Category: कलाप्रेस

  • तुलसी सिवाकोटीको नयाँ गीत ‘चटपटेको ठेला’ सार्वजनिक, सराेज र उषाकाे अभिनय (भिडिओ)

    तुलसी सिवाकोटीको नयाँ गीत ‘चटपटेको ठेला’ सार्वजनिक, सराेज र उषाकाे अभिनय (भिडिओ)

    काठमाडौं । लामो समयदेखि यूरोपलाई कर्मथलो बनाएर नेपाली गीत संगीतलाई निरन्तरता दिइरहेका गायक तुलसी सिवाकोटीको ‘चटपटेको ठेला‘ सार्वजनिक भएको छ ।

    विगत १२ वर्षदेखि युरोपमा बस्दै आएका सिवाकोटी युरोपलगायत विदेशको नेपाली संगीतमा परिचित नाम हो । प्राय विदेशमा हुने कार्यक्रमहरुमा उनको प्रस्तुति रहने गर्छ । परदेशको काम व्यस्तता बाबजुद नेपाली संगीत बजारमा अलग्गै पहिचान बनाउन सफल गायक सिवाकोटीले नयाँ गीत ‘चटपटेको ठेला’मा रबिन स्वप्निल गिरीको शब्द रहेको छ ।

    त्यस्तै, गीतको संगीत/एरेन्जर/मिक्स/मास्टर दिपकराज विश्वकर्माले गरेका छन् । प्रेम र रोमान्सलाई निकै प्रेमील ढंगले गीतमा प्रस्तुत गरिएको छ ।

    निशाल पौडेलको छायाँकन, विकास दाहालको सम्पादन तथा जसको निर्देशन युवराज वाइबाले गरेका हुन् । प्रेमी प्रेमीकाबिचको रोमान्टिक दृश्यहरुलाई निर्देशक वाइबाले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् ।

    भिडियोमा सरोज प्रजा र उषा उप्रेतीको अभिनय रहेको छ । जसको कोरियोग्राफी प्रमोद के भण्डारीले गरेका हुन् । प्रेम र समपर्णलाई आम दर्शक तथा स्रोताको चाहना अनुरुपको गीत बनेकोले दर्शक श्रोताले मन पराउनेमा आफू आशावादी रहेको निर्माता गणेश प्रसाईले बताए । भिडिओमा तुलसी सिवाकाेटी अफिसियल च्यानलबाट सार्वजनिक भएकाे हाे ।

    भिडिओ

     

  • दिमाग खराब: वैकल्पिक राजनीतिको वकालतमा ‘निश्चल’ प्रयास

    दिमाग खराब: वैकल्पिक राजनीतिको वकालतमा ‘निश्चल’ प्रयास

    काठमाडौं । पछिल्लो समय बहस भइरहेको वैकल्पिक राजनीतिलाई केन्द्रमा राखेर बनाइएको ‘दिमाग खराब’ लिएर ६ वर्षपछि निश्चल बस्नेतले निर्देशकीय कमब्याक गरेका छन् । भुईंमान्छेले राज्यसत्ताविरुद्ध गर्ने संघर्ष ‘दिमाग खराब’को केन्द्रीय विषय हो ।

    फिल्मको केन्द्रीय मुद्दाले भन्छ, यो व्यवस्था पहुँचविहीनहरुका लागि होइन । हो त केवल दलाल, तस्कर र भ्रष्टाचारीहरुका लागि । जबसम्म भुईंमान्छेले विद्रोह गर्दैनन्, यो व्यवस्थामा उनीहरु सत्ताधारीका पैतालामा किचिएरै मर्न विवश हुन्छन् । उनीहरुले फेर्ने स्वास र मुखमा हाल्ने गाँस पनि आफ्नो नियन्त्रणमा छैन । उनीहरुको हाँसो, खुशी र सपना राजनीतिको खोल ओढ्नेहरुको पिंजडाभित्र कैद छ ।

    र, यसपटक बस्नेत ‘दिमाग खराब’मार्फत् प्रस्ट रुपमा वैकल्पिक राजनीतिको पक्षपोषणमा उभिएका छन् । तर, वैकल्पिक राजनीतिको औचित्य, गन्तव्य र भविष्यमाथि बहस छेड्न भने फिल्म चुकेको छ ।

    ०००

    ‘दिमाग खराब’मा एक सामान्य नागरिक छ, जसको सपना ठूलो छैन । एक श्रीमती, बिरामी आमा र सानी छोरी छे । उनीहरुको जीवनलाई सहज बनाउनु नै दिमाग खराबको प्रमुख पात्र इन्द्र शर्मा (खगेन्द्र लामिछाने)को मूल उद्देश्य हो । ऊ विदेश गएर सबै समस्याहरुको समाधान गर्न चाहन्छ ।

    तर, एयरपोर्टमा पुगेपछि भिजिट भिसामात्रै भएका कारण ऊ विदेश जानबाट रोकिन्छ । यहीबाट मूल पात्र इन्द्रको संघर्षको कथा सुरु हुन्छ । गाउँ फर्किएपछि उसले पुनः विदेश जाने प्रयत्न गर्दा आउने उल्झन र अप्ठेराहरुका कारण कसरी ऊ राजनीतिमा आउन बाध्य हुन्छ, ‘दिमाग खराब’ ले भन्छ ।

    इन्द्रकै नगरपालिकाको मेयर हरिप्रसाद (अर्पण थापा) संलग्न मेनपावरले फ्री भिसा फ्री टिकटको नाममा ठगेको पत्तो पाएपछि भिसाका लागि मेयर गुहारिरहेका, मेयरलाई सय भोट खोजिदिएर विदेश जाने सपना देखिरहेका इन्द्र विद्रोहमा उत्रिन्छन् । मेयरलाई सार्वजनिक कार्यक्रममै चड्कन लगाउँछन् । यहीबाट इन्द्रको विदेश जाने सपना गुमराहमा जान थाल्छ ।

    माफी माग्ने कार्यक्रममै आफू मेयर हरिप्रसादविरुद्ध चुनाव लड्ने घोषणा गर्छन् इन्द्र । श्रीमती इन्द्रलाई छोडेर माइती जान्छे, घर जल्छ । अनेक उल्झन सृजना हुन्छन् । इन्द्रलाई मेयरको उम्मेदवारीबाट बाहिरै राख्न हरिप्रसादले अनेक तिकडम गर्छन् । समस्यासँग जुध्दाजुध्दै इन्द्र राजनीतिको ठूलो भूमरीमा परिसकेका हुन्छन् । यी तमाम समस्यालाई जितेर इन्द्र अगाडि बढ्न सक्छन् कि सक्दैनन् ? ‘दिमाग खराब’ हेर्नैपर्ने हुन्छ ।

    ०००

    ‘दिमाग खराब’ले नेपाली समाज र राजनीतिको पछिल्लो रुझानलाई टपक्कै टिपेको छ । गत स्थानीय चुनावमा धरानमा हर्क साम्पाङ र काठमाडौंमा बालेन्द्र शाहले स्वतन्त्र उम्मेदवारी दिएर हासिल गरेको तहल्कापूर्ण विजयबाट चलचित्रको कथा प्रेरित देखिन्छ । ‘दिमाग खराब’ नामले विषयवस्तुको सघनतालाई कुनै न्याय गर्दैन । योभन्दा स्तरीय र कलात्मक नाम खोज्न सकिन्थ्यो ।

    राजनीतिलाई विषयवस्तु बनाइएको ‘छक्कापञ्जा ४’ र ‘नांगो गाउँ’ केही समयअघि प्रदर्शनमा आए । यी दुवै फिल्मले पछिल्लो समय टड्कारो बहसमा रहेको वैकल्पिक राजनीतिलाई चुस्सचुस्स छोएका छन् । त्यसैले यो नेपाली चलचित्रका लागि विल्कुलै नयाँ विषयवस्तु भने होइन ।

    वैकल्पिक राजनीतिलाई ग्लोरिफाइ गर्न खोजिएको भए पनि यसमा पूर्णता छैन । स्वतन्त्र उम्मेदवारसँग मेयरमा निर्वाचित भए भ्रष्टाचारका फाइल खोल्नेबाहेक अर्को भिजन देखिँदैन । यतिमात्रै वैकल्पिक राजनीतिको बाटो हो त ?

    एउटा मुलुक समृद्ध हुन आर्थिकसँगै सामाजिक, सांस्कृतिक पाटो पनि उत्तिकै समृद्ध हुनुपर्छ । तर, ‘दिमाग खराब’ ले बालेन्द्र र हर्कलाई मात्रै वैकल्पिक राजनीतिका आधारस्तम्भ मानेको छ । वैकल्पिक राजनीति यतिमात्रै हुन सक्दैन भनेर ‘दिमाग खराब’ ले भन्न सक्नुपर्थ्यो ।

    मेयरद्वय शाह र साम्पाङ होऊन् या रवि लामिछाने र रास्वपा पार्टी । यिनीहरुको उदयलाई जनतामा आएको राजनीतिक निराशाको नतिजा भनेर राजनीतिक विश्लेषकहरुले विश्लेषण गरिरहेका छन् । तर, वैकल्पिक राजनीति वा स्वतन्त्र मेयरहरुले नेपाली राजनीतिमा एक खालको लहर ल्याएका छन् । यही लहरमा फिल्म मेकरहरुको पनि आँखा परिरहेको छ ।

    संसारभरि नै व्यवसायिक फिल्मका लागि ‘पपुलिस्ट कन्टेन्ट’ जहिल्यै खुराक बन्ने गर्छ । चाहे राजनीति होस् या गुन्डागर्दी वा अपराध कथा, व्यवसायिक फिल्म मेकरहरुले कुनै पनि कन्टेन्टलाई छाडेका छैनन् । यस्ता विषयमाथि फिल्म बनाउन मेकरहरु तम्सिनुको पछाडि केही कारण छन् ।

    पहिलो कारण हो, विषयवस्तुबारे दर्शकलाई जानकारी दिइरहनु परेन । दोस्रो, थोरै मरमसला थपेर यस्ता फिल्म बनाउँदा मुनाफाको सम्भावना बढी भएर जान्छ । निर्माताको लगानी जाकिने जोखिम कम हुन्छ । ‘दिमाग खराब’ पनि कतै यही मनोविज्ञानबाट प्रेरित भएर बनाइएको होइन भन्न सकिँदैन ।

    ०००

    ‘दिमाग खराब’मा आउने ट्विस्टहरु प्रभावकारी छन् । हरेक घटनामा आउने समस्या र त्यो समस्याको समाधान हुँदा नहुँदै आइपर्ने अर्को सरप्राइज समस्याले दर्शकलाई एकाग्रतामा राख्छ । समस्या सल्टाउन पात्रहरुले गर्ने संघर्षले पनि दर्शकलाई रोकिराख्न सक्षम छ फिल्म ।

    फिल्मको संरचनामा ‘दिमाग खराब’ ले चलाखी गरेको प्रस्टै महसुस हुन्छ । चाहे इन्द्रले मेयरको उम्मेदवारी घोषणा गर्दा होस् या इन्द्रले पिटाइ खाने समयमा एयरपोर्टमा जुत्ता दिने भाइको सयौं मोटरसाइकलसहितको टोलीको आगमन होस् । चाहे मेयरको साथी व्यवसायी भोला (दयाहाङ राई)लाई नियतवश हिरासतमा कोच्दा होस् या उसलाई हिरासतबाट निकाल्दा होस् । चाहे सामाजिक अभियन्ताको मेयरमाथिको प्रश्न होस् या ती अभियन्ता मेयरसँग पैसामा बिक्री हुँदाको दृश्य होस् । चाहे छोरी अपहरण हुँदा होस् या विपक्षी दलका नेताले उम्मेदवारी मनोनयन गर्दा होस् । यी ट्विस्टले दर्शकलाई बाँधेर राख्छ ।

    इन्द्रले मेयरको उम्मेदवारी घोषणा गर्दा दर्शकले ताली पिट्छन् । तर, हिजो दुबई गएर ५०-६० हजार पैसा कमाउन हिँडेको सामान्य नागरिकले अचानक कसरी मेयरको घोषणा गर्नसक्छ ? जब कि विगतमा उसको कुनै राजनीतिक चासो छैन । राजनीतिप्रति उनले एक शब्द पनि संवाद बोलेका छैनन् । यो ट्विस्टलाई पत्यारिलो बनाउन पटकथामा मेहनत पुगेको देखिएन ।

    मेयर साम्पाङले यत्तिकै फुत्त चुनाव जितेका थिएनन् । विगत लामो समयदेखि धरानका बेथितिमाथि प्रश्न उठाउँदै आएका थिए । बालेन्द्रले पनि यत्तिकै लहडमा निर्वाचन लडेका थिएनन् । चार-पाँच वर्षदेखि तयारी गरिरहेका थिए । तर, ‘दिमाग खराब’मा इन्द्रले लिने निर्णय भने अचानक र आवेशी छ । सुरुबाटै राजनीतिक चासो भएको र निराशासहित दुबई हिँड्न लागेका थिए भने उसको उम्मेदवारी अझै गज्जब हुने थियो ।

    सँगै फिल्मलाई एक खालको संरचनामा मात्रै लैजाँदा फिल्मले ट्विस्ट ल्याउनमात्रै बल गरिरहेको देखिन्छ । मूल पात्रलाई अनेक उल्झन र पारिवारिक किचलोमा पारिएको छ । सुरुदेखि निरन्तर दर्शकको दिमागमा तनाव र बोझ थोपरिन्छ । पात्रलाई आवश्यकताभन्दा बढी दुःखको भारी बोकाइँदा मनोरञ्जन खोज्न हलसम्म पुगेका दर्शक दिक्क बन्न सक्छन् ।

    दर्शकलाई बढी संवेदित र भावुक बनाउन राखिएका केही प्रसंगहरु यथार्थपरक छैनन् । सुरुवातमै इन्द्र विदेश जाँदा खाली खुट्टा विमानस्थलमा लाइन लाग्न पुग्छन् । उसको चप्पल चुँडिएको हुन्छ । यो पत्यारिलो लाग्दैन । डेढ-दुई लाख ऋण लिएर विदेश हिँडेको युवाले कम्तिमा एकजोर जुत्ताको जोहो त गरेको हुन्छ नै ।

    गाउँटोलमा एउटा घर जल्दा छरछिमेकी केही मिनेटमै जुट्छन् । तर, यहाँ हारगुहार गर्दा पनि चरोमुसो आउँदैन । एउटा आमसभामा मरणासन्न हुने गरी पिटिएको युवकलाई प्रहरीले होइन, अभियन्ताले अस्पताल लगेको दृश्य पनि त्यस्तै अतिरञ्जित छ । अझ अतिरञ्जित छ, प्रहरीले एउटा गम्भीर घाइतेलाई अस्पतालबाटै थुतेर हिरासतमा पुर्‍याएको दृश्य । यतिसम्म अमानवीय नेपाल प्रहरी पक्कै छैन । अनि, गम्भीर अवस्थामा हिरासतमा लगिएको व्यक्ति खोइ कसरी आफैं ठीक हुन्छ । काठमाडौंको खान्दानी परिवारकी स्वस्तिमाले कसरी गाउँको एउटा तन्नम युवकसँग विवाह गर्न पुगिन् भन्ने खुलाइएको छैन ।

    चलचित्रमा पात्रहरुको चरित्र चित्रण भने राम्रोसँग गरिएको छ । दुई जना असल साथीहरुको आत्मीयतालाई चलचित्रले निकै मार्मिक रुपमा पेश गर्छ । श्रीमान र श्रीमतीबीचको द्वन्द्व पनि यथार्थपरक लाग्छ । भाइरल अभियन्ताको शैली र प्रवृत्तिलाई चलचित्रले निकै मजासँग उदांगो बनाइदिएको छ ।

    फिल्मको मुख्य पात्रमा खगेन्द्र लामिछाने छन् । आफू सुहाउँदो भूमिका पाएका उनले अभिनयमा राम्रो बल लगाएका छन् । तर, ‘टलकजंग भर्सेस टुल्के’ मा जत्तिको जोडदार चाहिँ छैन ।

    स्वस्तिमा खड्काले चुनौतीपूर्ण भूमिका पाएकी छन् । गाउँले दुःखी पात्रको भूमिकामा उनले प्राण भरेकी छन् । दयाहाङ राईको अभिनयमा नयाँपन छैन । नेगेटिभ रोलमा अर्पण थापा जमेका छन् । सुमन कार्कीको उपस्थितिले चलचित्रलाई प्लस प्वाइन्ट त भएको छ । तर, उनीबाट दर्शकले जुन ‘कमेडी’ को आशा राख्छन्, त्यो भने मिल्दैन । विजय बराल सधैं झैं अब्बल छन् । माओत्से गुरुङ सामान्य छन् ।

    फिल्मको सम्पादन र ब्याकग्राउण्ड स्कोरको गजबको तालमेल महसुस हुन्छ । फिल्मको मूल कथाभन्दा उपकथाहरु बलिया छन् । समग्रमा सिनेम्याटोग्राफी ठीकठाकै छ । तर, हरिप्रसाद रिसाउँदा घुमाइएको क्यामेराको सट चाहिँ हास्यास्पद लाग्छ । कम्तीमा नेपाली दर्शक निकै माथि उठिसकेका छन् । दिमाग खराब भएको कुरा क्यामेरा घुमाएरै बताइरहनु पर्दैन होला ।

    ०००

    समग्रमा ‘लुट’मार्फत् नेपाली फिल्ममा एक खालको ट्रेन्ड सेटर बनेका बस्नेतले ‘दिमाग खराब’ मार्फत अर्को स्तरीय चलचित्र दिएका छन् । चलचित्रको कम्तिमा ८० प्रतिशत हिस्साले दर्शकलाई बाँधेर राख्छ । बाँकी २० प्रतिशत दृश्यमा भने दर्शक बोर हुन सक्छन् ।

    निर्देशकीय पाटोमा बस्नेत सफल छन् । ६ वर्षपछि कमब्याक गर्दा उनले निर्देशन बिर्सिसकेका रहेनछन् भन्ने मानौं । तर, आफैं पर्दामा देखिने मोहले उनलाई छोडेन । हिरोइज्मले भरिएको एउटा सशक्त भूमिका उनले आफ्नै लागि छुट्याएका छन् ।

    कृषि र पर्यटनमार्फत् मात्रै मुलुकको विकास हुन्छ भनेर भन्नलाई भनिन्छ । तर, यथार्थमा कृषिमा काम गर्न चाहने युवाहरुलाई कसरी यो सिस्टमले निरुत्साहित बनाउँछ, फिल्मले देखाउन खोजेको छ । प्रेमप्रसाद आचार्यहरु किन आत्मदाह गर्नुपर्ने अवस्थामा पुग्छन् ? चुस्स भए पनि बस्नेतले उप्काउने कोसिस गरेका छन् ।

    तर, इन्द्रको साथी भोलाले कृषिमा अनुदान लिएका छन् । यथार्थमा भने सम्पूर्ण कृषि अनुदानहरु राजनीतिक दलका कार्यकर्ताहरुको पोल्टामा जाने गरेको छ । भोला जस्ता उद्यमीका लागि सरकारी अनुदानको बाछिटा पनि पर्दैन । यसमाथि थोरै रिसर्च गरिएको भए फिल्म अझै गजब हुन्थ्यो ।

    अन्त्यमा, ‘लुट’को निर्देशक भनेर जो–जो दर्शक हलमा जानेछन्, उनीहरुलाई बस्नेतले यसपटक निराश बनाएका छैनन् । कम्तीमा यही नै बस्नेतको सफलता हो । फिल्म हेर्ने दर्शकहरु निराश भएर फिर्नुपर्ने छैन । र ‘नेपाली फिल्मलाई माया गरिदिनुहोस्’ भनेर हात जोडेर दर्शक बोलाउनुपर्ने खालका फिल्महरुभन्दा ‘दिमाग खराब’ निकै नै अब्बल छ ।

  • मिलन लिम्बु र राज सिग्देलको ‘नशा’ मा केकी र आर्यनको रोमान्स (भिडिओ)

    मिलन लिम्बु र राज सिग्देलको ‘नशा’ मा केकी र आर्यनको रोमान्स (भिडिओ)

    काठमाडौं । गायक राज सिग्देलले ‘नशा’ बोलको नयाँ गजल सार्वजनिक गरेका छन् । हालै युट्यूवमा रिलिज गरिएको यो गजलको म्युजिक भिडिओमा केकी अधिकारी र आर्यन सिग्देलको रोमान्टिक केमेस्ट्री देख्न सकिन्छ ।

    बेलायतमा बस्दै आएका गीतकार मिलन लिम्बु ‘गोठालो जेठा’ ले लेखेका शब्दहरुमा राजले संगीत र स्वर दिएका हुन् । लिम्बुले कोरेका प्रेमिल शब्दहरुलाई राजको आवाजले बुलन्द तुल्याएको छ । गजलप्रेमीहरुका लागि यो एउटा मिठो खुराक हो ।

    गीतको म्युजिक भिडियोमा पनि राजलाई देख्न सकिन्छ । राज गायककै भूमिकामा छन् भने केकी उनकी पत्नी बनेकी छन् । एउटा विवाह पार्टीमा आर्यन सिग्देलले केकीलाई नजर लगाउँछन् र उनीसँगको मिठा कल्पनामा डुब्छन् ।

    भिडिओको निर्देशन अनुप चापागाईंले गरेका हुन् । गीतले जस्तै म्युजिक भिडिओले पनि दर्शकको ध्यान तान्न सक्छ । तीन दिनअघि रिलिज गरिएको गीतले ८५ हजारभन्दा बढी भ्यूज पाइसकेको छ ।

     

  • ‘पशुपति प्रसाद ३’ को घोषणा, वर्षा र खगेन्द्रको अपूरो कथा पूरा हुने

    ‘पशुपति प्रसाद ३’ को घोषणा, वर्षा र खगेन्द्रको अपूरो कथा पूरा हुने

    काठमाडौं । चलचित्र पशुपति प्रसाद टीमले ‘पशुपति प्रसाद ३’ को घोषणा गरेको छ । ‘पशुपति प्रसाद २ भष्मे डन’ को प्रदर्शन चौथो साता प्रवेशको खुसीयाली बाँड्दै निर्माण टीमले आज तेस्रो सिक्वेल बनाउने घोषणा गरेको हो ।

    निर्माण पक्षका अनुसार ‘पशुपति प्रसाद ३’ मा खगेन्द्र लामिछाने र वर्षा सिवाकोटी दोहोरिने छन् । दुवै सिक्वेल हेरेपछि दर्शकले ‘पशुपति प्रसाद ३’ को खोजी गरेकाले अपूरा कथा र छोडिएका पात्रहरू तेस्रोमा पूरा गर्न लागिएको बताइएको छ ।

  • प्रिमियरमा ‘दिमाग खराब’ हेरेपछि बालेनले भने- ‘एन अमेइजिङ सिनेमा’

    प्रिमियरमा ‘दिमाग खराब’ हेरेपछि बालेनले भने- ‘एन अमेइजिङ सिनेमा’

    काठमाडौं । निर्देशक निश्चल बस्नेतले ६ वर्षपछि निर्देशन गरेकाले पनि दर्शकमाझ ‘दिमाग खराब’को प्रतिक्षा दर्शकमाझ छ ।

    आज शुक्रबारबाट प्रदर्शनमा आएको निश्चल बस्नेत निर्देशित सिनेमा ‘दिमाग खराब’लाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सफलतताको शुभकामना दिएका छन् ।

    बिहीबार साँझ लबिम मलमा आयोजित प्रिमियर शोमा सिनेमा हेर्न पुगेका बालेनले शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा सिनेमाको पोस्टर सेयर गर्दै एन अमेइजिङ सिनेमा भन्दै सफलताको शुभकामना दिनुका साथै सबैलाई सिनेमा हेर्न आग्रह गरेका छन् ।

    शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमालाई प्रिमियरमा हेरे पश्चात धेरै उपस्थित पाहुनाले उत्कृष्ट प्रतिक्रिया दिएका छन् । साथै, निर्देशक बस्नेत निर्देशित सिनेमा हेरिरहँदा केहीहदसम्म बालेनको चुनाबी अभियानबाट प्रभावीत रहेको पनि भान हुन्छ । आम मानिसको जिवनमा राजनितिले पार्ने प्रभावको कथा बोल्ने सिनेमाले हरेक दर्शकलाई आफ्नै कथा महसुस गर्ने देखिन्छ ।

    सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको सिनेमामा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय छ ।

    निर्देशक निश्चल बस्नेत र अभिनेत्री सुपुष्पा भट्ट पनि सिनेमाको एक गीतमा विशेष भुमिकामा देखिएका छन् । आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको सिनेमा राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको हो । सिनेमामा रौनक विक्रम कडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

    सिनेमामा सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ । सिनेमालाई काठमाडौं भित्र गोविन्द शाहीको काफिया फिल्मस् र मोफसलमा मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।

  • ‘दिमाग खराब’को प्रीमियरमा बालेन, रविदेखि रोहित पौडेलसम्म (तस्बिरहरु)

    ‘दिमाग खराब’को प्रीमियरमा बालेन, रविदेखि रोहित पौडेलसम्म (तस्बिरहरु)

    काठमाडौं । भोलि कात्तिक २४ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘दिमाग खराब’को आज ललितपुर एक हलमा प्रीमियरको आयोजना गरिएको छ । प्रीमियरमा चलचित्र कर्मी लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागीता रहेको थियो ।

    प्रीमियरमा उपसभामुख इन्दिरा राना, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने लगायत रास्वपा सांसद सोबिता गौतम, बिनिता कठायत, निकिता पौडेल, नेपाली कृक्रेटर रोहित पौडेल, कुशल भुर्तेल, सोम्पाल कामीलगायतको उपस्थिति रहेको थियो ।

    त्यस्तै, कलाकार दीपक राज गिरी, दिपाश्री निरौला, निर्मल शर्मा, हरिवंश आचार्य, प्रकृति श्रेष्ठ, गौरव पहारी, पुर्व क्रिकेटर तथा क्यान सचिव पारस खडका, कमेडियन सजन श्रेष्ठ, प्रनेश गौतम निर्देशक सन्तोष शेन, अशोक शर्मा लगाएतको उपस्थिति रहेको थियो ।

    चलचित्रमा निश्चल बस्नेत र भिनेत्री सुपुष्पा भट्ट पनि सिनेमाको एक गीतमा विशेष भूमिकामा देखिएका छन् । आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको सिनेमा राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको हो । सिनेमामा रौनक विक्रम कडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

    सिनेमामा सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ । सिनेमालाई काठमाडौं भित्र गोविन्द शाहीको काफिया फिल्मस् र मोफसलमा मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।

     

  • मोडल दीपासा बीसीको निधन

    मोडल दीपासा बीसीको निधन

    काठमाडौं । मोडल एवं अभिनेत्री दीपासा बीसी ‘जलपरी’ को निधन भएको छ । बुधबार नर्भिक अस्पताल भर्ना भएकी उनको आज मृत्यु भएको अस्पताल स्रोतले बतायो । उनको मृत्युको कारण खुलिसकेको छैन ।

    दीपासाले बिरानो माया, झेली, दुलही रानी चलचित्रमा अभिनय गरेकी छन् । साथै दर्जनौं म्युजिक भिडिओमा उनलाई देख्न सकिन्छ ।

    सुर्खेत घर भएकी दीपासा अविवाहित हुन् ।

  • युट्युवर मनोज मानव पक्राउ

    युट्युवर मनोज मानव पक्राउ

    काठमाडौं । युट्युवर मनोज मानव (मनोजकुमार महतो) पक्राउ परेका छन् । विभिन्न व्यक्तिको चरित्र हत्या गरेको आरोपमा मनोजलाई पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ ।

    मनोज ‘स्टार अनलाइन’ टिभीका सञ्चालक हुन् । मनोज भाइरल हुने नाममा विभिन्न व्यक्तिको चरित्र हत्या गर्ने गरी सामग्री प्रसारण गर्दै आएका थिए ।

    मनोजलाई पूर्वएआईजी रणबहादुर चन्द र तारा बराल बसिरहेको रेस्टुरेन्टमा प्रवेश गरेपछि ताराले थप्पडसमेत हानेकी थिइन् । आफूहरूको चरित्रहत्या गरेको भन्दै ताराले समेत उजुरी दिएकी थिइन् ।
  • मेरा फिल्म असफल भएकैले ‘स्क्रिप्ट डक्टर’ बन्ने स्थिति आएको हो : मनोज पण्डित

    मेरा फिल्म असफल भएकैले ‘स्क्रिप्ट डक्टर’ बन्ने स्थिति आएको हो : मनोज पण्डित

    काठमाडौं । निर्देशक तथा समीक्षक मनोज पण्डित यतिवेला स्क्रिप्ट डक्टरिङको काममा व्यस्त छन् । लेखक र निर्देशकसँग बसेर पटकथालाई फिल्मको व्याकरण र संरचनामा ढाल्नु नै उनको प्रमुख काम हो । हलिउडमा क्वेन्टिन टोरेन्टिनो जस्ता दिग्गज निर्देशकले पनि अरुका लागि स्क्रिप्ट डक्टरिङको काम गरेका छन् । भलै हलिउड स्टुडियोहरुले स्क्रिप्ट डक्टरिङमा मिलियन डलर खर्च गरे पनि नामै लेख्ने प्रचलन भने छैन ।

    नेपालमा पण्डितले स्क्रिप्ट डक्टरको नाम पनि फिल्ममा लेख्न सुरु गरेका छन् । भर्खरै प्रदर्शनमा आएको फिल्म ‘पशुपतिप्रसाद २ भष्मे डन’ मा स्क्रिप्ट डक्टरको भूमिकामा स्क्रिप्टको शल्यक्रिया गर्न पुगेका थिए पण्डित । भलै फिल्मले भने दर्शक र समीक्षकबाट मिश्रित प्रतिक्रिया पाएको थियो । प्रदर्शनमा आउनै लागेको निश्चल बस्नेत निर्देशित ‘दिमाग खराब’मा पनि पण्डित स्क्रिप्ट डक्टरकै भूमिकामा छन् ।

    अहिले सुटिङ भइरहेको प्रदीप भट्टराई निर्देशित फिल्म ‘महाजात्रा’देखि आउँदो वर्ष प्रदर्शनमा आउने सन्तोष सेन निर्देशित ‘बलिदान’मा पनि पण्डित स्क्रिप्ट डक्टरको भूमिकामा छन् । आफ्ना दुई फिल्म ‘एक’ र ‘खाग’लाई असफल फिल्म भनेर निर्धक्क बोल्ने पण्डित अचानक कसरी स्क्रिप्ट डक्टरको भूमिकामा बदलिए ? मूलधारका नेपाली फिल्महरुमाथि प्रश्नमात्रै गरिरहने पण्डित एकाएक कसरी मूलधारकै फिल्मको स्क्रिप्ट डक्टर बने ? यिनै विषयमा मनाेज पण्डितसँग नेपालप्रेसकर्मी नवीनकाजी राईले गरेको कुराकानीको सम्पादित अंशः

    – स्क्रिप्ट डक्टरिङ औपचारिक रुपमा तपाईंबाट सुरु भयो । खासमा स्क्रिप्ट डक्टर के हो ?

    सिनेमाको आधारभूत तत्वलाई सिनेमाको व्याकरणभित्र बलियो गरी संरचना बनाउने काम हो स्क्रिप्ट डक्टरिङ । सिनेमामा स्क्रिप्टको आफ्नो व्याकरण हुन्छ । त्यो व्याकरणभित्र कुनै पनि कथाको निर्माण हुनुपर्छ । स्क्रिप्ट लेखिँदै गर्दा व्याकरणीय रुपमा लेखिएको छ कि छैन भनेर प्रारम्भिक रुपमा संरचना निर्माण गर्ने काम नै स्क्रिप्ट डक्टरिङ हो ।

    – यसले निर्माता र मेकरलाई के फाइदा हुन्छ ?

    पहिलो फाइदा लेखकलाई हुन्छ । लेखकलाई निश्चित व्याकरणभित्र बसेर सृजनात्मक अभिव्यक्ति दिने ठाउँ बन्छ । त्यसपछि निर्देशकलाई सिनेम्याटिक अभिव्यक्तिका लागि सहयोग पुग्छ । पात्रहरुको द्वन्द्व निर्माण, कथाको विकास र अन्त्यमा निर्देशक स्पष्ट बनिसकेपछि उसले त्यसभित्र सृजनात्मक प्रस्तुति दिन पाउँछ । अनि सबैभन्दा फाइदा चाहिँ निर्मातालाई दिन्छ । आखिर सिनेमा चल्ने भनेको दर्शकका कारण हो । दर्शक भनेको मनोवैज्ञानिक संरचना हो । स्क्रिप्ट डक्टरिङमा त्यो मनोवैज्ञानिक संचरनामाथि सबैभन्दा बढी काम हुन्छ ।

    के कुराले दर्शकलाई प्रभाव पार्नसक्छ भन्ने कुरामा बढी विश्लेषण हुन्छ । कुनै पनि पात्र जन्मिँदा त्यो पात्रको दर्शकसँग के सम्बन्ध हुनसक्छ भनेर विश्लेषण हुन्छ । निर्मातालाई दर्शकको अस्तित्वप्रति सम्मान गर्ने काम स्क्रिप्ट डक्टरले गर्छ । त्यसो गर्नासाथ सिनेमा दर्शकको सामुन्ने उत्पादनको रुपमा प्रस्तुत हुन्छ ।

    संसारमा एक खालको सिनेमा दर्शकका लागि र अर्को खालको सिनेमा मेकरका लागि बन्छ । मेकरले आफ्नो लागि बनाएको सिनेमा मेकर नै हावी हुन्छ । तर, दर्शकका लागि बन्ने सिनेमामा स्क्रिप्ट डक्टरको भूमिका दर्शकसँग हुन्छ । सिनेमाले प्रभाव पार्ने दर्शकको मनोविज्ञानलाई सिनेमा लेखनको सोचमै स्क्रिप्ट डक्टरले अंगीकार गरिदिन्छ । त्यसो गर्दा दर्शकसँग सिनेमाको राम्रो सम्पर्क स्थापित हुन्छ । खासमा स्क्रिप्ट डक्टरको दायित्व भनेको लेखक र निर्देशकलाई सहयोग गर्ने हो ।

    – सिनेमा उत्पादन हो कि सृजना ?

    दुवै हो । सिनेमा उत्पादनसँगै जोडिने मनोविज्ञान हो । पछिल्लो समय संसारमा मानिसको मनोविज्ञानलाई बुझ्ने प्रयास सबैभन्दा बढी भएको छ । संसारमा सबै खालको उत्पादनको उद्देश्य नै मानिसको आवश्यकताको मनोविज्ञानलाई बुझ्ने प्रयाससहित भएको छ । र, सिनेमा पनि मानिसको आवश्यकताको मनोविज्ञानमा आधारित उत्पादन हो ।

    तर, यो उत्पादनसँग मेकरको जुन सम्बन्ध हुन्छ, त्यो वस्तुसँगको मात्रै होइन, आत्मासँगको पनि हो । आत्मा भनेको मेकरको सम्पत्ति हो । र, कथामा आत्मा जोडिएपछि उत्पादनको रुपमा बजारमा आउँछ । त्यसैले सब्जेक्टिभ र अब्जेक्टिभ महत्वको समीश्रण नै सिनेमाको सबैभन्दा उत्कृष्ट फर्म हो ।

    – ‘पशुपतिप्रसाद २ भष्मे डन’ अहिले हलहरुमा चलिरहेको छ । स्क्रिप्ट डक्टरिङअघिको ‘भष्मे डन’ र अहिले हलमा चलिरहेको ‘भष्मे डन’बीच त्यस्तो के तात्विक फरक महसुस गर्नुभयो ?

    ‘भष्मे डन’ स्क्रिप्ट डक्टर भएर आधिकारिक रुपमा अभ्यास गरिएको फिल्म हो । यसअघि मैले धेरै फिल्महरुमा अनौपचारिक रुपमा काम गरेको थिएँ । यस फिल्ममा आउँदा यसको निश्चित परिधिहरु थिए । स्क्रिप्ट डक्टरले केही कुराहरुमाथि मेकरको रिजर्भेसनलाई सम्मान गर्छ । त्यो रिजर्भेसनलाई सम्मान गर्दै काम अगाडि बढाइयो ।

    म के कुरामा उत्साहित छु भने हाम्रा मेकरहरु अलिकति फिल्मको संरचनामा सचेत हुन थालेका छन् । संरचनाभन्दा बाहिर जे हुन्छ, सो हुन्छ भनेर मेकरहरुले काम गर्ने गरेका थिए । तर, अब संरचना हुनुपर्छ भन्ने कुरामा सचेत भएकोमा खुशी छु ।

    – ‘भष्मे डन’ स्क्रिप्ट डक्टरिङमा र हलमा कति फरक महसुस गर्नुभयो ?

    म चाहन्थें, स्क्रिप्ट डक्टरिङमा जति गरिएको थियो, त्यसको बीसौं गुणा बढी काम लेखक निर्देशकले गरोस् । स्क्रिप्ट डक्टरिङ जति गरेको छु, त्यतिमात्रै पर्दामा आउनुहुन्न । पर्दामा आउँदा मेरो कामलाई लेखक र निर्देशकको प्रस्तुतिले ढाकिदिनुपर्छ ।

    – ‘भष्मे डन’मा ढाकिएको छ त ?

    अलिकति ढाकिएको छैन । त्यो ढाकिनुपर्छ । मेरो काम सबैभन्दा सुषुप्त हुनुपर्छ । सिनेमाको स्वास्थ्य भनेकै सबै संरचनाहरु बाहिर नदेखिनु हो । मासु र रगतले हड्डी ढाकियो भने सुन्दर शरीर बन्छ । ‘भष्मे डन’मा त्यो अझै राम्रोसँग ढाकिएको भए गजब हुन्थ्यो । म चाहिँ मैले गरेको काम पर्दामा देखियोस् भन्ने चाहन्नँ ।

    – ‘भष्मे डन’को शल्याक्रियाप्रति कतिको सन्तुष्ट हुनुहुन्छ ?

    लेखक, निर्देशकले गरेको कामप्रति भन्दा पनि म आफ्नो कामप्रति नै सन्तुष्ट छैन । मैले गर्न सक्ने सृजनशील हस्तक्षेप नै गर्न सकिनँ । मैले अझै बढी केही गर्नुपर्थ्यो । केही थिमेटिक एलिमेन्टमा योगदान दिनुपर्थ्यो । म मेरो कामप्रति सन्तुष्ट छैन । मैले फाइनल फिल्म हेर्नुपर्थ्यो भन्ने मलाई लाग्छ । त्यो चिज चाहिँ मेरो कमजोरी हो ।

    – तपाईं क्रिटिकल अप्रोच राखेर फिल्मलाई हेर्ने मान्छे, ‘भष्मे डन’ हलमा हेर्दा कस्तो लाग्यो ?

    ‘भष्मे डन’मा केही अत्यन्त सुन्दर तत्व पनि छ । यसले मानिसका बहुरुपहरुलाई प्रस्तुत गर्न खोजेको छ । त्यो ठूलो कला हो । हरेक पात्रहरुमार्फत् मानिसका कुरुप चरित्रलाई उत्खनन् गर्न खोजेको काम अत्यन्त सुन्दर छ । यसमा लेखक र निर्देशकलाई दर्शकको रुपमा सम्मान गर्छु ।

    त्यसमा लेखक र निर्देशकले अझै मन्थन गर्न बसेको भए झनै गज्जब हुन्थ्यो । ‘भष्मे डन’ले आँटेको चुनौतीका कारण अघिल्ला फिल्मको तुलनामा यो फिल्म गम्भीर छ । यति गम्भीर फिल्मका लागि लेखक निर्देशकले आँट गरेकै हुन् । तर, यो लेभलको गम्भीरतामा जुन लेभलको मेहनत गर्नुपर्थ्यो, त्यो गरेको भए झनै सुन्दर हुन्थ्यो ।

    – भनेपछि ‘भष्मे डन’मा लेखक र निर्देशकले अझै मेहनत गर्नुपर्ने थियो ?

    अझै गर्नुपर्थ्यो । कन्टेन्टकै कुरामा पनि डिटेलमा मेहनत गर्नुपर्थ्यो ।

    – ‘भष्मे डन’ धेरै नै पैसा केन्द्रित फिल्म बनेको आरोप छ । तपाईंलाई के लाग्छ ?

    ठूलो ब्राण्डको पैसासँग केही अपेक्षा रहन्छ । ‘भष्मे डन’ होस् या कुनै फिल्म् । पैसा चाहिँ शक्तिशाली कथाको परिणतिमात्रै हो । सबैभन्दा ठूलो चासो कथा नै हो । हामी कथाको व्यापारमा छौं । कथाले जति शक्तिशाली रुपमा सामान्य मान्छेलाई जोड्छ, उति नै पैसा जन्माउँछ । अब कथा भनेर पैसा कमाउने या पैसाका लागि कथा बनाउने ? ठूलो प्रश्न छ । अबको नेपाली सिनेमाले साँच्चिकै यसमाथि प्रश्न गर्नुपर्छ ।

    – ‘भष्मे डन’ पैसाका लागि कथा बनाइएको हो कि कथाले पैसा बनाएको हो ?

    लेखक, निर्देशकमा पैसा आउँछ भन्ने कुराको सायद आत्मविश्वास थियो । साथै उनीहरुमा ‘पशुपतिप्रसाद’को लिगेसीलाई पनि मेन्टेन गर्नुपर्छ भन्ने थियो । लिगेसीलाई लिएर गम्भीर पनि थिए । कुरा के हो भने ‘पशुपतिप्रसाद’ चाहिँ जादु थियो । दोस्रो चाहिँ प्राविधिक थियो ।

    जादु जहिल्यै पनि जादु भइरहँदैन । जादुका लागि अझै बढी मेहनत गर्नुपर्छ । अर्को पाटो के हो भने नेपालमा सिक्वेल बनाउने प्रणाली रोकिनुपर्छ । सिक्वेलको चक्करमा पैसा देखेका छन् सबैले । सिक्वेल बनाउने प्रणाली चाहिँ कतै न कतै रोकिनुपर्छ । सिक्वेलको चक्करले फिल्ममेकरलाई अलिकति अल्छी बनाउनतिर धकेलिरह्यो । अब सिक्वेल बनाउन रोकिनुपर्छ ।

    – सिक्वेललाई हेर्दा चाहिँ कथाका लागि सिक्वेल बनिरहेको हो कि पैसाका लागि ?

    सिक्वेलहरु कथाका लागि बनेका छैनन् । सिक्वेलमा हरेक कथाहरु एकदमै फरक र युनिक हुनुपर्छ । सबै सिक्वेल पैसाको लागि बनेका छन् । जुन दिन कथाको लागि सिक्वेल बन्न थाल्छ नि, त्यसपछि सिक्वेल भनिरहनै परेन ।

    – स्क्रिप्ट डक्टरको रुपमा तपाईंको पहिलो काम पनि देखियो । हिजो नेपालमा मूलधारका भनिएका फिल्महरुमा तड्कारो प्रश्न गर्नुहुन्थ्यो । आज त्यही मूलधारे फिल्ममै काम गरिरहनुभएको छ । यसलाई कसरी लिने ?

    मैले बनाएका दुइटा सिनेमा असफल रहे । मेरो फिल्म मेकिङको प्रक्रियामा ठूलो ग्याप रह्यो । जब फिल्म निर्माणमा असफल भएँ, म मेरो असफलताहरुमाथि अध्ययन गर्न थालें । किन असफल भएँ ? मेरा कमजोरी के हुन् ? लेखन वा सोचमा कहाँ कमजोरी भयो ?

    कमजोरी खोतल्ने प्रयासमा जे जे अध्ययन गर्दै गएँ, अनि मैले गरेका गल्तीहरु अरुले नगरोस् भन्ने भयो । यसबारे म अरुलाई पनि भन्ने गर्छु । मैले जानेका कुराहरु शेयर गर्छु । यही क्रममा निश्चित संरचनागत रुपमा सिनेमा मेकिङको विकास भइदेओस् भन्ने कुरा गर्दै जाँदा स्क्रिप्ट डक्टरिङको विकास भएको हो ।

    मैले ‘पशुपतिप्रसाद’बाट आधिकारिक रुपमा काम गरे पनि यो काम ‘जात्रा’बाट सुरु भएको हो । म क्रिटिकल छु, त्यही क्रिटिकल कुराको आवश्यकता सिनेमामा पर्छ । फिल्म हेरेर बाहिरबाट क्रिटिकल कमेन्ट गर्नुभन्दा फिल्म बनाउँदाबनाउँदै प्रश्न गर्नुले फिल्म क्षेत्रलाई फाइदा हुन्छ नि !

    अहिले स्क्रिप्टलाई जति गम्भीर भएर विश्लेषण गरियो, त्यसको नतिजा उत्तिकै राम्रो आउँछ भन्ने कुरा मान्छेले सोच्न थालेका छन् । मेरो स्क्रिप्ट डक्टरिङको भित्री नियत चाहिँ मलाई कथा, पात्र र दृश्यको निर्माण र विनिर्माणमा ठूलो रुचि छ । मेरो रुचि जे छ, त्यसले एक खालको प्ल्याटफर्म पाएकोमात्रै हो । म त्यसमा रमाइरहेको छु ।

    – सिनेमाको व्याकरण र संरचना थाहा छ । पात्रहरुको संघर्ष र द्वन्द्वको उत्कर्षबारे थाहा छ । तर, यी विशेषज्ञता हुँदाहुँदै तपाईंका फिल्महरु चाहिँ किन असफल भए ?

    मेरा फिल्म असफल भएकैले मैले सिक्न थालेको हुँ । म असफल भएकै कारणले स्क्रिप्ट डक्टर बन्ने स्थिति बनेको हो । मेरा असफल सिनेमाहरुमा म क्रिटिकल हुन नसकेको हो । जुन सिनेमामा सफल भएँ, ती सिनेमा ठीकठीकै राम्रै बनेको थियो । खासमा म पछिल्ला मेरै सिनेमाप्रति क्रिटिकल हुन सकिनँ ।

    – सबै कुरा थाहा पाउँदापाउँदै तपाईंका सिनेमा कसरी असफल भयो ?

    फिल्म मेकिङको ज्ञान भएरमात्रै होइन । फिल्म मेकिङ नियत पनि हो । फिल्म मेकिङ मेहनत पनि हो । अभ्यास पनि हो । कतिपय कुरा मलाई थाहा हुँदाहुँदै पनि मेरो नियतमा आएका केही समस्याले गर्दा मेरो सिनेमा बिग्रियो । मेरो बिग्रेको सिनेमाको पछिाडि मेरो नियतको खराबी हो । प्राविधिक कुरा थाहा नभएर होइन ।

    फिल्म मेकर हुनलाई क्यामेरा र कलाकारलाई एक्सन कट भनेरमात्रै पुग्दैन । फिल्म मेकर साँच्चिकै इमानदार र राम्रो नियतको मान्छे बन्नुपर्छ । जसको सबैभन्दा राम्रो सम्बन्ध कथासँग हुन्छ । जसले कथाको मूल आत्मालाई न्याय गर्न मेहनत गर्दैन, इमानदार बन्दैन, त्यो फिल्म मेकर जतिसुकै स्रोतसाधन भए पनि चुक्छ ।

    त्यसकारण म चुकेको चाहिँ मेरो नियतको कारणले हो । र, मलाई आफ्नो नियतमा भएको खराबी बुझ्न केही समय लाग्यो । म असफल भएको कुरामा म मेरो भाग्यलाई धन्यवाद दिन्छु । किनभने म असफल हुनु नै थियो । मलाई मेरो कमजोरी थाहा पाउन असफल हुनु थियो । ज्ञानको खोजी गर्न पनि असफल हुनु थियो । म असफल भएकोमा दुःखी छैन । डर चाहिँ के छ भने मैले असफलताबाट सिकेको पाठ अब लागू गर्छु कि गर्दिनँ ? अब गरिनँ भने वास्तविक असफल त्यहाँ हुन्छु ।

    हिजो गरेका दुइटा फिल्म असफल भए, चलेन । त्योमात्रै मेरो पूर्ण असफलता होइन । मैले यो कुराबाट जे सिकें, जानें, त्यो कुरा फिल्ममा लागू गर्छु कि गर्दिनँ ? मेरो खास असफलताको घडी चाहिँ अब आउँदैछ ।

    – सिनेमामाथि डिक्सोर्स हुनुपर्छ भन्ने तपाईं अहिले मूलधारका मसलेदार फिल्महरुमा स्क्रिप्ट डक्टरको रुपमा जोडिँदै जानुभएको छ । यसलाई वैचारिक विचलन भन्न मिल्छ कि मिल्दैन ?

    मसलेदार सिनेमा व्याकरणीय रुपमा बलियो हुनुपर्छ भन्ने सिद्धान्तमा छु । अबको मेरो अवधारणा भनेको मसलेदार सिनेमामा व्याकरण हुनुपर्छ भन्ने हो । प्रशस्त मसलेदार सिनेमा बनोस् । यथार्थवादी चंगुलबाट हाम्रो सिनेमा एकदमै सृजनशील काल्पनिकतामा जाओस् । तर, त्यहाँ जाँदा व्याकरणीय रुपमा सही हुनुपर्छ ।

    सिनेमा साहित्य हो । यसको आफ्नै व्याकरण हुन्छ । सिनेमा भनेको दृश्य र शब्दको व्याकरणको संयोजन हो । स्क्रिप्ट डक्टरको रुपमा मेरो संलग्नता म व्याकरणको पक्षधर भएकाले हो । यसो भन्दा म संरचनावादी जस्तो देखिन्छु । तर, म अहिलेको केही समय चाहिँ नेपाली सिनेमा स्पष्ट संरचनामा अगाडि बढ्नुपर्छ, आधारभूत संरचना पक्रनुपर्छ भन्ने पक्षमा छु । म वैचारिक रुपमा एकदमै छताछुल्ल छैन । नेपाली सिनेमा दर्शकलाई सिनेम्याटिक अनुभव दिने सशक्त माध्यम बनोस् भन्ने चाहन्छु । हाम्रो नेपाली सिनेमाको कमजोरी नै व्याकरण हो ।

    – स्क्रिप्ट डक्टरिङमा चुनौती चाहिँ कस्तो महसुस गर्नुभयो ?

    मेकरले स्क्रिप्ट सकेपछि केही समस्याहरुलाई समाधान गरिदिने अवस्था आइदिए गजब हुन्थ्यो । यहाँ त आइडिया नै सिजरिङ गरिदिनुपर्ने अवस्था छ । भ्रुण नै राखिदिनुपर्ने अवस्था छ । विस्तारै मैले स्क्रिप्ट डक्टरिङ कम गर्नुपर्ने समय पनि आउनेछ । यस्तो स्थिति होस्, जहाँ स्क्रिप्ट डक्टर नै हुन नपरोस् । त्यो बन्न थुप्रो समयको मेहनत लाग्छ ।

    मास सिनेमाको आवश्यकता ग्राहकप्रतिको सम्मान हो । ग्राहक नोकर होइन । हाम्रो भने ग्राहकलाई नोकर बनाउन खोज्ने मनोविज्ञान छ । ग्राहक त स्वतन्त्र छनोटकर्ता हो । नेपाली सिनेमामा मास सिनेमा नै बनोस् । तर, ग्राहकको परिधि बढाओस् । ग्राहकलाई सम्मान गरोस् । यसरी जाँदा नेपाली सिनेमा बुम हुन समय लाग्दैन ।

    अर्को कुरा भनेको स्क्रिप्ट डक्टर र कथावाचक बीचमा सधैं द्वन्द्व हुन्छ । मेरो दायित्व दर्शकसँग मात्रै हुन्छ । त्यसकारण लेखक र निर्देशकसँग असहमत हुन्छु । अबका नयाँ फिल्महरुमा काम गर्दा लेखक निर्देशकले वाचा गरेको तहको स्क्रिप्ट आएको छ कि छैन भन्ने कुरामा मेरो द्वन्द्व हुनेवाला छ । लेखक र निर्देशकको केही कुराप्रति भावनात्मकता हुन्छ । स्क्रिप्ट डक्टर छिरेर त्यसलाई भत्काइदिन्छ । भावनात्मक क्षति गरिदिन्छ । कहिलेकाहीं त्यही अट्याचमेन्ट र क्रिटिकल कुराको टकराव पूर्ण सफलतामा जानसक्छ । कहिलेकाहीं असफल भएर जान्छ ।

    मलाई सबैभन्दा चुनौती चाहिँ आफ्नै सिनेमाको डक्टरिङ गर्नु हो । मैले जे विषयमा सिनेमा बनाउँदैछु, त्यो सिनेमामा डक्टरिङको अभ्यास गर्दैगर्दा म कति कमजोर कथावाचक रहेछु भन्ने थाहा भएको छ ।

  • ‘दिमाग खराब’को मर्मस्पर्शी गीत ‘हजुरी’ सार्वजनिक

    ‘दिमाग खराब’को मर्मस्पर्शी गीत ‘हजुरी’ सार्वजनिक

    काठमाडौं । शुक्रबारबाट रिलिज हुने निश्चल बस्नेत निर्देशित सिनेमा ‘दिमाग खराब’ले आफनो नयाँ गीत रिलिज गरेको छ । बुधबार सिनेमाले ‘हजुरी’ बोलको गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीत जयन जे वाइवाको शब्द-रचना तथा संगीतमा तयार भएको हो ।

    गीतमा स्वर पनि उनकै रहेको छ बने महिला स्वरमा मिना निरौलाले साथ दिएकी छन् । गीतको भिडियोमा सिनेमाका प्रमुख कालाकार खगेन्द्र लामिछाने र स्वस्तिमा खड्का मुख्य रुपमा फिचर भएका छन् भने दयाहाङ राई लगायतका कलाकारलाईसमेत देख्न सकिन्छ ।

    आम मानिसको अवस्था परिवर्तनका लागि भएको व्यवस्था परिवर्तन पनि मुठठीभरका मानिसको कठपुतली भईंदिदां भूईंमान्छेले अपन्त्व महशुस गर्न नसकेर कसरी प्रताडित बनिरहन्छ गर्छ भन्ने विषयलाई प्रधान बनाउँदै तयार पारिएको सिनेमाको यो गीतले भुईं मानिसको पीडालाई व्यक्त गरेको छ ।

    गीतका शब्दहरु निक्कै मर्मस्पर्शी छन् । मर्मस्पर्शी संगीतमा गायक वाइवा र निरौलाको स्वरले गीतलाई अझ उच्च बनाउँदै शक्तिशाली बनाएको छ । गीतले दर्शक श्रोताको मन जित्न सक्ने सहज अनुमान गर्न सकिन्छ ।

    सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको सिनेमामा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय छ ।

    निर्देशक निश्चल बस्नेत र भिनेत्री सुपुष्पा भट्ट पनि सिनेमाको एक गीतमा विशेष भुमिकामा देखिएका छन् । आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको सिनेमा राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको हो । सिनेमामा रौनक विक्रम कडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

    सिनेमामा सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ । सिनेमालाई काठमाडौं भित्र गोविन्द शाहीको काफिया फिल्मस् र मोफसलमा मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।

  • ‘दिमाग खराब’को अग्रीम टिकट बुकिङ खुल्ला, मल्टिप्लेक्सदेखि सिंगल स्क्रिनसम्म उच्च शो

    ‘दिमाग खराब’को अग्रीम टिकट बुकिङ खुल्ला, मल्टिप्लेक्सदेखि सिंगल स्क्रिनसम्म उच्च शो

    काठमाडौं । आगामी शुक्रबारबाट प्रदर्शनमा आउने बहुप्रतिपक्षत सिनेमा ‘दिमाग खराब’को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । सिनेमाको हाइपलाई हेरेर देशभरका मल्टिप्लेक्सदेखि सिंगल स्क्रिनसम्मले ‘दिमाग खराब’लाई उच्च शो दिएका हुन् ।

    निर्माण टिमले प्रदर्शन अगाडी गरेको व्यापक प्रचारको फाईदा शोमा देखिएको छ । अनि सिनेमाको सार्वजनिक प्रचार सामाग्री पोस्टर, गीत, टिजर र ट्रेलरले दर्शकमाझ उच्च हाइप बनाएको छन् । साथै निर्देशक निश्चल बस्नेत ६ वर्षपछि निर्देशनमा फर्केकाले पनि दर्शक सिनेमा हेर्न उत्साहीत छन् । जसको फाइदा बक्सअफिसमा देखिने विश्वास निर्माण टिमलाई छ ।

    यो समाचार तयार पार्दासम्म देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले सिनेमालाई काठमाडौं उपत्यकामा २५ शो दिएको छ, भने मोफसलका चेनमा ३३ शो उपलब्ध गराएको छ । यस्तै, दोस्रो ठुलो मल्टिप्लेक्स चेन आईएनआई सिनेमाज्ले १४ शो, वान सिनेमाज्ले १० शो, एफक्युबले ६ शो, बिग मुभिजले ५ शो, क्युज सिनेमाज्ले ५ शो, रञ्जना सिनेप्लेक्सले ७ शो, सिके सिनेमाज्ले ५ शो, सिने डी सेफले ३ शोमा अग्रीम टिकट बुकिङ खोलेका छन् ।

    सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको सिनेमामा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय छ ।

    निर्देशक निश्चल बस्नेत र भिनेत्री सुपुष्पा भट्ट पनि सिनेमाको एक गीतमा विशेष भुमिकामा देखिएका छन् । आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको सिनेमा राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको हो । सिनेमामा रौनक विक्रम कडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

    सिनेमामा सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ । सिनेमालाई काठमाडौं भित्र गोविन्द शाहीको काफिया फिल्मस् र मोफसलमा मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।

  • गायक हेमन्त शर्माले दिए किक्रेट टीमलाई ५० हजार

    गायक हेमन्त शर्माले दिए किक्रेट टीमलाई ५० हजार

    काठमाडौं । गायक हेमन्त शर्माले घोषणा गरेको पुरस्कार स्वरुपको रकम नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई हस्तान्तरण गरेका छन् ।
    आज बिहान नेपाली क्रिकेट टिमका खेलाडीद्वय क्याप्टेन पौडेल र कुशल भुर्तेललाई पूर्वघोषित ५० हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् । गायक शर्माले यसअघि  आईसीसी टि २० विश्वकप एसिया छनोटको सेमिफाइनलमा यूएईलाई पराजित गरे  नेपाली क्रिकेट टोलीलाई ५० हजार दिने  घाेषणा गरेका थिए ।

    उनले सामाजिक सञ्जाल फेसबुकमा उक्त रकम घोषणा गर्दै यस्तो लेखेका थिए,‘मन मात्र हो धन हैन है। भाईहरू हो आज मात्र क्रिकेट जितिदेउ ।आज जितेउ भने मेरो तर्फबाट रू ५०,०००र सम्पूर्ण “टिम नेपाल”लाई । एक पटकको खाजा खर्चै भए नि ।’

    नेपालले  सेमिफाइनलमा  यूएईलाई हराएर  विश्वकपमा छनाैट भएकाे छ ।  गायक शर्माले पूर्वघोषित रकमबापतको चेक आज नेपाली टिमलाई हस्तास्तरण गरेका हुन् । उनले आफूले बोलेको कुरा पूरा गर्दा खुसी लागेको बताएका छन् ।

    शर्माले दिएको रकममा थपेर भूकम्पमा क्षति पुगेको जाजरकोटका क्रिकेटर अनुज चुनाराको घर मर्मतको लागि पठाउने कप्तान
    पौडेलले बताएका छन् । कप्तान पौडेलको घोषणाबाट आफू थप खुसी भएको शर्माले फेसबुकमार्फत बताएका छन् ।

    उनले लेखेका छन्,‘आज बिहान नेपाली क्रिकेट खेलाडीद्वय क्याप्टेन रोहित पौडेल तथा कुशल भुर्तेल साथ साथै उहॉहरूका सहयोगी रबि तिमल्सिना सँग भेट गरेर अस्ति बोलेको कुरा पुरा गर्दा खुशी मिल्यो। मीठा कुराकानी पनि भए। खुशी त तेतिबेला अझ दोब्बर भयो जब उहाँहरूले “ दाईको यो सहयोगमा हाम्ले अरू थपेर अस्ति रातीको भुकम्पले क्षतिग्रस्त भएको क्रिकेटर अनुज चुनाराको घर मरम्मतका निम्ति पठाउछौ” जो भन्नुभो१ यतिबेला स्वभाविक अति ब्यस्त खेलाडीको भेटघाट समन्वय गरिदिने लोकप्रिय खेल पत्रकार विनोद पाण्डे जिलाई पनि बिशेष धन्यवाद ।’

  • देउसी-भैलो संस्कृतिको जगेर्नाको लागि अमेरिकामा प्रतियोगिता

    देउसी-भैलो संस्कृतिको जगेर्नाको लागि अमेरिकामा प्रतियोगिता

    काठमाडौं । अमेरिकाको कोलम्बसमा बस्ने नेपाली समुदायमाझ देउसी-भैलो प्रतियोगिता आयोजना गरिएको छ । विश्वकर्मा सोसाइटी अफ अमेरिकाको आयोजनामा गरिएको प्रतियोगितामा ११ समूह प्रतिस्पर्धी थिए ।

    प्रतियोगितामा सगीना देउसी समूहले प्रथम स्थान ओगटेको छ । त्यस्तै एभरेस्ट क्लब दोस्रो, देउराली देउसी भैलौ ग्रुप तेस्रो र डिभाइन म्यूजिक ग्रुपले सान्तवना स्थान ओगटेका छन् । प्रथम देखि सान्त्वनासम्मलाई क्रमश: ५१ हजार, ३१ हजार, ३० हजार, २० हजारसहित ट्रफी र प्रमाण पत्र प्रदान गरिएको छ ।

    प्रतियोगितामा नविन खड्का, दीपक गजमेर, योगिता खनाल र केशव पौडेलले निर्णायकको भूमिका निभाएका थिए । एक्रोन शहरको आमा समूह, एक्रोन मारुनी समूह र कोलम्बस मारुनी समूहले मारुनी नृत्य प्रस्तुत गरेको थियो ।

    नेपाली कला, संस्कृति र साहित्यको प्रवर्द्धन र उत्थानमा निकै नै क्रियाशील रहँदै आएको विश्वकर्मा सोसाइटी अफ अमेरिकाले विभिन्न किसिममा सामाजिक कामहरू गर्दै आएको छ ।

    सोसाइटीले शिक्षा, खेलकुदसँगै विभिन्न गतिविधिमार्फत नेपाली कला र संस्कृतिको उत्थानमा टेवा पुर्‍याउँदै आएको छ ।

  • ‘युनिभर्सल’ सर्टिफिकेट सहित सेन्सर पास भयो ‘दिमाग खराब’

    ‘युनिभर्सल’ सर्टिफिकेट सहित सेन्सर पास भयो ‘दिमाग खराब’

    काठमाडौं । निश्चल बस्नेतको चौथो निर्देशकीय सिनेमा ‘दिमाग खराब’ सेन्सर पास भएको छ । आइतबार भएको सेन्सरमा सिनेमाले केन्द्रीय जाँस पास समिति (सेन्सर बोर्ड) बाट युनिभर्सस सर्टिफिकेट पाएको छ । यसको अर्थ यो सिनेमा सबै उमेर समूहले हेर्न पाउनेछन् ।

    सिनेमा आगामी शुक्रबार २४ गते रिलिज हुँदैछ । उत्कृष्ट बनेको भन्दै सेन्सर सदस्यहरुले सिनेमाको तारिफ गरेका छन् । ‘सेन्सर पदाधिकारीले हाम्रो सिनेमालाई देशको समसामायिक कथामा उत्कृष्ट सिनेमा निर्माण गर्नु भएको रहेछ भनेर तारिफ गर्नु भयो’, निर्माता रौनक विक्रम कडेलले भने ।

    रिलिजको संघारमा रहेको निर्माण टिमले सिनेमाको प्रचार प्रसारमा कुनै कसर बाँकी राखेको छैन् । व्यापक प्रचारको फाइदा बक्सअफिस व्यापारमा पनि रुपान्तरित हुने अपेक्षा गरिएको छ ।

    सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको सिनेमामा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय छ ।

    निर्देशक निश्चल बस्नेत र भिनेत्री सुपुष्पा भट्ट पनि सिनेमाको एक गीतमा विशेष भुमिकामा देखिएका छन् । आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको सिनेमा सामाजिक(राजनीतिक विषयमा केन्द्रित रहेको छ । रौनक विक्रम कडेल निर्माता रहेको सिनेमामा सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

    सिनेमामा सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ । सिनेमालाई काठमाडौं भित्र गोविन्द शाहीको काफिया फिल्मस् र मोफसलमा मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।

  • अष्ट्रेलिया काण्ड: सुगम पोखरेलले लात्ती र मुक्कासमेत हानेका थिए दर्शकलाई, रक्सी खाएको स्वीकार

    अष्ट्रेलिया काण्ड: सुगम पोखरेलले लात्ती र मुक्कासमेत हानेका थिए दर्शकलाई, रक्सी खाएको स्वीकार

    काठमाडौं । गायक सुगम पोखरेलले अष्ट्रेलियामा रक्सीले मातेर स्टेजमा गरेको हर्कतका थप भिडिओ फुटेजहरु सार्वजनिक भइरहेका छन् । टिकटकमा आएका नयाँ भिडिओ क्लिपमा उनले गीत गाउने क्रममा दर्शकलाई लात्ती उज्याएको तथा मुक्का प्रहार गरेकोसमेत देखिएको छ ।

    अष्ट्रेलियाको एडिलेडमा भएको कार्यक्रममा उनी रक्सीले फिटान भएर गाउन आएका थिए । उनले केही गीत गाए पनि । तर, सुरुदेखि उनी असामान्य र असन्तुलित देखिएका थिए । दर्शकहरु उनको गीतमा रमाएर साथ दिइरहँदा सुगमले भने दर्शकहरुलाई बारम्बार अपमानित गरेको भिडिओमा देखिन्छ ।

    गीत गाउने क्रममा उनले अघिल्लो लहरमा रहेका एक पुरुष दर्शकलाई ताकेर लात्ती उज्याएका थिए । तर, त्यसलाई दर्शकले सामान्य रुपमा लिए । तर, सुगम भने यतिमा सीमित भएनन् । उनी झोक्किँदै स्टेजबाट ओर्लिए र आफूले टार्गेट गरेका पुरुष दर्शकलाई माइकसहितको मुक्काले प्रहार गरे । त्यसपछि कार्यक्रममा खटिएका सेक्युरिटीले उनलाई त्यहाँबाट हटायो ।

    सुगमले यति गर्दा पनि दर्शकले धैर्य गुमाएनन् । मुक्का खाने दर्शकले प्रतिवाद गर्न खोजे पनि सुगम स्टेज उक्लिएपछि उनी मौन बसे । त्यसपछि कन्सर्टकै क्रममा उनले दर्शकलाई मौनधारण गर्न भने । दर्शकले होहल्ला गरेपछि उनले माइक र पानीको बोतलले दर्शकलाई प्रहार गरेका थिए ।

    यसअघि सो घटनामा आफ्नो बचाउ गर्दै ‘एक्सनको रियाक्सन’ गरेको प्रतिक्रिया दिएका सुगम अहिले चौतर्फी आलोचनापछि भने केही नरम भएका छन् । एउटा युट्युब च्यानललाई अन्तर्वार्ता दिँदै उनले दर्शकसँग माफी मागे ।

    सो अन्तर्वार्तामा सुगमले आफूले रक्सी पिएको स्वीकार पनि गरेका छन् । उनले भने, ‘मेरो नियत गलत थिएन । तर, मेरो कमजोरी के भन्दा मैले थोरै मदिरा सेवन गरेको थिएँ त्यो दिन । त्यो गर्नु हुँदैनथ्यो ।’

    आफूले मदिरा सेवन गर्न छोडे पनि एक महिनादेखि फेरि खान थालेको उनको भनाइ छ ।

    ‘मबाटै गल्ती भएको हो । म भावनामा बगें । मेरो भगवान दर्शकप्रति कुनै पनि अनादर गरेको छैन । म यही समाजले गर्दा गायक भएको हो । मैले पिउनु हुँदैनथ्यो । सरी’, उनले भनेका छन् ।

  • ‘दिमाग खराब’ राजनीतिक सिनेमा होइन : निश्चल बस्नेत

    काठमाडौं । निर्देशक निश्चल बस्नेतले प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘दिमाग खराब’ राजनीतिक विषयवस्तुमा आधारित सिनेमा नभएको बताएका छन् । बिहीबार राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा राजनीति कसरी व्यक्तिसँग जोडिन्छ भन्ने कुरा मात्रै सिनेमाले समेटेको बताएका हुन् ।

    ‘हाम्रो सिनेमा ‘दिमाग खराब’ राजनीतिक सिनेमा होइन । राजनीतिले कसरी हरेक व्यक्तिलाई असर गर्छ त्यो मात्रै दिमाग खराबले देखाउँछ’, बिहीबार काठमाडौंमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘यो व्यक्तिको कथा हो । व्यक्तिसँग जोडिएर राजनीति कसरी आउँछ भन्ने सिनेमाले देखाउँछ ।’

    हरेक व्यक्ति राजनीतिसँग चाहेर वा नचाहेरै पनि ठोक्किने गरेको उनको भनाई छ । ‘यो एउटा साधारण व्यक्तिको कथा हो । हरेक व्यक्तिले गर्ने संघर्षको कथा हो’, निश्चलले भने । सिनेमाले दर्शकको दिमाग खराब गराउने विश्वास उनको छ ।

    ‘स्क्रिनमा देखाउने कुराले दर्शकको दिमाग खराब गराउँछ’, उनी भन्छन्, ‘जिन्दगीमा धेरै कुराले दिमाग खराब गराउँछ । कहिले आफ्नै कुराले र कहिले अरूका कुराले दिमाग खराब गराउँछ । त्यही नै यो सिनेमाले देखाउँछ ।’

    अभिनेता खगेन्द्र लामिछानेले आफूलाई निश्चलप्रति पूर्ण विश्वास रहेको बताए । त्यसैले सिनेमा राम्रो बनेकोमा आफू विश्वस्थ रहेको उनको भनाई छ । ‘म सँग दिमाग खराबको सुटिङमा जानु अगाडि धेरै समय थिएन । त्यसैले निर्देशकलाई मैले तपाईले जे काम जसरी लगाउनु हुन्छ, त्यसैगरी गर्छु भनेको थिएँ’, खगेन्द्रले भने, ‘यो सिनेमामा मैले पहिलो पटक डिरेक्टर्स एक्टर भएर काम गरेको छु ।’

    अभिनेत्री स्वस्तिमा खड्काले निश्चलका यसअघिका सिनेमा महिला पात्रका सन्दर्भमा ‘वेल रिटन’ नहुने गरे पनि यसपटक भने त्यो समस्या नरहेको बताइन् । ‘मैले दर्शक भएर हेर्दा उहाँका सिनेमामा महिला पात्र वेल रिटन भएको पाउँदिन थिएँ । यो कुरा मैले पहिले पनि भन्थेँ । तर, यो सिनेमामा त्यो समस्या छैन भन्ने लाग्छ ।’

    निर्देशक निश्चलले स्क्रिप्ट डक्टर राख्दा धेरै विषयलाई सच्याउने अवसर पाइएको बताए । सिनेमा भित्रका कतिपय विषयमा स्क्रिप्ट डक्टरसँग गम्भीर छलफल गरेर समावेश गरेको स्मरण गर्दै यसले सिनेमालाई सहयोग गर्ने उनको भनाई छ ।

    अभिनेता खगेन्द्रले भने केही व्यक्तिले सिनेमामा स्क्रिप्ट डक्टर राख्ने सुरुआतलाई लिएर आलोचना गरेको भन्दै राम्रो कामको सुरुआत भएको भन्दै त्यसलाई सहयोग गर्नु पर्ने बताए । ‘दिमाग खराब’मा मनोज पण्डित स्क्रिप्ट डक्टरको रुपमा रहेका छन् ।

    सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको सिनेमामा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय छ ।

    निर्देशक बस्नेतले ६ वर्षपछि निर्देशन गरेकाले पनि दर्शक सिनेमाको व्यग्र प्रतिक्षामा छन् । आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको सिनेमा राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको हो । सिनेमामा रौनक विक्रम कडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

    सिनेमामा सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ । सिनेमालाई काठमाडौं भित्र गोविन्द शाहीको काफिया फिल्मस् र मोफसलमा मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।

     

  • प्याब्सन सिन्धुपाल्चोकको लोक नृत्य प्रतियोगीतामा प्रगति मावि पहिलो, सदावहार दोस्रो

    प्याब्सन सिन्धुपाल्चोकको लोक नृत्य प्रतियोगीतामा प्रगति मावि पहिलो, सदावहार दोस्रो

    सिन्धुपाल्चोक । संस्थागत विद्यालयहरुको छाता संगठन निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन(प्याब्सन) सिन्धुपाल्चोकले विद्यार्थीहरुलाई लोकनृत्य प्रति आकर्षित गर्ने उदेश्यले जिल्लाव्यापी लोक नृत्य प्रतियोगीता आयोजना गरेको छ ।

    प्याब्सन आवद्ध सिन्धुपाल्चोकका विद्यालयहरुको प्रतियोगीतामा सहभागीता रहेको थियो । कक्षा-१ देखि  ५ सम्म जुनियर तर्फ र ६ देखि १० सम्म सिनियरतर्फ गरी दुई विधामा प्रतियोगीता सञ्चालन गरिएको थियो ।

    प्रतियोगीतामा सिनीयर र जुनियर दुवै विद्यामा प्रगति मावि मेलम्चीका विद्यार्थीहरु प्रथम भएका थिए । त्यस्तै सिनीयर तर्फ सदावहार एकेडेमी खाडिचौर दोस्रो, ग्रिनल्याण्ड तेस्रो र केतु बोर्डिङ सान्तवना भएका थिए । त्यस्तै सिनीयर तर्फ किस्टोन मावि दोस्रो र ग्रिनल्याण्ड तेस्रो भएको थियो । जुगल मावि तेस्रो भएको थियो ।

    प्याब्सन आवद्ध जिल्लाका विद्यालयहरुको प्रतियोगीतामा सहभागीता रहेको प्याब्सन जिल्ला अध्यक्ष ओमप्रकाश उप्रेतीले जानकारी दिए । प्रतियोगीतामा विद्यार्थीहरुले लोप हुदै गएको पुराना लोक गितमा सामुहि नृत्य प्रस्तुत गरेका थिए ।

    विद्यार्थीहरुलाई आफ्नो ठाउँको मात्रै नभएर नेपालभरको कला र सस्कृतिको बारेमा थाहा पाउन भन्ने उदेश्यले यस्तो प्रतियोगीताको आयोजना गरिएको प्याब्सन अतिरीक्त क्रियाकलप विभागकी प्रमुख एवम सदावहार एकेडेमी खाडिचौरकी प्रिन्सीपल दुर्गा थापामले जानकारी दिइन् ।

    लोक नृत्य प्रतियोगीतामा उत्कृष्ट हुने विद्यालय र विद्यार्थीहरुलाई बागमती प्रदेशका सासंदद्धय सरल सहयात्री,अमृता नेपाल, सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिना, लिसंखु पाखर गाउँपालिका अध्यक्ष राजु लामा,बलेफी गाउँपालिकाका अध्यक्ष गंगा लामा, सुनकोशी गाउँपालिकाकी उपाध्यक्ष कान्छी लामा लगायतले पुरस्कार प्रदान गरेका थिए ।

    प्रदेश सासंद सरल सहयात्रीले विद्यार्थीहरुलाई लोक साहित्य तर्फ आकर्षित गर्नका लागि निजी विद्यालयहरुले सुरु गरेको अभियान सामुदायिक विद्यालयहरुले पनि सिक्नु पर्नेमा जोड दिएका थिए ।

    प्याब्सन सिन्धुपाल्चोकले हरेक वर्ष यस्ता विभिन्न अतिरिक्त कार्यक्रमहरुको आयोजना गरेर बालबालिकाहरुको प्रतिभा प्रस्फुटनको अवसर सिर्जना गर्ने गरेको प्याब्सन सिन्धुपाल्चोकका सचिव बुद्धि आचार्यले जानकारी दिए ।

  • स्टेजमा ताण्डव देखाएका सुगम पोखरेलको दम्भपूर्ण प्रतिक्रिया- ‘एक्सनको रियाक्सन’ हो

    स्टेजमा ताण्डव देखाएका सुगम पोखरेलको दम्भपूर्ण प्रतिक्रिया- ‘एक्सनको रियाक्सन’ हो

    काठमाडौं । अष्ट्रेलियाको एडिलेडमा आयोजित कन्सर्टमा उपद्रो देखाएका गायक सुगम पोखरेलले आफ्नो हर्कतको बचाउ गर्न खोजेका छन् । दम्भपूर्ण प्रतिक्रिया दिँदै उनले आफूले ‘एक्सनको रियाक्सन’ गरेको बताए ।

    घटनापछि टिकटकमा एउटा भिडिओ पोस्ट गर्दै सुगमले यस्तो प्रतिक्रिया दिएका हुन् । घटनालाई लिएर उनले किञ्चित पनि जिम्मेवारीवोध गरेका छैनन् । उल्टै ‘नेपाली समाज संवेदनाहिन बनेको’ सुगमको टिप्पणी छ ।

    भिडिओमा उनले भनेका छन्, ‘के हाम्रो नेपाली समाज यति संवेदनाहिन भएको हो र ? सन्दर्भ, अहिले हल्का भाइरल भइराखेको रहेछु म, (दारी मुसारेर मुस्काउँदै) हिजो एडिलेडको कार्यक्रमबाट ।’
    उनले नेपालमा भूकम्पबाट मृत्यू भएकाहरूप्रति मौनधारण गर्न भन्दा दर्शकले नमानेको आशय व्यक्त गरेका छन् ।

    सुगमको भनाइ छ, ‘अहिले देशलाई दुखिरहेको छ खासमा । देशलाई दुख्दा मलाई पनि दुख्छ, म नेपाली कलाकार, तपाईंहरूले गर्दा म भाछु । हिजोको कार्यक्रममा मौनधामरण गर्दा.. यू क्यान सी इन द भिडिओ… देख्न सक्नुहुन्छ । मेरो एक्सनको रियाक्सन त्यसकै कारणले मात्रै थियो । कसैको मनलाई दुखाएँ भने क्षमा चाहन्छु तर नेपाली संगीतको सेवा गर्नेछु ।’

    सुगमले रक्सीले मातेर स्टेजमा आएको तथा दर्शकलाई माइकले झट्टी हानेको विषयमा कुनै प्रष्टीकरण दिएका छैनन् ।

  • रमणको ‘घर त लगनखेल’ को रिमेक भर्सनमा सरोज र आश्मा

    रमणको ‘घर त लगनखेल’ को रिमेक भर्सनमा सरोज र आश्मा

    काठमाडौं । गायक रमण रेग्मीको ‘घर त लगन खेल’ बोलको गीतको रिमेक भर्सन सार्वजनिक गरिएको छ । मधु क्षेत्री र सुन्दर श्रेष्ठको स्वरमा यसअघि रेकर्ड भएको गीतलाई नयाँ पुस्तालाई लक्षित गर्दै गीतको मर्मलाई जीवन्त बनाउन रिमेक गरिएको रेग्मीले बताए ।

    हालै गायक रमणको स्वरमा सार्वजनिक गीतमा उदयराज पौडेलको एरेन्ज रहेको छ । शान्त भगत राउतका शब्द रहेको गीतमा मिक्सिङ तथा मास्टरिङ कुमार केसीले गरेका हुन् । भिडिओमा कार्टुन क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय देख्न सकिन्छ । लोक शैलीमा आधारित छमछम नचाउने गीतमा दुईजना गज्जब खुलेका छन् ।

    भिडिओको निर्देशन अनुभवी निर्देशक सुव्रतराज आचार्यले गरेका हुन् । भिडिओको छायांकन उत्सव दाहालले गरेका हुन् भने सम्पादन विजेश पौडेलले गरेका हुन् । कोरियोग्राफी सन्तोषराजवाहक रहेको गीतको भिडिओको निर्माता सविना कुँवर रेग्मी हुन् ।

    नेपाली स्वामित्वमा स्थापित अष्ट्रेलियन सिटी इन्टरनेशनल कलेज र होम केयरिगं लिभरपुलको प्रायोजन रहेको भिडियो गायक स्वयमकै अफिसियल च्यानल रमन रेग्मी युट्युब च्यानबाट रिलिज गरिएको हो ।

  • अष्ट्रेलियामा सुगम पोखरेलको ताण्डव- रक्सीले टिल भएर स्टेजमा, दर्शकलाई माइकले झट्टी हाने (भिडिओ)

    अष्ट्रेलियामा सुगम पोखरेलको ताण्डव- रक्सीले टिल भएर स्टेजमा, दर्शकलाई माइकले झट्टी हाने (भिडिओ)

    काठमाडौं । गायक सुगम पोखरेलले अष्ट्रेलियाको एडिलेडमा आयोजित एक कन्सर्टमा ताण्डव देखाएका छन् । गीत गाउन स्टेजमा आउँदा उनी रक्सीले टिल भएका थिए ।

    घटनाको भिडिओ टिकटकमा भाइरल भएको छ । त्यसमा सुरूबाटै सुगमको बोली-व्यवहार असन्तुलित र उत्तेजक देखिन्छ । उनले दर्शकलाई सुरूदेखि अपमानित गरेका थिए ।

    ‘झिल्के’ भन्ने गीत एकचोटि गाउँ न त’ भन्दै उनले बोल्न सुरु गर्छन् । दर्शकले ‘झिल्के… झिल्के… ’ भन्दै कराउँछन् । पोखरेलले नेपालमा भूकम्प गएर मानिसहरु मरेको भन्दै दर्शकलाई शान्त हुन भन्छन् ।
    उनले लर्बरिएको स्वरमा भनेका छन्, ‘मलाई नरमाइलो लागिराखेको छ । नेपालमा १३० भन्दा बढी मान्छे मरेका छन् । हामी एकछिन मौन धारण गरौं ।’

    उनी माइक समातेर मौन धारण गर्न खोज्छन् । तर, सक्दैनन् । दर्शक पनि हल्ला गरिरहेकै हुन्छन् ।

    मौनधारण यत्तिकै छोडेर पोखरेलले माइक मुखमा लैजान्छन् र झ्यापको सुर मागुन्गुनाउँछन् ‘बुइनी कमला, बिमला त पोइला गइन् दोकान सम्हाल ।’

    पोखरेलको यो शैलीले दर्शकमा होहल्ला बढ्दै जान्छन् । त्यसपछि उनी उत्तेजिन हुन्छन् ।

    @dumbboy690 Kalakar: Raastra ko Gahana #sugampokhrel #sugampokharelfight #nepal #nepalimuser #goviral #tiktoknepalaustralia #tiktoknepalusa ♬ original sound – Viral Nepal

    ‘ए भाइ, तिमीलाई मा… कसम झट्टी हान्छु… यो भाइलाई बोला त ओइ… यो तालुवाला भाइलाई…’

    त्यसपछि उनी होस गुमाएर स्टेजबाट तल हाम्फाल्छन् । स्वयंसेवकले रोक्दा रोक्दै उनले ती दर्शकलाई माइकले झट्टी हान्छन् र गालीगलौज गर्छन् । उनलाई बल्लतल्ल त्यहाँबाट निकालेर फेरि स्टेजमा लगिन्छ । फेरि पनि सुगमले अर्को माइल दर्शकतिर हुर्‍याउँछन् । त्यसपछि भने उनलाई स्टेजबाट निकालिन्छ ।

    सुगमको यो व्यवहारको चौतर्फीरूपमा आलोचना भइरहेको छ । कार्यक्रम आयोजकले पनि खेद प्रकट गरेका छन् ।

    कार्यक्रममा उद्घोषण गरेका रुद्र उपाध्यायले घटनाबाट लज्जित भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै दु:ख व्यक्त गरेका छन् ।

    ‘मलाई त्यो परिस्थितिलाई ह्यान्डल गर्न गाह्रो परेको थियो । मैले कुनै पनि चर्चित व्यक्तिबाट यस्तो हर्कतको सामना गरेको थिइनँ ।’

    उनले अब आइन्दा यस्ता कार्यक्रममा नेपालबाट अतिथि निम्त्याउँदा उनीहरूको बानी व्यहोराबारे राम्ररी बुझ्नुपर्ने सुझाव दिएका छन् ।