Category: कलाप्रेस

  • ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार-२०७९’ विजय हितानको उपन्यास ‘लाहुरेको रेलिमाई’ लाई प्रदान

    ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार-२०७९’ विजय हितानको उपन्यास ‘लाहुरेको रेलिमाई’ लाई प्रदान

    काठमाडौं । २०७९ को अरनिको अन्तर्राष्ट्रिय पुरस्कारका लागि बेलायत निवासी साहित्यकार विजय हितानद्वारा लिखित उपन्यास ‘लाहुरे दाइको रेलिमाई’ छनोट भएको छ ।

    गैरआवासीय नेपाली सङ्घको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार व्यवस्थापन समितिले उक्त निर्णय गरेको हो ।

    २०७९ मा प्रकाशित विविध विधाका नेपाली वाङ्मयका कृतिहरूमध्ये बेलायतमा बसोबास गर्ने साहित्यकार हितानद्वारा लिखित उपन्यास ‘लाहुरे दाइको रेलिमाई लाई प्रदान गर्ने निर्णय भएको हो ।

    गैरआवासीय नेपाली सङ्घले एक विशेष समारोहबीच हितानलाई २ लाख रुपैयाँ नगद र सम्मानपत्रसहित उक्त पुरस्कार प्रदान गर्ने गैरआवासीय नेपाली सङ्घ अरनिको अन्तर्राष्ट्रिय पुरस्कार ब्यवस्थापन समितिका अध्यक्ष हिक्मत थापाले जनाए ।

    आइतबार सम्पन्न पुरस्कार व्यवस्थापन समितिको बैठकले ‘लाहुरेको रेलिमाई’ लाई वर्ष २०७९ को अरनिको अन्तर्राष्ट्रिय पुरस्कारका लागि छनौट समितिको सिफारिस अनुमोदन गरेको थियो ।

    गीत संगीतमार्फत नेपाली जातिको जागरणमा जीवनपर्यन्त लागेका मास्टर मित्रसेन थापाको जीवनकथामा आधारित आख्यान ‘लाहुरेको रेलिमाई’ ले गायक थापाको दृष्टिविन्दूबाट प्रथम विश्वयुद्धको विदारक चित्रण प्रस्तुत गरेको छ ।

    त्यससँगै उनको सङ्घर्षपूर्ण जीवन र उनी बाँचेको समाजका अनेक पाटाहरूलाई पनि उपन्यासले प्रभावशाली र प्रामाणिकरूपमा उद्घाटित गरेको छ ।

    समितिले गैरआवासीय नेपाली साहित्यकारहरूद्वारा लेखिएका नेपाली भाषाका कृतिमध्ये सर्वश्रेष्ठ एक कृतिलाई प्रत्येक वर्ष २ लाख नगदराशी र सम्मानपत्रसहित ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गर्ने गर्छ ।

    पहिलोपटक २०७७ सालमा उक्त पुरस्कार हरि अधिकारीको ‘संकलित गद्य रचना’ लाई प्रदान गरिएको थियो भने २०७८ मा चेतनाथ आचार्यको उपन्यास ‘रुइबा’ लाई पुरस्कृत गरिएको थियो ।

     

  • नीताको ‘ह्रस्व दीर्घ’मा जोडिए यी चर्चित ४ कलाकार, चितवनमा धमाधम छायांकन हुँदै

    नीताको ‘ह्रस्व दीर्घ’मा जोडिए यी चर्चित ४ कलाकार, चितवनमा धमाधम छायांकन हुँदै

    काठमाडौं । अभिनेत्री नीता ढुंगानाको महत्वाकाक्षीं प्रोजेक्ट ‘ह्रस्व दीर्घ’को कलाकार लाइनअपमा थप चार कलाकार जोडिएका छन् । सिनेमामा प्रशान्त ताम्राकार, संचिता लुईटेल, किरण केसी तथा बुद्धि तामाङ अनुबन्धित भएका छन् ।

    हाल सिनेमाको चितवनमा धमाधम छायाँकन भइरहेको छ । हालसम्म ५५ प्रतिशत छायाँकन सकिएको जानकारी निर्माण पक्षले दिएको छ । सिनेमामा नीता ढु‌गाना तथा हरिहर अधिकारीको मुख्य भूमिका रहेको छ भने भारतीय कलाकारहरु ब्रह्मानन्दम, प्रदीप रामसिंह रावत, अली, सुनिल कुमारलगायतको समेत अभिनय रहनेछ ।

    चन्द्र पन्त सिनेमाका निर्देशक हुन् । चार सेड्यूलमा छायाँकन हुने सिनेमाको भारतका विभिन्न शहरहरुमा हुने छाया‌ंकन सकिएको छ भने हाल नेपालमा छायांकन भइरहेको छ । सिनेमाको काम गर्न यसमा अनुबन्धित भएका भारतीय कलाकार केही दिनमा नेपाल आउँदैछन् ।

    सिनेमालाई नेपाल तथा भारतका मुख्य भाषाहरुमा रिलिज गरिने बताइएको छ । भारतमा भने सिनेमा ओटिटी प्लेटफर्ममा मात्र रिलिज हुनेछ ।

  • हर्क साम्पाङले चलाएको अभियानमा सेलिब्रेटीको पनि साथ, १/१ लाख सहयोग गर्ने बचन

    हर्क साम्पाङले चलाएको अभियानमा सेलिब्रेटीको पनि साथ, १/१ लाख सहयोग गर्ने बचन

    काठमाडौं । धरानका मेयर हर्क साम्पाङले चलाएको सुम्निमा–पारुहाङको प्रतिमा स्थापना गर्न अभियानमा सेलिब्रेटीले पनि साथ दिएका छन् ।

    सोमबार काठमाडौंमा आयोजित छलफलमा अभिनेता दयाहाङ राई, विल्सनविक्रम राई, गायक राजेशपायल राई लगायतले आर्थिक सहयोगको घोषणा गरेका हुन् ।

    यो अभियान साथ दिनका लागि उनीहरुले जनही १र१ लाख रुपैयाँ सहयोग गर्ने बचन दिएका छन् । अन्य कलाकारहरु शान्तिराम राई, सत्यकला राई, एलिसा राई, अशोक मुकारुङ पनि छलफलमा सहभागी भएका थिए ।

    अभिनेता दयाहाङले सुम्निमा-पारुहाङको प्रतिमा स्थापनाले धरानको पर्यटनलाई मात्र नभएर नेपालको पर्यटनलाई पनि सघाउ पुग्ने विश्वास ब्यक्त गरेका छन् । ‘हामीले किराँती दर्शनलाई जसरी बुझेका छौं, त्यसलाई हामीले बाहिर लैजान सकेका छैनौं’ दयाहाङले भने ।

    आइतबार भएको छलफलमा विल्सन उपस्थित हुन नपाए पनि आफ्नो पुर्ण समर्थन रहेको कुरा फेसबुकमा लेखेका छन् । किराँतको सुम्निमा-पारुहाङको एउटा इतिहास बोकेको प्रतिमा हामीलाई मात्रै हैन भावि पुस्तालाई पनि आवश्यक रहेको अभिनेता विल्सन विक्रम राईले बताएका छन ।

    कलाकारको साथ पाउँदा धरानका मेयर साम्पाङले आफूलाई भाग्यमानी महसुस गरेको बताए ।

  • चैतबाट छायांकनमा जाँदै ‘वरिष्ठ बलराम’

    चैतबाट छायांकनमा जाँदै ‘वरिष्ठ बलराम’

    काठमाडौं । निर्माता रोहित अधिकारी यति वेला अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको सिनेमा ‘फर्की फर्की’को छायांकनमा व्यस्त छन् ।

    यो सिनेमाको पहिलो चरणको छायांकन पोखरामा सकेर निर्माण टिम काठमाडौं फर्किसकेको छ । सिनेमाको पोखराका विभिन्न ठाउँमा २७ दिनसम्म छायांकन गरिएको थियो ।

    यो सिनेमाको बाँकी छायांकन काठमाडौं, अन्नपूर्ण बेसक्याम्प र इन्डोनेसियाको बालीमा गरेसँगै इन्ड क्ल्याप गरिनेछ । त्यसपछि उनी सुरेन्द्र पौडेलको निर्देशनमा निर्माण हुने सिनेमा ‘वरिष्ठ बलराम’को छायांकनमा व्यस्त हुनेछन् ।

    निर्माता अधिकारीले ‘फर्की फर्की’ र ‘वरिष्ठ बलराम’को छायांकन एकसाथ गर्ने तयारी गरेका थिए । निर्माता अधिकारी अब ‘वरिष्ठ बलराम’को छायांकन आगामी चैत्र तेस्रो साताबाट गर्ने तयारीमा छन् ।

    उनले ‘फर्की फर्की’को छायांकनका कारण ‘वरिष्ठ बलराम’को छायांकन केही समयपछि धकेलिएको भए पनि अब घोषित मितिमै छायांकनमा जाने बताए ।

    उनले यी दुवै सिनेमाको प्रदर्शन मिति समेत घोषणा गरिसकेका छन् । अनमोल केसी र जसिता गुरुङको मुख्य भूमिका रहेको सिनेमा ‘फर्की फर्की’ आगामी वर्षको जेष्ठ ११ गतेबाट प्रदर्शनमा आउनेछ ।

    खगेन्द्र लामिछाने, दयाहाङ, माओत्से गुरुङ र दिव्या रायमाझीको मुख्य भूमिका रहेको सिनेमा ‘वरिष्ठ बलराम’ आगामी वर्षको तीजमा रिलिज हुनेछ ।

    यही सिनेमाबाट अभिनेता दिलीप रायमाझीकी छोरी दिव्याले नेपाली रजतपटमा डेव्यु गर्दैछिन् । यो सिनेमाको छायांकनको लागि उनी केही समयमा नेपाल आउँदै छिन् ।

    निर्देशक पौडेलले ‘वरिष्ठ बलराम’को छायांकन तराईमा गर्नु पर्ने भएकाले पनि चैत्रलाई सारिएको बताए ।

  • एउटा मानिसको लागि सबैभन्दा रुचिको विषय अर्को मानिस हो : राजेश हमाल (भिडिओ)

    एउटा मानिसको लागि सबैभन्दा रुचिको विषय अर्को मानिस हो : राजेश हमाल (भिडिओ)

    काठमाडौं । महानायक राजेश हमालले एउटा मानिसको लागि सबैभन्दा रुचिको विषय अर्को मानिस भएको बताएका छन् ।

    शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् । उनले हरेक मानिसले आफ्नो भन्दा अर्को मानिसले गरेका क्रियाकलापहरुमा बढी चासो दिने बताए । उनले हरेक मानिसहरुले अर्को मानिसलाई केन्द्रबिन्दुमा राखेर आफ्ना क्रियाकलाप र कामहरु गर्ने बताए ।

    ‘एउटा मानिसको सबैभन्दा रुचीको विषय अर्को मानिस हो । अन्य क्रियाकलाप जुन हामी गरिरहेका छौँ, किन भन्दा त्यहाँ अर्को मानिस छ । त्यहाँ समाज छ । त्यसकारण हाम्रो केन्द्रबिन्दुमा आउने भनेको अर्को व्यक्ति हो । समाज हो’, उनले भने, ‘अर्को व्यक्तिले के गर्छ, के भन्छ, जुन जीवन हामी जिइरहेका छाँै, अर्को व्यक्तिले त्यो जीवन कसरी जिरहेको छ । जुन जीवनलाई हामीले हाम्रो भावना, दृष्टिकोण छ, अर्को व्यक्तिको भावना र दृष्टिकोण कस्तो छ भन्नेकुराले सार्थकता दिइरहेको छ ।’

    महानायक हमालले हरेक व्यक्तिको अभिव्यक्तिले मानिसको जीवनको भावनाको सार्थकता पाउने बताए ।

     

     

  • ‘सलार’ रिलिजसँगै बोर्डले हलमा बढायो अनुगमन, बालबालिका लिएर सिनेमा नहेर्न अनुरोध

    ‘सलार’ रिलिजसँगै बोर्डले हलमा बढायो अनुगमन, बालबालिका लिएर सिनेमा नहेर्न अनुरोध

    काठमाडौं । सिनेमा हलहरुको अनुगमनलाई चलचित्र विकास बोर्डले नियमित बनाएको छ । बोर्डले सेन्सरबाट उमेरजन्य प्रमाणपत्र अनुसार सिनेमा हलमा दर्शक प्रवेश गराउने काम सिनेहलहरुबाट भएनभएको सम्बन्धमा जाँच गर्न अनुगमनलाई नियमित गरेको हो ।

    विशेषगरी विदेशी भाषाका सिनेमामा वयस्कलाई मात्र भनि सिफारिस गरिएका सिनेमाहरुमा निर्वाद रुपमा दर्शकहरु पठाउने गरेको गुनासोलाई सम्बोधन गर्दै बोर्डले पछिल्ले समय हल अनुगमनमा आफ्नो सक्रियता देखाउन थालेको हो ।

    बलिउड सिनेमा ‘एनिमल’ प्रदर्शनका दौरान नयाँ बानेश्वर स्थित वान सिनेमाजमा १६ वर्ष मुनीका बालबालिकालाई समेत प्रवेश दिइएको पाइएपछि बोर्ड हलहरुको अनुगमनमा लागेको थियो । बोर्डले आज शुक्रबारबाट सलार रिलिज भएसँगै पुनः हलहरु पुगेर अनुगमन गरेको छ ।

    प्रशान्त निल निर्देशित दक्षिण भारतीय सिनेमा ‘सलार’लाई बोर्डले वयस्कले मात्र हेर्न मिल्ने एडल्ट प्रमाणपत्र दिएको छ । यही सिलसिलामा कमलपोखरीस्थित बिग मुभिजमा बोर्डका सदस्यहरु राजु केसी र सेन्सर बोर्डका सदस्य ऋषिराज आचार्य बोर्डका कर्मचारीसहित अनुगमन गर्दै गरेको भेटिएका छन् ।

    सिनेमाले प्राप्त गरेको प्रमाणपत्र अनुसारका दर्शकलाई मात्र प्रवेश दिइएको छ कि छैन भनेर अनुगमनमा निस्केको उनीहरुले बताएका छन् । विशेषगरी वयस्क प्रमाणपत्र प्राप्त गरेका सिनेमाले १६ वर्ष मुनीका बालबालिकामा नकारात्मक असर पार्ने भएकाले अनुगमनमा निस्किएको प्रतिक्रिया उनीहरुले दिएका छन् ।

    बोर्डले अनुगमनमा सक्रियता बढाएसँगै नेपालका सिनेमा हलहरुले परिचयपत्रहरु नागरिकता र राहदानी मात्र हेरेर प्रवेश दिइरहेका छन् । उनीहरुले बालबालिका लिएर सिनेमा हेर्न आउने अभिभावकहरुलाई टिकट काउन्टर तथा हलको प्रवेश ढोकाबाटै फर्काउने गरेका छन् ।

    बोर्ड वयस्क सिनेमाहरु रिलिजका समयमा पहिले पहिले उदासीन रहने गरेको भन्दै आलोचना खेप्ने गरेको थियो । बोर्डको यस कार्यलाई सिनेकर्मीसँगै आम दर्शकहरुले सरहना गरेका छन् ।

  • श्रेय अगस्तीको स्वरमा ‘परिणाम’ को म्युजिक भिडिओ सार्वजनिक

    श्रेय अगस्तीको स्वरमा ‘परिणाम’ को म्युजिक भिडिओ सार्वजनिक

    काठमाडौं । सामाजिक अवस्था, प्रेम र धोकाका कारण सृजित हिंसा र बाल मनोविज्ञानमा आधारित कथावस्तु समेटिएको म्युजिक भिडिओ ‘परिणाम’ सार्वजनिक गरिएको छ ।

    साइराम पिक्चर्स युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा साक्षी-श्रेयको शब्द, संकेत अगस्तीको संगीत र श्रेय अगस्तीको स्वर छ । म्युजिक भिडिओमा भस्मे डनका कलाकार कलाकार दिनेश कोइराला, टिकटकबाट चर्चामा आएकी स्मारिका ढकाल र कमल सिंह मुख्य भूमिकामा देखिएका छन् ।

    बाल कलाकारमा नूर दाहालको अभिनय पनि यसमा देख्न सकिन्छ । मन पराएकी केटीलाई जबरजस्ती आफ्नो बनाउने परिणामस्वरूप सृजित घटनाक्रमलाई कथावस्तु बनाइएको छ ।

    विशाल निरौलाको संगीत संयोजन, रञ्जन राईको रेकर्ड/मिक्स/मास्टरिङ, दिनेश पराजुलीको छायांकन, शिलान लम्सालको सम्पादन, पुनम चौधरीको शृंगार, खेमनाथ खनालको स्क्रिनप्ले र क्रियेटिभ निर्देशनमा बनेको परिणामको निर्माता सुनिता ढुंगेल साथै निर्देशन र कथा संकेत अगस्तीको छ ।

    म्युजिक भिडियोबाट जीवनमा रिस र अहंकारले कहिले सुख नदिने सन्देश दिन खोजिएको छ ।

  • चलचित्रसम्बन्धी अध्यापनका लागि इन्स्टिच्युट स्थापना

    चलचित्रसम्बन्धी अध्यापनका लागि इन्स्टिच्युट स्थापना

    काठमाडौं । श्रव्यदृश्य सामग्री निर्माण, उत्पादनसम्बन्धी विधाबारे अध्ययन, अध्यापन गराउने गरी फिल्म एन्ड टेलिभिजन इन्स्टिच्यूट अफ नेपाल (FTIN) को सुरूवात गरिएको छ । ललितपुरको बागडोलमा स्थापना गरिएको इन्स्टिचुय्टको ललितपुर महानगरपालिका- ४ अध्यक्ष सन्तोष खड्काले उद्घाटन गरे ।

    खड्काले इन्स्टिच्युटमा हुने अध्ययन, अध्यापनमा वडाको पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । इन्स्टिच्युटका कार्यकारी निर्देशक आशिष रिजालले चलचित्र वा भिडिओसँग सम्बन्धित सम्पूर्ण विधामा ७७ वटै जिल्लामा कार्यशाला, तालिम सञ्चालन गरिसकेको समूहबाट इन्स्टिच्युट सञ्चालन भइरहेको जानकारी गराउँदै समाजलाई गुणस्तरीय सीप र प्रविधि हस्तान्तरण गर्ने बताए ।

    माघबाट नियमित कक्षा सञ्चालन गरिने इन्स्टिचुय्टमा सिनेमाटोग्राफी, श्रव्यदृश्य सामग्री प्रोडक्सन, निर्देशन, श्रव्यदृश्य सम्पादन लगायतका सीप सिकाइने बताइएको छ ।

  • दरबारको कथामा ‘राजमहल’को निर्माण घोषणा, मुख्य भूमिकामा रमेश, आँचल र सलोन

    दरबारको कथामा ‘राजमहल’को निर्माण घोषणा, मुख्य भूमिकामा रमेश, आँचल र सलोन

    काठमाडौं । दरबारको कथा समेटेर नेपाली सिनेमा ‘राजमहल’को निर्माण घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सिनेमामा खेल्ने मुख्य कलाकारहरुको जानकारी दिँदै औपचारिक निर्माण घोषणा गरिएको हो ।

    सुरावाती चरणमा ‘व्हाइट हाउस’ भनेर प्रचार गरिएता पनि औपचारिक रुपमा सिनेमाको टाइटल ‘राजमहल’ राखिएको छ । सबिन कुमार तोलाङ्गीको डेब्यु निर्देशन रहने सिनेमामा अभिनेत्री आँचल शर्मा पृथक भूमिकामा देखिदैछिन । आँचलको भूमिका के हो र उनको जोडी को हो भन्ने कुरा निर्माण टीमले खुलाउन चाहेन ।

    सिनेमामा रमेश उप्रेती र सलोन बस्नेत पनि मुख्य भूमिकामा खेल्दै छन भने मोडल तथा टिकटकर सिम्रन पन्त र मिस पविले पनि यसै सिनेमाबाट अभिनयमा डेब्यु गर्दैछन ।

    करिब चार करोड बजेटमा बन्ने भनिएको सिनेमाको माघ पहिलो साता देखि अष्ट्रेलियाबाट छायांकन सुरु गर्दै न्युजिल्यान्ड सम्म पुगेर केही सिन खिचिने छ भने बाँकी ७० प्रतिशत छायांकन नेपालमा गरिने छ ।

    सिनेमामा सरोज खनाल, मिथिला शर्मा तथा अर्जुन श्रेष्ठ जस्ता चिरपरिचत अनुहार सहित रेशम गुरुङ, अजय कुमार रोका, अजय लामा, दिनेश सिग्देल, पूजा भण्डारी पनि यो सिनेमाका अन्य चारित्रिक भूमिकामा देखिदैछन । पुरुषोत्तम प्रधानले खिच्ने सिनेमामा अर्जुन पोखरेल र बाबुल गिरिले सङ्गीत भर्ने छन ।

    निर्देशक समेत रहेका ऋषि लामिछाने कार्यकारी निर्माता रहेको ‘राजमहल’का मुख्य निर्माता शोभा श्रेष्ठ र यश बहादुर गुरुङ्ग रहेका छन भने अन्तर्राष्ट्रिय निर्मातामा अनिल पाण्डे र प्रिन्स युबराज कार्की जोडिएका छन । त्यसैगरी, सह-निर्मातामा साहिल श्रेष्ठ, झगेन्द्र धिमाल र माधव गहतराजले अष्ट्रेलिया तर्फबाट सहकार्य गरेका छन ।

    कार्यक्रममा निर्देशक तोलाङ्गीले सिनेमाको कथालाई न्याय गर्ने गरि आफुले निर्देशन गर्ने प्रतिबद्धता जनाएका छन भने अभिनेत्री आँचलले यो चलचित्रको कथा अनुसार उत्कृष्टता प्रदर्शन गर्न आफू आतुर रहेको बताइन । अभिनेता रमेश उप्रेतीले चाहिँ अहिले नै आफुले ठूलो कुरा नगर्ने सिनेमाको छायांकन सकिएपछी सविस्तार बोल्ने बताए ।

     

  • अमेरिका हँसाउने यात्रामा जाँदै हाँस्य कलाकार

    अमेरिका हँसाउने यात्रामा जाँदै हाँस्य कलाकार

    काठमाडौं । नयाँ पुस्ताका चर्चित हाँस्य कलाकारहरुले अमेरिकाका विभिन्न शहरमा प्रस्तुति दिने भएका छन् । फ्लाई नेपाको आयोजनामा ‘अब हाँस्छ अमेरिका’ शीर्षकमा आयोजना हुन लागेको कार्यक्रमका लागि कलाकारको टोली दुई हप्तापछि अमेरिका प्रस्थान गर्ने बिहीबार पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

    कार्यक्रम आयोजक फ्लाई नेपा निर्देशक विनोद अधिकारीले पत्रकार भेटघाट कार्यक्रममा अमेरिकाका दुई दर्जन बढी सहरमा कार्यक्रम तय भइसकेको जानकारी गराएका थिए ।

    अधिकारीका अनुसार कलाकारको अमेरिका हँसाउने यात्रा जनवरीको ५ तारिखदेखि भर्जिनियाबाट सुरु हुनेछ । कार्यक्रममा बोल्दै अधिकारीले अमेरिकामा रहेका नेपालीलाई कार्यक्रममार्फत् मनोरञ्जन गराउनेसँगै सिपसहित नेपाल फर्कन आह्वान गर्ने उद्देश्य रहेको पनि जानकारी गराए ।

    कीर्तिमानी आरोही कामिरिता शेर्पाको सगरमाथा आरोहण सम्बन्धी डकुमेन्ट्री ‘एभरेस्टमेन’का निर्देशकसमेत रहेका विनोद अधिकारीले अगाडि भने, ‘यो कार्यक्रम भनेको परदेशलाई घरदेशसँग जोड्ने कार्यक्रम हो । कोभिड महामारीपछि हामीलाई जुन शैलीको ताजगी चाहिएको छ त्यो यो कार्यक्रमले पूरा गर्छ भन्ने हाम्रो विश्वास छ ।’

    यात्रामा सन्दीप क्षेत्री, सुमन कार्की, भरतमणि पौडेल,मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ, सुमन कोइराला,सन्तोष थापा सहभागी हुनेछन् ।

    पत्रकार भेटघाटमा बोल्दै कलाकार सन्दीप क्षेत्रीले विभिन्न समयमा र विभिन्न अवसरमा अमेरिकामा कार्यक्रम गरेको भए पनि यो पटकको यात्रा विशेष रहेको बताए ।

    ‘अमेरिकामा धेरै पटक कार्यक्रम गरेको अनुभव छ । तर हास्य कलाकारको टोलीसँग मात्र मेरो पनि यो पहिलो कार्यक्रम हो । कार्यक्रमलाई लिएर हामी उत्साहित छौँ, अमेरिकामा हाम्रो कार्यक्रम हेर्न आउनु हुने दर्शकलाई सन्तुष्ट बनाउने कुरामा सचेत पनि छौँ’, उनको भनाइ थियो ।

    उनले एक समय अमेरिका यात्राकै क्रममा के गर्छस् भनेर सोधिँदा स्ट्यान्ड अप कमेडियन हुँ भन्दा उनीहरुले दिएको सम्मानले यो पेशाप्रति नै गर्व लागेको पनि अनुभव सुनाएका थिए । ‘अमेरिकाले मलाई हरेक यात्रामा केही न केही दिएको छ । यो पटक पनि केही न केही लिएर आउने अपेक्षामा छु’, उनले भने ।

    कार्यक्रममा बोल्दै भरतमणि पौडेलले महजोडीपछि हास्य कलाकारको टोली मात्र यति लामो भ्रमणमा निस्कन लागेको बताउँदै परम्पराको निर्वाहसँगै नयाँ दर्शकसँग भेट्न पाउने उत्साह रहेको जनाएका थिए ।

    कार्यक्रममा अमेरिकामा भ्रमणमा रहेका बाँकी सहभागीले पनि आआफ्ना अनुभव सुनाएका थिए । भ्रमणका दौरानमा उनीहरुले एकल र सामूहिक प्रस्तुति दिने र प्रत्येक सहरमा प्रस्तुतिको समय साढे दुई घन्टाको रहने जनाएका थिए ।

    एक महिना बढी चल्ने यात्राका लागि ह्यारिसबर्ग, मेरिल्यान्ड, पिट्सबर्ग, कोलम्बस, एक्रोन, न्यूयोर्क, बोस्टन, न्युहेम्पसायर, कोलराडो, सिकागो, मिसिगन, ह्युस्टन, डल्लास, अस्टिन, लगभेगास, लसएन्जल्स, सानफ्रान्सिस्को आदि ठाउँका कार्यक्रम तय भइसकेको र बाँकी सहरका लागि पनि सम्झौताको क्रम जारी रहेको कार्यक्रममा जानकारी गराइयो ।

  • खुलामञ्चमा खिचियो ‘महाजात्रा’को गीत

    खुलामञ्चमा खिचियो ‘महाजात्रा’को गीत

    काठमाडौं । गत सोमबारबाट काठमाडौं उपत्यकाको मध्येमा रहेको खुलामञ्चमा ‘महाजात्रा’ नामको मेला लागेको छ । ‘रोमान्टिक डेकोरेसन’ सहितको एउटा कुनामा संगीत बजिरहेको छ, भने खुल्लामञ्चमा नेताको भाषा र चुनावीसभा छ । गाउँघरको मेला र झण्डा र ध्वजापताकाले चुनावी सरगर्मी देखिएको दृश्य ‘महाजात्रा’को छायांकनको लागि हो ।

    सिनेमाको एउटै स्थानमा तीन छुट्टाछुट्टै दृश्यको छायांकन भईरहेको छ । जसले त्यहिँ काम गर्नेलाई पनि रमाइलो आभाष गराएको छ । ‘हामीले गीतसँगै दृश्य एकैपटक खिचिरहेका छौँ । हामी कहाँ प्रोपर स्टुडियो नहुँदा खुल्लामञ्चलाई नै स्टुडियो मानेर तीन विभिन्न दृश्यको छायांकन एकसाथ गरिरहेका छौं’, निर्देशक भट्टराईले भने ।

    छायांकनरत गीतमा अभिनेता अरुण क्षेत्री र मोडल आश्मा विश्वकर्माले नृत्य गरिरहेका छन् भने अर्कोतर्फ मञ्चमा चाहिँ क्लाइमेक्स दृश्यको छायांकन भईरहेको छ । एकनारायण भण्डारीको शब्द, आशिष अविरलको संगीत तथा आशिष र अस्मिता अधिकारीको स्वर रहेको ‘क्या राम्रो गीतमा कविराज गहतराजले नृत्य निर्देशन गरिरहेका छन् ।

     सिनेमाका मुख्य कलाकारहरू हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत अनि एकसय बढी कोरसको प्रयोग गरिएको गीतमा देखिन्छन् । सिनेमाको प्रचारका लागि तयार गरिएको गीत भएकाले सबै कलाकारलाई प्रयोग गरिएको निर्देशक भट्टराईले बताए ।

    गीतमा नाच्दा नाच्दै सहज महसुश गर्न लागेको अभिनेता कार्कीले बताए । ‘पहिला गीत भनेपछि सहजता महसुश गर्दिन थिएँ । तर, अहिले बानि परिसकेको छ । किनकि नृत्यको मेरो आफ्नै शैली छ’, अभिनेता कार्कीले भने । यद्यपि दृश्यको तुलनामा गीतमा असहजता नहुने तथ्यलाई अस्विकार उनले गरेनन् ।

    सिनेमाका निर्माता म्याक्स दीपेश खत्रीले गीतको छायांकन सकिएसँगै इन्डक्ल्याप गरिने बताए । ‘हामी बुधवार साँझ छायांकन सकाउछौं । हामीले तय गरेको तालिका अनुसार नै काम सम्पन्न गरेका छौं । अब हाम्रो तयारी प्रचार प्रसार र रिलिजमा हुनेछ’, निर्माता खत्रीले भने ।

    सिनेमा ‘जात्रा’ र ‘जात्रै जात्रा’को व्यावसायिक र समीक्षात्मक सफलता पश्चात षट्कोण आर्ट्सले तेस्रो शृङखला ‘महाजात्रा’ निर्माण गरिरहेको छ । सिनेमाले जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक तरिकाले प्रस्तुत गरिएको छ ।

    निर्देशक भट्टराईले सिनेमामार्फत प्रस्तुत गर्दै आएको भावमै रहेर कथा तयार गरिएको बताए । अर्थात् सिनेमामा हासो र रोदनको मिश्रण छ । अर्गानिक र यथार्थलाई प्रस्तुत गरिएकै कारण यो शृङखला दर्शकको प्रिय बनेको छ ।नेपालमा पनि यसले रेकर्ड ब्रेक व्यापार गर्ने अनुमान वितरकले गरिरहेका छन् ।

    सिनेमामा अर्जुन जंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको पनि अभिनय रहने छ । म्याक्स दीपेश खत्रीका अलवा यज्ञश्वर पौडेल निर्माता रहेको सिनेमाको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ ।

    आगामी चैत ९ गते ‘महाजात्रा’ नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ । सिनेमामा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायांकान, कुमार महर्जन द्वन्द्व निर्देशक, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल संगीतकार, शमशेर लामा शृङ्गार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर रहेका छन् ।

  • क्लेरियन्स नेपाल ब्यान्डको ‘म उठ्छु’मा बोल्ड साक्षी

    क्लेरियन्स नेपाल ब्यान्डको ‘म उठ्छु’मा बोल्ड साक्षी

    काठमाडौं । नाइन्टिज प्रोडक्शन हबको प्रस्तुतिमा ‘म उठ्छु’ बोलको गीत तयार भएको छ । यो गीतमा नवराज श्रेष्ठको स्वर, कल्याण सिंहको संगीत र डीपी खनालको शब्द छ ।

    सार्वजनिक यो गीतको भिडियोमा ब्यान्डका अधिकांश सदस्यहरूलाई नै देख्न सकिन्छ । साथमा, भिडियोमा मोडल साक्षी लम्साललाई प्रस्तुत गरिएको छ ।

    भिडियोमा सन्जित के घिसिङको छायांकन, सम्पादन र निर्देशन छ । क्लेरियन्स नेपाल नामक ब्याण्डले यो गीत बजारमा ल्याएको हो ।

    ब्यान्डमा चार जना सदस्यहरू छन् । प्रेम भाव बोक्ने गीतलाई यो ब्यान्डले नयाँ शैलीमा सार्वजनिक गरेको छ ।

    गीतको भिडियोमा मोडल साक्षी लम्साललाई हट अवतारमा प्रस्तुत गरिएको छ ।

  • सञ्चारकर्मी सहदेव चौधरीको ‘चोखो माया’ बजारमा

    सञ्चारकर्मी सहदेव चौधरीको ‘चोखो माया’ बजारमा

    काठमाडौं । सञ्चारकर्मी सहदेव चौधरीले ‘चोखो माया’ बोलको गीत बजारमा ल्याएका छन् ।

    चौधरीले लेखेको गीतमा संगीता राना प्रधानको स्वर रहेको छ । प्रेमको आग्रह गरिएको भावको गीतमा जुगल डंगोलले संगीत तथा एरेन्ज गरेका छन् ।

    एक दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय चौधरीको ‘चोखो माया’ पहिलो गीत हो । आर्टम्युज स्टुडियोमा रेकर्डिङ तथा मिक्सिङ गरिएको गीतलाई एसियन म्युजिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

    हाललाई अडियोमात्रै सार्वजनिक गरिएको र गीतको भिडियो चाँडै ल्याइने गीतकार चौधरीले बताए ।

  • सुदूरपश्चिम महोत्सव : जब पल शाहको अंगालोमा डाँको छोड्दै रोए किशोरी

    सुदूरपश्चिम महोत्सव : जब पल शाहको अंगालोमा डाँको छोड्दै रोए किशोरी

    काठमाडौं । अभिनेता पल शाह गत शनिवार धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सवमा भाग लिन पुगे । त्यहाँ उनलाई हेर्न लाखौँको संख्यामा दर्शकहरू टिकट काटेर आएको दाबी गरिएको छ ।

    गत २२ गते सुरु भएको सुदूरपश्चिम महोत्सवको नवौँ दिन पल शाहसहित चर्चित कलाकारहरू गएका थिए ।

    सार्वजनिक बिदा पनि भएकाले सो दिन अहिलेसम्मकै सबैभन्दा ठूलो भिड लाग्यो । आयोजकका अनुसार त्यस दिन एक लाख २० हजारले टिकट नै काटेर महोत्सवमा भाग लिए ।

    आम दर्शकलाई १०० रुपैयाँको टिकट राखिएको थियो भने विद्यार्थीहरूलाई ५० प्रतिशत छुट थियो । शनिवार आएकामध्ये अधिकांश विद्यार्थीहरू नै भएको महोत्सवका सांस्कृतिक संयोजक मिलन कुँवरले जानकारी दिए । ५० रुपैयाँका दरले हिसाब गर्दा पनि एकै दिन ६० लाखभन्दा बढी संकलन भएको छ ।

    प्रमोद खरेल, अस्मिता अधिकारी, शान्ति श्री परियार, अनु चौधरीजस्ता थुप्रै नाम चलेका कलाकारहरू उपस्थित महोत्सवमा मुख्य आकर्षण चाहिँ पल शाह नै भए । दर्शकमा उनको गज्जब क्रेज देखियो । पल स्टेजमा आउँदा दर्शकले व्यापक हुटिङ गरेका थिए ।

    पलले दर्शकलाई केही बेर सम्बोधन गरे भने तीन वटा गीतमा डान्स पनि देखाए । करिब आधा घण्टा उनले दर्शकलाई ईंगेज गरेका थिए । प्रस्तुति सकिएपछि उनी केही बेर स्टेजमै उभिए ।

    त्यस क्रममा फ्यानहरू स्टेज उक्लिएर पलसँग फोटो भिडियो खिचेका थिए । तीमध्ये दुई किशोरीहरूको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

    पल शाहलाई भेट्दा ती किशोरीहरूले आफूलाई सम्हाल्न सकेनन् । उनीहरू डाँको छोडेर रोएका थिए । पलले आफ्नो अंगालोमा लिएर उनीहरूलाई थुम्थुम्याए । भिडियोमा उनीहरूको आवाज नसुनिएकाले किन रोएका हुन् भन्ने बुझ्न सकिएको छैन ।

    यसैबीच, पल शाहको हराएको भनिएको ब्रासलेट अझै भेटिएको छैन । कुँवरले ब्रासलेटको विषयमा पलले खासै चासो नदिएको बताए ।

    ‘उहाँका लागि एउटा ब्रासलेटभन्दा दर्शकको माया नै ठूलो हो,’ कुँवरले भने, ‘यो विषयलाई मिडियाले किन यति महत्त्व दिइरहेका छन् मैले बुझेको छैन ।’

  • केशव भट्टको निर्देशनमा ‘तिमी मेरो पृत हौ’ म्युजिक भिडिओ रिलिज

    केशव भट्टको निर्देशनमा ‘तिमी मेरो पृत हौ’ म्युजिक भिडिओ रिलिज

    काठमाडौं । गायक सुरेश लामा र गायिका प्रेक्ष्या लम्सालको आवाज रहेको ‘तिमी मेरो प्रीत हौ’ गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा सुस्मिता तामाङ र गौरव मगरको अभिनय रहेको छ ।

    डीपी खनालको शब्द रहेको गीतको सङ्गीत र सङ्गीत संयोजन ज्ञानेन्द्र गिरीले गरेका हुन् । प्रेम र रोमान्सलाई निकै प्रेमील रुपमा गीतमा प्रस्तुत गरिएको छ । प्रकाश खड्काको छायाङ्कन, बन्दे प्रसादको सम्पादन तथा केशवराज भट्टको निर्देशनमा भिडियो तयार गरिएको छ ।

    भिडियोमा प्रेम र समपर्णलाई आम दर्शक तथा स्रोताको चाहना अनुरुपको गीत बनेकोले दर्शक श्रोताले मन पराउनेमा आफू आशावादी रहेको निर्माता सुनिल दवाडीले बताए ।

  • समीर आचार्य र विन्दु पौडेलको नयाँ गीत ‘चट्ट राम्रो’ सार्वजनिक

    समीर आचार्य र विन्दु पौडेलको नयाँ गीत ‘चट्ट राम्रो’ सार्वजनिक

    काठमाडौं । समीर आचार्य र विन्दु पौडेलको आवाजमा ‘चट्ट राम्रो’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।

    अष्ट्रेलियालाई आफ्नो कर्मथलो बनाएकी गायिका पौडेलका थुप्रै गीत सार्वजनिक भइसकेका छन् । विन्दुको यसअघि ‘आई लव यु भन्दिउँला प्यारा’ र ‘जता जता मायाको पाइलो’ बोलका गीतहरू सार्वजनिक भइसकेका छन् ।

    समीर पछिल्ला केही समयमा सांगीतिक क्षेत्रमा हाबी हुँदै आएका गायक हुन् । उनले ‘दुनियाँ बेग्लै छ’, ‘हैन भन्देऊ न माया’, ‘पिच रोड’, ‘लभ लेटर’ ‘घाममा सुकाइदेऊ’, ‘झम्के माया’ जस्ता दर्जनौं हिट गीत गाएर विदेशबाटै नेपाली सांगीतिक दुनियाँमा परिचय बनाइसकेका छन् ।

    सार्वजनिक ‘चट्ट राम्रो’ गीतमा शब्द, संगीत र म्युजिक एरेन्जमेन्ट गायक आचार्यकै रहेको छ । गीतका भाका र शब्द पूर्वेली र पश्चेमेली मिसाएर लयबद्ध गरिएको छ ।

    यस गीतको भिडियोमा अहिलेका चर्चित गायक तथा मोडेल चक्र बम र चर्चित मोडेल कुसुम शर्माको केमेस्ट्रीलाई देख्न सकिन्छ ।
    यस भिडियोको निर्देशन तथा कोरियोग्राफी गम्भीर विष्टले गरेका छन् ।

  • छोरीको स्कुलमा अमिताभ-अभिषेकलाई पिठ्यू फर्काउँदै साहरुख-करणसँग नाचिन् ऐश्वर्या

    छोरीको स्कुलमा अमिताभ-अभिषेकलाई पिठ्यू फर्काउँदै साहरुख-करणसँग नाचिन् ऐश्वर्या

    काठमाडौं । बलिउडको सबैभन्दा ठूलो घरानाका रुपमा परिचित बच्चन परिवारमा अहिले कोलाहलपूर्ण माहोल छ । अभिषेक बच्चन र ऐश्वर्या राय डिभोर्सको संघारमा छन् ।

    पारिवारिक कलहको बाछिटा सार्वजनिक रुपमा समेत पोखिन थालेको छ । हालैमात्र अभिषेक ऐश्वर्याकी छोरी पढ्ने धिरभाइ अम्बानी इन्टरनेशनल स्कुलको वार्षिकोत्सव समारोह थियो । यो स्कुलमा थुप्रै बलिउड हस्तीका छोराछोरी पढ्छन् । साहरुख खानका छोरा अब्राम र करिना कपुर-सेफ अलि खानका छोरा तैमुर पनि यही स्कुलका विद्यार्थी हुन् ।

    वार्षिकोत्सव कार्यक्रममा यी तीनै जना स्टार किड्सहरुले आआफ्नो प्रस्तुति दिएका थिए । छोराछोरीको कलाकारिता हेर्न बाबुआमा नपुग्ने कुरै भएन । अभिषेक बच्चन र ऐश्वर्या राय पनि छोरीको हौसला बढाउन पुगे । हजुरबा अमिताभ बच्चन पनि कार्यक्रममा नगइरहन सकेनन् । कार्यक्रममा जे देखियो, त्यसले यो परिवारभित्रको संकट गहिरिँदै गएको संकेत गर्छ ।

    अभिषेक र ऐश्वर्या बेग्लाबेग्लै गाडी चढेर स्कुल पुगेका थिए । उनीहरुबीच खासै बोलचाल पनि भएन । दुवैजना अलग अलग ठाउँमा बसेर छोरीको प्रस्तुति हेरे । ऐश्वर्या आफ्नी आमासँग बसेकी थिइन् । अभिषेक कता थिए, कसैले पत्तो पाएनन् । ऐश्वर्याले आफ्नी छोरीको ड्रामा हेरेर रमाउँदै क्यामरामा भिडियो खिचेकी थिइन् ।

    कार्यक्रममा ऐश्वर्याकी छोरी आराध्याले उत्कृष्ट प्रस्तुति दिइन् । धेरैले उनको अभिनयको प्रशंसा गरेका छन् ।

    यस्तै, शाहरुखका छोरा र करिनाका छोराले पनि तारिफ बटुलेका छन् ।

    सांस्कृतिक कार्यक्रमपछि नाचगान गरिएको थियो । साहरुखको फिल्म ओम शान्ति ओमको गीतमा बच्चाहरु आफ्ना अभिभावकसँगै नाचेका थिए । कार्यक्रममा उपस्थित सेलिब्रिटीहरु पनि जमेर डान्स गरे । यस क्रममा पनि बच्चन परिवारको फुट प्रत्यक्ष देखियो । ऐश्वर्याले श्रीमानलाई इग्नोर गर्दै शाहरुख, उनकी छोरी सुहाना र करण जोहरसँग नाचिन् । अभिषेक बच्चन बाबु अमिताभसँग नाचे ।

    सार्वजनिक भिडिओमा ऐश्वर्याले ससुरा र श्रीमानपट्टि पिठ्यू फर्काएर साहरुखहरुसँग नाचिरहेको देखिन्छ । अमिताभले पटक पटक बुहारीलाई नियालेका थिए । तर, ऐश्वर्याले उनलाई इग्नोर हानिन् ।

    कार्यक्रमपछि ऐश्वर्या र अभिषेक आआफ्नो गाडी चढेर गन्तव्यतर्फ गए । आराध्य आफ्नी आमासँग गइन् ।

    गत दिवालीदेखि ऐश्वर्याले श्रीमानको घर छोडिसकेकी छन् । उनी अहिले छोरी आराध्यालाई लिएर आफ्नी आमासँग बस्ने गर्छिन् । अभिषेक र ऐश्वर्याले छोरीका कारण मात्र डिभोर्स गर्न नसकिरहेको बताइएको छ ।

  • लघु चलचित्र ‘फेजेज’ दर्शक माझ

    लघु चलचित्र ‘फेजेज’ दर्शक माझ

    काठमाडौं । वीरेन्द्र सिंह कसुवाहको लेखन तथा निर्देशनमा बनेको लघु चलचित्र ‘फेजेज’ युक्रेसन फिल्मस् युट्युब च्यानल मार्फत प्रदर्शनमा आएको छ ।

    लघु चलचित्रमा शेर बहादुर राई उर्फ राज राई, जिना निरौला, श्याम कार्की, विश्वास नेपाली, अजय बान्तवा राई, जयन्द साउद, सबिना तामाङ, सौरब कार्की, शेखर दाहाल, लेसम मगर, राजु खतिवडा लगायत कलाकारको अभिनय रहेको छ ।

    लघु चलचित्रमा कृष्ण रिमालको सह निर्देशन रहेको छ । भने छायांकन रन्जित बाबू श्रेष्ठले गरेका छन् । यसमा पोस्ट प्रोड्रक्सनको जिम्मेवारी काइट्स इन्टरटेड्मेन्ट्को हो ।

    लघु चलचित्र लाई ओजश थिएटर एन्ड फिल्मस् स्टुडियोले निर्माण गरेको हो । ‘फेजेज’ जीवनमा आउने उतारचढाव र घटनाहरूको चरणलाई प्रस्तुत गर्न खोजिएको छ ।

  • धनगढीको महोत्सवमा पल शाहको ३ तोला सुनको ब्रासलेट हरायो

    धनगढीको महोत्सवमा पल शाहको ३ तोला सुनको ब्रासलेट हरायो

    कैलाली । धनगढीको महोत्सवमा पल शाहको ब्रासलेट हराएको छ।

    महोत्सवमा प्रस्तुति दिइरहेका बेला शनिवार शाहको करिब ३ तोला बरावरका सुनको ब्रासलेट हराएको हो ।

    ब्रासलेट खोज्न सिसिटिभी हेरिए पनि अहिलेसम्म फेला नपरेको महोत्सवका सांस्कृतिक संयोजक मिलन कुँवरले जानकारी दिए । उनका अनुसार हराएको ब्रासलेट फेला परेको छैन। तर, शाहले ब्रासलेट हराएकोमा कुनै गुनासो नगरेको कुँवरले बताए ।

    ‘महोत्सवमा त्यो दिन एक लाख बढी दर्शक थिए । त्यही दिन हराएको हो त्यसमा उहाँको कुनै गुनासो छैन’ कुँवरले भने ।

    शनिवार पल शाहको ब्रासलेट हराएको बारे आइतबारका उद्घोषकले पनि जानकारी गराएका थिए । तर, अहिले सम्म पनि ब्रासलेट नभेटिएको आयोजकले जानकारी दिएको छ ।

    हेर्नुहोस् महोत्सवका तस्बिरहरु

  • सर्वोच्चले ब्यूँताएको पल शाहको मुद्दा- फैसला उल्टिने सम्भावना कति ?

    सर्वोच्चले ब्यूँताएको पल शाहको मुद्दा- फैसला उल्टिने सम्भावना कति ?

    काठमाडौं । अभिनेता पल शाहको फैसला भइसकेको मुद्दालाई सर्वोच्च अदालतले १० महिनापछि फेरि ब्यूँताइदिएको छ । गत फागुन ११ गते उच्च अदालत पोखराले सुनाएको फैसला फेरि रुजु गर्न सर्वोच्चले अनुमति दिएपछि पल तनावमा परेका छन् ।

    नाबालिग गायिका समिक्षा अधिकारीले पल शाहविरुद्ध बलत्कारको मुद्दा दिएकी थिइन् । नवलपुर उच्च अदालतले पललाई बलात्कारमा सफाइ दिँदै यौन दुरुपयोगमा दोषी ठहर गरेको थियो र साढे दुई वर्ष जेल सजाय दिएको थियो । उक्त फैसलाविरुद्ध वादी र प्रतिवादी दुवै पक्षले उच्च अदालतमा पुनरावेदन गरेका थिए ।

    दुवैको पुनरावेदनलाई एकै ठाउँमा राखेर फैसला गर्दै उच्चले पललाई पूर्णरुपमा सफाइ दिएको थियो । त्यसपछि जेलमुक्त भएका पल अहिले आफ्नो पेशामा व्यस्त छन् । सामान्य अवस्थामा न्याय प्रशासन ऐन २०७३ अनुसार उच्च अदालतले गरेको फैसलामाथि सर्वोच्च अदालतमा पुनरावेदन लाग्दैन ।

    तर, उच्चले गरेको फैसलामा कानूनको व्याख्या सम्बन्धमा गम्भीर त्रुटी भएको तथा सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित नजिर/सिद्धान्तको पालना नगरिएको भन्ने लागेमा त्यस्तो मुद्दा दोहोर्याएर हेर्न अनुमति प्रदान गर्न सक्ने अधिकार सोही ऐनले सर्वोच्चलाई दिएको छ ।

    सोही प्रावधानअनुसार नेपाल सरकारको तर्फबाट उच्च अदालतको तर्फबाट मुद्दा दोहर्याएर हेर्न अनुमतिका लागि निवेदन दर्ता गरिएको थियो । यसका जानकारी प्रतिवादी पक्षलाई थिएन । अहिले सुष्मलता माथेमा र हरि फुयाँलको संयुक्त इजलासले मुद्दा दोहोर्याएर हेर्न अनुमति प्रदान गरिएको हो ।

    अब यो मुद्दा पुनरावेदनको प्रक्रियामा गएको छ । अब सबै छिनोफानो सर्वोच्चले नै गर्छ । मुद्दाको पक्षबाट सरकारी वकिलले र प्रतिवादीबाट पलका कानून व्यवसायीले बहस गर्नेछन् । दुवै पक्षको बहस, प्रमाणहरुको अध्ययन र मूल्यांकन पश्चात सर्वोच्चले फैसला सुनाउने छ ।

    पल शाहका वकिल कमलामोहन वाग्ले सर्वोच्चले फैसला दोहोर्याएर हेर्न सर्वोच्चले दिएको आदेशलाई धेरै ‘सिरियस’ मान्नु नपर्ने बताउँछन् । उच्च अदालको फैसला उल्टिने सम्भावना न्यून रहेको उनको जिकिर छ ।

    ‘कानूनी अधिकारको प्रयोग गरेर सरकारले पुनरावेदनको लागि निवेदन दियो । यो ठूलो विषय होइन । पल शाहले डराउनुपर्ने देख्दिनँ’, उनले भने ।

    सर्वोच्चले अब नयाँ प्रमाणहरुको खोजी नगर्ने वाग्ले बताउँछन् । उनको भनाइअनुसार मिसिलमा भएको प्रमाण र विद्यमान नजिर/सिद्दान्तलाई आधार बनाएर सर्वोच्चले सुनवाइ गर्ने हो ।

    उनले भने, ‘उच्च अदालतले नै प्रमाणहरुको गहन अध्ययन पश्चात, सर्वोच्चका नजिरहरुसमेत पालना गरेर विवेकपूर्ण फैसला सुनाएको थियो । नवलपुर जिल्ला अदालतले पनि बलात्कार आरोपमा सफाइ दिएका हो । प्रमाण र कागजहरु तीनै हुन् । त्योभन्दा बाहिर गएर प्रमाण बुझ्ने अब हुँदैन । पहिलेकै बकपत्रहरुलाई आधार बनाइन्छ । यो केवल उत्तरपुस्तिका रिटोटलिङ गरेजस्तो हो ।’

    वाग्लेको थप भनाइः

    सर्वोच्चमा निवेदन परेको छ भन्ने हामीलाई पूर्वजानकारी थिएन । मिडियाबाटै थाहा भएको हो । यद्यपि, सरकारले पुनरावेदनका लागि गरेको आग्रह र सर्वोच्चको आदेश कानूनसम्मत नै भएकाले यसलाई अन्यथा लिएका छैनौं । सर्वोच्चसँग यो अधिकार छ ।

    तर, यसलाई सिरियसली लिनुपर्ने र त्यत्रो इस्यू बनाउनुपर्ने देख्दिनँ । भइरहेको प्रमाणलाई सर्वोच्चले आधार बनाउने हो । उच्चले नै प्रमाणको यथेष्ट मूल्यांकन गरेर फैसला गरेको अवस्था छ । अब ड्यू प्रोसेसमा जान्छ । पुनरावेदनको रोहबाट सुनवाइ हुन्छ । तर, फैसलामा तात्विक फरक पर्लाजस्तो लाग्दैन ।

    जाहेरिकर्ताले अदालतमा जे बकपत्र गरेकी थिइन् त्यही नै अन्तिम हुन्छ । मुद्दाको फैसलापछि उनले अन्यत्र बोलेका कुराहरुले कुनै अर्थ राख्दैन । त्यसमा अदालतले चासो पनि दिँदैन । उनले अदालतमा उपस्थित भएर मौकामा भनेको भनाइलाई नै सत्य मानिन्छ ।

    पल निर्दोष ठहरिने बलियो आधार त जाहेरीकर्ताले नै दिनुभएको छ । घटनाको विषय बाहिर आइसकेपछि र जाहेरी दिनुभन्दा अगाडि उहाँले फेसबुकमा एउटा स्टाटस लेख्नुभएको थियो । उहाँले ‘त्यो दिन हाम्रो बीचमा केही भएको थिएन, साथीभाइले सोधेपछि हो, हामीले गरेका हौं भनेर झुटा बोल्याैं, वास्तवमा तपाईं र मबीच केही भएको होइन भनेर लेख्नुभएको छ । त्यो स्टाटस अहिले पनि हामीसँग सुरक्षित छ । त्यति नै काफी हुन्छ पलजीलाई निर्दोष सावित गर्न । त्यो स्टाटस हामीले पहिल्यै मिसिलमा संलग्न गरेका छौं ।

    अब अहिले आएर मैले पल शाहको माया लागेर बयान बयान फेरेको हुँ भन्नुको कुनै तुक छैन । तत्कालीन अवस्थामा नवलपुर जिल्ला अदालतले जे प्रमाण संकलन गर्यो, तीनै प्रमाणको फेरि अध्ययन हुने हो । तर, बहस-सुनवाइ हुन्छ । जाहेरीकर्तालाई भने फेरि अदालतले सोध्दैन । पल शाहलाई म्याद आउँछ । हाजिर हुनुपर्छ । थुनामा राख्ने, जेल पठाउने अब हुँदैन ।