Category: कर्पोरेट प्रेस

  • सिमलेस दुबई २०२५ मा नेपाल पविलियनको उद्घाटन- नेपाली फिन्टेकको ऐतिहासिक सुरुवात

    सिमलेस दुबई २०२५ मा नेपाल पविलियनको उद्घाटन- नेपाली फिन्टेकको ऐतिहासिक सुरुवात

    दुबई । विश्वकै सबैभन्दा ठूलो तथा प्रभावशाली डिजिटल वाणिज्य र फिन्टेक प्रदर्शनी Seamless Dubai 2025 मा पहिलोपटक नेपाल पविलियनको औपचारिक उद्घाटन भएको छ, जसले नेपालको फिन्टेक र डिजिटल नवप्रवर्तन यात्रामा एक ऐतिहासिक मोड ल्याएको छ।

    फिन्टेक एलायन्स नेपाल (FAN) को नेतृत्वमा सुरु गरिएको यो नवीन पहलले ( वटा अग्रणी नेपाली आइटी तथा फिन्टेक कम्पनीहरूलाई एउटै राष्ट्रिय ब्यानर अन्तर्गत एकजुट गर्दै नेपालको नवीनता, आकांक्षा र अन्तर्राष्ट्रिय सम्भावनालाई विश्वमञ्चमा प्रस्तुत गरेको छ। तीन दिनसम्म चल्ने यो प्रदर्शनीको उद्घाटन समारोहमा संयुक्त अरब इमिरेट्सका लागि नेपालका राजदूत तेजबहादुर क्षेत्री तथा विश्वभरका प्रमुख CEO, CXO र फिन्टेक अधिकारीहरूको उपस्थिति रहेको थियो।

    Seamless को आयोजक समिति संगको नजिकको समन्वयमार्फत, FAN ले दुबई वर्ल्ड ट्रेड सेन्टरको हल ८, H8-F20 मा ८x८ वर्ग मिटरको पविलियन सुरक्षित गर्न सफल भयो, जसले अन्तर्राष्ट्रिय फिन्टेक मञ्चमा नेपाललाई अहिलेसम्मकै सबैभन्दा दृश्यात्मक उपस्थिति दिएको छ। यो पविलियन नेपाली सिर्जनशीलतालाई उजागर गर्न, सीमापार साझेदारीहरू प्रवर्द्धन गर्न, र विश्वव्यापी फिन्टेक खेलाडीहरूलाई नेपालको डिजिटल अर्थतन्त्रमा उदाउँदै गरेका अवसरहरू अन्वेषण गर्न निमन्त्रणा दिने उद्देश्यले डिजाइन गरिएको हो।

    FAN का अध्यक्ष तथा Citytech Global का CEO साजन शर्माका अनुसार, “यो केवल एउटा साधारण स्टल मात्र नभई, हाम्रो क्षमता र सम्भावनाको स्पष्ट सन्देश हो। मैले लगातार धेरै वर्षदेखि Seamless मा सहभागिता जनाउँदै आएको छु र विश्व फिनटेक क्षेत्रको रूपान्तरणलाई नजिकबाट अवलोकन गरेको छु। अघिल्लो वर्षहरूमा Citytech ले एकल प्रदर्शकको रूपमा सहभागिता जनाउनु रोमाञ्चक अनुभव थियो, तर आज यहाँ सम्पूर्ण नेपाली नवप्रवर्तनले भरिएको पविलियनमा उभिनु, मलाई एक नेपालीको हैसियतले र यो उद्योगको योगदानकर्ताको रूपमा अपार गर्वले भरिएको महसुस गराएको छ।”

    नेपाल पविलियनमा सहभागी कम्पनीहरू :

    • सिटी एक्सप्रेस मनी ट्रान्सफर
    • सिटीटेक ग्लोबल
    • आइएमई लिमिटेड
    • एनएमबी बैंक
    • ल्याम्डा पेमेंट्स
    • माइक्रोब्यांकर नेपाल
    • प्रोग्रामिज
    • आइमार्क प्रा. लि
    • रारा ल्याब्स

    २९ सदस्य कम्पनीहरूसहित फिनटेक एलायन्स नेपाल (FAN) ले Fintech Fridays र Fintech Socials जस्ता इकोसिस्टम निर्माण गर्ने कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गर्दै आएको छ। FAN ले यो पहिलो अन्तर्राष्ट्रिय सहभागितालाई एक निर्णायक र प्रेरणादायी सुरुवातको रूपमा लिएको छ। “महिनौंको कठिन परिश्रम, समन्वय, र साझा दृष्टिकोणमा विश्वासका कारण मात्रै यो सम्भव भएको हो,” सजन शर्माले भने। “तर यो त केवल सुरुवात हो। हामीले झन्डा गाडिसकेका छौं, अब सहकार्य र सम्भावनाको सेतु तयार गर्ने बेला आएको छ।”

    यदि तपाईं Seamless मा सहभागी हुनुहुन्छ भने, Hall 8, Booth H8-F20 मा रहेको नेपाल पविलियनमा अवश्य जानुहोस्। नेपाली झन्डा पछ्याउनुहोस्, त्यहाँ पुग्दा तपाईंले महसुस गर्नुहुनेछ, यो केवल प्रदर्शनीको ठाउँ होइन, नेपाली प्रतिभा र सम्भावनाको जीवित सन्देश हो।

     

  • जनकपुर र बर्दिबासमा लक्ष्मी अटोकम्पद्वारा निःशुल्क ब्याट्री चेकअप क्याम्प सम्पन्न

    जनकपुर र बर्दिबासमा लक्ष्मी अटोकम्पद्वारा निःशुल्क ब्याट्री चेकअप क्याम्प सम्पन्न

    काठमाडौं । TATA GREEN BATTERIES को नेपालका लागि आधिकारिक वितरक लक्ष्मी अटोकोम्प प्रा.लि. ले उपत्यका बाहिर जनकपुर र बर्दिबास क्षेत्रमा पहिलो पटक आयोजना गरेको निःशुल्क ब्याट्री जाँच शिविर सफलतापूर्वक सम्पन्न गरेको छ।

    शिविर २०८२ बैशाख ३० गतेदेखि जेठ २ गतेसम्म निम्न चार स्थानमा सञ्चालन गरिएको थियो

    – श्रेष्ठ ट्रेडर्स – बर्दिबास

    – स्टार जनरल सप्लायर्स – बजरंग चौक, जनकपुर

    – श्री जानकी ट्रेडर्स – भानुचोक, जनकपुर

    – रोशन ट्रयाक्टर पार्ट्स – पिडारीचोक, जनकपुर

    शिविर अवधिमा, टू-ह्वीलर र फोर-ह्वीलर दुबै प्रकारका सवारी साधनहरूको ब्याट्री जाँच निःशुल्क रूपमा गरिएको थियो। गाडी चालक र आगन्तुकहरूलाई ब्याट्री सम्बन्धी जानकारी दिइएको थियो, जसले ग्राहकहरूको विश्वासमा वृद्धि गरेको छ।

    २-पाङ्ग्रे ब्याट्री खरिदकर्तालाई टिसर्ट, पेन, नोटप्याड, टोपी, छाता, र कीरिङ्सहितको गिफ्ट ह्याम्पर, र ४-पाङ्ग्रे/इन्वर्टर ब्याट्री खरिदकर्तालाई आइरन र झोला वितरण गरिएको थियो। केवल जाँच गराउन आएका आगन्तुकहरूलाई पनि स्टेशनरी सामग्री र छुट कुपन वितरण गरिएको थियो।

    कार्यक्रममा करिब ३०० भन्दा बढी सहभागीहरूको उल्लेखनीय उपस्थिति रह्यो। कार्यक्रमको नेतृत्व लक्ष्मी अटोकोम्पका सेल्स हेड उमेश घिमिरेले गरेका थिए ।

    शिविरले ग्राहक, चालक र डिलरहरूसँग प्रत्यक्ष अन्तर्क्रिया गर्दै TATA GREEN BATTERIES को सशक्त उपस्थिति जनकपुर र बर्दिबास क्षेत्रमा स्थापित गरेको छ। कम्पनीले भविष्यमा यस्ता सेवामूलक कार्यक्रमहरू नेपालका अन्य भागहरूमा पनि सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

  • एभरेष्ट बैंकको सिन्धुलीमा १३२औँ शाखा विस्तार

    एभरेष्ट बैंकको सिन्धुलीमा १३२औँ शाखा विस्तार

    काठमाडौं । एभरेष्ट बैंकले आफ्नो शाखा विस्तारको क्रममा मिति २०८२ साल जेठ ५ गते बागमती प्रदेशको सिन्धुली जिल्ला अन्तर्गत कमलामाई नगरपालिका वडा नं ६ मा आफ्नो १३२औँ शाखा विस्तार गरेको छ । यो शाखासँगै बागमती प्रदेशमा बैंकको शाखा संख्या ४७ पुगेको छ । यस शाखाको विस्तार सँगै सिन्धुलीवासीले अत्याधुनिक, सरल र सहज बैंकिङ्ग सुविधा लिनसक्ने विश्वास बैंकले गरेको छ ।

    कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेल र बैंकका संचालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यबाट संयुक्त रुपमा उद्धघाटित सो समारोहमा कमलामाई नगरपालिका वडा नं ६ का वडाध्यक्ष उज्वल कुमार थापा, सिन्धुली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष देव नारायण श्रेष्ठ, प्रहरी नायव उपरीक्षक सूर्य प्रकाश सुबेदी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ तथा बैंकका कर्मचारीहरु लगायत स्थानीयवासीको उत्साहजनक उपस्थिती रहेको थियो ।

    सो उद्धघाटन समारोहमा कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेलले बैंकको उपस्थिती सँगै बैंकले गुणस्तरीय सेवा, सुविधा र सन्तुलित लगानी गर्ने विश्वास प्रकट गर्नुभयो साथै बैंकका सञ्चालक समितिका अध्यक्ष डा. वैद्यले एभरेष्ट बैंकको शाखा कार्यालय सिन्धुलीमा सञ्चालनमा आए सँगै यहाँका वासिन्दाहरुलाई सबल, सरल, उत्कृष्ट साथै अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने प्रतिवद्दता व्यक्त गरे ।

  • टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला

    टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला

    काठमाडौं । नेपालमा टिभीएसको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभीएस ग्रेट ग्राण्ड एक्सचेन्ज एण्ड फाइनान्स मेला’ आयोजना गर्न लागेको छ । यही जेठ ७ देखि १२ गतेसम्म काठमाडौँको प्रसिद्ध स्थल ‘भृकुटीमण्डप’ मा आयोजना हुनेछ । यो विशेष अवसरमा ग्राहकहरूले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ टिभीएस सवारी घर लैजान सक्नेछन् ।

    मेला सुरु हुनु अगावै, जेठ ६ गतेसम्म नयाँ टिभीएस सवारीको प्रि-बुकिङ गर्ने ग्राहकले रू. ५,००० बराबरको उपहार प्राप्त गर्नेछन् । यो सीमित अवधिको अफरले इच्छुक ग्राहकलाई अझ लाभदायक बनाउनेछ ।

    मेला अवधिभर ग्राहकहरूले पुरानो सवारीको न्यूनतम मूल्याङ्कन रू. ३०,००० सम्मको सुनिश्चित प्राप्त गर्नेछन् । ५० भन्दा बढी रीकन्डिसन हाउसहरूको सहभागितासहित, मेलामा सबैभन्दा उच्च मूल्याङ्कनको विश्वस्तता दिइनेछ । त्यसका साथै, ग्राहकहरूले रू. ८,००० सम्मको नगद छुट, रू. १०,००० रुपैयाँसम्मको थप मूल्याङ्कन पाउनेछन् र शून्य प्रतिशत ब्याजदरमा सवारी किन्ने सुविधा पनि उपलब्ध हुनेछ (नियम तथा सर्त लागु हुने)। नयाँ सवारी खरिद गर्ने प्रत्येक ग्राहकले हेल्मेट, झोला, बाइक कभर, र रेनकोट नि:शुल्क उपहारस्वरूप प्राप्त गर्नेछन् ।

    मेलामा अफरहरू मात्र होइन, रमाइलो अनुभव पनि सुनिश्चित गरिएको छ । आगन्तुकहरूले लाइभ ब्यान्डको प्रस्तुति, स्टन्ट शो, टेस्ट राइड, विभिन्न खेलहरू, एसीहल, सौन्दर्य ब्रान्डहरूको प्रदर्शनी, स्वादिलो खानेकुरा र बालबालिकाका लागि विशेष क्षेत्रको मजा लिन सक्नेछन्। मेलाले सम्पूर्ण परिवारलाई लक्षित गर्दै रमाइलो वातावरण सहित सम्पूर्ण मनोरञ्जन प्रदान गर्नेछ ।

    जगदम्बा मोटर्सले सबै दुई पाङ्ग्रे सवारी प्रेमीहरू र सम्भावित ग्राहकहरूलाई भृकुटीमण्डपमा जेठ ७ देखि १२ सम्म उपस्थित भएर टिभीएस ग्रेट ग्राण्ड एक्सचेन्ज एण्ड फाइनान्स मेलामा सहभागी हुन हार्दिक आमन्त्रण गर्दछ। आफ्नो सवारी अद्यावधिक गर्ने, लाभदायक अफरहरू प्राप्त गर्ने र उत्सवको अनुभव लिन नछुटाउनुहोस् ।

  • सिटिजन्स बैंक र क्लब टेन एक्सबिच समझदारी

    सिटिजन्स बैंक र क्लब टेन एक्सबिच समझदारी

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ठमेल, काठमाडौं स्थित क्लब 10X बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

    सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्ड बाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले क्लब 10Xमा २०℅ आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

    बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साह गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

    विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र CRNनम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख ८८ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

  • कजारियाको नयाँ सोरुम गैंडाकोट, नवलपुरमा उद्घाटन

    कजारियाको नयाँ सोरुम गैंडाकोट, नवलपुरमा उद्घाटन

    गैंडाकोट । भारतको नम्बर १ टायल कम्पनी, कजारियाले नेपालमा आफ्नो उपस्थिति अझै मजबुत बनाउँदै गैंडाकोट, नवलपुरमा अत्याधुनिक सोरुम उद्घाटन गरेको छ । न्यू राजस्थानी मार्बल एण्ड टाइल्स सप्लायर्स द्वारा सञ्चालित यस सोरुमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ ।

    उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनको उपस्थिति रहेको थियो । साथै, कजारिया रमेश टाइल्स लिमिटेडका क्षेत्रीय सेल्स प्रतिनिधि विकाश गौतम ज्यूको उपस्थितिले कार्यक्रमलाई थप गौरवमय बनायो । यस अवसरलाई विशेष बनाउन, प्रमुख अतिथिले रिबन काटेर यस महत्वपूर्ण विस्तारको शुभारम्भ गरे ।

    समारोहलाई सम्बोधन गर्दै कजारिया रमेश टाइल्स लिमिटेडका राष्ट्रिय प्रबन्धक अभ्याश भूषण तिवारीले नयाँ सोरुमको उद्घाटनप्रति आफ्नो उत्साह व्यक्त गरे । उनले भने, “हाम्रो उद्देश्य भनेको आर्किटेक्ट, निर्माण व्यवसायी र घरधनीहरूलाई टिकाउ र उच्च गुणस्तरका उत्पादनहरू दिनु हो, जसले कार्यक्षमता र डिजाइन दुबैमा सुधार ल्याउने छ।”

    नवलपुर जिल्लाको महत्वपूर्ण क्षेत्र गैंडाकोटमा रहेको यो नयाँ सोरुमले प्रिमियम टायलहरूको विस्तृत संग्रह प्रदान गर्दछ, जसले ग्राहकहरूलाई सजिलो पहुँच र सुविधा सुनिश्चित गर्दछ । यसको विस्तारसँगै, कजारिया उच्च गुणस्तर र डिजाइनका नयाँ मापदण्डहरू सेट गर्ने आफ्नो मिशनलाई निरन्तर अघि बढाउँदै नेपालका निर्माण सामग्रीको क्षेत्रमा आफ्नो नेतृत्वलाई बलियो बनाउँदै छ ।

    प्रिमियम टाइल्सलाई नेपालभर सहजै उपलब्ध गराउने आफ्नो लक्ष्यलाई निरन्तरता दिँदै यस शोरुमको शुभारम्भ कजारियाको लागि महत्वपूर्ण उपलब्धि हो ।

    रमेश कर्प र भारतको अग्रणी टायल उत्पादक कजारिया सेरामिक्स लिमिटेडको संयुक्त उद्यम कजारिया रमेश टाइल्स लिमिटेडले नवलपरासीमा नेपालको सबैभन्दा ठूलो टायल उत्पादन प्लान्ट स्थापना गरेको छ । नेपाललाई टाइल्समा आत्मनिर्भर बनाउने लक्ष्यका साथ आयोजनाले वार्षिक ५२ लाख वर्गमिटर टायल उत्पादन गर्नेछ । यो ४०० करोड नेपाली रुपैयाँ लगानीले अर्थतन्त्रलाई उकास्ने र सुलभ मूल्यमा विश्वस्तरीय कजारिया टाइल्स उपलब्ध गराउने लक्ष्य राखेको छ । यो प्लान्टले स्थानीय अर्थतन्त्रलाई उल्लेखनीय रूपमा बढावा दिनुका साथै हजारौं रोजगारीका अवसरहरू प्रदान गर्नेछ, स्थानीय समुदायको जीवनलाई समृद्ध बनाउनेछ र वृद्धि र विकासलाई बढावा दिनेछ ।

     

  • हुन्डाई इलेक्ट्रिक सवारी साधनहरूमा प्रि- बजेट अफर

    हुन्डाई इलेक्ट्रिक सवारी साधनहरूमा प्रि- बजेट अफर

    काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई इलेक्ट्रिक सवारी साधनहरूमा आकर्षक प्रि- बजेट अफर ल्याएको छ । यो अफर सीमित समयको लागि २०८२ जेठ ५ गतेदेखि २०८२ जेठ १४ गतेसम्म लागू हुनेछ । अफरले ग्राहकहरूलाई हुन्डाई कोना इलेक्ट्रिक, पुरस्कार विजेता आइओएनआइक्यू ५ र क्रेटा इभीमा लागु गरिएको छ ।

    यो अफर नेपाली उपभोक्ताहरूको बीचमा विद्युतीय सवारी साधनको पहुँचलाई बढाउन डिजाइन गरिएको हो । यस योजना अन्तर्गत, नयाँ हुन्डाई कोना इलेक्ट्रिक, आइओएनआइक्यू ५ र क्रेटा इभी खरिद गर्ने ग्राहकहरूले प्रोत्साहनस्वरूप विभिन्न लाभ उठाउनेछन् ।

    प्रि-बजेट छुट योजनाको मुख्य विशेषताहरूमा निःशुल्क बीमा रहेको छ, जसमा ग्राहकहरूले आफ्नो नयाँ हुन्डाई इभीको लागि निःशुल्क बीमा कभरेज प्राप्त गर्नेछन् । साथै यस अफरमा ग्राहकहरूले सडक करसमेत निःशुल्क पाउने छन् । यसका साथै तीनवटै मोडेलहरूमा विशेष नगद छुट प्रदान गरिनेछ, जसले यी अत्याधुनिक विद्युतीय सवारी साधनहरूलाई पहिलेभन्दा बढी किफायती बनाउनेछ।

    यो प्रि-बजेट योजना ग्राहकहरूलाई विशेष अफरसहितको सुबिधा प्रदान गर्ने एक एक सक्रिय पहल हो । इभी गाडीका पारखीहरुका लागि प्रत्येक मोडेलमा विशेष अफरहरूको बारेमा थप जान्न र आफ्नो मनपर्ने हुन्डाई इलेक्ट्रिक गाडी बुक गर्न आफ्नो नजिकको हुन्डाई शोरूममा जान प्रोत्साहित गर्दछौं ।

    हुन्डाईको विद्युतीय सवारी साधनको क्रान्तिमा सामेल हुने, आकर्षक छुट र अन्य अफरको फाइदा उठाउन यो महत्वपूर्ण अवसरको सदुपयोग गर्न आग्रह गर्दछौं । लक्ष्मी हुन्डाईले री – लाक्स चार्जिङ नेटवर्क विस्तार गरेर इभी इकोसिस्टमलाई अझ बलियो बनाएको छ, जसमा हाल देशभरका विभिन्न स्थानहरूमा डिसी र एसी दुवै प्रकारका ६६ सक्रिय चार्जर स्टेसन रहेका छन् । साथै हामी ग्राहकहरूलाई समान विश्वसनीय सेवा, पार्टपुर्जा उपलब्धता र बिक्री पछिको समर्थन सुनिश्चित गर्दछौं ।

  • एनसेल बन्यो अपाङ्गता समावेशीकरण प्रवर्द्धन गर्ने पहिलो नेपाली टेलिकम कम्पनी, जीएसएमएसँग सहकार्य

    एनसेल बन्यो अपाङ्गता समावेशीकरण प्रवर्द्धन गर्ने पहिलो नेपाली टेलिकम कम्पनी, जीएसएमएसँग सहकार्य

    काठमाडौं । एनसेलले अपाङ्गता भएका व्यक्तिहरूको डिजिटल समावेशीकरण प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धताअनुसार जीएसएमएले जारी गरेको अपाङ्गता भएका व्यक्तिहरूका लागि डिजिटल समावेशीकरण प्रवर्द्धन गर्ने सिद्धान्तहरूमा हस्ताक्षर गरेको छ। यससँगै एनसेल उक्त सिद्धान्तमा हस्ताक्षर गर्ने पहिलो नेपाली मोबाइल सेवा प्रदायक कम्पनी बनेको छ।

    जीएसएमए विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीहरूको छाता संगठन हो, जसले डिजिटल समावेशीकरणलाई प्रवर्द्धन गर्न र मोबाइल सेवामा अपाङ्गता भएका व्यक्तिहरूको पहुँचको खाडल हटाउन प्रेरणा र मार्गनिर्देशन प्रदान गर्छ। यी सिद्धान्तहरूमा एनसेलको हस्ताक्षरले मोबाइल प्रविधि र डिजिटल सेवाहरूमा सबैका लागि समान पहुँच र अवसर सुनिश्चित गर्नेतर्फ कम्पनीको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्छ।

    एनसेलले यसअघि पनि विभिन्न समावेशी पहलकदमीहरू सञ्चालन गर्दै आएको छ। यस्ता पहलहरूमा ‘सधैँ अन’ योजनाअन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूलाई डेटामा ५० प्रतिशत छुट, ग्राहकमैत्री सेवा केन्द्रहरूको स्थापना, अपाङ्गता मैत्री कार्यालय संरचना निर्माण, र नेपालका पारा खेलाडीहरूलाई सशक्त बनाउने सहकार्य लगायतका कार्यक्रमहरू समावेश छन्।

    एनसेलका अनुसार, अब कम्पनीले आफ्ना सेवा तथा सुविधाहरूलाई अझै पहुँच योग्य बनाउँदै लैजाने, समावेशी ग्राहक अनुभव प्रवर्द्धन गर्ने, र विभिन्न समुदायहरूसँग सहकार्य गर्दै सकारात्मक सामाजिक प्रभाव सिर्जना गर्ने लक्ष्य लिएको छ।

    हस्ताक्षरकर्ताको रूपमा एनसेलले आफ्नो संस्थागत रणनीतिभित्र पहुँच योग्यतालाई समावेश गर्ने, समावेशी सेवा तथा समाधानहरू विकास गर्ने, र अपाङ्गता भएका व्यक्तिहरूको समुदायसँग सक्रिय संवादमार्फत उनीहरूको विशेष आवश्यकतालाई बुझ्ने तथा सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ।

    एनसेल फाउन्डेसन एन्ड स्पेशल प्रोजेक्ट्स डाइरेक्टर विशाखा लक्ष्मी खड्काले भनिन्, “हामीले केवल सम्पर्क स्थापित गर्ने कनेक्टिभिटी सेवा मात्र उपलब्ध गराइरहेका छैनौं, हामी मानिसहरूलाई सशक्त बनाइरहेका छौं। जीएसएमएसँग अपाङ्गता भएका व्यक्तिहरूको डिजिटल समावेशीकरण प्रवर्द्धन गर्ने यी सिद्धान्तहरूमार्फत हामी नेपालको डिजिटल भविष्यमा कोही पनि पछि नपरोस् भन्ने सुनिश्चित गर्न महत्वपूर्ण कदम अगाडि बढाइरहेका छौं। हातेमालो गर्दै, हामीले डिजिटल दुनियामा सफल हुने समावेशी र सशक्त समाज निर्माण गर्ने लक्ष्य राखेका छौं।”

    जीएसएमएसँगको सहकार्यसँगै, एनसेलले अब विश्वभरका दूरसञ्चार कम्पनीहरूसँग मिलेर मोबाइल प्रविधिलाई अझ समावेशी बनाउनका लागि संयुक्त पहल गर्नेछ। यसले अपाङ्गता भएका व्यक्तिहरूलाई केवल कनेक्टेड बनाउने मात्र होइन, उनीहरूको सामाजिक र आर्थिक सशक्तिकरणमा समेत टेवा पुर्‍याउने विश्वास गरिएको छ।

  • स्याकार ट्रेडिङद्वारा विराटनगरमा होण्डाको फ्री सर्भिस क्याम्प सम्पन्न

    स्याकार ट्रेडिङद्वारा विराटनगरमा होण्डाको फ्री सर्भिस क्याम्प सम्पन्न

    काठमाडौं । होण्डा गाडीको नेपाली आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले विराटनगर, धरान, दमक, बिर्तामोडलगायतका सहर लक्षित गरी ३ दिने फ्री सर्भिस क्याम्पस सम्पन्न गरकेो छ ।

    विराटनगरको आधिकारिक सर्भिस सेन्टर सुबध अटो सर्भिस सेन्टरमा फ्री सर्भिस क्याम्प र होण्डा ईलेभेट गाडीको टेष्ट ड्राइभ गरिएको हो । क्याम्पमा लेबर चार्जमा २० प्रतिशत, पार्टसमा ७ प्रतिशत, ल्युबमा ५ प्रतिशत र HDS SCAN का साथै २००१ मोडलदेखि २०१४ मोडलसम्मका कम्पनीले तोकिएका गाडीमा होण्डा सेफ्टि रिकल अन्र्तगत फ्रिमा एयर ब्याग परिवर्तन गरेको कम्पनीले जनाएको छ ।

  • ग्लोबल आइएमई बैंक पीसीआई-डीएसएसमा प्रमाणीकरण

    ग्लोबल आइएमई बैंक पीसीआई-डीएसएसमा प्रमाणीकरण

    काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेड कार्ड प्रयोगकर्ताको डाटा सुरक्षास्तर प्रमाणीकरण गर्ने पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सेक्युरिटी स्टान्डर्डमा प्रमाणीकरण भएको छ । नेटवर्क इन्टेलिजेन्सबाट पीसीआई-डीएसएसमा प्रमाणीकरणसँगै बैंकका कार्ड प्रयोगकर्ताको डाटा सुरक्षित भएको प्रमाणित भएको हो ।

    नेटवर्क इन्टेलिजेन्स पीसीआई सेक्युरिटी स्टान्डर्डस् काउन्सिलबाट मान्यता प्राप्त क्वालिफाइड सेक्युरिटी असेसर (क्यूएसए) हो । यो निजी संस्थाले कार्डको सुरक्षासम्बन्धी विषयहरु मूल्याङ्कन गर्ने गर्दछ।

    नेटवर्क इन्टेलिजेन्सबाट कार्डको सुरक्षासम्बन्धी मूल्याङ्कन र पीसीआई-डीएसएसमा प्रमाणीकरणसँगै बैंकका कार्ड प्रयोगकर्ताको डाटा सुरक्षित भएको प्रमाणित हुन्छ। बैंकले कार्ड प्रयोगकर्ताहरुको डाटाको सुरक्षा सुनिश्चिताको लागि प्रणालीगत र संस्थागत रुपमा आन्तरिक नियन्त्रण गर्न आवश्यक सुरक्षा डिजाइन र कार्यान्वयनमा विशेष ध्यान दिएको छ। प्रयोगकर्ताको डाटा सुरक्षामा बैंकले निरन्तर प्रयास जारी राख्नुका साथै आफ्नो प्रतिवद्धतालाई स्वतन्त्ररुपमा प्रमाणित गरेको हो।

    ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ। ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

    बैंकको ३५४ शाखा कार्यालय, ३८५ एटीएम, २०२ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजारभन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।

    बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ्ग सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ। बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ।

  • रसुवाकाे लाङटाङ-क्यान्जिन पदमार्ग क्षेत्रमा नेपाल टेलिकमको फोरजी मोबाइल सेवा

    रसुवाकाे लाङटाङ-क्यान्जिन पदमार्ग क्षेत्रमा नेपाल टेलिकमको फोरजी मोबाइल सेवा

    काठमाडौं । नेपाल टेलिकमले लाङटाङ-क्यान्जिन पदमार्गमा सो क्षेत्रका वासिन्दा तथा पर्यटकलाई लक्षित गरी फोरजी मोबाइल सेवा सञ्चालन गरेको छ ।

    काठमाडौंदेखि सबैभन्दा नजिकको हिमाली पदमार्गको रुपमा चिनिने यस क्षेत्रमा नेपाल टेलिकमको फोरजी मोबाइल सेवाले पर्यटकहरुलाई यात्राका दौरानमा सांस्कृतिक, प्राकृतिक र भौगोलिक विविधताको अनुभव आफ्ना प्रियजनहरुसँग साटासाट गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

    समुद्री सतहबाट करिब ३,८०० मिटरको उचाइमा अवस्थित क्यान्जिन उपत्यकामा नयाँ बीटीएस जडान गरेर नेपाल टेलिकमले उक्त क्षेत्रमा फोरजी सेवा सञ्चालनमा ल्याएको हो ।

    रसुवा जिल्लाको गोसार्इंकुण्ड गाउँपालिका- ४ मा पर्ने र स्याफ्रुबेशीबाट लगभग २ दिनको पैदल यात्रामा पुगिने मनमोहक पर्यटकीयस्थल क्यान्जिन उपत्यका स्वदेशी तथा विदेशी पर्यटकका लागि लोकप्रिय गन्तव्यस्थल हो ।

    लाङटाङ राष्ट्रिय निकुञ्जको क्षेत्रमा पर्ने यस उपत्यकामा नेपाल टेलिकमको फोरजी सेवा विस्तार भएसँगै यस क्षेत्रका स्थानीय बासिन्दा, पर्यटकहरु तथा यस भेगका पर्यटनलगायत अन्य व्यवसायीहरु दूरसञ्चार सेवाबाट लाभान्वित हुने विश्वास रहेको नेपाल टेलिकमका प्रवक्ता नवीनकुमार मिश्रले बताए ।

  • खातामा स्थायी लेखा नम्बर अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एसिया बैंकको अनुरोध

    खातामा स्थायी लेखा नम्बर अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एसिया बैंकको अनुरोध

    काठमाडौ । एनआईसी एसिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न अनुरोध गरेको छ । बैंकका ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण “आयकर ऐन २०५८” बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले ग्राहक महानुभावहरूले बैंकको पोर्टलpanupdate.nicasiabank.com वा मोबाइल बैंकिङ्ग एप(NIC ASIA MoBank) मा रहेको ‘PAN Update’ विकल्पमा ट्याब गरी आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न सक्नेछन् । साथै, ग्राहक महानुभावहरूले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अध्यावधिक गर्नको लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको छ ।

    यस बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई E-TDS रेकर्डमा जनाउनको लागि प्यान अत्यावश्यक रहेको छ । उक्त प्यान अद्यावधिक भएपश्चात् निजहरूको करकट्टीको विवरण (E-TDS)  सो प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने गर्दछ ।

    जसले गर्दा ग्राहकहरूलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य गर्ने बैंकले विश्वास लिएको छ । ग्राहक महानुभावले प्यान अद्यावधिक नगराएको कारणले E-TDS मा ब्याजकर दाखिला नभएको अवस्थामा र त्यस उप्रान्त ब्याज करमा थप समायोजन गर्नु परेको अवस्थामा बैंक जिम्मेवार नहुने व्यहोरा समेत बैंक सम्पूर्ण ग्राहकहरुमा जानकारी गराउँदछ ।

    साथै, यसअघि बैंकलाई प्यान उपलब्ध गराएर पनि करकट्टीको विवरण समावेश नभएको खण्डमा बैंकको नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रको फोन नम्बरहरू १६६०–०१–७७७७१, ०१–५९७०१०१ मा सम्पर्क गरी सेवा लिन हुन अनुरोध छ ।

     

  • स्मार्ट च्वाईस टेक्नोलोजिज र सालपा विकास बैंकबीच सम्झौता

    स्मार्ट च्वाईस टेक्नोलोजिज र सालपा विकास बैंकबीच सम्झौता

    काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) र नेपाल राष्ट्र बैंकको ‘ख’ वर्गको इजाजतपत्र प्राप्त विकास बैंक सालपा विकास बैंक लिमिटेडबिच SCT-UPI कार्ड जारी गर्नका लागि सम्झौता सम्पन्न भएको छ ।

    वैशाख २३, २०८२ मा स्मार्ट च्वाईस टेक्नोलोजिजको कार्यालयमा आयोजित कार्यक्रममा स्मार्ट च्वाईस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र सालपा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत योगेन्द्र पुनले हस्ताक्षर गरेका छन् ।

    यस सम्झौता पश्चात सालपा विकास बैंकका ग्राहकहरूका लागि कार्ड जारी गर्ने प्रक्रिया सुरु गरिएको छ र ग्राहकहरूले आउने दिनहरूमा सजिलै बैंकबाट आफ्नो लागि SCT-UPI कार्ड लिन सक्ने प्रयत्न गरिएको छ ।

     

  • नबिल बैंकले कुन खातामा कति दिन्छ ब्याज ?  

    नबिल बैंकले कुन खातामा कति दिन्छ ब्याज ?  

    काठमाडौं । नबिल बैंक लिमिटेडले जेठ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा जेठ १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर प्रकाशन गरेको हो ।

    उक्त ब्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ६.७५ प्रतिशतसम्म ब्याज दिनेछ । नबिल साधारण बचत खाता, नबिल प्रिमियम नारी बचत खाता र नबिल दिगो बचत खाता लगायत १२ प्रकारका बचत खातामा ३ प्रतिशत ब्याज दिने बैंकले जनाएको छ ।

    त्यस्तै, नबिल शेयर होल्डर बचत खातामा ३.५० प्रतिशत, कर्पोरेट प्रिमियम बचत खातामा ४ प्रतिशत, कर्पोरेट सुपर बचत खातामा ५ प्रतिशत र नबिल प्रिमियम रेमिट्यान्स बचत खातामा ६ प्रतिशत ब्याज दिने बैंकले जनाएको छ ।

    अन्य खातामा कति पाइन्छ ब्याज ?  

     

  • बजाजको ‘खुसीको मिटर’ का भाग्यशाली विजेता घोषणा

    बजाजको ‘खुसीको मिटर’ का भाग्यशाली विजेता घोषणा

    काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले नेपाली नयाँ वर्ष २०८२ को उपलक्ष्यमा आयोजना गरेको ‘खुसीको मिटर’ का भाग्यशाली विजेताको घोषणा गरेको छ ।

    हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले आयोजना गरेको यो क्याम्पेनमा देशभरबाट हजारौं उत्साही सहभागीहरूले सहभागिता जनाएका थिए । सहभागीहरु मध्येबाट, लक्की ड्र मार्फत यस एण्ड ब्रदर्स अटो प्रा. लि., विराटनगरका मोसीम आलमले एक लाख नगद पुरस्कार जित्न सफल भएका हुन् ।
    यो क्याम्पेनले गेमिङको रमाइलो र मोटरसाइकल किन्दाको खुसीलाई एकसाथ जोडेको थियो । जस अन्तर्गत ग्राहकहरूले डिजिटल अनुभवमार्फत रु. १ लाखसम्म नगद पुरस्कार र आकर्षक गिफ्टहरु समेत जित्ने अवसर पाएका थिए ।

    बजाजले सामाजिक सञ्जालमार्फत खेल्न सकिने विशेष डिजिटल गेम ल्याएको थियो । जसअन्तर्गत सहभागीहरुले घरमै बसी बसी विभिन्न आकर्षक उपहारहरु जित्न सफल भएका छन् । ग्राहकहरुले उक्त उपहारहरु प्राप्त गर्न बजाज मोटरसाइकलको टेस्ट राइडमा पनि उल्लेखनीय सहभागिता जनाएका थिए ।

    सबै सहभागीहरूका लागि समान अवसर सुनिश्चित गर्दै निष्पक्ष र पारदर्शी लक्की ड्र प्रक्रिया मार्फत विजेताको छनोट गरिएको थियो । विजेता आलमले १५० सिसि पल्सर मोटरसाइकल खरिद गरेका थिए ।

    ‘खुसीको मिटर’ क्याम्पेन केवल एक प्रचारको लागि मात्र नभई यो टेक्नोलोजीको माध्यमबाट मोटरसाइकल किन्ने यात्रालाई अझ रमाइलो, इन्टरेक्टिभ र लाभदायक बनाउने प्रयास थियो, साथै  हामीले हाम्रा ग्राहकहरूलाई उनीहरूको निरन्तर विश्वासको लागि धन्यवाद दिन र वर्षको सुरुवातलाई साँच्चै विशेष बनाउन ‘खुसीको मिटर’ सुरु गरेका थियौं, हामी श्री मोसीम आलमलाई विजेताको रुपमा हार्दिक बधाई दिन्छौं । साथै सम्पूर्ण सहभागीहरुलाई पनि धन्यवाद दिन चाहन्छौं ।” कम्पनीमा मार्केटिङ हेड अमितराज चालिसेले भने ।

    त्यस्तै नगद एक लाख विजेता मोसीम आलमले आफ्नो जितको बारेमा थाहा पाएपछि आफ्नो खुसी र कृतज्ञता व्यक्त गर्दै भने, ‘मलाई सुरुमा त विश्वासै लागेन । पक्का भएपछि अतिनै खुसी लाग्यो । बजाज सधैं एक विश्वसनीय ब्रान्ड रहेको छ, र रही रहने छ भन्ने विश्वास गरेको छु । ‘खुसीको मिटर’ अभियान मार्फत जित्नुले यसलाई अझ विशेष बनाएको छ । यो खुसीमा म सम्पूर्ण बजाज परिवारलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’

  • हुन्डाईको क्रेटा इभी चितवनमा सार्वजनिक, कार्यक्रम स्थलबाटै ग्राहकलाई हस्तान्तरण

    हुन्डाईको क्रेटा इभी चितवनमा सार्वजनिक, कार्यक्रम स्थलबाटै ग्राहकलाई हस्तान्तरण

    काठमाडौं । नेपालमा हुन्डाई सवारी साधनको एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले भरतपुर, चितवनमा नयाँ क्रेटा EV सार्वजनिक गर्दै अन्तरक्रिया कार्यक्रम सफलताका साथ आयोजना गरेको छ। हुन्डाई नेपालले ग्राहक वर्गलाई प्रदान गरिरहेको उच्च गुणस्तरको सेवा, उत्कृष्ट मूल्यमा विश्वसनीय गाडी र देशभर फैलिएको व्यापक नेटवर्कले गर्दा उपभोक्ताहरूको मन जित्न सफल भई आज नेपालको अग्रणी अटो ब्रान्डहरू मध्ये एक बनेको छ ।

    कम्पनीको अनुसार, नयाँ क्रेटा EV को आगमनले विद्युतीय सवारी सम्बन्धी सोच र शङ्का भएका ग्राहकहरूलाई स्पष्ट निर्णय लिन थप सजिलो बनाएको छ । धेरैलाई EV खरीद गर्दा स्पेयर पार्ट्सको उपलब्धता, सेवा शुल्क र दीर्घकालीन ब्रान्ड सपोर्टको विषयमा शङ्का हुने गरेको देखिन्छ। तर हुन्डाई नेपालले देशमै क्रेटा ICE, पेट्रोल मोडलको निर्माण कार्य थालिसकेको छ। क्रेटा EV र ICE, दुवै मोडलमा एउटै प्लेटफर्म प्रयोग हुने भएकोले अब कुनै पनि समस्या हुने छैन।

    साथै लक्ष्मी हुन्डाईले EV इकोसिस्टमलाई पनि अझै मजबूत बनाउन RE-Lax चार्जिङ्गको नेटवर्क विस्तार गर्दै छ जस अन्तर्गत अहिले नै देश भरका विभिन्न ठाउहरुमा RE-Lax DC र AC गरी ६६ चार्जर सुचारु भैसकेको छ। त्यसैले ग्राहकहरूलाई हुन्डाईको पेट्रोल (ICE) र EV कुनै पनि गाडी खरिद गर्दा सेवा, पार्ट्स र सपोर्टमा कुनै किसिमको कमी नहुने दाबी कम्पनीले गरेको छ।

    नेपालको हरेक क्षेत्रमा यो सन्देश फैलाउन कम्पनीको उच्च व्यवस्थापन टोली विभिन्न सहरमा डिलरहरूसँग प्रत्यक्ष भेटघाट गरिरहेको छ। सोही अभियान अन्तर्गत कम्पनीले २०८२ वैशाख २९ गते (१२ मे २०२५) मा पिनाकल ट्रेडिङ प्रा. लि. (हुन्डाईको आधिकारिक डिलर) मा आयोजित विशेष भेटघाट कार्यक्रममा नयाँ क्रेटा EV सार्वजनिक गरेको हो। यस कार्यक्रमले सहभागीहरुबाट अत्यन्त राम्रो प्रतिक्रिया पाएको छ। कार्यक्रम स्थलबाट ५ वटा क्रेटा EV ग्राहकहरूलाई गरिएको छ। कम्पनीका प्रतिनिधिहरूले कार्यक्रमका सहभागीहरूसँग प्रत्यक्ष संवाद गर्दै हुन्डाई गाडी सम्बन्धी विस्तृत जानकारी र आवश्यक सहयोग प्रदान गरेका छन् ।

    लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. भरतपुर, चितवनको कार्यक्रमका सम्पूर्ण सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्न चाहन्छ। कम्पनीले एक सफा र स्मार्ट भविष्यतर्फको यात्रालाई अगाडि बढाउँदै देशभर ग्राहकहरूसँगको सम्बन्धलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

  • एक्सपर्ट एजुकेशनको चौथो शाखा बानेश्वरमा

    एक्सपर्ट एजुकेशनको चौथो शाखा बानेश्वरमा

    काठमाडौं । नेपाली विद्यार्थीलाई उच्च शिक्षा आर्जन गर्न सहजीकरण गर्ने तथा विदेशका शैक्षिक प्रतिष्ठानसँग समन्वय गराउने काममा सक्रिय रहेको एक्सपर्ट एजुकेशन नेपालले आफ्नो नयाँ शाखा विस्तार गरेको छ ।

    काठमाडौंको नयाँ बानेश्वरमा सोमबार विस्तार भएको यो चौथो शाखा हो । एक्सपर्ट एजुकेशनले विश्वमा ७० भन्दा बढी शाखाबाट सेवा सञ्चालन गरिरहेको छ । नेपालमा २५ शाखा छन् भने काठमाडौं उपत्यकामा मात्रै चार शाखामार्फत काम गरिरहेको एक्सपर्ट एजुकेशन नेपालका नेपाल निर्देशक खेमराज संग्रौलाले जानकारी दिए ।

    नयाँ शाखाको उद्घाटन गर्दै नेपाल क्रिकेट एसोसियसनका सचिव पारस खड्काले नेपाली विद्यार्थीको उच्च शिक्षा अध्ययनको सपनालाई एक्सपर्टले पूरा गर्ने गरेको पाएको भन्दै खुसी व्यक्त गरेका छन् ।

    शाखाको उद्घाटन गर्ने क्रममा खड्काले एक्सपर्ट एजुकेशनले नेपालीको शैक्षिक विकाससँगै जीवनस्तर उकास्नेगरी काम गरिरहेको बताए ।

    संस्थाको लक्ष्य पनि एक्सपर्टसँग जोडिने सबैलाई सहयोग गर्ने र सहज वातावरणमा काम गर्ने पाएको भन्दै उनले यसको शाखा विस्तारको हिस्सेदार बन्ने अवसर पाउँदा हर्सित भएको बताए ।

    एक्सपर्ट एजुकेशन नेपालले नेपाली विद्यार्थीलाई बेलायत, अमेरिका, क्यानाडा, अस्ट्रेलियालगायतका देशमा उच्च शिक्षा अध्ययनको सहजीकरण गर्ने गरेको निर्देशक संग्रौलाले बताए ।

  • रिड्डारा पिकअपद्वारा नेपालमा एक्सचेन्ज योजना सार्वजनिक

    रिड्डारा पिकअपद्वारा नेपालमा एक्सचेन्ज योजना सार्वजनिक

    काठमाडौं । सिजी मोटर्सले गीली अटो ग्रुपसँगको सहकार्यमा भ्ख्यखिभ तय ‘EVolve to RIDDARA Xchange’ नामक विशेष एक्सचेन्ज योजना सार्वजनिक गरेको छ, जसले नेपालमा विद्युतीय सवारी साधनको प्रवर्द्धनमा नयाँ गति थप्ने विश्वास लिएको छ। यो सीमित अवधिको अफर अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो सवारी साधन साटेर शक्तिशाली र बहुप्रशंसित EV पिकअप रिड्डारा केवल २० प्रतिशत डाउनपेमेन्टमा प्राप्त गर्न सक्नेछन्।

    गीली अटो ग्रुपको विश्वस्तरीय प्रविधि र सिजी मोटर्सको दिगोपनप्रतिको प्रतिबद्धता समेटिएको रिड्डारा, दक्षता र व्यवहारिकताको आदर्श संयोजन हो। ४२४ किलोमिटरको उत्कृष्ट रेंज र ७३ किल оват-आवरको शक्तिशाली ब्याट्री क्षमतासहित यो पिकअप आफ्नो सेग्मेन्टमा अब्बल स्थानमा रहेको छ। नेपालको बहुआयामिक भूगोललाई सहजै पार गर्न सक्षम बनाउँदै रिड्डारामा स्यान्ड, मड, अफरोड, वेडिङ, इकोनोमी, कम्फर्ट र स्पोर्ट जस्ता ७वटा सेग्मेन्टमै पहिलो पटक समावेश गरिएका ड्राइभिङ मोडहरू छन्। साथै, ५४० डिग्री सराउण्ड भ्यु क्यामेराले सुरक्षालाई अझ बलियो बनाउँदै पूर्ण दृश्य प्रदान गर्दछ, जसले चालकलाई विश्वस्त र सहज अनुभव दिलाउँछ।

    यस योजनालाई अझ आकर्षक बनाउन, कम्पनीले नगद छुट, अतिरिक्त एक्सचेन्ज बोनस, निःशुल्क एसेसोरी, एक वर्षको बीमा, निःशुल्क ७ किलोवाट चार्जर, र एक वर्षको सडक कर निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको छ, जसले ग्राहकको लगानीमा अधिकतम मूल्य प्रदान गर्दछ।

    रिड्डाराले चीनमा नम्बर १ EV पिकअपको मान्यता प्राप्त गरिसकेको छ, भने यसको निर्माणकर्ता गीली अटो ग्रुप चीनका शीर्ष १० अटोमोबाइल कम्पनीहरूमध्ये एक हो। यसले रिड्डाराको विश्वसनीयता र गुणस्तरमा अन्तर्राष्ट्रिय स्तरमा विश्वास दिलाउँछ।

    सिजी मोटर्सले यो पहलमार्फत नेपालमा विद्युतीय सवारीको भविष्यलाई नयाँ उचाइमा पुर्‍याउँदै, आम नागरिकलाई वातावरणमैत्री, स्मार्ट र दीर्घकालीन समाधान अँगाल्न प्रेरित गरिरहेको छ।

  • ५ अर्ब लगानीमा ‘नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी’ को औपचारिक सुरूवात

    ५ अर्ब लगानीमा ‘नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी’ को औपचारिक सुरूवात

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पाँच अर्ब रूपैयाँको प्रारम्भिक लगानीमा आफ्नो पूर्ण स्वामित्वको सहायक कम्पनी ‘नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेड’ को औपचारिक सुरूवात गरेको छ ।

    कम्पनीको केन्द्रीय कार्यालयको उद्घाटन नेपाल लाइफका अध्यक्ष गोविन्द लाल संघई र बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले संयुक्त रूपमा गरे।

    २५ औं वर्षमा प्रवेश गर्दै गरेको अवसरमा नेपाल लाइफले लगानी विविधिकरणलाई संस्थागत स्वरूप दिन यो कदम चालेको हो । अध्यक्ष संघईले नेपाल लाइफले करिब ३० प्रतिशत बजार हिस्सा ओगट्दै सर्वाधिक विश्वासिलो बीमा कम्पनीको रूपमा आफूलाई स्थापित गरिसकेको उल्लेख गरे । उनले लगानी विविधिकरणमार्फत उच्च प्रतिफल दिने लक्ष्यसहित सहायक कम्पनी स्थापना गरिएको जानकारी दिए ।

    कार्यक्रममा बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुवेदीले बीमा कम्पनीहरूका लागि बीमा कोषको सही सदुपयोग र विविधिकरण आवश्यक रहेको उल्लेख गर्दै नेपाल लाइफको यो कदम दीर्घकालीन दृष्टिकोणको लागि उदाहरणीय रहेको बताए। उनले लगानी कम्पनीमार्फत जोखिम न्यूनीकरण तथा नवीन रणनीति अपनाउँदै जानुपर्ने आवश्यकता औंल्याए ।

    सञ्चालक सदस्य कमलेश कुमार अग्रवालले कम्पनीसँग हालसम्म २ खर्ब २५ अर्ब रूपैयाँको बीमा कोष रहेको जानकारी दिँदै, आगामी पाँच वर्षमा यो कोषलाई ५ खर्ब रुपैयाँ पुर्‍याउने लक्ष्य सुनाए । लक्ष्य प्राप्तिका लागि नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीको स्थापना अपरिहार्य रहेको उनको भनाइ थियो।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले यो नयाँ कम्पनी नेपाल लाइफको कोर भ्यालु वृद्धि गर्ने दिशामा रणनीतिक टेवा हुने विश्वास व्यक्त गरे। उनले बीमा ऐनअनुसार विविध लगानीको दायरा फराकिलो बनाउँदै जानुपर्ने बाध्यता रहेको उल्लेख गरे।

    इन्भेष्टमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुवास थापाले सुरक्षित र विवेकशील ढंगले लगानी गर्ने प्रतिबद्धता जनाए । नायव प्रमुख कार्यकारी अधिकृत तथा कम्पनीका अध्यक्ष अमित कुमार कयालले बीमा कोष व्यवस्थापनको नयाँ संस्कृति नेपालमा सुरु भएको भन्दै योजना, कार्यान्वयन र नियमनका तीनवटै पक्ष सन्तुलनमा राख्दै विश्वसनीयता कायम राख्ने बताए।

    कम्पनीले रियल इस्टेट, कृषि, पर्यटन, होटल, केवलकार, जलविद्युत्, सौर्य ऊर्जा लगायतका क्षेत्रहरूमा लगानी विस्तार गर्ने योजना रहेको पनि जानकारी दिइएको छ। हाल हेटौंडा, इटहरी र विराटनगरमा जग्गा खरिद प्रक्रिया अगाडि बढेको र यो आर्थिक वर्षभित्र थप ६ स्थानमा जग्गा खरिदको योजना रहेको कम्पनीले जनाएको छ।

    नेपाल लाइफको यो नवीन प्रयासले नेपाली बीमा तथा वित्तीय क्षेत्रमा लगानीको नयाँ ढोका खोल्ने विश्वास गरिएको छ।

  • एनएमबि बैंकको अगुवाइमा बज्र मादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

    एनएमबि बैंकको अगुवाइमा बज्र मादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

    काठमाडौं । एनएमबि बैंक, कृषि विकास बैंक तथा बज्र इनर्जी भेन्चर्स प्रालिबीच २४.८ मेगावाट क्षमताको कास्कीको मादी गाउँपालिकास्थित बज्र मादी जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ । यस आयोजनामा एनएमबि अगुवा बैंक रहनेछ ।

    २४.८ मेगावाट क्षमता रहेको बज्र मादी जलविद्युत आयोजनाको लागत करिब ५ अर्ब ३५ करोड रुपैयाँ रहने जानकारी गराइएको छ, जसमा बैंक तथा वित्तीय संस्थाहरुको ऋण लगानी ३ अर्ब ७४ करोड ५० लाख रुपैयाँ रहनेछ ।

    एनएमबि बैंकले हालसम्म ५० वटाभन्दा बढी जलविद्युत आयोजनामा लगानी गरिसकेको छ ।

    त्यसैगरी सोही समूहबाट लगानी गरेको भिजन लुम्बिनी ऊर्जा कम्पनी लिद्वारा कास्कीकै अन्नपूर्ण गाउँपालिका तथा पोखरा महानगरपालिकामा प्रवद्र्वित २५ मेगावाट क्षमता रहेको सेती नदी जलविद्युत आयोजनाले २०८१ सालको कार्तिक २७ गतेदेखि व्यापारिक उत्पादन सुरु गरेको जानकारी गराइएको छ ।

    उक्त आयोजना एनएमबि बैंकको अगुवाइमा कर्मचारी सञ्चय कोष तथा कृषि विकास बैंकले ऋण लगानी गरेका छन् ।

    नेपाल राष्ट्र बैंकबाट जारी Environmental and Social Risk Management, 2022को निर्देशनअनुसार एनएमबि बैंकले वातावरणीय तथा सामाजिक नीति (Environmental and Social Policy) तयार पारी त्यसबमोजिम बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली (Environmental and Social Management System) लागू गरिसकेको छ ।

  • नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

    नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

    काठमाडौं । नबिल बैंकले नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्डको योजनाको म्याद थप गरेको छ । ग्राहकको उत्साहजनक सहभागिता तथा प्रतिक्रियापछि योजनाको म्याद थप गरिएको बैंकले जनाएको छ । नयाँ वर्षको अवसरमा सुरु गरिएको यो योजना अब असार मसान्तसम्म लागू हुनेछ ।
    यस योजनाअन्तर्गत क्रेडिट कार्ड लिनका लागि कुनै पनि प्रवेश शुल्क, वार्षिक शुल्क तथा सदस्यता शुल्क तिर्नुपर्दैन । क्रेडिट कार्ड लिनका लागि ग्राहकले घर वा कार्यालय जहाँबाट पनि आवेदन दिन सक्नेछन् भने आफूलाई पायक पर्ने घर वा कार्यालयमा प्राप्त गर्न सक्नेछन् ।
    यो योजनाले आधुनिक बैंकिङलाई प्रवर्द्धन गर्नुका साथै वर्षैपिच्छे लाग्ने सेवा शुल्कबाट ग्राहकलाई मुक्त गर्नेमा बैङ्क विश्वस्त रहेको छ । ‘Buy now, pay later’ मार्फत ग्राहकले क्रेडिट कार्डको प्रयोग गरेर शून्य ब्याजदरमा सामान खरिद गर्न सक्नेछन् भने विभिन्न आउटलेटमा छुट पनि प्राप्त गर्न सक्नेछन् । ग्राहकले नबिल बैंंकको शाखामा गई यसबारे थप जानकारी लिन तथा लाइफटाइम क्रेडिट कार्डका लागि आवेदन दिन सक्नेछन् ।
    साथै https://nbankhome.nabilbank.com/digital-form/credit-card मा गई अनलाइनमार्फत पनि आवेदन पनि दिन सक्ने जनाइएको छ ।
    नबिल बैङ्क लिमिटेड नेपालको निजी क्षेत्रको अग्रणी बैङ्क हो । बैंकले जिम्मेवार संस्थाका रूपमा समग्र देश तथा समाजको विकासमा योगदान गर्न प्रतिबद्ध छ । नबिलले २४ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२० एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेलेको नबिल नेपालको बैंकिङ विकासको इतिहासमा कोसे ढुङ्गाको रूपमा काम गर्दै आएको छ ।
  • बजाज ग्रान्ड एक्सचेन्ज मेला : नागरिकताले पाउनुहोस् नयाँ बाइक

    बजाज ग्रान्ड एक्सचेन्ज मेला : नागरिकताले पाउनुहोस् नयाँ बाइक

    विराटनगर । बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द्र एण्ड कम्पनी प्रालिले ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ योजना ल्याएको छ । कम्पनीले यही २०८२ वैशाख २६ गतेदेखि जेठ १ गतेसम्म महावीर चोक (धरान रोड), विराटनगरमा आयोजना हुने यस मेलामा ग्राहकहरूले नागरिकताको आधारमा मात्र बजाजको बाइक किन्न सक्नेछन् , ०५ सर्भिस चार्ज, अन द स्पट फाइनान्स, थप रु. १०,००० सम्मको अतिरिक्त भ्यालुएसन, निःशुल्क एक्सेसोरिज र ‘खुशीको मिटर’ योजनाअन्तर्गत नगद र उपहार जित्ने अवसर पाउने कम्पनीले जनाएको छ ।

    यस पटकको एक्सचेन्ज मेलामा ग्राहकहरूको पुरानो बाइकको उचित र उच्च मूल्याङ्कन गर्न काठमाडौँबाट विशेष भ्यालुएटरहरू आएका छन् । यी अनुभवी भ्यालुएटरहरूले ग्राहकहरूको बाइकको न्यायोचित मूल्याङ्कन गरी थप रु। १०,००० सम्मको बोनस भ्यालुएसन दिनेछन् ।

    यसअघि मोटरसाइकल खरिद गर्दा हुने झन्झटिलो प्रक्रिया, जस्तैः घर जग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आय स्रोतको सर्टिफिकेट लगायतका कागजातको आवश्यकतालाई यो योजनाले पूर्ण रूपमा हटाएको छ । किस्ताबन्दीमा किन्न चाहने ग्राहकले १ घण्टाभित्रै ऋण पास गरेर सरल फाइनान्समार्फत यो सुविधा पाउनेछन् ।

    विराटनगरको महावीर चोकमा आयोजना हुने ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ नेपालको बृहत् मोटरसाइकल एक्सचेन्ज योजना हो । यस योजना अन्तर्गत ग्राहकहरूले आफ्ना पुराना बाइकहरूको उच्चतम भ्यालुएसन प्राप्त गरी बजाजका नयाँ मोडेलहरू सजिलै किन्न पाउनेछन् । साथै, ‘खुशीको मिटर’ अन्तर्गत उत्सुक ग्राहकहरूले नगद र उपहार जित्ने मौका पाउनेछन् ।

     

  • हुन्डाई नेपालद्वारा बिर्तामोडमा क्रेटा ईभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम आयोजना

    हुन्डाई नेपालद्वारा बिर्तामोडमा क्रेटा ईभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम आयोजना

    काठमाडौं । नेपालमा हुन्डाई गाडीको एक मात्र आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले बिर्तामोडमा क्रेटा इभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम सफलताका साथ आयोजना गरेको छ। भरपर्दो सेवा, गुणस्तरीय गाडी र देशभर फैलिएको राम्रो नेटवर्कका कारण हुन्डाई नेपाल ग्राहकहरू बीच अत्यन्त लोकप्रिय ब्रान्ड बनिसकेको छ। उत्कृष्ट मूल्य र ग्राहक सन्तुष्टिमा सधैँ ध्यान दिने हुन्डाई नेपाल आजको दिनमा सबैभन्दा सफल अटो ब्रान्डहरु मध्ये एक हो ।

    कम्पनीको अनुसार नयाँ क्रेटा ईभी (इलेक्ट्रिक गाडी)को सुरुवातले ग्राहकहरूलाई विद्युतीय गाडी लिने वा नलिने भन्ने दुविधाबाट बाहिर ल्याउन ठूलो सहयोग गरेको छ। धेरै मानिसलाई ईभी लिँदा स्पेयर पार्ट्स पाइन्छ कि पाइँदैन, सेवा शुल्क कति महँगो हुने र लामो समयसम्म ब्रान्डको सपोर्ट रहन्छ कि रहँदैन भन्ने चिन्ता हुन्छ। तर हुन्डाईले नेपालमा क्रेटा आइसको निर्माण सुरु गरिसकेको र यसको पेट्रोल गाडी र ईभी दुवै मोडलमा एउटै प्लेटफर्मको प्रयोग भएकोले अब यस्तो चिन्ता गर्नु पर्दैन । हुन्डाईका ग्राहकहरुले ईभी होस् वा पेट्रोल गाडी, सेवा, पार्ट्स र सपोर्ट समान रुपमा पाउनेछन् ।

    यही सन्देश देशभर फैलाउन हुन्डाईको उच्च व्यवस्थापन टोली देशभरका डिलरहरूमा आफैँ पुगिरहेको छ। यसै अभियान अन्तर्गत कम्पनीले २०८२ वैशाख २५ गते (८ मे २०२५) मा बिर्तामोडको अलायन्स मोटर्स
    (हुन्डाईको आधिकारिक डिलर) मा विशेष भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। यस कार्यक्रममा हुन्डाईका नयाँ गाडीहरू, विशेष गरी क्रेटा ईभी सार्वजनिक गरिएको छ । यसका साथै त्यहाँ उपस्थित व्यक्तिहरुले हुन्डाईको टिम सँग प्रत्यक्ष कुराकानी गर्दै गाडी सम्बन्धी जानकारीर आवश्यक सहयोग प्राप्त गरेका छन्।

    लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. र हुन्डाई नेपाल बिर्तामोडको कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरुलाई धन्यवाद दिन चाहन्छ । एक सफा र स्मार्ट भविष्य तर्फको आफ्नो यात्रालाई अगाडि बढाउँदै देशको सबै क्षेत्रमा ग्राहकसँगको सम्बन्धलाई अझै बलियो बनाउन कम्पनी प्रतिबद्ध छ ।

  • एलजीका सामानमा अफरैअफर- गर्मीमा ल्याइयो विशेष प्रडक्ट (भिडिओ)

    एलजीका सामानमा अफरैअफर- गर्मीमा ल्याइयो विशेष प्रडक्ट (भिडिओ)

    काठमाडौं । सीजी इलेक्ट्रिकअन्तर्गत एलजीका उत्पादनको प्रयोग र विश्वसनियता बढ्दो छ । नेपालमा एलजीका प्रडक्ट चौधरी ग्रुपले ४० वर्षदेखि बिक्री गर्दै आएको छ ।

    एलजीका जनरल म्यानेजर सेल्स सन्देश भुर्तेल सीजी इलेक्ट्रिकअन्तर्गत एलजी ब्रान्डमा विगत २२ वर्षदेखि कार्यरत छन् । एलजीको देशभरको सेल्स उनैले हेर्छन् ।

    नयाँ वर्ष २०८२ सागै ‘४० वर्षदेखि घरघरमा LG’ नारासहित उपहार योजना ल्याइएको छ । एलजीको सामान खरिद गर्दा ४० प्रतिशतसम्म क्यास ब्याक र सिअरसट् गिफ्टको योझना रहेको भुर्तेलले बताए । अप टू ४० प्रतिशतको क्यासब्याक अफर एलईडी टिभीमा रहेको छ । भने, वासिङ मेसिनको विभिन्न भेरिअन्ट र माइक्रोओभनमा सिओरसट गिफ्ट रहेको छ ।

    २८९ लिटरको वासिङ मेसिनमा प्रेसर कुकर र २८९ लिटरभन्दा माथिकोमा मिक्स्चरलगायतका गिफ्ट राखिएको छ । अप लोडमा आइरन र फ्रन्ट लोडमा ६ केजीको एरियल उपहार राखिएको छ । माइक्रो ओभनमा कुकिङ किटसहित अन्य प्रडक्टमा पनि क्यास ब्याक अफर रहेको कम्पनीले जनाएको छ ।

    भुर्तेलले भने, ‘गर्मीको समयलाई विशेष फोकससहित एलजीका दुई प्रडक्ट एयर कन्डिसन र रेफ्रिजेरेटर छ । हाम्रो सबै प्रडक्टको माग उच्च छ । तर, यी दुई आइटम कुलिङ आइटम हुन् । एलजीको फ्रिज र वालमाउन्ट एसी रहेको छ । नर्मल र वाईफाईसमेत जोड्न मिल्ने दुई प्रकारको इन्भर्टर छ । हाइ टेक्नोलोजी र साउथ कोरियन ब्रान्ड भएर पनि मान्छेले विश्वास गरेका छन् ।’

    एलजीका उत्पादनले ऊर्जाको बचतसमेत गर्ने कम्पनीको दाबी छ । देशभरका सर्भिस सेन्टर जहाँसुकैबाट प्रडक्टहरू लिन सकिने भुर्तेल बताउँछन् ।

  • भालेश्वरमा पुगेर भारतका स्वामी कैलाशानन्दले गरे पूजा

    भालेश्वरमा पुगेर भारतका स्वामी कैलाशानन्दले गरे पूजा

    काठमाडाैं ।  भारतको प्रसिद्ध निरञ्जन अखडा स्वामी कैलाशानन्दले चन्द्रागिरिमा रहेको भालेश्वर महादेवको दर्शन तथा पूजा आराधना गरेका छन्।

    नेपालका विभिन्न धार्मिक स्थलको भ्रमण गर्ने क्रममा उनी चन्द्रागिरि पुगेका हुन्।दर्शन गरेपछि प्रतिक्रिया दिँदै उनले भालेश्वर मन्दिर परिसरमा अत्यन्त अलौकिक अनुभूति गर्न पुगेको उल्लेख गरे।

    उनले चन्द्रागिरि हिल्स पर्यटकका लागि उत्कृष्ट गन्तव्य बनेको बताएका थिए। केवलकार चढेर भालेश्वरको दर्शन गर्न पाउनु अविस्मरणीय अवसर रहेको उनको भनाइ थियो।

    उनले यसअघि लुम्बिनी केबलकारमा यात्रा गरी वसन्तपुर पुगेर कामाख्या देवीको मन्दिर दर्शन तथा रसुवाको गोसाइँकुण्ड र काठमाडौंमा दक्षिणकाली मन्दिरमा समेत पूजा आराधना गरेका थिए।

    उनको भ्रमणले नेपालको धार्मिक तथा आध्यात्मिक पर्यटनमा टेवा पुग्ने विश्वास गरिएको छ।

     

  • एसियन थाई फुड्सको दोस्रो युनिट कपिलवस्तुमा सञ्चालन, प्रीति र टुपीएमको नयाँ उत्पादन हुने 

    एसियन थाई फुड्सको दोस्रो युनिट कपिलवस्तुमा सञ्चालन, प्रीति र टुपीएमको नयाँ उत्पादन हुने 

    काठमाडौं । नेपालको चाउचाउ उत्पादक कम्पनीमध्ये एक एसियन थाई फुड्स प्रालिले आफ्नो दोस्रो उत्पादन युनिट लुम्बिनी प्रदेशको कपिलवस्तु नगरपालिका वडा नम्बर ६ गोबरी रामनगरमा सञ्चालनमा ल्याएको छ। बुधवार एक विशेष समारोहबिच जाजु ग्रुपका अध्यक्ष तथा एसियन थाई फुड्सका प्रबन्ध निर्देशक महेश जाजुले वैदिक विधिअनुसार पूजा गर्दै नयाँ युनिटको औपचारिक शुभारम्भ गरेका हुन्।

    उद्योगको पहिलो युनिट मोरङको विराटनगरमा दुई दशकअघि स्थापना गरिएको थियो। सोही अनुभवका आधारमा कम्पनीले कपिलवस्तुमा आफ्नो दोस्रो उत्पादन केन्द्र स्थापना गरेको हो।

    यस नयाँ युनिटबाट पनि कम्पनीका लोकप्रिय ब्रान्डहरू ‘प्रीति’, ‘टुपीएम’, ‘रमपम’सहित केही नयाँ चाउचाउ ब्रान्डहरूको उत्पादन सुरु गरिने जनाइएको छ । कम्पनीले यी उत्पादनहरू भारत लगायत तेस्रो मुलुकहरूमा निर्यात गर्दै आएको छ।

    करिब अढाई बिघा क्षेत्रफलमा फैलिएको उक्त उद्योगमा सुरुवाती चरणमा चाउचाउ उत्पादन गरिनेछ । यससँगै अन्य स्न्याक्स उत्पादन लाइनसमेत थपिने योजना कम्पनीको छ। यस युनिटले लुम्बिनी प्रदेशमा रोजगारी तथा औद्योगिक विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

  • साइमेक्स इंकद्वारा देशभर बीवाईडी एक्सचेन्ज क्याम्पेनको घोषणा, बीवाईडी ईभी किन्ने उपयुक्त समय

    साइमेक्स इंकद्वारा देशभर बीवाईडी एक्सचेन्ज क्याम्पेनको घोषणा, बीवाईडी ईभी किन्ने उपयुक्त समय

    काठमाडौं । बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि. ले देशव्यापी रुप्मा बीवाईडी मेगा एक्सचेन्ज क्याम्पेनको घोषणा गरेको छ । आगामी मे ७ देखि १० अर्थात बैशाख २४ देखि २७ सम्म आयोजना हुने सो अफर अन्तर्गत ग्राहकले छुटाउनै नहुने मौका पाउने छन्, जसमा फ्युचर अफ मोबिलिटी अर्थात बीवाईडी इलेक्ट्रिक गाडीमा अपग्रेड हुन सकिने छ ।

    मेगा एक्सचेन्ज अवधिमा ग्राहकले आफूसँग भएको कुनै पनि ब्रान्ड वा मोडलको गाडीसँग साटेर बीवाईडी एट्टो ३, बीवाईडी डल्फिन र बीवाईडी एम६ लिन सक्नु हुनेछ र यसका लागि बेस्ट–इन–इन्डष्ट्रि भ्यालुएसन प्राप्त गर्न सकिने छ ।

    यस अन्तर्गत आकर्षक एक्सचेन्ज बोनस, १ वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स, १० वर्षको एक्सटेन्डेड वारेन्टी, ८० प्रतिशत सम्म फाइनान्सिङ र स्पेसल नगद छुट उपलब्ध हुनेछ ।

    थप सुविधाको रुपमा, सो चार दिने मेगा एक्सचेन्जमा बीवाईडी गाडी बुकिङ गर्ने ग्राहकलाई लक्की ड्रमा सहभागी हुने मौका प्राप्त हुनेछ । तीन जना लक्की ड्र विजेतालाई आफूले किनेको गाडीमा १२ महिना सम्मको किस्ता निःशुल्क अर्थात फ्रि ईएमआई उपलब्ध हुनेछ ।

    सो एक्सचेन्ज क्याम्पेन देशभरका सहरमा रहेका बीवाईडीका निम्न शोरुम तथा अन्य विशेष स्थलमा आयोजना हुनेछ :

    चितवन – बीवाईडी पार्क, चितवन

    बुटवल – भेल्भेट लक्स होटल

    भैरहवा – बोधी रेडसन

    नेपालगन्ज – बीवाईडी नेपालगन्ज शोरुम

    दाङ – माला इन

    धनगढी – होटल रुबस

    विर्तामोड – टाइमलेस मोमेन्ट्स होटल

    दमक – बीवाईडी शोरुम, दमक

    इटहरी – बीवाईडी शोरुम, इटहरी

    विराटनगर – बीवाईडी शोरुम, विराटनगर

    जनकपुर – बीवाईडी शोरुम, जनकपुर

    लहान – बीवाईडी शोरुम, लहान

    वीरगन्ज – बीवाईडी शोरुम, वीरगन्ज

    पोखरा – रोयल महल बैंक्वेट

    ललितपुर – सत्कार फाइन डाइन

    पेप्सीकोला – म्याजेस्टिक बैंक्वेट, पेप्सीकोला

    कोटेश्वर – रोयल लाउन्ज बैंक्वेट एन्ड रेष्टुरेन्ट

    सोल्टीमोड – ल्यान्डमार्क रिसेप्सन

    सातदोबाटो – सेल्सबेरी, सातदोबाटो

    नक्साल – आम्रपाली बैंक्वेट

    ‘नयाँ अर्थिक वर्ष आउन लागेको र ईभीको करमा समेत परिवर्तन हुने हल्ला चलिरहेको समयमा दिगो मोबिलिटीको क्षेत्रमा आफूलाई लैजाने यो उपयुक्त समय हो । यसरी स्विच हुनका लागि मेगा एक्सचेन्ज अफरले उपलब्ध गराउने अतुलनीय मूल्य, वित्तीय लचकपना र विशेष लाभले अझै सहज बनाउने छ ।’ साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले भने ।

    यस सम्बन्धी थप जानकारी र आवश्यक सहयोगका लागि ग्राहकले सेल्स हटलाइन ०१–५९७०७३३ वा ९८०२३९६१०१ मा सम्पर्क गर्न सकिनेछ ।

  • ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु

    ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु

    काठमाडौं । ग्लोबल आइएमई बैंकले नेपाल क्लियरिङ हाउससँगको सहकार्यमा कार्डमा आधारित अनलाइन ग्लोबल पेमेन्ट गेटवे सुचारु गरेको छ । यो गेटवे सुचारुपश्चात् बंैकका मर्चेन्टहरुले जुनसुकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकहरुबाट जारी भएको भिसा तथा मास्टर कार्डहरुमार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन् ।

    ग्लोबल आइएमई बैंकले नेपालमा ईकमर्स कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले ग्लोबल पेमेन्ट गेटवे सञ्चालनमा ल्याएको छ । ग्लोबल पेमेन्ट गेटवेले बैंकका मर्चेन्टहरुलाई आफ्नो ब्यवसायको दायरा विस्तार गरी देश विदेशबाट सहज रुपमा भुक्तानी लिन सक्नेछन् । यो गेटवेको सुरुवातपश्चात् ईकमर्स कारोबारहरु गर्ने जस्तै ट्राभल तथा टुर एजेन्सी, होटल, एयरलाइन्स, हस्पिटल लगायतका व्यवसायहरु लाभान्वित हुनेछन् ।

    ग्लोबल पेमेन्ट गेटवेले राष्ट्रिय र अन्तर्राष्ट्रिय भुक्तानीहरु प्राप्तिको लागि सहज बनाउने भएकोले बैंकका मर्चेन्टहरुको ब्यवसायलाई वृद्धिमा सहयोग पुग्नेछ । साथै, यस पेमेन्ट गेटवेमा थ्रिडि सेक्योर्ड प्रविधिको प्रयोग हुने भएकाले यस गेटवेमार्फत् हुने कारोबारहरु थप सुरक्षित हुनेछ ।

    यसरी बैंकले आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।

    ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।

    ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८५ एटिएम, २२१ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

    बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिंदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

  • नयाँ वर्षमा सीजीको अफरदेखि नयाँ उत्पादनसम्म- यस्ता छन् विशेषता (भिडिओ)

    नयाँ वर्षमा सीजीको अफरदेखि नयाँ उत्पादनसम्म- यस्ता छन् विशेषता (भिडिओ)

    काठमाडौं । सीजीले नयाँ वर्ष २०८२ को अफरसहित नयाँ उत्पादनहरू बजारमा ल्याएको छ । नेपालको आफ्नै उत्पादन रहेको इलेक्ट्रिक उत्पादन र बिक्री वितरणलाई व्यापक बनाउनुको साथै सेवालाई विशेष ध्यान दिएको जनाएको छ । विदेशी उत्पादनसँग प्रतिस्पर्धाको बाबजुद विद्युतीय सामग्रीमा अग्रस्थान लिन सफल भएको कम्पनीका अधिकारीको भनाइ छ ।

    सीजीका सेल्स हेड मनमोहन झा सीजी इलेक्ट्रिकमा १६ वर्षदेखि कार्यरत छन् । झा स्मार्ट डोमेस्टिक यप्लाइन्सेस् हेर्छन् । यसमा घरायसी प्रयोगमा आउने उत्पादनहरू छन् ।

    उनले भने, ‘सीजी नेपालको नम्बर एक इलेक्ट्रिक ब्रान्ड हो । सबैभन्दा ठूलो प्रडक्ट भएको ब्रान्ड पनि हो । सेलिङ प्वाइन्ट हेर्दा पनि नेपालको नम्बर एक नै देखिन्छ । सबैभन्दा विगेस्ट सिलिङ प्रडक्ट हो । सीजी ब्रान्डमा ५० भन्दा धेरै प्रडक्ट रहेका छन् । यसमा पनि ५ सय मोडल र भेरिअन्ट रहेको छ । सीजी ब्रान्ड मेरिडिया भनेर सिग्नेचर पनि ल्याएका छौं । नयाँ वर्षको क्याम्पेन ‘लेभल अफ विथ सीजी लाइफ हुन्छ इजी’ भन्ने छ । यसले सीजी लेभल अफ भइरहेको छ ।’

    विदेशी मोडलसँग सीजीले नेट टू नेट प्रतिस्पर्धा गरिरहेको छ । मोडल, क्यापासीटी, टेक्निकल र डिजाइमा पनि राम्रो प्रतिस्पर्धा गरिरहेको कम्पनीको भनाइ छ । सीजी स्मार्ट डोमेस्टिक यप्लाइन्सेस्मा प्रत्येक हप्ता क्यूआर कोर्ड मार्फत हेर्न मिल्छ । यसमा सबै कुराको जानकारी रहेको हुन्छ । प्रत्येक हप्ता एकजना लक्कि ड्रबाट अवार्ड दिइँदै आएको छ । यो क्याम्पेनको अन्तिममा एकजनालाई बम्पर उपाहर दिने कम्पनीको योजना छ । एकजनालाई थाइल्याड टुर र मेगौली रिसोर्टमा घुमफिरको प्याकेज रहेको कम्पनीले बताएको छ ।

    सीजी नेपाली ब्रान्ड हो । यसमा नेपालीको आत्मीयता जोडिएको कम्पनी बताउँछ । आफ्नो देशमा नै उत्पादन गरेको वस्तु प्रयोग गर्दा देशलाई नै राम्रो हुने झा सुनाउँछन् । वारेन्टी, सर्भिस, डिजाइन, मोडल र उत्पादनका हिसाबले सीजी लेभल अफ भइसकेको छ । ग्राहकको मागअनुसारको सामान सीजीले उत्पादन गरिरहेको भन्दै झा गुणस्तरीय पनि रहेको बताउँछन् ।

    सीजीले नयाँ वर्षमा राइस प्रेसर कुकर ल्याएको छ । मेनुसहितको यो राइस कुकरको खाना बनाउँदा सिठी लाग्ने विशेषता छ । बीएलडीसी फ्यान पनि नयाँ रहेको छ । यसले थोरै विद्युत खपत गर्छ । सिलिङ फ्यानमा नै बीएलडीसी फ्यान रहेको छ । स्वादेशी ब्राण्डको पहिलो बीएलडीसी फ्यान रहेको कम्पनीको भनाइ छ । २० वटा मोडल रहेका छन् ।

    प्रवर्द्धनात्मक सामाग्री

  • एकान्तकुनामा खुल्यो इभेन्ट भेन्यू ‘म्याजेष्टिक ग्रा्याण्ड’, के के छन् सेवा सुविधा ?

    एकान्तकुनामा खुल्यो इभेन्ट भेन्यू ‘म्याजेष्टिक ग्रा्याण्ड’, के के छन् सेवा सुविधा ?

    काठमाडौं । ललितपुरको एकान्तकुनामा सम्भवतः नेपालकै ठूलो क्षेत्रफलमा फैलिएको विशाल इभेन्ट भेन्यू ‘म्याजेष्टिक ग्रा्याण्ड’ सञ्चालनमा आएको छ । २० रोपनी क्षेत्रफलमा फैलिएको यस भेन्यूमा ‘म्याजेष्टिक ग्रा्याण्ड’ र ‘म्याजेष्टिक क्राउन’ दुई वटा आकर्षक इभेन्ट हल रहेका छन् ।

    विवाह, व्रतबन्ध, म्युजिकल कन्सर्ट, फेसन सो, प्रडक्ट लञ्ज, विश्वविद्यालयहरूको ग्रा्याजुएसन कार्यक्रम तथा एकसाथ धेरै जना उपस्थित हुनुपर्ने गोष्ठी र सेमिनारलाई लक्षित गरेर म्याजेष्टिक ग्रा्याण्ड तयार गरिएको छ ।

    यो भेन्यूमा कुनै पनि कार्यक्रम आयोजना गर्दा बाहिरबाट कुनै किसिमका सामग्री ल्याएर सेटअप गर्नुपर्दैन । अन्तर्राष्ट्रिय स्तरका लेटेष्ट प्रविधिको साउन्ड सिस्टम, लाइट, विशाल स्क्रिन लगायत इभेन्टका लागि आवश्यक पर्ने हरेक सामग्री म्याजेष्टिक ग्रा्याण्डमा जडान गरिएका छन् ।

    ‘म्याजेष्टिक ग्रा्याण्डमा इभेन्ट गर्नेहरूलाई उत्कृष्ट अनुभव हासिल गराउन हामीले भरमग्दुर प्रयास गरेका छौँ, सञ्चालक सुरज कार्की भन्छन्, ‘म्याजेष्टिक ग्रा्याण्ड’ लाई नामजस्तै भव्य बनाउन यसको निर्माण र सजावटमा विशेष ध्यान दिइएको छ ।’

    डेस्टिनेसन वेडिङका लागि म्याजेष्टिक ग्रा्याण्ड उत्कृष्ट भेन्यू रहेको सञ्चालक कार्की बताउँछन् । नयाँ पुस्ताको सोच र थिम अनुसार भेन्यू तयार गरिएकाले धेरैको रोजाई पर्ने विश्वास उनले व्यक्त गरे । १४ हजार र १० हजार वर्ग स्क्वास फिट इनडोर हल भएको यो ब्यांक्वेटको गार्डेन एरियाको क्षेत्रफल २५ हजार वर्ग स्क्वास फिट रहेको हर्ष बाटिकाका सञ्चालक सुरज कार्कीले जानकारी दिए ।

    म्याजेष्टिक ग्रा्याण्डमा प्रयोग गरिएका थिम निकै युनिक र अत्याधुनिक छन् । यसमा प्रयोग गरिएका विशाल स्क्रिन, लाइटिङ सिस्टम, फर्निचर, गार्डेन एरियामा गरिएको सजावटले यसको भव्यता जो कोहीले महशुस गर्न सक्छन् ।

    ‘म्याजेष्टिक ग्रा्याण्ड’ को भव्यता र यसको सर्भिस पाँच तारे होटेलको भन्दा पनि उत्कृष्ट रहेको सञ्चालक कार्की बताउँछन् । सुलभ मूल्यमा पाँच तारे होटेलको भन्दा उत्कृष्ट सेवा प्रदान गरिरहेको सञ्चालक कार्की बताउँछन् ।

    एकान्तकुना चोकबाट सातदोबाटो तिर लागेपछि केही मिटरको दुरीमा रिङ रोडको सर्भिस लेनमै जोडिएको यो भेन्यूमा पर्याप्त पार्किङको सुविधा रहेको छ । यहाँ तीन सय वटा चार पाङ्ग्रे सवारी साधन र पाँच सय वटा मोटरसाइकल सहज ढङ्गले पार्किङ गर्न सकिने पार्किङ स्थल रहेको छ । लोकेसनका हिसाबले जुनसुकै स्थानबाट पनि सहज ढङ्गले म्याजेष्टिक ग्रा्याण्ड पुग्न सकिन्छ ।

    करिब चार हजार जनासम्मको पार्टी आयोजना गर्न सकिने गरी म्याजेष्टिक ग्रा्याण्ड तयार गरिएको छ । ग्राहकको बजेट अनुसार सिल्भर, गोल्ड तथा डायमन्ड गरेर तीन किसिमको खानाको मेनु तय गरिएको छ । आफ्नो बजेट अनुसार मेनु छनोट गर्न सकिन्छ । विवाहका लागि चाहिने पुरोहितदेखि गाडी, बग्गी, बाजा, फोटोग्राफी, भिडियोग्राफी, गाडी डेकोरेसनलगायत सम्पूर्ण प्याकेज सुविधा यहाँ उपलब्ध छ ।

     

  • मेरियटको ‘अटोग्राफ कलेक्सन’मा समावेश भयो ‘द फार्म एट सान बेनिटो’

    मेरियटको ‘अटोग्राफ कलेक्सन’मा समावेश भयो ‘द फार्म एट सान बेनिटो’

    काठमाडौं । विश्वभर आफ्नो आतिथ्य व्यवसाय विस्तार गर्दै आएको सिजी हस्पिटालिटीले फिलिपिन्सको प्रख्यात ‘द फार्म एट सान बेनिटो’ लाई अब मेरियट इन्टरनेसनलसँगको सहकार्यमा ‘अटोग्राफ कलेक्सन’ रिसोर्टमा रूपान्तरण गर्ने घोषणा गरेको छ। रुपान्तरण सहित रिसोर्ट सन् २०२५ को तेस्रो त्रैमासिकको अन्त्यसम्म सञ्चालनमा आउने छ।

    यो नयाँ सहकार्यले सिजी हस्पिटालिटीले स्वास्थ्य तथा जीवनशैली केन्द्रित गन्तव्यहरूलाई विश्वभर विस्तार गर्दै आएको प्रतिबद्धतालाई थप सशक्त बनाएको छ। हाल कम्पनीसँग १२ देशका १२७ गन्तव्यमा १९३ भन्दा बढी होटल र रिसोर्टहरू छन्।

    ५२ हेक्टरमा फैलिएको ‘द फार्म एट सान बेनिटो’ फिलिपिन्सको पहिलो अटोग्राफ कलेक्सन रिसोर्ट हुनेछ। ७० भिल्ला, अत्याधुनिक मेडिकल वेलनेस सेन्टर र समग्र उपचार पद्धतिसहितको यो रिसोर्ट स्वास्थ्य-केन्द्रित पर्यटनको बढ्दो मागलाई सम्बोधन गर्न तयार गरिएको हो।

    सिजी होस्पिटालिटीले यसअघि नेपालमा मिराया वेलनेस एण्ड गोल्फ रिसोर्टजस्ता परियोजनामार्फत वेलनेस पर्यटनमा आफ्नो सशक्त उपस्थिति बनाइसकेको छ।

    सिजी हस्पिटालिटीले पहिलो लगानी श्रीलंकामा गरे पनि यसको सपना र आधार नेपालमै रहेको हो। सिजी कर्प ग्लोबलको आतिथ्य कम्पनी सिजी होस्पिटालिटी अहिले विश्वस्तरको आतिथ्य ब्रान्डको रूपमा चिनिन्छ।

    हाल सिजी हस्पिटालिटीले नेपालमा पनि प्रख्यात रिसोर्टहरु स्थापना गरि संचालन गरिरहेको छ धेरै महत्त्वपूर्ण लगानीहरू गरिरहेको छ।जसमध्य नवलपरासीमा रहेको मिराया वेलनेस तथा गल्फ रिसोर्टएक शान्त र सुन्दर गन्तव्य हो। मिरायाले फिलिपिन्सस्थितद फार्म एट सान बेनिटोनामक सुप्रसिद्ध वेलनेस रिसोर्टसँग रणनीतिक साझेदारी गरेको छ।

    यस साझेदारीमार्फत मिरायामा तौल घटाउने, शरीरलाई विषरहित बनाउने (डिटक्स) र पुनः स्फूर्त बनाउने विशेष स्वास्थ्य कार्यक्रमहरू सञ्चालन गरिदै आएको छ । यसमा साकाहारी खाना र प्राकृतिक उपचार विधिहरू समावेश हुनेछन्, जुनद फार्मसँगको सहकार्यमा विकास गरिएको हुनेछ।

    त्यस्तै, चितवन राष्ट्रिय निकुञ्जमा अवस्थित मेघौली सेराईएक विलासी जंगल लज (जङ्गलमा बनाइएको आरामदायक आवास) हो। यो भारतको प्रसिद्धइण्डियन होटेल कम्पनी लिमिटेड (आईएचसीएल)र नेपालकोसिजी हस्पिटालिटीबीचको संयुक्त लगानीबाट सञ्चालितमध्यको एक लज हो । यसरी संचालित पाँचमध्ये चार वटा लज भारतमा रहेका छन् भने मेघौली नेपालमा रहेको हो।

    भीभान्ता काठमाडौं र भीभान्ता चितवनदुबै उचस्तरीय (अपस्केल) सहर केन्द्रित होटलहरू हुन्, जसलाईइण्डियन होटेल कम्पनी लिमिटेड (आईएचसीएल)ले सञ्चालन गर्दै आएको छ ।

    उन्नति सांस्कृतिक भिलेजएक विशेष प्रकारको अनुभव दिने रिसोर्ट हो, जसले नेपालको तराई क्षेत्रको मौलिक संस्कृति, परम्परा र हस्तकलाको जगेर्ना र प्रवर्द्धन गरिरहेको छ ।

    यी परियोजनाहरू सिजी हस्पिटालिटीले नेपालको पर्यटन क्षेत्रलाई विश्वस्तरमा पुर्याधउने आफ्नो दृढ संकल्पका प्रतीक हुन्। अझै धेरै परियोजनाहरू नेपालभर निर्माणाधीन अवस्थामा छन्।

    ‘मेरियट इन्टरनेशनलसँगको यो सहकार्यले वेलनेस हस्पिटालिटीको परिभाषा पुनः लेख्ने हाम्रो यात्रामा अर्को महत्त्वपूर्ण पाइला थपेको छ। ‘द फार्म एट सान बेनिटो’ वेलनेसको क्षेत्रमा विश्वप्रसिद्ध नाम हो, र हामी यसलाई अझ उचाइमा पुर्यााउने लक्ष्यसहित मारियटसँग मिलेर अगाडि बढिरहेका छौं। सिजी होस्पिटालिटीको यात्रा दक्षिण एसियाबाट सुरु भए पनि हामी आज एक विश्वव्यापी कम्पनी हौं,’सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देसक राहुल चौधरीले भने ।

  • उद्योगी रामकुमार राठीलाई सरकारले गर्‍यो सम्मान, लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान

    उद्योगी रामकुमार राठीलाई सरकारले गर्‍यो सम्मान, लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान

    काठमाडौं । ६ दशक देखि चियारोपण, प्रशोधन, बजारीकरण र निर्यातमा योगदान गरिरहेका उद्योगी राम कुमार राठीलाई सरकारले लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको छ ।

    उद्योगी राठीलाइ २९ औं राष्ट्रिय चिया दिवसका अवसरमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डले अवार्ड प्रदान गरेको हो । कृषि तथा पशुपन्छी विकासमन्त्री एवम बोर्डका अध्यक्ष रामनाथ अधिकारी र बोर्डका कार्यकारी निर्देशक फाइन्द्रराज पाण्डेले राठीलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरे।

    राठी नेपालका पहिलो टी टेस्टर (चिया परीक्षक) हुन् । उनले टेस्टिंग प्लान्टेशन एंड म्यानुफ्याक्चारिंगमा स्नातकोत्तर गरेका छन् । पच्चिस वर्षको उमेरमा चीन गएका बेला त्यहाँको टी टेस्टिंग हेरे पछि उनी यस क्षेत्रतर्फ आकर्षित भएका थिए । चीन बाट फर्के लगत्तै राठी इलाम टी गार्डेनमा पुगे त्यहाँ प्रबन्धकका रूपमा कार्यरत बेलायती नागरिक प्रोसरबाट चियाबारे आधारभूत ज्ञान लिए ।

    सन् १९६८ देखि १९७० सम्म  डी.सी धोष एण्ड कम्पनी प्रा. लि.  कोलकत्ताको एक व्यापारिक प्रतिष्ठानमा टी टेस्टर तालिममा  लिएर अभ्यास गरी उनी नेपाल फर्किए  उनले १९७२ मा आरके ओभेरसिज कम्पनी स्थापना गरेर चियाको निर्यात गर्न थाले । त्यति बेला उनी इलामको चिया बजारीकरण  गर्न जर्मनी, डेनमार्क, स्विडेन, हल्याण्ड, बेलायत, फ्रान्स, स्विट्जरल्याण्ड, अस्ट्रिया, इजिप्ट र इरान सम्म पुगेका थिए त्यस पछि उनको निर्यात व्यापारमा गुणात्मक वृद्धि हुन थाल्यो ।

    वि.सं २०३३ सालमा हिमाल चिया उद्योग प्रा.लि. (Rakura) को स्थापना भएको,  वि.सं २०४६ सालमा पहाडी भेगमा नेपाल अधिराज्य भरिमा निजी क्षेत्र बाट चिया उत्पादन गर्ने पहिलो कारखाना इलाम जिल्लाको मालुममा हिमालयन रेन्ज चिया उद्योग प्रा. लि. को  स्थापना गर्न सफल भएको  उनले २०६३ मा झापाको हल्दीबारीमा सिटिसी चिया उत्पादन गर्न सुनकोसी चिया उद्योग को  स्थापना, २०७२ मा इलाम को शान्तिडाँडामा अर्गानिक चिया उत्पादन गर्ने  हिमालयन  भ्याली प्रा . लि.  उद्योग को  स्थापना गरे ।

    हाल उनले “राकुरा” ब्रान्डमा सि.टी.सी र अर्गानिक चिया उत्पादन, निर्यात  गर्दै आएका छन् ।

  • नेपाल लाइफ इन्स्योरेन्सद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

    नेपाल लाइफ इन्स्योरेन्सद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । इन्स्योरेन्सको २४औँ वार्षिक उत्सवको अवसरमा रक्तदान र स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

    इन्स्योरेन्सको काठमाडौं शाखाले केन्द्रीय कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर र वृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको हो । कम्पनीले आज बिहान ११ बजेदेखि केन्द्रीय कार्यालय, क्लासिक कम्लेक्स कमलादीमा निःशुल्क शिविर सञ्चालन गरेको हो ।

    कम्पनीले बुबा केयरसङको सहकार्यमा स्वास्थ्य शिविर आयोजना गरेको बताएको छ ।

       

  • लामाले जिते कार्ल्सबर्गको कोपनहेगन ट्रीप

    लामाले जिते कार्ल्सबर्गको कोपनहेगन ट्रीप

    काठमाडौं । कार्ल्सबर्गको आयोजनामा प्रतिष्ठित गोकर्ण फरेस्ट रिसोर्ट गल्फ कोर्समा ‘कार्ल्सबर्ग गल्फ क्लासिक’ प्रतियोगिता सम्पन्न भएको छ ।यस रोमाञ्चक एकदिवसीय गल्फ तियोगितामा कुल १०० गल्फरहरूले भाग लिएका छन् ।

    प्रतियोगिताका विजेताहरुलाई गोर्खा ब्रुअरीका प्रबन्ध निर्देशक अरुण अधिकारी र गोकर्ण गल्फ क्लबका कप्तान जोसेफ नाथनले पुरस्कार वितरण गरेका थिए।

    ‘कार्ल्सबर्ग गल्फ क्लासिक’ प्रतियोगिता-२०२५ का विजेतामा ४२ अंकसहित फुन्टसोक एन लामा रहेका छन् । लामाले डेनमार्कको कोपनहेगनस्थित कार्ल्सबर्ग ब्रुअरीको ट्रीप पनि पुरस्कारस्वरूप पाए । त्यस्तै ४१ अंकसहित बेस्ट ग्रसको उपाधि टाशी छिरिङले जितेका छन् भने ४० अंकसहित नामग्याल टिलामाले रनरअपको उपाधि जिते।

    त्यसैगरी महिला तर्फ गीता गुरुङले २५ अंकसहित विजेता बनेकी छन् भने सिनियर तर्फ ३३ अंकसहित अर्जुन कुमार कार्की विजयी भए। त्यस्तै सुस्मिता खड्का महिला तर्फउपविजेता बनेकी थिइन् । त्यसैगरी छेवाङ शेर्पाले  ‘कोल्जेस्ट ट’द पिनु अवार्ड जिते भने प्रकाश गुरुङले ‘लङगेस्ट ड्राइभ’ को उपाधि जितेका थिए ।

    त्यसैगरी मोस्ट बर्डिजको उपाधि ५ वर्डिज र एक इगलसहित फुन्टसोक नोर्बु लामाले जितेका थिए ।सबै विजेताहरुलाई ट्रफी र कर्ल्सबर्गको तर्फबाट गिफ्ट ह्याम्परप्रदान गरिएको थियो

  • टिकटकले किशोर-किशोरीहरूको सुरक्षाका लागि नेपालमा सुरु गर्‍यो ‘फ्यामिली पेयरिङ’ फिचर

    टिकटकले किशोर-किशोरीहरूको सुरक्षाका लागि नेपालमा सुरु गर्‍यो ‘फ्यामिली पेयरिङ’ फिचर

    काठमाडौं । टिकटकले नेपालमा आफ्ना कलिला युजरहरूका लागि जिम्मेवार र सुरक्षित अनलाइन अनुभव प्रवर्द्धन गर्न परिवारहरूलाई सहयोग गर्ने उद्देश्यले आफ्नो नयाँ ‘फ्यामिली पेयरिङ’ फिचर सुरु गरेको छ।

    यस फिचरमार्फत अभिभावकहरूले आफ्ना टिनएजर (किशोर-किशोरी) को टिकटक एकाउन्टलाई आफ्नो एकाउन्टसँग जोड्न सक्नेछन्, जसले गर्दा उनीहरूलाई सेफ्टी सम्बन्धी धेरै विकल्पहरूमा पहुँच मिल्नेछ। यसबाट परिवारका सदस्यहरूबीच जिम्मेवार र सुरक्षित इन्टरनेट प्रयोगको संस्कार विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    फ्यामिली पेयरिङ फिचर सुरु गर्नको लागि टिकटकको ‘सेटिङ्स एण्ड प्राइभेसी’ मेनुमा गएर त्तच् कोड स्क्यान गरेर अकाउन्टहरू आपसमा जोड्न सकिन्छ। एकचोटि अकाउन्ट जोडिएपछि अभिभावकहरूले आफ्ना छोराछोरीको फोन नछोइकनै आफ्नै मोबाइलबाट सिधै सुरक्षासम्बन्धी सेटिङहरू परिवर्तन गर्न सक्नेछन्।

    फ्यामिली पेयरिङमा १५ भन्दा बढी सुरक्षा, गोपनीयता र डिजिटल वेल-बिइंगसँग सम्बन्धित कस्टमाइजेबल फिचरहरू छन् जसलाई अभिभावकले आफ्ना छोराछोरीको टिकटक अनुभव अनुसार मिलाउन सक्नेछन्। जस्तै यसमा दैनिक स्क्रीन टाइम सीमित गर्ने, मेसेजिङ र कमेन्ट रोक्ने, उमेरअनुसारको कन्टेन्ट देखिने बनाउने, एकाउंट खोज्न मिल्ने या नमिल्ने बनाउने, सर्च सेटिङ कन्ट्रोल गर्नेजस्ता फिचरहरु रहेका छन्।

    यो फिचरले परिवारका लागि मानसिक शान्ति दिनेछ, किनभने यसले किशोर (टिन) प्रयोगकर्ताको सुरक्षा मात्र नभई उनीहरू र अभिभावकबीच डिजिटल व्यवहारका बारेमा हुने खुला संवादलाई पनि प्रोत्साहन गर्छ। यो आउँदै गरेको पुस्ताका लागि सुरक्षित र सोचविचार गरेर इन्टरनेट चलाउने वातावरण बनाउनका लागि एक महत्वपूर्ण कदम हो।

    ‘टिकटकका लागि हाम्रो कम्युनिटीको सुरक्षा प्रमुख प्राथमिकतामा पर्दछ, विशेषगरी जब (टिन) युजरहरूको कुरा आउँछ। नेपाली परिवारहरूलाई जिम्मेवार डिजिटल व्यवहारलाई प्रोत्साहन गर्ने उपयोगी टुलहरू प्रदान गर्ने प्रयासकै एक हिस्साको रूपमा फ्यामिली पेयरिङ फिचरको सुरुवात गरिएको हो’ टिकटकका लागि दक्षिण एसिया क्षेत्रका सार्वजनिक नीति तथा सरकारी सम्बन्ध प्रमुख फिरदौस मोत्तकिनले भने। ‘नेपालमा दर्ता भएको प्लेटफर्मको रूपमा हामी हाम्रो प्लेटफर्ममा सबैका लागि सुरक्षित, सकारात्मक र समावेशी अनलाइन वातावरण सुनिश्चित गर्न नेपाल सरकार र सम्बन्धित सरोकारवालाहरूसँग नजिक रहेर काम गर्न पनि प्रतिबद्ध छौं।’

    यो फिचरलाई देशभर पुर्याउन टिकटकले नेपालको चर्चित सेलिब्रिटीहरू र डिजिटल इन्फ्लुएन्सरहरूसँग सहकार्य गर्दै जनचेतनामूलक अभियान पनि सञ्चालन गर्दैछ। यो अभियान मुलधारका मिडिया, आउटडोर बिलबोर्डहरू तथा सामाजिक सञ्जालमार्फत प्रचार गरिनेछ। सार्वजनिक व्यक्तित्वहरूको विश्वसनीय आवाजलाई उपयोग गरेर टिकटकले नेपालभरका परिवारहरूसम्म पुग्ने र फ्यामिली पेयरिङ फिचरको व्यापक अपनत्वलाई प्रोत्साहित गर्ने लक्ष्य राखेको छ।

    टिकटकले विश्वभरका प्रयोगकर्ताहरूलाई सुरक्षित र पारदर्शी अनुभव दिन नीतिहरू र फिचरहरू ल्याउँदै आएको छ। नेपालमा ‘फ्यामिली पेयरिङ’को सुरुवात पनि सोही दीर्घकालीन रणनीतिको हिस्सा हो, जसले विशेषगरी युवापुस्तालाई सुरक्षित अनुभवका साथ टिकटक प्रयोग गर्न प्रोत्साहन गर्नेछ।