Category: प्रवास

  • अमेरिकामा एक नेपालीको गोली हानी हत्या, टेक्सस प्रहरीले थाल्यो अनुसन्धान

    अमेरिकामा एक नेपालीको गोली हानी हत्या, टेक्सस प्रहरीले थाल्यो अनुसन्धान

    काठमाडौं । अमेरिकी सहर टेक्ससमा पछिल्लो पटक भएको गोली प्रहारको घटनामा नेपाली नागरिक मारिएका छन् ।

    टेक्ससको अस्टिनमा बसोबास गर्दै आएका पोखरा सराङकोटका रमेश थापाको मृत्यु भएको जनाइएको छ । अस्टिन प्रहरी विभागका अनुसार मध्यरात त्यहाँको स्थानीय आवसिय क्षेत्रमा थापालाई गोली हानिएको थियो ।

    अस्टिन प्रहरीले स्प्रिङ रोडस्थित कंकड अपार्टमेन्ट (आवास गृह) क्षेत्रमा मंगलबार राती गोली हानेर थापाको हत्या गरिएको जनाएको छ । घटनापछि प्रहरीलाई खबर गरेका व्यक्तिले राती १२ः३० बजेतिर गोली चलेको जनाएका थिए ।

    प्रहरी घटनास्थल पुग्दा त्यहाँको पार्किङ लटमा रमेश घाइते अवस्थामा फेला परेका थिए । उनलाई त्यहीँ मृत्यु भएको घोषणा प्रहरीले गरेका थिए । प्रहरीले हत्यारा पत्ता लगाउन अनुसन्धान सुरु भएको जनाएको छ भने गोली चलाउनेले प्रयोग गरेको सवारी साधन पत्ता लगाउने तयारी गरेका छन् ।

    झन्डै ११ वर्षअघि मेक्सिको हुँदै थापा अमेरिका पुगेका थिए । तीनवर्षअघि भाइ लक्ष्मण पनि अमेरिका पुगेका थिए । दाजुको मृत्यु भएपछि भाइ लक्ष्मण पनि भावविह्वल बनेका छन् ।

    पछिल्लो समय अमेरिकामा एसियाली नागरिकमाथि आक्रमणका घटना बढिरहेको पृष्ठभूमिमा यो हत्य भएको हो । त्यहाँस्थित नेपाली राजदूतावासले पनि एसियाली माथिको आक्रमण रोक्नका लागि आग्रह गरेको छ ।

  • एनआरएनए पोर्चुगलका कोषाध्यक्षले नेपालीलाई नै ठगे !

    एनआरएनए पोर्चुगलका कोषाध्यक्षले नेपालीलाई नै ठगे !

    रासस । गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलले गैरआवासीय नेपालीलाई नै नक्कली हवाई टिकट बेच्ने संघका कोषाध्यक्षलाई निलम्बन गरेको छ । संघले नक्कली हवाई टिकट बेचेको घटना सार्वजनिक भएलगत्तै कोषाध्यक्ष विक्रमजंग कुँवरलाई पदबाट निलम्बन गरेको हो ।

    राजधानी लिस्बनमा सञ्चालित लक्ष्मी ट्राभलका सञ्चालक कुँवरले नक्कली हवाई टिकट बेचेको सेवाग्राहीहरुले आरोप लगाएका थिए । कुँवरको ट्राभलमार्फत पोर्चुगलबाट नेपाल जान ११ जनाले काटेको हवाई टिकटसहित विमानस्थलमा बोर्डिङ पासका लागि अनुरोध गर्दा डेस्कमा रहेका कर्मचारीले टिकट नक्कली भएको भन्दै फिर्ता गरेपछि घटना सार्वजनिक भएको हो ।

    फिर्ता भएका सेवाग्राहीहरु गुनासोसहित ट्राभलको ढोका पुगेका र नेपाली समुदायका प्रतिनिधि र पत्रकारहरु पीडितको आवाज सुन्न जम्मा भएका थिए ।

    फर्काइएका ११ जनाले प्रतिव्यक्ति ६२० यूरो अर्थात् करिब ७० हजार रुपैयाँ तिरेर टर्किस एयरलाइन्सको टिकट काटेको भक्तपुर घर भई पोर्चुगल बस्दै आउनुभएका पीडित विजय धिमालले बताए ।

    सञ्चालकले ठगेको भन्दै पीडितहरुले पोर्चुगाली प्रहरीमा रिपोर्ट गरेपछि प्रहरीले छापा मारेको छ । प्रहरीले ट्राभलमा रहेका कागजपत्रहरु पनि जफत गरेको छ । सञ्चालक कुँवरले भने आफ्नो एजेन्सीलाई टिकट जारी गर्ने निकाय कालो सूचीमा परेकोले समस्या आएको प्रतिक्रिया दिएका छन् ।

    पोर्चुगलमा अवस्थित नेपाली संघ सङ्गठनहरुले पीडितलाई न्याय दिलाउन माग गर्दै समाजको नेतृत्व गर्ने व्यक्तिबाट यस्ता क्रियाकलाप हुनु घोर आपत्ति भएको बताएका छन् ।

  • नेपाल फर्किने तयारीमा रहेका गगन कोरियामै अस्ताए

    नेपाल फर्किने तयारीमा रहेका गगन कोरियामै अस्ताए

    काठमाडौं । इपिएस प्रक्रियामार्फत रोजगारीका लागि दक्षिण कोरिया आएका सुर्खेत, चौकुने–४ बिजौराका गगन रावलको सोमबार राति निधन भएको छ ।

    दक्षिण कोरियाको एजुसी भन्ने ठाउँमा कार्यरत गगन पहिलो कार्यकालको चार वर्ष १० महिना अवधि पूरा गरी अबको नौ दिनपछि नेपाल फर्किने टिकटसमेत काटेर तयारी अवस्थामा थिए ।

    एउटै कोठामा बस्ने नेपाली सहकर्मीका अनुसार गगन सोमबार दिउँसो कम्पनीमा राम्रै काम गरी सुतेका थिए । राति कोरियाली समयअनुसार करिब २ः३० बजे उनी एक्कासि ठूलो आवाजले चिच्याएका थिए । उक्त आवाज सुनेर ब्युँझिएका सहकर्मीले हेर्दा उनी बेहोस अवस्थामा थिए ।

    तत्काल कम्पनी साहुलाई जानकारी गराई एम्बुलेन्समार्फत नजिकैको अस्पताल पुर्याइएका उनलाई अस्पतालले मृत घोषणा गरेको थियो । हाल उनको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ ।

    घटनाको बारेमा घरपरिवार तथा राजदूतावासमा जानकारी गराइसकिएको र शवलाई केही दिनमै नेपाल पठाउने तयारी रहेको साहित्यकार भोजराज घोडासैनीले बताए ।

    घटनाको प्रकृति हेर्दा हृदयाघात भएको हुनसक्ने सुर्खेत समाज दक्षिण कोरियाका पूर्वअध्यक्ष लोकेश खत्रीले बताए । गगन सुर्खेत समाज दक्षिण कोरियाका पूर्वसदस्यसमेत रहेका थिए ।

  • १० अर्बको एनआरएन डेभलपमेन्ट फन्ड दर्ता, चाँडै आइपीओ निष्कासन हुने

    १० अर्बको एनआरएन डेभलपमेन्ट फन्ड दर्ता, चाँडै आइपीओ निष्कासन हुने

    काठमाडौं । गैरआवसिय नेपाली संघले स्थापना गरेको १० अर्बको एनआरएन नेपाल डेभलपमेन्ट फन्ड मंगलबार कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएको छ ।

    अध्यक्ष कुमार पन्तका अनुसार कम्तीमा १० अर्बको कोष बनाइ नेपालको उद्यम, व्यवसाय र पूर्वाधारको क्षेत्रमा लगानी गर्ने कम्पनीको उद्देश्य छ । ८५ प्रतिशत लगानीका निम्ति गैरआवसिय नेपालीलाई लक्षित गरि छिट्टै प्राथमिक सेयर (आइपीओ) निष्कासन हुने भएको छ ।

    अध्यक्ष पन्तले भने, ‘संसारभर छरिएर रहेका श्रमिक, व्यवसायी, पेशाकर्मी सबैले नेपालको विकास र समृद्धिमा सकेको लगानी गरि आर्थिक लाभसमेत उठाउन पाउनुहुनेछ ।’

  • प्रवासी ‍एकता मञ्च अष्ट्रेलियाद्वारा ५० लाखको अक्षय कोष स्थापना

    प्रवासी ‍एकता मञ्च अष्ट्रेलियाद्वारा ५० लाखको अक्षय कोष स्थापना

    अष्ट्रेलिया । प्रवासी नेपाली एकता मन्च अष्ट्रेलियाले नेपालमा बिभिन्न समयमा भएका प्रजातान्त्रिक आन्दोलनमा शहीदका परिवार, घाइते तथा अपांगका साथै द्वन्द्वपीडितहरुलाई सहयोग गर्न ५० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ ।

    मन्चको राष्ट्रिय समिति बैठकले आन्दोलनका शहीद परिवार, घाइते अपांग र द्वन्द्वपीडितसँगै विपन्न परिवारहरुलाई लक्षित रोजगारीको निम्ति विभिन्न विधाहरुमा तालिम उपलब्ध गराउन तथा युवा सशक्तीकरण एवं रोजगार अभिमुखीकरण कार्यक्रमको निम्ति स्थापना गरेको अक्षय कोषको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भर्चुअल रुपमा उद्घाटन गरेका छन् ।

    प्रवासी नेपाली एकता मञ्च अस्ट्रेलियाको राष्ट्रिय समितिको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले आइतबार भर्चुअल रुपमा सम्बोधन गरेका थिए ।

    उनले नेपालको हरेक क्षेत्रको विकास र प्रगतिको निम्ति प्रवासी नेपालीहरूको साथ र सहयोग रहेको र वर्तमान राजनैतिक अवस्थामा सम्माननीय प्रधानमन्त्री केपी ओलीद्वारा चालिएको सकारात्मक कदमको संसारभर रहेका प्रवासी नेपालीहरुले साथ र समर्थन दिएकोमा कृतज्ञता व्यक्त गरे ।

  • नेपाल–ओमान साहित्य र प्रकृति

    नेपाल–ओमान साहित्य र प्रकृति

    काठमाडौं । ओमानस्थित नेपाली राजदूतावासले शनिबार साहित्य र प्रकृतिसम्बन्धी एक वेबनारको आयोजना गरेको छ ।

    काठमाडौंको सेरोफेरोका महत्वपूर्ण र मनमोहक पर्यटकीय गन्तव्यका बारेमा जानकारी दिने अभिप्रायले आफ्नो नेपाल भ्रमणको अनुभव समेटेर अरबी भाषामा नियात्रा लेखी नेपाली पर्यटन र साहित्यिक क्षेत्रमा पुर्‍याएको योगदानस्वरूप ओमानी नागरिक स्व मोहम्मद अल हार्थीलाई मरणोपरान्त सम्मान गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको हो ।

    कार्यक्रममा ओमानस्थित नेपाली राजदूत शर्मिला पराजुलीले स्व हार्थीको नेपाल भ्रमण तथा लेखनबारे प्रकाश पारे । उनले स्व हार्थीको सम्मानमा उनकी छोरी तथा बालचित्र पुस्तक लेखिका एवं प्रकाशक इब्तिहाज अल हार्थीलाई सम्मानपत्र प्रदान गरे । साथै उनले स्व हार्थीप्रति समर्पित वेबसाइटको शुभारम्भ गरे ।

    कार्यक्रममा प्रा तुल्सी दिवसले स्व ओमानी लेखकप्रति सम्मान व्यक्त गर्ने अवसर प्राप्त भएकामा खुशी व्यक्त गर्दै कविताका माध्यमबाट मानिसलाई कसरी प्रकृतिसँग आबद्ध गर्न सकिन्छ भन्ने सम्बन्धमा आफ्ना विचार व्यक्त गरे।

    मध्यपूर्वको मरुभूमि पार गरेकी ओमानी नागरिक श्री बैदा अल जद्जाली तथा श्री जेनी मेक्गीलले आफ्नो साहसिक यात्राका बारेमा अनुभव बाँड्दै स्व हार्थीको लेखनबाट नेपालको बारेमा जान्ने मौका प्राप्त भएको बताए ।

    कवि नवराज पराजुलीले पुस्तक भाषानुवादसम्बन्धी आफ्ना अनुभव साट्दै मोहम्मद अल हार्थीको योगदानबारे प्रकाश पारे ।

    कार्यक्रममा प्रथम ओमानी महिला सगरमाथा आरोही नादिरा अल हार्थी, इन्टरनेशनल डिप्लोमेसी एण्ड प्रोटोकल अध्ययन संस्थानका अध्यक्ष श्री इनेस पिरेस, लेखिका लक्ष्मी कोथानेथ लगायत करिब ५० जनाको सहभागिता थियो ।

  • नेपाल र ओमानका विश्वविद्यालयबीच सहकार्य गर्ने सहमति

    नेपाल र ओमानका विश्वविद्यालयबीच सहकार्य गर्ने सहमति

    काठमाडौं । नेपाल र ओमानबीच कृषि र पर्यटन क्षेत्रका विद्यार्थी आदानप्रदान गर्ने विषयमा सहमति भएको छ ।

    ओमानस्थित नेपाली दूतावासद्वारा जारी वक्तव्यमा दुई मुलुकका विश्वविद्यालयबीच सहकार्य गर्ने सहमति भएको उल्लेख छ ।

    राजदूत शर्मिला पराजुली ढकाल र ओमनस्थित कावुस विश्वविद्यालयका उपकूलपति एवं राजपरिवारका सदस्य डा. फहाद अलजुलन्दा अल सइदीसँग विहिबार भेटवार्ता भएको थियो ।

    उक्त अवसरमा अनुसन्धान तथा प्राज्ञिक विषयमा समेत सहकार्यका लागि बैठकहरु नियमित गर्ने सहमति भएको छ ।

  • दक्षिण कोरियाले जरुरी भिसा मात्र उपलब्ध गराउने

    दक्षिण कोरियाले जरुरी भिसा मात्र उपलब्ध गराउने

    काठमाडौं । नेपालस्थित दक्षिण कोरियाली दूतावासले अत्यावश्यक बाहेकका भिसा जारी नगर्ने जनाएको छ ।

    दूतावासले विहिबार विज्ञप्ती जारी गर्दैैै कोभिड-१९ संक्रमणको अवस्थालाई ख्याल गर्दै कुटनीतिक नियोग, सरकारी कार्यक्रम र अत्यावश्यक व्यवसायिक क्रियाकलापको भिसा मात्र जारी गर्ने जनाएको छ ।

    दूतावासले अप्रिल १ तारिखभन्दा अगाडि अत्यन्त जरुरी प्रवेशाज्ञाको लागि आवेदन दिन भनेको छ । लामो समयका लागि वैवाहिक र अध्ययन भिसा भने जारी हुने भएको छ ।

    वैवाहिक बाहेक अन्य भिसा आवेदन अनलाइनबाट मात्र लिइने समेत दूतावासले जनाएको छ । भिसा आवेदनका लागि भने मार्च ३१ तारिखबाट बुकिङ सुरु हुने जनाइएको छ ।

  • कतारस्थित नेपाली दूतावासद्वारा कोभिड एड्भाइजरी जारी

    कतारस्थित नेपाली दूतावासद्वारा कोभिड एड्भाइजरी जारी

    काठमाडौं । कोरोना संक्रमण बढेको भन्दै कतार सरकारले जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्न विदेशी नागरिकलाई समेत निर्देशन दिएको छ ।

    बुधबार बसेको कतारी मन्त्रिपरिषद् बैठकले भाइरसबाट सतर्कता र सुरक्षाका सम्बन्धमा ३३ बुँदे निर्देशन जारी गरेको हो । बुधबारदेखि लागु हुने गरि नियम कार्यान्वयनमा ल्याइने सरकारले जनाएको छ ।

    सरकारी एवं नीजि क्षेत्रमा काम गर्ने कर्मचारीले बैठक गर्नुपर्दा ५ जनाभन्दा बढी उपस्थित हुन नपाइने, अनावश्यकरुपमा सामाजिक भेटघाट नगर्न र बन्द घरभित्र पनि पाँचजना भन्दा बढी भेला हुन नपाइने उल्लेख छ ।

    कतारमा रहेका सबै सार्वजनिक पार्क, सामुन्द्रिक किनार, कर्निस लगायतका थलोलाई बन्द गर्ने र ती स्थानमा एकैपरिवारका २ भन्दा बढी भेला हुन नपाइने भएको छ ।

    १२ वर्षभन्दा कम उमेरका बालबच्चालाई व्यापारिक भवनमा जान बन्देज लगाइएको छ । सवारी साधन वा गाडी प्रयोग गरि सार्वजनिक थलोमा जाँदा मास्कको अनिवार्य प्रयोग गर्न भनिएको छ ।

    घरबाट कुनै पनि कामका लागि बाहिर निस्कँदा एतिराज एप्लिकेसन (ट्रयाकिङ प्रणाली) साथमा हुनैपर्ने उल्लेख छ । प्रस्तुत बुँदाहरु पालना नभए दण्ड अथवा जरिवाना समेत कतार सरकारले जनाएको छ । दोहास्थित नेपाली दुतावासले मापदण्ड पालना गर्न नेपाली नागरिकलाई आग्रह गरेको छ ।

  • अमेरिकामा एसियाली नागरिकमाथिको आक्रमण रोक्न नेपाली दूतावासको आग्रह

    अमेरिकामा एसियाली नागरिकमाथिको आक्रमण रोक्न नेपाली दूतावासको आग्रह

    काठमाडौं । अमेरिकास्थित नेपाली राजदूतावासले अमेरिकाका विभिन्न राज्यमा एसियाली मूलका अमेरिकी आप्रवासीमाथि भैरहेका हिंसात्मक आक्रमण रोक्न आग्रह गरेको छ ।

    गतसाता एटलान्टाको एउटा मसाज पार्लरमा आठसहित ६ जना एसियालीको ज्यान जाने गरि गोलीप्रहारको घटना भएको थियो । साथै, सनफ्रान्सिस्कोमा नेपाली उवर चालकमाथि तीन युवतीले दुव्र्यहार गरेका थिए । दुतावासले विज्ञप्ती जारी गर्दै यी घटना भत्र्सनायोग्य रहेको जनाएको छ ।

    दूतावासले यस्ता हमलाको शिकार भएकाहरुप्रति श्रद्धाञ्जली र समवेदना व्यक्त गर्दै घटनामा संलग्नहरूमाथि तत्काल कारबाही अगाडि बढाइएकोमा आभार व्यक्त गरेको छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि जातीय समूहमाथिको दुर्व्यवहार र विभेद वान्छनीय छैन । अमेरिकी अधिकारीहरूले यसमा अनुसन्धान गरी अपराधीलाई कारबाही र पीडितलाई न्याय दिनेमा दूतावास विश्वस्त छ ।’

    दूतावासले अमेरिकामा बस्दै आएका नेपालीहरूलाई अमेरिकी मूल्य मान्यतालाई पनि सम्मान गर्दै, कानूनको पालना गर्दै र आफ्नो संस्कृति अपनाउँदै बसोबास गर्न आग्रह गरेको छ । गतसाता एटलान्टा घटनापछि राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले एसियाली माथिको आक्रमण रोक्न आग्रह गरेका थिए ।

  • बेलायतमा जनगणना सुरु : नेपालीलाई पनि सहभागि हुन आग्रह

    बेलायतमा जनगणना सुरु : नेपालीलाई पनि सहभागि हुन आग्रह

    लन्डन । संयुक्त अधिराज्य बेलायतमा आज जनगणना हुँदैछ । बेलायतका चार राज्यमध्ये इङ्ल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्डमा हुन गइरहेको राष्ट्रिय जनगणनामा सहभागिता जनाउन नेपाली समुदायलाई पनि आग्रह गरिएको छ ।

    “जनगणना नियमित प्रक्रिया भए पनि यसले पहिचान स्थापित गर्न सहयोग पुर्‍याउँछ,” बेलायतको अक्सफोर्ड विश्वविद्यालयको अनुसन्धान क्षेत्रमा प्राध्यापनरत कृष्ण अधिकारीले भने, ‘यहाँ रहेका नेपालीलाई एकताबद्ध बनाउने माध्यम बनेको जनगणनाले नेपाली समुदायको सशक्तीकरणमा पनि टेवा पुर्‍याउँछ । ”

    उनले समुदायको सङ्ख्या धेरै भएपछि राष्ट्रिय तथा स्थानीय तहबाट निर्माण हुने योजना नेपालीको मागअनुसार बनाइन्छन् भन्दै स्थानीय सरकारबाट प्रदान गरिने सेवासुविधा आफ्नै भाषामा प्राप्त हुने समेत बताए ।

    गैरआवासीय नेपाली सङ्घ यूके, इङ्ल्यान्ड राज्य समन्वय परिषद्का अध्यक्ष दीपक श्रेष्ठले जातिय पहिचानको महलमा नेपाली लेख्ने सहमति भएको जानकारी दिँदै जनगणनामा कोही पनि नछुटुन् भनेर हेल्पलाइन पनि सञ्चालन गरिएको बताए ।

    पछिल्लो जनगणनामा इङ्ल्यान्ड र वेल्समा ६० हजार २०२ र स्कटल्यान्डमा एक हजार २६८ जना नेपालीले नाम लेखाएको सरकारी तथ्याङ्क छ । यो सङ्ख्या अहिले दोब्बर बढ्नसक्ने अनुमान गरिएको छ । लन्डन बोरो अफ वारनेटका उपमेयर लक्ष्यबहादुर गुरुङले फाराम भर्दा जातीय पहिचान र भाषाको महलमा नेपाली लेखेर पहिचान स्थापित गर्न आग्रह गरिएको बताए ।

    इङ्ल्यान्ड र वेल्समा १८ वटा, स्कटल्यान्डमा १९ वटा र उत्तरी आयरल्यान्डमा ११ वटा जातिका लागि अलग्गै जातीय महलको व्यवस्था गरिएको छ ।

    सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स यूके, लन्डनको दक्षिणपूर्वी संयोजक तीर्थ पौडेलले अस्तित्वको पहिचान भए अल्पसङ्ख्यकले पनि अधिकारबाट वञ्चित हुन नपर्ने बताए ।

  • एमालेसम्वद्ध प्रवासी नेपाली मन्चको भेलालाई महासचिव पोखरेलको सम्बोधन

    एमालेसम्वद्ध प्रवासी नेपाली मन्चको भेलालाई महासचिव पोखरेलको सम्बोधन

    काठमाडौं । उपप्रधानमन्त्री तथा नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले विश्वभर फैलिरहेका पार्टी सम्वद्ध प्रवासी नेपाली मञ्चको भेलालाई सम्वोधन गरी बाधा अड्चन पन्छाउँदै उत्साहका साथ पार्टीको काम व्यवस्थित गर्न निर्देशन दिएका छन् ।

    विगतमा अनेकन वाधा, अड्चन र चुनौती परास्त गर्दै नेपालको कम्युनिष्ट आन्दोलन यहाँ सम्म आइपुगेको सन्दर्भ स्मरण गर्दै महासचिव पोखरेलले आउने दिनमा पनि चुनौतीहरुलाई परास्त गर्दै अगाडि जाने कुरामा विश्वस्त र उत्साहका साथ अघि बढ्न विश्वभर फैलिएका प्रवास सम्वद्ध पंक्तीलाई आव्हान गरे ।

    ‘हामी सजिलै यहाँसम्म आइपुगेका होइनौं, कम्युनिस्ट आन्दोलनभित्र अनेकन घात/प्रतिघात, टुटफुटको श्रृंखला व्यहोर्दै आएका हौं, ती सवैबाट शिक्षा लिएका पनि छौं’ महासचिव पोखरेलले भने, ‘बदलिएको सन्दर्भमा अव तपाईहरु सवै उत्साहका साथ विगतका तीतामीठा सन्दर्भ विर्सेर सवैलाई समेट्दै अगाडि बढ्नुपर्छ ।’

    पार्टीका पछिल्ला निर्णयबारे अवगत गराउँदैं उनले विगतको कतिपय सन्दर्भलाई विर्सेर ठूलो छाती बनाएर संगठित र एकतावद्ध गर्ने अभियानमा लाग्न प्रवास सम्वद्ध सवैलाई आव्हान गरे ।

    भर्चुअल माध्यमबाट आयोजित भेलामा विभिन्न देशका २ सय ६६ जना प्रवासी नेपाली मञ्चका अगुवा नेता कार्यकर्ताहरुको सहभागिता थियो ।

  • राजदूत बेरी र प्रबल गुरुङद्वारा एसियालीमाथिको आक्रमण रोक्न आग्रह

    राजदूत बेरी र प्रबल गुरुङद्वारा एसियालीमाथिको आक्रमण रोक्न आग्रह

    काठमाडौं । आठजना एसियालीको ज्यान जाने गरि बुधबार अमेरिकामा भएको हिंसात्मक घटनाको विश्व्यापी निन्दा भएको छ ।

    नेपालस्थित अमेरिकी दुतावास र हलिउड फेसन डिजाइन प्रबल गुरुङले विज्ञप्ती जारी गर्दै घटनाको निन्दा गरेका हुन् । दुतावासले आफू एसियाली नागरिकको पक्षमा रहेको उल्लेख गर्दै आक्रमणको घटना रोक्न माग गरेको छ ।

    ‘अमेरिकीले नेपालसहितका एसियाली मुलुकमा आफ्नो देशको प्रतिनिधित्व गरेजस्तै हाम्रो घरमा पनि एसियन-अमेरिकनले आफ्नो प्रतिनिधित्व गरिरहेका छन् । यो घटनाप्रति हामी दुःख व्यक्त गर्दछौं’ काठमाडौंस्थित दुतावासद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

    विज्ञप्तीमा उल्लेख छ- हामीलाई आक्रमणको उद्देश्य थाहा छैन तरपनि हामी एसिएन-अमेरिकन, प्रशान्त क्षेत्रीय मुलुकसँग सँधै साथमा छौं ।’ हलिउड फेसन डिजाइन प्रबल गुरुङले पनि विज्ञप्तीमार्फत आक्रमणको घटना रोक्न र घृणा नफैलाउन अपिल गरेका छन् ।

  • यूरोपमा व्यवसायिक फड्को मार्दै धादिङका प्रकाश

    यूरोपमा व्यवसायिक फड्को मार्दै धादिङका प्रकाश

    यूरोप । अरुले भन्दा नयाँ गर्नुपर्छ भन्ने सोच थियो उनमा । काठमाडौं हुँदा होस् वा यूरोप, व्यवसायमा केही न केही नयाँपन दिन खोज्थे धादिङ बसेरीका प्रकाश ढकाल ।

    अहिले उनी यूरोपमा छन् । लियो कम्पनीमार्फत् पोर्चुगलमा रेष्टुरेन्ट, ट्राभलिङ, किटटिड तथा मनी ट्रान्सफरको व्यवसायमा आजकल व्यस्त छन्, उनी । प्रकाशको तिनै व्यवसाय विदेशी र नेपालीको पहिलो रोजाइमा पर्दै आएको छ ।

    ‘मेहेनत, धैयर्ता र इमान्दारिता नै मेरो व्यवसायी जीवनको सफलताता हो,’ उनी भन्छन् । व्यवसायलाई यतिमै सीमित गर्न चाहँदैनन् उनी । उनको सोच छ- यूरोपभरि आफ्नो व्यवसाय फैलाउने ।

    व्यवसायी प्रकाशले आफ्नो व्यवसायको नाम ‘गुफा’ राखेका छन् । पर्यटकहरू सोध्ने गर्छन्- किन राख्नुभयो यो नाम ?

    उनको जवाफ छ, ‘यही नामका कारण त ग्राहक लोभिएका छन् । नेपालीहरूमा अपनत्व अनुभूति भएको छ ।’ यूरोपको पर्यटकीय गन्तव्यमा बसेर नेपालको समेत प्रमोशन गर्न पाउँदा उनी खुसी छन् ।

    यूरोप र नेपालमा भिन्नता

    नेपालको व्यवसायिक अनुभवले यूरोपमा साथ दिएको थियो प्रकाशलाई । तर, यूरोपको अनुभवले उनलाई सिकाएको छ- नेपालमा धेरै सिक्न बाँकी छ ।

    कसरी त ? उनी भन्छन्, ‘हामीले लगानीकर्तालाई आकर्षित गर्न जस्तो वातवरण, नीति, नियम र पद्धति पछयाउनु पर्ने हो त्यो गरिरहेका छैनौं । जुन यूरोपमा छ ।’

    लगानी गर्नेवित्तिकै मुनाफा खोज्ने स्वभावले व्यवसाय उकालो नलाग्ने उनी बताउँछन् । ‘हामी लगानी गरेपछि आजको भोलि नै मुनाफा खोज्छौं । व्यवसायमा त्यो सम्भव हुदैन,’ उनी सुनाउँछन् ।

    पोर्चुगलबाट नेपालले धेरै कुरा सिक्न सक्ने उनको ठम्याइ छ । नेपालको जस्तै हावापानी भएको पोर्तुगलको अर्थतन्त्रमा पर्यटन र कृषिको ठूलो योगदान दिएको छ । ‘नेपालले पोर्चुगलबाट सिक्न सक्यो भने यी दुवै क्षेत्रमा आधुनिकता भित्रयाउन सकिन्छ,’ प्रकाश भन्छन् ।

    यूरोपमा आएका नेपालीले थोरै ट्रेन्ड बदल्न जरुरी रहेको प्रकाशको ठम्याइ छ । जागिर मात्र नभई आफ्नै व्यवसायको निम्ति पनि साच्नुपर्ने उनी बताउँछन् । ‘हाम्रो जस्तै अवस्था भएका बंगलादेशी, पाकिस्तानी इण्डियनहरू सधैँ आफनो व्यवसायलाई प्राथमिकता दिन्छन् । र छिट्टै सेटल हुन्छन्,’ उनी सुनाउँछन् ।

    ग्राहकप्रतिको उत्तरदायित्व

    व्यवसायमा ग्राहकलाई भगवान मान्छन् प्रकाश । व्यवसायी भएपछि ग्राहकप्रति उत्तरदायी हुनुपर्ने उनको बुझाइ छ । ‘ग्राहकलाई समयमै रेस्पोन्स गर्न सकिएन भने अर्को पटक आउने सम्भावना कम हुन्छ । त्यसैले हामी ग्राहकको हरेक कामको सक्दो छिटो रेस्पोन्स दिन्छौं,’ उनी अनुभव सुनाउँछन् । त्यसैले उनको दाबी छ, हाम्रोमा आउने ग्राहक पटक-पटक आउँछन् ।

    उनले १५ जना भन्दा बढीलाई प्रत्यक्ष रोजगार दिएका छन् । रोजगारीमा पनि उनको पहिलो प्राथमिकतामा नेपाली पर्छन् । प्रकाश एनआरएनए पोर्चुगलका सचिव समेत हुन् । सामाजिक क्षेत्रमा पनि उतिकै सक्रिय छन् उनी ।

    पोर्चुगलका नेपाली समुदाय माझ सामाजिक उत्तरदायित्व निर्वाह गर्ने कुरामा पनि उनको सक्रियता छ ।

    यूरोपमा व्यवसाय गर्न आउनेलाई भिजन लिएर आउन प्रकाशको सुझाव छ । ‘यहाँ भिजन लिएर आउनुपर्छ । र जाँदा ज्ञान र सीप सँगै लिएर जानुपर्छ,’ उनी सुझाउँछन् ।

  • पत्रकार महासंघ युरोप शाखाको अध्यक्षमा खातीको उम्मेदवारी घोषणा

    पत्रकार महासंघ युरोप शाखाको अध्यक्षमा खातीको उम्मेदवारी घोषणा

    डेनमार्क- नेपाल पत्रकार महासंघ युरोप शाखाको आसन्न निर्वाचनका लागि अध्यक्ष पदमा पत्रकार महेशकुमार खातीले उम्मेदवारी घोषणा गरेका छन् ।

    नेपाल प्रेससँग कुरा गर्दै उनले अध्यक्ष पदमा उम्मेदवारी दिएको घोषणा गरेका हुन् । उनले भने- पत्रकारिता आफैमा परिवर्तनको संवाहक हो र पत्रकारिताले परिवर्तनको आवाज उठाउँछ । अवको नयाँ कार्यसमितिमा म अध्यक्षमा उठ्नेछु ।’

    महासंंघको वर्तमान सचिव समेत रहेका खातीले युरोपमा नेपाली पत्रकारिताको श्रीवृद्दि गर्न आफू लागिपर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । ‘पत्रकारितालाई मर्यादित तुल्याउनु मेरो दायित्व हुनेछ’ उनले भनेका छन् ।

    सबै अग्रज र समकालीन साथीहरु मिलेर अघि बढ्न र युरोपमा कार्यरत पत्रकारलाई गोलबद्ध बनाई संस्थागत हितलाई प्रबन्धन गरि अगाडी बढाउन प्रयत्न गर्ने उनले जनाए ।

    निर्वाचनका लागि नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका प्रतिनिधि चिरन शर्मा, निर्वाचन समितिका संयोजक राजेश चाम्लिङ राई र सदस्यहरु, पर्यवेक्षक नरेश खपांगी मगरलाइ जिम्मेवारी दिइएको छ ।

  • नेपाली चालकलाई दुर्व्यवहार गर्ने दुई युवती पक्राउ, बाइडेनद्वारा एसियालीमाथिको हिंसा रोक्न निर्देशन

    नेपाली चालकलाई दुर्व्यवहार गर्ने दुई युवती पक्राउ, बाइडेनद्वारा एसियालीमाथिको हिंसा रोक्न निर्देशन

    अमेरिका- नेपाली उबर चालक शुभाकर खड्कालाई दुर्व्यवहार गर्ने दुई युवतीलाई सनफ्रान्सिस्को प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई लस भेगासबाट पक्राउ गरिएको अमेरिकी संचारमाध्यमले जनाएका छन् ।

    पक्राउ पर्नेमा २६ वर्षीया मलेसिया किङ र २४ वर्षीया आर्ना किमाइ छन् । लस भेगास प्रहरी प्रवक्ताका अनुसार पक्राउ परेका ती युवतीले नेपाली चालकलाई दुर्व्यवहार गरेर लुटपाट गर्न खोजेका थिए । दुर्व्यवहारमा संलग्न अर्की एक युवती चाहिं फरार छिन् ।

    त्यहाँको स्थानीय केपीएक्स मिडियालाई बुधबार राति प्रहरीले दिएको जानकारी अनुसार ती युवतीहरु दुर्व्यवहार र लुटपाटमा संलग्न थिए । प्रहरीले खड्कासँग पनि सोधपुछ गरेको थियो । जवाफमा उनले आफूलाई ती युवतीहरुले जातीय गाली गरेको र दुर्व्यवहार गरेको जवाफ दिएका थिए ।

    सनफ्रान्सिस्को प्रहरीमा अपराध विभाग हेर्ने अफिसर ट्रेसी म्याककारीका अनुसार पक्राउ परेकी युवती किमाइले चाहिं प्रहरीसँग आफ्नो गल्ती स्वीकार्दै आत्मसमर्पण गरेकी छिन् । ‘भिडियो हेर्दा महामारीको समयमा उनीहरु लुटपाट गर्ने नियतमा उत्रिएजस्तो देखिन्छ’ म्याककारीले भने ।

    खड्कालाई आक्रमण गर्ने युवती किङलाई प्रहरीले रसायन प्रयोग गरेर हानि पुर्‍याउन खोजेको र स्वास्थ्य नियमको उल्लंघन गरेको आरोपमा मुद्दा चलाउने भएको छ ।

    घटनापछि उबरले विज्ञप्ति जारी गर्दै तीनैजना युवतीलाई आफ्नो सेवा लिनका लागि रोक लगाइने घोषणा गरेको छ । ‘पछिल्लो समय एसियाली मूलका नागरिकमाथिको आक्रमणले हामीलाई दुःखित तुल्याएको छ’ उबरको विज्ञप्तिमा उल्लेख छ, ‘हामी उक्त घटनामा संलग्नलाई प्रतिबन्ध लगाउँछौं र चालक खड्काप्रति हाम्रो समर्थन रहन्छ ।’ अमेरिकाको अर्को राइडिङ सेवा प्रदायक कम्पनी लिफ्टले पनि तीनैजनालाई सेवा लिन प्रतिबन्ध लगाउने घोषणा गरिसकेको छ ।

    बाइडेनद्वारा एसियालीमाथिको आक्रमण रोक्न आग्रह
    अमेरिकी राष्ट्रपति जो बाइडेनले एसियाली समुदायमाथिको आक्रमण रोक्न आग्रह गरेका छन् । उनले एसियन अमेरिकनमाथि हिंसा बढेको सूचना आफूले पाएको भन्दै जातीय रुपमा त्यसो गर्नु अपराध भएको र त्यसलाई तत्काल रोक्नुपर्ने बताएका छन् ।

    अमेरिकी टेलिभिजनको प्राइम टाइम सम्बोधनमा बाइडेनले आक्रमण रोक्न आग्रह गरेका हुन् । पछिल्लो समय अमेरिकन एसियन समुदायमाथि आक्रमण बढेपछि चिन्ता व्यक्त भएको थियो । नेपाली फेसन डिजाइनर प्रबल गुरुङसहितले हिंसाविरुद्ध अभियान चलाएका थिए ।

    सन् २०२१ मा एसियाली अमेरिकीमाथि १५० प्रतिशतले आक्रमणका घटनामा वृद्धि भएको जनाइएको छ । जुलाइ २०२० मा मात्र २१ सय एसियालीविरोधी आक्रमणका घटना भएका थिए । राष्ट्रपति बाइडेनले महामारीविरुद्ध खटिएका फ्रन्टलाइन वर्कसमाथि हुने घटनाको पनि निन्दा गरेका छन् ।

  • खड्काको सहयोगार्थ उठ्यो २६ हजार डलर, ६ वर्षे छोरालाई पठाइदिने, प्रहरीले थाल्यो छानविन

    खड्काको सहयोगार्थ उठ्यो २६ हजार डलर, ६ वर्षे छोरालाई पठाइदिने, प्रहरीले थाल्यो छानविन

    काठमाडौं- अमेरिकी सहर सनफ्रान्सिस्कोमा दुव्र्यवहारमा परेका नेपाली उबर चालक शुभाकर खड्काको सहयोगार्थ क्राउड फन्डिङ सुरु भएको छ । गोफन्डमी डट ओआरजीमा बुधबार (१ बजेसम्म) २६ हजार डलर रकम संकलन भैसकेको छ ।

    उक्त वेबसाइटका अनुसार १ हजारभन्दा बढी सहयोगी मनले रकम पठाइसकेका छन् । सियान बनिस्टर नामक एक प्रयोगकर्ताले खड्काको तर्फबाट संकलन थालेका हुन् ।

    सन् २०१२ मा अमेरिका पुगेका खड्काले उबर चालकको रुपमा काम गर्दै आएका थिए । चारदिनअघि तीन आप्रवासी युवती उनको कारमा चढ्न आइपुगेका थिए र उबरको प्रोटोकल अनुसार खड्काले मास्क लगाउन ती युवतीलाई आग्रह गरेका थिए ।

    तर, खड्काको अनुरोधलाई बेवास्ता गर्दै एक युवती आक्रमणमा उत्रिएकी थिइन् र भिडियो भाइरल बनेको थियो । अमेरिकी संचारमाध्यम एबीसी सेभेनसँग कुरा गदै खड्काले नम्रताका साथ आग्रह गर्नु नेपाली संस्कृति भएको र आफूले त्यसलाई पछ्याएको उनले बताए ।

    खड्कालाई काममा फर्काउनको लागि सहयोग गर्न रकम संकलन थालिएको जनाइएको छ । तर, खड्काले चाहिँ संकलित रकमलाई नेपालमा रहेकी आफ्नी पत्नी र ८ वर्षिय छोरालाई पठाइदिने बताएका छन् ।

    उक्त घटनाको व्यापक विरोध भएपछि उबर र लिफ्टले ती युवतीलाई सेवा लिनको लागि प्रतिबन्ध लगाइसकेका छन् । सनफ्रान्सिस्को प्रहरीले घटनाको छानविन गर्ने जनाएको छ ।

     

  • नेपाली चालकलाई दुर्व्यवहार गर्ने युवतीलाई उबर र लिफ्ट कम्पनीद्वारा प्रतिबन्ध

    नेपाली चालकलाई दुर्व्यवहार गर्ने युवतीलाई उबर र लिफ्ट कम्पनीद्वारा प्रतिबन्ध

    अमेरिका- मास्क लगाउन आग्रह गर्दा नेपाली उबर चालकलाई दुर्व्यवहार गर्ने युवतीलाई उबर र अर्को राइडिङ सेवा प्रदायक लिफ्ट कम्पनीले आजीवन सेवा लिन प्रतिबन्ध लगाएका छन् ।

    अमेरिकी मिडियाका अनुसार नाम नखुलेकी युवतीले ३२ वर्षीय नेपाली चालक शुभाकर खड्कालाई गाडीभित्रै अपशब्द प्रयोग गरेर दुर्व्यवहार गरेकी थिइन् । उनले मास्क च्यातिदिंदै खड्काकाे मोबाइल समेत फ्याँकेकी थिइन् ।

    उक्त भिडियो सामाजिक संजालमा भाइरल भएको थियो । अमेरिकी मिडियाले समेत उक्त भिडियोमा आधारित रहेर प्रमुखताका साथ समाचार प्रकाशन गरेका थिए ।

    उबरको राइड पोलिसी अन्तर्गत मास्क लगाएरै यात्रुलाई सेवा दिनुपर्ने नियम अन्तर्गत खड्काले तीन महिला यात्रुलाई मास्क लगाउन आग्रह गरेका थिए । तर, तीमध्ये एक युवतीले चाहिं अपशब्द प्रयोग गर्दै आक्रमणमा उत्रिएकी थिइन् ।

    ती युवती पर्सियन भएको र वास्तविक नाम नखुलेको जनाइएको छ । घटनापछि ती युवतीले इन्स्टाग्राम एकाउन्ट ब्लक गरेकी छिन् । भिडियो भाइरल भएपछि उबरले ती युवतीलाई सेवा लिनबाट प्रतिबन्ध लगाएको जनाइएको छ ।

     

  • मास्क लगाउन आग्रह गर्दा अमेरिकामा नेपाली उबर चालकमाथि दुव्र्यवहार (भिडियो)

    मास्क लगाउन आग्रह गर्दा अमेरिकामा नेपाली उबर चालकमाथि दुव्र्यवहार (भिडियो)

    सनफ्रान्सिस्को- अहिले अमेरिकामा कोरोनाभाइरस महामारी कायमै छ । अहिलेसम्म ५ लाख ३८ हजारले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा नेपाली डायस्पोराका सदस्य समेत छन् ।

    अहिले इन्टरनेटमा एउटा भिडियो भाइरल भैरहेको छ । जसमा केही अमेरिकी युवतीले नेपाली उबर चालकलाई अपशब्द प्रयोग गदै दुव्र्यहार गरेका छन् । यो घटना सनफ्रान्सिस्कोको बे एरियामा भएको हो ।

    मास्क नलगाइकन गाडीभित्र बसेकी एक युवतीलाई ड्राइभरले मास्क लगाउन आग्रह गर्दा झगडा भएको देखिन्छ । ती युवतीले चालकको मास्क निकालेर रिसाउँदै फ्याँकेकी छिन् । उनले अंग्रेजीमा अश्लिल शब्दहरु पनि प्रयोग गरेकी छिन् ।

    यो घटनालाई लिएर अमेरिकास्थित नेपाली समुदाय र अन्यले ब्यापक विरोध जनाएका छन् । मास्क लगाउनुपर्छ भनेर चेतना दिँदा उल्टै धम्काइएको भन्दै इन्टरनेट प्रयोगकर्ताले दुब्र्यवहारको विरोध गरेका छन् । सनफ्रान्सिस्को भाइरसबाट प्रभावितमध्येको थलो हो ।

  • चार नेपाली महिलालाई अष्ट्रेलिया अवार्ड प्रदान गरिने

    चार नेपाली महिलालाई अष्ट्रेलिया अवार्ड प्रदान गरिने

    काठमाडौं । कोभिड-१९ रोकथाम र लैंगिक समानताको क्षेत्रमा योगदान पुर्‍याएबापत चार नेपाली महिला अष्ट्रेलिया अवार्डबाट सम्मानित भएका छन् ।

    अवार्ड प्राप्त गर्नेहरुमा राष्ट्रसंघीय जनसंख्या कोषकी सहायक प्रतिनिधि लतिका मास्के प्रधान, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रकी वरिष्ठ वातावरणविद् डा. अनुश्या जोशी, युनिसेफ भैरहवाकी खाद्य अधिकृत मीना थापा र राष्ट्रिय दलित समाज कल्याण कोषकी कार्यक्रम अधिकृत शान्ति ब्रम्हाशाखा छन् ।

    १०९ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा यी चार नेपालीलाई पुरस्कृत गरिएको नेपालस्थित अष्ट्रेलियाली राजदूत फेलिसिटी भल्कले जानकारी दिइन् ।

  • बहराइन राजपरिवारका सदस्यले सगरमाथा आरोहण गर्ने, १६ जनाको टोली काठमाडौं आउँदै

    बहराइन राजपरिवारका सदस्यले सगरमाथा आरोहण गर्ने, १६ जनाको टोली काठमाडौं आउँदै

    काठमाडौं- बहराइनको राजपरिवारका सदस्यले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन् । बहराइनस्थित नेपाली दुतावासले विज्ञप्तीमार्फत यसको जानकारी दिएको हो ।

    राजपरिवारका एक सदस्यसहित १६ जनाको टोली चैत २ गते सगरमाथा आरोहणका लागि नेपाल आउने जनाइएको छ । नेपाली राजदूत पदम सुन्दासलाई सो आरोहण दलका केही सदस्यहरूले भेट गर्दै जानकारी गराएका हुन् ।

    आरोहण दलमा बहराइन रोयल गार्डमा कार्यरत १३ जना बहराइनी र ३ जना बेलायती नागरिक हुनेछन् । विशेष विमानबाट नेपाल आउन लागेको उक्त टोली नेपालमा ७९ दिनसम्म बस्ने जनाइएको छ ।

    सगरमाथा आरोहणका लागि बन्दोबस्त नेपालस्थित सेभेन समिट ट्रेक्स प्राइभेट लिमिटेडमार्फत भइरहेको छ । सो टोलीले सन् २०२० को अक्टोबरमा लोबुचे पीक र मनास्लु हिमाल सफलतापूर्वक आरोहण गरेको थियो ।

    तस्विर : बहराइनका राजकुमार मनास्लु आरोहणका लागि नेपाल आउँदाको तस्विर ।

  • अष्ट्रेलियामा थप तीन महिना आउजाउ बन्द, नेपाली विद्यार्थी पनि प्रभावित

    अष्ट्रेलियामा थप तीन महिना आउजाउ बन्द, नेपाली विद्यार्थी पनि प्रभावित

    काठमाडौं । कोरोनाभाइरस महामारीको असरलाई ध्यानमा राख्दै अष्ट्रेलिया सरकारले अन्तराष्ट्रिय सीमा बन्दको अवधिलाई तीन महिना लम्ब्याउने निर्णय गरेको छ ।

    अष्ट्रेलियाका स्वास्थ्य मन्त्री ग्रेग हन्टका अनुसार अन्तराष्ट्रिय सीमा बन्दको अवस्था जुन १७ तारिखसम्म रहनेछ । मार्चदेखि अष्ट्रेलियाले अन्तराष्ट्रिय सीमा बन्द गरिरहेको छ ।

    सरकारको यो निर्णयले गर्दा अन्तराष्ट्रिय यात्रु अष्ट्रेलिया जान र त्यहाँका बासिन्दा विशेष कारणले विदेश जानका लागि कम्तीमा जुन १७ सम्म नपाउने भएका छन् ।

    एकवर्षदेखि बन्द अन्तराष्ट्रिय सीमाका कारण हजारौं अष्ट्रेलियन बासिन्दा, नागरिक र विद्यार्थी विभिन्न मुलुकमा अलपत्र छन् । विदेशमा फसेका करिब ४० हजार अष्ट्रेलियाली समेत मर्कामा परेका छन् ।

    झन्डै १५ सय नेपाली विद्यार्थी अष्ट्रेलिया जान नपाउँदा महङ्गो डलर तिरेर अनलाइन पढ्न बाध्य छन् ।

  • बेलायतका लागि नेपाली राजदूत रेग्मीद्वारा पदबहाली

    बेलायतका लागि नेपाली राजदूत रेग्मीद्वारा पदबहाली

    लण्डन- बेलायतका लागि नवनियुक्त नेपाली राजदूत लोकदर्शन रेग्मीले आफ्नो पदबहाली गरेका छन्। चारवर्षे कार्यकाल सकेर नेपाल फर्किएका निवर्तमान राजदूत दुर्गाबहादुर सुवेदीका ठाउँमा पुगेका रेग्मी संयुक्त अधिराज्यका लागि २१औँ राजदूत हुन् ।

    रेग्मी सन् १९९५ मा शाखा अधिकृतका रूपमा निजामती सेवामा प्रवेश गरी सन् २००२ मा वन मन्त्रालयमा उपसचिव, सन् २००६ मा अर्थ मन्त्रालयमा सहसचिव, सन् २०१४ मा भूमिसुधार मन्त्रालयमा सचिव र सन् २०१७ मा मुख्यसचिव भएका थिए ।

    सोमबार मात्र लण्डन पुगेका रेग्मीले सोही दिन नै कार्यभार सम्हालेका हुन् । उनलाई लण्डनको हिथ्रो विमानस्थलमा राजदूतावासका तर्फबाट सैनिक सहचारी, कर्मचारीलगायतले स्वागत गरेको दूतावासका प्रवक्ता एवं उपनियोग प्रमुख रोशन खनालले जानकारी दिए ।

  • राजभण्डारी नेदरल्याण्ड्सका लागि गैरआवासीय राजदूत

    राजभण्डारी नेदरल्याण्ड्सका लागि गैरआवासीय राजदूत

    काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा बेल्जियमका लागि नेपालका आवासीय राजदूत गेहेन्द्र राजभण्डारीलाई नेदरल्याण्ड्सका लागि समेत गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरेकी छिन् ।

    नेपाल सरकारका सिफारिसमा नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

  • नेपाली एकता मञ्च अष्ट्रेलियाको केन्द्रिय सचिवालय गठन, मुख्यमन्त्री गुरुङद्वारा ओलीको कदमलाई साथ दिन आग्रह

    नेपाली एकता मञ्च अष्ट्रेलियाको केन्द्रिय सचिवालय गठन, मुख्यमन्त्री गुरुङद्वारा ओलीको कदमलाई साथ दिन आग्रह

    सिड्नी– प्रवासी नेपाली एकता मन्च अष्ट्रेलियाको कार्यकर्ता भेला आइतबार सम्पन्न भएको छ ।

    नेकपा (ओली समूह)का स्थायी समिति सदस्य एबम गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सभापतित्व मञ्चका केन्द्रीय सदस्य एवं न्यू साउथ वेल्स राज्य इन्चार्ज केशव जोशीले गरेका थिए ।

    भेलामा बिशेष अतिथिको रुपमा मंच अस्ट्रेलियाका अध्यक्ष रमेश पाण्डे थिए । मुख्यमन्त्री गुरुङले भर्चुअल रुपमा गरेको सम्बोधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको कदम सहि भएको बताए । प्रधानमन्त्रीलाई देश तथा तथा विदेशमा रहेका नेपालीले साथ दिनुपर्ने कुरामा गुरुङले जोड दिएका थिए ।

    कार्यक्रममा मञ्चका सचिवालय सचिव, प्रवक्ता, इन्चार्ज, थप गरिएका केन्द्रीय सदस्यहरु र न्यू साउथ वेल्स राज्य कमिटीको घोषणा पनि गरिएको थियो । चुनिएका सदस्यहरुलाई अध्यक्ष रमेश पाण्डेले पद तथा गोपनियताको शपथ गराएका थिए ।

    उक्त अबसरमा बोल्दै अध्यक्ष पाण्डेले प्रधानमन्त्री ओलीले चालेको कदम संबैधानिक रहेको र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय अभियानमा प्रबासी नेपालीको सहयोग रहने प्रतिबद्दता ब्यक्त गर्दै गरे ।

    भेलामा गैरआवसीय नेपाली संघको अष्ट्रेलिया न्यू साउथ वेल्स कोर्डिनेटर देव गुरुङ, गैरआवासीय नेपाली संघ ओसियाना कोर्डिनेटर होम पाण्डे, मंच अस्ट्रेलियाका सल्लाहाकारहरु भवानी ओली र विनोद श्रेष्ठले शुभकामना मन्तव्य राखे ।

    स्वागत मन्तब्य प्रवासी नेपाली एकता मंच अस्ट्रेलियाका केन्द्रीय सदस्य अनिल खड्काले गरेका थिए । मञ्च अस्ट्रेलियाको सचिवको जिम्मेवारी केन्द्रीय सदस्य शिशिर नेपाल, प्रवक्तामा केन्द्रीय सदस्य सन्तोष दाहाल चुनिएका छन् ।

    केन्द्रीय सदस्यहरु केशव जोशी, राम रानाभाट, राजु उपध्याय र चिनबहादुर नेपालीले इन्चार्जको भूमिका पाएका छन् ।

    प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाले ३३ सदस्यिय केन्द्रीय सचिवालय गठन गरेको जनाए छ । जसअनुसार केन्द्रीय सचिवालय सदस्यहरुमा रमेश पाण्डे, मान्डब कार्की, राम रानाभाट, केशव जोशी, सन्तोष दाहाल, शिशिर नेपाल, दिपक पहारी, भुवन पाण्डे, राजु उपध्याय, बि एन मन्डल, प्रकाश पन्थी, रामप्रसाद घिमिरे, टि. एन. आर्यल, गोमा मैनाली, बालगोपाल उपध्याय, रमेश थापा, चिन नेपाली, उत्तम अधिकारी, हेम खनाल, दिनेश भट्टराई, तेजेन्द्र मल्ल, होमनाथ निरौला, सिता केसी थापा, अरुण श्रेष्ठ, अशिम कोइराला , कृष्ण गैरे र कृष्ण सापकोटा रहेका छन् ।

    थप गरिएका केन्द्रिय सदस्यहरुमा उदेश राइ, चन्डिका ओली ओडरी, मदन गोर्खाली, गणेश मल्ल ठकुरी, सुशिल पोखरेल र दिनेश पाण्डे रहेका छन्।

    त्यस्तै भेलाले ५१ सदस्य न्यू साउथ वेल्स राज्य कमिटी घोषणा गरेको छ । जसको संयोजकमा कृष्ण सापकोटा, उप–संयोजकमा सिताराम घिमिरे र सचिवमा शिव पौडेल रहेका छन् । क्षेत्रीय संयोजकहरुको को रुपमा दिबाकर काफ्ले, कृष्ण गैरे, नरविर नेम्वाङ, कृष्ण निरौला, दिपक पहारी, विशाल रानामगर, अर्जुन पौडेल, प्रशान्त भण्डारी र प्रेम दाहाल रहेका छन् ।

    सदस्यहरुमा सुरेन्द्र न्यौपाने, किशोर लामा, सफल पोखरेल, नबिन खनाल, अर्जुन धिताल , दीपक अधिकारी, प्रकाश पौडेल, नबिन प्रसाइ, बिशालजित अधिकारी, विकास उप्रेती, अन्जन सोनी सुनार , सन्तोष तिवारी, मोहन भण्डारी, अशिश बराल, हरी भट्टराई अशोक उप्रेती, सुमन ओली, रमेश अधिकारी, जनक पाण्डे, डा. पर बहादुर पुन , दिर्ग जङ तामाङ, सुशील पौडेल , प्रशन्न दाहाल , विश्व सुवेदी, अर्जुन गैरे , सुशिल आर्यल, रवी श्रेष्ठ, सरोज सुबेदी, दिपक ओझा, ॠषि सापकोटा, तारा गुरुङ, जय थापा, शसाङ्क बस्याल, सन्जीव न्यौपाने र नमराज्ज राना रहेका छन्।

    कार्यक्रमको समापन गर्दै सभापति केशब जोशीले आफूले अहिलेसम्म प्रधानमन्त्री ओली जस्तो आँटिलो विद्वान र प्रतिबद्द नेपाली अरु प्रधानमन्त्रीमा नदेखेको र ओलीले चालेको कदम प्रतिगमन नभै प्रगतिगमन भएको धारणा राखे ।

    नव नियुक्त सचिव शिशिर नेपाल र एनएसडब्लु संयोजकमा कृष्ण सापकोटाले प्रतिबद्धता मन्तव्य व्यक्त गरेका थिए ।

  • बेरीद्वारा खतिवडालाई बधाइ, नेपाल-अमेरिका सम्बन्ध बलियो हुने विश्वास

    बेरीद्वारा खतिवडालाई बधाइ, नेपाल-अमेरिका सम्बन्ध बलियो हुने विश्वास

    काठमाडौं । अमेरिकी राजदूत र्‍यान्डी जे बेरीले अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडालाई बधाइ एवं शुभकामना दिएका छन्।

    नेपाल र अमेरिकाबीचको द्धिपक्षीय सम्बन्ध सुद्धढीकरणमा खतिवडा र आफ्नो कार्यकाल केन्द्रित हुने विश्वास पनि उनले व्यक्त गरेका छन् ।

    खतिवडा अर्थमन्त्री हुँदाको सहकार्य स्मरण गर्दै बेरीले उक्त सहकार्य आगामी दिनमा पनि यथावत रहने बताएका छन् । खतिवडाले गतसातादेखि वासिङ्टन मिसनमा कार्यभार सम्हालेका छन् ।

  • टेक्ससको हिमआँधीमा सावधानी अपनाउन नेपाली दूतावासको अपिल

    टेक्ससको हिमआँधीमा सावधानी अपनाउन नेपाली दूतावासको अपिल

    काठमाडौं । अमेरिकास्थित नेपाली दुतावासले हिमआँधीबाट प्रभावित टेक्सस राज्यका नेपाली समुदायलाई सावधानी अपनाउन आग्रह गरेको छ ।

    दुतावासले विज्ञप्ती जारी गर्दै सुरक्षित रहन अपिल गरिएको छ । कोरोनाभाइरस प्रकोपको बीचमा टेक्ससमा नेपाली समुदायलाई सहयोग गरेकोमा दुतावासले गैरआवसिय नेपाली संघलाई धन्यवाद पनि दिएको छ ।

    फेब्रुअरी १३ देखि टेक्सस राज्यमा हिमआँधीले नेपाली समुदायमा पारेको प्रभावबारे दुतावास जानकार रहेको पनि उल्लेख छ । सहयोग र समन्वयको आवश्यकता परे दुतावासमा सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।

  • न्यूयोर्कको सिटी काउन्सिल चुनावमा उम्मेदवार बने नेपाली

    न्यूयोर्कको सिटी काउन्सिल चुनावमा उम्मेदवार बने नेपाली

    काठमाडौं । आप्रवासीको रुपमा २० वर्षअघि अमेरिका पुगेका नेपालका नवराज केसी न्यूयोर्क सहरको सिटी काउन्सिल चुनाबमा उम्मेदवार बनेका छन् । उनी यो चुनाव लड्ने पहिलो नेपाली–अमेरिकन हुनेछन् ।

    आगामी जुन २२ मा हुने डेमाक्रेटिक प्राइमरीमा सिटी काउन्सिलको १९ बाट उनले उम्मेदवारी दिएका हुन् । न्यूयोर्कको राजनीतिमा अहिलेसम्म नेपाली आप्रवासी यसरी खुलेर अघि बढेका छैनन् ।

    न्यूयोर्कको क्वीन्स आफ्नो लागि घरजस्तै भएकाले आफूले उम्मेदवारी दिएको उनले जनाएका छन् । क्वीन्स नेपाली समुदाय बसोबास गर्ने सहर हो । आफ्नो चुनावी अभियानलाई डोनेसन प्रदान गरेका ३६६ जनामध्ये आधा नेपाली आप्रवासी रहेको उनले जनाएका छन् ।

    केसीले नोभेम्बरमा हुने चुनावमा छनौट हुनका लागि डेमोक्रेटिक प्राइमरीमा अन्य पाँचजना प्रतिस्पर्धीलाई जित्न आवश्यक छ ।

  • कोरियामा नेपाली मजदूरका लागि भिसा थप

    कोरियामा नेपाली मजदूरका लागि भिसा थप

    दक्षिण कोरिया सरकारले कोरियामा विभिन्न प्रवेशाज्ञा (भिसा)मा आई काम गर्ने र काम गर्न चाहेर प्रवेशाज्ञा परिवर्तन गरी अवधि थप गर्न चाहने नेपाललगायत कोरियामा रहेका अन्य विदेशी कामदारको प्रवेशाज्ञा १३ महिनाका लागि थप गर्ने भएको छ ।

    विशेषगरी कोभिड–१९ का कारण प्रवेशाज्ञा अवधि सकिएर पनि स्वदेश फर्किने अवस्था नभएका कामदारलाई प्रवेशाज्ञा थप गरी अस्थायी मौसमी कामदारको रुपमा काम गर्न अनुमति दिने न्याय मन्त्रालयलले जनाएको हो ।

    प्रवेशाज्ञा थप हुनेमा एफ–१ (भ्रमण तथा पारिवारिक भिसा), एफ–३ (डिपेन्डेन्ट भिसा), एच–२ (भ्रमण तथा काम गर्ने भिसा), ई–९ (रोजगार अनुमति भिसा) आदि पर्नेछन् यो नियम यही मार्च २ देखि लागू हुने बताइएको छ । यो प्रक्रियामार्फत निवेदन दिने कामदारको सन् २०२२ को मार्च ३१ सम्म १३ महिनाका लागि अस्थायी प्रवेशाज्ञा थप हुनेछ ।

    अस्थायी प्रवेशाज्ञा प्राप्त गर्ने कामदारले कृषि तथा मत्स्यपालनमा काम गर्ने अनुमति प्राप्त गर्ने छन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण कोरियामा करीब एक वर्षदेखि विदेशी कामदार भित्रिएका छैनन् । लामो समयदेखि विदेशी कामदार नभित्रिदा हुन गएका कामदारको अभावलाई पूर्ति गर्न पनि सो नियम ल्याइएको मन्त्रालयले बताएको छ । कोरियाले अस्थायी मौसमी कामदारको रुपमा गत वर्ष ७९ हजारको प्रवेशाज्ञा थप गर्ने तयारी गरेको छ ।

    त्यसैगरी मौसमी कामदारको रुपमा ९० दिनभन्दा धेरै प्रवेशाज्ञा प्राप्त गरेका कोरियाली मूलका विदेशी नागरिकले विभिन्न शुल्कमा छुट पाउने बताइएको छ । उनीहरूले प्रवेशाज्ञा परिवर्तन गर्न चाहेमा प्रवेशाज्ञा परिवर्तनको लागि पनि नियम खुकुलो पार्ने बताएको छ ।

    यसैगरी नेपालमा कोरियाको लागि श्रम सम्झौताको पर्खाइ गरी रोस्टरमा बसेकाको अवधि छ महिना थप हुने भएको छ । सो कुराको जानकारी कोरिया रोजगार तथा श्रम मन्त्रालयको प्रवासी श्रमिक विभागका सचिव ई ग्यांग सुनले दिएका हुन् ।

    रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा परीक्षा उत्तीर्ण गरी कोरिया काम गर्न जानको लागि रोजगारदाताको र छनोटमा पर्न योग्य १६ देशको प्रवासी श्रमिकलाई रोस्टरमा राखिन्छ र दुई वर्षसम्म पनि उनीहरू छनोटमा नपरे स्वतः रद्द हुन्छन् । कोरोना महामारीका कारण दुई वर्षको अवधिभित्र श्रम सम्झौता पत्र नआएर २०२० नोभेम्बेर १ देखि रोस्टर अवधि सकिएकालाई पुनः छ महिना अवधि थपिएको हो ।

  • एनआरएनएले सुरु गर्‍यो निःशुल्क टेलि–हेल्थ सेवा, विश्वभरबाट अनलाइन उपचार गर्न पाइने

    एनआरएनएले सुरु गर्‍यो निःशुल्क टेलि–हेल्थ सेवा, विश्वभरबाट अनलाइन उपचार गर्न पाइने

    काठमाडौं । गैरआवसीय नेपाली संघ (एनआरएनए)ले टेलि–हेल्थ (दूर चिकित्सा) सेवा सुरु गरेको छ । यो सेवाबाट जुनसुकै मुलुकमा बसोबास गर्ने नेपालीले सेवा लिन सक्ने संघले जनाएको छ ।

    सेवाग्राहीले चाहेको समयमा अनलाइनमार्फत चिकित्सकसँग परामर्श लिन सक्नेछन् । यो कार्यक्रममा सबै क्षेत्र र विधाका स्वास्थ्य विज्ञ सहभागि रहेको जनाइएको छ ।

    मिर्गौला, कलेजो, मुटु, आँखा, नाक, कान, घाँटी तथा मुख सम्बन्धी स्वास्थ्य विज्ञदेखि डाइटिसियन, फिजियोथेरापिस्ट, दन्त चिकित्सकले सेवा दिन सक्ने जनाइएको छ । मनोचिकित्सक, मनोपरामर्शदाता, स्नायु रोग र छारे रोग पनि हेल्थ कार्यक्रममा रहेका छन् ।

    भाइबर, ह्वाट्सएप र मोबाइलमार्फत जिज्ञासा राख्न सकिनेछ । सेवा निःशुल्क हुने जनाइएको छ । सेवा अन्तर्गत आपतकालिन स्वास्थ्य सेवा चाहिँ प्रदान नगरिने जनाइएको छ ।

  • स्पेनका लागि नेपाली राजदूत शेर्पाले बुझाइन् ओहोदाको प्रमाण पत्र

    स्पेनका लागि नेपाली राजदूत शेर्पाले बुझाइन् ओहोदाको प्रमाण पत्र

    काठमाडौं । स्पेनका लागि नेपाली राजदूत दावा फुटी शेर्पाले संयुक्त राष्ट्र संघको विश्व पर्यटन स‌ंगठन(युएनडब्ल्युटिओ)का महासचिव जुरब पोलोलिकाशभिलीलाई आफ्नो ओहोदाको प्रमाण पत्र बुझाएकी छिन् ।

    प्रमाण पत्र बुझाएसँगै रादजूत शेर्पाले नेपालले युएनडब्ल्युटिओलाई पूर्ण समर्थन गर्ने बताएकी छन् । उनले कोभिड- १९ को महामारीले विश्वभर पर्यटनको क्षेत्रमा परेको प्रभावलाई पुन सुधार गर्न नेपालले सहयोग गर्ने प्रतिवद्धता जनाएकी थिइन् ।

    राजदूत शेर्पाले महासचिव पोलोलिकाशभिलीको रिस्टार्ट एन्ड रिथिङ्कु भिजनको सराहना गर्दै नेपालमा पनि लागू हुने बताएकी थिइन् ।

    युएनडब्ल्युटिओमा आवद्ध भएसँगै राजदूत शेर्पालाई बधाई दिँदै महासचिव पोलोलिकाशभिलीले नेपालको पर्यटन विकासको क्षेत्रमा युएनडब्ल्युटिओले विभिन्न कार्यक्रम गर्ने विश्वास व्यक्त गरे ।

  • स्पेनमा एनआरएनएको क्षेत्रीय समिति गठन

    स्पेनमा एनआरएनएको क्षेत्रीय समिति गठन

    स्पेन । स्पेनको भ्यालेन्सिया राज्यमा पर्ने कोस्टाब्लाङका क्षेत्रमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) स्पेनको क्षेत्रीय समिति गठन भएको छ ।

    एक हजार नेपालीको बसोबास रहेको कोस्टाब्लाङका क्षेत्रीय समितिको आवश्यकता महसुस गरी सुरेन्द्र भुजेल थापाको अध्यक्षतामा क्षेत्रीय समिति गठन गरिएको छ ।

    समितिको उपाध्यक्षमा कमल देवकोटा, सचिव कमल पराजुली, कोषाध्यक्ष सुरेश बज्राचार्य, महिला संयोजक रोजिना श्रेष्ठ, युवा संयोजक सुरेन्द्र रानामगर, सदस्यमा रितेश श्रेष्ठ, दुर्गादत्त पराजुली, छवि श्रेष्ठ, निराजन लुइँटेल, झरना कार्की, राजकुमार क्षेत्री, वीरबहादुर खत्री, नवराज पाण्डे र प्रवीण सुवेदी रहेका छन् ।

    गैरआवासीय नेपाली सङ्घ स्पेनको निर्णयानुसार त्यस क्षेत्रमा क्षेत्रीय समिति गठनका लागि सिफारिसका आधारमा समितिलाई स्वीकृत गरिएको गैरआवासीय नेपाली सङ्घ स्पेनका अध्यक्ष दिनेश गुरुङले बताए । सङ्घ स्पेनको विधानको परिच्छेद ७ धारा २० र यसको संशोधनसहित गठन भएको क्षेत्रीय समितिले भेला गरेको हो ।

    क्षेत्रीय समिति गठनका लागि स्पेनका क्षेत्रीय उपाध्यक्ष तुल्सीबहादुर गुरुङ र एनआरएनए संस्थापक आइसिसी वीरेन्द्र श्रेष्ठलाई सङ्घले जिम्मेवारी दिएको थियो । उनहरुले क्षेत्रीय समिति गठनका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै अध्यक्ष गुरुङले धन्यवाद दिएको छन् ।

    पोर्चुगलको पहलमा बिरामी रवीन्द्र स्वदेश फर्किए

    पोर्चुगलबाट काभ्रेपलाञ्चोकका ३१ वर्षीय रवीन्द्र गौतम बिरामीका कारण नेपाल फकिएको छ । विगत चार वर्षदेखि पोर्चुगलमा बस्दै आउनुभएका गौतमलाई अल्सर र मानसिक समस्याबाट पीडित भएकाले गैरआवासीय नेपाली सङ्घको सहयोगमा बुधबार नेपाल पठाइएको हो ।

    सङ्घका अनुसार उनले पोर्तोस्थित एक अस्पतालमा अल्सरको उपचार गराउँदै आएको थियो । केही समय अघिदेखि मानसिक रोग थपिएपछि गौतमलाई परिवारको आग्रहमा स्वदेश पठाइएको सङ्घका अध्यक्ष तिलक गैरेले जानकारी दिएको छ ।

    सङ्घले यसअघि पक्षघातबाट थलिएका ललितपुरका शिव श्रेष्ठलाई पनि स्वदेश फर्काएको थियो ।

  • भक्त गुरुङको नेतृत्वमा प्रवासी नेपाली एकता मञ्च बेलायतको पुनर्गठन

    भक्त गुरुङको नेतृत्वमा प्रवासी नेपाली एकता मञ्च बेलायतको पुनर्गठन

    नेकपाको विदेशस्थित भ्रातृ सङ्गठनका रूपमा परिचित प्रवासी नेपाली एकता मञ्चको बेलायतको सङ्गठनको पुनर्गठन भएको छ । प्रधानमन्त्री केपी ओली समर्थित समूहले गरेको विशेष राष्ट्रिय भेलाबाट भक्त गुरुङलाई अध्यक्ष चयन गरेको छ ।

    गृहमन्त्री एवं नेकपा सचिवालय सदस्य रामबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमले १२५ (हाल ९९ सदस्य र पछि बाँकी थप्ने गरी) सदस्यी केन्द्रिय कार्यसमिति गठन गरेको मञ्चका पूर्वअध्यक्ष रामशरण सिंखडाले जानकारी दिए ।

    बेलायतका अन्य विभिन्न क्षेत्रलाई समेत समेटर हाललाई पाँच क्षेत्रीय समिति रहने गरी बनाइएको राष्ट्रिय समितिले केही समयपछि अन्य क्षेत्रमा पनि विस्तार गर्दै जाने बताइएको छ । यसरी गठित क्षेत्रीय समितिको अध्यक्षमा मिडल्याण्डबाट तारानाथ भण्डारी, साउथ इष्टबाट केदार थपलिया, नर्थवेस्टबाट अर्जुन चापागाईं, साउथ वेष्टबाट रामकुमार गुरुङ र स्कटल्याण्डबाट जोनी पहारी रहेका छन् ।

    बाह्र जना उपाध्यक्ष रहने गरी गठन गरिएको समितिको अध्यक्ष गुरुङ पूर्वएमालेका तर्फबाट र महासचिवमा पूर्वमाओवादीका तर्फबाट रूपमा सुरेशजङ्ग शाह रहेका छन् । यसअघि अध्यक्ष रहेका राजेन्द्र पुडासैनी संस्थागत मूल्यमान्यता भुलेर प्रचण्ड-माधव नेपालको समूहको गलत नीतिको वकालत गर्दै हिँडेपछि मञ्चको पुनर्गठन गर्नुपरेको वक्ताको भनाइ थियो । कार्यक्रममा यो नै बेलायतको आधिकारिक सङ्गठन रहेको जनाइएको छ ।

    आइतबार सम्पन्न उक्त कार्यक्रमको आधिकारिकरुपमा उद्घाटन गर्दै पूर्वसभामुख सुवास नेम्वाङले देश अब निर्वाचनमय भइसकेको र यसका लागि निर्वाचन आयोगले काम गरिरहेको बताए । गृहमन्त्री थापाले जनताले निर्वाचित गरी पठाएको सरकार प्रमुखलाई आफ्नै पार्टीका केही व्यक्तिले अविश्वासको प्रस्ताव पेश गरेर अपदस्थ गर्न लागेपछि प्रधानमन्त्रीले यो कदम चालेको र अब हुन गइरहेको चुनावमा गलत विचार बोक्नेलाई परास्त गराउने समेत बताए ।

  • ७९ नेपाली अमेरिकी इमिग्रेसन जेलमा, बाइडेनको बिल पारित भए रिहा हुने प्रतीक्षामा

    ७९ नेपाली अमेरिकी इमिग्रेसन जेलमा, बाइडेनको बिल पारित भए रिहा हुने प्रतीक्षामा

    काठमाडौं । अमेरिकी अध्यागमन जेलमा ७९ कागजपत्रविहीन नेपाली रहेको खुलेको छ । उनीहरुमध्ये अधिकांश मेक्सिको हुँदै गैरकानुनी रुपमा अमेरिका छिर्ने क्रममा पक्राउ परेका छन् ।

    अमेरिकी अध्यागमन र जेल हेर्ने निकाय आइसका अनुसार न्यूयोर्क, टेक्सस, क्यालिफोर्नियालगायतका जेलमा यति संख्यामा नेपाली रहेको खुलेको हो । जेलमा रहेका नेपालीमध्ये अधिकांशले देश निकालाको आदेश पाइसकेका छन् । यद्यपि उनीहरुले एसाइलमका रुपमा आवेदन चाहिं दिएका छन् ।

    कतिपयको मुद्दालाई अध्यागमन अदालतले अस्वीकार गरेपछि बोर्ड अफ इमिग्रेसनमा सुनुवाइ भैरहेको छ । कतिपय चाहिं ट्राभल डकुमेन्ट नभएको कारण अमेरिका निकाला हुनबाट जोगिएका छन् । एरिजोना, जर्जिया र अलाबामा राज्यमा पनि नेपाली जेलमा रहेको जनाइएको छ ।

    कोभिड महामारी र पूर्वट्रम्प प्रशासनले मेक्सिको सीमामा कडाइ गरेपछि लुकिछिपी अमेरिका पुग्ने नेपालीको संख्यामा कमी आएको जनाइएको छ । राष्ट्रपतिमा बाइडेन आएपछि अमेरिकी जेलमा रहेका नेपालीमा रिहा हुने आशा अभिव्यक्त भएको छ ।

    किनभने बाइडेनले कार्यभार सम्हालेको पहिलो दिनमै संसदमा पठाएको बिलमा जनवरी १ अगाडि आएका कागजपत्रविहीनलाई ग्रीनकार्डको प्रक्रियामा लैजाने उल्लेख छ । यसले इमिग्रेसन जेलमा रहेका नेपालीलाई पनि फाइदा पुग्ने अपेक्षा गरिएको छ ।

    उक्त बिल पारित भएमा २०२१ को जनवरी १ सम्म अमेरिकामा कागजपत्रविहीन भएका नेपालीलाई ग्रीनकार्ड र नागरिकता प्राप्तिको बाटो खुल्नेछ । यद्यपि, उक्त बिल पारित हुने वा नहुने भन्ने कुरामा निधो छैन ।

  • नेपाल फिल्म सोसाइटी बेलायतको नयाँ कार्यसमिति, संयोजकमा राजेन्द्र भट्ट चयन

    नेपाल फिल्म सोसाइटी बेलायतको नयाँ कार्यसमिति, संयोजकमा राजेन्द्र भट्ट चयन

    काठमाडौं । नेपाल फिल्म सोसाइटी बेलायत गठन भएको छ । शाखाको अन्तराष्ट्रिय संयोजकमा पत्रकार राजेन्द्र भट्ट चुनिएका छन् ।

    भट्ट फिल्म र पत्रकारिता पेशामा सक्रिय छन् । संयोजकको जिम्मेवार प्राप्त गरेपछि भट्टले विदेशी बजारमा नेपाली फिल्मको सम्भाव्यता विस्तार र वृद्धि गर्नेतर्फ आफू केन्द्रित हुने बताए ।

    फिल्म निर्माता समेत रहेका भट्टले नेपाली फिल्मको अन्तराष्ट्रियकरणमा संगठनले काम गर्ने बताए । कार्यसमिति उपाध्यक्षमा विक्रम जोशी, कुमुदराज पन्त, द्धितिय उपाध्यक्षमा नीरज शर्मा चयन छन् ।

    सचिवमा मधुसुधन थापामगर, सहसचिव गणेश गुरुङ, कोषाध्यक्षमा माया गुरुङ र संयोजकमा राज खत्री चयन छन् । सदस्यमा रोमियन वनेम, ध्रुव दत्त, सोहम भेटवाल, देव गुरुङ, टीका अधिकारी, मोहन ओली र तारा गर्बुजा मगर छन् ।

    सल्लाहकारमा एकेन्द्र गुरुङ, सपनकुमार राई, सनमकुमार वैरागी, मनिष श्रेष्ठ, बीपी खनाल, पुरन गिरी र कुशल श्रेष्ठ छन् ।