Category: कलाप्रेस

  • घरेलु हिंसाको विषयवस्तु उठाइएको ‘सीता’ टेलिसिरियल प्रशारण सुरु

    घरेलु हिंसाको विषयवस्तु उठाइएको ‘सीता’ टेलिसिरियल प्रशारण सुरु

    काठमाडौं । घरेलु हिंसाको विषयवस्तु उठान गरिएको पारिवारिक टेलिसिरियल ‘सीता’को प्रसारण सुरु भएको छ।

    सहिन प्रजापतिको लेखन तथा निर्देशनमा बनेको सिरियलमा गरबिीको पिडा, महिला माथिको विभेद, शिक्षाबाट बञ्चित महिलाको अवस्था र सामाजिक समस्याहरुलाई मुख्य रुपमा उठान गरिएको छ । सीताको भूमिकामा सुनिसा बजगाईँले अभिनय गरेकी छिन् ।

    त्यस्तै सिरियलमा लेखक तथा निर्देशक सहिन प्रजापति, बालकृष्ण ओलि, राजु भुजु, सविता गुरुङ, तारा केसि, आरके मानन्धर, बासु खनाल, उत्तम आचार्य लगायतको मुख्य भुमिका रहेको छ ।

    हिमालयन टेलिभिजनबाट प्रसारण हुने यस सिरियल आरटी इन्टरटेनमेन्टको युट्युब च्यानलमा पनि प्रसारण हुनेछ ।

  • ‘परदेशी-२’को झ्याउरे गीत ‘परदेशी छुकछुके रेलैमा’ सार्वजनिक

    ‘परदेशी-२’को झ्याउरे गीत ‘परदेशी छुकछुके रेलैमा’ सार्वजनिक

    काठमाडौं । नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी–२’को नयाँ गीत युट्युबमा सार्वजनिक गरिएको छ ।

    चलचित्रमा समावेश ‘परदेशी छुकछुके रेलैमा…’बोलको झ्याउरे गीत बुधवार बिहान सार्वजनिक गरिएको हो ।
    केही दिन अगाडि सार्वजनिक ‘हिजो काम…’लाई श्रोता दर्शकले रुचाएपछि निर्माण टिमले यो झ्याउरे गीत सार्वजनिक गरेको हो ।

    यो गीतमा निर्देशक रायमाझी स्वयंसँगै तेजेन्द्र गुरुङ, टिका पुन, देवी घर्ती र ममता गुरुङको स्वर छ । शब्द पनि निर्देशक रायमाझी स्वयंले कोरेका हुन् । उनीसँगै प्रेमदेव गिरीले यसमा संगीत दिएका छन् ।

    भिडियोमा चलचित्रमा मुख्य कलाकारहरू अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारीसँगै अर्का अभिनेता प्रशान्त तामाङलाई पनि प्रस्तुत गरिएको छ ।

    शेखर घर्ती मगर, पूर्ण लामा र विवेक खड्का, रविता मगर, पवित्रा गुरुङ, विन्दु खड्का, लाक्पा लामा, सरस्वती धिमाल, प्रजी अहिना सुनार लगायतको नृत्य भिडियोमा हेर्न सकिन्छ ।

    भिडियोका निर्देशक रामजी लामिछाने र गोविन्द राई हुन् । यसमा नृत्य निर्देशन भने कुलमान नेपाली र शेखर घर्ती मगरको हो ।

    नेपाली चलचित्रमा कमै मात्र समावेश गरिने यस प्रकारको मौलिक झ्याउरे गीतले श्रोता–दर्शकलाई फरक स्वाद दिने निर्माण पक्षको विश्वास छ ।

    ‘परदेशी–२’ दशैंको छेको पारेर यही असोजको २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । राजेश वंशल र नारायण रायमाझीको निर्माण रहेको चलचित्रमा प्रकाश, केकी र प्रशान्तका साथमा वर्षा शिवाकोटी, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, सविन बास्तोला, देवेन्द्र बब्लुलगायतको अभिनय छ ।

    चलचित्रको कथा एवं पटकथा रमेश बिजीले लेखेका हुन् । मानकृष्ण महर्जनको छायांकन रहेको चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।

    युवापुस्तामा रहेको विदेश मोहको कथामा आधारित चलचित्र सेन्सर पास भइसकेको छ ।

  • चलचित्र ‘नाङ्गो गाउँ’ हेरेपछि डा. भट्टराई दम्पतीले के भने ?

    चलचित्र ‘नाङ्गो गाउँ’ हेरेपछि डा. भट्टराई दम्पतीले के भने ?

    काठमाडौं । भदौको २९ गतेबाट रिलिजमा आएको फिल्म ‘नाङ्गो गाउँ’ले बक्स अफिसमा उत्कृष्ट व्यापार गरिरहेको छ । दोश्रो सातामा पनि यो फिल्म हेर्नका लागि हलमा दर्शकको चाप राम्रो छ ।

    यसैबीच, मंगलबार फिल्म हेर्न पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र पूर्व मन्त्री हिसिला यमी काठमाडौंका सिभिल मलमा पुगेका छन् । फिल्म हेरिसकेपछि हिसिला भावुक बनिन् । उनको आँखाबाट आँशु झरेका थिए । फिल्मको कथावस्तु र विशेषगरि क्लाइमेक्सले छोएपछि हिसिला भावुक बनेकी हुन् ।

    हिसिला भावुक बनेपछि मिडियासँग कुरा गर्दै भट्टराइले भने–‘फिल्मको कथावस्तु उत्कृष्ट छ । फिल्मको अन्तिममा मुख्य पात्रले गाउँ छाडेको कुरा मलाई थोरै चित्त वुझेन । अरु, कुरामा त फिल्ममा आलोचना गर्नुपर्ने ठाउँ छैन ।’

    बाबुरामले फिल्मका मुख्य पात्रले राजनीतिमा हार खाएपछि गाउँ छाडेपनि आफूले भने नछाड्ने बताए । उनले भने, ‘मलाई गोरखा छाडेर छोरीलाई काठमाडौंमा उठायो भनेर पनि आरोप लगाइयो । तर, छोरी मानुषीलाई स्वतन्त्र युवाहरुले काठमाडौंमा उठाएका हुन् । म गाउँ छाडेर हिँड्नु हुँदैन भन्ने पक्षमा छु ।’

    भट्टराइले अगाडि भने, ‘फिल्मले छोएपछि त मान्छेको आँखाबाट आँशु आउँछ नि । हिसिलाको आँखामा आँशु पनि त्यही भएर आएको हो । निर्देशक दीपेन्द्र लामा सधै नै उत्कृष्ट फिल्म बनाउनुहुन्छ ।’

    बाबुरामले आफू चुनावमा नउठ्नुको कारण पनि यही फिल्ममा देखाउन खोजिएको भन्दै यसलाई यथार्थ कथा भने ।

    यस्तै, पूर्व मन्त्री यमीले फिल्म हेरेर सबै कुराले छोएको बताइन् । उनले, पनि बाबुरामले जस्तै मुख्य पात्रले गाउँ छाड्ने कुरामा असन्तुष्टी जनाइन् ।

    हिमाल कडरियाको प्रस्तुतिमा तयार भएको यो फिल्ममा राम श्रेष्ठको लगानी छ । रामहरि श्रेष्ठ यो फिल्मका कार्यकारी निर्माता हुन् । फिल्ममा दयाहाङ राई, मिरुना मगर, शिशिर वाङ्देल, साम्राज्ञी राज्यलक्ष्मी शाह, रविन्द्र झा लगायतका कलाकारको अभिनय छ ।

  • आमा बन्दै रेखा थापा, सुटिङ सक्न चटारो

    आमा बन्दै रेखा थापा, सुटिङ सक्न चटारो

    काठमाडौं । अभिनेत्री रेखा थापा आमा बन्ने भएकी छन् । करिब डेढ वर्षअघि बलराम शाहीसँग लगनगाँठो कसेकी थापा ४० वर्ष काटेपछि आमा बन्न लागेकी हुन् ।

    निकटस्थ श्रोतका अनुसार रेखा चार महिनाको गर्भवती छिन् । रेखाको यही फागुनमा डेलिभरी डेट रहेको स्रोतले जानकारी दियो । चार महिनाको गर्भवती भए तापनि रेखा लगातार आफ्नो ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘उपहार’ को छांयाकनमा व्यस्त छिन् । बेबी बम्प लिएरै उनी एक्सन सिनहरु दिईरहेकी छन् । स्रोतका अनुसार अबको केही दिनमा उनको भागको छांयाकन सकिनेछ । सो पश्चात उनी रेस्टमा रहनेछिन् ।

    रेखाले मंगलबार श्रीमान शाहीसँग एक तस्विर राख्दै आफ्नो सामाजिक सञ्जालमा एक स्टाटस लेखेकी छन् । स्टाटसमा लेखिएको छ, ‘भविष्य पनि गज्जबको उपहार हो । जो नआउँदै हामीलाई किस्ता किस्तामा खुशी पठाइदिन्छ ।’

    उक्त स्टाटस पोस्ट गरेपछि धेरैलाई कौतुहल पनि भएको थियो ।

     

     

  • आनन्द-मिलनको ‘आँखा संग’ को भिडिओ सार्वजनिक

    आनन्द-मिलनको ‘आँखा संग’ को भिडिओ सार्वजनिक

    काठमाडौं । मिलन नेवार र आनन्द कार्कीको आँखा संग बोलको गीतको भिडिओ बजारमा बएको छ । गीतकार ध्रुवप्रसाद अंम्गाईको शब्द सिर्जना रहेको सार्वजनिक गीतमा संगीतकार राज सागरको संगीत छ । भिडिओमा समीक्षा पोखरेल र कमल सिंहले अभिनय गरेका छन् ।

    सोनाम पाख्रिनले निर्देशन गरेको भिडिओको छायांकन उत्सव दाहाल र सम्पादन जिवेश पौडेलले गरेका हुन् । सामाजिक सेवादेखि राजनीतिमा पनि सक्रिय ध्रुवले राष्ट्रिय गीत, सुगम सङ्गीत, लोक विधामासमेत कलम चलाएका छन् । भिडियो एम थ्री मिडिया नेपालबाट सार्वजनिक गरिएको छ ।

  • ‘परदेशी-२’ सेन्सर पास

    ‘परदेशी-२’ सेन्सर पास

    काठमाडौं । असोजको २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘परदेशी २’ले प्रदर्शन अनुमति प्राप्त गरेको छ ।

    केन्द्रीय चलचित्र जाँच समितिले नारायण रायमाझी निर्देशित मल्टिस्टारर ‘परदेशी–२’लाई प्रदर्शन गर्न स्वीकृति प्रदान गरेको हो ।

    सेन्सर बोर्डले चलचित्रमा समावेश कुनै पनि दृश्य र संवादमा कैँची चलाएको छैन । सेन्सर बोर्डका पदाधिकारीले चलचित्र हेरेपछि खुलेर प्रशंसा गरेका थिए ।

    मौलिक कथामा चलचित्र बनेको भन्दै आफूहरूले शुभकामना पाएको निर्माता राजेश वंशलले बताए ।

    ‘देशको जल्दोबल्दो कथा रहेछ । प्रत्येक घर–घरको कथा रहेछ भन्दै तारिफ गर्नुभयो’ निर्माता वंशलले भने, ‘मौलिक कथामा मन छुने चलचित्र बनेको रहेछ । चलचित्र हेरेर मज्जा आयो । यस्तो चलचित्रहरु चल्छ भनेर शुभकामना दिनुभयो ।’

    चलचित्रको टीमबाट निर्माता वंशलसहित अभिनेत्री वर्षा शिवाकोटीसमेत सेन्सरमा सहभागी थिइन् । सेन्सरका क्रममा पाएको प्रतिक्रियाले थप उत्साहित बनाएको निर्माता वंशलले बताए ।

    चलचित्रका निर्देशक नारायण रायमाझी, कलाकारहरू अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारीलगायतको टिम यतिबेला देश दौडाहामा छ । मंगलवार र बुधवार बुटवलमा रहने टिम पोखरा हुँदै केही दिनमा काठमाडौं फर्किनेछ ।

    युवापुस्तामा बढ्दो विदेश मोहको कथामा आधारित चलचित्रलाई रमेश बिजीले लेखेका हुन् । प्रकाश, केकी र वर्षाका साथमा चलचित्रमा प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लु, सुशील पोखरेल, सबिन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ । प्रकाशको यो डेब्यु चलचित्र हो । विभिन्न हिसाबले यो चलचित्रलाई प्रतीक्षित चलचित्रका रूपमा हेरिएको छ ।

  • ‘रीत’ को सिक्वेल ‘रीत २’ बन्ने, चलचित्रमा लिम्बु जातिको विवाह संस्कार समेटिने

    ‘रीत’ को सिक्वेल ‘रीत २’ बन्ने, चलचित्रमा लिम्बु जातिको विवाह संस्कार समेटिने

    काठमाडौं । फाल्गुनन्द लिङदेन फिल्म्सको ब्यानरले चलचित्र ‘रीत’ को सिक्वेल ‘रीत २’ निर्माण गर्ने भएको छ ।

    लिम्बु भाषा संस्कृतिमा आधारित यो चलचित्रको छायाङ्कन ताप्लेजुङको सिनाम, पाँचथरको ओयाम, इलाम, झापा हुँदै काठमाडौं उपत्यकामा गरिने निर्माण पक्षले जनाएको छ ।

    चलचित्रका कथाकार तथा निर्देशक दिनेश लिङ्देनका अनुसार चलचित्रमा विशेष गरी लिम्बु जातिको विवाहमा दुलाहा र दुलही पक्ष बीचमा हुने संस्कारको कथालाई समेटिनेछ ।

    चलचित्रमा लक्ष्मी योङहाङ, सोनु थोक्लिहाङ लिम्बु, विमला खजुम, तेज मेन्याङबो, पूर्ण सेलिङ, सागर केरुङ, याशेली योङ्हाङ, दिनेश माङमु, एन्जिला नेम्वाङ, नन्दु तुम्बापो र नितु नेम्वाङको अभिनय रहनेछ ।

    सन्चमान जबेगु, विक्रम पयाङ्गु, होमकुमार लावती र आशा नेम्वाङ निर्माता रहने चलचित्रमा पूर्ण सेलिङको कार्यकारी निर्माण, कविता राई लिङ्देनको निर्माण व्यवस्थापन तथा सुदिता लिङ्देनको प्रस्तुति रहनेछ । चलचित्रको छायांकन कात्तिक दोस्रो हप्ताबाट सुरु हुनेछ ।

  • गायिका शर्मिला तामाङको ‘याद आउँछ आउँदैन’ सार्वजनिक

    गायिका शर्मिला तामाङको ‘याद आउँछ आउँदैन’ सार्वजनिक

    काठमाडौं । सर्जक तथा गायिका शर्मिला तामाङको अर्को नयाँ कोसेली ‘याद आउँछ आउँदैन’ सार्वजनिक भएको छ । गीत शर्मिला तामाङको आफ्नै अफिसियल युटयुब च्यानलबाट सार्वजनिक भएको छ ।

    शर्मिला तामाङ र प्रकाश तामाङ टिटुङको स्वर रहेको गीतमा लय र शब्द पनि शर्मिला तामाङकै रहेको छ । मनिस लामाको संगीत संयोजन रहेको गीतलाई सरगम स्टुडियोमा रेकर्ड गरिएको हो ।

    गीतमा राजेश श्रेष्ठको रेकर्डिङ र अर्पण थिङको मिक्सिङ रहेको छ । सह कोरियोग्राफी अमर रावलको रहेको गीतको भिडियोमा सरिता प्रजापतिको मेकअप छ ।

    गीतलाई मनोज कार्कीले सम्पादन गरेका हुन भने भिडिओ प्रकाश खडकाले खिचेका हुन । दिलीप ओखेडाको निर्देशन, कोरियोग्राफी तथा कथावस्तु रहेको गीतमा दिलीप ओखेडा, सञ्चिता बोलाखे, साजन गुरुङ र दीपिका थापाको अभिनय रहेको छ ।

  • ‘नाङ्गो गाउँ २’ चलचित्र निर्माण हुने

    ‘नाङ्गो गाउँ २’ चलचित्र निर्माण हुने

    काठ्माडौं । चलचित्र ‘नाङ्गो गाउँ’ को सफलतापछि ‘नाङ्गो गाउँ २’बन्ने भएको छ । ‘नाङ्गो गाउँ’ मा सकिएको कथा चलचित्रको अन्त्य नभएकाले ‘नाङ्गो गाउँ २’ बन्ने चलचित्रका लेखक तथा निर्देशक दिपेन्द्र लामाले जानकारी दिएका छन् ।

    उनले आफ्नो सामाजिक संजालमा स्टाटस लेख्दै ‘नाङ्गो गाउँ’ को दोश्रो सिक्वेन्स आउने जानकारी दिएका हुन् ।

    ‘अहिले कथा जहाँ टुंगिन्छ, त्यो वास्तवमा कथाको मध्यान्तर थियो’, उनले लेखेका छन्’, लेख्दै जाँदा ५ घण्टाको फिल्म बन्ने देखिएपछि कथालाई दुई भागमा ब्रेक गरिएको हो ।’

    ‘नाङ्गो गाउँ–२’ मा पासाङ पात्र गाउँ फर्कि जरी लामाविरुद्ध संघर्ष गर्नेछ र आफ्नो हारको प्रतिशोध लिनेछ ।

    दोस्रो भागको छायांकन एक वर्षपछि हुने पनि लामाले बताएका छन् ।

    ’नाङ्गो गाउँ २’ को छायांकन अघि ‘नाङ्गो गाउँ’ टिमले एउटा कमेडी चलचित्र निर्माण गर्नेछ । ‘फुल फ्लेज्ड कमेडी’ जनरामा बन्ने उक्त चलचित्र लामाले निर्देशन गर्न लागेको पहिलो कमेडी चलचित्र हो ।

  • ‘हनी बनी’को फर्स्टलुक पोस्टर सार्वजनिक

    ‘हनी बनी’को फर्स्टलुक पोस्टर सार्वजनिक

    काठमाडौं । निर्देशक दीवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको लभस्टोरी सिनेमा ‘हनी बनी’को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी माघ २६ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ । सोमबार सार्वजनिक फर्स्टलुकमा अभिनेता अभिमन्यु तोमर र अभिनेत्री जसिता गुरुङ रोमान्टिक देखिएका छन् । अभिमन्यु भारतीय मोडल हुन् । यो नै उनको पहिलो फिचर सिनेमा हो ।

    भारतको दिल्लीमा जन्मिएका अभिमन्युले केही हिन्दी गीतमा अभिनय गरेका छन् । उनले अभिनय गरेको ‘याद पिया के आने लगी’ गीत सर्वाधिक चर्चित छ । यही गीतबाट उनले मोडलको रुपमा आफ्नो करिअर सुरुवात गरेका हुन् । अध्ययन, घुमफिर र पौडीका सौखिन उनले बलिउड सिनेमामा भने ब्रेक पाइसकेका छैन । ‘हनी बनी’ले बलिउड प्रवेशको बाटो खुलाउने उनको विश्वास छ ।

    एबी इन्टरनेशनल र गौतम प्रोडक्सन एण्ड भ्वाइस फिल्म्ससँग सहकार्य गरेर निर्माण गरेको सिनेमाका निर्मातामा अमित बस्नेत, परी राना र आरोन बस्नेत छन् भने सहनिर्माता अजित थापा र सनिस खकुरेल हुन् । अंकित गौतम कार्यकारी निर्माता रहेको सिनेमाको एसोसिएट निर्मातामा सुरज कुँवर र अजित पल सिंह छन् । निर्माता अमित स्वयंको सिनेमामा पटकथा लेखन रहेको छ ।

    सिनेमामा सूर्यमाला खनाल, सलोन बस्नेत, अजुनजंग शाहीलगायतको पनि अभिनय छ । अघिल्लो वर्षको जेठमा लण्डनमा सिनेमाको छायांकन सुरु भएको थियो । सिनेमाको निर्माण कम्पनी एबी इन्टरनेशलले यसअघि ‘पासवर्ड’ र ‘सम्हालिन्छ कहिले मन’ सिनेमा निर्माण गरिसकेको छ भने नयाँ सिनेमा ‘लण्डन टू पेरिस’ प्रदर्शनको तयारीमा छ । यो कम्पनी विदेशी सिनेमा वितरणमा पनि संलग्न छ ।

  • ‘परदेशी २’ को टीम नेपालगञ्जमा, केकीले यस्तो सुनाइन् फिल्मको अनुभव

    ‘परदेशी २’ को टीम नेपालगञ्जमा, केकीले यस्तो सुनाइन् फिल्मको अनुभव

    काठमाडौं । असोज २६ बाट प्रदर्शनको पर्खाइमा रहेको चलचित्र ‘परदेशी २’ को टीम प्रचारप्रसारको क्रममा नेपालगञ्ज पुगेको छ । निर्देशक नारायण रायमाझी, अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारीसहितको टोलीले शनिबार नेपालगञ्जका हल भिजिट गर्नुका साथै आइतबार ‘चलचित्र पत्रकार संघ नेपाल बाँके’ शाखासँग साक्षात्कार गरेको थियो ।

    अभिनेता प्रकाशले ‘परदेशी २’ आफ्नो पहिलो फिल्म भएका कारण उत्साहित रहेको बताए । प्रकाशले भने, ‘त्यो सुरुवातमा फिल्म गर्दैछु भन्ने कुरामा ममा जुन उत्साह थियो, त्यो उत्साह अहिले पनि उस्तै छ । अहिले पनि म त्यही जोनमा छु ।’

    अभिनेत्री केकीले ‘परदेशी २’ को कथा सबै नेपालीको कथा भएको भन्दै मौलिक कथामा अभिनय गर्ने रहर ‘परदेशी २’ ले पूरा गरेको बताइन् ।

    केकीले भनिन् ‘प्रकाश सपूतजिको पहिलो फिल्म हो यो । उहाँसँग काम गर्न पाउँदा पनि खुशी छु । नारायण रायमाझी सरका अन्य फिल्महरु दर्शक बनेर हेर्ने गर्थें तर अहिले कलाकार बनेर काम गर्ने अवसर मिल्यो ।’

    समाजको कथा उठान गरेकोले चलचित्रलाई दर्शकले रुचाउनेमा आशावादी रहेको निर्देशक नारायण रायमाझीले बताए । उनले ‘परदेशी २’ को सार भनेको संसार घुमेपनि आफ्नो मातृभूमि र आमाबुबालाई भुल्नु हुँदैन भन्ने रहेको जानकारी दिए ।

    कोहलपुरका केही कलेजमा साक्षात्कार गरेपछि फिल्मको टिम बुटवल फर्किने योजना छ । बुटवलपछि पोखरा हुँदै फिल्मको टिम काठमाडौं फर्किनेछ ।

    राजेश वंशल (अग्रवाल) र नारायण रायमाझीको निर्माण रहेको यो फिल्ममा प्रकाश र केकीका साथमा वर्षा शिवाकोटी, प्रशान्त तामाङ्ग, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लु, सुशील पोखरेल, सबिन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ ।

    मानकृष्ण महर्जनको छायांकन, बि.बि अनुरागी र नारायण रायमाझीको संगीत, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी, अष्ट महर्जनको द्धन्द्ध, श्यामश्वेत रसाईलीको साउण्ड डिजाइन र मिक्सिङ रहेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।

  • यस वर्षको पद्मश्री पुरस्कार ‘मनु’ लाई, वात्यासनलाई साधना सम्मान

    यस वर्षको पद्मश्री पुरस्कार ‘मनु’ लाई, वात्यासनलाई साधना सम्मान

    काठमाडौं । खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानद्वारा प्रदान गरिने २०७९ को पद्मश्री पुरस्कार आख्यानकार देवीप्रसाद सुवेदीको उपन्यास ‘मनु’ ले प्राप्त गरेको छ । पुरस्कारको अन्तिम पाँच सूचीमा ‘मनु’ सहित ‘ऐंठन’, ”शून्यको मूल्य’ र ‘मफलर’ थिए ।

    प्रतिष्ठानद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘मनु उपन्यास ऋग्वैदिक समाजको परिवेशमा चित्रित सामाजिक-सांस्कृतिक उपन्यास हो । मुल पात्र मनुको नेतृत्वमा सुर र असुरबीचको द्वन्द्व समाप्त भई उनकै नेतृत्वमा मानवजातिको विकास भएको कथा यस उपन्यासमा चित्रण गरिएको छ ।’

    त्यस्तै प्रतिष्ठानले प्रदान गर्ने पद्मश्री साधना सम्मान वरिष्ठ कार्टुनिस्ट दुर्गा बराल ‘वात्सायन’ लाई प्रदान गरिने भएको छ । पद्मश्री गौरव पुरस्कार काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मालाई प्रदान गरिने भएको छ ।

    सबै पुरस्कारको राशी तीन लाख छ । कोजाग्रत पूर्णिमाको दिन पुरस्कार वितरण गरिनेछ ।

  • सौगातपछि ‘हात्तीछाप’मा दया र उपासनाको लुक्स सार्वजनिक

    सौगातपछि ‘हात्तीछाप’मा दया र उपासनाको लुक्स सार्वजनिक

    काठमाडौं । माघको २६ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘हात्तीछाप’ चर्चामा छ । विशेषगरी, चलचित्रका कलाकार र यसटको टीमका कारण चर्चा गर्मिएको हो । यो चलचित्रको मेकरले गत साता नायक सौगात मल्लको मात्र लुक्स समावेश गरेर पोष्टर दर्शकमाझ सार्वजनिक गरेको थियो । तर, आज सार्वजनिक गरिएको पोष्टरमा भने नायक दयाहाङ राई र नायिका उपासना सिंह ठकुरीको लुक्स सार्वजनिक गरिएको छ ।

    यो चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, विल्सन विक्रम राई, उपासना सिंह ठकुरी, बेनिशा हलमा, बुद्दि तामाङ, बिजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, भोलाराज सापकोटा, बिनोद न्यौपाने, कबिता आले, सुष्मा निरौला, रीयर राई, अनुप न्यौपाने, स्वस्तिका खड्का, नारायण खाती, अनिता गिरी, बेन भुजेलको मुख्य भूमिका छ । चलचित्रलाई प्रदीप भारद्धाजले लेखेका हुन् ।

    किरण नेपालीको प्रस्तुतिमा तयार भएको चलचित्रका कार्यकारी निर्माता सरोज नेपाली हुन् । चलचित्रमा पुष्कर गुरुङ र अमला देवी राइको लगानी छ । सुशान्त प्रजापतिले फिल्मको छायांकन गरेका हुन् ।

    यो चलचित्रको अब एउटा मात्र गीतको छायांकन हुन बाँकी छ । चलचित्रले बक्स अफिसमा सुखद कमाई गर्ने विश्लेषण गरिएको छ ।

     

  • ‘एक भगवत एक गीता’ हेरेपछि झरनाको साह्रै माया लाग्यो : रीमा विश्वकर्मा

    ‘एक भगवत एक गीता’ हेरेपछि झरनाको साह्रै माया लाग्यो : रीमा विश्वकर्मा

    काठ्माडौँ । चलचित्र ‘एक भागवत एक गीता(सामाजिक कथा)’ हेरेर फर्केकी नायिका रीमा विश्वकर्माले सो चलचित्र हेरेपछि आफूलाई निर्देशक तथा अभिनेत्री झरना थापाको माया लागेको बताएकी छन् । उनले आफ्नो सामाजिक सञ्जालमा एक स्टाट्स लेख्दै झरना थापा जत्तिको निर्देशक तथा निर्माता टिमलाई आफूहरुले बचाउनुपर्ने बताएकी हुन् ।

    उनले आफूलाई चलचित्र मनपरेको कुरा पनि स्टाट्समा उल्लेख गरेकी छन् ।

    ‘एक भागवत एक गीता’ हेरे । चलचित्र हेरेपछि म भित्रको कलाकारलाई कलाकार ‘झरना थापा’ को सार्है माया लागेर आयो’, उनले लेखेकी छन, ‘यत्तिको नेपाली चलचित्र निरन्तर बन्नुपर्छ र झरना थापा जत्तिको निर्देशक र निर्माता टिमलाई हामीले बचाउनुपर्छ ।’

    कलाकार र चलचित्र बाच्नको लागी निर्माता बाच्न जरूरी भएको उनको भनाइ छ । राम्रा चलचित्रको मूल्यांकन हामी आफैले गर्नुपर्ने उनको तात्पर्य छ ।

    उनी लेख्छिन्, ‘झरना थापा जस्तो ईमान्दार मेकरलाई कहिले सेन्सरको नाममा त कहिले समिक्षाको नाममा पिरोलिरहने हो भने नेपाली चलचित्र व्यापार र व्यवसाय करियरको रूपमा विकसित हुन अझै अर्को पचास वर्ष लाग्न सक्छ ।’

    विश्वकर्माले झरनाको कलाप्रतिको बुझाई, लगाव र निर्माता निर्देशकको रूपमा देखाएको ईमान्दारिताको प्रंशसा गरेकी छन् । भने कलाको भन्दा कलाकार, निर्माता र निर्देशन टोलीप्रति पक्षपाती भएर गरिएका समीक्षाको पछि नलाग्न पनि सबैलाई अनुरोध गरेकी छन् ।

     

  • राष्ट्रकवि माधव घिमिरे पुरस्कार प्रा.डा. त्रिपाठीलाई प्रदान

    राष्ट्रकवि माधव घिमिरे पुरस्कार प्रा.डा. त्रिपाठीलाई प्रदान

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको राष्ट्रकवि माधव घिमिरे पुरस्कार प्रा डा वासुदेव त्रिपाठीलाई प्रदान गरेका छन् ।

    राष्ट्रपति भवन शीतलनिवासमा आइतबार आयोजित कार्यक्रममा मर्स्याङदी वाङमय प्रतिष्ठानले पहिलोपटक घोषणा गरेको एक लाख राशि र सम्मानपत्रसहितका सो पुरस्कार राष्ट्रपति पौडेलले त्रिपाठीलाई प्रदान गरेका हुन् ।

    राष्ट्रकवि घिमिरेको परिवारले स्थापना गरेको अक्षयकोषबाट प्रतिष्ठानले नेपाली साहित्य र वाङमयका क्षेत्रमा विशिष्ट योगदान पुरयाउने व्यक्तिलाई वर्षेनी सो पुरस्कार प्रदान गर्नेछ ।

    कार्यक्रममा पुरस्कृत व्यक्तित्व डा. त्रिपाठी, पुरस्कार छनौट समितिका सदस्य डा. जयराज आचार्य, राष्ट्रकवि घिमिरेका सुपुत्र राजीव घिमिरे र प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेले पुरस्कार र प्रतिष्ठानका गतिविधिबारे प्रकाश पारेका थिए । राष्ट्रकवि घिमिरेको १०४ औँ जन्मजयन्तीका अवसरमा सो कार्यक्रम गरिएको हो ।

  • ‘पशुपति प्रसाद २ : भष्मे डन’को दोस्रो गीत ‘प्रेम शरणम्’ सार्वजनिक

    ‘पशुपति प्रसाद २ : भष्मे डन’को दोस्रो गीत ‘प्रेम शरणम्’ सार्वजनिक

    काठमाडौं । आगामी कार्तिक ४ अर्थात् बडादशैंको फूलपातीको दिनबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘पशुपति प्रसाद २ः भष्मे डन’को दोस्रो गीत ‘प्रेम शरणम्’ सार्वजनिक गरिएको छ ।

    सार्वजनिक सिनेमाको गीतको भिडियोमा मुख्य कलाकार विपिन कार्की र स्वस्तिमा खड्कालाई प्रस्तुत गरिएको छ । दुई पात्रबीचको माया प्रेमलाई गीतमा देखाइएको छ । रमाइलो शैलीमा तयार पारिएको गीतको छायांकन, कलर र प्रोडक्सनमा निर्माण पक्षले ध्यान दिएको देखिन्छ ।

    र्‍यापको सम्मिश्रण रहेको सिनेमाको सिनेमामा कृष्ण भारद्वाजको सङ्गीत तथा सुशील पौडेल र संगीतकार भारद्वाजको शब्द रचना रहेको गीतमा काली प्रसाद बास्कोटा र स्वस्तिका ढकालको स्वर सुन्न सकिन्छ ।

    प्रविन सिंहको कोरियोग्राफी र निरज कँडेलको डिओपी रहेको गीतको अडियो र भिडियो उत्कृष्ट लाग्छ । साथै, सार्वजनिक गीतमा संगीतकार भारद्वाज आफैले र्‍यापमा स्वर समेत भरेका छन् ।

    दर्शकमाझ प्रतीक्षित रहेको सिनेमाले ‘पशुपति प्रसाद’को मृत्यु पश्चात् पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’को जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति संघर्षको कथामा निर्माण गरिएको हो ।

    दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको ‘पशुपति प्रसाद २ः भष्मे डन’मा विपिनका अलवा स्वस्तिमा खड्का, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ । सिनेमामा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री बर्षा सिवाकोटी पनि विशेष भुमिकामा देखिनेछन् ।

    टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको सिनेमालाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । सिनेमाको निर्माता पनि उनी स्वयं हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको सङ्गीत रहेको छ ।

    व्यावसायिक तथा समीक्षात्मक रूपमा सफल सिनेमा ‘पशुपति प्रसाद’को चरित्र ‘भष्मे डन’मा केन्द्रित सिक्वेलको रूपमा निर्माण गरिएको हो । लेखक लामिछानेले सिनेमा नाम मात्रको सिक्वेल नभई अर्थपूर्ण र तर्कपूर्ण सिक्वेल बनेको बताउँछन् । सिनेमालाई नेपालमा डिसिएन, टि फक्स र रिच इन्टरटेनमेन्ट अनि भारतमा सुष्मा प्रोडक्सन र विश्वभर सेभेज सिजले वितरण गर्दैछन् ।

  • परदेशी-२ को निर्माण टीम फिल्म प्रचारका लागि मोफसलमा

    परदेशी-२ को निर्माण टीम फिल्म प्रचारका लागि मोफसलमा

    काठमाडौं । आगामी असोज २६ गतेदेखि प्रदर्शनको तयारीमा रहेको नारायण रायमाझी निर्देशित सिनेमा परदेशी २ टीम अहिले मोफसल दौडमा छ ।

    निर्माण टीम काठमाडौंका कलेजपछि अहिले नारायणगढ पुगेको छ । त्यहाँका विभिन्न कलेजमा पुगेर निर्माण टीमले दर्शक फकाइरहेको छ ।

    सिनेमा युवापुस्तामा बढ्दो विदेश मोहको कथामा आधारित छ ।
    सिनेमाको कथा बुझाउन नाटक समेत तयार गरिएको छ । त्यही नाटक लिएर काठमाडौंपछि सिनेमाको टिम यतिबेला मोफसल दौडाहामा छ ।

    असोज १२ गतेसम्म पश्चिम नेपालका विभिन्न शहरहरुमा सिनेमाको मोफसल टुर जारी रहने निर्माण टीमले जनाएको छ ।

    बिहीबार र शुक्रबार नारायणगढका केही कलेजमा नाटक देखाउँदै निर्देशक नारायण रायमाझी, अभिनेता प्रकाश सपूत र अभिनेत्री केकी अधिकारीले त्यहाँका तन्नेरी विद्यार्थीहरुलाई परिवारसहित सिनेमा हेर्न निम्तो दिएका छन् ।

    नाटकलाई विद्यार्थीहरुले रुचाएका छन् । नाटक हेर्दा कति विद्यार्थी भावुक भएको निर्देशक रायमाझीले बताए ।

    सिनेमाका निर्देशक रायमाझीले परदेशी र परदेशी २ को कथा भन्ने शैली एकै भएता पनि कथावस्तु विल्कुलै फरक रहेको दाबी गरेका छन् । कथाले हरेक उच्च शिक्षाका लागि परदेशीने नेपालीको विदेश भोगाईलाई दुरुस्तै कथामा उतारेको निर्देशक रायमाझीको भनाई छ ।

    अभिनेता प्रकाश सपुतले कथा भन्ने शैली र कथावस्तु अत्यन्तै सरल रुपमा जोडिएको जानकारी दिए ।

    उनले भने-‘गीतसंगीत गर्नु र सिनेमा गर्नु विल्कुलै फरक रहेको र परदेशी २ मा जोडिँदा चुनौती नै मोलेर सिनेमामा आवद्ध भएपनि निर्देशक नारायण सर र म गीतसंगीत कै भएकाले काम गर्न त्यति असहज भएन् ।’

    अभिनेत्री केकी अधिकारीले सिनेमाको सबैभन्दा बलियो पक्ष भनेको गीत र कथा नै रहेको बताइन् ।

    अभिनेता प्रशान्त तामाङ अभिनीत २०७२ सालमा रिलिज भएको सिनेमा ‘परदेशी’ सुपरहिट भएको थियो । यसपटक पनि उनी सिनेमामा विशेष भूमिकामा देखिने छन् ।

    नीर शाह, दीलिप रायमाझी, वर्षा सिवाकोटी, रमा थपलिया, सबिन बास्तोता, देवेन्द्र बब्लुलगायतको अभिनय रहेको सिनेमा नारायण रायमाझी र राजेश बंशलले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

    सिनेमामा गीतकार रमेश विजीको कथा लेखन, मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व निर्देशन, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी तथा दीर्घ खड्काको सम्पादन रहेको छ ।

  • द्वन्द्व निर्देशक चन्द्र पन्त बने ‘मायावी’का निर्माता

    द्वन्द्व निर्देशक चन्द्र पन्त बने ‘मायावी’का निर्माता

    काठमाडौं । निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘मायावी’मा एक्सन तथा फिल्म निर्देशक चन्द्र पन्त निर्माताका रुपमा अनुबन्धित भएका छन् ।

    अभिनेता राज कटुवाल पनि यस चलचित्रका निर्माता हुन् । चलचित्र विकास बोर्डका निवर्तमान सदस्यसमेत रहेका राजले चलचित्र ‘मायावी’मार्फत निर्माणमा हात हालेका हुन् ।

    झण्डै दुई दर्जन बढी चलचित्रमा द्वन्द्व निर्देशक रहिसकेका चन्द्रले भोजपुरी चलचित्र ‘निरहुवा चलल लण्डन’मार्फत निर्देशनमा पाइला चालेका थिए । उनले निर्देशन गरेको नेपाली चलचित्र ‘माही’ हो । हाल छायांकनमा रहेको चलचित्र ‘ह्रस्व दीर्घ’मा पनि चन्द्रकै निर्देशन रहेको छ ।

    यतिबेला ‘मायावी’को छायाँकन गर्ने तयारी गर्दै निर्माण टीम र कलाकारहरु मुस्ताङ पुगेका छन् । छायाँकनअघि यस चलचित्रका मुख्य कलाकारहरु र निर्माण टीमको लाइनअप सार्वजनिक भइरहेको छ ।

    प्रेमकथामा आधारित चलचित्रमा मुख्य नायिकाहरुमा दीपिका प्रसाईं र करिश्मा श्रेष्ठ तथा मुख्य नायकहरुमा पल शाह, सुशील सिटौला र मोडल समिम खान अनुबन्धित भइसकेका छन् । अभिनेता पल झण्डै डेढ वर्षपछि यसै चलचित्रमार्फत रजतपटमा कमव्याक गर्दैछन् ।

    यसै चलचित्रमार्फत ‘म्यान हन्ट इन्टरनेशनल नेपाल २०१६’का विजेता समिम खानले नवनायकका रुपमा डेब्यु गर्दैछन् ।

    चलचित्र ‘एउटा साथी’बाट नेपाली रजतपटमा डेब्यु गरेकी करिश्मा ‘लभ सब’ र ‘बाबु कान्छा’ पछि कुनै पनि चलचित्रमा देखिएकी छैनन् । लामो समयपछि उनी ‘मायावी’मा देखिन लागेकी हुन् ।

    यस्तै चलचित्रको एक मुख्य पात्रमा अभिनेता प्रशान्त ताम्राकार पनि अनुबन्धित भएका छन् । उनको भूमिकाबारे निर्माण टीमले अहिलेसम्म केही खुलाएको छैन ।

    चलचित्रको छायांकन पोखराको रमणीय स्थलमा गरिनेछ । पोखराकै परिवेशमा रहेर यो चलचित्रको कथा बुनिएको निर्माण पक्षको भनाइ छ । चलचित्रमा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत र राजुविक्रम थापाको डीओपी रहनेछ ।

    क्रिएटिभ सिने आर्टसले निर्माण गर्ने चलचित्रमा निर्देशक भट्टराई स्वयंको कथा रहनेछ । भट्टराईले करिब चार वर्षपछि पुनः चलचित्र निर्देशन गर्दैछन् ।

    दिवाकरले यसअघि चलचित्र ‘मेरो जीवन साथी’, ‘स्टुपिड मन’, ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ निर्देशन गरिसकेका छन् ।

     

  • बादल लिम्बूको ‘लर्के जोवन’ सार्वजनिक

    बादल लिम्बूको ‘लर्के जोवन’ सार्वजनिक

    काठमाडौं । गायक बादल लिम्बूको नयाँ गीत ‘लर्के जोवन’ सार्वजनिक भएको छ ।

    गीतकार डीपी खनालको शब्द रहेको गीतमा संगीत र एरेन्ज लिम्बूकै छ । रोमान्टिक शैलीको यो गीतको भिडियोमा बादलसँगै मोडल सारा राई र नोगेन हाङसारुम्बा फिचर्ड छन् ।

    मुन्धुम स्टुडियोले तयार पारेको गीतको भिडियोको छायांकन र निर्देशन किरन राईले गरेका हुन् ।

  • ‘प्रकाश’को रिटमा उच्च अदालत पाटनले दियो कारण देखाउ आदेश

    ‘प्रकाश’को रिटमा उच्च अदालत पाटनले दियो कारण देखाउ आदेश

    काठमाडौं । राष्ट्रिय चलचित्र पुरस्कार २०८० मा ‘सर्वोत्कृष्ट फिल्म’को विधा घोषणा नगर्ने निर्णयविरुद्ध दायर रिटमा उच्च अदालत पाटनले कारण देखाऊ आदेश जारी गरेको छ । उच्च अदालतले शुक्रबार विपक्षी चलचित्र विकास बोर्डलाई ‘सर्वोत्कृष्ट फिल्म’को विधा नराख्नुको कारण मागेको हो ।

    यस वर्षको राष्ट्रिय चलचित्र अवार्डमा ‘सर्वोत्कृष्ट चलचित्र’ को विधा नै गायब पारिएपछि चलचित्र ‘प्रकाश’ को टीमले बिहीबार पाटन उच्च अदालतमा मुद्दा दायर गरेको थियो ।

    अवार्डका लागि चलचित्र विकास बोर्डले बनाएको जुरीले सर्वोत्कृष्ट चलचित्रमा बहुप्रशंसित फिल्म ‘प्रकाश’ लाई सिफारिस गरे पनि अवार्ड पाउन नसकेपछि ‘प्रकाश’ का लेखक विकास सुवेदीले चलचित्र विकास बोर्डमा निवेदन दिएका थिए । बोर्डले सो निवेदन बल्लतल्ल दर्ता गरे पनि अहिलेसम्म कुनै जवाफ नदिएपछि सुवेदीसहित ‘प्रकाश’ का निर्देशक दिनेश राउत र व्यवस्थापक मीनराज आचार्यले चलचित्र विकास बोर्डलाई विपक्षी बनाएर उच्च अदालतमा रिट दायर गरेका थिए ।

    उनीहरुको निवेदनमा निर्णायक समिति ‘जुरी’ले प्रतिवेदनमा सिफारिस गरेको चलचित्रलाई नै उत्कृष्ट चलचित्रको उपाधिबाट पुरस्कृत गर्न परमादेश माग गरिएको छ ।

    विपक्षी बोर्डका पदाधिकारीले कानूनले दिएको भन्दा बढी अधिकार प्रयोग गरी निर्णायक समितिले सिफारिस गरेको चलचित्रलाई पुरस्कार प्रदान नगरी अधिकार दुरुपयोग गरेको आरोप निवेदनमा लगाइएको छ ।