Category: प्रवास

  • नेपाललाई सघाउन बेलायती सेनाको चिकित्सा टोली काठमाडौं आउँदै

    नेपाललाई सघाउन बेलायती सेनाको चिकित्सा टोली काठमाडौं आउँदै

    लन्डन । बेलायती सेनाले कोरोनाभाइरस महामारीविरुद्ध नेपाललाई सघाउन सैनिक चिकित्सक र सल्लाहकारको टीम काठमाडौं पठाउने भएको छ ।

    बेलायती विदेशमन्त्री लर्ड अहमदका अनुसार आउँदो साता उक्त टोली नेपाली राजधानी पुग्नेछ ।

    नेपालमा भाइरस संक्रमण भयावह बनेको र अस्पतालहरुमा अक्सिजन अभाव भएपछि सघाउन सैनिक चिकित्सा टोली र स्वास्थ्य सामाग्री पठाउन लागिएको मन्त्री अहमदले जनाएका छन् ।

    बेलायती सेनाको गोर्खा ब्रिगेडले समाचारको पुष्टि गरेको छ ।

  • नेपालमा सहयोग जुटाउन एनआरएनए अमेरिकासँग माग

    नेपालमा सहयोग जुटाउन एनआरएनए अमेरिकासँग माग

    काठमाडौं । अमेरिकाको विभिन्न शहरमा बस्ने नेपालीले नेपालमा नयाँ भेरिएन्टसहितको कोरोनाको दोस्रो लहर तीव्र भइरहेका बेला गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अमेरिका शाखाको अधिवेशन स्थगित गर्न माग गरेका छन् ।

    एनआरएनए अमेरिकाको सदस्यसमेत रहेका गैर आवासीय नेपालीले नेपालमा तीव्र संक्रमण फैलिएका बेला अधिवेशन रोकेर नेपालमा कोरोना पीडितका लागि स्वास्थ्य सामग्री एवं राहत जुटाउन सहयोग गर्न नेतृत्वसँग माग गरेका हुन् ।

    अर्को साता हुने अधिवेशनका लागि प्रचारप्रसार तीव्र भएको भन्दै विज्ञप्तिमा प्रचारप्रसारको खर्च नेपालमा स्वास्थ्य सामग्री जुटाउन खर्च गर्नुपर्नेमा जोड दिइएको क्यालिफोर्नियामा रहेका नेपाली युवा महेन्द्र सुवेदीले जानकारी दिए।

    नेपालमा महामारी तीव्र रुपमा फैलिएका बेला अमेरिकामामात्र नभई संसारका जुनसुकै कुनामा रहेका नेपाली र तिनका संस्था सहयोग जुटाएर नेपालीलाई बचाउने अभियानमा लाग्नुपर्नेमा जोड दिइएको उनले बताए। एनआरएनए राजनीतिक नभई सामाजिक संस्था भएकाले अहिलेको विषम परिस्थितिमा अधिवेशन गर्नुपर्ने आवश्यकता नरहेको विज्ञप्तिमा उल्लेख छ । मानवीय संवेदनशीलतालाई ध्यान दिँदै यतिबेला सबैले सहयोग जुटाउन सक्दो लाग्नुपर्नेमा विश्वभर फैलिएका नेपालीसमक्ष आह्वान गरिएको छ ।

    हाललाई अधिवेशन स्थगित गरी पछि उपयुक्त समयमा गर्न एनआरएनए अमेरिकाका १० जना साधारण सदस्यले जोडदार माग गरेका हुन्। विज्ञप्ति प्रकाशित गर्नेमा सुवेदी, अशोक खड्का, विजय खड्का, रविन्द्रबहादुर सिंह, अर्जुन लामा, दिनेश लामा, दिपेन्द्र तिमल्सिना, राजेश शर्मा, आदित्य खड्का र सन्देश खड्का छन् ।
    –रासस

  • मध्यपूर्वका प्रवासी नेपालीद्वारा ५६० थान अक्सिजन सिलिन्डर सहयोग

    मध्यपूर्वका प्रवासी नेपालीद्वारा ५६० थान अक्सिजन सिलिन्डर सहयोग

    काठमाडौं । मध्यपूर्वमा बसोबास गरिरहेका नेपालीले ५६० अक्सिजन सिलिन्डर सहयोग गरेका छन् । एनआरएनएका अध्यक्ष कुमार पन्तले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई सिलिन्डर हस्तान्तरण गरे ।

    सरकारलाई सहयोग गरिएका ती सिलिन्डर सुदूरपश्‍चिम र कर्णाली प्रदेशका लागि एक/एक सय, लुम्बिनीका लागि २००, प्रदेश २ का लागि ८५ र गण्डकीमा ७५ थान वितरण गरिदिन अनुरोध गरिएको छ ।

  • नेपालमा अक्सिजन सहयोगका लागि एनआरएनएको अभियान

    नेपालमा अक्सिजन सहयोगका लागि एनआरएनएको अभियान

    लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुरु गरेको ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ अभियान अन्तर्गत बेलायतस्थित नेपाली समुदायले सहयोग संकलन थालेका छन् ।

    नेपाली दूतावास लण्डनको समेत सहभागितामा तथा अध्यक्ष पुनम गुरुङको संयोजनमा शनिबार साँझ (भर्चुअल) माध्यमद्वारा यहाँ स्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको संयुक्त बैठकले नेपालमा तत्काल सहयोगको लागि अभियान सुरु गर्ने निर्णय गरेको हो ।

    विभिन्न संघसंस्थाका पदाधिकारीहरुले झन्डै सवा करोड रुपियाँ सहयोग गर्ने वाचा गर्दै उक्त रकमबाट १ सयवटा अक्सिजन कन्सन्ट्रेटर मेशिन तत्कालै किनेर नेपाल पठाउने घोषणा गरेका छन्।

    पहिलो चरणको छलफलमै ६४ वटा अक्सिजन कन्सन्ट्रेटर मशिनको प्रतिबद्धता आएको छ । करिब ११५ भन्दा बढी प्रतिनिधीहरुको उपस्थितीमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मीले नेपालमा तत्काल दुईवटा प्राथमिकता लिएर सहयोग गर्न सकिने बताए ।

    उनले कोभिड उपचारको लागि अक्सिजन कन्सन्ट्रेटर उपकरण तत्तकाल आवश्यक रहेको जानकारी दिए । उनले गैरआवासीय नेपाली संघ र नेपाल सरकारबीच सहकार्य गरेर अघि बढ्न सकिने बताए ।

    उनले गैरआवासीय नेपाली संघ यूकेले बेलायतवासीको तर्फबाट पहिलो चरणमा अक्सिजन कन्सरट्रेसर पठाउन अनुरोध गरे । रेग्मीले नेपालमा स्वास्थ्य सामग्री पठाउन परे आवश्यक हवाई चार्टड समेत गर्न सकिने जानकारी दिए ।

    कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघ यूकेका संरक्षक सूर्य गुरुङ्गले महाभूकम्पको वेलामा वेलायतवासी नेपाली समुदायतले ऐक्यवद्ध भएर देशमा सहयोग गरेको स्मरण गर्दै अहिलेको स्वास्थ्य संकटमा समेत एक भएर सहयोग संकलन गर्न आव्हान गरे ।

    संघका महासचिव डा हेम राज शर्माले तत्काल अक्सिजन सिलिन्डर र कन्सन्ट्रेटरहरु पठाउन आग्रह गरे । शर्माले विदेशमा संकलन भएको सहयोगलाई नेपाल सम्म पुराउनको संघले आवश्यक सहयोग गर्ने बताए । गैरआवासीय नेपाली संघ का केन्द्रीय सदस्य रामशरण सिमखडाले महाभूकम्पको भन्दा अहिले स्थिति बढी भयावह रहेको बताए ।

    उनले एउटा ठोस ‘एक्सन प्लान’ बनाएर अघि बढ्नु पर्नेमा जोड दिए । अत्याबश्यक स्थानहरु प्राथमिकताको आधारमा प्रादेशिक अस्पताल बुटवल, भेरी तथा कर्णालीमा आजको दिनमा अक्सिजनको अभाव भएकोले सरकारी एकद्धार प्रणाली भएता पनि मन्त्रालयसँगको परामर्शमा सहयोग गर्ने संस्थाको अनुरोध समेत सुनिने हुंदा ति स्थानहरुमा सहयोग गर्न र अध्यक्ष पुनम गुरुङकै प्रस्ताब अनुसार १(२ दिनमा काम अघि बढाउन सुझाए।

    गैरआवासीय नेपाली संघका सल्लाहकार कुल आचार्यले यो महामारी देशलाई सेवा गर्ने अवसर भएको बताए । उनले नेपालमा अहिले अस्पतालमा अक्सिजनको अभाव हुंदा राम्रो उपचार हुन नसकेको भन्दै सबैलाइ कांधमा कांध मिलाएर देशको सेवामा लाग्न आग्रह गरे । उनले नेपालमा खोप लैजान सबै पक्षलाइ आआफ्नो स्थानबाट पहल गर्न आग्रह पनि गरे ।

    गैरआवासीय नेपाली संघका यूरोप क्षेत्रीय उपसंयोजक कृष्ण तिमिल्सनाले अहिले देशमा स्वास्थ्य संकट रहेकोले सबैजना ऐक्यबद्ध भएर सहयोग गर्नु पर्ने वेला आएको बताए ।

    गैरआवासीय नेपाली संघ यूकेकी अध्यक्ष पुनम गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरुले तत्काल नेपालमा खोप लैजान पहल गर्नु पर्ने साथै तत्काल सहयोगको लागि सक्रिय हुनुपर्ने सुझाव दिएका थिए ।

    ३ घण्टा चलेको सो कार्यक्रमबाटै ७५ लाखको प्रतिबद्धता आई सकेको र धेरै संघसंस्थाले तत्कालै छलफल पश्चात सहयोग गर्ने जानकारी समेत दिईएको सो कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधीहरु, गैरआवासीय नेपाली संघ यूकेका पदाधिकारीहरु, पत्रकार, लेखक, बुद्धिजीवीहरुको उपस्थिति थियो ।

  • एनआरएनले थाल्यो ‘अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं’ अभियान, कुुन देशबाट कति स्वास्थ्य सामाग्री आउँदैछ  ?

    एनआरएनले थाल्यो ‘अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं’ अभियान, कुुन देशबाट कति स्वास्थ्य सामाग्री आउँदैछ  ?

    काठमाडौं । गैरआवसीय नेपाली संघ (एनआरएनए)ले ‘नेपालमा अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔ’ अभियान थालेको छ ।

    उक्त अभियानअन्तर्गत नेपालको लागि अक्सिजनसहितका अत्यावश्यक स्वास्थ्य सामाग्री खरिदका लागि आर्थिक संकलन गरिने भएको छ ।

    उसले विभिन्न मुलुकमा रहेका आफ्ना सदस्य संस्थाबाट नेपालमा अत्यावश्यक सामाग्री नेपाल पठाउने तयारी पनि गरेको छ । ओमानबाट ५५० थान अक्सिजन सिलिन्डर आज बेलुका काठमाडौं आइपुग्ने एनआरएनएले जनाएको छ ।

    उक्त सिलिन्डर नेपाल ल्याउन लाग्ने ७५ लाख रुपैयाँ गैरआवसीय नेपालीहरुले जुटाउने र ढुवानीको खर्च सरकारले व्योहर्ने भएको छ ।

    चीनबाट १७० थान अक्सिजन कन्सन्ट्रेटर केही दिनमा नेपाल आइपुग्ने भएको छ । यसका लागि १ करोड ३७ लाख खर्च हुने भएको छ । एनसीसी अष्ट्रेलियाले १ करोड र एनसीसी चीनले ७० अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्ने भएको छ ।

    अफ्रिकामा रहेका गैरआवसीय नेपालीबाट १५ लाख बराबरको अक्सिजन सिलिन्डर अस्पतालहरुमा वितरण गरिएको छ । कतारबाट मात्र १७८ थान सिलिण्डरको मूल्य बराबरको रकम कुल १ लाख ४ हजार २ सय कतारी रियालभन्दा बढी उठेको छ।

    अक्सिजन सिलिन्डर नेपाल पठाउने अभियानका मध्यपूर्व संयोजक आरके शर्माले दिएको जानकारी अनुसार १ थान अक्सिजन सिलिन्डरको मूल्य नेपाल पुग्दासम्म १२० अमेरिकी डलर बराबर पर्ने र सोहि अनुसार सहयोग जुटाउन उनले अपील गरे बमोजिम कतारबाट मात्र उक्त रकम संकलन भएको हो।

  • पीसीआर टेष्ट गरेर मात्र नेपाल जान कोलकाता महावाणिज्यदूतावासको आग्रह

    पीसीआर टेष्ट गरेर मात्र नेपाल जान कोलकाता महावाणिज्यदूतावासको आग्रह

    कोलकता । नेपाली महावाणिज्यदूतावास कोलकाताले सकभर नेपाल जाँदै नजान र जानै परेमा पीसीआर टेष्ट गरेर मात्र जान नेपाली समुदायमा आग्रह गरेको छ ।

    महावाणिज्यदूत ईश्वरराज पौडेलले सीमा पार भएपछि १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने जनाउँदै यदि अस्पतालमा भर्ना हुन र कोरोना भाइरसविरुद्धको खोपका लागि कुनै कागजपत्र आवश्यक परे महावाणिज्यदूतावासमा सम्पर्क राख्न आग्रह गरे ।

    कोरोना भाइरसविरुद्ध जीत हासिल गर्न नेपाल र भारतका स्वास्थ्य मापदण्ड अपनाउन, घरैमा बस्न तथा सबै नेपाली एकजुट हुन पनि उनले अनुरोध गरेका छन् ।

    यसैबीच श्री जानकीमाता नेपाली धार्मिक सङ्घले कोरोनापीडित नेपालीका लागि दुई एम्बुलेन्समार्फत निःशुल्क घुम्ती सेवा शुरु गरेको छ ।

    नेपालीहरु कसैलाई अस्पताल जानआउन वा अन्य समस्या भएमा एम्बुलेन्स सेवा लिन आग्रह गरिएको सङ्घका सभापति गुञ्जदास श्रेष्ठ र जानकी माता नेपाली महिला कल्याणकारी कोषका अध्यक्ष रमा शर्मा पौडेलले बताइन् ।

  • एनआरएन अमेरिकाको महासचिवमा सुवेदीको चर्चा

    एनआरएन अमेरिकाको महासचिवमा सुवेदीको चर्चा

    काठमाडौं । अमेरिकामा रहेका नेपालीहरुलाई यतिबेला चुनाव लागेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद् (एनसीसी) को आसन्न निर्वाचनका उम्मेदवारहरु प्रचार अभियानमा व्यस्त छन् ।

    यसैबीच एनआरएन अमेरिकाको एनसीसीको महासचिवका लागि दोलखा घर भई नर्थ क्यारोलिना बस्दै आएका नवराज सुवेदीले प्रचार अभियान तीव्र बनाएका छन् । तीन बुँदे मुख्य एजेण्डा घोषणा गर्दै प्रचार अभियानमा सक्रिय महासचिव पदका प्रत्याशी सुवेदी आफू निर्वाचित भए एनआरएनको गरिमा बढाउनेगरी काम गर्ने बताउँछन् ।

    ‘मेरो उम्मेदवारी अमेरिकामा रहेका नेपालीहरुलाई साझा हितका लागि गोलबन्द गर्न, एनआरएन अमेरिकालाई राजनीतिक प्रतिशोधमुक्त र पारदर्शी बनाउनका लागि हो । यो एजेण्डा सबैको साझा भएकोले सबैले सहयोग गर्नेमा विश्वस्त छु’, सुवेदीले भनेका छन् । उनले अमेरिकामा स्थायी बसोबास अनुमति प्राप्त गर्ने सबै नेपालीले स्वतः एनआरएनको सदस्यता प्राप्त गर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।

    एनआरएनमा राजनीतिक आस्थाका आधारमा बढेको विभाजनले संस्थालाई कमजोर बनाउँदै लगेको भन्दै सुवेदीले एकताबद्ध एनआरएन बनाउन महासचिवका रुपमा भूमिका निर्वाह गर्न आफू आतुर रहेको बताए ।

    अमेरिका पुग्ने नेपालीलाई प्रारम्भिक दिनमा पर्ने समस्या समाधानमा आफूले विशेष जोड दिने भन्दै सुवेदीले अमेरिकाका ५० वटै राज्यमा संगठन विस्तार गर्ने र सामाजिक कार्यलाई पनि तीव्रता दिने बताए । आफू महासचिव भएपछि हरेक महिनाको पहिलो शनिबार संस्थाका कामकारवाहीबारे सार्वजनिक सुनुवाई गर्ने सुवेदीको योजना छ । ‘महासचिव भएपछि २ वर्षे कार्यकालको पूर्ण कार्यतालिका पहिले नै सार्वजनिक गरेर काम गर्छु । एनआरएन अमेरिकालाई प्रभावकारी बनाउन सबै नेपाली दाजुभाईको सल्लाह सुझाव समेटेर अगाडि बढ्छु’, सुवेदी भन्छन् ।

    अमेरिकामा रहेरपनि नेपालमा विभिन्न सामाजिक कार्य गर्दै आएका सुवेदीले दोलखाको भीमेश्वरमा संग्रहालय निर्माणमा विशेष सहयोग गरेका छन् । त्यस्तै शिक्षा, स्वास्थ्य लगायतका विभिन्न क्षेत्रमा सुवेदीले आर्थिक तथा सामाजिक सहयोग गर्दै आएका छन् । एनआरएन अमेरिकाको महासचिव बनेमा अमेरिकामा रहेका नेपालीहरुलाई मातृभूमिमा सामाजिक कार्य गर्न संस्थागत रुपमै प्रोत्साहन गर्ने सुवेदीको योजना छ ।

  • स्वास्थ्य उपकरणमा सहयोग गर्न जर्मनीका एनजीओ तयार

    स्वास्थ्य उपकरणमा सहयोग गर्न जर्मनीका एनजीओ तयार

    नेपालमा कोरोनाको दोस्रो भेरिएन्टको संक्रमणबाट स्वास्थ्यसम्बन्धी उपकरणको अभावका कारण जनजीवन नराम्ररी प्रभावित भएपछि नेपाल सरकारको आह्वानअनुसार जर्मनीमा कार्यरत विभिन्न गैरसरकारी संस्था(एनजिओ)हरुले आवश्यक सहयोग गर्ने तत्परता देखाएका छन् ।

    जर्मन­ नेपाल मैत्री सङ्घको संयोजनमा एनजीओ फोरम नेपालले आज आयोजना गरेको वेबिनारमा सहभागी झण्डै ६० वटा गैरसरकारी संस्थाले मानवीय सहयोगअन्तर्गत नेपाललाई आवश्यक स्वास्थ्य सामग्री तथा उपकरणहरु उपलब्ध गराउने निर्णय गरेका हुन् ।

    कार्यक्रममा जर्मनीका लागि नेपाली राजदूत रामकाजी खडकाले कोरोनाको बढ्दो संक्रमणका कारण अस्पताललगायत स्वास्थ्य संस्थाहरुमा आवश्यक पीसीआर परीक्षण सामग्री, एन्टिजेन सामग्री, भ्यान्टिलेटर, आइसीयू शय्या, पोर्टेबल डिजिटल एक्स रे, थर्मल गन, अक्सिनेटर, पीपीईलगायतका उपकरण र सामग्रीहरुको अभाव हुँदा उपचारमा समस्या आएको बताए ।

    उनले यस्तो विपद्को अवस्थामा आवश्यक सहयोग गरिदिन नेपाल सरकारले सबै मित्र राष्ट्र तथा दातृसंस्थाहरुसँग आग्रह गरेको उल्लेख गर्दै जर्मनीमा कार्यरत संस्थाहरुबाट पनि विगतमा जस्तै यसपटक पनि सहयोग रहने विश्वास व्यक्त गरे । राजदूत खडकाले जर्मनीबाट उपलब्ध हुने सहयोगलाई नेपाल सरकारले विमानस्थलमा आवश्यक समन्वय गर्ने र सम्बन्धित निकायलाई उपलब्ध गराइनेछ भने ।

    सो अवसरमा नेपालका लागि जर्मनीका राजदूत रोल्याण्ड सेफरले नेपालमा हाल कोरोनाको संक्रमण व्यापकरुपमा फैलिएकाले अक्सिजनलगायत अन्य स्वास्थ्य सामग्रीको अभावका कारण धेरैले ज्यान गुमाउनु परेको अवस्थाका बारेमा अवगत गराएका थिए।

    उनले जर्मनी नेपालको एक असल मित्र राष्ट्र भएकाले यस विषम समयमा पनि विगतमा जस्तै गैरसरकारी संस्थाहरुले एकमुष्ट सहयोग उपलब्ध गराउन आवश्यक रहेको बताए । राजदूत सेफरले नेपालको अर्थतन्त्रमा कुनै असर नहुने गरी हप्तामा एक÷दुईवटा उडानको प्रबन्ध मलाउन आग्रह गरे ।

    मैत्री सङ्घका अध्यक्ष तथा जर्मनीका लागि नेपाली महावाणिज्यदूत रामप्रताप थापाले नेपालमा उत्पन्न स्वास्थ्य समस्याका कारण सिर्जित विकराल अवस्थामा नेपालमा सहयोग गर्दै आएका जर्मनीका गैससहरुबीच समन्वय गरी आवश्यक सहयोग जुटाउन वेबिनार आयोजना गरिएको जानकारी दिए ।

    गैरआवासीय नेपाली सङ्घ(एनआरएन) फाउण्डेशनका अध्यक्ष जीवा लामिछानेले एनआरएनले विश्वभरि रहेका आफ्ना च्याप्टरहरुमार्फत सहयोगको आह्वान गरिसकिएको र चीन, ओमानलगायत केही देशबाट स्वास्थ्य उपकरणहरु ल्याइएको उल्लेख गरे ।

    कार्यक्रममा सहभागी विभिन्न गैससका प्रतिनिधिहरुले कोरोनाका बिरामीको उपचारमा आवश्यक सामग्रीहरु एकमुष्ठरुपमा उपलब्ध गराउन आफूहरु तयार रहेको र ती सामग्री पठाउन हवाइ उडानको प्रबन्ध मिलाउन आग्रह गरेका थिए । कतिपयले यसअघि नै व्यक्तिगत र संस्थागत रुपमा पनि नेपालका केही स्वास्थ्य संस्थाहरुलाई सहयोग गरिसकेको जानकारी दिएका थिए ।

  • नेपालमा कोरोनासँग जुध्न बेलायतमा रहेका नेपाली एकजुट

    नेपालमा कोरोनासँग जुध्न बेलायतमा रहेका नेपाली एकजुट

    बेलायत । गैरआवसीय नेपाली युकेले नेपालमा बढ्दै गइरहेको कोरोनाको नियन्त्रण र रोकथामका लागि बेलायतबाट सक्दो सहयोग गर्न यहाँका नेपालीहरूलाई एकजुट गराउने कामको थालनी गरेको छ । एनआरएनए युकेकी अध्यक्ष श्रीमती पुन गुरुङको सक्रियतामा बुधबार लण्डनस्थित नेपाली दूतावास, एनआरएनए युकेको संरक्षक परिषद् र बेलायतका विभिन्न स्थानीय तहमा निर्वाचित नेपालीमूलका मेयर, उपमेयर, काउन्सिलरसहितका प्रतिनिधिबीच गम्भीर छलफल भएको छ ।

    उक्त छलफल खासगरी नेपालमा बेलायतबाट के-कस्तो सहयोग गर्न सकिन्छ भन्नेमा केन्द्रित रहेको अध्यक्ष गुरुङले बताए । बेलायतमा धेरै नेपाली सङ्घसंस्था रहेको र ती संस्थाले एकमुष्ट सहयोग गर्न सके नेपालमा केही राहत हुने देखिएकाले अब छिट्टै सबै नेपाली समुदायलाई एकजुट गराई सकेको सहयोग गरिने गैरआवासीय नेपाली युकेका महासचिव फणिन्द्र भट्टराईले बताए ।

    यसका साथै बेलायतको राजनीतिमा बढ्दै गइरहेका नेपालीमूलका नेपालीको पहुँच र पहलबाट पनि नेपालमा थप केही सहयोग हुने भएकाले नेपालीमूलका स्थानीय जनप्रतिनिको समेत बैठकमा उपस्थिति रहेको गैरआवासीय नेपाली युकेका पूर्वअध्यक्ष एवं समाजसेवी सूर्य गुरूङले बताए ।

    कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले बेलायत सरकारसँग नेपाल सरकारको प्रतिनिधिका रूपमा आफूले कोरोनाको खोपको माग गरिसकेको र उच्च तहबाट सकारात्मक प्रतिक्रिया आएको बताए । बेलायतको नेपाली समुदायबाट आइसीयू, भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन सिलिण्डर, टेस्ट कीटजस्ता अत्यावश्यक स्वास्थ्य सामग्री नेपाल सरकारलाई उपलब्ध गराउन सके प्रभावकारी हुने राजदूत रेग्मीको भनाइ थियो । साथै यहाँको नेपाली समुदायले गरेको सहयोग सम्बन्धित ठाउँमा पुर्‍याउन दूतावास सदैव तयार रहेकोसमेत उनले बताए ।

    कार्यक्रममा एनआरएनए युके पूर्वअध्यक्ष तथा प्रमुख संरक्षक डम्मर घले, संरक्षक सूर्य गुरुङ, संरक्षक तथा आइसीसी सल्लाहकार कुल आचार्य र निर्वतमान अध्यक्ष योगकुमार फगामीले दूतावास र एनआरएन मिलेर नेपालको सहयोगमा जुटाए राम्रो हुने बताए । कार्यक्रममा बेलायतमा नवनियुक्त एवं पूर्वकाउन्सिलरहरु जीव बेल्वासे, नेम थापा, डा. जगन्नाथ शर्मा प्रवेश केसी, नवीन सेवा, दिनेश खड्का, डेपुटी मेयर लक्ष गुरुङ र नवनिर्वाचित मेयर विष्णुबहादुर गुरुङले आ-आफ्नो धारणा राखेका थिए ।

  • नेपाललाई सहयोग गर्न बेलायतलाई लन्डन डायस्पोराको आग्रह

    नेपाललाई सहयोग गर्न बेलायतलाई लन्डन डायस्पोराको आग्रह

    लन्डन । नेपालमा कोरोनाभाइरस संक्रमणको अवस्था भयावह बनेको भन्दै सहयोगका लागि बेलायतसँग आग्रह गरिएको छ ।

    लन्डन बरो अफ बार्टेनका उपमेयर काउन्सिलर लक्ष्य गुरुङले डा. म्याथ्यू अफोर्डलाई एक पत्र लेख्दै ब्रिटिस सरकारसँग सहयोगका लागि आग्रह गरेका छन् ।

    गुरुङले भारतमा बढिरहेको नयाँ भेरिएन्टले नेपाललाई पनि प्रभावित गर्ने र नेपालमा बिरामीले भरिएका अस्पताल र अक्सिजन अभावले मृत्यु भएको परिस्थितीबारे ध्यानाकर्षण पनि गराएका छन् ।

    बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले संक्रमण बढेपछि भारतलाई सहयोग पठाएको र कठिन अवस्थामा निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको गुरुङको पत्रमा उल्लेख गरिएको छ ।

    कोभिड संक्रमण तीव्ररुपमा फैलिएसँगै बेलायत सरकारले नेपाल र भारतलाई रेड लिस्टमा राखेको स्मरण गराउँदै उनले नेपालले कोरोना महामारी नियन्त्रण गर्न अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध र निषेधाज्ञा लगाएको पनि अवगत गराएका छन् ।

     

     

  • चीनको सहयोगमा प्राप्त हुने स्वास्थ्य सामग्री ल्याइँदै

    चीनको सहयोगमा प्राप्त हुने स्वास्थ्य सामग्री ल्याइँदै

  • ओमानबाट आइतबार ६०० थान अक्सिजन सिलिन्डर नेपाल ल्याइँदै

    ओमानबाट आइतबार ६०० थान अक्सिजन सिलिन्डर नेपाल ल्याइँदै

    काठमाडौं । भाइरस महामारी झेलिरहेको नेपाललाई अन्तर्राष्ट्रिय समुदायबाट सहयोग मिल्ने क्रम जारी छ ।

    गैरआवसिय नेपाली संघ ओमानले ६०० वटा अक्सिजन सिलिन्डर आइतबारसम्म नेपाल ल्याउने भएको छ ।

    नेपालमा अक्सिजन सिलिन्डरको अभाव भैरहेको बताउँदै संघले यस्तो निर्णय गरेको हो ।

    गैरआवसिय नेपाली सोसल क्लब अध्यक्ष विकल झाले सिलिन्डरको खरिद प्रक्रिया सुरु भैसकेको बताए । सिलिन्डर खरिदका लागि ७५ लाख रुपैयाँ खर्च हुने उनले जनाए ।

    सिलिन्डर पठाउन मस्कटस्थित नेपाली दूतावासलाई हस्तान्तरण गरिने भएको छ ।

  • नेपालमा सघाउन जापानमा कोभिड-१९ प्रतिकार्य समिति

    नेपालमा सघाउन जापानमा कोभिड-१९ प्रतिकार्य समिति

    जापानस्थित नेपाली दूतावासले नेपालमा कोभिड-१९ को नियन्त्रण र रोकथाममा सघाउन पहल शुरु गरेको छ । दूतावासले ‘मातृभूमिका लागि कोभिड-१९ संक्रमण प्रतिकार्य तथा उपचार व्यवस्थापन समिति जापान’ गठन गरी पहल लिएको हो ।

    जापानका लागि नेपाली राजदूत प्रतिभा राणाको अध्यक्षतामा यही वैशाख २६ मा सम्पन्न सरोकार भएकाको बैठकले नेपालमा सहयोग गर्न गैह्रआवासीय नेपाली सङ्घ (एनआरएन) को सहभागितामा उक्त समिति गठन गरेको हो । समितिको संयोजकमा भवन भट्ट, उपसंयोजकमा महेश श्रेष्ठ (कोषाध्यक्ष, एनआरएनए-आइसीसी), सदस्यमा गोविन्द श्रेष्ठ रोविन्द (एशिया प्यासिफिक संयोजक), पारसमणि पोख्रेल (एशिया प्यासिफिक उपसंयोजक) र देवीलाल भण्डारी (अध्यक्ष, एनआरएनए, जापान ) र एनआरएनए जापानका महासचिव सदस्यसचिवमा चयन भएका छन् ।

    समितिका अन्य सदस्यमा जापानस्थित एनआरएनए आइसीसीका निवर्तमान तथा पुर्व पदाधिकारी तथा सदस्य, एनसीसी जापानका पूर्वाध्यक्ष, नेपाल पत्रकार महासङ्घको शाखा, यहाँस्थित विभिन्न राजनैतिक दलका भातृ संस्थाका प्रमुख र संघ संस्था प्रमुखहरु सदस्य रहनेछन् ।

    समितिले जापानवासी सम्पूर्ण नेपालीलाई सक्दो सहयोग गरी नेपाललाई सहयोग पठाउने अभियानमा सहयोगी बन्न आव्हान गरेको छ । संयोजक भट्टले आफÞना तर्फÞबाट यस अभियानमा १० लाख जापनी येन सहयोग गर्ने घोषणा गरे । एनआरएनए, जापानले तीन लाख येन, एनबिए जापानले एक लाख, मोना जापानले ५० हजार येन र दोलखा समाज, जापानले ५० हजार येन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

  • अमेरिकामा गोली प्रहारबाट नेपाली विद्यार्थीको मृत्यु

    अमेरिकामा गोली प्रहारबाट नेपाली विद्यार्थीको मृत्यु

    मेरिल्यान्ड । अमेरिकाको मेरिल्यान्ड राज्यमा भएको अन्धाधुन्द गोली हानाहानको घटनामा एक नेपालीले ज्यान गुमाएका छन् ।

    ज्यान गुमाउने चारमध्ये एकजना नेपाली रहेको अधिकारीहरुले जनाएका छन् ।

    मृत्यु हुने नेपालीमा संखुवासभा घर भएका २४ वर्षका सागर घिमिरे रहेको जनाइएको छ । उनी गत अप्रिलमा साउथ क्यारोलिनाको अरेन्जवर्गमा रहेको क्लाफलिन युनिभर्सिटीबाट ग्राजुएट भएका थिए ।

    उनी झन्डै एकसाता अगाडिमात्र वुडल्यान कम्प्लेक्समा बसाई सरेका थिए । बाल्टिमोर काउन्टी पुलिस डिपार्टमेन्टले प्रेस वक्तब्य जारी गर्दै मृतकहरुको पहिचान सार्वजनिक गरेको थियो ।

    उक्त घटनामा अर्का एक नेपालीको घर पूर्णरुपमा जलाइएको छ भने त्यहाँ कम्तीमा दुई घर पुरै र दुई घर आंशिक रुपमा जलेको बताइएको छ ।

     

  • एनआरएनएले अक्सिजन कन्सन्ट्रेटर उपकरण नेपाल पठाउने

    एनआरएनएले अक्सिजन कन्सन्ट्रेटर उपकरण नेपाल पठाउने

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले तत्काल करीब दुई करोड बराबरको स्वास्थ्य सामग्री नेपाल पठाउने निर्णय गरेको छ ।

    संघका अध्यक्ष कुमार पन्तका अध्यक्षतामा शुक्रबार बसेको आकस्मिक बैठकले नेपालमा दिनहुँ बढ्दै गइरहेको कोरोना भाइरसविरुद्ध लड्दै गरेका बिरामीका लागि एक सय अक्सिजन कन्सन्ट्रेटर पठाउने निर्णय गरेको हो ।

    बैठकमा संघ, स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले नेपालमा कोभिड १९ विरुद्ध लड्नका लागि तत्काल अक्सिजन सिलिन्डरलगायत समस्या रहेकाले अल्पकालीन तथा दीर्घकालीन योजनासहित अघि बढ्नुपर्ने सुझाव दिए ।

    अध्यक्ष पन्तले सरकारका तर्फबाट स्वास्थ्योपचारमा पहल हुँदाहुदै पनि कोरोना भाइरस तीव्र रुपमा बढिरहँदा बिरामीले अस्पतालमा शय्यासमेत नपाउने अवस्था रहेको जानकारी दिए । संघका उपाध्यक्ष डा. बद्री केसीले संघका सक्रियतामा टेलिमेडिसिन सञ्चालन भइररहेको र मानसिक स्वास्थ्य सेवा प्रदान गर्न हेल्प डेस्कको आवश्यकता रहेको बताए।

    संघका कोषाध्यक्ष महेश श्रेष्ठले कोभिडविरुद्धको अभियानमा नेपाललाई आर्थिक सहायता गर्नका लागि सक्रिय रहन सबै राष्ट्रिय समितिलाई आह्वान गरे । संघ अमेरिकाका महासचिव पशुपति पाण्डेले संघ अमेरिकाका सक्रियतामा १५ हजार डलर खर्चिएर जनकपुरमा आइसोलेशन केन्द्र स्थापना गर्न लागिएको जानकारी दिए ।

    संघ बेलायतका अध्यक्ष पुनम गुरुङले बेलायत सरकारलाई खोप उपलब्ध गराइदिन आग्रह गरिएको जानकारी दिए । संघ अष्ट्रेलियाका अध्यक्ष केशव कंँडेलले कोरोना भाइरसको संक्रमणविरुद्ध लड्नका लागि नेपालमा सहयोग गर्न अष्ट्रेलियावासी नेपाली समुदायका तर्फबाट अर्थ संकलन भइहेको जानकारी दिए ।

    बैठकमा वक्ताले कोभिड १९ विरुद्ध लड्न आइसोलेशन सेन्टर स्थापना गर्न, स्वास्थ्यकर्मीलाई सहयोग गर्न, पिसिआर टेष्ट र स्वास्थ्य जनजागरण अभियान सञ्चालन गर्न आवश्यक रहेको सुझाव दिएका थिए ।

    बैठकले संघका अध्यक्ष पन्त तथा अन्य संक्रमितको स्वास्थ्यलाभको कामना गरेको संघ कोभिड उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।  रासस

  • नागरिक एपमा यी ८० सेवा थपिंदै

    नागरिक एपमा यी ८० सेवा थपिंदै

    काठमाडौं । आइसिटी दिवस २०२१ मा सार्वजनिक भएको नागरिक एपमा ६ महिनाभित्र थप ८० वटा नयाँ सेवा थप्ने तयारी भएको प्रधानमन्त्रीका आइटी सल्लाहकार अस्गर अलिका बताएका छन् ।

    वागमती प्रदेश अन्तर्गत यातायातको कर तिर्ने व्यवस्था सुरु गर्न लागेको जानकारी दिदै उनले खानेपानीदेखि चौमासिक, अर्थ वार्षिक, वार्षिक कर दिर्ने र अन्य सरकारी सेवाहरु लिने सबै सुविधा यसै एप मार्फत उपलब्ध गराउन लागेको पनि बताए ।

    विद्यार्थीको सुविधाको लागि त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्व विद्यालय पनि यस एपमा चाडै नै जोडिन लागेको छ ।  त्यस्तै, संचार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव तथा आइटी महाशाखा प्रमुख अनिल दत्तले मन्त्रालयले नागरिक एपलाई डिजिटल नेपालसँगै जोडेर प्राथमिकताको साथ आगाडि बढाइरहेको बताए ।

    उनले नागरिक एपको निर्देशिका पारित हुने क्रममा रहेको पनि जानकारी गराए । त्यस्तै, एपको सुरक्षाको लागि अडिट र हरेक सेवा थप्दा सेक्युरिटी परीक्षण गरिरहेको बताए ।

    डेटा क्लिनको लागि गृह मन्त्रालयमा सिस्टम विकास भएको र त्यसमा सुधारको काम भइरहेको छ ।पछिल्लो तथ्याङ्कनुसार ६ लाख २५ हजारले यो एप डाउनलोड गरेको र २ लाख बढिको भेरिफाइ भएको मन्त्रालयले जनाएको छ ।

    पूर्वमन्त्री गणेश शाहले नागरिक एप डिजिटल नेपालको लागि एक महत्वपुर्ण प्लाटफर्मको रुपमा विकास भइरहको हुदा सरकारले उच्च प्राथमिकतामा राख्दै काम गर्नुपर्ने जोड दिएका थिए । कार्यक्रममा सहभागिले नागरिक एपको प्राविधिक पक्ष, डेटा सुरक्षा र नागरिकता न।बाट तथ्यांक उपलब्ध नभएको गुनासो गरेका थिए ।

  • नेपाली मूलका बेल्बासे र थापा बेलायतको काउन्सिलरमा निर्वाचित

    नेपाली मूलका बेल्बासे र थापा बेलायतको काउन्सिलरमा निर्वाचित

    लण्डन । बेलायतको रश्मोर वरो काउन्सिलका दुई छुट्टाछुट्टै ठाउँबाट नेपाली मूलका दुई बेलायती काउन्सिलरका रुपमा विजयी भएका छन् । अल्डरसटस्थित वेलिङटन वार्डबाट सामाजिक अभियानकर्मी जीव बेल्वासे र चेरीउडबाट समाजसेवी तथा भूपूगोर्खा नेम थापा विजयी भएका छन् । नेपालीको बाक्लो बस्ती रहेको उक्त बरोमा बिहीबार सम्पन्न निर्वाचनको नतिजा शुक्रबार आएको हो ।

    वेलिङटनमा सम्पन्न निर्वाचनमा यहाँका तीन प्रमुख दल कन्जरभेटिभ, लेबर र लिबरल डेमोक्रेटका उमेदवारले भाग लिएका थिए । सबैभन्दा बढी मत प्राप्त गर्ने बेल्वासे सत्तारूढ दल कन्जरभेटिभबाट उम्मेदवार भई ५७८ मत प्राप्त गरेका थिए ।

    यसैगरी चेरीउडको निर्वाचनमा पनि नेम थापा सत्तारूढ दल कन्जरभेटिभ पार्टीबाटै उम्मेदवार थिए भने उनले ८९८ मत प्राप्त गरी विजयी भएका थिए ।

    प्रमुख प्रतिपक्ष दल लेबर पार्टीको वर्चस्व ठानिएका ती दुवै ठाउँमा कन्जरभेटिभबाट उनले विजयी हासिल गरे । वेल्वासेले जितेको ठाउँमा गत वर्ष पनि नेपाली मूलका बेलायतीले जितेका थिए भने नेम थापा भने त्यस ठाउँमा जित्ने पहिलो नेपाली मूलको बेलायतीका रुपमा चिनिन्छन्।

    थापा मगर सङ्घ युकेको पूर्वअध्यक्ष तथा ग्रेटर रश्मोर नेपाली कम्युनिटीमा हाल उपाध्यक्षका रुपमा रही समाजसेवामा तल्लीन छन् । त्यस्तै वेल्वासे ग्रेटर रश्मोर नेपाली कम्युनिटीका पूर्वअध्यक्ष तथा एनआरएनए युकेमा सक्रिय छन् । वेल्बासेको जन्मस्थान अर्धाखाँचीको भूमिका नगरपालिका खिल्जी हो भने थापाको तनहुँको व्यास नगरपालिका केशवटारमा पर्दछ ।(रासस)

  • नेपाली मूलका गुरुङ लण्डनको हनस्लो बरो काउन्सिलको मेयरमा निर्वाचित

    नेपाली मूलका गुरुङ लण्डनको हनस्लो बरो काउन्सिलको मेयरमा निर्वाचित

    लन्डन । बेलायतको लन्डनस्थित हनस्लो बरो काउन्सिलको मेयरमा नेपाली मूलका विष्णुबहादुर गुरुङ मेयरमा निर्वाचित भएका छन् ।

    हनस्लो बरोको साधारणसभाले गुरुङलाई मेयरमा निर्वाचित गरेको हो । उनको कार्यकाल एक वर्षको हुनेछ ।

    पूर्व गोरखा सैनिक समेत रहेका गुरुङ काउन्सिलमा काउन्सिलरका रुपमा कार्यरत थिए । यसअघि पनि उनी सोही काउन्सिलको उपमेयर थिए ।

    यसअघि बेलायतमा नेपाली मूलका शंकर गैरे र जगन्नाथ शर्मा स्थानीय काउन्सिलको मेयरमा निर्वाचित भइसकेका छन् । लण्डनभित्रको बरो काउन्सिलहरुमा नेपाली मुलको मेयर हुनेमा भने गुरुङ पहिलो हुन् ।

    मेयरमा निर्वाचित भएपछि गुरुङले दुई मुलुकबीचको सम्बन्ध बलियो बनाउन भूमिका खेल्ने बताए । च्यारिटीमार्फत सामाजिक सेवामा जोडिने जानकारी दिँदै उनले नेपालको विभिन्न खानेपानी, बाटो, शिक्षालगायतका क्षेत्रको उत्थानमा निरन्तर सक्रिय हुने समेत बताए ।

  • ५० लाखको ‘कोभिड च्यालेञ्ज फन्ड’ बनाइने

    ५० लाखको ‘कोभिड च्यालेञ्ज फन्ड’ बनाइने

    लण्डन। प्रवासी नेपाली एकता मञ्च युरोपले नेपालमा बढ्दै गएको कोरोना कहरमा नेपाल सरकारलाई सहयोग गर्न बिहीबार बृहत् भेला गरेको छ । सो भेलाले नेपालमा कोभिड महामारीविरुद्ध लड्न ५० लाख रुपैयाँँको ‘कोभिड-१९ च्यालेन्ज फन्ड’ खडा गर्ने घोषणा गरेको छ ।

    कोभिड च्यालेन्ज फन्डबाट नेपालमा अक्सिजन कन्सेन्ट्रटर मेशिन खरीद गर्ने, कोभिड महामारीमा आफ्नो जीवनलाई जोखिममा राखी अनवरत सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीको सम्मानमा फलफूल तथा खाना वितरण गर्ने र कोभिड-१९ सम्बन्धी जनचेतना अभिवृद्धिमा लगानी गर्ने घोषणा गरेको छ । भेलालाई बेलायतस्थित हडस्फिल्ड युनिभर्सिटीका प्रोफेसर डा पदम सिम्खडाले नेपालमा कोभिड महामारीको भयावह अवस्था र कोभि-१९ विरुद्धको लडाइँमा विश्वको अनुभव विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

    प्रवासी नेपाली एकता मञ्च अन्तरराष्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङको संयोजनमा सम्पन्न भएको भेलामा युरोपका विभिन्न देशका अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव तथा अगुवा नेताको उपस्थिति रहेको थियो ।

    भेलामा फिनल्यान्डका अध्यक्ष कोमल पौडेल, स्विडेनका अध्यक्ष चिरञ्जीवी खरेल, नर्वेका अध्यक्ष विश्वास बजगाईं, डेनमार्कका अध्यक्ष शिव चापागाईं, जर्मनीका सचिव सनतकुमार गौतम, जर्मनीका सचिवालय सदस्य युवराज अधिकारी, गोविन्दराज पाण्डे, रुद्र केसी र राजेशलाल श्रेष्ठ, बेल्जियमका अध्यक्ष बोधराज पौडेल, सचिव बुद्धि बराल, फ्रान्सका अध्यक्ष भक्तबहादुर वाग्ले क्षत्री, स्पेनका अध्यक्ष हेम शेर्पा, स्पेनका पूर्वअध्यक्ष तथा एनआरएन युरोपका डीआरसी मुक्त गुरुङ, पोर्चुगलका अध्यक्ष मदन लिम्बू, साइप्रसका अध्यक्ष लोकराज रोक्कामगर, चेक रिपब्लिकका अध्यक्ष उत्तम आचार्य, युकेका उपाध्यक्ष सुरेन्द्र थपलिया, महासचिव सुरेशजङ्ग शाह र पब्लिक हेल्थ विभागका प्रमुख राजु न्यौपानेले आ-आफ्नो मन्तव्य तथा सुझाव प्रस्तुत गरेका थिए ।

    प्रवासी नेपाली एकता मञ्च अन्तरराष्ट्रिय कमिटीले गत मङ्गलबार पनि एक कार्यक्रम आयोजना गरी नेपालमा बढ्दै गएको कोरोना रोकथामका लागि प्रवासबाट स्वास्थ सामग्री पठाउने निर्णय गरेको थियो । उक्त सामग्री खरीद प्रक्रिया र कोष खडा गर्ने काम सँगसँगै अघि बढाइने अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङले जानकारी दिए ।

    -रासस

  • बेलायती प्रधानमन्त्रीलाई गोर्खा सत्याग्रह अभियानको पत्र

    बेलायती प्रधानमन्त्रीलाई गोर्खा सत्याग्रह अभियानको पत्र

    लन्डन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई बेलायलतमा रहेका भूतपूर्व गोर्खा सैनिकहरूको सङ्गठन गोर्खा सत्याग्रह अभियानले एक ज्ञापनपत्र पठाएको छ ।

    बेलायती सरकार, नेपाल सरकार तथा गोर्खा सङ्गठनका प्रतिनिधिहरु सम्मिलित संयुक्त प्राविधिक प्रतिवेदन दुवै सरकारलाई बुझाएको तीन वर्ष पूरा भइसकेको तर अहिलेसम्म त्यसलाई सम्बोधन नगरिएको गोर्खा सत्याग्रह अभियानका संयोजक कृष्णकुमार राईले बताए ।

    ज्ञापनपत्रमा बेलायती सेनाबाट सेवानिवृत्त भूतपूर्व गोर्खा सैनिकहरुको समान पेन्सनलगायतका मागलाई सम्बोधन गर्न नेपाल तथा बेलायती सरकारबीच एक वार्ता समिति गठन गर्न, वार्तास्थल तोक्न तथा वार्तासमेत शुरु गर्न माग गरिएको छ ।

    पत्रमा आगामी जुलाई १ सम्ममा मागहरु सम्बोधन नगरिए आमरण अनशन बस्ने चेतावनी दिइएको छ । पत्रमा गोर्खा सैनिकहरुले ब्रिटिश इन्डिया र बेलायती सरकारका लागि गरेको बलिदानीको प्रशंसा गर्ने गरिएको तर त्यसअनुसारको व्यवहार नभएको उल्लेख गरिएको छ ।

    अभियानका निर्देशक ज्ञानराज राईले भने, “हामीले तीन वर्ष पर्खिसक्यौँ, यही बीचमा बेलायतमै कति गोर्खालीको निधन भइसक्यो, हामी मर्न तयार छौँ, अब थप पर्खन सक्दैनौँ, समान अधिकार पाए धेरै नेपाली नेपाल फर्कन चाहन्छन ।”

    सन् १९९७ भन्दा पहिले सेवानिवृत्त भएका भूतपूर्व गोर्खा सैनिकहरुले आफुूहरूलाई पेन्सनलगायतका विषयमा भेदभाव गरिएको बताउँदै आएका छन् ।

    गत मार्च महिनामा पनि गैरआवासीय नेपाली सङ्घ युकेको गोर्खा विभागको पहलमा गोर्खा सत्याग्रह, गेसो, बीजीडब्लुएसलगायत छ वटा गोर्खा सङ्गठनले बेलायती प्रधानमन्त्री तथा नेपाल सरकारलाई दुई देशबीच वार्ता शुरु गर्न माग गर्दै छुट्टाछुट्टै ज्ञापनपत्र पठाएका थिए ।

  • बेपत्ता २२ वर्षे नेपाली विद्यार्थी अजय शाह न्यूयोर्कमा मृत भेटिए

    बेपत्ता २२ वर्षे नेपाली विद्यार्थी अजय शाह न्यूयोर्कमा मृत भेटिए

    न्यूयोर्क । गत जनवरीबाट सम्पर्कविहिन एक नेपाली विद्यार्थीको शव न्यूयोर्कको ब्रुकलिनमा भेटिएको छ ।

    अमेरिकी अखबार डेलीभ्वाइसका अनुसार जनवरी १९ मा अन्तिमपटक ब्रुकलिन पुलमा देखिएका नेपालका २२ वर्षे सन्तोष शाहको शव ब्रुकलिनको एंकरेज नहरको पानीमा भेटिएको हो ।

    शव मार्च ९ मै फेला परेपनि शनाखत हुन नसकेपछि प्रहरीले अप्रिल २५ मा यसबारे मोरिस काउन्टीको प्रहरीलाई जानकारी दिएको थियो ।

    उनी न्यूजर्सी राज्यस्थित ड्रीउ विश्वविद्यालयका विद्यार्थी रहेको जनाइएको छ । उनको उद्दार र खोजीका लागि क्राउड फन्डिङ गोफन्डमीमा २५ हजार अमेरिकी डलरभन्दा बढी जुटेको थियो ।

    मेडिसन प्रहरी विभागले घटनाको छानविन गरिरहेको जनाएको छ । प्रहरी अधिकृत रोबर्ट जे क्यारलले उनी बेपत्ता भएपछिको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताए ।

    अजयको कोठामा गएर हेर्दा टेबुलमा आइ लभ यू ममी लेखेको नोट भेटिएको थियो । तर, उक्त नोटमा अन्य केही नलेखिएको र रद्दीको टोकरीमा फ्याँकिएको अर्को नोटमा अब केही गर्ने बेला आएको उल्लेख गरिएको थियो ।

    उनले शोकसन्तप्त शाहको परिवारप्रति समवेदना व्यक्त गरे । शाहको परिवारले मृतकको सर्टिफिकेट भने प्राप्त गरिसकेको छैन ।

    पुख्र्यौली घर सिराहमा रहेको र हाल उनको परिवार काठमाडौं कीर्तिपुरमा बस्दै आइरहेको जनाइएको छ । उनी साढे २ वर्ष ड्रीउ युनिभर्सिटीमा अध्ययन गर्दै आइरहेका थिए ।

  • अन्तर्राष्ट्रिय नेपाली समाजबाट एक लाख रुपैयाँको पुरस्कार स्थापित

    अन्तर्राष्ट्रिय नेपाली समाजबाट एक लाख रुपैयाँको पुरस्कार स्थापित

    अन्तर्राष्ट्रिय नेपाली समाजले नेपाली भाषा, साहित्य र कला क्षेत्रमा विशेष योगदान दिने व्यक्तित्वलाई हरेक वर्ष एक लाख रुपैयाँ बराबरको आइएनएस सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । समाजले भर्चुअलरुपमा आयोजना गरेको विश्व नेपाली साहित्य सम्मलेनको घोषणापत्र २०२१ मा स्रष्टाको स्तरीय कृतिलाई प्रकाशन गर्न प्रोत्साहन गर्ने र त्यस्ता कृतिलाई अन्तर्राष्ट्रियकरण गर्ने, मानवीय मूल्यमान्यताको संरक्षण, सम्बर्धन र प्रवर्धनका लागि धर्म र संस्कृतिको रक्षा गर्ने एवम् सामाजिक कुप्रथा अन्त्य गर्न साहित्यमार्फत सचेत गराउँदै लानेलगायत १६ बुँदा छन् ।

    यस्तै नेपाली समाजमा व्याप्त लैङ्गिक विभेदको अन्त्यका लागि कला–साहित्य सिर्जना एवम् विचारविमर्श गर्ने, मातृभाषा एवम् लोपोन्मुख भाषाको अभिलेखीकरण एवं साहित्य लेखनलाई प्रोत्साहन गर्ने, गजल विधा लेखनमा बहर र गैरबहरबीच बहस, विचारविमर्श गर्दै विद्यालय एवम् विश्वविद्यालयका विभिन्न तहमा एउटा छुट्टै विषयका रूपमा पठनपाठनमा समावेश गराउन पहल गर्ने, नेपाली भाषा तथा साहित्यमा कलम चलाउने प्रवासी नेपाली स्रष्टालाई समेत अन्तरविश्वविद्यालय स्तरीय विचारविमर्श र विभिन्न विधागत प्रतियोगितामा प्रतिस्पर्धा गराउने, भाषा आयोग, नेपाल प्रज्ञा-प्रतिष्ठान, विश्वविद्यालय र नेपाली मूलका प्रवासीद्वारा सञ्चालित संघसंस्थासंँग समन्वय गर्ने घोषणा पनि गरिएको छ ।

    समाजका अध्यक्ष अर्जुन घिमिरेका अध्यक्षतामा भएको सम्मेलनले अन्तर्राष्ट्रियस्तरमा नेपाली र नेपालका विश्वविद्यालयमा विदेशी मूलका प्रमुख भाषासाहित्यलाई तुलनात्मक अध्ययनका रूपमा अध्ययन-अध्यापन गराउन अनुरोध गर्ने, विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रममा प्रवासी नेपालीले लेखेको सिर्जना समावेश गराउनका साथै विषय विज्ञताका आधारमा स्रोत व्यक्तिका रूपमा सहभागी गराउन तथा विभिन्न विश्वविद्यालयको दर्शनाचार्य वा सीधै विद्यावारिधिको अध्यापन गराइने स्तरमा लोकसाहित्यलाई विषयका रूपमा समावेश गराउन पहल गर्ने, एथ्नोग्राफी (डिजिटल सहित), फेनोमेनोलोजी, वर्णनात्मक आदि जस्ता अनुसन्धान पद्धतिका विधिलाई पनि नेपाली साहित्यको अध्ययनमा संलग्न गराउन प्रोत्साहन गर्ने समाजले निर्णय गरेको समाजका नेपाल संयोजक डा. जानुका नेपालले जानकारी दिइन्।

    यस्तै प्रवासी नेपालीलाई समेटेर सरकारी एवम् गैरसरकारी रेडियो वा टेलिभिजनबाट नियमित नेपाली तथा मातृभाषा साहित्यसम्बन्धी कार्यक्रम गर्ने, लामो समयदेखि सिर्जना गर्दै आउनुभएका साहित्य एवम् कलाका क्षेत्रमा समर्पित सर्जकलाई राज्यका तर्फबाट विशेष सेवा सुविधाका लागि पहल गर्ने, विश्वव्यापीरूपमा देखा परेको जलवायु परिवर्तन र यसले पारिरहेको प्रभावबारे अध्ययन तथा सिर्जना गर्ने स्रष्टा-अध्येतालाई प्रोत्साहन गर्ने, कुनै एक लोपोन्मुख भाषाको अभिलेखीकरण गर्न विद्वत्वृत्ति प्रदान गर्नेलगायत विषय घोषणापत्रमा उल्लेख छ ।

  • कोरियामा एक नेपालीले भेटेको  १३ लाख प्रहरीलाई बुझाए

    कोरियामा एक नेपालीले भेटेको  १३ लाख प्रहरीलाई बुझाए

    दक्षिण कोरियामा एक नेपालीले बाटोमा भेटिएको पैसा झण्डै १३ लाख वन कोरियाली प्रहरीलाई बुझाएर आफ्नो इमान्दारी प्रदर्शन गरेका छन् । हाल दक्षिण कोरियाको इन्छन् शहरमा बसोबास गरिरहेका रामेछाप जिल्ला लिखु गाउँपालिका-७ का प्रदीप श्रेष्ठले उक्त रकम भेट्टाएका थिए ।

    इन्छनस्थित औद्योगिक क्षेत्र नाम्दोङमा आइतबार बाटोमा हिँड्ने क्रममा खाममा उक्त रकम भेटिएको हो । रकममध्ये १० लाख १ हजार कोरियन वन र बाँकी फिलिपिन्स, हङकङ र ताइवानका नोटहरू थिए । उनले इन्छन्स्थित एक प्रहरी कार्यालयमा उक्त रकम बुझाएर आफ्नो इमान्दारी देखाएका हुन् ।

    सन् २००९ मा पहिलोपटक दक्षिण कोरियामा इ-९ भिसा लिई कामदारका रूपमा प्रवेश गरेका श्रेष्ठ हाल भिसा परिवर्तन गरी एफ-२ रेसिडेन्सी भिसाअन्तर्गत कोरियामा बसोबास गरिरहेका छन् । उनी इन्छन् होगुफोस्थित विदेशी सहायता तथा परामर्श केन्द्रमा लामो समयदेखि स्वयंसेवक भई दोभाषेका रूपमा काम गर्छन् ।

    रकम भेट्टाएर प्रहरीलाई बुझाउन पाउँदा आफूलाई खुशी लागेको प्रतिक्रिया उनले दिए । अझ जसको पैसा हो, उसैले पाइदिए झन् खुशी लाग्ने उनले बताए। कोरियामा बाटोमा पैसालगायत अन्य बहुमूल्य सामान भेटेमा त्यत्तिकै छाड्ने वा प्रहरीलाई बुझाउने गर्नुपर्छ । यदि प्रहरीलाई नुबुझाई आफैँले लगेमा चोरी गरेबराबर सजाय हुनसक्ने व्यवस्था छ ।

  • कतार जाने नेपालीलाई १० दिन क्वारेन्टिन अनिवार्य

    कतार जाने नेपालीलाई १० दिन क्वारेन्टिन अनिवार्य

    काठमाडौं । नेपाल र भारतसहितका दक्षिण एसियाली मुलुकबाट कतार जाने व्यक्तिले अबदेखि १० दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने भएको छ ।

    कतार सरकारको जनस्वास्थ्य मन्त्रालयले सोमबार गरेको निर्णयमा कोभिड–१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र फिलिपिन्सबाट जाने यात्रु क्वारेन्टिनमा बस्नुपर्ने उल्लेख छ ।

    दोहास्थित नेपाली दूतावासका अनुसार अप्रिल २९ देखि यो नियम लागु हुनेछ । ती मुलुकबाट कतार प्रवेश गर्ने यात्रुहरुले ४८ घण्टा अगाडिको कोभिड–१९ को नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने भएको छ ।

    कतारमा कोभिड खोप लगाइसकेका व्यक्तिमा समेत यो नियम लागु हुने जनाइएको छ । कतारलाई ट्रान्जिट बनाई अन्य देशमा यात्रा गर्ने यात्रुले पनि पीसीआर परीक्षण गरेको हुनुपर्ने उल्लेख छ ।

  • कोरोनाबाट भारतमा २० सहित २३ प्रवासी नेपालीको मृत्यु

    कोरोनाबाट भारतमा २० सहित २३ प्रवासी नेपालीको मृत्यु

    लण्डन । कोरोना संक्रमणका कारण विदेशमा २३ जना नेपालीको मृत्यु भएको छ । पछिल्लो एक सातामा भारतमा २० सहित विदेशस्थित २३ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

    गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार भारत लगायतका विभिन्न मुलुकमा बढ्दै गएको कोरोना भाइरस महामारीको प्रकोपका कारण मृत्युदर बढेको हो ।

    गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता भारतमा २० जना, कुवेतमा २ जना र कतारमा १ जना नेपालीको कोरोनाका कारण निधन भएको छ ।

    भारतको नयाँ दिल्लीमा कार्यरत स्वास्थ्य समितिका सदस्य समेत रहेका अल इन्डिया इन्टिच्यूट अफ मेडिकल साइन्समा कार्यरत डा सागर पौडेलका अनुसार भारतको नयाँ दिल्लीमा १० जना र भारतका अन्य क्षेत्रमा थप १० गरी कूल २० जना नेपालीको निधन भएको हो ।

    निधन हुनेमा अधिकांश ५० वर्ष भन्दा मुनिका रहेका छन् । योसँगै हालसम्म विश्वका विभिन्न २१ मुलुकमा संक्रमणका कारण ३ सय ७२ जना नेपालीको निधन भएको छ । हालसम्म मृत्यु भएकामध्ये दुई सय पैतालिस जना मध्यपूर्वका रहेका छन् ।

    अहिलेसम्म विश्वका ५४ मुलुकमा कोभिड १९ का कारण संक्रमित हुने नेपालीको संख्या ६८ हजार ५ सय ६ जना पुगेको छ । कुल संक्रमितमध्ये ९४ दशमलव ६ प्रतिशत अर्थात ६४ हजार ७ सय ४४ जना संक्रमणमुक्त भएका छन् ।

    यो साता भारत, कुवेत, कतार, युएई, रोमनीया, रुस, फिनल्याण्ड, डेनमार्क, चेक रिपब्लिक, पोल्याण्ड रहेका नेपालीमा थप कोरोना भाइरसको संक्रमण देखिएको छ ।

    यसैबीच नेपालमा हालसम्म २ लाख ९७ हजार ८७ जना संक्रमित पुगेकोमा ९३ दशमलव ३ प्रतिशत अर्थात २ लाख ७७ हजार १ सय २३ जना संक्रमणमुक्त भएका छन् । संक्रमणका कारण शनिबार सांँझसम्म ३ हजार १ सय ३६ जनाको निधन भएको छ ।

    पछिल्लो एक वर्षमा सबैभन्दा बढी मे महिनामा ६८ जना, सेप्टेम्बरमा ६५ जना, अगष्टमा ३६ जना नेपालीको निधन भएको थियो । यो वर्ष सुरु भएपछि भने यही अप्रील महिनामा २३ जना नेपालीको निधन भएको स्वास्थ्य समितिले जनाएको छ ।

    गतवर्षको जुन, जुलाई, डिसेम्बर र यो वर्षको जनवरी महिनामा सबैभन्दा धेरै नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका थिए । यसैबीच, गत सोमबार वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै स्वास्थ्य समितिका संयोजक डा संन्जिव सापकोटाले महामारीका दौरान दुई सय पचास जना डाक्टर र नर्सहरु परिचालन गरिएको जानकारी दिए।

    उजका अनुसार, नेपाल बाहिर करिब पाँच हजार डाक्टर र पन्ध्र हजारको हाराहारीमा नर्सहरु रहेका छन् । ती सबै स्वास्थ्यकर्मीहरुलाई एनआरएनमा जोड्न प्रयास भइरहेको उनले बताए ।

    टेलिहेल्थ सेवा प्रयोगका लागि आग्रह

    एनआरएनएले सुरु गरेको टेलिहेल्थ सेवाले स्वास्थ्य सम्बन्धी कुनै पनि समस्या भए फोनबाट परामर्श लिन सकिने जनाएको छ । मा इमेल पठाएर परामर्श लिन सकिने एनआरएनएको स्वास्थ्य समितिले जनाएको छ ।

    स्वास्थ्य समितिले दुई ओटा विश्व स्वास्थ्य सम्मेलन आयोजना गरि सकेको र तेश्रो विश्व स्वास्थ्य सम्मेलन सन् २०२१ को सेप्टेम्बर १७ देखि १९ मा लन्डनमा आयोजना गरिने पनि समितिले जनाएको छ ।

    डा. सापकोटाले संघले ‘कम्प्रिहेन्सिभ ग्लोबल टेलिहेल्थ प्रोग्राम’ शुरु गरेर कोभिड १९ बाट जोगिन र संक्रमित भएको भए कसरी स्वास्थ्य सेवा प्राप्त गर्ने भन्ने बारेमा नेपाली भाषामा नै निर्देशिका प्रकाशन गरेको जानकारी दिए। पत्रकार सम्मेलनमा संघका महासचिव डा.हेमराज शर्माले महामारीकै बीच पनि ५० देशका तीन सय शहरमा २५ सय स्वयंसेवक परिचालन गरी सेवा प्रदान गरिएको जानकारी दिए।

    उनका अनुसार एनआरएनमार्फत एक लाख सत्तरी हजारलाई प्रत्यक्ष रुपमा सेवा प्रदान गरिएको थियो । त्यस्तै, संघका संरक्षक एवंम पूर्व अध्यक्ष जीवा लामिछानेले विगतका अन्य विपद्मा जस्तै कोभिड महामारीका बेला पनि एनआरएनले नेपालीलाई सघाएको बताए ।

    उनले संसारभर छरिएका स्वास्थ्यकर्मीले सामूहिक रुपमा सीमित श्रोत साधनबाट काम गरेको भन्दै प्रशंसा गरे ।

    मानसिक स्वास्थ्य समस्यामा वृद्धि

    कोभिड महामारीसँगै विश्वभर छरिएका नेपालीहरुमा मानसिक स्वास्थ्य समस्याहरू देखिएको चिकित्सकहरुले बताएका छन् । समिति संयोजक डा। सापकोटासहित पत्रकार सम्मेलनमा विभिन्न देशबाट भर्चुएल माध्यमबाट सहभागी चिकित्सकहरुले मानसिक रोगको अवस्था चिन्ताजनक रुपमा देखिएको बताए ।

    महामारीका कारण व्यापार व्यवसाय बन्द हुने, संक्रमित हुने तथा परिवारमै मृत्यु हुने, रोजगारी गुम्ने लगायतका समस्याले मानसिक समस्या बढ्दै गएको उनीहरूले बताए । मानसिक समस्या समाधानका लागि स्वास्थ्य समितिले तालिम सञ्चालन गरेको समितिका संयोजक सापकोटाले जानकारी दिए।

    त्यस्तै, आत्महत्या रोकथामका लागि पनि कार्यक्रम सञ्चालन गरिएको उले जानकारी दिउ । स्वास्थ्य समितिमा नेपाल तथा विश्वका विभिन्न मुलुकहरुमा कार्यरत नेपाली चिकित्सकहरु सहभागी छन् ।

    विदेशमा रहेका नेपालीहरुको अवस्थाको तथ्यांक संकलनमा यूरोप संयोजक डा.बोधराज सुवेदी, यूकेबाट डा.दिलिप यादव, कतारबाट डा.नितेश अर्याल, दक्षिण अफ्रिकाबाट डा.सरिता भट्टराई र स्पेनबाट नर्स सांग्रिला लामा, लगायतको टोलीले तथ्यांक संकलन गर्न सहयोग गरिरहेका छन् ।

     

  • खाडी मुलुकका लागि २ हजार भन्दा बढी फाइल दुतावासले प्रमाणीकरण नगर्दा राेकिए

    खाडी मुलुकका लागि २ हजार भन्दा बढी फाइल दुतावासले प्रमाणीकरण नगर्दा राेकिए

    काठमाडौं । सरकारले खाडी मुलुकका लागि २ हजार भन्दा बढी फाइल दुतावासले प्रमाणीकरण नभएर रोकिएका पाइएको छ । प्रतिनिधि सभा अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको शुक्रबारको वैदेशिक रोजगारमा रहेका समस्या विषयक छलफलमा श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले जानकारी गराएको हो । मन्त्रालयको तर्फबाट बैठकमा सहभागि भएका सचिव सुर्यप्रसाद गौतमले अहिले खाडी मुलुकका लागि २ हजार ३ सय फाइल प्रमाणिकरण नभएर रोकिएका बताए ।

    अहिले सबै फाइललाई छिटो प्रमाणिकरण गर्न श्रम सहचारीलाई निर्देशन दिइसकेको पनि उनले बताए । उनले माग प्रमाणीकरणका लागि श्रम मन्त्रालयले छुट्टै इकाई बनाएर काम गर्न प्रस्ताव गर्दा दूतावासले नदिएको गुनासो समेत गरे । श्रम सम्बन्धी विषय श्रम मन्त्रालयको हो भन्ने गरिएको तर, माग प्रमाणीकरण गर्ने अधिकार दूतावासमा रहदा समस्या भएको सचिव गौतमले बताए ।

    सचिव गौतमका अनुसार दूतावासले माग प्रमाणीकरण नगर्दा युरोपियन मुलुकमा पनि कामदार पठाउन सकिएको छैन् । माग प्रमाणीकरण गर्ने अधिकार सम्बन्धित मुलुकमा रहेका दूतावासलाई भएको र उनीहरुले समयमै माग प्रमाणीकरण नगर्दा समस्या भएको उनको भनाइ छ । पछिल्लो समय विभिन्न मुलुकबाट प्रस्ताव आएको ६ महिना भइसक्दा पनि दूतावासले प्रमाणीकरण नगरिदिएको सचिव गौतमले बताए ।

    उनले भने, ‘युरोपका पोल्याण्ड र जर्मनीमा मात्रै १० लाख भन्दा बढी जनशक्तिको माग आउने सम्भावना रहेको तर दूतावासले माग प्रमाणिकरण नगर्दा कामदार पठाउन सकिएन ।’ वैदेशिक रोजगार ऐनले ५ हजार भन्दा बढी कामदार भएको ठाउँमा श्रम सहचारीको व्यवस्था गरी माग प्रमाणिकरण गर्न सकिने व्यवस्था गरेको भए पनि दूतावासले गर्नुपर्ने ठाउँमा प्रमाणीकरण नगरिदिएको उनको भनाइ थियो ।

    यस्तो अवस्थामा समितिले परराष्ट्र मन्त्रालयसँग छलफल गरी आवश्यक निर्देशन दिन पनि सचिव गौतमले माग गरे । उनले भने, ‘युरोपमा पनि धेरै राम्रा राम्रा प्रस्ताव, जनशक्ति मागका सम्बन्धमा आएको छ, तर प्रमाणिकरण गर्न नसकेको कारणले म्यानपावर पठाउन सकेको अवस्था छैन् । हाम्रो राम्रो गन्तव्य हुने अवस्थामा पनि पठाउन सक्ने स्थिति छैन्, मुहानमै समाइएको छ । त्यसो हुनाले परराष्ट्र मन्त्रालयलाई एकचोटी प्रमाणिकरण कति दिन भित्र गर्नुहुन्छ, यति दिन भित्र गरिसकौं, फाइल पेश भएको यति दिन भित्र माग प्रमाणिकरण भइसक्नुपर्छ भन्ने हिसाबले निर्देशन दिनुपर्छ की भन्ने लाग्छ मलाई ।’

    यस्तै पछिल्लो समय कतार प्रहरीमा कामदारका लागि प्रस्ताव आएको तर, केही कानूनी जटिलताका कारण निर्णय नलिइएको समितिको बैठकमा जानकारी गराए । यस सम्बन्धमा परराष्ट्र मन्त्रालयबाट जटिल प्रकृतिको समस्या देखिएकाले सरोकारवालासँग छलफल गरेर मात्रै निर्णय लिन सुझाव आएको उनको भनाइ थियो । उनका अनुसार गृह मन्त्रालयबाट सकारात्मक कुरा आएको र रक्षा मन्त्रालयसँग सुझाव माग गरिएको छ । कतार प्रहरीमा कामदार पठाउँदा त्यहाँको मेलिटरी सर्भिस कानूनसँग जोडिएर पेनाल्टिको कुरा आउने र राष्ट्रिय सुरक्षामा तलमाथि भएको खण्डमा मृत्युदण्ड सम्मको कुरा आउने भएकाले राम्रोसँग विश्लेषण नगरिकन निर्णय गर्न नसकिने उनको भनाइ छ ।

    यस्तै घरेलु कामदार सम्बन्धी विषयमा यस अघि समितिले दिएको ६ बुँदे निर्देशन पूर्ण रुपमा पालना गर्ने हो भने कुनै पनि मुलुकमा कामदार पठाउन नसकिने पनि सचिव गौतमले जानकारी गराए । यस्तै कतिपय मुलुकले कोभिड–१९ संक्रमणको उच्च जोखिममा नेपाललाई राखेकाले कामदार लैजान रोकेको पनि बताएका छन् ।

  • साउदीमा कोमामा पुगेर बाँचेका भुजेल स्वदेश फर्किए, एनआरएनको पहलमा भयो उद्धार

    साउदीमा कोमामा पुगेर बाँचेका भुजेल स्वदेश फर्किए, एनआरएनको पहलमा भयो उद्धार

    काठमाडौं । परिवारको आवश्यकता पूरा गर्ने र छोराको उचित पालनपोषण गर्ने सपना बोकेर वैदेशिक रोजगारीलाई साउदी अरब पुगेका थिए मोरङका वेदबहादुर भुजेल ।

    तर, भनेको जस्तो काम नपाएपछि उनी बेखर्ची मात्र होइन गैरकानुनी रुपमा बस्न बाध्य भए । परिवारमा खुशी ल्याउने इच्छा पालेर त्यहाँ पुगेका भुजेलको जिन्दगीमा नसोचेको बज्रपात पर्‍यो ।

    साथीभाइको सहयोगमा गैरकानूनी हैसियतमा रहेर पनि एक कम्पनीमा सामान्य काम सुरु गरेका भुजेल कामकै क्रममा दुर्घटनामा परे । स्थानीय अस्पतालमा भर्ना भएर उनले साढे दुई बर्षसम्म उपचार गरे । । तीन महिनासम्म त भुजेल कोमामा परेका थिए ।

    परदेशमा बेखर्ची रहेका भुजेललाई अस्पतालले दुई करोड ५० लाख (८ लाख २३ हजार रिहाद) को बिल थमाईदियो । खानबस्न समेत समस्यामा परेका भुजेल अस्पतालको बिल देखेर छाँगाबाट खसे जस्तै भए ।

    बिल तिर्न नसक्ने भएपछि रियादस्थित फ्यामेली केयर अस्पतालले उनीविरुद्ध मुद्दा दायर गरेको थियो । सोही मुद्दाका कारण भुजेलले साउदी अरब छोड्न नपाउने स्थितिमा पुगे । विभिन्न माध्यमबाट उनी नेपाली दूतावास र गैरआवासीय नेपाली संघको सम्पर्कमा आइपुगे ।

    दुई वर्षदेखि नेपाली दूतावासको सेल्टरमा रहेका भूजेलको मुद्दा फिर्ता गराउन नेपाली दूतावासले पहलकदमी लियो । दूतावासको विशेष पहलकदमीपछि अस्पतालले भुजेलविरुद्ध अदालतमा रहेको मुद्दा फिर्ता लिईदियो ।

    भुजेलको मुद्दा त फिर्ता भयो तर नेपाल फर्कने कुनै उपाय लागेन । आर्थिक रुपमा निकै कमजोर रहेका भुजेलको सहयोगको लागि नेपाली दूतवास साउदीले गैरआवासीय नेपाली संघलाई आग्रह गर्‍यो तर उनको नेपालसम्मको उद्धारको जिम्मेवारी संघले लिएको थियो ।

    संघको कोभिड-१९ राहत तथा उद्दार कार्यक्रम अन्तर्गत उनलाई साउदीदेखि विराटनगरसम्म पुग्न आवश्यक हवाई टिकट, काठमाण्डौंमा बस्न तथा खानाको व्यवस्था गरिएको थियो । उनको सहयोगार्थ संघले आफ्ना स्वयंसेवकहरु परिचालन समेत गरेको थियो ।

    विराटनगरबाट घरसम्म जानका लागि गाडीको व्यवस्था संघले मिलाएको थियो । गैरआवासीय नेपाली संघले सञ्चालन गरेको वैदेशिक रोजगारीमा रहेका नेपालहरुको उद्धार र पुनःस्थापना कार्यक्रमअन्तर्गत भुजेलको सम्पूर्ण खर्च व्यहोरेर उनलाई परिवार समक्ष बुझाएको हो ।

    उनको आर्थिक अवस्था नाजुक रहेको छ । वैदेशिक रोजगारीको लागि १ लाख रुपैयाँ चर्को ब्याजमा ऋण लिएका भुजेलको ऋण अहिले ब्याजसहित ३ लाख ५० हजार भन्दा बढी नाघी सकेको छ ।

    परिवारसँगको भेटपछि प्रसन्न देखिएका भुजेल अब के गर्ने भनेर चिन्तित छन् । अहिले उनको ठूलो चिन्ता साहुको ऋण कसरी तिर्ने भन्ने हो । उनी भन्छन्, ‘जसोतसो बाँचेर त आएँ तर अब के गर्ने भन्ने चिन्ता छ ।’

    संघका उपाध्यक्ष एवं बैदेशिक रोजगार तथा कल्याणकारी विभागका संयोजक डा. बद्री केसीले वैदेशिक रोजगारीका क्रममा अलपत्रमा परेका नेपाली श्रमिकलाई राहत तथा उद्दारको काम जारी रहेको बताए ।

    उनले संघको यस कार्यक्रम अन्तर्गत सेप्टेम्वर २०२० देखि हालसम्म कोभिड-१९ का कारणले मध्यपूर्वका विभिन्न देशहरु तथा मलेसिया लगायतका देशहरुमा समस्यामा परेका १७,००० भन्दा बढी नेपाली श्रमिकहरुलाई राहत तथा उद्धार सम्बन्धि सहयोग पुर्‍याएको कुरा ब्यक्त गरे ।

  • एनआरएनद्वारा पुनःनिर्माण सम्पन्न लाप्राक बस्ती स्थानीयलाई हस्तान्तरण

    एनआरएनद्वारा पुनःनिर्माण सम्पन्न लाप्राक बस्ती स्थानीयलाई हस्तान्तरण

    गोरखा । २०७२ सालको विनाशकारी भूकम्पले प्रभावित यहाँको लाप्राकस्थित धार्चे गाउंपालिका-४ मा पुनःनिर्माण भएका ५७३ वटा नीजि आवास स्थानीय बासिन्दालाई हस्तान्तरण गरिएको छ । गैरआवसिय नेपाली संघ (एनआरएनए)ले पुनःनिर्माण गरेको बस्ती लालपूर्जासहित लाभग्राहीलाई प्रदान गरिएको हो ।

    विहिबार एनआरएन अध्यक्ष कुमार पन्त र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले एक समारोहबीच लाप्राक नमूना बस्तीका घरहरु लालपूर्जा धनीलाई प्रदान गरे । साथै दाताहरुको नाम उल्लेखित शिलापत्र समेत अनावरण गरियो ।

    राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितीमा सहरी विकास मन्त्रालय, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र एनआरएनबीच त्रिपक्षिय सम्झौता सम्पन्न भई नमूना बस्तीको निर्माण कार्य सुरु भएको थियो ।

    प्राधिकरणका कार्यकारी अधिकृत ज्ञवालीले वस्ती हस्तान्तरण गर्न पाएकोमा सरकारको तर्फबाट एनआरएन तथा अन्य सहयोगीप्रति आभार व्यक्त गरे । उनले पूर्वाधार बिकासको लागि प्राधिकरणले प्रति घर चार लाख अथवा २३ करोड रकम उपलब्ध गराउने बचन दिए ।

    एनआरएन अध्यक्ष पन्तले संघको अथक प्रयास र परिश्रमबाट बस्ती निर्माण भई बस्ती हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताउँदै निर्माण गर्नभन्दा त्यसको हेरचाह गर्नु कठिन भएको बताए ।

    एनआरएन उपाध्यक्ष तथा परियोजना संयोजक सोनाम लामाका अनुसा ले झण्डै ५७ करोड ६६ लाखको लागतमा उक्त बस्ती निर्माण भएको हो ।

    नेपाली सेनाको सहायक रथी कुमारबाबु थापाले पुनःनिर्माणको कार्यमा सहभागी हुने अवसर पाएकोमा गौरवान्वीत भएको बताउँदै सेनाले राष्ट्रिय निर्माणका विभिन्न काममा सहभागी रहँदै आएको जानकारी गराए ।

  • प्रवासी नेपाली एकता मञ्च साउदीको कमिटी पुनर्गठन, अध्यक्षमा अमर श्रेष्ठ चयन

    प्रवासी नेपाली एकता मञ्च साउदीको कमिटी पुनर्गठन, अध्यक्षमा अमर श्रेष्ठ चयन

    रियाद । नेकपा एमाले निकट प्रवासी नेपाली एकता मञ्च साउदी अरेबियाको केन्द्रीय कमिटी पुनगर्ठन भएको छ । वैशाख ३ गते भर्चुअल माध्यममार्फत भएको भेलाको अध्यक्षमा अमर श्रेष्ठ सहित ४३ सदस्यीय कमिटी गठन भएको छ ।

    अमर श्रेष्ठको अध्यक्षता र बलराम गिरीको प्रमुख आतिथ्यतामा भएको उक्त भर्चुअल भेलामा एमालेका नेता, कार्यकर्ता, शुभचिन्तक, समर्थकहरु बिच परिचयात्मक कार्यक्रमको साथै नव वर्षको शुभकामना आदानप्रदान कार्यक्रम पनि भएको थियो ।

    श्रेष्ठको अध्यक्षतामा गठन भएको उक्त कमिटिमा ३ महिला सदस्य सहितको ४३ सदस्यीय कमिटि सर्वसम्मत चयन भएको हो । नव गठित कमिटीमा याम लामा सचिव, वरिष्ठ सल्लाहकार तथा राजदूतावास समन्वय प्रमुखमा बलराम गिरी, सल्लाहकारमा रमेश भण्डारी, प्रवक्तामा कृष्ण कार्की, श्रमिक समस्या तथा राजदूतावास समन्वय प्रमुखमा कमल प्रसाद खरेल, अनुशासन विभाग प्रमुखमा किशोर राई छन् ।

    साथै, आर्थिक विभाग प्रमुखमा अच्युत बोगटी चयन भएका छन् । सदस्यहरूमा राजेन्द्र खत्री, ॠषीराम भट्टराई, ओम घले, राम बहादुर क्षेत्री, बसन्त राई, रुद्र कुमार कार्की, रमेश गिरी, रूपक वाईवा, रमेश अधीकारी, राजिब रेग्मी, बिएस अधीकारी, नवराज थापा, बिष्णु घिमिरे, राम कार्की, नागेस तामाङ, अमृत घिसीङ, दल सुनुवार, भीम ठकुरी छन् ।

    थप सदस्यहरुमा नाथन शर्मा, तीलक पुन, खडगप्रसाद आचार्य, युवराज खड्का, दीपक अर्याल, राज खत्री, दीपक थापा, बिक्रम भण्डारी, विष्णुप्रसाद बरुवाल (सुवोध), राजेन्द्र कुमार न्यौपाने (डुबिन्द्र), खेम चन्द्र पुरी, योगेन्द्र प्रसाद कुईकेल, अर्जुन सिलवाल र मीनप्रसाद अधीकारी छन् ।

  • म्यान्मार सैनिकद्वारा नेपालीभाषी दम्पतीको गोली हानी हत्या

    म्यान्मार सैनिकद्वारा नेपालीभाषी दम्पतीको गोली हानी हत्या

    काठमाडौं । म्यान्मारका सुरक्षाकर्मीको गोली प्रहारबाट नेपालीभाषी दम्पत्तिको निधन भएको छ । मंगलबार बिहान उनीहरुको शव नजिकको सडक किनारमा भेटिएको समाचार एजेन्सीहरुले जनाएका छन् ।

    मारिनेहरुमा नेपालीभाषी किसन गौतम र उनकी पत्नी हरिमाया छिन् । गोर्खा समुदायसँग आबद्ध उनीहरुले त्यहाँ गाइपालन व्यवसाय गर्दै आइरहेका थिए ।

    भारत सीमावर्ती म्यानमारको सहर तमुमा उनीहरुको हत्या भएको जनाइएको छ । मारिनुअघि उनीहरु कन्टेनरमा दूध भरेर बजारमा विक्री गर्न लैजाने तयारी गर्दै थिए ।

    उनीहरुको शवलाई त्यहाँका केही समाजसेवी समूहले उद्दार गरेर नजिकको अस्पताल लगेका थिए । उनीहरुको मंगलबार अपरान्ह हिन्दू परम्पराअनुसार दाहसंस्कार गरिएको छ । उनीहरुका एक छोरी र दुई छोरा थिए । 

    म्यानमारमा सेनाविरुद्धको प्रदर्शनमा मारिनेको संख्या ७ सय नाघेको छ ।

  • कोरोना त्रासले भारतबाट रित्तो हात फर्किँदै नेपाली

    कोरोना त्रासले भारतबाट रित्तो हात फर्किँदै नेपाली

    कैलाली । अछाम जयगढका दीर्घबहादुर साउद घर फर्कँदा पनि उत्साहित छैनन् । अघिल्ला वर्षमा भारतबाट मजदुरी गरेर फर्किँदा परिवारका सबै सदस्यका लागि कोसेली बोकेर पुग्ने उनको झोला यस वर्ष रित्तो छ ।

    मजदुरीको लागि भारतको छत्तिसगढ गएका साउद कोरोना त्रासले ३ महिनामै रित्तो हात घर फर्किन बाध्य भए ।

    ‘लकडाउन हुने डरले रित्तो फर्किएँ’ उनले भने, ‘लकडाउनमा परियो भने अझै समस्या हुन्छ । त्यो भन्दा घरै पुग्न जाति भनेर आएको हुँ ।’

    टीकापुरका रामलाल डगौराको झोलामा पनि आफूले प्रयोग गरेका लत्ताकपडा बाहेक केही छैन । उनी ७ महिनापछि घर फर्किएका हुन् । ७ महिना सम्म पनि कोरोना कहरले राम्रो आम्दानी नभएको उनी बताउँछन् ।

    छत्तिसगढमा मम बेचेर गुजारा चलाइरहेका डगौराको व्यापार पहिलेको जस्तो छैन । ‘दैनिक ५/६ सयको मात्रै व्यापार हुन थाल्यो’ उनले भने ‘कमाउनै सकिएन घर फर्किएँ ।’

    बाजुराका सगुनबहादुर विकलाई कोरोनाले सबै भन्दा बढी मार पारेको छ । २५ वर्षदेखि भारतको नयाँदिल्लीमा चौकीदारीको काम गरिरहेका उनी पहिलोपटक रित्तो हात घर फर्किएका छन् ।

    ‘केही महिना अघि गएको थिए । कोरोनाको डरले तुरुन्त फर्किएँ ’उनले भने ‘भारतका लकडाउन हुँदैछ । त्यहीँ अलपत्र परिन्छ भनेर हतार हतारमा घर फर्किए ।’

    अहिले भारतमा तीब्र गतिमा कोरोना संक्रमण फैलिरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा एक लाख ८५ हजार २४८ जनामा संक्रमण पुष्टि भएको छ। बितेको २४ घण्टामा एक हजार २६ जना सङ्क्रमितको मृत्यु भएको छ ।

    ‘केही दिन बसेर तलब लिएर आएको भए हुने थियो । तर, कोरोनाको धेरै डर छ’ कैलाली मोहन्यायका घनश्याम बगालेले भने ‘सकुशल घर पुगिने आसाले पुरै पारिश्रमिक समेत नलिएर आएका हौँ ।’

    भारतमा कोरोनाको संक्रमण बढिरहेको बेला नेपालमा नयाँ वर्ष सुरू हुँदा पनि घर फर्किने नेपालीहरूको संख्या बढी भएको हो ।

    सुदूरपश्चिम प्रदेशमा नयाँ वर्ष आरम्भसँगै बिसु पर्व मनाइने गरिन्छ । बिसु पर्वका कारण पनि घर फर्किनेहरू बढेको त्रिनगर हेल्थ डेस्कका इन्चार्ज दिनेश ठकुल्लाले बताए ।

    उनले पछिल्लो एक महिनामा मात्रै ३० हजार बढी नेपाली गौरिफन्टा नाका हुँदै घर फर्किएको जानकारी दिए । कञ्चनपुरको गड्डाचौकीबाट पनि त्यतिकै सङ्ख्यामा नेपालीहरू घर फर्किरहेका छन् ।

  • अनेसास कोरियाद्वारा नयाँ वर्षमा बृहत् रचना वाचन कार्यक्रम आयोजना

    अनेसास कोरियाद्वारा नयाँ वर्षमा बृहत् रचना वाचन कार्यक्रम आयोजना

    रासस । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोरिया च्याप्टरले नयाँ वर्ष २०७८ को अवसर पारेर शुभकामना आदानप्रदान तथा बृहत् रचना वाचन कार्यक्रम आयोजना गरेको छ ।

    अनेसास कोरियाका अध्यक्ष प्रमोद सारङ्गको सभापतित्वमा सम्पन्न कार्यक्रमा वरिष्ठ साहित्यकार शैलेन्द्र साकार, कवि तथा कलाकार रमेश श्रेष्ठ, कवि गोवर्धन पूजा र कवि तथा समालोचक महेश पौड्याललगायतले शुभकामना मन्तव्य र्दिए ।

    कार्यक्रममा कवि रोशन परियार, मनोज विश्वकर्मा, लक्ष्मण गगन, कपिल अञ्जान, दिलु थापामगर, प्राञ्जल, रामचन्द्र शर्मा, ऋद्धिमा रिजाललगायतले आ–आफ्ना कविता, गजल, मुक्तक वाचन गरेका थिए । अतिथि स्रष्टा तथा रचना वाचकरूलाई च्याप्टरले सम्मानपत्रसमेत वितरण गरेको थियो ।

    कार्यक्रममा केही महिनाअघि अनेसास कोरियाले आयोजना गरेको कोरियाव्यापी खुला कविता प्रतियोगिता, २०७७ मा विजयी भएका कविलाई पुरस्कार वितरणसमेत गरेको थियो । प्रतियोगितामा कविहरु युवराज फुयाल, निर्दोष शिव र माधव लम्साल क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए ।

    लामो समयदेखि अनेसास कोरियाले कविता, गजल, मुक्तकजस्ता सबै विधामा सन्तुलन राखेर विभिन्न साहित्यिक कार्यक्रम गरेको स्मरण गर्दै यस कार्यक्रममा पनि हरेक विधामा कलम चलाउने अधिक स्रष्टालाई उपस्थित गराइएको र यसले नेपाली साहित्यको श्रीवृद्धिमा केही न केही सहयोग पुग्ने अपेक्षा लिइएको संस्थाका अध्यक्ष सारङ्गले बताए।

  • दक्षिण कोरियाद्वारा नेपालको लागि ५ हजार कामदार कोटा निर्धारण

    दक्षिण कोरियाद्वारा नेपालको लागि ५ हजार कामदार कोटा निर्धारण

    सोल । दक्षिण कोरियाले यसवर्ष नेपालको लागि पाँच हजार ४०० जना कामदारको कोटा निर्धारण गरेको छ । त्यहाँको वैदेशिक रोजगार विभाग (एचआरडी)ले उक्त कोटा निर्धारण गरेको हो ।

    सन् २०२१ मा विश्वका विभिन्न देशको लागी ५२ हजार श्रमिक लैजाने कोटा निर्धारण गरेकोमा नेपालले उक्त संख्यामा कोटा प्राप्त गरेको हो । कोरियाले १६ वटा देशको लागी कोटा छुट्याएको छ ।

    यस वर्ष परिक्षा उतिर्ण गर्नुपर्ने कति जान पाउँछन् भन्ने स्पष्ट नभएको ईपीएस शाखाका निर्देशक इन्द्र गौतमले जानकारी दिए । उनले भने, ‘अघिल्लो वर्षमा यति कोटा भनेर निर्धारण गरिएको हुन्थ्यो, यो पटक परीक्षा उतीर्ण गर्ने भनिएकाले हामी दुबिधामा छौं ।’

    एचआरडीले पहिलो आधा वर्षमा उत्पादनतर्फ एक हजार नेपाली श्रमिक लैजाने भनेको भए पनि चार महिना सकिन लाग्दासमेत कुनै प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

    कोरियाले नेपालबाट सन् २००८ देखि परिक्षा उतीर्ण गरेकोलाई ईपीएसमार्फत कोरिया लग्दै आएको छ । कोरोनाभाइरसको महामारीका कारण कोरिया सरकारले सन् २०२० का परिक्षा सञ्चालन गरेन ।

    नेपालमा कोरियाली सरकारले कार्तिकमा परीक्षा फर्म खुलाएर चैतमा परीक्षा लिँदै आएको थियो । यो वर्ष पनि कोरियाली भाषा परीक्षाका विषय अहिलेसम्म टुङ्गो नलागेको ईपीएस शाखाका निर्देशक गौतमले जानकारी दिए ।

    शाखाका अनुसार ईपीएसमार्फत रोजगारीका लागि गएका ४५ हजारभन्दा बढी नेपाली युुवा दक्षिण कोरियाको रोजगारीमा गएका थिए त्यसमध्ये हालसम्म ४० हजार युवा त्यहाँ कार्यरत रहेको ईपीएस शाखाले जनाएको छ ।

     

  • अमेरिकामा नेपालीको गोली हानी हत्या गर्ने पक्राउ

    अमेरिकामा नेपालीको गोली हानी हत्या गर्ने पक्राउ

    काठमाडौं । अमेरिकी सहर टेक्सासमा एकजना नेपाली रमेश थापालाई गोली हानेर हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २२ वर्षको फ्रान्सिस ओनियल रहेको प्रहरीले जनाएको छ । उनलाई बुधबार बेलुका साउथ इस्ट अष्टिनबाट पक्राउ गरेको  हाे ।

    उक्त व्यक्तिलाई पहिलो डिग्री हत्या र दोश्रो डिग्री खतरनाक हतियारबाट आक्रमण गरेको अभियोग लगाइएको बिहिबार युएस मार्शलले जनाएको छ । मंगलबार राती उक्त व्यक्तिले ब्लफ स्प्रींग रोडमा रहेको कन्कर्ड अपार्टमेन्टमा पोखराका ३९ बर्षीय थापालाई गोली हानी हत्या गरेको थियो ।

    अष्टिन प्रहरीले मारिएका व्यक्ति नेपाली रमेश थापा भएको बिहिबारमात्र सार्वजनिक गरेको हो । टेक्ससको अस्टिनमा बसोबास गर्दै आएका पोखरा सराङकोटका थापाको मृत्यु भएको थियो ।

    अस्टिन प्रहरी विभागका अनुसार मध्यरात त्यहाँको स्थानीय आवसिय क्षेत्रमा थापालाई गोली हानिएको थियो ।
    आक्रमणकारीको धरौटी १० लाख डलर तय गरिएको छ ।

    जसमध्ये साढे ७ लाख डलर हत्या र साढे २ लाख डलर आक्रमणको अभियोगमा रहेको छ । आक्रमणकारीलाई ट्राभिस काउन्टी जेलमा राखिएको छ ।

    अस्टिन प्रहरीले स्प्रिङ रोडस्थित कंकड अपार्टमेन्ट (आवास गृह) क्षेत्रमा मंगलबार राती गोली हानेर थापाको हत्या गरिएको जनाएको छ । घटनापछि प्रहरीलाई खबर गरेका व्यक्तिले राती १२ः३० बजेतिर गोली चलेको जनाएका थिए ।

    प्रहरी घटनास्थल पुग्दा त्यहाँको पार्किङ लटमा रमेश घाइते अवस्थामा फेला परेका थिए । उनलाई त्यही मृत्यु भएको घोषणा प्रहरीले गरेका थिए । झन्डै ११ वर्षअघि मेक्सिको हुँदै थापा अमेरिका पुगेका थिए । तीनवर्षअघि भाइ लक्ष्मण पनि अमेरिका पुगेका थिए । दाजुको मृत्यु भएपछि भाइ लक्ष्मण पनि भावविह्वल बनेका छन् ।

    पछिल्लो समय अमेरिकामा एसियाली नागरिकमाथि आक्रमणका घटना बढिरहेको पृष्ठभूमिमा यो हत्य भएको हो । त्यहाँस्थित नेपाली राजदूतावासले पनि एसियाली माथिको आक्रमण रोक्नका लागि आग्रह गरेको छ ।

     

     

     

     

     

     

  • एनआरएनए पोर्चुगलका कोषाध्यक्ष कुँवरको घरजग्गा रोक्का गर्न नेपाल सरकारसँग माग

    एनआरएनए पोर्चुगलका कोषाध्यक्ष कुँवरको घरजग्गा रोक्का गर्न नेपाल सरकारसँग माग

    रासस । अवैतनिक महावाणिज्यदूत मकर हमालको संयोजकत्वमा भएको सर्वपक्षीय भेलाले गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलका निलम्बित कोषाध्यक्ष विक्रमजङ्ग कुँवरको घर जग्गा रोक्का गराउन नेपाल सरकार, परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

    कुँवरले पोर्चुगलमा सञ्चालन गर्दै आएको लक्ष्मी ट्राभलले नेपाली समुदायको हवाई टिकट नक्कली बनाएको भन्ने समाचार बाहिर आएपछि पोर्चुगलस्थित अवैतनिक महावाणिज्यदूत र फ्रान्सस्थित नेपाली राजदुतावासमा गुनासो गर्नेको सङ्ख्या बढेको छ । अहिलेसम्म १५० जनाभन्दा बढी पीडित आफ्नो नक्कली हवाई टिकट र नक्कली रसिदसहित सम्पर्कमा आएको एनआरएनएले जनाएको छ ।

    बुधबार भएको सर्वपक्षीय भेलाले सामाजिक संस्थाको पदमा बसेका व्यक्तिले यति ठूलो बदमासी गर्नु निकै दुःखद भएको ठहर गरेको छ । साथै पोर्चुगल प्रहरीमा कुँवरविरुद्ध उजुरी दिइसकेको सन्दर्भमा अब बाँकी मुद्दा काउन्सिलरको कार्यालयले जिम्मेवारी लिएर पहलकदमी गरिदिने अवैतनिक महावाणिज्यदूत हमालले बताउनुभयो ।

    सञ्चालक कुँवर भने अहिले फरार छन् । नेपाली समुदायलाई ठगेको सूचना सार्वजनिक भएलगत्तै पोर्चुगलका नेपाली सामाजिक सङ्घसंस्थाले विरोध गरेका थिए । उनीहरूले आरोपित पीडकलाई कारवाही गर्न र पीडितलाई न्याय दिन एनआरएनए पोर्चुगल, अवैतनिक महावाणिज्यदूत तथा नेपाली राजदूतावास फ्रान्सको ध्यानाकर्षण गर्दै विज्ञप्ति निकालेका थिए ।