्माको टोलीले जग्गा हेरेर मन परायो । जग्गा २०० रोपनी हुनुपर्ने, अरनिको राजमार्गबाट आठ मिटरको बाटो हुनुपर्ने साथै बिजुली र खानेपानीको राम्रो व्यवस्थापन हुनुपर्नेलगायतका माग विश्वविद्यालय टोलीको भयो । धुलिखेलका मेयर श्रेष्ठले सहमति जनाए । जग्गा पाएपछि भवन बनाउने क्रममा ५० हाराहारी नेपाली सेनाका जवानले योगदान गरे । जग्गा प्राप्तिमा धुलिखेल, बनेपा र पनौती सबै क्षेत्रका स्थानीयले धेरै सहयोग गरेको शर्माले उल्लेख गरेका छन् ।

    केयू स्थापना भएपछि नाम फेर्नदेखि मेडिकल सम्बन्धन दिन धेरै दबाब आएको शर्माले खुलाएका छन् । राजा वीरेन्द्रको २५औं राज्याभिषेकको अवसरमा केयूको नाम वीरेन्द्र विश्वविद्यालय बनाउन राजावादीको दबाब आएको शर्माले लेखेका छन् । तर, नाम फेर्दा गलत अर्थ लाग्ने भन्दै त्यो दबाब सामना गरिएको शर्माले लेखेका छन् ।

    शान्त क्षेत्र र उत्तरी आकर्षक हिमाली र महाभारत लहरहरु देखिने विश्वविद्यालयको अवस्थिति धेरैले मन पराएको शर्माले लेखेका छन् । नोबेल पुरस्कार विजेताहरु प्राध्यापक टिवाई लि र डाक्टर इलिनोर बस्ट्रोनदेखि भारतका पूर्वराष्ट्रपति एपीजे अब्दुल कलामसम्मले तारिफ गरेको शर्माले उल्लेख गरेका छन् ।

    केयूलाई काठमाडौं फ्लाटको चाबी दिएर भैरहवा सर्ने रणबहादुर शाह

    केयू स्थापनामा धेरै सहयोगी मनहरुको हात भएको शर्माले पुस्तकमा खुलाएका छन् । सबैभन्दा रोचक कथा चैं रणबहादुर शाहको छ । राष्ट्रिय पञ्चायत सदस्य शाहले पुस्तकालय भवन बनाउन सुरुमा पाँच लाख र पछि २५ लाख दिए । त्यत्तिमात्रै होइन उनले परिवारको विमति हुँदाहुँदै काठमाडौंको लाजिम्पाटमा रहेको आफ्नो सात रोपनी क्षेत्रफलमा फैलिएको अम्बिका निवास केयूलाई दिएर भैरहवा सरे । केयूको सन् १९९१ मा सम्बन्धन पाएपछिको तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला कुलपति तथा शर्मा उपकुलपति भएको बैठक पनि त्यही निवासमा बसेको शर्माले लेखेका छन् ।

    शाहबाहेक मोहनगोपाल खेतान, गोपाल राजभण्डारी, जुद्धबहादुर श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्स, प्याब्सन, बनेपा नगरपालिका, पद्म सःमिल, संकटा प्रिन्टिङ प्रेस, नेपाल आयल निगम, नेपाल फर्माक्युटिल ल्याबोराटरी प्रालिलगायत थुप्रै नेपाली व्यक्ति तथा संस्थाले सहयोग गरेको शर्माले लेखेका छन् ।

    विदेशीहरुले पनि विश्वविद्यालयको पुर्वाधार, जनशक्तिदेखि शैक्षिक कार्यक्रममा सहयोग गरेको एकएक जानकारी शर्माले पुस्तकमा अटाएका छन् । जापानी कलाकार यामाजी फुमिकोले भवन बनाउन सहयोग गरिन् । उनकै नाममा राखिएको भवन नै केयूमा पूरा भएको प्रथम भवन थियो । उक्त भवन सन् १९९४ मा उद्घाटन भएको थियो । जापानी नागरिक फुमिकोबाहेक व्यक्तिगत तवरमा सहयोग गर्नेहरुमा युलेन्स स्कुलका संस्थापक स्विस नागरिक गुइ युलेन्स, अस्ट्रेलियाली नागरिक हुस्को नेज्मान, बेलायती नागरिक जोन आइडेन फ्रान्स वार्लो, स्विस नागरिक जिन क्लाउड ब्याडोक्स, भारतीय नागरिक डाक्टर बी सुब्बा राओलगायतका प्रमुख सहयोगी भएको शर्माले लेखेका छन् ।

    केयूलाई मेडिकल शिक्षाको लागि सम्बन्धन दिन तत्कालीन कुलपति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजनीतिक दबाब दिएको शर्माले लेखेका छन् । तर, त्यो दबाब कुन कुन कलेजका लागि थिए, दबाब कसरी झेलेको थियो र परिणाम के आयो भन्नेबारे शर्माले केही खुलाएका छैनन् ।

    संस्थागत रुपमा भने युनाइटेड मिसन टु नेपाल, स्विस एजेन्सी फर डिभेलपमेन्ट एण्ड कोअपरेसन, फोर्ड फाउण्डेसन, डेनिस दूतावासलगायतले मन खोलेर सहयोग गरेको शर्माले लेखेका छन् । नेपाल सरकारको तर्फबाट सबैभन्दा ठूलो आर्थिक सहयोग मनमोहन अधिकारी प्रधानमन्त्री भएको समयमा आएको शर्माले लेखेका छन् ।

    वीरेन्द्र विश्वविद्यालय बनाउनेदेखि मेडिकल सम्बन्धन दिन दबाब

    केयू स्थापना भएपछि नाम फेर्नदेखि मेडिकल सम्बन्धन दिन धेरै दबाब आएको शर्माले खुलाएका छन् । राजा वीरेन्द्रको २५औं राज्याभिषेकको अवसरमा केयूको नाम वीरेन्द्र विश्वविद्यालय बनाउन राजावादीको दबाब आएको शर्माले लेखेका छन् । तर, नाम फेर्दा गलत अर्थ लाग्ने भन्दै त्यो दबाब सामना गरिएको शर्माले लेखेका छन् । काठमाडौं नाम हुँदा काठमाडौं उपत्यका जता रहे पनि अर्थ हुने र विश्वभर काठमाडौं चिनिएको नाम भएकाले राखिएको शर्माले लेखेका छन् ।

    यस्तै केयूलाई मेडिकल शिक्षाको लागि सम्बन्धन दिन तत्कालीन कुलपति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजनीतिक दबाब दिएको शर्माले लेखेका छन् । तर, त्यो दबाब कुन कुन कलेजका लागि थिए, दबाब कसरी झेलेको थियो र परिणाम के आयो भन्नेबारे शर्माले केही खुलाएका छैनन् । यद्यपि ४० लाखभन्दा धेरै रकम सहयोग गरेका दाता गोपाल राजभण्डारीले एक दन्त कलेजको सम्बन्धन माग गर्दा भने उनलाई मनाएर त्रिभुवन विश्वविद्यालयमा लिन पठाएको शर्माले लेखेका छन् ।

    केयूको लक्ष्यः एसियाका सय र विश्वका पाँच सय उत्कृष्ट विश्वविद्यालयको सूचीभित्र पर्ने

    हालसम्म केयूमा ५० बढी देशका झन्डै पाँच हजार विदेशी विद्यार्थीहरुले पढेको तथ्यांक शर्माले दिएका छन् । यस्तै विश्वविद्यालयबाट झन्डै ४० हजार नेपाली विद्यार्थीहरुले पढेको भन्दै शर्माले केयू भविष्यमा एसियाका उत्कृष्ट १०० र विश्वका उत्कृष्ट ५०० विश्वविद्यालयको सूचीमा दरिने लक्ष्य भएको उल्लेख गरेका छन् । विश्वविद्यालयको थप बलियो उपस्थिति बनाउन एक शक्तिशाली बोर्ड अफ ट्रस्टी बनाएर विश्वविद्यालयलाई स्वायत्तता दिनुपर्ने बताउँदै शर्माले केयूलाई आगामी दुईतीन दशकमा विश्वस्तरीय बनाउन हरेक वर्ष पाँच हजार विद्यार्थी भर्ना, खोजमूलक आवासीय कक्षाहरुदेखि वर्षको तीन अर्ब लगानी आवश्यक भएको बताएका छन् ।

  • सर्जुन र अस्मिताले गाएको ‘मनका भावना’ गीतको भिडियो सार्वजनिक

    सर्जुन र अस्मिताले गाएको ‘मनका भावना’ गीतको भिडियो सार्वजनिक

    काठमाडौं । गायक सर्जुन राई र गायिका अस्मिता अधिकारीको स्वर रहेको गीत ‘मनका भावना’को भिडियो सार्वजनिक भएको छ ।

    गीतमा अल्बिन थापा मगरको शब्द, प्रकाश नेपालीको संगीत, रोमन बज्राचार्यको म्युजिक प्रोडक्सन तथा मिक्सिङ, मास्टरिङ छ ।

    सर्जुन राईको निर्देशन रहेको भिडियोमा सागर थापा (ध्रुव) र सुजाता थुलुङ राई फिचर्ड छन् । भिडियोमा सागर र सुजातालाई रोमान्टिक भावमा देख्न सकिन्छ ।

    भिडियोमा दर्शकले मुस्ताङका सुन्दर लोकेसन हेर्न पाउँछन् । लोकेसनअनुसार सागर र सुजाताको रोमान्स सुहाउँदो छ ।

    भिडियोमा अविनाश मानन्धरको ड्रोन, निमा लामाको मेकअप, अनिल के मानन्धरको डीओपी छ । भिडियोकी निर्माता शान्ता राई हुन् । शान्ता मोसन पिक्चर्सको प्रस्तुति रहेको भिडियो एक्स-डिक्याम मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको हो ।

  • अनिता चलाउनेले रवि ओडसँग ल्याइन् देउडा गीत, भिडियोमा मिस पवी र कविता नेपाली

    अनिता चलाउनेले रवि ओडसँग ल्याइन् देउडा गीत, भिडियोमा मिस पवी र कविता नेपाली

    काठमाडौं । गायिका अनिता चलाउनेले नेपाल आइडलको तेस्रो सिजनका विजेता रवि ओडसँग मिलेर नयाँ गीत सार्वजनिक गरेकी छन् । उनको यो गीत देउडा भाकामा गाइएको छ ।

    चाँडै सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलिया जान लागेकी अनिताले त्यसैलाई लक्षित गर्दै देउडा गीत निकालेकी हुन् । उनले गौरा पर्वका अवसरमा अष्ट्रेलियामा हुने कार्यक्रममा प्रस्तुति दिनेछिन् । त्यहाँ सुदूरपश्चिमेली भाकाबाट नेपाली समुदायलाई लठ्याउने उनको तयारी छ ।

    ‘कर्णाली पारिको’ बोलको गीत निकै सुमधुर छ । अनिता र रवि दुवैको स्वरको केमेस्ट्री मिलेको छ । गीतको भिडिओमा पनि खुबै मेहनत गरिएको छ ।

    भिडियोको निर्देशन शंकर विसीले गरेका हुन् । भिडिओमा अहिलेकी हटकेक मोडल मिस पवीलाई देख्न सकिन्छ । उनलाई चर्चित डान्सर कविता नेपालीले साथ दिएकी छन् । भिडिओमा रवि ओडले पनि कम्मर मर्काउने प्रयास गरेका छन् ।

    आकर्षक सेट र दर्जनौं कोरस डान्सरहरुको साथमा गीतको भिडिओ तयार गरिएको छ ।

  • ‘कमेडी क्लब विथ च्याम्पियन’ स्थगित, कमेडी च्याम्पियनको तेस्रो सिजन चाँडै आउने

    ‘कमेडी क्लब विथ च्याम्पियन’ स्थगित, कमेडी च्याम्पियनको तेस्रो सिजन चाँडै आउने

    काठमाडौं । विगत १६ महिनादेखि दर्शकलाई हँसाउँदै आएको टेलिभिजन कार्यक्रम ‘कमेडी क्लब विथ च्याम्पियन’ को प्रसारण हाललाई स्थगित गरिएको छ । कार्यक्रमका निर्माता विशाल भण्डारीले छोटो समय विश्राम लिन लागेको बताएका छन् ।

    ६९औं एपिसोड प्रसारणपछि कार्यक्रम स्थगन गरिएको हो । यो अहिलेको हिट टेलिभिजन कार्यक्रममा पर्छ । टिभी रियालिटी शो कमेडी च्याम्पियनमा प्रतिस्पर्धा गरेका प्रतिभाशाली कमेडीयनहरूलाई लिएर भण्डारीले यो शोको सञ्चालन गर्दै आएका छन् ।

    सामाजिक सञ्जालमा स्टाटस लेख्दै भण्डारीले ६९ एपिसोडको यात्राले थकित टीमलाई केही समयका लागि ब्रेक लिन आवश्यक देखेको बताएका छन् ।

    ‘तर हामी छाटो विश्रामपछि रिचार्ज भई सुरूवाती ऊर्जामै फर्केर यहाँहरूलाई हाँसोको फोहरा छुटाउन अवश्य आउनेछौं,’ उनले लेखेका छन् ।

    यसबीचमा यही टीमले कमेडी च्याम्पियनको सिजन ३ लिएर आउने पनि भण्डारीले जानकारी गराएका छन् ।

    ‘माया र साथ कायम रहोस्, हाँस्ने र हँसाउने क्रम जारी रहने छ’, उनले भनेका छन् ।

  • चलचित्र ‘हात्तीछाप’को नेपाली र हिन्दी भाषाको डिजिट राइट्स महंगो रकममा बिक्री

    चलचित्र ‘हात्तीछाप’को नेपाली र हिन्दी भाषाको डिजिट राइट्स महंगो रकममा बिक्री

    काठमाडौं । छायांकन भइरहेको फिल्म ‘हात्तीछाप’को डिजिटल राइट्स ओएसआर डिजिटलले खरिद गरेको छ ।

    निर्माता किरण नेपालीका अनुसार, फिल्मको नेपाली र हिन्दी भाषाको डिजिटल राइट्स ओएसआर डिजिटलले महंगो रकममा खरिद गरेको हो । आज निर्माता नेपाली र ओएसआरका प्रमुख ओम अग्रवालबिच कागजी संझौता भएको छ ।

    निर्माता नेपालीले फिल्मलाई हिन्दी भाषामा पनि डबिङ गर्ने तयारी भैरहेको सुनाए । उनले भने–‘फिल्मको हिन्दी भाषाको डिजिटल राइट्स अब ओएसआरले जुन कम्पनीलाई पनि बेच्न पाउँछ । हामीले सोही अनुसार संझौता गरेका छौं ।’

    यो फिल्मको छायांकन सुरु भएको एक साता बढी भयो । सिमोस सुनुवारको निर्देशनमा तयार भैरहेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, वुद्दि तामाङ, बिजय बराल, विल्सन विक्रम राई, राजन खतिवडा, रविन्द्र झा, कमलमणी नेपाल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, विनोद न्यौपाने, कविता आले, सुष्मा निरौला लगायतका कलाकारको अभिनय छ ।

    यो फिल्ममा सुसन प्रजापतिको छायांकन, प्रदीप भारद्धाजको कथा लेखन छ । फिल्मको प्रदर्शन मिति तय भैसकेको छैन । तर, फिल्मको विदेशका विभिन्न देशको प्रदर्शन अधिकार समेत निर्माता नेपालीले विक्री गरिसकेका छन् ।

    निर्माता नेपालीले ओएसआरलाई नेपाली र हिन्दी भाषाको डिजिटल राइट्स महंगो रकममा बिक्री गरिएको खुलाएपनि रकम भने सार्वजनिक गर्न मानेनन् ।

    यो फिल्मको नेपाल रिलिज अगावै निर्माता नेपालीले लगानी सुरक्षित गर्ने देखिएको छ ।

  • चलचित्र ‘जुलेबी’ भदौ १ गतेबाट प्रदर्शनमा आउने

    चलचित्र ‘जुलेबी’ भदौ १ गतेबाट प्रदर्शनमा आउने

    काठमाडौं । चार महिला पात्रको प्रेमकथामा आधारित चलचित्र ‘जुलेबी’को प्रदर्शन मिति फाइनल भएको छ ।

    चलचित्र आगामी भदौ १ गतेबाट देशभर प्रदर्शनमा आउने तय भएको छ । निर्माण टिम र वितरण कम्पनी डिसीएनबीच कागजी सम्झौता संगै प्रदर्शन मिति सार्वजनिक गरिएको हो ।

    चलचित्रको डिजिटल राइट्स पनि बिक्रि गरिएको छ। डिएआर मुभिजले ‘जुलेबी’ को डिजिटल राइट्स खरिद गरेको हो। डिएआर मुभिजका श्याम धिताल र चलचित्रका कार्यकारी निर्माता नवीन भट्टबीच डिजिटल अधिकारको सम्झौता सम्पन्न भएको हो।

    चलचित्रको शीर्ष भूमिकामा उषा रजक, सुरक्षा पन्त, निशा अधिकारी र मोनिका थापा छन्। चलचित्रमा सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा लगायतका कलाकारको पनि अभिनय रहेको छ। एन्थोलोजी जनरामा निर्माण भएको चलचित्रले तीन घटनालाई चित्रण गर्ने कार्यकारी निर्माता नवीन भट्टले जानकारी दिए । ‘यी तीनै घटना लभस्टोरी कथावस्तुमा आधारित छन्’, भट्टले भने ।

    फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रलाई गणेशदेव पाण्डेले निर्देशन गरेका हुन् । यसअघि उनले मञ्जरी, गाजा बाजा फिल्मको निर्देशन गरेका थिए ।

    विवेक खड्काको छायांकन र अन्जय खड्काको सम्पादन र साउण्ड डिजाइन उत्तम न्यौपानेको रहेको छ । चलचित्रको निर्माता आभा शर्मा नेपाल हुन् । चलचित्र ‘जुलेबी’को केही देशहरुको ओभरसिज राइट्स पनि बिक्रि भईसकेको छ ।

  • शोभित बस्नेतको चलचित्र ‘जय हो’को पहिलो गीत सार्वजनिक (भिडिओ)

    शोभित बस्नेतको चलचित्र ‘जय हो’को पहिलो गीत सार्वजनिक (भिडिओ)

    काठमाडौं । शोभित बस्नेतको प्रस्तुतीमा निर्माण भएकको सिनेमा ‘जय हो’ पहिलो गीत सार्वजनिक गरिएको छ ।

    सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमामा समावेश ‘जोमसोमको डाँडैमा हिँउ खेल्न जाने की’ बोलको गीत सार्वजनिक गरिएको हो ।

    सार्वजनिक गीतमा शम्भुजित बास्कोटाको शब्द रचना तथा संगीत रहेको गीतमा सुरेश लामा र अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको अडियो तथा भिडिओ पक्ष बबाल लाग्छ ।

    सार्वजनिक गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी र माओत्से गुरुङ फिचर्ड छन् ।

    टेक पौरखी राईको निर्देशन निर्माण भएको सिनेमामा प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

    सिनेमामा सम्राट बस्नेत द्धन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन, गौतम राज खड्काको सह-सम्पादन, समीर मियाँको भिएफएक्स र केबलमान सिङ बस्नेत प्रोडक्सन डिजाइनर रहेको सिनेमाका मुख्य सहायक निर्देशक दिप्तप्रकाश अधिकारी हुन् ।

    मुस्ताङ र कास्कीका विभिन्न रमणीय स्थानमा खिचिएको सिनेमामा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । कमेडी, एक्सन र लभस्टोरीको समिश्रण रहेको सिनेमाका निर्माता राज के अधिकारी र सुरज सरकार हुन् । आगामी भाद्र ८ अर्थात् अगष्ट २५ बाट सिनेमा प्रदर्शनमा आउनेछ ।

    सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको सिनेमाको सार्वजनिक पोस्टरले दर्शकबाट राम्रो प्रतिक्रिया पाएका थिए । पोस्टरले दर्शकमाझ बढाएको कौतुहल्ता सार्वजनिक टिजरले अझै बढाएको विश्वास निर्माण टिमलाई छ । सिनेमालाई उपत्यकामा डिसिएन तथा रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।

    भिडिओ:

  • रियालिटी शो ‘दोहोरी आईकन’ आयोजना हुने

    रियालिटी शो ‘दोहोरी आईकन’ आयोजना हुने

    काठमाडौं । रियालिटी शो ‘दोहोरी आईकन’ आयोजना हुने भएको छ ।

    आयोजकले राजधानीमा पत्रकार सम्मेलन गरी शोको बारे जानकारी दिएका हुन् । नेपाली मौलिक लोक दोहोरी गीतको संरक्षण र प्रवर्द्धन, अग्रजलाई सम्मान अनि नव प्रतिभालाई प्रोत्साहन भन्ने मुल नारासहित एजे इन्टरटेनमेन्टले यो कार्यक्रमको आयोजना गर्न लागेको हो । एजे इन्टरटेनमेन्ट र योहो टेलिभिजनको संयुक्त प्रस्तुतीमा शो आयोजना हुन लागेको हो ।

    ‘दोहोरी आईकन’ योहो टिभीबाट केही महिनापछि सुरु हुनेछ । विशेषत मौलिकतालाई जोड दिँदै केही सातापछि डिजिटल तथा अनलाइनमार्फत ‘दोहोरी आईकन’ को अडिशन सुरु गरिने आयोजकको भनाइ छ ।

    ‘दोहोरी आईकन’मा कोमल ओली, पशुपती शर्मा, कुलेन्द्र विश्वकर्मा निर्णायकको रुपमा रहेका छन् भने होस्टको रुपमा पीएन सापकोटा र शोभा त्रिपाठी रहेका छन् ।

    केही महिनामा अडिशन सुरु भएलगत्तै पुनः पत्रकार सम्मेलनको आयोजना गरी केही निर्णायक पनि थपिने कुरा पत्रकार सम्मेलनमा बताइएको छ । कार्यक्रमको विजेतालाई २५ लाख रुपैयाँसहित विश्व भ्रमणको व्यवस्था गरिएको छ ।

    अजय पोखरेलको अध्यक्षता भएको पत्रकार सम्मेलनमा वरिष्ठ लोक गायिका कोमल ओली, समाजसेवी रमेश बाबु श्रेष्ठ, गायक पशुपती शर्मा, गायक कुलेन्द्र विश्वकर्मा, गायक कृष्ण रेउले, गायक दिपक खड्का लगायतको उपस्थिति रहेको थियो ।

     

  • स्मारिका-प्राञ्जल अभिनित अनुपको ‘एक कदम’ को म्युजिक भिडिओ बजारमा

    स्मारिका-प्राञ्जल अभिनित अनुपको ‘एक कदम’ को म्युजिक भिडिओ बजारमा

    काठमाडौं । गायिका मिलन नेवार र गायक अनुप रेग्मीको स्वर रहेको ‘एक कदम’ बोलको गीतको भिडिओ रिलिज गरिएको छ । यस गीतमा गीतकार कमला न्यौपानेको शब्द, संगीतकार येदिन गजमेरको संगीत रहेको छ ।

    विगत २ दशकदेखि गीतसंगीत क्षेत्रमा सक्रिय अनुपले डेढ वर्षको अन्तरालमा सार्वजनिक भएको भिडिओमा स्मारिका ढकाल र प्राञ्जल न्यौपानेको अभिनय देख्न सकिन्छ । एक कदम एक रोमान्टिक प्रेमी जोडीको सफल कथा भएको र भिडिओले प्रेमिप्रेमिका चोखो मायाको गहिराइलाई देखाउन खोजिएको छ । गहिरो प्रेममा डुबेको यो जोडीको रोमान्टिक कथालाई भिडिओमा निर्देशक केशवराज भट्टले कलात्मक शैलीमा देखाएका छन् ।

    रुपमसिंह गुरुङको एरेन्ज रहेको सार्वजनिक गीतको छायांकन मानकृष्ण महर्जनले गरेका हुन् भने भिडिओको सम्पादन बान्दे प्रसादले गरेका हुन् । भिडिओको कलरिङ राजेन्द्र मोक्तान, गीत रेकर्डिङ गुञ्जन रेकर्डिङ स्टुडियो अनामनगरमा भएको हो ।

    प्रकाश न्यौपानेले निर्माण गरेको भिडिओ तरंग द वेभ क्रियशनबाट बजारमा आएको छ ।

  • सारुक ताम्राकारको मृत्युबारे छानबिन गर्न कलाकार संघको माग

    सारुक ताम्राकारको मृत्युबारे छानबिन गर्न कलाकार संघको माग

    काठमाडौं । अभिनेता सारुक ताम्राकारको मृत्युलाई लिएर भइरहेका सार्वजनिक टिप्पणीप्रति नेपाल चलचित्र कलाकार संघले चासो व्यक्त गरेको छ ।

    संघको आइतबार बसेको कार्यसमिति बैठकले सदस्य ताम्राकारको मृत्युको विषयमा गहिरो छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ ।

    अध्यक्ष मोहन निरौलाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा सामाजिक सञ्जालमा पछिल्लो समय आएका अभिव्यक्तिको छानबिन गरी कोही दोषी देखिए सत्यतथ्य उजागर गरी कानूनको दायरामा ल्याउन माग गरिएको छ ।

    सामाजिक सञ्जालमा केही दिनदेखि ताम्राकारको निधनलाई लिएर निर्देशकलगायतले भनेका भनाइहरु सार्वजनिक भइरहेका छन् । कलाकार र अन्य प्रयोगकर्ताले सामाजिक सञ्जालमार्फत पनि घटनाको छानबिन गरी यथार्थ पत्ता लगाउन माग राखेका छन् ।

    सारुक असार २१ गते राति रातोपुलस्थित घरमा मृत भेटिएका थिए ।

    मालीगाउँ प्रहरी वृत्तमा घटनाको यथार्थ पत्ता लगाउन माग गर्दै उनको मृत्युपछि आफन्तले निवेदनसमेत दिएका छन् । जसअनुसार प्रहरीले सारुकले प्रयोग गर्दै आएको मोबाइल अनुसन्धानका लागि लिएको छ ।

    सिनेमाका लागि भनेर निर्माताले कलाकारका लागि बुढानीलकण्ठमा घर समेत भाडामा लिएका थिए । उक्त घरलाई अहिले प्रहरीले सिल गरेको छ । सारुक मृत्युअघि राजीव गुरुङले निर्देशन गरिरहेको सिनेमा ‘ह्यासट्याग माया’को छायांकनमा व्यस्त थिए । यो सिनेमामा नम्रता श्रेष्ठ र रोयदीप श्रेष्ठ पनि मुख्य कलाकारको रुपमा थिए ।

    अभिनेता सानुकुमार ताम्राकारका छोरासमेत रहेका सारुकले रानी, मेरी मामु र इन्टुमिन्टु लण्डनमा लगायतका सिनेमामा अभिनय गरेका छन् ।

  • विपिन र मिरुनालाई लिएर चलचित्र ‘उनको स्वीटर’ निर्माण हुने

    विपिन र मिरुनालाई लिएर चलचित्र ‘उनको स्वीटर’ निर्माण हुने

    काठमाडौं । नेपाली चलचित्र ‘उनको स्वीटर’ निर्माण हुने भएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमबीच फिल्म निर्माण गर्ने घोषणा गरिएको हो ।

    चलचित्रमा अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको मुख्य अभिनय रहनेछ । फिल्म मंसिरको पहिलो साताबाट मात्रै सुटिङ निर्माताहरुले बताएका छन् ।

    चलचित्र विशेष हुने अपेक्षा गरेको अभिनेता कार्कीले बताए। फिल्म समसामयिक विषय वस्तुमा र लभ स्टोरीमा आधारित हुनेछ । तिहारपछि मात्रै सुटिङ शुरु हुने चलचित्रलाई नविन चौहानले निर्देशन गर्नेछन् ।

  • राजेशको ‘झल्को ज्यानकै आउने’ मा इन्द्र र उषाको रोमान्स

    राजेशको ‘झल्को ज्यानकै आउने’ मा इन्द्र र उषाको रोमान्स

    काठमाडौं । गायक राजेश राईको ‘झल्को ज्यानकै आउने’ बोलको गीतको भिडिओ सार्वजनिक भएको छ । यस गीतमा दुर्लभ जन्तरेको शब्द, राजु सेन्चुरीको संगीत तथा सुबिन सेन्चुरीको संगीत संयोजन रहेको छ । एक प्रेमील जोडीको चोखो माया हुँदा हुँदै पनि मायालुबाट बिछोडिनु पर्दा प्रेमीको विरहलाई कथामा देखाइएको छ ।

    म्युजिक भिडिओमा इन्द्र खरेल, उषा उप्रेती र दुर्लभ जन्तरेको अभिनय देख्न सकिन्छ । पवन सुस्लिङको छायांकन र सम्पादन रहेको भिडिओ गायक राईकै अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो । राजेशका यसअघि तोडियो तोडियो, कालो कालो अर्खौले बजारलगायतका भिडिओ बजारमा आइसकेको छ ।

    उनी सिङ्गिङ सुपर स्टार सिजन-१ का विजेता समेत हुन् ।

  • १९५ देशका राष्ट्रिय गान एउटै पुस्तकमा

    १९५ देशका राष्ट्रिय गान एउटै पुस्तकमा

    काठमाडौं । ‘विश्वका राष्ट्रिय गान’ नामक पुस्तक राजधानीमा लोकार्पण भएको छ ।

    परराष्ट्रमन्त्री एनपी साउदले ललितपुर, कुपण्डोलस्थित होटल हिमालयमा आयोजित विशेष समारोहमा शनिबार पुस्तकको लोकार्पण गरे । पुस्तक नेपाल वाङ्मय फाउन्डेसनले प्रकाशन गरेको हो । विश्वका १९५ देशका राष्ट्रिय गानहरू नेपाली भाषामा अनुवाद गरी पुस्तकमा समेटिएका छन् ।

    लोकार्पण समारोहमा बोल्दै परराष्ट्रमन्त्री साउँदले नेपाली भाषामा अनुवाद गरेर पहिलो पटक आएको ‘विश्वका राष्ट्रिय गान’ नामक पुस्तकले पाठकलाई विश्वका १९५ ओटा राष्ट्रका बारेमा समेत बुझ्न सहयोग पुर्‍याउने विचार व्यक्त गरे । उनले राष्ट्र गानबाट सम्बन्धित राष्ट्रको निर्माण, इतिहास, संस्कृति र सभ्यताका बारेमा समेत जानकारी पाउन सकिने बताए ।

    कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति वैरागी काइँलाले नेपाल वाङ्मय फाउन्डेसनले नेपाली भाषामा अनुवाद गरेर १९५ ओटा राष्ट्रका राष्ट्रिय गानको पुस्तक प्रकाशन हुनु महत्त्वपूर्ण उपलब्धि भएको बताए ।

    कार्यक्रममा परराष्ट्रविद् मधुरमण आचार्यले ‘विश्वका राष्ट्र गान’ पुस्तकका बारेमा समीक्षात्मक मन्तव्य व्यक्त गरेका थिए । उनले १९५ ओटा राष्ट्रका राष्ट्रिय गानलाई एउटै कृतिमा समेटेर ग्रन्थ निकाल्नु उल्लेखनीय कार्य भएको विचार व्यक्त गरे।

    उनले राष्ट्र भनेको भूगोल मात्रै नभएर नागरिक, सभ्यता र संस्कृति प्रमुख भएको उल्लेख गर्दै राष्ट्रिय गान सम्बन्धित राष्ट्रको विशिष्ट पहिचान भएको विचार व्यक्त गरे ।

    कार्यक्रममा फाउन्डेसनका विशिष्ट सल्लाहकार, कवि, गीतकार तथा पूर्व अर्थमन्त्री एसपी कोइरालाले ‘विश्वका राष्ट्रिय गान’ पुस्तक शब्द, सङ्गीत र स्वरको त्रिवेणीका साथै देश, भूगोल, भाषा र भावनाको संगम भएको बताए ।

    फाउन्डेसनका प्रमुख संरक्षक, शिक्षाविद् तथा पूर्व राज्यमन्त्री उमेश श्रेष्ठले विश्वका १९५ ओटा राष्ट्रका राष्ट्रिय गानले ती राष्ट्रको गाथा झल्काउने धारणा राखे ।

    फाउन्डेसनका अध्यक्ष तथा पुस्तकका सम्पादक डा. विप्लव ढकालले पुस्तक प्रकाशनको औचित्यमाथि प्रकाश पार्दै पुस्तकमा संयुक्त राष्ट्र संघका १९५ सदस्य राष्ट्रहरू तथा दुई पर्यवेक्षक राष्ट्रका राष्ट्रिय गानहरू पुस्तकमा समेटिएको बताए । उनले पुस्तक संसारभरिका देशहरूको हृदय जोड्ने पुलको प्रतीकका रूपमा रहने विश्वास व्यक्त गरे ।

    पुस्तकभित्र राष्ट्रपति रामचन्द्र पौडेल, नेपालस्थित संयुक्त राष्ट्र संघका महामहिम आवासीय संयोजक हाना सिंगर–हाम्दी तथा फाउन्डेसनका विशिष्ट सल्लाहकार शङ्करप्रसाद कोइरालाका मन्तव्य समेटिएका छन् ।

    यस पुस्तकका प्रकाशन सौजन्यकर्ता उमेश श्रेष्ठ तथा तेन्जी शेर्पा रहेका छन् । पुस्तकको मूल अनुवादक प्रदीप निरौला र व्यवस्थापक डा. पद्मा अर्याल रहेका छन् ।

    उक्त पुस्तकको प्रकाशन तथा लोकार्पणसँगै नेपाल वाङ्मय फाउन्डेसनको औपचारिक यात्रा आरम्भ भएको जानकारी गराइएको थियो ।

    कार्यक्रममा नेपालका राष्ट्रिय गानका रचनाकार व्याकुल माइलालाई फाउन्डेसनका तर्फबाट सम्मान अर्पण गरिएको थियो भने अनुवादक प्रदीप निरौला, प्रकाशन सौजन्यकर्ता उमेश श्रेष्ठ र तेन्जी शेर्पा कदरपत्र सम्मानपत्र अर्पण गरिएको थियो ।

    कार्यक्रमको सहजीकरण कवि तथा गीतकार मुकुन्दराज शर्माले गरेका थिए ।

  • रमेश सायनको उपन्यास ‘अन्तर’ सार्वजनिक

    रमेश सायनको उपन्यास ‘अन्तर’ सार्वजनिक

    काठमाडौं । लेखक रमेश सायनको पहिलो उपन्यास ‘अन्तर’ सार्वजनिक भएको छ। राजधानीको मण्डला थिएटरमा आयोजित कार्यक्रममा ब्लगर तथा समलिङ्गी लेक्स लिम्बूसहित लेखक रमेश सायन र सञ्चारकर्मी रूपेश श्रेष्ठले पुस्तकको लोकार्पण गरे।

    पुस्तकबारे रुपेश श्रेष्ठसँगको अन्तरसंवादमा लेक्सले आफ्नो भोगाइ र उपन्यासको पात्र ‘शब्द’ को भोगाइ समानान्तर भएको र लैंगिकतालाई अब फरक दृष्टिकोणले हेर्न नहुने बताए।

    उनले भने, ‘मैले २५ वर्ष पुग्दा मात्रै म समलिङ्गी हुँ, म फरक हुँ भनेर परिवारका सदस्यलाई भन्न सकेको थिएँ। तर अब समय र समाजको चेतना फरक भैसक्यो। त्यसैले अब जन्मको प्राकृतिकतालाई नेपाली समाजले स्वीकार्न सक्नुपर्छ।’

    नेपाली समाजमा विद्यमान लैंगिक विभेद र त्यसमा पनि समलैंगिकता आजसम्म पनि सर्वस्वीकार्य नरहेको अवस्थामा यसबारे खुलेर बहस हुनुपर्ने र राज्यको नीति निर्माण तहले यो विषयलाई विषयान्तर गर्न नहुने लेक्सले बताए।

    फरक विषयमा उपन्यास लेख्न निकै चुनौती भए पनि नेपाली समाजमा आजसम्म नलेखिएको विषयमा उपन्यास लेख्न पाएकोमा सायनले खुशी व्यक्त गरे।

    उनले भने, ‘यो विषयमा मैले लेख्न सक्नु नै यो समाजको विषयसँगको मेरो गहिरो साक्षात्कार हो !’

    अनुप न्यौपानेले उपन्यासको एक अंश नाट्यरुपान्तरण गरी प्रस्तुत गरेको दृश्यबाट सुरू भएको कार्यक्रममा उपन्यासका पात्रहरूका संवाद ध्वनिमा प्रस्तुत गरिएको थियो।

    बुकहिलले प्रकाशन गरेको २५२ पृष्ठको उपन्यासको मूल्य ५५५ रुपैयाँ रहेको छ।

    सायनका यसअघि ‘भागेर भूगोलभरि’ (कविता संग्रह) र पद्मश्री साहित्य पुरस्कार विजेता कृति ‘छुटेका अनुहार’ (निबन्ध) प्रकाशित छन्।

  • कलाकारको गुनासो : आजकल मिडिया देख्दा बन्दुक तेर्स्याएझैँ लाग्छ (भिडिओ)

    कलाकारको गुनासो : आजकल मिडिया देख्दा बन्दुक तेर्स्याएझैँ लाग्छ (भिडिओ)

    काठमाडौं । कलाकारहरु नेपाली पत्रकारिताको विश्वसनीयता कम हुँदै गएको बताएका छन् ।

    शुक्रवार काठमाडौंमा आयोजित नेपाली चलचित्रमा मिडियाको प्रभाव अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरूले नेपाली सिने क्षेत्रमा कलम चलाउनेहरूले चलचित्र क्षेत्रका खोजमूलक समाचार लेख्न सक्नुपर्ने बताए ।

    उनीहरूले चलचित्र क्षेत्रमा भएका विकृतिहरूका बारेमा पनि सिने पत्रकारहरूको कलम चलाउनुपर्ने बताए । उनीहरूले सानो गल्तीलाई पनि मलजल गरेर ठूलो बनाइदिने परिपाटीले आत्महत्यासम्मको बाटो रोज्नुपरेको कतिपय कलाकारले उल्लेख गरे ।

    कार्यक्रममा बोल्दै अभिनेत्री दीपाश्री निरौलाले मिडिया भन्ने बित्तिकै पछिल्लो समय आफूलाई बन्दुक तेर्साएको जस्तो हुने गरेको बताइन् ।

    उनले कतिपय सञ्चारमाध्यमहरूले सानो गल्तीलाई मलजल गरेर ठूलो बनाइदिँदा कलाकारहरू आत्महत्याको बाटो रोज्नुपर्ने स्थितिसम्म
    पुग्ने गरेको बताइन् ।

    उनले भनिन्, ‘मिडिया भन्ने बित्तिकै पहिला त फ्रेण्ड्ली, रमाइलो लाग्थ्यो, अहिले त बन्दुक तेर्स्याए जस्तो लाग्छ । आजकाल म धेरै कम इन्टरभ्युमा जाने गर्छु, अहिलेको जमाना देखिहाल्नु भएको छ, सञ्जाल धेरै छ, मान्छे हो गल्ती त हुन्छ, तर त्यसलाई मलजल गरेर मर्न बाध्य गराइन्छ ।’

    अर्की अभिनेत्री केकी अधिकारीले पत्रकारिता क्षेत्रको सबैभन्दा ठूलो कुरा भनेकै विश्वसनीयता भए पनि पछिल्लो समय विश्वसनीयतामा कमी
    आउने गरेको बताइन् । उनले श्रोत भनेर उल्लेख गरिए पनि कतिपय समाचार बिना श्रोत बनाइने गरेको बताइन् ।

    उनले चलचित्र सम्बन्धी समाचार बनाउँदा, अन्तर्वार्ता लिँदा पूर्व तयारी हुनुपर्ने बताइन् ।

    उनले भनिन्, ‘पत्रकारिता क्षेत्रको सबैभन्दा ठूलो कुरा भनेकै विश्वसनीयता हो । चलचित्र सम्बन्धी समाचार बनाउँदा, अन्तर्वार्ता लिँदा पूर्व तयारी गर्नुपर्छ, त्यसले धेरै दुर्घटना हुन्छ, आफ्नै सूचनाको श्रोत नहुने छ, त्यसमा जोड दिनुपर्छ । कपि पेस्ट कल्चरलाई रोक्नुपर्छ ।’

    कार्यक्रममा बोल्दै चलचित्र कलकार संघका अध्यक्ष मोहन निरौलाले चलचित्रको समीक्षा गर्दा पूर्वाग्रही हुने गरेको बताउँदै यस्ता कुरामा यथार्थता पस्कनुपर्ने बताए ।

    उनले महिला कलाकार र पुरुष कलाकारमाथि पनि हिंसाका घटनाहरू बढिरहेको बताए ।

    महिला कलाकारमाथिका अभद्र व्यवहार बाहिर आउन नसकेकाले यस्ता घटनामा उनीहरूलाई सम्झाउन सके यस्ता घटनाहरू बाहिर आउने बताए ।

  • चलचित्र ‘बगान’ हेरेर भावुक बने दर्शक, आफ्नै अगाडि कलाकार देख्दा थामिनै मुश्किल

    चलचित्र ‘बगान’ हेरेर भावुक बने दर्शक, आफ्नै अगाडि कलाकार देख्दा थामिनै मुश्किल

    काठमाडौं । शुक्रबार चलचित्र ‘बगान’ रिलिज भएसँगै यसका कलाकारहरु काठमाडौँ उपत्यकाका विभिन्न हलमा दर्शकसामु पुगेका छन् ।

    अभिनेता तथा निर्देशक सरोज खनाल, अभिनेत्री करिश्मा मानन्धर र अभिनेत्री प्रमिला कार्कीले दर्शकसँग साक्षात्कर गरेका छन् ।

    चलचित्र हेर्दाहेर्दा रोईरहेका दर्शकले आफ्नै अगाडि चलचित्रका कलाकारहरू देख्दा देखिएको दृश्य अकल्पनीय थियो । अभिनेत्री मानन्धरको अँगालोमा रुने महिलाहरु एकातर्फ थिए भने अभिनेता तथा निर्देशक खनालसँग पुरुष भनेको तपाईंजस्तै हुनुपर्छ भन्दै भक्कानिएका अर्कोतर्फ थिए ।

    चलचित्र हेरेर भावविह्वल भएका पुरुष दर्शकले समाज रुपान्तरणका लागि यो चलचित्र बनेको प्रतिक्रिया दिए । चलचित्र हेर्न आउने एकल आमाहरूले आफ्नै कथामा चलचित्र बनाएको धन्यवाद व्यक्त गरे भने एकल आमाले हुर्काएका छोराछोरीले आफ्नो जिम्मेवारी बोध गराईदिएको बताए ।

    विधवा आमाको खुशी जीवनको लागि आमाको विवाह गराउने छोरीको भूमिकामा रहेकी अभिनेत्री कार्कीलाई पनि आमाहरु र छोरीहरूले स्याबासी दिएका थिए ।

    डेब्यू नायिका कार्कीको अभिनयलाई लिएर दर्शकले प्रशंसा गरेका छन् । पहिलोपटक चलचित्रमा देखेको भएतापनि उनको अभिनय नयाँ नलागेको बताउँदै छिट्टै अर्को चलचित्रमा हेर्न चाहेको प्रतिक्रियाबाट कार्की दंग थिईन् ।

    भक्तपुरको भाटभटेनीमा रहेको क्युएफएक्स सिनेमा, दरबारमार्गको राईजिङ मलमा रहेको क्युज सिनेमा र पुल्चोकको लबिम मलमा रहेको क्युएफएक्स सिनेमामा कलाकारहरू पुगेका थिए । दुई दिन अगाडी भएको प्रिमियरमा पनि यो चलचित्रले तारिफ पाएको थियो । ‘बगान’ देशभरका १०० भन्दा बढि हलमा १५० भन्दा बढि शो सङ्ख्या सहित चलिरहेको छ ।

    अभिनयका पारङ्गत अभिनेता सरोज खनालले प्रथम पटक निर्देशन गरेको चलचित्र ’बगान’मा करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको अभिनय रहेको छ । निर्देशक खनालको पनि यसमा प्रमुख भूमिका छ । अभिनेत्री कार्कीले यहि चलचित्रबाट अभिनयमा डेब्यु गरेकी हुन् ।

    स्वप्निल नीरवको कथामा आधारित रहि बनेको यो चलचित्र नेपाली वेबसाइट डटकमको प्रस्तुतीमा बनेको हो । ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् ।

    यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ ।

    ब्याकग्राउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ । हरि लम्साल र सुवास भुषालको संगीत रहेको चलचित्रका गीतमा अञ्जु पन्त, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको छ ।

    यो चलचित्र नेपाल रिलिजपछि अमेरिकासहित नेपालीको बसोबास रहने विभिन्न देशहरुमा फिल्म प्रदर्शन हुनेछ । ’बगान’को वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र बाहिर एफडी कम्पनीले गर्दैछ ।

  • सारुकको आत्महत्याबारे मलिनाका प्रश्नैप्रश्न, छानबिन गर्न माग

    सारुकको आत्महत्याबारे मलिनाका प्रश्नैप्रश्न, छानबिन गर्न माग

    काठमाडौं । अभिनेता तथा मोडल सारुक ताम्राकारको मृत्युबारे छानबिन गर्न दुई पूर्वमिस नेपालले आग्रह गरेका छन् । पूर्वमिस नेपाल तथा अभिनेत्रीद्वय सृष्टि श्रेष्ठ र मलिना जोशीले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन् ।

    अभिनेता सानुकुमार ताम्राकारका छोरासमेत रहेका सारुकले नौ दिनअघि रातोपुलस्थित आफ्नै निवासमा आत्महत्या गरेका थिए । उनी घरमा आमाबुबा नभएको बेला पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएका थिए ।

    उनको आकस्मिक निधनको उचित छानबिन गरी दोषीलाई कारबाही गर्न सारुककी साथीसमेत रहेकी मलिनाले इन्स्टाग्राममार्फत भनेकी छिन् ।

    उनले लेखेकी छन, ‘उसलाई के कुराले त्यसो गर्न बाध्य बनायो ? उनको अन्तिम क्षणमा ऊसँग को-को थिए ? उसको अन्तिम संवाद के थियो ? उसको शवमा अन्तिम औंला कसको थियो ? उसले अन्तिम पटक कसलाई कल गरेको थियो ? उसले किन नजिकका सबै मिल्ने महिला साथीहरुसँगको सम्बन्ध तोड्यो ?’

    ‘यो कस्तो खालको जादू हो ? के उसलाई बिरामी बनाइएको थियो ? के उसलाई दुर्व्यवहार गरिएको थियो ? के उसलाई अपमानित गरिएको थियो ? उसलाई चोट पुर्‍याइएको थियो ? के ऊ डिप्रेसनमा थियो ? उसलाई के भएको थियो भन्ने सबैले जान्न पाउनुपर्छ । हामीले जान्नुपर्छ । हामी निष्पक्ष छानबिनको माग गर्दछौं’, उनले भनेकी छन् ।

    मलिनाको उक्त इन्स्टाग्राम स्टोरीलाई अभिनेत्री स्वस्तिमा खड्काले पनि आफ्नो फेसबुक स्टोरीमा शेयर गरेकी छन् ।

    अर्की पूर्वमिस नेपाल तथा अभिनेत्री सृष्टि श्रेष्ठले पनि आफ्नो इन्स्टाग्राममा सारुकको तस्वीर शेयर गर्दै ‘सत्य र न्यायको जीत हुनेछ’ लेखेकी छन् ।

    सारुकले ‘ईन्टु मिन्टु लण्डनमा’, ‘मेरी मामु’, ‘रानी’, ‘नमरी बाँचे’लगायतका चलचित्रमा अभिनय गरेका छन् । उनी छायांकन भइरहेको चलचित्र ‘ह्यासट्याग माया’ मा अभिनय गरिरहेका थिए ।

  • आफ्नो पहिरनमाथि समाचार नबनाउन कुसुमको आग्रह, भन्छिन्- मेराे सहने क्षमता छैन

    आफ्नो पहिरनमाथि समाचार नबनाउन कुसुमको आग्रह, भन्छिन्- मेराे सहने क्षमता छैन

    काठमाडौं । प्रकाश सपुतको गीत ‘फूलमाया’ बाट चर्चा कमाएकी मोडल कुसुम शर्मा आफ्नो पोशाकलाई लिएर बनिरहेका गसिपबाट आत्तिएकी छन् । आफूसँग आलोचना सहने क्षमता नभएको उनको प्रष्टोक्ति छ ।

    कुसुमले हट पहिरन लगाएको भिडियो केही दिनअघि टिकटकमा भाइरल भएको थियो । उक्त भिडियो अरु नै कसैले टिकटकमा अपलोड गरिदिएका थिए । उनले हटाउन आग्रह गरे पनि भिडिओ हटेन । बरु मिडियाहरुले त्यसलाई गसिप बनाए ।

    नवोदित कलाकारले ‘उच्छृङ्खल’ पहिरन लगाएर चर्चा बटुल्न खोजेको भन्दै अत्यधिक आलोचना खेप्नुपरेपछि कुसुम मर्माहत बनिरहेकी छन् । यही सन्दर्भमा उनले आज मुख खोलेकी हुन् ।

    उनले फेसबुकमा स्टाटस लेख्दै आफूलाई कहिलेकाहीं मर्न मन लाग्ने बताएकी छन् ।

    यस्तो छ कुसुमको स्टाटस:

    कहिलेकाहीं मलाई महसुस हुन्छ कि म मर्न चाहन्छु । आत्महत्या होइन, खाली मर्न चाहन्छु । मलाई थाहा छैन किन हो । तर, यस्तो फिलिङ आइरहन्छ कि म पहिल्यै मरिसकेकी छु । प्लिज, प्लिज मेरो ड्रेसको बारेमा समाचार बनाउन बन्द गर्नुहोला । म एउटा न्यूकमर हुँ । मसँग सहन गर्ने क्षमता छैन ।