Category: कर्पोरेट प्रेस

  • देशभर एनएमबि बैंकको ‘हेरिटेज वाक’

    देशभर एनएमबि बैंकको ‘हेरिटेज वाक’

    काठमाडौं । एनएमबि बैंकले ‘हेरिटेज वाक’ कार्यक्रम सम्पन्न गरेको छ । गठ्ठाघर शाखाबाट शुरू भई शंखधर पार्क, बालकुमारी मन्दिर, पाटी बिहार, नगदेश हुँदै बोडेको महालक्ष्मी मन्दिरसम्म कार्यक्रम सम्पन्न गरिएको हो ।

    समृद्ध नेपालको अपार सम्भावनासहित मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवर्द्धन तथा साक्षरता अभिवृद्धि उद्देश्यले कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ ।

    एनएमबि बैंक लिमिटेडले नेपाल हेरिटेज सोसाइटीको सहकार्यमा बैंकका कर्मचारी, मध्यपुर थिमि नगरपालिकाका कर्मचारी, नेपाल हेरिटेज सोसाइटीका सदस्य तथा सर्वसाधारण गरी लगभग ७ सयजना वाकमा सहभागी थिए । मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ प्रमुख अतिथि रहेको रहेको कार्यक्रममा एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सम्पदा तथा वातावरण संरक्षणको लागि नेपाल हेरिटेज सोसाइटीलाइ ५ लाखको सहयोग साथै मध्यपुर थिमि नगरपालिकाकालाई डस्टविन हस्तान्तरण गरिएको छ ।

    बैंकले कोशी प्रदेशमा पूर्व बस स्ट्यान्डदेखि पाउ पाथिभरा मन्दिर झापासम्म, मधेशमा वीरगञ्ज शाखादेखि सन्कराचार्य गेटसम्म, चितवनमा लायन्स चोकदेखि हरिहर मन्दिरसम्म, गण्डकी प्रदेशमा लेकसाइड शाखादेखि राम मन्दिर बिरौटासम्म, लुम्बिनीमा भल्वारी शाखादेखि मोक्ष धाम सेवा आश्रमसम्म, कर्णाली वीरेन्द्रनगर शाखादेखि काक्रेविहार मन्दिरसम्म र सुदूरपश्चिम प्रदेशमा ग्रीन गोदावरी रिसोर्टदेखि गोदावरी शिव मन्दिरसम्म हेरिटेज वाक सम्पन्न गरेको छ ।

    एनएमबि बैंकले हाल देशभर २०२ शाखा, १८६ एटीएम, ९ एक्सटेन्सन काउन्टरहरूमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

  • ग्लोबल आईएमई बैंकद्वारा एआई-एमएल ह्याकाथन सम्पन्न

    ग्लोबल आईएमई बैंकद्वारा एआई-एमएल ह्याकाथन सम्पन्न

    काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडको आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी “ग्लोबल आईएमई एआई/एमएल ह्याकाथन” कार्यक्रम सम्पन्न भएको छ ।

    नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृतलगायत उच्च व्यवस्थापकसहित विभिन्न संस्थाका प्रतिनिधिहरू उपस्थित थिए ।

    बैंकले प्रविधिमा रुचि राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्तालाई लक्षित गर्दै सम्भावित नविनतम् प्रविधिमा आधारित बैंकिङ सेवाहरु विकासका लागि यो प्रतियोगिता सञ्चालन गरेको हो ।

    यस प्रतियोगितामा २१ टोलीहरूलाई अनलाइन पेपर प्रिजेन्टेशनका लागि छनौट गरिएको थियो । प्रतियोगी टोलीहरू काठमाडौं, महेन्द्रनगर, पोखरा, वीरगञ्ज, काभ्रे, धरानबाट सहभागी भएका थिए ।

    टीम क्याल्कुलुसले प्रथम पुरस्कार स्वरूप १ लाख जित्न सफल भएको छ । साथै, डब्लुडिके, लार्के पास, टीम जनकपुर, फ्रडेक्स टोलीहरूले क्रमश दोस्रो, तेस्रो, चौथो र पाँचौ पुरस्कार पुरस्कार प्राप्त गरेका छन् । ती टीमले क्रमश: ७५ हजार, ५० हजार, १५-१५ हजार प्राप्त गरेका छन् । साथै, वेष्ट प्रिजेन्टेसन बिधाअन्तर्गत बैंकले डिजीविट्सलाई १५ हजारको पुरस्कारबाट पुरस्कृत गरेको छ ।

    विजेता टोलीहरूलाई प्रमुख अतिथि डेपुटी गभर्नर बमबहादुर मिश्रले पुरस्कार रकम हस्तान्तरण गरे ।

    नेपालमा पहिलो पटक आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी ह्याकाथन सञ्चालन गरेकोमा मिश्रले आयोजकलाई धन्यवाद दिए । यस किसिमका प्रतियोगिताले युवा तथा विद्यार्थीहरुलाई अवसर प्रदान गर्नुका साथै बैंकका सेवा तथा सुविधाहरुमा नविनतम् प्रविधीको प्रयोग अझ प्रभावकारी भई सेवाको पहुँच विस्तार हुने विश्वास नेपाल राष्ट्र बैंकले लिएको उनले बताए ।

    बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले यस ह्याकाथनले डिजिटल बैंकिङमा आउने सम्भावित सेवाहरू र यसको चुनौतीहरूको समाधानको लागि सहयोग पुग्नुका साथै नवीनतम् सेवाको विकासमा सहयोग पुग्ने विश्वास जनाए ।

    बैंक प्रविधि अनुकूल वित्तीय सेवाहरू प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको र डिजिटल बैंकिङ सेवाहरुलाई थप प्रभावकारी बनाउन नवीनतम् धारणालाई प्रोत्साहित गर्न यस ह्याकाथनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास बैंकले लिएको छ ।

    प्रतिस्पर्धीहरूले बैंकले तोकेका विभिन्न विषयहरुमा केन्द्रित रही आफ्ना धारणा प्रस्तुत गरेका थिए ।

    प्रतियोगितामा सहभागिता हुन विभिन्न टोलीहरूले बैंकको वेबसाइटमार्फत आवेदन दरखास्त गरेका थिए । यस ह्याकाथन प्रतियोगिता दुई चरणमा सञ्चालन भएको थियो । जसअन्तर्गत पहिलो चरणमा कोडिङ र दोस्रो चरणमा अनसाइट ह्याकाथन भएको हो ।

    ग्लोबल आईएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक हो । साथै ग्लोबल आईएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-संस्थाहरूबाट फरकफरक विधामा सम्मानित भएको छ ।

    ग्लोबल आईएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८५ एटीएम, २२१ शाखारहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११ सयभन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

    बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

  • मिराया वेलनेस एण्ड गल्फ रिसोर्टमा समर स्टेकेशन अफर, ४० प्रतिशतसम्म छुट

    मिराया वेलनेस एण्ड गल्फ रिसोर्टमा समर स्टेकेशन अफर, ४० प्रतिशतसम्म छुट

    काठमाडौं । नेपालकै प्रमुख ईको-वेलनेस तथा गल्फ रिसोर्टमध्ये एक मिराया वेलनेस एण्ड गल्फ रिसोर्टले गर्मीको मौसमलाई लक्षित गर्दै ‘समर स्टेकेशन अफर’ सार्वजनिक गरेको छ। सीजी हस्पिटालिटी अन्तर्गत सञ्चालित यस रिसोर्टले २०२५ जुन ३० सम्मका लागि विविध स्टेकेशन र डेककेशन प्याकेजहरूमा ४० प्रतिशतसम्म छुट प्रदान गर्ने घोषणा गरेको हो।

    अफरको उद्देश्य अतिथिहरूलाई प्राकृतिक, आध्यात्मिक र सांस्कृतिक अनुभवमार्फत पूर्ण विश्राम प्रदान गर्नु रिसोर्टले जनाएको छ । अफर अन्तर्गत जोडी, परिवार वा साथीहरूबीच शान्त वातावरणमा रमाइलो गर्ने विभिन्न प्याकेजहरू उपलब्ध छन्।

    एक दिने डेककेशन प्याकेज अन्तर्गत रु ६,००० मा ६० मिनेटको स्पा थेरापी वा २ घण्टाको गल्फ सेसनमध्ये एक छान्न सकिने सुविधा प्रदान गरिएको छ। साथमा स्थानीय उत्पादनहरूबाट बनेको स्वास्थ्यवर्द्धक थ्री-कोर्स लन्च, पूल, जिम, ब्याडमिन्टन र बास्केटबल कोर्ट, बोर्ड गेम्स र कम्प्लिमेन्टरी वाइफाइ उपलब्ध छ।

    ७ देखि १२ वर्षका बालबालिकाका लागि छुट्टै ‘किड्स डेककेशन प्याकेज’ रु ३,००० मा उपलब्ध छ, जसमा ३० मिनेटको किड्स स्पा सेसन, विशेष बाल लन्च तथा विविध खेलकुद र मनोरञ्जनात्मक गतिविधिहरू समावेश छन्।

    दुई जनाको लागि क्लब रुम रु १२,००० र लागुन भिल्ला रु १६,००० मा उपलब्ध छन्। चार जनासम्मको लागि २-बेडरुम क्लब रुम रु ३०,००० र २-बेडरुम लागुन भिल्ला रु ४०,००० मा बुक गर्न सकिन्छ। ४ वर्षमुनिका बालबालिकाको बसाइ निःशुल्क हुनेछ।

    यी प्याकेजहरूमा दैनिक नास्ता, दिउँसोको चिया, टिबेटियन सिङिङ बाउल साउण्ड थेरापी, गाइडेड नेचर वाक, फरेस्ट बाथिङ, वाटर वेलनेस सेसन, गल्फ सेसन, रूख रोपाइँ वा तरकारी टिप्ने अनुभव, बालबालिकाका लागि माछा मार्ने र कला गतिविधिहरू पनि समावेश छन्।

    रिसोर्टका पाहुनाहरूलाई नजिकैको शाश्वतधाम मन्दिरमा आरती पूजा, सीजी म्युजियम, र उन्नति कल्चरल भिलेजमा थारु संस्कृति, खाना र जीवनशैलीको अनुभव समेत निःशुल्क गराइनेछ। साथै, अतिरिक्त शुल्कमा स्थानीय समुदायको सहकार्यमा जंगल सफारीको अवसर पनि उपलब्ध छ।

    रिसोर्ट व्यवस्थापन भन्छ, ‘हामीले यी प्याकेजहरू यस्तो ढंगले तयार पारेका छौं जसले विश्राम, साहसिकता र पारिवारिक आनन्द सबै एकैसाथ दिन सकोस्।’

  • एनसेलले तिर्‍यो सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा सबैभन्दा बढी आयकर

    एनसेलले तिर्‍यो सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा सबैभन्दा बढी आयकर

    काठमाडौं । नेपाल सरकारले देशको सूचना तथा सञ्चार प्रविधि ९आईसीटी० क्षेत्रको सबैभन्दा धेरै आयकर तिर्ने करदाताका रुपमा एनसेललाई सम्मान गरेको छ । काठमाडौंमा शुक्रबार आयोजित ८औं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ को विशेष कार्यक्रममा एनसेललाई यो सम्मान प्रदान गरिएको हो ।

    देशमा आईसीटीको विकास र प्रवद्र्धनका लागि प्रत्येक वर्ष मे २ लाई ‘राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस’ का रूपमा मनाईदै आएको छ । कार्यक्रममा सम्माननीयप्रधानमन्त्री केपी शर्मा ओलीले एनसेलका मार्केटिङ, कम्युनिकेसन्स तथा सस्टेनेबिलिटी डाइरेक्टर पुनम सिंहलाई सम्मानपत्र प्रदान गरेका थिए ।

    सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास, विस्तार र समृद्धनेपालको अभियानमा गत आर्थिक वर्ष २०८०र२०८१ मा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रबाट सबै भन्दा धेरै कर बुझाएर राष्ट्रलाई पुर्याएको विशिष्ट योगदानको उच्च मुल्याङ्कन गर्दै राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ को सु–अवसरमा एनसेललाई यो सम्मान प्रदान गरिएको हो । विगत लामो समयदेखि एनसेल सबैभन्दा बढी कर तिर्ने एक कम्पनीको रुपमा स्थापित रहँदै आएको छ ।

    ‘राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ को यस विशेष अवसरमा आईसीटीको क्षेत्रमा हाम्रो योगदानलाई कदर गर्दै सरकारबाट यो सम्मान प्राप्त गर्न पाउँदा हामी धेरै खुसी छौं । धेरै कर तिर्ने करदातामध्ये एकको रूपमा एनसेलले प्रत्येक वर्ष विभिन्न कर तथा शुल्क शीर्षकहरु अन्तर्गत सरकारलाई करमा महत्वपूर्ण योगदान गर्दै आएको छ । देशको आईसीटी विकास र आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान दिन पाउँदा हामी गर्व गर्छौं । हाम्रो थिम ‘हामी तपाईंकै लागि’को मुल मर्मअनुसार हामी आईसीटीको विकासमा निरन्तर योगदान गर्दै डिजिटल नेपालको भिजन अनुसार डिजिटल भविष्यका लागि कार्य गर्न प्रतिबद्ध छौं,’एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने ।

    यसअघि पनि एनसेलले विभिन्न समयमा सरकारबाट सर्वोत्कृष्ट करदाता, सर्वोत्कृष्ट आयकरदाता लगायतको सम्मानहरु पाईसकेको छ । गत पौषमा पनि संस्थागत तर्फ गत आर्थिक वर्ष २०८०र८१ मा सबै भन्दा बढी कर योगदान गरेकोमा एनसेल ललितपुर महानगरपालिकाबाट उत्कृष्ट करदाताका रुपमा सम्मानित भएको थियो ।

    एनसेलले स्थापनाकालदेखि गत आ.व. २०८०र८१ सम्ममा सरकारलाई विभिन्न कर तथा शुल्क शीर्षकहरुमा ३४० अर्ब भन्दा बढी कर तथा शुल्कहरु तिरेको छ । गत आ।व।मा मात्रै कम्पनीले  २०.३० अर्ब कर तथा शुल्कहरु सरकारलाई बुझाएको थियो ।

    त्यसैगरी, कम्पनी एनसेल फाउन्डेसनमार्फत प्रभावकारी व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)का कार्यक्रमहरू कार्यान्वयन गर्दै नेपाल र नेपालीहरूको विकासमा हातेमालो गर्दै योगदान पुर्याउन प्रतिबद्ध रहेको छ ।

    कम्पनीले आफ्नो सीएसआर अन्तर्गत २ अर्ब भन्दा बढीको योगदान गरी सातै प्रदेशका समुदायस्तर सम्म पुगेर देशभरका १ करोड ३० लाख भन्दा बढी जनसंख्यालाई प्रत्यक्ष/अप्रत्यक्ष रुपमा लाभ प्रदान गरेको छ ।

  • बजाजको पल्सर एन १६० र एन १२५ सार्वजनिक

    बजाजको पल्सर एन १६० र एन १२५ सार्वजनिक

    काठमाडौँ । नेपालका लागि बजाज मोटरसाइकलको एक मात्र आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले नयाँ बजाज पल्सर एन १६० र पल्सर एन १२५ नेपाली बजारमा सार्वजनिक गरेको छ । भृकुटीमण्डपमा जारी ग्राण्ड कार्निभलमा सार्वजनिक यी दुई नयाँ मोडलहरूले पावर, प्रविधि, र डिजाइनको संयोजन मार्फत बजाज प्रेमीहरूलाई रोमाञ्चक राइडको अनुभव दिनेमा कम्पनी विश्वस्त रहेको छ ।

    नयाँ बजाज पल्सर एन १६० मा १६४.८२ सीसीको सिंगल–सिलिन्डर, एयर–कूल्ड, एसओएचसी, २–भल्व इन्जिन समावेश रहेको छ जसले १६ पीएस (११.७ किलोवाट) ब्रेक हर्स पावर र १४.६५ एनएमको टर्क दिन्छ । ५ गियरसम्मको गियरबक्स रहेको यस मोटरसाइकलमा गियर परिवर्तन निकै सहज रहेको छ । यसमा डुअल–च्यानल एबिएस, ३७ मिमि अपसाइड डाउन फक्र्स, र नाइट्रोक्स मोनोशक सस्पेन्सन जस्ता उत्कृष्ट विशेषताहरू समावेश छन् । डुअल च्यानल भ्यारियन्टमा उपलब्ध विशेषताहरूका अतिरिक्त टर्न–बाइ–टर्न (त्द्यत्) नेभिगेसन, एबिएस (ब्द्यक्) राइड मोड डिस्प्ले उपलब्ध छन् ।

    त्यसैगरी पल्सर एन १२५ मा १२४.५८ सीसीको एयर–कूल्ड, सिंगल स्पार्क, २–भल्व इन्जिन रहेको छ । जसले १२ पीएस को अधिकतम शक्ति र ११ एनएम को अधिकतम टर्क दिन्छ । यसमा
    ५–स्पीड ट्रान्समिशन र काउन्टर ब्यालेन्सर जस्ता विशेषताहरू समावेश छन् । यो मोडलमा उत्कृष्ट ईन्धन सक्षमता रहेको छ ।

    उक्त सार्वजनिक कार्यक्रममा गोल्छा ग्रुपका मार्केटिङ हेड श्री अमित राज चालिसेले आफ्नो उत्साह व्यक्त गर्दै भन्नुभयो, “नेपालमा नयाँ पल्सर एन १६० र एन १२५ सार्वजनिक गर्न पाउँदा अत्यन्तै खुसी छौँ । पल्सर ब्रान्ड सधैं पर्फमेन्स र इनोभेसनको प्रतिकको रूपमा चिनिन्छ । एन १६० ले पावर र डिजाइन अन्तर्गत बजारमा आफ्नो स्थान बनाउछ भने एन १२५ले ईन्धन सक्षमता र सहज सवारी अनुभवको नयाँ परिभाषा दिनेछ ।”

    मस्कुलर र एरोडाइनामिक प्रोफाइलको साथ डिजाइन गरिएको पल्सर एन १६० मा उत्कृष्ट डिजाइनको १४ लिटर फुएल ट्यांक, आरामदायी सीट र स्टाइलिश १७ इन्चको ट्युबलेस टायर दिइएको छ । ७९५ मिलिमिटरको सीटको उचाइ र १६५ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स रहेकोले यो सिटी राइड र लामो दूरीको यात्रा दुवैका लागि उपयुक्त छ । त्यस्तै पल्सर एन १२५को ७९५ मिलिमिटर सीट उचाइ, १९८ मिलिमिटर ग्राउन्ड क्लियरेन्स र १२५ किलोग्राम केर्ब वजनले यसलाई नेपाली सडकका लागि उत्तम बनाउँछ ।

    बैशाख १६ देखि २१ सम्म भृकुटीमण्डपमा आयोजना हुने ग्राण्ड कार्निभलमा यी मोडलहरू खरिद गर्न तथा बजाजको नजिकको बजाज सोरुमबाट पनि किन्न सकिने छ । साथै बजाजको यस ग्राण्ड कार्निभलमा टेस्ट राईडको समेत व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

    यस अवसरमा उपस्थित ग्राहकहरूलाई विशेष सुविधाहरू उपलब्ध छन् जसमा स्थानमै फाइनान्स, २० भन्दा बढी भ्यालुएटरहरूबाट ग्यारेन्टी गरिएको उच्चतम भ्यालुएसन, जीरो सर्विस चार्ज र बजाजको “खुसीको मिटर“ योजना अन्तर्गत नगद र अन्य पुरस्कार जित्ने मौका पाउनेछन् । साथै निःशुल्क एक्सेसरीज पनि उपलब्ध गराइनेछ ।

  • एन.आइ.एम.बि. स्टक मार्केट्स लिमिटेडले ल्यायो नयाँ टीएमएस सञ्चालन

    एन.आइ.एम.बि. स्टक मार्केट्स लिमिटेडले ल्यायो नयाँ टीएमएस सञ्चालन

    काठमाडौं । एन.आइ.एम.बि. स्टक मार्केट्स लिमिटेडले आफ्नो नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टम (TMS) २०८२ वैशाख १४, (April 27, 2025) देखि औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ । शेयर कारोवारलाई अझै सहज, सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले तयार गरिएको यस आधुनिक प्रणाली अब प्रयोगकर्ताहरुको लागि उपलब्ध छ ।

    नयाँ TMS को सुरुवातसँगै, एन.आइ.एम.बि. स्टक मार्केट्स लिमिटेडले नेपालको पूँजी बजारमा डिजिटल प्रविधिको प्रयोगमा महत्वपूर्ण कदम अघि बढाएको छ । यस प्रणाली मार्फत लगानीकर्ताहरुले अनलाइन मार्फत शेयर खरिद/बिक्री गर्दा वास्तविक समयमा अर्डर राख्न सकिने : Real-time order placement and portfolio tracking सुविधा तथा मोबाइल उपकरणहरुमा पनि सजिलो पहुँच रहेको छ ।

    N.I.M.B. Stock Markets Ltd,  नेपाल धितोपत्र बोर्ड (SEBON) बाट इजाजतप्राप्त स्टक ब्रोकर हो, जसले भरपर्दाे तथा प्रविधिमा आधारित कारोवारको सेवा प्रदान गर्दै आएको छ । ग्राहक केन्द्रित सेवा र प्रविधिको सशक्त प्रयोग मार्फत नेपालको पूँजी बजारको विकासमा महत्वपूर्ण योगदन पुर्‍याउँदै आएको छ ।

  • एलओडीले ६ वसन्तमा धेरै पालुवा फेरेको छ : निर्देशक कुँवर

    एलओडीले ६ वसन्तमा धेरै पालुवा फेरेको छ : निर्देशक कुँवर

    काठमाडौं । ‘यो क्लबको मेरुदण्ड भनेको यहाँका कर्मचारीहरू हुनुहुन्छ । उहाँहरू नभए आज हामी यसरी तपाइहरूको अगाडि उभिन सक्दिन थियौँ। उहाँहरूको मेहनत र जाँगरले हामीलाई तपाईँहरूको अगाडि उभिन सफल बनाएको छ’, एलओडी क्लबका निर्देशक भूपेन कुँवर दार्शनिक सुनिए ।

    दैनिक जसो क्लबमा आउने पाहुना सौभाग्यको एक अंश लाग्थ्यो । हामीले यहाँ आएका पाहुनालाई निराश होइन कसरी खुसी बनाएर पठाउन सकिन्छ त्यसैमा घोत्लिन्थे उनी ।

    ठमेल धेरै नेपालीका लागि सपनाको गल्ली हो । जहाँ जोसुकै सहजै पुग्दैनन् । साप्ताहिक बिदा विशेष कार्यक्रममा मात्र पुग्छन्।

    ठमेल किन कोही किन आउँछन् होला ? यो प्रश्नले उनलाई धेरै समयसम्म घोचिरह्यो । ठमेल, रात्रिकालीन जीवन वा जीवनका बारेमा सबैका आ—आफ्ना अनुभव छन् । अझ भनौँ तीतामिठा अनुभव सबैसँग हुन्छन् । मानिससँग कति अनुभव र तनाव छ । तीनै तनावका कथाले भूपेनलाई पनि छोपेको थियो ।

    अनि उनले सोचे –ठमेल आउनुको एउटै कारण थियो मनको व्यथा भुल्न । सोमबार साँझ ठमेलस्थित एलओडी क्लबले विश्वकै ४४ औँ उत्कृष्ट बनेको अवसरमा उत्सव मनायो । जहाँ उनले कोही किन ठमेल आउने र एलओडीमै किन जाने बताइरहेका थिए । एलओडीले यो ठाउँमा जग गाडेर ६ वटा वसन्त पार गरिसकेको उनले बताए ।

    ‘हाम्रा पाहुनाहरूलाई संगीतको आनन्द र विभिन्न खालका मनोरञ्जन प्रदान गरेर सुमधुर वातावरण बनाउने प्रयास गरिरहेका छौ,’ कुँवरले भने,’ हामीबाट टाढा गएका पाहुना तथा कहिले नआएका पाहुनाहरूलाई यहाँसम्म ल्याउनु नै हाम्रो कर्म रहेको छ ।‘

    क्लबको पहिलो प्राथमकिता एकपटक आइसकेका पाहुनालाई पुनः फर्काउने हो । क्लबको अनुशासित वातावरण र कर्मचारीको आतिथ्यता तथा सत्कार पहिलो गहना बनेको छ । मृदुभाषी कर्मचारी र पाहुनाहरूलाई सुरक्षित राख्‍न सक्नु क्लबको दायित्व हो ।

    डिजे म्युजिकले संगीतका पारखीलाई मजाले आकर्षण गरेको छ । जसले यहाँ बसेर र खाएर मनोरञ्जन लिन सक्छन् ।

    उनका अनुसार क्लबमा एक सय ५० जना भन्दा बढी कर्मचारीहरू छन् । यो क्लबको मेरुदण्ड कर्मचारीहरू हुन् । कर्मचारीको निरन्तरको मेहनतले क्लबलाई यहाँसम्म ल्याइ पुर्‍याएको कुँवर बताउँछन् ।

    ‘हामी यहाँ आउने सबै पाहुनालाई एकै नजरले हेर्छौ । यहाँको आतिथ्यताले पुनः ती पाहुनाहरू फर्केर आउनुहोस् भनेर सम्मान गरेर पठाउँछौ । हामी नेपाली समाजदेखि टाढा छैनौ,’ उनले उल्लेख गरे,’ हामी पनि यहीँ समाजका नागरिक हौँ । हामीप्रति कोही पनि नकारात्मक नभइदिनु होला । हामीले विशुद्ध व्यवसाय गरेका हौँ । हाम्रो तर्फबाट राज्यलाई गर्नुपर्ने दायित्व पुरा गरेका छौ ।‘

    रात्रिकालीन व्यवसायका धेरै चुनौती रहेको कुँवरले सुनाए । ‘व्यवसायमा उतारचढाव आइरहँदो रहेछ यसलाई व्यवसायीले सिकाइको रूपमा र थप मजबुत हुने अवसरको रूपमा लिनुपर्ने रहेछ,’ उनले अनुभव सुनाए ।

    क्लबप्रति हाम्रो मुलुकमा वा नेपाली समाजमा सकारात्मक धारणा बन्न नसकेको उनले गुनासो गरे । क्लब जाने मानिस बिग्रने विकृति ल्यायो जस्ता धारणा बन्ने गरेको उनले दुःखेसो पोखे ।

    निर्देशक कुँवरले एलओडी क्लबले क्लबप्रतिको धारणालाई कताकता चिर्न सकेको दाबी गरे । जहाँ क्लब जानु भनेको नराम्रो मानिने समाजमा हाम्रो जीवन रहेको उनको बुझाइ छ ।

    उनले विचार र नियत राम्रो भए जहाँसुकै पनि राम्रो भइने धारणा व्यक्त गरे । ‘नियत खराब भए त कसको के लाग्छ ररु आज म दाबीको साथ भन्छु परिवारसहित क्लब आउने वातावरणको सुरुवात एलओडीले बनाएको भन्दा फरक नपर्ला,’ उनले अगाडि थपे,’ यहाँ परिवारसहित आएर आनन्दले नाँचेर मनोरञ्जन गर्न सक्नुहुन्छ । अहिले काठमाडौँ आउने देशी तथा विदेशी पाहुनाहरूको पहिलो लिस्टमा एलओडी प्राथमिकतामा पर्न थालेको छ । यो मुलुकका लागि गौरवको विषय बनेको छ ।‘

    उनी ठमेल पर्यटकीय क्षेत्र रहेकाले यहाँ आन्तरिक पर्यटक आउन हिचकिचाउने गरेको विगत सुनाउँछन् । यहाँबाट महँगी र विकृतिको सन्देश बाहिर गयो । हामीले विकृति नभई सभ्य व्यवसाय गरेकाले राम्रो सन्देश दिन सफल भएको उनले गौरवसाथ सुनाए ।

    व्यवसायमा आउनु ठूलो कुरा होइन आएपछि आइपुगेको ठाउँमा कसरी टिक्न सकिन्छ त्यो महत्त्वपूर्ण रहेको उनको बुझाइ छ । कुँवर सुनाउँछन्,’ हाम्रो व्यावसायिक जीवनमा धेरै पात झरे र पालुवा पनि पलाए । तर हामीले निरन्तर कर्म गर्न भने छोडेनौँ । सायद कर्मको निरन्तरताले हाम्रो भेट जुराएको जस्तो लाग्छ । हामीलाई सञ्चारजगतले ठूलो टेवा पुर्‍याएको छ ।

    कुँवरका अनुसार क्लब सामाजिक न्यायमा सदा अडिग छ । लैंगिक समानतालाई पनि उत्तिकै महत्त्व दिएर महिला र पुरुष कर्मचारी बराबर संख्यामा छन् । उनले संविधानलाई सधैँ शिरोधार्य गरेको र नेपाली समाजदेखि टाढा नपुगेको बताए ।

    क्लबमा आन्तरिक सजावटका लागि नयाँ स्वरूपमा बदल्न लागिएको छ । नयाँ सीट व्यवस्थापन भइसकेको छ । लाइट, म्युजिक सिस्टम र होल इन्टिरियरिङ डिजाइन परिवर्तन गर्ने योजना रहेको कुँवरले प्रस्ट पारे ।

    ‘अन्तर्राष्ट्रिय बजारमा एलओडीलाई कसरी बढीभन्दा बढी मार्केटिङ गर्ने भनेर अगाडि गइन्छ,’ उनले थपे,’ सासाथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको जमघट गराएर ठूला-ला कार्यक्रम गर्ने योजना छ । ग्राहक तथा पाहुनालाई स्वागत गर्ने तरिकालाई थप प्रभावकारी बनाइनेछ ।‘

  • नबिल बैंकको ढुक्क बचत खाता- एक खातामा अनेक सुविधा पाइने दाबी

    नबिल बैंकको ढुक्क बचत खाता- एक खातामा अनेक सुविधा पाइने दाबी

    काठमाडौं । नबिल बैंकले ढुक्क बचत खाता सञ्चालन गरिरहेको छ । विभिन्न सुविधासहित नबिल बैंकले ढुक्क बचत खाता सञ्चालनमा ल्याएको हो ।

    नबिल बैंकका अनुसार यस खाता खोल्दा बीमा सुविधा समेत पाइन्छ । जसमा प्राण घातक र आवधिक जीवन बीमा, दुर्घटना बीमा र औषधोपचार बीमा सुविधा रहेको छ ।

    १० लाखसम्मको दुर्घटना बीमा रहेको छ । तीन लाख ७५ हजारसम्मको घातक र आवधिक जीवन बीमा रहेको छ भने वार्षिक एक लाख रुपैयाँ बराबरको औषधि उपचारमा दाबी भुक्तानी गरिने भएको छ ।

    त्यस्तै, डेबिट, क्रेडिट कार्ड, मोबाइल बैंकिङ आजीवन निःशुल्क गरिएको छ । अन्य एटिएमबाट निःशुल्क रकम झिक्न सक्ने समेत यस खाता अन्तर्गतका सुविधा रहेको बैंकले जनाएको छ ।

    खाता खोलेको पहिलो वर्ष डिम्याट मेरो शेयर र लकर सुविधा निःशुल्क गरिएको छ । दोस्रो वर्षदेखि पनि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ ।

     

  • दिगो लगानीको लागि एनएमबि बैंकको पहल: आइएफसी र मेटलाइफसँग साझेदारी

    दिगो लगानीको लागि एनएमबि बैंकको पहल: आइएफसी र मेटलाइफसँग साझेदारी

    काठमाडाैं ।  एनएमबि बैंक लिमिटेडले अन्तर्राष्ट्रिय वित्तीय संस्था आइएफसी (IFC) र मेटलाइफ (MetLife)सँगको साझेदारीमा नेपालमै पहिलो पटक ६ करोड अमेरिकी डलर बराबरको नेपाली रुपैयाँमा अंकित हरित वण्ड (Green Bond) जारी गर्ने उद्देश्यका साथ साझेदारी पत्रमा हस्ताक्षर गरेको छ।

    यस साझेदारीमार्फत जलवायु परियोजनामा संलग्न उद्यममा लगानी बढाउने, गुणस्तरीय रोजगारी सिर्जना गर्ने र देशको उर्जा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने लक्ष्य लिइएको बैंकले जनाएको छ।

    वण्डबाट संकलित रकम विशेषतः सौर्य ऊर्जा, विद्युतीय सवारी साधन, हरित भवन निर्माण, बायोमास परियोजनाजस्ता नवीकरणीय ऊर्जाका क्षेत्रमा लगानी गरिनेछ। यस पहलले नेपालको जलवायु अनुकूलन तथा दिगोपन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

    सम्झौता हस्ताक्षर कार्यक्रममा बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलले नवीकरणीय उर्जा लगायतका क्षेत्रहरुमा एक परिवर्तनकारी फड्को मारिने विश्वास व्यक्त गरे । साथै, उनले एनएमबि बैंकको यस पहलले विदेशी पूँजीलाई स्वदेशमा भित्र्याई जलबायु क्षेत्रमा लगानी गर्दै उक्त क्षेत्रमा परेको पर्यावरणीय प्रभावलाई न्युनिकरण गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

     

  • पिज्जा हटले विस्तार गर्‍यो लाबिम मलमा नयाँ स्टोर

    पिज्जा हटले विस्तार गर्‍यो लाबिम मलमा नयाँ स्टोर

    ­­­­­­­काठमाडौं ।  नेपालको सबैभन्दा प्रिय र भरपर्दो पिज्जा ब्रान्ड पिज्जा हटले ललितपुरको प्रमुख व्यापारिक केन्द्र लाबिम मलमा नयाँ स्टोरको भव्य उद्घाटन गर्दै आफ्नो उपस्थिति विस्तार गरेको छ।

    पिज्जा हट नेपालको लागि आधिकारिक फ्रेन्चाइजी, देवयानी इन्टरनेशनल नेपाल प्रा. लि. द्वारा सञ्चालनमा ल्याइएको यो नयाँ स्टोर ललितपुर जिल्लाको पहिलो पिज्जा हट शाखा हो। यो स्टोर काठमाडौं उपत्यकाभित्रको छैटौं र देशभर नवौं शाखा हो, जसले पिज्जा हटको देशव्यापी बिस्तारलाई अझ सुदृढ बनाएको छ।

    पिज्जा हट लाबिम मल स्टोर बिहान ११ बजेदेखि राति ११ बजेसम्म खुला रहनेछ। १३७० वर्गफुटमा फैलिएको यस स्टोरमा एकैपटक ४४ जना ग्राहकहरू आरामपूर्वक बस्न सक्ने क्षमता रहेको छ। यहाँ पिज्जा हटका चर्चित सिग्नेचर पिज्जाहरू विभिन्न स्वादिष्ट टपिङ्ससहित उपलब्ध छन्। साथै, पास्ता, एपेटाइजरहरू लगायतका अन्य परिकारहरूले ग्राहकहरूको विविध स्वादको अपेक्षा पूरा गर्नेछन्।

    अप्रिल २५, २०२५ बाट सुरु भएको ग्रान्ड ओपनिङ कार्यक्रममा उत्साहजनक वातावरण, स्वादिलो खाना, र स्थानीय समुदायसँगको अन्तरक्रियाले यो अवसरलाई विशेष बनाएको छ। साथै, ग्राहकहरूका लागि विशेष छुट र अफरहरू उपलब्ध गराइएको छ, जसले उनीहरूको अनुभवलाई अझै अविस्मरणीय बनाउनेछ।

    पिज्जा हटका सबै रेस्टुरेन्टहरूले उच्चतम स्वच्छता र सुरक्षाका मापदण्डहरू पालना गर्ने प्रतिवद्धता जनाएका छन्, जसले ग्राहकहरूलाई आत्मविश्वासका साथ डाइन-इन, टेकअवे वा डेलिभरी सेवाको अनुभव प्रदान गर्छ। ग्राहकहरूले फुडमाण्डु, पठाओ, र भोज जस्ता डेलिभरी प्लेटफर्ममार्फत पनि आफ्नो मनपर्ने पिज्जा सजिलै अर्डर गर्न सक्नेछन्।

  • दराजले नयाँ अप्सन, ‘च्वाइस’ सार्वजनिक गर्ने 

    दराजले नयाँ अप्सन, ‘च्वाइस’ सार्वजनिक गर्ने 

    काठमाडौं । नेपालकै अग्रणी अनलाइन बजार प्लेटफर्म दराज नेपालले आफ्ना ग्राहकहरूका लागि नयाँ अप्सनका रुपमा ’च्वाइस’ सार्वजनिक गर्ने घोषणा गरेको छ । यो अप्सनमार्फत उपभोक्ताहरूले उत्कृष्ट मूल्यमा निर्माता स्रोतबाट छानिएका १,००० भन्दा बढी टप–रेटेड उत्पादनहरू सिधै खरिद गर्न सक्नेछन् । ती उत्पादनहरुको न्यूनतम मूल्य रु. १३० देखि सुरु हुने जानकारी दिइएको छ । साथै, कम्पनीका तर्फबाट ती उत्पादनहरुको खरिदमा विशेष अफर तथा उन्नत लजिस्टिक सहयोग पनि प्रदान गरिनेछ ।
    ‘च्वाइस’ ले एकै कार्ट र एकै वेयर हाउस प्रणाली मार्फत किनमेल प्रक्रियालाई अझ सहज बनाउने कम्पनीको विश्वास छ । यस प्रणालीले एकै पटक धेरै सामग्री किन्न, १ देखि ३ दिनभित्र द्रुत डेलिभरी प्राप्त गर्न, तथा ३ वा सोभन्दा बढी सामान खरिद गर्दा फ्री डेलिभरीको सुविधा समेत उपलब्ध उपलब्ध गराउने छ । साथै, ४ वा सो भन्दा बढी सामग्री खरिद गर्ने ग्राहकले उपलब्ध स्टकमा आधारित भएर पहिलो आउनेलाई पहिलो प्राथमिकता दिइने फ्री गिफ्ट पाउने सुविधा पनि प्राप्त गर्नेछन् । त्यसैगरी, १४ दिनसम्मको बिना झन्झट फिर्ता नीति, र ‘लाइटनिङ डिल्स’, ‘अर्ली बर्ड अफर’ तथा ‘फ्ल्याश सेल्स’ जस्ता रोमाञ्चक अफरहरू पनि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।
    दराजको पे डे सेल (अप्रिल २५ देखि २९ सम्म) सँगै सुरु गरिने ‘च्वाइस’ मा ग्राहकहरूले ग्रोसरी, हाउसहोल्ड, पर्सनल केयर, मदर एण्ड बेबी, तथा हेल्थ एण्ड ब्यूटी लगायतका विविध कोटामा युनिलिवर, प्रोक्टर एण्ड ग्याम्बल, ब्रिटान्निया, डाबर, गोद्रेज, पिल्ग्रिम, बेर एनाटमी लगायत पृथक तथा ट्रस्टेड ब्रान्डहरू मध्यबाट छानिएका उत्पादनहरू खरिद गर्न सक्नेछन् ।
    दराज एपमा होमपेज तथा “च्वाइस” सर्च फिल्टरमार्फत यो अप्सनमा सजिलै प्रवेश गर्न सकिने छ । यसले प्रयोगकर्तालाई सहज, सरल र उपयोगकर्ता मैत्री अनुभव प्रदान गर्नेमा कम्पनी विश्वस्त रहेको छ ।
    दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरले भनीन्, “हामीले ग्राहकहरूको स्तरीय किनमेल अनुभवप्रतिको बढ्दो अपेक्षालाई दृष्टिगत गर्दै ‘च्वाइस’ अप्सनको सुरुवात गर्न लागेका हौं । गुणस्तरीय उत्पादनहरु उपयुक्त मूल्यमा, छिटो र निःशुल्क डेलिभरी सुविधा सहित उपलब्ध गराउँदै दराजले आफ्नो ब्रान्ड वाचालाई अझ बलियो बनाएको छ । अप्सनका साथमा उपलब्ध हुने सजिलो फिर्ता नीतिले उपभोक्ताको किनमेल अनुभव अझै सरल र भरपर्दो बनाउने कुरामा हामी विश्वस्त छौँ । यसै माध्यमबाट हामी ग्राहकको विश्वासलाई थप मजबुत बनाउँदै बजार नेतृत्वलाई अझ सुदृढ गर्दैछौं ।”
    “च्वाइसको अवधारणा विशेष गरी बदलिँदो अनलाइन किनमेल प्रवृत्तिलाई ध्यानमा राखी तयार गरिएको हो । यसका माध्यमबाट सुविधा, गुणस्तर र मूल्यको उपयुक्त संयोजन प्रस्तुत गर्न हामी सदैव प्रयासरत रहन्छौँ । च्वाइसले ग्राहक अनुभवलाई समृद्ध बनाउनुका साथै, बिक्रेताका लागि दीर्घकालीन विकासको अवसर समेत पनि प्रदान गर्दछ ”, दराजका ग्लोबल हेड अफ च्वाइस, जिआंग हान एडेलाले भने  ।
  • एनएमबि बैंकमा गोविन्द घिमिरेले सम्हाले सीईओको जिम्मेवारी

    एनएमबि बैंकमा गोविन्द घिमिरेले सम्हाले सीईओको जिम्मेवारी

    काठमाडौं । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द घिमिरे नियुक्त भएका छन् । उनले बुधबारबाट कार्यभार सम्हालेका छन् ।

    तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव भएका घिमिरे १६ वर्षदेखि एनएमबि बैंकसँग आबद्ध रहेको बैंकले जनाएको छ । विभिन्न विभाग तथा शाखासमेतको नेतृत्व गरी उनले लामो अनुभव हासिल गरिसकेका छन् । यसअघि उनी नायव प्रमुख कार्यकारी अधिकृत थिए ।

    बैंकको व्यापार, वित्त, क्रेडिट जोखिम व्यवस्थापन, रणनीतिक योजना निर्माण र सञ्चालन सुधारका कार्यमा घिमिरेको विशेष योगदान रहेको बैंकले जनाएको छ । एनएमबि बैंकको सञ्चालन प्रणालीमा सुधार ल्याउन, प्रविधिमा आधारित सेवा विस्तार गर्न र दिगो बैंकिङ अभ्यासहरूलाई अघि बढाउन उनी निरन्तर लागिपरेका छन् ।

    नवनियुक्त सीईओ गोविन्द घिमिरेले बैंक सञ्चालक समिति तथा व्यवस्थापनसमक्ष आगामी योजना तथा बैंकको प्रगतिका लागि जिम्मेवारपूर्वक लाग्ने बताए ।

    ‘मेरो प्राथमिकता नवप्रवर्तन, दिगो साझेदारी र समावेशी वित्तीय सेवामा केन्द्रित हुनेछ, जसले बैंकलाई अझ प्रभावशाली र अर्थपूर्ण बनाउनेछ । डिजिटल प्रविधि र नयाँ सोचको समावेशसँगै हामी ग्राहक, समुदाय र राष्ट्रसँग मिलेर दिगो र सकारात्मक परिवर्तन ल्याउने दिशामा अघि बढ्नेछौं’, उनले भने ।

    साथै, आजैबाट नायव प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायले वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालेका छन् । स्वदेशी तथा विदेशी बैंकहको अनुभव बटुलेका सुदेश उपाध्याय अन्तर्राष्ट्रिय व्यापार तथा सम्बन्धका साथै बैंकिङ्ग व्यवसायका विज्ञ मानिन्छन् ।

    बैंकले दुईको नियुक्तिसँगै अनुभव र निरन्तरतामा आधारित नयाँ नेतृत्वको स्वागत गर्दै ‘समृद्ध नेपाल’ को उद्देश्यतर्फ कदम अघि बढेको बताएको छ ।

  • एससीटी-युपिआइ कार्ड मार्फत भुक्तानी गर्दा मर्क्योर काठमाडौँ सुकेधारा हाइट्समा विशेष छुट

    एससीटी-युपिआइ कार्ड मार्फत भुक्तानी गर्दा मर्क्योर काठमाडौँ सुकेधारा हाइट्समा विशेष छुट

    काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (SCT) र यहि जनवरी देखि काठमाडौँको सुकेधारा हाइट्समा देश तथा विदेशका अतिथिलाई उत्कृष्ट सेवा दिँदै आएको ५–स्टार होटल मर्क्योर काठमाडौँ सुकेधारा हाइट्स बिच SCT-UPI कार्डका ग्राहकहरूलाई होटेलमा १५% सम्मको छुट हुने सम्झौता सम्पन्न भएको छ ।

    यस सम्झौता पश्चात एससीटी–युपिआइ (SCT-UPI) कार्ड प्रयोगकर्ताहरूले यो छुट पाउनका लागि मक्र्योर काठमाडौँमा आफ्नो एससीटी–युपिआइ(SCT-UPI) कार्ड मार्फत भुक्तानी गर्नुपर्छ । ग्राहकहरूले एससीटी–युपिआइ (SCT-UPI) कार्ड मार्फत भुक्तानी गर्दा फूड र वेभरेज बिलमा १०% छुट तथा रुमको महसुल दरमा १५% छुट पाउनेछन् । रुम महसुलमा छुट POS मा हुने कारोबारमा मात्र उपलब्ध हुनेछ ।

    एससीटीले हाल २१ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत SCT-UPI कार्ड जारी गर्दै आइरहेको छ । यो अफर मार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहीत कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ । SCT-UPI कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर SCT-UPI कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्नेछन् ।

     

  • साइमेक्स इंकले ल्यायो ०-५-१० अभियान

    साइमेक्स इंकले ल्यायो ०-५-१० अभियान

    काठमाडौं । बीवाईडी अटो इन्डस्ट्रीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि. ले विशेष ग्राहक केन्द्रित अभियान ०-५-१० को घोषणा गरेको छ,  जसले प्रत्येक बीवाईडी ग्राहकलाई दीर्घकालीन मूल्य, विश्वसनियता र मानसिक शान्ति प्रदान गर्ने कम्पनीको निरन्तर प्रतिबद्धतालाई प्रतिविम्बित गर्दछ ।

    सीमित समयका लागि प्रदान गरिने नयाँ वर्ष अफर अन्तर्गत बीवाईडी गाडी बुक गर्ने ग्राहकहरूले निम्न विशेष सुविधा प्राप्त गर्नेछन् ।

    ५ वर्ष सम्म शून्य सर्भिसिङ मूल्य : ग्राहकले निःशुल्क स्ट्यान्डर्ड वार्षिक मर्मत प्याकेज प्राप्त गर्नु हुनेछ, जसमा लेबर, एसी फिल्टर, ब्रेक प्याड, वाइपर ब्लेड, ट्रान्समिसन आयल, ब्रेक आयल, एलभी ब्याट्री, कुलेन्ट लगायतका कन्जुमेबल समावेश हुनेछ । कम्पनीले सिफारिस गरेको सर्भिस तालिका अनुसार पाँच वर्ष सम्मका लागि यो सुविधा उपलब्ध हुनेछ ।

    १० वर्ष वा २ लाख किलोमिटरको एक्सटेन्डेड वारेन्टी : प्रत्येक ग्राहकले ब्याट्री र मोटरमा १० वर्ष वा २ लाख किलोमिटर मध्ये जुन पहिले आउँछ, त्यही वारेन्टी सुविधाको फाइदा पाउनु हुनेछ । यो ईभी उद्योगमै सबैभन्दा धेरै पाइने वारेन्टी हो, जसले गुणस्तरीयता, विश्वसनियता र ग्राहक सन्तुष्टिप्रति बीवाईडीको दीर्घकालीन प्रतिबद्धतालाई पुनःपुष्टि गर्दछ ।

    यो विशेष ०–५–१० अभियान आगामी २०८१ वैशाख ३१ सम्म गाडी बुकिङ गर्ने ग्राहकका लागि उपलब्ध हुनेछ र बीवाईडीका नेपालभर उपलब्ध सबै मोडलमा लागु हुनेछ ।

    सो अभियान घोषणा बारेमा बोल्दै साइमेक्स इंक प्रा.लि. का नेसनल सेल्स हेड आशुतोष गौतमले भन्नुभयो, ‘नयाँ वर्षमा पदार्पण गर्दै गर्दा हामीले हाम्रा ग्राहकका साथ कार मात्र नभई एक दशक सम्मको एस्योरेन्सर र केयर समेतको उत्सव मनाउन चाहन्छौ । ०–५–१० अभियान एउटा अफर मात्र होइन, यो सफा, दिगो इलेक्ट्रिक मोबिलिटीतर्फ नेपालको संक्रमणका लागि हाम्रो दीर्घकालीन प्रतिबद्धताको प्रतिविम्ब पनि हो । हामीप्रति ग्राहकले गर्नुभएको लगातारको विश्वासका लागि हामी उहाँहरुलाई धन्यवाद दिन चाहन्छौ र हरित भविष्यका लागि साथै अगाडि बढ्ने आशा गर्दछौ ।’

    यो आकर्षक अफरको बारेमा जानकारी लिनका लागि ग्राहकले कुनै पनि आधिकारिक बीवाईडी शोरुम वा नेपालभर चलिरहेका डिस्प्ले इभेन्टको भ्रमण गर्न सक्नेछन् ।

  • लोकार्पणमै बहुरूपीको बहुरूप

    लोकार्पणमै बहुरूपीको बहुरूप

    काठमाडौं । युवा लेखक श्रेयज सुवेदीको पहिलो पुस्तक कथा सङ्ग्रह ‘बहुरुपी’ लोकार्पणमा नयाँ प्रयोगसहित सार्वजनिक भएको छ । शनिबार राजधानीका सात स्थानबाट पाठकहरूसँगको अन्तरक्रिया, पुस्तक हस्ताक्षर र बिक्रीसँगै पुस्तक सार्वजनिक भएको हो ।

    काठमाडौं बालुवाटारस्थित बुक्स मण्डला, चियावाला थापाथली, सिभिल मल सुन्धारा, आइप्लेक्स मल बानेश्वर र ललितपुरको लबिम मल, चियामाया झम्सिखेल, पिमवहालमा राखिएका बुक स्टलमा पुगेका पाठकले बहुरूपी खरिद गरेका थिए ।

    सिनेमाको बजारीकरण गरेजस्तै पुस्तकको प्रचार-प्रसार भएको देख्दा खुशी लागेको स्टलमा पुगेका पाठकहरूले बताए । श्रेयज सुवेदीका कथा पढेर प्रभावित भई स्टलमा पुगेकी एक पाठक अंशुले भनिन्, “लेखनमा सधैं नयाँ प्रयोग गर्न रुचाउने श्रेयजको किताब पनि नयाँ तरिकाले भयो, पुस्तकलाई हजारौँ पाठकले माया गरून् ।”

    पुस्तक लोकार्पणको परम्परागत शैली त्यागेर अब नयाँ बजार व्यवस्थापनमा लाग्नुपर्ने बताउँछन्, बुकहिलका अध्यक्ष भूपेन्द्र खड्का । उनी भन्छन्, “कतिपय पुस्तक राम्रा हुँदाहुँदै पनि लक्षित पाठकसम्म पुर्‍याउन सकिएको हुँदैन, नयाँ तरिकाले त्यसको प्रचारप्रसार गर्दा के रैछ भनेर पाठकलाई रुचि हुन सक्छ । बहुरूपीमा हामीले त्यही गरेका हौँ ।”

    सधैं शान्त बस्न रुचाउने श्रेयजले फरक तरिकाले पुस्तक लोकार्पण भएकोमा खुशी लागेको बताए । उनले भने, “मेरा कथामा मेरै शैलीको मेरैपन भएकोले केही फरक होस् भन्ने थियो, आजको लोकार्पणले त्यसको शुरुवात भएको छ ।”

    कथावाचनको परम्परागत शैलीभन्दा भिन्न रहेर ६ वटा खण्डमा विभाजन गरिएका १५ वटा कथाहरू बहुरूपीमा रहेका छन् । ती हरेक कथाले मधेशको जीवन, प्रकृति, भूगोल, भाषा र स्थानीयपनलाई बोकेका छन् । युवाका मनोविज्ञान, सपना र भोगाइलाई आकर्षक शैलीमा श्रेयजले प्रस्तुत गरेका छन् ।

    बुकहिलले आफ्नो महत्त्वाकांक्षी पुस्तकको रूपमा सार्वजनिक गरेको २२८ पृष्ठको पुस्तकको बजार मूल्य ५५५ रुपैयाँ रहेको छ ।

  • नेपालमा एसएमएल इसुजुको एकल वितरक बन्यो लक्ष्मी कमर्सियल भेहिकल

    नेपालमा एसएमएल इसुजुको एकल वितरक बन्यो लक्ष्मी कमर्सियल भेहिकल

    काठमाडौं । एस.एम.एल इसुजुले नेपालका लागी एक मात्र आधिकारिक बिक्रेताको रूपमा लक्ष्मी ग्रुपलाई नियुक्त गरेको छ । जापानी प्रविधिमा आधारित तथा भारतमा निर्मित एस एम एल इसुजुले बस तथा ट्रकहरू निर्माण गर्दै आएको छ । नेपाली भु–बनोट तथा बजारमा लोकप्रिय तथा प्रभावकारी मानिने एस एम एल इसुजुका सवारी साधानहरु विगत लामो समय देखी लोकप्रिय रहँदै आएको छ ।
    एस एम एल इसुजुको आधिकारिक बिक्रेता भएसँगै लक्ष्मी कमर्सियल भेहिकल्स ले आक्रमक बजार बिस्तार तथा सुदृढीकरण लागी सदैव तत्पर रहने जनाएको छ ।
    लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी कमर्सियल भेहिकल्स ले विगत सात वर्ष देखी एस एम एल इसुजुका सवारी साधन बिक्री गर्दै आएको तथा हाल नेपालमा सातै प्रदेशमा सेल्स तथा सर्भिस सञ्जाल रहेको तथा आगामी दिनमा अझै बिस्तार गर्दै लैजाने यस कम्पनीका सेल्स हेड सञ्जय खड्काले बताए ।
    खड्काका अनुसार लक्ष्मी कमर्सियल भेहिकल्सले ग्राहकको सहजताको लागी देशैभर स्पेयर पार्टसको उपलब्धता सुनिश्चित गरिने प्रतिबद्धता जनाए । यस ब्रान्ड प्रति हामीले देखाएको समर्पण प्रतिबद्धता र मेहनत लाई मध्यनजर गर्दै एस एम एल इसुजुले एक मात्र आधिकारिक वितरकको जिम्मेवारी दिएको हो । कम्पनीको यस निर्णयबाट हामी अत्यन्त खुसी र उत्साहित रहेको पनि खड्काले बताए ।
    एस एम एल इसुजुको नेपाली बजारमा लाइट तथा मिडियम ट्रक टिप्पर साथै स्कुल बस र स्टाफ बस अन्तर्गत विभिन्न क्षमताका बस र ट्रकहरू उपलब्ध छन् ।
    स्कुल बस सेग्मेन्टमा यस ब्रान्ड ले विगत लामो समय देखी बजारको अग्रणी स्थानमा रहेको पनि जानकारी गराएको छ ।
  • रियलमी सी ७५ किन्दा डाटा र निःशुल्क टक टाइम

    रियलमी सी ७५ किन्दा डाटा र निःशुल्क टक टाइम

    काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्राण्ड रियलमीले एनसेलसँग मिलेर “न्यु यियर, न्यु मी विद एनसेल एण्ड रियलमी” नामक विशेष योजना सार्वजनिक गरेको छ । टेक्नोलोजी र कनेक्टिभिटीको राम्रो मिलन गराउने उद्देश्यसहित ल्याइएको यो अफर नेपाली ग्राहकको नयाँ वर्षलाई झनै रमाइलो बनाउँदै निकै उपयोगी बन्न सक्छ ।

    यस योजना अन्तर्गत प्रयोगकर्ताले एनसेलको ७ दिनको अनलिमिटेड डाटा भौचरसँगै ५० मिनेटको टक टाइम पनि निःशुल्क प्राप्त गर्नेछन् । फोर जी र भोल्टेको सुविधा उपयोग गर्न चाहनेहरूका लागि यो एक उपयुक्त सुरुवात हो ।

    नयाँ रियलमी सी७५ दुई वटा स्टोरेज भेरिएन्टमा उपलब्ध छ – ८+१२८ जिबिको लागि मूल्य रु.२६,९९९ र ८+२५६ जिबिको लागि रु. २९,९९९ रहेको छ । फोनमा ६००० एमएएचको शक्तिशाली ब्याट्री भएकोले दिनभरि आरामसँग चलाउन सकिन्छ । साथै, आइपी ६९ धुलो र पानी प्रतिरोधी भएकाले फोन पानी, धुलो र झट्काबाट सुरक्षित हुन्छ – वाटर प्रुफ, वोरी प्रुफ र ड्रप प्रुफ भनेर ल्याइएको यो फोन वास्तवमै एक उपयुक्त रोजाइ हो ।

    यो अफर सीमित अवधिका लागि देशभरका रियलमीको आधिकारिक स्टोरमार्फत सीमित अवधिका लागि उपलब्ध हुनेछ ।
    यदि तपाईं २०८२ मा डिजिटल जीवनशैलीमा अपग्रेड गर्न चाहनुहुन्छ भने- यो अफर शक्ति, टिकाउपन, र कनेक्टिभिटीको उपयुक्त मिश्रण हो ।

  • शिक्षाको भविष्यको यात्रामा सहकार्यको लागि क्याम्ब्रिजद्वारा दक्षिण एसियाली विद्यालय सम्मेलन सम्पन्न

    शिक्षाको भविष्यको यात्रामा सहकार्यको लागि क्याम्ब्रिजद्वारा दक्षिण एसियाली विद्यालय सम्मेलन सम्पन्न

    काठमाडौं । क्याम्ब्रिज युनिभर्सिटी प्रेस एण्ड एसेस्मेन्ट (क्याम्ब्रिज) अन्तर्गतको इन्टरनेशनल एजुकेशन समूहले दोस्रो वार्षिक दक्षिण एसियाली क्याम्ब्रिज विद्यालय सम्मेलन सम्पन्न गरेको छ । भारत, नेपाल, श्रीलङ्का, भुटान, बङ्गलादेश र मालदिभ्सका ४०० भन्दा बढी शिक्षक, विद्यालय नेतृत्वकर्ता तथा शैक्षिक विश्लेषकहरूको सहभागिता रहेको उक्त सम्मेलनले तीव्र परिवर्तन भइरहेको शिक्षाको परिदृश्यमा सहजीकरणको लागि क्याम्ब्रिजको प्रतिबद्धता पुनः पुष्टि ग¥यो ।

    सन् २०३० सम्ममा विश्वभर ४४ मिलियन नयाँ शिक्षकहरूको आवश्यकता पर्ने आङ्कलनसँगै, क्याम्ब्रिजले दक्ष शिक्षकमूलक कार्यक्रम, सेवा–पूर्व शिक्षक तालिम, सर्ट–टर्म अनलाइन पाठ्यक्रम तथा सीप अभिवृद्धि तालिममार्फत क्षेत्रीय शैक्षिक क्षमताको विकास गर्न निरन्तर प्रयासरत रहेको प्रतिबद्धता जनाएको हो।

    सम्मेलनको उद्घाटनमा क्याम्ब्रिज इन्टरनेशनल एजुकेशन समूहका प्रबन्ध निर्देशक रोड स्मिथले दक्षिण एसियाका विद्यालय नेताहरूले क्याम्ब्रिजसँग मिलेर पाठ्यक्रम निर्माण, स्रोतसामग्री विकास, र नवीन कार्यक्रमहरू सुरु गर्न गरेको सहकार्यको प्रशंसा गर्दै भने, “क्याम्ब्रिजमा हामी सिक्नेहरूलाई द्रुत रूपमा परिवर्तन हुँदै गएको संसारका लागि तयार पार्न प्रतिबद्ध छौँ । यस उद्देश्यलाई साकार पार्न हामी शिक्षकहरूलाई व्यावसायिक विकासमार्फत सहयोग गरिरहेका छौँ, मूल्याङ्कन प्रणालीलाई अगाडि बढाउन डिजिटल परीक्षा ल्याइरहेका छौँ, र सिकाइ प्रक्रियामा सुधार ल्याउन एआई समावेश गरिरहेका छौँ ।

    दक्षिण एसिया शिक्षा क्षेत्रको एक उत्कृष्ट केन्द्र बन्दै गएको छ, र हामी यस क्षेत्र र त्यसपारिको भविष्यलाई आकार दिन सक्ने ‘क्याम्ब्रिज अर्ली इयर्स’ र ‘क्लाइमेट क्वेस्ट’ जस्ता कार्यक्रमहरूमार्फत विद्यालयहरूसँग सहकार्य गर्न पाउँदा गर्व महसुस गरिरहेका छौँ ।”

    इन्टरनेशनल एजुकेशन, साउथ एसियाका वरिष्ठ उपाध्यक्ष विनय शर्माले भने, “उच्च गुणस्तर कायम राख्दै अन्तर्राष्ट्रिय शिक्षा सबैका लागि पहुँचयोग्य बनाउने हाम्रो प्रतिबद्धता दृढ छ। हामी विद्यालयहरूलाई शिक्षण, सिकाइ र मूल्याङ्कनको बलियो आधार निर्माण गर्न सक्षम बनाइरहेका छौँ । यस सम्मेलनमार्फत, हामी प्रविधि, समाज र अर्थतन्त्रमा तीव्र परिवर्तन भइरहेको यो युगमा विद्यार्थीहरूलाई केवल अनुकूलन गर्न मात्र होइन, उत्कृष्ट प्रदर्शन गर्न सक्षम बनाउने नयाँ तरिकाहरू खोज्ने लक्ष्य राखिरहेका छौँ – र त्यो सहकार्यका माध्यमबाट सम्भव छ भन्नेमा हामी विश्वास गर्छौँ ।”
    भारतमा क्याम्ब्रिजका अन्य प्रमुख पहलहरूमा विद्यार्थीहरूको लागि जलवायु प्रतिरोधात्मकता निर्माण गर्न सहयोग पु¥याउने क्लाइमेट क्वेस्ट, राष्ट्रिय उच्चस्तरीय परीक्षा आवश्यकताहरूलाई सम्बोधन गर्ने क्याम्ब्रिज कनेक्ट, स्थानीय प्रवेश आवश्यकता अनुसार तालमेल राख्ने मार्च परीक्षा सिरिज, अङ्ग्रेजीलाई एक सीपको रूपमा विकसित गर्न मद्दत गर्ने इंटिग्रेटेड लर्निङ एण्ड एसेस्मेन्ट, र उद्यमिता सोचलाई प्रोत्साहित गर्ने यंग पायनियर्स समावेश रहेका छन् ।

    सम्मेलनका विभिन्न छलफल सत्रहरूमा क्याम्ब्रिज विश्वविद्यालयका एजुकेशन फ्याकल्टी प्रोफेसर मार्क विन्टरबटम, अन्तराष्ट्रिय शिक्षाका अनुसन्धान प्रमुख साराह ह्यूजेस, गूगल फर एजुकेशन भारत प्रमुख संजय जैन,शिक्षा संकायको डिजिटल प्रोडक्ट तथा सेवाका निर्देशक लिण्डसे नाडिन, एजुकेशन फ्याकल्टी डा. सू ब्रिन्डली, क्याम्ब्रिज ३–१९ पाठ्यक्रम निर्देशक अबिगेल बार्नेट, कुपाको सीनियर प्रभाव मूल्याङ्कनकर्ता आयनुर कराकोच र इन्टरनेशनल एजुकेशनका युनिभर्सिटी पाथवेज र प्रोग्रेसन निर्देशक केभिन एबेनेजर लगायत विशिष्ट वक्ताहरूको सहभागिता रहेको थियो।

    कार्यक्रममा दक्षिण एशियाबाट अघि सारिएका मुख्य पहलहरूमध्ये जलवायु प्रतिरोधात्मकताका लागि ‘क्लाइमेट क्वेस्ट’, राष्ट्रिय उच्चस्तरीय परीक्षाहरूका लागि ‘क्याम्ब्रिज कनेक्ट’, स्थानीय आवश्यकता अनुसारको ‘मार्च परीक्षा शृंखला’, अंग्रेजी सीप विकासका लागि ‘इंटिग्रेटेड लर्निङ एण्ड एसेस्मेन्ट’, र उद्यमशील सोच विकासका लागि ‘यंग पायनियर्स’ लाई विशेष रूपमा प्रकाश पारिएको थियो।

    कार्यक्रममा कक्षा शिक्षणमा एआईको प्रयोग, डिजिटल उच्चस्तरीय परीक्षा प्रणाली, र भविष्यका करियर मार्गहरू, कक्षा कोठामा माइन्डफुलनेसको विकास, बदलिँदो करियर पथहरूका लागि कलेज तयारीबारे पुनर्विचार, र गुणस्तरीय शिक्षामा समान पहुँच जस्ता विषयहरूमा पनि गहिरो छलफल भएको थियो। सम्मेलनको क्रममा उत्कृष्ट शैक्षिक प्रदर्शन गर्ने विद्यालयहरूलाई ‘क्याम्ब्रिज स्कुल रेकग्निसन अवार्ड’ मार्फत सम्मानित गरिएको थियो।

  • सिटिजन्स बैंकको १८औं वार्षिकोत्सव सम्पन्न, क्रस बैंक टेलर क्यू.आर भुक्तानी सेवा र फ्रील्यान्सर सेभिङ्ग अकाउन्टको सुरुवात

    सिटिजन्स बैंकको १८औं वार्षिकोत्सव सम्पन्न, क्रस बैंक टेलर क्यू.आर भुक्तानी सेवा र फ्रील्यान्सर सेभिङ्ग अकाउन्टको सुरुवात

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १८औं वार्षिकोत्सव सम्पन्न गरेको छ । १८ वर्षको अवधि पार गरिसक्दा बैंकले १८ लाख ७९ हजार ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको छ । सात वटै प्रदेशमा अवस्थित आफ्नै भवनमा प्रदेश कार्यालय सञ्चालनका साथै २०० वटा शाखाहरू मार्फत चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा बैंकको कूल निक्षेप करिब रु २ खर्व ०२ अर्ब रहेकोमा कर्जा तर्फ रु १ खर्व ७३ अर्ब परिचालन गरेको छ ।

    बैंकले १८औं वार्षिकोत्सवको अवसरमा आज वैशाख ७ गते बिहानै सात वटै प्रदेशमा करिब ९२१ कर्मचारीहरूको सहभागितामा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । जसबाट जनमानसमा वित्तीय ज्ञानको समेत अभिमुखिकरण हुने अपेक्षा बैंकले लिएको छ । साथै संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले ‘रक्तदान नै जीवनदान’ भन्ने नारालाई सार्थक बनाउँदै रगतको आवश्यकता र खड्किरहने अभावलाई केहि हद सम्म भए पनि पुरा होस् भन्ने अभिप्रायका साथ नेपाल रेडक्रस सोसाइटी र हिमाल हस्पिटल सँगको सहकार्यमा सात वटै प्रदेशका कूल ३३ शाखाहरुबाट करिब ९१३ जना रक्तदाताको सहभागितामा रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।

    डिजिटल बैङ्किङलाई उच्च प्राथमिकतामा राखी ‘Brick Banking to Click Banking’ भन्ने मूल मन्त्र लाई आत्म साथ गर्दै सिटिजन्स मोबाइल बैङ्किङ App मार्फत ट्याप एन्ड पे (Tap & Pay) सेवा तथा नेपालमै पहिलो पटक Cross Bank Teller QR भुक्तानी सेवा सञ्चालनमा ल्याइएको छ । सिटिजन्स बैंकका मोबाइल बैङ्किङ प्रयोगकर्ताहरुले आफ्नो मोबाइल बैङ्किङ सेवा मार्फत Offline माध्यमबाट नै रु.पाँच हजार सम्मको भुक्तानी Tap & Pay मार्फत सहज रूपमा गर्न सक्नुहुनेछ । साथै,बैंकले नेपालमै पहिलो पटक Cross Bank Teller QR प्रणालीको सुरुवात गरी अन्य बैंकका ग्राहकहरूले नजिकैको सिटिजन्स बैंकको शाखा काउन्टरमा गई आफ्नो बैंकको मोबाइल बैङ्किङ मार्फत Cross Bank Teller QR लाई स्क्यान गरेर तुरुन्तै नगद भुक्तानी प्राप्त गर्न सक्नुहुनेछ । यस प्रकारको सेवाले भुक्तानी प्रक्रियालाई झनै द्रुत र सुरक्षित बनाई ग्राहकलाई सुविधाजनक सेवाको अनुभव प्रदान गर्ने लक्ष्य बैंकले राखेको छ ।

    र यही अवसरमा बैंकले नयाँ बचत खाता (Citizens Freelancer Saving Account), ‘Save Local, Earn Global – Citizens Freelancer Saving Account’  भन्ने नाराका साथ सञ्चालनमा ल्याएको छ । यो खाता विशेष गरी फ्रील्यान्सरहरूको वित्तीय आवश्यकतालाई ध्यानमा राखी डिजाइन गरिएको हो । यस खाताका ग्राहकहरुलाई दुवै नेपाली रुपैयाँ (NPR) र अमेरिकी डलर (USD), बचत खाता खोल्ने सुविधा प्रदान गरिएको छ, साथै, दुवै बचत खाताहरुमा उच्चतम ब्याजदर पनि प्रदान गरिएको छ । यस बचत खातामा पहिलो वर्षको लागि स्वास्थ्य उपचार बीमा रू २५,००० सम्म (OPD सेवा ५००० सम्म), दुर्घटना मृत्यु बीमा रू ३००,००० सम्म लगायत निःशुल्क मोबाइल बैङ्किङ, इन्टरनेट बैङ्किङ, डेबिट कार्ड, र डिम्याट खाता सुविधाहरू समावेश गरिएको छ ।

  • एलओडीमा ब्राजिलियन फुटबल खेलाडी रोबर्टो कार्लोस आउँदै

    एलओडीमा ब्राजिलियन फुटबल खेलाडी रोबर्टो कार्लोस आउँदै

    काठमाडौं । एलओडी क्लबमा चर्चित ब्राजिलीयन फुटबल स्टार खेलाडी रोबर्टो कार्लोस आउने भएका छन् ।

    मङ्गलवार बैशाख ९ गते सो क्लबमा फुटबल खेलाडी कार्लोस आउने क्लबका निर्देशक भुपेन कुँवरले जानकारी दिए ।

    दशरथ रंगशालामा भइरहेको नेपाल सुपर लिगको लागि आउने उनी मंगलबार भने क्लबमा सहभागी हुने निर्देशक कुँवरले जानकारी दिए ।

    शुक्रवार आउने पूर्व जानकारी थियो तर उनको स्वास्थ्य प्रतिकुल रहेकोले ३ दिन ढिला गरी मंगलबार आउन लागेको हो। उनको नेपाल भ्रमण ले सम्पूर्ण फुटबलप्रेमी दर्शकहरुमा उल्लास छाउने उनले बताए ।

    कार्लोस को एलओडी मा विशेष उपस्थिति हुने जानकारी नेपाल सुपर लिगका आयोजकले जानकारी दिएको छ । रोबर्टो कार्लोसलाई हेर्न चाहने दर्शकले मङ्गलवार एलओडी आउन समेत क्लबले सबैमा जानकारी गराएको छ ।

  • एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा नै बोनस पाइने

    एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा नै बोनस पाइने

    काठमाडौं । एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा पाइने भएको छ । एनसेलका ग्राहकहरूले एनसेल एपमार्फत १०० रुपैयाँ वा सो भन्दा माथिको अनलाइन ब्यालेन्स रिचार्ज गर्दा बोनस डेटा पाउँछन् । एनसेल एप ग्राहकहरुको डिजिटल यात्रालाई अझ सहज बनाउने उद्देश्यका साथ थुप्रै उपयोगी सुविधाहरूसहित डिजाइन गरिएको सेल्फ सर्भिस एप हो ।

    एनसेल एपमार्फत १०० देखि २०० रुपैयाँसम्मको अनलाइन रिचार्ज गर्दा ग्राहकहरूले १ दिनको लागि २०० एमबी बोनस डेटा प्राप्त पाउने छन् । यस्तै, २०० वा सोभन्दा माथिको अनलाइन रिचार्ज गर्दा ३ दिनको लागि मान्य हुने ५०० एमबी बोनस डेटा पाइन्छ । स्क्र्याच कार्ड प्रयोग गरेर गरिएको रिचार्जमा डेटा बोनस लागू नहुने कम्पनीले बताएको छ ।

    यो बोनस अफरले ग्राहकहरूलाई डिजिटल माध्यम अपनाउन प्रोत्साहित गर्नुका साथै बोनस डेटाको फाइदा दिन्छ । यसका साथै ग्राहकहरुले एनसेल एपमार्फत एपमा उपलब्ध विविध सेवा, सुविधाहरू उपयोग गरि त्यसको फाइदा लिन सक्छन् । ग्राहकमैत्री यो एपले प्रयोगकर्ताहरूलाई दुई क्लिकमै विभिन्न सेवा उपयोग गर्न सक्षम कम्पनीको भनाइ छ ।

    एनसेल एपमार्फत प्रयोगकर्ताहरूले सजिलै डेटा वा भ्वाइस प्याक, सधैं अन प्याकहरु, सधैं अन रिन्यूअल प्याकहरु लिन, अनलाइन रिचार्ज गर्न सक्ने छन् । आफ्नो सेवा प्रयोगको विवरण हेर्न र डेटालाई भ्वाइसमा वा भ्वाइसलाई डेटामा परिवर्तन गर्न सक्छन् ।

    अन्य उपलब्ध सुविधाहरूमा अनलाइन तथा अफलाइन गेमहरू, अनलाइन समाचारहरूको उपलब्धता, मासिक बिल हेर्ने सुविधा, सेवा सक्रिय गर्ने वा लिएका सेवा निष्क्रिय गर्ने सुविधा, रोमिङ सेवा लगायत थुप्रै सेवाहरू समावेश छन् ।

    विभिन्न उदेश्यले छिटो वा लामो समयका लागि विदेश जाने एनसेलका ग्राहकहरुका लागि पनि एनसेल एप एक प्रभावकारी सेल्फ सर्भिस एप हो, जसले उनीहरूलाई सजिलै रिचार्ज गर्न, प्याक खरिद गर्न र रोमिङ सेवाका साथ सजिलै सम्पर्कमा रहन मद्दत गर्दछ । एनसेलका ग्राहकहरूले एनसेल एप गुगल प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गरी यी विभिन्न सुविधाहरूको लिन सक्ने एनसेलले बताएको छ ।

  • सिटिजन लाइफ इन्स्योरेन्सद्वारा बादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

    सिटिजन लाइफ इन्स्योरेन्सद्वारा बादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल नेपालको कर्णाली प्रदेश स्थीत बादी समुदायका करिब १३० जना अनाथ तथा असहाय बालबालिकालाई संरक्षण गर्दै आएको ‘बादी सरोकार मञ्च नेपाल’लाई महिना दिन भन्दा बढी समयसम्म पर्याप्त हुने खाद्यान्न सामग्री सहयोग प्रदान गरेको छ ।

    यस सहयोग कार्यक्रम अन्तर्गत कम्पनीले चामल, दाल, तेल लगायत अत्यावश्यक उपभोग्य वस्तुहरू उपलब्ध गराएको छ, जसले संस्थामा आश्रित बालबालिकाहरूको पोषणमा प्रत्यक्ष सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

    बादी समुदाय नेपालको सबैभन्दा सीमान्तकृत र ऐतिहासिक रूपमा उत्पीडित तथा अहिले पनि सामाजिक–आर्थिक रूपले कमजोर समुदायहरू मध्ये एक हो । हिक्मत बादीद्वारा सञ्चालनमा ल्याइएको बादी सरोकार मञ्च नेपालले उक्त समुदायका महिला, बालबालिका तथा परिवारहरूलाई शिक्षा, आश्रय, स्वास्थ्य र आत्मनिर्भरतातर्फ उन्मुख गराउने उद्देश्यले गैर–नाफामूलक सामाजिक संस्थाको रूपमा कार्य गर्दै आएको छ ।

    हाल संस्था मार्फत १३० भन्दा बढी बालबालिकालाई सुरक्षित आवास, पोषण तथा शिक्षाको सुविधा प्रदान गरिँदै आएको छ । आफ्नो संस्थागत समाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट कम्पनीका प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल साथै प्रमुख व्यवसाय अधिकृत धोज बहादुर खड्का साथमा कार्यालयका अन्य अधिकारीहरूद्वारा बादी सरोकार मञ्च नेपालका संचालक हिक्मत बादीलाई खाद्यान्न सामग्री हस्तांतरण गरिएको थियो । सिटिजन लाइफको यस सहयोगले बादी सरोकार मञ्च नेपाललाई सञ्चालन गर्न केहि मद्दत हुने अपेक्षा गरिएको छ ।

  • बीवाईडी सिगलले जित्यो २०२५ को ‘वर्ल्ड अर्बन कार अफ द इयर’ अवार्ड

    बीवाईडी सिगलले जित्यो २०२५ को ‘वर्ल्ड अर्बन कार अफ द इयर’ अवार्ड

    काठमाडौं । बीवाईडी सिगल अर्थात डल्फिन मिनीले प्रतिष्ठित वर्ल्ड कार अवार्ड कार्यक्रम अन्तर्गत वर्ल्ड अर्बन कार अफ द इयर (World Urban Car of The Year) को उपाधि जित्न सफल भएको छ।

    २०२५ अप्रिल १६ मा अमेरिकाको न्युयोर्कमा आयोजित  न्युयोर्क इन्टरनेसनल अटो शोमा विश्वभरका ११ उत्कृष्ट सवारीसाधनहरूसँग प्रतिस्पर्धा गर्दै बीवाईडीले पहिलोपटक चिनियाँ अटोमोटिभ ब्रान्डको रूपमा यो अवार्ड हात पारेको हो।

    यस ऐतिहासिक जितले विश्वव्यापी न्यु इनर्जी भेइकल (एनईभी) क्षेत्रमा बीवाईडीको अग्रणी स्थानलाई फेरि एकपटक अन्तर्राष्ट्रिय स्तरमा पुष्टि गरेको छ।

    बीवाईडी सिगलले ओसन एस्थेटिक्स (Ocean Aesthetics) डिजाइन दर्शनलाई समेटेको छ – जसले यसलाई ताजा, आकर्षक र आधुनिक बनाएको छ। उच्च सुरक्षा मापदण्ड, स्मार्ट ड्राइभिङ फिचर र उत्कृष्ट सिटी-फ्रेन्डली परफर्मेन्सले गर्दा यो मोडल विभिन्न प्रमुख बजारहरूमा लगातार बेस्ट सेलरको रूपमा स्थापित हुँदै आएको छ।

    यसपटक वर्ल्ड कार अवार्डका ९६ जना अन्तर्राष्ट्रिय निर्णायकहरुलाई यस कारको अग्रगामी डिजाइन, अतुलनीय अर्बन मोबिलिटी परफर्मेन्स र युनिभर्सल मार्केट अपिलले प्रभावित पार्‍यो।

    बीवाईडीका एक्जिक्युटिभ भाइस प्रेसिडेन्ट स्टेला लीले भनिन्, “बीवाईडी सिगललाई वर्ल्ड अर्बन कारकों रूपमा सम्मानित गरिनु हाम्रो लागि गर्वको विषय हो। यसले हामीले विश्वव्यापी ग्राहकहरूलाई दिगो प्रविधि र उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धतालाई पुष्टि गर्छ।”

    पछिल्ला वर्षहरूमा बीवाईडीले अन्तर्राष्ट्रिय बजारमा उचाइ लिँदै आएको छ। २०२४ मा बीवाईडी डल्फिनले पनि वर्ल्ड अर्बन कार (World Urban Car) कै शीर्ष ३ मा स्थान बनाएको थियो भने बीवाईडी सिल वर्ल्ड कार अफ द इयर (World Car of the Year) को शीर्ष ३ मा पर्न सफल भएको थियो, जुन उपलब्धि अहिलेसम्म कुनै चिनियाँ अटो निर्माता कम्पनीले हासिल गर्न सकेको छैन ।

    नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि. (Cimex Inc. Pvt. Ltd.) ले पहिले नै बीवाईडी सिगलको नेपाली सडकमा परीक्षण गरिसकेको छ। कम्पनीले छिट्टै नेपालमा यसको आधिकारिक लन्च गर्ने संकेत दिएको छ। यो मोडल नेपाली बजारमा एकदमै प्रतिक्षित रहँदै आएको छ।

    बीवाईडीले आगामी दिनहरूमा पनि प्रविधि र नवप्रवर्तनमार्फत हरित यातायातको भविष्य निर्माण गर्दै पृथ्वीलाई १ डिग्री सेल्सियसको दरले चिसो राख्ने (Cool the Earth by 1°C) अभियानमा आफ्नो योगदान निरन्तर जारी राख्ने स्पष्ट संकेत दिएको छ।

  • प्रभु बैंक र कृषि बजार व्यवस्थापन समितिबीच व्यवसायिक साझेदारी सम्झौता

    प्रभु बैंक र कृषि बजार व्यवस्थापन समितिबीच व्यवसायिक साझेदारी सम्झौता

    पोखरा । प्रभु बैंक लिमिटेड र पोखरा महानगरपालिका वडा नं.९ शान्ति बन वाटिका स्थित कृषि बजार व्यवस्थापन समिति बीच व्यावसायिक साझेदारीको लागि मिति २०८२/०१/०१ मा एक कार्यक्रमकाबिच सम्झौता भएको छ ।

    कास्की जिल्ला लगायत देशका विभिन्न क्षेत्रमा उत्पादित तथा आयातित कृषि उपजहरुलाई कृषि व्यवस्थापन समिति मातहत सञ्चालित स्टलहरुबाट बिक्री वितरण भइरहँदा दैनिक हुने आर्थिक कारोबारलाई सहज बैंकिङ पहुँच सहित डिजिटल माध्यममा रूपान्तरण गरी व्यावसायिक कारोबारमा सहजीकरणको उद्देश्यलाई प्रभु बैंक लिमिटेड र कृषि बजार व्यवस्थापन समितिबीच व्यावसायिक साझेदारी सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।

    उक्त सम्झौता पत्रमा कृषि बजार व्यवस्थापन समितिका तर्फबाट अध्यक्ष नवराज दुवाडी तथा प्रभु बैंक लिमिटेडका तर्फबाट गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु रानाले हस्ताक्षर गरेका हुन् । उक्त कार्यक्रममा समितिका तर्फबाट अध्यक्ष नवराज दुवाडीले बैङ्कप्रति आभार प्रकट गर्दै यो सम्झौताले समिति मातहतका सम्पूर्ण फलफूल तथा तरकारी बजारको दैनिक कारोबारमा सहजता प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।

    त्यस्तै बैंकका तर्फबाट प्रमुख प्रदेश अधिकृत राजु रानाले यो सम्झौताले डिजिटल सेवा मार्फत कृषि बजारको आर्थिक कारोबारमा सहजीकरण हुने विश्वास व्यक्त गरेका छन् ।

    उक्त सम्झौताले पोखरा महानगरपालिका वडा नं.–९ शान्ति बन वाटिका स्थित कृषि बजार व्यवस्थापन समिति अन्तर्गत सञ्चालित व्यवसायिहरुलाई दैनिक कारोबार नगद रहित बनाउने उद्देश्यका साथ क्यू.आर. कोड, डिजिटल भुक्तानी तथा कारोबारका लागि आवश्यक इन्टरनेट सेवा बैकले उपलब्ध गराउनेछ ।

    यसका साथै व्यवसाय विस्तारका लागि प्रभु बैङ्कले बैङ्कको व्यवसायिहरुको आवश्यकतालाई मध्यनजर गर्दै बैङ्कको नियमानुसार कर्जा सुविधा पनि उपलब्ध गराउनेछ ।

  • ब्ल्याक प्लस डेकरले गर्‍यो नयाँ वर्षमा उपभोक्ता योजना घोषणा

    ब्ल्याक प्लस डेकरले गर्‍यो नयाँ वर्षमा उपभोक्ता योजना घोषणा

    काठमाडौं । नेपाल – ब्ल्याक+डेकर, संयुक्त राज्य अमेरिकाको नम्बर १ ब्रान्ड, जसले ११५ वर्षको गौरवशाली इतिहास बोकेको छ, नेपाली नयाँ वर्ष २०८२ को अवसरमा विशेष उपभोक्ता योजना घोषणा गरेको छ।

    यस योजनाअन्तर्गत, ब्ल्याक+डेकर स्मार्ट घरेलु उपकरण खरिद गर्ने ग्राहकहरूले पक्का उपहार प्राप्त गर्नेछन्। साथै, साप्ताहिक भाग्यशाली लक्की ड्रमा भाग लिने अवसर पनि हुनेछ। भाग लिनका लागि, QR कोड स्क्यान गरेर दर्ता गर्न सकिन्छ।

    यस साप्ताहिक भाग्यशाली ड्रको विजेताले ब्ल्याक+डेकरको लोकप्रिय फूड स्टीमर प्राप्त गर्नेछन्, जुन नेपाली बजारमा अत्यन्त रुचाइने उत्पादन हो।

    ब्ल्याक+डेकरका स्मार्ट घरेलु उपकरणहरू नेपालभर लोकप्रियता हासिल गरिरहेका छन्, उच्च गुणस्तर, नवीन प्रविधि, तथा विश्वसनीयताका कारण उपभोक्तामाझ विश्वासिलो बनेका छन्।

    यस योजना CG Electronics द्वारा प्रस्तुत गरिएको हो, जो नेपालमा ब्ल्याक+डेकर स्मार्ट घरेलु उपकरणहरूको एकमात्र वितरक हो।

  • सामसङको टेरा-फिक सुरुवातः ग्यालेक्सी एस२५ अल्ट्रा १ टिबी नेपाली बजारमा उपलब्ध

    सामसङको टेरा-फिक सुरुवातः ग्यालेक्सी एस२५ अल्ट्रा १ टिबी नेपाली बजारमा उपलब्ध

    काठमाडौं । सामसङ नेपालले आफ्नो नयाँ फ्ल्यागशिप ग्यालेक्सी एस२५ अल्ट्रा १टिबी नेपाली बजारमा लन्च भएको घोषणा गरेको छ । मोबाइल अनुभवको नयाँ परिभाषा बोकेको यो डिभाइस १ टिबीको विशाल स्टोरेज, एडभन्सड ग्यालेक्सी एआई फिचरहरू, र सहज मल्टिटास्किङ क्षमतासहित सुसज्जित छ ।

    अभूतपूर्व स्टोरेज र पर्फर्मेन्स्
    ग्यालेक्सी एस२५ अल्ट्रा १ टिबीमा रहेको १ टेराबाइटको विशाल स्टोरेजले तपाईँका फोटो तथा भिडियोहरू, एपहरू र फाइलहरू मेमोरीको चितना नलिई सबै सुरक्षित राख्ने अझ बढी क्षमता दिन्छ । सामसङको एआई–फस्र्ट वन युआई ७ प्लेटफर्मले व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोजनमा सहज प्रयोग अनुभव प्रदान गर्छ ।

    अझ सशक्त एआई क्षमता
    अरू भेरिएन्तहरूमा पनि उपलब्ध रहेको ग्यालेक्सी एआईलाई अझ परिष्कृत बनाउँदै, यो नयाँ १ टिबी भेरिएन्तले तपाईँको कार्यक्षमता र सिर्जनात्मकता दुबैलाई नयाँ उचाइ दिन्छ । यसको ठुलो स्टोरेज क्षमताले तपाईँलाई यी एआई फिचरहरू अझ भरपुर प्रयोग गर्न सहयोग गर्छः

    • ड्ड नाउ बर र नाउ ब्रिफः महत्त्वपूर्ण अपडेट र समाचारहरूको छोटो सारांश तत्काल पाउनुहोस् ।
    • सर्कल तु सर्चः स्क्रिनमा देखिएका नम्बर, इमेल वा वेबसाइटहरू सजिलै सँग चिन्नुहोस् ।
    • कल ट्रान्सक्रिप्ट र समरीः फोनमा गरिएको कुराकानीको सारांश र ट्रान्सक्रिप्ट पाउनुहोस् ।
    • राइतिंग असिस्टः नोटहरूको सारांश बनाउनुहोस् वा टेम्पलेटको साथ सजिलै मिलाउनुहोस् ।
    • ड्रइङ असिस्टः आफ्नो स्केच, टेक्स्ट र इमेज आइडियाहरूलाई एकै ठाउँमा ल्याउन सहयोग पाउनुहोस् ।
    • सहज मल्टिटास्किङ र इमर्सिभ डिस्प्लेः उच्च प्रदर्शन र आकर्षक डिस्प्लेका साथ विभिन्न कार्यहरू एकै पटक गर्न सकिने अनुभव पाउनुहोस् ।

    ग्यालेक्सी एस२५ अल्ट्रा १ टिबी मोबाइल एआईको यात्रामा एक महत्त्वपूर्ण उन्नतिको कदम हो, जसले प्रयोगकर्तालाई अभूतपूर्व क्षमताहरू, स्मार्ट सहयात्रीको अनुभव, र दैनिक जीवन सजिलो बनाउने टेक्नोलोजी प्रदान गर्दछ ।

    मूल्य र उपलब्धता

    यो नयाँ भेरिएन्त वैशाख ४, २०८२ देखि देशभरिका सामसङका आधिकारिक स्टोरहरूमा उपलब्ध हुनेछ। सामसङ हुलास फिनसर्भ हायर पर्चेजद्वारा उपलब्ध गरिएको इन्स्टा फाइनान्स सुविधा मार्फत ग्राहकहरूले सजिलो किस्ताबन्दी योजनाको साथ ०% ब्याजमा ग्यल्केसी एस२५ अल्ट्रा १ टिबी काठमाडौं । मासिक रु ११,७५० इएमआई सम्मबाट प्राप्त गर्न सकिनेछ। यस प्रक्रियाका लागि नागरिकता मात्र पर्याप्त हुनेछ ।

    साथै, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड मार्फत १ वर्षको १ पटकको ब्रेकिज इन्सुरेन्स पनि दिइनेछ। पुराना फोन साटेर नयाँ ग्यालेक्सी एस२५ सिरिजको स्मार्टफोन खरिद गर्न चाहनेहरूका लागि सबकोफोन र आर्कोस्टोरबाट एक्सचेन्ज सुविधा पनि उपलब्ध छ।

     

  • बीवाईडी ईभीको ब्याट्री, मोटर र पार्ट्स लगायत समग्र गाडीमा थपियो वारेन्टी

    बीवाईडी ईभीको ब्याट्री, मोटर र पार्ट्स लगायत समग्र गाडीमा थपियो वारेन्टी

    काठमाडौं । बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि. ले नेपालमा बिक्री भएका सबै बीवाईडी इलेक्ट्रिक भेइकल (ईभी) मा व्यापक विस्तारित वारेन्टी नीति अर्थात कम्प्रिहेन्सिभ एक्सटेन्डेड वारेन्टी नीति लागु गर्ने घोषणा गरेको छ । ईभीको आफ्टर सेल्स सपोर्टका क्षेत्रमा यो उद्योगकै नयाँ बेन्चमार्क बन्ने छ ।

    बीवाईडीका एड्भान्स्ड इलेक्ट्रिक भेइकल टेक्नोलोजीमा उपलब्ध ग्राहक सन्तुष्टि र आत्मविश्वासको अटल प्रतिबद्धतालाई अझै बढाउन कम्पनीले नयाँ वारेन्टी उपलब्ध गराउने भएको हो । सो वारेन्टी अन्तर्गत निम्न कभरेज उपलब्ध हुनेछन् :

    ब्याट्री वारेन्टी – पहिले उपलब्ध ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टीलाई बढाएर १० वर्ष वा २ लाख किलोमिटर पु-याइएको छ । यो ईभी उद्योगकै सबैभन्दा लामो वारेन्टी कभरेज हो ।

    मोटर वारेन्टी – ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरबाट बढाएर १० वर्ष वा २ लाख किलोमिटर पु-याइएको छ । यसले हाम्रा मूल्यवान ग्राहकहरुमा लामो समय सम्म मानसिक शान्ति सुनिश्चत गर्नेछ ।

    होल भेइकल वारेन्टी – लाइट, टायर प्रेसर मोनिटरिङ मोड्युल, सस्पेन्सन र बल ज्वाइन्ट लगायतका कम्पोनेन्टमा हाल उपलब्ध ४ वर्ष वा १ लाख किलोमिटरको वारेन्टी बढाएर ५ वर्ष वा १ लाख २५ हजार किलोमिटर पु-याइएको छ ।

    जनरल भेइकल पार्ट्स वारेन्टी – अन्य कन्जुमेबल तथा आयल, चार्जिङ इक्विपमेन्ट, गिफ्ट र रेफ्रिजेरेटर लगायतका विभिन्न पार्ट्स वाहेकका सबै भेइकल पार्ट्समा रहेको ६ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टीलाई बढाएर ७.५ वर्ष वा १ लाख ८७ हजार ५ सय किलोमिटर पु-याइएको छ ।

    यो एक्सटेन्डेड वारेन्टी नीतिले बीवाईडी ईभीको टिकाउपना, राम्रो पर्फमेन्स र विश्वसनियताप्रतिको बलियो विश्वासलाई झल्काउँछ । ग्राहकलाई एउटा विश्वासको अनुपम भावना र दीर्घकालीन आश्वासन प्रदान गर्ने गरी यसको डिजाइन गरिएको छ, जसले ईभीको अपनत्वलाई एउटा तनावरहित अनुभव प्रदान गर्नेछ ।

    यो नयाँ अपडेटको वारेमा बोल्दै साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले भने, ‘हाम्रो यो एक्सटेन्डेड वारेन्टीले बीवाईडीको अत्याधुनिक विद्युतीय सवारी प्रविधिप्रति हाम्रो दृढ विश्वास र हाम्रा ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता झल्काउँछ । विद्युतीय सवारीतर्फको रुपान्तरण तीव्र गतिमा अगाडि बढिरहेको समयमा, यो पहलले हाम्रा ग्राहकहरूमाझ दीर्घकालीन विश्वास र निष्ठा निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने हामीले विश्वास लिएका छौं ।’

    अटोमोबाइल उद्योगकै उत्कृष्ट आफ्टर सेल्स सपोर्टका साथ अत्याधुनिक सवारी साधन उपलब्ध गराएर विद्युतीय सवारीको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्न साइमेक्स सदैव प्रतिबद्ध छ । नेपालभर रहेका १३ भन्दा बढी अत्याधुनिक सर्भिस सेन्टर तथा बढ्दो सेल्स र चार्जिङ नेटवर्कमार्फत बीवाईडीका ग्राहकले आफनो यात्राको क्रममा जहाँबाट पनि व्यापक सपोर्ट प्राप्त गर्न सक्नेछन् ।

    परिमार्जित वारेन्टी नीतिको बारेमा विस्तृत जानकारीका लागि ग्राहकहरुले नजिकको बीवाईडी शोरुम वा आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गर्नु हुन अनुरोध छ ।

  • कुमारी बैंकको टपअप र फोनपेमा बम्पर उपहार

    कुमारी बैंकको टपअप र फोनपेमा बम्पर उपहार

    काठमाडौं । कुमारी बैंकले नयाँ योजना ‘…Topup / Fonepay Direct गरौँ, बम्पर उपहार जितौँ !’ सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरूले आकर्षक उपहारहरू जित्ने अवसर पाउनेछन्, जसमा बम्पर उपहार iphone रहेको छ भने हरेक हप्ता १०० जनालाई रु.१०० को मोबाइल रिचार्ज उपहार समेत रहेको छ ।

    यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले कम्तीमा रु. १०० को मोबाइल टपअप र कम्तीमा रु. ५०० को Fonepay Direct कारोबार अफर अवधिभित्र पूरा गर्नुपर्नेछ । यस प्रक्रियालाई पूरा गरेपछि, ग्राहकहरू साप्ताहिक तथा बम्पर उपहार iphone 16 को लागि स्वतः योग्य हुनेछन् । यस अन्तर्गत, प्रत्येक हप्ता १०० जना भाग्यशाली विजेताहरूले रु. १०० को मोबाइल टपअप जित्न सक्नेछन् । साथै, योजना समाप्त भएपछि सहभागी मध्यका एक जना भाग्यशाली विजेताले बम्पर उपहार स्वरुप नयाँ iphone 16 जित्ने अवसर प्राप्त गर्नेछन् । यो योजना १ बैंशाख २०८२ देखी ३१ बैशाख २०८२ गतेसम्म सञ्चालन हुनेछ ।

    यस योजनाले ग्राहकहरूलाई kumari smart बचत मोबाइल बैंकिङ्ग एप मार्फत डिजिटल कारोबार गर्न अझ प्रोत्साहित गर्ने विश्वसका साथ मोबाइल टपअप र Fonepay Direct कारोबारलाई प्रवद्र्धन गर्दै, डिजिटल बैंकिङ्ग सेवालाई अझ सहज, सरल, सुरक्षित र भरपर्दो बनाउने लक्ष्य बैकले राखेको छ ।

    विगत २४ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

  • एनसेलले ल्यायो नयाँ प्याकहरू, ३० रूपैयाँभन्दा कममा दैनिक अनलिमिटेड भ्वाइस र डेटा सेवा लिन सकिने

    एनसेलले ल्यायो नयाँ प्याकहरू, ३० रूपैयाँभन्दा कममा दैनिक अनलिमिटेड भ्वाइस र डेटा सेवा लिन सकिने

    काठमाडौं । एनसेलले पहिलोपटक दिनको रु ३० भन्दा कममा नै अनलिमिटेड भ्वाइस र डेटा सेवा लिन सकिने प्याकहरुसहित विभिन्न नयाँ प्याकहरू संचालनमा ल्याएको छ । ग्राहकहरूमाझ बढ्दो भ्वाइस र डेटा सेवाको मागलाई ध्यानमा राख्दै कम्पनीले यी नयाँ प्याकहरु संचालनमा ल्याएको हो ।

    भ्वाइस सेवामा, एनसेलले रु ३९ देखि रु ५९९ सम्म शुल्क पर्ने ६ वटा नयाँ प्याकहरू सार्वजनिक गरेको छ, जसमा ७ दिनको लागि मात्र रु १९८ मा उपलब्ध अनलिमिटेड अल नेपाल प्याक पनि समावेश छ । यस प्याकमार्फत ग्राहकहरूले दिनको मात्र रु २८.३ मा अनलिमिटेड भ्वाइस कल सेवाको फाइदा लिन सक्छन् ।

    एनसेलबाट एनसेलमा कल गर्न टक टाइम चाहिने ग्राहकहरूले ३ दिनको लागि मान्य अनलिमिटेड डे अन नेट प्याक लिन सक्छन्, जसको मूल्य मात्र रु ५० रहेको छ । त्यसैगरी, रु ५९९ मा ग्राहकहरूले ८४ दिन अर्थता झण्डै तीन महिनासम्म प्रयोग गर्न मिल्ने ९९९ मिनेटको कुनै पनि नेपाली नेटवर्कमा कल गर्न मिल्ने अल नेपाल टक टाइम प्राप्त गर्न सक्छन् ।

    भारतमा फोन गरी सम्पर्कमा रहीरहन पर्ने ग्राहकहरूलाई लक्षित गर्दै, एनसेलले रु ४९ मा २८ दिनसम्म मान्य रहने इन्टरनेशनल लङ् डिस्ट्यान्स (आइएलडी) प्याक संचालन गरेको छ, जसअन्तर्गत ग्राहकहरूले भारतमा प्रतिमिनेट मात्र रु २.९९ (कर बाहेक) मा फोन गर्न सक्छन् । यो दर हाल लाग्दै आएको शुल्कभन्दा २५ प्रतिशत सस्तो हो ।

    सस्तो शुल्कमा बढी मोबाइल डेटाको माग बढिरहेको अवस्थालाई ध्यानमा राख्दै, एनसेलले २ आकर्षक प्याकहरू सार्वजनिक गरेको छ । रु ९९ पर्ने पहिलो प्याकमा ग्राहकहरुले ३ दिनसम्म अनलिमिटेड डेटा लिन सक्छन् । रु २,४९९ शुल्क रहेको दोस्रो प्याकमा ग्राहकहरुले ८४ दिनसम्म अनलिमिटेड डेटाको फाइदा लिन सक्छन् । यसले अनलिमिटेड डेटाको प्रति दिनको खर्च मात्र रु २९.८ मा झारेको छ ।

    आफ्नो लोकप्रिय सधैं अन प्याकअन्तर्गत, एनसेलले रु १,९९९ मा २८ दिनसम्म मान्य रहने अनलिमिटेड डेटा र अनलिमिटेड भ्वाइस सेवा रहेको प्याक संचालनमा ल्याएको छ । त्यसैगरी, ग्राहकहरुलाई रु १,१९९ मा ८४ दिनका लागि १,१९९ मिनेट अल नेपाल टक टाइम, २५ जीबी डेटा र ९९ एसएमएस पाइने अर्को प्याक पनि उपलब्ध गराएको छ ।

    ग्राहकहरूले यी प्याकहरू *१२३# डायल गरेर, एनसेल एपमार्फत वा नजिकैको एनसेल पसल वा सेन्टरबाट लिन सक्छन् ।

    “यी नयाँ अनलिमिटेड भ्वाइस, डेटा प्याकहरू र अन्य प्याकहरूमार्फत हामी सबैका लागि कनेक्टिभिटी अझ सहज र सस्तो बनाउँदै छौं । हामी हाम्रा ग्राहकलाई उनीहरूको डिजिटल जीवनशैलीसँग मेल खाने गरी सेवा प्रदान गर्दै, कनेक्टेड नेपालको निर्माणमा योगदान दिन प्रतिबद्ध रहेका छौं,” एनसेलका चीफ कमर्शीयल अफिसर उमेर मोहसिनले भने ।

    आफ्ना ग्राहकहरूलाई थप लाभ सुनिश्चित गर्दै, एनसेलले हाल जारी एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३ को अवसरमा सधैं अन रिन्यूअल ल्याक र साना डेटा प्याकहरूमा आकर्षक बोनसहरू पनि प्रदान गर्दै आएको छ । एनएसएल डबल डेटा अफरअन्तर्गत, रु ३९९ बाट सुरु हुने सधैं अन रिन्यूअल प्याकमा ग्राहकहरूले बोनसको रूपमा डबल डेटा प्राप्त गर्दछन् । त्यसैगरी, एनसेल एप मार्फत खरीद गरिने रु ५० को अनलिमिटेड डेटा र रु १५० को डबल मजा प्याकमा ग्राहकहरूले क्रमशः एनसेलबाट एनसेल नम्बरमा कल गर्न मिल्ने २० मिनेट टक टाइम र २ जीबी बोनस डेटा प्राप्त गर्दछन् ।

  • प्रभु बैंक लिमिटेड र गोरखा गार्डन होटलबीच विशेष छुट सम्झौता

    प्रभु बैंक लिमिटेड र गोरखा गार्डन होटलबीच विशेष छुट सम्झौता

    पोखरा । प्रभु बैंक लिमिटेड र गोरखा गार्डन होटल प्रा.लि. बीच व्यवसायिक साझेदारीको लागि मिति २०८२/०१/०२ मा एक कार्यक्रमका वीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

    मिति २०८२/०१/०२ गते एक समारोहका बीच गोरखा गार्डन होटल प्रा.लि. का तर्फबाट अध्यक्ष सुरेन्द्र कुवर, र प्रभु बैंक लिमिटेड तर्फबाट, बैंकका प्रमुख प्रदेश अधिकृत–गण्डकी प्रदेश राजु रानाले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।

    सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड/क्रेडीट कार्ड तथा बैकंको अन्य कुनै बिधुतीय माध्यम द्वारा बिल भुक्तानी गर्दा गोरखा गार्डन होटल प्रा.लि. मा उपलब्ध आवास, खाना तथा मनोरञ्जन लगायतका सेवाहरुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

    गोरखाको मुटुमा अवस्थित, गोरखा गार्डेन होटल आरामदायी बसाइको लागि न्यानो, परिवारमैत्री वातावरण, आरामदायी आवास र असाधारण सेवाको साथ मिश्रित नयाँ गन्तव्य हुन सक्छ । प्रभु बैंक लिमिटेड तथा गोरखा गार्डन होटल प्रा.लि. विच भएको योे साझेदारीले गोरखाको पर्यटनको प्रवद्र्धन हुनुका साथै प्रभु बैंक लिमिटेडका ग्राहकहरु पनि लाभान्वित हुनेछन् ।

  • स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले पायो प्रमाणीकरण

    स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले पायो प्रमाणीकरण

    काठमाडौँ । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड 8 Payment Card Industry-Data Security Standards (PCI-DSS) v.4.0.1 प्रमाणित भएको छ ।

    स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (SCT) ले हालसालै PCI DSS 4.0.1को प्रमाणीकरण प्राप्त गरेको छ, जुन हालसम्मको सर्वाधिक सुरक्षित र अद्यावधिक संस्करण मानिन्छ । PCI DSS (Payment Card Industry Data Security Standard) एक अन्तर्राष्ट्रिय स्तरको सुरक्षात्मक मापदण्ड हो, जुन भुक्तानी कार्ड सम्बन्धी डाटा सुरक्षा सुनिश्चित गर्नका लागि तयार गरिएको हो । यस मापदण्ड अन्तर्गत विभिन्न १२ प्रकारका सुरक्षा आवश्यकता र प्रक्रियाहरू निर्धारण गरिन्छ जसले डाटा चोरी, अनाधिकृत पहुँच तथा साइबर आक्रमणबाट बच्न सहयोग पुर्याउँछ ।

    कुनै पनि भुक्तानी सेवा प्रदायक संस्थाको लागि PCI DSS  जस्तो प्रमाणिकरण प्राप्त गर्नु एक महत्वपूर्ण उपलब्धि हो, किनभने यसले कम्पनीको प्रणाली, नेटवर्क तथा डाटा संरचनाहरू उच्चस्तरको सुरक्षा अनुरूप संचालन भइरहेका छन् भन्ने कुरा प्रमाणित गर्दछ । SCT जस्तो संस्थाले यस्तो प्रमाणीकरण प्राप्त गर्नु ग्राहकहरूको विश्वास जित्न, डिजिटल भुक्तानी सेवामा पारदर्शिता ल्याउन तथा साइबर जोखिमहरू न्यून पार्न अत्यन्त प्रभावकारी हुन्छ । PCI DSS 4.0.1 को पालना गर्नुले SCT लाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षित डिजिटल भुक्तानी पूर्वाधार निर्माण तथा व्यवस्थापन गर्न सक्षम बनाउँछ, जसले कम्पनीको दीर्घकालीन विकास र विश्वसनीयता थप सुदृढ बनाउँछ ।

    नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन बमोजिम कार्डमार्फत भुक्तानी कारोबार गर्न अनुमतिपत्रप्राप्त संस्थाले कारोबार तथा कार्डसंग सम्बन्धित संवेदनशील सुचनाको प्रत्याभूति गर्न कार्डको प्रकृति अनुसार PCI–DSS जस्ता अन्तराष्ट्रिय रुपमा प्रचलित मापदण्डहरु पालना गर्नुपर्ने नियम गरे अनुरुप यस संस्था PCI–DSS प्रमाणित हुदै आईरहेको छ ।

  • दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला

    दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला

    काठमाडौं । दराजले, दराज फ्युचर लिडर्स प्रोग्राम (डीएफएलपी) २०२५ को औपचारिक सुरुवातको घोषणा गरेको छ । नेपाल, पाकिस्तान, बंगलादेश र श्रीलंकामा एकैसाथ सञ्चालन गरिने यो ग्रुप–वाइड म्यानेजमेन्ट ट्रेनी कार्यक्रम हो । यसको प्रमुख उद्देश्य भन्नु नै, भविष्यका नेतृत्वदायी क्षमतायुक्त स्थानिय प्रतिभालाई पहिचान गर्दै ई–कमर्श क्षेत्रलाई थप समृद्ध बनाउदै लैजानु हो ।

    १५ महिने घुम्ती कार्यक्रमका रुपमा चल्ने यो प्रोग्राम, सन् २०२५ को जुलाईदेखि सुरु हुने जानकारी दिइएको छ । कार्यक्रम अन्तर्गत सहभागीले कम्पनीका मुख्य विभागहरूमा संरचित तरिकाले घुम्ती प्रशिक्षण लिने अवसर प्राप्त गर्नेछन् । वरिष्ठ नेतृत्वको मार्गदर्शनमा उहाँहरूले स्थानीय तथा अन्तर्राष्ट्रिय रणनीतिक टोलीसँग काम गर्ने अवसर प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ ।

    डीएफएलपी २०२५ हालै, १ वर्षभित्र स्नातक गरेका, शैक्षिक उत्कृष्टता र विश्लेषणात्मक क्षमतामा अब्बल, उत्साही र प्रेरित युवाहरूका लागि खुला गरिएको छ । उपयुक्त उम्मेदवारमा टीमवर्क, नेतृत्व क्षमताको सम्भावना, प्रभावकारी संवाद कौशल तथा अनुकुलनशीलता देखिनु आवश्यक रहेको कम्पनीले जानकारी दिएको छ ।

    आवेदन ८ बैशाखदेखि १४ दिनसम्म खुला रहने छ । इच्छुक उम्मेदवारहरूले दराजको करियर पृष्ठमार्फत आफ्नो उम्मेदवारीका लागि अनलाइन आवेदन दिन सक्नेछन् ।

    विभिन्न चरणको छनोट प्रक्रियामार्फत दराजले देशभरका विश्वविद्यालयहरुबाट योग्य युवाहरुको छनोट गर्नेछ । उनीहरूलाई द्रुत गतिमा अघि बढिरहेको प्रविधिनिर्भर वातावरणमा आवश्यक सीप, मार्ग निर्देशन तथा व्यवहारिक अनुभव प्रदान गर्ने कार्यक्रमको उद्देश्य रहेको छ ।

    कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्ने सहभागीलाई दराजभित्रको नेतृत्वदायी भूमिकामा दीर्घकालिन करियर विकासका अवसरहरू प्रदान गरिने कम्पनीले जानकारी दिएको छ । साथै, उत्कृष्ट प्रदर्शन गर्ने उम्मेदवारलाई उचित पारिश्रमिक तथा पुरस्कारद्वारा सम्मान समेत गरिनेछ ।

    “दराज फ्युचर लिडरशिप प्रोग्राम मेरो करियरका लागि एक मेजर टर्निङ प्वाइन्ट सावित भयो । कार्यक्रममा अपनाइएको घुम्ती संरचनाले व्यवसायका विविध पक्षहरू नजिकबाट नियाल्ने तथा बुझ्ने राम्रो अवसर प्रदान गर्यो । कार्यक्रम अन्तर्गत अवसरका रुपमा उपलब्ध गरिएका हरेक प्रोजेक्टले मलाई समन्वयमा काम गर्न, गहिरो विश्लेषण गर्न तथा रणनीतिक सोच विकास गर्न प्रेरित गर्याे ।”, नेपालबाट डीएफएलपीका पूर्व सहभागी स्वाति कर्णले भनिन्, “यस अनुभवले मलाई एक आत्मविश्वासी, डेटा–चिन्तनशील तथा द्रुत गतिमा निर्णय गर्नसक्ने ब्यक्ती बनायो ।”

    डीएफएलपले दराजको दक्षिण एशियामा डिजिटल रूपान्तरणको प्रतिबद्धतालाई दर्साउँछ । यस कार्यक्रममार्फत दराजले सम्भावना बोकेका युवाहरूलाई सक्षम बनाई नवप्रवर्तनको प्रवद्र्धन र डिजिटल अर्थतन्त्रमा योगदान पुर्याउन सक्ने बनाउने लक्ष्य लिएको छ ।

    दराज फ्युचर लिडर्स प्रोग्राम २०२५ सम्बन्धी थप जानकारीका लागि दराजको करियर पृष्ठमा जानु हुन कम्पनीले अनुरोध गरेको छ ।

  • एनआईसी एसिया बैंकको ‘नयाँ वर्षको नयाँ सुरुवात, जित्नुहोस् आईफोन १६’ योजना घोषणा

    एनआईसी एसिया बैंकको ‘नयाँ वर्षको नयाँ सुरुवात, जित्नुहोस् आईफोन १६’ योजना घोषणा

    काठमाडौं । एनआईसी एसिया बैंकले नयाँ वर्षमा मोबाइल बैंकिङ्ग सेवा प्रदायक एफवानसफ्ट प्रा.लि.सँगको सहकार्यमा आफ्ना ग्राहकहरुका लागि आकर्षक योजनासहितको ‘नयाँ वर्षको नयाँ सुरुवात, जित्नुहोस् iphone 16’ योजना घोषणा गरेको छ । यस योजनामा सहभागी हुने ग्राहक महानुभावहरुले iphone 16 जित्न सक्नेछन् ।

    यस योजनामा सहभागी हुनका लागि ग्राहकहरुले यस बैंकको मोबाइल बैंकिङ्ग एप (मोबैंक) मार्फत रु. १०० वा सो भन्दा बढीको मोबाइल टपअप गर्नुपर्ने छ । योजना अवधि समाप्त भएपछि यस योजनामा सहभागी हुने ग्राहकहरुमध्येबाट गोलाप्रथाद्वारा एक जना भाग्यशाली ग्राहकलाई विजेता घोषणा गर्दै iphone 16 प्रदान गरिनेछ । यो योजना २०८२ वैशाख १ गतेदेखि २०८२ वैशाख ३१ गतेसम्म सञ्चालन हुनेछ ।

    नयाँ वर्ष २०८२ ले ग्राहकहरुमा थप खुसी, उत्साह र उमंग थपोस् भन्ने कामनासहित यस योजनाले ग्राहकहरुसँगको आत्मीय सम्बन्ध अझ बढी प्रगाढ, सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बनाउनेछ भन्ने विश्वास बैंकले लिएको छ ।

  • सिटिजन्स बैंकद्वारा रक्षा नेपाललाई सहयोग प्रदान

    सिटिजन्स बैंकद्वारा रक्षा नेपाललाई सहयोग प्रदान

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यौन शोषणमा परेका बालिका र महिला, विशेषगरी बेचबिखन र यौन हिंसाको जोखिममा परेका बालबालिकाको सुरक्षाको लागि प्रशंसनिय कार्य गर्दै आएको संस्था रक्षा नेपाललाई दैनिक उपभोग्य खाद्यान्न सामाग्री र स्यानिटरी प्याड सहयोग प्रदान गरेको छ । दुई दशकदेखि विभिन्न हिंसामा परेका महिला, किशोरी तथा बालबालिकाको सुरक्षा र पुर्नस्थापनामा लागिपरेको संस्था रक्षा नेपालले उनीहरूलाई सीप, शिक्षा, काउन्सेलिङ, कानूनी सहयोग, आत्मरक्षा र आत्मजागरूकता मार्फत आत्मनिर्भर बनाउने प्रयास गरिरहेको छ ।

    बैंकले एक समारोहका बीच रक्षा नेपाललाई सामाग्रीहरु हस्तान्तरण गरेको हो । बैंकको यो सहयोगप्रति धन्यबाद ज्ञापन गर्दै उनीहरुले आगामी दिनमा पनि महिला र बालबालिकाको अधिकारको लागि कार्यहरु गर्दै जान हौसला मिलेको कुरा बताए । समाजमा उल्लेखनीय मानवीय कार्य गर्दै आएको संस्थालाई सहयोग गर्न पाँउदा संस्थाको संचालनमा केही सहजता हुने विश्वास बैंकले लिएको छ । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको विषय जानकारी गराएको छ ।

    विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड”(भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र CRN नम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

     

  • डिजिटल कारोबारमा सिटिजन्स बैंकको छुटै छुट

    डिजिटल कारोबारमा सिटिजन्स बैंकको छुटै छुट

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको उपलक्ष्यमा डिजिटल बैंकिङ कारोबारमा आकर्षक छुट योजना सार्वजनिक गरेको छ ।

    वैशाख ७ गतेको वार्षिकोत्सवलाई मध्यनजर गर्दै बैंकले यही वैशाख १ देखि ३१ गतेसम्म १ महिनाको लागि विभिन्न सेवा सुविधामा भारी छुट र क्यासब्याकलगायतका योजना सार्वजनिक गरेको हो ।

    सो योजनाअन्तर्गत डेबिट कार्ड प्रयोगकर्ताले पहिलोपटक (POS) मेसिन वा अनलाइनमार्फत १ हजार वा बढीको कारोबार गर्दा १८ प्रतिशत वा बढीमा १८० क्यास ब्याक दिइने बैंकले जनाएको छ ।

    त्यस्तै QR Code स्क्यान गरी भुक्तानी गर्ने ग्राहकका लागि ५ सय वा बढीको कारोबार गर्दा १८ प्रतिशत वा बढीमा १८० क्यास ब्याक प्रदान गरिनेछ । साथै Fonepay Merchan ले आफ्नो व्यवसायिक कारोवार रकम QR मार्फत् प्राप्त गर्दा प्रत्येक दिन एकजना Merchant लाई १८ सयसम्म क्यासब्याक प्राप्त हुनेछ ।

    बैंकले योजना अवधिभर ई-कम कार्ड लिई पहिलो पटक Top Up गर्दा शुल्क नलाग्ने, निःशुल्क डिम्याट खाता खोलिदिने व्यवस्था, स्मार्ट बचत खाता खोली पहिलो पटक मोबाईल बैंकिङमार्फत् मोबाइलमा रिचार्ज गर्दा १५ प्रतिशत वा बढीमा ५० क्यासब्याक उपलब्ध पाउनु हुनेछ । साथै बैंकको एक मोबाइल बैंकिङ्ग ग्राहकलाई निःशुल्क माउन्टेन फ्लाईट टिकट प्राप्त हुनेछ ।

    वार्षिकोत्सवकै उपलक्ष्यमा वैशाख महिनाभर भर्चुअल क्रेडिट कार्ड जारी गर्दा पहिलो वर्षको जारी शुल्कमा पनि ५० प्रतिशत छुटको व्यवस्था रहेको छ । डिजिटल कारोबारमा प्रदान गरिने यस्ता आकर्षक छुट योजनाले आम सर्वसाधारणहरू नगदरहित कारोबारमा अभ्यस्त हुने र समग्र डिजिटल बैंकिङलाई वढवा मिल्ने बैंकले विश्वास जनाएको छ ।

    ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समयअघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ । साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र CRN नम्बर सेवा लिन सकिने सुविधा पनि ल्याएको छ ।

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभर ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा एटीएम ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ्ग इकाइहरूबाट १८ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।