Category: कलाप्रेस

  • ‘नम्बरी सुन’ को नयाँ गीत ‘तिमी वर म पीपल’ सार्वजनिक

    ‘नम्बरी सुन’ को नयाँ गीत ‘तिमी वर म पीपल’ सार्वजनिक

    काठमाडौ । आगामी माघ १९ गते रिलिज हुने फिल्म ‘नम्बरी सुन’ को नयाँ गीत ‘तिमी वर म पीपल’ सार्वजनिक भएको छ ।

    प्रताप दास र अनु चौधरीको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द र संगीत छ । गीतमा आदेश गुर्माचनको एरेन्ज, नरेश बीसीको मिक्सिङ र मास्टरिङ छ ।

    रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा फिल्मका प्रमुख कलाकार गौरव पहारी र नम्रता सापकोटा फिचर्ड छन् ।

    ओएसआर डिजिटलबाट सार्वजनिक रोमान्टिक फ्लेभरको गीतमा गौरव र नम्रताको क्यामेष्ट्री निकै सुहाएको छ । गीतको भिडियोमा मानकृष्ण महर्जनको छायांकन, मनोरञ्जन श्रेष्ठको कलर छ ।

    फिल्ममा गौरव र नम्रताका अलावा सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, विनोद न्यौपाने, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बास्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता बस्नेत र राजेन्द्र गिरीको अभिनय छ ।

    राजु गिरीको निर्देशन रहेको फिल्ममा शिवम अधिकारीको कथा र पटकथा, दिव्य सुवेदीको छायांकन, गौतमराज खड्काको सम्पादन, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, अर्जुन पोखरेल र नारायण खातीको शब्द, राजेशपायल राई, प्रताप दास, शान्तिश्री परियार र अनु चौधरीको स्वर, विनोद भुजेलको ब्याकग्राउण्ड स्कोर, समीर मियाँको भीएफएक्स, देव महर्जनको द्वन्द्व र रामजी लामिछानेको कोरियोग्राफी छ ।

    नारायण खाती प्रस्तुतकर्ता रहेको फिल्ममा सरोज खाती, सविन खाती र मनोज रिजाल निर्माता छन् । फिल्मलाई जीजीए ग्रुप र एफडी कम्पनीले वितरण गर्दैछ ।

  • पलले बहिनीको बिहेमा निम्तो नगरेको पूजाको स्वीकारोक्ति, चिसिएको सम्वन्धबारे बोलिन्

    पलले बहिनीको बिहेमा निम्तो नगरेको पूजाको स्वीकारोक्ति, चिसिएको सम्वन्धबारे बोलिन्

    काठमाडौं । पूजा शर्मा र पल शाहको सम्बन्धमा दरार आएको विषय अब ओपन सेक्रेट भइसकेको छ । पल जेलबाट निस्किएदेखि उनीहरु एक-अर्कासँग दूरी बनाइरहेका छन् । तर, यसको कारण भने खुलेको छैन ।

    हालै पल शाहले आफ्नी बहिनी रजनीको विहेबारी गरे । विहेमा उनले आफू निकट केही कलाकारहरुलाई निम्त्याएका थिए । पूजालाई भने उनले निम्तो गरेनन् । पलकी बहिनीको बिहेमा पनि पूजा नदेखिनुले उनीहरुबीच सम्वन्धमा चिसोपना यथावत रहेको पुष्टि भएको छ । पलले आफूसँग निकट अर्की नायिका मलिका महतलाई निम्त्याएका थिए । उनी निम्तो मान्न गएकी पनि थिइन् ।

    यसैबीच पूजाले एउटा युट्यूव च्यानललाई दिएको अन्तर्वार्तामा पल शाहसँगको सम्वन्धबारे पहिलोपटक मुख खोलेकी छन् । आफूहरु अहिले टाढिएको उनको स्वीकारोक्ति छ ।

    पूजालाई पलकी बहिनीको बिहेमा नगएको विषयमा सोधिएको थियो । उनले आफूलाई बिहेको निम्तो नआएको बताइन् ।

    ‘मलाई दुई दिन अगाडि मात्रै थाहा भएको थियो । धेरैजनाले पलको बहिनीको बिहेमा नजाने भनेर सोध्नुभयो । मलाई त कार्ड नै आएको थिएन । कसरी जाने रु मान नमान मै तेरो मेहेमानजस्तो गर्नु त भएन नि,’ पूजाले गुनासो गर्दै भनिन् ।

    पल शाहसँग त सम्वन्ध राम्रो छ नि भन्ने प्रश्नमा पूजा अन्कनाइन् । केहीबेर सोचेर उनले भावुक मुद्रामा भनिन्, ‘लाइफमा मसित सबैभन्दा धेरै नजिक र मैले एकदमै माया गरेको व्यक्ति हो ।’

    त्यसपछि उनले थपिन्, ‘अहिले चाहिँ मनमनमै टाढैबाट माया गरिरहेको छु । एउटा कुराले सानो चित्त दुःखाइ भएको हो । कति कुराहरु नभन्दा पनि राम्रो हुन्छ । आफ्नो मान्छेले अलिकति नबझु्दा मन दुःखेको हो । आफ्नो मान्छेसँग त मन दुःख्छ नि ! अरुसँग त किन दुःख्ने ।’

    पूजाले भविष्यमा फेरि आफूहरु नजिक हुन सक्ने बताइन् । ‘भेट्दा हाइहेल्लो भइ नै हाल्छ । उसको जहिले पनि राम्रो चिताउनेछु । दुःखमा साथ दिएको हुँ । अहिले उसको राम्रो छ, म खुशी नै छु’, उनले भनिन् ।

    ‘मलाई एउटा चिजले मनको कुनामा कस्तो हर्ट फिल भएको थियो । हामीले कति दुःखसुख बाँडेका छौं । दुःखमा सँगै रोएका छौं । उसले यतिमात्रै नगरेको भए हुन्थ्यो भन्ने हो । भोलि भेटें भने त्यो चिजलाई बिर्सिन्छु होला । कुराकानी गर्न फेरि पल-पूजा नै हुनसक्छ ।’

    पल बलात्कार आरोपमा पक्राउ पर्दा पूजाले उनको पक्षमा खुलेर बोलेकी थिइन् । आफ्नो फिल्म रिलिजमा पललाई सम्झिएर धरधरी रोएकी थिइन् । पलको पक्षमा बोल्दा उनको निकै ट्रोल पनि भएको थियो । उनी पलको जन्मदिनमा केक लिएर जेलमै पुगेकी थिइन् ।

    तर, पल जेलबाट छुटेपछि भने पूजा उनलाई भेट्न गइनन् । पलले पनि पूजालाई भाउ दिएनन् । बीचमा एक पटक एउटा अवार्ड उनीहरुले सँगै थापेका थिए । तर, खासै बोलचाल गरेनन् । पल अहिले आफ्नै काममा व्यस्त छन् ।

  • ‘मलाई टाढा हुँनु छैन’ भन्दै रोमान्टिक बने किरण र सोफिया

    ‘मलाई टाढा हुँनु छैन’ भन्दै रोमान्टिक बने किरण र सोफिया

    काठमाडौं । केशवराज भट्टको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको ‘मलाई टाढा हुँनु छैन’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यो गीतको भिडियोलाई केशवले रोमान्टिक शैलीमा बनाएका छन् ।

    यो गीतमा गायिका रानी शाक्य र गायक बल बहादुर राजवंशीको स्वर छ । गीतमा ध्रुब केसीको शब्द, समीरा थपलियाको संगीत छ ।

    भिडियोमा मोडलद्धय किरण भुजेल र सोफिया दरेलले अभिनय गरेका छन् । भिडियोमा यी दुई मोडल रोमान्टिक देखिएका छन् । भिडियोको लोकेशन आकर्षक छ । दिन्सन शाहको सम्पादन रहेको भिडियोमा प्रकाश खड्काको छायांकन रहेको छ ।
    हेर्नुस भिडियो :

  • अर्जुना राईको ‘रिसाउलान् सुन्दा कुरा’ सार्वजनिक

    अर्जुना राईको ‘रिसाउलान् सुन्दा कुरा’ सार्वजनिक

    काठमाडौं । गायिका अर्जुना राईको आधुनिक गीत ुरिसाउलान् सुन्दा कुराु सार्वजनिक भएको छ । आफैंलाई संसारको सबैभन्दा खुसी भएको आशय रहेको यस गीत म्युजिक जंकसन नेपालबाट युट्युबमा सार्वजनिक भएको हो ।

    गीतमा वीरेन्द्र राईको शब्द र विक्रम राईको संगीत रहेको छ । बिसम आचार्यले एरेन्ज गरेको यस गीत हाम्रो स्टुडियोमा रेकर्डिङ गरिएको हो । गीतको भिडियो श्याम तामाङले खिचेका हुन् भने गायिका अर्जुना स्वयं फिचरिङ भएकी छन् ।

    https://www.youtube.com/watch?app=desktop&si=ACHnMfM-UcwjYLxv&v=EccOIh4yGeQ&feature=youtu.be&fbclid=IwAR0lJuF_kRLkcUYZ49AfVxYNbk7jML7zY1GtnTg_YFr4tFDYt725TUCOcHE

  • ‘के घर के डेरा’को दोस्रो श्रृंखला निर्माण घोषणा

    ‘के घर के डेरा’को दोस्रो श्रृंखला निर्माण घोषणा

    काठमाडौं । गत वर्ष तिहारमा रिलिज भएको सफल सिनेमा ‘के घर के डेरा’को दोस्रो श्रृंखला घोषणा भएको छ । निर्देशक दिपेन्द्र के खनालले सामाजिक संजालमार्फत सिनेमाको सिक्वल घोषणा गरेका हुन् । दोस्रो श्रृंखलाको नाम ‘के घर के डेरा: घर नं २’ रहनेछ।

    दोस्रो श्रृंखलालाई ‘कर्णाली ब्लुज’ तथा ‘फिरफिरे’का चर्चित लेखक बुद्धिसागरले लेखेका हुन् । निर्माणपक्षले सिक्वलको घोषणा गरेपनि कलाकारहरुको लाइनअप भने सार्वजनिक गरेको छैन् । सिनेमा आगामी वर्ष तिहारमा रिलिज गर्ने घोषणा गरिएको छ ।

    ए प्लस इन्टरटेन्मेन्टले यो सिनेमालाई नटराज क्रियशनसँगको सहकार्यमा निर्माण गर्न लागेको हो । सार्वजनिक पोस्टरमा ‘के घर के डेरास् घर नं २’ लेखिएको नम्बरप्लेट टाँसिएको एउटा कम्पाउण्डको पर्खालबाहिर हरियो साइकललाई अड्याइएको देखाइएको छ भने सोको नेपथ्यमा लुगा सुकाइएको रातो साढे दुई तलाको घर र सो घरको अगाडि एउटा सामान्य ट्रस कटेरो देख्न सकिन्छ।

    लेखक बुद्धि सागरले सिनेमाको घोषणा पोस्टर पोस्ट गर्दै ‘अलिकति हाँसो, अलिकति आँसु’ भन्ने क्याप्सन लेखेका छन् । यसले सिनेमा अघिल्लो सिक्वलझैं हाँसो र रोधनको समिश्रण हुने अनुमान गर्न सकिन्छ ।

  • पल शाहले उच्च अदालतबाट सफाइ पाएको मुद्दा सर्वोच्च हेर्ने, यस्तो छ पछिल्लो आदेश

    पल शाहले उच्च अदालतबाट सफाइ पाएको मुद्दा सर्वोच्च हेर्ने, यस्तो छ पछिल्लो आदेश

    काठमाडौं । एक नाबालिग गायिकालाई यौन दुरुपयोग गरेको भनेर जिल्ला अदालतले फैसला गरेपछि उच्च अदालतबाट सफाइ पाएका अभिनेता पल शाहको मुद्दा सर्वोच्च अदालतले दोहोर्याएर हेर्ने बाटो खुलेको छ ।

    उच्च अदालतका तत्कालीन कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले पल शाहलाई सफाइ दिएको थियो।

    उक्त फैसलाविरूद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा दोहोर्‍याएर हेरि पाउँ भन्दै निवेदन दिएको थियो।

    उक्त निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश सुष्मालता माथेमा र हरि फुयाँलको इजलासले उच्चको फैसला दोहोर्‍याएर हेर्न अनुमति दिएको हो।

    उच्च अदालतका न्यायाधीशले पल शाहको मुद्दामा प्रमाणको मुल्यांकन राम्रोसँग नगरेको, कानुनहरूको व्याख्या त्रुटीपूर्ण तरिकाले गरेको र नाबालिग बलात्कारका मुद्दामा सर्वोच्च अदालते प्रतिपादन गरेका सिद्धान्तको प्रतिकुल हुने गरी सफाइ दिएको भन्दै सरकारी वकिल सर्वोच्चमा गएका थिए ।

    माथेमा र फुयालका आदेशमा भनिएको छ–‘यसमा पीडित नावालक रहेको देखिएकोले पीडितको बकपत्र र प्रतिवादीको बयान तथा शारीरिक परीक्षण प्रतिवेदन तथा चिकित्सकको बकपत्र, पीडित र प्रतिवादी बीचको अडियो रेकर्ड र त्यसको प्रतिवादीबाट अदालतको बयानको स।ज।११ मा गरेको स्वीकारोक्ती समेतका प्रमाणको समुचित मूल्यांकन नगरी भएको उच्च अदालत पोखराको फैसलामा प्रमाण ऐन तथा मुलुकी अपराध संहिताको व्याख्यात्मक त्रुटी र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेतको प्रतिकुल भएकाले प्रस्तुत मुद्दा दोहो¥याइ हेर्ने अनुमति प्रदान गरिएको छ ।

    शाहलाई बाल यौन दुरूपयोगमा २ वर्ष ६ महिना कैद सजाय, २५ हजार जरिवाना र पीडितलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने पनि फैसला नवलपुर अदालतले गरेको थियो।

     

  • निर्मात्री प्रज्ञा जोशी १७ वर्षपछि पुन: ‘सिन्दूर’ निर्माण गर्दै

    निर्मात्री प्रज्ञा जोशी १७ वर्षपछि पुन: ‘सिन्दूर’ निर्माण गर्दै

    काठमाडौं । कलाकार तथा निर्मात्री प्रज्ञा जोशीले १८ वर्षपछि पुनः टेलिसिरियल सिन्दूर निर्माण गर्ने भएकी छन् । शुक्रबार भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै औपचारिक रुपमा सिन्दुरको निर्माण घोषणा गरेकी हुन् ।

    करिब १७ वर्ष अगाडि निर्माण भएको सुपरहित टेलिसिरियललाई अहिलेको पुस्तालाई मध्ये नजर गर्दै निर्माण गर्न लागेको निर्मात्री जोशीले बताइन् । पुराना कलाकारहरु नेपाल बाहिर भएकाले पनि अहिले आफुले नयाँ कलाकारलाई लिएर काम गरेको उनको भनाई छ । अहिले पनि यो सिरियल उत्तिकै सान्र्दभिक रहेकाले उत्कृष्ट बनाउने कोसिस गर्ने दाबी निर्मात्री जोशीको छ ।

    यो टेलिसिरियलको शुभमुहूर्तमा कलाकार रविन्द्र खड्का, निर्देशक जनकदीप पराजुली, घनश्याम लामिछाने, ऋषि लामिछाने र लेखक प्रदीप भारद्धाज उपस्थित थिए । यो सिरियलमा विनय राज पौडेलको लेखन तथा निर्देशन रहनेछ ।

    उनले १२ बर्ष अघि सिन्दुर नामक सिनेमाबाट सहयाक निर्देशक भएर सिनेमा क्षेत्रमा प्रवेश गरेका थिए । करिब १२ वर्षपछि यही नामको सुपरहिट सिरियल पुन निर्माणमा निर्देशकको जिम्मेवारी बहन गर्ने जिम्मा दिनु भएकोमा प्रज्ञा जोशी प्रति आभारी रहेको बताए ।

    प्रज्ञा फिल्मस्को व्यानरमा निर्माण हुने टेलिसिरियलमा नविन श्रेष्ठ, प्रज्ञा जोशी, लक्ष्मी भुषाल, प्रदीपराज गिरी, अश्मी थापा, दीपेनद्र सोनाम, स्नेहा पौडेल, पूर्णिमा जिएम, टेकेन्द्र न्यौपाने, पवन केसी लगाउयतका कलाकारको अभिनय रहनेछ । यो सिरियलमा मदन कश्यप घिमिरेको छायांकन, लय संग्रौलाको गीत लेखन, सम्राट थापाको संगीत रहनेछ ।

  • चेलिबेटी बेचबिखनसम्बन्धी हरिवंशको नयाँ गीत ‘हिँड माया हिँड’

    चेलिबेटी बेचबिखनसम्बन्धी हरिवंशको नयाँ गीत ‘हिँड माया हिँड’

    काठमाडौं । हास्य कलाकार हरिवंश आचार्यले चेलबेटी बेचबिखनसम्बन्धी नयाँ गीत ल्याएका छन् । यसअघि चेलबेटी बेचबिखनकै विषयमा ‘कर्कलो कोक्याउला’ र ‘काउली’ गीत गाएका आचार्यले अहिले ‘हिँड माया हिँड’ बोलको गीत ल्याएका हुन् ।

    माइती नेपालको प्रस्तुतिमा बनेको यो गीतमा हरिवंशकै शब्द र संगीत छ । स्वरमा उनलाई गायिका स्मिता दाहालले साथ दिएकी छन् ।

    ‘यो चेलिबेटी बेचबिखनसम्बन्धी जनचेतनामूलक गीत हो’, गीतबारे हरिवंशले भने, ‘चेलबेटी बेचबिखनसम्बन्धी समस्या हाम्रो देशको नियति जस्तै भइसक्यो । पहिले पहिले चेलिबेटीहरुलाई भारतमा लगेर बेचिन्थ्यो, अहिले त्यो खाडी मुलुकसहित अफ्रिकालगायत अन्य मुलुकतिर पनि सरेको छ । मसाज सेन्टर या डान्सबारको काम भनेर लाने तर त्यहाँ पु¥याएपछि देह व्यापारमा लगाउने, यातना दिनेलगायतका समस्या बढिरहेका छन् । त्यही कथा हामीले गीतमार्फत भन्न खोजेका हौं ।’

    उनी यो समस्या समाधान नभएसम्म यस विषयमा निरन्तर जनचेतनामूलक गीत गाइरहने बताउँछन् ।

    ‘सर्जकका हिसाबले यस्तो विषयमा लगातार गीत गाइरहन नपरोस् भन्ने नै लाग्छ । तर, देशको नियतिले बाध्य बनाइरहेकै छ’, उनले भने ।

    साहस शाक्यको एरेन्ज, श्यामश्वेत रसाइलीको मिक्सिङ रहेको गीतको भिडियोमा हरिवंशसँगै प्रियंका कार्की, कविता न्यौपाने, बालकृष्ण ओलीलगायत कलाकारको अभिनय छ । गम्भीर विष्टको कन्सेप्ट र निर्देशन रहेको यो गीतको भिडियोमा कसरी गाउँ-गाउँबाट युवतीहरुलाई ललाइफकाइ गरेर विदेश पुर्‍याइन्छ भन्ने कथा देख्न सकिन्छ । पवन सुस्लिङले खिचेको यो गीतको भिडियो सम्पादन प्रवीण भट्टले गरेका हुन् ।

  • वैशाख २१ मा दया र मिरुनाको ‘मनसरा’, यस्तो छ पोस्टर

    वैशाख २१ मा दया र मिरुनाको ‘मनसरा’, यस्तो छ पोस्टर

    काठमाडौं । दयाहाङ राई तथा मिरुना मगर अभिनीत ‘मनसरा’ले पोस्टर रिलिज गर्दै आफ्नो रिलिज मितिको घोषणा गरेको छ।

    निर्माण कम्पनी कबड्डी फिल्मसले अभिनेत्री मिरुनाको एकल पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको हो ।

    सिनेमा आगामी वर्षको वैशाख २१ गते रिलिज हुनेछ । ‘जारी’ निर्देशक उपेन्द्र सुब्बा यसका निर्देशक हुन् । सिनेमामा मिरुना मनसरा पात्रको शीर्ष भूमिकामा देखिनेछिन् ।

    सिनेमामा मिरुना र दयाका अलावा प्रवीण खतिवडा, मेनुका प्रधान तथा हेमन्त बुढाथोकीको अभिनय रहेको छ ।

    निर्देशक सुब्बाकै लेखन रहेको सिनेमाका निर्माता छायाँकार शैलेन्द्र ध्वज कार्की हुन् ।

    यस्तै, विष्णु कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ हुन् ।

    सिनेमामा निमेश श्रेष्ठको समपादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयुक्त कला निर्देशन रहनेछ ।

    त्यसै गरी सिजन दाहाल कार्यकारी निर्माता रहेको सिनेमामा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रूपमा रहनेछन् ।

    एपपल इन्टरटेन्मेन्ट कम्पनीले सिनेमाको वितरण गर्नेछ भने क्यूएफएक्स थिएटर पार्टनर रहेको छ भने जी टु वान डिजिटल पार्टनर बनेको छ ।

  • ‘दान्भी’को टिजर सार्वजनिक, पूजा शर्माको दमदार एक्सन

    ‘दान्भी’को टिजर सार्वजनिक, पूजा शर्माको दमदार एक्सन

    काठमाडौं । अभिनेत्री पूजा शर्माको मुख्य भुमिका रहेको सिनेमा ‘दान्भी’को टिजर सार्वजनिक भएको छ । उनी पहिलोपटक यो सिनेमामा एक्सन भूमिकामा प्रस्तुत हुँदैछिन् । यहीकारण पनि यो सिनेमा उनका लागि विशेष छ । एक्सनमा राम्रो सम्भावना देखाएको अवस्थामा उनको पहिचान नै फरक बन्नेछ ।

    बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच सिनेमाको सार्वजनिक टिजरमा पूजा ‘फुल अन एक्सन’ अवतारमा चित्रित छिन् । १ मिनेट ३३ सेकेण्ड लामो टिजर जलिरहेको चिताको दृश्यबाट सुरु छ । पृष्ठभूमिमा पूजाको ‘भ्वाइस ओभर’ राखिएको छ । उनी टिजरमा समावेश एक्सन दृश्यमा छरितो देखिएकी छन् ।

    आगामी २०२४ मा प्रदर्शन लक्ष्य राखिएको सिनेमामा पूजाको जोडी डेव्यु-अभिनेता कुन्साङ बम्जनसँग बाँधिएको छ । टिजरको एक सिनमा उनलाई बचाउन पूजा गाडीले भित्ता फोडेर निस्किएकी छन् । मेशिनगन चलाउँदै प्रस्तुत छिन् । बदलाको कथामा बनेको सिनेमालाई रुपेश तामाङले निर्देशन गरेका हुन् ।

    सिनेमामा श्री श्रेष्ठको द्वन्द्व निर्देशन छ । देव मगर र अनुप गडाल निर्माता, पवन राना मगर कार्यकारी निर्माता तथा कमला लिम्बु, पञ्च बहादुर तामाङ र श्रवणकुमार श्रेष्ठ सह-निर्माता रहेको सिनेमामा हरि लामा ‘घले’को छायांकन छ ।

    संजोग कुँवर रानाको पटकथा तथा संवाद लेखन, बन्दे प्रसादको सम्पादन, सत्यम राना र श्रीकृष्ण श्रेष्ठको भीएफक्स तथा गीतहरुमा अर्जुन पोखरेल, नरेश योगी र केदारराज नेपालीको संगीत सिनेमामा रहेको छ ।

  • प्रवीण र समीक्षाको गीत ‘मलाई तिम्रो मुटु सरी’ को भिडियो सार्वजनिक

    प्रवीण र समीक्षाको गीत ‘मलाई तिम्रो मुटु सरी’ को भिडियो सार्वजनिक

    काठमाडौं । गायक प्रवीण बेडवाल र गायिका समीक्षा अधिकारीको स्वरमा रहेको गीत ‘मलाई तिम्रो मुटु सरी’ को भिडियो सार्वजनिक भएको छ ।

    सार्वजनिक गीतमा कपिल भट्टको शब्द, अर्जुन पोखरेलको संगीत, आदेश गुर्माचनको एरेन्ज र नरेश बीसीको मिक्सिङ तथा मास्टरिङ छ ।

    गीतको भिडियोमा गरिमा शर्मा र कपिल भट्ट फिचर्ड छन् । भिडियोमा एक विवाहित जोडीको कृषि कर्मलाई देखाइएको छ ।

    निकेश खड्काको कथा, कन्सेप्ट र निर्देशन रहेको भिडियोमा उत्तम हुमागाईंको छायांकन, अनिता ग्वाछाको मेकअप, भ्यालेन्टिनो बुटिकको पहिरन, सुदीप ढकालको प्रोडक्सन र विकास धमलाको सम्पादन छ ।

  • रेखा थापाको ‘अमेरिका डेलिभरी’ र देशको भाग्यरेखा

    रेखा थापाको ‘अमेरिका डेलिभरी’ र देशको भाग्यरेखा

    काठमाडौं । ‘बच्चा पाउन अभिनेत्री रेखा थापा अमेरिका प्रस्थान !’

    पछिल्ला केही दिनमा छ्यापछ्याप्ती भइरहेको समाचार हो यो । सञ्चारमाध्यमहरुका अनुसार अभिनेत्री थापा आउँदो माघमा आमा बन्दैछिन् । तर, आफ्नो सन्तानलाई नेपालमा होइन, अमेरिकामा जन्म दिने उनको चाहना छ । त्यसैले श्रीमानसहित अमेरिका उडेकी उनी अबको पाँच महिना उतै रहनेछिन् ।

    यसैबीच, रेखाले आफैं निर्माण गरेको नयाँ चलचित्र ‘उपहार’ आउँदो फागुन २५ गते रिलज हुने सेड्युल छ । यदि समाचार सत्य हो भने रेखा आफ्नै चलचित्रको प्रिमियरमा पनि उपस्थित हुने छैनन् । यता चलचित्र हलहरुमा लागिरहँदा उनी अमेरिकामा बच्चा स्याहारिरहेकी हुनेछन् ।

    चलचित्र निर्माता-निर्देशकहरु आफ्नो नयाँ चलचित्र रिलिज हुनुलाई सन्तान प्राप्तिसँग तुलना गर्ने गर्छन् । भलै यो तुलनायोग्य होइन । तर, जे भए पनि आफूले दुःख गरेर कमाएको करोडौं पैसा लगानी गरेर बनाएको चलचित्र रिलिजमा आफैं अनुपस्थित हुन कसलाई मन हुन्छ ? आखिर रेखालाई के बाध्यता थियो बच्चा जन्माउन अमेरिका नै पुग्नुपर्ने ? धेरैको मनमा खेलिरहेको प्रश्न हो यो । तर, उत्तर त्यति कठिन छैन । यो पहिलो पटक भएको कुरा पनि होइन ।

    आफ्नो करियर दाउमा राखेर रेखाले आफ्नो सन्तानलाई ‘अमेरिकी नागरिक’ बनाउन चाहेको स्पष्टै छ । यसको सीधा अर्थ हो- यो देशमा उनले कुनै भविष्य देखेकी छैनन् । सन्तानले पछि विदेश नै पलायन हुनु छ भने त्यसका लागि कागजी प्रवन्ध अहिल्यै किन पूरा नगर्ने भन्ने सोच हुनसक्छ । अमेरिकामा जन्मेका बच्चा, बाबुआमा जुनसुकै देशको भए पनि, अमेरिकी नागरिकताका हकदार हुन्छन् भन्ने उनलाई राम्ररी थाहा छ ।

    रेखा एक त देशकै नामी अभिनेत्री । दुई सयभन्दा ज्यादा चलचित्रमा अभिनय गरेर कुनै समय नेपाली चलचित्र क्षेत्रमा एकछत्र राज गरेकी थिइन् । योभन्दा महत्वपूर्ण चाहिँ उनी एक सक्रिय राजनीतिकर्मी पनि हुन् । देशको पाँचौं ठूलो दल राप्रपाकी केन्द्रीय सदस्य, जो गत महाधिवेशनमा महामन्त्री पदमा लडेर हारेकी थिइन् । गएको प्रतिनिधिसभाको निर्वाचनमा मोरङ ३ बाट सुनिल शर्माविरुद्ध लडेकी थिइन् ।

    रेखाका अभिव्यक्तिहरु पनि राष्ट्रिय भावनाले ओतप्रोत हुने गर्छन् । चलचित्रमार्फत् सम्पूर्ण नेपालीहरुलाई एक सूत्रमा जोड्न पहलकदमी लिने कुरा गर्छिन् उनी । यही राज्यमै सम्भावना खोज्नुपर्छ भनेर राजनीतिमा होमिएको बताउने गर्छिन् । आज उनै रेखा आफ्नो देशको माटोमा सन्तान जन्माउन किन अनिच्छुक भइन् ? यो उनको विदेशमोह हो वा देशप्रतिको विरक्ति ? उत्तर दिन उनी नेपालमा छैनन् । आफ्नो विषयमा आएका समाचारहरुप्रति मौन छिन् ।

    रेखा जस्ती नाम, दाम कमाएकी चर्चित सेलिब्रिटी त यहाँ बच्चा जन्माउन चाहन्नन् भने आमनेपालीको मनोदशा के होला ? सहज रुपमा उब्जिने प्रश्न हो यो । ती लाखौं सुत्केरीहरु रेखाको समाचार पढेर के सोचिरहेका होलान्, जो चिसो रातमा न्यानो थाङ्ना खोजेर तीन हप्ते शिशुलाई स्तनपान गराइरहेका छन् । चिसो भुईंमा सुत्दा जसको आँङ थङथिलो हुने गरी सुन्निएको छ । जो सुत्केरी भएको त तेस्रो साताबाटै कामधन्दामा फर्किन बाध्य हुन्छन् ।

    देशकै राम्रो अस्पतालमा डेलिभरी गराउन सक्ने हैसियत भएकी अभिनेत्री तथा राजनीतिक नेतृ त यो देशमा आफ्नो बच्चालाई जन्म दिन चाहँदिनन् भने सम्झनुहोस् त, यो देशमा को किन रहन चाहन्छ ?

    वैदेशिक रोजगार विभागले गत आर्थिक वर्ष २०७९/८० मा तयार पारेको रिपोर्टअनुसार ४ लाख ९४ हजार दुई २२४ जना नेपाली वैदेशिक रोजगारीमा गए । यसको अर्थ हो हरेक महिना ४१ हजार १८५ जनाले रोजगारीकै लागि देश छोडिरहेका छन् । हरेक दिन १ हजार ३५४ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएका छन् ।

    यो संख्यामध्ये ३७९ जना मात्रैको गन्तव्य अमेरिका हो । मलेसियामा मात्रै दुई लाख १९ हजार ३५७ जना रोजगारीका लागि गए । जब कि अमेरिका गएका ३७९ जनाभन्दा चार गुणा बढी १ हजार २०८ नेपाली रातो बाकसमा फर्किए । वैदेशिक रोजगार विभागले ३१२ जना नेपालीको शव झिकाउन मात्रै दुई करोड ६० लाख ७५ हजार खर्च गरेको छ ।

    आमजनताको नियति माथिका तथ्यांकहरुले देखाउँछ । पहुँचविहीनहरुको हालत कति दर्दनाक छ, माथिका रिपोर्टहरु उदाहरण हुन् । अर्कातिर पहुँचवालाहरुको अवस्था अहिले चलिरहेको एनसेल प्रकरणले देखाउँछ, वाइड बडी, ललिता निवास प्रकरण र अन्य ठूल्ठूला आर्थिक घोटालाहरुले देखाउँछ, यो देश किन दिनादिन उजाडिँदैछ । खाडीका मरुभूमिलाई सिञ्चित गरेर गत आर्थिक वर्षमा मात्रै १२ खर्ब २० अर्ब ५६ करोड रेमिट्यान्स पठाएका नेपालीहरु आफ्नै थातथलोबाट किन पलायन हुँदैछन् ? यसको गतिलो जवाफ हो अभिनेत्री थापाको ‘अमेरिका डेलिभरी’ !

    रेखाले यो देशमा भविष्य सायदै देखेकी छन् । हकिकतमा आफ्नो भविष्य देखे पनि आफूले जन्म दिने बच्चाको भविष्य भने यस देशमा देखिनन् उनले । यथार्थमा आफ्नो बच्चाको भविष्य अमेरिकामा सुरक्षित देखिन् ।

    नेपालमा करिब एक वर्षमा ६ लाख ६० हजार शिशुको जन्म हुने गरेको विभिन्न रिपोर्टले बताउँछ । जबकि गएको अंग्रेजी नयाँ वर्षको दिनमा मात्रै नेपालमा १ हजार ५६७ शिशुको जन्म भएको थियो । युनिसेफले गरेको अध्ययनअनुसार अंग्रेजी नयाँ वर्षको पहिलो दिन संसारभर ३ लाख ९२ हजार ७८ जना शिशु जन्मेका थिए ।

    एक दिनमा मात्रै सरदर १ हजार ५०० शिशु नेपालमा जन्मँदै गर्दा एक शिशुलाई पेटमा लिएर अभिनेत्री थापा अमेरिका हान्निइन् । थापाको बच्चासितै जन्मिने बाँकी १ हजार ४९९ शिशुको नियति के होला ? उनीहरु सबैसँग अमेरिका उड्ने हैसियत पनि हुँदैन । उनीहरु १६ वर्ष नपुग्दै १८ वर्ष पुगेको नागरिकता बनाएर खाडी मुलुकतिर हान्निनुपर्ने बाध्यतासहित जन्मिँदैछन् । अधिकांश शिशु आफ्नो पसिना खाडीको मरुभूमिमा बगाउन धर्तीमा पाइला टेक्दैछन् ।

    यो देशमा हरेक दिन जन्मिने १ हजार ५०० शिशुको यस्तो डरलाग्दो नियति सृजना कसले गरिदिएको हो ? यसको जवाफ दशकौंदेखि सत्तामा बसेर राज्यका सम्पूर्ण स्रोत दोहन गरिरहेकाहरुले दिने कि नदिने ? तर, यहाँ त रोजगारी दिन्छु भनेर मात्रै कसैले भन्छ भने उसलाई चुनाव जिताएर पठाउने गरिन्छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कुनै कन्सट्यान्सीले झैं रोजगारी दिने विज्ञापन गर्दा सबैले वाहवाही गर्छन् । अनि यो देशमा को रहन चाहन्छ ? जब कि रोजगारी पाउने हरेक नागरिकको आधारभूत अधिकार हो । तर, त्यही अधिकारमाथि पनि राजनीतिक लाभ देख्ने मुलुकमा आखिर रहन को चाहन्छ ? यसको गतिलो जवाफ हो, अभिनेत्री थापाको ‘अमेरिका डेलिभरी’ !

  • ‘मायाका रंगहरु’ मा अभिनेता पल शाह अनुबन्धित

    ‘मायाका रंगहरु’ मा अभिनेता पल शाह अनुबन्धित

    काठमाडौं । केवल तामाङको निर्माण तथा डेब्यु निर्देशकीय फिल्म ‘मायाका रंगहरु कलर्स अफ लभ’को निर्माण घोषणा गरिएको छ । सिनेमाको मुख्य भूमिकामा अभिनेता पल शाह अनुबन्धित भएका छन् ।

    यो इन्डो-नेपाली सिनेमाको छायांकन पल शाहले ‘पुजार सार्की’ सकेपछि भारतको सिक्किमबाट सुरु गरिने निर्माण पक्षले जनाएको छ ।

    प्रमिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने सिनेमाको ९० प्रतिशत छायांकन भारतको सिक्किम र बाँकी दार्जिलिङ, इलाम र काठमाडौंमा गरिनेछ । भद्र भुजेल र राम मेहरा मुख्य सहायक निर्देशक रहने सिनेमामा सौरभ लामाको डीओपी, शेखर ज्ञवालीको कथा, ताराप्रकाश लिम्बू, उर्गेन दोङ र दीपक शर्माको संगीत, सुष्मा सोनम र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।

    सिनेमाको हेड अफ प्रोडक्सन तथा लाइन प्रोडुसरमा सिक्किमबाट टीकाराम अधिकारी, दार्जिलिङबाट सुवास छेत्री र नेपालबाट पदम तामाङ रहनेछन् । पर्यटन प्रवर्द्धनको लागि सिनेमा भन्ने उद्देश्यले निर्माण गरिने यो सिनेमामा ६० प्रतिशत फिल्मकर्मी भारत र ४० प्रतिशत फिल्मकर्मी नेपालबाट लिने तयारी निर्माण टीमको छ ।

    नेपाली र हिन्दीमा छायांकन गरिने सिनेमामा पल शाहबाहेक अन्य कलाकारहरु छनोटको चरणमा रहेको निर्माण टीमले जानकारी दिएको छ । यो सिनेमाले नेपाल र भारतको पर्यटन प्रवर्द्धनमा टेवा पुग्नुका साथै नेपाल र भारतबीच सांस्कृतिक सम्बन्धलाई अझै मजबुत बनाउन सहयोग पुग्ने विश्वास निर्देशक तामाङको छ ।

  • ‘कङ्गारु’ को प्रमुख पात्रमा अर्पण अनुबन्धित

    ‘कङ्गारु’ को प्रमुख पात्रमा अर्पण अनुबन्धित

    काठमाडौं । साम्राट बस्नेतको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘कङ्गारु’ को प्रमुख पात्रमा अर्पण थापा अनुबन्धित भएका छन् । राजीव गुरुङ ‘दीपक मनाङ्गे’ को प्रस्तुतिमा तयार हुन लागेको यस चलचित्रमा केही दिनअघि केदार घिमिरे ‘माग्ने बुढा’ अनुबन्धित भइसकेका छन् ।

    सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण गर्न लागिएको कङ्गारु फुलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्मसँग आस्याप इन्टरटेन्मेन्टको सहकार्यमा तयार हुन लागेको हो । चलचित्रमा प्रेम थापा, धनबहादुर गुरुङ र लक्ष्मी राई निर्माताको रुपमा छन् ।

    फिल्मको सह-निर्मातामा रोनिशबहादुर बस्नेत र निशान श्रेष्ठ छन् । टीका भण्डारी र सन्तोष अधिकारी (अष्ट्रेलिया) कार्यकारी निर्माता रहेको फिल्मको लाइन प्रोड्यूसरमा आस्याप इन्टरटेन्मेन्ट (अष्ट्रेलिया) रहेको छ ।

    फिल्ममा सीमा गुरुङको कथा, महेश दवाडीको पटकथा छ । फिल्म निर्माणमा लक्ष्मी ज्वेलर्स यूकेले पनि सहकार्य गरेको छ । फिल्मका प्रोडक्सन डिजाइनर दिलीप पन्त छन् ।

  • प्रमोदको ‘घर नभाको मान्छे’मा पीडामा छटपटिएका उषा र राजु

    प्रमोदको ‘घर नभाको मान्छे’मा पीडामा छटपटिएका उषा र राजु

    काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको ‘घर नभाको मान्छे’ बोलको गीत दर्शकको प्रिय बनिरहेको छ । यो गीतको शब्द, संगीत र प्रमोदको स्वरले दर्शकको मन जितिरहेको छ । यो गीतमा राजु अर्यालको शब्द तथा संगीत छ । गीतमा प्रमोद र रीता केसीको स्वर छ । गीतका शब्दले श्रोताको मन छुने देखिन्छ ।

    यो गजलले घर नभाको एक प्रेमीको कथा बोलेको छ । भिडियोमा राजु अर्याल र मोडल उषा उप्रेतिले पर्दा शेयर गरेका छन् । उषासँगको प्रेममा आएको उतारचढाव भएपछि विरक्तलाग्दो जिन्दगीमा राजु गीत गाउँदै हिडेको भिडियोमा देखाइएको छ ।

    महेश पौडेलको निर्देशनमा तयार भएको भिडियोमा गोपाल रायको छायांकन, कृष्ण भण्डारीको सम्पादन छ । उमा भट्टराइले यो भिडियोको निर्माण गरेकी हुन् ।

  • ‘दुई कदम’ले सेन्सर बोर्डबाट पायो ‘पीजी’ सर्टिफिकेट

    ‘दुई कदम’ले सेन्सर बोर्डबाट पायो ‘पीजी’ सर्टिफिकेट

    काठमाडौं । यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘दुई कदम’ले सेन्सर बोर्डबाट ‘पीजी’ सर्टिफिकेट पाएको छ ।

    फिल्मले सोमबार केन्द्रीय चलचित्र जाँच समितिबाट १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावकका साथ फिल्म हेर्ने गरी ‘पीजी’ सर्टिफिकेट पाएको हो ।

    उदय सुब्बाको निर्देशन रहेको फिल्ममा इओन लिम्बु, सिमोन गिरी, सुनिल थापा, कविता आले, सुरवीर पण्डित, प्रेम सुब्बा र गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बू, जीवन लिम्बू, चन्दा दाहाल र प्रीतिका शर्माको अभिनय छ । फिल्मको एक गीतमा विल्सनविक्रम राई, वर्षा शिवाकोटी र गीता ढुंगानालाई पनि देख्न सकिन्छ ।

    अजम्बरी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा तारादेवी लिम्बूको लगानी छ ।

    फिल्ममा दयाराम घिमिरेको पटकथा, विक्रम डिसीको छायांकन, रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी, ताराप्रकाश लिम्बू, आशीष अविरल र विकास चौधरीको संगीत, र राजु किरातीको द्वन्द्व निर्देशन छ ।

    फिल्मको छायांकन धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम र झापामा गरिएको हो । फिल्मलाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।

  • निर्देशक आशुतोषध्वजको पहिलो सिनेमा ‘जम्प’को प्रिमियर

    निर्देशक आशुतोषध्वजको पहिलो सिनेमा ‘जम्प’को प्रिमियर

    काठमाडौं ।डेब्यू निर्देशक आशुतोषध्वज कार्कीको ‘जम्प’ सिनेमाको आइतबार साँझ काठमाडौंस्थित बिग मुभिजमा प्रिमियर भएको छ । निर्धारित समयभन्दा केही ढिलागरी सुरु भएको प्रिमियर कार्यक्रममा संचारकार्मी तथा फिल्मकर्मीको उल्लेख्य उपस्थिति रहेको थियो ।

    प्रिमियरमा हेर्न निर्देशक सुवर्ण थापा तथा निर्मात्री एवम् निर्देशक कृषा चौलागाई, अभिनेताहरु प्रशान्त ताम्राकार, अशान्त शर्मा, दिब्यदेवको साथमा सिनेमा लेखक प्रदिप भारद्वाज आदि पुगेका थिए । प्रिमियरपछि धेरैले सिनेमा भिन्न शैलीमा बनेको र हलिउड सिनेमामा रुचि राख्नेका लागि यो सिनेमा विशेष रुचिकर हुनसक्ने प्रतिक्रिया दिएका थिए ।

    उनीहरुले सिनेमाको शैली फरक रहेको र ध्यान दिएर हेर्नुपर्ने बताएका थिए । ‘जम्प’ सिनेमाले मनोवैज्ञानिक थ्रिलर शैलीमा कथा भनेको छ । सिनेमाले एउटा एथ्लेटिक्स खेलाडीको कथा पेस गर्छ। जीवनमा सफलताको खोजी रहेको प्रमुख पात्रले सोलाई पाउनका लागि दैवी शक्तिको सहारा लिएपछि आउने उतार चढावको कथा भन्छ।

    यो सिनेमा बलिउड सिनेमा ‘तुम्बाड’ तथा ‘रन लोला रन’ शैलीका सिनेमा पनपराउनेहरुका लागि रोजाइको सिनेमा हुनसक्ने प्रतिक्रिया प्रिमियरमा सहभागी एक सिनेमा समीक्षकले बताए ।

    प्रिमियरपछि बोल्दै निर्देशक कार्कीले आफूलाई प्राप्त प्रतिक्रियाहरुबाट आफू उत्साहित बनेको बताउँदै दर्शकबाट माया पाउने अपेक्षा गरेको बताए । एडसिनेमा बनाउँदै आएका उनले आफू अर्को एक सिनेमाको तयारीमा रहेको बताएका छन् ।

    यस्तै सानो बजेटमा यत्तिको सिनेमा बन्नु आफूमा एउटा उपलब्धि भएको प्रतिक्रिया सिनेमाले पाएको थियो । सिनेमा हाल बन्दै आएका नेपाली सिनेमाको झण्डै दुईतिहाइ कम बजेटमा तयार भएको हो । सिनेमा युवा दर्शकका लागि रुचिकर हुने बताइएको छ । डेब्यू निर्देशकले सिनेमामा इमानदार प्रयास गरेका छन् ।

    सिनेमामा सरोज श्रेष्ठ, बिनिता थापामगर, सन्देश शाक्य, सगुन तामाङ, मन्जिल जिसी, शंकर महर्जन, एन्जेलिका खत्री, अरोष्मा रन्जित, प्रज्वल खँडेल, सुदिप भुषाल, इलिस विष्ट तथा रितेश राजकर्णिकारको अभिनय रहेको छ । सेन्सर बोर्डले यो सिनेमालाई पिजी सर्टिफिकेट दिएको छ । सिनेमा शुक्रबारबाट रिलिज हुँदैछ ।

  • नयाँ टेलिसिरियल ‘सिन्दुर पोते’ प्रशारण हुँदै

    नयाँ टेलिसिरियल ‘सिन्दुर पोते’ प्रशारण हुँदै

    काठमाडौं । टेलिसिरियलको भीडमा नयाँ टेलिसिरियल थपिएको छ ।

    नेपाली समाजमा नारीहरूले भोग्दै आएको कथा व्यथामा, घरेलु हिंसा, महिला हिंसामा आधारित टेलीसिरियल ‘सिन्दुर पोते’ थपिएको हो। सिरियलका लेखक तथा निर्देशक राजबहादुर साने हुन् ।

    सिरियलमा किशोर खतिवडा, काजल भुजेल, जानुका वीके, सपना श्रेष्ठ, कृष्ण खड्का, शुभम गौतम, मोहन भण्डारी, श्रद्धा कँडेल, एकराज थापा, करिश्मा खतिवडा, नविन घिमिरे, दुर्गेश थापा, अनिता श्रेष्ठ, सुशील थापा, धर्मराज फुँयाल, शशिला फुयाल, डेन्जर दादा, सिता कार्की र टुपीको अभिनय छ ।

    सिरियलमा पुर्ण स्वायोगको पाश्र्व संगीत र सबटाइटल, वीरेन्द्र परियारको छायांकन, चेतन सामतको सम्पादन, कलर र लोगो, देव कुमार महर्जनको एक्सन, विशाल बराल र रतन नेपालीको सह निर्देशन, देवकुमार महर्जनको एक्सन र कृष्णबहादुर भट्टराई र काजल भुजेलको निर्माण छ ।

    कृया टिभिको युट्युब च्यानलबाट हरेक शनिबार बेलुका ५ बजे सार्वजनिक हुने बताइएको छ ।

  • १० वर्षमुनिका बालबालिकाले ‘चित्रा’ सित्तैमा हेर्न पाउने, नाम मिलेमा ३ वटा टिकट निःशुल्क

    १० वर्षमुनिका बालबालिकाले ‘चित्रा’ सित्तैमा हेर्न पाउने, नाम मिलेमा ३ वटा टिकट निःशुल्क

    काठमाडौं । पुस २७ गते रिलिज हुने घनश्याम लामिछाने निर्देशित ‘चित्रा’ले १० वर्षमुनिका बालबालिकाले यो फिल्म सित्तैमा हेर्न पाउने घोषणा गरेको छ ।

    फिल्ममा डेब्यू अभिनेता सन्तोष अधिकारी, अर्पण थापा, प्रमोद अग्रहरी, शुभेच्छा खड्का,मेनुका प्रधान, सिम्रन खड्का,अन्जना बराइली,प्रकाश घिमिरे तथा बालकलाकार आयुशी ढकालको प्रमुख भूमिका रहेको छ ।

    फिल्मले बाबु छोरीको मार्मिक कथा पेस गर्ने भएकाले निर्माण पक्षले यस्तो घोषणा गरेको हो । टिकट १० वर्ष मुनिका बालबालिका लागि निःशुल्क भए पनि अभिभावकका लागि भने शुल्क लाग्ने छ ।

    यो सँगै ‘चित्रा’ नाम भएकी बालिकाले सोको प्रमाण पेस गरेमा ३ वटा टिकट निःशुल्क पाउने घोषणा फिल्मका कार्यकारी निर्माता सन्तोष अधिकारीले जानकारी दिए ।

    उनले यो घोषणा व्यापारिक रणनीतिका लागि मात्र नभई आफ्नो फिल्म धेरै भन्दा धेरै दर्शकहरूले हेरुन् भन्ने उद्देश्यसँगै नेपाली बालबालिकाहरूलाई सानैदेखि नेपाली फिल्म हेर्नुपर्छ र साँच्चै राम्रा नेपाली फिल्मको कमी छैन भन्ने सन्देशका लागि गरेको बताए ।

    ‘यसले नेपाली फिल्मको प्रवर्धनमा सहयोग पुग्ने मेरो विश्वास छ । यसका साथै यसले प्रस्तुत गरेको कथा पारिवारिक छ र आमाबाबु तथा सन्तानले यसलाई एकसाथ हेर्नुहोस् भन्ने चाहनाले यस्तो घोषणा गरेको हुँ’, उनले भने, ‘म आफू पनि एक सन्तानका पिता भएकाले यस्तो गरेको हुँ ।’

    ‘चित्रा’लाई आशिष थापा मगरले निर्माण गरेका हुन् । फिल्ममा अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको छ भने संगीतकार राजनराज शिवाकोटी हुन् ।

    महेश पौडेलले छायाँकन गरेको फिल्ममा बनिश शाह र सन्देश शाहको संयुक्त सम्पादन रहेको छ । फिल्ममा पार्श्व संगीत शैलेश श्रेष्ठको छ ।

    सन्तोष अधिकारी फिल्म्सको व्यानर एवम् अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा तयार भएको फिल्मलाई केदार पराजुलीको श्री कृष्ण फिल्म्सले वितरण गर्नेछ ।

    यस्तै फिल्मको अष्ट्रेलियाको अधिकार अविनाश रोका मगरले लिएका छन् ।

  • ‘महाजात्रा’ छायाङ्कनमा प्रकाश घिमिरे

    ‘महाजात्रा’ छायाङ्कनमा प्रकाश घिमिरे

    काठमाडौँ । घाँस काट्ने क्रममा भीरबाट खसेर घाइते भएका अभिनेता प्रकाश घिमिरे डेढ महिनापछि काममा फर्किएका छन् । आज बुढानिलकण्ठमा फिल्म ‘महाजात्रा’ छायाङ्कनसँगै उनी काममा फर्किएका हुन् ।

    ‘जात्रा’ शृङ्खलादेखि नै फिल्ममा उनी अभिनेत्री वर्षा राउतको पिताको भूमिकामा छन् । छायाङ्कनमा फर्किन पाउँदा खुसी लागेको उनले बताए । ‘केही समयको विश्रामपछि काममा फर्किएको छु । चिकित्सकको सल्लाह अनुसार नै आराम र काम गरिरहेको छु’, अभिनेता घिमिरेले भने ।
    फिल्मका निर्माता म्याक्स दीपेश खत्रीले अभिनेता घिमिरेलाई छायाङ्कनस्थलमा देख्दा सबैको मुहारमा खुसी देखिएको बताए ।

    ‘उहाँ स्वास्थ्यलाभ गरेर फर्किनु हुन्छ भन्नेमा हामी विश्वस्त थियौँ । त्यसैले उहाँको दृश्य बाँकी राखेर अन्य छायाङ्कन गर्‍यौं । उहाँलाई नित्य काममा देख्न पाउँदा खुसी लागेको छ’,निर्माता खत्रीले भने ।

    उनले अभिनेता घिमिरेको सम्पूर्ण दृश्यको छायाङ्कन सकेर पठाउने बताए । अभिनेता घिमिरेसँगै अभिनेता हरिवंश आचार्यले पनि छायाङ्कन गरिरहनु भएको छ । निर्देशक प्रदीप भट्टराईले आचार्य र घिमिरेको एकसाथ छायाङ्कन गरिरहेका छन् ।

    ‘जात्रा’ र ‘जात्रै जात्रा’को व्यावसायिक र समीक्षात्मक सफलता पश्चात षट्कोण आर्ट्सको निर्माणमा तेस्रो शृङ्खला ‘महाजात्रा’ को छायाङ्कन काठमाडौँसँगै तराईको भूभाग समेत गरिने छ ।

    अघिल्लो दुई शृङ्खलाकै लेखक तथा निर्देशक प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भईरहेको फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुन जंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहने छ ।

    यसमा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायाँकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशन, आशिष अविरलले सङ्गीतकार, शमशेर लामा शृङ्गार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर रहेका छन् ।

    जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रुपले प्रस्तुत गरिएको चलचित्रलाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् । ‘जात्रा’ चलचित्रको लोकप्रियताले छायाङ्कन नहुँदै अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ । चलचित्र आगामी चैत ९ गते नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ ।