Category: प्रवास

  •  युएईस्थित नेपाली दूतावासबाट श्रम स्वीकृति पाइने, उद्घाटनको पाँच महिनापछि सेवा सुरु हुँदै

     युएईस्थित नेपाली दूतावासबाट श्रम स्वीकृति पाइने, उद्घाटनको पाँच महिनापछि सेवा सुरु हुँदै

    अबुधावी ।   संयुक्त अरब इमिरेट्स (युएई)को अबुधावी स्थित नेपाली दूतावासले शनिवारबाट  ‘दूतावासस्तरीय श्रम वैधानिकीकरण सेवा’ औपचारिक रूपमा सुरु गर्ने भएको छ।

    दूतावासले आज एक सूचना प्रकाशित गर्दै तत्कालका लागि आगामी शनिवार बाट लागुहुने गरी हरेक महिनाको पहिलो र तेस्रो शनिवार अवुधावी क्षेत्र वरपरका नेपालीका लागि यो सेवा सुरु गर्ने जनाएको छ । त्यस्तै दुबई तथा अन्य राज्यकालागि छिट्टै अर्को सूचना मार्फत जानकारी गराउने सूचनामा उल्लेख छ ।

    पाँच महिना अघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीको उपस्थितिमा खाडीका दुई देश युएई र ओमानमा एकसाथ उद्घाटन गरिएको यो सेवा कार्यान्वयनमा आउन सकेको थिएन। उद्घाटनको तीन महिना बितिसक्दा समेत सेवा सुरु नभएको भन्दै नेपाल प्रेसले समेत विषय उठान गरेको थियो ।

    अत्यधिक आलोचना पश्चात् मन्त्रालयले आवश्यक कार्यविधि र निर्देशिका तयार गरी दूतावासलाई सेवा दिन अनुमति दिएको हो।

    श्रम स्वीकृति सेवाको थालनीसँगै अब युएईमा रहेका श्रमिकहरूले युएई बाट श्रम स्वीकृति नवीकरण तथा बैधानिकीकरणको प्रक्रिया  दूतावासमार्फत पूरा गर्न सक्नेछन्।  यसले श्रमिकहरूको समय, खर्च बचत हुने र  झन्झट कम  हुने विश्वास लिइएको छ।

    यस अघि उद्घाटनको क्रममा दुबईस्थित नेपाली दूतावासमा दुई नेपाली महिलाहरू निशा काफ्ले र सुबिना मल्ललाई श्रम स्वीकृति प्रदान गर्दै सेवा उद्घाटन गरिएको थियो ।

    यद्यपि युएईमा सेवा सुरु हुने भए पनि ओमानमा भने अझै सेवा सञ्चालनको तयारी नसकिएकाले त्यहाँका नेपाली श्रमिकहरूले अझै केही समय पर्खिनु पर्ने भएको छ   ।

    मन्त्रालय तथा दूतावासका यो प्रयासलाई युएईस्थित श्रमिक समुदायले स्वागत गरेको छ। उनीहरूका अनुसार श्रम स्वीकृति प्रक्रिया यथाशीघ्र लागू भई दूतावासमार्फत सजिलै सेवा पाइने भएपछि रोजगारका अवसरहरू थप सुरक्षित र वैधानिक हुनेछन्। तथा समस्यामा परेका नेपालीको उद्धारमा थप सहजता हुने अनुमान गरिएको छ ।

  • अध्यागमन प्रणालीमा नयाँ व्यवस्था- एनओसी र श्रम स्वीकृति भिडाउन मन्त्रालयसँग सीधा प्रविधि जडान

    अध्यागमन प्रणालीमा नयाँ व्यवस्था- एनओसी र श्रम स्वीकृति भिडाउन मन्त्रालयसँग सीधा प्रविधि जडान

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले भिजिट भिसालगायत समग्र अध्यागमन प्रक्रियामा आइरहेको गुनासो समाधानका लागि भन्दै नयाँ प्रविधि लागू गरेको छ । यसबाट नक्कली श्रम स्वीकृति र नक्कली एनओसीको प्रयोग गरी विदेश जान खोज्ने निरुत्साहित हुने अध्यागमन अधिकारीले विश्वास जनाएका छन् ।

    ध्यागमन कार्यालयबाट जारी सूचनाअनुसार शिक्षा र श्रम मन्त्रालयसँग सिधा लिंक गरी एनओसी र श्रम स्वीकृति भिडाउन सकिनेछ ।

    सूचनामा विभिन्न ट्राभल एजेन्सी, होटल व्यवसाय, वैदेशिक रोजगारसँग जोडिएका संस्था र व्यक्तिलाई स्वच्छ र नैतिक व्यवसायिक आचरण अपनाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले सूचनामार्फत आग्रह गरिएको प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए ।

    उनका अनुसार विशेषगरी वैदेशिक रोजगार व्यवसायी र प्रवर्धक, श्रम प्रतिनिधि, स्वास्थ्य परीक्षणकर्ता, सीप तालिम प्रदायक, पैसा सटही गर्ने, भिसा प्रोसेस गर्ने, परामर्श सेवा केन्द्र, इन्टर्नसिपको नाममा कामदार पठाउने संस्था, विद्यार्थी भ्रमणको नाममा गैर विद्यार्थी लैजाने शैक्षिक संस्थालाई उक्त सूचनामार्फत विशेष आग्रह गरिएको छ ।

    प्रमुख अध्यागमन अधिकृत कोइरालाले भने, ‘यो प्रणालीले अध्यागमन कार्यमा पारदर्शिता ल्याउने छ र गुनासोको संख्यामा उल्लेखनीय कमी आउनेछ।’ उनका अनुसार गम्भीर प्रविधिगत सुधारस्वरूप अब नेपाली पोर्ट प्रणालीलाई स्थानीय डाटा सेन्टरबाट नै पूर्ण क्षमतामा सञ्चालन गरिनेछ । यो व्यवस्था आजैदेखि कार्यान्वयनमा आएको हो ।

    पहिलेको प्रणालीमा केन्द्रीय सर्भर जीआईडीसीमा समस्या आउँदा अध्यागमन सेवा प्रभावित हुने समस्या रहदै आएको थियो । अब भने त्यस्तो अवरोध नहुने अध्यागमन कार्यालयले जनाएको छ । साथै ब्ल्याकलिस्टमा परेकाले सिस्टम डाउन हुँदा विदेश जान पाउने समस्या पनि अब पूर्णरूपमा बन्द हुनेछ ।

    यसबाट कार्यालयले नक्कली कागजातका आधारमा हुने ठगीमा कमी आउने, अध्यागमन प्रक्रियामा पारदर्शिता हुने, गुनासोको संख्या घट्ने, असम्बन्धित व्यक्तिलाई अन्य शीर्षकमा विदेश पठाउने कार्यमा रोक लगाउने अपेक्षा गरेको छ । सरकारको यो कदमलाई विदेश गएका नेपाली श्रमिक र विद्यार्थीको सुरक्षाको दृष्टिकोणले सकारात्मक पहलका रूपमा हेरिएको छ ।

  • युएइस्थित दूतावास गिरोहको कब्जामा परेको आरोप, कामदार मागपत्र प्रमाणीकरणमा यसरी हुन्छ झन्झट

    युएइस्थित दूतावास गिरोहको कब्जामा परेको आरोप, कामदार मागपत्र प्रमाणीकरणमा यसरी हुन्छ झन्झट

    काठमाडौं । प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च, नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई)मा रहेको नेपाली दूतावासको श्रम शाखाले ढिलासुस्ती, भेदभावपूर्ण व्यवहार र अन्यायपूर्ण व्यवहार गरेकाे आरोप लगाएको छ ।

    मञ्चले युएईस्थित नेपाली राजदूतावासलाई पत्राचार गर्दै श्रम स्वीकृति प्रक्रियामा दूतावासले देखाएको व्यवहारले सबै वैदेशिक रोजगार व्यवसायी समुदायलाई गम्भीर निराशामा पारिदिएको जनाएको हो ।

    मञ्चका महासचिव मिलन कट्टेलद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘‘एउटै कागजात, एउटै प्रक्रिया र एउटै प्रणाली मार्फत पठाइएका कागजातको स्वीकृतिमा कसैको २–४ दिनमै आउँछ भने अर्काको २५–३० दिनसम्म अड्किरहनु के पारदर्शिता हो ? कि निश्चित गिरोहले प्रक्रिया कब्जा गरेको हो — ढोका त तपाईंको, तर चाबी हाम्रो भन्न थालिएको छ।’

    मञ्चले दूतावासमा दलाली प्रवृत्तिको विकास भएको आरोप लगाउँदै पत्रमा थप लेखेको छ, ‘यो दूतावास हो कि दलाल केन्द्र ? काम नगरी अनावश्यक झमेलाको खेती गर्नु र समाधानको नाममा ढोका खोल्न सर्त राख्नु — अब यसलाई सामान्य कमजोरी नभई संगठित शोषणको रूपमा लिन्छौं।’

    प्रगतिशील मञ्चले आफूहरू कुनै अवैध मागको पक्षमा नरहेको स्पष्ट गर्दै कानुनी प्रक्रिया भित्र रही समयमै सेवा प्राप्त गर्ने अधिकारमा हस्तक्षेप हुनु आपत्तिजनक मात्र नभइ आपराधिक गतिविधि भएको जनाएको छ।

    मञ्चले दूतावासलाई चेतावनी दिँदै भनेको छ, ‘हामी समाधानको पक्षमा छौं, तर सहनशीलताको सीमा नाघ्दा हाम्रो मौनता कमजोरी बन्ने छैन । सुधार नभएमा दूतावासका जिम्मेवार कर्मचारीलाई संसदको अन्तर्राष्ट्रिय श्रम सम्बन्ध समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, परराष्ट्र मन्त्रालय लगायत जिम्मेवार निकायहसँग जवाफदेही बनाउनेछौं ।’

    यूएई रोजगारीको प्रमुख गन्तव्य मुलुकमध्ये एक हो, जहाँ लाखौ नेपाली श्रमिक कार्यरत छन् । उनीहरूको रोजगार प्रक्रिया कानुनी ढाँचामा सञ्चालन गर्न श्रम स्वीकृति अनिवार्य मानिन्छ । तर, यस प्रक्रियामा भइरहेको ढिलाइ र भेदभावप्रति व्यवसायी पटक–पटक असन्तुष्ट हुँदै आएका छन् ।

    यस पटक मञ्चले सार्वजनिक रूपमा दूतावासकै प्रशासनिक प्रणालीमाथि प्रश्न उठाउनु गम्भीर राजनीतिक र कूटनीतिक चासोको विषय बनेको छ । यूएईस्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरण संख्याको तगारो लगाएर रोजगारदाता कम्पनीमा समस्या सिर्जना गदै आएको आरोप लाग्दै आएको छ ।

    दूतावासले गत जुन १० देखि सुरु भएको अनलाइनमार्फत मागपत्र प्रमाणिकरण प्रक्रियाले सहज हुने भन्दै मागपत्रसम्बन्धी कागजात अपलोड गर्न अर्थात आवेदन गर्न सकिने नेपाली मिसन डिमाण्ड प्रमाणिकरण प्रणालीमार्फत रोजगारदाता कम्पनी र म्यानपावर व्यवसायीलाई सास्ती दिँदै आएको हो ।

    दूतावासले मागपत्र प्रमाणीकरणमा सहजीकरण गर्नुको सट्टा नियन्त्रणमुखी नीति लिएर दुःख दिने काममा वर्षौंदेखिको शैली यथावत राखेको व्यवसायीले गुनासो गरिरहेका छन् ।

  • जेलमा रहेका १२० जना नेपालीलाई युएईले दियो आममाफी

    जेलमा रहेका १२० जना नेपालीलाई युएईले दियो आममाफी

    काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)ले जेलमा १२० जना नेपालीलाई आममाफी दिएको छ।

    युएईले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद अल-अदाहको अवसरमा जेलमा रहेका १२० जना नेपालीलाई आममाफी दिएको हो।

    युएईले १२० जना नेपालीको बाँकी सजाय अवधि मिनाहा गरी आममाफी दिएको युएईस्थित नेपाली राजदूतावासले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

  • एनआरएन जापानमा सिद्धार्थ श्रेष्ठको उम्मेदवारी : नाराभन्दा व्यवहारमा जोड

    एनआरएन जापानमा सिद्धार्थ श्रेष्ठको उम्मेदवारी : नाराभन्दा व्यवहारमा जोड

    काठमाडौं । जापानमा १८ वर्षदेखि बसोबास गर्दै आएका सिद्धार्थ श्रेष्ठले २ लाख ५० हजार नेपाली सदस्यहरूको साझा संस्था एनआरएनए जापानको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

    गत साता टोकियोमा उनले आफ्नो उम्मेदवारी सार्वजनिक गरे । सदस्य, प्रवक्ता, महासचिव तथा उपाध्यक्ष हुँदै अध्यक्ष पदमा पुग्ने क्रमिक यात्रामा रहेका श्रेष्ठका ठूला ब्यानर र भयंकर नाराहरू भने छैनन् । उनको ध्यान बिद्यार्थीहरूलाई सहजता, नेपाल जाने हवाई टिकटको मूल्य घटाउने पहल, तथा जापानी भाषा सिकाइमा नेपालीहरूको सहभागिता बढाई रोजगारी र जीवनयापनमा सहजता ल्याउने जस्ता व्यवहारिक मुद्दामा केन्द्रित छ ।

    साथै, ‘नेपाल हाउस’ निर्माणप्रति पनि उनको विशेष चासो देखिएको छ । घोषणापत्र सार्वजनिक गर्दै उनले भने, ‘ठूला नाराहरूले नेपाली समुदायका समस्याहरू समाधान हुँदैनन् । तत्कालीन आवश्यकता र यथार्थलाई बुझेर मैले यो घोषणापत्र तयार पारेको हुँ ।’

    सिद्धार्थ श्रेष्ठ जापानस्थित नेपाली समुदायमा एक साहसी र स्पष्ट वक्ताको रूपमा परिचित छन् । आपतमा परेकाहरूको सहयोगमा अग्रसर देखिँदै आएका उनले झण्डै ६ वर्षअघि जापानमा भएको आर्थिक अनियमितता सार्वजनिक गर्दै आफूलाई पारदर्शिता र जवाफदेहिताको पक्षधरको रूपमा स्थापित गरेका थिए ।

    उनको सक्रियता र पारदर्शिताप्रतिको प्रतिबद्धताले जापानमा सुधार आएको धेरैको विश्वास छ ।

  • एनआरएनए आईसीसी सदस्यमा दक्षिण अष्ट्रेलियाबाट गोविन्द रानाको उम्मेदवारी

    एनआरएनए आईसीसी सदस्यमा दक्षिण अष्ट्रेलियाबाट गोविन्द रानाको उम्मेदवारी

    अष्ट्रेलिया । गैर आवासीय नेपाली संघ एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् आईसीसी सदस्यमा गोविन्द रानाले उम्मेदवार दिएका छन् ।

    एडिलेडमा स्थायी रूपमा बसोबास गर्दै आएका राना मगर समाज दक्षिण अष्ट्रेलिया र हिमालयन मल्टिकल्चरल सोसाइटीजस्ता संस्थाहरूका संस्थापक हुन्। यी संस्थाहरू मार्फत उनले स्थानीय नेपाली समुदायको एकता, समृद्धि र सांस्कृतिक पहिचानको संरक्षणमा योगदान पुर्‍याउँदै आएका छन्।

    यसअघि पनि उनी एनआरएनए एनसीसी अष्ट्रेलियाको सदस्य (२०२३–२५) का रूपमा सक्रिय थिए । उनी नेतृत्वदायी क्षमतासँगै समावेशी सोच, पारदर्शिता र जवाफदेहीताको पक्षधर भएको दाबी गर्छन् ।

    यस्ता छन् उनका प्रमुख एजेन्डाहरू

    नीति निर्माणमा सहभागिता: अन्तर्राष्ट्रिय मञ्चमा नेपाली समुदायका समस्या र आवश्यकता प्रभावकारी रूपमा उजागर गर्ने।

    समाजका सबै वर्गको प्रतिनिधित्व: वृद्ध, महिला, युवा र विद्यार्थीका हितमा विशेष प्राथमिकता।

    एनआरएनए सदस्यता प्रणालीको डिजिटलाइजेसन र सबै क्षेत्र तथा समुदायबाट सदस्यताको विस्तार।

    नेपाली व्यवसाय प्रवर्द्धन तथा भाषा–संस्कृति संरक्षणमा संस्थागत पहल।

    नेपाल–अष्ट्रेलिया सम्बन्ध सुदृढ गर्न बहुपक्षीय अभियान।

    नेपाली मूलका युवाहरूलाई एनआरएनएमा जोड्ने प्रेरणादायी कार्यक्रमहरू।

    उनले भने, ‘एनआरएनएलाई सबै नेपालीहरूको साझा, समावेशी, विश्वासिलो र भविष्य–मुखी मञ्च बनाउने मेरो लक्ष्य हो। आगामी जुलाई २६ को निर्वाचनमा तपाईँहरूको अमूल्य मत र समर्थनको अपेक्षा गर्दछु।’

  • एनआरएन अष्ट्रेलियाको उपाध्यक्षमा रमेश पौडेलको उम्मेदवारी, यस्ता छन् एजेण्डा

    एनआरएन अष्ट्रेलियाको उपाध्यक्षमा रमेश पौडेलको उम्मेदवारी, यस्ता छन् एजेण्डा

    काठमाडौं । एनआरएन, अष्ट्रेलियाको जुलाई २६ मा हुने निर्वाचनमा रमेश पौडेलले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । सन् २०२५ देखि २०२७ सम्मको कार्यकालका लागि उनले उपाध्यक्ष पदमा उम्मेदवारी प्रस्तुत गरेका हुन् ।

    अष्ट्रेलियाको ब्रिजबेनमा बसोबास गर्दै आएका पौडेल त्यहाँ बसोबास गर्ने नेपालीको पक्षमा लामो समयदेखि काम गर्दै आएका छन् । उनी अर्घाखाँचीको भूमिकास्थान नगरपालिका- ६, खिल्जी रामकोटबाट त्यहाँ पुगेका हुन् ।

    निर्वाचनका लागि आफ्नो उम्मेदवारी प्रस्तुत गर्दै उनले जारी गरेको अपिलमा भनेका छन्, ‘हामीले बिर्सन लागेको एकता, गुमाउँदै गएका विश्वास र अल्मलिएको दिशालाई फेरि सँगै ल्याउने समय हो।’

    आफू शान्त स्वभाव, पारदर्शी दृष्टिकोण र सिद्ध नेतृत्व अनुभवका साथ म मतदातासमक्ष उपस्थित भएको अपिलमा उल्लेख गरेका छन् ।

    भनेका छन्, ‘म उम्मेदवार मात्र हैन, सामाजिक जिम्मेवारीमा प्रमाणित कार्यकर्ता हुँ।’ नेपाली डायस्पोराको आवाजलाई बुलन्द बनाउँदै, विभिन्न तह र देशमा समाजसेवा र नेतृत्वमा सक्रिय रहँदै आएका पौडेलले विश्वसनीयता, जबाफदेहिता र समर्पणलाई आफ्नो कार्यशैलीका मूल स्तम्भ बताएका छन् ।

    उनले ‘बलियो, समावेशी र उत्तरदायी एनआरएनए अष्ट्रेलिया’ भन्ने मान्यता अगाडि सारेका छन् । त्यससँगै विश्वास र पारदर्शिताको पुनर्स्थापना, अपारदर्शी निर्णय प्रक्रियाको अन्त्य, जवाफदेहितासहित विश्वासपूर्ण नेतृत्व र संस्था र बडापत्रको सम्मानलाई आफ्नो एजेण्डा बनाएका छन् ।

    समावेशी समुदाय निर्माण, युवा, महिला र कम प्रतिनिधित्व भएका समूहको सक्रिय सहभागिता, सम्मानजनक, विचारशील र समन्वयात्मक संवादको प्रतिबद्धता पौडेलले व्यक्त गरेका छन् ।

    उनले विश्वव्यापी पहिचान र प्रभावको मान्यताका साथ एनआरएनए आईसीसी र अन्य अन्तर्राष्ट्रिय निकायसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल सरकारसँग व्यावहारिक नीतिमा वकालत गर्ने, नवीनता र पारदर्शिताको उदाहरणीय संस्थाका रूपमा एनआरएन, अष्ट्रेलियालाई अगाडि बढाउने पनि बताएका छन् ।

    प्रत्यक्ष समुदाय सेवामा केन्द्रित पहल, शिक्षा, सीप र रोजगारीका कार्यक्रम, सम्पत्ति र कानुनी सुरक्षा सुनिश्चित गर्ने नीतिगत पहल र आप्रवासन सहयोग, कल्याण सेवा र समाज कल्याण प्रवर्द्धनमा आफू केन्द्रित हुने उनको प्रतिबद्धता छ ।

    उनी सन् २०२१ देखि २०२३ सम्म एनआरएनको अन्तर्राष्ट्रिय कमिटी (आईसीसी) को मानार्थ सदस्यको भूमिका निर्वाह गरिसकेका छन् । सन् २०१७ देखि २०१९ सम्मको कार्यकालका लागि आईसीसी सदस्यका उम्मेदवार थिए ।

    यसअघि सन् २०११ देखि २०१३ का लागि अष्ट्रेलियास्थित एनआरएन, क्विन्सल्याण्ड कमिटीको सहसंयोजक भएर पौडेलले आफ्नो भूमिका प्रस्तुत गरिसकेका छन् । सन् २०११ देखि २०१५ सम्म एनआरएन अष्ट्रेलियाको एनसीसी सदस्य रहिसकेका छन् ।

    उनले विश्वसनीय, पारदर्शी र जनमुखी नेतृत्वका लागि आफूलाई मतदान गर्न अपिल गरेका छन् । ‘विभाजनभन्दा एकता, स्वार्थभन्दा सेवालाई प्राथमिकता दिने दृष्टिकोणका लागि, स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपालीको आवाज बुलन्द बनाउने प्रतिबद्धताका लागि’ भन्दै उनले मतदातालाई अपिल गरेका छन् ।

  • ‘सायद-२’ का निर्माता सुभास लामिछानेको एनआरएन जापानको अध्यक्षमा उम्मेदवारी

    ‘सायद-२’ का निर्माता सुभास लामिछानेको एनआरएन जापानको अध्यक्षमा उम्मेदवारी

    काठमाडौं । चलचित्र ‘सायद-२’ का निर्माता समेत रहेका सुभास लामिछानेले गैराआवासीय नेपाली संघ (एनआरएन) जापानको अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् । ‘जहाँ सुभास त्यहाँ सम्भव’ भन्ने नारासहित लामिछानेले एनआरएनको अध्यक्षयमा उम्मेदवारी दिएका हुन् ।

    उम्मेदवारी दिएपछि उनले भने, ‘मेरो उम्मेदवारी फगत पद र प्रतिष्ठाको लागि मात्रै होइन, एनआरएनहरुको संस्थागत सुदृढिकरण, गैरआवासीय नेपालीका हकहित, अधिकारका लागि हो ।’

    साथै नेपालको पर्यटन प्रवद्र्धन, अन्तर्राष्ट्रियय संघ संस्थासँगको सहकार्यलाई उच्च प्राथमिकता दिँदै वैदेशिक रोजगारीलाई सुरक्षित गराउनलाई समेत पहल गर्ने लामिछानेले बताए । उनले अन्तर्राष्ट्रिय श्रमबजारमा हासिल गरेको ज्ञान, सीप र पुँजीलाई स्वदेशको विकास र समृद्धिका निम्ति उपयोग गर्न सरकारसँग सहकार्यका गर्ने समेत बताए ।

    लामिछाने सगैं एनआरएन जापान उपाध्यक्ष सिद्धार्थ श्रेष्ठले पनि अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् । लामिछाने पनि यसअघि एनआरएन जापानको उपाध्यक्ष नै थिए । पर्वतमा जन्मिएका लामिछाने सन् २००७ मा नै बिद्यार्थी भिसामा जापन गएका थिए । यसपछि ‘सायद २’ बनाएका उनी जापानमा व्यवसायमा सक्रिय छन् भने नेपालबाट नेपाली चलचित्र जापान लगेर प्रदर्शन गर्ने व्यवसायमा पनि सक्रिय छन् ।

    आउँदो जुलाई २० बाट एनआरएन जापानको महाधिवेसन सुरु हुँदैछ । महाधिवेशनमा १८ हजार ४३५ मतदाताले मतदान गर्नेछन् ।

  • अमेरिकामा कार दुर्घटनामा २ नेपाली विद्यार्थीको मृत्यु (अपडेट)

    अमेरिकामा कार दुर्घटनामा २ नेपाली विद्यार्थीको मृत्यु (अपडेट)

    काठमाडौं । अमेरिकाको लुजियाना टेक युनिभर्सिटीमा अध्ययनरत ई नेपाली विद्यार्थीको कार दुर्घटनामा मृत्यु भएको छ ।

    जुलाई १३, शनिवार राति भएको कार दुर्घटनामा २२ वर्षीय राजन यादव र २० वर्षका रोजिन ओलीको मृत्यु भएको समाचारमा उल्लेख छ

    रोजिनको नेपालको ठेगाना दाङ हो भने, राजनको ठेगाना खुलेको छैन ।

    यादव र ओलीको घटनास्थलमै मृत्यु भएको र अन्य २ जना घाइते भएको बताइएको छ ।

  • भारतको मध्य प्रदेश–यूएई–नेपाल त्रिकोणीय सहकार्यका लागि दुबईमा उच्चस्तरीय संवाद

    भारतको मध्य प्रदेश–यूएई–नेपाल त्रिकोणीय सहकार्यका लागि दुबईमा उच्चस्तरीय संवाद

    काठमाडौं । मध्य प्रदेशका मुख्यमन्त्री डा. मोहन यादवले दुबईमा अरब संसद्का अध्यक्ष मोहम्मद अहमद अलयाम्म र नेपाली नागरिक रिजवान आलमसँग भेटघाट गरेका छन् । नेपाली नागरिक आलम एचआरएच राजकुमार सलमान बिन फैसल अल साउद इन्भेस्टमेन्ट एलएलसीका संस्थापक र महानिर्देशक हुन् ।

    भारत–खाडी संसदीय र लगानी साझेदारीमा त्रिपक्षीय संवादका अवसरमा उक्त भेटघाट र छलफल भएको हो । मध्य प्रदेशका मुख्यमन्त्री डा. यादवले मध्य प्रदेश ग्लोबल डायलग २०२५– यूएई संस्करणको एक भागको रूपमा दुबई भ्रमणका क्रममा अरब संसद्का अध्यक्ष मोहम्मद अहमद अल्याम्महीसँग भेट गरे । बैठक नवीकरणीय ऊर्जा, खनिज, कृषि, खाद्य प्रशोधन र सांस्कृतिक आदानप्रदानमा रणनीतिक साझेदारीलाई बढावा दिने कुरामा केन्द्रित रहेको थियो ।

    सो अवसरमा समृद्ध सम्पदा, फस्टाउँदो उद्योग र असीम लगानी सम्भावनाका लागि परिचित भारतको मध्य प्रदेशको भ्रमण गर्न आधिकारिक निमन्त्रणा दिइएको थियो । मध्य प्रदेशले आफ्नो विश्वव्यापी उपस्थितिलाई बलियो बनाउने बताएको छ ।

    उक्त बैठकलाई भारतको राज्य महत्वाकांक्षालाई खाडी र अरब संसद्सँग आर्थिक सहयोग र पारस्परिक समझदारीलाई बढावा दिने अवसरका रूपमा लिइएको छ । मध्य प्रदेशका मुख्यमन्त्री डा. यादवले भने ‘हामी यो उच्चस्तरीय संवादलाई सहज बनाउन पाउँदा सम्मानित छौं । दिगो विकास र संसदीय साझेदारीप्रति हाम्रो साझा प्रतिबद्धताले प्रभावकारी परियोजनाहरूलाई अगाडि बढाउनेछ ।’

    त्यस्तै एचआरएच राजकुमार सलमान बिन फैसल अल साउद इन्भेस्टमेन्ट एलएलसीका संस्थापक एवं म्यानेजिङ डाइरेक्टर रिजवान आलमले मुख्यमन्त्री डा. यादवलाई आतिथ्य गर्नु सम्मानको कुरा भन्दै छलफलले आर्थिक सहयोग र दिगो विकासको साझा दृष्टिकोणलाई पुनः पुष्टि गरेको बताए । उनले आफू मध्य प्रदेशको प्राथमिकता परियोजनाहरूमा खाडी मुलुकको लगानीलाई सहजीकरण गर्न तत्पर रहेको बताए ।

    अरब संसद्का अध्यक्ष मोहम्मद अहमद अलयाम्महीले पनि अरब संसद् विधायकी सञ्जालहरूलाई बलियो बनाउन र दुवै मुलुकका जनतालाई फाइदा पुग्ने आर्थिक पहलहरूलाई समर्थन गर्न तयार रहेकोे बताए ।

     

  • एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवरको उम्मेदवारी घोषणा

    एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवरको उम्मेदवारी घोषणा

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आगामी कार्यकाल २०२५–२०२७ का लागि सन्तोष कुँवरले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

    लामो समयदेखि एनआरएनए अष्ट्रेलियामा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका कुँवर अहिलेका महासचिव हुन ।

    यसअघि उनी राज्य समन्वय परिषद्का सचिव, राज्य संयोजक २०१७-२०१९, आईसीसी सदस्य २०१९-२१ र ओसेनिया क्षेत्र उप-संयोजक २०२१-२३ रूपमा समेत काम गरेका थिए ।

    कुँवरले करिब एक दशकदेखि संस्था भित्रको यात्रामा आफूले संस्थालाई संस्थागत, प्रविधिमैत्री, आर्थिक पारदर्शी र सरकारी संयोजनमै प्रभावकारी बनाउनेतर्फ उल्लेखनीय योगदान दिएको दाबी गरेका छन् ।

    ‘विद्यार्थीका रूपमा अष्ट्रेलिया आएको म आज एनआरएनए अष्ट्रेलियाको अध्यक्ष पदसम्म उम्मेदवारी दिने मोडमा पुगेको छ,’ कुँवरले भने, ‘संस्थाको दिगो विकास र श्रोत उपयोगमा मेरो भूमिका स्पष्ट छ ।’

    उनको एजेन्डामा द्विपक्षीय लगानी, अनुदान संकलन, दोस्रो पुस्ता समावेशीकरण, च्यारिटी पारदर्शिता, उद्यमशीलता प्रवर्द्धन लगायतका विषय प्राथमिकतामा परेका छन् ।

    एनआरएनए अस्ट्रेलियामा आगामी २६ तारिख नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ । आफ्ना दुई वर्षका कार्ययोजनाहरू समेत तयार पारेको भन्दै सबैलाई साथ लिन आग्रह गरेका छन् ।

  • राजदूतावासले नेपाली भाषामा प्रकाशन गरेको पुस्तक ‘पाकिस्तानका बौद्ध सम्पदाहरु’ सार्वजनिक

    राजदूतावासले नेपाली भाषामा प्रकाशन गरेको पुस्तक ‘पाकिस्तानका बौद्ध सम्पदाहरु’ सार्वजनिक

    काठमाडौं । सिद्धार्थ गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भएता पनि उनको प्रतापको क्षेत्रफल दक्षिण एसियामा बलियोसँग फैलिएको छ । पाकिस्तानमा बौद्ध सम्पदाहरु धेरै हुनुको एक प्रमाण त्यही प्रताप फैलिनुको एक बिम्ब हो ।

    यही यथर्थालाई मनन गरेर बुधबार पाकिस्तानी राजदूतावासले पाकिस्तानमा भएका बौद्ध सम्पदाहरुको पुस्तक सार्वजनिक गरेको छ । यस अगाडि अंग्रेजी भाषामा प्रकाशन भएको पुस्तकलाई नेपाली भाषामा ‘पाकिस्तानका बौद्ध सम्पदाहरु’ भनेर ल्याइएको छ ।

    ओमचरण अमात्यले लेखेको पुस्तक आज पाकिस्तानी दूतावासले कार्यक्रममा पूर्व पर्यटनमन्त्री तथा नेकपा (एमाले)का सांसद भीम आचार्यले जनता जनताबिचको सम्बन्ध पाकिस्तान र नेपालको राम्रो भएको भन्दै त्यसो हुनुमा सांस्कृतिक सम्बन्धले सेतुको भूमिका निभाएको बताए ।

    नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच. हास्मीले पाकिस्तानले आफ्ना सम्पदाहरुलाई जोगाउन गर्व परेको भन्दै त्यस्ता सम्पादाहरु आस्थावान र पर्यटक दुवैसँग भावनात्मकरुपमा जोड्न चाहेको बताए ।

     

  • यूएईका लागि नेपाली श्रमिकको न्यूनतम तलब १३ वर्षपछि बढ्यो, कसको कति पुग्यो ?

    यूएईका लागि नेपाली श्रमिकको न्यूनतम तलब १३ वर्षपछि बढ्यो, कसको कति पुग्यो ?

    काठमाडौं । नेपालको एउटा प्रमुख श्रम गन्तव्यका रूपमा रहेको संयुक्त अरब इमिरेट्स (यूएई) मा जाने नेपाली श्रमिकको न्यूनतम तलब नेपाल सरकारले १३ वर्षपछि बढाएको छ ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार ऐन, २०६४ को दफा २३ ले दिएको अधिकार प्रयोग गर्दै मन्त्रिस्तरीय निर्णयबाट १३ वर्षपछि बढाएको हो ।

    मन्त्रालयका अनुसार अदक्ष कामदारका लागि यस अघि रहेको मासिक न्यूनतम ८०० दिरामलाई १ हजार वा त्यस भन्दा बढी दिराम पुर्याएको छ। यस्तै मासिक खाना खर्च ४ सय वा त्यस भन्दा माथी गरेर जम्मा १ हजार ४०० दिराम वा त्यस भन्दा माथी रहने निर्णय भएको छ । अर्धदक्ष कामदारका हकमा मासिक न्यूनतम पारिश्रमिक तलब १ हजार २०० वा त्यस भन्दा बढी दिराम तोकिएको छ । यस्तै मासिक खाना ४ सय वा त्यस भन्दा माथी गरेर जम्मा मासिक १ हजार ६०० दिराम भन्दा माथी जम्मा मासिक तोकिएको छ ।

    यस्तै दक्ष कामदारको हकमा मासिक न्यूनतम १ हजार ५०० दिराम वा त्यस भन्दा माथि र्पुयाउने निर्णय भएको छ । यस्तै मासिक खाना खर्च चार सय वा त्यस भन्दा माथी गरेर जम्मा मासिक १ हजार ९०० वा त्यस भन्दा माथी रहने निर्णय गरिएको छ । उच्च दक्ष कामदारको हकमा मासिक न्यूनतम पारिश्रमिक ६ हजार वा त्यस भन्दा माथि तोकिएको छ । यस्तै मासिक खाना खर्च ४ सय वा त्यस भन्दा माथी गरेर जम्मा मासिक ६ हजार ४०० वा त्यस भन्दा माथि तोकिएको छ ।

    यूएई नेपाली कामदारका लागि एउटा प्रमुख श्रम गन्तव्य मुलुकमा रुपमा रहेको छ । त्यहाँ नेपालीको संख्या ६ लाख भन्दा बढी रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । घरेलु कामदारमा जाने महिलाले खाडी मुलुकमा यौन शोषण तथा अन्य दुव्र्यवहार भोगेको घटना बढ्न थालेको भन्दै २०७३ सालमा संसदीय समितिले त्यसरी खाडी मुलुक र मलेशियामा काम गर्न जान प्रतिबन्ध लगाएपछि त्यस क्षेत्रमा श्रमिक जान रोकिएका छन् । यद्यपि पछिल्लो समय नेपाल र युएईविचमा नयाँ श्रम सम्झौता गरेर घरेलु महिला श्रमिकका लागि समेत बाटो खोल्ने तयारी छ ।

    सामान्यतः अदक्ष वा अर्धदक्ष वर्गका मानिने घरेलु श्रमिकका लागि न्यूनतम पारिश्रमिक मासिक झण्डै ४०० अमेरिकी डलर अर्थात करिब ५४ हजार रुपैयाँ हुनुपर्ने भनी नेपालले अघि सारेको प्रस्तावमा भने सहमति हुन सकेको थिएन ।

    अहिले बढाइएको न्यूनतम पारिश्रमिकले नेपाली श्रमिकलाई कम्तीमा खाना खर्च पुग्ने वा थोरै थप बचत हुने अवस्था आउने श्रम मन्त्रालयको दाबी छ । पुरानो तलब सम्बन्धी व्यवस्था अनुसार नै रोजगारदाताले आवास, स्वास्थ्योपचार, दुर्घटना र यातायात खर्च बेहोर्नुपर्नेछ ।

    युएईले खुला श्रम बजारको नीति अन्तर्गत स्वयं न्यूनतम तलबमान तोक्ने गरेको छैन । १३ वर्षअघि पनि युएईमा उच्च दक्ष श्रमिकको न्यूनतम तलब ५ हजार दिराम मात्रै थियो । तर धेरैजसो नेपाली अदक्ष र अर्धदक्ष श्रमिकका रूपमा जाने गरेकाले अहिले बढाइएको न्यूनतम तलबको व्यवस्थाको लाभ नेपालीले लिने सम्भावना कम छ ।

  • राजदूत शिवमायाका ६ महिना- दक्षिण कोरियामा नेपालीका लागि भएगरेका कामको फेहरिस्त सार्वजनिक

    राजदूत शिवमायाका ६ महिना- दक्षिण कोरियामा नेपालीका लागि भएगरेका कामको फेहरिस्त सार्वजनिक

    काठमाडौं । दक्षिण कोरियास्थित नेपाली राजदूत शिवमाया तुम्बाहाङ्फेले जिम्मेवारी सम्हालेयताका ६ महिनामा भए गरेका दूतावासका मुख्य गतिविधिहरू सार्वजनिक गरेकी छन् ।

    मृतक नेपाली कामदारहरूको व्यवस्थापनदेखि मनोसामाजिक सेवासम्मका कार्य प्रभावकारी रूपमा अगाडि बढाइएको उनले बताइन् ।

    दूतावासका अनुसार यो अवधिमा १५ जना नेपाली कामदारको मृत्यु भएको थियो, जसको शव व्यवस्थापन गरी नेपाल ल्याइएको छ । यसैबीच, अघिल्ला समयमा मृत्यु भएका १० जना कामदारको क्षतिपूर्ति परिवारलाई हस्तान्तरण गरिएको छ।

    दूतावासले व्यक्तिगत पहलमा कोरियामा काम गर्न आएका ३५ जना कुक (सेफ) का श्रम सम्झौता प्रमाणित गरेको छ । त्यस्तै, मानसिक स्वास्थ्य समस्यामा परेका ४० जना नेपालीलाई परामर्श सेवा उपलब्ध गराएको र १० जनालाई नेपाल फिर्ता गराइएको उल्लेख छ ।

    उद्योगजन्य दुर्घटनामा परी घाइते भएका कामदारहरूको उपचारमा समेत दूतावास सक्रिय देखिएको छ । विशेषगरी सख्त दुर्घटनामा परेका टेकराज बुढाथोकी, रवीन्द्र गुरुङ, रामचन्द्र भण्डारी लगायतलाई आर्थिक तथा समन्वयात्मक सहयोग गरिएको छ। अस्पताल बिल तिर्न नसक्ने पाँचजना बिरामीलाई प्रति व्यक्ति एक लाख कोरियन वोन बराबरको सहयोग दिइएको छ।

    सामाजिक सञ्जाल र फोनमार्फत दैनिक ५० देखि १०० वटा उजुरी र जिज्ञासाहरूको समाधान गरिएको दूतावासले जनाएको छ । यसैबीच, श्रमिक सचेतना, परामर्श र कन्सुलर सेवा प्रदान गर्न ९ वटा शहरमा कार्यक्रम सम्पन्न गरिएको छ, जसबाट ८२६ जना लाभान्वित भएका छन्।

    दूतावासले ९४३१ जना नेपालीलाई कन्सुलर सेवा प्रदान गरेको छ, जसमा राहदानी नवीकरण, नाता प्रमाणिकरण, सवारी अनुमतिपत्र प्रमाणीकरण, शिक्षा सम्बन्धी कागजात प्रमाणीकरण, विवाह र सम्बन्धविच्छेद प्रमाणीकरण, भिसा सेवा आदि प्रमुख छन्।

    राजदूत तुम्बाहाङ्फेले ‘सुनौँ सिकौँ’कार्यक्रममार्फत फेसबुक तथा टिकटक पेजबाट श्रमिकको शारीरिक र मानसिक स्वास्थ्यबारे सचेतना फैलाउने प्रयास भइरहेको पनि बताएकी छन्।

  • एनआरएनए आयरल्याण्डको अध्यक्षको दौडमा ओली

    एनआरएनए आयरल्याण्डको अध्यक्षको दौडमा ओली

    आयरल्याण्ड । सन् २००९ मा गैरआवासीय नेपाली संघ (एनआरएनए) आयरल्याण्डको एक साधारण कार्यसमिति सदस्यको रुपमा सामाजिक यात्रा थालेका चेतराज ओली डेढ दशकपछि सोही संस्थाको सर्वोच्च पद, अध्यक्षका लागि मैदानमा उत्रिएका छन् ।

    अहिले उपाध्यक्ष रहेका ओलीले २०२५-२०२७ कार्यकालका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

    ओलीको उम्मेदवारी केवल एक पदको चितवन समाज आयरल्याण्डको संस्थापक अध्यक्षको रुपमा दुई कार्यकाल नेतृत्व गरेका उनले प्रवासी नेपालीलाई एकताबद्ध बनाउन खेलेको भूमिकाकने प्रशंसा हुँदै आएको छ ।

    ’नेपाल लाइब्रेरी फाउन्डेसन’ को युरोप संयोजकको रुपमा उनले नेपालका दुर्गम विद्यालयदेखि कारागारसम्म पुस्तकालय स्थापनामा पनि सहयोग गरेका छन् ।

    आफ्नो उम्मेदवारी घोषणासँगै उनले भने, ‘यो मेरो व्यक्तिगत उम्मेदवारी मात्र होइन, यो एउटा अनुभवी टीमको सामूहिक प्रतिबद्धता हो । हामीले विगतमा सिकेका छौँ, भोगेका छौँ र अब त्यही अनुभवलाई आयरल्याण्डका नेपालीको हितमा लगाउनेछौँ ।’

    उनले आफ्नो टीममा वर्तमान कार्यसमितिमा रहेर खारिएका अधिकांश सदस्यलाई नै पदोन्नतिसहित अघि बढाउने रणनीति लिएका छन् । यसले संस्थाको निरन्तरता र स्थायित्वलाई बल दिने उनको विश्वास छ ।

     

  • लस एन्जेल्समा नेपाली समुदायसँग नारायणकाजीले गरे प्रत्यक्ष संवाद

    लस एन्जेल्समा नेपाली समुदायसँग नारायणकाजीले गरे प्रत्यक्ष संवाद

    लस एन्जेल्स । पूर्वउपप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको उपस्थितिमा संयुक्त राज्य अमेरिकाको लस एन्जेल्समा भएको नेपाली समुदायसँगको भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

    अवैतनिक महावाणिज्यदूत ऋषि गुणाखर ढकालद्वारा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष श्रेष्ठले पछिल्लो पटक सरकारमा रहँदा सुशासनको अभियानलाई गुणात्मक ढंगले अघि बढाएको स्मरण गरी हुलाकी मार्ग केन्द्रित तराई–मधेश जागरण अभियान सम्पन्न भएको तथा पहिलो चरणको मध्यपहाडी लोकमार्ग केन्द्रित हिमाल–पहाड जागरण अभियानको सफल समापन पश्चात अमेरिकाको भ्रमणमा आएका बताएका छन् ।

    कार्यक्रममा उनले नेपालका वर्तमान राजनीतिक परिस्थिति, समृद्धिको कार्यभार, चुनौती तथा सम्भावनाहरू, गैरआवासीय नेपाली नागरिकताको व्यवस्था, तथा विदेशी भूमिमा रहेका नेपालीहरूबाट हुने अपेक्षाका सन्दर्भमा आफ्नो धारणा प्रस्तुत गरे । साथै कार्यक्रममा सहभागीहरूले राखेका जिज्ञासा र सुझावहरूमा उनले समुचित जवाफ दिए ।

    लस एन्जेल्स आगमनपछि आयोजित ग्रिट एण्ड मिट कार्यक्रममा उनले विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरू, व्यवसायी, इन्जिनियर, चिकित्सक, प्राध्यापक, पत्रकार, पुराना सहपाठी तथा विद्यार्थीहरूसँग समेत भेटघाट गरेका थिए।

    उक्त कार्यक्रममा अमेरिकामा रहेका आम नेपाली नागरिकहरुको बाक्लो उपस्थिति थियो ।

  • बेलायतमा आप्रवासन नियममा ठूलो परिवर्तन, २२ जुलाईदेखि लागू

    बेलायतमा आप्रवासन नियममा ठूलो परिवर्तन, २२ जुलाईदेखि लागू

    लन्डन । बेलायतको संसदमा मङ्गलवार नयाँ आप्रवासन सम्बन्धी नियमहरू प्रस्तुत गरिएका छन् जुन २२ जुलाईदेखि लागू हुनेछन्। यस परिवर्तन अन्तर्गत सीप स्तर र तलब सीमा वृद्धि, सामाजिक हेरचाह क्षेत्रमा विदेशी श्रमिकको भर्तीमा रोक, र सयभन्दा बढी व्यवसायहरू अब आप्रवासन प्रणालीमा समावेश नहुने भएका छन्।

    नयाँ नियम अनुसार दक्ष श्रमिक भिसाका लागि आवश्यक न्यूनतम सीप स्तर अब नियन्त्रित योग्यताको रूपरेखा (आरक्युएफ) ६ अर्थात् स्नातक स्तर कायम गरिनेछ। आरक्युएख ईग्ल्याडको शिक्षा प्रणालीमा प्रयोग हुने आधिकारिक स्तर निर्धारण गर्ने संरचना हो । यस पछि अब आरक्युएफ ३ देखि ५ सम्मका रहेका ११२ पेसाहरू अब योग्य रहने छैनन्। साथै, सामान्य दक्ष श्रमिकका लागि तलब सीमा £३८,७०० बाट £४१,७०० सम्म बढाइनेछ भनिएको छ।

    स्वास्थ्य र हेरचाह भिसाधारीहरूको तलब सीमा भने राष्ट्रिय तलब मापदण्ड अनुसार पूर्ववत् £२५,००० नै कायम रहनेछ। हाल आरक्युएफ ३ देखि ५ स्तरमा कार्यरत श्रमिकहरूले नयाँ नियम लागू भएपश्चात् पनि यदि उनीहरूले पेसागत तलब सीमा पुरा गरेमा, आफ्नो भिसा नवीकरण, रोजगारी परिवर्तन, निर्भर परिवार ल्याउने, र सहायक काम गर्न पाउनेछन्।

    नयाँ व्यवस्थाअनुसार, सामाजिक हेरचाह क्षेत्रमा अब नयाँ विदेशी श्रमिक भर्ती गर्न सकिने छैन। अबदेखि केवल आप्रवासन तलब सूची र अन्तरिम अस्थायी अभाव सूचीमा रहेका पेसाहरूमा मात्र सीमित समयको लागि अन्तर्राष्ट्रिय भर्ना गर्न पाइनेछ तर निर्भर परिवार ल्याउने अनुमति भने हुने छैन।

    यो नियम लागु हुने भए पछि रोजगारदाताहरूले आफ्ना कामदारहरूलाई सीप स्तर र तलब सीमा परिवर्तनबाट असर पर्ने कर्मचारीहरू पहिचान गरी उनीहरूलाई स्पष्ट जानकारी दिनु। पर्ने, सम्भव भए सम्म २२ जुलाई २०२५ भन्दा पहिले नयाँ वा नवीकरण हुने भिसा आवेदनका लागि प्रायोजन प्रमाणपत्र ९कोस० जारी गर्नु पर्ने , जुन तीन महिनासम्म मान्य रहनेछ।

    त्यस्तै आप्रवासन तलब सूची र अन्तरिम अस्थायी अभाव सूचीमा रहेको भूमिकाहरूको समीक्षा गर्ने, यदि आरक्युएफ ३–५ स्तरका पेसाहरू सूचीमा नरहेमा, ती पेसाहरू अब प्रायोजन योग्य हुने छैनन् भनिएको छ। यस्तै यदि सूचीमा रहेका आरक्युएफ ३–५ स्तरका पेसाहरूमा श्रमिक भर्ती गर्नु परेमा, उनीहरूलाई निर्भर परिवारको प्रतिबन्धसम्बन्धी स्पष्ट जानकारी दिनु पर्ने उल्लेख छ।

    यसै गरी सीपस्तरमा पनि कडाइ गरिएको छ। जस्तो दक्ष श्रमिक भिसाका लागि आवश्यक न्यूनतम सीप स्तर अब आरक्युएफ ३ (ए-लेवल) बाट आरक्युएफ ६ (स्नातक स्तर) पुर्‍याइनेछ। यसबाट सबै क्षेत्रका ११२ पेसाहरू अब अयोग्य ठहरिनेछन् भनिएको छ। यद्यपि, सङ्क्रमण अवधि कायम रहनेछ जसअन्तर्गत २२ जुलाईभन्दा अघि नै भिसा लिएका वा प्रायोजन प्रमाणपत्र जारी गरिएका श्रमिकहरूले आरक्युएफ ३–५ स्तरका पेसामा काम गर्न सक्नेछन्, चाहे ती पेसा नयाँ सूची अन्तरगत परे वा नपरे मनि ।

    यसै गरी परिवर्तित नियममा तलब सीमा वृद्धि सम्बन्धमा पनि नयाँ प्रावधान राखिएको छ। जस अन्तरगत स्वास्थ्य तथा हेरचाह भिसाका अधिकांश नयाँ वा नवीकरण आवेदकहरूलाई राष्ट्रिय तलब मापदण्ड अनुसारको तलब वा £२५,०००, जुन बढी हो, त्यो तलब दिनुपर्नेछ। यो नियममा १ जुलाईमा घोषणा गरिएको परिवर्तनले कुनै प्रभाव पर्ने छैन भनिएको छ।

    तर, २२ जुलाईबाट नयाँ आवेदन तथा नवीकरण भिसामा तलब सीमा तथा गोइङ रेट वृद्धि हुने उल्लेख छ। यसका लागि कुनै सङ्क्रमण अवधि रहने छैन भनी उल्लेख गरिएको छ। तर

    अप्रिल २०२४ पछिका लागिभने सामान्य दक्ष श्रमिकका लागि तलब सीमा £३८,७०० बाट £४१,७०० हुनेछ। त्यस्तै नयाँ श्रमिक वा आप्रवासन तलब सूचीमा परेका पेसाहरूका लागि यो सीमा £३०,९६० बाट £३३,४०० हुनेछ । त्यसै गरी अप्रिल २०२४ भन्दा अगाडि प्रणालीमा रहेकाहरूको हकमा भने तलब सीमा £२९,००० बाट £३१,३०० मा वृद्धि हुनेछ भनिएको छ।

    यसै गरी परिवर्तित अर्को नियममा आप्रवासन तलब सूची र अन्तरिम अस्थायी अभाव सूची हेरफेर गरिएको छ। आप्रवासन तलब सूची सन् २०२६ को अन्त्यसम्म कायम रहने भनिए पनि तर क्रमशः हटाइनेछ भनिएको छ। हाल यस सूचीमा परेका स्वास्थ्य तथा हेरचाह क्षेत्रका पेसाहरू तलब सीमा £२५,००० वा पेसागत दर जुन बढी हो त्यो लागु हुने छ।

    केयर वर्करहरू र वरिष्ठ केयर वर्करहरू सूचीमा परे पनि नयाँ भिसा आवेदन अब स्वीकार गरिने छैन। हाल कार्यरत रहेका श्रमिकहरूका लागि देशभित्रको परिवर्तन आवेदन २२ जुलाई २०२८ सम्म खुला रहनेछ।

    त्यसै गरी, अस्थायी अभाव सूची पनि कार्यान्वयनमा ल्याइनेछ जसले उद्योग रणनीति र पूर्वाधार निर्माणका लागि मात्र सीमित पेसाहरूमा अन्तर्राष्ट्रिय भर्ती गर्न अनुमति दिनेछ भनिएको छ। त्यस्तै पहिला सूचीमा रहेका तर अहिले अयोग्य घोषित स्वास्थ्य पेसाहरूमा पाँचवटा स्वास्थ्य पेसाहरू राखिएको छ।

    जुन नयाँ सीप स्तर पूरा नगर्नेमा सूचीमा राखिएको छ। जुन आप्रवासन तलब सूची वा अस्थायी अभाव सूचीमा दुवैमा परेका छैनन्। तसर्थ, ती पेसाहरूमा अब स्पन्सरसीप उपलब्ध हुनेछैन। जस आन्तर्गत स्वास्थ्य अभ्यास प्रबन्धक,मेडिकल र डेन्टल प्राविधिक ,अन्य स्वास्थ्य सहायक पेसा, एम्बुलेन्स स्टाफ (प्यारामेडिक बाहेक) र डेन्टल नर्सहरू रहेका छन् भने यसाई आप्रवासन सल्लाहकार समितिले यी सूचीहरू, तलब, र सुविधा लगायतका विषयमा समीक्षा गर्नेछ। त्यस्तै अस्थायी अभाव सूचीमा परेका पेसाहरूले कुनै तलब वा भिसा शुल्क छुट पाउने छैनन्। यी पेसाहरूको सूची सन् २०२६ को अन्त्यसम्म मात्र मान्य हुनेछ र त्यसपछि कायम राख्ने कि हटाउने निर्णय स्वतन्त्र समितिले गर्नेछ।

    त्यस्तै आरक्युएफ ३–५ स्तरमा परेका पेसाहरूमा प्रायोजित हुने श्रमिकहरूले अब निर्भर परिवार ल्याउन पाउने छैनन्। तर, आरक्युएफ ६ वा सोभन्दा माथि स्तरका पेसा वा पहिले नै प्रणालीभित्र रहेका श्रमिकहरूमाथि यो प्रतिबन्ध लागु हुनेछैन भनिएको छ। यसै गरी अब केयर वर्कर र वरिष्ठ केयर वर्करले अब नयाँ भिसा आवेदन गर्न सक्ने छैनन्। यद्यपि, २२ जुलाई २०२८ सम्मको सङ्क्रमण अवधि हुनेछ जसमा अन्य भिसाबाट परिवर्तन वा विस्तार गर्न सक्नेछन् । आवेदन गर्नुभन्दा कम्तीमा तीन महिना पहिले श्रमिकले कानुनी रूपमा प्रायोजकसँग कार्यरत हुनु पर्ने भनिएको छ।

    यस परिवर्तनसँगै नयाँ श्रमिकका लागि प्रायोजन दिनुअघि, अब घरेलु श्रमिकको पुलबाट भर्ती प्रयास गर्नु पर्ने सर्त हटाइनेछ। तर, क्षेत्रीय साझेदार संस्थाहरूसँग समन्वय गरेर विस्थापित श्रमिकहरूलाई रोजगारी दिने सिफारिस भने कायमै हुनेछ भनिएको छ।

    यो नयाँ नियमले नर्सिङ सहायक पेशाको दुरुपयोग रोक्न स्पष्ट व्यवस्था थपिने जसले गर्दा केवल दर्ता प्राप्त नर्सहरू कार्यरत हुने वातावरणमा मात्र लागू हुने व्यवस्था गर्नेछ भनिएको छ। यस्तै वर्षको अन्त्यसम्म लागु हुने अन्य परिवर्तनहरूमा

    आप्रवासन सीप शुल्कमा ३२ प्रतिशत वृद्धि गरिने, भाषा आवश्यकतामा व्यापक कडाइ र नयाँ पारिवारिक नीतिगत ढाँचा संसदमा प्रस्तुत गरिने उल्लेख छ। यो परिवर्तनले बेलायतको आप्रवासन प्रणालीमा आमूल सुधार ल्याउने विश्वास गरिएको छ।

  • स्कटल्याण्डमा पहिलो नेपाली मेला, नेपालको संस्कृति र खानाको प्रदर्शन

    स्कटल्याण्डमा पहिलो नेपाली मेला, नेपालको संस्कृति र खानाको प्रदर्शन

    काठमाडौं । लण्डनस्थित नेपाली दूतावासको समेत सहभागितामा स्कटल्याण्डमा पहिलो नेपाली मेला २०२५ आयोजना भएको छ ।

    नेपाली मेलामा स्कटल्याण्डमा बसोबास गर्ने विभिन्न नेपाली समुदायका संस्कृति, भेषभुषा र कलाको प्रदर्शन गरिएको एनआरएन युेकेका केन्द्रीय सदस्य शशी कार्कीले बताए । मेलामा नेपाली राजदूत चन्द्र घिमिरे, उपनियोग प्रमुख विपिन दुवाडी, एनआरएनका उपाध्यक्ष रामशरण सिम्खडालगायत उपस्थित थिए ।

    कार्यक्रममा नेपाली खानाका परिकारहरु समेत राखिएको र स्टलमा नेपाली पोशाक,हस्तकलाका सामानहरु प्रदर्शन गरिएका थिए । मेलामा नेपालका राष्ट्रिय कलाकारहरुले सांगीतिक प्रस्तुति पनि दिएका थिए ।

    कार्यक्रम आयोजकमध्येका एनआरएन युकेका सदस्य शशी कार्कीले नेपाली मेला सम्पन्न गर्न सघाउने सबैलाई धन्यवाद प्रकट गरेका छन् ।

  • विदेशमा रहेका नेपालीको सूचना सङ्कलन गर्न ‘श्रम संसार एप’ सञ्चालनमा

    विदेशमा रहेका नेपालीको सूचना सङ्कलन गर्न ‘श्रम संसार एप’ सञ्चालनमा

    काठमाडौं । श्रम गन्तव्य मुलुकमा रहेका नेपालीको सूचना र विवरण सङ्कलन गर्ने उद्देश्य राखी संसारभरिका नेपाली डायस्पोराकै विवरण सङ्कलन गर्न सक्ने गरी निर्माण गरिएको ‘श्रम संसार एप’ आजदेखि सञ्चालानमा ल्याइएको छ ।

    परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सो एपको परराष्ट्र मन्त्रालयबाट आज शुभारम्भ गरे । उक्त एपमा विदेशमा रहेका नेपालीले आफ्नो विवरण दर्ता गराएपछि यसमार्फत् कहाँ, कुन अवस्थामा र कति सङ्ख्यामा नेपाली रहेका छन् भन्ने बारेको सूचना प्राप्त गर्न सम्बद्ध देशका नेपाली मिसन तथा परराष्ट्र एवम् श्रम मन्त्रालयलाई गर्न सहज हुनेछ ।

    यो विवरण प्राप्त भएपछि नेपाली नागरिक रहेका देशमा आवश्यक पर्ने कन्सुलर सेवा प्रदान गर्न तथा समस्यामा परेकाको तत्कालै उद्धार गर्नसमेत सहज हुनेछ ।

    परराष्ट्र मन्त्री डा राणाले वैदेशिक रोजगारीका क्षेत्रमा रहेका कैयौँ नेपाली सूचना कै अभावका कारण ठगिएका, दुःख पाएका र विभिन्न समस्यामा परेका गुनासा मन्त्रालयमा आउने गरेकाले अब यो एप सञ्चालनमा आएपछि यसबाट प्राप्त विवरणका आधारमा उनीहरुलाई कन्सुलर सेवा प्रदान गर्न सजिलो हुने बताइन्।

    साथै श्रम स्वीकृति बेगर नै श्रम गन्तव्य देशमा पुगेर काम गरिरहेकालाई पनि सम्बद्ध देशको नेपाली दूताबासबाटै श्रम स्वीकृति दिनेगरी ‘वैधानिकीकरण श्रम स्वीकृति’ प्रदान गर्ने निर्णय भएकाले उहाँहरुलाई सहज हुने मन्त्री डा राणाले बताइन् ।

    उनले भनिन्, “विशेषगरी श्रम स्वीकृति बिना नै विभिन्न देशमा पुगेका र हाल त्यहाँ काम गरिरहेकाका लागि उहाँहरुको संरक्षण, सुरक्षाका लागि यो ‘वैधानिकीकरण श्रम स्वीकृति’को व्यवस्था सम्बन्धित दूताबासबाटै दिनेगरी व्यवस्था मिलाइएको हो । यसको अर्थ अवैध रूपमा जानेलाई प्रोत्साहन गरेको भने होइन ।”

    मन्त्री डा राणाले मन्त्रालयले नेपाली डायस्पोराका समस्याको समाधानका लागि यसअघि पनि एक कार्यदल गठन गरी काम सुरु गरिएको जानकारी दिँदै पछिल्लो समयमा विशेष गरी श्रम गन्तव्यमा रहेका नेपालीका समस्या धेरै आउन थालेकाले उनीहरुको अवस्था र समस्या बुझ्नका लागि यो एप सञ्चालनमा ल्याइएको जानकारी दिए ।

    श्रममन्त्री भण्डारीले आज सञ्चालनमा ल्याइएको एप र वैधानिकीकरण श्रम स्वीकृतिको यस व्यवस्थाले वैदेशिक रोजगारीका क्षेत्रमा ठूलो राहात प्रदान गर्ने बताए ।

    उनले नेपाली को कहाँ र कति छन् भन्ने जानकारी मात्र नभएर कागजबिहीन भएर बसेका, सम्बन्धित श्रम गन्तव्यमा जाँदा श्रम स्वीकृति नलिएका तथा अन्य विविध कारणले समस्यामा परेर आफूले पाउने आधारभूत सेवा सुविधाबाट पनि बञ्चित भएका नेपाली श्रमिकलाई यसले ठूलो सहायता प्रदान गर्ने उनको भनाइ थियो ।

    परराष्ट्र मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा सञ्चालनमा ल्याइएको उक्त एज्पलाई सम्बद्ध देशका नेपाली राजदूताबासबाट अद्यावधिक गर्ने गरी व्यवस्था मिलाइएको छ । सो एपमा ती देशमा रहेका नेपालीले आफ्नो विवरण भने भर्नुपर्नेछ ।

     

  • इरानका ११ नेपाली तेहरानबाट ११ घण्टा टाढा मसद पुगे, भारतीय सहयोगमा फर्किँदै

    इरानका ११ नेपाली तेहरानबाट ११ घण्टा टाढा मसद पुगे, भारतीय सहयोगमा फर्किँदै

    काठमाडौं । इरानको राजधानी तेहरानस्थित विभिन्न नियोग र कार्यालयमा कार्यरत ११ जना नेपाली भारतीय सहायतामा नेपाल फर्किदैछन् । उनीहरू करिब ९५० किलोमिटरको दूरी सडक मार्गबाट पार गरेर तेहरानबाट इरानकै मसद सहरमा पुगेका छन् । तेहरानबाट करीव ११ घण्टाको दूरीमा मसद सहर पर्छ ।

    भारतले इरानमा रहेका नेपाली र श्रीलंकाली नागरिकलाई सहयोग गर्ने जानकारी दिएपछि उनीहरु इरानस्थित भारतीय दूतावासकै समन्वयमा नेपाल फर्किदैछन् ।अहिले उनीहरू उडानको प्रतिक्षामा रहेको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।

    उदयपुर घर भएका हरि थापा, उत्सव थापा, गायत्री कार्कीलगायत लुम्बिनी प्रदेशका विष्णु भुसाल, बुद्धि भुसाल, सागर पौडेल, सुमन गैरे, यज्ञ मरासिनी, गणेश पोखरेल र राजु खनाल मसद सहरको एक होटलमा छन् ।

    उनीहरूलाई भारतीय विमानमै ल्याइँदैछ । केही नेपाली इरानको जेलमा रहेकाले उद्दार सम्भव भएको छैन । इरानमा रहेका नेपालीहरू भान्छे र अन्य कामका सिलसिलामा थिए ।

  • मलेसियाका नेपाली सुरक्षा गार्डमा देखिएको मिर्गौला रोगको कारणबारे अनुसन्धान हुने

    मलेसियाका नेपाली सुरक्षा गार्डमा देखिएको मिर्गौला रोगको कारणबारे अनुसन्धान हुने

    काठमाडौं । मलेसियामा सबैभन्दा धेरै सङ्ख्यामा कार्यरत नेपाली सुरक्षा गार्डमा मिर्गौला रोग देखिएको भन्दै यसको अध्ययन हुने भएको छ । मलेसियामा कार्यरत नेपाली श्रमिकमध्ये सुरक्षा गार्डमा यो समस्या धेरै देखिएको हो ।

    नेपाली सुरक्षा गार्डको स्वास्थ्य समस्या सम्बन्धमा बेलायतको बोर्नमाउथ विश्वविद्यालय, मलेसियाको मलाया विश्वविद्यालय र नोर्थ साउथ इन्स्टिच्युट मलेसियाले संयुक्त रूपमा अनुसन्धान गर्न लागेको मलेसियास्थित नेपाली राजदूत नेत्र तिम्सिनाले बताएका छन् ।

    मलेसियाका ट्रेडयुनियनहरु र नेपाली प्रवासी श्रमिक संघको सहभागितामा सो अनुसन्धान हुन लागेको नेपाली दूतावास क्वालालम्पुरमा भएको छलफलमा जानकारी प्राप्त भएको उनले बताए ।

    राजदूत तिम्सिनाले भनेका छन्– नेपाली श्रमिक मध्यमा सबैभन्दा वढी सङ्ख्यामा मिर्गौला रोगी नेपाली सुरक्षा गार्ड हुने गरेको विषयलाई कारण पत्ता लगाउनु र नीति निर्मातालाई उक्त रोग रोकथाम गर्ने उपायहरूबारे सुझाव दिनु र सुझावलाई कार्यान्वयन गर्न लबिङ गर्नु यो अनुसन्धानको मुख्य उद्देश्य रहेको उहाँहरूले दूतावासलाई गराउनुभएको छ ।

    यो अनुसन्धानका निष्कर्षहरुले नेपाली श्रमिकको स्वास्थलाई हित गर्ने हुनाले अनुसन्धानका लागि आवश्यक परेमा दूतावासले नेपाली श्रमिकहरूसँग समन्वय गरी सहयोग गर्ने राजदूतले बताएका छन् ।

  • किन स्वदेश फर्किन चाहँदैनन् इजरायलमा कार्यरत नेपाली ?

    किन स्वदेश फर्किन चाहँदैनन् इजरायलमा कार्यरत नेपाली ?

    जेरुसेलम । विराटनगर महानगरपालिकाका मेयरसहितका केही नेपाली स्थलमार्ग हुँदै जोर्डनबाट नेपाल फर्किएको खबर आउँदा इजरायलमा काम र अध्ययनका सिलसिलामा रहेका अधिकांश नेपाली भने स्वदेश फर्किने पक्षमा छैनन् ।

    बाहिर हल्ला आएजस्तो इजरायलमा त्यति ठूलो त्रास र आतंक पनि छैन कि ज्यान जोगाउनै नसकियोस् । इजरायलको बलियो प्रतिरक्षा प्रणाली र २ वर्षदेखिको युद्ध झेलिसकेकाहरूका लागि पछिल्लो इरानसँगको युद्द त्यति असामान्य होइन ।

    केही दिनयता मध्यपूर्वमा जारी युद्धले विश्व राजनीतिलाई तताइरहेको छ । इजरायल र इरान युद्धले जनधनको क्षती बढाएको त छ नै, त्यससँगै अब के होला भन्ने त्रास भने कायमै छ ।

    इजरायल नेपालीहरूका लागि राम्रो श्रम गन्तव्य मानिन्छ । खासगरी कृषि , एजकेयर जस्ता क्षेत्रमा नेपाली श्रमिकको रूपमा कार्यरत छन् । दुई सरकारबीच भएको सम्झौताअनुरूप रोजगारीका लागी इजरायल पुगेका नेपाली नागरिक पछिल्लो युद्धले त्रास र अन्यौलकै बीचमा छन् ।

    बम, बारुदको आवाज र बंकरको बासमा रहेका नेपालीहरु यो त्रासभन्दा नेपालको अवस्थाले असन्तुष्ट छन् । युद्धकै कारण कतै सरकारले नेपाल फर्काउने पो हो की ? भन्ने चिन्ता छ उनीहरूलाई ।

    नेपालमा गरिखाने उपाय नभएर इजरायल आएकाहरु अहिलेकै अवस्थामा स्वदेश फर्किन चाहँदैनन् । एक त नेपाल फर्किएर के गर्ने भन्ने अन्यौल छ भने अर्कातिर यहाँ राम्रै कमाइ र जीवनयापन चलिरहेको छ । इजरायल विगत २ वर्षदेखि लगातार युद्धमै रहेका कारण यहाँका नेपाली पनि बम बारुदहरूको आवाज र खतराका साइनरसँग अभ्यस्त भइसकेका छन् ।

    लामो समयदेखि इजरायलमा कार्यरत काभ्रेकी खुश्बु नेपाल नेपालमा बेरोजगारीको तड्पाई भन्दा इजरायली बंकरमा बम बारुदको आवाजको तड्पाई सहज लागेको बताउँछिन् ।

    युद्धको समयमा इजरायली सरकारले नागरिक सुरक्षाप्रति देखाएको चासो र सक्रियताप्रति उनी नतमस्तक छिन् । यहाँको सरकारको यो अवस्थामा पनि जनताप्रतिको चासो र सुरक्षा चिन्ता देखेर छक्क परेकी छन् उनी ।

    नेपालमै कृषि कर्म गरेर ऋणले थिचिएपछि इजरायल पुगेका कैलालीका नवीन जोशी गरिखाने अवस्था नभएसम्म नेपाल नर्फकने बताउँछन् ।

    करिब डेढ वर्षयता कृषि कामदारको रूपमा कार्यरत जोशी भन्छन् ‘यहाँ युद्धका मिसाइलभन्दा नेपालको ऋणको मिसाइल , बेरोजगारीको मिसाइल धेरै खतरनाक छन । नेपालमा कृषि गर्दा लागेको ऋणको तनावले मर्नुभन्दा यताको गोली खाएर मर्न तयार छौं ।’

    पाल्पाका प्रदीप शर्मा पोखरेलको कुरा पनि त्यस्तै छ । उनी पनि नेपाल फर्कने मुडमा छैनन् । इजरायलको युद्ध भन्दा नेपालको राजनीतिक र सामाजिक अवस्था भयावह रहेको उनको भनाइ छ । इजरायलको मिसाइल युद्धभन्दा नेपालको दैनिक सामाजिक र राजनीतिक युद्ध भयावह लाग्ने उनी इजरायलमै बस्न चाहन्छन् ।

    लामो समयदेखि इजरायलमा कार्यरत प्रवासी नेपाली मञ्च इजरायलका उपाध्यक्ष शिवराज खड्काले अघिल्ला युद्धहरु भन्दा यसपटक इरानसँगको युद्ध त्रासदीपूर्ण रहेको बताए । यद्यपी इजरायलको सुरक्षा प्रणालीका कारण नागरिकले पूर्व सूचना प्राप्त गर्ने हुँदा तत्कालै सुरक्षित स्थानमा पुग्न सकिने उनी बताउँछन् ।

    तत्कालै नेपाल जाने अवस्था नरहेको बताउँदै आगामी दिनहरूमा युद्धको अवस्था हेरेर देश फर्कने वा नर्फकने टुंगो लाग्ने खड्काको भनाइ छ । कामदारहरूले देश फर्कने अनिच्छा देखाइरहँदा नेपाल सरकारले भने उनीहरुको सुरक्षा र अवस्था प्रति चासो देखाएको छ ।

    सूचना जारी गर्दै आपतकालीन अवस्थामा सम्पर्कमा आउन इजरायलस्थित राजदूतावासले आग्रह गरेको छ । दूतावासले २४ घण्टे हटलाइन सेवा समेत सुचारु गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार इजरायलमा ५ हजार ५ सय नेपाली कार्यरत रहेका छन् ।

    हमास लडाकुले २ वर्षअघि इजरायलभित्रै घुसेर गरेका आतंकवादी हमलामा १० नेपाली नागरिकको समेत ज्यान गएको थियो । त्यसबेला धेरै नेपालीलाई सरकारले विमान चार्टर्ड गरेर र भारतसँग समन्वय गरेर स्वदेश फर्काएको पनि थियो । तर, तीमध्ये धेरैजसो अहिले इजरायल फर्किसकेका छन् ।

    बाहिर प्रचार भएजस्तो भयावह अवस्था इजरायलमा छैन । यद्यपि युद्ध हो, कुनै पनि बेला जे पनि हुनसक्छ । तर, पनि अहिले अधिकांश कामदार नेपाली स्वदेशको बेरोजगारी, ऋण र असन्तुष्टिको अवस्था सम्झेर पनि फर्किन लालायित छैनन् ।

    (इजरायलमा कार्यरत नीता राउत नेपाल प्रेसको पश्चिम एशिया संवाददाता हुन्)

  • इजरायलमा रहेका नेपालीको उद्धारका लागि दूतावासद्वारा विवरण संकलन सुरू

    इजरायलमा रहेका नेपालीको उद्धारका लागि दूतावासद्वारा विवरण संकलन सुरू

    काठमाडौं । इजरायलस्थित नेपाली दूतावासले इजरायल र इरानमा रहेका नेपालीको उद्धार प्रयोजनका लागि विवरण संकलन सुरू गरेको छ ।

    तेल अविवस्थित दूतावासले सूचना निकाल्दै नेपालीको उद्धार तथा स्वदेश फिर्ती प्रयोजनका लागि अनलाइन दर्ताको व्यवस्था गरेको हो ।

    ‘इजरायलमा विकसित पछिल्लो परिस्थितिका बीच समस्यामा/त्रासमा रहेका नेपाली नागरिकहरूको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि आधार प्राप्त होस् भन्ने हेतुले दूतावासले सूचना संकलनको काम शुरू गरेको छ’ भन्दै सूचनामा सहभागी हुन इच्छुकले अनलाइन रजिष्ट्रेसन गर्न सकिने उल्लेख गरेको छ ।

    इजरायल र इरानबीचको युद्ध बढ्दै गएपछि विभिन्न देशले आफ्नो नागरिकको उद्धार कार्य थालेका छन् ।

  • जापानमा नेपालीः अवसरसँगै यस्ता देखिदैछन् चुनौती

    जापानमा नेपालीः अवसरसँगै यस्ता देखिदैछन् चुनौती

    नेपाल र जापानको सम्बन्ध केवल कूटनीतिक दस्तावेजमा सीमित छैन । यो दुई देशका जनताको भावना, सहयोग, विश्वास र आपसी समझदारीमा आधारित सम्बन्ध हो । दशकौंदेखि जापानले नेपालको विकास र समृद्धिका अभियान र विभिन्न क्षेत्रमा भरपूर सहयोग गर्दै आएको छ । पछिल्ला वर्षहरूमा हजारौँ नेपाली युवा अध्ययन र रोजगारीको सिलसिलामा जापान आइरहेका छन् । विशेषगरी पछिल्लो समय अध्ययनको लागि आउनेको संख्या उल्लेखनीय छ । यी युवाहरू अब नेपाल-जापान सम्बन्धको आधुनिक सेतु बन्न थालेका छन्, जसले केवल उनीहरूको व्यक्तिगत भविष्यमात्र होइन, सम्पूर्ण राष्ट्रको समृद्ध भविष्य पनि कोर्नसक्ने सम्भावना बोकेको छ ।

    ऐतिहासिक पृष्ठभूमिमा दृढ सम्बन्ध

    नेपाल र जापानबीच औपचारिक कूटनीतिक सम्बन्ध सन् १९५६ मा स्थापना भएको हो । त्यसयता जापानले नेपालको शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन, कृषिको आधुनिकीकरण, विपद् व्यवस्थापनलगायतका क्षेत्रहरूमा उल्लेखनीय सहयोग पुर्‍याउँदै आएको छ । जापान सरकारले प्रदान गर्ने ओडीए (Official Development Assistance) अन्तर्गत नेपालमा थुप्रै परियोजना कार्यान्वयन भएका छन् । जसमध्ये मेलम्ची खानेपानी, त्रिभुवन विश्वविद्यालयको भौतिक पूर्वाधार, नेपाल जापान मैत्री अस्पताल जस्ता परियोजनाहरू उदाहरणीय छन् । यसरी हेर्दा जापानले नेपालको संरचनागत विकासमा दृढ हातेमालो गर्दै आएको स्पष्ट हुन्छ ।

    नेपालले जापानमा आफ्नो कूटनीतिक उपस्थितिलाई सशक्त बनाउन सन् १९६५ मा टोकियोमा स्थायी दूतावास स्थापना गर्‍यो । यसअघि दुई देशबीच औपचारिक कूटनीतिक सम्बन्ध सन् १९५६ मा स्थापना भइसकेको थियो । जापानले काठमाडौंमा सन् १९६० मै दूतावास स्थापना गरिसकेको थियो, तर नेपालले जापानमा स्थायी दूतावास स्थापना गर्न केही वर्ष समय लिएको थियो । टोकियोस्थित नेपाली दूतावासले नेपाली समुदायका सेवा, द्विपक्षीय सम्बन्धको प्रवर्द्धन तथा व्यापार, लगानी र पर्यटन जस्ता क्षेत्रमा सहकार्य विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ । आजको दिनमा यो दूतावास जापानमा रहेका नेपालीहरूको अधिकार संरक्षण, कन्सुलर सेवा र सांस्कृतिक कूटनीतिका लागि मुख्य केन्द्रका रूपमा क्रियाशील छ ।

    जापानउन्मुख नेपाली युवा

    पछिल्लो दशकमा जापान नेपाली युवाहरूको लागि प्रमुख गन्तव्य बनेको छ- विशेषतः अध्ययनको हिसाबले । भाषा अध्ययनपछि प्राविधिक शिक्षा, स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्न जापान जानेहरूको संख्या दिनानुदिन बढिरहेको छ । उच्चस्तरीय शिक्षा, अनुशासित सामाजिक संरचना, सुरक्षित जीवनशैली र आंशिक कामको सुविधा नेपाली युवाहरूलाई जापानतर्फ तान्ने मुख्य कारण बनेका छन् । सन् २०२४ मे १ सम्म जापानमा ६४ हजार ८१६ भन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत छन् । सन् २०२३-२४ वर्षमा ३४ हजार ७३१ जना नयाँ विद्यार्थीले जापानका लागि अध्ययन अनुमति लिएका थिए ।

    सन् २०२४ मे १ सम्म जापानमा ६४ हजार ८१६ भन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत छन् । सन् २०२३-२४ वर्षमा ३४ हजार ७३१ जना नयाँ विद्यार्थीले जापानका लागि अध्ययन अनुमति लिएका थिए ।

    डिसेम्बर २०२४ सम्मको रेकर्डअनुसार जापानमा २ लाख ३३ हजार ४३ नेपाली छन् । त्यसयता पनि उल्लेखनीय रूपमा नेपालीहरू विभित्र भिसामा जापान भित्रिएका छन् । यो वृद्धिमा भाषा अध्ययन, उच्च शिक्षा, व्यक्तिगत रोजगारी र प्रविधिसम्बन्धी आकर्षक अवसरहरूले मुख्य भूमिका खेलेका छन् । नेपाली समुदाय अहिले जापानमा शक्ति, एकता र सामाजिक प्रभावको प्रतिमूर्ति नै बनेको छ । युवाहरूको यो व्यापक उपस्थितिले केवल रेमिट्यान्समूलक अर्थतन्त्रमा योगदान गर्नेमात्र हैन, दुई देशबीचको सांस्कृतिक र सामाजिक सम्बन्धलाई समेत बलियो बनाएको छ । नेपालमा जापानी भाषा र संस्कृतिप्रति बढ्दो रुचि त्यसको स्पष्ट प्रमाण हो भन्ने कुरालाई नकार्न सकिँदैन ।

    अवसर सँगसँगै चुनौती

    जापान पुगेका नेपाली युवा केवल सजिलैसँग अघि बढिरहेका छैनन् । भाषा अवरोध, सांस्कृतिक भिन्नता, कठोर श्रम, शिक्षा र कामबीच सन्तुलन राख्नुपर्ने चुनौती, एक्लोपन, मानसिक तनाव जस्ता समस्याहरू उनीहरूको दैनिकीका हिस्साहरू बनेका छन्, तर यिनै चुनौतीमाथि विजय प्राप्त गर्ने युवाहरूले जापानमा व्यवसाय, अध्ययन तथा सामाजिक नेतृत्वमा उल्लेखनीय सफलता पनि हासिल गरेका छन् ।

    जापानमा रहेका नेपालीहरूले विभिन्न क्षेत्रहरूमा उल्लेखनीय सफलता हासिल गरेका छन् । शुरुमा भाषा, संस्कार र जीवनशैली फरक भएकोले केही कठिनाइ भए पनि समयसँगै नेपालीहरू जापानी समाजमा घुलमिल हुँदै गए र आज उनीहरू व्यवसाय, शिक्षा, स्वास्थ्य, प्रविधि, सामाजिक सेवा र सांस्कृतिक चेतना जस्ता विविध क्षेत्रहरूमा प्रभावशाली रूपमा स्थापित छन् । व्यवसायिक क्षेत्रमा नेपालीहरूले रेस्टुरेन्ट, ग्रोसरी स्टोर, आईटी कम्पनी र सेवामूलक व्यवसायहरू सञ्चालन गरेर जापानी बजारमा आफ्नो पहिचान बनाएका छन् । कतिपय नेपालीले जापानमै नयाँ व्यवसाय सुरु गरेर जापानी नागरिकलाई रोजगारसमेत दिइरहेका छन् ।

    शिक्षाको क्षेत्रमा पनि नेपाली विद्यार्थीहरूले उत्कृष्ट नतिजा दिँदै जापानका प्रतिष्ठित विश्वविद्यालयहरूमा स्नातक, स्नातकोत्तर र अनुसन्धानस्तरमा अग्रणी स्थान हासिल गरेका छन् । रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स, स्मार्ट एग्रिकल्चर र स्वास्थ्य अनुसन्धानमा नेपाली युवा वैज्ञानिकहरूले उल्लेखनीय काम गरेका छन् । यस्तै स्वास्थ्य क्षेत्रमा नेपाली नर्स, केयरगिभर र स्वास्थ्यकर्मीहरूले जापानका वृद्धवृद्धाको सेवामा समर्पित भई जापानी समाजमा विश्वास जितेका छन् ।

    सूचना प्रविधिको क्षेत्रमा पनि नेपाली युवाहरूले जापानमा आईटी सेवा प्रदायकका रूपमा आफ्नो प्रभाव बढाइरहेका छन् । कतिपय नेपालीले जापानमै सफ्टवेयर कम्पनी खोल्न सफल भएका छन्, जसले नेपाल र जापानबीचको डिजिटल सम्बन्धलाई थप सुदृढ बनाइरहेको छ ।

    सूचना प्रविधिको क्षेत्रमा पनि नेपाली युवाहरूले जापानमा आईटी सेवा प्रदायकका रूपमा आफ्नो प्रभाव बढाइरहेका छन् । कतिपय नेपालीले जापानमै सफ्टवेयर कम्पनी खोल्न सफल भएका छन्, जसले नेपाल र जापानबीचको डिजिटल सम्बन्धलाई थप सुदृढ बनाइरहेको छ । सामाजिक क्षेत्रमा आपतकालीन राहत, रक्तदान, स्वास्थ्य शिविर र नेपाली विद्यार्थीहरूको हकहितका पक्षमा आवाज उठाउने कार्यहरूमा नेपाली संघसंस्थाहरू सक्रिय छन् । एनआरएन जापान, नेपाली विद्यार्थी समाज र अन्य सामाजिक समूहहरूले जापानभित्र नेपाली समुदायको एकता र सामाजिक सेवा सुदृढ गरिरहेका छन् ।

    यस्तै सांस्कृतिक क्षेत्रमा पनि नेपालीहरूले जापानमा नेपाल महोत्सव, नेपाल फेस्टिभल, नेपाली चाडपर्व, नृत्य, साहित्यिक गोष्ठी गरेर आफ्नो मौलिकता जोगाइरहेका छन् । दशैंतिहार, ल्होसार जस्ता पर्वहरू भव्य रूपमा मनाइन्छन्, जसमा जापानी नागरिकहरूको समेत उपस्थिति रहने गर्छ । यसरी हेर्दा जापानमा रहेका नेपालीहरूले आफ्नो मेहनत, क्षमता र प्रतिबद्धताबाट केवल व्यक्तिगत सफलतामात्र नभई नेपाल र नेपाली समाजको गौरवसमेत बढाइरहेका छन् । यिनीहरू जापानमा बसेर नेपाली समाजको सकारात्मक छवि निर्माण गर्ने सांस्कृतिक दूतका रूपमा स्थापित भइसकेका छन् ।

    ज्ञान, सीप र प्रविधिको हस्तान्तरण

    नेपालका लागि अबको आवश्यकता केवल रेमिट्यान्सको परनिर्भरता हटाएर, विदेशमा गएका युवाहरूको ज्ञान, सीप र प्रविधिको अधिकतम प्रयोगमा केन्द्रित हुनुपर्छ । जापान जस्तो प्राविधिक रूपमा अगाडि रहेको देशमा शिक्षित र सीपयुक्त भएर फर्किएका नेपाली युवाहरूले कृषि, सूचना प्रविधि, पर्यटन, साना उद्योग, शिक्षा जस्ता क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउन सक्छन् ।

    विशेषगरी जापानको रोबोटिक्स, कृत्रिम बौद्धिकता (एआई), स्मार्ट एग्रिकल्चर, ज्येष्ठ नागरिक स्याहार प्रणाली लगायतका क्षेत्रका अनुभव नेपालमा उपयोग भएमा समाजलाई आधुनिकीकरणको दिशामा डोर्‍याउन सकिन्छ । यसका लागि सरकारले फर्किएका युवाहरूलाई स्टार्टअप अनुदान, कर छुट, प्राविधिक पूर्वाधार जस्ता सहजता उपलब्ध गराउनुपर्छ ।

    नेपाली समुदाय अहिले जापानमा शक्ति, एकता र सामाजिक प्रभावको प्रतिमूर्ति नै बनेको छ । युवाहरूको यो व्यापक उपस्थितिले केवल रेमिट्यान्समूलक अर्थतन्त्रमा योगदान गर्नेमात्र हैन, दुई देशबीचको सांस्कृतिक र सामाजिक सम्बन्धलाई समेत बलियो बनाएको छ ।

    जापानमा नेपालीहरूले नेपाली भाषालाई जोगाउने उद्देश्यले नेपाली विद्यालयहरूको स्थापना गर्नु अर्को उल्लेखनीय उपलब्धि हो । टोकियो र अन्य ठूला शहरहरूमा नेपाली समुदायद्वारा सञ्चालित विद्यालयहरूमा नेपाली बालबालिकालाई मातृभाषा, संस्कृति, इतिहास र नेपाली चाडपर्वको शिक्षाद्वारा आफ्नो जरा भुल्न नदिने प्रयास गरिँदैछ । यी विद्यालयहरूले आप्रवासी नेपाली बालबालिकाको पहिचान जोगाउन र उनीहरूको सामाजिक तथा भावनात्मक विकासमा सहयोग पुर्‍याइरहेका छन् ।

    नीतिगत तयारी र संस्थागत समर्थन

    नेपाली सरकार र सम्बन्धित निकायहरू (परराष्ट्र मन्त्रालय, शिक्षा मन्त्रालय, श्रम मन्त्रालय)को भूमिकालाई अझ स्पष्ट र कार्यान्वयनमुखी बनाउनुपर्छ । जापानमा रहेका नेपाली विद्यार्थी समाज र समूहहरू, गैरआवासीय नेपाली संघ (एनआरएनए) तथा नेपाली दूतावासले युवाहरूको हकहितको सुरक्षा, सीप विकास, अवसरको पहिचान र मनोबल वृद्धि गर्न योजनाबद्ध कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ । जापानमै बसेर सामाजिक तथा आर्थिक रूपान्तरणका लागि भूमिका खेलिरहेका युवाहरूलाई सम्मान र समावेश गर्ने नीति अवलम्बन गरिनुपर्छ।

    नेपाल-जापान सम्बन्ध अहिले एक नयाँ मोडमा पुगेको छ, जहाँ पुराना कूटनीतिक सम्बन्धसँगै अब जनस्तरको सम्बन्ध प्रगाढ बन्दै गएको छ। नेपाली युवाहरू यो सम्बन्धको केन्द्रमा उभिएका छन्। उनीहरूको शिक्षा, संघर्ष, सीप र लगनशीलता अब नेपाललाई मात्र हैन, जापानलाई पनि लाभदायक बन्ने दिशातर्फ उन्मुख छ । यदि देश, समाज र युवा स्वयंले मिलेर योजनाबद्ध ढंगमा अघि बढे, भने नेपाली युवाहरू जापानमा मात्र होइन, सम्पूर्ण विश्वमा ‘सक्षम, सभ्य र सिर्जनशील नेपाली’ को पहिचान स्थापित गर्न सक्नेछन् । यो पहिचान हाम्रो साझा सपना र राष्ट्रिय गौरव बन्नेछ ।

    (भण्डारी हाल जापानमा छन् ।)

  • ‘ब्याटल ग्राउन्ड’मा नेपाली डाक्टर, युद्धको सन्त्रासबीच बाँचेको जीवन

    ‘ब्याटल ग्राउन्ड’मा नेपाली डाक्टर, युद्धको सन्त्रासबीच बाँचेको जीवन

    करेन र बोरिसलाई मैले नेपालमा केही वर्षअगाडि भेटेको थिएँ । केरेन मेरै विधाको सर्जन थिइन्, काठमाडौं आएको मौकामा मैले अनुरोध गरेपछि इजरायलमा उनले गरेको काम, कार्य मेरा विद्यार्थीहरूसँग शेयर गरेकी थिइन् । अझ यही आफ्नो अनुभव र ज्ञान शंकरापुर अस्पताल जोरपाटीमा उनले बाँडिरहँदा तत्कालीन नेपालका लागि इजरायली राजदूत पनि अस्पतालमा आएर कार्यक्रमको शोभा बढाइदिनु भएको थियो । यसर्थ वर्षौंअगाडि नेपालमा भएको चिनजानले केरेन र बोरिस यता रहुञ्जेल मेरो स्थानीय अभिभावकको भूमिकामा छन् ।

    म यही बुधवार बेलुकी नेपाल फर्किने टुंगो भएकाले शुक्रबार दिउँसो मलाई मृतसागर (डेडसी) घुमाउने उनीहरूको योजना थियो । यसअघिको हप्ता जाने कि भन्ने उनीहरूको आग्रहलाई मैले नै यो शुक्रबार सारेको थिएँ । कारण दुइटा थिए । प्रथम– बिहीबार नै मेरो विभागका साथीसँग पुगेर आएको थिएँ । त्यहाँ हाम्रो कंग्रेस थियो र त्यो अलि लामै यात्रा भएकाले फेरि अर्को लामो यात्राको लागि म तयार भइनँ । दोस्रो– म बुधबार फर्किनुपर्ने भएकाले करेन र बोरिससँग इजरायल बसाइको अन्तिम शुक्रबार मनाउन चाहन्थेँ ।

    इजरायलमा शनिबार साबोथ मनाउँछन्, साबोथ जिउज धर्मअनुसार पवित्र दिन मानिन्छ । अर्थात् यस दिन व्यक्तिले आफ्नो शरीरको लागि मात्र सोच्ने, आफ्नो लागि र परिवारको लागि मात्र समय दिने । अझ, अल्ट्रा अर्थोडक्स जिउजहरू तसाबोथको दिन बत्ती पनि बाल्नुहुँदैन भन्ने मान्यता राख्छन् । कारण हो, बत्ती बालेमा मोबाइल, टेलिभिजनतिर ध्यान जान्छ, अनि आफूलाई समय दिन सकिँदैन । त्यसदिन पारिवारिक जमघट गरेर सँगै खाना खाने अनि भगवानको प्रार्थना गर्ने गरिन्छ । त्यस दिन खाना पनि पकाउन मिल्दैन, एक रात अगाडि नै सबै परिकार जोहो गरेर खाना तताउनमात्र मिल्ने प्रचलन छ । आजकल कासेकुलर जिउजहरू भने परिवारसँग गाडीमा घुम्ने, बाहिर जाने गर्छन् । शनिबार पूरै देश ठप्पप्रायः हुन्छ, सार्वजनिक सवारीसाधनलाई सरकारले नै बन्देज गरेको छ । हुन त यसो गर्दा हामी जस्ता पाहुनालाई गाह्रो हुन्छ ।

    धर्म कसरी मान्ने ? सबैको आआफ्नो स्वतन्त्रता हुनुपर्छ भनेर राजनीतिक बहस शुरु भइसकेको छ, तर पनि हामी जस्तो बाहिरी देशबाट आएका पाहुनालाई कतै जाऔँ भन्दा सार्वजनिक सवारीसाधन नहुँदा मार हुन्छ, ट्याक्सी भने पाइन्छन् । इजरायल बसाइको अन्तिम शुक्रबार रमाइलो गरेर मनाउने मेरो चाहनामा केरेनले भोलि १२ बजे हामी तलाईंलाई पिक गर्न आउँछौं तयार भएर बस्नु भन्ने बिहीबारको सन्देशले खुशीका तरंग छाएको थियो । डेडसी (मृतसागर)बारेमा गुगलमा धेरै खोजी पनि गर्न भ्याएँ । अनि झोलामा पौडिन चाहिने सबै सामान तयार गरियो । भोलि डेडसीमा डुबुल्की लगाउँदा हुने रोमाञ्चक अनुभूति मनमा राखेर सुत्न गएँ । राति २ बजेतिर अनायास ठूलो स्वरमा मोबाइलको नोटिफिकेशन बज्यो । म इजरायलमा आएदेखि नै दिनको करिब एउटा, त्यो पनि राति हाउथी समूहले यमनबाट मिसाइल हानेको हुन्थ्यो ।

    इजरायलको प्रविधि विश्वमा एक नम्बरमा गनिन्छ । प्रविधिको विकासले गर्दा कहीँकतैबाट इजरायलमाथि रकेट वा मिसाइल आइरहेको देखिनेबित्तिकै मोबाइलमा सुरक्षित स्थानमा जान म्यासेज आउँछ । त्यसको एक-दुई मिनेटपछि साइरन बज्छ, साइरन बजिसकेपछि सुरक्षित स्थानमा बस्नुपर्ने हुन्छ ।

    इजरायलको प्रविधि विश्वमा एक नम्बरमा गनिन्छ । प्रविधिको विकासले गर्दा कहीँकतैबाट इजरायलमाथि रकेट वा मिसाइल आइरहेको देखिनेबित्तिकै मोबाइलमा सुरक्षित स्थानमा जान म्यासेज आउँछ । त्यसको एक-दुई मिनेटपछि साइरन बज्छ, साइरन बजिसकेपछि सुरक्षित स्थानमा बस्नुपर्ने हुन्छ । यो आफ्नै सुरक्षाको लागि हुनेहुँदा प्रायः सबैले पालना गर्छन् । संकट टरिसकेपछि मोबाइलमा सोको सूचना आउँछ, अनि आफ्नो स्थानमा फेरि फर्किने एउटा नियमित प्रक्रिया नै हुने गर्छ ।

    त्यसकै सूचना होला भनेर खासै ध्यान दिइनँ, तर यो सूचना अलि विशेषखालको पाएँ । हिब्रु भाषामा लेखिएको बाक्य बुझ्न सकिनँ, तर माथि अंग्रेजीमा ‘इमर्जेन्सी अलर्ट’ लेखिएको थियो । यस्तो सूचना मैले पहिलो पटक पाएको थिएँ । पक्कै केही ठूलो घटना नै भएको हुनुपर्छ भन्ने मनमा लाग्यो । सधैँजसो जाने आफ्नै भवनको सुरक्षित स्थानमा गएँ । अरु एकदुई जना पनि जम्मा भइसकेका थिए । (यस्तो साइरनको फाइदा चाहिँ तपाईंको छिमेकमा को-कताको मान्छे बसेको छ ? तपाईंलाई जानकारी हुन्छ) । आफ्नो छोरा बिरामी भएर वार्डमा भर्ना गरेकाले आफू यता कोठामा सुत्न आएको बताउने एक महिलाले भनिन्, ‘देशमा इमर्जेन्सी (संकटकाल) लागिसक्यो, इरानमाथि भर्खर इजरायलले हमला गर्‍यो । यो सुनेर सबैभन्दा रिस त आफू अब भोलि डेडसी जान नपाउने भएँ भनेर भयो ।

    मनमनै ‘अघिल्लो शुक्रबार हुन्छ भन्नुपर्ने रहेछ’ भन्दै थकथकी लागिरह्यो । भएको के रहेछ भनेर समाचारहरू खोज्न थालेँ । समाचारमा प्रधानमन्त्री र मन्त्रीहरूको सन्देश आउन थाले, ‘इरानले आणविक हतियार बनाउन चाहिने जति युरेनियम सञ्चित गरिसकेको र यसले आणविक हतियार बनाए इजरायललाई ध्वस्त पार्ने भएकाले आणविक हतियार बनाउन नदिन हामीले आक्रमण गरेको…।’ मोबाइलमा तारन्तार सूचना आउँदै थियो, ‘सुरक्षित स्थान खोजेर बस्नू, भिड नगर्नू, आवतजावत धेरै नगर्नू ।’

    शुक्रबार बिहान २ बजे सायद पूरै नागरिक सुरक्षित स्थानमा थिए । इरानको सम्भावित हमला कुरेर बस्नुबाहेक अरु केही विकल्प थिएन, तर अचम्म भयो, इरानले तुरुन्त हमला गरेन । सायद उच्च नेतृत्वमा रहेका कमान्डरहरूको इजरायली आक्रमणमा परेर भएको मृत्युले गर्दा हो कि ? त्यसपछि मोबाइलमा सूचना आयो, ‘सतर्कता अपनाउनू, तर अहिले सुरक्षित स्थानमा बसिरहनु परेन ।’

    मेरो विभागको प्रमुख सेनाबाट नै अवकाशप्राप्त हुनुहुन्छ, उहाँले ड्युटीमा भएको रेसिडेन्ट चिकित्सकलाई मलाई भेटेर नजिकको सुरक्षित सेल्टर देखाइदिइन् र केही कुराको पनि चिन्ता नलिन भन्नू भनेर पठाउनुभएछ । डालियाद मलाई खोज्दै मेरो भवन बाहिरसम्म आए, ‘म ठीक छु, केही त्यस्तो डराएको छैन’ भन्दा पनि नभेटी सुख दिएनन् ।

    शुक्रबार हाम्रो अस्पताल बन्द नै रहन्छ । अरु दिन बिहान ७ बजेबाट नै खुल्छ । ‘अब के गर्ने होला ?’, यस्तो खुल्दुली जाग्यो । केरेनले म्यासेज गरेर ‘बाहिर नबस्नू, स्थिति तनावपूर्ण छ, नजिक कतै बंकर छ भने खोजेर त्यसमा सुरक्षित रहनू’ भनिन् । मेरो विभागको प्रमुख सेनाबाट नै अवकाशप्राप्त हुनुहुन्छ, उहाँले ड्युटीमा भएको रेसिडेन्ट चिकित्सकलाई मलाई भेटेर नजिकको सुरक्षित सेल्टर देखाइदिइन् र केही कुराको पनि चिन्ता नलिन भन्नू भनेर पठाउनुभएछ । डालियाद मलाई खोज्दै मेरो भवन बाहिरसम्म आए, ‘म ठीक छु, केही त्यस्तो डराएको छैन’ भन्दा पनि नभेटी सुख दिएनन् । मलाई लगेर सुरक्षित स्थान (पहिला हामी बसेको घरको भर्‍याङ छेउ नै सुरक्षित मानेर बसेको भए पनि यो लडाइँमा जोखिम बढ्ने हुनाले जमिनमुनि नै बस्न लियादले सल्लाह दिए) देखाए ।

    सुरक्षित स्थानबारेमा सुरक्षाको दृष्टिकोणले पनि धेरै चर्चा नगर्नु भन्ने यताको मान्यताले गर्दा धेरै विवरण लेख्न चाहिनँ । अरु केही आवश्यक भए म ल्याइदिन्छु भनेर लियादले कर गरे, तर मलाई चाहिने सामान मसँग थियो । फेरि हामी नेपाली स्वाभिमानी चाहिँ छाैं । सकेसम्म अरुलाई दुःख दिन नपरे हुन्थ्यो भन्ने हाम्रो सकारात्मक सोच छ । एकै पटक आक्रमण गरेको भए बरु के हुन्छ, हेर्दै बस्न हुन्थ्यो होला, तर अहिले गर्ला, भरे गर्ला भनेर बस्नुपर्दा चाहिँ सकस नै भयो । शुक्रबार बेलुकी अति नै उच्च सतर्कताको सूचना मोबाइलमा आउन थाल्यो, पिउने पानीको बोत्तल र आफ्नो व्यक्तिगत सामान बोकेर जाँदा राम्रो हुन्छ भन्ने मनमा लाग्यो । विदेशमा हुँदा सबैभन्दा महत्वपूर्ण तपाईंको पासपोर्ट नै हो, घर फर्किने आधार, यसर्थ त्यसलाई चाहिँ सधैँ सँगै बोकेर हिँड्ने बानी परेको छ ।

    साइरन बजेपछि दौडिएर सुरक्षित स्थानमा पुगेको अरु पनि जम्मा भइसकेका रहेछन् । ठूलो विस्फोटको आवाज सुन्न सकिन्थ्यो । आवाज सुन्दा लाग्थ्यो- कसैले हामी बसेको भवनमाथि नै बम खसाइरहेका छन् । यो अलि लामै समयसम्म गयो । मोबाइल खोलेर स्थानीय समाचार हेर्दा तेलअभिभमा पनि केही घरमा क्षति भएको देखाइरहेको थियो । मिसाइललाई रोक्न प्रयोग गरिएको एन्टीमिसाइलर मिसाइलले सारा इजरायलको आकाश भरिएको तस्वीर आइरहेको थियो । युद्धलाई बिर्सिएर आकाशको रंगमात्र हेर्ने हो भने त मानौँ यस्तो लाग्थ्यो कुनै खुशीको अवसरमा आकाश रंगिएको छ, तर यहाँ परिस्थिति बेग्लै थियो । आकाशमा देखिने त्यो रातो रंग निर्दोष मानिसको रगतको प्रतीक थियो । सुन्दर भवनहरू निमेषभरमै भग्नावशेष बनेर त्यसबाट निस्किने रंगको सरगम थियो ।

    आधा घण्टा जति सुरक्षित स्थानमा बसिसकेपछि मोबाइलमा सन्देश आयो, ‘बाहिर निस्कन सक्नुहुन्छ, तर सुरक्षित स्थानको वरिपरि बस्नुहोला ।’ लडाइँ शुरु भइसकेको थियो, तर अब इरानको जवाफी हमलापछि अर्को लडाइँ शुरु भयो मिसाइल झैँ खतरा अझ मिसाइलको रेञ्जभन्दा कैयाँै गुणा बढी कभरेज गर्नसक्ने, मिडिया वार ।

    आधा घण्टा जति सुरक्षित स्थानमा बसिसकेपछि मोबाइलमा सन्देश आयो, ‘बाहिर निस्कन सक्नुहुन्छ, तर सुरक्षित स्थानको वरिपरि बस्नुहोला ।’ लडाइँ शुरु भइसकेको थियो, तर अब इरानको जवाफी हमलापछि अर्को लडाइँ शुरु भयो मिसाइल झैँ खतरा अझ मिसाइलको रेञ्जभन्दा कैयाैं गुणा बढी कभरेज गर्नसक्ने, मिडिया वार ।

    सामाजिक सञ्जालहरू रंगिसकेका थिए- ‘कसको मिसाइल, कसको भन्दा शक्तिशाली ? कसले, कसलाई कति समयमा ध्वस्त बनाउनसक्छ ? कसको आक्रमण सफल भयो, कसको विफल भयो ?’ सञ्जालमा कमेन्ट गाँस्ने व्यक्ति, समूह, व्यक्तित्व जे भनौँ, यसलाई एक खेल झैँ मानेर आफ्नो विचार पोख्न व्यस्त थिए, आज पनि छौँ । युद्धमा कसैले जित्दैन, युद्धले निकास दिने भए आजसम्म हामीले जन्मेदेखि सुनेको लेबनानमा शान्ति भइसक्थ्यो होला । विश्वमा केही कुराको लागि शक्ति प्रदर्शन गर्नु नै पर्दैन थियो होला ।

    मिडियाको लडाइँले सबैभन्दा पीडा हामी जस्ता घर बाहिर युद्धग्रस्त क्षेत्रमा रहनेहरूलाई हुनेरहेछ । घरका मान्छेको चिन्ता र सुर्ता स्वाभाविक हो । झन् विभिन्न मिडिया आफ्ना भ्युज बढाउने चक्करमा समाचारको आधिकारिकता नै नजाँची समाचार बनाइदिन्छन् । तब भ्रम छिट्टै फैलनेरहेछ ।

    सुरक्षित स्थानमा बस्दा मैले आफूले चिनेका तथा सम्पर्कमा आएका नेपाली भाइबहिनीलाई ‘के–कस्तो स्थिति छ’ भनी सोधेको थिएँ । उनीहरूबाट अरु नेपालीको स्थिति के छ त्यो पनि बुझेको थिएँ । बिहान १ बजे इमर्जेन्सी विभाग गएर ल्याइएका घाइतेमध्ये कोही नेपाली छन् कि भनेर सोधपुछ पनि गरेँ । त्यति गर्दा आफूलाई मनमा सन्तोष चाहिँ भएको थियो ।

    इजरायलका लागि नेपाली राजदूतसँग मंगलबार मेरै अस्पातलका निर्देशकले भेटघाटको कार्यक्रम राख्नुभएको थियो । अन्तर्राष्ट्रिय चिकित्सकहरूसँगै कूटनीतिक निकायका व्यक्तिसँग उहाँले आफूले भेट्न चाहेको भनेर इमेल गर्नुभएको थियो । अनि मलाई पठाइएको इमेलमा नेपाली राजदूत पनि आउने लेखिएको थियो । मैले यस अवसरलाई आफू कार्यरत संस्था कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको बारेमा केही कुरा राखेर विभिन्न सरोकारवालासँग साथ र सहयोग माग्ने एउटा अवसरको रूपमा प्रयोग गर्ने सोचेको थिएँ । त्यो पनि यस युद्धका कारण सम्भव नहुने भयो, त्यसमा मन खिन्न भएको छ ।

    शुक्रबार रातिको इरानको आक्रमणपछि शनिबार दिनभरि ठूलै आक्रमण हुने हाम्रो ठम्याइ थियो । शनिबार पनि राति अति सतर्कता अपनाउनु भनेर सूचना आइसकेपछि हामी सुरक्षित स्थानमा गयौँ । विस्फोटको आवाजले मनमा केही ढ्यांग्रो त ठोक्थ्यो नै, तर आफू बसेको स्थान सुरक्षित छ भन्ने विश्वासले त्यो भयलाई परास्त गर्छ । विश्वास भन्ने कति बलियो चिज हो भन्ने कुरा यहाँ सुरक्षित स्थानमा रहँदा बुझियो । मृत्युको भयमा पनि सुरक्षाको विश्वासले जित्ने रहेछ । आक्रमण इजरायलभरि नै भइरहेको थियो, तर सामरिक महत्व भएका तेलअभिव, हाइफा, जेरुसेलमलगायतका ठाउँ बढी निशानामा थिए ।

    सुरक्षित स्थानमा बस्दा मैले आफूले चिनेका तथा सम्पर्कमा आएका नेपाली भाइबहिनीलाई ‘के-कस्तो स्थिति छ’ भनी सोधेको थिएँ । उनीहरूबाट अरु नेपालीको स्थिति के छ त्यो पनि बुझेको थिएँ । बिहान १ बजे इमर्जेन्सी विभाग गएर ल्याइएका घाइतेमध्ये कोही नेपाली छन् कि भनेर सोधपुछ पनि गरेँ ।

    म एक हप्ताअगाडि इजरायलका प्रथम राष्ट्रपति काइम विजमानको घर भएको ठाउँ (हालको विजमान वैज्ञानिक प्रतिष्ठान)मा घुम्न गएको थिएँ । अहिले त्यो घर मिसाइल लागेर घाइते भएको छ भन्ने सुन्दा नरमाइलो लागेको छ । शुक्रबारको आक्रमणभन्दा शनिबार, अनि त्यसपछि आइतबारको आक्रमण अलि कम शक्तिशाली भएको छ । सोमबार साढे १० बजेसम्म यो लेख लेखिरहँदा कुनै आक्रमणको सूचना आएको छैन । यसको मतलब युद्ध सकियो अथवा इरानले आत्मसमर्पण गरेको रूपमा मैले लिएको छैन, तर हवाई आक्रमणबाट क्षति भने पक्कै भएको महसुस भएको छ ।

    युद्ध शुरु भएर आपतकालीन अवस्थामा देश छ । अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको छ । अन्तर्राष्ट्रिय विमान सेवा तेलअभिवस्थित बेनगुआरिनमा छ । शुक्रबारबाट उक्त विमानस्थल बन्द छ । खाद्यान्न पसल (ग्रोसरी) र फार्मेसी खुला छन् । समुन्द्रको बाटो र सडकको बाटोबाट विदेश जानेलाई पठाइँदैछ । आउनेहरूले पनि उक्त बाटो प्रयोग गरिहेका छन् ।

    आगमनमा भिसा (इन अराइभल) नदिने हामी जस्ता पाहुनालाई मात्र आफ्नो देश फर्किनलाई राजदूतावास गुहार्नुपर्ने बाध्यता छ । रोजगारको सिलसिलामा यता रहेका नेपाली युद्धको सन्त्रासमा त छन्, त्योभन्दा ठूलो त्रास यताबाट नेपाल गएर फेरि आउन पाइएन भने के गर्ने ? भविष्यको अन्योल र जीवन जिउनुपर्ने बाध्यताले सम्भावित मृत्युको भयलाई पनि जित्दोरहेछ, तर विपीन जोशीको नियति बुझेको र सुनेका यहाँका नेपालीले यदि यसरी नै युद्ध लम्बिरहे पक्कै सुरक्षित उपाय रोज्नेछौँ ।

    नेपाल प्रेसका प्रधान सम्पादक मात्रिका पौडे दाइले भाइ, एउटा लेख लेख्नु न भन्नु भयो ,हवस भनि हाले तर कसरि सुरु गरे र कसरी समाप्त गर्ने केहि नसोची लेख्न बसेको हुँ।सायद पढ्नु हुने धेरै लाई पत्यार पनि लाग्यो होला।मेरो लेख को आशय अरु केहि होइन कृपया गलत कुरा सेयर नगरिदिनु होला ।

    युद्ध शुरु भएदेखि आजसम्म देशभरि ९ घर पूर्ण रूपले क्षति भएका छन् । १०० घरमा सामान्य क्षति भएको छ । मृतकको संख्या २४ पुगेको छ । सयौं घाइते उपचाररत छन् । नेपालमा यसरी समाचार बनाइँदैछ कि मानौँ पूरै इजरायल ध्वस्त भइसक्यो । इरान यति शक्तिशाली छ, यसले अब इजरायललाई धुलोपिठो बनाउँछ । हो, सीधा हेर्दा २ बिलियन जनसंख्या भएको देश र ९ मिलियन जनसंख्या भएको देश एकापसमा लड्दा आउने परिणाम सोझो हिसाबले सोच्दा त्यस्तै हुन्छ, तर प्रविधि र चतुर्‍याइँ प्लानिङले परिणाम आफ्नोमा पार्न बाटो खोल्ने रहेछ । युद्धमा कसले जित्छ, कसले हार्छ, यो लेखकको त्यसमा आफ्नै विचार होला, तर यो लेखको तात्पर्य युद्ध कठोर हुन्छ र सकेसम्म शान्ति स्थापना होस् भन्ने चाहना हो । इजरायलमा भएका नेपाली अहिलेसम्म सुरक्षित छन् । आशा गरौँ, चाँडै शान्ति छाओस् ।

    (कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत डा. पोखरेल हाल सेवा मेडिकल सेन्टर तेलअभिव, इजरायलमा छन् ।)

  • युद्धरत इजरायल र इरानमा कति छन् नेपाली ? यस्तो छ परराष्ट्रको डाटा

    युद्धरत इजरायल र इरानमा कति छन् नेपाली ? यस्तो छ परराष्ट्रको डाटा

    काठमाडौं । गत शुक्रबारबाट युद्धमा रहेका पश्चिम एसियाका देश इजरायल र इरानमा नेपालीहरु भएको पाइएको छ ।

    परराष्ट्र मन्त्रालयले इजरायल र इरानमा रहेका नेपालीहरुकाे डाटा सार्वजनिक  गरेकाे छ।

    परराष्ट्रले सार्वजनिक गरेकाे विवरण अनुसार इजरायलमा ५५०० नेपालीहरु छन् भने इरानमा १२ नेपाली छन् । मन्त्रालयले समस्यामा रहेका नेपालीहरुलाई आवश्यक परेमा दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ ।

    जसअनुसार इरानमा भएका नेपालीहरुले कतारको दोहामा रहेको राजदूतावासमा तथा इजरायलका नेपालीहरुलाई तेल अभिवमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

    दोहामा नियोग उपप्रमुख कुमार राईलाई र तेल अभिवमा नियोग उपप्रमुख कुमार बहादुर श्रेष्ठलाई सम्पर्क गर्न मन्त्रालयले सूचित गरेको छ ।

  • युएईको लुलु सुपरमार्केटमा ‘नेपाली तरकारी’, किसानसँग सिधै सम्पर्क गरेर निर्यात

    युएईको लुलु सुपरमार्केटमा ‘नेपाली तरकारी’, किसानसँग सिधै सम्पर्क गरेर निर्यात

    युएई । नेपालमा उत्पादित तरकारी युएई आउन थालेको छ। नेपालबाट ल्याइएका ताजा तरकारीहरू यहाँको लुलु सुपर मार्केटहरूमा बिक्री गर्न थालिएको छ।

    अल समन इन्टरनेसनल नामक कम्पनीले गत सातादेखि नेपाली तरकारी युएईको बजारमा ल्याउन सुरु गरेको हो। अहिले लुलुका विभिन्न मार्केटको तरकारी कक्षमा ‘नेपाली तरकारी’ भनेर छुट्टै चिनारीसहित स्थानीय बजार मूल्यमै बिक्री भइरहेको छ।

    त्यहाँ राखिएका तरकारीहरूमा सीमी, बोडी, फर्सी, लौका, घिरौँला, साथै तीते करेला, खुर्सानी, गुन्द्रुक लगायतका अन्य थुप्रै सामग्रीहरू समावेश छन्।

    अल समन इन्टरनेसनलका कल्याण घिमिरेका अनुसार, नेपालका विभिन्न स्थानका कृषकहरूसँग सिधा सम्पर्क गरेर काठमाडौंमा तरकारी संकलन गरिन्छ। संकलन गरिएको तरकारी त्यहीँबाट उडानमार्फत एकै दिनमै युएई आई पुग्ने गर्छ ।

    सोही कम्पनीले सन् २०१७ देखि कतारमा नेपाली तरकारी निर्यात गर्न थालेको थियो। अहिले हरेक साता १५ हजार केजीभन्दा बढी तरकारी कतारमा बिक्री भइरहेको कम्पनीले जनाएको छ।

    त्यस्तै कम्पनीले युएईको सारजाहमा रहेको सफारीमलमा समेत २०१९ बाट नेपाली तरकारी ल्याउन सुरु गरेको थियो । कोरोना संक्रमणका कारण नेपाली कृषिजन्य सामाग्री युएई आउन रोकिएको कम्पनीका घिमिरेले जानकारी दिए ।

    नेपाली तरकारी तथा कृषिजन्य सामाग्रीलाई युएईको बजार सम्म पुराउन नेपाली दूतावास अवुधावी तथा नेपाली समाज युएईका पूर्व अध्यक्ष समेत रहेका लुलु कम्पनीको उच्च तहमा कार्यरत वेदप्रसाद अर्यालको समेत विशेष भूमिका रहेको कम्पनीले जनाएको छ ।

    लुलुका सञ्चालक तथा कम्पनीका उच्च प्रतिनिधिहरूसँगको भेटघाट तथा हालै नेपालमा भएको लगानी सम्मेलनपछि यसको नतिजा आएको घिमिरेले बताए ।

    ‘नेपालमा उत्पादन गरिएका सामाग्रीहरूको युएई बजारमा राम्रो सम्भावना छ’ त्यसैले नेपाली सामग्रीहरूलाई यहाँको स्थानीय बजारसम्म पुर्‍याउन सकियो भने राष्ट्रलाई नै फाइदा पुग्ने नेपाली दूतावास अवुधावीकी प्रवक्ता तथा नियोग उपप्रमुख रञ्जिता दाहालको भनाई छ ।

    युएईमा क्रमशः नेपालीको संख्या बढेसँगै विभिन्न बजारमा नेपाली सामाग्रीको खपत बढिरहेको छ । साथै नेपालको कृषि सामाग्री प्रति विदेशीहरूको पनि माग दैनिक बढेकोले कृषि तथा अन्य मासुजन्य सामाग्रीको बजार प्रवर्द्धन गर्न दूतावास लागि परेको युएईका लागी नेपाली राजदूत तेजबहादुर क्षेत्रीको भनाइ छ ।

    नेपाली कृषकको मिहिनेत र श्रमको उचित मूल्य प्रदान गर्दै तिनीहरूलाई प्रोत्साहन गर्ने लक्ष्य कम्पनीले लिएको छ। घिमिरेका अनुसार, नेपाली तरकारी गुणस्तरीय र अर्ग्यानिक भए पनि अन्तर्राष्ट्रिय बजारमा पहिचान बनाउन भने केही समय लाग्नेछ।

    युएईमा नेपालीहरूको संख्या बढ्दै जाँदा नेपाली तरकारीको माग पनि बढ्दो छ। त्यस्तै, अन्य विदेशी नागरिकहरूबाट पनि नेपाली उत्पादनको राम्रो प्रतिक्रिया प्राप्त भएको कम्पनीले जनाएको छ।

  • प्रवासी नेपाली मंच युरोपको दोस्रो विस्तारित बैठक बेल्जियममा सम्पन्न, १६ बुँदे निर्णय जारी

    प्रवासी नेपाली मंच युरोपको दोस्रो विस्तारित बैठक बेल्जियममा सम्पन्न, १६ बुँदे निर्णय जारी

    काठमाडौं । प्रवासी नेपाली मंच युरोप कमिटीको दोस्रो विस्तारित भौतिक बैठक बेल्जियमको एंटवर्पमा सम्पन्न भएको छ।

    नेकपा एमालेका केन्द्रीय सदस्य तथा अमेरिका र युरोप इन्चार्ज घनश्याम पाण्डेको प्रमुख आतिथ्यमा भएको उक्त बैठकमा अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष संजय थापा, राष्ट्रिय कमिटीका पदाधिकारी, र १८ देशका करिब २०० प्रतिनिधिको सहभागिता रहेको थियो।

    प्रवासी नेपाली मंच बेल्जियमले आयोजना गरेको कार्यक्रमको व्यवस्थापन र आतिथ्यताको सहभागीहरूले प्रशंसा गरे। अध्यक्ष बिनोद न्यौपाने नेतृत्वको टोलीले तयार पारेको स्मारिकाको पनि औपचारिक लोकार्पण गरिएको थियो।

    तीन प्रमुख सेसन: महिला, लगानी र एनआरएन मुद्दामा गहन छलफल

    बैठकमा तीनवटा आकर्षक सेसन सञ्चालन भए, जसले प्रवासी नेपालीहरूको मुद्दालाई गहन रूपमा बहस भयो:

    १. महिला सेसन: अष्ट्रियाकी अध्यक्ष बाबा राजेश्वरी थापाको अध्यक्षतामा भएको यो सत्रमा प्रवासी नेपाली महिलाको अवस्था, नेतृत्वमा पहुँच, र सशक्तिकरणका प्रयासहरूबारे छलफल भयो। विभिन्न देशका महिलाहरूले आफ्ना अनुभव र सुझाव प्रस्तुत गरे। सत्रलाई महिला विभाग युरोपकी सचिव मुना ताम्राकारले उत्कृष्ट शैलीमा सञ्चालन गरिन्। यो सेसनले समस्यामात्र होइन, समाधानमुखी दृष्टिकोण र महिला नेतृत्वको प्रेरणादायी मंचको रूपमा स्थापित भयो।

    २. लगानी सेसन: युरोप लगानी विभाग प्रमुख रामचन्द्र गुरुङ (सुज्ये) को नेतृत्वमा भएको सत्रमा नेपालमा सुरक्षित र दीर्घकालीन लगानीका अवसरबारे व्यावहारिक छलफल भयो। विभागका सचिव दिनेश घिमिरेले सत्र सञ्चालन गरे।

    ३. गैरआवासीय नेपाली (NRN) सेसन: संघका उपाध्यक्ष राम शरण सिम्खडाको अध्यक्षतामा भएको यो सत्रले दोहोरो नागरिकता, गैरआवासीय नेपालीको हकअधिकार, र सरकारसँग समन्वयका विषयमा महत्त्वपूर्ण बहस गर्‍यो।

    एनआरएन बेल्जियमका निवर्तमान उपाध्यक्ष तीर्थ धमलाले सत्र सञ्चालन गरे भने एनआरएन विभागका उपप्रमुख डा. चिरन्जीवी खडकाले संघका विवाद र समाधानबारे जानकारी दिए।

    बैठकले प्रवासी नेपालीहरूको संरक्षण, सहभागिता, र अधिकार सुनिश्चित गर्ने १६ बुँदे निर्णय जारी गरेको छ। जसमध्ये प्रमुख बुँदाहरू:

    अफ्रिका र खाडी मुलुकमा श्रम शोषणमा परेका नेपालीहरूको आवाज उठाउने।

    अन्तर्राष्ट्रिय उड्डयन संगठन (ICAO) मार्फत नेपाल र विदेशबीच हवाई यातायात सुधार गर्न दबाब दिने।

    SMART NRNA प्रणालीअन्तर्गत MIS डेटा संकलनलाई व्यवस्थित गर्ने।

    महिला आप्रवासी श्रमिकको सुरक्षाका लागि अन्तरदेशीय नीति र निगरानी संयन्त्र बनाउने।

    अवैध मानव तस्करी, शोषण, र लैंगिक हिंसाविरुद्ध अभियान सञ्चालन गर्ने।

    साना देशमा रहेका नेपालीहरूको सहभागिता र समस्या सम्बोधनका लागि विशेष संयन्त्र निर्माण गर्ने।

    संयोजक मुक्त गुरुङले राजनैतिक प्रतिवेदन प्रस्तुत गर्दै प्रवासी राजनीतिक परिस्थिति र संगठनको भूमिकाबारे धारणा राखे। सचिव शालिक थपलियाले गत एक वर्षको गतिविधि, विस्तार, र चुनौतीहरूको समीक्षा सहितको संगठनात्मक प्रतिवेदन पेश गरे।

    ९ र १२ वर्षमुनिका फुटबल प्रतियोगिता जित्ने बाल खेलाडीहरू विशेष बराल, बिधान बराल, र बिहान गुरुङलाई पनि सम्मान गरियो।

  • बेलायतमा नेपाली मिडिया सोसाइटी गठन, किरण बने अध्यक्ष

    बेलायतमा नेपाली मिडिया सोसाइटी गठन, किरण बने अध्यक्ष

    लन्डन । बेलायतमा बसोबास गरी डिजिटल मिडियामा क्रियाशील सञ्चारकर्मीहरूले नेपाली मिडिया सोसाइटी युके गठन गरेका छन् ।

    समय र बढदो आधुनिकतासँगै डिजिटल मिडियाको प्रभाव क्रमश: बढेर गइरहेको सन्दर्भमा सञ्चार कर्ममा अझ विश्वसनीय, जिम्मेवार र व्यवसायिक बनाउनुपर्ने आवश्यकतासहित आइतबार लन्डनको हेरोमा एक भेला गरी कमिटी बनाइएको हो ।

    किरण राईको अध्यक्षमा गठित समिति उपाध्यक्षमा सरोजजंग थापा र विनोद राई, महासचिवमा तेजकुमार माबो र कोषाध्यक्षमा रञ्जीत राई चयन भएका छन् । उदय राई, निरन क्षेत्री, रोशन लिम्बू, नविना राई र सुमन लिम्बू सदस्य छन् ।

    सल्लाहकारमा जसराज चेम्जोङ र गंगा रानालाई राखिएको छ ।

    बेलायतमा नेपाली बसोबासी बढ्दै गएको अवस्थामा डिजिटल मिडियालगायत माध्यमबाट नेपाली भाषा, धर्म, संस्कार संस्कृति र मातृ देशसँग जोड्ने उद्देश्यसहित सामाजिक दायित्व पूरा गर्ने लक्ष्यसहित संगठित भएको अध्यक्ष किरण राईले बताए ।

    सोसाइटीले यसै वर्ष अधिवेशन गर्ने लक्ष्य राखेको छ । गैरनाफामूलक कम्पनीका रूपमा दर्ता गरी संस्थालाई गतिशील र चलायनमान बनाउन तत्कालै विधान र कार्ययोजना बनाउने निर्णय गरिएको छ । व्यवसायिक र निष्पक्ष पत्रकारिताका लागि आफ्नै आचारसंहिता बनाई जिम्मेवार र अनुशासित ढंगले जाने राई बताउँछन् ।

  • लन्डन दूतावासमा नेपाल पर्यटन प्रवर्द्धन साँझ

    लन्डन दूतावासमा नेपाल पर्यटन प्रवर्द्धन साँझ

    लन्डन । लन्डनस्थित नेपाली दूतावासले पर्यटन बोर्डसंगको सहकार्यमा शुक्रबार साँझ पर्यटन प्रवर्द्धन सम्बन्धी विशेष कार्यक्रम ‘नेपाल नाइट’ गरेको छ ।

    नेपाली र बेलायती आरोही, नेपाल घुमेका बेलायती एवं विदेशी ट्राभल, टुर अपरेटर्स सहभागी उक्त कार्यक्रममा वृत्तचित्रमार्फत नेपालको लोभलाग्दो प्राकृतिक सौन्दर्य प्रस्तुत गरियो । कार्यक्रममा आरोही र नेपाल घुमेका पर्यटकहरुले आ-आफ्नो अनुभव समेत साटासाट गरे ।

    कार्यक्रममा स्वागत मन्तव्य दिंँदै बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेले नेपालको प्राकृतिक सौन्दर्य, जीवन्त संस्कृति र समृद्ध ऐतिहासिक कलाकृतिको अनुभव गर्न नेपाल भ्रमण गर्न अनुरोध गरे ।

    राजदूत घिमिरेले नेपाल धेरै आश्चर्यजनक चीजहरु उत्खनन गर्न पर्खिरहेको उल्लेख गर्दै बेलायत नेपाल सदियौं लामो ऐतिहासिक सम्बन्धबारे पनि प्रकाश पारे ।

    कार्यक्रममा पर्यटन विभागका महानिर्देशक डा। नारायणप्रसाद रेग्मीले पर्यटनको पुरुत्थानका लागि सरकारको नीतिबारे प्रष्ट्याए । रेग्मीले सरकारले यात्रु र लगानीकर्ता दुवैका लागि आवश्यक सहजीकरण सुनिश्चित गर्ने आश्वासन पनि दिए ।

    नेपाल पर्यटन बोर्डका सिइओ दीपकराज जोशीले नेपालको पर्यटनको प्राकृतिक, आध्यात्मिक, सांस्कृतिक र सामाजिक आयामहरूमाथि प्रकाश पार्दै नेपाल समुदायहरूलाई उत्थान र नेपाललाई अद्वितीय बनाउने सम्पदाहरुको संरक्षण गर्न दिगो र जिम्मेवार पर्यटनमा विश्वास राख्ने बताए ।

    उनले नेपाल जानु केवल भ्रमण मात्र नभएर जीवनकालको अनुभवहरू समेत लिनु रहेको उल्लेख गरे ।

    पर्यटन व्यवसाय कोभिड महामारी अघिकै अवस्थामा फर्किसकेको उल्लेख गर्दै जोशीले नेपाल विदेशी पर्यटकहरुका लागि सुरक्षित गन्तव्य र निर्धक्कसाथ घुम्न सकिने बताए ।

    सो अवसरमा वल्र्ड नेवा अर्गनाइजेसनका अध्यक्ष संयुक्त श्रेष्ठले काठमाडौं उपत्यकाको कला, सांस्कृतिक सम्पदा, मिथक र वास्तविकता, डा। एमी फ्रीज मरिसले बाघ र अन्य वन्यजन्तुहरूको संरक्षणका लागि नेपालको अनुकरणीय प्रयास र कीर्तिमानी आरोही मिङ्मा डेभिड शेर्पाले आरोहण अनुभव एवं हिमालमा उद्दार कार्य सम्बन्धी अनुभव प्रस्तुत गरेका थिए ।

    ब्रिटेन नेपाल सोसाइटीका अध्यक्ष निक हिन्टनले सामुदायिक वन कार्यक्रम नेपालमा सबैभन्दा प्रभावकारी समुदाय नेतृत्वको पहल मध्ये एक रहेको बताए ।

    मंगल धुनबाट शुरु कार्यक्रममा स्थानीय कलाकारहरुले कुमारी नृत्य, खुकुरी नृत्य, किरात साकेला, झ्याउरे नृत्य र अन्त्यमा सामूहिक नृत्य समेत प्रस्तुत गरिएको थियो ।

    कलाकारहरु अस्मिता थापा मगरको कुमारी नृत्य, संयोग जिसीको खुकुरी डान्स, राजदेव, पारु, रुपा र निसुको साकेला, ममता श्रेष्ठको ‘नेपालकी छोरी हुं म’ गीतमा नृत्य, रिना थापामगरको झ्याउरे डान्स अनि ‘रेशम फिरिरि’ ले सांझ नेपालमय बनाएको थियो ।

    दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीले सञ्चालन गरेको कार्यक्रममा आफ्नो कथा सुनाउने वक्ताहरुलाई राजदूत घिमिरे र पर्यटन बोर्डका सिइयो जोशीले प्रशंसा पत्र प्रदान गरे । दूतावासले आगमनका क्रममा सबै विदेशी पाहुनालाई ढाका टोपी र खादा पहिरेर स्वागत गरेको थियो ।

     

  • इराकमा नेपालको कुवेती दूतावासबाट घुम्ती कन्सुलर सेवा

    इराकमा नेपालको कुवेती दूतावासबाट घुम्ती कन्सुलर सेवा

    काठमाडौं । नेपालको कुवेतस्थित दूतावासले इराकको राजधानी बगदादमा घुम्ती कन्सुलर शिविर सञ्चालन गरेको छ ।

    शिविरको सेवा जेठ १९ बाट २१ गतेसम्म सञ्चालन भएको दूतावासले जानकारी दिएको छ ।

    दर्जनौँ नेपालीहरूले सेवा लिएको शिविरमा कुवेतस्थित दूतावासबाट प्रथम सचिव प्रेमराज गौतम र तृतीय सचिव नवीन पराजुली नेतृत्वको टीम पुगेको थियो ।

    इराकमा नेपाली दूतावास नभएकोले कुवेतबाट सेवा दिने टोली पुगेको हो ।

    इराकाको अहिलेको तुलनात्मक शान्तिको समय देखि युद्धको समयसम्म नेपालीहरू काम गर्न पुगेका छन्।

  • ममता काफ्लेको घरनजिकै अर्को विष्मयकारी घटना, नेपाली समुदाय स्तब्ध

    ममता काफ्लेको घरनजिकै अर्को विष्मयकारी घटना, नेपाली समुदाय स्तब्ध

    वाशिङ्टन । अमेरिकाको भर्जिनियाको मानेसास पार्कमा भएको दुखद गोलीकाण्डमा एकै परिवारका चार नेपालीको मृत्यु भएको घटनाले नेपाली समुदायलाई स्तब्ध बनाएको छ। यो विष्मयकारी घटना नेपाली नर्स ममता काफ्लेको हत्या भएको स्थान नजिकै घटेको हो ।

    जुन ५, २०२५ को राति करिब १०:४० बजे मानेसास पार्कको लानाए लेनस्थित एक अपार्टमेन्टमा प्रहरीले चार नेपालीको शव फेला पारेको थियो। मृतकहरूमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अन्जु श्रेष्ठ, उनकी ८ वर्षीया छोरी, र २ वर्षीय छोरा रहेका छन्। प्रहरीले घटनास्थलबाट एउटा पेस्तोल बरामद गरेको छ र यो घटनालाई प्रारम्भिक रूपमा पारिवारिक हत्या-आत्महत्याको मामलाको रूपमा अनुसन्धान गरिरहेको छ।

    मानेसास पार्क प्रहरीका अनुसार घरधनीले भाडामा बस्ने परिवारसँग सम्पर्क हुन नसकेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले अपार्टमेन्टमा प्रवेश गर्दा चारै जनालाई गोली लागेको अवस्थामा मृत फेला पारेको थियो। शवहरूलाई पोष्टमार्टम र थप अनुसन्धानका लागि मेडिकल एक्जामिनरको कार्यालयमा पठाइएको छ।

    प्रहरीले यो घटना बाहिरी व्यक्तिको संलग्नताबिना घरभित्रै भएको संकेत गरेको छ, तर गोली कसले चलायो भन्ने बारेमा हालसम्म स्पष्ट जानकारी दिएको छैन।

    मृतकहरूको परिवार ६ महिनाअघि मात्र मानेसास पार्कमा सरेको थियो। ८ वर्षीया बालिका स्थानीय मानेसास पार्क सिटी स्कूलमा अध्ययनरत थिइन्। विद्यालयले शोक व्यक्त गर्दै विद्यार्थी, शिक्षक र अभिभावकहरूका लागि केयर सोलेस नामक संस्थासँग सहकार्य गरेर निःशुल्क मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था गरेको छ।

    यो घटनाले अमेरिकामा बसोबास गर्ने नेपाली समुदायलाई गहिरो शोकमा डुबाएको छ। सामाजिक सञ्जाल एक्समा पोस्टहरूमा समुदायले शोक र समवेदना व्यक्त गरेको छ।

    यो गोलीकाण्डको घटनास्थल ममता काफ्लेको हत्या भएको घरबाट केवल ३ मिनेटको पैदल दूरीमा रहेको गुगल नक्साले पुष्टि गरेको छ। २८ वर्षीया नेपाली नर्स ममता काफ्लेको जुलाई २९, २०२४ मा हत्या भएको थियो। उनको हत्याको आरोपमा श्रीमान् नरेश भट्टलाई अगस्त २२, २०२४ मा पक्राउ गरिएको थियो। नरेश भट्टमाथि हत्या र शव लुकाएको आरोप लागेको छ र उनको मुद्दाको सुनुवाइ अगस्त २०२५ मा हुने तय भएको छ।

    दुवै घटना मानेसास पार्कमा भएको र यी दुई स्थानबीचको निकटताले नेपाली समुदायमा थप चिन्ता उत्पन्न गरेको छ। यद्यपि प्रहरीले हालसम्म यी दुई घटनाबीच कुनै प्रत्यक्ष सम्बन्ध रहेको पुष्टि गरेको छैन। केही एक्स पोस्टहरूमा यो निकटता संयोगमात्र नभएर अन्य सम्भावनाहरूको अनुसन्धान गर्नुपर्ने माग उठेको छ।

    प्रहरीले यो घटनालाई पारिवारिक हत्या-आत्महत्याको रूपमा अनुसन्धान गरिरहेको छ । बाहिरी व्यक्तिको संलग्नता नभएको प्रारम्भिक अनुमान छ। यद्यपि, नेपाली समुदायले यी दुई घटनाको निकटता र मानेसास पार्कमा नेपालीमाथि लगातार भएको हिंसात्मक घटनाहरूालई लिएर गहन अनुसन्धानको माग गरेका छन् ।

  • अमेरिकामा २ बालबालिकासहित ४ नेपाली गोली लागेको अवस्थामा मृत भेटिए

    अमेरिकामा २ बालबालिकासहित ४ नेपाली गोली लागेको अवस्थामा मृत भेटिए

    काठमाडौं । अमेरिकामा २ बालबालिकासहित ४ नेपाली मृत  फेला परेका छन् ।

    भर्जिनियास्थित म्यानेसस पार्ककाे एक घरमा २ बालबालिकासहित चार नेपाली मृत अवस्थामा फेला परेका हुन्। मृतकमध्ये ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, एक २ वर्षे बालक र ८ वर्षीया बालिका रहेका छन्। उनीहरु एकै परिवारकाे हाे हाेइन खुलिसकेकाे छैन ।

    म्यानेसस पार्क प्रहरी विभागका अनुसार बिहीबार राति करिब १०:४० बजे घरधनीले आफ्ना भाडामा बस्नेहरूलाई सुरक्षाको अनुगमन गरिदिन अनुरोध गरेका थिए। घटनास्थलमा पुगेका प्रहरी अधिकारीहरूले घरको तल्लो तलामा प्रवेश गर्दा चार जना व्यक्तिलाई मृत अवस्थामा फेला परेकाे हाे ।

    उनीहरू सबैको मृत्यु गोली लागेका कारण भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनास्थलबाट एकवटा बन्दुक पनि बरामद गरिएको छ।

    सवै शवहरू म्यानेससको मेडिकल एक्जामिनरको कार्यालयमा परीक्षणका लागि पठाइएको प्रहरी विभागले जनाएको छ।

    प्रहरीका अनुसार यो घटना हत्या हाेकी आत्महत्या हाे भनेर अनुसन्धान भइरहेको छ।

  • अमेरिकाको नर्थ क्यारोलाइनामा नेपाली शिक्षामाथि अन्तरक्रिया

    अमेरिकाको नर्थ क्यारोलाइनामा नेपाली शिक्षामाथि अन्तरक्रिया

    अमेरिका । पूर्व शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले आर्थिक समृद्धि नभई शिक्षामा सुधार गर्न नसकिने धारणा राखेका छन् ।अमेरिकास्थित नर्थ क्यारोलाइनाको मोरिसभिल शहरमा स्थानीय नेपाली समुदायबिच शिक्षा विषयमा केन्द्रित रहेर हालै सम्पन्न अन्तरक्रिया कार्यक्रममा उनले त्यस्तो धारणा राखेका हुन् ।

    आर्थिक विकासका लागि प्रवासमा बस्ने प्रबुद्ध वर्गलाई पनि जोडिनुपर्ने धारणा उनले व्यक्त गरे । अबको शिक्षालाई बढी प्रयोगात्मक बनाउन, सूचनाप्रविधि र नीति निर्माणमा जोड दिँदै सामुदायिक विद्यालयलाई गुणात्मक बनाउन सरकारले चासो दिई त्यै अनुसारको नीतिनिर्माण तर्जुमा गर्नेतर्फ सबै लागिपरेको सङ्केत उनले गरे ।

    सम्बन्धित विषयमा निपूर्ण अनुभवीहरूलाई समेटेर शिक्षा नीति र पाठ्यक्रम तय गरी अगाडि नबढी उपायै छैन भन्दै उहाँले प्रवासमा रहनेहरूलाई कुनै न कुनै माध्यमबाट आफ्नो माटोमा जोडिनका लागि पनि अनुरोध गरे ।

    पोखरेलले पछिल्लो समय केही नयाँ विश्वविधालय खुलेका र तिनले विदेशी विधार्थीलाई समेत आकर्षण गर्ने सक्ने, नेपालको प्रकृति र स्रोतअनुसार अध्ययन अनुसन्धान हुने पनि जानकारी दिए ।

    कार्यक्रममा नेपालमा रहँदा शिक्षण पेशामा आबद्ध भइसकेका र एक दशकभन्दा लामो समय अमेरिकामा रहेर शिक्षण पद्धतिलाई नजिकबाट नियालेका नेपालीले नेपाल र अमेरिकाबीच शिक्षण विधिमा भएका भिन्नता र एकरूपताबारे आ(आफ्ना विचार प्रस्तुत गरे ।

    कार्यक्रममा नेपालको पाठ्यक्रम तथा शिक्षणमा गर्न सकिने परिवर्तन र सुधारका बारेमा पनि छलफल भएको थियो ।नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना (एनसिएनसी) का संस्थापक अध्यक्ष ईश्वर देवकोटाले पोखरेललाई स्वागत गर्दै नेपालका विद्यालयमा पनि यहाँजस्तै विद्यार्थीले क्षमता र रुचिअनुसार कलेजका केही कोर्ष विद्यालयमै अध्ययन गर्न पाउने अवसर प्रदान गर्ने नीति भइदिँदा उत्तम हुने धारणा राखे ।

    एनसिएनसीका वर्तमान अध्यक्ष डा. विकास शाक्यले अमेरिकी शिक्षणमा जस्तै नेपालमा अनुसन्धानलाई अझ बढी समावेश गर्न सके उचित हुने बताए ।संस्थाकी पूर्व अध्यक्ष डा. सुष्मा प्रधानले बालबच्चाको शिक्षणमा विद्यालयले अभिभावकलाई समेत समेटेर लग्नुपर्ने कुरामा जोड दिइन् ।

    योगमाया विश्वविद्यालय परिषद् सदस्य तथा साहित्यकार डा. नीलम कार्की निहारिकाले कोर्षका किताबबाहेक अतिरिक्त पुस्तक पढ्ने वातावारण सिर्जना गर्न र त्यसका लागि उमेर र तह अनुसारका पुस्तक प्रकाशन र पुस्तकालय व्यवस्थापनमा जोड दिइन्।

    अहिले केही सामुदायिक विद्यालयले अनुकरणीय कार्य गरेका भन्दै त्यस्ता विद्यालयलाई नमूनाको रूपमा प्रस्तुत गर्नुपर्ने उनको धारणा थियो । शिक्षकलाई बेलाबेला तालिमका साथै निश्चित वर्षपछि लाइसेन्स नवीकरणको अवधारणा प्रभावकारी हुने बताइन् ।

    डा. श्रीकान्त अधिकारीले यहाँ लिएको सिप र ज्ञानलाई स्वदेशले उपयोग गर्ने अवसर दिने नीति अबलम्बन गर्नसके राष्ट्र लाभान्वित हुने बताए ।पाठ्यक्रम निर्माणमा अनुभवी विनोद ढकालले अनिवार्य र सर्वसुलभ विद्यालय शिक्षामा जीवनोपयोगी विषय पाठ्यक्रममा समावेश गरी बालबालिकाहरूलाई सानैदेखि व्यक्तित्व विकास, डिजिटल साक्षरता, खुसी भएर जिउने कला जस्तालाई विषयवस्तु समावेश गर्ने कुरामा पाठ्यक्रम निर्माण गर्ने निकायको ध्यान जानु जरुरी भएको धारणा राखे ।

    नर्थ क्यारोलाइनी नेपाली साहित्य समाजका अध्यक्ष शिखर दुलालले सानै उमेरदेखि ‘हेल्थ फुल लिभिङ’सम्बन्धी नैतिक शिक्षा दिन सके एक सज्जन राष्ट्र सेवक तयार गर्न सकिने र नेपालमा भैरहेका विभिन्न तहका विद्यार्थीहरूलाई सामावेशिक नियमावली तय गरी सोही स्तरबाटै समन्वय गर्नुपर्ने आवश्यकता औँल्याए।

    नर्थ क्यारोलाइना नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष मनोज प्रधानले स्कुल जोनिङ छुट्याएर सम्बन्धित क्षेत्रभित्रका विद्यालयमा त्यै क्षेत्रका बालबालिका समेट्न सके बाटोमा ट्राफिक व्यवस्थापन लगायत ठाउँ, समय र स्थानीय स्रोतसाधनको सही उपयोग हुने कुरामा जोड दिए ।

    आरम्भ नेपाली पुस्तकालयकी संस्थापक मेघा फ्लिक्सले पठनपाठनका साथै बालबालिकाको मानसिक स्वास्थ्यमा ध्यान दिन जरुरी भएको बताइन् । उनले विद्यार्थीलाई शारीरिक सजाय दिने घटना सुनिएकामा त्यसतर्फ ध्यान आकर्षित गराउँदै त्यस्ता क्रियाकलापलाई निरुत्साहित पार्ने नीति लिनु पर्ने सुझाव दिइन् ।

    डा.ऋषि बस्ताकोटीले ठाउँ र तहअनुसारको सुहाउँदो प्रयोगात्मक विधिमा ध्यान दिन जरुरी भएको बताए ।साहित्यकार शिशिर खनालले प्रविधिलाई आधार बनाएर सानै कक्षादेखि सामुदायिक विद्यालय स्तरमै सुरुवात गर्न सके एक्काइसौँ शताब्दी सुहाउँदो शिक्षा हासिल गर्न गराउन सकिने धारणा राखे ।

    कल्पना घिमिरेले नेपालमा वन विज्ञानमा विद्यार्थीलाई फिल्ड भिजिट, प्रयोगात्म कक्षाहरू गराइने भएता पनि त्यो प्रयाप्त नभएको अनुभव भएको त्यसलाई बढाउन सके उत्तम हुने कुरा बताइन् ।

    स्थानीय व्यवसायी तथा समाजसेवी रवीन्द्र कार्कीले यहाँजस्तै स्थानीय धुरीकरको केही प्रतिशत सामुदायिक स्कुललाई अनुदान सरह उपलब्ध गराउन सके शिक्षामा समाज स्वयम् सहभागी हुने र स्थानीय निकायबाटै शिक्षाको आर्थिक अवस्थामा थप टेवा पुग्ने धारणा राखे ।

    प्रभा पोखरेलले घोकाउनेभन्दा सिकाउने खाल्को पाठ्यक्रम तय हुनु पर्नेमा जोड दिँदै प्रयोगात्मक पठनपाठनको आवश्यकता औंल्याइन् ।

    चिकित्सक तथा लामो समय मेडिकल शिक्षणमा आबद्ध डा।भाष्कर कुँवर छेत्रीले नेपालको मेडिकल शिक्षण अति उच्चकोटीको भएको अनुभव सुनाउँदै अबको पाठ्यक्रममा वैकल्पिक चिकित्सालाई पनि जोडेर लैजानुपर्ने धारणा राखे ।

  • छोरीको शव हेर्न नसक्ने पीडा, परिवारको अनुरोधमा यूएईमै गरियो अन्तिम संस्कार

    छोरीको शव हेर्न नसक्ने पीडा, परिवारको अनुरोधमा यूएईमै गरियो अन्तिम संस्कार

    यूएई । बुवा आमा र भाईलाई ललितपुरको दुई कोठा भाडामा राखी सिन्धुपाल्चोककी ममता दाहाल ५ वर्ष पहिले यूएई आएकी हुन् । एउटा सामान्य सुपरमार्केटमा काम गर्न आएकी ममताले आफ्नो मासिक तलबबाट बुवा आमा र भाईको दैनिक गर्जो टार्दै आएकी थिइन् ।

    छोरीले पठाएको पैसाले नपुग्दा सकी नसकी ममताका ५५ वर्षिय बुवाले काठमाडाैंमा गाडी कुदाउँथे । हुर्कदै गरेको एउटा भाई र बुढेसकालले च्याप्दै गरेका आमा बुवाको दुई गाँस जोहो गर्न परदेश आएकी ममताको दुई महिना पहिले संयुक्त अरब एमिरेट्स यूएईको उम्मलक्विनको एक अस्पतालमा सास गयो ।

    दैनिक १२ देखी १४ घण्टा काममा खटिने ममता, एक दिन एक्कासी छाती दुखेको भन्दाभन्दै ढलिन्। पीडा सहन नसकी जमिनमा गर्लम्मै ढलेकी उनलाई छिमेकी श्रीलंकन नागरिकले उम्मअलक्विनको अस्पताल पुर्‍याए।

    तर, अस्पतालले ममताको निधन भएको भनिदियो । ममाताले ज्यान गुमाइन भने उनका बुढा बुवा आमा तथा भाईले दिदी गुमाए । दिदीकै सहयोगले भाई क्याम्पस पढदै थिए ।

    ममताको प्राण अरबमा ढलेको खबर परिवारले पाएको महिना दिनसम्म मुर्छित भए । ममताको निधनको खबरले परिवारमा बज्रपात गर्‍यो। बुबा-आमा शोकमा मुर्छित भए, भाइ आघातमा परे। ममाताको परिवारको सपनाको घर गर्याल्मगुर्लुम ढल्याे । त्यही पीडामा रहेकी उनकी आमा दुई महिनासम्म पनि साधारण अवस्थामा फर्किन सकेकी छैनन् ।

    ममताको मृत्‍युको खबर नेपाली दुतावास आबुधावीले यूएईमै कार्यरत ममताकी सानी आमा मार्फत घरपरिवारसम्म त पुर्‍यायो तर परिवारले ममताको मृत्‍यु स्विकार्न नसक्दा झन्डै दुई महिना सम्म मृत् शरीर शब घरमै रहिरह्यौ । नेपाली दुतावासले शब नेपाल पठाउन कम्पनी, परिवार तथा आफन्तसँग मात्रै होइन नेपाली समाज यूएई तथा अन्य संघसस्था सँग समन्वयब गरिरह्यो । यद्यपी बुढा बुवा आमाले छोरीको मृत्‍यु स्वीकार्न सकेनन् ।

    साना झिल्कामा अत्तालिने आमा,घाउ देख्दा रुने बुबा, ममताको निश्चल अनुहार हेर्न सक्ने सामर्थ्य गुमाइसकेका थिए।

    ‘लास नेपाल नपठाउनु, त्यतै दाहसंस्कार गरिदिनु।’ – बुबा-आमाले भने। किनभने शरीर नदेखे मनलाई अझै जीउँदै छे कि भन्ने धोको रहन्छ रे…

    परिवारले मृत्‍यु स्वीकारी, शव बुझ्न तयार नहुँदा सम्म शव नेपाल पठाउन नमिल्ने भएकाले शव दुई महिनासम्म यूएईकै शव गृहमै अड्कियो । यता अस्पताल तथा स्थानीय प्रशाशन मार्फत शवको व्यवस्थापन गर्न नेपाली दुतावासमा दबाब आइरह्यो ।

    ममाताको मृत्‍यु भएको बारे दूतावास नियोग उपप्रमुख रन्जिता दाहाल आँफैले कैयौ पटक परिवारलाई टेलिफोन मार्फत ‘कन्भिन्स’ प्रयास गरिन् । अनेकन प्रयासपछि परिवारले मृत्‍यु स्वीकारे पनि छोरीको मृत शरीर देख्न नसक्ने भन्दै शव यूएईमै दाहसस्कार गर्न अनुमति प्रदान गर्न तयार भयो ।

    नेपाली दुतावास आबुधावी र नेपाली समाज यूएईको संयुक्त प्रयासमा जबिललालीमा रहेको ‘सनातनी फेडेरल घाट’ नयाँ सोनापुरमा हिन्दू सस्कार अनुसार गएको साता ममताको दाहसस्कार गरिएको हो ।

    नेपाली दुतावासकी उपनियोग प्रमुख दाहाल तथा नेपाल कन्सुलेट दुबईका कृष्ण प्रशाद चापागाई, त्रितिय सचिव बीमलेश मिश्र, लेखा अधिकृत बिकास भट्टराइ, नेपाली समाजका पुर्व अध्यक्ष बेद प्रसाद अर्याल, उपाध्यक्ष केदार कुवर, पाल्पाली समाजकी पुर्व अध्यक्ष ओमकुमारी खाड, लगायत घाट सम्म मलामीको रुपमा पुगेर ममताकी सानीआमा राधा श्रेष्ठले दागबत्ती दिई ममताको बिधिवत अन्त्येष्टी गरे ।

    घाट सम्मपुगेकी ममताकी सानी आमा मात्रै होइन मलामी पुगेका दुतावासका अधिकारीहरुका गहभरी टिलपिल आशु थिए । नेपाली समुदायका दर्जनौं मलामीहरूले ‘ममता..१’ भन्दै चितामा अन्तिम श्रद्धाञ्जली अर्पण गरे।

    ३ वर्षमा २४ नेपालीको दाहसंस्कार यूएईका विभिन्न घाटमा

    कोरोना संक्रमणकालमा ११ जनासहित पछिल्ला ३ बर्षमा २४ नेपालीको दाहसस्कार यूएईका बिभिन्न घाटमा गरिएको छ । सारजा , रसअल खेमा, अलऐन र दुबईका घाटमा गरी २४ नेपालीको यूएईमा अन्त्येष्टी गरिएको नेपाली दुतावास आबुधावीले जनाएको छ ।

    नेपाली समाजको यूएईका पूर्व अध्यक्ष वेदप्रसाद अर्यालका अनुसार यसै वर्षको पछिल्लो ५ महिनामा ३ जना नेपालीको शव यूएईमै दाहसंस्कार गरिएको बताए । ममता दाहालसहित रविन टण्डन र रोल्पाका झनकबहादुर खत्रीको अन्त्येष्टी यूएईमा गरिएको हो ।

    परिवार नभए राज्यले शव नेपालमै ल्याउन सक्नुपर्छ

    श्रम गरेर आएकी ममताको शव नेपाल पठाउन समस्या थिएन । परिवारले शव बुझ्न अस्वीकार गर्दा उनको शब यतै दाहसंस्कार गर्नुपरेको हो । छोरी जिवितै छ भन्ने आशा मात्रै भएपनि गरिरहन्छौं भन्दै परिवारले शब बुझ्न् नमान्दा उनको दुबईमा अन्त्येष्टी गर्नुपरेको हो ।

    ममता मात्रै नभएर ज्यान गुमाएकाको परिवार नहुँदा वा परिवारले लाश देख्न नसक्ने वा पैसा अभावको अवस्थामा कतिपयको परिवार वा सम्बन्धितको अनुमतिमा यूएईमा दाहसंस्कार गर्ने गरिएको छ ।

    यद्यपी परिवार पनि नहुने वा परिवारले शब बुझ्न अस्विकार गरेमा राज्य आँफैले आफ्ना नागरिकको शव स्वदेशमै ल्याइ दाहसस्कार गर्न पर्ने परदेशमा श्रमरत श्रमिकहरुको आग्रह छ ।

    विभिन्न कारणले परदेश आउनु बाध्यता भए पनि आफ्नो नागरिकको ज्यान गएको अवस्थामा परिवार वा कोही नहुँदा राज्यले आफ्नो उपस्थिती देखाउनु पर्ने सामाजिक अभियान्ता तथा सरोकारवालाको भनाइ छ ।

    बाचुन्जेल श्रम गर्दा कमाएको रेमिट्यान्स स्वीकार्ने राज्यले ज्यान गुमाएका नेपालीको शव घरदेशमै दाहसंस्कार गर्न व्यवस्था मिलाउन पर्ने यूएईमा २५ वर्षदेखि कार्यरत रोल्पाली समाज यूएईका अध्यक्ष दिल पुनको भनाइ छ । परिवारको अनुमति पत्रसहित काठमाडाैंसम्म पुर्‍याएर भए पनि आफ्नै माटोमा दाहसंस्कार हुनुपर्ने माग परदेशिएका धेरै नेपालीको छ ।