Category: कलाप्रेस

  • सिनेमा ‘जय हो’को ट्रेलर सार्वजनिक (भिडिओ)

    सिनेमा ‘जय हो’को ट्रेलर सार्वजनिक (भिडिओ)

    काठमाडौं । आगामी भदौ ८ गते (अगस्ट २५) मा विदेश र नेपालमा एक साथ प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जय हो’को ट्रेलर सार्वजनिक गरिएको छ ।

    अष्ट्रेलियाको रकडेलस्थित थर्डआई फंक्सन सेन्टरमा आयोजित एक कार्यक्रमका बीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

    निर्माताद्वय सुरज ल्वागन (सरकार) र राज के अधिकारीको पहलमा अभिनेता सलोन बस्नेत, आमेष भण्डारी र सुशान्त कार्की लगायततका विशेष व्यक्तिहरुको उपस्थितिमा फिल्मको ट्रेलर रिलिज कार्यक्रम गरिएको हो । अष्ट्रेलियाको रकडेलमा आयोजित कार्यक्रमकको सामाजिक सञ्जाल फेसबुकमा लाइभ समेत गरिएको थियो ।

    निर्माताद्वय ल्वागन र अधिकारीले अभिनेता सलोन बस्नेत फिल्मको प्रचारको लागि अष्ट्रेलिया आएको अवसरमा ट्रेलर रिलिज कार्यक्रम नेपालमा नभई रकडेलमा गरिएको बताए ।

    फिल्मको कार्यक्रममा नेपाली तथा अष्ट्रेलियाका मिडियाकर्मीको पनि उपस्थिति रहेको थियो । फिल्मको विदेश राइट्स नमस्ते इन्टरटेनमेन्टका देव कार्कीले किनेका छन् ।

    टेक पौरखी राईद्वारा निर्देशित फिल्ममा केकी र सलोनका अलवा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको पनि अभिनय रहेको छ ।

    शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन समीर मियाँको भीएफएक्स र सन्देश शाहको ट्रेलर रहेको छ ।

    फिल्ममा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । फिल्मका निर्माता राज के अधिकारी र सुरज ल्वागन सरकार हुन् ।

    सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मको प्रोडक्सन डिजाइनर केबलमान सिङ बस्नेत र प्रोडक्सन हेड समीर खान हुन् ।

    भिडिओ:

  • आयूष्मान देशराजले अश्लील हाउभाउ देखाएको विदेशी युवतीको आरोप, बेलायतकी अभिनेत्रीले गरिन् समर्थन

    आयूष्मान देशराजले अश्लील हाउभाउ देखाएको विदेशी युवतीको आरोप, बेलायतकी अभिनेत्रीले गरिन् समर्थन

    काठमाडौं । अभिनेता आयूष्मान देशराज जोशीमाथि एक युवतीले ‘ह्यारेसमेन्ट’ को आरोप लगाएकी छन् । आयूष्मानले आफूलाई अश्लील हाउभाउसहितको भिडिओ पठाएर आजित पारेको उनको दाबी छ ।
    इन्स्टाग्राममा १ लाख ४३ हजारले पछ्याएको ritasaengkawra आईडीबाट आयूष्मानको एउटा छोटो भिडिओ क्लीपसहित धाराप्रवाह स्टोरी हाल्दै आरोप लगाइएको हो । भिडिओ क्लीपमा आयुष्मानले मोबाइलमा हेर्दै जिब्रो निकालेर अश्लील संकेत गरेको देखिन्छ ।

    फलोअर्सको संख्या हेर्दा यो आइडी फेकजस्तो लाग्दैन । रितालाई नेपालकी अभिनेत्री अदिती बुढाथोकीले पनि फलो गरेकी छन् । उनी एक विदेशी युवती भएको बुझिन्छ । उनले आफ्नो इन्स्टामा ‘हट’ फोटो र भिडिओ बग्रेल्ति हालेकी छन् । आफूलाई ‘सुसी मास्टर’ का रुपमा चिनाएकी छन् । ‘सुसी’ एक जापानी खाना हो, जुन बनाउनेलाई ‘सुसी मास्टर’ भन्ने गरिन्छ । जागीर नपाएको बेलामा आफू वेटरका रुपमा पनि काम गर्ने गरेको उनले बताएकी छन् ।

    ‘म एउटा मिहिनेती केटी हुँ । कहिलेकाहीँ जागिर नपाउँदा वेट्रेसका रुपमा पनि काम गर्छु । कृपया मलाई जथाभावी भन्न बन्द गरिदिनुस् । कहिलेकाहीँ मसित आफ्नो घर जानका लागि फ्लाइटको पैसा पनि हुँदैन । म हरेक दिन संघर्ष गरिरहेकी छु । तर, यी पुरूषहरू सोच्छन् कि उनीहरू जे पनि भनिदिएर उन्मुक्ति पाउन सक्छन्,’ उनले इन्स्टामा लेखेकी छन् ।

    रिताको दाबीअनुसार उनले यस्तो भिडिओ नपठाउनु भन्दा पनि आयुष्मानले पठाइरहन्थे । यो भिडिओ सार्वजनिक गरिदिएपछि आफूलाई ज्यान मार्ने धम्की आइरहेको पनि उनको भनाइ छ ।

    उनले लेखेकी छन, ‘मलाई इन्स्टाग्राममा मानिसहरूबाट ज्यान मार्ने धम्कीहरू आइरहेका छन् । के तपाईँहरूलाई लाग्छ कि मैले उनीहरुको पर्दाफास गर्दा यस्तो परिणाम भोग्नुपर्छ भन्ने ? म अनलाइन र अफलाइनमा हुने यौन उत्पीडनमा परेका सबै महिलाहरूलाई सशक्त बनाउन चाहन्छु ।’

    रीता थप्छिन्, ‘जो पुरुषले मलाई म केवल फ्यान गर्ल हुँ वा एस्कर्ट (यौन व्यवसायी) हुँ भनिरहेका छन, उनीहरूलाई म त्यस्तो हैन भन्न चाहन्छु । तर, यदि म फ्यान गर्ल नै भए पनि, मलाई यौन दुर्व्यवहार गर्ने अधिकार कुनै पनि पुरुषलाई छैन ।’

    अर्को स्टोरीमा उनले लेखेकी छन्, ‘म सेन्ट ट्रोपेज (फ्रान्स) बाट इबिजा जाँदैछु । यदि मलाई केही भयो भने त्यो दुर्घटना वा आत्महत्या हुनेछैन । र, म मलाई फोहोरी भिडिओ पठाउने मानिसहरूसँग राम्रो रूपमा नै प्रस्तुत हुनेछु ।

    रीतालाई अभिनेत्री तथा मोडेल गेब्रिएला राइटले समर्थन जनाएकी छन् । गेब्रिएलाको अकाउन्टमा ब्लु टिक छ । रिताको स्टोरी शेयर गर्दै उनले ‘रीता र नेपालका महिलाहरूको साथमा’ लेखेकी छन् ।

    गेब्रिएला राइट बेलायतकी अभिनेत्री र मोडेल हुन्, जो द ‘ट्युडर्स’ नामक श्रृंखलामा ‘क्वीन क्लाउड अफ फ्रान्स’, चलचित्र ‘द परफेक्ट हसब्यान्ड’मा भिओला र एक्शन थ्रिलर जनरामा निर्मित ‘द ट्रान्सपोर्टर रिफ्युल्ड’ मा जीनाको भूमिकाले परिचित छिन् । अभिनय र मोडलिङ करियरका अतिरिक्त, उनी एक अधिकारकर्मी हुन् जसले लैङ्गिक हिंसा र आत्महत्या रोकथामका निम्ति धेरै अन्तर्राष्ट्रिय अभियानहरूमा योगदान दिएकी छन् ।

    रिताले लगाएका आरोपहरुबारे हामीले अभिनेता आयूष्मानसँग बुझ्ने कोसिस गर्‍यौं । तर, तीन दिनदेखि प्रयास गर्दा पनि उनको मोबाइलमा सम्पर्क हुन सकेन ।

  • ‘तिम्रो साथमै जिउने चाहना’ को म्युजिक भिडिओ सार्वजनिक

    ‘तिम्रो साथमै जिउने चाहना’ को म्युजिक भिडिओ सार्वजनिक

    काठमाडौं । गम्भीर विष्टको निर्देशनमा निर्माण भएको म्युजिक भिडिओ ‘तिम्रो साथमै जिउने चाहना’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको भिडियोमा शिव आर ठकुरी र सेजल गौतम फिचर्ड छन् ।

    शिव अहिले अष्ट्रेलिया बसेर सिनेमा निर्देशन पनि पढिरहेका छन् । उनले समय निकालेर म्युजिक भिडियो अभिनय पनि गरिरहेका हुन् ।

    सार्वजनिक गीतमा उनको डान्स र सिक्स प्याक्ड शरीर तारिफ योग्य छ ।

    सार्वजनिक भिडिओ आर्ट मुभिज र मोडल सुधिर श्रेष्ठसँगको सहकार्यमा निर्माण भएको हो।

    भिडियोमा सुधिर पनि विशेष भूमिकामा देखिएका छन् ।

    आर्ट मुभिजको प्रस्तुतिमा निर्माण भएको म्युजिक भिडिओमा कोरियोग्राफी पनि स्वयं निर्देशक विष्टको नै रहेको छ ।

    भिडियो उत्कृष्ट बनेकाले दर्शकले मन पराउने विश्वास ठकुरीलाई छ ।

    अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको सार्वजनिक गीतको भिडियोमा सनिश श्रेष्ठ र ममता गुरुङको स्वर सुन्न सकिन्छ ।

    सुधिर श्रेष्ठको युट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडिओमा नवराज उप्रेतीको छायांकन, नविन निरौलाको सम्पादन, मिलन विश्वकर्माको कलर तथा शम्भु श्रेष्ठ प्रोडक्सन म्यानेजरको रूपमा आबद्ध छन् ।

  • बाबुराम विश्वकर्माको ‘भूराजनीतिको भार’ सार्वजनिक

    बाबुराम विश्वकर्माको ‘भूराजनीतिको भार’ सार्वजनिक

    काठमाडौं । पत्रकार एवं लेखक बाबुराम विश्वकर्माको पुस्तक ‘भूराजनीतिको भार’ सार्वजनिक भएको छ ।

    पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, वरिष्ठ पत्रकार तथा सहप्राध्यापक डा. कुन्दन अर्याल, कांग्रेस नेता डा. मिनेन्द्र रिजाल र परराष्ट्र तथा सुरक्षा मामिला विज्ञ डा. इन्द्र अधिकारी तथा लेखक विश्वकर्माले संयुक्त रूपमा पुस्तक विमोचन गरेका हुन् ।

    पुस्तक विमोचनपछि पूर्व प्रधानन्यायाधीश श्रेष्ठले परराष्ट्र नीति राष्ट्रिय नीति हुनुपर्नेमा सरकार फेरिँदैपिच्छे नीति पनि फेरिने गरेको त होइन रु भन्दै प्रश्न गरे। पहिले नै अद्यावधिक गर्नुपर्ने हाम्रो भूराजनीति र परराष्ट्र नीति अहिले पनि परम्परागत रूपमा चलेको उनको भनाइ छ।

    मुलुक सधैं दरिद्र भइराख्ने हो भने अन्तर्राष्ट्रिय क्रीडास्थल बन्न सक्ने र विदेशी चलखेल बढ्न सक्ने उनले बताए ।

    नेपालको भूराजनीति र परराष्ट्र सम्बन्धका आयाम केलाउन पुस्तक प्रभावकारी रहेको उनको भनाइ थियो ।

    कांग्रेस नेता रिजालले झुटा राष्ट्रवादको बिल्लाले कहीँ नपुर्‍याउने बताउँदै अन्तर्राष्ट्रिय सम्बन्ध देशको हितमा हुनै पर्ने धारणा राखेका छन् । परराष्ट्र विज्ञ डा. इन्द्र अधिकारीले चार वर्षयताको घटनालाई पुस्तकले मिहिन रूपमा वर्णन गरेको बताइन् ।

    चीनबाट हाम्रोतर्फ भएका अतिक्रमणबारे सरकारले अध्ययन गरे पनि त्यसलाई सार्वजनिक नगरी राख्दा नागरिकले भू अवस्थाबारे यथार्थ जानकारी पाउन नसकेको उनले बताइन् ।

    पत्रकार अर्यालले नेपालको राजनीतिक नेतृत्वको अलमलले घरेलु राजनीतिमा बाह्य प्रभाव परेको बताए । नयाँ विश्व परिस्थितिमा भूराजनीति सबैले बुझ्नुपर्ने भन्दै उनले पुस्तकले विमर्शको बाटो खोलेको बताए ।

    लेखक विश्वकर्माले तीन वर्षअघि सक्रिय पत्रकारिता छाडेर अनुसन्धानमा लागेकै परिणाम यो पुस्तक आएको बताए । ‘भूराजनीतिको भार’ विमोचन कार्यक्रममा लेखक, बुद्धिजीवी, पत्रकार, राजनीतिज्ञ, सञ्चारकर्मीलगायत सबैको बाक्लो उपस्थिति रहेको थियो ।

    दुई दशकभन्दा लामो समय खोज पत्रकारितामा सक्रिय विश्वकर्माको यो दोस्रो पुस्तक हो । १३ अध्यायमा समेटिएको पुस्तक एमसीसी, बीआरआई, एसपीपी, जीएसआई, इन्डो प्यासिफिक लगायत सीमा विवाद र गोप्य प्रतिवेदनमा केन्द्रित छ। सो पुस्तक इन्डिगो इन्क प्रकाशनले बजारमा ल्याएको हो ।

  • ‘हामी तीन भाई’को छायांकन सुरु

    ‘हामी तीन भाई’को छायांकन सुरु

    काठमाडौं । मधुसुदन भट्टराईको निर्देशनमा निर्माण हुने सिनेमा हामी तीन भाईको छायांकन सुरु भएको छ । असार २९ गते गोर्खास्थित मनकामना मन्दिरमा सिनेमाको स्कृप्ट पुजा गरिएको शुक्रबारबाट मकवानपुरको चित्लाङबाट सिनेमाको छायांकन सुरु गरिएको हो ।

    साजित महत प्रस्तुतकर्ता रहेको सिनेमामा विनोद न्यौपाने, लक्ष्मी बर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहान्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रवीन्द्र झा, बिष्णु सापकोटा हर्के हवल्दार, यादव देवकोटा सरापे, भुवन कुमार काफ्ले, नयन कला फुयाँल, पवन केसी, अन्जु हमाल, बिकास चापागाईं सुष्मा निरौला, राज दिप, तारा शर्मा र बाल कलाकार एलेक्स खड्काको अभिनय रहनेछ ।

    निर्देशक भट्टराईको कथा रहेको सिनेमाको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् । विक्रम तामाङ कार्यकारी निर्माता, त्रिरत्न श्रेष्ठ निर्माता र प्रतिमा थापा पोखरेल र भक्तलाल श्रेष्ठ सिनेमाको सह९निर्मातामा छन् । बिशेष सहयोगीमा शम्भु कुमार केसी र मनोज श्रेष्ठ रहेका छन् ।

    शिव ढकालको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्धन्द्व निर्देशन, एसबी सापकोटाको संगीत, अशोक रोक्काको मेकअप, रेनिश फागोको कलर, एलिस कार्कीको पाश्र्वसंगीत, मिक्सिङ मुकेश शाह, भिएफएक्स समिर मियाँ, बनिष शाहको सम्पादन रहेको सिनेमाका मुख्य सहायक निर्देशक रामजी राउत र ज्ञान कुमार कट्टेल तथा सहायक निर्देशक दिनेश कार्की हुन् ।

  • चलचित्र ‘जुलेबी’को ट्रेलर सार्वजनिक, भदौ १ गतेबाट प्रदर्शनमा आउने

    चलचित्र ‘जुलेबी’को ट्रेलर सार्वजनिक, भदौ १ गतेबाट प्रदर्शनमा आउने

    काठमाडौं। आगामी भदौ १ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘जुलेबी’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक २ मिनेट लामो ट्रेलरले चलचित्र यौन मनोविज्ञानमा केन्द्रित रहेको संकेत गर्दछ।

    ‘जुलेबी’ लेखक तथा निर्देशकको आफ्नै जीवनको भोगाइबाट उत्पन्न भएको कथा हो। ‘चलचित्रका पात्रहरुलाई रत्नपार्कले जोड्छ र चलचित्रको कथा सात जना पात्रहरुको सम्बन्धको वरिपरि घुमेको छ,’चलचित्रका लेखक तथा निर्देशक गणेश देव पाण्डे बताउँछन्।

    चार जना महिला पात्रको कथा रहेको चलचित्रको निर्माता पनि महिला नै हुन्। महिलाले भोग्ने सम्बन्धको कथा नै चलचित्रले बोल्ने निर्माता आभा शर्मा नेपालले बताइन्।

    एन्थोलोजी जनरामा आधारित चलचित्रमा नवीन भट्ट कार्यकारी निर्माताका रुपमा छन्। फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा सुरक्षा पन्त, निशा अधिकारी, उषा रजक, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा, समीरमणी दिक्षित आदि लगायतका कलाकारहरुको अभिनय छ । चलचित्रको लेखक निर्देशक पाण्डे स्वयं हुन।

    चलचित्रमा विवेक खड्काको छायांकन, जाटवेद बनर्जीको संगीत, अन्जय खड्काको सम्पादन र उत्तम न्यौपानेको साउण्ड डिजाइन रहेको छ। डिसीएन र रिच इन्टरटेन्टमेन्टले वितरणको जिम्मा लिएको चलचित्रको डिजिटल राइट्स डि।ए।आर मुभिजले खरिद गरेको छ।

    https://www.youtube.com/watch?v=fNzMj7YgRLI

  • कृषा निर्देशित फिल्म ‘ऐंचो पैंचो’को प्रचार

    कृषा निर्देशित फिल्म ‘ऐंचो पैंचो’को प्रचार

    काठमाडौं । कृषा चौलागाईको निर्देशनमा निर्माण भएको सिनेमा ‘ऐंचो पैंचो’ले प्रचार प्रसारको सुरुवात गरेको छ । बुधबार सिनेमाको निर्माण टिम टेक्सास इन्टरनेशनल कलेजले आयोजना गरेको ओरेन्टेसन कार्यक्रममा पुगेर सिनेमाको प्रचार आरम्भ गरेको हो ।

    सिनेमाको प्रचार गर्न अभिनेता सुशिल सिटौला, अभिनेता राजाराम पौडल र अभिनेत्री सारदा गिरी काली बुढी बुधबार टेक्सास कलेज पुगेका थिए । ओरिन्टेसन कार्यक्रमका पुगेका तीनजना कलाकारले आगामी भदौ १४ गतेबाट प्रदर्शनमा आउने सिनेमा ऐंचो पैंचोको बारेमा जानकारी गराएका थिए, भने सम्पुर्ण विद्यार्थीलाई सिनेमा हेर्न आग्रह समेत गरे । कार्यक्रममा सिनेमाको गीत काले केटाले तीनै जना कलाकारले नृत्य गरेका थिए ।

    निर्देशक चौलागाईका अनुसार अबको केही दिनमा सिनेमाको ट्रेलर सार्वजनिक गर्दै पूर्णरुपमा सिनेमाको प्रचारमा केन्द्रीत हुने बताइन् । केपी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा स्वस्तिमा खड्का, मुकुन भुषाल, बर्षा राउत, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ । सिनेमाको एक गीतमा एलेक्स बिक पारस विशेष भुमिका देखिएका छन् ।

    प्रितम लामिछाने र आध्या लामिछाने निर्माता रहेको सिनेमामा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पाश्र्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी (प्रनव) प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

  • शुक्रबारबाट प्रदर्शनमा आयो प्रमोद र रिस्ताको ‘अदृश्य’

    शुक्रबारबाट प्रदर्शनमा आयो प्रमोद र रिस्ताको ‘अदृश्य’

    काठमाडौं । शुक्रबारबाट प्रल्हाद काफ्लेद्वारा निर्देशित नेपाली सिनेमा ‘अदृश्य’ प्रदर्शनमा आएको छ । सिनेमाले काठमाडौंका मल्टीप्लेक्सहरुमा न्यून शो पाएको छ, त्यो पनि केही हलमा मात्रै शो पाएको हो ।

    देशकै ठुलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौं बाहिरका विराटनगर, नेपालगञ्ज, नारायणगढ, विर्तामोड र दमौलीमा एक एक शो दिएको छ । त्यस्तै, काठमाडौंका विएसआर, आइएनआई, रञ्जना, वान सिनेमाज लगायतले पनि सिनेमालाई एक एक शो मात्रै दिएका छन् । जसले गर्दा हलवालालाई सिनेमाप्रति राम्रो व्यापार गर्ला भन्ने अपेक्षा नभएको देखाउँछ ।

    पिताम्बर फिल्मस्को व्यानरमा निर्माण भएको ‘अदृश्य’मा प्रमोद अग्रहरी, सोहित मानन्धर, रिश्ता बस्नेत, प्रविन खतिवडा, छुल्ठिम गुरुङ, रवि गिरी, विकेश प्रजापती, सिएम भारद्वाज सुवेदी, गीत विष्ट, सुरज बिष्ट, जसिता घिमिरे, सन्दीप बाबु लोहनी, रुपेश दाहाल, सुजन बज्राचार्य, अजित रेग्मी, अभिमान सिंह बस्नेतलगायतको अभिनय छ । सिनेमाको निर्माता मिना बस्नेत र उमारुद्रा काफ्ले छन् ।

    सस्पेन्स थ्रिलर कथामा निर्माण भएको ‘अदृश्य’को सहनिर्माता रविन अधिकारी र रिकेश खत्री हुन् । आकाश उखेडाको पटकथा तथा संवाद, राकेश रनपालको कथा, उत्तम हुमागाई र मोहन कुमार झिल्लुको छायांकन, मुकेश शाहको पाश्र्व संगीत, निशान घिमिरेको कलर तथा बनिश शाहको सम्पादन रहेको सिनेमालाई आरआर फिल्म्सले देशभर वितरण गरेको छ ।

  • नागेन्द्रको ‘वैशाखे घाम’ मा समारिका र सुरेश

    नागेन्द्रको ‘वैशाखे घाम’ मा समारिका र सुरेश

    काठमाडौं । गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको ‘वैशाखे घाम’ बोलको गीतको भिडिओ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गीतकार लाल कार्की अन्जानको शब्द सिर्जना रहेको छ । नागेन्द्रकै गायन तथा संगीत रहेको गीतमा एरेन्ज विक्क्ल खड्काले गरेका हुन् ।

    जसमा मिक्सिङ तथा मास्टरिङ सागर सुब्बाको रहेको छ । गीतमा गायिका सुनिता कार्कीको स्वर रहेको छ । भिडिओमा मोडल तथा टिकटकर समारिका ढकाल र सुरेश कोहलीको अभिनय देख्न सकिन्छ । भिडिओको निर्देशन शिवाजी क्षेत्रीले गरेका हुन् ।

    प्रेम, रोमान्स र विछोडले भरिएको प्रेम कथालाई भिडिओमा देखाइएको निर्देशक क्षेत्री बताउँछन् । भिडिओको छायांकन करण चैसीरले गरेका हुन् भने सम्पादन मनोज कार्कीको रहेको छ । सार्वजनिक गीत संगीतकार नागेन्द्र श्रेष्ठकै अफिसियल युट्युव च्यानलबाट बजारमा आएको हो ।

  • छायांकन नसकिँदै चलचित्र ‘अगस्त्य-भाग १’ को अन्तर्राष्ट्रिय रिलिज बिक्री

    छायांकन नसकिँदै चलचित्र ‘अगस्त्य-भाग १’ को अन्तर्राष्ट्रिय रिलिज बिक्री

    काठमाडौं । डार्क हर्स इन्टरटेनमेन्ट प्रालिद्वारा निर्माणाधिन चलचित्र ‘अगस्त्य-भाग १’ को अन्तर्राष्ट्रिय रिलिज बिक्री भएको छ । डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज प्रालिबिच ‘अगस्त्य भाग १’ को अन्तर्राष्ट्रिय रिलिजलाई लिएर सम्झौता भएको हो।

    सम्झौताअनुसार सेभेन सिजले संयुक्त राज्य अमेरिका र बेलायतमा करिब ८०० देखि १००० शो, क्यानडामा १५० शो, युरोपका बाँकी देशहरू तथा जापान, कोरिया, हङकङ र थाइल्यान्डमा गरी १५० शो, अष्ट्रेलिया र न्युजिल्याण्डका विभिन्न शहरहरुमा करिव ५०० शो र मध्यपूर्वका विभिन्न देशहरूका हलमा ७५० शो प्रदर्शन गर्नेछ।

    चलचित्रको छायांकन करिब ४५ प्रतिशत सकिंदै गर्दा नै अन्तर्राष्ट्रिय रिलिज महंगो रकममा बिक्री हुनुलाई उपलब्धि मान्नुपर्ने निर्माण पक्षको भनाइ छ । ‘सेभेन सिज प्रालिसँगको यो सम्झौता ‘अगस्त्य भाग १’ का लागि मात्रै नभएर सिंगो नेपाली चलचित्र उद्योगकै लागि सकारात्मक कुरा हो’, डार्क हस इन्टरटेनमेन्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    ‘अगस्त्य-भाग १’ को ४५ प्रतिशत छायांकन भारत उत्तर प्रदेशको विभिन्न स्थानमा गरिएको छ भने बाँकी ५५ प्रतिशत छायांकन पूर्वी तराईका विभिन्न जिल्लामा आगामी हप्तादेखि सुरु हुँदैछ।

    चलचित्रमा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झा लगायतका नेपाली कलाकारसँगै बलिउड कलाकारहरुको पनि अभिनय रहेको छ।

    सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको चलचित्रको निर्माता प्रकाश मल्ल, अनिष तामाङ र विश्वप्रकाश गोचन रहेका छन्। चलचित्रको प्रदर्शन मिति पनिछिट्टै सार्वजनिक गर्ने निर्माण पक्षले जनाएको छ ।

     

  • पूर्वपतिको जन्मदिनमा जेरीको शुभकामना : मैले दिन नसकेको माया दिने मान्छे छिट्टै प्राप्त होस्

    पूर्वपतिको जन्मदिनमा जेरीको शुभकामना : मैले दिन नसकेको माया दिने मान्छे छिट्टै प्राप्त होस्

    काठमाडौं । चर्चित लोक दोहोरी गायिका बबिता बानियाँ(जेरी)ले पूर्वपतिको जन्मदिनमा जोडी तस्बिर शेयर गर्दै शुभकामना दिएकी छन् । श्रीमान् शंकर क्षेत्री र छोरीसहितको पारिवारिक तस्बिर पोष्ट गर्दै उनले शुभकामना दिएकी हुन् ।

    जेरीले आफूले माया दिन नसकेपनि छिट्टै अक्रो माया गर्ने व्यक्ति जिन्दगीमा आउन भन्दै पूर्वपति शंकरलाई शुभकामना दिएकी छन् । उनले लेखेकी छन्, ‘मैले दिन नसकेको माया, साथ र खुशी दिने मान्छेको छिट्टै प्राप्ती होस् । जन्मदिनको असिम शुभकामना छोरीको बाउ ।’

    नेपाली सांगीतिक क्षेत्रमा बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीको जोडीलाई उदाहरण्ीय जोडीको रुपमा हेरिन्थ्यो । जेरी र शंकरले २०७६ साल माघ १ गते विवाह गरेका थिए ।

    विवाह गरेको ३ वर्षै नपुग्दैै २०७९ कात्तिक २४ गते यी दुईले काठमाडौं जिल्ला अदालत पुगी औपचारिक रुपमा आफ्नो वैवाहिक सम्बन्धलाई टुंग्याएका थिए । उनीहरूले पाँच वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए । जेरी र शंकरबाट दुई वर्षकी एक छोरी छिन् ।

  • ‘सोल्टी राजा’को म्युजिक भिडियो सार्वजनिक

    ‘सोल्टी राजा’को म्युजिक भिडियो सार्वजनिक

    काठमाडौं । भ्याली फिल्मस् एकेडेमीको सहकार्यमा पुनम भाइन्सको प्रस्तुति रहेको ‘सोल्टी राजा’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

    सामाखुशीमा आयोजित एक कार्यक्रमबीच नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का र निर्देशक÷नायक प्रीतम गुरुङले म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।

    गीतमा पुनम गुरुङले स्वर भरेकी छन् । शब्द र संगीत मीन गुरुङको रहेको छ । गुरुङले म्युजिक भिडियोमा अभिनय पनि गरेका छन् । जारी, कबड्डी ४ की नायिका मिरुना मगर, शेरबहादुर गुरुङलगायतले पनि म्युजिक भिडियोमा अभिनय गरेका छन् ।

    सुरुमा नृत्यमा रुचि राख्ने पुनम विगत १० वर्षदेखि गायन क्षेत्रमा सक्रिय छिन् । दुई दर्जनभन्दा बढी गीत गाइसकेकी पुनमले जानकारी गराइन् । तनहुँमा जन्मेकी पुनमले मलेसिया र हङकङमा प्रस्तुति दिइसकेकी छन् । अब पुनम अर्को प्रस्तुतिका लागि शुक्रबार यूके जाँदैछिन् ।

    निर्देशकमा खेलकुद पृष्ठभूमिका भुपेन्द्र गुरुङ, कोरियोग्राफरमा मनाङ गुरुङ तथा इडिटरमा बन्दे प्रसाद रहेका छन् । कार्यक्रममा म्युजिक भिडिओमा संलग्न टीमलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।

  • हरिवंश र प्रियंकाको ‘ए केटा मादलु पड्का’ (भिडिओ)

    हरिवंश र प्रियंकाको ‘ए केटा मादलु पड्का’ (भिडिओ)

    काठमाडौं । हाँस्य कलाकार हरिवंश आचार्यको नयाँ गीत ‘ए केटा मादलु पड्का’ सार्वजनिक भएको छ । आचार्यकै शब्द, संगीत र स्वर रहेको गीतमा उनलाई गायिका शान्तिश्री परियारले साथ दिएकी छिन् ।

    गीतको भिडिओमा हरिवंश र अभिनेत्री प्रियंका कार्कीसँगै गायक तथा निर्देशक सरोज वलीको अभिनय रहेको छ । नवराज उप्रेतीको छायांकन, भुपेन्द्र अधिकारीको सम्पादन रहेको गीतको भिडिओ निर्देशन गम्भीर विष्टले गरेका छन् ।

    भिडिओ:

  • ‘जय हो’को गीत ‘राजा रानी’ टिकटकमा रुचाइयो

    ‘जय हो’को गीत ‘राजा रानी’ टिकटकमा रुचाइयो

    काठमाडौं । आगामी भदौ ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको ‘जय हो’को गीत समाजिक सञ्जाल टिकटक र युट्युबमा रुचाइएको छ । गत साउन १२ गते शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच रिलिज गरिएको सिनेमाको गीत राजा रानीलाई दर्शकले रुचाएका हुन् ।

    गीत रिलिजको ६ दिनमा युट्युवमा ५ लाख बढि भ्युज भएपनि टिकटकमा गीतका केही लाइनहरु दर्शकले रुचाएका छन् । ती लाइनमा एक दमै धेरै टिकटक भिडियोहरु निर्माण भएका छन् । जसले सिनेमाको प्रचारमा निककै फाइदा पुगेको विश्वास निर्माण टिमको छ । राजा रानी गीतमा सागर आलेको शब्द, संगीत तथा स्वर रहेको छ । उनलाई गीतमा सदिक्षा कट्टेलले गायनमा साथ दिएकी छन् ।

    टेक पौरखी राईको निर्देशन निर्माण भएको सिनेमामा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, माओत्से गुरुङ, निशा अधिकारी, प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ लगायतका कलाकारको पनि अभिनय रहेको छ । सिनेमाका प्रस्तुतकर्ता शोभित बस्नेत हुन् ।

    सिनेमामा सम्राट बस्नेत द्धन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन, गौतम राज खड्काको सह(सम्पादन, समीर मियाँको भिएफएक्स रहेको सिनेमाका मुख्य सहायक निर्देशक दिप्तप्रकाश अधिकारी हुन् ।

    मुस्ताङ र कास्कीका विभिन्न रमणीय स्थानमा खिचिएको सिनेमामा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । कमेडी, एक्सन र लभस्टोरीको समिश्रण रहेको सिनेमाका निर्माता राज के अधिकारी र सुरज सरकार हुन् । आगामी भाद्र ८ अर्थात् अगष्ट २५ बाट सिनेमा प्रदर्शनमा आउनेछ ।

    सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको सिनेमालाई उपत्यकामा डिसिएन तथा रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।

  • शिव परियारको फेक आईडी बनाएर ‘स्क्याम’- दिए कानूनी बाटो रोज्ने चेतावनी

    शिव परियारको फेक आईडी बनाएर ‘स्क्याम’- दिए कानूनी बाटो रोज्ने चेतावनी

    काठमाडौं । आफ्नो नामको फेक आइडी बनाई आफ्ना पुराना लाइभ भिडिओहरु दुरुपयोग गरेको बताउँदै गायक शिव परियारले त्यस्ता ठगी धन्दाको पछाडि नलाग्न आग्रह गरेका छन् ।

    विगत दुई दिनदेखि फेसबुकमा आफ्नो नामको स्क्याम चलाइरहेको उल्लेख गर्दै उनले बिहीबार आफ्नो सामाजिक सञ्जालमार्फत आधिकारिक विज्ञप्ति जारी गरेका हुन् ।

    उनले आफ्नो नाम र भिडिओ दुरुपयोग गरेर ‘स्क्याम’ गरिएको जानकारी गराउँदै त्यस्ता कार्यविरुद्ध कानूनी उपचारमा जाने बताएका छन् ।

    उनले कलाकारका नाममा फेक आइडी बनाएर कलाकारकै फोटो र भिडिओ दुरुपयोग गरेको देखेमा त्यस्ता अकाउण्टलाई रिपोर्ट गर्न आग्रह गरेका छन् ।

    उनले लेखेका छन्, ‘कलाकारका नाममा फेक आईडी बनाई स्क्याम चलाईरहेको भेट्नु भयो भने कृपया त्यस्ता अकाउण्टका सामाग्री शेयर नगर्नुहोस् । बरु त्यस्ता अकाउण्टलाई रिपोर्ट गरेर बन्द गर्नुहोस् । पैसाको बिटो देखेर हतार–हतार कमेण्ट गर्ने र लिंक ज्वाईन गर्दा यसको असर प्रत्यक्ष रुपमा तपाँईलाई पर्न सक्ने छ ।’

    उनले भेरिफाइड एकाउन्टको दायाँ साईडमा निलो टिक चिन्ह हुने कुरा पनि आफ्नो विज्ञप्तिमा उल्लेख गरेका छन् ।

    पछिल्लो केही दिनदेखि शिवको नाममा नक्कली फेसबुक आइडी खोली लाइभ गर्ने क्रम चलिरहेको छ । उक्त लाईभ भिडिओको एकातिर पैसाको बिटो राखिएको देखाइएको छ भने अर्कोतिर शिव बोल्दै गरेको देखाईएको छ । ‘मेरो नामको फेक अकाउन्ट खोली मेरै पुरानो लाईभ भिडियो ब्लेन्ड गरेर मसँग सम्बन्धित नभएको कार्य चलाइएको छ्र । जसमा म घोर बिरोध र भ्रत्सना गर्दछु’, उनले जोडेका छन् ।

    उनले आफ्नो फेक अकाउन्टको दुरुपयोग गर्ने व्यक्तिले समयमै शो कार्य बन्द नगरे कानुनी बाटो रोज्ने चेतावनी समेत दिएका छन् । उनले भनेका छन्, ‘ठगहरु हो यो कार्य तुरुन्त बन्द गर । अन्यथा कानूनी बाटो रोज्न बाध्य हुनेछु ।’

  • मिसेस नेपाल वर्ल्ड दीक्षालाई इलेक्ट्रिक स्कुटर प्रदान

    मिसेस नेपाल वर्ल्ड दीक्षालाई इलेक्ट्रिक स्कुटर प्रदान

    काठमाडौं । मिसेस नेपाल वर्ल्डकी विजेता दीक्षा केसीलाई इलेक्ट्रिक स्कुटर पुरस्कार हस्तान्तरण गरिएको छ । बुधबार लतिलपुरमा एक समारोहबीच विजेता केशीलाई रातो रंगको उक्त इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरिएको हो ।

    मिसेस नेपाल वर्ल्डका आयोजक तथा रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झा, मिसेस नेपाल वर्ल्डका अफिसियल कोरियोग्राफर अश्विनीकान्त झा, एस वे कम्पनीकी गृष्मा शाक्य तुलाधरलगायतले ललितपुरमा एक समारोहबीच दीक्षालाई उक्त स्कुटर हस्तान्तरण गरेका हुन् ।

    रिबन इन्टरटेनमेन्ट प्रालिले आयोजना गर्दै आएको मिसेस नेपाल वर्ल्डको सुन्दरी प्रतियोगितामा केशीले ताजसँगै स्कुटर जितेकी थिइन् ।

    गत वर्ष सम्पन्न मिसेस नेपाल वर्ल्डको फाइनलमा दीक्षाले उपाधिसँगै अमेरिकामा आयोजना हुने मिसेस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने अवसर, इलेक्ट्रिक स्कुटर, पोखराको टुर प्याकेज हात पारेकी थिइन् । सोही पुरस्कारस्वरुप आफूहरुले इलेक्ट्रिक स्कुटर प्रदान गरेको मिसेस नेपाल वर्ल्डका आयोजक निशुकान्त झाले जानकारी दिए ।

    दीक्षाले स्कुटर ग्रहण गर्दै आफूसँग अरु स्कुटर भए पनि इलेक्ट्रिक स्कुटर नभएका कारण यो स्कुटर महत्वपूर्ण हुने बताइन् । उनले हालैमात्र अमेरिकामा सम्पन्न मिसेस वर्ल्डमा नेपालको प्रतिनिधित्व गरेर आएको जानकारी दिइन् ।

    मिसेस वर्ल्डको स्टेजमा आफूले नेपालको कला-संस्कृति प्रस्तुत गरेर नेपाललाई चिनाएको पनि उनले जनाइन् ।

    यतिबेला आफूहरु मिसेस नेपाल वर्ल्ड २०२३ को तयारीमा जुटेको सो पेजेन्टका कोरियोग्राफर अश्विनीकान्त झाले बताए ।

  • पूजा शर्माको रेस्टुरेन्टमा एक कप दूध चियाको रु. १५० ! पहिलो ग्राहक बनिन् गौरी मल्ल

    पूजा शर्माको रेस्टुरेन्टमा एक कप दूध चियाको रु. १५० ! पहिलो ग्राहक बनिन् गौरी मल्ल

    काठमाडौं । अभिनेत्री पूजा शर्मा अब ‘रेस्टुरेन्ट साहुनी’ बनेकी छन् । उनले झम्सिखेलमा स्थापना गरेको ट्याग स्पोर्ट्स लाउञ्ज एन्ड बार आउँदो शुक्रबारबाट औपचारिक सञ्चालनमा आउँदैछ ।

    आफ्नो ब्वाइफ्रेन्ड युद्ध बानियाँसँग मिलेर पूजाले रेस्टुरेन्ट खोलेकी हुन् । आकर्षक साजसज्जा र फर्निसिङसहितको रेस्टुरेन्टमा ४ करोड रूपैयाँ लगानी भएको उनीहरूको दाबी छ । पूजाका अनुसार एक वर्ष लामो तयारीपछि ‘ट्याग’ ले मुर्तरूप पाएको हो ।

    संयोगवस पूजाको रेस्टुरेन्टको पहिलो ग्राहक बनेकी छन् अभिनेत्री गौरी मल्ल । उनी एउटा प्रोजेक्टको छलफल गर्नका लागि सो रेस्टुरेन्टमा छिरेकी थिइन् । आफू पहिलो ग्राहक बनेको थाहा पाउँदा निकै खुशी लागेको गौरीले बताएकी छन् ।

    गौरीले आफ्नो फेसबुसमा पूजाको रेस्टुरेन्टबारे वर्णन गरेकी छन् ।

    उनले लेखेकी छन्, ‘भित्र छिर्दासम्म पनि हामीलाई थाहा थिएन, हामी पूजा-युद्धको पहिलो ग्राहक/पाहुना बन्दैछौं । उनले आफ्नो अफिस रुमबाट निस्किँदै उत्साहले ‘ओएमजी, हजुर मेरो फर्स्ट गेस्ट भनेर आशीर्वाद दिँदै हग गरेपछि बल्ल थाहा भो विशेष त हाम्रो पनि दिन रहेछ । जे होस ,हामीले केही समय त्यो सुन्दर मनोहर ठाउँमा आफ्नो समय पनि बितायौं । छलफल पनि गर्यौं र केही स्वादिला परिवारको पनि अवसर पायौं ।’

    आफूहरुले अर्डंर गरेका खानेकुरामा पूजाले एकदमै ‘न्यूनतम चार्ज’ गरेको गौरीले लेखेकी छन् । उनले सुरूमा बिलको फोटो पनि हालेकी थिइन्, तर मानिसहरू मूल्यसूची हेरेर धेरैजना झस्किएपछि हटाएकी छन् ।

    बिलमा उल्लेख भएअनुसार पूजाको रेस्टुरेन्टमा एक कप मिल्क टी (दूध चिया) को १५० रूपैयाँ पर्ने रहेछ । गौरीको टोलीले चार कप दूध चियाको साथमा दुई प्लेट चिकेन स्टिम मम, एक प्लेट फ्रुट सलाद, एक प्लेट पनिर पकौडा र एउटा अमेरिकानो अर्डर गरेका थिए । त्यसको बिल २ हजार ६ सय ५ रूपैयाँ उठेको छ । आखिर चार करोड लगानी गरेको रेस्टुरेन्ट न पर्‍यो ।

  • पल शाहकी बहिनी रोशनी ‘हिमालयन रोडिज’मा प्रतिस्पर्धी

    पल शाहकी बहिनी रोशनी ‘हिमालयन रोडिज’मा प्रतिस्पर्धी

    काठमाडौं । अभिनेता पल शाहकी बहिनी रोशनी टेलिभिजन रियालिटी शो ‘हिमालयन रोडिज’ को पाँचौं सिजनमा प्रतिस्पर्धा गर्न पुगेकी छन् । सोमबार बेलुकी प्रसारित पहिलो एपिसोडमा काठमाडौं अडिसन प्रसारण गरिएको थियो, जसमा रोशनीले भाग लिएकी हुन् ।

    रोशनीले आफूले जीवनमा भोगिरहेको ‘पहिचानको संकट’ निवारणका लागि यो कार्यक्रममा आएको बताइन् । आफू सँधै दाजु पल शाहको छायाँमा परिरहेको अनुभुति उनले सुनाइन् ।
    रोशनीका अनुसार उनी ५-६ वर्षसम्म हिपले घिस्रेर हिँड्ने गर्थिन् । ६ वर्षको उमेरमा बल्ल हिँड्न सिकेकी हुन् ।

    उनले भावुक बन्दै भनिन्, ‘म यसलाई अर्को जुनी सम्झन्छु । म जन्मिने बेलामा बल्ल पोलियो आएको थियो रे । त्यतिबेला मैले मौका पाइनँ । म त्यो टाइममा अशक्त थिएँ । समाजले परिवारलाई कति कुरा सुनायो होला । तर मेरो परिवारले मलाई राम्रोसँग ट्रिट गर्योप । ६ वर्षको उमेरमा हिंड्न सकें ।’

    उनले थपिन्, ‘मेरो दाइ जुन संघर्ष गरेर यहाँ पुग्नुभएको छ । मैले पनि मेरो नाम राख्न म आफैं हिँड्नुपर्छ । त्यही भएर यहाँ आएको हुँ । यो फर्ममा कहीं पनि दाइ पल शाहको नाम छैन ।’

    रोशनीको हार नमान्ने स्वभाव र बाल्यकालीन संघर्षबाट प्रभावित भएर आफूले उनलाई रोडिजका लागि छनोट गरेको कार्यक्रमकी एक ग्याङ लिडर प्रियंकाले बताइन् । रोशनीले ग्याङ लिडरको रुपमा दीया मास्केलाई रोजिन् ।

    रोशनीलाई रोडिजमा फिजिकल एक्सरसाइज गर्न गाह्रो भएन । झुण्डिएको बाँसमा हिंड्नेदेखि लिफ्टअप गर्ने र काठमा चढ्ने टास्क उनले सजिलै पूरा गरिन् ।

    बलात्कारको आरोपमा पल शाह पक्राउ परेपछि रोशनी धेरैको नजरमा परेकी थिइन् । उनले दाजूलाई जेलबाट छुटाउन निकै संघर्ष गरिन् । जेलबाट पल छुटेपछि उनको छाया बनेर साथ दिइरहेकी थिइन् ।

     

     

  • शनिबारदेखि ‘आम्मा कसम याँ दुख्छ’को दोस्रो सिजन आउने

    शनिबारदेखि ‘आम्मा कसम याँ दुख्छ’को दोस्रो सिजन आउने

    काठमाडौं । नेपालको पहिलो कमेडी रोस्ट शो ‘आम्मा कसम याँ दुख्छ’को दोस्रो सिजन यही शनिबारबाट प्रसारण हुने भएको छ । काठमाडौंमा मंगलबार एक कार्यक्रमबीच शोको पहिलो भागको प्रोमो सार्वजनिक गरिएको हो । दोस्रो सिजनको पहिलो भागमा राजनीतिज्ञ केशव स्थापित गेस्ट रहेका छन् ।

    शो प्रत्येक शनिबार राति ८ः४५ बजे नेपाल नेटवर्क टेलिभिजन (एनएनटीभी) र ओएसआर रियालिटी युट्युब च्यानलमा प्रसारण हुनेछ । पहिलो सिजनको तुलनामा अझै राम्रो र केही परिमार्जन गरिएको टीमले जनाएको छ ।

    शोकी निर्देशक श्रद्धा प्रसाईंका अनुसार शोबाट दर्शकले यसपटक अझ बढी मनोरञ्जन लिन सक्नेछन् । उनी भन्छिन्, ‘हामीले यसपटक पहिलो सिजनको तुलनामा मेहनत पनि बढी गरेका छौं । शोमा कमेडियन प्रनेश गौतम भित्रिएका छन् ।’

    शोका होस्ट बिक्की अग्रवालले यसपटक शोमा आउने गेस्ट अझ विशेष भएको जानकारी गराए । उनले अहिलेसम्म पाँच वटा भागको छायांकन भइसकेको र आगामी छायांकनका लागि कलाकारदेखि राजनीतिज्ञसँग कुरा भइरहेको जानकारी दिए ।

    ‘हामीले अहिलेको सिजनमा गेस्टलाई पहिले नै यतिको ब्यंग्य गर्दैछौं अथवा कार्यक्रम छायांकन भइसकेपछि पनि उहाँहरुले कुनै दृश्य नराख्नु भन्नुभयो भने सम्पादन गर्ने भएका छौं’, उनले भने ।

    शोको गेस्ट म्यानेजमेन्टको काम गोपीकृष्ण चापागाईंले गरेका छन् । चापागाईंका अनुसार पहिलो सिजनभन्दा दोस्रो सिजनमा गेस्ट ल्याउन धेरै सहज भएको छ ।

    ‘पहिलो सिजनमा कस्तो हो भन्ने धेरैलाई थियो । पहिलो सिजनको पनि अन्तिम अन्तिममा धेरै गाह्रो थिएन । एकपटक बुझाएपछि गेस्ट आउन खोज्नुहुन्छ । किनकि हाम्रो शोको फर्म्याट नबुझेरमात्रै सुरुमा केही समय गाह्रो भएको हुनसक्छ’, चापागाईंले भने, ‘अहिलेको सिजनमा आउनुभएका गेस्ट निकै खुशी हुनुहुन्छ र छायांकन गर्न बाँकी भागका लागि पनि केही कलाकार तथा राजनीतिज्ञसँग कुरा भइसकेको छ ।’

    प्रोमो सार्वजनिक कार्यक्रममा एनएन टेलिभिजनका कार्यकारी निर्देशक श्याम धिताल, चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटा, चलचित्र पत्रकार डब्बु क्षेत्री, कि एडभर्टाइजमेन्टका प्रमुख रवीन्द्रकुमार रिजाल, कमेडी च्याम्पियन सिजन २ का विजेता भरतमणि पौडेल, कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारी लगायत उपस्थित थिए ।

    शोमा बिक्की अग्रवाल होस्टको रुपमा छन् भने वीना त्रिपाठी डिजे मायाको भूमिकामा देखिनेछिन् । यस्तै दोस्रो सिजनका लागि रिपोर्टर पिंकुको भूमिकामा प्रनेश गौतम भित्रिएका छन् । शोको लेखनको काम सुशान्त बस्याल र विकाश अर्यालले गरेका छन् । शोको स्टाइलिस सुदेशना महर्जन हुन् । शोको प्रोडक्सन म्यानेजरको काम तुसार लम्सालले गरेका छन् ।

  • अनु शाह र राजाराम पौडेल अभिनित नयाँ म्युजिक भिडियो ‘सल्के साइँला’ सार्वजनिक

    अनु शाह र राजाराम पौडेल अभिनित नयाँ म्युजिक भिडियो ‘सल्के साइँला’ सार्वजनिक

    काठमाडौं । गायिका एलिना चौहानको स्वरमा ‘सल्के साइँला’ सार्वजनिक भएको छ। सार्वजनिक म्युजिक भिडियोमा हाँस्य कलाकार राजाराम पौडेल फिर्चड छन।

    भिडियोमा पौडेललाई नायिका अनु शाहले साथ दिएकी छन्। रामहरि खड्काको शब्द रहेको गीतमा धिर बिक्रम सिंहले संगीत भरेका छन्।

    भिडिओलाई निर्देशक सियोन श्रेष्ठले निर्देशन गरेका छन्। निर्देशन सँगसँगै भिडिओमा कोरियोग्राफी पनि उनैले गरेका हुन्। सामान्यतया, नेपाली समाजमा घट्ने पारिवारिक समस्यालाई श्रेष्ठले पर्दामा उतारेका छन्।

    भिडिओमा अनु र राजारामले श्रीमान(श्रीमतीको भुमिका निभाएका छन्। श्रीमान परस्त्रीसङ्ग लाग्दा श्रीमतीले भोग्नुपरेको कष्टलाई भिडिओमा देखाइएको छ। राजाराम र अनुको छोरा(छोरीको भुमिकामा भने बालकलाकार आरोही शर्मा र गौरव शर्मा छन्।

    सोमबार आरआर स्टुडियो युट्उब च्यानलमार्फत सार्वजनिक भएको भिडिओलाई लक्ष्मण गुरुङले निर्माण गरेका हुन भने भिडिओमा चक्र बहादुर बरालको सिनेमाटोग्राफी रहेको छ।