Category: कलाप्रेस

  • मकवानपुरको थाहा नगरमा सुरु भयो ‘थाहा फिल्म फेस्टिभल’

    मकवानपुरको थाहा नगरमा सुरु भयो ‘थाहा फिल्म फेस्टिभल’

    हेटौँडा । उत्तरी मकवानपुरको थाहा नगरपालिकालाई मिनी फिल्म सिटी बनाउने उदेश्यको साथ आजबाट थाहा नगरपालिकामा पहिलो ‘थाहा फिल्म फेस्टिभल’ सुरु भएको छ ।

    थाहा नगरपालिकाको इन्दायणी चौर क्षेत्रमा रहेको जेसिज हलमा सुरु भएको फिल्म फेस्टिभलको उद्घाटन गर्दै बागमती प्रदेशका उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले फेस्टिभलले थाहाको पर्यटन प्रर्वद्धनको साथै मिनी फिल्म सिटी निर्माणको उदेश्य पुरा हुने बताए ।

    काठमाडाैंमा सिमाना रहेको थाहा नगरपालिका प्राकृतिक तथा सांस्कृतिकरुपमा धनी भएको भन्दै मन्त्री चित्रकारले सरकारले फिल्म उद्योगलाई ब्यवस्थित बनाउँदै फिल्म सिटीको अवधारणा अनुसार काम गर्नुपर्नेमा जोड दिए ।

    उनले भने ‘ हामीले भारतको फिल्म उद्योग भन्नेवित्तिकै मुम्बईलाई सम्झन्छौँ, त्यहा ठूला फिल्मसिटीहरु निर्माण भएका छन्, हामीले नेपाली चलत्रिको विकासको लागि नेपालमा पनि यस्ताखाले फिल्म सिटिको अवधारणालाई अघि सार्नुपर्छ, त्यसको लागि थाहा नगरपालिका उपयुक्त स्थल हो । ’

    फेस्टिभलमा थाहा नगरपालिकामा जन्मेर नेपाली कलाकारिता क्षेत्रमा योगदान दिएका दर्जन बढी श्रष्टाहरुलाई सम्मान गरिएको थियो भने करिब आधा घण्टाको थाहाको पर्यटन र सास्कृतिक पक्ष समेटिएको बृत्तचित्र प्रस्तुत गरिएको थियो ।

    आजबाट सुरु भएको फेस्टिभलमा चलचित्र, लघु चलचित्र, म्युजिक भिडियो, भ्लग लगाएत प्रर्दशन हुने आयोजकले जनाएको छ । थाहा नगरमा चलचित्र छायांकनको स्थल विकास तथा प्रचार गर्ने गरि आयोजकले विभिन्न पर्यटकीय स्थलमा चलचित्रकर्मीलाई भ्रमण समेत गराउने छ ।

    थाहा नगरपालिकाको मुख्य पर्यटकीय क्षेत्रहरुको पहिचान गरि फेस्टिभलमा बृत्तचित्र प्रर्दशन गरिने आयोजक थाहा कलाकेन्द्रका सानुबाबु मुक्तानले बताए । चलचित्र छायांकनको लागि उपयुक्त स्थलहरुको बारेमा फेस्टिभलमा आएका चलचित्र निर्माता, निर्देशक तथा कालाकारहरुलाई जानकारी दिनेगरि बृत्तचित्र तयार पारिएको मुक्तानको भनाई रहेको छ ।

    कार्यक्रम अवधिभर थाहाको पर्यटकीय क्षेत्रको अवलोकन गर्ने थाहानगरको पर्यटन बढाउने तस्वीरहरु कार्यक्रम स्थलमा राखी अवलोकन गराइनेछ । यसैगरी चलचित्र, लघु चलचित्र, म्युजिक भिडियो, भ्लग तथा इत्यादिका निर्माता, निर्देशक, कलाकार तथा निर्माण पक्षलाई थाहा नगरपालिकासँग पारस्परिक गराउन प्रयास गर्ने आयोजकले जनाएको छ ।

    फेस्टिभलमा चलचित्र, लघु चलचित्र, म्युजिक भिडियाको निर्माता, निर्देशक तथा निर्माण समूहसंग विशेष अन्तरक्रिया गराइनेछ । मकवानपुर जिल्लामै पहिलो पटक फिल्म फेस्टिवलको आयोजना हुन लागिरहेकोले फेस्टिवलका विशेष आकर्षक हुने आयोजकको दाबी छ ।

  • मकवानपुरको थाहा नगरमा आजबाट ‘थाहा फिल्म फेस्टिभल’ हुँदै

    मकवानपुरको थाहा नगरमा आजबाट ‘थाहा फिल्म फेस्टिभल’ हुँदै

    हेटौँडा । उत्तरी मकवानपुरको थाहा नगरपालिकाको पर्यटन प्रवर्द्धन र थाहा लाई मिनी फिल्म सिटी बनाउने उद्देश्यको साथ आजबाट पहिलो थाहा फिल्म फेस्टिभल हुँदै छ ।

    नगरपालिकामा क्रियाशील थाहा कला केन्द्रले पर्यटनका लागि फिल्म फेस्टिभल भन्ने नाराका साथ आजबाट मंसिर १५ सम्म फेस्टिभलको आयोजना गर्न लागेको हो ।

    फेस्टिभलमा चलचित्र, लघु चलचित्र, म्युजिक भिडियो, भ्लग लगायत प्रदर्शन हुने आयोजकले जनाएको छ । थाहा नगरमा चलचित्र छायांकनको स्थल विकास तथा प्रचार गर्ने गरी आयोजकले विभिन्न पर्यटकीय स्थलमा चलचित्रकर्मीलाई भ्रमण समेत गराउने छ ।

    थाहा नगरपालिकाको मुख्य पर्यटकीय क्षेत्रहरूको पहिचान गरी फेस्टिभलमा वृत्तचित्र प्रदर्शन गरिने आयोजक थाहा कला केन्द्रका सानुबाबु मोक्तानले बताए ।

    चलचित्र छायांकनको लागि उपयुक्त स्थलहरूको बारेमा फेस्टिभलमा आएका चलचित्र निर्माता, निर्देशक तथा कालाकारहरूलाई जानकारी दिनेगर वृत्तचित्र तयार पारिएको मोक्तानको भनाई रहेको छ ।

    कार्यक्रम अवधिभर थाहाको पर्यटकीय क्षेत्रको अवलोकन गर्ने थाहा नगरको पर्यटन बढाउने तस्बिरहरू कार्यक्रम स्थलमा राखी अवलोकन गराइनेछ ।

    यसै गरी चलचित्र, लघु चलचित्र, म्युजिक भिडियो, भ्लग तथा इत्यादिका निर्माता, निर्देशक, कलाकार तथा निर्माण पक्षलाई थाहा नगरपालिकासँग पारस्परिक गराउन प्रयास गर्ने आयोजकले जनाएको छ ।

    चलचित्र, लघु चलचित्र, म्युजिक भिडियाको निर्माता, निर्देशक तथा निर्माण समूहसँग विशेष अन्तरक्रिया गराइनेछ । मकवानपुर जिल्लामै पहिलो पटक फिल्म फेस्टिभलको आयोजना हुन लागिरहेकोले फेस्टिभलका विशेष आकर्षक हुने आयोजकको दाबी छ ।

    फेस्टिभवलमा विभिन्न समूहबाट सहभागी भई आएका सामग्रीहरूबाट छानिएका डकुमेन्ट्री, फिचर फिल्म र सर्ट फिल्महरूको प्रदर्शनी हुने बताइएको छ । कार्यक्रमको कुल लागत २७ लाख ८० हजार लाग्ने अनुमान गरिएको छ ।

    फेस्टिभलमा डोसान, राधा, बुलबुल प्रकाश लगायतका नेपाली चलचित्र प्रदर्शन गरिने आयोजकको भनाई छ । प्रतियोगिता अवधिभर सयौँको संख्यामा नेपाली चलचित्रका कलाकार, निर्माता तथा निर्देशकहरू आएर थाहा क्षेत्रको अवलोकन गर्ने विश्वास आयोजकको रहेको छ ।

  • इन्डियन आइडल: रणवीरले छाेए मेनुकाकाे खुट्टा

    इन्डियन आइडल: रणवीरले छाेए मेनुकाकाे खुट्टा

    काठमाडौं । नेपाली गायिका मेनुका पौडेल यतिबेला भारतमा जारी इन्डियन आइडलमा धमका मचाइरहेकी छन् । रनवीर कपूर र रस्मिका मन्दना विशेष गेष्टको रुपमा पुगेको इन्डियन आइडलमा मेनुकाले धमका मचाएकी हुन् ।

    उनले उक्त सो भरि धमकेदार पफमेन्स दिँदै जजहरुको मन जित्दै आएकी छन् । आजको सो मा भने रनवीरको मन समेत जितेकी छन् । मेनुकाको प्रस्तुती देखेर उनले मेनुकाको खुट्टा ढोगे ।

    मेनुकाले अगर तुम साथ हो भन्ने गीत गाएकी थिइन् । गीत गाइसकेपछि रनवीर र रस्मिताले स्टेजमा पुगेर भावुक बने । उनले मेनुकालाई आशीर्वाद लिन चाहेको भन्दै खुट्टा ढोगेका थिए ।

    उनले मेनुकालाई देवी नम्बर २ को सात्क्षात रुप भएको भन्दै तारिफ गरे । मेनुकाले रनवीनलाई केही प्रश्नसमेत सोधेकी थिइन् ।

  • अनमोल र जसिताको ‘फर्की फर्की’को शुभमुहूर्त

    अनमोल र जसिताको ‘फर्की फर्की’को शुभमुहूर्त

    काठमाडौं । रोहित अधिकारीले निर्माण गर्न लागेको चलचित्र ‘फर्की फर्की’को आज शुभमुहूर्त भएको छ । पाटनको बगलामुखी मन्दिरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो ।

    २०८१ सालको जेठ ११ गते रिलिज हुने चलचित्रमा कलाकारहरु अनमोल केसी र जसिता गुरुङ मुख्य भूमिकामा देखिदैछन् भने रवि काफ्ले,समृद्धि अर्याल , बिन्दा खतिवडा, कृष्ण मल्ल, आशिक गुरुङ, निर्मल शर्मा लगायतको अभिनय रहनेछ ।

    चलचित्रलाई सुयोग गुरुङले निर्देशन गर्दै छन । त्यस्तै यस्को निर्मातामा रोहित अधिकारी र ओम अग्रवाल रहेका छन् ।

    चलचित्रको छायांकन मंसिरको ११ गतेबाट सुरु गर्ने तयारी निर्माणपक्षको छ । ‘गाजलु र छ माया छपक्कै’ जस्ता सुपरहिट चलचित्र दिएका निर्माता अधिकारीले यसपटक दर्शकले प्रेमको कथामा बेग्लै स्वाद पाउने बताए ।

    चलचित्रलाई काठमाडौंमा काफिया फिल्मस् र मोफसलमा कुबेर फिल्मस्ले वितरण गर्नेछ । चलचित्रको अन्तर्राष्ट्रिय वितरकको रुपमा एमएसएम इन्टरटेन्मेन्ट जोडिएको छ ।

  • लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’को फर्स्टलुक पोस्टर सार्वजनिक

    लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’को फर्स्टलुक पोस्टर सार्वजनिक

    काठमाडौं । रंग पत्रकार लक्ष्मण सुवेदीद्वारा निर्देशित सिनेमा ‘सतीदेवी’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । अभिनेत्री मलिका महतलाई प्रस्तुत गरिएको पोस्टर फरक देखिन्छ ।

    उनलाई जुत्ताको माला र कालो मोसो दलेर गाउँलेहरुले लखेटिरहेका छन् । गाउँको परिवेशलाई पृष्ठभूमिमा राखिएको पोस्टरले सिनेमा महिला केन्द्रित रहेको बुझाउँछ ।

    पोस्टरमा मलिका रातो रंगको कुर्था सुरुवालमा प्रस्तुत छिन् । रातो विद्रोहको रंग हो । निर्देशक सुवेदीले पनि सिनेमामा मलिकालाई विद्रोही स्वभावमा प्रस्तुत गरेको हुनसक्ने पोस्टरबाट अनुमान गर्न सकिन्छ । मलिकालाई पोस्टरमा जुन रुपमा प्रस्तुत गरिएको छ, त्यसले सिनेमाप्रति दर्शकमा उत्सुकता जगाउन सक्नेछ । सार्वजनिक पोस्टरले मलिकाको सिनेमामा सशक्त भूमिका रहेको बुझ्न सकिन्छ ।

    निर्देशक सुवेदी स्वयंको निर्माण, लेखन र गीत रचना रहेको सिनेमामा श्रीदेवी सुवेदी निर्माताको रुपमा छिन् । सिनेमामा मलिकाका अलवा हर्षिका वली, मञ्जिला बानियाँ, सन्दीप बाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोला सापकोटा, सृजना अधिकारी, सुजिता सिवाकोटी, सन्देश लिम्बू, मनिषा सापकोटालगायतको अभिनय रहेको छ ।

    दिलासा र साराको प्रस्तुतिमा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रियशनले निर्माण गरेको सिनेमाको प्रदर्शन मिति घोषणा गरिएको छैन । बाबु श्रेष्ठको छायांकन रहेको सिनेमामा तारा थापा ‘किम्भे’को सम्पादन, दीपक शर्मा र सुभाष भुषालको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, सम्राट थापाको पाश्र्व संगीत रहेको छ ।

  • ‘दिमाग खराब’को ११ दिनको कमाइ ७ करोड

    ‘दिमाग खराब’को ११ दिनको कमाइ ७ करोड

    काठमाडौं । कात्तिक २४ गतेबाट प्रदर्शनमा आएको निश्चल बस्नेत निर्देशित चलचित्र ‘दिमाग खराब’ले ११ औं दिनसम्म आइपुग्दा ७ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ । सुरुवातमा खासै राम्रो अकुपेन्सी नभएको ‘दिमाग खराब’ले चौथो दिनबाट गति लिएको थियो ।

    निर्माता रौनक विक्रम कँडेलका अनुसार आफूहरुले वितरकबाट प्राप्त गरेको डिसीआर(डेल्ली सेल्स रिपोर्ट) अनुसार फिल्मले ७ करोड ग्रस गरेको बताए । उनले भने, ‘अहिले पनि हलहरुमा अकुपेन्सी राम्रो छ । वितरकले दिनुभएको डिसीआर रिपोर्ट अनुसार फिल्म ७ करोड ग्रस गरेको छ ।’

    डिसीआर रिपोर्ट भन्नाले प्रत्येक हलहरुमा दैनिक रुपमा फिल्मले कमाएको ग्रस कलेक्सनको रिपोर्ट हो । वितरकहरुले यो रिपोर्ट निर्मातालाई बुझाउने गर्छन् ।

    अहिले पनि हलहरुमा ‘दिमाग खराब’ले राम्रो प्रदर्शन गरिरहेको निर्माता कँडेलले बताए । तेस्रो हप्ता पनि फिल्मले ५० प्रतिशत शेयर पाउने भएपछि निर्माताको नेट आन्दानी पनि बढ्ने कँडेलको विश्वास छ । तर, ४ करोड लगानी रहेको बताइएको ‘दिमाग खराब’ले हलबाट मात्रै लगानी उठाउन अझैं ३ करोडमाथि ग्रस कलेक्सन गर्नुपर्ने हुन्छ ।

    आज मात्रै निर्माता संघ र हल संचालकहरुबीच नेपाली फिल्मलाई तेस्रो हप्ता पनि ५० प्रतिशत नै शेयर दिने सम्झौता भएको छ । यसअघि तेस्रो हप्तामा पुगेपछि नेपाली फिल्मले कूल ग्रस कलेक्सनको ३५ प्रतिशत मात्रै शेयर पाउने गरेका थिए ।

    तर, कात्तिक ३० गते ‘दिमाग खराब’ टिमले तेस्रो हप्ता पनि ५०–५० प्रतिशत शेयर बाँडफाँड हुनुपर्ने, नेपाली चलचित्रलाई पनि विदेशी चलचित्र बराबर शो वितरण गर्नुपर्ने लगायत माग राख्दै यदि आफूहरुको माग र्पूरा नगरे हलबाट चलचित्र उठाउने बताउँदै एक विज्ञप्ती जारी गरेका थिए ।

    यही विषयमा आज भएको छलफलले निर्माताले तेस्रो हप्ता ५० प्रतिशत सेयर पाउनुको अलवा हलहरुमा ३ मिनेटसम्मको ट्रेलर सित्तैमा बजाउन पाउने र हलहरुमा लगाएको पोस्टरको पनि पैसा तिर्नु नपर्ने सम्झौता भएको छ ।

  • प्रदर्शक र निर्माताबीच सम्झौता : निर्माताले निरन्तर ५० प्रतिशत पाउने, ३ मिनेटको ट्रेलर सित्तैमा बज्ने

    प्रदर्शक र निर्माताबीच सम्झौता : निर्माताले निरन्तर ५० प्रतिशत पाउने, ३ मिनेटको ट्रेलर सित्तैमा बज्ने

    काठमाडौं । चलचित्र संघ र निर्माता संघबीच आज नेपाली फिल्म हलहरुमा चलुन्जेल ५० प्रतिशत शेयर पाउने सहमति भएको छ । चलचित्र संघका अध्यक्ष वीरेन्द्रनारायण श्रेष्ठ र निर्माता संघका अध्यक्ष नवल खड्काबीच बिहीबार यस्तो सम्झौता भएको हो ।

    सम्झौताअनुसार गएको कात्तिक २४ गतेदेखि प्रदर्शनमा आएका नेपाली चलचित्रले हलहरुमा चलुन्जेल ५० प्रतिशत शेयर पाउनेछन् । यसअघि नेपाली चलचित्रका निर्माताले तेस्रो हप्ताबाट ३५ प्रतिशत मात्रै शेयर पाउने गरेका थिए । गएको बुधबार र बिहीबार दुई दिनसम्म चलेको वार्तापछि हल सञ्चालकहरु आफूहरुको मागमा सहमत हुन तयार भएको ‘दिमाग खराब’का निर्माता रौनक विक्रम कँडेलले जानकारी दिए ।

    शेयर बाँडफाँड ५०-५० प्रतिशतको अलवा चलचित्र संघ र निर्मातासँगबीच अन्य सहमति पनि भएको छ । निर्माता कँडेलका अनुसार अबदेखि चलचित्र हलमा लाग्नुअघि नेपाली फिल्मको तीन मिनेटसम्मको ट्रेलर १५ दिनसम्म हलले सित्तैमा बजाइदिनेछ । यसअघि डेढ मिनेटको ट्रेलर मात्रै हलले बजाइदिने गरेको थियो । साथै हलहरुमा पोस्टर लगाउन निर्माताहरुले हल सञ्चालकलाई पैसा तिर्नुपर्ने अवस्था थियो । अबदेखि पोस्टर टाँस्न पनि पैसा तिर्नु नपर्ने भएको छ ।

    निर्माता कँडेलले भने, ‘दिमाग खराबले उठाएको मुद्दालाई उहाँहरुले अहिले सम्बोधन गर्नुभएको छ । यसले सिंगो नेपाली फिल्मलाई नै फाइदा पुर्याउने छ । कम्तीमा हामी निर्माताहरुलाई ठूलो रहत महसुस भएको छ ।’

    गएको कात्तिक २९ गते ‘दिमाग खराब’ टीमले हलहरुमा शो बाँडफाँडमा अन्याय भएको भन्दै आफ्नो फिल्म हलबाट उठाउने चेतावनी दिएका थिए । आफूहरुले तेस्रो हप्ता पनि ५०-५० प्रतिशत शेयर पाउनुपर्ने, विदेशी फिल्म बराबर शो पाउनुपर्ने । यदि नपाएको खण्डमा फिल्मलाई हलबाट निकालेर प्रदर्शनका लागि वैकल्पिक माध्यम खोज्न बाध्य हुने बतार्एका थिए ।

     

  • सोसल मिडिया भाइरल नब्यश्रीको पहिलो सर्ट फिल्म महाकाली डिसेम्बर १० मा आउँने

    सोसल मिडिया भाइरल नब्यश्रीको पहिलो सर्ट फिल्म महाकाली डिसेम्बर १० मा आउँने

    भोपाल । सामाजिक सञ्जालबाट चर्चामा आएकी मोडल तथा नायिक नव्यश्री अभिनित पहिलो सर्ट फिल्म ‘महाकाली’को स्ट्रिमिङ आगामी डिसेम्बर १० मा हुने भएको छ ।

    निर्माण टिमले केही दिनअघि फिल्मको पोस्टर सार्वजनिक गरिसकेको छ । भारतको सुन्दर सहर दार्जिलिङकी मोडेल नव्यश्री पछिल्लो समय सामाजिक संजालबाट चर्चित कलाकार हुन् ।

    फिल्म आगामी डिसेम्बर १० अर्थात् मंसिर २४ गतेदेखि ओएसआर डिजिटल युट्युब च्यानलमार्फत स्ट्रिमिङ हुने उनले बताइन् । सार्वजनिक पोस्टरमा फिल्मकी शीर्ष अभिनेत्री नव्यश्रीलाई देवी महाकालीको रुपमा चित्रण गरिएको छ ।

    काजिश श्रेष्ठ निर्देशित सर्ट फिल्मले आफ्नो कष्टपूर्ण जीवनबाट मुक्ति पाउन दुई युवतीले गर्ने संघर्ष र देवी महाकालीको भक्तिको कथा प्रस्तुत गर्छ । फिल्ममा नव्यश्रीका साथै लोमस शर्माको पनि मुख्य भूमिका छ ।

    नब्यश्रीले नेपाल प्रेससँग भनिन्–‘सोसल मिडियामार्फत धेरैले मलाई माया गर्नुभयो । अब फिल्मलाई पनि माया दिनहुनेछ भन्ने विश्वास छ । लामो समयदेखि फिल्ममा करिअर बनाउन लागिरहेको छु, पहिलो कोसिसस्वरुप यो सर्ट फिल्म हो । मलाई नेपाली दर्शकहरुबाट ठूलो आशा छ ।

    १४ वर्षकै उमेरमा मोडलिङ करिअर सुरु गरेकी नव्यश्रीले सन् २०१८ मा १५ वर्षको उमेरमा प्लानेट मिस इण्डिया वर्ल्ड, मिस टिन रिपब्लिक अफ इण्डिया र मिस नर्थइस्टको उपाधि जितिसकेकी छन् । सामाजिक सञ्जालमा आफ्ना पोस्टहरू सेयर गर्न थालेसँगै उनी चर्चामा आएकी हुन् । वास्तविक नाम मञ्जु थापा रहेकी नव्यश्री हाल भारतमै बसोबास गर्दै आइरहेकी छन् । उनको पुर्ख्यौली घर भने विराटनगर हो ।

    सर्ट फिल्म ‘महाकाली’लाई नव्यश्रीकै लेखन तथा निर्माण छ भने फिल्मलाई अर्जुन तिवारीले खिचेका हुन् । श्रीधर अधिकारीको संगीत, सरोज श्रेष्ठको कोरियोग्राफी, एलिना चौहानको स्वर रहेको फिल्मलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।

  • संगीतकार नागेन्द्र श्रेष्ठको ‘थोपा’मा रचनाको स्वर (भिडिओ)

    संगीतकार नागेन्द्र श्रेष्ठको ‘थोपा’मा रचनाको स्वर (भिडिओ)

    काठमाडौं । संगीतकार नागेन्द्र श्रेष्ठले थोपा बोलको गीतको भिडिओ सार्वजनिक गरेका छन् । जसमा चर्चित गायिका रचना रिमालको स्वर तथा नविन श्रेष्ठको शब्द, राहुल प्रधानको एरेन्ज रहेको छ । भिडिओले प्रेमीले धोका दिए पछि एक्लीएकी प्रेमिकाको विरहको कथालाई निर्देशक गौरव गिरीले कलात्मक शैलीमा भिडिओमा देखाएका छन् ।

    सुदूरपश्चिमको रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा आर के परियार, अनुजा सिंह र मिसेल घिमिरेको बेजोड अभिनय देख्न सकिन्छ । भिडियोमा सन्तोस तामागंको सिनेमाटोग्राफी, भद्रजंग कुँवरको सम्पादन तथा कलरि श्याम कुँवरको रहेको छ ।

    भिडिओ वरिष्ठ संगीतकार नागेन्द्र श्रेष्ठको यट्युब च्यानल मार्फत बजारमा आएको हो । केही समय अघि मात्रै संगीतकार नागेन्द्रले अञ्जु पन्तको स्वरमा हिन्दी गीत जिन्दगीकी राहो मेको भिडियो सार्वजनिक भएको थियो । जसले राम्रो चर्चा कमाएको थियो ।

  • राज र अर्जुनबीच ५ वटा भिडिओमा काम गर्ने सम्झौता

    राज र अर्जुनबीच ५ वटा भिडिओमा काम गर्ने सम्झौता

    काठमाडौं । राज कटुवाललाई आम मानिसहरुले नायक तथा मोडलको रुपमा चिन्छन् । अझ, उनले अभिनय गरेको ‘मेसो मिलाएर’ बोलको गीत हिट भएपछि त उनको चर्चा पनि चुलिएको छ । यसपछि, उनी म्युजिक भिडियोमा व्यस्त पनि देखिन थालेका छन् ।

    ‘मेसो मिलाएर’ गीत हिट भएसँगै राज र अर्जुनबीच पुनः सहकार्य हुने भएको छ । अर्जुनको कम्पनी द डिभाइन म्युजिकले तयार पार्ने ५ वटा भिडिओमा राजले काम गर्ने गरि सम्झौता भएको छ ।

    सम्झौता पत्रमा हस्ताक्षर गर्दै दुबैले उत्साह व्यक्त गरेका छन् । डिभाइनको भिडियोमा काम गर्न पाउँदा आफू उत्साहित भएको राजले बताए । यस्तै, संगीतकार पोखरेलले ‘मेसो मिलाएर’ गीत हिट भएपछि राजलाई दर्शकले अत्याधिक खोजेकाले आफूले ५ वटा भिडिओका लागि सम्झौता गरेको बताए ।

    राजले निर्माण गरिरहेको फिल्म ‘मायाबी’को हाल छायांकन भैरहेको छ । राज आफैँ नायक बनेर नयाँ फिल्ममा काम गर्ने तयारीमा समेत छन् ।

  • पूर्ववडाध्यक्ष डिल्ली अधिकारीको अर्को गीत बजारमा

    पूर्ववडाध्यक्ष डिल्ली अधिकारीको अर्को गीत बजारमा

    भोजपुर । डिल्लीराम अधिकारीको स्वरमा नयाँ गीत ‘नर्कको मलामी’ बजारमा आएको छ । भोजपुरको अरुण गाउँपालिका-७ का पूर्ववडाअध्यक्ष तथा गत स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्षमा माओवादीका उम्मेदवारसमेत रहेका अधिकारीको यो दोस्रो गीत हो ।

    अधिकारीले गत असोज अन्तिम साता ‘खाडीको लाहुरे’ बोलको गीत भिडिओसहित बजारमा ल्याएका थिए । ‘खाडीको लाहुरे’ मार्फत् उनले गायनमा डेब्यू गरेका हुन् ।

    उनको नयाँ गीतमा राजनीतिक दल र नेताको कार्यशैलीप्रति कटाक्ष गरेका छन् । गणतन्त्रविरोधी र जनताका समसामयिक सवाललाई पनि उनले गीतमा पस्किएका छन् । अधिकारीकै रचना रहेको उक्त गीत काठमाडौंको तारकेश्वर नगरपालिकाको गोलढुंगामा छायांकन गरिएको छ ।

    एनपी म्युजिक मिडिया युट्युव च्यानलबाट सार्वजनिक गीतमा मनिपाल राईले संगीत भरेका छन् । गीतमार्फत् उनले विदेशिएका युवालाई फर्केर देश विकासमा जुट्न समेत आह्वान गरेका छन् ।

  • फिल्म ‘दुई कदम’को गीत ‘ये मेरा बाबै नि’को गरियो छायांकन

    फिल्म ‘दुई कदम’को गीत ‘ये मेरा बाबै नि’को गरियो छायांकन

    काठमाडौं । मंसिर २९ गतेबाट रिलिज हुने फिल्म ‘दुई कदम’को एक गीत ‘ये मेरा बाबै नि’को काठमाडौंमा छायांकन गरिएको छ । राजधानीको ठमेलस्थित १० एक्स क्लबमा दुई दिन यता गीतको छायांकन गरिएको हो ।

    गीतमा आशिष अबिरल र निरुषा भट्टराईको स्वर, निरुषाको शब्द र आशिषको संगीत छ । गीतमा आशिषकै एरेन्ज तथा मिक्सिङ र मास्टरिङ छ ।

    गीतमा फिल्मका कलाकार इओन लिम्बु र अभिनेत्री वर्षा शिवाकोटी फिचर्ड छिन् । फिल्ममा यही गीतमा मात्र वर्षा देखिनेछिन् । गीतमा उनीहरुलाई कोरियोग्राफर कविराज गहतराजले नचाएका छन् । गीतका छायांकार सौरभ लामा हुन् ।

    उदय सुब्बा निर्देशित फिल्ममा सुनिल थापा, कविता आले,सिमोन गिरी सुरवीर पन्डित, प्रेम सुब्बा, गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जिवन लिम्बु, चन्दा दाहाल र प्रितिका शर्माको पनि अभिनय रहेको छ ।

    अजम्बरी फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा तारा देवी लिम्बुको लगानी रहेको छ ।

    दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, डिपी खनालको गीत लेखन, राजु किराँतीको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी र प्रविन ढकालको सम्पादन फिल्ममा रहेको छ । फिल्मलाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनिले वितरण गर्दैछन् ।

     

  • चलचित्र प्रदर्शक र निर्माता संघबीच बैठक जारी, ‘दिमाग खराब’ टीम आफ्नो मागबाट पछि नहट्ने

    चलचित्र प्रदर्शक र निर्माता संघबीच बैठक जारी, ‘दिमाग खराब’ टीम आफ्नो मागबाट पछि नहट्ने

    काठमाडौं । कात्तिक २९ ‘दिमाग खराब’ टीमले नेपाली फिल्मले विदेशी फिल्म बराबर शोहरु पाउनुपर्ने र तेस्रो हप्ता पनि चलचित्र र प्रदर्शकबीच ५०-५० प्रतिशत शेयर हुनुपर्ने माग उठाएको थियो । यदि आफ्ना मागहरुको सम्बोधन नभए हलबाट फिल्मलाई उठाएर प्रदर्शनको वैकल्पिक माध्यम पनि खोज्ने चेतावनी समेत दिएको थियो ।

    यस विषयलाई लिएर कात्तिक ३० गते बसेको ‘दिमाग खराब’ टीम र चलचित्र संघबीचको वार्ताले आज मंगलबारसम्म फिल्महरु हलमा चलाउने र मागहरुबारे निष्कर्षमा पुग्ने निर्णय गरेको थियो । आज ‘दिमाग खराब’ टीमको तर्फबाट निर्माता संघ र हल संचालकहरुको संगठन चलचित्र संघबीच अहिले वार्ता भइरहेको निर्माता रौनक विक्रम कँडेलले जानकारी दिए ।

    कँडेलका अनुसार बिहानदेखि नै वार्ता भइरहेको छ । जसरी पनि आजै निष्कर्षमा पुगेर यो मुद्दालाई किनारा लगाउने कुरामा दुवै पक्ष सहमत रहेको तर वार्ता निष्कर्षमा भने नपुगिसकेको कँडेलले बताए । उनले भने, ‘आजै निष्कर्षमा पुग्ने भनेरै वार्ता गरिरहेका छौं । तर, हाम्रा मागहरु पुरानै हुन्, ती मागहरु उहाँहरुले जसरी पनि सम्बोधन गरिदिनुपर्छ ।’

     

  • ‘लाखे’ निर्देशकले घोषणा गरे ‘कंगारु’, सस्पेन्स–थ्रीलर कथामा निर्माण हुने

    ‘लाखे’ निर्देशकले घोषणा गरे ‘कंगारु’, सस्पेन्स–थ्रीलर कथामा निर्माण हुने

    काठमाडौं । फिल्म ‘लाखे’का निर्देशक सम्राट बस्नेतले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । उनले, निर्देशन गर्न लागेको फिल्मको नाम ‘कंगारु’ राखिएको छ ।

    राजिव गुरुङ ‘दीपक मनाङ्गे’को प्रस्तुतिमा तयार हुन लागेको यो फिल्मलाई सस्पेन्स, थ्रिलर र कमेडी जनरामा निर्माण गरिने निर्देशक बस्नेतले बताए । यसअघि उनले निर्देशन गरेको फिल्म ‘लाखे’लाई एक्सन जनरामा निर्माण गरिएको थियो ।

    फूलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एण्ड फिल्मस्सँग आस्याप इन्टरटेन्मेन्टको सहकार्यमा यो फिल्म निर्माण हुन लागेको हो । फिल्ममा प्रेम थापा र धन बहादुर गुरुङको लगानी रहनेछ ।

    फिल्मको सह–निर्मातमा रोनिश बहादुर बस्नेत र निशान श्रेष्ठ छन् । टिका भण्डारी र सन्तोष अधिकारी९अष्ट्रेलिया० कार्यकारी निर्माता रहेकोयो फिल्मको लाइन प्रोड्यूसरमा आस्याप इन्टरटेन्मेन्ट९अष्ट्रेलिया० रहेको छ । फिल्ममा सिमा गुरुङको कथा, महेश दवाडीको पटकथा रहेको छ । फिल्म निर्माणमा लक्ष्मी ज्वेलर्स९यूके०ले पनि सहकार्य गरेको छ ।

    फिल्मको बिषयमा निर्देशक बस्नेत भन्छन्–‘मैले लाखेलाई एक्सन जनरामा निर्माण गरेको थिएँ । यसपछि, केही फरक कथा भन्न मन लागेको थियो । यसैले, कंगारुका लागि हामीले स्क्रिप्टमा मात्र २ बर्ष समय लगाएका छौं । दर्शकले, यसपटक फरक स्वादमा फिल्म हेर्न पाउनुहुनेछ ।’

    फिल्मका लागि विभिन्न कलाकारहरुसँग कुराकानी भएको र चाडै नै फाइनल गर्ने निर्माणपक्षले बताएको छ । यो फिल्मको छायांकन फागुणदेखि सुरु हुनेछ ।

  • ‘रङ्गेली’को जुनकिरी मिरुना

    ‘रङ्गेली’को जुनकिरी मिरुना

    काठमाडौं ।आगामी फागुन २५ गते महाशिवरात्रिको दिन विश्वव्यापी रिलिज हुने सिनेमा ‘रङ्गेली’मा अभिनेत्री मिरुना मगर ‘जुनकिरी’ बनेकी छन् । ‘ जुनकिरी’को रूपमा परिचय गराउँदै मिरुनाको क्यारेक्टर झल्किने पोस्टर चलचित्र टिमले सार्वजनिक गरेको छ ।

    यस सिनेमा निर्देशक अर्जुन सुवेदीले मिरुनाले अहिलेसम्म अभिनय गरेको भन्दा भिन्न चरित्र निर्वाह गरेको कारण दर्शकलाई थप चासो हुने विश्वास व्यक्त गरे । सुवेदीकै लेखन रहेको ‘रङ्गेली’मा मिरुनाको साथमा दयाहाङ राई, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका रहेको छ । सिनेमाका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन सिंहको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।

    सिनेमका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह(निर्माता हुन् । विवेक खड्का ९योलो० एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् ।

    अस्ट्रेलिया र अमेरिकामा कलाकारसहित भिआइपी रेड कार्पेट प्रिमियर हुने यो चलचित्र नेपालसँगै नेपालीहरूको बसोबास रहेका अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया, हङकङ लगायतका विश्वका विभिन्न मुलुकहरूमा एकसाथ रिलिज हुनेछ ।

  • कथानक चलचित्र ‘यो मन त मेरो नेपाली हो’ निर्माण हुने

    कथानक चलचित्र ‘यो मन त मेरो नेपाली हो’ निर्माण हुने

    काठमाडौं । नेपाली कथानक चलचित्र ‘यो मन त मेरो नेपाली हो’ निर्माण हुने भएको छ । पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रालीको प्रस्तुतिमा निर्माण हुन लागेको यो चलचित्र विदेशमा रहेका नेपालीको मुद्दालाई उठान गर्ने बताइएको छ ।

    अमेरिकामा रहेका नेपाली भुटानी साहित्यकार मित्र प्रधानले निर्देशन गर्ने यो चलचित्रमा नेपाली भाषा, साहित्य, कला, यसको इतिहास, महत्त्व र नेपाली भाषाको गौरवसँगै नेपाली को हुन् भन्ने विषयवस्तुलाई उठान गरिने निर्माण पक्षले जनाएको छ ।

    शिवम् अधिकारीको लेखनमा निर्माण हुन लागेको चलचित्रले विश्वका विभिन्न देशहरूमा बसोबास गर्दै आएका नेपालीहरूले आफ्नो कला, संस्कार, संस्कृति बिर्सँदै गएको हुँदा चलचित्रको माध्यमबाट नेपाली भाषा प्रतिको आकर्षण, महत्त्व र इतिहास दर्साउन खोजिएको छ ।

    चलचित्रमा अमेरिका, म्यानमार, भुटान र इन्डिया गरी चार देशका चार जना नेपाली भाषी अभियन्ता, नेपाल आएर, नेपाली भाषाको अध्ययन अनुसन्धान गरी नेपाली भाषाको महत्त्व, नेपाली वीरता र गोर्खालीहरू को हुन् ? नेपालीहरू कसरी भुटान, म्यानमार, इन्डियासम्म पुगे र त्यहाँका नेपालीहरूको अवस्था कस्तो छ भन्ने कथा चलचित्रमा हुने बताइएको छ । फिल्म विशुद्ध राष्ट्र, राष्ट्रियता र नेपाली भाषा प्रति प्रेरित गर्ने फिल्म रहेको लेखक शिवम् अधिकारीले बताए ।

    चलचित्रको छायाङ्कन मंसिर ६ गतेबाट सुरु हुँदैछ । छायाङ्कन पाँचथरबाट सुरु गरी झापा हुँदै, सिक्किम, म्यानमार, देहरादुन, क्यानडा, अमेरिका लगायतका देशहरूमा हुनेछ ।

    फिल्ममा रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल, आयुषा समाल, सञ्जीत भण्डारी, मेग सुवेदी, सुशान्त श्रेष्ठ, ध्रुव दत्त आदिको अभिनय रहनेछ ।

    दीपक शर्माको संगीत ,सौरव लामाको छायाङ्कन ,श्री श्रेष्ठको द्वन्द्व ,कविराज गहतराजको कोरियोग्राफी रहने छ । फिल्ममा मुख्य सहायक निर्देशन रामबाबु खड्का, कला निर्देशन रोशन रम्तेल ‘दिवाना’ र निर्माण नियन्त्रक सुमन काफ्लेको रहने छ ।

  • अभिनेत्री शिल्पा मास्के ‘कार्साङ’मा अनुबन्धित

    अभिनेत्री शिल्पा मास्के ‘कार्साङ’मा अनुबन्धित

    काठमाडौं । चलचित्र ‘कार्साङ’मा अभिनेत्री शिल्पा मास्के अनुबन्धित भएकी छन् ।

    यम शेर्पाको निर्देशनमा बन्न लागेको फिल्ममा यसअघि मुख्य कलाकारका रूपमा दयाहाङ राई, बुद्धि तामाङ फाइनल भैसकेका छन् ।

    यस्तै फिल्ममा नायिकाको रुपमा सुरक्षा पन्त र नवकलाकार छिरिङ शेर्पा फाइनल भइसकेका छन् । शिल्पा पनि फिल्ममा भित्रिएपछि ३ जना नायिकाले फिल्ममा काम गर्ने पक्का भएको छ ।

    शिल्पा अनुबन्धित भएसँगै प्रमुख कलाकारहरूको लाइनअप पूरा भएको निर्देशक शेर्पाले जानकारी दिए ।

    शेर्पाको यो डेब्यु निर्देशकीय फिल्म हो । फिल्ममा उनी स्वयंको कथा, पटकथा तथा संवाद छ । यसअघि शेर्पाले थुप्रै छोटा फिल्मको निर्देशन गरिसकेका छन् ।

    फिल्म ‘कार्साङ’ शेर्पा जातिको सामाजिक कथावस्तुमा निर्माण हुने बताइएको छ । यो फिल्म यार्सा फिल्मस्को व्यानरमा निर्माण हुन लागेको हो ।

    पुरुषोत्तम प्रधानको छायांकन रहने फिल्मको केही दिनमै बाह्रबीसे नगरपालिका र भोटेकोसी गाउँपालिकाका विभिन्न स्थानमा छायाँकन गरिने निमार्ण पक्षले बताएको छ ।

    ‘कार्साङ’को ओभरसिज राइट्स यसअघि नै बिक्री भइसकेको छ । यो फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा सेभेन सिज इन्टरटेनमेन्ट कम्पनीले रिलिज गर्नेछ । फिल्मको देशभर वितरणको जिम्मेवारी आरआर फिल्म्स्ले लिएको छ ।

  • ‘दुई कदम’को नयाँ गीत ‘काग भन्दा कोइली चलाख’ सार्वजनिक

    ‘दुई कदम’को नयाँ गीत ‘काग भन्दा कोइली चलाख’ सार्वजनिक

    काठमाडौं । आगामी मङ्सिर २९ गतेबाट रिलिज हुने फिल्म ‘दुई कदम’को नयाँ गीत ‘काग भन्दा कोइली चलाख’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा प्रताप दास र मेलिना राईको स्वर, डीपी खनालको शब्द र विकास चौधरीको संगीत छ ।

    सार्वजनिक गीतमा गौरव पहारी, इओन लिम्बु, सिमोन गिरी, विल्सनविक्रम राई, विमला लिम्बु र गीता ढुंगाना फिचर्ड छन् । ओएसआर डिजिटलबाट सार्वजनिक गीतका कोरियोग्राफर रामजी हुन् ।

    उदय सुब्बा निर्देशित फिल्ममा सुनिल थापा, कविता आले, सुरवीर पण्डित, प्रेम सुब्बा, गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जीवन लिम्बु, चन्दा दाहाल र प्रीतिका शर्माको पनि अभिनय रहेको छ ।

    अजम्बरी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा तारा देवी लिम्बुको लगानी रहेको छ । फिल्मको एक गीतमा अभिनेता विल्सनविक्रम राईले पनि विशेष भूमिका निर्वाह गरेका छन् ।

    मुस्ताङमा एक गीतको छायांकन गरिएको फिल्मको बाँकी छायांकन पूर्वका धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा गरिएको हो ।

    दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, डिपी खनालको गीत लेखन, राजु किराँतीको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी र प्रविन ढकालको सम्पादन फिल्ममा रहेको छ । फिल्मलाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनिले वितरण गर्दैछन् ।

  • इरानी र्‍यापर तुमाज सालेही जमानतमा रिहा

    इरानी र्‍यापर तुमाज सालेही जमानतमा रिहा

    तेहरान । हिरासतमा महसा अमिनीको मृत्यु भएपछि भड्किएको देशव्यापी विरोध प्रदर्शनको समर्थन गरेको आरोपमा एक वर्षभन्दा बढी समयदेखि जेलमा परेका लोकप्रिय र्‍यापरलाई इरानी अधिकारीहरूले जमानतमा रिहा गरेको स्थानीय मिडियाले बताएको छ ।

    महिलाहरूका लागि कडा पोशाक नियमको उल्लङ्घन गरेको आरोपमा २२ वर्षीया इरानी कुर्द अमिनीको हिरासतमा मृत्यु भएपछि भड्किएको प्रदर्शनको समर्थन गरेको आरोपमा सन् २०२२ अक्टोबरमा ३२ वर्षीय तुमाज सालेहीलाई पक्राउ गरिएको थियो ।

    जुलाईमा सालेहीमाथि ‘भ्रष्टाचार’ को आरोपमा ६ वर्षको जेल सजाय सुनाइएको थियो । भ्रष्टाचार इरानको सबैभन्दा गम्भीर अपराधमध्ये एक हो र यसमा अधिकतम सजाय मृत्युदण्डको प्रावधान छ ।

    र्‍यापर सालेहीका वकिल अमिर राइसिनले इरानको सुधारवादी अखबार सार्गलाई भने, ‘पुनरावेदनमा सर्वोच्च अदालतले प्रारम्भिक सजायमा त्रुटिहरू फेला पारेको थियो र सालेहीलाई जमानतमा रिहा गर्न आदेश दियो ।’

    सालेहीको आधिकारिक इन्स्टाग्राम अकाउन्टमा रातभरि पोस्ट गरिएको एक तस्बिरमा उनलाई सेतो फूलहरूको गुच्छा समातेर जेलबाट बाहिरिएको देखाइएको छ ।

    सालेहीविरुद्ध लगाइएका आरोपहरूमा इन्टरनेटमा भ्रम छरेको, राज्यविरुद्ध प्रचार गरेको, मानिसहरूलाई हिंसाका लागि उक्साएको र इरानको शत्रुतापूर्ण सरकारको सहयोगमा सुरक्षामा बाधा पुर्‍याउने उद्देश्यले अवैध समूहहरू गठन गरेको रहेका छन् ।

    इरानी अधिकारीहरूले गत वर्षको विरोध प्रदर्शनलाई विदेशीले उक्साएको ‘दङ्गा’ भनेका छन् । सन् २०२२ सेप्टेम्बर १६ मा अमिनीको मृत्युपछि भएका महिनौंको अशान्तिले दर्जनौं सुरक्षाकर्मी र सयौं मानिस मारिएका थिए । साथै हजारौंलाई पक्राउ गरिएको थियो । सुरक्षा बलविरुद्ध हत्या र अन्य हिंसासम्बन्धी मुद्दामा सात जनालाई मृत्युदण्ड दिइएको छ । -रासस/एएफपी

  • पूर्वमन्त्रीकी नातिनीले मिस युनिभर्समा रचेकाे कीर्तिमान !

    पूर्वमन्त्रीकी नातिनीले मिस युनिभर्समा रचेकाे कीर्तिमान !

    काठमाडौं । २३ वर्षीया जेन दीपिका ग्यारेट गत भदौमा मिस नेपाल युनिभर्सको विजेता बन्दा मानिसहरु दुईवटा कुराले अलमलमा परेका थिए । पहिलो उनको नाम-थर र ‘मदर टङ’, अनि दोस्रो, शरीरको आकारप्रकार ।

    विदेशी थर भएकी, नेपाली भाषा राम्ररी बोल्न नसक्ने युवती कसरी नेपालको सुन्दरी भइन् भन्ने जिज्ञासा एकातर्फ थियो । अर्कोतर्फ, हामीले आजसम्म कुनै पनि सौन्दर्य प्रतियोगितामा देखेकाभन्दा फरक जिउडाल छ उनको । उनी ‘वेभर वेट’ छिन् । सौन्दर्य प्रतियोगिताको परम्परागत मापदण्डमा ‘मोटो शरीर’ भएका युवतीलाई सुरुमै खारेज गरिन्छ ।

    यसपटक मिस नेपाल युनिभर्सको अडिसनमा परम्परागत मापदण्डलाई खुकुलो बनाइएको थियो । अब विवाहित महिला, डिभोर्सी, गर्भवती सबैले भाग लिन पाउँछन् । शरीरको तौलको पनि कुनै छेकवार छैन । त्यसैले जेन सहभागी हुन सकिन् । उनको शरीरको बनावट ३८-३२-४० इन्च छ भने तौल ८० केजी र उचाई ५ फिट ७ इन्च छ । उनी अविवाहित हुन् ।

    जेनको जन्म भने अमेरिकामा भएको थियो । उनकी आमा नेपाली र बुबा अमेरिकी हुन् । रोचक कुरा चाहिँ, जेनको पारिवारिक पृष्ठभूमि एक चर्चित पूर्वपञ्चसँग जोडिएको छ । उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका पुराना नेता, पूर्वमन्त्री दीपक बोहराकी नातिनी हुन् । दिपककी पत्नी उन्नतिशिला बोहराकी छोरीकी छोरी हुन् जेन ।

    आमाले ग्यारेट नामका अमेरिकी व्यापारीसँग विवाह गरेपछि जेन पनि अमेरिकामै जन्मिएकी थिइन् । उनका एक भाइ जोशाया र बहिनी ज्योतिका पनि छन् । जेनले अहिलेसम्म कुनै पनि अन्तरवार्तामा आफ्नो पारिवारिक पृष्ठभूमि राम्ररी खुलाएको पाइँदैन ।

    करिब १० वर्षको उमेरमा जेन अमेरिकाबाट नेपाल आएकी हुन् । त्यसपछि उनले नेपालमै बसेर अध्ययन गरिन् । उनलाई नेपाली भाषा सिक्न भने गाह्रो भयो । आफू पढ्ने विद्यालय र परिवारमा समेत अंग्रेजी भाषा मात्रै प्रयोग हुने भएकाले नेपाली राम्ररी बोल्न नसकेको उनले बताएकी छन् । उनी नेपाली राम्ररी पढ्न र लेख्न भने सक्छिन् । बोल्न चाहिँ सुद्द आउँदैन ।

    जेन नर्सिङको विद्यार्थी र विजनेस डेभलपर हुन् । उनले हालै मात्र नर्सिङमा ब्याचलर डिग्री (बीएसएन) नेपालबाटै पूरा गरेकी छ्इिन् । साथमा, उनले आफ्नै अनलाइन क्लोथिङ स्टोर पनि सुरु गरेकी छन् ।

    सानैदेखि मोडलिङमा रुचि रहेकी उनले थुप्रै फेसन शोहरुमा भाग लिँदै आएकी छन् । मिस युनिभर्समा भाग लिने उनको सबैभन्दा ठूलो सपना थियो । तर, उनका लागि आफ्नो बढ्दै गएको शरीरको तौल सबैभन्दा ठूलो चुनौती बन्यो । धेरैले उनलाई मोटो शरीरका कारण मिस युनिभर्समा पुग्ने सपना नदेख्न सुझाव दिएका थिए । आफ्नो शरीरलाई लिएर हुने टिकाटिप्पणी र आलोचनाले डिप्रेसनमै पुर्याएको उनको अनुभव छ ।

    मिस नेपाल युनिभर्सकी साविक विजेता सोफिया भुजेलसँग भेटेपछि मिस नेपाल युनिभर्समा भाग लिन प्रोत्सहित बनिन् जेन । उनले डेडलाइन सकिनुभन्दा अघिल्लो दिन मात्रै एप्लाइ गरेकी थिइन् । यद्यपि, उनलाई जित्ने आशा थिएन । आफ्नो मोटो शरीर नै उपाधिको दौडमा बाधक बन्ने सोचेकी थिइन् । तर, २० जना प्रतिस्पर्धीलाई उछिन्दै उनले मिस युनिभर्स नेपालको ताज पहिरिन सफल भइन् ।

    मिस नेपाल जितिसकेपछि सामाजिक सञ्जालमा ट्रोल हुन थालिन् जेन । उनको भद्दा शरीरलाई लिएर अनेकन टिप्पणीहरु भएका छन् । यद्यपि, उनले सान साल्भाडोरमा हुने मिस युनिभर्सको ७२ औं संस्करणमा स्थान बनाइसकेकी थिइन् ।

    मिस युनभर्स २०२३ मा सहभागी भएसँगै अन्तर्राष्ट्रिय मिडियामा उनको चर्चा सुरु भयो । उनको सहभागीता सबैका लागि आश्चर्यको विषय थियो । किनकि मिस युनिभर्स वा कुनै पनि ग्लोबल ब्यूटी पिजेन्टमा प्लस साइजको सुन्दरीलाई अहिलेसम्म प्रतिस्पर्धामा देख्न सकिएको थिएन । जेनको सहभागीतालई मिडियादेखि पब्लिकले पनि सकारात्मकरुपमा स्वागत गरे । उनी सुरुवाती परिचय, राष्ट्रिय भेषभुषा, स्वीमसुट राउन्डमा अब्बलरुपमा प्रस्तुत भएकी थिइन् ।

    कतिपयले उनलाई सम्भावित फाइनलिस्टको रुपमा समेत हेरेका थिए । तर, जेनको यात्रा लामो हुन सकेन । उनी टप २० बाट बाहिरिइन् । यसअघि मिस युनिभर्समा नेपालकी मनिता देवकोटाले १० टेनसम्म पुगेर राखेको रेकर्ड तोड्न चुकिन् । यद्यपि, मिस युनिभर्समा भाग लिने विश्वकै पहिलो प्लस साइज मोडलको इतिहास भने उनले बनाइसकेकी छन् ।

    त्यसो त जेनलाई मिस युनिभर्समा स्थान दिइँदा एउटा कोणबाट आलोचना पनि नभएको होइन । उनको जिउडाल कुनै पनि सौन्दर्य प्रतियोगितामा भाग लिन सुहाउँदो नभएको टिप्पणी गरिएको थियो । आलोचकहरुलाई जवाफ दिँदै उनले आफू सबैलाई खुशी तुल्याउन नभइ सौन्दर्यको परिभाषा बदल्न उभिएको बताइन् ।

    अन्तर्राष्ट्रिय मिडियाहरुले पनि सुन्दरताको ‘स्टेरियोटाइप’ लाई जेनले तोडिदिएका टिप्पणी गरेका छन् । सुन्दरता शरीरको बनौटमा होइन, मन र भावनामा हुन्छ भन्ने भनाइलाई व्यवहारिक रुपमा उनले स्थापित गरेको चर्चा गरिएको छ । मोटो शरीरकै कारण आत्मविश्वास गुमाएकाहरुका लागि जेन एक प्रेरणा स्रोत बनेकी छन् ।