Category: कलाप्रेस

  • ‘पुजार सार्की’ मा आर्यन र प्रदीपसँग देखिँदै पल

    ‘पुजार सार्की’ मा आर्यन र प्रदीपसँग देखिँदै पल

    काठमाडौं । नायक पल शाहले दिनेश राउतको निर्देशनमा बन्न लागेको चलचित्र ‘पुजार सार्की’ साइन गरेका छन् । निर्माणपक्षले आज एक तस्वीर सार्वजनिक गर्दै चलचित्रमा पल शाह भित्रिएको जानकारी दिएको छ।

    चलचित्रमा नायकद्धय प्रदीप खड्का र आर्यन सिग्देल अनुवन्धित भैसकेका छन् भने चलचित्र बिकाश सुवेदीले लेखेका हुन्च भने चलचित्रमा सुभाष भुसालको लगानी रहनेछ ।

    चलचित्रमा नायिका भने अहिलेसम्म कोही पनि अनुवन्धित गरिएको छैन। पलले हालै मात्र चलचित्र ‘मायाबी’को छायांकन सकाएका थिए ।

  • ‘पुजार सार्की’ मा आर्यन र प्रदीपसँग देखिँदै पल

    ‘पुजार सार्की’ मा आर्यन र प्रदीपसँग देखिँदै पल

    काठमाडौं । नायक पल शाहले दिनेश राउतको निर्देशनमा बन्न लागेको चलचित्र ‘पुजार सार्की’ साइन गरेका छन् ।

    निर्माण पक्षले आज एक तस्बिर सार्वजनिक गर्दै चलचित्रमा पल शाह भित्रिएको जानकारी दिएको छ।

    चलचित्रमा नायकद्वय प्रदीप खड्का र आर्यन सिग्देल अनुबन्धित भैसकेका छन् ।

    विकास सुवेदीले लेखेको चलचित्रमा सुभाष भुसालको लगानी रहनेछ ।

    चलचित्रमा नायिका भने अहिलेसम्म कोही पनि अनुबन्धित गरिएको छैन । पलले हालै मात्र चलचित्र ‘मायावी’को छायांकन सकाएका थिए ।

  • चलचित्र ‘जम्प’को सेन्सर पास

    चलचित्र ‘जम्प’को सेन्सर पास

    काठमाडौं । मंसिर २९ गते शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘जम्प’ सेन्सर पास भएको छ । फरक शैलीमा तयार पारिएको सिनेमाले केन्द्री जाँच पास समिति (सेन्सर बोर्ड) बाट पिजी सर्टिफिकेट पाएको हो ।

    अब १६ वर्ष मुनिका बालबालिकाले अभिभावकको साथमा मात्रै सिनेमा हेर्नु पर्नेछ । सिनेमाले सेन्सर बोर्डका पदाधिकारीबाट राम्रो प्रतिक्रिया पाएको छ । नेपालमा पनि फकर कथामा राम्रो सिनेमा बन्नु आफैंमा चुनौतीपूर्ण छ ।

    तर, तपाईहरुले राम्रो सिनेमा बनाउनु भएको रहेछ भन्दै प्रशंसा गरेको निर्देशक आशुतोषध्वज कार्कीले बताए । उनले यही सिनेमाबाट निर्देशनमा डेव्यु गर्दैछन् । सिनेमामा वास्तविक जीवनमा आइपर्ने बाधा र त्यसलाई पन्छाउनका लागि चालेको एउटा अनौठो कदमपछिको अवस्था र तनावलाई प्रस्तुत निर्देशक कार्की बताउँछन् ।

    एथ्लेटिक्स खेलाडीले आफ्नो जीवन परिवर्तनका लागि दैवी शक्तिको साहारा लिएपछि आउने घटनाक्रमको कथा सिनेमाले पेस गर्छ । सिनेमामा सरोज श्रेष्ठ, बिनिता थापामगर, सन्देश शाक्य, सगुन तामाङ, मन्जिल जिसी, शंकर महर्जन, एन्जेलिका खत्री, अरोष्मा रन्जित, प्रज्वल खँडेल, सुदिप भुषाल, इलिस विष्ट तथा रितेश राजकर्णिकारको मुख्य भुमिका रहेको छ ।

    फरक स्वादको सिनेमा भएकाले दर्शकका लागि रुचिकर हुने आशा निर्माणपक्षले गरेको छ । सिनेमाको कथा र संगीत स्वयं निर्देशक कार्की हो । इशा खड्का कार्यकारी निर्माता रहेको सिनेमालाई गोबिन्द शाहीको काफिया फिल्मस्ले वितरण गर्दैछ ।

     

  • उपन्यास ‘आधा मण्डप’ लोकार्पण

    उपन्यास ‘आधा मण्डप’ लोकार्पण

    काठमाडौं । युवा साहित्यकार रुपक अधिकारीको दोस्रो कृति ‘आञा मण्डप’ लोकार्पण गरिएको छ । रिड एण्ड राइज पिक्चर एण्ड प्रिन्टद्वारा वितरित उपन्यासको प्रकाशक अमीर केसी र सहदेव अर्याल ‘यात्री’ रहेका छन् ।

    प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा लेखक सगुना शाह, चलचित्र निर्देशक मुस्कान ढकाल, कवि राजेन्द्र श्रेष्ठ ‘नेपाली’ लगायतले उपन्यास ‘आधा मण्डप’ लाोकार्पण गरे । उपन्यासकार अधिकारीकाो यसअघि ‘साढे ३ हत्या’ नामक उपन्यास प्रकाशित छ ।

    उपन्यासकार अधिकारीले नेपाली समाजकै घटना र सन्दर्भमा केन्द्रीत रहेर आधा मण्डप उपन्यास लेखिएको बताए ।

  • जेठ १८ मा आउने भयो दयाको ‘गाउँ आएको बाटो’

    जेठ १८ मा आउने भयो दयाको ‘गाउँ आएको बाटो’

    काठमाडौं । टोरोन्टो फिल्म फेस्टिवलमा वल्ड प्रिमियर भएको नविन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’को नेपाल रिलिज मिति सार्वजनिक भएको छ। निर्माणपक्षले एक पोस्टर सार्वजनिक गर्दै रिलिज मिति तोकेको हो। सिनेमा आगामी वर्षको जेठ १८मा रिलिज हुने भएको छ।

    सिनेमामा दयाहाङ राई, पशुपति राई तथा प्रसान राईको प्रमूख भूमिकामा छन्। ‘नुमाफुङ’ सिनेमा बनाएर फरक धारका सिनेमाका लागि अत्याधिक प्रशंसा बटुलेका सुब्बाको यो तेश्रो सिनेमा हो। उनले बनाएको दोश्रो सिनेमा ‘गुडबाई काठमाडौं’ भने सार्वजनिक प्रदर्शनमा आएको छैन । टोरोन्टो फिल्म फेस्टिवलका अलावा बुसान फिल्म फेस्टिवलमा समेत प्रशंसा बटुलेको यो सिनेमाले नविन सुब्बालाई थप उचाइ प्रधान गर्ने विश्वास राखिएको छ।

    सिनेमाको पटकथा निर्देशक सुब्बाले महेश सुब्बासँगको सहकार्यमा लेखेका हुन्। मेन्छ्याम फिक्चर्स तथा बुँसुरी फिल्मसको संयूक्त ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता अमोद राई र निर्देशख सुब्बा हुन्। सिनेमाले पूर्वी नेपालको हिमाली क्षेत्रमा बाँसको चोयाबाट डोकाडालो बनाएर जीवन यापन गर्ने माइला(दया), माइली(पशुपति राई) र उनीहरुको सात वर्षे छोरा बिन्द्रे( प्रसान राई)को सो गाँउमा मोटरबाटो भित्रिएसँगै आएका आधुनिक परिवर्तनले ल्याउने उथलपुथल, संघर्षको कथा पेस गर्छ।

    सिनेमाले मूलपात्रले पछ्याउँदै आएको परप्परागत जीवनशैलीमाथि के गर्ने भनेर लिने कदममा सिनेमाको कथा प्रस्तुत भएको छ। यसलाई बाबुआमासँगै उनीहरुको छोराले यो बदलिएको परिस्थितिमा नयाँ संसार कसरी चिहाउँदैछ र उसका सपना केकस्ता हुँदैछन् भन्ने कथालाई रोचक ढंगले भनेको छ। फिल्म फेस्टीवलहरुमा प्रशंसा बटुलेको यो सिनेमा आगामी वर्षका लागि एउटा प्रतिक्षित सिनेमा हो।

  • क्राइम थ्रिलर ‘११:५५’ को निर्माण घोषणा, मुख्य भूमिकामा सृष्टी, महेश, सागर र करिष्मा

    क्राइम थ्रिलर ‘११:५५’ को निर्माण घोषणा, मुख्य भूमिकामा सृष्टी, महेश, सागर र करिष्मा

    काठमाडौं । बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली सिनेमा ‘११ः५५’ को निर्माण घोषणा गरिएको छ ।

    केशब पाण्डेको कथा र निर्देशनमा तयार हुने सिनेमामा महेश त्रिपाठी, सृष्टी श्रेष्ठ, सागर खनाल, करिश्मा श्रेष्ठ, विशाल पहारी, बुद्धी तामाङ, एमएस अग्रज लगायतको अभिनय रहनेछ । निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको पटकथा लेखन रहेको सिनेमा क्राइम, थ्रिलर जनरामा निर्माण हुने बताईएको छ ।

    विचित्र फिल्म्सको निर्माण तथा गुड जब आट्र्सको सहकार्यमा निर्माण हुने सिनेमामा श्याम शर्मा र सरोजा शर्मा निर्माता तथा जुनानाथ सापकोटा सह(निर्माता रहेका छन् । विगत एक दशकदेखि सिनेमालाई नजिकबाट हेरेर राम्रो दर्शक बनेको निर्देशक पाण्डेले बताए ।

    ‘म राम्रो दर्शक हुँ । विगत एक दशकदेखिको सिनेमा सम्बन्धी अनुभवलाई संगालेर कथा तयार गरेको हुँ, निर्देशक पाण्डेले भने, यो सिनेमामा कथा नै स्टार हो । यहाँ कलाकार भन्दा पनि पात्र देखिनेछन् ।’

    निर्देशक पाण्डेको सिनेमा सम्बन्धी स्वअध्यनले आफूलाई प्रभावित बनाएको लेखक तथा कलाकार एमएस अग्रजले बताए । उनले भने, ‘हामी प्रवासमा एक साँझ भेटिदा सिनेमा सम्बन्धी भएको छलफलले आजको सहकार्य जुरेको हो । क्राइम, थ्रिलर र सस्पेन्स भएता पनि पनि पूर्ण रुपमा मनोरन्जनात्मक सिनेमा बन्ने छ ।’

    अभिनेत्री सृष्टी श्रेष्ठले कथाले नै आफूलाई आकर्षित गरेको बताइन् । ‘मैले कथा पढेपछि अगाडि के होला रु भनेर जिज्ञासु बन्थे । यो सिनेमामार्फत हामी पात्रको रुपमा चिनिने छौं । यो मेरो करिअरलाई अगाडि बढाउने सिनेमा बन्ने छ, भन्नेमा विश्वस्त छु’, अभिनेत्री श्रेष्ठले भनिन् ।

    अभिनेता त्रिपाठीले आफूले नयाँ भूमिका प्राप्त गरेको बताए । ‘मैले अहिलेसम्म आफूलाई प्रस्तुत गर्न नपाएको भूमिकाले आकर्षित गरेर सहकार्य सम्भव भएको हो । नयाँ टिम देखिएता पनि सिनेमा प्रतिको अध्यन र अनुभवले हामी भित्र रहेको प्रतिभा पर्दामा देखिन्छ भन्नेमा विश्वस्त छु’, अभिनेता त्रिपाठीले भने ।

    यही सिनेमामार्फत पर्दामा डेब्यु गर्न लागेका अभिनेता सगर खनालले सिनेमा सम्बन्धी गरेको अध्यनलाई प्रयोग गर्ने अवसरलाई पूर्ण रुपमा सदुपयोग गर्ने बताए । ‘यो मेरो डेब्यु सिनेमा भएता पनि सबैको भूमिका बराबर छ । पहिलोपटक पर्दामा देखिदा नै अभिनयमा पोख्त टिमसँग सहकार्य गर्न पाउँदा र उस्तै भूमिका पाउँदा उत्साहित छु’, अभिनेता खनालले भने ।

    सिनेमा ‘११ः५५’ मा ६ जनाको कथा देखाईएको छ । आफ्नै विशेषता बोकेका व्यक्तिले निम्त्याउने स(साना घटनाक्रमले सिर्जना गर्ने परिस्थिति सिनेमामा देखाईने छ । ३५ दिनको सेड्युल तय भएको सिनेमाको छायांकन आउँदो शनिवारबाट सुरु हुनेछ ।

    सिनेमामा प्रद्युमन मिश्रको छायांकन, पासाङ दावा शेर्पाको सम्पादन, अल्मोडा राना उप्रेती र कुशल आचार्यको संगीत, कविराज गहतराजको नृत्य निर्देशन, देव महर्जनको द्वन्द्व निर्देशन, सायद कार्कीको मुख्य सहायक निर्देशन र सुवासराज काफ्लेको प्रोडक्सन डिजाइन रहनेछ ।

  • आपसी कलहबीच एउटै कार्यक्रममा देखिए बच्चन परिवार, तर किन भयो ट्रोल ?

    आपसी कलहबीच एउटै कार्यक्रममा देखिए बच्चन परिवार, तर किन भयो ट्रोल ?

    काठमाडौं । डिभोर्स चर्चामा रहेका बलिउड जोडी ऐश्वर्या राय र अभिषेक बच्चन हालै एउटा कार्यक्रममा सँगै देखिए । तर, यसले उनीहरुबीच सबै ठीकठाक रहेको सन्देश प्रवाह गर्न सकेन ।

    अमिताभका नाति (छोरी श्वेताको छोरा) अगत्स्य नन्दाले अभिनय गरेको डेब्यु फिल्म ‘आर्किज’ को प्रिमियरमा सिंगै बच्चन परिवार उपस्थित भएका हुन् । सबैको ध्यान थियो ऐश्वर्या र अभिषेकतर्फ । डिभोर्सको संघारमा रहेका उनीहरु कसरी प्रस्तुत हुन्छन् भनेर क्यामराहरुले निरन्तर फलो गरिरहेका थिए ।

    क्यामराको अगाडि अभिषेक र ऐश्वर्याले एकापसमा सहज देखिने प्रयास गरे । कुराकानी गरेको अभिनय पनि गरे । तर, छोरी आराध्याको व्यवहार र हाउभाउले सबै कुरा बताइरहेको थियो । आराध्या बुवा अभिषेकको छेउ नै परिनन् । उनी निरन्तर आमा ऐश्वर्यासँग चिप्किरहेकी थिइन् । बुवासँग छोरीको कुनै पनि सामिप्यता देखिएको थिएन ।

    ऐश्वर्या र अभिषेकले फोटोको लागि पोज दिए । तर, परिवारका अन्य सदस्यहरुले ऐश्वर्या र आराध्यालाई इग्नोर गरे । अमिताभ र उनकी पत्नी जयाको ऐश्वर्या–आराध्यासँग बोलचाल भएन । छोरी र बुहारीबीच झनै कटुता देखियो । ऐश्वर्या र श्वेता एक अर्काको नजिकसमेत परेनन् । यसलाई लिएर सामाजिक सञ्जालमा अभिषेकको निकै ट्रोल भइरहेको छ ।

    बच्चन परिवारभित्र कलह उत्पन्न हुनुमा अमिताभपुत्री श्वेतालाई मुख्य कारक तत्व मानिँदै आएको छ । श्वेताले माइती परिवारमा पहिल्यैदेखि हस्तक्षेप गर्दै आएको र यही कारण ऐश्वर्याले विद्रोह गरेको बताइन्छ । ऐश्वर्या र श्वेताबीच पानी बाराबारकै अवस्था छ । विगतमा एक अन्तर्वार्तामा श्वेताले ऐश्वर्यासँग आफ्नो राम्रो सम्वन्ध नरहेको स्वीकार गरेकी थिइन् ।

    श्वेताको विवाह निखिल नन्दा नामका दिल्लीका एक विजनेसम्यानसँग सन् १९९७ मा भएको थियो । उनीहरुबाट एक छोरा र एक छोरी छन् । तर, श्वेता भने विवाहपछि पनि अधिकतम समय बुवाआमाकै घरमा बस्दै आएकी छन् ।

    हालै अमिताभले आफ्नी छोरीलाई एउटा बंगला दाइजो दिएका थिए । ‘प्रतीक्षा’ नामको यो बंगला करिब ५० करोड भारु मूल्यको हो, जुन १६ हजार ८४९ स्क्वायर फिटमा फैलिएको छ । प्रतीक्षा उनले सन् १९७५ मा ८ लाख रुपैयाँमा किनेका थिए । अभिषेक बच्चन र ऐश्वर्याको विवाह यही बंगलामा भएको थियो ।

    छोरीलाई बंगला दिएपछि बच्चन परिवारमा तनाव थप चर्केको छ । आमाजू र सासूसँग निरन्तर झगडापछि ऐश्वर्या गत दिवालीअघि छोरी च्यापेर माइती गएकी थिइन् । अहिले पनि उनी माइतीमै छिन् । उनी भाञ्जा अगस्त्यको मन राखिदिनमात्रै फिल्मको प्रिमियरमा उपस्थित भएको बुझिएको छ ।

    ऐश्वर्या र अभिषेक डिभोर्सको संघारमा रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनीहरु दुवैले यस विषयमा मुख खोलेका छैनन् ।

  • बलिउड अभिनेता ह्यारी जोशले नेपाली फिल्ममा अभिनय गर्दै

    बलिउड अभिनेता ह्यारी जोशले नेपाली फिल्ममा अभिनय गर्दै

    काठमाडौं । बलिउड अभिनेता ह्यारी जोशले नेपाली फिल्ममा अभिनय गर्न नेपाल आएका छन् । उनी बलिउडमा नकारात्मक भुमिकामा रुचाइएका कलाकार हुन् । ‘वान्टेड’, ‘धूम २’, ‘वेलकम’ जस्ता फिल्ममा अभिनय गरिसकेका उनी नेपाली फिल्म ‘देव वाणी’मा देखिन लागेका हुन् ।

    फिल्ममा अभिनय गर्न उनी बुधबार नेपाल आइसकेका छन् । उनलाई फिल्मको टिमले त्रिभुवन विमानस्थालमा खादा र मालाले स्वागत गरेको थियो । बिहीबार बिहानदेखि बालाजु ल्याबमा जोशको भागको छायांकन भैरहेको निर्देशक बाबु साहेव बलामीले बताए । करिब ६ दिन फिल्मको अन्तिम चरणको छायांकन हुनेछ ।

    फिल्ममा ह्यारीको विशेष भूमिका रहेने बलामीले जानकारी दिए । फिल्म हिन्दी भाषामा पनि बनेकाले भारतीय कलाकारलाई समेटिएको उनको भनाई छ । फिल्म नेपालसँगै भारतमा पनि हलमा रिलिज हुनेछ । दशैंभन्दा अगाडि नै सिमरा र वीरगञ्ज क्षेत्रमा छायांकन भैसकेको फिल्मको काठमाडौं छायांकनपछि प्याकअप हुनेछ ।

    एक्सन–लभस्टोरी कथामा बनेको फिल्ममा कुन्दन भारद्वाज, अनुजा लेप्चा, सुनिल थापा, ध्रुव कोइराला, घनश्याम गिरी, रबिन्द्र झा, नन्दु श्रीवास्तव, मौसम पौडेल, प्रदीप ढकाल, लक्ष्मीनाथ तिमल्सिनाको पनि अभिनय रहेको छ । मिना खड्का र हिराबहादुर लेप्चा फिल्मका निर्माता हुन् ।

    अनुजा इन्टरटेनमेन्ट र मौसम फिल्म्स प्रोडक्सन हाउसले निर्माणमा सहकार्य गरेको फिल्मको कथा निराजन मेहता मन्जिलको हो । फिल्मको कार्यकारी निर्मातामा कुलमान लेप्चा छन् । श्री श्रेष्ठको द्वन्द्व, हरिबहादुर घलेको छायांकन, रामजी लामिछाने र तेञ्जु योञ्जनको कोरियोग्राफी, मनोहर सुनामको संगीत र बन्दे प्रसादको सम्पादन फिल्ममा रहनेछ ।

  • प्रियंकाले सुनाइन् विद्यार्थी जीवनको घटना- आर्ट रुममा प्रेमीसँग ‘मेक आउट’ गर्दा स्कुलबाटै निकालिएँ

    प्रियंकाले सुनाइन् विद्यार्थी जीवनको घटना- आर्ट रुममा प्रेमीसँग ‘मेक आउट’ गर्दा स्कुलबाटै निकालिएँ

    काठमाडौं । अभिनेत्री प्रियंका कार्की जब कुनै अन्तरवार्तामा प्रस्तुत हुन्छिन्, गसिपको मसला नदिइरहन सक्दिनन् । गसिपमा छाइरहनकै लागि पनि उनले जानीबुझी यस्ता विषयहरु आफैं अगाडि ल्याउने गरेको आरोप पनि लाग्ने गर्छ ।

    प्रियंकाको ताजा अन्तरवार्ता युट्यूवमा हालै आएको छ, जहाँ उनले कमेडीयन सजन श्रेष्ठसँग लम्बेतान कुराकानी गरेकी छन् । २ घन्टा १५ मिनेट लामो यो कुराकानी खासमा बोरिङ नै छ, जहाँ प्रियंकाले अधिकांश समय आफ्नो श्रीमान आयूष्मानको प्रशंसा र आपसी सम्बन्धको बयानमा खर्चेकी छन् । उनले वैवाहिक जीवन कसरी टिकाउ बनाउने भनेर थुप्रै टिप्स दिइन् ।  कुराकानीमा उनले केही रोचक प्रसंगहरु पनि सुनाइन् ।

    प्रियंकाले सुनाएको एउटा प्रसंग छ, विद्यालय पढ्दाखेरिको । उनले रातो बंगला स्कुलमा पढेकी हुन् । कक्षा ९ मा पढ्दै गर्दा आफूलाई एकपटक विद्यालयले निस्काशन गरेको उनले बताइन् । निस्काशन गर्नुको कारण रोचक रहेछ । उनले विद्यालयको आर्ट रुममा आफ्नो व्वाइफ्रेन्डसँग चुम्माचाटी गरेको शिक्षकले ‘रंगेहात’ देखेछन् ।

    उनले भनिन्, ‘यो २००१ तिरको कुरा हो । म १३/१४ वर्षको थिएँ होला । मैले ब्वाइफ्रेन्डसँग आर्ट रुममा नै मेक आउट गरेपछि स्कुलले मलाई निकाल्यो । एकदमै धेरै हल्ला भएको थियो ।’

    प्रियंकाका हालका श्रीमान आयूष्मान पनि त्यही विद्यालयमा पढ्थे । तर, उनी सानै थिए । त्यसबेला विद्यालयबाट निकालिएपछि आफू भर्याङमा बसेर रोएको र आयूष्मानले ‘दिदी नरुनुस्’ भनेर सम्झाएको उनले बताइन् ।

    त्यसको निकैपछि मात्रै प्रियंका र आयूष्मान प्रेममा परेका थिए । अन्तरवार्तामा प्रियंकाले आयूष्मानको प्रशंसा गरेर थाकिनन् । उनले आयूष्मान निकै भलाद्मी पुरुष भएको बताइन् । प्रियंकाले सुनाइन्, ‘यतिसम्म कि हामी ५–६ पटक डेट जाँदा उसले मलाई किस गरेन । केही नलागेर मैले नै पहिलोचोटि उसलाई किस गरेको थिएँ ।’

    प्रियंकाले विहेलगत्तै पहिलो सन्तान जन्माउनुको कारण पनि घतलाग्दो गरी सुनाइन् ।

    उनको बयान यस्तो थियो-

    जुन वर्ष हामीले विहे गर्यौँ, त्यही वर्ष मैले कन्सिभ गरेको हो नि त । मान्छेहरुले बेबी पाउँदैन यसले चाँडै भन्ने सोच्थे । त्यही बेला कोभिड भयो । हामीले एकदम इन्जोइ गरेउँ लकडाउन । मेरो लागि त फुल अन हनिमुन फेज जस्तो भयो ।
    त्यसअघि कुनै पनि प्लानिङ थिएन यो वर्ष बच्चा पाउने भनेर । एक दिन अचानक मैले आयूषलाई के भनेँ भने ‘हेर बेबी, कोभिडको भ्याक्सिन संसारमा कहिले आउने, नेपालमा झन् कहिले आउने थाहा छैन, कहिले कोभिड सकिन्छ पनि थाहा छैन, होइन बेबी ? (आँखाले ईशारा गर्दै) हान्दिम् …’ यसरी नै… लिटरली यसरी नै भनेको हो । उसले हो र बेबी ? भन्यो । मैले हो हो… पाइदिउँ । (हाँसो)’

    उनले पहिलो प्रयासमा नै आफूहरु सफल भएको बताइन् ।

    ‘वि ट्राइड । र ट्राइ गर्नेवित्तिकै भगवानको कृपाले कन्सिभ भइहाल्यो,’ उनले भनिन् ।

    अन्तरवार्तामा प्रियंकाले आफ्नो डिभोर्सबारे पनि केही कुरा गरिन् । श्रीमानले अमेरिकामा नै स्थायी बसोबास गर्न चाहेको तर आफू नेपाल फर्किने जिद्दी गरेपछि कुरा नमिलेको उनको भनाइ छ ।

    ‘हामी झगडा गरेर छुट्टिएको होइन । मेरो एक्स हसबेन्ड नै मलाई एयरपोर्टमा छोड्न आएको थियो’, उनले भनिन् ।

     

  • चलचित्र ‘दुई कदम’को ट्रेलर सार्वजनिक (भिडिओ)

    चलचित्र ‘दुई कदम’को ट्रेलर सार्वजनिक (भिडिओ)

    काठमाडौं । उदय सुब्बा निर्देशित फिल्म ‘दुई कदम’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा आयोजित कार्यक्रमबीच सार्वजनिक २ मिनेट ३ सेकेण्ड लामाे ट्रेलरमा एक जोडीको प्रेममा आउने उतार-चढाव र लिम्बु संस्कारलाई प्रस्तुत गरिएको छ ।

    फिल्मको सार्वजनिक ट्रेलरको सुरुवातमा रहेको इओन लिम्बु र सिमोन गिरीको बाइक यात्रा र नोकझोंकका दृश्यले दर्शकमाझ कौतुहल्ता पैदा गर्ने देखिन्छ । फिल्ममा इओन र सिमोनका अलावा गौरव पहारी, विमला लिम्बु, सुनिल थापा, कविता आले, सुरवीर पन्डित, प्रेम सुब्बा, बुद्धि तामाङ, अर्जुन गुरुङ, जीवन लिम्बु, चन्दा दाहाल, प्रितिका शर्मा आदिको पनि अभिनय छ ।

    भिडिओ

    फिल्मको एक गीतमा विल्सन विक्रम राई, वर्षा सिवाकोटी र गीता ढुंगानाले पनि नृत्य गरेका छन् । अजम्बरी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा तारा देवी लिम्बुको लगानी छ । पूर्वको धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा खिचिएको फिल्मको एक गीत मुस्ताङमा छायांकन गरिएको थियो ।

    फिल्ममा विक्रम डिसीको छायांकन, दयाराम घिमिरेको कथा तथा पटकथा, ताराप्रकाश लिम्बु, विकास चौधरी र आशिष अविरलको संगीत, डिपी खनालको गीत लेखन, रामजी लामिछानेको कोरियोग्राफी, राजु किराँतीको द्वन्द्व निर्देशन र प्रविन ढकालको सम्पादन छ । फिल्मलाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।

     

  • अमिताभले छोरीलाई बंगला दाइजो दिएपछि बच्चन परिवारमा भाँडभैलो, ऐश्वर्या र अभिषेक डिभोर्सको संघारमा !

    अमिताभले छोरीलाई बंगला दाइजो दिएपछि बच्चन परिवारमा भाँडभैलो, ऐश्वर्या र अभिषेक डिभोर्सको संघारमा !

    काठमाडौं । बलिउडका रियल कपल ऐश्वर्या राय र अभिषेक बच्चनबीचको दाम्पत्य सम्बन्धमा दरार आएको लामो समय भयो । अब भने बच्चन परिवारभित्रको विवाद छताछुल्ल भएर पोखिन थालेको छ ।

    हालै अभिषेकका बाबु अमिताभ बच्चनले आफ्नी छोरी श्वेतालाई पारिवारिक सम्पत्तिका रूपमा रहेको बंगला दाइजो दिएको समाचार भारतीय सञ्चारमाध्यमहरूमा आएका थिए । यसको फलोअपमा अर्को सनसनीपूर्ण समाचार आएको छ कि उक्त निर्णयपछि अमिताभ र ऐश्वर्याबीच ठूलै तनाव सिर्जना भएको छ । अमिताभले ऐश्वर्यालाई इन्टाग्राममा अनफलो गरेको समाचार केही मिडियाले प्रकाशित गरेका छन् ।

    छोरीलाई बंगला दिएपछि बुहारी रिसाएको अनुमान गरिएको छ । साथै, केही समयदेखि ऐश्वर्या घरमा नबसेर माइतीमा बस्दै आएकी छन् । ऐश्वर्या र अभिषेक सार्वजनिक रूपमा एकसाथ नदेखिएको पनि धेरै समय बितिसकेको छ । जहाँ जाँदा पनि ऐश्वर्याले छोरी आराध्यलाई लिएर हिँड्ने गर्छिन् । अभिषेक उनीहरूसँग देखिँदैनन् ।

    अभिषेक गएको कार्यक्रममा ऐश्वर्याका आमाछोरी हुँदैछन् भने ऐश्वर्याका आमाछोरी गएको कार्यक्रममा अभिषेक हुँदैनन् । केही समययता अभिषेकले आफ्नो विवाहको औँठी पनि लगाउन छोडेका छन् । पहिले उनी सँधै लगाउने गर्थे ।

    हालै ऐश्वर्या रायको जन्मदिनमा अभिषेकले उनलाई शुभकामना दिएका थिए । तर, परिवारका अरु कुनै पनि सदस्यले बर्थ डे विस गरेनन् । यो हाइप्रोफाइल परिवारमा सबै ठिकठाक नचलिरहेको संकेत मिल्छ ।

    ऐश्वर्या र अभिषेकको पहिलो भेट सन् १९९९ मा फिल्म ‘ढाइ अक्षर प्रेम के’ को सेटमा भएको थियो । त्यहाँदेखि उनीहरू साथी बनेका थिए । सन् २००५ मा ‘उमराव जान’मा सँगै काम गर्दा उनीहरू प्रेममा परे । उनीहरूको विवाह २००७ को अप्रिलमा भएको थियो ।

    विवाहको केही समयपश्चात् नै ऐश्वर्या र अभिषेककी आमा जया बच्चनबीच सम्बन्ध बिग्रिएको समाचारहरू आउन थाले । विवाहपछि रिलिज भएको चलचित्र ‘धूम’ मा ऐश्वर्या र ऋतिक रोशनबीच डिप किसको दृश्य थिए । यसलाई लिएर अमिताभ र जया ऐश्वर्यासँग असन्तुष्ट बनेका थिए । सो चलचित्रको रिलिजपश्चात उक्त दृश्य काट्नका लागि बच्चन परिवारले फिल्म प्रोड्यूसरलाई दबाब पनि दिएका थिए ।

    विवाहपछि पनि ऐश्वर्या फिल्ममा सक्रिय हुन चाहन्थिन् । तर, बच्चन परिवार उनलाई अन्य हिरोहरूको अंगालोमा देख्न चाहन्थेन । समस्या यहीँबाट सुरु भएको बताइन्छ ।

    सन् २०११ मा ऐश्वर्या र अभिषेकको पहिलो सन्तानका रूपमा छोरी आराध्या जन्मिइन् । आराध्यालाई सबैले माया गरे पनि ऐश्वर्या भने सासूको अवहेलनामा परिरहिन् । यद्यपि, यसबीचमा उनले केही चलचित्रमा काम गरिन् । ७ वर्षअघि रिलिज भएको फिल्म ‘ऐ दिल हे मुस्किल’ मा उनले रणवीर कपुरसँग केही इन्टिमेट सिनहरू दिइन् । यसले अभिषेक र ऐश्वर्याबीच तनाव बढाएको चर्चा गरिन्छ ।

    स्मरणीय यो छ कि ऐश्वर्यासँग प्रेममा पर्नुअघि अभिषेक थुप्रै युवतीसँग सम्बन्धमा थिए थिए । अर्की अभिनेत्री करिश्मा कपुरसँग अभिषेकको ईंगेजमेन्टसमेत भइसकेको थियो । तर, ईंगेजमेन्टको ५ महिनापछि उनीहरू अलग भए । अभिषेकको बलिउड अभिनेत्री रानी मुखर्जी, दिपन्नीता शर्मा लगायतसँग पनि अफेयर थियो । ऐश्वर्यासँग प्रेममा पर्नुभन्दा ठीक अघि चाहीँ जान्भी कपुरसँग अभिषेक निकट थिए । जान्भीले सार्वजनिकरुपमा नै ऐश्वर्याले आफ्नो प्रेम खोसेको आरोप लगाएकी छन् ।

    यता, ऐश्वर्याका पनि व्वाइफ्रेन्डका ताँती थिए । पब्लिक फिगर भइसकेपश्चात सबैभन्दा सुरुमा उनको नाम राजीव मुलचडनीसँग जोडिएको थियो । जब ऐश्वर्या स्टार भइन्, राजीवलाई लात हानिदिइन् । ऐश्वर्याको सबैभन्दा चर्चित अफेयर चाहीँ अभिनेता सलमान खानसँग रह्यो । सलमान ऐश्वर्याका लागि पागल थिए । उनीहरुबीच दुई वर्षसम्म अफेयर चल्यो । तर, ऐश्वर्याको परिवारले सलमानसँग घरजम गर्ने अनुमति दिएनन् ।

    एकपटक सलमानले ऐश्वर्याको घरमै गएर उत्पात मच्चाएका थिए । उक्त घटनालाई लिएर ऐश्वर्याका बाबुले प्रहरीमा सलमानविरुद्ध उजुरी समेत गरेका थिए । तर, सलमानको पागलपन रोकिएन । एकपटक ‘चल्ते चल्ते’ फिल्मको सेटमै गएर सलमानले ऐश्वर्यासँग झगडा गरेका थिए । ऐश्वर्याले सलमानलाई थप्पड हानेकी थिइन् ।

    सलमानसँग टाढिएपछि ऐश्वर्या विवेक ओवरायसँग नजिक भइन् । उनीहरुबीच फिल्म ‘क्यूँ होगया न’ फिल्मको सेटमा भेट भएको थियो र तत्काल प्रेममा परेका थिए । तर, विवेकसँग पनि ऐश्वर्याले विवाह गर्न चाहिनन् । यसकारण कि करिअरको हिसाबले विवेक उनीभन्दा निकै पछाडि थिए ।

    अन्ततः ऐश्वर्याले एउटा घरानिया परिवार रोजिन् । अभिषेक पनि फिल्ममा खासै हिट थिएनन् । तर, उनको परिवारको भारतीय फिल्म उद्योगमा ठूलो बिरासत छ । यो जोडीलाई बलिउडको ‘पावर कपल’ पनि भन्ने गरिएको थियो ।

  • नेपाली खेलाडीको सम्मानमा हरिवंशले ल्याए खेल गीत (भिडिओ)

    नेपाली खेलाडीको सम्मानमा हरिवंशले ल्याए खेल गीत (भिडिओ)

    काठमाडौं । हास्य कलाकार हरिवंश आचार्यले नेपाली खेलाडीको सम्मानमा खेल गीत ल्याएका छन् । खेलाडीप्रति समर्पित गर्दै हरिवंशले ‘हामी नेपाली, हाम्रो खेलाडी’ गाएका हुन् ।

    स्वीडेनमा रहेका गीतकार डा. दिपराज थापाको शब्द रहेको गीतको भिडियोमा विभिन्न खेलमा लागेका नयाँ–पुराना खेलाडीका यथार्थ श्रव्यृदृश्य समेटिएका छन् ।

    नेपाल टी २० विश्वकपमा छनौट भएको र नेपालमा खेलप्रतिको इजजत बढिरहेको माहोलमा यो गीत ल्याएको गायक आचार्यले बताए । ‘गीतकार थापाले खेलाडी सम्बन्धी खेल गीत लेख्नुभएको रहेछ ,’ हरिवंशले भने, ‘मलाई गाइदिनुस् भन्नुभयो । पुराना खेलाडीलाई अहिलेको पुस्ताले बिर्सिसकेको अवस्था उहाँहरुप्रति पनि सम्मान हुने हिसाबले गीत गाएँ । त्यसैले गीतको भिडियोमा पुराना–नयाँ खेलाडीले खेलेका रियल दृश्यहरु राखेका छौं । खेलाडीप्रति सम्मान बोकेको यो गीत नेपालको खेल स्टेडियममा पनि बज्छ भन्ने हाम्रो अपेक्षा छ ।’

    विशाल निरौलाको संगीत र एरेन्ज रहेको यो गीतको भिडियो राष्ट्रिय खेलकुद परिषद्मा समेत खिचिएको छ । श्यामस्वेत रसाइलीको मिक्सिङ, विनय कंसकरको रहेको यो गीतको रेकर्डिस्ट रन्जन राई हुन् । गीतकार थापासँगै अष्ट्रेलिया निवासी सुशिला पौड्याल र गौपाल पौड्याल यो गीतका निर्माता हुन् ।

    https://www.youtube.com/watch?v=N3ysomgtcNg

  • ‘दान्भी’को फस्टलुकमा पूजाको एक्सन अवतार

    ‘दान्भी’को फस्टलुकमा पूजाको एक्सन अवतार

    काठमाडौं । नायिका पूजा शर्माको मुख्य भूमिका रहेको फिल्म ‘दान्भी’को फस्टलुक सार्वजनिक गरिएको छ । प्रदर्शन मिति तय नभएको फिल्मको फस्टलुकमा नायिका पूजा शर्माको एक्सन अवतारलाई प्रस्तुत गरिएको छ ।

    फस्टलुकमा पूजाले मेसिनगन बोकेकी छिन् । लभ स्टोरी फिल्ममा जमिरहेकी पूजाको यो परिवर्तनले उनका दर्शकहरुलाई उत्साहित बनाउने पक्का छ ।
    रुपेश तामाङको निर्देशनमा तयार भएको यो फिल्ममा देव मगर, अनुप गडालको लगानी छ । पवन रानामगर कार्यकारी निर्माता रहेको फिल्ममा कमला लिम्बु, पन्च बहादुर तामाङ, श्रवणकुमार श्रेष्ठ सह–निर्माता हुन् ।

    यो फिल्ममा संजोग रानाको संवाद, हरि लामा ‘घले’को छायांकन, बन्दे प्रसादको सम्पादन, अर्जुन पोखरेल, नागेश जोशी, केदार राज नेपालीको संगीत, कविराज गहतराज र राहुल बराइलीको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन छ ।

    नवराज शर्मा मुख्य सहायक निर्देशक रहेको फिल्मका प्रोडक्शन हेड नेत्र बिष्ट हुन् । सत्यम रानाको भीएफक्स रहेको यो फिल्मले नेपाली फिल्म क्षेत्रमा एक्सनमा नयाँ शैली भित्राउने अपेक्षा गरिएको छ । निर्देशक रुपेश तामाङले पनि यो फिल्मको एक्सनलाई आफूहरुले नयाँ तहमा तयार पारेको बताएका छन् ।

    यो फिल्मको टिजर केही हप्तामा नै सार्वजनिक गर्ने तयारी निर्माणपक्षको छ । फिल्मको प्रदर्शन मिति पनि टिजरसँगै सार्वजनिक गर्ने निर्माणपक्षले जानकारी दिएको छ ।

  • रहेनन् भारतीय टेलिश्रृंखला ‘सीआइडी’ का ‘फ्रेडरिक’

    रहेनन् भारतीय टेलिश्रृंखला ‘सीआइडी’ का ‘फ्रेडरिक’

    काठमाडौं । चर्चित भारतीय टेलिश्रृंखला ‘सीआइडी’ कलाकार दिनेश फड्निसको निधन भएको छ । उनी कलेजोको समस्याबाट पीडित थिए ।

    मङ्गलवार मध्यरात उनको निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनको मुम्बइस्थित तुन्गा अस्पतालमा उपचार भइरहेको थियो । मल्टिपल अर्गान फेलरपछि उनको निधन भएको समाचारमा जनाइएको छ ।

    यसअघि दिनेशलाई हृदयाघात भएको समाचारहरू बाहिरिएका थिए । तर, पारिवारिक स्रोतले उनलाई हृदयाघात नभएर कलेजो ड्यामेज भएको बताएका छन् ।

    सीआइडीमा ‘दया’ को भूमिका निर्वाह गर्ने दयानन्द सेट्टीले भने, ‘यो हृदयाघात भएर कलेजोको समस्या थियो । समस्या देखिएपछि उनलाई तत्काल अस्पताल पुर्‍याइयो । दुई दिनदेखि निकै गम्भीर अवस्था थियो ।’

    दिनेशले सीआइडीमा ‘फर्नान्डिस’ को भूमिका निभाएका थिए ।

  • बालबालिकालाई ‘एनिमल’ चलचित्र देखाउने ‘वन सिनेमाज’लाई कारबाही सिफारिस

    बालबालिकालाई ‘एनिमल’ चलचित्र देखाउने ‘वन सिनेमाज’लाई कारबाही सिफारिस

    काठमाडौं। बालबालिकालाई चलचित्र ‘एनिमल’ देखाएको काठमाडौँको नयाँ बानेश्वरस्थित चलचित्र हल ‘वन सिनेमाज’लाई चलचित्र विकास बोर्डले कारबाहीको लागि सम्बन्धित निकायमा सिफारिस गरेको छ ।

    प्राप्त सूचनाको आधारमा सोमबार साँझ साढे ६ बजे सुरु भएको चलचित्र चलिरहेको समयमा बोर्ड सदस्यहरू राजु केसी, केएल बुढाथोकी, रबी अधिकारी, बक्स अफिस अधिकृत प्रवीण पाण्डे, अध्यक्ष भुवन केसीका सहयोगी नीराजन गिरी सो हलमा तथ्य चेकजाँचको लागि पुग्दा बालबालिकालाई टिकट बिक्री गरी देखाइरहेको भेटिएको हो । हल व्यवस्थापनलाई ती बालबालिकाहरूको टिकट तत्काल फिर्ता गर्न लगाइएको थियो ।

    सो चलचित्रले केन्द्रीय चलचित्र जाँच पास समितिबाट १६ वर्ष माथिका उमेर समूहले मात्र हेर्न मिल्ने ‘ए’ प्रमाणपत्र प्राप्त गरेको छ । यसको आधारमा बालबालिकालाई सो चलचित्र देखाउनु गैर कानुनी ठहर्छ ।

    बालबालिकालाई ‘एडल्ट’ चलचित्रको टिकट बिक्री नगर्न बोर्डले अनुरोध गरेको छ । “कानुन विपरीत बालबालिकालाई एडल्ट चलचित्रको टिकट बिक्री गर्ने हललाई आवश्यक कारबाही प्रक्रिया अघि बढाइनेछ । हाम्रो समाजप्रति उत्तरदायी हुँदै बालबालिकालाई एडल्ट चलचित्रको टिकट बिक्री नगर्न सम्पूर्ण हल सञ्चालकहरूलाई अनुरोध गर्दछौँ”, अनुगमन समितिका संयोजक राजु केसीले बताए। कानुनले वर्जित गरेको कार्य गरेको भेटिएमा कानुनबमोजिम आवश्यक कारबाही हुने उनले बताए।

    सो घटनाबारे थप अनुसन्धान गरी बोर्डको तालुकदार निकाय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा प्रतिवेदन बुझाउने तयारी भइरहेको बोर्ड प्रवक्ता केएल बुढाथोकीले बताए।

  • कङ्गारुमा माग्ने बुढा

    कङ्गारुमा माग्ने बुढा

    काठमाडौं । कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘कङ्गारु’ साइन गरेका छन् ।

    कलाकार घिमिरे र यो फिल्मको निर्माणपक्षबिच सोमबार औपचारिक रूपमा सम्झौता भएको हो । निर्देशक सम्राटले केही समय अघि ‘कङ्गारु’ घोषणा गरेका थिए । यसअघि उनले निर्देशन गरेको फिल्म ‘लाखे’लाई एक्सन जनरामा निर्माण गरिएका थिए ।

    राजिभ गुरुङ ‘दीपक मनाङ्गे’को प्रस्तुतिमा तयार हुन लागेको यो फिल्मलाई सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण गर्न लागिएको छ ।

    कलाकार घिमिरेले यो फिल्ममा काम गर्ने सम्झौता गर्दै गर्दा आफू निकै नै उत्साहित रहेको बताए ।

    फुलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्मसँग आस्याप इन्टरटेन्मेन्टको सहकार्यमा यो फिल्म निर्माण हुन लागेको हो । फिल्ममा प्रेम थापा, धन बहादुर गुरुङ र लक्ष्मी राई निर्माताको रूपमा छन् ।

    फिल्मको सह–निर्मातामा रोनिश बहादुर बस्नेत र निशान श्रेष्ठ छन् । टीका भण्डारी र सन्तोष अधिकारी (अष्ट्रेलिया) कार्यकारी निर्माता रहेको फिल्मको लाइन प्रोड्यूसरमा आस्याप इन्टरटेन्मेन्ट (अष्ट्रेलिया) रहेको छ ।

    फिल्ममा सीमा गुरुङको कथा, महेश दवाडीको पटकथा छ । फिल्म निर्माणमा लक्ष्मी ज्वेलर्स (युके) ले पनि सहकार्य गरेको छ । फिल्मका प्रोडक्सन डिजाइनर दिलीप पन्त छन् ।

    केदार घिमिरे सम्झौता भएसँगै फिल्मको बिषयमा निर्देशक बस्नेत भन्छन्–‘केही फरक कथा भन्न मन लागेको छ । कंगारुका लागि हामीले स्क्रिप्टमा मात्र २ बर्ष समय लगाएका छौं । दर्शकले, यसपटक फरक स्वादमा फिल्म हेर्न पाउनुहुनेछ ।’

  • विदेशी फिल्ममै धुइरिन्छन् दर्शक, नेपाली फिल्म हेर्न किन मान्छन् धक ?

    विदेशी फिल्ममै धुइरिन्छन् दर्शक, नेपाली फिल्म हेर्न किन मान्छन् धक ?

    काठमाडौं । अहिले नेपालका हलहरु भारतीय फिल्म ‘एनिमल’ को कब्जामा छन् । गत शुक्रबार रिलिज भएको फिल्मले जति खराब ‘समीक्षा’ पाएको भए पनि दर्शकहरु हलमा उर्लिएकै छन् । ‘एनिमल’ को इन्ट्रीसँगै यसअघि राम्रै दर्शक बटुलिरहेको ‘दिमाग खराब’ को व्यापार नाजुक बनेको छ ।

    नेपाली फिल्म विदेशी फिल्मको चपेटामा परेको यो न पहिलो घटना हो न त अन्तिम नै हुनेछ । बिग बजेटका विदेशी फिल्मसँग साना बजेटका नेपाली फिल्म प्रतिस्पर्धामा टिक्न सक्दैनन् । स्वदेशी फिल्मलाई न सरकारको संरक्षण छ न त दर्शकको साथ । अरु बेला भारतको विरोध गरेर नथाक्ने नेपालीहरु भारतीय फिल्म र स्टार भनेपछि रातिको १२ बजे पनि हलमा लाइन लाग्न तयार हुन्छन् । नेपाली फिल्मका स्टार चाहिँ हाम्रो फिल्म हेरिदिनुस् भन्दै आफैं हलहलमा पुग्नुपर्छ ।

    गत आर्थिक वर्ष चलचित्र विकास बोर्डद्वारा सार्वजनिक भएको बक्स अफिस रिपोर्टले भन्छ, नेपाली फिल्मले दर्शकलाई रिझाउनै सकिरहेका छैनन् । आर्थिक वर्ष २०७९/८० को रिपोर्टअनुसार ५७ वटा नेपाली फिल्मले ७६ करोड ७२ लाख ५६ हजार ९७८ रुपैयाँ ग्रस कलेक्सन गरेका छन् । सँगै ७८ वटा विदेशी फिल्मले ७९ करोड ४५ लाख ९ हजार ७१० रुपैयाँ ग्रस कलेक्सन गरेका छन् ।

    सरसर्ती हेर्दा नेपाली र विदेशी फिल्मको ग्रस कलेक्सनबीच त्यस्तो ठूलो भिन्नता देखिँदैन । तर, ९० प्रतिशत नेपाली निर्माता नराम्रोसँग डुबेका छन् ।

    ५७ वटा फिल्मलाई सरदर दुई करोड लगानी मान्ने हो भने एक अर्बभन्दा ज्यादा लगानी एक वर्षमा हुने गरेको देखिन्छ । तर, हल सञ्चालकको शेयर, कर, भ्याटलाई कटौती गर्ने हो भने ७६ करोड ग्रसबाट २५ देखि २८ करोडमात्रै निर्माताको हात लाग्छ । बाँकी ७०-७५ करोड रुपैयाँ भने डुबेको देखिन्छ ।

    विदेशी फिल्मको सवालमा नेपाली बजारले उस्तो अर्थ राख्दैन । उनीहरुको प्राथमिकतामा पनि नेपाली बजार पर्दैन । र, पनि नेपाली निर्माताहरुलाई विदेशी फिल्मले समस्यामा पारिरहेको देखिन्छ । यदि विदेशी फिल्मले कमाएको ग्रस कलेक्सन नेपाली फिल्मले नै गर्न सक्थ्यो भने निर्माताहरु झण्डै झण्डै ब्रेक इभन प्वाइन्टमा आइपुग्ने अवस्था बन्थ्यो । तर, विदेशीको तुलनामा नेपाली फिल्मले दर्शकलाई मनोरञ्जन दिन त सक्नुपर्ने होला नि ?

    किन चल्दैनन्  नेपाली फिल्म ?

    गत आर्थिक वर्षमा रिलिज भएकामध्ये दुई वटा फिल्म मात्रै हिट भएको देखिन्छ- ‘छक्का पञ्जा ४’ र ‘जारी’ । ‘प्रेमगीत ३’, ‘महापुरुष’, ‘दुई नम्बरी’, ‘फूलबारी’ र ‘झिंगेदाऊ’ लगानी उठाउन सफल छन् । बाँकी ५० फिल्म डिजास्टर फ्लप भएका छन् । जसमा ५२० रुपैयाँ ग्रस गर्ने ‘शिवानी’को बक्स अफिस रिपोर्ट झनै दर्दनाक देखिन्छ । यस फिल्मले जम्मा ५ वटामात्रै टिकट बेच्न सफल भएको छ ।

    धिरज मगर स्टारर ‘बाबरी’, मेगास्टार भनिएका अनमोल केसी स्टारर ‘छड्के २.०’ लगायत अधिकांश ठूला बजेटका फिल्मले पानी भन्न पाएन । तर, यही वर्ष प्रदर्शन भएका विदेशी फिल्म ‘पठान’, ‘अवतार ः द वे अफ वाटर’, ‘ब्रह्मास्त्र’, ‘दृश्यम २’ जस्ता फिल्मले ठूलो मात्रामा नेपाली दर्शकलाई आकर्षित गरेको देखिन्छ ।

    फेस्टिभलहरु घुम्ने फिल्महरुको बाटो अलग्गै छ । नवीन सुब्बा, मीन भामलगायत मेकरहरु संसारभरका प्रतिष्ठित फिल्म फेस्टिभलहरु घुमिरहेका छन् । सुब्बा, भामहरुमाथि व्यवसायिक फिल्म मेकरहरुको ठाडो चुनौती हुन्छ, ‘सक्ने भए नेपालको हलमा चलाएर देखाउन सक्नुपर्‍यो नि !’

    तर, हलमै चलाउन बनाइएका फिल्महरुको हविगत कस्तो छ, बक्स अफिस रिपोर्टले देखाउँछ । पैसा नै कमाउने ध्येयले बनाइएका ९५ प्रतिशत फिल्मलाई नेपाली दर्शकले किन इन्कार गरिरहेका छन् ? नेपाली फिल्मलाई दर्शकले माया र प्रेम भरपुर दिए पनि गतिलो फिल्म बनाउन नसक्दा दर्शकले सीधै इन्कार गरिरहेको कलाकार तथा निर्माता दीपकराज गिरी बताउँछन् ।

    उनी भन्छन्, ‘नेपाली फिल्मलाई प्राथमिकता दिएका छन् दर्शकले । ‘दिमाग खराब’लाई साथ दिएको छ । ‘भष्मे डन’लाई साथ दिएको छ । तर, अधिकांश नेपाली फिल्म हलमा आधा घण्टा पनि टिक्न नसकिने खालका हुन्छन् । तर, प्रिमियरमा सबै मान्छे भेला हुन्छन्, क्या गज्जबको भनेर प्रशंसा गर्छन् । अनि आत्मरतिमा रमाउँछन् । तर, फिल्म दर्शकलाई मनपर्ने पो बनाउनुपर्‍यो त !’

    पर्याप्त ज्ञानविना नै फिल्म निर्माण हुने गरेकाले पनि दर्शकद्वारा सीधै खारेज गर्ने गरिएको पटकथा लेखक तथा पत्रकार सामिप्यराज तिमल्सेनाको विश्लेषण छ । उनी भन्छन्, ‘निर्मातालाई लगानीको रिकभरीको ज्ञान हुन जरुरी छ । आफूले बनाएको फिल्मको टार्गेट दर्शक को हो, हलहरुमा चलेका फिल्महरु ह्वीमले हो कि जेन्युनली चलेका हुन्, नेपालमा हलहरु कतिवटा छन्, निर्माताले कसरी कमाउनेलगायत कुरा थाहा नभई फिल्म बनाएपछि निर्माता डुबिहाल्छन् । यस्ता फिल्महरु दर्शकद्वारा सीधै खारेज भइदिन्छन् ।’

    अव्यवसायिक मान्छेहरुको हुलदंगा

    फिल्म क्षेत्रमा कुनै समय थियो, निर्माताहरुलाई ‘मुर्गा’ भनिन्थे । मुर्गा अर्थात् कुखुरा । जसलाई हलाल गर्न उद्यत हुन्थे निर्देशक, कलाकारहरु । फिल्म क्षेत्र ग्ल्यामर क्षेत्र भएकाले यहाँ नाम छ, चर्चा छ र बजारको हल्लालाई आधार मानेर हेर्दा पैसा छ । त्यही हल्लाको भरमा निर्माताहरुलाई फसाइन्थे ।

    अहिले पनि परिस्थिति उस्तै छ । भलै निर्मातालाई ‘मुर्गा’ भन्न छाडिएको छ । तर, निर्मातालाई गलत नियतले डुबाउने क्रम भने रोकिएको छैन । फिल्म क्षेत्रमा आएका निर्माताहरु न व्यवसायिक छन् न त गम्भीर । उनीहरु पैसा खन्याउँछन्, डुब्छन् र फिल्म क्षेत्रबाट सदाका लागि पलायन हुन्छन् ।

    गिरी थप्छन्, ‘हाम्रो सिने क्षेत्रका मान्छेहरुमध्ये लगभग ७० प्रतिशत अव्यवसायिक छन् । उनीहरुलाई राम्रो फिल्म बनाउनु नै छैन । आधाको त नियत नै खराब हुन्छ । उद्देश्य नै खराब हुन्छ ।’

    खराब नियत भएकाहरु चाहिँ कस्ता हुन्छन् त ? गिरीको विश्लेषणमा कुनै फिल्मले यति कमायो, उति कमायो, हामी पनि कमाउन सक्छौं भनेर उकासेर लगानी डुबाइदिने अनि भाग्नेहरु छन् । फिल्म बनाउँदा ठूलो चर्चा हुन्छ, त्यसलाई आधार बनाएर अरुलाई लगानी गर्न उक्साउने छन् । कोही आफन्तका लागि फिल्म बनाउने त कोही हिरो-हिरोइन बन्न फिल्म बनाउनेहरु छन् ।

    गिरी थप्छन्, ‘यस्ता नियतहरुले फिल्म बन्दा व्यवसायिक हिसाबले निर्मातालाई घाटा हुन्छ । सबैले पैसा पाउँछन् । नपाउने भनेको निर्माताले मात्रै हो । निर्मातालाई नै डुबाएर हाम्रो फिल्म उद्योग बच्नै मुस्किल छ ।’

    यसरी अव्यवसायिक मान्छेहरुको हुलदंगा कसरी हुन्छ भनेर थाहा पाउन गत आर्थिक वर्षको बक्स अफिस रिपोर्ट नै हेरौं । प्रदर्शन भएका ५७ फिल्ममध्ये अन्तिमबाट हेर्दै जाने हो भने १२ वटाले हलहरुमा एक हजार वटा टिकेट पनि बेच्न सकेका छैनन् । ‘शिवानी’ नामक फिल्मले ५ वटा टिकेट बेचेको छ । त्यस्तै ‘चोर र पुलिस’ले १०४, ‘सरी मम’ले ११२, ‘आँधी तुफान २’ले १४५, ‘ए साथी सुन’ले २१२, ‘प्रेमा’ले ३८५, ‘पासो’ले ४३०, ‘गुर्खा: विनिथ द ब्रेभरी’ले ३९०, ‘कैदीको पत्र’ले ५७५, ‘हुक्का’ले ९१२, ‘मा’ले ९३७ र ‘देशान’ले ९०५ टिकट बेच्न सफल भएका छन् । जबकि हिट भएको ‘छक्का पञ्जा ४’ले ६ लाख २९ हजार ५७० टिकेट बेचेको छ ।

    हिरोको ५० लाख, प्राविधिकको एक हजार ?

    फिल्मलाई टीम वर्कले गर्ने काम भनिन्छ । एउटा फिल्म बन्न सयभन्दा बढी मान्छेको श्रम चाहिन्छ । प्राविधिकदेखि क्यामेरा, सम्पादन, कलाकारहरुको ठूलो समूहको श्रम र पसिनाले एउटा फिल्म बन्छ । तर, ३ करोड लगानी गरिने फिल्ममा प्राविधिकहरु न्यूनतम दैनिक ज्यालादरीमा खटाइन्छन् ।

    अनमोल केसीको पारिश्रमिक भने ५० लाख हुन्छ । उनै केसीले ५० लाख पारिश्रमिक लिएको फिल्म ‘छड्के २.०’ले केसीको पारिश्रमिक जति पनि हलमा ग्रस गर्न सकेन । ‘छड्के २.०’ले जम्मा २७ लाखको ग्रस गर्‍यो । निर्माताको हातमा चानचुन १० लाख पर्‍यो । जबकि यस फिल्मलाई निर्माताले ३ करोड ज्यादा लगानी गरेका थिए ।

    निर्देशक नवीन सुब्बाले नेपालप्रेसको अन्तर्वार्तामा भनेका थिए, ‘हिरोले ५० लाख लिन्छ भन्छन् । तर, पोस्टर बनाउनेलाई हामी कति पैसा दिन्छौं ? पहिलो खुड्किलो त पोस्टर बनाउने होला नि ? उनीहरुलाई बाँच्नै समस्या हुन्छ ।’

    गएको चैतमा चलचित्र नृत्य संघले २०८० बैशाखबाट लागू हुने गरी पारिश्रमिक बढाउने निर्णय गर्‍यो । संघले नेपाली चलचित्र तथा सबै भाषाभाषीका चलचित्रका गीतका लागि एउटा गीतको प्रतिदिन ३ हजार, दुई दिन छायांकन भए पाँच हजार र तीन दिन छायांकन भए ६ हजार न्यूनतम पारिश्रमिक तोकेको थियो । विदेशी चलचित्रको हकमा प्रतिदिन तीन हजार पारिश्रमिक तोकेको थियो ।

    तर, हिरोलाई ५० लाख हाल्न तयार निर्माता संघले नृत्य संघको निर्णयमा विमति जनायो । निर्माता संघका अध्यक्ष नवल खड्काले यसरी मनमौजी पारिश्रमिक राख्ने हो भने आन्दोलन गर्ने चेतावनीसमेत दिए । सुब्बाले यस विषयमा भनेका थिए, ‘अहिले डान्सरहरुको पारिश्रमिकको कुराले निर्माताहरु आन्दोलन गरिरहेका छन् । तर, उनीहरु एउटा मान्छेलाई ५० लाख दिन्छन् । यति धेरै नलेऊ, २५ लाखमात्रै लेऊ, २५ लाख प्राविधिकमा खर्च गरौं भन्दा के जान्छ ? यदि प्राविधिकहरुले बाँच्न अर्को काम गर्नु नपर्ने भए सम्पूर्ण सृजनात्मकता र ऊर्जा सिनेमामा खर्च गर्थे होलान् ।’

    चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाको आक्रोश छ, ‘प्राविधिकको कारणले चलचित्र बन्छ । तर, प्राविधिकलाई नै यस क्षेत्रले हेप्ने गरेको छ ।’

    लामा भन्छन्, ‘चलचित्रमा २४ घण्टै श्रम गर्ने प्राविधिक हुन्छन् । प्राविधिकलाई खुशी बनाएर काम गरियो भने पो दर्शकले पनि फिल्म हेर्छन् त ! श्रमिकको चित्त दुखाएर गरिएको काम राम्रो हुन्छ त ? श्रमिकलाई श्रमको उचित मूल्य नदिई गरिएको प्रोजेक्ट कुनै पनि सफल हुँदैन । हिरोलाई ५० लाख दिएरमात्रै फिल्म राम्रो बन्ने होइन ।’

    स्क्रिप्टका दीर्घकालीन दुःख

    नेपाली फिल्म क्षेत्र स्क्रिप्टको दीर्घरोगले ग्रस्त छ । यस दीर्घ रोगको निदान गर्न नसकिएको फिल्ममेकरहरु खुलेआम बताउने गरेका छन् । उनीहरु भन्ने गर्छन्, ‘गतिलो स्क्रिप्ट नै भएन ।’

    गतिलो स्क्रिप्ट भनेको के हो ? यसको जवाफ भने उनीहरुसित छैन । उनीहरुले भनेका गतिला स्क्रिप्टका स्वाद कस्ता हुन्छन्, अहिलेसम्म दर्शकले चाख्न पाएका छैनन् । सायद, उनीहरु दर्शकलाई गतिला स्क्रिप्टको स्वाद चखाउने पथमै छैनन् ।

    हिरो नामको अनुहारलाई ५० लाख दिन्छन् । अनि स्क्रिप्ट लेखकसँग डेढ लाख रुपैयाँबाट बार्गेनिङ गर्न सुरु गर्छन् । मानौं उनीहरुका लागि स्क्रिप्ट भनेको सेलमा राखिएको वस्तु हो । यस्ता चिजमा जति राम्रोसँग बार्गेनिङ गरियो, उति नै सस्तोमा खरिद गर्न सकिन्छ । अनि फिल्ममेकरहरु खुलेआम भनिदिन्छन्, ‘गतिलो स्क्रिप्ट नै भएन ।’

    पत्रकार तथा पटकथा लेखक सामिप्यराज तिमल्सेनाको तीतो अनुभवले भन्छ, हाम्रा फिल्म मेकरहरुले बाहिर देखाउनलाई मात्रै भन्ने हुन्, स्क्रिप्ट गतिलो भएन, गतिलो चाहियो । तिमल्सेना थप्छन्, ‘पब्लिक डिबेटमा, फोरमहरुमा मात्रै भन्ने हुन् गतिलो स्क्रिप्ट लेखक नै छैन, गतिलो स्क्रिप्ट चाहियो भनेर । तर, वास्तविक समस्याबाट कसरी समाधान खोज्ने भन्ने कुरामा कुनै इफोर्ट नै लगाएको देखिँदैन ।’

    डेढ दशकदेखि पटकथा लेखकको रुपमा सक्रिय तिमल्सेनाको अनुभव छ, यहाँ प्रोफेसनल पटकथा लेखकहरु टिक्नै सक्दैनन् । लामो समयदेखि काम गरिरहेका लेखकहरु नै छैनन् । उनी थप्छन्, ‘दोस्रो फिल्म लेख्दासम्म हाम्रा मेकरहरुले पटकथा लेखकलाई यति फ्रस्टेड बनाइसकेका हुन्छन् कि ऊ यो क्षेत्र छाडेर भाग्न बाध्य भइरहेको हुन्छ । फिल्म बनाउन कति लगानी चाहिन्छ, कुन प्रक्रियाबाट काम हुन्छ भन्ने नै थाहा पाएका हुँदैनन् । एउटा हलिउड वा बलिउड फिल्म हेर्‍यो, त्यस्तै पटकथा चाहियो भन्यो ।’

    हलिउड/बलिउडमा जीवनभर पटकथा लेखेर बसेका लेखकहरु सयौंको संख्यामा छन् । उनीहरुको आर्थिक अवस्था पनि बलियो छ । नाम कमाएका छन्, दाम कमाएका छन् । हलिउडमा नाम चलेका कतिपय लेखकहरु फिल्मको मुनाफा शेयरिङमै हुन्छन् । तर, नेपालमा भने पटकथा लेखकले ह्युमिलिएसन महसुस गर्नुपर्ने दुःखलाग्दो अवस्था रहेको तिमल्सेनाको भनाइ छ ।

    ‘यहाँ त स्क्रिप्टका लागि एक डेढ लाखबाट बार्गेनिङ सुरु हुन्छ । यसपछि लेखकले निर्माता/निर्देशकलाई जसरी सहयोग गर्नुपर्ने हो, बार्गेनिङले त्यही समस्या निम्त्याउन सुरु गर्छ । स्क्रिप्ट बारम्बार पुनर्लेखनपछि बन्ने हो । तर, पहिलो ड्राफ्ट सुन्नासाथ ‘यसले यसोउसो भन्थ्यो, देखियो’ भनेर ह्युमिलिएसन सुरु गर्छन्’, तिमल्सेना भन्छन्, ‘मुख्य कुरा आत्मसम्मानको हो । मान्छेको सृजनशीलता बचाइराख्न उसको आत्मसम्मान बलियो हुनुपर्छ । तर, यहाँ त आर्थिक र मानसिक रुपमै लेखकहरुलाई कमजोर बनाउने दुस्प्रयास गर्छन् ।’

    दर्शकलाई रुच्ने फिल्म बन्नै बाँकी !

    अघिल्ला वर्षहरुमा दशैँ र तिहारको छेकोमा प्रदर्शन भएका नेपाली फिल्महरुले १८-२० करोडको व्यापार गर्थे । यसमा मुख्य रुपमा ‘छक्का पञ्जा’ सिरिज पर्छ । तर, यस वर्षको चाडबाडमा प्रदर्शन भएका ‘भष्मे डन’, ‘परदेशी २’, ‘दिमाग खराब’ जस्ता ठूला बजेटका फिल्मले अपेक्षित व्यापार गर्न सकेनन् । अब आउने फिल्महरु पनि उस्तो प्रतीक्षित छैनन् ।

    अहिलेको परिस्थिति हेर्दा अघिल्लो वर्षभन्दा यस वर्ष नेपाली फिल्महरुको हालत झनै दर्दनाक हुने गिरी बताउँछन् । उनी भन्छन्, ‘अघिल्लो वर्ष ५-६ फिल्मले आफूलाई सेभ गरेको थियो । यस वर्ष त रेकर्ड झनै खराब छ । अहिलेसम्म निर्माताले खल्तीमा पैसा लाने खालका फिल्म नै प्रदर्शन भएका छैनन् ।’

    बक्स अफिसमा प्रतीक्षित फिल्महरुले अपेक्षित व्यापार गर्न नसक्नुमा दर्शकको रुचिलाई कति ख्याल गरियो भन्ने पनि मुख्य प्रश्न होला । दर्शकलाई मनोरञ्जन दिन सक्यो कि सकेन भन्ने सवाल होला । तर, अझै पनि नेपाली फिल्मकर्मीहरु ‘नेपाली फिल्मलाई माया गरिदिनुस्’ भनेर रोनाधोना सुरु गर्छन् । जब कि ४०० रुपैयाँको टिकट, ४०० हाराहारीकै कोक, पपकर्न लगानी गरेर दर्शकले नेपाली फिल्मलाई मायामात्रै गर्ने कि मनोरञ्जन पनि लिने ? फिल्मकर्मीले यो कोणबाट सोचेको देखिँदैन ।

    निर्देशक सौरभ चौधरीका अनुसार कलाकार, निर्देशक, प्राविधिकहरुले जागिरमात्रै खाएका कारण पनि नेपाली फिल्मलाई दर्शकले खारेज गरिदिएको हो । उनी भन्छन्, ‘डुब्ने भनेको निर्मातामात्रै हो । बाँकी सबै जागिर गर्छन्, काम गर्दैनन् । ड्युटी सकाउँछन्, पैसा लिन्छन्, हिँड्छन् । अनि त्यसरी गरिएको कामले दर्शकलाई कसरी मनोरञ्जन दिन्छ त ? निर्माता डुब्छन्, यो क्षेत्रबाटै पलायन हुन्छन् । यसबारे अब हामीले समीक्षा गर्नुपर्ने देखिएको छ ।’

  • डिसेम्बर तेस्रो साता बेलायतमा मह प्रहसन

    डिसेम्बर तेस्रो साता बेलायतमा मह प्रहसन

    लन्डन । बेलायतमा ‘मह जोडी यूके टुर’ को तयारी तीव्र रूपमा भएको छ । बेलायतस्थित च्यारिटी संस्था द गोर्खा सेन्टरले यही डिसेम्बर तेस्रो साता च्यारिटी कार्यक्रमका लागि नेपालका वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) बेलायत आउने जाएको छ ।

    कार्यक्रमबारे जानकारी दिन आइतबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा सेन्टरका संस्थापक तथा सिइओ भीम तामाङले मह जोडीको पहिलो कार्यक्रम आउंदो २३ डिसेम्बर दिउसो ह्यारोस्थित ह्यारो लिजर सेन्टर र दोश्रो कार्यक्रम क्रिसमस इभ अर्थात २४ डिसेम्बर अपरान्ह ४ बजेदेखि अल्डरसटस्थित एम्पायर हलमा तय भएको जानकारी दिए ।

    मह जोडीको भिजा लागिसकेको र उनीहरु यही २० डिसेम्बरमा बेलायत आउने तयारीमा रहेको पनि उनले जनाए ।

    ह्यारोमा चर्चित गायक प्रकाश सपुत समेतको प्रस्तुति रहने तामाङले बताए । कार्यक्रमको बीचमा स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने जनाइएको छ ।

    अहिले नै टिकट लिए प्रवेश शुल्क जम्मा २५ पाउण्ड लाग्ने र पछि यो वृद्धि हुँदै जाने आयोजकले बताए । दर्शकहरुले अनलाइन तथा प्रवेशद्वारमा पनि टिकट खरिद गर्न सक्नेछन् ।

    बेलायतमा रहेका गोर्खा र तिनका सन्तानहरुको कल्याणकारी कार्यमा समर्पित च्यारिटी संस्था द गोर्खा सेन्टरको कोष अभिवृद्धिका लागि मह प्रहसन गर्न लागिएको तामाङले बताए ।

    मह टुर खर्चिलो भएपनि दर्शक उपस्थिति उल्लेख्य रहने विश्वास आयोजकलाई छ । ह्यारो कार्यक्रममा कम्तीमा १५ सय र अल्डरसटमा करिब ६ सय दर्शक आउने अपेक्षा सेन्टरको छ ।

    ‘द गोर्खा सेन्टरले स्थापनाकालदेखि नै बेलायतमा रहेका ब्रिटिश भूतपूर्व गोर्खा सैनिकहरु र तिनका वयस्क सन्तानहरुको हकहितका लागि आर्थिक, सामाजिक, भाषिक, सांस्कृतिक लगायत क्षेत्रमा सहयोग गर्दै आएको छ’, तामाङले भने, ‘उहांहरुप्रति हाम्रो सहयोग निरन्तर जारी छ । गोर्खा सेन्टरले गरिरहेका कामहरुलाई निरन्तरता दिन कोष अभिवृद्धिका लागि ‘मह जोडी यूके टुर’ गर्न लागेका हौं ।’

    नेपालका चर्चित कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई बोलाएर बेलायतवासी नेपाली दर्शकलाई गुणस्तरिय कार्यक्रममार्फत भरपुर मनोरन्जन दिने प्रयत्न समेत आफूहरुको रहेको तामाङले बताए ।

    ‘नेपालका राष्ट्रिय धरोहर मह जोडीको बेलायत आगमन हामी समस्त बेलायतवासी नेपालीका लागि गर्वको विषय हो । हामी यो कार्यक्रम ‘मिस’ नगर्न सबैमा अपिल गर्दछौं’, तामाङले पत्रकार सम्मेलनमा भने, ‘तपाईंको उपस्थिति हाम्रा लागि एउटा महत्वपूर्ण उर्जा पनि हुनेछ ।’

    अल्डरसट कार्यक्रमका लागि स्वयंसेवक संयोजन गरिरहेकी मधु गुरुङले सञ्चालन गरेको उक्त पत्रकार सम्मेलनमा सेन्टरले झण्डै ५ सय बढी गोर्खा भेट्रानलाई सामाजिक सुरक्षा, अंग्रेजी भाषा, स्वास्थ्य समस्या लगायतमा सहयोग गरेको जनाएको छ ।

  • दया, सौगात र उपासनाको ‘हात्तीछाप’को टिजर रिलिज (भिडिओ)

    दया, सौगात र उपासनाको ‘हात्तीछाप’को टिजर रिलिज (भिडिओ)

    काठमाडौं । नायकद्वय दयाहाङ राई र सौगात मल्लको नयाँ फिल्म ‘हात्तीछाप’को टिजर सार्वजनिक गरिएको छ । फिल्म ‘२ नम्बरी’को सफलतापछि सोही टिमले निर्माण गरेको फिल्ममा दया र सौगात एकसाथ देखिन लागेका हुन् ।

    यो टिजरमा माया–प्रेम, राजनीतिक विषय र कमेडीलाई स्थान दिइएको छ । टिजरमा फिल्मका अधिकांश कलाकार अटाएका छन् ।

    यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, विल्सन विक्रम राई, उपासना सिंह ठकुरी, बेनिशा हमाल, वुद्दि तामाङ, बिजय बराल, कमलमणी नेपाल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, विनोद न्यौपाने, कविता आले, भोलाराज सापकोटा, सुष्मा निरौला, रेयर राई, विशाल पहारि, अनुप न्यौपाने, स्वस्तिका खड्का, नारायण खाती, अनिता गिरी, बेन भुजेल, रिजोन परियार, अनिषा अधिकारी र उत्तम(बौवा)को अभिनय छ ।

    टिजरमा दया र उपासनाको प्रेम, सौगातको राजा अवतारलाई देखाइएको छ । सिमोस सुनुवारको निर्देशनमा तयार भएको यो फिल्ममा प्रदीप भारद्धाजको लेखन, निमेष श्रेष्ठको सम्पादन, सुशन प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, उज्ज्वल सागर र आशिष मगरको संगीत छ ।

    यो फिल्म माघको २६ गतेबाट रिलिजमा आउँदैछ । फिल्मले सामाजिक र राजनीतिक कथालाई रोचक तरिकाले भनेको निर्माणपक्षले बताएको छ ।

    रेड बर्ड प्रोडक्शनको निर्माणमा तयार भएको फिल्मका प्रस्तुतकर्ता किरण नेपाली हुन् । फिल्मका प्रोडक्शन हेड सुरज आचार्य हुन् । फिल्ममा अमलादेवी राई, पुष्कर गुरुङ र जय श्रेष्ठ निर्माताको रुपमा छन् । फिल्मका कार्यकारी निर्माता सरोज नेपाली हुन् । फिल्मलाई नेपालमा रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्नेछन् भने विदेशमा यो फिल्मलाई एमएसएम पोष्ट प्रोडक्शनले वितरण गर्नेछ ।

    यो वर्ष रिलिज हुन बाँकी रहेका केही फिल्ममध्ये ‘हात्तीछाप’ले बक्स अफिसमा सुखद कमाई गर्ने विश्लेषण हुँदै आएको छ ।

    भिडिओः

     

  • आँचलको साउथ फिल्मको टिजर रिलिज, अमेजन प्राइमले किन्यो फिल्म

    आँचलको साउथ फिल्मको टिजर रिलिज, अमेजन प्राइमले किन्यो फिल्म

    काठमाडौं । नेपाली फिल्मलाई विश्वव्यापी रिलिज गर्ने उद्देश्यसहित बनाइएको इन्डो नेपाली फिल्म हिटम्यानको पोस्टर र टिजर रिलिज गरिएको छ ।

    नेपालका लोकप्रिय कलाकार एवं दक्षिण भारतीय- तेलगु फिल्मका व्यस्त प्राविधिकहरुको सहकार्यमा निर्मित यस फिल्ममा आँचल शर्मा, विष्णु अधिकारी, प्रशान्त ताम्राकार मूख्य भूमिकामा छन् ।

    फिल्मलाई नेपालसहित भारत र प्रसिद्ध ओटिटी प्लेटफर्म अमेजन प्राइम भिडिओमा समेत प्रदर्शन गर्ने जानकारी गराइयो । पोस्टर रिलिज कार्यक्रममा अमेजन प्राइम भिडियोको तर्फ बाट भेन्डरपार्टनर बनेर आएका प्रतिनिधि राजिभ थसभतापलीको समेत उपस्थिति रहेको थियो । उनले यो फिल्मले नेपाल र भारतका दर्शक माझ पुलको काम गर्ने बताए ।

    निर्देशक समेत रहेका मुख्य अभिनेता विष्णु अधिकारीले फिल्मलाई उत्कृष्ट बनाउन बिभिन्न ५ देशमा छायांकन गरिएको र क्वालिटी उच्च बनाएको दाबी गरे । उनले यो फिल्म रिलिज पश्चात अभिनेत्री आँचल शर्मालाई तेलगु इन्ड्स्ट्रीजले समेत खोज्ने दाबी पनि गरेका छन् ।

    पोस्टरमा देखिए पनि टिजरमा नदेखिएकी आँचलले फिल्मको आगामी ट्रेलरमा आफू धमाकेदार शैलीमा देखिने बताइन । दीपक अधिकारी निर्माता रहेको फिल्ममा साउथका चर्चित सङ्गीतकार मन्त्र आनन्द, सम्पादक बि नागेश्वर रेडीले पनि सहकार्य गरेका छन् । फिल्म आउदो फेब्रुअरी महिनामा एक साथ विश्वव्यापी रिलिज गरिने बताइएको छ ।

    भिडिओ