Category: कलाप्रेस

  • चलचित्र ‘दान्भी’मा पूजा शर्माको एक्सन अवतार

    चलचित्र ‘दान्भी’मा पूजा शर्माको एक्सन अवतार

    काठमाडौं । नायिका पूजा शर्माको शीर्ष भूमिका रहेको फिल्म ‘दान्भी’को हाल धमाधम एक्सन दृश्यको छायांकन भइरहेको छ । काठमाडौंको नैकापमा सेट नै लगाएर यसको निर्माणपक्षले क्लाइमेक्सका दृश्यहरु खिचिरहेको छ ।

    जहाँ, नायिका पूजा शर्माको एक्सनको दृश्य खिचिएको निर्देशक रुपेश तामाङले जानकारी दिए । फिल्ममा श्री श्रेष्ठले एक्सन निर्देशन गरिरहेका छन् ।

    हरि लामा घलेको छायांकनमा तयार भैरहेको फिल्मका सह–निर्देशक नवराज शर्मा हुन् । फिल्ममा कथा रविना थापा मगरको छ भने पटकथा तथा संवाद संजोग रानाको छ । फिल्ममा अर्जुन पोखरेलेको संगीत, कविराज गहतराजको कोरियोग्राफी छ ।

    अनुप गदाल र देव मगरको लगानीमा तयार भैरहेको यो फिल्ममा कमला लिम्बु र गोकुल सुवेदी सह–निर्माताको रुपमा छन् ।

    फिल्म ‘दान्भी’को क्लाइमेक्समा सय जना फाइटर प्रयोग गरिएको निर्देशक तामाङले जानकारी दिए । उनले भने, ‘फिल्मको क्लाइमेक्सका लागि हामीले निकै मेहनत गरिरहेका छौ । दर्शकले साउथ र बलिउड फिल्ममा देख्दै आउनुभएको उच्च तहको एक्सन नेपाली फिल्ममा पनि अब देख्न पाउनुहुनेछ ।’

    फिल्मको क्लाइमेक्सका लागि ३ दिनदेखि काम गरिरहेकी नायिका पूजा शर्माले भनिन्–‘फिल्मको मेकरले एक्सनका लागि कुनै कसर बाँकी राख्नु भएको छैन । मैले पनि आफूले सकेको मिहिनेत गरिरहेको छु । आशा छ, दर्शकले नेपाली फिल्ममा एक्सनको नयाँ प्रयोग हेर्न पाउनुहुनेछ ।’ पूजाले एक्सनमा काम गर्न सजिलो नभएको समेत तर्क गरिन् ।

    फिल्म ‘दान्भी’को प्रदर्शन मिति तय गरिएको छैन । तर, यो फिल्म आम दर्शकका लागि प्रतिक्षित बनिसकेको छ । फिल्ममा पूजाको साथमा नायक कुन्साङ बोमजोमले अभिनय गरिरहेका छन् । फिल्मको क्लाइमेक्स र केही एक्सनको दृश्य खिचेर यसको निर्माणपक्ष बाँकी दृश्यका लागि दार्जिलिङ प्रस्थान गर्नेछ ।

     

  • विक्रमजंग शाहको नयाँ गीत ‘गलफ्रेन्ड छोडे मैले’ सार्वजनिक

    विक्रमजंग शाहको नयाँ गीत ‘गलफ्रेन्ड छोडे मैले’ सार्वजनिक

    काठमाडौं । लोकप्रिय गायक विक्रमजंग शाहको नयाँ गीत ‘गलफ्रेन्ड छोडे मैले’ सार्वजनिक भएको छ ।

    गीतमा गायक विक्रम जङ्ग शाह र गायिका टीका पुनको स्वर रहेको छ ।

    गीतमा यज्ञ विकको लय र शब्द रहेको छ । विनोद बाजुरालीको संगीत संयोजन रहेको गीत मालाश्री स्टुडियोमा रेकर्ड गरिएको हो ।

    उद्धार म्युजिकको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको गीतको म्युजिक भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका छन् ।

    गीतको भिडियोमा चर्चित नायक पल शाह, विजय पुन, विष्णु पुन र यानी पुनको अभिनय रहेको छ ।

    गीतको भिडियोमा प्रेमी र प्रेमिका बिचको माया प्रेमका बिच शंका, उपशंका र असमझदारीका कारण साथ छोडेपछिको स्वतन्त्रता दर्साइएको छ ।

    टिपिकल गीत गाउन अब्बल गायक शाहका यस अगाडी माइला, खोला खोल्सी, ज्यानलाई भो खतरा, टिलपिल तारा, मनमा तिमी लगायत थुप्रै गीतहरू चर्चित छन् ।

  • दीपा-विशालको टिमलाई बाहिरै राखेर ‘कमेडी क्लब’को दोस्रो सिजन सुरु, पहिलेभन्दा धेरै फितलो

    दीपा-विशालको टिमलाई बाहिरै राखेर ‘कमेडी क्लब’को दोस्रो सिजन सुरु, पहिलेभन्दा धेरै फितलो

    काठमाडौं । पछिल्लो समयको हिट रियालिटी शो ‘कमेडी क्लब विथ च्याम्पियन’ बन्द भएको एक महिनाभित्रै दोस्रो सिजन ल्याइएको छ ।कार्यक्रमको उत्पादक कि एड्भर्टाइजिङले पुरै नयाँ टिम बनाएर ‘कमेडी क्लब विथ च्याम्पियन २‍.०’ नाममा दोस्रो सिजनको प्रसारण थालेको हो ।

    यसअघि यो शो विशाल भण्डारी र उनको टिमले चलाउँदै आएका थिए । कार्यक्रमको अध्यक्षको भूमिकामा निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला थिइन् ।

    कार्यक्रममा सुमन कार्की, सजन श्रेष्ठ, म्याक्सम गौडेल, कैलाश कार्की, पवन भट्टराईजस्ता नयाँ पुस्ताका प्रतिभाशाली कमेडियनहरुको उपस्थिति थियो ।

    तर, दुई दिनअगाडि प्रसारित दोस्रो सिजनको पहिलो एपिसोडमा यी कलाकारहरू कोही पनि देखिएनन् । कि एड्भर्टाइिजङले रोशन सुबेदी, अजय रेग्मी, डोरेस खतिवडा, सुचीत्रा उप्रेति, अर्पण तामाङ लगायत नयाँ कमेडियनहरुको टिम बनाएको छ ।

    कार्यक्रम उद्घोषकमा लिजेन्ड्री हास्य कलाकार मदनकृष्ण श्रेष्ठका छोरा यमन श्रेष्ठ छन् भने अध्यक्षको आसनमा छन् हास्यकलाकार राजाराम पौडेल ।

    पहिलो एपिसोडले खासै दर्शकलाई प्रभावित गर्न सकेको छैन । अभिनेता राजेश हमाललाई अतिथि बनाइएको भए पनि कमेडियनहरुको प्रस्तुति फितलो देखियो ।

    पहिलेको ‘फ्लेभर’ यसमा भेटिएन । दीपाश्रीको हाँसोले कार्यक्रमलाई गुल्जार बनाउँथ्यो, तर राजाराम पौडेलले न हाँस्ने ठाउँ पाएका छन्, न आफैँले हँसाउन सकेका छन् ।

    किन बाहिरिए विशाल–दीपा ?

    विशालको थ्री प्रोडक्सन र की एड्भरटाइजिङबीच सम्झौता भएर कमेडी क्लब विथ च्याम्पियनको निर्माण भएको हो । थ्री प्रोडक्सनद्वारा उत्पादित कार्यक्रम कमेडी च्याम्पियनको पहिलो र दोस्रो सिजनका प्रतिस्पर्धीहरूको बलियो टिम बनाएर कि एड्भरटाइजिङको लगानीमा कार्यक्रमको उत्पादन गरिएको थियो ।

    थ्री प्रोडक्सन र कि एड्भरटाइजिङबीचको सम्झौताको अवधि असार मसान्तबाट गुज्रिएपछि कमेडी क्लब विथ च्याम्पियन बन्द भएको हो । दीपाको सम्झौता पनि असारसम्मकै लागि थियो । कि एड्भरटाइजिङले भने विशालसँग सम्झौता नवीकरण गरेर कार्यक्रमलाई निरन्तरता दिन चाहेको थियो । तर, विशालले केही महिना ब्रेक मागे । यसबीचमा उनी कमेडी च्याम्पियनको तेस्रो सिजन ल्याउने योजनामा थिए ।

    तर, कि एड्भरटाइजिङले नेपाल टेलिभिजनसँग वार्षिक सम्झौता गरेको हुनाले बीचमा ब्रेक लिन मिल्ने अवस्था नभएको कम्पनीका प्रमुख रविन्द्र रिजाल बताउँछन् ।

    ‘हामीले उहाँहरुलाई छोड्नुस् भनेका होइनौँ, उहाँहरू आफैँले छोडेकाले नयाँ टिम बनाएर निरन्तरता दिन बाध्य भएका हौँ । किनकि नेपाल टेलिभिजनसँग हामीले स्लटका लागि एक वर्षको सम्झौता गरिसकेका छौँ,’ रिजालले भने ।

    विशाल बाहिरिए पनि कलाकारहरू भने केही समयमा फर्किने उनको विश्वास छ । ‘अहिले कलाकारहरू सबै विभिन्न टुरमा व्यस्त भएका छन् । दुई-तीन महिनापछि फर्किने कुरा छ,’ उनले भने ।

    त्यसो त उनी नयाँ टिमप्रति पनि आशावादी छन् । सुरुमा दर्शकलाई अलिकति खल्लो लागे पनि बिस्तारै यो टिमले सफलता पाउने उनको विश्वास छ ।

    यसअघिकी अध्यक्ष दिपाश्री निरौला भने कि एड्भरटाइजिङले नयाँ सिजन ल्याउँदा सल्लाह नगरेको बताउँछिन् । ‘केही समय ब्रेक लिने कुरा भएको थियो । मैले पनि नयाँ सिजन युट्युबमा आएपछि मात्रै थाहा पाएँ,’ उनले भनिन् ।

    विशाल भण्डारी भने अहिले कमेडी च्याम्पियन तेस्रो सिजनको तयारी गरिरहेका छन् । उनले कमेडी क्लब विथ च्याम्पियनको कपिराइटलाई लिएर कुनै कानूनी उपचार खोज्छन् वा खोज्दैनन् भन्ने प्रष्ट भइसकेको छैन । कि एड्भरटाइजिङले भने सबै लगानी आफूहरूले गरेको हुँदा कपिराइटको प्रश्नै नउठ्ने बताएको छ ।

  • नेपालमा कसरी सेन्सर पास हुन्छन् यस्ता भारतीय फिल्म ?

    नेपालमा कसरी सेन्सर पास हुन्छन् यस्ता भारतीय फिल्म ?

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले गत असार ३ गते सामाजिक सञ्जालमा स्टाटस लेख्दै काठमाडौंमा आइन्दा कुनै पनि भारतीय फिल्म चल्न नदिने घोषणा गरे । तर, दुई महिनाअघि मात्रै उनले गरेको त्यो घोषणा अहिले एकादेशको कुरा बनिसकेको छ ।

    यतिबेला काठमाडौंका सिनेमाहलहरू भारतीय फिल्ममय छन् । गत शुक्रबारबाट तीनवटा बिग बजेटका भारतीय फिल्म (गदर २, जेलर र ओएमजी २) नेपाली हलहरूमा भित्रिए । यी तीन फिल्म आएपछि प्रदर्शकहरूले राम्रै अकुपेन्सी पाइरहेको नेपाली फिल्म ‘बगान’ को शो संख्या शून्यमा झारेका थिए ।

    नेपालमा विदेशी फिल्महरूको आयातलाई नियन्त्रण गर्ने कुनै कानून छैन । त्यसैले बालेनले फेसबुकमा लेखेको भरमा केही हुनेवाला थिएन । केही दिन उनको स्टाटसले काम गर्‍यो र दर्शकहरू हिन्दी फिल्म हेर्न स्वत:स्फुर्त रोकिए । तर, अहिले फेरि पुरानै अवस्थामा फर्किएको छ फिल्म बजार । अर्थात्, स्वदेशी फिल्मलाई पाखा र विदेशी फिल्मलाई काखा । बालेन पनि केही गर्न सक्ने अवस्थामा छैनन्, किनकी उनलाई अदालतको आदेशले बाँधेको छ ।

    तर, योभन्दा संवेदनशील मुद्दा अर्कै छ ।

    गत साता भित्रिएका तीन भारतीय फिल्ममध्ये सर्वाधिक चर्चित र हिट फिल्म हो ‘गदर २’ । तर प्रश्न उठ्छ, राष्ट्रियताको दृष्टिकोणले के यो फिल्म नेपालमा चलाउन लायक थियो ? भारतीय राष्ट्रवाद जगाउन खोजिएको र पाकिस्तानको भत्र्सना गरिएको फिल्म हो गदर-२ ।

    भारतीय चलचित्रलाई नेपालमा कुनै रोकावट नहोस् भन्नेमा भारत हदैसम्म संवेदनशील छ । त्यसमा पनि आफ्नो देशको राष्ट्रियता र संस्कृतिको प्रबर्द्धन गर्ने र पाकिस्तानको बदख्वाईं गर्ने चलचित्र रिलिज हुँदाका बखत नेपालस्थित भारतीय दूतावास विशेष चनाखो हुने गरेको स्रोत बताउँछ । सेन्सर बोर्डमा ती चलचित्रका एउटा पनि संवाद र दृष्य काट्न नदिन दूतावासका अधिकारीहरू सक्रिय हुने गर्छन् ।

    यो फिल्म नेपालमा सेन्सर बोर्डबाट जस्ताको तस्तै पास भएर हलहरुमा भिडका साथ प्रदर्शन भइरहेको छ । सन्नी देवलले ‘हिन्दूस्तान जिन्दावाद’ भन्दै घोक्रो फुलाउँदा नेपाली दर्शकहरू ताली पिटिरहेका छन् । ‘यदि भारतले तिमीहरूलाई फेरि फर्किन दियो भने आधा पाकिस्तान खाली हुन्छ’ भन्ने डाइलगमा नेपाली दर्शक सिटी फुकिरहेका हुन्छन् । उनीहरू को के दोष । दर्शक त आखिर चलचित्रको कथासँगै बगिरहेका न हुन्छन् । दोष त यस्ता फिल्म प्रदर्शन गर्न अनुमति दिनेको हो ।

    सेन्सर बोर्ड नै भर्तीकेन्द्र

    नेपालमा कुनै पनि स्वदेशी वा विदेशी फिल्म सेन्सर बोर्डबाट पास भएर मात्रै हलहरूमा प्रदर्शन हुन पाउँछन् । तर, नेपालको सेन्सर बोर्ड यति निकम्मा र विवेकहीन छ कि भारतीय राष्ट्रवाद प्रबर्द्धन गर्ने मात्र नभएर धार्मिक र साम्प्रदायीक विद्वैष र प्रपोगाण्डा फैलाउने मिसिनरी फिल्महरूलाई पनि कहिल्यै रोकेको इतिहास छैन । नरोक्ने मात्र होइन, यस्ता फिल्मका कुनै संवाद र दृष्यमा कैँची लगाउने हिम्मतसम्म सेन्सर बोर्डका सदस्यहरूले गर्दैनन् । फिल्ममा अश्लील दृष्य छन् कि छैनन् भनेर हेर्नेबाहेक उनीहरूको नजरले अरु केही पनि देख्दैन वा देख्न सक्दैन ।

    खासमा नेपालको सेन्सर बोर्डसँग कहिले पनि गतिलो जनशक्ति नै भएन । बोर्ड आफैँमा कार्यकर्ता भर्तीकेन्द्रजस्तो छ । यस्तो निकायमा फिल्मसम्बन्धी खरो विज्ञता भएका व्यक्ति चाहिने हो । तर, यहाँ त सञ्चारमन्त्रालय जुन पार्टीले सम्हालेको छ, त्यसैमा झुकाव राख्ने सिकारु चलचित्रकर्मीदेखि चलचित्रको ज्ञान नै नभएका राजनीतिक कार्यकर्तालाई नियुक्त गर्ने परिपाटी छ ।

    अहिले सेन्सर बोर्डको नेतृत्वमा छन् नेपाल सरकारका सहसचिव नेत्रप्रसाद सुवेदी । उनी चलचित्रसम्बन्धी विज्ञता भएका व्यक्ति होइनन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिवलाई सेन्सर बोर्डका अध्यक्ष बनाउने कानूनी व्यवस्था भएअनुसार उनले यो जिम्मेवारी पाएका हुन् । गत फागुन १८ गते सरकारले उनलाई बोर्ड अध्यक्षको नियुक्ती दिएको थियो ।

    रेखा शर्मा सञ्चारमन्त्री भएपछि बोर्ड दुई माओवादी कार्यकर्ता सरला पुन मगर र भुपेन्द्र खड्कालाई बोर्ड सदस्य बनाएकी छन् । खड्काले केही चलचित्र खेलेका पनि छन् । तर माओवादीको सांस्कृतिक समूहमा आवद्ध सरला पुनको भने चलचित्र सम्वन्ध ज्ञान जिरो थियो । अर्का सदस्य ऋषीराज आचार्यले केही चलचित्र निर्देशन गरेका छन् । तर, खासै कहलाएका होइनन् ।

    सेन्सर बोर्डमा चलचित्र विकास बोर्डको सदस्यमध्येबाट एक प्रतिनिधि (आलोपालो) रहन्छन् भने संस्कृति मन्त्रालय, गृह मन्त्रालय र अर्थमन्त्रालयका एक–एक उपसचिव सदस्य रहने व्यवस्था छ । उनीहरुसँग पनि चलचित्रको ज्ञान र विज्ञता न्यून हुन्छ ।

    भारतीय दबाब र प्रभाव

    नेपालमा भारतीय चलचित्रहरूले एकातर्फ भाषिक र सांस्कृतिक अतिक्रमण गर्दै आएका छन् भने अर्कोतर्फ ती चलचित्रसँग प्रतिस्पर्धा गर्न नसकेर नेपाली चलचित्र उद्योग दिनानुदिन धरासयी बनिरहेको छ । आखिर किन नेपालले भारतीय फिल्ममाथि आंशिक प्रतिवन्ध पनि लगाउन सक्दैन त ?

    यसको मुख्य कारण हो, यहाँका राजनीतिकर्मीमाथिको भारतीय दबाब र प्रभाव । जबजब नेपालमा भारतीय चलचित्र वा भारतीय टेलिभिजन च्यानलहरू रोक्ने कुरा उठ्छ, काठमाडौंस्थित भारतीय दूतावासका कान ठाडा भइहाल्छन् । भारतीय दूतावासबाट शुभलाभ (छात्रवृत्तिलगायत) प्राप्त गर्ने नेताहरु हरेक पार्टीभित्र छन् । तीनै नेताहरूलाई भारतले आफ्नो स्वार्थमा प्रयोग गर्छ ।

    उदाहरणका लागि, भारतीय नाकाबन्दीका बेला नेपालमा केबुल व्यवसायीले भारतीय टेलिभिजन च्यानलहरूको प्रसारण बन्द गरेका थिए । तत्कालीन सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले केबुल व्यवसायीहरूलाई पत्र पठाएर भारतीय च्यानल रोकेकोमा स्पष्टीकरण सोधे र खोल्न बाध्य पारे ।

    नेपालका लागि भारत र पाकिस्तान दुवै मित्रराष्ट्र हुन् । तर, यी दुई देशबीच आपसी सम्वन्ध राम्रो छैन । उनीहरू एक-अर्कालाई घोषितरूपमा नै सत्रुराष्ट्र मान्छन् । पाकिस्तानविरोधी उग्रराष्ट्रवादी भड्काव भारतीयहरूमा निकै चर्को छ । यसलाई नै भजाउनका लागि भारतमा वर्षेनी पाकिस्तानको विरोध र मुस्लिम धर्मको मानमर्दन गरिएका फिल्महरु वर्षेनी बन्ने गर्छन् । त्यस्तै फिल्मले पैसा पनि मनग्गे छाप्छन् ।

    भारतीय चलचित्रलाई नेपालमा कुनै रोकावट नहोस् भन्नेमा भारत हदैसम्म संवेदनशील छ । त्यसमा पनि आफ्नो देशको राष्ट्रियता र संस्कृतिको प्रबर्द्धन गर्ने र पाकिस्तानको बदख्वाईं गर्ने चलचित्र रिलिज हुँदाका बखत नेपालस्थित भारतीय दूतावास विशेष चनाखो हुने गरेको स्रोत बताउँछ । सेन्सर बोर्डमा ती चलचित्रका एउटा पनि संवाद र दृष्य काट्न नदिन दूतावासका अधिकारीहरू सक्रिय हुने गर्छन् ।

    विगतमा बोर्डमा काम गरेका एक चलचित्रकर्मी भन्छन्, ‘यस्ता फिल्म सेन्सर बोर्डमा आइनपुग्दै दूतावासबाट फोन आइसकेको हुन्छ । यदि बोर्डले कुनै पनि दृष्य वा संवादमा चासो देखायो भने ‘माथिबाट’ दबाब आइहाल्छ ।’

    स्रोतका अनुसार भारतीय दूतावासको दख्खल आफ्नो देशको फिल्ममा मात्रै सिमित हुँदैन । यदि कुनै पनि नेपाली फिल्ममा भारतको सन्दर्भ छ र थोरै मात्र पनि भारतप्रति आलोचनात्मक छ भने त्यसको सेन्सरमा पनि उनीहरुले चासो देखाउने गर्छन् । यसका भुक्तभोगी नबल खड्का हुन् । उनको पछिल्लो फिल्म ‘काँडेतार’ लाई भारतको विरोध गरिएको भन्दै सेन्सर पास नै गरिएन । जबकि नेपाललाई गलतरूपमा चित्रित गरिएका कयौं भारतीय फिल्महरु सरक्कै सेन्सर पास हुने गरेका छन् ।

    कसले किन ल्याउँछन् ?

    गत वैशाखमा मात्रै एउटा बलिउड फिल्म प्रदर्शनमा आएको थियो, द केरला स्टोरी । भारतमा समेत विवादित बनेको र विश्वव्यापीरूपमा मुस्लिमविरोधी भनेर भर्त्सना गरिएको यो फिल्म नेपालमा सरासर सेन्सर पास भयो । फिल्ममा मुस्लिम महिलाले लगाउने बुर्का जलाएको दृष्यसमेत सेन्सरले काट्न सकेन । यस्तै, मुस्लिम धर्मप्रति घृणा फैलाउने उद्देश्यले निर्माण गरिएको अर्को विवादित फिल्म ‘कास्मिर फाइल्स’ पनि नेपालमा निस्फिक्री प्रदर्शन भयो । जबकि भारतमै मुस्लिमहरूले यो चलचित्रको तीव्र विरोध गरेका थिए ।

    प्रश्न उठ्छ, यस्ता फिल्महरू आखिर नेपालमा ल्याउँछन् कसले ? यसमा सीमित व्यक्तिहरुकाे हालिमुहाली छन् । नामै लिनुपर्दा फिल्म वितरक निरक पौडेल, मनोज राठी, क्यूएफएक्सका मालिक भाष्कर ढुंगाना र चलचित्र संघका महासचिव नरेन्द्र महर्जन नेपालमा भारतीय फिल्मको प्रवर्द्धनमा सक्रिय प्रमुख व्यक्तिहरूका रूपमा चिनिन्छन् । फिल्म भनेको कमर्सियल वस्तु हो र यसमा कुनै पनि रोकावट गर्नुहुँदैन भन्ने तर्क उनीहरुकाे छ ।  फलानो भारतीय फिल्मले यति पैसा कमायो, यस्तो रेकर्ड बनायो भनेर विभिन्न मिडियामा प्रचार प्रसार गराउने काम पनि उनीहरुले नै गर्छन् ।

    गदर २ लाई मनोज राठीले ल्याएका हुन् । उनी फिल्मको कन्टेन्ट हेर्ने काम सेन्सर बोर्डको हुने भएकाले आफूहरुलाई दोष दिन नमिल्ने बताउँछन् ।

    ‘हाम्रो त व्यापार हो । कुन फिल्म कस्तो छ भनेर हामीले हेरेर ल्याउने पनि होइन । सेन्सर बोर्डले अनुमति दिएपछि चलाउने हो । नेपाल र नेपालीहरूमाथि आघात पुर्‍याउने फिल्म छ भने सेन्सरले रोकिहाल्छ,’ उनले भने ।

    खासमा नेपालको सेन्सर बोर्डसँग कहिले पनि गतिलो जनशक्ति नै भएन । बोर्ड आफैँमा कार्यकर्ता भर्तीकेन्द्रजस्तो छ । यस्तो निकायमा फिल्मसम्बन्धी खरो विज्ञता भएका व्यक्ति चाहिने हो । तर, यहाँ त सञ्चारमन्त्रालय जुन पार्टीले सम्हालेको छ, त्यसैमा झुकाव राख्ने सिकारु चलचित्रकर्मीदेखि चलचित्रको ज्ञान नै नभएका राजनीतिक कार्यकर्तालाई नियुक्त गर्ने परिपाटी छ ।

    राठीले ‘गदर २’ लाई पाकिस्तानविरोधी फिल्म भन्न नमिल्ने जिकिर गरे ।

    ‘मैले पनि फिल्म हेरेको छु, केही डाइलगहरू पाकिस्तानलाई होच्याउने खालको भए पनि समग्रमा पाकिस्तानविरोधि फिल्म हो जस्तो लाग्दैन,’ उनले भने ।

    खासमा यस्ता मिसिनरी फिल्महरू वितरकहरूले सस्तोमा पाउँछन् । दर्शक धेरै नआए पनि घाटा हुँदैन । दर्शक आए त मालामाल हुने भइहाले । यसरी फिल्मलाई केवल व्यापारको वस्तु मान्दा नेपालमा निरन्तर भाषिक-सांस्कृतिक अतिक्रमण भइरहेको छ एकातिर भने नेपालबाट वर्षेनी अरबौं रूपैयाँ भारततिर गइरहेको छ ।

    नेपालका लागि भारत र पाकिस्तान दुवै मित्रराष्ट्र हुन् । तर, यी दुई देशबीच आपसी सम्वन्ध राम्रो छैन । उनीहरू एक-अर्कालाई घोषितरूपमा नै सत्रुराष्ट्र मान्छन् । पाकिस्तानविरोधी उग्रराष्ट्रवादी भड्काव भारतीयहरूमा निकै चर्को छ । यसलाई नै भजाउनका लागि भारतमा वर्षेनी पाकिस्तानको विरोध र मुस्लिम धर्मको मानमर्दन गरिएका फिल्महरु वर्षेनी बन्ने गर्छन् । त्यस्तै फिल्मले पैसा पनि मनग्गे छाप्छन् ।

    नेपालमा भने न पाकिस्तानविरोधी भावना छ, न मुस्लिमविरोधी । हाम्रो लागि भारत र पाकिस्तान बराबर हुन् । हाम्रोमा हिन्दू-मुस्लिमबीच द्वन्द्व पनि छैन । यस्तोमा गदर, कस्मिर फाइल्स र केरला स्टोरीजस्ता द्वन्द्व भड्काउने फिल्महरू प्रदर्शन गर्न दिनु कुनै पनि हिसाबले जायज देखिँदैन ।

    सेन्सर बोर्ड अध्यक्ष भन्छन्- रोक्ने क्षमता राख्दैनौं

    गदर २ लाई सेन्सर पास गरिएको विषयमा सेन्सर बोर्डका अध्यक्ष नेत्रप्रसाद सुवेदीलाई हामीले सोध्दा उनले सरल जवाफ दिए ।

    ‘कुनै पनि भारतीय फिल्मले नेपालको सार्वभौमसत्तालाई आँच पुर्‍याएको छ भने हामी संवेदनशील हुन्छौं । होइन भने इन्डियाबाट पारित भएर आएकोलाई रोक्ने क्षमता हामी राख्दैनौं,’ उनले भने ।

    सुवेदीले गदर २ आफूसहित सेन्सर बोर्डका सबै सदस्यहरुले प्रत्येक सिन हेरेर पास गरेको उनले बताए । यो फिल्मलाई पाकिस्तानविरोधि भन्न नमिल्ने सुबेदीको जिकिर छ ।

    उनले थपे, ‘ट्रेलर हेर्दा पाकिस्तानविरोधिजस्तो लाग्न सक्छ, तर भित्र हेरिसकेपछि त्यस्तो देखिँदैन । रोक्नुपर्छ जस्तो लागेन । कतिपय सीन त इन्डियाबाटै काटिएर आएका छन् । हामीले काटिरहनै परेन ।’

    उनले भारतीय फिल्मको सेन्सर गर्दा कतैबाट दबाब नआउने पनि दाबी गरे ।

    ‘हामी स्वतन्त्ररूपमा हेर्छौं । दबाब आएको छैन,’ उनले भने ।

    स्वतन्त्ररूपमा हेर्न सक्ने भए यस्ता फिल्महरू किन रोक्नुहुन्न भन्ने प्रश्नमा सुवेदीको जवाफ छ, ‘हाम्रो मार्केट पनि हेर्नुस् न । दर्शक नआएर हलहरु खाली छन् । कम्तीमा यी फिल्म आएर हल भरिँदा इकोनोमीमा राम्रै हुन्छ नि ।’

  • रेखा थापाको ‘उपहार’ मा एनप्लस प्रोफेसनल

    रेखा थापाको ‘उपहार’ मा एनप्लस प्रोफेसनल

    काठमाडौं । रेखा थापाको ‘उपहार’ मा भारतको चर्चित ब्राण्ड नन्दीनी हर्बलको उत्पादन ‘एनप्लस प्रोफेसनल’ ब्युटी प्रोड्क्ट्सले सहकार्य गर्ने भएको छ ।

    सोमबार एनप्लस प्रोफेसनलका बजार व्यवस्थापक पदम शर्मा, प्रोड्क्ट्सकी ब्राण्ड एम्बासडर बिना श्रेष्ठ र रेखा थापाबिच सहकार्य गर्ने सम्झौता भएको हो । ‘त्यसो त एनप्लस प्रोफेसनल महिला–पुरुष दुबैले प्रयोग गर्न सक्छन् । यद्यपी, ब्युटी प्रोड्क्ट्स भएकाले नारीप्रधान चलचित्रमा नै सहकार्य गर्न पाउँदा एकदमै खुसी लागेको छ’, एनप्लस प्रोफेसनलकी ब्राण्ड एम्बासडर तथा संचारकर्मी बिना श्रेष्ठ बताउँछिन् ।

    रेखा फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको ‘उपहार’ लाई निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गर्दैछन् । चलचित्रले ३ महिला पात्रको कथा बोल्छ जसका लागी नायिकाहरु रेखा थापा, पूजा शर्मा र बेनिशा हमाल फाइनल भईसकेका छन् । नायकको रुपमा भने मुकुन भुषाल र ‘मिस्टर नेपाल’ समर्पण कार्कीले काम गर्दैछन् । एक जना नायक फाइनल गरेसँगै चलचित्रका मुख्य कलाकारहरुको लाइनअप पुरा हुनेछ ।

     

  • ‘जुलेबी’ प्रती आशावादी रहेका ‘होस्टेल रिटर्नस्’ डेब्यू अभिनेता सुशील सिटौला

    ‘जुलेबी’ प्रती आशावादी रहेका ‘होस्टेल रिटर्नस्’ डेब्यू अभिनेता सुशील सिटौला

    काठमाडौं। ‘होस्टेल रिटर्नस्’ डेब्यू अभिनेता सुशील सिटौला नयाँ चलचित्र लिएर पुन दर्शकमाझ आउँदैछन् । उनको अभिनय रहेको चलचित्र ‘जुलेबी’ यहीँ शुक्रबारबाट प्रदर्शनमा आउँदैछ ।

    चलचित्रको मुख्य भूमिकामा ७ पात्रहरु छन जहाँ सबैको आ-आफ्नै विगतको कथा देखाईएको छ। चलचित्रमा सबैको आ-आफ्नै चाहना छन् । रत्नपार्कबाट सबै पात्रहरु जोडिन्छन् भने चलचित्रको अधिकांश छायाँकन पनि रत्नपार्कमै गरिएको हो ।

    चलचित्रलाई लिएर निकै आशावादी छन् सुशील। चलचित्र हेरिरहँदा त्यहाँका पात्रलाई कतिपय दर्शकले आफ्नो जीवनसँग रिलेट गर्न सक्नेमा सुशील ढुक्क छन् । चलचित्रमा डोटीबाट काठमाडौं आएको ‘छमान’ नामक पात्रको भूमिकामा देखिएका छन् उनी । ‘रत्नपार्कमा भिडभाड देख्छौं। कसैले कसैलाई चिन्दैनौं। त्यही रत्नपार्क हुँदै ओहोरदोहोर गर्ने, बागबजारमा काम गर्ने केटा हो जसले आफ्नै फरक कथा बोकेर आएको छ’ सुशील चलचित्रमा आफ्नो भूमिकाबारे प्रष्टयाउँछन् । ‘यो एउटा आशालाग्दो कथा हो । मायाको कथा हो । तृष्णाको कथा हो’ सुशील चलचित्रबारे आशावादी हुँदै सुनाउँछन् ‘बिल्कुलै नयाँ कथामा अग्र्यानिक खालको चलचित्र बनेको छ । दर्शकले रुचाउने विस्वस्त छु ।’

    चलचित्रलाई निर्देशक गणेशदेव पाण्डेले निर्देशन गरेका हुन्। सुशीलले गणेशदेवको यसअघिको चलचित्र ‘गाँजाबाजा’मा पनि काम गरिसकेका छन । यसअघि सुशीललाई अफर आएका चलचित्रहरुमा आफ्नो क्यारेक्टर सबै उस्तै -उस्तै भएकाले उनले ती चलचित्र छाडेका थिए। यो चलचित्रमा भने फरकपना पाएकाले आफू जोडिएको उनको दाबी छ। ‘उहाँले चलचित्रबारे कुरा गर्न बोलाउनुभयो। जब मेरो क्यारेक्टरबारे सुने, बिल्कुलै फरक लाग्यो। मनमा किन नगर्ने ? भन्ने भयो। अनि चलचित्र गर्न राजी भए, उनी भन्छन् ‘नेपाली फिल्ममा मलाई अहिलेसम्म नदेख्नुभएको क्यारेक्टर यसमा देख्नुहुनेछ।’

    यस चलचित्रको छायांकन भने भिन्न तरिकाले गरिएको छ। रत्नपार्कमा उपस्थित मानिसहरुले सुटिङ भैरहेको खासै पत्तो पाएनन् । कलाकारहरु निश्चिल ठाउँमा गएर उभिन्थे अनि निर्माण टिमको एकजनाले साइडबाट एक्सन भनेर क्रस हुन्थे । टाढाबाट क्यामेराले खिचिरहेको हुन्थ्यो ।

    छायांकनको भिन्न तरिकाले भए पनि काम गर्दाका अनुभव भने रोचक रहेको सुशिल बताउँछन् । ‘जुलेबी’मा सुशीलका अलावा सुरक्षा पन्त, उषा रजक, नीशा अधिकारी, पुश्कर कार्की, तुफान थापा, मोनिका थापा लगायतको अभिनय छ । सबै कलाकारहरुले चलचित्रमा राम्रो अभिनय गरेको सुशील बताउँछन् ।

    उनले भने ‘चलचित्रको टिजर र ट्रेलरलाई लिएर दर्शकहरुबाट सकारात्मक प्रतिक्रिया मिलिरहेको छ। नयाँ स्वादको चलचित्र आएको भन्दै दर्शकले रुचि देखाएका छन्। अब व्यापार कस्तो गर्ने हो ? त्यसका लागि भने केही दिन कुर्नुपर्ने छ,’ उनी थप्छन् ,‘मुख्य भनेको दर्शक हो । चलचित्र उहाँहरुलाई मन पर्नुपर्यो । कतिपय चलचित्रले सुरुवाती दिनमा राम्रो नगर्न पनि सक्छन। प्रदर्शनमा आइसकेपछि माउथ पब्लिसिटीका कारण चलचित्र राम्रो चल्न नि सक्छ। ‘जुलेबी’को सन्दर्भमा पनि राम्रो हुने भाइब्स आइरहेको छ।’आभा नेपाल निर्माता रहेको यो चलचित्रलाई विवेक खड्काले छायांकन र अञ्जय खड्काले सम्पादन गरेका हुन् ।

  • ‘घर ज्वाईं’ बस्दै दयाहाङ, मिरुनाको चल्ने छ खटनपटन

    ‘घर ज्वाईं’ बस्दै दयाहाङ, मिरुनाको चल्ने छ खटनपटन

    काठमाडौं। चर्चित जोडी दयाहाङ राई र मिरुना मगरलाई दर्शकले फेरी एकपटक पर्दामा सँगै हेर्न पाउने भएका छन् । उनीहरु अनिल बुढा मगरको निर्देशनमा बन्ने नयाँ फिल्म ‘घर ज्वाईं’ मा अनुबन्धित भएका हुन् ।

    ‘जारी’ को अपार सफलतापछि दयाहाङ र मिरुनालाई लिएर फिल्म बनाउन चाहने निर्माताको ताँती लागेको छ । मगर संस्कृतिको नजिक रहेर निर्माण गरिने ‘घर ज्वाईं’ को निर्माता जनक घर्ती मगर हुन् । माघ दोश्रो साताबाट छायांकन सुरु हुने फिल्ममा बुद्धि तामाङ, शिसिर वाङ्देल, पुस्कर गुरुङ, राज थापा काउचालगायतका कलाकारको समेत अभिनय रहने छ ।

    ‘घर ज्वाईं’ मा दयाहाङ केही समयअघि नै अनुबन्धित भइसकेका थिए । मिरुनासँग भने यसै साता ‘साइन’ भएको हो । पूर्वी रुकुमका विभिन्न स्थानमा छायांकन गरिने फिल्मका प्राबिधिक र अन्य कलाकारको चयन केही समयपछि गरिने जानकारी निर्माता जनकले दिएका छन् ।

    जिएम मुभी प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्मको कथा निर्देशक मगर स्वयंको हो भने पटकथा र सम्वाद लेखनमा उनलाई सुवास कोइराला र बिनोद खतिवडाले साथ दिएका छन् । फिल्मलाई अहिलेको चर्चित बितरण कम्पनी आर.आर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले देशब्यापीरुपमा वितरण गर्ने पक्का भइसकेको छ ।

  • भदौ १४ मा रिलिज हुने चलचित्र ‘गणपति’ को ट्रेलर सार्वजनिक (भिडिओ)

    भदौ १४ मा रिलिज हुने चलचित्र ‘गणपति’ को ट्रेलर सार्वजनिक (भिडिओ)

    काठमाडौं । चलचित्र ‘गणपति’ को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार ओएसआर डिजिटलबाट चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ३ मिनेट लामो ट्रेलरले दर्शकमाझ थप कौतुहल जगाएको छ ।

    सबिन अधिकारीको लेखन र निर्देशनमा बनेको फिल्मको ट्रेलरमा निसन्तान दम्पतिलाई भगवान गणेशजस्तो स्वरुपको पुत्र लाभ भएपछि आइपर्ने विविध परिस्थितिलाई प्रस्तुत गरिएको छ ।

    कमेडी र सेन्टिमेन्टको समिश्रण रहेको फिल्ममा मुुकुन भुसाल,मेनुका प्रधान, राजाराम पौडेल, सूर्यमाला खनाल, स्व.जयनन्द लामा, सुशील पोखरेल, प्रकाश घिमीरे, पुस्कर गुरुङ, अंशु मानन्धर, कविता न्यौपाने, देवेन्द्र बब्लु, कालु रानाका साथमा अथिति भूमिकामा अभिनेत्री बर्षा शिवाकोटीले अभिनय गरेकी छिन् ।

    रोनाल्ड श्रेष्ठ क्रिएटिभ हेड रहेको फिल्मको ट्रेलरमा प्रमुख सबै कलाकारलाई समेटिएको छ ।

    रिजाल एण्ड रिजाल प्रोडक्शनको ब्यानरमा रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्मको निर्मातामा लक्ष्मण रिजाल,कार्यकारी निर्मातामा बिज्ञान केसी र अर्बिन्द्र गिरी र सहनिर्मातामा चर्चित फिल्म एडिटर बनिष शाह छन् । हरिबहादुर घलेले खिचेको फिल्मका गीतमा अनिश अधिकारी, शंकर अधिकारी घायल, देबेन्द्र बब्बु, बाबुल गिरी र सबिन अधिकारीको शब्द अनि अनिश अधिकारीको संगीत छ ।

    बिपीन मल्लले सम्पादन गरेको फिल्मको कोरियोग्राफर कविराज गहतराज हुन् । तनहुँ जिल्लाको बिभिन्न स्थानमा खिचिएको फिल्मको बितरण श्रीराम बालाजी फिल्मस् र एफडिले गर्दैछ ।

    चलचित्र यही भदौ १४ बाट देशभर एकसाथ लाग्ने भएको छ ।

     

  • सामाजिक कथावस्तुमा आधारित टेलिसिरिज ‘हामी जे देख्छौं’ आजदेखि प्रसारण

    सामाजिक कथावस्तुमा आधारित टेलिसिरिज ‘हामी जे देख्छौं’ आजदेखि प्रसारण

    काठमाडौं । सामाजिक कथावस्तुमा आधारित टेलिसिरिज ‘हामी जे देख्छौं’ आज (मंगलबार)देखि प्रसारण हुने भएको छ ।

    टेलिसिरिज आज राति ९ बजेदेखि ९:३० बजेसम्म हिमालय टिभीमा प्रसारण हुनेछ ।

    अर्पण ढुंगानाको कथा तथा निर्देशनमा बनेको टेलिसिरिजको पहिलो भागमा मदिराको दादागिरीमा केन्द्रित भएर देखाइने छ ।

    त्रिलोचन मिडियाद्वारा निर्मित टेलिसिरिजमा ६ वटा एपिसोडमा प्रसारण हुने छन् । ६ वटा सिरिजमा मदिरा, लागुऔषध, यौन हिंसाले समाजमा पार्ने प्रभावलाई चित्रण गर्ने निर्देशक ढुंगानाले बताएका छन् ।

  • युट्युबर एल्भिस यादव बने बिग बोस ओटीटी-२ को विजेता

    युट्युबर एल्भिस यादव बने बिग बोस ओटीटी-२ को विजेता

    मुम्बई । बिग बोस ओटीटी २ को विजेता घोषणा गरिएको छ।

    एल्भिस यादवले दोस्रो सिजनको ट्रफी हात पारेका छन् । उनी यस सिजनको विजेता बन्ने अनुमान पहिल्यैदेखि भइरहेको थियो । सुरुदेखि नै उनी निकै बलियो प्रतियोगी मानिएका थिए । साथै, अभिषेक मल्हान उपविजेता थिए ।

    जितपछि एल्भिस यादवले २५ लाख रुपैयाँ पनि पाएका छन् ।

  • ‘छड्के-२’ले पानी भन्न पाएन, अनमोलले पाए ‘वर्ष स्टार’ को अवार्ड

    ‘छड्के-२’ले पानी भन्न पाएन, अनमोलले पाए ‘वर्ष स्टार’ को अवार्ड

    काठमाडौं । शनिबार नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड, गोल्डेन स्टेट मुभी मेकर र ८८४८ मिडिया हाउस एलएलसीले संयुक्त रूपमा आयोजना गरेको ग्लोबल नेपाली फिल्म अवार्डको छैटौं संस्करण अमेरिकाको सहर न्युयोर्कमा सम्पन्न भयो ।

    स्थानीय क्वीन्सको मेलरोज बलरुममा सम्पन्न अवार्डमा फिल्म र फिल्मकर्मीको बाक्लै उपस्थिति थियो । उपस्थिति अनुसारकै बाक्लै पुरस्कार तथा अवार्ड पनि प्रदान गरियो ।

    समारोहमा सर्वोत्कृष्ट निर्देशक, वर्ष अभिनेता तथा अभिनेत्री, लाइफटाइम अचिभमेन्ट अवार्ड, फिल्म अचिभमेन्ट अवार्ड, सर्वश्रेष्ठ नृत्य निर्देशक, वर्ष गायिका प्रोत्साहन पुरस्कार लगायतका थुप्रै विधामा अवार्ड तथा पुरस्कार वितरण गरिएको थियो ।

    कृष्ण मल्ल, रविन्द्र खड्का, शर्मिला मल्ल, नारायण प्रधान र दुर्गा बिसुराल जुरी रहेको समारोहमा सहभागी हुन चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, कलाकारहरु जिया केसी, सरोज खनाल, शिव श्रेष्ठ, निखिल उप्रेती, आयुष्मान देशराज जोशी, लगायतका अन्य थुप्रै कलाकारहरु पुगेका थिए ।

    समारोहमा ‘वर्ष २०२३ सालको स्टार’को उपाधि नायक अनमोल केसीले हात पारे भने नायिका स्वस्तिमा खड्का वर्ष नायिका घोषित भइन् । अनमोल अवार्डका लागि न्यूयोर्क पुगेका थिए भने स्वस्तिमा उपस्थित थिइनन् ।

    चलचित्र क्षेत्रमा चर्चा गरिन्छ कि अनमोल त्यो अवार्ड समारोहमा मात्र जान्छन्, जहाँ उनले अवार्ड जित्ने निश्चित हुन्छ । अन्यथा उनी फिल्मी कार्यक्रमहरुमा प्राय पुग्दैनन् ।

    त्यसैले उनी अमेरिका जाने भएपछि अवार्ड लिएर आउँछन् भन्ने पक्कापक्की जस्तै थियो । भयो पनि त्यही । तर, अनमोललाई कुन चलचित्रबाट वर्ष स्टारको अवार्ड दिइयो भन्ने प्रश्न उठेको छ । जबकी उनले सन् २०२३ मा खेलेको एक मात्र चलचित्र ‘छड्के २.०’ सुपरफ्लप भएको थियो ।

    ८ वर्षअघि प्रदर्शनमा आएको चलचित्र ‘छड्के’ को सिक्वेलमा रुपमा छड्के २ आएको थियो । पहिलो सिक्वेलमा ३ जना अभिनयका उस्तादहरू सौगात मल्ल, दयाहाङ राई र विपिन कार्की थिए । प्रस्तुतिका हिसाबले बुलन्द हुँदाहुँदै पनि व्यवसायीक रूपमा भने छड्के असफल भएको थियो । निर्देशक निगम श्रेष्ठले ‘छड्के २’ पूर्णमा अनमोललाई सुम्पिएका थिए ।

    अनमोलमाथि नै भर गरेर वितरक सुनील मानन्धरले डेढ करोड रूपैयाँमा यस चलचित्रको प्रदर्शन अधिकारसमेत खरिद गरे । अनमोलको स्टारडमले नै दर्शक हलमा खचाखच हुने धेरैको अनुमान थियो । तर अन्तमा ३ करोड लागतमा निर्माण भएको चलचित्रले बक्स अफिसमा पानी पनि भन्न पाएन ।

    यसरी एउटै चलचित्र पनि फ्लप दिएका अनमोलले के आधारमा वर्षका स्टारको अर्वाड पाए त ? यो प्रश्नको जवाफ आयोजकले देलान् त ?

  • राजनीतिक पृष्ठभूमिमा आधारित चलचित्र ‘ऐंचो पैंचो’को ट्रेलर सार्वजनिक (भिडिओ)

    राजनीतिक पृष्ठभूमिमा आधारित चलचित्र ‘ऐंचो पैंचो’को ट्रेलर सार्वजनिक (भिडिओ)

    काठमाडौं । आगामी भदो १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘ऐंचो पैंचो’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो ।

    सिनेमाको ट्रेलर रिलिज कार्यक्रममा नेकपा एसका नेता एवंम् पूर्व पर्यटन तथा संस्कृतिमन्त्री प्रेम बहादुर आले प्रमुख अतिथिको रुपमा उपस्थित भएका थिए । उनले पछिल्लो समय नेपालमा चलिरहेको राजनीतिक अस्थिरतालाई सिनेमाले उठान गरेकाले आफ्नो मन छोएको बताए । सिनेमाको सार्वजनिक ट्रेलर हेर्दा ‘ऐंचो पैंचो’ उत्कृष्ट बनेको महसुस गरेको बताए ।

    नेपालमा यस्तो बिषय वस्तुमा अझै धेरै सिनेमा निर्माण हुन जरुरी भएको भन्दै सिनेमा निर्माण अगाडी सिनेमाको कथामा आफूलाई पनि समावेश गरेको भएको थुप्रै नयाँ कुरा सिनेमामा आउन सक्ने बताए । तरपनि सिनेमामा जति आएका छन् यी कुरा मात्रै पनि दर्शकलाई हलसम्म ल्याउन पर्याप्त भएको उनको भनाई छ । उनले भदौ १४ गते आफू परिवारसहित हलमा गएर सिनेमा हेर्न पनि घोषणा गरे ।

    सिनेमाको ट्रेलर हेर्दा राजनितिले देश र समाजमा पाएको प्रभावलाई नजिक बाट देखाउने प्रयास गरेको बुझ्न सकिन्छ । सिनेमाको सार्वजनिक २ मिनेट ३० सेकेण्ड लामो ट्रेलरमा प्राय सवै कलाकारलाई स्थान दिएको छ ।

    सिनेमाका केही संवादले दर्शकको ध्यान खिच्न सक्ने देखिन्छ । सिनेमाका यसअघि सार्वजनिक टिजर र गीतले दर्शकको राम्रो साथ पाएकाले पनि ट्रेलरले अझै धेरै दर्शकलाई हलसम्म तान्ने विश्वास निर्देशक कृषा चौलागाईको छ ।

    पूर्वी नेपालमा रमणीय स्थानमा खिएको सिनेमामा स्वस्तिमा खड्का, मुकुन भुषाल, वर्षा राउत, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ । सिनेमाको बिहीबार सार्वजनिक गीतमा एलेक्स बिक पारस विशेष भुमिका देखिएका छन् ।

    भिडिओ

    केपी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा प्रितम लामिछाने र आध्या लामिछाने निर्माता र विशाल चौलागाई सह–निर्माताको रुपमा रहेका छन् ।

    सिनेमामा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पाश्र्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी (प्रनव) प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

     

  • गर्भावस्था र बच्चा जन्मेपछि श्रीमान्‌सँगको शारीरिक सम्बन्धबारे अनुभव साट्दै प्रियंका र रेनशा

    गर्भावस्था र बच्चा जन्मेपछि श्रीमान्‌सँगको शारीरिक सम्बन्धबारे अनुभव साट्दै प्रियंका र रेनशा

    काठमाडौं । अभिनेत्री प्रियंका कार्की आधुनिकता र खुलापनका लागि चिनिन्छिन् । उनी आफ्ना नितान्त निजी जीवनका कुराहरू पनि मिडियामा छरपस्ट पार्न हिच्किचाउँदिनन् ।

    दुई वर्षअघि आमा बनेकी प्रियंका अहिले चलचित्रमा खासै डिमान्डेड छैनन् । उनी म्युजिक भिडिओ खेलेर आफूलाई व्यस्त राखिरहेकी छन् । त्यसबाहेक युट्यूवमा एउटा पोडकास्ट आफैं चलाउँछिन् र विभिन्न सेलिब्रिटीहरु ल्याएर उनीहरूका अन्तरंग कुरा गर्छिन् ।

    प्रियंकाले महिलाको गर्भावस्थामाथि केन्द्रित रहेर ‘द फोर्थ ट्राइमेस्टर’ नाम पोडकास्ट चलाइरहेकी छन् । उनको पोडकास्टमा पछिल्लो अतिथि बनेर आएकी छन्, निर्देशक रेनशा बान्तवा राई । यो एपिसोड भर्खरै अपलोड भएको छ, जसमा उनीहरुले निकै खुलेर अन्तरंग कुराकानी गरेका छन् ।

    प्रियंकाले रेनेशासँग एकदमै व्यक्तिगत प्रश्न सोधेकी छन् । यस क्रममा आफ्नो प्राइभेट कुराहरू पनि उनले निसंकोच सेयर गरिन् ।

    प्रियंकाले रेनेशालाई सोध्छिन्, ‘बच्चा पाएको कति समयपछि श्रीमानसँग शारीरिक सम्बन्ध भयो ?’

    प्रश्न रेनेशाका लागि अनपेक्षित थियो सायद ।

    ‘भन्नैपर्ने ?’ उनी अन्कनाएर सोध्छिन् ।

    प्रियंका भन्छिन्, ‘या.. अफ कोर्स ।’

    त्यसपछि रेनेशाको जवाफ आउनु अगाडि नै प्रियंका आफ्नै अनुभव सुनाउँछिन् ।

    ‘फर मि…. आइ थिंक.. (केहीबेर सोच्दै) … इट टुक मि फोर मन्थ ।’

    रेनेशा (छक्क पर्दै) : ‘फोर मन्थ ?’

    प्रियंका (औंला भाँच्दै) : सेप्टेम्बर, अक्टोबर, नोभेम्बर, डिसेम्बर… एस… (हाँस्दै) वि हेड सेक्स इन डिसेम्बर… आफ्टर आयन्का वाज बर्न । तिमीलाई कति समय लाग्यो ?’

    रेनशा (लजाउँदै) : हाम्रो ४ महिना त लागेन ….यो त धेरै लामो भयो नि ? कि कसो हो ?’

    प्रियंकाले आफू गर्भावस्थाका विभिन्न जटिलताबाट बाहिर आउन ४ महिना लागेको बताइन् ।

    अनि फेरि दोहोर्‍याएर सोध्छिन्, ‘तिमीलाई कति समय लाग्यो ? तीन दिन ? हाहाहा…’

    रेनेशा (हाँस्दै) : आइ डन्ट नो । ठ्याक्कै त थाहा भएन । तर, अलि चाँडै नै हुनुपर्छ । त्यस्तो ४ महिना त लागेन ।

    प्रियंकाः कति चाँडै ?

    रेनेशाः खोइ, ठ्याक्कै याद भएन । पहिल्यै ९ महिना ‘अफ’ मा भइन्छ । (हाँस्दै) ।

    प्रियंकाः नाइन मन्थमा यु गाइज डिडन्ट ? (नौ महिनामा तिमीहरुले केही गरेनौ ?)

    रेनेशा : मलाई त सम्झना छैन । बिर्सेँ ।

    प्रियंका : कुनै पनि डाक्टरले प्रिग्नेन्सीको टाइममा पार्टनरसँग इन्टिमेन्ट हुनु हुँदैन भन्दैन । तर, सतर्क चाहीँ हुनुपर्छ । तपाईंले वाइल्ड हुनु हुँदैन र अरु बेलाजस्तो धेरै एक्सपेरीमेन्ट गर्नु हुँदैन । प्रिग्नेन्सीको बेला सावधान हुनुपर्छ ।

    हामीले त प्रिग्नेन्सीमा पनि शारीरिक सम्बन्ध कायम राख्यौं । तर, प्रिग्नेन्सीपछि चाहीँ चार महिनामा मात्रै पहिलोपटक भयो ।

    प्रियंकाले बाबुआमा बन्ने क्रममा श्रीमान्-श्रीमतीबीचको शारीरिक निकटता कम हुनु नहुनेमा जोड दिएकी छन् ।

    उनी भन्छिन्, ‘श्रीमान् र श्रीमतीबीचको बोन्ड र कनेक्सन चाहीँ प्रिग्नेन्सीको बेला पनि कम हुनु हुँदैन । मैले धेरै उदाहरण देखेको छु । नगर्दा… नगर्दा… तपाईं त्यस्तै लाइफमा बानी पर्नुहुन्छ र आ… होस् ठीकै छ त भनेजस्तो हुन्छ । यस्तो हुनु हुँदैन ।

    कुराकानीको क्रममा रेनशा पनि खुल्दै गएकी छन् ।

    ‘पहिलो केही महिना त सुरक्षित पनि हुँदैन । त्यसपछि विस्तारै आफैं आवश्यकता महसुस भइहाल्छ । इमान्दारितापूर्वक भन्दा… भन्न हुने हो कि नहुने हो… तर केटी मान्छेलाई झन् बढी आवश्यकता हुँदोरहेछ,’ रेनेशा भन्छिन् ।

    प्रियंका जोसिदै थप्छिन्, ‘हो… झन् बढी चाहिन्छ । (जिउ कक्रक्क पार्दै) मलाई पनि यस्तो अनुभव भएको थियो ।’

    रेनशाः शारीरिक सम्बन्ध भयो भने तपार्इंले आफू अझै आकर्षक छु र मेरो श्रीमान् अझै पनि आफूप्रति आकर्षित हुन्छ भन्ने महसुस गर्न सक्नुहुन्छ । यो निकै महत्वपूर्ण छ ।

    प्रियंकाः हो, एकदम सही । (आफ्नै वक्षस्थलतिर हेर्दै) माइ बु… आर बेटर देन विफोर ।

    ‘सो लेडिज, तपाईंहरुले आफैं पहल गर्नुपर्छ है, धेरै लामो नपर्खिनुस् । आफूलाई मेन्टेन गर्नुस र गेट इट गोइङ अल द टाइम,’ उनी आमाहरूलाई सुझाव दिन्छिन् ।

    रेनशा गत वर्षको भदौमा आमा बनेकी हुन् । उनले जुम्ल्याहा सन्तानलाई जन्म दिएकी छन् ।

  • चलचित्र ‘जय हो’का कलाकार जेभियर इन्टरनेशनल कलेजमा (तस्बिरहरु / भिडिओ)

    चलचित्र ‘जय हो’का कलाकार जेभियर इन्टरनेशनल कलेजमा (तस्बिरहरु / भिडिओ)

    काठमाडौं । आगामी भदौ ८ मा देशैभर प्रसारण हुन लागेको चलचित्र ‘जय हो’ को प्रचारप्रसारका लागि कलाकारहरु कालोपुलस्थित जेभियर इन्टरनेशनल कलेजमा पुगेका छन् ।

    कलाकारहरु केकी अधिकारी, सलोन बस्नेत र सोभित बस्नेतलगायतको टोली कलेज पुगेका हुन् ।

    कलाकारहरुले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको पहिलो दिनको अवसरमा नयाँ शैक्षिक यात्राको शुभकामना समेत दिएका थिए ।

    ‘जय हो’को टीमले आफ्नो चलचित्रको प्रचारमा देशैभरी लागिरहेको बेला सर्वोत्कृष्ट विद्यार्थीहर्को केन्द्रको रुपमा रहेको जेभियरमा पुगेको हो ।

    यसवर्ष जेभियर इन्टरनेशनल कलेज स्थापनापछिकै सबैभन्दा बढी १५ सय विद्यार्थी कक्षा ११ मा भर्ना समेत भएका छन् । तीमध्ये ७ जना जीपीए ४ ल्याउने सर्वोत्कृष्ट विद्यार्थीसमेत छन् ।

    जेभियरले इतिहासकै सबैभन्दा बढी विद्यार्थी भर्ना भएको वर्षको रुपमा लिएर नयाँ ढंगले विद्यार्थीमा अभिमुखीकरण समेत गरिसकेको छ ।

    यसअघि पनि जेभियरले नयाँ विद्यार्थीलाई मनोरञ्जन दिने हेतुले सांस्कृतिक तथा रचनात्मक कार्यक्रमहरू समेत गरिरहेको छ ।

     

     

  • रियालिटी शो ‘दोहोरी आइकन’को फिजिकल अडिसन सुरु

    रियालिटी शो ‘दोहोरी आइकन’को फिजिकल अडिसन सुरु

    काठमाडौँ। रियालिटी शो ‘दोहोरी आइकन’को फिजिकल अडिसन सुरु हुने भएको छ।

    शो यहीँ श्रावण ३० गते अर्थात् भोली मङ्गलवार देखि चाबहिलस्थित पहेँलो पुलमा रहेको एजे स्टुडियोबाट अडिसन सुरु हुने भएको हो।

    प्रतिस्पर्धामा पहिलो हुनेलाई २५ लाख रुपैयाँ पुरस्कार र वर्ल्ड टुरको व्यवस्था गरिएको छ। शोमा कोमल वली, पशुपति शर्मा र कुलेन्द्र विश्वकर्मा निर्णायकको रूपमा रहने छन्। शोको होस्टका रूपमा भने पीएन सापकोटा र शोभा त्रिपाठी देखिने भएका छन् ।

    ‘एजे इन्टरटेनमेन्ट ‘दोहोरी आइकन’को आयोजक हो। एजेको अनुसार शोको प्रसारण केही महिनापछि सुरु हुनेछ ।

  • क्यानडामा ‘वानर सेना’ को विशेष शाे आयोजना हुने

    क्यानडामा ‘वानर सेना’ को विशेष शाे आयोजना हुने

    काठमाडौं । आगामी असोज २६ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘वानर सेना’को क्यानडामा विशेष शो आयोजना गरिने भएको छ ।

    निर्माता युवराज गिरीले दिएको जानकारी अनुसार अगष्ट १९ र २० तारिखमा शोको आयोजना हुनेछ । उनले सिनेमाको सम्पूर्ण टिकट अहिले नै बिक्री भैसकेको जानकारी समेत दिएका छन् ।

    क्यानडाको विनिपेग फिल्म ग्रुप थिएटरमा सिनेमाको विशेष शोको आयोजना हुनेछ । गिरी ग्राण्ड फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमामा निर्देशक अर्पण गिरी (अरमान जंग), आरजु प्रसाई, किशोर खतिवडा, सुरवीर पण्डीत, अर्जुन गुरुङ, किशन बाबु बस्नेत, राजन निरौला, सुनिता श्रेष्ठ, सुरेश साहु, कमला बिष्ट, रमेश सोडारी, युवराज गिरी, राहुल यादव, ज्ञानेन्द्र थापा, बिशाल बराल, बालकलाकार मास्टर अमित पौडेल र विशेष भूमिकामा कामेश्वर चौरासिया र तेजस्वी बास्कोटाले अभिनय गरेका छन् ।

    सिनेमामा विनोद सापकोटाको छायांकन, रवी केसीको मेकअप, जोन तामाङ र निर्देशक अर्पण गिरीको संगीत, निर्देशक गिरीको गीत लेखन, प्रविन ढकालको कलर, नारायण रिजालको कोरियोग्राफी, शंकर महर्जन र आरके श्रीको द्धन्द्व निर्देशन, सत्यम राणा र श्रीकृष्ण श्रेष्ठको भिएफएक्स र बन्दे प्रसादको सम्पाद रहेको छ ।

    यही सिनेमाबाट अपर्ण गिरीले निर्देशनमा डेव्यु गरेका छन् । सिनेमाको कथा, पटकथा तथा संवाद पनि स्वयं निर्देशक गिरीले नै लेखेका हुन् ।

    युवराज गिरीको लगानी रहेको सिनेमालाई करण श्रेष्ठ क्रेजीका रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।

  • भाइरल गायिका सिम्रनको स्वरमा श्रीधरको ‘मुटुमै घाउ छ’ सार्वजनिक

    भाइरल गायिका सिम्रनको स्वरमा श्रीधरको ‘मुटुमै घाउ छ’ सार्वजनिक

    काठमाडौं । हाल सामाजिक सञ्जालमा भाइरल बनिरहेकी बागलुङकी नवगायिका सिम्रन परियारको दोस्रो गीत ‘मुटुमै घाउ छ’ सार्वजनिक भएको छ ।

    डा. विष्णु मूर्ति भट्टराईको शब्द, श्रीधर अधिकारीको संगीत र विशाल निरौलाको संगीत संयोजन रहेको उक्त बोलको गीतले हाल दर्शकहरूबाट राम्रो प्रतिक्रिया बटुलिरहेको छ ।

    संगितकार एवं गायक श्रीधर अधिकारीको आधिकारिक युट्युब च्यानलबाट शनिवार साँझ सार्वजनिक भएको उक्त गीतले अहिलेसम्म झण्डै ४ लाख भ्युज पाइसकेको छ ।

    सामाजिक सञ्जालमा भाइरल भएसँगै गायनमा अनेकन् अवसर प्राप्त गरिरहेको सिम्रनको पहिलो गीत ‘उसलाई पाउन २’ को फिमेल भर्सनले पनि राम्रो प्रतिक्रिया पाइरहेको छ ।

  • कबड्डी सिरिजका निर्देशक रामबाबु गुरुङले गरे नयाँ फिल्म घोषणा

    कबड्डी सिरिजका निर्देशक रामबाबु गुरुङले गरे नयाँ फिल्म घोषणा

    काठमाडौं । कबड्डी सिरिजका निर्देशक रामबाबु गुरुङले नयाँ फिल्मको घोषणा गरेका छन् ।

    उनले आफ्नो सामाजिक सञ्जाल मार्फत ‘डिग्री माइला-एमए थर्ड क्लास’ फिल्म बनाउने घोषणा गरेका हुन् ।

    बासुरी फिल्मसको बन्न लागेको उक्त चलचित्र २०८१ को नयाँ वर्षमा रिलिज हुने जनाइएको छ ।

    फिल्मका कलाकारहरूको बारेमा भने उनले केही खुलाएका छैनन् ।

  • ‘जय हो’ निर्माण टिमले काठमाडौं उपत्यकामा पोस्टर नटाँस्ने

    ‘जय हो’ निर्माण टिमले काठमाडौं उपत्यकामा पोस्टर नटाँस्ने

    काठमाडौं । अभिनेता सलोन बस्नेत र अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहेको सिनेमा ‘जय हो’ निर्माण टिमले काठमाडौंमा पोस्टर नटाँस्ने भएको छ ।

    आइतबार सिनेमाका प्रस्तुतकर्ता शोभित बस्नेतले काठमाडौंको सुन्दरतालाई ध्यानमा राख्दै पोस्टर नटाँस्ने निर्णय गरेको बताए ।

    निर्देशक बस्नेतले आफ्नो मात्र नभएर कुनै पनि सिनेमाका पोष्टर काठमाडौं उपत्यकामा नटाँस्न अनुरोध समेत गर्ने भएका छन् । ‘काठमाडौं सफा राख्नु सबै नागरिकको दायित्व हो’ बस्नेतले भने । सिनेमालाई अष्ट्रेलिया निवासी सुरज ल्वागन (सरकार) र राज के अधिकारीले निर्माण गरेका हुन् ।

    टेक पौरखी राईद्वारा निर्देशित सिनेमामा केकी र सलोनका अलवा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको पनि अभिनय रहेको छ ।

    शोभित बस्नेत प्रस्तुतकर्ता रहेको सिनेमामा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन र समीर मियाँको भीएफएक्स छ ।

    सिनेमामा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ ।

    सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको सिनेमाको मुख्य सहायक निर्देशक दिप्त प्रकास अधिकारी, प्रोडक्सन डिजाइनर केबलमान सिङ बस्नेत र प्रोडक्सन हेड समीर खान हुन् ।

  • गायक तुलसी सिवाकोटीको नयाँ म्यूजिक भिडिओ ‘तिमी मन पर्यो’ सार्वजनिक

    गायक तुलसी सिवाकोटीको नयाँ म्यूजिक भिडिओ ‘तिमी मन पर्यो’ सार्वजनिक

    काठमाडौं । गायक तुलसी सिवाकोटीले नयाँ म्यूजिक भिडिओ ‘तिमी मन पर्यो’ सार्वजनिक गरेका छन् ।

    डीपी खनालको शब्द रहेको गीतमा नवीन कार्कीको संगीत रहेको छ भने विशाल निरौलाले एरेन्ज गरेका छन् ।

    भिडिओको निर्देशन तथा छायांकन विवेक लामा तामाङले गरेका छन् भने लोकेन्द्र सुब्बाले सम्पादन गरेका छन् ।

    भिडिओलाई शिवाकोटीको अफिसियल युट्यूब च्यानलमार्फत रिलिज गरिएको छ । भिडिओमा युरोपको मनोरम दृश्यलाई समेटिएको छ भने नेपाली नारीको सांस्कृतिक झल्को दिने प्रयास गरिएको छ ।

    भिडिओ